सरोकारवाला निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको सवालप्रति चासो लिने र जवाफदेही वनाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
यसरी भित्रिदैछन् डाँडा भत्काउने मेसिनहरु
रामहरी ओझा
जेठ १४
डोटीको के आई सिंह गाउँपालिकाले ४० लाख ९९ हजार नौ सय ९९ रुपैयाँमा जेसिवी कम्पनीको नयाँ नयाँ व्याकल लोडर (चक्कावाला डोजर) खरीद ग¥यो । गाउँगाउँमा, बस्तीबस्तीमा सडक पु¥याउने भन्दै उक्त गाउँपालिकाले व्याकल खरीद गरेको हो ।
यस्तै सायल गाउँपालिकाले करीव एक करोड २९ लाख रुपैयाँ खर्च गरेर लुसान कम्पनीको स्काईभेटर (चैनवाला डोजर) खरीद गरेको छ । जिल्लाको दुर्गम मानिने गाउँपालिका प्राकृतिक रुपमा धनी भएपनि सडक बनाउने नाममा मेसिनको प्रयोग गर्दै डाँडा भत्काउन उक्त मेसिन प्रयोग भएको छ ।
जिल्लाकै सवै भन्दा कम वडा भएको बढीकेदार गाउँपालिकाले पनि एक करोड २३ लाख खर्च गरी लुसान कम्पनीकै स्काईभेटर खरीद गरेको छ । पाँच वडा मात्र रहेको गाउँपालिकाले प्रत्येक बस्तीमा सडक पु¥याउने योजना वनाएको छ ।
दिपायल सिलगढी नगर–पालिकासंग यस अघिनै व्याकल छ । नगरपालिकाले नगर क्षेत्रको सडक काट्नुका साथै व्याकल भाडामा पनि दिने गरेको छ ।
स्थानीय तहहरुले मात्रै होईन् जिल्लामा सडक निर्माण गर्ने नाममा डाँडा भत्काउन निर्माण व्यवसायीहरुले नीजि र भाडामा समेत मेसिनहरु भित्राउने होड चलेको छ । स्काईभेटरको प्रतिघण्टा ६ हजार पाँच सय देखि नौ हजार रुपैयाँसम्म र व्याकलको प्रतिघण्टा दुई हजार पाँच सय देखि चार हजार रुपैयाँ भाडा तिर्दै उपभोक्ता समितिले सडक काट्ने गरेका छन् । जिल्लामा करीव ४२ मेसिन सडक काट्नमा लागेका छन् ।
सवै स्थानीय तहहरुले सडक काटिरहेका भएपनि प्रक्रिया पुरा गरेर कुनै पनि सडक काटिएका छैनन् । अधिकांश सडकहरुको सर्वे पनि भएको पाईदैन । मेसिनको चालकले जता जता लग्यो उतै उतै सडक लैजाने गरी सडक काँटिदै गएको छ । एउटै सडकमा एक करोड रुपैयाँ खर्च भईरहेको र हजारौं रुखहरु कटान भईरहेको भएपनि बातावरणीय प्रभाव मुल्याङ्कन भएको पाईदैन ।
‘यसरी सडक लैजाने कुरा राम्रो भएन’ शिखर नगरपालिकाले निर्माण गर्न लागेको पशुपति(तेलेलेक सडकको प्रसंगमा डोटीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले भने ‘घना जंगलमा यसरी सडक लगेको मैले धेरै कम ठाउँमा भेटाएको छु ।’ उनी प्राकृतिक सम्पदा नाश हुने गरि गरिने विकासमा बातावर–णीय प्रभाव मुल्याङ्कन अनिवार्य गर्नु पर्ने बताउँछन् ।
जिल्ला बन कार्यालय डोटीका जिल्ला बन अधिकारी बद्रीकुमार कार्की खुटिया–बिपीनगर सडक वाहेक कुनै पनि सडक योजनाको वातावरणीय प्रभाव मुल्याङ्कन नभएको बताउँछन । उनी भन्छन् ‘बातावरणीय प्रभाव मुल्याङ्कन गर्नु पर्ने त हो तर राजनीतिक दलका नेताहरु र जनप्रतिनिधि–हरुले त्यो कुरा मान्नु हुन्न, अनि हामी पनि चुप लागेर बसेका छौं । उनी केही ठाउँमा जनप्रतिनिधिहरुबाटै बन कार्यालयका कर्मचारीमाथी हातपात भएका घटना सुनाउँदै हास्दै भन्छन् ‘कुटाई खानु भन्दा बरु मुद्धा खेपौंला भनेर चुप लागेका छौं ।’
जन दवावका कारण र जानकारी अभावका कारण प्रक्रिया पुरा नगरेरै सडक काटिएको कुरा स्वीकार गर्छन् के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाही । उनी भन्छन् ‘केही प्रक्रिया पुगेको छैन होला तर हामी जनप्रतिनिधिलाई जनताको दवाव पनि खपिनसक्नु छ, त्यसैले सडक काटिरहेका छौं ।’
जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐर पनि अन्य विकासका लागि सडक निर्माण अनिवार्य भएको बताउँछन् । प्रक्रिया पुरा नगरी तेले क्षेत्रमा पु¥याउन लागिएको सडकको समर्थन गर्दै उनी भन्छन् ‘अरु पूर्वाधार निर्माण गर्नका लागि चाहिने सामग्रीहरु ढुवानी गर्न पनि सडक आवश्यक भएकाले सडक बन्नु पर्छ ।’
न त सडक निर्माण गर्नका लागि प्रक्रिया पुरा गरिएको छ, न कुनै निकायले डाँडा भत्काउन रोकेको छ, मेसिनहरु भित्रिदैछन्, डाँडाहरु भत्किदैछन् ।
मेसिनको दररेटमा पनि एकरुपता छैन । ‘तीन हजार रुपैयाँ प्रतिघण्टाका दरले सम्झौता भएको छ’ एक व्याकलधनी भन्छन् ‘त्यसमध्ये प्रतिघण्टा तीन सय रुपैयाँ उपभोक्ता समितिका अध्यक्षलाई दिने भनेको छु ।’ नाम उल्लेख नगर्ने शर्तमा उनी थप्छन् ‘यो मेरो मात्रै कुरा होईन्, सवैले त्यसरीनै काम गरिरहेका छन् । जनप्रतिनिधिहरु र उपभोक्ता समितिलाई केही रकम दिएपछि मात्रै काम पाईने उनी बताउँछन् । ‘कमिसन दिनु परेकै कारण दररेटमा पनि एकरुपता नआएको हो’ उनी भन्छन् ‘कमिसन नदिने हो भने हामीलाई कसले काम दिने ?’
