Tuesday, December 4, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर १८ गते मंगलवार

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
न्यानो कपडाको जोहो समयमै गरौं । ड्डशित–लहरको समयमा घरबाहिर खुलास्थानमा धेरै समय नविताऔं । घर बाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं । 
रातको समयमा सिरक कम्वल जसता न्यानो ओढ्न गरौं । घरभित्र राती सुत्दा शरीरको साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रवन्ध मिलऔं । 
शित–लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने  गारौं, छाती र टाउकोलाई चिसोबाट जोगाउने कार्य गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

एचआईभीको संक्रमणले महिलालाई दिएको पीडा

रामहरी ओझा/डोटी
मंसिर १७
डोटीको दिपायल सिलगढी नगरपालिकी पार्वती (नाम परिवर्तन) लाई एचआईभी संक्रमण भएको ७ बर्ष भयो । तिन सन्तानकी आमा बिष्ट परिवार पाल्नकै लागी सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा  जोखिमपुर्ण काम गर्दैछिन् ।
पूर्वीचौकी गाउँपालिकाकी मन्सरी (नाम परिवर्तन) को अवस्था पन िउस्तै छ । श्रीमान्नले भारतमा गएर कमानु हुन्थ्यो, घर परिवार राम्रै चलेको थियो । एचआईभी संक्रमणका कारण श्रीमान्को त मृत्यु भयो नै, साथै उनले मन्सरीलाई पनि एचआईभी सराएर गए । श्रीमान्को मृत्युपछि चार छोरा छोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । आफ्ना छोरा छोरी कसरी पाल्ने भन्ने चिन्ता मन्सरीको छ । 
मन्सरी र पार्वती मात्रै होईनन् जिल्लामा यस्ता धेरै एचआईभी संक्रमित एकल महिलाहरुलाई आफु र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले  पिरोलेको छ । “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था वारे थाह पाउँ” भन्ने मुल नाराका साथ बिश्वभरी एड्स दिवस तामझा गरी मनाईरहँदा सुदूरपश्चिम क्षेत्रका संक्रमित महिलाहरुलाई भने साँझ विहान हातमुख जोड्न धौ धौ छ । 
सुदूरपश्चिम क्षेत्रका अधिकांश पुरुषहरु काका लागि भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । बिभिन्न संघसंस्थाहरुले गरेको अध्ययन अनुसार यस क्षेत्रका संक्रमितहरुमध्ये अधिकांश भारतवाट काम गरेर फर्कनेहरु छन् । एचआईभी संक्रमित भई घरमा कमाउने श्रीमान्को मृत्यु भएपछि एकल हुन पुगेका महिलाहरु एचआईभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्नु परेपछि आर्थिक समस्याका कारण थप पिडामा छन् । 
पुरुषहरु सकेसम्म एचआईभीको जाँच गराउन मान्दैनन् । अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआईभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मीहरु वताउछन् । कामका लागी भारत गएका श्रीमान्ले आफुलाई पनि एचाईभीको संक्रमणमा पारेपछि एचआईभी संक्रमित भन्दै महिलाहरुले परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ । 
एचआईभी संक्रमित भई भारतवाट घर फर्केहरु समेत उपचारपछि पुनः काम गर्न   भारत जाने क्रम समेत बढेको छ । केहि एचआईभी संक्रमित एकल महिलाहरु बिभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमवाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका  छन् । 
सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । मसालीका अनुसार तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । ‘आर्थिक बर्ष २०७४/०७५ सम्मको तथ्याङ्क हेर्दा यस प्रदेशमा ६ सय ७६ जनाले एचआईभी÷ एड्सका कारण ज्यान गुमाएका छन’ मलासीले भने ‘गत आर्थिक बर्षमा मात्रै दुई सय ४७ जना नयाँ संक्रमित देखिएका छन् ।’ 
मलासीका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको उनले बताए । 
जिल्ला अस्पताल डोटीका एआरटी सेन्टरले दिएको जानकारी अनुसार  जिल्लामा एचआईभीहरुको संख्या नौ सय ५८ रहेको छ । उक्त संख्यामा महिलाहरुको संख्या पाँच सय ४८ रहेको छ । यस आधारमा संक्रमितहरुमा महिलाहरुको संख्या बढी रहेको देखिन्छ । 

सम्पादकीय 

आन्तरिक बिवादले थलिने बेला भयो सरकारको

संसदमा अत्याधिक बहुमत भएको पार्टीको नेतृत्वमा दुईतिहाई सांसदको समर्थनमा बनेको सरकार, प्रतिपक्ष आफै अलमत परेको अवस्था, बिगतको नौ महिने शासनकालमा जनतालाई देखाएका सपना, यि सवै कुराले बर्तमान सरकारसंग नेपाली जनताले धेरै आशा गरेका थिए, अपेक्षा राखेका थिए । अव देशमा विकासले गति लिन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, नेपाल समृद्ध हुन्छ भन्ने आश थियो जनतामा । तर, त्यो कुनै पनि कुरा पुरा हुन सकेन ।
भ्रष्टचार बढ्दै गएको छ, महंगीले आकाश छुन थालेको   छ । कालो बजारी उस्तै छ, अपराधको कुरा गरेर पनि साध्य  छैन, अभावहरु बढ्दै छ तर सरकार पोलमा चढ्न थालेको छ । यद्यपी जनताले अहिल्ले नै सरकारप्रति आक्रोस पोखिसकेका छैनन् । अहिलेपनि जनताको आश छ, आज नभए भोली देखि सरकारले केही सुधारमा काम गर्ला भन्ने आशा जनताले मारिसकेका छैनन् । तर पनि निराशा तह भने बढ्दै गईरहेको छ । सरकारले त्यसतर्फ कुनै पनि कदम चालेको छैन भनिन्छ दिनको वारेमा बिहानीले बताउँछ, त्यस्तै सरकारको कार्यशैली  प्रारम्भिक अवस्थाले नै बताई हाल्नु पर्ने हो तर त्यो हुन सकेन ।
प्रतिपक्षी दल आफै कागको कुहिरो भएको छ । सरकारको बिरुद्धमा जाने राजनीतिक एजेण्डा केही भेटाउन सकेको छैन प्रमुख प्रतिपक्षी दलले । त्यसकारण उसले केहिले गोविन्द केसी र कहिले निर्मला पन्तको बैशाखी टेक्नु पर्ने अवस्था छ । द¥हो प्रतिपक्ष नभएपछि सरकारलाई खवरदारी गर्ने कोही हुँदैन भनेको यही हो । 
तर, अहिले प्रतिपक्षीले खवरदारी गरिराख्नु पर्ने अवस्था पनि छैन सरकारको, किनभने प्रतिपक्षीको काम सत्तापक्षकै नेताहरुले गरिरहेका छन् । पार्टीभित्रको गुटवन्दीको शिकार हुँदैछ बर्तमान सरकार । अव यो सरकार आफ्नै पार्टीका कारण थलाँ पर्ने अवस्थामा पुगेको छ । पार्टी संगठन सञ्चालन शैली चित्त नबुझेका भनौं वा पार्टीको मेनस्ट्रिमबाट पाखा लगाईएका केही नेताहरुले सरकारमाथी प्रहार गर्न थालेका छन् । पार्टी नेतृत्वमाथी प्रहार गर्दा अहिल्ले नै केही हुँदैन भन्ने बुझेका छन् उनीहरुले । किन की पार्टी पूर्ण रुपमा एकिकरण भईसकेको अवस्था पनि छैन । तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्रको संगठनात्मक संक्रमणकाल कारण पार्टी नेतृत्वको आलोचना गर्दा केही हुँदैन भन्ने राम्रोसंग बुझेका फरक धारका नेताहरुले सरकारको आलोचना गर्दै चित्त बुझाईरहेका छन् । 
पार्टीभित्रैबाट सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी ओलीको आलोचना चुलिन थालिएको छ । अनावश्यक विवादमा ओली पर्न थालेको, सरकारले मर्यादाविपरित काम गर्न थालेको जस्ता आरोपहरु लाग्न थालेका छन् । यि विवादहरुले सरकार थलिएको छ । यो थलिएको सरकारको उपचार गर्नका लागि स्वयं सरकार अगाडी आउनु पर्ने देखिन्छ । अरु कसैले उपचार गरेर सम्भव छैन । 
त्यसकारण सरकारले आफुले आफ्नो आत्मसमीक्षा गर्नु पर्ने जरुरी छ । प्रतिपक्षले गरेको आलोचना त प्रतिपक्षी भएर गरेको हो भन्ने होला तर स्वयं सत्तापक्षले गरेको सत्तोसरापलाई हामीले कसरी पन्छ्याउने ? पार्टीभित्रैबाट विवाद हुँदा गिरीजाप्रसाद कोईराला ढले, आत्तरिक विवादकै कारण कृष्णप्रसाद भट्टराई ढले र आन्तरिक विवादकै कारण शेरवहादुर देउवाले २०५९ सालमा संसद विघटन गर्न खोज्दा तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र नै अपदस्त गर्दै शेरवहादुर देउवालाई असक्षम बनाए । यि सवै आन्तरिक विवादका उपज हुन । यदि आन्तरिक विवाद समयमै समाधान गर्न सकिएन भने बर्तमान सरकारको पनि यहि नियति नहोला भन्न सकिन्न, चेतना भया ।

थप समाचार 

औषधी खानै मान्दैनन् संक्रमितहरु

डोटी पूर्वीचौकीकी सुनिता (नाम परिवर्तन) २०६३ सालदेखि एचआईभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधी सेवन गरिरहेकी छैनन् । उनी आफुलाई बिराम निको भईसकेकोले अव सधैं औषधी खाईरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दि गर्छिन् । एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुले संक्रमण गर्न थालेको छ । 
सुनिता जस्तै अन्य संक्रमितहरुले पनि औषधी सेवन गर्न आनाकानी गर्ने गर्छन । ‘स्वास्थ्य संस्थाबाट औषधी लगेर जान्छन् तर घरमा लगेर थन्काईदिन्छन्’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाईयो ।’ औषधी सेवन नगरेकै कारण ति महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ । २०६२ सालमा पहिलो पटक आफु एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन् ‘कयौं संक्रमितहरुको औषधी सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधी खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधी सेवन गर्दैनन् ।’ 
पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीस अवस्थी बताउँछन् । “लगातार औषधी खाएपछि कमजोर भईन्छ भन्ने मानसिकता रहेको पाईयो” डा अवस्थीले भने ‘लगातार औषधीको सेवन गर्न झण्झट मान्ने रहेछन् ।’ 
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए । “लगातार औषधी साईड ईफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ” डा मिश्र भन्छन् ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’
डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहिन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले  जानकारी दिए । बिश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भईसकेको समेत रेग्मीले वताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ । 
‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागिमध्ये आठ जनाको एचआईभी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये कसैलाई पनि एचआईभीको संक्रमण नदेखिएको डा मिश्रले बताए । 

पूर्व मन्त्री बलायर भन्छन् ः मैले बोल्दै नबोलेको कुरा समाचार बनाईयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिरवहादुर बलायरले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको सम्वन्धमा आफुले बोल्दै नबोलेको कुरा बिभिन्न सञ्चारमाध्यममा आएको भन्दै दुःख व्यक्त गरेका छन् । 
मंसिर ७ गते भएको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ रडुवामा भएको उक्त दुर्घटनामा परि गम्भिर घाईते भएका व्यक्तिहरुलाई राष्ट्रिय ट्रमा सेण्टर काठमाण्डौंमा भेट्ने क्रममा नेता बलायरले “घाईतेहरुको उपचारको सम्पूर्ण खर्च आफुले व्यक्तिगत रुपमा व्यहोर्ने बताएको” भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । “मैले त्यस्तो कुरा बोलेकै छैन, बोल्दै नबोलेको कुराको कसरी समाचार बन्यो ?’ अनलाईन खवरसंग कुरा गर्दै नेता बलायरले भने ‘मैले उपचारमा गर्नु पर्ने सहयोग गर्छु भनेको हुँ ।’ उनले भने ‘मैले त्यस्तो भनेको कुराको कँही रेकर्ड छ भने भन्नु प¥यो ।’
राज्यले घाईतेहरुको उपचारको जिम्मा लिन नसकिरहेका बेला एक जना व्यक्तिले त्यस्तो जिम्मा लिन नसक्ने उनको भनाई छ । उनी थप्छन् ‘म एक जना व्यक्ति एक्लैले त्यो खर्च व्यहोर्न सक्ने कुरा पनि हुँदैन ।’ उनले यस्ता समाचारले आफुलाई दुःखी बनाएको बताए । ‘मैले उपचारका क्रममा सहजीकरण गर्छु भनेको हुँ, त्यो मैले गरिरहेको  छु ।’ उनले थपे ‘मैले व्यक्तिगत रुपमा जिम्मा लिने कुरै भएन तर मैले उपचारमा कुनै समस्या हुन नदिनका लागि मैले प्रयत्न गरिरहेको छु, त्यो कुरा घाईतेहरु र उनका आफन्तहरुलाई राम्रोसंग थाह छ ।’ 
आफुले कुनै पनि बिरामीलाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने परिस्थिति आउन नदिएको उनले बताए । उनले भने ‘मैले मानवीय धर्म सोचेर रातदिन खटेको छु तर मैले म सवैको ठेक्का लिन्छु भनेकै छैन ।’ उनले थपे ‘मैले अन्य साथीहरुलाई पनि सहयोग गर्न लगाए, रगत अभाव हुन सक्छ भनेर मैले रक्तदाताको समेत पूर्व तयारी गरेको छु ।’ समाचार लेख्दा एक पटक सम्वन्धित व्यक्तिलाई बुझेर लेख्नु पर्ने बलायरको भनाई छ ।
डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन स्कुलको से १ क २९३ नं. को बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २७ जना घाईते भएका थिए । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि ट्रमा सेण्टर लगिएको थियो । 

रिपोटिङ्गसँगै बिरामीको उद्दारमा पत्रकार सिंह

एक साता पहिले बाजुरा, जगन्नाथ गाँउपालिका–३ महतिका करन नेपालीको सिंचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाँचियो । उनलाई उनका आफन्तले बोकेर कोल्टि ल्याए । आर्थिक अबस्था कमजोर रहेका करनले उपचारका लागि सयकडा तीन रुपैयाँ मासिकका दरले बाट २० हजार ब्याजमा ऋण लिए । 
ऋण लिएको पैसा सकिएपछि उनलाई बजारमा राख्न सम्भाबना नभएपछि उनकी श्रीमती पशु नेपालीले आफै बोकेर आफन्तको घरमा लैजाँदै गर्दा नेपाल पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले करनलाई मोटरसाईकलमा आफन्तको घर सम्म पु¥याई दिए । रातीको समयमा उज्यालो समेत नभएकी पशुले श्रीमान् बोकेर हतार हतार हिडिरहेको फोटो खिच्दाखिच्दै प्रकाशले मन थाम्न सकेनन् । ‘उहाँहरुको समस्या बुझ्दा निकै मन छोयो’ उनी भन्छन् ‘त्यसैले घरसम्म पु¥याई दिएँ ।’ 
‘मैले श्रीमान्लाई बोकेर ल्याउँदै थिएँ, उहाँ मोटरसाईकलमा आउनु भयो’ पशु नेपालीले भनिन् ‘उहाँले म पु¥याईदिन्छु भन्नु भयो, पहिले त डर लाग्यो तर उहाँले सवै कुरा भनेपछि बिश्वास गरेँ ।’ सडकबाट अलि पर रहेको आफन्तको घरसम्म पत्रकार सिंहले आफैले बोकेर पु¥याई दिएको उनी पशु बताउँछिन् । उनी थप्छिन् ‘पहिले त मैले श्रीमान् बोकेको देखेर कोही जिस्काउने लफङ्गा होला सोचेँ तर उहाँ त हाम्रा लागि भगवान हुनु भयो ।’  
पत्रकार सिंहले पशुले श्रीमान् बोक्दै गरेको फोटो सहित उनीहरुको समस्या सामाजिक सञ्जाल फेसवुकमा पोष्ट     गरे । सिंहको उक्त पोष्टपछि काठमाण्डौंबाट फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले पशुले साहुँवाट लिएको ऋण तिर्न २० हजार सहयोग  गरेका छन् । त्यस्तै बगमाया लिमिटेड इगल्यान्डले चार हजार नौ सय समेत सहयोग गरे । “फेसबुक मार्फत करनको बारेमा जानकारी गरेपछि अमित ढुङ्गानाले पैशा पठाईदिनु भयो” सिंहले भने ‘मैले उक्त रकम करनलाई हस्तान्तरण गरे ।’ 
यो त एउटा उदाहरण हो, करीव एक दशकदेखि बाजुरामा पत्रकारिता गरिरहेका सिंहले थुप्रै गरिब, असाहयको उद्दार गर्दै आएका छन् । केही दिन अघि मात्र असाहय पाँच जना भाइबहिनि भिडियो र समचार भाइरल बनेको थियो । हाल ति पाँच जना भाइबहिनि एसओएस वालग्राम काठमाण्डौंमा छन् । त्यस्तै गौमुल–५ कोटमा रहेका देशी बुढाको परिवारको सहयोग लागि रकम संकलन भइरहेको छ भने उसको दुई बच्चाका लागि पनि पठनपाठनका लागि पहल भइरहेको छ ।
पेशाले पत्रकार भएपनि शैक्षिक पृष्ठभूमि स्वास्थ्य क्षेत्र भएका सिंह रिपोटिङका लागि दुर्गम गाँउतिर जाँदा समान्य उपचार सामग्रीहरु पनि संगै बोकेर जान्छन् । पत्रकार महासंघ बाजुराको अध्यक्ष भइसकेपछि उनी सरकारी तथा गैरसरकारी कार्यलयको कार्यक्रम गोष्ठिमा गए बाफतको भत्ता पनि असाहयलाइ  हस्तान्तरण गदै आएका छन् । उनी आफुलाई सञ्चारकर्मीको साथसाथै समाज सेवीका रुपमा चिनाउँदै आएका छन् । 

तीन बालबालिका नगरले पढाउने

कर्ण चन्द/दिपायल
मंसिर १६
मंसिर ६ गते डडेल्धुराको रडुवामा भएको से १ क २९३ नंं. को बस दुर्घटनामा परी ज्यान गुमाएकी दिपायल सिलगढी नगरपालिका–४ शशी विकका तीन छोराछोरीलाई दिपायल सिलगढी नगरपालिकाले पढाउने भएको छ । 
दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले दुःखद् दुर्घटनामा परी आमाको निधन भएपछि सानै उमेरमा सहाराबिहिन भएका बालबालिकाको भविष्य नबिग्रियोस भनेर नगरपालिकाले पठन पाठनको सम्पूर्ण खर्च व्यहोर्ने बताईन । उनले यसका लागि बिभिन्न बिद्यालयहरुसंग समन्वय गर्ने समेत बताईन । 
दुर्घटनामा ज्यान गुमाएकी सशीका दुई छोरी र एक छोरा गरि तीन सन्तान छन् । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेलाबाट फर्कने क्रममा दुर्घटनामा परी सशीले ज्यान गुमाईन भने उनकी ११ वर्षीया छोरी दीपा र ८ वर्षीय छोरा नविन घाइते भए । 
घाईते छोराछोरीको सहयोगका लागि नगरपालिकाले २० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम दिन वडा नं. ४ का वडाध्यक्ष सहित सशीको घर पुगेकी मलासीले शशीकी शाशु गंगा र छोरी दीपालाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन । मृतक सशीकी छोरी दीपाको हात भाँचिएर धनगढीमा उपचारपछि अहिले घरमा छन् भने छोरा  नविनको टाउकोमा गम्भीर चोट लागेकाले काठमाण्डौंमा उपचार भईरहेको छ । सशीको श्रीमान् नारद कामी करीब ८ वर्ष पहिलेबाट सम्पर्कबिहिन छन् ।

लैङ्गिक हिंसा बिरुद्धको अभियानमा ईडिसी

लैंङ्गि हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सम विकास केन्द्र (ईडिसी) जिल्लाका बिभिन्न स्थानहरुको सचेतनामुलक कार्यक्रमहरु सञ्चालन    गरिहेको छ । 
संस्थाका अध्यक्ष अधिराज बिसीले दिएको जानकारी अनुसार संस्थाले २५ नोभेम्वरदेखि लागातार रुपमा जिल्लाका बिभिन्न स्थानहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । यस क्रममा दिपायल सिलगढी नगपालिका–७ पाकरी नगर उपप्रमुख शिवराज खड्काको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको अध्यक्ष बिसीले बताए । सो क्रममा उपप्रमुख खड्काले महिलाहरुका लागि कानुनी व्यवस्थाको बिषयमा जानकारी गराएका थिए ।
 यस्तै के आई सिंह गाउँपालिका– ४, ६ र ७ मा पनि महिलाहरुका लागि कानुनी सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ । ति कार्यक्रमहरुमा गाउँपालिकाकी उपाध्यक्ष मिना विष्टले महिला अधिकार मञ्चका ६० जना महिलाहरुलाई नीतिगत व्यवस्थाका बिषयमा जानकारी गराएकी थिईन । 
संस्थाले शिखर नगरपालिका–२ मा नगर उपप्रमुख धौलीदेवी रावलको उपस्थितिमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यस्तै बिभिन्न बिद्यालय र किशोरी समूहहरुमा पनि लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भईरहेका अध्यक्षले बिसीले वताए । बिसीका अनुसार अभियानको अन्मित दिन १० डिसिम्वरमा जिल्लास्तरीय सरोकारवालाहरुसंग रेडियो वहस कार्यक्रम सञ्चालन गरिनेछ । 
एक्शनएड नेपालको सहयोगमा संचालित स्थानिय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजना र स्थानिय तहको समन्वयमा उक्त कार्यक्रमहरु ईडीसी डोटीद्धारा संचालन गरिएको हो ।

एक सय ३२ विवादहरु समाधान

पारिवारिक मनमुटाव, बेमेल, लेनदेन, जालसाँची, साझा स्रोत, पानी, कुलो बाटो, जङ्गल सम्बन्धिका एक सय ३२ विवादहरु समाधान गरिएका छन् । 
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डोटीले सामुदायिक मेलमिलापद्वारा महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच कार्यक्रम अन्र्तगत शिखर नगरपालिका र जोरायल गाउँपालिका भित्रका ११ वडाहरुमा रहेका सामूहिक बिवादहरु समाधान गर्नमा सहयोग गरेको हो । 
आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, पारिवारिक, लैङ्गिक आदि   कारणले न्यायमा पहुँच नपुगेका ब्यक्ति, परिवार र समुदायहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरेको रुडुक डोटीकी जिल्ला संयोजक खेमा जोशीले बताईन् । 
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर महिलाहरुलाई न्यायमा पहुँच पु¥याउन सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको रुडुक डोटीकी फोकल पर्सन लक्ष्मी देउवा बमले बताईन् ।
रुडुक डोटीले आयोजना गरेको   परियोजना बर्हिगमन तथा सामाजिक   परीक्षण कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष जित बहादुर खड्काले गरेका थिए भने कार्यक्रममा शिखर नगरपालीका र जोरायल गाउँपालिकाका जनप्रतिनिधी, जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

सरकार विरुद्ध तरुण दलको बिरोध जुलुस

डोटी/नेपाल तरुण दल डोटीले नाराबाजी गर्दै सरकार विरुद्ध विरोध जुलुस सहित प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जुलुस सहित जिल्ला प्रशासन कार्यालय डोटीमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै अधिकांस तरुण नेताहरुले भष्ट्राचार रोक्नु पर्ने, कञ्चनपुरकी निर्मला प्रकरणका दोषीलाई कारवाही गर्नु पर्ने, डडेल्धुरा दुर्घटनाका घाईतेहरुको उपचारमा सरकारले चासो देखाउनु पर्ने लगाएका कुराहरुमा जोड दिएका थिए । 
बर्तमान सरकारले देशमा बढ्दै गएको अराजकता,अन्याय,भ्रष्टाचार, मुल्य वृद्धि एंव नेपाल वायु सेवा निगम वाइड बडी जहाज खरीदमा भएको अकुत भ्रष्टाचार, राष्ट्रपतिद्वारा देशको विकासमा बाधा पुग्ने गरी १८ करोडको महंगो गाडी खरिद र निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई समेत कारवाहीको दायरामा नल्याएको भन्दै ज्ञापन पत्र बुझाएको तरुण दल डोटीका अध्यक्ष  नारायण बलायरले बताताए ।
तरुण दल केन्द्रले तय गरेको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा सरकारको बिरुद्ध बिरोधसभा र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको छ । 

बडीकेदारमा पढाई मेला हुने

डोटी/डोटीमा पहिलो पटक जिल्लास्तरीय पढाई मेला हुने भएको छ । 
जिल्लाकै दुर्गम मानिने बडीकेदार गाँउपालिकाको केन्द्र खड्यौलीमा उक्त भेला सञ्चालन हुने छ । विश्व खाद्यकार्यक्रम को आर्थिक सहयोग र विश्व शिक्षाको प्राबिधिक सहयोगमा र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आयोजना गर्न लागेको उक्त मेला आयोजना हुन लागेको सिडिसीका कार्यक्रम संयोजक सतिश गुरुङ्गले जानकारी दिए । 
पढाई मेलाबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा पढाई मेलावारे जानकारी दिँदै कार्यक्रम संयोजक गुरुङ्गले भने ‘मेलामा नौ वटै स्थानीय तहबाट शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहने छ ।’ उनले प्रत्येक स्थानीय तहबाट एक बिद्यालयको मेलामा प्रतिनिधित्व रहने वताए । गुरुङ्गका अनुसार बडीकेदार गाउँपालिकाबाट भने अधिकांश बिद्यालयको सहभागिता रहनेछ ।  
प्रारम्भिक तहका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेला मंसिर २४ सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । संस्थाले शिक्षक तथा विद्यार्थिहरुको शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यका साथ डोटीका एक सय ७३ बिद्यालयहरुमा काम गर्दै आएको छ । 

प्राबिधिक जनशक्ति रोक्न नसक्नु दुर्भाग्य

गणेश मौनी/डोटी
मंसिर १७
प्राबिधिक जनशक्ति नेपालमा रोक्न नसक्नु राज्यको लागि दुभाग्र्य भएको त्रिभुवन विश्व विद्यालय उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले बताएका छन् । 
डोटी बहुमुखी क्याम्पस डोटीले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपकुलपति खनियाले सो कुरामा जोड दिएका हुन । 
‘राज्यले आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गरेको छैन भन्ने होईन ठुलो परिणाममा जनशक्ति उत्पादन गरेको छ’ खनियाले भने ‘तर उत्पादित प्राविधिक जनशक्ति राज्यले रोक्न नसक्नु दुभाग्य हो ।’ दक्ष जनशक्ति अन्य देशको लागि उत्पादन गरे जस्तो भईरहेकोले राज्यले यस विषयमा गहन अध्ययन गरि नयाँ नीति लिनु पर्ने उनले बताए । उनले भने “सिमित स्रोत साधनकाविच हामीहरुले पनि समय सापेक्ष शिक्षा दिन सकेका छैनौं, उच्च शिक्षा र प्राविधिक शिक्षाको सवालमा स्पष्ट नीति नियम बनाउन नसक्दा उच्च शिक्षाका विषयमा केही समस्या देखिएको छ समस्याको समाधानको उपायमा खोजिरहेका छौं ।” 
डोटी बहुमुखी क्याम्पस डोटीमा कृषि बिज्ञानको संकायमा स्नातक तह सञ्चालन गर्न स्थानीय तह, जिल्लाका सरोकारवाला निकायहरुले स्रोत साधन जुटाई आफ्नै अनुदानमा संचालन गर्न तयार भए अस्थायी सम्बन्धन दिन आफु जतिवेला पनि तयार रहेको समेत उपकुलपति खनियाले बताए ।  
भेटघाट कार्यक्रममा सहभागिहरुले बोल्दै सहभागिहरुले त्रिभुवन विश्व विद्यालयले वार्षिक कार्यतालिका अनुसार परिक्षा संचालन लगायतका कार्यक्रम गर्न नसक्नु, कर्मचारीहरुको ब्यवस्थापन गर्न नसक्नु, समय सापेक्ष प्राबिधिक शिक्षातिर अग्रसर नहुनु, जन चासो अनुसारको शिक्षा दिन नसक्नु, प्रश्न पत्रमा त्रुटी हुनु लगायतका बिषय औंलाएको थिए । 
डोटी बहुमुखी क्याम्पसको स्थापना कालदेखि हालसम्म क्याम्पस अबलोकन गर्न डोटी पुग्ने खनिया दोस्रो उपकुलपति हुन । पहिलो पटक २०३१ सालमा क्याम्पसको भवन उद्घाटन गर्न उपकुलपति सुर्यमान साक्य डोटी पुगेका थिए ।

छोटकरी समाचार 

प्याव्सनद्वारा सहयोग

डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन बिद्या निकेतनलाई नीजि बिद्यालयहरुको छात्रा संगठन प्याव्सन डोटीले सहयोग जुटाउन थालेको छ । 
मंसिर ६ गते उक्त बिद्यालयको से १ क २९३ नं. को बस दुर्घटना हुँदा सञ्चालक भीमवहादुर बलायर र केही बिद्यार्थीहरु पनि घाईते भएपछि केही राहात पुगोस् भन्नका लागि सहयोग संकलन गरिएको प्याव्सनका डोटी अध्यक्ष भुपेन्द्र वमले जानकारी दिए । 
बमका अनुसार हालसम्म संकलन भएको ५० हजार रुपैयाँ सोमवार हस्तान्तरण गरिएको छ । अझ संकलन हुने क्रम जारी रहेको उनी बताउँछन् । यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव एकेडेमीले पनि १५ हजार ६ सय ६ रुपैयाँ संकलन गरेको सञ्चालक तिलख खड्काले जानकारी दिए ।

अपाङ्ग बालबालिकालाई न्यानो लुगा

२७औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा डोटीमा पाँच जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका र युएमएनको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । सुनिता मलासी, लक्ष्मी बिस्ट, आरती जोशी, बलबहादुर बलायर र शंकर थापालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले उनीहरुलाई न्यानो लुगा  हस्तान्तरण गरेको अपाङ्ग सेवा संघले जानकारी दिएको छ ।

चलचित्र/मनोरञ्जन 

सलिनको दौडधुप के का लागि ?

फिल्मी खवर
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा अभिनेता सलिनमान बनियाँको उदय भयो । उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा हेरिएको छ । डेब्यु फिल्मबाट कामको वाहवाही नभए पनि फरक लुक्सले भने उनीतर्फ दर्शकसँगै चलचित्रकर्मीको पनि ध्यान खिच्यो । 
डेब्यु फिल्मबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी यस वर्ष नयाँ फिल्म ‘यात्रा’ मार्फत पर्दामा फर्किएका छन् । यसमा उनी एक भ्लगरको भूमिकामा   छन् । चैत २९ गते अभिनेता अनमोल केसी स्टारर तथा उनको डेब्यु फिल्मको तेस्रो सिरिज ‘ए मेरो हजुर ३’ सँगै उक्त फिल्म जुध्दैछ । सलिनमान ‘यात्रा’ लाई लिएर निकै उत्साहित देखिएका छन् । 
कोरियन लुक्स, फरक हेयर स्टाइल र पहिरनका कारण मिडियाको लाइमलाइटमा पर्ने गरेका उनी खासै सार्वजनक कार्यक्रममा देखिँदैनन् । उनलाई भेट्न फिल्मको कार्यक्रमभन्दा अरु बेला असम्भव नै छ । फिल्म ‘यात्रा’ को घोषणाको लगभग ७ महिनापछि उनी शनिबार राजधानीमा भएको कामना अवार्डमा झुल्किए । 
उनी अवार्ड समारोहमा उपस्थित हुन्छन् भन्ने अवार्ड आयोजक टिमलाई नै विश्वास थिएन । तर, उनी आफ्नै स्टाइलमा मन्द मुस्कानमा ढल्किँदै देखिए । धेरैपछि सार्वजनिक कार्यक्रममा देखिएका उनलाई आफ्नो क्यामेरामा कैद गर्न फोटोग्राफरवीच तँछाड–मछाड नै  भयो । उनले पनि आफ्नो विन्दास अन्दाजमा पोज दिए । 
उनले मिडियासँग पनि केही कुरा गर्न भ्याए । सलिनले ‘ए मेरो हजुर २’ मा पाएको माया ’यात्रा’ मा फेरि पाउने विश्वास व्यक्त गरे । फिल्मको छायांकन लामो समय चले पनि राम्रो भएको उनी बताउँछन् । ‘यात्रा’, ‘ए मेरो हजुर ३’ सँग भिड्दैछ, के भन्नुहुन्छ ? पत्रकारको प्रश्नमा मुसुक्क हाँस्दै उनले छोटो बोले ‘राम्रै हो ।’ 
पहिलो पटक अवार्ड कार्यक्रममा उनी उपस्थित हुनु अवार्डको लोभले थियो वा फिल्म ’यात्रा’ को प्रचारका लागि ? यो त उनी नै जान्दछन् । जे भए पनि धेरैपछि दर्शक र मिडियाले उनीसँग साक्षात्कार गर्न पाए । सलिनमान ’कामना अवार्ड’ मा ‘ए मेरो हजुर २’ बाट नवनायकको विधामा मनोनित थिए । तर, अवार्ड –ग्यांगस्टार ब्लूज’ बाट आशिरमान देशराजले चुमे ।

‘समरलभ’ को ‘साया’ सार्वजनिक

सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको नेपाली चलचित्र ‘सभर लभ’ को गीत ‘साया’ सार्वजनिक भएको छ । 
चलचित्रको पहिलो गीतको रुपमा ‘साया’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ । कविराज गहतराजको कोरियो–ग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।
मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

लेख 

“समाजबाद उन्मुख” र बर्तमान “कम्युनिष्ट” सरकार

रामहरी ओझा
तत्कालीन संबिधान सभाले २०७२ साल असोज ३ गते पारित गरेको नेपाललको संविधानको  भाग १ को धारा ४ मा “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” भनिएको छ । समाजबाद उन्मुख हुनु भनेको ‘भविश्यमा पूर्ण समाजबादी राज्य व्यवस्था स्थापना हुन गरी अहिले समाजबादको बाटोमा हिडिरहेको छ’ भन्ने हो । यो संबिधानले तत्कालीन संबिधानसभामा रहेका शक्तिहरु मुलुक समाजबादमा जानु पर्छ भन्नेमा सहमत छन् भन्ने कुराको पुष्ठी गर्दछ । यद्यपी समाजबादको परिभाषा दलहरुले आ(आफ्नै तरिकाले गर्लान तर पनि ‘समाजवाद’ शव्दको स्वीकारोक्ती यस संबिधानले गरेको छ । 
देश “समाजबाद उन्मुख” हुने भनेपछि समाजबाद के हो भन्ने बिषयमा छलफल हुनु जरुरी छ । वैज्ञानिक समाजवादका पर्वर्तक कार्लमाक्र्स र उनका सहयात्री  फेडरिक एेंगल्सले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रमा पहिलो पटक समाजवादलाई परिभाषित गरेको पाईन्छ । माक्र्स र ऐंगेल्सका अनुसार समजबाद पुँजीबादको विकसित रुप हो । समाजबादमा कामदार बर्गको शासन हुन्छ र राज्यलाई सत्रुबाट संरक्षण गर्ने साधनका रुपमा लिईन्छ । प्रारम्भिक रुपमा समाजबादमा पुँजीबादका तत्वहरुलाई पूर्ण रुपमा हटाउन सकिदैन । समाजबादमा उत्पादनका साधनहरुमाथी सामाजिक स्वामित्व हुन्छ, उत्पादन सम्वन्ध मैत्रीपूर्ण हुन्छ, प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छ, न्यायपूर्ण बितरण प्रणाली हुन्छ र राज्यले निशुल्क सामग्री तथा सेवा प्रदान गर्छ । 
अर्को अर्थमा समाजवाद भनेको राज्यद्वारा  नागरिकहरुका आधारभूत आवश्यकताहरु जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, मनोरञ्जन आदि समान ढंगले वितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो । समाजवादमा समाजका सबै नागरिकले उत्पादनका साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ । समाजवादी अर्थव्यवस्थामा उत्पादनका साधनहरु श्रम, उद्यमशीलता, वस्तुगत पँुजी र प्राकृतिक संसाधनहरु हुन्छन् । समाजवादी अर्थ व्यवस्थामा श्रमलाई महत्व दिइन्छ भने पुँजीवादी अर्थव्यावस्थामा पुँजी लगानीकर्ताको महत्व हुन्छ । प्रत्येक नागरिकले आफ्नो क्षमता अनुसारको योगदान गर्नु   पर्दछ । समाजका सबै नागरिकले आफ्नो योगदान अनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् ।
काम अनुसारको माम र दाम पाइने ग्यारेन्टी गरिएको हुनाले नै नागरिकहरु लामो समयसम्म राज्यले र्अहाएको काममा खटिन तयार हुन्छन् । यस्तो अर्थव्यवस्थामा मालिक र नोकरको सम्बन्ध हुँदैन । समाजवादी आर्थिक प्रणालीको आधारभूत विशेषता हाम्रो अर्थमा सहकारीको जस्तै हुन्छ । जसरी सहकारीमा सदस्यहरु मलिक हुन्छन् र शेयरको भागिदार हुन्छन् त्यसैगरी समाजवादमा नागरिक मालिक हुन्छन् र राज्यको साधनको शेयरका भागिदार हुन्छन् ।
समाजबादमा भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली हुन्छ । समानता र न्यायपूर्ण प्रणाली, सहभागितामुलक र सहकारिताको भावना समेटिएको, गरिबीको अन्त्य गरिएको, उत्पादनका साधनहरुको समान वितरण, ‘एकले सबैको लागि र सबैले एकको लागि’ काम गर्ने अवस्था गरिएको हुन्छ । समाजवादी व्यवस्थामा व्यक्तिगत महत्वकांक्षालाई निषेध गरिएको हुन्छ । प्राकृतिक स्रोत साधनको समुचित उपयोग र राष्ट्रिय पँुजीको विकास गरिएको हुन्छ । कमजोरहरुलाई न्याय र समानता प्रदान गरिएको हुन्छ र राज्यबाट आधारभूत कुराको सुनिश्चितता गरिएको हुन्छ । नाफाखोरहरुलाई राज्यद्वारा नियन्त्रण गरिएको हुन्छ । 
हाल संसारका अति कम देशहरुमा मात्रै समाजवादी आर्थिक प्रणालीको लागु गरिएको उदाहरण पाइन्छ । क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, उत्तर कोरिया र दक्षिण अमेरिकी कतिपय मुलुकहरुमा समाजबादी आर्थिक व्यावस्था भएपनि विश्वव्यापी पुँजीवाद र खुला बजार अर्थतन्त्रको प्रभावले सम्पत्तिमाथि व्यक्तिको स्वामित्वलाई खुला गरेको पाइन्छ । युरोपियन मुलुकहरु नर्वे, स्विडेन र डेनमार्क यस्ता देशहरु हुन् जहाँ समाजवादी अर्थव्यवस्था लागु गरिएको छ तर त्यहाँ पनि पँुजीवादी अर्थव्यवस्थाले अवलम्बन गरेको सम्पत्ति माथि व्यक्तिको अधिकार खुला गरिएको छ ।
पुँजीवादी अन्यायपूर्ण अर्थव्यवस्थाको विकल्पको रुपमा समाजवादी न्यायपूर्ण अर्थव्यवस्थाको प्रादुर्भाव भएको हो । यद्यपी समाजवादी अर्थ व्यवस्थाका आलोचकहरुले यो व्यवस्थाले व्यक्तिगत सम्पत्तिको नियन्त्रण गर्ने भएकाले पुँजीको विकासलाई महत्व नदिएको, निजी उद्योग र कम्पनी निर्माणमा रोक लगाउँदा मुनाफालाई महत्व नदिइएको, धन सम्पत्ति कमाउन र व्यक्तिगत सम्पत्ति कमाउनमा रोक लगाउँदा मानवअधिकारको कटौती गरिएको, निजीकरणमा रोक लगाएको जस्ता आलोचनाहरु पनि गरेका छन् तर पनि समाजवादी आर्थिक प्रणाली सहितको राज्य व्यवस्था लोककल्याणकारी हुन्छ भन्ने बुझाई छ ।
हाम्रो संबिधानले गरेको व्यवस्था अनुसार हाम्रो देश के साँच्चै समाजवाद उन्मुख हो त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अहिलेसम्म समाजबादको परिभाषा अनुसार के के कामहरु भए जसका कारण हामीले हाम्रो देशलाई समाजवाद उन्मुख देख्यौं ? वा फेरी समाजबादी अर्थ व्यवस्था अनुसार समाजबाद उन्मुख हुने गरी के के काम गर्दैछ त बर्तमान “कम्युनिष्ट” सरकारले ? “श्री ५ बहामहाराजधिराज सरकारको जय !” भन्दै तत्कालीन  राजाहरुको फोटो ठाउँ ठाउँमा टाँसे जस्तै गरी पोल पोलमा बर्तमान शासकको फोटो टाँस्नुलाई समाजबाद उन्मुख भएको मान्न सकिन्छ वा फेरी अमुक धर्मको प्रचारमा ति शासकहरुले खर्चिएका शव्दहरुलाई समाजवाद उन्मुख राज्य व्यवस्था मान्न सकिन्छ ? बैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सले धर्मलाई ‘अफिमको नशा’ भनेका छन् । तर तिनै माक्र्सले परिकल्पना गरेको समाजवादी व्यवस्था स्थापना गर्नका लागि लडेका भन्नेहरु ‘फलानो धर्म उत्कृष्ठ’ भन्दै हिडेका छन् । त्यसो भए माक्र्सको धर्मप्रतिको व्याख्या गलत हो त ? वा फेरी यसमा पनि सापेक्षित बुझाई बनाउनु पर्छ ? 
न्याय माग्न जाँदा थुन्ने सरकार भएको देश कसरी समाजबाद उन्मुख हुन्छ ? माक्र्सका अनुसार समाजबादमा सर्वहारा बर्गको अधिनायकत्व हुन्छ तर यहाँ त सत्तामा, पार्टीमा, उत्पादनका साधनहरुमा, उत्पादनका सम्वन्धहरुमा कुलिन बर्गको मात्रै अधिनायकत्व रहेको देखिन्छ । समाजवादमा सम्पत्ति राज्यको नियन्त्रणमा हुन्छ तर यहाँ तिनै समाजवादीहरु अकुत सम्पत्ति आर्जन गर्नका लागि भ्रष्टाचार गर्दैछन् । भाषणमा जति समाजबाद देखिएपनि व्यवहारमा बर्तमान राजनीतिक व्यवस्था वा शासन व्यवस्था सामन्ती चरित्र भन्दा माथी उठ्न सकेको छैन । 
कसैको नाम राम हुँदैमा उ पौराणिक रामायणमा व्याख्या गरे अनुसारको आयोध्याको राजा हुन सक्दैन ।  ‘रामराज्य’ अर्थात् सवैलाई समान न्याय भएको देश चलाउने ‘राम’ बन्न सक्छ भन्ने जरुरी छैन । कसैको नाम कुवेर हुँदैमा धनी हुन्छ भन्ने ग्यारेण्टी छैन । त्यो नाम मात्रै हो । यस्तै अवस्था भएको छ बर्तमान “कम्युनिष्ट” सरकारको । नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्दैमा प्रगतिशील हुन्छ भन्ने हुँदैन । कम्युनिष्ट भन्ने बित्तिमै प्रगतिशील, जनवादी, बिज्ञानसम्मत भन्ने बुझाई आम बुझाई भएको छ, कुनै धर्मको प्रचार गर्ने होईन । तर अहिलेको सरकारले के कुरामा आफुलाई प्रगतिशील देखाउन सक्यो त ? सपनामा ? कोरा भाषणमा ? त्यो देखि बाहेक कुनै पनि कुराम ाआफुलाई प्रगतिशील देखाउन सकेको छैन । दुःखका साथ भन्नु पर्छ, यो भन्दा प्रगतिशील राजा महेन्द्र थिए । उनले देशको विकासका लागि प्रशासकीय संरचनामा परिवर्तन त ल्याए, भ्रष्टाचार  निवारण गर्नका लागि ऐन त ल्याए, बिभिन्न बिभेद्हरुको अन्त्य गर्नका लागि ऐन त ल्याए, विकास क्षेत्रको     अवधारणा त ल्याए । 
संघदेखि स्थानीय तहसम्म करीव करी एकलौटी भएको र प्रगतिशील भनिएको बर्तमान सरकारले के प्रगतिशील कार्यक्रम ल्यायो त ? एउटा सामाजिक अनुदान कार्यक्रम ल्याउँदैमा पोलमा चढिहाल्नु पर्ने अवस्था भईसकेको हो र ? सरकारको कुन कार्यक्रम प्रगतिशील छ, कुन कार्यक्रमले न्यायपूर्ण प्रणालीको सुरुवात गर्छ, कुन कार्यक्रमले ‘कम्युनिष्ट’ कार्यकर्ताहरुको महत्वाकाँक्षालाई नियन्त्रण गर्छ त ? 
कम्युनिष्ट सरकार जनबादी हुन्छ भन्ने गरिन्छ । ‘जनबाद’ मा शासनमाथी जनताको सहज पहुँच र नियन्त्रण हुन्छ । समाजवादी बिचारले जनबादलाई शासन गर्ने साधनका रुपमा लिन्छ । जनवादमा कुनै समस्या आईपर्दा पक्ष÷बिपक्ष, तर्क÷बितर्क, बादविवाद गर्न पाउने, शासकहरुको आलोचना गर्न पाउने अधिकार हुन्छ । आफ्ना बिचारहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र अरुका बिचारहरुको कदर गर्ने धैर्यता हुन्छ । तर यहाँ सरकारको बिरोध गर्न नपाईने, सरकारका गलत कामहरुको आलोचना गर्न नपाईने, स्वतन्त्र रुपमा सञ्चारमाध्यममा लेख्न नपाईने, बिना हातहतियार शान्तिपूर्ण प्रदर्शन गर्न नपाईने अवस्था भएको छ । कम्युनिष्ट पार्टीहरुको त संगठनात्मक तरिका नै ‘जनवादी केन्द्रीयता’ हो । जनवादी केन्द्रीयता भन्नाले छलफल र निर्णय प्रक्रियामा जनबाद हो र कार्यान्वयन प्रक्रियामा केन्द्रीयता हो । निर्णय गर्दा व्यापक रुपमा छलफल हुन्छ, तर्क बितर्क हुन्छ, आलोचना आत्मालोचना हुन्छ, त्यसै परे आन्तरिक निर्वाचन पनि हुन्छ, यो जनवाद हो । निर्णय भईसकेपछि त्यो सवैको साझा निर्णय हुन्छ र त्यसलाई कार्यान्वयन गराउनका लागि केन्द्रीयता लागु हुन्छ । त्यस्तो अवस्थामा पनि अल्पमतमा परेको बिचारको संरक्षण हुन्छ र कदर पनि   गरिन्छ । तर बर्तमन ‘नेकपा’ भित्र के जनवादी केन्द्रीयता छ त ? 
झोलामा पार्टीको माईनुट बोकेर घर घरमा गई हस्ताक्षर गराउने परिपाटीको थालनी भएको छ, बैठकमा आफ्ना गुटका लाई मात्रै जानकारी गराएर बैठक बसेको, जिम्मेवारी दिँदा आफ्ना गुटका लााई मात्रै दिएको, सक्षम व्यक्तिहरुलाई पाखा लगाएको, अराजक–हरुको हातमा कमिटीको नेतृत्व दिएको भन्ने गुनासाहरु केन्द्रदेखि स्थानीय तहसम्म छताछुल्ल छन् । बरु फरक बिचार राख्नेहरुसंग आत्मीयता होला र आफ्नै पार्टीहरुसंग बोलचालको अवस्था छैन । एउटा समूहले अर्को समूहलाई समाप्त गर्नका लागि हदैसम्मको निकृष्ठ व्यवहार प्रदर्शन हुँदैछ । अनुशासन, आलोचना÷आत्मालोचना, स्कुलिङ्ग सवै मृत्यु शैयामा पुगिसकेको अवस्था छ । संगठन निर्माण हुँदैन, गुट निर्माण हुन्छ । यही हो त जनवादी केन्द्रीयता ? वा फेरी केन्द्रीयता मात्रै बाँकी रह्यो जनवाद उछिट्टियो ? पार्टीभित्रै जनवादको प्रयोग गर्न नपाएका बेला कसरी जनताले जनवादको महसुस गर्न पाउँछन् ? 
त्यसैले न हाम्रो देश समाजबाद उन्मुख छ, न बर्तमान ‘कम्युनिष्ट’ पार्टीको सरकार समाजवाद उन्मुख छ, न त जनताले समाजवाद उन्मुख राज्यको अनुभूति गर्न पाएका छन् । यदि साँच्चै देशलाई समाजवाद उन्मुख बनाउने हो भने सरकारले तत्काल आफ्ना काम कारवाहीहरुमा जनवादीपन ल्याउनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम सरकारको पहिलो काम हुन सक्नु पर्छ । यदि यि दुई कुरा भए भने जनताले सरकार भएको प्रत्याभूत गर्ने छन् । नत्र त “समाजबाद उन्मुख” भन्ने शव्द नारामा मात्रै सिमित रहला जस्तो छ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. डट्पेनको अविष्कार कसले गरेका हुन् ?    — जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?— वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?    — टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?     — पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?    — आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      — तीतो
७. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?   — १३ प्रकारका
८. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      — रुघा
९. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो ?     — डुक एयर
१०. याहुका संस्थापक को को हुन् ?      — डेविड फिलो र जेरी याङ्ग
११. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?   — स्पेन
१२. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?  — भेनेजुयलामा 
१३. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     — ४ डलर
१४. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?  — प्रसिद्धजङ्ग राणा
१५. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?    — गुल्मी
१६. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?  — गोपाल प्रसाद रिमाल
१७. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?    — जापान
१८. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?   
— मूल सर्वास्ति विनय
१९. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?    — ईश्वरको पार्टी
२०. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?   — नेपालको चितवनमा
२१. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? 
— माइक्रोसफ्ट कर्पोरेशन
२२. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?    
— सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२३. लोटस–१२३ केसँग सम्बन्धित छ ?   — कम्प्युटर
२४. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?  — इजरायल
२५. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रमाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?  
— चाल्र्स डार्बिन

साहित्य/सिर्जना 

शहर

कति पट्यार लाग्दो छ यो शहर
कैयौंका आशा, भरोसा जति सबैलाई
बिस्कुनमा सुकाई
आफू महलमात्र ठड्याइरहेको छ ।
कति डरलाग्दो छ यो शहर
कुनै मसान भन्दा कम छैन
जहाँ,
हजारौंका चिताहरु जलिरहेका छन्
जलेका चिताहरु पनि शान्त छैनन्
उडिरहेका छन धुँवा बनी
यताउती साउती गर्दै
त्यही धँुवाले कालो रुप लिई
घेरिरहेको छ शहरलाई ।
कति अपत्यारिलो छ यो शहर
न त दिनको पत्तो हुन्छ
न रात्रीको नै
हेर्दा हेर्दै
आँखाको सामुन्ने
मान्छेहरुलाई नाङ्गेझार पारिन्छ
युवतीहरु लुटिन्छन
कतिका गला रेटिन्छन
तर पनि
यो शहर
मुर्ती झैं स्थिर भैदिन्छ
मानौं उ प्राणहिन छ
कति निस्टुर छ यो शहर
कति बालबालिका सडकका किनारमा बास बसिरहेका छन्
सडकमा भिख मागिरहेका छन
कापी, कलम बोक्ने हातमा
सडकमा फ्यकिएका फोहोरका थैली छन ।
कति कुरुप छ यो शहर
मौलिकताको नाम निसाना देख्न पाइदैन
सब एक अर्काको देखासिखिमा मस्त छन
सबैमा अरुको रङ्ग हाबी भएको छ
आफ्नो रङ्ग मेटिएको छ
आफुलाइ, आफू भन्दा बढी
अरु जस्तो देखाउने कोशिसको होडबाजी नै चलेको छ ।
यस्तै छ यो शहर ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

मुक्तक 

हिमालझैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।
लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो
आमा एकभारी घाँस लिएर आउनुहुन्थ्यो
हातभरी लाली गुराँस लिएर आउनुहुन्थ्यो
म बिरही भएर कोक्रोमा हल्लिरहेको बेला,
अंगालो भरी मधुमास लिएर आउनुहुन्थ्यो !
झुल्किएर डुबी जाने घाम जिन्दगी
संघर्षको अर्को एउटा नाम जिन्दगी
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी ।
नैना निर्झरा 
धाँदिङ, नेपाल

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०८/१६
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–११, तल्लीसा डोटीमा रहेको यस श्री भुवनेश्वरी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. १/०७५/०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा.बि. तृतीय,    किसिम ः करार (महिला)  
तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०९÷०१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०९÷०२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
हस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४७७४५४ मा सम्पर्क गर्नु होला ।

नेपाल सरकार
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
भूमिव्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय

(मुक्त हलिया पुनःस्थापना जिल्ला समिति)
डोटी


प्रथम पटक प्रकाशित मिति ः २०७५/८/१२

सूचना  !   सूचना !!    सूचना !!!

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन (तेश्रो संसोधन) आदेश २०७५ को मुल आदेशको दफा (१०) को (च) र (२) को उपखण्ड (१) बमोजिम सम्पर्कमा नआउने पुनःस्थापनाको लगतमा रहेका मुक्त हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने उल्लेख भए बमोजिम श्री भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं. ५० मिति ः २०७५÷६÷७ को पत्रवाट समेत उल्लेखित संसोधित गठन आदेश वमोजिम केन्द्रीय लगतवाट प्राप्त भएका मुक्त हलियाहरुको नामावलीमा उल्लेखित परिचय पत्र प्राप्त गर्न बाँकी रहेकाहरुको लागी परिचय पत्र प्राप्त गर्न सम्पूर्ण प्रक्रिया पुरा गरि ३५ दिनको अवधि तोकी सूचना प्रकासन गर्ने र उक्त अवधिभित्र सम्पर्कमा नआउने हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने भनी लेखि आएकोे हुँदा मुक्त हलिया पुनःस्थापना समस्या समाधान जिल्ला कार्य समिति डोटीको मिति ः २०७५÷७÷९ मा बसेको बैठकको निर्णयानुसार डोटी जिल्ला स्थित मुक्त हलीयाको लगतमा रहेको परिचय पत्र लिन बाकीं रहेको मुक्त हलीयाहरु लाई सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आफूसँग भएका तपसिल वमोजिमको प्रमाण साथ निवेदन पेश गर्न आउनु होला । सूचनाको अन्तिम दिन बिदा पर्न गएमा सोको भोली पल्ट कार्यालय खुलेका दिन निवेदन दिन सकिने छ । म्यादभित्र निवेदन पेश नगरे वा रितपुर्वक नभएको निवेदन उपर कुनै कार्यवाही गरिने छैन । म्यादभित्र निवेदन पेश नगर्ने हलियाहरुको केन्द्रिय लगत वाट प्राप्त विवरण छानविन गरि हलिया विवरण वाट नाम हटाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ । विस्तृत जानकारीको लागी कार्यालयको सम्पर्क फो. नं. ०९४–४२०१०१ मा सम्पर्क राख्नु होला ।
परिचय पत्र प्राप्त गर्न आवश्यक प्रमाणहरु
१. निबेदन 
२. नागरीकता प्रमाण पत्रको प्रतिलिपि — १                                  
३. गा.पा.वडा कार्यालयको सिफारीस 
४. पासपोर्ट साईजको फोटो — ३ प्रति    
५. वालवालीकाको जन्म दर्ता प्रमाणहरु
६. वडा मुचुल्का 
७. अन्य आवश्यक प्रमाणहरु

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक स्रचना प्रकाशित मितिः २०७५÷८÷१७         
       जिल्ला डोटी दिपालय सिलगढी नगरपालिका वडा नंं.७ साविक भवरँडाडाँ गा.वि.स.वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को जग्गा दि.सि.न.पा.वडा नं. ७ साविक भवँरडाँडा वडा नं. २ बस्ने जोगीको नाती लालविरको छोरा ढोणे पार्कीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि ढोणे पार्कीको मिति ः २०३१÷२÷३० मा र निजको हकदार पत्नि किडि पार्कीको मिति ः २०३२÷३÷२० मृत्यु भएकोले मृतकद्वयवाट सन्तान छोराछोरी कोही केही नभई अपुताली परेको हुँदा मृतकको शेषपछिकको हकदार लालविरको नाती प्रेम पार्कीको छोरा गणेश पार्की मात्र भएकोले मृतक ढोणे पार्कीको नाउँको उल्लेखित भवरँडाडाँ गा.वि.स. वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को पुरै घरजग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ७ नं. वडा कार्यालय डोटीको च.नं. १९९ मिति ः २०७५÷ ८÷१० को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको   रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै  राखी जि.डोटी दि.सि.न.पा.वडा नं. ७ बस्ने गणेश पार्कीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷१० मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक ढोणे पार्कीको अपुताली नपरेको भए, अन्य अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।


No comments:

Post a Comment