Tuesday, December 20, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष ५ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्या समाचार 

डोटी माओवादीमा पहिरो 

केन्द्रीय सदस्य सहित ३१ जना नयाँ शक्तिमा प्रवेश

सत्तारुढ नेकपा माओवादी केन्द्र डोटीमा पहिरो गएको छ । केन्द्रीय कमिटी सदस्य समेत रहेका माओवादी नेता शिव सिं ओली सहित ३१ जना पूर्व माओवादी नेता बाबुरा भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेका छन । 
पार्टी जिल्ला कमिटीभित्र बिभिन्न बिषयमा लामो समयदेखि बिवाद रहेपनि नेतृत्वले वेवास्ता गर्दै बैचारिक रुपमा छलफल गर्ने मानसिकता नवनाएका कारण आफुहरुले माओवादी केन्द्र छोड्नु परेको पार्टी जिल्ला समानान्तर कमिटीका संयोजक भरत वोहरा (योगेन्द्र) वताउँछन । ‘पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीले बिवाद समाधानका लागि कुनै पहल गरेन’ वोहराले भने ‘त्यसैले हामी माओवादी केन्द्र छोडेर नयाँ शक्तिमा प्रवेश गर्न वाध्य भयौं ।’ उनले जिल्लाका अगुवा नेताहरु सवै नयाँ शक्तिमा प्रवेश गरेको दावी गरे । 
बिबादको सुरुवात कहाँवाट भयो ? 
बिभिन्न दलहरुको एकतापछि एककिृत नेकपा माओवादीबाट नेकपा माओवादी केन्द्र बन्यो । डोटीमा पनि साउन १९ गते दुई दिने एकता भेलाको आयोजना गरियो । उक्त भेलामा माओवादी केन्द्रभित्रैको एक पक्षले  एकता भेलामा व्यापक रुपमा छलफल हुने पर्ने भन्दै १८ बुँदे प्रस्ताव राख्यो तर संस्थापन पक्षले उक्त प्रस्तावमा छलफल गर्न  मानेन । असन्तुष्ट पक्ष भेला बहिस्कार गर्दै वाहिरियो । संस्थापन पक्षले जंग बिक (शैलेन्द्र) संयोजक रहने गरी दुई सय ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको घोषणा ग¥यो ।
असन्तुष्ट पक्षले भाद्र २४ गते भेला आयोजना गरी आफ्ना मागहरु पुनःस्मरण गराउँदै यदि मागहरुमाथी कुनै वास्ता भएन भने आफुहरु समानान्तर कमिटी गठन गर्न वाध्य हुने चेतावनी दियो । चेतावनीवाट पनि केही नभएपछि मंसिर १४ गते असन्तुष्ट पक्षको भेलाले भरत बोहरा (योगेन्द्र) को नेतृत्वमा दुई सय ११ सदस्यीय समानान्तर जिल्ला सम्मेलन आयोजक समिति गठन ग¥यो । समानान्तर कमिटी गठन हुँदा समेत पार्टी जिल्ला, प्रदेश र केन्द्रले आफुहरुलाई कुनै वास्ता नगरेका कारण आफुले पार्टी छोड्न वाध्य भएको वोहरा वताउँछन ।  
माओवादी केन्द्रका जिल्ला संयोजक जंग बिक (शैलेन्द्र) ले पार्टी जिल्ला कमिटीमा र प्रदेश कमिटीमा पनि उनीहरुका माग वारे व्यापक रुपमा छलफल भएको दावी गर्छन । उनी भन्छन् ‘उहाँहरुमा सैद्धान्तिक रुपमै बिचलन आईसकेको थियो त्यसकारण उहाँहरुले पहिले देखिनै पार्टी छोड्न चाहँदै हुनुहुन्थ्यो ।’ बिचारमा बिचलन आईसकेपछि त्यसलाई जति गरेपनि रोक्न नसकिने शैलेन्द्रको भनाई छ । 
को को गए माओवादी छोडेर नयाँ शक्तिमा ?
वोहराका अनुसार माओवादी जिल्लास्तरीय ३१ जना जुझारु नेताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन । वोहराले भने ‘भरत वोहरा (सेवक), नन्दलाल बिक, प्रेम नेपाली, खडक खत्री, कृष्ण भट्ट, मीनवहादुर कुँवर, बलवहादुर ओली लगायतका ३१ जना नेताहरुसंगै प्रवेश गरेका छन ।’ उनले पार्टी निकट बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य डवल सिंह, अमर साउँद लगायत संगठनको जिल्ला कमिटी पुरै नयाँ शक्तिमा प्रवेश गरेको दावी गरेका छन । अन्य जनबर्गीय संगठनका प्रमुखहरु पनि प्रवेश गर्ने योजना रहेको वोहराको दावी छ । 
वोहराको उक्त दावीलाई सोझै अस्वीकार गर्छन माओवादी केन्द्रका संयोजक शैलेन्द्र । ‘संख्या पु¥याउनका लागि जसको नाम जोडिदिए पनि हुन्छ’ शैलेन्द्रले भने ‘एक जना केन्द्रीय सदस्य र सात÷आठ जना जिल्ला तहका नेताहरु गएका छन, वाँकी हल्ला मात्र हो ।’
पार्टी छोड्नुमा ओलीको भनाई फरक छ 
नयाँ शक्तिमा प्रवेश गरेका माओवादी केन्द्रीय सदस्य ओली पार्टी छोड्नुको मुख्य कारण नेकपा माओवादी केन्द्र बिघटनको संघारमा पुग्नु र पार्टीमा बैचारिक बिचलन आउनु रहेको वताउँछन । उनले भने ‘पार्टीको बिराटनगर सम्मेलनको कार्यदिँशा अनुसार पार्टी अगाडी बढ्न सकेन, जनताका मुद्धाहरु पार्टीले उठान गर्न सकेन, त्यसैले हामीले समयमै नयाँ बिचारमा समाहित हुनु   प¥यो ।’ अध्यक्ष प्रचण्डले आफु पार्टी काममा लाग्ने सरकारको नेतृत्व गर्ने अवसर आएपनि सरकारमा नजाने प्रतिवद्धता गरेको भएपनि स्वार्थका लागि प्रधानमन्त्री भएको उनको आरोप थियो । 
बिम्ब नेपाली साप्ताहिक–संग टेलिफोनमा कुरा गर्दै ओलीले डोटी जिल्ला पार्टीले प्रदेश नं. ७ को राजधानी दिपायल वनाउनु पर्ने निर्णय गर्दा गर्दै पनि पार्टी प्रदेश कमिटीको कार्यालय अत्तरीयामा राख्नु र संगठनमा क्षमतावान नेता कार्यकर्ताहरुलाई जिम्मेवारी नदिनु अर्को कारण भएको उनले वताए । पार्टी प्रदेश कमिटीको कार्यालय अत्तरीया राख्नु डोटेली जनतामाथीको अन्याय भएको ओली वताउँछन । उनले डोटी जिल्ला पार्टीका कारण आफुहरुले पार्टी नछोडेको समेत दावी गरे ।
अछाम जिल्ला घर भएका पूर्व मन्त्री तथा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य भिम कडायतले माओवादी परित्याग गरी नयाँ शक्ति नेपालमा प्रवेश गरेपछि सुदूरपश्चिममा माओवादी केन्द्र परित्याग गरी नयाँ शक्तिमा प्रवेश गर्नेको संख्या बढेको छ ।

सम्पादकीय 

संसदीय पद्धतिको बर्खिलाप

यतिखेर देशको प्रमुख व्यवस्थापकीय निकायमा गतिरोध उत्पन्न भएको छ । २०७२ साल असोज ३ गते जारी गरिएको संबिधानका केही धाराहरु संसोधनका लागि आएको संसोधन प्रस्तावलाई संसदको कार्यसूचीवाट हटाउनु पर्ने माग प्रमुख प्रतिपक्षी लगाएतका दलहरुले राखेका छन भने जसरी पनि संबिधान संसोधनको प्रस्तावमाथी संसदमा छलफल गराउने र प्रस्ताव पारित गराउने पक्षमा सत्ता घटकहरु लागेका छन । 
माग जे होला, बिषय प्रसंग जे होला तर संसद अवरुद्ध गर्नु संसदीय पद्धतिको बर्खिलाप हो । हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्वीकार गरेका छौं । यसको अर्थ बहुमतको सत्तापक्ष र अल्पमतको प्रतिपक्ष हो । संबैधानिक रुपमा पनि हामीले बहुमतीय प्रणालीलाई स्वीकार गरेका छौं । त्यसैले संसदमा पेश भएको बिधेयक आवश्यक मतले पारित हुन्छ भन्ने गणितीय अध्ययन गरि संसदनै नचल्न दिनु भनेको आफैले वनाएको संबिधान आफैले अस्वीकार गर्नु हो । यो भन्दा ठुलो मुर्खता केही हुँदैन । 
त्यसो त नेपालमा संसद अवरुद्ध हुने कुरा नौलो होईन । २०४८ साल बैशाख २९ गते भएको संसदीय निर्वाचनपछि बनेको प्रनिनिधिसभा देखि हालसम्म प्रतिपक्षमा बसेकाहरुले आफु अनुकुल नहुने देखेपछि संसद अवरुद्धको हतियार प्रयोग गर्ने, संसदमै तोड्फोड गर्ने, कुर्ची हानाहान गर्ने परिपाटी उहिले देखिनै हो । यसमा दक्षिणपन्थीहरु भन्दा तुलनात्मक रुपमा बामपन्थीहरुले अग्रपंक्तिमा रहँदै आएका हुन । यस अनुभवका हिसावले संसद अवरुद्धलाई अन्यथा मान्नु पर्ने कुनै कारण छैन तर हामी आफैले वनाएको कानुन आफ्ना लागी लागु हुन्न भन्ने कतै हुन्छ ? यदि आएको संसोधन प्रस्ताव संबिधान बिपरित हो भने वा अन्य कानुन बिपरित हो भने संबिधानको अन्तिम व्याख्या गर्ने निकायमा जाँदा संबिधानको कार्यान्वयन हुन्छ । संसद अवरुद्ध गरेर, सडकमा टायर वालेर, एम्वुलेन्समा ढुङ्गा हानेर संबिधानको कार्यान्वयन हुँदैन । संसदीय अभ्यास पनि संबिधान कार्यान्वयनको एक पाटो हो । 
संबिधान कार्यान्वयन गर्नका लागि तीन तहका निर्वाचनको तयारी गर्नु पर्नेछ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमै दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्नु पर्नेछ । संबिधान कार्यान्वयन यसरी हुन्छ । भन्दाखेरी संबिधान बिश्वकै उत्कृष्ठ भन्ने व्यवहारमा हामी फेरी वर्वर जंगली रुपमा प्रस्तुत गर्ने हो भने यसले कुनै अर्थ    राख्दैन । निश्चित रुपमा अहिले आएको संबिधान संसोधनको प्रस्ताव गलत छ, यो नेपाली जनताको हितमा छैन, यो कुनै बाह्य शक्तिको दवावमा तयार गरिएको हो, यो कुरा आम जनतालाई थाह छ तर यदि हामीले आफैले लेखेको, आफैले संसदमा बसेर थपडी वजाएको संबिधान अनुसारको प्रक्रिया पुरा गरेर यदि संसोधन हुन्छ भने अनि के भन्ने त ? 
मधेशी दलहरुलाई हामीले के भनिरहेका छौं ? दुई तिहाई भन्दा बढीले पारित भएको संबिधान मान्नु पर्छ भन्दै छैनौं ? अनि अर्को पक्षले त्यही संसदमा दुई तिहाई बहुमत पु¥याएर संसोधन हुँदा त्यो असंबैधानिक हुन्छ र ? त्यही प्रक्रियावाट आफु सफल हुँदा संबैधानक हुने अरु सफल हुँदा असंबैधानिक हुने मूर्खतापूर्ण परिभाषा मिलेन । 
त्यसैले प्रमुख प्रतिपक्ष दलले यो बचपना छोड्नु पर्छ । आफ्नो असहमति संसदमा, सडकमा जनताका माझमा पोख्नु पर्छ । जनतालाई सू–सूचित गर्नु पर्छ । न्यायिक वाटो समात्नु पर्छ । संसद अवरुद्ध गरेर पुरानो परम्परालाई निरन्तरता दिने होईन । सडकमा टायर बालेर, एम्वुलेन्समा ढुङ्गा हानेर उश्रृंखलता प्रदर्शन गर्ने होईन । जनता धेरै बुझ्ने भईसकेका छन । कुनै पनि समस्याको समाधान बलमिच्याई होईन, सहमति हो वा फेरी प्रक्रिया हो । कि त सहमतिमा आउन सक्नु प¥यो होईन भने प्रक्रियावाट आएको परिणामलाई स्वीकार गर्न सक्नु प¥यो । त्यसैले यो संसदीय गतिरोध तत्काल अन्त्य हुनु पर्छ र संसद सुचारु हुनु पर्छ ।

थप समाचार 

२९ वर्षको उमेरमै पुछिएको सिउँदो

‘पोहर साल भदौको अन्तिमतिर फोन गर्नु भएको  थियो । “अव दशैं तिहार आउँदैछ, राम्रोसंग खानु, म पैसा पठाईदिउँला” भन्नु भएको थियो तर त्यसको केही दिनपछि त उहाँको मृत्यु भएको खवर आयो ।’ 
श्रीमान्ले दशैंमा पैसा पठाईदिउला भनेपछि दुर्गाले अनेक योजना वनाईन । छोराछोरीका लागि लुगा ल्याउने, आफु पनि लुगाफाटो हाल्ने, दशैंमा घरमा मिठो मसिनो खाने, तिहारमा माईती घरमा रमाउने, यस्तायस्तै सपना देखेकी थिईन दुर्गाले तर उनको यो सपना सपनामै सिमिति रह्यो । न उनका श्रीमान्ले फेरी फोन गरे उनलाई न पैसानै   पठाए । 
११ वर्ष अगाडी १८ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिएकी डोटी खातिवाडा गाबिस–६, खुल्लेककी दुर्गा वोगटीले २९ वर्षकै उमेरमा आफ्नो सिउँदोको सिन्दुर पुछ्नु प¥यो । उनका श्रीमान्  सिताराम वोगटीको गत वर्ष अर्थात २०७२ साल असोज पहिलो साता भारतको जोधपुरमा भएको सडक दुर्घटनामा मृत्यु भयो । 
सिताराम बिवाह हुनु भन्दा पहिले देखिनै भारत आउजाउ  गर्थे । बिवाह भएपछि पनि उनले भारतमै गएर काम गरे । ‘पैसा   राम्रै कमाउनु हुन्थ्यो, त्यस्तो कुलत पनि केही थिएन’ दुर्गा भन्छिन् ‘अव त के भएर के गरु ?’   दुई वर्ष अघि घर आएका सितारामले फर्केर भारत नजाने योजना वनाए । उनले गाउँतिर काठको काम गर्न सुरु गरे तर त्यो पेशाले सितारामको परिवारको गर्जो नटर्ने भयो । एक छोरा र दुई सहित पाँच जनाको परिवार पाल्न नसकेर सिताराम २०७२ साउनमा फेरी भारततिर लागे । ‘राजस्थानको जोधपुर छु भनेर फोन गर्नु हुन्थ्यो’ भक्कानिदै दुर्गा भन्छिन् ‘फोनमा खाना खाई कि नाई ? छोराछो–  रीहरुले खाए कि नाई भनेर सोध्नु हुन्थ्यो तर अव कसैले सोध्दैन ।’ 
सडक दुर्घटनामा गम्भिर घाईते भएका सितारामको उपचारका क्रममा भारतमै निधन भयो । न दुर्गाले न दुर्गाका छोराछोरीहरुले सितारामको मुख हेर्न पाए । मृत्यु भएको खवर मात्रै सुने उनीहरुले । ‘नजिक भएको भए त अन्तिम पटक मुख हेर्न पाउँथे’ दुर्गा भन्छिन् ‘अर्काको देशमा भएको दुर्घटनाका कारण मैले मुख समेत हेर्न पाईन ।’ 
सिताराम भारत जाँदा दुर्गा गर्भवती थिईन । उनले गत वर्ष पुषमा चौथो सन्तानको रुपमा  छोरो पाईन । अहिले उनीसंग दुई छोरा र दुई छोरी गरी चार सन्तान रहेका छन । ‘जेठो छोरो १० वर्षको भयो, उ कक्षा ५ मा पढ्दैछ’ गोदीमा खेल्दै गरेको एक वर्षे वालकलाई देखाउँदै दुर्गा भन्छिन् ‘कान्छो यही हो, यसले त आफ्नो बुवाको मुख पनि देख्न पाएन ।’ 
दुर्गासंग आफ्नो घर छैन । उनी अर्काको घरमा बस्दै आएकी छन । श्रीमान् बितेपछिको यो एक वर्ष उनलाई माईतीले सहयोग ग¥यो । छोराछोरीहरुको कापी कलम, लुगाफाटो सवै माईतीले नै सहयोग गरिरहेका  छन । उनी भन्छिन् ‘अरु त मेरो सहारा कोही छैन ।’ 
श्रीमान्लाई भारत नजान यतै काठको काम गर्न आग्रह गरेकी थिईन दुर्गाले । तर, सितारामले घरमै बसेर गुजरा चल्ने छाँट देखेनन् । ‘कति अर्काको घरमा बसिराख्ने ? आफ्नो घर वनाउनु प¥यो नि भन्नु भयो अनि मैले पनि रोक्न सकिनँ’ दुर्गाले रुँदै भनिन् ‘यसो होला भन्ने थाह भएको भए त कहाँ जान दिन्थे र ?’ 
न खेती गर्न जमिन छ, न बस्न घर छ, न घरमुलीको सहारा छ, दुर्गा आफै अलमलमा छिन । भन्छिन् ‘चार–चार सन्तान मैले कसरी हुर्काउने हो ?’ उनी बाख्रा पालन गर्न चाहान्छिन तर उनीसंग न त खोर वनाउनका लागि लगानी छ न बाख्रा खरीद गर्नकै लागि । ‘निड्स नेपाल नामक गैरसरकारी संस्थाले एक बाख्रो दिएको छ’ दुर्गा आशावादी हुँदै भन्छिन् ‘तीन महिना भयो एक बोका भएको छ, अव तीन महिना फेरी पालेर बोका बेच्छु अनि अर्को बाख्रो किन्छु ।’
नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका लागि दुर्गाले गाबिसमा सवै प्रक्रिया    पुरा गरेकी छन तर उनको सामाजिक सुरक्षा भत्ता सुरु भएको छैन । ‘बिधवा भत्ता आउँछ रे, त्यत्ति आएपनि अलि सहयोग हुन्थ्यो’ उनले भनिन् ‘अरु त अव के नै आश रह्यो र ?’

