हाम्रा हरेक कदम्हरु राष्ट्रिय स्वार्थवाट प्रेरित हुने सँस्कृतिको बिकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार ब्यबसायतर्फ आकर्षित हुँदै युवा नेताहरु
नेकपा एमाले डोटीका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले गृह गाबिस महादेबस्थानमा मुना मेमोरियल नामक नीजि बिद्यालय सञ्चालन गरेका छन ।बिद्यालयका साथसाथै बंगुर तथा कुखुरा फर्म संचालन गरेका छन भने बार्षिक रुपमा १८ क्वीन्टलसम्म तरकारी फलाउने गरेका छन ।
नेकपा–माओवादी डोटीका सचिब बिबेक कुमालले जिल्ला सदरमुकाम सिलगढीमा जनप्रिय होटल एण्ड फ्रेस मासु पसल सञ्चान गरेका छन । नेपाली कांग्रेस डोटीका सचिब रावतले सार्वजनिक यातायातको जिप सञ्चालन गरेका थिए ।
डोटी जिल्लामा क्रियाशील राजनीतिक दलका जिल्लास्तरीय युवा नेताहरु ब्यबसायतर्फ आकर्षित भएका छन । मञ्चमा भाषण, आन्दोलन अथवा राजनीतिक गतिबिधीमा संलग्न हुने दलका युवा नेताहरु पछिल्लो समय ब्यबसायमा ब्यस्त रहेका छन ।
एमाले अध्यक्ष मल्ल, माओवादी सचिव कुमाल र कांग्रेस सचिव रावत जस्तै एकिकृत नेकपा माओवादीका जिल्ला कमिटी सचिपालय सदस्य छवी ओली पनि व्यवसायमा छन । उनले क्षेत्रीय सदरमुकाम राजपुरमा रकटाउन होटल सञ्चालन गरेका छन । एमाओवादी नेता चन्द्रदेब ओझाले जिल्ला सदरमुकाम सिलगढीमा किराना पसल सञ्चालन गरेका छन । नेकपा एमालेका सचिव राम बहादुर ऐरले सहकारी मार्फत गाई पालन सुरु गरेका छन ।
एमालेका उपसचिब तथा महिला नेतृ मञ्जु मलासीले बिगत लामो समयदेखिनै पसल चलाउँदै आएकी छन । नेकपा एमालेका पुर्ब अध्यक्ष नारद मसाली केरा खेतीतर्फ लागेका छन । नेपाली कांग्रेसका नेता तथा दलित अगुवा कुमारसिंह टेलरले बिगत लामो समयदेखिनै आफ्नो पुख्र्यौली पेशा सिलाई कटाई सञ्चालन गर्दै आएका छन ।
त्यसो त नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका भक्त बहादुर बलायर राजपुरमा रहेको सुजङ्ग उच्च माद्यामिक बिद्यालय लगायतका संस्था सञ्चालन गरेका छन । बलायर डोटी क्षेत्र १ वाट लगातार प्रतिनिधिसभा सदस्य जितेका व्यक्ति हुन । राष्ट्रिय सभाका सदस्य समेत भईसकेका एमाओवादीका पुर्ब केन्द्रीय सल्लाहाकार समिति सदस्य मोहन बमले पनि जिल्ला सदरमुकाम सिलगढीमा मोर्निङ लाईट नामक नीजि बिद्यालय सञ्चालन गरेका छन । उनी २०७० सालको संबिधानसभामा एमाओवादीको तर्फवाट डोटी क्षेत्र १ का प्रत्येक्ष उम्मेदवार हुन ।
जिल्ला तहका अन्य थुप्रै नेताहरु ब्यबसायमा रहेका छन । आफु संलगन पार्टी सत्तामा हुँदा सरकारले गरेका गलत कामको पनि बढाईचढाई गर्ने र पार्टी प्रतिपक्षमा हुँदा सरकारले गरेका राम्रा कामको पनि बिरोध गर्नमा समय बिताउँदै आएका युवा नेताहरु अहिलेको आबश्यकता आर्थिक समृद्धि भएको बताउँछन । उनीहरु भन्छन “राजनीतिलाई सक्रीय रुपमा अघि बढाउनका लागी आर्थिकको पनि ठुलो भुमिका हुने भएकाले आर्थिक उपार्जनका काममा लाग्न जरुरी छ ।”
नेकपा एमालेका जिल्ला अध्यक्ष मल्लले भने “म राजनीतिलाई मात्र होईन ब्यबसायलाई पनि उत्तिकै मायाँ र लगानी गर्ने गर्छु, मेरो उद्देश्य भनेको राष्ट्रिय उद्यमशील पँुजीको बिकास गर्ने हो ।”नेकपा–माओवादीका सचिब बिबेक कुमालले ब्यबसाय सुरु गर्नुको उद्देश्य भनेको आर्थिक पाटो छँदैछ बिदेशीन लागेका युवाहरुलाई गर्ने हो भने नेपालमा पनि थुप्रै सम्भाबना छन भन्ने देखाउनका लागी भएपनि आफुले ब्यबसाय गरेको बताए । बन्दुकको नालवाट सत्ता कव्जा गर्ने घोषित उद्देश्यका साथ सशस्त्र द्वन्द्वमा होमिएका कुमाल आज राजनीतिसंगै डाढु चम्चा चलाउँदै छन । कुमाल भन्छन “हिजो मुलुकमा राजनैतिक परिर्बतनको आबश्यकता थियो त्यो गरियो आज आर्थिक बिकासको बेला हो त्यो गर्दै छौँ ।”पार्टीको जिल्ला अध्यक्ष भएर जिम्मेवारी वहन गरिसकेका नेता नारद मलासी राजनीति पेशा नभएर समाज सेवा भएको वताउँछन । उनी भन्छन “ राजनीति नाफामुलक व्यवसाय होईन, राजनीतिलाई मात्रै पेशा ठानेर जाने हो भने राजनीतिकर्मी होईन भ्रष्टाचारी भईन्छ कि त जोगी भईन्छ । त्यसैले अशल राजनीतिकर्मी हुनका लागि आयआर्जनको बैकल्पिक वाटोमा लाग्नु आजको आवश्यकता हो ।
सम्पादकीय नाफा नोक्सान हेर्ने हो की अब
पहिलो संबिधानसभाको अन्तिम तर्फ सदूरपश्चिममा दुई भिन्न उदेश्य राख्ने आन्दोलन निकै चर्किएका थिए । सुदूरपश्चिमका ९ जिल्लालाई एकै प्रदेश बनाउदै अखण्ड राख्नु पर्ने एक थरी र अर्को सुदूपश्चिमका ७ ओटा पहाडी जिल्लालाई एक प्रदेश बनाउने भिन्न उदेश्यका आन्दोलनकारीका बिचमा झडब, बहस, प्रतिबन्धको श्रृङखला १९ दिन सम्म चल्यो तराईका जिल्लामा यत्ती सम्म भयो थारुहरुको बाहुल्यता भएको ठाउँमा पहाडिहरु बस्नै नसक्ने पहाडीहरुको बाहुल्यता भएको ठाउँ थारु छिर्नै नसक्ने । अन्य के–के भयो त्यसका तपाई हामी सबै साक्षि हौँ ।
बिगतमा भएका बहश, तर्क अहिले हुँदै गरेको राजनैतिक छलफल र छलफलबाट निश्कने निकासको सम्भाबनामा केन्द्रीत हुन जरुरी हुन्छ । मुलुकको संघिय खाका कोरिरहेको अबस्थामा हाम्रो मुलुक कस्तो बनाउने भन्ने बिषयको बहशमा भाग लिन पाउनु प्रत्येक नागरिकको अधिकार हो । प्रसंग नेपालको सुदूरपश्चिमाअञ्चल बिकास क्षेत्रको हो राज्यको निती निमार्ण र बिकासका दृष्टीले उपनिबेश बनि रह्यो र त्यसको पिडा बर्षौ देखी अहिले सम्म भोगी रहेको छ ।
अखण्ड आन्दोलनकारिहरुले सुदूरपश्चिमलाई एक राख्दा हिमाल पहाड तराई सबै मिलेको छ पहाडि जिल्लालाई मात्र एक प्रान्त बनाउँदा थेग्न सक्दैन भारत र चन संग नाका जोडिन जरुरी छ तब मात्र बिकास सम्भब छ भन्ने तर्क गरिरहेका छन ।
सात ओटा पहाडी जिल्लाको एक प्रदेशको प्रस्ताबको पक्षमा रहेकाहरु भन्दै थिए केन्द्रीय सरकारको उपनिबेश सुदूरपश्चिम त्यसमा पनि कैलाली र कञ्चनपुरको उपनिबेश पहाडी सात जिल्ला हुन पहाडि जिल्लाको बिकासका लागी कैलाली र कञ्चनपुरलाई अलग गर्नु पर्छ यदि २ जिल्लाका उपनिबेश हाईन भने सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम दिपायल हुँदा हुँदै पनि क्षेत्रिय कार्यालयहरु राजपुरमा १८ र कैलालीमा २६ पक्कै पनि हुने थिएन होला, मेडिकल कलेज , सुदूरपश्चिम बिश्व बिद्यालय एउटा कुनामा बन्ने थिएन होला सबै सुदूरपश्चिमेलीको पहुँच पुग्ने गरी बन्थे होला रु भन्ने तर्क गर्छन ।
अब प्रशंग अहिलेको राजनैतिक छलफल तर्फ जोड्न आबश्यक छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमाले प्रमुख प्रतिपक्षि एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलिय मोर्चाका बिचमा भैरहेको रस्साकस्सीको र निर्णयलाई मध्यनजर गर्नु जरुरी छ ।
सरकार प्रक्रियामा लगेर संबिधानका बिबादीत बिषयमा निर्णय गर्न चाहान्छ भने प्रतिपक्षीहरु सहमतीय पक्रीयाबाट टुङगाउनु पर्नेमा छन । नेपाली कांग्रेस र नेकपा एमाले बिच संघियताका बिषयमा एक सहमती भएको छ । देशभर सात प्रान्त बनाउने सुदूरपश्चिमका नौँ जिल्लाको एक प्रान्त हुने, त्यसको राजधानी कैलालीको अत्तरीयामा हुने र नाम खप्तड प्रदेश रहने सहमती भएको छ ।