सम्पादकीय
फेरी अर्को दुःखद् खवर
डोटीको बोगटान गाउँपालिका– ६ गगुडा पलाडी गाउँमा जीप दुर्घटना हुँदा चार जनाले ज्यान जुमाउनु परेको छ । तीन जनाले घटनास्थलमै र एक जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् । उक्त जीप दुर्घटनामा १० जना घाईते भएका छन । घाईतेहरुको अवस्था पनि चिन्ताजनकै छ । दुर्घटनामा परेर ज्यान गुमाउनु हुने चारै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनप्रति गहिरो समवेदना छ । साथै घाईतेहरुको स्रिघ स्वास्थ्य लाभको कामना तथा घाईतेहरुको उपचारका लागि राज्यले सक्रियता देखावस् भन्ने आग्रह पनि छ ।
जिल्लाको तथ्याँक हेर्दा सवारी दुर्घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । कच्ची सडक, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रुहरु बोक्नु, मदिरा सेवन गरेर सवारी हाँक्नु जस्ता कारणहरु दुर्घटना निम्त्याउनका लागि प्रभावकारी तत्व भएका देखिएका छन । दुर्घटना हुँदा सोकमग्न हुने हाम्रो सुरक्षा संयन्त्र दुर्घटना नियन्त्रण गर्न प्रभाकारी उपायहरु अपनाउन सकिरहेको देखिदैन । दुर्घटना भएको दुईचार दिनसम्म चेकजाँचमा कडाई गर्ने, बाँकी दिनहरुमा राम भरौसे चल्न दिने परिपाटीका कारण समस्या आएको देखिएको छ ।
विकास भनेको डोजर चलाएर डाँडा भत्काउनु र कमिसन खानु हो भन्ने मात्र बुझेका अहिलेका जनप्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहभित्र भएका सवारी दुर्घटनाहरुको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? आफ्नो क्षेत्रभित्र सवारी व्यवस्थापनको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? काटिएका सडकहरुको स्तरोन्नती गर्नु पर्छ कि पर्दैन् ? निर्वाचनमा भोट माग्दा ‘सडक पु¥याउँछौं’ भन्ने बाचा खाएकै कारण गाउँगाउँमा सडक पु¥याउनु भन्दा पहिले भएका सडकहरुको स्तरोन्नती गर्नु पर्ने होईन र ?
जवसम्म चेतनाको विकास हुँदैन तवसम्म भौतिक विकास सम्भव छैन भन्ने कुरा जनप्रतिनिधिहरुले बुझ्नु पर्ने बिषय होईन र ? सडक काटेर मात्रै केही हुँदैन, स्थानीयले सडकको अपनत्व लिन सक्नु पर्छ, त्यसका लागि चेतनामुलक कार्यक्रमहरु चलाउनु पर्छ । चालकले उक्त सडकमा सही तरिकाले गाडी गुडाउनु पर्छ, त्यसका लागि चेतनामुलक कार्यक्रहरु सञ्चालन गर्नु पर्छ, सवारी धनीले त्यो क्षेत्रमा गाडी गुडाउँदा यात्रुहरुसंग धेरै यात्रु चढे दुर्घटना हुन्छ त्यसैले कमै चढ्नुहोस् भन्ने सन्देश दिन सक्नु पर्छ, त्यसका लागि पनि चेतनामुलक कार्यक्रहरु सञ्चालन गर्नु पर्छ । यात्रुहरु स्वयंलाई क्षमताभन्दा बढी यात्रु भएमा, चालकले लापरवाही गरेमा वा मदिरा सेवन गरी सवारी चलाएमा दुर्घटना हुन्छ, त्यसैले वरु अलि ढिलै जाउँला तर क्षमता भन्दा वढी एउटै गाडीमा जाँदैनौं भन्ने कुरालाई पनि ध्यान दिनु जरुरी छ ।
५० रुपैयाँ पाएपछि चालक अनुमति पत्र नभएको व्यक्ति पनि कुशल चालक हुने, जति यात्रु भएपनि बैध हुने, कुनै रोकटोक नहुने जुन प्रहरी प्रबृत्ति देखिएको छ, त्यो प्रबृत्ति न्यून हुनु जरुरी छ । पटक पटक ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भईरहेका छन्, अहिलेसम्म सरकारले कुनै आधिकारिक धारण सार्वजनिक समेत गरेको छैन । यि घटनाहरुको बारेमा छानविन गर्न अधिकार सम्पन्न समिति गठन गरिनु पर्छ । समिति गठन गरेर मात्रै पुग्दैन समितिले दिएको प्रतिवेदन हुवहु लागु गर्नु पर्छ । त्यसका लागि सरकार तयार हुनु पर्छ । अन्यथा दुर्घटना भएको समयमा हामी सवै स्तव्ध त हुन्छौं तर एक÷दुई दिनमै बिर्सिन्छौं अर्थात फेरी अर्को दुर्घटना होला र दुःखी होउला भनेर पर्खिरहेका हुन्छौं । मृतकका आफ्नहरुको बिचल्ली हुन्छ, घाईतेहरु बर्षौंसम्म अस्पतालका शैयामा छट्पटाई रहेका हुन्छन् । दुर्घटनाले न त कसैलाई कारवाही हुन्छ, न कसैले सवक सिक्छ, यसरी नै चलेको छ उहिले देखि र यसरीनै चल्ने देखिन्छ अव पनि ।
थप समाचार
एकै दिनमा ४४ साधन कारवाहीमा, २८ हजार राजश्व संकलन
जिल्ला प्रहरी कार्यालय डोटीले एकै दिनमा ४४ यातायातका साधनमाथी कारवाही गरी २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले दिएको जानकारी अनुसार आईतवार गरिएको सवारी चेक जाँचका क्रममा नियम बिपरित सञ्चालनमा रहेका सवारी साधनहरुमाथी कारवाही गरिएको वताए । ‘म डोटीमा आईसकेपछि यातायातका साधनहरु नियम विपरित चलिरहेको देखेँ’ केही दिनअघि मात्रै डोटीमा सरुवा भएर आएका शर्माले भने ‘त्यसैले मेरो नेतृत्वमा प्रहरी निरीक्षक, यातायात प्रहरी टोली सहित आईतवार छड्के रुपमा चेकजाँच गर्दा नियम बिपरित चलेका सवारी साधनहरु कारवाहीमा परेका हुन ।’
प्रनाउ शर्माले चार सरकारी मोटरसाईकल, तीन ट्याक्टर, ६ सार्वजनिक जीप र ३१ नीजि मोटरसाईकल चालकलाई कारवाही गरिएको बताए । ‘आईतवार मात्रै जरिमानाबाट २८ हजार रुपैयाँ राजश्व संकलन भएको छ’ सोमवार अनलाईन खवरसंग कुरा गर्दै शर्माले भने ‘नियम बिपरितका सवारी साधनहरु नियन्त्रण गर्ने उद्देश्यका साथ छड्के चेकजाँच गरिएको हो ।’
मदिरा सेवन गरी सवारी चलाएका, सवारी साधनहरुको कागजातहरु पुरा नभएका, चालक अनुमति पत्र बिना सवारी चलाएका, क्षमताभन्दा बढी यात्रुहरु बोकेका र हेल्मेट नलगाएर सवारी साधन चलाएकाहरु कारवाहीमा परेका प्रनाउ शर्माले बताए । उनले मदिरा सेवन गरी क्षमताभन्दा बढी यात्रु बाकेर गुडेको एक जीप चालकलाई सवारी सार्वनजिक अपराध अन्तरगत मुद्धा चलाएको समेत वताए ।
‘पछिल्लो समयमा डोटीमा सवारी दुर्घटना बढिरहेको तथ्याङ्गले देखाएको छ’ प्रनाउ शर्माले भने ‘यसको मुल कारण लापरवाही नै देखिन्छ ।’ चालक तथा यात्रुधनीको लापरवाहीका कारण यात्रुहरुले अनाहकमै ज्यान गुमाउनु परेको शर्माको भनाई छ ।
सोमवारको प्रहरी कारवाहीले जिल्लामा नयाँ तरङ्ग ल्याएको छ । उक्त कदमको पक्ष र बिपक्षमा बहस सुरु भएका छन् । एकथरीले प्रहरीको उक्त कदमले नियम बिपरित सञ्चालनमा रहेका यातायातका साधनहरु नियन्त्रण हुने भन्दै खुशी व्यक्त गरेका छन् । प्रहरीले नियमित रुपमा चेककजाँच गर्नु पर्ने उनीहरुको भनाई छ । उनीहरुले यसरी चेकजाँच भए दुर्घटना पनि कम हुने आश गरेका छन् ।
अर्काथरी भने प्रहरीले अनावश्यक दुःख दिन खोजेको आरोप लाउछन् । प्रहरी स्वयं पनि एउटै मोटरसाईकलमा तीन तीन जना सवार गर्ने गरेको भन्दै सरकारले प्रहरी प्रशासन मार्फत सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँछन् । उनीहरु प्रहरी स्वयंले पनि घुष खाएर नियम बिपरितका सवारी साधन चल्न दिने गरेको दावी गर्छन् ।
एक वडा एक उद्यम बनाउने नगरप्रमुखको उद्घोष
दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि ‘एक वडा, एक उद्यम’ को अभियानका साथ अगाडी बढ्ने उद्घोष गरेकी छन् ।
नगरपालिकाको महिला तथा बालबालिका ईकाईद्वारा सञ्चालन हुन लागेको महिलाहरुका लागि तीन महिने हाते हौजियारी तालिमको उद्घाटन गर्दै प्रमुख मलासीले सो कुरा बताएकी हुन । ‘विगतमा महिला सशक्तिकरणका नाममा हामीले तालिम गोष्ठिहरु धेरै गरिसकेका छौं’ मलासीले भनिन् ‘अव नेतृत्व विकास मात्रै नभएर महिलाहरुको आर्थिक सशक्तिकरण गर्नु जरुरी छ ।’ केही दिन अघि मात्रै नगरपालिकाले २० दिने लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको बताउँदै मलासीले हाते हौजियारी तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिश्वास गरिन ।
‘महिलाहरुलाई आयआर्जनमा सक्रिय बनाउनका लागि नगरपालिकाले अव ‘एक वडा, एक उद्यम’ अभियान चलाउनेछ’ उनले भनिन् ‘प्रत्येक वडामा महिलाहरुलाई सीप विकास तालिमहरु सञ्चालन गरिनेछन् ।’ उनले थपिन् ‘स–सानो कामबाटै बिस्तारै आर्थिक प्रगति गर्दै जान सकिन्छ, त्यसैले सवै महिलाहरु उद्यमी हुनु जरुरी छ ।’ जवसम्म महिलाहरु उत्पादनसंग प्रत्येक्ष जोडिदैनन् तवसम्म नगरको समग्र विकास हुन नसक्ने मलासीको भनाईछ ।
‘तपाईहरु सीप सिक्नुहोस्, सीप सिकेर व्यवसाय सुरु गर्नुहोस्, तपाईहरुलाई नगरपालिकाले सहयोग गर्छ’ मलासीले भनिन् ‘समान उत्पादन गर्नुहोस्, वजारको चिन्ता नलिनुहोस्, यदि तपाईहरुको उत्पादन बिक्री भएन भने वजार खोज्ने काम नगरपालिकाल गर्छ ।’
जीप दुर्घटनामा चारको मृत्यु
डोटीको गगुडामा भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ, १० घाईते भएका छन ।
डोटीको दिपायलबाट बोगटानका लागि हिडेको शैलेश्वरी यातायातको से १ ज ८७७ नं. को यात्रुवहाक बोलेरो जीप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिका–३ दिपायल घर भएका गाडीधनी भगत द्वारीया, सोही ठाउँका गाडी चालक रामवहादुर विक, बोगटान गाउँपालिका–५ र्धिकामाण्डौंकी ईन्नरी रावत साेही गाउँपालिका ६ की लालमति तम्राकार रहेका छन ।
दुर्घटनामा परी घाईते हुनेहरुमा बोगटान गाउँपालिका–६ गगुडाका बहादुरसिंह चन्द, नगरवहादुर ताम्राकार, मानवहादुर चन्द, हर्कवहादुर ताम्राकार, रमेश ताम्राकार, दलवहादुर चन्द, राजु ताम्राकार, बिज्ञान ताम्राकार, कालीदेवी चन्द र अछाम घर भएका लालमति थापा र छत्रवहादुर थापा रहेका छन् ।
घाईतेहरुमध्ये सात जनाको अवस्था गम्भिर रहेको र उपचारका लागि दुई एम्वुलेन्सको प्रयोग गरी दिपायल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । दुर्घटना हुनुको कारण भने अहिलेनै खुल्न नसकेको शर्माले वताए । उनले यसअघि स्थानीयबासीहरुबाट चार जनाको मृत्यु भएको भन्ने खवर आएको र सोही अनुसार सूचना सम्प्रेषण गरिएको बताए । हाल प्रहरी घटनास्थलमा पुगी उद्दार कार्यमा लागेको शर्माले जानकारी दिए । घाईते अन्य चार जनालाई पनि उपचारका लागि दिपायल ल्याउने तयारी भईरहेको उनले जानकारी दिए ।
७ नं. प्रदेश सरकारका सय दिन
संघीयताको जग बसाल्न सफल भएको निष्कर्ष
टेकेन्द्र देउवा/कैलाली
जेठ १४
७ नम्बर प्रदेश सरकारले गठन भएको सय दिनमा संघीयताको जग बसाल्न सफल भएको निष्कर्ष निकालेको छ ।
सरकार गठन भएको एक सय दिन पुगेको उपलक्ष्यमा सोमबार आफ्नो उपलब्धी सार्जजनिकीकरण गर्दै यो समयमा आवश्यक महत्वपूर्ण कानुन निर्माण गर्ने, नीति तथा कार्यक्रम ल्याउने, आंशिक बजेट ल्याउने जस्ता कुरा गरेर संघीयताको जग बसाल्न सफल भएको प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । उनले भने ‘यो समय हाम्रो लागि अभाव, सिकाई र ब्यबस्थापनमै बित्यो ।’
मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले भने ‘हामीसंग श्रोत साधनको अभाव थियो, कानुन थिएन त्यस कारण तिब्र गतीमा हामी अगाडी बढ्न सकेनौं ।’ उनले यस अवधीमा प्रतिपक्ष दल नेपाली कांग्रेसले ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरे ।
यस अवधीमा प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४, कार्य सम्पादन नियमावली २०७४, सार्वजनिक लिखत प्रमाणिकरण नियमावली २०७४ गरी ३ वटा नियमावली पारित गरेको जनाएको छ । त्यसैगरी प्रदेश सरकारका मन्त्रीपरिषद सदस्यहरुको आचारसंहिता २०७४, स्वेतपत्रको सार्वजनिकीकरण, हेलो सिएम कार्यविधी २०७५, प्रदेश संचित कोष संचालन कार्यविधी २०७५, प्रदेश राजपत्रको सम्पादन तथा वेवसाईट प्रकाशन गर्ने कार्यविधि २०७४ निर्माण गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए ।
त्यसैगरी आकस्मिक कोष विधेयक २०७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधाको ब्यबस्थापन सम्वन्धी बिधेयकको मस्यौदा तर्जुमा गर्ने सहमति, प्रदेश बिनियोजन बिधेयक, २०७५ तर्जुमाको सैद्धान्तिक सहमति, प्रदेश आर्थिक विधेयक २०७५ तर्जुमा गर्ने समहति लगायतमा स्वीकृति दिएको जनाएको छ । यसका साथै कर्मचारीहरुको ब्यबस्थापन, सवारी साधानको ब्यबस्थापन, सुशासन संयन्त्रको निर्माण गर्ने काम समेत गरेको जनाएको छ ।
तर प्रमुख प्रतिपक्षदलका नेता रणबहादुर रावलले सरकार साना मसिना कुरामा अल्झिन खोजेको आरोप लगाए । उनले भने ‘हामीहरुले सहयोग गर्दा पनि सरकारले जनचाहना अनुसार काम गर्न सकेन ।’
एमाले–माओवादी एकीकरणबाट कांग्रेस हर्षित भएको छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बिरबहादुर बलायरले नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकीकरणले कांग्रेस हर्षित भएको छ ।
नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले सो कुरा वताएका हुन् । ‘यो एकीकरणले नेपालको राजनीति धु्रवीकरण हुने संकेत दिएको छ’ नेता बलायरले भने ‘यसलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।’ उनले लामो समयदेखिको अस्थिर राजनीति अन्त्य हुने बिश्वास व्यक्त गरे ।
‘अव ओली नेतृत्वको सरकारलाई अरु कसैले पनि ढलाउन सक्दैन, यो सरकार शक्तिशाली सरकार बनेको छ’ बलायरले भने ‘यदि यो सरकार ढल्छ भने आफ्नै कारणले मात्र ढल्छ ।’ देशमा राजनीतिक स्थिरता हुनु पर्ने कांग्रेसको पनि चाहाना भएको बलायरले वताए । उनले थपे ‘कांग्रेस अस्थिर राजनीतिको ईतिहास फेरी नदोहोरियोस् भन्ने चाहान्छ ।’ उनले सरकार संबिधान र प्रजातान्त्रिक मुल्य मान्यता अनुसार चले नेपाली कांग्रेसले सहयोग गर्ने वताए ।
‘जनताले पत्याउने खालका कार्यक्रमहरु जो ले गर्छ उसैलाई जनताले समर्थन गर्छन’ सरकारले काम गर्नु पर्ने वताउँदै बलायरले भने ‘अव बोलेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ ।’ जनताले अव भाषण होईन नगद खोजेको बलायरले बताए ।
राष्ट्रिय स्वाधिनतामाथी प्रहार
नेता बलायरले मोदीको नेपाल भ्रमणले राष्टिूय स्वाधिनतामाथी प्रहार गरेको वताएका छन ।
मोदी नेपाल भ्रमणका क्रममा बर्दी र हतियार सहितका भारतीय सेनाहरु नेपाली भूमिमा आउनु दुर्भाग्य भएको वलायरले वताए । ‘नाकाबन्दीको बेला भारतको बिरोध गरेर जनमत जुटाएका केपी ओलीबाट मैले यस्तो आश गरेको थिएन’ उनले भने ‘यसले ओलीको राष्ट्रबादमाथी प्रश्न उठाएको छ ।’
भारतले लगाएको नाकावन्दीका बिषयमा नेपाली काग्रेसले लामो समयपछि आधिकारिक धारणा सार्वजनिक गरेको बताउँदै उनले भने ‘मोदीको भ्रमणका क्रममा भएको यो प्रबृत्तिले सरकारको राष्ट्रियताप्रतिको व्यवहार प्रष्ट भएको छ ।’
तारिफ गर्न लायक छैनन् १०० दिन
पूर्व मन्त्री बलाएरले सरकारका एक सय दिन तारिफ गर्न लायकका नभएको बताएका छन ।
‘यसबिचमा देखिने गरी कुनै पनि काम भएको छैन’ नेता बलायरले भने ‘भाषण गरेर मात्रै हुँदैन, एक्सनमा पनि जानु पर्छ ।’ उनले सरकारका कामकार–वाहीमा अप्रजातान्त्रिक शैली देखिन लागेको समेत संका गरे । ‘अहिलेनै बिरोध गरिहाल्नु पर्ने त देखिदैन तर प्रशासन संयन्त्रको कायशैली हेर्दा सरकार अलोकतान्त्रिक बाटोमा अगाडी बढेको देखिन्छ’ बलायरले भने ‘संबैधानिक मुल्यमान्यता बिपरित सरकार जान लाग्यो भने कांग्रेस प्रतिवादमा उत्रिने छ ।’
राजधानी डोटी हुनु पर्छ
७ नं. प्रदेशको राजधानी डोटी हुनु पर्ने भन्ने आवाज मैले पहिले देखिनै उठाएको र अहिले पनि आफु राजधानी डोटी नै हुनु पर्छ भन्ने कुरामा अडिक रहेको बलाएर बताउँछन् । ‘अस्थायी मुकाम धनगढी तोकिनुमा बिभिन्न शक्तिको हात छ’ सरकारले अस्थायी मुकाम तोक्दा भौतिक पूर्वाधार तथा यातायात मत्री रहेका बलाएरले भने ‘मैले अस्थायी मुकाम डोटी हुनुपर्छ भन्दै पाँच पाँच पटक मन्त्रीपरिषद्को बैठक अनिर्णित बनाए तर पनि सम्भव भएन ।’ उनले प्रदेशको अस्थायी राजधानी धनगढी हुनुमा नेपाली कांग्रेसको मात्रै हात नभएको दावी गरे ।
छोटकरी समाचार
महिलाहरुलाई उद्यमशील तालिम
सम विकास केन्द्र (ईडिसी) डोटीद्वारा १६ महिलाहरुलाई सातदिने आलु चिप्स र दालमोठ बनाउने तालिम प्रदान गरेको छ ।
संस्थाले सञ्चालन गरिरहेको स्थानीय अधिकार परियोजना र द महिला नेटवर्क परियोजनाद्वारा के आई सिंह गाउँपालिकाको वडा नं. ४ र ७, शिखर नगरपालिकाको वडा नं. १, २, ४, दिपायल सिलगढी नगरपालिकाको ४, ५ र ७ गरी आठ वडाका १६ जना महिलाहरुको सहभागिता रहेको ईडिसीका स्थानीय अधिकार कार्यक्रम संयोजक महेश टेलरले जानकारी दिए ।
दुई बर्षे उपलव्धी सार्वजनिक
प्राकृतिक स्रोतहरुमाथी भएको सामुदायिक विवाद समाधानका लागि कार्यरत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुकाबीच बिगत दुई बर्षको उपलव्धी सार्वजनिक गरेको छ ।
शनिवार जिल्ला सदरमुका सिलगढीमा आयोजना गरिएको कार्यक्रममा बिगत दुई बर्षमा चारवटा सामुदायिक बनका सिमा बिवादहरु मिलाईएको संस्थाले जानकारी दिएको छ । संस्थाका राष्ट्रिय स्रोत व्यक्ति तथा जिल्ला संयोजक लोक थापाले दिएको जानकारी अनुसार उक्त परियोजनाले आगामी दुई बर्षका लागि डोटीमा फेरी प्राकृतिक स्रोतमाथीको द्वन्द्व व्यवस्थापनमा काम गर्नेछ । आगामी दुई बर्षमा पाँच विाद मिलाउने योजना रहेको थापाले वताए ।
लेख
दूरगामी सोंच र विकास !
हेमवहादुर बिश्वकर्मा
जनालीकोट, अछाम
विकासलाई समय सापेक्षता अनुसार वेला बखतमा विभिन्न विद्वानहरुले व्यक्तिगत विकास, पारिवारिक विकास, सामाजिक विकास, आर्थिक विकास, राजनैतिक विकास, शैक्षिक विकास, भौतिक विकासका क्षेत्रमा क्रमिक रुपमा आईरहने सकारात्मक परिवर्तनलाई समय सापेक्षता रविषयवा प्रसंङ्ग अनुसार परिभाषित गर्दै आईरहेका छन ।
सभ्य, सु–संस्कृत र समृद्ध समाज निर्माणका लागि समुदाय तथा राष्ट्रको आवश्यकतामा आधारित विकासका सवालहरुलाई सम्बोधन गर्न सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, उपलब्ध स्रोत–साधनको सम्भाव्यता अध्ययन, स्तरीकरण, प्राथमिकीकरण, योजना निर्माण, कार्यान्वयन गर्न सरकारको संघ, प्रदेश र स्थानीय तहकमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि एवं कर्मचारीहरुमा समुदायस्तरको विद्यमान अवस्थाको यथार्थ जानकारी, उदार भावना, दूरगामी सोंच, दूरदृष्टिकोण र रचनात्मक कार्यशैली हुन जरुरी हुन्छ । वर्तमान विश्वका विभिन्न सरकारहरु आफ्नो राष्ट्र र नागरिकको विकास लागि विभिन्न विषयको खोज, अनुसन्धान, औजार निर्माण, परीक्षण, प्रभाव मूल्याङ्कन, योजना निर्माण, कार्यान्वयन, सम्पादन, नतिजा मापन र रुपान्तरण निरन्तर लागिपरेका छन ।
नेपाली समाजमा विभिन्न भौतिक पूर्वाधारका संरचनाको निर्माण कार्यलाई विकासको रुपमा हेर्ने गरिएको छ । तर ! भौतिक विकासको संरक्षण, सम्बद्र्धन तथा दिगोपनाका लागि समुदायमा सचेतना अभिवृद्धिको क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । जसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा विस्तार भई रहेको औधोगिकरण, शहरीकरण, बजारीकरण तथा प्रविधिकरणका आधारमा माग भई रहेको जनशक्ति, वस्तु र सेवालाई मध्यनजर गरी सचेतना र आवश्यतामुखी विकासका गतिविधिलाई अघाडी सार्न सरकारले विशेष नीति तथा कार्यक्रम पारित गरी प्रभावकारी कार्यान्वयनमा जोड दिन पर्छ । वास्तवमा पूर्वाधार भन्दा सचेतना अभिवृद्धिको पाटो जटिल हुन्छ । कुनै पनि चिजवस्तुको भौतिक परिमार्जन सजिलो हुन्छ । तर व्यक्ति तथा समाजभित्रको विद्यमान मानसिकतालाई परिमार्जन गर्न बढी समय खट्नु पर्ने हुन्छ । तथापी समुदायको सचेतना अभिवृद्धिले विकासका विभिन्न गतिविधिलाई सकारात्मक तथा प्रभावकारी मार्गमा डो¥याउन सहजता हुन्छ ।
जब नागरिकहरुमा सकारात्मक भावना, साेंच, दृष्टिकोण, विचार र बुझाईको वातारण सृजना हुदै जान्छ । तब त्यो समाजवा राष्ट्रको विकासको गतिले तिव्रता पाउँछ । तसर्थ समाज र राष्ट्र विकासका लागि अख्तिार प्राप्त व्यक्तिहरुले भौतिक विकासको साथसाथै सचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई समान महत्वमा राख्दै समय, परिवेश, वर्ग, समुदाय तथा भूगोलको आवश्यकताका आधारमा सान्दर्भिक र आवश्यकतामूखी नीति तथा कार्यक्रमहरु निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक हुन्छ । साथै विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको सचेतना अभिवृद्धिका लागि सामाजिक परिचालन, नेतृत्व तथा क्षमता विकास, सकारात्मक सोंच, सूचना आदान–प्रदान, अध्ययन तथा अवलोकन भ्रमण, अनुभव आदान–प्रदान, प्रविधि प्रदर्शनी तथा रुपान्तरणका विधिहरुलाई मध्यनजर गरी नीति तथा कार्यक्रमहरु तयार गरी कार्यान्वयनमा जोड दिनु पर्छ । योजना अनुसार कार्यान्वयन भईरहेका आयोजना तथा क्रियाकलापहरुको प्रभाव मापन गर्न सम्बन्धित निकायबाट नियमित अनुगमन, सुपरीवेक्षण, पृष्ठपोषण तथा मूल्याङ्कन गरिनु पर्छ ।
समाज वा राष्ट्रको दिगो विकासका लागि विभिन्न क्षेत्रको व्यवस्थापन, कार्यान्वयन, नियन्त्रण गर्ने निकायका जिम्मेवार व्यक्तिहरुमा विभेद रहित भावना, दूर–दृष्टिकोण, सकारात्मक सोंच, सदाचार, रचनात्मक कार्यशैली, इमान्दारिता, जिम्मेवारिता, जावफदेहीता, पारदर्शिता तथा अनुशासन जस्ता महत्वपूर्ण गुणहरु हुन आवश्यक हुन्छ । समाज र राष्ट्रविकासको लागि जिम्मेवार व्यक्तिहरु निडर, तटष्ठ, कर्तव्यनिष्ठ, वफादार, वकालत तथा पैरवी गर्न सक्षम हुन पर्छ । किनकी सक्षम व्यक्तिहरुले नै वास्तविक आवश्यकताको पहिचान, तालिकीकरण, स्तरीकरण, प्राथमिकीकरण, आयोजना छनौट, योजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिन सक्छन ।
दिगो तथा परिमाणमुखी विकासका लागि जबसम्म समाजमा सकारात्मक सोंच तथा भावनाको सृजना हुँदैन । समाजमा बसोबास गर्ने कुनै पनि व्यक्तिले जीवन दर्शनको महत्व बुझ्दैनन् तबसम्म मानवीय तथा भौतिक विकासको क्षेत्रमा उद्देश्यमुलक नजिता हासिल गर्न सहजता हँुदैन । जबसम्म समुदायमा बसोबास गर्ने आम मानिसहरुको बुझाई, भावना तथा विचारमा सकारात्मक सोंचको विकास हुँदैन तबसम्म मानिसहरुले आफ्नो वरीपरी निरन्तर भई रहेका परिवर्तन, असर तथा प्रभावहरुको महत्वबारे कुनै चाँसो राख्दैनन् । आफ्नै सेवाको लागि कार्यान्वयन गरिएका, भईरहेका वा हुन गईरहेका कुनै पनि कार्यक्रम वा आयोजनाको महत्व, उद्देश्य र उपयोगिताबारे उनीहरुलाई कुनै चासो र मतलब हँुदैन । जसकारण सरकारले समुदायको विकासका लागि विस्तार गरेका वा गर्दै आईरहेका विभिन्न कार्यक्रम तथा आयोजनाको दिगोपनाको भविष्य खतरामा पर्ने अवस्था सृजना हुन्छ । सरकारको श्रम, समय र लगानी क्षणिक समयभित्रै खरानीमा परिणत भई खेरजाने सम्भावना प्रवल हुन्छ । सरकारको दस्तावेज तथा प्रतिवेदनहरुमा कार्यान्वयन तथा सम्पादन गरिएका आयोजना, कार्यक्रम वा क्रियाकलापहरुको निवेश ९क्ष्लउगत०, उत्पादन ९इगतउगत० मा शतप्रतिशत उपलब्धी देखिएतापनि यथार्थमा सम्बन्धित आयोजना, कार्यक्रम वा क्रियाकलापहरुको नतिजा ९इगतअयmभ० सारै कमजोर रहेको हुन्छ । जसकारण सम्पादन गरिएका विभिन्न क्रियाकलापहरुले उपलब्धी मापनताका मूल्याङ्कनकर्ताहरुले प्रश्नचिन्ह खडा गर्ने अवस्था सृजना हुन्छ । निवेश ९क्ष्लउगत०, उत्पादन ९इगतउगत० र नतिजा ९इगतअयmभ० मा यस्तो फरक आउनुको मुलकारण नागरिकहरुमा सकारात्मक सोंच, अपनत्वको भावना, दूरगामी सोंच, जिम्मेवारिता, इमान्दारिता र उत्तरदायित्वका विषयमा आवश्यक ज्ञान र सचेतनाको कमी हुनुनै हो ।
आम नागरिकहरुले अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा सरकारलाई विभिन्न किसिमको कर तिरेका हुन्छन । तर उनीहरुलाई आफ्नै लगानीको बारेमा अनभिज्ञता हुन्छ । अप्रष्टताको कारण उनीहरुलाई आफ्नै वरीपरी कार्यान्वयन भएका वा भईरहेको कार्यक्रम तथा आयोजनाहरु सरकारी लगानीबाट निर्माण भईरहेको हुन । अहिले पुरा नभए सरकारले पछि सम्पन्न गरी दिन्छ भन्ने गलत बुझाई विद्यमान छ । कुनै पनि आयोजना सम्पन्न गर्न वा पुनःनिर्माण गर्न भविष्यमा आफैबाट सरकारले के कति कर, दस्तुर, शुल्क असुल गर्नेछ भन्ने कुराको नागरिकहरुमा अनभिज्ञता छ । जसको प्रमुख कारण सम्बन्धित निकायकाबाट भौतिक विकास रसचेतना अभिवृद्धिको सवाललाई समान रुपमा कार्यान्वयनमा जोड नदिईनु हो । आमनागरिकहरुलाई बजेट साक्षरता, बजेट निर्माण, बजेट विश्लेषण, आवश्यकता पहिचान, स्तरिकरण, प्राथमिकीकरण, योजना निर्माण, बजेट विनियोजन, योजनाको कार्यान्वयन, अनुगमन, सम्पादन र दिगोपनाको महत्वबारे पूर्ण जानकारी नहुनाले नै उनीहरु आफ्नो कर्तव्य र अधिकारको प्रयोग गर्न सकिरहेका छैन । जसकारण आफ्नै क्षेत्र वरीपरी आफ्नो विकासका लागि आफ्नै लगानीबाट सञ्चालन भईरहेका आयोजना तथा कार्यक्रम तथा आयोजनाप्रति उनीहरुले कुनै चासो राख्दैनन् ।
तसर्थ, सरकारको स्थानीय तह, प्रदेश तह र संघीय तहबाट सभ्य, सुसंस्कृत र समृद्ध समाज निमार्णका लागि सचेतनामुलक कार्यक्रमको पाटोलाई प्राथमिकतामा राख्दै भौतिक विकासका गतिविधिलाई योजनाबद्ध रुपमा अघाडी बढाउनु आवश्यक देखिन्छ । भौतिक तथा सामाजिक संरचनाको संरक्षण, सम्बर्धन, प्रर्वधन र दिगोपनाका लागि सेवाप्रदायक र सेवाग्राही दुइवटै पक्षबिच सुमधुर सम्बन्ध, समझदारी, साझेदारी, अपनत्वपन, समन्वयन, सहकार्यका क्षेत्रमा बलियो जगनिर्माण गर्न जरुरी देखिन्छ । भावनात्मक सम्बन्ध निर्माणमा जोड दिदै सचेतनामुलक कार्यक्रमहरु तथा विकासका विभिन्न गतिविधिहरुलाई कार्यान्वयन गर्न आवश्यक हुन्छ । जसकारण प्रस्तावित विकासको क्षेत्रलाई परिणाममूखी बनाउन सरकार, सम्बन्धित निकायहरु, विकासका साझेदारहरु, समुदायमा विद्यमान विभिन्न संघसंगठन र आम सरोकारवालाहरुले सचेतनामुलक कार्यक्रमहरु र भौतिक पूर्वाधार विकासका क्षेत्रमा नजिता हासिल गर्न दूरगामी सोंच र दूरदृष्टिकोण सहित रचनात्मक कार्यशैलीका साथ सक्रिय रुपमा परिचालित हुन जरुरी देखिन्छ ।
जुन समाजवा सरकारले दूरगामी सोंच र दूरदृष्टिकोण सहित आवश्यकतामूखी विकासको मार्गचित्र तयार पारी अघाडी बढेको हुन्छ । त्यो समुदायवा राष्ट्रले सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, भौतिक विकासमा उल्लेख्य नतिजा हासिल गरेको हुन्छ । यसकारण हाम्रो सरकार र सम्बन्धित सरोकारवाला निकायहरुले अविलम्ब समाजभित्र विद्यमान अस्त–व्यस्त विकासका विभिन्न गतिविधिको दिगो विकास र दिर्घकालिन नतिजा हासिल गर्न, दूरगामी सोंच र दूर–दृष्टिकोण सहित सचेतना र भौतिक विकासका सवालहरुलाई सम्बोधन गरी रचनात्मक ढंगले कार्यान्वयनमा जोड दिए प्रस्तावित कार्यक्रम र आयोजनाको आशासित उपलब्धि हासिल गर्ने वातावरण सृजना हुन सक्ने कुरामा दुईमत देखिदैन ।
लेखक सामाजिक कार्यकर्ता हुन ।
मोफसल पत्रकारिता
पत्रकारिता गरेर कमाउने सपना पनि देखेको छैन
सन्तोषसिंह कोट्टारी
रेडियो नयाँ नेपाल एफएम, दार्चुला
तपार्इंको परिचय पाउँ न ?
— म सन्तोष सिंह कोट्टारी (पत्रकार), सामुदायिक रेडियो नयाँ नेपाल एफएम १०४.५ मेगाहर्ज दार्चुलामा कार्यरत छु ।
कति समय भयो यस पेशामा लागेको ?
— ३ वर्ष पुग्नै लाग्यो ।
त्यस्तो के कुरा थियो जसले गर्दा तपाइलाई पत्रकार हुन आकर्षित ग¥यो ?
— समाज विभिन्न खालका समस्याले गुज्रिएको थियो, विकास निर्माणले छोएका थिएनन् । अझै भन्ने हो भने ग्रामीण क्षेत्रमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सेवा प्रवाहबाट सेवाग्राही हैरानी खेपिरहेका थिए । पारदर्शिता र जनसहभागिता न्युन हुने गरेको थियो । दुरदराजका कुण्ठित आवजहरु सञ्चारमाध्यमसम्म पु¥याउनेहरु विरलै थिए ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— सामाजिक परिवर्तन गर्ने विचारधारा बोकेर कलम चलाउन थालेकाले पनि होला, सामाजिक सरोकारका विषयमा कलम चलाउन औधी मन पर्छ । संगसंगै राजनीतिक सवालका विषयमा पनि बेला बखत कलम चलाउन उत्तिकै जाँगर चल्छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— निश्चित रुपले मोफसल पत्रकारिता गर्दा निकै कठिनाई र समस्याको घेराबन्दीमा रहनु पर्ने अवस्था छ । सूचना समाचार संकलन गर्दा भौगालिक रुपले विकट क्षेत्रमा निकै असहज हुने गरेको छ भने प्रभावकारी सञ्चार सेवा (फोन तथा ईन्टरनेट सेवा) नहुदाँ निकै समस्या हुने गरेको छ । त्यति मात्रै नभई जिल्लाको एउटा स्थानबाट अर्काे स्थानमा पुग्नका लागि पनि तीन दिनसम्म लाग्ने भएकाले पनि समस्या हुने गरेको छ । जहाँ यातायातको सुविधा छैन त्यहाँ पत्रकारिता गर्न निकै असहज हुने गरेको छ ।
दार्चुला जस्तो विकट जिल्लाबाट पत्रकारिता गर्दै हुनुहुन्छ, कसरी मुल्याङ्कन गर्नु भएको छ दार्चुलाको पत्रकारितालाइ ?
— दार्चुलामा पत्रकारिता गर्दा अनेकौँ समस्याहरु देखिएपनि पत्रकारिता गर्दा निकै उत्साह जाग्ने गरेको छ । किन भन्दा विकट जिल्लाको रुपमा रहेको दार्चुला जिल्लाका थुप्रै समस्याहरु छन् ती समस्या, अभाव, असुविधा जस्ता विषयमा कमल चलाउनु नै पत्रकारिता हो जस्तो लाग्छ । प्रत्यक्ष जनतासंग सम्बन्ध राख्ने खालका विषयबस्तुहरुमा कलम चलाउन पाउँदा छुट्टै आभास हुने गर्दछ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— सर्वप्रथम सरकारको चौथो अंग मानिने पत्रकारितालाई अझ प्रभावकारी बनाउन सरकारका तीन अंग सरह नै चौथो अंगलाई पनि राज्यले व्यवहार गर्नुपर्दछ । मोफसल पत्रकारिताका समस्यालाई सम्बोधन हुने पत्रकारिता सुद्धृढिकरण, पृष्ठपोषण, पुनर्ताजगी गर्ने खालका कार्यक्रम तथा तालिमहरु सुगम देखि दुर्गम क्षेत्रमा सञ्चालन गरिनु आबश्यक छ । होइन भने पत्रकारिता जगतमा खिया नलाग्ला भन्न सकिन्न ।
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले दार्चुलाका सन्दर्भमा उल्लेखनीय काम गरेको पाइन । पत्रकारिता क्षेत्रलाई तिखार्न स्थानीय श्रोतसाधनले भ्याए अनुसार पत्रकार महासंघ जिल्ला कार्य समितिले सक्रियता देखाएको छ । पत्रकार महासंघ केन्द्रिय समितिबाट सिन्को समेत भाँचिएको छैन । त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुलाको हकमा ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— प्रत्यक्ष देखिने खालको भूमिका निर्वाह नगरेपनि प्रदेश तथा केन्द्रमा आयोजित विभिन्न कार्यक्रमबाट पत्रकारिता क्षेत्रमा सुधार गर्न पहल तथा आवाज पु¥याउने जस्ता कार्यहरु गरिरहेका छन् । तर ती संगठनहरुबाट पनि देखिने खालका कामहरु हुन सकेका छैनन् ।
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता समाजको ऐना हो । जे छ त्यही देखाउछ, देश र दुनियाँ माझ प्रस्तुत गरिदिन्छ । त्यति मात्रै नभई समाजिक परिवर्तनमा अहम भूमिका खेल्ने एउटा सम्बाहक हो जस्तो लाग्छ ।
कत्तिको कमाई गर्नु भयो पत्रकारितामा लागेर ?
— पत्रकारिता गरेर कमाउने सपना पनि देखेको छैन । कमाएको भन्दा पनि बढी गुमाएको छु । आम्दानी गर्ने मनसायले पत्रकारितामा होमिएको नभएर पनि होला । कमाइ हुने खालको पत्रकारिता नभएको पनि होइन तर त्यो पत्रकारिता गर्नु पेशाको बदनाम गर्नु हो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— सबै पत्रकारिता निष्पक्ष रुपमा गरिएका छैनन्, कहि कतै झुकाव भएकै छन् त्यो स्वभाविक पनि हो । तर कतिपय क्षेत्रमा एउटा पक्षलाई समातेर पत्रकारिताको धावन मार्गमा कुदिरहेका हुन्छन् । आबश्यक भन्दा बढी दलहरुप्रतिको झुकावले नै पत्रकारिता पेशा बदनाम हुन पुगेको हो । पत्रकारिताबाट घर घडेरी बनाउने सपना बोकेकाहरु गैरकानुनी क्रियाकलापमा लाग्नेहरु नभएका पनि होइनन् । अर्काे कुरा पाठक वर्गहरुको पनि पत्रकारिता प्रतिको हेर्ने दृष्टिकोणका आधारमा पनि पत्रकारिता बदनाम हुन पुगेको हो ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुरामा ?
— अहिलेसम्म सोचेको पनि छैन । पत्रकारिता पेशालाई मर्यादित बनाउनेमा समय खर्चिनेछु । पेशागत मर्यादा भन्दा बाहिर रहेर पत्रकारिता गर्नु भन्दा पहिले नै यो कलम भाँचिदिने छु ।
मोफसलमा कार्यरत सञ्चारकर्मीहरुका समस्या समाधानका लागि तपाइ सरकारलाई के सुझाव दिन चाहानु हुन्छ ?
