सारा नेपाली मिलेर अन्याय, अत्याचारको विरुद्धमा लड्नु पर्छ र यस्तो अन्याय, अत्याचारबाट मुक्त हुनुपर्छ । यही नैं समयको माग हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
डोटीमा रक्तचापका विरामीको संख्या बढ्दै
डोटी जिल्लामा रक्तचापका विरामीहरुको संख्या बढ्दै गईरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि आउने कुल विरामी संख्याको १५ देखि २० प्रतिशत विरामीहरुलाई रक्तचापको समस्या रहने गरेको डोटी अस्पतालका डाक्टर सृजना गौचन बताउछिन् । डाक्टर गौचन भन्छिन्–मोटापा, बंशाणुगत, खानपिन, शारीरिक व्यायममा कमी जस्ता धेरै कारणहरुले गर्दा रक्तचापको समस्या देखा पर्ने गरेको छ ।
“हामीले पनि चेक जाँच गर्दा दैनिक १० जना जति रक्तचापका विरामीहरु हुने गरेका छन् । केही दिन पहिले मात्र रक्तचापकै कारणले गर्दा दुई जनाको मृत्यु भएको छ ।” गौचनले भनिन्–उहाँहरुको ईतिहास बुझ्दै जाँदा उहाँहरुले रक्तचापको औषधी प्रयोग गरेको र विचैमा औषधी खान छोडेपछि बेहोसीको अबस्थामा स्वास्थ्य संस्था पु¥याईएको थियो । “उहाँहरुलाई १०–१२ घण्टाभित्र आईसियूमा राख्नु पर्ने थियो हामीसंग त्यो सुविधा छैन ।”
गौचनले बिरामीहरुको प्राथमिक उपचार गरिएको भएपनि उहाँहरुलाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरिन । रक्तचापका विरामीहरु उपचार गराउनका लागि अन्तिम अवस्थामा स्वास्थ्य संस्था पुग्दा उपचार गर्न गाह«ो हुने गरेको गौचनको भनाई छ । “हामीसँग त्यस्तो सुविधा पनि छैन, साना बालबालिका देखि बृद्धाअबस्था सम्मका रक्तचापका विरामीहरुको जिल्लामा रहेका छन ।” गौचन बताउछिन् ।
डोटी दिपालय सिलगढी निवासी बढी रक्तचापका विरामी रहेका स्थानीय महेन्द्र प्रसाद श्रेष्ठ वताउँछन । उनी भन्छन्– सिलगढीको प्रत्येक घरमा एक जना रक्तचापको विरामी रहेका छन् । आफु विगत चार वर्षदेखि रक्तचापवाट पिडित रहेको वताउँदै श्रेष्ठले भने–मैले चार वर्ष देखिनै रक्तचापको विरामीहरुको रक्त जाच गर्ने सुविधा निशुल्क रुपमा दिदै आईरहेको छु ।
किन हुन्छ छ रक्तचापको समस्या ? श्रेष्ठ भन्छन्–खान पिनका कारण रक्तचाप हुन्छ भनिन्छ तर भर्खरै एउटा अन्तराष्ट्रिय सर्वेक्षणले रक्तचाप खानपिनको समस्याले मात्र नभई मानिसहरुको मानसिक तनाबका कारणले पनि हुने गरेको देखाएको छ । विहान देखि वेलुकीसम्म मानिसले आठ–आठ घण्टाका दरले काम, मनोरञ्जन र आराम गर्नु पर्ने हो तर त्यसको कुनै टुङ्गो नै छैन । मानिसहरु विहान देखि वेलुकीसम्म काममानै व्यस्त हुन्छन् काम नभएका वेरोजगारहरु कामको खोजीमा हिड्छन् काम नपाउँदा पनि तनाब नै हुन्छ यसरी धेरै व्यक्तिहरु रक्तचापको समस्यामा परेका छन् ।
भुमिराजमाण्डौ गाबिस–९ फलेडी घर भएका धुव्रराज जोशी भन्छन्–चक्कर आउने टाउको दुख्ने समस्या देखा परेपछि स्वास्थ्य संस्था गरिईयो बल्ल त्यहाँ थाहा भयो मलाई उच्च रक्तचापको समस्या रहेछ । मैले औषधी भने प्रयोग गरेको छैन । औषधी प्रयोग गर्दा नियमितता हुनै पर्ने रैछ त्यसैले अहिलेनै ओषधी प्रयोग गरेको छैन । केहि समय पछि औषधीको प्रयोग गर्ने मनसाय बनाई रहेको जोशी वताउँछन ।
जिल्ला सदरमुकाम सिलगढी घर भएका शिद्धराज श्रेष्ठ आफुलाई रक्तचापको समस्या पहिले देखिनै भएको वताउँछन । उच्च रक्तचापको समस्या भएको भएपनि मैले औषधी सेवन गरेको थिएन, श्रेष्ठले भने “तिन चार दिन पहिले म कार्यालयमा काम गरिरहेको समयमा एक्कासी चक्कर आयो, त्यसपछि एक छिनका लागि आराम गरेर उठ्न खोज्दा फेरी चक्कर आयो । दोस्रो पटक पनि चक्कर आएपछि म डोटी अस्पतालमा चेकजाँचका लागी पुगे र डाक्टरको सल्लाह बमोजिम रक्तचापको औषधी प्रयोग गर्न सुरु गरेको छु । किन औषधी पहिले नै सुरु नगरी अहिले सुरु गर्नु भएको त ? श्रेष्ठ भन्छन्– औषधी नियमित प्रयोग गर्नु पर्ने हुन्छ, औषधी प्रयोग गरेपछि विचैमा छोड्न मिल्दैन छोडेमा झन बढी समस्या हुने सक्ने स्वास्थ्यकर्मीहरुको सल्लाह पाएको थिएँ त्यसैले औषधीको प्रयोग गरेको थिएन । अहिले स्वास्थ्यकर्मीबाटनै ओषधीको प्रयोग गर्नु पर्ने भएको सल्लाह पाएपछि औषधीको प्रयोग गर्न थालेको श्रेष्ठको भनाई छ ।
यसरी जिल्ला सदरमुकाम मात्र नभई डोटीका ग्रामिण क्षेत्रका बासिन्दाहरुमा पनि उच्च र न्युन दुवै प्रकारका रक्तचापको समस्याबाट पिडित रहेका छन् । रक्तचापको समस्यामा यस्तो नै हुन्छ भन्न नसकिने र मानिसको ज्यानमा समेत खतरा हुने विज्ञहरुको भनाई रहेको छ ।
डोटी अस्पतालका चिकित्सक डा. गौचन भन्छिन्–औषधी हामी सुरुमानै चलाउदैनांै । पहिलो पटक रक्तचापको समस्या देखा परेकाहरुका लागि फेरी फेरी चेकजाँच गर्ने गर्छौं, गौचनले औषधी भने स्वास्थ्यकर्मीको निगरानीमा नियमित प्रयोग गर्नु पर्ने वताईन । गौचनले नियमित औषधी प्रयोग गर्ने कुरा सुन्दा बिरामीहरु जडीबुटीबाट उपचारको खोजीमा लाग्ने गरेको अनुभव सुनाईन । “त्यस्तो गर्नु राम्रो होईन” रक्तचापको औधषी प्रयोग गरिरहेका भएपनि पछि रक्तचाप सामान्य हुँदै आएका स्वास्थ्यकर्मीको सल्लाह वमोजिम कम गर्ने वा औषधी प्रयोग नगरे वा लामो समयसम्म प्रयोग पर्ने हुन सक्ने गौचनको भनाई छ । आफैले औषधी विचैमा छोडेमा ज्यानमा खतरा हुनसक्छ । खानपानमा सुधार गर्ने, नियमित व्यायम गर्ने, तनाबबाट मुक्त हुने, मोटापा हुनबाट बच्ने जस्ता कार्य गरेमा रक्तचापको समस्याबाट बच्न सकिने डा. गौचनको भनाई छ ।