अहिले कांग्रेस र एमालेका बिचमा भएको सहमतीलाई हेर्दा सुदूरपश्चिमलाई अखण्ड बनाउदा दिपायलमा पाईरहेको सेवा पाउन कैलालीको अत्तरीया पुग्न पर्छ , पहाडि जिल्लाको बिकास अझ धरै घढ्छ, तराईले उच्च बसाईसराई खेप्नु पर्छ अर्को अर्थमा भनौ अधिकारको बिकेन्द्रीकरणका लागी आएको संधियताले दिएको अधिकार खोसेर लैजाने छ अत्तरीया सम्म । सात जिल्लाको प्रदेश बनाउदा कैलाली र कञ्चनपुरको अन्न गुम्छ तराई गुम्छ बस यत्ती हो ।
एकिकृत नेकपा माओवादी संग सहमती भएको खण्डमा प्रदेशको संख्या र राजधानीका बिषयमा हेरफेर हुन सक्छ पक्रीयामा गएको खण्डमा कांग्रेस र एमालेको निर्णय पारित हुने निश्चीत छ । जसका लागी दिपायल क्षेत्रिय सदरमुकाम हुँदा सहज हुनेहरुले के हिसाब किताव गर्न जरुरी छ भने राजधानी गुमाउन नोक्सान वा कैलाली कञ्चनपुर गुमाउदा नोक्नान हुन्छ त्यसको लेखाजोखा गर्ने जिम्मा तपाईलाई ।
थप समाचार ढिके नुनसंग साँटिदै छ भिटामिन
दिपायल सिलगढी नगरपालिका लेकठाँटाकी भावना भण्डारी बारीमा फुलाएको बेथेसंग ढिके नुन साट्न एकाबिहानै घरबाट निस्कीन् । आठ किलोमीटरको दुरीमा रहेको पिपल्ला बजारको घटाल सप्लायर्समा पालो कुरेपछि उनले ११ बजेमात्र नुन पाइन् । त्यसै गरी सोही गाउका तिर्थ भण्डारीले पनि घरबाट बिहानै आएर ढिलो गरीमात्र ढिके नुन पाए । यसरी ढिके नुनका लागि हानथाप गर्ने उनीहरुमात्र होइन ।
बागठाटा, पाकरी, कलेना, धामीगाउ, पुन्नाका संयौ किसानहरुलाई कोदोसंगै छरेको बेथे फुलेपछि त्यससंग ढिके नुन साट्ने चटारो छ । तछाडमछाड गरेको घुईचो अहिले पिपल्ला बजारमा देख्न पाइन्छ । सटही गर्ने ब्यापारीहरु बजारमा सिमित रहेकाले किसानहरुले लाइन लागेर नुन लिने गरेका छन् ।
साल्ट ट्रेडिङ्ग कार्यालय दिपायलकै अगाढी रहेका पसलहरुबाट ढिके नुन प्रयोग गर्न आउने उपभोक्ताहरुको हानथाप हुँदा पनि सम्बन्धीत निकाय मौन छ ।
सरकारले बर्षेनी साल्ट टे«डिङ्ग कर्पोरेसन मार्फत ढिके नुनका प्रयोगकर्ता घटाउन जनचतनामुलक कार्यक्रम गर्दै आएको छ । ढिके नुनको साटो आयोडिनयुक्त नुनको प्रचारप्रसारका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने गरेको पनि छ ।
‘हामी त पहिला पनि यस्तै नुन खाएको यही राम्रो लाग्छ, बागठाँटाकी सरस्वती भण्डारीले भनिन् ‘बस्तुभाउ र आफ्ना लागि यहि नुन प्रयोग गर्छौ, फेरी प्याकेटवाला आयोडिनयुक्त नुन’ नुन महङ्गो पनि छ ।’
किसानहरुले एक किलो बेथेसंग पाँच किलो ढिके नुन साट्ने गरेका छन् । बेथेसंग साटेर किसानहरुले बर्षभरीका लागि एकै चोटी ढिके नुन किन्ने चलन यहाँ छ । नुन साट्ने किसानहरुको घुइचो बढ्न थालेपछि ब्यापारीहरुबिच मुल्य बढाउने प्रतिस्पर्धा भइरहेको छ । सुरुका दिनमा प्रति किलो बेथेसंग चार किलो ढिकेनुन दिइरहेका ब्यापारीहरुले दोस्रो दिन पाच किलो दिइरहेका थिए । तेस्रो दिन बढेर साढे पाच किलोसम्ममा ढिके नुन साटिएको छ ।
दुई दिनमा चार सय बोरा सकिएर घटाल दर्शनका मालिक बिक्रम साउदले सोमबार धनगढीबाट तीन सय बोरा थप ढिके नुन मगाएको बताए । उनले खानापीना नभनीकन सटही काममा लागेको जानकारी दिए । त्यस्तै अर्का मदन श्रृंगार पसलले पनि दुई सय बोरा ढिके नुन बिक्री गरीसकेको छ ।
दिपायल पीपल्लामा मात्र नभएर तिखात्तर, बासुदेबी, वायल, मौवा, गोपघाट लगाएतका बजारहरुमा पनि ढिके नुन किन्ने किसानहरुको घुइचो छ ।
साल्ट टे«डिङ्ग कर्पोरेशन दिपायलका प्रमुख दिपक भट्टले ढिके नुन प्रयोग गर्नेको बास्तबिक तथ्यांक आफुहरुसंग नरहेको बताए । उनले ढिके नुनको प्रयोग घटाउन बिबिध गतिबिधीहरु भइरहेका भएपनि ढिके नुन किन्न आएका ग्राहकलाई सम्झाउने बुझाउने अवस्था नरहेको बताए ।
सडकको स्तरोन्नती नभए बस सञ्चालन नहुने
डोटीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौड्यालले सहजपुर, बिपीनगर, बागछेडा सडक खण्ड तथा बुडर जोरायल सडक खण्डको स्तरोन्नती नभएसम्म बस सञ्चालन नहुने जानकारी दिएका छन ।
आईतवार प्रमुख जिल्ला अधिकारीले बिम्ब साप्ताहिकसंग कुरा गर्दै सो कुरा वताएका हुन ।
गत असोज २० गते छतिवन गाबिसमा बस दुर्घटना भए पश्चात गृह मन्त्रालयले बढिरहेका सडक दुर्घटनालाई मध्यनजर जिल्ला यातायत ब्यबस्थापन समिति गठन गर्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी गठन भएको उक्त समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला विकास समितिका ईन्जिनियर, नगरपालिकाका ईन्जिनियर, सडक डिभिजन कार्यालयका प्रमुख र जिल्लामा रहेका यातायात व्यवसायी संघका प्रतिनिधि सदस्य हुने प्राव्धान रहेको छ ।
सडक कहिलेसम्म सञ्चालनमा आउन सक्छ रु भन्ने प्रश्नमा पौड्यालले भने “बस कहिले सञ्चालन हुन्छ भन्ने निश्चित छैन जहिलेसम्म मानवीय त्रृटी बाहेक अन्यथा सडक दुर्घटना हुन्न भन्ने ग्यारेण्टी हुँदैन तबसम्म सडक सञ्चालनमा आउँदैन । त्यसका लागी सडकको स्तरोन्नती गर्नु जरुरी छ ।”
असोज २० गते छतिवन गाबिसको कटकटेमा २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना पश्चात फेरी यस्तो नहोस् भन्ने उद्देश्यले बस सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय डोटीका शाखा अधिकृत जनक शर्माले बताए । उनले भने “बस रोक्नुको एक मात्रै उद्देश्य भनेको दुर्घटना नहोस भन्ने हो ।”
बसहरु सञ्चालन नहुँदा आफुहरुलाई ठुलो मर्का परिरहेको जोरायलबासीहरुको गुनासो रहेको छ । ट्राफिक यातायात व्यवस्थापनमा खासै ध्यान नदिएको भन्ने गुनासाका सन्दर्भमा बोल्दै शाखा अधिकृत शर्माले यदि कानुनसंगत तरिकाले र आफुले पाएको जिम्मेवारी सही तरिकाले बहन गर्न नसकिने भए सरकारी पोशाँक लगाएको कुनै अर्थ नहुने वताए ।
थोक बजारको अभाबमा कृषक मर्कामा
डोटी कार्तिक ११ गते । थोक बजार तथा संकलन र खरिद बिक्रि केन्द्र नहुदा डोटी जिल्ला का बिभिन्न स्थानमा उत्पादित कृषि जन्य बस्तुहरुले उचित मुल्य नपाउदा किसानहरु मर्कामा परेका छन् ।
किसानहरुले उत्पादन गरेका तरकारी, फलफुल लगायतका बस्तु बिक्रिका लागी डोकोमा राखेर बजार बजार घुम्नु पर्ने बाध्यता रहेको छ । सदरमुकाम सिलगढी संग सिमाना जोडीएको कलेना गाबिसका कृषक खड्क साउदका अनुसार आफ्नो गाबिस सदरमुकाम नजिकै भए पनि ब्यबस्थीत संकलन केन्द्र तथा थोक बजार नहुदा डोकोमा तरकारी वोकेर घर घर चाहार्नु पर्दा उत्पादित बस्तुवाट सहि रुपमा फाईदा लिन सकिएको छैन । एक डोको तरकारी बिक्रि गर्न पनि मोलमोलाई गर्दै घर–घर जानु पर्छ कृषक साउदले भन्नु भयो ।
जिल्ला स्थित सरोकारवालहरुले समेत बजार संगको पहुंच सहज बनाउन ब्यबस्थित संकलन तथा बिक्रि केन्द्र निर्माण गरिए थोरै उत्पादन गर्ने किसानले समेत फाईदा सक्ने बताउछन् । ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य कृषि जन्य बस्तुको राम्रो उत्पादन भईरहेको भए पनि बजार सम्मको सहज पहुचको अभावका कारण सदरमुकाम सिलगढी र क्षेत्रीय सदरमुकाम दिपायलमा बाहिरवाट खाद्य समाग्री ल्याई आपुर्ती गर्नु परेको छ । दिपायल स्थित तरकारी पसल राख्दै आउनु भएका एक ब्यापारीले बताउनु भयो ।
