Tuesday, October 8, 2013

बिम्ब नेपाली साप्ताहिक मिति २०७० असोज २२ गते मंगलवार

बिजया दशमी २०७० को हार्दिक मंगलमय शुभकामना 

मुख्य समाचार 

डोटीमा तीन स्वतन्त्रको पनि उम्मेदवारी

क्षेत्र १ मा १३ र क्षेत्र २ मा ७ उम्मेदवार

मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटी निर्वाचन क्षेत्र १ वाट १३ जना र क्षेत्र २ वाट ७ जनाले उम्मेदवारी दर्ता गरेका छन । क्षेत्र १ मा उम्मेदवारी दर्ता  गराउनेहरुमा तीन जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन ।
जिल्ला अदालतमा स्थापना गरिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय क्षेत्र १ ले दिएको जानकारी अनुसार उम्मेदवारी दर्ता गराउनेमा एकिकृत नेकपा माओवादीका मोहन वम, नेपाली कांग्रेसका बिरवहादुर वलायर, नेकपा एमालेका नारद मलासी, राष्ट्रिय जनमोर्चाका नरेश आलेमगर रहेका छन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वहादुर सिंह खड्का, राप्रपा नेपालका लालवहादुर खड्का, संघीय समाजवादी पार्टीका    यज्ञराज भट्ट, अखण्ड नेपाल पार्टीका भिमसेन माझी, राष्ट्रिय यथार्थवादी पार्टीका धनसिं बिष्ट र समाजवादी जनता पार्टीका सन्तोष कुमार महतले उम्मेदवारी दिएका हुन ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुमा कैलाशसिंह साउँद,  भरत वोहरा (योगेन्द्र) र लोकवहादुर खड्का रहेका छन । वम २०५६ सालमा एमालेको तर्फवाट तत्कालीन राष्ट्रिय सभा सदस्य भएका व्यक्ति हुन । लामो समय एमालेमा रहेका वम  करीव दुई वर्ष पहिले एमा– ओवादीमा प्रवेश गरेका थिए । कांग्रेस जिल्ला सभापति समेत रहेको बिरवहादुर वलायर २०६४ सालमो संबिधानसभाको निर्वाचनमा एमाले नेता हर्कवहादुर सिंहसंग पराजित भएका थिए । एमाले सेती अञ्चल सदस्य समेत रहेका मलासी पार्टीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन । राजमोवाट उम्मेदवार भएका आलेमगर पत्रकारिता क्षेत्रमा लामो समय बिताएका व्यक्ति हुन ।
राप्रपा उम्मेदवार खड्का पनि २०६४ मा उम्मेदवार भईसकेका व्यक्ति हुन । राप्रपा नेपालका उम्मेदवार लाल वहादुर  राष्ट्रिय पञ्चायत सदस्य हुन । २०५६ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा मालेको तर्फवाट उम्मेदवार भएका खड्का पूर्व  राजा ज्ञानेन्द्रको प्रत्येक्ष शासनकालमा डोटी जिल्ला बिकास समिति सभापति भएका थिए । दलहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका अन्य नेताहरु भने यसअघि राजनीतिमा खासै चर्चामा रहेका व्यक्तिहरु होईनन् ।
स्वतन्त्र उम्मेदवारी दिने कानुन व्यवसायी साउँद नेपाली कांग्रेस निकट मानिन्छन । उनले २०६४ सालको संबिधानसभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उम्मेदवारी फिर्ता लिएका थिए । एनेकपा माओवादीभित्र राम्रै पटक भएका अर्का स्वतन्त्र उम्मेदवार वोहरा द्वन्द्वका क्रममा लामो समयसम्म भुमिगत जीवन बिताएका व्यक्ति हुन । उनी एमाओवादीमा उम्मेदवारको दावेदार    थिए । अर्का स्वतन्त्र उम्मेदवार खड्का कुन पार्टी नजिक हुन भन्ने खासै खुल्न सकेको छैन ।
यस्तै डोटी क्षेत्र २ को निर्वाचन अधिकृतका अनुसार एमाओवादीका त्रिलोचन भट्ट, नेपाली कांग्रेसका योगेन्द्र शाही, नेकपा एमालेका प्रेमवहादुर आलेमगर, राष्ट्रिय जनमोर्चाका मनोज भट्ट, राप्रपाका लालवहादुर कठायत, राप्रपा नेपालका थिरवहादुर मलासी र संघीय समाजवादी पार्टीका मानवहादुर थापा रहेका छन । एमाओवादी उम्मेदवार भट्ट २०६४मा डोटी क्ष्ँेत्र १ वाट पराजित उम्मेदवार    हुन । उनी तेश्रो स्थानमा रहेका थिए । नेपाली कांग्रेसका शाही २०५१ सालको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई पराजित भएका व्यक्ति हुन ।
एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत रहेका अर्का उम्मेदवार आलेमगर पनि क्षेत्र २ वाट २०६४ मा पराजित भएका व्यक्ति हुन । राष्ट्रिय जनमोर्चाका मनोज भट्ट २०५६ को संसदीय निर्वाचन र २०६४ को संबिधानसभा निर्वाचनमा पराजित व्यक्ति हुन । राप्रपा डोटीका अध्यक्ष कठायत चुनावी मैदानमा नयाँ अनुहार हुन । राप्रपा नेपालका थिरवहादुर मलासी २०६४ को निर्वाचनमा पराजित व्यक्ति हुन । संघीय समाजवादी पार्टीका थापा नयाँ अनुहार हुन ।
दुवै क्षेत्रका २० उम्मेदवारहरुमा कसैका बिरुद्ध पनि उजुरी परेको छैन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज मंगलवार उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ । उम्मेदवारहरुले आज चाहेमा उम्मेदवारी फिर्ता लिनेछन । उम्मेदवारको अन्तिम नामावली भोली बुधवार प्रकाशन गरिने आयोगको कार्यतालिकामा छ । पर्सी २४ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

सम्पादकीय 

शान्ति सुरक्षा कायम गर

अर्को संबिधानसभाको निर्वाचन जति जति नजिकिँदैछ, शान्ति सुरक्षाको अवस्थामा पनि त्यतिनै वढी प्रश्नचिन्ह लाग्दैछ । वाराका एमाले उम्मेदवारमाथी भारतीय नम्वर प्लेटको यातायतका साधनमा सवार व्यक्तिहरुले व्यस्त ठाउँमा आक्रमण गरे । देशका बिभिन्न स्थानहरुमा हुने आपराधिक घटनाहरुमा तिव्रता आएको छ । यसले संबिधानसभाको निर्वाचनलाई बिथोल्न शान्ति सुरक्षा खल्वलाउन खोजिएको देखिएको छ ।
२०६४ सालको निर्वाचनवाट गठित संबिधानसभाले नयाँ संबिधान जारी गर्न नसकेकोप्रति सवैको गुनासो रहेको छ त्यो स्वभाविकै पनि हो । राज्यको ठुलो धनराशी खर्च भएको छ, चार वर्षसम्म देश अनिर्णयको वन्दी भएको छ, भ्रष्टाचार र महंगीले आकास छोएको छ तर राजनीतिक निकासको वाटो केही पनि देखिएन । यस अवस्थामा अर्को संबिधानसभाको निर्वाचन गर्दा धेरैलाई अपाच्य हुनु स्वभाविकै पनि हो तर बिकल्प छैन ।
अहिलेको अवस्थामा एक प्रकारको वन्दी वनेको मुलुकको राजनीतिक व्यवस्थालाई निकास दिई संस्थागत रुपमा बिकास गर्नका लागि पनि अव निर्वाचन आवश्यक छ । नेपाली जनताले यस वेला सही दल र सही उम्मेदवारलाई चुन्नु पर्ने वेला पनि आएको छ । त्यसैले यस वेला निर्वाचनको बिकल्प छैन । तर, निर्वाचन बिथोल्ने नाममा जनतालाई त्रास फैलाईदैछ । राजनीतिक कार्यकर्ताहरु, उम्मेदवारहरु, सञ्चारकर्मीहरु, आदिलाई समेत निशाना वनाईदैछ ।
निर्वाचनको लागि आम अवस्थाको भन्दा वढी सुरक्षा संवेदनशीलता हुनु जरुरी छ । देशको आन्तरिक मामिलामा सेना  परिचालन गर्ने कुरा कुनै अर्थमा पनि राम्रो होईन तर अव सेनानै  परिचालन गर्ने हो भने राजनीतिक अपराधहरु रोक्नका लागि सेना परिचालन गर्नुपर्छ । बिस्तृत शान्ति सम्झौतापछि व्यारेकमा थन्किएको सेनालाई परिचालन गर्नुपूर्व आधारभुत मानवअधिकारको वारेमा जानकारी गराईनु पर्छ । नत्र उनीहरुले १० वर्षे द्वन्द्वका क्रममा   जसरी जनतालाई सताए फेरी पनि त्यसैगरी जनालाई दुःख दिने  छन । यस कुरामा होसियारी जताउनु आवश्यक छ ।

थप समाचारहरु 

उतै फर्किए लेखराज

अर्को संबिधानसभाको निर्वाचनमा डोटी निर्वाचन क्षेत्र २ वाट भिड्ने पक्कापक्की भएका एकिकृत नेकपा माओवादी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री लेखराज भट्ट फेरी कैलालीतिरै फर्केका छन ।
गत संबिधानसभाको निर्वाचनमा कैलाली क्षेत्र ५ वाट बिजयी हासिल गरेका भट्ट यस पटक पनि सोही निर्वाचन क्षेत्रमा भिड्दै छन । गत मंगलवार साँझसम्म भट्टको उम्मेदवारी डोटी २ मै हुने पक्कापक्की थियो तर कैलाली पार्टीमा बिवाद सृजना भएपछि पार्टी मिलाउन भट्टलाई पुरानै क्षेत्रमा सार्नु परेको पार्टी श्रोतको दावी छ ।
पार्टीको लाईन बिपरित अखण्ड सुदुरपश्चिमको पक्षमा खुलेरै लागेका भट्ट सोही मुद्धाका कारण कैलालीमा चुनाव हार्ने सोचेर सुरक्षित ठाउँ खोज्दै आप्mनो गृहजिल्ला पुगेका थिए ।
सुदुरपश्चिमका सवै चर्चित नेताहरु गृहजिल्लावाटै चुनावी प्रतिस्पर्धा गरिरहेका वेला भट्टलाई भने पार्टीले फेरी पुरानै क्षेत्रमा पठाएको छ ।
भट्टको कैलाली सरुवासंग एमाओवादीमा अर्का भट्टले चुनावी प्रतिस्पर्धा गर्ने जिम्मेवारी पाएका छन ।
गृहक्षेत्र समेत डोटी २ मै भएका एमाओवादी डोटी जिल्ला संगठन समिति संयोजक त्रिलोचन भट्टलाई क्षेत्र १ मा चुनाव लड्ने रहर थियो तर १ मा एमालेवाट पार्टी प्रवेश गरेका पूर्व राष्ट्रियसभा सदस्य मोहन वमले उम्मेदवारी पाएपछि भट्ट आफु चुनाव लड्ने मानसिकतामा पुगेको पार्टी श्रोतको दावी छ । “तर पार्टीले जहाँवाट चुलाव लड भन्यो त्यहीवाट लड्नु पर्ने हुन्छ”, श्रोतले भन्यो “त्यसैले त्रिलोचन जि उम्मेदवार हुनुभयो”

तीन सय ९० जना प्रशिक्षित

मंसिर ४ मा हुने अर्को संबिधानसभा निर्वाचनमा मतदाता शिक्षा सञ्चालन गर्न जिल्लामा तीन सय ९० जनालाई प्रशिक्षित गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी टिकाराम ढकालका अनुसार निर्वाचन शिक्षा प्रशिक्षक २० जना उत्पादन गरिएको छ । प्रशिक्षकहरुमा शिक्षकहरु, सरकारी कर्मचारीहरु, पत्रकार, कानुन व्यवसायीहरु रहेका    छन । गाबिस र नगरका वडा सचिवहरुलाई स्थानीय समन्वयकर्ताका रुपमा प्रशिक्षित गरि परिचालन   गरिएको छ । स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (एलजिसिडीपी) का गाबिस तथा नगरपालिकाका वडाहरुमा रहेका सामाजिक परिचालकहरुलाई निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा प्रशिक्षित गरि परिचालन गरिएको ढकालले वताए ।
यसैगरी मतदान स्थल रहेको बिद्यालयका प्रधानाध्यापकहरुलाई     सुपरिवेक्षकको रुपमा प्रशिक्षित गरिएको छ । डोटीमा एक सय ६ जना मतदान स्थलहरु रहेका छन । प्रत्येक मतदान स्थलवाटवाट एक सुपरिवेक्षकहरु तयार गरिएको हो । यसैगरी महिला स्वास्थ्य स्वयं सेविका र वालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुहरु गरी एक सय ६ जनालाई मतदाता शिक्षा स्वयंसेवकहरु तयार गरिएको छ । मतदाता शिक्षा स्वयंसेवकहरुलाई मतदाताहरुलाई मतदान गर्ने तरिका, मतदाता परिचय पत्र बितरण गर्ने लगायतका जिम्मेवारी दिईएको निर्वाचन अधिकारी ढकालले वताए । मतदाता शिक्षा सामग्री आयोगवाट आउन वाँकी रहेकोले आउने बित्तिकै मतदाता शिक्षा स्वयंसेवकहरुलाई परिचालन गरिने ढकालले वताए ।
यस्तै जिल्लामा ३० जना सञ्चारकर्मीहरुलाई निर्वाच्न र सञ्चार बिषयमा प्रशिक्षण दिईएको   थियो ।

उम्मेदवारी फिर्ता लिन आग्रह  

मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि असोज १७ गते उम्मेदवारी दर्ता गराएका     देशभरीका झण्डै ६ हजार पाँच सयलाई नेकपा–माओवादीको ३३ दलीय मोर्चाले पत्र पठाई उम्मेदवारी फिर्ता लिन आग्रह  गरेको छ ।
मोर्चा संयोजक देव गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ “निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा  राष्ट्रिय सुरक्षार्थ स्थापित नेपाली सेनालाई दुरुपयोग गरिँदैछ ।” वाह्य शक्तिकेन्द्रको गुरुयोजनामा प्रायोजना गरिएको निर्वाचन भएका कारण यस निर्वाचनमा भाग नलिन उम्मेदवारहरुलाई आग्रह गरिएको छ । आग्रह पत्रमा थप भनिएको छ “जवरजस्ती रुपमा प्रायोजित निर्वाचन थोपरी द्वन्द्व निम्त्याउन खोजेको हुनाले तपाईले आप्mनो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमति निर्माणको अभियानमा सहयोग पु¥याईदिन हुन ३३ दलीय मोर्चाको तर्फवाट तपाईलाई हार्दिक आग्रह गरिन्छ ।”
यसैबीच नेकपा–माओवादी डोटीले आईतवार पत्रकार भेटघाट कार्यक्रम मार्फत चुनाव बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पार्टी कार्यालय सिलगढीमा आयोजना गरिएको कार्यक्रममा सो पार्टीका डोटी ईन्चार्ज बिवेक कुमालले चुनाव वहिस्कार कार्यक्रम सार्वजनिक गरेका हुन । सार्वजनिक गरिएको कार्यक्रम अनुसार कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म देशव्यापी आम हड्ताल गरी मंसिर ४ को निर्वाचनलाई सक्रिय रुपमा वहिस्कार गर्ने रहेको छ । थप कार्यक्रममा   उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सुरक्षाकर्मी र राष्ट्रसेवक  कर्मचारीहरुलाई चार दलको राष्ट्रघाती कदममा साथ नदिन अपील गर्ने, मतदान केन्द्र राख्न गाबिस भवन, स्वास्थ्य चौकी, बिद्यालय लगायतमा कार्यालयहरुमा दुरुपयोग हुन नदिन पत्राचार गर्ने रहेका छन ।
त्यस्तै चार दलका शिर्ष नेताहरु जुन जिल्लामा पुग्छन त्यो जिल्ला उक्त दिन वन्द गर्ने, उम्मेदवारहरुका बिरुद्ध सामाजिक वहिस्कार अभियान सञ्चालन गर्ने, उम्मेदवारका घर अगाडी कालो झण्डा गाड्ने रहेका छन । वहिस्कारका कार्यक्रम सार्वजनिक गर्दै ईन्चार्ज कुमालले भने–हामी अहिले पनि शान्तिपूर्ण रुपमा चुनाव सार्न आग्रह गरिरहेका छौं, यदि त्यसो भएन भने चुनावको हामी सशक्त प्रतिवाद गर्छौं ।

कोईरालालाई वागीले सतायो

कांग्रेस सभापति सुशील कोईरालालाई वागी उम्मेदवारका कारण तनाव भएको छ । कोईराला उम्मेदवार वनेको चितवन क्षेत्र ४ वाट पूर्व जिल्ला सभापति वागी उम्मेदवार भएपछि विवाद सुल्झाउन यहाँ जिल्ला नेतालाई राजधानी वोलाईएको छ ।
सभापति कोईरालाकाको वागी वनेर बिकास कोईरालाले उम्मेदवारी दिएपछि समस्या वढेको छ । बिकासले क्षेत्र ३ वाट पनि वागी उम्मेदवारी दिएका छन । केन्द्रीय नेताको आग्रहलाई वेवास्ता गर्दै बिकासले उम्मेदवारी फिर्ता नलिने वताएका छन । जिल्लामा धेरै पटक भएका बैठकमा समेत बिकासले चुनाव लडेरै छाड्ने अडान लिएपछि केन्द्रवाट समाधान गर्न नेताहरु केन्द्रीय कार्यालय पुुगेका हुन ।
छलफल गरेर समाधान गर्नुपर्छ भनेर राजधानी आएका हौं, जिल्ला सभापति टेकप्रसाद गुरुङले भने “सभापतिज्यूको भावनामाथी चोट नपु¥याउन वागी उम्मेदवारी फिर्ता गर्नुपर्छ । बिकासलाई समानुपातिकमा लगेर भएपनि उम्मेदवारी फिर्ता गर्ने उनले वताए । “समानुपातिकका धेरै साथीको नामावली पनि मिलाउनुछ”, उनले भने–मुख्य बिषय वागी उम्मेदवारी फिर्ताको पहल हुनेछ । सहमतिमा वागी फिर्ता गरेर सभापतिज्यूलाई जिताउन सवै कार्यकर्ता एकजुट हुने कुरामा पहल गरिने उनले वताए । बिकासले कुनै हालतमा आप्mनो उम्मेदवारी फिर्ता नगर्ने अडान लिएका छन । क्षेत्र ३ मा समेत स्वतन्त्र उम्मेदवारी दिएका उनले पार्टीले आफुलाई अन्याय गरेकोले न्यायका लागि वागी वनेको वताए । निर्वाचन कार्यालयले सोमवार प्रकाशित गरेको उम्मेदवारको नामावलीमा उनको ना ३ र ४ क्षेत्रमा रहेको छ । क्षेत्र ३ मा उम्मेदवारी पाए सुशीलको क्षेत्रवाट उम्मेदवारी फिर्ता गर्ने उनले वताए ।
पार्टीले आप्mनो नाम क्षेत्र ३ का लागि प्रत्येक्षतर्फ घोषा गरेपछि प्रचारप्रसारमा लागेका बिकासको एकाएक नाम परिवर्तन भएको थियो । बिकासको ठाउँमा भीमवहादुर श्रेष्ठलाई उम्मेदवार वनाउने पार्टी केन्द्रले पुनः निर्णय    गरेपछि बिकासले आप्mनो उम्मदेवारी कायमै राखेका छन । जिल्ला सभापति जीतनाराणा श्रेष्ठले स्वतन्त्र र अन्य पार्टीवाट मनोनयन गरेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन ।