बिश्वास जित्दै सामुदायिक बिद्यालय

कर्ण चन्द÷डोटी
     पुष ४
मुडभरा गाबिस–९ खन्याडीका कौछी देवी जोराले आफ्ना तीन जना छोराछोरीलाई नीजि बिद्यालयबाट छुटाएर   भवानी आधारभुत बिद्यालय खन्याडीमा भर्ना गरिन । सोही ठाउँकी कमला देबी भूत्यालले पनि कक्षा ३ मा पढ्दै गरेका छोरा कृष्णलाई सामुदायिक बिद्यालयमा भर्ना गरिन ।  
कौछी र कमलाले मात्रै होईन  यस गाउँका नीजि बिद्यालयमा अध्ययन गर्दै आएका २५ बालबालिका सामुदायिक बिद्यालयमा भर्ना भएका छन । सामुदायिक बिद्यालयले बिद्यालय सुधार योजना सहित गुणस्तरमा सुधार गर्न थालेपछि नीजि बिद्यालयका बिद्यार्थीलाई पनि आकर्षण गर्न थालेका छन ।
बिद्यालयमा नियमित पढाई भए÷नभएको अनुगमन गर्ने    गरेको कमला भूत्यालले बताईन । उनले भनिन् ‘पहिला भन्दा बिद्यालय सुधारको बाटोमा छ, खर्चिलो पनि कम छ, गुणस्तरमा क्रमशः सुधार आउँदै छ, यसै बिद्यालयमा छोराछोरी पढाउन पर्छ भनेर लागेका छौं ।’
बिद्यार्थीको बसाई ब्यवस्थापन, तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित गाउँमा भर्ना अभियान सञ्चालन गरेपछि बिद्यार्थी नीजि बिद्यालय–बाट छोडेर बिद्यार्थीहरु यस बिद्यालयमा भर्ना भएका भवानी आधारभुत बिद्यालयका प्रधानाध्यापक गणेश कठायतले बताए । कठायतले भने ‘हामी नीजि बिद्यालयस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न तयार छौं, बालबालिकाको मनोभावना अनुसार शिक्षा प्रदान गर्छौं ।’
डोटी जिल्लाका सामुदायिक बिद्यालयका शिक्षकले  ईच्छाशक्ति देखाए राम्रो शिक्षा प्रदान गर्न क्ने जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्यालले बताए ।  अधिकारी पौड्यालले भने ‘सामुदायिक बिद्यालयमा तालिम प्राप्त जनशक्ति छ, सबै परिचालन हुने हो भने गुणस्तरीय शिक्षा खोज्न अन्त कतै जानु पर्दैैन ।’ पौड्यालले डोटी जिल्लाका कयौं सामुदायिक बिद्यालय नीजि बिद्यालय भन्दा राम्रो शिक्षा प्रदान गर्दै आएका र कयांै त्यो बाटोमा क्रमशः अगाडी बढिरहेका वताए ।
बाल केन्द्रित शिक्षण बिधि 
डोटी जिल्लाका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकले बाल केन्द्रित सिकाई तालिम प्राप्त गरेका छन ।  बाल केन्द्रित शिक्षण बिधि सम्बन्धि तालिम पाएपछि पठनपाठनमा सहज भएको शिक्षकहरुले बताए । तालिम प्राप्त शिक्षक हेमा भट्ट शर्माले भनिन् ‘हामी बर्षौं देखि हाम्रो जिम्मेवारी पढाउने हो सम्झेका थियौँ, तालिम प्राप्त गरेपछि हामीले थाहा पायौं, हाम्रो जिम्मेवारी बढाउने मात्र भन्दा पनि सिकाउने रहेछ ।’ शिक्षक शर्माले थपिन, ‘अहिले बिद्यार्थीको चाहाना, क्षमता  बुझेर पढाउँछौं, बिद्यार्थीले पनि बुझ्छन, पढाउँदै गर्दा आनन्द आउँछ ।’
सम बिकास केन्द्र नेपाल  (इडिसी) द्वारा सञ्चालित प्रगतिशिल स्थानीय श्रोत परिचान द्वारा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत जिल्लाका चार गाबिस र एक नगरपालिकाका २० बिद्यालयमा कार्यरत शिक्षकलाई बाल केन्द्रित शिक्षण शैक्षिक सामाग्री  र शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ ।
शिक्षाको गुणस्तर सुधारका लागी बिद्यालयलाई सहयोग गर्दै आएको शिक्षा परियोजनाका संयोजक अधिराज बिसीले    बताए ।

तरकारी खेतीप्रति बढ्दो आकर्षण

भुमीराज जोशी÷सिलगढी
     पुष ४
डोटी लाटामाण्डौं गाबिस–९ कि मैना बोगटी अचेल तरकारी खेतीमा व्यस्त हुन्छिन् । करीव दुई रोपनी जमिनमा मैनाले तरकारी खेती गर्दै आएकी छिन् । 
टमाटर, वन्दा, काउली, खुर्सानी, तितेकरेला मौषम अनुसार तरकारी खेती लगाउदै आएकी मैनाले १८ वाख्रा र केही कुखुरा पनि पालेकी छिन । ‘पहिले आफु पनि तरकारी किनेर खान्थ्यौं’ वोगटीले भनिन् ‘पछिल्लो समयमा तरकारी बेच्ने भएका छौं ।’ 
मैना आफुले उत्पादन गरेको तरकारी गाउँ नजिकै रहेको संकलन केन्द्रमा बिक्री गर्छिन । कहिलेकाँही वारीवाटै   तरकारी स्थानीय बजारमा बिक्री गर्ने गरेको मैनाको भनाई छ । आफुले एक वर्षमा १८ क्वीण्टल टामाटर मात्रै बिक्री गरेको मैनाको दावी छ । 
पचनाली गाबिस–६ तलकोटका हर्कवहादुर मल्ल उमेरले ६४ वर्ष भएपनि उनी कृषि पेशामा सक्रिय छन । ‘जीवनभ–री परम्परागत खेती गरे तर केही प्रगति भएन’ मल्ल भन्छन् ‘तरकारी खेतीमा लागेपछि राम्रो आम्दानी हुन लागेको छ ।’ मैना र मल्ल जस्तै थुप्रै कृषकहरु अहिले तरकारी खेतीप्रति आकर्षित भएका छन । परम्परागत बालीले गर्जो टार्न धौ धौ हुन थालेपछि कृषकहरु नगदे बालीप्रति आकर्षित भएका हुन ।  
पछिल्लो समयमा सेवक नेपाल नामक गैरसरकारी संस्थाले यस क्षेत्रका किसानहरुलाई सहयोग गर्दै आएको छ । मैना भन्छिन् ‘सेवकले तरकारीको बिउ, सिंचाईको व्यवस्था र पोली हाउँसको व्वस्था गरि दिएर तरकारी खेती गर्न अझ सहज भएको छ । अर्का कृषक हर्क भन्छन् ‘सेवकले जलवायु परिवर्तनको अवस्थामा तरकारी खेतीको बिषयमा ज्ञान दिईरहेको छ ।’ 
सेवक नेपालले यस क्षेत्रमा पोषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन गरिरहेको छ । परियोजना संयोजक गजेन्द्र खत्रीले डोटी जिल्लाका पाँच गाबिसहरु बाँझककानी, पचनाली, लाटामाण्डौं, खातीवाडा र वारपाटा गाबिसमा उक्त  परियोजना सञ्चालन भईरहेको जानकारी दिए । 

छाउ गोठमा एक अर्को ज्यान गयो

अछाम जिल्लामा एक महिना नपुग्दै दुई जनाले छाउपडी गोठमा ज्यान गुमाएका छन । 
मंसिर ४ गते छाउ गोठमै सुतेका वेला ज्यान गुमाएकी तिमिल्सेन गाबिस–७ की २१ वर्षीया डम्मरा उपाध्यायको घटना सेलाउन नपाउँदै शनिवार साँझ जिल्लाको गाज्रा गाबिस–७ की १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमै ज्यान गुमाईन । निकै धुमधाम र तडकभडकका साथ गत वर्ष गाज्रा गाबिसलाई छाउपडी गोठमुक्त गाबिस घोषणा गरिएको थियो । शनिवार साँझ करीव ६ बजे खाना खाएर घरछेउमै रहेको छाउपडी गोठमा सुत्न गएकी रोशनी भोलीपल्ट मृत फेला परिन् । 
आइतबार बिहान ७ बजेसम्म पनि नउठेपछि बुबा भरत छोरालाई बोलाउन गए । उनले वाहिरवाट वोलाए तर भित्रवाट कुनै प्रतिक्रिया आएन । ढोका वन्द थियो, वोलाउँदा पनि नखोलेपछि भरतले हल्ला गरे । उनले अन्यको सहयोग लिएर ढोका खोलेर हेर्दा छोरी मृत भेटे । भरतले हतारिँदै प्रहरीलाई खबर गरे । मृत्युको कारण यकिन हुन सकेको छैन । 
जिल्लामा एक महिनामा दुई किशोरीको छाउगोठमै ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक बद्रीप्रसाद ढकालले जाडोमा आगो बाल्दा धूवाँमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । ‘होचो गोठमा हावा ओहोरदोहोर गर्ने कुनै झ्याल छैन, मूल ढोकासमेत लगाइएकाले निसास्सिएर वा चिसोमा कठ्यांग्रिएर ज्यान गएको हुन सक्छ,’ उनले भने । 
मृतकको शरीरमा कुनै घाउ चोटपटक नरहेको प्रहरीले जनाएको छ । किशोरी गाज्रा गाविसस्थित राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
यसअघि मंसिर ४ मा महिनावारी भएकै बेला छाउगोठमा बस्दा तिमिल्सेन–७ की २१  वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा यहाँ अझै हटेको छैन । विभिन्न गैरसरकारी संस्थाले २०६३ यता छाउपडीकै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको जनाएका छन् । औपचारिक रुपमा जिल्लाका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा गरिएपनि व्यवहारमा अहिले पनि छाउपडी गोठहरु प्रयोगमै रहेका छन ।
सुदूरपश्चिमभरी अछाममा सवै भन्दा बढी छाउ मान्ने प्रथा रहेको छ ।

सांसद पुनको ५० लाख डोटीमा

व्यवस्थापिका–संसद सदस्य मीना पुनले आफुले खर्च गर्न पाउने संसद बिकास कोषको रकम डोटीमा पठाएकी छिन् । 
प्रत्येक्ष निर्वाचित संसदले आफ्नै निर्वाचन क्षेत्र र समानुपातिक सांसदले आफुले चाहेको क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था अनुसार समानुपातिक सांसद पुनले डोटी जिल्लाको निर्वाचन क्षेत्र–२ का बिभिन्न ठाउँमा योजना सञ्चालन गर्नका लागि उक्त रकम खर्च गर्ने भएकी छिन । राष्ट्रिय जनमोर्चावाट समानुपातिक कोटामा सांसद भएकी पुनको घर बाग्लुङ्ग हो ।
राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले दिएको जानकारी अनुसार सांसद पुनको उक्त रकम बिभिन्न २१ योजनामा बिनियोजन गरिएको छ । तिखात्तर खानेपानी योजनामा तीन लाख ५० हजार, तिखात्तर बाउजेलामा गौगेमाडौं मन्दिर निर्माणमा एक लाख, स्वास्थ्य चौकी गाउँघर क्लिनिकमा दुर्गामाण्डौं तीन लाख ५० हजार र झिमेमालकिा उमाबिमा ईलाईव्रेरी स्थापना गर्न तीन लाख बिनियोजन गरिएको छ ।
यस्तै बन्नेखोला कारीगाउँ सिचाई कुलो मर्मत दुर्गामाण्डौंमा एक लाख, भुमिराजमाण्डौं फलेडी दुर्गामाण्डौं जोड्ने सडकका लागि १० लाख, सार्वजनिक निमाबि बासुदेवीमा एक लाख ५० हजार, दलित बस्तिा खानेपानी कपल्लेकी एक लाख ५० हजार र निरपाल कैलपाल बालबिकास केन्द्र कपल्ल्ेकीमा एक लाख छुट्याईएको छ । पञ्चेदय निमाबि भुड्भरा एक लाख ५० हजार, धुरकोट रिठाभुवा पचनाली सडकमा तीन लाख, शिवपुर माबि सरस्वतीनगरको खेल मैदानमा एक लाख, असिम प्राबि घेरवार निर्माण सरस्वतीनगरमा एक लाख कुलवाखोला खानेपानी निरौली लमौते एक लाख र बुडाकोट प्राबि घरवार लानाकेदारेश्वर माएक लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको सचिव योगीले सार्वजनिक गरेका छन । 
घण्टेश्वर उमाबि प्रवेशद्वार निर्माण गर्न एक लाख, चवाराचौतारामा रहेको खत्याडी उमाबि स्तरोन्नतीमा एक लाख, तिखात्तरको सुवाखान डुम्राकोट सडक तीन लाख ७० हजार, दुर्गामाण्डौंको कार्की वगर अल्लेवन सडक एक लाख ८५ हजार, स्याला नौकुडा गडाखर्क सडक सरस्वतीनगर चार लाख २० हजार, वगर धिर्कामाण्डौं सडक धिर्कामाण्डौं एक लाख ७५ हजार बिनियोजन गरिएको छ । 
सांसद पुनलाई धन्यवाद दिदै योगीले उक्त रकम तोकिएकै योजनामा खर्च हुने जानकारी गराएका छन ।
डोटी जिल्लावाट प्रत्येक्ष दुई र समानुपातिक तीन गरी पाँच जनाले संसदमा प्रतिनिधित्व  गर्छन । सांसद पुनले डोटीको बिकासका लागि आफ्नो रकम पठाउनु भएपछि यस जिल्लामा सांसद बिकास कोषको रकम मात्रै तीन करोड खर्च हुने निश्चित भएको छ । यसले जिल्लाको बिकासमा सहयोग पुग्नेछ ।

छोटकरी समाचार 

एमाले गाउँगाउँमा

संगठन सुदृढिकरण र संगठन बिस्तारका लागि नेकपा एमाले गाउँगाउँमा पसेको छ । 
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि चार महिने अभियान सञ्चालन गरिएको सो पार्टीले जानकारी दिएको छ । अभियानका क्रममा स्थानीय तहका भेला, अधिवेशनहरु भईरहेका एमाले नेता तथा पूर्व सभासद् हर्कवहादुर सिंहले जानकारी दिए । सोमवार बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै सिंहले भने ‘गगुडा गाबिसवाट सुरु भएको अभियान ११ गाबिसमा पुगेको छ । सिंहले प्रत्येक गाबिसमा अधिवेशनहरु भएका जानकारी दिए । 
‘अभियानले उत्साहित वनाएको छ’ सिंहले भने ‘गाउँमा हाम्रो पार्टीप्रतिको जनसमर्थन बढेको छ ।’

मस्यौदामाथी छलफल

नेपाल सरकारले जारी गर्न लागेको खाद्यय अधिकार सम्वन्धि ऐनको मस्यौदामाथी सोमवार डोटीमा पनि छलफल भएको छ । 
खाद्य अधिकार सञ्जाल डोटीको आयोजना भएको सरोकारवालाहरुबीचको भेलामा उक्त मस्यौदामाथी छलफल भएको हो । छलफलमा अधिवक्ता शंकरद्वीप मडैले ऐनको मस्यौदामा थुप्रै कुराहरु नमिलेकाले यसलाई सुधार गर्नु पर्ने वताए । 
यस्तै गैसस महासंघ डोटीका अध्यक्ष रुघु कठायतले अहिलेको परिवेशमा यो ऐन आवश्यक भएको वताउँदै मस्यौदामा भएका प्राव्धानहरुलाई थप व्यवहारिक वनाईनु पर्ने र राष्ट्रि खाद्य अधिकार परिषद्मा कृषकहरुको समेत प्रतिनिधितव हुने व्यवस्था मिलाउनु पर्ने बिचार व्यक्त गरे । 

खेल समाचार 

डोटीका १३ खेलाडी छानिए

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डोटी जिल्लावाट १३ खेलाडी चयन भएका छन । 
पुष ८ गते देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्न भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रतियोगितावाट बिभिन्न बिधाका नौ खेलका लागि १३ खेलाडी चयन भएका डोटी जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । खेलकुद बिकास समितिको कार्यालयका प्रमुख किरण श्रेष्ठका अनुसार डोटीवाट महिला फुटवल, पुरुष फुटवल, बास्केटबल, ह्याण्डवल, तेक्वान्दो, पुरुष भलिवल, खो खो र महिला कवड्डीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन । 
पुरुष भलिवलतर्फ जनकवहादुर खड्का र डम्मर भट्टराई चयन भएका छन । महिला फुटबलतर्फ सोनु खत्री,     रजनी केसी र मोनिका श्रेष्ठ रहेका छन भने पुरुष फुटबलतर्फ आयुष घले रहेका छन । यस्तै पुरुष तेक्वान्दोतर्फ ईन्द्रवहादुर सिंह र महिला तेक्वान्दोतर्फ चाँदनी मल्ल रहेका छन । 
चयन भएका अन्य खेलाडीहरुमा बास्केटबलमा भुवन कडायत, ह्याण्डबलमा प्रदिप वोहरा, पुरुष तर्फको चेसमा प्रकाश ओझा, खो खोमा शंकर बिष्ट र महिला कवड्डीमा बैकल्पिक खेलाडीका रुपमा जमुना बिष्ट रहेका छन । 

३ हजार ९७२ खेलाडी सहभागी

सातौं राष्ट्रिय खेलकुदका लागि तीन हजार नौ सय ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुर्वाञ्चलमा पुष ८ गते देखि १५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा एक हजार सात सय ५३ पुरुष र एक हजार एक सय ६१ महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । 
आईतवार मोरङ्गको बिराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उक्त कुराको जानकारी गराएका हुन । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको वताउँदै बिष्टले अव कुनैपनि खेल र खेलस्थान परिवर्तन नहुने प्रष्ट पारे । 
प्रतियोगितामा दुई सय ६८ स्वर्ण दुई सय ६८ रजत र चार सय १६ कास्य पदक गरी कुल नौ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । 
सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये ३१ खेलको मात्रै पदक गणना हुनेछ । स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङ लगायत चार खेलको न्यूनतम टिम नपुगेको परिषदले यसअघि नै जानकारी गराई सकेको छ । त्यस्तै तीन खेलहरु अघिल्लो बर्ष नै सम्पन्न भइसकेका छन् । स्वीमिङ, शारीरिक सुगठन, ट्रायथलन, एथ्लेटिक्सको म्याराथन यसअघि नै भइसकेका छन् ।
प्रतियोगिताका धेरैजसो खेलहरु सुनसरी झापा र मोरङमा आयोजना   हुनेछन् । सिराहा, सप्तरी, इलाम, उदयपुर धनकुटा, ललितपुर र काठमाडौंमा पनि केहि खेलहरु खेलाइनेछन् ।
राष्ट्रिय प्रतियोगिताका लागि पाँचवटै क्षेत्रमा क्षेत्रीय छनौट चरणका खेल सम्पन्न भइसकेका पत्रकार सम्मेलनमा बिष्टले जानकारी दिए । राखेपले सातौं प्रतियोगितामा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौंमा समावेश गरेको छ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।
छैटौं प्रतियोगितामा भन्दा सातौं प्रतियोगितामा केही थप खेलहरु समावेश भएकाले लागतमा केही बृद्धि भएको भएपनि अर्थ मन्त्रालयले मागे जति रकम निकासा नगरेको विष्टले वताए ।

चलचित्र÷मनोरञ्जन 

छक्कापञ्जाले कमायो १६ करोड

सेतोपाटी अनलाईनवाट
बन्द रहेका तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीजस्ता हास्य श्रृंखलाका कलाकार टेलिभिजनका लागि यही नाम लिएर सम्भवतः अब कहिल्यै फर्किने छैनन् ।
वर्षौंदेखि हेर्दै आएका दर्शकलाई नियास्रो त लागेको छैन ? त्यही नियास्रोकै कारण हलमा ‘६क्का पञ्जा’ हेर्न दर्शक ओइरिएका त होइनन् ? 
नेपाली फिल्मक्षेत्रमा ५१ औं दिन मनाउने लामो समयको रिक्तता पुरा गर्दै ‘६क्का पञ्जा’ले पशुपतिबाट ब्यान्ड बाजासहितको उत्सव मनाइरहँदा वितरक गोपाल कायस्थले हौसिँदै भनेका थिए, ‘फिल्मले १०१ दिन स्योर हान्छ ।’  फिल्म वितरणको वर्षौं लामो अनुभव रहेपनि ६क्का पञ्जाको जस्तो व्यवसायिक सफलताको स्वाद निकै कम चाखेकाले हुन सक्छ, कायस्थ हौसिनु स्वाभाविक थियो । 
फिल्मका निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरीले भने ५१ दिनसम्म १०० दिन पार गर्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । सोचेका थिए, ‘हलसम्म आएर फिल्म हेर्ने दर्शक अबको २÷३ हप्तासम्म आउलान् कि !’ सय दिन मनाउने चलन त वर्षौं पुरानो कुरा हो । अहिलेको पुस्तालाई त लगभग कहानी  जस्तो । तर, ६क्का पञ्जाले यथार्थलाई कहानी बन्न दिएन । वर्षौंअघिको यथार्थलाई यथार्थकै रुपमा ल्याइदियो ।
गिरीले यसलाई हास्यकलाकारको विजयको उत्सव भनेका छन् भने निर्देशक दीपाश्री निरौलाले हास्यकलाकारका साथै नेपाली नारीको समेत जित भएको भन्दै खुसी बाँडेकी छन् ।  
कुनै समय थियो, बलिउड तथा नेपाली फिल्मले बनाएको नारी सौन्दर्यको मानकभित्र पर्दापर्दै दीपाश्री निरौला व्यवसायिक मुलधारको फिल्ममा असफल भएकी थिइन्, या उनले त्यस ठाउँबाट पर्याप्त आनन्द लिन सकिनन् ? कारण जुन पनि हुन सक्छ, उनी बाहिरिइन् ।
कुनै समय थियो, हास्य अभिनेताहरु ठूलो पर्दामा त देखिन्थे तर उनीहरुलाई अक्सर शारीरिक वा मानसिक रुपले कमजोर पात्रको रुपमा चित्रित गरिन्थ्यो, अझै पनि गरिन्छ । दीपकराज गिरी यस्तै प्रतिनिधि पात्र थिए । उनी पनि बाहिरिए ।
दुवैले रेडियो र टेलिभिजनलाई आफ्नो गतिलो माध्यम बनाए । जोडी बाँधे । समाजका जल्दाबल्दा विषयवस्तुमा हाँसो घुलाएर धेरैका आँखा र कानलाई केही छिनकै लागि भएपनि शान्ति दिए । सामाजिक विषयवस्तुलाई लिएर व्यंग्य गरे पनि समाजप्रति उनीहरुको नजर कत्तिको प्रगतिशिल या अप्रगतिशिल थियो, त्यो बहसको बेग्लै विषय हो । 
केही वर्षअघिदेखि मुलधारको व्यवसायिक फिल्ममा उनीहरुको जगजगी देखिन थालेको छ । हिजो प्रायः शारीरिक या मानसिक रुपले कमजोर पात्रका रुपमा मात्र चित्रित हुने उनीहरुको अनुहारकै कारण दर्शक हलसम्म सोहोरिएका छन् । उनीहरु आफैंले चाहे अनुसारको कथामा आफैंले रोजेको भूमिकामा अभिनय गर्न पाएका छन् । त्यस अर्थमा ६ एकान ६ देखि ६क्का पञ्जाको सफलतालाई समग्र हास्यकलाकारहरुको उत्सवको रुपमा लिन सकिन्छ । 
‘हिजो कमेडी फिल्महरुलाई औषत रुपमा मात्र हेरिन्थ्यो,’ गिरी भन्छन्, ‘आज लामो समयपछि कमेडी फिल्मले नै बिभिन्न रेकर्ड बनाउँदै सय दिनको इतिहास कोरेकोमा मुलतः एउटा हास्य अभिनेतालाई त्यत्तिमै पनि गर्व मिल्दो रहेछ ।’
वर्षाको बादल फाटेर आकाशमा फुल्का–फुल्का देखिने भदौदेखि पुसको  ठिहिरोसम्म हलमा ६क्का पञ्जा चली नै  रहेको छ । १६ करोड कुल कारोबार गरेर अहिलेसम्मकै सबैभन्दा धेरै व्यापार गर्ने फिल्म बनेको छ । यो बीचमा दर्जनौं नेपाली फिल्म र दर्जनकै हाराहारीमा बलिउड र हलिउड फिल्म नेपाल भित्रिए । केही हलिउड फिल्मले नेपाली पर्दाबाट राम्रै पैसा बटुले पनि योबीचमा कुनै पनि हिन्दी फिल्म हेर्न हप्ताहरी पनि सिट भरिएनन् ।

लेख 

के भयो भने गुणस्तरीय शिक्षा भएको मान्ने त ?

रामहरी ओझा 
‘मेरो छोरा त अंग्रेजीमा कुरा गर्छ, खै बाबु आफ्नो नाम अंग्रेजीमा भन्दे त ।’ गाउँतिरको घुमघामका क्रममा वाटोमा भेटिएका हेर्दा धेरै सुन्दर, सुशील करीव पाँच बर्षीय एक बालकसंग ‘बाबु तिम्रो नाम के हो ?’ भनेर सोध्दा उनले उत्तर दिन नपाउँदै उनकी आमाले आफ्नो छोरालाई अंग्रेजीमा नाम भन्न लगाईन । छोराले सहजै भने My name is....... । यो पंक्तिकारले उनलाई अंग्रेजीमा नाम भन्न लगाएको होईन र उनले अंग्रेजीमा नाम भन्दा त्यति धेरै खुशी पनि लागेन तर ति आमा जसले आफ्नो छोरा अंग्रेजीमा नाम भन्न सक्ने भयो भनेर गर्व गर्छिन तिनको मुहारमा आएको चमकले भने निकै आनन्दित बनायो । आफ्ना छोराछोरीको सानो कुराले पनि आमालाई कति खुशी हुँदो रहेछ भन्ने प्रष्ट थियो । आँखा रसाएर आए । 
गाउँमै सञ्चालन गरिएको नीजि बिद्यालयमा युकेजीमा अध्ययन गरिरहेका ति बालक र तिनि जस्तै अन्य बालबालिकाहरुले अंग्रेजीमा नाम भन्न सक्ने भएकामा गाउँभरी “सरकारी बिद्यालय भन्दा बोर्डिङ्गमा राम्रो पढाई हुन्छ” भन्ने व्यापक हल्ला छ । त्यसैले आर्थिक रुपमा सक्ने जतिले सामुदायिक बिद्यालयवाट आफ्ना छोराछोरी निकालेर नीजि बिद्यालयमा हाल्ने गरेका रहेछन । गाउँगाउँमा नीजि बिद्यालयको व्यवसाय फस्टाउनुको एउटा कारण यस्तो पनि रहेछ । नसक्नेहरुका छोराछोरी भने  फेरी पनि सामुदायिक बिद्यालयमै पढ्दा रहेछन । 
अचेल गुणस्तरीय शिक्षाको बिषयमा व्यापक रुपमा कुरा उठिरहेको छ । शिक्षाको कुरा आउने बित्तिकै गुणस्त–रीय नजोडेसम्म सायद कर्मकाण्ड पुरा हुँदैन जस्तो छ । तर गुणस्तरीय शिक्षाको परिभाषा के हो भन्ने बिषयमा अहिलेसम्म पनि अलमलता देखिन्छ । यस्तै अलमलता देखियो गुणस्तरीय शिक्षाको बिषयमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा पनि ।  
‘गुणस्तरीय शिक्षा अधिकारका लागि सार्वजनिक शिक्षा प्रणालीको सुदृढिकरण’ भन्ने मुल नाराका साथ कैलालीको धनगढीमा गत महिना पश्चिम क्षेत्रीय सार्वजनिक शिक्षा सम्मेलन सम्पन्न भयो । एक्सन एड ईन्टरनेसनल नेपाल, सम बिकास केन्द्र नेपाल डोटी र फाया नेपाल कैलालीको संयुक्त आयोजनामा पश्चिमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमका १५ जिल्लाका शिक्षाकर्मी र सरोकार–वालाहरुको सहभागिता भएको सम्मेलनमा शिक्षा क्षेत्रका बिज्ञहरुको सक्रिय सहभागिता रह्यो । त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि पूर्व राजदुत प्राध्यापक केदारभक्त माथेमा, करीव ४० वर्ष शिक्षा क्षेत्रमा बिताएका प्राध्यापक डा. हेमराज जोशी, शिवराज मुड्भरी, डोटीका जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौडेल, कैलालीका जिल्ला शिक्षा अधिकारी मान सिं बिष्ट लगायतका व्यक्तित्वहरुको सहभागितामा दुई दिनसम्म निकै बहस भयो । बहस पूर्णतया ‘गुणस्तरीय शिक्षा के लाई भन्ने ?’ भन्नेमै केन्द्रित भयो तर त्यसको ठोस् निचोड आउन सकेन । 
बास्तवमै गुणस्तरीय शिक्षा के लाई भन्ने ? शिक्षा क्षेत्रका लागि आजको यो प्रश्ननै अहम् प्रश्न छ । अहिलेको मुख्य नारानै गुणस्तरी शिक्षा भन्ने छ । तर गुणस्तरीय शिक्षा भनेको यतिनै हो वा यस्तो यस्तो भयो भने गुणस्त–रीय शिक्षा हुन्छ भनेर कसैले पनि परिभाषित गरेको पाईदैन । 
गुणस्तरीय शिक्षाको सवालमा बहस चलाईनु जरुरी छ र  यसका लागि सूचकहरु निर्धारण हुनु पनि जरुरी छ  । के भयो भने गुणस्तरीय शिक्षा मान्ने त ? तोकिएको पाठ्यक्रम अनुसार बिद्यार्थीहरुलाई रटाएर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने बिद्यार्थीको संख्यालाई आधार मानेर गुणस्तरीय शिक्षा भएको निर्धारण गर्ने वा बिद्यार्थीले सिकेका कुराहरु व्यवहारमा उतारेपछि गुणस्त–रीय शिक्षा मान्ने ? शिक्षकले कक्षा कोठामा गएर तोकिएको पाठ्यक्रम अनुसार वनाईएका पाठ्यपुस्तकहरुको आधारमा सर्सत्र्ति पढाएको कुरालाई आधार मान्ने वा पाठ्यपुस्तकका साथसाथै व्यवहारिक ज्ञान दिएर बिद्यार्थीले आफ्नो जीवनसंग शिक्षालाई जोड्न सक्ने वनायो भने गुणस्तरीय मान्ने ? वा पृष्ठभुमिमा उल्लेख गरिएजस्तै छोराले आफ्नो नाम अंग्रेजीमा भन्दा आमा खुशी भएको कुरालाई गुणस्त–रीय शिक्षा मान्ने ? 
व्यक्तिको जीवनसंग जोड्ने शिक्षालाई गुणस्तरीय शिक्षा मान्ने वा शिक्षालाई कोरा आदर्शको रुपमा सिमित गर्ने खालको शिक्षालाई गुणस्तरीय शिक्षा मान्ने ? यसका लागि सवैभन्दा पहिले हामीले अहिलेको शिक्षाको अवस्था र यसको नतिजाको अध्ययन गर्नु पर्ने जरुरी छ । अहिलेको हाम्रो शिक्षा प्रणाली शैक्षिक व्यरोजगारहरु उत्पादन गर्ने फ्याक्ट्री हो भन्दा अन्यथा हुँदैन होला । हाम्रो औपचारिक शिक्षालाई हामीले कुनै पनि प्रकारले व्यक्तिगत जीवनसंग, परिवारसंग समाजसंग, उत्पादनसंग जोड्न सकेका छैनौं । १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष शिक्षण संस्थाका चार दिवारीमा कैद भएका सिकारुहरु न त परम्परागत पेशाका लागि आफुलाई योग्य ठान्छन न      फेरी वजारको श्रमका लागि आफुलाई तयार गर्न सक्छन । अन्ततः भारत लगायत तेश्रो मुलुकमा गएर सस्तोमा आफ्नो श्रम वेच्न वाध्य हुन्छन । र राज्य उनीहरुवाट प्राप्त गरेको रेमिटेन्सका आधारमा योजना निर्माण गर्छ । 
अहिलेको युगमा शिक्षा ‘अक्षर चिन्न र साक्षर वन’ भन्नका लागि मात्रै होईन । शिक्षा वजारमा बिक्री हुने खालको हुनु पर्छ । शिक्षा जीवनोपयोगी हुनु पर्छ, व्यवहा–रिक हुनु पर्छ, बैज्ञानिक हुनु पर्छ । प्रमाणपत्र मात्रै प्राप्त हुने शिक्षालाई अव गुणस्तरीय भन्न सकिदैन । यो शिक्षालाई वुर्जुवा शैलीको शिक्षा भन्दा अन्यथा मान्नु पर्ने कुनै कारण छैन ।
अहिलेको संरचना, अहिलेको पाठ्यक्रम, अहिलेको लगानी, अहिलेको मुल्याँकन प्रणालीले शिक्षा गुणस्तरीय हुने कुनै सम्भावना छैन । शिक्षकले कक्षाकोठामा गएर पढाउँदैमा वा बिद्यार्थीहरुसंग राम्रोसंग वोल्दैमा वा नियमित रुपमा बिद्यार्थी बिद्यालय आउँदैमा गुणस्तरी शिक्षा हुन्छ जस्तो लाग्दैन । यसवाट प्रभावकारी सिकाई हुन्छ होला अर्थात पाठ्यपुस्तकमा भएका कुराहरु बिद्यार्थीहरुसम्म पु¥याउने काम हुन्छ होला तर गुणस्तरीय शिक्षा हुँदैन । गुणस्तरीय शिक्षा हुनका लागि शिक्षाले सम्वन्धित व्यक्तिको जीवनस्तर अहिलेको भन्दा फरक अवस्थामा पु¥याउन सक्नु प¥यो, त्यो हुन्छ त ? 
हामी गुणस्तरीय शिक्षा परीक्षा प्रणालीमा सुधार गरेर होईन परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रणालीमा सुधार गरेर खोज्दैछौं । परीक्षा प्रणाली उस्तै छ, अध्ययन÷अध्यापन प्रणाली पनि उस्तै छ, पाठ्यक्रम उस्तै छ, पाठ्यपुस्तक उस्तै छ, बिद्यालयमा शिक्षण सिकाई सामग्रीको अवस्था उस्तै छ, शिक्षकहरुको अवस्था पनि उस्तै छ अनि बिद्यालयको भौतिक पूर्वाधारको अवस्था पनि उस्तै छ, अनि हामीले ९० अंकको ठाउँमा ‘ए’ लेखिदिने बित्तिकै कसरी गुणस्तरीय शिक्षा हुन सक्छ ? तोकिएको पाठ्यपुस्तक अनुसार एक बिद्यार्थी बर्षभरी कक्षा कोठामा उत्कृष्ठ हुन्छ, त्रैमासिक, अर्धबार्षिक परीक्षामा उसले नतिजा पनि राम्रै ल्याएको हुन्छ तर अन्तीम परीक्षा सञ्चालनको क्रममा कुनै एक बिषयको परीक्षाको दिन उ बिरामी भयो भने उ असफल हुन्छ । उसको उत्कृष्ठता, उसको योग्यता, उसको क्षमता कुनै काम लाग्दैन । उ असक्षम घोषित हुन्छ अनि हामी परीक्षाको नतिजा प्रकाशन प्रणालीलाई परिवर्तन गरेर उत्कृष्ठ भन्दैछौं । 
अर्को कुरा हामी अंग्रेजीमा आफ्नो नाम भन्न सक्ने वा अंग्रेजीमा कुरा गर्न सक्ने जनशक्ति उत्पादन भयो भने गुणस्तरीय शिक्षा भएको मान्दछौं । अंग्रेजी एउटा भाषा हो, नीजि बिद्यालयहरुमा अंग्रेजी माध्यमवाट अध्ययन÷अध्यापन गरिन्छ, त्यसकारण त्यहाँको उत्पादन सामुदायिक बिद्यालयको उत्पादनको तुलनामा अंग्रेजी राम्रो वोल्न सक्छ । हाम्रो जस्तो अदक्ष जनशक्ति बिदेशमा निर्यात गर्ने देशका युवाहरुका लागि अन्तराष्ट्रिय वजारमा बिक्री हुने भाषा सिक्नु पनि उपलव्धी नै हो तर अंग्रेजी वोल्नुनै गुणस्तरीय शिक्षाको आधार चाँही हुन सक्दैन । संस्कृत शिक्षा पढ्नेहरुले पनि वेद बेदान्त स–स्वर वाचन गर्न सक्छन, संस्कृत बुझ्न सक्छन तर त्यो कुरा उनीहरुले व्यवहारिक जीवनमा कति प्रयोग गरे भन्ने कुरा महत्वपूर्ण कुरा हो । भाषाले अर्थ राख्दैन व्यवहारले अर्थ राख्छ । 
त्यसैले गुणस्तरीय शिक्षा केलाई मान्ने भन्ने बिषय परिभाषित हुनु जरुरी छ । शिक्षाका राष्ट्रिय लक्ष, उद्देश्यहरु र पाठ्यक्रमको वनावटले गुणस्तरीय शिक्षाको परिभाषा निर्धारण गर्न सहज होला । गुणस्तरीय शिक्षालाई व्यक्तिको जीवनसंग प्रत्येक्ष रुपमा जोडिनु जरुरी छ । अहिलेको शिक्षाले अटेरी, समाजप्रति अनुत्तरदायी, व्यरोजगार जनशक्ति उत्पादन गरेको छ । धेरै थोरै मात्रै त्यो पनि आफ्नै परिश्रमले गर्दा सफल भएका देखिन्छन अन्यथा प्रमाणपत्र बाकसमा थन्काएर मजदुरीका लागि भारत लगायत तेस्रो मुलुकमा भौतारिहनु पर्ने अवस्था छ । शिक्षित  व्यक्ति सामाजिक हुन सक्नु प¥यो । शिक्षा त्यस्तो हुनु प¥यो व्यक्तिमा भएका सवै प्रकारका मानसिक बिकारहरुको अन्त्य गर्न सक्ने । हाम्रो शिक्षा प्रवेशिका उत्तीर्ण गर्ने बित्तिकै हलो जोत्नु हुन्न भन्ने खालको छ । यसमा सुधार हुनु जरुरी छ । अर्को कुरा शिक्षा जागिर गर्नका लागि मात्रै होईन भन्ने सन्देश पनि हाम्रो शिक्षा प्रणालीले दिन सकेको छैन । शिक्षा, सामाजिक जीवन हो, शिक्षा नैतिक मुल्य मान्यता हो, शिक्षाले व्यक्तिलाई सामाजिकीकरण गर्छ भन्ने खालको बिश्वास हामीले जगाउन सकेका छैनौं । हाम्रो शिक्षाको गुणस्तर त्यसकारण कमजोर छ । समाजमै पनि ‘फलानाको छोरो यति पढेर पनि हलो जोत्नु परेको छ, पढेर के काम ?’ वा फलानाको छोरी यति पढेर पनि घरधन्दामै लागेकी छे, पढेर के गर्नु ?’ यस्तायस्तै कुराहरु सुनिन्छिन । मानौं कि पढेर हलो जोत्नु वा घर धन्दा गर्नु अपराध हो । यो सामाजिक बुझाईलाई चिर्न सकेपछि मात्रै हामीले गुणस्तरीय शिक्षा मान्न सक्छौं अर्थात शिक्षावाट आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमा उतार्ने वनाउन सक्यौं भने त्यतिवेला शिक्षा गुणस्त–रीय भएको मान्न सकिन्छ । 
गुणस्तरीय शिक्षा बिद्यालयमा प्रवेश गरिसकेपछि खोजेर सम्भव छैन । सवैभन्दा पहिले देशको शिक्षा प्रणाली कस्तो हुने भन्ने बिषयमा छलफल केन्द्रित हुनु जरुरी छ । शिक्षाका राष्ट्रिय लक्ष र उद्देश्यहरुलाई परिमार्जन गर्नु पर्ने जरुरी छ । राष्ट्रिय लक्ष र उद्देश्य अनुसार पाठ्यक्रम निर्माण गरिनु पर्छ । पाठ्यक्रम अनुसारका पाठ्य सामग्रीहरु, शिक्षण बिधिहरु र शिक्षण सिकाई सामग्रीहरुको आवश्यकता पर्छ । पाठ्यक्रम प्रयोगात्मक हुने शिक्षण बिधि सैद्धान्तिक हुने हो भने पनि त्यसले कुनै अर्थ राख्दैन । अर्को कुरा परीक्षा प्रणालीमा सुधार हुनु जरुरी छ, नतिजा प्रणालीमा मात्रै सुधार गरेर शिक्षा प्रणालीमा सुधार आउँछ भन्ने सोच्नु मुर्खता मात्रै हो । 
अर्को बिषय बिद्यालयको भौतिक पूर्वाधार र शिक्षक संख्याको बिषय हो । वन्द कोठाभित्र शिक्षा दिने वा बिद्यालयको भौतिक पूर्वाधारनै प्रयोगात्मक खालको वनाउने ? यो बिषयमा पनि अध्ययन हुनु जरुरी छ । शिक्षकहरुमा नयाँपन आउन सकेको छैन । पाठ्यपुस्तकमा भएकै बिषयबस्तुहरु राम्रोसंग अध्यापन गराउने ज्ञान शिक्षकहरुसंग नभएको पक्कै पनि होईन तर जाँगर छैन, फुर्ति छैन । यसलाई पनि सुधार गर्नु जरुरी छ । 
अर्को महत्वपूर्ण कुरा बिद्यार्थीहरुको कौशल परीक्षण गर्ने व्यवस्था गरिनु पर्छ । तल्लो तहमा हुन नसकेपनि आधारभुत तहको शिक्षा पुरा गरिसकेपछि प्रत्येक बिद्यार्थीको कोशल परीक्षण गर्ने र रुची परीक्षण गर्ने व्यवस्था गरिनु पर्छ । कौशल परीक्षणले बिद्यार्थीको भविश्यमा कुनै पनि काम गर्न सक्ने सम्भावित क्षमताको जाँच गर्न सकिन्छ भने रुची परीक्षणले बिद्यार्थीको कुन बिषयबस्तुसंग बढी रुची छ अर्थात झुकाव छ भन्ने कुरा दर्शाउछ । त्यसकारण यसमा ध्यान दिनु जरुरी छ । 

