अपाङ्गता भएका व्यक्तिका लागि समाजबाट बहिस्करण गरेर होइन समुदायमा नै बस्न र बाँच्न पाउने अधिकारको, रक्षार्थ स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह, सामाजिकीकरण र सशक्तिकरणको अवधारणा बमोजिम, ७५ वटै जिल्लामा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम, सञ्चालनमा रहेको जानकारी गराइन्छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
अखण्ड सुदुरपश्चिम नभए राजीनामा दिने
नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवं डोटी क्षेत्र २ का सभासद् प्रेमवहादुर आलेमगरले राज्यको पुनःसंरचना गर्दा सुदुरपश्चिमको हाल कायम रहेको संरचना एक प्रदेश र सो को राजधानी दिपायल नभए आफुले सभासद पदवाट राजीनामा दिने वताएका छन ।दिपायल सिलगढी नगरपालिकाको २० परिषद्को उद्घाटन गर्न डोटी पुगेका सभासद् आलेमगरले परिषद्को उद्घाटन समारोहमा वोल्दै आफुले पहिले देखिनै सुदुरपश्चिम एक प्रदेश हुनु पर्ने र सो को राजधानी डोटी हुनुपर्ने अडान राख्दै आएको वताए । ‘अखण्ड सुदुरपश्चिम भएन भने म सभासद् पदवाट राजीनामा दिई जनताको बीचमा आउने छु’ सभासद् आलेमगरले भने – जातीय राज्यले समुदायमा रहेको आपसी सद्भावलाई खल्वलाईदिन्छ ।
सभासद् आलेमगरले आफु डोटीको बिकासका लागि प्रतिवद्ध रहेको वताए । ‘म यो नम्वर र उ नम्वर भन्ने छैन, समग्र डोटी जिल्लाको बिकासका लागि म क्रियासिल रहनेछु’ सभासद् आलेमगरले सवैको साथ पाए जिल्लाको बिकासमा आफु सफल हुने समेत वताए ।
वर्तमान राजनीतिक अवस्थाका कारण जिल्लाको बिकासका लागि केही गर्न नसके अरु निर्वाचित नेताहरुको जस्तै मेरो पनि अवस्था हुने हो भन्ने कुरामा आफु चिन्तित रहेको आलेको भनाई थियो । ‘जिल्लाको बिकासका लागि यस जिल्लाका अरु सभासद्हरु एकजुट भएर जानु जरुरी छ’ आलेमगरले यसका लागि आफुले पहल गर्ने समेत वताए । सभासद् आलेमगरले संसद बिकास कोषको पैसा पार्टी र पार्टीका कार्यकर्तालाई नभएर निर्वाचन क्षेत्रको बिकासका लागि भएको वताउँदै उक्त पैसा पार्टीलाई नदिने ठोकुवा गरे ।
उद्घाटन समारोहमा दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले वजेट वक्तव्य प्रस्तुत गर्दै सिमित स्रोत साधन भएका कारण नगरको बिकास गर्न समस्या भईरहेको वताए । ‘नगरपालिका स्थापना भएको ३० वर्ष भईसकेको छ, अहिलेसम्म हाम्रो आन्तरिक आय ३० लाख मात्रै छ’ शर्माले नगरको बिकासका लागि सवै सरोकारवालाहरुले लाग्नु पर्ने वताए ।
२० परिषद्ले आर्थिक वर्ष २०६९÷०७० को बास्तविक आय व्यय बिवरण पारित गर्दै आर्थिक वर्ष २०७०÷०७१ को अनुमानित आय व्यय विवरण पारित गरेको छ । जस अनुसार आर्थिक वर्ष ०६९÷०७० को वास्तविक आय व्यय बिवरण चार करोड, ७५ लाख ४४ हजार ३३ रुपैयाँ रहेको छ । सो वर्षको अनुमानित आय पाँच करोड ७४ लाख ५३ हजार आठ सय ४६ रहेको थियो ।
यस्तै आर्थिक वर्ष ०७०÷०७१ को अनुमानित आय व्यय बिवरण ६ करोड चार लाख ७३ हजार नौ सय १० रहेको छ । यसैगरी आर्थिक वर्ष ६ करोड ३८ लाख १३ हजार चार सय ४६ रुपैयाँ अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सार्वजनिक निर्माण शिर्षकमा तीन करोड ८३ लाख ११ हजार नौ सय ४२ रुपैयाँ अनुमान गरिएको छ । यसैगरी स्थानीय बिकास शुलक कोष अन्तरगत ५९ लाख ८४ हजार विनियोजन गरिएको छ । म्याचिङ्ग फण्डका लागि ४९ लाख १० हजार विनियोजन गरिएको छ ।
लक्षित समुदायको कार्यक्रम अन्तरगत महिलाका लागि १० लाख २० हजार, वालवालिकाका लागि १० लाख ४० हजार क्षमता बिकास तर्फ दुई लाख ४० हजार रकम बिनियोजन गरिएको छ ।
यसैगरी दलितका लागि चार लाख ७६ हजार, जनजातीका लागि दुई लाख ९० हजार, जेष्ठ नागरिकका लागि दुई लाख २५ हजार, अपाङ्ग अनाथ र एचआईभी संक्रमितका लागि ९५ हजार, वादी समुदायका लागि २० हजार र पिछडिएको वर्गका लागि दुई लाख ६० हजार बिनियोजन गरिएको छ ।
सम्पादकीय
अव संबिधान वनोस
अर्को संबिधानसभाको निर्वाचन भएको दुई महिना बितेपछि नै भएपनि संबिधानसभाको वैठक सुरु भएको छ । ढिलै गरी वसेको भएपनि यसले जनतामा झिनो आशा जगाएको छ । संबिधानसभाको निर्वाचन भईसकेपछि राजनीतिक बृतमा देखिएको अन्यौलताका कारण नेपाली जनताले अव पनि नयाँ संबिधान वन्दैन कि भन्ने संका गर्न थालेका थिए तर बैठक वसेर केही आश त पलाएको छ ।यद्यपी अहिलेनै सवै कुरा भईहालेको छैन । संबिधानसभाको बिरोध गरिरहेका राजनीतिक दलहरु अहिले पनि बिरोधमै रहेका छन भने संबिधानसभामै रहेका दलहरुका बीचमा पनि राष्ट्र प्रमुख, सरकार प्रमुख र संबिधानसभा प्रमुखको भागवण्डा मिल्न वाँकीनै छ । यदि दलहरुका बीचमा भागवण्डा मिलिहालेछ भनेपनि भाग पाएका दलभित्रै पनि कुन नेताले जिम्मा लिने भन्ने बिवाद चर्कनेछ ।
यद्यपी संबिधान निर्माणको बिषय र भागवण्डाको बिषय फरक बिषय हो । संबिधानसभाले नयाँ संबिधान जारी गर्ने कुरा हो सरकार वनाउने बिषय व्यवस्थापिका संसदको बिषय हो तर देशको भन्दा वढी आफ्नो कुर्चीलाई महत्व दिने परिपाटी वसेका हाम्रा नेताहरुले यसैनै भागवण्डा मिलाई हाल्छन भन्ने बिश्वास गर्न गा¥हो छ ।
कुरा राजनीतिक भागवण्डाको मात्रै छैन कुरा संबिधानका बिवादित मुलभुत बिषयवस्तुहरुको पनि रहेको छ । अर्को निर्वाचनवाट संबिधानसभाको जुन आकार वनेको छ, त्यो आकार हेर्दा राजनीतिक एजेण्डाको हिसावले बिगतको भन्दा खासै भिन्नता छैन । यसले गर्दा आगामी दिनमा पनि संबिधानसभाका बिषयहरु यथावत् रहने कुरामा संका गर्नु अन्यथा होईन होला ।
जे होस् अव नयाँ संबिधान निर्माण गर्ने दिँशातिर दलहरु र सभासद्हरु अग्रसर हुनुपर्छ । दलका शिर्ष नेताहरुले प्रतिवद्धता गरे अनुसार एक वर्षभित्रै नयाँ संबिधान जारी हुनु जरुरी छ । २००७ सालदेखि यताको राजनीतिक ईतिहासमै लामो देखिएको राजनीतिक संक्रमणकाल छिटो टुङ्गिनु पर्छ र देशले अग्रगति लिनु पर्नेछ । नत्र भने बिगतको संबिधानसभाले नेताहरुलाई असफल वनाएको थियो अवको संबिधानसभाले लोकतान्त्रिक व्यवस्थानै असफल वनाउने छ ।
थप समाचार
डोटीका १८ गाबिस खुला दिँशामुक्त,
वर्तमान सभासद्हरुका गाबिस भएनन् खुलादिँशामुक्त
सन २०१५ सम्ममा डोटी जिल्लालाई खुला दिँशामुक्त जिल्ला घोषणा गर्ने लक्ष राखिएको भएपनि हालसम्म डोटीमा १८ गाबिस मात्र खुला दिँशामुक्त क्षेत्र घोषणा भएका छन । वर्तमान सभासदहरुका गाबिसहरु अझैं खुला दिँशामुक्त हुन वाँकी रहेका छन ।