प्रधानाध्यापकनै हाजिर नभएपछि

डोटी कानाचौर गाबिसमा रहेको भगवतेश्वर मावि मेल्टाका प्रधानाध्यापक उदयसिं वम ६ महिना देखि अनुपस्थि छन ।
बिद्यालय श्रोतले दिएको जानकारी अनुसार शैक्षिक सत्रको सुरु देखिनै प्रअ वम कैलालीको टिकापुरमा वस्दै आएका थिए । बिद्यालयमा उनले बिदा पनि मागेका छैनन् र बिद्यालयलाई औपचारिक रुपमा जानकारी पनि छैन । उनले तलव भने   पुरै पाएको बिद्यालय श्रोतको दावी छ ।
बिद्यालय निरीक्षक धनसिं धामीले आफुले पनि सो कुरा सुनेपछि बिद्यालयमै पुगेर प्रअका वारेमा बुझेको वताए ।  “बिरामी बिदामा रहेको भन्ने बिद्यालयमा निवेदन दिएका छन रे, बिद्यालय व्यवस्थापन समिति अध्यक्षसंग भेट नहुँदा निवेदन हेर्न पाईएन” बिनि धामीले भने–मैले मेडिकल रिपोर्ट सहित जिल्ला शिक्षा कार्यालयमा उपस्थित हुन खवर गरेको छु । यस बिषयमा आफुले जिल्ला शिक्षा अधिकारीलाई जानकारी गराउने धामीले जानकारी दिए ।
बिद्यालय श्रोतले भने बिद्यालयमा त्यस्तो कुनै बिदाको जानकारी नभएको दावी गरेको छ । बिनि धामीले पनि बिव्यस अध्यक्ष नभएका कारण निवेदन हेर्न नपाईएको वताए छन । प्रधानाध्यापकलाई बिद्यालयका प्रशासक मानिन्छ । प्रशासकनै बिना जानकारी बद्यालयमा उपस्थित नभए बिद्यालयको प्रशासन र पठनपाठन कस्तो भयो होला आफै अनुमान गर्न सकिन्छ ।

ऋण तिर्न गुहार माग्दै एकल महिला

“श्रीमानको उपचारमा करीव एक लाख रुपैयाँ ऋण लिएर खर्च गरे, अन्ततः न त श्रीमानको जीवन रह्यो न साहुँको ऋण बुझाउने शक्ति छ”
एक संक्रमित महिला गोल्मा दमाई आप्mना पिडा यसरी पोख्छन । १४ वर्षको उमेरमा डोटी मुडेगाउँ गाबिस–३ निवासी प्रसाद दमाईसंग विवाह वन्धनमा वाँधिएकी गोल्मा ३० वर्ष उमेर नपुग्दै बिधवा भईन । १० वर्षको उमेरमै भारत प्रवासमा नौकरी गर्न गएका उनका श्रीमानले भारतवाट फर्कदा ल्याएको एचआईभी श्रीमतिलाई उपहार दिएर गए, साथै पाँच छोरीहरुको पालनपोषणा गर्ने जिम्मेवारी पनि ।
भारतका बिभिन्न सहरहरुमा काम गर्ने प्रसाद पछिल्लो समयमा सपरिवार राजेस्थानको जोधपुरमा वस्दै आएका थिए । पहिलो छोरी घरमै जन्मेपनि वाँकी चार छोरीहरुको जन्म पनि जोधपुरमै भएको गोल्मा वताउँछिन । थला परेका श्रीमानको भारतमा उपचार गराउँदा निको नभएपछि उनलाई घर ल्याईयो । “म संग भएका डेढ दुई तोला सुन पनि श्रीमानको उपचारमै खर्च भयो” गोल्मा भन्छिन–यसले पनि निको नभएपनि साहुँवाट ऋण लिएर श्रीमानको औषधी उपचार गरे । उपचार गराउँदा निको नभएपछि चिकित्सकको सल्लाहमा श्रीमानलाई घर ल्याईयो, गोल्माले भनिन्–घर फर्केको करीव डेढ सालपछि २०७० भाद्र ४ गते उनको मृत्यु भयो ।
“सिड नेपाल नामक गैर सरकारी संस्थाले बाख्रा पालन सहयोग गरेको छ, छोरीहरुलाई कापी–कलम सहयोग गरेको छ”, गोल्माले चार छोरीहरुलाई बिद्यालय पठाईरहेको वताईन । जेठो छोरीको उमेर १४ वर्षको र कान्छी छोरीको उमेर डेढ वर्ष मात्र भएको वताउँने गोल्माले साहुँको ऋण तिर्ने जोहो गरिदिन हुन सवैलाई गुहार्दैछन ।

अन्तरवर्ता 

वर्तमान सरकार परिवर्तन गरिनुु पर्छ र निर्वाचनको मिति पनि सारिनुु पर्छ

मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनको तयारीमा मुलुक जुटिरहेका वेला गत वर्ष मात्रै एकिकृत नेकपा माओवादीवाट अलग्गिएको नेकपा–माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चाले निर्वाचनको सक्रिय वहिस्कार गर्ने योजना वनाएको छ । राजनीतिक सहमति बिना गरिएको निर्वाचनले  कुनै निकास नल्याउने र नयाँ संबिधान पनि वन्न नसक्ने उक्त मोर्चाको धारणा छ । यस अवस्थामा कस्तो छ त ३३ मोर्चाको चुनाव बहिस्कार कार्यक्रम ? किन गर्नुप¥यो चुनाव बहिस्कार र अहिलेका मागहरु के के हुन त ? यि र यस्तै प्रश्नको जवाफ दिन नेकपा–माओवादी डोटीले आयोजना गरेको पत्रकार भेटघाटमा सो पार्टीका जिल्ला ईन्चार्ज बिवेक कुमालसंग भएको छलफलको सार संक्षेप ः

निर्वाचनको बहिस्कार गर्दै हुनुहुन्छ, किन हो ? 

 १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको वलवाट प्राप्त उपलव्धीको रक्षा गर्दै अग्रगामी संबिधान निर्माणका लागि २०६४ सालमा भएको संबिधानसभा निर्वाचनवाट निर्वाचित संबिधानसभाले नयाँ संबिधान निर्माण गर्न सकेन । राजनीतिक सहमतिका आधारमा नयाँ संबिधान निर्माणको सट्टा संबिधानसभालाईनै मृत्युवरण गराईयो । फेरी पनि यो संबिधानसभाको चुनावको नाटक रचेर जनतालाई दुःख दिने काम र राष्ट्रको बिकासको ढुकुटी अनावश्यक रुपमा रित्याउने काम भईरहेको छ । जवसम्म बृहत गोलमेच सभामार्फत राजनीतिक सहमति हुन सक्दैन तवसम्म नयाँ संबिधान निर्माण हुन सक्दैन भन्ने हाम्रो बुझाई हो । त्यसैले यो चुनाववाट वन्ने संबिधानसभाले नयाँ संबिधान निर्माण गर्न सक्दैन भन्ने हामीले बुझेका छौं र हामी चुनावको बहिस्कार गरिरहेका छौं ।

चुनाव त अगाडी बढिसक्यो नि ! अव के हुन्छ त ? 

हामीले चार राजनीतिक दलका शिर्ष नेताहरुसंग र वर्तमान सरकारलाई पनि चुनावको मिति सार्न र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधिश पदवाट  राजीनामा दिन आग्रह गरेका छौं । हामी अहिले पनि निर्वाचनको मिति सार्नु पर्छ र नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चासंग वार्ता गरी राजनीतिक सहमतिका साथ उनीहरुलाई पनि चुनावमा सहभागि गराउनु पर्छ भन्ने माग गरिरहेका छौं । यदि उहाँहरुले मान्नु भयो भने ठिक छ होईन भने हामीले चुनाव बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छौं, हामी सशक्त प्रतिकार गर्छौं । चुनाव कुनै पनि हालतमा हुन दिन्नौं । राष्ट्रिय सुरक्षाका लागि स्थापना भएको नेपाली सेना जस्तो संस्थालाई नितान्त आन्तरिक मामिलाको बिषय चुनावमा परिचालन गरेर वन्दुकको घेराभित्र गराउन खोजिएको यो चुनाव सफल हुँदैन ।

के छ सफल नहुने आधार ? 

पहिलो कुरा त यो सरकार र चार दलीय संयन्त्र अहिलेनै असफल भईसकेको छ । ३३ दलीय मोर्चा लगायत अन्य राजनीतिक दलहरुलाई यसले चुनावमा ल्याउन सकेन । अर्को असफलता यो चुनावको हामी प्रतिकार गर्छौं, जनताले चुनावमा भाग लिदैनन् । चुनाव हुन सक्ने कुनै आधारै छैन । त्यहाँ असफल हुन्छन यि नेताहरु । यदि त्यति हुँदाहुँदै पनि निर्वाचन गराउनतिर यो सरकार र चारदलीय संयन्त्र लागेछन भने २०६२ साल माघ २६ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहीले गराएको निर्वाचन भन्दा फरक हुनेछैन यो निर्वाचन । अनि कस्ले मान्यता दिने ?

तपाईहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको पत्र सवै उम्मेदवारहरुलाई पठाउनु भएको रहेछ, तपाईहरुको आग्रहलाई मानेनन् भने के हुन्छ ? 

उम्मेदवारी फिर्ता लिनका लागि आग्रहै गर्ने हो । फिर्ता नलिएपछि के गर्ने भन्ने कुरा त हामीले कार्यक्रमै सार्वजनिक गरिसकेका छौं, यसलाई फेरी दोहो¥याई राख्नु परेन ।
यो कस्तो किसिमको बहिस्कार हो, बहिस्कार हो कि चुनाव बिथोल्ने हो ? 
बहिस्कारको खाका त हामीले सार्वजनिक गरिसकेका छौं । हामी जनताका बिचमा जान्छौं, निर्वाचनको औचित्य र हामीले निर्वाचन बहिस्कार गर्नुको औचित्य जनतालाई बुझाउँछौं । यो कार्यक्रमले सशक्त प्रतिकार गरेको छ । कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आम हड्तालको कुरा गरेको छ । यो आम हड्तालले के निश्कर्ष निकाल्छ । संघर्ष शान्तिपूर्ण मात्र हुँदैन । संघर्ष भयो भने हिंसा पनि सुरु हुन्छ । त्यसैले हामीले कस्तो प्रकारको कार्यक्रम तय गर्छौं यो बिस्तारै अगाडी आउदै जान्छ । हामी अहिले पनि के चाहान्छौं भने हामीले यि संघर्षका कार्यक्रमहरु गर्नु नपरोस, चार दलका शिर्ष नेताहरुको र यो सरकारको बुद्धि पलायो भने संघर्षका कार्यक्रमहरु गर्नुनै पर्दैन । निर्वाचन पनि यही मितिमा हुन्छ, सरकार पनि यही रहन्छ भनेर “मेरो गोरुको वा¥है टका भन्ने हो भने यस्तो कुरामा हामी सशक्त प्रतिवाद गर्छौं । सवै कुरा उनीहरुकै मान्नु पर्ने अनि यो संबिधान निर्माण हुनै नसक्ने बिदेशी प्रतिक्रियावादीहरुको ईसारामा हुन लागेको नाटक निर्वाचनमा हामी किन सहभागि हुने ? त्यसैले अहिले बहिस्कारै हो, पछि के हुन्छ समयले वताउँछ ।  
तपाईहरुले एमाओवादीसंग तालमेल गर्नका लागि ४० प्रतिसत सिट माग्नु भयो तर माओवादीले १० प्रतिसतमात्र दिन सक्ने भनेपछि तपाईहरु बहिस्कारमा लाग्नु भयो रे, कत्तिको सत्य हो ? 
हल्ला त के के आउँछन आउँछन, तर यो सत्य कुरा होईन, शतप्रतिसत झुटो कुरा   हो । निर्वाचनमा हामी जानेनै भएको भए ४० प्रतिसत, २० प्रतिसत वा १० प्रतिसत कति हुन्थ्यो त्यो त फिल्डको घटनाक्रमले निर्धारण गर्ने कुरा थियो । यहाँ यति प्रतिसत, उति प्रतिसतको त कुरै छैन । त्यसैले यि हल्लाका पछाडी नलाग्न म तपाईहरु र तपाईहरुको सञ्चारमाध्यमहरुवाट जनतलाई आग्रह गर्छु ।
अहिले तपाईहरु चुनावमा सहभागि हुन नसक्ने, चैत्र चुनाव सा¥यो भने हामी सहभागि हुँदैनौं भनेर सदभावना पार्टीले भन्ने अनि चुनावै नहुने त ? 
खास गरेर “नेकपा–माओवादी पार्टीलाई निर्वाचनमा जान अप्ठेरो भएकोले” भन्ने तर्क जुन छ, म यसको जोरदार ढंगले प्रतिवाद गर्न चाहान्छु । जहाँ कि माओवादी भन्दा एकदमै न्युन हैसियत भएका पार्टीहरु चुनावमा गएका छन । अर्को कुरा निर्वाचन मात्रै सार्थक परिणाम होईन, निर्वाचनले मात्रै यो देशको सही निकास निकाल्दैन । निर्वाचन त एउटा साधन हो, साध्य त होईन । साध्य त राजनीतिक निश्कर्ष हो । त्यसैले साध्य  राजनीतिक निश्कर्ष भएका कारणले राजनीतिक निश्कर्ष नभई हामी चुनावमा जाँदैनौं । अव कुन दलले के भन्यो भन्ने कुरा हाम्रो पाटो होईन । सानो पार्टी हुन्छ, निर्वाचनमा जित्न सकिन्न भन्ने डरले हामी चुनावमा नगएका होईनौं ।
तपाईहरु फेरी वर्तमान सरकार परिवर्तनको कुरा गर्दै हुनुहुन्छ, चुनाववाट संबिधानसभा माफर्त नयाँ संबिधान निर्माण गर्नुको सट्टा किन फेरी सरकार परिवर्तन भन्नुहुन्छ, किन ?
सरकार महत्वपूर्ण कुरा होईन, संबिधान महत्वपूर्ण कुरा हो । देशमा राजनीतिक सहमति हुन्छ भने वर्तमान सरकारलाई परिवर्तन गर्न किन समस्या भयो । बिगतका दिनहरुमा पनि राजनीतिक सहमतिकै लागि प्रचण्डले, माधव कुमार नेपालले, झलनाथ खनालले र स्वयं वावुराम भट्टराईले पनि राजीनामा दिएका हुन । उनीहरुले राजीनामा दिँदा केही न केही त निकास आएको थियो नि ! हामी अल्झिदै निकास निकाल्दै यहाँसम्म आईपुगेको कुरा त साँचो हो नि ! राजनीतिक द्वन्द्व समाधान हुन्छ भने, द्वन्द्ववाट देश मुक्त हुन्छ भने सरकार परिवर्तन गर्ने कुरा धेरै ठुलो कुरै होईन ।
अहिले तपाईहरुको मुख्य माग के हो ?
खास त हामीले ७० बुँदे मागपत्र सरकारलाई पहिलेनै बुझाई सकेका छौं । त्यसमा तत्काल कार्यान्वयन गर्न सक्ने मागहरु १८ वटा हुन । त्यसमा पनि तत्कालैका लागि सरकार परिवर्तन गरिनुपर्छ र चुनावको मिति सारिनुपर्छ । यसरी सहमतिको सुरुवात भयो भने एकपछि अर्को सहमति हुँदै जान्छ, सहमतिको श्रृंखला जोडिदै जान्छ । निर्वाचनको मिति सारी सकेपछि त्यो बिचमा सवैले तयारी गर्नु पर्छ र सहमतिका साथ अगाडी जानु पर्छ भन्ने हो ।
पहिले सरकार परिवर्तन कि निर्वाचनको मिति सार्ने काम ?
 यो दुईटै संगसंगै गर्नु पर्छ । अव पहिलो र दोश्रो भन्ने कुरै छैन । सरकार पनि परिवर्तन हुनुपर्छ, निर्वाचनको मिति पनि सार्नुपर्छ । यसभित्र राजनीतिक सहमति हुनुपर्छ । राजनीतिक निश्कर्ष निकालिनु पर्छ ।
यदि चुनाव सारिएन भने तपाईहरुको आन्दोलनका क्रियाकलापहरु कस्ता–कस्ता हुन्छन ? 
मैले माथीनै भनिसके कार्तिक २५ गते देखि मंसिर ५ गतेसम्म हामी १० दिन आम हड्ताल गर्छौं । त्यो हामीले सार्वजनिक गरिसकेका छौं । त्यसैगरी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन पत्र पठाईसकेका छौं, त्यो भएन भने उम्मेदवारको घर अगाडी कालो झण्डा गाड्ने, उम्मेदवारहरुलाई सार्वजनिक बहिस्कार गर्ने कार्यक्रम समेत हामीले तय गरेका छौं । यो आन्दोलनको मुख्य पाटो नागरिक सचेतिकरण हो । हामी निर्वाचनको किन औचित्य तैन र हामी किन निर्वाचन बहिस्कार गर्दैछौं भन्ने वारेमा जनतालाई   राम्रो संग बुझाउने प्रयास गर्ने छौं ।   मैले फेरी पनि के भनेको छु भने आन्दोलन शान्तिपूर्ण हुने वा हिंसात्मक हुने भन्ने वारेमा अहिले देखिनै चार राजनीतिक दल र यो सरकारले सोच्नु पर्ने हुन्छ । यही हो हाम्रो कार्यक्रम ।

छोटकरी समाचार 

खुला दिशाँमुक्त वडा

सन् २०१५ सम्म खुला दिशामुक्त जिल्ला घोषणा गर्ने सरकारी रणनीति अनुसार डोटी जिल्लाको नगरपालिकाको पहिलो खुला दिशा मुक्त वडाको रुपमा वडा नं. २ घोषणा भएको छ ।
आईतवार एक कार्यक्रमका विच उक्त वडालाई पहिलो दिशामुक्त बडाको रुपमा घोषणा गरिएको दिपायल सिलगढी    नगरपालिका प्राविधिक तथा वडा २ का सचिब दिपकराज श्रेष्ठले बिम्ब साप्ताहिकलाई जानकारी गराएका छन् । श्रेष्ठका अनुसार उक्त वडामा २ सय घरघुरी मध्ये १९५ पक्क र ५ वडा कच्ची शौचालय रहेका छन ।
कार्यक्रममा स्थानीय  राजनितिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजीवि, स्थानीयवासीहरुको सहभागीता    रहेको थियो । कार्यक्रम स्थानीय राधाकृष्ण मन्दिरमा भएको श्रेष्ठले जानकारी गराएका छन् ।

शुभकामना आदान–प्रदान

सम बिकास केन्द्र (ईडिसी) डोटी नामक गैर सरकारी संस्थाले सोमवार जिल्ला सदरमुकाम सिलगढी मा बिजया दशमी तथा शुभ दिपावली २०७० सालको शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष अधिराज बिसीका अनुसार शुभकामना आदानप्रदान कार्यक्रममा  राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी÷गैसस प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।
शुभकामना आदानप्रदान संगै मंसिर ४ मा हुने अर्को संबिधानसभाको चुनावको पनि शुभकामना आदनप्रदान भएको अध्यक्ष बिसीले वताएका छन ।

मोफसल पत्रकारिता 

विज्ञापनमा यति प्रतिशत घटाइदिन्छु भन्छन्

सुजन विडारी
हेटौंडा टाइम्स साप्ताहिक प्रकाशक

तपार्इंको पुरा परिचय पाउँ न ?
मेरो नाम सुजन विडारी हो । मकवानपुरबाट विगत ५ वर्षदेखि प्रकाशित हेटौंडा टाइम्स साप्ताहिकको प्रकाशन क्षेत्रमा रहेर कार्य  गरिरहेको छु । त्यस्तै छापा माध्यमहरुको राष्ट्रिय सञ्जाल मकवानपुरको कोषाध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यमा रही कार्य गरिरहेको छु ।
 पत्रकारिता पेशानै किन रोज्नु भयो ?
खासमा, यो पेशामा लाग्ने सोंच सुरुमा त थिएन, एसएलसीपछि गाउँबाट हेटौंडामा केही गर्ने उद्देश्यले झरियो, त्यसपछि सञ्चार माध्यममा कार्यरत केही पत्रकार दाई÷साथीहरुमाझ परिचित भएपछि हेटौंडामा भर्खर भर्खर सञ्चालनमा आएको हेटौंडा सन्देश दैनिक पत्रिकामा छिरियो, त्यो दिनदेखि आजसम्म यही पेशाले तानिरहेको छ, मोसफलमा बसेर पत्रकारिता गर्दा बाँच्नलाई पनि गा¥हो छ, तै पनि यो पेशाबाट अन्यन्त्र लाग्न मन नै लागेन ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोसफलमा बसेर पत्रकारिता गर्दा कुनैपनि विट भन्दा पनि सबै क्षेत्रमा रिपोर्टिङ गर्न हिड्नुपर्छ । यहाँ कुनैपनि विट भन्ने हुँदैन । जहाँसम्म मेरो रुचीको कुरा छ, मलाई आपराधिक गतिविधि, युद्ध तथा         राजनीतिक क्षेत्रमा पत्रकारिता गर्न मन पर्छ । र सम्भव भएसम्म गरि पनि रहेको छु ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
सञ्चारमाध्यममा जोडिएर काम गर्न थालेको माघ महिनाबाट १० वर्षमा पुगियो ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारिता पेशामा लागेपछि समस्याहरु धेरै आउँदा रहेछन् । हामीले चाहेर या नचाहेर थोरै मित्र र  धेरै सत्रु कमाइने रहेछ । यस क्षेत्रमा लागेपछि समय–समयमा विभिन्न क्षेत्रका व्यक्तिहरुको दवाव, धम्की सहनुपर्ने र मोसफलमा बसेर पत्रकारिताबाट जिविकोपार्जन गर्न नै कठिन अवस्था पर्ने रहेछ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट नै छु । मोसफलमा बसेर पत्रकारिता गर्दा संघर्ष बढी गर्नुपर्छ । यहाँ ठूला लगानीका सञ्चारमाध्यमहरु छैनन् । मोसफलमा काम गर्ने धेरै सञ्चारकर्मीहरु आफै पियन, हकर तथा मालिकको काम गर्न बाध्य छन् । मकवानपुरमा पनि यस्ता संञ्चारकर्मीहरु बढी छन् । मेहनत बढी भन्दा बढी र फाइदा एकदमै कम रहेको अवस्थामा मकवानपुरका सञ्चारकर्मीहरु रहेका छन् । त्यसैले यस क्षेत्रमा लागेर बाँच्न सकिने स्थिति नदेखेर कति त (हाल पत्रकार महासंघको कार्यसमितिमा रहेका केही संञ्चारकर्मीहरु) विदेशिएका पनि छन् । तर पनि यहाँ काम गर्ने अधिकांश सञ्चारकर्मीहरु बाहिर देखिदा सन्तुष्ट नै देखिन्छन् । र म पनि सन्तुष्ट नै छु ।
 तपाइले सञ्चालन गरिरहेको हेटौंडा टाइम्स कसरी चलिरहेको छ ?
मैले विगत ५ वर्षदेखि निरन्तररुपमा हेटौंडा टाइम्स सञ्चालन गरिरहेको छु । यसको लागि मैले धेरै चुनौतीहरु पनि व्यहोर्नुप¥यो व्योहोरिरहेको पनि छु । दुःख कष्टका साथ भएपनि हेटौंडाबाट हरेक आइतबार प्रकाशित भइरहेको छ । मकवानपुरमा धेरै अवसरहरु भएपनि सञ्चारमाध्यमहरुलाई हेर्ने    धारणामा परिवर्तन हुन सकिरहेको छैन् । यहाँका संघ, संस्था, उद्योगी, व्यवसायीहरुले पत्रकारितालाई राम्रोसँग बुझ्न सकिरहेका छैनन् र हामी सञ्चारकर्मीैहरुले बुझाउन पनि नसकेको हो कि जस्तो लाग्छ । मकवानपुरमा पत्रपत्रिका वा रेडियो चलाउन पनि विज्ञापनको ठूलो अभाव खड्किरहेको अवस्था छ । यहाँ हामी एउटा सञ्चारमाध्यममा काम गरेर त्यहाँबाट आएको तलव सम्पूर्ण खर्चेर अर्को संञ्चारमाध्यम चलाउने आधा दर्जन बढी सञ्चारकर्मीहरु छन् । हेटौंडा टाइम्स चलाउन म आफैं पनि अर्को संञ्चारमाध्यममा काम गरेर चलाउन बाध्य भइरहेको अवस्था छ ।
 मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई  ?
मेसफलमा बसेर पत्रकारिता गर्नु धेरै कठिन छ, यहाँ सञ्चारमाध्यमबाट पाउने तलवलगायत अन्य सुविधाहरु एकदमै कम पाउने अवस्था छ । र यहाँ काम गर्ने संञ्चारकर्मीहरु पनि त्युत्तिमै चुप लागेर बस्नुपर्ने अवस्था पनि छ । मकवानपुरको हेटौंडा सानो शहर, धेरै रेडियो, दैनिक पत्रिका, साप्ताहिक पत्रिकाहरु सञ्चालनमा रहेका छन् । यहाँ तलव ४ हजार खाएर ६५०० सय खाइरहेको छु, मेरो मिडियाले श्रम ऐन अनुसार तलव दिएको छ भनेर कागजीरुपमा हस्ताक्षर गर्न बाध्य छन् सञ्चारकर्मीहरु, अझ रेडियोहरुमा त आफ्नो श्वर श्रोतालाई सुनाउनकै लागि तलव नपाएपनि काम गर्ने व्यक्तिहरु दिनदिनै बढ्दै गइरहेका छन् । यहाँका संञ्चारमाध्यमहरु, सञ्चारकर्मीहरुको संघसंगठनहरु, पत्रकार महासंघ मिलेर एक भएर अगाडी बढ्न सकिएन भने यहाँ मोसफलमा रहेर काम गर्ने पत्रकारहरु एकाध (जो सबैको अगाडी घुस खान्छन्÷खाएको थाहा हुन्छ) बाहेक माथि उकासिने अवस्था अहिलेसम्म छैन् ।
 हेटौंडा त बिकसितै ठाउँ हो, त्यति धेरै गा¥हो त पर्दैन होला नि !
 बाहिरबाट हेर्दा मोसफलमा मकवानपुर जिल्ला पत्रकारिताको लागि धेरै राम्रो छ । तर, यहाँ काम गर्न
गाहे भने कम छैन् । यहाँ हेटौंडा नगरपालिकाभित्र रहेका ३ दर्जन भन्दा बढी राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने उद्योग तथा केही बहुराष्ट्रिय (युनिलिभर) जस्ता उद्योगहरु यहीं छन् । बडो दुःखका साथ भन्नुपर्छ तिनीहरु (उद्योगहरु) बाट यहाँका कुनैपनि संञ्चार माध्यम र त्यहाँ कार्यरत सञ्चारकर्मीहरुले कुनैपनि किसिमको फाइदा पाउन सकेका छ्रनन् ।  यहाँ पत्रकार महासंघ, तथा राजनैतिक दल समर्थित संचारकर्मीहरुको संघसंगठनले यहाँ रहेका बहुराष्ट्रिय उद्योगहरुलगायत यहाँ रहेको ३ दर्जनभन्दा बढी राष्ट्रिय उद्योगहरुसंग समन्वय गराएर बार्षिकरुपमा विज्ञापन उपलब्ध गराउने वातावरण भएको भए सायद यहाँका सञ्चार माध्यमहरु खुल्ने र बन्द भइरहने अवस्था रहदैनथ्यो होला ।
 मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ? 
 समस्या छ । मकवानपुरमा धेरै संञ्चारमाध्यम र सञ्चारकर्मीहरु बढिरहेको अवस्था छ । ठाउँ सानो छ तर यहाँ अहिले विज्ञापन तथा समाचारमा धेरै प्रतिस्पर्धा चलिरहेको छ । को अगाडी मुख्य समाचार बजाउने प्रकाशन गर्ने र अर्को सञ्चारमाध्यमको भन्दा यति प्रतिशत बढी विज्ञापनमा घटाइदिन्छु भन्दै कमाउने ध्याउन्नमा लागेका भेटिन्छन् । कुन महत्वपूर्ण हो र कुन चाही विषय उठाउँदा जनतामा प्रत्यक्ष फाइदा हुन्छ भन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भन्नेतर्फ यहाँका सञ्चारमाध्यहरु लागिरहेको देख्न सकिन्छ । यसले भोलीका दिनमा विकराल रुप लिन सक्नेतर्फ कसैको ध्यान केन्द्रित भएको देख्न सकिएको छैन् । मोसफलमा पनि मिडियाहरुमा उद्योगी व्यवसायीहरुले आफू अनुकुल सञ्चारमाध्यम चलाउने टूेण्डको विकास गरिरहेका  छन् । यसले गर्दा अवका दिनमा समस्याहरु बढी नै छन् ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
हा....हा...हा....। मोफसलमा बसेर पत्रकारिता गर्नु कम्ती चुनौतीको कुरा होइन । उपत्यकाबाट सञ्चालित ठूला मिडियामा कार्यरत सञ्चारकर्मीबाहेक अन्य यो क्षेत्रमा लागेर काम गर्ने सञ्चारकर्मीलाई आफू एक्लै बाँच्नलाई धौ–धौ पर्ने स्थिति छ । मैले अगाडी पनि भने यहाँ (मकवानपुरका) आधाजसो क्रियाशिल सञ्चारकर्मीहरु आफैं प्रकाशक, आफैं वितरक, आफैं पिएन र आफै रिपोर्टर÷सम्पादक भएर काम गरिरहेका छौं । यहाँ  (दैनिक÷साप्ताहिक) लाई चाहिने जति निश्चित कर्मचारी राख्न सकिरहेको अवस्था छैन् । हो, केही कमाउने र कमाएका सञ्चारकर्मीहरु पनि छन्, जो कमाए उनीहरु व्यवसायी उद्योगी भइसके, जो कमाउन सकेनन् उनीहरु मकवानपुरको पत्रकारितालाई धानेर बसिरहेका छन् । मैले पनि कमाएको भए सायद उद्योगपति भइसक्थे कि
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ? 
अहिले पछिल्लो समय यस्तो प्रवृत्ति धेरै बढिरहेको छ । त्यस्तै कारणबाट केही सञ्चारकर्मीहरु बदनामित पनि भएका छन् । यो पेशालाई प्रतिष्ठित र इज्जतदार बनाउन हामी आफैले नसकेका हौं । यसमा सरकार चुकेको हो कि जस्तो लाग्छ । स्पष्ट कानून ल्याएर कार्यान्वयन तहमा जानसक्नु पथ्र्यो । यो अहिले सम्भव हुन सकेको छैन र भएन पनि । सञ्चारकर्मीहरुलाई चाही छुट हुने भन्ने हुँदैन तर, यस्तो गलत क्रियाकलाप ग¥यो भने के गर्ने भन्ने सञ्चार ऐनमा स्पष्ट व्यवस्था गरेर कार्वाही गर्न सक्नुपर्छ । यो घट्ना उपत्यकालगायत मोसफलका हरेक जिल्लामा देखिएको अवस्था हो ।
 अन्त्यमा केही भन्न मन लागेको छ ? 
मलाई मकवानपुर जिल्लामा रहेका संञ्चारसंस्था र सञ्चारकर्मीको बारेमा आफ्नो मनमा लागेको कुरा राख्न डोटीबाट बिम्ब साप्ताहिकले जुन अवसर दियो, यसको लागि बिम्ब साप्ताहिक र यसका टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

स्वास्थ्य सन्देश

के तपाई माछा मासु किन्दै हुनुहुन्छ ? 

पर्खनुहोस                           —गणेशवहादुर ऐर
हामी भन्छौं अस्वस्थ मासुवाट मानिसलाई कैयौं रोगहरु  लाग्छन ।
त्यसकारण प्रत्येक नगरपालिकाले नगरवासीहरुलाई स्वच्छ र स्वस्थ्यकर मासु उपलव्ध गराउने प्रयास सुरु गरेको अभियानमा तपाईले पनि मासु किन्न अघि ध्यान दिनुहोस ।
हतार नगर्नुहोस ः तपाईले किन्न लागेको मासु कहाँवाट ल्याएको हो ? नगरपालिकाले ईजाजत दिएको ठाउँको हो की होईन, मासु बेच्ने पसल नगरपालिकामा दर्ता भएको छ कि छैन, मासु पसल सुधारिएको छ कि छैन, पहिला बुुभ्mनुहोला र मात्र मासु बेच्ने मानिसले लगाएको लुगा कत्तिको सफा छ, मासु पसल वरीपरी कत्तिको सफा छ ? मासुमा झिँगा भन्केका त छैनन् ? पसलमा राखेको पानी कत्तिको सफा छ हेर्नुहोस अनि मात्र मासु किन्नु होला ।
हामी उपभोक्ता र मासु व्यवसायीहरु यि कुरामा ध्यान दिऔं
उपभोक्ताले यसरी जथाभावी वध गरी खुला बिक्री गर्न राखेको, सडेगलेको, भिंmगा भन्किएको, रगत जमेर रातो देखिने र फोहर लसपस भएको माछा मासु नकिनौं ।
छाला सहितको मासु भन्दा छाला निकालेको मासु र स्वस्थकर हुने हुँदा छाला नभएको मासु खाने वानी वसालौं ।
चिस्यानमा (फ्रिजमा) राखेको मासु आलो मासु भन्दा स्वच्छ र स्वस्थकर हुने हुँदा स्वच्छ सफा ठाउँमा व्यवस्थित ढंगले बध गरी चिस्यान फ्रिज अवथा डिप–फ्रिजमा राखेको मासु मात्र खरीद गरौं ।
मासु व्यवसायीले स्वस्थकर मासु उत्पादन र बिक्री बितरण गर्न न.पा. वाट तोकिएको मापदण्डहरु पालना गरौं ।

“स्वस्थ जीवनशैली, स्वस्थ रक्तचाप”

  बिश्व स्वास्थ्य दिवस २०१३ मा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. फडिन्द्र बरालद्वारा प्रस्तुत कार्यपत्र ः

ड्डउच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरुमा चाप वढि हुने गर्दछ ।
ड्ड यसले गर्दा रक्तनलीहरुमा क्षति पुग्नुका साथै ती रक्तनलिहरु वन्द हुने सम्भावना वढाउछ ।
उच्च रक्तचापको अवस्था
ड्ड दक्षिण पुर्वी एसियाली क्षेत्रमा प्रत्येक ३ वयस्कमा १ जनामा उच्च रक्तचाप देखिएको छ । ड्ड दक्षिण पुर्वी एसियाली क्षेत्रमा प्रत्येक वर्ष लगभग १५ लाख मानिसहरुको मृत्य उच्च रक्तचापको कारणले हुने गर्दछ । ड्ड मानिसको उमेर संगै उच्च रक्तचापको जोखिमा पनि वृद्धि हुदै जान्छ । ड्ड२० देखि २९ वर्ष समुह १० मध्ये १ जनालाई
ड्ड५० वर्ष उमेर समुह १० मध्ये ५ जनालाई ।
 ड्ड विश्वमा ७५ लाख मानिसहरुको मृत्यु उच्च रक्तचापको कारण ले हुन्छ ।
कारणहरु
¨ Essential HTN
Etiology not known, multifactorial causes
- Genetic, -Low birth weight and subsequent high BP
- Environment factors, -Obesity, -Alcohol on excess, High sodium intake, -Etiology
Secondary HTN
- Renal disease, -Renal vascular disease, - Renal artery stenosis
- Diabetic nephropathy, - Collagen vascular disease eg. SLE, PAN, -Renal parenchymal disease, - Glomerulonephritis
- Chronic pyelonephritis, - PKD
Endocrinal disease
o Adrenocortical hyperfunction
- Cushing's disease, - Conn's syndrome
- CAH (11B-OH, 17-OH defn)
o Pheochromocytoma, o Myxedema, o Thyrotoxocosis
o acromegaly, o Hyperparathyroidism (causes renal damage)
Etilogy
Secondary HTN
¨ Drugs, ¨ OCPs, ¨ Steriods, ¨ NSAIDs
¨ Sympathomimetic drugs
Others
¨ Coarctation of aorta, ¨ Toxemia of pregnancy

¨ Increased intravascular volume (excessive transfusion, polycythemia)

जोखिम तत्वहरु

o Overweight/Obesity, o Increases dietary sodium intake
o Decreased physical activity, o         Increased alcohol consumption

o Lower dietary intake of fruits, vegetables and potassium

लक्षणहरु

ड्डअधिक मात्रामा टाउको दुख्ने, ड्डनाकवाट रगत वग्ने, ड्डरिंगाटा लाग्ने
ड्डदृष्टि समस्या आउने, ड्डछाति दुख्ने, ड्ड श्वासप्रश्वासमा समस्या, ड्ड पिसावमा रगत देखिन, ड्डकमजोरी पन, ड्ड अत्तालिन, निद्रा कम लाग्नु, ड्डवेहोस हुनु

परिणामहरु

हृदयघात, ड्डमस्तिस्क घात,
मृगौलाको कार्यमा अवरोध,
अन्धोपन,
मुटुको अनियमित चाल,

उच्च रक्तचापमा गनुपर्ने जाचहरु

o Urinanalysis, Hematocrit, Plasma Glucose, Serum electrolytes

o Serum urea and creatinine, Calcium, Uric acid, Fasting lipid levels, Chest radiography, Electrocardiogram, Echocardiography 

उच्च रक्तचाप नियन्त्रणका उपायहरु

शरीरको तौल सन्तुलित राख्ने, ड्ड धुम्रपान तथा मध्यपान त्याग्ने
सन्तुलित भोजन गर्ने, ड्डनियमित व्यायम गर्ने, ड्डतनावको उचित व्यवस्थापन गर्ने
दैनिक रुपमा प्रयोग हुने नुनको मात्रा कम गर्ने, ड्डवोसो युक्त खाना कम खाने
फलफुल तथा सागसव्जिको मात्रा वढाउने, ड्डनियमित रक्तचाप परिक्षण गर्ने
चिकित्सकको सल्लाह वमोजिम औषधि सेवन गर्ने ।

आप्mनो दाँतलाई काम गर्न सक्ने अवस्थामा राख्नु भनेको आधा उत्सव मनाईनु जस्तै हो ।

.........डा.दिनेशकुमार कार्की

दशैं, सम्पूर्ण नेपालीको प्रमुख चाँड हो भने दाँत त्यो चाँडलाई सही रुपमा सदुपयोग गराउने सहयोग गर्ने अंग । हुन त, दाँतको महत्व प्रत्येक क्षण क्षणमा  रहन्छ तर घरिघरि मिठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने, सामाजिक भेटघाटमा हाजिर भएर निर्धक्कसंग गलल्ल हाँस्ने यो चाँडको समयमा दाँतको महत्व झनै देखिन्छ । यो बखत आप्mनो दाँतलाई काम गर्न सक्ने अवस्थामा राख्नु भनेको आधा उत्सव मनाईनु जस्तै हो ।
एक जना साहित्यकार दाजुले भन्नुभो “मेरो पछाडीको दुई दाँतको बिचमा चेप छ । खाना खाएपछि टन्किन थाल्छ, केही छ समाधान ? एक वयस्क मान्छेले भन्नुभो “दाँत दुख्छ, मासु त माक्लाकमुक्लुक     पारेर निलिन्छ तर निलिसकेपछि पेट अलि गड्याङ–गुडुङ गर्छ । के छ उपाय ?
यहाँ प्रस्तुत गरिएका कुरा दशैंजस्ता चाँडवाडमा देखिने दाँतसम्वन्धि प्रतिनिधि समस्याहरु मात्र हुन । हाम्रो घर, परिवार  र समाजमा यस्ता समस्या वोकेका धेरै नै छौं, जसले चाँडवाडमा भाँडाभरी पाकेको मिठो कुरालाई टाढैंवाट ईन्कार गराउन  सक्छ । बल्लवल्ल मिल्न लागेको साथीभाई आफन्तसंगको भेटघाटलाई दुखेको दाँतको ऐया–ऐयाले खल्लो वनाई दिन सक्छ । खुलेर हास्न मनले त चाहान्छ तर च्वासच्वास दुखेको दाँतले लगाम लगाउँछ ।
दाँत दुख्ने कारण धेरै छन–किराले खाएको, वर्षौंदेखि कमजोरी, यो त्यो । तर अहिले चाँहि चाँडवाँड बिशेषमा हुने समस्याका वारेमा मात्र कुरा गरौं । धेरै सा¥हो कुरा जस्तै मासुको हड्डी र खाना खाईसकेपछि खाईने सुपारी, छुर्पीजस्ता चिज चपाउँदा दाँत चोईटन सक्छ, ठुलो चोईटो गयो भने त्यो चोईटोले एक त गिजामा घोच्छ अनि अर्को दातको अलि भित्री भाग देखिएर सिरिङ–सिरिङ गरेर पिडा खपी नसक्नुको हुन्छ । तसर्थ धेरै सा¥हो कुरा खाँदा सोचेर टोक्ने गरौं ।
गुलिया, अमिला, चाम्रा टाँसिने र अनिगिन्ती मिठा मसिना कुरा खाने क्रममा प्रत्येक दुई दाँतका चेपचेपमा धेरथोर खाने कुरा अड्किन्छ । समयमा सफा नहुँदा त्यो अड्केको खानेकुरा बिस्तारै कुहिन थाल्छ र बिस्तारै दाँतलाई कुहाउन त थाल्छ नै त्यसको गिजा सुनिने, खुकुलो हुने र गिजाभित्रको हडड्ी पनि बिस्तारै कमजोर हुन्छ । त्यो हड्डी जसले दाँतलाई अड्याएको हुन्छ, आफैं कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन, चसचस दुख्न थाल्छ ।

अव के गर्ने त ? 

दशैंमा दाँतका अस्पताल कम खुल्लान्, अवश्य पनि । त्यसमा पनि ईस्टमित्र धान्न जाने कि दाँतको     अस्पताल ? मिठो कुरा खाएर मज्जाले बस्ने कि दाँतको अस्पताल ? टिको टालामा जाने कि दाँतको अस्पताल ? पिङ खेल्न जाने कि दाँतको अस्पताल ? त्यसो भएपछि अव रोकथामको    कुरा गरौं । नयाँ बुरुस, एउटा दाँत सफा गर्ने धागो (डेन्टल फ्लस) र अलि राम्रो खालको छेस्का (टुथ पिक्स) अनि मुख कुल्ला गर्ने एक सिसी गार्गल र आपतकालीन दुखाई कम गर्ने ओखती खरीद गर्न नबिसांै ।
अनि प्रत्येक पटक टन्न खाना खाईसकेपछि प्mसले दाँतका चेपचेपवाट सवै फोहोर निकालौं । नयाँ बुरुषले नरम तरिकाले माझौं । धागोले दाँत सफाल गर्दा दाँत फाट्छ भन्ने निराधार हल्ला हो, गरेर हेर्नुस । जान्नु भएन भने ईटरनेटवाट पनि सहजै सिक्न सकिन्छ । बुरुस गर्दा सकभर नरम बुरुषले बिस्तारै गर्नुस र त्यसो गर्दा गिजालाई हानी हुँदैन । कुल्ला गर्ने औषधी धेरै प्रयोग नगर्नुहोस । दात कालो वनाउन सक्छ ।

मानसिक स्वास्थ्य एक परिचय

मानसिक स्वास्थ्य भन्नाले के बुझिन्छ ? 
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको मनले गर्ने बिभिन्न कामहरु जस्तै चेतना तथा स्पर्श, भावनात्मक अनुभुति तथा सोचाई आदिमा गडवडी नभईकन निरन्तर रुपमा सम्पन्न गर्न सक्नु हो । बिश्व स्वास्थ्य संगठनको परिभाष अनुसार मानसिक स्वास्थ्य भनेको व्यक्तिको सुस्वास्थ्यको अवस्था हो जसमा व्यक्तिले आफुसंग भएको सामथ्र्यलाई महसुस गर्न सक्छ, जीवनका सामान्य तनावहरुलाई सहन सक्छ र आफ्नो क्षमता अनुसार परिवार र समाजको लागि योगदान गर्न सक्छ । त्यसैले मानसिक रुपमा स्वस्थ व्यक्तिले आप्mनो सोचाई, भावना र व्यवहारहरुलाई समाजमा सवैले मान्य हुने ढंगले प्रकट गर्दछन । उनीहरुमा बिभिन्न सामाजिक परिस्थिति अनुसार मनवाट प्रकट हुने बिचार संवेग र भावनाहरु पनि सामान्य रहन्छ ।
मानसिक रोगी भनेको के हो ? 
व्यक्तिको मनका बिभिन्न कार्यहरु चेतना, भावना, संवेग, अनुभुति, बिचार वा सोचाईहरुमा नियमित रुपमा आउने बिचलनले गर्दा व्यवहारमा जुन गडवडी देखिन्छ, त्यसलाई मानसिक रोग भनिन्छ । यस्तो रोग लागेको व्यक्तिको भावना वा संवेग, सोचाई र व्यवहार सामान्य मान्छेको जस्तो सरल हुँदैन र यसको कारणले गर्दा उनीहरुको पारिवारिक सामाजिक तथा आर्थिक पक्षहरुमा नकारात्मक प्रभाव देखिन्छ भने            पारिवारका अन्य सदस्यहरुमा पनि यसको प्रभाव रहेको हुन्छ । कडा, कम कडा र छारेरोग समेत गरी नेपालमा आम जनसंख्याको कम्तीमा पनि २० प्रतिसत मानिसहरु कुनै न कुनै किसिमको मानसिक वा अन्य भावनात्मक समस्या छ भनेर अनुमान गरिएको छ ।
मानसिक स्वास्थ्य र मानसिक रोगहरु वारे हाम्रो समाजमा अन्धबिश्वास, गलत धारणाहरु र भ्रमहरु व्याप्त छन । मानसिक रोग भनेको दिमाग बिग्रनु हो, यसको औषधी उपचार छैन, धामी झाक्रीले मात्र यसको उपचार गर्न सक्छन वा भुतप्रेत लागो भागोलाई ठेगान नलगाईकन यसको उपचार हुँदैन भन्ने खाले गलत बुझाई धेरैमा छ । त्यस्तै मानसिक रोगीलाई विवाह गरिदिए निको हुन्छ, मानसिक रोग लागेको छ भन्दा लाज हुन्छ, त्यसैले कसैलाई भन्न हुँदैन जस्ता सोचाईहरु छन । हुन सक्छ शिक्षा, गरीवी, जन चेतनाको कमी वा सयौं वर्ष देखि चल्दै आएको बिश्वासले यस्तो भएको होला । मेडिकल साईन्सले अहिले धेरै प्रगति गरिसकेको छ, मानसिक रोगहरु किन हुन्छन भन्ने  जानकारी बढेको छ । र उपचारको लागि औषधी र मनोबैज्ञानिक उपचार बिधिहरु पनि बिकास भएका छन । रोगलाई लुकाएर राख्दा झन बढ्दै जाने, गलत उपचार पद्दतिले फाईदाको बदला हानी गर्ने हुनाले मानसिक रोगहरुका वारेमा सही जानकारी हुनु आजको आवश्यता हो ।
मानसिक रुपले स्वस्थ व्यक्तिमा निम्न कुराहरु हुनु पर्दछ ।
१. समय तथा वातावरण अनुसार अगाडी वढ्न सक्ने क्षमता
२. जीवनमा आईपर्ने सामान्य कठिनाई तथा तनावलाई व्यवस्थापन गर्ने क्षमता
३. भावनात्मक परिस्थितिमा ज्यादै बिचलित नहुने गुण
४. अर्थपूर्ण रुपले जीवनयापन गर्न सक्ने क्षमता
५. उत्पादनशील तथा फलदायी काम गर्न सक्ने
६. अरु व्यक्तिहरुसंग राम्रो सम्वन्ध जोड्न सक्ने र त्यस्तो सम्वन्धलाई निरन्तरता दिने ।
७. कुनै पनि किसिमका मानसिक रोगका खास तथा मुख्य लक्षणहरु नभएको ।
नेपालमा देखिने प्रमुख मानसिक रोगहरु 
बिश्वमा देखिएका धेरै जसो मानसिक स्वास्थ्य समस्याहरु नेपालमा पनि देखिएका छन । नेपालमा देखिने प्रमुख मानसिक रोगहरुमा दिक्दारीपन, चिन्तासम्वन्धि रोगहरु, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या,  निन्द्रा सम्वन्धि समस्याहरु, बिकृत तनाव, यौनजन्य मानसिक समस्याहरु, मानसिक चोटपटक लागेका कारण तथा संक्रमण भउका कारण देखिने मानसिक समस्याहरु  आदि छन । त्यस्तै केटाकेटी तथा किशोरकिशोरीहरुमा व्यवहारिक तथा भावनात्मक समस्याहरु पनि देखिएका छन ।
थप जानकारीका लागि बिम्ब सप्ताहिकका आगामी अंकहरु पढ्दै गर्नुहोला ।

“स्वास्थ्य सन्देश” अभियान प्रत्येक महिना प्रकासन हुने व्यहोरा आम पाठक वर्गमा अनुरोध गरिन्छ । यस अभियानमा प्रकाशन योग्य कुनै सामग्रीहरु भए उपलव्ध गराई दिन हुन अनुरोधध गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समानु पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”




 


Thursday, October 3, 2013

मिति २०७० साल असोज १५ गते मंगलवार

मुख्य समाचार

गृहजिल्लामै फर्के सुदुरपश्चिमका हस्तीहरु

सुदुरपश्चिमका राजनीतिक हस्तीहरुका रुपमा चिनिएका  नेताहरु आ–आफ्नो गृहजिल्लावाटै  चुनाव लड्ने भएका छन ।
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गृहजिल्ला बैतडीवाट चुनाव लड्ने भएका  छन । राप्रपा बैतडी जिल्ला सदस्य केशव चन्दले दिएको जानकारी अनुसार आधिकारिक रुपमा निर्णय भई नसकेको भएपनि चन्द बैतडीको दुवै क्षेत्रवाट चुनाव लड्ने छन ।
यस्तै नेपाली कांग्रेसका  बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा गृहजिल्ला डडेल्धुरावाट चुनाव लड्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाका अनुसार देउवा कैलाली निर्वाचन क्षेत्र–६ वाट पनि चुनाव लड्ने भएका छन । २०६४ सालको संबिधानसभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र–४ र डडेल्धुरावाट चुनाव जितेका   थिए । पछि देउवाले कञ्चनपुर–४ छोडेपछि उक्त क्षेत्रको उपचुनावमा एनेकपा माओवादीले जितेको थियो ।
सुदुरपश्चिमका अर्का      राजनीतिक हस्ती पूर्व गृहमन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य  भीम रावल पनि गृहजिल्लावाटै चुनाव लड्ने भएका छन । २०५१ सालको मध्याबधि निर्वाचनमा अछाम–१ वाट निर्वाचन जितेका रावल २०५६ मा पराजित भएका थिए । २०६४ सालको संबिधानसभाको निर्वाचनमा       रावललाई पार्टीले समानुपातिक तर्फवाट सभासद वनाएको    थियो । रावल यस चुनावमा अछाम–१ वाटै चुनाव लड्ने आधिकारिक निर्णय भएको एमालेले जनाएको छ ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य  लेखराज भट्ट डोटी क्षेत्र–२ वाट चुनाव लड्ने भएका छन । भट्ट २०६४ सालको संबिधानसभा निर्वाचनमा कैलाली–५ वाट बिजयी भएका थिए । पूर्व मन्त्री भट्टको कैलाली–५ वाट पनि चुनाव लड्ने हल्ला थियो तर पछिल्लो चरणमा उनी डोटीवाट मात्रै चुनाव लड्ने भएका छन ।
पटक–पटक प्रधानमन्त्री भएका कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा २०४८ सालदेखि लगातार डडेल्धुरावाट निर्वाचन जित्दै आएका छन । मत     अन्तरका हिसावले गत चुनावमा बिगतका भन्दा निकै कम देखिएको भएपनि डडेल्धुरामा उनी चुनाव जित्ने निश्चित भएको कांग्रेस कार्यकर्ताहरुको दावी छ । त्यस्तै एमाले नेता भीम रावल पनि अछामवाट चुनाव जित्ने निश्चित भएको एमाले अछामको दावी छ । अछाममा रावललाई अन्य पार्टीका कार्यकर्ताहरुले समेत सहयोग गर्ने पार्टीको दावी छ ।
अर्का केन्द्रीय नेता एमाओवादी केन्द्रीय सदस्य भट्ट पनि चुनाव जित्ने दावी एमाओवादी कार्यकर्ताहरुको छ । आफ्नो गृहक्षेत्र पनि भएको र पार्टी पनि उक्त क्षेत्रमा वलियो भएका कारण चुनाव जित्न समस्या नभएको उक्त पार्टीको दावी छ । पटक–पटक प्रधानमन्त्री भएका राप्रपा नेता चन्द पनि बैतडी दुवै क्षेत्रवाट चुनाव जित्ने दावी गर्छन राप्रपा बैतडी नेता केशव चन्द ।
यस क्षेत्रका केन्द्रीय नेताका रुपमा चिनिएका भएपनि यि नेताहरुले सुदुरपश्चिमको बिकासका लागि खासै पहल नगरेको भने जनताको गुनासो रहेको   छ । पटक–पटक प्रधानमन्त्री र मन्त्री हुने अवसर नेताहरुले पाएका भएपनि सुदुरपश्चिमको बिकासमा उपलव्धी हुने हुन सकेको छैन ।

सम्पादकीय

तात्तातो वजार चर्चा

हिन्दुहरुले मनाउने महान चाँडहरु दशैं र तिहारको आगमन संगसंगै यस वर्ष अर्को संबिधानसभाको चुनावे तयारी पनि भएका कारण महान चाँडहरुको भन्दा पनि चुनावले वढी चर्चा पाउन थालेको छ । मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि सोमवार समानुपातिक निर्वाचन तर्फ दलको उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ भने बिहिवार प्रत्येक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । अर्को कुनै आपद्–बिपद् आई लागेनछ भने मंसिर ४ गते अर्को संबिधानसभाको निर्वाचन हुने करीव–करीव पक्कापक्कीनै छ । यद्यपी नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अहिले पनि अर्को संबिधानसभाको निर्वाचनमा अवरोध गर्ने दावी गरेको छ ।
संबिधानसभाको निर्वाचनका लागि ठुला भनिएका दलहरुले उम्मेदवारी चयन गर्ने कार्य करीव–करीव टुङ्गोमा पु¥याएका छन । तिव्र बिवाद र दवावका कारण पार्टी केन्द्रहरुले जेनतेन सहमति गरेपनि स्थानीय नेता कार्यकर्ताहरुमा भने खुशी र गम संगसंगै छाएको छ । जिल्लामा पार्टीभन्दा पनि व्यक्तिका कार्यकर्ता भएर देखिएका कार्यकर्ताहरु आप्mनो पुज्य नेताले टिकट नपाएपछि दुःख मनाउ गर्न थालेका छन । टिकट पाउने पक्षकाहरु पनि खुशीयाली मनाउन थालेका छन । दुःख मनाउ गर्ने र खुशीयाली मनाउने ठाउँ दुवै पक्षहरुले होटेललाई नै रोजेका छन ।
होटेलमा जाँड खाँदै आप्mनो नेतालाई टिकट नदिएकोमा केन्द्रीय नेतालाई गाली गर्र्दै र टिकट पाउने नेतालाई चुनाव  हराउने दावी गर्दै गरेका दृष्यहरु अहिले जिल्ला सदरमुकाममा देखिएका छन । राजनीतिक बिचार वा वाद भन्दा पनि व्यक्तिवाद र हनुमानवादमा बिश्वास गर्ने नेता कार्यकर्ताहरुको यो दुर्दशाँ होटेलहोटेलहरुमा हेर्न पाईन्छ । जाँडको तालमा त्यस्ता थुप्रै कार्यकर्ताहरुले आफुहरु राजनीतिकनै नगर्ने दावी गर्न थालेका छन, कसैकसैले आफुहरु सम्वन्धित पार्टी परित्याग गर्ने              र आफ्नो नेतालाई पनि पार्टी परित्याग गर्न दवाव दिने  वताईरहेका हुन्छन । केही केहीले त पार्टीभित्रै रहेर उम्मेदवारलाई पूर्ण रुपमा असहयोग गर्ने दावी समेत गरिरहेका छन । जाँड गफमा कोही कार्यकर्ताहरुले अर्को पार्टीको उम्मेदवार जिताउनका लागि योजना वनाईसकेको कुरा समेत फुत्काउन थालेका छन ।
“मैले चाहेको नेताले टिकट पाएन, त्यसकारण दुःख मनाउ गर्दैछु” भन्नेहरुको संख्यासंगै “मेरो नेताले टिकट पायो, त्यसैले खुशीयाली मनाउँदैछु” भन्नेहरुको संख्या पनि कम   छैन । टिकट पाउने पक्षले आफ्नो नेतालेनै चुनाव जित्ने दावी र आधार जाँडकै तालमा प्रस्तुत गर्दैछन । कसैकसैले त हामीले देखाई दियौं भन्न पनि पछि पर्दैनन् ।
यस्तै चलेको छ वर्तमान वजारमा चर्चा परिचर्चा । प्रत्येक्ष तर्फको उम्मेदवारी दर्ताका लागि अव जम्माजम्मी दुई दिन मात्र वाँकी रहँदा समेत आम नागरिकमा राजनीतिक वहस सुरु भएको छैन । वल्लतल्ल रुष्ट र खुशी कार्यकर्ताहरुको बीचमा राजनीतिक वहस हुने थालेको छ । लाग्छ अव मनोनयन पत्र दर्ता भएपछि आम नागरिकसम्म यो वहस जाने छ । आम नागरिकमा अहिलेसम्म पनि चुनाव हुन्छ भन्ने कुराको बिश्वास हुन नसकेका कारण पनि यो समस्या भएको हुन सक्छ तर पनि राजनीतिक वहस सुरु भएको छ । कुन तरिकाले सुरु भयो भन्ने कुरा भन्दा पनि “सुरु भयो” भन्ने कुरालेनै राम्रो सन्देश जावस भन्ने कामना छ ।

थप समाचार

जुवातास पूर्ण रुपमा नियन्त्रण हुन्छ

खाद्य वस्तुहरुको अवस्था वारे नियमति बजार अनुगमन गरिने

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जुवातासलाई पूर्ण रुपमा नियन्त्रण गर्ने वताएका  छन । बजारमा खाद्यवस्तुको अवस्था वारे नियमति अनुगमन गर्ने काफ्लेले वताए ।
गत साता जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना      गरेको सरोकारवाला निकायहरुसंगको संयुक्त वैठकमा वोल्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले कानुन वमोजिम जुवातास पूर्ण रुपमा वन्देज लगाईएकोले जुवातास खेल्ने जो कोहीलाई पनि नियन्त्रणमा लिई कारवाही गरिने वताए । “खुल्याम जुवातास खेलेको पनि देखिएको छ, यदि त्यसो भयो भने कारवाही हुन्छ” काफ्लेले भने “स्थानीय स्तरमा मदिराको अवैध उत्पादनलाई पनि पूर्ण रुपमा       रोक लगाउनेछौं ।”
दशैं तिहार जस्ता महत्वपूर्ण चाँडपर्वको अवसरमा वजारमा कृक्रिम अभाव सृजना हुन सक्ने वताउँदै प्रजिअ काफ्लेले यस्तो अवस्था आए व्यापारीहरुका गोदाम समेत निरीक्षण गरिने जानकारी दिए । पसलमा मुल्य सूची नराखिएकोप्रति गुनासो गर्दै काप्mलेले भने “मुल्य सूची अनिवार्य रुपमा हुनुपर्छ, त्यसका लागि उद्योग वाणिज्य संघले पहल गरिदिनु प¥यो ।” यातायतका साधानहरुमा क्षमताभन्दा वढी यात्रुहरु वोक्ने गरेकोले चाँडपर्वका वेला दुर्घटना हुन सक्छ, काफ्लेले यातायत व्यवसायीहरुलाई यातायतका साधानहरुलाई व्यवस्थित गर्न आग्रह गरे । आफुहरुले शान्ति सुरक्षा कायम गर्न प्रयास गरिरहेको वताउँदै काफ्लेले जिल्लाको शान्ति       सुरक्षालाई मजवुत वनाउन सवै क्षेत्रवाट सहयोग गरिदिन आग्रह गरे ।
सो अवसरमा उपभोक्ता मञ्च डोटीका अध्यक्ष पदवहादुर वमले वजारमा प्रयोग गर्ने मिति सकिएका समानहरु बिक्री     भईरहेको, मुल्यमा एकरुपता नभएको, ढक तराजुहरुको सही तौल नभएको वताए । “यो कमजोरी प्रशासनको हो, प्रशासनले अनुगमनका क्रममा दोषी पाईएकाहरुलाई कारणवही गर्न नसकेका कारण समस्या भईरहेको छ” ले नियमित रुपमा अनुगमन गर्न र दोषीलाई कारवाही गर्नु पर्ने वताए । वमले बिगत लामो समयदेखि आफु उपभोक्ताको प्रतिनिधि भएर पटक–पटक     धेरैसंग आवाज उठाएको भएपनि कुनै सुनुवाई नभएको वताए ।
बैठकमा शैलेश्वरी यातायत व्यवसायी समितिका महासचिव   हरीश शाहले समितिले यात्रुहरुलाई सजिलो वनाउनका लागि हरसम्भव प्रयास गरिरहेको दावी गरे । “हामीसंग ६ वटा वस सहित ७१ वटा जीपहरु सञ्चालनमा ल्याएका छौं” शाहले सिलगढी–चौखुट्टे, सिलगढी–दिपालय, दिपायल डडेल्धुरा रुपमा शैलेश्वरीका जीपहरु नियमित रुपमा सञ्चालन भईरहेको जानकारी दिए । प्रत्येक दिन दुई वस धनगढीवाट सिलगढीका लागि, दुई वस सिलगढीवाट धनगढीका लागि, एक वस महेन्द्रनगरवाट दिपायलका लागि र एक वस दिपायलवाट महेन्द्रनगरका लागि सञ्चालन भईरहेको शाहले वताए । कच्ची सडकहरुमा पनि नियमित जीपहरु सञ्चालन भईरहेको वताउँदै आधुनिक खालका वसहरु समितिमा भित्राउने प्रयास भईरहेको शाहले जानकारी दिए । “निश्चित रुपमा कमीकमजोरीहरु भएका होलान, हामी ति कमीकमजोरीहरुलाई सुधार गर्ने प्रयासमा छौं” महासचिव शाहले कच्ची वाटोमा गाडी चलाउनु जोखिमपूर्ण र वढी खर्चिलो भएका कारण आफुहरुले कच्ची सडकको ज्याला तोक्न नसकेको वताए ।
बैठकमा यातायत्रका साधनहरुलाई सूचारु गर्नु पर्ने, निम्नस्तरको मदिरामा पूर्ण प्रतिवन्ध लगाउनु पर्ने, होटेलहरुको सरसफाईको अवस्थामा अनुगमन गर्नु पर्ने, यातायत प्रहरीलाई सक्रिय वनाउनु पर्ने लगायतका सुझावहरु दिएका थिए ।

अधिकांस नयाँ अनुुहार

डोटीका उम्मेदवारहरुको नाम सार्वजनिक

मंसिर ४ गते हुने संबिधानसभाको चुनावका लागि राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै चुनाव लड्ने उम्मेदवारहरुका नाम सार्वजनिक भएका छन । स्वतन्त्र व्यक्तिहरुको आधिकारिक उम्मेदवारी घोषणा भईसकेको  छैन । 
चुनावका लागि यही असोज १७ गते उम्मेदवारी दर्ता गर्नु पर्ने भएपछि दलहरुले हतारहतार   गरी उम्मेदवारहरु चयन गरेका छन । एकिकृत नेकपा माओवादीले डोटी क्षेत्र–१ का लागि पार्टी केन्द्रीय सल्लाहकार मोहन वम र क्षेत्र २ मा केन्द्रीय सदस्य       लेखराज भट्टलाई उम्मेदवार वनाएको छ । त्यस्तै नेपाली कांग्रेसले क्षेत्र १ का लागि पार्टी जिल्ला सभापति विरवहादुर वलायरको नाम चयन गरेको छ । क्षेत्र २ मा भने तिव्र बिवादका कारण यो समाचार तयार पार्दासम्म उम्मेदवारको टुङ्गो लागेको छैन । पूर्व सांसद      यज्ञराज पाठक र प्रभावशाली नेता योगेन्द्र शाहीको बिषयमा पार्टी नेतृत्वमा मतभेद देखिएपछि उम्मेदवार चयन हुन ढिलाई भएको कांग्रेस श्रोतले जानकारी दिएको छ । पाठक संस्थापन पक्षका र शाही देउवापक्षका नेताका रुपमा चिनिन्छन ।
उता नेकपा एमालेले पनि आईतवारनै डोटी दुवै क्षेत्रका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । डोटी क्षेत्र १ वाट पूर्व जिल्ला अध्यक्ष तथा हाल सेती अञ्चल सदस्य नारद मलासी र २ वाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य प्रेमवहादुर आलेमगरलाई उम्मेदवार वनाएको छ । यस्तै    राष्ट्रिय जनमोर्चाले डोटी १ वाट नरेश आले र २ केन्द्रीय कोषाध्यक्ष मनोज भट्टलाई उम्मेदवार वनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले डोटी क्षेत्र १ वाट वहादुर सिं खड्का र २ वाट लालवहादुर कठायतलाई उम्मेदवार वनाएको छ । कठायत सो पार्टीका डोटी अध्यक्ष हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले डोटी १ वाट पञ्चायत कालका सांसद तथा     राजाको प्रत्येक्ष  शासनकालका जिबिस सभापति लालवहादुर खड्कालाई उम्मेदवार वनाएको  छ । क्षेत्र २ वाट भने रामवहादुर शाहीलाई उम्मेदवार वनाउने पक्कापक्की भएपनि आधिकारिक निर्णय नभएको सो पार्टीका जिल्ला अध्यक्ष अंकवहादुर खड्काले  जानकारी दिए ।
यस पटकको संबिधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीले पनि डोटीवाट       उम्मेदवारी दिने भएको छ । सो पार्टीको जिल्ला उपाध्यक्ष कृष्ण दर्लामीका अनुसार डोटी क्षेत्र १ वाट यज्ञराज भट्ट र क्षेत्र २ वाट मानवहादुर थापालाई उम्मेदवार चयन गरिएको छ । भट्ट डोटी गड्सेरा स्थायी घर भई हाल कैलालीमा वसोवास गर्दै आएका छन भने थापा डोटी लक्ष्मीनगरका स्थायी वासिन्दा हुन ।
यि उम्मेदवारहरुमध्ये कांग्रेस डोटी सभापति वलायर, एमाले नेता आलेमगर, राजमो नेता भट्ट र राप्रपा नेता खड्का २०६४ सालको संबिधानसभामा समेत उम्मेदवार भएका व्यक्तिहरु हुन ।
बिगतका निर्वाचनहरुमा उम्मेदवारी चयनका क्रममा सम्वद्ध राजनीतिक दलसंग रुष्ट भई स्वतन्त्र उम्मेदवारी हाल्ने डोटीको परम्परा यस पटक पनि कायमै रहने देखिएको छ । उम्मदेवारी चयनका क्रममा ठुला दलहरुमा बिवाद देखिएपछि स्वतन्त्र उम्मेदवारको संख्या वढ्न सक्ने राजनीतिक कार्यकर्ताहरु वताउँछन । यद्यपी अहिलेसम्म कुनै पनि व्यक्तिले आफु स्वतन्त्र उम्मेदवार हुने  आधिकारिक दावी गरेका छैनन् ।
यसैबीच उम्मेदवार चयनको बिषयलाई लिएर एकिकृत नेकपा माओवादीमा गम्भिर बिवाद सृजना भएको छ । पार्टी श्रोतका अनुसार गत वर्षमात्रै नेकपा एमालेवाट एमाओवादीमा प्रवेश गरेको नेता मोहन वमले टिकट पाएपछि द्वन्द्वकालमा भुमिगत राजनीति गरेका कार्यकर्ताहरु रुष्ट भएका छन । “पार्टीभित्रका थुप्रै नेता कार्यकर्ताहरुले बिरोध गर्दागर्दै पनि हाम्रो कुरा सुनिएन” एक कार्यकर्ताले भने “हामी अव बिद्रोही उम्मेदवारी दिने तयारीमा      छौं ।” रुष्ट भएका कार्यकर्ताहरुमा भुमिगत अवस्था देखि पार्टी एकिकरणवाट आएका नेताहरु समेत   रहेको ति कार्यकर्ताको भनाई छ ।
हामीले आफ्नो जीउ–ज्यानको परवाह     नगरी जनयुद्ध लड्यौं तर फाईदा लिने वेला यस्तो अवस्था, एक अर्का नेताले भने “हामी अव बिद्रोही उम्मेदवारीको तयारीमा लागेका छौं ।”

ट्रकले कुल्चिदा मृत्यु

बिरोधमा दिनभरी सडक अवरुद्ध

डडेल्धुरावाट वालुवा लिनका लागि डोटीको कालागाड आईरहेको एक मिनि ट्रकले कुल्चिदा वनलेक गाबिस वानेडुंग्रीसेनका एक वालकको मृत्यु भएको छ । पिडित पक्षले क्षेतिपूर्तिको माग गर्दै सोमवार दिनभरी सडक अवरुद्ध पारेका छन ।
से १ ख ६२१ नम्वरको मिनिट्रकले कुल्चिदा सोमवार विहान करीव आठ वजे स्थानीय विजय वलायरका अन्दाजी चार वर्षीय छोरा निराजन वलायरको ज्यान गएको छ । घटनाको बिरोधमा स्थानीयवासीहरुले दिनभरी सडक अवरुद्ध पारेका थिए । दोषीलाई कडाभन्दा कडा कारवाही गर्नु पर्ने, मृतकका आफन्तलाई १२ लाख क्षेतिपूर्ति दिनु पर्ने भत्किएको सडक तत्काल मर्मत गर्नु पर्ने लगायतका मागहरु पिडित पक्षको छ ।
स्थानीय प्रशासनवाट वाटो खुलाउनका लागि दिनभरी जसो पहल भएपनि सहमति हुन सकेन । ट्रक मालिक सम्पर्क विहिन भएका कारण क्षेतिपुर्तिको सवालमा कुरा मिल्न नसकेपछि वार्ता नटुङ्गिएको स्थानीयवासीहरुले वताएका      छन । 
सोमवार साँझ करीव ६।३० वजेतिर आज मंगलवार दिउसो १२ वजेभित्र पिडित पक्ष र ट्रक मालिककाबीच छलफल गराई सहमति गर्ने शर्तमा स्थानीयवासीहरुले अवरुद्ध वाटो खुला गरेका छन । सहमतिपछि मृतकको लास पोष्ठमार्टमका लागि सोमवार साँझै जिल्ला सदरमुकाम ल्याईएको छ । 
मगर मोर्चाको भेला सम्पन्न, चुनाव हुनै नसक्ने ठोकुवा
नेकपा–माओबादीका केन्द्रीय सदस्य एवं सेती महाकाली ईञ्चार्ज ओम प्रकाश पुनले मंसिर ४ गते संबिधानसभाको दोस्रो निर्बाचन हुनै नसक्ने ठोकुवा गरेका छन ।
मगर राष्ट्रिय मुक्ती मोर्चा नेपाल डोटीको पहिलो जिल्ला भेलालाई आईतबार लानाकेदारेश्वर गाबिसमा सम्बोदन गर्दै नेता पुनले उक्त कुरा बताएका हुन । मंसिर ४ को निर्बाचनलाई सबै मिलेर बहिस्कार गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन । सरकार र चार राजनैतिक दलहरुले चुनाबमा सेना परिचना गर्ने निर्णय गरेर शान्ति सम्झौताको उलङघन       गरेको आरोप समेत लगाए । उनले सरकारले उक्त निर्णय फिर्ता नलिए चुनाबमा रक्तपात हुने जिकिर गरे । 
नेकपा–माओबादी निकट मगर राष्ट्रिय मुक्ती मोर्चा नेपाल डोटीको पहिलो जिल्ला भेला आईतबार लानाकेदारेश्वर गाबिसमा समपन्न भएको छ । भेलाले दिनेश घर्तिको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरेको छ ।  पदाधिकारीहरुमा उपाध्यक्षमा नरबहादुर घर्ति सचिब अमृत पुन सहसचिब टेक बहादुर मलासी र कोषाध्यक्षमा गणेश पुनमगर रहेका छन ।
कार्यक्रममा नेकपा–माओबादी डोटीका ईञ्चार्ज बिबेक कुमाल जिल्ला सचिब कृष्ण बोहराको पनि भेलामा उपस्थिति रहेको थियो ।

अन्तराष्ट्रिय थाहा पाउने अन्तराष्ट्रिय थाहा पाउने दिवस डोटीमा पनि मनाईयो

अधिकार दिवस २०१३ को अबसरमा ४ सय ६९ डोटेलीलाई सूचनाको हक सम्बन्धि जानकारी तथा    परामर्श दिईएको छ ।
यस बर्षको ११ औं     अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवस २०१३ को अबसरमा सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुर तथा जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको सूचनाको हक सम्बन्धि जानकारी शिविरमा सूचनाको हक सम्बन्धि अभियन्ताहरुद्वारा सूचनाको हक सम्बन्धि जानकारी तथा परामर्श दिईएको  थियो ।
राष्ट्रिय सूचना आयोग, काठमाण्डौं, सूचनाको हकको लागि नागरिक अभियान काठमाण्डौं तथा जन सरोकार मन्च    डोटीद्वारा आयोजना गरिएको उक्त शिविरको सुदूरपश्चिमका क्षेत्रीय प्रशासक राजकुमार मल्लले शनिबार दिपायलको राजपुर तथा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले आईतबार सिलगढीमा शुभारम्भ गरेका थिए ।
सुदूरपश्चिमका क्षेत्रीय प्रशासक राजकुमार मल्लले सूचनाको हक सम्बन्धि ऐन २०६४ जारी भएको ७ बर्ष पुरा भएपनि यसको यथेष्ट जानकारी समुदाय तहसम्म पुग्न नसकेकाले यसको प्रभावकारी कार्यान्वयन हुनु पर्ने कुरामा जोड दिए ।
क्षेत्रीय प्रशासकले सूचनाको हकको प्रभावकारी कार्यान्वयनको लागि नागरिक तहबाट भईरहेको प्रयासको प्रशंसा गर्दै सार्बजनिक निकायमा सूचना माग गरी ती निकायलाई स्वतस्फूर्त रुपमा सूचना प्रकाशन तथा प्रसारण गर्न दवाव दिने कार्यमा पनि नागरिक समाजको महत्वपूर्ण भूमिका हुनु पर्ने धारणा ब्यक्त गरे ।



छोटकरी समाचार

प्रजिअलाई ज्ञापन


जिल्ला सदरमुकाम सिलगढीमा अनियमित रुपमा बिद्युत बिद्युत कटौती हुने  गरेकोप्रति आक्रोस व्यक्त गर्दै स्थानीयवासीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र सहित दवाव दिएका छन ।
बिद्युतको लोडसेडिङ तालिका समेत सार्वजनिक    नगरिएको, जिल्ला सदरमुकाममा मात्रै बिद्युत आपुर्ति अनियमित भएको वताउँदै स्थानीय युवाहरुले प्रजिअ दिपक काफ्लेलाई ज्ञापन पत्र वुझाएका हुन । ज्ञापनपत्रमा भनिएको छ “पटक–पटक बिद्युत आपुर्ति वन्द भई यस क्षेत्रका सेवाग्राहीलाई चरम असुबिधा खेप्नु परेको र बिद्युत वन्द भएका खत सम्वन्धित बिद्युतका   कर्मचारीहरुलाई टेलिफोन सम्पर्क गर्दा गैर जिम्मेवारी रुपमा प्रष्ट हुने गरेका छन ।”

सिडको साधारण सभा सम्पन्न

समान पहुँच बिकास केन्द्र सिड नेपालको सातौं वार्षिक साधारण सभाले शेरवहादुर मल्ललाई पुनः अध्यक्षमा चयन गरेको छ ।
आईतवार सम्पन्न साधारण सभावाट उपाध्यक्षमा करन नेपाली, महासचिवमा रुक्मिणी शाही, सचिवमा शिला नेपाली र कोषाध्यक्षमा यज्ञराज जोशी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा कल्पना ओझा,     गोरी बिक, नवराज फुलारा र लक्ष्मी शाही चयन भएका संस्थाका कार्यक्रम संयोजक देवीलाल उपाध्यायले जानकारी गराए ।
उपाध्यायका अनुसार सभामा आगामी वर्षको निति तथा कार्यक्रम तय गर्नुको साथै आर्थिक तथा प्रशासनिक प्रतिबेदन परित गरिएको थियो । 

खेल समाचार

नेपालका कप्तान बिमलले ह्याट्रिक गरे

समूह चरणको अन्तीम खेलअघि वहराईनले ईराकलाई हराएपछि नेपाललाई केही सजह भएको थियो । फाईनल चरणमा स्थान पक्का गर्न अव तुर्कमेनिस्तानलाई हराए पुग्ने भयो । खेलमा नेपालका कप्तान बिमलले ह्याट्रिक गरे । बिमल ह्याट्रिकको श्रेय कोचलाईनै दिन्छन । “तुर्किमेनिस्तानबिरुद्ध मैले ह्याट्रिक गरें, यसको श्रेय म आप्mनो कोचलाईनै दिन चाहन्छु ।”
राष्ट्रिय टोलीवाट समेत गोल गरिसकेका बिमल हरेक गोल गरेपछि भने आफ्ना स्वर्गीय वुवालाई सम्झने गर्छन । “फाईनल चरणमा स्थान पक्का गर्न अव म हरेक गोलमा आप्mनो वुवालाई सम्झन्छु” केही भावुक हुँदै उनेल भने–उहाँले नै मलाई फुटवलमा खेलाडी वनाउने लक्ष लिनु भएको थियो । त्यसैले म गोल गर्नासाथ वुवालाई सम्झन्छु । महेन्द्र पुलिस क्लवका खेलाडीसमेत रहेका नवलपरासी निवासी विमलका बुवा होमवहादुरको सवारी दुर्घटनामा परी निधन भएको थियो ।
नेपाललाई आगामी वर्ष थायल्याण्डमा हुने एफसी यु–१६ च्याम्पियनसीप फुटवलसम्म पु¥याउने क्रममा युवा स्ट्राईकर एवं कप्तान विमल घर्तीमगरको अहम भुमिका छ । नेपाललाई बिश्वकपसम्म पु¥याउने सारथीका रुपमा उनलाई लिईएको छ । अव थायल्याण्डमा हुने यु–१६ च्याम्पिनसीपको सेमिफाईनलमा पुग्ने देश यु–१७ बिश्वकपका लागि छनौट हुने भएकाले त्यो मैदान नेपालका लागि महत्वपूर्ण हुनेछ ।
राष्ट्रिय टोलीवाट समेत खेलिसकेका कप्तान बिमल भने “यसको श्रेय प्रशिक्षक वालगोपाल महर्जनलाई दिन्छन । “यो प्रतियोगिता समग्रमा राम्रो रह्यो । नेपालले कुनै पनि खेल हारेन, सोमवार विमलले भने–हाम्रो टिमका साथीहरुले ठुलो मेहनत गरेका   छन । यसमा ठुलो हात प्रशिक्षक वालगोपाल महर्जनको छ । उनले अघि थपे – कोचले मेहनत गरेर हामीलाई यहाँसम्म ल्याउनु भयो । हामीले ईराक जस्तो बलियो टोलीसंग  वरावरी खेल्यौं । वहराईन र तुर्कमेनिस्तानलाई जित्न सफल  भयौं ।
छनौट चरणको समूह सीको बलियो टोलीका रुपमा इराकलाई हेरिएको थियो । पहिलो खेलमा वहराईनलाई २–० ले पराजित गरेपछि नेपालको सामू ईराकसंग कम्ती वरावरी खेल्नु पर्ने थियो, जुन सहज थिएन । ईराकबिरुद्ध खेल्नुअघि हामी बरावरी वा जितको लक्षका साथ मैदानमा उत्रिएका थियौं । प्रशिक्षकले पनि त्यही भन्नु भएको थियो, बिमलले भने । तर, पहिलो हापम नेपाल २–० ले पछि प¥यो । बिगतमा गोल खाएपछि आत्तिने र झन नराम्रो खेल्ने नेपाली खेलाडीहरु यो पटक भने सम्हालिएका थिए । बिशेष दुई गोलले पछि परेको अवस्थामा दोश्रो हापमा उत्कृष्ट कमव्याक गरेको नेपालले पछि पा¥यो । “ब्र्रेकमा कोचले हौसला वढाउनुभयो । तिमीहरुले फर्काउन सक्छौं भनेपछि हाम्रो मोरल हाई भयो र हामीले दुई गोल फर्काउन सक्यौं” बिमलले भने ।
आफ्नो कप्तानीमा नेपाललाई यू–१६ च्याम्पियनसीपमा पु¥याउँदा बिमललाई बधाई दिनेहरुको ओईरो छ । उनी पनि खुशी छन । तर, उनी नेपाललाई बिश्वकपसम्म पु¥याउन सक्दा मात्र एकदमै खुशी हुने वताउँछन । “हामी दोश्रो चरणमा पनि छनौट भएर बिश्वकप खेल्ने उद्देश्यका साथ लाग्छौं । यो पटक नेपाल मेरो कप्तानीमा मैदान उत्रिएको थियो । सफलतामा रहेका कप्तान खुशी हुनु स्वभाविक हो” बिमलले भने तर, त्यति धेरै खुशी छैन । दोश्रो चरण वाँकी छ । त्यसमा सफल भयौं भने म एकदमै खुशी हुन्छु ।
साफ च्याम्पियनसीपवाट औपचारिक रुपमा डेव्यू गरेका बिमलले पाकिस्तानबिरुद्ध गोल गरेका थिए । उनकै गोलको मद्दतमा पाकिस्तानसंग १–१ को वरावरी खेलेपछि नेपालको सेमिफाईनलसम्मको यात्राको वाटो कोरिएको थियो । यू–१६ मा तुर्कमेनिस्तानबिरुद्ध ह्याट्रिक गरेपछि बिमल मनोवल उच्च भएको छ ।
उनले भने–अव जस्तो टिमसंगको खेलमा पनि गोल गर्न सक्छु भन्ने बिश्वास वढेको छ । “मलाई के लाग्छ भने नेपाल अव जस्तो टिमसंग पनि खेल्न तयार छ ।” यद्यपी फुटवलमा भाग्य पनि हुनु पर्ने उनको अनुभव छ । “राम्रो खेल्दाखेल्दै पनि कहिलेकाँही हार्न पुग्छ ।फुटवलमा लक पनि चाहिँदोरहेछ । साफमा नेपालको प्रदर्शन राम्रो भएको भन्दै उनले भने–साफ च्याम्पियनसीपमा त्यस्तै भयो । सेमिफाईनलमा अफगानिस्तानबिरुद्ध पेनाल्टी र्पादा पनि सदुपयोग गर्न सकेनौं । व्याडकल थियो नेपालको ।
नेपाली फुटवलका भावी स्टारका रुपमा हेरिएका बिमलका हजारौं फ्यान छन । पहिले कमैले मात्र चिन्थे । तर, साफ र यू–१६ मा गरेको उत्कृष्ट प्रदर्शनपछि जहाँ जाँदा पनि उनलाई उ बिममल भनेर भन्ने सुनिन्छ । 

चलचित्र र मनोरञ्जन

विश्व चर्चित पुरस्कार ओस्कार अवार्डका लागि नेपाली चलचित्र ‘सुनगाभा’ छनोट भएसँगै यसले अहिले चर्को विवाद सिर्जना गरेको छ । सिनेमाका निर्माता, निर्देशक विदेशी नागरिक भएको भन्दै विभिन्न चलचित्रकर्मीहरूले विरोध जनाइरहेका छन् । बिदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनौट समितिले ‘सुनगाभा’ ‘वधशाला’, ‘साँघुरो’, ‘शिरिषको फूल’ मध्येबाट ओस्कारका लागि सुनगाभालाई छनोट गर्ने निर्णय गरिएको थियो । छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राज विक्रम थापा र लोकेन्द्र पराजुली थिए ।
सुनगाभा विवादको विषयमा निर्माणपक्ष ले पनि मुख खोलेका छन् । चलचित्रका निर्देशक सुवर्ण थापाले भने, ‘मैले कलाकारको नाताले सिनेमा बनाएको हो, राम्रो सिनेमा बनाउँदा यस्तो विवाद आउनु दुखको कुरा हो । ‘ उनले सबैभन्दा पहिलो कुरा राष्टिूयता भएको भन्दै यसलाई विवादमा नलैजान आग्रह गरेका थिए । १ बर्ष देखि फ्रान्सको नागरिकता लिएका सुवर्णले एनआरएनहरूले सिनेमामा लगानी गर्ने वातावरण बनाउनु पर्ने भन्दै यस्तो क्रियाकलापले बातावरण खलबलिने चेतावनी दिए ।
कार्यक्रममा उपस्थित चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले ओष्कारका लागि सिनेमा छनोट गर्ने समितिले केही कार्ययोजना परिमार्जित गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले सुनगाभा ओष्कारको लागि छनोटले खुशी व्यक्त गरे । ओस्कार सिनेमा छनोट समितिका निर्देशक लक्ष्मीनाथ शर्माले सबै कुराको विश्लेषण गरेर सुनगाभालाई ओष्कारको छनोटमा पठाएको दावी गरे । नायिका निशा अधिकारीले सबैभन्दा ठूलो कुरा राष्टिूयता भएको भन्दै ओस्कारमा छनोट हुँदा नेपालीहरू खुशी हुनु पर्नेमा जोड दिइन् ।
नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्मले सबैभन्दा पहिला ओस्कारको मुख्य छनौट समितिमा आफूलाई उभ्याउनु     पर्छ । त्यसपछि छनोट भएको खण्डमा चलचित्र सुनगाभा ८६ औ ओस्कार अवार्डको विदेशी भाषा पुरस्कारका लागि प्रतिस्पर्धामा उत्रनेछ । सुवर्ण थापाले निर्देशन गरेको चलचित्र सुनगाभामा सौगात मल्ल, निशा अधिकारी र दिया मास्केको मुख्य भूमिका रहेको छ । चलचित्रमा दुई नायिका समलिङगी भूमिकामा प्रस्तुत भएकाले चलचित्र झनै रमाइलो बनेको छ ।

लेख

जेष्ठ नागरिकको लोगोमा लठ्ठी किन ?

गोबिन्दप्रसाद श्रेष्ठ

लठ्ठी भन्नाले काठ, वेत, सिल्भर (अल्मोनियम) वा वैशाखी जस्तो टेक्ने वस्तु फलाम जुनसुकै पनि हुन सक्छ । बृद्ध अवस्थामा भरौसाको प्रतिकको रुपमा लठ्ठीलाई लिईन्छ । लठ्ठीलाई बृद्धबृद्धाहरुको तेश्रो खुट्टा पनि भनिन्छ । जव बृद्धबृद्धाहरुको   शारीरिक अवस्था कमजोर हुन्छ, उनीहरुलाई अर्काको भरौसा र सहयोगको आवश्यकता पर्दछ । लठ्ठीले तिनीहरुको आत्मवल बढ्छ र जुनसुकै स्थानमा जान पनि निर्धक्क भएर हिड्न सक्छन । आप्mनो खुट्टा कमजोर भएपनि लठ्ठीको सहरामा बाँच्न पर्ने हुन्छ । उकालो चढ्दा होस वा ओरालो झर्दा होस लठ्ठीले बृद्धबृद्धाहरुलाई आप्mनो प्राकृतिक खुट्टा भन्दा अगाडी गएर शरीरलाई वल पुट्टयाउँछ । जसले गर्दा लड्न दिँदैन ।
नदी तर्दा त झन लठ्ठीले अर्कै उर्जा प्राप्त गर्दछ । यसैकारण मधेश तराईमा आफु भन्दा १÷१ बित्ता ठुलो लठ्ठी लिएर हिड्ने चलन छ । कारण लठ्ठी लिएर नदी तर्दा लठ्ठीलाई पहिले अगाडी गाड्दा त्यस्को सहाराले छल्याङ्ग मारी अघाडी पुग्दछन । लठ्ठी भएपछि हिंस्रक जन्तु, कुकुर, भालु, व्यासी, सर्प आदिवाट सजिलै बच्न सकिन्छ । लठ्ठी भनेको उकालो र ओरालीमा टेक्ने, कसैले जाई लाग्न आए उस्को पुर्पुरो पनि सेक्ने यस्तो सहयोगी साथीको रुपमा पनि काममा लिईन्छ ।
हामीले गाउँघरमा धानको भारी बोक्दा होस अथवा केही गरुङ्गो भारी उठाउँदा होस हातमा लठ्ठी लिएर हिडेको देख्छौं र भारी उठाउँदा वा राख्दा लठ्ठीको भरले उनीहरुलाई सजिलो पारेको हुन्छ । यसैले सजिलैसंग आप्mनो वोझ हल्का पारी लैजान सक्छन । यसैगरी कुनै अपाङ्ग व्यक्तिको लागि पनि लठ्ठी जस्तै बैशाखीले खुट्टाको काम गरिरहेको हुन्छ ।
गाउँ घरमा झन लठ्ठीको ठुलो आवश्यकता पर्छ । कतिपय परिवारहरुको घरखेत लेकवेसी हुन सक्छ । वाटोमा वन जंगल पर्न सक्छ र एक्लै यात्रा गर्नु पर्ने हुन सक्छ आजको युगमा मानिसहरुमा उश्रृंखलता वढ्दै गएको पाईन्छ । एक्लो आईमाईमाथी अनेकौं प्रकारको भय रहन्छ । हातमा लठ्ठी भए सोको सहराले कतिपय महिलाहरुले आफ्नो ईज्जत, मर्यादा वचाएको सुन्न पाईन्छ । बृद्धबृद्धाहरुको सहारा वा तेश्रो खुट्टाको रुपमा लठ्ठी भएकोले जेष्ठ नागरिकको लोगोमा दुईवटा लठ्ठी अंकित गरिएको हो ।
लोगोमा लठ्ठी मात्र होईन, अर्कोतिर राष्ट्रिय झण्डा पनि अंकित गरिएको छ ।  राष्ट्रिय झण्डा राष्ट्रको सान र प्रतिष्ठाको प्रतिकको रुपमा लिईन्छ । हाम्रो देश नेपालमा सिम्रिक रंगको झण्डामा किनारा निलो रंगको छ । जसलाई शान्तिको प्रतिकको रुपमा मानिन्छ । झण्डामा माथी चन्द्रमा र तलतिर सुर्य अंकित छ, चन्द्रमालाई नारीको प्रतिक र सुर्यलाई पुरुषको प्रतिकको रुपमा मानिन्छ । सुर्य चन्द्र सधैं दिनरात प्रज्वलित      भईरहन्छ र बिना भेदभाव सवैमा प्रकास छर्दछ । त्यसैले ठुलो मानिस, महामानव पनि सधैं बिना भेदभाव मानव मात्रको सेवा गर्दछन ।
चन्द्रमा नारीको प्रतिकको रुपमा माथिल्लो भागमा राखिएको छ । यसवाट हामी समाजमा नारीको स्थान पुरुषको भन्दा अग्रणी मानिन्छ । यसवाट यो प्रष्ट हुन्छ कि नेपालीहरु सधैं नारीहरुलाई पृथ्वीपालीका आमाको रुपमा अंगिकार गरिन्छ । भनिन्छ “जहाँ नारीको सम्मान हुँन्छ, त्यहाँ देवताहरु पनि रमाउँछन ।” यसैकारण हामी हिन्दु नेपाली जातीले नारीको स्थान सा¥है उच्च स्थानमा रहेको पाउँछौं । नारीलाई गृहलक्ष्मीको रुपमा पनि लिईन्छ । जो नारी परिवारको ज्योतिपुञ्ज हो ।
सुर्य चन्द्र अंकित झण्डामा रातो सिम्रिक रंग बिरताको प्रतिकको रुपमा लिईन्छ र निलो किनारले नेपाली सधैं शान्ति चाहान्छ भन्ने उद्घोष गर्दछ । यसै कारण जेष्ठ  नागरिकको लोगोमा सुर्य चन्द्र अंकित छ । जेष्ठ नागरिक पनि ६० वर्ष पुगेपछि आप्mनो अमुल्य जीवनमा अनेकौं आरोह, अवरोह पार गर्दै अनेकौं अनुभव बटुल्दै खारिएर देशको अमुल्य निधिको रुपमा गणना हुन्छ । आजका किसोर वा किसोरी पनि भविश्यको जेष्ठ नागरिक हुन । यसै कुरालाई ध्यानमा राखी पुरानो उखान छ “आगो ताप्नु मुँडाको कुरा सुन्नु बुढाको” यस उक्तीलाई कहिल्यै नबिर्सि अगाडी वढे जीवन सफल, सुखद र सहज सजिलै हुन सक्छ ।
यस्तो आदर्श परिवारको संरचना त्यस परिवारको संस्कारवाट प्रतिपोषण हुन्छ र परिवार शिक्षित भए समाज परिवारमा भईरहेको कुरीती, कुसंस्कार, आफै बिलिन हुँदै जान्छ । यसकारण बृद्ध माता पिताको आदर सम्मान गरी जेष्ठ नागरिकहरुको भावी जीवन सुखमय वनाउन हर प्रकारको प्रयास गरि कटिवद्ध होऔं । यहि आदर्श परिवारको परिचय हो । हामी जे रोप्छौं त्यही पाउँछौं । कोदो रोप्नेले धान काट्न कदापी पाउँदैन । धान काट्न धाननै रोप्नु पर्छ । (लेखक जेष्ठ नागरिक जिल्ला संघ, डोटीका अध्यक्ष हुन ।)

संविधान सभाको चुनाव ः प्रतिगमन वा अग्रगमन ?

मोहनबिक्रम सिंह

हामीले बारम्बार सत्तापक्ष र माओवादीका बीचमा वार्ता र सर्वदलीय सम्मेलन गरेर संविधान सभाको चुनावसम्बन्धी विवाद सफल पार्नु पर्ने आवश्यकतामा जोड दिँदै आएका छौं । हाम्रो यो निश्चित दृष्टिकोण छ कि माओवादी पक्षले संविधान सभाको चुनावलाई बहिष्कार गर्ने नीति अपनाएमा, एकातिर, संविधान सभाको चुनाव शान्तिपूर्ण वातावरणमा सफल हुने छैन भने अर्कातिर, देश प्रतिगमनतिर जाँदै वा असफल राष्ट्र घोषित हुने सम्भावना रहनेछ । त्यसैले माओवादीसितको वार्ता र सहमति आज राष्ट्रिय महत्वको कुरा भएको छ ।
हामीले माओवादीसितको वार्ता र सहमतिमा धेरै जोड दिन्छौं । तर त्यसको अर्थ उनीहरूले अगाडि सारेका सबै शर्तहरूलाई हामीले समर्थन गर्दछौं भन्ने होइन । आफ्नो वार्ताका क्रममा उनीहरूले मन्त्रीमण्डलका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजिनामा, चुनावको मितिमा परिवर्तन, पूर्ण समानुपातिक चुनाव, संविधानको अन्तरवस्तुबारे पहिले नै सहमति, गोलमेच वा सर्वदलीय सम्मेलनका शर्तहरू राखेका छन् । हामीले उनीहरूको सर्वदलीय सम्मेलन वा गोलमेच सम्मेलनको प्रस्तावलाई समर्थन गरेका छौं । यहाँ त्यस सन्दर्भमा हाम्रो पार्टीले अन्य पक्षहरू समेत सामेल भएको प्रतिनिधिमण्डलले अन्य त्यसप्रकारको सर्वदलीय सम्मेलन वा गोलमेच आयोजनाका लागि पहल गर्न राष्ट्रपतिसित अनुरोध पनि गरेका थियौं । राष्ट्रपतिले त्यसका लागि गरेको पहललाई हाम्रो पार्टीले स्वागत गर्दछ । तर सर्वदलीय सम्मेलन अझैसम्म सफल हुन सकेको छैन । सञ्चार माध्यमहरूबाट प्राप्त समाचार अनुसार त्यो वार्ता करिब करिब असफल भएको छ । हाम्रो पार्टीले त्यसप्रकारको वार्ता वा सहमतिलाई धेरै नै महत्व दिन्छ । त्यसकारण त्यो सम्मेलनलाई सफल पार्न, सहमतिमा पुग्न र संविधान सभाको चुनावलाई सफल पार्न सम्बन्धित पक्षसित अनुरोध गर्दछौं ।
हामीले प्रधानन्यायाधीशको नेतृत्वमा बनेका निर्दलीय सरकारको प्रारम्भदेखि नै विरोध गर्दै आएका छौं । त्यसले बहुदलीय व्यवस्थाको आधारलाई धेरै नै कमजोर पारेको छ । त्यो अवस्थामा देश निर्दलीय व्यवस्थातिर जाने खतरालाई रोक्नु पर्दछ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ र त्यो दिशामा गरिने संघर्ष वा प्रयत्नहरूलाई हामीले पूरा समर्थन गर्नेछौं । तर यसबारे हाम्रो यो स्पष्ट मत छ कि रेग्मीको प्रधानन्यायाधीशको पदबाट     राजिनामाले त्यो समस्यालाई समाधान गर्ने छैन ।
रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा दिए पनि सरकारको निर्दलीय प्रकृतिमा कुनै अन्तर आउने छैन र त्यो निर्दलीय सरकार नै हुनेछ । त्यसरी उनको राजिनामा अहिलेको समस्या, देश निर्दलीय व्यवस्थातिर जाने खतराको समाधान हुने छैन । अहिले देश निर्दलीय व्यवस्थातिर लैजाने जुन खतरा उत्पन्न भएको छ, त्यसको सही निकास संविधान सभाको चुनाव नै हो । त्यसले निर्दलीय आधारमा बनेको सरकारलाई समाप्त गरेर बहुदलीय सरकारको आधार तयार पार्नेछ । त्यसकारण वर्तमान निर्दलीय सरकारको अन्तका लागि पनि छिटोभन्दा छिटो संविधान सभाको चुनाव सम्पन्न हुनु आवश्यक छ । त्यो वाहेक अर्काे कारणले पनि हामीले तत्काल वर्तमान सरकारको विघटन गर्ने सोचाइलाई असान्दर्भिक ठान्दछौं । तत्कालका लागि सबैभन्दा महत्वपूर्ण र केन्द्रीय विषय संविधान सभाको चुनाव नै हो । अहिले सरकरको विघटन वा गठनको प्रसङ्गलाई अगाडि बढाउने बित्तिकै त्यो विषय नै मुख्य राजनीतिक महत्वको विषय बन्नेछ र संविधान सभाको चुनाव पछाडि धकेलिनेछ । यहाँसम्म कि वर्तमान सरकारको ठाउँमा दलीय आधारमा सरकारको गठनको प्रस्ताव आउँछ भने पनि हामीले त्यसलाई उपयुक्त ठान्दैनौं । किनभने त्यो प्रस्तावले नयाँ विवाद पैदा गर्नेछ । नयाँ सरकारको कसले नेतृत्व गर्ने ? त्यो टुंग्याउन पहिले झैं कैयौं महिना लाग्नेछ र तैपनि त्यो विषय टुङ्गिने छैन । त्यसको एउटै परिणाम हुनेछ ः संविधान सभाको चुनाव अनिश्चित बन्दै जानेछ र एजेण्डाबाट नै संविधानको विषय हट्ने सम्भावना हुनेछ । त्यसकारण हामीले तत्कालका लागि सरकारको विघटन वा त्यसको ठाउँमा नयाँ सरकारको गठनसम्बन्धी कुनै विवादमा नपरिकन संविधान सभाको चुनावलाई सुनिश्चित गर्नेतिर नै मुख्य ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौं र त्यो चुनावमा बाधा हाल्ने कुनै विचार, नीति वा गतिविधिलाई गलत मान्दछौं, अस्वीकार गर्दछौं र विरोध गर्दछौं । जसले निर्दलीय सरकारको नेतृत्व वा अन्य कुनै पनि कारणले भए पनि संविधान सभाको चुनावको विरोध गर्दछन् वा त्यसलाई असफल पार्ने कुरा गर्दछन्, उनीहरूले यो स्पष्ट गर्नु पर्दछ ः त्यसप्रकारको नीतिको फल के निस्कनेछ ? त्यसप्रकारको नीतिले के वर्तमान वहुदलीय व्यवस्थालाई समाप्त गरेर बहुदलीय वा क्रान्तिकारी व्यवस्था ल्याउन मद्दत गर्नेछ ?
माओवादीले चुनावको मिति सार्ने कुरामा जुन जोड दिइरहेको छ, त्यसलाई पनि हामीले सही मान्दैनौं । त्यसरी मिति सार्दा निर्दलीय सरकारको आयु लम्विने, संविधान सभाको चुनाव पछि धकेलिने वा त्यो नहुने पनि सम्भावना रहनेछ । हाम्रो जोड यो कुरामा हुनु पर्दछ कि छिटोभन्दा छिटो वर्तमान निर्दलीय सरकारको अन्त होस् । त्यसका लागि छिटोभन्दा छिटो संविधान सभाको चुनाव हुनु पर्दछ । एकपल्ट चुनावको मिति सरेपछि त्यो पुनः सर्दै जाने सम्भावना रहनेछ । त्यस सन्दर्भमा सम्भावित अन्य दुई वटा सम्भावनाहरूप्रति हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ ः प्रथम, अर्काे सालको प्रारम्भमा वर्तमान प्रधानन्यायाधीशको कार्यकाल समाप्त हुनेछ । अहिलेको व्यवस्था अनुसार वहालवाला प्रधानन्यायाधीश नै मन्त्रीमण्डलको प्रमुख हुनेछन् । संविधान सभाको चुनावको मिति पछि सार्दै गएर त्यो चुनाव सम्पन्न हुनुभन्दा पहिले नै वर्तमान प्रधानन्यायाधीशको कार्यकाल समाप्त भयो भने के हुनेछ ? त्यो अवस्थामा या त अर्काे वहालवाला प्रधानन्यायाधीशलाई सरकारको प्रमुख बनाउनु पर्नेछ वा अर्काे, दलीय सरकारको गठनका लागि पहल गर्नु पर्नेछ । पहिले पनि दलीय आधारमा सरकार बनाउन सहमति हुन नसकेको उदाहरण हाम्रा अगाडि छ । ती दुवै अवस्थामा संविधान सभाको चुनाव पछि सर्ने र अनिश्चित हुने सम्भावना रहनेछ । त्यो अवस्थामा देश पुनः नयाँ प्रकारको गोलचक्करमा फस्नेछ ।
मिति सार्ने प्रश्नसित जोडिएको अर्काे प्रश्नतिर हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । भारतमा छिट्टै आम चुनाव हुँदैछ । त्यो चुनावमा भारतीय जनता पार्टी एउटा मुख्य प्रतिद्वन्द्वीका रूपमा अगाडि आएको छ । त्यो चुनावमा त्यो पार्टीको विजय हुने र त्यसले सरकार बनाउने बारे पनि भारतीय प्रेसमा निकै चर्चा छ । चुनावमा भारतीय कांग्रेस वा भारतीय जनता पार्टीमध्ये कसको विजय हुनेछ ? अहिले नै त्यो कुरा भन्न सकिन्न । तैपनि त्यहाँ भाजपाको विजय भएमा वा त्यो सरकारमा आएमा त्यसको असर नेपालमा पनि पर्नेछ । त्यस अनुसार भारतमा भाजपाको सरकार बनेपछि नेपालमा चुनाव भएमा त्यसबाट राजावादीहरू वा उनीहरूको राजतन्त्रको पुनस्र्थापना वा हिन्दू राज्यको स्थापनामा मद्दत पुग्ने कुरा प्रस्ट छ । त्यसका पछाडि माओवादीहरूले भारतको चुनावमा भाजपाको विजय वा त्यसबाट नेपालमा राजावादीहरूलाई मद्दत पुग्ने सम्भावनामाथि विचार गरेर नै चुनावको मिति सार्ने प्रयत्न गरेका हुन् भनेर हामी मान्दैनौं । तैपनि उनीहरूले राष्ट्रिय स्वाधीनताका पक्षमा पूर्व राजाको प्रसंशा गरेको र राजावादीहरूसित सहकार्य गर्ने कुरामाथि विचार गर्दा उनीहरूले पूर्व राजा वा राजावादीहरूसितको कुनै गोप्य समझदारी अनुसार संविधान सभाको चुनावको मिति सार्न धेरै जोड दिएका ता होइनन् ? प्रश्न उठाउनका लागि ठाउँ छ ।
माओवादीहरूले वार्ताका दौरानमा अर्का दुई वटा कुराहरूमा पनि जोड दिने गरेका छन् ः प्रथम, पूर्ण समानुपातिक चुनाव र द्वितीय, पहिले नै संविधानको अन्तरवस्तुमा सहमति । हामीले यी दुवै अवधारणालाई गलत मान्दछौं र विरोध गर्दछौं । हामीले प्रत्यक्ष र समानुपातिक चुनावको ५०÷५० प्रतिशतको नीतिलाई समर्थन गर्दै आएका छौं । समानुपातिक उम्मेदवारहरूको मनोनयन पार्टीहरूद्वारा गरिन्छ । प्रत्यक्ष उम्मेदवारहरू सिधै जनताद्वारा चुनिन्छन् । प्रत्यक्ष चुनावलाई पूरै हटाउँदैमा उम्मेदवारहरूको चुनावमा जनताको प्रत्यक्ष भूमिका कमजोर हुन्छ । त्यसैले हामीले प्रत्यक्ष चुनावलाई पूरै हटाउने मात्र होइन, त्यसको अनुपात घटाउँदै लैजाने कुरालाई पनि गलत मान्दछौं ।
संविधानको अन्तरवस्तुबारे पहिले नै सहमति कायम गर्ने अवधारणा पनि हामीले आधारभूत रूपले नै गलत ठान्दछौं । कुन प्रकारको संविधान बनाउने ? त्यो संविधान सभाले निर्णय गर्ने कुरा हो । संविधान सभाको त्यसप्रकारको सार्वभौम अधिकारलाई पहिले नै कुण्ठित गरिएको छ । माओवादी र सात दलीय गठनबन्धन सरकारले पहिले नै अन्तरिम संविधानमा संघीयता सामेल गरेर त्यो संविधान सभालाई त्यो सीमाभित्र नै संविधान बनाउन बाध्य पारे । उनीहरूले पहिले नै संविधान सभाको सार्वभौम अधिकारलाई धेरै कुण्ठित गरिसकेका छन् । मधेशवादीहरूले विभिन्न सम्झौताहरू गरेर संविधान सभा बाहिर नै आफ्ना विभिन्न मागहरू पूरा गराउने र त्यस अनुसार संविधानको निर्माण गर्न संविधान सभालाई बाध्य पार्न प्रयत्न गर्दै आएका छन् । एमाओवादीले पनि पहिले नै संविधानको अन्तरवस्तुमा सहमति कायम गर्ने कुरामा जोड दिँदै आएको छ । अहिले माओवादीले पनि त्यही प्रकारका नीतिमा जोड दिइरहेको छ । विभिन्न पक्षहरूले यसप्रकारको पूर्वशर्तमा जोड दिनुको अर्थ यो हो कि संविधान सभाको संविधान बनाउने सार्वभौम अधिकारलाई दबाएर उनीहरूले आफ्नो धारणा अनुसार संविधान बनाउन चाहन्छन् । मधेशवादीहरूले क्षेत्रीयतावादी रूपमा र जातिवादीहरूले जातिवादी रूपमा नै संविधानको निर्माण गर्न चाहन्छन् । एमाओवादीको क्षेत्रीयतावादी र जातिवादी दुवै पक्षहरूसित गठबन्धन गरेका छन् र माओवादीले जातिवादीहरूसित गठबन्धन गरेका छन् । देशमा क्षेत्रीयतावाद र जातिवादविरुद्ध व्यापक जनमत छ । नवनिर्वाचित संविधान सभाद्वारा उनीहरूको त्यसप्रकारका अवधारणाहरू स्वीकृत हुने कुरामा उनीहरूलाई शंका छ । त्यसैले उनीहरूले पहिले नै त्यसप्रकारको अवधारणाहरूबारे सहमति कायम गर्न चाहन्छन् । त्यो वाहेक सरकारको स्वरूप र अन्य विषयहरूमा उनीहरूको जुन अवधारणाहरू छन्, त्यसबारे पनि सहमति कायम गर्न अन्य पक्षहरूलाई बाध्य गर्न चाहन्छन् । त्यही प्रकारको सहमति अर्थात् एकल जातीय आधारमा सहमति नहुँदा उनीहरूले संविधान निर्माण नगरिकन संविधान सभाको विघटन भएको थियो । संविधान सभाको विघटनपछि पनि संविधानका अन्तरवस्तु उनीहरूका अवधारणासित अन्य पक्षहरू सहमत नहुँदा सहमतिको सरकार बनेको थिएन । त्यो कुराले बताउँछ, संविधान निर्माणसम्बन्धी उनीहरूको दृष्टिकोण पूरै अधिनायकवादी प्रकारको छ । उनीहरूको अवधारणा अनुसार संविधान नबने संविधान नै बन्न नदिने वा संविधानसभाको विघटन गर्नसम्म उनीहरू हिचकिचाउने गरेका छैनन् । अहिले पनि उनीहरूमा त्यही प्रकारको प्रवृति दोहोरिने र त्यसबाट संविधान सभाको चुनाव वा संविधान निर्माणको कार्यमा मद्दत पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले पनि उनीहरूले पहिले नै संविधानको अन्तरवस्तुबारे सहमति हुनु पर्ने कुराले एमाओवादी र माओवादीका विभिन्न पक्षहरूले जसरी जोड दिने गरेका छन्, त्यसले उनीहरूको अधिनायकवादी दृष्टिकोणलाई नै बताउँछ ।
अहिले माओवादी र सत्तापक्षका बीचमा सहमति हुन नसकेर वा सर्वदलीय सम्मेलन तथा सहमति हुन नसकेर संविधान सभाको चुनाव समयमा हुन सकेन भने त्यसले सम्पूर्ण देशलाई संकटका मुखमा पु¥याउने छ । माओवादीले आफ्नो गलत नीतिमा लगातार जोड दिइरहे भने त्यसले संविधान सभाको चुनावका लागि अत्यन्त कठिन स्थितिको सिर्जना गर्नेछ र त्यसका कैयौं दूरगामी परिणाम हुनेछन् । त्यसैले माओवादीले संविधान सभाको चुनावलाई बहिष्कार गर्ने वा उनीहरूले घोषणा गरे झैं त्यसलाई बिथोल्ने प्रयत्न गरे भने देश प्रतिगमनतिर जाने सम्भावना रहनेछ । प्रतिगमनको खतरालाई रोक्न र देशलाई अग्रगमनको दिशामा लैजान संविधान सभाको चुनाव ऐतिहासिक, राष्ट्रिय र निर्णयात्मक आवश्यकता भएको छ । त्यसैले संविधान सभा, संविधानको निर्माण वा गणतन्त्र पक्षधर शक्तिहरूले संविधान सभाको चुनावलाई सफल पार्न पूरा शक्ति लगाउनु पर्दछ । अहिले हुने संविधान सभाको चुनावले देशका सबै समस्याहरूलाई समाधान गर्ने छैन । तर तात्कालिक राष्ट्रिय अवस्थामा त्यसको प्रगतिशील महत्व छ । संविधान सभा सफल हुनेछ वा त्यो असफल हुनेछ ? त्यसले नै यो कुराको फैसला गर्नेछ ः देश प्रतिगमनको दिशामा जानेछ वा अग्रगमनको दिशामा ?

मोफसल पत्रकारिता

 तपार्इंको पुरा परिचय पाउँ न ?
 म सटेन्द्र जबेगू । नेपाल पत्रकार महासंघ इलामको पूर्व अध्यक्ष, इलाम आवाज साप्ताहिकको सम्पादक ।
 कति समय देखि गर्दै हुनुहुन्छ पत्रकारिता ?
१४ वर्षदेखि
 के सोचेर तपाई पत्रकारिता पेशामा लाग्नु भएको हो ?
 चुनौतिपूर्ण पेशा र नागरिकहरुलाई सुसूचित गर्न पाइन पेशा भएकाले पत्रकारितालाई रोजेको ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
आर्थिक, सामाजिक
पत्रकारिता पेशामा लागेर आईपर्ने समस्याहरु के के छन ?
पेशागत सुरक्षा, भौतिक सुरक्षा र सीपको अभाव ।
 मोफसलै भएपनि नेपालमा सुर्योदय हुने जिल्ला ईलामवाट पत्रकारिता गर्दै हुनुहुन्छ, राम्रै होला नि !
राम्रै छ ।
 कत्तिको सन्तुष्ट हुनुहुन्छ पत्रकारिता पेशावाट ?
सन्तुष्ट छु ।
 तपाईले सम्पादन गर्दै आउनु भएको “ईलामा आवाज” कस्तो चलिरहेको छ ? 
ठिकै ।
 ईलाम जिल्लाको पत्रकारिताको अवस्थालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
 इलाम जिल्लाको पत्रकारिता अन्य पहाडी जिल्लाको तुलनामा राम्रै फष्टाएको छ । पहाडी जिल्ला भएपनि तीन वटा  रेडियो, तीन वटा दैनिक र दुई साप्ताहिक सञ्चालनमा छ । राष्ट्रिय स्तरका मिडियाहरुमा पनि यहाँको समाचार कभरेज राम्रा छ ।
 मोफसलका पत्रकारहरुका मुख्य समस्याहरु के के देख्नु भएको छ ?
व्यावसायिकता अभाव र पत्रकारिता अध्ययन गर्ने अवसर नहुनु ।
 मोफसल पत्रकारहरुका समस्या समाधानका लागि नेपाल सरकारले कस्तो भुमिका खेलेको         पाउनुहुन्छ ?
मोफसल मात्र होइन सम्पूर्ण पत्रकारहरुको समस्याको विषयमा सरकार गम्भीर छैन । पत्रकारहरुका लागि निर्धारण भएको न्युनतम पारिश्रमिकसमेत पत्रकारहरुले पाइरहेका छैनन् । सरकारी सञ्चार माध्यमहरु नै पत्रकारहरुको शोषण गरिरहेको छ । सरकार पत्रकारहरुको समस्याप्रति उदासिन         देखिन्छ ।
 मोफसल पत्रकारिताको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
पत्रकारहरुको हकहितका लागि जतिपनि आवाज उठिरहेको छ । त्यो महासंघले मात्र उठाइरहेको   छ । तर, जिल्लामा कस्तो भूमिका रहने भन्ने कुरा त्यहाूको नेतृत्वमा पनि भर पर्छ ।
 पत्रकारहरुका बैचारिक संगठनहरु (प्रेश चौतारी, प्रेश युनियन आदि) ले मोफसल पत्रकारिताको    संरक्षणका लागि कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको पाउनु हुन्छ ?
तालिम, गोष्टी र प्रेस स्वतन्त्रताका लागि आवश्यक छलफलका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
 तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिता सुशासन र लोकतन्त्रको प्राण हो ।
 आजकल पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु पनि राजनीतिक दलका झोला वोक्ने, कमिसनको खेलमा लाग्ने, तस्करहरुसंग मिलेमोतो गर्ने, जाँड खाएर दिउसै हल्लिने, केटी घुमाउने जस्ता क्रियाकलाममा लागेका छन भन्ने गुनासाहरु आउँछन, ईलाममा पनि त्यस्तै छ कि !
छैनन् ।
 तपाई कत्तिको संलग्न हुनुहुन्छ, यस्ता पेशाहरुमा ?
अरुले मूल्याङ्कन गर्ने कुरा हो ।
 तपाईको पारिवारिक अवस्था वताउन मिल्छ
विवाहित, छोराछोरी,संयुक्त परिवार 
 मनोरञ्जन गर्ने फुर्सद कत्तिको छ तपाईसंग ?
अलिअलि छ ।
 फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
पत्रपत्रिका , पुस्तक अध्ययन गर्ने गर्छु ।

कला, संस्कृति र साहित्य

“जेष्ठ नागरिकप्रतिको सम्मान”

आमा, बुवा र पुज्यजनले हुर्काए कष्टै गरी
आप्mनो त कुनै परवाह नगरी, रातदिन चिन्तन गरी
छोराछोरी भनेर सवले, शिक्षा दिए हरघडी
स्वास्थयको कुनै बिचार नगरी संघर्ष सा¥है गरी
पञ्चै वाजा वज्यो र घरमा आईन दुलही घरमहाँ
नातीको मुहार देखि खुशी भई ऐश्वर्य सम्झे तहाँ
भन्न लागे तिनीहरु सवसित सात पुस्ता तर्ने भयो
हाम्रा दुःखहरु सव हरिगयो, बैकुण्ठ धामै भयो
तर आज
छोरा जागिर खान परदेश, दुलही गईन साथमा
घरमा कोही रहने वुवाआमा संगमा, एक्लो परे घरमा
छोरा भाई घर पुगी तिनलाई बृद्धाश्रममा राखी गयो
आफ्नो घर शुन्य पारी तिनले सेवाश्रममा नै रह्यो
बुवा आमालाई छाती पिटी–पिटी रुनु भयो, एक्लो प¥यो जिन्दगी
संसारको सुख भोग गरी खाने समयमा जीवन भयो वन्दकी
बृद्धाश्रमको खुला जेलसरी कोठरीमा दिन काट्न मुस्किल भयो
आमा वुवाको मिठो सपनाहरु त के संसार छुटिगयो
बावुसम्म आमावुवालाई अवता पारसमणी हो भनि
तिम्रो दायित्व नविर्स रतिभर जन्माउने आमा पनि
आमाको स्याहार सम्भार गरे, यो लोक परलोक पनि
सुखी समृद्धि र उज्ज्वल जीवन हुनेछ सधैगरी

गोबिन्दप्रसाद श्रेष्ठ

सिलगढी, डोटी

देउडा गीत

सेतो सेतो साईपाल हिमाल टलकिन्छ टलक्क
अग्लो शिखर सगरमाथा झल्किन्छ झलक्क
खप्तड कस्तो सुन्दर लेक निगाली टुसाउने
भेलछडाको पानी कस्तो दुःखी मन बुझाउने
पूर्वपट्टि तेडीमाडु पश्चिम मष्टामाण्डौं
मन्धिरै मन्धिरको देश क्या राम्रो काठमाण्डौं
स्वाभिमानी झुक्दैनौं विर हौं नेपाली
उपत्यका सरी धनी क्या राम्रो छपाली
कति राम्रो डोटी जिल्ला हाईस्कुल खुलेका
डाँडाँ काँडा लालिगुरास ढकमक्क फुलेका
सयपत्री र मखमली फुलिजा हजारी
नेपाली हौं विर हामी शान्तिका पुजारी

रमेशवहादुर नेपाली “अन्जान”

छपाली गाबिस–६, डोटी

जोख्छु म त

सुन्दर त्यो मुहारलाई हिरासंग जोख्छु म त
अति गोप्य मनको कुरा तिमिसंग पोख्छु म त
जुन वनी छाएकी छौं, मेरो मनको अँधेरीमा
सवै खुशी तिमिलाई दिई पिडाहरु भोग्छु म त
अति गोप्य मनको कुरा तिमिसंग पोख्छु म त
साथ तिमिले दिँदा पनि एक्लो मनको आभाष हुन्छ
वग्छन आशु आँखावाट जेनतेन रोक्छु म त
अति गोप्य मनको कुरा तिमिसंग पोख्छु म त
कहिले काँही भेट्न मलाई चौतारीमा धाउने गर्नु
यही दिन आउनु भनि मिति पनि तोक्छु म त
अति गोप्य मनको कुरा तिमिसंग पोख्छु म त
सुन्दर त्यो मुहारलाई हिरासंग जोख्छु म त

लक्ष्मीराम ओड “मिलन”

भैरव गण, सिलगढी डोटी

महत्वपूर्ण जानकारी

— चुम्वकीय क्षेत्र भन्नाले चुम्वकले आप्mनो वरीपरी जहाँसम्म चुम्वकीय बस्तुलाई असर गर्छ त्यसलाई बुझिन्छ
— भु–चुम्वकत्वले गर्दा फलामका धाउमा चुम्वकीय गुण हुने गर्छ ।
— कुनै ठाउँको सही भौगोलिक दिशा थाहा पाउनका लागि दिक्पाल    (ब्लनभि या मभष्लिबतष्यल) थाह पाउनु पर्छ ।
— राती हवाई जहाज र पानी जाहाज चलाउँदा दिक्पालको मानले सही दिशा पत्ता लगाउँछ ।
— बिद्युतको चुम्वकीय असर हान्स क्रिष्चियन ओएर्सटेडले सन १८१९ मा पत्ता लगाएका हुन ।
— तारको फन्कोको संख्या बढाउँदा बिद्युत चुम्वकको शक्ति वढ्छ र घटाउँदा चुम्वकको शक्ति घट्छ ।
— चुम्वकीय क्षेत्रभित्र चुम्वकीय बलरेखाहरुलाई काट्ने गरी तारलाई चुलाउँदा उत्पन्न भएको करेण्टलाई उत्प्रिेरित करेण्ट (क्ष्लमगअभम अगचचभलत) भनिन्छ ।
— चुम्वकीय क्षेत्रमा रहेको सुचालक तारवाट बिद्युत बहँदा ताप उत्पन्न हुन्छ । यही मोटर असरको सिद्धान्तका आधारमा बिद्युत मोटर निर्माण गरिन्छ ।
– बिद्युत मोटरले बिद्युत शक्तिलाई शक्तिगतिमा रुपान्तरण गर्छ ।
– चुम्बकीय क्षेत्रमा रहेको तारमा बिद्युत वहँदा उक्त तारमा चाल उतपन्न हुन्छ यस चाललाई मोटर असर भनिन्छ ।
– मोटर असरको सिद्धानतको आधारमा मोटर बिद्युत निर्माण  गरिन्छ ।
— धेरै मात्रामा बिद्युत उत्पादन गर्ने उपकरणलाई जेनेरेटर भनिन्छ ।
— थोरै बिद्युत उत्पादन गर्ने उपकरणलाई डाईनामो भनिन्छ ।
— डाईनामो वा जेनेटरले फाराडेको बिद्युत चुम्वकीय उत्पादनको नियमको आधारमा बिद्युत उत्पादन गर्ने कार्य गर्दछन ।
— भावर प्रदेश भन्नाले चुरे पर्वतको दक्षिणी किनारामा पूर्वदेखि पश्चिमसम्म ६–१२ कि.मि. सम्म फैलिएको भुभागलाई भावर प्रदेश भनिन्छ ।

– एशियाको सवैभन्दा ठुलो हिमाली राज्य नेपाल हो ।
– नेपालको सवैभन्दा होचो ठाउँ झापाको केचना कलन  हो ।
– सप्तगण्डकी काली गण्डकी, बुढी गण्डकी, सेती, म्यादी, दरौती, त्रिसुली र मस्र्यांदी गरी सातवटा नदी मिलेर वनेको छ ।
– नेपालमा प्रथम कम्युनिष्ट सरकारको गठन २०५१ साल मंसिर १३ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा भएको थियो ।
– नेपालमा स्थापना भएको पहिलो पार्टी नेपाल प्रजापरिषद् हो ।
– नेपालको राजनीतिमा जननायक भनेर स्व.बि.पी. कोईरालालाई भन्ने गरिन्छ ।
– नेपालको राजनीतिमा ःबल या तजभ भभिअतभम भनेर जननेता स्व. मदन भण्डारीलाई भन्ने गरिन्छ ।
– रुसी नागरिक युरी गगरिन १२ अप्रेल सन १९६१ मा पहिलो पटक अन्तरिक्षमा पुगेका हुन ।
– संसारको सवैभन्दा ठुलो मरुभुमी अफ्रिका महादेशको सहरा मरुभुमी हो । यसको क्षेत्रफल ६४ लाख वर्ग किलोमिटर रहेको छ ।
– म्यानमारको राजधानीको पुरानो नामको पहिलो अक्षर परिवर्तन    गरी रंगुन वाट यंगुन वनाईएको हो ।
– २१ मार्च र २३ सिप्टेम्वरमा रात र दिन वरावर हुन्छ ।
सुर्यको किरणलाई पृथ्वीमा आईपुग्न करीव ८ मिनेट २० सेकेण्ड   लाग्छ ।
– २०६४ साल चैत्र २८ गते नेपालमा पहिलो पटक संबिधानसभाको निर्वाचन भएको थियो । सो निर्वाचनपछि २०६५ साल चैत्र २८ गते ६ वटा निर्वाचन क्षेत्रमा संबिधानसभाको उप निर्वाचन भएको थियो । दुई वर्षका लागि गठन भएको संबिधानसभाले पटक–पटक गरी थप दुई वर्ष वढाएर चार वर्षको अवधी वनाएको थियो । ६०१ जना सभासद् रहेको उक्त संबिधानसभाले नयाँ संबिधान जारी नगरी २०६९ साल जेठ १४ गते बिघटन भएको थियो । संबिधानसभाको अर्को निर्वाचन आगामी मंसिर १४ गते हुँदैछ ।

बिज्ञापन

नेपाल सरकार

संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय

खातिवाडा गाबिसको कार्यालय, डोटी

मिति २०७० सात भाद्र २२ गते सम्पन्न आर्थिक वर्ष २०६९÷०७० को समीक्षा  परिषदद्वारा पारित गाबिसको आयव्यय बिवरण
 आम्दानी तर्फ
 क्र.स.  आम्दानीको श्रोत                         रकम            कैफियत
 १      अघिल्लो वर्षको मौज्दात                         ८३१५२८÷७२
 २.     सञ्चालन अनुदान निकासा                       ४२००००।–
 ३.     पूजीगत अनुदान निकासा                         १३१००८०।१५
 ४.    सा.सु. भत्ता निकासा                             २५५६६००।–
 ५.    गरीवसंग बिश्वेश्वर कार्यक्रम निकासा              ९३३३०।–
 ६.    मालपोत आम्दानी+पंजिकरण+सिफारिस शुल्क      २४८११।–
 ७.    वाल संरक्षण अनुदान निकासा                     ७८३००।–
 ८.    धरौटी आम्दानी हुन आएको (जनश्रमदान रकम)     ६००००।–
 ९.    जेष्ठ नागरिक सम्मान कार्यक्रम                    ३०००।–
       जम्मा आम्दानी                          ६०८२३४९।८७
 खर्च तर्फ
 क्रस.  खर्चको बिवरण      बिनियोजित रकम   वास्तविक खर्च रकम   कैफियत
  १.    तलव भत्ता                ६५०००।–            ५९०००।–
  २.    थप प्रोत्साहन भत्ता         ५१०००।–            ५५०००।–
  ३.    सेवा सञ्चार खर्च          १५०००।–            १५०००।–
  ४.   भैपरी खर्च                 ५००००।–            ५०४९६।–
  ५.   बिबिध खर्च                ४००००।–           ३९९२३।–
  ६.   सामाजिक सेवा अनुदान      १०६०००।–          १०५०००।–
  ७.   सा.सु. भत्ता बिवरण         २५५६६००।–         २५५६६००।–           ४००० बैङ्क दाखिला
  ८.   वाल संरक्षण अनुदान खर्च    ७८३०००।–          ७८३०००।–     ३०,६००।– दाखिला गरेको
  ९.   कार्यालय सञ्चालन खर्च      ५००००।–           ५६८३०।–
  १०.  सामाजिक सुरक्षा अनुदान    ५००२८।–           २५०००।–
  ११.  कार्यक्रम भ्रमण खर्च         ६००००।–           ६३५१०।– 
  १२. मालपोत जिबिस दाखिला                           १९५३।–
  १३. सम्मान कार्यक्रम                                  ३०००।–
बिकास खर्च तर्फ
बिबरण                                       रकम                    कैफीयत
  ग्रामिण सडक दिपायल खातिवडा                 रु ५,१०,०००।–   
  सिँचाई पोखरी निर्माण उ.स. खातिवडा ६                रु १,२०,०००।–   
  ग्रामिण उ.स.१,२, र ३ धरौटी फिर्ता                रु ४०,०००।–   
  श्री देबी मा.बि. धरौटी र्फिता                          रु २७,७००।–   
  श्री महाकाली नि.मा.बि. धरौटी र्फिता                 रु ३०,०००।–   
  श्री देउखला प्रा.बि. धरौटी र्फिता                 रु ३२,०००।–   
  बिद्युत बिस्तार उ.स.७, ८ र ९ घरौटी र्फिता           रु ३०,०००।–   
  जम्मा                                       ७,८९,७००।–   
  बिपन्न बालबिकास कार्यक्रम                           रु १,०८,०००।–
  बिपन्न दलित अपाङ्ग जेष्ठ नागरिक तथा पिछडा बर्ग  रु १,६२,००० ।–   
  उपस्वास्थ्य चौकी बर्थिङ सेन्टर अनुदान                  रु २,०१,५००।–   
  खानेपानी तथा स्वास्थ्य सरसफाई कार्यक्रम        रु ५०,०००।–
  ग्रामिण बिद्युत बिस्तार वडा न. १ र २                 रु १,००,०००।–   
  ग्रामिण बिद्युत बिस्तार ७, ८ र ९ मा                  रु १,००,०००।–   
  गोले देउता मन्दिर आ.स.                          रु १०,०००।–   
  ग्रामिण सडक हलिखोला खातिवडा                  रु २,००,०००।–   
  बिपन्न महिला कार्यक्रम                         रु १,०८,०००।–   
  सिचाई कुलो मर्मत खातिवडा ४ र ५                रु ९३,३३०।–   
  बिद्युत बिस्तार धरौटी फिर्ता १ र २                रु २०,०००।–   
  बिद्युत बिस्तार धरौटी फिर्ता ७, ८ र ९                रु २०,०००।–   
  ग्रामिण सडक दिपायल खातिवडा उपभोक्ता समिति
  धरौटी र्फिता                                   रु २०,०००।–   
  सरसफाई कार्यक्रम                                                    रु २,३८,१८०।–     

होटल व्यवसायी संघ डोटी

होटल व्यवसायी संघ डोटीको मिति २०६९ पुष २५ गते बसेको पुर्ण बैठकले होटल व्यवस्थापन सम्वन्धमा न्युनतम दर रेट कायम गरेकोले सम्पुर्ण होटल व्यवसायीहरु र आम उपभोक्ताहरुको  जानकारीका लागी यो सूचना पुनः प्रकाशन गरिएको छ ।
न्युनतम दर रेट ः–
क्र स      विवरण               परिमाण   दर     क्र स      विवरण              परिमाण   दर
 १         खाना              १ पिलेट  १००     २          मासु            १ पिलेट  २००
 ३         सेकुवा          १ पिलेट     २२०    ४    व्वाईलर कुखुरा मासु    १ पिलेट  १८०
 ५        मासु चिउरा         १ पिलेट  २४०    ६          अण्डा           प्रतिगोटा  २०
 ७        दहि                १ लिटर   ८०     ८           दुध            १ लिटर   ५०
 ९        चिया स्पेशल        १ गिलास  १५     १०      चिया लेवन         १ गिलास  १०
 ११       मिठाई              १ केजी   ४००   १२          जेरी            १ केजी   २५०
 १३       मः मः             प्रतिप्लेट   १००    १४       चाउमिन          प्रतिप्लेट   ६०
 १५       भुटन              प्रतिप्लेट   १००    १६      छोलासममोसा       प्रतिप्लेट   ४०
 १७      लालमोन            प्रतिगोटा   १५     १८         खजुरी           प्रतिगोटा   १५
 १९      भुजिया              प्रतिगोटा   १५    २०       चाउचाउफ्राई       प्रतिगोटा   ४०

होटल व्यवसायी मित्रहरुलाई हार्दिक अनुरोध

नजिकिदै गरेको हिन्दुधर्मालम्वीहरुको महानचाड बडा दशै र शुभ दिपावलीको सम्पुर्ण होटल व्यवसायी मित्र, ग्राहक वर्ग र शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथै व्यवसायी मित्रहरुका हार्दिक अनुरोध ः–
१) पाहुना भगवानको हो भन्ने भावनाले होटेलमा पाल्नुहुने सम्पुर्ण पाहुनाहरुलाई सधै स्वागत गरौ ।
२) होटलमा आउनु हुने पाहुना तथा अन्य व्यक्तिहरुको जानकारीका लागी आफ्नो होटलको दर्ता तथा अनुमति पत्रका साथै न्युनतम दररेट सधै सबैले देख्ने गरि टाँसी राखौ ।
३) पाहुनाहरुको सुरक्षाका लागी पाहुनाको नाम दर्ता गर्ने वानीको विकास गरौ ईन्ट्रीबुक राख्ने गरौ ।
४) होटललाई मन्दिर सम्झेर सधै सफा र शान्त राख्ने गरौ ।
५) थप जानकारीका लागी होटल व्यवसायी संघ डोटीमा सम्पर्क राखौ । 

समाज सेवा

Samaj sewa Silgadhi, Doti

कर्मचारी अवश्यकता सम्बधि सूचना

प्रथम पटक प्रकाशित मितिः २०७०÷६÷१३ गते
समाज सेवा, ९क्क्म्० डोटी र वल्र्ड भिजन इन्टरनेश्नल नेपाल, पश्चिम डोटी क्षेत्र बिकास कार्यक्रमको संयुक्त साझेदारीमा संचालित “वाल स्वास्थ्य अहिल्यै” अभियान अन्तर्गत डोटी जिल्लाको बाँझककानी, महादेवस्थान, दहकालिकास्थान, छपाली, गिरीचौका र लामीखाल गा.वि.स.हरुमा कार्यक्रम सञ्चालन   भईरहेको हुँदा निम्न लिखित पदहरुको लागी समाज सेवा, ९क्क्म्० डोटीले खुला पदपूर्ती गर्ने भएकोले योग्यता पुगेका र १८ बर्ष पुरा भई ६० बर्ष ननाघेका नेपाली नागरिकहरुहरुले मिति २०७०÷०६÷१९ गते भित्र दरखास्त पेश गर्न आह्वान गरिन्छ ।
पद ः– जिल्ला अभियान संयोजक              संख्या ः– १ जना 
शैक्षिक योग्यता ः– स्नातक तह उत्तीर्ण (स्वास्थ्य सम्बन्धी बिषयमा स्नातक तह उत्तीण गरेकालाई बिशेष ग्रहायता दिइनेछ)
आवेदन दस्तुर ः–  रु ६००÷ (अक्षेरुपी छ सय मात्र)  
बाञ्छनिय योग्यता ः
१) वाल तथा मातृ स्वास्थ्य, पैरवी तथा सामाजिक विकास सम्बन्धि कम्तीमा २ वर्ष कार्य अनुभव भएको ।
२) अभियानको बृहत कार्य योजना निर्माण तथा लागु गर्न सक्ने ।
३) जिल्ला तथा स्थानीय सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सम्बन्ध विस्तार गर्न सक्ने ।
४) “वाल स्वास्थ्य अहिल्यै” अभियान कार्यान्वयनको लागी सेमिनार, बैठक, अभिमुखिकरण, तालिम र गोष्ठी संचालन गर्न सक्ने ।
५) अभियानका कर्मचारी तथा स्वयंसेवकको क्षमता अभिबृद्धि गरी वाल स्वास्थ्य अभियानलाई कार्यान्वयन गर्न सक्ने सीप भएको ।
६) वाल तथा मातृ स्वास्थ्यलाई सुधान गर्नको लागी समन्वय, व्यबस्थापन तथा पैरवी गर्न सक्ने ।
७) कार्यक्रममा लेखा तथा वित्तीय व्यावस्थापन सम्बन्धि ज्ञान भएको ।
८) आम सञ्चार सूचना आदानप्रदान दक्षता भएको र अंगे्रजी भाषामा प्रतिबेदन तथा प्रस्तावना तयार गर्नमा दक्ष ।
९) कम्प्युटर सम्बन्धि ज्ञान भएको ९ःक् धयचम, भ्हअभ िबलम उयधभच उयष्लत०
पद ः– अभियान अधिकृत                संख्या ः– २ जना 
शैक्षिक योग्यता ः– प्रमाणपत्र तह उत्तीर्ण वा सो भन्दा माथी
आदेन दस्तुर ः  रु ४५०÷ (अक्षेरुपी चार सय पचास मात्र)
बाञ्छनीय योग्यता ः
१) सामाजिक परिचालन तथा विकास सम्बन्धि कम्तीमा १ वर्ष कार्य अनुभव भएको ।
२) समुदायमामा संचालन हुने विभिन्न क्रियाकलापहरु समुह तथा स्थानीय सरोकारवालाहरुसंग मिलेर संचालन गर्न सक्ने
३) समुदायका सामाजिक तथा स्वास्थ्य अधिकार सम्बन्धि जनवकालत तथा पैरवी गर्न सक्ने सीप भएको ।
४) वाल तथा मातृ स्वास्थ्य सरोकार समिति तथा अभियानकर्ता परिचालन तथा व्यबस्थापन गर्न सक्ने ज्ञान भएको
५) आम सञ्चार, सूचना आदानप्रदान दक्षता भएको र प्रतिबेदन तयार गर्नमा दक्ष ।
६) जिल्ला तथा स्थानीय स्तरका सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सम्बन्ध विस्तार गर्न सक्ने ।
७) नेपाली र स्थानीय भाषाको राम्रो ज्ञान भएको ।
८) कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
नोटः
१) पेश गर्नु पर्ने कागजातहरु ः निबेदनका साथ नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, अनुभव कार्यक्षेत्र, बायोडाटा र एए साईजको फोटो १ प्रति ।
२) छनौट प्रकृया ः क्जयचत ीष्कत गरिएका उम्मेदवारलाई मात्र लिखित, प्रयोगात्मक तथा अन्तरवार्तामा बोलाइनेछ।
३) छनौट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ ।
४) क्जयचत ष्कित गरिएका उम्मेदवारहरुसंग मात्र आवेदन दस्तुर लिईनेछ र ईमेलबाट आएका निवेदन पनि समावेश गरिनेछ ।
५) दलित, महिला तथा जनजाति उम्मेदवारलाई बिशेष ग्रहायता दिईनेछ ।
६) मिति २०७० असोज १९ गते शनिवारका दिन पनि दरखास्त दर्ता गरिनेछ ।
७) निबेदन दिने अन्तिम मिति ः– २०७० असोज १९ गते, साँझ ४ः०० बजे सम्म (ढिलो गरी आएमा निबेदन समाबेश गरिने छैन)    
८) क्जयचत ीष्कत मा परेका उम्मेद्वारलाई संस्थाद्वारानै खबर गरिनेछ ।  

पत्रचार तथा सम्पर्क गर्ने ठेगाना

समाज सेवा ९क्क्म्०, डोटी

केन्द्रीय कार्यालय, सिलगढी–२, शिवालय टोल, डोटी

फोन नं. ः– ०९४–४२००२६, ४२०५२३  इमेल ः ssdvacancy@gmail.com




¨Right to Information is Foundation of Good Governance and Development.
¨Right to Information means the right to claim and receive the singificant public information from the Public Entities.
¨By constitutional provision, Every Nepali citizen has the right to claim and receive the Public entities information.
¨Right to information is Democratic Foundation.
¨ Let’s develop the habit to give and receive Information.
Government of Nepal
Ministry of Information and      Communication
Department of Information