जिल्लामा सरकारी तथा गैरसकारी संस्थाहरुले पकेट क्षेत्रको बिकास गरी उत्पादनलाई बढावा दिईरहेका छन् । जिल्ला कृषि बिकास कार्यालय डोटी, लगायतका सरकारी तथा गैरसकारी संस्थाहरुले जिल्लाका बिभिन्न ग्रामिण ईलाकाहरुमा आलु, अदुवा , सुन्तला , अमिलो जातको फलफुल लगायतका बस्तुको पकेट क्षेत्रको घोषणा गरी रणनितिक हिसावले उत्पादनलाई बढावा दिईरहेको बताईएको छ ।
सुपको राजधानी “अत्तरिया” बनाउने सहमती
सरकारको नेतृत्व गरी रहेको नेपाली कांग्रेस र प्रमुख सत्ता साझेदार नेकपा एमाले बिच सुदूरपश्चिमका ९ जिल्लालाई एक प्रदेश बनाउने र उक्त प्रान्तको राजधानी कैलालीको अत्तरीयामा बनाउने सहमती भएको छ । दुई दलहका बिचमा प्रदेशको नाम खप्तड प्रदेश रहने पनि सहमती भएको छ ।
दुई दल बिच भएको सहमती अन्तीम निर्णय नभएनि पक्रीयाबाट संबिधान निमार्णमा जाँदा उक्त निर्णय कार्यन्वयन हुन सम्भाबना प्रशस्त रहेको छ । प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादी भने सुदूरपश्चिमका ७ पहाडी जिल्लाको एक प्रदेश हुन पर्ने र त्यसको राजधानी दिपायल हुनु पर्ने अडानमा काएमै रहेको छ ।
एकिकृत नेकपा माओवादीको डोटी जिल्ला अध्यक्ष त्रिलोचन भट्टले बिगतमा भएको अखण्ड आन्दोलनका कारण डोटीले राजधानी गुमाउनु पर्ने अबस्था आएको बताए उनले भने “क्षेत्रिय सदरमुकाम दिपायल हुँदा त यहाँको बिकास यस्तो धिमा गतिमा चल्दै छ यदि कैलालीको अत्तरीया राजधानी बनाउँदा के होला सबैले कल्पना गर्न जरुरी छ ।” साथै एकिकृत नेकपा माओवादीले उक्त निर्णयका बिरुद्धमा आन्दोलन गर्ने जानकारी दिएका छन ।
नेकपा एमाले डोटीका पुर्ब जिल्ला अध्यक्ष नादर मलासीले पनि उक्त निर्णय सुदूरका पहाडी जिल्ला माथीको अन्याए भएको बताएका छन उनले “यो क्षेत्र संग प्रत्यक्ष जोडीएको बिषय भएकाले राजनैति पार्टीको एजेण्डा र दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सक्नु पर्छ ।”
डोटीबाट संबिधानसभामा प्रतिनीधीत्व गर्ने संबिधानसभा सदस्यले अहिले सम्म त्यसका बारेमा कुनै बिचार सार्बजजिक गरेका छैन । बिगतमा अखण्ड सुदूरपश्चिम आन्दोलनको नेतृत्व गरेका ब्यक्तीहरु संबिधान सभामा डोटीबाट प्रतिनीधीत्व गरिरहेकाले राजधानी कैलाली बनाउने निर्णय गर्दा पनि कुनै प्रतीक्रीया नदिएको प्रति जनताहरुले सार्बजनिक स्थानमा आक्रोश पोख्न थालेका छन ।
विश्व खाद्य दिवसमा “कोदोको रोटी” नास्ता
३४ औं विश्व खाद्य दिवसका अबसरमा डोटीमा आयोजना गरिएको कार्यक्रमका सहभागीलाई कोदो रोटी नास्ता खुवाईएको छ ।
कोदो पौष्टिक रुपमा निकै शक्तिशाली भएपनि कोदोको रोटी खानेलाई हेला गर्ने तथा उनीहरुलाई गरीबको संज्ञा दिने चिन्तन सामाजमा कायमै रहेकाले उक्त मान्यतालाई चिर्नका लागी कोदोको रोटी खुवाएको आयोजकहरुले जानकारी दिएका छन ।
जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले भने “हामीसंग उत्पादन हुने पौष्टिकताले भरिपूर्ण कोदोेलाई हामीले हेला गरिरहेका छौँ, त्यो भन्दा अर्को मुर्खता के हुन्छ रु” जोशीले हामी सबैले समाजमा रहेको मान्यतालाई हटाउन भुमिका खेल्नु पर्ने कुरामा जोड दिए ।
कोदोको प्रबद्र्धन गर्ने, कोदो खाउँ स्वस्थ बनौँ भन्ने उद्देश्यका साथ सहभागीलाई कोदोको रोटीको नास्ता खुवाईएको आयोजक संस्थामध्यको समान पहुँच बिकास केन्द्र सिड नेपालका अध्यक्ष शेर बहादुर मल्लले बताए ।
जिल्लामा भएका गैरसरकारी संस्थाको सानो प्रयासले गर्दा पनि कोदोको खेतीमा प्रबद्र्धन हुने सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए ।
“पारिवारिक खेती विश्वलाई खुवाआंै, पृथ्वीलाई जोगाऔं”भन्ने नाराका साथ यस वर्षको ३४ औं विश्व खाद्य दिवस डोटीमा पनि मनाईएको छ । विभिन्न संघसंस्थाहरुको सहयोगमा जिल्ला कृषि विकास कार्यालय डोटी र खाद्य अधिकार सञ्जाल डोटीको आयोजनामा दिवस मनाईएको हो ।
हरेक वर्ष अक्टुवर १६ मा मनाईंदै आएको यो दिवस १५ दिन अघि र पछि मनाउन सकिने व्यवस्था अनुसार हिजो आईतबार जिल्ला सदरमुकाम सिलगढीको ईन्द्रचोकबाट ¥याली हुँदै जिल्ला विकास समितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको थियो ।
खाद्य अधिकार सञ्जाल डोटीका अध्यक्ष दल बहादुर देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम विकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसी र बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका विभिन्न व्यक्तिहरुका जिज्ञासाको बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीहरुले जवाफ दिएका थिए ।
विश्वको ७ अर्ब जति जनसंख्यामा करिब १।०२ अर्ब मानिसले चाहे अनुसार खाना खान नपाईएको तथ्यांक छ । त्यसमा पनि १६ प्रतिशत मानिस कूपोषणको चपेटामा परेका छन् । अझैं १५ देखि ४९ वर्ष उमेर समूहका प्रजनन उमेरका ३६ प्रतिशत महिलाहरु रक्तअल्पता र कुपोषणको समस्यामा परेको देखिन्छ भने गरिब, विपन्नता भएका मानिसहरु यसको मारमा परेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
छोटकरी समाचार
ज्ञापनपत्र बुझाईयो
राष्ट्रिय मुक्त हलिया समाज डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
मुक्त हलियाका परिवारलाई सरकारले घर बनाउनलाई तिन लाख रुपैँया र तिन रोपनी जमिन उपलब्द गराउने प्रतिबद्धता गरेको भए पनि अहिले सम्झौता अनुसारको जमिनका लागी एक लाख पचास हजार रुपैँया बिनीयोजन नगरेकाले ज्ञापन पत्र बुझाएको मुक्त हलिया समाज डोटीका संयोजक गोरख सार्किले जानकारी दिए ।
सरकारले तिन रोपनी जमिन आफै किनेर देवस होईन भने हलियाका परिवारलाई नझुक्याईयोस भन्ने आफ्नो धारणा रहेको मुक्त हलिया समाजका अध्यक्ष सिता बिकले बताईन बताईन ।
अखिल क्रान्तिकारीको सम्मेलन मंसिरमा
एकिकृत नेकपा माओवादी निकटको बिद्यार्थि संगठन अखिल क्रान्तिकारीको डोटी जिल्ला सम्मेलन मंसिर १२ र १३ गते हुने भएको छ ।
यस अघि कात्र्तिकमा सम्मेलन गर्ने तय गरेको भए पनि उक्त समयमा दशैँ र तिहारको समय भएकाले सम्मेलन गर्न नसकिएको जिल्ला सम्मेलन आयोजक समिती डोटीका संयोजक अमर साउदले जानकारी दिनु भएको छ ।
जिल्ला सम्मेलनको मिती तय भए लगत्तै बिद्यालयहरुमा संगठन बिस्तारको काम तिब्रताका ुाथ संचालन हुने आयोजक समिती सदस्य गणेश बमले जानकारी दिए ।
खेल समाचार
यू–१९ क्रिकेट टोलीको घोषणा
आठ नयाँ खेलाडि सहीत विकेट किपर ब्याट्सम्यान राजु रिजालको नेतृत्वमा आइतबार एसीसी मेन्स यू–१९ प्रिमियर ट्रफीमा सहभागिता जनाउने नेपाली टिमको घोषणा भएको छ ।
कुवेतमा कात्तिक १९ देखि २९ सम्म हुने प्रतियोगिता राउन्ड रोविन प्रणालीमा सञ्चालन हुनेछ । एसियाका टेस्ट नखेल्ने राष्ट्रबीचको प्रतियोगितामा छुट्टै साख बनाएको नेपालसामु अब यसलाई कायम राख्ने चुनौती रहेको छ । पछिल्लो समय नेपाली उमेर समूह कमजोर देखिएको छ र यसले कडा चुनौती पाउने गरेको छ ।
एसियाली क्रिकेट काउन्सिलले पहिलो पटक यस समूहका शीर्ष छ देश समावेश गरेर सञ्चालन गर्ने प्रतियोगितामा नेपाली टिमको उपकप्तानमा आरिफ शेख छन् । आरिफमात्र राष्ट्रिय टिमको अनुभव बटुलेका एकमात्र खेलाडी हुन् । आरिफ एसीसी प्रिमियर ट्रफी र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ विजेता नेपाली टिमका सदस्य पनि हुन् ।
नेपाली राष्ट्रिय टिम श्रीलंकातर्फ लागे पनि आरिफ भने उमेर समूहको प्रतियोगिताका लागि कुवेत जानेछन् । आरिफले यू–१९ राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिएनन् ।
यसअघिको एसीसी यू–१९ मा विकेटकिपरको जिम्मेवारी सम्हालेका राजुले पहिलो पटक कप्तानको नेतृत्व लिन लागेका हुन् । राजु र आरिफबाहेक प्रेम तामाङ, सौरभ खनाल, सुनील धमला र इर्साद अहमदले यसअघि एसीसी यू–१९ को अनुभव बटुलिसकेका छन् । आठ खेलाडीको भने एसीसी यू–१९ मा पहिलो सहभागिता हुनेछ । प्रतियोगिताका लागि छानिएका अन्य खेलाडीमा आशिष धामी, शंकर राना, सन्दीप सुनार, योगेन्द्र कार्की, सुशील कँडेल, दीपेश श्रेष्ठ, दीपेन्द्र ऐरी र अर्जुन चापागाईं छन् । सुशील यसअघिको संस्करणमा पनि छनोट भएका थिए । तर घाँटीमा चकलेट अडकिएका कारण घाइते भएकाले उनी अन्तिम समयमा टिमबाट बाहिरिएका थिए । त्यस्तै प्रतियोगिताका लागि वैकल्पिक खेलाडीमा नीरज मुखिया, हेमन राई, कुशल भुर्तेल र राजवीर सिंह छनोट भएका छन् ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, मलेसिया, साउदी अरेबिया, यूएई र कुवेत छन् । नेपालले पहिलो खेल शुक्रबार मलेसिया विरुद्ध खेल्नेछ ।
नेपालले दोस्रो खेल कात्र्तिक २३ मा साउदी अरेबियाविरुद्ध र तेस्रो खेल कात्र्तिक २४ मा कुवेत विरुद्ध खेल्नेछ । त्यस्तै चौथोमा कात्र्तिक २६ मा यूएईको सामना गर्ने नेपालले लिगको अन्तिम खेलमा कात्र्तिक २८ मा अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
धाबक श्रेष्ठको बजागाज सहित भब्य स्वागत
धावक यज्ञबहादुर श्रेष्ठ आफ्नो गाउँ पुग्दा उनको सम्मानका लागि बाजागाजा र फूलमालासहित सयौं गाउँले तम्तयार भएर बसेका थिए । उनीसहित केही विदेशीको टोली सिन्धुपाल्चोकको दुवाचौर गाविस पुग्दा स्थानीय बासिन्दाको हरुको सीमै रहेन । सयौं बालबालिका र स्थानीय जनताले उनीहरुलाई भव्य स्वागत गरे ।
धावक श्रेष्ठलाई स्थानीयले धेरै सम्मान दिनुपछाडिको कारण थियो, उनले गाउँलाई दिएको उपहार ।
विगत १० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले आफ्नो व्यक्तीगत पहलमा गाउँमा जीर्ण बन्दै गएको स्कुलको मुहारै फेरिदिएका छन् । उनको पहलमा केही अमेरिकीको सहयोगमा जम्मा भएको झन्डै २८ लाख रुपैयाँ खर्च गरेर ज्योति भञ्ज्याङ निम्न माध्यमिक विद्याालयको दुई तले पक्की भवन बनेको छ ।
धावक श्रेष्ठले स्कुलका लागि चारवटा कम्प्युटर, एउटा ल्यापटप र एउटा प्रोजेक्टर पनि हस्तान्तरण गरे । उनी संस्थापक अध्यक्ष रहेको हिमालयन फाउन्डेसनले सोही गाविसमा रहेको बालसुधार उच्च माध्यमिक विद्यालयलाई ६ वटा कम्प्युटर र एउटा ल्यापटप पनि हस्तान्तरण गरेको थियो ।
सन् २००२ मा लामो दूरीको दौडमा सहभागी हुन अमेरिका पुगेका श्रेष्ठले त्यतिवेला वेस्टर्न स्टेट्स लामो दूरीको दौडमा दुईपटक रजत पनि जितेका थिए । एक सय माइलको सो दौड उनले २२ घन्टा ३७ मिनेटमा पूरा गरेका थिए ।
अमेरिकाका अन्य सहरमा आयोजना भएका आधा दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा पनि श्रेष्ठले सहभागिता जनाइसकेका छन् । सन् २००४ देखि अमेरिकालाईनै आफ्नो कर्मभूमि बनाएका श्रेष्ठले नेपालमा शिक्षाको पहुँचमा सबै पुगे मात्रै देश विकास हुने बताए ।
गाउँ पुग्दा उनि स्वयम पनि निकै प्रफुल्ल मुहारमा देखीन्थे ।
चलचित्र÷मनोरञ्जन समाचार नायिका प्रियंकाको नयाँ ठेगाना ‘वडा नम्बर ६’
नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री प्रियंकाको नयाँ ठेगाना ‘वडा नम्बर ६’हुने भएको छ
दिपकराज गिरीले निर्मार्ण गर्न लागेको दोस्रोे सिनेमा ‘वडा नम्बर ६’को नायिका को रु भन्ने प्रश्नले विराम पाएको छ । सिनेमाको नायिका प्रियंका कार्की हुने भएकी छिन्। यसअघि नेपाली सिने नगरीमा रेखा थापा, प्रियंका कार्की र नव नायिका अकेशा विष्ट मध्ये एक उक्त सिनेमाको नायिका हुने चर्चा चल्दै आएको थियो।
सिनेमालाई उज्जवल घिमिरेले निर्देशन गर्दै छन् । निर्माता दीपकराज गिरीको रोजाइ अनुसार प्रियंका नायिका भएकी हुन् । निर्देशक घिमिरेको रोजाईमा अकेशा विष्ट थिइन् भने दिपाश्रीको चाहना रेखा थापा ।
‘मेरो बेस्ट वारेन्ड’बाट नेपाली सिनेमामा प्रवेश गरेकी प्रियंका अहिलेकी व्यस्त नायिकामा पछिनर्् । उनका हातमा अहिले उनका समकालिन अभिनेत्री भन्दा धेरै सिनेमा छन् ।
हाल प्रियंकाको हातमा ‘नाई नभन्नु ल–३’, ‘हाउ फन्नी’ सिनेमा छ । समय मिलाउन सके उनी गोपाल कायश्थको ‘ लुटेरा’ र लामो समय पछि पुन ः चलचित्र निर्देशनमा फकिर्न लागेको अनिल संग्रौलाको एक सिनेमाको पनि नायिका हुनेछिन् ।
दर्शकहरुको लोकप्रिय नायिकाको रुपमा रहेकी प्रियंका सफल अभिनेत्रिका रुपमा पहिचान बनाउन थालेकी छन ।
विलियम्स बने ३४ बच्चाका बाबु
अमेरिकाको एटलान्टामा बस्ने जे। विलियम्स ३४ बच्चाका पिता बनिसकेका छन् । तर, अझै बच्चा जन्माउने उनको क्रम रोकिएको छैन । उनी परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने कुरा सुन्न पनि चाहदैनन् । यति धेरै सन्तानका पिता बनिसकेपछि उनलाई भ्यासेक्टोमी गर्न धेरैजनाले सुझाब दिइसकेका छन् । तर, उनले टेरपुच्छर लगाएका छैनन् ।
भ्यासेक्टोमी गर्न मानिसलाई प्रेरित गर्ने काउन्सिलरले उनलाई कर गरेको र उनले अस्वीकार गरेको दृश्य भिडियोमा रेकर्ड गरी युट्युबमा अप्लोड गरिएपछि अहिले विलियम्सको चौतर्फी चर्चा छ । भिडियो अहिले सामाजिक सञ्जालमा खुब सेयर भइरहेको छ । विलियम्स १७ महिलाबाट ३४ बच्चाका पिता बनेका हुन् । विलियम्सका सन्तान तीनदेखि २६ वर्ष सम्मका छन् ।
भिडियोमा परिवार नियोजनकी काउन्सिलरले विलियम्सलाई अनेक तरिकाले सम्झाइबुझाई गर्ने कोसिस गरेकी छिन् । ज्यादा सन्तान भएमा उनीहरुको लालनपालनमा समस्या उत्पन्न हुने ती काउन्सिलले बताएपछि विलियम्सले यसलाई हलुका रुपमा लिएको भिडियोमा देख्न सकिन्छ । विलियम्सले जनसंख्या वृद्धी रोक्नुपर्छ भन्नेमा आफू सचेत रहेको र यसैकारण ३४ सन्तनान मात्र जन्मिएको बताएका छन् ।
‘जनसंख्या वृद्धी रोक्नुपर्छ र यसका लागि कम सन्तान जन्माउनुपर्छ भन्ने मलाई थाहा छ । यसका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने गरेको छु । यदि मैले कन्डम प्रयोग नगरेको भए अहिलेसम्ममा मेरा दुई सय सन्तान जन्मिसकेका हुने थिए,’ काउन्सिलरसंग विलियम्सले भनेका छन् ।
लेख
भाषिक हस्तक्षेप एक चुनौती
रामहरी ओझा
क्जयउउष्लन गर्न वजार गएको थिएँ, द्ययबचष्लन ाभभ िभयो, चभतगचल भए”
आजकल यि र यस्तै वाक्यहरु नेपालीहरुले वोल्ने गरेका छन । आजकल सवै मान्छेले यस्तै भाषा प्रयोग गर्ने प्रयास पनि गरिरहेका छन । अंग्रेजहरुको भाषा अन्तराष्ट्रिय भाषा भएका कारण पनि होला लगभग ६२ प्रतिसत मात्र साक्षर भएको देश नेपालमा पनि मान्छेले सकि नसकि अंग्रेजी शव्द प्रयोग गर्ने प्रयास गरिरहेका छन । शव्द प्रयोग गर्दा त्यसको उपयुक्तता र सान्दर्भिकता हेरिन्न । अझ आफुलाई एनजिओकर्मी भन्नेहरु त भरसक आप्mनो ६० वर्षीया बृद्ध आमाले पनि भररर अंग्रेजीमा कुरा गरेको देख्न चाहान्छन । यद्यपी उहाँहरुको त्यो चाहना नराम्रो पक्कै पनि होईन । अन्तरराष्ट्रिय रुपमा बोलिने भाषा र हाम्रो देशमा पनि असाध्यै प्रयोग हुन थालेको भाषा भईसकेपछि यो सवै मान्छेले जान्नु पर्छ भन्ने चाहना राख्नु नराम्रो कुरा होईन तर त्यसको अर्थ र उच्चारण गर्ने शैली पनि सिकाई दिए त राम्रै हुन्थ्यो । होईन भने “काला अक्षर भैंस वरावर” भन्ने एक भारतीय उखान जस्तै आप्mनो नाम लेख्न त परै जावस उच्चारण समेत गर्न नसक्ने ग्रामिण परिवेशका आमा दिदिहरुलाई अययचमष्लबतयच भन्ने शव्दसंग के वास्ता रु
भारतमा काम गर्न गएका नेपाली दाजुभाई दिदिवहिनीहरुले बोल्ने गरेको अंग्रेजी उच्चारण सुन्नु भएकै होला । ःगलष्अष्उबष्तिथ लाई “मुन्सीपाल्टी”, धबकतभ लाई “बेस्ट”, ऋयलतचबअत लाई “कन्ट्राईट”, उभचmबलभलत लाई “परमण्डी”इाा लाई “हाप्m” लगायत थुप्रै शव्दहरु छन जसको अर्थ भारतमै वसेको नेपालीले मात्र लगाउन सक्छ । यहाँ वसेर स्नातकोपाधी हासिल गरेर प्रमाण पत्र झोलामा वोकेकाहरुलाई यो भाषा बुभ्mन हम्मे–हम्मे नै पर्ला । यस्तै अवस्था निरक्षर आमा–दिदिहरुको नहोस भन्ने मात्रै हो ।
रातदिन भ्बतष्लन, ःभभतष्लन, मचष्लपष्लन, उबिलष्लन, चभउयचतष्लन, खष्कष्तष्लन जस्ता शव्दहरुवाटै सेता कागज भर्नु पर्ने वाध्यता भएपछि अरु केही नआएपनि आएका शव्द त अभ्यासमा ल्याउनु नै प¥यो । यो पनि उनीहरुको वाध्यता नै वनेको छ । कतातिर भनेर कसैले सोधे ाष्भमि जान लागेको भन्ने उत्तर आउछ तर ति बिचराहरुले ाष्भमि भन्ने शव्दको ठेट नेपाली के हो भन्नेसम्म पनि खोजी गर्ने प्रयास गरेका छैनन् । उनीहरु खोजी गरुन पो किन आफुलाई म्यललभच भन्नेहरुले उनीहरुलाई जे जे गर भन्यो त्यतिमात्र गर्नु उनीहरुको वाध्यता हो ।
निरक्षरहरुका बिचमा जनचेतना फैलाउन जाने एनजिओकर्मीहरुको भाषामा जिल्ला सदरमुकामहरुमा वोलिने शव्दहरुभन्दा केही वढी अंग्रेजी शव्दहरु घुसेका हुन्छन । अनि केही छिनपछि फेरी आफै भन्छन कयचचथ है मैले भ्लनष्किज धयचम गकभ गरेछु । हाम्रो संस्थाको नीति अनुसार त त्यतबििथ यिअब िभाषा प्रयोग गर्नु भन्ने छ तर वोलिराखेको वानी भएर mष्कतबपभ भई हाल्छ । बिचरा निरक्षर वा अर्ध साक्षर जनताले क्यचचथ वा mष्कतबपभ भन्ने शव्दको अर्थ थाहा पाए कि पाएनन् त्यसको ति कर्मीहरुलाई वास्ता हुदैन ।
कथानाक हिन्दु धर्म ग्रन्थ रामायणका एक पात्र कुम्भकर्णले आफु ईन्द्राशनमा वस्न पाउँन मागेको वर उच्चारण गर्न राम्रोसंग नजानेकै कारण “ईन्द्रासन”वाट “निन्द्रासन” हनु पुग्यो र उनले वर पनि त्यही पाए । कतै दुनियाँ बदल्न हिडेका हाम्रा एनजिओकर्मी साथीहरुले पनि गाउँमा प्रयोग गरेका शव्दहरु टिपेर प्रयोग गर्न खोज्दा लक्षित समुदायको पनि कुम्भकर्णकै गति हुने त होईन १ बिषय कस्ले के भाषा प्रयोग ग¥यो भन्ने होईन, भाषा भनेको सूचना आदानप्रदानको माध्यम हो । त्यो कसैले अंग्रेजी कसैले नेपाली, डोटेली, हिन्दी, उर्धु वा अन्य जुनसुकै भाषा प्रयोग गर्ला त्यसमा कसैको आपत्ति भएन । तर, उभचmबलभलत को “परमण्डी” भएजस्तै क्यचचथ को “छोरी” वा अरु केही भयो भने यसको अर्थ के हुन्छ रु हाम्रा सन्ततिहरुले के भनेर क्यचचथ को उच्चारण गर्ने रु बिषय यतातिर हो ।
साँस्कृतिक रुपमा उहिले देखि नै हाम्रो देशमा बिदेशी हस्तक्षेप भईरहेको छ । नाईटो र तिघ्रा देखाएर घुम्नमै रम्ने हाम्रो देशका दिदिवहिनीहरुले आफुलाई अल्लारे केटाले जिस्कायो भनेर गुनासो गर्नु र यो पंक्तिकारले अरुले अंग्रेजी शव्द प्रयोग ग¥यो भनेर गुनासो गर्नुमा तात्विक भिन्नता नहोला तर भाषिक हस्तक्षेपले आधिकारिकता पाउन थालेकोमा मात्र चिन्ता हो । नेपालको भाषिक स्वतन्त्रताको मात्रै पनि कुरा होईन जुन लक्षित समुदायका लागि हामी काम गरिरहेका छौं ति समुदायले हाम्रो भाषा मन पराएका छन कि छैनन् भन्नेतिर पनि ध्यान जानु जरुरी छ । प्रसंगवस एक घटना याद आयो । एकपटक एनजीओकै नुन खान अनुगमनको वहानामा यो पंक्तिकार एक गाउँमा पुगेका वेला एकजना समाजसेवीसंग छलफल भयो । ति समाजसेवीले धेरै कुराको जानकारी दिने क्रममा हाम्रो गाउँमा फलानो संस्थाले काम गर्न थालेपछि “चर्पी ट्वाईलेट” वनेको छ, यहाँका महिलाहरुको “क्यापासिटी क्षेमता” बिकास भएको छ, अहिले हामीहरु “सेविङ्ग वचत” गरिरहेका छौं भन्ने कुरा ल्याए । यो पंक्तिकारले चर्पी र टवाईलेटमा के फरक छ भनेर सोध्ने साहस गरेन । आफैलाई लाग्यो पक्कै पनि ऋबउबअष्तथ क्षमता वढेकै रहेछ ।
यहाँ भाषाको अपमान एनजीओकर्मीहरुले गरेका हुन भनेर एनजीओकर्मीहरुलाई मात्रै दोष लगाउनु खोजिएको होईन तर तुलनात्मक रुपमा एनजीओकर्मीहरु वढी जिम्मेवार छन । अर्को जिम्मेवारी नेताहरुले लिनु पर्छ । सर्वहारा वर्गको लागि राजनीति गर्ने नेताहरुले पनि न्चबलमभकष्नल, ँगकष्यल जस्ता शव्दहरु साधारण जनतको बिचमा गएर प्रयोग गर्दछन । अफ स्नातकोपाढी पाएका र आफुलाई अव्वल दर्जाका ठान्ने केही नेताहरुले त गाउँगाउँमा गएर अंग्रेजी भषाका उखानहरु अंग्रेजी भाषामै उदाहरणका रुपमा प्रयोग गर्ने गरेका छन । दुई चार जना अन्धभक्तहरुले गररर ताली वजाउछन । तालीको ताल छोप्नका लागि आम समुदायले पनि हात पिट्छन तर उनीहरुले शव्दको अर्थ वुझेका हुदैनन् । नेताहरु तालि पाएपछि थप अंग्रेजी शव्दको प्रयोगमा लाग्छन । त्यसपछि जनताले “ऋबउ टोपी लगाएर रात्रीको ल्ष्नजत द्यगक मा, अगाडीको ाचयलत कजभभत मा वसेर काठमाण्डौं जाने ।” भन्ने भाषा प्रयोग गर्नु वाहेक अर्को बिकल्प रहदैन ।
भाषिक रुपमा सवैभन्दा पुरानो भाषा संस्कृत हो भन्ने उहिले सुनिन्थ्यो तर अहिले संस्कृत भाषाको कहिँ कतै पनि व्याख्या हुँदैन । औपचारिक रुपमा अध्यापन गराईने भषामा ग्रिक भाषाका शव्दहरुको व्याख्या र परिभाषा पाईन्छ । त्यसपछि अंग्रेजी शव्दकोषको उदाहरण पाईन्छ । संस्कृत भाषालाई अहिले नेपालभित्रै पनि धेरै व्यक्तिहरुले घृणा गर्न थालेका छन । यदि यस्तै अवस्था हो भने भोलीका दिनमा संस्कृत भाषा जस्तै नेपाली भाषाको पनि नामो निसान रहने छैन । तराईवासीहरुको कठालो हिन्दी भाषाले च्याप्दै ल्याएको छ भने सहरमा वस्नेहरु अंग्रेजी भाषालाई जवरजस्ती आप्mनो मातृभाषा वनाउने प्रयासमा लागेका छन । अव बाबा होईन मबमथ, आमा होईन mगmmथ यि शव्दहरु आप्mना सन्तानहरुलाई हामी आफै सिकाईरहेका छौं । यस्तै परिस्थिति रहेमा एक दिन जिरीजवाफ प्रतियोगितामा मबमथ लाई नेपालीमा के भनिन्छ रु भनेर प्रश्न तयार गर्नु पर्नेछ । त्यो प्रश्न पनि फेरी एबकक मा जानेछ ।
आजकल गुन्युचोलो लगाउने महिलालाई, भोटो लगाउने किसोरीहरुलाई सहर वजारमा वस्ने उन्नत जातका लुगा लगाउनेहरुले “पाखे” भन्न थालेका छन । त्यो नेपाली महिलाहरुको राष्ट्रिय पोशाँक हो । यि उन्नत जातको लुगा लगाएर अंग्रेजी भाषाको अभ्यास गर्नेहरुले भोली आप्mनो राष्ट्रिय भाषा वोल्नेलाई पनि “पाखे” वा त्यसको समकक्षी अंग्रेजी शव्दको प्रयोग नगर्लान भन्ने के तर्क छ रु डोटेली भाषामा “ईजा” भन्ने शव्दलाई धेरै सम्मानित मानिन्थ्यो । “ईजा” आमाका लागि प्रयोग हुने चर्चित शव्द पनि हो तर अहिले ईजा भन्ने शव्दको उत्तर खोज्न उहिलेका कितावका पाना पल्टाउनु वा वुढापाकालाई सोध्नु वाहेक तेश्रो बिकल्प छैन । भोली आमा भन्ने शव्दको पनि त्यही हालत हुने छ ।