अन्तरवार्ता 

गुनासो आयो भने सुधार गरेर अगाडी बढ्न तयार छौं

स्थानीय निकायको स्रोत परिचालन तथा व्यवस्थापन कार्यबिधि, २०६९ अनुसार गाउँ बिकास समिति÷ नगरपालिकाका परिषद्हरु पुष मसान्तभित्र र जिल्ला परिषद् फागुन मसान्तसम्म सञ्चालन गरिसक्नु पर्छ । अहिले स्थानीय निकायहरु योजना तर्जुमा प्रक्रियामा जुटेका छन । के के छन डोटी जिल्लाका मुख्य समस्याहरु र के गर्दैछ जिल्ला बिकास समितिले ति समस्याहरु समाधानका लागि ? करीव ६ महिना अगाडी डोटी आएका स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमसंग बिम्ब साप्ताहिकका समाचार शाखा प्रमुख भूमिराज जोशीले गरेको कुराकानीको सारसंक्षेप ः  
डोटी जिल्लामा स्थानीय बिकास अधिकारी भएर ६ महिनाको समय बिताउनु भयो, कस्तो पाउनु भयो समग्रमा डोटीको अवस्था ? 
— डोटी जिल्लाको बिकास व्यवस्थापन क्रमशः सुधार हुँदै गरेको मैले अनुभव गरेको छु । साउन, भदौ, असोज, कार्तिकमा बर्षातको सिजन पनि हुने, कामकाज पनि हुने र पर्वहरु पनि पर्ने भएका कारण खासै गतिबिधिहरु अगाडी बढेका छैनन् । अहिले बजेटको अख्तीयारी पनि आयो र संसद बिकास कोषको रकम पनि बाँडफाँड भएको छ । उपभोक्ता समिति गठन भएका छन, सम्झौता हुने प्रक्रियाहरु भएका छन । समग्रमा हेर्दा जिल्लाको बिकासले गति लिन थालेको छ । 
जिल्लाका मुख्य समस्याहरु के के पाउनु भयो ? 
— समस्या धेरै छन, समाज परिचालनमा जिल्ला पछाडी छ, सामाजिक परिचालनका कामहरु कमजोर छन, सामाजिक बिकासका क्रियाकलापहरु कमजोर छन, भौतिक पूर्वाधारको अवस्था पनि कमजोरनै छ, सवै गाबिसहरुमा मोटर बाटो पुग्न सकेको अवस्था छैन । फोहोर व्यवस्थापनको क्षेत्रमा पनि समस्या छ, शौचालय वनेका छन तिनीहरुको प्रयोग हुन नसकेको अवस्था पनि छ । हेर्दा समस्याहरु धेरै छन तर यि समस्याहरुका कारण निरासै हुने स्थिति पनि होईन र राम्रो छ भन्न सक्ने अवस्था पनि छैन । राम्रा कुराहरुलाई प्रवद्र्धन गर्दै जाने र नराम्रा कुराहरुलाई सुधार गर्दै जाने र समग्र जिल्लाको बिकास व्यवस्थालाई सुदृढ वनाएर लैजानु पर्छ । यही योजनाका साथ जिल्ला बिकास समिति अगाडी वढेको छ । 
थुप्रै समस्याहरु छन भन्नु भयो, स्थानीय निकायका परिषद्हरु पनि सुरु हुन थालेका छन, यि समस्याहरु सम्वोदन गर्नका लागि के सोच वनाउनु भएको छ ? 
— त्यो त स्थानीय निकायको परिषदले नै योजना वनाउँछ । गाउँ बिकास समितिका परिषद्हरुले गाउँ बिकास समितिका योजनाहरु तय गर्छ । बस्तीस्तर र वडास्तरीय भेलावाट आएका योजनाहरु गाउँस्तरीय एकिकृत योजना तर्जुमा समितिले छनौट गरि लागु गर्छ । स्थानीयस्तरका समस्या पहिचान गरी समाधान गर्ने तिर गाउँ बिकास समितिहरु अगाडी बढिरहेका छन । गाउँ बिकास समितिहरुले गाउँ परिषद्, वडा भेला सम्वन्धि तालिकाहरु प्रकाशन गरेर सोही अनुसार अगाडी वढेका छन । 
जिल्लाको श्रमयोग्य जनशक्ति बिदेशिने समस्या धेरै छ, यो समस्या सम्वोधन गर्नका लागि पनि केही योजना वनाउनु भएको छ कि ? 
— अव यसलाई सम्वोधन गर्नलाई हाम्रो कार्यशैलीमा अलिकति सुधार गर्नु पर्ने छ । हामीले पूर्वाधार बिकासका कामहरु मेसिन प्रयोग गरेर गर्ने गरेका छौं । यसले गर्दा जनशक्तिले काम नपाएको कुरा साँचो हो । मान्छेले गर्न सक्ने र मिल्ने कामहरु मान्छेवाटै गराएर अगाडी वढ्नु पर्ने हुन्छ । यसै किसिमले सवै बिषयगत कार्यालयहरुले पनि क्रियाकलापहरु अगाडी वढाएका छन । कृषि सम्वन्धि क्रियाकलापहरु कृषि कार्यालयले अगाडी वढाएको छ, भु–संरक्षणले भु–संरक्षण सम्वन्धि, सवै बिषयगत निकायहरुले आफ्ना गतिबिधिहरु अगाडी वढाएका छन । जिल्ला बिकास समितिले पनि आफ्ना क्रियाकलापहरुलाई कसरी स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिन्छ भन्ने ढंगले अगाडी वढाईरहेको छ । यो कुरा अहिले समस्या प¥यो र अहिलेनै नीति परिवर्तन गरेर जाने भन्ने सन्दर्भ स्थानीय सरकार भएका कारण अलि गा¥हो हुन्छ । परिषद्वाटै यि नीतिहरु वन्ने हुन,  परिषद्को निर्णय बिना बिचमै नीति परिवर्तन गरेर जान सक्ने सम्भावना छैन । गत वर्षको परिषद्वाट स्वीकृत भएका नीतिहरु यो आर्थिक वर्षमा लागु हुने हुन । सोही अनुसार हामी अगाडी वढेका छौं, आउने आर्थिक वर्षका लागि आउने परिषद्ले टुङ्गो लगाउने बिषय हो । 
डोटीका युवाहरु रोजगारीका लागि भारततिर जाने गर्छन । अधिकांस युवाहरु उतै हराउने समस्या छ, यसको कुनै तथ्याँक छैन, यस वारेमा केही सोच वनाउनु भएको छ ? 
— तथ्याँक एकिकृत रुपमा छैन, केही गाबिसहरुले र केही गैरसरकारी संस्थाहरुले राख्न सुरु गरेका छन । सचेतीकरणका कार्यक्रमहरु अगाडी वढाईएका छन । गैरसरकारी संस्थाहरुले कसरी सुरक्षित आप्रवासन गर्ने भन्ने बिषयमा बिभिन्न क्रियाकलापहरु गरिरहेका छन । रोजगारीका लागि बिदेश जानु नराम्रो बिषय होईन तर यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल अगाडी बढेको छ । 
एक पटक गाबिसलाई डोटी जिल्ला बिकास समितिले भारतमा जाने कामदारको अभिलेख राख्न पत्राचार          गरेको थियो, त्यो लागु भयो कि भएन ? 
— केही गाबिसमा अलिअलि सुरुवात भएको छ । सवै गाबिसहरुमा सुरु गर्नका लागि जनशक्तिको कुरा छ । एक जना सचिव हो जिम्मेवार कर्मचारी, एक जनाले मात्रै के के काम गर्ने ? जनशक्ति नभएका कारण सवै कामकुराहरुमा गाबिस सचिवहरुलाई अपडेट रहनुहोस भन्न सक्ने अवस्था पनि छैन । कार्यबोझ बढी छ गाबिस सचिवहरुसंग । त्यसैले अरुले पनि सहयोग गरिदिने हो भने गाबिस सचिवहरु तयार हुनुहुन्छ, अरुवाट सहयोग नहुने गाबिस सचिवहरुलाई मात्रै यो भएन त्यो भएन भनेर मात्रै हुँदैन तर पनि केही गाबिस सचिवहरुले अभिलेख राख्ने काम सुरु गर्नु भएको छ । 
सुशासनको सन्दर्भलाई जोडेर जिबिसका थुप्रै कुराहरु वाहिर आउने गरेका छन, मुख्य समस्या के हो ? 
— हामीले सुशासनलाई प्रवद्र्धन गर्ने किसिमले आफ्ना क्रियाकलापहरुलाई केन्द्रित गरेर अगाडी वढेका छौं । सुशासनको क्षेत्रमा कहाँनिर के कमजोरी भयो, आएको सेवाग्राहीलाई के समस्या प¥यो भन्ने कुरा पनि आएको भए हुन्थ्यो । हुन सक्छ स्थानीय बिकास  अधिकारी धेरै समितिको अध्यक्ष हुने भएका कारण बिभिन्न कार्यक्रममा जानु पर्छ त्यसवेलामा अलि ढिलो भएको हुन सक्छ । नत्र सुशासनको क्षेत्रमा यो नै बिग्रियो भनेर अहिलेसम्म मलाई कसैले पनि गुनासो गरेका छैनन् । गुनासो आयो भने हामी त्यो अनुसार सुधार गरेर अगाडी वढ्न तयार छौं । 
अहिले स्थानीय निकायहरु योजना तर्जुमा गर्न व्यस्त रहेका वेलामा बिकास योजनाको आश लगाएर बसेका जनतालाई के सन्देश दिन चाहानुहुन्छ ? 
— योजना तर्जुमा प्रक्रियाकै बेला जनताले बिकास निर्माणका योजनाहरुलाई छनौट गरेर कार्यान्वयन गर्ने सोचका साथ अगाडी बढ्नु पर्छ । यतिखेर यो राम्रो अवसर छ जनतालाई आफ्ना समस्याहरु समाधान गर्ने । त्यसैले वडा वडाबाट योजनाहरु छनौट भएर गाबिसमा जाने वेलामा स्थानीयवासीहरुले आफ्ना समस्याहरु त्यही जोड् गर्ने हो । परिषद्वाट पास भएका योजनाहरुनै कार्यान्वयनमा आउने हुन । योजना तर्जुमा प्रक्रियाका चरणहरुमा लापरवाही गर्ने, पछि यो योजना चाहियो, उ योजना चाहियो भन्दै योजना माग्ने, सिफारिस माग्ने , बिभिन्न कार्यालयहरु धाउने कामले कसैलाई फाईदा पु¥याउदैन । कर्मचारीहरुले पनि कानुनको शासन अन्तरगत काम गर्नु पर्छ । कानुनले तत्कालै दिन मिल्ने भनेर वजेट व्यवस्था गरेको छैन । पहिलेनै स्वीकृत भएको योजनाको वजेट आउने हो । त्यो वजेट भन्दा वाहिरको रकम हामीसंग छैन । यो जिल्लाको आन्तरिक आम्दानी बार्षिक जम्मा २०÷२५ लाख छ, त्यो आन्तरिक कर्मचारीहरुको तलव भत्तामै सकिन्छ । त्यसैले योजना तर्जुमाकै क्रममा जनताले आफ्ना समस्याहरु लगेर पारित गराउन हुन म अनुरोध गर्न चाहान्छु । 
महत्वपूर्ण समय र बिचारका लागि धन्यवाद ।
— धन्यवाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. गेनिमिड कुन् ग्रहको उपग्रह हो ?  —वृहस्पति
२. टाइटन र टिटान कुन् ग्रहको उपग्रह हो ? — शनि
३. हरियो ग्रह (निलो मिश्रित हरियो) नामले कुन् ग्रहलाई चिनिन्छ ? — अरुण
४. रातो ग्रह भन्नाले कुन् ग्रहलाई चिनिन्छ ? — मंगल
५. द्यगिभ एबिलभत वा ध्बतभच एबिलभत भनेर कुन् ग्रहलाई चिनिन्छ ?  — पृथ्वी
६. सवैभन्दा पहिले पत्ता लागेको उपग्रह कुन् हो ? — पृथ्वीको उपग्रह चन्द्रमा
७. क्षेत्रफलका हिसावले तेस्रो ठूलो ग्रह कुन् हो ? — अरुण
८. अन्तरिक्षमा जाने पहिलो महिला को हुन् ? — भ्यालेन्तिना तेरेस्कोभा (रसिया)
९. प्रथम अन्तरिक्ष पर्यटक को हुन् ? — डेनिस टिटो (अमेरिका सन् २००१)
१०. प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन् ? — अनुसेह अन्सारी (सन् २००६)
११. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्दछ ? — ३ लाख कि.मि.
१२. चन्द्र ग्रहण कहिले लाग्दछ ? – पूर्णिमाको रातमा
१३. सूर्य ग्रहण कहिले लाग्दछ ? — औंसीको दिनमा
१४. सूर्य ग्रहण एक वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? — २ पटक
१५. पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्ग कि.मि.
१६. कुन् ग्रहलाई वायुमण्डलीय घेराले घेरेको हुन्छ ? — शनि
१७. पृथ्वीको भु–मध्यरेखीय ब्यास १२७५६ कि.मि. छ भने ध्रुवीय ब्यास कति रहेको छ ? 
— १२७१४ कि.मि.
१८. कुन कुन् ग्रहको उपग्रह छैन ? — बुध र शुक्र
१९. आकाशगंगा भन्नाले के बुझिन्छ ? — सूर्य र अन्य ताराको समूह
२०. हेलिको पुछ«ेतारा पछिल्लो पटक कहिले देखिएको थियो ? — सन् १९८६
२१. हेलिको पुछूेतारा लाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? — ७६ वर्ष
२२. ताराको जीवनकालको अन्त्यतिरको अवस्थालाई के भनिन्छ ? – न्युट्रोन स्टार
२३. न्युटूोन स्टार कहिले पत्ता लागेको हो ? — सन् १९६८
२४. धुमकेतुको खोज गर्ने वैज्ञानिक को हुन् ? — एडमन्ड हेली
२५. चन्द्रग्रहण अधिकतम कति समय सम्म रहन्छ ? — ४ घण्टा
२६. शिशु ग्रहले के को परिक्रमा गर्दछन् ? — सूर्य
२७. चन्द्रमाको गुरुत्ववल भन्दा पृथ्वीको गुरुत्ववल कति गुणा वढी छ ? — ६ गुणा
२८. सर्वप्रथम चन्द्र धरातलमा पुग्ने यान कुन् हो ? — लुना २
२९. ३६६ दिनको एक वर्ष हुने अवस्थालाई के भनिन्छ ? — अधिक वर्ष
३०. प्ष्लन या तजभ एबिलभत भनेर कुन् ग्रहलाई भनिन्छ ? — वृहस्पति
३१. अरुण ग्रह कसले पत्ता लगाएका हुन् ? — सन् १८७१ मा सर विलियम हर्सलले
३२. सूर्यग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ ?  — पश्चिमी भाग
३३. दुईवटा औंसी विचको अवधीलाई के भनिन्छ ? — चन्द्रमास
३४. प्रकासको तिव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? — Photometer
३५. सूर्य तारा लगायत आकाशीय पिण्डहरुको कोणहरु के वाट नापिन्छ ? — Sextant
संकलन ः भाष्कर प्रसाद जोशी
सुशासनका तत्वहरु
ड्डबहुदलीय प्रजातान्त्रिक शासन ब्यवस्था
ड्डजनउत्तरदायी
ड्डइमानदारीता
ड्डपारदर्सिता
ड्डबिकेन्द्रीकरण
ड्डभ्रष्टाचारमुक्त समाज
ड्डब्यापक जनसहभागिता
ड्डबिधिको शासन
ड्डस्वतन्त्र र निश्पक्ष न्याय प्रणाली
ड्डमानव अधिकारको प्रत्याभूति
ड्डसूचना र अभिव्यक्ति स्वतन्त्रता
ड्डजवाफदेहिता
ड्डनागरिक समाजसंगको समन्वय र सहयोग
ड्डजनसशक्तिकरण
ड्डलैङ्गिक समानता
ड्डप्रजातान्त्रिक समाज 
ड्डदिगो र वातावरणमैत्री बिकास

साहित्य÷सृजना 

छ भने कतै संवेदन,

पेटको दर्द छोएर हेर ।
बाँचेर हेर,
अलिकति सडकपेटीमा ।
छियाछिया भएको आँत लिएर,
एक फेर,
आभावको जीवन भोगेर हेर ।
कति गारो छ यहाँ,
बोक्न जीवन ।
न बिसाउँनै सजिलो छ ।
धारीला नजरहरू बीच सडक जीवन,
मन्सेको जनावर सरह छ ।
अजमाएर हेर,
फ्याकेको पत्ता बराबर छ ।
मरेको छैन भने मानवात्मा,
हृदयको आँखिझ्यालबाट चियाएर हेर ।
राखेर हेर आफ्नो सन्तानलाई रछ्यान्मा ।
रुँदारुँदा थाकेको मनलाई छामेर,
भित्री आँखाले,
मनको दीयो बालेर हेर ।
सपना जन्मिन्छ हामीभित्रपनि
न त बाँझो छ चेतनाको बारी ।
इच्छा मारेर बोक्नु पर्छ पेटकोलागि
आफू भन्दा ठूलाठूला भारी ।
रहर हुन्छ स्कुल जाँने,
तर,
भेटाउँदैनौंं टाउको लुकाउने छहारी ।
परोपकार गर्न हिडेका मनहरू,
उपकारको नजरले हेर ।
थकित यी बाल–आत्मालाई,
गोद दिएर,
जरुणाको न्यानो दोलाईँँ ओडाएर हेर,
सक्छौ भने,
हाम्रा यी रुझेका आँखा पुछेर हेर ।
बिरेन्द्र कटुवाल 
हाल साउदी अरयिबा

मेरा कबिताहरु

असामान्य असहजता माझ
कहिले हर्सोल्लासमा त कहिले डाँको छोडेर
बिहब्बल हुँदै मेरै हातको कुलो मार्फत खाली गरामा केही रोपौ भन्छ
मेरा कबिताहरु
कहिले चुहिएका झुपडीमा फाटेको मुजेत्रो चियाउदै
फुटेका पैताला हरुमा टुशारोले एक्लौटी शासन जमाएको देखी सहन नसकेर अग्ला अग्ला अलिशान पहाडलाई
एउटै तराइमा एकै रङ्गले पोतिदिउ भन्छ मेरा कबिताहरु
कतै हिउदे बाढी गइ रहेको बेला
काकल कुकल कराएको सुन्दै अन्यायको चस्मा उतार्न लगाउदै
सभ्यता र नैतीकताको टोक्मा बनेर कुना कन्दरा अड्याउ भन्छ
मेरा कबिताहरु
उज्यालोमै अध्यारो खोज्नेहरु
अनि अध्यारोमा पनि उज्यालो नपाउनेहरु
कतै भन्दा बेसी कतै अभाबको पनि खडेरी
अब्यबस्थित र अमिल्दो
घरी घरी पीडाबनेर दुख्ने धजा फाटेको मनहरु माझ
चट्याङ भएर बर्षात पोखाउ भन्छ मेरा कबिताहरु
श्याम लामा (ग्लान)
माझुवा, सिन्धुली

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

Wednesday, December 14, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल मंसिर २८ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ  । 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘महिला हिंसा रोक्न सबै एकजुट हुनुपर्ने’

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत शनिबार डोटीको कालिकास्थान गाविसको मौवामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्किक हिंसा रहित समाज’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान (२०१६) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले महिला हिंसा रोक्न सबैले एकजुट भएर मात्र रोकिने बताए । गौतमले भने, ‘महिला हिंसा रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट सबैले पहल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हिंसा रोकिन सक्छ ।’ 
जिल्ला बाल कल्याण समिति डोटीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले महिला हिंसा सम्बन्धि यो १६ दिने अभियान मात्र नभएर यो एउटा परिवर्तनको धार भएको बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘पहिलेको समाज र यो अभियान पछिको समाजमा निकै परिवर्तन हुने  बिश्वास लिएको छु । यो अभियानमा मात्र सीमित नभएर चेतनामुलक सन्देश हो । यसलाई सार्थकता बनाउन हामी सबैको जिम्मेवारी हो ।’ सभाध्यक्षताको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्य यस्तो बताएका हुन । 
विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बिभिन्न हिंसाहरुलाई छिचोल्दै पछिल्लो समयमा स्थानीयहरु हिंसा मुक्त समाजमा बस्नुपर्छ । त्यसको लागि आफैंले आ–आफ्नो ठाउँमा हिंसा रोकेर सभ्य र सुन्दर समाज बनाउनु पर्ने बताए ।
महिला हिंसा हुन नदिनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बिष्टले बताए। प्रहरी उपरीक्षक बिष्टले भने, ‘पछिल्लो समयमा डोटीमा लैंगिक हिंसाको अवस्था हेर्दा केही सुधार आएको छ ।’ महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा सुरु भएको कार्यक्रममा स्थानीय नवज्योति बालक्लवले बाल विवाह उन्मुलन सम्बन्धि जनचेतनामूलक नाटक प्रस्तुत गरेर स्थानीयहरु पनि बालबिबाह नगर्ने र नगराउनेमा बिश्वास लिएको एकजना स्थानीयले बताए ।
१६ दिनसम्म महिला हिंसाविरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालय डोटीले जनाएको छ । 
अभियानका सन्र्दभमा पत्रकार सम्मेलन, महिला हिंसा विरुद्धको रणनैतिक योजनाको जिल्ला स्तरीय अभिमुखिकरण, महिला हिंसा विरुद्धमा अन्र्तक्रिया, सचेतना र सुचना प्रसारण तथा प्रकाशन गरिएकोे महिला तथा वालवालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहालले जानकारी दिइन । उनले भनिन् ‘महिला हिंसा विरुद्ध पटक पटक आवाज उठाउँदै आएपनि पीडकलाई कारबाही नहुँदा हिंसाका घटना बढ्दै गएको देखिन्छ ।’ क्षेत्रीय तहबाट राष्ट्रिय तथा  अन्तराष्ट्रिय तहसम्म महिला हिंसा विरुद्ध आवाज उठाउन र हिंसा रोक्न अभियानले मद्दत पु¥याउने अधिकारकर्मीको विश्वास छ ।
हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्ध १६ दिने अभियान चलाइंदै आइएको छ । 
नेपालमा दिनानुदिन महिला हिंसाका घटनाहरु घट्नुका साथै बढ्दै गएको बिभिन्न तथ्याङ्कहरुले देखाएको पाइन्छ । दाहालले भनिन्, ‘महिला हिंसा बढ्नु एउटा महिलाको पनि कमजोरी रहेको हुन्छ । एक्काइसौं सताब्दीमा पनि जति पीडा भएपनि सहनशील हुने हुँदा हिंसाहरु बढ्ने गर्छन ।’
घोषणा गर्न मात्र बाँकी
डोटी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भनेर तोकिएको निर्धारित मिति सन् २०१५ मा घोषणा हुन सकेन । त्यो समयदेखि नै सरोकारबाला निकायहरु सधै घोषणा गर्ने मिति सार्दै आएका छन । नेपाल अधिराज्यकै भुबनोट अनुसार डोटी जिल्ला एक पहाडी र भौगोलिक विकटताको जिल्ला । सुगम जिल्लाहरुमा खुला दिसा मुक्त जिल्ला घोषणा ग¥यो भन्दैमा डोटी जस्तो दुर्गम जिल्लालाई पनि घोषणा गर्नु उचित छैन । 
खानेपानी तथा सरसफाई लगायत बिविध समस्यालाई समाधान गर्न विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरु लागि परेपनि डोटीको भौगोलिक विकटता, जनचासोको कमीले ग्रामीण दुर दराजमा रहेका समस्याहरु सोचे अनुरुपको समाधान हुन सकिरहेका छैनन् । डोटी जिल्लालाई सन् २०१५ भित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने भन्ने रणनीतिक योजना भएपनि सो निर्णय पुरा हुन सकेन । जिल्लाको सर्बपक्षिय निर्णयबाट फेरी सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने भन्ने निर्णयभए अनुसार जिल्लाका बिभिन्न स्थानमा सरसफाइको अवस्था अनुगमन पनि गरिएको छ । डोटीका सबै गाविसहरु खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेका छन् भने डोटीको एकमात्र दिपायल सिलगढी नगरपालिका खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेको छ । अब जिल्ला घोषणा हुन मात्र बाँकी छ ।
हामीले यस जिल्लाका सबै वडाहरुलाई घोषणा गरिसक्यौं तर बिडम्बना कतिपय ग्रामीण भेगका जनतामा चेतनाको कमीले गर्दा पुरानै अवस्था छ । कतिपयका चर्पी पूर्ण रुपमा प्रयोगमा आएका छन भने कतिपयका अरुको प्रेसरले बनाए जस्तै बनिसकेका चर्पीहरु पनि बर्षदिन मै जीर्ण अवस्थाका भैसकेका छन । बिभिन्न गाबिसहरुमा काम गर्ने संघसंस्थाहरुले त्यति लगानी गरेर फेरी पुरानै हालतमा कतिपय उत्रिएका छन ।
चर्पीको वरिपरी पानी बगेको हुन्छ, चर्पी भित्रको पिंनले पानी पाएको हुदैन । चर्पी गएपछि साबुनपानीले हात धुनुपर्छ भन्ने जता ततै भाषण फुकेका छन तर कसैका लागि त ‘बाँदरको हातमा नरिवल’ भने जस्तै भएको छ । जसको बानी परेको छैन । जिल्ला सदरमुकाम कै आसपासका क्षेत्रहरुमा हेर्ने हो भने पनि जस्तो कलेना गाबिसमा ‘हाम्रो बानी परेको छैन’ भन्ने आवाज बढी आउछ । कहिले पर्छ त बानी ? कसले पारी दिन्छ त बानी ? 
घरमा संस्थाहरुको सहयोगमा निर्माण भएका शौचालयहरु छन  तर दिसा गर्न खोला तिर पस्छन । खोलामा किन जानुहुन्छ भन्ने प्रश्नमा ? हाम्रो बानी परेको छैन ट्वाइलेट जाने । शौचालय गएपछि साबुन पानीले हात धुनु हुन्छ की नाई ? हाम्रो बानी परेको छैन । कहिले पर्छ त त्यो बानी ? त्यसै क्षेत्रमा काम गर्दा गर्दा सरोकारवाला निकायहरु वाक्क भैसके यता स्थानीयहरुको ‘बानी परेको छैन’ ।
कतिपय गाबिसहरुमा यस्तो चेतना फैलिएको छ की बरु खाना एक छाक नखाने शौचालयको लागि भने पानी प्रशस्त छुट्याउने । जस्तो डोटीको काँडामाण्डौं गाबिसकै कुरा गर्ने हो भने पनि बर्षायाम मा त पानीको अभाब हुदैन । हिँउदे याममा त करिब चार महिना जति खडेरी नै पर्छ । त्यो समयमा करिब डेढ दुई घण्टा टाढाबाट कुवाको पानी बोकेर पनि चर्पीमा पानीको अभाब नै हुन दिदैनन । त्यो ठाउँमा त्यति चेतनाको बिकास भैसकेको छ ।
हामी खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि तयार भैसकेका छौं तर जिल्ला सदरमुकाम सिलगढी बजारमा नै कतिपय ठाउँमा शौचालय नै छैनन । आइतबार बसेको बैठकमा तीन हप्ताको समय दिएर शौचालय बनाउन सम्बन्धितलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । दुई÷तीन बर्षसम्म शौचालय बनाउन नसकेकाले कसरी तीन हप्तामा शौचालय बनाउछन होला ? बनाउनेहरुले त एक पटक भन्ने बित्तिकै बनाइसके । खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि कागजमा मात्र सीमित नभएर जिल्लाका सबै कुना कन्दरामा शौचालय निर्माण गरी घोषणा गर्न जरुरी छ ।

थप समाचार 

‘६० लाख बराबर रकम संकलन’

कमला कुँबर÷डोटी
     मंसिर २७
गत मंगलबारदेखि सुरु भएको बिराट बोगटान धार्मिक तथा शैक्षिक महोत्सब ज्ञान महायज्ञ सोमबार सम्पन्न भएको छ । 
डोटीको बोगटान क्षेत्रको चवराचौतारा गाबिसमा सञ्चालन गरिएको महायज्ञबाट ५८ लाख २१ हजार सात सय ९५ रुपैयाँको दान संकलन गरिएको आयोजकले  समितिले जानकारी दिएको छ । महोत्सव अवधिभर विभिन्न शीर्षकमा दाताहरुले दान गरेका थिए ।
जस अन्र्तगत तुलादानबाट दुई लाख ५० हजार बराबरको दान संकलन गरिएको छ । जसमा ६९ जनाले तुला दान गरेका थिए । यस्तै उत्कृष्ठ दानदाता चित्र बमले दुई लाख एक हजार एक सय ११ रुपैयाँ दान गरेको आयोजक समितिले बिम्ब नेपाली साप्ताहिकसंग टेलीफोनको कुराकानीमा जानकारी दिएको छ । 
यस्तै भद्रकाली रोजिन टर्पेन्टाइनले एक लाख पाँच हजार पाँच सय ५५, पदम सिंह चन्दले एक लाख ११ हजार एक सय २३ रुपैयाँ रकम सहयोग प्राप्त भएको छ ।
त्यस्तै भिमलाल उपाध्यायले एक लाख ११ हजार एक सय ११, दुर्गादत्त उपाध्यायले ५७ हजार सात सय ७७, भिम बहादुर बमले ५५ हजार पाँच सय ५५, बड्डा सप्लायर्समा गोपाल माझीले ५५ हजार पाँच सय ५५, होटेल रिभर साइडका ज्ञान बहादुर कार्कीले ५० हजार रुपैयाँ दान गरेका छन । 
यस्तै शान्ति कलशबाट लक्ष्यदीप प्रज्वलनबाट पनि रकम सहयोग प्राप्त भएको महोत्सव मुल आयोजक जानकारी दिएको छ । बोगटान क्षेत्रको सबै भन्दा पुरानो बिद्यालय खत्याडी उच्च माध्यामिक बिद्यालयलाई बहुमुखी क्याम्पस सञ्चालनका लागि धार्मिक महोत्सबको आयोजना  गरिएको हो । ग्रामीण क्षेत्रमा क्याम्पस स्तरीय पठन पाठनका लागि श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवम् बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष देब बहादुर बमले बताए ।
महायज्ञबाट संकलित रकमले स्नातक सम्मको पठन पाठन सुरु गर्ने लक्ष्य राखिएको बमले जानकारी दिए । बि.स.२०३४ सालमा स्थापना भएको सो बिद्यालयमा २०६३ सालदेखि उच्च माध्यामिक तहको पठन–पाठन शुरु भएको थियो । निकट भविश्यमै क्याम्पस संचालन गर्ने उद्देश्य महायज्ञ लगाइएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्षले बमले बताए । 
डोटी जिल्लाको बोगटान क्षेत्र तिर जिल्लाका १० वटा भन्दा बढी गाविस पर्ने भएकोले यस क्षेत्रका बिद्यालय र बिद्यार्थीको उज्वल भबिश्य बनाउने उद्देश्यले ेश्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको स्थानीयहरु बताउछन ।  उक्त बिद्यालय बोकटान क्षेत्रको पहिलो र जिल्लाको अग्रणी माध्यामिक बिद्यालय हो ।
आरन व्यवसायबाटै जीवन धान्दै
“मेरो परम्परागत पेशा आरन हो, श्रीमान् हुँदा उहाँले आरन चलाएरै परिवार पाल्नु भएको थियो, उहाँको मृत्युपछि मैले यही पेशा रोजे ।’ 
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका–१२, सिरखोलीसैनकी ५५ वर्षीया जुनकिरी कामी आफ्नो आरन पेशावाट सुन्तुष्ट देखिन्छन । १५ वर्ष पहिले श्रीमान् गुमाएकी जनुकिरीले आफ्नो आरन व्यवसायवाटै परिवारको गुजरा चलाईन । अहिले उनका छोरा भारतमा गएर नौकरी गरिरहेका छन तर पनि जुनकिरी अहिले पनि आफ्नो व्यवसायमा रमाएकी  छिन । उनी भन्छिन् ‘यही व्यवसायवाट परिवार पाले अव आफुले सकुन्जेल यही पेशा गरिरहन्छु ।’ 
जुनकिरीका श्रीमान् आरन चलाउँदा खालो लिने गर्थे तर अहिले जुनकिरी ज्याला लिने गर्छिन् । महिलाले आरन चलाउँदा समाजले केही भन्दैन ? जुनकिरी भन्छिन् ‘समाजले मलाइ हौषला प्रदान गरेको छ ।’ उनी समाजवाट आफुलाई सहयोग भएको वताउँछिन । आफ्नो नाम समेत लेख्न नजान्ने जुनकिरीले आरन व्यबसायबाटै छोराछोरीका लागि कापी कलम किनिन् । उनीहरुको लुगाफाटो सवै   वनाईन ।  
आरन व्यावसायत पुरुषले मात्र गर्ने चलन रहेको समाजमा श्रीमान्को कलिलै उमेरमा मृत्यु भएको र छोरा सानै भएका कारण जीवन धान्नका लागि आरन व्यवसाय सुरु गर्नु जुनकिरीका लागि वाध्यता थियो तर अहिले भने उनी उक्त पेशामा रमाएकी छिन । सिरखोली सैनमा आरन व्यवसाय सञ्चालन गर्ने उनी पहिलो महिला हुन । 
उनललाई आरन सञ्चालनका लागि लुथरन बिश्व फेडरेसनको सहयोगमा राष्ट्रिय हलिया मुक्ती समाज महासंघले सञ्चालन गरेको मुक्त हलिया कमैया, कम्मलरीहरुको स्वतन्त्रता सवलीकरण कार्यक्रमले उत्साहित गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ डोटीको अध्यक्षमा बोहरा

किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघ डोटीको प्रथम जिल्ला अधिवेशनबाट भरत बोहरा सर्बसम्मत चयन भएका छन ।
 उपाध्यक्षमा संगम साँउद, सचिबमा खडक सिं बिक, सह–सचिबमा पशुपति जोशी, र कोषाध्यक्षमा धौली देबी रावत चयन भएका छन ।
यस्तै सदस्यहरुमा कर्ण बिष्ट, बाटु खड्का, माया साँउद, हर्क देबी खड्का, शिबराज ओझा, सिद्धार्थ बिक, लक्ष्मी शर्मा र भक्त बोहरा सर्बसम्मत चयन भएको अध्यक्ष भरत बोहराले बताए ।
 सोमबार सिलगढीमा भएको जिल्ला कृषक समूह महासंघबाट निर्बिरोध चयन भएका हुन ।  ११ वटा गाविस तहमा कृषक समूह महासंघ गठन भईसकेको र तिनै गाविसबाट समावेशी रुपमा तीन र अन्य तीन जना प्रतिनिधि गरी ६ जनाका दरले एक गाबिसबाट जिल्ला अधिवेशनमा सहभागी भएका थिए । जिल्ला प्राबिधिक कार्यालय डोटीका कार्यालय प्रमुख रामचन्द्र खत्रीको प्रमुख आतिथ्यमा सञ्चालन भएको बन्दशत्रमा सबैले बिभिन्न गाबिसका प्रतिनिधिहरुले आफूले गरेको ब्यवसायमा भएका समस्या तथा सुझाबहरु प्रस्तुत           गरेका थिए ।
त्यस्तै गाविस स्तरीय महासंघ गठन भई नसकेका गाविसहरुबाट पनि किसान समूह महासंघका प्रतिनिधिहरुको अधिवेशनमा सहभागी भएर सिलगढीको टुँडिखेलबाट प्रशासन चौक हुदै जिल्ला बिकास समितिको कार्यालयसम्म ¥याली निकालेको अध्यक्ष बोहराले जानकारी दिए ।
अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको बताईएको छ । सोमबार बिहान एघार बजे कृषकहरुका मागहरु बारे जिल्ला विकास समितिमा ज्ञापन पत्र पनि  बुझाएको छ ।
जिल्ला पशुसेवा कार्यालय डोटीका प्रमुख डा.पान सिं ठकुन्नाले अब कृषि खेतीमा कतैबाट पनि यस जिल्लामा आयात होइन निर्यात हुनुपर्छ । त्यसको लागि कृषकहरुले निकै मेहेनत गर्नुपर्ने बताए ।
 कृषि तथा पशुको क्षेत्रमा आफू कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए ।  कृषि बिकास कार्यालय डोटीका प्रकाश भट्टले भने, ‘डोटी जिल्लामा अधिकाशं ठाउँमा जमिन बाँझो भएर परनिर्भर भएका धेरै छन, त्यसले गर्दा कृषि क्षेत्रमा निकै घाटा हुन्छ ।’ बाँझो भएको जमिनलाई  सदुपयोग गर्न कृषकहरुलाई उनले अनुरोध गरे । 
कृषकहरुले गरेको प्रगतिको र पछाडी परेका कृषकहरुका आवाजलाई उठाउने र त्यसो गर्दा कृषकलाई पनि आत्मबल र हौसला कृषि पत्रकार समूह डोटीका अध्यक्ष झलक पालीले बताए । कार्यक्रममा उपस्थित सबैले कृषकहरुलाई सधैं सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको महासंघको तदर्थ समितिले जनाएको छ ।

बालबालिका अझै कुपोषित

प्रेम रौले÷बाजुरा
     मंसिर २७
जिल्लाको पोषण सुधार गर्नका लागि सुआहारा दोस्रो कार्यक्रम जिल्लामा लागु भएको छ । जिल्लाका बालबालिकहरु अझै कुपोषितको अवस्थामा रहेका छन् । बाजुरामा कुपोषण्को अवस्था भने भयाबह रहेका पाइएको छ । सुनौला हजार दिनका आमादेखि स्थानीय तहमा बनाइने विभिन्न खालका जाउलाहरुको सही सदुपयोग नहुदा बाजुरामा भने कुपोषणको अवस्था भयाबह भएको एक तथ्याङ्कले देखिएको छ । 
बाजुरामा  लागु भएको विगतदेखि नै बहुपोषण क्षेत्रीय कार्यक्रमको समिक्षा तथा सुआहारा कार्यक्रम दोस्रो कार्यक्रमको परिचयात्मक कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन । बहुपोषण कार्यक्रमले जिल्लाको पोषण स्थिति सुधार गर्दै लैजानका लागि यो कार्यक्रम लागु भएको बताइएको छ । जिल्लाका बालबालिकाहरुमा ख्याउटेपन, बामपुड्के कम तौल भएका कुपोषितको अवस्था नाजुक भएकाले अहिले सुनौला हजार दिन  र आइमम लगायतका कार्यक्रमले बहुपोषण क्षेत्रीय कार्यक्रमलाई सहयोग गर्न बताइएको छ । यस वर्षका लागि सुआहारा बाजुराले करोडांै लगानी गर्ने भएको छ । 
कार्यक्रममा गाविसले पोषणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ । गाविसहरुमा यस भन्दा पहिले बजेट विनियोजन हुदै आएको भएपनि सही रुपमा  प्रयोग नभएको सहभागीले बताएका छन् । सोमबार भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय बाजुराको बहुक्षेत्रीय पोषण  कार्यक्रमका लागि १७ लाख बजेट रहेको छ भने जिल्ला विकास समिति बाजुराका लागि बहुक्षेत्रीय पोषणका लागि भने  पोषणको  कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन भएको बताइएको छ ।

खिरसैन पूर्ण खोपयुक्त घोषणा

डोटीको खिरसैन गाबिस पूर्ण खोपयूक्त गाबिस घोषणा भएको छ । 
शनिवार आयोजित एक समारोहकाबीच उक्त खिरसैन गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । गाबिसका सबै वडाहरुमा जन्मे देखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप नियमित रुपमा पाउन थालेपछि पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको गाबिस सचिब सुशीला चौधरीले जानकारी दिइन । 
समारोहका प्रमुख अतिथि एवं डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बिभिन्न खोप अनिबार्य लगाए मात्र धेरै जसो रोगहरुबाट बच्न सकिने बताए । उनले भने ‘खोप सम्बन्धि यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्छ । त्यस पछि मात्र बिभिन्न खाले रोगहरुबाट मुक्त भइन्छ ।’ 
उनले भने, ‘स्वस्थ्य मानिसको धन भएकाले सबैले आ–आफ्ना बच्चालाई  अनिवार्य नियमित रुपमा खोपहरु लगाउन कोही पनि नछुट्ने बिश्वास लिएको छु ।’ उनले बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने वातावरण बनाउन सवै सरोकारवाला निकायहरुलाई आग्रह समेत गरे । 
समारोहमा पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति, संस्थालार्ई प्रमाण पत्र, कदर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । 

एकीकृत घुम्ती शिबिर हिजो र आज

कर्ण चन्द÷बुडर
     मंसिर २७
एकीकृत धुम्ती सेवा शिविर छत्तिवनको वुडरमा सोमबारदेखि सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले सदरमुकामदेखि टाढाको दुरीमा रहेका गाविसका सर्वसाधारणलाई घरदैलोमा सरकारी सेवा सुविधा पु¥याउने उद्देश्यले एकीकृत घुम्ती शिविर संचालन गरिएको हो ।
हिजोदेखि सुरु भएको घुम्ती शिबिर आजसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । शिविरमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले (जोरायल क्षेत्रका) छत्तिवन, घण्टेश्वर, लक्ष्मीनगर, सरस्वतीनगर लगायतका गाविसका सर्वसाधारणहरुलाई सदरमुकामबाट प्रवाह हुने सेवा सुविधा एकीकृत घुम्ती शिविरबाट दिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । 
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन,  जिल्ला कृषि कार्यालयले कृषि सेवा, महिला तथा बालबालिका कार्यालयले शिविरमा अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गर्नेछन । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण सेवा, जिल्ला मातपोत कार्यालयले जग्गा राजीनामा, नामसरी, सट्टापट्टा, प्रतिलिपि लगायतका सेवा दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद सर्माले नागरिकता वितरण गरी फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधाहरु निःशुल्क रुपमा वितरणका लागि घुम्ती शिविर सुरु गरेको बताए । 
घुम्ती शिबिरमा जनतासंग प्रत्यक्ष जोडिदा जनताहरुलाई पनि एक्लो महशुस नहुने बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले बताए । बरिष्ठ कृषि बिकास अधिकृत शाहले भने, ‘कतिपय ग्रामीण भेगमा जनताहरुले त सरकारी कार्यालयले हाम्रो सुबिधाको लागि कुनै चाँसो नदिएको भन्ने बुझाईमा हामीले यो घुम्ती शिबिर सञ्चालन गरेका हौं ।’ 
कर्मचारी र जनताको सम्बन्ध सुमधुर बनाउँदै ग्रामीण भेगका सर्वसाधारणलाई राज्यको उपस्थिति भएको अनुभूति गराउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला तथा बालबालिका कार्यालयकी सुपरभाइजर सबिना श्रेष्ठले बताइन् ।

ट्याक्टरले ठक्कर दिँदा एक जना बालकको मृत्यु

सम्राट सिंह÷बझाङ्ग
      मंसिर २७
घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
मेरीगोल्ड ईग्लीस बोर्डिङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षीय छात्र उमेश जोशीको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागि नेपालगंज तर्फ लैजादै गर्दा बिच बाटो मै ज्यान गएको मृतकका आफन्तले जनाएका छन ।
सोमबार बिहान भोपुरबाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको से १ त ६९९० नम्बरको ट्याक्टरले सदरमुकाम चैनपुर तर्फ आई रहेको बालकलाई सिमभाडी भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट बालकको टाउको र दाँया खुट्टामा गम्भिर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि नेपालगञ्ज रिफर गरिएको थियो ।
दुर्घटनाको बारेमा अनुसन्धान भै रहेको र तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्याक्टर र चालक भरत साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

कविता प्रतियोगितामा  पोखरेल बिजयी

भ्रष्टाचार बिरुद्धको १४ औं अन्तराष्ट्रिय दिबसकोे अवसरमा कविता वाचन प्रतियोगितामा उच्च अदालत दिपायलमा कार्यरत शान्ति पोखरेल बिजयी भएकी छिन ।
‘भ्रष्टाचार बिरुद्धको सहकार्य, शुसासनका लागि अपरिहार्य’ भन्ने मुलनाराका साथ भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिबस पुर्वसन्ध्यामा डोटी बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा ६ जनाले कविता बाचन गरेकोमा पोखरेलले जित हात पारेकी हुन ।
त्यस्तै द्धितीय हुनेमा खेमराज रौतेडा र तृतीय हुनेमा लाल बहादुर भण्डारी रहेका छन । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आब्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो । 
 संसारभरी भ्रष्टाचार बिरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले बताए ।
शर्माले भने, ‘भ्रष्टाचार बिरुद्धको लागि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने फरामहरु निशुल्क बितरण गर्ने तयारी  भैरहेको छ ।’ नागरिकता लगायत जिल्ला प्रशासन कार्यालयबाट कुनै प्रकारको फाराम जिल्ला प्रशासन कार्यालयबाट केही हप्ता भित्र निशुल्क बितरणको तयारी शर्माले बताए ।
 प्रमुख जिल्ला अधिकारी शर्माले ‘हेलो सिडियो साहेब’ नामक कार्यक्रम डोटी जिल्लाका रेडियोहरुबाट सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यसले गर्दा जनतालाई जति बेला  सेवा सुबिधा लिन सक्ने भएकोले यो कार्यक्रम सञ्चालनमा ल्याउने उनको ठम्याइ छ ।
‘देशलाई नीतिगत रुपमै हुने भ्रष्टाचारले झनै समस्या गरेको छ ।’ त्यसलाई निर्मुल गर्न हामी सबैले प्रतिबद्धता भएर काम गर्नुपर्ने निमित्त क्षेत्रीय प्रसासक सुरेन्द्र पौड्यालले बताए ।
सह–सम्पादक चन्द सम्मानित
भष्ट्राचार बिरुद्धको १४औँ अन्तराष्ट्रिय दिवसको अबसरमा बिम्ब नेपाली साप्ताहिकका सह–सम्पादक, त्रिबेणी एफ.एमका स्टेशन मेनेजर तथा नयाँ पत्रिका दैनिकका डोटी सम्बाददाता कर्ण चन्द सम्मानित भएका छन ।
भ्रष्टाचार बिरुद्धमा समाचार सम्प्रेषण गरी सु–सासन प्रर्बद्धनमा सहयोग गरेको भन्दै सम्मान उक्त दिवसमा सम्मानित भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायल र जनसरोकार मञ्च  डोटीद्धारा आयोजित कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले सम्मानले सम्मान गरेका हुन ।
दिवसकै अबसरमा न्यूनतम र्शत मापन तथा कार्य सम्पादनमा डोटी जिल्लामा सबै भन्दा धेरै अंक ल्याउने मुडभरा गाबिसका सचिब डिलबहादुर महरालाई पनि सम्मान गरिएको छ । भ्रष्टाचार बिरुद्धको १४ आंै अन्तराष्ट्रिय दिबसको अवसरमा शुसासनको पक्षमा कलम चलाउने पत्रकार  र स्थानीय निकायको कर्मचारीलाई सम्मान गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दिपायलका प्रमुख राजन नेपालले जानकारी दिए । उनले भने, ‘हामीले प्रत्येक बर्ष यो अवसरमा भ्रष्टाचार बिरुद्ध कलम चलाउने पत्रकार र उत्कृष्ठ एकजना निजामती कर्मचारी लाई सम्मान गर्दै आएका छौं ।’

छोटकरी समाचार 

मानब अधिकार दिबस मनाईयो

६८ औं अन्तराष्ट्रिय मानब अधिकार दिबस डोटीमा पनि बिबिध कार्यक्रमका साथ मनाइएको छ ।
डोटीको बनलेक गाविसमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय मानव अधिकार  दिबस मनाईएको छ । बनलेक, लाटामाण्डैाँ, जिजोडामाण्डौ र  बारपाटा गाविसका महिलाहरुको समुहले ६८आंै अन्तराष्ट्रिय मानब अधिकार दिबस मनाएका हुन ।
दिवसको अवसरमा ब्यानर सहित बिभिन्न नारा सहीत गाबिस भबन रहेको स्थानमा परिक्रमा  गरेका थिए । कार्यक्रममा छाउपडी प्रथा, मानब बेचबिखन, द्वन्द प्रभाबित बालबालिकाको कथा ब्यथा समेटेर तयार पारेका अधिकार हनन सम्बन्धिका डकुमेन्ट्री÷भिडियो प्रर्दशनी गरेका थिए ।
कार्यक्रममा दलीत महिला संग फेडोका परीयोजना संयोजक राम बहादुर बिकले हाम्रो समाजमा भए गरेका मानब अधिकारका घटनाका बारेमा जानकारी  गराएका थिए ।

अध्यक्षमा अर्जुन वलायर

डोटीको भूमिराजमाण्डौमा रहेको नब विहानी वचत तथा  ऋण सहकारी सस्था लिमिटेडले नयाँ कार्य समिति चयन गर्दै आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
समितिको अध्यक्षमा अर्जुन वलायर रहने गरी ९ सदस्यीय रहने गरी नयाँ कार्य समिति सर्बसम्मत चयन गरिएको सहकारी संस्थाले जानकारी दिएको छ ।

खेल समाचार 

डोटीबाट राष्ट्रिय खेलकुदमा घले सहित ४ छनौट

पूर्वाञ्चल बिकास क्षेत्रमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलको लागि डोटीबाट आयुष घले छनौट भएका छन ।
दिपायल सिलगढी नगरपालिका–३ मा जन्मिएका घले धनगढीको खेल मैदानमा क्षेत्रीय फुटबल प्रतियोगिताबाट छनौट भएका हुन । सानैदेखि क्रिकेट, फुटबल लगायत बिभिन्न खेलहरुमा रुचि राख्ने घलेले पहिलो पटक राष्ट्रिय खेल्ने अवसर पाएका छन । क्षेत्रीय छनौट प्रतियोगिताको लागि डोटीबाट गएको १८ जनाको टिममा आयुष घले मात्र छनौट भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको क्षेत्रीय फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । जसमा डोटीले तीन खेल खेलेको थियो । पहिलो डडेल्धुरालाई ६–१ ले  पराजित गरेको थियो । यो खेलमा आयुष घलेले २ गोल हानेका थिए । दोेश्रो खेलमा कञ्चनपुरद्वारा ५–० ले पराजित भएको थियो र तेश्रो खेलमा ३–१ ले बाजुरालाई पराजित गरेको थियो । जसमा घलेले २ गाले हान्न सफल भएका थिए । 
सुदूपश्चिमबाट सातबटा टीमहरु समाबेश भएको उक्त फुटबल प्रतियोगितामा अछाम र बैतडीले उपस्थिति जनाएको  थिएन । तीनवटा टीमसंग खेलेर डोटीले तृतीय स्थान हात पारेको छ । जसमा आयुष घलेले मात्र ४ गोल हानेका थिए । १७ (सत्र) बर्षको उमेर मै राष्ट्रिय खेल खेल्न पाउनु घलेको र डोटीको लागि निकै हर्षितको बिषय बनेको छ । स्थानीय स्तरमा धेरै पटक खेलेको र क्षेत्रीयमा भने पहिलो पटक फुटबल प्रतियोगिता खेलेको घले बताउछन । उनले भने, ‘अहिलेसम्म दिपायल, अछाम र डडेल्धुरामा मात्र खेलेको थिए । यो पहिलो पटक हो क्षेत्रीयमा खेलेको । यसैबाट राष्ट्रियको लागि छनौट भएको छु । त्यसैले थप हौसला बढेको छ ।’
घलेलाई स्थानीय स्तरमा पनि उत्कृष्ठ खेलाडी भनेर धेरै पटक सम्मानित÷पुरस्कृत भएको प्रशिक्षक दिनेश केसीले बताए । 
यस्तै महिला फुटबल प्रतियोगितामा पनि डोटीबाट तीन जना छनौट भएका छन । दिपायल सिलगढी नगरपालिका–३ की रजनी केसी, मनिका श्रेष्ठ र सानु खत्रीलाई छनौट गरेको प्रशिक्षक केसीले जानकारी दिए । केसीले भने, ‘आजसम्म फुटबल प्रतियोगिताको मात्र छनौट भएको छ । अरु खेलहरुको छनौट भइसकेको छैन त्यसैले डोटीबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउने खेलाडीहरु कति जना भन्ने एकिन जानकारी पछि हुनेछ ।’

‘अन्तराष्ट्रिय हात्तीपोलो’ पहिलो पटक सौराहामा

अनलाईन खबर
अन्तराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुनेछ । चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो ।
अन्तराष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै मनोरञ्जनात्मक प्रतियोगिताहरु एकै कार्यक्रम अनुसार सञ्चालन गर्न हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
टाइगर टप्स होटलको एकल लगानीमा ३३ बर्षदेखि हुँदै आएको अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा चार टिमको सहभागिता हुनेछ भने एक समूहमा चार हात्तीहरु हुनेछन् ।
यसपटक भने क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष तथा सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा गर्न लागिएको हो । हात्तीपोलो चितवनबाटै सुरु भएकाले पहिचानका कारण पनि प्रतियोगिता चितवनमै आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगिताका लागि दैनिक यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर प्रशिक्षण हुँदै आएको छ ।
चितवनको मेघौलीमा हुँदै आएको हात्तीपोलो चितवन राष्ट्रिय निकुञ्जबाट होटल बाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दियामा आयोजना भएको थियो । २०६७ र ६८ मा मेघौलीमै आयोजना भएपनि २०६९ देखि २०७१ सम्म बर्दियामा आयोजना भएको थियो ।

चलचित्र मनोरञ्जन 

अनलाइन खबर
तीन साता अघि नायिका उषा पौडेलसँग बैबाहिक सम्बन्ध गाँसेका नायक सुधाँशु जोशी अर्की नायिका नन्दिता केसीसँग संगै जिउँ..भन्दैछन् ।
आफ्नै स्वरमा गीत रेकडिङ गरेका सुधाँशुले यो गीत आफ्नै जीवनवाट प्रेरित भएको बताए । राजनराज शिवाकोटी, नबीन के भट्टराई र सुधाँशुको शब्द रहेको गीतमा नबीन के भट्टराईको संगीत रहेको छ ।
अमेरिकाको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुधाँशु र नन्दिताले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रशन्न पौडेलले गरेका छन् ।

नीशा र आयुषको ‘मेरो देश’

देशप्रेमको कथामा तयार भएको चलचित्र ‘मेरो देश’को प्रदर्शन मिति तय गरिएको छ । प्रदर्शन मिति तयसँगै चलचित्रको टिजर र पोस्टर पनि सार्वजनिक भएको छ । यो चलचित्र फागुण ६ गतेबाट अल नेपाल रिलिज हुने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको छ । देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।
ब्रोसिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट एम श्री उदय चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता उदय सापकोटा हुन् भने पार्वती मैनाली र प्रभाकर सापकोटाको यसमा लगानी छ । यो चलचित्रले देशमा मौलाउँदै गएको भ्रष्टचार विरुद्धको कथा भन्छ ।

लेख 

बाल हिंसामा प्रहरीको भूमिका

बाले बिश्वकर्मा 
प्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महत्वपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । 
नेपालको कानुनले समेत समाजमा  बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दुब्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा दुब्र्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । कानुनले दिएको जिम्मेवारी पुरा गर्नको लागि मानव संसोधनको क्षमता अभिवृद्धिका साथै यस जिम्मेवारीलाई समयसापेक्ष पुरा गर्नका लागि सोअनुरुप सङ्गठन चुस्तदुरूस्त पनि हुनुपर्दछ । 
महिला तथा लैङ्गिक हिंसाविरुद्धको अपराधबारे चौतर्फीरुपमा आवाजहरु उठिरहेको सन्दर्भमा नेपाल               प्रहरी सङ्गठनले ऐतिहासिक रुपमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिंसाजन्य क्रियाकलापविरुद्ध समाजमा सचेतना फैलाउँदै न्यूनीकरणका लागि स्थानीयस्तरमा प्रत्यक्षरुपमा सहकार्य तथा अन्र्तक्रिया गर्न महिला प्रहरीहरुलाई अधिकतम सहभागी गराउने नेपाल प्रहरीको नीति छ । 
समाजमा रहेका कुरीति एवम् अन्धविश्वासले आज पनि महिला एवम् बालबालिकाविरुद्ध हिंस्रक, पासविक तवरबाट यातना दिने, अङ्गभङ्ग बनाइदिने तथा ज्यानै लिने प्रकृतिका घटनाहरुले मानवीय संवेदनामा आघात पुगेका कैयन दर्दनाक दृष्टान्त समाजमा पाइन्छन् । यस्ता प्रकृतिका हिंसाका घटनाहरुको रोकथाम एवम् अनुसन्धान गर्न कर्तव्यपथमा अझ कटिबद्ध भएर लाग्नुपर्ने अवस्था छ ।’ 
बालबालिका आफूमाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारका सम्भावनाको दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका हुन्छन् । अपराध रोकथाम र नियन्त्रणमा प्रहरीले निभाउनुपर्ने भूमिकाको सन्दर्भमा बालबालिका माथि हुने हिंसा न्यूनीकरण गर्ने  बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरुमा न्यायको सुनिश्चितताको अनुभूत कसरी गराउने भन्ने सम्बन्धमा प्रभावकारी सेवा प्रदान गर्नको लागि यस सेवा केन्द्रको स्थापना भएको हो । बालबालिकालाई सहजरुपले उजुरी दिने वातावरण बनाउन, महिला तथा बालिकालिकालाई विशेष व्यवस्था गरिएको महसुस गराउनुका साथै उनीहरुमाथिको हिंसाप्रति राज्य संवेदनशील छ र सोअनुरुप प्रत्याभूति दिनु राज्यको दायित्व भएकोले महिला तथा बालबालिका सेवा निर्देशनालय र सेवा केन्द्रको स्थापना भएको हो । 
घरेलुहिंसा, बालविवाह, मानवबेचबिखन, यौनशोषण, यौनदुराचार, बालश्रम तथा शोषणजस्ता अपराधबाट पीडित  बालबालिकालाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने लक्ष्यअनुरुप यस निकायको स्थापना भएको हो, बालबालिकाविरुद्धका अपराधहरुमा आत्मसम्मान, गोपनीयताको सम्मान गर्नुपर्ने, उनीहरुलाई हेर्ने पूर्वाग्राहीपन, विभेदपूर्ण र लाञ्छनापूर्ण व्यवहारबाट बचाउनुपर्ने तथा उनीहरुको मनोविज्ञानलाई बुझी संवेदनशील तरिकाबाट व्यवहार गर्नुपर्ने हुँदा विशेष संयन्त्रको रुपमा यो केन्द्र सञ्चालनमा रहेको छ । महिला तथा बालिबालिका सेवा निर्देशनालय यस मान्यतामा रहेर महिला तथा बालबालिकाको  मानवअधिकारको रक्षाको लागि क्रियाशील निकाय हो । 
यस सन्दर्भलाई लिएर बालअधिकारको संरक्षण र प्रर्बधनका लागि बालबालिका माथि हुने हिँसा न्युनीकरण गर्नु आजको आवश्यकता हो र त्यस आवश्यकतालाई  परिपुर्ति गर्नका लागि बालबालिकामाथि हिंसा तथा दुब्र्यवहार हुन सहयोग पु¥याइरहेका सामाजिक व्यवहारहरुलाई परिवर्तन गर्न स्थानीयस्तरमा  पहलकदमी गर्नुपर्ने हुन्छ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामका लागि कार्यक्रम तथा रणनीतिहरु तयार पार्दा तथा तिनलाई कार्यान्वयन गर्दा मुलरुपमा बालसंरक्षण सवालहरुको कारकलाई सम्बोधन गर्नेगरी  गरिनुपर्दछ । बालबालिकामाथि हुने हिंसा तथा दुब्र्यवहारका घटना घट्नुका पछाडी समुदायमा रहेका के÷कस्ता परिस्थिति, क्रियाकलाप तथा         व्यवहारहरुले सहयोग गरिरहेका छन, सोको पहिचान गरिनुपर्दछ । त्यस्ता कारकहरुलाई समुदायमा अझैसम्म पनि कायम राख्न वा बढावा दिन केले मद्दत पु¥याइरहेको छ, सोको पहिचान गरी तिनलाई  सम्बोधन गरिनुपर्दछ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामको महत्वपूर्ण पक्ष भनेको समुदायका सबै वयस्क तथा बालबालिकालाई लक्षित गरी सचेतना अभिवृद्धि गरिनु हो । त्यसरी नै बालबालिकाविरूद्ध हिंसा तथा दूव्र्यवहारका कुनै घटना भएको खण्डमा त्यसका दोषीलाई कुनै पनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ भन्ने सन्देश सम्प्रेषण गरिनु र पीडित तथा प्रभावित बालबालिका वा तिनका परिवारको संरक्षणमा सहयोग पु¥याउन समुदायस्तरमा क्रियाशील बालसंरक्षण संरचनाहरु तत्पर रहेको उदाहरण प्रस्तुत गरिनुपर्दछ । 
बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारको रोकथाम गर्न स्थानीयतहमा क्रियाशील प्रहरी कर्मचारीले प्रत्यक्षरुपमा वा आफ्नो अगुवाइ (नेतृत्व)मा सचेतना फैलाउन सक्दछन् । त्यसैगरी प्रहरीहरुले समुदायमा क्रियाशील बालसंरक्षण संरचना, निकाय तथा बाल–केन्द्रित संस्थाहरुसँग सहकार्य गरी विभिन्न अभियानमा नियमितरुपमा सहयोग पु¥याउन सक्दछन् । साथै, बालसंरक्षणका लागि समुदायमा स्थापना भएका संरचनाहरुमा सक्रिय सदस्यको रुपमा रही स्थानीयतहमा रहेका प्रहरीले बालहिंसा तथा दूव्र्यवहारको रोकथाममा उल्लेख्य योगदान दिन सक्दछन् ।
कार्यालय भित्र स्थानीय प्रहरी कार्यालयको सम्पर्कमा आउने बालबालिकालाई गरिने व्यवहार र अपनाउनुपर्ने सावधानीबारे सूची–आचार संहिता बनाएर सबै प्रहरी कर्मचारी तथा आगन्तुकहरुले देख्ने स्थानमा टाँस्ने र आचरसंहिताका बुँदालाई कडाइकासाथ पालना गर्ने,गराउने बालबालिका माथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारका किसिम, लक्षणहरु र खबर गर्नुपर्ने निकायको सम्पर्क व्यक्तिको नाम र फोन नम्बरको सूची कर्मचारी तथा आगन्तुकले देख्ने स्थानमा टाँस्ने अनि आवश्यक परेका बखत त्यहाँ उपलब्ध सेवा तथा सूविधा परिचालन गर्ने, गराउने, सबै कर्मचारीलाई बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारबारे तालिम दिएर समस्या पहिचान गर्न, सेवा प्रदान गर्दा अपनाउनुपर्ने संवेदनशीलता र कुन अवस्थामा कसलाई खबर गर्ने भन्नेबारे ज्ञान र सीपले युक्त बनाउन सघाउने ।  
 हिंसा तथा दूव्र्यवहार पीडित तथा प्रभावित बालबालिकासँग बोल्दा तथा व्यवहार गर्दा संवेदनशील हुने । आफ्नो संस्थाभित्र कसैले बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार गरेको थाहा पाएमा तत्काल त्यसलाई         रोक्ने र सम्बन्धित बालसंरक्षण केन्द्रविन्दु व्यक्तिलाई खबर गर्ने, प्रहरी कार्यालयको सेवा लिन आएका बालबालिकाका आमाबाबुलाई हिंसा तथा दूव्र्यवहारलाई कदापि नसहन सचेतीकरण गर्ने, गराउने । आवश्यकता परेको खण्डमा आमाबाबुलाई आफ्नो बालबालिकालाई हिंसा तथा दुब्र्यवहारबाट कसरी बचाउने भन्नेबारे व्यक्तिगत परामर्श दिने ।  यदि कुनै बालबालिकालाई हिंसा तथा दूव्र्यवहार भएमा कसलाई खबर गर्न सकिन्छ र कस्ता निकायले कस्तो प्रकृतिको सेवा प्रदान गर्न सक्दछन् भन्नेबारे बताइदिने । साथै, उहाँहरुलाई र बालक वा बालिकालाई तपाईँ एक्लो हुनुहुन्न सहयोगका लागि तत्पर हातहरु प्रशस्त छन् भन्ने कुरा स्पष्ट पार्ने,पहिचान   गरिएका वा शङ्कास्पद हिंसा तथा दूव्र्यवहारका घटनाहरुलाई तत्कालै स्थानीयतहका प्रहरी कार्यालयको सेवा प्रक्रियाभित्र ल्याउने, हिंसा तथा दुब्र्यवहार पीडित बालक वा बालिका र तिनको परिवारको गोपनीयताको हकको सम्मान गरी घटनाको अभिलेखन गर्ने, बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार भएका घटनाबारे प्रहरी कार्यालयमा उजुरी आएमा तत्काल त्यसबारे सुनवाइ गर्ने र प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने, आदि । 
समुदायस्तरमा समुदायस्तरको बालसंरक्षण संयन्त्रहरुको परिचालन गरी बालसंरक्षणमा सचेतीकरण कार्यक्रम सञ्चालन गर्ने । जस्तै स् सामुदायिक प्रहरी र यसको संयन्त्रमा रहेका व्यक्तिहरुलाई तालिम प्रदान गरी सचेतना फैलाउने कार्यमा लगाउने बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार बढी मात्रामा हुने समुदायको पहिचान         गरी बालसंरक्षण तथा प्रवद्र्धन समितिहरु लगायतको सहयोगमा तत्सम्बन्धी रोकथामका रणनीतिहरु तयार   पारी कार्यान्वयनमा ल्याउने, आदि । 
बालमैत्री अनुसन्धान बालबालिका माथि भएका हिंसा तथा दूव्र्यवहारको अनुसन्धान गर्ने अख्तियारी प्राप्त निकायमा कार्यरत अनुसन्धान अधिकृत वा कर्मचारीको रुपमा कुनै पनि मुद्दामा प्रहरीको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसको अतिरिक्त बालबालिकाविरूद्ध भएका हिंसा तथा दूव्र्यवहारका सम्बन्धमा पनि प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीले बोल्ने बोली र त्यहाँ गरिने व्यवहारले बालबालिकालाई अनुसन्धान कार्यमा के कसरी सहयोग गर्ने वा आफूलाई मद्दत गर्ने निकाय प्रहरी कार्यालय हो वा होइन भन्नेबारेमा सकारात्मक वा नकारात्मक धारणा बनाउन सहयोग गर्दछ । साथै, प्रहरीको सकारात्मक वा नकारात्मक व्यवहारको अनुभवले नै बालबालिकालाई दीर्घकालीनरुपमा प्रहरी कर्मचारी वा प्रहरी कार्यालयबारे एक निश्चित धारणा बनाउन सघाउँदछ । बाल्यकालमा परेको त्यस्तो प्रभाव उनीहरुमा जीवन पर्यन्त रहिरहन्छ । 
प्रहरीको वा प्रहरी कार्यालयको  सम्पर्कमा आउने बालबालिका हिंसा तथा दूव्र्यवहारको कुनै पनि घटनामा पीडित भएका वा बिज्याईंकर्ता बालबालिका हुन सक्छन् । र, कुनै अवस्थामा भने साक्षीका रुपमा पनि बालबालिका प्रहरीको सम्पर्कमा आउन सक्दछन् । अनि कुनै–कुनै घटनामा भने पीडित र बिज्याईंकर्ता दुवै पक्ष बालक नै हुन सक्दछन् । 
हिंसा तथा दुब्र्यवहारको जोखिममा छन् वा हिंसा तथा दूव्र्यवहारबाट पीडित भएर प्रहरीको सम्पर्कमा आउने कुनै पनि बालबालिकालाई नेपाल प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा पठाउने परिपाटिको ब्यवस्था नेपाल प्रहरी भित्र  गरिएको छ । बालबिज्याईंको आरोपित र पीडित दुवै पक्षका बालबालिकासँग अनुसन्धान गर्दा पीडित बालक वा बालिकाको हितमा राखी उनीहरु दुवै पक्षबीच सम्पर्क हुन वा नगराउने सुनिश्चित गरिनुपर्दछ । मुद्दा अगाडी बढाउने प्रयोजन वा आधिकारिक प्रयोगको लागि अख्तियारप्राप्त निकाय वा अधिकारी बाहेक अन्य कामको लागि बालकको रेकर्ड प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कसैलाई पनि दिनुहुँदैन ।
प्रहरीको मातहतमा रहेको कुनै पनि गोप्य प्रकृतिका मुद्दा प्रहरीको कर्तव्य पालन वा न्यायिक आवश्यकताबाहेक अन्य अवस्थामा गोप्य राख्नुपर्दछ, सोधपुछ तथा अनुसन्धानको क्रममा बालबालिकाले सहज महसुस गर्ने वातावरणमा प्रश्न गर्नुपर्दछ । लागुपदार्थको मुद्दामा परेका बालबालिकाका सन्दर्भमा अनुसन्धान अधिकारीले उपयुक्त संघसंस्था वा निकायमा उपचार तथा पुनस्र्थापनाका लागि सिफारिस गर्न सक्दछन् । 
प्रहरीले बालक वा बालिकालाई अपमान वा अपहेलित हुने खालका शब्द वा बोली बोल्ने तथा कुनै पनि किसिमबाट शोषण, हिंसा वा दूव्र्यवहार हुने प्रकृतिका कार्य वा व्यवहार गर्नुहुँदैन, प्रहरीले प्रयोग गर्ने भाषा सो बालक वा बालिकाले बुझ्न नसक्ने वा बोल्न नसक्ने रहेछ भने निःशुल्क भाषा रुपान्तरण गर्ने व्यक्तिको सहयोग उपलब्ध गराउनुपर्दछ ।

रेखा थापाः ‘लालुपाते’ नुग्यो कमल थापातिर !
प्रचण्डसँग नाचेकी रेखा थापा किन गइन् राप्रपामा ?

ध्रुव लम्साल
प्रचण्डसँग ‘लालुपाते नुग्यो भूइँंतिर’ भन्ने गीतमा नाचेकी नायिका रेखा थापा अन्ततः माओवादी छाडेर         राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् । पार्टी परिवर्तनका कारण रेखा पुनः एकपटक चर्चामा आएकी छिन् ।
पाँच वर्षअघि एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर क्रान्तिकारी ‘लालसलाम’ गर्दै माओवादी प्रवेश गरेकी         रेखा पाँच वर्षपछि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् ।
कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्तालमा रेखा थापा प्रचण्डसँगै नाचेकी थिइन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले गरेको सडक प्रदर्शनमा  रेखाले भौतिकरुपमै साथ दिएकी थिइन् ।
आमहड्तालमा सिंहदरबार अगाडिको जुलुसमा रेखाले माओवादी अध्यक्ष प्रचण्डसँगै ‘लालुपाते नुग्यो भुइँतिर’ बोलको गीतमा नृत्य गरिन् । प्रचण्डसँग कुम जोडेर नाँचेपछि उनको चर्चा एकाएक बढ्यो ।
प्रचण्डसँग नाँचेपछि प्रचण्डजस्तो नेता आफुले आजसम्म नभेटेको प्रतिक्रिया दिएकी रेखा दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा एमाओवादी पार्टीमा प्रवेश गरेकी थिइन् ।
समाजसेवाका लागि पार्टी प्रवेश गरेको धारणा राख्ने रेखा तत्कालीन समयमा प्रचण्डसँग निकै नजिक थिइन् । प्रचण्डसंँग नजिक भएकै कारण दोस्रो संविधानसभामा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डको हातबाट दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको टिकटै पाइन् । तर, दुःखको कुरा, मतदाता नामावलीमै उनको नाम नभएकाले उनी सभासद बन्न पाइनन् ।
चुनावमा उम्मेदवार बन्न नपाए पनि माओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई, वाईसीएल अध्यक्ष सागर थापालगायतसँग रेखाको सम्बन्ध राम्रै थियो ।
सागर र आफू दुबै बगाले थापा भएको भन्दै रेखाले सागरलाई दुई वर्षसम्म भाइटीका समेत लगाइन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राम्रै दौडधुप गरेकी रेखा त्यो दौडबाट बाहिरिइन् । त्यसपछि पनि उनको माओवादी नेताहरुसँग सम्बन्ध राम्रै थियो । तर, यति चाँडै माओवादीप्रति उनको किन मोहभंग भयो, मुख खोलेकी छैनन् ।
डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टी खोलेपछि रेखा नयाँशक्तिमा लाग्ने चर्चा चलेको थियो, तर उनले नयाँशक्तिलाई नरोजेर पुरानो शक्तिलाई रोजिन् ।
कोमल वलीको प्रभाव
राप्रपाका कार्यकारी अध्यक्ष कमल थापालाई आदर्श मान्ने कोमल वलीसँग रेखाको पुरानै सम्बन्ध थियो । जब कोमल राप्रपा प्रवेश गरिन, अनि रेखालाई प्रश्न गरिन ‘सधंै पशुपतिनाथको मन्दिर जाने शिवभक्त हुँ भन्ने, अनि पार्टी चाँहि माओवादी रोज्ने ?’
त्यसपछि रेखा र कोमल वलीवीच राम्रै संवाद भयो र अन्ततः राप्रपामा प्रवेश गर्ने निर्णय गरिन् । हिजो माओवादी हुँदा सागर थापालाई भाइटीका लगाएकी रेखाले राप्रपा भएपछि सागरलाई नै दाइ भन्दै टीका लगाउँछिन् वा तिहारमा कमल थापालाई बोलाउँछिन् ? हेर्न बाँकी नै छ । 
सम्बन्ध जोड्दै तोड्दै
छविराज ओझा निर्मित चलचित्र ‘हिरो’ बाट नायिकामा डेब्यु गरेकी रेखाले १५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । किस्मत, कसले चो¥यो मेरो मन, हिम्मतवाली लगायतका चलचित्र निर्माण गरेकी रेखाले चलचित्र ‘हिम्मतवाली’ को निर्देशनसमेत गरिन् । तर, उनको निर्देशन शैलीले बजारमा खासै प्रभाव स्थापित गर्न सकेन । अहिले उनी निर्माण र अभिनयमा सीमित छिन् ।
महत्वाकांक्षी स्वाभावकी रेखाको सहकर्मी नायकहरुसँग कहिल्यै सुमधुर सम्बन्ध हुन सकेन । निखिल उप्रेतीसँग बोलचाल नै बन्द गरेकी रेखाको आर्यन सिग्देलसँग सम्बन्ध राम्रो रहेन । सुदर्शन गौतमलाई जर्बजस्ती नायक बनाएकी रेखाले फिल्म निर्माण सम्पन्न भएपछि सुदर्शनसँगको सम्बन्ध पनि तोडिन् ।
सम्बन्धहरु तोड्न नहिच्किचाउने रेखाले राप्रपासितको सम्बन्ध पनि कहिले तोड्ने हुन, अहिल्यैदेखि शंका गर्नुपर्ने स्थिति छ, उनको विगत हेर्दा ।   अनलाइन खबरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. शुक्र ग्रहको पृष्ठभूमि कस्तो छ ? — हल्का सेतो मिश्रित पहेलो
२. बुध ग्रहको पृष्ठभूमि कस्तो छ ? — खैरो
३. बृहस्पति ग्रहको पृष्ठभूमि कस्तो छ ? — इचबलनभ बलम ध्जष्तभ दबलम
४. शनि ग्रहको पृष्ठभूमि कस्तो छ ? —इचबलनभ ध्जष्तभ
५. वरुण ग्रहको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत ( दगिभ
६. पुड्को ग्रह यमको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत दचयधल
७. घेरायुक्त ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? —शनि ग्रह
८. सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन् हो ? — बुध
९. शनि ग्रहका हालसम्म कतिवटा उपग्रह पत्ता लागेका छन् ? —६०
१०. पृथ्वी बाट सबैभन्दा नजिकको तारा कुन् हो ?           — सूर्य 
११. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ ? — ८ मिनेट २० सेकेन्ड
१२. यमलाई ग्रहको मान्यतावाट कहिले हटाइयो ?       — सन् २००६
१३. सूर्यवाट सवैभन्दा टाढा रहेको ग्रह कुन् हो ? — बरुण
१४. पृथ्वीले सूर्यको एक फन्को लगाउन कति समय लगाउछ ?
                                                 — ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड
१५. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउछ ?              
                                               — २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड
१६. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउछ ?   — ८९.९७ दिन
१७. फोवोस र डिमोस कुन् ग्रहका उपगह हुन् ?          — मंगल
१८. सौर्यमण्डलको सवैभन्दा ठूलो ग्रह कुन् हो ? — वृहस्पति
१९. पृथ्वीको सतहको गुरुत्वाकर्षण (९.७८) भन्दा सूर्यको गुरुत्वाकर्षण कति गुणा बढी छ ? — २८ गुणा
२०. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने बैज्ञानिक को थिए ?
                                                      — निकोलस कोपर्निकस
२१. सूर्यको गतिविधि अवलोकन गर्न वनाईएको यन्त्र लाई के भनिन्छ ?   — ज्भष्यिकअयउभ
२२. आधा रातमा सूर्य उदाउने देश कुन् हो ? — नर्वे
२३. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लगाउछ ? — २५ दिन ५ घण्टा
२४. विहानको तारा र वेलुकीको तारा भनेर कुन् गृहलाई चिनिन्छ ?   — शुक्र
२५. पृथ्वीले सूर्यको परिक्रमा प्रतिसेकेन्ड कतिका दरले गर्दछ ?    — ३० कि.मि. प्रतिसेकेन्ड 
२६. दिन र रात वरावर भएको अवस्थालाई के भनिन्छ ?       — सम्पात
२७. पहेँलो ग्रहका नामले चिनिने ग्रह कुन् हो ?                             — शुक्र
२८. पृथ्वीमा दिन र रात कहिले वरावर हुन्छन् ?
                                      — २१ मार्च र २३ सेप्टेम्बर गरी वर्षमा २ पटक
२९. सूर्यको सतहको मध्य भागमा देखिने कालो धब्बालाई ग्mदचब भनिन्छ भने चहकिलो किरणलाई के भनिन्छ ?                             — एभलगmदचब
३०. हालसम्म सबैभन्दा धेरै ६३ वटा उपग्रह पत्ता लागेको ग्रह कुन् हो ? — वृहस्पति
३१. “मनसुनी महासागर“ भनेर कुन महासागरलाई चिनिन्छ?                   —  हिन्द महासागर
३२. अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?        — मोरक्को
३३. अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?                                               — नैरोबि (केन्याको राजधानी)
३४. काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? — ४८.५५
३५. ‘मारिया नोउर्डेस सेरिनो’ कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिश हुन् ? — फिलिपिन्स
३६. २० करोड जनसंख्या भएको भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश छुट्टै देश हुन्थ्यो भने यो जनसंख्याको हिसाबले विश्वको कतिऔ ठूलो देश हुन्थ्यो ?                      – पाँचौ
३७. भारतको उत्तर प्रदेशमा कुल जनसंख्याको करिब कति प्रतिशत बसोबास गर्छन् ?
                                                            – १६.५ प्रतिशत
३८. नेपालको करिब कति कि.मि. सिमा भारतसँग जोडिएको छ ?          – १८ सय कि.मी
३९. सिरियाली रासायनिक हतियार नष्ट गर्न २७ लाख अमेरिकी डलर दिने कुन युरोपेली मुलुक हो ?
                                                                    – जर्मनी
४०. कुन युरोपेली मुलुकमा मानिसको भन्दा सुँगुरको संख्या बढी छ ?           – डेनमार्क
४१. स्विडेनका राजा गुस्ताभ १६ औ र उनको परिवारले राज्यबाट वार्षिक कति रकम पाउँछन् ?
                                                           – २ करोड डलर
४२. सुन्दरी उत्पादन गर्ने मुलुकका रुपमा ख्याति कमाएको दक्षिण अमेरिकी राज्य भेनेजुयलाका महिलाले आफ्नो आम्दानीको कति प्रतिशत सोन्दर्य संसाधनमा खर्च गर्छन ?       – २० प्रतिशत
४३. बंगलादेशको संविधान अनुसार संसदको कार्यकाल सकिएको कति दिनभित्र अर्को निर्वाचन गर्नैपर्छ ?
                                                              – ९० दिनभित्र
४४. जर्मनीमा समानुपातिक प्रतिनिधित्वका आधारमा स्थान प्राप्त गर्न बुन्डस्टागका लागि खसेको मतको कति प्रतिशत मत प्राप्त गर्नुपर्छ ?                                   – ५ प्रतिशत
४५. दोस्रो संविधानसभा चुनावका लागि देशभर खुलेका निर्वाचन कार्यालयमध्ये कतिवटा कार्यालयमा महिला निर्वाचन अधिकृत छन् ?           – २ वटा

साहित्य÷सृजना

चिहानको सौन्दर्यशास्त्र

हामीले देखि आएको चिहान
हुदैँ हैन स्वर्ग पुग्ने बाटो
न त नर्कको भयानक भुगोलमा पुग्नु नै हो ।
जतिबेला दुखको शहरमा आँसुहरुको हल्ला थियो,
र चलिरहेको थियो मृत्युको मौसम
मैले हाँस्ने आँट गरेको थिए त्यो दिन
ठिक आज २४ वर्ष पछि समयले मलाई हत्या गर्न खोजिरहेछ ।
उस्को आँखामा कुनै देशहरु छैनन संसारमा ।
मान्छेहरु पनि छैनन,
यो खुशीहरुको खरानी उडेको खण्डहरमा ।
चिसो सन्नाटा ओढेर सुतेको बगरमा
खनेर आफु सुत्ने मुलायम खाल्डो
खोजिरहेछु मन रमाउने एउटा सुन्दर घर ।
मृत्यु पछि संसारमा कुनै सिमानाहरु चल्दैनन् ।
तर मान्छेहरु रगतका सिमाना भित्र
विजयका घोडाहरु दौडाईरहेछन ।
र फहराईरहेछन् झण्डाहरु
जुन कफन बनाउन पनि काम लाग्दैन ।
मान्छेहरुको हुलिया लिएर
बजारहरुमा भड्किरहेका यी जिनिसहरुलाई पनि
मन्साउने छ – समयले कुनै मौलामा बाँधेर ।
त्यतिबेला मेरो हाडखोरले भरिएको तस्वीरमा
कोही ढूंगाका फूलहरु चढाउनु ।
थुकहरु मालुकाको पातमा संगालेर
टुट्दै गरेको ताराहरुलाई अर्घ दिनु ।
सपनाहरु त हामीलाई
दाष बनाउन जन्मिन्छन दिमागमा ।
यतिबेला हुन नसकेकी प्रेमिकाले सोध्दैछे
मेरो चिहानको अनुभब ।
पहिलो पटक युवतीको गुप्ताङग अचानक देखेर
जसरी झस्किन्छ कुनै लोफर युवक – मलाई त्यस्तै
भैरहेछ – यो चिहान माथी ।
यो कुनै नयाँ बाटो हैन
अहिलेसम्मकै सबै भन्दा कान्छो उम्मेदवार हुँ म ।
मेरो बाउँले पनि घडेरी किनीसकेका छन ।
दुर्भाग्वश – मेरो हाँसोमा कुनै रुवाई छैनन्
पीडाहरु छैनन ।
मलाई हतार छैन यतिबेला
तर यो संसारमा किन्नु छ
एउटा दुख्खले माटो, बालुवा र ढुंगाको एक थान विस्तारा
तर मानिसहरुलाई यो के को हतार हो ?
नबीन अभिलाषी, दाङ्ग

गजल

प्रलोभनले मान्छेको विचार पल्टाइदियो,
विचार मात्रै हैन, रीति संस्कार पल्टाइदियो ।।
हिजोसम्म सक्षम कहलिएका ति नेता,
आज एकाएक सरकार पल्टाइदियो ।।
हो, कलममा जादु छ, पक्कै तर पनि 
श्रमजिवी पत्रकारको समाचार पल्टाइदियो ।।
आफ्नै घरखेतमा रमाउने नेपाली,
विदेश जानैपर्ने जीवनको जिउने आधार पल्टाइदियो ।।
संसार सगुरिदैछ, आत्मियता टाढिदैछ दिनानुदिन,
दिलभित्रैबाटै गरिने प्यार पल्टाइदियो ।।
शर्मिला चौधरी
थापापुर–५ कैलाली