सम्पादकीय
आभार अख्तियारप्रति
बर्षौं देखि भ्रष्टाचारको बिषयमा वोल्दा, लेख्दा, गुनासो गर्दा यस क्षेत्रका हामी नागरिक समाज भन्नेहरु, पत्रकार भन्नेहरु, सामाजिक कार्यकर्ता भन्नेहरु सवै थकित भए । सञ्चारकर्मीहरुले सञ्चारमाध्यममार्फत उठाए, नागरिक समाजले सार्वजनिक कार्यक्रममार्फत उठाए, कसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लास्थित अख्तियारप्राप्त अधिकारीको कार्यालयमै गएर गुनासो गरे, कतिले कार्यालयमा लिखित उजुरी गरे तर सुनुवाई भएन । उल्टो कुरा उठाउनेहरुलाई म्याद नाँघी कुरो उठाएको, कुनै प्रमाण बिनै वेतुकमा कुरा उठाएको, व्यक्तिगत स्वार्थका लागि कुरा उठाएको जस्ता आरोपहरु लाग्न थाले । प्रगति कुनै भएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको स्थापना भई असोज १ गते देखि काम गर्न थालेको भएपनि सुरुका दिनहरुमा आन्तरिक व्यवस्थापनकै कारण होला खासै काम गर्न सकेन । अख्तियारको कार्यालय समेत चुप लागेको देखेपछि यस क्षेत्रका भ्रष्टाचारपिडितहरु निराश भएका थिए तर पछिल्लो चरणमा अख्तियारको दिपालय कार्यालयले देखाएको अग्रसरता ‘सलामयोग्य’ छ ।
जनताको रगत पसिनावाट उठेको करले राज्यकोषमा जम्मा भएको रकम देशको बिकास निर्माणमा खर्च गर्नु पर्ने र जनतालाई सेवा सुबिधा दिनु पर्ने भनि वनाईएका हरेक योजनाहरुमा भ्रष्टाचार हुने, हरेक सरकारी कार्यालयहरुमा अख्तियारको दुरुपयोग हुने, आफुलाई अव्वल दर्जाका कर्मचारी हौं भन्नेहरुले अनियमितता गर्ने थुप्रै घटना हुँदा पनि कसैलाई कारवाही हुन सकेन । क्षेत्रीय कार्यालयले पनि भ्रष्टाचारीलाई कारवाही गर्ने प्रयास त गरेको हो तर कुनै पनि सरकारी कार्यालयले क्षेत्रीय प्रशासन कार्यालयलाई टेरेनन् । अव त अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं सक्रिय भएपछि केही हुन्छ कि भन्ने आशा जनतामा पलाएको छ ।
यद्यपी आयोगको काम पनि ‘फर्मालिटी” पुरा गर्ने मात्रै हो भन्ने सरकारी हाकिम साहेवहरु पनि भेटिएका छन तर आश गरौं त्यसो नहोस । अनियमितता भएको भनि परेका उजुरीहरुको निश्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने अहिलेको आवश्यकता हो । अन्यथा फेरी पुरानै दिन फर्कनेछन ।
बिकासे अड्डाहरुमा कार्यरत कर्मचारीहरुले योजना पास गर्दा खाएको कमिसनको पनि खोजी हुनु जरुरी छ । हैसियत भन्दा वढी तडक भडक गर्ने र आफ्नो आम्दानी स्रोत भन्दा वढी सम्पत्ति कमाउनेहरुको सम्पत्तिको पनि छानविन हुनु जरुरी छ । जनताको सेवा गर्दा लिएको घुस सवै राज्य कोषमा जम्मा हुने गरी अख्तियारको दिपालय कार्यालयले काम गरिदेवस भन्ने आम जनताको चाहना छ ।
केही वर्ष पहिले ‘फलानो कर्मचारीले म संग घुष माग्दैछ’ भनि प्रमुख जिल्ला अधिकारीको सभाकक्षमै गएर उजुरी गर्दा समेत कुनै सुनुवाई नभएको जिल्लामा अख्तियारको कार्यालय स्थापना भएपछि कारवाही हुने आशा पनि छ । भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीलाई कारवाही हुनु जरुरी छ । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपालय कार्यालयले पछिल्लो समयमा देखाएको सक्रियताप्रति बिम्ब साप्ताहिक हार्दिक आभार व्यक्त गर्दछ । स्थापना कालदेखिनै भ्रष्टाचार सम्वन्धि खोजमुलक समाचारहरु प्रकासन गर्दै आएको यस पत्रिकाले पनि आगामी दिनमा प्रकासन गरेका समाचार उपर आयोगले छानविन गर्ने छ भन्ने बिश्वास लिएको छ ।

थप समाचार
नसाको मातमा ज्वाईको हत्या
डोटी निरौली गाबिस–८ शिर्शी निवासी तारासिं घर्तिले एउटै सिचाई योजनामा मजदुरी गर्दै आएका आप्mनो ज्वाई नाता पर्ने एक युवकको हत्या गरेका छन ।
शनिवार राती भुमिराज– माण्डौं गाबिस चौड नजिक घर्तिले २२ वर्षीय मानवहादुर पुनमगरको हत्या गरेको स्वीकार गरेका छन । दिपालय सिलगढी नगरपालिका–७ कुमालीकोटमा निर्माणाधीन सिंचाई कुलोमा काम गर्दै आएका घर्तिले संगै काम गर्ने पुनमगरको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरिएको हो ।
ईलाका प्रहरी कार्यालय दिपालयका अनुसार शनिवार राती दुवै जना राजपुरवाट मदिरा सेवन गरी डेरातर्फ जाने क्रममा वाटोमा बिवाद सृजना भई घटना घटेको हुनसक्छ । घटनापछि घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक पुनमगरको शव पोष्टमार्टमपछि आईतवार दाहसंस्कार गरिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अभियुक्त घर्तिले नसामा भएका वेला घटना कसरी भयो भन्ने वारेमा आफुलाई जानकारी नभएको वताए । घटनाको छानविन जारी रहेको प्रहरीले जनाएको छ । योजनाका ठेकेदारले आईतवार बिहान घटनावारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अभियुक्त र शव नियन्त्रणमा लिएको थियो ।

दलको बिवादले गाउँ परिषद् स्थगित
आशन ग्रहणमा मर्यादाक्रम नमिलेको भन्दै राजनीतिक दलहरुले बिवाद सृजना गरेपछि गेटा गाबिसको आठौं गाउँ परिषद् आईतवार स्थगित भएको छ ।
आशन ग्रहणका क्रममा साना पार्टीहरुलाई पहिले आशन ग्रहण गराएको भन्दै नेपाली कांग्रेस र एमाओवादीका प्रतिनिधिहरुले आपत्ति जनाएपछि परिषद् स्थगित भएको हो । मंसिर ४ गते सम्पन्न अर्को संबिधानसभाको निर्वाचन अनुसार दलहरुको मर्यादाक्रम राखी आशन ग्रहण गराउनु पर्नेमा आफुहरुको अपमान गरिएको कांग्रेस प्रतिनिधिको आरोप छ ।
यस्तै राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चालाई आफुभन्दा पहिले आशन ग्रहण गराएको भन्दै एकिकृत नेकपा माओवादीका प्रतिनिधिले परिषद् वहिस्कार गरेका थिए । दलहरुको बिवादका कारण स्थगित भएको गाउँ परिषद् फेरी दलहरुबीचमा सहमति गरी एकदुई दिनमै पुनः सुचारु गर्ने गेटा गाबिसको कार्यालयले जानकारी दिएको छ ।
गाउँ बिकास समितिका सम्पूर्ण योजनाहरुको छनौट तथा स्थानीयस्तरमा नीति निर्माण गर्ने अधिकार समेत पाएको गाउँ परिषद्लाई मिनि संसदका रुपमा लिने गरिन्छ । उक्त गाउँ परिषद्मा आशन ग्रहणका कारण बिवाद भएकोमा स्थानीयवासीहरुले आक्रोस व्यक्त गरेका छन ।
गाउँ परिषद्को उद्घाटन नेपाली कांग्रेसको तर्फवाट कैलाली क्षेत्र ५ मा प्रत्येक्ष तर्फ निर्वाचित सभासद् दिर्घराज भाटले गर्ने कार्यक्रम रहेको थियो ।