केही साथीहरुले स्थानीय भाषाहरु जस्तै, डोटेली, थारु, मैथली, नेवारी आदि भाषाहरुको लोप हुन थाल्यो भन्ने चिन्ता व्यत्त गर्न थालेका छन । उहाँहरुको चिन्ता पनि स्वभाविकै होला तर यो पंक्तिकारको चिन्ता स्थानीय भाषा वा नेपाली भाषा लोप हुन थाल्यो भन्ने चिन्ता होईन । बिचारहरु, भावनाहरु आदानप्रदान गर्ने भाषाको क्षेत्र ठुलो भयो भने झन राम्रो पनि होला । दार्चुलामा जन्मेको भोटेको छोराले वोलेको भाषा पाँचथरमा बसेको लिम्वुको छोरोले राम्रोसंग बुझ्न सक्ने भाषाको क्षेत्र जति फराकिलो छ त्यति वल्लो गाउँको भुण्टेले वोलेको भाषा पल्लो गाउँको च्याण्टेले नवुझ्ने भाषाको छैन । त्यस्तै अन्तराष्ट्रिय भाषाको रुपमा पहिचान वनाईसकेको अंग्रेजी भाषाको क्षेत्र निश्चित रुपमा कुनै देश बिशेषको भाषा भन्दा बढी फराकिलो हुन्छ । त्यसैले अंग्रेजी भाषाको प्रयोग गर्नुमा समस्या छैन । त्यसैपनि जे कुराको आवश्यकता छैन त्यो प्रयोगमा रहँदैन, जे कुरा प्रयोगमा हुँदैन त्यो लोप भएर जान्छ भन्ने मान्यता छ । त्यसकारण प्रयोग नभएकै कारण नेपाली भाषा वा अन्य कुनै भाषा लोप भईहाल्यो भनेपनि होस तर अंग्रेजी भाषाका नाममा कसैले पनि बुभ्mन नसक्ने गरी उच्चारण भयो भने त्यसको के अर्थ होला भन्ने मात्रै अवको चुनौती हो ।
जुन ढंगले अहिले अंग्रेजी भाषाको प्रयोग भईरहेको छ, यसैगरी यदि प्रयोग हुँदै जाने हो भने एक दिन यस्तो अवस्था आउने छ कि नेपालीहरुले वोल्ने अंग्रेजी भाषाका शव्दहरु न त हामी नेपालीले बुझ्नेछन न त फेरी अन्तराष्ट्रिस्तरमा कसैले बुझ्न सक्नेछन । त्यसैले यस बिषयमा समयमै सोच्नु पर्ने जरुरी छ ।
मोफसल पत्रकारिताकाम अनुसारको पारिश्रमिक हुँदैन
भावनीसिंह ऐर ९केन्द्रीय सदस्य०
नेपाल पत्रकार महासंघ
तपार्इंको पुरा परिचय पाउँ न रु
— भवानीसिंह ऐर । समैजी गाविस–४ सिलंगी, डडेल्धुरा । २०५६ देखि पत्रकारिता सुरु ९प्रशिक्षार्थीको रुपमा० जनादेश सप्ताहिकमा, देशमा चलेको जनयुद्धलाई सघाउन २०६० वाट पत्रकारिता क्षेत्रसंगै भुमिगत, शान्ति सम्झौतापछि २०६३ देखि गोरखापत्रमा डडेल्धुरावाट रिर्पोटर, नेपाल पत्रकार महासंघको हालै सम्पन्न २४ औं महाधिवेशनवाट सबभन्दा बढी मतको अन्तरले केन्द्रीय सदस्य निर्वाचित । गोरखापत्रमा कार्यरत हाल कैलालीवाट ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो रु
— समाजसंग सिक्न र समुदायलाई सक्दो सूचित गराउन पत्रकारिता पेशा सबभन्दा उत्तम लागेर नै हो तर, हाम्रो समाजमा यो पेशामा टिकिरहन अलि गाह्रोनै रहेछ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ रु
— सामाजसंग जोडिएका सबैजसो विषयमा
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ रु
— पत्रकारिता पेशानै एक चुनौतीपूर्ण पेशा भएकोले पत्रकारले स–सानो कुरामा पनि निकै सजकता अपनाउनु पर्ने हुन्छ । सत्य, तथ्य र निस्पक्ष भएर विषयबस्तु उठाउदा पनि कुनै न कुनै पक्षवाट पत्रकारप्रति औला ठड्याइन्छ । यसका अलावा आर्थिक अभावमा जीवन धान्न समस्या भैरहन्छ ।
तपाई झन शारीरिक रुपमा असक्त मान्छे, कस्ता समस्या झेल्नु पर्दो रहेछ रु
— हो, अहिले शारीरिक अशक्तताको अवस्थामा मैले पनि हाम्रो समाजका अन्य शारीरिक अशक्तहरुझंै समस्या भोग्दैछु । जसकारण दैनिक कामकाज देखि सबै स्थलगत रिपोटिङमा जान समस्या छ ।
धेरै जस्ता संचारमाध्यममा काम अनुसारको पारिश्रमिक दिन्नन् भन्ने गुनासो सुन्न पाईन्छ, तपाई काम गर्ने सञ्चारमाध्यममा कस्तो छ रु
— काम अनुसारको पारिश्रमिक नहुने हाम्रो परिवेश जस्ताको त्यस्तै छ । एउटा स्मरणवाट स्पष्ट गराउँ सात वर्षअघि गोरखापत्र जस्तो सरकारी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न डडेल्धुराको भित्री मधेश गएको थिएँ । जिल्ला सदरमुकामवाट भर्खर यातायातले छोएको जोगबुढा हुँदै घट्नास्थल पुग्दा र समाचार संकलन गरी फर्किदा पकेटको चार हजार खर्च भयो, तर समाचार छापिए वाफत गोरखापत्रले दुई सय पचास दिन्छ । त्यसमा पनि सेवा दिए वफत १० प्रतिशत कर काट्छ । अन्य नेपाली मिडिया हाउस नि यस्तै छन, मान्नुस नमान्नुस पत्रकारको आर्थिक अवस्था यस्तै छ ।
शारीरिक असक्तता भएका ब्यक्तिलाई पत्रकारीता क्षेत्रमा हेर्ने दृष्टि कस्तो पाउनु भयो रु
— हाम्रो समाज उही त हो कतै न काँही भेदभाव गरिन्छ, तर मेरो विचारमा हिड्न र बोल्न सक्नेलाई मात्रै पत्रकार भनिदैन, आफ्नो आत्मवल बढाएर पेशालाई निरन्तरता दिइरहेकोले फरक महसुस गरेको छैन ।
गोरखापत्रमा काम गर्दै हुनुहुन्छ कस्तो महसुस गर्नु भएको छ रु
— यो पेशामा चुनौती छ भनेर जान्दाजान्दै रहरले लागिएको हो । नेपाली सप्ताहिक, मासिक पत्रिकावाट सुरु गरेको पत्रकारिता विगत सात वर्षदेखि गोरखापत्र राष्ट्रिय दैनिकमा काम गर्दैछु । मैले पत्रकारिता गरिरहेको अहिले बिशिष्ठ परिस्थितिमा पनि गत वर्ष कैलाली हसुलियाका दृष्टीविहिनले विद्यालय पढ्न पाएनन् भन्ने मेरो रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक स्कुलले दुईजनालाई उतै लगेर पढाईरहेको छ । त्यस्तै आमाबाबुले छोडेका धनगढीका तीन असाहय दलित बालबालिकाको दर्दनाक रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक म्यानपावर कम्पनीका मालिकले ती असाहयलाई १५ हजार नगद दियो, जिल्ला प्रशासन र उनीहरु अध्यनरत विद्यालयपनि विभिन्न रहात दिन बाध्य भयो । यसरी कलमको माध्यमवाट बास्तविकता प्रष्टाउदा समाजमा सकारात्मक विकास भएका छन् खुशी महसुस गरेको छु । जसले पत्रकारिताको क्षेत्रवाट मलाई देश विदेशमा चिनायो ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला रु
— सरकारले आफ्नो पपुलारीटी बढाउन मात्र सञ्चार जगतलाई चौथो अंग भन्ने गर्छ तर व्यबहारतः त्यस्तो मानेको देखिदैन । तपाईले झन राजधानी बाहिरको पत्रकारिता ९मोफसल० का बारेमा सोध्नुभयो, जुन जीउनु न मर्नुको दोसाँधमा रहेका छन् । सरकारले मोफसल पत्रकारिताका यावत समस्य समाधान गर्न बतावरण मिलाई दिनुपर्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ रु
— नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारको साझा संस्था भएको नाताले सरकार लगायतका सम्बन्धित निकायलाई समस्या समाधानका लागि घच्घच्याउने, कानूनी दायरामा ल्याउने जस्ता पहल कदमी गर्दै आएको छ । पत्रकारिता पेशालाई व्यबसायिक बनाउदै ट्रेड युनियन बनाउने की भन्ने बारेमा छलफल बहस चलाएको छ ।
लोकसेवाको तयारीका लागि उपयोगी
सम्भावित बिषयगत प्रश्नहरु ः
१। निजामति सेवा दिवस २०७१को नारा के थियो रु
उत्तर ः– निजामति सेवाको मान्यता अनुशासन, ईमान्दारी र नैतिकता ९ जुन २०७१ भदौ २२ गते मनाईएको थियो ।
२। हालै भारत संग भएको बिद्युत ब्यापार सम्बन्धि सम्झौता ९एयधभच तचबमभ बनचभझभलत ९उतब० प्रारम्भिक हस्ताक्षर कहिले भएको थियो रु
उत्तरः– सन २०१४ सेप्टेम्बर ४ मा
३।बाताबरणको कुचिकार भनेर चिनिने पंक्षी कुन हो रु
उत्तरः– गिद्ध
४।न्यूयोर्क टाईम्स अमेरिकाले २०१४को फेब्रअरीमा अनलाईन संस्करणको घुम्नै पर्ने बिश्वका ५२ देशको सुचिमा नेपालको सुचिक्रम कति भएको छ रु
उत्तरः– ४५ औँ
५। भारतको रत्न पुरस्कारबाट सन २०१३ पुरस्कृत हुने भारतिय पहिलो क्रिकेटरको हुन रु उत्तरः–सचिन तेन्दुलकर
६। फिल्याण्डको हेलसिन्कीमा सम्पन्न भएको अन्तराष्ट्रिय यौन्दर्य प्रतियोगिता द क्विन अफ हप्र्सको उपाधि नेपाली छात्रा को हुन रु
उत्तरः– सृष्टिी न्यौपाने
७। सबै भन्दा लामो अन्तरवार्ताको किर्तीमान बनाई गिनिज अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली को हुन रु
उत्तरः– रबि लामिछाने ९ बि।स। २०६९ साल चैत्र २९ गते बिहान १०ः३४ देखी सुरु गरि ३१ गते राति १०ः३४ बजे सम्म जम्मा ६० घण्टाको रेकर्ड बनाए ।०
८।सगरमाथाको चुचुरोमा दुबै हात नभएका ब्यक्तीका रुपमा पुग्ने पहिलो ब्यक्ती को हुन रु
उत्तरः–सुर्दशन गौतम ९बि।स।२०७० साल जेठ ६ गते आरोहण गरेका थिए ०
९। २०७० साल चितवनको सौराहामा दशौँ हात्ती दौढ प्रतियोगीतामा प्रथम हुने हात्तिको नाम के हो रु
उत्तरः– बहादुर गज
१०। बि।बि।सि।ले प्रभातकालीन नेपाली सेवाको सुरुवात कहिले देखी गरेको थियो रु
उत्तरः– सन २०१३ अगस्ट १
१२। नेपालमा खुला करार निमार्णका लागी छनौट भएको जिल्ला कुन हो रु
उत्तरः– बाँके
१३। नेपालले आई।एस।ओ। को पुर्ण सदस्यता कहिले प्राप्त गर्यो रु
उत्तरः– सन २०१३ सेप्टेम्बरमा
१४। नेपालले प्राप्त गरेको आई।एस।ओ।को पुर्ण सदस्यता कहिले लागु कहिले बाट भएको हो रु
उत्तरः– सन २०१४ जनवरी
१५। हालै बिश्व बैँकको सहयोगमा केन्द्रिय तथ्याङ्क बिभागको एक सर्बेक्षण बमोजिम नेपालको सबै भन्दा गरिब जिल्ला कुन हो रु
उत्तरः– बाजुरा
१६। बिश्वकै धनि मानिने तिर्थ तिरुपति बालाजिमा कुन भगवानको पुजा गरिन्छ रु
उत्तरः– भगवान बिष्णु
१७। २०६४ सालको मदन पुरस्कार पाउन सफल कृती अन्तरमनको यात्रा उपन्यासका लेखक जगदिश धिमीरेको निधन कहिले भयो रु
उत्तरः– बि।स। २०७० कात्र्तिक १४
१८। डब्लु।एच।ओ।ले कहिले सम्म बिश्वलाई पोलीयो मुक्त बनाउने लक्ष लिएको छ रु
उत्तरः– सन २०१५ सम्म
१९। १५ बर्ष सम्म परिबन्दमा परी जापानको जेलमा बसेका गोबिन्द मैनालीले लेखेको पुस्तकको नाम के हो रु
उत्तरः– परिबन्दका १५ बर्ष ९२०७० साल जेठमा प्रकाशित ०
२०। मध्य पहाडी लोकमार्गको लम्बाई कति छ रु
उत्तरः– १७७६ कि।मी।
२१।२०७० सालमा प्रकाशित भएको कृती चिना हराएको मान्छेका लेखक को हुन रु
उत्तरः– हरिबंश आचार्य
२२। हाल सम्म नेपालको कति देश संग हवाई सम्झौता भएको छ रु
उत्तरः– ३६ ओटा देश संग
२३। बिर अस्पतालले कहिले देखी जेष्ठ नागरीकलाई निशुल्क उपचार सेवा सुरु गरेको छ रु
उत्तरः– बि।स। २०७० बैशाख १ गते बाट
श्रोत संकलक ः राम बिष्ट
साहित्य सृजना कबिता
मेरो मातृभूमि
सबै भन्दा प्यारो छ है , मेरो मातृभूमि
स्वर्ग भन्दा प्यारो छ है , मेरो मातृभूमि
जन्मे म नेपालमा गर्छु यसकै भलो
प्राण भन्दा प्यारो छ है मेरो मातृभूमि
जान दिन्न बलीदान खेर पुर्खाहरुको
सयौँ जातिको फुलवारी छ है मेरो मातृभूमि
भरिपरर्ण बनेको छ कला र संस्कृतिले
शान्ति अनि सभ्यता छ है मेरो मातृभूमि
कहाँ गयौ कायर तिमी एक्लै छोडी देशलाई
बिरक्तियर खोजिराछु है मेरो मातृभूमि
बलिदान त दिन सकेनौँ साथ त दिन सक्थ्यौ
आफ्नो अस्तित्वको भिक मागिराछ मेरो मातृभूमि
जाग ए नेपालीहरु कहाँ गयो बिरता तिम्रो
रगतको ¥याल पिइराछ है मेरो मातृभूमि
भुबन जोशी ९अनुराग०
कक्षा ९
पबित्र उच्च माद्यामिक बिद्यालय
सिलगढी ,डोटी
गजल
जीवनको यात्रा अन्जानमा सकिन्छ
मान्छेको आकांक्षा चिहानमा सकिन्छ
सोच्नु त्यो पुरै गलत हुनेछ हजुर
हर पापको हिसाब दानमा सकिन्छ
यो देशको स्थिति यस्तो भै सक्यो
विकास बजेट चियापानमा सकिन्छ
मलाई लाग्दैन देशका समस्याहरु
कागजमा बन्ने संबिधानमा सकिन्छ
स्वार्थी माया गर्नेहरु लाई नियाल्नु
अक्सर प्रेम ओच्छयानमा सकिन्छ ।
सरगम ठगुन्ना
दार्चुला, खलंगा
गजल
टुक्रियर आकाशको तारा झरेर आउँदै छु
नदिको त्यो दुई किनार तरेर आउँदै छु
सधैँ भरि तिम्रो ओठमा हासो छावस अनि
जता ततै खुसीहरु छरेर आउदै छु
तिम्रो मेरो बिचको बाधा केही नहोस भनी
मन्दीरमा गै बाचा पुरा गरेर आउदै छु
कसैले हामिलाई नछुट्याउन भनि
बिन्ती गरी सबैको शरण परेर आउदै छु
हलचल गर्न डर लाग्छ माया पोखीन्छ कि भनि
तिम्रो लागी कत्ति माया भरेर आउदै छु
एक छिन पनि एक्लै बाच्न गाह्रो भयो भनि
त्यसैले त सबको शरण परेर आउदै छु
सानु प्रतिक्षा
घोडाघोडी बहुमुखि क्याम्पस
सुखड कैलाली
सूचना÷सन्देश÷बिज्ञापन
समान पहुँच विकास केन्द्र ९सिड० नेपाल डोटी
बिषय ः– ब्यक्तीगत बिबरण पेश गर्ने सम्बधमा ।
समान पहुँच बिकास केन्द्र डोटीको कर्मचारी नियमावली को दफा २।१ बमोजिम कर्मचारी आबश्यकता सम्बन्धी बिज्ञापनका सूचनाहरु समान पहुंच बिकास केन्द्र डोटीद्वारा संचालन भईरहेका र भविष्यमा संचालन हुन सक्ने बिभन्न परियोजना तथा कार्यक्रममा आबश्यक पर्ने बिभिन्न जनशक्तिका लागि रोष्टर तयार गर्नु पर्ने भएकाले ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । संस्थाका बिभिन्न परियोजना तथा कार्यक्रमका लागि कर्मचारीहरु पदपूर्ति गर्नु परेमा यसै रोष्टरमा रहेका ब्यक्तिगत विवरणको मुल्यांकन गरि पदपूर्ति गरिने समेत जानकारी गराईन्छ ।
रोष्टरका लागि आबश्यक पदहरु
१।सामाजिक परिचालक ः–
आबश्यक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह एच ए स्टाफ नर्स उत्तिर्ण अथवा जेटीए अनमी अहेव पास गरी प्रविणता प्रमाण पत्र तह पास गरेको र सम्बन्धीत काममा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
२। कार्यक्रम संयोजक ः–
आवश्यक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्यमा स्नातक, बि एस सि नर्सिङ , बि एस सि ए जी तथा अन्य विषयमा स्नातक तह उतीर्ण गरी सम्बन्धीत काममा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
३। लेखापाल ः– व्यवस्थापन विषयमा प्रविणता प्रमाण पत्र वा स्नातक उतीर्ण गरी सम्बन्धीत काममा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
४ परियोजना सहायक ः–
आबश्यक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह, एच ए ,स्टाफ नर्स उत्तिर्ण अथवा,अनमी ,अहेव पास गरी विणता प्रमाण पत्र तह पास तह पास गरेको र सम्बन्धीत काममा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
५Þ कार्यक्र सुपरभाईजर ः
आबश्यक योग्यता, मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह, एच ए ,स्टाफ नर्स उत्तिर्ण अथवा जेटीए ,अनमी ,अहेव पास गरी विणता प्रमाण पत्र तह पास तह पास गरेको र सम्बन्धीत काममा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
६। कार्यालय सहायक ः–
आबश्यक योग्यता कक्षा आठ पास गरी सम्बन्धित काममा दक्षता भएको ।
दरखास्त दिने अन्तिम मितिः–२०७१ मसींर ७ गते
आबश्यक कागजातहरु ईमेलबाट पनि दरखास्त दिन सक्ने छ ।
नोट ः– एक जना अनमी अथवा अहेव तत्काल आवश्यक भएकाले एक हप्ताभित्रै आवेदन गरी सक्नु पर्नेछ ।
ईमेल ः– अभबम।मयतष्२नmबष्।िअयm
फोन नं।ः– ०९४–४११०११
शिक्षक आबश्यकता सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिती २०७१÷०७÷१६
श्री दुर्गा माद्यामिक बिद्यालय गैरागाउँ डोटीमा रिक्त रहेको माद्यामिक तह गणित बिज्ञान बिषयको राहात करार शिक्षक पदमा पदपूर्ति गर्नु पर्ने भएकोले तपशिलको योग्यता पुगेका उम्मेदवारहरुले आवेदन गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं। ः– ०१÷०७१÷७२
पद संख्या ः–शिक्षक १ ९एक ०
तह ः–माद्यामिक तह तृतिय श्रेणी राहत करार
किसीम ः– करार
शैक्षिक योग्यता ः–बिएस्सी उत्र्तिण गरेको ९शिक्षा बिषयमा १० महिने तालीम वा एक बर्ष बि।एड। समेत भएको ०
आवेदन गर्ने अन्तिम मिती ः– २०७१÷७÷२२
परिक्षाको मिती ः– जिल्ला शिक्षा कार्यालय डोटीले तोके बमोजिम
परिक्षाको किसीम ः– लिखीत तथा अन्तरवार्ता
आबेदन दस्तुर ः– रु १५००
तलब ः– नेपाल सरकारले तोके बमोजिम
उमेर ः– १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको
आबश्यक कागजातहरु
१० नेपाली नागरीकताको प्रमाणपत्र प्रतिलिपी २ थान
२० शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी २ थान
३० स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ थान
नोट ः– गणित बिज्ञान बिषयमा स्नातकोत्तर गरेको उम्मेदवारलाई प्राथमिकता दिईने छ ।
थप जानकारीका लागी
९८४८६४१४८४ र ९८४८४७८८५५
पदपूर्ति समिती
जिल्ला कृषि विकास कार्यालयसिलगढी, डोटीसूचना १ सूचना ११ सूचना १११
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७१÷७÷११ गते
यस कार्यालयको आ।व। २०७१÷०७२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउ खेती विकास सम्बन्धि कार्यक्रमको माध्यमबाट कृषि विकासको प्रवद्र्धन गर्ने कार्यक्रम रहेको हुुँदा ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकासित गरिएको छ । यो सूचना प्रकासित भएको मितिले १५ दिन भित्र ९मिति २०७१÷०७÷२५ गते भित्र० जिल्ला कृषि विकास कार्यालय सिलगढी, डोटी वा पायक पर्ने कृषि सेवा केन्द्र÷कृषि सेवा सम्पर्क स्थलमा तोकिएको ढाँचा अनुसारको आवेदन फाराममा रु। १० ९दश० को टिकट टाँसी दरखास्त दिन हुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।
पुनश्च ः आवेदन साथ तपशिल अनुसारका कागजातहरु संलग्न राख्न हुन समेत जानकारी गराईन्छ । आवेदन फाराम र संक्षिप्त कार्य योजना जिल्ला कृषि विकास कार्यालय सिलगढी, डोटी वा पायक पर्ने कृषि सेवा केन्द्र÷कृषि सेवा सम्पर्क स्थलहरुबाट प्राप्त गर्न सकिने छ ।
तपशिल
१। अनुसूची २ अनुसारको आवेदन फाराम ।
२। अनुसूची ३ अनुसारको संक्षिप्त कार्य योजना ।
३। नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
४। अन्य प्रमाण पत्रहरु ९ तालिमको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र आदी ० को प्रतिलिपिहरु ।
५। च्याउ खेती सम्बन्धि अनुुभव भए सो सो को विवरण उल्लेख गर्ने ।
राष्ट्रिय वाणिज्य बैङ्कशाखा कार्यालय, डोटीनिक्षेप उपर हकदावी सम्वन्धि ३५ दिने सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७१÷७÷१८ गते
डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं।४ ईन्द्रचोक बस्ने जीवनमाया श्रेष्ठको मिति २०७१÷६÷१९ गतेमा मृत्यु भएकोले यस बैङ्कमा रहेको खाताको रकम भुक्तानी पाउँ भनि निज खातावालाको श्रीमान नाता पर्ने दिपायल सिलगढी नगरपालिका वडा नं। ४ ईन्द्रचोक वस्ने धिरजमोहन श्रेष्ठले यस बैङ्कमा मिति २०७१÷७÷१३ मा निवेदन दिएको हुँदा निज खातावालाको नाममा यस बैङ्कमा रहेको रकममा कसैको हकदावी लाग्ने भए बैङ्क तथा बित्तीय संस्था सम्वन्धि ऐन २०६३ को दफा ८१ वमोजिमको अग्राधिकारवाला हकदारले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले वाटोमा म्याद वाहेक ३५ दिनभित्र आ–आफ्नो सवुद प्रमाण सहित यस बैङ्क शाखा कार्यालय डोटीमा हकदावी गर्न आउनुहोला । सो म्यादभित्र हकदावी गर्न नआएमा बैङ्क तथा बित्तीय संस्था सम्वन्धि ऐन २०६३ को दफा ८१ वमोजिम भै जाने हुँदा यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित म्यादभित्र दावी पर्न नआएमा पछि कुनै उजुरी नलाग्ने समेत यसै सूचनावाट सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयसिलगढी, डोटीसूचना १ सूचना ११ सूचना १११
प्रथम पटक प्रकाशित मिति ः २०७१÷७÷११ गते
यस कार्यालयको आ।व। २०७१÷०७२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हिंउदे मौसममा ५ रोपनी र बसन्ते मौसममा ५ रोपनी गरी २ सिजनमा व्यवसायिक तरकारी खेती गर्न चाहने युवा÷युवतीहरुलाई निर्देशिकामा उल्लेख भए बमोजिमका फारामहरु भरी रु। १० ९दश० को टिकट टाँसी मिति २०७१÷०७÷२५ गते भित्र निवेदन पेश गर्नुु हुन यो सूूचना प्रकासित गरिएकोे छ ।
पुनश्च ः आवेदन साथ तपशिल अनुसारका कागजातहरु संलग्न राख्न हुन समेत जानकारी गराईन्छ । आवेदन फाराम र संक्षिप्त कार्य योजना जिल्ला कृषि विकास कार्यालय सिलगढी, डोटी वा पायक पर्ने कृषि सेवा केन्द्र÷कृषि सेवा सम्पर्क स्थलहरुबाट प्राप्त गर्न सकिने छ ।
तपशिल
१। अनुसूची २ अनुसारको आवेदन फाराम ।
२। अनुसूची ३ अनुसारको संक्षिप्त कार्य योजना ।
३। नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
४। अन्य प्रमाण पत्रहरु ९ तालिमको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र आदी ० को प्रतिलिपिहरु ।
५। तरकारी खेती सम्बन्धि अनुभव भए सो को विवरण उल्लेख गर्ने ।
६। वैदेशिक रोजगारबाट फर्किएका युुवा÷युवतीहरुलाई ग्राह्यता दिईनेछ ।
शिक्षक आवश्यकता सम्पन्धि सूचना
यस खातिवाडा गाबिस वडा नं। ८ दल्लेकको श्री हिमालय निम्न माध्यामिक बिद्यालयमा नि।मा।बि। राहत गािण्त बिषयको एक जना शिक्षकको आवश्यकता परेको हुँदा आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
बिज्ञापन नं। १÷०७१÷०७२
तह ः नि।मा।बि।
बिषय ः गणित
तलव सुबिधा ः नेपाल सरकारको नियमानुसार
परीक्षा दस्तुर ः १००० ९एक हजार रुपैयाँ०
दरखास्त दिने अन्तिम मिति ः २०७१÷७÷२२ गते
आवश्यक कागजातहरु ः
ड्डशैक्षिक योग्यताका प्रमाणपत्रहरु दुई÷दुई प्रति
ड्डनेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी दुई प्रति
ड्डस्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी दुई प्रति
थप जानकारीका लागि
प्रधानाध्यापक
गणेशवहादुर साउँद
सम्पर्क ः ९८४८४७९३८३
हार्दिक श्रद्धाञ्जली
यस सिलगढी ईलाका हुलाक कार्यालय डोटीका हल्कारा तथा दिपायल सिलगढी नगरपालीका वडा नं।१३ राँतुलीका श्री बिर बहादुर बिष्टको ५० बर्षको उमेरमा असामुयिक निधन भएकोले ११औँ दिनको पुन्य तिथीको अबसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति भावपुर्ण समबेदना ब्यक्त गर्दछौँ ।
सिलगढी इलाका हुलाक कार्यालय परिवार
सिलगढी , डोटी
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete