बिजया दशमी २०७० को हार्दिक मंगलमय शुभकामना
मुख्य समाचार
डोटीमा तीन स्वतन्त्रको पनि उम्मेदवारी
क्षेत्र १ मा १३ र क्षेत्र २ मा ७ उम्मेदवार
मंसिर ४ मा हुने अर्को संबिधानसभाको निर्वाचनका लागि डोटी निर्वाचन क्षेत्र १ वाट १३ जना र क्षेत्र २ वाट ७ जनाले उम्मेदवारी दर्ता गरेका छन । क्षेत्र १ मा उम्मेदवारी दर्ता गराउनेहरुमा तीन जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन ।जिल्ला अदालतमा स्थापना गरिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय क्षेत्र १ ले दिएको जानकारी अनुसार उम्मेदवारी दर्ता गराउनेमा एकिकृत नेकपा माओवादीका मोहन वम, नेपाली कांग्रेसका बिरवहादुर वलायर, नेकपा एमालेका नारद मलासी, राष्ट्रिय जनमोर्चाका नरेश आलेमगर रहेका छन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वहादुर सिंह खड्का, राप्रपा नेपालका लालवहादुर खड्का, संघीय समाजवादी पार्टीका यज्ञराज भट्ट, अखण्ड नेपाल पार्टीका भिमसेन माझी, राष्ट्रिय यथार्थवादी पार्टीका धनसिं बिष्ट र समाजवादी जनता पार्टीका सन्तोष कुमार महतले उम्मेदवारी दिएका हुन ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुमा कैलाशसिंह साउँद, भरत वोहरा (योगेन्द्र) र लोकवहादुर खड्का रहेका छन । वम २०५६ सालमा एमालेको तर्फवाट तत्कालीन राष्ट्रिय सभा सदस्य भएका व्यक्ति हुन । लामो समय एमालेमा रहेका वम करीव दुई वर्ष पहिले एमा– ओवादीमा प्रवेश गरेका थिए । कांग्रेस जिल्ला सभापति समेत रहेको बिरवहादुर वलायर २०६४ सालमो संबिधानसभाको निर्वाचनमा एमाले नेता हर्कवहादुर सिंहसंग पराजित भएका थिए । एमाले सेती अञ्चल सदस्य समेत रहेका मलासी पार्टीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन । राजमोवाट उम्मेदवार भएका आलेमगर पत्रकारिता क्षेत्रमा लामो समय बिताएका व्यक्ति हुन ।
राप्रपा उम्मेदवार खड्का पनि २०६४ मा उम्मेदवार भईसकेका व्यक्ति हुन । राप्रपा नेपालका उम्मेदवार लाल वहादुर राष्ट्रिय पञ्चायत सदस्य हुन । २०५६ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा मालेको तर्फवाट उम्मेदवार भएका खड्का पूर्व राजा ज्ञानेन्द्रको प्रत्येक्ष शासनकालमा डोटी जिल्ला बिकास समिति सभापति भएका थिए । दलहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका अन्य नेताहरु भने यसअघि राजनीतिमा खासै चर्चामा रहेका व्यक्तिहरु होईनन् ।
स्वतन्त्र उम्मेदवारी दिने कानुन व्यवसायी साउँद नेपाली कांग्रेस निकट मानिन्छन । उनले २०६४ सालको संबिधानसभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि उम्मेदवारी फिर्ता लिएका थिए । एनेकपा माओवादीभित्र राम्रै पटक भएका अर्का स्वतन्त्र उम्मेदवार वोहरा द्वन्द्वका क्रममा लामो समयसम्म भुमिगत जीवन बिताएका व्यक्ति हुन । उनी एमाओवादीमा उम्मेदवारको दावेदार थिए । अर्का स्वतन्त्र उम्मेदवार खड्का कुन पार्टी नजिक हुन भन्ने खासै खुल्न सकेको छैन ।
यस्तै डोटी क्षेत्र २ को निर्वाचन अधिकृतका अनुसार एमाओवादीका त्रिलोचन भट्ट, नेपाली कांग्रेसका योगेन्द्र शाही, नेकपा एमालेका प्रेमवहादुर आलेमगर, राष्ट्रिय जनमोर्चाका मनोज भट्ट, राप्रपाका लालवहादुर कठायत, राप्रपा नेपालका थिरवहादुर मलासी र संघीय समाजवादी पार्टीका मानवहादुर थापा रहेका छन । एमाओवादी उम्मेदवार भट्ट २०६४मा डोटी क्ष्ँेत्र १ वाट पराजित उम्मेदवार हुन । उनी तेश्रो स्थानमा रहेका थिए । नेपाली कांग्रेसका शाही २०५१ सालको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई पराजित भएका व्यक्ति हुन ।
एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत रहेका अर्का उम्मेदवार आलेमगर पनि क्षेत्र २ वाट २०६४ मा पराजित भएका व्यक्ति हुन । राष्ट्रिय जनमोर्चाका मनोज भट्ट २०५६ को संसदीय निर्वाचन र २०६४ को संबिधानसभा निर्वाचनमा पराजित व्यक्ति हुन । राप्रपा डोटीका अध्यक्ष कठायत चुनावी मैदानमा नयाँ अनुहार हुन । राप्रपा नेपालका थिरवहादुर मलासी २०६४ को निर्वाचनमा पराजित व्यक्ति हुन । संघीय समाजवादी पार्टीका थापा नयाँ अनुहार हुन ।
दुवै क्षेत्रका २० उम्मेदवारहरुमा कसैका बिरुद्ध पनि उजुरी परेको छैन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज मंगलवार उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ । उम्मेदवारहरुले आज चाहेमा उम्मेदवारी फिर्ता लिनेछन । उम्मेदवारको अन्तिम नामावली भोली बुधवार प्रकाशन गरिने आयोगको कार्यतालिकामा छ । पर्सी २४ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
सम्पादकीय
शान्ति सुरक्षा कायम गर
अर्को संबिधानसभाको निर्वाचन जति जति नजिकिँदैछ, शान्ति सुरक्षाको अवस्थामा पनि त्यतिनै वढी प्रश्नचिन्ह लाग्दैछ । वाराका एमाले उम्मेदवारमाथी भारतीय नम्वर प्लेटको यातायतका साधनमा सवार व्यक्तिहरुले व्यस्त ठाउँमा आक्रमण गरे । देशका बिभिन्न स्थानहरुमा हुने आपराधिक घटनाहरुमा तिव्रता आएको छ । यसले संबिधानसभाको निर्वाचनलाई बिथोल्न शान्ति सुरक्षा खल्वलाउन खोजिएको देखिएको छ ।२०६४ सालको निर्वाचनवाट गठित संबिधानसभाले नयाँ संबिधान जारी गर्न नसकेकोप्रति सवैको गुनासो रहेको छ त्यो स्वभाविकै पनि हो । राज्यको ठुलो धनराशी खर्च भएको छ, चार वर्षसम्म देश अनिर्णयको वन्दी भएको छ, भ्रष्टाचार र महंगीले आकास छोएको छ तर राजनीतिक निकासको वाटो केही पनि देखिएन । यस अवस्थामा अर्को संबिधानसभाको निर्वाचन गर्दा धेरैलाई अपाच्य हुनु स्वभाविकै पनि हो तर बिकल्प छैन ।
अहिलेको अवस्थामा एक प्रकारको वन्दी वनेको मुलुकको राजनीतिक व्यवस्थालाई निकास दिई संस्थागत रुपमा बिकास गर्नका लागि पनि अव निर्वाचन आवश्यक छ । नेपाली जनताले यस वेला सही दल र सही उम्मेदवारलाई चुन्नु पर्ने वेला पनि आएको छ । त्यसैले यस वेला निर्वाचनको बिकल्प छैन । तर, निर्वाचन बिथोल्ने नाममा जनतालाई त्रास फैलाईदैछ । राजनीतिक कार्यकर्ताहरु, उम्मेदवारहरु, सञ्चारकर्मीहरु, आदिलाई समेत निशाना वनाईदैछ ।