सुदुरपश्चिममा अख्तियार सक्रिय
२०७० असोज १ गतेवाट आफ्नो कार्य प्रारम्भ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदुरपश्चिमाञ्चल कार्यालयले आफ्ना गतिबिधिहरु सक्रिय वनाएको छ ।
आयोगले बिभिन्न जिल्लामा रहेको बिभिन्न सरकारी कार्यालयहरुवाट भ्रष्टाचार भएको आधारमा संकास्पद कागजातहरु नियन्त्रणमा लिई छानविन सुरु गरेको छ । उजुरीका आधारमा प्रारम्भिक छानविनका लागि कागजातहरु नियन्त्रणमा लिईएका कार्यालयहरु डोटी, अछाम र वाजुराका जिल्ला अन्तरगतका रहेका छन ।
आयोगको क्षेत्रीय कार्यालयका अनुसार जिल्ला र क्षेत्रीय गरी ३७ वटा कार्यालयहरु छानविनको दायरामा आएका छन । जसमा बाजुरामा पाँच, अछाममा १ र डोटीमा ३१ कार्यालयहरु परेका छन । डोटी जिल्ला बिकास र दिपालय सिलगढी नगरपालिकालाई पनि अख्तियारले छानविनको दायरामा अख्तियार सुदुरपश्चिम कार्यालयका उपसचिव माधवप्रसाद सुवेदीले वताएका छन ।
आयोगको कार्यालयले जिल्ला बन कार्यालय डोटीमा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा सो कार्यालयका कागजातहरु समेत नियन्त्रणमा लिएको छ । कार्यालयका बिभिन्न बिषयमा आर्थिक अनियमितता गरेको भनि मंसिर २७ गते परेको उजुरीमाथी अनुसन्धानका लागि कागजात हरु झिकाईएको कार्यालय प्रमुख समेत रहेका उपसचिव सुबेदीले बताए ।
लामो समय देखि वन जंगल फडानी, जडिवुटी तस्करी जस्ता अनियमित कार्यहरु कार्यालयकै कर्मचारीहरुको मिलेमोतोमा भईरहेको भनने समाचारहरु बिभिन्न सञ्चारमाध्यमवाट प्रकासन तथा प्रसारण भईरहँदा पनि हालसम्म कुनै छानविन हुन सकेको थिएन । अघिल्लो आर्थिक बर्षमा नर्सरी निर्माण तथा बिरुवा उत्पादन, जिपीएस सर्भे, पञ्च बर्षीय बन ब्यवस्थापन योजना, म्यानेजमेन्ट इन्फरमेसन प्रणालीको सफट्वेयर खरिद, दैनिक भ्रमण भत्ता जस्ता बिषयसंग सम्बन्धित कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।
जिल्ला बन अधिकृत जयमंगल प्रसाद यादवको पालामा भएको गतिबिधीका बिषयमा अख्तीयारले जाँचबुझ गर्न कागजात र बिल भर्पाइ लगेको जिल्ला बन अधिकृत पुष्पराज बड्तोलाले बताए ।
यस्तै जिल्ला बिकास समिति अन्तरगत आर्थिक वर्ष ०६८÷०६९ मा बिभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमा छानविन भईरहेको आयोगले जानकारी दिएको छ । जिबिसमा बिकास योजना, कार्यालयको गाडी मर्मत, कार्यालय सामान खरीदका नक्कली विलहरु रहेको आरोप उजुरीमा लगाईएको आयोगको कार्यालयले जानकारी दिएको छ ।
यस्तै दिपालय सिलगढी नगरपालिकाको कार्यालयमा बिकास निर्माणका योजनाहरुमा अनियमितता भएको आरोप रहेको छ । जिल्ला शिक्षा कार्यालयले बिद्यालयको भौतिक पूर्वाधारमा अनियमितता गरेको आरोप लगाईएको छ । यस्तै नक्कली बिद्यार्थी देखाई निशुल्क प्राप्त हुने पुस्तक र छात्रबृत्ति बितरण गरिएको भन्ने आरोप समेत जिल्ला शिक्षा कार्यालयलाई लागेको छ ।
दिपायलमा स्थापना भएको चार महिनासम्म आन्तरिक ब्यवस्थापनमै रुमील्लएको अख्तियारको सुदुरपश्चिम कार्यालयले पछिल्लो समयमा गरेको कामले भ्रष्टाचारवाट आजित जनताले आश गर्न थालेका छन । पटक पटक उजुरी दिँदा समेत कुनै कारवाही नभएका वेला अख्तियारको सक्रियताले भ्रष्टाचार निवारण हुने बिश्वास यस क्षेत्रका वासिन्दाहरुको रहेको छ ।
आयोगको छानविनका सम्वन्धमा केही कार्यालयहरुसंग जानकारी माग्दा ति कार्यालय प्रमुखहरुले खासै मुख खोलेनन् । “आयोगले मागेका कागजातहरु हामीले उपलव्ध गराएका छौं” एक कार्यालय प्रमुखले भने–हाम्रो कार्यालयमा त्यस्तो कुनै अनियमितता भएको छैन । आयोगले पनि सामान्य ‘फर्मालिटी’ पुरा गर्ने ति कार्यालय प्रमुखको भनाई रहेको छ । ‘उजुरी परेको होला, आयोगले पनि छानविन गर्ने हो, हामीले त्यस्तो कुनै काम गरेकै छैनौं, अनि के डराउनु प¥यो’ उनले भने ।

डोटीको बिकासका लागी प्रतिबद्ध छु
नेकपा एमालेको कोटामा छानिएकी समानुपातिक सभासद गौरी ओलीले डोटीको बिकासका लागी आफु प्रतिबद्ध रहेको बताएकी छन ।
नेकपा एमाले डोटीले आयोजना गरेको सभासद ओलीको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएकी हुन । डोटी भौगोलिक अवस्थाका वारेमा र यहाँको बिकासको अवस्थाका वारेमा आफु परिचित रहेको वताउँदै सभासद ओलीले जिल्लाको समग्र बिकासका लागी आफु निरन्तर लागी रहने वताईन । ‘म कार्यकर्ता र जनताबाट कहिल्यै पनि बिमुख हुने छैन’ ओलीले प्रतिबद्धता ब्यक्त गरिन । आफुले खर्च गर्न पाउने सांसद बिकास कोषबाट प्राप्त रकम जनताको हितकै लागी खर्च गर्ने समेत ओलीको प्रतिवद्धता थियो ।
एमाले केन्द्रीय बैकल्पिक सदस्य समेत रहेकी ओलीले जिल्लाको समग्र बिकासका लागि यस क्षेत्रका जनताले गरेको अपेक्षा अनुसार गर्न नसकेपनि आफुले सक्दो प्रयास गर्ने वताईन । संबिधानसभाको निर्वाचनको क्रममा पार्टीलाई असहयोग गरको भनि लगाईएको आरोपप्रति लक्षित गर्दै सभासद ओलीले कसैका कमी कमजोरी भएमा नीती बिधि र पद्धतिका साथ पार्टीमा आउनु पर्ने वताईन । ‘कसैलाई सिद्धाउने खेलमा लाग्नु हुन्न, अर्कोलाई सिद्धाउने मान्छे आफै सक्किन्छ, सबै भन्दा ठुलो कुरा पार्टी हो त्यसैले पार्टीलाई जोगाउनु पर्दछ’ सभासद ओलीको भनाई थियो ।
२०४६ सालको राजनीतिक परिवर्तन देखिनै सक्रिय राजनीतिमा लागेकी ओली एमालेको २०६५ सालमा भएको आठौं महाधिवेशनवाट केन्द्रीय बैकल्पिक सदस्य भएकी हुन । पार्टीका बिभिन्न निकायहरु, जनवर्गीय संगठनहरु र पार्टीको डोटी जिल्ला कमिटीमा लामो समय रहेर काम गरिसकेकी ओली हाल एमाले निकट महिला संठगन अखिले नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी छन । जनप्रतिनिधिका रुपमा भने ओली पहिलो पटक छानिएकी छिन ।
कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सच्चिदानन्द जोशी, एमाले डोटी अध्यक्ष चक्र मल्ल, सेती अञ्चल कमिटी सदस्य नारद मलासी लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको एमालेले जनाएको छ ।

राष्ट्रपतिको बिषयमा बिस्तारै टुङ्गो लाग्ने
नेकपा एमालेका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको बिषयमा पनि बिस्तारै किनारा लाग्ने वताएका छन ।
सुनसरीको दुवाहीस्थित फरवार्ड कम्युनिटी माईक्रो– फाईनान्स बित्तीय संस्थाको प्रथम बार्षिक साधारणसभालाई सम्वोदन गर्दै नेता नेपालले चुनाव हुन्छ हुँदैन भन्दाभन्दै शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुशी व्यक्त गरे । संबिधानसभाको बैठक मन्त्रीपरिषद्का अध्यक्षले डाकिसकेपछि त्यो अन्यौल पनि हटेको नेता नेपालले वताए । अव राष्ट्रपति र सभामुखको बिषय पनि बिस्तारै टुङ्गिने नेता नेपालको बिश्वास थियो ।
‘लामो समयसम्म रहेको संक्रमणकाल देशले छिट्टै पार गर्दैछ’ नेता नेपालले संबिधान निर्माणको काम सम्पन्न भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गर्ने वताए । अहिले देश र जनता अग्रगामी नयाँ संबिधानको प्रतिक्षामा रहेकोले यो दिगो दस्तावेजको रुपमा आउन सकोस भन्ने कामना गर्दै नेता नेपालले भने ‘संबिधान सवैपक्षलाई समेट्ने गरी दिगो एवं नेपाली जनताको एकताको, सद्भावको रुपमा आउनु पर्ने वताए । नेपालले भने–लोकतान्त्रिक मान्यतालाई स्थापित गर्न सक्ने संबिधान वन्नु पर्छ । जनताले अतिवादी बिचारलाई अस्वीकार गरिदिएको समेत नेपालको दावी थियो ।

फरार दुवै कैदी फेरी नियन्त्रणमा
गत शनिवार बझाङ कारागारवाट भागेका दुवै जना कैदीलाई मंगलवार विहान प्रहरीले पक्राउ गरेको छ ।
भागेका दुवै कैदीलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरी कैदीहरु पर्खाल नाघेर भागेको जानकारी दियो । बझाङ मौलाली घर भएका धनराज खत्री र सुर्मा घर भएका पालम वोहरालाई प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय वझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले भागेका दुवै जनालाई उनीहरुकै गाउँवाट समात्न सफल भएको वताए । स्थानीयवासीहरुले दिएको सूचनाका आधारमा प्रहरी निरीक्षक ज्ञानवहादुर बिष्टको नेतृत्वमा गएको टोलीले खत्रीलाई उनकै गाउँ मौलालीमा लुकेर वसेको अवस्थामा विहान करीव ३ वजेतिर र वोहरालाई प्रहरी नायव निरीक्षक गणेश तिमिल्सेना उनकै गाउँ सुर्मामा लुकेर वसेको अवस्थामा करीव सोही समयमै पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सापकोटाले वताए ।
कारागारवाट फरार भएका कैदीहरु वोहरा र खत्री एक वर्ष देखि कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा राखिएको थियो । घटनापछि सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टको एक टोली बझाङ गई आवश्यक अनुसन्धान गरिरहेको छ ।

छोटकरी समाचार
अध्यक्षमा बिष्ट
दिपायल सिलगढी नगरपालिका–१४ पाँकरीमा रहेको दुर्गा निम्न माध्यामिक बिद्यालयको अध्यक्षमा टेक बहादुर बिष्ट चयन भएका छन ।
गत बुधबार गठन भएको नयाँ कार्य समितिको सदस्यहरुमा हरिसिं बिष्ट, भक्त बहादुर महरा, आशिष बिष्ट, गंगादेबी महरा, चन्द्रभान बिष्ट, शिक्षक टेक बहादुर बिष्ट र सदस्य सचिवमा बिद्यालयका प्रअ हिक्मत बहादुर घले रहेका छन ।
नव निर्वाचित अध्यक्ष बिष्टले पाँच सय ५० जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा भबनको अभाव रहेकाले भौतिक संरचना निमार्णमा जोड दिनुका साथै शैक्षिक गुणस्तरमा समेत ध्यान दिने बताए । नयाँ कार्य समितिलाई सर्बसम्मत चयन गरिएको हो ।

अपाङ्गद्वारा ज्ञापन पत्र
मंसिर ४ गते भएको संबिधानसभाको निर्वाचनवाट अपाङ्गहरुको संबिधानसभामा प्रतिनिधित्व नभएको भन्दै अपाङ्ग सेवा संघ डोटीले मन्त्रीपरिषद्वाट चयन हुने २६ जनामा अपाङ्गहरुको प्रतिनिधित्व गराउनु पर्ने माग गरेको छ ।
सभासद् गौरी ओली मार्फत संबिधानसभालाई ज्ञापन पत्र बुझाउँदै संघले देशको मुल कानुन वन्ने ठाउँमा अपाङ्गहरुको प्रतिनिधित्व नहुँदा अपाङ्गता भएका व्यक्तिहरु दुःखी एवं मर्माहित भएको कुरा उल्लेख गरिएको छ । मन्त्रीपरि–षद्वाट मनोनित हुने २६ जनामा पनि अपाङ्गहरुको प्रतिनिधित्व नभए आफुहरु आन्दोलनमा उत्रिने समेत ज्ञापन पत्रमा उल्लेख छ ।

