Tuesday, April 2, 2019

बिम्ब साप्ताहिक, मिति २०७५ साल चैत्र १९ गते

२०७५ साल भदौ १ गते लागू भएको देवानी संहितामा रहेका मुख्य व्यवस्थाहरु
ड्डजबर्जस्ती करणी गरी ज्यान मारेमा आजीवन (जीवित रहेसम्म) कैद हुने,
ड्डक्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा आजीवन (जीवित रहेसम्म) कैद हुने, 
ड्डसार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा बिष हाली ज्यान मारेमा (जीवित रहेसम्म) कैद हुने,
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

चालक अनुमति पत्र ट्रायल सेण्टरको शिलान्यास

सवारी चालक अनुमति पत्रको लागि लिईने सीप परीक्षण अव डोटीमै हुने भएको छ । डोटीमा ट्रायल सेण्टरको निर्माण कार्य सुरु भएको छ । 
कूल २७ लाख ८१ हजारको लागतमा डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा वन्ने उक्त सेण्टरको आईतवार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिं बोहराले शिलान्यास गरेका हुन् । दिपायल सिलगढी नगर विकास समितिको जमिनमा यातायात व्यवस्था सेवा कार्यालय डोटीले ट्राईल सेन्टर निर्माण गर्न लागेको ट्राईल सेन्टरको मन्त्री बोहराले शिलान्यास गरेका हुन् । सो क्रममा मन्त्री बोहराले ट्राईल सेन्टर निर्माणपछि यस क्षेत्रका बासिन्दालाई सवारी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिन सहज हुने बताए । डोटी र डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई  सवारी चालक अनुमती पत्र समेत लिन सकिने गरी ट्राईल सेन्टर निर्माण हुनु खुशीको कुरा भएको मन्त्रीको भनाई छ ।
डालिमा निर्माण सेवा, धनगढी कैलालीले निर्माण  गर्ने ट्राईल सेण्टरको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरले दिपायलबाट राजधानी सारेर कैलाली लगिएकोमा पीडाबोध भएको वताए । उनले डोटीमा रहेका सरकारी कार्यालयहरुमा सेवा सुविधा बिस्तार गरी सरकारले डोटेली र पहाडी जनतालाई राहतको महशुस हुने गरी काम गर्नु पर्नेमा जोड दिए ।
असारदेखि सवारी चालक अनुमति पत्र प्रदान गर्ने गरी ट्रायल सेण्टर निर्माण कार्यलाई तिव्रता दिईने यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख ध्रुव दयालले जानकारी दिए । कार्यालयले सवारी दर्ता नविकरण, बाटो इजाजत पत्र, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास, सेती यातायातबाट जारी भएका लाईसेन्स नविकरण, पट्के बाटो इजाजत, सवारी अनुगमन लगायत कार्यहरु गरिरहेको कार्यालय प्रमुख दयालले वताए ।
खानेपानी योजना अनुगमन
यसैबीच मन्त्री बोहराले बगलेक—रातोली—पाकरी खानेपानी आयोजनाको अनुगमन गरेका छन् । 
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका दिपायल सिलगढी नगरपालिका–७ का ६ सय ९९ घरधुरी–लाई लाभान्वित हुने सुरुवात भएको उक्त अयोजनाको मन्त्री बोहराले अनुगमन गरेका हुन । आयोजनाको अनुगमन लगतै मन्त्री बोहराले यसै आर्थिक बर्षमा सम्पन्न गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजपुरलाई निर्देशन समेत दिएका छन् । 
आयोजनाको निरिक्षण लगतै मन्त्री बोहराले यसै आर्थिक बर्षमा सम्पन्न गर्नका लागीे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुरलाई निर्देशन समेत दिनुभएको छ रातोली पाकरी खानेपानी आयोजनाको कुल लागत १ करोड ८५ लाख रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुरले जानकारी दिएको छ । 
मुडा वनाउने तालिमको समापन 
यस्तै मन्त्री बोहरा डोटीको राजपुरमै द्वन्द्व पीडित बालबालिकाका लागि सञ्चालित बाँसका मुढा बनाउने तालिमको समापनमा सहभागि भएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय डोटीको सहयोगमा शहीद स्मृति आवाशीय माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि सञ्चालित बाँसका मुढा बनाउने ११ दिने तालिमको समापनमा सहभागि भएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री बोहराले सिपमुलक, प्राविधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता भएकाले व्यक्तिगत, पारिवारिक जीवनदेखि समाज र राष्ट्रका लागि यसले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
तालिममा २० जनो सहभागि रहेका थिए ।

सम्पादकीय 

भ्रष्टाचारको जर्जरता

केही दिन अगाडी डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो लगाईयो । उनलाई भ्रष्टाचार र अनियमिततासंग सम्वन्धित नौ वटा आरोप लगाईएका थिए । ति अरोपहरुमध्ये भवन र शौचालय निर्माणका लागि बिद्यालय छान्दा १० प्रतिशत अग्रीम कमिसन माग्ने गरेको भन्ने प्रमुख छ । कालोमोसो लगाउने समूहले उनले कमिसनको रकम आफ्नो श्रीमतीको नाममा जम्मा गर्न श्रीमतीको बैङ्क खाता नं. बिद्यालयका प्रधानाध्यापकहरुलाई दिएको आरोप छ । पौड्यालले चलाउने मोवाईल नं. बाटै प्रधानाध्यापकहरुलाई पठाएको सन्देश पनि कालोमोसो दल्ने समूहले सार्वजनिक गरेको छ । 
२०६२/०६३ सालको महान राजनीतिक परिवर्तनसंगै डोटी जिल्लामा यो समेत गरी ६ घटना कालोमोसोका भए । ति सवै घटनाहरुमा भ्रष्टाचारकै आरोप लगाईएको छ तर कुनै पनि घटनाका आरोपीलाई भ्रष्टाचारको कसुरमा न्यायिक वा अर्ध न्यायिक निकायबाट सजाय भएको पाईदैन । बाँकी पाँच जस्तै यो छैटौ पनि हुनेछ भन्ने कुरामा कसैको बिमति छैन । 
यि सवै घटनाहरु हेर्दा र कालोमोसो लगाउने समूह हेर्दा कालोमोसो आरोपीलाई उम्काउने हतियार हो कि भन्ने भान पनि हुन थालेको छ । नैतिक पतनहरुले बेईज्जतको डर मान्दैनन्, उनीहरुले डण्डाको मात्रै डर मान्छन् । त्यसैले उनीहरुका लागि कालोमोसो भन्दा कात्रै ओडाईदिए पनि कुनै फरक पर्दैन तर यदि मुद्धा लागेर जेल जानु प¥यो भने जागिर छुट्छ, जेलमा दुःख हुन्छ, फेरी विगो पनि तिर्नु पर्छ भन्ने डर हुन्छ । त्यसैले, कालोमासो पोतायो, भाग्यो । त्यसपछि सरकारले आफ्नो कर्मचारीमाथी सहानुभूति राख्छ र कुनै कारवाही हुँदैन । त्यो ‘च्याप्टर क्लोज’ हुन्छ । डोटीमा भएका अन्य पाँच घटनामा यस्तै भएको छ । अपबादको रुपमा एक कालोमोसो पाउने एक अधिकारी जिल्लामै छन् । उनको घरै डोटीमै भएका कारण पनि हुन सक्छ उनी भाग्नु परेन । तर, उनीमाथी लागेको आरोपको पनि कसैले छानविन गर्न आवश्यक ठानेन् । 
अहिलेका कालोमोसो पाउने शिक्षा विकास तथा समन्य ईकाई प्रमुखले पनि घटना लगत्तै जिल्ला छोड्नु र उनको विभागले उनी एक इमानदार राष्ट्रसेवक भएको भन्दै बिज्ञप्ती जारी गर्नुले अव यो घटनामा कुनै छानविन हुने छैन भन्ने कुरा पुष्टी भएको छ । उनलाई कालोमोसो लगाउनुको कारण बारे यस अघिनै डोटीका प्रमुख जिल्ला अधिकारीलाई पटक पटक जानकारी गराईसकिएको तर पनि उनले कुनै सुनुवाई नगरेको भन्ने आरोप कालोमोसो लगाउने समूहले बिज्ञप्तीमार्फत लगाउनुले थप संकाहरु उव्जाएको छ । 
तत्काल घटेको घटना भएका कारण यो एउटा प्रतिनिधि घटना हुन सक्छ तर यस्ता धेरै घटनाहरु सञ्चारमाध्यममा आईरहेका हुन्छन् । ति मध्ये कति जनामाथी छानविन भयो भन्ने कुराको खोजी भने कसैले गरेको पाईदैन । यदि यही तरिकाले सवैले चुप्पी साँध्ने हो भने भ्रष्टाचारका घटनाहरु मौलाउने हुन्, घट्ने होईनन् । टन्न भ्रष्टाचार ग¥यो, अकुत सम्पत्ति आर्जन ग¥यो, भाग्नका लागि कालोमोसोको सहारा लियो, कहानी खतम । त्यो भन्दा अरु कुनै हुने गरेको देखिएन । प्रबृत्ति यही चलिरहने हो भने भ्रष्टाचार घट्ने होईन मौलाउने हो ।  
बर्तमान संघीय सरकारका प्रधानमन्त्रीले आफु भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि नहसने भन्दै हिडेका छन् । राजनीतिक पृष्ठभूमि हेर्दा उनले भ्रष्टाचार गरेको जस्तो पनि देखिदैन । तर, नेपालको सन्दर्भमा आहोदामा पुगेका व्यक्तिहरुले भ्रष्टाचार गर्दैन भन्दा पनि गर्न वाध्य बनाईन्छ, यदि अपबादका रुपमा कुनै नेतृत्वकर्ताले  भ्रष्टाचार गरेन भने पनि भ्रष्टाचार गर्नेलाई रोक्न सक्ने सामथ्र्य राख्दैन । कि त उ आफै भ्रष्टाचारी हुनु पर्छ, कि उसले भ्रष्टाचार भएको चुपचाप सहनु पर्छ ।

थप समाचार 

बिशेषज्ञ सहितको स्वास्थ्य शिविर चल्ने

गणेश मौनी/डोटी
चैत्र १८
डोटीको बडीकेदार गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 
‘सेभ द हर्ट’ संस्था तथा निसर्ग अस्पताल धनगढीको सहयोग र बडीकेदार गाउँपालिकाको आयोजनामा चैत्र २२ र २३ गते निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेर रोगलाई पाल्न बाध्य भएकाहरुलाई सहयोग पुगोस भन्ने हेतुले बृहत स्वास्थ्य शिविरको आयोजन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । ‘मान्छेको शरीरको सबै भन्दा महत्वपूर्ण अंग भनेको मुटु हो मुटुको रोग भएका रोगीलाई उपचार गर्न सबैलाई सम्बभ छैन्’ अध्यक्ष चन्दले भने ‘त्यसैले बिशेष गरी मुटुको उपचारका साथै सम्पूर्ण उपचार घरदैलोमा होस भन्नको लागि शिबिरको आयोजना गरिएको हो ।’    शिविरमा सम्पूण रोगका विरामीहरुलाई सेवा लिई मौकाको फाईदा उठाउन हुन समेत अध्यक्ष चन्दले आग्रह गरेका छन् । 
गाउँ घरमा रहेका महिला दिदीबहीनीका थुप्रै स्वास्थ्य समस्या छन् सबैले राम्रो ठाउँमा गएर उपचार गर्न नसक्ने हरुलाई लक्षीत गरेर शिविर संचालन हुन लागेको बडीकेदार गाउँ पालिकाकी उपाध्यक्ष ईन्द्रा भाट (बोहरा) ले बताईन् । उनले भनिन् ‘बृतह रुपमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुदैन आर्थिक अवस्था कमजोर भएकाहरुलाई ठुलो राहात पुग्नेछ । ’शिविरमा सबै रोगका बिरामीहरुको उपचार हुने भएकाले सहभागिताका लागि सबैलाई आग्रह गरिन् । 
शिविर आयोजना स्थलमा आवश्यक बसोबास, प्रचार प्रसार लगायत सम्पुर्ण तयार पुरा भईसकेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज पाण्डेले बताए । उनले भने ‘शिविरको लागि करीब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आउदैछ, बालक, महिला, बृद्धबृद्धाहरु सबैको, सबैरोगको उपचार गरिनेछ, गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूण तयारी पुरा गरिसक्यौं ।’ 
शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटुरोग विशेषज्ञ डा. अनिल भटराईको नेतृत्वमा सात जना बिशेषज्ञ चिकित्सक सहित २१ जनाको टोली आउने भएको छ । 

पत्रकार खड्काको खोजी गर्न टोली गठन

नेपाल पत्रकार महासंघ डोटी शाखाका साधारण सदस्य  पत्रकार तेज बहादुर खड्का  (तेजु) को खोजी कार्यका लागि टोली गठन गरिएको छ । 
पत्रकार खड्का बेपत्ता भएको करीब आठ महिना पुग्नै लाग्दा पनि उनको अवस्था कसैले पत्ता लगाउन नसकेपछि नेपाल पत्रकार महासंघ डोटीले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा शनिबार डोटीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा पत्रकार खड्काको खोजी कार्य गर्न पाँच सदस्यीय टोली गठन गरिएको  छ ।  
नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित टोलीमा प्रेस चौतारी डोटीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, पे्रस सेण्टरका काबा अध्यक्ष कर्ण चन्द र पत्रकार महासंघका कोषाध्यक्ष अरुण बम रहेका छन् । टोलीले वेपत्ता पत्रकार खड्काका घरपरिवार, आफन्तजन र  बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटना स्थलगत अध्ययन पश्चात प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रदेश समिति र नेपाल सरकारका सम्बन्धित निकायहरुमा पेश गर्ने अध्यक्ष बलायरले बताए । उनले भने ‘पत्रकार खड्का हराएको लामो समय भैसक्यो  सरकारी संयन्त्रबाट पनि खोजी कार्य भईसकेको छ तर अहिले सम्म पनि भेटिएको छैन्’ बलायरले भने ‘यो घटनालाई फरक ढंगले अध्ययन गर्नु पर्छ भन्ने लागेकोले टोली गठन गरेका हौं ।’ 
भेलाले सदस्यता नबिकरण, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरुसंग समन्वयात्मक बैठक गर्ने निर्णय गरेको छ । 
 २०७५ भाद्र १० गते बाजुराको बुढीनन्दा मेलाबाट    रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कबिहीन भएका खड्का अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् । डोटीको दिपायल सिलगढी–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल हुँदै केन्द्रीय प्रसारणमा समेत काम गरेका खड्का पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

काँडी गाउँ जोखिमयुक्त वडा 

यो पुरानो कलेना गाउँ विकास समितिभित्र पर्ने धेरै गाउँहरुमध्ये एक काँडी गाउँ हो । हाल दिपायल सिलगढी नगरपालिकाको वडा नं. ९ मा पर्छ । यहाँ लगभग ८०  घरधुरी छन । बर्तमान संघीय गणतन्त्रभित्र प्रत्यक वडामा सडक पुगेको छ तर हाम्रो यस गाउँमा अहिलेसम्म पनि सडक पुगेको छैन । पञ्चायल, बहुदल कुनै पनि बेला हाम्रो गाउँको बारेमा सोचिएन । अहिलेको शासन व्यवस्थामा हाम्रो गाउँमा सडक पुग्छ कि भन्ने ठुलो आशा गरेका छौं । यदि यो शासन व्यवस्थामा पनि हाम्रो गाउँमा सडक पुगेन भने हाम्रा लागि न संघीय शासन व्यवस्था भएको कुनै अर्थ हुन्छ न त गाउँ विकास समितिबाट नगरपालिका भएकोमा कुनै खुशी हुनेछ । हाम्रा लागि ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने उखान चरितार्थ हुनेछ । 
किनभने विकासको पूर्वाधार भनेको सडक हो । जहाँ सडक पुग्छ त्यस गाउँ, ठाउँ, वडाको विकास धेरै भईसकेको हामीले पाएका छौं, तर हाम्रो यो गाउँ अझैं अन्धकारमा रहेको छ । सडक नपुगेका कारण बिरामी हुँदा वा अन्य कुनै चोट पटक लाग्दा समयमै अस्पताल पु¥याउन नसकेर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । 
हामीले पनि नगरपालिकाको विकासमा योगदान दिएका छौं, तर हामीले त्यसको प्रतिफल केही पाएका छैनौं । स्थानीय सरकार, प्रादेशिक सरकारले हाम्रा लागि केही गरिदिएन भने हाम्रा लागि यो दर्दनाक पीडा हुनेछ । कि त सरकारले हामीलाई यो देशका नागरिक होईनन् भन्न प¥यो कि त हामीलाई पनि सडकको पहुँचमा ल्याईदिनु प¥यो । हामी सरकारलाई सधैं साथ दिनेछौं । यदि हाम्रो गाउँ ठाउँमा सडक नपुगेको खण्डमा हामी आन्दोलन गर्न बाध्य हुनेछौं ।
प्रस्तुती ः बाबु प्रविण कुमार सोव  

छोटो समाचार 

दरवार उत्खनन् कार्य सुरु 

नेपालमा बाईसे चौविसे राज्य भएका समयमा बलियो राज्यको रुपमा पहिचान बनाएको डोटेली राजाको दरवार पुननिर्माणका लागी उत्खनन् कार्य सुरु भएको छ ।
ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्व बोकेको डोटेली राजाको दरवार भग्नावशेष मात्र रहेको दिपायल कोट दरबार दिपायल सिलगढी नगरपालिकाले पुनःनिर्माण गर्न उत्खनन् सुरु गरेको हो ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको दरबार भएका कारण ऐतिहासिक बस्तु फेला पर्ने सम्भावना रहेको भन्दै उत्खनन् तथा पुन निर्माणका लागी पुरातात्विक विभागको प्राविधिकले उत्खनन्को निरीक्षण गरिरहेको गरि रहेको छ ।

असिनापानीले बाली नष्ट 

सोमबार राती हावाहुरी संगै आएको असिना पानीले डोटीको सायल गाँउपालिका र पुर्वीचौकी गाँउपालिका अन्न तथा तराकारी खेतीमा क्षेति पु¥याएको छ ।
रातीको समयमा आएको असिनापानीले पाकेर घर भित्राउने अवस्थामा पुगेको लाखौं मुल्य बराबरको गहुँबालीमा क्षेति पु¥याएको स्थानीय करन देउवाले जानकारी दिए । सायलको     कौराडी, छपाली, साप्रा, बेटारा लगायतका गहुँबाली, तरकारी बारी मात्र होईन बोटविरुवाहरु समेत क्षतविच्छेत पारेको छ ।
त्यस्तै पुर्वीचौकी गाँउपालिकामा पनि असिना पानीले क्षेति पु¥याएको गाउँपालिका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिए ।

खेल समाचार 

मुख्यमन्त्री कपको खर्च दुई करोड

धनगढीमा गत फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन भएको मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको व्यय सार्वजनिक गरिएको छ । सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको बिवरण अनुसार प्रतियोगितामा दुई करोड १४ लाख ३९ हजार चार सय ९७ रुपैयाँ खर्च भएको छ । सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीका अनुसार मन्त्रलायलयले अतिथि सत्कारमा दुई लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै भलिबल कोर्ट मर्मत सम्भारमा एक लाख ९२  हजार, क्रिकेट मैदान मर्मतमा पाँच लाख २७ हजार, ब्याडमिन्टन कभर्ड हल मर्मतमा दुई लाख ११ हजार र फुटबल मैदान मर्मतमा ८३ हजार रुपैयाँ खर्च भएको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । 
खेल व्यवस्थापनमा सात लाख ४५ हजार र खेल सामग्रीमा सात लाख ९० हजार रुपैयाँ खर्च भएको छ । फुटबलतर्फ दुई लाख ६१ हजार, ब्याडमिन्टनतर्फ एक लाख चार हजार, क्रिकेट तर्फ तीन लाख ८० हजार खर्च भएको जनाईएको छ । 
यस्तै, पोशाँकमा आठ लाख ३१ हजार, साँस्कृतिक उपसमितितर्फ दुई लाख १२ हजार रुपैयाँ, समारोह तथा अतिथि सत्कार उपसमितितर्फ ७४ हजार, सुरक्षा तथा स्वयमसेवक उपसमितितर्फ तीन लाख ८० हजार खर्चिएको छ । प्राविधिक उपसमितितर्फ पाँच हजार, स्वास्थ्य तथा उपचार उपसमितितर्फ दुई लाख आठ हजार, खाना तथा यातायात उपसमितितर्फ एक लाख तीन हजार, प्रचार प्रसार उपसमितितर्फ चार लाख ७२ हजार रुपैयाँ खर्चिएको छ । 
खेलाडी दैनिक भ्रमण भत्तामा ६६ लाख ७३ हजार, पुरस्कारमा २८ लाख, प्रथम हुने खेलाडी नगद पुरस्कारमा ७४ हजार, रेफ्रि निर्णायकको दैनिक भत्तामा ११ लाख ६८ हजार, उपसमितिहरुको बैठक भत्तामा पाँच लाख १६ हजार रुपैयाँ खर्च गरिएको छ । 
प्रचार प्रसारतर्फ नेपाल टेलिभिजनलाई एक लाख ७४ हजार, एभिन्युजलाई एक लाख ६० हजार, एसटीएसलाई ६७ हजार रुपैयाँ उपलब्ध गराइएको छ । प्रतियोगिता तयारी र बैठक तथा खाजामा एक लाख १० हजार, प्रतिवेदन तयारी तथा सार्वजनिकरण खर्चमा ५० हजार, प्रमाणपत्र, होडिङ बोर्ड लगायतमा एक लाख ९४ हजार रुपैयाँ खर्च गरिएको छ । 
सचिवालय सम्बन्धी खर्चमा पाँच लाख ३३ हजार, निर्देशन उपसमितिको भत्ता खाजामा दुई लाख १२ हजार, लोगो तथा मस्कट छनोटमा ९८ हजार, प्रतियोगिता निर्दे्शिका निर्माणमा एक लाख ४८ हजार रुपैयाँ खर्चिएको छ । मेडल तथा ट्रफीमा चार लाख ६७ हजार, मायाको चिनो, ब्याच, स्टिकरमा तीन लाख ४५ हजार, कार्यालय स्टेशनरीमा ५० हजार, विविध भैपरीमा दुई लाख रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ । 
यसैबीच, मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा क्रिकेट खेलतर्फ खर्च गरेर बचत भएको पैसा सामाजिक विकास मन्त्रालयलाई फिर्ता  गरिएको छ ।  क्रिकेट खेल व्यवस्थापन उपसमितिले खर्च गरेर बचेको ९१ हजार ६ सय ४८ रुपैयाँ मन्त्रालयलाई फिर्ता गरेको हो । उक्त उपसमितिलाई पेश्की स्वरुप चार लाख ९९ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसैगरी, स्वागत तथा मञ्च व्यवस्थापन उसमितिले भत्ता वाफतको अत्तरियामा  रहेका असहायहरुका लागि हस्तान्तरण गरेको छ । उपसमितिका सदस्यहरुले आफूले पाएको बैठक भत्ता असहायलाई सहयोग गरेका हुन ।

चलचित्र मनोरञ्जन 

“रातो टिका निधारमा” मा साम्राज्ञी

फिल्मी खवर
अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाह ‘ब्याक टु ब्याक’ फिल्म गर्ने मुडमा देखिएकी छिन् । केही दिनदेखि नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त उनले निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दै्छिन् । यो फिल्म केही समय पछाडि धकलिएपछि उनले एक नयाँ फिल्म साइन गरेकी छन् । 
‘मारुनी’ को छायांकन पूरा भएलगत्तै उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको छ । केही दिनयता निर्देशक शर्मा अभिनेत्रीको खोजीमा थिए । सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा उनले १६ लाख पारिश्रमिक बुझेकी छन् । 
यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए । त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त फिल्म गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए । 
नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस फिल्ममा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्दे्शित सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि–एरेञ्ज गरेर राखिने छ । 
फिल्मको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।

लेख 

नयाँ पत्रकारलाई चाँही कुट्न पाईन्छ ?

निकेश वराल
मोरङको सुन्दर हरैंचा नगरपालिकामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको विषयलाई लिएर केही दिनदेखि यहाँ नेकपा र कांग्रेसमा आवद्ध अखिल र नेवि संघवीच तनाव भइरहेको छ । केही झडपमा घटना पनि भएका छन् । यही क्रममा शुक्रबार नेविसंघको जुलुसको तस्वीर र भिडियो खिचिरहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताहरुले मलाई कुटपिट गरे । भिडियो खिच्न प्रयोग भइरहेको स्मार्ट फोनमा पनि क्षति पु¥याइदिए ।
कुटपिटको घटनापछि म बिराटचौक स्थित सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएँ । पत्रकार महासंघ मोरङले विज्ञप्ति जारी गर्दै पत्रकारमाथी भएको कुटपिटको विरोध ग¥यो । प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वयले काठमाडौंबाट शुक्रबार नै संयुक्त विज्ञप्ति जारी गरेर पत्रकार कुटिएको घटनाको विरोध गरे ।
प्रदेश १ का महासंघका सभापति विक्रम लुइँटेलले पनि पत्रकारमाथि भएको घटनाको विरोध गर्दै मोरङ प्रहरी प्रशासनसमक्ष दोषीलाई कारवाही गर्न आग्रह गरे ।
स्वास्थ्य जाँचसँगै मैले बेलबारी प्रहरीमा स्थानीय सञ्चारकर्मी साथीहरुको सहयोगमा जाहेरी दर्ता गराएँ । त्यस क्रममा नेकपा समर्थित अखिलका कार्यकर्ताहरुले मलाई स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिन आग्रह गरेका थिए । तर, मैले मानिनँ । जो व्यक्ति कुटपिटमा संलग्न भएको हो, उसलाई मात्रै कारवाही होस् र यो घटनालाई राजनीतिकरण नगरियोस् भनेर नै मैले स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिइयोस् भन्ने नेकपाका कार्यकर्ताको सल्लाह अस्वीकार गरेको हुँ । घटनामा संलग्नै नभएको व्यक्तिलाई मुद्दा चलाएर दुःख दिनु भनेको सामन्ती संस्कार हो भन्ने मेरो बुझाइ छ । ममाथि सामुहिक कुटपिटमा संलग्न भएको आरोपमा मैले नेबिसंघका मोरङ ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति होमनाथ पोखरेल र तरुण दलका मोरङ कोषाध्यक्ष नवीन रिजालविरुद्ध किटानी जाहेरी दिएको छु । अन्यको पहिचान नभएकाले खोजी गरेर कारवाही होस् भन्ने मेरो माग छ । तर, प्रहरीले अहिलेसम्म उनीहरुमाथि कारवाही गरेको थाहा भएको छैन ।
प्रेस युनियनको अचम्मको वक्तव्य
रिपोटिङमा रहेका बेला पत्रकार हो भनेर चिन्दाचिन्दै ममाथि कुटपिट भएकोमा पत्रकार महासंघलगायत सबैले भत्सर्ना गरिरहेका बेला विहीबार नै प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत र सचिव गोपाल पोखरेलका नामबाट एउटा अनौठो विज्ञप्ति जारी भयो ।
नेपाली कांग्रेसको भातृ संगठन युनियनका नाममा जारी भएको प्रेस विज्ञप्तिमा ‘निकेश बराल पत्रकार होइनन्, उनी विगत ५ दिनदेखि सुकुना क्याम्पसमा आन्दोलन गर्न गएका थिए’ मात्रै भनिएको छैन, नेविसंघका कार्यकर्ताको टाउको काट्ने मोर्चाका अग्रपंक्तिमा थिए’ सम्म भनिएको छ । विज्ञप्तिमा मलाई अखिलको कार्यकर्तामात्रै होइन, टाउको काट्ने अभियन्ताका रुपमा समेत किटानीसाथ चित्रित गरिएको छ ।
बेलबारीका पुराना पत्रकार भन्ने नामले मैले एकतर्फी रुपमा चिनेका भोजराज अंकलको विज्ञप्ति देखेर म चकित परें । सुकना क्याम्पसमा झडप भएको बिहान म कोठामै सुतिरहेको थिएँ, पछि थाहा पाएर रिपोटिङमा गएको हुँ । बरु मैले काम गर्ने उज्यालो अनलाइनमा नेविसंघका नेता होमनाथ पोखरेलको भाषणको रिपोटिङ गरेर बाइलाइन समाचार चाहिँ छापेको छु । म सुकुना क्याम्पसको नियमित विद्यार्थी हुँ । अखिल वा नेविसंघमा लाग्न पाउने मेरो अधिकार हो, तर म न अखिलको कार्यकर्ता हुँ, न त नेविसंघको । यो अवस्थामा म ‘टाउको काट्ने मोर्चा’ मा संलग्न हुने कुरै भएन ।
प्रेस युनियन मोरङको अध्यक्षजस्तो जिम्मेवार पदमा बसेका पत्रकार भोजराज अंकललाई म के आग्रह गर्न चाहन्छु भने यदि म नेविसंघको टाउको काट्ने मोर्चामा अग्रपंक्तिमा सामेल थिएँ भने मलाई सिधै पक्राउ गर्नुभए हुन्छ । जेलमा हाले हुन्छ । किनभने, लोकतन्त्रमा कसैको पनि ‘टाउको काट्ने व्यक्ति’लाई उन्मुक्ति दिनुहुँदैन भन्ने मेरो मान्यता छ । अन्यथा जिम्मेवार पत्रकारले भर्खरै मिडियामा प्रवेश गरेको नवप्रवेशी पत्रकारलाई यसरी ‘हत्यारा’ जस्तो जघन्य आरोप लगाउनु सैह्य हुँदैन ।
ममाथि नेविसंघका कार्यकर्ताहरुले कुटपिट गरेपछि स्वाभाविक रुपमा नेकपा र अखिलका नेता कार्यकर्ताले मलाई मेट्नु भयो, स्वास्थ्य लाभको कामना गर्नु भयो र ढाडस दिनुभयो । यसका लागि नेकपालाई धन्यवाद दिन चाहन्छु । तर, म नेकपाका सबै गतिविधि सही हुन् भन्दै अन्धसमर्थन गर्ने पक्षमा छैन । कुटपिट र गुण्डागर्दी जसले गरे पनि दोषीमाथि सजाय हुनैपर्छ, चाहे नेकपाले गल्ती गरेको होस्, चाहे कांग्रेसले ।
जहाँसम्म निकेश बराल पत्रकार हो कि हैन, छानविन होस्, ‘अखिलका कार्यकर्तालाई पत्रकार मानिँदैन’ भन्ने युनियनका अध्यक्ष भोजराजको भनाइ छ, त्यसमा म पत्रकार हो कि हैन भनेर छानविन गरिँदा मलाई अन्यथा हुने छैन । अझ कांग्रेस–कम्युनिष्टका कार्यकर्तालाई पत्रकार नमानौं र पत्रकारितालाई व्यवसायिक मर्यादायुक्त बनाऔं भन्ने हो भने त्यो हामीजस्ता नयाँपुस्ताका लागि झनै स्वागतयोग्य हुनेछ । यो अभियान म सहयोग गर्न म तयार छु ।
जहाँसम्म निकेश पत्रकार होइन भन्ने युनियनको दाबी छ, यसमा म आफ्नो बारेमा केही भन्न चाहन्छु । हो, म मोरङमा चिनिएको पत्रकार होइन । म पत्रकार भैसकेको पनि छैन, यो क्षेत्रमा भर्खरै प्रवेश गरेको किशोर हुँ । गत वर्ष काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसमा पढ्दै गर्दा मैले पढाइसँग मिल्ने आर्थिक न्युज डटकममा काम गरेँ । मध्य बानेश्वरमा अफिस रहेको सोही अनलाइनको डेस्कबाट मैले पत्रकारिताको कखरा सिकेको हुँ । तर, पारिवारिक अवस्थाका कारणले दोस्रो वर्षदेखि सुकुना क्याम्पसमा म सिफ्ट भएर अहिले डेरा बसेर सुकुना क्याम्पसमै अध्ययनरत छु ।
अनलाइनको डेस्क, एडमिन सञ्चालन, न्युज पोष्टिङ एवं मल्टिमिडियामा मसँग प्राविधिक ज्ञान र अनुभव भएकाले मैले बेलबारीबाट भर्खरै सुरु हुन थालेको उज्यालो प्रदेशमा यही महिनादेखि रिपोर्टरको जागिर पाएको हुँ । म बेलबारीस्थित कार्यालयमा हाजिर भएर काम गर्न थालेको एक महिना पनि पुगेको छैन । लेखक बन्ने मेरो धोको अनि घर खर्च धान्न पारिवारिक समस्या भएकाले अध्ययन सँगसँगै पत्रकारिता सुरु गरेको हुँ ।
मजस्तो भर्खरै उच्च शिक्षा पढ्दै गरेको सामान्य परिवारको युवकले पत्रकारिता क्षेत्रमा आउन मिल्छ कि मिल्दैन भोजराज अंकल ? आज वा अहिल्यैदेखि मिडियाको अफिसमा जागिर खान मिल्छ कि त्योभन्दा पहिले प्रेस युनियनले चिन्ने भएपछि मात्रै यो क्षेत्रमा प्रवेश गर्न पाइन्छ ? अनि, मजस्तो भर्खरै पत्रकारितामा आएको   रिपोर्टरलाई चाहिँ सडकमा कांग्रेसको जुलुसको तस्वीर लिँदै गर्दा समातेर ड्याम ड्याम कुटपिट गर्न मिल्छ ? अन्यथा, प्रेस युनियन मोरङको विज्ञप्तिको अर्थ के हो ? झडपका दिन डेरामा सुतिरहेको व्यक्तिलाई ‘नेविसंघको टाउको काट्ने मोर्चाको अगुवा’ भनेर आरोप लगाउनु आफैंमा जघन्य अपराध हो कि होइन ? 
प्रेस स्वतन्त्रताका पहरेदार प्रेस युनियनका केन्द्रीय नेताहरुले यसको जवाफ दिउन् । नेपाल पत्रकार महासंघले पनि काठमाडौंदेखि बेलबारीसम्मको मेरो ट्रयाक रेकर्ड हेरोस् । — अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.मानगृह कसले निर्माण गरेका हुन ? — मानदेवले 
२. “हलो क्रान्ति” नेपालको कुन जिल्लाबाट सुरु भएको हो ? — लमजुङ 
३. ग्रामी अवार्ड के संग सम्वन्धित छ ? — संगित 
४. बोधि चित्त कुन जिल्लामा पर्दछ ? — काभ्रेपलान्चोक 
५. एअर बस कुन देशको कम्पनी हो ? — फ्रान्स 
६. चमेलिया जलबिद्युत आयोजना कहाँ पर्दछ ? — दार्चुला 
७. ह्याल्मो जातीको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ? — सिन्धुपाल्चोक 
८. जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कति वटा छन् ? — १२३ 
९. हाल नेपालको शहरी जनसंख्या कति रहेको छ ? — १७.०७ प्रतिशत 
१०. नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ? — मृत सागर 
११. पारशनाथ भनेर केलाई चिनिन्छ ? — पशुपतिनाथ 
१२. गोपाल बंशको शासन केन्द्र कहाँ थियो ? — माता तिर्थ 
१३. नेपालमा सबैधन्दा बढी बर्षा हुने स्थान कुन हो ? — लुम्ले कास्की 
१४. बहुमुल्य धातु ‘हीरा’ कुन तत्वबाट बनेको हुन्छ ? — कार्बन 
१५. फेवातालको पुरानो नाम के हो ? — बैदाम 
१६. नेपालमा हात्ति सूचना केन्द्र कहाँ रहेको छ ? — चितवन 
१७. अफ्रिकाको घासे मैदानलाई भनिन्छ ? — भेल्ड 
१८. नेपालको प्रमुख अन्न बाली कुन हो ? — धान 
१९. क्ष्ीइ को प्रधान कार्यालय कहाँ रहेको छ ? — जेनेभा (स्वीजरल्याण्ड) 
२०. दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ? — आठौं 
२१. नेपालमा निजामती सेवा दिवस कहिले मनाईन्छ ? — भदौ २२ 
२२. एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ? — जापान 
२३. पृथ्वीको सतहबाट “ओजन तह” कति टाढा छ ? — २५ देखि ४० कि.मि.
२४. नेपालमा सवैभन्दा बढी जनसंख्या भएको जनजाती कुन हो ? — मगर 
२५. नेपालको कति प्रतिशत भू–भाग हिमाली क्षेत्रमा पर्दछ ? — १५ प्रतिशत 
२६. “निलगड गाड” कुन नदीमा गएर मिल्छ ? — महाकाली 
२७. सिउँडीको विरुवालाई पूजा गर्ने चलन कुन जातीमा छ ? — मेचे 
२८. उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासार कुन हो ? — आन्द्र महासागर 
२९. राणाकालमा नेपाललाई कति जिल्लामा बिभाजन गरिएको थियो ? — ३५ 
३०. सुर्यबाट पृथ्वीमा प्रकाश आई पुग्न कति समय लाग्छ ? — ८ मिनेट २० सेकेण्ड 
३१. कुकुरलाई कति डिग्री फेरनआईटमा ज्वरो आउँछ ? — १०२ डिग्री फेरनआईट 
३२. पृथ्वी दिवस कहिले मनाईन्छ ? — अप्रेल २२ 
३३. सार्क सचिवालयको खर्च मुख्य रुपमा व्यहोर्ने देश कुन कुन हुन ? — भारत र पाकिस्तान

साहित्य सिर्जना 

मैले देखेको हिरो

हजुरलाई थाहा छ बाबा
मैले यस्तो हिरो देखेकी छु
उ कहिल्यै पनि अरुको अभिनय गर्दैन
कुनै चलचित्रका पर्दामा पनि देखिदैन
पर्दा पछाडीको अघोषित हिरो जो हो
कसैलाई थाहा छैन
त्यो हिरोको बारेमा
थाहा होस पनि कसरी 
न त कुनै अखबारका हेडलाइनमा नै छाउछ
र पनि
कुनै सुपरस्टार भन्दा कम छैन
हैन हैन
उसको तुलना कसै सङ्ग छैन
हजुरलाइ थाहा छ बाबा
मैले देखेको हिरो कस्तो देखिन्छ ?
स्वाभिमान र आत्मसम्मानले सु–सजित छ
अनुहारमा कान्ति छ
अर्को कुरा नि बाबा
उसले मार्कर र डस्टरलाई 
आफ्नो हतियार ठान्छ
मार्करले अक्षरहरु कोर्दै
कयौं अचेतन मस्तिष्कहरुलाई जगाउने काममा लागिरहेको छ 
भने डस्टरले
ति अचेतन मस्तिष्कहरु भित्रको अन्धकारलाई
मेटाइरहेको छ
यो संसाररुपी रङ्गमञ्चको
पात्रता बखुबी निभाइरहेको छ
गजबको कुरा के छ भने नि बाबा
मेरा हरेक प्रश्नको जवाफ 
त्यो हिरोसङ्ग हुन्छ
मानौं
त्यो हिरोलाई 
पहिले नै थाहा हुन्छ कि
म के प्रश्न गर्नेवाली छु
यस्तो लाग्छ
मेरो कण कण सङ्ग परिचित छ
किन थाहा छ बाबा ?
मेरो शरीरमा त्यही हिरोको रगत बगिरहेको छ
यस्तै यस्तै छ
मैले देखेको हिरो
पुष्पा जोशी “काली” 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

Advertisement ofBusiness Opportunities
Information on Business Opportunities
Date of publication : 2nd April 2019 (19 Chaitra, 2075 BS)

Reference no: ABO 2
Subject: Supply and service contract for Participation, Inclusion, and Wider CSOs’ Action for Responsive, Transparent and Accountable Local governance In Nepal (PARIWARTAN) Project. (EU Reference EuropeAid/159739/DD/ACT/NP-3, DCA reference 1010327-47)
Contracting Authority: Malika Development Organization Nepal, Equality Development Centre (EDC), Institute of Local Governance Studies (Inlogos) and Dan Church Aid
Deadline for submission of letter of interest: 16 April 2019 AD (3 Baishakh 2076 BS)
PARIWARTAN is being implemented in the Doti and Achham EDC, MDO and Inlogos have been started to work on field.
EU/Dan Church Aid(DCA-Nepal) in cooperation with its partner MDO, EDC, Inlogos, DCA invites qualified suppliers of one or several of the following goods and services torespond to this advertisement.Suppliers who have responded to this advertisement and provides the required informationmay be invited to participate in the Procurement Procedure for the relevant lot(s). Its total tentative procurement budget NPR 114,00,000 in four years project period. 
Goods and services needed:
·     LOT SUP 1: Motorcycle
·     LOT SUP 2: Office Equipment & Supplies
·     LOT SUP 3: Office Furniture
·     LOT SUP 4: Hoarding Board
·     LOT SUP 5: Publication
·     LOT SUP 6: Visibility
·     LOT SER 2: - Media mobilization
·     LOT SER 3: promote Smart App
·     LOT SER 4: Consultancy to Palika Level Training
·     LOT SER 5: Resource person/facilitator Preparatory workshop for proceeding
·     LOT SER 6: Resource person/facilitator for LGs on identified Acts, plans, policy
·     LOT SER 7: Resource person/facilitator for Social Audits and Public Hearings
·     LOT SER 8: Resource person/facilitator for PETS- Public Expenditure Tracking System Training
·     LOT SER 9: Resource Person for Facilitating the workshop
·     LOT SER 10: Consultant for Base Line Survey
·     LOT SER 11: Resource person/facilitator for social accountability tools
·     LOT SER 12: Resource person/facilitator for annual Interaction
·     LOT SER 13: Mid Term Evaluation
·     LOT SER 14: Public Services Satisfaction Survey
The interested supplier shall provide the following information to the Contracting Authority using the contact details below:
·     Indicate which supplies or service you are interested in supplying.
·     Provide the following information:
·     the company’s name and contact details;
·     contact person;
·     brief description of the company’s background and main line of work; and
·     Experience with this kind of supply/service.
This is purely information on business opportunities and does not constitute a commitment to purchase or any other form of contractual commitment with the Contracting Authority.
1. Malika Development Organization Nepal (MDO-Nepal)
Mangalsen-5, Achham, Nepal
097-620225, email: mdonepal17@gmail.com
Gokarna Rawal (9816221297) email: gbrawal13@gmail.com
Ratan Bdr Rawal (9848689812) email: rb.mdonepal@gmail.com Or
2. Equality Development Center (EDC) Nepal, Doti
094-411050, email: edcnepal2053@gmail.com
Krishna Sundar Shrestha (9848418101) email: krisundarstha@yahoo.com
Mahesh Tailor (9898431051) email: maheshedc@gmail.com Or
3. Institution for Local Governance Studies (INLOGOS)
01-4465942, emial: info@inlogos.org
Basuda Subedi (9841232835), email: basudhasubedi@hotmail.com
Ram Sundar Nepali (9851224248) email: rsnepali2014@gmail.com Or
4. Dan Church Aid (DCA)
Lalitpur Ward No-2GPO Box 4844Jhamshikhel, Kathmandu, Nepalwww.danchurchaid.org
Email:  ggi.india@dca.dkT: +977 1 55 33 550 | 55 53 505

आदर्श गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय, डोटी 
प्रदेश नं. ७ 

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/१२/१९ गते 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको गाउँ÷नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७५ ले तोकेको मापदण्ड अनुसार यस आदर्श गाउँपालिकाको बस्तुगत बिवरण (profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि सूची दर्ता गर्न आव्हान गरिएको छ । 
शर्तहरु 
१. सूची दर्ता गर्न चाहाने संस्था÷कम्पनी÷फर्मले आवेदनसंगै बस्तुगत विवरण गर्न तयारी गर्ने बिधि सहितको प्रस्तावनाको खाका पेश गर्नु पर्नेछ ।  
२. प्रस्तावनामा आवेदनदाताले बिस्तृत कार्ययोजना सहितका अनुमानित लागत (बजेट) पनि समावेश गर्नु पर्नेछ । आवेदनसंग पेश गरिनु पर्ने अन्य कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७४/०७५ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  यस बिषयमा थप जानकारी चाहिएमा आदर्श गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मौवा नगरदह डोटीमा बुझ्न सकिनेछ । 

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रहरी कार्यालय, डोटी 

सूचना ! सूचना !! सूचना !!! 

उपरोक्त सम्वन्धमा प्राविधिकि प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्राव्धान अनुसार पदपूर्ति गर्ने प्रहरी प्रधान कार्यालयबाट मिति २०७५/११/१३ गते प्रकाशित बिज्ञापन अनुसार अधिकतम उम्मेदवारहरुलाई दरखास्त दर्ता गर्न प्रेरित गर्नका लागि निम्न उप समूहहरुमा योग्यता पुगेका ईच्छुक (नेपाली नागरिक) उम्मेदवारहरुले मिति २०७५÷१२÷२२ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सकिने व्यहोरा सम्वन्धित सर्वसाधारणका लागि सूचना प्रकाशन गरिएको छ ः 


No comments:

Post a Comment