निर्वाचनको लागि आम अवस्थाको भन्दा वढी सुरक्षा संवेदनशीलता हुनु जरुरी छ । देशको आन्तरिक मामिलामा सेना परिचालन गर्ने कुरा कुनै अर्थमा पनि राम्रो होईन तर अव सेनानै परिचालन गर्ने हो भने राजनीतिक अपराधहरु रोक्नका लागि सेना परिचालन गर्नुपर्छ । बिस्तृत शान्ति सम्झौतापछि व्यारेकमा थन्किएको सेनालाई परिचालन गर्नुपूर्व आधारभुत मानवअधिकारको वारेमा जानकारी गराईनु पर्छ । नत्र उनीहरुले १० वर्षे द्वन्द्वका क्रममा जसरी जनतालाई सताए फेरी पनि त्यसैगरी जनालाई दुःख दिने छन । यस कुरामा होसियारी जताउनु आवश्यक छ ।
थप समाचारहरु
उतै फर्किए लेखराज
अर्को संबिधानसभाको निर्वाचनमा डोटी निर्वाचन क्षेत्र २ वाट भिड्ने पक्कापक्की भएका एकिकृत नेकपा माओवादी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री लेखराज भट्ट फेरी कैलालीतिरै फर्केका छन ।गत संबिधानसभाको निर्वाचनमा कैलाली क्षेत्र ५ वाट बिजयी हासिल गरेका भट्ट यस पटक पनि सोही निर्वाचन क्षेत्रमा भिड्दै छन । गत मंगलवार साँझसम्म भट्टको उम्मेदवारी डोटी २ मै हुने पक्कापक्की थियो तर कैलाली पार्टीमा बिवाद सृजना भएपछि पार्टी मिलाउन भट्टलाई पुरानै क्षेत्रमा सार्नु परेको पार्टी श्रोतको दावी छ ।
पार्टीको लाईन बिपरित अखण्ड सुदुरपश्चिमको पक्षमा खुलेरै लागेका भट्ट सोही मुद्धाका कारण कैलालीमा चुनाव हार्ने सोचेर सुरक्षित ठाउँ खोज्दै आप्mनो गृहजिल्ला पुगेका थिए ।
सुदुरपश्चिमका सवै चर्चित नेताहरु गृहजिल्लावाटै चुनावी प्रतिस्पर्धा गरिरहेका वेला भट्टलाई भने पार्टीले फेरी पुरानै क्षेत्रमा पठाएको छ ।
भट्टको कैलाली सरुवासंग एमाओवादीमा अर्का भट्टले चुनावी प्रतिस्पर्धा गर्ने जिम्मेवारी पाएका छन ।
गृहक्षेत्र समेत डोटी २ मै भएका एमाओवादी डोटी जिल्ला संगठन समिति संयोजक त्रिलोचन भट्टलाई क्षेत्र १ मा चुनाव लड्ने रहर थियो तर १ मा एमालेवाट पार्टी प्रवेश गरेका पूर्व राष्ट्रियसभा सदस्य मोहन वमले उम्मेदवारी पाएपछि भट्ट आफु चुनाव लड्ने मानसिकतामा पुगेको पार्टी श्रोतको दावी छ । “तर पार्टीले जहाँवाट चुलाव लड भन्यो त्यहीवाट लड्नु पर्ने हुन्छ”, श्रोतले भन्यो “त्यसैले त्रिलोचन जि उम्मेदवार हुनुभयो”
तीन सय ९० जना प्रशिक्षित
मंसिर ४ मा हुने अर्को संबिधानसभा निर्वाचनमा मतदाता शिक्षा सञ्चालन गर्न जिल्लामा तीन सय ९० जनालाई प्रशिक्षित गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।जिल्ला निर्वाचन अधिकारी टिकाराम ढकालका अनुसार निर्वाचन शिक्षा प्रशिक्षक २० जना उत्पादन गरिएको छ । प्रशिक्षकहरुमा शिक्षकहरु, सरकारी कर्मचारीहरु, पत्रकार, कानुन व्यवसायीहरु रहेका छन । गाबिस र नगरका वडा सचिवहरुलाई स्थानीय समन्वयकर्ताका रुपमा प्रशिक्षित गरि परिचालन गरिएको छ । स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (एलजिसिडीपी) का गाबिस तथा नगरपालिकाका वडाहरुमा रहेका सामाजिक परिचालकहरुलाई निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा प्रशिक्षित गरि परिचालन गरिएको ढकालले वताए ।
यसैगरी मतदान स्थल रहेको बिद्यालयका प्रधानाध्यापकहरुलाई सुपरिवेक्षकको रुपमा प्रशिक्षित गरिएको छ । डोटीमा एक सय ६ जना मतदान स्थलहरु रहेका छन । प्रत्येक मतदान स्थलवाटवाट एक सुपरिवेक्षकहरु तयार गरिएको हो । यसैगरी महिला स्वास्थ्य स्वयं सेविका र वालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुहरु गरी एक सय ६ जनालाई मतदाता शिक्षा स्वयंसेवकहरु तयार गरिएको छ । मतदाता शिक्षा स्वयंसेवकहरुलाई मतदाताहरुलाई मतदान गर्ने तरिका, मतदाता परिचय पत्र बितरण गर्ने लगायतका जिम्मेवारी दिईएको निर्वाचन अधिकारी ढकालले वताए । मतदाता शिक्षा सामग्री आयोगवाट आउन वाँकी रहेकोले आउने बित्तिकै मतदाता शिक्षा स्वयंसेवकहरुलाई परिचालन गरिने ढकालले वताए ।
यस्तै जिल्लामा ३० जना सञ्चारकर्मीहरुलाई निर्वाच्न र सञ्चार बिषयमा प्रशिक्षण दिईएको थियो ।
उम्मेदवारी फिर्ता लिन आग्रह
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनका लागि असोज १७ गते उम्मेदवारी दर्ता गराएका देशभरीका झण्डै ६ हजार पाँच सयलाई नेकपा–माओवादीको ३३ दलीय मोर्चाले पत्र पठाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।मोर्चा संयोजक देव गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ “निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा राष्ट्रिय सुरक्षार्थ स्थापित नेपाली सेनालाई दुरुपयोग गरिँदैछ ।” वाह्य शक्तिकेन्द्रको गुरुयोजनामा प्रायोजना गरिएको निर्वाचन भएका कारण यस निर्वाचनमा भाग नलिन उम्मेदवारहरुलाई आग्रह गरिएको छ । आग्रह पत्रमा थप भनिएको छ “जवरजस्ती रुपमा प्रायोजित निर्वाचन थोपरी द्वन्द्व निम्त्याउन खोजेको हुनाले तपाईले आप्mनो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमति निर्माणको अभियानमा सहयोग पु¥याईदिन हुन ३३ दलीय मोर्चाको तर्फवाट तपाईलाई हार्दिक आग्रह गरिन्छ ।”
यसैबीच नेकपा–माओवादी डोटीले आईतवार पत्रकार भेटघाट कार्यक्रम मार्फत चुनाव बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पार्टी कार्यालय सिलगढीमा आयोजना गरिएको कार्यक्रममा सो पार्टीका डोटी ईन्चार्ज बिवेक कुमालले चुनाव वहिस्कार कार्यक्रम सार्वजनिक गरेका हुन । सार्वजनिक गरिएको कार्यक्रम अनुसार कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म देशव्यापी आम हड्ताल गरी मंसिर ४ को निर्वाचनलाई सक्रिय रुपमा वहिस्कार गर्ने रहेको छ । थप कार्यक्रममा उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरुलाई चार दलको राष्ट्रघाती कदममा साथ नदिन अपील गर्ने, मतदान केन्द्र राख्न गाबिस भवन, स्वास्थ्य चौकी, बिद्यालय लगायतमा कार्यालयहरुमा दुरुपयोग हुन नदिन पत्राचार गर्ने रहेका छन ।
त्यस्तै चार दलका शिर्ष नेताहरु जुन जिल्लामा पुग्छन त्यो जिल्ला उक्त दिन वन्द गर्ने, उम्मेदवारहरुका बिरुद्ध सामाजिक वहिस्कार अभियान सञ्चालन गर्ने, उम्मेदवारका घर अगाडी कालो झण्डा गाड्ने रहेका छन । वहिस्कारका कार्यक्रम सार्वजनिक गर्दै ईन्चार्ज कुमालले भने–हामी अहिले पनि शान्तिपूर्ण रुपमा चुनाव सार्न आग्रह गरिरहेका छौं, यदि त्यसो भएन भने चुनावको हामी सशक्त प्रतिवाद गर्छौं ।
कोईरालालाई वागीले सतायो
कांग्रेस सभापति सुशील कोईरालालाई वागी उम्मेदवारका कारण तनाव भएको छ । कोईराला उम्मेदवार वनेको चितवन क्षेत्र ४ वाट पूर्व जिल्ला सभापति वागी उम्मेदवार भएपछि विवाद सुल्झाउन यहाँ जिल्ला नेतालाई राजधानी वोलाईएको छ ।सभापति कोईरालाकाको वागी वनेर बिकास कोईरालाले उम्मेदवारी दिएपछि समस्या वढेको छ । बिकासले क्षेत्र ३ वाट पनि वागी उम्मेदवारी दिएका छन । केन्द्रीय नेताको आग्रहलाई वेवास्ता गर्दै बिकासले उम्मेदवारी फिर्ता नलिने वताएका छन । जिल्लामा धेरै पटक भएका बैठकमा समेत बिकासले चुनाव लडेरै छाड्ने अडान लिएपछि केन्द्रवाट समाधान गर्न नेताहरु केन्द्रीय कार्यालय पुुगेका हुन ।
छलफल गरेर समाधान गर्नुपर्छ भनेर राजधानी आएका हौं, जिल्ला सभापति टेकप्रसाद गुरुङले भने “सभापतिज्यूको भावनामाथी चोट नपु¥याउन वागी उम्मेदवारी फिर्ता गर्नुपर्छ । बिकासलाई समानुपातिकमा लगेर भएपनि उम्मेदवारी फिर्ता गर्ने उनले वताए । “समानुपातिकका धेरै साथीको नामावली पनि मिलाउनुछ”, उनले भने–मुख्य बिषय वागी उम्मेदवारी फिर्ताको पहल हुनेछ । सहमतिमा वागी फिर्ता गरेर सभापतिज्यूलाई जिताउन सवै कार्यकर्ता एकजुट हुने कुरामा पहल गरिने उनले वताए । बिकासले कुनै हालतमा आप्mनो उम्मेदवारी फिर्ता नगर्ने अडान लिएका छन । क्षेत्र ३ मा समेत स्वतन्त्र उम्मेदवारी दिएका उनले पार्टीले आफुलाई अन्याय गरेकोले न्यायका लागि वागी वनेको वताए । निर्वाचन कार्यालयले सोमवार प्रकाशित गरेको उम्मेदवारको नामावलीमा उनको ना ३ र ४ क्षेत्रमा रहेको छ । क्षेत्र ३ मा उम्मेदवारी पाए सुशीलको क्षेत्रवाट उम्मेदवारी फिर्ता गर्ने उनले वताए ।
पार्टीले आप्mनो नाम क्षेत्र ३ का लागि प्रत्येक्षतर्फ घोषा गरेपछि प्रचारप्रसारमा लागेका बिकासको एकाएक नाम परिवर्तन भएको थियो । बिकासको ठाउँमा भीमवहादुर श्रेष्ठलाई उम्मेदवार वनाउने पार्टी केन्द्रले पुनः निर्णय गरेपछि बिकासले आप्mनो उम्मदेवारी कायमै राखेका छन । जिल्ला सभापति जीतनाराणा श्रेष्ठले स्वतन्त्र र अन्य पार्टीवाट मनोनयन गरेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन ।
प्रधानाध्यापकनै हाजिर नभएपछि
डोटी कानाचौर गाबिसमा रहेको भगवतेश्वर मावि मेल्टाका प्रधानाध्यापक उदयसिं वम ६ महिना देखि अनुपस्थि छन ।बिद्यालय श्रोतले दिएको जानकारी अनुसार शैक्षिक सत्रको सुरु देखिनै प्रअ वम कैलालीको टिकापुरमा वस्दै आएका थिए । बिद्यालयमा उनले बिदा पनि मागेका छैनन् र बिद्यालयलाई औपचारिक रुपमा जानकारी पनि छैन । उनले तलव भने पुरै पाएको बिद्यालय श्रोतको दावी छ ।
बिद्यालय निरीक्षक धनसिं धामीले आफुले पनि सो कुरा सुनेपछि बिद्यालयमै पुगेर प्रअका वारेमा बुझेको वताए । “बिरामी बिदामा रहेको भन्ने बिद्यालयमा निवेदन दिएका छन रे, बिद्यालय व्यवस्थापन समिति अध्यक्षसंग भेट नहुँदा निवेदन हेर्न पाईएन” बिनि धामीले भने–मैले मेडिकल रिपोर्ट सहित जिल्ला शिक्षा कार्यालयमा उपस्थित हुन खवर गरेको छु । यस बिषयमा आफुले जिल्ला शिक्षा अधिकारीलाई जानकारी गराउने धामीले जानकारी दिए ।
बिद्यालय श्रोतले भने बिद्यालयमा त्यस्तो कुनै बिदाको जानकारी नभएको दावी गरेको छ । बिनि धामीले पनि बिव्यस अध्यक्ष नभएका कारण निवेदन हेर्न नपाईएको वताए छन । प्रधानाध्यापकलाई बिद्यालयका प्रशासक मानिन्छ । प्रशासकनै बिना जानकारी बद्यालयमा उपस्थित नभए बिद्यालयको प्रशासन र पठनपाठन कस्तो भयो होला आफै अनुमान गर्न सकिन्छ ।
ऋण तिर्न गुहार माग्दै एकल महिला
“श्रीमानको उपचारमा करीव एक लाख रुपैयाँ ऋण लिएर खर्च गरे, अन्ततः न त श्रीमानको जीवन रह्यो न साहुँको ऋण बुझाउने शक्ति छ”एक संक्रमित महिला गोल्मा दमाई आप्mना पिडा यसरी पोख्छन । १४ वर्षको उमेरमा डोटी मुडेगाउँ गाबिस–३ निवासी प्रसाद दमाईसंग विवाह वन्धनमा वाँधिएकी गोल्मा ३० वर्ष उमेर नपुग्दै बिधवा भईन । १० वर्षको उमेरमै भारत प्रवासमा नौकरी गर्न गएका उनका श्रीमानले भारतवाट फर्कदा ल्याएको एचआईभी श्रीमतिलाई उपहार दिएर गए, साथै पाँच छोरीहरुको पालनपोषणा गर्ने जिम्मेवारी पनि ।
भारतका बिभिन्न सहरहरुमा काम गर्ने प्रसाद पछिल्लो समयमा सपरिवार राजेस्थानको जोधपुरमा वस्दै आएका थिए । पहिलो छोरी घरमै जन्मेपनि वाँकी चार छोरीहरुको जन्म पनि जोधपुरमै भएको गोल्मा वताउँछिन । थला परेका श्रीमानको भारतमा उपचार गराउँदा निको नभएपछि उनलाई घर ल्याईयो । “म संग भएका डेढ दुई तोला सुन पनि श्रीमानको उपचारमै खर्च भयो” गोल्मा भन्छिन–यसले पनि निको नभएपनि साहुँवाट ऋण लिएर श्रीमानको औषधी उपचार गरे । उपचार गराउँदा निको नभएपछि चिकित्सकको सल्लाहमा श्रीमानलाई घर ल्याईयो, गोल्माले भनिन्–घर फर्केको करीव डेढ सालपछि २०७० भाद्र ४ गते उनको मृत्यु भयो ।
“सिड नेपाल नामक गैर सरकारी संस्थाले बाख्रा पालन सहयोग गरेको छ, छोरीहरुलाई कापी–कलम सहयोग गरेको छ”, गोल्माले चार छोरीहरुलाई बिद्यालय पठाईरहेको वताईन । जेठो छोरीको उमेर १४ वर्षको र कान्छी छोरीको उमेर डेढ वर्ष मात्र भएको वताउँने गोल्माले साहुँको ऋण तिर्ने जोहो गरिदिन हुन सवैलाई गुहार्दैछन ।
अन्तरवर्ता
वर्तमान सरकार परिवर्तन गरिनुु पर्छ र निर्वाचनको मिति पनि सारिनुु पर्छ
मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनको तयारीमा मुलुक जुटिरहेका वेला गत वर्ष मात्रै एकिकृत नेकपा माओवादीवाट अलग्गिएको नेकपा–माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चाले निर्वाचनको सक्रिय वहिस्कार गर्ने योजना वनाएको छ । राजनीतिक सहमति बिना गरिएको निर्वाचनले कुनै निकास नल्याउने र नयाँ संबिधान पनि वन्न नसक्ने उक्त मोर्चाको धारणा छ । यस अवस्थामा कस्तो छ त ३३ मोर्चाको चुनाव बहिस्कार कार्यक्रम ? किन गर्नुप¥यो चुनाव बहिस्कार र अहिलेका मागहरु के के हुन त ? यि र यस्तै प्रश्नको जवाफ दिन नेकपा–माओवादी डोटीले आयोजना गरेको पत्रकार भेटघाटमा सो पार्टीका जिल्ला ईन्चार्ज बिवेक कुमालसंग भएको छलफलको सार संक्षेप ःनिर्वाचनको बहिस्कार गर्दै हुनुहुन्छ, किन हो ?