“घरघरमा सरसफाईको अभियान, सभ्य नागरिकको पहिचान” भन्ने मुल नाराका साथ डोटी जिल्लाका सरोकारवालाहरुको सहभागितामा निर्माण भएको ‘खानेपानी, स्वास्थ्य र सरसफाई रणनीतिक योजना २०११ अनुसार सन २०१५ सम्ममा डोटी जिल्लालाई खुलादिँशामुक्त जिल्ला घोषणा गर्ने लक्ष राखिएको छ । सो लक्ष अनुसार सन २०१३ को अन्त्यसम्ममा २८ गाबिस खुला दिँशामुक्त भईसक्नु पर्नेमा १८ गाबिस मात्र भएका छन । रणनीतिक योजनाले सन २०११ मा ६, २०१२ मा १० र २०१३ मा १२ गाबिसको लक्ष राखेको थियो ।
लक्ष अनुसार प्रगति नभएको भएपनि सन २०१३ मा बिगतका दुई वर्षको तुलनामा राम्रो प्रगति भएको देखिएको छ । सन २०१२ को अन्त्यसम्ममा १६ वटा गाबिसहरु खुला दिँशामुक्त गाबिस घोषणा हुनु पर्नेमा जम्मा पाँच गाबिस मात्रै खुला दिँशा मुक्त घोषणा हुन सकेका थिए । सो आकडा अनुसार सन २०१३ मा तिव्र गतिमा काम भएको देखिन्छ । २०१३ मा १३ गाबिस खुलादिँशामुक्त भएका छन ।
१४ वडाहरु रहेको दिपायल सिलगढी नगरपालिकाले भने खुला दिँशामुक्त क्षेत्र वडासम्म पनि घोषणा गर्न सकेको छैन । नपाको एक वडा एक गाबिस सरह रहेको मानिएपनि हालसम्म कुनै वडालाई खुला दिँशामुक्त वडा घोषणा गर्न नसक्नाका कारण नगरपालिकाकै कारण सन २०१५ मा डोटीलाई खुला दिँशामुक्त जिल्ला घोषणा गर्न नसकिने चुनौती देखिन थालेको छ ।
खुला दिँशामुक्त घोषणा भएका १८ गाबिसहरुमा डोटीका सभासद्हरुका गाबिसहरु परेका छैनन् । एमालेको तर्फवाट समानुपातिक कोटामा सभासद् भएकी गौरी ओलीको गृहगाबिस पचनाली सन २०११ मै औपचारिक घोषणा भएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसक्दा फेरी घोषणा गर्नु पर्ने अवस्थामा छ । डोटी क्षेत्र १ का प्रत्येक्षका सभासद् विरवहादुर वलायरको गृहगाबिस लाटामाण्डौं र क्षेत्र २ का प्रत्येक्षका सभासद् प्रेमवहादुर आलेमगरको गाबिस छतिवन खुला दिँशामुक्त गाबिस घोषणा हुन सकेका छैनन् ।
नेपाली कांग्रेसको तर्फवाट समानुपातिक कोटामा परेका सभासद् भरत वहादुर खड्काको गृहगाबिस खिरसैन पनि खुलादिँशामुक्त गाबिस घोषणा हुन सकेको छैन । यस्तै कांग्रेसकै तर्फवाट समानुपातिक कोटामा परेकी अर्की सभासद् कल्पना सोवको गृह नगर दिपायल सिलगढी नगरपालिका–७ पनि खुलादिँशामुक्त क्षेत्र घोषणा हुन सकेको छैन । सोवको घर रहेको क्षेत्रलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत मानिन्छ । उक्त क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा स्थानीयवासीहरु मात्रै होईन यात्रुहरु, जिल्ला सदरमुकाममा आउनेहरु सवैले सास्ती खेप्नु परेको अवस्था छ ।
जिल्ला बिकास समिति, डोटीले दिएको जानकारी अनुसार भोली बुधवार गिरीचौका र माघ १० गते महादेवस्थान गाबिसलाई खुला दिँशामुक्त गाबिस घोषणा गर्ने कार्यक्रम रहेको छ ।
विद्युतको समस्या निराकरण गर्न प्रजिअलाई दवाव
राष्ट्रिय लोडसेडिङको समस्या सँगै स्थानिय लोडसेडीङ र कर्मचारीहरुको मनपरिबाट पिडित हुँदै आएका डोटी जिल्ला सदरमुकाम सिलगढीका स्थानियबासीहरुले प्रमुख जिल्ला अधिकारीलाई विद्युतको समस्या निराकरण गर्न दवाफ दिएका छन् ।गत शुक्रवारका दिन परेको वर्षाका कारण तिन दिन सम्म विद्युत नआए पछि आक्रोसित बनेको जनसमुह प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको निवासमा पुगी सिलगढी विद्युतको स्थानिय समस्या सधैका लागी निरकारण गरिदिनु पर्ने माग राखेका थिए । जिल्ला सदरमुकाम सिलगढी देखी क्षेत्रिय सदरमुकाम दिपायलको दुरी ४ किलोमिटरमा विद्युतको प्रसारणलाई रहेको भए पनि दिपायल क्षेत्रमा विद्युत आपुर्ति भई रहने र सिलगढीमा सानो हुरी चल्दा पनि विद्युत लाईन जाने समस्याले पिरोलिए पछि आफुहरु त्यस समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारी काफ्ले कहाँ पुगेको एक स्थानियबासीले वताए ।
सदरमुकाम बरीपरिका ग्रामिण भेगहरुका वत्ती वली रहेको तर आफ्नो घर अधेँरो हुने गरेको पछाडीको कारण विद्युत प्राधिकरणका कर्मचारीहरुको लपरवाहिले गर्दा भएकोे अरोप लगाउदै स्थानिय समुदायले जिल्लाको कार्यालय प्रमुखहरुको बैठकमा समेत प्राधिकरणका प्रमुखको अनुपस्थितिले गर्दा पनि उक्त कार्यालयका प्रमुखलाई सरुवा गर्नु पर्ने प्रक्रियाको थालनी गर्नु पर्ने माग समेत प्रमुख जिल्ला अधिकारी काफ्ले सँग गरेका छन् ।
जनताहरुको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले भने आफुले चार पटक सम्म उक्त कार्यालय सँग कुरा गरेको र यस्तै हुने हो भने यस क्षेत्रका सभासद, स्थानिय राजनैतिक दल, क्षेत्रिय प्रशासक, उक्त कार्यालय प्रमुख र स्थानयि उपभोक्तहरुको संयुक्त बैठक वोलाई समस्याको समाधान गर्ने तिर कार्य अगाडी बढाउने बताएका थिए ।
प्रतिष्ठानको बिशेष अधिवेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सेती अञ्चल समन्वय समितिको बिशेष अधिवेशन शनिवार सम्पन्न भएको छ ।कैलालीको धनगढीमा सम्पन्न भएको अधिवशेनले ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको नवनिर्वाचित महासचिव कोमल ओलीले जानकारी दिएका छन । अछामका पदम धामीको नेतृत्वमा चयन भएको नयाँ समितिमा बरिष्ठ उपाध्यक्ष दामोदर रिजाल (कैलाली) रहेका छन । त्यस्तै प्रथम उपाध्यक्षमा पूर्ण भाट अछाम र द्धितीय उपाध्यक्षमा जीवन थापा कैलाली रहेका छन ।
महासचिवमा डोटीका कोमल ओली, सचिवमा कैलालीका यज्ञराज जोशी, कोषाध्यक्षमा डोटीका नेहा पुन र सहकोषाध्यक्षमा डोटीकै अम्विका राई रहेका छन । सदस्यहरुमा अर्जुन बुढा वझाङ, चित्र बिष्ट वाजुरा, मनीराम आचार्य कैलाली, खेगेश्वरी साउँद डोटी र हर्क जिएम डोटी रहेका छन ।
निवर्तमान अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ को सभापतित्वमा भएको सो अधिवेशनले प्रतिष्ठानलाई जिल्लामा बिस्तार गर्ने अभियान थाल्ने निर्णय समेत गरेको महासचिव ओलीले वताए ।
यसैबीच प्रतिष्ठानले सुदुरपश्चिमका तीन स्रष्टालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा साहित्यकार निर्मलकुमार भण्डारी, गायक नरवहादुर भण्डारी र पत्रकार पुष्पराज जोशी रहेका छन । सम्मानित व्यक्तिहरुलाई प्रमाण पत्र र दोसल्ला ओडाईएको महासचिव ओलीले जानकारी दिए ।
मदन भण्डारी हत्याको नयाँ रहस्य
२०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा ज्यान गुमाएका नेकपा एमालेका तत्कालीन महासविच मदन भण्डारी र संगठन बिभाग प्रमुख जीपराज आश्रितको निधन भएको घटनाको नयाँ रहस्य वाहिर आउन थालेको छ ।
एमाले तत्कालीन महासचिव तथा चर्चित नेता भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सिआईए’ को संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तराष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत ‘मिसन फायर’ काठमाण्डौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै वताएका छन । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्राउन खोज्ने अमेरिकी शक्तिको वाधक र राष्ट्रवादी नेता भएकोले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा तत्कालीन राजा बिरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुखाई वन्दै गएको थियो । जनताको वहुदलीय जनवादका संस्थाकप नेता भण्डारीको कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप वढाउन सकेको थिएनन् । भण्डारी र राजा बिरेन्द्रलाई वाटोवाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तीको वाटो खुल्ला हुने सोचमा भण्डारी र बिरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्यामा चालक अमर लामालाई र विरेन्द्रको हत्यामा छोरा दिपेन्द्रलाई प्रयोग गरिएको छ ।
अन्तराष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदन अनुसार अमर लामालाई माओवादी द्वन्द्वको सुरु हुन दुई वर्ष पहिले नेकपा माओवादी संयुक्त जनमोर्चा नेपालमा योजनावद्ध ढंगले प्रवेश गराई हत्यामा प्रवेश गरिएको थियो । माओवादीले मदन भण्डारीको सवैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रुपमा प्रचण्डमार्फत प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थिपित हुन नसक्ने बिश्लेषणका आधारमा ‘सिआईए’ र ‘रअ’ ले प्रचण्ड मार्फत यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताविक माओवादी द्वन्द्वकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादीको संस्थापन पक्षलाई ‘व्ल्याकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनि रिपोर्टमा उल्लेख गरिएको छ ।
मदन भण्डारीको हत्यापछि तत्कालीन राजा बिरेन्द्र शोकाकुल र स्तव्ध भएका थिए । बिरेन्द्रले भण्डारीको दुर्घटनाप्रति समवेदना प्रकट गर्दै तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीसंग भण्डारीको मृत्युप्रति जिज्ञासा राखेका थिए ।
पर्यटन तथा खेल समाचार
पर्यटन विकास कसको जिम्मा
सुदुरपश्चिमको मुटु मानिने खप्तड क्षेत्र र धार्मिक महत्व वोकेको शैलेश्वरी क्षेत्रको विकासका लागी कहि कसैले पनि चासो देखाएका छैनन् ।भन्छन् सुदुरपश्चिमवासीहरु सुदुरको जनता होईनौ सुन्दरपश्चिमका जनता हौ । न त सुन्दर भन्नेहरुले नै यस क्षेत्रको बारेमा सोचेका छन् न त यस क्षेत्रको विकास गर्छु भन्ने ठक्केदारहरुले नै यसक्षेत्रलाई हेरिरहेका छन् । राज्यले सधै सौनेती व्यवहार देखाएको आरोप लगाउने सुन्दर क्षेत्रका जनताहरुले आफ्नो सुन्दरताको बिकास र प्रचारको बारेमा आरोप मात्र लाउने कार्य बाहेक अन्य कार्य गर्न सकि रहेका छैनन् ।
सात पहाडी जिल्लाहरु मध्येको एक जिल्ला डोटी, पर्यटन सम्भावना वोकेको छ तर यसको विकास र प्रचार प्रसारका बारेमा कसैले ध्यान दिएको छैन । हामी सँग खप्तड क्षेत्र छ तर जानलाई वाटो छैन, खानलाई छाक छैन न त उचित बास नै छ अनि कसरी आउन्छन् त पर्यटकहरु ? आएका पर्यटकहरुले के सन्देश लगी जान्छन् त ? पर्यटनका क्षेत्रका कार्य गर्नेहरुले यसको उत्तर खोज्नु पर्छ र सुन्दर क्षेत्रका हौ भन्नेहरुले पनि आफ्नो क्षेत्रका विकास लागी लाग्नु पर्छ होईन भने हामी सुन्दर क्षेत्रका जनता हौ हामीलाई सरकारले हेरेन राज्यले सौतेनी व्यवहार ग¥यो नानाथपीका कुरा चिया गफ सँगै गरि बस्ने हो भने यस क्षेत्रको विकास हुनका लागी अझै शताब्दी नलाग्ला भन्न सकिन्न । डोटीलेहरुले पनि अब राज्यले कति रकम खर्च गरेको छ यस क्षेत्रका बारेमा कति उपलब्धी भयो, रकम कहाँ खर्च भयो यि सबैका बारेमा सोन्नु र खोज्नु पर्छ र सार्वभौम भएका जनताहरु भन्दा माथी कोहि पनि हुन सक्दैन जनता नै सरकार हो जनता नै राज्य हो जनता नै नेता हो जनता नै जिम्मेवार हो भनी न सोच्ने र न खोज्ने हो भने पछिका पिडिले धिक्कार्ने छ लाई चेतना होस् ।
चलचित्र समाचार
नेपाली वजारमा हिन्दी चलचित्रहरुको वोलवाला रहेका वेला नेपाली चलचित्र ‘छ एकान छ’ ले नेपाली चलचित्रकर्मीहरुलाई राहत दिलाएको छ । छ एकान छ को प्रदर्शनपछि नेपालमा पहिलो पटक हिन्दी चलचित्रका शो घटाएर सिनेमा हलहरुले छ एकान छ को शो वढाएका छन । देशभरीका मल्टिप्लेक्स हलहरुमा अहिले हिन्दी शो घटाउँदै नेपाली शो थप गर्दै गर्ने लहर चलेको छ । सिंगल टियटरमा पनि चलचित्र छ एकान छले निकै प्रभाव पारेको छ ।
छ एकान छ को अहिलेसम्मको कुल आम्दानी करीव करीव दुई करोडसम्म पुगेको निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले वताए । गिरीका अनुसार यो चलचित्र को लागत जम्मा ६५ लाख हो । छ एकान छ मा दर्शक बढेपछि मल्टिप्लेक्सहरुले हिन्दी चलचित्र “डेढ ईस्कियाँ” को शो घटाएका हुन । पहिलो साता क्युएफएक्समा यो चलचित्र तीन शो मात्रै लागेको थियो । शुक्रवारवाट दोश्रो साता प्रवेश गर्दा क्युएफएक्सले डेढ ईस्कियाँको तीन शो घटाएर छ एकान छ लाई ६ शो मा पु¥याएको छ ।
क्युएफएक्समा अहिले हिन्दी चलचित्र ‘यारीयाँ’ हलिउडको ‘फोर्टी सेभेन रोनिन’ र ‘द सेक्रेट लाईफ अफ वाल्टर मिट्टी’ पनि चलिरहेका छन । अरुको तुलनामा छ एकान छ मा दर्शक बढी रहेको क्युएफएक्सका बितरक बसन्त मानन्धरले वताए । चावहिलको केएल टावरमा पहिलो साता यो चलचित्र एक शो मात्रै थियो दोश्रो साता आईपुग्दा चार सो र शनिवार पाँच शो सम्म गर्नु परेको वताईन्छ । केएल टावरका अरुण रिजालका अनुसार हिन्दी चलचित्रको शो घट्दै गयो र छ एकान छ को सो बढ्दै गएको छ ।
हास्य कलाकारहरुको जमघट रहेको चलचित्र ‘छ एकान छ’ उपत्यकाभित्र २२ र मोफसलमा ७० वटा हलमा प्रदर्शनमा रहेको छ । यसले दोश्रो साता पनि कुनै हल नगुमाएको उपत्यका वाहिरका बितरकहरुको दावी छ । प्राय जसो हिन्दी चलचित्रको वोलवाला रहेको मोरङ जिल्लाको बिराटनगरका हलहरुमा समेत नेपाली चलचित्र छ एकान छ चलिरहेको बितरकहरुको दावी छ ।
रोमाण्टिक कमेडीसंगै यो चलचित्र दिपकसंगै दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन । यसमा नीता ढुङ्गाना, दीपक, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सिन्दम छेत्री, शिवहरी पौडेल, राजवल्लभ कोईराला, नीर शाह लगायतले अभिनय गरेका छन ।
“फिटकिरी” को फष्टलुक सार्वजनिक
चलचित्र निर्देशक अनुप वरालले आफुलाई षड्यन्त्र गरेर चलचित्र निर्देशक वनाएको वताएका छन । आईतवार राजधानीमा आयोजना गरिएको चलचित्र “फिटकरी” को फस्टलुक तथा अडियो सार्वजनिक कार्यक्रममा वोल्दै अनुपले भने–मलाई षड्यन्त्र गरेर निर्देशक वनाईयो ।वोलीचालीको भाषामा षड्यन्त्र भन्ने शव्दले नराम्रो अर्थ वोकेको भएपनि अनुपले फिटकरी निर्देशन गर्न गरिएको षड्यन्त्रलाई भने सकारात्मक अर्थमा लिएका छन । सुरुमा अभिनेता दयाहाङ राईलाई निर्देशक र अनुपलाई हिरो लिने सोच वनाएका निर्माता अर्जुन कुमार सहितको निर्माण युनिट र बिशेषगरी फिल्मका लेखक यज्ञश तथा छायाँकार पुरुषोत्तम प्रधानको आग्रहमा अनुपलाई निर्देशनको जिम्मा दिईएको कार्यक्रममा वताईएको छ ।
यस्तै थुप्रै चलचित्रमा अभिनय र नाटकको निर्देशन पश्चात पहिलो पटक चलचित्र निर्देशन गरेका अनुपले आफुले फिटकरी ओस्कार जित्न नवनाएको वताए । काठमाण्डौं शहरका केही भिन्न आर्थिक सामाजिक पृष्ठभुमिका चरित्रहरुले भोग्ने जीवनका अनेक रंग चलचित्रमा दर्शाउनले प्रयास गरेको भन्दै अनुपले थपे ‘मैले यो चलचित्र न ओस्कार जित्न वनाएको हुँ न कान्समा जान, मैले त समाजको पाटोलाई प्रतिनिधित्व गर्न चलचित्र वनाएको हुँ ।’ राम्रो चलचित्र वनाउने प्रयास गरेको भन्दै अनुपले निर्माताद्वय अर्जुन कुमार र सुमिन मैनालीप्रति आभार प्रकट गरे ।
छोटकरी समाचार
कम्मल बितरण
दिपायल सिलगढी नगरपालिकामा रहेका अपाङ्ग असहायहरुलाई कम्मल बितरण गरिएको छ ।स्वर्गीय आमा बुवा ईन्द्राकुमारी श्रेष्ठ र भुमिनारायण श्रेष्ठको सम्झनामा दिसिनपा–२ निवासी डा. ऋषिकेश नारायण श्रेष्ठ, ईन्जिनियर राजावावु श्रेष्ठ र ईन्जिनियर ससी श्रेष्ठलेको आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका २५ जना अपाङ्गहरुलाई कम्मल बितरण गरिएको दिसिनपा–२ का पूर्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।
अपाङ्ग सेवा संघ डोटीको सिफारिसमा ‘क’ र ‘ख’ अपाङ्गता परिचय पत्र पाएका व्यक्तिहरुलाई शनिवार कम्मल वितरण गरिएको श्रेष्ठले वताए । उनका अनुसार थप ६५ वटा कम्मल अपाङ्ग असहायहरुलाई बितरण गरिनेछन ।
परियोजनावारे जानकारी
ग्रामिण बिकास केन्द्र नामक गैर सरकारी संस्थाले डोटीका सानागाउँ र गैरागाउँमा सञ्चालन गर्ने उत्थानशील जीविकोपार्जन र दीगो खाद्य सुरक्षा परियोजनाको वारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।डिएसी, ईको र लुथरन बिश्व महासंघको सहयोगमा सञ्चालन हुने उक्त परियोजनामा ४७ लाख ६३ हजार नौ सय ६२ रुपैयाँ वजेट रहेको जानकारी गराउँदै संस्थाका अध्यक्ष दलवहादुर देउवाले परियोनाले ५० प्रतिसत महिला र ३० प्रतिसत दलितलाई लक्षित समुदाय वनाएको जानकारी गराए । पाँच वटा क्लष्टर वनाई परियोजना कार्यान्वयन गरिने वताईएको छ ।
लेख
मुक्त हलिया समुदायको पर्खाई ः धैर्यताको बाँध भत्किदै
शंकरदीप मडैआज भन्दा पाँच बर्ष पहिला २०६५ साल भाद्र २१ गते नेपाल सरकारारा हलिया परिवारको नाममा रहेको ऋण खारेजी सहित नेपाल सरकारद्वारा हलिया मुक्तिको घोषणा गरेको हो । आज हलिया समुदायले मुक्ति घोषणा गरेको पाँच बर्ष पुरा गरी छैटौ बर्ष शुभारम्भ हुँदा पनि कठिन र दुःखपुर्ण दिनहरु बिताएको जीउदो ईतिहाँस हामी सामु उभिएको छ भने अर्को तर्फ नेपाल सरकारद्वारा मुक्तिपछिको पुनःथापनाको कार्य शुभारम्भ हुँदै छ भन्ने हलिया समुदायलाई बेलाबेलामा दिदै आएको आश्वासन र प्रलोभनको लामो पर्खाईमा रहेका मध्यपश्चिम तथा सुदुरपश्चिमका हलिया समुदायको हृदयबिदारक दैनान्दित अबस्थाले खपिनसक्नु पिडाका सिकार भईरहेको स्थिति छ, त्यसैले हलिया समुदायको धैर्यताको बाँध भत्किन बेरछैन । नेपाल सरकारद्वारा हलियाको ऋण खारेजी सहितको मुक्तिको घोषणाले मालिकहरुसंगको सम्बन्ध कटुतामा परिणत भएको हुँनाले गाउँबस्तीहरुमा हलियाले जमिनदारहरु कहाँ कृषिकामको ज्याला मजदुरी गर्न समेत नपाउने अबस्था सृजना भएको छ भने अर्कोतर्फ ग्रामिण भेगमा बिकास निर्माणका कार्य संचालन हुँदा पनि स्थानीय उपभोक्ताहरु मार्फत हुँने काममा सकेसम्म बिभिन्न खाले मेसिनहरुद्वारा निर्माणका काम हुने हुँनाले हलिया समुदायले काम पाउने स्थिति छैन् । हलिया समुदायले दिनगुजारको लागि निकै दुःखपुर्ण दिनहरु बिताउछन ।
नेपाल सरकारले हलियाको मुक्ति घोषणा गरेर पुनःस्थापनाको कार्य यथासक्य चाँडो थालनी गर्नु पर्नेमा मुक्त हलियाको तथ्याङ्क संकलन गरेर प्रमाण्ीाकरण, बर्गिकरण र परिचयपत्र बितरण कार्यमा लामो समय बेतित गरिराखेको वा बर्षौ बिताईसकेको छ र नेपाल सरकारले मुक्त हलिया पुनःस्थापना तथा अनुगमन कार्यदल गठन गरेरेर त्यसको संयोजकलाई पारिश्रमिक खुवाउने र अनुगमन भ्रमणमा लाखौं तथा करोडांै रकम उत्पादनहिन कार्यमा खर्च गरेर हलिया समुदायको पिडा र बेदनामाथि समबेदनाहिन चरित्र र ब्यबहार प्रदर्शित गरिरहेको छ । आज मुक्त हलियाको पुनःस्थापनाको कार्य भुमि सुधार तथा ब्यबस्था मन्त्रालय समक्ष आएको २०६७÷१०÷१२ गते देखिनै गणना गर्ने हो भने पनि अढाई बर्ष भैसकेको अबस्थामा यस भुमिसुधार तथा ब्यबस्था मन्त्रालयबाट हलियाको जिबीकोपार्जनको लागि सीप बिकास तालिमको नाममा गरिएको खर्च नाकको बिरामी नाईटोमा औषधी लगाउने काम मात्र भएको स्थिति छ ।