पिपलवोट डटकम ः पुस पनि फासफुस
नारायण वाग्ले
पहिलो संबिधानसभाको जस अपजस पुष्पकमल दाहाललाई जान्थ्यो । गयो । उनी पराजित भए । दोश्रो संबिधानसभाको जस अपजस सुशील कोईरालालाई हो । उनी पनि सफल हुने छाँट देखिएन । सुरुका दुई महिनाले त्यही लक्षण दिएको छ ।
जनताले मत हाल्दा पार्टी हेर्छन । त्यसभन्दा बढी अनुहार हेर्छन । कुन पार्टीमा कस्तो नेता छ भन्ने जाँच्ने निर्वाचनमै हो । मतपत्र जतिसुकै झण्झटिलो तथा निर्वाचन प्रणाली जतिसुकै जटिल भएपनि निर्वाचनले एउटा मुख्य नेता दिएको छ । पहिला दाहाललाई दियो, अहिले कोईरालालाई ।
मुख्य नेताले गर्ने समन्वय हो । नेताका लागि निर्वाचन भएको थिएन । संबिधानसभाका लागि भएको हो । र, पार्टीको जीतहार भएको हो । तर पार्टीलाई डो¥याउने नेता हुन । अहिले कोईरालालाई कोही भेट्न गयो भने केही छेकछन्द पाउन सक्दैन । के उनी प्रधानमन्त्री हुन चाहान्छन ? ’खै, साथीभाईहरुले के भन्छन’ उनको जवाफ हुन्छ । साथीभाई भनेका शेरवहादुर देउवा र रामचन्द्र पौडेल होलान् । जसले सट्टामा पार्टीको कार्यवहाक सभापति खोजेका छन वा आफैंलाई सरकार सुम्पिदिए हुन्थ्यो भन्ने चाहना पालेका छन । पार्टीभित्रको आकांक्षा र शक्ति सन्तुलनका लागि पनि कोईराला आफैं ढिलो अग्रसर भएका छन । कांग्रेसले सरकारको नेतृत्व गर्ने भयो भने पनि कसले गर्ने भनेर संस्थागत रुपमा भन्न खोजिहालेको छैन । संकोच मानिरहेको छ । आपसी सन्तुलन मिलाउने सुत्रको खोजीमा अल्मलिरहेको छ । भेलले वगरमा पछारेका माछा बकुल्लाले खोजेझैं भईरहेको छ कांग्रेसको चालमाल । ऊ नेतृत्व गर्न चाहन्छ भने कसरी र कहिले भन्ने प्रष्ट गर्न सकिरहेको छैन । माछा आफैं बकुल्लाको मुखमा पस्ने हो र ?
सरकार कस्तो भन्ने पनि खाका छैन । गठवन्धन को कससंग हो तय गर्ने सकिरहेको छैन । तय गर्ने अभ्यासका लागि वार्ता बढाउनै सकिरहेको छैन । राष्ट्रिय सहमतिको सरकार कि बहुमतको ? जे वनाए पनि एउटा सरकारको नेतृत्वको जिम्मेवारी कांग्रेसको हो । ढिलाईले उसकै जनमतको अनादार गर्छ । अर्को निर्वाचनका लागि साख गुमाउँछ । पक्का हो, गुमाउन थालिसकेको छ । कांग्रेस अकर्मण्य वन्न पुग्दा चुनावी सरकार अल्झिरहेको छ । गौण बिषयहरुले प्रधान रुप लिन थालेका छन । सरकार गठन भन्दा राष्ट्रपतिको पदाबधिवारे विवाद हुन थाल्यो । संबिधानसभा कसले वोलाउने भन्ने बिषयमा त अदालतकै ढोका ढक्ढक्याउनुपर्ने भयो । निर्वाचनका कार्यसूची यी दुवै थिएनन् । शीघ्र सहमतिको निर्वाचन र नेपालका लागि मध्यपन्थी धारको वहुलवादसहितको लोकतान्त्रिक संबिधान भन्ने जनादेश थियो ।
जनादेश बुझ्न सक्ने मात्र योग्य नेता सावित हुन्छन । एमाओवादी, मधेशवादी र संघीय समाजवादीले धाँधलीको कृत्रिम काँडेतारमा खुट्टा अल्झाएर हिंड्दा बित्थामा ढिलो गरे । वल्लतल्ल संबिधानसभामा आईपुगेका छन तर सभाकै बैठक वोलाउने सुरतालै छैन । मंसिर त निर्वाचनको जितहार र धाँधलीको होहल्लाले खायो । पुष बैठक कसले वोलाउने भन्ने फासफुसमै जानि भयो । कांग्रेस र एमालेबीच शक्ति बाँडफाँडको गृहकार्य त के आपसी बिश्वासकै जग वलियो नहुँदा जुँगा कसको राम्रो भन्ने खाले बिषयहरुमा मुलुकको महंगो समय गुज्रिदै गएको छ । दोष कांग्रेसकै हो । किनभने उसले नेतृत्व लिएकै देखिएन । कांग्रेस नेताहरु वोल्छन तर सुनिदैन । सुनियो भने बुझिदैन । जनताले पत्याए तर नेताहरु आफैंले आफैलाई पत्याएनन । कति सारो बिलम्व गरेका हुन ? के कारण हो ? आफुलाई अस्ती भरखर त्यत्रो बिधि मत दिने जनतालाई केही पनि जवाफ दिनु पर्दैन ? जवाफदेहिता कुन चराको नाम हो ?
स्थानीय निर्वाचन गराउन उपयुक्त याम चैत्र, बैशाखका लागि निर्णय गर्नु पर्ने भईसकेको छ । यो याम काट्यो भने आगामी मंसिरमा कठिन हुनेछ । नयाँ मतदाता नामावलीका कारण मात्र होईन । संबिधानसभाभित्र र वाहिर संघीयताको वहसबीच स्थानीय निकायको निर्वाचनको दरकार कमजोर देखिन पुग्नेछ । जसरी दोस्रो जनआन्दोलनदेखिका ठुल्ठुला परिवर्तनका प्रयासबीच लोकतन्त्रलाई जनतामा जनताका लागि संस्थागत गर्ने सवैभन्दा महत्वपूर्ण कडीको वेवास्ता हुँदै आएको छ । मंसिरमा प्रत्येक्षको परिणाम आउनासाथ जनादेश थाह भईसकेको थियो । समानुपातिक प्रणालीको माकुरीजालोले एक महिना लियो । समानुपातिकका नाम सच्याउन दलका नेताले मानेनन् । दलभित्र कति लोकतन्त्र छ भन्ने यहीक्रममा प्रकट भयो । प्रायः सवै पार्टीमा । लोकको जिम्मा आफैं लिएर आफुखुशी सभासद् छान्ने तन्त्र देखियो । जिम्मावालतन्त्र भएन त यो ? जिम्मावालहरुले लोकको जिम्मा लिने होईन, जाली कागज वनाउने गर्छन । प्रष्टै छ, कुन कुन व्यक्तिले कुन दलवाट पैसा बुझाएकै भरमा सभासद् हुन पाए । म्यानपावर ऐजेण्ट हुँदाहुँदै म्यानपावर कम्पनीवाट ठगिएको कुनै व्यक्तिले सभासद् हुन पाउँछ त ? घरजग्गा कारोवारी हुँदाहुँदै घरजग्गा कारोवार वा बैङ्क, सहकारीवाट उठिवास भएकाले समानुपातिकमा अवसर पाउँछन त ? नीजि बिद्यालयका संगठनका हर्ताकर्ताहरुनै राजनीतिक पार्टीभित्र मौलाउन पाउने ठाउँमा सामुदायिक बिद्यालयका दीर्घसेवी शिक्षकले झन कसरी यस्तो मौका पाउन ? सहरका क्लिनिकमा कार्यरत चिकित्सक हुँदाहुँदै दुर्गम भेगमा सेवारत कुनै चिकित्सकले सभासद् हुन पाउँछ त ?
अर्थतन्त्रमा अर्थको प्रतिनिधित्व भएझैं लोकतन्त्रमा लोकको प्रतिनिधित्व हुनुपर्छ भन्नु मामुली चाहना हो । तर लोकतन्त्र कमजोर छ । किनभने पार्टीहरुमा कार्यकर्ता निरीह छन, तिनका अरु नेता पनि लाचार छन । जनतामा शक्ति छैन । प्रश्न गरिदिनेहरु तै चुप मैं चुप छन । सभासद्को नग्न व्यापार भएको छ तर प्रतिनिधित्व गराउनु पर्ने सामाजिक समूहहरुका नाममा आएकाहरु समाजका हर्ताकर्ता, प्रखर व्यक्तित्व वा प्रतिनिधित्वका दृष्टिले सार्थक हुन सकेको भए वेग्लै तस्विर वन्ने थियो । नेताबिशेषका अनुकम्पा प्रायः सवै पार्टीमा प्रष्टै भए । जनताको घरदैलोमा अभ्यस्त भएर आएकाहरु नेताहरुको घरदैलोमा अस्तव्यस्त देखिएको होईन त ?
चन्दावालामध्ये कसैलाई पनि समानुपातिकमा नतान्ने निर्णय गरेर धन्य कांग्रेसले ठुलो पार्टीको मर्यादा राख्यो । तर, उसले प्रत्येक्षमा टिकट बितरण कसरी ग¥यो भन्ने चाँहि ओझेलमा परिसकेको छ । जसले लगानी गर्न सक्छ वा लगानी उठाउन सक्छ उसको औकात हेरेर टिकट दिएको समीक्षा उसले गरेको छैन । निर्वाचनमा जीतको न्यानोले आवश्यक बिषयमा छलफल पन्छिँदै जान्छ भन्ने यो एउटा उदाहरण हो । कांग्रेसले यही तवरमा नेतृत्वको कमजोरी प्रकट गरिरह्यो भने उसले हार्ने भनेको मुद्धा हो । संसदीय पद्धति अलोकप्रिय हुने हो । त्यसैपनि उसको संसदीय व्यवस्थाप्रति संबिधानसभामा बहुमत नपुग्ने संरचना वनिसकेको छ । त्यसमाथी निर्वाचनको दुई महिनासम्म पनि सभा गठन नहुने, सरकार नवन्ने, राज्यले गति आर्जन गर्न नसक्ने हो भने एउटा व्यक्तिको कार्यकारी शासन पद्धतितर्फ जनतामा आकर्षण बढ्ने निश्चित हुनेछ ।
एमाले पहिल्यैदेखि प्रधानमन्त्रीय पद्धतिको पक्षमा छ । प्रत्येक्ष रुपमा जनताले चुन्ने प्रधानमन्त्री भन्ने एमालेको नीतिप्रति कांग्रेसकै नरहरी आचार्य, गगन थापा लगायत प्रगतिशील सोच भएका प्रभावशाली सभासद्हरु लचिलो छन । राप्रपा नेपालले समेत त्यसकै नारा दिएको छ । एमाओवादीसहित केही मधेशी दल प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको माग गर्छन । त्यस हिसावले जनतावाट सोझै जित्ने कार्यकारी प्रमुखका पक्षमा संबिधानसभा ढल्किने छाँट छ । प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाप्रति कांग्रेसभित्रै पनि कति आकर्षण छ थाह छैन । तर भोली संबिधानसभामा मतदान हुँदा बढी रुची त्यसप्रति देखिने पक्का छ । जनमत संग्रह गर्ने हो भने पनि वहुमत जनताले त्यस्तो व्यवस्था स्वीकार्ने सम्भावना बढी हुन्छ । अहिलेको र्निाचन प्रणालीले त्यसै पनि साख गुमाईसकेको छ । यही प्रणाली कायम राख्ने हो भने दलहरुले जो पायो त्यहीलाई समानुपातिकमा प्राथमिकता दिन सक्ने मात्र होईन, आप्mना प्रधानमन्त्रीका उम्मेदवार समेत निर्धारण नगरी अलमलमात्र गरिरहन सक्नेछन ।
समानुपातिक सूचीमा प्राथमिकताक्रम निर्धारण नगर्ने हो भने अर्को निर्वाचनसम्म पुग्दा यो व्यवस्थानै अलोकप्रिय भईसक्नेछ । भावी संबिधानमा स्थानीय, प्रादेशिक र राष्ट्रिय सदनहरुको संरचना र निर्वाचन प्रणाली अहिलेको अनुभवका आधारमा तय गर्ने विवेक चाहिन्छ । त्यसका लागि संसदीय प्रणालीमा सुधारको आवश्यकता मनन् गर्न सक्नुपर्छ । नत्र त निर्वाचन कांग्रेसले जिते पनि उसको संसदीय प्रणालीले हार्ने प्रष्ट भईसकेको छ । संसदीय व्यवस्था अल्छिलाग्दो र जटिल मानिन्छ । कुनै एक व्यक्तिको नेतृत्व हुँदैन । व्यवस्थापिका संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने, त्यसवाटै कुनै पनि वेला आफ्नो बिकल्प आउन सक्ने चुनौती सामना गरिरहनु पर्ने हुन्छ । संसद सर्वेसर्वा हुन्छ । संसदसंग समन्वय, सहकार्य र सहमति गरेर सरकार चल्नु पर्ने हुन्छ । हाम्रो जस्तो बिबिध सामाजिक समूहहरु भएको देशमा समानुपातिक निर्वाचन प्रणालीले बिबिधताको प्रतिनिधित्व गराउन सक्छ । समानुपातिक निर्वाचन प्रणाली संसदीय व्यवस्थासंग अनुकुल हुन्छ ।
संसदीय व्यवस्थाको पक्षधर शक्तिले दोस्रो संबिधानसभाको नेतृत्व गर्न पाएको छ । संसदीय व्यवस्था भने यही वेला पार्टीहरुको जिम्मावालतन्त्रका कारण गतिहिन देखिन पुगेको छ । नेतृत्व गर्नु पर्ने पार्टी अकर्मण्य भईदिँदा जनता कमजोर हुँदै जाने र निर्वाचन जित्ने पार्टीले सिद्धान्त हार्ने परिस्थिति वन्दै गएको छ । यही तालले त जनादेश पनि फासफुस हुन के वेर ?
सेतोपाटी अनलाईन पत्रिकावाट

मोफसल पत्रकारिता
पत्रकारहरु विदेशिने क्रम पनि पाइएको छ
अनुपप्रकाश पौडेल (सम्पादक)
पोखरा आवाज दैनिक, कास्की
तपाईको पुरा परिचय पाँउ न ?
मेरो नाम अनुपप्रकाश पौडेल हो । तनहुँ जिल्लाको व्यास नगरपालिका दमौलीमा मेरो स्थायी बसोवास रहेको छ । अहिले म कास्कीको पोखराबाट प्रकाशन हुने पोखरा आवाज दैनिक पत्रिकामा कार्यरत छु ।
कति समय भयो तपाईलाई पत्रकारितामा लागेको ?
मैले पत्रकारिता शुरुवात गरेको विंसं २०५७ सालदेखि हो । मैले सुरुवातका दिनहरुमा काठमाण्डौमा रहेर पत्रकारिता कर्ममा लागेको हुँ । यस क्षेत्रमा लागेको करीब डेढ दशक हुन लाग्यो ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
हुन त मैले काठमाण्डौंमा रहँदा विगतका दिनहरुमा शिक्षकका रुपमा पनि लामो समय काम गर्ने अवसर पाएँ । त्यसो हुँदा हुँदै पनि मलाई पत्रकारिताप्रति पनि विशेष रुचि थियो । तसर्थ मैले आफ्नो रुचिलाई पेशागत रुपमा अपनाउनु पर्छ भन्ने मनसायले उच्च अध्ययनका लागि पनि यहि विषयलाई छनौट गरे । अहिले म त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नाकोत्तर अध्ययन पश्चात थेसिस लेखनको चरणमा छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
समसामयिक विषयवस्तुहरुमा मेरो अभिरुचि रहेको छ । पत्रकारिताका शुरुवातका दिनहरुमा मैले कलाकारिता, राजनीतिक, आर्थिक लगायतका क्षेत्रमा कलम चलाएको थिएँ । अहिले मोफसलमा रहेर काम गर्दा यहि क्षेत्रमा मात्रै काम गर्छु भन्ने अवस्था छैन । त्यसैले सबै क्षेत्रमा कलम चलाउनु पर्ने हुन्छ । रुचिकै कुरा गर्ने हो भने मलाई आर्थिक, राजनीतिक, सुरक्षा तथा परराष्ट्र आदि क्षेत्रमा पत्रकारिता गर्न मन पर्दछ ।
पत्रकारिता पेशामा लागेर आईपर्ने समस्याहरु के के देख्नु भयो ?
पत्रकारिता चुनौतीपूर्ण पेशा हो । यस्तै खालका चुनौति छन् भनेर तोकेर भन्न सकिने अवस्था छैन । समय परिस्थिति र स्थानहरु अनुरुप फरक फरक छन् । हामी आफंैमा देखिने सबैभन्दा ठूलो चुनौति भनेको हरदम नयाँ सूचना र जानकारीसँग अपडेट रहिरहन पर्ने हुन्छ । यसलाई तपाई अवसर पनि भन्न सक्नु हुन्छ । त्यसका अलावा अन्य खालका चुनौतिहरु पनि बेला बेला देखा पर्दछन् ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
पत्रकारितामा आफ्नो रुचिलाई पछ्याउदै आएको हँुदा सन्तुष्ट नहुने भन्ने कुनै कुराहरु छैनन् । विगत चार पाँच वर्षदेखि पोखरामा रहेर पत्रकारिता गरिरहेको छु । यस पेशाप्रति म पूर्ण सन्तुष्ट छु ।
मोफसलै भएपनि कास्कीको सदरमुकाम पोखरावाट पत्रकारिता गर्दै हुनुहुन्छ, पोखराको पत्रकारिता त राम्रै होला नि ! होईन र ?
पोखरामा पत्रकारिता क्षेत्रमा राम्रो प्रगति भएको छ । निजी क्षेत्रबाट दर्जन भन्दा वढि दैनिक पत्रिकाहरु, साप्ताहिक पाक्षिक पत्रिकाहरु, त्यत्तिनै संख्यामा एफएम रेडियोहरु र केही टेलिभिजन समेत प्रकाशन प्रसारण भैरहेका छन् । यसरी हेर्दा यहाँको पत्रकारिताको भविष्य राम्रो देखिदैछ ।
मोफसलमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
मोफसलबाट पत्रकारिताका माध्यमद्धारा यहाँका जनसरोकारका कुराहरु निरन्तर रुपमा बाहिर ल्याउने काम भइरहेको छ । यसको सबैभन्दा सुन्दर पक्षनै त्यै हो जस्तो लाग्छ । चाहे ती राजनीतिका सरोकारका कुरा हुन या ती विकास निमार्ण लगायत अन्य आर्थिक, सामाजिक, शैक्षिक, कला, संस्कृतिका सवालनै किन नहुन्, सबैलाई स्थानीयस्तरमा पत्रकारिता मार्फत उजागर गर्न सकिने अवस्था आएको छ ।
मोफसल पत्रकारिताका मुख्य समस्याहरु के के देख्नु भएको छ ?
मोफसलमा पत्रकारिताले भोगेको अहिलेका मूख्य समस्याहरु भनेका दक्ष जनशक्तिको अभाव, सूचनाको स्रोतसम्म पहँुचको कमि, व्यवसायिकताको कमि, संचारकर्मीमाथि हुने विभिन्न खालका घटनाहरु हुन् जस्तो लाग्छ । पोखराको सवालमा कुरा गर्दा संचार संस्थाहरुको संख्या बढेसँगै पत्रकारहरु विदेशिने क्रम पनि पाइएको छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
मोफसलबाट गरिने पत्रकारिता मार्फत पनि देशको सम्रग विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई सरकारले महसुस गर्नु पर्दछ । यसैले पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि पनि ठोस योजनाका साथ कार्यक्रम ल्याउनु पर्दछ । पत्रकारितालाई अझ व्यवसायिक बनाउनका लागि विज्ञापन, लगानी, अन्य भौतिक स्रोतको विकासमा सरकारले नीतिगत रुपमा सहयोग गर्नुपर्दछ ।
मोफसल पत्रकारिताको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
मोफसलमा कहिकतैबाट पत्रकारहरुमाथि ज्यादती भएमा नेपाल पत्रकार महासंघले आवाज उठाएर निर्भिकताका साथ आफूलाई उभ्याउने गरेको पाइएको छ ।
पत्रकारहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारिताको संरक्षणका लागि कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरेको पाउनु हुन्छ ?
संगठनहरुबाट पुरस्कार, तालिम लगायतका सकारात्मक कार्यहरु भइरहेको परिप्रेक्ष्यमा राम्रै योगदानका रुपमा लिनु पर्दछ भन्ने ठानेको छु ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
त्यस्तो खासै पैसा कमाएको छैन । तैपनि जीविका चलाउनका लागि भने मोफसलमा बसेर पनि राम्रै छ भन्ने लाग्छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
मानवीय अभिरुचिका कुराहरुलाई संप्रेषण गर्ने कलालाई पत्रकारिता भनिन्छ जस्तो लाग्छ । यसले महान उद्देश्य राखेको हुन्छ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
त्यसमा केही हदसम्म सत्यता हुन सक्दछ । वास्तवमा जुनसुकै क्षेत्रमा पनि खराब र असल प्रवृत्तिहरु रहेका हुन्छन् । त्यसो हुँदाहुँदै पनि हामीले यस पेशाको गरिमा जोगाउन पट्टी लाग्नु पर्दछ । खराब प्रवृत्तिहरुलाई निस्तेज पार्न सक्नु पर्दछ ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
यस्ता कुराहरुमा भने मेरो कुनै खालको संलग्नता रहने गरेको छैन ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
सरकारले पत्रकारिताको विकासका लागि नीतिगत रुपमा नै अगाडि बढ्नु पर्ने देख्दछु ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
वास्तवमा पत्रकारिता मार्फत समाजमा योगदान दिन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले तपाईको पत्रिकामार्फत आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद सहित पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

सवैका लागि उपयोगी
माल्दिभ्सको शिक्षा व्यवस्था
माल्दिभ्सले पारिवारिक शिक्षा र धार्मिक संस्थाहरुमा सञ्चालित संवेदनशील र सतर्कतापूर्वक राष्ट्रिय औपचारिक शिक्षमा समावेश गर्न सफल भएकोले त्यहाँको साक्षरता प्रतिसत ९६ भन्दा वढी रहेको छ । सार्कमा साक्षरता दर सवैभन्दा बढी भएको देश माल्दिभ्स हो । यस देशले बिद्यालय तहको शिक्षाको पहुँच र गुणस्तर दुवै पक्षमा प्रगति गरेको छ । माल्दिभ्सको शिक्षा पद्धति मुलतः ईस्लामिक धर्ममा आधारित छ । सन १९८४ मा शिक्षा सम्वन्धि व्यापक सुधारका नीति तथा कार्यक्रम वनेपछि त्यहाँ राष्ट्रिय पाठ्यक्रमको निर्माण गरिएको थियो । माल्दिभ्समा पाठ्यक्रमको बिकास र व्यवस्थापन सम्वन्धि सम्पूर्ण कार्य शैक्षिक बिकास केन्द्रले गर्ने गर्दछ । त्यहाँको पुरानो पारिवारिक शिक्षा प्रणाली सवैभन्दा महत्वपूर्ण मानिन्छ । पुरानो पारिवारिक शिक्षा प्रणालीमा पुरुषहरुभन्दा महिलाहरु बढी साक्षर थिए । पारिवारिक शिक्षामा परम्परागत रुपमा पढ्ने लेख्ने र सामान्य गणितीय सीप र संस्कृति सम्वन्धि शिक्षा परिवार र छिमेकलाई दिईने गरेको पाईन्छ । तर माल्दिभ्समा आजभोली अंग्रेज िशिक्षाप्रति आकर्षण क्रमसः बढ्दै गएको छ । दुर शिक्षा प्रणालीवाट प्रसारण गरिने शैक्षिक कार्यक्रम त्यहाँका टापुमा अवस्थित भौगोलिक र सामाजिक परिवेशमा निकै उपयोगी भएको छ । उक्त दुर शिक्षा प्रणालीवाट निम्नानुसारका कार्यक्रम प्रचार प्रसार गरिन्छ ।
ड्डप्राथमिक तहको पाठ्यक्रममा आधारित कार्यक्रम र शिक्षक प्रशिक्षण कार्यक्रम
ड्डआपराधिक गतिबिधिमा संलग्न भएकालाई सुधारात्मक सन्देश
यस देशमा दिवेही भाषा र मत्स्य पालन सम्वन्धि बिषय सवै तहको पाठ्यक्रममा समावेश गरिएको छ । उच्च शिक्षा भन्दा बिद्यालय तहको शिक्षामा नै बढी ध्यान केन्द्रित गरिएको पाईन्छ । परम्परागत पारिवारिक र धार्मिक संस्थाहरुवाट प्रदान गरिएको शिक्षालाई राष्ट्रिय शिक्षाले उचित स्थान दिई मुल प्रवाहमा ल्याउने कार्यमा राष्ट्रले बिशेष महत्व दिएकोले आधारभुत तथा प्राथमिक शिक्षामा यस देशले उल्लेखनीय प्रगति गरेको छ ।
माल्दिभ्सको शैक्षिक संरचना
ड्डप्राथमिक तह कक्षा १ देखि ५ सम्म
ड्डनिम्न माध्यामिक तह कक्षा ६ र ७ सम्म
ड्डजुनिएर सेकेन्डरी तह कक्षा ८ देखि १० सम्म
ड्डसिनियर सेकेन्डरी तह कक्षा ११ र १२
माल्दिभ्सका प्राथमिक शिक्षाका उद्देश्यहरु
ड्डसाक्षर वनाउने
ड्डभाषिक सीपको बिकास गर्ने
ड्डगणितीय सीपको बिकास गर्ने
ड्डसामाजिक चालचलनप्रति सचेत वनाउने
ड्डराष्ट्र र राष्ट्रियताप्रति सचेत वनाउने
ड्डव्यक्तिगत चरित्रको बिकास गर्ने
ड्डसहयोगी भावनाको बिकास गर्ने
माल्दिभ्सले शिक्षाका मुख्य ७ वटा राष्ट्रिय लक्ष तय गरेको छ भने ८ वटा राष्ट्रिय शैक्षिक उद्देश्यहरु तय गरेको छ ।

साहित्य÷सृजना
रातको सुनसानमा
म हिडिरहेको छु
आकास पनि उज्यालै देखिन्छ ।
दिनमा घाम राम्ररी लाग्छ
रातमा चन्द्रमाले हेरिरहेकी नै छन
हावाले यताउति गर्न छोडेको छैन
नदीमा पानी पनि सुसाइरहेकी छन्
वनमा न्याउलीले गाउन छोडेको छैन
टाढाटाढा रातको सुनसानमा
जोगीले आवाज दिइराखेको छ
चराहरु बासको झाङमा चिरविर गरिरहेकै छन्
फेरि पनि मेरो मन किन सुनसान छ
म आफूलाई फेरि किन जीवन चक्रबाट टाढा पाउँछु
फेरि किन समयसँग गुनासो गर्न पुग्छु
फेरि किन म बितिसकेको दिनलाई हेर्न कोसिस गर्छु
इन्दे्रणीको सात रङले आकाशको शोभा बढाएको छ
धरतीका जीवनहरुका गीतले
यसलाई सजीव तुल्याएको छ
फेरि किन मैले सबै चीजलाई बेरङ्ग देख्छु
फेरि किन मैले आपूmलाई
सबै जगतबाट टाढा देख्छु
सुसाएको नदी उडी रहेको बादलको आकाश
शान्त रहेको त्यो समुद्र
बेहुली झै सजिएको यो धर्ती
— सुस्मिरा अर्याल, अनामनगर

गजल
म नर्कमा उ स्वर्गमा साथमा जथ्था उस्तै उस्तै
उनको मेरो चोट पो फरक भो ब्यथा उस्तै उस्तै ।।
गाँउको त रित्तै बैमानी आफु परेँ गाउँले ठीटो
उनी परिन शहरको जीउनलाई बाधा उस्तै उस्तै ।।
आफुलाई सरिफ ठान्ने उनमा बेग्लै खाले दम्ब छ
स्वाभिमानी पूरुष म पनि बिरताको गाथा उस्तै उस्तै ।।
लगाउनु पर्दैन भो एक्काईसौँ सताब्दीको घुर्की मलाई
अन्धकारमा फँसेको यो जिन्दगीको कथा उस्तै उस्तै ।।
उ ब्यक्तिगत अनि म सांस्कृतिक परम्पराको बन्धनमा
जे होस् मेरो बाध्यता र उनको बिवसता उस्तै उस्तै ।।
बिष्णुप्रसाद भण्डारी
बिरपथ ७ स्याउले अछाम

बिछोड आँशु र बिवशता मलाई,
तिमीलाई खुशी हुन्छ की
तिम्रो देशको शहरमा, मेरो नामको मृत्यु हुन्छ की
तुपान चलिराछ यहाँ, दुःखी मुटु जलिराछ
हावासंगै चट्टान मुटुमा, मायाको राफ अउँछ की
हासो बिलाई राछ मेरो, पिडा बढीराछ मेरो
यहाँ म रुदैछु त्यहाँ न्याउली, कोईली रुन्छ की
सागरमा नखोज्नु मलाई, आँशुको तालमा डुवेकी छु
सुर्मा तालमा हेर्न जानु, वगरमा हामी भेट हुन्छ की
तिम्रो मायाको न्यानो पनमा, मेरो माया बाँचिराछ
मेरो मायाँको मसान घाटमा अव भेट हुन्छ की
बिछोड आँशु र बिवशता मलाई, तिमीलाई खुशी हुन्छ की

खगेश्वरी ओझा “आँशु”
तिजाली–३, डोटी

बिज्ञापन
समान पहुँच विकास केन्द्र नेपाल (सिड नेपाल) डोटीद्वारा सञ्चालित मातृशिशु स्वास्थ्य तथा पोषण
(MCHN) र उत्तम आहार परियोजनाका लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हृान गरिन्छ ।
सूचना प्रकासित मिति ः २०७०÷०९÷२९ गते,
विज्ञापन नं. ००२÷०७०÷०७१,
कार्यक्रम अवधि ः कार्यक्रमको सम्झौता अनुसार,
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता,
सुविधा ः संस्थाको नियम अनुसार,
सम्पर्क मिति ः २०७०÷१०÷६ गते
तपसिल
१. पद ः परियोजना संयोजक (माशृशिशु स्वास्थ्य तथा पोषण परियोजना),
संख्या ः १
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट HA jf STAFF Nurse उत्तीर्ण गरी स्नातक तह उत्र्तीण वा
ड्डस्वास्थ्य मुल बिषय लिई मान्यताप्राप्त शिक्षण संस्थानवाट स्नातक तह उत्तीर्ण वा
ड्डमान्यता प्राप्त शिक्षण संस्थानवाट जनस्वास्थ्य बिषयमा स्नातक

(B.Ph.) उत्तीर्ण । (B.Ph.) उत्तीर्णलाई बिशेष ग्राह्यता)
ड्डकम्तीमा १ वर्षको काम गरेको अनुभव भएको
ड्डएम.सी.एच.एन सम्वन्धी ज्ञान भएको (विशेष गरी पोषण कार्यक्रम र स्वास्थ्य सेबा सम्वन्धि)
ड्डसहजीकरण, समुदाय परिचालन र समन्वय गर्न सक्ने ।
ड्डनेतृत्व क्षमता भएको, समुदायमा रहि काम गर्न इच्छुक ।
ड्डकम्युटर सम्बन्धी सिप भएको (MS- Word, Excel & etc)।
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने तथा लेखा सम्वन्धि सामान्य ज्ञान भएको ।
कार्यालय स्थान ः कालिकास्थान गाबिस, मौवा,
दरखास्त दस्तुर ः रु ४००
२. पद ः कार्यक्रम सुपरभाईजर CMA (उत्तम आहार परियोजना),
संख्या ः १ जना
न्युनतम शैक्षिक योग्यता तथा अनुभव ः
ड्डमान्यता प्राप्त शिक्षण संस्थाबाट CMA उत्तीर्ण गरेको
ड्ड कम्तीमा २ वर्षको काम गरेको अनुभव भएको
ड्डखाद्य तथा पोषण सम्वन्धी ज्ञान भएको

ड्ड नेतृत्व क्षमता भएको, समुदायमा रही काम गर्न इच्छुक ।

ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
कार्यक्षेत्र ः खिरसैन, सानागाउँ र वगलेक गाबिस,
दरखास्त दस्तुर ः २००
पेश गर्नु पर्ने कागजातहरु ः
ड्डनिवेदन सहितको व्यक्तिगत बिवरण (वायोडाटा) १ प्रति
ड्डशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डप्राप्त तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु ।
ड्डनेपाली नागरिकताको प्रतिलिपी ।
ड्डकार्य अनुभव खुल्ने प्रमाणका प्रतिलिपीहरु ।
दरखास्त पेश गर्ने स्थान ः संस्थाको सम्पर्क कार्यालय सिलगढी(२ डोटी (राधा कृष्ण टोल) वा
ः ईमेल मार्फत ceadvacancy@gmail.com मा पनि पठाउन सकिने छ ।
सम्पर्क फोन ः ०९४४२०६११,
नोट ः म्याद नाघी वा रित नपुगी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन ।
ः ईमेल मार्फत आवेदन गर्ने व्यक्तिहरुले यस संस्थाको राष्ट्रिय बाणिज्य वैङ्क सिलगढी डोटी शाखामा रहेको च.हि.नं. ४३०७ मा आवेदन दस्तुर जम्मा गरेको भौचर समेत स्क्यान गरी पठाउनु पर्नेछ ।
........................
पदपुर्ति समिति

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete