Tuesday, April 9, 2019

बिम्ब साप्ताहिक, २०७५ साल चैत्र २६ गते मंगलबार

कानुन बमोजिम लिनु पर्ने ईजाजत नलिई वा ईजाजत पत्र नविकरण नगराई वा ईजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य कुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले अवैध हातहतियार र खरखजाना राखेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा अनिवार्य रुपमा बुझाउनु हुन नेपाल सरकार (म.प.) को मिति २०७५/११/२८ को निर्णय अनुसार यो सूचना प्राशित गरिएको छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बडीकेदारमा देखिए एक सय ४२ मुटुरोगी महिला

गणेश मौनी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगर स्थित केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा शुक्रबार र शनिबार संचालनको भएको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय ६६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षण गराएका मध्ये १ सय ४२ जना महिलाहरुलाई मुटु सम्वन्धी समस्या देखीएको छ ।  
सेभ द हर्ट संस्था तथा निसर्ग अस्पताल धनगढीको सहयोग र बडीकेदार गाउँपालिकाको आयोजनामा शिविर संचालन भएको थियो । 
आर्थिक अभावका कारण रोगीभई कसैको पनि अकालमा मृत्यु नहोस भन्ने उदेश्यका साथ बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकोे बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए  । उनले भने ‘हामी शिविरमा सोचेभन्दा पनि बढी सफल भएका छौ ।’ स्वास्थ्य परिक्षणबाट जटील अवस्थामा देखिएका बिरामीहरुको थप उपचारका लागि गाउँपालिकाले पहल गर्ने समेत बताए । 
गाउँ घरमा रहेका महिला दिदीबहीनीका थुप्रै स्वास्थ्य समस्या छन् सबैले राम्रो ठाउँमा गएर उपचार गर्न नसक्नेहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा भाट (बोहरा) ले बताईन् । उनले भनिन् ‘शिविरबाट धेरै महिलाहरुको उपचार भएको छ, धेरैजनाको कस्तो प्रकारको रोग हो भनेर पत्ता लागेको छ, महिलाको सवालमा तल्लोपेट दुख्ने, पाठेघरको समस्या भएका महिलाहरु पनि धेरै भेटीएकाले आगामी दिनमा पनि त्यस्तो  रोग भएकाहरुका लागि विशेष पहल गरिने समेत बताए ।
एक हजार ३ सय ६६ जनाको गरेको स्वास्थ्य परिक्षणमा ४ सय ६६ जनाको ईसीजी, २ सय ५८ जनाको ईको गरेको मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ एवं टोली प्रमुख डा. अनिल भटराईले बताए । उनले भने ‘स्वास्थ्य परिक्षण गरेको मध्यमा १ सय २० जना प्रेसर, ४ जनामा जन्मजात मुटुरोगी, ९ जनामा बाथरोग बिग्रीएर मुटु रोगी, २ जनाको मुटुमा जाली राखेको, १ सय ४२ जना मुटुरोगी महिलाको पाठेघर र तल्लोपेट सम्बन्धी थुप्रै समस्या भएका महिलाहरु भेटीएका बताए ।’ मुटुरोगीहरु मध्य १२ जनाको अवस्था अलि जटील    रहेकोले उपचारमा समेत पूर्ण रुपमा सहयोग गर्ने समेत बताए । 
शिविरबाट विभिन्न रोगका बिरामी हरुको अवस्था पत्ता लागेकोले थप उपचार गर्नमा सहयोग पुग्ने बडीकेदार  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज पाण्डेले बताए । उनले भने, ’यो सामाजिक कार्य हो हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रयास गरेका थियौं सफल भयो ।’ अब केही समय पछी गाउँपालिकाबासीलाई थप सेवा दिन एकिकृत धुम्ती शिविर संचालनको तयारी गरिरहेका समेत बताए । 
 शिविरको लागि करीब ३० जना चिकीत्सक तथा स्वास्थ्यकर्मिको टोली आउदैछ, बालक, महिला, बृद्धबृद्धाहरु सबैको सबैरोगको उपचार गरिने छ,  गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा भई सकेको गाँउपालिकाले जनाएको छ ।  
२ दिन चलेको निःशुल्क शिविरमा डोटीको बडीकेदार गाउँपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपालिकाका साथै कैलाली र डडेल्धुराका बिभिन्न स्थानका सेवाग्राहीहरुले सेवा उपभोग गरेका थिए । शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिल भटराईको नेतृत्वमा ७ जना बिशेषज्ञ चिकीत्सक सहित २१ जना निसर्ग अस्पतालमा कार्यरत स्त्रि रोग विशेषज्ञ डा.प्रतिक्षा सिँह राठोर सहित ३ जना र जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मि लगाएत करीब ३० जना स्वास्थ्यकर्मिहरुको टोली रहेको थियो । स्थानीय तहको आयोजनामा संचालन भएको शिविरमा मुटुरोग विशषज्ञ सहितको चिकीत्सक टोली समेत सहभागीता रहेको  नेपालमा पहिलो स्वस्थ्य शिविर हो ।

सम्पादकीय 

डोजर चलाउने विकास 

नेपाल सरकारले २०७५ साल फागुन १ गतेदेखि एक करोड रुपैयाँ भन्दा कम बजेटका योजनाहरुमा मेसिनरी सामानको प्रयोग गर्न नपाउने भन्ने नीति वनाएर लागु गरेको थियो । लागु हुनु पर्ने मितिबाट करीव दुई महिना यता आईसक्दा समेत उक्त नीतिको कार्यान्वयन भएको देखिदैन । डोजर लगाएर सडक काट्ने होड चलेको देखिन्छ । सुदूरपश्चिमका पहाडी जिल्लामा सडक काट्नका लागि डोजर सवत्र डोजरको काम भईरहेको छ  ।
सरकारले वनाएको नीति मातहतका निकायहरुले मान्दैनन् भन्ने कुरा नौलो भने होईन । यसअघि पनि थुप्रै नीतिहरु कार्यान्वयन नभएरै मृत्युवरण गरेका उदाहरणहरु छन् । यस पटक पनि यस्तै हुने लक्षण छ । संघीय सरकारले निर्माण गरेका नीतिहरु, कानुनहरु प्रदेश सरकार र स्थानीय सरकारहरुका लागि पनि लागु हुन्छन् । तर, यो नीतिको बिषयमा न त प्रदेश सरकारले सुनेको छ, न स्थानीय सरकारले । प्रदेश सरकारले सडक निर्माणका लागि छुट्याएको वजेटमा पनि डोजरले डाँडा भत्काउँदैछन् । स्थानीय तहको हालत पनि यस्तै हो । त्यतिमात्रै होईन संघीय प्रतिनिधि सभा सदस्यहरुले आफ्ना कार्यकर्ताको पालन पोषण हुने गरी बाँड्न पाउने रकममा पनि डोजरकै काम छ । 
सरकारले स्थानीयस्तरमा रोजगारी सृजना होस्, रोजगारीका लागि भारतमा जानु नपरोस् भन्ने उद्देश्यका साथ मेसिनरी उपकरणहरुको प्रयोग गर्न नपाउने भन्ने कानुनी व्यवस्था गरेको थियो तर त्यो व्यवस्था कागजमै सिमित रहने प्रष्ट छ । स्थानीय तहहरुका आफ्नै डोजर, स्थानीय तहका जनप्रतिनिधिहरुका डोजर, कार्यकर्ताहरुका डोजर, हुँदा हुँदा कर्मचारीहरुका पनि डोजर । यदि सडक निर्माणमा जनता जुटे भने डोजरहरु वेरोजगार हुने सम्भावना बलियो छ । त्यसकारण स्थानीय सरकारले जनतालाई नै कामका लागि भारत पठाउने र डोजरहरुलाई रोजगारमा लगाउने काम गरिरहेको छ । 
‘मान्छे लगाएर सडक काट्न सम्भवै छैन’ डोजर मालिकहरु, जनप्रतिनिधिहरु, ठेकेदारहरु, कार्यकर्ताहरु सवैले यस्तै हल्ला फिजाई–रहेका छन् । तर त्यसको मुख्य कारण भनेको डोजर वेरोजगार हुन्छन् भन्ने हो । उपभोक्ता समितिमार्फत काम दिने भन्ने उपभोक्ता समितिमा आफ्ना कार्यकर्ताहरुलाई पसाउने, कार्यकर्ताहरुले डोजर लगाउनका लागि कमिसनको वार्गेनिङ्ग गर्ने र अन्ततः मान्छेले काट्दा ढिला हुन्छ, काम हुँदैन भन्दै डोजरले डाँडा भत्काउने । यस्तै चलन चलेको देशमा संघीय सरकार पनि बिचरा वन्ने अवस्था आएको छ । 
कुनै निकायले यस्तो अवस्थामा कारवाही गर्न सक्छ ? सक्दैन । एकातिर वातावरणीय प्रभाव मुल्याङ्गन नगरी डाँडा भत्काईदैछन् । अर्कोतिर सडकको बिस्तृत ईस्टिमेट पनि छैन । त्यस्तोमा नियमित डोजरको प्रयोग गरेर जनप्रतिनिधिहरुले र उनका कार्यकर्ताहरुले फाईदा लिईरहेका छन् । कर्मचारीलाई पनि माग्ने वहाना सहजै पाईन्छ होला तर के सरकारले सोचेको लक्ष पुरा हुन्छ त ? सरकारले स्वदेशमै अल्पकालीन रोजगारी सृजना गर्ने र विकासलाई दिगो वनाउने योजनाका साथ यस्तो नीति ल्याएको हो । यस्तो अवस्थामा पनि सरकारका मातहतका निकायले वा स्वायत्त प्रदेश तथा स्थानीय सरकारहरुले काम गरिदिएनन् भने कसरी सरकार सफल हुन्छ ? सरकार सफल वनाउने प्रधानमन्त्री एक्लैको काम होईन, केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सेवा प्रदायक निकायहरु र सरकारवादी पार्टीका कार्यकर्ताहरुले पनि  सरकार सफल वनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ । 
तर सरकारवादी पार्टीकै कार्यकर्ताहरु पनि डोजर विकासको व्यवसायमा लागेपछि बिपक्षीहरुलाई मात्रै दोष दिएर हुने कुरा होईन । संघीय सरकारले वनाएको उक्त नीति कार्यान्वयनका लागि सवै निकायहरुले पहल गर्नु जरुरी छ । अटेरी गर्नेलाई कारवाहीको दायरामा पनि ल्याउनु जरुरी छ ।

थप समाचार 

बालश्रमिक नभएका घरमा हरियो झण्डा

विमल विष्ट/डोटी
चैत्र २५
बालश्रम अन्त्य गर्न डोटीको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन ।
दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले  जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गरे । डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले सुरु गरेको अभियान अन्तरगत आफुहरुले समेत हरियो झण्डा गाड्को  वडाध्यक्ष शाहले बताए । ‘हामी बालश्रममुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौं, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौ’ं, उनले भने, ‘बालश्रमिक राख्ने घर तथा पसलमा गाडेका छैनौं, बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सुविधाबाट बञ्चित गरिने छ ।’
नगरपालिकाले गरेको यो अभियान स्वागतयोग्य काम भएको पूर्वनगरप्रमुख तथा कांग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, ‘नगरपालिकाले थालेको यो काम स्वागतयोग्य छ, तर केही जनप्रतिनिधिका घरमा अहिले पनि बालश्रमिक राखिएका छन्, ती हटाउनु पर्छ ।’
डोटीका विभिन्न निजी घर, पसल तथा होटलमा लामो समयदेखि बालश्रमिक रहेका कारण बालश्रम अन्त्य गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ का वडासचिव भरत नेपालीले बताए । उनले भने, ‘झण्डा गाडेर मात्रै केही हुँदैन, बालश्रमिक राख्नेले बालश्रमिक नहटाएसम्म केही हुनेवाला छैन ।’
यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा मात्रै कम्तीमा पनि २० देखि ३० सम्म बालश्रमिक भएको स्थानीयवासी भरत कठायतले बताए । उनले भने, ‘बालश्रमिक राख्नेलाई अभियानले होइन, कानूनले ठीक लगाउनु पर्छ ।’
यतिमात्र नभई नगरपालिका बालश्रममुक्त नगर बनाउने अभियानमा समेत लागेको छ । बालश्रम निषेधका लागि नगरपालिकाले कानून निर्माणका लागि सरोकारवालासँग छलफल गरी अन्तिम चरणमा पु¥याएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । उनले भने, ‘बालश्रम निषेधको कार्यान्वयनका लागि कार्ययोजना तयार पारिएको छ, कानून चाँडै नै कार्यान्वयनमा ल्याइनेछ ।’
डोटीमा घरेलु काममा बालश्रमिक रहेको तथ्याङ्क नगरपालिकाले यसअघि नै सार्वजनिक गरिसकेको छ । दिपायल सिलगढी नगरभित्र मात्रै ६० बालश्रमिक फेला परेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा बालश्रम निषेधसम्बन्धी कानून बनाउन लागेको दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका बालअधिकार स्रोतव्यक्ति भुवनराज चटौतले बताए ।
यसअघि नगरपालिकाले बालश्रमिक, अभिभावक, तिनका मालिक र सरोकारवालाबीच विभिन्न चरणमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ ।
बालश्रमिक राख्ने परिवारलाई सरकारी सेवासुविधाबाट बञ्चित गराउने अभियान सञ्चालन गरिरहेको नगर उपप्रमुख शिवराज खड्काले बताए । उनले बालश्रम निषेध गर्न पत्रकार, सुरक्षाकर्मी, मानवअधिकारकर्मी तथा जनप्रतिनिधिको सहभागितामा गठन गरेको कार्यदलले १४ बुँदे मापदण्डसमेत तयार पारेको जानकारी दिए ।
बालश्रमिक राख्ने परिवारलाई सेवासुविधाबाट बञ्चित गराउनुका साथै उनीहरूलाई दण्ड जरिवाना तिराउने, सञ्चारमाध्यममा उनीहरूको तीनपुस्ते नामावली प्रकाशन गर्न कार्यदलले मापदण्ड बनाएर नगरपालिकालाई सिफारिश गरेको थियो । साविकको सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको वडा नं ४, जिल्ला सदरमुकाम रहेको वडा नं ६ र सो सँगै जोडिएको वडा नं ५ बढी मात्रामा बालश्रमिक रहेको स्थानीयवासीको तथ्यांकले देखाएको छ ।
नगरले बालश्रमिकको नाम, ठेगाना तथा उनीहरूका मालिकको विवरणसहित तथ्याङ्क सङ्कलन गरिसकेको छ । घरको कमजोर आर्थिक अवस्था, अभिभावक नभएका बालबालिका श्रमिकका रूपमा रहन बाध्य रहेको अल्पकालीन सेवा केन्द्रकी संयोजक तथा बालश्रम निषेध गर्न नगरपालिकाले गठन गरेको कार्यदल सदस्य देवकी बोहराले बताइन् । ‘पढाउने बहानामा साना बालबालिकालाई श्रमिकका रूपमा राखिएको छ,’ उनले भनिन्, ‘केही बालबालिका भने होटल तथा पसलमा समेत भेटिने गरेका छन् ।’
आर्थिक अवस्था कमजोर भएका बालश्रमिकका अभिभावक लाई जीविकोपार्जन कार्यक्रमका लागि नगरपालिकाले सहयोग गर्न चालू आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । बालश्रमिकको उद्धार गरी विद्यालय पढाउने बन्दोबस्त गरिने नगरप्रमुख मञ्जु मलासीले बताईन् । ‘हामी कडा रूपमा अघि बढदैछौँ, थुप्रै चुनौती पनि छन्,’ उनले भनिन, ‘अझै हामीले बालश्रमिकको यकिन संख्या ल्याउन सकेका छैनौँ, दोस्रो चरणमा सबैको पहिचान गरिसक्छौँ र बालश्रम राख्नेका विरुद्ध कानूनी बाटो खोज्ने छौँँ ।’

दिपायलमा पर्यटन कार्यालय थपिँदै

डोटीको दिपायलमा पर्यटन कार्यक्रम कायाान्वयन एकाई कार्यालय स्थापना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश उद्योग, बन, पर्यटन तथा बाताबरण मन्त्रालय अन्तगत कार्यक्रम कार्यान्वयन ईकाइ कार्यालय स्थापना हुन लागेको उद्योग, बन, पर्यटन तथा बाताबरण मन्त्री मायाँ भट्टका स्वकीय सचिब शेरबहादुर चन्दले बताउनु भएको छ ।
मन्त्रालय मार्फत डोटी, अछाम, बझाङ, बाजुरा जिल्लामा संचालन हुने काम हेर्ने गरी डोटीको राजपुरमा कार्यालय स्थापना गर्ने तयारी भैरहेको चन्दले जानकारी दिनु भएको छ । ढिलोमा एक महिना भित्र कार्यालयका सम्पुर्ण काम सुरु गर्ने चन्दले बताउनु भएको छ ।
अहिले प्राबिधिक जनशक्तीलाई तालिम दिने काम भईरहेको र राजपुरमा भवन हेर्ने काम भैरहेको मन्त्रीका स्वकीय सचिब चन्दले बताउनु भएको छ । डोटी बैतडी र कैलालीमा कार्यक्रम कार्यान्वयन ईकाइका कार्यालय स्थापना गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयको योजना कार्यान्वयन ईकाई कार्यालय पनि राजपुरमा स्थापना गर्नेगरी तयारी भैरहेको मूख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँवरले जानकारी दिनु भएको छ ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रम

सामुदायिक विकास केन्द्र डोटीको आयोजना र गुड नेभर इन्टरनेश्नलको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ र ८ मा आईतवार प्रारम्भिक कक्षा पढाई कार्यक्रम सम्पन्न भएको छ । 
विद्यार्थिहरुको पढाईमा सुधार ल्याउने उदेश्यका साथ सिलगढीमा संचालन भएको उक्त कार्यक्रममा विद्यार्थिहरुलाई सिकाउनु पर्ने विधि प्रक्रियाहरुका बारेमा छलफल भएको आयोजक  संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए  । 
विद्यार्थीहरुको पढाईमा परिवर्तन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले नगरपालिकाले बालबालिकाको हक हितको लागि जस्तो सुकै सहयोग गर्न पनि आफु तयार रहेको बताईन् । मलासीले विद्यायल जाने उम्मेर समुहका बालबालिकालाई विद्यालय सम्म पुराउने बतावरण मिलाउन आफुहरु लागी रहेको र नगरपालिका क्षेत्रका सबै वडाका जनप्रतिनिधिहरुलाई पनि विद्यालय सम्म पुराउने विषयमा संम्वेदनशिल भई लाग्न आग्रह गरेकी छिन् । शिक्षा विकासको लागि नगरपालिकाले सरकारी तथा गैर सरकारी संघसंस्थासंग हातेमालो गरि अघि बढ्न हरदम तयार रहेको नगरक्षेत्रका हरेक बालबालिकालाई शिक्षाबाट बन्चीत नहुन दिनका लागी भर्ना अभियानका क्रममा सबैलाई चनाखो हुनुपर्ने धारण व्यक्त गरेकि छिन् । 

फिल्म हेर्दै गर्दा एकको मृत्यु २ घाईते

मोवाईलमा फिल्म हेरि रहेको अबस्थामा अछाममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको पन्चदेवल बिनायक नगरपालिका ७ पुल्लेतोलाका १६ बर्षिय जीवन रावलको मृत्यु भएको हो ।
सोमबार साँझ पानी संगै परेको चट्याङ लागेर उनको मृत्यु भएको नगर उप प्रमुख अम्बिका चलाउनेले जानकारी दिएकी छिन् । चट्याङ लागेर अन्य दुईजना घाईते भएका छन । घाईते हुनेमा स्थानिय धर्म रावल र गोबिन्द रावल रहेका छन । उनिहरुको अबस्था गम्भीर रहेको बताईएको छ ।
घरमा मोवाईलमा फिल्म हेरिरहेका तीन जना मध्य जिवनको मृत्यु भएको हो । घाईतेको उपचारको लागि स्थानिय अस्पताल पुराईएको छ । सोही गाँउमा चट्याङ लागेर केही दिन पहिले एक महिलाको मृत्यु भएको थियो ।

जोखिम न्यूनीकरण सम्वन्धी बहस

डोटीको पुर्विचौकी गाँउपालिकामा सामुदायिक विकास केन्द्र सिडिसि डोटीको आयोजनामा विपद जोखिम न्युनिकरण सम्वन्धी स्थानिय तहका प्रतिनिधिहरु संगको संम्वाद कार्यक्रम सम्पन्न भएको छ । 
स्थानिय तहमा जोखिममा रहेका टोल बस्तीहरु लाई कसरी सुरक्षीत पार्न सकिन्छ र आगामी दिनमा निर्माण हुने भौतिक संरचनाहरुलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा छलफल गर्नका लागी आयोजना भएको उक्त कार्यक्रम गाँउपालिकाका अध्यक्ष दिर्घ वहादुर वोगटी अध्यक्षतामा सम्पन्न भएको भएको हो । 
गाँउपालिका सबै वडाका वडा अध्यक्ष, वडा सचिब, सदस्यहरुको सहभागीता रहेको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै गाँउपालिका अध्यक्ष दिर्घ वहादुर वोगटीले जोखिममा रहेका बस्तीहरुको सुरक्षाका लागी गाँउपालिकाले स्थानिय प्रशासनमा सिफारिस पठाई सकेको बताउनु भएको थियो । 
त्यस्तै निर्माण हुने नयाँ भौतिक संरचनाहरु प्रविधिक दृष्टीकोणबाट प्राविधिक दृष्टीकोण बाट उचित रहे मात्र नियमानुसार निर्माण प्रक्रिया अघि बढाउनु पर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले जोखिम न्युनीकरणका लागी गाँउपालिकाले निति निर्माण गर्न लागेको समेत जानकारी दिनु भएको थियो । 

बार्षिक साधारण सभा सम्पन्न

पोखरी बहुउद्देश्यीय सरकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  
पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथ्यमा भएको साधारणसभामा संस्थाका लेखा संयोजक भरत बिकले आर्थिक बर्ष ०७४÷०७५ को एक करोड ५७ लाख ८९ हजार नौ सय ४३ रुपैँयाको आय ब्यय प्रस्तुत गरेका थिए । संस्थामा एक हजार १२ शेयर सदस्य रहेका छन । गुड नेभर ईन्टरनेश्नलको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक बिकास मञ्चले सहकारीको क्षमता बिकासका लागी काम गर्दै आएको छ । हालसम्म घुम्तीकोष माफत ४८ लाख २१ हजार दुई सय आठ रुपैँया प्रदान गरिएको छ । 
समाजको बिकासका लागी   सहकारीको महत्वपुर्ण योग्दान हुने गाउँपालिकाका अध्यक्ष बोगटीले बताए । बार्षिक सधारणसभामा सहकारी बिकासमा महत्वपुर्ण योग्दान दिने संस्थाका ब्यक्तिलाई सम्मान गरिएको छ । 
सम्मानित हुनेहरुमा गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, उपाध्यक्ष निर्मला साउद, सामुदायिक बिकास मञ्च, गुड नेर्भस ईन्टरनेश्नल नेपाल, सहकारीका पुर्ब अध्यक्ष तथा वडा नं. ७ पोखरीका अध्यक्ष प्रकाश साउँद तथा साधारण सदस्यलाई सम्मान गरिएको सहकारीले जानकारी दिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला साउँद, वडा अध्यक्ष प्रकाश साउँद, सामुदायिक बिकास मञ्चका सहकारी बिकास अधिकृत कृष्णराज जोशीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष केशव ढाँटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजबहादुर बडैलाले गरेका थिए । 

छोटकरी समाचार 

असिनापानीले बाली नष्ट 

सोमबार आएको हावाहुरी संगैको असिना पानीले डोटीको दक्षिणभेगमा क्षेतिपुराएको छ । 
त्यस्तै गत सोमबार आएको अशिना पानीले सायल गाँउपालिका र पुर्वीचौकी गाँउपालिका अन्न तथा तराकारी खेतीमा क्षेति पु¥याएको थियो भने एक साता पछि आएको असिना पानीले बोगटान गाँउपालिका, बडी केदार गाँउपालिका क्षेत्रमा रहेका अन्न तथा तराकारी बारीमा क्षेतिपुराएको बोगटान गाँउपालिकाका बंम वहादुर बंमले जानकारी दिएका छन् । 
सोमवार दिउसो देखी नै डोटीको दक्षिणभेगमा पानी तथा वर्ष भई रहेको थियो साझपख पानी संगै असिना आयो । असिनाले लाखौ मुल्य बराबरको अन्न तथा तरकारी बारीमा क्षेति पुराएको हो ।

हजारौले सेवा पाए

आदर्श गाउँपालिकामा चैत्र १९ गते देखी सुरु भएको एकिकृत घुम्ती शिबिर विहिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा आदर्श गाउँपालिकाको सहयोगमा संचालन गरिएको शिविरमा नागरिकता, मतदाता परिचयपत्र, कृषि परामर्श, स्वास्थ, शिक्षा र पशुसेवा सम्वन्धी परामर्श तथा सेवाहरु प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । 
शिविरबाट ६ सय ३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र, ६ सय २४ जनाले मतदाता परिचय पत्र, ९ सय ३४ जनाले कृषि परामर्श तथा सेवा, ४ सय ४८ जनाले पशु सेवा र ६८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको गाँउपालिका अध्यक्ष टेक वहादुर रोकायले बताईएका छन् ।

खेल समाचार 

धनगढीमा प्यानल्टी सुटआउट हुने

विगतका वर्षमा झैं यसवर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा धनगढीमा सातौं रात्रीकालीन पेनाल्टी शूटआउट प्रतियोगिता हुने भएको छ ।
स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रीकालीन पेनाल्टी शुटआउट प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको यो सातौं संस्करण हो ।
प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि चैत ३० गते रात्रीकालीन पेनाल्टी शुटआउट प्रतियोगिता हुने जानकारी दिए । प्रत्येक टीममा एकजना अतिरिक्त खेलाली र टीम म्यानेजरसहित ७ जनाले मात्रै सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा ३२ वर्षभन्दा माथिकाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा पहिलो हुने टीमले १ लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उनले प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले मोवाइल पाउनेछन् । सबैभन्दा बढी उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै टिकट काटेर प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिमध्येबाट गोलाप्रथाबाट एक जनालाई होण्डा कम्पनीको स्कूटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यसका लागि दर्शकहरुले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजक पेनाल्टी सुट आउट प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताए । प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँझ शुरु भई राति १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने छ ।

पहिलो पटक ईन्डोनेसिया र नेपाल भिड्दै

एजेन्सी
ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ । छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो । नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ ।
तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो, इन्डोनेसिया । किनभने इन्डोनेसिया आफ्नो पहिलो खेलमा भारतसँग २–० गोलले पराजित भएको छ भने दोस्रो खेलमा म्यानमारसँग ६–० गोलको हार ब्यहोरेको छ । नेपाल भने आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा पनि भारतसँग ३–१ गोलअन्तरले नै  पराजित भएको थियो ।

चलचित्र/मनोरञ्जन 

फिल्मका लागि ‘कालो वर्ष २०७५

फिल्मी खवर
नेपाली चलचित्रको बजारमा यो बर्ष ९६ वटा चलचित्र रिलिज भए । औषत रुपमा हेर्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज भएका छन् । वैशाख ७ गते ‘स्वर्ग मेरो गाउँबाट सुरु भएको चलचित्रको रिलिज प्रक्रिया चैत्र २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३ र यात्रामा आएर यो बर्षका लागि टुंगिनेछ ।
जम्मा ९६ वटा चलचित्र यो बर्ष रिलिज हुँदा ब्लकबस्टर हुने चलचित्रको संख्या १ मात्र छ । यो बर्षको दशैंमा      रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३ ले १६ करोड भन्दा बढी ग्रस कलेक्शन    (निर्माताका अनुसार) गरेको छ । यो बर्ष ब्लकबस्टर हुने एक मात्र चलचित्रमा पर्छ ‘छक्का पन्जा ३ ।
यस्तै, यो बर्ष नै रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल सुपरहिट भएको थियो । चलचित्रले नेपालबाट निर्मातालाई राम्रै शेयर दिएको छ । यस्तै, यो बर्षको दशैंमा नै रिलिज भएको चलचित्र ‘जय भोले ले नेपाली पर्दाबाट लगानी मात्र उठाएको छ । यस्तै, नेपालबाट मुश्किलले लगानी उठाउने चलचित्रमा ‘यी बाहेक केही चलचित्रमात्र छन्, जुन औषत चलेका छन् । यो बर्ष औषत चलेका चलचित्रहरुमा ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा, प्रसाद, क्याप्टेन लगायतका छन् । जसले नेपाली बक्स अफिसमा औषतको कमाई गरेका छन् । औषत चलेका यी चलचित्रबाट पनि निर्माता सुरक्षित भने छैनन् ।
वैशाखमा कुनै फिल्म चलेनन्
यो बर्षको सुरुवाती महिना वैशाखमा रिलिज भएका चलचित्रहरुमा ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, भोर, लम्फू, हिरोज छन् । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरेका थिए ।
जेठमा पनि सुध्रिएन व्यापार
जेठमा रिलिज भएका चलचित्रहरुमा ‘हैरान, सुनकेशरी, अफिसर, कोशेली, अमेरिकन ब्वाइज, बेबी आई लभ यू, चंगा, मट्टीमाला छन् । यी सबै चलचित्र बक्स अफिसमा असफल भए ।
असार पनि धराशायी
असारमा चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बोबी, बाबु कान्छा, विरंगना, यो पागल मन रिलिज भए । यि कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् । चलचित्र ‘बोबी भने चर्चा राम्रै भयो ।
साउनले पनि राहत दिएन
साउनमा चलचित्र ‘भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुल गुण्डा, रोमियो एन्ड मुना, ची मुसी चु, कायरा, झमक बहादुर, कही कतै, टीनएज, पिरिम पर्या छन् रिलिज भएका थिए । यी सबै चलचित्रले बक्स अफिसमा कमजोर कारोबार गरेका थिए ।
भदौ बन्यो आशातित
‘जय शम्भु, ब्ल्याक, मिस्टर भर्जिन बक्स अफिसमा पछारिए ।  ‘नाई नभन्नु ल ५ ले बक्स अफिसमा राम्रो कमाई गर्यो । यो बर्षको पहिलो सुपरहिट चलचित्र यही बन्यो । यो बाहेक यो महिनामा ‘मेरी मामु, रामकहानी, रोज, साली कसको भेनाको पनि रिलिज भयो ।
असोजले दियो राहत
असोजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, धुम ३, कथा काठमाण्डौ, अनुराग, निर्जला, छक्का पन्जा ३, जय भोले रिलिज भएका थिए । यसमध्ये ‘इन्टु मिन्टु लण्डनमाको व्यापार औषत रह्यो । चलचित्र ‘छक्का पन्जा ३ सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो । यो बर्षको एक मात्र ब्लकबस्टर चलचित्र यही नै हो । 
कात्तिक पनि कमजोर
कात्तिक महिनामा ‘चंगाचेट, मालिका, गुनगुन, दैलो रिलिज भए । कुनै पनि चलचित्रले हलबाट नाफा कमाएनन् ।
मंसिर पनि उस्तै
मंसिर महिनामा ‘ड्रीम गर्ल, कोइला, शान्ती, प्रसाद, सुश्री सम्पत्ती, डोली, कथा ७२ रिलिज भएका थिए । ‘प्रसादले निकै तारिफ पायो । ‘प्रसादको व्यापारलाई औषत मान्न सकिन्छ ।
पुष फासफुस
पौष महिनामा रिलिजमा आएका ‘गोल, जय श्री दाम, जे सुकै होस्, चौका दाउ, भिलेन सबै असफल भए । नेपाली चलचित्रका लागि पुष महिना फासफुस नै भयो ।
माघमा पनि सुध्रिएन बजार
माघ महिनाको जाडोमा ‘गरुड पुराण, आरोप, बैना, गोपी, रणवीर, सय कडा दश, समर लभ रिलिज भए । निकै आशा गरिएका र उच्च प्रचार गरिएका चलचित्र ‘गोपी, रणवीर, समर लभ बक्स अफिसमा नराम्रोसँग पछारिए ।
फागूणमा आशा धेरै, तर निराशा
फागूण महिनामा रिलिज भएको चलचित्र ‘बुलबुलै ‘जादुगर २ जोकर, रुमालै छ चिनो, फिंगर प्रिन्ट, क्याप्टेन, दि ब्रेकअप, खाग, अदालत रिलिज भए ।  ‘बुलबुल र क्याप्टेन ठूलो आशा गरेका थिए । तर, व्यापार त्यो अनुसार भएन ।
चैत्र कमजोर, पर्खाइमा २ फिल्म
चैत्रमा अहिलेसम्म ‘जानी नजानी, दि म्यान फ्रम काठमाण्डौ, पुरानो बुलेट, कागजपत्र, प्रेमलिला, साइँली, शुभ लभ, लभ स्टेशन रिलिज भैसकेका छन । यो महिना अब चैत्र २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा र ए मेरो हजुर ३ आशा धेरै गरिएको छ ।

लेख 

भ्रष्टाचारीलाई सजाय ः “कालोमोसो ?”

रामहरी ओझा
केही दिन अगाडी डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो लगाईयो । उनलाई भ्रष्टाचार र अनियमिततासंग सम्वन्धित नौ वटा आरोप लगाईएका थिए । ति अरोपहरु मध्ये भवन र शौचालय निर्माणका लागि बिद्यालय छनौट गर्दा १० प्रतिशत अग्रीम कमिसन माग्ने गरेको भन्ने प्रमुख छ । उनले कमिसनको रकम आफ्नो श्रीमतीको नाममा जम्मा गर्न श्रीमतीको बैङ्क खाता नं. बिद्यालयका प्रधानाध्यापकहरुलाई दिएको कालोमोसो लगाउने समूहको आरोप छ । पौड्यालले चलाउने मोवाईल नं. बाटै प्रधानाध्यापकहरु लाई पठाएको सन्देश पनि कालोमोसो दल्ने समूहले सार्वजनिक गरेको छ । यद्यपी छोरोको बैङ्क खाता नं. पनि बाँडेको भन्ने आरोप छ तर त्यो पुष्ठी हुने खालको देखिएन ।
२०६२÷०६३ सालको महान राजनीतिक परिवर्तनसंगै डोटी जिल्लामा यो समेत गरी ६ घटना कालोमोसोका भए । ति सवै घटनाहरुमा भ्रष्टाचारकै आरोप लगाईएको छ तर कुनै पनि घटनाका आरोपीलाई भ्रष्टाचारको कसुरमा न्यायिक वा अर्ध न्यायिक निकायबाट सजाय भएको पाईदैन । बाँकी पाँच जस्तै यो छैटौ पनि हुनेछ भन्ने कुरामा कसैको बिमति छैन । 
यि सवै घटनाहरु हेर्दा र कालोमोसो लगाउने समूह हेर्दा आरोपीलाई उम्काउने हतियार कालोमोसोहो कि ! भन्ने भान पनि हुन थालेको छ । नैतिक पतनहरुले बेईज्जतको डर मान्दैनन्, उनीहरुले डण्डाको मात्रै डर मान्छन् । त्यसैले उनीहरुलाई कालोमोसो भन्दा कात्रै ओडाईदिए पनि कुनै फरक पर्दैन तर यदि मुद्धा लागेर जेल जानु प¥यो भने जागिर छुट्छ, जेलमा दुःख हुन्छ, फेरी विगो पनि तिर्नु पर्छ भन्ने डर हुन्छ । त्यसैले, कालोमासो पोतायो, भाग्यो । त्यसपछि सरकारले आफ्नो कर्मचारीमाथी सहानुभूति राख्छ र कुनै कारवाही हुँदैन । त्यो ‘च्याप्टर क्लोज’ हुन्छ । डोटीमा भएका अन्य पाँच घटनामा यस्तै भएको छ । अपबादको रुपमा कालोमोसो पाउने एक अधिकारी जिल्लामै छन् । उनको घरै डोटीमै भएका कारण पनि हुन सक्छ उनी भाग्नु परेन । तर, उनीमाथी लागेको आरोपको पनि कसैले छानविन गर्न आवश्यक ठानेन् । 
अहिलेका कालोमोसो पाउने शिक्षा विकास तथा समन्य ईकाई प्रमुखले पनि घटना लगत्तै जिल्ला छोड्नु र उनको विभागले उनी एक इमानदार राष्टसेवक भएको भन्दै बिज्ञप्ती जारी गर्नुले अव यो घटनामा कुनै छानविन हुने छैन भन्ने कुरा पुष्टी भएको छ । उनलाई कालोमोसो लगाउनुको कारण बारे यस अघिनै डोटीका प्रमुख जिल्ला अधिकारीलाई पटक पटक जानकारी गराईसकिएको तर पनि उनले कुनै सुनुवाई नगरेको भन्ने आरोप कालोमोसो लगाउने समूहले बिज्ञप्तीमार्फत लगाउनुले थप संकाहरु उव्जाएको छ । 
तत्काल भएको कारण यो एउटा प्रतिनिधि घटना हुन सक्छ तर देशभरीबाट यस्ता धेरै घटनाहरु सञ्चारमाध्यममा आईरहेका हुन्छन् । अस्ती मात्रै चितवनको रामपुर क्याम्पसका प्राध्यापकमाथी पनि यस्तै घटना घट्यो । यद्यपी उनीमाथी लागेको आरोप आर्थिक अनियमिततासंग छैन । सञ्चारमाध्यममा आएका आएका खवर हेर्दा त्यो राजनीतिक प्रतिसोध जस्तै देखिन्छ तर त्यो पनि अपराधै हो । 
भ्रष्टाचारको आरोप लगाउँदै कालोमोसो लगाईएका कति जनामाथी छानविन भयो भन्ने कुराको खोजी भने कसैले गरेको पाईदैन । यदि यही तरिकाले सवैले चुप्पी साँध्ने हो भने भ्रष्टाचारका घटनाहरु मौलाउने हुन्, कम हुने होईनन् । टन्न भ्रष्टाचार ग¥यो, अकुत सम्पत्ति आर्जन ग¥यो, भाग्नका लागि कालोमोसोको सहारा लियो, कहानी खतम । त्यो भन्दा अरु कुनै हुने गरेको देखिएन । प्रबृत्ति यही चलिरहने हो भने एक दिन सवै “हाकिम” साहेवहरुको नाम कालोमोसो पाउनेको सूचीमा हुनेछ र भ्रष्टाचार मौलाउँदै जानेछ । 
बर्तमान संघीय सरकारका प्रधानमन्त्रीले आफु भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि नहसने भन्दै हिडेका छन् । राजनीतिक पृष्ठभूमि हेर्दा उनले भ्रष्टाचार गरेको जस्तो पनि देखिदैन । तर, नेपालको सन्दर्भमा आहोदामा पुगेका व्यक्तिहरुले भ्रष्टाचार गरेका छैनन् भनेर रत्तिभर पनि बिश्वास गर्न सकिदैन । यदि अपबादका रुपमा कुनै नेतृत्वकर्ताले भ्रष्टाचार गरेन भने पनि भ्रष्टाचार गर्नेलाई रोक्न सक्ने सामथ्र्य राख्दैन । कि त उ आफै भ्रष्टाचारी हुनु पर्छ, कि उसले भ्रष्टाचार भएको चुपचाप सहनु पर्छ । यदि उसले चुरीफुरी देखाउन थाल्यो भने उसको कुर्चीमै भुईचालो आउन सक्छ । 
सत्ता शासकले सञ्चालन गरिरहेको छ कि प्रशासकले भन्ने बिषयमा अझै प्रष्ट हुन सक्ने अवस्था छैन हाम्रो देशको सन्दर्भमा । ‘शासकहरु बेईमान भएर भ्रष्टाचार भईरहेको ?वा शासकहरु कमजोर भएर भ्रष्टाचार भईरहेको छ?’ भनेर सोध्दा अधिकांशले शासकहरु कमजोर भएर भन्ने छन ।हाम्रा शासकहरु राणाकालीन ढर्रामा चलेको प्रशासन संयन्त्रसंग लड्न सक्दैनन् । सेवाग्राहीले झुकेर प्रणाम गरोस र काम गरिदिएवाफत चियापानी पनि देवस भन्ने मानसिकताको कर्मचारी संयन्त्रले राज्य संयन्त्र हामीले तयार गरेको बिधिपद्दति अनुसार चलोस भन्ने चाहना राख्छ । यदि त्यसो गर्न पाएन भने ‘कर्मचारी माथी सरकार निरंकुश भयो’ भन्ने आरोप लाउँछ र सामुहित सौदावाजी वा टेड युनियन अधिकारका नाममा देशै ठप्प गर्ने चेतावनी आउँछ । त्यसकारण प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने वाक्यलाई त व्यवहारमा उतार्न सक्लान तर ‘म भ्रष्टाचार सहन्न’ भन्ने वाक्यको व्यवहारिक कार्यान्वयन सजिलो छैन । 
शासन व्यवस्थामा निकै ठुलो परिवर्तन भएको छ । बिगतका निरंकुश, जहानीयता, एकात्मक, हामीले भनेका जति पनि शासन व्यवस्थाहरु थिए ति सवै खराव हुन, बिधिको शासन भएन, जनताको चाहना अनुसार काम हुन सकेन भन्दै पटक पटक राजनीतिक आन्दोलनहरु भए ।नेपाली जनताले ठुलो बलिदानी दिए । फलस्वरुप बिकेन्द्रित संघात्मक लोकतान्त्रिक शासन व्यवस्था भएको छ । एक तहको सरकार सट्टा तीन तहका सरकारहरु भएका छन् । 
तर, परिस्थिति हेर्दा हामीले व्यवस्था परिवर्तन ग¥यौं तर हाम्रो अवस्थामा परिवर्तन गर्न सकेनौं । व्यवस्था र अवस्था फरक कुरा हो । व्यवस्था परिवर्तन गर्न सजिलो छ तर अवस्था परिवर्तन गर्न गा¥हो छ अर्थात् हामीले वानी, हाम्रो शैली, व्यवहार परिवर्तन गर्न सकेनौं । हामीले पञ्चायती व्यवस्थामा जस्तो अभ्यास गरेका थियौं, त्यही अभ्यास अहिले पनि गर्दै छौंं । 
फरक यति मात्रै हो कि हिजो हामी शासित थियौं, आज शासक बनेको छौं । हिजोका शासकहरुले जसरी हामीमाथी शासन ग¥यो, त्यसरीनै आज हामी जनतामाथी शासन गर्दैछौं । हिजोका शासकहरुले जनतालाई रैती बनाएका थिए, आजका शासकहरुले पनि जनतालाई मालिक होईन रैती ठान्दैछन् । 
बिगतमा शासन व्यवस्थामा जति भ्रष्टाचार हुन्थ्यो त्यसमा थोरै व्यक्तिको संलग्ना हुन्थ्यो तर आजको शासन व्यवस्थामा धेरै व्यक्तिहरुको संलग्नता छ । बिगतमा हामीले “करप्टेड व्यूरोक्र्याट्स” भनेर कर्मचारीहरुलाई मात्रै दोष लगाउने गरेका थियौं तर अव त्यो आरोप मित्थ्या हुन्छ । उपभोक्ता, उपभोक्त समिति, राजनीतिक दलका कार्यकर्ताहरु अहिले लोकतान्त्रिक व्यवस्थाका नयाँ भ्रष्टाचारीहरु हुन् । त्यसैले अव भ्रष्टाचारको दायरा सिमित छैन, धेरै फराकिलो छ ।
भ्रष्टाचार बिरुद्ध खडा गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संरचनाहरुले भ्रष्टाचार “नियन्त्रण” होईन “नियमित” गरिरहेका छन् । तिनै    सरकारी कर्मचारीहरु सेवा प्रदायक कार्यालयमा अझ भन्दा ‘आकर्षक’ कार्यालयमा बसेर अकुत सम्पत्ति आर्जन गर्छन् अनि भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै अख्तियारमा पस्छन् । यसले उनीहरुलाई आफुले गरेको भ्रष्टाचार लुकाउन सहज हुन्छ । त्यसैले जवसम्म कर्मचारी संयन्त्रबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायमा जाने चलन रहन्छ तवसम्म भ्रष्टाचार नियन्त्रण होईन, नियमित भईरहन्छ । 
नेपालमा भ्रष्टाचार बिरुद्ध ‘वाचडग’ संयन्त्रको फितलो उपस्थिति छ अर्थात् जति पनि नागरिक समाज संस्थाहरु छन् उनीहरु या त आफैं पनि लोभमा छन् या फेरी बिभाजित छन् । अनुहार हेरेर बिज्ञप्ती निकाल्ने, बिरोध वा समर्थन गर्ने चलन छ । निश्पक्ष रुपमा छानविन गर्न दवाव दिनु भन्दा पनि “उ त हाम्रो मान्छे हो चुप लाग्नु पर्छ, उ बिरोधी समूहको मान्छे हो, व्यापक हल्ला गर्नु पर्छ” भन्ने दुर्भाग्यपूर्ण मानसिकता छ । 
एकातिर सेवा प्रदायक संयन्त्रहरु राणाकालीन ढर्राबाट माथी उठ्न नसक्नु, अर्कोतिर जनता पनि सार्वभौम जनता नभएर रैतीकै मानसिकतामा हुनु भ्रष्टाचार बढ्नुका कारण हुन । जनताले काम गरिदिए वाफत चियापानी दिने मानसिकता त्याग्न नसक्नु र घुस खानु हाम्रो अधिकार हो भन्ने मानसिकताका कर्मचारीहरुमा हुनुले हामी सवै अनियमितताका पुजारी हौं भन्ने देखिएकै छ । 
त्यसैले पहिलो कुरा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनामा सुधार हुनु जरुरी छ । त्यसपछि नागरिक समाज कुनै राजनीतिक दलको पिछलग्गु वा भ्रष्टाचारीको पक्ष पोषक नभएर निश्पक्ष अभियन्ता हुनु जरुरी छ । तेश्रो कुरा जनप्रतिनिधिहरुले आफु शुद्ध हुनु जरुरी छ । कतिपय जनप्रतिनिधिहरु आफु भ्रष्टाचारमा संलग्न छैनन् तर उनका सहयोगीहरु र कर्मचारी संयन्त्रले उनीहरुलाई पनि बद्नामित गरेका छन् । “यो प्रमुखको भाग, यो फलानो प्रतिनिधिको भाग, यो हाकिमको भाग” भनेर छुट्याउने प्रचलन बसेको छ । जनप्रतिनिधिहरुले गलतलाई गलत भन्ने हिम्मत राख्नु पर्छ, भ्रष्टहरुको बचाउ गर्ने होईन । 
चौथो कुरा, सम्पत्तिको छानविन गर्ने एउटा स्वतन्त्र संयन्त्र आवश्यक छ । सरकारी सेवामा प्रवेश गरेको दुई बर्षमै आलिशान महल कसरी खडा हुन्छन् वा जनताको सेवा गर्छु भनेर भोट माग्नेहरुको ‘लाईफस्टायल’ एकाएक कसरी अकासिन्छ ? यसको छानविन हुने कि नहुने ? तराईतिर वा महङ्गा शहरमा घर घरेडी किन्नेहरुमा जनप्रतिनिधिहरुको संख्या पनि उल्लेख्य छ, त्यो के साँच्चै नियम अनुसारको सेवा सुविधाबाट सम्भव भएको हो त ? यस कुराको खोजी हुनु जरुरी छ । अन्यथा सर्वसाधारणले गिट्टी कुटेर कर तिर्दै गर्ने, शासक, प्रशासक, दलालहरुले अकुत सम्पत्ति कमाउदै गर्ने र ‘कारवाही’ को नाममा ‘कालोमोसो’ पोतायो, किस्सा खतम गर्ने अभियान जारी रहनेछ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

बस्तुगत प्रश्नहरु ः
१. रुपक स्मृति पुरस्कार—२०७१ बाट सम्मानित हुने फुटबलर को हुन् ?
— सन्तोष साहुखल र भगवती थापा
२. इन्डोनेसियाको बाङडुङमा हुने अफ्रिकी–एसियाली मुलुकको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
— वि.सं. २०७२ बैशाख ७
३. संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन कहिले भयो ?
— वि.सं. २०७२ बैशाख २
४. विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान २०७२ को नारा के रहेको छ ?
— हिंसा यौन दुर्रव्यवहार र विभेदमुक्त विद्यालय बनाऔं बालबालिकालाई विद्यालय पठाऔं ।
५. मलाला एस्टोराइड के हो ?
— नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशीय पिण्ड
६. खुला बजार एवं उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो ?
— वि.सं. २०७२ बैशाख १
७. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो ?
— सन् १९७९
८. नेपालमा वीस बर्षिय दीर्घकाली कृषि योजना कहिलेदेखी लागु भएको हो ?
— आ.व. २०५३÷५४
९. सबैभन्दा सिधा सुर्यको ताप परी गर्मी हुने अक्षांश रेखा कुन हो ?
— भूमध्येरेखा
१०. कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखि कृषि विकास मन्त्रालय बनाइएको हो ?
— वि. सं. २०६९
११. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ? 
— प्रशान्त महासागर
१२. महिनावरी रोकीएको अवधिलाई के भनिन्छ ?
— ब्mभलयचचजभब
१३. स्थलमण्डल भनेको के हो ?
— पृथ्वीको बाहिरी भाग
१४. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ? 
— उत्तर अमेरिका
१५. जब तिमी उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छ तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । यो भनाई कस्को हो ?
— एडोल्फ हिटलर
१६. नेपालका आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाती तलको कुन          बर्गीकरणभित्र पर्दछ ?
— अति सीमान्तीकृत
१७. निजामती सेवा दिवस कहिले पर्दछ ?
— भाद्र २२
१८. नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?
— वि.सं. २००८
१९. बैंकमा राखिएको रकम झिक्न प्रयोग गरिने ब्त्ः को पुरा रुप के हो ?
— ब्गतयmबतष्अ त्भििभच ःबअजष्लभ
२०. संयुक्त राष्ट्रसंघको आह्वानमा कुन बर्षलाई अन्तराष्ट्रिय नारी बर्षको रुपमा मनाइएको थियो ?
— सन् १९७५
२१. म्भझभम भहउयचत भनेको के हो ?
— स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा विक्रि गर्ने कार्य
२२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? 
— १११ कि.मि.
२३. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ? 
— कुमेरु महासागर
२४. हजारौं तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
— फिनल्याण्ड
२५. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ? 
— युरोप

साहित्य/सिर्जना 

बदिल्न चहान्छु

बदल्न चहान्छु , म मेरो नाम
जसको कुनै अर्थ छैन
बदल्न चहान्छु , म मेरो काम
जसले अर्कालाई मद्दत दिएको छैन ।

बदल्न चहान्छु , म मेरो हृदय
जसले अर्काको भाव बुझेको छैन
बदल्न चहान्छु , म मेरो आत्मा
जहा इशवरको लागि ठाउँ छैन ।

बदल्न चहान्छु , म मेरो मन
जहा अर्काको लागि प्रेम छैन
बदल्न चहान्छु , म मेरो देश
जहा मानिसको भलाई कहिल्यै हुँदैन ।
मुकुन्द दिप मडै डोटी 
हाल काठमाण्डौ

मेरो सानो कोठा जस्तै

सारा राष्ट नै भद्रगोल भयको छ ।
ब्यक्ति ब्यक्ति कै बिचमार ।
स्वार्थ पूत्र्तिका निम्ति होडबाजि छ ।
एक आपसमा लड्रदा लडदै ।
देश टुक्रिएको वास्ता छैन ।
देशको स्वाभिमानमा अाँच आएको वास्ता छैन ।
राष्टको अखण्डतामा आएको हस्तक्षेपको वास्ता छैन ।
देशमा भइरहेको चलखेलको वास्ता छैन ।
ठुला साना सबैलाई ।
देश सपार्ने फुर्सद छैन ।
सुनिता गुरुङ्ग 
हाल काठमाण्डौ

गजल 

छातीभित्र सेती बोकेर चिन्तित हुन सकेन
नदी अंगाले पनि वगर स्खलित हुन सकेन
खुलेहाम नाङ्गियौ चर्चा बटुल्न सरम बेचेर
त्यो नग्न तस्वीर धेरैबेर चर्चित हुन सकेन
इज्जतको व्यापार गर्न भनेर सहर पसेको
त्यो इन्सान त्यो पेशा सम्मानित हुन सकेन
त्यो दुश्मनीको रहस्य आखिर के हुन सक्छ
मर्दा सम्म कुकुर र बिरालो मित हुन सकेन
तिम्ले छुदा असर त मलाई पनि भएको हो
पत्थर हु पानी जसरी तरङ्गित हुन सकेन
गीता स्मृति कठायत
दिपायल, डोटी

गजल

सबैका लागि अमृत फलाउन पनि मुस्किल छ ।
पानी माथी आगो जलाउन पनि मुस्किल छ ।।
सामन्त र शासक मात्र जन्मेपछि यो नेपालमा ।
जन्ता मिली सरकार चलाउन पनि मुस्किल छ ।।
गुट उपगुट र षड्यन्त्रमा जुटेका नेताहरुलाई ।
भनेकै बेला तह लाउन पनि मुस्किल छ ।।
क्षितिज वारी र पारी, धड्कन मुटुमा सारी ।
मायाको महल ढलाउन पनि मुस्किल छ ।।
चन्द्रा बुढा

Tuesday, April 2, 2019

बिम्ब साप्ताहिक, मिति २०७५ साल चैत्र १९ गते

२०७५ साल भदौ १ गते लागू भएको देवानी संहितामा रहेका मुख्य व्यवस्थाहरु
ड्डजबर्जस्ती करणी गरी ज्यान मारेमा आजीवन (जीवित रहेसम्म) कैद हुने,
ड्डक्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा आजीवन (जीवित रहेसम्म) कैद हुने, 
ड्डसार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा बिष हाली ज्यान मारेमा (जीवित रहेसम्म) कैद हुने,
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

चालक अनुमति पत्र ट्रायल सेण्टरको शिलान्यास

सवारी चालक अनुमति पत्रको लागि लिईने सीप परीक्षण अव डोटीमै हुने भएको छ । डोटीमा ट्रायल सेण्टरको निर्माण कार्य सुरु भएको छ । 
कूल २७ लाख ८१ हजारको लागतमा डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा वन्ने उक्त सेण्टरको आईतवार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिं बोहराले शिलान्यास गरेका हुन् । दिपायल सिलगढी नगर विकास समितिको जमिनमा यातायात व्यवस्था सेवा कार्यालय डोटीले ट्राईल सेन्टर निर्माण गर्न लागेको ट्राईल सेन्टरको मन्त्री बोहराले शिलान्यास गरेका हुन् । सो क्रममा मन्त्री बोहराले ट्राईल सेन्टर निर्माणपछि यस क्षेत्रका बासिन्दालाई सवारी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिन सहज हुने बताए । डोटी र डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई  सवारी चालक अनुमती पत्र समेत लिन सकिने गरी ट्राईल सेन्टर निर्माण हुनु खुशीको कुरा भएको मन्त्रीको भनाई छ ।
डालिमा निर्माण सेवा, धनगढी कैलालीले निर्माण  गर्ने ट्राईल सेण्टरको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरले दिपायलबाट राजधानी सारेर कैलाली लगिएकोमा पीडाबोध भएको वताए । उनले डोटीमा रहेका सरकारी कार्यालयहरुमा सेवा सुविधा बिस्तार गरी सरकारले डोटेली र पहाडी जनतालाई राहतको महशुस हुने गरी काम गर्नु पर्नेमा जोड दिए ।
असारदेखि सवारी चालक अनुमति पत्र प्रदान गर्ने गरी ट्रायल सेण्टर निर्माण कार्यलाई तिव्रता दिईने यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख ध्रुव दयालले जानकारी दिए । कार्यालयले सवारी दर्ता नविकरण, बाटो इजाजत पत्र, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास, सेती यातायातबाट जारी भएका लाईसेन्स नविकरण, पट्के बाटो इजाजत, सवारी अनुगमन लगायत कार्यहरु गरिरहेको कार्यालय प्रमुख दयालले वताए ।
खानेपानी योजना अनुगमन
यसैबीच मन्त्री बोहराले बगलेक—रातोली—पाकरी खानेपानी आयोजनाको अनुगमन गरेका छन् । 
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका दिपायल सिलगढी नगरपालिका–७ का ६ सय ९९ घरधुरी–लाई लाभान्वित हुने सुरुवात भएको उक्त अयोजनाको मन्त्री बोहराले अनुगमन गरेका हुन । आयोजनाको अनुगमन लगतै मन्त्री बोहराले यसै आर्थिक बर्षमा सम्पन्न गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजपुरलाई निर्देशन समेत दिएका छन् । 
आयोजनाको निरिक्षण लगतै मन्त्री बोहराले यसै आर्थिक बर्षमा सम्पन्न गर्नका लागीे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुरलाई निर्देशन समेत दिनुभएको छ रातोली पाकरी खानेपानी आयोजनाको कुल लागत १ करोड ८५ लाख रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुरले जानकारी दिएको छ । 
मुडा वनाउने तालिमको समापन 
यस्तै मन्त्री बोहरा डोटीको राजपुरमै द्वन्द्व पीडित बालबालिकाका लागि सञ्चालित बाँसका मुढा बनाउने तालिमको समापनमा सहभागि भएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय डोटीको सहयोगमा शहीद स्मृति आवाशीय माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि सञ्चालित बाँसका मुढा बनाउने ११ दिने तालिमको समापनमा सहभागि भएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री बोहराले सिपमुलक, प्राविधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता भएकाले व्यक्तिगत, पारिवारिक जीवनदेखि समाज र राष्ट्रका लागि यसले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
तालिममा २० जनो सहभागि रहेका थिए ।

सम्पादकीय 

भ्रष्टाचारको जर्जरता

केही दिन अगाडी डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो लगाईयो । उनलाई भ्रष्टाचार र अनियमिततासंग सम्वन्धित नौ वटा आरोप लगाईएका थिए । ति अरोपहरुमध्ये भवन र शौचालय निर्माणका लागि बिद्यालय छान्दा १० प्रतिशत अग्रीम कमिसन माग्ने गरेको भन्ने प्रमुख छ । कालोमोसो लगाउने समूहले उनले कमिसनको रकम आफ्नो श्रीमतीको नाममा जम्मा गर्न श्रीमतीको बैङ्क खाता नं. बिद्यालयका प्रधानाध्यापकहरुलाई दिएको आरोप छ । पौड्यालले चलाउने मोवाईल नं. बाटै प्रधानाध्यापकहरुलाई पठाएको सन्देश पनि कालोमोसो दल्ने समूहले सार्वजनिक गरेको छ । 
२०६२/०६३ सालको महान राजनीतिक परिवर्तनसंगै डोटी जिल्लामा यो समेत गरी ६ घटना कालोमोसोका भए । ति सवै घटनाहरुमा भ्रष्टाचारकै आरोप लगाईएको छ तर कुनै पनि घटनाका आरोपीलाई भ्रष्टाचारको कसुरमा न्यायिक वा अर्ध न्यायिक निकायबाट सजाय भएको पाईदैन । बाँकी पाँच जस्तै यो छैटौ पनि हुनेछ भन्ने कुरामा कसैको बिमति छैन । 
यि सवै घटनाहरु हेर्दा र कालोमोसो लगाउने समूह हेर्दा कालोमोसो आरोपीलाई उम्काउने हतियार हो कि भन्ने भान पनि हुन थालेको छ । नैतिक पतनहरुले बेईज्जतको डर मान्दैनन्, उनीहरुले डण्डाको मात्रै डर मान्छन् । त्यसैले उनीहरुका लागि कालोमोसो भन्दा कात्रै ओडाईदिए पनि कुनै फरक पर्दैन तर यदि मुद्धा लागेर जेल जानु प¥यो भने जागिर छुट्छ, जेलमा दुःख हुन्छ, फेरी विगो पनि तिर्नु पर्छ भन्ने डर हुन्छ । त्यसैले, कालोमासो पोतायो, भाग्यो । त्यसपछि सरकारले आफ्नो कर्मचारीमाथी सहानुभूति राख्छ र कुनै कारवाही हुँदैन । त्यो ‘च्याप्टर क्लोज’ हुन्छ । डोटीमा भएका अन्य पाँच घटनामा यस्तै भएको छ । अपबादको रुपमा एक कालोमोसो पाउने एक अधिकारी जिल्लामै छन् । उनको घरै डोटीमै भएका कारण पनि हुन सक्छ उनी भाग्नु परेन । तर, उनीमाथी लागेको आरोपको पनि कसैले छानविन गर्न आवश्यक ठानेन् । 
अहिलेका कालोमोसो पाउने शिक्षा विकास तथा समन्य ईकाई प्रमुखले पनि घटना लगत्तै जिल्ला छोड्नु र उनको विभागले उनी एक इमानदार राष्ट्रसेवक भएको भन्दै बिज्ञप्ती जारी गर्नुले अव यो घटनामा कुनै छानविन हुने छैन भन्ने कुरा पुष्टी भएको छ । उनलाई कालोमोसो लगाउनुको कारण बारे यस अघिनै डोटीका प्रमुख जिल्ला अधिकारीलाई पटक पटक जानकारी गराईसकिएको तर पनि उनले कुनै सुनुवाई नगरेको भन्ने आरोप कालोमोसो लगाउने समूहले बिज्ञप्तीमार्फत लगाउनुले थप संकाहरु उव्जाएको छ । 
तत्काल घटेको घटना भएका कारण यो एउटा प्रतिनिधि घटना हुन सक्छ तर यस्ता धेरै घटनाहरु सञ्चारमाध्यममा आईरहेका हुन्छन् । ति मध्ये कति जनामाथी छानविन भयो भन्ने कुराको खोजी भने कसैले गरेको पाईदैन । यदि यही तरिकाले सवैले चुप्पी साँध्ने हो भने भ्रष्टाचारका घटनाहरु मौलाउने हुन्, घट्ने होईनन् । टन्न भ्रष्टाचार ग¥यो, अकुत सम्पत्ति आर्जन ग¥यो, भाग्नका लागि कालोमोसोको सहारा लियो, कहानी खतम । त्यो भन्दा अरु कुनै हुने गरेको देखिएन । प्रबृत्ति यही चलिरहने हो भने भ्रष्टाचार घट्ने होईन मौलाउने हो ।  
बर्तमान संघीय सरकारका प्रधानमन्त्रीले आफु भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि नहसने भन्दै हिडेका छन् । राजनीतिक पृष्ठभूमि हेर्दा उनले भ्रष्टाचार गरेको जस्तो पनि देखिदैन । तर, नेपालको सन्दर्भमा आहोदामा पुगेका व्यक्तिहरुले भ्रष्टाचार गर्दैन भन्दा पनि गर्न वाध्य बनाईन्छ, यदि अपबादका रुपमा कुनै नेतृत्वकर्ताले  भ्रष्टाचार गरेन भने पनि भ्रष्टाचार गर्नेलाई रोक्न सक्ने सामथ्र्य राख्दैन । कि त उ आफै भ्रष्टाचारी हुनु पर्छ, कि उसले भ्रष्टाचार भएको चुपचाप सहनु पर्छ ।

थप समाचार 

बिशेषज्ञ सहितको स्वास्थ्य शिविर चल्ने

गणेश मौनी/डोटी
चैत्र १८
डोटीको बडीकेदार गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 
‘सेभ द हर्ट’ संस्था तथा निसर्ग अस्पताल धनगढीको सहयोग र बडीकेदार गाउँपालिकाको आयोजनामा चैत्र २२ र २३ गते निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेर रोगलाई पाल्न बाध्य भएकाहरुलाई सहयोग पुगोस भन्ने हेतुले बृहत स्वास्थ्य शिविरको आयोजन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । ‘मान्छेको शरीरको सबै भन्दा महत्वपूर्ण अंग भनेको मुटु हो मुटुको रोग भएका रोगीलाई उपचार गर्न सबैलाई सम्बभ छैन्’ अध्यक्ष चन्दले भने ‘त्यसैले बिशेष गरी मुटुको उपचारका साथै सम्पूर्ण उपचार घरदैलोमा होस भन्नको लागि शिबिरको आयोजना गरिएको हो ।’    शिविरमा सम्पूण रोगका विरामीहरुलाई सेवा लिई मौकाको फाईदा उठाउन हुन समेत अध्यक्ष चन्दले आग्रह गरेका छन् । 
गाउँ घरमा रहेका महिला दिदीबहीनीका थुप्रै स्वास्थ्य समस्या छन् सबैले राम्रो ठाउँमा गएर उपचार गर्न नसक्ने हरुलाई लक्षीत गरेर शिविर संचालन हुन लागेको बडीकेदार गाउँ पालिकाकी उपाध्यक्ष ईन्द्रा भाट (बोहरा) ले बताईन् । उनले भनिन् ‘बृतह रुपमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुदैन आर्थिक अवस्था कमजोर भएकाहरुलाई ठुलो राहात पुग्नेछ । ’शिविरमा सबै रोगका बिरामीहरुको उपचार हुने भएकाले सहभागिताका लागि सबैलाई आग्रह गरिन् । 
शिविर आयोजना स्थलमा आवश्यक बसोबास, प्रचार प्रसार लगायत सम्पुर्ण तयार पुरा भईसकेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज पाण्डेले बताए । उनले भने ‘शिविरको लागि करीब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आउदैछ, बालक, महिला, बृद्धबृद्धाहरु सबैको, सबैरोगको उपचार गरिनेछ, गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूण तयारी पुरा गरिसक्यौं ।’ 
शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिल भटराईको नेतृत्वमा सात जना बिशेषज्ञ चिकित्सक सहित २१ जनाको टोली आउने भएको छ । 

पत्रकार खड्काको खोजी गर्न टोली गठन

नेपाल पत्रकार महासंघ डोटी शाखाका साधारण सदस्य  पत्रकार तेज बहादुर खड्का  (तेजु) को खोजी कार्यका लागि टोली गठन गरिएको छ । 
पत्रकार खड्का बेपत्ता भएको करीब आठ महिना पुग्नै लाग्दा पनि उनको अवस्था कसैले पत्ता लगाउन नसकेपछि नेपाल पत्रकार महासंघ डोटीले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा शनिबार डोटीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा पत्रकार खड्काको खोजी कार्य गर्न पाँच सदस्यीय टोली गठन गरिएको  छ ।  
नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित टोलीमा प्रेस चौतारी डोटीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, पे्रस सेण्टरका काबा अध्यक्ष कर्ण चन्द र पत्रकार महासंघका कोषाध्यक्ष अरुण बम रहेका छन् । टोलीले वेपत्ता पत्रकार खड्काका घरपरिवार, आफन्तजन र  बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटना स्थलगत अध्ययन पश्चात प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रदेश समिति र नेपाल सरकारका सम्बन्धित निकायहरुमा पेश गर्ने अध्यक्ष बलायरले बताए । उनले भने ‘पत्रकार खड्का हराएको लामो समय भैसक्यो  सरकारी संयन्त्रबाट पनि खोजी कार्य भईसकेको छ तर अहिले सम्म पनि भेटिएको छैन्’ बलायरले भने ‘यो घटनालाई फरक ढंगले अध्ययन गर्नु पर्छ भन्ने लागेकोले टोली गठन गरेका हौं ।’ 
भेलाले सदस्यता नबिकरण, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरुसंग समन्वयात्मक बैठक गर्ने निर्णय गरेको छ । 
 २०७५ भाद्र १० गते बाजुराको बुढीनन्दा मेलाबाट    रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कबिहीन भएका खड्का अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् । डोटीको दिपायल सिलगढी–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल हुँदै केन्द्रीय प्रसारणमा समेत काम गरेका खड्का पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

काँडी गाउँ जोखिमयुक्त वडा 

यो पुरानो कलेना गाउँ विकास समितिभित्र पर्ने धेरै गाउँहरुमध्ये एक काँडी गाउँ हो । हाल दिपायल सिलगढी नगरपालिकाको वडा नं. ९ मा पर्छ । यहाँ लगभग ८०  घरधुरी छन । बर्तमान संघीय गणतन्त्रभित्र प्रत्यक वडामा सडक पुगेको छ तर हाम्रो यस गाउँमा अहिलेसम्म पनि सडक पुगेको छैन । पञ्चायल, बहुदल कुनै पनि बेला हाम्रो गाउँको बारेमा सोचिएन । अहिलेको शासन व्यवस्थामा हाम्रो गाउँमा सडक पुग्छ कि भन्ने ठुलो आशा गरेका छौं । यदि यो शासन व्यवस्थामा पनि हाम्रो गाउँमा सडक पुगेन भने हाम्रा लागि न संघीय शासन व्यवस्था भएको कुनै अर्थ हुन्छ न त गाउँ विकास समितिबाट नगरपालिका भएकोमा कुनै खुशी हुनेछ । हाम्रा लागि ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने उखान चरितार्थ हुनेछ । 
किनभने विकासको पूर्वाधार भनेको सडक हो । जहाँ सडक पुग्छ त्यस गाउँ, ठाउँ, वडाको विकास धेरै भईसकेको हामीले पाएका छौं, तर हाम्रो यो गाउँ अझैं अन्धकारमा रहेको छ । सडक नपुगेका कारण बिरामी हुँदा वा अन्य कुनै चोट पटक लाग्दा समयमै अस्पताल पु¥याउन नसकेर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । 
हामीले पनि नगरपालिकाको विकासमा योगदान दिएका छौं, तर हामीले त्यसको प्रतिफल केही पाएका छैनौं । स्थानीय सरकार, प्रादेशिक सरकारले हाम्रा लागि केही गरिदिएन भने हाम्रा लागि यो दर्दनाक पीडा हुनेछ । कि त सरकारले हामीलाई यो देशका नागरिक होईनन् भन्न प¥यो कि त हामीलाई पनि सडकको पहुँचमा ल्याईदिनु प¥यो । हामी सरकारलाई सधैं साथ दिनेछौं । यदि हाम्रो गाउँ ठाउँमा सडक नपुगेको खण्डमा हामी आन्दोलन गर्न बाध्य हुनेछौं ।
प्रस्तुती ः बाबु प्रविण कुमार सोव  

छोटो समाचार 

दरवार उत्खनन् कार्य सुरु 

नेपालमा बाईसे चौविसे राज्य भएका समयमा बलियो राज्यको रुपमा पहिचान बनाएको डोटेली राजाको दरवार पुननिर्माणका लागी उत्खनन् कार्य सुरु भएको छ ।
ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्व बोकेको डोटेली राजाको दरवार भग्नावशेष मात्र रहेको दिपायल कोट दरबार दिपायल सिलगढी नगरपालिकाले पुनःनिर्माण गर्न उत्खनन् सुरु गरेको हो ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको दरबार भएका कारण ऐतिहासिक बस्तु फेला पर्ने सम्भावना रहेको भन्दै उत्खनन् तथा पुन निर्माणका लागी पुरातात्विक विभागको प्राविधिकले उत्खनन्को निरीक्षण गरिरहेको गरि रहेको छ ।

असिनापानीले बाली नष्ट 

सोमबार राती हावाहुरी संगै आएको असिना पानीले डोटीको सायल गाँउपालिका र पुर्वीचौकी गाँउपालिका अन्न तथा तराकारी खेतीमा क्षेति पु¥याएको छ ।
रातीको समयमा आएको असिनापानीले पाकेर घर भित्राउने अवस्थामा पुगेको लाखौं मुल्य बराबरको गहुँबालीमा क्षेति पु¥याएको स्थानीय करन देउवाले जानकारी दिए । सायलको     कौराडी, छपाली, साप्रा, बेटारा लगायतका गहुँबाली, तरकारी बारी मात्र होईन बोटविरुवाहरु समेत क्षतविच्छेत पारेको छ ।
त्यस्तै पुर्वीचौकी गाँउपालिकामा पनि असिना पानीले क्षेति पु¥याएको गाउँपालिका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिए ।

खेल समाचार 

मुख्यमन्त्री कपको खर्च दुई करोड

धनगढीमा गत फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन भएको मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको व्यय सार्वजनिक गरिएको छ । सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको बिवरण अनुसार प्रतियोगितामा दुई करोड १४ लाख ३९ हजार चार सय ९७ रुपैयाँ खर्च भएको छ । सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीका अनुसार मन्त्रलायलयले अतिथि सत्कारमा दुई लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै भलिबल कोर्ट मर्मत सम्भारमा एक लाख ९२  हजार, क्रिकेट मैदान मर्मतमा पाँच लाख २७ हजार, ब्याडमिन्टन कभर्ड हल मर्मतमा दुई लाख ११ हजार र फुटबल मैदान मर्मतमा ८३ हजार रुपैयाँ खर्च भएको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । 
खेल व्यवस्थापनमा सात लाख ४५ हजार र खेल सामग्रीमा सात लाख ९० हजार रुपैयाँ खर्च भएको छ । फुटबलतर्फ दुई लाख ६१ हजार, ब्याडमिन्टनतर्फ एक लाख चार हजार, क्रिकेट तर्फ तीन लाख ८० हजार खर्च भएको जनाईएको छ । 
यस्तै, पोशाँकमा आठ लाख ३१ हजार, साँस्कृतिक उपसमितितर्फ दुई लाख १२ हजार रुपैयाँ, समारोह तथा अतिथि सत्कार उपसमितितर्फ ७४ हजार, सुरक्षा तथा स्वयमसेवक उपसमितितर्फ तीन लाख ८० हजार खर्चिएको छ । प्राविधिक उपसमितितर्फ पाँच हजार, स्वास्थ्य तथा उपचार उपसमितितर्फ दुई लाख आठ हजार, खाना तथा यातायात उपसमितितर्फ एक लाख तीन हजार, प्रचार प्रसार उपसमितितर्फ चार लाख ७२ हजार रुपैयाँ खर्चिएको छ । 
खेलाडी दैनिक भ्रमण भत्तामा ६६ लाख ७३ हजार, पुरस्कारमा २८ लाख, प्रथम हुने खेलाडी नगद पुरस्कारमा ७४ हजार, रेफ्रि निर्णायकको दैनिक भत्तामा ११ लाख ६८ हजार, उपसमितिहरुको बैठक भत्तामा पाँच लाख १६ हजार रुपैयाँ खर्च गरिएको छ । 
प्रचार प्रसारतर्फ नेपाल टेलिभिजनलाई एक लाख ७४ हजार, एभिन्युजलाई एक लाख ६० हजार, एसटीएसलाई ६७ हजार रुपैयाँ उपलब्ध गराइएको छ । प्रतियोगिता तयारी र बैठक तथा खाजामा एक लाख १० हजार, प्रतिवेदन तयारी तथा सार्वजनिकरण खर्चमा ५० हजार, प्रमाणपत्र, होडिङ बोर्ड लगायतमा एक लाख ९४ हजार रुपैयाँ खर्च गरिएको छ । 
सचिवालय सम्बन्धी खर्चमा पाँच लाख ३३ हजार, निर्देशन उपसमितिको भत्ता खाजामा दुई लाख १२ हजार, लोगो तथा मस्कट छनोटमा ९८ हजार, प्रतियोगिता निर्दे्शिका निर्माणमा एक लाख ४८ हजार रुपैयाँ खर्चिएको छ । मेडल तथा ट्रफीमा चार लाख ६७ हजार, मायाको चिनो, ब्याच, स्टिकरमा तीन लाख ४५ हजार, कार्यालय स्टेशनरीमा ५० हजार, विविध भैपरीमा दुई लाख रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ । 
यसैबीच, मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा क्रिकेट खेलतर्फ खर्च गरेर बचत भएको पैसा सामाजिक विकास मन्त्रालयलाई फिर्ता  गरिएको छ ।  क्रिकेट खेल व्यवस्थापन उपसमितिले खर्च गरेर बचेको ९१ हजार ६ सय ४८ रुपैयाँ मन्त्रालयलाई फिर्ता गरेको हो । उक्त उपसमितिलाई पेश्की स्वरुप चार लाख ९९ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसैगरी, स्वागत तथा मञ्च व्यवस्थापन उसमितिले भत्ता वाफतको अत्तरियामा  रहेका असहायहरुका लागि हस्तान्तरण गरेको छ । उपसमितिका सदस्यहरुले आफूले पाएको बैठक भत्ता असहायलाई सहयोग गरेका हुन ।

चलचित्र मनोरञ्जन 

“रातो टिका निधारमा” मा साम्राज्ञी

फिल्मी खवर
अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाह ‘ब्याक टु ब्याक’ फिल्म गर्ने मुडमा देखिएकी छिन् । केही दिनदेखि नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त उनले निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दै्छिन् । यो फिल्म केही समय पछाडि धकलिएपछि उनले एक नयाँ फिल्म साइन गरेकी छन् । 
‘मारुनी’ को छायांकन पूरा भएलगत्तै उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको छ । केही दिनयता निर्देशक शर्मा अभिनेत्रीको खोजीमा थिए । सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा उनले १६ लाख पारिश्रमिक बुझेकी छन् । 
यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए । त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त फिल्म गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए । 
नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस फिल्ममा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्दे्शित सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि–एरेञ्ज गरेर राखिने छ । 
फिल्मको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।

लेख 

नयाँ पत्रकारलाई चाँही कुट्न पाईन्छ ?

निकेश वराल
मोरङको सुन्दर हरैंचा नगरपालिकामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको विषयलाई लिएर केही दिनदेखि यहाँ नेकपा र कांग्रेसमा आवद्ध अखिल र नेवि संघवीच तनाव भइरहेको छ । केही झडपमा घटना पनि भएका छन् । यही क्रममा शुक्रबार नेविसंघको जुलुसको तस्वीर र भिडियो खिचिरहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताहरुले मलाई कुटपिट गरे । भिडियो खिच्न प्रयोग भइरहेको स्मार्ट फोनमा पनि क्षति पु¥याइदिए ।
कुटपिटको घटनापछि म बिराटचौक स्थित सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएँ । पत्रकार महासंघ मोरङले विज्ञप्ति जारी गर्दै पत्रकारमाथी भएको कुटपिटको विरोध ग¥यो । प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वयले काठमाडौंबाट शुक्रबार नै संयुक्त विज्ञप्ति जारी गरेर पत्रकार कुटिएको घटनाको विरोध गरे ।
प्रदेश १ का महासंघका सभापति विक्रम लुइँटेलले पनि पत्रकारमाथि भएको घटनाको विरोध गर्दै मोरङ प्रहरी प्रशासनसमक्ष दोषीलाई कारवाही गर्न आग्रह गरे ।
स्वास्थ्य जाँचसँगै मैले बेलबारी प्रहरीमा स्थानीय सञ्चारकर्मी साथीहरुको सहयोगमा जाहेरी दर्ता गराएँ । त्यस क्रममा नेकपा समर्थित अखिलका कार्यकर्ताहरुले मलाई स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिन आग्रह गरेका थिए । तर, मैले मानिनँ । जो व्यक्ति कुटपिटमा संलग्न भएको हो, उसलाई मात्रै कारवाही होस् र यो घटनालाई राजनीतिकरण नगरियोस् भनेर नै मैले स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिइयोस् भन्ने नेकपाका कार्यकर्ताको सल्लाह अस्वीकार गरेको हुँ । घटनामा संलग्नै नभएको व्यक्तिलाई मुद्दा चलाएर दुःख दिनु भनेको सामन्ती संस्कार हो भन्ने मेरो बुझाइ छ । ममाथि सामुहिक कुटपिटमा संलग्न भएको आरोपमा मैले नेबिसंघका मोरङ ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति होमनाथ पोखरेल र तरुण दलका मोरङ कोषाध्यक्ष नवीन रिजालविरुद्ध किटानी जाहेरी दिएको छु । अन्यको पहिचान नभएकाले खोजी गरेर कारवाही होस् भन्ने मेरो माग छ । तर, प्रहरीले अहिलेसम्म उनीहरुमाथि कारवाही गरेको थाहा भएको छैन ।
प्रेस युनियनको अचम्मको वक्तव्य
रिपोटिङमा रहेका बेला पत्रकार हो भनेर चिन्दाचिन्दै ममाथि कुटपिट भएकोमा पत्रकार महासंघलगायत सबैले भत्सर्ना गरिरहेका बेला विहीबार नै प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत र सचिव गोपाल पोखरेलका नामबाट एउटा अनौठो विज्ञप्ति जारी भयो ।
नेपाली कांग्रेसको भातृ संगठन युनियनका नाममा जारी भएको प्रेस विज्ञप्तिमा ‘निकेश बराल पत्रकार होइनन्, उनी विगत ५ दिनदेखि सुकुना क्याम्पसमा आन्दोलन गर्न गएका थिए’ मात्रै भनिएको छैन, नेविसंघका कार्यकर्ताको टाउको काट्ने मोर्चाका अग्रपंक्तिमा थिए’ सम्म भनिएको छ । विज्ञप्तिमा मलाई अखिलको कार्यकर्तामात्रै होइन, टाउको काट्ने अभियन्ताका रुपमा समेत किटानीसाथ चित्रित गरिएको छ ।
बेलबारीका पुराना पत्रकार भन्ने नामले मैले एकतर्फी रुपमा चिनेका भोजराज अंकलको विज्ञप्ति देखेर म चकित परें । सुकना क्याम्पसमा झडप भएको बिहान म कोठामै सुतिरहेको थिएँ, पछि थाहा पाएर रिपोटिङमा गएको हुँ । बरु मैले काम गर्ने उज्यालो अनलाइनमा नेविसंघका नेता होमनाथ पोखरेलको भाषणको रिपोटिङ गरेर बाइलाइन समाचार चाहिँ छापेको छु । म सुकुना क्याम्पसको नियमित विद्यार्थी हुँ । अखिल वा नेविसंघमा लाग्न पाउने मेरो अधिकार हो, तर म न अखिलको कार्यकर्ता हुँ, न त नेविसंघको । यो अवस्थामा म ‘टाउको काट्ने मोर्चा’ मा संलग्न हुने कुरै भएन ।
प्रेस युनियन मोरङको अध्यक्षजस्तो जिम्मेवार पदमा बसेका पत्रकार भोजराज अंकललाई म के आग्रह गर्न चाहन्छु भने यदि म नेविसंघको टाउको काट्ने मोर्चामा अग्रपंक्तिमा सामेल थिएँ भने मलाई सिधै पक्राउ गर्नुभए हुन्छ । जेलमा हाले हुन्छ । किनभने, लोकतन्त्रमा कसैको पनि ‘टाउको काट्ने व्यक्ति’लाई उन्मुक्ति दिनुहुँदैन भन्ने मेरो मान्यता छ । अन्यथा जिम्मेवार पत्रकारले भर्खरै मिडियामा प्रवेश गरेको नवप्रवेशी पत्रकारलाई यसरी ‘हत्यारा’ जस्तो जघन्य आरोप लगाउनु सैह्य हुँदैन ।
ममाथि नेविसंघका कार्यकर्ताहरुले कुटपिट गरेपछि स्वाभाविक रुपमा नेकपा र अखिलका नेता कार्यकर्ताले मलाई मेट्नु भयो, स्वास्थ्य लाभको कामना गर्नु भयो र ढाडस दिनुभयो । यसका लागि नेकपालाई धन्यवाद दिन चाहन्छु । तर, म नेकपाका सबै गतिविधि सही हुन् भन्दै अन्धसमर्थन गर्ने पक्षमा छैन । कुटपिट र गुण्डागर्दी जसले गरे पनि दोषीमाथि सजाय हुनैपर्छ, चाहे नेकपाले गल्ती गरेको होस्, चाहे कांग्रेसले ।
जहाँसम्म निकेश बराल पत्रकार हो कि हैन, छानविन होस्, ‘अखिलका कार्यकर्तालाई पत्रकार मानिँदैन’ भन्ने युनियनका अध्यक्ष भोजराजको भनाइ छ, त्यसमा म पत्रकार हो कि हैन भनेर छानविन गरिँदा मलाई अन्यथा हुने छैन । अझ कांग्रेस–कम्युनिष्टका कार्यकर्तालाई पत्रकार नमानौं र पत्रकारितालाई व्यवसायिक मर्यादायुक्त बनाऔं भन्ने हो भने त्यो हामीजस्ता नयाँपुस्ताका लागि झनै स्वागतयोग्य हुनेछ । यो अभियान म सहयोग गर्न म तयार छु ।
जहाँसम्म निकेश पत्रकार होइन भन्ने युनियनको दाबी छ, यसमा म आफ्नो बारेमा केही भन्न चाहन्छु । हो, म मोरङमा चिनिएको पत्रकार होइन । म पत्रकार भैसकेको पनि छैन, यो क्षेत्रमा भर्खरै प्रवेश गरेको किशोर हुँ । गत वर्ष काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसमा पढ्दै गर्दा मैले पढाइसँग मिल्ने आर्थिक न्युज डटकममा काम गरेँ । मध्य बानेश्वरमा अफिस रहेको सोही अनलाइनको डेस्कबाट मैले पत्रकारिताको कखरा सिकेको हुँ । तर, पारिवारिक अवस्थाका कारणले दोस्रो वर्षदेखि सुकुना क्याम्पसमा म सिफ्ट भएर अहिले डेरा बसेर सुकुना क्याम्पसमै अध्ययनरत छु ।
अनलाइनको डेस्क, एडमिन सञ्चालन, न्युज पोष्टिङ एवं मल्टिमिडियामा मसँग प्राविधिक ज्ञान र अनुभव भएकाले मैले बेलबारीबाट भर्खरै सुरु हुन थालेको उज्यालो प्रदेशमा यही महिनादेखि रिपोर्टरको जागिर पाएको हुँ । म बेलबारीस्थित कार्यालयमा हाजिर भएर काम गर्न थालेको एक महिना पनि पुगेको छैन । लेखक बन्ने मेरो धोको अनि घर खर्च धान्न पारिवारिक समस्या भएकाले अध्ययन सँगसँगै पत्रकारिता सुरु गरेको हुँ ।
मजस्तो भर्खरै उच्च शिक्षा पढ्दै गरेको सामान्य परिवारको युवकले पत्रकारिता क्षेत्रमा आउन मिल्छ कि मिल्दैन भोजराज अंकल ? आज वा अहिल्यैदेखि मिडियाको अफिसमा जागिर खान मिल्छ कि त्योभन्दा पहिले प्रेस युनियनले चिन्ने भएपछि मात्रै यो क्षेत्रमा प्रवेश गर्न पाइन्छ ? अनि, मजस्तो भर्खरै पत्रकारितामा आएको   रिपोर्टरलाई चाहिँ सडकमा कांग्रेसको जुलुसको तस्वीर लिँदै गर्दा समातेर ड्याम ड्याम कुटपिट गर्न मिल्छ ? अन्यथा, प्रेस युनियन मोरङको विज्ञप्तिको अर्थ के हो ? झडपका दिन डेरामा सुतिरहेको व्यक्तिलाई ‘नेविसंघको टाउको काट्ने मोर्चाको अगुवा’ भनेर आरोप लगाउनु आफैंमा जघन्य अपराध हो कि होइन ? 
प्रेस स्वतन्त्रताका पहरेदार प्रेस युनियनका केन्द्रीय नेताहरुले यसको जवाफ दिउन् । नेपाल पत्रकार महासंघले पनि काठमाडौंदेखि बेलबारीसम्मको मेरो ट्रयाक रेकर्ड हेरोस् । — अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.मानगृह कसले निर्माण गरेका हुन ? — मानदेवले 
२. “हलो क्रान्ति” नेपालको कुन जिल्लाबाट सुरु भएको हो ? — लमजुङ 
३. ग्रामी अवार्ड के संग सम्वन्धित छ ? — संगित 
४. बोधि चित्त कुन जिल्लामा पर्दछ ? — काभ्रेपलान्चोक 
५. एअर बस कुन देशको कम्पनी हो ? — फ्रान्स 
६. चमेलिया जलबिद्युत आयोजना कहाँ पर्दछ ? — दार्चुला 
७. ह्याल्मो जातीको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ? — सिन्धुपाल्चोक 
८. जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कति वटा छन् ? — १२३ 
९. हाल नेपालको शहरी जनसंख्या कति रहेको छ ? — १७.०७ प्रतिशत 
१०. नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ? — मृत सागर 
११. पारशनाथ भनेर केलाई चिनिन्छ ? — पशुपतिनाथ 
१२. गोपाल बंशको शासन केन्द्र कहाँ थियो ? — माता तिर्थ 
१३. नेपालमा सबैधन्दा बढी बर्षा हुने स्थान कुन हो ? — लुम्ले कास्की 
१४. बहुमुल्य धातु ‘हीरा’ कुन तत्वबाट बनेको हुन्छ ? — कार्बन 
१५. फेवातालको पुरानो नाम के हो ? — बैदाम 
१६. नेपालमा हात्ति सूचना केन्द्र कहाँ रहेको छ ? — चितवन 
१७. अफ्रिकाको घासे मैदानलाई भनिन्छ ? — भेल्ड 
१८. नेपालको प्रमुख अन्न बाली कुन हो ? — धान 
१९. क्ष्ीइ को प्रधान कार्यालय कहाँ रहेको छ ? — जेनेभा (स्वीजरल्याण्ड) 
२०. दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ? — आठौं 
२१. नेपालमा निजामती सेवा दिवस कहिले मनाईन्छ ? — भदौ २२ 
२२. एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ? — जापान 
२३. पृथ्वीको सतहबाट “ओजन तह” कति टाढा छ ? — २५ देखि ४० कि.मि.
२४. नेपालमा सवैभन्दा बढी जनसंख्या भएको जनजाती कुन हो ? — मगर 
२५. नेपालको कति प्रतिशत भू–भाग हिमाली क्षेत्रमा पर्दछ ? — १५ प्रतिशत 
२६. “निलगड गाड” कुन नदीमा गएर मिल्छ ? — महाकाली 
२७. सिउँडीको विरुवालाई पूजा गर्ने चलन कुन जातीमा छ ? — मेचे 
२८. उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासार कुन हो ? — आन्द्र महासागर 
२९. राणाकालमा नेपाललाई कति जिल्लामा बिभाजन गरिएको थियो ? — ३५ 
३०. सुर्यबाट पृथ्वीमा प्रकाश आई पुग्न कति समय लाग्छ ? — ८ मिनेट २० सेकेण्ड 
३१. कुकुरलाई कति डिग्री फेरनआईटमा ज्वरो आउँछ ? — १०२ डिग्री फेरनआईट 
३२. पृथ्वी दिवस कहिले मनाईन्छ ? — अप्रेल २२ 
३३. सार्क सचिवालयको खर्च मुख्य रुपमा व्यहोर्ने देश कुन कुन हुन ? — भारत र पाकिस्तान

साहित्य सिर्जना 

मैले देखेको हिरो

हजुरलाई थाहा छ बाबा
मैले यस्तो हिरो देखेकी छु
उ कहिल्यै पनि अरुको अभिनय गर्दैन
कुनै चलचित्रका पर्दामा पनि देखिदैन
पर्दा पछाडीको अघोषित हिरो जो हो
कसैलाई थाहा छैन
त्यो हिरोको बारेमा
थाहा होस पनि कसरी 
न त कुनै अखबारका हेडलाइनमा नै छाउछ
र पनि
कुनै सुपरस्टार भन्दा कम छैन
हैन हैन
उसको तुलना कसै सङ्ग छैन
हजुरलाइ थाहा छ बाबा
मैले देखेको हिरो कस्तो देखिन्छ ?
स्वाभिमान र आत्मसम्मानले सु–सजित छ
अनुहारमा कान्ति छ
अर्को कुरा नि बाबा
उसले मार्कर र डस्टरलाई 
आफ्नो हतियार ठान्छ
मार्करले अक्षरहरु कोर्दै
कयौं अचेतन मस्तिष्कहरुलाई जगाउने काममा लागिरहेको छ 
भने डस्टरले
ति अचेतन मस्तिष्कहरु भित्रको अन्धकारलाई
मेटाइरहेको छ
यो संसाररुपी रङ्गमञ्चको
पात्रता बखुबी निभाइरहेको छ
गजबको कुरा के छ भने नि बाबा
मेरा हरेक प्रश्नको जवाफ 
त्यो हिरोसङ्ग हुन्छ
मानौं
त्यो हिरोलाई 
पहिले नै थाहा हुन्छ कि
म के प्रश्न गर्नेवाली छु
यस्तो लाग्छ
मेरो कण कण सङ्ग परिचित छ
किन थाहा छ बाबा ?
मेरो शरीरमा त्यही हिरोको रगत बगिरहेको छ
यस्तै यस्तै छ
मैले देखेको हिरो
पुष्पा जोशी “काली” 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

Advertisement ofBusiness Opportunities
Information on Business Opportunities
Date of publication : 2nd April 2019 (19 Chaitra, 2075 BS)

Reference no: ABO 2
Subject: Supply and service contract for Participation, Inclusion, and Wider CSOs’ Action for Responsive, Transparent and Accountable Local governance In Nepal (PARIWARTAN) Project. (EU Reference EuropeAid/159739/DD/ACT/NP-3, DCA reference 1010327-47)
Contracting Authority: Malika Development Organization Nepal, Equality Development Centre (EDC), Institute of Local Governance Studies (Inlogos) and Dan Church Aid
Deadline for submission of letter of interest: 16 April 2019 AD (3 Baishakh 2076 BS)
PARIWARTAN is being implemented in the Doti and Achham EDC, MDO and Inlogos have been started to work on field.
EU/Dan Church Aid(DCA-Nepal) in cooperation with its partner MDO, EDC, Inlogos, DCA invites qualified suppliers of one or several of the following goods and services torespond to this advertisement.Suppliers who have responded to this advertisement and provides the required informationmay be invited to participate in the Procurement Procedure for the relevant lot(s). Its total tentative procurement budget NPR 114,00,000 in four years project period. 
Goods and services needed:
·     LOT SUP 1: Motorcycle
·     LOT SUP 2: Office Equipment & Supplies
·     LOT SUP 3: Office Furniture
·     LOT SUP 4: Hoarding Board
·     LOT SUP 5: Publication
·     LOT SUP 6: Visibility
·     LOT SER 2: - Media mobilization
·     LOT SER 3: promote Smart App
·     LOT SER 4: Consultancy to Palika Level Training
·     LOT SER 5: Resource person/facilitator Preparatory workshop for proceeding
·     LOT SER 6: Resource person/facilitator for LGs on identified Acts, plans, policy
·     LOT SER 7: Resource person/facilitator for Social Audits and Public Hearings
·     LOT SER 8: Resource person/facilitator for PETS- Public Expenditure Tracking System Training
·     LOT SER 9: Resource Person for Facilitating the workshop
·     LOT SER 10: Consultant for Base Line Survey
·     LOT SER 11: Resource person/facilitator for social accountability tools
·     LOT SER 12: Resource person/facilitator for annual Interaction
·     LOT SER 13: Mid Term Evaluation
·     LOT SER 14: Public Services Satisfaction Survey
The interested supplier shall provide the following information to the Contracting Authority using the contact details below:
·     Indicate which supplies or service you are interested in supplying.
·     Provide the following information:
·     the company’s name and contact details;
·     contact person;
·     brief description of the company’s background and main line of work; and
·     Experience with this kind of supply/service.
This is purely information on business opportunities and does not constitute a commitment to purchase or any other form of contractual commitment with the Contracting Authority.
1. Malika Development Organization Nepal (MDO-Nepal)
Mangalsen-5, Achham, Nepal
097-620225, email: mdonepal17@gmail.com
Gokarna Rawal (9816221297) email: gbrawal13@gmail.com
Ratan Bdr Rawal (9848689812) email: rb.mdonepal@gmail.com Or
2. Equality Development Center (EDC) Nepal, Doti
094-411050, email: edcnepal2053@gmail.com
Krishna Sundar Shrestha (9848418101) email: krisundarstha@yahoo.com
Mahesh Tailor (9898431051) email: maheshedc@gmail.com Or
3. Institution for Local Governance Studies (INLOGOS)
01-4465942, emial: info@inlogos.org
Basuda Subedi (9841232835), email: basudhasubedi@hotmail.com
Ram Sundar Nepali (9851224248) email: rsnepali2014@gmail.com Or
4. Dan Church Aid (DCA)
Lalitpur Ward No-2GPO Box 4844Jhamshikhel, Kathmandu, Nepalwww.danchurchaid.org
Email:  ggi.india@dca.dkT: +977 1 55 33 550 | 55 53 505

आदर्श गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय, डोटी 
प्रदेश नं. ७ 

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/१२/१९ गते 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको गाउँ÷नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७५ ले तोकेको मापदण्ड अनुसार यस आदर्श गाउँपालिकाको बस्तुगत बिवरण (profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि सूची दर्ता गर्न आव्हान गरिएको छ । 
शर्तहरु 
१. सूची दर्ता गर्न चाहाने संस्था÷कम्पनी÷फर्मले आवेदनसंगै बस्तुगत विवरण गर्न तयारी गर्ने बिधि सहितको प्रस्तावनाको खाका पेश गर्नु पर्नेछ ।  
२. प्रस्तावनामा आवेदनदाताले बिस्तृत कार्ययोजना सहितका अनुमानित लागत (बजेट) पनि समावेश गर्नु पर्नेछ । आवेदनसंग पेश गरिनु पर्ने अन्य कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७४/०७५ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  यस बिषयमा थप जानकारी चाहिएमा आदर्श गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मौवा नगरदह डोटीमा बुझ्न सकिनेछ । 

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रहरी कार्यालय, डोटी 

सूचना ! सूचना !! सूचना !!! 

उपरोक्त सम्वन्धमा प्राविधिकि प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्राव्धान अनुसार पदपूर्ति गर्ने प्रहरी प्रधान कार्यालयबाट मिति २०७५/११/१३ गते प्रकाशित बिज्ञापन अनुसार अधिकतम उम्मेदवारहरुलाई दरखास्त दर्ता गर्न प्रेरित गर्नका लागि निम्न उप समूहहरुमा योग्यता पुगेका ईच्छुक (नेपाली नागरिक) उम्मेदवारहरुले मिति २०७५÷१२÷२२ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सकिने व्यहोरा सम्वन्धित सर्वसाधारणका लागि सूचना प्रकाशन गरिएको छ ः