हालसम्म हलियाको बृद्धि बिकासको लागि बास तथा निगालोका डोकाडालो बनाउने तालिम, सिलाई कटाई तालिम, आदी आदी तालिमहरुबाट हलिया समुदायले पुनःस्थापनाको कुनै किसिमको राहात नपुगेको अबस्था छ । हलिया समुदायको आफ्नो सवालगत वकालत गर्ने संस्था राष्ट्रिय मुक्त हलिया समाज महासंघ पनि हलियाको पुनःस्थापनाको काम गराउन नेपाल सरकारलाई दवाव दिने र पुनःस्थापनाको कार्य शुभारम्भ गराउने काममा कुहीरोको काग भएको छ । नेपाल सरकारले २०६५÷२०६६ मा संकलन गरेको हलियाको तथ्याङ्क १९०५९ सार्बजनिक गरेको र त्यसमा केही गडबडी आएकोले पहिलेकै तथ्याङ्कलाई पुनःअभिलेखिकरण गर्दा हलियाको तथ्याङ्क १६९५३ रहेको अर्को आकडा बाहिर सार्बजनिक भएको अबस्था छ । कुल प्र्रमाणीकरण संख्या १०,२२२ अझै प्रमाणिकरण हुँन बाँकी ६,०२४ हलिया घरधुरी रहेको र परिचयपत्र प्राप्त गर्ने हलिया घरधुरी संख्या ७,४१७ हालसम्म पुगेको स्थिति छ, भने हालसम्म १०३२ हलिया महिलाले परिचयपत्र प्राप्त गरेका छन । भुमिसुधार तथा ब्यबस्था मन्त्रालयलाई ७४१७ हलियालाई परिचयपत्र बितरण गर्न अढाई बर्ष लाग्यो । नेपाल सरकारले तथ्याङ्कमा रहेको हलिया समुदाय अझै पनि यही गतिमा प्रमाणिकरण, बर्गिकरण र परिचयपत्र बितरणको काम गर्ने हो भने अझै अढाई बर्षको समयसिमा लाग्ने देखिन्छ । हलियाको पुनःस्थापना सम्बन्धी राज्यले कहिले कानुन निर्माण गर्ने र कहिले उनीहरुको पुनःस्थापनाको कार्य शुभारम्भ गर्ने होला यो पनि ईतिहासकै गर्भमा छ । मुक्त हलिया समुदायलाई बिषय बनाएर देशका बिभिन्न स्थानहरुमा भएका गोष्ठी, सेमिनारहरु, तालिम तथा अन्तरक्रियाको नाममा भएको खर्च रकमले एक चौथाई भन्दा बढी हलिया घरधुरी पुर्णरुपले पुनःस्थापना गरिने थियो ।
नेपालमा १४० बर्षसम्म एकछत्र राज गरेको नेपालको जहानियाँ शाही कुलिन राजतन्त्रको २०६५ जेष्ठ १५ गतेका दिन ऐतिहासिक संबिधानसभाको पहिलो बैठकद्धारा समुल अन्त्य गरेको छ ।
२०६४ चैत्र २८ गते निर्बाचित संबिधानसभाले आफ्नो २ बर्षको कार्यकाल ४ बर्षसम्म लम्ब्याउदा संबिधानसभाल खर्बाँै रकम खर्च गरेपनि संबिधाननै निर्माण नगरी बिघटन भएको संबिधानसभाले बिगत ४ बर्षमा खर्च गरेको समय र धनराशीको कुनै हिसाब किताब हामीसंग बाँकी छैन । हाम्रो मुलुकमा संबिधानसभाको दोश्रो निर्बाचन २०७० साल मंसिर ४ गते शुसम्पन्न भएको छ । नेपाल अहिले अन्तरीम संबिधान २०६३ को ढुकढुकीले जीबन मरणको दोसाँधमा उपचारको शैयामा रहेको स्थिति छ । संक्रमणकालिन अबस्थामा हलिया समुदाय जस्ता अतिसिमान्तकृत समुदायको पुनःस्थापनाको सवालहरुले ‘बाउन्न धक्का त्रिपन्न ठक्कर’ खाईरहेको छ । नेपालमा भएको ऐतिहासिक र युगान्तकारी राजनीतिक परिबर्तन भएको छ । नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा रुपान्तरण भएको छ । तरपनि दास प्रर्थाको अबशेषको रुपमा रहेको हलिया,कमैया, छाउपडी, देउकी, झुमाप्रथा र परम्पराका नाममा एक नेपालीले अर्को नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक शोषण गरिने र गर्ने प्रथाहरु कायम राखेर नयाँ गणतान्त्रिक नेपाल अनुभुती कसरी हुँन सक्दछ होला ! भन्ने यक्ष प्रश्नहरु म लगायत तमाम नेपालीहरुको मनमा उठिरहेको छ । त्यसको जवाफ कसले दिनुपर्ने हो ।
नेपालको सुदुरपश्चिम र मध्यपश्चिमक्षेत्रमा ब्यापकरुपमा रहेको हलिया प्रथाले युगौयुगदेखि चरम आर्थिक र सामाजिक शोषण र उत्पिडन मालिकहरुद्वारा हलिया समुदायमाथी भएको छ । नेपालको पछिल्लो जनगणनाको तथ्याड्ढ अनुसार पनि ८४% किसान भएको मुलुकमा कृषिकाम गर्ने हलिया समुदाय र कमैया समुदाय जस्त धर्तिपुत्रलाई भुमिबिहिन बनाएर छ । हाम्रो मुलकमा हलो जोत्ने लगायतका कृषिकाम गर्न नजान्ने परिवारहरुलाई भुमिीपति बनाएको छ । लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि त्यही भुमि ब्याबस्थाको निरन्तरता चाहेका हौँ त ! असमान र बिभेदपुर्ण भुमि बितरण र ब्यबस्थापन प्रणालीले नेपालको अर्थतन्त्र र शोषित, उत्पिडित समुदायको आर्थिक र सामाजिक हैसियतमा कुनै तात्विक सुधार हुने संकेतहरु देखिएको छैन । हलिया भएर युगौँयुग देखि उत्पिडन र शोषणमा परेको समुदायले भोगेको आर्थिक र सामाजिक शोषणको क्षेतिको परिपुरणको कुनै लेखाजोखा समेत राज्य वा वकालत गर्ने गैससहरुसंग परिकल्पना र ब्यबस्थित आबधिक रणनीतिक योजना देखिदैन । त्यस किसिमको नेपालको सामाजिक यथास्थितिबादी सोच र भावनाले मुलुको आर्थिक र सामाजिक रुपान्तरण र सामाजिक बिभेद र जातीय बिभेद र शोषणको अन्त्य र नयाँ रुपान्तरित समाजको परिकल्पना कसरी सम्भव होला !
कञ्चनपुर जिल्लाको दैजी गाबिस २ बस्ने स्व. मोति सार्कीले आफ्नो उमेर ७ बर्षको हुने बेलादेखि मालिक स्व. ऋदारी जोशीको हलिया काम ५२ बर्षसम्म गरेर पनि मर्ने बेलामा आजको परिबर्तित परिबेशको कुनै नयाँ अनुभुति बिना हलिया काम गर्दा गर्दै २०७० साल जेष्ठ महिनामा परलोक हुनु भयो । पिडित हलिया मोती सार्कीले आफ्नो मालिकका बिरुद्धमा न्यायमाग्न समेत हिक्मत र आँट गर्न सक्नु भएन र त्यसपछि नीजकी सहोदर जेठी बुहारी भावना सार्कीले मालिकहरुका बिरुद्धमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा हलिया मुक्त गरी न्यायोचित क्षेतिपुर्ति माग सहितको फिरादपत्र दर्ता गराएकी थिईन । जिल्ला प्रशासन कार्यालयमा मुद्धा चलिरहेको अबस्थामा दुबै पक्षले आपसमा मिलापत्र गरी निबेदकलाई मालिकहरु तिनै जनाले १ कट्टा जग्गा निबेदिका भावनाको नाममा दर्ता गरिदिएर मिलापत्र भएको थियो । अहिले हलिया समुदायमा जातीय बिभेद तथा छुवाछुतजन्य ब्यबहारहरु, कुटपिट तथा गालिबेईज्जती आदि किसिमका घटनाहरु खेप्नु पर्ने अबस्था बढेको छ ।
नेपाल सरकारले हलिया समुदायको पुनःस्थापनाको कार्य शुभारम्भ गर्नमा ढिलाई गरेको कारणले भोगेको हृदयबिदारक पिडा नेपाल सरकारले देखाएको हलिया पुनःस्थापनाको झिनो आशाको धैर्यताको बाँध पनि भत्किने परिस्थिति सृजना भएको देखिएको छ । नेपाल सरकारले बिभिन्न बाहनामा हलिया पुनःस्थापनाको कार्यमा गरेको ढिलाईले हलिया समुदायको पिडामा नुन, चुक छर्किने कार्य गरेको छ । जीबन र मरणको दोसाँधमा रहेको हलिया समुदायको पिडाको बिषयमा नेपाल सरकार, सरोकारवाला निकाय र सहयोगी अन्तराष्ट्रिय गैससहरुको पनि सम्बेदनाहिन क्रियाकलापहरु देखिएको छ त्यस किसिमका ब्यबहार तत्काल रोकिनु पर्ने भनेर हलिया समुदायको भावना जताततै अभिब्यक्त भैरहेको छ । हलिया समुदायको जिल्लागत तथ्याङ्क हर्दा जिल्लाहरुमा पनि सदरमुका वरीपरिका क्षेत्र मात्र समेटिएको अबस्था छ । अधिकांस क्षेत्रमा रहेका हलियाको तथ्याङ्क संकलननै नभएर छुटेको स्थिति भएको हुनाले छुट हलियाको घरधुरीहरुलाई तथ्याङ्कको दायरामा कसरी ल्याउने भन्ने नेपाल सरकारको कुनै ठोस योजना देखिदैन । मुक्त हलियाको पुनःस्थापनाको लागि गएको परिचयपत्रको बिबरण हेर्दाखेरी हालको ७४१७ घरधुरीले मात्र परिचयपत्र प्राप्त गरेको अबस्था र उनीहरुले पाएको परियच पत्र बर्गिबरणका सुचकाङ्क स्पष्ट नभएको कारणले त्यसमा पनि ठुलो त्रुटी भएको छ । त्यस किसिमको बर्गिकरणको कारणले पुनःस्थापनाको कार्यमा निकै ठुलो बिबाद र अन्यौलता सृजना हुने स्थिति देखिएको छ ।
नेपाल सरकारले मुक्त हलियाको पुनःस्थापनाको कामको लागि मुक्त हलिया पुनःस्थापना तथा अनुगमन कार्यबिधि २०६८ जारी गरेर मुक्त हलिया पुनःस्थापना केन्द्रीय कार्यदल तथा १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कार्यदल गठन भएको र सोही कार्यदलद्वारा मुक्त हलिया पुनःस्थापनको कामको आधारभुत कार्यहरु आरम्भ गरेको नेपाल सरकारको दाबी रहेको छ ।
हलियाको प्रमाणिकरण, बर्गिकरण र परिचयपत्र बितरणको कार्यमा निकै लामो समय बेतित भएको र आगामी दिनमा नेपाल सरकारको कुनै ब्यबस्थित कार्ययोजना निर्माण गरेर कार्यप्रारम्भ गर्ने शुभसंकेत पनि देखिएको छैन । अहिले मुक्त हलिया पुनःस्थापना तथा अनुगमन केन्द्रीय कार्यदलको हावादारी र रामभरोसेशैली नफेरीएसम्म काम नहुने स्थिति देखिएको छ । मध्यपश्चिम र सुदुरपश्चिमका १९०५९ हलिया समुदाय घरधुरीको पुनःस्थापनाको पाँच बर्षलामो धैर्यतामाथी ब्यक्तिगत स्वार्थसिद्ध गर्ने गद्दारहरुको पहिचान गर्नु पर्ने बेला आएको पिडित हलिया डम्मर बि.क.लगायतका प्रतिनिधि पात्रको आवाज पनि सुन्नमा आएको छ । अहिले पनि मुक्त हलियाको पुनःस्थापनाको कार्य प्रारम्भ गर्नको लागि यस आर्थिक बर्षमा छुटाएको ३२ करोड मध्येको केही हिस्ता मुक्त हलियाको पुनःस्थापनाको लागि छुटिने भएपनि सम्बन्धित मन्त्रालय र मुक्त हलिया पुनःस्थापना कार्यदलको कार्यशैली र ब्यबहारले अझै ३ बर्ष प्रमाणिकरण, बर्गिकरण र परिचय पत्र बितरणको कार्यमा समय बेतित हुने संकेत देखेपछि हलिया समुदाय नेपाल सरकार, नेपालका प्रमुख पार्टीहरु र सम्बन्धीत सरोकारवालाहरुसंग रहेको बिश्वास गुमाएको र अव हलियाको पुनःस्थापनाको सवाल कुहीरोको कागझै भएकोले अब मुक्त हलिया समुदाय पुनःआन्दोलित हुने र त्यसको स्वरुप पनि मौलिक किसिमको हुने परिस्थिति सृजना भएको पिडित हलिया समुदायको प्रतिनिधि आवाज उठिसकेको छ हलिया महासंघको २०७० जेष्ठ २८ गते सम्पन्न भएको तेश्रो महाधिबेशनमा युरोपियन युनियन र केएर डेनमार्कको आर्थिक सहयोगमा संचालित मुक्ति परियोजनामा केएर नेपालको तर्फबाट संस्थागत बिकास बिज्ञ नाम दिईएका राम प्रकास सिंह दनुवारको नेतृत्वमा राष्ट्रिय मुक्त हलिया महासंघको कार्य समितिका पदाधिकारी निर्बाचनमा गैरहलियाहरु भित्र्याउन हलिया समुदायको पुनःस्थापनको लागि बिनियोजित मुक्ति परियोजनाबाट झण्डै ५ लाख रकम खर्च गरेर महाधिबेशनका प्रतिनिधिहरु खरिद बिक्रि गर्ने काम गरी वास्तबिक पिडित हलिया प्रतिनिधिको राष्ट्रिय मुक्त हलिया समाज महासंघबाट बहिर्गमन गराईएको छ । राष्ट्रिय मुक्त हलिया महासंघको तेश्रो महाधिबेशनको संज्ञा दिईएको मुक्त हलियाको बहिर्गमन र गैरहलियाहरुको आगमन हलिया आन्दोलनको ईतिहासको कालो दिनको रुपमा बुझिन्छ । सोही दिनदेखि राष्ट्रिय मुक्त हलिया महासंघ गैरहलियाको महासंघ भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था केएर नेपालको प्रतिनिधि भएर राम प्रकास सिंह दनुवारले हलियाको संगठनमा गैरहलिया प्रबेश गराउने र बास्तबिक हलियाहरुको बहिर्गमन गराउने कार्यमा संलग्न भई कञ्चनपुरमा राष्ट्रिय मुक्त हलिया महासंघको तेश्रो महाधिबेशनको नाममा ५ लाख रकम भन्दा बढी रकम प्रतिनिधिहरुलाई भोट हाल्न र नहाल्नको तथा खरिदबिक्रि तथा किनबेच गर्ने सम्मको हर्कत गरेर नेपालमा ३० बर्षसम्म सिमान्तकृत समुदायको लागि काम गरेर कमाएको शाखको धोति खुस्किएको छ । तत्काल नीज राम प्रकास सिंह दनुवारलाई बिदा गरेर यदि त्यो तिस बर्षसम्म आर्जन गरेको शाख बचाउने सक्ने होईन भने आज गैरहलियाको राष्ट्रिय मुक्त हलिया महासंघद्वारा मुक्ति परियोजनाको नाममा काठमाण्डौ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा रहेका तारे होटेलहरुमा लाखौ करोडौका रकम अनउत्पादक काममा खर्च गरेर हलिया पुनःस्थापनाको अभियान तुवाउने गतिबिधि दनुवार जस्ता ब्यक्तिलाई नै दिईरहने हो भने त हलिया पुनःस्थापनको अभियानमा डरलाग्दो संकट र दुर्घटना निम्त्याउनु हो ।
अर्कोतर्फ मध्यपश्चिम र सुदुरपश्चिममा छरिएर रहेका पिडित हलियाका परिवारका सदस्यहरु साँझ बिहानको छाक टार्न नसक्ने परिस्थिति सृजना भएपछि आफ्नो जन्मस्थलबाट पलायन हुँदै छिमेकी मुलुक भारतका बिभिन्न ठाउमा जानलागेको समाचार बिभिन्न संचार माध्यमा श्रृखलाबद्ध रुपमा प्रकासन र प्रसारण भएकोे छ । त्यति मात्र होईन मुक्ति घोषणा पछिको परिस्थितिमा मुक्त हलिया पुनः मालिकको घरमा हलिया काम गर्नु पर्ने बाध्यताको सामाचारहरु पनि बिभिन्न सञ्चारमाध्यमवाट प्रकासित भईराखेकै छन । गैडाको छाला जस्तो कान भएको सरकारले हलियाको पुनःस्थापनाको सवालमा कुनै सुनुवाईनै नगर्ने भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नामले चिनिएको केएर नेपालले आफुराई नेपालमा आफुले ३० बर्षसम्म सिमान्तकृत समुदायको लागि काम गर्दै आएको दाबी गरिरहेको छ तर हलिया पुनःस्थापनाको अभियानमा कस्तो संस्थागत बिषय बिज्ञ नाम दिएर राम प्रकास सिंह दनुवार जस्ता ब्यक्तिकै बचाउमा रहेको देखिन्छ अब के अपेक्षा गर्न सकिन्छ होला !
मुक्त हलियाको संक्रमणकालिन परिस्थितिमा हलिया समुदायको पुनःस्थापनाको अभियान हलिया समुदायलाई गोलबन्द गरेर नेतृत्व प्रदान गरी बास्तबिक हलियाको प्रनिनिधित्व गर्ने नयाँ बिकल्पको खोजीमा मध्यपश्चिम र सुदुरपश्चिमका मुक्त हलिया समुदाय रहेको भनि डडेल्धुरा जिल्ला अनपा १० का हरी बहादुर सार्की र पुनःस्थापनाको अभियानमा बिगत लामो समय देखि संलग्न हुदै आएका डोटी जिल्ला पचनाली ६ बस्ने बर्ष ५९ का कृष्ण बि.क. भनाई हलिया समुदायको प्रतिनिधिमुलक आवाज मात्र हो ।
मोफसल पत्रकारिता
आर्थिक चुनौती सवैभन्दा मुख्य समस्या भएको छ
गजेन्द्र सुब्बा (लिम्बु) प्रधान सम्पादकहाम्रो जनजाति अवाज पोखरा
तपार्इंको पुरा परिचय पाउँ न ?
म गजेन्द्र सुब्बा (लिम्बु) हो । हाम्रो जनजाति अवाज राष्ट्रिय मासिक पत्रिकाको प्रधान सम्पादक हुँ ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पेशा त थुप्रै तरिकाको गर्न मलाई आउछ तर पनि सवै पेसाको अर्थ पर्याप्त पैसा कमाउन भन्ने चाँही होईन, म एउटा आदिवासी जनजाति समुदायको व्यक्ति हुँ जसमा अहिले पनि शैक्षिक हिसावले यस समुदाय अलिक पछि नै छ यसमा मेरो पनि धारण समाज र यससँग संवन्धित व्याक्तिहरुको सवाललाई लेखन बाट केहि हदसम्म सचेत गराउने मेरो पहिलो प्रयास रहेको थियो र मैले यसै विषयलाई उजागर गरी निर्भिकतापूर्ण समाजमा जनचेतना फैलाउने सोचले पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
करिव १ दशक भयो भन्दा पनि फरक नर्पला ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
विशेषत पत्रकार भनेपछि अहिलेको परिवेशमा सवै क्षेत्रलाई समेट्न सकिन्छ तर पनि म सामाजिक तथा मानव सरोकार सम्वन्धि खोजमुलक पत्रकारिता गर्न रुचाउछु ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारिता पेशानै एकदमै चुनौतिपूर्ण पेशा हो, यसमा चुनैती त धेरै छन् तरपनि अहिलेको परिवेशमा यस पेशामा आर्थिक चुनैती सवै भन्दा मुख्य समस्या भएको छ । किन की पत्रकारिता गरेर आफ्नो जीवन यापनलाई सहज ढंगले अगाडी बढाउने अवस्था छैन्, सरकारको कुनै पनि यसमा प्रष्ट नीति छैन ।
कास्की जिल्लाको सदरमुकाम पोखरामा बसेर पत्रकारिता गर्न कस्तो महसुस गर्दै हुनुहुन्छ ?
म एउटा पूर्वी नेपालको दुर्गम जिल्लामा जन्मेको मान्छे यस पश्चिमाञ्चलको पोखरामा आएर पत्रकारिता गर्न त गा¥हो विषयनै भईहाल्छ नि, त्यसमा पनि मैले पत्रिका प्रकाशन गर्दा पोखरामा थोरै मात्र पत्रिकाहरु थिए अहिले त दैनिक पत्रिकाहरु मात्र ४० को हाराहारीमा प्रकाशन भईराखेको छ यहाँ पत्रिका प्रकाशन गरिराख्ने अवस्था चाहिँ गा¥हो विषयनै वनेको छ तर दैनिकको तुलनामा साप्ताहिक मासिक पत्रिका प्रकाशन गर्न आर्थिक र भौतिक रुपमा अलिक सजिलो हुनाले मात्र हो नत्र त पलायन तिर गईरहेको अवस्थामा बहुत गाह्रो महसुस गरेको छु ।
तपाईले सञ्चालन गरिरहेको “हाम्रो जनजाती आवाज” कस्तो चलिरहेको छ ?
यसको पाठक भनेको प्रायःसंघसंस्था हो त्यसमा निर्भर रहन्छ पत्रिका विक्री गर्ने क्रम कम छ त्यसैले ठिकै भन्न पर्ला ।
कास्कीको पत्रकारिता क्षेत्रलाई कसरी नियाल्नु भएको छ ?
कास्की जिल्लाको कुरा गर्दा यहाँ व्यवसायिक, आर्थिक र सामाजिक विबिधता रहेको छ र यहाँ अशल पत्रकारिताको अवषेश गिर्दो अवस्थामा छ । समाचार आयो भन्दा पनि कसले कुन समूह वा कुन पार्टीको कुरा गरेको भन्ने आभाष बग्ने स्थितिमा गइरहेको देखिन्छ । यहाँको अवस्था अलिक फरक छ । विगतमा पत्रिका र एफएमहरु कम थिए, अहिले एक दुई वर्षको दुरीमा यहाँ धेरै नयाँ मिडिया हाउसहरु खोलिएका छन् । यसले अशल पत्रकारिता भन्दा आर्थिक एजेण्डालाई अन्तरबस्तु बनाइदै लगिएको अवस्था छ । सायद राजधानीपछिको दोश्रो ठुलो प्रकाशन क्षेत्र भईरहेको अवस्थामा विज्ञापन कसले वढि लिने÷दिने होडबाजी रहेको छ न की पत्रिकाको स्तरलाई र यहाँका संघसंस्थाहरुले पनि यस संस्कारलाई अलिक मलम लगाएको स्थिति छ । पत्रकारको संख्या दिन दिनै बढ्दो छ तर उचित तलव चाहेर पनि दिने अवस्था भएको देखिदैन । यहाँको पत्रकारितालाई हेर्दा अव केहि वर्षमा धेरै पत्रपत्रिका पलायन हुने स्थितिमा पुग्ने अनुमान चाहि गर्न सकिन्छ ।
मोफसल पत्रकारिताका समस्या समाधान गर्न नेपाल सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
सरकारले समानुपातिक रुपमा आर्थिक सहयोग र बजारीकरणमा सहजीकरण गरीदिनु पर्छ जस्तो लाग्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
मोफसलमा कार्यरत पत्रकारहरुको समस्या समाधानको लागि नेपाल पत्रकार महासंघको भुमिका त के भनौ अहिले त महासंघमा पनि यो पार्टी र उ पार्टीको पत्रिका हो भन्ने भेदभावपूर्ण धारणा विकास भएको छ । समस्या र सहयोग त कुरै छोडै नेपाल पत्रकार महासंघको पत्रिका प्रकासनमा त भुमिकानै पाइएको छैन ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
पत्रकार संगठनको कुरा गर्दा म पनि एउटा संगठनमा लागेको व्याक्ति त हुँ तर पनि पत्रकारिताको हिस्सावाट हेर्दा स्वतन्त्र हुन पर्छ भन्ने मेरो भनाई हो । यसमा मुख्य कुरा चाहीँ भोट वैङ्कनै बनाएर हिड्ने प्रबृति चाहि अलिक असहज रुपमा पछिल्लो अवस्थामा पाईएकोले अन्तर संगठनहरुको वारेमा नेपाली जनमानसमा खासै भनि राख्नु पर्ला जस्तो लाग्दैन ।
तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता भनेको समाजको ऐना हो जसलो मानिसको चरित्र वा अनुहार देखाउछ । पत्रकारमा हुनपर्ने विशेषता यो हो तर अहिले पछिल्लो अवस्थामा हामीबिच यस्तो पाउन कठिन छ । जसले गर्दा समाजमा पत्रकारलाई बदनामी तिर धकेलेको छ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, कास्कीमा पनि यस्तो अवस्था पाउनु भएकोछ ?
पत्रकारिता क्षेत्र बद्नामित रुपमा अगाडि बढिरहेको अवश्य पनि हो । जहाँसम्म लाग्छ मान्छे पेशामा विश्वास गर्न छाडिसके, सवै पैसा र पहुचमा विश्वास गर्छन । तर पनि सवै पत्रकारहरुले यसै गर्छन भन्ने चाहीँ होईन, एक दुईले गर्दा यो अवस्था चाहिँ आएको छ । झन पोखराको कुरा गर्ने हो भने त यहाँ रेडलाईनको माग भएको क्षेत्र हो, उद्योग कलकारखाना भएको क्षेत्र पनि हो यहाँ सवै पत्रकारहरुले यसै गरे त म पनि भन्दिन तरपनि रातारात घर घरेडी जोड्ने पत्रकारहरु चाहि नभएको भन्न सकिन्न । आजकाल अशल पत्रकारिता भन्ने चिज पैसासँग बिक्रि हुदैं गएकोमा मलाई पनि चिन्ता छ । कुनै वेला हासखेलमा भनेको कुरै भिन्नै हो तर समाजमा नपच्ने काम गरेर पैसा कमाउनुको अर्थ के छ ? यस किसिमको पत्रकारिता गर्ने मनसाय भएको व्यत्तिहरुलाई माहासंघले छानविन गरी कारवाही गर्न सक्नु पर्छ । यसले गर्दा समाजको कलङ्कको रुपमा पत्रकारलाई वद्नाम नगराईयोस भन्ने मेरो धारणा हो । पैसा कमाउनु पत्रकारितानै गनुपर्छ भन्ने मेरो धारण छैन् । अन्य पेशा गरेपनि हुन्छ जस्तो लाग्छ जसले गर्दा समाजको चौथो अङ्गलाईनै बदनाम गर्नु हँुदैन भन्ने मेरो धारण हो ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
लागेको भएत मेरो पनि पोखरामा २, ४ वटा घर घडेरी हुने थियो होला । म यस पेशाबाट यसो गछु भनेर लागेको पनि होईन, मलाई लाग्नु पनि छैन् । म परिवार भएको मान्छे, देशको एउटा उच्च शैक्षिक स्तर बोकेको मान्छे । यस्ता कुरामा म सर्तक छु । समाज बदल्नु मेरो पनि जिम्मेवारी हो जस्तो लागेर पत्रकारितामा लागेकोले यस कुरामा मेरो इच्छा छैन ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसलको कुरा गर्दा पेशालाई मर्यादापूर्वक र जीवन जिउने माध्यम बनाउन सरकारको तर्फवाट यसमा क्याटागोरीको अवश्यकता रहेको छ किनकी अहिले त सवै पत्रकार, पत्रकारको कार्ड नभएको मन्छेनै कम छन् त्यसैले गर्दा पत्रकारको एउटा स्तर निर्धारण सरकारको तर्फबाट हुनुपर्छ भन्ने सुझाव दिन चाहान्छु ।
थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
नयाँ संबिधान बन्यो भने यसमा मोफसलको पत्रकारिताको बिकासको लागि समान र संघीय समावेशी समानुपातिक आर्थिक वितरण र नियमनमा कडाई गर्नुपर्छ जस्तो मेरो विचारमा लाग्छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
नेपालमा नयाँ संविधान समयमै बनोस्, नेपालमा स्थायी शान्ती नेपालीहरुले चाहेका छन् भन्ने कुरा नेपालका प्रमुख नेताहरुले बुझुन । डोटीबाट मलाई यस सुनौलो अवसर प्रदान गर्नु भएकोमा यहाँ र यहाँको सम्पुर्ण युनिट लाई हार्दिक धन्यवाद सहित सम्पुर्ण डोटेलीबासी दाजुभाई दिदिवहिनीहरुलाई म र मेरो पत्रिकाको तर्फवाट हार्दिक आभार व्यक्त गर्न चाहान्छु । धन्यवाद ।
साहित्य रचना
म घेरिएको छु–हत्या, हिंसा र पीडालेरोदन र आर्तनादले
गुनासा र छटपटीले
यन्त्रणाले पोलिरहेछ छातीको मध्यभाग
र उठिरहेछ यातनाको पीरो धुँवा
तर, मेरो कविताले
लाग्छ, केही गर्न सक्दैन
तर, यो पाइला उठ्यो भने
यसले दह्रो गरी टेक्यो भने
सक्छ सल्किरहेको डढेलो निभाउन
सक्छ सुक्दै गएका दूबोहरूलाई हरियो बनाउन
सक्छ तिर्खाएकी चरीको प्यास मेटाउन
हिंसाका लागि बाहिर निस्केका सबै खुकुरीहरूलाई, सबै तरबारहरूलाई
सक्छ यसले फर्काउन फेरि दावहरूमा
सक्छ यसले आमाको आँशु पुछ्न– सबभन्दा सुखद् कुरा !
यसैलाई टेकेर
शून्यबाट हामी यहाँसम्म आयौं
र पुग्नेछौं अझ अनन्तमा
महान यात्राका लागि
हामी सधैं योसंग आभारी छौं, हुनेछौं
मलाई लाग्यो
यसैलाई शीर्षक बनाएर
म शून्यलाई कविता बनाऊ
मुलुक विदेशीको खेल मैदान
मञ्जुल
कविता
शारीरिक उपहारप्रकृतिको वरदान
आमाबाबुको रजवीर्य दान
मानव–आकारको जीवन पाएका छौं
कसैको शारीरिक उपहारमा लोभिएर हुँदैन
त्यो लेनदेनको विषय हुनै सक्तैन
आप्mनो जे छ त्यसैलाई सुमसुम्याउने
सदुपयोग गर्ने
सार्थक जीवन बिताउने ।
मानिस वृक्ष होइन
एकै ठाउँमा अटल रहने
यो त जलप्रपात हो
अविराम बगिरहने ।
म पनि दाङको कुनोबाट बग्दै बग्दै
रोकिँदै, घस्रदै, लड्दै–भिड्दै
सुखदुःखका बतासेडाँडा पार गर्दै
अहिले सञ्चारगृहमा आइपुगेको छु ।
म यहाँ कसरी आइपुगेँ ?
यात्रा रोचक हुन सक्छ
यात्रा घोचक पनि हुन सक्छ
जीवन एउटा यात्रा हो
यात्राको दृश्य
स्वादिलो र बेस्वादिलो दुवै हुन सक्छ
या मानौ
जीवन एउटा सङ्गीत हो
त्यो सुमधुर र कर्कश दुवै हुन सक्छ
अथावा जीवन एउटा अथक संघर्ष हो
आरोह र अवरोह भइरहन सक्छ ।
पत्रकारिताको भाषामा
मेरा वा काष्टपत्रकार
उहाँले लेख्नुभयो काठको पाटीमा
अ आ एक दुई, ॐ नमः सिद्धम
अनि चढाउनुभयो
पाटीको टाउकोमा चन्दन, अक्षता र फूल ।
नारायणप्रसाद शर्मा
महत्वपूर्ण जानकारी
– एशियाको सवैभन्दा ठुलो हिमाली राज्य नेपाल हो ।– नेपालको सवैभन्दा होचो ठाउँ झापाको केचना कलन हो ।
– सप्तगण्डकी काली गण्डकी, बुढी गण्डकी, सेती, म्यादी, दरौती, त्रिसुली र मस्र्यांदी गरी सातवटा नदी मिलेर वनेको छ ।
– नेपालमा प्रथम कम्युनिष्ट सरकारको गठन २०५१ साल मंसिर १३ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा भएको थियो ।
– नेपालमा स्थापना भएको पहिलो पार्टी नेपाल प्रजापरिषद् हो ।
– नेपालको राजनीतिमा जननायक भनेर स्व.बि.पी. कोईरालालाई भन्ने गरिन्छ ।
– नेपालको राजनीतिमा ःबल या तजभ भभिअतभम भनेर जननेता स्व. मदन भण्डारीलाई भन्ने गरिन्छ ।
– रुसी नागरिक युरी गगरिन १२ अप्रेल सन १९६१ मा पहिलो पटक अन्तरिक्षमा पुगेका हुन ।
– संसारको सवैभन्दा ठुलो मरुभुमी अफ्रिका महादेशको सहरा मरुभुमी हो । यसको क्षेत्रफल ६४ लाख वर्ग किलोमिटर रहेको छ ।
– म्यानमारको राजधानीको पुरानो नामको पहिलो अक्षर परिवर्तन गरी रंगुन वाट यंगुन वनाईएको हो ।
– २१ मार्च र २३ सिप्टेम्वरमा रात र दिन वरावर हुन्छ ।
– सुर्यको किरणलाई पृथ्वीमा आईपुग्न करीव ८ मिनेट २० सेकेण्ड लाग्छ ।
— चुम्वकीय क्षेत्र भन्नाले चुम्वकले आप्mनो वरीपरी जहाँसम्म चुम्वकीय बस्तुलाई असर गर्छ त्यसलाई बुझिन्छ
— भु–चुम्वकत्वले गर्दा फलामका धाउमा चुम्वकीय गुण हुने गर्छ ।
— कुनै ठाउँको सही भौगोलिक दिशा थाहा पाउनका लागि दिक्पाल (ब्लनभि या मभष्लिबतष्यल) थाह पाउनु पर्छ ।
— राती हवाई जहाज र पानी जहाज चलाउँदा दिक्पालको मानले सही दिशा पत्ता लगाउँछ ।
— बिद्युतको चुम्वकीय असर हान्स क्रिष्चियन ओएर्सटेडले सन १८१९ मा पत्ता लगाएका हुन ।
— तारको फन्कोको संख्या बढाउँदा बिद्युत चुम्वकको शक्ति वढ्छ र घटाउँदा चुम्वकको शक्ति घट्छ ।
— चुम्वकीय क्षेत्रभित्र चुम्वकीय बलरेखाहरुलाई काट्ने गरी तारलाई चुलाउँदा उत्पन्न भएको करेण्टलाई उत्प्रिेरित करेण्ट (क्ष्लमगअभम अगचचभलत) भनिन्छ ।
— चुम्वकीय क्षेत्रमा रहेको सुचालक तारवाट बिद्युत बहँदा ताप उत्पन्न हुन्छ । यही मोटर असरको सिद्धान्तका आधारमा बिद्युत मोटर निर्माण गरिन्छ ।
– बिद्युत मोटरले बिद्युत शक्तिलाई शक्तिगतिमा रुपान्तरण गर्छ ।
– चुम्बकीय क्षेत्रमा रहेको तारमा बिद्युत वहँदा उक्त तारमा चाल उतपन्न हुन्छ यस चाललाई मोटर असर भनिन्छ ।
– मोटर असरको सिद्धानतको आधारमा मोटर बिद्युत निर्माण गरिनछ ।
— धेरै मात्रामा बिद्युत उत्पादन गर्ने उपकरणलाई जेनेरेटर भनिन्छ ।
— थोरै बिद्युत उत्पादन गर्ने उपकरणलाई डाईनामो भनिन्छ ।
— डाईनामो वा जेनेटरले फाराडेको बिद्युत चुम्वकीय उत्पादनको नियमको आधारमा बिद्युत उत्पादन गर्ने कार्य गर्दछन ।
— भावर प्रदेश भन्नाले चुरे पर्वतको दक्षिणी किनारामा पूर्वदेखि पश्चिमसम्म ६–१२ किमिसम्म फैलिएको भुभागलाई भावर प्रदेश भनिन्छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete