Tuesday, December 4, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर १८ गते मंगलवार

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
न्यानो कपडाको जोहो समयमै गरौं । ड्डशित–लहरको समयमा घरबाहिर खुलास्थानमा धेरै समय नविताऔं । घर बाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं । 
रातको समयमा सिरक कम्वल जसता न्यानो ओढ्न गरौं । घरभित्र राती सुत्दा शरीरको साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रवन्ध मिलऔं । 
शित–लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने  गारौं, छाती र टाउकोलाई चिसोबाट जोगाउने कार्य गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

एचआईभीको संक्रमणले महिलालाई दिएको पीडा

रामहरी ओझा/डोटी
मंसिर १७
डोटीको दिपायल सिलगढी नगरपालिकी पार्वती (नाम परिवर्तन) लाई एचआईभी संक्रमण भएको ७ बर्ष भयो । तिन सन्तानकी आमा बिष्ट परिवार पाल्नकै लागी सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा  जोखिमपुर्ण काम गर्दैछिन् ।
पूर्वीचौकी गाउँपालिकाकी मन्सरी (नाम परिवर्तन) को अवस्था पन िउस्तै छ । श्रीमान्नले भारतमा गएर कमानु हुन्थ्यो, घर परिवार राम्रै चलेको थियो । एचआईभी संक्रमणका कारण श्रीमान्को त मृत्यु भयो नै, साथै उनले मन्सरीलाई पनि एचआईभी सराएर गए । श्रीमान्को मृत्युपछि चार छोरा छोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । आफ्ना छोरा छोरी कसरी पाल्ने भन्ने चिन्ता मन्सरीको छ । 
मन्सरी र पार्वती मात्रै होईनन् जिल्लामा यस्ता धेरै एचआईभी संक्रमित एकल महिलाहरुलाई आफु र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले  पिरोलेको छ । “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था वारे थाह पाउँ” भन्ने मुल नाराका साथ बिश्वभरी एड्स दिवस तामझा गरी मनाईरहँदा सुदूरपश्चिम क्षेत्रका संक्रमित महिलाहरुलाई भने साँझ विहान हातमुख जोड्न धौ धौ छ । 
सुदूरपश्चिम क्षेत्रका अधिकांश पुरुषहरु काका लागि भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । बिभिन्न संघसंस्थाहरुले गरेको अध्ययन अनुसार यस क्षेत्रका संक्रमितहरुमध्ये अधिकांश भारतवाट काम गरेर फर्कनेहरु छन् । एचआईभी संक्रमित भई घरमा कमाउने श्रीमान्को मृत्यु भएपछि एकल हुन पुगेका महिलाहरु एचआईभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्नु परेपछि आर्थिक समस्याका कारण थप पिडामा छन् । 
पुरुषहरु सकेसम्म एचआईभीको जाँच गराउन मान्दैनन् । अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआईभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मीहरु वताउछन् । कामका लागी भारत गएका श्रीमान्ले आफुलाई पनि एचाईभीको संक्रमणमा पारेपछि एचआईभी संक्रमित भन्दै महिलाहरुले परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ । 
एचआईभी संक्रमित भई भारतवाट घर फर्केहरु समेत उपचारपछि पुनः काम गर्न   भारत जाने क्रम समेत बढेको छ । केहि एचआईभी संक्रमित एकल महिलाहरु बिभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमवाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका  छन् । 
सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । मसालीका अनुसार तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । ‘आर्थिक बर्ष २०७४/०७५ सम्मको तथ्याङ्क हेर्दा यस प्रदेशमा ६ सय ७६ जनाले एचआईभी÷ एड्सका कारण ज्यान गुमाएका छन’ मलासीले भने ‘गत आर्थिक बर्षमा मात्रै दुई सय ४७ जना नयाँ संक्रमित देखिएका छन् ।’ 
मलासीका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको उनले बताए । 
जिल्ला अस्पताल डोटीका एआरटी सेन्टरले दिएको जानकारी अनुसार  जिल्लामा एचआईभीहरुको संख्या नौ सय ५८ रहेको छ । उक्त संख्यामा महिलाहरुको संख्या पाँच सय ४८ रहेको छ । यस आधारमा संक्रमितहरुमा महिलाहरुको संख्या बढी रहेको देखिन्छ । 

सम्पादकीय 

आन्तरिक बिवादले थलिने बेला भयो सरकारको

संसदमा अत्याधिक बहुमत भएको पार्टीको नेतृत्वमा दुईतिहाई सांसदको समर्थनमा बनेको सरकार, प्रतिपक्ष आफै अलमत परेको अवस्था, बिगतको नौ महिने शासनकालमा जनतालाई देखाएका सपना, यि सवै कुराले बर्तमान सरकारसंग नेपाली जनताले धेरै आशा गरेका थिए, अपेक्षा राखेका थिए । अव देशमा विकासले गति लिन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, नेपाल समृद्ध हुन्छ भन्ने आश थियो जनतामा । तर, त्यो कुनै पनि कुरा पुरा हुन सकेन ।
भ्रष्टचार बढ्दै गएको छ, महंगीले आकाश छुन थालेको   छ । कालो बजारी उस्तै छ, अपराधको कुरा गरेर पनि साध्य  छैन, अभावहरु बढ्दै छ तर सरकार पोलमा चढ्न थालेको छ । यद्यपी जनताले अहिल्ले नै सरकारप्रति आक्रोस पोखिसकेका छैनन् । अहिलेपनि जनताको आश छ, आज नभए भोली देखि सरकारले केही सुधारमा काम गर्ला भन्ने आशा जनताले मारिसकेका छैनन् । तर पनि निराशा तह भने बढ्दै गईरहेको छ । सरकारले त्यसतर्फ कुनै पनि कदम चालेको छैन भनिन्छ दिनको वारेमा बिहानीले बताउँछ, त्यस्तै सरकारको कार्यशैली  प्रारम्भिक अवस्थाले नै बताई हाल्नु पर्ने हो तर त्यो हुन सकेन ।
प्रतिपक्षी दल आफै कागको कुहिरो भएको छ । सरकारको बिरुद्धमा जाने राजनीतिक एजेण्डा केही भेटाउन सकेको छैन प्रमुख प्रतिपक्षी दलले । त्यसकारण उसले केहिले गोविन्द केसी र कहिले निर्मला पन्तको बैशाखी टेक्नु पर्ने अवस्था छ । द¥हो प्रतिपक्ष नभएपछि सरकारलाई खवरदारी गर्ने कोही हुँदैन भनेको यही हो । 
तर, अहिले प्रतिपक्षीले खवरदारी गरिराख्नु पर्ने अवस्था पनि छैन सरकारको, किनभने प्रतिपक्षीको काम सत्तापक्षकै नेताहरुले गरिरहेका छन् । पार्टीभित्रको गुटवन्दीको शिकार हुँदैछ बर्तमान सरकार । अव यो सरकार आफ्नै पार्टीका कारण थलाँ पर्ने अवस्थामा पुगेको छ । पार्टी संगठन सञ्चालन शैली चित्त नबुझेका भनौं वा पार्टीको मेनस्ट्रिमबाट पाखा लगाईएका केही नेताहरुले सरकारमाथी प्रहार गर्न थालेका छन् । पार्टी नेतृत्वमाथी प्रहार गर्दा अहिल्ले नै केही हुँदैन भन्ने बुझेका छन् उनीहरुले । किन की पार्टी पूर्ण रुपमा एकिकरण भईसकेको अवस्था पनि छैन । तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्रको संगठनात्मक संक्रमणकाल कारण पार्टी नेतृत्वको आलोचना गर्दा केही हुँदैन भन्ने राम्रोसंग बुझेका फरक धारका नेताहरुले सरकारको आलोचना गर्दै चित्त बुझाईरहेका छन् । 
पार्टीभित्रैबाट सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी ओलीको आलोचना चुलिन थालिएको छ । अनावश्यक विवादमा ओली पर्न थालेको, सरकारले मर्यादाविपरित काम गर्न थालेको जस्ता आरोपहरु लाग्न थालेका छन् । यि विवादहरुले सरकार थलिएको छ । यो थलिएको सरकारको उपचार गर्नका लागि स्वयं सरकार अगाडी आउनु पर्ने देखिन्छ । अरु कसैले उपचार गरेर सम्भव छैन । 
त्यसकारण सरकारले आफुले आफ्नो आत्मसमीक्षा गर्नु पर्ने जरुरी छ । प्रतिपक्षले गरेको आलोचना त प्रतिपक्षी भएर गरेको हो भन्ने होला तर स्वयं सत्तापक्षले गरेको सत्तोसरापलाई हामीले कसरी पन्छ्याउने ? पार्टीभित्रैबाट विवाद हुँदा गिरीजाप्रसाद कोईराला ढले, आत्तरिक विवादकै कारण कृष्णप्रसाद भट्टराई ढले र आन्तरिक विवादकै कारण शेरवहादुर देउवाले २०५९ सालमा संसद विघटन गर्न खोज्दा तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र नै अपदस्त गर्दै शेरवहादुर देउवालाई असक्षम बनाए । यि सवै आन्तरिक विवादका उपज हुन । यदि आन्तरिक विवाद समयमै समाधान गर्न सकिएन भने बर्तमान सरकारको पनि यहि नियति नहोला भन्न सकिन्न, चेतना भया ।

थप समाचार 

औषधी खानै मान्दैनन् संक्रमितहरु

डोटी पूर्वीचौकीकी सुनिता (नाम परिवर्तन) २०६३ सालदेखि एचआईभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधी सेवन गरिरहेकी छैनन् । उनी आफुलाई बिराम निको भईसकेकोले अव सधैं औषधी खाईरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दि गर्छिन् । एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुले संक्रमण गर्न थालेको छ । 
सुनिता जस्तै अन्य संक्रमितहरुले पनि औषधी सेवन गर्न आनाकानी गर्ने गर्छन । ‘स्वास्थ्य संस्थाबाट औषधी लगेर जान्छन् तर घरमा लगेर थन्काईदिन्छन्’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाईयो ।’ औषधी सेवन नगरेकै कारण ति महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ । २०६२ सालमा पहिलो पटक आफु एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन् ‘कयौं संक्रमितहरुको औषधी सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधी खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधी सेवन गर्दैनन् ।’ 
पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीस अवस्थी बताउँछन् । “लगातार औषधी खाएपछि कमजोर भईन्छ भन्ने मानसिकता रहेको पाईयो” डा अवस्थीले भने ‘लगातार औषधीको सेवन गर्न झण्झट मान्ने रहेछन् ।’ 
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए । “लगातार औषधी साईड ईफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ” डा मिश्र भन्छन् ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’
डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहिन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले  जानकारी दिए । बिश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भईसकेको समेत रेग्मीले वताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ । 
‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागिमध्ये आठ जनाको एचआईभी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये कसैलाई पनि एचआईभीको संक्रमण नदेखिएको डा मिश्रले बताए । 

पूर्व मन्त्री बलायर भन्छन् ः मैले बोल्दै नबोलेको कुरा समाचार बनाईयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिरवहादुर बलायरले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको सम्वन्धमा आफुले बोल्दै नबोलेको कुरा बिभिन्न सञ्चारमाध्यममा आएको भन्दै दुःख व्यक्त गरेका छन् । 
मंसिर ७ गते भएको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ रडुवामा भएको उक्त दुर्घटनामा परि गम्भिर घाईते भएका व्यक्तिहरुलाई राष्ट्रिय ट्रमा सेण्टर काठमाण्डौंमा भेट्ने क्रममा नेता बलायरले “घाईतेहरुको उपचारको सम्पूर्ण खर्च आफुले व्यक्तिगत रुपमा व्यहोर्ने बताएको” भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । “मैले त्यस्तो कुरा बोलेकै छैन, बोल्दै नबोलेको कुराको कसरी समाचार बन्यो ?’ अनलाईन खवरसंग कुरा गर्दै नेता बलायरले भने ‘मैले उपचारमा गर्नु पर्ने सहयोग गर्छु भनेको हुँ ।’ उनले भने ‘मैले त्यस्तो भनेको कुराको कँही रेकर्ड छ भने भन्नु प¥यो ।’
राज्यले घाईतेहरुको उपचारको जिम्मा लिन नसकिरहेका बेला एक जना व्यक्तिले त्यस्तो जिम्मा लिन नसक्ने उनको भनाई छ । उनी थप्छन् ‘म एक जना व्यक्ति एक्लैले त्यो खर्च व्यहोर्न सक्ने कुरा पनि हुँदैन ।’ उनले यस्ता समाचारले आफुलाई दुःखी बनाएको बताए । ‘मैले उपचारका क्रममा सहजीकरण गर्छु भनेको हुँ, त्यो मैले गरिरहेको  छु ।’ उनले थपे ‘मैले व्यक्तिगत रुपमा जिम्मा लिने कुरै भएन तर मैले उपचारमा कुनै समस्या हुन नदिनका लागि मैले प्रयत्न गरिरहेको छु, त्यो कुरा घाईतेहरु र उनका आफन्तहरुलाई राम्रोसंग थाह छ ।’ 
आफुले कुनै पनि बिरामीलाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने परिस्थिति आउन नदिएको उनले बताए । उनले भने ‘मैले मानवीय धर्म सोचेर रातदिन खटेको छु तर मैले म सवैको ठेक्का लिन्छु भनेकै छैन ।’ उनले थपे ‘मैले अन्य साथीहरुलाई पनि सहयोग गर्न लगाए, रगत अभाव हुन सक्छ भनेर मैले रक्तदाताको समेत पूर्व तयारी गरेको छु ।’ समाचार लेख्दा एक पटक सम्वन्धित व्यक्तिलाई बुझेर लेख्नु पर्ने बलायरको भनाई छ ।
डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन स्कुलको से १ क २९३ नं. को बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २७ जना घाईते भएका थिए । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि ट्रमा सेण्टर लगिएको थियो । 

रिपोटिङ्गसँगै बिरामीको उद्दारमा पत्रकार सिंह

एक साता पहिले बाजुरा, जगन्नाथ गाँउपालिका–३ महतिका करन नेपालीको सिंचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाँचियो । उनलाई उनका आफन्तले बोकेर कोल्टि ल्याए । आर्थिक अबस्था कमजोर रहेका करनले उपचारका लागि सयकडा तीन रुपैयाँ मासिकका दरले बाट २० हजार ब्याजमा ऋण लिए । 
ऋण लिएको पैसा सकिएपछि उनलाई बजारमा राख्न सम्भाबना नभएपछि उनकी श्रीमती पशु नेपालीले आफै बोकेर आफन्तको घरमा लैजाँदै गर्दा नेपाल पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले करनलाई मोटरसाईकलमा आफन्तको घर सम्म पु¥याई दिए । रातीको समयमा उज्यालो समेत नभएकी पशुले श्रीमान् बोकेर हतार हतार हिडिरहेको फोटो खिच्दाखिच्दै प्रकाशले मन थाम्न सकेनन् । ‘उहाँहरुको समस्या बुझ्दा निकै मन छोयो’ उनी भन्छन् ‘त्यसैले घरसम्म पु¥याई दिएँ ।’ 
‘मैले श्रीमान्लाई बोकेर ल्याउँदै थिएँ, उहाँ मोटरसाईकलमा आउनु भयो’ पशु नेपालीले भनिन् ‘उहाँले म पु¥याईदिन्छु भन्नु भयो, पहिले त डर लाग्यो तर उहाँले सवै कुरा भनेपछि बिश्वास गरेँ ।’ सडकबाट अलि पर रहेको आफन्तको घरसम्म पत्रकार सिंहले आफैले बोकेर पु¥याई दिएको उनी पशु बताउँछिन् । उनी थप्छिन् ‘पहिले त मैले श्रीमान् बोकेको देखेर कोही जिस्काउने लफङ्गा होला सोचेँ तर उहाँ त हाम्रा लागि भगवान हुनु भयो ।’  
पत्रकार सिंहले पशुले श्रीमान् बोक्दै गरेको फोटो सहित उनीहरुको समस्या सामाजिक सञ्जाल फेसवुकमा पोष्ट     गरे । सिंहको उक्त पोष्टपछि काठमाण्डौंबाट फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले पशुले साहुँवाट लिएको ऋण तिर्न २० हजार सहयोग  गरेका छन् । त्यस्तै बगमाया लिमिटेड इगल्यान्डले चार हजार नौ सय समेत सहयोग गरे । “फेसबुक मार्फत करनको बारेमा जानकारी गरेपछि अमित ढुङ्गानाले पैशा पठाईदिनु भयो” सिंहले भने ‘मैले उक्त रकम करनलाई हस्तान्तरण गरे ।’ 
यो त एउटा उदाहरण हो, करीव एक दशकदेखि बाजुरामा पत्रकारिता गरिरहेका सिंहले थुप्रै गरिब, असाहयको उद्दार गर्दै आएका छन् । केही दिन अघि मात्र असाहय पाँच जना भाइबहिनि भिडियो र समचार भाइरल बनेको थियो । हाल ति पाँच जना भाइबहिनि एसओएस वालग्राम काठमाण्डौंमा छन् । त्यस्तै गौमुल–५ कोटमा रहेका देशी बुढाको परिवारको सहयोग लागि रकम संकलन भइरहेको छ भने उसको दुई बच्चाका लागि पनि पठनपाठनका लागि पहल भइरहेको छ ।
पेशाले पत्रकार भएपनि शैक्षिक पृष्ठभूमि स्वास्थ्य क्षेत्र भएका सिंह रिपोटिङका लागि दुर्गम गाँउतिर जाँदा समान्य उपचार सामग्रीहरु पनि संगै बोकेर जान्छन् । पत्रकार महासंघ बाजुराको अध्यक्ष भइसकेपछि उनी सरकारी तथा गैरसरकारी कार्यलयको कार्यक्रम गोष्ठिमा गए बाफतको भत्ता पनि असाहयलाइ  हस्तान्तरण गदै आएका छन् । उनी आफुलाई सञ्चारकर्मीको साथसाथै समाज सेवीका रुपमा चिनाउँदै आएका छन् । 

तीन बालबालिका नगरले पढाउने

कर्ण चन्द/दिपायल
मंसिर १६
मंसिर ६ गते डडेल्धुराको रडुवामा भएको से १ क २९३ नंं. को बस दुर्घटनामा परी ज्यान गुमाएकी दिपायल सिलगढी नगरपालिका–४ शशी विकका तीन छोराछोरीलाई दिपायल सिलगढी नगरपालिकाले पढाउने भएको छ । 
दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले दुःखद् दुर्घटनामा परी आमाको निधन भएपछि सानै उमेरमा सहाराबिहिन भएका बालबालिकाको भविष्य नबिग्रियोस भनेर नगरपालिकाले पठन पाठनको सम्पूर्ण खर्च व्यहोर्ने बताईन । उनले यसका लागि बिभिन्न बिद्यालयहरुसंग समन्वय गर्ने समेत बताईन । 
दुर्घटनामा ज्यान गुमाएकी सशीका दुई छोरी र एक छोरा गरि तीन सन्तान छन् । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेलाबाट फर्कने क्रममा दुर्घटनामा परी सशीले ज्यान गुमाईन भने उनकी ११ वर्षीया छोरी दीपा र ८ वर्षीय छोरा नविन घाइते भए । 
घाईते छोराछोरीको सहयोगका लागि नगरपालिकाले २० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम दिन वडा नं. ४ का वडाध्यक्ष सहित सशीको घर पुगेकी मलासीले शशीकी शाशु गंगा र छोरी दीपालाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन । मृतक सशीकी छोरी दीपाको हात भाँचिएर धनगढीमा उपचारपछि अहिले घरमा छन् भने छोरा  नविनको टाउकोमा गम्भीर चोट लागेकाले काठमाण्डौंमा उपचार भईरहेको छ । सशीको श्रीमान् नारद कामी करीब ८ वर्ष पहिलेबाट सम्पर्कबिहिन छन् ।

लैङ्गिक हिंसा बिरुद्धको अभियानमा ईडिसी

लैंङ्गि हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सम विकास केन्द्र (ईडिसी) जिल्लाका बिभिन्न स्थानहरुको सचेतनामुलक कार्यक्रमहरु सञ्चालन    गरिहेको छ । 
संस्थाका अध्यक्ष अधिराज बिसीले दिएको जानकारी अनुसार संस्थाले २५ नोभेम्वरदेखि लागातार रुपमा जिल्लाका बिभिन्न स्थानहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । यस क्रममा दिपायल सिलगढी नगपालिका–७ पाकरी नगर उपप्रमुख शिवराज खड्काको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको अध्यक्ष बिसीले बताए । सो क्रममा उपप्रमुख खड्काले महिलाहरुका लागि कानुनी व्यवस्थाको बिषयमा जानकारी गराएका थिए ।
 यस्तै के आई सिंह गाउँपालिका– ४, ६ र ७ मा पनि महिलाहरुका लागि कानुनी सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ । ति कार्यक्रमहरुमा गाउँपालिकाकी उपाध्यक्ष मिना विष्टले महिला अधिकार मञ्चका ६० जना महिलाहरुलाई नीतिगत व्यवस्थाका बिषयमा जानकारी गराएकी थिईन । 
संस्थाले शिखर नगरपालिका–२ मा नगर उपप्रमुख धौलीदेवी रावलको उपस्थितिमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यस्तै बिभिन्न बिद्यालय र किशोरी समूहहरुमा पनि लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भईरहेका अध्यक्षले बिसीले वताए । बिसीका अनुसार अभियानको अन्मित दिन १० डिसिम्वरमा जिल्लास्तरीय सरोकारवालाहरुसंग रेडियो वहस कार्यक्रम सञ्चालन गरिनेछ । 
एक्शनएड नेपालको सहयोगमा संचालित स्थानिय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजना र स्थानिय तहको समन्वयमा उक्त कार्यक्रमहरु ईडीसी डोटीद्धारा संचालन गरिएको हो ।

एक सय ३२ विवादहरु समाधान

पारिवारिक मनमुटाव, बेमेल, लेनदेन, जालसाँची, साझा स्रोत, पानी, कुलो बाटो, जङ्गल सम्बन्धिका एक सय ३२ विवादहरु समाधान गरिएका छन् । 
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डोटीले सामुदायिक मेलमिलापद्वारा महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच कार्यक्रम अन्र्तगत शिखर नगरपालिका र जोरायल गाउँपालिका भित्रका ११ वडाहरुमा रहेका सामूहिक बिवादहरु समाधान गर्नमा सहयोग गरेको हो । 
आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, पारिवारिक, लैङ्गिक आदि   कारणले न्यायमा पहुँच नपुगेका ब्यक्ति, परिवार र समुदायहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरेको रुडुक डोटीकी जिल्ला संयोजक खेमा जोशीले बताईन् । 
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर महिलाहरुलाई न्यायमा पहुँच पु¥याउन सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको रुडुक डोटीकी फोकल पर्सन लक्ष्मी देउवा बमले बताईन् ।
रुडुक डोटीले आयोजना गरेको   परियोजना बर्हिगमन तथा सामाजिक   परीक्षण कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष जित बहादुर खड्काले गरेका थिए भने कार्यक्रममा शिखर नगरपालीका र जोरायल गाउँपालिकाका जनप्रतिनिधी, जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

सरकार विरुद्ध तरुण दलको बिरोध जुलुस

डोटी/नेपाल तरुण दल डोटीले नाराबाजी गर्दै सरकार विरुद्ध विरोध जुलुस सहित प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जुलुस सहित जिल्ला प्रशासन कार्यालय डोटीमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै अधिकांस तरुण नेताहरुले भष्ट्राचार रोक्नु पर्ने, कञ्चनपुरकी निर्मला प्रकरणका दोषीलाई कारवाही गर्नु पर्ने, डडेल्धुरा दुर्घटनाका घाईतेहरुको उपचारमा सरकारले चासो देखाउनु पर्ने लगाएका कुराहरुमा जोड दिएका थिए । 
बर्तमान सरकारले देशमा बढ्दै गएको अराजकता,अन्याय,भ्रष्टाचार, मुल्य वृद्धि एंव नेपाल वायु सेवा निगम वाइड बडी जहाज खरीदमा भएको अकुत भ्रष्टाचार, राष्ट्रपतिद्वारा देशको विकासमा बाधा पुग्ने गरी १८ करोडको महंगो गाडी खरिद र निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई समेत कारवाहीको दायरामा नल्याएको भन्दै ज्ञापन पत्र बुझाएको तरुण दल डोटीका अध्यक्ष  नारायण बलायरले बताताए ।
तरुण दल केन्द्रले तय गरेको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा सरकारको बिरुद्ध बिरोधसभा र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको छ । 

बडीकेदारमा पढाई मेला हुने

डोटी/डोटीमा पहिलो पटक जिल्लास्तरीय पढाई मेला हुने भएको छ । 
जिल्लाकै दुर्गम मानिने बडीकेदार गाँउपालिकाको केन्द्र खड्यौलीमा उक्त भेला सञ्चालन हुने छ । विश्व खाद्यकार्यक्रम को आर्थिक सहयोग र विश्व शिक्षाको प्राबिधिक सहयोगमा र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आयोजना गर्न लागेको उक्त मेला आयोजना हुन लागेको सिडिसीका कार्यक्रम संयोजक सतिश गुरुङ्गले जानकारी दिए । 
पढाई मेलाबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा पढाई मेलावारे जानकारी दिँदै कार्यक्रम संयोजक गुरुङ्गले भने ‘मेलामा नौ वटै स्थानीय तहबाट शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहने छ ।’ उनले प्रत्येक स्थानीय तहबाट एक बिद्यालयको मेलामा प्रतिनिधित्व रहने वताए । गुरुङ्गका अनुसार बडीकेदार गाउँपालिकाबाट भने अधिकांश बिद्यालयको सहभागिता रहनेछ ।  
प्रारम्भिक तहका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेला मंसिर २४ सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । संस्थाले शिक्षक तथा विद्यार्थिहरुको शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यका साथ डोटीका एक सय ७३ बिद्यालयहरुमा काम गर्दै आएको छ । 

प्राबिधिक जनशक्ति रोक्न नसक्नु दुर्भाग्य

गणेश मौनी/डोटी
मंसिर १७
प्राबिधिक जनशक्ति नेपालमा रोक्न नसक्नु राज्यको लागि दुभाग्र्य भएको त्रिभुवन विश्व विद्यालय उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले बताएका छन् । 
डोटी बहुमुखी क्याम्पस डोटीले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपकुलपति खनियाले सो कुरामा जोड दिएका हुन । 
‘राज्यले आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गरेको छैन भन्ने होईन ठुलो परिणाममा जनशक्ति उत्पादन गरेको छ’ खनियाले भने ‘तर उत्पादित प्राविधिक जनशक्ति राज्यले रोक्न नसक्नु दुभाग्य हो ।’ दक्ष जनशक्ति अन्य देशको लागि उत्पादन गरे जस्तो भईरहेकोले राज्यले यस विषयमा गहन अध्ययन गरि नयाँ नीति लिनु पर्ने उनले बताए । उनले भने “सिमित स्रोत साधनकाविच हामीहरुले पनि समय सापेक्ष शिक्षा दिन सकेका छैनौं, उच्च शिक्षा र प्राविधिक शिक्षाको सवालमा स्पष्ट नीति नियम बनाउन नसक्दा उच्च शिक्षाका विषयमा केही समस्या देखिएको छ समस्याको समाधानको उपायमा खोजिरहेका छौं ।” 
डोटी बहुमुखी क्याम्पस डोटीमा कृषि बिज्ञानको संकायमा स्नातक तह सञ्चालन गर्न स्थानीय तह, जिल्लाका सरोकारवाला निकायहरुले स्रोत साधन जुटाई आफ्नै अनुदानमा संचालन गर्न तयार भए अस्थायी सम्बन्धन दिन आफु जतिवेला पनि तयार रहेको समेत उपकुलपति खनियाले बताए ।  
भेटघाट कार्यक्रममा सहभागिहरुले बोल्दै सहभागिहरुले त्रिभुवन विश्व विद्यालयले वार्षिक कार्यतालिका अनुसार परिक्षा संचालन लगायतका कार्यक्रम गर्न नसक्नु, कर्मचारीहरुको ब्यवस्थापन गर्न नसक्नु, समय सापेक्ष प्राबिधिक शिक्षातिर अग्रसर नहुनु, जन चासो अनुसारको शिक्षा दिन नसक्नु, प्रश्न पत्रमा त्रुटी हुनु लगायतका बिषय औंलाएको थिए । 
डोटी बहुमुखी क्याम्पसको स्थापना कालदेखि हालसम्म क्याम्पस अबलोकन गर्न डोटी पुग्ने खनिया दोस्रो उपकुलपति हुन । पहिलो पटक २०३१ सालमा क्याम्पसको भवन उद्घाटन गर्न उपकुलपति सुर्यमान साक्य डोटी पुगेका थिए ।

छोटकरी समाचार 

प्याव्सनद्वारा सहयोग

डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन बिद्या निकेतनलाई नीजि बिद्यालयहरुको छात्रा संगठन प्याव्सन डोटीले सहयोग जुटाउन थालेको छ । 
मंसिर ६ गते उक्त बिद्यालयको से १ क २९३ नं. को बस दुर्घटना हुँदा सञ्चालक भीमवहादुर बलायर र केही बिद्यार्थीहरु पनि घाईते भएपछि केही राहात पुगोस् भन्नका लागि सहयोग संकलन गरिएको प्याव्सनका डोटी अध्यक्ष भुपेन्द्र वमले जानकारी दिए । 
बमका अनुसार हालसम्म संकलन भएको ५० हजार रुपैयाँ सोमवार हस्तान्तरण गरिएको छ । अझ संकलन हुने क्रम जारी रहेको उनी बताउँछन् । यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव एकेडेमीले पनि १५ हजार ६ सय ६ रुपैयाँ संकलन गरेको सञ्चालक तिलख खड्काले जानकारी दिए ।

अपाङ्ग बालबालिकालाई न्यानो लुगा

२७औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा डोटीमा पाँच जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका र युएमएनको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । सुनिता मलासी, लक्ष्मी बिस्ट, आरती जोशी, बलबहादुर बलायर र शंकर थापालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले उनीहरुलाई न्यानो लुगा  हस्तान्तरण गरेको अपाङ्ग सेवा संघले जानकारी दिएको छ ।

चलचित्र/मनोरञ्जन 

सलिनको दौडधुप के का लागि ?

फिल्मी खवर
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा अभिनेता सलिनमान बनियाँको उदय भयो । उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा हेरिएको छ । डेब्यु फिल्मबाट कामको वाहवाही नभए पनि फरक लुक्सले भने उनीतर्फ दर्शकसँगै चलचित्रकर्मीको पनि ध्यान खिच्यो । 
डेब्यु फिल्मबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी यस वर्ष नयाँ फिल्म ‘यात्रा’ मार्फत पर्दामा फर्किएका छन् । यसमा उनी एक भ्लगरको भूमिकामा   छन् । चैत २९ गते अभिनेता अनमोल केसी स्टारर तथा उनको डेब्यु फिल्मको तेस्रो सिरिज ‘ए मेरो हजुर ३’ सँगै उक्त फिल्म जुध्दैछ । सलिनमान ‘यात्रा’ लाई लिएर निकै उत्साहित देखिएका छन् । 
कोरियन लुक्स, फरक हेयर स्टाइल र पहिरनका कारण मिडियाको लाइमलाइटमा पर्ने गरेका उनी खासै सार्वजनक कार्यक्रममा देखिँदैनन् । उनलाई भेट्न फिल्मको कार्यक्रमभन्दा अरु बेला असम्भव नै छ । फिल्म ‘यात्रा’ को घोषणाको लगभग ७ महिनापछि उनी शनिबार राजधानीमा भएको कामना अवार्डमा झुल्किए । 
उनी अवार्ड समारोहमा उपस्थित हुन्छन् भन्ने अवार्ड आयोजक टिमलाई नै विश्वास थिएन । तर, उनी आफ्नै स्टाइलमा मन्द मुस्कानमा ढल्किँदै देखिए । धेरैपछि सार्वजनिक कार्यक्रममा देखिएका उनलाई आफ्नो क्यामेरामा कैद गर्न फोटोग्राफरवीच तँछाड–मछाड नै  भयो । उनले पनि आफ्नो विन्दास अन्दाजमा पोज दिए । 
उनले मिडियासँग पनि केही कुरा गर्न भ्याए । सलिनले ‘ए मेरो हजुर २’ मा पाएको माया ’यात्रा’ मा फेरि पाउने विश्वास व्यक्त गरे । फिल्मको छायांकन लामो समय चले पनि राम्रो भएको उनी बताउँछन् । ‘यात्रा’, ‘ए मेरो हजुर ३’ सँग भिड्दैछ, के भन्नुहुन्छ ? पत्रकारको प्रश्नमा मुसुक्क हाँस्दै उनले छोटो बोले ‘राम्रै हो ।’ 
पहिलो पटक अवार्ड कार्यक्रममा उनी उपस्थित हुनु अवार्डको लोभले थियो वा फिल्म ’यात्रा’ को प्रचारका लागि ? यो त उनी नै जान्दछन् । जे भए पनि धेरैपछि दर्शक र मिडियाले उनीसँग साक्षात्कार गर्न पाए । सलिनमान ’कामना अवार्ड’ मा ‘ए मेरो हजुर २’ बाट नवनायकको विधामा मनोनित थिए । तर, अवार्ड –ग्यांगस्टार ब्लूज’ बाट आशिरमान देशराजले चुमे ।

‘समरलभ’ को ‘साया’ सार्वजनिक

सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको नेपाली चलचित्र ‘सभर लभ’ को गीत ‘साया’ सार्वजनिक भएको छ । 
चलचित्रको पहिलो गीतको रुपमा ‘साया’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ । कविराज गहतराजको कोरियो–ग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।
मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

लेख 

“समाजबाद उन्मुख” र बर्तमान “कम्युनिष्ट” सरकार

रामहरी ओझा
तत्कालीन संबिधान सभाले २०७२ साल असोज ३ गते पारित गरेको नेपाललको संविधानको  भाग १ को धारा ४ मा “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” भनिएको छ । समाजबाद उन्मुख हुनु भनेको ‘भविश्यमा पूर्ण समाजबादी राज्य व्यवस्था स्थापना हुन गरी अहिले समाजबादको बाटोमा हिडिरहेको छ’ भन्ने हो । यो संबिधानले तत्कालीन संबिधानसभामा रहेका शक्तिहरु मुलुक समाजबादमा जानु पर्छ भन्नेमा सहमत छन् भन्ने कुराको पुष्ठी गर्दछ । यद्यपी समाजबादको परिभाषा दलहरुले आ(आफ्नै तरिकाले गर्लान तर पनि ‘समाजवाद’ शव्दको स्वीकारोक्ती यस संबिधानले गरेको छ । 
देश “समाजबाद उन्मुख” हुने भनेपछि समाजबाद के हो भन्ने बिषयमा छलफल हुनु जरुरी छ । वैज्ञानिक समाजवादका पर्वर्तक कार्लमाक्र्स र उनका सहयात्री  फेडरिक एेंगल्सले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रमा पहिलो पटक समाजवादलाई परिभाषित गरेको पाईन्छ । माक्र्स र ऐंगेल्सका अनुसार समजबाद पुँजीबादको विकसित रुप हो । समाजबादमा कामदार बर्गको शासन हुन्छ र राज्यलाई सत्रुबाट संरक्षण गर्ने साधनका रुपमा लिईन्छ । प्रारम्भिक रुपमा समाजबादमा पुँजीबादका तत्वहरुलाई पूर्ण रुपमा हटाउन सकिदैन । समाजबादमा उत्पादनका साधनहरुमाथी सामाजिक स्वामित्व हुन्छ, उत्पादन सम्वन्ध मैत्रीपूर्ण हुन्छ, प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छ, न्यायपूर्ण बितरण प्रणाली हुन्छ र राज्यले निशुल्क सामग्री तथा सेवा प्रदान गर्छ । 
अर्को अर्थमा समाजवाद भनेको राज्यद्वारा  नागरिकहरुका आधारभूत आवश्यकताहरु जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, मनोरञ्जन आदि समान ढंगले वितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो । समाजवादमा समाजका सबै नागरिकले उत्पादनका साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ । समाजवादी अर्थव्यवस्थामा उत्पादनका साधनहरु श्रम, उद्यमशीलता, वस्तुगत पँुजी र प्राकृतिक संसाधनहरु हुन्छन् । समाजवादी अर्थ व्यवस्थामा श्रमलाई महत्व दिइन्छ भने पुँजीवादी अर्थव्यावस्थामा पुँजी लगानीकर्ताको महत्व हुन्छ । प्रत्येक नागरिकले आफ्नो क्षमता अनुसारको योगदान गर्नु   पर्दछ । समाजका सबै नागरिकले आफ्नो योगदान अनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् ।
काम अनुसारको माम र दाम पाइने ग्यारेन्टी गरिएको हुनाले नै नागरिकहरु लामो समयसम्म राज्यले र्अहाएको काममा खटिन तयार हुन्छन् । यस्तो अर्थव्यवस्थामा मालिक र नोकरको सम्बन्ध हुँदैन । समाजवादी आर्थिक प्रणालीको आधारभूत विशेषता हाम्रो अर्थमा सहकारीको जस्तै हुन्छ । जसरी सहकारीमा सदस्यहरु मलिक हुन्छन् र शेयरको भागिदार हुन्छन् त्यसैगरी समाजवादमा नागरिक मालिक हुन्छन् र राज्यको साधनको शेयरका भागिदार हुन्छन् ।
समाजबादमा भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली हुन्छ । समानता र न्यायपूर्ण प्रणाली, सहभागितामुलक र सहकारिताको भावना समेटिएको, गरिबीको अन्त्य गरिएको, उत्पादनका साधनहरुको समान वितरण, ‘एकले सबैको लागि र सबैले एकको लागि’ काम गर्ने अवस्था गरिएको हुन्छ । समाजवादी व्यवस्थामा व्यक्तिगत महत्वकांक्षालाई निषेध गरिएको हुन्छ । प्राकृतिक स्रोत साधनको समुचित उपयोग र राष्ट्रिय पँुजीको विकास गरिएको हुन्छ । कमजोरहरुलाई न्याय र समानता प्रदान गरिएको हुन्छ र राज्यबाट आधारभूत कुराको सुनिश्चितता गरिएको हुन्छ । नाफाखोरहरुलाई राज्यद्वारा नियन्त्रण गरिएको हुन्छ । 
हाल संसारका अति कम देशहरुमा मात्रै समाजवादी आर्थिक प्रणालीको लागु गरिएको उदाहरण पाइन्छ । क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, उत्तर कोरिया र दक्षिण अमेरिकी कतिपय मुलुकहरुमा समाजबादी आर्थिक व्यावस्था भएपनि विश्वव्यापी पुँजीवाद र खुला बजार अर्थतन्त्रको प्रभावले सम्पत्तिमाथि व्यक्तिको स्वामित्वलाई खुला गरेको पाइन्छ । युरोपियन मुलुकहरु नर्वे, स्विडेन र डेनमार्क यस्ता देशहरु हुन् जहाँ समाजवादी अर्थव्यवस्था लागु गरिएको छ तर त्यहाँ पनि पँुजीवादी अर्थव्यवस्थाले अवलम्बन गरेको सम्पत्ति माथि व्यक्तिको अधिकार खुला गरिएको छ ।
पुँजीवादी अन्यायपूर्ण अर्थव्यवस्थाको विकल्पको रुपमा समाजवादी न्यायपूर्ण अर्थव्यवस्थाको प्रादुर्भाव भएको हो । यद्यपी समाजवादी अर्थ व्यवस्थाका आलोचकहरुले यो व्यवस्थाले व्यक्तिगत सम्पत्तिको नियन्त्रण गर्ने भएकाले पुँजीको विकासलाई महत्व नदिएको, निजी उद्योग र कम्पनी निर्माणमा रोक लगाउँदा मुनाफालाई महत्व नदिइएको, धन सम्पत्ति कमाउन र व्यक्तिगत सम्पत्ति कमाउनमा रोक लगाउँदा मानवअधिकारको कटौती गरिएको, निजीकरणमा रोक लगाएको जस्ता आलोचनाहरु पनि गरेका छन् तर पनि समाजवादी आर्थिक प्रणाली सहितको राज्य व्यवस्था लोककल्याणकारी हुन्छ भन्ने बुझाई छ ।
हाम्रो संबिधानले गरेको व्यवस्था अनुसार हाम्रो देश के साँच्चै समाजवाद उन्मुख हो त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अहिलेसम्म समाजबादको परिभाषा अनुसार के के कामहरु भए जसका कारण हामीले हाम्रो देशलाई समाजवाद उन्मुख देख्यौं ? वा फेरी समाजबादी अर्थ व्यवस्था अनुसार समाजबाद उन्मुख हुने गरी के के काम गर्दैछ त बर्तमान “कम्युनिष्ट” सरकारले ? “श्री ५ बहामहाराजधिराज सरकारको जय !” भन्दै तत्कालीन  राजाहरुको फोटो ठाउँ ठाउँमा टाँसे जस्तै गरी पोल पोलमा बर्तमान शासकको फोटो टाँस्नुलाई समाजबाद उन्मुख भएको मान्न सकिन्छ वा फेरी अमुक धर्मको प्रचारमा ति शासकहरुले खर्चिएका शव्दहरुलाई समाजवाद उन्मुख राज्य व्यवस्था मान्न सकिन्छ ? बैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सले धर्मलाई ‘अफिमको नशा’ भनेका छन् । तर तिनै माक्र्सले परिकल्पना गरेको समाजवादी व्यवस्था स्थापना गर्नका लागि लडेका भन्नेहरु ‘फलानो धर्म उत्कृष्ठ’ भन्दै हिडेका छन् । त्यसो भए माक्र्सको धर्मप्रतिको व्याख्या गलत हो त ? वा फेरी यसमा पनि सापेक्षित बुझाई बनाउनु पर्छ ? 
न्याय माग्न जाँदा थुन्ने सरकार भएको देश कसरी समाजबाद उन्मुख हुन्छ ? माक्र्सका अनुसार समाजबादमा सर्वहारा बर्गको अधिनायकत्व हुन्छ तर यहाँ त सत्तामा, पार्टीमा, उत्पादनका साधनहरुमा, उत्पादनका सम्वन्धहरुमा कुलिन बर्गको मात्रै अधिनायकत्व रहेको देखिन्छ । समाजवादमा सम्पत्ति राज्यको नियन्त्रणमा हुन्छ तर यहाँ तिनै समाजवादीहरु अकुत सम्पत्ति आर्जन गर्नका लागि भ्रष्टाचार गर्दैछन् । भाषणमा जति समाजबाद देखिएपनि व्यवहारमा बर्तमान राजनीतिक व्यवस्था वा शासन व्यवस्था सामन्ती चरित्र भन्दा माथी उठ्न सकेको छैन । 
कसैको नाम राम हुँदैमा उ पौराणिक रामायणमा व्याख्या गरे अनुसारको आयोध्याको राजा हुन सक्दैन ।  ‘रामराज्य’ अर्थात् सवैलाई समान न्याय भएको देश चलाउने ‘राम’ बन्न सक्छ भन्ने जरुरी छैन । कसैको नाम कुवेर हुँदैमा धनी हुन्छ भन्ने ग्यारेण्टी छैन । त्यो नाम मात्रै हो । यस्तै अवस्था भएको छ बर्तमान “कम्युनिष्ट” सरकारको । नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्दैमा प्रगतिशील हुन्छ भन्ने हुँदैन । कम्युनिष्ट भन्ने बित्तिमै प्रगतिशील, जनवादी, बिज्ञानसम्मत भन्ने बुझाई आम बुझाई भएको छ, कुनै धर्मको प्रचार गर्ने होईन । तर अहिलेको सरकारले के कुरामा आफुलाई प्रगतिशील देखाउन सक्यो त ? सपनामा ? कोरा भाषणमा ? त्यो देखि बाहेक कुनै पनि कुराम ाआफुलाई प्रगतिशील देखाउन सकेको छैन । दुःखका साथ भन्नु पर्छ, यो भन्दा प्रगतिशील राजा महेन्द्र थिए । उनले देशको विकासका लागि प्रशासकीय संरचनामा परिवर्तन त ल्याए, भ्रष्टाचार  निवारण गर्नका लागि ऐन त ल्याए, बिभिन्न बिभेद्हरुको अन्त्य गर्नका लागि ऐन त ल्याए, विकास क्षेत्रको     अवधारणा त ल्याए । 
संघदेखि स्थानीय तहसम्म करीव करी एकलौटी भएको र प्रगतिशील भनिएको बर्तमान सरकारले के प्रगतिशील कार्यक्रम ल्यायो त ? एउटा सामाजिक अनुदान कार्यक्रम ल्याउँदैमा पोलमा चढिहाल्नु पर्ने अवस्था भईसकेको हो र ? सरकारको कुन कार्यक्रम प्रगतिशील छ, कुन कार्यक्रमले न्यायपूर्ण प्रणालीको सुरुवात गर्छ, कुन कार्यक्रमले ‘कम्युनिष्ट’ कार्यकर्ताहरुको महत्वाकाँक्षालाई नियन्त्रण गर्छ त ? 
कम्युनिष्ट सरकार जनबादी हुन्छ भन्ने गरिन्छ । ‘जनबाद’ मा शासनमाथी जनताको सहज पहुँच र नियन्त्रण हुन्छ । समाजवादी बिचारले जनबादलाई शासन गर्ने साधनका रुपमा लिन्छ । जनवादमा कुनै समस्या आईपर्दा पक्ष÷बिपक्ष, तर्क÷बितर्क, बादविवाद गर्न पाउने, शासकहरुको आलोचना गर्न पाउने अधिकार हुन्छ । आफ्ना बिचारहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र अरुका बिचारहरुको कदर गर्ने धैर्यता हुन्छ । तर यहाँ सरकारको बिरोध गर्न नपाईने, सरकारका गलत कामहरुको आलोचना गर्न नपाईने, स्वतन्त्र रुपमा सञ्चारमाध्यममा लेख्न नपाईने, बिना हातहतियार शान्तिपूर्ण प्रदर्शन गर्न नपाईने अवस्था भएको छ । कम्युनिष्ट पार्टीहरुको त संगठनात्मक तरिका नै ‘जनवादी केन्द्रीयता’ हो । जनवादी केन्द्रीयता भन्नाले छलफल र निर्णय प्रक्रियामा जनबाद हो र कार्यान्वयन प्रक्रियामा केन्द्रीयता हो । निर्णय गर्दा व्यापक रुपमा छलफल हुन्छ, तर्क बितर्क हुन्छ, आलोचना आत्मालोचना हुन्छ, त्यसै परे आन्तरिक निर्वाचन पनि हुन्छ, यो जनवाद हो । निर्णय भईसकेपछि त्यो सवैको साझा निर्णय हुन्छ र त्यसलाई कार्यान्वयन गराउनका लागि केन्द्रीयता लागु हुन्छ । त्यस्तो अवस्थामा पनि अल्पमतमा परेको बिचारको संरक्षण हुन्छ र कदर पनि   गरिन्छ । तर बर्तमन ‘नेकपा’ भित्र के जनवादी केन्द्रीयता छ त ? 
झोलामा पार्टीको माईनुट बोकेर घर घरमा गई हस्ताक्षर गराउने परिपाटीको थालनी भएको छ, बैठकमा आफ्ना गुटका लाई मात्रै जानकारी गराएर बैठक बसेको, जिम्मेवारी दिँदा आफ्ना गुटका लााई मात्रै दिएको, सक्षम व्यक्तिहरुलाई पाखा लगाएको, अराजक–हरुको हातमा कमिटीको नेतृत्व दिएको भन्ने गुनासाहरु केन्द्रदेखि स्थानीय तहसम्म छताछुल्ल छन् । बरु फरक बिचार राख्नेहरुसंग आत्मीयता होला र आफ्नै पार्टीहरुसंग बोलचालको अवस्था छैन । एउटा समूहले अर्को समूहलाई समाप्त गर्नका लागि हदैसम्मको निकृष्ठ व्यवहार प्रदर्शन हुँदैछ । अनुशासन, आलोचना÷आत्मालोचना, स्कुलिङ्ग सवै मृत्यु शैयामा पुगिसकेको अवस्था छ । संगठन निर्माण हुँदैन, गुट निर्माण हुन्छ । यही हो त जनवादी केन्द्रीयता ? वा फेरी केन्द्रीयता मात्रै बाँकी रह्यो जनवाद उछिट्टियो ? पार्टीभित्रै जनवादको प्रयोग गर्न नपाएका बेला कसरी जनताले जनवादको महसुस गर्न पाउँछन् ? 
त्यसैले न हाम्रो देश समाजबाद उन्मुख छ, न बर्तमान ‘कम्युनिष्ट’ पार्टीको सरकार समाजवाद उन्मुख छ, न त जनताले समाजवाद उन्मुख राज्यको अनुभूति गर्न पाएका छन् । यदि साँच्चै देशलाई समाजवाद उन्मुख बनाउने हो भने सरकारले तत्काल आफ्ना काम कारवाहीहरुमा जनवादीपन ल्याउनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम सरकारको पहिलो काम हुन सक्नु पर्छ । यदि यि दुई कुरा भए भने जनताले सरकार भएको प्रत्याभूत गर्ने छन् । नत्र त “समाजबाद उन्मुख” भन्ने शव्द नारामा मात्रै सिमित रहला जस्तो छ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. डट्पेनको अविष्कार कसले गरेका हुन् ?    — जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?— वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?    — टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?     — पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?    — आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      — तीतो
७. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?   — १३ प्रकारका
८. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      — रुघा
९. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो ?     — डुक एयर
१०. याहुका संस्थापक को को हुन् ?      — डेविड फिलो र जेरी याङ्ग
११. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?   — स्पेन
१२. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?  — भेनेजुयलामा 
१३. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     — ४ डलर
१४. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?  — प्रसिद्धजङ्ग राणा
१५. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?    — गुल्मी
१६. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?  — गोपाल प्रसाद रिमाल
१७. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?    — जापान
१८. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?   
— मूल सर्वास्ति विनय
१९. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?    — ईश्वरको पार्टी
२०. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?   — नेपालको चितवनमा
२१. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? 
— माइक्रोसफ्ट कर्पोरेशन
२२. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?    
— सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२३. लोटस–१२३ केसँग सम्बन्धित छ ?   — कम्प्युटर
२४. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?  — इजरायल
२५. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रमाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?  
— चाल्र्स डार्बिन

साहित्य/सिर्जना 

शहर

कति पट्यार लाग्दो छ यो शहर
कैयौंका आशा, भरोसा जति सबैलाई
बिस्कुनमा सुकाई
आफू महलमात्र ठड्याइरहेको छ ।
कति डरलाग्दो छ यो शहर
कुनै मसान भन्दा कम छैन
जहाँ,
हजारौंका चिताहरु जलिरहेका छन्
जलेका चिताहरु पनि शान्त छैनन्
उडिरहेका छन धुँवा बनी
यताउती साउती गर्दै
त्यही धँुवाले कालो रुप लिई
घेरिरहेको छ शहरलाई ।
कति अपत्यारिलो छ यो शहर
न त दिनको पत्तो हुन्छ
न रात्रीको नै
हेर्दा हेर्दै
आँखाको सामुन्ने
मान्छेहरुलाई नाङ्गेझार पारिन्छ
युवतीहरु लुटिन्छन
कतिका गला रेटिन्छन
तर पनि
यो शहर
मुर्ती झैं स्थिर भैदिन्छ
मानौं उ प्राणहिन छ
कति निस्टुर छ यो शहर
कति बालबालिका सडकका किनारमा बास बसिरहेका छन्
सडकमा भिख मागिरहेका छन
कापी, कलम बोक्ने हातमा
सडकमा फ्यकिएका फोहोरका थैली छन ।
कति कुरुप छ यो शहर
मौलिकताको नाम निसाना देख्न पाइदैन
सब एक अर्काको देखासिखिमा मस्त छन
सबैमा अरुको रङ्ग हाबी भएको छ
आफ्नो रङ्ग मेटिएको छ
आफुलाइ, आफू भन्दा बढी
अरु जस्तो देखाउने कोशिसको होडबाजी नै चलेको छ ।
यस्तै छ यो शहर ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

मुक्तक 

हिमालझैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।
लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो
आमा एकभारी घाँस लिएर आउनुहुन्थ्यो
हातभरी लाली गुराँस लिएर आउनुहुन्थ्यो
म बिरही भएर कोक्रोमा हल्लिरहेको बेला,
अंगालो भरी मधुमास लिएर आउनुहुन्थ्यो !
झुल्किएर डुबी जाने घाम जिन्दगी
संघर्षको अर्को एउटा नाम जिन्दगी
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी ।
नैना निर्झरा 
धाँदिङ, नेपाल

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०८/१६
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–११, तल्लीसा डोटीमा रहेको यस श्री भुवनेश्वरी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. १/०७५/०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा.बि. तृतीय,    किसिम ः करार (महिला)  
तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०९÷०१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०९÷०२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
हस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४७७४५४ मा सम्पर्क गर्नु होला ।

नेपाल सरकार
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
भूमिव्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय

(मुक्त हलिया पुनःस्थापना जिल्ला समिति)
डोटी


प्रथम पटक प्रकाशित मिति ः २०७५/८/१२

सूचना  !   सूचना !!    सूचना !!!

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन (तेश्रो संसोधन) आदेश २०७५ को मुल आदेशको दफा (१०) को (च) र (२) को उपखण्ड (१) बमोजिम सम्पर्कमा नआउने पुनःस्थापनाको लगतमा रहेका मुक्त हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने उल्लेख भए बमोजिम श्री भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं. ५० मिति ः २०७५÷६÷७ को पत्रवाट समेत उल्लेखित संसोधित गठन आदेश वमोजिम केन्द्रीय लगतवाट प्राप्त भएका मुक्त हलियाहरुको नामावलीमा उल्लेखित परिचय पत्र प्राप्त गर्न बाँकी रहेकाहरुको लागी परिचय पत्र प्राप्त गर्न सम्पूर्ण प्रक्रिया पुरा गरि ३५ दिनको अवधि तोकी सूचना प्रकासन गर्ने र उक्त अवधिभित्र सम्पर्कमा नआउने हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने भनी लेखि आएकोे हुँदा मुक्त हलिया पुनःस्थापना समस्या समाधान जिल्ला कार्य समिति डोटीको मिति ः २०७५÷७÷९ मा बसेको बैठकको निर्णयानुसार डोटी जिल्ला स्थित मुक्त हलीयाको लगतमा रहेको परिचय पत्र लिन बाकीं रहेको मुक्त हलीयाहरु लाई सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आफूसँग भएका तपसिल वमोजिमको प्रमाण साथ निवेदन पेश गर्न आउनु होला । सूचनाको अन्तिम दिन बिदा पर्न गएमा सोको भोली पल्ट कार्यालय खुलेका दिन निवेदन दिन सकिने छ । म्यादभित्र निवेदन पेश नगरे वा रितपुर्वक नभएको निवेदन उपर कुनै कार्यवाही गरिने छैन । म्यादभित्र निवेदन पेश नगर्ने हलियाहरुको केन्द्रिय लगत वाट प्राप्त विवरण छानविन गरि हलिया विवरण वाट नाम हटाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ । विस्तृत जानकारीको लागी कार्यालयको सम्पर्क फो. नं. ०९४–४२०१०१ मा सम्पर्क राख्नु होला ।
परिचय पत्र प्राप्त गर्न आवश्यक प्रमाणहरु
१. निबेदन 
२. नागरीकता प्रमाण पत्रको प्रतिलिपि — १                                  
३. गा.पा.वडा कार्यालयको सिफारीस 
४. पासपोर्ट साईजको फोटो — ३ प्रति    
५. वालवालीकाको जन्म दर्ता प्रमाणहरु
६. वडा मुचुल्का 
७. अन्य आवश्यक प्रमाणहरु

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक स्रचना प्रकाशित मितिः २०७५÷८÷१७         
       जिल्ला डोटी दिपालय सिलगढी नगरपालिका वडा नंं.७ साविक भवरँडाडाँ गा.वि.स.वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को जग्गा दि.सि.न.पा.वडा नं. ७ साविक भवँरडाँडा वडा नं. २ बस्ने जोगीको नाती लालविरको छोरा ढोणे पार्कीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि ढोणे पार्कीको मिति ः २०३१÷२÷३० मा र निजको हकदार पत्नि किडि पार्कीको मिति ः २०३२÷३÷२० मृत्यु भएकोले मृतकद्वयवाट सन्तान छोराछोरी कोही केही नभई अपुताली परेको हुँदा मृतकको शेषपछिकको हकदार लालविरको नाती प्रेम पार्कीको छोरा गणेश पार्की मात्र भएकोले मृतक ढोणे पार्कीको नाउँको उल्लेखित भवरँडाडाँ गा.वि.स. वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को पुरै घरजग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ७ नं. वडा कार्यालय डोटीको च.नं. १९९ मिति ः २०७५÷ ८÷१० को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको   रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै  राखी जि.डोटी दि.सि.न.पा.वडा नं. ७ बस्ने गणेश पार्कीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷१० मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक ढोणे पार्कीको अपुताली नपरेको भए, अन्य अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।


Tuesday, November 27, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल मंसिर ११ गते मंगलबार

‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,
आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
धधध।उचभककअयगलअष्लिभउब।ियचन
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बस दुर्घटनाले यसरी शोकमा डुव्यो शिखर नगरपालिका

रामहरी ओझा/डोटी
मंसिर १०
रोजगारीका लागि भारतको चेन्नई गएका डोटी शिखर नगरपालिका–११ तल्लीसातका २५ बर्षीया शंकर जोरा तिहारको पर्सिपल्ट मात्र घर पुगेका थिए । गर्भवती श्रीमती गंगाले प्रसुति हुने समय नजिकै आएको भन्दै उनलाई फोन गरि बोलाएपछि उनी घर आएका थिए । श्रीमती गंगा प्रसुतिको समयमा श्रीमान् संगै होउन भन्ने चाहन्थिन् । 
घर आएपछि शंकरले श्रीमतीलाई जचाउन उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगे । डाक्टरले उनलाई एक हप्तापछि आउन सल्लाह दिए । उनीहरु फर्किए तर घर कहिल्लै नपुग्ने गरी । बिहिवार डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–११ रडुवामा भएको से १ क २९३ नं. को स्कुल बस दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको एक चिहान भयो । पोष्टमार्टम गर्दा डाक्टरले उनको पेटबाट मृत बच्चा (छोरा) निकालो । शुक्रवार शंकर र गंगासंगै शिशुलाई पनि सेतीमा सेलाईयो ।
रोजगारीका लागि भारत गएका शंकरका बुवा डम्मर  जोराको गत बर्ष भारतमै निधन भएको थियो । बुवाको निधनपछि बुढी आमा र नावालक दुई भाईको पालन पोषणको सम्पूर्ण  जिम्मेवारी शंकरको काँधमा  थियो । उनले त्यो जिम्मेवारी त बिचमै छोडे नै साथै नातीनतिनाको मुख हेरेर मर्ने आमाको सपना पनि संगै लगेर गए । सोही गाउँका योगेन्द्र  वोहरा पनि गर्भवती श्रीमती हरिनालाई जचाउन उप क्षेत्रीय अस्पताल गएका थिए । फर्किदा अरु गाडी नपाएपछि उनी पनि सोही बसमा चढेछन् । उनको ज्यान गयो । दुर्घटनामा परी घाईते भएकी हरिनाले अस्पतालको शैयामा श्रीमान्लाई कुर्दै छिन् । उनको खुट्टा भाँचिएको छ । भारतमै रोजगारी गर्ने योगेन्द्र तिहार मान्न घर आएका थिए । 
योगेन्द्रका बुवा पदम बोहरा दमका रोगी छन् । भारतमै जागिर गरेर उनले भाईलाई आवाशीय बिद्यालयमा पढाउदै थे । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफु पढ्न नपाएका योगेन्द्र भाई पढेर ठुलो मान्छे होस् भन्ने चाहान्थे । तर आफ्नो सपना पुरा गर्न नपाउँदै उनी अनन्त यात्रामा गए । श्रीमती हरिनाको हेरचाहका लागि उनका माईती अस्पताल पुगेका छन् ।
डडेल्धुरा सरहद्भित्र भएको उक्त दुर्घटनाले डोटीको शिखर नगरपालिकालाई शोकमा डुवाएको छ । शंकर दम्पत्ति र योगेन्द्रसंगै उक्त दुर्घटनामा शिखर नगरपालिकाका अन्य ६ जनाले पनि ज्यान गुमाए । १० जना घाईते छन् । 
शिखर नपा–८ का ४० बर्षीय कैलाश रावल उग्रतारा माईको दर्शन गर्न गएका थिए । उनीसंगै १५ बर्षीया छोरी सोनिया पनि थिईन । भुपू सैनिक कैलाशले दुर्घटनास्थलै दम तोडे । छोरी सोनिया अस्पतालको शैयामा छट्पटाईरहेकी छिन् । उनी बाबा आउने बाटो हेर्दैछिन् । 
सोही गाउँका ४० बर्षीय योगेन्द्र रावलले पनि उक्त घटनामा ज्यान गुमाए । भारतमा काम गर्ने योगेन्द्र तिहार मनाउन घर आएका थिए । उग्रतारा माताको मेलामा गएका उनले पक्कै पनि आफ्नो जीवन रक्षाको माग गरे होलान् तर उग्रतारा माताले सुनिनन् उनको पुकार । नावालक लालाबाला छोडेर उनी पनि कहिल्लै नफर्किने गरि गए । 
सोही वडाकी २० बर्षीया शारदा राउतले पनि उक्त दुर्घटनामा ज्यान गुमाईन । शारदा स्थानीय राधाकृष्ण माबिमा कक्षा १२ की छात्रा हुन । नेपाल प्रहरीका भुपू प्रहरी सहायक निरीक्षक लोगवहादुर राउत छोरी शारदामा धेरै सम्भावनाहरु देख्थे । छोरी पढेर ठुलै मान्छे हुने सपना देख्थे उनले । तर निस्ठुरी बनिन् उनकी छोरी । उग्रतारा माताले जीवन रक्षा गरुन भन्दै मेला भर्न गएकी शारदाको जीवन पनि छिट्टै खोसियो । 
शिखर नपा–१० का १६ बर्षीय रोहित बलायर र १५ बर्षीय सागर बलायरले पनि ज्यान गुमाए । रोहित स्थानीय सुनाखरी इंगलिस बोर्डिङ्ग स्कुलका कक्षा ९ का छात्र हुन भने सागर स्थानीय सिद्धेश्वर माबिका कक्षा ८ का छात्र हुन । 
यस्तै शिखर नपा–११ का २४ बर्षीय पदम बिकको पनि उक्त घटनामा ज्यान गयो । दिपायलमा रहेको केबी ग्रुपमा मजदुरी गर्ने बिक बिदा लिएर मेला हेर्न गएका थिए । एक दिने बिदामा गएका उनी अव कहिल्लै हाजिर हुने छैनन् ।
शुक्रवार अवेरसम्म जलिरह्यो सेती किनार 
डडेल्धुरामा भएको उक्त दुर्घटनाले डोटीका १२ जनाको ज्यान लियो । मृतकहरुको शव जलाउनका लागि शुक्रवार अवेरसम्म सेतीको किनार जलिरह्योे । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पोष्टमार्टम भएपछि शवहरु दाह संस्कारका लागि ल्याईए । डोटीका १० र उक्त घटनामा ज्यान गुमाएका  डडेल्धुरा नबदुर्गा गाउँपालिकाका चार गरी १४ जना सेती किनारमा जले । सेती किनारमा ६ ठाउँमा शव जलाईए । डडेल्धुरा नवदुर्गाका चक्र धामी, टेक धामी र तिलख खातीको एक चिहान बन्यो । यस्तै शंकर र गंगाको पनि एक चिहान बन्यो । अन्य नौ जनाको छुट्टाछुट्टै चिहान बनाई दाहसंस्कार गरियो । 
टोल टोलमा रुवाबासी 
शिखर नपा–१० को गहनानमा सयौंको संख्यामा महिला पुरुषहरुको रुवाबासी चल्यो । एउटै टोलका शंकर, गंगा र योगेन्द्रको शव त्यतैबाट दाहसंस्कारको लागि लगियो । वडा नंं. १० कै बान्डुंग्रीसैनमा सागर र रोहितको घरमा रुवाबासी छ । वडा नं. ११ को गोपघाटमा पनि त्यस्तै रुवाबासी छ, जहाँ पदमको घर हो । 
वडा नं. ८ कै तल्लो तिल्ताली र मल्लो तिललातीमा पनि रुवाबासी चलेको छ । तल्लो तिलतालीका कैशाल र योगेन्द्रले ज्यान गुमाएका छन्, मल्लो तिलतालीकी शारदाले । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा पनि रुवाबासी चलेको छ । ३५ बर्षीया सशी बिक (सरस्वती) ले उक्त घटनामा ज्यान गुमाएकी थिईन । 
नगरपालिकाको शोक वक्तव्य 
शिखर नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनाले सिङ्गो नगरलाई मर्माहित वनाएको जनाएको छ । नगर प्रमुख सिताराम जोशीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएका छ ‘उक्त अकल्पनीय एवं अत्यन्तै दुःखद् घटनामा परि यस शिखर नगरपालिकाका बिभिन्न वडाका होनहार युवाहरुले ज्यान गुमाउदा यस नगरपालिकालाई अपुरणीय क्षति भएको छ ।’ वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 
यस्तै साविकको नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार भएका शेरवहादुर मल्लले एक बिज्ञप्ती जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने माग गरेका छन् ।

सम्पादकीय 

बजेट कहिले खर्च हुन्छ त सरकार ?

सुदूरपश्चिम प्रदेश सभाले पारित गरेको आर्थिक बर्ष २०७५/०७६ को पुँजीगत बजेट आर्थिक बर्षको पहिलो चार महिना बितिसक्दा एक प्रतिसम्म पनि खर्च हुन नसकेको भन्ने समाचारले चर्चा पाएको छ । नेपालको संबिधान अनुसार तीन तहका सरकारले आफ्नो अधिकार क्षेत्रको कानुन, बजेट र योजना आफै बनाउने र त्यसको कार्यान्वयन गर्ने अधिकार दिएको छ । यसै अधिकारको प्रयोग गरी सुदूरपश्चिम प्रदेश सरकारले करीव २५ अर्बको बजेट त बनायो तर त्यसको कार्यान्वयनमा भने चुप्पी साँधेर बसेको छ । 
चार महिना पुरै बितिसके, पाँचौं महिना पनि आधा भयो । यो अवधीमा एक प्रतिशत पनि खर्च नगर्ने सरकारले बाँकी साडे सात महिनामा के ९९ प्रतिशत बजेट खर्च गर्न सक्ला छ ? प्रश्न स्वभाविक छ । बितगका बर्षहरुमा पनि पहिलो चौमासिकमा विकास बजेट ज्यादै थोरै खर्च हुने गरेको थियो । असारे विकासको चटारो हुने गरेको थियो । के देशमा यति ठुलो राजनीतिक परिवर्तन हुँदा पनि नेपाली जनताले असारे विकासकै मारमा पर्नु पर्ने हो त ? के फेरी पनि बजेट भनेको “मिलाउँदै खाँदै” गर्ने मात्रै हो त ? प्रदेश सरकारले यसको यो विषयमा समयमै ध्यान दिनु जरुरी छ । बजेट समयमै र सही तरिकाले खर्च हुन्छ भन्ने कुराको ग्यारेण्टी तत्काल प्रदेश सरकारले गर्नु जरुरी छ । 
कुर्चीमा मन्त्री हुँदैमा वा झण्डावाल गाडी हुँदैमा सरकार भएको मानिदैन । सरकार छ भन्ने कुरा जनताले महसुस गर्नु पर्छ । व्यवस्थाको नाम मात्रै परिवर्तन हुँदैमा त्यसको कुनै अर्थ हुँदैन, व्यवस्था अनुसार हाम्रा आचरण, कार्यशैलीहरु पनि बनाउन जरुरी छ । हाम्रा आचरणहरु कार्यशैलीहरु जस्ताका त्यस्तै हुने अनि हामीले व्यवस्था परिवर्तन ग¥यौं भनेर मात्रै धाक लगाउने हो भने यसले जनता सन्तुष्ट हुँदैन । जनतालाई सन्तुष्ट पार्न देखिने गरी केही काम गर्न सक्नु पर्छ । 
“सुदूरपश्चिम” यसै सुदूरपश्चिम त्यसै सुदूरपश्चिम भन्ने मानसिकताका साथ यदि सत्ता सञ्चालन गर्दैछ सरकारले भने त्यसमा केही भन्नु छैन तर जनताले धेरै आश गरेका छन् प्रदेश सरकारबाट । हिजोका दिन केन्द्र सरकार थियो र स्थानीय स्तरमा स्थानीय निकायहरु पनि थिए तर प्रदेशको शासकीय संरचना थिएन । त्यो शासकीय संरचना बनेपछि केन्द्र सरकार र स्थानीय निकायबाट आश मारेका जनताले प्रदेशसंग ठुलो आश गरेका छन्, त्यो आशलाई भएको बजेट समेत खर्च गर्न नसकेर निराशामा परिणत गर्ने हो भने प्रदेश सरकार हुनु र नहुनुको कुनै अर्थ छैन । त्यसैले सोच्नु जरुरी छ । 
प्रदेश सरकारले न आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सकेको छ, न जनताका दैनिक आधारभूत आवश्यकताहरुको बिषयमा कुनै ठोस कदम चाल्न सकेको छ, न स्थानीय तहमा चुलिएको भ्रष्टाचार रोक्न सकेको छ । यो तितो सत्य हो । हामीले सत्यलाई स्वीकार गर्न सक्नु पर्छ र तत्काल बजेट कार्यान्वयन हुने गरी काम गर्नु जरुरी छ । कानुन छैन, कानुन बनाउनु प¥यो, कानुन नआएसम्म सरकारले कार्यबिधिहरु ल्याएर पनि काम गर्नु प¥यो । कसरी गर्नु पर्ने हो त्यसरी गर्नु प¥यो । होईन भने ठाउँ खाली गर्न पनि पछि पर्नु भएन बर्तमान सरकारका मन्त्रीहरुले । नसक्नेले ठाउँ ओगटिरहनुको कुनै अर्थ छैन, त्यो ठाउँमा सक्ने मान्छे आउँछ । मुख्यमन्त्रीले बजेट कार्यान्वयन नहुनुको मुख्य कारण के हो भन्ने बिषयमा खोजी गर्नु जरुरी छ । को दोषी हो यसमा ? किन भएका काम ? दोषीलाई कारवाही गर्ने हिम्मत मुख्यमन्त्रीले गर्नु गरुरी छ, चाहे दोषीमो सूचीमा मन्त्री नै किन नपरुन ।    

थप समाचार 

महिलाद्वारा नै महिलामाथी हिंसा

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले महिलाहरुले नै महिलामाथी हिंसा गर्ने गरेको बताएकी छिन् । 
‘सासुले बुहारीमाथी, बुहारीले सासुमाथी, सौताले सौतामाथी, नन्दले भाउजुमाथी, भाउजुले नन्दमाथी हिंसा गरिरहेका छन्’ नगर प्रमुख मलासीले भनिन् ‘महिला हिंसाका घटना न्यून गर्नका लागि महिलाहरुलाई सचेत गराउन जरुरी रहेको छ ।’ उनले आफु नगरपालिकाको प्रमुख भएर आएपछि नगरपालिकाको न्यायिक समितिमा लैङ्गिक हिंसा सम्वन्धि ४१ उजुरी गरेको जानकारी गराईन । लैङ्गिक हिंसामा परेका उजुरीहरुमा अधिकांश महिलाले महिलामाथी हिंसा गरेको आरोप रहेको मलासीले जानकारी दिईन । 
‘न्यायिक समितिमा परेका उजुरीहरुमध्ये २० जति किनारा लागेका छन्’ मलासीले भनिन् ‘महिला–महिलाबीच भएका हिंसाका घटनाका उजुरीहरु किनारा लगाउन पनि समस्या भएको छ ।’ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिनको अवसर पारी अखिल नेपाल महिला संघ डोटीद्वारा आयोजना गरिएको ‘महिला हिंसा र न्यूनिकरणका उपाय’ बिषयक बहस कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले महिलाहरुलाई सचेत गराउनका लागि आफुले प्रत्येक वडामा अन्तरक्रिया कार्यक्रम गर्ने सोच वनाएको वताईन । उनले थपिनु ‘वडास्तरमा अन्तरक्रिया भईसकेपछि हिंसा पीडित महिलाहरु र सम्वन्धित सरोकारवालाहरुबीच नगरस्तरीय खुला बहस चलाउनेछौं ।’ 
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव एवं पूर्व संबिधानसभा सदस्य गौरी ओलीले संबिधान र अन्य कानुनहरुमा महिलामाथी हुने भेद्भाव अन्त्य गर्ने व्यवस्था गरेको वताउँदै बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिईन । ‘कानुन त हामीले बनाएका छौं तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन भने कुनै अर्थ हुँदो रहेनछ’ ओलीले भनिन् ‘त्यसकारण कानुनको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिनु आजको आवश्यकता हो ।’ 
नेपाल महिला संघकी केन्द्रीय सदस्य प्रशिस महराले महिलामाथी हुने हिंसा रोक्नका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने बताईन । ‘जवसम्म महिलाहरु आफ्ना सामान्य आवश्यकताहरुका लागि पनि पुरुषमा भर पर्नु पर्ने अवस्था रहन्छ तवसम्म महिला हिंसाका घटनाहरुमा कमी आउन गा¥हो छ’ महराले भनिन् ‘त्यसैले महिलाहरुलाई उत्पादनमुलक क्षेत्रमा जोड्नु जरुरी छ ।’

मृतकका परिवारलाई ३० हजार दिने निर्णय

बिहिवार डडेल्धुराको अमरगढी नगरपालिका–११, रडुवामा भएको से १ क २९३ नं. को बस दुर्घटनामा परि ज्यान गुमाउने नगरबासीका परिवारलाई जनही ३० हजार रुपैयाँ दिने शिखर नगरपालिकाले निर्णय   गरेको छ । 
नगरकार्यपालिकाको शनिवार बसेको आकास्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त घटनाम परी घाईते भएका शिखर नगरबासीहरुको उपचारमा सहयोग पु¥याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। यसैगरी मृतकप्रति शोक व्यक्त गर्न आईतवार नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी एवं गैरसरकारी संस्थाका कार्यालयहरु बन्द गरिएको समेत शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए । उनले थपे ‘घाईतेहरुको अवस्था हेरे केही सहयोग रकममा थपघट गर्न सकिने गरि छलफल भएको छ ।’ 
उक्त घटनामा परि शिखर नगरपालिका–८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नं. १० का रोहित बलायर र सागर बलायर र वडा नं. ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम बिकको मृत्यु भएको थियो । उक्त घटनामा नगरपालिकाका १० जना घाईते भएका छन् । 

बोगटानमा घुम्ती शिबिरबाट ७ सयले नागरिकता पाए

कर्ण चन्द/बोगटान
मंसिर ९
डोटीको बोगटान गाउँपालिकामा शुत्रवार देखि सञ्चालन भएको तीन दिने एकिकृत घुम्ती शिविरबाट सात सय ३३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । 
बोगटान गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चालन गरेको एकिकृत घुम्ती शिबिरबाट सो संख्यामा नागरिकता बितरण भएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । शिबिरमा चार सय जनाले फोटो सहितको मतदाता नामावलीका लागि आफ्नो नाम दर्ता गराएको समेत पौडेलले बताए । 
शिविरमा राखिएको स्वास्थ्य परीक्षण क्याम्पमा एक सय ३१ जनाको स्वास्थ्य चेकजाँच गराए । यस्तै दुई सय २५ पशु स्वास्थ्य सेवा सम्बन्धिका सेवाहरु प्रदान गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले वताए । शुक्रवार र शनिवारका लागि तय गरिएको उक्त शिविरमा सेवाग्राहीको चाप बढेपछि आईतवारका लागि थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीको तथ्याङ्क अनुसार हालसम्म सञ्चालन गरिएका शिविरहरुमध्ये यति ठुलो संख्यामा नागरिकता बितरण भएको यो पहिलो शिविर हो । 
नागरिकता लिनेहरुमा रोजगारीको शिलशिलामा भारत गएका पुरुष र गाउँमै बस्ने महिलाहरु रहेका छन् । मेलापर्बको समयमा घर आएकाले सहज रुपमा नागिरकता प्राप्त गरुन भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले वताए । 
शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेलीले बोगटान गाउँपालिका(४ सातफरीका ७० बर्षीय भिम दमाईलाई नागरिकता हस्तान्तरण गर्र्दै शिविरको उद्घाटन गरेका थिए । स्थानीय तहको पुनर्संरचनापछि डोटीमा यो पहिलो घुम्ती शिविर हो । 
बोगटान गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम आउन ५६ किलोमिटर कच्ची बाटोको यात्रा पार गर्नु पर्ने हुन्छ । नागरिकताका लागि मात्रै जिल्ला सदरमुकाम आउँदा आफु र सनाखत बस्नेको खर्च जोड्दा करीव १० हजार पुग्ने गरेको स्थानीयहरु बताउँछन् । जिल्ला सदरमुकाम आएर नागरिकता लिनु पर्दा तीन दिन लाग्ने उनीहरुको भनाई छ । गाउँपालिकामै नागरिकता पाएपछि स्थानीय हर्षित भएका छन् । यस आधारमा स्थानीयको करीव ७० लाख बचत भएको छ । 

सरकारले लोकतन्त्रका मुलुभूत खम्वामाथी हमला ग¥यो

गणेश मौनी/दिपायल
मंसिर १०
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारले लोकतन्त्रका मुलभूत खम्वामाथी हमला गरिरहेको आरोप लगाएकी छन् । 
‘सरकारले अपराधी, बलात्कारीलाई संरक्षण गर्नुका साथै लोकतन्त्रका मुलभूत खम्बामाथी हमला गर्नु हो’ सोमवार नेपाल प्रेस युनियन डोटीले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा संग्रौलाले भनिन् ‘बिधिको शासन नै लोकतन्त्रको मुलभूत खम्वा हो, जुन यो सरकारले भत्काईरहेको छ ।’ उनले थपिन् “सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपाली को  नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ ।” साउन १० गते कञ्चनपुरमा भएको निमर्ला हत्याको घटना सारा नेपालीहरुको लागि दुःखपूर्ण घटना भएको बताउँदै संग्रौलाले निर्मला हत्याका दोषीलाई कारबाही र पीडीतलाई क्षतिपुर्ति दिलाउन नेपाली काँग्रेस निश्पक्ष तरिकाले आवाज उठाईरहेको बताईन् । 
डा संग्रौलाले नेपाली कांग्रेस पाँच “स” को परिभाषाबाट अघाडी बढ्ने बताईन । ‘कांग्रेस अहिले प्रतिपक्षमा भएका बेला हामीले चा सको परिभाषालाई अबलम्बन गरेर अघाडी बढ्नु आजको आवश्यकता हो’ उनले भनिन् ‘त्यसपछि मात्र हामी आफैमा बलीयो हुन्छौं ।’ उनले पाँच ‘स’ मा सदन,सडक, संगठन, सत्याग्रह र सहमति–सहकार्य भएको बताईन । यदि कांग्रेसले पार्टीभित्र यी पाँच कुराहरुमा एकबद्ध भई अघाडी जान सके प्रतिपक्षसंग सहज तरिकाले प्रतिवाद गर्न सकिने उनको तर्क छ । “हामी पाँच ‘स’ मा एकताबद्ध हुन सके देश विकासका साझा मुद्धामा सहभागिता जनाउन सकिन्छ” उनले भनिन् ‘अब कांग्रेस गुटगत राजनीतिबाट माथी उठेर अगाडी बढ्छ ।’ 

टेक्टर दुर्घटनामा परी एकको मृत्यु 

रोजेन्द्र जोशी/डोटी
मंसिर १०
डोटीको केआई सिंह गाँउपालिका–३ बासुदेवीमा टेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय डोटीका  प्रहरी नायव उपरीक्षक लाल वहादुर धामीले दिएको जानकारी अनुसार केआई सिंह गाँउपालिकाको अनयावागाडबाट देउरडीका लागी ढुङ्गा वोकेर गएको से १ त ६६४९ नम्वरको ट्याक्टर दुर्घटनामा के आई सिंह गाउँपालिका–३ का ३४ बर्षीय पारस भनिने घश्याम मल्ल मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाईते भएका छन् । घाईते हुनेमा ३२ बर्षीय मीन बम र १९ बर्षीय भुपेन्द्र बम रहेका छन् । घाईतहरुलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याईएको गरेको प्रहरी नायव उपरीक्षक धामीले वताए ।
टेक्टरमा ६ जना रहेका थिए । अन्य तीन जना सामान्य रहेका स्थानीयले जानकारी दिएका छन् । घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय उद्दारमा गरिरहेको बताईएको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनाको कारणबारे खुल्न सकेको छैन ।  

प्रदेश सरकारको बजेट १ प्रतिशत मात्रै खर्च

सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेटको एक प्रतशित पनि खर्च गर्न सकेको छैन । 
पहिलो चौमासिकमा तलब, भत्ता जस्ता प्रशासनिक कार्यमा खर्च हुने चालू बजेट करीव तीन प्रतिशत खर्च गरेको सुदूरपश्चिम सरकारले पूँजीगत बजेट ०. १८ प्रतिशत मात्रै खर्च गरेको छ । सरकारले साउनदेखि कात्तिकसम्म विकास बजेट जम्मा दुई करोड नौ लाख ६४ हजार तीन सय ६२ रुपैयाँमात्रै खर्च गर्न सकेको छ । जबकी, यही अवधिमा चालू बजेट भने ३९ करोड ५२ लाख १३ हजार चार सय ८० रुपैया प्रदेश सरकारले निकासा लिएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जानकारी दिएको छ ।
लेखा अधिकृत यज्ञराज पाण्डेयका अनुसार चालू र पूँजीगत गरी पहिलो चौमासिकमा कुल ४१ करोड ६१ लाख ४७ हजार आठ सय ४२ रुपैयाँ बजेट खर्च भएको छ । जुन, खर्च प्रगति जम्मा बजेटको १ दशमलव ७० प्रतिशतमात्रै हुन आउँछ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २४ अर्ब ४२ करोड ९८ लाख २२ हजार रुपैया बजेट विनियोजन गरेको छ । प्रथम चौमासिकमा चालू बजेटको तुलनामा पूँजीगत बजेट खर्च प्रगति सबै मन्त्रालयमा सन्तोषजनक देखिदैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालूतर्फ एक करोड ५७ लाख १७ हजार ६ सय २६, पूँजीगततर्फ ४५ लाख ४९ हजार ५ सय १३ बजेट खर्च गरेको छ ।

हिंसा रोक्न महिलाहरुनै सचेत हुनु पर्ने

महिला हिंसा रोक्नका लागि महिलाहरु स्वयं सक्रिय हुनु पर्ने सरोकारवालाहरुले वताएका छन् । 
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले सोमवार आयोजना गरेको महिलाका बिभिन्न सवालहरुमा “सार्वजनकि परामर्श” कार्यक्रमका सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन । रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र दिपायलका प्रमुख बिल चौधरीले भने ‘छाउपडीकै सवालमा भन्दा महिलाहरु आफु हिडेको बाटोमा पनि सुनपानी छर्कन्छन्, त्यो मानसिकताले छाउपडी प्रथाको बिरोध गरेर के पाईदा ?’ 
जिल्ला प्रहरी कार्यायल डोटीका प्रहरी निरीक्षक नृपवहादुर बोहराले पढेलेखेका महिलाहरु नै हिंसामा पर्ने गरेको बताए । प्रहरीमा आफु हिंसामा परेको भन्ने उजुरी आउनेमा राम्रै योग्यता भएकाहरु समेत हुने गरेको उनले जानकारी दिए । 
कार्यक्रममा सञ्चारको दुरुपयोग भएका कारण पनि महिला हिंसाका घटनाहरु बढेको  जिल्ला समन्वय समिति प्रमुख सशी सोवले बताईन । महिलामाथी हुने हिंसाका सवालमा सरोकारवालाहरु सवै एकजुट हुनु पर्ने उनको भनाई छ । 
कार्यक्रममा रुडुककी जिल्ला संयोजक खेमा जोशीले डोटी जिल्लामा देखिएका महिलाहरुका सवालहरुको जानकारी गराएकी थिईन । उनले आफुहरुले कार्य क्षेत्रमा काम गर्दा यस्ता सवालहरु देखा परेको बताईन ।  

बादी समुदायका लागि जग्गा खोज्दै नगरपालिका

नगर क्षेत्रभित्र रहेका बादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यका साथ दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । 
नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही पनि नभएका भूमिहिन बादी समुदायका लागि जग्गा खरीद गरि घर बनाउने योजना   रहेको नगर प्रमुख मञ्जु मलासीले   बताईन । ‘भूमिहिन बादी समुदायको व्यवस्थापन गर्नमा समस्या छ’ मलासीले भनिन् ‘उनीहरुको बसोबासलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको छ ।’ उनले नगरपालिकाले जमिन खरीद गरिदिने र नेपाल सरकारको जनता आवास कार्यक्रम  अन्तरगत भवन निर्माण गर्ने गरी प्रयास भईरहेको बताईन । 
जमिन खरीद गर्नका लागि एक÷दुई ठाउँमा जमिन हेरेर कुराकानी भईरहेको मलासीले बताईन । ‘उनीहरु दैनिक ज्यालादारी गरेर खान्छन्, त्यसैले शहर भन्दा टाढा राख्न पनि समस्या छ’ मलासीले भनिन् ‘शहर नजिक जमिन धेरै महङ्गो  छ ।’   
दिपायल सिलगढी नगरपालिका–४ सेती प्राबिधिक शिक्षालय नजिकै प्रति जमिनमा अस्थायी कटेरो वनाएर बस्दै आएका सात बादी परिवारले सुरक्षित स्थानमा जग्गा खरीद गरि उचित आवासको व्यवस्थापन गर्दै बिहिवार दिएको ज्ञापन पत्र बुझ्ने क्रममा नगर प्रमुख मलासीले सो जानकारी दिएकी हुन । याक नेपाल, धनगढी र खाद्य अधिकार सञ्जाल डोटीको पहलमा बुझाईएको ज्ञापन पत्रमा आफुहरुलाई उचित आवासको व्यवस्थापन गर्नु पर्ने, बालबालिकाहरुलाई शिक्षाको व्यवस्था गर्नु पर्ने, जिविकोपार्जनका लागि सीपमुलक तालिमको व्यवस्था गरिनु पर्ने, बादी समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई बिशेष व्यवस्था गरिनु पर्ने माग गरिएको छ ।
आफुहरु पुस्तौंदेखि मनोरञ्जनका लागि नाँच्ने गाउने, मादल बनाउने, माटाका भाँडा बनाउने जस्ता कार्यबाट जीवन निर्वाह गर्दै आएको तर समाज आधुनिकीकरणतिर जाँदा आफ्नो पेशा संकटमा परेको ज्ञापन पत्रमा उल्लेख छ । डोटी जिल्लामा एक सय चार परिवार बादी समुदायको रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

खेल समाचार 

डिपिएल प्रतियोगिता निर्देशकमा बिनोद

माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुन तेश्रो रुस्लान डिपिएल क्रिकेट प्रतियोगताको निर्देशकमा बिनोद दास नियुक्त भएका छन । 
यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक दास रुस्लान धनगढी प्रिमियर लिग         (डीपीएल) को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा नियुक्त भएका हुन् । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले दासलाई प्रतियोगिता निर्देशक नियुक्त गरेको जानकारी दिएको छ । देशभरका ६ वटा टोलीको सहभागिता रहने प्रतियोगितामा दासको अनुभव र निर्देशनले थप उचाई लिने विश्वास व्यक्त आयोजक पक्षले गरेको छ ।
तेस्रो रुस्लान डिपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइने जनाइएको छ ।
डीपीएलका प्रत्येक टिममा १५ जना खेलाडी हुने र प्रत्येक टिममा दुई जना विदेशी खेलाडी तथा धनगढीमा आयोजना हुने ट्यालेन्ट हन्टबाट छनोट हुने सुदूरपश्चिमका एक खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइने जनाइएको छ ।
टी–२० को आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्ने छ ।
डिपिएलको संस्करणको मुख्य प्रायोजक रुस्लान रहने छ । आगामी तीन वर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकममा बृद्धि हुनेछ । विजय डिस्टिलरी र डीसिएबीच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताल पत्रमा विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मुख्य प्रायोजक विजय डिस्टलरीले तेस्रो संस्करणका लागि नगद र जिन्सी गरी एक करोड १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

पारा तेक्वान्दो टोली भारत प्रस्थान

प्रथम पारा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ ।
मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने छन् । टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे । यो प्रतियोगिता खेलाडीका लागि अन्य अन्तराष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्ने अवसर सावित हुने संघले जनाएको छ ।

चलचित्र/मनोरञ्जन 

प्रेममा छन् अनमोल र सारा

 फिल्मी खवर
अभिनेत्री सारा सिर्पालीको सुन्दरता र अभिनयको खुबै प्रशंसा हुने गर्छ । अभिनेता निखिल उप्रेतीको जोडी भएर उनले फिल्म ‘रुद्र’ बाट डेब्यु गरेकी साकाका दुबै फिल्म बक्स अफिसमा असफल भए । 
एक्सन स्टारसँग काम गरेर पनि सफलताबाट बञ्चित भएकी उनी यही मंसिर २८ गते फिल्म ‘सुश्री सम्पत्ति’ मार्फत करीब एक वर्षपछि पर्दामा देखिँदैछिन् । यसपटक निखिल नभई उनका लागि लड्ने दुई हिरो छन् सलोन बस्नेत र विनोद न्यौपाने । सुव्रत आचार्यले फिल्म निर्देशन गरेका हुन् । फिल्मलाई कमेडीप्रधान बताइएको छ । 
तेस्रो फिल्म रिलिजको संघारमा रहँदै गर्दा उनलाई डर र उत्साह दुवै रहेछ । भन्छिन् ‘फिल्म कस्तो होला भन्ने डर एकातिर छ भने एक वर्षपछि दर्शक भेट्न पाउँदै छु भन्ने कुराले उत्साहित पनि छु ।’ उनी ‘सुश्री सम्पत्ति’ आफ्नो सुखद फिल्मी करिअरका लागि चल्नै पर्ने बताउँछिन् । उनले आफ्नो भूमिका बारे भने बताउन चाहिनन् । 
फिल्मका कारण चर्चामा रहेकी साराको केही महिनादेखि ’लभ लाइफ’ को विषय पनि ’एक कान, दुई कान हुँदै मैदान’ हुन थालेको छ ।  उनी अहिले अभिनेता अनमोल केसीसँग प्रेममा रहेको सिनेवृतमा चर्चा छ ।

बिश्व किर्तिमानीका लागि नृत्य

१७ वर्षीय बन्दना नेपालले बिश्व किर्तिमानीका लागि नाच्न सुरु गरेकी   छिन् । 
गिनिज बुक वल्र्ड रेकर्डमा नाम  राख्ने उद्देश्यसहित बन्दना शुक्रवारदेखि नाच्न थालेकी हुन । धनकुटा महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगाका बन्दना अहिले  बत्तिसपुतली स्थित विगफुडल्यान्डमा नाचिरहेकी छिन् । हालसम्म गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । 
यो समाचार तयार गर्दासम्म बन्दनाको नाच्ने क्रम जारी रहेकोले सोही समयसम्म नाचेर नेपाल विश्वसामु चिनाउने विश्वास लिएको नेपाल फाउन्डेसनका सह संयोजक सन्तोष लामाले  बताए । लामाका अनुसार अहिलेसम्म उनको स्वास्थ्यमा केही असर देखिएको छैन् । उनको स्वास्थ्य सुरक्षाको लागि डाक्टरहरू समेत ल्याइएको छ । उनले थप ब्रेक समय भने मागेकी छन् । ४÷४ घण्टाको समयमा ५ मिनेट मात्रै बिसाउन पाउने पहिले नियम रहेपनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने    छिन् । 
लगातार एक सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कड राख्ने बन्दनाको लक्ष्य छ । भारतीकी हेमालथाले  २०१० मा एक सय २३ घण्टा १५ मिनेट नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कडमा नाम राखेकी थिइन् । बन्दनाले यो रेकर्ड ब्रेक गर्न १२ गतेको दिउँसो करिब ४ बजेसम्म नाच्नु पर्ने छ । अर्थात् उनले  ६ दिन नाच्ने छिन् । अहिलेसम्म उनले ३ दिन नाचेकी छिन् ।
उर्जा मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रविन्द्र अधिकारीको आतिथ्यमा समुद्घाटन गरेपश्चात गत शुक्रबार विहान ९ बजेबाट नाचेकी   थिइन् । नेपाली भेषमा नृत्य गरेकी नेपालले अहिले लोप हुँदैँ गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्ने आएकी छिन् ।

लेख 

ति केपी ओली र यि केपी ओली

रामहरी ओझा 
प्रतिनिधि सभाका दुई तिहाई सदस्यहरुको समर्थनमा बनेको बर्तमान “बामपन्थी” सरकारले आफ्नो कार्यकालको नौ महिने अवधी कटाएपछि नेपालको राजनीतिक बृत्तमा एक पटक सरकारको बिषयमा चर्चा परिचर्चा चुलिएको छ । २०४७ सालको राजनीतिक  परिवर्तनपछि  २०४८ र २०५६ सालमा संसदमा स्पष्ट बहुमत हुँदाहुँदै पनि आवधिक सरकार नपाएको देशले २०५१, २०७० र २०७४ को निर्वाचनबाट बनेका संसदहरुबाट आवधिक सरकार पाउने सम्भावनै थिएन । भयो पनि त्यस्तै । 
तर, २०७४ सालको निर्वाचनबाट तत्कालीन “बाम” गठवन्धनले प्रष्ट बहुमत पायो । उक्त अवस्थालाई दुईतिहाईमा पु¥याउनका लागि अन्य दलहरुले पनि सहयोग गरे । अंक गणितीय हिसावमा २०४७ सालको  परिवर्तनपछिको पहिलो शक्तिशाली सरकार बन्न पुग्यो बर्तमान सरकार । 
जसरी सरकार दुईतिहाईको समर्थनमा बन्यो, त्यसरीनै देश आमुल परिवर्तनको दिशाँमा अगाडी बढ्दा, विकासले गति लेला, ‘व्यूरोक््रयाट्स’ को कार्यशैलीमा परिवर्तन आउला, सुशासन कायम होला, भ्रष्टाचारको अन्त्य होला, राजनीतिक स्थिरता होला, जनताले आधारभूत आवश्यकताहरुको निर्वाध रुपमा परिपुर्ति गर्न पाउँलान, बिधिको शासन स्थापना होला, सामाजिक न्याय होला भन्ने अनुमान गरिएको थियो, यो नौ महिनाको शासनकाल हेर्दा जनतालाई निराशा बाहेक अरु केही पनि दिन सकेन सरकारले । जुन कुरा बुधवार सरकार स्वयंको समिक्षाले पनि पुष्ठी गर्दछ । अव सरकारको नौ महिनाको शासनकाला सुखद् रहेन भन्ने कुरा पुष्ठी गर्नका लागि थप शव्दहरु खर्च गरिरहनु जरुरी छैन । 
नेपाली राजनीतिकर्मीहरुको चरित्रबाट अभ्यस्त भईसकेका नेपाली जनता नेपालमा राजनीतिक स्थिरता आउने र सुशासन कायम भई समृद्ध नेपाल बन्ने कुरामा हत्तै विश्वास गर्ने अवस्था छैन तर पनि २०७४ साल फागुन ३ गते गठन भएको बर्तमान सरकारसंग जनताले अलि बढी नै बिश्वास गरे । त्यसका पछाडी दुई कारण छन् ।

पहिलो कारण, “बाम” वा “कम्युनिष्ट” भन्नेहरुको पूर्ण बहुमत र दुई तिहाईको समर्थन हो । संसद्मा पूर्ण बहुमत भएको दलले पाँच बर्षे अवधी पुरा गर्ला भन्ने बिश्वास जनतामा थियो र छ पनि । यद्यपी २०४८ र २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको सुविधाजनक बहुमत त्यसै खेर गयो । पार्टीभित्रैको लुछाचुँडीले दुवै पटक मध्यावधी निर्वाचन गराउनु पर्ने अवस्था सृजना भयो । ०५९ मा मध्यावधीको लागि गरिएको सिफारिसले त झन सक्रिय राजतन्त्र पुनस्र्थापित ग¥यो । तर, यो बिचमा नेताहरुले धेरै कुरा सिकेको हुनु पर्छ र अव त्यसो नगर्लान भन्ने आश जनतामा थियो । त्यसैमाथी दुई तिहाईको समर्थन भएपछि त सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा कुनै समस्या आउने छैन र द्रुत गतिमा अगाडी बढ्नेछ भन्ने आम अपेक्षा थियो । 
दोश्रो कारण सरकार प्रमुख अर्थात प्रधानमन्त्री के पी ओलीप्रतिको बिश्वास हो । झापा बिद्रोहदेखि नेपाली राजनीतिक सक्रिय हिस्सा बन्दै आएका के पी ओली भलै पदीय प्रतिस्पर्धामा पार्टीभित्र र संसदीय चुनावमा हारेका पनि छन् तर उनी असफल छैनन् । सामन्ती शासन ढाल्ने र जनताको शासन स्थापना गर्ने जोसका साथ १९÷२० बर्षको कलिलै उमेरमा सशस्त्र बिद्रोहमा लागेका ओलीले मुक्तिको सपना पुगा गर्ने सिलसिलामै आफ्नो जीवनमा उर्वरक १४ बर्ष काल कोठारीमा बिताए । खुला राजनीतिमा आईसकेपछि पनि उनी राजनीतिक रुपमा सधैं चर्चामा रहिरहे । तत्कालीन एमालेको पाँचौं महाधिवेशनबाट “जनताको बहुदलीय जनबादी” कार्यक्रम पारित हुँदा मदन भण्डारीका दाहिने हात भएर उभिएका ओली त्यही जनताको बहुदलीय जनबादी कार्यक्रमलाई एमालेको सिद्धान्त बनाउन सफल भए । यद्यपी पूर्व एमालेभित्र अहिले पनि जनताको बहुदलीय जनतावाद सिद्धान्त होईन, जनबादी कार्यक्रम मात्रै भन्नेहरुको ठुलो जमात छ तर ओली र ओली पक्षको पहलमा महाधिवेशनले नै जनताको बहुदलीय जनबादलाई सिद्धान्त स्वीकार ग¥यो । अहिले बनेको “नेकपा” ले पनि जवजलाई सिद्धान्तकै रुपमा स्वीकार गर्ने संकेत देखा परेको छ । 
उनी पार्टीभित्र बहुपदीय प्रणालीका पक्षमा थिए अर्थात आन्तरिक लोकतन्त्रको पक्षमा थिए । उनले सातौं महाधिवेशनमा बहुपदीय प्रणालीमा जानु पर्ने प्रस्तावै लगे तर त्यतिबेला त्यो अस्वीकृत भयो । त्यही बहुपदीय प्रणालीको प्रस्ताव उनले आठौं महाधिवेशनबाट पारित गराई छाडे । मदन भण्डारीको निधनपछि पार्टी प्रमुखको दावी गर्दै आएका कमरेड ओली आठौं महाधिवेशनमा आएर सफल भए । उनी पार्टी सत्तामा पुगेका बेला पार्टीले तीनै तहको निर्वाचनमा महत्वपूर्ण सफलता प्राप्त ग¥यो र दुई ‘बाम’ हरुबीच एकीकरण पनि भयो । यो उनको अर्को ठुलो सफलता हो । यसकारण जनताले उनीप्रति बिश्वास गरेका हुन ।  
पार्टीभित्रको सफलतासंगै सत्ता सञ्चालनको अभ्यासमा पनि सफल व्यक्ति हुन उनी । २०५१ सालमा पहिलो पटक गठन भएको कम्युनिष्ट सरकारका उनी गृहमन्त्री हुन, जुन सरकारले गरेका कामहरुको व्याज पूर्व एमालेले अहिलेसम्म खायो र खाँदै पनि छ । नौ महिनाको अवधीमा उनी गृहमन्त्री हुँदा कुनै एक जनाले पनि प्रहरीको गोलीबाट ज्यान गुमाउनु परेन । गम्भिर प्रकृतिका अपराधका धटनाहरु धेरै कम भए । उनी आफु कुनै पनि बिवादमा आएनन् । आफु लामो समयसम्म जेल जीवन बिताएकाले होला उनले बिभिन्न जेलहरुका अनुगमन गरे र सुधारका लागि पहल पनि गरे । छोटो अवधीमा धेरै कुरा गर्न सक्ने ठाउँ त थिएन तर पनि त्यो सरकारका साथसाथै उनी पनि सफल भए ।
२०६२/०६३ को जनआन्दोलनपछि उनी उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री भए । यद्यपी त्यो सरकारले त्यति धेरै लोकप्रिय काम गर्न सकेन तर त्यो सरकारका मन्त्रीहरु बिवादित भए, आलोचित भए । ओली भने आफुलाई बचाउन सफल भए । उनलाई कुनै पनि प्रकारको आरोप लागेन । 
२०७२ साल असोज ३ गते नयाँ संबिधान जारी भईसकेपछि उनी असोज २४ गते नेपालका ३८ औं प्रधानमन्त्री भए । पहिलो पटक उनी त्यो कुर्चीमा पुग्दा काँडैकाँडा थिए । आफ्नो चाहाना अनुसारको नयाँ संबिधान जारी नभएको भन्दै भारतले गरेको नाकाबन्दी जारी थियो । आफ्ना मुद्धाहरु संबिधानमा नसमेटिएको भन्दै तराई मधेश लगायत देशका बिभिन्न स्थानहरुमा आन्दोलन, चक्काजाम, हड्ताल जारी थियो । जनताले दैनिक उपभोग्य बस्तुहरुको प्रयोग गर्न पाईरहेका थिएनन्, भोकभोकै बस्नु पर्ने अवस्था थियो । ओलीले सपना देखाए, राष्ट्रबादको सपना । उनको त्यो सपनालाई जनताले साथ दिए । उनी नाकाबन्दीको दलदलमा फसेको देशलाई साधारण अवस्थामा ल्याउन सफल भए । बिभिन्न समूहले चलाएका आन्दोलनहरु केही समयका लागि भएपनि मथ्थर गर्न सफल भए । उनले भारतमै गएर भारतले नाकावन्दी गरेको हो भन्ने साहस राखे, नेपालको अहित हुने कुनै काम गरेनन् । चिनसंगको सम्वन्धलाई मजबुद् वनाए, बिदेशमा मारिएका नेपालीहरुको शव नेपाल ल्याउन चासो देखाए, काठमाण्डौं तराई द्रुत मार्ग आफ्नै लगानीमा बनाउने अडान राखे, अन्य अन्य । उनले सवैभन्दा ठुलो काम जनतामा सपना देखाए । 
०५१ को अल्पमतको सरकार होस्, ०६४ र ०७२ का संयुक्त सरकार, उनी सफल नै भए । उनले जनताबाट गाली खानु परेन, ताली नै पाए । 
तर, अहिलेको दुई तिहाई बहुमतको सरकार चलाउँदा यो नौ महिने अवधीमा उनले आशलाग्दा कुनै पनि काम गर्न सकेनन् । आश लाग्दा काम मात्रै होईन जनतालाई निराशातिर जानबाट रोक्ने गरि पनि उनले कुनै सपना बाँड्न सकेनन् । सरकारले राम्रा काम ग¥यो भन्ने पक्षमा उनका समर्थकहरुले लामै फेरिस्ता तयार गर्न सक्लान तर जनताले महसुश गर्ने गरी के भयो त ? १, २, ३ सम्म बुँदागत रुपमा भन्ने हिम्मत न त स्वयं के पी ओलीसंग छ त उनका सहयोगी र समर्थकहरुसंग छ । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वडा गज्जवको छ तर यो नारा साकार हुने गरी सरकारका काम कारवाही अगाडी बढाउन ओलीको जोर बल पुगेन । दुई तिहाईको सरकार छ, स्थानीय तहमा कर्मचारी जान मानेका छैनन् । जनता भन्दा ठुला कर्मचारी हुन सक्दैनन्, कर्मचारी सरकारको निर्देशनमा चल्नु पर्छ । निर्देशन नमान्ने कर्मचारीलाई स–सम्मान बिदाई गर्नतिर सरकार अग्रसर हुनु जरुरी छ तर सरकार यो हिम्मत गर्दैन, असफल भयो । सिण्डिकेट अन्त्य गर्ने कुरा ल्यायो, त्यसमा पनि असफल भयो, लापरवाही गर्ने ठेकेदारहरुलाई कारवाही गर्ने भन्यो, त्यसमा पनि असफल भयो । 
भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको छ । स्वयं ओली पार्टीका कार्यकर्ताहरु समेत भ्रष्टाचारमा चुर्लुम्मै छन् । सरकारले भ्रष्टाचार बिरुद्ध कुनै ‘एक्सन’ लिन सक्दैन । अपराध बढेको बढेई छ, स्वयं प्रहरी पनि अपराधमा संलग्न भएको खवर आउँछ तर नियन्त्रणको प्रभावकारी काम हुन सकेको छैन । बिहान घरबाट निस्केको व्यक्ति साँझ सुरोपुरो घर पुग्छ भन्ने कुनै ग्यारेण्टी छैन । अपराध हुन्छ, अपराधी पत्ता लाग्दैन । हत्या र आत्महत्याका घटनाहरु बढ्दै गएका छन्, बलात्कार, चोरीका घटना उस्तै छन् । प्रहरी र प्रहरीको अनुसन्धानप्रति अविश्वास बढ्दै गएको छ । न्याय पाउन हड्ताल गर्नु पर्ने, अनसन बस्नु पर्ने, नाङ्गै प्रदर्शन गर्नु पर्ने अवस्था आएको छ । यस बिषयमा पनि ओली असफल देखिए । 
ईतिहास हेर्दा के पी ओली आफैमा खराव होईनन् । उनले व्यक्तिगत स्वार्थ पुरा गर्न अनेक तिग्डम् गरेको पनि देखिदैन । ०२३ सालदेखि राजनीतिक यात्रा सुरु गर्दा देखि २०७४ साल फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्मका के पी ओली र त्यसपछिको नौ महिने अवधीका के पी एउटै हुन त ? भन्ने जिज्ञासा आउनु स्वभाविकै हो । त्यसकारण ओली आफैले र उनका सहयोगीहरुले समिक्षा मात्रै होईन आत्मसमिक्षा गर्नु जरुरी छ । अन्यथा जनतामा बढ्दै गएको निराशाले उग्र रुप लिनेछ र अन्ततः जनता फेरी संगठित रुपमा सडकमा आउन बाध्य हुनेछन् । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. आप्रबासी श्रमिकहरुको साझा संगठन कोलोम्वो प्रासेसका उच्च अधिकारीहरुको पाँचौं बैठक काठमाण्डौंमा कहिले सम्पन्न भयो ?   — बि.सं. २०७५ कात्तिक २९–३० 
२. वल्र्ड ट्वाईलेट डे अर्थात् बिश्व चर्पी दिवस कहिले मनाईन्छ ?  — नोभेम्वर १९ 
(सन २०१८ को नारा चर्पी(हाम्रो प्राकृतिक आवश्यकता) 
३. जैविक तथा बैयक्तिक विवरणसहितको राष्ट्रिय परिचय पत्र कहिलेदेखि बितरण गर्न थालिएको हो ? 
— बि.संं. २०७५ मंसिर ३ 
(गृहमन्त्री रामवहादुर थापा बादलले मंसिर ३ मा फिदिम नगरपालिका वडा नं. ४ कि १०१ बर्षीया भगवती भण्डारलाई परिचय पत्र प्रदान गरेसंगै बितरण प्रारम्भ भएको हो । आफुले पाएपछि जेष्ठ नागरिक भगवतीले आफ्नो हातले गृहमन्त्री थापालाई परिचयपत्र प्रदान गर्नु भएको हो । पााचथर जिल्लाका एक लाख १० हजार नागरिक र सिंहदरवारमा कार्यरत सात हजार कर्मचारीलाई पहिलो    चरणमा परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको छ । पहिलो पटक आ.व. २०६६÷०६७ को सरकारको बार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी जैविक तथा बैयक्तिक विवरण सहितको राष्ट्रिय परिचय पत्र उपलव्ध गराउने योजना उल्लेख गरिएको छ । २०६७ साल असार १६ गतेको मन्त्रीपरिषद्को निर्णयबाट यसका लागि राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी कार्य सुरु भएको थियो । पहिलो चरणको काम सकिएपछि दोश्रो चरणमा १५ जिल्लाहरु, तेश्रो चरणमा २५ जिल्ला र चौथो चरणमा ३६ जिल्लामा यो परिचय पत्र वितरण गर्ने लक्ष रहेको छ । राष्ट्रिय परिचय पत्र प्रयोगमा आएसंगै, नागरिकता, सवारी चालक अनुमतिपत्र र मतदाता परिचय पत्रको काम एउटै       राष्ट्रिय परिचयपत्रले गर्नेछ । चिप्ससहितको यो परिचय पत्रमा सम्वन्धित व्यक्तिको तस्वीर, हातका १० ओटै औलाको छाप, अनुहार तथा आँखाको माईक्रो स्क्यान, राजदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोवारको विवरण लगायतका सूचना रहनेछन् । नेपालको प्रशाससनिक ईतिहासमा नै यो सूचना प्रबिधिमा आधारित नयाँ फड्को भएको मानिएको छ । यसले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न समेत सहयोग पुग्ने बिश्वास लिईएको छ । एउटै सोमा भएका सूचनाहरु चुहावट हुने, दुरुपयोग हुने लगायतका चुनौती रहने भएकाले व्यक्तिगत विवरणको सुरक्षा राज्यले आवश्यक सतर्कता अपनाउनु पर्ने विज्ञहरुको धारणा रहेको छ । 
४. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर बैठक सन २०१८ नोभेम्वरमा कहाँ सम्पन्न   भयो ?   — पोर्ट मोर्सवी, पपुवान्युगिनी 
(नोभेम्वर १७ र १८ मा सम्पन्न सो बैठकमा एपेकमा २१ सदस्य राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि बिश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच उत्पन्न मतभेद्का कारण एपेक स्थापनाको २९ बर्षमा पहिलो पटक नेताहरुले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेको वताईएको छ ।) 
५. एसिया–ओसिनिया कम्प्युटिङ अर्गनाईजेसनद्वारा प्रदान गरिएको डिजिटल गभर्नमेण्ट अवार्ड–२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा निकाय कुन हो ?   — नेपाल प्रहरी 
(सूचना प्रबिधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकार िसंस्थालाई जापानस्थित एसियन ओसिनियन कम्प्युटिङ ईन्टस्ट्री अर्गनाईसेनसद्वारा प्रदान गरिने एसओसिआईओ–२०१८ डिजिटल गभर्नमेण्ट अवार्ड नेपाल प्रहरीले प्राप्त गर्न सफल भएको हो । उक्त संस्थाले हरेक बर्ष एसओसिआईओ आउट स्ट्याण्डिङ कम्पनी, आउटस्ट्याण्डिङ युजर अर्गनाईजेसन, डिजिटल गभर्नमेण्ट र आईसिटी एजुकेसन गरी चार बिधामा अवार्ड प्रदान गर्ने गरेको थियो ।) 
६. श्रीलंकाको संसद्ले नवनियुक्त प्रधानमन्त्री महिन्द्रा राजापाक्षे बिरुद्ध अविश्वासको प्रस्ताव कहिले   पारित गरेको हो ?    — सन २०१८ नोभेम्वर १४ 
(राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले नोभेम्वर १३ मा पुनःस्थापना गर्न अन्तरिम आदेश दिएको भोलिपल्ट संसदले राजापाक्षेबिरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो । राष्ट्रपति सिरिसेनाले सन् २०१८ अक्टोवर २६ मा प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्र राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संसदमा राजापाक्षेले बहुमत जुटाउन नसक्ने देखेपछि राष्ट्रपतिले नोभेम्वर ९ मा संसद् भङ्ग गर्दै आगामी जनवरी ५ मा आम चुनाव घोषणा गरेका थिए । उक्त निर्वाचन रोक्न पनि अदालतले अन्तरीम आदेश दिएको छ ।)
७. नेपालमा पहिलो पटक बुद्धको जन्मभूमि लुम्विनीमा अन्तराष्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ?   — बि.सं. २०७५ कात्तिक २८–३०
८. सामाचकेवा पर्व कहिले मनाईन्छ ?   — कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म 
९. कर्मचारी सञ्चय कोषले आफ्ना बचतकर्तालाई घातक रोगको उपचारका लागि कति रुपैयाँ स्वास्य विमा गरिदिने भएको छ ?   — १० लाख रुपैयाँ 
(आफ्ना बचतकर्तालाई औषधी उपचारमा एक लाख रु घातक रोगको उपचारका लागि १० लाख रुपैयाँसम् बिमा गरिदिने भएको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडसंगको सहकार्यमा कोषले यस्तो बिमा सुबिधा उपलव्ध गराउने भएको छ । कोषको नयाँ स्वास्थ्य बिमासम्वन्धी सुबिधा निजामति, सेना, प्रहरी, शिक्षक तथा यसमा नियमित ६ महिनादेखि बचत गर्र्दै आएका नीजि क्षेत्रका बचतकर्तालाई उपलव्ध हुने कोषले जनाएको छ । त्यस्तै अवकाश भएर पनि आफ्नो कोषबाट पैसा फिर्ता नलगेका कर्मचारीले पनि प्रिमियम बुझाई स्वास्थ्य बिमा लाभ लिन सक्ने) 

साहित्य/सृजना

विपना जन्माउने सपना

तार्न नसकेका सपनाहरु सवै
छोडेर खोलापारी
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार 
एक झोला सपनाहरु
पोखिएका रहरहरु
र, झरेका रक्तिम लालीगुराँसहरु
अन्तिम हाँसो हाँस्छन मसँग 
बग्नुछ उनीहरुलाई
केही क्षणपछि आउने भिषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।

म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरु
अर्कै क्यानभाष पोतेर मनमा ।

भत्केका सिंढीहरु
लहरै बतासे डाँडाहरु
नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु
पहाड ओदारिरहने भोका पेटहरु
रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरी राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरी लटरम्मै सपनाका फलहरु फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।

यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरु
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।
दिपेन्द्र के सी 
बागलुङ, हाल ओस्टण्डे बेल्जियम

गजल 

टाढाको ढुङ्गा पनि जब नुर हुन्छ
नजिकको तिर्थ स्वतः दुर हुन्छ

सजिवको प्राण हरण गर्छ मनुवा
निर्जिवलाई पुज्न कति आतुर हुन्छ

माटोमा हड्डी  खियाउछन् पैतलाहरु
पत्थरको सिरानीमा गजुर हुन्छ

बैराहरुको राज्यमा अन्धो शासक हुँदा
नसुनेको सङ्गित पनि मधुर हुन्छ

न कसैको दास न कसैको मालिक 
झुपडीमै फकिरलाई भरपुर हुन्छ

पाउ जमिनमै राखिबक्सिओस् हजुर पनि
हजुर माथी अझै अर्को हजुर हुन्छ
पुष्पा जोशी “काली” 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

                           प्रथम पटक सूचना प्रकासित मिति ः २०७५/०८/११
समान पहुँच विकास केन्द्र (सिड) नेपाल, डोटीले समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य, शिक्षा, शुसासन र संस्थागत विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाद्वारा डोटी जिल्लाको साविकका १४ वटा गाविस (छपाली, गिरिचौका, महादेवस्थान, कालिकास्थान, दहकालिकास्थान, लामिखाल, बाँझककानी, खातिवाडा, डौड, तोलेनी, बग्लेक, खिरसैन, गैरागाँउ र कलेना तथा दिपायल सिलगढी नपाको साविकका वडा नं ११ र १२ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालन भईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण तथा हेल्दी भिलेज परियोजनाका लागि निम्नानुसारका  कर्मचारीको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र वास्तविक बायोडाटा यस संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा कार्यालय समयभित्र आई पुग्ने गरि पेश गर्न हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
पद ः  लेखा तथा प्रशासन अधिकृत (Admin and Finance Officer-AFO)  संख्या ः १ जना 
प्रमुख जिम्मेवारी ः 
ड्डपरियोजनको वित्तीय कारोवारको श्रेस्ता भुक्तानी तथा प्रतिवेदन तयारी र वित्तीय व्यवस्थापन गर्ने 
ड्डनेपाल सरकारको कर प्रणालीवारे राम्रो जानकारी भएको, कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन गर्ने 
ड्डतालिम सहजीकरण तथा जिन्सी (Logistic) व्यवस्थापन गर्ने 
ड्डस्थानीयस्तरमा समुदाय तथा सरोकारवाला निकायहरु र वैंकवीच सम्पर्क, समन्वय गर्ने 
ड्डसमयमा नै आर्थिक प्रतिवेदन तथा जिन्सी अभिलेखिकरण गर्ने 
ड्डकम्प्युटरमा माइक्रो सफ्ट अफिस र इमेल इन्टरनेट संचालन गर्ने 
ड्डएक्सलमा राम्रो ज्ञान भई कम्प्युटरमा एकाउन्टिङ्ग सफ्टवयर्स चलाउन सक्ने 
ड्डपरियोजनाको अर्थिक क्रियाकलापमा प्रत्येक्ष रुपमा सहभागी हुने र खरिद, भण्डारण र व्यवस्थापन गर्ने 
ड्डसंस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने  
ड्डपरियोजनाले तोकेको खाकामा प्रतिवेदन तयार गर्न सक्ने । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव ः 
व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण (Preferred-Bachelor in management) भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको कार्य अनुभव । 
आवेदन सम्बन्धि थप जानकारी ः
सेवा सुविधा ः संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ । 
आवेदन दिने अन्तिम मिति ः २०७५/०८/१७ गतेसम्म (विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र) ।
सम्पर्क मिति ः  २०७५/०८/१८ गते देखि  । 
आवेदनको माध्यम ः कार्यालयमा संस्थाको आवेदन फाराम लिई बुझाउनु पर्ने छ ।
परिक्षाको किसिम ः लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक । (परीक्षा मिति सम्पर्क मितिमा तोकिनेछ) 
नोट ः महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

दिपायल सिलगढी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
सिलगढी, डोटी 

सुदूरपश्चिम प्रदेश 

दमकल, ट्याक्टर, ट्रली लिलाम विक्रि सम्वन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/०४
उपर्युक्त सम्वन्धमा यस कार्यालयमा रहेका पूरानो दमकल, ट्याक्टर र ट्रली जे जस्तो अवस्थामा छ, सोही वमोजिम निम्न शर्तको अधिनमा रही आर्थिक कार्यविधि २०६४ को नियम ५८ को उप नियम ८ वमोजिम डाक वाढावढद्वारा लिलाम विक्रि हुने भएकोले ईच्छुक व्यक्ति वा फर्मको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ । 
निम्न 
१. दमकलको न्युनतम मूल्य रु.३०००००।– तीन लाख नामसारी नहुने (१२००० के.जि. प्रति के.जि. रु. २५।– का दरले) 
२. ट्याक्टरको न्युनतम मूल्य रु.७००००।– सत्तरी हजार नामसारी हुने २०७२÷०६÷२२  सम्म नविकरण भएको त्यसपछि को नविकरण लिलाम सकार गर्ने व्यक्तिले गर्नु   पर्नेछ । 
३. ट्रलीको न्युनतम मूल्य रु.२००००।– वीस हजार (८०० के.जि. प्रति के.जि. रु.२५ का दरले) 
लिलाम वढाबढ हुने 
मिति ः २०७५/०८/२४ गते
समय ः दिउसो १२ वजे देखि १ः ३० वजे सम्म । 
स्थान ः दि.सि.न.पा. कार्यालय भित्र 
क) लिलाम कवोल गर्ने व्यक्तिले न्युनतम अंकको ५% रकम धरौटी वाफत नगदै राख्नु पर्नेछ । डांक अंक वढ्दै गएमा सोही अनुपातमा धरौटी रकम थप गर्दै जानुपर्नेछ । 
ख) लिलाम सकार गर्ने व्यक्तिले एकमुष्ट रकम वुझाई ७ दिनभित्र सामान उठाई लैजानु पर्नेछ । उक्त अवधिमा समान नलगेमा धरौटी वाफतको रकम जफत हुनेछ ।
ग) अन्य जानकारीको लागि यस कार्यालयको ४२०२९७ मा वा मो. नं. ९८४८४३२१११ मा सम्पर्क राख्न सकिनेछ ।  

नेपाल सरकार 
रक्षा मन्त्रालय 
नेपाली सेना 
श्री रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटीको 

सिलबन्दी दरभाउपत्र आब्हानको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/०३ गते 
यस गणको हाता भित्र ५ सिटे महिला शौचालयको सिलबन्दी दरभाउपत्रको माध्यमबाट निर्माण गर्नूपर्ने भएकोले इजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ताबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गणबाट रु.१०००।– (एक हजार मात्र) (पछि फिर्ता नहुने गरी) तिरी दरभाउपत्र फाराम खरिद गर्नू भई १६ औं (सोह्रौ) दिनको १२ः०० बजेभित्र यस गणमा सिलबन्दी दरभाउपत्र दाखिला गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य जानकारीको लागि यस गणको फोन नं. ०९४–४११०९७, मोवाईल नं. ९८४३०९९४२६ (लेखा सहायक सेनानी सृजन बिष्ट) मा सम्पर्क गरी जानकारी लिन हुन र बिस्तृत विवरणको सूचना जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, को.ले.नि.का र यस गणको सूचना पाटीमा टांस गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।