सार्वजनिक सम्पत्तिमा प्रत्येक नागरिकको हक छ, त्यसको दुरुपयोग दण्डनीय अपराध हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
रक्सी जत्ति पनि पाईन्छ, पानी पाईदैन
“यहाँ त रक्सी खोज्न समस्या छैन तर पानी पाउन धेरै गा¥हो छ ।” गगुडा गाबिस–६ का हरीवहादुर चन्द गाबिसमा पानीको समस्या भएपनि रक्सीको समस्या नभएको वताउँछन ।
२०४४ सालमा निर्माण गरिएको खानेपानी योजना दुई÷तीन वर्षसम्म सञ्चालन भएपनि संरक्षण तथा मर्मत अभावका कारण अबरुद्ध भएपछि स्थानीयहरु पानीको समस्या झेल्दै आएका छन । गाबिस कार्यालय रहेको स्थान वगरखानमा बजारीकरण सुरु भएको भएपनि पानी अभावका कारण व्यवस्थित हुन सकेको छैन ।
गाबिस कार्यालय, उपस्वास्थ्य चौकी, मष्टेश्वर माबि, ईलाका हुलाक कार्यालय, सामुदायिक भवन र बिभिन्न गैरसरकारी संस्थाहरुको सम्पर्क कार्यालय समेत रहेको उक्त स्थानमा खानेपानी समस्याले सवैलाई सास्ती भएको छ । द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले घरघरवाट चन्दा असुल गरी र जनश्रमदानमा करीव दुई घण्टाको दुरीवाट खानेपानी ल्याएको भएपनि संरक्षण अभावमा उक्त योजना समेत जिर्ण भयो ।
“पानी वनाउन जाऔं भन्दा कोही पनि जाँदैनन्, म आफैं कहिलेकाँही गएर पानी ल्याएर आउँछु” वगरखानमा पसल सञ्चालन गरिरहेका हरीवहादुर चन्दले भने ‘बिहानै रक्सी खाएर हल्ला गर्न थाल्छन तर पानी वनाउने कुरामा कसैको चाँसो छैन ।’ द्वन्द्वकालमा पनि माओवादीको डरका कारण पानी वनेको उनको भनाई छ ।
पानी नभएका कारण करीव ३५ मिनेटको पैदल दुरीमा गएर नुहाउने, लुगा धुने गर्नु परेको वताउँछन सामुदायिक बिकास केन्द्र डोटीमा कार्यरत मन्दीप सुरी । उनी हास्दै भन्छन् ‘पानीको त यहाँ निकै समस्या छ, बरु रक्सी जताततै पाईन्छ ।’ पानी अभावका कारण हप्ता, १० दिनमा एक पटक मात्र नुहाउनु पर्ने वाध्यता रहेको सुरीको भनाई छ ।
यस्तै समस्या सुनाउछन सामुदायिक बिकास मञ्च डोटीमा कार्यरत प्राबिधिक केशव पाठक । ग्रामिण पहुँच कार्यक्रम तेश्रो चरण अन्तरगत सम्पर्क कार्यालय गगुडामै राखेर काम गर्दै आएका उनी पनि नुहाउन तल धारामा जानु पर्ने वताउँछन । उनको पनि नुहाउने अवधी हप्ता १० दिनकै हुने गर्दछ ।
पानी नभएका कारण उपस्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई सेवा प्रदान गर्न समस्या भईरहेको वतउँछिन स्वास्थ्यकर्मी ज्ञानु माझी । प्रसुति गृह समेत सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा पानी अभावका कारण सरसफाईमा समस्या भएको उनको भनाई छ । उपस्वास्थ्य चौकीले शौचालय निर्माण गरेको भएपनि पानी अभावका कारण उक्त शौचालय प्रयोग बिहिन भएको छ ।
उता गाउँ बिकास समिति कार्यालयले शौचालय निर्माण त गरेको छ तर पानी अभाव हुने गरेको कारण सेवाग्राहीहरु उक्त शौचालय प्रयोग गर्न पाईरहेका छैनन् । गाबिसले शौचालयमा सधैं ताला लगाएर राख्ने गरेको स्थानीयवासीहरु वताउँछन ।
क्षेत्रीय खानेपानी कार्यालय राजपुरले गत वर्ष खानेपानी निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरेको वताउँछन गाबिस सचिव हर्कवहादुर वोगटी । वोगटी भन्छन् “छिमेकी सातफरी गाबिसमा रहेको मुहानवाट पानी ल्याउनु पर्ने भएका कारण गाउँ बिकास समितिको श्रोतले उक्त योजना वनाउन सकिँदैन ।” क्षेत्रीय खानेपानीले प्रारम्भिक सर्वेक्षण गरेको भएपनि हालसम्म योजना वनाउने नवनाउने भन्ने वारेमा कुनै जानकारी नदिएको स्थानीयहरु वताउँछन ।
स्थानीय मष्टेश्वर माध्यामिक बिद्यालयका शिक्षक महेन्द्र खड्का पानी अभावकै कारण आफु बिद्यालय भन्दा टाढाको गाउँमा डेरा गरी बस्न वाध्य भएको वताउँछन । सर्लाही जिल्ला स्थायी घर भएका खड्का गगुडामा कक्षा–४ मा पढ्ने केटाहरुले समेत मदिरा सेवन गर्ने गरेको आफुले पाएको वताउँछन । बिद्यालय हातावाट २० मिटरको दुरीमा मदिराको कारोवार हुने गरेका कारण बिद्यालयको पठनपाठनमा समेत समस्या भईरहेको उनको अनुभव छ ।
सम्पादकीय
खुलादिशाँ मुक्त हुन ३२ दिन बाँकी
डोटी जिल्लालाई खुलादिशाँ मुक्त जिल्ला घोषणा गर्न अब ३२ दिन मात्र बाँकी रहेको छ । जिल्लाको जिल्ला स्तरीय खानेपानी, स्वास्थ्य, सरसफाई, स्वच्छता समन्वय समितिले जिल्लालाई सन २०१४ भित्रै खुलादिशाँ मुक्त घोषणा गर्ने लक्ष तय गरेको छ । सन २०११ मा जिल्लालाई सन २०१५ सम्म खुलादिशाँ मुक्त जिल्लामा घोषणा गर्ने लक्ष तय गरेको भएपनि पछि एक बर्ष अघाडी घोषणा गर्ने तय भएको छ ।
५० गाबिस र एक नगरपालिका रहेको जिल्लाका २७ गाबिसहरुमात्र हालसम्म खुल्ला दिशाँ मुक्त क्षेत्र घोषणा भएका छन भने २३ गाबिस खुला दिशाँ मुक्त हुन बाँकी रहेको छन । जिल्लाको एकमात्र नगरपालिका दिपायल सिलगढी नगरपालिका खुल्ला दिशाँ मुक्त गर्न बाँकी रहेको छ । नगरपालिकाको वडा नं। २ मात्र हालसम्म खुला दिशाँमुक्त घोषणा गरिएको छ, अझै १३ वडाहरु पनि घोषणा हुन वाँकीनै रहेका छन । जिल्ला स्तरीय खानेपानी, स्वास्थ्य, सरसफाई, स्वच्छता समन्वय समितिको अध्यक्षता गर्ने स्थानीय बिकास अधिकारी करीब दुई महिना देखि छैनन् ।
जिल्लाको सरसफाई क्षेत्रमा टेवा पु¥याउनका लागी गएको असोज २ र ३ गते जिल्ला स्तरीय खानेपानी, स्वास्थ्य, सरसफाई स्वच्छता समन्वय समितिले सरसफाई सम्मेलन पनि सम्पन्न गरेको थियो तर सम्मेलन भएको दुई महिना बित्दा समेत एक गाबिस पनि खुला दिशाँ मुक्त भएको छैन । अब जिल्ला खुलादिसा मुक्त गर्न जम्मा ३२ दिन बाँकी रहेको छ अबका ३२ दिनमा डोटी जिल्ला खुला दिसामुक्त हुन्छ त रु भन्ने प्रश्न गम्भिर रुपमा उठेको छ ।
अब एक दिनमा एक गाबिस र दिपायल सिलगढी नगरपालिकाका एक बडा एक दिन दिशाँमुक्त गर्दा पनि सम्भब छैन अर्को मुख्य चुनौति भनेको जुन ठाउँ खुला दिशाँमुक्त गर्न सहज थियो उक्त ठाउँ दिशामुक्त भईसकेको अबस्था छ अब जहाँ समस्या छ त्यहाँ बाँकी रहेको छ । जिल्ला मुक्त गर्ने अबधी जति नजिक आउँदैछ त्यतिनै अभियान सुस्ताउदै छ अझ भन्ने हो भने सरसफाई सम्मेलन पछि हाल लाग्यो शुन्य भएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सम्मेलन गर्दैमा सरसफाईले फड्को मार्न सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । सम्मेलनका लागी भनेर करीब १३ लाख खर्च भएको छ, बरु त्यसको साँटो उक्त बजेटबाट थुप्रै गाबिस खुलादिशाँ मुक्त गर्न सकिन्थ्यो होला । जिल्लालाई दिशाँमुक्त गर्ने मिति नजिकै आउँदा दुई महिना देखि स्थानीय बिकास अधिकारी बिहीन हुनु, अभियान सुस्ताउदै जानु र दिशाँमुक्त गरेका गाबिसहरु पनि पुनः दिशाँमुक्त गर्नु पर्ने अबस्था सृजना हुनु राम्र्रो संकेत पक्कै पनि होईन ।
जिल्लालाई साँच्चिकै खुला दिशाँमुक्त गर्र्ने उद्देश्यका साथ लाग्ने हो भने एक पटक फेरी कस्सेर लाग्न जरुरी छ । गाबिस सचिब, स्थानीय बिकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका नेता, पत्रकार समाजसेबी, गैर सरकारी संस्थाहरु होईन भने भन्नका लागी भने जस्तो मात्रै हुने छ । जिल्लाको बिकासको सूचकलाई एक स्थान माथी गर्नका लागी सबै क्षेत्र लाग्न जरुरी छ ।
खुला दिशाँमुक्त जस्तो महत्वपूर्ण कार्यक्रम गर्न पर्ने बेलामा स्थानीय बिकास अधिकारीबिहीन बनाउनु नेपाल सरकारको कमजोरी हो भने त्यसका लागी दवाब थाल्न नसक्नु नागरिकको पनि कमजोरी देखिन्छ । दुई महिनासम्म पनि एक गाबिस खुलादिशाँ मुक्त हुन नसक्नु भनेको सोचनीय बिषय छ ।
एकातिर २३ गाबिस र नगरपालिकाका १४ वडाहरु अझै खुला दिशाँमुक्त क्षेत्र घोषणा हुन वाँकी छन भने भएका गाबिसहरुको अवस्था पनि दयनीय अवस्था छ । केही गाबिसहरु त फेरी खुला दिशाँमुक्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था सृजना भएको छ । यसो हेर्दा पुष १२ गते जिल्लालाई नै खुला दिशाँमुक्त क्षेत्र घोषणा गर्ने गरी वनाईएको योजना हतास मानसिकतावाट वनाईएको हो कि भन्दा अन्याय नहोला ।
थप समाचार
तह बढ्दै, बिद्यार्थी संख्या घट्दै
सुदूरपश्चिमाअञ्चल बिकास क्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको कक्षा बढ्दै जाँदा बिद्यार्थी संख्या घट्दै जाने गरेको छ ।
बिद्यार्थी घटने दर माथिल्लो कक्षा र तल्लो कक्षामा ठुलो अन्तर रहेको छ । क्षेत्रीय शिक्षा निर्देशनालय राजपुरको तथ्याङक अनुसार यस बिकास क्षेत्रमा प्राथमिक तहमा चार लाख ११ हजार नौ सय ६७ बिद्यार्थीहरु रहेका माध्यामिक तहसम्म पुग्दा ८१ हजार दुई सय ७३ जना मात्र रहेका छन । निम्न माध्यामिक तहमा एक लाख ९१ हजार पाँच सय १५ बिद्यार्थीहरु रहेको उक्त कार्यालयको तथ्याँकले देखाएको छ ।
माथिल्लो तहमा जादै गर्दा बिद्यार्थी संख्यामा उल्लेख्य मात्रामा कमी आउनुले कक्षा छोडनेहरुको संख्या ठुलो रहेको प्रस्ट हुन्छ ।
दार्चुला जिल्लामा प्राथमिक तहमा २५ हजार नौ सय ८०, निम्न माध्यामिक तहमा ११ हजार तीन सय ७४ र माध्यामिक तहमा पुग्दा पाँच हजार ४५ जना बिद्यार्थी गरी ४२ हजार तीन सय ९९ जना, बैतडी जिल्लामा पनि प्राथमिक तहमा ५५ हजार ६ सय नौ, निम्न माध्यामिक तहमा २२ हजार दुई सय २९ माध्यामिक तहमा पुग्दा नौ हजार आठ सय ५७ गरी ८७ हजार ६ सय ९५ जना, डडेल्धुरा जिल्लामा पनि प्राथमिक तहमा २५ हजार एक सय ८७, निमाबि तहमा १३ हजार एक सय २२ र माध्यामिक तहमा पुग्दा पाँच हजार दुई सय ३१ गरी ४३ हजार सय ४० जना बिद्यार्थीहरु रहेका छन ।
कञ्चनपुरमा प्राबि तहमा ५८ हजार एक सय तीन, निमाबि तहमा ३४ हजार ६ सय ८६ र माबिमा १७ हजार चार सय ४८ जना गरी एक लाख १० हजार ३७ जना बिद्यार्थी रहेका छन । बाजुरा जिल्लामा प्राबि तहमा २९ हजार पाँच सय ६५, निमाबि तहमा ११ हजार नौ सय २७, माबि तहमा ६ हजार २२ गरी कुल ४७ हजार ५ सय १४, बझाङ्ग जिल्लामा प्राबि तहमा ४८ हजार ६ सय ३१, निमाबि तहमा १६ हजार सात सय ५५ र माबि तहमा सात हजार दुई सय १० गरी कुल ७२ हजार पाँच सय ९६ बिद्यार्थी रहेका छन । डोटीमा प्राबि तहमा ४२ हजार पाँच सय ५४, निमाबि तहमा १४ हजार ६ र माबि तहमा पाँच हजार ६ सय ९९ गरी कुल ६२ हजार दुई सय ५९, अछाममा प्राबि तहमा ३८ हजार चार सय ९१, निमाबि तहमा १५ हजार ६ सय ९९ र माबि तहमा एक हजार एक सय ७४ गरी कुल ६५ हजार दुई सय ६४ र कैलालीमा प्राबि तहमा ८७ हजार आठ सय ४७, निमाबि तहमा ५१ हजार सात सय १७ र माबि तहमा २३ हजार पाँच सय ९७ जना गरी कुल एक लाख ६३ हजार एक सय ६३ जना बिद्यार्थी रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलका शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए ।
तह बढ्दै जाँदा बिद्यार्थी संख्या घटनु निकै चिन्ताको बिषय भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामहरी दास श्रेष्ठले बताए । उनले भने “शिक्षकहरु बिज्ञ छन तर शिक्षकको बिज्ञता कक्षा कोठा र परीणाममा देखिन सकेको छैन ।” सुदूरको शैक्षिक उपलब्धी ४० देखि ५० प्रतिशतसम्म मात्रै रहेको वताउँदै श्रेष्ठले भने ‘शैक्षिक उपलव्धी बृद्धि गर्नका लागी तपाई हामी सबैले लाग्नु पर्छ, यहाँ हामी जे भुमिकामा भएपनि हामी सबै अबिभावक हौँ ।
म हलिया होईन सम्झनु होस ः प्रजिअ
डोटीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले मुक्त हलियाहरुलाई आफु हलिया भन्दा पनि सर्वसाधारण भएको सम्झनु पर्ने बताए ।
उनले भने ‘बिगतमा म कस्को हलिया थिएँ, मेरो हिजोको अबस्था के हो, मैले एकै पटक सात फटका मार्नु हुन्न भन्ने छैन, बिगतमा हाम्रा पुर्खाले हलो जोते आज पनि जोत्नु पर्छ भन्ने छैन बिगतलाई बिगतमै छोड्नु पर्छ ।’ राष्ट्रिय मुक्त हलिया समाज डोटीले गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रजिअ पौड्यालले उक्त कुरा बताएका हुन । उनले थपे ‘कोही बिगतको परम्परागत पेशाबाट सन्तुष्ट छ भने नयाँ पेशा रोज्नै पर्छ भन्ने छैन कसैलाई पुरानै पेशामा बसि राख्नु पर्छ, उस्को बुबा बाजेले गरेको कामनै गर्नु पर्छ भन्ने छैन तपाईहरु स्वतन्त्र नागरिक हो भन्ने आत्माबल हुन जरुरी छ ।’
सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रजिअ पौड्यालले भने ‘मुक्त हलियाको परिचयपत्र बितरणका लागी तत्काल पहल थाल्ने छु, म हलिया जस्तो सामुदायका ब्यक्तिहरुलाई सहयोग गर्न प्रतिबद्धत छु ।’ कार्यक्रममा मुक्त हलिया समाजको बार्षिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै निमित्त स्थानीय बिकास अधिकारी मदनराज जोशीले भने ‘बिपन्न सामुदाय मुक्त हलियालाई म सहयोग गर्न चाहान्छु, किन पनि सहयोग गर्न जरुरी छ भने बिगतमा हाम्रा पुर्खाले तपाईहरुको पुर्खामाथी गरेको अन्यायको पापकट्टी गर्न पनि त्यसैले गर्दा म यहाँहरुको सामुदायलाई सहयोग गर्न तत्पर छु ।’
मुक्त हलिया समाज डोटीका कार्यक्रम संयोजक गोरख सार्कीले लुथ्रन बिश्व फेडरेसनको आर्थिक सहयोगमा मुक्त हलिया समाजले जिल्लामा संचालन भएका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व मुक्त हलिया समाजकी कार्यबहाक अध्यक्ष रत्नादेबी ओलीले रहेकी थिईन भने कार्यक्रमको प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल रहेका थिए ।
जोरायल बस दुर्घटना भएको ५० दिन पुरा
४५ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली
जोरायलबाट कैलालीका लागी छुटेको यात्रुबाहक बस छतिवन गाविस–५ कट्पत्तेमा भएको बस दुर्घटनामा परी २९ जनाले ज्यान गुमाएको आज ५० दिन पुरा भएको छ । मृतकको ४५ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली शोकसभाको कार्यक्रम बुधबार सम्पन्न गरिएको छ ।
समस्त जोरायललाईनै स्तव्ध पार्दै भएको दुर्घटनामा मृतक २९ जनाकै सम्झनामा २९ वटै मैनबत्ती प्रज्वलन गरिएको थियो भने सहभागीहरु सम्पूर्णले मृतकहरुका तस्वीरमा फूलमाला तथा अविर चढाएर माल्यार्पण गरिएको थियो । शोकसभामा मृतक परिवार तथा स्वयं घाईते भएका लोक गायक सौगात ओझाले बसको प्रस्थानदेखि दुर्घटना भएपछि आफुलाई बेहोस हुनुभन्दा पहिले सम्मको घटनाक्रम बताएका थिए । गायक ओझाले भने “मैले आफुलाई जन्म दिने आमा र आफैले जन्म दिएकी छोरी गुमाए म कति पिडामा छु त्यस्तै पिडामा रहेका सबै प्रति साहानुभुति ब्यक्त गर्दछु र मृतक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।”
घटनामा परी विद्यालय निरीक्षक, नेपाली सैनिक, शिक्षक, पत्रकार, वन रक्षक जस्ता जनशक्तिहरु समेत गुमाउनु परेकाले देशलाई नै ठूलो क्षती पुगेको बताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै जोरायल सरोकार समितिका अध्यक्ष दुर्गादत्त ओझाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाईतेहरुको उपचारका लागि आफ्ना विभिन्न १० बुँदे मागहरु राख्दै जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाइएको र १५ दिनभित्र अर्थात यहि मंसिर १५ गतेभित्र यदि माग पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । दुर्घटनाका विषयमा जोरायल सरोकार समितिले मंसिर १ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसँग छलफल गरी पत्रकार सम्मेलन मार्फत मागहरु सार्वजनिक गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौड्यालले तत्कालका लागि प्राविधिक समस्याका कारण जोरायल क्षेत्रको सडकमा बस सञ्चालन अनुमति भने दिन नसकिने र सडकको गुणस्तर सुधारका लागि पनि पहल गर्ने बताएका थिए । तत्कालका लागि ४ वटासम्म जीपहरु सञ्चालनका लागि पहल गर्ने र सामान ढुवानीका लागि मिनि ट्रकहरु सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । सरस्वतीनगर गाविसको आयोजनामा सोही गाविस सचिव भुवनेश्वर अधिकारीको अध्यक्षता तथा मृतक परिवारमध्येका जेष्ठ सदस्य भक्त बहादुर शाहीको प्रमुख आतिथ्यतामा शोकसभा सम्पन्न भएको हो ।
शिक्षकहरु अझै विद्यालय गएनन्
जिल्ला शिक्षा कार्यालय बझाङले तीन महिना अगाडी दरबन्दी मिलानमा सरुवा गरेका शिक्षक अझै विद्यालय गएका छैनन् ।
जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानका क्रममा ९० जना प्रावि दरबन्दीका शिक्षक सरुवा गरेको थियो । जिल्ला शिक्षा कार्यालयले बिद्यार्थी संख्या कम भएका विद्यालयबाट दरबन्दी बिस्थापित गरी विद्यार्थी संख्या बढी भएका विद्यालयमा शिक्षक दरबन्दी थप गरेको थियो ।
सरुवा गरेकामध्य २२ जना शिक्षकहरु आफुलाई पायक नपरेको भन्दै सरुवा भएका विद्यालयका नगएका जिल्ला अधिकारी मोतिलाल शर्माले बताए । उनले भने “सरुवामा असन्तुष्टि जनाएका शिक्षकहरुले दरबन्दी मिलान तथा शिक्षक पदस्थापन प्रभाव अध्ययन कार्यदलमा निवेदन दिएका छन, कार्यदलले निर्णय गर्न नसकेकाले शिक्षक सम्बन्धित विद्यालय नगएका हुन ।”
जिल्ला शिक्षा कार्यालयबाट सरुवा गरेका शिक्षक सम्बन्धित विद्यालयमा नजाँदा पठनपाठन प्रभावित बनेको छ । जिल्ला शिक्षा कार्यालयले शिक्षा समितिको सहमतिमा शिक्षक दरबन्दी मिलान गरेको भएपनि पछिल्लो समयमा शिक्षक संघ, संगठनले आफ्ना समर्थक शिक्षकहरुलाई नजिकको विद्यालयमा राख्न खोज्दा दरबन्दी मिलान कार्यान्वयन हुन सकेको छैन ।
दरबन्दी मिलानका क्रममा मष्टा गाविसको मालिका निमावि तुतीबाट भातेखोला गाविसमा रहेको कुल नानन्देव विद्यालयमा सरुवा भएकी शिक्षिका पुष्पमाला जोशीलाई सरुवा भएको विद्यालयमा अभिभावकले हाँजिरी लगाउन नदिएपछि बिगत तीन महिना देखि घरमै बसेर स्रोतकेन्दबाट तलब खाने गरेको शिक्षक संघका उपाध्यक्ष बिरेन्द्र बहादुर सिंहले बताए ।
शिक्षिका पुष्पमाला जस्तै गर्जेपानी उमावि रायलबाट सरुवा भई महालिंग उमावि चौकामा जानुपर्ने शिक्षिका सुनिता भण्डारी पनि सरुवा भएको विद्यालयमा नगएर पायक नपरेको भन्दै घरमा बस्दै आएकी छन । बिगत लामो समयदेखि बझाङमा शिक्षक अनुपातमा दरबन्दी मिलान नभएको अवस्थामा पहिलो पटक जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माले दरबन्दी मिलान गरेका थिए ।
कालिजको मासुले अनुगमन प्रभावित
बाजुरा जिल्ला मार्तडी गाबिस– १ रजातोलीको ज्ञानोदय माध्यामिक बिद्यालयको अनुगमन गर्न गएका जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेल कालीचको मासुमा रमाएपछि अनुगमन प्रभावित भएको छ ।
बिद्यालयको आर्थिक हिनामिना भएको रकमको अनुगमनमा गएका पौडेल सिकार गर्न प्रतिवन्धित कालिजको मासुमा रमाएपछि पाँच लाख भ्रष्टाचार भएको भनिएको बिषय ओझेलमा पर्ने खतरा वढेको छ । प्रधानाध्यापक र लेखापालको मिलोमतोमा आर्थिक हिनामिना भएको भन्दै स्थानीयबासीले जिल्ला शिक्षा कार्यालयमा उजुरीका थिए । उजुरी उपर अनुगमन गर्न गएका जिशिअलाई खुशी पार्न खसी र कालिचको मासु खुवाएर फकाएको स्थानीय एक व्यापारीले जानकारी दिए ।
मार्तंडी १ रजातोलीमा रहेको सोही बिद्यालयका परिचर मनी पाध्यायको होटेलमा दिनभर रमाइलो गरेको स्थानीयले बताएका छन यता स्थानीयले अब जिल्ला शिक्षा अधिकारी यही पुगेर स्वतन्त्र रुपमा छानबिन हुन्छ भनेर खुशी भएका स्थानीयहरु जिल्ला शिक्षा अधिकारीले उल्टै भ्रष्टाचारलाई गोप्य राख्ने प्रबृति देखि निराश भएका छन ।
पानी पर्दा छाता ओड्न पर्ने बर्षातमा भवनभित्र पानीका मुल आँउदा ढुङ्गा विछ्याएर विद्याथीले पठनपाठन गर्न पर्ने बाध्यता रहेको मार्तडी–१ रजातोली स्थित ज्ञानोदय माविमा आर्थिक अनियमितता भएको खुलासा भएको हो ।
छोटकरी छोटकरी समाचार
परिचयात्मक कार्यक्रम सम्पन्न
बिगत लामो समय देखि जिल्लामा क्रियाशील रहेको संस्था सम बिकास केन्द्र नेपालको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको यहि कार्तिक २८ र २९ गते भएको महाधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिले सोमबार परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, राजनैतिक दलका प्रतिनीधी, पत्रकार तथा गैर सरकारी सँस्थाका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नब निर्वाचित अध्यक्ष केशब परियारले दलित अधिकारमुखी रहने बताएका छन ।
नव निर्वाचित अध्यक्ष परियार यस भन्दा अघाढी दुई पटक अध्यक्ष सम्हाली सकेका छन । उनको यो अध्यक्षको जिम्मेवारी तेस्रो पटक हो ।
मलेशियामा एनएमबी बैंक
बिभिन्न जिल्लामा शाखा स्थापना गरी काम गरिरहेको एनएमबि बैङ्कले अब मलेशियामा पनि शाखा खोल्ने भएको छ ।
बैदेशिक रोजगारका क्रममा मलेशियामा रहेका करीब ७ लाख नेपालीलाई लक्षित गर्दै शाखा स्थापना गर्ने निर्णय गरेको बैङ्कले जानकारी दिएको छ ।
बैङ्कद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘मलेशियाको केन्द्रीय बैङ्क निगाराबाट सम्पर्क कार्यालय खोल्नका लागि आबश्यक स्वीकृती लिईसकेको छ ।
खेल माचार
टी–२० मा हङकङले नेपाललाई हरायो
सोमपालको नयाँ किर्तिमान
अन्तराष्ट्रिय मान्यता प्राप्त टी–२० क्रिकेटमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको छ । खेलमा नेपाली खेलाडी सोमपालले नयाँ किर्तमान कायम गरेका छन ।
नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले मात्र अन्तिम बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मध्य क्रमका व्याट्सम्यान अनास खान र अहजाज खानले समान २१ र २१ रन जोडे । नेपालका शक्ति गौचन र सागर पुनले समान २ र २ विकेट लिए भने सोमपाल कामी, अमृत भट्टराई र पारस खड्काले १ र १ विकेट लिए ।
यसअघि कोलम्बोको पी सारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । ओसिलो मैदानमा टस हार्नु नेपालका लागि निकै घातक बन्यो ।
खेलमा नेपालका पराजय भएपनि नेपाली खेलाडी सोमपाल कामी अन्तराष्ट्रिय मान्यताप्राप्त टी–२० क्रिकेटमा दशौं नम्बरमा आएर एकै इनिङमा सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको किर्तिमान बनाएका छन् । उनले सोमबार कोलम्बोमा हङकङ बिरुद्धको खेलमा दशौं नम्बरमा आएर ४० रन बनाएका थिए । यसअघि यो रेकर्ड अफगानिस्तानका हमिद हसनको नाममा थियो । उनले २२ रन बनाएका थिए । नेपालका टप अर्डर ब्याट्सम्यानले निकै खराब प्रदर्शन गरेको खेलमा सोमपाल एक्लैले नेपाललाई २५ रन बनाउँदा ८ विकेट गुमाएको अबस्थाबाट ७२ रनसम्म पु¥याए । ११÷५ ओभरमा बसन्त रेग्मी ३ रनमा आउट भएपछि दशौं नम्बरमा आएका उनले आक्रामक ब्याटिङ गर्दै केबल ३१ बलमा ४० रन बनाए । यसक्रममा उनले नेपाल इनिङको पहिलो चौका प्रहार गर्दै टीमलाई हौसला दिए । उनले ६ चौंका र २ छक्कासहित ३१ रन जोडे । अन्तिममा ब्याटिङ गर्न आएका उनले निकै कुसलतापूर्वक ब्याटिङ गरे । उनले तेस्रो ओभरमा बाबर हृयातको विकेट लिए ।
चलचित्र समाचार
जेरीसंगै जोडीको पनि चर्चा
गत कार्तिक २८ गतेबाट प्रदर्शनमा आएको फिल्म “जेरी” ले दर्शकको मन जितिरहेकोसंगै फिल्मका नायक नायिकाहरुको पनि चर्चा हुन थालेको छ ।
युवा पुस्तामाझ लोकप्रिय बनेको यो फिल्मका मुख्य पात्र अनमोल केसी र आना शर्माको जोडी पनि उत्तिकै लोकप्रिय बनेको छ । पर्दाका फ्रेस यि जोडीले दर्शकको मन जितिरहेका छन् । अनमोलले दर्शकको मात्र हैन आनाको पनि मन जितेका छन् ।
“जेरी” बाट डेब्यू गरेकी आना अनमोलको पर्सनालिटीबाट निकै प्रभावित छिन् । अनमोलको पर्सनालिटीबाट नै आफू आकर्षित भएको आनाको भनाई छ । आनाको भनाईलाई बिभिन्न सञ्चारमाध्यमहरुमा आएको खवरमा भनिएको छ “उसमा मान्छेलाई आदर, सम्मान गर्ने गुण छ ।” फिल्मको सुटिङ्गका दौरानमा नै अनमोल र आना नजिकका साथी बनेका हुन् ।
साथी मात्र कि प्रेम पनि छ रु अनमोल आफूहरू विच प्रेम नरहेको बताउँछन् । बजारमा सुनिएका हल्लाहरूलाई अनमोलले ठाडै अस्वीकार गरे । आफूहरू साथी मात्र रहेको अनमोल र आनाको भनाई छ ।
बन्ला त सलमान र ज्याकलिनको जोडी
बहिनी अर्पिताको बिवाह सम्पन्न गरेका बलिउडका चर्चित नायक सलमान खानको पनि बिवाहको चर्चा हुन थालेको छ ।
उमेरले अलि पाकै भईसकेका भएपनि हालसम्म अविवाहित नायक खानले अर्पिताको बिहे पश्चात अब उनको बिहेको चर्चा हुन थालेको हो । एक सर्वेक्षण अनुसार खानको जोडी नायिका ज्याकलिन फर्नान्डेज सबैभन्दा उत्तम जोडी देखाएको छ । भारतको एक चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा करीब ४७ प्रतिशत दर्शकले सलमानका लागि ज्याकलिनलाई जोडीको रुपमा चयन गरेका छन् । ज्याकलिनले सलमानका साथ हिट चलचित्र “किक” मा अभिनय गरेकी थिइन् । यो चलचित्रसँगै यो जोडीको चर्चा पनि सुरु भएको थियो । यस्तै, सलमानकी पूर्व प्रेमिका कट्रिना कैफ दर्शकको दोश्रो रोजाइमा परेकी छिन् । उनका लागि ३७ प्रतिशत दर्शकले भोट दिएका छन् । अविवाहित नायक सलमान खानको बिबाहको चर्चा सधै नै हुने गरेको छ । तर, उनले कहिले बिहे गर्छन् भन्न सकिने अवस्था छैन ।
लेख
सुदूरपश्चिमको राजधानी दिपायल बनाउनै पर्ने ७ कारण
कर्ण चन्द
देश संबिधान निर्माणमा अन्तिमतिर पुग्नै लागेको छ । मुलुकको राजनीति राप–तापका साथ पेचिलो अबस्थामा अघाडी बढिरहेको छ । संबिधान निर्माणका क्रममा सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमाले एक तप्काको नेतृत्व गरिरहेका छन भने एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलीय मोर्चा एक तप्काको नेतृत्व गरिरहेका छन । पहिलो संबिधानसभाले सुल्झाउन नसकेका संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका केही बिषय अहिलेको संबिधानसभामा पनि बिद्यमान रहेको अबस्था छ । उनै पुराना मुद्दामाथी कयौँ नया सभासद र कयौँ पुरानै अनुहार रस्साकस्सी गरिरहेका छन ।
सिंहदरवारको राजनीतिसंग खास्सै सरोकार नराख्ने सुदूरपश्मि यस पटक भने संघीयता चाँसो, सरोकार र बहसको बिषय बनाउदै आएको छ । मुलुकको पुनरसंरचना हुँदा सुदूरपश्चिमको संरचना कस्तो हुने रु पहाडी ७ जिल्लाको एक प्रदेश बनाउने वा सुप एक प्रदेश बनाउने त्यसमा पनि संघीय राज्यको राजधानी कता हुने रु भन्ने खास बहस र चर्चाको बिषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमाले बिच यहि कार्तिक १६ गते सात ओटा संघीय प्रदेश बनाउने सहमति भएको थियो । उक्त बैठकमा सुदूर–पश्चिमको हकमा सुप एक प्रदेश रहने, खप्तड प्रदेश नामाकरण र त्यसको राजधानी अत्तरीया बनाउने बिषयमा समजदारी भएको कुरा बिभिन्न सञ्चारमाध्यममा पनि सार्बजनिक भएको छ र केही राजनैतिक दलका नेताहरुले यस बिषयमा सार्वजनिक रुपमा वोलेका छन । डोटी जिल्लामा क्रियाशील तिन राजनैतिक दल एकिकृत नेकपा माओवादी, नेकपा–माओवादी र संघीय समाजबादी पार्टीले राजधानी दिपायल बाहेक अन्त भएको संबिधान जलाउने चेतावनी दिएका छन ।
केहि बर्षयता सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा नीजि क्षेत्रबाट अरवौँको लगानी भएको छ । तिब्र रुपमा भैरहेको बजारीकरणलाई निराश पार्दै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा एमाले बिच भएको सहमतिले निराश तुल्याएको छ । सुदूरका पहाडी ७ जिल्ला सहितको एक प्रदेश निर्माण गर्नु पर्ने धारण राख्दै आएको एकिकृत नेकपा माओवादी र ९ जिल्ला सहितको एक प्रदेश निर्माण गर्नु पर्ने कांग्रेस एमालेको प्रस्ताब बाजिएको थियो । उक्त दुई नितान्त फरक प्रस्ताबमा त्यहाँका नागरिकको मत पनि बाजिएको थियो । सत्ताधारी दुबै पार्टीको घोषणपत्रमा राजधानी दिपायल बनाउने उल्लेख गरेको भएपनि अहिले निर्णय फेर्दा अखण्ड सुदूरपश्चिम आन्दोलनसंग असन्तुष्ट हुनेहरुको संख्या बढ्दो रहेको छ । सुदूरपश्चिमको संघीयराज्यको राजधानी अत्तरीया बनाउने निर्णय यहाँको वास्तबिकता, अनुकुलता र भबिश्यको अध्ययन नगरिकन राज्य तोक्नु भनेको द्वन्द्व सृजना गराउनु बाहेक अन्य केही पनि हुन सक्दैन १ हालको क्षेत्रीय सदरमुकाम दिपायलमानै राजधानी बनाउनै पर्ने कारण निम्न प्रकार रहेका छन ।
१। डोटीको पहिचानका लागी
सिंहदरवारका वरिपरी मुख्य राजनैतिक दलहरु पहिचान सहितको संघीय राज्य निर्माण गर्ने बिषयमा सहमत छन । जातीय पहिचान सहितको संघीयताका बिषयमा कांग्रेस र एमाले लगायतका दलहरु असहमत भएपनि पहिचान सहितको राज्य निर्माण गर्ने पक्षमा सहमत छन । पहिचान दिने हो भने बिगत राणाकालमा वाईसेचौबिसे राज्य भएको समय देखिनै यस ठाउँलाई “डोटी गौँणा”को रुपमा राखेको पाइन्छ । त्यसपछि यहि यहाँको पहिचानलाई मध्यनजर गर्दै तत्कालीन राजा महेन्द्रको पालामा क्षेत्रीय सदरमुकाम स्थापना गरिएको हो । “डोटी गाँैणा” डोटीको पहिचान हो, क्षेत्रीय सदरमुकाम पनि यस प्रकारको पहिचान हो अझ भनौँ बिगत देखिनै प्रशासनिक कामकाज गर्ने ठाउँ हो । त्यस कारण पनि अब पनि यसलाई प्रशासनिक कामकाज गर्ने बनाईनु पर्छ ।
२। क्षेत्रीय सदरमुकाम
देशको सबै भन्दा कान्छो बिकास क्षेत्रको रुपमा रहेको सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय सदर–मुकाम दिपायलमा रहेको छ । सुदूरपश्चिमेलीले हाम्रो क्षेत्रीय सदरमुकाम दिपायल हो भन्ने पूर्ण मनस्थिति तयार छ । फलस्वरुप पहाडी जिल्लाका नागरिकहरुले प्रान्तीय राजधानी दिपायलमै हुन्छ भन्ने एक प्रकारको मनस्थिति तयार गरेका छन । अहिले चर्चामा आए जस्तै कैलालीको अत्तरीया राजधानी बनाउदा राजधानी बन्ने भनिएको कैलाली र क्षेत्रीय सदरमुकाम रहेको डोटीबिच एक आपसमा द्वन्द्व सृजना हुन्छ १ दिपायलमा राजधानी बनाउने हो भने कसैसंग खोस्नु पर्दैन । कसैलाई राजधानी नदिएमा अथवा कसैलाई संघर्ष गर्न बाध्य हुँदैन ।
३। धेरै भौतिक संरचना तयार
नयाँ ठाउँमा राजधानी स्थापना गर्दा पुरै भौतिक संरचना निर्माण गर्नु पर्ने हुन्छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा धेरै भौतिक संरचनाहरु निर्माण धेरै हदसम्म निर्माण भैसकेको अबस्था छ । क्षेत्रीय सदरमुकाम भएकाले त्यसको सुरक्षाका लागी नेपाली सेना र नेपाल प्रहरी त्यस प्रकारको संरचना बषौँ लगाएर निर्माण गरेको छ । अन्य क्षेत्रीय कार्यालयहरुका भबन पनि अरबौँ लगानीबाट निर्माण गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय, हुलाक कार्यालय, लोकसेवा आयोग, क्षेत्रीय पशु सेवा कार्यालय, क्षेत्रीय खानेपानी लगायतका थुप्रै कार्यालय रहेका भबनहरु यथावत रहेका छन । बिकासका लागी आएको संघीयता सयौँ बर्षसम्म भौतिक संरचनाको मात्र बिकास गर्न लाग्ने हो भने बिकास कहाँ जान्छ १ हाम्रो देशका केन्द्रीय तहका नेताहरु पनि आतंगवादीको खतरामा रहेको भन्ने सूचनाहरु बाहिर आईरहेको अबस्थामा प्रान्तीय नेताको अबस्था के होला रु यस प्रकारका एबं बिषयमा सोच्न जरुरी छ । त्यसैले नयाँ संरचना बनाउने र बनेका संरचनामा थप गर्ने कुन उपयुक्त होला रु
४। सबै जिल्लालाई उपयुक्त स्थान
डोटीको दिपायल सुदूरपश्चिमको सबैभन्दा उपयुक्त बिच भागमा गर्ने ठाउँ हो । सुदूरपश्चिमको छेउमा रहेका कञ्चनपुर, दार्चुला र बाजुराको समजोडको बिचमा रहेको छ । बझाङ, कैलाली, अछाम, बैतडी र डडेल्धुरासंग सिमा जोडिएको एकमात्र जिल्ला हो डोटी । दिपायलनै सबैलाई उपयुक्त र पाईक पर्ने स्थान त्यसकारण पनि दिपायल उपयुक्त छ । दार्चुलालाई नजिक हुँदा बाजुरालाई अन्याय हुन सक्छ बाजुराको नजिक हुँदा कञ्चनपुरलाई अन्याय हुन सक्छ तर डोटीमात्रै त्यस्तो ठाउँ हो जहाँ कसैलाई पूर्ण रुपमा अन्याय भएको छैन भन्न नमिल्ने खालको एक मात्र जिल्ला हो ।
५। कैलाली र कञ्चनपुरको उपनिबेश
सुन्दा अप्ठेरो पनि लाग्न सक्छ, काठमाण्डौंको उपनिबेश समग्र सुदूरपश्चिम र सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरको उपनिबेश पहाडी जिल्ला रहँदै आएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल हुँदाहुँदै पनि क्षेत्रीय कार्यालयहरु कैलाली र कञ्चनपुरमा बढी छन, सुदूपश्चिमका लागी स्थापना गरिएको बिश्व बिद्यालय सबैको पहुँच हुने, पायक गर्ने उपयुक्त जिल्लामा स्थापना गरिनु पथ्र्यो कञ्चनपुरमा स्थापना गरियो, अख्तियारको सुदूरपश्चिम क्षेत्रीय कार्यालय स्थापना भएको केही महिनामै कञ्चनपुरमा सम्पर्क कार्यालय स्थापना गरियो एक बर्ष नपुग्दै क्षेत्रीय कार्यालयलाई तिन जिल्ला हेर्ने जिम्मेवारी दिईयो, दार्चुलाको बलासमा निर्माणाधिन चमेलीया जलबिद्युत आयोजनाको पावर हाउस कैलालीको अत्तरीया बन्ने रे १ पहाडी जिल्लामा राजधानी स्थापना गर्ने तराई केही अघाडी छदैँछ त्यसपछि मात्रै बिकासमा सन्तुलन हुन्छ । क्षेत्रीयस्तरका कार्यक्रमहरु क्षेत्रीय सदरमुकाम दिपायलको सट्टा कैलाली र कञ्चनपुरमा हुने गरेका छन ।
६। तराईमा भैरहेको तिब्र बसाई सराई रोक्न
सुदूरका तराईका जिल्ला कैलाली र कञ्चनपुर उत्पादनका दृष्टिले निकै राम्रो मानिन्छ । पछिल्ला बर्षहरुमा ति दुई जिल्लामा बसाईसराईको तिब्र चाप रहेको छ । उत्पादन योग्य भुमि दिन प्रतिदिन प्लटिङ्ग गर्दै घरेडी निर्माण भैरहेका छन । यसरीनै प्लटिङ्ग र यस्तै बसाईसराई दर रहेको खण्डमा अबको २५ बर्षमा कैलाली र कञ्चनपुरमा खेती गर्ने जमिन खोज्नु पर्ने अबस्था आउने छ । पहाडी जिल्लामा उत्पादनका हिसावले कमै उत्पादन हुने भएकाले त्यहाँ भौतिक संरचना निर्माण गरिनु पर्छ तराईका जिल्ला उत्पादनका लागी छोडी दिनुपर्छ । बढ्दै गईरहेको जनसंख्या बृद्धिलाई खाद्यान्नको अभाव देखिने भएकाले त्यस चुनौतीसंग जुध्नका लागी तराईमा भईरहेका घर निर्माण र जमिनको प्लटिङ्ग रोक्नु पर्छ र बसाईसराई रोक्नका लागी पनि दिपायलमै राजधानी बढाउनु पर्छ । यदि कैलाली वा कञ्चनपुरमा राजधानी तोक्ने हो भने त्यहाँ अहिलेको भन्दा कयौँ गुणा बढी मानिस त्यहाँ बसाईसराई सर्ने छन ।
७। समानुपातिक बिकासका लागी
“राज्य धनि भएर मात्र हुँदैन प्रत्येक जनता धनि हुनपर्छ कुनै एक नागरिक मात्रै धनी भएर हुँदैन राज्य पनि धनि हुनुपर्छ ।” कुनै एक जिल्ला, गाबिस, नगरपालिका सम्पन्न हुँदैमा हुँदैन उक्त प्रान्त वा राज्य सम्पन्न हुन पर्छ तव मात्र बिकास भएको हुन्छ । तराईका जिल्लामा बिकास गर्नका लागी सरकारको उपस्थिति नभएपनि खास्सै फरक पर्दैन पहाडमा भने हरेक बिकासमा उपस्थित हुन जरुरी छ तराईका जिल्लामा राजधानी स्थापना गर्ने हो भने बिकास एकतर्फ केन्द्रित हुन्छ तर पहाडी जिल्लामा स्थापना गर्ने हो भने समानुपातिक बिकास हुन्छ ।
नयाँ ठाउमा राजधानी स्थापना गर्ने हो भने अन्य जिल्लाहरुमा प्रान्तीय सरकारको उपस्थिति दुर्लभ हुने खतरा रहेको छ ।
मोफसल पत्रकारिता
मोफसल पत्रकारितामा बिट हुँदैन
उत्तम ओझा ९डोटी सम्वाददाता०
नागरिक दैनिक
तपार्इंको पुरा परिचय पाउँ न रु
— मेरो नाम उत्तम ओझा हो । २०४२ साल मंसिर ८ गते कालिकास्थान–८, मौवा डोटीमा मेरो जन्म भएको हो । म विगत डेढ बर्षदेखि नागरिक दैनिकमा डोटी संवाददाताका रुपमा कार्यरत छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो रु
— हाम्रो समाज विकृति र विसंगतीले जकेडिएको छ । यी विकृति र विसंगतीहरुको भण्डाफोर नगरी समाज रुपान्तरण गर्न संभव छैन् । समाजमा व्याप्त विकृति र विसंगतीलाई चिर्दै समाजको पुर्नजागरण र विकास गरी समाज रुपान्तरण गर्नका लागी पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको रु
— पत्रकारितामा लागेको ९ बर्ष जति भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ रु
— मोफसलमा पत्रकारिता गरिरहँदा सवै विटमा काम गर्नुपर्ने बाध्यता छ । केन्द्रमा जस्तो विट छुट्याएर मोफसलका पत्रकारले काम गर्ने गरेको पाईदैन । यद्यपी सामाजिक विटमा काम गर्ने रुची छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ रु
— हुन त हरेक पेशामा पनि आ–आफ्नै समस्याहरु छन् । पत्रकारिता पनि समस्याबाट अछुत हुन सकेको छैन । पत्रकारको मुख्य समस्या भनेको आर्थिक समस्या नै हो । विशुद्ध पत्रकारिता गरेर मात्रै जिविकोपार्जन गर्न निकै कठिन छ । अहिले पनि पत्रकारहरुले समयमा पारिश्रमिक नपाउने, नियुक्ति पत्र नपाउने, कम पारिश्रमिकमै काम गरिरहनु परेको अवस्था छ । समाचार लेखेकै कारणबाट पत्रकारहरुमाथी हुने आक्रमण र धाकधम्की आउने क्रम अझै रोकिएको छैन् ।
डोटीमा रहेर नागरिक दैनिकका लागी काम गर्दै गर्दा कस्तो महशुस गरिरहनु भएको छ रु
— निकै खुशी छु । नागरिक दैनिक जस्तो सबल, समृद्ध मिडिया हाउसमा काम गर्ने अवसर पाएकोमा । अनुभवी संचारकर्मीमाझ काम गर्दा केही सिक्ने अवसर पनि मिलेको छ ।
पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला रु
— पछिल्लो एक दशकमा पत्रकारिताको विकासले उचाई लियो । पत्रकारितामा भएको विकास संगसंगै समस्या र चुनौती पनि थपिए । तर, पत्रकारितामा देखिएका समस्या समाधानका लागि राज्यले चासो दिएन । श्रमजिवी पत्रकार ऐन लागु भएको दुई दशक वितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । ऐन कार्यान्वयन नहँुदा न्यूनतम पारिश्रमिक निर्धारण, नियुक्ति पत्रको व्यवस्था, समयमै पारिश्रमिक भुक्तानी, क्षमता अभिवृद्धि लगायतका सेवा सुविधाबाट पत्रकारहरु बञ्चित बनिरहेका छन । तसर्थ पत्रकारिताको बिकासका लागि श्रमजिवी पत्रकार ऐन तत्काल कार्यान्वयन गरिनुपर्दछ ।
महासंघले पत्रकारहरुका समस्या समाधानका लागी कत्तिको भुमिका खेलेको पाउनु भएको छ रु
— नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन भएकाले पत्रकारका समस्या समाधानका लागि प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ । समाचार लेखेकै कारण पत्रकारमाथी आक्रमण गर्ने, धाकधम्की दिने व्यक्तिलाई कानुनी कटघरामा ल्याउन पत्रकार महासंघले सशक्त भुमिका खेलिरहेको छ । साथै न्यूनतम पारिश्रमिक निर्धारण, नियुक्ति पत्रको व्यवस्था र समयमै पारिश्रकिक दिलाउने जस्ता आधारभुत सुविधा उपलब्ध गराउन पत्रकार महासंघले सघन छलफल चलाईरहेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो रु
— पत्रकारिता समाजको ऐना हो । अझ भनांै, समाजको यथार्थ अवस्था झल्काउने ‘बिम्व’ पनि । समाजमा भईरहेका घटना बारे पत्रकारिताले नै जनतालाई सुसूचित गराउने भएकाले यसलाई राज्यको चौथो अंग भनिन्छ । कुनै पक्षसंग आग्रह पूर्वाग्रह नराखि घटनाको यथार्थताबारे जनतालाई सुसूचित बनाउनु पत्रकारिताको धर्म हो । तसर्थ पत्रकारिता समाजका विकृति र बिसंगती चिर्दै समाज रुपान्तरणको माध्यम बन्नुपर्छ । पत्रकारिताले पुर्नजागरण र बिकासका लागि साझा अवधारणा बनाई पक्षपातपूर्ण बकालत गर्नुपर्छ ।
पत्रकार महासंघ स्वयंले पनि पारदर्शी काम गर्न नसकेको भन्ने गुनासो छ नि १
— यो राम्रो कुरा होईन । अरुलाई सुशासन र पारदर्शीताको पाठ सिकाउदा पहिले आफ्नो मुल्य र मान्यतालाई आत्मसाथ गर्नु जरुरी छ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, तपाईलाई के लाग्छ रु
— समाजमा भिन्न भिन्न प्रकृतिका मानिसहरु हुन्छन् । पत्रकारहरु तिनै समाजको अंग भएका कारण यिनीहरुबिच पनि भिन्न भिन्न प्रबृति, व्यवहार, आचरण हुनु स्वभाविकै हो । पत्रकारहरु सवै दुधले धोएका छन् त म भन्दीन् तर, पत्रकारहरुले आफ्नो मुल्य र मान्यतालाई आत्मसाथ गरी मयार्दाभित्र रहेर कर्तव्य निर्वाह गर्नुपर्छ । यद्यपी पत्रकारिताको गुत्थी ओडेका केही कथित पत्रकारहरुले चौथो अंगको मान्यताको मर्मलाई धमिल्याएको यदाकदा सुनिने गरेको छ । यस्ता पत्रकारहरुलाई पत्रकार महासंघले कारवाहीको दायरामा ल्याउनुपर्दछ । मर्यादित पत्रकारिता अहिलेको आवश्यकता हो ।
तपाई कत्तिको लाग्नु भएको छ यस्ता कार्यमा रु
— म पत्रकारिताको आचारसंहिता टेकेर पत्रकारिता गरिरहेको छु । अहिलेसम्म पत्रकारिता पेशामा आँच हुने प्रकारको कुनै पनि अवाञ्छनीय काम गरेको छैन र गर्दिन पनि ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि सरकारलाई के सुझाव दिन चाहानुहुन्छ रु
— मोफसल पत्रकारिताको मुख्य समस्या भनेको नै आर्थिक समस्या हो । आर्थिक समस्याकै कारण मोफसलमा मिडिया संचालन गर्न हम्मेहम्मे परेको छ भने कतिपय मिडिया हाउस बन्द समेत भएका छन् । आर्थिक समस्याकै कारण सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाममा दैनिक पत्रिका प्रकाशन हुन सकिरहेको छैन । साप्ताहिक पनि जेनतेन चलिरहेका छन् । मोफसल पत्रकारिताको बिकासका लागि राज्यले मोफसलमैत्री विज्ञापन नीति बनाउनु आवश्यक छ । मोफसल पत्रकारिताको बिकास विना पत्रकारिताको विकास हुन सम्भव छैन । तसर्थ राज्यले मोफसल पत्रकारिताका समस्या समाधानका लागि नीति ल्याएर अघि बढ्नुपर्छ ।
अन्त्यमा यस अन्तरवार्ताका बिषयमा केही भन्न मन लागेको छ रु
— विम्ब साप्ताहिकको ‘मोफसल पत्रकारिता’ स्तम्भ एकदमै प्रभावकारी छ । पछिल्लो समय अन्य मिडियाले समेत यस्कै सिको गरेका छन् । मोफसलका पत्रकारहरुका पिडा र समस्या पहिल्याई तिनको समाधानका लागि राज्यलाई झक्झकाउन यो स्तम्भ निकै उपयोगी सावित बनेको छ । अन्तमा, मलाई यस स्तम्भमा सहभागी हुने अवसर दिएकोमा बिम्ब साप्ताहिक परिवारलाई निकै धन्यवाद दिन चाहान्छु र पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
साहित्य÷सृजना
म घेरिएको छु–हत्या, हिंसा र पीडाले
रोदन र आर्तनादले
गुनासा र छटपटीले
यन्त्रणाले पोलिरहेछ छातीको मध्यभाग
र उठिरहेछ यातनाको पीरो धुँवा
तर, मेरो कविताले
लाग्छ, केही गर्न सक्दैन
तर, यो पाइला उठ्यो भने
यसले दह्रो गरी टेक्यो भने
सक्छ सल्किरहेको डढेलो निभाउन
सक्छ सुक्दै गएका दूबोहरूलाई हरियो बनाउन
सक्छ तिर्खाएकी चरीको प्यास मेटाउन
हिंसाका लागि बाहिर निस्केका सबै खुकुरीहरूलाई,
सबै तरबारहरूलाई
सक्छ यसले फर्काउन फेरि दावहरूमा
सक्छ यसले आमाको आँशु पुछ्न– सबभन्दा सुखद् कुरा १
यसैलाई टेकेर
शून्यबाट हामी यहाँसम्म आयौं
र पुग्नेछौं अझ अनन्तमा
महान यात्राका लागि
हामी सधैं योसंग आभारी छौं, हुनेछौं
मलाई लाग्यो
यसैलाई शीर्षक बनाएर
म शून्यलाई कविता बनाऊ
मुलुक विदेशीको खेल मैदान
मञ्जुल
गजल
मेरो मायाले त्यो मन छुनेछ एकदिन
तिमीलाई पनि पछुतो हुनेछ एकदिन
अचेल जस्तै मर्दानी अपमान गरेसी प्रिया
वेवारिसे सडकमा लास कुनेछ एकदिन
जिउदो जस्तै मरेपनि पानी बनेर तिम्रै
तप्प तप्प सिरानीमा चुनेछ एकदिन
लास देख्दा अपमान गजल सुन्दा भन्लान्
धनिसंग माया जाल बुनेछ एकदिन
माया गर्ने मान्छे हजुर दिलाउन नसकेर
फुर्सदमा भगवान पनि रुनेछ एकदिन
छत्र बोहरा “घायल”
लानाकेदारेश्वर–४ डोटी
के जल्यो मनभित्र कुन्नि, धुँवा कस्तो थाहा छैन
बर्बाद कि आवाद जीवन जान्ने कुनै चाह छैन
सागरकै बास होस् कि, साउने भेल बनोस जीबन
भिज्दैन यो बन्जर मन, झरी तिम्रो डाह छैन
स्वातिको थोपाको लागि चातक व्यर्थ धाएजस्तै
अल्मलिए पाउ अन्तै नयाँ कुनै राह छैन
ठोकिए, बज्रिए कति भावनाका पर्खालहरु
चोटले मलम नपाए नि मनमा कुनै आह छैन
हेमन्ती जोशी
मनहरु जित्न सके।।।।।।।।। गजल संग्रहवाट
लोकसेवा तयारीका लागि उपयोगी
सकारात्मक विभेद भन्नाले केलाइ जनाउछ रु
— सकारात्मक विभेद ९उयकष्तष्खभ मष्कअचष्mष्लबतष्यल० भनेको सामाजिक र आर्थिक रुपले पछाडी परेका बर्गलाई राज्यका खासगरी रोजगारी र शिक्षालगायतका सेवाहरुमा विशेष प्राथमिकता प्रदान गर्ने पद्धति हो । सकारात्मक विभेदको सिद्धान्त समानताको सिद्धान्त भन्दा भिन्न हुन्छ । समानताको सिद्धान्त अनुसार जातजाति, भाषा, लिङ्ग, धर्म नहेरी सबैलाई समान अवसर प्राप्त हुन्छ र यसबाट सबैले समान लाभ प्राप्त गर्न सक्दैनन् तर सकारात्मक बिभेद्को सिद्धान्त अनुसार अधिकार र अवसरबाट वञ्चित वर्गलाई बिशेष प्राथमिकता उपलब्ध हुन्छ । खासगरी महिला र अल्पसंख्यक जातीय समुदाय सकारात्मक बिभेद्को फाईदा उठाउन सक्ने मुख्य बर्ग हुन । अल्पसंख्यक धार्मिक र भाषिक समुदाय तथा अपाङ्ग पनि यसका लक्षित वर्ग हुन ।
सकारात्मक बिभेद्को अबधारणा १९६० को दशकमा संयुक्त राज्य अमेरिकाबाट बिकसित भएको मानिन्छ, जतिखेर त्यहाका अश्वेत जतिहरुको अधिकारको आन्दोलन नयाँ उचाइमा पुगेको थियो ।
निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरणहरु उल्लेख गर्नुहोस ।
— निजामती सेवा ऐन २०४९ दोस्रो संसोधन २०६४ साल भाद्र २३ गते अनुसार निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरणहरु यस प्रकार छन ः
सुत्र ः सअरा रासस दाकनि प्रहप्रनि सयाअसे आचे
१ समय पालना र नियमितता
२ अनुशासन र आज्ञा पालना
३ राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने ।
४ राजनीतिमा भाग लिन नहुने ।
५ सरकारको आलोचना गर्न नहुने ।
६ सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध ।
७ दान, उपहार, चन्दा आदी प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध ।
८ कम्पनीको स्थापना र सञ्चालन तथा ब्यापार ब्यवसाय गर्न नहुने ।
९ निर्वाचनमा भाग लिन नहुने ।
१० प्रदर्सनी र हड्ताल गर्न प्रतिबन्ध ।
११ हड्ताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध ।
१२ प्रतिनिधित्व गर्नमा प्रतिबन्ध ।
१३ निजामती कर्मचारीहरुको ट्रेड यूनियन सम्बन्धी ब्यवस्था ।
१४ सम्पत्ति विवरण तोकिए बमोजिम दिने ।
१५ यातना दिन नहुने ९कसैलाई यातना दिन, यौनजन्य दुव्र्यबहार र घरेलु हिंसा सम्बन्धी कार्य गर्न र गराउन नहुने ।०
१६ अन्य आचरण
१७ सेवाग्राहीप्रतिको ब्यवहार मर्यादित हुनुपर्ने ।
१८ आफ्नो सेवा र पद अनुसारको आचरण पालना हुनुपर्ने ।
१९ चेतावनी दिन सक्ने ।
नोबेल पुरस्कार २०१४ वारे जानकारी गराउनुहोस ।
— नोबेल पुरस्कार २०१४ निम्न बिधामा निम्न व्यक्तिहरुलाई प्रदान गरिएको छ ः
१। चिकित्सा तर्फको नोवेल पुरस्कार २०१४
एच।व्यमचब यपा, द्यष्चष्म ःगकबच बलम ब्मधबमचब ःगवबच
२। भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार २०१४
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जापानी वैज्ञानिक इसामु आकासाकी, हिरोसी अमानो र सुजी नाकामारा, थोरै ऊर्जामा पर्याप्त उज्यालो दिने वातावरण मैत्री लेड चिम विकास गरेका तीन जापानी वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।
३। शान्तितर्फको नोबेल पुरस्कार २०१४
भारतीय बालअधिकारकर्मी कैलाश सत्यार्थी र पाकिस्तानकी साहसी बालिका मलाला युसफजाईलाई सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
४। साहित्यतर्फको नोवेल पुरस्कार २०१४
यसपटकको नोवेल साहित्य पुरस्कार फ्रान्सका प्याट्रिक मोडियानोलाई प्रदान गरिएको छ
५। रसायनतर्फको नोबेल पुरस्कार २०१४
दुई अमेरिकी तथा एक जर्मन बैज्ञानिक ९अमेरिकाका एरिक बेजिग र विलियम मर्नर तथा जर्मनीका स्टिफन हेल० ले यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार पाएका छन् । उनीहरुले नानोस्कोपको विकास गरेका थिए । यसले जीवित कोषभित्रका अत्यन्त सुक्ष्म कण ९मोलेक्युल० को सजिलै अध्ययन गर्छ ।
६। अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०१४
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०१४ फ्रान्सका अर्थशास्त्री जाँ टिरोललाई प्रदान गरिएको छ ।
श्रोत संकलक ः राम बिष्ट
सूचना÷सन्देश÷बिज्ञापन
शिक्षक आवश्यकता सम्वन्धि सूचना
डोटी जिल्ला सदरमुकाममा रहेको एक प्रतिष्ठित नीति बिद्यालयका लागि माध्यामिक तहको बिज्ञान बिषय अध्यायन गर्न एक जना शिक्षक आवश्यक भएको हुँदा द्य।क्अ अथवा बिज्ञान मुल बिषय लिई स्नातक तह उत्तीर्ण गरेका वा स्नातक तह तेश्रो वर्षमा अध्ययनरत ईच्छुक नेपाली नागरिकहरुलाई सम्पर्क गर्न हुन जानकारी गराईन्छ ।
सम्पर्क ः
९८४८६२०४३०, ९८४८६६०७७३
हार्दिक बधाई
लामो समयदेखि मानवअधिकारको क्षेत्रमा क्रियाशील हाम्रा आत्मीय मित्र कानुनव्यवसायी श्री शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
बिम्ब साप्ताहिक परिवार
नेकपा एमाले डोटी जिल्ला सचिवालय सदस्य कमरेड शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
गगन रावत ९अध्यक्ष०
तथा नेकपा एमाले सरस्वतीनगर गाउँ कमिटी, डोटी परिवार
हलिया मुक्ती आन्दोलनमा लामो समयसम्म अग्रणी भुमिका निभाएका कानुन व्यवसायी एवं मानवअधिकारकर्मी मित्र श्री शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
सिता बि।क। ९अध्यक्ष०
तथा राष्ट्रिय हलिया मुक्ती समाज, डोटी परिवार
लामो समयसम्म मानवअधिकारको क्षेत्रमा बिताएका कानुन व्यवसायी मित्र श्री शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
नवराज जोशी ९कार्यक्रम सहायक०
तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९ईन्सेक०, डोटी परिवार
आत्मीय मित्र तथा नेकपा एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य कमरेड शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
गोरखवहादुर सार्की
केन्द्रीय सदस्य तथा सेती अञ्चल सहईन्चार्ज
नेपाल उत्पिडित जातीय मुक्ती समाज
आत्मीय मित्र तथा नेकपा एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य कमरेड शंकरदीप मडै डोटी अस्पताल बिकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।
कर्ण चुनारा ९उपाध्यक्ष०
नेकपा एमाले, तोलेनी गाउँ कमिटी, डोटी
महिला तथा बालवालिका कार्यालय डोटी
सूचना १ सूचना ११ सूचना १११
लोकसेवा आयोगवाट लिईने राजपत्र अनंकित प्रथम र द्वितीय ९नासु र खरिदार० पदमा महिला सहभागिता अभिबृद्धिका लागि महिला तथा बालवालिका कार्यालय डोटीको आ।व।०७१÷०७२ को स्वीकृत बार्षिक कार्यक्रम अनुरुप डोटी जिल्लाका ६० जना महिलाहरुका लागि मिति २०७१÷०८÷२२ गतेदेखि मिति २०७१÷०९÷०७ गतेसम्म १५ दिने तयारी कक्षा सञ्चालन हुन गईरहेकोले ईच्छुक महिलाहरुले २०७१÷०८÷५ गतेदेखि ऐ। २० गतेसम्म आवेदन दिनहुन यो सूचना प्रकाशन गरिएको छ ।
आवश्यक कागजात
१। नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ९१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको०
२। आवश्यक शैक्षिक योग्यताको (क्ीऋरक्ष्लतभच) प्रमाणपत्रको प्रतिलिपी
३। दलित जनजाती भए सो को प्रमाणित प्रतिलीपी ।
नोट ः ड्ड एकल महिलालाई सो तयारी कक्षमा स्वतः छनौट गरिने, अपाङ्गता भएका व्यक्ति, दलित, जनजातीलाई प्राथमिकता तथा नगरपालिकाभित्रका १५ जना अनिवार्य सहभागि गराईनेछ ।
ड्डसो तयारी कक्षामा खाजा वाहेक अन्य कुनै पनि सेवा सुबिधा नरहेको पनि यसै सूचना मार्फत जानकारी गराईन्छ ।
सम्पर्क कार्यालय ः महिला तथा बालवालिका कार्यालय डोटी, फोन नं। ०९४४२००७८
सम्पर्क व्यक्ति ः मो।नं। ९८४८५४९५२६
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७१÷०८÷०१ गते
यस गौडीवाग वालबिकास केन्द्र खिरसैन गाबिस–९ कडालगाउँ, डोटीमा तपसिल अनुसारको कर्मचारी पद रिक्त रहन गई खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिएको छ ।
तपसिल
बिज्ञापन नं। १÷०७१÷०७२, पद ः बालबिकास सहयोगी कार्यकर्ता
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थावाट बिज्ञान मुल बिषय लिई प्रबिणता प्रमाण पत्र तह उत्तीर्ण÷तालिम अनिवार्य ।
तलव भत्ता ः नेपाल सरकारको प्रचलित स्केल अनुसार, परीक्षा दस्तुर ः रु। ५०१÷–
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको, परीक्षाको किसिम ः लिखित र मौखिक
दरखास्त दिने अन्तिम मिति ः २०७१÷०८÷१५ गतेसम्म
सम्पर्क मिति ः २०७१÷०८÷१६ गते कार्यालय समयभित्र ।
आवश्यक कागजातहरु ः नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपी
पुनश्च ः म्याद नाघी आएका तथा प्रक्रिया नपुगेका आवेदन उपर कुनै कारवाही हुने छैन ।
एसएलसी उत्तीर्ण, स्थानीय विवाहित महिलालाई बिशेष प्राथमिकता दिईनेछ । थप जानकारीका लागि मोवाईल नं। ९८४८४७९१३२
हार्दिक बधाई
सम विकास केन्द्र नेपाल (भ्म्ऋ(ल्भउब)ि को १७ औं साधारण सभा एवं महाधिवेशनबाट अध्यक्ष पदमा चयन हुनु भएका श्री केशव परियार ज्युलाई हार्दिक बधाई सहित आफ्नो सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
नेपाल बुद्धिजिवी परिषद परिवार
डोटी शाखा
शिक्षक आवश्यकता सम्वन्धि सूचना
यस झिमे मालिका उच्च माध्यामिक बिद्यालय, दुर्गामाण्डौं गाबिस–६ वायल डोटीमा तपसिलको शिक्षक पद रिक्त रहन गई खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिएको छ ।
तपसिल
बिज्ञापन नं। ३÷०७१÷०७२, पद ः शिक्षक, दरवन्दी ः करार, बिषय ः बिज्ञान, तह ः नि।मा।बि। संख्या ः १ जना
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थावाट बिज्ञान मुल बिषय लिई प्रबिणता प्रमाण पत्र तह उत्तीर्ण÷तालिम अनिवार्य ।
तलव भत्ता ः नेपाल सरकारको प्रचलित स्केल अनुसार
परीक्षा दस्तुर ः रु। ५००÷–
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम ः लिखित, मौखिक र आवश्यकता अनुसार कक्षा अवलोकन
दरखास्त दिने अन्तिम मिति ः २०७१÷०८÷१४ गतेसम्म
सम्पर्क मिति ः २०७१÷०८÷१४ गते कार्यालय समयभित्र ।
परीक्षा मिति ः जि।शि।का।को समन्वयमा पछि तोकिनेछ ।
आवश्यक कागजातहरु ः नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपी र अध्यापन अनुमति पत्रको प्रतिलिपी
पुनश्च ः म्याद नाघी आएका तथा प्रक्रिया नपुगेका आवेदन उपर कुनै कारवाही हुने छैन । थप जानकारीका लागि मोवाईल नं। ९८४८६४१६२५ र ९६१९४१५२२०
हार्दिक बधाई
सम विकास केन्द्र नेपाल (भ्म्ऋ(ल्भउब)ि को १७ औं साधारण सभा एवं महाधिवेशनबाट अध्यक्ष पदमा चयन हुनु भएका श्री केशव परियार ज्यु र नयाँ निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई सहित आफ्नो सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
नारद मलासी
पूर्व डोटी जिल्ला अध्यक्ष
नेकपा एमाले
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७१÷०८÷०८ गते
यस बासुदेव माध्यामिक बिद्यालय बासुदेवी गाबिस डोटीमा रक्त रहन गएको तपसिल अनुसारको तपसिल अनुसारको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिएको छ ।
तपसिल
बिज्ञापन नं। १÷०७१÷०७२, पद ः शिक्षक, दरवन्दी ः करार, बिषय ः नेपाली, तह ः नि।मा।बि।
संख्या ः १ जना, शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थावाट नेपाली मुल बिषय लिई प्रबिणता प्रमाण पत्र तह उत्तीर्ण÷तालिम प्राप्त, तलव भत्ता ः नेपाल सरकारको प्रचलित स्केल अनुसार
परीक्षा दस्तुर ः रु। १५००÷–, उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम ः लिखित, मौखिक र आवश्यकता अनुसार कक्षा अवलोकन
दरखास्त दिने अन्तिम मिति ः २०७१÷०८÷२२ गतेसम्म
सम्पर्क मिति ः २०७१÷०८÷२३ गते कार्यालय समयभित्र ।
परीक्षा मिति ः जि।शि।का।को समन्वयमा पछि तोकिनेछ ।
आवश्यक कागजातहरु ः नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपी र अध्यापन अनुमति पत्रको प्रतिलिपी
पुनश्च ः उच्च योग्यता भएको अनुभवी एवं सक्षम व्यक्तिलाई प्राथमिकता दिईने छ । म्याद नाघी आएका तथा प्रक्रिया नपुगेका आवेदन उपर कुनै कारवाही हुने छैन । थप जानकारीका लागि मोवाईल नं। ९८४८४१८२३८