Tuesday, May 22, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल जेठ ८ गते मंगलबार


‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,

आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
www.presscouncilnepal.org
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

मुख्यमन्त्री भट्टको पद बहालका तीन महिना

रामहरी ओझा 
जेठ ७
७ नं. प्रदेश सरकार गठन भएको आईतवार तीन महिना  पुरा भयो । फागुन ६ गते तत्कालीन नेकपा एमालेका २५ र नेकपा माओवादी केन्द्रका १४ गरी ३९ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्री मण्डलका अन्य ६ सदस्यहरु सहित शपथ ग्रहण गरेका थिए । 
प्रदेश सभा निर्वाचनकै क्रममा भारतको चौकीदार भनेर प्रतिपक्षीको आरोपको सामना गरेका भट्ट मुख्यमन्त्री भएको तीन महिने अवधीलाई सकारात्मक रुपमा लिन्छन् । यो प्रारम्भिक अवधीमा त्यस्तो धेरै ठुलो काम नभएको भएपनि केही महत्वपूर्ण अभ्यासको सुरुवात भएको उनी बताउँछन् ।
तीन राम्रा अभ्यास 
६ महिनाको यो अवधीमा धेरै अनुभव बटुले मुख्यमन्त्री भट्टले । ‘यस अघि स्थानीय निकायहरु थिएँ, केन्द्रमा सरकार थियो प्रदेश सरकारको संरचना थिएन’ संघीयतामा गईसकेपछि प्रदेश सरकारको अभ्यास गर्दा धेरै कुरा अनुभव भएको छ ।’ यो तीन महिने अवधीमा १० पटक प्रदेश मन्त्रीपरिषद्को बैठक बसेको भट्ट बताउँछन् । ‘यो अवधीमा हामीले मन्त्रीपरिषद्बाट २३ वटा कानुनका मस्यौदा तयार गरेका छौं, त्यसमध्ये अर्थ बिधेयक त प्रदेश सभाबाट स्वीकृत पनि भईसकेको छ’ आफ्ना मुख्य तीन काम सम्झँदै भट्ट भन्छन् ‘प्रदेशका समस्याहरुको बिषयमा संघीय  सरकारका प्रधानमन्त्रीसंग बैठक भएको छ, यो दोश्रो महत्वपूर्ण उपलव्धी हो ।’ 
यस्तै प्रदेश सरकारले समयमै आशिंक नीति तथा कार्यक्रम र आशिंक बजेट ल्याएको उनी बताउँछन् । उनी भन्छन् ‘यो आशिंक नीति तथा कार्यक्रमले आगामी आर्थिक बर्षका लागि महत्वपूर्ण योगदान दिनेछ ।’
तीन आलोचना 
मुख्यमन्त्री भट्टले यस अवधीमा केही आलोचना पनि  खेपे । आफ्नो छोरी सामुदायिक बिद्यालयमा भर्ना गरेर चर्चा कमाएका भट्टलाई छोरा नीजि बिद्यालयमा पढाएको आरोप लाग्यो । ‘छोरो गत सालको एसइई परीक्षामा सामुदायिक बिद्यालयबाटै सहभागि भई उत्तीर्ण गरेर कम्प्युटर बिषय पढ्न खोज्यो, सामुदायिक बिद्यालयमा कम्प्युटर बिषय थिएन त्यसैले नीजिमा राख्नु परेको हो’ उनले भने ‘म मुख्यमन्त्री भएपछि मैले छोरोलाई नीजि बिद्यालयमा भर्ना गरेको होईन ।’ उनी थप्छन् ‘पदीय जिम्मेवारीमा पुगेपछि आलोचना त हुन्छन् नै, मैले यसलाई सामान्य रुपमा लिएको छु ।’ 
यस्तै बैशाख २५ खुल्ला दिँशामुक्त जिल्ला घोषणा गर्न दार्चुला पुगेका मुख्यमन्त्री भट्ट पूर्व राजाको शैलीमा रातो कार्पेटमा हिडेको आलोचना खेपे । ‘कार्यक्रम सवै तय भईसकेको रहेछ, कार्यक्रमस्थलमा पुग्दा मात्र रातो तुल बिछाईएको थाह भयो’ उनी भन्छन् ‘सहभागिहरु सवै आईसकेका थिए त्यतिवेला हटाउन लगाउँदा पनि उल्टो अर्थ लाग्छ कि भन्ने लाग्यो, त्यसैले हटाउन भनेन ।’ आफु सम्मान खोज्ने मान्छे नभएको बताउँदै उनी भन्छन् ‘अव आगामी दिनहरुमा यस्ता कुरामा पनि ध्यान दिनु पर्छ भन्ने कुराको सिकाई भयो ।’ 
मुख्यमन्त्री भट्टले तीन महिने अवधीमा खेपेको अर्को आलोचना जुनसुकै कार्यक्रममा पनि सहभागि भएको भन्ने छ । बिभिन्न सञ्चारमाध्यममा मुख्यमन्त्री भट्ट स–साना कार्यक्रमको उद्घाटन गर्न रमाउछन भन्ने आलोचना आउने गरेको छ । भट्ट भन्छन् ‘आउनै पर्छ भन्छन्, गएन भने पनि आलोचना गर्छन, गए पनि आलोचना गर्छन ।’ राजनीति गर्ने मान्छे भएकाले जनताको सहभागिता हुने कार्यक्रममा सहभागि हुनु अन्यथा नभएको भट्ट बताउँछन् । उनी थप्छन् ‘मैले कैलाली जिल्लामा हुने कामहरु भरसक कार्यालय समयभन्दा अगाडी वा पछाडी गर्ने गरेको छु । उनी यसलाई पनि सुधार गरेर लैजाने बताउँछन, भन्छन् ‘अव बिस्तारै कम गर्दै लैजान्छु ।’
तीन समस्या
मुख्यमन्त्रीको हैसियतले भट्टले यो अवधीमा भौतिक पूर्वाधारको चुनौती खेपे । ‘सरकारी संरचनाहरु एकातिर छन, अस्थायी राजधानी अर्कै ठाउँमा तोकिएको छ’ भट्ट भन्छन् ‘भौतिक संरचना अभावले धेरै समस्या भयो ।’ 
जनशक्ति अभाव पनि उनका लागि अर्को चुनौती भयो । संघीय सरकारले कर्मचारी नै पठाउन नसक्नु र पठाएका कर्मचारीहरु पनि प्रदेश मन्त्रालयमा हाजिर नहुनुले प्रदेश सरकारको काममा ढिलासुस्ती भएको उनी बताउँछन् । 
संबिधान अनुसार प्रदेश सरकारको कार्यसूची स्पष्ट भएपनि संघीय सरकारले बिधिवत् रुपमा प्रदेश सरकारलाई जिम्मेवारी नदिदा काम गर्न समस्या भएको भट्टको अनुभव छ । स्पट कानुन बन्यो भने काम गर्न सजिलो हुने उनी बताउँछन् । 
आगामी दिनका तीन महत्वपूर्ण काम 
‘अहिले हामी सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छौं, पहिलो काम जनताको भावना अनुसारको बजेट ल्याउनु हुनेछ’ भट्ट भन्छन् ‘बजेटले कृषि, पर्यटन र जलश्रोतलाई बिशेष महत्व  दिनेछ ।’
प्रदेश सरकार सुशासन कायम गर्नका लागि सक्रिय रुपमा लाग्ने भट्ट बताउँछन् । उनी भन्छन् ‘प्रदेशमा कुनै पनि प्रकारको भ्रष्टाचार हुन नदिने गरी कानुन बनाउँछौं र सोही अनुसारको संयन्त्र निर्माण गर्छौं । 
प्रदेशको नामाकरण र स्थायी राजधानको बिषयलाई पनि अर्को तीन महिनाभित्र टुंग्याउने प्रयास गर्ने उनी बताउँछन । यस्तै प्रदेशस्तरका संरचनाहरु निर्माण गर्ने उनी बताउँछन् । 

सम्पादकीय

सडक काट्नु मात्रै विकास हो र ?

डोटीको बडीकेदार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सडक काट्नका लागि नयाँ स्काई भेटर (चैनवाला मेसिन) ल्याएको छ । तर, उक्त गाउँपालिकाभित्र कुनै पनि सडक निर्माणका लागि प्रक्रिया पुरा गरेको छैन । यस्तै डोटी के आई सिंह गाउँपालिकाले व्याकल (चक्कावाला मेसिन) ल्याएको छ, त्यस गाउँपालिकामा पनि कुनै सडकको प्रक्रिया पुगेको छैन । सायल गाउँपालिकाले भरखरै मात्रै स्काई भेटर भित्राएको छ, उक्त गाउँपालिकामा पनि कुनै सडक प्रक्रिया पुरा भएर निर्माण भईरहेका छैनन् । 
दिपायल सिलगढी नगरपालिकासंग आफ्नै व्याकल छ, सडक निर्माण गर्ने नाममा डाँडा र वन जंगल विनाश गर्नमा दिपायल सिलगढी नगरपालिका पनि कम छैन । नगरभित्रै निर्माण भईरहेका कुनै पनि सडकको प्रक्रिया पुरा भएको छैन । 
शिखर नगरपालिकाले आफ्नै मेसिन त भित्राएको छैन तर सडक निर्माण गर्ने नाममा वन जंगल मास्ने दौडमा भने अग्रपंक्तिमै देखिएको छ । 
जिल्लाका नौवटै स्थानीय तहहरु अहिले सडक निर्माणको होडमा लागेका छन् । शिखर नगरपालिका–४ देखि तेले शिखरसम्म जाने सडक करीव १० किलोमिटर काटिएको छ । उक्त सडक काट्ने क्रममा हजारौं रुखहरु बिनाश गरिएका छन् । प्राकृतिक श्रोतको धनी तेले क्षेत्रमा सडक पु¥याउने मात्रै मिसन छ नगर–पालिकाको तर त्यो सडकले कति बिनाश गर्दैछ भन्ने बिषयमा वास्ता छैन । शिखरको मात्रै कुरा हैन सवै स्थानीय तहहरुले सडक निर्माणलाई मात्रै विकास मानेको देखिएको छ । 
स्थानीय तहहरु मात्रै होईन, जिल्ला समन्वय समितिले पनि सडक निर्माण गर्नुनै विकासको मुख्य आधार ठानेको छ । जिल्ला समन्वय समिति प्रमुखले तेले लेकमा सडक पु¥याउने र सडक काट्नका लागि आफुले गर्नु पर्ने सवै सहयोग गर्ने प्रतिवद्धता जनाएबाट पनि यो कुरा पुष्टी हुन्छ । सडक काट्न उस्काईर–हेकाहरु र सडक काट्न सक्रिय रहेकाहरुको व्यक्तिगत स्वास्र्थ त पुर्ति होला तर प्रक्रिया पुरा नगरी काटिएका यस्ता सडकहरु ज्यान लेवा बन्दै गएको र बिनाशकारी बन्दै गएको कुरा बिगतका कयौं घटनाहरुले पुष्ठी गरेको छ । 
कुनै पनि विकास निर्माणको योजना बनाउँदा त्यसको वातावरणीय प्रभाव मुल्याङ्कन हुनु पर्ने नीतिगत व्यवस्था छ । वातावरणीय प्रभाव मुल्याङ्गकन नगरी बनाईएको योजना गैरकानुनी हो । “जनताका प्रतिनिधि हौं” भन्नेहरुलाई कानुन बिपरित काम गर्ने र जनताको ज्यान लिने कुनै अधिकार छैन । यस्ता कार्यहरु तत्काल रोक्न जरुरी छ । दुई पैसा कमाउने नाममा वा सस्तो लोकप्रियता कमाउने नाममा हत्यारा बन्नु हुँदैन कसैले पनि । भरखरै निर्माण हुँदै गरेको एक सडकमा पाँच जनाको ज्यान गयो, यदि सडकको स्तर राम्रो हुन्थ्यो भने सायद त्यो दुःखद् घटना हुने थिएन । 
मस्त निन्द्रामा सुतेको जिल्ला बन कार्यालयले पनि आफ्नो भूमिका देखाउने हिम्मत गर्नु पर्छ । सडक काट्ने नाममा वन जंगल फडानी हुँदै जाने वन कार्यालय मुकदर्शक मात्रै हुने हो भने यस्तो वन कार्यालय, वन बिभाग र वन मन्त्रालयको कुनै आवश्यकता छैन । भ्रष्टहरुलाई साथ दिने जति सवै भ्रष्टाचारी हुन । भ्रष्टाचार घुस खानु मात्रै होईन, नियम विपरित काम गर्नु पनि हो । 
त्यसैले बिनाशकारी सडक काट्ने कार्य तत्काल रोकिनु पर्छ । प्रक्रिया पु¥याएर नियमानुसार सडक निर्माण गरिनु पर्छ । मन मर्जीले चल्ने परिपाटी अन्त्य हुनु जरुरी छ ।

थप समाचार 

पाँच बालबालिकाको अभिभावकत्व ग्रहण


देशभरीमा जनप्रतिनिधिहरुलेबालबालिकाहरुको अभिभावकत्व लिने होड चलिरहेका बेला डोटीका एक व्यापारीले पाँच बालबालिकाको अभिभावकत्व ग्रहण गरेका     छन । 
लामो समयदेखि डोटीको मुख्य शहर पिपल्लामा केवी ग्रुपको नामबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका खगेन्द्र साउँद ‘केवी’ ले बिभिन्न विद्यालयमा अध्ययनरत पाँच बालबालिकाको अविभावकत्व लिएका छन् । नीजि क्षेत्रबाट एउटै व्यक्तिले पाँच बालबालिकाको अविभावकत्व ग्रहण गरेको सम्भवत यो पहिलो घटना हो । 
आईतवार बिपन्न परिवारका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै पाँचै बालबालिकाहरुको कक्षा १० सम्मको सम्पूर्ण अध्ययन खर्च आफुले व्यहोर्ने साउँदले वताए । सरस्वति माविमा कक्षा ८ मा अध्ययनरत असिना आउजी, महाकाल आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत श्याम वहादुर साउद, भागेश्वर आधारभुत विद्यालय कक्षा २ मा अध्ययनरत रविन्द्र साउँद, दिल्पेश्वर मावि कक्षा १० मा अध्ययनरत सुधा माझी र सोही विद्यालय कक्षा ९ मा अध्ययनरत रन्जिता साउँदको अविभावक बनेको साउँदले बताए । 
अविभावकत्व लिन आयोजना गरिएको एक कार्यक्रममा साउँदले भागेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने एक सय २० छात्राछात्रहरुलाई विद्यालय झोला समेत वितरण गरेका   छन ।
केवीले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आएका छन ।     नगरपालिकाभित्र सञ्चालित सामुदायिक बिद्यालयहरुलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग, बिगत पाँच बर्षदेखि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा   बितरण गर्ने जस्ता सामाजिक कार्य उनले गरेका छन् । 
समाज सेवा गर्दा आफुलाई सन्तुष्टी मिल्ने गरेको बताउने साउँदले नगरको फोहर व्यवस्थापनका लागि पनि बिभिन्न स्थानमा डष्टबिनहरु राख्दै आएका छन । 

“हलो सिएम” कार्यक्रम सुरु


प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी बनाउने र जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउने उद्देश्यले ७ नं. प्रदेशमा “हेलो सिएम” कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोमवार मुख्यमन्त्री तथा प्रदेश मन्त्रीप–रिषद्को कार्यालयमा एक कार्यालयका बिच ‘हलो सिएम’ कार्यक्रम उद्घाटन गरेका हुन ।
हेलो सिएम कार्यत्रमका माध्यमबाट सिधै जनताका गुनासाहरु सुनी समस्याको समाधान गर्नका लागि यो कार्यक्रको शुरुवात गरिएको मुख्यमन्त्री भट्टले बताए । ‘जनताले आफ्ना समस्या र गुनासाहरु सोझै जन प्रतिनिधिहरुलाई सुनाउन पाउनु पर्छ’ भट्टले भने ‘हेलो सिएम कार्यक्रमका माध्यमबाट जनताका गुनासा सुन्ने प्रयासको थालनी गरिएको गरिएको छ ।’ 
हेलो सिएम कार्यक्रममा मुख्यमन्त्री भट्टको गृह जिल्ला डोटीबाट पहिलो गुनासो आएको छ । डोटीको शिखर नगर–पालिका–२ का करणजंग शाहीले हलो सिएम कार्यक्रम सुरु भएकोमा खुशी व्यक्त गर्दै धनगढी महेन्द्रनगर लगायतका बजार क्षेत्रमा हुने गरेको ट्राफिक समस्या समाधान गरिदिन आग्रह गरेका छन् । 
टोल फ्रि नं. १६६०९१५२७२३ मा सिधै फोन गरी हलो सिएम कार्यक्रममा जुनसुकै नागरिकले पनि आफ्ना जिज्ञासा, गुनासा र सुझावहरु राख्न सकिने प्रदेश नं. ७ का मुख्य सचिव लक्ष्मीराम पौडेलले   बताए ।

गाउँमा सडक पुगेपछि रसाएका आँखा

दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका ७४ बर्षीय राईभान कुन्जेडा हातमा लौरो टेक्दै आए । आँगनमै गाडी पुगेपछि आफ्नो गाउँमा गाडी आउने सपना समेत नदेखेका राईभानका आँखा रसाए । ‘कैलालीको धनगढीबाट नुन बोकेर खाएको थिएँ मैले’ राईभान भन्छन् ‘गाउँमा गाडी आउला भन्ने त सोचेको पनि थिएन, तर आयो ।’ दमका रोगी राईभान भन्छन् ‘गाउँमै गाडी आएको देखेर मर्नु भन्ने लेखेको रहेछ भगवानले, त्यसैले म रोगी बुढो आजसम्म बाँचेको रहेछु ।’ 
वल्लो पाकरीको डाँडामा गाडी गुडेको धेरै भयो, पल्लो लडागडाको डाँडामा पनि गाडी गुडेको धेरै भयो तर वल्ला(पल्लो डाँडामा गाडी गुडेको हेर्दै पसिना पुछ्दै उकालो चढेर जिल्ला सदरमुकाम पुग्ने कुन्जेडीबासीहरुका गाउँमा गाडी पुग्दा हर्षले आँखा रसाए । ‘तिम्रो माईत त कहिल्लै गाडी पुग्दैन भनेर हाम्रा छोरीवेटीहरुलाई समेत जिस्काउने गर्थे तर अव त गाडी पुग्यो’ स्थानीय कालीदेवी कुन्जेडा भन्छिन् ‘त्यस्तो भन्नेहरुलाई जवाफ दिन पनि सजिलो भयो हामीलाई ।’ 
दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पाकरी–कुन्जेडी सडकको बिहिवार नगरप्रमुख मञ्जु मलासीले उद्घाटन गरेपछि कुन्जेडी गाउँमा सडक पुगेको छ । करीव १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सडकको लम्वाई चार किलोमिटर रहेको दिसिनपा(७ का वडाध्यक्ष कर्ण बिष्ट बताउँछन् । 
सडक पुगेपछि आफुहरुलाई नगरपालिकाको कार्यालयसम्म आउजाउँ गर्न सहज हुने बताउँछन स्थानीय प्रेमसिंह कुन्जेडा । उनी भन्छन् ‘गाउँमा कोही बिरामी हुँदा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल पु¥याउनु पर्ने बाध्यता थियो, तर अव एक्वुलेन्स मगाएर लैजान सकिन्छ ।’ बिरामी बोकेर लैजाने क्रममा बाटोमै मृत्यु भएका आफन्तहरु सम्झदै प्रेम भन्छन् ‘अव कम्तीमा समयमै अस्पताल पु¥याउन सकिनेछ ।’
बाचा पुरा गरे बाटो बिर्सेका उपप्रमुखले 
गत असारमा भोट माग्न कुन्जेडी जाने क्रममा बाटो बिर्सेका उपप्रमुखका उम्मेदवार शिवराज खड्काले आफु चुनाव जित्यो भने पहिलो काम यस गाउँमा सडक पु¥याउने सोच बनाएका थिए । ‘गाउँ गाउँ हिड्दै गर्दा राती भईसकेको थियो, अप्ठेरो बाटो थियो, बिर्सेर हामीहरु जंगलतिर लागेका रहेछौं’ उपप्रमुख खड्का भन्छन् ‘मैले त्यसैदिन गाउँमा अव अर्को पल्ट म आउँदा गाडी चढेर मात्रै आउँछु भनेको थिएँ, आज गाडी चढेरै आएँ ।’ 
उनी केही ढिलो भएकोप्रति क्षमा माग्दै स्थानीयलाई भन्दैथिएँ ‘अलि ढिलो भएपनि मैले मेरो बाचा पुरा गरे ।’ उनी त्यो बाटो सम्झदै भन्छन् ‘यस्तो बाटोमा यस गाउँमा मान्छेहरु कसरी हिड्छन् होला भन्ने लागेको थियो, त्यो यो गाउँ बिर्सेको थिएन ।’ 
उपप्रमुखका उम्मेदवारले यस्तो बाचा गर्दा स्थानीयले चुनावी बाचा भन्दै अविश्वास गरेका थिए तर गाउँमै गाडी पुगेपछि उनीहरु हर्षित भए । ‘उहाँले बोलेको कुरा पुरा गर्नु भएको छ’ स्थानीय दिलवहादुर कुन्जेडा भन्छन् ‘नेतामा हुनु पर्ने गुण उहाँमा रहेछ ।’ 
स्थानीयद्वारा सम्मान 
गाउँमा सडक पुगेपछि सडक उद्घाटन गर्न पुगेको नगरप्रमुख मलासी सहितको टोलीलाई स्थानीबासीले फुलमाला र दोसल्ला ओडाएर सम्मान गरेका छन् । 
जनप्रतिनिधि भईसकेपछि आफ्ना पिरमार्का बुझि काम गरेको भन्दै नगरपालिकाको टोलीलाई सम्मान गरिएको हो । नगरप्रमुख मलासी, उपप्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा र ईन्जिनियर डम्मर जोशीलाई दोसल्ला ओडाएर सम्मान गर्दै स्थानीय तेडी आधा–रभुत बिद्यालयका प्रधानाध्यापक दिलबहादुर कुन्जेडाले भने ‘जनताको आवश्यकता अनुसार काम गर्दै जानु होला भन्ने अुनरोध छ ।’
अवको लक्ष खानेपानी 
‘सडक त पुग्यो नेता ज्यू, खानेपानीका धेरै दुःख छन्, अव खानेपानी पनि बनाई दिनु प¥यो’ स्थानीय एक महिलाले नगरप्रमुख मलासीलाई बिन्ती गरिन् । स्थानीय भाषा प्रयोग गर्दै उनले थपिन् ‘तपाई पनि महिला हुनुहुन्छ, महिलाहरुका दुःख बुझ्नु भएको छ, हामीलाई एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ ।’ 
९५ परिवार रहेको कुन्जेडी गाउँमा खानेपानीको समस्या भएका कारण स्थानीय बिद्यालयमा समेत सरसफाई हुन नसकेको प्रधानाध्यापक कुन्जेडाले वताए । 
स्थानीयको आग्रहपछि नगरप्रमुख मलासीले भनिन् ‘आज म सडकको उद्घाटन गर्न आएँ, अर्को पल्ट खानेपानीको उद्घाटन गर्न आउँछु ।’ आफु झुटा आश्वासन दिने भन्दा पनि काममा बिश्वास गर्ने बताउँदै उनले भनिन् ‘यो गाउँमा खानेपानीका लागि सम्भाव्यता अध्ययन म आजैदेखि सरोकारवालाहरुसंग छलफल चलाउँछु ।’  

तेले संरक्षण गुरु योजना बन्ने

डोटीको शिखर नगरपालिकाले तेले लेक संरक्षणका लागि गुरु योजना बनाउने तयारी गरिरहेको छ । 
शिखर नगरकार्यापालिकाको शनिवार तेले लेकमा बसेको बैठकले तेले क्षेत्रको संरक्षण र बिकासका लागि गुरुयोजना तयार गर्ने निर्णय गरेको हो । बैठकको योजना सार्वजनिक गर्दै नगर–पालिकाका प्रमुख सिताराम जोशीले तेले लेकमा पर्यटन प्रवद्र्धन गर्नका लागि बिभिन्न पूर्वाधारहरु तयार गर्न तेलेलेक संरक्षण गुरुयोजना बनाईने जानकारी दिए । ‘प्राकृतिक सम्पदाको अथाह भण्डार रहेको यस तेले क्षेत्रमा पर्यटकहरु भित्राउन सके नगरपालिकाको समग्र बिकासमा टेवा पुग्नेछ’ जोशीले भने ‘पर्यटकहरु आकर्षित गर्नका लागि पूर्वाधारहरुको विकास गर्नु जरुरी छ । ’
उनले देउतालमा बाँध निर्माण    गरी कृतिम ताल निर्माण गर्ने गरी स्टिमेट भईसकेको वताए । ‘तेले क्षेत्रमा सडक निर्माण र देउतालमा बाँध निर्माण पहिलो प्राथमिकतामा छन्’ उनले भने ‘अन्य गतिबिधिहरु गुरुयोजना निर्माण भईसकेपछि बनाईनेछ ।’ 
बैठक स्थल पुगेको जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले तेलेको विकासका लागि सवै भन्दा पहिले सडक आवश्यक भएको वताए । ‘सडक नै पहिलो आधार हो, सडक पुगेपछि अन्य विकास गर्न सजिलो हुन्छ’ प्रमुख ऐरले भने ‘सडकलाई प्राथमिकता दिनु पर्छ ।’ उनले तेले लेक संरक्षणको लागि जिल्ला समन्वय समिति र आफु आवद्ध नेकपा एमालेको पूर्ण सहयोग हुने समेत बताए । ‘मेयर सावले राम्रो काम गर्दै हुनुहुन्छ, म जहिले पनि उहाँको साथमा छु’ ऐरले भने ‘म नेकपा एमालेको नेता भएका कारण एमालेको र जिल्ला समन्व्य समितिको प्रमुख भएका कारण जिल्ला समन्वय समितिको उहाँलाई पूर्ण सहयोग हुन्छ ।’ 
कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले तेले क्षेत्रमा पूर्वाधार विकास गर्दा बातावरणीय प्रभाव मुल्याङ्कन गर्नु पर्ने कुरामा जोड दिए । ‘घना जंगलमा सडक लैजानु उपयुक्त हुँदैन, मैले यस्तो घना जंगल बिनास गरेर सडक लगेको धेरै कम देखेको छु’ प्रजिअ यादवले भने ‘कुनै पनि निर्माण गर्दा त्यसको प्रभावलाई ध्यान दिनु जरुरी हुन्छ ।’ 
पर्यटकहरु कृतिम बस्तु भन्दा पनि प्राकृतिक बस्तुहरु हेर्न ईच्छुक हुने बताउँदै सडक निर्माणका नाममा घना जंगल फडानी भएपनि यहाँ प्राकृतिक बस्तुहरु नरहने उनले वताए ।

छोटकरी समाचार

बिद्यालयमा प्रारम्भिक पढाई कार्यक्रम सुरु

विद्यालयमा भर्ना भएका कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिका र शिक्षकहरुलाई लक्षित गर्दै बालबालिकाहरुको शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यका साथ डोटीका एक सय ७३ विद्यालयमा प्रारम्भिक पढाई शिक्षा कार्यक्रम लागु हुने भएको छ ।
बालवालिका विद्यालय प्रवेश पश्चात गुणस्तरीय सिकाई र बिद्यालयमा टिकाउन कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौडेलले बताए ।
बालवालिका विद्यालयमा प्रवेश पश्चात गुणस्तरीय सिकाई हुन आवश्यक रहेको हुदा यो कार्यक्रमलाई जिल्लाब्यापी बनाई सबै गाउँपालिका, नगरपालिका र वडाहरुले पनि सहयोग गनुपर्ने पौडेलको भनाई छ ।
सामुदायिक विकास केन्द्र डोटी को आयोजनामा परियोजनाको बारेमा सरोकार–वालहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न एक सय ७३ विद्यालयहरुमा   परियोजना संचालन हुने  जानकारी दिईयो । परियोजना संयोजक सतिश गुरुङ्गले शिक्षकहरूलाई तालिम,  शिक्षकहरूको घुम्ती बैठक, जनचेतना मुलक अभियान, शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रमहरु परियोजना अन्तरगत रहेका बताए । कार्यक्रममा गाँउपालिका र   नगरपालिकाका जनप्रतिनिधीहरु सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

खेल समाचार

आईपिएलमा चम्किए सन्दिप

एजेन्सी


भर्खरै बामे हिँड्न थालेको नेपाली क्रिकेट खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्नु सपना जस्तै हो तर सन्दीपका लागि त्यो सपना साकार भयो । दिल्ली डेयर डेभिल्सले उनलाई २० लाख भारतीय रुपैयाँमा आईपिएलका लागि अक्सनको सूचीमा राख्यो । 
सन्दीपका लागि आफूलाई प्रमाणित गर्ने यो अर्को स्वर्णिम मौका प्राप्त भयो ।  उनले खेलेका तीन खेलमा आफ्नो टिमलाई ८२ रन दिएर पाँच विकेट लिए । सबै खेलमा महत्वपूर्ण विकेट लिए । यसअघि जसरी उनले पाएका मौकालाई सदुपयोग गरेका थिए, आइपिएलमा पनि सन्दीप चुकेनन् ।
‘यति सानो उमेरमा आइपिएल खेल्न पाउनु उनको कडा परिश्रम लगाबका साथै भाग्यले पनि साथ दियो’ सन्दीपका बुबा चन्द्रनारायण लामिछानेले भने ‘काठमाडौंमा नामिबिया र केन्याविरुद्धको खेल हेर्दा यसले बलिङमा राम्रो गर्छ भन्ने अनुमान गरेको थिएँ, राम्रो पनि ग¥यो ।’ 
नेपाली छोरा सन्दीप आईपिएलमा चम्किएका छन् । पहिलो पटक यु–१९ को क्याम्पमा बस्दा हो या सिनियर टोलीमा खेल्दा उनी आशलाग्दा खेलाडीका रुपमा देखिएका थिए । आइपिएलमै पनि उनले आफूलाई प्रमाणित गरेका छन् । 
तर, उनले नेपाली क्रिकेटमा कति लामो समय खेल्छन् भन्ने सबैभन्दा महत्वपूर्ण बिषय हो । जसरी शक्ति गौचनले १७÷१८ वर्ष नेपाली क्रिकेटलाई दिए । त्यसरी उनले खेल्न सक्छन कि सक्दैनन् । सानै उमेरमा उनले ठूला उपलब्धि पाइसकेका छन् । अब त्यसलाई कायम  राख्दै लामो समय खेल्नु उनका लागि अबको चुनौती हो ।’उनले खेलमा स्थान बनाइराख्नु नै ठूलो कुरा हो ।

चलचित्र/मनोरञ्जन

सन्देशमुलक गीत सार्वजनिक


बन जंगल संरक्षण सम्वन्धि जनचेतनामुलक गीत आईतवार सार्वजनिक गरिएको छ । 
डोटीका युवा कलाकारहरुद्वारा तयार गरिएको उक्त गीत एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले सार्वजनिक गरिन् । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा तयार गरिएको उक्त गीतमा पत्रकार तथा कलाकार झलक पाली, कलाकार प्रेम नेपाली र कलाकार यमुना दर्लामी मगरको स्वर रहेको छ । कलाकार पालीको शव्द संगित रहेको उक्त गीत सुर ताल डिजिटल रेकर्डिङ्ग स्टुडियो, काठमाण्डौंमा रेकर्ड गरिएको पालीले  बताए । 
गीतले हाल भईरहेको बन जंगल फडानी रोक्न चेतना फैलाउन महत्वपूर्ण योदान दिने नगरप्रमुख मलासीले बिश्वास गरिन् । उनले यस्ता सन्देशमुलक कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिका सधैं क्रियासिल रहेको समेत बताईन । 
कार्यक्रममा नगर उपप्रमुख शिवराज खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा लगायतका व्यक्तिहरुले गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

चलचित्र ‘माछा माछा’ निर्माण हुने

चलचित्र ‘माछा माछा’ निर्माण हुने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि गरेको संघर्षको कथालाई उठान गर्नेछ ।
चलचित्रको मुख्य तिन पात्रमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् । साथमा यो चलचित्रमा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाण्डांै, भक्तपुर र ललितपुरमा गरिनेछ ।
सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । १ महिनामा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।
आजबाट काठमाण्डौको गौरी घाटलाई लोकेशन बनाउँदै यसको छायांकन सुरु गरिएको छ । पछिल्लो समय कमेडी जनराका चलचित्रको बाढी नै लागेको समयमा ‘माछा माछा’ पनि थपिएको छ ।

लेख 

समाजबादउन्मुख कि समाजबादको हुर्मत ?

हरी रोका

संघीय सरकारले संविधानमा प्रावधान गरिए बमोजिम जेठ १५, २०७५ मा पहिलो बजेट प्रस्तुत गर्नेछ । घोषित रूपमा कम्युनिस्ट पार्टीको सहज बहुमत भएको सरकार संघ र सातमध्ये ६ प्रदेशमा शासन सञ्चालनमा छ ।
प्रदेश र संघको निर्वाचनको समयमा प्रस्तुत घोषणा पत्रलाई आधार बनाएर कार्यान्वयनमा लैजान सरकारमाथि कुनै कानुनी तथा व्यावहारिक व्यवधान छैन । संविधानमा व्यवस्था भए बमोजिम एक साताको मार्जिन राखेर ७ जेठमा नीति तथा कार्यक्रम र १५ मा बजेट प्रस्तुत गरिने जनाइएको छ ।
समाजवादउन्मुख सामाजिक संरचना
आमगरिबी तथा बेरोजगारी, क्षेत्रगत असन्तुलन, खिइँदै गएको उत्पादकत्व र उत्पादनशीलता, दु्रतगतिमा बढ्दो व्यापारघाटा अहिलेको नेपाली अर्थ–राजनीतिको यथार्थ हो । जसलाई अर्थमन्त्रीले १६ चैतमा श्वेतपत्रमार्फत संघीय संसद्मा औँल्याएका थिए । यसैबीच कामरेड केपी ओलीको सरकारको सय दिन समापन भएको छ । अहिले एकीकृत पार्टी बनाएका हिजोका दुई वाम दलले गत वर्षको १७ असोजदेखि थालेको एकता र मेलमिलाप सम्बन्धी कामकारबाही जेठ पहिलो सातामा आइपुग्दा एकीकरण गरेर सम्पन्न भएको छ । यससँगै ‘समृद्धि’ र ‘विकास’ का निमित्त आर्थिक–सामाजिक अवस्थाको केस्रा–केस्रा केलाएर ‘समाजवादउन्मुख समाज निर्माण’को खाका तयार पारिएको अनुमान लगाउन सकिन्छ ।
यसपालि राज्यले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा खाका अनुरूप अधिकतम तथा न्यूनतम कार्यक्रम प्रतिबिम्बित हुने जनअपेक्षा रहनु पनि अस्वाभाविक हुँदैन ।
अर्थमन्त्रीले संघीय संसद्मा पेश गरेको विनियोजन विधेयक, सिद्धान्त र प्राथमिकतामार्फत ‘नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक प्रणालीको निर्माण गरी परनिर्भरताको अन्त्य गर्ने र नेपाली जनताले चाहेको उन्नत तथा न्यायपूर्ण समाज निर्माण गर्ने कार्यदिशामा आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटले विश्वसनीय आधारशिला तय गर्नेछ’ भन्ने आश्वासन पस्किएका छ ।
उनले त्यस दस्ताबेजमा संविधानमा उल्लेख गरिएको नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई मार्गदर्शक मान्दै, चुनावी घोषणापत्रलाई विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको आधारका रूपमा लिएको बताएका छ । तर, ३२ बुँदामा समेटिएको १३ पृष्ठ लामो उक्त विधेयकमा प्रस्तुत गरिएको ‘सिद्धान्त’ र ‘प्राथमिकता’ ले ठोस आकारमा लय पक्रिएको भने देखिँदैन ।
‘आमगरिबी, बेरोजगारी तथा असमानता’ ‘क्षेत्रगत विकास असन्तुलन’ ‘खिइँदै गएको उत्पादकत्व र उत्पादनशीलता’, ‘दु्रतगतिमा बढ्दो व्यापारघाटा’ नेपालका मुख्य समस्या हुन् । यी समस्या समाधानकै लागि विगतमा युद्ध र आन्दोलन भए । समाधानार्थ संविधानसभामार्फत संविधान जारी भएको छ ।
वर्तमान संविधानमा ‘समाजवादउन्मुखता’ आम गरिबी, बेरोजगारी र असमानता हटाउनकै लागि लेखिएको हो । क्षेत्रगत विकास असन्तुलनलाई सम्बोधन गर्न मुलुकले संघीय प्रणाली रोजेको होरु। खिइँदै गएको ‘उत्पादकत्व र उत्पादनशीलता’ को समस्या राज्यको वर्तमान आर्थिक तथा सामाजिक ढाँचामा समायोजन खोजेर होइन,        संरचनागत परिवर्तन गरेर मात्र समाधान गर्न सकिन्छ भन्ने प्रगतशील फाँटका विदेशी विज्ञको बुझाई छ ।
आर्थिक संरचनामा आमूल परिवर्तन, विद्यमान पुराना संस्थालाई नवीन आवश्यकता अनुसार परिवर्तन, नयाँ संरचनाको विकास, व्यापार सन्तुलन कायम गर्नु समाजवादी सिद्धान्तको जगमा सम्पन्न गरिने विषय हुन् । यति भन्न धेरै सुपारी चपाइरहन आवश्यक पर्दैन । त्यसैले सबैभन्दा प्रस्ट हुनुपर्ने विषय भनेको वर्तमान सत्तारूढ दल ‘राज्यको वर्तमान संरचनालाई’ ‘समाजवादउन्मुख सामाजिक संरचनामा’ बदल्न चाहन्छ कि चाहँदैन भन्ने हो ।
संविधानमा समाजवादउन्मुखता किन भनियो ?
पहिलो जनआन्दोलनअघि राजतन्त्रको नेतृत्वमा निरंकुश तानाशाही पञ्चायती व्यवस्था विद्यमान थियो । त्यो आर्थिक, राजनीतिक तथा सामाजिक संरचनामा जनताका अधिकार कुण्ठित थिए । २०४६ सालपछि स्थापित संवैधानिक राजतन्त्र तथा बहुदलीय–संसदीय व्यवस्थामार्फत सम्पन्न आमनिर्वाचनपछि बनेको कांग्रेसको बहुमतको सरकारले तत्कालीन आर्थिक–सामाजिक ढाँचाभित्रै रहेर नवउदारवादी बजार अर्थतन्त्र अपनायो ।
उदारीकरण, भूमण्डलीकरण र निजीकरणका मन्त्र अनुसार गरिएको रूपान्तरण प्रक्रियाका कारण शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रसमेत अलगानी (डाइभेस्टमेन्ट) को सिकार बन्न पुगे । त्यस्तै, कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दिइँदै आएका प्रत्यक्ष–अप्रत्यक्ष राहत र सहुलियत कटौती हुन पुगे भने सहयोग गर्ने सार्वजनिक संस्थाको निजीकरण गरियो । उदारीकरणको नीतिका कारण निजीकरण नगरिएका, तर आयात प्रतिस्थापन गर्ने सार्वजनिक उद्योग र संस्थाहरू एकातर्फको डाइभेस्टमेन्ट र अर्कातर्फ वैदेशिक उद्यमसँग प्रतिस्पर्धा गर्न नसकेर कतिपय टाट पल्टिए, कतिपय निजीकरणमा धकेलिए ।
यो नीतिगत फेरबदलले व्यापारमा नाफा आर्जन गर्न सजिलो देखेर विगतका उद्योगी घरानियाँहरूसमेत उद्योग छाडेर व्यापारमा छिरे । नवधनाढ्य राजनीतिज्ञ तथा तिनका सहयोगी शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा आर्जन गर्ने उद्यमका रूपमा विकास गर्न कम्मर कसेर लागे । सन् १९९०–१९९६ को अवधिमा कथित आर्थिक वृद्धि र समग्र विकासको नारा घन्काइयो । त्यसको अनुपातमा बढेको मुद्रास्फीति, डलर सटही विनिमय दर आकाश छुने गरी बढेको विषय, खाद्यान्न, लत्ताकपडा, शिक्षा र स्वास्थ्य खर्चमा गुणात्मक महँगीबारे चर्चा–  परिचर्चासम्म भएन ।
सन् १९९२–९६ भित्र वृद्धि हुन पुगेको विकराल असमानताको दर (जिनी कोफिसियन्ट) बारे मूलधारका अर्थशास्त्री तथा नीति निर्माताबीच बहसको विषय नै बनेन । त्यो बीचमा वामपन्थीहरू पनि अल्पमत तथा सहकार्य गर्ने गरी सरकारमा आए । उनीहरूले संरचनागत रूपान्तरणभन्दा पनि लोक कल्याणका केही लोकप्रिय कार्यक्रम मात्र अगाडि सारेको देखियो ।
आज देखिएको विशाल व्यापारघाटा हिजो–अस्तिको राति वा दिउँसोको क्रियाकलापको मात्र उपज होइन । यो त्यतिवेला अर्थात् सन् १९८६ सुरु भएर १९९२ देखि तीव्र गति लिएको सैद्धान्तिक, संरचनागत, नीतिगत तथा संस्थागत क्रियाकलापको उपज हो । ३२ वर्षदेखि नवउदा–रवादी बजार अर्थतन्त्रले एक खालको उत्पादन पद्धति (मोड अफ प्रोडक्सन) को विकास हुन पुग्यो । यो उत्पादन पद्धतिमा आमरूपमा गरिबी, बेरोजगारी, असमानता, क्षेत्रगत विकास असन्तुलन, उत्पादकत्व र उत्पादनशीलतामा ह्रास तथा तीव्र गतिमा व्यापारघाटा हुन पुग्यो ।
कृषि क्षेत्रको व्यवस्थापन, रूपान्तरण र हस्तान्तरण
बजार अर्थतन्त्रका पक्षपातीहरू समष्टिगत अर्थतन्त्रमा कृषिको योगदान ३१ प्रतिशतबाट २८ मा झरेकोमा खुसी छन् । अझ यो १० प्रतिशतमा झार्नु पर्छ भन्ने आवाज पनि चर्को रूपमा सुनिने गरेको छ । तर, यो पंक्तिकारको बुझाइ भने अलिक फरक छ । कृषिको योगदान त्यतिवेलासम्म घट्नु हुँदैन जबसम्म कृषिमा आश्रित परिवार वा जनसंख्या घट्दैन ।
कृषिमा आश्रित जनसंख्या आफसेआफ त्यतिवेला घट्छ जब कृषिको आधुनिकीकरण र कृषि क्षेत्रको मूल्य अभिवृद्धि हुने गरी देशव्यापी औद्योगिकीकरण हुन्छ । समष्टिगत अर्थतन्त्रमा कृषिको योगदान घट्नु, तर श्रम र आश्रित जनशक्ति नघट्नुको अर्थ गैरकृषि क्षेत्र र कृषि क्षेत्रमा संलग्न घरपरिवारबीच असाधारण रूपमा असमानता बढ्नु हो । यस्तो असमानताको परिणाम के हुन सक्छ भन्ने दशकअघि विकसित र विस्तारित गृहयुद्धजन्य राजनीतिक घटनाक्रमले प्रस्ट पार्छ ।
यतिवेला अर्को एउटा समस्या झन् विकराल रूपमा देखिएको छ । गल्फ शान्त छैन, जहाँ हाम्रा ३० लाखभन्दा बढी युवायुवती रोजगारीका लागि त्यहाँका दर्जन मुलुकमा छरिएर रहेका छन् । इरान र साउदी अरेबिया, इरान र इजरायल, साउदी र यमन, साउदी र कतार, इजिप्ट र टर्कीबीच अत्यन्त तीव्र धु्रवीकरण बढिरहेको छ ।
नेपथ्यमा रहेका अमेरिका, रुस र चीनबीच भयानक शीतयुद्धले यो धु्रवीकरणलाई अझ तीव्र पारिदिएको छ । कथंकदाचित् युद्धको आगो सल्कियो भने लिफ्टका लागि मोदीसँग हारगुहार त मागौँला, तर फर्केर आउने युवा जनशक्तिलाई तत्कालका लागि अटाउने ठाउँ भनेको त फेरि त्यही कृषि नै हो ।
यस हिसाबले संकटग्रस्त बन्न पुगेको कृषिमा संघीय राज्यले खेल्नुपर्ने भूमिका संरचनागत, संस्थागत, नीतिगत तथा लगानीगत हिसाबले के ? प्रदेश र स्थानीय तहमा गरिनुपर्ने संस्थागत समन्वय कसरी गर्ने भन्ने विषय बुँदागत रूपमा आउनुपर्ने होइन र ? समाजवादउन्मुख अर्थतन्त्र भनेको ‘व्यक्तिवादलाई प्रश्रय दिने बजार अर्थतन्त्र होइन’ । न त वैदेशिक लगानीका नाममा जथाभावी नाफा कमाएर–कुम्ल्याएर भाग्ने कथित उद्यम र व्यवसायले समाजवाद–उन्मुखतालाई टेवा दिन्छन् ।
भुइँचालोबाट निम्तिएको अव्यवस्थाको सम्बोधन
०७२ को भुइँचालोबाट नेपालको मध्य तथा पूर्व क्षेत्रका झन्डै ३२ जिल्ला प्रभावित र आठ लाख घर ध्वस्त भए । अर्बाैं रुपैयाँ बराबरको सम्पत्ति नोक्सान हुन पुग्यो । आठ हजारभन्दा बढी मानिस मारिए । त्यसको क्षति व्यहोर्न वा परिपूर्ति गर्न खर्बौं रुपैयाँ लाग्ने र सहयोग र सद्भावका लागि अन्तराष्ट्रिय दाता सम्मेलन पनि सम्पन्न भयो । भूकम्पपछि एकीकृत बस्ती, आवास लगायत यावत् पूर्वाधार निर्माणमा चाहिने आवश्यक सामग्री, जनशक्ति कति आवश्यक, कति उपलब्ध, कति तयार पार्नुपर्ने हो भन्ने विषय सम्बोधन भएन ।
जनसंख्या बिववरण र बसाईसराई
०४६/४७ को राजनीतिक परिवर्तन लगत्तै शिक्षा, स्वास्थ्य र रोजगारीको प्रवृत्तिमा बृहत् परिवर्तन हुन पुग्यो । जनसंख्याको पुनःउत्पादन प्रक्रियामा आएको व्यापक परिवर्तनले नेपाली कृषि, उद्योग, पर्यटन आदि क्षेत्रमा के कस्तो सकारात्मक र नकारात्मक प्रभाव परेको होला ? खासगरी बाह्य जिल्लामा बसाइँसराइ कसरी भइरहेको छ ?
हिमाल र पहाडबाट तराई र राजधानी लगायत सहरमा जनसंख्या स्थानान्तरण कसरी भइरहेको छ ? र, सडक तथा अन्य पूर्वाधार तयार भइरहँदा पूर्वाधार, बजार र सहर निर्माण कसरी भइरहेको छ ? त्यसले समग्र विकासमा के प्रभाव परेको छ ? नीतिगत, योजनागत रूपले यसलाई सम्बोधन गर्नु पर्दैन ?
नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने विषय
१. राज्यको भूमिका 
संघको भूमिका उत्पादक, सहजकर्ता, सेवाप्रदायक कुन क्षेत्रमा के–के हुने ? बजारमा के छाड्ने ? नियमन कसले गर्ने ? योजनाबद्ध ढंगले प्रदेश र गाउँ–नगर सरकारबीच समन्वय–सहकार्य कसरी गर्ने ? वर्तमान वास्तविकतामा आधारित मौलिक अधिकारका (राइटबेस्ड एप्रोच) कसरी स्थापित गर्ने ? स्कुले शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार (पानी, बिजुली, स्यानिटेसन, सार्वजनिक यातायात, आवास व्यवस्थापन, आधारभूत रोजगारीमा कसको कस्तो जिम्मेवारी ? कसले कस्तो दायित्व बोक्ने भन्नेमा प्रस्ट नीति आउन आवश्यक छ ।
२. निजी क्षेत्रको भूमिका
सन् १९९५/९६ मा औद्योगिक उत्पादनमा लगानी किन हुन सकेन ? जमिन, श्रम, बिजुली, टेक्नोलोजी, यातायात, पुँजीको मूल्य, ब्याजदर र अन्य धेरै फ्याक्टरमा को, कसरी जिम्मेवार हुने ? एउटै फर्म वा परिवारले उद्योग, बिमा र बैंक सञ्चालन गर्नु ठीक हो, होइन ? रणनीतिक उद्योग, आधारभूत उद्योग तथा राष्ट्रिय पुँजी र तिनलाई कुन क्षेत्रमा कसरी संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ ? बाह्य लगानी, बाह्य प्रतिस्पर्धा, बाह्य नाफा र नाफाको पुनर्लगानी कसरी व्यवस्थित गर्दा स्वाधीन अर्थतन्त्र व्यवस्थित हुन्छ ? प्रस्ट नीति, कार्यक्रम र बजेट कसरी प्रस्तुत हुन्छ ?
३. पुँजी निर्माण
कुल गार्हस्थ उत्पादनमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने कुल गार्हस्थ पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) ४.७ प्रतिशत र १८.३ प्रतिशत रहेको  छ । यति सानो स्केलमा भइरहेको पुँजी निर्माणले आवश्यकता अनुसार रोजगारी, आवश्यकता अनुसार उत्पादन सम्भव   हुन्न । जुन तहमा उपभोग बढी रहेको छ र जुन रूपमा प्रतिव्यक्ति बचत कमजोर हुँदै छ, त्यसले उपभोगमा आधारित कर पनि कमजोर बन्दै गएको छरु। यसको अर्थ स्रोतमा कमी हुन्छ, यसलाई परिपूर्ति गर्ने योजना के हुन सक्छ ? आयात वृद्धि, निर्यात कमजोर बन्दै जाँदा उत्पन्न हुने बेरोजगारी तथा आर्थिक उत्पादन अवरुद्धता (स्ट्यागल्फयासन) लाई कसरी सम्बोधन गर्ने ?
४. सहकारी क्षेत्र
सहकारी क्षेत्र कमजोर मात्र छैन, विश्वव्यापी मान्यताभन्दा भिन्न ढंगले सञ्चालनमा आएका छन्रु। सहकारी नेपाली अर्थतन्त्रको तीन खम्बामध्ये एउटा खम्बा हो । तर, यो साधारण जनता र गरिब जनताको पक्षमा हुन सकिरहेको देखिन्न । उत्पादनमा, मजदुरीमा, सामाजिक स्वामित्वमा र नयाँ ढंगको सामाजिक उत्पादन पद्धतिमा सहकारी कसरी अगाडि बढ्छ ? यससम्बन्धी योजना, कार्यक्रम र बजेटले कसरी सम्बोधन गर्छ ?
५. नवउदारवादको विकल्प
गोलमटोल समाजवाद होइन । नवउदारवादको ढाँचा र कार्यक्रममा टेकेर समाजवादमा पुग्न सकिन्नरु। नवउदारवादी मानसिकता, बजारवादी नाफामूलक व्यवस्थापन, नवउदारवादी व्यवस्थापनमा आधारित समाजवादको निब बस्न सक्दैनरु।
यस अर्थमा आर्थिक प्रजातन्त्र, आर्थिक न्याय, दिगो वातावरणीय दिगोपन, मानवीय ऐक्यबद्धता र आर्थिक समुन्नतिका लागि कार्यक्षमता (इकोनोमिक इफिसियन्सी) बनाउने विषयका निमित्त कस्तो राजनीतिक निर्णय गर्ने ? दीर्घकालका लागि इम्पेरेटिभ प्लान कसरी कुन संस्थागत आधारमा तय गर्न सकिन्छ ।
— नयाँ पत्रिकाबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

१. हरेक बर्ष प्रदान गरिने एक लाख रुपैयाँ राशिको ईच्छु स्मृत पुरस्कारबाट बि.संं २०७५ मा सम्मानित हुने स्रष्टा को हुन ?    — बिनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा (संयुक्त रुपमा) 
२. साहित्यतर्फको ईच्छुक प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत को हुन ?  — कवि शोभा दुलाल 
३. कलातर्फको ईच्छुक प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत को हुन ?  
— फुलमाया दर्जी र प्रगति हिङमाङ 
४. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मङ्गलग्रहमा हेलिकप्टर पठाउने भएको छ ? 
— सन २०२० 
(रिमोटबाट चल्ने हेलिकोप्टरलाई मङ्गलग्रहको पातलो वायुमण्डलमा उडान गर्न सक्ने गरी डिजाईन गरिएको छ । यो हेलिकोप्टरको पङ्खा प्रतिमिनेट तीन हजार पटक घुम्नेछ, जुन पृथ्वीमा उडान भर्ने साधारण हेलिकोप्टरको तुलनामा १० गुना बढी रहेको बताईएको छ । 
५. बि.सं. २०७५ मा प्रदान गरिएको दुई लाख रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन ?      — डा. महेन्द्र बिष्ट, र डा. राजेश झा ‘अहिराज’ 
६. “त्यो समय’ नामक संस्मरणात्मक पुस्तकका लेखक को हुन ?   — शारदा शर्मा 
७. बि.सं. २०७५ बैशाखमा सम्पन्न मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी कसले जित्यो ?  — प्रदेश नं. ७ (उपबिजेता प्रदेश नं. २) 
८. “हाँसो एउटा त्यस्तो सूर्य हो, जसले मानव मुहारबाट हिउँद भगाईदिन्छ ।” भन्ने बिचारक को हुन् ? 
— भिक्टर ह्युगो, फ्रान्सेली लेखक 
९. बिश्वमा पहिलो पटक मोवाईल फोनको प्रयोग कहिले गरिएको हो ?   — सन १९७३ मा, 
(मोवाईल फोनका अविस्कारक मार्टिन कपुरले पहिलो पल्ट मोवाईलबाट फोन सम्पर्क स्थापित गरका हुन ।) 
१०. मलेसियामा सन् २०१८ मे मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित हुन सफल व्यक्ति को हुन ?      — महाथिर मोहम्मद् 
(आधुनिक मलेसियाका जन्मदाताको रुपमा चिनिने महाथिर ९२ बर्षको उमेरमा पुनः प्रधानमन्त्री बने । सुधारबादी नेताको छवि बनाएका महाथिरको पुनरागमनले अन्य कुराका साथसाथै मलेसियाको               रोजगारीमा देखिएका समस्या समाधानमा कदम चालिने विश्वास गरिएको छ ।) 
११. हुम्के विमानस्थल कुन जिल्लामा रहेको छ ?   — मनाङ, 
(आठ बर्षअघि नै स्तरोन्नती र कालोपत्रे गरी बा¥है महिना जहाज अवतरण गर्न सकिने हुम्के बिमानस्थलमा हाल सरकारी तवरबाट वा व्यवसायिक हिसवाले कुनै पनि जहाज अवतरण भएको छैन ।)
१२. पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको दुई दिने भ्रमण कहिले भएको    थियो ?  — बि.सं. २०७५ बैशाख २८ देखि २९ सम्म 
(मोदीले भारतीय प्रधानमन्त्रीको हैसियतले तेश्रो पटक नेपाल भ्रमण गरेका हुन ।)
१३. लण्डन ईन्स्टिच्युट अफ बैङ्किङ एण्ड फाईनान्स र युके फाईनान्सद्वारा प्रदान गरिएको ‘फाईनान्सियल ईन्नोभेसन अवार्ड–२०१७’ बाट सम्मानित नेपाली युवा को हुन ?  — प्रकाश कोईराला 
(फिनलिट नेपाल नामक संस्था स्थापना गरी बित्तीय साक्षरता अभियानमा सक्रिय रहनु भएका             कोईरालाको संस्था सर्वसाधारणलाई बैङ्क तथा बित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसायमा सहयोग पु¥याउँदै आएको छ । कोईरालाले ग्रामिण क्षेत्रमा पैसाको महत्व बुझाउने बिभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै हुनुहुन्छ । विजयी घोषित भएपश्चात् उहाँले ट्रफी र करिव साँढे तीन लाख रुपैयाँ सहितको पुरस्कार थाप्नु भयो ।) 
१४. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ पर्वतारोही को हुन ? 
— ७० बर्षीया जिया वोयु (सन् २०१८ मे १४) 
१५. बि.संं. २०७५, बैशाखमा मनाईएको तेश्रो राष्ट्रिय पत्रकारिता दिवसको नारा के हो ?
— समृद्धि र सुशासन, आमसञ्चारको अभियान 
१६. बिश्व भोकमरी सूचकाङ्क २०१७ मा नेपाल कुन स्थानमा रहेको छ ?    — ७२ औं 
१७. मेगा बैङ्क नेपाल टुरिज्म डेभेलपमेण्ट बैङ्ग गाभिई एकीकृत कारोवारको शुरुवात कहिले देखि भएको हो ?    — २०७५ साल बैशाख ३० गते देखि 
१८. मणिबिक्रम शाह कुन खेलसंग सम्वन्धित हुन ?  — फुटवल 
१९. प्राचिन कालमा चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?  — दोलाद्री गिरी 
२०. बिश्वको चर्चित आर्थिक पत्रिका फोव्र्सद्वारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदन अनुसार बिश्वको सवैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?   — चिनियाँ राष्ट्रपति सि जिन पिङ 
२१. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पंक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ? 
— सन १८५० (यो पंक्षी अन्तिम पटक सन् १८५० मा देखिएको भनिन्छ ।) 
२२. सन् २०१७ को ‘टाईम पर्सन अफ दि ईयर’ कसलाई घोष्णा गरियो ?  — द साईलेन्स ब्रेकर 
(यौनजन्य दुव्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘ह्यासमिटु’ सञ्चालक तथा संस्थापक ‘द साईलेन्स ब्रेकर्स’ यो बर्षको टाईम अखवारको ‘पर्सन अफ द ईयर’ मा चयन भएको हो ।) 
२३. नेपालका दुई ठुला बाम दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कहिले पार्टी एकता भएको हो ?   — बि.संं. २०७५ साल जेठ ३ गते (दुई पार्टीबिच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ भएको छ । 

साहित्य/सिर्जना

गजल

कुरो गरे पो कुरो बुझिन्छ
नत्र कसरी कुरोको चुरो बुझिन्छ
गुरु कुन कुन भेषमा छन के थाहा 
अभावले नै आखिर साघुरो बुझिन्छ
शीरमा केशहरुले बास गरेपछि पो
कपालले बनाएको जुरो बुझिन्छ
दिउँसो सबै कुरा कहाँ देखिन्छ र
रात परेपछि नै मधुरो बुझिन्छ
पुस्पा जोशी “काली“ 
धनगढी ,कैलाली

बन जंगल जोगाऔं

घाँस पात काठ दाउरा, सिमित गरौं दोहन 
कटानी फडानी रोकौं, रोकौं अति चरण 
वन जंङ्ग खरानी हुन्छ, डढेलो लगाउँदा 
सजिव प्राणी सवलाई चाहिने जोगाउँ वन सम्पदा 
      सवै मिलि वन जंगल जोगाउँ 
       जथाभावी डडेलो नलगाउँ 
ताल तलैया नदीनाला सुक्दैछन् मुहान 
रुखले दिने प्राण वायु, घट्यो अक्सिजन 
बिश्वव्यापी तापक्रम, बढ्दै छ दिनदिन 
जसले अझै मानव जीवन, बन्दैछ कठिन 
      वनले दिन्छ अक्सिजन पानी 
      रोक्नु पर्छ वन जंगल फडानी 
प्राकृतिक वन सम्पदा, सदुपयोग गरौं 
नीति नियम पालन गरौं, सवलाई सन्देश छरौं 
भोली भोली भन्ने होईन, आजैदेखि उठौं 
उपभोक्ता सचेत बनौं, वन जोगाउन जुटौं 
      वन सम्पदा होहलाई रोकौं 
      एउटा काटे दश वटा रुपख रोपौं 
जडिवुटी जिवजन्तु, भैसके दुर्लभ 
प्रकृतिका उपहार, बचाउनुछ अव 
ठाउँ ठाउँमा बाढी पहिरो, बस्ती डुव्न थाले 
मान्छे आफै संकटमा छ, जंगल मासिनाले 
      आफु बाँचन वन जंगल बचाउँ 
      पुस्तौं पुस्ता सन्ततीलाई साँचौं ।
झलक पाली 
कलाकार/पत्रकार

पल पल

पल पल मर्ने गर्छु, बर्षांै बाँच नभन
थोपा थोपामा प्यास मेटछु सागरको कुरा नगर
संघर्षमै जीवन बित्यो प्रगति के भो नसोध
एकान्तमा एक्लै रुन्छु, सुखको कुरा नगर
पश्चातापमा जलिरहेछु गल्ति के भो नसोध
आजित छु दुनियाँ देखि मानवताको कुरा नगर
मजबुरीको दास हँु म सम्झौता के हो नसोध
संवेदना सारा हराइसक्यो स्नेहको कुरा नगर
पसिना र आँसु मात्र हाल के छ नसोध
रोम रोममा पिडा हुन्छ दुखाई के हो नभन
हिड्दा हिडदै थाकिसके गन्तब्य कहाँ छ नसोध
आँखा भएर नि अन्धो भए ज्योति को कुरा नगर
पाइलापिच्छे असफलता सफलता के हो नसोध
आधार नै भत्किसक्यो छानो हाल्ने कुरा नगर
जानुथ्यो पूर्व पुगेछु पश्चिम लक्ष्य के थियो नसोध
सुरु नभई अन्त्य हुने कथाको कुरा नगर
शब्द छैन चोट पोख्न्ने बेदेना के हो नसोध
दुख्ने घाउ भयो जिबन नुनचुक नछर्क !!
बिष्णु सिलवाल क्षेत्री

सूचना/सन्देश/बिज्ञापन 














Monday, May 7, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल बैशाख २५ गते मंगलवार

‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,
आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
www.presscouncilnepal.org
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

७ नं. प्रदेशको अध्यक्षमा शाह बिजयी

शनिवार सम्पन्न नेपाल पत्रकार महासंघ ७ नं. प्रदेश समितिको अध्यक्ष पदको निर्वाचनमा पत्रकार अर्जुन शाह तीन सय ७९ मत सहित बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी हरीप्रसाद जोशीले दुई सय ६२ मत पाएका छन् । 
पत्रकारहरुका बैचारिक संगठनहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेण्टरबिच भएको भागवण्डा अनुसार ७ नं. प्रदेशमा प्रेस चौतारीबाट अध्यक्ष हुने सहमति भएको थियो । तर प्रेस चौतारीभित्र उम्मेदवार चयनमा बिवाद भएपछि अर्जुन शाह र हरीप्रसाद जोशीले उम्मेदवारी दिएका   थिए । शाह र जोशीको उम्मेदवारीलाई लिएर प्रेस  चौतारी नेपालको केन्द्रिय कमिटीमा समेत बिवाद आएको थियो । प्रेस चौतारीको उम्मेदवारको आधिकारिकताको बिवादले सेण्टर र युनियनमा समेत असर परेको छ । 
नौ सय ९६ सदस्य रहेको प्रदेश ७ मा ६ सय ६५ मत खसेकोमा २० मत बदर भएका छन् । जिल्ला जिल्लामा मतदान केन्द्र कायम गरी भएको मतदानको परिणाम अनुसार बैतडीमा शाहले ३२ र जोशीले १३ पाएका छन् । यस्तै कैलालीमा शाहले एक सय, जोशीले ४३, बदर मत चार, कञ्चनपुरमा शाहले ७९, जोशीले ८९,  र बाजुरामा शाहले २७ र जोशीले १८ मत पाएका छन् । यस्तै डोटीमा शाहले १८, जोशीले २२, डडेल्धुरामा शाहले २४, जोशीले ३५, अछाममा शाहले ५३, जोशीले २७, मत प्राप्त गरेका छन् । अछाममा एक मत बदर भएको छ । बझाङ्गमा शाहले ३७, जोशीले चार, दार्चुलामा शाहले नौ र जोशीले ११ मत प्राप्त गरेका छन् । दार्चुलामा १९ मत बदर भएका छन् । 
चौतारीभित्रको बिवाद नमिल्दा अध्यक्ष पदका लागि मात्रै निर्वाचन भएको हो । अन्य पदहरुमा यस अघिनै निर्विरोध चयन भईसकेका छन् । 
उपाध्यक्षमा प्रेस सेण्टरका दुर्गाप्रसाद भण्डारी, महासचिवमा युनियनका योगेश रावल, महिला उपाध्यक्षमा चौतारीका चाँदनी आचार्य र खुला सचिवमा सेण्टरका करन ताम्राकार, समावेशी सचिवमा युनियनका प्रेम चुनारा र कोषाध्यक्ष नरेन्द्र भट्ट निर्विरोध भएका छन् । खुला तथा समावेशी सदस्यहरुमा समेत निर्विरोध चयन भएका छन् ।

पेशागत सुरक्षाका लागि प्रतिवद्ध छु–शाह
नेपाल पत्रकार महासंघ ७ नं. प्रदेशका नवनिर्वाचित अध्यक्ष अर्जुन बहादुर शाहले महासंघको प्रदेश समिति व्यवसायिक पत्रकारहरुको पेशागत सुरक्षाका लागि क्रियासिल रहने वताएका छन् । 
सोमवार नेपाल पत्रकार महासंघ डोटी शाखाद्वारा आयोजित अध्यक्ष शाहको सम्मान तथा स्वागत कार्यक्रममा उनले समाचार सम्प्रेषण गरेकै आधारमा कुनै पनि सञ्चारकर्मीले असुरक्षित भएको महसुस गर्नु नपर्ने गरी सम्वन्धित पक्षसंग समन्वय गरिने बताए । ‘अहिले धेरै सञ्चारकर्मीहरु पेशावाट पलायन हुनु पर्ने अवस्था रहेको छ’ शाहले भने ‘एकैचोटी सवै समस्या समाधान गरिहाल्छौं भन्ने त हुँदैन तर सञ्चारकर्मीहरुले पत्रकारिता पेशाबाटै बाँच्न सक्ने गरी बातावरण बनाउने प्रयास     गरिनेछ ।’ 
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सवै सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै शाहले भने ‘निर्वाचनका क्रममा स्वभाविक रुपमा पक्ष बिपक्ष हुन्छ नै तर अव हामी सवै साथीहरु एक ठाउँमा आउनु पर्छ, कसैको पक्ष बिपक्ष भन्दा पनि पेशागत सुरक्षाका लागि एक भएर अगाडी आउनु पर्छ ।’ उनले आफु सवै सञ्चारकर्मीहरुसंग समान व्यवहार गर्ने बताए । ‘मेरा लागि कोही आफ्नो र पराया छैन, म अग्रज दाजुहरुको सम्मान गर्छु र सहकर्मीसाथीहरुसंग सधैं निकट सम्वन्ध बनाउनेछु’ शाहले भने ‘मैले सवै सञ्चारकर्मीहरुबाट सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेको छु ।’ उनले सञ्चारकर्मीहरुको पेशागत क्षमता बिकास र जिल्ला शाखाहरुको भौतिक विकासका लागि प्रदेश समितिले ठोस् योजना वनाएर जाने बताए । 
प्रेस चौतारी पृष्ठभूमिका शाहले संगठनको निर्णय अवज्ञा गरेको भन्द्र चौतारीका अध्यक्ष गणेश बस्नेतले शनिवार बिहानै बिज्ञप्ती जारी गरी उनलाई १० बर्षका लागि कारवाही गरिएको सार्वजनिक गरेका थिए । बस्नेतले चौतारीको अधिकारिक उम्मेद्वार हरीप्रसाद जोशी भएको भन्दै जोशीलाई मतदान गर्न अपील समेत गरेका थिए । 

सम्पादकीय 

चेतनाको विकास गरौं

अहिले चारैतिर विकासको चर्चा चलेको छ । स्थानीय तहको पुनर्संरुचनापछि गाउँपालिका/नगरपालिकामा आएको बजेटले विसकाको नयाँ बहस सिर्जना गरेको छ । खानेपानी, बाटो, सडक, पुल, पर्यटकीय स्थल, मन्दिर, पाटी पौवा यस्तै थुप्रै संरचनाहरु निर्माण हुने क्रममा छन् । भौतिक पूर्वाधार निर्माणसंगै जनप्रतिनिधिहरु, कर्मचारीहरु, उपभोक्ता समितिहरु र निर्माण व्यवसायीहरु भ्रष्टाचारमा चुर्लुम्म डुवेको कुरा बेलाबेलामा चर्चामा आउन थालेको छ । होला बिपक्षी दलहरु र दलका नेताहरुले केही बढाई चढाई गरेका पनि होलान् तर सवै कुरा थपथाप गरेर मात्रै हुँदैन । केही कुरा भएको अवश्य छ । 
सडक बनाउने नाममा डाँडो भत्काउनका लागि दिनहुँ मेसिनहरुको संख्या बढ्नुले यसभित्र भ्रष्टाचार लुकेको होईन मौलाएको छ भन्ने कुरा प्रष्टै भएको छ । होईन भने डोजर व्यवसाय यसरी फस्टाउने थिएन । अहिले जहाँ पनि देखिएको सडक मात्रै हो अर्थात विकास भनेको सडक मात्रै हो भन्ने बुझेका छन् स्थानीय तहका जनप्रतिनिधिहरुले । 
बिगतका बिकास निर्माणका योजनाहरुले पनि भौतिक पूर्वाधार निर्माण गर्दैमा विकास हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ । भएका भौतिक संरचनाहरुको संरक्षण गर्नका लागि उपभोक्ताहरुले अपनत्व ग्रहण गर्नु पर्छ । जवसम्म उपभोक्ताहरुले अवनत्व ग्रहण गर्दैनन् तवसम्म त्यो भौतिक संरचनाहरुको संरक्षण हुन सक्दैन । उदाहरणको रुपमा मन्दिर र धर्मशालाहरुलाई लिन सकिन्छ । मन्दिरमा आस्था भएका कारण जनताले अवनत्व ग्रहण गरेका छन, त्यसकारण मन्दिर भत्केपछि त्यसको पुननिर्माण गर्न, मन्दिरमा रङ्ग रोगन गर्न, पाठपुजा गर्न जनता आफै तयार हुन्छ । यद्यपी अहिले मन्दिरका नाममा पनि भ्रष्टाचार मौलाएको छ । तर त्यही ठाउँमा भएको धर्मशालाको संरक्षण गर्दै बरु त्यहाँ भएको काठ ढुङ्गा चोरेर आफ्नो घर लैजान्छ, किनकी धर्मशाला हाम्रो हो भन्ने भावना जनतामा छैन । 
यस्तै अन्य थुप्रै योजनाहरु छन गाउँमा निर्माण भए तर प्रयोगमा आएनन् । धेरै बालविकास केन्द्रका भवनहरु छन् जो निर्माण भएर अभिभावकबिहिन अवस्थामा पुगेका छन् । धेरै खानेपानीका योजनाहरु रहेका छन्, जो निर्माण भएसंगै बाँझिएका छन्, किनकी ति योजनाहरुमा जनताले अपनत्व ग्रहण गर्न सकेका छैनन् । जनताले अपनत्व तव मात्रै लिन्छ जव जनतामा चेतना हुन्छ । त्यसैले चेतनामुखी कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ । भौतिक सम्पत्तिको संरक्षण र गुणस्तरी विकासका लागि चेतना अभियान नै सञ्चालन गर्नु पर्ने अवस्था छ । 
तर, कुनै पनि स्थानीय सरकारले चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैनन् । बरु गाडी खरीद हुन्छ, डोजर खरीद हुन्छ, सोफा खरीद हुन्छ किनकी यि बस्तुहरु कमिसन केन्द्रित बस्तुहरु हुन । उहिलेदेखिनै कमिसनको खेलमा डुवेको कर्मचारीतन्त्रले बर्तमान राजनीतिक नेतृत्वलाई पनि भ्रष्टाचारको बाटो सिकाएको छ । जनताका प्रतिनिधि हौं भन्नेहरु र जनताका सेवकहरुबिचमो मिलेमोतोले भ्रष्टाचार बाहेक कुनै विकास हुन सकेको छैन । 
त्यसैले जनप्रतिनिधिहरु पनि चेतनामुलक कार्यक्रम सञ्चालन गर्नका लागि, सुशासनका औजार प्रयोग गर्नका लागि, भ्रष्टाचार नियन्त्रण गर्नका लागि प्रभावकारी हुने कार्यक्रमहरु सञ्चालन गर्दैछैनन् । आर्थिक बर्ष २०७४÷०७५ मा सार्वजनिक सुनुवाई गर्ने स्थानीय तहहरु बिरलै होलान् । जनप्रतिनिधिहरु आईसकेपछि आफुले गरेका कामप्रति जनताको चित्त बुझेको छ कि छैन भन्ने बिषयमा जानकारी लिनका लागि सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण बिधिबत् रुपमा गराउनु पर्ने होईन र ? कागजी सार्वजनिक सुनुवाई ग¥यो, बाना पुरा ग¥यो कमिसनको खेलमा लाग्यो, वजेट रित्तायो ।

थप समाचार 

बन्यजन्तु तस्करी रोक्न ‘एकिकृत अभियान’

मोहन शाही/डोटी
बैशाख २४
जडीबुटी तथा बन्यजन्तुका लागि प्रख्यात मानिने महाभारत श्रृंखला अवस्थित तेलेलेक क्षेत्रमा व्यवसायिक रुपमा तस्करी भइरहेको छ । 
तेलेलेक क्षेत्रमा जिल्ला बनको अनुपस्थिति तथा स्थानीयको उदासिनताको फाइदा उठाउदै भइरहेको चोरी सिकारी नियन्त्रण गर्न एकिकृत अभियान थालिएको छ । जिल्ला बन कार्यालय, शिखर नगरपालिका र स्थानीयबासीले तस्करी नियन्त्रणका लागि एकिकृत अभियान अन्र्तगत पहिलो चरणमा सचेतना कार्यक्रमलाई तिब्र पार्ने निर्णय गरेका छन् । अन्य स्थानीय तहसंग पनि समन्वय गरी अघि बढ्ने जिल्ला वन कार्यालयले जनाएको छ ।
तेलेलेकमा बर्षौं अघिबाट चितुवा, मृग, बदेल, चित्तल, दुम्सी, कालिज लगायतको  तस्करी भइरहेको छ । तस्करहरुले काँचो तथा सुकुटी मासु पहाडी जिल्ला, तराईका मुख्य बजार तथा काठमाण्डौंसम्म पु¥याउने गरेकाछन् । 
तस्करीका कारण बन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । जनप्रतिनिधी, पत्रकार, जिल्ला बन कार्यालयका कर्मचारी लगायतको संयुक्त टोली पहिलो पटक सामुहिक रुपमा तस्करहरुलाई निरुत्साहित पार्न तेलेलेक क्षेत्रमा अनुगमन गरि फर्किएको छ । अनुगमनका क्रममा तस्करले प्रयोग गरेका स्थान, बन्यजन्तु शिकार गर्ने तरिका, मारिएका बन्यजन्तुका हड्डी, छाला तथा उनीहरुले प्रयोग गरेका सामाग्रीहरु फेला पारेको छ । ‘तिन दिनसम्म जंगलै जंगल घुमेर ठाउँ ठाउँमा तस्करहरुले बन्यजन्तु मारेका प्रमाणहरु भेटायौं, उनीहरुले प्रयोग गर्ने नाका, सहयोग लिने माध्यमहरुको पनि पहिचान गरेका छौं’, जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले भने ‘तेलेलेकमा भेटिएका गोठाला, आसपासका स्थानीयसंग  त्यसबारे छलफल पनि गरिएको छ, अब सामुहिक रुपमा तस्कर बिरुद्ध अघि बढ्ने भएका छौं ।’
तस्करहरुले जोरायल, गड्सेरा तथा घण्टेश्वरको नाका प्रयोग गर्ने गरेको तेललेक क्षेत्रमा लामो समय भैसी पालन गर्दै आएका किसानहरुले जानकारी दिएका छन् । तस्करहरु महिनादिनसम्मका लागि भरुवा बन्दुक बोकेर जंगलमै बसेर चोरी सिकारी गर्ने गरेको उनीहरुले बताए । उनीहरुले बाहिरबाट आउने तस्करहरुलाई रोक्न जिल्ला बनले चासो राख्नु पर्ने सुझाव दिए । ‘लामीताल र गद्दीभैसी क्षेत्रमा जिल्ला बनले बन रक्षकहरु राखेर क्याम्प खडा गर्नुपर्छ’ लामो समयदेखि तेलेलेकमै भैसी पाल्दै आएका  गोरख बहादुर मल्लले सुझाव दिए ‘त्यस्तो भयो भने तस्कर जहाँसुकै भएपनि उनीहरुको चाल थाहा पाउन सकिन्छ, तत्काल पक्राउ गर्न सहज हुन्छ ।’ आफुहरुले बिरोध गर्दा तस्करहरुबाट असुरक्षित हुने डरले आवाज उठाउन नसकेको उनीहरुको प्रतिकृया थियो । 
डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगर–पालिका, केआईसिंह गाउपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपालिकाको मुख्य पानीको स्रोत नै तेलेलेक हो । पानीका मुहान सुक्ने, चोरी शिकारीको डरले बन्यजन्तु बसाईसराई गर्ने, बदेलले किसानका खेतीपाति नष्ट गर्ने, बहुमुल्य जडीबुटीको अबैध निकासी हुने समस्याहरु देखिन थालेपछि स्थानीय चिन्तित भएका हुन् । 
‘पहिले हामीले जडीबुटी संकलन, बन्यजन्तु मार्ने कार्यलाई स्वभाविक रुपमा लिदै आएका थियौं तर त्यो गम्भिर     रहेछ’ शिखर नगरपालिका–१ स्थित गोल्छेडाडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष यज्ञ शाहीले भने ‘हामीले चासो नदिँदा तस्करहरु झन् बढ्दै गए, अहिले हामी त्यसका नकरात्मक असरहरु ब्यहोर्न बाध्य भइरहेका छौं ।’
जिल्ला बन अधिकृत कार्कीले तस्करहरुको पहिचान गरिरहेको र पक्राउका लागि रणनीतिक योजना समुदायकै साथ लिएर अघि बढिरहेको जानकारी दिए । ‘तिन महिनाभित्र तस्करहरुलाई निस्तेज पार्ने योजना छ’ उनले भने ‘संरक्षित क्षेत्र घोषणा गर्न स्थानीय बासीले नै बढी सक्रियता देखाउनु पहिलो उपलब्धी हो ।’
संरक्षित क्षेत्र घोषणा गर्ने
डडेल्धुराको ऐतिहासिक गन्यापधुरादेखि सुरु तेलेलेक कर्णाली नदिको पश्चिमभागसम्म फैलिएको छ । सो तेलेलेकलाई संरक्षित क्षेत्र घोषणा गर्ने  तयारी जिल्ला वनले गरिरहेको छ । संरक्षित क्षेत्रका लागि जिल्ला वनले बिस्तृत सम्भाब्यता अध्ययन गरिरहेको सहायक बन अधिकृत सुरेश रोकायाले जानकारी दिए । सो अध्ययन प्रतिबेदनपछि तेलेलेक क्षेत्रमा रहेका बन्यजन्तुको बिबरण, जडीबुटीका प्रजाती, सिमाना, क्षेत्रफल लगायतका बिबरणहरु आउने छ । घोषणाका लागि मन्त्रीपरिषदबाट निर्णय पारित गर्ने गरी प्रयास अघि बढिरहेको बताउदै रोकायाले संरक्षित क्षेत्र घोषणा पछि अबैध चोरी शिकारी तथा जडीबुटी निर्यात गर्ने गतिबिधिमा कमी आउने बताए ।
अहिलेसम्म तेलेलेकमा रहेका प्राकृतिक सम्पदाबारे कुनै पक्षबाट आधिकारिक रुपमा अध्ययन अनुसन्धान हुन सकेको छैन । 
स्थानीय तहको साथ
शिखर नगरपालिकाले तेलेलेक क्षेत्रलाई मुख्य पर्यटकीय स्थल बनाउने घोषणा गरेको छ । पर्यटकीय स्थल बनाउन तेलेलेकमा रहेका बन्यजन्तु तथा जडीबुटीको संरक्षणका लागि साथ दिने प्रतिबद्धता नगरपालिकाले गरेको छ । जिल्ला बनसंग मिलेर शिखर नगर–पालिकाका ले कार्ययोजना बनाएर अघि बढ्ने नगरप्रमुख सिताराम जोशीले बताए । ‘बन्यजन्तु र जडीबुटी तेलेलेकका गहना हुन्’ तेलेलेकको देउतालमा आयोजना गरिएको अन्र्तक्रियामा जोशीले भने, ‘हामीले समुदायको सहयोग जुटाई संरक्षणका लागि के गर्नु पर्छ त्यसका लागि अघि बढ्न तयार छौं ।’
तेलेलेकको साथसाथै जिल्लाका अन्य क्षेत्रमा पनि बन्यजन्तुको चोरी शिकारी बढ्दो रहेको छ । एकातिर बन्यजन्तुले बाली नष्ट गर्दा किसानहरु चिन्तामा छन भने अर्कोतिर बन्यजस्तुहरुको चोरी शिकारी भईरहेको छ ।

कटी बनिन् नेपाली नागरिक

डोटीको दिपायल बजारमा घुमन्ते जीवन बिताउँदै आएकी ७० बर्षीया कटी अवस्थी बुधवारदेखि नेपाली नागरिक बनेकी छन् । 
बिगत लामो समयदेखि बिभिन्न ठाउँमा घुम्दै जीवन बिताईरहेकी कटीले आदर्श गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको बिशेष सहयोगमा नेपाली नागरिकता प्राप्त गरेकी हुन । आदर्श गाउँपालिका–४ घर भएकी कटीको नागरिकताका लागि कसैले पहल नगरेका कारण उनी नेपाली हुँदाहुँदै पनि नागरिकता प्राप्त गर्नबाट बञ्चित थिईन । 
आर्दश गापा–४ का वडाध्यक्ष नारायण बहादुर पछेराको सिफारिस, वडा नं. ३ र ६ का वडाध्यहरु नरेन्द्र रोकाया र लालवबहादुर खडायत र गाउँपालिका कर्मचारीहरु डण्डीराज भट्ट, डवल भाट र रामवहादुर बिष्ट सहितकाले गरिदिएको अनुसूची ३ र ४ बमोजिमको मुचुल्का र कटीका भाई नाता पर्ने कृष्ण अवस्थीको सनाखत्मा कटीले नागरिकता पाएकी    हुन् । 
कुष्ठ रोगबाट पिडित कटी बजारमा व्यापारीहरुका लागि बिभिन्न कार्यहरु गर्दै आएकी छिन् । २०६२/०६३ को जनआन्दोलन, अखण्ड सुदूरपश्चिमको आन्दोलन, प्रादेशिक राजधानी दिपायल हुनु पर्ने माग सहित भएको आन्दोलन लगायतका साना ठुला आन्दोलनमा सक्रियतापूर्वक सहभागि हुँदै आएकी कटी नागरिकता प्राप्त गरेपछि खुशी छन् । “कसैले नागकिरता बनाईदिएनन्, मलाई नागरिकताबारेमा जानकारी पनि थिएन” नागरिकता प्राप्त गरिसकेपछि कटीले भनिन् ‘अव मैले पनि सेवा सुबिधाहरु पाउने आशा गरेकी छु ।’ 
‘कुनै पनि नागरिकले नेपाली नागरिकता प्रमाण पत्र पाउनबाट बञ्चित हुनु हुँदैन, उहाँले पहिले नै नागरिकता पाउनु पर्ने थियो, प्रक्रियामा नै आएको   रहेनछ’ जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत केशव लामिछानेले भने ‘नागरिकता नभएका कारण राज्यबाट पाउने सुबिधा नपाउने हुनु हुँदैन ।’ 
नागरिकता प्राप्त गरेपछि राज्यबाट पाउने सुबिधा पाउन सजिलो भएको आदर्श गाउँपालिका वडा नं. ३ का अध्यक्ष नरेन्द्र रोकायाले बताए ।  

छोटकरी समाचार 

खोलाले बगाउँदा पाँचको ज्यान गयो

शनिवार अवेर राती आएको बर्षाका कारण बझाङ्ग जिल्ला थलारा गाँउपालिका–४ मा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 
स्थानीय डिक्लामा खहरे खोलामा आएको बाढीले २७ बर्षीय हर्क विक, उनकी पत्नी २६ बर्षीया डल्ली विक, १२ बर्षीया छोरी मनिषा विक, तीन बर्षीय छोरा सक्षम विक र हर्ककी काकी ३५ बर्षीया कलसी विकको ज्यान गएको छ ।
प्रहरीका अनुसार शनिबार माईती घर केदार स्युँ गाँउपालिकाको सेकुबाट घर आउने क्रमाम घर नजिकैको खहरे खोलाले बगाउदा उनीहरुको मृत्यु भएको हो । अब हर्क विकका घरमा आमा बुबा र एक छोरा एक छोरी छन ।
चाँदनीद्वारा सहयोग
लोक दोहोरी तथा देउडा गायिका चाँदनी मल्लले असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा रहेका असहायहरुलाई सहयोग गरेकी छिन् ।
कैलालीको बर्दगोरिया गाउपालिका–२ सञ्चालित साहारा घरमा चाँदनीले खाद्धान्न सहयोग गरेकी हुन् । कैलाली भम्रण वर्षको अबसरमा साहारा घरमा पुगेकी उनले एक क्विन्टल चामल, एक कट्टा सोयाबिन र एक पेटि तेल सहयोग गरेकी असाहयका लागी सहयोगी हातहरु नेपालका संस्थापक अध्यक्ष बल बहादुर बिष्टले बताए । मल्ल संगै प्रतिनीधि सभा सदस्य झपट बहादुर रावलको समेत सहभागीता रहेको थियो ।

खेल समाचार 

एन्फा महासचिवमा तुलाधर

अखिल नेपाल फुटबल संघ (एन्फा)  को महासचिवमा ईन्द्रमान तुलाधर नियुक्त भएका छन् । 
बैशाख २२ गते सम्पन्न भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको पदबहाली लगतै बसेको कार्यकारिणी समितिले बैठकले १५ बुँदे निर्णय गरेको छ । बैठकको निर्णय अनुसार महासचिवमा तुलाधरले मनोनित भएका हुन । उनी पूर्वसीइओ पनि हुन् । यस्तै बैठकले संघको मानार्थ अध्यक्षमा टासी घले, उपाध्यक्षमा किशोर राईलाई मनोनित गरेको छ । आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली र कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनित गरेको छ । संघको सल्लाहकार समिति संयोजकमा नविन पाण्डेलाई नियुक्त     गरिएको छ । पाण्डेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको समेत जिम्मेवारी दिईएको छ ।
बैठकले १० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा गर्ने गरी पूर्व डीआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन गरेको छ । बैठकले पूर्व खेलाडी एवं डीआईजी शर्माको संयोजकत्वमा लिग कमिटी बनाएको     हो । यो समितिले सरोकारबालाहरुसँग परामर्श गरेर १० दिनाभित्र लिगको मिति घोषणा गर्नुका साथै लिगको ढाँचाबारे निर्णय गर्ने प्रवक्ता किरण राईले बताए ।
मोफसलका फुटबल प्रतियोगिता–हरुको स्तर निर्धारण र नियमन गर्न समिति बन्ने भएको छ । साथै जिल्लाहरुमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति बनाउने निर्णय पनि भएको छ ।
कार्यकारिणी बैठकले एन्फाका एकेडेमीहरुलाई तत्काल सञ्चालनमा ल्याउने निर्णय गर्दै यसका लागि कार्ययोजना बनाउने जिम्मा उपाध्यक्ष राईलाई दिएको छ ।
अध्यक्ष र चार उपाध्यक्ष रहेको  स्टेरिङ कमिटी बनेको छ, जसमा महासचिव, कोषाध्यक्ष र प्रवक्ता पदेन सदस्य हुनेछन् । साथै ललित स्मृति यू–१८ प्रतियोगिता आगामी जेठ २९ गतेबाट गर्ने निर्णय पनि भएको एन्फाले जनाएको छ ।
शनिवार सम्पन्न १६ औँ साधारण–सभाबाट शेर्पा नेतृत्वको नया समिति चयन भएको थियो । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।

चलचित्र/मनोरञ्जन 

सुरु भयो रेखाको “मालिका”

नायिका रेखा थापाको निर्देशनमा नेपाली चलचित्र “मालिका” छायाँकन सुरु भएको छ । 
पहिलो चलचित्र ‘हिम्मतवाली’ को निर्देशनपश्चात रेखाले दोश्रो पटक चलचित्र निर्देशन निर्देशन गर्न लागेकी हुन । “हिम्मतवाली” को निर्देशनपछि थुप्रै चलचित्रमा अभिनय गरेकी चर्चित अभिनेतृ रेखाले चलचित्रमा अभिनय गरेपनि निर्देशन भने गरेकी थिइनन् । केही वर्षको ग्यापपछि उनी चलचित्र ‘मालिका’को निर्देशनमा जुटेकी हुन् ।
रेखाले निर्देशनमा बन्ने ‘मालिका’ सोमबारबाट छायांकन सुरु भएको छ । सोमबार बिहान पशुपति परिसरमा पूजा गर्दै उनले छायांकन सुरु गरिन् ।
छायांकनको पहिलो दिन रेखा र कलाकार नरबहादुर कार्कीले सट दिएका छन् । काठमाण्डौं, कोहलपुर र जाजरकोटका सिनहरु चलचित्रमा राखिने निर्माण पक्षले जानकारी दिएको छ । रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षीया कमला वली मुख्य भूमिकामा छन् ।
चलचित्र ‘मालिका’ ले व्यक्तिको सोच परिवर्तनको कथालाई उठान गर्ने  छ । रेखाको आफ्नै कथा रहेको यो चलचित्रलाई लक्ष्मीपूजाको दिन रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ ।

के के छन् ऋचाका मनपर्ने कुराहरु

नेपाली चलचित्र लुट, टलकजङ भर्सेस टुल्के, भिसा गर्ल लगायतका सफल चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी अभिनेतृ ऋचा शर्माले संसारमा आफ्नै देश सवैभन्दा मन पर्ने बताएकी छन् । 
ऋचाले जीउँदा कुनै पनि नेतालाई मन पराउँदिनन्, उनी सुनेको र पढेको आधारमा बिपी कोईराला राम्रो भएको बताउँछिन् । यस्तै अभिनेता भारतीय इरफान खान मन पर्छ ऋचालाई । अभिनेत्री केकी अधिकारी मन पर्छ । केकीको अभिनय रियालिटी जस्तो  लाग्छ । पुस्तकमा नयनराज ढकालको ‘लु’ उपन्यास उनलाई मन प¥यो । 
साहित्यकारमा उपन्यासकार बुद्धि सागर, ठाउँ पोखरा, घुम्न जान मन लागेको देश क्यानडा, भेटिरहन मन लाग्ने व्यक्ति नेपाली अभिनेत्री केकी अधिकारी पुरानो नेपाली फिल्म ‘कुसुमे रुमाल’ धेरै मन पर्छ ऋचालाई । यस्तै मन पर्ने कलाकारहरु तृप्ति, भुवन, भेट्न चाहेको तर नभेटेको लियोनाडो डिक्याप्रियो हुन् ।

लेख 

सिण्डिकेटमा आधारित व्यवसायिक पत्रकारिता

रामहरी ओझा
गत ९ गते एउटा बिज्ञप्ती आयो । “निर्णय सार्वजनिक गरिएको सम्वन्धमा” भनी लेखिएको प्रेस चौतारी नेपालको बिज्ञप्ती । उक्त बिज्ञप्तीले उम्मेदवार–हरुको नाम सार्वजनिक ग¥यो । उक्त बिज्ञप्ती लगत्तै अर्को एक बिज्ञप्ती आयो, उक्त बिज्ञप्तीको व्यहोरा “आधिकारिक उम्मेद्वार सम्वन्धमा” भन्ने थियो । पहिले आएको बिज्ञप्तीमा समावेश भएका नामहरु भन्दा भिन्न नामहरु आए दोश्रो बिज्ञप्तीमा । त्यसपछि सुरु भयो बिज्ञप्ती बाजी ।
नेपाल पत्रकार महासंघ ७ नं. प्रदेश समितिका लागि २२ गते भएको निर्वाचनका क्रममा उम्मेदवार छान्न एउटा संगठनमा भएको बिवादले सिंङ्गो पत्रकारि–ता क्षेत्रलाई दुई ध्रुवमा बिभाजन गरिदियो । व्यासायिक पत्रकारहरुको हकहितका लागि स्थापना भएको भनिएको पत्रकार महासंघमा स्वतन्त्र एवं व्यवसायिक पत्रकारहरुले स्वतन्त्रतापूर्वक आफ्नो मताधिकार प्रयोग गर्न नपाउने गरी सिण्डिकेट प्रथा अनुसार ठुला तीन संगठनहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेण्टरले गरेको भागबण्डामा प्रदेश नं. ७ को अध्यक्ष पद प्रेस चौतारीका भाग परेको थियो । भागवण्डा अनुसार प्रेस चौतारीले बैशाख ६ गते ७ नं. प्रदेश कमिटीको बैठक डाक्यो । चार दिनसम्म चलेको बैठकले सर्वसम्मत टुङ्गो लगाउन नसकेपछि बिवाद बल्झियो । त्यसपछि सुरु भयो बिज्ञप्ती बाजी । 
बैशाख ९ गतेदेखि सुरु भएको बिज्ञप्तीबाजी निर्वाचन सम्पन्न भईसक्दा समेत रोकिँदैन कि भन्ने संका छ किनकी अव कारवाही गरिएका बिज्ञप्तीहरु आउने छन् । उम्मेदवार सर्वसम्मत हुन नसक्नुको अरु कुनै  कारण थिएन । प्रेस चौतारी नेपालको माओ पार्टी एमालेभित्रको गुटवन्दी जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु र शुभेच्छुक संगठनहरुमा समेत प्रवेश गरेका कारण चौतारीले आफ्नो उम्मेदवार छान्न सक्ने अवस्था आएन । एमालेको यही गुटबन्दीले प्रेस चौतारीमा गुटबन्दी गाँजियो । प्रेस चौतारीको गुटवन्दीले अन्य बैचारिक संगठनहरुमा पनि प्रष्टाप्रष्टै दुई गुट निर्माण गरिदियो । 
बिवादको सिलसिला 
७ नं. प्रदेशमा पत्रकार महासंघको समितिका लागि आफ्ना भाग परेका पदहरुको बिषयमा उम्मेद्वार टुङ्गो लगाउन ६ गते बैठक बस्ने भन्दै बैशाख ४ मा सवै सदस्यहरुलाई टेलिफोनमार्फत खवर भयो । तोकिएको दिन बैठक सुरु भयो पनि । बैठकमा १३ जनाले अध्यक्ष हुने आकाँक्षा देखाए । दिउसभरी छलफल भयो, टुङ्गो लागेन । बिस्तारै १३ जना उम्मेदवार मध्येका एक जनाले हरीप्रसाद जोशीलाई आफ्नो समर्थन भन्दै दावी फिर्ता लिए । त्यसपछि फिर्ता लिनेको लहर चल्यो, सवैले हरीप्रसाद जोशीलाईनै समर्थन गरे । ११ जनाले हरी प्रसादलाई समर्थन गरेपछि हरीप्रसाद जोशी र अर्जुन शाह मात्रै दावेदार रहे । दुवै जनामा आपसमा छलफल गर्ने भन्दै बैठक हलबाट बाहिरिए । त्यो बिचमा के के भयो, बैठकमा उपस्थित सदस्यहरु एकपछि अर्को गर्दै हल छोड्दै बाहिरिए । शाह र जोशीको छलफल टुङ्गिन नपाउँदै बैठक स्थगित भयो । भोली पल्टको बैठकमा पनि सहमति भएन, तेश्रो दिन पनि भएन । चौथो दिन संगठनका प्रदेश ईन्चार्ज नरेन्द्रवहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा अर्जुन शाह, महिला उपाध्यक्ष हेमन्ती चौधरी, कोषाध्यक्ष नरेन्द्र भट्ट, खुला सदस्यमा पुष्प भट्ट, महिला सदस्यमा पवन मुड्भरी र सम्झना पाण्डे र मधेशी सदस्यमा बसन्ती चौधरीलाई उम्मेदवार बनाउने टुङ्गो लगायो । 
उक्त निर्णय लगत्तै प्रदेश सहसंयोजक भन्दै नवराज भण्डारीले सार्वजनिक गरेको बिज्ञप्तीमा अध्यक्षमा हरीप्रसाद जोशी, महिला उपाध्यक्षमा चाँदनी आचार्य, कोषाध्यक्षमा बिरेन्द्र रावल, खुला सदस्यमा गगन ऐडी, महिला सदस्यमा लक्ष्मी ऐर र ईन्द्रसरा खड्का र मधेशी सदस्यमा बिरवहादुर चौधरी रहेको उल्लेख भयो ।  
नवराज भण्डारीले प्रदेश कमिटी सहसंयोजक पद लेखी जारी गरेको बिज्ञप्तीप्रति आपत्ति जनाउदै संयोजक नरेन्द्र साउँदले बिज्ञप्ती निकाले । साउँदको बिज्ञप्तीको खण्डन गर्दै संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बिज्ञप्ती निकाले । गणेश बस्नेतको बिज्ञप्तीको खण्डन गर्दै महासचिव राजेश राईले बिज्ञप्ती निकाले । यो सिलसिला जारी नै रह्यो । प्रदेशको लडाई केन्द्रमा  पुग्यो । केन्द्रमा एमालेभित्रको गुट अनुसार बिज्ञप्तीबाजी जारी रह्यो । बिवादकै बिचमा अन्य पदहरुमा कार्यकर्ताहरु आफैले समझदारी गरे तर अध्यक्ष पद भने नेताहरुले अस्तित्वको लडाई बनाए । कार्यकर्ताहरुले चाहेर पनि मिल्न सक्ने अवस्था भएन । 
चौतारीको बिवाद युनियन र सेण्टरमा समेत  सल्क्यो । चौतारी, सेण्टर र युनियनका अध्यक्षहरुले आधिकारिक उम्मेदवार हरीप्रसाद जोशी भएको भन्दै बिज्ञप्ती निकाले । यद्यपी त्यो बिज्ञप्तीमा नक्कली हस्ताक्षर भएको भन्ने पनि आएको थियो तर सम्वन्धित पक्षले त्यसबारेमा केही बोलेन । हस्ताक्षर नक्कली भएपनि सहमति भएकै हो भन्ने कुरा देखिन्छ । अध्यक्ष ज्यूहरुको बिज्ञप्तीले यो बिवाद टुंग्याएन, महासचिव ज्यूहरुको पनि छुट्टै बिज्ञप्ती जारी भयो र अर्जुन शाह आधिकारिक उम्मेदवार भएको खवर आयो । 
चुनावकै दिन चौतारीका अध्यक्षको बिज्ञप्ती जारी भयो, अर्जुन शाहलाई १० बर्षका लागि संगठनबाट कारवाही भयो रे । तर, त्यो बेलासम्म अर्जुन प्रतिस्पर्धामा धेरै अगाडी गईसकेका थिए । यो परिघटनाले धेरै प्रश्नहरु उव्जाएको छ । 
१. दलीय सिण्डिकेटभित्र नेपाली पत्रकारिता 
नेपालको पत्रकारितामा दलीय सिण्डिकेट छ भन्ने कुरा प्रष्ट पारेको छ । पत्रकारहरु एमाले, कांग्रेस र माओवादी समर्थक मात्रै छैनन्, बहुदलीय व्यवस्था भएको देशमा अन्य दलहरु पनि छन र अन्य दलहरुसंग आस्था राख्ने पत्रकारहरु पनि छन् । उनीहरुका संगठनहरु पनि छन । उनीहरुलाई पूर्ण रुपमा निशेध गर्ने गरी लगाईएको यो सिण्डिकेटले नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्र छैन भन्ने देखाउँछ । अन्य दलहरुसंग आस्था राख्ने र स्वतन्त्र उम्मेदवारहरुलाई चुनावमा भाग लिन सक्ने अवस्था पनि राखिएन । त्यसै कारण केही संगठनहरुले चुनावै बहिस्कार गर्नु पर्ने अवस्था आयो । 
२. अर्जुन शाहका लागि नैतिक प्रश्न 
६ बैशाखमा बसेको प्रेस चौतारी नेपालको ७ नं. प्रदेशको बैठकमा १३ आकाँक्षीमध्ये ११ ले हरीप्रसाद जोशीलाई समर्थन गरिसकेपछि अर्जुन शाहले पनि नैतिक रुपमा हरीप्रसाद जोशीलाई समर्थन गर्नु पर्ने थियो । बरु त्यसका लागि आफ्नो स्थान कसरी सुरक्षित हुने भन्ने बिषयमा कुरा गर्नु पर्ने थियो । यसमा उनी चुके । उनी व्यवसायिक रुपमा अव्वल दर्जामा पत्रकार हुन, पत्रकारहरुको साथ उनीसंग छ भन्ने कुरा निर्वाचनले प्रष्ट पारेको छ तर पनि उनले नैतिक रुपमा त्यो जिम्मेवारी लिनु पर्ने थियो, त्यो लिन सकेनन् । 
३. अनुशासनको प्रश्न हरी जोशीका लागि 
हरी जोशी र उनलाई उस्काउने समूह लामो समयदेखि सांगठनिक जीवन बिताईरहेको समूह हो । यो घटनाले त्यो समूहको सांगठनिक अनुशासन, सांगठनिक पद्धतिप्रति प्रश्न उव्जाएको छ । कमिटीले निर्णय गर्ने क्रममा कुनै त्रुटी गरेको छ भने वा पक्षपातपूर्ण निर्णय गरेको छ भने वा प्रक्रिया पुगेको छैन भने संगठनको माथिल्लो निकायमा उजुरी गर्नु पर्ने हुन्छ । अनुशासन बिभाग वा संगठन बिभाग भन्ने हुन्छ । त्यो प्रक्रियामा नगई आफुलाई चित्त नवुझेको भन्दै आफ्ना गुटको छुट्टै बैठक बस्ने अनि उम्मेदवारी घोषणा गर्ने बिषयले हरी जोशी वा उनको टिम कति अनुशासित रहेछ भन्ने कुरा पुष्टी गरेको छ ।
४. नवराज भण्डारी र गणेश बस्नेतका लागि बैधानिक प्रश्न 
प्रेस चौतारी नेपालको अहिलेको संरचना अनुसार प्रदेश कमिटीमा सहसंयोजक भन्ने पद छैन । नभएको पद आफै सृजना गरेर आधिकारिक निर्णय सार्वजनिक गरेको कसरी बैध हुन्छ ? कुन बिधानले, कुन संरचनाले वा संगठनको कुन तहले नवराज भण्डारीलाई सहसंयोजक चयन ग¥यो भन्ने प्रश्न खडा भएको छ । कुनै व्यक्ति वा समूहको दवावमा आएर नपाएको पगरी आफुले आफैलाई भिराउनु पनि अवैधानिक हो । यसको साथसाथै आधिकारिक संयोजकको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय बिरुद्ध र नभएको पद सिर्जना गरेर गरिएको निर्णयको पक्षमा बिज्ञप्तीबाजी गरेर आफै बिवादमा आउने काम गर्ने संगठनका प्रमुख गणेश बस्नेत पनि पक्कै पनि बिधानभन्दा माथी होईनन् होला । यो बैधानिकताको प्रश्न संगठनका लागि भविश्यमा नजिर त बन्दैन भन्ने अर्को समस्या छ ।  
अध्यक्षले बिज्ञप्ती निकालिसकेपछि काउण्टरमा अर्को बिज्ञप्ती निकाल्नु महासचिवको पनि कमजोरी नै हो । स्वायत्त कमिटीले गरेको निर्णयबिरुद्ध अध्यक्षले निकालेको बिज्ञप्तीलाई संगठनको आन्तरिक छलफलको बिषय बनाईनु पर्ने हो । संगठनात्मक अनुशासन अनुसार जानु पर्ने हो कि ! 
५. अन्य संगठनहरुको आत्मसमर्पण  
तीन वटा संगठनले आधिकारिक रुपमा प्रदेश ७ को नेतृत्व चौतारीले लिने भन्ने सहमति भईसकेपछि चौतारीभित्र के हुन्छ वा को हुन्छ भन्ने कुरामा उनीहरुले आफ्नो संगठनलाई बिभाजित गर्नु जरुरी थिएन । ‘जो हुन्छ चौतारीकै हुन्छ, तपाईहरुको आन्तरिक विवादमा हामी फस्दैनौं’ भन्ने हिम्मत गर्न सक्नु पर्ने थियो । त्यो हुन सकेन, चौतारीका अध्यक्षले जे जे भन्दै गए अन्य दुई संगठनका अध्यक्षहरुले त्यसै अनुसार गर्दै गए । चौतारीका महासचिवले जे जे भन्दै गए, अन्य दुई संगठनका महासचिवहरुले त्यसै गरे । 
भनिन्छ संगठनको सक्षमता र असक्षमता नेतृत्वमा भर पर्छ । यदि नेतृत्व कुशल भयो भने संगठन पनि कुशल   हुन्छ । बिगतका राजनीतिक ईतिहासलाई हेर्दै जादाँ नेपालमै पनि नेतृत्वको सक्षमता र असक्षमताले संगठन बलियो हुने वा कमजोर हुने थुप्रै घटनाहरु छन् । यो घटनाले चौतारीको नेतृत्वको सक्षमतामा त प्रश्न उठायो नै, साथसाथै अन्य दुई संगठनको नेतृत्वको आत्मसमर्पणबादी प्रबृत्तिलाई चरितार्थ ग¥यो ।    
खैर, अव जे जे भयो, भयो । फेरी पनि एक पटक नेतृत्वले आफुलाई सम्हाल्नु जरुरी छ । प्रदेश ७ को बिवादले देशभरीका पत्रकारहरुमा, पत्रकारहरुका बैचारिक संगठनमा आएको बिभाजनलाई मिलाउनु पर्छ । अव कारवाही गर्ने नाममा फेरी गुटगत पूर्वाग्रह राख्ने काममा कुनै पनि संगठनले लाग्नु जरुरी छैन । बरु यो घटनाबाट पाठ सिक्नु जरुरी छ ।  

पार्टीको ईन्जिन बिग्रियो भने पखेटामा पुतली बनाएर केही हुँदैन

धनश्याम भुषाल 
उपमहासचिव, नेकपा एमाले
नेकपा एमालेका उपमहासचिव  घनश्याम भुषालले शनिबार राजधानीमा झण्डै १४ सय कार्यकर्तालाई ‘माक्र्सवाद’को कक्षा लिए । कक्षामा उनले आफ्नो एमाले स्थायी समिति सदस्य पदको हैसियतमाथि प्रश्न गरे ।   राजधानीमा भुषाल सहित माओवादी केन्द्र र नेकपा संयुक्त पार्टीका नेताहरु एक ठाउँमा भेला भएर १० हजार कार्यकर्तालाई ‘मार्क्सवाद’ पढाउने तयारीमा जुटेका छन्।  १० हजार कार्यकर्तालाई  ‘मार्क्सवाद’ पढाएपछि आउँदो ५० बर्ष ‘माक्र्सवाद’ बहसमा रहनेछ उनीहरूको दाबी छ । कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा शुक्रबार भुषालले झण्डै दुई घण्टा पढाएको पाठ यस्तो छ –
२०४८ सालमा हामी चुनाव लड्यौं । पार्टीको खातामा ३० तीस हजार थियो । २१ हजार खर्च भयो । ९ हजार बाँकी रह्यो । 
अहिले चुनाव लड्न सालाखाला डेढ देखि २ करोड खर्च हुन्छ । कहीँ १० करोड १५ करोड भएको सुनिन्छ । चुनाव त्यसरी जितिने रहेछ । अब प्रश्न उठ्छ–२ करोड खर्च गर्ने व्यवस्था कायम राखेर हामीले जाने भनेको समाजवादमा पुगिन्छ ?
समाजवाद ल्याउछौं भन्दैछौं । कसरी आउँछ ? जग्गा बेचेर ? म एमाले स्थायी समितिमा छु । पार्टी बैठकमा कचकच गरेर चाकडी गरेर २ देखि ४ सिटमा उम्मेद्वार उठाउन सक्छु । मेरो चुनावी खर्चपर्च उसैले गर्छ । केहीअघि भएको चुनावको टिकट वितरणमा यो भएको छैन भन्न सकिन्न । म सक्दिनँ ।
अब प्रश्न उठ्छ, चुनावमा कस्तोलाई टिकट ? उहिले देखि लागेकोलाई ? श्रीमान् श्रीमती मिलेर पार्टी जोगाएको अर्थ छ र यहाँ ? अब त मुल दायित्व चुनाव जित्नु पर्ने भयो । पहिला क्रान्तिको कार्यभार लड्नु थियो । अब चुनाव जित्नु भयो ।
नेताहरु भन्छन् ‘दिनुपर्ने त उसैलाई हो । निर्णय गर्दा दुःख लाग्छ ।’ तर विस्तारै चुनाव जित्नेलाई खोजी खोजी दिनुपर्ने हुँदैछ । 
यस्तोमा क्रान्तिको हविगत के हुन्छ ? टिकट पाउने रातारात क्रान्तिकारी कुरा गर्छ । झोला च्यापेर हिँड्छ । एक रातमा एक लाख क्रान्तिकारी युवा तयार गर्छ । यसलाई शान्तिपूर्ण क्रान्ति भनिदैँछ । तर शान्ति भन्दाभन्दै शान्तिले गाल्दै गाल्दै ल्याउँदैछ ।
शान्तिपूर्ण क्रान्तिको ध्येय भोट ल्याउन के गर्ने भन्ने छ । यहाँ त तीन घण्टामा गाउँभरीलाई ५–५ सय बाँडेर सक्नु क्रान्ति भयो । म भन्छु यो शान्तिपूर्ण क्रान्तिको कुराले हामीलाई फसाउँछ ।
भोट माग्ने उम्मेद्वार सबै राम्रो गर्छु भन्छ । जनताको छोराछोरी के गर्दैछ, रोजगार के गर्दैछ ? जीवनको अवस्था के छ, थाहा छैन । केवल भोट चाहियो । जसरी पनि भोट ल्याउनुपर्ने भयो । अहिले मान्छेको मुल्य हराउँदै गएको छ । कागजी भोटको, छापको महत्व बढ्दै छ । यो डरलाग्दो हुन्छ ।
नेताहरु एकचोटी मन्त्री हुन चाहान्छन् । खासमा कामको व्यस्तताले ‘मन्त्री’ हुन मनपर्ने कुरा हैन । तर किन मन्त्री भैरहन चाहान्छ ? किन मन्त्री हुन कमरेडको खुट्टा ढोग्न तयार छ ? किनभने उसले सदर गर्ने फाइल दश वर्षसम्म जिवित रहन्छ । त्यसपछि मज्जाले (पैसा) आइरहन्छ ।
यदि शान्तिपूर्ण क्रान्तिको नाम ‘चुनाव देखि चुनावसम्म’ मात्र हो भने यसले समाजलाई अमानविकीक–रण गर्छ । सर्वसाधारण जनतालाई श्रमजीवि वर्गलाई क्रान्तिमा लागेका मान्छेलाई भुत्ते पार्छ । किनबेचको सस्तो माछा बनाउँछ ।
अब अर्को क्रान्तिको कुरा गरौँ ।
भनियो ‘राज्यसत्ता मागेर पाइन्छ ?
‘पाँइदैन । लड्न पर्छ ।’
‘लड्दा पुलिस आउँछ । जेल हाल्छ । लाठीसँग लड्न ढुङ्गा मुढा गर्नुपर्छ । अब पछाडी आर्मी छ । आर्मीसँग बन्दुक छ ।’ अनि क्रान्ति गर्न भनिन्छ ‘लड्न चाहान्छौ कि चाहँदैनौ ? ‘बन्दुक छैन भने बोक । क्रान्ति सुरु भयो । अब हतियार बोक ।’
‘हतियारमा शक्ति छ । क्रान्ति अब हतियारमा   छ ।’ ५० वटा बन्दुक बचाउनका लागि कामरेड शहादत हुन्छ । त्यो फलामको किट बचाउन । यहाँ प्रश्न उठ्छ अब मान्छे ठूलो कि बन्दुक ? ठूलो हुन्छ बन्दुक । यो बन्दुकको लडाँइमा जसको ठूलो बन्दुक छ उसैले  जित्छ । साम्राज्यवादी कालमा सशस्त्र क्रान्ति कहीँपनि सफल भएको छैन । संयोग हो नेपालको माओवादी आन्दोलन ।
सशस्त्रमा बन्दुकका लागि मान्छेको बलिदान थियो, अब हेरौं शान्तिपूर्ण क्रान्तिमा भोटका लागि मान्छेको बलिदान । हो यहाँ आइपुगेपछि हामीले अब नयाँ सुरुवात गर्नुपर्ने हुन्छ ।
अब हामी अहिलेको हाम्रो चुनौती हेरौं । चुनौतीका विभिन्न पाटा छन् । भूराजनीति र अर्थराजनीति अनि विचारधाराको राजनीति । नेपालमा चीनलाई समाजवादी मान्ने कि नमान्ने भन्नेमा विवाद छ । तर पुजिँवादी विश्व चीनलाई समाजवादी हो भन्छ । यहाँ विचारधारा– को अन्तरविरोध छ ।
हामी तानातानीमा छौँ । उदाहरणका लागि युरो–पियन युनियन हाम्रो विच्छौनासम्म आइपुग्छ । चीन पनि त्यसरी नै आउँछ । काम गर्ने स्टाइल फरक होला । त्यसो नगरि चीन कसरी बाँच्छ । हामी चीनको छिमेकी हौं । संवेदनशील तिब्बतको छिमेकी हौं ।
केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गए । कुरा अनौपचारिक थिए । केही समय अघि दुवै देशका सैनिक दोक्लममा लड्न लागेका थिए । धेकलाधकेल गरे । अहिले मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले आठ राउण्ड कुरा गरे । किनभने उनीहरुलाई कुरा गर्नुपर्ने छ । पूर्वले विकास गर्दैछ र पश्चिमसँग अब टकराउँदैछ । पूर्व र पश्चिममा तनाव छ । अनि हामी बीचमा छौँ । दुई बलिया राज्य छन् ।
अब हाम्रो आन्तरिक कुरा गरौँ । अख्तियारमा लोकमानसिंह कार्की आए र गए । कुनै तर्क छ कार्कीलाई बनाउने भन्नेहरुको । राज्य कमजोर बनाइयो । आज अख्तियारले फलानो सांसद पूव मन्त्रीबारे यस्तो भेटियो हजुर ‘पक्डिउँ कि नपक्डिउँ’ भनेर सोध्ने अवस्था छ ।
सर्वोच्चमा गोपाल पराजुलीलाई न्यायमूर्ती भनेर ल्याउने को ? अनि अन्तिममा कसरी गयो ? यसरी आउने र जाने भएपछि  अब ‘यहाँ मुद्दा परेको छ    हजुर’ भनेर सोध्छन् कि सोध्दैनन् ? अनि राज्य के    हुन्छ ?
पुलिस त विचरा भैसक्यो । हंस छाडेर मात्र कोही पुलिस हुन्छ । 
नेतालाई जनताले चिन्दैन । पढेको लेखेको, जन परिचालन गरेको, संघर्ष गरेको, गतिलो कानुन निर्माण गरेको नेता छैन । नेता हो भनेर चिनाउन चार पुलिसले झ्याप सलाम ठोक्नुपर्छ । सिडिओ बोलाएर स्वागत  हुनुपर्छ । एक जना डिएसपी भन्दै थिए २० औं हजार सुन राजनीतिक नेतृत्वलाई थाहा नभइ आउन सम्भव छैन । ‘सानो फुली भेटियो भने पनि गृहमन्त्रीकहाँ रिपोर्ट हुन्छ । प्रधानमन्त्रीकहाँ हुन्छ ।’ तर प्रहरी नै मिलेको भेटिन्छ । जस्तो सुनकाण्डमा पूर्व डिआइजी गोविन्द  निरौला । अब भन्नुस् निरौला, पराजुली र लोकमान ।   राज्य कस्तो छ ?
एकपटक तीन जनाले तपस्या गरेछन् परमेश्वर खुसी भएर के माग्छौ माग भनेछन् । बाँदरले मागेछ–   राजा । परमेश्वरले दिए–ल राजा । गधाले मागेछ– प्रधानमन्त्री । परमेश्वरले दिए–ल प्रधानमन्त्री । अनि मान्छेले भनेछ–‘हजुर देश निकाला गरिपाउँ ।’
त्यस्तो भयो भने मान्छेको हालत के हुन्छ ? यदि  राज्य यस्तै हुने हो भने । राजा र प्रधानमन्त्री त्यस्तो हुने हो भने समाजवाद कहाँ जान्छ ?
उदाहरण हेरौं न ती पूर्व डिआइजी निरौला धन्न गिफ्तार भएछन् नत्र अर्को चुनावमा क्रान्तिकारी पार्टीको उम्मेद्वार हुने थिए । हाम्रो क्रान्ति कहाँ छ ? अब समृद्धिको कुरा गरौं । मुलुकको समृद्धि कुरा गरिरहँदा धरातल कहाँ छ ख्याल गर्नुपर्छ ।
किनभने भ्रमले राष्ट्र बचाउँदैन । जनता शिक्षित पार्ने कुरा क्रान्तिका लागि महत्वपूर्ण कुरा हुन्छ । सद्दाम हुसेनका मन्त्री अघिल्लो दिनसम्म पूर्व र पश्चिमा देशको तुलना गरेर भाषण गरिरहेका थिए । हाम्रो पुर्खा खेती गरिरहाँदा तिमीहरुका उत्तरी पहाडको ओडारमा थिए भन्दै थिए । भोलीपल्ट टेलिभिजनमा आक्रमणको लाइभ भिडियो देखियो । कसैले विरोध गरेन ।
राष्ट्र बचाउन, धेरै धेरै टाढासम्म हेर्न गर्नुपर्ने  कुरा जनतालाई शिक्षित पार्नु हो । क्रान्तिको ग्यारेण्टी के हो भने सर्वहारा बहुमतमा हुनुपर्छ । संगठित हुनुपर्छ । यसलाई ज्ञानले नेतृत्व गर्नुपर्छ अनि क्रान्ति सम्पन्न      हुन्छ । यी कुरा बुझेर लाग्यौं भने मात्र ५० वर्ष प्रतिक्रान्तिको खतरा रोकिन्छ ।
भारत र चीनका बीचमा धेरै मामिला छन् । तानातानी छन् । बाछिटा हामीलाई पर्नेछन् । भारत र हाम्रा बीचमा इतिहास लगायका विषयमा अन्तरविरोध छ ।
भारतसँग लडेर हाम्रा पुर्खाले माटोको रक्षा गरेका छन् भनेर हामी हेर्छौं । व्यवहारमा पनि राजाले कहिले अडान लिए, कहिले झुके । प्रजातन्त्र कालमा कोहीले घुँडा टेके, कोहीले अडान लिए । नेताहरुले कहिले घुँडा टेकेका छन् कहिले अडान लिएका छन् । हामी भन्छौँ–यी गद्दार भएपनि हाम्रो पवित्र माटो सुरक्षित छ ।
तर भारतले लडाँइ लडेको हेर्दैन । राजाले ढोगेको, राणाले ढोगेको र नेताले ढोगेको लेखेर राख्छ । उसले झुकेको इतिहास नेपाल भारत इतिहास भन्छ । हामी लडेको इतिहास हेर्छौं । चुनौती यहाँ छ ।
अब हामी भित्रको चुनौती हेरौं । आज चुनौती हामी लेफ्ट पार्टीहरु आफैंले सिर्जना गरेका छौं । चुनावमा कम्ता     कुरा गरेका छैनौं । एजेण्डा ठिकै बनायौं– विकास र समृद्धि । यो भविष्यको मामिला पनि हो ।
तर हामीले दुईचार विद्युतको पोल राख्ने कुरालाई विकास मानेनौं । पानी जहाज आज हाम्रो कतिको प्राथमिकता हो ? विकास अर्काले त्यसै दिदैँन । किनभने आजसम्म धर्तीको विकास आफ्नै पौरखले मात्र भएको छ ।
हामीले संविधानमा पनि विकास र समृद्धिकै कुरा गरेका छौं । लेखेका छौं– हाम्रो मुलुकमा छोराछोरी जन्मेको        निरक्षर हुने छैन । अब नागरिक रोगी हुने छैन । रोजगारी पाउनेछ । अझ सम्मानजनक रोजगारी लेखेको छ । राम्रो वातावरणमा स्वास फेर्न पाउने भनेर पनि लेखेका छौं ।
हामीलाई समृद्धि बनाउने चुनौती छ । अहिले माथिल्लो कर्णालीको सफल मोडलको कुरा हुन्छ । तर कुन दिन देखि कति नाफा हुन्छ न नेता बताउँछ, न सचिव बताउँछन् ।
अहिले हाम्रो समृद्धि गाडीमा हिँड्ने खालको छ । तर यसैकै कारण मर्मत गर्नका लागि आउँदो पुस्ताले मर्ने अवस्था हुन्छ । किनभने समृद्धि हामी संलग्न भएर हुदैँछैन ।
राज्यको ठिक भयो ऋण लिएर केही हुदैँन । कुनै पनि राष्ट्र ऋण लिएर बिग्रेको छैन । तर प्रश्न के हो भने–लोकमान गोपालमानको राज्य, पूर्व डिआइजी निरौलाको राज्य, हामी नेता र यो सरकार । यहाँनेर समृद्धिको आकांक्षा म्याच हुन्छ कि हुदैँन ?
हो, अब समाधानको सुरुवात कहाँबाट गर्ने त ? हामीले पार्टीलाई सारा अभिभारा बहन गर्ने पार्टी बनाउनु पर्छ । अहिले एमाले ३ लाख कार्यकर्ता छन् । माओवादीको जोड्दा ५ लाख संगठित सदस्य हुनेछन् । युवा संघ र वाइसिएल अनि विद्यार्थी संगठन जोड्दा २५ लाख जनसंगठनका होलान् । कूल ३० लाख त संगठित हुदैँछन् । यस्तोमा ३० लाखले एउटै कुरा एउटा उद्देश्य भनेपछि मुलुकको नक्सा कोरिदैँन त ?
कपाल कोरिए जस्तो कोरिन्छ । तीस लाख मान्छे भनेको जनसंख्याको दश प्रतिशत हुन्छ। दश प्रतिशत संगठित भए के हुदैँन ? ...................(क्रमसः)
— सेतोपाटी अनलाईबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

खरिदारका लागी उपयोगी 
१. नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान कति छ ? —४.३५%
२. विश्वको पहिलो मानवीय शिखर सम्मेलन–२०१६ कुन देशमा आयोजना भयो ?  — टर्की 
३. संसारका बढी प्रतिव्यक्ति आय भएको मुलुक कुन हो ?   — कतार
४. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
— ११
५. नेपालकै अग्लो झोलुङ्गे पुल पर्वतको कुन खोलामा रहेको छ ?     — मोदी खोला
६. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?     — हेलियोफोविया
७. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?   — रियो सम्मेलन 
८. अभिनयको उत्पत्ति कुन वेदबाट भएको हो ?   — यजुर्वेद
९. मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?   — घटस्थापनामा
१० “उराउ’ . किसान भए “अहिर’ . ? — यादव
११. वि.सं. २०७२ को भूकम्पपछि पुनः निर्माणको लागि अनुदान सम्झौता भएको पहिलो जिल्ला कुन  हो ?  — दोलखा
१२. सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?   — सर्लाही 
१३. अन्तराष्ट्रिय विधुवा दिवस कहिले पर्छ ?   — जुन २३
१४. महादेव पार्वती गुफा . मोरङ भए शिवजी गुफा . ?   — दाङ
१५. अन्नको आयतन कुन इकाईमा नापिन्छ ?    — बुसेल
१६. बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?   — १६४ वर्ष 
१७. क्रनोमिटरले कहाँको समय देखाउँछ ?   — ग्रिनबीचको
१८. सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?    — लङकासायर,बेलायत 
१९.“एउटा जार, एउटा चर्च र एउटा रुस” भन्ने नाराको कुन जातिले विरोध गरे ?   — श्रपोल
२०. लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?    — देवदासी
२१. खस भन्नु भन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?   — शक
२२. नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ?  — वि.सं. २०१३ असोज ५
२३. एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हो ?    — नृत्यदेवी
२४. नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?  — महेन्द्र मल्ल 
२५. मेसिन रिडियवल पासपोर्ट अन्तराष्ट्रिय प्रयोग कहिलेदेखि भएको हो ?   — सन १९८१
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ?     — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्धको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण  भयो ? — जर्मनी 
२८. अल्वर्ट ताल कहाँ पर्छ ?   —अफ्रिका 
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ?   — मलेसिया 
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ?   —फेब्रअरी, २००४
३१.विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ?   — गंगा 
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ?   — माझी 
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ?  — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?  — सिमसार क्षेत्र 
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ?  — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ?   — जयस्थित मल्ल 
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ?    — कञ्चनपुर 
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ?  — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?  — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?     — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?  — डा.भेषबहादुर थापा 
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ?   — १९५० जुलाई ३१
४५.नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?   — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  — धादिङ 
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ?   — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ?     — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ?    — ज्वालामुखी
५०. राइटर बा भनेर कसलाई चिनिन्छ ?   — बलबहादुर कार्की 
५१. जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?  
— २०६७ कार्तिक २९–मंसिर ३
२. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?   — यूनिस्को
३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०

साहित्य/सृजना 

गजल

टुक्रियका देश कतै, अब साथ जुट्नु पर्छ,
राजनीतिकको झुटो खेल, रहष्य त्यो टुटनु पर्छ  ।

चुस्नु चुसेउ रस जति, देश खोक्रो पारी,
देश बेच्ने दलालहरु , नेता चुनि कुट्नु पर्छ ।।

चार जात छतिस वर्ण, ढल्ने छैन अदण्डता,
जातित्वको जाल बुन्ने, जनजात त्यो फुट्नु पर्छ ।।।

भाषण मात्रै नेताहरुको, भ्रष्ट मुख टाल्नै पर्छ,
अब उठछ आवाज यहाँ, खोक्रो भाषण घट्नु पर्छ ।।।।

चन्द्र सूर्य झण्डा हाम्रो, उच्च शिखर सगरमाथा,
झुक्ने छैन शिर कहिलै, डर अब छुट्नु पर्छ ।।।।।

रक्षक नै भक्षक भयो, अब हामीले बुझनु पर्छ,
जाग उठ नेपाली हो, भ्रष्टचारी चुट्नु पर्छ ।

देश बेच्ने देश किन्ने,  भो यो खेल बन्द गर,
षड्यन्त्रको जाल बुन्ने, देशदुही भुट्नु पर्छ ।

गाउँ गाउँ वस्तीबाट ,जाग उठ नेपाली हो,
शान्ति ल्याउन क्रान्तिको, चार किल्ला खट्नु पर्छ ।

नाङ्गिएको देशको पाटो, सत्य लेख्ने ःत्    म त,
आउन साथि संगै मिलि, शान्ति ल्याउन जुट्नु पर्छ ।
महादेव थापा “एम् एम् एस्”
डोटी बहुमूखि क्याम्पस डोटी

गजल 

विशाल महल र, उस्तै गेट छ हजुर्को स
अपराधिहरु संग जो, सेट छ हजुर्को ।
भाषण त राष्ट्रियताका मिठा छन तरस
पारीपट्टि तिरनै, मन(पेट छ हजुर्को ।
स्याल र गिद्ध मिश्रित स्वभावको हजुरस
गणेशजी मार्का विशाल, पेट छ हजुर्को ।
भेट्नु नपरे हुन्थ्यो, लाग्छ मलाई पनि स
सभा(सम्मेलनमा, जम्काभेट छ हजुर्को ।
बजेट मास्ने गति भने, कसले भेट्ने स
विकाशको काम त सधै, लेट छ हजुर्को ।
बयान कति गरुँ, सामर्थ्य छैन मेरो स
भष्ट्राचारकै चिया र, अम्लेट छ हजुर्को।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

गजल

उनको पनी जिबन हो गयो हेर 
हुन त राजधानी हो यस्तो भयो हेर 
धरहरा,बसन्तपुर दरवारपनी थिए त्यहाँ 
सुन्दर काठमाण्डौ मिनेटमै कुरुप भयो हेर
अनेक सपना बुन्दै राजधानी पसेका थिए
गरौँला सोच्दा सोच्दै मुर्दा बन्नु पर्योे हेर 
मनमा त तपाईका मेरा उहाँका पनी छ क्यारे 
हामी सबैले नचाँहा नचाहँदैै यस्तो भयो हेर
कर्ण चन्द, डोटी

सूचना/सन्देश/बिज्ञापन 

सिलवन्दी बोलपत्र आव्हान

एक्सन एड नेपाल र सम बिकास केन्द्र (ईडिसि) नेपालको साझेदारीमा डोटीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सरकारी बिद्यालय र बालविकास केन्द्रमा अध्ययनरत गरीव, बिपन्न बालबालिकाका लागि बितरण गर्नका लागी तपसिल बमोजिमका सामाग्रीहरु सिलवन्दी  बोलपत्रद्वारा खरिद गर्नु पर्ने भएकोले सम्बन्धित निकायमा दर्ता भएका इच्छुक रजिस्र्टड फर्म वा कम्पनीहरुलाई सिलवन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
तपशिल 


१. बोलपत्र २०७५ बैशाख ३१ गते दिनको ५ बजेसम्म ईडिसि डोटीमा पेश गर्न सकिने छ । 
२. सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन र खोलिने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट निर्धारित समयमा पेश गर्नु पर्ने÷खोलिने छ । 
३. शिलबन्दी बोलपत्र पुरै वा आंशिक रुपमा स्वीकृत वा अस्विकृत गर्ने अधिकार ईडिसि, डोटीमा रहने छ । 
४. इच्छुक बोलपत्रदाताले अद्यावधिक दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्ध कर दर्ता प्रमाणपत्र, आयकर दर्ता, कर तिरेको रसिद र प्रमाणपत्र प्रतिलिपि समेत बुझाउनु पर्नेछ । 
५. आफुले पेश गर्ने सिलबन्दी वाहिर नै के का लागी सिलबन्दी पेश गरेको हो खुलाउनु पर्ने छ ।
६. इच्छुक बोलपत्रदाताले प्यान÷भ्याट वा दुबै मध्ये कुन हो खुलाउनु पर्नेछ । 
७. बोलपत्र मिति २०७५/०२/०२ गते दिउँसो २.०० वजे ईडिसिको कार्यालय सिलगढी डोटीमा दरभाउपत्रदाताहरुको उपस्थित प्रतिनिधिहरुको रोहवरमा खोलिने  छ । दरभाउपत्रदाताहरुको उपस्थिति नभएमा पनि दरभाउपत्र खोल्ने कार्य रोकिने  छैन । 


१.जताततै फहोर गर्नाले रोग लाग्न सक्ने सम्भावना धेरै हुन्छ भने अर्कोतर्फ झिंगा तथा जनावर पनि अकर्षण हुन्छन ।
२. सड्ने खालको फोहर मैलालाई एउटा खाल्डोमा गाड्ने र माठोले ढाक्ने । नसड्ने खालको बस्तु जस्तै ः पलाष्टिकलाई जलाएर नास गर्ने जसले गर्दा झिंगा, किराहरु र मुसा आकर्षित हुँदैन । यसो गर्नाले आफनो घरवरिपरी सफा हुन्छ र बच्चाहरु पनि फोहर हुनवाट वच्दछन । समुदाय पनि राम्रो र सफा दखिन्छ जसले गर्दा गाऊमा जान पनि राम्रो हुन्छ ।
३.आफनो घर आँगन सफा गरि सकेपछि जहिले पनि आफ्नो हात साबुन वा खरानी पानीले सफा गर्नपर्दछ ।
४. जनावरहरुलाई आफनो गाऊ घरवाट टाढा राख्नु पर्दछ । 
ब्यक्तिगत सरसफाई 
१.गर्मी समयमा कम्तीमा पनि हप्ताको एक चोटी साबुन पानीले नुहाउनस पर्दछ ।
२.कपडा सधैं साबुन पानीले धुनुहोस र फेर्ने पनि गर्नुहोस ।
३.जहिले पनि नङलाई सानो राख्नु पर्छ किनभने ठुलो नङमा सजिलैसंग दिशा र धुलो पस्न सक्छ । तिकुराहरु खाना खादा मुखमा छिर्दछ । विषेशगरी जब बच्चाहरुले मुखमा हात हाल्दछन ।
४.बुढो उमेर नपुग्दासम्म बलियो दात हुनु महत्वपूर्ण हुन्छ, किनभने हामीले राम्रोसंग खान सक्ने हुनुपर्छ । दन्तमञ्जनले दाँत माज्नाले हाम्रो दाँतलाई सड्नवाट जोगाउछ र हामीलाई ताजा स्वास दिन्छ ।

सुप क्षेत्रीय अनुगमन तथा सुपरीबेक्षण कार्यालय राजपुर डोटी

जनहितका लागि जारी सन्देश 
१. बाढी पहिरोबाट हुने क्षति कम गर्नका लागि बृक्षारोपण गरौं ।
   अनावश्यक रुपमा बन जंगलको बिनाश नगरौं ।  
२. आफ्नो गाउँठाउँमा निर्माण भईरहेका बिकास योजनाहरुको  गुणस्तरका बारेमा चाँसो राखौं । 
३. बाढी पहिलो नियन्त्रण नगरेसम्म दिगो विकास हुन सक्दैन भन्ने  कुरालाई ध्यान दिँदै सवैभन्दा पहिलो बाढी पहिरो नियन्त्रणमा बिशेष पहल गरौं ।  
४. बन जंगल, नदी नाला हाम्रो मुल आधार हो भन्ने कुरालाई मनन्  गरौं । भरसक रुख नकाटौं, काट्नै पर्ने भए काटेको रुखको ठाउँमा नयाँ बिरुवा रोपौं ।
५. माटोको संरक्षण गर्ने बिभिन्न उपायहरु अपनाऔं । गल्छीहरु पन्छाऔं, भत्केको ठाउँमा वाल लगाऔं । 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय 
राजपुर, दिपायल डोटी 


नेपाल सरकार
राष्ट्रिय योजना आयोग
केन्द्रीय तथ्याङ्क विभाग
जिल्ला आर्थिक गणना कार्यालय, डोटीको अनुरोध

यहि मिति २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, वित्तीय संस्था लगायत अन्य  विभिन्न प्रकारका संघसंस्था तथा कार्यालयहरूमा गणकहरु आउँदै छन् । आफ्नो प्रतिष्ठानका क्रियाकलाप सम्बन्धी सही विवरण गणकलाई उपलव्ध गराई प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पारौँ । तपाँइहरूले दिनु भएको विवरणहरु कर प्रयोजनका लागि प्रयोग गरिने छैन र तथ्यांक ऐन, २०१५ अनुसार गोप्य रहनेछन् । निर्धक्क भई यस गणनामा सहभागी बनौँ । 

जिल्ला आर्थिक गणना कार्यालय, डोटी


“हरेक ठाँउठाँउमा सिचाईको विकास गरौं
सिचाईको लागि कोही पछि नपरौं”

सिचाई सुविधा हुदाँका फाईदाहरु
१ अन्न उत्पादनमा बृद्धि हुन्छ । 
२. मौसमी र बेमौसमी खेतीपाति गर्न सकिने । 
३. किसानहरुले आकासको भर पर्नु नपर्ने । 
४. अन्न उत्पादनको लागि जमिनको अभाव नहुनु । 
५. किसानहरु जमिन बाँझो रहने समस्याबाट मुक्त हुनु । 
६. ब्यवसायिक रुपमा खेतीपाति गर्न सकिने । 
त्यसैले समयमै ध्यान दिऔं, अन्न उत्पादन बढाउन र भोकमरीबाट बच्च सिचाईको ब्यवस्थापनमा एक जुट भएर लागौं । 

सु.प. सिचाई डिभिजन कार्यालय राजपुर डोटी