Tuesday, August 15, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साउन ३१ गते मंगलवार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नाे अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मख्य समाचार 

तीन बर्ष देखिको मोवाईल पाउने आश

सिम पाईयो, सेट पाईएन


रामहरी ओझा/डोटी
साउन ३०
आदर्श गाउँपालिका–३ (साबिकको दलकालिकास्थान गाबिस–२ ऐली) कि हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पहिले दहकालिकास्थान उपस्वास्थ्य चौकीबाट नमस्तेको प्रिपेड सिम प्राप्त गरिन् । सिम बितरण गर्दा उनले बितरणकर्ता स्वास्थ्य संस्थाका व्यक्तिलाई “सिमले मात्रै के गर्ने, सेट छैन ।” भनेर सोधेकी थिईन । उनलाई अर्को बर्ष सेट पाईने भनिएको थियो । 
सेट पाउने आशामा हरिनाले सिम जतन गरेर राखिन् । तर, तीन बर्ष बितिसक्दा पनि उनले मोवाईल सेट     पाईनन् । उनले पाएको सिम पनि त्यतिकै रह्यो । ‘मोवाईल सेट पनि पाईन्छ भनेका थिए डाक्टर साहेवले’ त्यतिबेलाको कुरा सम्झदै उनी भन्छिन् ‘तीन बर्षसम्म पनि मोवाईल पाईएन ।’ अहिले पनि सिम जतन साथ राखेको उनी बताउँछिन् । गाउँमा स्वास्थ्यकर्मी–हरुलाई डाक्टर भन्ने चलन छ । 
हरिनाको जस्तै आदर्श गाउँपालिका–७ कि डमरी किमाडीले पनि स्थानीय स्वास्थ्य संस्थाबाट सिम पाईन । उनले पनि अर्को बर्ष मोवाईल सेट पाउने आश्वासन पाएकी थिइन । मोवाईल सेटमा पाउने आशमा उनले केही समय सिम थन्काएर राखिन् । सेट पाउने छाँट नदेखिएपछि उनले त्यो सिम आफ्नो छोरीलाई दिईन । ‘मोवाईल नपाएपछि मैले सिम छोरीलाई दिएँ, अहिले छोरीले चलाउँदैछे’ डमरी भन्छिन् ‘कहिलेकाँही अस्पताल (स्वास्थ्य चौकी) बाट फोन आयो भने छोरीले नै उठाउँछे अनि मलाइ खवर गरिदिन्छे ।’ 
आदर्श–३ कि कमला रोकायालाई त उनले पाएको सिम चल्छ कि बन्द भईसक्यो भन्ने पनि जानकारी छैन । उनी अहिलेसम्म पनि मोवाईल चलाउँदिनन् । भन्छिन् ‘मलाइ मोवाईल चलाउन आउँदैन त्यसैले किनेन, उताबाट पनि दिएन अनि कसरी सिम चलाउनु ?’ 
सरकारले स्वास्थ्य सम्वन्धि सूचनाहरु महिला स्वास्थ्य स्वयंसेबिका मार्फत समुदायमा पु¥याउन सजिलो होस् भन्नका लागि दिएका सिमहरु अधिकांस स्वास्थ्य स्वयंसेबिकाहरुले उपयोगमा ल्याएका छैनन् । कसैले प्रयोगै नगरि थन्काएका छन भने कसैले आफन्तलाई प्रयोग गर्न दिएका छन । तर सिम पाएको तीन बर्ष बित्दा समेत उनीहरुले मोबाईल सेट पाउने आश मारेका छैनन् । आदर्श गाउँपालिका–४ कि चन्द्रिका बिष्ट भन्छिन् ‘मैले त आफै सेट किनेर चलाउँदैछु, तर सरकारले दिन्छु भनेपछि दिनु पर्ने हो ।’ सवै स्वयंसेबिकाहरुसंग मोवाईल सेट किन्न सक्ने आर्थिक हैसियत नभएको उनी बताउँछिन् ।
वल्र्ड भिजन ईन्टरनेसनल नेपाल नामक संस्थाले आयोजना गरेको ‘महिला स्वास्थ्य स्वयंसेबिकाहरुका लागि तीन दिने सामाजिक परिचालन तथा परामर्श’ तालिमको छलफलका क्रममा सञ्चार सम्वन्धि कुरा उठ्दा उनीहरुले आफ्नो दुखेसो पोखे । 
मोवाईल दिने भन्ने कुरा नभएको बताउँछन जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश बिष्ट । ‘त्यो कसैले त्यत्तिकै भनेको होला’ बिष्ट भन्छन् ‘सिम मात्रै बितरण गरिएको हो, सेट दिने कुरा भएको होईन ।’ सुरुमा सेट सहित दिने भन्ने कुरा चलेको भएपनि बजेट धेरै लाग्ने भएर होला पछि सिम मात्रै बितरण  गरिएको उनले बताए । 
१० मिनेट कुरा ग¥यो भने संचित रकममा एक रुपैयाँ थप हुने सुबिधा सहितको सिम त्यतिबेला बितरण गरिएको बिष्ट बताउँछन । उनी भन्छन् ‘मन्त्रालय र नेपाल टेलिकमबीच भएको सहमतिका आधारमा यस्तो सुबिधा भएको सिम देशैभरीका महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई बितरण गरिएको थियो ।’ सिमको अहिलेको अवस्था कस्तो छ भन्ने बिषयमा जानकारी नभएको बिष्ट बताउँछन । सुरुमा सिम बितरण गर्दा एक सय रुपैयाँ संचित रकम सहित बितरण गरिएको उनले जानकारी दिए । 

सम्पादकीय 

पीडितका लागि राहात र उद्दारको सवाल

पूर्वी तराई जलमग्न भएको छ । पश्चिम तराईमा पनि बिस्तारैत्यो समस्या बढ्दै गएको छ । करीव एक सातादेखि आएको बाढीका कारण एक सय भन्दा बढीले ज्यान गुमाईसकेको अवस्था छ । गृहमन्त्रालयले स्वयं पनि ९१ जनाको ज्यान गएको पुष्टी गरेको छ । बाढीका कारण घरभित्र भएको अन्न उम्रिएको छ, । खानलाई पानी छैन, आङ ढाक्नलाई कपास छैन । 
एकातिर तराईमा बाढीले तहस नहस बनाएको अवस्था छ भने अर्कोतिर पहाडमा पहिरोले बिजोग बनाएको छ । तराईको बाढी पहाडको पहिरो दुवै संगसंगै आई लागेको छ । यसले गर्दा जनता आक्रान्त भएका छन । तर राज्य संयन्त्र हेलिकप्टरबाट आकाशमा उड्दै रमिता हेर्दै गरिरहेको अवस्था छ । 
देश डुवीरहेका बेला, जनता बगिरहेका बेला राज्य र शासकहरु नेपाली जनताको रगतमा पौडी खेलेर रमाईरहेका छन । जब जब राष्ट्रिय संकट आईलाग्छ तबतब सरकार पूर्ण रुपमा असक्षम हुन्छ जनतालाई सुरक्षा दिन । मानवअधिकारको अन्तराष्ट्रिय सिद्धान्त अनुसार प्रत्येक नागरिकको सुरक्षाको ग्यारेण्टी गर्नु, उनीहरुका     आधारभूत आवश्यकताको परिपुर्ति गर्नु राज्यको दायित्व हो । जनताले कर किन तिर्छ भने गाह्रो सारो परेका बेला राज्यले मलाई सहयोग गर्छ भन्ने आश राखेको हुन्छ । त्यसैले बिपत्तीमा द्रुतगतिमा सहयोग पाउनु खोज्नु उसको गल्ती होईन । 
तर राज्य संयन्त्र बिपत्ती परेका बेला सरकार कानुनका ढर्रा पल्टाएर बस्छ, राष्ट्रिय बिपत्ति आईलाग्छ र त्यसका लागि अहिलेदेखि नै द्रुत कानुन बनाउनु पर्छ भन्ने सोच छैन सरकारको दिमागमा, जव बिपत्ति आयो अनि ‘यो कानुनले यस्तो गर्न मिल्दैन, उ कानुनले उस्तो गर्न मिल्दैन’ भनेर सुगा रटान गर्छ । यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ र ? अनुगमनका नाममा आकाशमा मनमर्जी हेलिकप्टर उठाएर लाखौं खर्च गर्नका लागि कानुनी अड्चन छैन तर एक किलो चामल किन्नका लागि नियमले मिल्दैन रे । 
गैर सरकारी संस्थाहरु र नीजि क्षेत्रले पनि बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न चाहान्छ तर सरकार उनीहरुलाई पनि कानुन नभएको भन्दै अल्मलाईरहेको छ । यस्तो अवस्थामा सहयोगी हातहरु कसरी अगाडी बढ्छन त ? यो समस्या एक पटक मात्र आएर सधैका लागि बिदा हुने समस्या होईन, यो जति बेला पनि आई लाग्न सक्छ । त्यसैले बेलैमा होस पु¥याउने बानी कहिले बस्छ ? 
बरु, नेपालका बिद्यार्थी संगठनहरुलाई धन्यवाद दिनु पर्छ । जब जब राष्ट्रिय समस्या आईलाग्छ तब तब बिभिन्न राजनीतिक बिचारहरुमा छरिएर रहेका बिद्यार्थी संगठनहरु एकजुट हुन्छन् । उनीहरुले यसपटक पनि आफ्नो धर्म निभाएका छन । तर दुर्भाग्य, उनीहरुका माउ पार्टीहरु जहिले पनि कुकुरे लडाईमा लडिरहेका हुन्छन् ।  
अहिले सामाजिक सञ्जालहरुमा तराईको बिषयलाई लिएर पक्ष र बिपक्षमा तर्क र बितर्क भईरहेका छन । हुती मरेकाहरु, न आफू केही गर्न सक्छन् न अरुले गरिरहेको काम पचाउन सक्छन् । यो संकटको बेलामा खोलामा बगिरहेको मान्छेलाई छोप्न के कुनै दलको मात्रै जानु पर्छ ? वा छोप्नु भन्दा पहिले यो कुन दलको हो भनेर सोध्नु पर्छ ? 
त्यसैले यो फेसबुके बहसहरु बन्द गरौं, सकिन्छ भने आफै सहयोगमा जुटौं, त्यो सकिन्न भने सहयोग गरिरहेकाहरुलाई सहयोग गरौं, त्योपनि गर्न नसकिने ओ भने चुप लागेर बसौं । सहयोग गरिरहेकाहरुलाई आक्रान्त पार्ने गरि जथाभावी नकोलौं, नलेखौं । यदि यस्तो हो भने ति बाढीमा बगिरहेकाहरुसंगै तपाईको मानवता पनि बगेर गयो भन्दा अन्याय हुने छैन ।

थपसमाचार 

सवारी दुर्घटना नियन्त्रण गर्न ज्ञापन


डोटी जिल्लामा सवारी दुर्घटना बढ्दै गएकाले सवारी दुर्घटना नियन्त्रण गर्न पहल गरिदिन हुन युवाहरुले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन । 
सडकको दुराबस्था र चालकको लापरवाहीका कारण भईरहेका सवारी दुर्घटनाबाट युवाहरुले बढी ज्यान गुमाउनु   परेको भन्दै दुर्घटना रोक्नका लागि माग गरिएको छ । जिल्ला युवा समिति डोटीका अध्यक्ष बम बहादुर बमले बुझाएको ज्ञापन पत्रमा भनिएको छ “गत तीन वर्षको तथ्याकं हेर्ने हो भने ९ वटा ग्राभेल तथा कच्चि सडकमा र १९ वटा कालो पत्रे सडकमा सवारी दुर्घटना भएका छन । तथ्याँक अनुसार घाइते हुनेहरुमध्ये ५४ प्रतिशत युवाहरु र मृत्यु हुनेमा पनि ५३ प्रतिशत युवाहरु नै पर्ने गरेका छन् ।”
श्रावण २० गते शुक्रबारका राती बोगटान गाउंपालिका–६ गगुडामा यात्रुवाहक जिप दुर्घटना हुँदा नौ जना नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएको घटना ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ‘सो घटना चालकले तिब्र गतिमा चलाउनु र सडकको अवस्था मुख्य कारण भएपनि नेपाल प्रहरीका अनुसार सो गाडीलाई दिपायल चेकपोस्टबाट चवराचौतारा नजान भन्दाभन्दै इन्ट्री नै नगरी गएको थियो’ ज्ञापन पत्रमा थप भनिएको छ ‘यो घटनामा स्थानीय प्रशासन र अन्य जिम्मेवार निकायको नियमन– कारी भूमिकामा कमजोरी रहेको देखाएको छ ।’
गत तीन वर्षसम्म भएका दुर्घटनाहरुमध्ये सात वटा सडकको अवस्थाका कारण, पाँच वटा गाडीको खराबीका कारण, चार वटा चालकको लापरवाही, तीन वटा क्षमता भन्दा वढी यात्रु र चार अन्य कारणले दुर्घटना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस जिल्लामा कालोपत्रे, ग्राभेल र कच्ची सडक ४०९.४६ किलोमिटर सडक   रहेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
१८ औं अन्तराष्ट्रिय युवा दिवसको अबसर पारी डोटीका सम्पूर्ण युवाहरुको तर्फबाट उक्त ज्ञापन पत्र बुझाईएकको सामुदायिक बिकास केन्द्र डोटीका सतिश गुरुङ्गले जानकारी दिए । 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले युवाहरुले उठान गरेका बिषयहरुमा आफ्नो समर्थन रहेको बताउँदै आफु तत्काल सरोकार–वालाहरुसंग छलफल गर्ने बताएको जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमले बिम्ब साप्ताहिकलाई जानकारी दिए । 
जिल्ला युवा समितिले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा ¥याली, डोटी अस्पतालमा भएका बिरामीहरुलाई फलफुल बितरण र १६ देखि ४० बर्ष उमेर समूहका युवाहरुकाबीच खुला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । 

प्रदेश नं. ७ ः जिल्ला समन्वय समिति ः कांग्रेसले उछिन्यो एमालेलाई


प्रदेश नं ७ का नौ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन भएको छन । जिल्ला समन्वय समितिमा एमालेलाई पछि पार्दै कांग्रेस पहिलो पार्टी भएको छ । 
नौ जिल्लामध्ये ५ मा नेपाली कांग्रेसले बाजी मारेको छ । स्थानीय तहको संख्या हेर्दा एमाले पहिलो पार्टी भएपनि जिल्ला समन्वय समितिका हिसावले भने कांग्रेस पहिलो पार्टी भएको छ । 
कांग्रेसले डडेल्धुरा र बाजुरामा एकलौटी समन्वय समिति बनाएको छ । डडेल्धुराका सात स्थानीय तहमध्ये कांग्रेसले चार एकलौटी र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । 
यस्तै बाजुरामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाएको छ । नौ स्थानीय तहहरुमा कांग्रेसले ६ स्थानमा प्रमुख र पाँच स्थानमा उपप्रमुख जितेको थियो । 
अछाममा संख्याका हिसावले कांग्रेसले एकलौटी समन्वय समिति बनाउने आधार हुँदाहुँदै पनि नेकपा माओवादी केन्द्रलाई समन्वय समितिमा सहभागि गराएको छ । नौ सदस्यीय समन्वय समितिमा दुई सदस्य माओवादी केन्द्रले प्राप्त गरेको छ । स्थानीय निर्वाचनका क्रममा भएको चुनावी तालमेलका आधारमा माओवादी केन्द्रलाई पनि समितिमा ल्याईएको हो । यस जिल्लाका १० स्थानीय तहहरुमध्ये कांग्रेसले पाँच तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको थियो । 
यस्तै बैतडीमा पनि जिल्ला समन्वय समितिको नेतृत्व कांग्रेसले गर्न पाएको छ । यस जिल्लामा कांग्रेस(माओवादीको संयुक्त समन्वय समिति गठन भएको छ । कांग्रेसले संयोजक सहित ६ सदस्य र माओवादी केन्द्रले उपसंयोजक सहित एक सदस्यमा भागबण्डा मिलाएका छन । १० स्थानीय तहमध्ये कांग्रेसले ६ स्थानीय तहमा प्रमुख र चार स्थानीय तहमा उपप्रमुख गरि १० मत सुरक्षित गरेको थियो । समन्वय समिति बनाउन एक मत चाहिने भएपछि माओवादी केन्द्रलाई साथमा लिएको थियो । 
दार्चुलामा पनि स्पष्ट बहुमत कुनै दलको नपुगेपछि समन्वय समितिका लागि कांग्रेस(माओवादी गठबन्धन बनेको छ । सात सदस्यीय समन्वय समितिमा कांग्रेसले प्रमुख सहित तीन र माओवादी केन्द्रले उपप्रमुख सहित चार स्थान लिएका छन । नौ स्थानीय तह रहेको यस जिल्लामा कांग्रेसले पाँच प्रमुख र चार उपप्रमुख जितेको जितेको थियो । 
प्रदेश नं. ७ का सात पहाडी जिल्लामध्ये सबै भन्दा बढी १२ स्थानीय तह रहेको बझाङ्ग जिल्लामा एमालेको एकलौटी जिल्ला समन्वय समिति बनाएको छ । एमालेले आठ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको थियो । 
यस्तै डोटीमा पनि एमालेले एकलौटी समन्वय समिति बनाएको छ । नौ स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख जितेर एमालेले आफुलाई जिससमा सुरक्षित गरेको थियो । 
यस्तै कञ्चरपुरमा पनि एमालेले एकलौटी बहुमत पु¥याएपछि जिल्ला समन्वय समितिमा पनि एकलौटी पसेको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख गरि ११ मत सुरक्षित गरेको थियो । 
प्रदेश नं. ७ कै सबैभन्दा बढी स्थानीय तह र मतदाता संख्या रहेको कैलालीमा एमाले(नेपाल लोकतान्त्रिक फोरम गठवन्धनले समन्वय समिति वनाएको छ । ७ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानीय तह रहेको कैलालीमा एमालेले ६ स्थानीय तहमा एकलौटी र एक स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । समन्वय समिति बनाउन एक मत अपुग भएपछि एमालेले फोरमलाई मिसाएको हो । एमालेले प्रमुख उपप्रमुख सहित ६ र फोरमले तीन सदस्यमा भागबण्डा मिलाएर समन्वय समिति गठन गरेका छन ।  
८८ स्थानीय तह रहेको यस प्रदेशमा एमालेले ३९, कांग्रेसले ३८, माओवादी केन्द्रले १० र फोरमले एक स्थानीय तह हात पारेका थिए ।  

प्रचार प्रसारको अभाबमा डोटीको मालिका मन्दिर


भूमिराज जोशी/डोटी
साउन ३०
डोटी तथा बझाङ्ग जिल्लाको सिमानामा पर्ने सायल गाउँपालिको  ताँमागिरी डाँडामा अबस्थित मालिका मन्दिर पनि भूस्वर्गको उपमा दिनु भन्दा फरक छैन । बिभिन्न रमणीय ठाउँ मध्येकै एउटा सायल गाउपालिकाको मालिका मन्दिर पनि एक हो ।
चारैतिरबाट हेर्दा अग्लो डाडाँ । सबैलाई महसुुस हुन्छ की यो ठाउँमा पुगेमा स्वर्ग पुगे जस्तो अनुभूति हुन्थ्यो भनेर । त्यो ठाउँमा जान कठिन पनि छैन । दुइ हजार सात मिटर अग्लो ताँमागिरी डाँडाँमा पहिलो पटक पाइला टेक्दा स्वर्गमै पाइला टेके झैं अनुभूति हुन्छ ।
रमाइला फाँटहरु, चारैतिरबाटको सिरसिर बतास । रताम्ये फूलहरु । समथर र भिराला पाटनहरु । चाइनिज दुबो झैं मसिनो घाँस । त्यसैमा रङ्गी बिरङ्गी चराहरुले आफ्नै वरिपरी आउँदा जीवनभरीको दुख एक पलमै बिर्सन सक्ने बाताबरण ।
बाजुरा जिल्लाको मालिका मन्दिर जस्तै सायल गाउँपालिकाको मालिका  मन्दिरमा पनि श्रावण शुक्ल चर्तुदशीको दिन ठूलो मेला लाग्ने गर्छ । त्यो संगै बडा दशैं र चैते दशैंको बेला अष्टमीको दिन पनि स्थानीयहरु पुजाआजा गर्ने गर्छन ।
दुई जिल्लाको सिमाना पर्ने हुनाले स्थानीयहरुको मित्रवतको पनि घनिष्टता बढ्ने गर्छ । आफन्त तथा इष्टमित्रहरुको भेटघाट पनि यसै मेला र दशैंको पुजामा हुन्छ । बिशेषतः दुई जिल्लाकै पुजारीहरु छन यो मालिका मन्दिरमा । पुजारीहरु मिलेकै कारण दुई जिल्लाका स्थानीयहरुको सद्भाब बाताबरण बढेको छ । कुनै मन्दिरमा पुजारीकै कारण लडाँइ भएर मेला नै भङ्ग हुदैन । 
सबैको आस्थाको केन्द्र मन्दिर भएकोले यो मन्दिरमा चाहेको कुरा दर्शन गरेपछि सजिलै प्राप्त हुन्छ भन्ने धार्मिक आस्था रहेको छ । ‘सडक पुगेको ठाउँबाट पैदल धेरै हिड्नुपर्ने हुँदा यो क्षेत्र चर्चामा आउन सकेको थिएन ।’ होटल ब्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले भने, ‘अब त यातायातको सुबिधा पनि भैसक्यो ।’ मालिका मन्दिरमा दर्शन गर्न जाने तीर्थालुहरुलाई पनि कुनै असुबिधा नहुने उनले बताए ।
दिपायल—सायल सडक बनेपछि सबैलाई तीर्थालुहरुलाई सहज भएको छ । मालिका मन्दिर प्रचारमा नआउँदा स्थानीय बाहेक अरु कसैलाई यो बारेमा जानकारी छैन । जति खप्तडको महत्व छ त्यति नै सायल क्षेत्रमा पर्ने मालिकाको रहेको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
तामागिरी मालिका डाँडामा डोटी र बझाङका धार्मिक धर्मावलम्बीले पुजा आजा गर्ने गर्दछन । तामागिरी मन्दिरका पुजारी दुईटै जिल्लाका छन । जो मिलेर पुजाआजा गर्छन । त्यसले गर्दा डोटी र बझाङको मित्रताको साइनो पनि बलियो बनेको छ । यसलाई पर्यटकीय क्षेत्र बनाइ प्रचार प्रसार गर्नुपर्ने गैर सरकारी महासंघ डोटीका अध्यक्ष रघु कठायत बताए ।
उनले भने, तामागिरीको मालिका मन्दिर जस्तै दर्जनौं तीर्थस्थलहरु ओझेलमा परेका छन । संरक्षणको अभाबमा परेका छन । सरोकारवालाहरुको नजर भन्दा बाहिर छन । यस्ता धार्मिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रमा ल्याउन सके स्थानीयको आयश्रोत बढ्ने थियो । त्यसको लागि आफू र आफ्नो संगठन सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
मालिका स्थानमा पुग्न धेरै कठिनाई भएपनि उक्त मन्दिरको दर्शनपछि निसन्तानको सन्तान हुने, रोगहरु निको हुने र मागेको पूरा केही समयमै पुरा हुने धार्मिक जन बिश्वासका कारण धेरै जसो ब्यक्तिहरु ताँमागिरीमा जाने गरेको स्थानीयहरु बताउँछन । मालिका मन्दिरको प्रचार प्रसार र संरक्षण आ आफ्नो क्षेत्रबाट सबैले गर्नु जरुरी रहेको गैर सरकारी संस्थाका अध्यक्ष कठायतले  बताए ।

ब्यवस्थित बन्दै ‘काँडी स्याउले’ बजार


केही बर्ष यता आदर्श गाउँपालिका डोटीका स्थानीयहरु नुन, चिनी तेल लगायतका सामानहरु किन्न दिपायलको पिपल्ला बजारमा पुग्थे । खान र बस्न करिब किनेको सामानको मुल्य बराबर खर्च हुन्थ्यो । केही बर्ष यता काँडी स्याउलेमा बजार लागेपछि महादेबस्थान, दहकालिकास्थान, गिरीचौका लगायतका स्थानीयहरुलाई सहज भएको छ । 
‘हामीलाई तीन÷चार दिनको पैदल बाटो हिंडेर सामान ल्याउन जानु पथ्र्यो । बाटोमै खर्च दोब्बर पुथ्यो । पछिल्लो समयमा गाउँमा बजार लागेपछि सबैलाई सुबिधा भएको छ । दोब्बर खर्च बेहोर्नु परेको छैन ।’ दहकालिकास्थान ऐलीका स्थानीय रामप्रसाद पाठकले भने, ‘हामी भन्दा पनि बुढापाकाहरुले भारतको टनकपुर, झुलाघाटबाट सामान ल्याउनु पथ्र्यो जो महिना दिन समय नै लाग्थो । त्यो समस्या अब सधैका लागि अन्त्य भएको छ ।’
काँडी स्याउलेमा दुई÷तीन बर्ष यता बजार मै बस्नको लागि अभाब नै हुन्थ्यो । कतिपय होटलहरुमा खानाको ब्यवस्था मात्र लेखेका होटलहरु थिए भने केही बर्ष यता काँडी स्याउलेमा खान बस्नका लागि केही समस्या हुदैन ।
काँडी स्याउले बजारका ब्यापारी लाल बहादुर रोकायाले भने, ‘हामीलाई बजार बिस्तार गर्न निकै समय लाग्यो । काँडी स्याउलेका पहिलो पटक यातायातका साधन पुग्दा सबैले आफ्नो गाउँमा पनि लैजानु पर्ने भन्दै लामो समयसम्म बिरोध जनाए ।’ रोकायाले भने, पहिलो पटक गाउँमा ब्यापारी केन्द्र (बजार) लाग्दा स्थानीयहरुले आ आफनो गाउँमा पु¥याउनका लागि बिरोध जनाउनु स्वभाबिक हो । किनकी त्यो हौसलाको बिरोध थियो ।’ उनले भने, पहिलो पटक गाउँमा सबारी साधन तथा बजार नै आउँदा स्थानीयहरु खुसी साँटासाँट गर्दै उत्साहित भएका थिए । त्यो उत्साह अहिले पनि कायम छ ।’
आदर्श गाउँपालिका ६ साबिकको गिरीचौका गाबिसका स्थानीय ६९ बर्षिय भीम बहादुर नेपालीले आफ्नो अनुभब बारे भने, ‘मैले ३ पटक नुन ल्याउनका २१ दिनको बाटो हिडेर अहिलेको भारतको टनकपुरमा गएर ल्याएको हुँ । अहिले त गाउँमै गाडी आएर नसोचेकै  पुरा भएको छ ।’ 
नेपालीले भने, मैले त सोचेको पनि थिइन मेरो क्षेत्रमा पनि यसरी यातायात पुग्नेछ भनेर । तर मैले आफैंले गाउँघरमै गाडी मोटर देख्दैछु । काँडी स्याउलेमा जीप आएको दिनमा जीबनको सबैभन्दा खुसी भए । पुरानो टनकपुर यात्राको दुख सम्झिदै रोए । अबको पिंढीले त पहिलेको जस्तो दुख गर्नु नपर्ने नेपालीले बताए । उनले भने कतिपय त भारी बोकेर खान नसकेर भारतमै गएर नोकरी गर्ने उतै बस्ने पनि भए । 
पछिल्लो पिंढीलाई भने खासै कुनै महसुस भएको छैन गाउँघरमा हाटबजार भएकोमा । दहकालिकास्थानका खेमराज पाठकले भने, गाउँमा बजार भएकोमा खुसी नहुने त कुरै भएन । तर पनि पछिल्लो समयका युवाहरु भने टाढाबाट सामान बोकेको अनुभब नहुनाले खासै चाँसो दिदैनन । 
काँडी स्याउले बजारमा होटल तथा पसलहरु थपिदै छन । ब्यवस्थीत रुपमा ब्यापारी हरुले पनि आफ्ना ब्यापार ब्यवसायहरुलाई तीब्र रुपमा अगाडी बढीरहेका छन ।

डोटी जिल्ला समन्वय समितिमा एमाले एकलौटी 


डोटीको राजनीतिक ईतिहासमा पहिलो पटक नेकपा एमाले जिल्ला समन्वय समितिमा एकलौटी प्रवेश गर्न पाएको छ । जिल्ला समन्वय समितिमा एमाले नेतृत्वको पुरै टिम निर्बिरोध चयन भएको छ । नयाँ टिमले आईतवार पदभार ग्रहण गरेको छ । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार गत २५ गते जिल्ला समन्वय समितिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने थियो । सो दिन एमाले नेतृत्वको टिमले मात्रै उम्मेदवारी दर्ता गरेकोले आज आईतवार निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलले जानकारी दिए । 
पौलेडका अनुसार प्रमुखमा रामबहादुर ऐर चयन भएका छन । ऐर एमाले डोटीका सचिव हुन । यस्तै उपप्रमुखमा सशी सोव चयन भएकी छन । सोव पार्टी जिल्ला सचिवायल सदस्य हुन । सदस्यहरुमा धनश्याम जोशी, गोबिन्द खड्का, डम्मर ओली, सगराम नेपाली, लक्ष्मी मल्ल, तुलक्षा साउँद र मिना बोहरा रहेका छन । 
नव निर्वाचित जिल्ला समन्वय समितिलाई आईतबारै शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र समेत दिईएको पौडेलले जानकारी दिए । 
नव निर्वाचित जिल्ला समन्वय समितिले आईतबारै पदभार समेत ग्रहण गरेको छ । 
पहिलो बैठमका पाँच निर्णय 
आईतवार बसेको जिल्ला समन्वय  समितिको पहिलो बैठकले बिभिन्न पाँच निर्णय गरेको छ । 
निर्णयहरुमा जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधीहरुको सूचि सबै सरोकारवाला निकायलाई पठाउने, जिल्लामा आम नागरिकको सार्वजनिक सूचनामा पहुँच पु¥याउन सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने र त्यसका लागि सरकारी र गैर सरकारी निकायसँग समन्वयमा जोड दिने र जिल्ला समन्वय समिति गठन गर्न सघाउने मूख्य निर्वाचन अधिकृतको कार्यालय, राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालय र सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्ने रहेका छन । 
यस्तै जल्लामा रहेका विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय लगायत सम्पूर्ण सरोकार–वालाबिच मंगलबार परिचयात्मक कार्यक्रम आयोजना गर्ने र जिल्लामा रहेका बिग्रे, भत्केका ग्रामीण कच्चि सडकहरु निरन्तर सूचारु गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको कार्यालयले जानकारी दिएको छ ।

छोटकरी समाचार 

अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

अरिङ्गालले टोकेर डोटीमा एक जना महिलाको मृत्यु भएको छ ।
अरिङ्गालले टोकेर दिपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उनको उपचारका क्रममा राजपुर स्थित सुजङ अस्पतालमा मृत्यु भएका हो । सुजङ्ग अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले भने, ‘अरिङ्गगालले टोकेर कटाली गाउँकै  १३ वर्षीया सीता कुमारी जोशी गम्भीर घाइते भएकी छन् । उनको सुजङ अस्पतालमै उपचार भइरहेको छ ।

दादुरा फैलिदै

डोेटीको सायल गाउँपालिका ६ दल्लेखका दलित परिवारका केही बालबालिकाहरु दादुरा रोग ग्रसित छन । साबिकको खातीवडा गाबिसको दल्लेख गाउँका चार जना बालबालिकाहरुलाई दादुरा रोग भएको र अरु बालबालिकाहरुलाई पनि लक्षण देखिन थालेको स्थानीय गंगाराम साउँदले बताए ।
बालबालिकालाई सुरुमा सामान्य ज्वरो आउने त्यसपछि बढ्दै जाँदा अत्याधिक मात्रामा ज्वरो बढ्दै जाने र पुरै शरीरमा पानीका फोकाहरु आएजस्तो साना साना बिबिराहरु आउने गरेको साबिकको खातीवडा गाबिसका सामाजिक परिचालक मोहन बिकले जानकारी दिए ।
सामाजिक परिचालक बिकले भने, ‘दल्लेख गाउँमा शुरुमा एकजना अपाङ्गता भएको ८ बर्षिय बालक बाजी लुहारको छोरा राजेश लुहारलाई दादुरा भएको थाहा भएसंगै स्थानीय अन्य तीन जना बालबालिकालाई पनि देखा परेको छ ।’

लेख 

डोटीमा शास्त्रीय संगीतको एक संस्मरण


स्व. गोपालप्रसाद जोशी 
डोटी राज्यमा गोर्खालीको प्रवेशपछि सिलगढी पश्चिमाञ्चलको सदरमुकामका रूपमा देखा प¥यो । सिलगढीको बजार वसाल्ने काम, पानी कुलोको व्यवस्था, पौवापाटी धाराहरुको व्यवस्था शाहवंशका चौतरिया कृष्णध्वज शाह, पुष्कर शाह, ववर जंग शाह आदिले गरे । उनीहरुकै साथमा डोटीको वजार व्यवस्था मिलाउन र पल्टनको रसद पानीको व्यवस्था गर्न नेवार श्रेष्ठ जातीका महाजनहरु पनि आएका थिए । ती मध्ये रूपनारायण श्रेष्ठ, प्रतापनारायण वाँका, कृष्ण (वाँका) आदिको नाम उल्लेख्य छ । यिनकै जमानामा इन्द्रचौकमा श्रीकृष्ण मन्दिरको स्थापना भएको हो । यही मन्दिर डोटीको शास्त्रीय संगीतको सूत्रपात माने हुन्छ । त्यस मन्दिरमा वसन्त पंचमी, रामनवमी, फागुपुर्णिमा, कृष्णजन्माष्टमी, एकादशीहरुमा भजन कीर्तन हुने गर्दथ्यो । त्यो परम्परा वर्तमानसम्म पनि जाग्रत छ । पुरानो मन्दिर जीर्ण हुँदा नयाँमन्दिर ०१७ सालमा निर्माण गरियो ।
यो संगीत परम्परा कतावाट आयो भन्ने कुरा अवश्य स्मरणीय छ । यो परम्परा साहुजीहरुले काठमाण्डौं, रिडि आदि ठाउँवाट ल्याएका थिएनन् । यहाँका वुढापाका मानिसहरुलाई सोध्दा यो परम्परा कुमाउँ तिरवाट तीर्थयात्रा आदिको प्रसंगमा आउने घुमन्ते वावाहरुवाट नै आएको थियो भन्ने वुझिन्छ । ८५–८६ सालमा वस्ताद वुलाकी    राम र सुकवाषी चन्द यहाँ आए ।
त्यस वेलाका वाद्य सामग्रीहरु सितार, एकतारे,  तानपुरा, तवला, मृदङ्ग, ढोलक, मजीरा आदि थिए । त्यो परम्परा निर्वाध रूपले अघि वढ्दै गयो । सिलगढी शास्त्रीय संगीतको गढ नै बन्यो । त्यसपछिको पिढीमा विष्णुभक्त श्रेष्ठ, खड्गबहादुर चन्द, गोपाल चन्द, उद्धव केसी, गरुडध्वज अग्रवाल आदिले डोटीको संगीतलाई उजागर गरे । तत्पश्चात् सितारवादक मु. मानबहादुर श्रेष्ठ, सनतबहादुर श्रेष्ठ, सनतबहादुर थापा, तवलावादक मेहरमान (पाल्पाली), दीर्घमान श्रेष्ठ, कासीमान श्रेष्ठ आदिले सिलगढीको संगीत परम्परालाई उत्कर्षमा पु¥याए । १९.... सालमा मानवहादुर श्रेष्ठले सिलगढीमा हारमोनियम ल्याए ।
डोटी गौंडाका वडाहाकिम जर्नेल वहादुर सम्सेरले आफ्नो साथमा संगीतशास्त्रका वस्ताज महावीर मिश्रलाई डोटीमा ल्याए । महावीर मिश्रवाट तालिम पाएका केदारप्रसाद श्रेष्ठ, हिक्मतबहादुर जोशी, प्रेममोहन श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ आदि प्रमुख थिए । वहाँहरु सितार, तानपुरा, हार्माेनियम, तवला आदि वाद्यमा शास्त्रीय रागहरु नियमानुसार बजाउन, गाउन पूर्णतया प्रवीण हुनुहुन्थ्यो ।
यस समयका संगीत वैठकमा गाइने रागका प्रकारहरु थिए ः राग केदार, बसन्ततिलकामोद, रागदुर्गा, रागहिन्डोल, बसन्तवहार, मालश्री, दर्वारी कानडा, विहाग विलावल, रागवागेश्वरी आदि । तवलाका तालहरुमा    दादरा, एकताल, त्रिताल, चौताल, कहरवा, रूपक, आडाचौताल, झपताल आदि थिए भने गाइने पदहरु ः सूरदास, तुलसीदास, कवीरदास, मिरावाई र व्रह्मानन्द भजनमालाका थिए । ००७ सालको क्रान्ति पछि नेपालीमा निवद्ध गीतहरु वा नेपालीमा अनुदित हिन्दी गीतहरु चले । १५÷२० साल उप्रान्त विशेष आफैले रचना गरेका गीतहरु कलाकारहरुले गाउन थाले । वर्तमान कालमा हिन्दी पदहरु गाउने परम्परा एकदम कम भैसक्यो ।
डोटीको होरी ज्यादै व्यवस्थित र सुन्दर हुन्थ्यो । तल्लोबजारका कलाकारहरु मल्लोबजार र मल्लोबजारका कलाकारहरु तल्लोबजारमा गएर पालैपालोसंग होरी मनाईन्थ्यो । होरीका ८ दिन हार्माेनियम, तवला, झाँझ, करतालहरुको धुनले गुञ्जायमान भएर वित्दथे । पुर्णिमाको दिन सरस्वती स्थानमा होरी मनाईन्थ्यो । त्यो दिन ज्यादै उत्सवपूर्ण हुन्थ्यो । जसमा बजारका संगीत कलाकारका साथै अड्डाखानाका कर्मचारीहरु पनि सरीक हुन्थे । होरी गाउनमा मस्त रहन्थे । महोत्सव हुन्थ्यो ।
मल्लोवजारमा १९९८ सालमा कृष्णमन्दिरको स्थापना भयो । त्यस मन्दिरको स्थापनाले सिलगढीको संगीतप्रियतालाई झन ज्यादा उजागर ग¥यो । आज पनि त्यस मन्दिरमा रामनवमी, श्रीकृष्ण जन्माष्टमीमा हरे राम महामन्त्रको २४ घण्टका अखण्ड कीर्तन हुन्छ । अन्य अर्वपर्व र एकादशीहरुमा भजन कीर्तन, हवन आदि निर्वाध रूपले चलिरहेको छ । 
शैलेश्वरी मन्दिरमा ७÷८ साल देखिनै हालसम्म प्रातःकाल नित्य संकीर्तन हुन्छ र प्रतिदिन सायंकालमा संकीर्तन र आरती अद्यापि चलेकै छ ।..............
(नोटः यो व्यवस्थित किसिमले लेखिएको लेख होईन । यो अध्ययनका लागि तयार पारिएको टिपोट जस्तो देखिन्छ । स्व. जोशी यस विषयमा अध्ययन गर्ने तयारीमा हुनुहुँदो रहेछ भन्ने देखिन्छ । यद्यपी यो अध्ययन पुरा गर्न नपाउदै उहाँको देहावसान भयो । उहाँका पाण्डुलीपीहरु व्यवस्थित रुपमा संरक्षण गर्न सकिएका छैनन् । यो टिपोट पनि प्राप्त दुई पाना मात्र हो । यसको अन्तिम अनुच्छेद अधुरो भएकोले यहाँ उल्लेख गरिएन । यो टिपोट यस विषयमा अध्ययन गर्न चाहनेहरुलाई उपयोगी होस् भन्ने उद्देश्यले मात्र प्रकासित गरिएको हो । तथ्य, तथ्याङ्क, नाम, मिति आदिमा देखिन सक्ने फरकलाई विद्वान पाठकहरुले आफै सच्याई पढ्नु हुनेछ ।)

मोफसल पत्रकारिता 

पत्रकारितालाई बौद्धिक पेशाको रुपमा लिइन्छ ।


राधिका भुसाल (कार्यकारी सम्पादक) 
हाम्रो एकता राष्ट्रिय साप्ताहिक, प्यूठान 

तपार्इंको पुरा परिचय पाउँ न ?
— म राधिका भुसाल । प्यूठान नगरपालिका ५ जुम्रीकांढा स्थायी घर हो । जिल्लाबाट प्रकाशन हुदै आएको हाम्रो एकता साप्ताहिक र रातो पाटी अनलाईनमा आवद्ध छु । 
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— मेरो सानै देखिको रुचि वा लगाव कलाकारितामा थियो । तर, जागिर खाने शिलशिलामा पत्रिकामा जोडिन आएकी हुं । काम गर्न थालेको ४ महिनाको अवधिमै पत्रकार महासंघ प्यूठान शाखाको सदस्यमा नाम सिफारिस भइएछ । ६ महिना पछि महासंघको अधिवेशन भयो । छोटो समयमै कार्यसमितिमा जाने सुनौलो अवसर मिल्यो । तर, मलाई पत्रकार महासंघको सदस्यता, कार्यसमिति सदस्यको जिम्मेवारीबारे खासै थाहा थिएन । अग्रजहरुले जुन कामको जिम्मेवारी दिन्थे, त्यसलाई मैले पुरा गरेरै छाड्थे । मेरो कामको परिणाम त धेरैले चिन्न थाले सम्मान पनि दाम पनि यसरी नै पत्रकारिता यात्रा सुरु भएको थियो । 
कति समय भयो यस पेशामा लागेको ?
— जोडिएको त भर्खरै साउन १ गते ४ बर्ष पुग्यो तर पत्रकार नै बन्छु भनेर समाचार लेख्न थालेको करिब अढाई वर्ष जति भए होला । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मोफसल क्षेत्रको एउटै विधामा रहेर पत्रकारिता गरेको त्यती पाइदैन । मैले पनि ठ्याक्कै कुनै विट समातेर पत्रकारिता गरेको त छैन । जिल्लाको अवस्था अनुसार हरेक घटना क्रमका विषय बस्तु उठान गर्नुपर्ने हुन्छ तर, मलाई महिला, बालबालिका र शिक्षा क्षेत्रमा कलम चलाउने रुचि छ । रुचि अनुसार नै यि विषयमा बढी कलम चलाउने    गरेको छु ।  
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— निसन्देह, पत्रकारितामा थुप्रै समस्याहरु छन् । पहिले त हामी जुन मिडिया हाउसमा काम गर्छौ त्यो मिडिया नै दीर्घकालिन रुपमा चल्ने हो या होइन गम्भिर शंका हुन्छ । झन हाम्रो प्यूठानमा त व्यक्ति पिच्छेका पत्रकारहरु सम्पादक अनि झोले पत्रपत्रिका त्यसले नयाँ आगन्तुक पत्रकार वा पत्रकारिता क्षेत्रमा रुचि राख्ने प्रतिभाहरुले विश्वास गर्ने ठाउँ नै हुदैंन । त्यस्तै अर्को तर्फ श्रमजीवि पत्रकारका उचित भनौ या के भनौ न्युनतम पारिश्रमिक पनि हुदैन । हामी जस्ता महिलाहरुको सवालमा त हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यि यस्ता समस्याहरु थुप्रै छन् । वर्तमान सञ्चार प्रविधिको युगमा पत्रकारिता क्षेत्र चुम्बकीय आर्कषणको रुपमा हुँदाहुंदै पनि मिडिया हाउसको कमजोर व्यवस्थापन पद्धतीले  दिगो रुपमा पत्रकारिता गर्ने वातावरण सृजना हुन नसकेको देखिन्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— मोफसलमा धेरै समस्या छन् । आवश्यकता अनुसारको मिडिया त सञ्चालन भएका छन् नै । तर, सबभन्दा विषाक्त संस्कृति भनेको देखासिकी र प्रतिशोधको पत्रकारिता नै बढी हावी देखिन्छ । त्यसले गर्दा लगानी व्यवस्थापन, कर्मचारी व्यवस्थापन, भाषा शैली, आचरण व्यवहार, आचारसंहिता जस्ता पक्षहरु गम्भिर बन्दै गएका  छन् । यि यस्ता समस्याहरु मोफसलको समस्या त हो नै मुलधारमा काम गर्ने साथीहरुमा पनि देखिन थालेको छ ।
मोफसलै भएपनि प्युठान जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?  
— तुलनात्मक रुपमा प्यूठान राजनैतिक सचेतनाका हिसावले सचेत भएता पनि यहाँको सञ्चार माध्यमको विकास भने सन्तोषजनक छैन । यहाँको सञ्चारको विकास संख्यामा देखिन्छ तर, गुणमा छैन । संख्यात्मक रुपले रेडियोको संख्या ७ वटा पुगिसकेको छ । यद्यपी केही रेडियोहरु भने सञ्चालनमा छैनन् । त्यस्तै प्रेस काउन्सिलको मापदण्डमा   परेका पत्रपत्रिकाहरु नियमित नै छन् तर, सिको गर्दै कतिपय पत्रपत्रिकाहरु पनि पर्व, नयाँवर्ष र असार मसान्तलाई लक्षित गरी प्रकाशन भएकै छन् । पत्रकारिताको बाटो देखाउने अग्रजहरु अहिले पेशाबाट पलायन छन् । त्यस्को उदाहरण दैनिक पत्रिका सञ्चालन गर्दै आएका सञ्चालकहरु अहिले पत्रकार महासंघको सम्पर्कमा समेत आउन चाहेको देखिन्न । यो नै लाजमर्दो समस्या हो ।  
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले स्थानीय मिडियाहरुको नियमन गर्दै मिडिया व्यवस्थापनमा ख्याल गर्नुपर्छ । स्थानीय पत्रपत्रिकाहरुलाई  विज्ञापन उपलब्ध गराउनु पर्छ । यहाँ त विदेशमा हुने भ्रमण, गोष्ठी तथा अन्य विशेष तालिमका सुविधाहरु राजधानीमा बस्नेहरुकै पहँुचमा छ, यो परम्परा तोडिनु पर्छ । मोफसलका क्रियाशिल पत्रकारहरुलाई क्षमता विकासको अवसर दिनुपर्छ । श्रमजीवि ऐन कार्यान्वयन को पूर्ण पालना हुनुपर्छ । साथै पेशागत तथा भौतिक सुरक्षा जस्ता पक्षमा ध्यान दिनुपर्छ ।
तपाँई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ वास्तवमा पत्रकारहरुको पेशागत संगठन हो । तर, यसले पेशागत मुद्धामा केन्द्रीत हुने भन्दापनि नेतागिरी गर्ने थलो मात्र बनेको छ । अवसर आउँछ ठूलाका लागि । वर्षेनी विदेशमा सयौंको संख्यामा पत्रकारहरुको विदेश भ्रमण हुन्छ तर मोफसलका पत्रकारहरुको पहुँच नै हुंदैन । महासंघले हाम्रो क्षमता विकास, सशक्तीकरण गर्ने र स्थानीय मिडियालाई सवलीकरण गर्न ध्यान दिएको पाइदैन । अब यस तर्फ महासंघले ध्यान दिनु पर्छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?
— राम्रो कुरा सोध्नु भो । पत्रकार महासंघको अधिवेशनको समयमा यिनीहरुको पदीय हानथापको दौडधुप निकै देखिन्छ अनि कतिपय कार्यक्रममा पनि ठूल्ठूला भाषण हुन्छ । सदस्यता सिफारिस गर्ने बेला तछाड मछाड । अहिलेसम्म मैले यी संगठनबाट पाएको अनुभव यहि नै हो ।
तपाँइको विचारमा पत्रकारिता के हो ?
— वास्तवमा पत्रकारिता  बौद्धिक पेशा हो । आम जनसमुदायलाई सु—सुचित गर्ने पत्रकारितालाई राज्यले चौथो अंगको रुपमा लिएपनि मैले समाजको आँखाको रुपमा बुझ्ने गरेको छु । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— पत्रकारिता धन कमाउने उद्देश्यले अंगालेकी त होइन । तथापी धन आवश्यकता पुरा गर्ने महत्वपूर्ण स्रोत हो । अहिलेसम्म मैले सहज रुपमा जीवन यापन र पत्रकारिताका लागि आवश्यक पर्ने सञ्चार उपकरण ख्भअजष्अभि जस्ता अत्यावश्यकीय साधनहरु जुटाएर पत्रकारिता गर्न सकेकी छु । यो नै मेरो गर्वको विषय हो । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— पत्रकारितालाई बौद्धिक पेशाको रुपमा लिइन्छ तर, पछिल्लो समय अत्यन्तै बदनामी हुंदै गएको छ । यसका पछाडी थुप्रै कारण छन् । पहिलो कुरा पत्रकारको आचरण तथा सांस्कृतिक पक्ष कमजोर, ठगी धन्दा गर्ने प्रवृति मौलाउनु, पत्रिका दर्ता ग¥यो १÷२ अंक निकाल्यो अनि वर्षौसम्म बन्द हुनु, म फलानो पत्रिकाको सम्पादक भनेर हवाला दिनु लगायतका समस्या छन्  । साथै पत्रकारको लाइसेन्स दिने निकाय पनि दोषी छ । वर्षमा मुस्किलले एउटा समाचार पनि नलेख्ने व्यक्तिहरुलाई राजनैतिक भोट बैंकका लागि सदस्यता दिने परिपाटी निकै गलत छ । पत्रकारिता नै नगर्ने जो सुकैको गोजीमा पनि सूचना विभागको कार्ड समेत देखिन थालेका छन् । यसले गर्दा योग्यता दक्षताको कुरा भएन । एक जना विद्धान थोरोले एक ठाउँमा व्यङ्गय गर्दै भनेका छन्, ‘काम नलाग्ने मान्छेको अन्तिम सहारा पत्रकारिता हो ।’ कति विडम्बना छ यस्तै पत्रकार छन् हामी कहाँ । पत्रकार हुन परीक्षा दिनु नपर्ने, लोकसेवा लड्न नपर्ने परिपाटीले जो पनि पत्रकार बन्ने अवसर सृजना भएको छ । यस्तो परिपाटीले कसैलाई कायम पारेर विज्ञापनको खेती गर्ने र स्वरोजगार सृजना गर्न यो पेशा देखिन थालेको छ । यी यस्ता कारणले तपाँईले भने जस्तै पत्रकारिता पेशा बदनामी हुन थालेको छ । यो नेपालको सबै ठाउँमा देखिएको आम समस्या हो ।  
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
— यसका लागि पत्रकारिताको गरिमा र महत्वलाई बुझ्न सक्नु पर्छ । योग्यता, दक्षता, सांस्कृतिक रुपमा रुपान्तरण र आचार संहिताको पालना गर्न सकेमा पत्रकारिता पेशा मर्यादित बन्न सक्ने छ । 
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— यदि म यस्ता कार्यमा लाग्थे भने सायद आज यो स्थान आउने थिएन होला । जुन हिसावले जिल्लाको सरकारी, गैर सरकारी लगायत आम नागरिक समाजबाट मैले न्यानो स्नेह पाएकी छु । त्यसैको प्रेरणाले क्रमश पुरस्कृत पनि हुदै आएकी छु । 
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— वास्तवमा मोफसलको पत्रकारिता चुनौतीपूर्ण छ । यहाँ रहेका मिडियाहरुको दिगो व्यवस्थापन हुन सकिरहेको छैन । यसो हुनुको पछाडी सरकारी पत्रपत्रिका र अन्य सञ्चारमाध्यम दर्ता गर्न सक्रियता देखाइन्छ तर, मौलिक हक र प्रेस स्वतन्त्रताका नाममा कुन ठाउँमा कति मिडिया आवश्यक पर्छ भन्ने स्पष्ट व्याख्या गर्न सक्दैन । त्यसैले गर्दा कैयौं मिडियाहरु धरापमा छन् । स्थानीय लोक कल्याणकारी विज्ञापन कार्यान्वयन हुन सकेको छैन । पेशागत तथा भौतिक सुरक्षा छैन त्यसैले गर्दा पत्रकारिताबाट पलायन हुने समस्या पनि उत्तिकै छ ।  त्यसमाथि पत्रकार महिलाको त झन कुरै छोड्नु । यि यस्ता समस्याले घेरिएको पत्रकारिता पेशामा सरकारले विशेष ध्यान पु¥याउनु आजको आवश्यकता हो । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— त्यस्तो त खासै छैन् । जुन हिसावले अहिले सञ्चार क्षेत्रको विकास भएको छ । त्यस अनुसार नै पत्रकारहरुले आफ्नो क्षमता र गुणस्तरमा विकास गर्नु पर्छ । मौसमी पत्रकारिता र पत्रपत्रिका भन्दा पनि पाठकहरुको चाहाना र जनताको आवश्कतालाई केन्द्र विन्दुमा राखेर कलम चलाउने पत्रकारहरुको मात्र यस क्षेत्रमा राम्रो भविश्य छ ।
समय र बिचारका लागि धन्यबाद ।
— धन्यवाद, बिम्ब नेपाली साप्ताहिकको टिमलाई मेरो विचार पस्कने स्थान दिनु भएकोमा ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. कुन पर्यटकीय स्थलको पुरानो नाम मन्डपगिरी हो ?                  — नगरकोट
२. देउपोखरी र इन्द्रपोखरी कुन जिल्लामा पर्दछ ?                 — लमजुङ्
३. सत्यवाहीनी कुन नदिको पौराणीक नाम हो ?                      — इन्द्रावती
४. तिरुपती बालाजी कुन भगवानको अर्को नाम हो ?           — बिष्णु
५. सगरमाथाको उचाइ कति फिट रहेको छ ?                     — २९०२८ फिट 
६. फ्रान्सको राज्यक्रान्तिलाई कुन क्रान्ति भनिन्छ ?               —बौद्धिक क्रान्ति
७. सतार जातिमा मृतकको दाहसंस्कार गर्दा अनिवार्य के चाहिन्छ ?      — डोरीको खाट
८. सिरुवा पर्व कुन जातिले मनाउँछन ?                      — राजबंशी
९. इद कुन समुदायको महान चाँड हो ?                          — मुस्लिम समुदाय
१०. मगरहरुको कर्मकाण्ड गर्ने पुरोहितलाई के भनिन्छ ?            — भुसाल
११. राउटेले बोलिने भाषालाई के भनिन्छ ?                     —खाम्ची
१२. राईहरुको प्रमुख नाच कुन हो ?                           — चण्डी
१३. मेचे जातिले कुल देवताको रुपमा कसलाई पुजा गर्दछन ?        — सिउँडीको रुख
१४. लिम्बु जातिको प्रचलित नाच कुन हो ?                       —धान नाच

साहित्य/सृजना 

नेपाल आमा


हिजो राती सपनीमा 
नेपाल आमाको तस्वीर देखे
ठिङ्ग उभिएको शरीर
हाड मात्र बाकिरहे जस्तो,
जिङ्ररीङ्ग परेका केश
कैयौं दिनसम्म नकोरे जस्तो,
झोक्राएको अनुहार
कैयौं दिनसम्म भोकी प्यासी जस्तो,
मलिन आँखा
पिडा लुकेको जस्तो,
आमाको यो अवस्था देख्दा
कताकता,
आफैलाइ धिक्कार्न मन लाग्यो
जोड जोडले कराउन मन लाग्यो
त्यई पनि,
बिस्तारै आमालाई निर्लज्ज जस्तै
सोध्ने हिम्मत गरे,
आमा, तपाइँको यस्तो दुर्दसाँ ?
अनि आमाले, गिज्याउदै, हास्दै भनिन्
र उल्टो प्रश्न गरिन्
बल्ल याद आयो बाबु तिमिलाई
तिम्री आमाको ?
सुन्न सक्छौ तिमी ?
मेरो यो अवस्थाको कारण को हो ?
ल सुन ! मेरो यो अबस्थाको कारण होउ
तिमी र तिम्रै दाजुभाई
कहिले मन्त्रीका लागि एक आपसमा लडाइँ गर्छौ
कहिले संविधानका लाकी एक आपसमा लडाइँ गर्छौ
कहिले संविधान संसोधनका लागि एक आपसमा लडाइँ गर्छौ
कहिले मन्त्रालय बाँडफाँडका लागि एक आपसमा लडाइँ गर्छौ
यसरी तिमी भाइ–भाइ कुर्सीकै लागि लडाइँ गरेर
मलाइ न राम्ररी बस्न दिएका छौ
न राम्ररी खान दिएका छौ
न राम्ररी सुत्न दिएका छौ
आफ्नै सन्तानको झगडाले
थकित परिसक्यो बाबु मलाइ !
आमाको यो बेदनाले सपनीबाट
झल्यास्स बिउझाइ दियो मलाइ
पुष्पा जोशी
धनगढी कैलाली

यात्रा 


बालुवाझैं कुरा चाल्नेहरू भेटिदा
खोलो तरि लौरा फाल्नेहरू भेटिदा
धमिल्याई पानी जाल हान्नेहरू भेटिदा
किन भेटिदैनन् समाजमा
सुन्दरता सजाऊनेहरू
किन भेटिदैनन् जिऊदै 
बैतर्नी तराऊनेहरू
किन भेटिदैनन् जीवनभर
साथ निभाऊनेहरू
जलाऊ भो अब त आफै एक द्विप
एकताको, परिपक्वताको
र सुन्दरताको
बिशाल हृदय लिएर
सभ्य समाज बनाऊन
सबै घर सजाऊन
मित्रताको दियो जलाऊन 
मित्रताको दियो जलाऊन !
सूर्य बस्याल
दिल्ली प्रवास

सूचना/सन्देश/बिज्ञापन 





Saturday, August 12, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साउन २४ गते


  • आफ्नै देशमा सिप सिकौं । रोजगार बनौं । राष्ट्रिय पुननिर्माणमा सहभागी होऔं ।
  • भूकम्पबाट क्षति भएका घर बनाउन पाएको अनुदानको रकम घर निर्माणमा मात्र खर्च गरौं ।
  • म निर्माण व्यवसायी, गुणस्तरीय निर्माण मेरो जिम्मेवारी ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कच्ची सडक ‘मृत्य मार्ग’ बन्दै


कर्ण चन्द
सम्बृद्धि र आर्थिक बिकासको आधार निर्माण गर्नका लागि देशभर ग्रामीण सडक बिस्तारको काम भैरहेका छन ।  चुनावका क्रममा पनि जनताको माग र नेताको आसपासनको केन्द्रमा ग्रामीण सडक नै पर्ने गरेका छन । 
गाउँ गाउँलाई सडकको पहुँच गर्ने होडबाजीले ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार भैरहेका छन । मापदण्ड पुरा गर्दै स्तरीय सडक निर्माण गर्नको सट्टा गाउँमा बाटो पु¥याउने प्रतिश्पर्धा हुँदा  नागरिकको ज्यू ज्यान माथि खेलवाड भैरहेको छ । 
डोटीका कच्ची सडकले यस्तै नियती बारम्बार दोहो¥याई रहेका छन । जिल्लाका ग्रामीण कच्ची सडकहरु यात्रुका लागि सडक मार्गभन्दा मृत्यु मार्गका रुपमा परिणत हुन थालेका छन ।शुक्रबार राती डोटीको दिपायलबाट चवराचौताराका लागि हिडेको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ७ जना घाईते भएका छन ।  
जिल्लाका कच्ची ग्रामीण सडकमा ठूलो दुर्घटना भएको यो पहिलो पटक होईन । यस भन्दा पहिला ०७१ असोज २० गते  जोरायलबाट धनगढी जाँदै गरेको बस छतिवन ५ बाँझिलेकमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो । हिन्दुको महान चाँड दशैँ सकेर नियमित कामकाजमा फर्कदै गरेका यात्रु लियर हिडेको ना ३ ख ५७०७ नम्बरको बस दुर्घना हुँदा ६८ जना घाईते भए । 
दशैँ सकिए लगत्तै भएको घटनाको नियती ०७२ सालको नयाँ बर्षको आगमनको मुखैमा चैत्र २९ गते दोहोरियो ।  
डोटीको बान्डुङ्ग्रीसैनबाट जिजौडामाण्डौँका लागि छुटेको ना १ ज ३२९४ नम्बरको जीप जिजोडामान्डौँ ८ मा दुर्घटना हुँदा आठ जनाको मृत्यु भयो । 
३ बर्षको अन्तरमा भएका तीन ठूला सडक दुर्घटनामा धेरै समानता छन । सबै दुर्घटना जिल्लाको बिकट ग्रामीण क्षेत्रमा भएका हुन । कच्ची फिक्स सडक छ । चालकको लापरबाही, क्षमता भन्दा बढी लोड लैजान खोज्नु  तीनै दुर्घटनाको मुख्य र समान कारण देखिएका छन ।
चालकले आर्थिक लोभमा परेर जोखिमपूर्ण ठाउँमा गाडी लैजान खोज्दा दुर्घटना भएको शैलेश्वरी यातायातका महासचिब लोकेन्द्र शाहले बताए । उनले भने, ‘सडकको अबस्था राम्रो छैन यस्तो बाटोमा नजानु होला भन्दा पनि, जीप चालकले रिजर्भको राम्रो मूल्य पाएमा खुसुक्क जान्छन, समितिले नजानु भनेको ठाउँमा गएर दुर्घटनामा पर्ने गरेका छन ।’
डोटी जिल्लाका कच्ची सडक स्तरीय नभएका कारण समस्या भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिबसिंह ओलीले बताए । ओलीले भने ‘कच्ची सडक देशैभर छन तर यत्ती ठूला दुर्घटना भएका छैनन्, डोटीमात्र बर्षेनी किन यस्ता दुर्घटना हुन्छन, समस्याको पहिचान गर्नुपर्ने देखिएको छ  ।’ 
राती गाडी चलाउन बन्द
डोटीका बोगटान गाउँपालिकामा भएको दुर्घटनापछि जिल्लाका कच्ची सडकमा राती जीप चलाउन बन्द गरिएको छ । 
डोटीका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने ‘राती जीप नचलाउने निर्णय पहिला नै भएको हो तर,  बिचमा कार्यान्वयन हुन सकेको थिएन अबदेखि कडाईका साथ लागु  हुनेछ, । कच्ची सडकमा राती गाडी चलाउन प्रतिबन्ध गरिएको छ ।’
आईतबार बसेको जिल्ला यातायात ब्यबस्था समितिको बैठकले कच्ची सडकमा हिन्ने चालकले पनि मदिरा सेवन गरे नगरेको चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिब बहादुर सिंहले भने ‘मदिरा सेवन गरेर गाडी चलाएको पाएमा चालक खोरमा जान्छन, यात्रुका लागि अर्को ब्यबस्था समितिले गर्छ, समितिसंग कुरा भएको छ ।’
गाडी चलाउदै गर्दा चालकले मोवाईल प्रयोग गर्ने गरेकाले त्यसको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले बताईन । मन्जुले भनिन् ‘एक हातले गाडी चलाउछन, अर्को हातले फोन समात्छन  त्यसले गर्दा पनि ठुलो दुर्घटना निम्तने खतरा छ यस्ता कार्य तत्काल नियन्त्रण गर्नु पर्छ ।’
कम्युनिष्ट पार्टीद्धारा दुख ब्यक्त
गगुडाको काटैगाउको धार भन्ने ठाउमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने प्रति डोटी स्थित नेपाल कम्युनिट पार्टीले गहिरो दुख ब्यक्त गरेको छ । 
सो पार्टीका सचिवालय सदस्य प्रकाश थापाद्धारा आईतबार   जारी गरिएको एक प्रेस बिज्ञप्तिमा जीप दुर्घटनामा परी मुत्यु भएका ९ जनाहरुप्रति गहिरो समबेदना सहित, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
साथै उक्त बिज्ञप्तिमा चालकको गम्भिर लापरवाहीका कारण दुर्घटना भएकोले अब उपरान्त यस्ता घटना हुनु नदिन प्रशासन चनाखो हुने पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै मृतकहरुका आफन्तलाई उचित राहतको ब्यबस्था गर्न र उक्त घटनाको सत्य  तत्थ्य छानबिन गरी दोषी माथि कडा कार्वाहीको माग गरिएको छ ।
ग्रामीण सडकहरुको स्तरोन्नती गरी सहज रुपमा यात्रुलाई यात्रा गर्ने वाताबरण मिलाउन माग गरिएको छ । त्यस्तै आफना मागहरु पुरा नभएको खण्डमा  नेपाल कम्युनिष्ट पार्टी कडा आन्दोलनमा उत्रिने चेतावनी समेत बिज्ञप्ति मार्फत दिईएको छ ।

सम्पादकीय 

लोडसेडिङ्गको अन्त्य कहिले ?

पूर्व उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल बिद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान छिसिङले चालेको अभियान उज्यालो नेपाल फेरी सुस्ताएको छ । प्रचण्ड सरकार ढल्ने बित्तिकै लोडसेडिङ्ग हुन सुरु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक आफूलाई काम गर्न नदिएको आरोप लगाउदै आएका छन । आफूले दिनरात काम गर्दा पनि आफ्नै साथीहरुले असयोग गरेको एक अन्तर्बार्तामा भनेका थिए । उज्यालो नेपालको नारा लिएर तत्कालिन मन्त्री शर्मा र आपूmले नेपालमा लोडसेडिङ्ग मुक्त गर्न सक्छौं भनेर काम गरिरहेका थियौं । तर सरकारलाई टिक्न दिएन सबैकाम बीचमै भद्रगोल भयो । मन्त्री शर्माको पालाका सहयोग गर्न खुसी हुने कर्मचारीहरु पनि पछिल्लो सरकार आएपछि अटेरी गर्न थालेको उनको अन्तर्बार्ता सनसनी आम जनतालाई पोलिरहेको छ । 
त्यस्ता कर्मचारीलाई कार्बाही र उज्यालो नेपालको नारालाई अगाडी बढाउनु यो सरकारको प्रमुख कर्तब्य थियो । कतिपयले देउवा सरकारमा जाँदा नै बिकासका कामहरु अस्ताउन लागे भन्ने बुझाइ छ । तर त्यो होइन । सरकारमा गएकाहरुलाई काम बिकासका कामहरु किन सुस्ताउदै छन भनेर घचघचाउनु उपयुक्त हुन्छ । सुझाब सल्लाहले पनि दिनुपर्छ । जनताको सल्लाह बमोजिम काम हरु अगाडी बढाउँदा देउवा देउता हुने थिए । समर्थकहरुले चाकरी र बिपक्षीहरुले बिरोध मात्र गर्ने हो भने देशको कहिल्यै बिकास हुदैन । बिनास मात्र हुन्छ । त्यसैले राम्रोलाई राम्रो भनेर सबैले साथ दिनु प¥यो र नराम्रोलाई पनि नराम्रो भनी कार्बाही तथा सुधारोन्मुख तिर डो¥याउने हो भने पक्कै पनि सम्बृद्धिको आशा पलाउँथ्यो ।
सत्ताका लागि मरिमेटी गर्ने र काम गर्नुपर्दा भ्रष्टाचार मात्र गर्ने हो भने अझैं पचासौं बर्ष लाग्न सक्छ देश माथि उठ्न । त्यसैले कुलमान जस्तालाई साथ दिएर देशलाई उज्यालो दिशातिर डो¥याउन सबैले पहल गर्नुपर्छ । नेपालको संबिधान २०७२ जनताका लागि आएको हो भन्ने तर जनताकै निम्ति आएको रकम हिनामिना गर्ने नीति नियमलाई नै सत्तामा बस्नेले उल्लंघन गर्दै जाँदा देशका पाइला   ओरालो तिर धकेलिदै जानेछन ।
अत्याधिक मात्रामा गर्मी हुने ठाउँ तराई क्षेत्रका बासिन्दा बत्ती गएको बेला सहनै सक्दैनन । सहन सक्ने ठाउँ पनि होइन । उज्यालो नेपालको नारा लिएर उज्यालो बनाउनुको सट्टा अन्धकारको बिकास जस्तै अगाडी बढेको छ । नेपालमा दिन प्रतिदिन लोडसेडिङ्ग बढ्दो छ । काम गर्ने कर्मचारीलाई काम गर्न दिइदैन र राजनीति हस्तक्षेप बढ्दो छ । नेता भन्दा पनि समर्थक कर्मचारीहरुलाई बढी राजनीति हुन्छ । उनीहरु सत्तामा बसेकोलाई चाकरी गर्दै जनताको रगत चुसीरहेका हुन्छन ।
६ हजार भन्दा बढी नदीनाला भएको देशमा अरुको देशबाट बिजुली किनेर बाल्नु ठूलै बिडम्बनाको कुरा हो । आफ्नै देशको पानीमा हक अधिकार छैन । अरुको मातहतमा पानी प्रयोग गर्नुपर्ने, त्यसै पानीबाट निकालेको बिजुली अरुको मातहतमा बाल्नु पर्ने जस्ता काम सत्तामा बस्नेकै कारणले भएको हो । तिनीहरुको समयमै बुद्धी पलाओस । बिजुली बिना सञ्चारमाध्यम नै ठप्प हुन्छन । जनताहरु बन्धकमा हुन्छन । हप्तौंसम्म बत्ती नभएर अन्धकारमा तातो गर्मीमा ज्यानै जानसम्म हुदाँ पनि बिद्युत प्रशासन मौन हुन्छ । एकले अर्कोलाई दोष देखाएका छन । अर्कोले अर्कोलाई छलेका छन । जनताले सधैं मार खेप्नै परेको छ ।
बत्तीको लाइन बिग्रेको ठाउँमा पनि बिद्युत कर्मचारीको लापरबाहीले एक घण्टामा बनिने काम एक दिन लाग्ने, एक दिन लाग्ने काम एक हप्ता समय लाउँदै जाने हो बिद्युत कर्मचारीहरु पनि जनताबाट लाचारित हुनेछन ।  त्यसैले बिद्युत महसुल जनताले तिरिसकेपछि बिद्युत बाल्न पनि पाउनु पर्यो । महसुल तिर्न अलि ढिला हुदाँ लाइन नै काट्ने र  तिरेको महसुलको बाल्नै नपाउँदा कस्तो पीडा होला ? जनतालाई यो बुझ्नु जरुरी ह छ ।

थप समाचार 

मदिरा बिक्री वितरणमा कडाई गरिने


जिल्लामा अत्याधिक मदिरा सेबन हुन थालेपछि मदिरा नियमन समितिले मदिराको सेबन तथा बिक्री   बितरणलाई नियमन गर्ने निर्णय गरेको छ । 
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रमुख कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रहरी कार्यालयका प्रमुख, डोटी उद्योग बाणिज्य संघका अध्यक्ष, होटल ब्यवसायी संघ डोटीका अध्यक्ष लगायत सदस्य रहने    गरी समिति खडा गरिएको हो ।
उक्त समिति संयोजक मलासीको नेतृत्वमा मदिरा बिक्री बितरण कडाइ गर्न लागेको हो ।
विभिन्न राजनैतिक दलहरुको सहभागितामा भएको उक्त बैठकले नगर क्षेत्रभित्र भईरहेको मदिराको कारोवारको बिषयलाई तत्काल अनुगमन गर्ने निर्णय गरिएको छ । 
‘मदिराको कारोबार कानुन बमोजिम भएको छ कि छैन भन्ने  बिषयमा अनुगमन गर्ने निर्णय भएको छ ।
होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले भने ‘यदि कानुन बिपरित कसैले मदिराको कारोवार गरेको पाईएमा कानुन बमोजिम कडा कारवाही गरिने छ ।’

पूर्वीचौकी अध्यक्षको प्राथमिकता ः  चार “ज”, एक “प”


पूवीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले गाउँपालिकाको बिकासका लागि चार “ज” र एक “प” आफ्नो प्राथमिकतामा परेको बताएका छन । 
चार “ज” अर्थात जल, जमिन, जडीबुटी र जनश्रम र एक “प” पर्यटकीय क्षेत्रको बिकासलाई आफुले प्रमुख प्राथमिकतामा राखेको बोगटीले बताए । ‘खोलाहरुमा पानी बगिरहेको छ तर हामीले सिंचाई गर्न सकेका छैनौं’ बोगटीले भने ‘बगिरहेको पानीलाई खानेपानीका रुपमा, सिचाईमा र उर्जा उत्पादनका लागि प्रयोग गर्ने गरी योजना बनाईरहेको छु ।’ उनले पानीको स्रोत नभएका ठाउँहरुमा आकाशे पनि संकलन गर्ने समेत आफुले लक्ष्य राखेको बताए । 
गाउँपालिका क्षेत्रभित्र बाँझो रहेको जमिनमा नगदे बाली लगाउने गरी किसानहरुलाई प्रोत्साहन दिने सोचिरहेको बोगटीले बताए । उनले भने ‘धेरै जमिन बाँझो छ, सिचाई अभावका कारण, बजारसम्म पहुँच नभएका कारण वा बाटोघाटोको सुबिधा नभएका कारण त्यहाँ खेती गर्न सकिएको छैन । त्यस्ता जमिनहरुको लगत निकाली ठोस् योजनाका साथ अगाडि बढ्ने छौं ।’ 
उनले गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक र राष्टिय बन क्षेत्रमा थुप्रै प्रकारका जडीबुटीहरु रहेका भएपनि तिनीहरुको पहिचान र प्रवद्र्धन नुहुँदा नसक्दा खेर गइरहेको उनले बताए ।

जनप्रतिनिधिहरुलाई सम्मान सहित ज्ञापन पत्र

प्रदेश राजधानी दिपायल बनाउनु पर्ने माग


असार १४ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई डोटी उद्योग बाणिज्य संघले सम्मान गरेको छ । संघले प्रदेश नं. ७ को राजधानी दिपायल बनाउन जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने लगायतका १३ वटा बुँदा सहितको ज्ञापन पत्र बुझाएको छ । बुधबार डोटीको दिपायलमा आयोजित एक कार्यक्रममा जनप्रतिनिधि हरुलाई संघका अध्यक्ष नरेन्द्र खड्काले खादा ओडाएर र खप्तड क्षेत्रको तस्विर उपहार दिएर स्वागत गरेका थिए । सो अवसरमा खड्काले जननिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै डोटीको बिकासका लागि सक्रिय रहन आग्रह गरे । उनले संघको तर्फबाट १३ बुँदे ज्ञापन पत्र कार्यक्रमका बिशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीलाई बुझाएका थिए । 
प्रदेश राजधानीका अतिरिक्त ज्ञापन पत्रमा पश्चिम सेती जलबिद्युत परियोजना तत्काल निर्माणका लागि पहल गर्नु पर्ने, खप्तड पर्यटकीय क्षेत्रको बिकासका लागि ठोस योजना निर्माण गर्नुपर्ने, सेती नदीमा ¥याप्टिङ्गका लागि पहल गर्नुपर्ने, कैलालीदेखि डोटीसम्म निर्माणाधीन फाष्ट टयाकलाई बझाङ्गको चैनपुरसम्म जोड्नुपर्ने, दिपायल सिलगढी नगरपालिकाको फोहर व्यवस्थापनका लागि उचित पहल चालिनु पर्ने मागहरु राखिएका छन । 
यस्तै प्रत्येक स्थानीय तहमा प्राबिधिक शिक्षालयको व्यवस्था गरिनु पर्ने, दिपायल राजपुरमा रहेको खप्तड रङ्गशालाको स्तरोन्नति गर्नु पर्ने, जिल्लामा रहेको खानेपानीको समस्यालाई समाधान गर्नुपर्ने डोटी बिमानस्थलको मर्मत कार्य छिटो सम्पन्न गरी बिमान सञ्चालन गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

डोटी जिसस संयोजकमा ऐर र उप संयोजकमा


नेकपा एमालेको स्थायी कमिटीले बुधबार निर्णय गरेसंगै डोटी जिल्ला समन्वय समितिको संयोजक रामबहादुर ऐर बन्ने पक्कापक्की भएको छ । उप संयोजक शशी सोव हुने भएकी छन । 
जिल्ला समन्वय समिति गठनका लागि एमालेसंग स्पष्ट बहुमत रहेको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख जितेको छ । 
जिल्ला समन्वय समिति एकलौटी गठन गर्ने आधार तय भएपछि एमालेभित्र संयोजक को बन्ने भन्ने बिषयमा बिवाद चल्दै आएको थियो । 
एमाले जिल्ला कमिटीले संयोजकका लागि ऐर र दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीको नाम सिफारिस गरेको थियो । सिफारिसका आधारमा स्थायी कमिटीले ऐरको नाम टुङ्गो लगाएको हो । 
पञ्चायल कालमा नेकपा मशालबाट राजनीतिक यात्रा सुरु गरेका ऐर २०५१ सालमा एमाले प्रवेश गरेका थिए । 
२०४२ सालमा डोटी क्याम्पस डोटीको स्वतन्त्र बिद्यार्थी युनियनका सभापति समेत भएका ऐर २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला बिकास समितिका सदस्य हुन । हाल एमाले डोटी जिल्ला कमिटी सचिव  समेत रहेका ऐर बहालवाला समानुपातिक सांसद गौरी ओलीका श्रीमान् हुन । 
२०४६ सालमै ईतिहास बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ऐरलाई ईमानदार राजनीतिज्ञको रुपमा चिनिन्छ । यद्यपी २०६४ र २०७० को संबिधानसभा निर्वाचन र भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा राम्रोसंग नखटेको आरोप उनलाई लागेको छ ।  
यस्तै उपप्रमुख सोब एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य हुन । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल सोब हाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन । संघर्षपूर्ण जीवन व्यतित गर्दै आएकी सोब एमाले निकट अखिल नेपाल महिला संघ डोटीको सदस्य समेत हुन । 
सोबलाई परिश्रमी, ईमानदार र क्षमताबान महिलाको रुपमा डोटीबासीले चिन्ने गरेका छन । आधारभुत तहको शिक्षा समेत पुरा गर्न नपाउँदै बैबाहिक जीवनमा बाँधिएकी सोबले छोराछोरी जन्मिसकेपछि कक्षा ८ बाट फेरी अध्ययन सुरु गरिन् ।  हाल उनले स्नातक तहको अध्ययन पुरा गरेकी छन । राजनीतिमा पनि निकै सक्रिय रुपमा अगाडी बढेकी छिन । सोव एकल महिला हुन । करीव चार बर्ष पहिले उनका श्रीमान्को मृत्यु भएको थियो ।

छोटकरी समाचार 

ओझेलमा डोटीको मालिका मन्दिर

डोटी जिल्लामै प्रसिद्ध धार्मिक आस्थाको धरोहर बझाङ र डोटीको सिमाना सायल  गाउँपालिका ताँमागिरी डाँडामा अबस्थित मालिका मन्दिर डोटी एउटा दरबार भनेर पनि चिनिन्छ । 
श्रावण शुक्ल चर्तुदशीको दिन यो मन्दिरमा मेला लाग्ने  गर्दछ । त्यस्तै चैते दशैको अष्टमी र असोज कार्तिकमा पर्ने दशैको अष्टमीमा पनि पुजाआजा हुने गर्दछ । त्यो पुजाहुनु नै पनि स्थानीयका लागि मेला हो । 
सोेमबार पुर्णिमाको दिन ग्रहण लागेपछि यसपटक मालिका मन्दिरमा तीर्थालुहरुको संख्या निकै न्युन रह्यो । प्रचार प्रसारको कमी रहेको तामागिरी मालिका डाँडामा डोटी र बझाङका धार्मिक धर्मावलम्बीले पुजा आजा गर्ने गर्दछन ।   
तामागिरी मन्दिरका पुजारी दुईटै जिल्लाका छन । जो मिलेर पुजाआजा गर्छन । त्यसले गर्दा डोटी र बझाङको मित्रताको साइनो पनि बलियो बनेको छ ।
होटल ब्यबसायी संघका अध्यक्ष दीपक बहादुर खड्काले भने पुजारीले सिकाएको पाठ सबैले सिकेका छौं । त्यसैले हामी दुई जिल्लाका स्थानीयको मित्रवत् भावना झनै गाढा बनेको छ । 
 दुई हजार सात सय मिटर अग्लो उक्त मालिका स्थानमा पुग्न धेरै कठिनाई भएपनि उक्त मन्दिरको दर्शनपछि निसन्तानको सन्तान हुने, रोगहरु निको हुने र मागेको पूरा हुने धार्मिक जन बिश्वासका कारण धेरैजसो ब्यक्तिहरु  ताँमागिरीमा जाने   गरेको खड्का बताउँछन । मालिका मन्दिरको संरक्षण आ आफ्नो क्षेत्रबाट सबैले गर्नु   जरुरी रहेको उनले बताए ।

खेल समाचार 

ताप्लेजुङलाई ट्राइबेकरमा हरायो

ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको फुटबल टिम दमकले ताप्लेजुङको कर्णसिंह सोनाम क्लबलाई ट्राइबेकरमा २, १ को गोल अन्तरले पराजित गरेको छ ।
सोमबार सदरमुकामस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको निर्धा्रित ९० मिनेटको समयमा दुवै तर्फबाट १,१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो ।
दमकलाई जित दिलाउने क्रममा शिशिर राई र वुद्धिमान राईले गोल गरेका  थिए । साथै ताप्लेजुङका सुवोध शाहीले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका थिए । यसअघि निर्धारित समयमा कर्णसिंह सोनामका मन्जित येङदेनले खेलको २० औं मिनेटमा गोल गरेका थिए भने सशस्त्र प्रहरीका बुद्धिमान राईले पेनाल्टी मार्फत दोस्रो हापमा गोल फर्काएर खेललाई बराबर बनाएका थिए ।
निकै प्रतिस्पर्धात्मक मानिएको आजको खेलमा सशस्त्र प्रहरी फुटबल धिरेन फागोले तथा ताप्लेजुङका रुविन आचार्यले पहेँलो कार्ड पाएका थिए । नक आउटको आधारमा खेलाइएको खेलमा जिल्ला भित्र र बाहिरका १० टिमको सहभागिता छ ।
आगामी ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।
यसैबीच मंगलबार हुने खेलमा पथरी स्पोर्टिङ क्लब पथरी र नवप्रयास क्लब ताप्लेजुङबीच खेल हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जानकारी दिएको छ । नवप्रयास आइतबार भएको खेलमा रेडहर्स क्लब इलामलाई जितेर आएको हो भने पथरीले भने पहिलो खेल प्रदर्शन गर्नेछ ।

लेख 

सन्दर्भः युवा दिवस सन्दर्भः युवा दिवस

युवा शक्तिले ल्याउन सक्छ परिवर्तन


राजु घले 
युवाको परिभाषालाई हेर्दा युनेस्कोले १५ देखि २४ बर्ष उमेर समूहलाई युवा भनेको छ भने अफ्रिकी युनियनले १५ देखि ३५ बर्ष उमेरसम्मको लाइ मानेको छ । राष्ट्रिय नीति २०१० अनुसार १६ देखि ४० बर्षसम्मको उमेर समूहलाई युवा भनिएको छ । 
युवा भन्ने बित्तिकै त्यस्तो ब्यक्तिको परिकल्पना गर्नुपर्दछ, जो संग एउटा बलियो आदर्श छ र समाज रुपान्तरणको निमित्त ठोस कार्यक्रम छ । युवा अवस्था आफैंमा जोस र जाँगर भरिएको हुन्छ । कुनैपनि समाज, युग र देशलाई राम्ररी बुझ्ने अगाडी बढ्ने, युग अनुकल परिवर्तनहरुको मार्ग तयार पार्ने अनन्त शक्ति नै युवा   हो । 
यस संसारमा जे जति परिवर्तनहरु भएका छन, सबै युवाको सोच, युवाकै संलग्नता र युवाको प्रयासबाट सक्रियताका कारण सम्भब भएका छन । अंग्रेजसंग लड्ने बीर बलभद्र कुवँरको कुरा गरौं या राणा शासनमा आफ्नो ज्यान समेत दिन तयार गंगालाल श्रेष्ठ, दशरथ चन्द जस्ता महान योद्धाका कुरा गरौं । या २००७ सालदेखि २०३७, ०६२, ०६३ को जनआन्दोलनका  कुरा गरौं । यी सबैमा युवाको महत्पूर्ण योगदान रहेको छ ।
अनरिकोको कलाकारिताका कुरा गरौं या बिश्वकै सर्बोच्च शिखर सगरमाथामा तेन्जिगं नोर्गेको पहिलो पाइला होस, या तीक्ष्ण दिमागका गिनीज बुकमा नाम लेखाउन सफल अर्पण शर्माकै कुरा गरौं युवाहरुकै बोलाबाला रहेको छ ।
बिश्वमा जतिपनि युवाहरु थिए र छन सबैले देश बिकास गर्न म्यलबतष्यल होइन म्य ायच लबतष्यल सिद्धान्तले नै सफलता हासिल गरेको छ । तर यस उद्देश्यका लागि युवाहरु एकीकृत हुन आवश्यक छ । केही युवा साथीहरु अधिकार भन्दै माग्ने तर्फ लागेका देखिन्छन । 
आजका युवाले मात्र होइन सकेको योगदान  दिनुपर्छ । युवा बर्गमै भोलीको संसारको सुखद भबिश्यको कल्पना गर्न सकिन्छ । फर्कदै गरेको युवा फूल्न चाहान्छ त्यसैले त युवा भन्छ संघर्ष मेरा जीवन अनि मेरो यात्रा   हो । बीर गोर्खालीको राष्टियता बोकेर बिदेशीनु, चौकीदारी गर्नु हाम्रो बिडम्बना हो ।
बुद्धको देशमा जन्मिएर पनि अशान्तिमा जीवन ब्यतीत गर्नु तीतो सत्य हो । युवाले अब बिदेशीले जे भन्यो त्यही गर्ने होइन जे गर्छ त्यो सिक्ने बेला हो । 
हामी युवा एकीकृत नभएकै कारण देश ओरालोमा लागेको हो । युवा शक्तिलाई मौका दिए यो संसारलाई आश्चार्य चकित बनाइदिने छ भन्ने प्रमाण २६ बर्षमा ँबअभदययप मार्फत दुनियाँ हल्लाइ मार्क जुकबर्ग वा अन्तरिक्षमा मस्क दुनिया हल्लाउने रिचर्ड ब्रानसन । उनीहरुको उल्लेखनीय योगदानबाट सारा बिश्व ब्रमाण्ड एक ग्राम बिकासमा परिणत भएको छ । 
देश भित्रको  कुरा गर्दा जननेता मदन भण्डारीदेखि उर्जा मन्त्रालय सम्हालेका र आजका गृहमन्त्रालय सम्हालेका जनार्दन शर्मादेखि गगन थापासम्मको नजीरले देखाएको छ । अब युवाले नै केही गरी देशको उन्नती प्रगति हुने वाला छ ।
समाजका कृयाकलापमा युवाहरुको बितृष्णा बढ्नुमा युवाहरुलाइ मन नपर्न परम्परागत शैली लामा भाषण अनावश्यक मान अतिथि सधैं एकै ब्यक्ति हरेक कार्यक्रको अथिति बन्ने लगायत अन्य परम्परागत दायरामा पनि सुधार्नुपर्ने देखिन्छ ।
नेपाली संस्कृति र परम्परा अनि राष्टप्रेम प्रति खस्कीदै गएको युवाहरुको चाहानालाई उर्जा थप्ने काम गरेर उनीहरुमा भएको प्रतिभा र उर्जाको भरपुर उपयोग गर्ने अबसर प्रदान गर्नु प्रमुख चुनौती देखिन्छ ।
कुनैपनि ठूला कार्यक्रममा वा सामाजिक अभियानमा भाग लिने परम्परागत शैली र युवालाई स्वतन्त्र भन्दा निर्देशित भूमिका दिने गरिएकाले युवाहरुलाई त्यस्तो अभियानमा आकर्षित गर्न नसकिनुको यथार्थ हामी  सामु छ ।
युवाहरु नेपाली भनदा बिदेशी संस्कृतिमा रमाउनु र पुरानो पुस्ता र नयाँ पुस्ता बिचको दुरी बढ्नु मुख्य समस्या देखिएको छ । युवाहरुलाइ हस्तक्षेप र निर्देशन कारी भूमिकाले बाँधेर राख्ने भन्दा स्वस्फूर्त समाजका गतिबिधिमा लाग्ने बाताबरण बनाउने काममा राज्यले सदैब महत्वपूर्ण खेल्नुपर्ने चुनौती छ । तसर्थ युवा समुदायलाई सही सूचना र शिक्षा अनि पहुँच आदिले सुसज्जीत गर्न सकेमा मात्र सकारात्मक समाजले निर्माण गर्न सकिन्छ । 

‘हातखुट्टा बाँध्न खोजेका छन, तर हिम्मत हारेको छैन’


कुलमान घिसिङ
गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ ।
गत मंगलबार मात्रै संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले मलाई र पूर्वउर्जामन्त्री जनार्दन शर्मामाथि अख्तियारमार्फत् छानबिन गर्नुपर्ने माग गर्नुभएछ । उहाँहरुलाई अधिकार छ हामी माथि छानबिन गरे हुन्छ । हामीले राष्ट्रको हितका निम्ति नियमसंगत तरिकाले काम गरेका छौं, त्यो काममा उहाँहरुले छानबिन गर्दा केही   फरक पर्दैन । तर समितिको बैठकमा उहाँहरुले हामीलाई पनि बोलाउनु पथ्र्याे, हाम्रा कुरा पनि सुन्नुपथ्र्याे । सुरुमा एकचोटीमा उहाँहरूले बोलाउनु भएको थियो तर निर्णय गर्ने बेला बोलाउनु भएन ।
उहाँहरुले हामीलाई २५ मेगावाटको सोलार प्लान्ट राख्दा कम कबोल गरेको कम्पनीलाई नदिएर बढी कबोल गरेको चौथो नम्बरको कम्पनीलाई दिएको त्यो पनि उसले कबोल गरेको रकमभन्दा घटेर दिएको आरोप लगाउनु भएको छ । त्यही आरोपमा हाम्रा कुरा नसुनिकनै ठेक्का रद्द गर्न पनि निर्देशन दिनुभयो ।
यस विषयमा दुईटा कुरामा स्पष्ट हुनु जरुरी छ ।
पहिलो, चौथो नम्बरको कम्पनीलाई हामीले गलत नियतका साथ ठेक्का दिएका होइनौं, विश्व बैंकले  दिन उपयुक्त ठानेकाले सो कम्पनीले ठेक्का पाएको हो । यो प्रक्रियाको सुरुवात २०१५ अप्रिलदेखि भएको हो । त्यतिबेला सोलार प्लान्ट राख्न विश्ब बैंकले ५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने सम्झौता गरेको थियो । त्रिशुलीमा रहेको प्राधिकरणको सवस्टेशनको जग्गामा २५ मेगावाटको सोलार प्लान्ट राख्न टेन्डर आह्वान भयो ।
५१ कम्पनीले टेन्डर किनेकोमा १६ कम्पनीले टेण्डर हाले । टेन्डर  हालेका कम्पनीको मूल्यांकन गर्दागर्दै तीन महिना बित्यो । तीन महिनामा टेन्डरको अवधि सकियो । प्राधिकरणले उनीहरुलाई तिमीहरुको अवधि सकियो अब अवधि बढाउनु पर्छ भन्दा ११ वटा कम्पनीले समय थपेनन् । किनकी उनीहरुले कबोल गरेको रकम धेरै थियो ।
पाँच वटा कम्पनीले समय थपे ।
टेन्डर हालेका कम्पनीको मूल्यांकन गर्न तीन वटा समिति बनेका थिए, प्रोजेक्ट म्यानेजमेन्ट युनिट (पिएमयू), प्रोक्युरमेन्ट इभ्याल्युसेन प्यानल (पिइपी) र प्रोजेक्ट कोर्डिनेसन कमिटी (पिसिसी) ।
पहिलो समितिमा प्राधिकरणकै प्रोजेक्ट हेर्ने  अधिकारीहरु थिए, दोस्रो समितिमा दुई जना विदेशी विज्ञ थिए । तेस्रो समन्वय गर्ने समितिमा प्राधिकरणका कार्यकारी निर्देशक र दुई जना उपकार्यकारी निर्देशक थिए ।
पिएमयूले पाँच वटा कम्पनीको कागजात हेरेर उनीहरुमध्ये कुनै पनि योग्य नभएको रिपोर्ट बुझायो । विदेशी विज्ञले उनीहरुको कागजातको थप अध्ययन गरेर प्रतिवेदन दिन भन्यो ।
फेरी आएको उनीहरुको रिर्पोट हेरेर त्यो समितिले चौथो नम्बरको कम्पनीले ठेक्का दिन सिफारिश ग¥यो । विश्व बैंकको निर्देशिकामा टेन्डर हालेका कम्पनीको मूल्यांकन गर्दा आर्थिक र प्राविधिक पक्ष एकैपटक हेर्नुपर्छ । त्यसमा पनि उनीहरुले सबैभन्दा कम कबोल गरेको कम्पनीको प्राविधिक पाटो पहिला हेर्छन् । प्राविधिक पक्षमा सो कम्पनी योग्य देखिए अर्को कम्पनीको मूल्यांकन नै हुँदैन ।
सोलारको हकमा कम कबोल गरेका तीन कम्पनीको प्राविधिक पक्ष अध्ययनमा उनीहरु योग्य नभएपछि चौथो कम्पनीको प्राविधिक पक्ष अध्ययन गरे । चौथो नम्बरको कम्पनी योग्य भएपछि पाँचौं नम्बरको कम्पनीका मूल्यांकन नै नगरी चौथो नम्बरमा रहेको रिजेन इनर्जी कम्पनीलाई ठेक्का दिन सिफारिश गरे ।
अब दुबै समितिका सिफारिश कार्यकारी निर्देशक प्रमुुख भएको समितिमा आयो । तत्कालीन कार्यकारी निर्देशकले दोस्रो कम कबोल गर्ने कम्पनी पिङगाव एण्ड ह्यारेन जेभीको प्राविधिक रुपले अयोग्य भएपनि त्यसलाई माइनर डेभियसन मानेर उसैलाई ठेक्का दिनुपर्ने सिफा  रिश विश्व बैंकलाई पठाए ।
विश्व बैंकले नो अब्जेक्सन दिनुको साटो अयोग्य कम्पनीलाई ठेक्का दिन निर्देशिकाले नदिने भन्दै प्राधिकरण लाई  चिठी पठायो  । त्यतिञ्जेल कार्यकारी निर्देशकका रुपमा म आइसकेको    थिएँ ।
विश्व बैंकको चिठीमा यस विषयमा नयाँ व्यवस्थापनको धारणा पनि माग गरिएको थिया हामीले धेरै चरण कुरा ग¥यौं । हामीले टेन्डर रद्द गर्छौं भन्यौं । उनीहरुले टेन्डर  रद्द गर्ने कारण चाहिन्छ । टेन्डर रद्द गर्ने नै हो भने यो प्रोजेक्ट त बन्दैन नै हामी यो ऋण नै खारेज गर्छौं  भने ।
फेरि पाँचै कम्पनीको मूल्यांकन भयो । पिएमयू र पिइपी दुबै समितिले चौथो नम्बरको कम्पनी योग्य भएको सिफारिश गरे। मेरो अध्यक्षताको समितिले पनि त्यसलाई सदर गरेर पठायो । त्यो निर्णयमा विश्व बैंकले पनि नो अब्जेक्सन   दियो ।
दोस्रो कुरा, नो अब्जेक्सन दिँदा विश्व बैंकले पछिल्लो दुई वर्षमा विश्व बजारमा सोलार मोडुलको मूल्यमा १६.९ प्रतिशत कमी आएको छ । यो कुरा पनि समेटेर नेगोसियन गर्नु भनेको थियो । प्राधिकरणले ठेक्का पाउने कम्पनीसँग घटेको मूल्यमा काम गर्ने कि नगर्ने भनेर सोध्दा उनीहरुले कबोलभन्दा २७ करोड काम गर्न तयार रहेको  जवाफ पठाए । विश्व बैंकले पनि त्यसलाई स्वीकृतिदियो । त्यहीअनुसार गत जेठ ३ गते प्राधिकरणले त्यो कम्पनीसँग सम्झौता ग¥यो ।  उनीहरूले आउँदो पुस माघमा बिजुली उत्पादन गर्ने गरी काम गरिरहेका छन् ।
यो  विषयसँग जोडिएका केही प्रश्न भने अनुत्तरित नै रहेका छन् । यदि  हामीले नियतवस बढी कबोल गर्नेलाई ठेक्का दियौं भन्ने हो भने पहिला पनि कम कबोल गर्ने त अर्को थियो । त्यतिबेला एमडीले किन कम कबोल गर्नेलाई नदिई दोस्रो नम्बरको कम्पनीलाई ठेक्का दिन सिफारिश  गरे ? ऋण सम्झौतामा जे जे कुरामा सहमति भएको थियो तीनै कुरालाई मानेर बिग्रिसकेको ठेक्कालाई हामीले कार्यान्वयन गराउन खोज्दा कसरी अनियमितता भयो ?
कुनै पनि ठेक्का प्रक्रियामा पैसा मात्र कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिनु नै पर्ने वाध्यता छैन, त्यसो गर्ने हो भने त किन  बाँकी कागजात हेर्नु प¥यो र सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिए भइहाल्यो नि । सबैभन्दा कम कबोल गर्ने कम्पनी योग्य छ कि छैन, तोकिएको काम गर्ने क्षमता त्योसँग छ कि छैन त्यो पनि हेर्नुपर्छ । कम कबोल गर्ने  मात्र ठेक्का दिँदा वर्षाैंसम्म काम पुरा नहुने अवस्था एकातिर छ भने अलिकति जोखिम लिएर कर्मचारीले निर्णय नगर्ने हो भने कागजात नपुगे पनि कम कबोल गर्ने कम्पनीले नै ठेक्का पाउने अवस्था सिर्जना भएको छ ।
फेरि यो योजना त हाम्रो पैसाले बन्न लागेको होइन । विश्व बैंकको स्वीकृति बिना यसमा हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौं । हिजो पहिलो नम्बरलाई छोडेर दोस्रो नम्बरको लाई ठेक्का दिने निर्णय गर्ने पूर्वएमडीलाई हिरो बनाइएको छ ।
हामीले योजना अघि बढाउन विश्व बैंकसँग मिलेर काम गर्दा हामीमाथि छानबिन गर्ने रे । चोरले सबैलाई चोरमात्र देख्छ भन्छन, अहिले त्यस्तै भएको जस्तो  लाग्छ ।  सबै जनामा आफूले जे गरेका छन, सबैले त्यही गरिरहेका छन् भन्ने सोच  छ । विश्वासको वातावरण छैन ।
हिजोका दिनमा लोडसेडिङ हटाउन राज्यले अर्बौं रुपैयाँ खर्च गरेको थियो । गत वर्षमात्रै हामीले प्रति युनिट ३० रुपैयाँ पर्ने डिजेल प्लान्टका लागि टेन्डर आह्वान गरेका थियौं ।
यो वर्षपनि हिउँदमा लोडसेडिङ अन्त्य त्यति सजिलो छैन । लोडसेडिङ अन्त्य गर्न केही महत्वकांक्षी योजनाका साथ अघि बढ्न खोज्दा सबैतिरबाट अवरोध भइरहेको छ। भारतबाट धेरै आयात पनि नगर, सोलार पनि नराख, एलइडी पनि नकिन तर हिउँदमा लोडसेडिङचाहिँ जसरी पनि अन्त्य गर भन्ने कुरा आयो ।
यो त कसरी सम्भव हुन्छ र ? हात खुट्टा बाँधेर राख्ने अनि काम पनि गर भन्दा अगाडि बढ्न सकिन्न । हामीले अघि सारेका योजनामा कुनै गलत मनसाय छैन । प्रक्रियागत रुपमा हेर्ने कुरा हेर्न सकिन्छ । नियतमा खराब छ भने त्यसलाई पनि छानबिन गर्न सकिन्छ गलत व्याख्या गरेर काममा अवरोध गर्न मिल्दैन । भोलि समस्या भयो भने कुलमान घिसिङले लोडसेडिङ बढायो भन्ने अथवा लोडसेडिङ ग¥यो भन्ने तर कामचाहिँ केही पनि गर्न नदिने कसरी हुन्छ ?
काम गर्न लागेको मान्छेलाई विश्वास त गरिदिनु प¥यो । जोखिम मोलेर निर्णय नलिएसम्म काम त हुँदैन । हामीले अहिले त्यस्तै जोखिम मोलेर निर्णय गरेका छौं । हामी देशभरी लोडसेडिङ हटाएर नेपाललाई  उर्जामा आत्मनिर्भर बनाउने योजनामा अघि बढेका छौं । तर हरेक हरेक पाइलामा अवरोध जारी छ ।

मोफसल पत्रकारिता 

पत्रकारिता क्षेत्रमा राजनीति हुनु हुदैन ।


राजा राजेन्द्र धनाडी 
रेडियो सुदूर सन्देश, धनगढी कैलाली
तपार्इंको पुरा परिचय पाउँ न ? 
— मेरो नाम राजा राजेन्द्र धनाडी । घर बैतडी शिबनाथ गाउपालिका । हाल रेडियो सुदूर सन्देश १०४.० मेघाहर्ज धनगढीमा कार्यरत छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— पत्रकारिता मेरो सानैदेखिको रुचि हो । जब मनमा कुनै कुरा लाग्थ्यो, समाजमा कुनै घट्ना वा समस्या हुन्थ्ये र मलाई मनको कुरा सबै सामु भन्न पाए हुन्थ्यो, सामाजिक समस्याका बारेमा लेख्न सके हुन्थ्यो, बोल्ल पाए हुन्थ्यो, समस्या समाधानको लागि केही गर्न सके हुन्थ्यो लाग्थ्यो तर त्यति बेला पत्रकारिता बारे कुनै जानकारी थिएन ।     रेडियोमा कसरी बोल्ने होला ? गीत कसरी गाउछन् भन्ने जिज्ञासा थियो र मैले उति बेलानै साचे जीवनमा जसरी नै रेडियोमा बोल्छु, गीत गाउँछु भनेर । त्यसैले यो पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
—  ३ बर्ष भो । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मलाई मानब अधिकारको क्षेत्रमा पत्रकारिता गर्न एकदमै मन पर्छ, मेरो रुचि र चाहना पनि    हो । किनकी सबैभन्दा पहिले मानव सुरक्षित हुनु जरुरी छ । प्रत्येक व्यक्तिलाई मानवका हक अधिकारको प्रत्याभूति राज्यले गराउनु पर्ने हुन्छ । पत्रकारिता पेशाबाट वकालत गर्न सकिन्छ । स्वतन्त्र रुपमा बाच्न पाउनु सबै नागरिकको अधिकार हो । जव व्यक्ति सुरक्षित हुन्छ, आधारभुत आबश्यकता पुरा हुन्छन । त्यस्तै किसिमको पत्रकारिता पेशा गर्न रुचाउँछु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि ? कस्ता खालका समस्याहरु पाउनु   भयो ? 
— पत्रकारिता क्षेत्रमा थुप्रै खालका समस्याहरु छन् । सवैभन्दा दुखको कुरा श्रमजीवी पत्रकार ऐन बनेको भएपनि अझैपनि लागु हुन सकेको छैन । पत्रकारिता पेशालाई राज्यको चौथो अंग भनिएपनि राज्यले पत्रकारहरुको लागि पत्रकारिता पेशाको लागि ठोस नीति, हक अधिकारको प्रत्याभूति गराउन सकेको छैन । पत्रकारको श्रम शोषण हुने गरेको छ तर, यस प्रति कसैको ध्यान जान सकेको छैन जस्तो लाग्छ । यस्ता थुप्रै समस्याका कारण पत्रकारहरु पत्रकारिता पेशाबाट पलाएन हुने गरेका छन् ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— पक्कै पनि मुलधारमा काम गर्ने पत्रकारहरु भन्दा मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या बढी नै देखिन्छन् । मोफसलका पत्रकारहरुले बिभिन्न समस्याको सामना गर्नुपरेको छ । पत्रकारिता क्षेत्रमा आधुनिक प्रविधिको अभाव, दक्ष जनशक्तिको अभाव, भौगोलिक विकटता, यातायात, बिद्युत, सञ्चार जस्ता भौतिक पूर्वाधारको विकास नहुँदा पत्रकारिता पेशामा निकै समस्या हुने गरेको छ । 
मोफसलै भएपनि कैलाली जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता  छन ?
— कैलाली जिल्लामा अरु जिल्लाहरुको तुलनामा पत्रकारिताको विकास धेरै नै भएको देखिन्छ । यस जिल्लामा लगभग सयको हाराहारीमा पत्रपत्रिका दर्ता भएका छन, एफएम रेडियो पनि थुपै छन र पछिल्लो समयमा स्थानीय स्तरमै टेलिभिजन सञ्चालन भइरहेका छन । यो पत्रकारिताको लागि निकै सकरात्मक कुरा मान्न सकिन्छ । तर कतिपय सञ्चालनमा छन् भने कति बन्द अवस्थामा रहेका छन ।      
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले सबै क्षेत्रमा यातायात, बिद्युत, सञ्चार जस्ता भौतिक पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ जसमा सञ्चारलाई अति आवश्यक छ । जब यी पूर्वाधारको विकास हुन सक्दैन तवसम्म सञ्चारको विकास हुन सक्दैन । पत्रकार आचारसंहिता, श्रमजीवी पत्रकार ऐन तत्काल लागु गर्नुपर्छ । पत्रकारिता क्षेत्रमा राजनीति हुनु हुदैन, अझै पत्रकारिता पेशालाई स्वच्छ, मर्यादित, जनचाहाना अनुसार बनाउन राज्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भूमिका खेलेको पाउनु भएको छ ?
— हो, मैले पनि थुपै समस्या झेल्दै आएको छु । धेरै जस्तो सञ्चारगृहले समयमा पारिश्रमिक नदिने, नियुक्तिपत्र नदिने, अत्याधिक श्रम शोषण गर्ने जस्ता थुपै खालका समस्याहरु पत्रकारले भोगिरहेका छन । नेपाल पत्रकार महासंघको मुख्य उद्देश्य पत्रकारिताको हकहितका लागि काम गर्ने भएपनि पत्रकारका समस्यामा महासंघको ध्यान जान सकेको छैन जस्तो लाग्छ । पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गरिनुपर्ने हुन्छ, त्यो पनि आबश्यकता अनुसार हुन सकेको देखिदैन । पत्रकारका समस्या समाधानका लागि जति नेपाल पत्रकार महासंघले गर्नुपर्ने हो त्यति गरे जस्तो मलाई लाग्दैन ।     
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?
— सञ्चारकर्मीका हक हितका लागि सबैको आ आफनो भूमिका छ र गरिरहेका पनि छन् । तर संगठनले चुनाबको आसपासमा मात्र हेर्ने बाहेका वास्ता नगर्ने प्रबृति छ । यदि जतिपनि त्यस्ता संगठनहरु छन ति सबैले थोरै थोरै भए समस्या समाधानका लागि पहल गरेको भए आज पत्रकारले आफ्नो पेशाबाट पलाएन हुने थिएन । 
तपाँइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता कुनै अर्थमुलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने पेशा हो । पत्रकारिता र आम सञ्चार नजिकका विषयहरू हुन् । यस्तो कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ । प्रजातन्त्रका चारवटा स्तम्भ मध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ । पत्रकारिता सामाजिक प्रक्रिया हो । असङ्ख्य उपायहरू जसमा मानव प्राणीहरू एक अर्कासित सम्पर्कमा रहन्छन । समग्रमा सञ्चार भनेको शाब्दिक, दृश्यात्मक र लिखित सङ्केतहरूको प्रयोगबाट विचारको आदान प्रदान गर्ने काम हो । मिडिया राजनीति, समाज, समसामयिक सेवामा पनि यसको संलग्नता हुने  गर्दछ ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— मलाई पत्रकारिता तिर लागेको धेरै भएको छैन म अहिले सिक्ने बेलामा छु र पैसाको कुरा गर्दा आफ्नो दक्ष अनुसार पाएकै छु ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित ह’ँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीह? पनि गैर कान’नी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— त्यो काम गलत । एउटा संचार क्षेत्रमा लगेको मान्छे ले त्यस्तो काम गर्नु उपयुक्त मलाई लाग्दैन् किनकी पत्रकारिता निस्पक्ष हुनु पर्छ , कसैको पक्षमा बोल्ने कसैको पक्षमा नबोल्ने भन्ने हुँदैन । जे सत्य हो त्यो कुराको बारेमा मात्र बोल्नु पर्छ । जस्ले त्यस्तो काम गर्छ त्यो पत्रकार होइन र तेस्लाई कानुनी प्रकृया अनुसार कारवाही गर्नु पर्छ भन्ने मलाई लाग्छ ।      
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— जिल्ला, गाउँ र समाजको सत्य, तथ्य अनि निस्पक्ष विकासको बारेमा कलम चलाउने मान्छे हुँ । मलाई त्यस्तो काम पन पनि पर्दैन र त्यस्तो गर्ने मान्छेलाई कानुनको दायरामा ल्याउने कोसिसमा लाग्ने छु ।  
यसमा सुधारका लागि के गर्नुपर्छ जस्तो लाग्छ ? 
— राज्यले पत्रकारिता तथा सञ्चार क्षेत्रमा सुधारका लागि जति नीति नियमहरु बनेका छन् जस्तै पत्रकारिता आचारसंहिता, प्रकाशन तथा प्रशारण नीति, श्रमजीवी ऐन समय सापेक्ष संसोधन गरी लागु गर्नु पर्छ । पत्रकारिता हकहितका लागि संगठनहरुले सक्रिय भएर काम गर्नुपर्ने लगायत सुधार्नु पर्छ । 
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाँई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— राज्यले श्रमजिवि ऐन तत्काल लागु गर्नुपर्ने र पत्रकारको सुरक्षाकोे सम्बन्धि कार्यक्रम ल्याउनु, तालिम राजधानी मात्र केन्द्रित नभई जिल्ला स्तरमा पनि संञ्चालन गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— सञ्चारमाध्यमहरु जसरी चल्नुपर्ने हो त्यसरी चल्न सकेका देखीदैनन । पत्रकार तथा सञ्चारकर्मीहरु आफुमा दक्ष र सक्षम हुन जरुरी छ । आवाज विहीनहरुको आवाज संचारमाध्यमले बन्नुपर्छ । 
समय र बिचारका लागि धन्यबाद .  
— धन्यबाद, अहिलेको पत्रकारिता सम्बन्धि केही कुरा राख्ने मौका दिनु भएकोमा बिम्ब नेपाली साप्ताहिकलाई पनि धेरै धेरै धन्यबाद ।

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

१.विहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?           वुध
२. गोवि मरुभुमी कुन महादेशमा पर्दछ ?       एसिया
३. सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो ?    अफ्रिका
४.नेपालमा महानगरपालिकाको संख्या कति छ ?   ४ वटा
५.पातल भुमेश्वर गुफा कहा पर्दछ ?   वैतडी
६. क्षेत्रफलको हिसावले ठुला जिल्ला क्रमश कुन कुन हुन ?   डोल्पा, हुम्ला, ताप्लेजुङ, गोरखा
७. रुसी सेनालाई के भनिन्थ्यो ?     लाल सेना
८. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेबाट भयो ?   वि.स. २०२२ पौष १
९. नेपाल सरकारको कानुनी सल्लाहकार को हुन्छ ?  महान्यायधिवक्ता
१०. नेपालको संविधानमा कति भाग, धारा र अनुसुचि छन ?    ३५ भाग ३०८ धारा ९ अनुसुचि
११. नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो ?   वि.स २०६४ साउन १८
१२. लिच्छवीकालमा राजकीय भाषा कुन थियो ?   संस्कृत
१३. तेह्रौं साग गेम कहा हुने भएको छ ?    नेपालमा
१४. नेपालमा भएका सार्क सम्मेलन कुन कुन हुन ?      तेस्रो र एघारौं (अठारांै पनि हो)
१५.नेपालसंग दौत्य सम्वन्ध कायम भएको दोस्रो मुलुक कुन हो ?  अमेरिका
१६. हिरोसिमामा वम आक्रमण पछि भ्रमण गर्ने पहिलो अमेरिकी राष्टपती को हुन ?   वाराक ओवामा

साहित्य/सृजना 

नारी


नारीका अनेक रुप
नारी जननी हो
संसारलाई अघि बढाउन
तिम्रो जन्मदता बन्न सक्छे ।
नारी सृष्टि हो
संसारलाई नयाँ युग दिन
तिम्रो रचना गर्न सक्छे ।
नारी संहारकर्ता हो
संसारलाई अन्यायबाट जोगाउन
तिम्रो संहार गर्न सक्छे ।
नारी महाकाली हो
संसारलाई दानवबाट बचाउन
तिम्रो काल बन्न सक्छे ।
नारी ममताकी खानी हो
संसारलाई माया बाड्न
तिम्रो खुसी बन्न सक्छे ।
नारी प्रेमकी प्रतिमुर्ति हो
संसारलाई प्रेममय बनाउन
तिम्रो प्रेम बन्न सक्छे ।
नारी सुन्दरताकी देबि हो
संसारलाई सुन्दर बनाउन
तिम्रो गहना बन्न सक्छे ।
नारी त्यागकी प्रतिमुर्ति हो
संसारलाई मर्गदर्शन प्रदान गर्न
तिम्रो परित्याग गर्न सक्छे ।
नारी धैर्यताकी सालिक हो
संसारलाई शान्त राख्न
तिम्रो अपमान पिउन सक्छे ।
नारी दिगम्बरा हो
संसारलाई छहारी दिन
तिम्रो आभुषण बन्न सक्छे ।
पुष्पा जोशी
धनगढी कैलाली

चस्मा


मैले मुटु निचोरेर लेखेको प्रेमपत्र
पढ्न सकेन कि तिम्रो मनको आँखाले ?
चिनेनौ कि बाले मष्तिस्कको सिलोटमा कोरिदिएका कखरा ?
आमाले घोटेको ममताको कुरौनीमा झिँगा छ कि भनेर खुट्टाउनु त परेन ?
या त चिनेनौ ’नेपाल’ लेखिएका स्वर्णीम
अक्षर ?
बेदनाको कचौरा थाप्दै, एकमुठी दया मागिरहेकी वृद्धाका अनुहारका चाउरी गन्नु थियो कि ?
सिंगानले कलेटी परेका कलिला गालाहरूको आन्तरिक सुन्दरता नियाल्न खोज्दै थियौ कि ?
भँमरा लागेको वयस्क फूलभित्र
चोटहरूको अन्वेषण गर्नु त थिएन ?
नैतिकतालाई पछार्दै पछार्दै बगाइरहेको नदीको पिँधबाट एकटुक्रो हिरा छुट्टाउन त खोजेनांै ?
भत्किएको आत्मसम्मानको धरहराका
कंकालहरूमा देशप्रेमको नलिहाड भेटायौ र ?
सत्ताइस ठाउँ उध्रिएको चोलिजस्तो पहाडको घुम्टोमा कतै चन्द्र र सुर्य खोज्दै थियौ कि ?
जिन्दगीले सिकाएको गणितमा धनात्मक र ऋणात्मक चिह्न छुट्टिएनन् कि ?
राष्ट्रप्रेमको भूगोलमा सीमास्तम्भ र प्रवेशद्वार भेटिएनन् कि ?
कुप्रथालाई बली चढाइएका
आँसु प्रयोगशालामा राखेर
सिर्जना नामक रसायन उत्पादन
गर्नु थियो कि ?
अहंकारले जलाइएको अनुहाराई परिमार्जन गरेर अप्सराको चित्र कोर्नु
थियो कि ?
यदि
देख्नुपर्ने अर्थ छोपेर
नदेख्नुपर्ने सत्य देखाएर
पुर्णिामामा द्वितिया मात्रै चम्काइदिन्छ भने
ए प्यारा !
यसमा शक्ति (पावर) छैन !
नलगाऊ यो चस्मा !!!
सरु सुधा
रेसुङ्गा न.पा., तम्घास 
गुल्मी

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/०४/२० 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–६, डोटीमा रहेको यस श्री सरस्वती माध्यामिक बिद्यालयमा रिक्त रहेको मा.बि. तह तृतीय श्रेणीको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१/०७४/०७५, पद संख्या ः १  
तह ः मा.बि. तृतीय  किसिम ः राहात करार, बिषय ः बिज्ञान  
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०५÷०२ गते 
सम्पर्क मितिः २०७४÷०५÷०४
परीक्षा दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
सम्पर्क फोन ः ९८४८४६४१७५, ९८४८४६९६७७, ९८४८४७४९४० 
नोट ः स्थानीय महिला, दलित, जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिईनेछ । 
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/४/१७  

जिल्ला डोटी शिखर नगरपालिका वडा नंं. साविक बनलेक गा.वि.स.वडा नं.१ स्थित कि.नं.२२, ३०, ५६, ३४७, ३७६, ४३१, ४६४, ५७४, ७४५, ७४९, ८१८, ऐ.वडा नं.२ स्थित कि.नं.२१, ३७, ४०, २०२, २५३, ८१६, ऐ.वडा नं.३ स्थित कि.नं.२१४, ५०५, ५२८, ऐ.वडा नं.४ स्थित कि.नं.१४८, १५७, ३३१, ऐ.वडा नं.८ स्थित कि.नं.१०६ को जग्गा सोही गा.वि.स.वडा नं.२ बस्ने जयराम बलायरको नाती परी बलायरको छोरा नरी बलायरको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी नरी बलायरको मिति २०६५÷१२÷१७ मा, निजको हकदार जेठी पत्नी नारु बलायरको मिति २००१÷२÷४ मा र कान्छी पत्नी धौली देवि बलायरको मिति २०६८÷८÷१४ मा मृत्यु भएको । मृतकको शेषपछिको हकदार धौली देवि वलायरको एकमात्र छोरा दल वहादुर वलायरको मिति २०४०÷१२÷१५ मा निजको हकदार जेठी पत्नी रुल्ली देवि वलायरको मिति २०२०४५÷१÷२२ मा र कान्छी पत्नी पुनि देवि बलायरको मिति २०७०÷२÷१० मा मृत्यु भईसकेकोले मृतक पुनि देवि वलायरको शेषपछिको हकदार एकमात्र छोरा दिल वहादुर वलायर मात्र भएको मृतक नारु वलायर र मृ.रुल्ली देवि वलायरको सन्तान    छोरा छोरी कोही केही नभई अपुताली परेको हुदा मृतक जग्गाधनी नरी वलायरको नाउँको उल्लेखित कि.नं.को पुरै घरजग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनि डोटी शिखर नगरपालिका नं. वडा कार्यालय डोटीको च.नं. मिति २०७४÷४÷ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी बनलेक गा.वि.स.वडा नं.२ बस्ने दिल वहादुर वलायरले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷४÷१० मा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक नारु वलायर र मृ.रुल्ली देवि वलायरको अपुताली    नपरेको भए, अन्य अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पंैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पुनः प्रकाशित मिति ः२०७४/०४/२३
समान पहु‘च विकास केन्द्र (सिड) नेपाल पचनाली डोटी र यु.एम.एन डोटीको साँझेदारीमा सञ्चालित समुदाय स्वास्थ्य कार्यक्रमका लागी तपशिलको कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका (साबिक गाबिसका मात्रै) ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र समान पहु‘च विकास केन्द्र (सिड) नेपाल डोटीको सिलगढी स्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।  

तपशील
पद ः– सामाजिक परिचालक      संख्या ः– १ (एक)  
विषयगत क्षेत्र ः–  स्वास्थ्य
योग्यता ः– मान्यता प्राप्त शिक्षण संस्थाबाट आई.ए पास गरी न्युनतम १ वर्षको कार्य अनुभव भएकोे ।
कार्य क्षेत्र ः– शिखर न.पा. २ र ६  (साविकका मुडेगाँउ  र पचनाली गाविस)
सेवा÷सुविधा ः–  कार्यक्रमको नियमानुसार ।
परीक्षाको किसिम ः–  लिखित तथा अन्तर्वार्ता ।

जिम्मेवारी ः
ड्ड स्वास्थ्य आमा समूह, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सम्बन्धिका विविध तालिम तथा छलफल संचालन गर्न सक्ने ।
ड्ड कार्यक्षेत्रका सरोकारवालासंग सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने ।
ड्ड कार्यक्रम सम्बन्धी सूचना संकलन, अभिलेखीकरण गरी सम्बन्धित निकायलाई प्रतिवेदन गर्न सक्ने ।

आबश्यक कागजात
      १. शैक्षिक योग्यताका प्रमाण पत्र
      २. नेपाली नागरीकताको प्रमाण पत्र
      ३. १ वर्ष कार्यानुभवका प्रमाण पत्रहरु  
दरखास्त ः– यस संस्थाको निवेदन फाराम कार्यालयबाट लिई, नागरिकता, अनुभव प्रमाण पत्र र शैक्षिक योग्यताको प्रतिलिपि १÷१ प्रति सहित यस कार्यालयमा वुझाउनु पर्नेछ । 
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७४÷०४÷२७ (दिउँसो ३ः०० वजेसम्म) (सो दिन शनिवार परे भोलिपल्ट आईतवारसम्म दरखास्त पेश गर्न सकिनेछ ।)
सम्पर्क मिति ः– दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट 
दरखास्त दस्तुर ः– रु २५० (संस्थाबाट आवेदन फाराम लिएर जानुपर्नेछ ।)

नोट ः
ड्ड बिदेशवाट प्राप्त शैक्षिक योग्यता भएमा त्रि.वि. वाट समकक्षता निर्धारण गरेको प्रमाण पत्र पेश गर्नुपर्ने छ ।
ड्ड ग्राह्यता ः–महिला, दलित, कार्यक्षेका तथा स्वास्थ्य क्षेत्रको काम सम्बधि अनुभव प्राप्त गरेकालाई विशेष ग्राह्यता दिईने छ ।
ड्ड अन्तरवार्तामा उपस्थित हुँदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकताको सक्कल सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुने    छैन । प्रारम्भीक छनौट पश्चात लिखित र अन्तर्वार्ता परीक्षाको मिति निर्धारण गरी प्रारम्भीक छनौटमा परेकालाई मात्र परीक्षामा समावेश गराईनेछ, साथै सम्पूर्ण छनौट अधिकार यस संस्थामा निहीत रहनेछ । यस सम्बन्धमा थप जानकारी चाहिएमा समान पहँँच विकास केन्द्र डोटी सिलगढीको फोन नं. ०९४–४११०११  मा सम्पर्क गर्न सकिनेछ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४÷०४÷२०
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–६, डोटीमा रहेको यस श्री सरस्वती आधारभूत बिद्यालयमा रिक्त रहेको प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१/०७४/०७५, पद संख्या ः १  
तह ः प्रा.बि. तृतीय  किसिम ः करार, 
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्र तह वा सो सरह 
उमेर ः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 
पेश गर्नुपर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डनिरोगीताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷०५÷०२ गते 
सम्पर्क मितिः २०७४÷०५÷०४
परीक्षा दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
सम्पर्क फोन ः ९८४८५२५१३६, ९८४८४७४७०७ 
नोट ः स्थानीय महिला, दलित, जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिईनेछ । 
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै   कारबाही हुनेछैन ।

सूची दर्ता गराउने सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७४ साउन २० गते
सार्बजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार सार्बजनिक निकायबाट सोही ऐनमा तोकिए बमोजिम हुने खरिद सम्बन्धि कार्यको प्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण ब्यबसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकको छुट्टाछुट्टै सूची तयार गर्नुपर्ने ब्यवस्था बमोजिम यस कार्यालयबाट आ.व.२०७४, ०७५ मा हुने बिभिन्न खरिद सम्बन्धी काम कारबाहीमा संलग्न हुन इच्छुक योग्य फर्म, संघसंस्था वा ब्यक्तिहरुलाई आफूले सूचीकृत हुन चाहेको समूह र बिबरण स्पष्ट रुपमा खोली यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र देहायका सर्तहरुका अधीनमा  रही यस कार्यालयमा आबेदन गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

मालसामान तथा सेवाको बिबरण
१. कार्यालयको दैनिक रुपमा प्रयोगमा ल्याइने मालसामान आपुर्ती सम्बन्धी कार्यहरु ।    
  (जस्तैः फायल, डटपेन, हर्पिक, फिनेल, कुच्चो, पेपर तथा अन्य स्टेशनरी र छपाइ सम्बन्धि कार्यहरु ।)
२. कार्यालयमा प्रयोग भएका सबारी साधन, मेसिनरी औजार तथा अन्य उपकरणहरुको सञ्चालन तथा मर्मत संभार र सोका पार्ट पुर्जा आपुर्ती सम्बन्धी कार्यहरु ।
३.इलेक्टोनकिल मालसामान  (जस्तै ः कम्प्युटर, युपिएस, प्रिन्टर, फोटोकपी मेसिन, फ्याक्स, 
  मल्टिमिडिया, सिफिलमा इंक फिलिगं आदी) हरुको आपुर्ती तथा फिटिगं सम्बन्धी कार्यहरु ।
४.सबारी साधनका निमित्त चाहिने इन्धन तथा लुब्रिकेट आपुर्ती एबं मोटरसाइकल तथा गाडीका टायर, ट्युब तथा अन्य पार्टपुर्जाहरु आपुर्ती तथा फिटिगं सम्बन्धी कार्यहरु ।
५. फर्निचर तथा फिक्चर सम्बन्धी ः काठ स्टल तथा पलास्टिकाका फर्निचर र फिक्चरमा पर्ने सामानहरु पर्दा कार्पेट, टेबुल, कुशन आदीको आपुर्ती गर्ने सम्बन्धी कार्यहरु
६. नेटवर्किगं सम्बन्धी कार्यहरुः कम्प्युटर नेटवर्किगं (ीब्ल्,ध्ब्ल्) सम्बन्धी कार्य र सो मा प्रयो हुने साधन वा सेवाहरु तथा सो को मर्मत सम्बन्धी कार्य ।
७. सेवा करार सम्बन्धिः सेवा परामर्श अन्र्तगत सेवा प्रदान हुने परिचर, डाइभर,कार्यालय 
  सहयोगी, कार्यालय संचालनसंग सम्बन्धीत कम्प्युटर अपरेटरहरुको सेवा प्रदान सम्बन्धी कार्यहरु ।
८. यस सूचनामा नपरेका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन तथा नियमावली र प्रचलित आर्थिक प्रशासन सम्बन्धि कानुन बमोजिम हुनेछ ।
निबेदकले पेश गर्नुपर्ने कागजातहरुः
१. फर्म दर्ता प्रमाण पत्रहरुको प्रतिलिपी
२.स्थायी लेखा नम्बर (एब्ल्) र मु अ कर (ख्ब्त्) दर्ता प्रमाण पत्रको प्रतिलिपी
३. कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपी (कर बिबरण बुझाइ चुक्ता प्रमाण पत्र लिन  बाँकी भए सम्बन्धित कर कार्यालयमा कर बिबरण पेश भएको प्रमाण)

जिल्ला निर्वाचन कार्यालय, डोटी

हार्दिक श्रद्धाञ्जली

हाम्रा यस सामुदायिक बन उपभोक्ता महासंघ डोटीका सदस्य बोगटान गापा १ सिमचौर निबासी हिरादेबी घर्तीका श्रीमान ५५ वर्षीय भीम बहादुर घर्ती लगायत अन्य ८ जना (बिष्णु बहादुर मगर, बुढो घर्तीमगर,  गोरख थापामगर, ललिता देवी पुनमगर, शशिराम बहादुर पुनमगर, टेक बहादुर पुनमगर, चन्द्र बहादुर घर्तीमगर, बिष्णु नेगी)को यहि साउन २० गते जीप दुर्घटनामा परी असामहिक निघन भएकोले हामीलाई अत्यन्त मर्माहित बनाएको छ। सोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल  परिवारजन प्रति समबेदना ब्यक्त गर्दछौं । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

कृष्ण मलासी (अध्यक्ष)
सामुदायिक बन उपभोक्ता महासंघ, डोटी परिवार

सूचि दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति ः २०७४।०४।२४
यस जिल्ला स्वास्थ्य कार्यालय डोटीको लागि आर्थिक वर्ष २०७४।७५ मा आवश्यक पर्ने तपसिल बमोजिमका सामानहरु पटक पटक वा एकै पटक खरिद गर्नका लागि सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ को प्रयोजनार्थ सुची (क्तबलमष्लन ीष्कत) दर्ताको लागि इच्छुक इजाजत प्राप्त दर्तावाला व्यक्ति, फर्म कम्पनी एवं संस्थाहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस जिल्ला स्वास्थ्य कार्यालयको खरिद ईकाइमा रु. १० को टिकट टाँस गरी दरखास्त दर्ता गराउन यो सूचना प्रकाशित गरिएको छ ।
१.स्टेशनरी मालसामानहरु(मसलन्द तथा विविध) ।
२.छपाई सम्बन्धी कार्य ।
३.फर्निचर तथा फ्लोरीङ्ग सामान आपुर्ति तथा मर्मत ।
४.कम्प्युटर प्रिन्टर, फोटोकपी मेशिन, फ्याक्स मेशिन, एयर कन्डिसन तथा इलेक्टोनिक्स सामानहरु आपुर्ति तथा मर्मत ।
५. सार्वजनिक निर्माण तथा मर्मत सम्भार ।
६.प्लम्बिङ्ग तथा इलेक्टिक वायरिङ्ग ।
७.सवारी साधनका पाट्र्स आपुर्ति तथा मर्मत ।
८.पिउने पानी (जार तथा बोतल) तथा ट्यांकर पानी आपुर्ति ।
९.फोटोकपी सेवा र चिठिपत्र ढुवानी (कुरियर सेवा) ।
१०.विज्ञापन, सूचना प्रकाशन, प्रशारण सेवा ।
११.परामर्श सेवा सम्बन्धी ।
१२.अन्य सेवा सम्बन्धी (सुरक्षा गार्ड, माली, स्वीपर, सरसफाई कर्मचारी) आपुर्ति सम्बन्धी ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु ः
१.फर्म दर्ता र नविकरण प्रमाणपत्रको प्रमाणित प्रति ।
२.आर्थिक वर्ष २०७२।०७३ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रति ।
३.स्थायी लेखा नम्बर र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रति (मुल्य अभिवृद्धि   
  करमा दर्ता हुन नपर्नेको हकमा सो को आधिकारीक कागजातको छांया प्रती) ।
अन्य जानकारी
१.माथि उल्लेखित कार्यहरु मध्य कुन कुन कार्यका लागि सूचिकृत हुन चाहेको हो स्पष्टसंग निवेदनमा  खुलाउनु पर्ने छ ।
२.रीत नपुगी र म्याद नाघी जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको दरखास्तलाई मान्यता दिईने छैन ।