Monday, February 3, 2014

बिम्ब साप्ताहिक मिति २०७० साल माघ २१ गते मंगलवार

मानवले मानवलाई शोषण गर्ने, अन्याय अत्याचार गर्ने कार्य निन्दनीय कार्य हो । नागरिक अधिकारप्रति सजग र सचेत बनांै, बनाआंै र सबैमा समान व्यवहार गरांै ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


प्रमुख समाचार 

टेलिकमले सकेन स्तर उन्नति गर्न

प्रयोगकर्ताको संख्या वढ्दो, स्तर घट्दो

“नेटवर्क बिजी”, “तपाईले डायल गर्नु भएको मोवाईलमा सम्पर्क हुन सकेन, केही समयपछि पुनः प्रयास गर्नुहोला”, “तपाईले डायल गर्नु भएको नम्वर अहिले व्यस्त छ, केही समयपछि पुनः प्रयास गर्नुहोला” यस्तायस्तै वाक्यहरु सुनिन्छन अचेल मोवाईल नेटवर्कवाट ।
संस्थानहरुमा सवैभन्दा बढी मुनाफा कमाउने भनि चर्चामा     रहेको नेपाल टेलिकमले प्रदान   गरिरहेको सेवाको स्तर उन्नति गर्न नसक्दा टेलिफोनको प्रयोगकर्ताहरु मार्कामा परेका   छन । दुर सञ्चार सेवा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएपनि सेवाको गुणस्तर भने घट्दो क्रममा रहेको छ । अत्यन्त जरुरी काम परेर फोन गर्नु खोज्यो टेलिकमको जवाफ यस्तै आउने गरेको छ ।
नेपाल टेलिकमले डोटी जिल्लामा पिएसटिन लेण्डलाईन एक हजार ९६ लाईन बितरण   गरेको छ । उक्त लाईनमा समस्या नदेखिएको भएपनि मोवाईल सेवा भने पूर्ण रुपमा थलाँ परेको मोवाईल प्रयोगकर्ताहरु   वताउँछन । डोटीको सिलगढी र दिपायलमा रहेका टेलिकमका कार्यालयहरुवाट जिएसएम प्रिपेड मोवाईल ३५ हजार दुई सय ८१ र पोष्टपेड ५३ थान बितरण  गरिएको छ । यसैगरी स्काई मोवाईल ११ हजार तीन सय २७ र स्काई फिक्स सेट तीन सय ८५ थान बितरण गरेको छ ।
तर, फोनको सम्पर्कका लागि भने पालो कुर्नु पर्ने अवस्था रहेको छ । ‘जति प्रयास गरेपनि चाहिएको वेला फोन हुँदैन’ एक मोवाईल प्रयोगकर्ताले बिम्ब साप्ताहिकलाई भने ‘नेपाल टेलिकम सेवामुखी भन्दा पनि मुनाफामुखी भएका कारण यस्तो समस्या आएको हो ।’ उनका अनुसार टेलिकमले क्षमताभन्दा वढी सिम बितरण गरेको छ ।
नेपाल टेलिकम दिपायलका प्रमुख गगन चन्द भने मोवाईलको नेटवर्क सही भएको वताउँछन । ‘एकदुई दिन समस्या भएको थियो तर अहिले ठिक छ’ चन्दले  देशभरीमा कुनै कारणले नेटवर्कमा गडवडी भएपछि समस्या आउने गरेको वताए । अहिले पनि नेटवर्क बिजी भन्दै नि ! बिम्ब साप्ताहिक को जिज्ञासामा प्रमुख चन्दले भने ‘मलाई त थाह भएन, यस्तो सिकायत अहिलेसम्म कतैवाट आएको छैन ।” सिलगढी ईन्द्रचोक नजिक रहेको उपकरणमा केही समस्या आएका कारण केही समस्या भएको तर अहिले सुधार भईसकेको चन्दको भनाई थियो ।
क्षमताभन्दा वढी सिम वितरण गरेका कारण यस्तो समस्या भएको हो भन्ने आरोप छ नि ! नेपाल टेलिकम सिलगढीका प्रमुख राजेशप्रसाद भट्टराई भन्छन “क्षमताभन्दा वढी बिरतण गरेका कारण यस्तो समस्या आएको होईन ।” ठाउँ अनुसार नेटवर्कले फरक फरक काम गर्ने भट्टराईको भनाई छ ।
मोवाईल सेवाको मात्र समस्या छैन यहाँ टेलिकमले प्रदान गर्ने आएको ईन्टरनेट सेवाले पनि सेवाग्राहीलाई धुरुक्कै रुवाएको छ । ईमेल÷ईन्टरनेटको सहारामै काम गरिरहेको थुप्रै मानिसहरु ईन्टरनेटको लाईन नभएपछि खाली दिन काट्न वाध्य हुन्छन ।
टेलिकमले डोटीमा दुई सय ६१ एडिएसएल जडान गरेको छ भने ईन्टरनेटकै लागि ६ वाईमेक्स जोडेको छ तर ईन्टेरनेटको हालत पनि मोवाईलको भन्दा फरक देखिँदैन । “नो नेटवर्क एस्सेस”, “लिमिटेड सर्भिस” ईन्टरनेट चलाउँन खोज्दा यस्ता सन्देशहरु सित्तै पढ्न पाईन्छ । डोटीवाट राजधानीको नयाँ पत्रिका राष्ट्रिय दैनिकका लागि काम गर्ने सञ्चारकर्मी कर्ण चन्द भन्छन ‘ईन्टेरनेटको खरावीका कारण समयमै समाचार पठाउन समस्या छ ।
किन यस्तो भयो त ? दिपालय कार्यालयका प्रमुख चन्द भन्छन “केही समय कोहलपुरमा अप्टिकल काँटिदा समस्या भयो, त्यसपछि कैलालीको चौमालामा पनि त्यसै भयो’ चन्दले हिजो आज राम्रैसंग चलिरहेको दावी गरेपनि सोमवार यो समाचार तयार पार्दासम्म मोवाईलको जस्तै ईन्टरनेटको अवस्थामा पनि दयालाग्दोनै थियो ।

सम्पादकीय 

संका सुरु भयो नेता ज्यू 

राष्ट्रपति रामवरण यादवले राष्ट्र प्रमुखको हैसियतले सहमतीय सरकार गठनका लागि दलहरुलाई माघ १२ मा दिएको समयसीमा आइतबार समाप्त भएको छ तर दलहरु राष्ट्रपतिले दिएको समयमा सहमतिको सरकार वनाउने टुङ्गोमा पुग्न सकेनन् । सरकार गठनको सवालमा राष्ट्रपति यादव यस अघि पनि पटकपटक खिस्सिएको  थिए । यस पटक पनि फेरी खिस्सिने अवस्था आयो उनका लागि ।
सायद समय तोकेर सरकार गठन गर्न आग्रह गर्दा फेरी असफल पो भईन्छ कि भन्ने डरले यादवले यस पटक भने समयसिमा नतोकेरै दलहरुलाई वहुमतीय सरकार गठनका लागि आव्हान गरेका छन । यो सिमा विनाको समय कति लामो हुने हो र कहिले सरकार वन्ने हो भन्ने वारेमा न त सरकार गठनको लागि आव्हान गर्ने राष्ट्रप्रमुखलाई थाह छ न सरकार गठन गर्ने दलहरुलाईनै यसको मेसो छ । राष्ट्रपतिको कार्यालयले सोमवार एक विज्ञप्ति जारी गरी अन्तरीम संविधानको धारा ३८ (१) बमोजिम सहमतीय सरकार गठन गर्न गरिएको आग्रह विफल भएकाले बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ ।
संबिधानसभाको तेश्रो शक्ति एमाओवादी र चौथो शक्ति राप्रपा नेपालले लिखित रुपमा सरकार गठनमा सहभागि नहुने जानकारी दिएपछि यादवको सहमतीय सरकारलाई दिएको समयको कुनै औचित्यनै रहेन । अन्ततः अन्तरीम संबिधानको धारा ३८ (२) अनुसार बहुमतीय सरकार गठनका लागि राष्ट्रपति यादवले आग्रह गरे तर कति सयममा प्रयास गर्ने हो भन्ने भन्ने वारेमा भने कुनै जानकारी छैन ।  धारा ३८ को उपधारा १ अनुसारको प्रक्रिया बिफल भएकोले उपधारा २ अनुसार प्रक्रिया अगाडी वढाउनु भन्ने सन्देश त सितल निवासले वानेश्वरलाई पठाएको छ तर त्यो अधुरो सन्देशको सुनुवाई कहिलेसम्म हुन्छ हेर्न वाँकीनै छ ।
संबिधानसभाको अर्को चुनाव भएको अढाई महिना बितिसक्दा सरकार गठनमा समेत कुनै उपलव्धी नहुँदा फेरी संका गर्ने ठाउँ देखिएको छ । संबिधानसभाको वैठक वसेको ६ महिनाभित्र जनताको बिचमा नयाँ संबिधानको खाका ल्याउने र एक वर्षभित्र पूर्ण संबिधान जारी गर्ने घोषित लक्षका साथ दलहरु अर्को संबिधानसभाको निर्वाचनमा सहभागि भएका थिए । जनताका बिचमा पहिलो प्राथमिकता नयाँ संबिधान जारी गर्ने प्रतिवद्धता समेत दल उम्मेदवारहरु, नेताहरु र कार्यकर्ताहरुवाट आएको थियो तर मंसिर ५ गतेनै उक्त प्रतिवद्धता दलहरुले बिर्सिसकेका छन ।
२०६४ सालमा भएको निर्वाचनवाट भएको संबिधानसभाको निर्वाचनको थपिएको समेत गरी चार वर्षको कार्यकालमा आधा समय सरकार गठनमै खर्च गरेका थिए । यो कुरा जनताले अहिलेसम्म पनि बिर्सेका छैनन् । एक प्रधानमन्त्री चयनका लागि १७ पटकसम्म चुनाव हुँदा पनि प्रधानमन्त्री चयन हुन नसकेको अवस्था पनि जनताले बिर्सेका छैनन् । हामी अव पदका लागि लडाई गर्दैनौं भन्ने दलहरु भाषा फेरिन थालेका छन । सहमतिको सरकारको बिकल्प छैन भन्ने दलहरु अहिले फेरी वहुमतको सरकार गठन गराउन कसरतमा लागेका छन ।
लाजमर्दो कुरा मान्नु पर्छ संबिधानसभाको दुई पटक भएको  छ । यस्तो यस्तो ईतिहास रच्ने देशहरु कमै छन । नेताहरुका हविगत हेर्दा नेपालमा संबिधानसभाको निर्वाचन दोश्रो पटक भएर पनि काम गर्ला जस्तो छैन । गत संबिधानसभाले गरेका कामहरुको स्वामित्व लिने कुरामा वर्तमान संबिधानसभामा बिवाद सृजना हुन थालेको छ । यसो हो भने नयाँ सिरावाट फेरी सुरुवात गर्नु पर्ने हुन्छ । त्यसो भयो भने फेरी चार वर्ष संबिधानसभाले खान्छ, नयाँ संबिधान वन्ने र नवन्ने कुरा त उधारो नै छ । यसैकारण फेरी जनतालाई संका लाग्न थालेको छ । हामी संबिधानसभामा चुप लागेर वस्ने छैनौं भनेर जनताको बिचमा भोट माग्ने सभासद् बिल्ल्लाधारीहरुले अव वेलैमा होस पु¥याउनु जरुरी छ ।

थप समाचार 

सामुदायिक भवनवाट खुशी

तरकारी संकलन केन्द्रका रुपमा प्रयोग गर्ने गरी आप्mनै गाउँमा सामुदायिक भवन निर्माण हुन थालेपछि वगलेक गाबिसवासीहरु हर्सित भएका   छन ।
गाबिसमा उत्पादन हुने    तरकारी संकलन गर्ने र अन्य सामाजिक कामका लागि समेत प्रयोग गर्न सकिने गरी निर्माण हुन लागेको उक्त भवनले आफुहरुलाई निकै सहयोग पुग्ने वताउँछिन स्थानीय महिला सुनिता ठगुन्ना । भवन निर्माणपछि सवैले यसको संरक्षण गर्ने उनको धारणा छ ।
वगलेक गाबिस–४ का टिका नेपाली पनि भवनलाई स्थानीयस्तरमा उत्पादन हुने     तरकारी संकलन केन्द्रको रुपमा प्रयोग गर्दा पिठ्युमा डोकाको   भारी वोकेर सिलगढी जानु पर्ने वाध्यता नहुने वताउँछन । स्थानीय राजनीतिक कार्यकर्ता धनवहादुर ओली भन्छन ‘आलु उत्पादन भएपछि किसानहरुले भारी वोकेर सिलगढी पु¥याउँदा समेत उचित वजार मुल्य मिल्दैन” उनले थपे ‘हामीसंग तरकारी भण्डारण गर्ने गोदाम नभएका कारण समस्या भईरहेको थियो, अव यहाँको तरकारी यसै संकलन गरेर एकमुष्ठ पठाउन सक्छौं ।’
केएर नेपाल र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको साझेदारीमा सञ्चालन भईरहेको सहयोग कार्यक्रममार्फत निर्माण भईरहेको सो परियोजनाको कुल लागत १२ लाख, नौ हजार ६६ रुपैयाँ रहेको छ । जसमा वगलेक गाबिसले ५० हजारको साझेदारी गरेको छ भने समुदायले एक लाख ५४ हजार एक सय १४ रुपैयाँ वरावरको श्रमदान गर्दैछन ।


अठचालिस वर्षदेखि साङ्लोमा

समयमै उपचार नपाएका कारण कञ्चनपुरका एक व्यक्ति ४८ वर्षदेखि साङ्लोमा जीवन जीउन बाध्य भएका छन ।  
जिल्लाको दक्षिणी भेग श्रीपुर गाविस–६ बेलौरीका ७० वर्षीय मल्का बडायत झन्डै ४८ वर्षदेखि साङ्लोमा जीवन जीउन बाध्य भएका छन । जनचेतना र आर्थिक अभावका कारण बडायत २०२२ सालदेखि साङ्लोमा जीवन बिताउन बाध्य भएको उनका परिवारजनले बताएका  छन । विसं २०२२ तिर उनको मानसिक स्थितिमा समस्या भएपछि असामान्य व्यवहार गर्न लाग्दा उनलाई परिवारले साङ्लोमा बाधेर राखेका हुन ।
बडायतका लागि घर छेउमै एउटा सानो छाप्रो बनाइएको छ । उनी बस्ने छाप्रो चारैतिरबाट खुला छ । पानीबाट बच्न केवल सामान्य छानो बनाइएको छ । यस्तै छाप्रोमा उनले पुस माघको चिसो तथा वर्षायामको झरी तथा लामखुट्टेको टोकाई सहँदै ४८ वर्ष बिताइसकेका   छन । बडायत बिरामी हुँदा सुरुमा स्थानीय तथा छिमेकी मुलुक भारतीय सहरका अस्पतालमा डेढ महिनासम्म  निरन्तर उपचार गराइएको थियो । केही निको भएपछि उनलाई घर ल्याइएको बडायतका भतिजा राजा रामले बताए ।
‘काकाको उपचारमा त्यतिबेला ४५ हजार भारु समेत खर्च भयो’ उनले भने ‘केही दिनपछि फेरी उस्तै स्वभाव देखाउन थालेपछि पुनः आर्थिक अभावका कारण उनको उपचार गराउन सकेनौँ ।’उनी साङ्लोमा परेदेखि उनकी श्रीमतीले उनको स्याहारसुसार गर्दै आएकी थिइन तर उनको पनि करीब डेढ वर्षअघि मृत्यु भएका कारण उनलाई अझै पिरमर्का थपिएको छिमेकीको भनाई छ ।
बडायतका परिवारजनका अनुसार उनी यसै छाप्रोमा दिँसा, पिसाब गर्छन र यसै छाप्रोमा खाना खान्छन । ‘बल छन्जेल आफँै कराइरहने, कहिलेकाहीँ हतकडी तोडेर भाग्ने, आफ्नो नङले माटो खन्ने गर्छन’ उनका भतिजा रामले  भने । बडायतका परिवारजनले उपचारका लागि पहल गरिदिन विभिन्न सङ्घसंस्थालाई आग्रह गरेका छन । रासस

स्वास्थ्य तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना डोटीको आयोजनामा यहि माघ १० गते देखि सञ्चालित ६ दिने स्वयंसेवक मोड्यूल ६ प्रशिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य शिक्षा प्रवद्र्धन, सरुवा रोगहरुको व्यवस्थापन तथा रोकथाम, सरसफाई व्यवस्थापन, महामारी रोकथाम तथा प्रतिकार्य जस्ता विषयवस्तुहरु समेटेर संचालित उक्त प्रशिक्षण स्वयंसेवकहरुको माध्यमबाट समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको हो । प्रशिक्षणमा २० जना महिला र १४ जना पुरुष गरेर जम्मा ३४ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो । सानागांउ स्वास्थ्य चौकीका दुई जना स्वास्थ्य प्राविधिकहरु र नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखाका चार जना सिबिएचएफए प्रशिक्षकहरुले उक्त प्रशिक्षणमा सहजिकरण गरेका थिए ।
प्रशिक्षण पश्चात स्वयंसेवकहरुले सम्पूर्ण गाविसका घरधुरीहरुको बाडफांड गरी स्वास्थ्य सचेतनाको लागि घरधुरी अभियान सञ्चालन गर्ने कार्ययोजना समेत निर्माण गरेका छन । सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना स्वयंसेवकहरुको माध्यमबाट प्राथमिक उपचार तथा प्राथमिक स्वास्थ्य सेवा संचालन र स्वास्थ्य शिक्षाको माध्यमबाट स्वास्थ समुदायको प्रवद्र्धन गर्न अष्ट्रलियन रेडक्रसको प्राविधिक सहयोग तथा अष्ट्रेलियन एडको आर्थिक सहयोगमा सञ्चालन भैरहेको छ ।
यसैबीच ने.रे.सो.सानागांउ उपशाखाको सक्रियतामा गाविसका दश जना अतिविपन्न, टुहुरा वालवालिकाहरुलाई वालसंरक्षण सहयोग अन्तर्गत सहयोग गरिएको छ । सानागांउ गाविसमा गठित गांउ स्तरीय वाल संरक्षण समितिको निर्णय अनुसार  रेडक्रसको सानागांउ उपशाखाको सक्रियतामा गाविसका अतिविपन्न, टुहुरा वालवालिकाहरु लाई वालसंरक्षण सहयोग गरिएको रेडक्रस डोटीका कार्यक्रम संयोजक शुभास श्रेष्ठले जानकारी दिएका छन ।

छोटकरी समाचार 

२४ लाखलाई औषधी खुवाईने

नेपाल सरकारले सुदुरपश्चिमका २४ लाख जनसंख्यालाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने भएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुरले दिएको जानकारी अनुसार सुदुरपश्चिममा दुई     चरणमा गरी २४ लाख २५ हजार जनालाई औषधी खुवाईनेछ । निर्देशनालयका स्वास्थ्य सहायक सिद्धराज भट्टले पहिलो चरणमा माघ २५ गते देखि २८ गतेसम्म डोटी, डडेल्धुरा, कैलाली, वैतडी र कञ्चनपुरमा र दोश्रो चरणमा फागुन १० गते देखि १२ गतेसम्म अछाम, बझाङ, वाजुरा र दार्चुलामा हात्पिाईले बिरुद्ध औषधी खुवाईने वताए ।
डोटी जिल्लामा हालसम्म एक सय ४५ जनामा हात्तिपाईले रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिएको  छन ।

चलचित्र÷मनोसञ्जन 

सर्वनाममा वहुला काजीको सपना

विजय मल्लले ६६ वर्षअघि लेखेको ‘बहुला काजीको सपना’ भित्र तत्कालीन समयमा चरम गरीबी र अभावका बीच पनि शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्साइएको छ । सहरमा भरियाको काम गरी बल्लतल्ल एक छाक खान पुग्ने भक्ते र मानेजस्ता प्रतिनिधि पात्रले आफ्ना सन्तानलाई पढाउने हौसला ‘बहुला काजी’ नामका पात्रबाट पाउँछन । यी पात्रलाई यतिबेला भने राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा भेट्न सकिन्छ । नाटयकर्मी तथा प्राज्ञ सदस्य कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ मञ्चन आरम्भ भएको    छ ।
बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ । पढाइमा ऊ अब्बल भएर देखा पर्छ । सबैको आशाको केन्द्र बन्छ । उसले पनि नयाँ सपना देख्न थाल्छ । तर एक सामान्य ज्वरोमा समेत पैसाको अभावमा उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरू कसरी टुट्छन र भताभुंग हुन्छन भन्ने यो वियोगान्त नाटकले बताउँछ । नाटक फागुनको पहिलो सातासम्म मञ्चन हुुने निर्देशक यात्रीले बताएका छन् ।
‘एघार र बाह्र कक्षा विद्यार्थीहरूको कोर्समा समेत भएको यो नाटक अहिलेको पनि निकै सान्दर्भिक छ’ उनले भने, ‘त्यही भएर नियमित मञ्चनमा अघि बढेका हौं ।’ ज्योतिपुञ्ज साइन थिएटरले पस्केको नाटकमा विष्णुभक्त फुँयाल, काजी रम्तेल, अशोक शिवाकोटी, लक्ष्मण पौडेल, अवतार कँडेल, अर्चन राई, स्वर्णिम थापा, जीवनविलास पाण्डे, अजय रेग्मी, पिटर प्रिन्स, सुदीप खतिवडा लगायतले अभिनय गरेका छन ।


युवराजमा निशा र बिराज

विराज भट्टले हुन्छ भनेको खण्डमा द्वन्द्वप्रधान सिनेमा ‘यूवराज’ मा उनलाई दर्शकले हेर्न पाउने छन । बैशाखको पहिलो साताबाट दुबईका विभिन्न शहरमा छायांकन हुने भनिएको यो चलचित्रका लागि विराज भट्ट र नीशा अधिकारीसँग कुरा भैरहेको निर्देशक राजु गिरीले बताएका छन ।
घोषणा गरेका धेरै सिनेमा नबनेकाले पनि राजुको ‘यूवराज’ प्रति आशंका गर्न सकिन्छ । तर दुबइको एभरेष्ट इन्टरनेशनलले बनाउन लागेकाले पनि ‘यूवराज’ले पूर्णता पाउने ठाउँ छ ।
‘विराजसँग कुरा भैरहेको छ, अब केही दिनमै मुम्बई नै पुगेर कुरा पक्का गर्छुु, निर्देशक गिरीले भने । चलचित्रका लागि जीके शर्मा, पूजना, शुभेच्छा थापा पक्का भैसकेका छन । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, संजय लामाको छायांकन, सरोज प्याकुरेलको पटकथा तथा संवाद रहनेछ ।
दुबईमा रहेर पनि डनहरुले कसरी नेपालमा आफ्नो हालिमुहाली गर्छन भन्ने बिषयलाई सिनेमाले देखाउनेछ । चलचित्रको ७० प्रतिशत छायांकन दुबई र ३० प्रतिशत छायांकन नेपालमा हुने निर्माणपक्षले जनाएको छ ।
भोजपुरी सिनेमामा प्रवेश गरेपछि विराजले नेपाली सिनेमा खेलेका छैनन् । ‘यूवराज’मा उनले हुन्छ भनेको खण्डमा उनका फ्यानहरुका लागि यो खुशीको खबर हुनेछ ।


समाज सेवा
सूूचना प्रकासित मिति ः २०७०।१०।२०
आवश्यकता

समाज सेवा जिल्लाका आम समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण, उपलब्ध स्रोत र साधनको परिचालन र खोजीबाट सेवामुलक कार्यमा क्रियाशिल छ । समाज सेवा डोटीले गरिवी निवारण कोषको साझेदारीमा “आय आर्जन तथा लद्यु उद्यम बिकासद्धारा सशक्तिकरण कार्यक्रम” डोटी जिल्लाका ११ वटा गाविस÷नगरपालिका (लडागडा, तिखातर, बाशुदेवी, घांल, दुर्गामाण्डौ, केदारअखडा, कानाचौर, सिमचौर लानाकेदारेश्वर, कालिकास्थान, महादेवस्थान र दिपायल सिलगढी नगरपालिका) मा संचालन गरिरहेकोे छ र हाल रिक्त रहेको कालिकास्थान, महादेवस्थान र तिखातर, बाशुदेवी गाविसका लागी निम्न अनुसारका कर्मचारीहरुको आवश्यकता भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ ।
पद      ः सामजिक परिचालक
पद संख्या     ः २ (दुई) जना
मुख्य जिम्मेवारी ः समुह गठन तथा परिचालन, आर्थिक तथा प्रशासनिक कारोवार, समुहको आर्थिक तथा प्रगति प्रतिवेदन तयार, बचत तथा ऋण परिचालन, समुदायको परियोजना प्रस्ताव तयार र एच्ब् (सामाजिक तथा स्रोत नक्सा र सम्पन्नता स्तरिकरण ) गर्न सक्ने ।
आवश्यक योग्यता ः प्रविणता प्रमाण पत्र उत्तीर्ण वा सो सरह
कार्य क्षेत्र          ः कालिकास्थान, महादेवस्थान र तिखातर, बाशुदेवी गा.वि.स.
मासिक तलब ः संस्थाको नियमानुसार हुनेछ ।
प्राथमिकता ः (दलित, महिला र जनजातिलाई विशेष ग्राह्यता दिईने छ)
छनौट प्रक्रिया ः छोटो सूचि, लिखित र अन्तर्वाता  ।
परिक्षा दस्तुर     ः रु.  ३००
सम्पर्क मिति      ः २०६९÷१०÷२७
माथि उल्लेखित पदका लागि १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले दरखास्त सहित आप्mनो बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिनभित्र समाज सेवा सिलगढीमा आइपुग्ने गरी पठाउनु हुन अनुरोध गरिन्छ । छोटो सूचिमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।
पद पुर्ति समिति                                                                                                  


नेपाल सरकार
शहरी विकास मन्त्रालय
शहरी विकास तथा भवन निर्माण विभाग
डिभिजन कार्यालय डोटी
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना 

सूचना नं. ः DUDBC/Doti/02/070/01
7]Ssf g+=M DUDBC/Doti/SQ/Works/2/070/071

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७०।१०।२१
यस डिभिजन कार्यालयबाट श.वि.तथा भ.नि. विभाग डिभिजन कार्यालय डोटीको निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत भ्याट र कन्टिन्जेन्सि बाहेक रु. ८,५८,३८८।७० लागत अनुमान भएको च्ऋऋ ध्बतभच त्बलप बलम क्ष्तभ म्भखभयिऊभलत आदी कार्यहरु सिलवन्दी दरभाउपत्रको माध्यमबाट गराउनु पर्ने भएकाले ईजाजतपत्र प्राप्त ईच्छुक नेपाली निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही सिलवन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
१. सिलवन्दी दरभाउपत्र फाराम २०७०÷११÷६ गते दिनको ५ः०० बजेसम्म रु.३०० नगद वुझाई नगदी रसिद सहित (फिर्ता नहुने गरी) वा बैंक कोड नं. ११००२१३०, राष्ट्रिय वणिज्य बैङ्क, दिपायल शाखामा    रहेको कार्यालय कोड नं. ६८–३४७–०१ को राजश्व खाता नं. क–१–१–००२, राजश्व शिर्षक नं. १४२२७ मा रकम जम्मा गरेको बैङ्क भौचर सहित अध्यावधिक नविकरण भएको इजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, गत आ.व. को करचुक्ता प्रमाण पत्रका प्रमाणित प्रतिलिपीहरु निवेदन साथ संलग्न राखि यस डिभिजन कार्यालयबाट खरिद गर्न सकिने छ ।
२. सिलवन्दी दरभाउपत्रसाथ जमानत (विडवोण्ड) वापत राष्ट्रिय वणिज्य बैङ्क, डोटी शाखामा रहेको यस कार्यालयको धरौटी खाता नं. ख २०३ मा रु. २४,५०० जम्मा गरेको सक्कल बैङ्क भौचर वा कम्तिमा उल्लेखित रकम बराबरको यस कार्यालयको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैङ्कहरुबाट जारी भएको कम्तिमा सिलवन्दी दरभाउपत्र खोलिने मितिले ७५ दिनको म्याद रहेकोे बैङ्क जमानत          (विडवोण्ड) पेश गर्नु पर्ने छ ।
३. सिलवन्दी दरभाउपत्र २०७०÷११÷८ गते दिनको १२ः०० बजेभित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्ने छ । सोही दिन दिनको १ः०० बजे कार्यालय प्रतिनिधि र सिलवन्दी दरभाउपत्रदाताहरुको रोहवरमा सिलवन्दी दरभाउपत्रहरु खोलिने छन । सिलवन्दी दरभाउपत्र दाताहरु उपस्थित नभएपनि सिलवन्दी      दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।
४. संयुक्त उपक्रमको (वयष्लत खभलतगचभ) माध्यमवाट पनि दरभाउपत्रमा भाग लिन सकिने छ । संयुक्त उपक्रममा भागलिने हिस्सेदार सदस्यको संख्या ३ (तिन) भन्दा बढी स्वीकार्य हुने छैन । संयुक्त उपक्रममा भाग लिएका हिस्सेदारले काम लिईसकेपछि अरुलाई अख्तियारी दिई काम छोड्न पाइने छैन । संयुक्त उपक्रममा भाग लिने निर्माण व्यवसायीले संयुक्त उपक्रमको सक्कल सम्झौतापत्र अनिवार्य रुपमा सिलवन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
५. सिलवन्दी दरभाउपत्र साथ पेश गरेको प्रतिलिपी कागजातहरु आवश्यक परे सक्कल समेत माग गरी जाँचिने छ र नक्कली कागजातहरु पेश गरेको पाईएमा निज सिलवन्दी दरभाउपत्रदाताको दरभाउपत्र रद्द गरी कालो सूचिमा समावेश गर्न सम्वन्धित निकायमा सिफारिस गर्न सकिनेछ । अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम हुने छ ।
६. सिलबन्दी दरभाउपत्र सम्वन्धी कुनै कुरा प्रष्ट हुन चाहेमा वा बुझ्न परेमा कार्यालय समयभित्र यस डिभिजन कार्यालयमा सम्पर्क राख्न सकिने छ । यस सूचनामा कुनै संशोधन वा हेरफेर गर्नु परेमा यस डिभिजन कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
७. कुनै पनि कारण जनाइ वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
८. सिलवन्दी दरभाउपत्र शर्त रहीत, केरमेट नभएको कार्यालयले उपलव्ध गराएको डकुमेण्टमा कुनै थपघट वा द्रष्टव्य नलेखिएको हुनु पर्नेछ । समयभित्र प्राप्त नभएको, रित नपुगेको र सूचनाको शर्त   विपरित भएको सिलवन्दी दरभाउपत्र माथि कुनै कारवाही हुने छैन । सिलवन्दी दरभाउपत्र खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन मानिने छ । सिलवन्दी  दरभाउपत्र भर्दा दररेट स्पष्ट रुपमा भर्नु पर्नेछ । अक्षर र अंक फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । एक व्यक्ति वा फर्मको नाममा खरिद भएको सिलवन्दी दरभाउपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाईने छैन ।                                                      डिभिजन प्रमुख


जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समान पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”

स्तनपान

ड्डशिशु जन्मेको आधा देखि एक घण्टा भित्रमा नै स्तनपान गराइहाल्नु पर्छ ।
ड्डबच्चालाई ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्छ ।
ड्डकम्तिमा २ वर्ष सम्म थप खानाको साथै आमाको दुध खुवाउनु पर्छ ।
ड्डदिनमा कम्तिमा पनि ८ पटक बच्चालाई स्तनपान गराउनुपर्छ ।
ड्डएउटा स्तन कम्तिमा पनि १५ मिनेट सम्म बच्चालाई चुसाउनु पर्दछ ।
ड्डएउटा स्तनमा दुध पूरा निखे्रपछि मात्र अर्को स्तनमा चुसाउनु पर्दछ ।
बिगौति दध भनेको के हो ?
शिशु जन्मेपछि केहि दिनसम्म आउने बाक्लो, पहेलो दुुधलाई बिगौति दुुध ९ऋययिकतचगmक० भनिन्छ ।

बिगौति दधको फाईदाहरु 

ड्डरोगसंग लड्न सक्ने प्रतिरोधात्मक तत्व रहेको हुन्छ ।
ड्डसंक्रमक रोगहरु झाडापखाला, न्यमोनिया लाग्नबाट बचाँउछ ।
ड्डप्रशस्त मात्रामा भिटामिन “ए” पाइन्छ ।
ड्डशिशुको पेट सफा गर्छ जस्ले गर्दा कमलपित्त (जण्डिस) हुनबाट रोक्छ ।
ड्डआन्द्रालाई बलियो बनाउछ र संक्रमण हुनबाट रोक्छ ।
ड्डसंक्रमण र एलर्जी हुनबाट बचाउँछ ।
गर्भवती तथा स्तनपान गराउने महिलाले के कति खाना खानु पर्दछ ?
ड्डयी विशेष अवस्थामा सँधैभन्दा बढि खानेकुरा खानुपर्दछ । स्तनपान गराउने आमाले ज्वानोको झोल खाएमा दुध राम्ररी आइरहन्छ ।
किन सँधैभन्दा बढि खाने ?
ड्डपेटको बच्चाको विकास राम्ररी हुनकोलागि
ड्डरगतको कमी हुन नदिनकोलागि
ड्डरोगसँग लड्ने क्षमता बढाउनकालागि
ड्डदुधमा सबै प्रकारको पोषण तत्व पुग्नका लागि
आमाको दुध उत्पादनमा असर पर्ने कुराहरु ः
ड्डस्तनपान गराउन बसेको आशन ठीक नहुनु
ड्डदुध चुसाउने तरिका नमिल्नु
ड्डपटक पटक र आवश्यक मात्रामा स्तनपान नगराउनु
ड्डआमामा “मेरो दुध प्रशस्त मात्रामा आउँछ, म मेरो शिशुलाई स्तनपान गराउन सक्षम छु” भन्ने आत्म विश्वासको कमी हुनु हो ।
ड्डतनावग्रस्त अवस्थामा आमाको दुध कम उत्पादन हुन्छ ।

हाई काट्नु स्वास्थ्यका लागि राम्रो 

कसैले हाई काढेको देखेपछि हामी उसलाई अल्छीको संज्ञा दिने गर्दछौं । हाईलाई हामीले वोर हुनु वा आलस्यसंग जोड्ने गरेका छौं । तर त्यस्तो सोच्नु गलत रहेको कुरा एउटा अनुसन्धानले देखाएको छ । अर्थात हाई काढ्नु स्वास्थ्यका लागि राम्रो हो ।
बैज्ञानिकहरुका अनुसार हाई रोक्नु हुन्न । हाई काढ्नाले मस्तिस्कमा शितलता  हुन्छ । प्रिन्सटन बिश्वबिद्यालयका बैज्ञानिकहरुले अनुसन्धानमा के पाए भने मज्जाले लिईएको हाईले मस्तिश्कको तापक्रम नियन्त्रण गर्छ । यसले दिमागी भारलाई कम गर्छ । जाडोयाममा केही सहरमा पैदल हिँड्ने करीव ८० व्यक्तिको तस्विर लिए जो हाई   काढिरहेका थिए । यही प्रक्रिया उनीहरुले गर्मीयाममा समेत अपनाए ।
अनुसन्धाताहरुले के पाए भने जाडोयाममा जति व्यक्तिले हाई काट्छन, गर्मीमा त्यो संख्या एक चौथाईमा झर्ने गर्दछ । यसैवाट बैज्ञानिकहरु हाई काढ्दा मस्तिश्कले शितलता पाउने निश्कर्षमा पुगेका हुन ।
यसको अर्थ हुन्छ गर्मीयाममा बढी हाई काढ्नु पर्छ, मस्तिश्कलाई ठण्डा राख्न । तर, सैद्धान्तिक रुपमा हाई काढ्दा वाहिरको चिसो शरीरभित्र जान्छ र मस्तिश्कसम्म पुग्छ, यसैले यसैले चिसोयाममा बढी हाई आउँछ । बैज्ञानिकहरुका अनुसार चिसो र गर्मीयाममा अनुसन्धानका बेला ४० प्रतिसत व्यक्तिहरुले पहिलो पाँच मिनेटमा हाई काढेका थिए तर गर्मीमा तिनको संख्या १० प्रतिसतमा झरेको थियो ।

हात खुट्टा झमझमाउनु पनि कुष्ठरोगको लक्षण

एक व्यक्ति हातखुट्टा झम्झमाउने समस्याले पिडित थिए । तिनले नेपालकै एउटा मेडिकल कलेजमा झण्डै एक वर्ष उपचार गराए । डेढ लाख जति खर्च भयो, तर रोग निको भएन । स्नायु रोग बिशेषज्ञले बिभिन्न उपचार गरेपनि तिनको मुल रोग चिनिएन । पछि तिनी सामान्य हेल्थ असिस्टेण्टको सल्लाहमा कुष्ठरोगको क्लिनिकमा गए, अनि पो आफुलाई कुष्ठरोग देखिएको पत्तो पाए । ती व्यक्ति वहुऔषधि उपचारपछि हाल स्वस्थ छन ।
“हातगोडा झम्झमाउने समस्या लिएर नसा रोग बिशेषज्ञहरुकहाँ पुग्नुको साटो कुष्ठरोगकै आशंका गरी बेलैमा उपचार थालेको भए न पैसाको वर्वादी हुन्थ्यो, न समयको” ति व्यक्ति भन्छन । बिज्ञहरुका अनुसार जीउमा रातो÷फुश्रो छुँदा थाह नहुने दाग देखिनु, हातगोडाका स्नायु मोटा देखिनु मात्रै कुष्ठरोगका लक्षण होईनन् । हातगोडा झम्झमाउनु पनि कुष्ठको लक्षण हुन सक्ने भएकाले समयमै सही चिकित्सकको सल्लाह लिनुपर्छ । कुष्ठ कम सर्ने सरुवा रोग हो र यसमा मुख्य रुपले छाला र स्नायु प्रभावित हुन्छ । माईक्रो व्याक्टेरियाम लेप्रे नामक कीटाणुवाट हुने कुष्ठका लक्षण वा दागहरु पूर्ण रुपमा देखिन बर्षौं पनि लाग्न सक्छ । बिश्व स्वास्थ्य संगठन (डव्ल्युएचओ) को तथ्याँक पत्र अनुसार कुष्ठरोगको लक्षण देखिन पाँच बर्ष देखि २० वर्षसम्म लाग्न सक्छ । नेपालमा कुष्ठरोगको लक्षण अन्तरगत रातो÷फुस्रो छुँदा थाहा नहुने दाग, अनुहारको छाला र कानको लोती वाक्लो हुनु, गिर्खा देखिनुलाई सर्वाधिक महत्व दिने गरिन्छ । बिशेषज्ञहरु समेत यस्तै खाले लक्षण देखिदा बढी संवेदनशील हुने गर्छन ।
त्यसैले, हातखुट्टाको नसा झम्झमाउन थाल्दा सवैजसो व्यक्ति सामान्यतः स्नायु   रोग बिशेषज्ञकहाँनै जाने गर्छन । त्यस्ता ठाउँमा कुष्ठभन्दा पनि अन्य समस्यामा बढी केन्द्रित रहेर परीक्षण गरिने परिपाटी भएकाले खास रोग पहिचानमा बिलम्व हुने गरेको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुडामणी भण्डारी वताउँछन ।
नसा दुख्ने र झम्झमाउने समस्या लिएर स्नायु रोग बिशेषज्ञकहाँ जानेहरुलाई अन्य कुनै स्नायु समस्या छ कि भनेर बिशेषज्ञले बढी ध्यान दिने गरेको देखिएको छ, भण्डारी भन्छन “जव बिरामीको नसामा क्षति पुग्न थाल्छ अनि मात्र कुष्ठरोग लागेको हो कि भनेर शंका गर्ने गरिन्छ । समय त्यसैमा बित्ने गरेको छ ।’ त्रिवि शिक्षण अस्पतालका स्नायु रोग बिशेषज्ञ डा जगदिशप्रसाद अग्रणल भन्छन ‘धेरैजसो रोगमा हातखुट्टाको नसा झम्झम गर्ने समस्या देखिन्छ । यसैले पनि हातखुट्टाको झमझमाई कुष्ठको पनि लक्षण हुन सक्छ भन्ने तथ्यलाई बिरामीको परीक्षण गर्दा बिर्सनु हुन्न ।’ कुष्ठरोगले गर्दा नसाको समस्या देखिएकाहरुमा प्रारम्भिक अवस्थामा सामान्यतः यो रोग भएको थाहा पाउन निकै गा¥हो हुने गरेको जनाउँदै उनी थप्छन ‘यसैले नसा परीक्षण गर्दा अलि वाक्लो देखिए छाला रोग बिशेषज्ञकहाँ रिफर गर्नु पर्छ । अनि त्यहाँ छालाको वायेप्सी गरेर कुष्ठ भए÷नभएको किटान हुन सक्छ । यसो गरे समयको बचत हुन्छ ।’
कुष्ठको जीवाणुले छाला र नसामा असर पार्ने गर्छ । घाउ नदुख्ने हुँदा बिरामीले   रोगको वास्ता गर्दैनन् र समयमै उपचार हुन नसक्दा हातखुट्टाका औलाहरु, नाक र कानमा घाउ भएर अपाङ्गता निम्तिने मात्र नभई कुरुप समेत होईने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य बिशेषज्ञ डा. धर्मेन्द्र कर्ण वताउँछन । कुष्ठरोग उपचार नगराएका रोगीहरुको सास र मुखवाट निस्किने पानीका स–साना थोपाका माध्यमले नियमित र नजिकको सम्पर्कमा रहने स्वस्थ व्यक्तिमा सर्ने गर्छ । कुष्ठरोगमा शरीरको अंगहरु अलग्गिएर झर्दैनन् । यो रोगले ती अंगलाई लाटो तथा रोगी वनाउने उल्लेख गर्दै डा कर्ण भन्छन “लाटो अंग कतै ठोक्किँँदा वा कुष्ठरोगीहरुमध्ये करीव तीन प्रतिशतमा यस्तै खाले अपाङ्गता पाईने गरेको सरकारी तथ्याँकमा उल्लेख छ ।
अमेरिकास्थित नेसनल ईन्सिच्युट अफ एलर्जी एण्ड ईन्फेक्सस डिजिजि (एनआईएआईडी) का अनुसार पासीव्यासिलरी अर्थात ट्युवरकुलाईड कुष्ठरोग अन्तरगत छालामा “हाईपोपिग्मेन्टसन” एउटा वा बढी दागद्वारा चिनिन्छ । ती ठाउँमा छालाको संवेदना समाप्त हुन्छ । त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ ।
यस्तै, मल्टिीव्यासिलरी अर्थात वोर्डलाईन कुष्ठरोगको फैलावट मध्यम हुन्छ । यो सवैभन्दा सामान्य रुप हो । यसमा छालामा दाग ट्युवरकुलाईड कुष्ठरोगमा जस्तै देखिन्छ, तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठुलो दागले पुरा अंगलाई प्रभावित गर्न सक्छ । मल्टिव्यासिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थी, प्लाक वा आन्तरिक छाला (डर्मिस) को मोटाई बढ्ने, नाकको श्लेष्मको नियमित सहभागिता भई नाकमा रगत जम्ने, रगत निस्किने जस्ता समस्या हुन सक्छन ।
नेपालका कुल कुष्ठरोगीहरुमध्ये ५२ प्रतिसतमा मल्टिीव्यासिलरी अर्थात बढी किटाणु भएको कुष्ठरोग तथा ४८ प्रतिसतमा पासीव्यासीलरी अर्थात कम किटाणु भएको कुष्ठरोग पाईएको छ । कुष्ठरोग महाशाखाका अनुसार गत आर्थिक वर्षमा तीन हजार दुई सय ५३ नयाँ कुष्ठरोगी देखिएका थिए भने यो आर्थिक वर्षको पछिल्लो चार महिनामा एक हजार एक सय ९३ नयाँ कुष्ठरोगी फेला परेका छन । नेपालका कुल कुष्ठरोगीमध्ये चार प्रतिसत वालवालिका छन । कुल कुष्ठरोगीमध्ये ३० प्रतिसत महिला र वाँकी पुरुष छन । त्यस्तै कुल कुष्ठरोगीमध्ये ८५ प्रतिसत झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, वारा, पर्सा, नवलपरासी, रुपन्देही, वाँके, बर्दिया, कैलालीका छन । बढी सर्ने र कम सर्ने कुष्ठरोग क्रमसः एक वर्ष र ६ महिना औषधी खाए पुरै निको हुने उल्लेख गर्दै डा. कर्ण भन्छन ‘रिफ्याम्पिसिन औषधीको एकै मात्राले रोगीको शरीरमा भएको ९९.९९ प्रतिसत रोगका किटाणु मर्छ र रोग अन्य व्यक्तिमा सर्न पाउँदैन ।’
नेपालमा कुष्ठरोगको उपचार निःशुल्क हुने गरेको छ । स्वास्थ्य केन्द्रहरुमा औषधी समेत निःशुलक पाईन्छ । सरकारले उपचार पुरा गरेका कुष्ठरोगीहरुलाई यातायत खर्च वाफत एक हजार रुपैयाँ समेत दिने गरेको छ । त्यसैले कुष्ठरोगको उपचारमा अल्छी नमानौं ।                           कान्तिपुर नेपाली दैनिकवाट साभार


पाठेघर खस्ने समस्या

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने एक प्रकारको मांशपेशिय थैली हो । यो मांसपेशीय तन्तुले बनेको भि आकारको अङ्ग हो । जुन अङ्गमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटको बीचमा मिलन भए पश्चात भु्रणको बिकास हुन्छ । यो अङ्गमा बच्चाको बिकास हुने हुँदा पनि यो अङ्गलाई पाठापाठी बस्ने घर भनि पाठेघर पनि भनिएको हो ।
आङ खस्ने अर्थात पाठेघर खस्ने समस्या डोटीका महिलाहरुमा पनि उच्च रहेको छ । ग्रामिण भाषामा “घर खुस्ने”, “ढेउको निकल्ने” जस्ता नामले समेत चिनिने यो पाठेघर खस्ने समस्या सुत्केरी भएका वेला आराम नगर्नाले, त्यतिवेला गरंगो वस्तु वोक्नाले, कडा परिश्रम गर्नाले, धेरै वच्चाहरु जन्माउनाले, वच्चाहरुबीचको अन्तर कम हुनाले हुने गरेको डोटी अस्पतालका चिकित्सक डा. सृजना गौचन वताउँछिन ।
डा. गौचनका अनुसार सानै उमेरमा वच्चा जन्माउनु हुँदैन यसले पनि पाठेघर खस्न सक्छ । दोश्रो कुरा सन्तान धेरै जन्माउनाले पनि पाठेघर खस्छ र सन्तानहरुको बिचमा कम्तीमा तीन देखि पाँच वर्षसम्मको अन्तर राख्नु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । सुत्केरी भएका वेला कडा परिश्रम गर्नु हुन्छ । पर्याप्त मात्रामा आराम गर्नुपर्छ, गरंगो वस्तु उठाउनु हुँदैन ।
गौचनले पाठेघर पहिलो, दोश्रो र तेश्रो डिग्री गरी तीन तहमा खस्ने गरेको वताईन । ‘पहिलो चरणमा पाठेघरले आप्mनो ठाउँ छोड्ने गर्छ’ डा. गौचनले भनिन्–यही वेलादेखि अलि सावधानी अपनाएर नियमित व्यायाम ग¥यो भने यो समस्या कम हुन सक्छ ।
यदि पहिलो अवस्थामा वास्ता गरिएन भने पाठेघर यौनीको मुखसम्म आउने गर्दछ, डा. गौचनको भनाई अनुसार यो दोश्रो चरण हो । अझ बढी थकित हुने गरी जस्तै उकालो ओरालो बढी हिडेको, गरंगो भारी बोकेको अवस्थामा पाठेघर योनीको मुखबाट बाहिर निस्कने र फेरी आफै भित्र पस्ने हुन्छ यो अवस्थामा यौनीवाट रिङ्ग राखेर पाठेघरलाई पुरानै ठाउँमा राखिन्छ । यदि दोश्रो अवस्थामा समेत ध्यान दिईएन भने तेश्रो अवस्थामा पुग्ने गर्दछ जसलाई चिकित्सा भाषामा त्जष्चम म्ष्नचभ भन्ने गरिन्छ । तेस्रो चरणमा पाठेघर योनीबाट बाहिर निस्कन्छ र दोस्रोमा जस्तो भित्र बाहिर जादैन, यो अवस्थाको पाठेघरको बाहिरको भाग रातो साना साना फोका जस्तोले भरिएको हुन्छ जुन घाउ भएर संक्रमित भइसकेको अवस्थामा पुगेको हुन्छ । यस अवस्थामा भने शल्यक्रिया गरेर पाठेघर झिक्नु पर्ने हुन्छ ।
अहिले पनि महिलाहरु छोरो पाउन भनेर लगातार छोरीहरु जन्माउन बाध्य छन् भने अर्को तिर ति जन्मिएका छोरीहरु पनि छोराको पर्खाइका लागि मात्र जन्माइएको कारण उचित स्याहार संंहार पाउनबाट बञ्चित छन् यहि नै जड कारण हो महिलामा देखिने बिभिन्न स्वास्थ्य समस्याको ।


समाचारमा भएका मोलमोलाई पनि सुनिन्छ

श्रीराम नेपाल (सम्पादक) 
नुवाकोट सन्देश साप्ताहिक, नुवाकोट

 तपार्इंको पुरा परिचय पाउँ न ?
म श्रीराम नेपाल, घर नुवाकोट । शुरुमा स्थानीय त्रिशूली प्रवाह साप्ताहिकबाट पत्रकारिता यात्रा शुरु गरे । एक वर्षपछि नुवाकोट सन्देश साप्ताहिकमा संवाददाता हुँदै हाल यसको प्रकाशन÷सम्पादन गरिरहेको छु । यसको अतिरिक्त जिल्लामा केहि मित्रहरुसँग मिलेर टिभी त्रिशूली संचालन गरिरहेका छौं । म त्यसको समाचार प्रमुख छु । राष्ट्रिय रुपमा रेडियो नेपाल र एभिन्युज टेलिभिजनको जिल्ला संवाददाताको रुपमा कार्यरत रहेको छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पाँच÷छ कक्षामा पढ्दा देखिनै घर नजिक रहेको वाचनालयमा कान्तिपुर र गोरखापत्र पढ्ने गर्दथे । त्यस कारण पत्रकारिता प्रति आकर्शित भए । जिल्लामा पत्रकारिता गर्नेहरुको नाम र सम्मान देख्दा यस प्रतिको आकर्षण थप बढ्दै गयो । त्यस कारण पत्रकारितामा लागेको छु । कविता, निबन्ध जस्ता साहित्यिक विधामा पनि क्रियाशिल रहन्थे पहिला । त्यसैले यस तर्फ आकर्शित छु ।
 कति समय भयो यस पेशामा लागेको ?
२०५९ सालमा त्रिशूली प्रवाहको संवाददाता भएर काम शुरु गरेको थिए र हाल सम्म पत्रकारितामा क्रियाशिल रहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
रुचि त आर्थिक पत्रकारिता गर्ने छ । मेरो पत्रकारितासँगै ब्यवस्थापन संकायमा स्नाकोत्तर पनि हो । तर जिल्लामा बसेर काम गर्दा कुनै एक बिट समातेर पत्रकारिता गर्न सक्ने अवस्था रहँदैन । त्यसैले सवै विटमा त्यतिकै क्रियाशिलता देखाउनु परेको छ ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारितामा धेरै समस्या छन् । सवैभन्दा ठूलो समस्या भनेको सुरक्षित र सुनिश्चित भविष्य नहुनु हो । हामीले श्रमजिवी पत्रकार ऐन अनुसारको सुविधा पाउन सकेका छैनौं । पाएपनि त्यो पर्याप्त छैन । तोकिएको तलवमान अत्यन्त न्युन छ । अर्कोतिर स्थानीय रुपमा प्रकाशन हुने पत्रिका प्रकाशनका आफ्नै जटिलता रहेका छन् । जिल्लामा ब्यवसायिक छापाखाना छैन । जसको कारण पत्रिकाको काम सकेर प्रेस पुग्दासम्म पनि पत्रिका छापिने÷नछापिने दोधारनै रहन्छ । राजधानी नजिक रहेकोले यहाँको पत्रिकामा      राजधानीकै जस्तो गुणस्तरीयता खोज्नुहुन्छ हाम्रा पाठकहरु । जुन हामीले विभिन्न कारणले दिन सक्दैनौ ।
 तपाईले सम्पादन गरिरहेको “नुवाकोट सन्देश” कस्तो चलिरहेको छ ?
सन्तुष्ट छु । सन्तुष्टि मापन के मा गर्ने भन्ने मात्र फरक हो । आर्थिक रुपमा त सन्तुष्टी कम नै तर, जिल्लामा एउटा पत्रिका नियमित प्रकाशन गरेर नागरिकलाई सूचित गर्ने काममा थोरै भने पनि योगदान दिएको छु जस्तो लाग्छ ।
 मोफसलै भएपनि नुवाकोट जिल्ला त राजधानीवाट नजिकै छ, पत्रकारित ागर्न सजिलै होला नि ?
राजधानी नजिक हुनु बत्ति मुनिको अध्यारो जस्तै हो । राजधानीबाट निस्कने पत्रिका विहानै जिल्लामा आईपुग्छ । हुन त हामीले स्थानीय समाचार र विचारहरुलाई प्राथमिकता दिने भएकोले हाम्रा पाठक त्यही अनुसार हुनुहुन्छ । तरपनि पाठकहरुले विशेष गरी विहानै पत्रिका पाउँदा स्थानीय भन्दा राष्ट्रिय पत्रिकालाई महत्व दिएर पढ्ने गर्नुहुन्छ । जुन देख्दा हाम्रो मेहनतको कम मुल्याङ्कन भए जस्तो लाग्दछ ।
 चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
अंग्रेजी उखान छ नि ‘ज्याक अफ अल मास्टर अफ नन’ त्यस्तै अवस्था छ । मोफसलमा बसेर कुनै एक विषयमा विशिष्टकृत रिपोर्टिङ गर्न र दक्षता बढाउन समस्या छ । राष्ट्रिय संचारमाध्ययमको प्रतिनिधिको रुपमा काम गरेको पारिश्रमिक अत्यन्त न्युन र ठूलो समय अन्तरमा प्राप्त हुन्छ । सत्यतथ्य सामाग्री प्रकाशन गर्दा पनि कुनै पक्ष असन्तुष्ट हुन्छ र उसले सधै शत्रु पत्रकारको रुपमा चिन्दछ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
 मोफसल पत्रकारिता दुई खालको छ । एउटा राष्ट्रिय, क्षेत्रीय र स्थानीय संचारमाध्यमका संवाददाताको रुपमा काम गर्ने पत्रकार र अर्को स्थानीय स्तरमा संचारमाध्यम संचालन गर्ने पत्रकार । यो दुवैलाई छुट्टाछुट्टै कार्यक्रमले सम्बोधन गर्न सक्छ । संवाददाताहरुको लागि सम्बन्धित संचारमाध्यमले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गरे नगरेको कडा अनुगमन गर्ने र स्थानीय संचारमाध्यमका लागि कम्तिमा पनि समानुपातिक विज्ञापन प्रणाली लागु गराउने ।
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
त्यति सन्तोषजनक छैन । समस्या पर्दा एउटा विज्ञप्ती निस्कन्छ । मलाई तलव दिएनन् दिलाईदेउ भन्यो भने त्यो कार्यान्वयन हुन सक्दैन । मोफसलका पत्रकारको दक्षता वृद्धिका लागि खासै कार्यक्रम आउँदैनन् ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
बैचारिक संगठनहरु संचारकर्मीहरुको हकहितका लागि भन्दा पनि आफ्नै बिचार प्रवद्र्धनमा अलि बढि क्रियाशिल देखिन्छन् । त्यसो त म आफै पनि एउटा बैचारिक संगठनको नेतृत्वमा रहेको छु । तर, संचारकर्मीहरुको हक हितका लागि हामीले पनि खासै ठूलो प्रयत्न गर्न सकेका छैनौं । यस्ता संगठन सहायक मात्र हुन । मुख्य त पत्रकार महासंघ नै  हो । महासंघले गर्ने नेतृत्वमा हामी सहभागि हुने हो ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
 अहिलेसम्मको अनुभवमा पत्रकारिता सन्तुष्टिको पेशा हो ।      पत्रकारितामा मात्र भविष्य देख्ने अवस्था अहिलेसम्म छैन । मोफसलका धेरै पत्रकार केहि समय अत्यन्त क्रियाशिल रहेर पनि पछि विस्थापित हुनु परेको छ । तरपनि पत्रकारिता एउटा जिम्मेवार पेशा हो जसले निस्वार्थ भावनामा रहेर नागरिकको सूचनाकोे हकलाई प्रवद्र्धन गर्दछ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु  देखिएका भन्ने आरोप लाग्ने गरेको छ, नुवाकोटको अवस्था कस्तो छ ?
यी दुःखद पक्ष हुन् । नुवाकोटमा पनि कहिलेकाँही यो प्रवित्ति   दोहोरिएको देखिन्छ । पत्रकारिता पनि एउटा पेशा हो । हामी पेशाकर्मी हांै भन्ने भन्दा पनि हामी छुट्टै ग्रहका प्राणी हौं, हामीलाई छुट्टै सम्मान चाहिन्छ भन्ने भ्रम हाम्रा साथीहरुमा पनि छ । समाचारमा भएका मोलमोलाई पनि सुनिन्छ । जसले गर्दा पत्रकारिता बदनाम पनि छ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
आफ्नो मुल्याङ्कन आफैले गर्नु त्यति जायज नहोला । म यस्तो छु भन्ने मेरो दावि छैन । तर, आफ्ना प्रतिबद्धता छन् । तपाईले माथि भनेका कुराहरु गर्ने छैन भनेर र आजसम्म त्यो रेकर्ड छैन । म पत्रकारितासँगै प्राध्यापन पनि गरिरहेको छु । तसर्थ आर्थिक कारणले त्यस्ता मोलमोलाई गर्नुपर्ने बाध्यता म मा छैन भन्न चाहन्छु । प्राध्यापन अझै सम्मानित र सामाजिक पेशा भएकोले पत्रकारितामा अलिकता गढवढ गरेमा त्यसको असर मेरो अर्को पेशामा पनि पर्ने भएकोले म सजग छु ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसल पत्रकारिता सुधारका लागि सरकारले स्पष्ट मापदण्ड बनाउन पर्छ । हामी जस्ता स्थानीय संचारमाध्ययम चलाउनेहरु पनि उद्यमी हौं । हाम्रा पत्रिका टिक्ने आधार बनाउनु राज्यको कर्तब्य पनि  हो । हामीले नागरिकलाई सूचित गरेर जुन सहयोग राज्यलाई गरेका छांै । त्यो राज्य एक्लैले सक्दैन ।
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
 सम्भावना न्युन हुँदैछ । अढाई महिना बितीसक्दा नयाँ सरकार गठन भएको छैन । अघिल्लो संविधानसभाले प्राप्त गरेका उपलब्धिको स्वामित्व यो संविधानसभाले लिने सम्भावना न्युन हुँदै गएको छ । यसले संकेत   राम्रो छैन । तरपनि दलहरु दलीय र नेताहरु ब्यक्तिगत स्वार्थ भन्दा माथि उठ्ने हो भने असंभव पनि छैन ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
समग्र पत्रकारिता क्षेत्रको विकासका लागि गर्नुपर्ने धेरै छ । पहिलो कुरा त पत्रकारिता गर्नकै लागि पनि केहि मापदण्ड बनाउन पर्छ । जो कोहीले जुनसुकै समयमा शुरु गर्ने पेशा पत्रकारिता बन्नु हुँदैन । पत्रकारितामा नै लागेकाहरुलाई सुरक्षित भविष्यको ग्यारेण्टी गरिनु पर्दछ । तपाई हामीले प्रकाशन गरिरहेका पत्रिकाको स्थानीय रुपमानै मुल्याङ्कन गरेर सुविधा दिन सक्नुपर्दछ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
 सबैभन्दा पहिले दिन मन लागेको कुरा अन्त्यमा सोध्नुभयो । त्यस क्षेत्रको लोकप्रिय पत्रिका “विम्ब”ले संचालन गरिरहेको कुराकानीको यो श्रृङ्खला अत्यन्तै सकारात्मक कदम हो । मोफसल पत्रकारिताको वास्तविकता बुझ्न यो कदम उपयोगी छ । यो कदमले नीति निर्माण तहमा बस्नेहरुलाई पनि विभिन्न जिल्लाको अवस्था बुझ्न सहयोगी हुने अनुभव मैले गरेको छु । यो स्तम्भ र यो पत्रिकाको निरन्तर सफलताको शुभकामना ब्यक्त गर्दछु ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. राम्रो दिन,
    हामी नाम सहकारी संसारमा ऋण गरेर कम्पनी ऋण ऋणदाता हामी निर्भर गर्दछ वार्षिक साप्ताहिक मासिक वा अनुमति कुल ऋण ऋण चुक्ता संग 2% को एक ब्याज दर मा ऋण प्रदान, हामी गम्भीर दिमाग व्यक्तिविशेषले प्रमाणित ऋण दिन र एक वैध, सम्मानित सरकार पैसा ऋणदाता कम्पनी दर्ता तपाईं भुगतान गर्न सक्छौं, यदि चासो मा मलाई इमेल मा: cooperativeworld.org@gmail.com हामी मात्र मलाई बाहिर प्रदान: डलर, पाउन्ड, यूरो। र अधिक ..

    सूचना आवश्यक:
    पूरा नाम:
    देश:
    कुनै फोन:
    राज्य:
    राशि आवश्यक:
    ऋण अवधि:
    व्यवस्थापन
    श्री कार्लोस डिएगो
    सबै जवाब यस कम्पनी पठाइने गर्नुपर्छ
    cooperativeworld.org@gmail.com

    ReplyDelete