— राष्ट्र निर्माणमा टेवा पु¥याउने पत्रकारिता पेशाको हकहित संरक्षण गर्न सरकार भएको आभास हुने खालका योजना कार्यक्रमहरु गर्नु आबश्यक छ । पत्रकारिताको सुरक्षाको ग्यारेन्टी हुनु जरुरी छ । पत्रकारिता जगतको अनुगमन, निरीक्षण र कारबाहीको अबधारणा ल्याई कडाइका साथ कार्यान्वयन गरे साँच्चिकै पत्रकारिता क्षेत्रमा परिबर्तन हुनेछ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— पत्रकारिता क्षेत्रलाई मर्यादित बनाई बदनामको कुवाँबाट बाहिर ल्याउनु आबश्यक छ । पत्रकारहरु भन्ने वित्तिक्कै अनियमितता, सेवा प्रवाहमा ढिलासुस्ती जस्ता क्रियाकलाप संगलग्न तत्वहरु झस्किेने खालको पत्रकारिताको खाँचोलाई मनन् गर्दै पत्रकारितामा कलम चलाउन सबै साथीहरुलाई आग्रह गर्न चाहान्छु । साथै सरकारको चौथो अंगको रुपमा लिएर मात्रै नहुने भएकाले ती ३ ओटा अंगको सरह लिइनु पर्दछ ।
शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको खुल्ला प्रतियोगिताका लागि लिईने लिखित परीक्षाको पाठ्यक्रम
शिक्षासम्बन्धी आधारभूत ज्ञान
१. नेपालको संविधान र शिक्षा सम्बन्धी ऐन नियमहरू
१.१ नेपालको संविधान ः भाग ३ देखि ५ सम्म
१.२ शिक्षा ऐन (संशोधनसहित), २०२८ र शिक्षा नियमावली (संशोधनसहित), २०५९
१.३ शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७
२ शिक्षा सम्बन्धी सामान्य जानकारी
२.१ नेपालको शैक्षिक इतिहास (राणाकालदेखि हालसम्मको) २.२ नेपालको शिक्षाको तहगत संरचना २.३ शिक्षाका राष्ट्रिय उद्देश्यहरु, २.४ प्राथमिक तहका तहगत उद्देश्य÷सक्षमताहरू
२.५ शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयको संगठन, संरचना र कार्यहरु,
२.६ नेपालको शैक्षिक तथ्याङ्क सम्बन्धी सामान्य जानकारी ३ शिक्षा सम्बन्धी नीतिहरू
३.१ शिक्षा नीति र यसको आवश्यकता, ३.२ शिक्षक सक्षमताको प्रारुप २०७२
३.३ खुला तथा दुर शिक्षा नीति, ३.४ अनौपचारिक शिक्षा नीति
४ शिक्षासम्बन्धी विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू
४.१ राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२, ४.२ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
५ शिक्षासम्बन्धी योजना तथा कार्यव्रmमहरु
५.१ सबैका लागि शिक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१–२०१५) उद्देश्य तथा उपलब्धि
५.२ विद्यालय क्षेत्र विकास योजना (२०७३–२०७९) ः लक्ष्य, उद्देश्य र कार्यहरु
५.३ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम ९ल्भ्न्च्ए०
६. शैक्षिक र शैक्षणिक योजनाहरु निर्माण र कार्यान्वयन
६.१ शैक्षिक क्यालेण्डर विद्यालय, वार्षिक कार्ययोजना
६.२ वार्षिक, एकाइ र दैनिक शैक्षणिक योजना
६.३ गाउँ÷नगरस्तरीय शिक्षा योजना निर्माण र प्रयोगको अवस्था
६.४ विद्यालय सुधार योजना, ६.५ विद्यालय विकासमा स्थानीय सरकार÷निकाय, गैरसरकारी र समुदायमा आधारित संस्थाहरुसँगको सम्बन्ध र समन्वय
७. विद्यालय तहको पाठ्यव्रmम र मूल्याङ्कन
७.१ पाठ्यव्रmमकोे परिचय, निर्माण प्रव्रिmया र पाठ्यव्रmम निर्माणमा प्रभाव पार्ने तत्त्वहरू
७.२ विद्यालय तहको पाठ्यव्रmम ढाँचा
७.३ राष्ट्रिय पाठ्यव्रmमको प्रारूप (परिमार्जनसहित), २०६३
७.४ स्थानीय पाठ्यव्रmम प्रारुप, २०७१, निर्माण र प्रयोगको अवस्था
७.५ प्राथमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग
७.६ शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन
७.७ निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति
७.८ मातृभाषामा आधारित बहुभाषिक शिक्षा
८ बाल मनोविज्ञान र सिकाइ
८.१ बाल मनोविज्ञानको अवधारणा ,बाल वृद्धि र विकास
८.२ पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्थाको परिचय, विकासात्मक पक्षहरू र सिकाइसंँग सम्बन्धित विशेषताहरू
८.३ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू
८.४ उत्प्रेरणाका सिद्धान्तहरू र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू
९ विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन
९.१ विद्यालय सुशासन (कअजयय िनयखभचलबलअभ) र सामाजिक परीक्षण (कयअष्ब िबगमष्त)
९.२ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त
९.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिता
९.४ स्व–व्यवस्थापन, समय व्यवस्थापन र विपद् व्यवस्थापन
९.५ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधुनिक कक्षाकोठा व्यवस्थापन
९.६ उपचारात्मक शिक्षण पद्धति
९.७ विद्यार्थीमा निहित विविधता व्यवस्थापन ः भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था
९.८ शैक्षणिक सङ्गठन ः कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर ९ःन्ःी० शिक्षण
९.९ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना÷मामला अध्ययन
१० शिक्षाका नवीनतम् चिन्तन
१०.१ अधिकारमा आधारित शिक्षा, १०.२ बालमैत्री विद्यालय ः अवधारणा, मापदण्ड र सूचकहरू १०.३ विद्यालय शान्ति क्षेत्र, १०.४ समाहित शिक्षा र शिक्षामा समावेशीकरण
१०.५ शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि
१०.६ साधारण तथा प्राविधिक सिप ९कयात बलम जबचम कपष्िि० र जीवनोपयोगी सिप ९षिभ यिलन भिबचलष्लन बलम षिभ कपष्िि०
१०.७ शिक्षक शिक्षा र तालिम, १०.८ अभिभावक शिक्षा
साहित्य/सिर्जना
जय गेरुवा बस्त्र
गेरुवा बस्त्र
यानकी आगोको रंग
गेरुवा बस्त्र धारण गर्नु भनेको
आगोमा हिड्न तयार हुनु
अझ भनौं
आगोमा आफुलाइ होमिनु
आगोको तापमा पनि
शितलताको अनुभुति गर्नु
सजिलो छ र
गेरुवा बस्त्र धारण गर्न ?
हिम्मत त सबैमा हुन्छ
तर हिम्मत कसै कसैले मात्र गर्छन
गेरुवा बस्त्र लगाउन सबैले सक्लान
अपनाउन कसै कसैले मात्र सक्छन
किन कि आगोमा हिड्न स्वीकार सायदै कसैलाई होला
हाम्रो भाषामा भनौं, कोइ पागल होला जो
आगोमा हिड्न तयार होस्
अब यति धेरै जोखिम उठाइसकेपछी
आफ्ना दुस्ख कष्टहरुको हर्जाना हुने ठाउँ पनि त खोज्नु पर्यो
अनि हिड्यो
गाउँगाउँ बस्तीबस्ती
जहाँ अन्धकार नै अन्धकार बिराजमान छ
आँखा भएर पनि आँखामा ज्योति छैन
कान भएर पनि कानमा सुन्ने शक्ति छैन
त्यतै आफ्नो अखाडा बनायो
आफुलाइ गुरु बनायो
अन्धा र बहिरालाई चेला बनायो
कति सजिलो
बहिरालाइ जे प्रबचन सुनाए नि के
बहिरोले पनि
गेरुवा बस्त्रधारी स्वामी जीका प्रबचन
मिठो मानेर सुनेको नाटक गरिदिन्छ
किन कि बहिरोलाई नि डर छ
कतै स्वामी जीले आफू बहिरो भएको कुराको
चाल पाइहाल्छन कि भनेर
अन्धोले पनि
स्वामी जीको चमत्कारलाई देखेको जसरी
स्वामी जीको चरण स्पर्श गरिदिन्छ
अन्धोलाइ पनि भित्रभित्र डर छ
कतै स्वामी जीले आफू अन्धो भएको कुराको चाल पाउने त होइनन्
मानसिक अपांगलाई ढाकछोप जो गर्नु छ
न त यहाँ
गेरुवा बत्रधारी स्वामी जी नै
साधु, सन्त, महन्त, सन्यासी छन
न त
साधु, सन्त, महन्त, सन्यासी भनिएकाहरुका
शिष्य नै सच्चा भक्त छन
सब एक अर्काको आँखामा छारो हाल्ने काममा भने बडो मेहनतका साथ लागिपरेका छन
त्यसपछी के थियो सुरु हुन्छ
तथाकथित साधु, सन्त, महन्त, सन्यासीहरुको
एकदमै रोचक
धार्मिक अनि आध्यात्मिक पाखण्ड
गेरुवा बस्त्र अभियानका साथ
बिरोध गरौ भने नि
पाप लाग्ला भन्ने डर
जय गेरुवा बस्त्र
पुस्पा जोशी “काली”
धनगढी, कैलाली