Wednesday, December 14, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल मंसिर २८ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ  । 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘महिला हिंसा रोक्न सबै एकजुट हुनुपर्ने’

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत शनिबार डोटीको कालिकास्थान गाविसको मौवामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्किक हिंसा रहित समाज’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान (२०१६) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले महिला हिंसा रोक्न सबैले एकजुट भएर मात्र रोकिने बताए । गौतमले भने, ‘महिला हिंसा रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट सबैले पहल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हिंसा रोकिन सक्छ ।’ 
जिल्ला बाल कल्याण समिति डोटीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले महिला हिंसा सम्बन्धि यो १६ दिने अभियान मात्र नभएर यो एउटा परिवर्तनको धार भएको बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘पहिलेको समाज र यो अभियान पछिको समाजमा निकै परिवर्तन हुने  बिश्वास लिएको छु । यो अभियानमा मात्र सीमित नभएर चेतनामुलक सन्देश हो । यसलाई सार्थकता बनाउन हामी सबैको जिम्मेवारी हो ।’ सभाध्यक्षताको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्य यस्तो बताएका हुन । 
विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बिभिन्न हिंसाहरुलाई छिचोल्दै पछिल्लो समयमा स्थानीयहरु हिंसा मुक्त समाजमा बस्नुपर्छ । त्यसको लागि आफैंले आ–आफ्नो ठाउँमा हिंसा रोकेर सभ्य र सुन्दर समाज बनाउनु पर्ने बताए ।
महिला हिंसा हुन नदिनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बिष्टले बताए। प्रहरी उपरीक्षक बिष्टले भने, ‘पछिल्लो समयमा डोटीमा लैंगिक हिंसाको अवस्था हेर्दा केही सुधार आएको छ ।’ महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा सुरु भएको कार्यक्रममा स्थानीय नवज्योति बालक्लवले बाल विवाह उन्मुलन सम्बन्धि जनचेतनामूलक नाटक प्रस्तुत गरेर स्थानीयहरु पनि बालबिबाह नगर्ने र नगराउनेमा बिश्वास लिएको एकजना स्थानीयले बताए ।
१६ दिनसम्म महिला हिंसाविरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालय डोटीले जनाएको छ । 
अभियानका सन्र्दभमा पत्रकार सम्मेलन, महिला हिंसा विरुद्धको रणनैतिक योजनाको जिल्ला स्तरीय अभिमुखिकरण, महिला हिंसा विरुद्धमा अन्र्तक्रिया, सचेतना र सुचना प्रसारण तथा प्रकाशन गरिएकोे महिला तथा वालवालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहालले जानकारी दिइन । उनले भनिन् ‘महिला हिंसा विरुद्ध पटक पटक आवाज उठाउँदै आएपनि पीडकलाई कारबाही नहुँदा हिंसाका घटना बढ्दै गएको देखिन्छ ।’ क्षेत्रीय तहबाट राष्ट्रिय तथा  अन्तराष्ट्रिय तहसम्म महिला हिंसा विरुद्ध आवाज उठाउन र हिंसा रोक्न अभियानले मद्दत पु¥याउने अधिकारकर्मीको विश्वास छ ।
हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्ध १६ दिने अभियान चलाइंदै आइएको छ । 
नेपालमा दिनानुदिन महिला हिंसाका घटनाहरु घट्नुका साथै बढ्दै गएको बिभिन्न तथ्याङ्कहरुले देखाएको पाइन्छ । दाहालले भनिन्, ‘महिला हिंसा बढ्नु एउटा महिलाको पनि कमजोरी रहेको हुन्छ । एक्काइसौं सताब्दीमा पनि जति पीडा भएपनि सहनशील हुने हुँदा हिंसाहरु बढ्ने गर्छन ।’
घोषणा गर्न मात्र बाँकी
डोटी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भनेर तोकिएको निर्धारित मिति सन् २०१५ मा घोषणा हुन सकेन । त्यो समयदेखि नै सरोकारबाला निकायहरु सधै घोषणा गर्ने मिति सार्दै आएका छन । नेपाल अधिराज्यकै भुबनोट अनुसार डोटी जिल्ला एक पहाडी र भौगोलिक विकटताको जिल्ला । सुगम जिल्लाहरुमा खुला दिसा मुक्त जिल्ला घोषणा ग¥यो भन्दैमा डोटी जस्तो दुर्गम जिल्लालाई पनि घोषणा गर्नु उचित छैन । 
खानेपानी तथा सरसफाई लगायत बिविध समस्यालाई समाधान गर्न विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरु लागि परेपनि डोटीको भौगोलिक विकटता, जनचासोको कमीले ग्रामीण दुर दराजमा रहेका समस्याहरु सोचे अनुरुपको समाधान हुन सकिरहेका छैनन् । डोटी जिल्लालाई सन् २०१५ भित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने भन्ने रणनीतिक योजना भएपनि सो निर्णय पुरा हुन सकेन । जिल्लाको सर्बपक्षिय निर्णयबाट फेरी सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने भन्ने निर्णयभए अनुसार जिल्लाका बिभिन्न स्थानमा सरसफाइको अवस्था अनुगमन पनि गरिएको छ । डोटीका सबै गाविसहरु खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेका छन् भने डोटीको एकमात्र दिपायल सिलगढी नगरपालिका खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेको छ । अब जिल्ला घोषणा हुन मात्र बाँकी छ ।
हामीले यस जिल्लाका सबै वडाहरुलाई घोषणा गरिसक्यौं तर बिडम्बना कतिपय ग्रामीण भेगका जनतामा चेतनाको कमीले गर्दा पुरानै अवस्था छ । कतिपयका चर्पी पूर्ण रुपमा प्रयोगमा आएका छन भने कतिपयका अरुको प्रेसरले बनाए जस्तै बनिसकेका चर्पीहरु पनि बर्षदिन मै जीर्ण अवस्थाका भैसकेका छन । बिभिन्न गाबिसहरुमा काम गर्ने संघसंस्थाहरुले त्यति लगानी गरेर फेरी पुरानै हालतमा कतिपय उत्रिएका छन ।
चर्पीको वरिपरी पानी बगेको हुन्छ, चर्पी भित्रको पिंनले पानी पाएको हुदैन । चर्पी गएपछि साबुनपानीले हात धुनुपर्छ भन्ने जता ततै भाषण फुकेका छन तर कसैका लागि त ‘बाँदरको हातमा नरिवल’ भने जस्तै भएको छ । जसको बानी परेको छैन । जिल्ला सदरमुकाम कै आसपासका क्षेत्रहरुमा हेर्ने हो भने पनि जस्तो कलेना गाबिसमा ‘हाम्रो बानी परेको छैन’ भन्ने आवाज बढी आउछ । कहिले पर्छ त बानी ? कसले पारी दिन्छ त बानी ? 
घरमा संस्थाहरुको सहयोगमा निर्माण भएका शौचालयहरु छन  तर दिसा गर्न खोला तिर पस्छन । खोलामा किन जानुहुन्छ भन्ने प्रश्नमा ? हाम्रो बानी परेको छैन ट्वाइलेट जाने । शौचालय गएपछि साबुन पानीले हात धुनु हुन्छ की नाई ? हाम्रो बानी परेको छैन । कहिले पर्छ त त्यो बानी ? त्यसै क्षेत्रमा काम गर्दा गर्दा सरोकारवाला निकायहरु वाक्क भैसके यता स्थानीयहरुको ‘बानी परेको छैन’ ।
कतिपय गाबिसहरुमा यस्तो चेतना फैलिएको छ की बरु खाना एक छाक नखाने शौचालयको लागि भने पानी प्रशस्त छुट्याउने । जस्तो डोटीको काँडामाण्डौं गाबिसकै कुरा गर्ने हो भने पनि बर्षायाम मा त पानीको अभाब हुदैन । हिँउदे याममा त करिब चार महिना जति खडेरी नै पर्छ । त्यो समयमा करिब डेढ दुई घण्टा टाढाबाट कुवाको पानी बोकेर पनि चर्पीमा पानीको अभाब नै हुन दिदैनन । त्यो ठाउँमा त्यति चेतनाको बिकास भैसकेको छ ।
हामी खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि तयार भैसकेका छौं तर जिल्ला सदरमुकाम सिलगढी बजारमा नै कतिपय ठाउँमा शौचालय नै छैनन । आइतबार बसेको बैठकमा तीन हप्ताको समय दिएर शौचालय बनाउन सम्बन्धितलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । दुई÷तीन बर्षसम्म शौचालय बनाउन नसकेकाले कसरी तीन हप्तामा शौचालय बनाउछन होला ? बनाउनेहरुले त एक पटक भन्ने बित्तिकै बनाइसके । खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि कागजमा मात्र सीमित नभएर जिल्लाका सबै कुना कन्दरामा शौचालय निर्माण गरी घोषणा गर्न जरुरी छ ।

थप समाचार 

‘६० लाख बराबर रकम संकलन’

कमला कुँबर÷डोटी
     मंसिर २७
गत मंगलबारदेखि सुरु भएको बिराट बोगटान धार्मिक तथा शैक्षिक महोत्सब ज्ञान महायज्ञ सोमबार सम्पन्न भएको छ । 
डोटीको बोगटान क्षेत्रको चवराचौतारा गाबिसमा सञ्चालन गरिएको महायज्ञबाट ५८ लाख २१ हजार सात सय ९५ रुपैयाँको दान संकलन गरिएको आयोजकले  समितिले जानकारी दिएको छ । महोत्सव अवधिभर विभिन्न शीर्षकमा दाताहरुले दान गरेका थिए ।
जस अन्र्तगत तुलादानबाट दुई लाख ५० हजार बराबरको दान संकलन गरिएको छ । जसमा ६९ जनाले तुला दान गरेका थिए । यस्तै उत्कृष्ठ दानदाता चित्र बमले दुई लाख एक हजार एक सय ११ रुपैयाँ दान गरेको आयोजक समितिले बिम्ब नेपाली साप्ताहिकसंग टेलीफोनको कुराकानीमा जानकारी दिएको छ । 
यस्तै भद्रकाली रोजिन टर्पेन्टाइनले एक लाख पाँच हजार पाँच सय ५५, पदम सिंह चन्दले एक लाख ११ हजार एक सय २३ रुपैयाँ रकम सहयोग प्राप्त भएको छ ।
त्यस्तै भिमलाल उपाध्यायले एक लाख ११ हजार एक सय ११, दुर्गादत्त उपाध्यायले ५७ हजार सात सय ७७, भिम बहादुर बमले ५५ हजार पाँच सय ५५, बड्डा सप्लायर्समा गोपाल माझीले ५५ हजार पाँच सय ५५, होटेल रिभर साइडका ज्ञान बहादुर कार्कीले ५० हजार रुपैयाँ दान गरेका छन । 
यस्तै शान्ति कलशबाट लक्ष्यदीप प्रज्वलनबाट पनि रकम सहयोग प्राप्त भएको महोत्सव मुल आयोजक जानकारी दिएको छ । बोगटान क्षेत्रको सबै भन्दा पुरानो बिद्यालय खत्याडी उच्च माध्यामिक बिद्यालयलाई बहुमुखी क्याम्पस सञ्चालनका लागि धार्मिक महोत्सबको आयोजना  गरिएको हो । ग्रामीण क्षेत्रमा क्याम्पस स्तरीय पठन पाठनका लागि श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवम् बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष देब बहादुर बमले बताए ।
महायज्ञबाट संकलित रकमले स्नातक सम्मको पठन पाठन सुरु गर्ने लक्ष्य राखिएको बमले जानकारी दिए । बि.स.२०३४ सालमा स्थापना भएको सो बिद्यालयमा २०६३ सालदेखि उच्च माध्यामिक तहको पठन–पाठन शुरु भएको थियो । निकट भविश्यमै क्याम्पस संचालन गर्ने उद्देश्य महायज्ञ लगाइएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्षले बमले बताए । 
डोटी जिल्लाको बोगटान क्षेत्र तिर जिल्लाका १० वटा भन्दा बढी गाविस पर्ने भएकोले यस क्षेत्रका बिद्यालय र बिद्यार्थीको उज्वल भबिश्य बनाउने उद्देश्यले ेश्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको स्थानीयहरु बताउछन ।  उक्त बिद्यालय बोकटान क्षेत्रको पहिलो र जिल्लाको अग्रणी माध्यामिक बिद्यालय हो ।
आरन व्यवसायबाटै जीवन धान्दै
“मेरो परम्परागत पेशा आरन हो, श्रीमान् हुँदा उहाँले आरन चलाएरै परिवार पाल्नु भएको थियो, उहाँको मृत्युपछि मैले यही पेशा रोजे ।’ 
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका–१२, सिरखोलीसैनकी ५५ वर्षीया जुनकिरी कामी आफ्नो आरन पेशावाट सुन्तुष्ट देखिन्छन । १५ वर्ष पहिले श्रीमान् गुमाएकी जनुकिरीले आफ्नो आरन व्यवसायवाटै परिवारको गुजरा चलाईन । अहिले उनका छोरा भारतमा गएर नौकरी गरिरहेका छन तर पनि जुनकिरी अहिले पनि आफ्नो व्यवसायमा रमाएकी  छिन । उनी भन्छिन् ‘यही व्यवसायवाट परिवार पाले अव आफुले सकुन्जेल यही पेशा गरिरहन्छु ।’ 
जुनकिरीका श्रीमान् आरन चलाउँदा खालो लिने गर्थे तर अहिले जुनकिरी ज्याला लिने गर्छिन् । महिलाले आरन चलाउँदा समाजले केही भन्दैन ? जुनकिरी भन्छिन् ‘समाजले मलाइ हौषला प्रदान गरेको छ ।’ उनी समाजवाट आफुलाई सहयोग भएको वताउँछिन । आफ्नो नाम समेत लेख्न नजान्ने जुनकिरीले आरन व्यबसायबाटै छोराछोरीका लागि कापी कलम किनिन् । उनीहरुको लुगाफाटो सवै   वनाईन ।  
आरन व्यावसायत पुरुषले मात्र गर्ने चलन रहेको समाजमा श्रीमान्को कलिलै उमेरमा मृत्यु भएको र छोरा सानै भएका कारण जीवन धान्नका लागि आरन व्यवसाय सुरु गर्नु जुनकिरीका लागि वाध्यता थियो तर अहिले भने उनी उक्त पेशामा रमाएकी छिन । सिरखोली सैनमा आरन व्यवसाय सञ्चालन गर्ने उनी पहिलो महिला हुन । 
उनललाई आरन सञ्चालनका लागि लुथरन बिश्व फेडरेसनको सहयोगमा राष्ट्रिय हलिया मुक्ती समाज महासंघले सञ्चालन गरेको मुक्त हलिया कमैया, कम्मलरीहरुको स्वतन्त्रता सवलीकरण कार्यक्रमले उत्साहित गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ डोटीको अध्यक्षमा बोहरा

किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघ डोटीको प्रथम जिल्ला अधिवेशनबाट भरत बोहरा सर्बसम्मत चयन भएका छन ।
 उपाध्यक्षमा संगम साँउद, सचिबमा खडक सिं बिक, सह–सचिबमा पशुपति जोशी, र कोषाध्यक्षमा धौली देबी रावत चयन भएका छन ।
यस्तै सदस्यहरुमा कर्ण बिष्ट, बाटु खड्का, माया साँउद, हर्क देबी खड्का, शिबराज ओझा, सिद्धार्थ बिक, लक्ष्मी शर्मा र भक्त बोहरा सर्बसम्मत चयन भएको अध्यक्ष भरत बोहराले बताए ।
 सोमबार सिलगढीमा भएको जिल्ला कृषक समूह महासंघबाट निर्बिरोध चयन भएका हुन ।  ११ वटा गाविस तहमा कृषक समूह महासंघ गठन भईसकेको र तिनै गाविसबाट समावेशी रुपमा तीन र अन्य तीन जना प्रतिनिधि गरी ६ जनाका दरले एक गाबिसबाट जिल्ला अधिवेशनमा सहभागी भएका थिए । जिल्ला प्राबिधिक कार्यालय डोटीका कार्यालय प्रमुख रामचन्द्र खत्रीको प्रमुख आतिथ्यमा सञ्चालन भएको बन्दशत्रमा सबैले बिभिन्न गाबिसका प्रतिनिधिहरुले आफूले गरेको ब्यवसायमा भएका समस्या तथा सुझाबहरु प्रस्तुत           गरेका थिए ।
त्यस्तै गाविस स्तरीय महासंघ गठन भई नसकेका गाविसहरुबाट पनि किसान समूह महासंघका प्रतिनिधिहरुको अधिवेशनमा सहभागी भएर सिलगढीको टुँडिखेलबाट प्रशासन चौक हुदै जिल्ला बिकास समितिको कार्यालयसम्म ¥याली निकालेको अध्यक्ष बोहराले जानकारी दिए ।
अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको बताईएको छ । सोमबार बिहान एघार बजे कृषकहरुका मागहरु बारे जिल्ला विकास समितिमा ज्ञापन पत्र पनि  बुझाएको छ ।
जिल्ला पशुसेवा कार्यालय डोटीका प्रमुख डा.पान सिं ठकुन्नाले अब कृषि खेतीमा कतैबाट पनि यस जिल्लामा आयात होइन निर्यात हुनुपर्छ । त्यसको लागि कृषकहरुले निकै मेहेनत गर्नुपर्ने बताए ।
 कृषि तथा पशुको क्षेत्रमा आफू कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए ।  कृषि बिकास कार्यालय डोटीका प्रकाश भट्टले भने, ‘डोटी जिल्लामा अधिकाशं ठाउँमा जमिन बाँझो भएर परनिर्भर भएका धेरै छन, त्यसले गर्दा कृषि क्षेत्रमा निकै घाटा हुन्छ ।’ बाँझो भएको जमिनलाई  सदुपयोग गर्न कृषकहरुलाई उनले अनुरोध गरे । 
कृषकहरुले गरेको प्रगतिको र पछाडी परेका कृषकहरुका आवाजलाई उठाउने र त्यसो गर्दा कृषकलाई पनि आत्मबल र हौसला कृषि पत्रकार समूह डोटीका अध्यक्ष झलक पालीले बताए । कार्यक्रममा उपस्थित सबैले कृषकहरुलाई सधैं सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको महासंघको तदर्थ समितिले जनाएको छ ।

बालबालिका अझै कुपोषित

प्रेम रौले÷बाजुरा
     मंसिर २७
जिल्लाको पोषण सुधार गर्नका लागि सुआहारा दोस्रो कार्यक्रम जिल्लामा लागु भएको छ । जिल्लाका बालबालिकहरु अझै कुपोषितको अवस्थामा रहेका छन् । बाजुरामा कुपोषण्को अवस्था भने भयाबह रहेका पाइएको छ । सुनौला हजार दिनका आमादेखि स्थानीय तहमा बनाइने विभिन्न खालका जाउलाहरुको सही सदुपयोग नहुदा बाजुरामा भने कुपोषणको अवस्था भयाबह भएको एक तथ्याङ्कले देखिएको छ । 
बाजुरामा  लागु भएको विगतदेखि नै बहुपोषण क्षेत्रीय कार्यक्रमको समिक्षा तथा सुआहारा कार्यक्रम दोस्रो कार्यक्रमको परिचयात्मक कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन । बहुपोषण कार्यक्रमले जिल्लाको पोषण स्थिति सुधार गर्दै लैजानका लागि यो कार्यक्रम लागु भएको बताइएको छ । जिल्लाका बालबालिकाहरुमा ख्याउटेपन, बामपुड्के कम तौल भएका कुपोषितको अवस्था नाजुक भएकाले अहिले सुनौला हजार दिन  र आइमम लगायतका कार्यक्रमले बहुपोषण क्षेत्रीय कार्यक्रमलाई सहयोग गर्न बताइएको छ । यस वर्षका लागि सुआहारा बाजुराले करोडांै लगानी गर्ने भएको छ । 
कार्यक्रममा गाविसले पोषणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ । गाविसहरुमा यस भन्दा पहिले बजेट विनियोजन हुदै आएको भएपनि सही रुपमा  प्रयोग नभएको सहभागीले बताएका छन् । सोमबार भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय बाजुराको बहुक्षेत्रीय पोषण  कार्यक्रमका लागि १७ लाख बजेट रहेको छ भने जिल्ला विकास समिति बाजुराका लागि बहुक्षेत्रीय पोषणका लागि भने  पोषणको  कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन भएको बताइएको छ ।

खिरसैन पूर्ण खोपयुक्त घोषणा

डोटीको खिरसैन गाबिस पूर्ण खोपयूक्त गाबिस घोषणा भएको छ । 
शनिवार आयोजित एक समारोहकाबीच उक्त खिरसैन गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । गाबिसका सबै वडाहरुमा जन्मे देखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप नियमित रुपमा पाउन थालेपछि पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको गाबिस सचिब सुशीला चौधरीले जानकारी दिइन । 
समारोहका प्रमुख अतिथि एवं डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बिभिन्न खोप अनिबार्य लगाए मात्र धेरै जसो रोगहरुबाट बच्न सकिने बताए । उनले भने ‘खोप सम्बन्धि यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्छ । त्यस पछि मात्र बिभिन्न खाले रोगहरुबाट मुक्त भइन्छ ।’ 
उनले भने, ‘स्वस्थ्य मानिसको धन भएकाले सबैले आ–आफ्ना बच्चालाई  अनिवार्य नियमित रुपमा खोपहरु लगाउन कोही पनि नछुट्ने बिश्वास लिएको छु ।’ उनले बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने वातावरण बनाउन सवै सरोकारवाला निकायहरुलाई आग्रह समेत गरे । 
समारोहमा पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति, संस्थालार्ई प्रमाण पत्र, कदर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । 

एकीकृत घुम्ती शिबिर हिजो र आज

कर्ण चन्द÷बुडर
     मंसिर २७
एकीकृत धुम्ती सेवा शिविर छत्तिवनको वुडरमा सोमबारदेखि सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले सदरमुकामदेखि टाढाको दुरीमा रहेका गाविसका सर्वसाधारणलाई घरदैलोमा सरकारी सेवा सुविधा पु¥याउने उद्देश्यले एकीकृत घुम्ती शिविर संचालन गरिएको हो ।
हिजोदेखि सुरु भएको घुम्ती शिबिर आजसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । शिविरमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले (जोरायल क्षेत्रका) छत्तिवन, घण्टेश्वर, लक्ष्मीनगर, सरस्वतीनगर लगायतका गाविसका सर्वसाधारणहरुलाई सदरमुकामबाट प्रवाह हुने सेवा सुविधा एकीकृत घुम्ती शिविरबाट दिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । 
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन,  जिल्ला कृषि कार्यालयले कृषि सेवा, महिला तथा बालबालिका कार्यालयले शिविरमा अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गर्नेछन । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण सेवा, जिल्ला मातपोत कार्यालयले जग्गा राजीनामा, नामसरी, सट्टापट्टा, प्रतिलिपि लगायतका सेवा दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद सर्माले नागरिकता वितरण गरी फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधाहरु निःशुल्क रुपमा वितरणका लागि घुम्ती शिविर सुरु गरेको बताए । 
घुम्ती शिबिरमा जनतासंग प्रत्यक्ष जोडिदा जनताहरुलाई पनि एक्लो महशुस नहुने बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले बताए । बरिष्ठ कृषि बिकास अधिकृत शाहले भने, ‘कतिपय ग्रामीण भेगमा जनताहरुले त सरकारी कार्यालयले हाम्रो सुबिधाको लागि कुनै चाँसो नदिएको भन्ने बुझाईमा हामीले यो घुम्ती शिबिर सञ्चालन गरेका हौं ।’ 
कर्मचारी र जनताको सम्बन्ध सुमधुर बनाउँदै ग्रामीण भेगका सर्वसाधारणलाई राज्यको उपस्थिति भएको अनुभूति गराउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला तथा बालबालिका कार्यालयकी सुपरभाइजर सबिना श्रेष्ठले बताइन् ।

ट्याक्टरले ठक्कर दिँदा एक जना बालकको मृत्यु

सम्राट सिंह÷बझाङ्ग
      मंसिर २७
घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
मेरीगोल्ड ईग्लीस बोर्डिङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षीय छात्र उमेश जोशीको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागि नेपालगंज तर्फ लैजादै गर्दा बिच बाटो मै ज्यान गएको मृतकका आफन्तले जनाएका छन ।
सोमबार बिहान भोपुरबाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको से १ त ६९९० नम्बरको ट्याक्टरले सदरमुकाम चैनपुर तर्फ आई रहेको बालकलाई सिमभाडी भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट बालकको टाउको र दाँया खुट्टामा गम्भिर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि नेपालगञ्ज रिफर गरिएको थियो ।
दुर्घटनाको बारेमा अनुसन्धान भै रहेको र तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्याक्टर र चालक भरत साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

कविता प्रतियोगितामा  पोखरेल बिजयी

भ्रष्टाचार बिरुद्धको १४ औं अन्तराष्ट्रिय दिबसकोे अवसरमा कविता वाचन प्रतियोगितामा उच्च अदालत दिपायलमा कार्यरत शान्ति पोखरेल बिजयी भएकी छिन ।
‘भ्रष्टाचार बिरुद्धको सहकार्य, शुसासनका लागि अपरिहार्य’ भन्ने मुलनाराका साथ भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिबस पुर्वसन्ध्यामा डोटी बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा ६ जनाले कविता बाचन गरेकोमा पोखरेलले जित हात पारेकी हुन ।
त्यस्तै द्धितीय हुनेमा खेमराज रौतेडा र तृतीय हुनेमा लाल बहादुर भण्डारी रहेका छन । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आब्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो । 
 संसारभरी भ्रष्टाचार बिरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले बताए ।
शर्माले भने, ‘भ्रष्टाचार बिरुद्धको लागि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने फरामहरु निशुल्क बितरण गर्ने तयारी  भैरहेको छ ।’ नागरिकता लगायत जिल्ला प्रशासन कार्यालयबाट कुनै प्रकारको फाराम जिल्ला प्रशासन कार्यालयबाट केही हप्ता भित्र निशुल्क बितरणको तयारी शर्माले बताए ।
 प्रमुख जिल्ला अधिकारी शर्माले ‘हेलो सिडियो साहेब’ नामक कार्यक्रम डोटी जिल्लाका रेडियोहरुबाट सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यसले गर्दा जनतालाई जति बेला  सेवा सुबिधा लिन सक्ने भएकोले यो कार्यक्रम सञ्चालनमा ल्याउने उनको ठम्याइ छ ।
‘देशलाई नीतिगत रुपमै हुने भ्रष्टाचारले झनै समस्या गरेको छ ।’ त्यसलाई निर्मुल गर्न हामी सबैले प्रतिबद्धता भएर काम गर्नुपर्ने निमित्त क्षेत्रीय प्रसासक सुरेन्द्र पौड्यालले बताए ।
सह–सम्पादक चन्द सम्मानित
भष्ट्राचार बिरुद्धको १४औँ अन्तराष्ट्रिय दिवसको अबसरमा बिम्ब नेपाली साप्ताहिकका सह–सम्पादक, त्रिबेणी एफ.एमका स्टेशन मेनेजर तथा नयाँ पत्रिका दैनिकका डोटी सम्बाददाता कर्ण चन्द सम्मानित भएका छन ।
भ्रष्टाचार बिरुद्धमा समाचार सम्प्रेषण गरी सु–सासन प्रर्बद्धनमा सहयोग गरेको भन्दै सम्मान उक्त दिवसमा सम्मानित भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायल र जनसरोकार मञ्च  डोटीद्धारा आयोजित कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले सम्मानले सम्मान गरेका हुन ।
दिवसकै अबसरमा न्यूनतम र्शत मापन तथा कार्य सम्पादनमा डोटी जिल्लामा सबै भन्दा धेरै अंक ल्याउने मुडभरा गाबिसका सचिब डिलबहादुर महरालाई पनि सम्मान गरिएको छ । भ्रष्टाचार बिरुद्धको १४ आंै अन्तराष्ट्रिय दिबसको अवसरमा शुसासनको पक्षमा कलम चलाउने पत्रकार  र स्थानीय निकायको कर्मचारीलाई सम्मान गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दिपायलका प्रमुख राजन नेपालले जानकारी दिए । उनले भने, ‘हामीले प्रत्येक बर्ष यो अवसरमा भ्रष्टाचार बिरुद्ध कलम चलाउने पत्रकार र उत्कृष्ठ एकजना निजामती कर्मचारी लाई सम्मान गर्दै आएका छौं ।’

छोटकरी समाचार 

मानब अधिकार दिबस मनाईयो

६८ औं अन्तराष्ट्रिय मानब अधिकार दिबस डोटीमा पनि बिबिध कार्यक्रमका साथ मनाइएको छ ।
डोटीको बनलेक गाविसमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय मानव अधिकार  दिबस मनाईएको छ । बनलेक, लाटामाण्डैाँ, जिजोडामाण्डौ र  बारपाटा गाविसका महिलाहरुको समुहले ६८आंै अन्तराष्ट्रिय मानब अधिकार दिबस मनाएका हुन ।
दिवसको अवसरमा ब्यानर सहित बिभिन्न नारा सहीत गाबिस भबन रहेको स्थानमा परिक्रमा  गरेका थिए । कार्यक्रममा छाउपडी प्रथा, मानब बेचबिखन, द्वन्द प्रभाबित बालबालिकाको कथा ब्यथा समेटेर तयार पारेका अधिकार हनन सम्बन्धिका डकुमेन्ट्री÷भिडियो प्रर्दशनी गरेका थिए ।
कार्यक्रममा दलीत महिला संग फेडोका परीयोजना संयोजक राम बहादुर बिकले हाम्रो समाजमा भए गरेका मानब अधिकारका घटनाका बारेमा जानकारी  गराएका थिए ।

अध्यक्षमा अर्जुन वलायर

डोटीको भूमिराजमाण्डौमा रहेको नब विहानी वचत तथा  ऋण सहकारी सस्था लिमिटेडले नयाँ कार्य समिति चयन गर्दै आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
समितिको अध्यक्षमा अर्जुन वलायर रहने गरी ९ सदस्यीय रहने गरी नयाँ कार्य समिति सर्बसम्मत चयन गरिएको सहकारी संस्थाले जानकारी दिएको छ ।

खेल समाचार 

डोटीबाट राष्ट्रिय खेलकुदमा घले सहित ४ छनौट

पूर्वाञ्चल बिकास क्षेत्रमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलको लागि डोटीबाट आयुष घले छनौट भएका छन ।
दिपायल सिलगढी नगरपालिका–३ मा जन्मिएका घले धनगढीको खेल मैदानमा क्षेत्रीय फुटबल प्रतियोगिताबाट छनौट भएका हुन । सानैदेखि क्रिकेट, फुटबल लगायत बिभिन्न खेलहरुमा रुचि राख्ने घलेले पहिलो पटक राष्ट्रिय खेल्ने अवसर पाएका छन । क्षेत्रीय छनौट प्रतियोगिताको लागि डोटीबाट गएको १८ जनाको टिममा आयुष घले मात्र छनौट भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको क्षेत्रीय फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । जसमा डोटीले तीन खेल खेलेको थियो । पहिलो डडेल्धुरालाई ६–१ ले  पराजित गरेको थियो । यो खेलमा आयुष घलेले २ गोल हानेका थिए । दोेश्रो खेलमा कञ्चनपुरद्वारा ५–० ले पराजित भएको थियो र तेश्रो खेलमा ३–१ ले बाजुरालाई पराजित गरेको थियो । जसमा घलेले २ गाले हान्न सफल भएका थिए । 
सुदूपश्चिमबाट सातबटा टीमहरु समाबेश भएको उक्त फुटबल प्रतियोगितामा अछाम र बैतडीले उपस्थिति जनाएको  थिएन । तीनवटा टीमसंग खेलेर डोटीले तृतीय स्थान हात पारेको छ । जसमा आयुष घलेले मात्र ४ गोल हानेका थिए । १७ (सत्र) बर्षको उमेर मै राष्ट्रिय खेल खेल्न पाउनु घलेको र डोटीको लागि निकै हर्षितको बिषय बनेको छ । स्थानीय स्तरमा धेरै पटक खेलेको र क्षेत्रीयमा भने पहिलो पटक फुटबल प्रतियोगिता खेलेको घले बताउछन । उनले भने, ‘अहिलेसम्म दिपायल, अछाम र डडेल्धुरामा मात्र खेलेको थिए । यो पहिलो पटक हो क्षेत्रीयमा खेलेको । यसैबाट राष्ट्रियको लागि छनौट भएको छु । त्यसैले थप हौसला बढेको छ ।’
घलेलाई स्थानीय स्तरमा पनि उत्कृष्ठ खेलाडी भनेर धेरै पटक सम्मानित÷पुरस्कृत भएको प्रशिक्षक दिनेश केसीले बताए । 
यस्तै महिला फुटबल प्रतियोगितामा पनि डोटीबाट तीन जना छनौट भएका छन । दिपायल सिलगढी नगरपालिका–३ की रजनी केसी, मनिका श्रेष्ठ र सानु खत्रीलाई छनौट गरेको प्रशिक्षक केसीले जानकारी दिए । केसीले भने, ‘आजसम्म फुटबल प्रतियोगिताको मात्र छनौट भएको छ । अरु खेलहरुको छनौट भइसकेको छैन त्यसैले डोटीबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउने खेलाडीहरु कति जना भन्ने एकिन जानकारी पछि हुनेछ ।’

‘अन्तराष्ट्रिय हात्तीपोलो’ पहिलो पटक सौराहामा

अनलाईन खबर
अन्तराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुनेछ । चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो ।
अन्तराष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै मनोरञ्जनात्मक प्रतियोगिताहरु एकै कार्यक्रम अनुसार सञ्चालन गर्न हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
टाइगर टप्स होटलको एकल लगानीमा ३३ बर्षदेखि हुँदै आएको अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा चार टिमको सहभागिता हुनेछ भने एक समूहमा चार हात्तीहरु हुनेछन् ।
यसपटक भने क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष तथा सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा गर्न लागिएको हो । हात्तीपोलो चितवनबाटै सुरु भएकाले पहिचानका कारण पनि प्रतियोगिता चितवनमै आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगिताका लागि दैनिक यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर प्रशिक्षण हुँदै आएको छ ।
चितवनको मेघौलीमा हुँदै आएको हात्तीपोलो चितवन राष्ट्रिय निकुञ्जबाट होटल बाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दियामा आयोजना भएको थियो । २०६७ र ६८ मा मेघौलीमै आयोजना भएपनि २०६९ देखि २०७१ सम्म बर्दियामा आयोजना भएको थियो ।

चलचित्र मनोरञ्जन 

अनलाइन खबर
तीन साता अघि नायिका उषा पौडेलसँग बैबाहिक सम्बन्ध गाँसेका नायक सुधाँशु जोशी अर्की नायिका नन्दिता केसीसँग संगै जिउँ..भन्दैछन् ।
आफ्नै स्वरमा गीत रेकडिङ गरेका सुधाँशुले यो गीत आफ्नै जीवनवाट प्रेरित भएको बताए । राजनराज शिवाकोटी, नबीन के भट्टराई र सुधाँशुको शब्द रहेको गीतमा नबीन के भट्टराईको संगीत रहेको छ ।
अमेरिकाको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुधाँशु र नन्दिताले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रशन्न पौडेलले गरेका छन् ।

नीशा र आयुषको ‘मेरो देश’

देशप्रेमको कथामा तयार भएको चलचित्र ‘मेरो देश’को प्रदर्शन मिति तय गरिएको छ । प्रदर्शन मिति तयसँगै चलचित्रको टिजर र पोस्टर पनि सार्वजनिक भएको छ । यो चलचित्र फागुण ६ गतेबाट अल नेपाल रिलिज हुने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको छ । देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।
ब्रोसिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट एम श्री उदय चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता उदय सापकोटा हुन् भने पार्वती मैनाली र प्रभाकर सापकोटाको यसमा लगानी छ । यो चलचित्रले देशमा मौलाउँदै गएको भ्रष्टचार विरुद्धको कथा भन्छ ।

लेख 

बाल हिंसामा प्रहरीको भूमिका

बाले बिश्वकर्मा 
प्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महत्वपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । 
नेपालको कानुनले समेत समाजमा  बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दुब्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा दुब्र्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । कानुनले दिएको जिम्मेवारी पुरा गर्नको लागि मानव संसोधनको क्षमता अभिवृद्धिका साथै यस जिम्मेवारीलाई समयसापेक्ष पुरा गर्नका लागि सोअनुरुप सङ्गठन चुस्तदुरूस्त पनि हुनुपर्दछ । 
महिला तथा लैङ्गिक हिंसाविरुद्धको अपराधबारे चौतर्फीरुपमा आवाजहरु उठिरहेको सन्दर्भमा नेपाल               प्रहरी सङ्गठनले ऐतिहासिक रुपमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिंसाजन्य क्रियाकलापविरुद्ध समाजमा सचेतना फैलाउँदै न्यूनीकरणका लागि स्थानीयस्तरमा प्रत्यक्षरुपमा सहकार्य तथा अन्र्तक्रिया गर्न महिला प्रहरीहरुलाई अधिकतम सहभागी गराउने नेपाल प्रहरीको नीति छ । 
समाजमा रहेका कुरीति एवम् अन्धविश्वासले आज पनि महिला एवम् बालबालिकाविरुद्ध हिंस्रक, पासविक तवरबाट यातना दिने, अङ्गभङ्ग बनाइदिने तथा ज्यानै लिने प्रकृतिका घटनाहरुले मानवीय संवेदनामा आघात पुगेका कैयन दर्दनाक दृष्टान्त समाजमा पाइन्छन् । यस्ता प्रकृतिका हिंसाका घटनाहरुको रोकथाम एवम् अनुसन्धान गर्न कर्तव्यपथमा अझ कटिबद्ध भएर लाग्नुपर्ने अवस्था छ ।’ 
बालबालिका आफूमाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारका सम्भावनाको दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका हुन्छन् । अपराध रोकथाम र नियन्त्रणमा प्रहरीले निभाउनुपर्ने भूमिकाको सन्दर्भमा बालबालिका माथि हुने हिंसा न्यूनीकरण गर्ने  बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरुमा न्यायको सुनिश्चितताको अनुभूत कसरी गराउने भन्ने सम्बन्धमा प्रभावकारी सेवा प्रदान गर्नको लागि यस सेवा केन्द्रको स्थापना भएको हो । बालबालिकालाई सहजरुपले उजुरी दिने वातावरण बनाउन, महिला तथा बालिकालिकालाई विशेष व्यवस्था गरिएको महसुस गराउनुका साथै उनीहरुमाथिको हिंसाप्रति राज्य संवेदनशील छ र सोअनुरुप प्रत्याभूति दिनु राज्यको दायित्व भएकोले महिला तथा बालबालिका सेवा निर्देशनालय र सेवा केन्द्रको स्थापना भएको हो । 
घरेलुहिंसा, बालविवाह, मानवबेचबिखन, यौनशोषण, यौनदुराचार, बालश्रम तथा शोषणजस्ता अपराधबाट पीडित  बालबालिकालाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने लक्ष्यअनुरुप यस निकायको स्थापना भएको हो, बालबालिकाविरुद्धका अपराधहरुमा आत्मसम्मान, गोपनीयताको सम्मान गर्नुपर्ने, उनीहरुलाई हेर्ने पूर्वाग्राहीपन, विभेदपूर्ण र लाञ्छनापूर्ण व्यवहारबाट बचाउनुपर्ने तथा उनीहरुको मनोविज्ञानलाई बुझी संवेदनशील तरिकाबाट व्यवहार गर्नुपर्ने हुँदा विशेष संयन्त्रको रुपमा यो केन्द्र सञ्चालनमा रहेको छ । महिला तथा बालिबालिका सेवा निर्देशनालय यस मान्यतामा रहेर महिला तथा बालबालिकाको  मानवअधिकारको रक्षाको लागि क्रियाशील निकाय हो । 
यस सन्दर्भलाई लिएर बालअधिकारको संरक्षण र प्रर्बधनका लागि बालबालिका माथि हुने हिँसा न्युनीकरण गर्नु आजको आवश्यकता हो र त्यस आवश्यकतालाई  परिपुर्ति गर्नका लागि बालबालिकामाथि हिंसा तथा दुब्र्यवहार हुन सहयोग पु¥याइरहेका सामाजिक व्यवहारहरुलाई परिवर्तन गर्न स्थानीयस्तरमा  पहलकदमी गर्नुपर्ने हुन्छ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामका लागि कार्यक्रम तथा रणनीतिहरु तयार पार्दा तथा तिनलाई कार्यान्वयन गर्दा मुलरुपमा बालसंरक्षण सवालहरुको कारकलाई सम्बोधन गर्नेगरी  गरिनुपर्दछ । बालबालिकामाथि हुने हिंसा तथा दुब्र्यवहारका घटना घट्नुका पछाडी समुदायमा रहेका के÷कस्ता परिस्थिति, क्रियाकलाप तथा         व्यवहारहरुले सहयोग गरिरहेका छन, सोको पहिचान गरिनुपर्दछ । त्यस्ता कारकहरुलाई समुदायमा अझैसम्म पनि कायम राख्न वा बढावा दिन केले मद्दत पु¥याइरहेको छ, सोको पहिचान गरी तिनलाई  सम्बोधन गरिनुपर्दछ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामको महत्वपूर्ण पक्ष भनेको समुदायका सबै वयस्क तथा बालबालिकालाई लक्षित गरी सचेतना अभिवृद्धि गरिनु हो । त्यसरी नै बालबालिकाविरूद्ध हिंसा तथा दूव्र्यवहारका कुनै घटना भएको खण्डमा त्यसका दोषीलाई कुनै पनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ भन्ने सन्देश सम्प्रेषण गरिनु र पीडित तथा प्रभावित बालबालिका वा तिनका परिवारको संरक्षणमा सहयोग पु¥याउन समुदायस्तरमा क्रियाशील बालसंरक्षण संरचनाहरु तत्पर रहेको उदाहरण प्रस्तुत गरिनुपर्दछ । 
बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारको रोकथाम गर्न स्थानीयतहमा क्रियाशील प्रहरी कर्मचारीले प्रत्यक्षरुपमा वा आफ्नो अगुवाइ (नेतृत्व)मा सचेतना फैलाउन सक्दछन् । त्यसैगरी प्रहरीहरुले समुदायमा क्रियाशील बालसंरक्षण संरचना, निकाय तथा बाल–केन्द्रित संस्थाहरुसँग सहकार्य गरी विभिन्न अभियानमा नियमितरुपमा सहयोग पु¥याउन सक्दछन् । साथै, बालसंरक्षणका लागि समुदायमा स्थापना भएका संरचनाहरुमा सक्रिय सदस्यको रुपमा रही स्थानीयतहमा रहेका प्रहरीले बालहिंसा तथा दूव्र्यवहारको रोकथाममा उल्लेख्य योगदान दिन सक्दछन् ।
कार्यालय भित्र स्थानीय प्रहरी कार्यालयको सम्पर्कमा आउने बालबालिकालाई गरिने व्यवहार र अपनाउनुपर्ने सावधानीबारे सूची–आचार संहिता बनाएर सबै प्रहरी कर्मचारी तथा आगन्तुकहरुले देख्ने स्थानमा टाँस्ने र आचरसंहिताका बुँदालाई कडाइकासाथ पालना गर्ने,गराउने बालबालिका माथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारका किसिम, लक्षणहरु र खबर गर्नुपर्ने निकायको सम्पर्क व्यक्तिको नाम र फोन नम्बरको सूची कर्मचारी तथा आगन्तुकले देख्ने स्थानमा टाँस्ने अनि आवश्यक परेका बखत त्यहाँ उपलब्ध सेवा तथा सूविधा परिचालन गर्ने, गराउने, सबै कर्मचारीलाई बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारबारे तालिम दिएर समस्या पहिचान गर्न, सेवा प्रदान गर्दा अपनाउनुपर्ने संवेदनशीलता र कुन अवस्थामा कसलाई खबर गर्ने भन्नेबारे ज्ञान र सीपले युक्त बनाउन सघाउने ।  
 हिंसा तथा दूव्र्यवहार पीडित तथा प्रभावित बालबालिकासँग बोल्दा तथा व्यवहार गर्दा संवेदनशील हुने । आफ्नो संस्थाभित्र कसैले बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार गरेको थाहा पाएमा तत्काल त्यसलाई         रोक्ने र सम्बन्धित बालसंरक्षण केन्द्रविन्दु व्यक्तिलाई खबर गर्ने, प्रहरी कार्यालयको सेवा लिन आएका बालबालिकाका आमाबाबुलाई हिंसा तथा दूव्र्यवहारलाई कदापि नसहन सचेतीकरण गर्ने, गराउने । आवश्यकता परेको खण्डमा आमाबाबुलाई आफ्नो बालबालिकालाई हिंसा तथा दुब्र्यवहारबाट कसरी बचाउने भन्नेबारे व्यक्तिगत परामर्श दिने ।  यदि कुनै बालबालिकालाई हिंसा तथा दूव्र्यवहार भएमा कसलाई खबर गर्न सकिन्छ र कस्ता निकायले कस्तो प्रकृतिको सेवा प्रदान गर्न सक्दछन् भन्नेबारे बताइदिने । साथै, उहाँहरुलाई र बालक वा बालिकालाई तपाईँ एक्लो हुनुहुन्न सहयोगका लागि तत्पर हातहरु प्रशस्त छन् भन्ने कुरा स्पष्ट पार्ने,पहिचान   गरिएका वा शङ्कास्पद हिंसा तथा दूव्र्यवहारका घटनाहरुलाई तत्कालै स्थानीयतहका प्रहरी कार्यालयको सेवा प्रक्रियाभित्र ल्याउने, हिंसा तथा दुब्र्यवहार पीडित बालक वा बालिका र तिनको परिवारको गोपनीयताको हकको सम्मान गरी घटनाको अभिलेखन गर्ने, बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार भएका घटनाबारे प्रहरी कार्यालयमा उजुरी आएमा तत्काल त्यसबारे सुनवाइ गर्ने र प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने, आदि । 
समुदायस्तरमा समुदायस्तरको बालसंरक्षण संयन्त्रहरुको परिचालन गरी बालसंरक्षणमा सचेतीकरण कार्यक्रम सञ्चालन गर्ने । जस्तै स् सामुदायिक प्रहरी र यसको संयन्त्रमा रहेका व्यक्तिहरुलाई तालिम प्रदान गरी सचेतना फैलाउने कार्यमा लगाउने बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार बढी मात्रामा हुने समुदायको पहिचान         गरी बालसंरक्षण तथा प्रवद्र्धन समितिहरु लगायतको सहयोगमा तत्सम्बन्धी रोकथामका रणनीतिहरु तयार   पारी कार्यान्वयनमा ल्याउने, आदि । 
बालमैत्री अनुसन्धान बालबालिका माथि भएका हिंसा तथा दूव्र्यवहारको अनुसन्धान गर्ने अख्तियारी प्राप्त निकायमा कार्यरत अनुसन्धान अधिकृत वा कर्मचारीको रुपमा कुनै पनि मुद्दामा प्रहरीको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसको अतिरिक्त बालबालिकाविरूद्ध भएका हिंसा तथा दूव्र्यवहारका सम्बन्धमा पनि प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीले बोल्ने बोली र त्यहाँ गरिने व्यवहारले बालबालिकालाई अनुसन्धान कार्यमा के कसरी सहयोग गर्ने वा आफूलाई मद्दत गर्ने निकाय प्रहरी कार्यालय हो वा होइन भन्नेबारेमा सकारात्मक वा नकारात्मक धारणा बनाउन सहयोग गर्दछ । साथै, प्रहरीको सकारात्मक वा नकारात्मक व्यवहारको अनुभवले नै बालबालिकालाई दीर्घकालीनरुपमा प्रहरी कर्मचारी वा प्रहरी कार्यालयबारे एक निश्चित धारणा बनाउन सघाउँदछ । बाल्यकालमा परेको त्यस्तो प्रभाव उनीहरुमा जीवन पर्यन्त रहिरहन्छ । 
प्रहरीको वा प्रहरी कार्यालयको  सम्पर्कमा आउने बालबालिका हिंसा तथा दूव्र्यवहारको कुनै पनि घटनामा पीडित भएका वा बिज्याईंकर्ता बालबालिका हुन सक्छन् । र, कुनै अवस्थामा भने साक्षीका रुपमा पनि बालबालिका प्रहरीको सम्पर्कमा आउन सक्दछन् । अनि कुनै–कुनै घटनामा भने पीडित र बिज्याईंकर्ता दुवै पक्ष बालक नै हुन सक्दछन् । 
हिंसा तथा दुब्र्यवहारको जोखिममा छन् वा हिंसा तथा दूव्र्यवहारबाट पीडित भएर प्रहरीको सम्पर्कमा आउने कुनै पनि बालबालिकालाई नेपाल प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा पठाउने परिपाटिको ब्यवस्था नेपाल प्रहरी भित्र  गरिएको छ । बालबिज्याईंको आरोपित र पीडित दुवै पक्षका बालबालिकासँग अनुसन्धान गर्दा पीडित बालक वा बालिकाको हितमा राखी उनीहरु दुवै पक्षबीच सम्पर्क हुन वा नगराउने सुनिश्चित गरिनुपर्दछ । मुद्दा अगाडी बढाउने प्रयोजन वा आधिकारिक प्रयोगको लागि अख्तियारप्राप्त निकाय वा अधिकारी बाहेक अन्य कामको लागि बालकको रेकर्ड प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कसैलाई पनि दिनुहुँदैन ।
प्रहरीको मातहतमा रहेको कुनै पनि गोप्य प्रकृतिका मुद्दा प्रहरीको कर्तव्य पालन वा न्यायिक आवश्यकताबाहेक अन्य अवस्थामा गोप्य राख्नुपर्दछ, सोधपुछ तथा अनुसन्धानको क्रममा बालबालिकाले सहज महसुस गर्ने वातावरणमा प्रश्न गर्नुपर्दछ । लागुपदार्थको मुद्दामा परेका बालबालिकाका सन्दर्भमा अनुसन्धान अधिकारीले उपयुक्त संघसंस्था वा निकायमा उपचार तथा पुनस्र्थापनाका लागि सिफारिस गर्न सक्दछन् । 
प्रहरीले बालक वा बालिकालाई अपमान वा अपहेलित हुने खालका शब्द वा बोली बोल्ने तथा कुनै पनि किसिमबाट शोषण, हिंसा वा दूव्र्यवहार हुने प्रकृतिका कार्य वा व्यवहार गर्नुहुँदैन, प्रहरीले प्रयोग गर्ने भाषा सो बालक वा बालिकाले बुझ्न नसक्ने वा बोल्न नसक्ने रहेछ भने निःशुल्क भाषा रुपान्तरण गर्ने व्यक्तिको सहयोग उपलब्ध गराउनुपर्दछ ।

रेखा थापाः ‘लालुपाते’ नुग्यो कमल थापातिर !
प्रचण्डसँग नाचेकी रेखा थापा किन गइन् राप्रपामा ?

ध्रुव लम्साल
प्रचण्डसँग ‘लालुपाते नुग्यो भूइँंतिर’ भन्ने गीतमा नाचेकी नायिका रेखा थापा अन्ततः माओवादी छाडेर         राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् । पार्टी परिवर्तनका कारण रेखा पुनः एकपटक चर्चामा आएकी छिन् ।
पाँच वर्षअघि एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर क्रान्तिकारी ‘लालसलाम’ गर्दै माओवादी प्रवेश गरेकी         रेखा पाँच वर्षपछि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् ।
कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्तालमा रेखा थापा प्रचण्डसँगै नाचेकी थिइन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले गरेको सडक प्रदर्शनमा  रेखाले भौतिकरुपमै साथ दिएकी थिइन् ।
आमहड्तालमा सिंहदरबार अगाडिको जुलुसमा रेखाले माओवादी अध्यक्ष प्रचण्डसँगै ‘लालुपाते नुग्यो भुइँतिर’ बोलको गीतमा नृत्य गरिन् । प्रचण्डसँग कुम जोडेर नाँचेपछि उनको चर्चा एकाएक बढ्यो ।
प्रचण्डसँग नाँचेपछि प्रचण्डजस्तो नेता आफुले आजसम्म नभेटेको प्रतिक्रिया दिएकी रेखा दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा एमाओवादी पार्टीमा प्रवेश गरेकी थिइन् ।
समाजसेवाका लागि पार्टी प्रवेश गरेको धारणा राख्ने रेखा तत्कालीन समयमा प्रचण्डसँग निकै नजिक थिइन् । प्रचण्डसंँग नजिक भएकै कारण दोस्रो संविधानसभामा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डको हातबाट दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको टिकटै पाइन् । तर, दुःखको कुरा, मतदाता नामावलीमै उनको नाम नभएकाले उनी सभासद बन्न पाइनन् ।
चुनावमा उम्मेदवार बन्न नपाए पनि माओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई, वाईसीएल अध्यक्ष सागर थापालगायतसँग रेखाको सम्बन्ध राम्रै थियो ।
सागर र आफू दुबै बगाले थापा भएको भन्दै रेखाले सागरलाई दुई वर्षसम्म भाइटीका समेत लगाइन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राम्रै दौडधुप गरेकी रेखा त्यो दौडबाट बाहिरिइन् । त्यसपछि पनि उनको माओवादी नेताहरुसँग सम्बन्ध राम्रै थियो । तर, यति चाँडै माओवादीप्रति उनको किन मोहभंग भयो, मुख खोलेकी छैनन् ।
डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टी खोलेपछि रेखा नयाँशक्तिमा लाग्ने चर्चा चलेको थियो, तर उनले नयाँशक्तिलाई नरोजेर पुरानो शक्तिलाई रोजिन् ।
कोमल वलीको प्रभाव
राप्रपाका कार्यकारी अध्यक्ष कमल थापालाई आदर्श मान्ने कोमल वलीसँग रेखाको पुरानै सम्बन्ध थियो । जब कोमल राप्रपा प्रवेश गरिन, अनि रेखालाई प्रश्न गरिन ‘सधंै पशुपतिनाथको मन्दिर जाने शिवभक्त हुँ भन्ने, अनि पार्टी चाँहि माओवादी रोज्ने ?’
त्यसपछि रेखा र कोमल वलीवीच राम्रै संवाद भयो र अन्ततः राप्रपामा प्रवेश गर्ने निर्णय गरिन् । हिजो माओवादी हुँदा सागर थापालाई भाइटीका लगाएकी रेखाले राप्रपा भएपछि सागरलाई नै दाइ भन्दै टीका लगाउँछिन् वा तिहारमा कमल थापालाई बोलाउँछिन् ? हेर्न बाँकी नै छ । 
सम्बन्ध जोड्दै तोड्दै
छविराज ओझा निर्मित चलचित्र ‘हिरो’ बाट नायिकामा डेब्यु गरेकी रेखाले १५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । किस्मत, कसले चो¥यो मेरो मन, हिम्मतवाली लगायतका चलचित्र निर्माण गरेकी रेखाले चलचित्र ‘हिम्मतवाली’ को निर्देशनसमेत गरिन् । तर, उनको निर्देशन शैलीले बजारमा खासै प्रभाव स्थापित गर्न सकेन । अहिले उनी निर्माण र अभिनयमा सीमित छिन् ।
महत्वाकांक्षी स्वाभावकी रेखाको सहकर्मी नायकहरुसँग कहिल्यै सुमधुर सम्बन्ध हुन सकेन । निखिल उप्रेतीसँग बोलचाल नै बन्द गरेकी रेखाको आर्यन सिग्देलसँग सम्बन्ध राम्रो रहेन । सुदर्शन गौतमलाई जर्बजस्ती नायक बनाएकी रेखाले फिल्म निर्माण सम्पन्न भएपछि सुदर्शनसँगको सम्बन्ध पनि तोडिन् ।
सम्बन्धहरु तोड्न नहिच्किचाउने रेखाले राप्रपासितको सम्बन्ध पनि कहिले तोड्ने हुन, अहिल्यैदेखि शंका गर्नुपर्ने स्थिति छ, उनको विगत हेर्दा ।   अनलाइन खबरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. शुक्र ग्रहको पृष्ठभूमि कस्तो छ ? — हल्का सेतो मिश्रित पहेलो
२. बुध ग्रहको पृष्ठभूमि कस्तो छ ? — खैरो
३. बृहस्पति ग्रहको पृष्ठभूमि कस्तो छ ? — इचबलनभ बलम ध्जष्तभ दबलम
४. शनि ग्रहको पृष्ठभूमि कस्तो छ ? —इचबलनभ ध्जष्तभ
५. वरुण ग्रहको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत ( दगिभ
६. पुड्को ग्रह यमको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत दचयधल
७. घेरायुक्त ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? —शनि ग्रह
८. सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन् हो ? — बुध
९. शनि ग्रहका हालसम्म कतिवटा उपग्रह पत्ता लागेका छन् ? —६०
१०. पृथ्वी बाट सबैभन्दा नजिकको तारा कुन् हो ?           — सूर्य 
११. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ ? — ८ मिनेट २० सेकेन्ड
१२. यमलाई ग्रहको मान्यतावाट कहिले हटाइयो ?       — सन् २००६
१३. सूर्यवाट सवैभन्दा टाढा रहेको ग्रह कुन् हो ? — बरुण
१४. पृथ्वीले सूर्यको एक फन्को लगाउन कति समय लगाउछ ?
                                                 — ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड
१५. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउछ ?              
                                               — २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड
१६. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउछ ?   — ८९.९७ दिन
१७. फोवोस र डिमोस कुन् ग्रहका उपगह हुन् ?          — मंगल
१८. सौर्यमण्डलको सवैभन्दा ठूलो ग्रह कुन् हो ? — वृहस्पति
१९. पृथ्वीको सतहको गुरुत्वाकर्षण (९.७८) भन्दा सूर्यको गुरुत्वाकर्षण कति गुणा बढी छ ? — २८ गुणा
२०. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने बैज्ञानिक को थिए ?
                                                      — निकोलस कोपर्निकस
२१. सूर्यको गतिविधि अवलोकन गर्न वनाईएको यन्त्र लाई के भनिन्छ ?   — ज्भष्यिकअयउभ
२२. आधा रातमा सूर्य उदाउने देश कुन् हो ? — नर्वे
२३. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लगाउछ ? — २५ दिन ५ घण्टा
२४. विहानको तारा र वेलुकीको तारा भनेर कुन् गृहलाई चिनिन्छ ?   — शुक्र
२५. पृथ्वीले सूर्यको परिक्रमा प्रतिसेकेन्ड कतिका दरले गर्दछ ?    — ३० कि.मि. प्रतिसेकेन्ड 
२६. दिन र रात वरावर भएको अवस्थालाई के भनिन्छ ?       — सम्पात
२७. पहेँलो ग्रहका नामले चिनिने ग्रह कुन् हो ?                             — शुक्र
२८. पृथ्वीमा दिन र रात कहिले वरावर हुन्छन् ?
                                      — २१ मार्च र २३ सेप्टेम्बर गरी वर्षमा २ पटक
२९. सूर्यको सतहको मध्य भागमा देखिने कालो धब्बालाई ग्mदचब भनिन्छ भने चहकिलो किरणलाई के भनिन्छ ?                             — एभलगmदचब
३०. हालसम्म सबैभन्दा धेरै ६३ वटा उपग्रह पत्ता लागेको ग्रह कुन् हो ? — वृहस्पति
३१. “मनसुनी महासागर“ भनेर कुन महासागरलाई चिनिन्छ?                   —  हिन्द महासागर
३२. अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?        — मोरक्को
३३. अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?                                               — नैरोबि (केन्याको राजधानी)
३४. काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? — ४८.५५
३५. ‘मारिया नोउर्डेस सेरिनो’ कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिश हुन् ? — फिलिपिन्स
३६. २० करोड जनसंख्या भएको भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश छुट्टै देश हुन्थ्यो भने यो जनसंख्याको हिसाबले विश्वको कतिऔ ठूलो देश हुन्थ्यो ?                      – पाँचौ
३७. भारतको उत्तर प्रदेशमा कुल जनसंख्याको करिब कति प्रतिशत बसोबास गर्छन् ?
                                                            – १६.५ प्रतिशत
३८. नेपालको करिब कति कि.मि. सिमा भारतसँग जोडिएको छ ?          – १८ सय कि.मी
३९. सिरियाली रासायनिक हतियार नष्ट गर्न २७ लाख अमेरिकी डलर दिने कुन युरोपेली मुलुक हो ?
                                                                    – जर्मनी
४०. कुन युरोपेली मुलुकमा मानिसको भन्दा सुँगुरको संख्या बढी छ ?           – डेनमार्क
४१. स्विडेनका राजा गुस्ताभ १६ औ र उनको परिवारले राज्यबाट वार्षिक कति रकम पाउँछन् ?
                                                           – २ करोड डलर
४२. सुन्दरी उत्पादन गर्ने मुलुकका रुपमा ख्याति कमाएको दक्षिण अमेरिकी राज्य भेनेजुयलाका महिलाले आफ्नो आम्दानीको कति प्रतिशत सोन्दर्य संसाधनमा खर्च गर्छन ?       – २० प्रतिशत
४३. बंगलादेशको संविधान अनुसार संसदको कार्यकाल सकिएको कति दिनभित्र अर्को निर्वाचन गर्नैपर्छ ?
                                                              – ९० दिनभित्र
४४. जर्मनीमा समानुपातिक प्रतिनिधित्वका आधारमा स्थान प्राप्त गर्न बुन्डस्टागका लागि खसेको मतको कति प्रतिशत मत प्राप्त गर्नुपर्छ ?                                   – ५ प्रतिशत
४५. दोस्रो संविधानसभा चुनावका लागि देशभर खुलेका निर्वाचन कार्यालयमध्ये कतिवटा कार्यालयमा महिला निर्वाचन अधिकृत छन् ?           – २ वटा

साहित्य÷सृजना

चिहानको सौन्दर्यशास्त्र

हामीले देखि आएको चिहान
हुदैँ हैन स्वर्ग पुग्ने बाटो
न त नर्कको भयानक भुगोलमा पुग्नु नै हो ।
जतिबेला दुखको शहरमा आँसुहरुको हल्ला थियो,
र चलिरहेको थियो मृत्युको मौसम
मैले हाँस्ने आँट गरेको थिए त्यो दिन
ठिक आज २४ वर्ष पछि समयले मलाई हत्या गर्न खोजिरहेछ ।
उस्को आँखामा कुनै देशहरु छैनन संसारमा ।
मान्छेहरु पनि छैनन,
यो खुशीहरुको खरानी उडेको खण्डहरमा ।
चिसो सन्नाटा ओढेर सुतेको बगरमा
खनेर आफु सुत्ने मुलायम खाल्डो
खोजिरहेछु मन रमाउने एउटा सुन्दर घर ।
मृत्यु पछि संसारमा कुनै सिमानाहरु चल्दैनन् ।
तर मान्छेहरु रगतका सिमाना भित्र
विजयका घोडाहरु दौडाईरहेछन ।
र फहराईरहेछन् झण्डाहरु
जुन कफन बनाउन पनि काम लाग्दैन ।
मान्छेहरुको हुलिया लिएर
बजारहरुमा भड्किरहेका यी जिनिसहरुलाई पनि
मन्साउने छ – समयले कुनै मौलामा बाँधेर ।
त्यतिबेला मेरो हाडखोरले भरिएको तस्वीरमा
कोही ढूंगाका फूलहरु चढाउनु ।
थुकहरु मालुकाको पातमा संगालेर
टुट्दै गरेको ताराहरुलाई अर्घ दिनु ।
सपनाहरु त हामीलाई
दाष बनाउन जन्मिन्छन दिमागमा ।
यतिबेला हुन नसकेकी प्रेमिकाले सोध्दैछे
मेरो चिहानको अनुभब ।
पहिलो पटक युवतीको गुप्ताङग अचानक देखेर
जसरी झस्किन्छ कुनै लोफर युवक – मलाई त्यस्तै
भैरहेछ – यो चिहान माथी ।
यो कुनै नयाँ बाटो हैन
अहिलेसम्मकै सबै भन्दा कान्छो उम्मेदवार हुँ म ।
मेरो बाउँले पनि घडेरी किनीसकेका छन ।
दुर्भाग्वश – मेरो हाँसोमा कुनै रुवाई छैनन्
पीडाहरु छैनन ।
मलाई हतार छैन यतिबेला
तर यो संसारमा किन्नु छ
एउटा दुख्खले माटो, बालुवा र ढुंगाको एक थान विस्तारा
तर मानिसहरुलाई यो के को हतार हो ?
नबीन अभिलाषी, दाङ्ग

गजल

प्रलोभनले मान्छेको विचार पल्टाइदियो,
विचार मात्रै हैन, रीति संस्कार पल्टाइदियो ।।
हिजोसम्म सक्षम कहलिएका ति नेता,
आज एकाएक सरकार पल्टाइदियो ।।
हो, कलममा जादु छ, पक्कै तर पनि 
श्रमजिवी पत्रकारको समाचार पल्टाइदियो ।।
आफ्नै घरखेतमा रमाउने नेपाली,
विदेश जानैपर्ने जीवनको जिउने आधार पल्टाइदियो ।।
संसार सगुरिदैछ, आत्मियता टाढिदैछ दिनानुदिन,
दिलभित्रैबाटै गरिने प्यार पल्टाइदियो ।।
शर्मिला चौधरी
थापापुर–५ कैलाली



No comments:

Post a Comment