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको वलवाट प्राप्त उपलव्धीको रक्षा गर्दै अग्रगामी संबिधान निर्माणका लागि २०६४ सालमा भएको संबिधानसभा निर्वाचनवाट निर्वाचित संबिधानसभाले नयाँ संबिधान निर्माण गर्न सकेन । राजनीतिक सहमतिका आधारमा नयाँ संबिधान निर्माणको सट्टा संबिधानसभालाईनै मृत्युवरण गराईयो । फेरी पनि यो संबिधानसभाको चुनावको नाटक रचेर जनतालाई दुःख दिने काम र राष्ट्रको बिकासको ढुकुटी अनावश्यक रुपमा रित्याउने काम भईरहेको छ । जवसम्म बृहत गोलमेच सभामार्फत राजनीतिक सहमति हुन सक्दैन तवसम्म नयाँ संबिधान निर्माण हुन सक्दैन भन्ने हाम्रो बुझाई हो । त्यसैले यो चुनाववाट वन्ने संबिधानसभाले नयाँ संबिधान निर्माण गर्न सक्दैन भन्ने हामीले बुझेका छौं र हामी चुनावको बहिस्कार गरिरहेका छौं ।चुनाव त अगाडी बढिसक्यो नि ! अव के हुन्छ त ?
हामीले चार राजनीतिक दलका शिर्ष नेताहरुसंग र वर्तमान सरकारलाई पनि चुनावको मिति सार्न र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधिश पदवाट राजीनामा दिन आग्रह गरेका छौं । हामी अहिले पनि निर्वाचनको मिति सार्नु पर्छ र नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चासंग वार्ता गरी राजनीतिक सहमतिका साथ उनीहरुलाई पनि चुनावमा सहभागि गराउनु पर्छ भन्ने माग गरिरहेका छौं । यदि उहाँहरुले मान्नु भयो भने ठिक छ होईन भने हामीले चुनाव बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छौं, हामी सशक्त प्रतिकार गर्छौं । चुनाव कुनै पनि हालतमा हुन दिन्नौं । राष्ट्रिय सुरक्षाका लागि स्थापना भएको नेपाली सेना जस्तो संस्थालाई नितान्त आन्तरिक मामिलाको बिषय चुनावमा परिचालन गरेर वन्दुकको घेराभित्र गराउन खोजिएको यो चुनाव सफल हुँदैन ।के छ सफल नहुने आधार ?
पहिलो कुरा त यो सरकार र चार दलीय संयन्त्र अहिलेनै असफल भईसकेको छ । ३३ दलीय मोर्चा लगायत अन्य राजनीतिक दलहरुलाई यसले चुनावमा ल्याउन सकेन । अर्को असफलता यो चुनावको हामी प्रतिकार गर्छौं, जनताले चुनावमा भाग लिदैनन् । चुनाव हुन सक्ने कुनै आधारै छैन । त्यहाँ असफल हुन्छन यि नेताहरु । यदि त्यति हुँदाहुँदै पनि निर्वाचन गराउनतिर यो सरकार र चारदलीय संयन्त्र लागेछन भने २०६२ साल माघ २६ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहीले गराएको निर्वाचन भन्दा फरक हुनेछैन यो निर्वाचन । अनि कस्ले मान्यता दिने ?तपाईहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको पत्र सवै उम्मेदवारहरुलाई पठाउनु भएको रहेछ, तपाईहरुको आग्रहलाई मानेनन् भने के हुन्छ ?
उम्मेदवारी फिर्ता लिनका लागि आग्रहै गर्ने हो । फिर्ता नलिएपछि के गर्ने भन्ने कुरा त हामीले कार्यक्रमै सार्वजनिक गरिसकेका छौं, यसलाई फेरी दोहो¥याई राख्नु परेन ।यो कस्तो किसिमको बहिस्कार हो, बहिस्कार हो कि चुनाव बिथोल्ने हो ?
बहिस्कारको खाका त हामीले सार्वजनिक गरिसकेका छौं । हामी जनताका बिचमा जान्छौं, निर्वाचनको औचित्य र हामीले निर्वाचन बहिस्कार गर्नुको औचित्य जनतालाई बुझाउँछौं । यो कार्यक्रमले सशक्त प्रतिकार गरेको छ । कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आम हड्तालको कुरा गरेको छ । यो आम हड्तालले के निश्कर्ष निकाल्छ । संघर्ष शान्तिपूर्ण मात्र हुँदैन । संघर्ष भयो भने हिंसा पनि सुरु हुन्छ । त्यसैले हामीले कस्तो प्रकारको कार्यक्रम तय गर्छौं यो बिस्तारै अगाडी आउदै जान्छ । हामी अहिले पनि के चाहान्छौं भने हामीले यि संघर्षका कार्यक्रमहरु गर्नु नपरोस, चार दलका शिर्ष नेताहरुको र यो सरकारको बुद्धि पलायो भने संघर्षका कार्यक्रमहरु गर्नुनै पर्दैन । निर्वाचन पनि यही मितिमा हुन्छ, सरकार पनि यही रहन्छ भनेर “मेरो गोरुको वा¥है टका भन्ने हो भने यस्तो कुरामा हामी सशक्त प्रतिवाद गर्छौं । सवै कुरा उनीहरुकै मान्नु पर्ने अनि यो संबिधान निर्माण हुनै नसक्ने बिदेशी प्रतिक्रियावादीहरुको ईसारामा हुन लागेको नाटक निर्वाचनमा हामी किन सहभागि हुने ? त्यसैले अहिले बहिस्कारै हो, पछि के हुन्छ समयले वताउँछ ।
तपाईहरुले एमाओवादीसंग तालमेल गर्नका लागि ४० प्रतिसत सिट माग्नु भयो तर माओवादीले १० प्रतिसतमात्र दिन सक्ने भनेपछि तपाईहरु बहिस्कारमा लाग्नु भयो रे, कत्तिको सत्य हो ?
हल्ला त के के आउँछन आउँछन, तर यो सत्य कुरा होईन, शतप्रतिसत झुटो कुरा हो । निर्वाचनमा हामी जानेनै भएको भए ४० प्रतिसत, २० प्रतिसत वा १० प्रतिसत कति हुन्थ्यो त्यो त फिल्डको घटनाक्रमले निर्धारण गर्ने कुरा थियो । यहाँ यति प्रतिसत, उति प्रतिसतको त कुरै छैन । त्यसैले यि हल्लाका पछाडी नलाग्न म तपाईहरु र तपाईहरुको सञ्चारमाध्यमहरुवाट जनतलाई आग्रह गर्छु ।
अहिले तपाईहरु चुनावमा सहभागि हुन नसक्ने, चैत्र चुनाव सा¥यो भने हामी सहभागि हुँदैनौं भनेर सदभावना पार्टीले भन्ने अनि चुनावै नहुने त ?
खास गरेर “नेकपा–माओवादी पार्टीलाई निर्वाचनमा जान अप्ठेरो भएकोले” भन्ने तर्क जुन छ, म यसको जोरदार ढंगले प्रतिवाद गर्न चाहान्छु । जहाँ कि माओवादी भन्दा एकदमै न्युन हैसियत भएका पार्टीहरु चुनावमा गएका छन । अर्को कुरा निर्वाचन मात्रै सार्थक परिणाम होईन, निर्वाचनले मात्रै यो देशको सही निकास निकाल्दैन । निर्वाचन त एउटा साधन हो, साध्य त होईन । साध्य त राजनीतिक निश्कर्ष हो । त्यसैले साध्य राजनीतिक निश्कर्ष भएका कारणले राजनीतिक निश्कर्ष नभई हामी चुनावमा जाँदैनौं । अव कुन दलले के भन्यो भन्ने कुरा हाम्रो पाटो होईन । सानो पार्टी हुन्छ, निर्वाचनमा जित्न सकिन्न भन्ने डरले हामी चुनावमा नगएका होईनौं ।
तपाईहरु फेरी वर्तमान सरकार परिवर्तनको कुरा गर्दै हुनुहुन्छ, चुनाववाट संबिधानसभा माफर्त नयाँ संबिधान निर्माण गर्नुको सट्टा किन फेरी सरकार परिवर्तन भन्नुहुन्छ, किन ?
सरकार महत्वपूर्ण कुरा होईन, संबिधान महत्वपूर्ण कुरा हो । देशमा राजनीतिक सहमति हुन्छ भने वर्तमान सरकारलाई परिवर्तन गर्न किन समस्या भयो । बिगतका दिनहरुमा पनि राजनीतिक सहमतिकै लागि प्रचण्डले, माधव कुमार नेपालले, झलनाथ खनालले र स्वयं वावुराम भट्टराईले पनि राजीनामा दिएका हुन । उनीहरुले राजीनामा दिँदा केही न केही त निकास आएको थियो नि ! हामी अल्झिदै निकास निकाल्दै यहाँसम्म आईपुगेको कुरा त साँचो हो नि ! राजनीतिक द्वन्द्व समाधान हुन्छ भने, द्वन्द्ववाट देश मुक्त हुन्छ भने सरकार परिवर्तन गर्ने कुरा धेरै ठुलो कुरै होईन ।
अहिले तपाईहरुको मुख्य माग के हो ?
