Thursday, January 30, 2014

मिति २०७० साल माघ १४ गते मंगलवार



राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि मितव्ययिता गर्ने कदमहरु चालु राखी सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

प्रमुख समाचार 


चमेलिया आयोजना २०१५ मा वन्ने 

सुदुरपश्चिममा ४४ घण्टा लोडसेडिङ्ग हुँदै


सुदुरपश्चिममा हाल हप्तामा ४४ घण्टा लोडसेडिङ्ग भईरहेको नेपाल बिद्युत प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणको अत्तरीयास्थित कार्यालयका प्रमुख मिथिलेश कुमार गोहिवारले सोमवार बिम्ब साप्ताहिक संग कुरा गर्दै भने “यस क्षेत्रमा हालको माग अनुसार    करीव ५० मेगावाट बिद्युत आवश्यक रहेको छ ।” हाल     भारतको टनकपुर क्षेत्रवाट ३० मेगावाट बिद्युत आयात गरिएको जानकारी दिँदै गोहिवारले ४४ घण्टा लोडसेडिङ्ग भईरहेको छ तर कति बिद्युत अफुग भएको छ भन्न नसकिने वताए । भारतवाट आयात हुने ३० मेगावाट बिद्युतलाई प्रतिमेगावाट ६ रुपैयाँ देखि २४ रुपैयाँसम्म तिर्नु परेको गोहिवारको भनाई थियो । टनकपुर नाकावाट आएको बिद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोडिएकोले पनि यहाँ कति बिद्युत खपत भईरहेको छ भन्ने जानकारी हुन नसकेको उनको भनाई थियो ।
उता सुदुरपश्चिमको दार्चुलामा निर्माण भईरहेको चमेलिया जलबिद्युत आयोजनाको निर्माणकार्य सन २०१५ को मार्चमा सम्पन्न हुने भएको छ ।
आयोजनाका निर्देशक राजेन्द्र मानान्धरले दिएको जानकारी अनुसार अहिलेको कामको अवस्था हेर्दा सो समयसम्म योजना निर्माण कार्य सम्पन्न भई बिद्युत उत्पादन हुनेछ । नेपाल सरकार र दक्षिण कोरियाको सहयोगमा सन २००७ देखि निर्माण कार्य थालनी भएको सो परियोजनावाट ३० मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष राखिएको निर्देशक मानान्धरले वताए ।
सोमवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै मानान्धरले परियोजनाको लागत १२ अर्व भन्दा वढी रहेको जानकारी     दिए । परियोजना निर्माण स्थलवाट एक सय ३२ किलोमिटर बिद्युत प्रसारण लाईनवाट परियोजनाले उत्पादन गरेको बिद्युत कैलालीको अत्तरीयामा राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ ।
राष्ट्रिय प्रसारण लाईनमा जडान भएपछि उक्त बिद्युत पनि देशैभरी बितरण हुनेछ । चमेलिया जलबिद्युत आयोजना वनेपछि लोडसेडिङ्गको मार कम हुने आश लगाएर वसेका सुदुरपश्चिमवासीहरुका लागि यो     परियोजना पनि ‘कागलाई वेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै हुने देखिएको छ ।

सम्पादकीय 

अव सरकार छिटो वनोस

मंसिर ४ गते सम्पन्न अर्को संबिधानसभाको निर्वाचनले सवै भन्दा ठुलो दलको आकार दिएको नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयन गरेको छ । जनादेश र अन्य राजनीतिक दलको चाहना अनुसार पनि अहिले नयाँ सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको छ र कांग्रेसले पाउनु पनि पर्ने हुन्छ । त्यसैले सरकार गठनका लागि अन्य दलहरु भन्दा पनि कांग्रेस आफैले अग्रसर हुनु पर्ने जरुरी रहेको छ ।
कांग्रेसमा संसदीय दलको नेता निर्वाचन मार्फत चयन भएको छ, यसको अर्थ सरकार गठनको बिषयलाई लिएर कांग्रेसभित्र रहेको सवै बिवाद समाधान भए भन्ने होईन । संसदीय दलको नेता चयनपछि कुन पक्षवाट कति जना मन्त्री वन्ने र पावरदार मानिएका मन्त्रालयहरु कस्को पक्षका नेताहरुले पाउने भन्ने बिषयमा थप बिवाद सृजना भएको छ । यसले पार्टीभित्रको कुरा मिलाउनका लागि केही समय त लाग्ने देखिन्छ ।
अर्को बिषय अहिलेको जनादेश अनुसार र नेपालको अन्तरीम संबिधान २०६३ को माण्डेट अनुसार पनि नेपाली कांग्रेस एक्लैले नयाँ सरकार गठन गर्न सक्ने अवस्था छैन । कांग्रेसलाई सरकार गठन गर्नका लागि एमाले र एमाओवादीमध्य एक दलले त कम्तीमा सहयोग गर्नु पर्ने हुन्छ भ्यागुताको धार्नी पु¥याउनका लागि । यसका लागि ति दलहरुसंग सहमति हुनु पर्ने र अंशवण्डा हुनु पर्ने जरुरी छ । यदि एमाले र एमाओवादीमध्ये कुनै एक दलसंग पनि सहमति हुन सकेन भने फेरी गणितीय अंक पुग्न सक्दैन ।
अहिलेको जनादेश फेरी गणितीय खेल पु¥याउनका लागि मात्र होईन । अहिले त राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र सो सरकारको पहलमा संबिधानसभाले एक वर्षभित्रै नयाँ संबिधान जारी गर्ने, ६ महिनाभित्रै ११ वर्षदेखि रिक्त रहेका स्थानीय निकायको निर्वाचन गराउने र देशलाई अग्रगतिमा लैजाने जिम्मेवारी छ । त्यसकारणले पनि गणितीय जोड घटाउको मात्र काम छैन अहिलेको अवस्थामा । तर पनि यदि राष्ट्रिय सहमति हुनै नसक्ने हो र फेरी औंला भाँचेर हिसावै गर्नु पर्ने अवस्था हो भनेपनि छिटो टुङ्गोमा पुग्नु पर्छ ।
सरकार गठनका लागि राष्ट्रपतिले आव्हान समेत गरिसकेका छन । राष्ट्रपतिले दिएको समयसिमाभित्रै दलहरुका बिचमा भागवण्डा मिलेर नयाँ सरकार गठन गर्ने सहमति कायम हुनु जरुरी रहेको छ । अहिले दोश्रो ठुलो दल एमाले पनि सोझिएको जस्तो छ । गत संबिधानसभाको अवधिमा एमाले थोरै दिनमात्र सरकार वाहिर रहेको थियो । तेश्रो दल हुँदाहुँदै पनि सत्तालोलुपताले एमालेलाई सत्ता वाहिर जान दिएको थिएन तर अहिले एमाले पनि सरकारको नेतृत्व लिने मनसायमा छैन । कांग्रेसलेनै सरकार गठन गरोस भन्ने चाहेको छ एमालेले पनि ।
तेश्रो दल एमाओवादीले पनि सरकार गठनको जिम्मेवारी कांग्रेसकै भएको जनाएको छ । यस अवस्थामा कांग्रेसले आफुलाई मजवुत वनाउनु जरुरी छ । अन्य राजनीतिक दलहरुसंग घनिभुत रुपमा छलफल गरी भरसक सत्ता साझेदारी नत्र भने नैतिक समर्थनै भएपनि जुटाउनु पर्ने हुन्छ । जसले गर्दा कांग्रेसलाई भोली सरकार सञ्चालनमा समस्या नहोस । सरकार वनाउने ढलाउने खेलमा गत संबिधानसभाको जस्तो हविगत भयो भने फेरी पनि नयाँ संबिधान निर्माण हुन सक्ने अवस्था देखिदैन ।
त्यसैले सरकार छिटो गठन हुनु पर्छ । वहालवाला मन्त्रीपरिषद् अध्यक्षलाई उनको आफ्नै स्थानमा छिटो फर्काईनु पर्छ । जननिर्वाचित प्रतिनिधिहरुले सत्ता सञ्चालन गर्नु पर्छ तर सत्ता सञ्चालनका केही आधारभुत पक्षहरु भने वर्तमान मन्त्रीपरिषदवाट पनि नेताहरुले सिक्नु पर्ने जरुरी छ । सरकार छिटो वनोस ।

थप समाचार 

महादेवस्थान खुला दिँशामुक्त गाबिस घोषणा

डोटीको महादेवस्थान गाउँ बिकास समिति औपचारिक रुपमा खुला दिँशामुक्त क्षेत्र घोषणा भएको छ ।
खुला दिँशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम डोटीका ५० वटा गाबिसहरुमध्ये २० औं गाबिसका रुपमा शुक्रवार महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डोटीका स्थानीय बिकास अधिकारी शिवकुमार कार्कीले सो समारोहमा वोल्दै २० औं गाबिसको रुपमा महादेवस्थान गाबिस खुला दिँशामुक्त क्षेत्र घोषणा गर्न सफल भएकोमा गाबिसवासीहरुलाई धन्यवाद दिए । “अव तपाईहरुका पाहुनालाई बिहानै जंगलतिर पठाउनु पर्ने वाध्यता छैन” कार्कीले भने–तपाईहरुले यो खुला दिँशामुक्त क्षेत्रलाई सधैं फोहरमुक्त वनाउनु हुनेछ भन्ने मैले बिश्वास लिएको छु । गाउँमा आउने कर्मचारीहरुले पनि शौचालय नभएको, दिँशापिसावका लागि समस्या भएको भन्दै गाउँ जान पनि समस्या गर्ने गरेको वताउँदै अव आफुहरुलाई पनि जिल्लावाट यस गाबिसमा कर्मचारी पठाउन कुनै समस्या नभएको जानकारी दिए ।
स्थानीयवासीहरुले गाबिसको बिकास निर्माणका लागि गरेको आग्रहमाथी टिप्पणी गर्दै कार्कीले यस क्षेत्रमा खोनपानीका लागि ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले काम गरिरहेका   कारण त्यो समस्या हल हुने    वताए । यहाँ सञ्चालनमा रहेको क्याम्पस र यस प्रभात उच्च माबिको भौतिक पूर्वाधारको समस्या रहेको छ भन्ने कुरा आएको छ, काकीले जिल्लामा श्रोत साधन थोरै भएको र सो श्रोत साधनका मातहतमा रहेर हामीले काम गर्नु पर्ने भएका    कारण समस्या भएपनि आफुले यस क्षेत्रको बिकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“निश्चित रुपमा हामीसंग श्रोत कम छ तर ५० वटै गाबिस र एउटा नगरपालिकावाट मागहरु धेरै आउने गरेका छन” कार्कीले भने–तर पनि यस क्षेत्रको समस्या मैले राम्रोसंग बुझेको छु, सक्दो पहल म गर्नेछु । आफु जिल्ला शिक्षा समितिको समेत अध्यक्ष भएका कारण जिल्ला शिक्षा कार्यालयवाट हुन सक्ने सम्भावनालाई पनि यस क्षेत्रमा प्रयोग गर्ने कार्कीको भनाई थियो । खुला दिँशामुक्त कार्यक्रममा आफुलाई गरिएको स्वागत र कार्यक्रममा भएको स्थानीय सहभागिताका लागि समेत कार्कीले स्थानीयवासीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा स्थानीय झाँकीहरु, गीत नृत्य, देउडा, गौराका झलक प्रदर्शन गरिएको थियो । महादेवस्थान गाबिस सचिव एवं गाउँस्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिका संयोजक गणेशराज ओझाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त क्षेत्र घोषणा गर्न वल्र्ड भिजन नेपाल, ग्रामिण जनश्रोत व्यवस्थापन परियोजना र बिकास समूह नेपालले सहयोग गरेका छन ।

खुला दिँशामुक्त कार्यक्रममा नेताहरुको दोहोरी

महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त गाबिस घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा जिल्लास्थित          राजनीतिक दलका नेताहरुको दोहोरी चलेको थियो ।
कार्यक्रममा सहभागि भएका नेपाली कांग्रेस डोटीका कार्यवहाक सभापति रामप्रसाद उपाध्याय, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रवहादुर मल्ल, एकिकृत नेकपा माओवादीका सेती महाकाली राज्य समिति सचिवालय सदस्य चन्द्रदेव ओझा र नेकपा–माओवादीका डोटी ईन्चार्ज बिवेक कुमालले एक÷अर्को दलप्रति   आरोप प्रत्यारोप लगाईरहँदा स्थानीय युवाहरु “यो राजनीतिक दलको कार्यक्रम होईन” भन्दै चिच्याईरहेका थिए ।
“मैले राजनीतिक दोहोरी नगरौं भनेर गिरीचौकाको मञ्चमा पनि भनेको थिए” अरु दलका नेताहरु वोलिसकेपछि कांग्रेस नेता उपाध्यायले भने ‘तर पुर्ववक्ता साथीहरुले त्यही कुरा यहाँ पनि दोहो¥याउनु भयो ।’ दलहरुको दोहोरी खेल्ने थलो यो होईन, उपाध्यायले नेपाली कांग्रेसवाट डोटीका तीन सभासद्हरुले महादेवस्थान गाबिसवासीहरुलाई खुला दिँशामुक्त क्षेत्र घोषणा कार्यक्रममा वधाई एवं शुभकामना सन्देश पठाएको पनि सुनाए । ‘यस क्षेत्रका चार गाबिसको सडक निर्माण उपभोक्ता समिति गठनमा भएको बिवादको जिम्मा स्थानीय व्यक्ति पनि भएका कारण चक्र मल्लले लिनु पर्ने भन्दै उपाध्यायले यस क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको वताए ।
एमाले डोटी अध्यक्ष मल्लले आफुले एमालेका कुनै पनि कार्यकर्तालाई व्यक्तिगत स्वार्थका लागि काम गर्न नभनेको वताए । ‘हाम्रा देउता भनेका एक छाक खान नपाउने, खुट्टा फुटेका तर सधैं पसिना वगाईरहने आमा वुवा दाजुभाई तथा दिदीवहिनीहरु हुन’, मल्लले आफु त्यो वर्गको उत्थानका लागि काम गर्ने    वताए । आफुले गरेका राम्रा कामहरुमा पनि आलोचना गर्ने वानी परेका केही राजनीतिक कार्यकताहरुका कारण समस्या भईरहेको वताउँदै मल्लले जनताको पक्षमा काम गर्न आफु सधैं प्रतिवद्ध रहेको वताए । गृह गाबिस समेत महादेवस्थान भएका मल्लले यस क्षेत्रको बिकास गर्नु आफ्नो कर्तव्य भएको वताए ।
एमाओवादी नेता ओझाले एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको वेलामा जति बिकास भयो त्यति कांग्रेस एमालेका कुनै पनि सरकारको पालामा हुन नसकेको वताउँदै अन्य दलहरुले साना साना योजनाहरुमा पनि भ्रष्टाचार गर्ने गरेको आरोप लगाए  “भारसैन सडकका जस्तो र यहाँको सिंचाई कुलाको जस्तो बिकास निर्माणका योजनामा भ्रष्टाचार गर्ने हाम्रो पार्टी होईन, अन्य दलका नेताहरुप्रति संकेत गर्दै ओझाले आफुहरु यस क्षेत्रको बिकासका लागि प्रतिवद्ध रहेको वताए । यस गाबिस क्षेत्रमा सञ्चालन भएको खप्तड आदर्श क्याम्पसको बिकासका लागि प्रयास गरिरहेको प्रति ओझाले व्यवस्थापन समितिका अध्यक्ष   सुरेन्द्र रोकायालाई धन्यवाद दिए ।
नेकपा–माओवादी डोटी ईन्चार्ज कुमालले संबिधानसभाको निर्वाचनले ६ सय एक सभासद् दिएको, उनीहरुलाई भत्ता दिएको, अव मन्त्री दिने, प्रधानमन्त्री दिने, संबिधानसभाका अध्यक्ष उपाध्यक्ष दिने भएपनि नयाँ संबिधान दिन नसक्ने दावी गरे । ‘डोटीका एक प्रभावशाली नेताले हामीलाई वाँदरको संज्ञा दिएका छन” कुमालले प्रश्न गरे ‘के हामी वाँदर हौं त ?’ नेपाली कांग्रेस, एमाले र एमाओवादी यो देशको नेतृत्व गर्न असफल भईसकेको कुमालको भनाई थियो । अरु नेताहरुझैं कुमालले पनि आफुहरु यस क्षेत्रको बिकासका लागि प्रतिवद्ध रहेको वताए ।

मुक्त हलियाले कम्मल पाउने

जाडोयाम सकिनै लाग्दा मुक्त हलियाहरुले न्यानो कम्मल पाउने भएका छन ।
मुक्त हलियाहरु जाडोमा कठ्याग्रिएको समाचार बिभिन्न सञ्चारमाध्यममा आउन थालेपनि लुथरन बिश्व महासंघ नामक गैर सरकारी संस्थाले उनीहरुलाई कम्मल बितरण गर्ने योजना वनाएको हो । गत साता परेको पानीका कारण जाडोले मुक्त हलियाको जनजीवन कष्टकर भएको थियो । उक्त कुरा बिभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा   प्रशारण भएपनि सो संस्थाको ध्यानाकर्षण भएको छ ।
हलिया मुक्ती समाज डोटीका संयोजक गोरखवहादुर सार्कीका अनुसार लुथरन बिश्व महासंघले सुदुरपश्चिमका नौ वटै जिल्लामा रहेका मुक्त हलियाहरुलाई कम्मल बितरण गर्ने योजना वनाएको छ । डोटीमा रातो परिचय पत्र पाएका एक सय ७३ जनामध्ये ७३ जनालाई कम्मल बितरण गर्ने पक्कापक्की भईसकेको वताउँदै साकीले थप कम्मलका लागि समेत प्रयास भईरहेको जानकारी दिए ।
गाउँ बिकास समितिको सिफारिस र मुक्त हलियाको परिचय पत्रको प्रतिलिपीका आधारमा जिल्ला दैवी प्रकोप उद्दार समितिको रोहवरमा मुक्त हलियालाई कम्मल बितरण गर्ने योजना रहेको छ ।

विद्यार्थी भूईमा बस्न बाध्य 

बाजुराको बाह्रविस गाविस–३ नुवाकोटमा रहेको भिमेश्वर प्रसाद प्राथमिक विद्यालयमा  विद्यार्थीहरु फर्निचरको अभावमा भुईमा बस्न बाध्य भएका छन् ।
३ कक्षासम्म संञ्चालनमा रहेको विद्यालयमा विद्यार्थीलाई फर्निचरको अभाव भएपछि उनीहरु आजभोलीको चिसोमा पनि भुइमा बस्न बाध्य बनेका हुन  । २०६४ सालमा स्थापना भएको विद्यालयमा  स्थापनाकालदेखिनै फर्निचरको अभाव रहेको प्रधानाध्याक मानहादुर नेपालीेले वताए । विद्यालयमा  फर्निचरका लागि  सरोकारवा निकायहरुसंग निवेदन गर्दा पनि कुनै निकायले सहयोग नगरेको प्रअ नेपालीको भनाई थियो । उक्त बिद्यालयमा बिद्यार्थी संख्या वढेर ६७  पुगेपछि झन समस्या भएको  प्रअ नेपाली वताउँछन ।
विद्यालयको भवन समेत जिर्ण भएकाले विद्यार्थीलाई पठन पाठन गर्न समेत गाह्रो भएको  प्राधानाध्यापक नेपालीले गुनासो गरे । त्यस्तै विद्यालयमा खाने पानी समेतको समस्या रहेको छ अहिले बालमैत्री बिद्यालयको अवधारण आएता पनि विद्यार्थीले करिव २० मिनेटको बाटो हिडेर पानी खान जानुपर्ने अवस्था रहेको पनि नेपाली वताउँछन ।
एक जना मात्र शिक्षकको दरबन्दी रहेको विद्यालयमा अन्य शिक्षकलाई तलब खुवाउन समेत समस्या रहेको पनि प्रधानाध्यापक नेपालीको भनाई छ । जिल्लामा कार्यरत संघ संस्थाहरु आवश्यकता भन्दा पनि राजनीतिक आस्थाका रुपमा सहयोग गर्ने प्रर्बत्ती रहेको र जिल्ला शिक्षा कार्यलयले ब्लक बाहेक अन्य  सुविधा नदिदा यस्तो समस्या आएको  अभिभावहरुको गुनासो छ ।

कोईराला दलको नेता

लामो समयको आन्तरिक बिवादपछि अन्ततः नेपाली कांग्रेसका सभापति सुशील कोईराला पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन ।
पार्टी संसदीय दलको नेतामा सहमतिका लागि पटक–पटक प्रयास गरिएको भएपनि असफल भएपछि चुनाववाटै नेता छान्नु परेको थियो । आईतवार भएको निर्वाचनमा कोईरालाले पार्टी बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई १६ मतले हराउँदै वाजी मारेका छन । एक सय ९४ मतदाता रहेको पार्टी संसदीय दलमा कोईरालाले एक सय पाँच मत र देउवाले ८९ मत प्राप्त गरेका थिए
संसदीय दलको नेताका लागि दावी गर्दै आएका अर्का नेता कांग्रेस उपसभापति रामचन्द्र पौडेल भने अन्तिममा चुनाव लडेनन् । सभापति कोईरालाले आफु प्रधानमन्त्री भएपछि कार्यवहाक सभापति वनाउने मौखिक आश्वासन दिएपछि उनी रिङ्गवाट वाहिरिएका थिए । पौडेलले कोईरालालाई सहयोग गरेका थिए ।
बिद्युतीय मतदान मेसिन (ईभिएम) को प्रयोग भएको उक्त मतदानमा केही समय बिवाद समेत सृजना भएको थियो । १७ जना सभासद्ले मतदान गरिसक्दा मेसिनले १६ जनाको मत मात्र देखाएपछि निर्वाचन समितिकै बिचमा बिवाद सृजना भई मतदान केही वेरका लागि स्थगित भएको थियो । संसदीय दलको नेताका प्रत्यासीद्वय कोईराला र देउवालाई समेत सहभागि गराई निर्वाचन समितिमा भएको छलफल पछि पहिले भएको मतदान रद्द गरी पुनःमतदान गर्ने सहमति भएको थियो ।

बाजुराका कृषक कुखुरापालनमा आकर्षित

बाजुराको बाह्रविस गाविसका किसानहरु कुखुरा पालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् ।
कुखुरा ब्यबसायबाट मनज्ञे आम्दानी हुने थाह पाएपछि यस क्षेत्रका कृषक कुखुरा ब्यबसायतर्फ आर्कर्षित भएका हुन् । गत बर्ष सुरुमा अछाम कुसकोट २ का दिपक साउँद र नयन साउँदले  बाह्रविसको बेतालमाण्डांै  वजारमा कुखुरा पालन सुरु गरी नाफा कमाउन थालेपछि त्यस आसपासका अन्य  व्यापारी पनि कुखुरा पालन  तर्फ आकर्षित भएका हुन् । कुखुरा पालनका लागि उपयुक्त  हावापानी मिल्नका साथै सडक सञ्जाल जोडिएको बाह्रविस गाविसबाट कुखूराको राम्रो वजार देखेपछि यहांका कृषक व्यवसायिक रुपमा लागेको स्थानीय खडकराज जैशीले वताए । धनगडी अत्तरीया महेन्द्रनगरबाट ब्वाइलर, क्वइलर  लियर्स् जातका कुखुराहरु ल्याई  आफ्नै गाउँघरमा  रोजगारीे सृजना  गर्न सकिने व्यवसायीहरुले बताएका छन् ।
हाल बाह्रविसमा आधा र्दजन बढी पोल्टीफम् संञ्चालन र  आधादर्जन निमाणाधिन रहेका  प्रतयक  महिनामा कुखुराबाट  २० देखि २५ हजार सम्म मुनाफा लिन सकिने कुखुरा व्वासायी गदै आउनु भएका दिपक साउँदले  बताउनु भयो । कुखुरा व्यवसायवाटै घरपरिवार खर्च तथा तिन छोरा     छोरीलाई स्कुुल पढाई खर्च पनि चलाएकोमा खुशी ब्यक्त गर्छन् अर्का कुखुरा ब्यवसायी शुर्जे रावल ।  कुखुरापालन व्यबसायलाई  जिल्ला पशु सेवा कार्यालय लगायत सरोकारवाला निकायले कुखुरा पालन सम्बन्धी तालिम, खोर निमार्ण, र बजारका लागि पहल  गरिदिएमा निकट भविष्यमै बाजुराका लागि बाह्रविसबाटनै कुखुरा पालन व्ययवसाय र मासुको आपुर्ती गर्न सकिने व्यासायीहरुले बताएका छन् ।

हातमुख जोड्नै धौ धौं

“तिम्रा हलियावाला खाना पु¥याई देलान नि, उनीहरुसंगै माग्नु भन्छन, हामीलाई पूर्व मालिकहरुले पनि सहयोग गर्दैनन्”
कञ्चनुपुर तिलाचौर गाबिस–८ घर भएका मुक्त हलिया तुले नेपालीकी पत्नी देवकी नेपालीले आफुहरु मुक्त भएपनि परिवार पाल्न निकै कठिन भएको वताईन । घरमा वसेर गुजरा नचल्ने भएपनि श्रीमान तुले    भारतको आन्द्रा प्रदेशमा गएर चौकीदारी गरिरहेको देवकीको भनाई छ । पूर्व मालिकको घरमा गएपछि अव हामीहरु केही गर्न सक्दैनौं भन्छन, देवकीले हलिया मुक्तीको घोषणा भएपछि केही खुशी लागेको भएपनि आफुहरु अलपत्र परेको वताईन । ‘हामी त न मुक्त जस्ता भएका छौं, न हलिया जस्ता’ देवकीले हलियाको मुक्तीका लागि लडेको राष्ट्रिय मुक्त हलिया महासंघमा पनि गैर हलियाहरुको पकड रहेका कारण आफुहरुलाई हेर्ने निकाय कोही नभएको महसुस भईरहेको वताईन ।
डोटी दिपालय सिलगढी नगरपालिका–१४ पाकरीकी नरुदेवी पार्कीको पनि उस्तै भनाई रहेको छ । हलिया मुक्तीको घोषणा भएपछि खुशी मनाउन थोरै समय पनि पाएनन् नरुको परिवारले । परिवार पाल्नका लागि श्रीमान वहादुर पार्कीले बिदेशीनु प¥यो । ‘पोहर साल घर फर्केका छन, अव बुढेशकाल लागेर काम पनि गर्न सक्दैनन्, कसरी परिवार पाल्ने ?’ गहभरी आँशुका साथ नरुले बिम्ब साप्ताहिकसंग कुरा गर्दै भनिन् ‘हलिया हुनु र मुक्त हुनुमा हामीलाई कुनै फरक छैन ।’
वाजुरा कोटिला गाबिस–९ कि नर्मा बिकको दुखेसो पनि उस्तै छ । नर्माले कागजी रुपमा आफुहरु मुक्त भएपनि सामाजिक रुपमा मुक्त हुन नसकेको वताईन । ‘मालिकहरुसंग रहेका हाम्रा तमसुक पनि च्यातिएका छैनन्, एकातिर उनीहरुको डर मानिरहनु पर्ने अवस्था आएको छ भने अर्कोतिर के खाने, केटाकेटी कसरी पाल्ने भन्ने समस्या रहेको छ’ नर्माले हलिया वस्दाको भन्दा पनि थप समस्या झेलिरहरनु परेको वताईन ।
वाजुरा कोटिला गाबिस–२ की खिन्तु बिक अभावका कारण छोराछोरीहरु समेत बिद्यालय पठाउन नसकेको वताउँछिन । उमेरले २२ वर्ष मात्र भएकी खिन्तु शारीरिक अवस्था हेर्दा निकै बुढेउली लागिसकेको भान हुन्छ । ससुराको मृत्युपछि सानै उमेरदेखि श्रीमान खुर्के लुहारले हलो जोत्नु सुरु गरे । हलिया मुक्तीको घोषणा भएपछि परिवार पाल्नकै लागि भारत गएका खुर्केको पनि मृत्यु भएपछि तीन छोराछोरी पाल्न खिन्तुलाई धौ धौ भएको छ । तपाईले मुक्त हलिया परिचय पत्र पाउनु भयो ? बिम्ब साप्ताहिकको प्रश्नको जवाफमा खिन्तु भन्छिन् “परिचय पत्र त पाए तर परिचय पत्रले पेट भरिदैन । उनी भन्छिन ‘कि त सरकारले हामीलाई पुनःस्थापनाको व्यवस्था गर्नु प¥यो कि त हामीलाई बिष दिएर  मारिदिनु प¥यो ।
हलिया मुक्ती आन्दोलनमा सक्रियतापूर्वक लागेका हलिया मुक्ती समाज डोटीका जिल्ला कार्यकर्ता गोरखवहादुर सार्की हलिया मुक्तीको घोषणालाई पहिलो उपलव्धीका रुपमा लिन्छन । उनी भन्छन ‘हलिया मुक्तीको घोषणा हुनु आफैमा राम्रो कुरा हो’ हलिया मुक्तीको घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि उनीहरुको पुनःस्थापनाको कुनै कुरा नहुनु राज्यको लापरवाही भएको सार्कीको भनाई छ । ‘पाँच वर्ष हामी पर्खेऔं तर अव कुर्न सक्ने क्षेमता पनि छैन’ साकीले भने ‘अव फेरी कडा आन्दोलन गर्नु पर्ने अवस्था आएको छ । परिचय पत्र पाईसकेकालाई तत्काल पुनःस्थापना गर्नु पर्ने सार्कीको भनाई छ ।
अधिकार सम्पन्न मुक्त हलिया पुनस्थापना आयोग गठन हुनु पर्ने, परिचय पत्र पाउन वाँकी मुक्त हलियाहरुलाई परिचय पत्र दिईनु पर्ने, तथ्याँक लिन छुटेका मुक्त हलियाहरुको तथ्याँक लिनु पर्ने, मुक्त हलिया पुनस्थापना सम्वन्धि तत्काल कानुन वनाईनु पर्ने अहिलेको माग रहेको सार्कीले वताए । डोटीका एक सय ७३ जनाले रातो (घर जग्गा केही पनि नभएको) परिचय पत्र पाएको सार्कीले जानकारी दिए ।

छोटकरी समाचार 


वाजुरा तिव्र गतिमा

सन २०१६ सम्म बाजुरालाई खुला दिँशामुक्त जिल्ला घोषणा गरिसक्ने अभियानमा लागेका बाजुराली नागरिक यतिवेला  गाउँ गाउँ खुला दिँशामुक्त अभियानमा तीव्ररुपमा अगाडि बडेका छन् ।
जिल्लाका २७ गाविस मध्ये एक दर्जन गाविसमा मात्र खुला दिँशामुक्त गाविस घोषणा भएका छन् भने अन्य गाविसमा खुला दिँशामुक्त घोषणा गर्न विभिन्न संघ संस्था लगायत स्थानीयवासी पनि लागेका छन् ।
        यसैक्रममा बाजुराको कैलाशमाण्डौ गाविसको वडा–४ खुला दिशामुम्क्त वडा घोषणा गरिएको  छ । “खुला दिशा यमराजको भिसा” भन्ने मुल नाराका साथ, वडामा रहेका एक सय ४१ घरधुरीले चर्पीको निमार्ण गरि प्रयोगमा ल्याएपछि एक कार्यक्रमकाबिच खुलादिँशामुक्क्त घोषणा गरिएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रर्दशन  गरिएका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अव खुला दिँशामुक्क्त भईसकेपछि सवैले चर्पीको सही प्रयोग गरी चर्पीमै दिँशापिसाव गरेर स्वच्छ जीवन जिउन  अनुरोध गरेका थिए । कैलाशमाण्डौ गाविस एक पवित्र भुमिको काखमा रहेकोले दिँशाजन्य रोगबाट सवैले बच्नु पर्ने वक्ताहरुको भनाई थियो । खुला दिँशामुक्त घोषणा गरेरमात्र नहुने भएकाले हाम्रा सम्पुर्ण बानी व्यबहार परिवर्तन गरी सधैं चर्पीमा नै दिँशापिशाव   गरेपछि यो अभियान सफल हुने बताएका छन् ।

पर्यटन समाचार 

वराहीदेवी जात २४ गते

खप्तड पर्यटन क्षेत्रको मुल वाटोमा पर्ने वगलेक गाबिस–६ मा रहेको वराहीदेवी मन्दिरको जात्रा यस वर्ष माघ २४ गते हुने भएको छ ।
स्थानीय भिमवहादुर साउँदले दिएको जानकारी अनुसार २२ गते राती वगलेक गाबिस–९ मा मेला लाग्ने, २३ गते राती वराहीदेवीमा मेला लाग्ने र २४ गते दिउसो जात्रा हुने कार्यक्रम रहेको छ । साउँदका अनुसार वराहीदेवीको गाँज आफै काम्ने भएकाले यस जात्रामा टाढाटाढाका मानिसहरु समेत आउने गरेका छन । यसको आफ्नै महत्व छ, साउँदले भने ‘यसलाई हामी वगलेकी मष्टा पनि भन्ने गर्छौं ।
खप्तड क्षेत्रको मुल वाटोमा भएर पनि यस वराहीदेवीको मन्दिरको संरक्षण र प्रचार प्रसारका लागि कसैले सहयोग नगरेको साउँदको दुखेसो रहेको छ । “खप्तड क्षेत्र पर्यटन बिकास समिति छ, बार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको पनि छ तर मुल वाटोमा पर्ने यस मन्दिरका लागि केही गरेको छैन” साउँदले गाबिस र जिल्ला बिकास समितिले पनि मन्दिरको संरक्षणका लागि केही नगरेको गुनासो गर्दै यसको संरक्षण गर्न सम्वन्धित निकायलाई आग्रह गरे ।

चलचित्र÷मनोरञ्जन 

हामीबीच अफयेर छैन

नेपाली चलचित्रका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहबीच अफेयर भएको कुरा दुवैले अस्वीकार गरेका छन । सविन र अनुले आफुहरुबीच कुनै खास सम्वन्ध नरहेको दावी गरे ।
सबिनसंग ‘हमेसा’ चलचित्रमा छोटो दृष्य दिएकी अनुले चैत्र २८ गते नयाँ वर्षको अवसर पारी रिलिज हुने ‘आधी वाटो’ मा भने लामै समय स्क्रिन सेयर गरेकी छिन । सार्वजनिक गरिएको आधिवाटोको पोष्टरमा अनुले सविनलाई अंगालोमा वाँधेकी छिन, दुवै जना रोमाण्टिक देखिएका छन ।
यो रोमाण्टिक जोडीले “आधि वाटो” छायाँकन गर्दा कस्तो अनुभव ग¥यो त ? अनु सुनाउँछिन ‘सुटिङ्ग रमाईलोसंग  बित्यो । सविनसंग काम गर्न सजिलो भयो ।’ सविनसंग अफयेरको हल्ला छ नि ? भन्ने प्रश्नमा अनुले भनिन् ‘संगै काम गरेपछि हल्ला चल्दो रहेछ, हामीबीच कुनै त्यस्तो सम्वन्ध छैन ।’
समाज सेवामा हात वढाउने योजनामा रहेका सविनले पनि अनुसंग खास सम्वन्ध नरहेको दावी गरे । नेफ्टा अवार्डको लागि मलेसिया उड्ने तयारी गरिरहेका सविनले अनुसंगको सम्वन्धवारे यस्तो भने ‘अफयेरको हल्ला सुन्दा सुन्दा वाक्क भईसके । सवैभन्दा मिठो वोल्छु र अनुसंग पनि । त्यसैले यस्तो हल्ला भएको होला ।
रियल प्रेम नरहेको दावी गरिरहेका सविन र अनुको ‘आधि वाटो’ को प्रेमले चाँहि कस्तो सन्देश दिन्छ त ? अनुले भनिन् “माया प्रेममा स्वार्थ हुँदैन । व्यक्तिको अवस्थाले प्रेमलाई प्रभाव पार्दैन भन्ने सन्देश ‘आधि वाटो’ मा देखिने हाम्रो प्रेमले दिन्छ’ सविनले भने फिल्ममा सिम्पल लभ स्टोरी रहेको वताए ।
सांगितिक लभ स्टोरीको फिल्ममा सविनका नजर अनुसंग र जेनिशा केसीसंग जुध्नेछ । अनु र जेनिशामध्ये सविन कस्को हुन्छन ? यो रहस्यलाई गोप्यनै राखिएको छ । सविर श्रेष्ठको निर्देशनमा रमेश त्वायनाद्वारा निर्मित आधि वाटोम सविन र अनुसंगै यशकुमार र जेनिशा केसीको मुख्य भुमिका छ ।

मोफसल पत्रकारिता 

मैले यसलाई पेशाको रूपमा लिएको छैन

टीकाराम फुलारा (सम्पादक) 
सन्देश सारथी साप्ताहिक, डोटी
 तपार्इंको पुरा परिचय पाउँ न ?
 म टीकाराम फुलारा । पचनाली ३ चुडीमा स्थायी घर भई हाल डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा प्राध्यापनरत छु साथै विगत डेढ बर्ष देखि डोटी जिल्लाबाट प्रकासित सन्देश सारथी साप्ताहिक पत्रिकालाई सम्पादन गरिरहेको छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
सर्वप्रथम त मैले यसलाई पेशाको रूपमा लिएको छैन । मेरो  मूल विषय नै नेपाली भएकाले पत्रिकालाई  नेपाली भाषा अनुसार शुद्ध रूपले प्रकासित गर्नुपर्ने मैले महसुुस गरे र यतातिर लागे । अर्को प्रमुख कुरा भनेको स्थानीय पत्रिकाले स्थानीय समाचार, घटनालाई बढी महत्व दिनुपर्ने मान्यता अनि स्मरणका पात्र नामक स्तम्भका माध्यमबाट डोटी जिल्लाका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वको बारेमा उजाकर गरेर“ डोटी जिल्लाका ऐतिहासिक व्यक्तित्व” नामक पुस्तक प्रकाशन गर्ने सोचका साथ म यस क्षेत्रमा पनि सरिक भएको हँु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
ठ्याक्कै यसै खालको मात्र त भन्ने छैन । साप्ताहिक रूपमा पत्रिका प्रकासित हुने र सबै काम आफूले नै गर्नुपर्ने भएकाले हरेक क्षेत्रमा कलम चलाउनु पर्छ । तै पनि सामाजिक र राजनीतिक क्षेत्रमा कलम चलाउन बढी जाँगर लाग्छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
मोफसलमा रहेर पेशागत रूपमा नै यस क्षेत्रमा लागेका साथीहरूलाई यस क्षेत्रमा निरन्तरता दिन त निकै अप्ठ्यारो छ । भएको जोश पनि मरेर आउँछ, कारण जिविकोपार्जन गर्न नसकिने अर्को कुरा मिहिनेत गरेर पत्रिका प्रकासित गरेर निःशुल्क वितरण गरे तापनि पाठकको अभाव, त्यसै गरी प्रेशको समस्या, खोमूलक पत्रकारीताको अभाव आदि विविध समस्या रहेका छन् ।
कलेजमा पनि प्राध्यापन गर्दै हुनुहुन्छ, पत्रकारिता पनि, कसरी मिलाउँदै हुनुहुन्छ दुईटै पेशालाई ?
समय मिलाउने कुरा हो हेर्नोस् । बिहान क्याम्पसमा प्राध्यापन गर्छु अनि बाँकि समय पत्रिकाको काम । मेरो मान्यता भनेको हामी जस्तो सचेत नागरिकले प्रेरणाको स्रोत बन्न सक्नु पर्छ । हाम्रा युवा साथीहरू नोकरीको खोजीमा भौतारिरहेका हुन्छन् अनि एउटा काम गरेपछि अर्को गर्नु हुँदैन भन्ने मान्यता रहेको    छ । त्यो होइन, समाजलाई सचेतता गर्नका निमित्त पनि हामी युवा नै सक्रिय हुनुपर्छ । कसैले मलाई भन्ने गर्छन रे किन पत्रकारितामा लागे होलान भनेर तर म भन्न चाहन्छु म मात्रै होइन म जस्तै अन्य साथीहरूले डोटीको पत्रकारिता क्षेत्रमा प्रवेश ग¥यौं भने अवश्य यो ओजपूर्ण हुनेछ र विभिन्न क्षेत्रका मानिसले पत्रकारलाई हेर्ने आँखा पनि फेरिने छ । त्यसैले पनि म यसमा लागेको हुँ र लागिरहने छु ।
 तपाईले सम्पादन गरिरहेको “सन्देश सारथी साप्ताहिक” कस्तो चलिरहेको छ ?
मैले पत्रिका निरन्तर प्रकासित गरिरहेको छु । चल्ने भन्ने कुरा त्यस्तै हो किनभने पत्रिका डोटीमा विक्रि हुँदैन जो कुरा यहाँहरूलाई नै थाहा छ । मैले वितरण भने गरि नै रहेको छु । मिहिनेत गरेर पत्रिकालाई स्तर वृद्धि गर्ने अनि स्थानीयतालाई नै प्राथमिकतामा राख्ने सोच बनाएको छुु त्यसै अनुसार साताको       राशिफल, साहित्य, स्मरणका पात्र र जनताको अभिमत जस्ता स्तम्भ राखेको छु, जसमा स्थानीयतालाई नै जोड दिइएको छ  । स्थानीय व्यक्तिहरूले लेखहरू लेखुन भन्ने हेतुले नै मैले एउटा लेख प्रकासित गरे वाफत मसि खर्च वाफत दुई सय रुपैयाँ पनि उपलब्ध गराउने गरेको छु ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
नेपाल पत्रकार महासंघले मोफसलमा रहेका पत्रकारका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका    रहेको हुन्छ किनकि महासंघ भनेको पत्रकारहरूको छाता संगठन हो, जसले देशैभर रहेका पत्रकार साथीहरूका समस्या समाधान र पीरमार्का बुझेर समाधान गर्ने दायित्व बोकेको हुन्छ । देशभर विभिन्न संचार माध्यममा कार्यरत  पत्रकारहरूको पहिलो र साझा समस्या भनेको जीविकोपार्जन र जीउ धनको सुरक्षा नै हो । यस तर्फ महासंघ सचेत हुनुपर्छ र यी समस्याको समाधानका लागि पहल गर्नुपर्छ । मोफसलमा त झन पत्रकारिता पेशा गरेर जीउन नै कठिनाई भइरहेको छ । यस तर्फ महासंघले खासै ध्यान दिएको छ जस्तो लाग्दैन ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
नेपालका हरेक क्षेत्रमा केहि भने राजनीतिकरण नै छ, यस क्षेत्रमा पनि थुप्रै यस्ता संगठनहरू रहेका  छन् । सांगठनिक हकहितमा भन्दा पनि बढी राजनीतिकरण मात्र भएको । यस्ता संगठनहरू केन्द्रमा नै बढी सक्रिय रहेका छन् मोफसल तर्फ निर्वाचनताका मात्रै केन्द्रीय नेताहरूको ध्यान गएको देखिन्छ ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता भनेको निस्वार्थ समाजसेवा होे । यसका माध्यमबाट समाजमा लुकेर रहेका कुराहरूको उजागर हुने गर्छ साथै समाजमा रहेका अनेकौं विकृति र विसङ्गतिको पर्दाफास गर्दै समाज सुधारको बाटो पहिल्याउने गर्छ । समग्रमा भन्ने हो भने पत्रकारिता भनेको समाजको ऐना हो र पत्रकार भनेको समाजको ऐना हो ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, तपाईलाई के लाग्छ ?
यस्ता घटनाहरू वास्तवमा नसुनिएका होइनन् पटक पटक केन्द्र देखि यस जिल्लामा पनि हुने गरेका  छन् । नेपालका हरेक क्षेत्रमा विकृतिहरू छन् यो क्षेत्र पनि अछुतो छैन, पत्रकारले हरेक कुरा प्रमाणका साथ लेख्नु र बोल्नु पर्छ खाली कपोकल्पित कुरा गर्नु हुँदैन । यस्ता प्रवृतिका कारण समग्र पत्रकार जगतनै बदनामित भइरहेको छ । वास्तवमा एउटा स्वाभिमानी पत्रकारका लागि यो राम्रो कुरा अवश्य होइन । हामी आफै यस्ता क्रियाकलापमा सरिक हुन्छौं भने समाजलाई के दिन सक्छौं हामी आफैले विचार गर्ने कुरा हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
मैले आज सम्मको मितिमा धुम्रपान, मध्यपान र कुनै पनि स्वास्थ्यलाई हानीकारक यस्ता चिजहरू सेवन गरेको छैन । भोजको आयोजना गरिने यस्ता कार्यक्रममा म पत्रकारको हैसियतले कहिल्यै सरिक भएको छैन र हुँदैन पनि । अर्को कुरा गर्नु भएको छ मोलमोलाईको पेट पाल्नका लागि मेरो पेशा अर्को छ, म स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि यस क्षेत्रमा प्रवेश गरेको व्यक्ति, जुन दिन मसंग यस्ता कुराहरू जोडिन्छन् यस दिन देखि यस क्षेत्रबाट बिदा लिइन्छ ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसलमा काम गरिरहेका पत्रकारहरूको सर्वप्रथम त सरकारले तथ्याङ्क संकलन गर्नुपर्छ । त्यसपछि पत्रिकाको वर्गीकरण गरेर पत्रकारको स्तर निर्धारण गनुपर्छ । अनि पत्रिका प्रकाशनको प्रमुख समस्या भनेको छापाखाना नै हो । सुदूरपश्चिमको सदरमुकाम यो जिल्लामा दैनिक पत्रिका नै छैन । कस्तो लाज मर्दो कुरा ।  महासंघको पहलमा सरकारले प्रेसको व्यवस्था गरेको भए तपाईकै यो बिम्ब पत्रिका दैनिक रूपमा प्रकाशित हुन्थ्यो, हैन र ! यस कुरामा सरकारले विशेष ख्याल गर्नु पर्ने देखिन्छ ।
 थोरै प्रसंग वदलौं, तपाई त राजनीतिमा पनि चाँसो राख्ने मान्छे, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
 नेपालको राजनीति बडो अनौठो छ, हेर्नोस् कहिलेकांहि दलहरू ससाना कुरामा विवाद गर्ने गर्छन त कहिले निकै महत्वका कुरामा सहमति । संविधानसभाको चुनाव एक युगमा एक पटक हुने कुरा हो । हाम्रो देशमा यो दोस्रो पटक भएको छ । राजनीतिको शक्ति फेरबदल भएको छ, लोकतन्त्रवादी शक्ति अग्र मोर्चामा भएका कारण अनि सबै दलले एक बर्ष भित्रै संविधान दिने कुरा गरिरहेकाले र अघिल्लो संविधान सभा मार्फत धेरै कुरा टुङ्गो लागिसकेकाले एक बर्ष भित्र संविधान बन्ने सम्म्भावना मैले देखेको छु ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
मोफसलमा काम गर्ने पत्रकारको समस्या पहिचान गरेर समाधानका उपाय खोज्दै न्यूनतम पारिश्रमिक निर्धारण गरेर कडाइका साथ लागू गर्नुपर्छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
तपाईंको यो पुरानो पत्रिका बिम्बले म नौलो पत्रकारलाई पाठक सामु आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद ।

साहित्य सृजना 

असल राष्ट्रसेवक

आफू जन्मेको यो देशलाई
दुख्न कति पनि दिन सक्दिँन म
देशको भविष्य बनाउन
म सच्चा राष्ट्रसेवक बन्नेछु
आफ्नो देशको फर्फराएको झण्डालाई
म कदापि झुक्न दिन्न
मलाई यथार्थ र पूर्ण
राष्ट्रसेवक बन्नु छ ।
म जन्मेको यो देशमा
सधैँभरि शान्ति हुन सकोस्
यो देशमा शान्तिले छायो भने
म हिमाल झैं हाँस्न सक्नेछु
उमङ्गमा नाँच्न सक्नेछु ।
मातृभूमिमा गर्वसाथ बाँच्न सक्नेछु
जन्मभूमिको सेवक बनी निर्मुल पार्नेछु
भ्रष्टाचार र दुराचारको जरालाई
मैले मेरो भविष्य
आफ्नै देशको माटोमा देखेको छु
आफ्नै देशमा भेटेको छु
त्यसैले साथीहरु हो
म आज बाचा गर्छु र भन्छु कि
म भविष्यमा ठूलो मान्छे बन्छु
असल राष्ट्रसेवक बन्छु ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

युवा आकाङ्क्षा

‘मैदानमा बोलायौ’ हामी आयौँ ।
सङ्घर्षमा होम्मियौँ
‘सहर–बजार, तराई–पहाड
सडकका गल्लीहरूमा दौडायौ’ ।
हामी दौडियौँ, तिमी पनि दौडियौ ।
विजय उत्सवमा सँगै रमायौँ ।
‘तिमी छि¥यौ’ ‘बाहिर बस भन्यौ ।’
हामी बसिरह्यौँ ।
‘खेतका आलीहरूमा, तराईका गराहरूमा,
हिमालका हिउँ र फेदीका चौतारीहरूमा,
घाँस दाउरा, गाई वस्तु गर्दै,
पुनः पटक–पटक सहर बजारमा भौतारिरह्यौँ ।
हराएको ‘शान्ति’ र ‘जाँगिर’ खोज्दै,
लगनखेलदेखि टुँडिखेलसम्म
रोल्पादेखि पाल्पासम्म चहारेर
सिंहदरवार र नयांबानेश्वर तर्फ आँखा लगाउंदै,
आशै आशमा हेरिरहेछौं’ ।
तर सिँहदरवार बाटो छेक्छ हामीलाई ।
पुलिस राख्छ, सेना राख्छ गेटहरूमा ।
नयांवानेश्वर भाका फेर्छ ।
सिंहदरवार हामी तिर फर्केर हेर्न भ्याउंदैन  ।
जोगी झै हात फैलाउँदै, मन्त्रीहरूका ढोकाहरूमा,
माननीयका कोठाहरूमा, नेताज्यूका महलहरूमा,
पार्टी कार्यालयहरूमा  ।
सिंहदरवार, वल्खू, सानेपा, र पेरिशडांडा चहार्दैैैमा,
दिन, महिना अनि वर्ष बिताईरहेका छौं ।
‘वानेश्वर दरवारले’ अब भाका नफेरोस भन्दै,
संबृद्ध नेपाल कुरिरहेछौं । कुरिरहेछौं ।।
पे्रमराज सिलवाल 
स्थान ः थानापति –३, नुवाकोट 

सूचना÷बिज्ञापन 

   जाडोयाममा रुघाखोकी, ज्वरोले बिभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन र रोगको प्रकोप समेत वेला वेलामा देखिने गरेको छ । यो मौसममा साधारणतया रुघाखोकी, ज्वरो, ईन्फ्जलुुयन्जाका बिरामी वढी देखिने गर्दछन । अतः यी रोगहरुवाट बच्ने निम्न उपायहरु अपनाउन हुन सर्वसाधारणमा अनुरोध छ ।
लक्षणहरु
ड्डज्वरो आउने, ड्ड टाउको दुख्ने, ड्डघाँटी दुख्ने, ड्डरुघाखोकी लाग्ने, ड्डस्वास फेर्न गा¥हो हुने,
ड्डबच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ ।
बच्ने उपायहरु
ड्ड खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख, छोप्ने गरौं । ड्ड सावुन पानीले मिचिमिची हात धुने गरौं ।, ड्ड पोषिलो र झोल पदार्थ प्रसस्त मात्रामा पिउने गरौं । ड्ड ज्वरो रुघाखोकी लागेको  बिरामीको घरेलु उपचारवाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।


कर्मचारी आवश्यकता सम्वन्धि सूचना 

प्रथम पटक सूचना प्रकासित मिति ः २०७०÷१०÷१३ गते
यस सामुदायिक बिकास मञ्चद्वारा सञ्चालन भईरहेको महिला स्वास्थ्य कार्यक्रमका लागि एक जना महिला फिल्ड सुपरभाईजर आवश्यक भएकाले ईन्छुक नेपाली नागरिकहरुवाट प्रथम पटक सूचना प्रकासित मितिले ७ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
आवश्यक योग्यता र अनुभव
१. मान्यता प्राप्त शिक्षण संस्थानवाट प्रविणता प्रमाण पत्र तह वा सो सरह  उत्तीर्ण
२. महिला स्वास्थ्य सम्वन्धि कार्यक्रममा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्ने
३. उम्मेदवार महिला हुनु पर्ने
४. कम्प्युटर सम्वन्धि ज्ञान भएको ।
दरखास्त पेश गर्ने स्थान
सामुदायिक बिकास मञ्च 
परियोजना कार्यालय, मल्लोवजार सिलगढी 
ईमेल ः info@cdfnepal.org.np
फोन ः ०९४–४२०३६३

समान पहुँच बिकास केन्द्र (सिड) नेपाल, डोटी 
कर्मचारी आवश्यकता सम्वन्धि सूचना

   समान पहुँच विकास केन्द्र नेपाल (सिड नेपाल) र युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको साझेदारीमा सञ्चालित उत्तम आहार परियोजनाका लागि तपशिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हृान गरिन्छ ।
सूचना प्रकासित मिति ः २०७०÷१०÷१३ गते,        
विज्ञापन नं. ००३÷०७०÷०७१,    
कार्यक्रम अवधि ः कार्यक्रमको सम्झौता अनुसार,
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता,  
सुविधा ः संस्थाको नियम अनुसार,  
सम्पर्क मिति ः २०७०÷१०÷२० गते
तपसिल
पद ः कार्यक्रम सुपरभाईजर                  
संख्या ः १ जना
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य मुल बिषय लिई कम्तीमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण  
ड्ड कम्तीमा २ वर्षको काम गरेको अनुभव भएको
ड्डखाद्य तथा पोषण सम्वन्धी ज्ञान भएको
ड्डसहजीकरण, समुदाय परिचालन र समन्वय गर्न सक्ने ।
ड्ड नेतृत्व क्षमता भएको, समुदायमा रही काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको ।
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
कार्यक्षेत्र ः खिरसैन, सानागाउँ र वगलेक गाबिस,                          
दरखास्त दस्तुर ः २००
पेश गर्नु पर्ने कागजातहरु ः
ड्डनिवेदन सहितको व्यक्तिगत बिवरण (वायोडाटा) १ प्रति
ड्डशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डप्राप्त तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डनेपाली नागरिकताको प्रतिलिपी ।
ड्डकार्य अनुभव खुल्ने प्रमाणका प्रतिलिपीहरु ।
दरखास्त पेश गर्ने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी(२ डोटी (राधा कृष्ण टोल) वा
                       ः ईमेल मार्फत ceadvacancy@gmail.com मा पनि पठाउन सकिने छ ।
                         सम्पर्क फोन ः ०९४४२०६११,
नोट ः म्याद नाघी वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन ।
     ः ईमेल मार्फत आवेदन गर्ने व्यक्तिहरुले यस संस्थाको राष्ट्रिय बाणिज्य वैङ्क सिलगढी डोटी शाखामा रहेको च.हि.नं. ४३०७ मा आवेदन दस्तुर जम्मा गरेको भौचर समेत स्क्यान गरी पठाउनु पर्नेछ ।

Tuesday, January 21, 2014

बिम्ब साप्ताहिक, २०७० साल माघ ७ गते मंगलवार

अपाङ्गता भएका व्यक्तिका लागि समाजबाट बहिस्करण गरेर होइन समुदायमा नै बस्न र बाँच्न पाउने अधिकारको, रक्षार्थ स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह, सामाजिकीकरण र सशक्तिकरणको अवधारणा बमोजिम, ७५ वटै जिल्लामा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम, सञ्चालनमा रहेको जानकारी गराइन्छ ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अखण्ड सुदुरपश्चिम नभए राजीनामा दिने

नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवं डोटी क्षेत्र २ का सभासद् प्रेमवहादुर आलेमगरले राज्यको पुनःसंरचना गर्दा सुदुरपश्चिमको हाल कायम रहेको संरचना एक प्रदेश र सो को राजधानी दिपायल नभए आफुले सभासद पदवाट  राजीनामा दिने वताएका छन ।
दिपायल सिलगढी नगरपालिकाको २० परिषद्को उद्घाटन गर्न डोटी पुगेका सभासद् आलेमगरले परिषद्को उद्घाटन समारोहमा वोल्दै आफुले पहिले देखिनै सुदुरपश्चिम एक प्रदेश हुनु पर्ने र सो को राजधानी डोटी हुनुपर्ने अडान राख्दै आएको वताए । ‘अखण्ड सुदुरपश्चिम भएन भने म सभासद् पदवाट     राजीनामा दिई जनताको बीचमा आउने छु’ सभासद् आलेमगरले भने – जातीय राज्यले समुदायमा रहेको आपसी सद्भावलाई खल्वलाईदिन्छ ।
सभासद् आलेमगरले आफु डोटीको बिकासका लागि प्रतिवद्ध रहेको वताए । ‘म यो नम्वर र उ नम्वर भन्ने छैन, समग्र डोटी जिल्लाको बिकासका लागि म क्रियासिल रहनेछु’ सभासद् आलेमगरले सवैको साथ पाए जिल्लाको बिकासमा आफु सफल हुने समेत वताए ।
वर्तमान राजनीतिक अवस्थाका कारण जिल्लाको बिकासका लागि केही गर्न नसके अरु निर्वाचित नेताहरुको जस्तै मेरो पनि अवस्था हुने हो भन्ने कुरामा आफु चिन्तित रहेको आलेको भनाई थियो । ‘जिल्लाको बिकासका लागि यस जिल्लाका अरु सभासद्हरु एकजुट भएर जानु जरुरी छ’ आलेमगरले यसका लागि आफुले पहल गर्ने समेत वताए । सभासद् आलेमगरले संसद बिकास कोषको पैसा पार्टी र पार्टीका कार्यकर्तालाई नभएर निर्वाचन क्षेत्रको बिकासका लागि भएको वताउँदै उक्त पैसा पार्टीलाई नदिने ठोकुवा गरे ।
उद्घाटन समारोहमा दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले वजेट वक्तव्य प्रस्तुत गर्दै सिमित स्रोत साधन भएका     कारण नगरको बिकास गर्न समस्या भईरहेको वताए । ‘नगरपालिका स्थापना भएको ३० वर्ष भईसकेको छ, अहिलेसम्म हाम्रो आन्तरिक आय ३० लाख मात्रै छ’ शर्माले नगरको बिकासका लागि सवै सरोकारवालाहरुले लाग्नु पर्ने वताए ।
२० परिषद्ले आर्थिक वर्ष २०६९÷०७० को बास्तविक आय व्यय बिवरण पारित गर्दै आर्थिक वर्ष २०७०÷०७१ को अनुमानित आय व्यय विवरण पारित गरेको छ । जस अनुसार आर्थिक वर्ष ०६९÷०७० को वास्तविक आय व्यय बिवरण चार करोड, ७५ लाख ४४ हजार ३३ रुपैयाँ रहेको छ ।  सो वर्षको अनुमानित आय पाँच करोड ७४ लाख ५३ हजार आठ सय ४६ रहेको थियो ।
यस्तै आर्थिक वर्ष ०७०÷०७१ को अनुमानित आय व्यय बिवरण ६ करोड चार लाख ७३ हजार नौ सय १० रहेको छ । यसैगरी आर्थिक वर्ष ६ करोड ३८ लाख १३ हजार चार सय ४६ रुपैयाँ अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सार्वजनिक निर्माण शिर्षकमा तीन करोड ८३ लाख ११ हजार नौ सय ४२ रुपैयाँ अनुमान गरिएको छ । यसैगरी स्थानीय बिकास शुलक कोष अन्तरगत ५९ लाख ८४ हजार विनियोजन गरिएको छ । म्याचिङ्ग फण्डका लागि ४९ लाख १० हजार विनियोजन गरिएको छ ।
लक्षित समुदायको कार्यक्रम अन्तरगत महिलाका लागि १० लाख २० हजार, वालवालिकाका लागि १० लाख ४० हजार क्षमता बिकास तर्फ दुई लाख ४० हजार रकम बिनियोजन गरिएको छ ।
यसैगरी दलितका लागि चार लाख ७६ हजार, जनजातीका लागि दुई लाख ९० हजार, जेष्ठ नागरिकका लागि दुई लाख २५ हजार, अपाङ्ग अनाथ र एचआईभी संक्रमितका लागि ९५ हजार, वादी समुदायका लागि २० हजार र पिछडिएको वर्गका लागि दुई लाख ६० हजार बिनियोजन गरिएको छ ।

सम्पादकीय 

अव संबिधान वनोस

अर्को संबिधानसभाको निर्वाचन भएको दुई महिना बितेपछि नै भएपनि संबिधानसभाको वैठक सुरु भएको छ । ढिलै गरी वसेको भएपनि यसले जनतामा झिनो आशा जगाएको छ । संबिधानसभाको निर्वाचन भईसकेपछि राजनीतिक बृतमा देखिएको अन्यौलताका  कारण नेपाली जनताले अव पनि नयाँ संबिधान वन्दैन कि भन्ने संका गर्न थालेका थिए तर बैठक वसेर केही आश त पलाएको छ ।
यद्यपी अहिलेनै सवै कुरा भईहालेको छैन । संबिधानसभाको बिरोध गरिरहेका राजनीतिक दलहरु अहिले पनि बिरोधमै रहेका छन भने संबिधानसभामै रहेका दलहरुका बीचमा पनि राष्ट्र प्रमुख, सरकार प्रमुख र संबिधानसभा प्रमुखको भागवण्डा मिल्न वाँकीनै   छ । यदि दलहरुका बीचमा भागवण्डा मिलिहालेछ भनेपनि भाग पाएका दलभित्रै पनि कुन नेताले जिम्मा लिने भन्ने बिवाद चर्कनेछ ।
यद्यपी संबिधान निर्माणको बिषय र भागवण्डाको बिषय फरक बिषय हो । संबिधानसभाले नयाँ संबिधान जारी गर्ने कुरा हो सरकार वनाउने बिषय व्यवस्थापिका संसदको बिषय हो तर देशको भन्दा वढी आफ्नो कुर्चीलाई महत्व दिने परिपाटी वसेका हाम्रा नेताहरुले यसैनै भागवण्डा मिलाई हाल्छन भन्ने बिश्वास गर्न गा¥हो छ ।
कुरा राजनीतिक भागवण्डाको मात्रै छैन कुरा संबिधानका बिवादित मुलभुत बिषयवस्तुहरुको पनि रहेको छ । अर्को निर्वाचनवाट संबिधानसभाको जुन आकार वनेको छ, त्यो आकार हेर्दा राजनीतिक एजेण्डाको हिसावले बिगतको भन्दा खासै भिन्नता छैन । यसले गर्दा आगामी दिनमा पनि संबिधानसभाका बिषयहरु यथावत् रहने कुरामा संका गर्नु अन्यथा होईन होला ।
जे होस् अव नयाँ संबिधान निर्माण गर्ने दिँशातिर दलहरु र सभासद्हरु अग्रसर हुनुपर्छ । दलका शिर्ष नेताहरुले प्रतिवद्धता गरे अनुसार एक वर्षभित्रै नयाँ संबिधान जारी हुनु जरुरी छ । २००७ सालदेखि यताको राजनीतिक ईतिहासमै लामो देखिएको राजनीतिक संक्रमणकाल छिटो टुङ्गिनु पर्छ र देशले अग्रगति लिनु पर्नेछ । नत्र भने बिगतको संबिधानसभाले नेताहरुलाई असफल वनाएको थियो अवको संबिधानसभाले लोकतान्त्रिक व्यवस्थानै असफल वनाउने छ ।

थप समाचार 

डोटीका १८ गाबिस खुला दिँशामुक्त,

वर्तमान सभासद्हरुका गाबिस भएनन्  खुलादिँशामुक्त


सन २०१५ सम्ममा डोटी जिल्लालाई खुला दिँशामुक्त जिल्ला घोषणा गर्ने लक्ष राखिएको भएपनि हालसम्म डोटीमा १८ गाबिस मात्र खुला दिँशामुक्त क्षेत्र घोषणा भएका छन । वर्तमान सभासदहरुका गाबिसहरु अझैं खुला दिँशामुक्त हुन वाँकी रहेका छन ।
“घरघरमा सरसफाईको अभियान, सभ्य नागरिकको पहिचान” भन्ने मुल नाराका साथ डोटी जिल्लाका सरोकारवालाहरुको सहभागितामा निर्माण भएको ‘खानेपानी, स्वास्थ्य र सरसफाई रणनीतिक योजना २०११ अनुसार सन २०१५ सम्ममा डोटी जिल्लालाई खुलादिँशामुक्त जिल्ला घोषणा गर्ने लक्ष राखिएको छ । सो लक्ष अनुसार सन २०१३ को अन्त्यसम्ममा २८ गाबिस खुला दिँशामुक्त भईसक्नु पर्नेमा १८ गाबिस मात्र भएका छन । रणनीतिक योजनाले सन २०११ मा ६, २०१२ मा १० र २०१३ मा १२ गाबिसको लक्ष राखेको थियो ।
लक्ष अनुसार प्रगति नभएको भएपनि सन २०१३ मा बिगतका दुई वर्षको तुलनामा राम्रो प्रगति भएको देखिएको  छ । सन २०१२ को अन्त्यसम्ममा १६ वटा गाबिसहरु खुला दिँशामुक्त गाबिस घोषणा हुनु पर्नेमा जम्मा पाँच गाबिस मात्रै खुला दिँशा मुक्त घोषणा हुन सकेका थिए । सो आकडा अनुसार सन २०१३ मा तिव्र गतिमा काम भएको देखिन्छ । २०१३ मा १३ गाबिस खुलादिँशामुक्त भएका छन ।
१४ वडाहरु रहेको दिपायल सिलगढी नगरपालिकाले भने खुला दिँशामुक्त क्षेत्र वडासम्म पनि घोषणा गर्न सकेको छैन । नपाको एक वडा एक गाबिस सरह रहेको मानिएपनि हालसम्म कुनै वडालाई खुला दिँशामुक्त वडा घोषणा गर्न नसक्नाका कारण नगरपालिकाकै कारण सन २०१५ मा डोटीलाई खुला दिँशामुक्त जिल्ला घोषणा गर्न नसकिने चुनौती देखिन थालेको छ ।
खुला दिँशामुक्त घोषणा भएका १८ गाबिसहरुमा डोटीका सभासद्हरुका गाबिसहरु परेका छैनन् । एमालेको तर्फवाट समानुपातिक कोटामा सभासद् भएकी गौरी ओलीको गृहगाबिस पचनाली सन २०११ मै   औपचारिक घोषणा भएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसक्दा फेरी घोषणा गर्नु पर्ने अवस्थामा छ । डोटी क्षेत्र १ का प्रत्येक्षका सभासद् विरवहादुर वलायरको गृहगाबिस लाटामाण्डौं र क्षेत्र २ का प्रत्येक्षका सभासद् प्रेमवहादुर आलेमगरको गाबिस छतिवन खुला दिँशामुक्त गाबिस घोषणा हुन सकेका छैनन् ।
नेपाली कांग्रेसको तर्फवाट समानुपातिक कोटामा परेका सभासद् भरत वहादुर खड्काको गृहगाबिस खिरसैन पनि खुलादिँशामुक्त गाबिस घोषणा हुन सकेको छैन । यस्तै कांग्रेसकै तर्फवाट समानुपातिक कोटामा  परेकी अर्की सभासद् कल्पना सोवको गृह नगर दिपायल सिलगढी नगरपालिका–७ पनि खुलादिँशामुक्त क्षेत्र घोषणा हुन सकेको छैन । सोवको घर रहेको क्षेत्रलाई जिल्लाको प्रमुख   व्यापारिक केन्द्र समेत मानिन्छ । उक्त क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा स्थानीयवासीहरु मात्रै होईन यात्रुहरु, जिल्ला सदरमुकाममा आउनेहरु सवैले सास्ती खेप्नु परेको अवस्था छ ।
जिल्ला बिकास समिति, डोटीले दिएको जानकारी अनुसार भोली बुधवार गिरीचौका र माघ १० गते महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त गाबिस घोषणा गर्ने कार्यक्रम रहेको छ ।

विद्युतको समस्या निराकरण गर्न प्रजिअलाई दवाव

राष्ट्रिय लोडसेडिङको समस्या सँगै स्थानिय लोडसेडीङ र कर्मचारीहरुको मनपरिबाट पिडित हुँदै आएका डोटी जिल्ला सदरमुकाम सिलगढीका स्थानियबासीहरुले प्रमुख जिल्ला अधिकारीलाई विद्युतको समस्या निराकरण गर्न दवाफ दिएका छन् ।
गत शुक्रवारका दिन परेको वर्षाका कारण तिन दिन सम्म विद्युत नआए पछि आक्रोसित बनेको जनसमुह प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको निवासमा पुगी सिलगढी विद्युतको स्थानिय समस्या सधैका लागी   निरकारण गरिदिनु पर्ने माग राखेका थिए । जिल्ला सदरमुकाम सिलगढी देखी क्षेत्रिय सदरमुकाम दिपायलको दुरी ४ किलोमिटरमा विद्युतको प्रसारणलाई रहेको भए पनि दिपायल क्षेत्रमा विद्युत आपुर्ति भई रहने र सिलगढीमा सानो हुरी चल्दा पनि विद्युत लाईन जाने समस्याले पिरोलिए पछि आफुहरु त्यस समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारी काफ्ले कहाँ पुगेको एक स्थानियबासीले वताए ।
सदरमुकाम बरीपरिका ग्रामिण भेगहरुका वत्ती वली रहेको तर आफ्नो घर अधेँरो हुने गरेको पछाडीको कारण विद्युत प्राधिकरणका कर्मचारीहरुको लपरवाहिले गर्दा भएकोे अरोप लगाउदै स्थानिय समुदायले जिल्लाको कार्यालय प्रमुखहरुको बैठकमा समेत प्राधिकरणका प्रमुखको अनुपस्थितिले गर्दा पनि उक्त कार्यालयका प्रमुखलाई सरुवा गर्नु पर्ने प्रक्रियाको थालनी गर्नु पर्ने माग समेत प्रमुख जिल्ला अधिकारी काफ्ले सँग गरेका छन् ।
जनताहरुको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले भने आफुले चार पटक सम्म उक्त कार्यालय सँग कुरा गरेको र यस्तै हुने हो भने यस क्षेत्रका सभासद, स्थानिय राजनैतिक दल, क्षेत्रिय प्रशासक, उक्त कार्यालय प्रमुख र स्थानयि उपभोक्तहरुको संयुक्त बैठक वोलाई समस्याको समाधान गर्ने तिर कार्य अगाडी बढाउने बताएका थिए ।

प्रतिष्ठानको बिशेष अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सेती अञ्चल समन्वय समितिको बिशेष अधिवेशन शनिवार सम्पन्न भएको छ ।
कैलालीको धनगढीमा सम्पन्न भएको अधिवशेनले ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको नवनिर्वाचित महासचिव कोमल ओलीले जानकारी दिएका छन । अछामका पदम धामीको नेतृत्वमा चयन भएको नयाँ समितिमा बरिष्ठ उपाध्यक्ष दामोदर रिजाल (कैलाली) रहेका छन । त्यस्तै प्रथम उपाध्यक्षमा पूर्ण भाट अछाम र द्धितीय उपाध्यक्षमा जीवन थापा कैलाली रहेका छन ।
महासचिवमा डोटीका कोमल ओली, सचिवमा कैलालीका यज्ञराज जोशी, कोषाध्यक्षमा डोटीका नेहा पुन र सहकोषाध्यक्षमा डोटीकै अम्विका राई रहेका छन । सदस्यहरुमा अर्जुन बुढा वझाङ, चित्र बिष्ट वाजुरा, मनीराम आचार्य कैलाली, खेगेश्वरी साउँद डोटी र हर्क जिएम डोटी रहेका छन ।
निवर्तमान अध्यक्ष सुरत   रावत ‘डोटेली कान्छा’ को सभापतित्वमा भएको सो अधिवेशनले प्रतिष्ठानलाई जिल्लामा बिस्तार गर्ने अभियान थाल्ने निर्णय समेत गरेको महासचिव ओलीले वताए ।
यसैबीच प्रतिष्ठानले सुदुरपश्चिमका तीन स्रष्टालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा साहित्यकार निर्मलकुमार भण्डारी, गायक नरवहादुर  भण्डारी र पत्रकार पुष्पराज जोशी रहेका छन । सम्मानित व्यक्तिहरुलाई प्रमाण पत्र र दोसल्ला ओडाईएको महासचिव ओलीले जानकारी दिए ।
मदन भण्डारी हत्याको नयाँ रहस्य
२०५० साल जेठ ३ गते  रहस्यमय जीप दुर्घटनामा ज्यान गुमाएका नेकपा एमालेका तत्कालीन महासविच मदन भण्डारी र संगठन बिभाग प्रमुख जीपराज आश्रितको निधन भएको घटनाको नयाँ रहस्य वाहिर आउन थालेको छ ।
एमाले तत्कालीन महासचिव तथा चर्चित नेता भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सिआईए’ को संयुक्त अप्रेसन युनिटले गरेको कुरा  अन्तराष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी)  मार्फत ‘मिसन फायर’ काठमाण्डौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै वताएका छन । मदन  भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्राउन खोज्ने अमेरिकी शक्तिको वाधक र राष्ट्रवादी नेता भएकोले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा तत्कालीन राजा बिरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुखाई वन्दै गएको थियो । जनताको वहुदलीय जनवादका संस्थाकप नेता  भण्डारीको कारण भारत र   अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप वढाउन सकेको थिएनन् । भण्डारी र राजा बिरेन्द्रलाई वाटोवाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तीको वाटो खुल्ला हुने सोचमा भण्डारी र बिरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्यामा चालक अमर लामालाई र विरेन्द्रको हत्यामा छोरा दिपेन्द्रलाई प्रयोग गरिएको छ ।
अन्तराष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदन अनुसार अमर लामालाई माओवादी द्वन्द्वको सुरु हुन दुई वर्ष पहिले नेकपा माओवादी संयुक्त जनमोर्चा नेपालमा योजनावद्ध ढंगले प्रवेश गराई हत्यामा प्रवेश गरिएको  थियो । माओवादीले मदन   भण्डारीको सवैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रुपमा प्रचण्डमार्फत प्रयोग गरेको उल्लेख गरिएको   छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थिपित हुन नसक्ने बिश्लेषणका आधारमा ‘सिआईए’ र ‘रअ’ ले प्रचण्ड मार्फत यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताविक माओवादी द्वन्द्वकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादीको संस्थापन पक्षलाई ‘व्ल्याकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनि रिपोर्टमा उल्लेख गरिएको छ ।
मदन भण्डारीको हत्यापछि तत्कालीन राजा बिरेन्द्र शोकाकुल र स्तव्ध भएका थिए । बिरेन्द्रले भण्डारीको दुर्घटनाप्रति समवेदना प्रकट गर्दै तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीसंग भण्डारीको मृत्युप्रति जिज्ञासा राखेका थिए ।

पर्यटन तथा खेल समाचार 

पर्यटन विकास कसको जिम्मा

सुदुरपश्चिमको मुटु मानिने खप्तड क्षेत्र र धार्मिक महत्व वोकेको शैलेश्वरी क्षेत्रको विकासका लागी कहि कसैले पनि चासो देखाएका छैनन् ।
भन्छन् सुदुरपश्चिमवासीहरु सुदुरको जनता होईनौ सुन्दरपश्चिमका जनता हौ । न त सुन्दर भन्नेहरुले नै यस क्षेत्रको बारेमा सोचेका छन् न त यस क्षेत्रको विकास गर्छु भन्ने ठक्केदारहरुले नै यसक्षेत्रलाई         हेरिरहेका छन् । राज्यले सधै सौनेती व्यवहार देखाएको आरोप लगाउने सुन्दर क्षेत्रका जनताहरुले आफ्नो सुन्दरताको बिकास र प्रचारको बारेमा आरोप मात्र लाउने कार्य बाहेक अन्य कार्य गर्न सकि रहेका छैनन् ।
सात पहाडी जिल्लाहरु मध्येको एक जिल्ला डोटी, पर्यटन सम्भावना वोकेको छ तर यसको विकास र प्रचार प्रसारका बारेमा कसैले ध्यान दिएको छैन । हामी सँग खप्तड क्षेत्र छ तर जानलाई वाटो छैन, खानलाई छाक छैन न त उचित बास नै छ अनि कसरी आउन्छन् त पर्यटकहरु ? आएका पर्यटकहरुले के सन्देश लगी जान्छन् त ? पर्यटनका क्षेत्रका कार्य गर्नेहरुले यसको उत्तर खोज्नु पर्छ र सुन्दर क्षेत्रका हौ भन्नेहरुले पनि आफ्नो क्षेत्रका विकास लागी लाग्नु पर्छ होईन भने हामी सुन्दर क्षेत्रका जनता हौ हामीलाई सरकारले हेरेन राज्यले सौतेनी व्यवहार ग¥यो नानाथपीका कुरा चिया गफ सँगै गरि बस्ने हो भने यस क्षेत्रको विकास हुनका लागी अझै शताब्दी नलाग्ला भन्न सकिन्न । डोटीलेहरुले पनि अब राज्यले कति रकम खर्च गरेको छ यस क्षेत्रका बारेमा कति उपलब्धी भयो, रकम कहाँ खर्च भयो यि सबैका बारेमा सोन्नु र खोज्नु पर्छ र सार्वभौम भएका जनताहरु भन्दा माथी कोहि पनि हुन सक्दैन जनता नै सरकार हो जनता नै राज्य हो जनता नै नेता हो जनता नै जिम्मेवार हो भनी न   सोच्ने र न खोज्ने हो भने पछिका पिडिले धिक्कार्ने छ लाई चेतना होस् ।  
चलचित्र समाचार
नेपाली वजारमा हिन्दी चलचित्रहरुको वोलवाला रहेका वेला नेपाली चलचित्र ‘छ एकान छ’ ले नेपाली चलचित्रकर्मीहरुलाई राहत दिलाएको छ । छ एकान छ को प्रदर्शनपछि नेपालमा पहिलो पटक हिन्दी चलचित्रका शो घटाएर सिनेमा हलहरुले छ एकान छ को शो वढाएका छन ।   देशभरीका मल्टिप्लेक्स हलहरुमा अहिले हिन्दी शो घटाउँदै नेपाली शो थप गर्दै गर्ने लहर चलेको छ । सिंगल टियटरमा पनि चलचित्र छ एकान छले  निकै प्रभाव पारेको छ ।
छ एकान छ को अहिलेसम्मको कुल आम्दानी   करीव करीव दुई करोडसम्म पुगेको निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले वताए । गिरीका अनुसार यो चलचित्र को लागत जम्मा ६५ लाख हो । छ एकान छ मा दर्शक बढेपछि मल्टिप्लेक्सहरुले हिन्दी चलचित्र “डेढ ईस्कियाँ” को शो घटाएका हुन । पहिलो साता क्युएफएक्समा यो चलचित्र तीन शो मात्रै लागेको थियो । शुक्रवारवाट दोश्रो साता प्रवेश गर्दा क्युएफएक्सले डेढ ईस्कियाँको तीन शो घटाएर छ एकान छ लाई ६ शो मा पु¥याएको छ ।
क्युएफएक्समा अहिले हिन्दी चलचित्र ‘यारीयाँ’ हलिउडको ‘फोर्टी सेभेन रोनिन’ र ‘द सेक्रेट लाईफ अफ वाल्टर मिट्टी’ पनि चलिरहेका छन । अरुको तुलनामा छ एकान छ मा दर्शक बढी रहेको क्युएफएक्सका बितरक बसन्त मानन्धरले वताए । चावहिलको केएल टावरमा पहिलो साता यो चलचित्र एक शो मात्रै थियो दोश्रो साता आईपुग्दा चार सो र शनिवार पाँच शो सम्म गर्नु परेको वताईन्छ । केएल टावरका अरुण रिजालका अनुसार  हिन्दी चलचित्रको शो घट्दै गयो र छ एकान छ को सो बढ्दै गएको छ ।
हास्य कलाकारहरुको जमघट रहेको चलचित्र ‘छ एकान छ’ उपत्यकाभित्र २२ र मोफसलमा ७० वटा हलमा प्रदर्शनमा रहेको छ । यसले दोश्रो साता पनि कुनै हल नगुमाएको उपत्यका वाहिरका बितरकहरुको दावी छ । प्राय जसो हिन्दी चलचित्रको वोलवाला रहेको मोरङ जिल्लाको बिराटनगरका हलहरुमा समेत नेपाली चलचित्र छ एकान छ चलिरहेको बितरकहरुको दावी छ ।
रोमाण्टिक कमेडीसंगै यो चलचित्र दिपकसंगै दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन । यसमा नीता ढुङ्गाना, दीपक, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सिन्दम छेत्री, शिवहरी पौडेल,       राजवल्लभ कोईराला, नीर शाह लगायतले अभिनय गरेका छन ।

“फिटकिरी” को फष्टलुक सार्वजनिक

चलचित्र निर्देशक अनुप वरालले आफुलाई षड्यन्त्र गरेर चलचित्र निर्देशक वनाएको वताएका छन । आईतवार          राजधानीमा आयोजना गरिएको चलचित्र “फिटकरी” को फस्टलुक तथा अडियो सार्वजनिक कार्यक्रममा वोल्दै अनुपले भने–मलाई षड्यन्त्र गरेर निर्देशक वनाईयो ।
वोलीचालीको भाषामा षड्यन्त्र भन्ने शव्दले नराम्रो अर्थ वोकेको भएपनि अनुपले फिटकरी निर्देशन गर्न गरिएको षड्यन्त्रलाई भने सकारात्मक अर्थमा लिएका छन । सुरुमा अभिनेता दयाहाङ राईलाई निर्देशक र अनुपलाई हिरो लिने सोच वनाएका निर्माता अर्जुन कुमार सहितको निर्माण युनिट र बिशेषगरी फिल्मका लेखक यज्ञश तथा छायाँकार पुरुषोत्तम प्रधानको आग्रहमा अनुपलाई निर्देशनको जिम्मा दिईएको कार्यक्रममा वताईएको छ ।
यस्तै थुप्रै चलचित्रमा अभिनय र नाटकको निर्देशन पश्चात पहिलो पटक चलचित्र निर्देशन गरेका अनुपले आफुले फिटकरी ओस्कार जित्न नवनाएको वताए । काठमाण्डौं शहरका केही भिन्न आर्थिक सामाजिक पृष्ठभुमिका चरित्रहरुले भोग्ने जीवनका अनेक रंग चलचित्रमा दर्शाउनले प्रयास गरेको भन्दै अनुपले थपे ‘मैले यो चलचित्र न ओस्कार जित्न वनाएको हुँ न कान्समा जान, मैले त समाजको पाटोलाई प्रतिनिधित्व गर्न चलचित्र वनाएको हुँ ।’  राम्रो चलचित्र वनाउने प्रयास गरेको भन्दै अनुपले निर्माताद्वय अर्जुन कुमार र सुमिन मैनालीप्रति आभार प्रकट गरे ।

छोटकरी समाचार 

कम्मल बितरण

दिपायल सिलगढी नगरपालिकामा रहेका अपाङ्ग असहायहरुलाई कम्मल बितरण गरिएको छ ।
स्वर्गीय आमा बुवा ईन्द्राकुमारी श्रेष्ठ र भुमिनारायण श्रेष्ठको सम्झनामा दिसिनपा–२ निवासी डा. ऋषिकेश नारायण श्रेष्ठ, ईन्जिनियर राजावावु श्रेष्ठ र ईन्जिनियर ससी श्रेष्ठलेको आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका २५ जना अपाङ्गहरुलाई कम्मल बितरण गरिएको दिसिनपा–२ का पूर्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।
अपाङ्ग सेवा संघ डोटीको सिफारिसमा ‘क’ र ‘ख’ अपाङ्गता परिचय पत्र पाएका व्यक्तिहरुलाई शनिवार कम्मल वितरण  गरिएको श्रेष्ठले वताए । उनका अनुसार थप ६५ वटा कम्मल अपाङ्ग असहायहरुलाई बितरण गरिनेछन ।

परियोजनावारे जानकारी

ग्रामिण बिकास केन्द्र नामक गैर सरकारी संस्थाले डोटीका सानागाउँ र गैरागाउँमा सञ्चालन गर्ने उत्थानशील जीविकोपार्जन र दीगो खाद्य  सुरक्षा परियोजनाको वारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
डिएसी, ईको र लुथरन बिश्व महासंघको सहयोगमा सञ्चालन हुने उक्त परियोजनामा ४७ लाख ६३ हजार नौ सय ६२ रुपैयाँ वजेट रहेको जानकारी गराउँदै संस्थाका अध्यक्ष दलवहादुर देउवाले परियोनाले ५० प्रतिसत महिला र ३० प्रतिसत दलितलाई लक्षित समुदाय वनाएको जानकारी गराए । पाँच वटा क्लष्टर वनाई परियोजना कार्यान्वयन गरिने वताईएको छ ।

लेख 

मुक्त हलिया समुदायको पर्खाई ः धैर्यताको बाँध भत्किदै

शंकरदीप मडै
आज भन्दा पाँच बर्ष पहिला २०६५ साल भाद्र २१ गते नेपाल सरकारारा हलिया परिवारको नाममा रहेको ऋण खारेजी सहित नेपाल सरकारद्वारा हलिया मुक्तिको घोषणा गरेको हो । आज हलिया समुदायले मुक्ति घोषणा गरेको पाँच बर्ष पुरा गरी छैटौ बर्ष शुभारम्भ हुँदा पनि कठिन र दुःखपुर्ण दिनहरु बिताएको जीउदो ईतिहाँस हामी सामु उभिएको छ भने अर्को तर्फ नेपाल सरकारद्वारा मुक्तिपछिको पुनःथापनाको कार्य शुभारम्भ हुँदै छ भन्ने हलिया समुदायलाई बेलाबेलामा दिदै आएको आश्वासन र प्रलोभनको लामो पर्खाईमा रहेका  मध्यपश्चिम तथा सुदुरपश्चिमका हलिया समुदायको हृदयबिदारक दैनान्दित अबस्थाले खपिनसक्नु पिडाका सिकार भईरहेको स्थिति छ, त्यसैले हलिया समुदायको धैर्यताको बाँध भत्किन बेरछैन । नेपाल सरकारद्वारा हलियाको ऋण खारेजी सहितको मुक्तिको घोषणाले मालिकहरुसंगको सम्बन्ध कटुतामा परिणत भएको हुँनाले गाउँबस्तीहरुमा हलियाले जमिनदारहरु कहाँ कृषिकामको ज्याला मजदुरी गर्न समेत नपाउने अबस्था सृजना भएको छ भने अर्कोतर्फ ग्रामिण भेगमा  बिकास निर्माणका कार्य संचालन हुँदा पनि स्थानीय उपभोक्ताहरु मार्फत हुँने काममा सकेसम्म बिभिन्न खाले मेसिनहरुद्वारा निर्माणका काम हुने हुँनाले हलिया समुदायले काम पाउने स्थिति छैन् । हलिया समुदायले दिनगुजारको लागि निकै दुःखपुर्ण दिनहरु बिताउछन ।
नेपाल सरकारले हलियाको मुक्ति घोषणा गरेर पुनःस्थापनाको कार्य यथासक्य चाँडो थालनी गर्नु पर्नेमा मुक्त हलियाको तथ्याङ्क संकलन गरेर प्रमाण्ीाकरण, बर्गिकरण र परिचयपत्र बितरण कार्यमा लामो समय बेतित गरिराखेको वा बर्षौ बिताईसकेको छ र नेपाल सरकारले मुक्त हलिया पुनःस्थापना तथा अनुगमन कार्यदल गठन गरेरेर त्यसको संयोजकलाई पारिश्रमिक खुवाउने र अनुगमन भ्रमणमा लाखौं तथा करोडांै रकम उत्पादनहिन कार्यमा खर्च गरेर हलिया समुदायको पिडा र बेदनामाथि समबेदनाहिन चरित्र र ब्यबहार प्रदर्शित गरिरहेको छ । आज मुक्त हलियाको पुनःस्थापनाको कार्य भुमि सुधार तथा ब्यबस्था मन्त्रालय समक्ष आएको  २०६७÷१०÷१२ गते देखिनै गणना गर्ने हो भने पनि अढाई बर्ष भैसकेको अबस्थामा यस भुमिसुधार तथा ब्यबस्था मन्त्रालयबाट हलियाको जिबीकोपार्जनको लागि सीप बिकास तालिमको नाममा गरिएको खर्च नाकको बिरामी नाईटोमा औषधी लगाउने काम मात्र भएको स्थिति छ ।
हालसम्म हलियाको बृद्धि बिकासको लागि बास तथा निगालोका डोकाडालो बनाउने तालिम, सिलाई कटाई तालिम, आदी आदी तालिमहरुबाट हलिया समुदायले पुनःस्थापनाको कुनै किसिमको राहात नपुगेको अबस्था छ । हलिया समुदायको आफ्नो सवालगत वकालत गर्ने संस्था राष्ट्रिय मुक्त हलिया समाज महासंघ पनि हलियाको पुनःस्थापनाको काम गराउन नेपाल सरकारलाई दवाव दिने र पुनःस्थापनाको कार्य शुभारम्भ गराउने काममा कुहीरोको काग भएको छ । नेपाल सरकारले २०६५÷२०६६ मा संकलन गरेको हलियाको तथ्याङ्क १९०५९ सार्बजनिक गरेको र त्यसमा केही गडबडी आएकोले पहिलेकै तथ्याङ्कलाई पुनःअभिलेखिकरण गर्दा हलियाको तथ्याङ्क १६९५३ रहेको अर्को आकडा बाहिर सार्बजनिक भएको अबस्था छ । कुल प्र्रमाणीकरण संख्या १०,२२२ अझै प्रमाणिकरण हुँन बाँकी ६,०२४ हलिया घरधुरी रहेको र परिचयपत्र प्राप्त गर्ने हलिया घरधुरी संख्या ७,४१७ हालसम्म पुगेको स्थिति छ, भने हालसम्म १०३२ हलिया महिलाले परिचयपत्र प्राप्त   गरेका छन । भुमिसुधार तथा ब्यबस्था मन्त्रालयलाई ७४१७ हलियालाई परिचयपत्र बितरण गर्न अढाई बर्ष लाग्यो । नेपाल सरकारले तथ्याङ्कमा रहेको हलिया समुदाय अझै पनि यही गतिमा प्रमाणिकरण, बर्गिकरण र परिचयपत्र बितरणको काम गर्ने हो भने अझै अढाई बर्षको समयसिमा लाग्ने देखिन्छ । हलियाको पुनःस्थापना सम्बन्धी राज्यले कहिले कानुन निर्माण गर्ने र कहिले उनीहरुको पुनःस्थापनाको कार्य शुभारम्भ गर्ने होला यो पनि ईतिहासकै गर्भमा छ । मुक्त हलिया समुदायलाई बिषय बनाएर देशका बिभिन्न स्थानहरुमा भएका गोष्ठी, सेमिनारहरु, तालिम तथा अन्तरक्रियाको नाममा भएको खर्च रकमले एक चौथाई भन्दा बढी हलिया घरधुरी पुर्णरुपले पुनःस्थापना गरिने थियो ।
नेपालमा १४० बर्षसम्म एकछत्र राज गरेको नेपालको जहानियाँ शाही कुलिन राजतन्त्रको  २०६५ जेष्ठ १५ गतेका दिन ऐतिहासिक संबिधानसभाको पहिलो बैठकद्धारा समुल अन्त्य गरेको छ ।
२०६४ चैत्र २८ गते निर्बाचित संबिधानसभाले आफ्नो २ बर्षको कार्यकाल ४ बर्षसम्म लम्ब्याउदा संबिधानसभाल खर्बाँै रकम खर्च गरेपनि संबिधाननै निर्माण नगरी बिघटन भएको संबिधानसभाले बिगत ४ बर्षमा खर्च गरेको समय र धनराशीको कुनै हिसाब किताब हामीसंग बाँकी छैन । हाम्रो मुलुकमा संबिधानसभाको दोश्रो निर्बाचन २०७० साल मंसिर ४ गते शुसम्पन्न भएको छ । नेपाल अहिले अन्तरीम संबिधान २०६३ को ढुकढुकीले जीबन मरणको दोसाँधमा उपचारको शैयामा रहेको स्थिति छ । संक्रमणकालिन अबस्थामा हलिया समुदाय जस्ता अतिसिमान्तकृत समुदायको पुनःस्थापनाको सवालहरुले ‘बाउन्न धक्का त्रिपन्न ठक्कर’ खाईरहेको छ । नेपालमा भएको ऐतिहासिक र युगान्तकारी राजनीतिक  परिबर्तन भएको छ । नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा रुपान्तरण भएको छ । तरपनि दास प्रर्थाको अबशेषको रुपमा रहेको हलिया,कमैया, छाउपडी, देउकी, झुमाप्रथा र परम्पराका नाममा एक नेपालीले अर्को नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक शोषण गरिने र गर्ने प्रथाहरु कायम राखेर नयाँ गणतान्त्रिक नेपाल अनुभुती कसरी हुँन सक्दछ होला !  भन्ने यक्ष प्रश्नहरु म लगायत तमाम नेपालीहरुको मनमा उठिरहेको छ । त्यसको जवाफ कसले दिनुपर्ने हो ।
नेपालको सुदुरपश्चिम र मध्यपश्चिमक्षेत्रमा ब्यापकरुपमा रहेको हलिया प्रथाले युगौयुगदेखि चरम आर्थिक र सामाजिक शोषण र उत्पिडन मालिकहरुद्वारा हलिया समुदायमाथी भएको छ । नेपालको पछिल्लो जनगणनाको तथ्याड्ढ अनुसार पनि ८४% किसान  भएको मुलुकमा कृषिकाम गर्ने हलिया समुदाय र कमैया समुदाय जस्त धर्तिपुत्रलाई भुमिबिहिन बनाएर छ । हाम्रो मुलकमा हलो जोत्ने लगायतका कृषिकाम गर्न नजान्ने परिवारहरुलाई भुमिीपति बनाएको छ । लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि त्यही भुमि ब्याबस्थाको निरन्तरता चाहेका हौँ त ! असमान र बिभेदपुर्ण भुमि बितरण र ब्यबस्थापन प्रणालीले नेपालको अर्थतन्त्र र शोषित, उत्पिडित समुदायको आर्थिक र सामाजिक हैसियतमा कुनै तात्विक सुधार हुने संकेतहरु देखिएको छैन । हलिया भएर युगौँयुग देखि उत्पिडन र शोषणमा परेको समुदायले भोगेको आर्थिक र सामाजिक शोषणको क्षेतिको परिपुरणको कुनै लेखाजोखा समेत राज्य वा वकालत गर्ने गैससहरुसंग         परिकल्पना र ब्यबस्थित आबधिक रणनीतिक योजना देखिदैन  । त्यस किसिमको नेपालको सामाजिक यथास्थितिबादी सोच र भावनाले मुलुको आर्थिक र सामाजिक रुपान्तरण र सामाजिक बिभेद र जातीय बिभेद र शोषणको अन्त्य र नयाँ रुपान्तरित समाजको परिकल्पना कसरी सम्भव होला !
कञ्चनपुर जिल्लाको दैजी गाबिस २ बस्ने स्व. मोति सार्कीले आफ्नो उमेर ७ बर्षको हुने बेलादेखि मालिक स्व. ऋदारी जोशीको हलिया काम ५२ बर्षसम्म गरेर पनि मर्ने बेलामा आजको परिबर्तित परिबेशको कुनै नयाँ अनुभुति बिना हलिया काम गर्दा गर्दै २०७० साल जेष्ठ महिनामा   परलोक हुनु भयो । पिडित हलिया मोती सार्कीले आफ्नो मालिकका बिरुद्धमा न्यायमाग्न समेत हिक्मत र आँट गर्न सक्नु भएन र त्यसपछि नीजकी सहोदर जेठी बुहारी भावना सार्कीले मालिकहरुका बिरुद्धमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा हलिया मुक्त गरी न्यायोचित क्षेतिपुर्ति माग सहितको फिरादपत्र दर्ता गराएकी थिईन । जिल्ला प्रशासन कार्यालयमा मुद्धा चलिरहेको अबस्थामा दुबै पक्षले आपसमा मिलापत्र गरी निबेदकलाई मालिकहरु तिनै जनाले १ कट्टा जग्गा निबेदिका भावनाको नाममा दर्ता गरिदिएर मिलापत्र भएको थियो । अहिले हलिया समुदायमा जातीय बिभेद तथा छुवाछुतजन्य ब्यबहारहरु, कुटपिट तथा गालिबेईज्जती आदि किसिमका घटनाहरु खेप्नु पर्ने अबस्था बढेको छ ।
नेपाल सरकारले हलिया समुदायको  पुनःस्थापनाको कार्य शुभारम्भ गर्नमा ढिलाई गरेको कारणले भोगेको हृदयबिदारक पिडा नेपाल सरकारले देखाएको हलिया पुनःस्थापनाको झिनो आशाको धैर्यताको बाँध पनि भत्किने परिस्थिति सृजना भएको देखिएको छ । नेपाल सरकारले बिभिन्न बाहनामा  हलिया पुनःस्थापनाको कार्यमा गरेको ढिलाईले हलिया समुदायको पिडामा नुन, चुक छर्किने कार्य गरेको छ । जीबन र मरणको दोसाँधमा रहेको हलिया समुदायको पिडाको बिषयमा नेपाल सरकार, सरोकारवाला निकाय र सहयोगी अन्तराष्ट्रिय गैससहरुको पनि सम्बेदनाहिन क्रियाकलापहरु देखिएको छ त्यस किसिमका ब्यबहार तत्काल रोकिनु पर्ने भनेर हलिया समुदायको भावना जताततै अभिब्यक्त भैरहेको छ । हलिया समुदायको जिल्लागत तथ्याङ्क हर्दा जिल्लाहरुमा पनि सदरमुका वरीपरिका क्षेत्र मात्र समेटिएको अबस्था छ । अधिकांस क्षेत्रमा रहेका हलियाको तथ्याङ्क संकलननै नभएर छुटेको स्थिति भएको हुनाले छुट हलियाको घरधुरीहरुलाई तथ्याङ्कको दायरामा कसरी ल्याउने भन्ने नेपाल सरकारको कुनै ठोस योजना देखिदैन । मुक्त हलियाको पुनःस्थापनाको लागि गएको परिचयपत्रको बिबरण हेर्दाखेरी हालको ७४१७ घरधुरीले मात्र परिचयपत्र प्राप्त गरेको अबस्था र उनीहरुले पाएको परियच पत्र बर्गिबरणका सुचकाङ्क स्पष्ट नभएको कारणले त्यसमा पनि ठुलो त्रुटी भएको छ । त्यस किसिमको बर्गिकरणको  कारणले पुनःस्थापनाको कार्यमा निकै ठुलो बिबाद र अन्यौलता सृजना हुने स्थिति देखिएको छ ।
नेपाल सरकारले मुक्त हलियाको पुनःस्थापनाको कामको लागि मुक्त हलिया पुनःस्थापना तथा अनुगमन कार्यबिधि २०६८ जारी गरेर मुक्त हलिया पुनःस्थापना केन्द्रीय कार्यदल तथा १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कार्यदल गठन भएको र सोही कार्यदलद्वारा मुक्त हलिया पुनःस्थापनको कामको आधारभुत कार्यहरु आरम्भ  गरेको नेपाल सरकारको दाबी रहेको छ ।
हलियाको प्रमाणिकरण, बर्गिकरण र परिचयपत्र बितरणको कार्यमा निकै लामो समय बेतित भएको र आगामी दिनमा नेपाल सरकारको कुनै ब्यबस्थित कार्ययोजना निर्माण गरेर कार्यप्रारम्भ गर्ने शुभसंकेत पनि देखिएको छैन । अहिले  मुक्त हलिया पुनःस्थापना तथा अनुगमन केन्द्रीय कार्यदलको हावादारी र रामभरोसेशैली नफेरीएसम्म काम नहुने स्थिति देखिएको छ । मध्यपश्चिम र सुदुरपश्चिमका १९०५९ हलिया समुदाय घरधुरीको पुनःस्थापनाको पाँच बर्षलामो धैर्यतामाथी ब्यक्तिगत स्वार्थसिद्ध गर्ने गद्दारहरुको पहिचान गर्नु पर्ने बेला आएको पिडित हलिया डम्मर बि.क.लगायतका प्रतिनिधि पात्रको आवाज पनि सुन्नमा आएको छ । अहिले पनि मुक्त हलियाको पुनःस्थापनाको कार्य प्रारम्भ गर्नको लागि यस आर्थिक बर्षमा छुटाएको ३२ करोड मध्येको केही हिस्ता मुक्त हलियाको पुनःस्थापनाको लागि छुटिने भएपनि सम्बन्धित मन्त्रालय र मुक्त हलिया पुनःस्थापना कार्यदलको कार्यशैली  र ब्यबहारले अझै ३ बर्ष  प्रमाणिकरण, बर्गिकरण र परिचय पत्र बितरणको कार्यमा समय बेतित हुने संकेत देखेपछि हलिया समुदाय नेपाल सरकार, नेपालका प्रमुख पार्टीहरु र सम्बन्धीत सरोकारवालाहरुसंग रहेको बिश्वास गुमाएको र अव हलियाको पुनःस्थापनाको सवाल कुहीरोको कागझै भएकोले अब मुक्त हलिया समुदाय पुनःआन्दोलित हुने र त्यसको स्वरुप पनि मौलिक किसिमको हुने परिस्थिति सृजना भएको पिडित हलिया समुदायको प्रतिनिधि आवाज उठिसकेको छ   हलिया महासंघको २०७० जेष्ठ २८ गते सम्पन्न भएको तेश्रो महाधिबेशनमा युरोपियन युनियन र केएर डेनमार्कको आर्थिक सहयोगमा संचालित मुक्ति परियोजनामा केएर नेपालको तर्फबाट संस्थागत बिकास बिज्ञ नाम दिईएका राम प्रकास सिंह दनुवारको नेतृत्वमा राष्ट्रिय मुक्त हलिया महासंघको कार्य समितिका पदाधिकारी निर्बाचनमा गैरहलियाहरु भित्र्याउन हलिया समुदायको पुनःस्थापनको लागि बिनियोजित मुक्ति परियोजनाबाट झण्डै ५ लाख रकम खर्च गरेर महाधिबेशनका प्रतिनिधिहरु खरिद बिक्रि गर्ने काम गरी वास्तबिक पिडित हलिया प्रतिनिधिको राष्ट्रिय मुक्त हलिया समाज महासंघबाट बहिर्गमन गराईएको छ । राष्ट्रिय मुक्त हलिया महासंघको तेश्रो महाधिबेशनको संज्ञा दिईएको मुक्त हलियाको बहिर्गमन र गैरहलियाहरुको आगमन हलिया आन्दोलनको ईतिहासको कालो दिनको रुपमा बुझिन्छ । सोही दिनदेखि राष्ट्रिय मुक्त हलिया महासंघ गैरहलियाको महासंघ भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था केएर नेपालको प्रतिनिधि भएर राम प्रकास सिंह दनुवारले हलियाको संगठनमा गैरहलिया प्रबेश गराउने र बास्तबिक हलियाहरुको बहिर्गमन गराउने कार्यमा संलग्न भई कञ्चनपुरमा राष्ट्रिय मुक्त हलिया महासंघको तेश्रो महाधिबेशनको नाममा ५ लाख रकम भन्दा बढी रकम  प्रतिनिधिहरुलाई भोट हाल्न र नहाल्नको तथा खरिदबिक्रि तथा  किनबेच गर्ने सम्मको हर्कत गरेर नेपालमा ३० बर्षसम्म सिमान्तकृत समुदायको लागि काम गरेर कमाएको शाखको धोति खुस्किएको   छ । तत्काल नीज राम प्रकास सिंह दनुवारलाई बिदा गरेर यदि त्यो तिस बर्षसम्म आर्जन  गरेको शाख बचाउने सक्ने होईन भने आज गैरहलियाको राष्ट्रिय मुक्त हलिया महासंघद्वारा मुक्ति परियोजनाको नाममा काठमाण्डौ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा रहेका तारे होटेलहरुमा लाखौ करोडौका रकम अनउत्पादक काममा खर्च गरेर हलिया पुनःस्थापनाको अभियान तुवाउने गतिबिधि दनुवार जस्ता ब्यक्तिलाई नै दिईरहने हो भने त हलिया पुनःस्थापनको अभियानमा डरलाग्दो संकट र दुर्घटना निम्त्याउनु हो ।
 अर्कोतर्फ मध्यपश्चिम र सुदुरपश्चिममा छरिएर रहेका  पिडित हलियाका परिवारका सदस्यहरु साँझ बिहानको छाक टार्न नसक्ने परिस्थिति सृजना भएपछि आफ्नो जन्मस्थलबाट  पलायन हुँदै छिमेकी मुलुक भारतका बिभिन्न ठाउमा जानलागेको  समाचार  बिभिन्न संचार माध्यमा श्रृखलाबद्ध रुपमा प्रकासन र प्रसारण भएकोे छ । त्यति मात्र होईन मुक्ति घोषणा पछिको परिस्थितिमा मुक्त हलिया पुनः मालिकको घरमा हलिया काम गर्नु पर्ने बाध्यताको सामाचारहरु पनि बिभिन्न सञ्चारमाध्यमवाट प्रकासित भईराखेकै छन । गैडाको छाला जस्तो कान भएको सरकारले हलियाको पुनःस्थापनाको सवालमा कुनै सुनुवाईनै नगर्ने भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नामले चिनिएको केएर नेपालले आफुराई नेपालमा आफुले ३० बर्षसम्म सिमान्तकृत समुदायको लागि काम गर्दै आएको दाबी गरिरहेको छ तर हलिया पुनःस्थापनाको अभियानमा कस्तो संस्थागत बिषय बिज्ञ नाम दिएर राम प्रकास सिंह दनुवार जस्ता ब्यक्तिकै बचाउमा रहेको देखिन्छ अब के अपेक्षा गर्न सकिन्छ होला !
मुक्त हलियाको संक्रमणकालिन परिस्थितिमा हलिया समुदायको पुनःस्थापनाको अभियान हलिया समुदायलाई गोलबन्द गरेर नेतृत्व प्रदान गरी बास्तबिक हलियाको प्रनिनिधित्व गर्ने नयाँ बिकल्पको खोजीमा मध्यपश्चिम र सुदुरपश्चिमका मुक्त हलिया समुदाय रहेको भनि डडेल्धुरा जिल्ला अनपा १० का हरी बहादुर सार्की र पुनःस्थापनाको अभियानमा बिगत लामो समय देखि संलग्न हुदै आएका डोटी जिल्ला पचनाली ६ बस्ने बर्ष ५९ का कृष्ण बि.क. भनाई हलिया समुदायको प्रतिनिधिमुलक आवाज मात्र हो ।

मोफसल पत्रकारिता 

आर्थिक चुनौती सवैभन्दा मुख्य समस्या भएको छ

गजेन्द्र सुब्बा (लिम्बु) प्रधान सम्पादक
हाम्रो जनजाति अवाज पोखरा
तपार्इंको पुरा परिचय पाउँ न ?
म गजेन्द्र सुब्बा (लिम्बु) हो । हाम्रो जनजाति अवाज राष्ट्रिय मासिक पत्रिकाको प्रधान सम्पादक हुँ ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पेशा त थुप्रै तरिकाको गर्न मलाई आउछ तर पनि सवै पेसाको अर्थ पर्याप्त पैसा कमाउन भन्ने चाँही होईन, म एउटा आदिवासी जनजाति समुदायको व्यक्ति हुँ जसमा अहिले पनि शैक्षिक हिसावले यस समुदाय अलिक पछि नै छ यसमा मेरो पनि  धारण समाज र यससँग संवन्धित व्याक्तिहरुको सवाललाई लेखन बाट केहि हदसम्म सचेत गराउने मेरो पहिलो प्रयास रहेको थियो र मैले यसै विषयलाई उजागर गरी निर्भिकतापूर्ण समाजमा जनचेतना फैलाउने सोचले पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
 करिव १ दशक भयो भन्दा पनि फरक नर्पला ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
विशेषत पत्रकार भनेपछि अहिलेको परिवेशमा सवै क्षेत्रलाई समेट्न सकिन्छ तर पनि म सामाजिक तथा मानव सरोकार सम्वन्धि खोजमुलक पत्रकारिता गर्न रुचाउछु ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारिता पेशानै एकदमै चुनौतिपूर्ण पेशा हो, यसमा चुनैती त धेरै छन् तरपनि अहिलेको परिवेशमा यस पेशामा आर्थिक चुनैती सवै भन्दा मुख्य समस्या भएको छ । किन की पत्रकारिता गरेर आफ्नो जीवन यापनलाई सहज ढंगले अगाडी बढाउने अवस्था छैन्, सरकारको कुनै पनि यसमा प्रष्ट नीति छैन ।
 कास्की जिल्लाको सदरमुकाम पोखरामा बसेर पत्रकारिता गर्न कस्तो महसुस गर्दै हुनुहुन्छ ?
म एउटा पूर्वी नेपालको दुर्गम जिल्लामा जन्मेको मान्छे यस पश्चिमाञ्चलको पोखरामा आएर पत्रकारिता गर्न त गा¥हो विषयनै भईहाल्छ नि, त्यसमा पनि मैले पत्रिका प्रकाशन गर्दा पोखरामा थोरै मात्र पत्रिकाहरु थिए अहिले त दैनिक पत्रिकाहरु मात्र ४० को हाराहारीमा प्रकाशन भईराखेको छ यहाँ पत्रिका प्रकाशन गरिराख्ने अवस्था चाहिँ गा¥हो विषयनै वनेको छ तर दैनिकको तुलनामा साप्ताहिक मासिक पत्रिका प्रकाशन गर्न आर्थिक र भौतिक रुपमा अलिक सजिलो हुनाले मात्र हो नत्र त पलायन तिर गईरहेको अवस्थामा बहुत गाह्रो महसुस गरेको छु ।
 तपाईले सञ्चालन गरिरहेको “हाम्रो जनजाती आवाज” कस्तो चलिरहेको छ ?
यसको पाठक भनेको प्रायःसंघसंस्था हो त्यसमा निर्भर रहन्छ पत्रिका विक्री गर्ने क्रम कम छ त्यसैले ठिकै भन्न पर्ला ।
कास्कीको पत्रकारिता क्षेत्रलाई कसरी नियाल्नु भएको छ ?
कास्की जिल्लाको कुरा गर्दा यहाँ व्यवसायिक, आर्थिक र सामाजिक विबिधता रहेको छ र यहाँ अशल  पत्रकारिताको अवषेश गिर्दो अवस्थामा छ । समाचार आयो भन्दा पनि कसले कुन समूह वा कुन पार्टीको      कुरा गरेको भन्ने आभाष बग्ने स्थितिमा गइरहेको देखिन्छ । यहाँको अवस्था अलिक फरक छ । विगतमा पत्रिका र एफएमहरु कम थिए, अहिले एक दुई वर्षको दुरीमा यहाँ धेरै नयाँ मिडिया हाउसहरु खोलिएका छन् । यसले अशल पत्रकारिता भन्दा आर्थिक एजेण्डालाई अन्तरबस्तु बनाइदै लगिएको अवस्था छ । सायद राजधानीपछिको दोश्रो ठुलो प्रकाशन क्षेत्र भईरहेको अवस्थामा विज्ञापन कसले वढि लिने÷दिने होडबाजी रहेको छ न की पत्रिकाको स्तरलाई र यहाँका संघसंस्थाहरुले पनि यस संस्कारलाई अलिक मलम लगाएको स्थिति छ ।   पत्रकारको संख्या दिन दिनै बढ्दो छ तर उचित तलव चाहेर पनि दिने अवस्था भएको देखिदैन । यहाँको  पत्रकारितालाई हेर्दा अव केहि वर्षमा धेरै पत्रपत्रिका पलायन हुने स्थितिमा पुग्ने अनुमान चाहि गर्न सकिन्छ ।
 मोफसल पत्रकारिताका समस्या समाधान गर्न नेपाल सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
 सरकारले समानुपातिक रुपमा आर्थिक सहयोग र बजारीकरणमा सहजीकरण गरीदिनु पर्छ जस्तो लाग्छ ।
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
मोफसलमा कार्यरत पत्रकारहरुको समस्या समाधानको लागि नेपाल पत्रकार महासंघको भुमिका त के भनौ अहिले त महासंघमा पनि यो पार्टी र उ पार्टीको पत्रिका हो भन्ने भेदभावपूर्ण धारणा विकास भएको छ ।  समस्या र सहयोग त कुरै छोडै नेपाल पत्रकार महासंघको पत्रिका प्रकासनमा त भुमिकानै पाइएको छैन ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
पत्रकार संगठनको कुरा गर्दा म पनि एउटा संगठनमा लागेको व्याक्ति त हुँ तर पनि पत्रकारिताको हिस्सावाट हेर्दा स्वतन्त्र हुन पर्छ भन्ने मेरो भनाई हो । यसमा मुख्य कुरा चाहीँ भोट वैङ्कनै बनाएर हिड्ने प्रबृति चाहि अलिक असहज रुपमा पछिल्लो अवस्थामा पाईएकोले अन्तर संगठनहरुको वारेमा नेपाली जनमानसमा खासै भनि राख्नु पर्ला जस्तो लाग्दैन ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता भनेको समाजको ऐना हो जसलो मानिसको चरित्र वा अनुहार देखाउछ । पत्रकारमा हुनपर्ने विशेषता यो हो तर अहिले पछिल्लो अवस्थामा हामीबिच यस्तो पाउन कठिन छ । जसले गर्दा समाजमा पत्रकारलाई बदनामी तिर धकेलेको छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, कास्कीमा पनि यस्तो अवस्था पाउनु भएकोछ ?
 पत्रकारिता क्षेत्र बद्नामित रुपमा अगाडि बढिरहेको अवश्य पनि हो । जहाँसम्म लाग्छ मान्छे पेशामा विश्वास गर्न छाडिसके, सवै पैसा र पहुचमा विश्वास गर्छन । तर पनि सवै पत्रकारहरुले यसै गर्छन भन्ने चाहीँ होईन, एक दुईले गर्दा यो अवस्था चाहिँ आएको छ । झन पोखराको कुरा गर्ने हो भने त यहाँ रेडलाईनको माग भएको क्षेत्र हो, उद्योग कलकारखाना भएको क्षेत्र पनि हो यहाँ सवै पत्रकारहरुले यसै गरे त म पनि भन्दिन तरपनि रातारात घर घरेडी जोड्ने पत्रकारहरु चाहि नभएको भन्न सकिन्न । आजकाल अशल पत्रकारिता भन्ने चिज पैसासँग बिक्रि हुदैं गएकोमा मलाई पनि चिन्ता छ । कुनै वेला हासखेलमा भनेको कुरै भिन्नै हो तर समाजमा नपच्ने काम गरेर पैसा कमाउनुको अर्थ के छ ? यस किसिमको पत्रकारिता गर्ने मनसाय भएको व्यत्तिहरुलाई माहासंघले छानविन गरी कारवाही गर्न सक्नु पर्छ । यसले गर्दा समाजको कलङ्कको रुपमा पत्रकारलाई वद्नाम नगराईयोस भन्ने मेरो धारणा हो । पैसा कमाउनु पत्रकारितानै गनुपर्छ भन्ने मेरो धारण छैन् । अन्य पेशा गरेपनि हुन्छ जस्तो लाग्छ जसले गर्दा समाजको चौथो अङ्गलाईनै बदनाम गर्नु हँुदैन भन्ने मेरो धारण हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
लागेको भएत मेरो पनि पोखरामा २, ४ वटा घर घडेरी हुने थियो होला । म यस पेशाबाट यसो गछु भनेर लागेको पनि होईन, मलाई लाग्नु पनि छैन् । म परिवार भएको मान्छे, देशको एउटा उच्च शैक्षिक स्तर बोकेको मान्छे । यस्ता कुरामा म सर्तक छु । समाज बदल्नु मेरो पनि जिम्मेवारी हो जस्तो लागेर पत्रकारितामा लागेकोले यस कुरामा मेरो इच्छा छैन ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसलको कुरा गर्दा पेशालाई मर्यादापूर्वक र जीवन जिउने माध्यम बनाउन सरकारको तर्फवाट यसमा क्याटागोरीको अवश्यकता रहेको छ किनकी अहिले त सवै पत्रकार, पत्रकारको कार्ड नभएको मन्छेनै कम छन् त्यसैले गर्दा पत्रकारको एउटा स्तर निर्धारण सरकारको तर्फबाट हुनुपर्छ भन्ने सुझाव दिन चाहान्छु ।
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?

 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
नयाँ संबिधान बन्यो भने यसमा मोफसलको पत्रकारिताको बिकासको लागि समान र संघीय समावेशी समानुपातिक आर्थिक वितरण र नियमनमा कडाई गर्नुपर्छ जस्तो मेरो विचारमा लाग्छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
 नेपालमा नयाँ संविधान समयमै बनोस्, नेपालमा स्थायी शान्ती नेपालीहरुले चाहेका छन् भन्ने कुरा नेपालका प्रमुख नेताहरुले बुझुन । डोटीबाट मलाई यस सुनौलो अवसर प्रदान गर्नु भएकोमा यहाँ र यहाँको सम्पुर्ण युनिट लाई हार्दिक धन्यवाद सहित सम्पुर्ण डोटेलीबासी दाजुभाई दिदिवहिनीहरुलाई म र मेरो पत्रिकाको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहान्छु । धन्यवाद ।

साहित्य रचना 

म घेरिएको छु–हत्या, हिंसा र पीडाले
रोदन र आर्तनादले
गुनासा र छटपटीले
यन्त्रणाले पोलिरहेछ छातीको मध्यभाग
र उठिरहेछ यातनाको पीरो धुँवा
तर, मेरो कविताले
लाग्छ, केही गर्न सक्दैन
तर, यो पाइला उठ्यो भने
यसले दह्रो गरी टेक्यो भने
सक्छ सल्किरहेको डढेलो निभाउन
सक्छ सुक्दै गएका दूबोहरूलाई हरियो बनाउन
सक्छ तिर्खाएकी चरीको प्यास मेटाउन
हिंसाका लागि बाहिर निस्केका सबै खुकुरीहरूलाई, सबै तरबारहरूलाई
सक्छ यसले फर्काउन फेरि दावहरूमा
सक्छ यसले आमाको आँशु पुछ्न– सबभन्दा सुखद् कुरा !
यसैलाई टेकेर
शून्यबाट हामी यहाँसम्म आयौं
र पुग्नेछौं अझ अनन्तमा
महान यात्राका लागि
हामी सधैं योसंग आभारी छौं, हुनेछौं
मलाई लाग्यो
यसैलाई शीर्षक बनाएर
म शून्यलाई कविता बनाऊ
मुलुक विदेशीको खेल मैदान
मञ्जुल

कविता

शारीरिक उपहार
प्रकृतिको वरदान
आमाबाबुको रजवीर्य दान
मानव–आकारको जीवन पाएका छौं
कसैको शारीरिक उपहारमा लोभिएर हुँदैन
त्यो लेनदेनको विषय हुनै सक्तैन
आप्mनो जे छ त्यसैलाई सुमसुम्याउने
सदुपयोग गर्ने
सार्थक जीवन बिताउने ।
मानिस वृक्ष होइन
एकै ठाउँमा अटल रहने
यो त जलप्रपात हो
अविराम बगिरहने ।
म पनि दाङको कुनोबाट बग्दै बग्दै
रोकिँदै, घस्रदै, लड्दै–भिड्दै
सुखदुःखका बतासेडाँडा पार गर्दै
अहिले सञ्चारगृहमा आइपुगेको छु ।
म यहाँ कसरी आइपुगेँ ?
यात्रा रोचक हुन सक्छ
यात्रा घोचक पनि हुन सक्छ
जीवन एउटा यात्रा हो
यात्राको दृश्य
स्वादिलो र बेस्वादिलो दुवै हुन सक्छ
या मानौ
जीवन एउटा सङ्गीत हो
त्यो सुमधुर र कर्कश दुवै हुन सक्छ
अथावा जीवन एउटा अथक संघर्ष हो
आरोह र अवरोह भइरहन सक्छ ।
पत्रकारिताको भाषामा
मेरा वा काष्टपत्रकार
उहाँले लेख्नुभयो काठको पाटीमा
अ आ एक दुई, ॐ नमः सिद्धम
अनि चढाउनुभयो
पाटीको टाउकोमा चन्दन, अक्षता र फूल ।
नारायणप्रसाद शर्मा


महत्वपूर्ण जानकारी

– एशियाको सवैभन्दा ठुलो हिमाली राज्य नेपाल हो ।
– नेपालको सवैभन्दा होचो ठाउँ झापाको केचना कलन हो ।
– सप्तगण्डकी काली गण्डकी, बुढी गण्डकी, सेती, म्यादी, दरौती, त्रिसुली र मस्र्यांदी गरी सातवटा नदी मिलेर वनेको छ ।
– नेपालमा प्रथम कम्युनिष्ट सरकारको गठन २०५१ साल मंसिर १३ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा भएको थियो ।
– नेपालमा स्थापना भएको पहिलो पार्टी नेपाल प्रजापरिषद् हो ।
– नेपालको राजनीतिमा जननायक भनेर स्व.बि.पी. कोईरालालाई भन्ने गरिन्छ ।
– नेपालको राजनीतिमा ःबल या तजभ भभिअतभम भनेर जननेता स्व. मदन भण्डारीलाई भन्ने गरिन्छ ।
– रुसी नागरिक युरी गगरिन १२ अप्रेल सन १९६१ मा पहिलो पटक अन्तरिक्षमा पुगेका हुन ।
– संसारको सवैभन्दा ठुलो मरुभुमी अफ्रिका महादेशको सहरा मरुभुमी हो । यसको क्षेत्रफल ६४ लाख वर्ग किलोमिटर रहेको छ ।
– म्यानमारको राजधानीको पुरानो नामको पहिलो अक्षर परिवर्तन   गरी रंगुन वाट यंगुन वनाईएको हो ।
– २१ मार्च र २३ सिप्टेम्वरमा रात र दिन वरावर हुन्छ ।
– सुर्यको किरणलाई पृथ्वीमा आईपुग्न करीव ८ मिनेट २० सेकेण्ड लाग्छ ।
— चुम्वकीय क्षेत्र भन्नाले चुम्वकले आप्mनो वरीपरी जहाँसम्म चुम्वकीय बस्तुलाई असर गर्छ त्यसलाई बुझिन्छ
— भु–चुम्वकत्वले गर्दा फलामका धाउमा चुम्वकीय गुण हुने गर्छ ।
— कुनै ठाउँको सही भौगोलिक दिशा थाहा पाउनका लागि दिक्पाल     (ब्लनभि या मभष्लिबतष्यल) थाह पाउनु पर्छ ।
— राती हवाई जहाज र पानी जहाज चलाउँदा दिक्पालको मानले सही दिशा पत्ता लगाउँछ ।
— बिद्युतको चुम्वकीय असर हान्स क्रिष्चियन ओएर्सटेडले सन १८१९ मा पत्ता लगाएका हुन ।
— तारको फन्कोको संख्या बढाउँदा बिद्युत चुम्वकको शक्ति वढ्छ र घटाउँदा चुम्वकको शक्ति घट्छ ।
— चुम्वकीय क्षेत्रभित्र चुम्वकीय बलरेखाहरुलाई काट्ने गरी तारलाई चुलाउँदा उत्पन्न भएको करेण्टलाई उत्प्रिेरित करेण्ट (क्ष्लमगअभम अगचचभलत) भनिन्छ ।
— चुम्वकीय क्षेत्रमा रहेको सुचालक तारवाट बिद्युत बहँदा ताप उत्पन्न हुन्छ । यही मोटर असरको सिद्धान्तका आधारमा बिद्युत मोटर निर्माण गरिन्छ ।
– बिद्युत मोटरले बिद्युत शक्तिलाई शक्तिगतिमा रुपान्तरण गर्छ ।
– चुम्बकीय क्षेत्रमा रहेको तारमा बिद्युत वहँदा उक्त तारमा चाल उतपन्न हुन्छ यस चाललाई मोटर असर भनिन्छ ।
– मोटर असरको सिद्धानतको आधारमा मोटर बिद्युत निर्माण गरिनछ ।
— धेरै मात्रामा बिद्युत उत्पादन गर्ने उपकरणलाई जेनेरेटर भनिन्छ ।
— थोरै बिद्युत उत्पादन गर्ने उपकरणलाई डाईनामो भनिन्छ ।
— डाईनामो वा जेनेटरले फाराडेको बिद्युत चुम्वकीय उत्पादनको नियमको आधारमा बिद्युत उत्पादन गर्ने कार्य गर्दछन ।
— भावर प्रदेश भन्नाले चुरे पर्वतको दक्षिणी किनारामा पूर्वदेखि पश्चिमसम्म ६–१२ किमिसम्म फैलिएको भुभागलाई भावर प्रदेश भनिन्छ ।

Wednesday, January 15, 2014

बिम्ब साप्ताहिक, मिति २०७०÷९÷३० गते मंगलवार



सारा नेपाली मिलेर अन्याय, अत्याचारको विरुद्धमा लड्नु पर्छ र यस्तो अन्याय, अत्याचारबाट मुक्त हुनुपर्छ । यही नैं समयको माग  हो ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

डोटीमा रक्तचापका विरामीको संख्या बढ्दै

डोटी जिल्लामा रक्तचापका विरामीहरुको संख्या बढ्दै गईरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि आउने कुल विरामी संख्याको १५ देखि २० प्रतिशत विरामीहरुलाई रक्तचापको समस्या रहने गरेको डोटी अस्पतालका डाक्टर सृजना गौचन बताउछिन् । डाक्टर गौचन भन्छिन्–मोटापा, बंशाणुगत, खानपिन, शारीरिक व्यायममा कमी जस्ता धेरै कारणहरुले गर्दा रक्तचापको समस्या देखा पर्ने गरेको छ ।
“हामीले पनि चेक जाँच गर्दा दैनिक १० जना जति रक्तचापका विरामीहरु हुने गरेका छन् । केही दिन पहिले मात्र रक्तचापकै कारणले गर्दा दुई जनाको मृत्यु भएको छ ।” गौचनले भनिन्–उहाँहरुको ईतिहास बुझ्दै जाँदा उहाँहरुले रक्तचापको औषधी प्रयोग गरेको र विचैमा औषधी खान छोडेपछि बेहोसीको अबस्थामा स्वास्थ्य संस्था पु¥याईएको थियो । “उहाँहरुलाई १०–१२ घण्टाभित्र आईसियूमा राख्नु पर्ने थियो हामीसंग त्यो सुविधा छैन ।”
गौचनले बिरामीहरुको प्राथमिक उपचार गरिएको भएपनि उहाँहरुलाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरिन । रक्तचापका विरामीहरु उपचार गराउनका लागि अन्तिम अवस्थामा स्वास्थ्य संस्था पुग्दा उपचार गर्न गाह«ो हुने गरेको गौचनको भनाई छ । “हामीसँग त्यस्तो सुविधा पनि छैन, साना बालबालिका देखि बृद्धाअबस्था सम्मका रक्तचापका विरामीहरुको जिल्लामा रहेका छन ।” गौचन बताउछिन् ।
डोटी दिपालय सिलगढी निवासी बढी रक्तचापका विरामी रहेका स्थानीय महेन्द्र प्रसाद श्रेष्ठ वताउँछन । उनी भन्छन्– सिलगढीको प्रत्येक घरमा एक जना रक्तचापको विरामी रहेका छन् । आफु विगत चार वर्षदेखि रक्तचापवाट पिडित रहेको वताउँदै श्रेष्ठले भने–मैले चार वर्ष देखिनै रक्तचापको विरामीहरुको रक्त जाच गर्ने सुविधा निशुल्क रुपमा दिदै आईरहेको छु ।
किन हुन्छ छ रक्तचापको समस्या ? श्रेष्ठ भन्छन्–खान पिनका कारण रक्तचाप हुन्छ भनिन्छ तर भर्खरै एउटा      अन्तराष्ट्रिय सर्वेक्षणले रक्तचाप खानपिनको समस्याले मात्र नभई मानिसहरुको मानसिक तनाबका कारणले पनि हुने गरेको देखाएको छ । विहान देखि वेलुकीसम्म मानिसले आठ–आठ घण्टाका दरले काम, मनोरञ्जन र आराम गर्नु पर्ने हो तर त्यसको कुनै टुङ्गो नै छैन । मानिसहरु विहान देखि वेलुकीसम्म काममानै व्यस्त हुन्छन् काम नभएका वेरोजगारहरु कामको खोजीमा हिड्छन् काम नपाउँदा पनि तनाब नै हुन्छ  यसरी धेरै व्यक्तिहरु रक्तचापको समस्यामा परेका छन् ।
भुमिराजमाण्डौ गाबिस–९ फलेडी घर भएका धुव्रराज जोशी भन्छन्–चक्कर आउने टाउको दुख्ने समस्या देखा परेपछि स्वास्थ्य संस्था गरिईयो बल्ल त्यहाँ थाहा भयो मलाई उच्च रक्तचापको समस्या रहेछ । मैले औषधी भने प्रयोग गरेको छैन । औषधी प्रयोग गर्दा नियमितता हुनै पर्ने रैछ त्यसैले अहिलेनै ओषधी प्रयोग गरेको छैन । केहि समय पछि औषधीको प्रयोग गर्ने मनसाय बनाई रहेको जोशी वताउँछन ।
जिल्ला सदरमुकाम सिलगढी घर भएका शिद्धराज श्रेष्ठ आफुलाई रक्तचापको समस्या  पहिले देखिनै भएको वताउँछन । उच्च रक्तचापको समस्या भएको भएपनि मैले औषधी सेवन गरेको थिएन, श्रेष्ठले भने “तिन चार दिन पहिले म कार्यालयमा काम गरिरहेको समयमा एक्कासी चक्कर आयो, त्यसपछि एक छिनका लागि आराम गरेर उठ्न खोज्दा फेरी चक्कर आयो । दोस्रो पटक पनि चक्कर आएपछि म डोटी अस्पतालमा चेकजाँचका लागी पुगे र डाक्टरको सल्लाह बमोजिम रक्तचापको औषधी प्रयोग गर्न सुरु गरेको छु । किन औषधी पहिले नै सुरु नगरी अहिले सुरु गर्नु भएको त ? श्रेष्ठ भन्छन्– औषधी नियमित प्रयोग गर्नु पर्ने हुन्छ, औषधी प्रयोग गरेपछि विचैमा छोड्न मिल्दैन छोडेमा झन बढी समस्या हुने सक्ने स्वास्थ्यकर्मीहरुको सल्लाह पाएको थिएँ त्यसैले औषधीको प्रयोग गरेको थिएन । अहिले स्वास्थ्यकर्मीबाटनै ओषधीको प्रयोग गर्नु पर्ने भएको सल्लाह पाएपछि औषधीको प्रयोग गर्न थालेको श्रेष्ठको भनाई छ ।
यसरी जिल्ला सदरमुकाम मात्र नभई डोटीका ग्रामिण क्षेत्रका बासिन्दाहरुमा पनि उच्च र न्युन दुवै प्रकारका रक्तचापको समस्याबाट पिडित रहेका छन् । रक्तचापको समस्यामा यस्तो नै हुन्छ भन्न नसकिने र मानिसको ज्यानमा समेत खतरा हुने विज्ञहरुको भनाई रहेको छ ।
डोटी अस्पतालका चिकित्सक डा. गौचन भन्छिन्–औषधी हामी सुरुमानै चलाउदैनांै । पहिलो पटक रक्तचापको समस्या देखा परेकाहरुका लागि फेरी फेरी चेकजाँच गर्ने गर्छौं, गौचनले औषधी भने स्वास्थ्यकर्मीको निगरानीमा नियमित प्रयोग गर्नु पर्ने वताईन । गौचनले नियमित औषधी प्रयोग गर्ने कुरा सुन्दा बिरामीहरु जडीबुटीबाट उपचारको खोजीमा लाग्ने गरेको अनुभव सुनाईन । “त्यस्तो गर्नु राम्रो होईन” रक्तचापको औधषी प्रयोग गरिरहेका भएपनि पछि रक्तचाप सामान्य हुँदै आएका स्वास्थ्यकर्मीको सल्लाह वमोजिम कम गर्ने वा औषधी प्रयोग नगरे वा लामो समयसम्म प्रयोग पर्ने हुन सक्ने गौचनको भनाई छ । आफैले औषधी विचैमा छोडेमा ज्यानमा खतरा हुनसक्छ । खानपानमा सुधार गर्ने, नियमित व्यायम गर्ने, तनाबबाट मुक्त हुने, मोटापा हुनबाट बच्ने जस्ता कार्य गरेमा रक्तचापको समस्याबाट बच्न सकिने डा. गौचनको भनाई छ ।  

सम्पादकीय

आभार अख्तियारप्रति

बर्षौं देखि भ्रष्टाचारको बिषयमा वोल्दा, लेख्दा, गुनासो गर्दा यस क्षेत्रका हामी नागरिक समाज भन्नेहरु, पत्रकार भन्नेहरु, सामाजिक कार्यकर्ता भन्नेहरु सवै थकित भए । सञ्चारकर्मीहरुले सञ्चारमाध्यममार्फत उठाए, नागरिक समाजले सार्वजनिक कार्यक्रममार्फत उठाए, कसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लास्थित अख्तियारप्राप्त अधिकारीको कार्यालयमै गएर गुनासो गरे, कतिले कार्यालयमा लिखित उजुरी गरे तर सुनुवाई भएन । उल्टो कुरा उठाउनेहरुलाई म्याद नाँघी कुरो उठाएको, कुनै प्रमाण बिनै वेतुकमा कुरा उठाएको, व्यक्तिगत स्वार्थका लागि कुरा उठाएको जस्ता आरोपहरु लाग्न थाले । प्रगति कुनै भएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको स्थापना भई असोज १ गते देखि काम गर्न थालेको भएपनि सुरुका दिनहरुमा आन्तरिक व्यवस्थापनकै कारण होला खासै काम गर्न सकेन । अख्तियारको कार्यालय समेत चुप लागेको देखेपछि यस क्षेत्रका भ्रष्टाचारपिडितहरु निराश भएका थिए तर पछिल्लो चरणमा अख्तियारको दिपालय कार्यालयले देखाएको अग्रसरता ‘सलामयोग्य’ छ ।
जनताको रगत पसिनावाट उठेको करले राज्यकोषमा जम्मा भएको रकम देशको बिकास निर्माणमा खर्च गर्नु पर्ने र जनतालाई सेवा सुबिधा दिनु पर्ने भनि वनाईएका हरेक योजनाहरुमा भ्रष्टाचार हुने, हरेक सरकारी कार्यालयहरुमा अख्तियारको दुरुपयोग हुने, आफुलाई अव्वल दर्जाका कर्मचारी हौं भन्नेहरुले अनियमितता गर्ने थुप्रै घटना हुँदा पनि कसैलाई कारवाही हुन सकेन । क्षेत्रीय कार्यालयले पनि भ्रष्टाचारीलाई कारवाही गर्ने प्रयास त गरेको हो तर कुनै पनि सरकारी कार्यालयले क्षेत्रीय प्रशासन कार्यालयलाई टेरेनन् । अव त अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं सक्रिय भएपछि केही हुन्छ कि भन्ने आशा जनतामा पलाएको छ ।
यद्यपी आयोगको काम पनि ‘फर्मालिटी” पुरा गर्ने मात्रै हो भन्ने सरकारी हाकिम साहेवहरु पनि भेटिएका छन तर आश गरौं त्यसो नहोस । अनियमितता भएको भनि परेका उजुरीहरुको निश्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने अहिलेको आवश्यकता हो । अन्यथा फेरी पुरानै दिन फर्कनेछन ।
बिकासे अड्डाहरुमा कार्यरत कर्मचारीहरुले योजना पास गर्दा खाएको कमिसनको पनि खोजी हुनु जरुरी छ । हैसियत भन्दा वढी तडक भडक गर्ने र आफ्नो आम्दानी स्रोत भन्दा वढी सम्पत्ति कमाउनेहरुको सम्पत्तिको पनि छानविन हुनु जरुरी छ । जनताको सेवा गर्दा लिएको घुस सवै राज्य कोषमा जम्मा हुने गरी अख्तियारको दिपालय कार्यालयले काम गरिदेवस भन्ने आम जनताको चाहना छ ।
केही वर्ष पहिले ‘फलानो कर्मचारीले म संग घुष माग्दैछ’ भनि प्रमुख जिल्ला अधिकारीको सभाकक्षमै गएर उजुरी गर्दा समेत कुनै सुनुवाई नभएको जिल्लामा अख्तियारको कार्यालय स्थापना भएपछि कारवाही हुने आशा पनि छ । भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीलाई कारवाही हुनु जरुरी छ । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपालय कार्यालयले पछिल्लो समयमा देखाएको सक्रियताप्रति बिम्ब साप्ताहिक हार्दिक आभार व्यक्त गर्दछ । स्थापना कालदेखिनै भ्रष्टाचार सम्वन्धि खोजमुलक समाचारहरु प्रकासन गर्दै आएको यस पत्रिकाले पनि आगामी दिनमा प्रकासन गरेका समाचार उपर आयोगले छानविन गर्ने छ भन्ने बिश्वास लिएको छ ।

थप समाचार

नसाको मातमा ज्वाईको हत्या

डोटी निरौली गाबिस–८ शिर्शी निवासी तारासिं घर्तिले एउटै सिचाई योजनामा मजदुरी गर्दै आएका आप्mनो ज्वाई नाता पर्ने एक युवकको हत्या गरेका छन ।
शनिवार राती भुमिराज– माण्डौं गाबिस चौड नजिक घर्तिले २२ वर्षीय मानवहादुर पुनमगरको हत्या गरेको स्वीकार गरेका छन । दिपालय सिलगढी नगरपालिका–७ कुमालीकोटमा निर्माणाधीन सिंचाई कुलोमा काम गर्दै आएका घर्तिले संगै काम गर्ने पुनमगरको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरिएको हो ।
ईलाका प्रहरी कार्यालय दिपालयका अनुसार शनिवार राती दुवै जना राजपुरवाट मदिरा सेवन गरी डेरातर्फ जाने क्रममा वाटोमा बिवाद सृजना भई घटना घटेको हुनसक्छ । घटनापछि घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक पुनमगरको शव पोष्टमार्टमपछि आईतवार दाहसंस्कार गरिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अभियुक्त घर्तिले नसामा भएका वेला घटना कसरी भयो भन्ने वारेमा आफुलाई जानकारी नभएको वताए । घटनाको छानविन जारी रहेको प्रहरीले जनाएको छ । योजनाका    ठेकेदारले आईतवार बिहान घटनावारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अभियुक्त र शव नियन्त्रणमा लिएको थियो । 

दलको बिवादले गाउँ परिषद् स्थगित

आशन ग्रहणमा मर्यादाक्रम नमिलेको भन्दै राजनीतिक दलहरुले बिवाद सृजना गरेपछि गेटा गाबिसको आठौं गाउँ परिषद् आईतवार स्थगित भएको छ ।
आशन ग्रहणका क्रममा साना पार्टीहरुलाई पहिले आशन ग्रहण गराएको भन्दै नेपाली कांग्रेस र एमाओवादीका प्रतिनिधिहरुले आपत्ति जनाएपछि परिषद् स्थगित भएको हो । मंसिर ४ गते सम्पन्न अर्को संबिधानसभाको निर्वाचन अनुसार दलहरुको मर्यादाक्रम राखी आशन ग्रहण गराउनु पर्नेमा आफुहरुको अपमान गरिएको कांग्रेस प्रतिनिधिको आरोप छ ।
यस्तै राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चालाई आफुभन्दा पहिले आशन ग्रहण गराएको भन्दै एकिकृत नेकपा माओवादीका प्रतिनिधिले परिषद् वहिस्कार गरेका थिए । दलहरुको बिवादका कारण स्थगित भएको गाउँ परिषद् फेरी दलहरुबीचमा सहमति गरी एकदुई दिनमै पुनः सुचारु गर्ने गेटा गाबिसको कार्यालयले जानकारी दिएको छ ।
गाउँ बिकास समितिका सम्पूर्ण योजनाहरुको छनौट तथा स्थानीयस्तरमा नीति निर्माण गर्ने अधिकार समेत पाएको गाउँ परिषद्लाई मिनि संसदका रुपमा लिने गरिन्छ । उक्त गाउँ परिषद्मा आशन ग्रहणका कारण बिवाद भएकोमा स्थानीयवासीहरुले आक्रोस व्यक्त गरेका छन ।
गाउँ परिषद्को उद्घाटन नेपाली कांग्रेसको तर्फवाट कैलाली क्षेत्र ५ मा प्रत्येक्ष तर्फ निर्वाचित सभासद् दिर्घराज भाटले गर्ने कार्यक्रम रहेको थियो ।

सुदुरपश्चिममा अख्तियार सक्रिय

२०७० असोज १ गतेवाट आफ्नो कार्य प्रारम्भ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदुरपश्चिमाञ्चल कार्यालयले आफ्ना गतिबिधिहरु सक्रिय वनाएको छ ।
आयोगले बिभिन्न जिल्लामा रहेको बिभिन्न सरकारी कार्यालयहरुवाट भ्रष्टाचार भएको आधारमा संकास्पद कागजातहरु नियन्त्रणमा लिई छानविन सुरु गरेको छ । उजुरीका आधारमा प्रारम्भिक छानविनका लागि कागजातहरु नियन्त्रणमा लिईएका कार्यालयहरु डोटी, अछाम र वाजुराका जिल्ला अन्तरगतका रहेका छन ।
आयोगको क्षेत्रीय कार्यालयका अनुसार जिल्ला र क्षेत्रीय गरी ३७ वटा कार्यालयहरु छानविनको दायरामा आएका छन । जसमा बाजुरामा पाँच, अछाममा १ र डोटीमा ३१ कार्यालयहरु परेका छन । डोटी जिल्ला बिकास र दिपालय सिलगढी नगरपालिकालाई पनि अख्तियारले छानविनको दायरामा अख्तियार सुदुरपश्चिम कार्यालयका उपसचिव माधवप्रसाद सुवेदीले वताएका छन ।
आयोगको कार्यालयले जिल्ला बन कार्यालय डोटीमा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा सो कार्यालयका कागजातहरु समेत नियन्त्रणमा लिएको छ । कार्यालयका बिभिन्न बिषयमा आर्थिक अनियमितता गरेको भनि मंसिर २७ गते परेको उजुरीमाथी अनुसन्धानका लागि कागजात हरु झिकाईएको कार्यालय प्रमुख समेत रहेका उपसचिव सुबेदीले बताए ।
लामो समय देखि वन जंगल फडानी, जडिवुटी तस्करी जस्ता अनियमित कार्यहरु कार्यालयकै कर्मचारीहरुको मिलेमोतोमा भईरहेको भनने समाचारहरु बिभिन्न सञ्चारमाध्यमवाट प्रकासन तथा प्रसारण भईरहँदा पनि हालसम्म कुनै छानविन हुन सकेको थिएन । अघिल्लो आर्थिक बर्षमा नर्सरी निर्माण तथा बिरुवा उत्पादन, जिपीएस सर्भे, पञ्च बर्षीय बन ब्यवस्थापन योजना, म्यानेजमेन्ट इन्फरमेसन प्रणालीको सफट्वेयर खरिद, दैनिक भ्रमण भत्ता जस्ता बिषयसंग सम्बन्धित कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।
जिल्ला बन अधिकृत जयमंगल प्रसाद यादवको पालामा भएको गतिबिधीका बिषयमा अख्तीयारले जाँचबुझ गर्न कागजात र बिल भर्पाइ लगेको जिल्ला बन अधिकृत पुष्पराज बड्तोलाले बताए ।
यस्तै जिल्ला बिकास समिति अन्तरगत आर्थिक वर्ष ०६८÷०६९ मा बिभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमा छानविन भईरहेको आयोगले जानकारी दिएको छ । जिबिसमा बिकास योजना, कार्यालयको गाडी मर्मत, कार्यालय सामान खरीदका नक्कली विलहरु रहेको आरोप उजुरीमा लगाईएको आयोगको कार्यालयले जानकारी दिएको छ ।
यस्तै दिपालय सिलगढी नगरपालिकाको कार्यालयमा बिकास निर्माणका योजनाहरुमा अनियमितता भएको आरोप रहेको छ । जिल्ला शिक्षा कार्यालयले बिद्यालयको भौतिक पूर्वाधारमा अनियमितता गरेको आरोप लगाईएको छ । यस्तै नक्कली बिद्यार्थी देखाई निशुल्क प्राप्त हुने पुस्तक र छात्रबृत्ति बितरण गरिएको भन्ने आरोप समेत जिल्ला शिक्षा कार्यालयलाई लागेको छ ।
दिपायलमा स्थापना भएको चार महिनासम्म आन्तरिक ब्यवस्थापनमै रुमील्लएको अख्तियारको सुदुरपश्चिम कार्यालयले पछिल्लो समयमा गरेको कामले भ्रष्टाचारवाट आजित जनताले आश गर्न थालेका छन । पटक पटक उजुरी दिँदा समेत कुनै कारवाही नभएका वेला अख्तियारको सक्रियताले भ्रष्टाचार निवारण हुने बिश्वास यस क्षेत्रका वासिन्दाहरुको रहेको छ ।
आयोगको छानविनका सम्वन्धमा केही कार्यालयहरुसंग जानकारी माग्दा ति कार्यालय प्रमुखहरुले खासै मुख खोलेनन् । “आयोगले मागेका कागजातहरु हामीले उपलव्ध गराएका छौं” एक कार्यालय प्रमुखले भने–हाम्रो कार्यालयमा त्यस्तो कुनै अनियमितता भएको छैन । आयोगले पनि सामान्य ‘फर्मालिटी’ पुरा गर्ने ति कार्यालय प्रमुखको भनाई रहेको छ । ‘उजुरी परेको होला, आयोगले पनि छानविन गर्ने हो, हामीले त्यस्तो कुनै काम गरेकै छैनौं, अनि के डराउनु प¥यो’ उनले भने ।

डोटीको बिकासका लागी प्रतिबद्ध छु

नेकपा एमालेको कोटामा छानिएकी समानुपातिक सभासद गौरी ओलीले डोटीको बिकासका लागी आफु प्रतिबद्ध रहेको बताएकी छन ।
नेकपा एमाले डोटीले आयोजना गरेको सभासद ओलीको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै  ओलीले सो कुरा बताएकी हुन । डोटी भौगोलिक अवस्थाका वारेमा र यहाँको बिकासको अवस्थाका वारेमा आफु  परिचित रहेको वताउँदै सभासद ओलीले जिल्लाको समग्र बिकासका लागी आफु निरन्तर लागी रहने वताईन । ‘म कार्यकर्ता र जनताबाट  कहिल्यै पनि बिमुख हुने छैन’ ओलीले प्रतिबद्धता ब्यक्त गरिन । आफुले खर्च गर्न पाउने सांसद बिकास कोषबाट प्राप्त रकम जनताको हितकै लागी खर्च गर्ने समेत ओलीको प्रतिवद्धता थियो ।
एमाले केन्द्रीय बैकल्पिक सदस्य समेत रहेकी ओलीले जिल्लाको समग्र बिकासका लागि यस क्षेत्रका जनताले गरेको अपेक्षा अनुसार गर्न नसकेपनि आफुले सक्दो प्रयास गर्ने वताईन । संबिधानसभाको निर्वाचनको क्रममा पार्टीलाई असहयोग    गरको भनि लगाईएको आरोपप्रति लक्षित गर्दै सभासद ओलीले कसैका कमी कमजोरी भएमा नीती बिधि र पद्धतिका साथ पार्टीमा आउनु पर्ने वताईन । ‘कसैलाई सिद्धाउने खेलमा लाग्नु हुन्न, अर्कोलाई सिद्धाउने मान्छे आफै सक्किन्छ, सबै भन्दा ठुलो कुरा पार्टी हो त्यसैले पार्टीलाई जोगाउनु पर्दछ’ सभासद ओलीको भनाई थियो ।
२०४६ सालको राजनीतिक परिवर्तन देखिनै सक्रिय राजनीतिमा लागेकी ओली एमालेको २०६५ सालमा भएको आठौं महाधिवेशनवाट केन्द्रीय बैकल्पिक सदस्य भएकी हुन । पार्टीका बिभिन्न निकायहरु, जनवर्गीय संगठनहरु र पार्टीको डोटी जिल्ला कमिटीमा लामो समय रहेर काम गरिसकेकी ओली हाल एमाले निकट महिला संठगन अखिले नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी छन । जनप्रतिनिधिका रुपमा भने ओली पहिलो पटक छानिएकी छिन ।
कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सच्चिदानन्द जोशी, एमाले डोटी अध्यक्ष चक्र मल्ल, सेती अञ्चल कमिटी सदस्य नारद मलासी लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको एमालेले जनाएको छ ।

राष्ट्रपतिको बिषयमा बिस्तारै टुङ्गो लाग्ने

नेकपा एमालेका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको बिषयमा पनि बिस्तारै किनारा लाग्ने वताएका छन ।
सुनसरीको दुवाहीस्थित फरवार्ड कम्युनिटी माईक्रो– फाईनान्स बित्तीय संस्थाको प्रथम बार्षिक साधारणसभालाई सम्वोदन गर्दै नेता नेपालले चुनाव हुन्छ हुँदैन भन्दाभन्दै शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुशी व्यक्त गरे । संबिधानसभाको बैठक मन्त्रीपरिषद्का अध्यक्षले डाकिसकेपछि त्यो अन्यौल पनि हटेको नेता नेपालले वताए । अव राष्ट्रपति र सभामुखको बिषय पनि बिस्तारै टुङ्गिने नेता नेपालको बिश्वास थियो ।
‘लामो समयसम्म रहेको संक्रमणकाल देशले छिट्टै पार गर्दैछ’ नेता नेपालले संबिधान निर्माणको काम सम्पन्न भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गर्ने वताए । अहिले देश र जनता अग्रगामी नयाँ संबिधानको प्रतिक्षामा रहेकोले यो दिगो दस्तावेजको रुपमा आउन सकोस भन्ने कामना गर्दै नेता नेपालले भने ‘संबिधान सवैपक्षलाई समेट्ने गरी दिगो एवं नेपाली जनताको एकताको, सद्भावको रुपमा आउनु पर्ने वताए । नेपालले भने–लोकतान्त्रिक मान्यतालाई स्थापित गर्न सक्ने संबिधान वन्नु पर्छ । जनताले अतिवादी बिचारलाई अस्वीकार गरिदिएको समेत नेपालको दावी थियो ।

फरार दुवै कैदी फेरी नियन्त्रणमा

गत शनिवार बझाङ   कारागारवाट भागेका दुवै जना कैदीलाई मंगलवार विहान      प्रहरीले पक्राउ गरेको छ ।
भागेका दुवै कैदीलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरी कैदीहरु पर्खाल नाघेर भागेको जानकारी दियो । बझाङ मौलाली घर भएका धनराज खत्री र सुर्मा घर भएका पालम वोहरालाई   प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय वझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले भागेका दुवै जनालाई उनीहरुकै गाउँवाट समात्न सफल भएको वताए । स्थानीयवासीहरुले दिएको सूचनाका आधारमा प्रहरी निरीक्षक ज्ञानवहादुर बिष्टको नेतृत्वमा गएको टोलीले खत्रीलाई उनकै गाउँ मौलालीमा लुकेर वसेको अवस्थामा विहान करीव ३ वजेतिर र वोहरालाई प्रहरी नायव निरीक्षक गणेश तिमिल्सेना उनकै गाउँ सुर्मामा लुकेर वसेको अवस्थामा करीव सोही समयमै पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सापकोटाले वताए ।
कारागारवाट फरार भएका कैदीहरु वोहरा र खत्री एक वर्ष देखि कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा राखिएको थियो । घटनापछि सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टको एक टोली बझाङ गई आवश्यक अनुसन्धान गरिरहेको छ ।

छोटकरी समाचार

अध्यक्षमा बिष्ट

दिपायल सिलगढी नगरपालिका–१४ पाँकरीमा रहेको दुर्गा निम्न माध्यामिक बिद्यालयको अध्यक्षमा टेक बहादुर बिष्ट चयन भएका छन ।
गत बुधबार गठन भएको नयाँ कार्य समितिको सदस्यहरुमा हरिसिं बिष्ट, भक्त बहादुर महरा, आशिष बिष्ट, गंगादेबी महरा, चन्द्रभान बिष्ट, शिक्षक टेक बहादुर बिष्ट र सदस्य सचिवमा बिद्यालयका प्रअ हिक्मत बहादुर घले रहेका छन ।
नव निर्वाचित अध्यक्ष बिष्टले पाँच सय ५० जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा भबनको अभाव रहेकाले भौतिक संरचना निमार्णमा जोड दिनुका साथै शैक्षिक गुणस्तरमा समेत ध्यान दिने बताए । नयाँ कार्य समितिलाई सर्बसम्मत चयन   गरिएको हो ।

अपाङ्गद्वारा ज्ञापन पत्र

मंसिर ४ गते भएको संबिधानसभाको निर्वाचनवाट अपाङ्गहरुको संबिधानसभामा प्रतिनिधित्व नभएको भन्दै अपाङ्ग सेवा संघ डोटीले मन्त्रीपरिषद्वाट चयन हुने २६ जनामा अपाङ्गहरुको प्रतिनिधित्व गराउनु पर्ने माग गरेको छ ।
सभासद् गौरी ओली मार्फत संबिधानसभालाई ज्ञापन पत्र बुझाउँदै संघले देशको मुल कानुन वन्ने ठाउँमा अपाङ्गहरुको प्रतिनिधित्व नहुँदा अपाङ्गता भएका व्यक्तिहरु दुःखी एवं मर्माहित भएको कुरा उल्लेख गरिएको छ । मन्त्रीपरि–षद्वाट मनोनित हुने २६ जनामा पनि अपाङ्गहरुको प्रतिनिधित्व नभए आफुहरु आन्दोलनमा उत्रिने समेत ज्ञापन पत्रमा उल्लेख छ ।

पिपलवोट डटकम ः पुस पनि फासफुस

नारायण वाग्ले
पहिलो संबिधानसभाको जस अपजस पुष्पकमल दाहाललाई जान्थ्यो । गयो । उनी पराजित भए । दोश्रो संबिधानसभाको जस अपजस सुशील कोईरालालाई हो । उनी पनि सफल हुने छाँट देखिएन । सुरुका दुई महिनाले त्यही लक्षण दिएको छ ।
जनताले मत हाल्दा पार्टी हेर्छन । त्यसभन्दा बढी अनुहार हेर्छन । कुन पार्टीमा कस्तो नेता छ भन्ने जाँच्ने निर्वाचनमै हो । मतपत्र जतिसुकै झण्झटिलो तथा निर्वाचन प्रणाली जतिसुकै जटिल भएपनि निर्वाचनले एउटा मुख्य नेता दिएको छ । पहिला दाहाललाई दियो, अहिले कोईरालालाई ।
मुख्य नेताले गर्ने समन्वय हो । नेताका लागि निर्वाचन भएको थिएन । संबिधानसभाका लागि भएको हो । र, पार्टीको जीतहार भएको हो । तर पार्टीलाई डो¥याउने नेता हुन । अहिले कोईरालालाई कोही भेट्न गयो भने केही छेकछन्द पाउन सक्दैन । के उनी प्रधानमन्त्री हुन चाहान्छन ? ’खै, साथीभाईहरुले के भन्छन’ उनको जवाफ हुन्छ । साथीभाई भनेका शेरवहादुर देउवा र रामचन्द्र पौडेल होलान् । जसले सट्टामा पार्टीको कार्यवहाक सभापति खोजेका छन वा आफैंलाई सरकार सुम्पिदिए हुन्थ्यो भन्ने चाहना पालेका छन । पार्टीभित्रको आकांक्षा र शक्ति सन्तुलनका लागि पनि कोईराला आफैं ढिलो अग्रसर भएका छन । कांग्रेसले सरकारको नेतृत्व गर्ने भयो भने पनि कसले गर्ने भनेर संस्थागत रुपमा भन्न खोजिहालेको छैन । संकोच मानिरहेको छ । आपसी सन्तुलन मिलाउने सुत्रको खोजीमा अल्मलिरहेको छ । भेलले वगरमा पछारेका माछा बकुल्लाले खोजेझैं भईरहेको छ कांग्रेसको चालमाल । ऊ नेतृत्व गर्न चाहन्छ भने कसरी र कहिले भन्ने प्रष्ट गर्न सकिरहेको छैन । माछा आफैं बकुल्लाको मुखमा पस्ने हो र ?
सरकार कस्तो भन्ने पनि खाका छैन । गठवन्धन को कससंग हो तय गर्ने सकिरहेको छैन । तय गर्ने अभ्यासका लागि वार्ता बढाउनै सकिरहेको छैन । राष्ट्रिय सहमतिको सरकार कि बहुमतको ? जे वनाए पनि एउटा सरकारको नेतृत्वको जिम्मेवारी कांग्रेसको हो । ढिलाईले उसकै जनमतको अनादार गर्छ । अर्को निर्वाचनका लागि साख गुमाउँछ । पक्का हो, गुमाउन थालिसकेको छ । कांग्रेस अकर्मण्य वन्न पुग्दा चुनावी सरकार अल्झिरहेको छ । गौण बिषयहरुले प्रधान रुप लिन थालेका छन । सरकार गठन भन्दा राष्ट्रपतिको पदाबधिवारे विवाद हुन थाल्यो । संबिधानसभा कसले वोलाउने भन्ने बिषयमा त अदालतकै ढोका ढक्ढक्याउनुपर्ने भयो । निर्वाचनका कार्यसूची यी दुवै थिएनन् । शीघ्र सहमतिको निर्वाचन र नेपालका लागि मध्यपन्थी धारको वहुलवादसहितको लोकतान्त्रिक संबिधान भन्ने जनादेश थियो ।
जनादेश बुझ्न सक्ने मात्र योग्य नेता सावित हुन्छन । एमाओवादी, मधेशवादी र संघीय समाजवादीले धाँधलीको कृत्रिम काँडेतारमा खुट्टा अल्झाएर हिंड्दा बित्थामा ढिलो गरे । वल्लतल्ल संबिधानसभामा आईपुगेका छन तर सभाकै बैठक वोलाउने सुरतालै छैन । मंसिर त निर्वाचनको जितहार र धाँधलीको होहल्लाले खायो । पुष बैठक कसले वोलाउने भन्ने फासफुसमै जानि भयो । कांग्रेस र एमालेबीच शक्ति बाँडफाँडको गृहकार्य त के आपसी बिश्वासकै जग वलियो नहुँदा जुँगा कसको राम्रो भन्ने खाले बिषयहरुमा मुलुकको महंगो समय गुज्रिदै गएको छ । दोष कांग्रेसकै हो । किनभने उसले नेतृत्व लिएकै देखिएन । कांग्रेस नेताहरु वोल्छन तर सुनिदैन । सुनियो भने बुझिदैन । जनताले पत्याए तर नेताहरु आफैंले आफैलाई पत्याएनन । कति सारो बिलम्व गरेका हुन ? के कारण हो ? आफुलाई अस्ती भरखर त्यत्रो बिधि मत दिने जनतालाई केही पनि जवाफ दिनु पर्दैन ? जवाफदेहिता कुन चराको नाम हो ?
स्थानीय निर्वाचन गराउन उपयुक्त याम चैत्र, बैशाखका लागि निर्णय गर्नु पर्ने भईसकेको छ । यो याम काट्यो भने आगामी मंसिरमा कठिन हुनेछ । नयाँ मतदाता नामावलीका कारण मात्र होईन । संबिधानसभाभित्र र वाहिर संघीयताको वहसबीच स्थानीय निकायको निर्वाचनको दरकार कमजोर देखिन पुग्नेछ । जसरी दोस्रो जनआन्दोलनदेखिका ठुल्ठुला        परिवर्तनका प्रयासबीच लोकतन्त्रलाई जनतामा जनताका लागि संस्थागत गर्ने सवैभन्दा महत्वपूर्ण कडीको वेवास्ता हुँदै आएको छ । मंसिरमा प्रत्येक्षको परिणाम आउनासाथ जनादेश थाह भईसकेको थियो । समानुपातिक प्रणालीको माकुरीजालोले एक महिना लियो । समानुपातिकका नाम सच्याउन दलका नेताले मानेनन् । दलभित्र कति लोकतन्त्र छ भन्ने यहीक्रममा प्रकट भयो । प्रायः सवै पार्टीमा । लोकको जिम्मा आफैं लिएर आफुखुशी सभासद् छान्ने तन्त्र देखियो । जिम्मावालतन्त्र भएन त यो ? जिम्मावालहरुले लोकको जिम्मा लिने होईन, जाली कागज वनाउने गर्छन । प्रष्टै छ, कुन कुन व्यक्तिले कुन दलवाट पैसा बुझाएकै भरमा सभासद् हुन पाए । म्यानपावर ऐजेण्ट हुँदाहुँदै म्यानपावर कम्पनीवाट ठगिएको कुनै व्यक्तिले सभासद् हुन पाउँछ त ? घरजग्गा कारोवारी हुँदाहुँदै घरजग्गा कारोवार वा बैङ्क, सहकारीवाट उठिवास भएकाले समानुपातिकमा अवसर पाउँछन त ? नीजि बिद्यालयका संगठनका हर्ताकर्ताहरुनै राजनीतिक पार्टीभित्र मौलाउन पाउने ठाउँमा सामुदायिक बिद्यालयका दीर्घसेवी शिक्षकले झन कसरी यस्तो मौका पाउन ? सहरका क्लिनिकमा कार्यरत चिकित्सक हुँदाहुँदै दुर्गम भेगमा सेवारत कुनै चिकित्सकले सभासद् हुन पाउँछ त ?
अर्थतन्त्रमा अर्थको प्रतिनिधित्व भएझैं लोकतन्त्रमा लोकको प्रतिनिधित्व हुनुपर्छ भन्नु मामुली चाहना हो । तर लोकतन्त्र कमजोर छ । किनभने पार्टीहरुमा कार्यकर्ता निरीह छन, तिनका अरु नेता पनि लाचार छन । जनतामा शक्ति छैन । प्रश्न गरिदिनेहरु तै चुप मैं चुप छन । सभासद्को नग्न व्यापार भएको छ तर प्रतिनिधित्व गराउनु पर्ने सामाजिक समूहहरुका नाममा आएकाहरु समाजका हर्ताकर्ता, प्रखर व्यक्तित्व वा प्रतिनिधित्वका दृष्टिले सार्थक हुन सकेको भए वेग्लै तस्विर वन्ने थियो । नेताबिशेषका अनुकम्पा प्रायः सवै पार्टीमा प्रष्टै भए । जनताको घरदैलोमा अभ्यस्त भएर आएकाहरु नेताहरुको घरदैलोमा अस्तव्यस्त देखिएको होईन त ?
चन्दावालामध्ये कसैलाई पनि समानुपातिकमा नतान्ने निर्णय गरेर धन्य कांग्रेसले ठुलो पार्टीको मर्यादा राख्यो । तर, उसले प्रत्येक्षमा टिकट बितरण कसरी ग¥यो भन्ने चाँहि ओझेलमा परिसकेको छ । जसले लगानी गर्न सक्छ वा लगानी उठाउन सक्छ उसको औकात हेरेर टिकट दिएको समीक्षा उसले गरेको छैन । निर्वाचनमा जीतको न्यानोले आवश्यक बिषयमा छलफल पन्छिँदै जान्छ भन्ने यो एउटा उदाहरण हो । कांग्रेसले यही तवरमा नेतृत्वको कमजोरी प्रकट गरिरह्यो भने उसले हार्ने भनेको मुद्धा हो । संसदीय पद्धति अलोकप्रिय हुने हो । त्यसैपनि उसको संसदीय व्यवस्थाप्रति संबिधानसभामा बहुमत नपुग्ने संरचना वनिसकेको छ । त्यसमाथी निर्वाचनको दुई महिनासम्म पनि सभा गठन नहुने, सरकार नवन्ने, राज्यले गति आर्जन गर्न नसक्ने हो भने एउटा व्यक्तिको कार्यकारी शासन पद्धतितर्फ जनतामा आकर्षण बढ्ने निश्चित हुनेछ ।
एमाले पहिल्यैदेखि प्रधानमन्त्रीय पद्धतिको पक्षमा छ । प्रत्येक्ष रुपमा जनताले चुन्ने प्रधानमन्त्री भन्ने एमालेको नीतिप्रति कांग्रेसकै नरहरी आचार्य, गगन थापा लगायत प्रगतिशील सोच भएका प्रभावशाली सभासद्हरु लचिलो छन । राप्रपा नेपालले समेत त्यसकै नारा दिएको छ । एमाओवादीसहित केही मधेशी दल प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको माग गर्छन । त्यस हिसावले जनतावाट सोझै जित्ने कार्यकारी प्रमुखका पक्षमा संबिधानसभा ढल्किने छाँट छ । प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाप्रति कांग्रेसभित्रै पनि कति आकर्षण छ थाह छैन । तर भोली संबिधानसभामा मतदान हुँदा बढी रुची त्यसप्रति देखिने पक्का छ । जनमत संग्रह गर्ने हो भने पनि वहुमत जनताले त्यस्तो व्यवस्था स्वीकार्ने सम्भावना बढी हुन्छ । अहिलेको र्निाचन प्रणालीले त्यसै पनि साख गुमाईसकेको छ । यही प्रणाली कायम राख्ने हो भने दलहरुले जो पायो त्यहीलाई समानुपातिकमा प्राथमिकता दिन सक्ने मात्र होईन, आप्mना प्रधानमन्त्रीका उम्मेदवार समेत निर्धारण नगरी अलमलमात्र गरिरहन सक्नेछन ।
समानुपातिक सूचीमा प्राथमिकताक्रम निर्धारण नगर्ने हो भने अर्को निर्वाचनसम्म पुग्दा यो व्यवस्थानै अलोकप्रिय भईसक्नेछ । भावी संबिधानमा स्थानीय, प्रादेशिक र राष्ट्रिय सदनहरुको संरचना र निर्वाचन प्रणाली अहिलेको अनुभवका आधारमा तय गर्ने विवेक चाहिन्छ । त्यसका लागि संसदीय प्रणालीमा सुधारको आवश्यकता मनन् गर्न सक्नुपर्छ । नत्र त निर्वाचन कांग्रेसले जिते पनि उसको संसदीय प्रणालीले हार्ने प्रष्ट भईसकेको छ । संसदीय व्यवस्था अल्छिलाग्दो र जटिल मानिन्छ । कुनै एक व्यक्तिको नेतृत्व हुँदैन । व्यवस्थापिका संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने, त्यसवाटै कुनै पनि वेला आफ्नो बिकल्प आउन सक्ने चुनौती सामना गरिरहनु पर्ने हुन्छ । संसद सर्वेसर्वा हुन्छ । संसदसंग समन्वय, सहकार्य र सहमति गरेर सरकार चल्नु पर्ने हुन्छ । हाम्रो जस्तो बिबिध सामाजिक समूहहरु भएको देशमा समानुपातिक निर्वाचन प्रणालीले बिबिधताको प्रतिनिधित्व गराउन सक्छ । समानुपातिक निर्वाचन प्रणाली संसदीय व्यवस्थासंग अनुकुल हुन्छ ।
संसदीय व्यवस्थाको पक्षधर शक्तिले दोस्रो संबिधानसभाको नेतृत्व गर्न पाएको छ । संसदीय व्यवस्था भने यही वेला पार्टीहरुको जिम्मावालतन्त्रका कारण गतिहिन देखिन पुगेको छ । नेतृत्व गर्नु पर्ने पार्टी अकर्मण्य भईदिँदा जनता कमजोर हुँदै जाने र निर्वाचन जित्ने पार्टीले सिद्धान्त हार्ने परिस्थिति वन्दै गएको छ । यही तालले त जनादेश पनि फासफुस हुन के वेर ?
सेतोपाटी अनलाईन पत्रिकावाट

मोफसल पत्रकारिता

पत्रकारहरु विदेशिने क्रम पनि पाइएको छ

अनुपप्रकाश पौडेल (सम्पादक)
पोखरा आवाज दैनिक, कास्की

तपाईको पुरा परिचय पाँउ न ?
  मेरो नाम अनुपप्रकाश पौडेल हो । तनहुँ जिल्लाको व्यास नगरपालिका दमौलीमा मेरो स्थायी बसोवास रहेको छ । अहिले म कास्कीको पोखराबाट प्रकाशन हुने पोखरा आवाज दैनिक पत्रिकामा कार्यरत छु ।
 कति समय भयो तपाईलाई पत्रकारितामा लागेको ?
 मैले पत्रकारिता शुरुवात गरेको विंसं २०५७ सालदेखि हो । मैले सुरुवातका दिनहरुमा काठमाण्डौमा रहेर पत्रकारिता कर्ममा लागेको हुँ । यस क्षेत्रमा लागेको  करीब डेढ दशक हुन लाग्यो ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
 हुन त मैले काठमाण्डौंमा रहँदा विगतका दिनहरुमा शिक्षकका रुपमा पनि लामो समय काम गर्ने अवसर पाएँ । त्यसो हुँदा हुँदै पनि मलाई पत्रकारिताप्रति पनि विशेष रुचि थियो । तसर्थ मैले आफ्नो रुचिलाई पेशागत रुपमा अपनाउनु पर्छ भन्ने मनसायले उच्च अध्ययनका लागि पनि यहि विषयलाई छनौट गरे । अहिले म त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नाकोत्तर अध्ययन पश्चात थेसिस लेखनको चरणमा छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
  समसामयिक विषयवस्तुहरुमा मेरो अभिरुचि रहेको छ । पत्रकारिताका शुरुवातका दिनहरुमा मैले कलाकारिता, राजनीतिक, आर्थिक लगायतका क्षेत्रमा कलम चलाएको थिएँ । अहिले मोफसलमा रहेर काम गर्दा यहि क्षेत्रमा मात्रै काम गर्छु भन्ने अवस्था छैन । त्यसैले सबै क्षेत्रमा कलम चलाउनु पर्ने हुन्छ । रुचिकै कुरा गर्ने हो भने मलाई आर्थिक, राजनीतिक, सुरक्षा तथा परराष्ट्र आदि क्षेत्रमा पत्रकारिता गर्न मन पर्दछ ।
 पत्रकारिता पेशामा लागेर आईपर्ने समस्याहरु के के देख्नु भयो ?
 पत्रकारिता चुनौतीपूर्ण पेशा हो । यस्तै खालका चुनौति छन् भनेर तोकेर भन्न सकिने अवस्था छैन । समय परिस्थिति र स्थानहरु अनुरुप फरक फरक छन् । हामी आफंैमा देखिने सबैभन्दा ठूलो चुनौति भनेको हरदम नयाँ सूचना र जानकारीसँग अपडेट रहिरहन पर्ने हुन्छ । यसलाई तपाई अवसर पनि भन्न सक्नु हुन्छ । त्यसका अलावा अन्य खालका चुनौतिहरु पनि बेला बेला देखा पर्दछन् ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
 पत्रकारितामा आफ्नो रुचिलाई पछ्याउदै आएको हँुदा सन्तुष्ट नहुने  भन्ने कुनै कुराहरु छैनन् । विगत चार पाँच वर्षदेखि पोखरामा रहेर पत्रकारिता गरिरहेको छु । यस पेशाप्रति म पूर्ण सन्तुष्ट छु । 
मोफसलै भएपनि कास्कीको सदरमुकाम पोखरावाट पत्रकारिता गर्दै हुनुहुन्छ, पोखराको पत्रकारिता त राम्रै होला नि ! होईन र ?
 पोखरामा पत्रकारिता क्षेत्रमा राम्रो प्रगति भएको छ । निजी क्षेत्रबाट दर्जन भन्दा वढि दैनिक पत्रिकाहरु, साप्ताहिक पाक्षिक पत्रिकाहरु, त्यत्तिनै संख्यामा एफएम रेडियोहरु र केही टेलिभिजन समेत प्रकाशन प्रसारण भैरहेका छन् । यसरी हेर्दा यहाँको पत्रकारिताको भविष्य राम्रो देखिदैछ ।
मोफसलमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
 मोफसलबाट पत्रकारिताका माध्यमद्धारा यहाँका जनसरोकारका कुराहरु निरन्तर रुपमा बाहिर ल्याउने काम भइरहेको छ । यसको सबैभन्दा सुन्दर पक्षनै त्यै हो जस्तो लाग्छ । चाहे ती राजनीतिका सरोकारका कुरा हुन या ती विकास निमार्ण लगायत अन्य आर्थिक, सामाजिक, शैक्षिक, कला, संस्कृतिका सवालनै किन नहुन्, सबैलाई स्थानीयस्तरमा पत्रकारिता मार्फत उजागर गर्न सकिने अवस्था आएको छ ।
मोफसल पत्रकारिताका मुख्य समस्याहरु के के देख्नु भएको छ ?
 मोफसलमा पत्रकारिताले भोगेको अहिलेका मूख्य समस्याहरु भनेका दक्ष जनशक्तिको अभाव, सूचनाको स्रोतसम्म पहँुचको कमि, व्यवसायिकताको कमि, संचारकर्मीमाथि हुने विभिन्न खालका घटनाहरु हुन् जस्तो लाग्छ । पोखराको सवालमा कुरा गर्दा संचार संस्थाहरुको संख्या बढेसँगै पत्रकारहरु विदेशिने क्रम पनि पाइएको छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
 मोफसलबाट गरिने पत्रकारिता मार्फत पनि देशको सम्रग विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई सरकारले महसुस गर्नु पर्दछ । यसैले पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि पनि ठोस योजनाका साथ कार्यक्रम ल्याउनु पर्दछ । पत्रकारितालाई अझ व्यवसायिक बनाउनका लागि विज्ञापन, लगानी, अन्य भौतिक स्रोतको विकासमा सरकारले नीतिगत रुपमा सहयोग गर्नुपर्दछ ।
मोफसल पत्रकारिताको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
 मोफसलमा कहिकतैबाट पत्रकारहरुमाथि ज्यादती भएमा नेपाल पत्रकार महासंघले आवाज उठाएर निर्भिकताका साथ आफूलाई उभ्याउने गरेको पाइएको छ ।
पत्रकारहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारिताको संरक्षणका लागि कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको पाउनु हुन्छ ?
 संगठनहरुबाट पुरस्कार, तालिम लगायतका सकारात्मक कार्यहरु भइरहेको परिप्रेक्ष्यमा राम्रै योगदानका रुपमा लिनु पर्दछ भन्ने ठानेको छु ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
 त्यस्तो खासै पैसा कमाएको छैन । तैपनि जीविका चलाउनका लागि भने मोफसलमा बसेर पनि राम्रै छ भन्ने लाग्छ ।
 तपाइकंो विचारमा पत्रकारिता के हो ?
 मानवीय अभिरुचिका कुराहरुलाई संप्रेषण गर्ने कलालाई पत्रकारिता भनिन्छ जस्तो लाग्छ । यसले महान उद्देश्य राखेको हुन्छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
 त्यसमा केही हदसम्म सत्यता हुन सक्दछ । वास्तवमा जुनसुकै क्षेत्रमा पनि  खराब र असल प्रवृत्तिहरु रहेका हुन्छन् । त्यसो हुँदाहुँदै पनि हामीले यस पेशाको गरिमा जोगाउन पट्टी लाग्नु पर्दछ । खराब प्रवृत्तिहरुलाई निस्तेज पार्न सक्नु पर्दछ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
 यस्ता कुराहरुमा भने मेरो कुनै खालको संलग्नता रहने गरेको छैन ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
 सरकारले पत्रकारिताको विकासका लागि  नीतिगत रुपमा नै अगाडि बढ्नु पर्ने देख्दछु ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
 वास्तवमा पत्रकारिता मार्फत समाजमा योगदान दिन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले तपाईको पत्रिकामार्फत आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद सहित पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

सवैका लागि उपयोगी

माल्दिभ्सको शिक्षा व्यवस्था

माल्दिभ्सले पारिवारिक शिक्षा र धार्मिक संस्थाहरुमा सञ्चालित संवेदनशील र सतर्कतापूर्वक राष्ट्रिय औपचारिक शिक्षमा समावेश गर्न सफल भएकोले त्यहाँको साक्षरता प्रतिसत ९६ भन्दा वढी रहेको छ । सार्कमा साक्षरता दर सवैभन्दा बढी भएको देश माल्दिभ्स हो । यस देशले बिद्यालय तहको शिक्षाको पहुँच र गुणस्तर दुवै पक्षमा प्रगति गरेको छ । माल्दिभ्सको शिक्षा पद्धति मुलतः ईस्लामिक धर्ममा आधारित छ । सन १९८४ मा शिक्षा सम्वन्धि व्यापक सुधारका नीति तथा कार्यक्रम वनेपछि त्यहाँ राष्ट्रिय पाठ्यक्रमको निर्माण गरिएको थियो । माल्दिभ्समा पाठ्यक्रमको बिकास र व्यवस्थापन सम्वन्धि सम्पूर्ण कार्य शैक्षिक बिकास केन्द्रले गर्ने गर्दछ । त्यहाँको पुरानो पारिवारिक शिक्षा प्रणाली सवैभन्दा महत्वपूर्ण मानिन्छ । पुरानो पारिवारिक शिक्षा प्रणालीमा पुरुषहरुभन्दा महिलाहरु बढी साक्षर थिए । पारिवारिक शिक्षामा परम्परागत रुपमा पढ्ने लेख्ने र सामान्य गणितीय सीप र संस्कृति सम्वन्धि शिक्षा परिवार र छिमेकलाई दिईने गरेको पाईन्छ । तर माल्दिभ्समा आजभोली अंग्रेज िशिक्षाप्रति आकर्षण क्रमसः बढ्दै गएको छ । दुर शिक्षा प्रणालीवाट प्रसारण गरिने शैक्षिक कार्यक्रम त्यहाँका टापुमा अवस्थित भौगोलिक र सामाजिक परिवेशमा निकै उपयोगी भएको छ । उक्त दुर शिक्षा प्रणालीवाट निम्नानुसारका कार्यक्रम प्रचार प्रसार गरिन्छ ।
ड्डप्राथमिक तहको पाठ्यक्रममा आधारित कार्यक्रम र शिक्षक प्रशिक्षण कार्यक्रम
ड्डआपराधिक गतिबिधिमा संलग्न भएकालाई सुधारात्मक सन्देश
यस देशमा दिवेही भाषा र मत्स्य पालन सम्वन्धि बिषय सवै तहको पाठ्यक्रममा समावेश गरिएको छ । उच्च शिक्षा भन्दा बिद्यालय तहको शिक्षामा नै बढी ध्यान केन्द्रित गरिएको पाईन्छ । परम्परागत पारिवारिक र धार्मिक संस्थाहरुवाट प्रदान  गरिएको शिक्षालाई राष्ट्रिय शिक्षाले उचित स्थान दिई मुल प्रवाहमा ल्याउने कार्यमा राष्ट्रले बिशेष महत्व दिएकोले आधारभुत तथा प्राथमिक शिक्षामा यस देशले उल्लेखनीय प्रगति गरेको छ ।
माल्दिभ्सको शैक्षिक संरचना
ड्डप्राथमिक तह कक्षा १ देखि ५ सम्म
ड्डनिम्न माध्यामिक तह कक्षा ६ र ७ सम्म
ड्डजुनिएर सेकेन्डरी तह कक्षा ८ देखि १० सम्म
ड्डसिनियर सेकेन्डरी तह कक्षा ११ र १२
माल्दिभ्सका प्राथमिक शिक्षाका उद्देश्यहरु
ड्डसाक्षर वनाउने
ड्डभाषिक सीपको बिकास गर्ने
ड्डगणितीय सीपको बिकास गर्ने
ड्डसामाजिक चालचलनप्रति सचेत वनाउने
ड्डराष्ट्र र राष्ट्रियताप्रति सचेत वनाउने
ड्डव्यक्तिगत चरित्रको बिकास गर्ने
ड्डसहयोगी भावनाको बिकास गर्ने
माल्दिभ्सले शिक्षाका मुख्य ७ वटा राष्ट्रिय लक्ष तय गरेको छ भने ८ वटा राष्ट्रिय शैक्षिक उद्देश्यहरु तय गरेको छ ।

साहित्य÷सृजना

रातको सुनसानमा
म हिडिरहेको छु
आकास पनि उज्यालै देखिन्छ ।
दिनमा घाम राम्ररी लाग्छ
रातमा चन्द्रमाले हेरिरहेकी नै छन
हावाले यताउति गर्न छोडेको छैन
नदीमा पानी पनि सुसाइरहेकी छन्
वनमा न्याउलीले गाउन छोडेको छैन
टाढाटाढा रातको सुनसानमा
जोगीले आवाज दिइराखेको छ
चराहरु बासको झाङमा चिरविर गरिरहेकै छन्
फेरि पनि मेरो मन किन सुनसान छ
म आफूलाई फेरि किन जीवन चक्रबाट टाढा पाउँछु
फेरि किन समयसँग गुनासो गर्न पुग्छु
फेरि किन म बितिसकेको दिनलाई हेर्न कोसिस गर्छु
इन्दे्रणीको सात रङले आकाशको शोभा बढाएको छ
धरतीका जीवनहरुका गीतले
यसलाई सजीव तुल्याएको छ
फेरि किन मैले सबै चीजलाई बेरङ्ग देख्छु
फेरि किन मैले आपूmलाई
सबै जगतबाट टाढा देख्छु
सुसाएको नदी उडी रहेको बादलको आकाश
शान्त रहेको त्यो समुद्र
बेहुली झै सजिएको यो धर्ती
— सुस्मिरा अर्याल, अनामनगर

               गजल

म नर्कमा उ स्वर्गमा साथमा जथ्था उस्तै उस्तै
उनको मेरो चोट पो फरक भो ब्यथा उस्तै उस्तै ।।
गाँउको त रित्तै बैमानी आफु परेँ गाउँले ठीटो
उनी परिन शहरको जीउनलाई बाधा उस्तै उस्तै ।।
आफुलाई सरिफ ठान्ने उनमा बेग्लै खाले दम्ब छ
स्वाभिमानी पूरुष म पनि बिरताको गाथा उस्तै उस्तै ।।
लगाउनु पर्दैन भो एक्काईसौँ सताब्दीको घुर्की मलाई
अन्धकारमा फँसेको यो जिन्दगीको कथा उस्तै उस्तै ।।
उ ब्यक्तिगत अनि म सांस्कृतिक परम्पराको बन्धनमा
जे होस् मेरो बाध्यता र उनको बिवसता उस्तै उस्तै  ।।
बिष्णुप्रसाद भण्डारी
बिरपथ ७ स्याउले अछाम

गजल

बिछोड आँशु र बिवशता मलाई,
तिमीलाई खुशी हुन्छ की
तिम्रो देशको शहरमा, मेरो नामको मृत्यु हुन्छ की
तुपान चलिराछ यहाँ, दुःखी मुटु जलिराछ
हावासंगै चट्टान मुटुमा, मायाको राफ अउँछ की
हासो बिलाई राछ मेरो, पिडा बढीराछ मेरो
यहाँ म रुदैछु त्यहाँ न्याउली, कोईली रुन्छ की
सागरमा नखोज्नु मलाई, आँशुको तालमा डुवेकी छु
सुर्मा तालमा हेर्न जानु, वगरमा हामी भेट हुन्छ की
तिम्रो मायाको न्यानो पनमा, मेरो माया बाँचिराछ
मेरो मायाँको मसान घाटमा अव भेट हुन्छ की
बिछोड आँशु र बिवशता मलाई, तिमीलाई खुशी हुन्छ की
तिम्रो देशको शहरमा, मेरो नामको मृत्यु हुन्छ की
खगेश्वरी ओझा “आँशु”
तिजाली–३, डोटी

बिज्ञापन

   समान पहुँच विकास केन्द्र नेपाल (सिड नेपाल) डोटीद्वारा सञ्चालित मातृशिशु स्वास्थ्य तथा पोषण
(MCHN) र उत्तम आहार परियोजनाका लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हृान गरिन्छ ।
सूचना प्रकासित मिति ः २०७०÷०९÷२९ गते,         
विज्ञापन नं. ००२÷०७०÷०७१,     
कार्यक्रम अवधि ः कार्यक्रमको सम्झौता अनुसार, 
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता,  
सुविधा ः संस्थाको नियम अनुसार,   
सम्पर्क मिति ः २०७०÷१०÷६ गते

तपसिल
१. पद ः परियोजना संयोजक (माशृशिशु स्वास्थ्य तथा पोषण परियोजना),
संख्या ः १
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट HA jf STAFF Nurse उत्तीर्ण गरी स्नातक तह उत्र्तीण वा 
ड्डस्वास्थ्य मुल बिषय लिई मान्यताप्राप्त शिक्षण संस्थानवाट स्नातक तह उत्तीर्ण वा
ड्डमान्यता प्राप्त शिक्षण संस्थानवाट जनस्वास्थ्य बिषयमा स्नातक
(B.Ph.) उत्तीर्ण । (B.Ph.) उत्तीर्णलाई बिशेष ग्राह्यता)
ड्डकम्तीमा १ वर्षको काम गरेको अनुभव भएको
ड्डएम.सी.एच.एन सम्वन्धी ज्ञान भएको (विशेष गरी पोषण कार्यक्रम र स्वास्थ्य सेबा सम्वन्धि)
ड्डसहजीकरण, समुदाय परिचालन र समन्वय गर्न सक्ने ।
ड्डनेतृत्व क्षमता भएको, समुदायमा रहि काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको (MS- Word, Excel & etc)
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने तथा लेखा सम्वन्धि सामान्य ज्ञान भएको ।
कार्यालय स्थान ः कालिकास्थान गाबिस, मौवा,                                     
दरखास्त दस्तुर ः रु ४००

२. पद ः कार्यक्रम सुपरभाईजर CMA (उत्तम आहार परियोजना),                      
संख्या ः १ जना
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट CMA उत्तीर्ण गरेको  
ड्ड कम्तीमा २ वर्षको काम गरेको अनुभव भएको
ड्डखाद्य तथा पोषण सम्वन्धी ज्ञान भएको
ड्डसहजीकरण, समुदाय परिचालन र समन्वय गर्न सक्ने ।
ड्ड नेतृत्व क्षमता भएको, समुदायमा रही काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको (MS- Word, Excel & etc)
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने । 
कार्यक्षेत्र ः खिरसैन, सानागाउँ र वगलेक गाबिस,                          
दरखास्त दस्तुर ः २००

पेश गर्नु पर्ने कागजातहरु ः
ड्डनिवेदन सहितको व्यक्तिगत बिवरण (वायोडाटा) १ प्रति
ड्डशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डप्राप्त तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डनेपाली नागरिकताको प्रतिलिपी ।
ड्डकार्य अनुभव खुल्ने प्रमाणका प्रतिलिपीहरु ।

दरखास्त पेश गर्ने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी(२ डोटी (राधा कृष्ण टोल) वा
                       ः ईमेल मार्फत ceadvacancy@gmail.com मा पनि पठाउन सकिने छ । 
                         सम्पर्क फोन     ः ०९४४२०६११,
नोट ः म्याद नाघी वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन ।
     ः ईमेल मार्फत आवेदन गर्ने व्यक्तिहरुले यस संस्थाको राष्ट्रिय बाणिज्य वैङ्क सिलगढी डोटी शाखामा रहेको च.हि.नं. ४३०७ मा आवेदन दस्तुर जम्मा गरेको भौचर समेत स्क्यान गरी पठाउनु पर्नेछ ।

........................
पदपुर्ति समिति