Tuesday, June 25, 2019

बिम्ब साप्ताहिक, २०७६ साल असार १० गते मंगलवार

बालबालिका हराएमा, बेवारिसे अवस्थामा फेला परेमा वा अपहरणमा परेमा बालबालिका खोजतलास समन्वय केन्द्रको पैसा नलाग्ने फोन ं. १०४ मा खवर गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

जथाभावी सडक काट्दा १६ परिवार बिस्थापित

बझाङ्गमा काटिएका ग्रामिण सडकका कारण १६ परिवार बिस्थापित भएको एक अध्ययनले देखाएको छ । खाद्य अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फियान नेपालले गरेको अध्ययन अनुसार १६ परिवारका एक सय १४ जना बिस्थापित भएका छन् । 
अध्ययनको प्रारम्भिक प्रतिवेदनमा जयपृथ्बी राजमार्ग र त्यस भन्दा माथि बनेका सडकहरुले आठ घर परिवार बिस्थापित भएको देखाएको छ । उक्त क्षेत्रमा ७० परिवारको करिब एक सय रोपनी जति खेत पुरिएको छ । जमिन पुरिने काम निरन्तर भईरहेको समेत प्रतिवेदनमा उल्लेख छ । 
यस्तै जडारकोईरालकोट र जडारपौडी सडक काटिएका कारण ८ घरहरु भत्केको छन । “सडक कटानपछि निरन्तर पहिरो खसिरहेकोले थप २५ घर परिवार जोखिममा रहेका छन्” प्रारम्भिक अध्ययन प्रतिवेदनमा भनिएको छ ‘खनेपानी र सिंचाई आयोजना पूर्ण रुपमा ध्वस्त भएको छ, २० रोपनी खेतीयोग्य जमिन क्षति भएको छ ।’
जिल्लामा बिकासका लागि प्राप्त बजेटमध्ये झण्डै ६० प्रतिशत ग्रामिण सडकमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सडक वनाउँदा मापदण्ड र ऐन कानुनको पालना कम भएको, जनताको जीबिकोपार्जन नका– रात्मक ढंगले प्रभाबित भएको, बाढी पहिरो लगायत प्रकोपका घटनाहरु उल्लेख्य रुपमा बढेका अध्ययनले देखाएको छ । ग्रामिण पूर्बाधारहरुको अवब्यस्थित निर्माण कार्यले जनताको खाद्य सुरक्षा तथा जीबिकोपार्जनलाई थप कष्टकर वनाएको अध्ययनले देखाएको छ ।
सडक निर्माणको सन्दर्भमा बिद्यमान नीति नियमहरुको पालना भए/नभएको, अव्यवस्थित ग्रामीण सड़क निर्माणको कारणले खाद्य सुरक्षा तथा जीविकोपार्जनमा पारेको प्रभाववारे अध्ययन र जोखिममा रहेका समुदायका समस्याहरु सम्बोधन गर्नको लागि केन्द्रीय, प्रान्तीय, र स्थानीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ गरिएको उक्त अध्ययनमा १२ ग्रामीण सडकहरुको अवस्था अध्ययन गरिएको थियो । सडक निर्माण गर्दा भएको क्षतिको किसिम र मात्राका अधारमा सडकहरुलाई अति, मध्यम र न्युन गरी तीन तहमा बिभाजन गरिएको थियो । 
जिल्लाका जम्मा १२ स्थानीय तहमा काटिएका एक सय १९ सडकमध्ये चार स्थानीय तहका १२ सडकको मात्र अध्ययन गरिएको प्रतिवेदनमा जनाइएको छ । सडक निर्माणले अध्ययन क्षेत्रका एक सय २६ घरधुरीलाई प्रभावित गरेको छ ।
सडक खन्दा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मुल्यांकन, माटो तथा भूगर्भीय परीक्षण बिना निर्माण  कार्य भएको, सडक काट्दा माटो तथा ढुङाको उचित ब्यवस्थापन नगरेको प्राविधिक परामर्श बिना स्थानीय राजनैतिक निर्णयको अधारमा डोजर सञ्चालकले सडक काट्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ६७ प्रतिशत निर्माणका कार्यहरु उपभोक्ता समुह मार्फत भईरहेको र ३३ प्रतिशत कार्यहरु साना ठेकेदारबाट भएका अध्ययनले देखाएको छ । अध्ययन गरिएका १२ सडकहरुमध्ये ८८ प्रतिशत निर्माणाधीन र १२ प्रतिशत निर्माण सम्पन्न भैसकेका छन् । 
अध्ययन प्रतिवेदन अनुसार सडकबाट प्रभावित भएका एक सय २६ परिवारमध्ये उर्वरक जमिन खेत क्षति भएका २७ प्रतिशत रहेका छन् । यस्तै बारी ६१ प्रतिशत, दुबै  २० प्रतिशत रहेका छन । यस्तै ३१ पानीका मुहानहरुमा असर परेको, २३ खानेपानीका संरचना भत्केको, ६ सिचाईं संरचना भत्केको र पाँच सामुदायिक बनमा क्षति भएको छ । प्रतिवेदनमा उपयोगी गैरकाष्ठ बन पैदावार क्षति भएको, जलचरकोको क्षेत्रमा असर परेको र चरन क्षेत्रमा असर परेको देखाएका छ । 
सडक निर्माणका कारण क्षति व्यहोरेका परिवारमध्ये ८८ प्रतिशत परिवारले कुनै क्षतिपूर्ति प्राप्त नगरेको अध्ययनले देखाएको छ ।
अध्ययनले योजना तर्जुमा र प्राथमिकीकरण राजनैतिक प्रभावबाट हुने गरेको, मर्मत सम्हारको योजना नबनाई सडक काट्ने गरेको, प्राबिधिकको काम ठेकदार वा डोजर संचालकबाट भएको छ । अधिकांश ग्रामिण सडक निर्माणमा मझौला र ठुला उपकरण प्रयोग भएका छन । एक करोड भन्दा कम रकमका सडक योजनाहरुमा मेसिनको प्रयोग गर्न नपाउने नेपाल सरकारको नीति भएपनि त्यो लागु नभएको पाईएको प्रतिवेदनमा उल्लेख छ । 
“सडक निर्माण गर्दा सम्पतिको क्षतिपूर्ति र सामाजिक सुरक्षालाई ध्यान दिएको पाईदैन” प्रारम्भिक प्रतिवेदनमा भनिएको छ ‘गुणस्तर अनुगमन तथा मुल्यांकन गर्ने निकाय समेत एकिन हुन नसकेको र स्थानीय सरकारको जनशक्ति पनि सिमित भएको कारणले अनुगमन मुल्यांकन प्रभावकारी हुन सकेको छैन ।’ 
सडक निर्माण गरिने स्थानमा जैबिक ईन्जिनियरिङ्ग योजना संगसंगै गर्नुपर्ने, जन सहभागिता जुटाई जल, जमिन र जंगल संरक्षण सम्बन्धि काम गर्नुपर्ने लगायतका सुझावहरु प्रतिवेदनमा उल्लेख छ ।

सम्पादकीय 

सफल होस असार १०

आज असार १० गते । स्थानीय तहहरुको लागि महत्वपूर्ण दिन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ र अन्तर–सरकारी बित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ अनुसार स्थानीय तहले असार १० गतेभित्र वजेट ल्याईसक्नु पर्ने व्यवस्था छ । असार १० गतेभित्रै ल्याउनु पर्ने भन्ने व्यवस्था भएपनि करीव करीव ९०  प्रतिशत स्थानीय तहहरुले यस बर्ष पनि असार १० नै कुरेर बसेको देखियो । गत बर्षको अभ्यास हेर्दा असार १० गतेको मितिले साउनमा वजेट आएका पनि उदाहरणहरु रहेका छन् । 
नीति तथा कार्यक्रम र वजेट ल्याउनका लागि स्थानीय तहहरु जुन स्पिरिटमा निर्माणका लागि जुट्नु पर्ने थियो, त्यसरी जुटेका देखिएन । नीति तथा कार्यक्रमको बारेमा छलफल चलाउनु, स्थानीय आवश्यकताको पहिचान गर्नु, सम्भाव्यता पहिचान गर्नु, करका दर र दायराहरुको बिषयमा बहस चलाउनु पर्ने थियो त्यो त्यति धेरै भएको पाईदैन । यसले स्थानीय तहका जनप्रतिनिधिहरुले  स्थानीय व्यवस्थापिकाको महत्व बुझ्न सकेका छैनन् भन्ने देखिएको छ । 
अव जे, जसरी, जस्तो भएपनि आज वजेट आउने छ । आजका मितिदेखि स्थानीय व्यवस्थापिकामा घनिभूत रुपमा स्थानीय तहको नीति, कार्यत्रम र वजेटको बिषयमा छलफल हुनु जरुरी छ । नमिलेको कार्यक्रमलाई पुनरावलोकनका लागि कार्यपालिकामा पठाउनु जरुरी छ । त्यसै परे बिज्ञहरुसंग परामर्श समेत गरेर अगाडि जानु जरुरी छ । गत–विगतका बर्षहरुमा भएको अभ्यासको समीक्षा हुनु जरुरी छ । कस्ता प्रकारका कार्यक्रमहरु हामीले सञ्चालन गर्न सक्यौं र कस्ता कार्यक्रमहरुले जनतालाई प्रत्येक्ष फाईदा हुँदो रहेछ भन्ने कुरा दुई बर्षको कामको समीक्षा गरे जानकारी हुन्छ । त्यसबाट स्थानीय तहले के कुरालाई बढी ध्यान दिने भन्ने “रोड म्याप” तयार हुन्छ । पहिलो बर्ष चुनाव लड्दा जनतासंग गरिएका बाचा कसम पुरा गर्ने वहानामा बित्यो । दोश्रो बर्ष परीक्षणमै बित्यो । अव त तेश्रो बर्षको वजेट आउँदैछ । अव कुनै पनि वहाना चल्दैन होला । 
जनताका वास्तविक आवश्यकता, ईच्छा र चाहानाको बिषयमा नजिकको सरकार भनिएका स्थानीय तहहरु वेखवर जस्तै छन् । कसरी कार्यकर्ता पोस्ने र कसरी कमिसन उठाउने भन्नेमै अधिकांश स्थानीय तहहरुले दुई बर्ष बिताएका छन्् । जनताले सडक चाहेका छैनन्, किनभने सडक घरमै पुगेपनि गाडी चढेर जानलाई खल्तीमा पैसा छैन उनीहरुसंग । उनीहरुको आवश्यकता रोजगारी हो । स्थानीय तहले दैनिक ज्यालादारीमा मजदुरी बाहेक अहिले अर्को कुनै रोजगारी दिन सक्ने सम्भावना छैन । त्यो मजदुरी पनि सडक काट्नमा हो किनकी स्थानीय तहको बजेटको बढी हिस्सा सडक काट्नमै खर्च हुन्छ । तर नेताहरुको आदेशमा कार्यकर्ताहरुले ल्याउने डोजरले त्यो मजदुरी पनि समाप्त भएको छ । त्यसैले जनप्रतिनिधिहरु आफै अलमलमा छन अहिले । स्रोत थोरै छ, जनआकांक्षा धेरै छ ।
नीति तथा कार्यक्रमले के कुरालाई ‘हिट’ गर्ने भन्ने कुरा पनि अध्ययन हुनु जरुरी छ । जनप्रतिनिधिहरुले विकास भनेको सडक काट्नु, पुल बनाउनु, बिद्यालयका भवन बनाउनु जस्ता  कुरालाई मात्रै बुझेको देखियो, चेतनाको विकासमा कसैको ध्यान छैन । जवसम्म चेतनाको विकास हुँदैन तवसम्म भौतक विकास सम्भवै छैन । त्यसैले नागरिकमा चेतनाको विकास गर्ने खालका योजनाहरु आउनु जरुरी छ । सार्वजनिक सम्पत्तिमा अपनत्वमा भावना जगाउनु जरुरी छ । जव नागरिक सचेत हुन्छ अनि नागरिक निगरानी र नागरिक संलग्नता बढ्छ । त्यसपछि बन्ने भौतिक पूर्वाधारहरु गुणस्तरीय हुनेछन् । त्यसैले पहिलो कुरा नागरिक सचेतना जगाउने खालका अभियानहरु सञ्चालन गरिनु पर्छ । यस बिषयमा यो असार १० सफल होस् ।

थप समाचार 

विकासमा डोजर कल्चर आयो ः मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पूर्वाधार विकासका नाममा डोजर कल्चरको विकास भएको वताएका छन् । 
“सडक खन्ने नाममा डोजरले डाँडा भत्काउने काम भईरहेको छ, यसले एकातिर भू–क्षय भईरहेको छ भने अर्कोतिर उर्वरक भूमिहरुको विनास भएको छ” मन्त्री शाहले भने ‘यसले पनि सर्वसाधारणको खाद्य अधिकारको हनन् भएको छ ।’  
‘यो डोजर व्यवसाय उपभोक्ता समिति र ठेकेदारको धन्दा जस्तो भएको छ’ मन्त्री शाहले भने ‘यसलाई निरुत्साहित गर्नका लागि सवैको भूमिका आवश्यक छ ।’ उनले दिगो विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष सवैले सहयोग गर्न आग्रह गरे । 
सञ्चारकर्मीहरु सूचनाका सम्वाहक मात्रै नभएर जागरणका सम्वाहक पनि भएकाले समाज विकासका लागि जागरकको भूमिका खेल्नु मन्त्री शाहको भनाई छ । “हामी कृषि प्रधान देश भन्छौं तर खेतीयोग्य जमिन बाँझो छ” शाहले भने ‘कृषकहरु खुशी नभएसम्म उत्पादनमा बृद्धि हुन सक्दैन र कृषि उत्पादन बृद्धि नभएसम्म खाद्य अधिकार संरक्षण हुन सक्दैन, त्यसैले कृषकहरुको सम्मान हुने गरि तपाईहरुका कलम चल्नु प¥यो ।’ 
मन्त्री शाहले आयात प्रतिस्थापित गरि निर्यात प्रवद्र्धन गर्ने तर्फ प्रदेश सरकार केन्द्रित हुने वताए । स्वस्थ शरीर र स्वस्थ मनस्थितिका लागि स्वस्थ आहार आवश्यक भएकोले बिषादीको प्रयोगलाई निरुत्साहित गर्ने गरी सञ्चारकर्मीले भूमिका हुनु पर्ने वताए । उनले असार १ गते प्रदेश सरकारले ल्याएको वजेटले कृषिलाई प्रमुख प्राथमिकतामा रहेको शाहले दावी गरे ।
मिडिया काउन्सिल बिधेयक फिर्ता लिन माग
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश साधारण सभाले मिडिया काउन्सिल बिधेयक फिर्ता लिन नेपाल     सरकारसंग माग गरेको छ । 
कैलालीको धनगढीमा सम्पन्न प्रथम साधारण सभाले मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गर्न नेपाल    सरकारसंग आफ्नो जोडदार माग गरेको छ । 
१० बुँदे कैलाली घोषणा पत्र जारी गर्दै सम्पन्न साधारण सभाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने गरी कुनै कानून नवनाउन साधारणसभाले चेतावनी दिएको छ । 
सभाले सरोकारवालाहरु–संगको व्यापक छलफल सहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्ने गरी छिटोभन्दा छिटो समय सापेक्ष नयां राष्ट्रिय सञ्चार नीति ल्याउन माग गरेको छ । सुदूर–पश्चिमको पत्रकारिताको समानुपातिक तथा समावेशी विस्तार र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रदेश तथा स्थानीय सञ्चार नीति अविलम्ब ल्याउन माग गरेको छ । 
प्रेस काउन्सिल, सूचना आयोग, सूचना विभाग लगायतका संरचनाहरु प्रदेशस्तरमा पनि स्थापना गर्नु पर्ने, समानुपालिका विज्ञापन प्रणाली लागु गर्नु पर्ने, विगतमा उपेक्षा गरिएको सुदूरपश्चिमका नागरिकलाई संविधानप्रदत्त अधिकार प्राप्त भएको अनुभूति गराउनु पर्ने, सुदूरपश्चिमका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि वजेट बिनियोजन गर्नु पर्ने लगायतका मागहरु राखेको छ । 
यस्तै साधारण सभाले पत्रकार आचार संहिताको पूर्ण रुपमा पालन गर्न सवै सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । मुलुक संघीय संरचनामा गएसंगै श्रमजिवी पत्रकारहरुको छाता संगठनका नेपाल पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि पहिलो पटक प्रादेशिक साधारण सभा भएको छ । साधारण सभामा सुदूरपश्चिम प्रदेशका प्रदेश पार्षदहरु, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । 
सुदूरपश्चिम प्रमुख मोहन राज मल्लले उद्घाटन गरेको प्रथम साधारण सभामा महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महासंघको सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, महासंघका पूर्व पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 
दुई पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघको पूथम सुदूरपश्चिम साधारण सभाले प्रदेशका दुई पुराना पत्रकारहरुलाई सम्मान गरेको  छ  ।
सम्मानित हुनेहरुमा कैलालीका धनवहादुर शाह र कञ्चनपुरका कर्णदेव भट्ट रहेका छन् । 
शाह कैलालीको धनगढीमा २०३७ सालदेखि पत्रकारिता गर्दै आएका छन् । उनले सुरुमा परिचर्चा र पछि सेती समाचार प्रकाशन गरेका थिए । यस्तै भट्टले पनि लामो समयदेखि कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आएका छन् । सुदूरपश्चिमको पत्रकारिता विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

बिचल्लीमा परेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो

बुवाले आमाको हत्या गरेपछि बिचल्लीमा परेका दिपायल सिलगढी नगरपालिका–३ का पाँच जना बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिएको छ ।
असार २ गते राति घरायसी विवादपछि ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए ।
श्रीमतीको हत्या अभियोगमा कृष्ण पक्राउ परेपछि उनीहरूका छोराछोरी बिचल्लीमा परेका हुन् । 
पाँच छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछन् । २० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा जोड्नका लागि पहल गर्ने दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताइन् ।
आमा मीनाको काज किरीया गरिरहेका १६ वर्षीय   छोरा अंकित कक्षा ८ मा पढ्दैछन् । १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा, ८ वर्षीया छोरी सोनीया कक्षा २ मा र पाँच बर्षीय कान्छो छोरा विनायक एल.के.जी.मा पढिरहेका छन् ।
विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका विचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनिहरुलाई पठनपाठनको जिम्मा आफुले लिएको नगरप्रमूख मलासीले बताइन् । मलासीले घरमै पुगेर नगरपालिकाले उनीहरुको पठनपाठनको जिम्मा लिने बताएका हुन । अभिभावकबिहिन कुनै पनि बालबालिकाहरु आफुलाई बेसहारा ठान्ने  बातावरण आए उनीहरुको बृद्धि र विकासमा समेत असर पर्ने भन्दै मलासीले तीन बालबालिकाहरुको जिम्मा नगरपालिकाले लिएको वताईन 
आगामी शैक्षिक वर्षमा ति बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि पनि नगरपालिकाले पहल गर्ने उनले बताइन् । 
मीनाको किरीया खर्चका लागि पनि नगरपालिकाबाट सहयोग प्रदान गर्ने नगर प्रमूख मलासीले बताएको दिपायल सिलगढी नगरपालिका वडा नं ३ का वडाध्यक्ष चक्रबहादुर माझीले जानकारी दिए ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका कृष्णलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

खेल समाचार 

क्रिकेट संघ डोटीमा फेरी सिंह

डोटी जिल्ला क्रिकेट संघको तेस्रो साधारणसभाबाट दिनेश सिंह पुनहः अध्यक्ष चयन भएका छन् ।
आईतवार डोटीको सदमुकाम सिलगढीमा सम्पन्न साधारणसभाले सिंहको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजु घले, सचिवमा पुर्ण शाहु र कोषाध्यक्षमा शर्मिला राईमाझी चयन भएका छन् । यस्तै सदस्यमा ज्ञानेन्द्र केसी, डिल ऐर, रमेश चन्द रहेका छन् । त्यस्तै क्लव प्रतिनिधिवाट सदस्यहरुमा पुस्कर  द्वारीया, सुरज श्रेष्ठ, योगेश जोशी र श्याम नेगी रहेका नव निर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधिमा दिनेश सिंह चयन भएका छन् । प्रदेश प्रतिनिधिमा राजु घले, पुर्ण शाहु , पुष्कर द्वारीया र दिनेश सिंह सर्वसम्मत चयन भएका  छन् । 
जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष देवकी वोहराको प्रमुख आतिथ्य र नेपाल वार एसोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष रण वहादुर सिंह विशिष्ट आतिथ्यमा सम्पन्न साधारणसभाले डोटी जिल्लामा क्रिकेटको विकासका लागि सक्रिय भएर काम गर्न नयाँ कार्यसमितिलाई निर्देशन दिएको छ ।
क्रिकेट संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद पोखरेल र शिशिरलाल अमात्यको परिवेक्षणमा अधिबेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।

चलचित्र/मनोरञ्जन 

“मालिका” का निर्माता पक्राउ

नेपाली चलचित्र ‘मालिका’ का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
अभिनेत्री रेखा थापा निर्दे्शित तथा अभिनीत ‘मालिका’ का निर्माता कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाण्डौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई सोमबार साँझ बालुवाटारबाट पक्राउ गरिएको हो । 
सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर फेसबुकमा आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी विरुद्ध कुन मुद्धा चलाउने भन्ने प्रहरीले निधो गरिसकेको छ । 
 पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् । उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए ।

पलेँटीमा “मुनामदन” गुन्जन

नागरिक दैनिकबाट
यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा संगीतकार शान्ति ठटालले धुन भरेको ‘मुनामदन’ प्रस्तुत हुने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् । संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन गरिएको थियो । गीति–नाटककै स्वरूपमा प्रदर्शित यो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए ।
पलेँटीका अनुसार गतवर्ष पलेँटीमा सहभागिता जनाउन आएकी शान्तिबाटै कृतिका धुन विस्मृतिमा गएको जानकारी पाएपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गरेको थियो। पलेँटीको अनुरोधलाई स्वीकार्दै उनले सिक्किमको एकान्त बासमा पुगेर सम्झने काम गरेकी थिइन् । त्यसकै परिणाम स्वरूप संगीतकार ठटालले सिर्जना गरेका ‘मुनामदन’का धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन् । गत महिनाको पलेँटीमा नयाँ पुराना संगीत प्रस्तुत गरेकी ठटालले त्यसयता ‘मुनामदन’को संगीत संयोजनमा क्रियाशील ठटाल काठमाडौंमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरिरहेकी छन् ।
नेपाली गीति साहित्यमा लोकप्रिय ‘मुनामदन’ले नेपालीभाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको झलक यसपटकको पलेँटीमा स्पष्ट देखिने भएको छ । यो पलेँटीमा दार्जि्लिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी विमला सेन्चुरी प्रधान र मनिपुरमा जन्मेकी गायिका मिना निरौला ‘मुनामदन’का हरफमा सुनिनेछन् ।
‘मैले उहिल्यै धुन भरेको मुनामदन झण्डै झण्डै भूली सकेकी थिएँ । पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु । यसको रङ भने लोकले गाउँदै आएको मुनामदनकै मौलिक धुनमा आधारित छ’ शान्तिले भनिन् ‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुँदा यसको प्रस्तुती भएको थियो । त्यतिबेला मुनामदन गीतिनाटकको निर्देशक मै    थिएँ ।’ ‘मुनामदन’को यो प्रस्तुतिमा दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ सूत्रधारको रूपमा प्रस्तुत हुनेछिन् । 
यो पलेँटीमार्फत् काठमाडौंले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ । ‘मुनामदन’मा पलेँटीका संयोजक आभासलगायत बाँसुरीवादक बलराम समालको स्वर पनि सुन्न पाइने छ । नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति र उनको समूहलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

लेख 

उधुम गर्मी र पार्टी प्यालेसमा सिमित कांग्रेसको जागरण

रविनचन्द्र कोईराला
सात दशक पूरा गर्ने क्रममा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन पश्चात लामो सास फेरेको छ । कांग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्वान्त लोकतन्त्र र समाजबादका बाटोमा आम जनता र कार्यकर्तालाई अभिपे्ररित गर्न आवश्यक नै थियो । पछिल्लो महासमितिबाट पारित भएका नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहका कार्यकर्ता एवं शुभचिन्तकलाई जानकारी गराउनु जरुरी थियो ।
पार्टीमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता वृद्धि गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापीरूपमा जागरण गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु अत्यावश्क थियोरु। यस गरिमामय पार्टीको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा पुर्रुयाउने र वर्तमान सरकारका भ्रष्टाचार लगायत कैयौं जनविरोधी क्रियाकलापबारे जनस्तरमा लान पनि कांग्रेस गाउँसम्म पुग्नुपर्ने अवस्था थियो । तर, नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुविधा सम्पन्न शहरहरुमा पार्टी प्यालेसमा सीमित रहृयो भने गाउँघर, विषेश गरी तराई मधेसका जिललामा प्रचुर गर्मीको कारणले न्यून कार्यक्रम र न्यून अपस्थिति रहृयो ।
अधिकांश केन्द्रीय नेताले जागरण अभियानको औचित्य बारे प्रश्न उठाए भने कार्यकर्ता माझमा जागरण नेताका लागि कि कार्यकर्तालाई आवश्यक भन्ने विषयले व्यापकता पायो । यस्ता कारणले राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम लक्ष्य अनुसार प्रभावकारी हुन सकेन ।
धेरै जिल्लामा त केन्द्रबाट खटिएका प्रतिनिधिहरुलाई गुट र उपगुटका कारण विभाजित नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखी विवाद मिलाउननै हम्मे–हम्मे प¥यो । केही जिल्लामा त जागरण अभियान नभएर गुटको कार्यक्रम जसरी अभियान सन्पन्न भयो । आन्तरिक द्वन्द्व मिलाउन र सबैलाई खुशी पार्नुपर्ने बाध्यताले गर्दा पनि केन्द्रीय निर्देशनबमोजिम तोकिएको ढाँचा र वक्ताको मात्र संबोधन गर्ने गरी अभियान सञ्चालन गर्न सम्भव भएन ।
पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नु पर्ने बेलामा केन्द्रबाट पनि वक्ता र आसन ग्रहणसमेत तोकिएकाले कतिपय जिल्लामा पूर्व सभापति र पूर्व केन्द्रिय सदस्यले समेत मञ्चासन नपाइएको अवस्था देखियो ।
साथै खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरू पनि निर्देशन बमोजिम पूरै समय जिल्लामा नबसी समुदघाटन, जिल्ला समिति बैठक र समापनमा उपस्थित भएर निर्देशन दिएकाले पनि स्थानीय तहसम्म अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न नसकिएको हो । जागरण अभियानको दौरान पनि तीन तहको निर्वाचनमा भएको घात अन्तरघातको तुसले अझैसम्म पनि कांग्रेसजनलाई नछाडेको देखियो भने कतै कतै त बादविवाद र गुटबीच मुठभेडसम्म भयो ।
सकारात्मक सन्देश दिन शुरुवात गरिएको उक्त अभियानमा यस्ता घटनाले कार्यकर्ताको मनोबल बढाउन सकेन । मध्ये गर्मीमा आयोजित अभियान अधिकांश जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिहरुलाई फलामको चिउरा नै बन्न पुग्यो । जनताको मनमनमा पुग्ने लक्ष्यले अभिप्रेरित राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सोचे अनुसार सफल भने हुन सकेकोे देखिएन ।
मुलुक संघीयतामा गइसकेको र संघीय प्रणाली अनुसार तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । तर, संघीय संरचना अनुसार पार्टी संरचना बनाउन नसक्दा पूरानै अवस्थामा पार्टी संगठन रहेकाले पनि कायकर्ताहरुमा निराशा देखिन्छ ।
यसले गर्दा पनि राष्ट्रिय जागरण अभियान लक्षित वर्गसम्म पुग्न सकेन । महासमितिको निर्णयलाई आत्मसाथ गरी, केन्द्रीय कार्यसमिति बैठकबाट विधिसम्मत ढंगले अनुमोदन गरेर अभियान सञ्चालन गरेको भए जागरण अभियान अझै सफल हुनेमा दुइ मत थिएन ।
प्रथम चरणको राष्ट्रिय जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने केन्द्रीय प्रतिनिधिहरू तथा जिल्ला सभापतिहरुको प्रशंसा गर्न पनि पार्टी नेतृत्व पछि हट्नुहुन्न भने अभियान राम्रोसँग नभएका जिल्लाहरुलाई स्पष्टीकरण पनि सोधिनुपर्छ ।
पहिलो चरणको जागरण अभियानको वीचमै आएको आर्थिक बर्ष ०७६÷७७ को बजेटमा प्रदेशलाई ६ र स्थानीय सरकारलाई १४ प्रतिशत बजेट छुट्टयाइनुले पनि बर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको पुष्टि गर्छ । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको यो सरकार संसदमा दुइतिहाई मत हासिल गर्न सफल भएपनि समग्रमा संघीयता र गणतन्त्रप्रति प्रतिबद्व भने देखिएको छैन । यस्तो अवस्थामा कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।
नेपाली कांग्रेसलाई गतिशील बनाउन र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि ९ महिनाभित्र १४ औं महाधिवेशनको जरुरी छ । ४ वर्षको कार्यकालमा तीन वर्ष तीन महिना समाप्त भइसकेको छ । महाधिवेशनको समयमै गरेर त्यसपछि हुने निर्वाचनका लागि चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैनरु। तीन वर्षमा गाउँ÷नगर–पालिकाको निर्वाचन आउन भएकाले आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ ।
पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि केन्द्रीय कार्यसमितिमा पहिलो चरणको राष्ट्रिय   जागरण अभियानको सफलता र त्रुटीको घनिभुतरुपमा छलफल गर्नुपर्छ । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको आन्दोलन मिति तोकी अघि बढेमा कांग्रेसले गति लिन्छ, यदि यो भएन भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कर्मकाण्डमा मात्र सीमित रहन्छ ।
— अनलाईन खवर डटकमबाट

योग+ध्यान=स्वस्थ जीवन

डा. नम्रता पाण्डे
‘जहाँ शरीर, मन, आत्मा र   पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति हो’–यसै भन्छ, आयुर्वेद । जस अनुसार यो सद्भाव (स्वास्थ्य) उचित आहार, व्यायाम, जीवनशैलीको चालचलन, ध्यानको अभ्यास एवं मनोवैज्ञानिक कल्याणको निरीक्षणका माध्यमबाट हासिल हुन्छ । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन । योग र ध्यानलाई सँगसँगै जीवनशैलीको आधार बनाउन सकेमात्र परिणाम हात लाग्छ । त्यसको मापन नै स्वस्थ जीवनशैली हो, किनभने यसमाध्यमबाटै आत्मस्वीकृति र प्रेमसाथ जीवन चल्छ ।
योगसँगै आयुर्वेद शिक्षा पनि जोडिएर आएको हुन्छ । नेपाल र भारतीय महाद्वीपबाट अदिकालमा सुरु आयुर्वेद शिक्षाले शारीरिक स्वास्थ्य मात्र होइन, सांसारिक सुखबाट आत्मिक शान्ति र मोक्ष प्राप्त हुनेसम्मको स्थितिलाई स्वस्थ जीवनशैली अपनाउने अभ्यासमा जोड दिएको छ । जीवनका प्रतिकूल परिस्थिति र विचलनमा अनुकूलता दिने कोसिस नै स्वस्थ जीवन जिउने आधार हो । शारीरिक तथा पाचन प्रक्रिया सन्तुलनमा रहनु, सबै अंगले सही सलामत काम गर्नु, खानपान सात्विक र सन्तुलित अनि नियमित हुनु, सबै इन्द्रियले सन्तुलित रूपमा काम गर्नु र मानसिक रूपमा आनन्दित रहनु स्वस्थ मानिसका लक्षण हुन् । त्यसैले स्वस्थ हुनु भनेको बिरामी नहुनु मात्र होइन, जीवनका सबै आयाममा सन्तुलन र सकारात्मक भएर जिउन सक्नु हो । सांसारिक र आध्यात्मिक सुखका लागि पनि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ । यसका लागि योग र ध्यान संँगसँगै गर्नु अपरिहार्य छ ।
मानिस एक बिरामी प्राणीका रूपमा चिनिन थालेको छ । रोग मानिसमा आउने मात्र होइन, मानिस आफैँं पो बिरामी छ त ! यो बिरामीपन मानिसको दिक्दारी, खुबी, सौभाग्य र दुर्भाग्य बनेर रहेका  हुन्छन् । मानिस जति चिन्तित र दुःखी छ त्यति पीडित प्राणी पृथ्वीमा अरू भेटिँदैनन् । सबै  रोग मानिसलाई नै लाग्छन्, किनकि यसको कारण हो– हामीसँग जे छन्, त्यसमा खुसी छैनौँ । पशुपन्छीलाई पागल बनाउन जंगलबाट चिडियाखाना वा सर्कसमा लैजानुपर्छ । जंगलमा पशु विक्षिप्त हुँदैन तर मानिस आफ्नै घरमा किन विक्षिप्त रहन्छ ? पशुले आत्महत्या गर्दैन तर मानिसले किन गर्छ ? रोग निवारणका दुईथरी उपाय हुन्छन् एउटा–मेडिकल औषधि र अर्को–ध्यान । औषधिशास्त्रले मानिसका रोगलाई एक÷एक गरी छुट्याएर अलग–अलग उपचार गर्छ भने ध्यानले मानिसको व्यक्तित्वमा रोग देख्छ र आफूलाई उपचार गर्ने कला सिकाउँछ । क्यान्सर, दम, बाथ, टिबी रोगबाट बिरामी हुनेभन्दा धेरै मनो–  रोगबाट पीडित मानिस भेटिन्छन् ।
धन, पद, मानसम्मान र यश सबैले कमाउँछन् तर जसले स्वस्थ जीवन बाँच्न जानेको छ, त्यो हो–वास्तविक कमाई । त्यसैले होला, भन्ने गरिन्छ–‘स्वास्थ्य नै धन हो ।’ तर आजका मानिस शक्ति हुँदासम्म धन आर्जनका लागि स्वास्थ्य गुमाउँछन् र जीवनको उत्तराद्र्धमा त्यही स्वास्थ्य प्राप्तिका लागि धन खर्च गर्छन् । जति–जति हामी आधुनिक, सभ्य अनि सम्पन्न बन्दै गएका छौँ त्यति–त्यति हामी अस्वस्थ र रोगी पनि बन्दै गएको वास्तविकतालाई नकार्न सकिन्न । हामीलाई यति धेरै सुख सुविधा उपलब्ध भए कि स्वस्थ र प्राकृतिक प्राणी हामी मानिस अप्राकृतिक र अस्वस्थ बन्दै गएका छौँ, दिनप्रतिदिन । विज्ञानले गरेको प्रगतिसँगै हामीमा रोग पनि बढ्दै गएका छन् । नामै नसुनेका र कल्पनै नगरेका रोगले शरीर र मनमा आक्रमण गर्दै जानुमा हाम्रा खानपान, आचरण, व्यवहार र विचारमा समेत प्रदूषण मिसिएकाले हो भन्दा अत्युक्ति नहोला ।
हाम्रो जीवनमा यदि समस्या छन् भने ती सबको कारण हो–योग र ध्यान नगर्नु । यसका लागि समय नछुट्याउनु । ध्यानदेखि समाधिसम्म जाने ४ आयाम र कला हुन्छन्– ‘निराकारप्रति जाग्नु ध्यान हो । आफ्नो चिन्मय आत्मा एवं संसारप्रति जाग्नु साक्षी हो । अन्तर्काशमा लीन हुनु समाधि हो र आत्मा एवं परमात्माप्रति जाग्नु सुमिरन हो ।’ अति भोजन, आडम्बरपूर्ण अभ्यास, कडा नियम बनाउनु, शारीरिक र मानसिक चञ्चलता ध्यान र योगाभ्यासका बाधक तत्व हुन् । योगका विभिन्न आयाम संक्षिप्तमा यसरी उल्लेख गरिएको हुन्छ ।
राजयोगः पतञ्जलीका अनुसार यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि राजयोगका आठ अंग हुन् । यसलाई अष्टांगयोग पनि  भनिन्छ ।
लययोगः यम, नियम, स्थूल क्रिया, प्रत्याहार, धारणा, ध्यान र समाधि लययोगका अंग हुन् ।
ज्ञानयोगः साक्षीभावद्वारा विशुद्ध आत्मज्ञान प्राप्त गर्नु नै ज्ञानयोग हो। यही ध्यानयोग पनि हो ।
कर्मयोगः कर्म गर्नु नै कर्मयोग हो । कर्ममा कुशलता ल्याउनु कर्मयोगको उद्देश्य हो । यही सहजयोग पनि हो ।
भक्तियोगः भक्त श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य, सख्य र आत्मनिवेदन रूप– यी नौ अंगलाई नवधा भक्ति भनिन्छ । भक्तियोग अनुसार व्यक्तिले सालोक्य, सामीप्य, सारूप तथा सायुज्य मुक्ति प्राप्त गर्छ, यसलाई क्रमबद्ध मुक्ति भनेर उल्लेख गरिन्छ योग विज्ञानमा ।
कुण्डलिनी योगः कुण्डलिनी शक्ति सुषुम्ना नाडीमा नाभिको तल्लो भागमा निष्क्रिय अवस्थामा हुन्छ जुन ध्यानलाई गहि¥याउँदै गएपछि सबै चक्रबाट गुज्रिँदै सहस्रार चक्रसम्म पुग्छ । यी चक्र ७ वटा हुन्छन्ः मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार । ७२ हजार नाडीमध्ये प्रमुख नाडी तीन छन्–इडा, पिंगला र सुषुम्ना । इडा र पिंगला नासिकाका दुवै छिद्रसँग जोडिएका हुन्छन् भने सुषुम्ना भृकुटीको बीचमा हुन्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. संविधान भनेको के हो ? 
ड्डसंविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाँझिएको हदसम्म अमान्य हुन्छन् । 
ड्डसंविधान राजनैतिक एवं कानुनी दस्तावेज हो । 
ड्डराजनीतिक दस्तावेज हुनुको कारण ः देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ । 
ड्डकानुनी दस्तावेज हुनुको कारण ः संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो । 
ड्डसंविधानलाई न्याय समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ । 
ड्डराज्यका अंगहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ । 
ड्डसंविधानका प्रमुख ४ कामहरू 
ड्डसंविधानले राज्यका प्रमुख अंगहरूको संगठन, संरचना निर्माण गर्दछ । (इचनबलष्शष्लन) 
ड्डती संरचनाले गर्न काम, कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (म्ष्कतचष्दगतष्लन) 
ड्डती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (च्भनगबितष्लन) 
ड्डती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (ीष्mष्तष्लन) 
ड्डप्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो । 
२. संविधान किन आवश्यक छ ? 
ड्डस्वेच्छाचारी शासनमा सिमा लगाउन, 
ड्डनिरंकुशतालाई अस्वीकार गर्न, 
ड्डकानुन प्रति उत्तरदायी बनाउन, 
ड्डसरकारलाई नियन्त्रण गर्न, 
ड्डकानुन÷विधिको शासनको स्थापना गर्न 
ड्डआमजनतालाई लाभान्वित तुल्याउन 
ड्डमानवअधिकारको सम्मान गर्न । 
३. संविधानका विशेषताहरू लेख्नुहोस् । 
ड्डसंविधानको सर्वोच्चता हुन्छ । 
ड्डसंविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ । 
ड्डनागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ । 
ड्डशक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ । 
ड्डसरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ । 
ड्डयसले सुशासनको प्रत्याभूति गर्दछ । 
४. राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् । 
ड्डभौगोलिक र जनसंख्याको स्थिति 
ड्डप्रादेशिक एकता र जातीय एकता 
ड्डधर्म, रीतिरिवाज तथा संस्कृति 
ड्डविकासका पूर्वाधारहरू 
ड्डप्राकृतिक स्रोत, साधनहरूको उपलब्धता 
ड्डसामाजिक बनोट
५. विश्वर मानचित्रमा नेपालको अवस्थितिबारे लेख्न्नुहोस । 
ड्डनेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्ने एसिया महादेशको मध्यभागमा रहेको छ । 
ड्डनेपाल २६’ड्ढ २२’ देखी ३०’ड्ढ २७’ उत्तरी अक्षांशसम्म र ८०’ड्ढ ४’ देखि ८८’ड्ढ १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । 
ड्डनेपालको क्षेत्रफल १४७१८१ वर्ग कि. मि. रहेको छ । 
ड्डयसले विश्वको ०.०३५ र एसिया महादेशको ०.३५ भूभाग ओगटेको छ । 
ड्डक्षेत्रफलको हिसाबमा नेपाल विश्वका १९२ राष्ट्रमध्ये ९०औँ ठूलो देश हो । 
नेपालको प्रामाणिक समयको निर्धारण 
ड्डनेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६’१५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ । 
ड्डग्रीनविच मिन टाइम (न्ःत्)भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । 
ड्डयो प्रामाणिक समयको निर्धारण वि सं २०४२ वैशाख १ देखि गरिएको हो । 
हिमाली क्षेत्रका विशेषताहरू 
ड्डदेशको कुल भुभागको करिब १५% भुभाग यस क्षेत्रमा रहेको 
ड्डविभिन्न हिमनदी र नदीहरूको उद्गम स्थल 
ड्डबौद्ध धर्मावलम्बीहरूको बसोबास भएको 
ड्डयातायात, सञ्चार, शिक्षा र स्वास्थ्यको अपर्याप्त सुविधा, 
ड्डपशुपालन, फलफूल, जडीबुटी मुख्य व्यवसाय । 

साहित्य/सिर्जना 

कविता 

साढेले बिर्यको खेल खेलिरह्यो
उन्मात्त साँढेहरुको बिर्यको खेलमा
घसिटिन पुगेकी आमाको पेटिकोटमा लागेका 
दागहरु मेटिन नपाउदै
दिदिबहिनीहरुको पछ्यौरी तानियो
पछ्यौरी समेटिन नपाउदै
नानीहरुका भर्खरै पलाउदै गरेका
अङ्गहरु च्यात्तिए
कहिल्यै मेटिएनन् 
आमाका पेटिकोटका दागहरु 
साबुनले खित्का छोडिरह्यो
कहिल्यै समेटिएनन् 
दिदिबहिनीका पछ्यौरीहरु
हावाले उडाइरह्यो
कहिल्यै सिलाइएनन् 
नानिका अङ्गहरु
औजारले छेद पारिरह्यो
साँढेले बिर्यको खेल खेलिरह्यो
पुष्पा जोशी ‘काली शर्वरी’ 
धनगढी, कैलाली

गजल 

मातिदैछ्न नेता, ती प्यारा भोट ले हुनु पर्छ ।
कुरा मै सिमित ती, झुठा अठोट ले हुनु पर्छ ।
किन रुदैछन यी आँखा सिरानी भिजाएर ।
सम्हाल्नै नसक्ने ति, गहिरा चोट ले हुनु पर्छ ।
लाग्यो परदेश उ एका बिहानै झोला बोकेर ।
अभाबै अभाब का ति काला नोट ले हुनु पर्छ ।
बिचरा लड्यो माथि बाट भन्नै पाएन ऐया ।
पैसा फल्ने अप्ठेरा ती बोट ले हुनु पर्छ ।
मदनकृष्ण चम्लागाँई 
अर्जुनधारा झापा

गजल

धेरै सपना बुने पछि दुखि हुन्छ मान्छे 
दुख आफै चुने पछि दुखि हुन्छ मान्छे
सपनाको पछि मात्र सधै दौडने गर्दा 
झिरमा आफुलाई उनेपछि दुखि हुन्छ मान्छे
आफु भने केहि प्रयास गर्दैन कहिले पनि 
अरुको प्रगति सुनेपछि दुखि हुन्छ मान्छे
उमेरको घोडा दौडी काटी सक्दा नेटो 
हिसाब किताब गुनेपछि दुखि हुन्छ मान्छे
ईश्वरी ’बर्षा’

सूचना/सून्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०३÷०५ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–३, पानीखाल डोटीमा रहेको यस श्री भवानी एक्वायर आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    
संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः राहात करार (महिला), 
योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  
आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१९ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷२० गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८४८६५५५७१, ९८६५७५४३७१ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०३÷०३ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–३, पानीखाल डोटीमा रहेको यस श्री खप्तड आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  किसिम ः राहात करार (खुला), 
योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१७ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷१८ गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८६८५४१८१८ मा सम्पर्क गर्नु होला ।

Wednesday, June 5, 2019

बिम्ब साप्ताहिक, २०७६ साल जेठ २१ गते मंगलवार

लागू औषध सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ, धन सम्पत्तिको वर्वाद गर्दछ, यसको प्रयोगबाट आफू, परिवार, समाज र    राष्ट्रलाई नै अपुरणीय क्षति पुग्ने हुँदा यस्ता पदार्थ देखि टाढा रहौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बडीकेदारमा बालविवाह बढ्दो

 रामहरी ओझा/डोटी
जेठ २०
बडीकेदार गाउँपालिका–२ की सर्मिला (नाम परिवर्तन) को बिहे बैशाखा ४ गते सोही गाउँपालिका वडा नं. ४ मान्नाकापडीका केशब घामी (नाम परिवर्तन) संग भयो । सर्मितलाको उमेर १५ बर्ष र केशवको उमेर १९ बर्ष मात्रै छ । सामाजिक सञ्जालबाटै प्रेम सम्वन्धमा परेका सर्मिला र केशवलाई अभिभावकहरुले नै विहे गराई दिए ।
बैशाखमै बडीकेदार–२ कै महिमा बोहरा (नाम परिवर्तन) को बिहे मान्नाकापडीका रमेश (नाम परिवर्तन) संग  भयो । महिमा १६ र रमेश १८ बर्ष मात्र भएका छन । उनीहरुले भागेर बिहे गरे । दुवैका परिवारले उनीहरुको बिहेलाई स्वीकृति  दियो । 
बडीकेदार–४ का दिपक (नाम परिवर्तन) को सोही गाउँपालिका–५ कि उमा (नाम परिवर्तन) संग फोनबाटै प्रेम बस्यो । एक–अर्कालाई देख्दा पनि नदेखेका उनीहरु बिस्तारै सामाजिक सञ्जाल फेसबुकबाट संगै जीउने संगै मर्ने कसम खान थाले । अन्ततः उनीहरुले परिवारलाई सुईकोसम्म नदिई भागी बिहे गरे । उनीहरुको बिहेलाई परिवारले स्वीकार गरेको छैन । दिपक १७ बर्षका छन् भने उमा १४ बर्षकी मात्रै । 
मंसिर यता मात्रै बडीकेदार गाउँपालिकामा १८ जनाको बालबिवाह भएको सामाजिक कार्यकर्ता मुना मटेली वताउँछिन् । ‘मोवाईल र समाजिक सञ्जालबाटै सम्वन्ध भएर सानै उमेरमा बिहे गरेर जाने गरेका छन’ मुनाले भनिन् ‘यो भन्दा अगाडि पनि यस्ता धेरै घटनाहरु भए, त्यति ख्याल गरेकी थिईन तर मंसिर यता १८ जनाको बालविवाह भएको पाएँ ।’ बालविवाह भएका अधिकांश जोडीमा पारिवारिक सम्वन्ध राम्रो नभएको समेत मटेली वताउँछिन् । 
‘कतिले भागेर बिहे गर्छन्, कतिको परिवारले नै बिहे गरेर पठाउँछन्’ सामाजिक कार्यकर्ता मुना भन्छिन् ‘ अभिभावकहरुले बालविवाहलाई परम्परासँग जोडेर कुरा गर्छन् ।’ उनी बडीकेदार गाउँपालिकामा छाउपडी प्रथा पनि धेरै मान्ने गरेको वताउँछिन् । जनप्रतिनिधिहरु स्वयं पनि छाउपडी गोठमा सुत्ने गरेको पाईएको मुनाको भनाई छ । 
सानै उमेरमा बालबालि–काहरुलाई मोवाईल फोन दिएर बालबालिकाहरुको मनस्थिति बिग्रेको वताउँछन् बडीकेदार–४ मान्नाकापडीकी कृष्णादेवी मौनी । उनी भन्छिन् ‘बच्चाहरु–लाई जस्तो वातावरण दियो त्यस्तै हुन्छन्, अभिभावकले पनि सानै उमेरमा बिहे गराईदिन खोज्छन् ।’ 
बडीकेदार–२ बर्छैनका जङ्ग बहादुर मटेली बालबिवाह हुनुमा अभिभावकको कमजोरी देख्छन् । ‘मोवाईल त एक बहाना मात्रै हो, आफ्ना छोराछोरी के गर्दैछन् भन्ने कुरामा ध्यान दिदैनन्’ जंङ्ग भन्छन् ‘सानै उमेरमा बिहे भए खुशी मनाउने हाम्रो चलन छ ।’ अभिभावकहरुले आफ्नो जिमेवारी ननिभाएको उनको भनाई छ । आफ्ना सात छोराछोरी रहेको तर कसैले पनि २० बर्ष नपुगी बिहे नगरेको उनको दावी छ । उनी अनावश्यक कुरामा समय खर्चिनु भन्दा आफ्ना छोराछोरीको भविश्यप्रति ध्यान दिन आग्रह गर्छन ।

सम्पादकीय 

कस्तो आउनु पर्छ प्रदेश सरकारको वजेट

नेपाल सरकारले जेठ १५ गते संसदमा आर्थिक बर्ष २०७६÷०७७ को वजेट प्रस्तुत गरेसंगै बजेट र विकासको चर्चा हुन थालेको छ । संघीय सरकारले ल्याएको वजेट “समाजबाद उन्मुख भएको, अग्रगामी भएको, जनताले महसुस गर्ने गरी आएको” भन्ने तर्क राख्नेहरुको जमात एकातिर छ भने “वजेट बितरणमुखी भएको, महत्वाकाँक्षा भएको, सरकारले पेश गरेको नीति तथा कार्यक्रम भन्दा बाहिर रहेको, कार्यान्वयन हुन नसक्ने” भन्नेको जमात अर्कोतिर छ । बिचमा केही व्यक्तिहरुले यो वजेटलाई “बिगतको भन्दा अलि सन्तुलित खालको र सकारात्मक रहेको तर कार्यान्वयन संयन्त्र प्रभावकारी नभएका कारण समस्या हुन सक्ने” भनेर तक्र्याएका छन् । 
खै, संघीय सरकारको वजेट आएको छ र त्यसमाथी टिकाटिप्पणी हुने क्रम जारी छ । अव प्रदेश सरकारहरु पनि वजेट ल्याउने तयारीमा छन् । कानुन अनुसार असार १ गतेभित्र प्रदेश सरकारहरुले वजेट लाईसक्नु पर्छ । यो वजेटको पूर्वतयारी प्रदेश सरकारको नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले संसदमा पेश गरेको छ । समयका हिसावले हेर्दा वजेट तयार गर्ने कार्य तिव्र गतिमा भईरहेको हुनु पर्छ । 
कस्तो खालको कार्यक्रम आउनु पर्ला त वजेट मार्फत ? यस बिषयमा बहस हुनु जरुरी छ । प्रदेश सरकारले यस अघि दुई वजेटको अभ्यास गरिसकेको छ । पहिलो अभ्यासका रुपमा तीन महिनाका लागि पुरक वजेट ल्याएर काम गरेको थियो तर चालु आवमा त पूर्ण वजेट ल्याएको हो । त्यसको कार्यान्वयन निराशाजनक मात्रै भएन, लाजमर्दो नै भयो । अव पनि त्यस्तै वजेट ल्याउने हो भने, त्यसको कुनै अर्थ हुँदैन । 
बजेट ल्याउँदा उत्पादन, पूर्वाधार, क्षमता विकास, चेतना विकास र सुशासनलाई मुख्य केन्द्रमा राखेर ल्याउनु पर्छ । उत्पादन क्षेत्रमा कृषि, प्राकृतिक सम्पदा, उर्जा जस्ता विषयहरुलाई जोड दिनु जरुरी छ । सामुहिक खेती प्रणाली अपनाउनका लागि कम्तीमा पनि एक जिल्ला “एक नमुना उत्पादन केन्द्र” निर्माण गरिनु पर्छ । त्यो केन्द्रलाई सार्वजनिक नीजि साझेदारी वा सहकारी खेतीका माध्यमबाट अगाडि वढाउनु जरुरी छ । बिगतको ‘एक गाउँ, एक उत्पादन’ को नारालाई अव ‘एक पालिका, एक उत्पादन’ वनाउने गरी सोच्नु पर्ने जरुरी छ । यसका लागि सोझै स्थानीय तहलाई कार्यबिधि र वजेट दिने र आफ्नो पालिकामा के उत्पादन हुन्छ भन्ने कुुरा उनीहरु आफैले निर्णय गर्ने अधिकार दिईनु पर्छ । 
उर्जामा स–साना आयोजनाहरुलाई ध्यान दिईनु पर्छ । यसका लागि गत बर्ष भएको कार्यको समीक्षा पनि गर्नु जरुरी छ । गत बर्ष धेरै योजनाहरुको सम्भाव्यता अध्ययन गर्ने गरी आएको थियो तर कुन कुनको भयो भन्ने नै जानकारी भएन । 
यस्तै अर्को विषय क्षमता विकासको हो, युवाहरु, पछाडि पारिएका वर्गहरुको सीप विकास गरी उनीहरुलाई उत्पादनसंग प्रत्येक्ष जोड्नु पर्छ । तर, सीप विकासको नाममा अहिलेको जस्तो झारो टार्ने गरी योजना वनाईनु हुँदैन । कुनै गैरसरकारी संस्थालाई ठेक्कामा दियो, चार दिन तालिम चलायो, सक्यो । यसरी सम्भव हुँदैन, प्रभावकारी कार्यक्रम चलाउनु प¥यो । 
यस्तै सुशासन कायम गर्ने गरी काम हुनु जरुरी छ । सांसदहरुलाई पूर्वाधार विकासका नाममा करोडौं रकम दिएर भ्रष्टाचार गर्न लगाउने वजेट भन्दा स्थानीय तहमा एक जना शासन बिज्ञ वा सुशासन बिज्ञ राखेर भ्रष्टाचार नियन्त्रण गर्ने कार्यक्रम वनाउने पो हो कि ? सरकारले सवैभन्दा बढी ध्यान भ्रष्टाचार नियन्त्रणमा दिनु पर्नेछ । यो वजेटले भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राखेर आफ्नो तयारी गरोस ।

थप समाचार 

स्मार्ट कार्डबाट सेनिटरी प्याड

कर्ण चन्द/डोटी
जेठ २०
दिपायल सिलगढी नगरपालिकाले माध्यमिक तहका छात्रालाई स्मार्ट कार्डबाट निःशुल्क सेनिटरी प्याड पाउने व्यवस्था सुरु गरिएको छ । 
पहिलो चरण अतर्गत नगरपालिकाले दुई विद्यालयमा उक्त कार्यक्रमको सुरु भएको दिपायल सिलगढी नगर–पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । वडा नम्बर ३ दिपालयमा रहेको दिल्पेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ६ मा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा मेसिन जडान गरी सेवा सुरु गरिएको हो । 
सेवाको उद्घाटन गर्दै नगरप्रमुख मञ्जु मलासीले भनिन्, ‘म एक महिला हो, माध्यमिक तहका नानीहरुले कति समस्या परेको हुन्छ त्यो महसुस गर्न    सक्छु ।’ नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा आगामी आर्थिक वर्षभित्र उक्त सेवा पु¥याइसक्ने नगरपालिकाले बताएको छ । ‘हामीले यो वर्ष परीक्षणका लागि दुई बिद्यालयमा प्रयोगमा ल्याएका छौँ’ प्रमुख मलासीले भनिन्, ‘अर्को वर्ष यो प्याड डिस्पोज गर्ने मेसिन पनि हामी सबै बिद्यालयमा जडान गर्ने छौँ ।’ विद्यालयमा स्माटकार्डको प्रयोगबाट सेनिटरी प्याड निकाल्न सकिने मेसिन जडान गरिएको हो । दुबै विद्यालयहरुमा ५०/५० ओटा स्माटकार्ड समेत वितरण गरेको नगपालिकाका शिक्षा इकाइ प्रमुख मञ्जु थापाले जानकारी दिइन् । विद्यालयमा सेनिटरी प्याड प्राप्त हुने भएपछि छात्राहरु लाई सहज हुने पद्म पब्लिक मुक्ति नारायाण माध्यमिक बिद्यालयका प्रधानाध्यापक गीता जोशीले बताइन् । ‘म कति बेला महिनावारी हुन्छु भन्ने छात्राहरुमा हुने चिन्ता अन्त्य हुन्छ,’ जोशीले भनिन्, ‘अर्को कुरा उनीहरुका स्वास्थ्यका लागि पनि हितकर हुन्छ ।’
नगरपालिकाले चालु आथिक बर्षको बजेटमा गरेको व्यवस्था अनुसार उक्त सेनिटरी प्याड मेसिन राखिएको हो । अन्य बिद्यालयहरुमा पनि उक्त सेवा बिस्तार गर्ने नगरपालिकाको लक्ष छ । 
नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले गेठ १५ गते संसदमा पेश गरेको आर्थिक बर्ष २०७६/०७७ को वजेट भाषणमा सामुदायिक बिद्यालयका सवै छात्राहरुलाई निशुल्क सेनिटरी प्याड दिने भनिएको छ ।

बाल सुधार गृह डोटीमै हुनुपर्ने

 गणेश मौनी/डोटी
जेठ २०
२०७५ साल भाद्रदेखि डोटीमा सञ्चालन भईरहेको बाल सुधार गृहलाई बाल सुधार गृहको मापदण्ड अनुसार डोटी सञ्चालन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।  
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम धनगढीको सहयोग तथा सामुदायिक महिला तथा बालवालिका बिकास केन्द्रले सोमबार डोटीमा आयोजना गरेको बालसुधार गृह स्थापना तथा संचालन सम्भाब्यता अध्ययन सम्वन्धी सरोकारवाला संगको सुझाब संकलन कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन । 
कार्यक्रमका सहभागिहरुले बाल सुधार गृह संचालन गर्न नेपाल सरकारले कार्यबिधी तयार गर्नुपर्ने, कार्य संचालानार्थ आवश्यक कर्मचारी दरबन्दी थप गर्नु पर्ने, सुरक्षा ब्यवस्थाको लागि थप दरबन्दी थप गनुपर्ने, आवश्यकता अनुसार भौतिक संरचना निमार्ण, बाल सुधार गृहमा रहेका बालवालिकाहरुको शिक्षा, स्वास्थ्य मा ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए । 
कार्यक्रमका प्रमुख अथिती समेत रहेकी दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले  डोटी जिल्लामा संचालन अवस्थामा रहेको बाल सुधार गृहको ब्यवस्थापन र भौतिक संरचना निमार्णका लागि आवश्यक जग्गा ब्यवस्थापनका लागि सहयोग गर्ने बताईन् । सामाजिक विकास मन्त्रालय अन्र्तगत संचालनमा रहेको बाल सुधार गृह संचालनका लागि मन्त्रालयले यो भन्दा पहिले कुनै समन्वय नगरेकोले समन्वयका साथ अघाडी बढ्न आवश्यक रहेको बताईन् । 
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले हाल बाल सुधार गृह कारागार ऐन अन्र्तगत संचालनमा  रहेकाले सरकारले नयाँ कार्यबिधी तयार गरेर अघाडी बढ्नुपर्ने बताए ।

छोटकरी समाचार 

बाध्यबादन सिकाउँदै दिपायल सिलगढी नगरपालिका

दिपायल सिलगढी नगरपालिकाले युवाहरुलाई बाध्यवादन सीप सिकाउने तालिम सुरु गरेको छ । तालिमको सोमवार नगर प्रमुख मञ्जु मलासीले एक कार्यक्रमका बिच उद्घाटन   गरिन् । 
सो क्रममा नगर प्रमुख मलासीले युवाहरुलाई सीप सिकी स्वरोजगार बन्न आग्रहण गरिन । पञ्चे बाजा र ब्याण्ड बाजा तालिम सिकेर स्वरोजगार बन्न सकिने मलासीको भनाई छ । ‘युवाहरु स्वरोजगार बन्न आवश्यक छ’ मलासीले भनिन् ‘सीप नभएका कारण कामका लागि बिदेशिनु पर्ने अवस्था नआवस भन्नका लागि नगरपालिकाले बिभिन्न सीप विकास तालिमहरु आयोजना गरिरहेका छ ।’ उनले भनिन् ‘सीप भन्ने कुरा जोकोहीले नि सिक्दा हुन्छ के दलित–गैरदलित, के महिला के पुरुष । त्यसैले युवाहरुले केही  काम ब्यवसायिक रुपमा संचालन गरे नगरपालिकाले योजनाबद्ध रुपमा आवश्यक सहयोग    गर्नेछ । 
नगर प्रमुख मलासीले तालिमका लागि तालिम नभएर सीप सिक्नका लागि र आफुले सिकेको सीपलाई व्यवहारमा उतार्नका लागि हुनु पर्ने वताईन् । उनले थपिन् ‘तीन महिना तालिम लिएर फेरी भारत जानेका लागि होईन यो तालिम । म सवै सहभागिहरुलाई आग्रह गर्छु, यदि सीपलाई व्यवहारमा नउतार्ने हो भने यो तालिममा नबस्नुहोला ।’ तालिममा नगरपालिकाका प्रत्येक वडाबाट पाँच जना सहभागि छन् ।

लेख 

बजेट भाषणमै अल्झिएको पश्चिम सेती परियोजना 

रामहरी ओझा
“पश्चिम परियोजना गायत्री मंत्र जस्तै भएको छ । हरेक नेताले सार्वजनिक कार्यक्रममा पश्चिम सेती परियोजनाको उच्चारण गर्छ तर ३७ बर्ष बितिसक्दा पनि यो परियोजना निर्माण भएन ।” 
गत असार १० गते डोटी शिखर नगरपालिकाको नगरसभा उद्घाटन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माथीको हरफ भनेका   थिए । उनले पश्चिम सेती परियोजना सुदूरपश्चिम प्रदेशभित्रै पर्ने भएपनि लगानीका हिसावले प्रदेश सरकारले निर्माण गर्न नसक्ने वताएका थिए । उनले प्रदेश सरकारले साना योजनाहरु निर्माणतर्फ ध्यान दिने वताएका थिए ।
“ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं । भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।। 
हिन्दु धर्म मान्नेहरुको ठुलो हिस्साले बिहान बिहानै गायत्री मंत्र जप्छ । यसको छोटकरी अर्थ ‘आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगतमा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौं । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।’ भन्ने हुँदो रहेछ । तर यस अनुसारको बुद्धि कसैलाई उत्प्रेरित भएको देखिदैन, गायत्री मंत्र जप्नेहरुलाई पनि सत् मार्गमा लाग्ने बुद्धि प्राप्त भएको देखिदैन । सत् मार्गमा लाग्नका लागि गायत्री मंत्र जप्छन् वा गायत्री मंत्रको आडमा आफ्ना ‘असत् मार्ग’ लाई लुकाउन खोज्दैछन् त्यो उनीहरु नै जानुन तर गायत्री मंत्रको अनुसरण गरेको भने देखिदैन । त्यसकारण मुख्यमन्त्री ज्यूले यो शव्द चयन गरेका हुनुपर्छ । 
बर्षौंदेखि प्रत्येक नेताले चुनावी भाषणमा पश्चिम सेती परियोजना वनाउने ठोकुवा गर्दै आएका छन् । अव नेताहरुको मात्रै होइन, बजेट भाषणको पनि गायत्री मंत्र भएको छ यो परियोजना । “दुधकोशी, पश्चिम सेती, कर्णाली चिसापानी, नलगाड र उत्तरगंगा लगायतका जलबिद्युत आयोजनाहरुको लगानीको ढाँचा एकिन गरी निर्माण अगाडी बढाईनेछ ।” जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत      गरेको ११६ पृष्ठ लामो बजेट भाषणको १६४ औं बुँदामा यो हरफ उल्लेख भएको छ । यिनै अर्थमन्त्री ‘कमरेड’ ले गत बर्ष गरेको भाषणको १४५ औं बुँदामा “पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गर्ने गरी निर्माण सुरु गरिनेछ ।” भनेका थिए । त्यो बजेट भाषण देखि यो बजेट भाषणसम्म अर्थमन्त्रीले कुनै पनि दिन पश्चिम सेती परियोजनाको नाम लिएनन् । न त वजेट कार्यान्वयन गर्ने सरकारी संयन्त्रले “नेपालभित्रकै” लगानी खोजेर परियोजना अगाडि    बढायो । गायत्री मंत्र जस्तै जपे, छोडे ।
बजेट भाषणमा पश्चिम सेती जोडिनु नौलो कुरा होइन । आर्थिक बर्ष २०६६/०६७ देखि २०७६/०७७ सम्मका वजेट भाषणहरु हेर्दा सात वटा बजेट भाषणमा कुनै न कुनै तरिकाले “पश्चिम सेती परियोजना” सम्वोधन भएको छ । त्यसअघिका बजेट भाषणहरुमा पनि यो बिषय समावेश भएको हुन सक्छ । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक बर्ष २०६६/०६७ को वजेट भाषणको १७३ औं बुँदामा “अरुण तेस्रो, माथिल्लो कर्णाली र पश्चिम सेती जस्ता ठूला आयोजनाहरुलाई निजी क्षेत्रबाट अगाडि बढाइनेछ” भन्ने प्राव्धान राखेका थिए । त्यो भाषण कार्यान्वयन गर्न नसकेका कारण होला “कमरेड” ले अर्को पल्ट अर्थात् ०६७/०६८ को वजेट भाषणमा यो परियोजनावारे चुईक्क पनि बोलेनन् । 
२०६८/०६९ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री बर्षमान पुनले पनि पश्चिम सेती परियोजना छोडेनन् । त्यतिवेलाको बजेट भाषणको बुँदा नं. १०९ मा पश्चिम सेती परियोजनाको थप सम्भाव्यता अध्ययन गर्ने भन्ने उल्लेख  थियो । आर्थिक बर्ष २०६९/०७० का लागि पनि पुन “कमरेड” ले नै ल्याएको वजेटमार्फत पश्चिम सेती लगायतका ठुला आयोजनाहरुमा ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आव्हान गरियो ।
०७१/०७२ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री डा रामशरण महतले पनि पश्चिम सेती रुपी गायत्री मंत्र छुटाएका थिएनन् । उनले आफ्नो भाषणको ६८ औं बुँदामा “पश्चिम सेती परियोजना शिघ्र कार्यान्वयनमा लगिनेछ” भनेका थिए । तर उनले ०७२/०७३ का लागि ल्याएको वजेटमा भने “दाई” ले त्यो मंत्र छुटाएछन् । उनले परियोजना एक बर्षमै ‘शिघ्र कार्यान्वयन’ भईहाल्यो भन्ने सोचेको हुनुपर्छ । 
२०७३÷०७४ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले ४० औं बुँदामा “पश्चिम सेती जलबिद्युत परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाईनेछ ।” भनेका थिए । उनको त्यो प्राथमिकतालाई अर्का कमरेड कृष्णवहादुर महराले वास्तै गरेनन् । आर्थिक बर्ष २०७४/०७५ को वजेट भाषणमा तत्कालीन अर्थमन्त्री महरा यो मंत्र जप्न बिर्सिएछन् । “उज्यालो नेपाल अभियान” अन्तगर्त “नेपालको पानी जनताको लगानी” भन्ने सुरिलो नारा सहित सात बर्षमा १७ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष राखेका महरा कमरेडले त्यतिवेला ३५ बर्षदेखि सात सय ५० मेगावाट उत्पादन गर्ने भनी चर्चामा रहेको यो परियोजनाको वारेमा बुझेका रहेनछन् । 
हुन त हाम्रो देशमा यस्ता धेरै बिषयहरु छन् जो बजेट भाषणमा आउँछन् तर कार्यान्वयनमा आउँदैनन्, अर्को बर्ष हराएर जान्छन् । पश्चिम सेती परियोजना भने पटक पटक बजेट भाषणमा आउने तर कार्यान्वयन फिटिक्कै नहुने परियोजना हो । सात सय ५० मेगावाट उत्पादन क्षमताको परियोजना वनाउँछौं भनेर नेताहरुले भाषण गर्छन, मन्त्रीहरुले वजेटमा राख्छन् तर कति मेगावाट बिद्युत उत्पादन हुन्छ भनेर नेपाल सरकारले आधिकारिक रुपमा अध्ययन समेत गरेको छैन । अष्ट्रेलियन कम्पनी स्मेकले सन १९९७ मा सार्वजनिक गरेको प्रतिवेदनका आधारमा २२ बर्षपछि पनि हामीले सात सय ५० मेगावाट भन्दैछौं । तीन बर्षअघि मात्रै चिनियाँ कम्पनी थ्रि–गर्जेजले पश्चिम सेती परियोजनाबाट सात सय ५० मेगावाट बिद्युत उत्पादन हुन नसक्ने संकेत गरेको थियो । सरकार त्यो कुरा मान्न तयार भएन । 
चुनाव आउँदा नेताहरुले भाषण गरेपछि स्थानीयबासीहरु ‘बनि पो हाल्छ कि !’ भनेर आश गर्छन् । बजेट भाषणमा पश्चिम सेतीको नाम सुन्दा सन्तोषको स्वास लिन्छन् तर परियोजनाको बारेमा अर्को पटक सुन्ने भनेको कि अर्को वजेट भाषणमा हो, कि अर्को चुनावमा हो । यसैगरी ३८ बर्षदेखि मुर्ख भईरहेका छन् स्थानीयबासीहरु । अव पश्चिम सेती परियोजना सरकारले वनाउँछ भनेर कल्पना गर्नु स्थानीयका लागि मुर्खता बाहेक अरु केही हुने छैन । परियोजना वने आफ्नो गाउँ डुवानमा पर्ने, आफु बिस्थापित हुनु पर्ने सोचका साथ राम्रो घर पनि नवनाएरै गुजरा गरिरहेका स्थानीयबासीहरुले अव दुई कुरामध्ये एक रोज्नु पर्ने भएको छ । 
पहिलो, अव हामी बरु हाम्रो ज्यान जाला परियोजना निर्माण हुन दिन्नौं, हामी कुनै पनि हालतमा अव बिस्थापित हुँदैनौं, ३८ बर्षसम्म परियोजनाकै नाममा हामीलाई विकासका हरेक अवसरमा पछि पारियो भन्ने मान्यताका साथ अगाडि आउनु  प¥यो । प्राकिृतक स्रोत जल, जंगल र जमिनमाथीको आफ्नो अधिकार प्रयोग गर्दै स्थानीयस्तरमा आवश्यक पूर्वाधारहरु तयार गर्नतिर लाग्नु प¥यो । परियोजना क्षेत्रका बासिन्दाहरु स्वयं अग्रसर भई सरकारका बिरुद्ध मुद्धा हाल्नु पर्छ । परियोजना निर्माण हुने नाममा त्यस क्षेत्रका जनताले गुमाएको विकासको अवसरको क्षतिपूर्ति भराई दिनका लागि । 
द्रोश्रो, अव परियोजना वनाउनका लागि बिदेशी लगानीको बिषय होईन, हामी नेपालीहरु आफै लगानी गर्छौं, हामी परियोजना आफै निर्माण गर्छौं । सरकार र सरकारले अनुमति दिएका बिदेशी कम्पनीहरुले भनेको जस्तो सात सय ५० मेगावाट हामीलाई चाँहिदैन, हामी जलासय रहित परियोजना निर्माण गर्छौं भन्ने आँट गर्नु पर्छ । एक सय ६० मेगावाट वा तीन सय ६० मेगावाट यस्तै उत्पादनका लागि लगानी पनि धेरै चाहिने छैन र बिस्थापित पनि धेरैले हुनु पर्ने छैन । 
अन्यथा यो पश्चिम सेती परियोजना सायद सधैं गायत्री मंत्र मात्रै हुनेछ । १० बर्ष फ्रान्सेली कम्पनी सोग्रेहले सिरानी हालेर सुत्यो, १८ बर्ष स्मेकले पानी मात्रै नापेर बितायो । पछिल्ला ६ बर्ष चिनियाँ कम्पनी थ्रि–गर्जेजले अनुसन्धान थलोको रुपमा प्रयोग ग¥यो । अव फेरी सम्भाव्यता अध्ययनको नाममा कति बर्ष खाने हो थाह छैन । 

लोकसेवा तयारीका लागि उपयोगी 

१.स्थानीय तह सम्वन्धी जानकारी 
जम्मा प्रदेश संख्या ः ७, 
जिल्ला संख्या ः ७७,
स्थानीय तह ः ७५३ 
महानगरपालिका ः ६, 
उपमहानगरपालिका ः ११, 
नगरपालिका ः २७६ 
गाउँपालिका ः ४६०, 
वडा ः ६७४३, 
नगरपालिका बिहिन जिल्ला ः ४  (मनाङ, मुस्ताङ, रसुवा र हुम्ला) 
गाउँपालिका बिहिन जिल्ला ः २ (भक्तपुर र भक्तपुर), 
धेरै स्थानीय तह ः सर्लाही (२०), 
कम स्थानीय तह ः पूर्वी रुकुम (३), 
क्षेत्रफलका आधारमा, 
सवै भन्दा ठुलो गाउँपालिका ः नाम्खा, हुम्ला 
सवैभन्दा सानो गाउँपालिका ः शितगंगा, अर्घाखाँची, 
सवैभन्दा सानो नगरपालिका ः भक्तपुर, 
सवैभन्दा ठुलो उपमहानगरपालिका ः घोराही, दाङ 
सवैभन्दा सानो उपमहानगरपालिका ः नेपालगञ्ज, बाँके 
सवैभन्दा ठुलो महानगरपालिका ः पोखरा लेखनाथ, कास्की 
सवैभन्दा सानो महानगरपालिका ः ललितपुर

साहित्य/सिर्जना 

गजल 

जिन्दगीमा कहिल्यै कसैको प्रिय वन्न सकिएन 
अरुलाई पाठ सिकाए जसरी म बन्न सकिएन 
आफ्नाहरुको आँखामा कसिङ्गर सरह भएछु 
प्यारो बन्ने आस त अलिकति छ, बन्न सकिएन 
मलाई यहीँ कारण समयको भर लाग्न छोडेको 
हिजो हुँ अनि भोली हुँ र आज बन्न सकिएन 
केही अठोट बोकेर हिँडे अलिकति पोल्टाभरी 
आफन्तहरुबाटै घृणित छु र त बन्न सकिएन 
कहिल्यै आफ्नो सादा जीवन रङ्ग्याईएन बरै 
कसैले बद्लाएपछि बदलिने रङ बन्न सकिएन । 
पवित्र थापामगर “साया” 
जोरायल गाउँपालिका–४, कटपत्ते, डोटी 

गजल 

मेरो शरीर मेरै हो यो, उसको तिम्रो हैन,
कस्तो किन भन्ने चाँसो, हक तिम्रो छैन ।
दुब्लो हुँदा लुरी सिन्का, टन्न खाना खा है,
अलि जीउ लाग्या छैन, मुखमै भन्छन आम्मै ।
पातलोमा ढुंगै बिना, जमिनमा खडा थें,
आज पनि वचनसंग, कैले म डराएँं ।
हिजो पनि मैले खाने, भातको मात्र यै थ्यो,
आज पनि खाने खाना, त्यो मेरै कमाइ हो ।
मोटो दुब्लो, अग्लो होचो, चाहे कालो गोरो,
आत्माको यो मन्दिरा हो, शरीर सम्मान मेरो ।
अञ्जु पण्डित

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१७ 
उपरोक्त सम्बन्धमा बडीकेदार गाउँपालिका–२ छेडा डोटीमा रहेको यस श्री कालिका आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला) 
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷३१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷३२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८६५६४३८४०, ९७४९०७७२१९ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१९ 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–१० गंगालेक डोटीमा रहेको यस श्री भवानी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   पद ः शिक्षक,    संख्या ः १ जना,  तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (महिला),  शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः १५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷२ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८६५६४३८४०, ९७४९०७७२१९ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१९ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–४ भल्मा डोटीमा रहेको यस श्री भवानी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   पद ः शिक्षक,    संख्या ः १ जना,  तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),  शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷२ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८६५६४३८४०, ९७४९०७७२१९ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१६ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–२ मौवा नगरदह डोटीमा रहेको यस श्री शारदा माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०२÷०७५÷०७६,  
पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः नि. मा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),  
बिषय ः सामाजिक शिक्षा  
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  
आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷३० गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷३० गते बेलुका ४ वजेभित्र
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८११६३२९७३,, ९८२४६४८८१८, ९८४८४३४२५२ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷२१ 
उपरोक्त सम्बन्धमा बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टा डोटीमा रहेको यस श्री भगवतेश्वर माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६ 
१. पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (महिला), 
आबेदन दस्तुर ः २५००÷–,   
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
२. पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः नि. मा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),  
बिषय ः गणित÷बिज्ञान
आबेदन दस्तुर ः ३०००÷–,   
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०४ गते 
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८६८५५७९४४ वा ९७४९०३६२८१ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१५ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–५ लामिखाल डोटीमा रहेको यस श्री मष्टामाण्डौं माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷२९ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷३० गते 
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८५८४४०३३५ वा ९८४८४१९०३५ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१५ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–२ साउँनकाँडा डोटीमा रहेको यस श्री नमादेव आधारभूत बिद्यालयमा रिक्त रहन गएका तपशिल बमोजिका शिक्षक पदहरुमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६ 
पद ः शिक्षक, 
संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला) 
बिज्ञापन नं. ०२÷०७५÷०७६
पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (महिला)   
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷२९ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷३० गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४३४६८७, ९८४८५४८११२ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१९ 
उपरोक्त सम्बन्धमा बडीकेदार गाउँपालिका–१ पातल डोटीमा रहेको यस श्री मालिका आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः राहात करार (खुला),  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०२ गते 
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८६८७३९०८९, वा ९७४९०१२३५८ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷२१ 
उपरोक्त सम्बन्धमा बोगटान फुड्सिल गाउँपालिका–७ सुवाटी डोटीमा रहेको यस श्री साउटी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (महिला), योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०४ गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८४४८६४११२३, ९८४८६०००९५ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१७ 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–४ मर्कट्टे डोटीमा रहेको यस श्री पशुपति आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (महिला),   
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः १५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷३१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷३२ गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४५७५१० मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷२० 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–१० खन्नेखोला, डोटीमा रहेको यस श्री भैरव आधारभूत बिद्यालयमा  रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),   शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः १५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०२ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०३ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति  ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८८७३५१५, ९८२५६१९४३४ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷१९ 
उपरोक्त सम्बन्धमा आदर्श गाउँपालिका–३ झुँडा डोटीमा रहेको यस श्री झुँडा आधारभूत बिद्यालयमा  रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),   शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०२ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति  ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८५८४२२१९६ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०२÷२० 
उपरोक्त सम्बन्धमा बडीकेदार गाउँपालिका–४, बाजबाटा, मान्नाकापडी डोटीमा रहेको यस श्री केदारेश्वर आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा. बि. तृतीय,  
किसिम ः अस्थायी करार (खुला),   शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷०२ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷०३ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८८७३५१५, ९८२५६१९४३४ मा सम्पर्क गर्नु होला ।

पद्म पव्लिक मुक्तीनारायण माध्यमिक बिद्यालय 

सिलगढी, डोटी 

साईन्स ल्याव, कम्प्युटर ल्याव सामग्री खरीद सम्वन्धी सिलवन्दी दरभाउ पत्र आव्हानको सूचना 

प्रथम पटक प्रकासित मिति  ः २०७६÷२÷२१ गते 
यस पद्म पव्लिक मुक्तीनारायण माध्यमिक बिद्यालयको लागि आवश्यक साईन्स ल्याव, कम्प्युटर ल्याव सामग्री सिलवन्दी दरभाउ पत्रद्वारा खरीद गर्नु पर्ने भएको हुँदा ईजाजत प्राप्त आपुर्तिकर्ता वा फर्महरुबाट निम्न शर्तहरुको अधिनमा रहने गरी सिलवन्दी दरभाउपत्र आव्हान गरिन्छ । 
१. साईन्स ल्याव, कम्प्युटर ल्याव सामग्री खरीद सम्वन्धी सिलवन्दी दरभाउपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रु १०००।– (फिर्ता नहुने गरी) तिरी ईच्छुक सिलवन्दी दरभाउपत्र दाताहरुले लिखित निवेदनको साथमा सिलवन्दी दरभाउपत्र दाताको फर्म दर्ता प्रमाण पत्र, मुल्य अभिबृद्धि कर कार्यालयमा दर्ता गरिएको प्रमाण पत्र तथा अघिल्लो आर्थिक बर्षसम्म कर तिरेको प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपीहरु यस बिद्यालयमा पेश गरी बोलपत्रदाताहरुले सिलवन्दी दरभाउ पत्र  फाराम खरीद गर्न सक्ने छन् । 
२. सिलवन्दी दरभाउपत्र पेश गर्दा माथी उल्लेखित प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी कार्यालयबाट बिक्री भएको सिलवन्दी दरभाउपत्र फाराममा दररेट महलको अंक र अक्षर दुई स्पष्ट उल्लेख गरी जमानत वाफतको धरौटी रकम राष्ट्रिय वाणिज्य बैङ्क, डोटी शाखा सिलगढीमा यस बिद्यालयको नाममा रहेको च हि नं. १३५ जम्मा गरेको सक्कलै बैङ्क भौचर वा नेपाल राष्ट्र बैङ्कबाट “क” बर्गको मान्यता प्राप्त बैङ्कबाट यस कार्यालयको नाममा जारी भएको कम्तीमा १२० दिन म्याद भएको बैङ्क जमानी पत्र (विडवण्ड) साथै उल्लेखित सम्पूर्ण कागजात संलग्न गरी सूचना प्रकाशित भएको मितिले १६ दिन दिनको १२ वजेटसम्म सिलवन्दी दरभाउपत्र यस बिद्यालयबाट खरीद गरि दाखिला गर्न सकिनेछ । 
३. दर्ता हुन आएका सिलवन्दी दरभाउपत्र दर्ता हुने अन्तिम दिनको दिउसो १ वजे उपस्थित वोलपत्रदाता वा निजको अधिकारप्राप्त प्रतिनिधिहरुको रोहवरमा यस बिद्यालयमा खोलिनेछ । सिलवन्दी दरभाउपत्र दाताहरुको प्रतिनिधिहरु उपस्थित नभएपनि सिलवन्दी दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन । 
४. सिलवन्दी दरभाउपत्र खरीद गर्ने दर्ता गर्ने अन्तिम दिन बिदा पर्न गएमा त्यसको पछि लगत्तै कार्यालय खोलिएको दिन क्रमसः सो कार्य गरिनेछ । 
५. म्यादभित्र दर्ता हुन नआएको तथा अन्य कुनै रित नपुगेको सिलवन्दी दरभाउ पत्र उपर कुनै किसिमको कारवाही हुने छैन । 
६. पेश भएको सिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने अधिकार य बिद्यालयमा निहित रहनेछ । 
७. लगत ईस्टिमेट अंक तथा स्पेसिफिकेसन सिलवन्दी दरभाउपत्र फाराममा नै उल्लेख गरिएको छ । 
८. थप जानकारी चाहिएमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ । 
९. यस सूचनामा नपरेका अन्य कुराहरु प्रचलित आर्थिक ऐन, नियम अनुसार हुनेछ । 
तपशिल 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मितिः २०७६÷२÷१६          
        जिल्ला डोटी शिखर न.पा.वडा नं.२ साविक मुडेगाँउ गा.वि.स.वडा नं.९ स्थित कि.नं.१९, २२, ३९, ४८, ८६, ३२६, ३६१, ३७६, ३९२, ४०४, ४११, ४३१, ४४२, ४५७, ५०४, ५१९, ५९८ को जग्गा सोही गा.वि.स.वडा नं.९ बस्ने तेज वहादुर भाट, राम वहादुर, सोभान सिंको नाउँमा नापनक्सा संयुक्त श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि सोभान सिंको मिति ः २०५४÷२÷२० मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले निजको शेषपछिको हकदार तेज वहादुर भाट, राम वहादुर भाट क्षेत्री मात्र भएका हुदा मृतकको नाउँमा रहेको डोटी मुडेगाँउ गा.वि.स.वडा नं.९ स्थित कि.नं.१९, २२, ३९, ४८, ८६, ३२६, ३६१, ३७६, ३९२, ४०४, ४११, ४३१, ४४२, ४५७, ५०४, ५१९, ५९८ को पुरै घर जग्गाहरु मध्ये मृतकको हकहिस्सा हाम्रो नाउँमा नामसारी गरी पाउँ भनी डोटी शिखर न.पा.२ नं.वडा कार्यालय डोटीको च.नं.३८३ मिति ः २०७६÷२÷१२ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी जि.डोटी साविक मुडेगाउँ गा.वि.स.वडा नं.९ बस्ने तेज वहादुर भाट, राम वहादुर भाट क्षेत्रीले यस मालपोत कार्यालय, डोटीमा मिति २०७६÷२÷१४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, सोभान सिं को अन्य हकदार अंसियार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷२÷१६          
        जिल्ला डोटी शिखर न.पा.वडा नं.२ साविक मुडेगाँउ गा.वि.स.वडा नं.९ स्थित कि.नं.५, ३३४, ३४३, ३५६, ४०७, ४५३, ४६०, ४७०, ५१० को जग्गा सोही गा.वि.स.वडा नं.९ बस्ने श्रीमति मन्धरा भाट क्षेत्रीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि मन्धरा भाट क्षेत्रीको मिति ः २०४७÷१२÷२ मा र निजको हकदार पति प्रशाद भाटको मिति ः २०४०÷३÷२० मा निःसन्तान अवस्थामा मृत्यु भई अपुताली परेकोले निजको शेषपछिको हकदार तेज वहादुर भाट, राम वहादुर भाट क्षेत्री मात्र भएको हुदा मृतकको नाउँमा रहेको डोटी मुडेगाँउ गा.वि.स.वडा नं.९ स्थित कि.नं.५, ३३४, ३४३, ३५६, ४०७, ४५३, ४६०, ४७०, ५१० को पुरै घर जग्गाहरु हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनि डोटी शिखर न.पा.२ नं.वडा कार्यालय डोटीको च.नं.३८४, ३९१ मिति ः २०७६÷२÷१२ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको   रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी जि.डोटी साविक मुडेगाउँ गा.वि.स.वडा नं.९ बस्ने तेज वहादुर भाट, राम वहादुर भाट क्षेत्रीले यस मालपोत कार्यालय, डोटीमा मिति २०७६÷२÷१४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, अन्य हकदार अंसियार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।