खास त हामीले ७० बुँदे मागपत्र सरकारलाई पहिलेनै बुझाई सकेका छौं । त्यसमा तत्काल कार्यान्वयन गर्न सक्ने मागहरु १८ वटा हुन । त्यसमा पनि तत्कालैका लागि सरकार परिवर्तन गरिनुपर्छ र चुनावको मिति सारिनुपर्छ । यसरी सहमतिको सुरुवात भयो भने एकपछि अर्को सहमति हुँदै जान्छ, सहमतिको श्रृंखला जोडिदै जान्छ । निर्वाचनको मिति सारी सकेपछि त्यो बिचमा सवैले तयारी गर्नु पर्छ र सहमतिका साथ अगाडी जानु पर्छ भन्ने हो ।
पहिले सरकार परिवर्तन कि निर्वाचनको मिति सार्ने काम ?
यो दुईटै संगसंगै गर्नु पर्छ । अव पहिलो र दोश्रो भन्ने कुरै छैन । सरकार पनि परिवर्तन हुनुपर्छ, निर्वाचनको मिति पनि सार्नुपर्छ । यसभित्र राजनीतिक सहमति हुनुपर्छ । राजनीतिक निश्कर्ष निकालिनु पर्छ ।
यदि चुनाव सारिएन भने तपाईहरुको आन्दोलनका क्रियाकलापहरु कस्ता–कस्ता हुन्छन ?
मैले माथीनै भनिसके कार्तिक २५ गते देखि मंसिर ५ गतेसम्म हामी १० दिन आम हड्ताल गर्छौं । त्यो हामीले सार्वजनिक गरिसकेका छौं । त्यसैगरी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन पत्र पठाईसकेका छौं, त्यो भएन भने उम्मेदवारको घर अगाडी कालो झण्डा गाड्ने, उम्मेदवारहरुलाई सार्वजनिक बहिस्कार गर्ने कार्यक्रम समेत हामीले तय गरेका छौं । यो आन्दोलनको मुख्य पाटो नागरिक सचेतिकरण हो । हामी निर्वाचनको किन औचित्य तैन र हामी किन निर्वाचन बहिस्कार गर्दैछौं भन्ने वारेमा जनतालाई राम्रो संग बुझाउने प्रयास गर्ने छौं । मैले फेरी पनि के भनेको छु भने आन्दोलन शान्तिपूर्ण हुने वा हिंसात्मक हुने भन्ने वारेमा अहिले देखिनै चार राजनीतिक दल र यो सरकारले सोच्नु पर्ने हुन्छ । यही हो हाम्रो कार्यक्रम ।
छोटकरी समाचार
खुला दिशाँमुक्त वडा
सन् २०१५ सम्म खुला दिशामुक्त जिल्ला घोषणा गर्ने सरकारी रणनीति अनुसार डोटी जिल्लाको नगरपालिकाको पहिलो खुला दिशा मुक्त वडाको रुपमा वडा नं. २ घोषणा भएको छ ।आईतवार एक कार्यक्रमका विच उक्त वडालाई पहिलो दिशामुक्त बडाको रुपमा घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका प्राविधिक तथा वडा २ का सचिब दिपकराज श्रेष्ठले बिम्ब साप्ताहिकलाई जानकारी गराएका छन् । श्रेष्ठका अनुसार उक्त वडामा २ सय घरघुरी मध्ये १९५ पक्क र ५ वडा कच्ची शौचालय रहेका छन ।
कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजीवि, स्थानीयवासीहरुको सहभागीता रहेको थियो । कार्यक्रम स्थानीय राधाकृष्ण मन्दिरमा भएको श्रेष्ठले जानकारी गराएका छन् ।
शुभकामना आदान–प्रदान
सम बिकास केन्द्र (ईडिसी) डोटी नामक गैर सरकारी संस्थाले सोमवार जिल्ला सदरमुकाम सिलगढी मा बिजया दशमी तथा शुभ दिपावली २०७० सालको शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।संस्थाका अध्यक्ष अधिराज बिसीका अनुसार शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी÷गैसस प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।
शुभकामना आदानप्रदान संगै मंसिर ४ मा हुने अर्को संबिधानसभाको चुनावको पनि शुभकामना आदनप्रदान भएको अध्यक्ष बिसीले वताएका छन ।
मोफसल पत्रकारिता
विज्ञापनमा यति प्रतिशत घटाइदिन्छु भन्छन्
सुजन विडारी
हेटौंडा टाइम्स साप्ताहिक प्रकाशक
तपार्इंको पुरा परिचय पाउँ न ?मेरो नाम सुजन विडारी हो । मकवानपुरबाट विगत ५ वर्षदेखि प्रकाशित हेटौंडा टाइम्स साप्ताहिकको प्रकाशन क्षेत्रमा रहेर कार्य गरिरहेको छु । त्यस्तै छापा माध्यमहरुको राष्ट्रिय सञ्जाल मकवानपुरको कोषाध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यमा रही कार्य गरिरहेको छु ।
पत्रकारिता पेशानै किन रोज्नु भयो ?
खासमा, यो पेशामा लाग्ने सोंच सुरुमा त थिएन, एसएलसीपछि गाउँबाट हेटौंडामा केही गर्ने उद्देश्यले झरियो, त्यसपछि सञ्चार माध्यममा कार्यरत केही पत्रकार दाई÷साथीहरुमाझ परिचित भएपछि हेटौंडामा भर्खर भर्खर सञ्चालनमा आएको हेटौंडा सन्देश दैनिक पत्रिकामा छिरियो, त्यो दिनदेखि आजसम्म यही पेशाले तानिरहेको छ, मोसफलमा बसेर पत्रकारिता गर्दा बाँच्नलाई पनि गा¥हो छ, तै पनि यो पेशाबाट अन्यन्त्र लाग्न मन नै लागेन ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोसफलमा बसेर पत्रकारिता गर्दा कुनैपनि विट भन्दा पनि सबै क्षेत्रमा रिपोर्टिङ गर्न हिड्नुपर्छ । यहाँ कुनैपनि विट भन्ने हुँदैन । जहाँसम्म मेरो रुचीको कुरा छ, मलाई आपराधिक गतिविधि, युद्ध तथा राजनीतिक क्षेत्रमा पत्रकारिता गर्न मन पर्छ । र सम्भव भएसम्म गरि पनि रहेको छु ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
सञ्चारमाध्यममा जोडिएर काम गर्न थालेको माघ महिनाबाट १० वर्षमा पुगियो ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारिता पेशामा लागेपछि समस्याहरु धेरै आउँदा रहेछन् । हामीले चाहेर या नचाहेर थोरै मित्र र धेरै सत्रु कमाइने रहेछ । यस क्षेत्रमा लागेपछि समय–समयमा विभिन्न क्षेत्रका व्यक्तिहरुको दवाव, धम्की सहनुपर्ने र मोसफलमा बसेर पत्रकारिताबाट जिविकोपार्जन गर्न नै कठिन अवस्था पर्ने रहेछ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट नै छु । मोसफलमा बसेर पत्रकारिता गर्दा संघर्ष बढी गर्नुपर्छ । यहाँ ठूला लगानीका सञ्चारमाध्यमहरु छैनन् । मोसफलमा काम गर्ने धेरै सञ्चारकर्मीहरु आफै पियन, हकर तथा मालिकको काम गर्न बाध्य छन् । मकवानपुरमा पनि यस्ता संञ्चारकर्मीहरु बढी छन् । मेहनत बढी भन्दा बढी र फाइदा एकदमै कम रहेको अवस्थामा मकवानपुरका सञ्चारकर्मीहरु रहेका छन् । त्यसैले यस क्षेत्रमा लागेर बाँच्न सकिने स्थिति नदेखेर कति त (हाल पत्रकार महासंघको कार्यसमितिमा रहेका केही संञ्चारकर्मीहरु) विदेशिएका पनि छन् । तर पनि यहाँ काम गर्ने अधिकांश सञ्चारकर्मीहरु बाहिर देखिदा सन्तुष्ट नै देखिन्छन् । र म पनि सन्तुष्ट नै छु ।
तपाइले सञ्चालन गरिरहेको हेटौंडा टाइम्स कसरी चलिरहेको छ ?
मैले विगत ५ वर्षदेखि निरन्तररुपमा हेटौंडा टाइम्स सञ्चालन गरिरहेको छु । यसको लागि मैले धेरै चुनौतीहरु पनि व्यहोर्नुप¥यो व्योहोरिरहेको पनि छु । दुःख कष्टका साथ भएपनि हेटौंडाबाट हरेक आइतबार प्रकाशित भइरहेको छ । मकवानपुरमा धेरै अवसरहरु भएपनि सञ्चारमाध्यमहरुलाई हेर्ने धारणामा परिवर्तन हुन सकिरहेको छैन् । यहाँका संघ, संस्था, उद्योगी, व्यवसायीहरुले पत्रकारितालाई राम्रोसँग बुझ्न सकिरहेका छैनन् र हामी सञ्चारकर्मीैहरुले बुझाउन पनि नसकेको हो कि जस्तो लाग्छ । मकवानपुरमा पत्रपत्रिका वा रेडियो चलाउन पनि विज्ञापनको ठूलो अभाव खड्किरहेको अवस्था छ । यहाँ हामी एउटा सञ्चारमाध्यममा काम गरेर त्यहाँबाट आएको तलव सम्पूर्ण खर्चेर अर्को संञ्चारमाध्यम चलाउने आधा दर्जन बढी सञ्चारकर्मीहरु छन् । हेटौंडा टाइम्स चलाउन म आफैं पनि अर्को संञ्चारमाध्यममा काम गरेर चलाउन बाध्य भइरहेको अवस्था छ ।
मोफसल पत्रकारिता गरिरहनु भएको छ, कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई ?
मेसफलमा बसेर पत्रकारिता गर्नु धेरै कठिन छ, यहाँ सञ्चारमाध्यमबाट पाउने तलवलगायत अन्य सुविधाहरु एकदमै कम पाउने अवस्था छ । र यहाँ काम गर्ने संञ्चारकर्मीहरु पनि त्युत्तिमै चुप लागेर बस्नुपर्ने अवस्था पनि छ । मकवानपुरको हेटौंडा सानो शहर, धेरै रेडियो, दैनिक पत्रिका, साप्ताहिक पत्रिकाहरु सञ्चालनमा रहेका छन् । यहाँ तलव ४ हजार खाएर ६५०० सय खाइरहेको छु, मेरो मिडियाले श्रम ऐन अनुसार तलव दिएको छ भनेर कागजीरुपमा हस्ताक्षर गर्न बाध्य छन् सञ्चारकर्मीहरु, अझ रेडियोहरुमा त आफ्नो श्वर श्रोतालाई सुनाउनकै लागि तलव नपाएपनि काम गर्ने व्यक्तिहरु दिनदिनै बढ्दै गइरहेका छन् । यहाँका संञ्चारमाध्यमहरु, सञ्चारकर्मीहरुको संघसंगठनहरु, पत्रकार महासंघ मिलेर एक भएर अगाडी बढ्न सकिएन भने यहाँ मोसफलमा रहेर काम गर्ने पत्रकारहरु एकाध (जो सबैको अगाडी घुस खान्छन्÷खाएको थाहा हुन्छ) बाहेक माथि उकासिने अवस्था अहिलेसम्म छैन् ।
हेटौंडा त बिकसितै ठाउँ हो, त्यति धेरै गा¥हो त पर्दैन होला नि !
बाहिरबाट हेर्दा मोसफलमा मकवानपुर जिल्ला पत्रकारिताको लागि धेरै राम्रो छ । तर, यहाँ काम गर्न
गाहे भने कम छैन् । यहाँ हेटौंडा नगरपालिकाभित्र रहेका ३ दर्जन भन्दा बढी राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने उद्योग तथा केही बहुराष्ट्रिय (युनिलिभर) जस्ता उद्योगहरु यहीं छन् । बडो दुःखका साथ भन्नुपर्छ तिनीहरु (उद्योगहरु) बाट यहाँका कुनैपनि संञ्चार माध्यम र त्यहाँ कार्यरत सञ्चारकर्मीहरुले कुनैपनि किसिमको फाइदा पाउन सकेका छ्रनन् । यहाँ पत्रकार महासंघ, तथा राजनैतिक दल समर्थित संचारकर्मीहरुको संघसंगठनले यहाँ रहेका बहुराष्ट्रिय उद्योगहरुलगायत यहाँ रहेको ३ दर्जनभन्दा बढी राष्ट्रिय उद्योगहरुसंग समन्वय गराएर बार्षिकरुपमा विज्ञापन उपलब्ध गराउने वातावरण भएको भए सायद यहाँका सञ्चार माध्यमहरु खुल्ने र बन्द भइरहने अवस्था रहदैनथ्यो होला ।
मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?
समस्या छ । मकवानपुरमा धेरै संञ्चारमाध्यम र सञ्चारकर्मीहरु बढिरहेको अवस्था छ । ठाउँ सानो छ तर यहाँ अहिले विज्ञापन तथा समाचारमा धेरै प्रतिस्पर्धा चलिरहेको छ । को अगाडी मुख्य समाचार बजाउने प्रकाशन गर्ने र अर्को सञ्चारमाध्यमको भन्दा यति प्रतिशत बढी विज्ञापनमा घटाइदिन्छु भन्दै कमाउने ध्याउन्नमा लागेका भेटिन्छन् । कुन महत्वपूर्ण हो र कुन चाही विषय उठाउँदा जनतामा प्रत्यक्ष फाइदा हुन्छ भन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भन्नेतर्फ यहाँका सञ्चारमाध्यहरु लागिरहेको देख्न सकिन्छ । यसले भोलीका दिनमा विकराल रुप लिन सक्नेतर्फ कसैको ध्यान केन्द्रित भएको देख्न सकिएको छैन् । मोसफलमा पनि मिडियाहरुमा उद्योगी व्यवसायीहरुले आफू अनुकुल सञ्चारमाध्यम चलाउने टूेण्डको विकास गरिरहेका छन् । यसले गर्दा अवका दिनमा समस्याहरु बढी नै छन् ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
हा....हा...हा....। मोफसलमा बसेर पत्रकारिता गर्नु कम्ती चुनौतीको कुरा होइन । उपत्यकाबाट सञ्चालित ठूला मिडियामा कार्यरत सञ्चारकर्मीबाहेक अन्य यो क्षेत्रमा लागेर काम गर्ने सञ्चारकर्मीलाई आफू एक्लै बाँच्नलाई धौ–धौ पर्ने स्थिति छ । मैले अगाडी पनि भने यहाँ (मकवानपुरका) आधाजसो क्रियाशिल सञ्चारकर्मीहरु आफैं प्रकाशक, आफैं वितरक, आफैं पिएन र आफै रिपोर्टर÷सम्पादक भएर काम गरिरहेका छौं । यहाँ (दैनिक÷साप्ताहिक) लाई चाहिने जति निश्चित कर्मचारी राख्न सकिरहेको अवस्था छैन् । हो, केही कमाउने र कमाएका सञ्चारकर्मीहरु पनि छन्, जो कमाए उनीहरु व्यवसायी उद्योगी भइसके, जो कमाउन सकेनन् उनीहरु मकवानपुरको पत्रकारितालाई धानेर बसिरहेका छन् । मैले पनि कमाएको भए सायद उद्योगपति भइसक्थे कि
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
अहिले पछिल्लो समय यस्तो प्रवृत्ति धेरै बढिरहेको छ । त्यस्तै कारणबाट केही सञ्चारकर्मीहरु बदनामित पनि भएका छन् । यो पेशालाई प्रतिष्ठित र इज्जतदार बनाउन हामी आफैले नसकेका हौं । यसमा सरकार चुकेको हो कि जस्तो लाग्छ । स्पष्ट कानून ल्याएर कार्यान्वयन तहमा जानसक्नु पथ्र्यो । यो अहिले सम्भव हुन सकेको छैन र भएन पनि । सञ्चारकर्मीहरुलाई चाही छुट हुने भन्ने हुँदैन तर, यस्तो गलत क्रियाकलाप ग¥यो भने के गर्ने भन्ने सञ्चार ऐनमा स्पष्ट व्यवस्था गरेर कार्वाही गर्न सक्नुपर्छ । यो घट्ना उपत्यकालगायत मोसफलका हरेक जिल्लामा देखिएको अवस्था हो ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
मलाई मकवानपुर जिल्लामा रहेका संञ्चारसंस्था र सञ्चारकर्मीको बारेमा आफ्नो मनमा लागेको कुरा राख्न डोटीबाट बिम्ब साप्ताहिकले जुन अवसर दियो, यसको लागि बिम्ब साप्ताहिक र यसका टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
स्वास्थ्य सन्देश
के तपाई माछा मासु किन्दै हुनुहुन्छ ?
पर्खनुहोस —गणेशवहादुर ऐरहामी भन्छौं अस्वस्थ मासुवाट मानिसलाई कैयौं रोगहरु लाग्छन ।
त्यसकारण प्रत्येक नगरपालिकाले नगरवासीहरुलाई स्वच्छ र स्वस्थ्यकर मासु उपलव्ध गराउने प्रयास सुरु गरेको अभियानमा तपाईले पनि मासु किन्न अघि ध्यान दिनुहोस ।
हतार नगर्नुहोस ः तपाईले किन्न लागेको मासु कहाँवाट ल्याएको हो ? नगरपालिकाले ईजाजत दिएको ठाउँको हो की होईन, मासु बेच्ने पसल नगरपालिकामा दर्ता भएको छ कि छैन, मासु पसल सुधारिएको छ कि छैन, पहिला बुुभ्mनुहोला र मात्र मासु बेच्ने मानिसले लगाएको लुगा कत्तिको सफा छ, मासु पसल वरीपरी कत्तिको सफा छ ? मासुमा झिँगा भन्केका त छैनन् ? पसलमा राखेको पानी कत्तिको सफा छ हेर्नुहोस अनि मात्र मासु किन्नु होला ।
हामी उपभोक्ता र मासु व्यवसायीहरु यि कुरामा ध्यान दिऔं
उपभोक्ताले यसरी जथाभावी वध गरी खुला बिक्री गर्न राखेको, सडेगलेको, भिंmगा भन्किएको, रगत जमेर रातो देखिने र फोहर लसपस भएको माछा मासु नकिनौं ।
छाला सहितको मासु भन्दा छाला निकालेको मासु र स्वस्थकर हुने हुँदा छाला नभएको मासु खाने वानी वसालौं ।
चिस्यानमा (फ्रिजमा) राखेको मासु आलो मासु भन्दा स्वच्छ र स्वस्थकर हुने हुँदा स्वच्छ सफा ठाउँमा व्यवस्थित ढंगले बध गरी चिस्यान फ्रिज अवथा डिप–फ्रिजमा राखेको मासु मात्र खरीद गरौं ।
मासु व्यवसायीले स्वस्थकर मासु उत्पादन र बिक्री बितरण गर्न न.पा. वाट तोकिएको मापदण्डहरु पालना गरौं ।
“स्वस्थ जीवनशैली, स्वस्थ रक्तचाप”
बिश्व स्वास्थ्य दिवस २०१३ मा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. फडिन्द्र बरालद्वारा प्रस्तुत कार्यपत्र ःड्डउच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरुमा चाप वढि हुने गर्दछ ।
ड्ड यसले गर्दा रक्तनलीहरुमा क्षति पुग्नुका साथै ती रक्तनलिहरु वन्द हुने सम्भावना वढाउछ ।
उच्च रक्तचापको अवस्था
ड्ड दक्षिण पुर्वी एसियाली क्षेत्रमा प्रत्येक ३ वयस्कमा १ जनामा उच्च रक्तचाप देखिएको छ । ड्ड दक्षिण पुर्वी एसियाली क्षेत्रमा प्रत्येक वर्ष लगभग १५ लाख मानिसहरुको मृत्य उच्च रक्तचापको कारणले हुने गर्दछ । ड्ड मानिसको उमेर संगै उच्च रक्तचापको जोखिमा पनि वृद्धि हुदै जान्छ । ड्ड२० देखि २९ वर्ष समुह १० मध्ये १ जनालाई
ड्ड५० वर्ष उमेर समुह १० मध्ये ५ जनालाई ।
ड्ड विश्वमा ७५ लाख मानिसहरुको मृत्यु उच्च रक्तचापको कारण ले हुन्छ ।
कारणहरु
¨
Essential HTN
Etiology not known, multifactorial causes
- Genetic, -Low birth weight and subsequent high BP
- Environment factors, -Obesity, -Alcohol on excess, High
sodium intake, -Etiology
Secondary HTN
- Renal disease, -Renal vascular disease, - Renal artery
stenosis
- Diabetic nephropathy, - Collagen vascular disease eg.
SLE, PAN, -Renal parenchymal disease, - Glomerulonephritis
- Chronic pyelonephritis, - PKD
Endocrinal disease
o Adrenocortical hyperfunction
- Cushing's disease, - Conn's syndrome
- CAH (11B-OH, 17-OH defn)
o
Pheochromocytoma, o Myxedema, o Thyrotoxocosis
o
acromegaly, o Hyperparathyroidism (causes renal damage)
Etilogy
Secondary
HTN
¨ Drugs, ¨ OCPs, ¨ Steriods, ¨ NSAIDs
¨
Sympathomimetic drugs
Others
¨
Coarctation of aorta, ¨ Toxemia of pregnancy
¨
Increased intravascular volume (excessive transfusion, polycythemia)
जोखिम तत्वहरु
o Overweight/Obesity, o Increases dietary sodium intake
o Decreased physical activity, o Increased alcohol consumption
o Lower dietary intake of fruits, vegetables and potassium
लक्षणहरु
ड्डअधिक मात्रामा टाउको दुख्ने, ड्डनाकवाट रगत वग्ने, ड्डरिंगाटा लाग्नेड्डदृष्टि समस्या आउने, ड्डछाति दुख्ने, ड्ड श्वासप्रश्वासमा समस्या, ड्ड पिसावमा रगत देखिन, ड्डकमजोरी पन, ड्ड अत्तालिन, निद्रा कम लाग्नु, ड्डवेहोस हुनु
परिणामहरु
हृदयघात, ड्डमस्तिस्क घात,मृगौलाको कार्यमा अवरोध,
अन्धोपन,
मुटुको अनियमित चाल,
उच्च रक्तचापमा गनुपर्ने जाचहरु
o Urinanalysis, Hematocrit, Plasma Glucose, Serum
electrolytes
o Serum urea and creatinine, Calcium, Uric acid, Fasting
lipid levels, Chest radiography, Electrocardiogram, Echocardiography
उच्च रक्तचाप नियन्त्रणका उपायहरु
शरीरको तौल सन्तुलित राख्ने, ड्ड धुम्रपान तथा मध्यपान त्याग्नेसन्तुलित भोजन गर्ने, ड्डनियमित व्यायम गर्ने, ड्डतनावको उचित व्यवस्थापन गर्ने
दैनिक रुपमा प्रयोग हुने नुनको मात्रा कम गर्ने, ड्डवोसो युक्त खाना कम खाने
फलफुल तथा सागसव्जिको मात्रा वढाउने, ड्डनियमित रक्तचाप परिक्षण गर्ने
चिकित्सकको सल्लाह वमोजिम औषधि सेवन गर्ने ।
आप्mनो दाँतलाई काम गर्न सक्ने अवस्थामा राख्नु भनेको आधा उत्सव मनाईनु जस्तै हो ।
.........डा.दिनेशकुमार कार्की
दशैं, सम्पूर्ण नेपालीको प्रमुख चाँड हो भने दाँत त्यो चाँडलाई सही रुपमा सदुपयोग गराउने सहयोग गर्ने अंग । हुन त, दाँतको महत्व प्रत्येक क्षण क्षणमा रहन्छ तर घरिघरि मिठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने, सामाजिक भेटघाटमा हाजिर भएर निर्धक्कसंग गलल्ल हाँस्ने यो चाँडको समयमा दाँतको महत्व झनै देखिन्छ । यो बखत आप्mनो दाँतलाई काम गर्न सक्ने अवस्थामा राख्नु भनेको आधा उत्सव मनाईनु जस्तै हो ।एक जना साहित्यकार दाजुले भन्नुभो “मेरो पछाडीको दुई दाँतको बिचमा चेप छ । खाना खाएपछि टन्किन थाल्छ, केही छ समाधान ? एक वयस्क मान्छेले भन्नुभो “दाँत दुख्छ, मासु त माक्लाकमुक्लुक पारेर निलिन्छ तर निलिसकेपछि पेट अलि गड्याङ–गुडुङ गर्छ । के छ उपाय ?
यहाँ प्रस्तुत गरिएका कुरा दशैंजस्ता चाँडवाडमा देखिने दाँतसम्वन्धि प्रतिनिधि समस्याहरु मात्र हुन । हाम्रो घर, परिवार र समाजमा यस्ता समस्या वोकेका धेरै नै छौं, जसले चाँडवाडमा भाँडाभरी पाकेको मिठो कुरालाई टाढैंवाट ईन्कार गराउन सक्छ । बल्लवल्ल मिल्न लागेको साथीभाई आफन्तसंगको भेटघाटलाई दुखेको दाँतको ऐया–ऐयाले खल्लो वनाई दिन सक्छ । खुलेर हास्न मनले त चाहान्छ तर च्वासच्वास दुखेको दाँतले लगाम लगाउँछ ।
दाँत दुख्ने कारण धेरै छन–किराले खाएको, वर्षौंदेखि कमजोरी, यो त्यो । तर अहिले चाँहि चाँडवाँड बिशेषमा हुने समस्याका वारेमा मात्र कुरा गरौं । धेरै सा¥हो कुरा जस्तै मासुको हड्डी र खाना खाईसकेपछि खाईने सुपारी, छुर्पीजस्ता चिज चपाउँदा दाँत चोईटन सक्छ, ठुलो चोईटो गयो भने त्यो चोईटोले एक त गिजामा घोच्छ अनि अर्को दातको अलि भित्री भाग देखिएर सिरिङ–सिरिङ गरेर पिडा खपी नसक्नुको हुन्छ । तसर्थ धेरै सा¥हो कुरा खाँदा सोचेर टोक्ने गरौं ।
गुलिया, अमिला, चाम्रा टाँसिने र अनिगिन्ती मिठा मसिना कुरा खाने क्रममा प्रत्येक दुई दाँतका चेपचेपमा धेरथोर खाने कुरा अड्किन्छ । समयमा सफा नहुँदा त्यो अड्केको खानेकुरा बिस्तारै कुहिन थाल्छ र बिस्तारै दाँतलाई कुहाउन त थाल्छ नै त्यसको गिजा सुनिने, खुकुलो हुने र गिजाभित्रको हडड्ी पनि बिस्तारै कमजोर हुन्छ । त्यो हड्डी जसले दाँतलाई अड्याएको हुन्छ, आफैं कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन, चसचस दुख्न थाल्छ ।
अव के गर्ने त ?
दशैंमा दाँतका अस्पताल कम खुल्लान्, अवश्य पनि । त्यसमा पनि ईस्टमित्र धान्न जाने कि दाँतको अस्पताल ? मिठो कुरा खाएर मज्जाले बस्ने कि दाँतको अस्पताल ? टिको टालामा जाने कि दाँतको अस्पताल ? पिङ खेल्न जाने कि दाँतको अस्पताल ? त्यसो भएपछि अव रोकथामको कुरा गरौं । नयाँ बुरुस, एउटा दाँत सफा गर्ने धागो (डेन्टल फ्लस) र अलि राम्रो खालको छेस्का (टुथ पिक्स) अनि मुख कुल्ला गर्ने एक सिसी गार्गल र आपतकालीन दुखाई कम गर्ने ओखती खरीद गर्न नबिसांै ।अनि प्रत्येक पटक टन्न खाना खाईसकेपछि प्mसले दाँतका चेपचेपवाट सवै फोहोर निकालौं । नयाँ बुरुषले नरम तरिकाले माझौं । धागोले दाँत सफाल गर्दा दाँत फाट्छ भन्ने निराधार हल्ला हो, गरेर हेर्नुस । जान्नु भएन भने ईटरनेटवाट पनि सहजै सिक्न सकिन्छ । बुरुस गर्दा सकभर नरम बुरुषले बिस्तारै गर्नुस र त्यसो गर्दा गिजालाई हानी हुँदैन । कुल्ला गर्ने औषधी धेरै प्रयोग नगर्नुहोस । दात कालो वनाउन सक्छ ।
मानसिक स्वास्थ्य एक परिचय
मानसिक स्वास्थ्य भन्नाले के बुझिन्छ ?मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको मनले गर्ने बिभिन्न कामहरु जस्तै चेतना तथा स्पर्श, भावनात्मक अनुभुति तथा सोचाई आदिमा गडवडी नभईकन निरन्तर रुपमा सम्पन्न गर्न सक्नु हो । बिश्व स्वास्थ्य संगठनको परिभाष अनुसार मानसिक स्वास्थ्य भनेको व्यक्तिको सुस्वास्थ्यको अवस्था हो जसमा व्यक्तिले आफुसंग भएको सामथ्र्यलाई महसुस गर्न सक्छ, जीवनका सामान्य तनावहरुलाई सहन सक्छ र आफ्नो क्षमता अनुसार परिवार र समाजको लागि योगदान गर्न सक्छ । त्यसैले मानसिक रुपमा स्वस्थ व्यक्तिले आप्mनो सोचाई, भावना र व्यवहारहरुलाई समाजमा सवैले मान्य हुने ढंगले प्रकट गर्दछन । उनीहरुमा बिभिन्न सामाजिक परिस्थिति अनुसार मनवाट प्रकट हुने बिचार संवेग र भावनाहरु पनि सामान्य रहन्छ ।
मानसिक रोगी भनेको के हो ?
व्यक्तिको मनका बिभिन्न कार्यहरु चेतना, भावना, संवेग, अनुभुति, बिचार वा सोचाईहरुमा नियमित रुपमा आउने बिचलनले गर्दा व्यवहारमा जुन गडवडी देखिन्छ, त्यसलाई मानसिक रोग भनिन्छ । यस्तो रोग लागेको व्यक्तिको भावना वा संवेग, सोचाई र व्यवहार सामान्य मान्छेको जस्तो सरल हुँदैन र यसको कारणले गर्दा उनीहरुको पारिवारिक सामाजिक तथा आर्थिक पक्षहरुमा नकारात्मक प्रभाव देखिन्छ भने पारिवारका अन्य सदस्यहरुमा पनि यसको प्रभाव रहेको हुन्छ । कडा, कम कडा र छारेरोग समेत गरी नेपालमा आम जनसंख्याको कम्तीमा पनि २० प्रतिसत मानिसहरु कुनै न कुनै किसिमको मानसिक वा अन्य भावनात्मक समस्या छ भनेर अनुमान गरिएको छ ।
मानसिक स्वास्थ्य र मानसिक रोगहरु वारे हाम्रो समाजमा अन्धबिश्वास, गलत धारणाहरु र भ्रमहरु व्याप्त छन । मानसिक रोग भनेको दिमाग बिग्रनु हो, यसको औषधी उपचार छैन, धामी झाक्रीले मात्र यसको उपचार गर्न सक्छन वा भुतप्रेत लागो भागोलाई ठेगान नलगाईकन यसको उपचार हुँदैन भन्ने खाले गलत बुझाई धेरैमा छ । त्यस्तै मानसिक रोगीलाई विवाह गरिदिए निको हुन्छ, मानसिक रोग लागेको छ भन्दा लाज हुन्छ, त्यसैले कसैलाई भन्न हुँदैन जस्ता सोचाईहरु छन । हुन सक्छ शिक्षा, गरीवी, जन चेतनाको कमी वा सयौं वर्ष देखि चल्दै आएको बिश्वासले यस्तो भएको होला । मेडिकल साईन्सले अहिले धेरै प्रगति गरिसकेको छ, मानसिक रोगहरु किन हुन्छन भन्ने जानकारी बढेको छ । र उपचारको लागि औषधी र मनोबैज्ञानिक उपचार बिधिहरु पनि बिकास भएका छन । रोगलाई लुकाएर राख्दा झन बढ्दै जाने, गलत उपचार पद्दतिले फाईदाको बदला हानी गर्ने हुनाले मानसिक रोगहरुका वारेमा सही जानकारी हुनु आजको आवश्यता हो ।
मानसिक रुपले स्वस्थ व्यक्तिमा निम्न कुराहरु हुनु पर्दछ ।
१. समय तथा वातावरण अनुसार अगाडी वढ्न सक्ने क्षमता
२. जीवनमा आईपर्ने सामान्य कठिनाई तथा तनावलाई व्यवस्थापन गर्ने क्षमता
३. भावनात्मक परिस्थितिमा ज्यादै बिचलित नहुने गुण
४. अर्थपूर्ण रुपले जीवनयापन गर्न सक्ने क्षमता
५. उत्पादनशील तथा फलदायी काम गर्न सक्ने
६. अरु व्यक्तिहरुसंग राम्रो सम्वन्ध जोड्न सक्ने र त्यस्तो सम्वन्धलाई निरन्तरता दिने ।
७. कुनै पनि किसिमका मानसिक रोगका खास तथा मुख्य लक्षणहरु नभएको ।
नेपालमा देखिने प्रमुख मानसिक रोगहरु
बिश्वमा देखिएका धेरै जसो मानसिक स्वास्थ्य समस्याहरु नेपालमा पनि देखिएका छन । नेपालमा देखिने प्रमुख मानसिक रोगहरुमा दिक्दारीपन, चिन्तासम्वन्धि रोगहरु, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या, निन्द्रा सम्वन्धि समस्याहरु, बिकृत तनाव, यौनजन्य मानसिक समस्याहरु, मानसिक चोटपटक लागेका कारण तथा संक्रमण भउका कारण देखिने मानसिक समस्याहरु आदि छन । त्यस्तै केटाकेटी तथा किशोरकिशोरीहरुमा व्यवहारिक तथा भावनात्मक समस्याहरु पनि देखिएका छन ।
थप जानकारीका लागि बिम्ब सप्ताहिकका आगामी अंकहरु पढ्दै गर्नुहोला ।
“स्वास्थ्य सन्देश” अभियान प्रत्येक महिना प्रकासन हुने व्यहोरा आम पाठक वर्गमा अनुरोध गरिन्छ । यस अभियानमा प्रकाशन योग्य कुनै सामग्रीहरु भए उपलव्ध गराई दिन हुन अनुरोधध गरिन्छ ।
No comments:
Post a Comment