हरेक चाडपर्व एवम् सांस्कृतिक परम्पराहरु देशका राष्ट्रिय पहिचान हुन् । यस्ता कुराहरुको अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाका लागि पनि चाडपर्व एवम् सांस्कृतिक परम्पराको प्रवद्र्धन र सम्वद्र्धन गर्नु हाम्रो नैतिक दायित्व हो ।
माघ ८ गतेनै नयाँ संबिधान जारी गर्नका लागि दलहरुबीच बिवादित बिषयमा छलफल हुने क्रममा संघीयताको बिषयले व्यापक चर्चा पाएको छ । कति प्रदेश हुने र राजधानी कहाँ हुने भन्ने वारेमा चर्चा भईरहेका वेला डोटीवाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुले सुदूरपश्चिम अखण्ड हुने र यसको राजधानी दिपायल हुने दावी गरेका छन ।
सोमवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै डोटीका सभासद्हरुले उक्त बिचार व्यक्त गरेका हुन । नेकपा एमाले केन्द्रीय कमिटीका बैकल्पिक सदस्य समेत रहेका सभासद् प्रेम वहादुर आलेमगरले सुदूरपश्चिम अखण्ड रहने र यसको राजधानी दिपायलमै हुने दावी गरे । कैललीको अत्तरीया र डडेल्धुराको पनि चर्चा चलेको छ नि ? बिम्ब साप्ताहिकको यस प्रश्नको जवाफमा डोटी क्षेत्र–२ वाट प्रत्येक्ष तर्फका सभासद् आलेमगरले भने ‘यस बिषयमा मैले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासंग पनि छलफल गरेको छु, उहाँको बिचार पनि डोटीमै राजधानी वनाउने छ ।’ सुदूरपश्चिम एक प्रान्त हुने र सो को राजधानी दिपायल हुने प्रष्ट पार्दै आलेमगरले भने ‘केही संरचनाहरु डडेल्धुरामा पनि वन्न सक्छन ।’ कैलालीको अत्तरीया भारतीय सिमा नजिक भएका कारण त्यहाँ राजधानी हुनै नसक्ने आलेमगरको दावी छ ।
नेपाली कांग्रेसवाट समानुपातिक तर्फका सभासद् भरतवहादुर खडका नेपाली कांग्रेसले आफ्ना दस्तावेजहरुमा समेत अखण्ड सुदूरपश्चि र त्यसको राजधानी दिपायलमै हुने कुरा प्रस्ट रुपमा उल्लेख गरेका कारण यसमा पार्टीको तर्फवाट कुनै बिवाद नरहेको वताए । ‘दिपायल हालको सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो, त्यसकारण पनि राजधानी दिपायलमै हुनु पर्ने आधार हामीसंग वनिसकेको छ’ सभासद् खडकाले भने “मेरो व्यक्तिगत बिचारमा पनि दिपायलनै राजधानी हुन्छ, यसका लागि हामी सक्रिय भएर लागेका छौं ।”
नेपाली कांग्रेस डोटीका सभापति समेत रहेका डोटी क्षेत्र १ वाट प्रत्येक्ष तर्फका सभासद् बिरवहादुर वलायरले पार्टीले प्रष्ट रुपमा सुदूरपश्चिम खण्ड राख्ने कि अखण्ड राख्ने भन्ने बिषयमा दस्तावेजमा उल्लेख गरिसकेका कारण यो प्रश्न आफुलाई सोध्नु जरुरी नभएको वताए । आफु अरु कुनै कुराले तनावमा रहेकाले थप प्रतिक्रिया नदिने भन्दै सभासद वलाएरले भने “यस बिषयमा थप वोल्नु जरुरी छैन ।”
नेकपा एमालेवाट समानुपातिक तर्फका सभासद् गौरी ओलीले सुदूरपश्चिम एक प्रान्त हुने र यसको राजधानी दिपायलमै हुने वताईन । “हालको सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल भएकाले एउटा आधार पनि तयार भएको छ” सभासद् ओलीले भनिन ‘सुदूरपश्चिमका सवै जिल्लाहरु लाई पायक पर्ने भएका कारण पनि राजधानी दिपायलमै हुनुपर्छ ।’ आफुले यस बिषयमा प्रष्ट बिचार राखेको वताउँदै ओलीले भनिन् ‘भोली सहमतिको कुरा आउँदा अन्तिम सम्म पनि मेरो प्रयत्न दिपायलमै राजधानी वनाउने हुनेछ ।’
नेपाली कांग्रेसवाट समानुपातिक तर्फका सभासद कल्पना सोवले सुदूरपश्चि अखण्ड हुने र यसको राजधानी दिपायलमै हुने प्रष्ट पारिन । आफुले यस वारेमा संबिधानसभामा समेत आवाज उठाईसकेका वताउँदै सभासद सोवले भनिन् “सुदूर–पश्चिमवासीहरुले ढुक्क भए हुन्छ, राजधानी दिपायलमै हुन्छ ।” डोटीका पाँच जना सभासद्हरु राजधानी दिपायलमै हुनु पर्ने बिषयमा लडिरहेको वताउँदै सोव भन्छिन ‘यदि अखण्ड सुदूरपश्चिम भएन र सो को राजधानी दिपायल भएन भने हामीहरु कडा रुपमा प्रस्तुत हुनेछौं ।’
सुदूरपश्चिम अखण्ड हुनु पर्ने र सो को राजधानी दिपायल हुनु पर्ने भन्दै २०६९ साल बैशाख जेठमा यस क्षेत्रमा एक महिनासम्म सशक्त आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनको माग सम्वोदन गर्दै एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अखण्ड सुदूरपश्चिम हुने कुरामा सहमति समेत जनाएका थिए तर कैलाली कञ्चनपुरका थारु समुदायहरुले छुट्टे थारुवान प्रदेश माग गरेका कारण सुदूरपश्चिम एक प्रदेशको मुद्धा बिवादित हुँदै आएको छ ।
नेपालको अन्तरीम संबिधान तथा शक्ति पृथकीकरणको सिद्धान्त बिपरीतै भएपनि सर्बोच्च अदालतका प्रधानन्यायधिश खिलराज रेग्मीलाई कार्यापालिका प्रमुख नियुक्त गरियो र रेग्मी सरकारलाई देशमा संबिधानसभाको निर्वाचन गर्न एक मुख्य जिम्मेवारी दिइयो । रेग्मी सरकारको गठन उद्देश्य अनुरुपनै २०७० साल मंसिर ४ गते संबिधानसभाको अर्को निर्वाचन गरियो । रेग्मी सरकारले आफ्नो मुख्य काम सम्पन्न गरेको दुई महिना चार दिनपछि माघ ८ गते संबिधानसभाको पहिलो बैठक बस्यो ।
पहिलो र दोस्रो संबिधानसभाको नजिरलाई हेर्दा राजनैतिक दलहरु पहिलो त बस्नै मान्दैनन् , संबिधानसभामा आंशिक उपस्थित हुन्छन, उपस्थित भएपनि गम्भीर रुपमा छलफल गर्न तयार हँुदैनन् र संबिधानसभाका ६ सय एक जना सभासदहरुको आफ्ना पार्टीका शिर्ष नेताहरुको मुख ताक्ने वानी लगायतका कारणले पनि संबिधान लेखनको कार्यले तिब्रता नपाएको प्रस्टै देख्न सकिन्छ ।
संबैधानिक तथा राजनैतिक सम्वाद समितिले सहमतिका लागी संबिधानसभादेखि गोकर्ण रिर्सोटसम्म धाउँदा समेत सहमतिका कुनै सुत्र फेला पारेको छैन । सहमतिको रटान लगाई रहेको एमाओवादी सम्बद्ध मोर्चा र प्रक्रियामा जाने मनस्थिति निर्माण गरी सकेका एमाले कांग्रेसहरु बिच प्रक्रिया बाहेकको अन्य कुनै सुत्र फेला पर्ला जस्तो छैन ।
प्रक्रियाबाट संबिधान निर्माण गर्दा शान्ति प्रक्रियाको एक हिस्सा नेकपा–माओवादी संबिधानसभा बाहिर रहेको छ र संबिधानसभा भित्र रहेको एकिकृत नेकपा माओवादी पनि प्रक्रियाबाट प्रतिक्रियाबादी २०४७ सालको वरिपरीबाट संबिधान आउने तर्क गर्दै आएको छ । एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको पहिलो संबिधानसभा असफल भएकाले अर्को संबिधानसभामा कांग्रेसलाई सबै भन्दा ठुलो पार्टीको जिम्मेवारी पाएकाले कांग्रेस र एमालेले जसरी पनि संबिधान निर्माण गर्नु पर्ने बाध्याता छ । अझ भनौं सबै राजनैतिक दलहरुले संबिधान निमार्ण नगरी नहुने अबस्था छ ।
समय थोरै छ, पहिलो बैठक बसेको एक वर्षभित्र नयाँ संबिधान जारी गरिसक्नु पर्ने भन्ने पूर्व सहमति भएको छ । यस हिसावले माघ ८ गतेभित्र नयाँ संबिधान जारी हुनु पर्छ किनकी दोश्रो संबिधानसभाको पहिलो बैठक २०७० साल माघ ८ गते बसेको थियो । यद्यपी संबिधानसभाको पहिलो मस्यौदा जनताको हातमा आईसक्नु पर्ने म्याद दलहरुले गुजारी सकेका छन । यो लक्षण हेर्दा दोश्रो संबिधानसभाले पनि आफ्नो जिम्मेवारी समयमै पुरा गर्न सक्ने अवस्था छैन भन्दा कुनै गलत अनुमान नहोला । पहिलो संबिधानसभाले जति काम गरेको थियो त्यो भन्दा माथी सिन्कोसम्म पनि नभाँचिएको कुरा केही नेताहरुले भन्दै आएका छन ।
त्यसैले अहिलेदेखि नै खवरदारी गर्नु जरुरी छ । संबिधान तोकिएकै समयमा जारी गर्नका लागि सवैले आ–आफ्नो ठाउँवाट दवाव दिन जरुरी छ । अहिले देखिनै सवै नेताहरु दलहरु र सभासद्हरुले गम्भिर भएर छलफलमा वस्नु पर्ने जरुरी छ । होईन भने नियमानुसार प्रक्रिया गएरै भएपनि नयाँ संबिधान समयमै जारी गर्नु जरुरी छ ।
दिपायल सिलगढी नगपालिका–२ थापलाका मलासीले बुबा बाजेको धान रोप्ने थापलाको खेतमा केरा खेती गरेका हुन । राजनैतिक दलका नेताहरुले पनि उत्पादनसंग जोडिन आबश्यक रहेको उनको बुझाई छ । मलासीले भने “राजनिति गर्ने ब्यक्ति खाली कोरा भाषण गर्ने ब्यक्ति मात्रै होईन सामाजको नमुना ब्यक्ति पनि बन्नु हो, अहिले आर्थिक क्रान्ति गर्ने बेला हो सीप र क्षमताले भरीपुर्ण रहेका युवाहरु बिदेशी रहेको अबस्थामा गरेमा नेपालभित्र पनि प्रशस्त सम्बभाना छन भन्ने देखाउनका लागी पनि आफै सुरु गरेको हुँ ।” परिर्बतन आफैबाट र आजैबाट गर्नु पर्दछ भन्ने मान्यतामा आफुले बिश्वास राख्ने मलासीको भनाई छ ।
करीव तीन रोपनी जमिनमा केरा खेती गरेका मलासी अधिकांश समय केरावारीमा भेटिने गर्दछन । २०६६ साल मंसिर देखि २०६९ साल फागुनसम्म पार्टीको जिल्ला अध्यक्ष भएर काम गरेका मलासी २०७० सालको संबिधानसभा निर्वाचनमा नेकपा एमालेबाट डोटी क्षेत्र–१ का प्रत्येक्षतर्फका उम्मेदवार रहेका मलासी नेपाली कांग्रेसका बिजयी उम्मेदवार बिरबहादुर बलायरका प्रतिद्वन्द्वी हुन ।
पार्टी, संगठन र आम जनताका काम गरेर आफ्ना नीजि काम गर्न पनि समय निकाल्ने गरेका छन । राजनीति गर्ने ब्यक्ति कृषि पेशातर्फ कसरी पुग्नु भयो भन्ने बिम्ब साप्ताहिकको प्रश्नमा उनले भने “आर्थिक र सामाजिक बिकास आफै हुने होईन त्यो तपाई हामीले गर्नुपर्छ, अहिलेको राजनीति सामाजिक र आर्थिक बिकासमै केन्द्रित छ ।” प्रत्येक नागरिकले उत्पादनमा जोडिने हो र समाजिक चेतना उच्च राख्ने हो भने मुलुकको बिकासमा ठुलो टेवा पुग्ने मलासीको ठहर छ ।
आफ्नो अधिकांश समय राजनीतिमा खर्च गर्ने नेताहरुले प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा उत्पादन र आर्थिक बिकाससंग जोडिनै पर्ने मलासीले वताए । ‘गफ मात्र गरेर सामाजिक र आर्थिक बिकास हुँदैन’ मलासी भन्छन ।
जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले भने “मलासी जी आफुले कुनै ब्यवसायिक खेती गर्नु चाहेको कुरा बताउनु भयो, मैले उहाँलाई अहिलेको बजारको माग अनुसारको ब्यवसायिक केरा खेती गर्नु सुझाएको हुँ ।” मसालीले अहिले राम्रो केरा खेती गरिरहनु भएको जोशीको भनाई छ । मलासीले केराका साथै तरकारी खेती पनि गर्ने गरेका छन । जिल्ला सदर–मुकाममा पानीको अभाब भएपनि तरकारीबाट पनि राम्रै उत्पादन गरिरहेको जानकारी दिएका छन ।
पार्टीको कामप्रति अहिले पनि सक्रिय चाँसो राखिरहेका मलासी जिल्ला पार्टीले संगठन बिस्तारमा खासै ध्यान नदिएकोप्रति भने चिन्ता व्यक्त गर्दछन । “गाउँगाउँमा रहेका संगठनहरु र पार्टी कार्यकर्ताहरुलाई सक्रिय वनाएर अघाडी बढ्नु जरुरी छ” मलासीले भने ‘जिल्ला पार्टी कमिटीमा आवद्ध सवै साथीहरुलाई सक्रियतापूर्व जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे । आफु अहिले पनि सक्रिय राजनीतिमै रहेको वताउँदै मलासीले भने ‘मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको छु र सधैं गरिरहनेछु ।’
माथीको भनाई गगुडा गाबिस–६ गोठकाँडाका ६५ बर्षीय सगराम चन्दको हो ।
साढेँ ६ दशकको नेपाली बिकास र परिर्बतनका साँक्षी चन्दले भने “पहिला महाकाली भन्दा पारी जहाँ नेपालको भुमी भन्थे अहिले भारतको भुमी भन्छन क्यारे त्यहाँबाट ढिके नुन, कपडा, गुड र अन्य आबश्यक पर्ने सामाग्री खरीद गरेर ल्याउँथेऊ, त्यहाँसम्म मात्रै कच्ची सडक थियो त्यसपछि कैलालीको चौमालाबाट सामान खरिद गर्न सुरु गरियो ।” चन्दले त्यसपछि कच्ची सडक डोटीको समुवागाडसम्म पुगेको र त्यहाँबाट पनि सामान बोकेको अनुभव सुनाए । ‘त्यसपछि पारी दिपायलबाट सामान बोकेर पनि खाईयो, त्यसपछि दिपायल पिपल्लामा बजार स्थापना भयो’ चन्दले थपे ‘अहिले त टोल पिच्छे पसल छन ।’
जहाँ सडक पुग्यो त्यहाबाटै नुन देखि सुनसम्म खरीद गरेका चन्दलाई सडक बिस्तारसंगै हाट भारी वोक्न बिस्तारै घट्दै गएको अनुभव छ । डोटीमा ग्रामिण सडकको बिस्तारसंगै स्थानीय बजारको बिकास पनि तिब्र रुपमा भईरहेको देखिन्छ । गाउँहरुमा यातायातका साधनहरु पुगे लगत्तै धमाधन पसल खुल्न थालेका छन ।
उठाउनै पनि मुस्किल पर्ने भारी बोकेर पनि साँझपख अनिवार्य रुपमा डेउढा खेल्ने गरेको चन्द सम्झन्छन । उनी भन्छन “पहिला हाट जानु भनेको एउटा पर्व जस्तै हुन्थ्यो, गाउँनै खाली भएर जान्थे कामको साथै रमाई पनि हुथ्यो, अछाम, बझाङ, बाजुराका मान्छे पनि सामान लग्न जान्थ्ये त्यहाँ जिल्ला जिल्लाका बिचमा देउढामा दोहोरी हुन्थोे ।”
टनकपुरबाट नुनको डोको पिठ्युमा बोक्दा यति चाँडो बिकास होला भन्ने कल्पना स्थानीयले गरेका थिएन । गगुडा गाबिस–६ का ३६ बर्षीय शेरबहादुर चन्द भन्छन “मैले पनि चौमालाबाट नुनको भारी बोकेको हुँ मलाई त्यो अबस्था सम्झना गर्दा पिडादायक लाग्छ ।” उनले भने ‘मलाई कहिल्लै पनि लागेन मेरो घर अघाडीसम्म गाडी आउला र हामी यस भारी बोक्नबाट मुक्ती पाउँला भनेर ।’ अबका दिन भनेका खुसीका दिन हुन कसैले पनि भोकमरी, उपचार अभावका कारणले कम्तिमा ज्यान गुमाउनु त पर्दैन भन्नेमा बिश्वस्त छन चन्द ।
गगुडा गाबिस–६ का १९ बर्षीय जित बहादुर चन्दलाई भने बुढापाकाको कुरा सुन्दा कहानी जस्तै लाग्छ । उनी भन्छन “बुढापाकाको कुरा सुन्दा एक पटक त कहानी जस्तै लाग्छ किनभने हामीले यस्तै देख्यौँ र यसै थियो होला भन्ने कल्पना गर्दछौँ ।” अहिलेका हामी जस्ता युवाहरुले टनकपुर देखि भारी बोक्ने कल्पना पनि गर्न नसक्ने जितवहादुरको भनाई छ ।
डोटी जिल्लामा पनि सडकको बिस्तारसंगै बजारको बिस्तार पनि भएको छ । जिल्लाका केही औँलामा गन्न मिल्ने गाबिसहरु बाहेक अधिकांश गाबिस सडकको पहुँचमा रहेका छन । जिल्लाका ३ ओटा लामा ग्रामिण कच्चि सडकहरु राजपुर चवराचौतारा , दिपायल मेल्लेक तथा सहजपुर बिपीनगर सडकले सदर–मुकाम केन्द्रित ब्यापारलाई ह्वातै घटाएको ब्यापारीहरुको अनुभब छ ।
जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको दिपायल पिपल्लाका एक ब्यापारी डवल साउँदले भने “अहिले ब्यापार गाउँमा छ बजारमा होईन ।”
अहिले मान्छेहरुले चाहेको सामान गाउँमै पाउँछन सामान किन्नकै लागी कोही दिपायल झर्दैनन् वायल, तिखात्तर, मौवा, मेल्लेक ,जोरायलको चन्कट्टे स्थानीय राम्रै बजार छन ।”
बाजुराबाट कैलालीका लागी छुटेको यात्रुवहाक जिप डोटीको सानागाउँ गाबिस–४ मा दुर्घटना भएको हो । १८ जना यात्रु वोकेर हिडेको से १ च ९८९ नम्बरको रातो नम्बर प्लेटको जिप आईतवार साँझ दुर्घटना हुँदा जिपमा सवार सबै १८ जना घाईते भएका छन । घाईतेहरुमा ४ जनाको अबस्था गम्भीर रहेको भएपनि १४ जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कण्ठबहादुर शाहीले जानकारी दिएका छन ।
घाईतेहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार गरिएको थियो । गम्भीर घाईते हुनेहरुमा ब्रह्मतोला गाबिस–४ बाजुराका हिमाल थापा, नर बहादुर नेपाली, सोही गाबिस–३ का दिपक सिंह र कैलाशमाण्डौं गाबिस–८ का राजन ओखेडा रहेका छन ।
जिप तिब्रगती भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन । बाह्रबिसे गाबिस बाजुराका २७ बर्षीय चालक प्रेम थापा प्रहरी चौकी सानागाउँको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । १४ जना घाईतेहरुको अबस्था सामान्य रहेको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
बिगतका बर्षहरुमा दिपावलीको समयमा जुवा तास सम्बन्धि अत्याधिक घटना हुने गरेको भएपनि यस पटक भने कुनै पनि घटना नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कण्ठबहादुर शाहीले जानकारी दिए । उनले भने “यस पटको दिपावली शान्तसंगै सम्पन्न भएको छ, जुवा तासका घटना पनि आएन, अन्य त्यस्ता अप्रिय खालका खास्सै घटना भएन ।” दिपावलीको समयमा पटका नियन्त्रण कार्य पहिला देखिीनै तिब्र पारेका कारणले पनि यस पटकको दिपावली शान्तपूर्ण भएको निरीक्षक शाहीको भनाई छ ।
यद्यपीका जिल्ला सदरमुकाम र अन्य बजारहरुका साथसाथै गाउँगाउँमा यस वर्ष पनि तिहारको अवसरमा जुवा तास खेल्नेको संख्या धेरै भएको स्थानीयवासीहरुको दावी छ । घटनाहरु प्रहरी नियन्त्रणमा नआउनु र प्रहरीको आँखा छलेर जुवातास खेल्नु र खेलाउनुले गर्दा प्रहरीहरुलाई उक्त कुराको जानकारी हुन सकेन । प्रहरीको नजरमा जुवातास नपरेपनि जुवातास पूर्ण रुपमा भने रोकिएन तर बिगत वर्षको तुलनामा निकै कम भएको पाईएको छ ।
तिहारको समयमा बढी झैझगडाका घटना आउने गरेको भएपनि यस पटक सामान्य बाहेक खास झै झगडाका घटना पनि जिल्ला प्रहरी कार्यालयमा नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भाईटिको राती गाउँगाउँमा मदिराका कारण कुटपिट तथा झैझगडाका घटनाहरु भएका भएपनि त्यसको जिल्ला प्रहरी कार्यालयमा कुनै रेकर्ड छैन । केही घटनाहरु स्थानीयस्तरमै छलफल गरी मिलाईएका छन भने केही घटनाहरु स्थानीय प्रहरी ईकाईहरुसम्म पुगेको स्थानीयवासीहरुले जानकारी दिएका छन । त्यस प्रकारका बिबादहरु स्थानीय तहमै समाधान भएको स्थानीयहरुले जानकारी दिएका छन ।
तिहारको समयमा कालिकास्थान गाबिसमा कलेना गाबिसमा २ जनालाई नियन्त्रमा लिई कुटपिट गर्नुका साथै अभद्र ब्यबहार गरिएको प्रहरीले जानकारी दिएको छ । कलेना गाबिस–५ का ५६ बर्षीय बहादुरे साउँद र सोही स्थानका २५ बर्षीय निमबहादुर साउँदलाई कालीकास्थान गाबिसका गगने साउँद, टीका साउँद लगायतका चार जनाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । अभियुक्त चार जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन । प्रहरी निरीक्षक शाहीले भने “कलेनाका बहादुर साउँद भन्ने ब्यक्तिलाई नियन्त्रणमा लिई टाउकोमा चौधर्के कपाल काटी कुटेको र अर्को ब्यक्तिलाई कुटपिट गरेको बुझिएको छ, खास के कारणले घटना घटेको हो भन्ने एकिन भएको छैन ।” बयान लिने कार्य भैरहेको जानकारी दिँदै प्रहरी निरीक्षक शाहीले थपे “यो घटना भनेको दिपावलीका कारणले भएको होईन जे भएपनि दिपावलीको समयमा यत्तिका घटना हुन भनेको सामान्यनै मान्नु पर्छ ।”
कार्तिक १०
नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारसंगै दार्चुला जिल्लाका मन्दिरहरुमा जात्रा पर्व पनि सुरु भएका छन् ।
शनिबार भाईटिकाको दिनदेखि लेकम क्षेत्रका मन्दिर–हरुमा जात्रको सुरुवाती भएको छ । हिजो दार्चुला जिल्लाको मालिकार्जुन गाविसमा रहेको लटिनाथ मन्दिर चौडमा जात्रा समापन भएको छ भने बोहरीगाउँ गाविसमा रहेको लटिनाथ मन्दिर मा पनि जात्रा सम्पन्न भएको छ ।
जात्रा हेर्नको लागि कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु घर फर्किसकेका छन् । रातिको समयमा लाग्ने जात्रालाई व्यवस्थित गर्न जात्रा व्यवस्थापन समिति र प्रहरीले सुरक्षा व्यवस्था कडाइ गरेको थियो ।
यसैगरी भगवती गाविसको भगवती मन्दिर ढिङमा, रिठाचौपाता गाविसको लटिनाथ मन्दिर जैपुर, हुनैनाथको हुनैनाथ मन्दिर, बोहरीगाउँ गाविसको देथली, ग्वानी गाविसको बगैरालेक गाँउ मन्दिरमा, शंकरपुर गाविसको पौडी मन्दिर, भगवती गाविसको मानौ र मालिकार्जुन गाविसको मालिकार्जुन मन्दिर लगायका ठाउँमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन गाविसमा रहेको मालिकार्जुन मन्दिर जिल्लाकै ठुलो जात्रा लाग्ने गर्दछ । हजारौँ दर्शकहरुले अवलोकन गर्ने जात्रा कार्तिक १९ गते हुने भएको छ । मालिकार्जुन जात्राको एक दिन अगाडी अर्थात कार्तिक १८ गते शैल्यशिखर जात्रा लाग्ने छ । जात्रामा पुजापठको लागि दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर लगायत भारतको विभिन्न शहरहरुबाट श्रद्धालु भक्तजनहरु पूजापाठको लागि मालिकार्जुन आउने गर्दछन् ।
त्यसैगरी भाइटिको अवसरमा सञ्चालन भएकोको जात्रामा गाउँमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक स्थलहरुको संरक्षण तथा सम्बद्र्धनको क्षेत्रमा कार्यक्रम
हरु सञ्चालन गर्दै आएको लटिनाथ कैलपाल सत्संघ समिति मालिकार्जुनले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । भाई टिकाको दिन चौड मन्दिरमा शनिबार राती लागेको जात्रामा धार्मिक क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसारमा कृयासिल व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको संस्थाका अध्यक्ष गणेशसिंह धामीले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनेहरुमा मालिकार्जुन उमाविका पूर्व शिक्षक दानसिंह धामी, लटिनाथ प्रावि चौडका शिक्षक भूपेन्द्रसिंह धामी, नयाँ नेपाल एफएमका मालिकार्जुन संवाददाता गणेशसिंह धामी, सत्संघ समितिका अध्यक्ष गणेशसिंह धामी, प्रावि खुनाका शिक्षिका देवा धामी, भगवतीका दामोदरसिंह धामी लगायत रहेका छन् ।
आम्चौराका एक सयभन्दा बढी वासिन्दाका आँखा पाकेका स्थानीयवासीहरुले जानकारी दिएका छन् । स्थानीय महेश कलौनीले एक सतादेखि आम्चौरामा आँखा पाक्ने, चुहिने, रातो हुने लगायतका समस्या देखिएको बताए ।
सदरमुकामबाट एक दिन टाढा आम्चौरा गाउँमा आँखा उपचारका लागि स्वास्थ्य संस्था नभएकाले विरामीले उपचार गर्न सकेका छैनन् ।
स्थानीयवासीहरुले आँखा पाक्ने रोगको प्रकोप रोक्नका लागि आँखा स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने माग गरेका छन् । “अहिले एक सय जना भन्दा बढीमा यो समस्या देखिएको छ, समयमा उपचार हुन नसकने गाविसभरी फैलन सक्छ” स्थानीयवासी जगदीश भट्टले भने, ‘शिविर लगाएर उपचार गर्न बाहेक अरु विकल्प छैन ।
जिल्ला स्वास्थ्य कार्यालयसंग छिटो शिविर सञ्चालन गर्न समेत स्थानीयले माग गरेका छन ।
गत असोज २० गते डोटीको छतिवन गाबिसमा २९ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको थियो । दुर्घटनामा ६८ जना भन्दा बढीको नेपाल रभारत लगायत बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
दशैंको लगत्तै भएको ठुलो बस दुर्घटनाको छानबिनका लागि भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयका सहसचिब रबिन्द्र श्रेष्ठ संयोजक रहने गरी, ट्राफिक प्रहरी बरीष्ठ उपरीक्षक छबिलाल बञ्जाडे, यातायात ब्यवसायी राष्ट्रिय महासंघको तर्फबाट होम कुँवर, यातायात ब्यवस्था बिभागका तर्फबाट सिननियर इन्जिनियर मुक्ती केसि, सडक बिभागको तर्फबाट सिनियर इन्जिनियर कृष्ण भण्डारी र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिब नबिन कुमार पोखरेल सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।
असोज २२ गते सरकारले गठन गरेको समितिले कात्र्तिक ८ गतेभित्र प्रतिबेदन बुझाई सक्नु पर्ने भएपनि अझै नबुझाएको पाइएको छ । समितिका संयोजक रबिन्द्र श्रेष्ठले प्रतिबेदन तयार रहेको तर नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि होम बहादुर कुँवरले काठमाण्डौं आउन नसकेको प्रतिक्रिया दिए ।
संयोजक श्रेष्ठले बिचमा तिहार परेकाले छानबिन समितिको अन्तिम बैठक बस्न नसकेकाले ढिलाई भएको तर ४÷ ५ दिनमा म्याद थपेर हुने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतछिट्टै प्रतिबेदन बुझाउने जानकारी दिए ।
एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धनले सोमबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा दाहालले १२ बुँदे सहमतियताका सम्झौता र प्रतिबद्धता नबिर्सन प्रधानमन्त्री सुशील कोईरालालाई आग्रह गरे ।
दाहालले नेपालका राजनीतिक दलहरुले महत्वपूर्ण कामहरु सहमतिमै गरेको उल्लेख गर्दै संविधान पनि सहमतिमै निर्माण गर्न सक्षम रहेको उल्लेख गरे ।
दुईपटक संविधानसभा चुनाव गर्ने, शान्ति सम्झौता, हतियार व्यवस्थापन, सेना समायोजनजस्ता चुनौतिपूर्ण काम सहमतिबाट टुंग्याउन सक्ने तर संविधान सहमतिमा बनाउन नसकिने भन्ने हुँदैन भन्दै प्रचण्डले भने ‘त्यो पनि सकेर आर्थिक समृद्धितिर देशलाई डोहो¥याउन सक्दा विश्वकै निम्ति एउटा राम्रो उदाहरण बन्न सक्छ ।’
दाहालले पहिचान र सामाथ्र्यमा आधारित संविधान दिन नसके आम नेपाली जनता, विश्व समुदाय र इतिहासले नेपाली राजनीतिक दल र नेतृत्वलाई धिक्कार्ने उल्लेख गरे । नेपाली राजनीतिक नेतृत्वले विश्वमा नै उदाहरणीय एकता प्रस्तुत गरेको उल्लेख गर्दै दाहालले उच्चस्त– रीय सहमतिबाट संविधान निर्माण हुने विश्वास व्यक्त गरे । छलफलमा नमिलेका कुराहरुलाई फेरी उच्चस्तरको छलफल गरी मिलाउनु पर्ने धारणा राख्दै प्रचण्डले विश्वका कतिपय दलका नेताहरु नेपालको संस्कृतिदेखि आश्चार्य मान्ने गरेको वताए ।
दाहालले सहमतिको सम्भावना रहेको उल्लेख गर्दै भने “विश्वका कतिपय विकसित देशका नेताहरु एकपटक मतभेद भयो भने ६÷८ महिना बोल्दा पनि बोल्दैनन् । एक अर्कालाई हेर्दै हेर्दैनन् । एकअर्कालाई मार्ने र मर्नेसम्मको लडाईंलाई पनि वार्ता र संवादद्वारा नयाँ प्रक्रियाको सुरुवात गर्न सक्षम रहेको नेपाली राजनीतिको मौलिकता भएको दाहालले उल्लेख गरे ।
जिल्लामा सञ्चालन भएका यात्रु बहाक जिव समितिले स्थानीय भाडा दररेट निर्धारण नगर्दा र समिति पनि दर्ता नहुँदा जिव मालिकहरुले मनपरी भाडा असुल्दै गएका हुन । आफुखुसी उनीहले यात्रुहरुवाट भाडा लिने गरेका छन् ।
सदरमुकाम देखि झोता, तमैल, सुनकुडा देउलेख, स्याडी देउरा, विजगडा, सुनिकोट, रुपातोलासम्म संचालन हुने जिवले यात्रुहरुलाई सदरमुकाम ल्याउने र पु¥याउने गर्दछन् ।
सदरमुकाम चैनपुरदेखि माथिल्लो भेग भोपुर, रुपातोला १८ किलो मिटर कच्ची सडकमा गतवर्षदेखि जिव सञ्चालकहरुले आउन पाँच सय र फर्कदा पनि पाँच सय रुपैयाँ लिने गरेका छन । यसगरी सदरमुकाम सिमखेतवाट पक्की सडकखण्ड भाडे बजार, झोता, देउरा लगायतका स्थानसम्म पु¥याउदा पनि जिव मालिकहरुले चर्को भाडा उठाएको भैरबनाथ गाविस झोताका शेर बहादुर शाहीले वताए । उनले भने ‘प्रतिकिलोमिटर तिन÷ चार रुपैयाँ लिनु ठिकै हो तर उनीहरुले पिचमा पनि प्रतिकिलो मिटर पाँच÷छ रुपैयाँ लिने गरेका छन् । २०६७ सालमा पहिलो पटक जिल्लामा जिव संचालन भएको हो । धनगढी र महेन्द्रनगरवाट आउने यात्रुबहाक बसहरु दिवा सेवाको राती र रात्री सेवाको दोश्रो दिन विहानै पुग्ने हुँदा स्थानीय यात्रुहरु सदरमुकाम जाने आउन जिवले सेवा दिदै आएका छन् ।
जिल्लाको मुख्य सडक खोड्पे–बझाड जयपृथ्वी राजमार्ग सहित ग्रामीण सडक बागथला विजगडा, भाँडेबडर जयपृथ्वी नगर र भोपुर रुपातोलाका लागी जिव बढी उपयोगमा आएका छन् । गत महिनावाट जिव चल्न थालेको २२ किलोमिटर भाडेबजार जयपृथ्वीनगर सडकमा पनि जिवले पाटागाँउसम्मको तिन सय र जयपृथ्वीनगरको पाँच सय रुपैयाँ भाडा लिँदै आएका छन् । यसैगरी बागथला विजगडा सडक खण्डमा चल्ने जिवले पनि १६ किलोमिटर सडक खण्डमा चार सय भाडा लिने गरेको त्यहाँका स्थानीय कमलकान्त जोशीले वताए ।
“जिल्लाका जिव सञ्चालकहरुले भाडा चर्को लिएको सर्वसाधारणहरुले गुनासो गरेपछि हामीहरुले सडकमा जिवलाई चेकजाँच गरेका छौ” जिल्ला ट्राफिक प्रहरी ईन्र्चाज विरेन्द्र ऐडीले भने “समितिले जिव सञ्चालकहरुलाई भाडादरको लिष्ट नबुझाउदा मनपरी भाडा भएको रहेछ ।’ उनले केहि वर्ष अगाडी जिल्लामा स्थानीय भाडादरको लागी निर्णय भएपनि समितिले यसको अबज्ञा गरेर मनपरी भाडा लिदै गरेकाले यसको नियन्त्रणका लागी प्रयास भईरहेको वताए । उनले भने “बझाङमा ४० वटा जिव सञ्चालनमा छन् तर सवै अबैध रुपमा संचालनमा छन् ।”
मृतक अधिकारीका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न अस्वीकार गरेपछि सोमवार बसेको मन्त्रीपरिषदको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मिनेन्द्र रिजालले सो कुराको जानकारी दिए ।
आफ्ना छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै ११ महिनादेखि आमरण अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ मा वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादका छोरा नुरप्रसादसहित परिवारका सदस्यले उनको शव बुझ्न नमानेपछि उनको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
अधिकारीको अन्तेटि कहिले भन्ने बिषयमा भने सरकारले कुनै जानकारी दिएको छैन । मन्त्रीपरिषदले नन्दप्रसादकी पत्नी गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ । आर्थिक सहायता गर्ने भनेको भएपनि कति आर्थिक सहयोग गर्ने भन्ने जानकारी समेत सरकारले दिएको छैन । आमरण अनसन बस्ने क्रममा गंगामायाको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले विशेष पहल गरी असोज ३१ मा उनको अनसन तोडाएको थियो ।
माहुरीपालनबाटै यस जिल्लाका व्यवसायीले बर्सेनी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लाका विभिन्न गाविस र नगरक्षेत्रमा समेत बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ ।
व्यावसायिक मौरीपालनले स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । मह तथा घार निर्यातका लागि डडेल्धुरा जिल्ला प्रसिद्ध बन्दै गएको छ ।
जिल्ला कृषि बिकास कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार जिल्लाभरीमा आधुनिक र खोपे गरी २० हजारभन्दा बढी घारमा मह उत्पादन भइरहेकोे छ । मौरीपालक किसानको समूहगत आम्दानी बर्सेनी करोडौंमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति किसान थप उत्साहित भएका छन् ।
मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ । सिँचाई सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा कृषकहरुको आकर्षण बढिरहेको कृषि कार्यालयले जनाएको छ ।
पत्रकार झलक पाली प्रकाशक तथा सम्पादक रहेको उक्त पत्रिका जिल्लाको २३ औं पत्रिकाको रुपमा दर्ता भएको जिल्ला प्रशासन कार्यालय डोटीको तथ्याँकमा छ । यस अघि जिल्लामा साप्ताहिक, पाक्षिक र मासिक गरी २२ पत्रिका दर्ता भईसकेका भएपनि थोरै पत्रिकाहरुमात्र नियमित प्रकाशनमा रहेका छन ।
नजर साप्ताहिक प्रत्येक साता सोमवार प्रकाशन भईरहेको प्रकाशक÷सम्पादक पालीले जानकारी दिएका छन ।
२०४२ सालदेखिनै स्थानीयस्तरमा पत्रिका प्रकाशन हुन थालेका भएपनि डोटीमा हालम्म एक पनि दैनिक पत्रिका सञ्चालन हुन सकेको छैन ।
जिल्लाको अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको हो । जिल्लाको पहिचान र विकासको सम्भावना बोकेको पर्यटकीय क्षेत्र रामारोशनको संरक्षण र सम्वद्र्धनमा नेपाल सरकारको ध्यान नपुगेकाले रामारोशनमा वासस्थान बनाएका पँक्षी र जङ्गली जनावर लोप हुने अवस्था रहेको स्थानीय समाजसेवी गोविन्द साउदले बताए ।
तिहारका अबसरमा खेलिएका देउसी भैलौबाट संकलन भएका रकममध्ये अधिकांस रकम वनभोजका नाममा मदिरा तथा अन्य पेय पदार्थमा खर्च भएको छ । थोरैले मात्रै उक्त रकम सामाजिक कार्यमा लगानी गर्ने योजना वनाएका छन । देउसी भैलो खेलेका साना समूह देखि ठुलो समुहमध्ये धेरै जसो बनभोज खाने तयारी तथा खाईरहेको पाइएको छ । पछिल्लो समयमा बिद्यालयबाट देउसी भैलो खेलेर शैक्षिक भ्रमणमा जाने क्रम पनि बढेको छ । डोटी लगायत बिभिन्न ठाउमा बनभोज खानेहरुको लाम लागेका पाईएको छ ।
पुल्चोकस्थित इन्जिनियरिङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले इंल्याण्डको महिला नेत्रहीन टोलीलाई ९३ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा एक सय ७४ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि मनकेशरी चौधरीले सर्वाधिक ७७ रनको योगदान दिइन् भने ओममायाले २४ रन जोडिन् ।
एक सय ७५ रनको लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको इंल्याण्ड निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ८० रनमा समेटियो ।
इंल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी भगवती भट्टराई र सुनिता घिमिरेले समान दुई दुई विकेट तथा मुना अर्याल र सरिता घिमिरेले समान एक एक विकेट लिएका थिए ।
नेपाल नेत्रहीन क्रिकेट संघको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको प्रतियोगितामा प्लेएर अफ द म्याच घोषित भएकी नेपालकी मनकेशरी चौधरीले दुई हजारसहित ट्रफी प्राप्त गरिन् ।
जवाफी ब्याटिङका लागि मैदानमा नेपाल उत्रनुअघि वर्षाका कारण खेल ढिला सुरु भएको थियो । वर्षाका कारण देखाउँदै अमेरिका विरुद्धमा नेपालका लागि ३० ओभरमा खेल छोट्याइएको थियो । १६२ रनको लक्ष पाएको नेपालले व्याटिङ थालेको केहीबेरमै पुन वर्षा भएपछि खेल रद्द गरिएको हो ।
अमेरिकाको लागि स्टेभ मासियाले सर्वाधिक ७४ रन जोडे । त्यस्तै ओपनर फहाद बाबर ४७ रन सागर पुनको बलमा आउट भए ।
नेपालको लागि सोमपाल कामीले ३, शक्ति गौचन, बसन्त रेग्मी र सागर पुनले २÷२ विकेट लिए । ७ औं ओभरमा पहिलो विकेट लिएको नेपालले अमेरिकाको दोस्रो विकेट झार्न २८ ओभरसम्म कुर्नुप¥यो । जुनबेला अमेरिकाले १३६ रन जोडिसकेको थियो ।
कप्तानको गोली हानी हत्या
दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टिमका कप्तानको हत्या गरिएको छ ।
चर्चित खेलाडी कप्तान सेन्जो मेयिवाको गोेली हानि हत्या गरिएको हो । जोहानेसवर्गको बोसलुरसस्थित आफ्नी प्रेमिकाको घरमा रहेका मेयिवालाई अज्ञात समूहले गोली हानि हत्या गरेको सञ्चारमाध्यमहरुले जनाएका छन । समाचार शुत्रका अनुसार उनी प्रेमिकासँग बसिरहेका बेला तीनजना मानिस घरभित्र पसे र मोवाइल र बहुमूल्य चिज दिनुपर्ने माग राखेकाले मेयिवाले प्रेमिकालाई जोगाउन प्रयास गर्दै थिए । त्यसै समय उनलाई गोली हानिएको थियो । घटना लगत्तै मेयिवालाई उपपचारका लागि अस्पताल पु¥याउने बित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरका थिए ।
मेयिवाको हत्याप्रति दक्षिण अफ्रिकी सरकारले खेद व्यक्त गरेको छ । राष्ट्रपति ज्याकुव जुमाले फुटबल कप्तान तथा आफ्नो करिअरको उचाईमा पुग्न लागेका मेयिवाको हत्याले लागेको दुःखलाई शब्दमा ब्यक्त गर्न नसकिने बताएका छन् । उनले घटनाको सत्यतथ्य छानविन गरी हत्यारालाई कारवाही गर्ने वताएका छन ।
२७ वर्षीय मेयिवा ओरान्डो पाइरेट क्लबमा गोल किपरबाट व्यवसायिक फुटबल खेल्थे । उनको टिम दक्षिण अफ्रिकाको लिग कपमा सेमिफाइनलमा पुगेको थियो ।
घटनाका बारेमा हालसम्म सत्यतथ्य सार्वजनिक भएको छैन् । उनको हत्यामा संलग्नका बारेमा सूचना दिनेलाई ८५ सय पाउण्ड पुरस्कार दिने दक्षिण अफ्रिकी प्रहरीले घोषणा गरेको छ । आफ्नी प्रेमिकाको हत्या अभियोगमा जेल जाने भएका ओस्कर प्रिटोरसको चर्चा नसेलाउँदै यो घटना भएको हो ।
चीनको सान्सी प्रान्तको राजधानी सियानस्थित साततारे वान्दम ग्रान्ड होटलदेखि सडक किनार, क्याम्पस र फिल्म हलहरू सम्ममा ७९ देशका फिल्महरू प्रदर्शन भइरहेका छन् । चीन सरकारले आयोजना गरेको यो फेस्टिभलमा नेपालबाट छानिएका ६ फिल्म मार्फत नेपाली कला, संस्कृति, समाज र विषयवस्तुको पनि उत्तिकै प्रवर्द्धन भइरहेको छ । चीनले आफ्नो आर्थिक समृद्धिसँगै सिल्क रोडलाई कला र संस्कृतिमा समेत मिसाएर अन्तरदेशीय सांस्कृतिक अनुभव आदानप्रदान गर्ने अवधारणा अनुसार गरेको यो फेस्टिभलमा नेपालबाट सचिन घिमिरेको छोटो फिल्म “पुन्टेको पाङग्रो” दिनेश पाल्पालीको फिचर फिल्म “बालकृष्ण सम” राकेश कायस्थको वृत्तचित्र “झ्याउली” पृनाराज जोशीको वृत्तचित्र “कुमारी ः द लिभिङ गडेस” जोशीकै अर्को वृत्तचित्र “तुयुसिं ः अ रियालिटी नट फार अवे” र दीपेन्द्र भण्डारीको “जर्नी टु यार्सा” छानिएका छन् ।
यी फिल्महरू हरेकको चार÷चार वटा शोका दरले २४ स्थानमा प्रदर्शन भइरहेका छन् । नेपालको तर्फबाट फेस्टिभलमा भाग लिन सचिन, राकेश र दिनेश समेत आइपुगेका छन, यी निर्देशकहरूले आ–आफ्ना फिल्मसँगै नेपाल प्रवद्र्धन गरिरहेका छन् । यी तीनै जना फिल्म निर्माण, निर्देशनदेखि पछिल्लो थ्रीडी प्रविधिसम्मको सेमिनारमा आफ्नो क्षमता तिखारिरहेका छन् भने फिल्म कन्सर्ट र मार्केटिङमा पनि भाग लिइरहेका छन् । “ुपुन्टेको पाङग्रो” का फुटेजहरू यहाँको टिभीमा देखेपछि स्थानीयहरूले फिल्म किन्नेबारे कुरा गरिरहेका छन, सचिनले भने ‘निकै व्यवस्थित योजनासहितका यस्ता फेस्टिभल हामीजस्ता विकासोन्मुख मुलुकका स्वतन्त्र फिल्मकर्मीहरूलाई निकै उपलब्धिमुलक हुने रहेछ ।’
नेपाली दलित समुदायको विषयवस्तुमाथि “बालकृष्ण सम” बनाएका दिनेश र इँटाभट्टामा काम गर्ने मजदुरमाथि “झ्याउली” बनाएका राकेशले पनि सचिनलाई सही थपे । हलिउड निर्देशक ओलिभर स्टोनदेखि चर्चित हलिउड फिल्म कम्पनी टान्टी फस्ट सेन्चुरी फक्सका कार्यकारी निर्देशक, प्रसिद्ध चिनियाँ कलाकार लिउ हुनान, फ्रान्सको एसियाली चलचित्र महोत्सव निर्देशक जिनमार्क थियोरान, हलिउड फिल्म स्टिभ जब्सका कार्यकारी निर्देशक डेभिड सी ट्राउभ जस्ता हस्तीहरू भेला भएको यो फेस्टिभलमा फिल्म मार्केटिङदेखि निर्माण सम्झौता, सेमिनार र सम्भावनाहरूको खोजी जस्ता कार्यहरू भइरहेका छन, नेपालका लागि यो निकै नौलो अनुभव रहेको सचिनले बताए । “रेड कार्पेटसहित ओलम्पिकको जस्तो उद्घाटन समारोहदेखि आजसम्मका कार्यक्रमहरू हेर्दा चीन सरकारले आधुनिक बजारमा आफ्नो सांस्कृतिक प्रभाव निर्माण गर्ने रचनात्मक माध्यमको रूपमा फेस्टिभललाई लिएको देखिन्छ” उनले भने ‘दुःखको कुरा के हो भने हाम्रोमा नीजि तवरले आधा दर्जन फेस्टिभल भएपनि सरकारले फिल्मजस्तो सांस्कृतिक उद्योगलाई रणनीतिक हिसाबले अगाडि बढाउन सकेको देखिँदैन ।’
फेस्टिभलमा एक दर्जन नेपाली फिल्म सहभागी भएपनि आधा दर्जन मात्रै छानिएका हुन् । यी फिल्महरू नेपालबाट वल्र्ड कल्चरल नेटको संयोजनमा फेस्टिभल आइपुगेका हुन् । चीनले व्यापार र संस्कृति दुवैको क्षेत्रमा सिल्क रोडलाई पुनर्ताजगी गर्दै छ, यसमा हाम्रो सहभागिताले नेपालको सांस्कृतिक परिचयलाई अझ बढी बनाउने काम नेटका अध्यक्ष दीपक सरकारले भने, “पहिलो फेस्टिभलमै यतिधेरै फिल्म छानिनु हाम्रा लागि निकै खुसीको कुरा हो ।”
छानिएका ६ नेपाली फिल्ममध्ये सचिनको “पुन्टेको पाङग्रो” र दिनेशको “बालकृष्ण सम” अवार्डको नजिक पुगेको आयोजकले जनाएको छ । आइतबार साँझ हुने अवार्ड समारोहमा दुवै जनालाई औपचारिक पोसाकसहित रेड कार्पेटमा निम्तो गरिएको छ ।
ई–कान्तिपुर अनलाईनवाट
बझाङमा पनि आरोप लाग्ने गरेको
तपार्इंको पुरा परिचय पाउँ न ?
— नाम सम्राट सिंह, ठेगाना ः बझाङ जयपृथ्वी नगरपालिका–४, नयाँ पत्रिका, सगरमाथा टेलिभिजन रिपोटर र बझाङ अपडेट साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक भएर काम गरिरहेको छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— पत्रकारिता रोज्नुका सबैका फरक–फरक धारणा होलान तर मेरो धारणा कलम मार्फत विकट हिमाली जिल्ला बझाङकोे विकासलाई सहयोग पु¥याउन पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
— म पत्रकारिता क्षेत्रमा लागेको ४ बर्ष भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— जिल्लाको विकासको बारेमा कलम चलाउन रुचि राख्ने गर्दछु । ४ बर्षदेखि निरन्तर जिल्लामा हुने गरेका भ्रष्टाचारका बिरुद्घमा सदैव कलम चलाउने गरेको छु ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
— समस्या त पत्रकारिता पेशामा मात्र नभएर सबै पेशामा आइपर्छन तर बझाङको सन्दर्भमा पत्रकारिता पेशामा अलि फरक किसिमका समस्याहरु देखा परेका छन । पत्रकारले जिल्लाको विकासका लागि कलम चलाउँदा चौबिसै घण्टा तैनाथ सुरक्षाकर्मी खटिरहने सदरमुकाम चैनपुरमै पत्रकारमाथी पटक–पटक आक्रमण प्रयास हुने गरेका भएपनि राज्यले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याएका छैनन् । जोखिम मोलेर समाचार प्रकाशन, प्रसारण गर्दा पनि मासिक रुपमा पत्रकारले आफ्नो पारिश्रमिक नपाउने गरेको ।
बझाङमा बसेर पत्रकारिता गर्न सजिलो छ भन्छन, कस्तो अनुभव भईरहेको छ तपाईलाई ?
— बझाङमा बसेर पत्रकारिता गर्न अरु जिल्ला भन्दा कठिनाई नै छ । कठिनाई भएपनि जिल्लाको विकासका निम्ति कलम चलाउन पाउँदा रमाइलो अनुभव भइरहेको छ ।
मोफसलमा वसेर काठमाण्डौंबाट प्रकाशन हुने नयाँ पत्रिका राष्ट्रिय दैनिकमा काम गर्दै हुनुहुन्छ, चुनौतीहरु के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
— हरेक कामका पछाडी चुनौती त अवश्य नै हुन्छन । मैले अघि नै भनिसकेँ विकट जिल्लाबाट पत्रकारिता गर्न धेरै चुनौतीहरु छन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु आवश्यक होला ?
— मोफसल पत्रकारिताका समस्या तथा चुनौती समाधानका लागि राज्यले श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्नुपर्ने र पत्रकारको सुरक्षाकोे सम्बन्धि कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
— मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ पनि आफ्नो तर्फबाट सकारात्मक पहल गरेको छ । महासंघले पहल गरेपनि राज्यले कार्यन्वयन नगरे जस्तो लागेको छ ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
— मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि बैचारिक संगठनहरुले नै ठुलो भुमिका खेल्ने गरेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
ू— — निश्पक्ष, तटस्थ रुपमा रहेर मानव अधिकारको पक्षमा वकालत गर्ने, रक्षा गर्ने, नयाँ कुराको खोजी गर्ने, समाज परिवर्तन गर्ने बलियो आधार पत्रकारिता हो ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, बझाङको अवस्था कस्तोे छ ?
— मेरो बिचारमा एक दुई पत्रकारले गर्दा सम्पूर्ण पत्रकारिता क्षेत्र नै बदनामित बन्दै गएको अवस्था छ । दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने गरेको जस्तो बझाङमा पनि आरोप त लाग्ने गरेका छन ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
— मान, सम्मान र इज्जत भन्दा ठुलो अरु केही हुँदैन भन्ने मेरो धारणा छ, त्यसैले म यस्ता कुरामा कहिले पनि लागेन ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
— मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि नेपाल सरकारले श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्नुपर्ने र पत्रकारको सुरक्षाको व्यवस्था सरकारले मिलाउनु पर्ने मेरो सुझाव छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
— विकृति बिसङ्गतिबीच पनि सुधार उन्मुख आलोचना गर्दा जोसुकैलाई पनि सुधार्न सकिन्छ भन्ने मेरो मान्यता छ । मैले लेख्ने गरेका समाचारले समाज परिवर्तनलाई ठूलो सहयोग गर्छ भन्ने मैले आशा लिएको छु त्यसैले म जिल्लाको विकासका लागि सदैव कलम चलाईरहने छु ।
—बिश्वको सबै भन्दा प्रतिष्ठित नोबेल पुरस्कार ६ बिधामा दिईन्छ । ती बिधाहरु औषधी बिज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र हुन् ।
२. शक्ति समूह बारे लेख्नुहोस् ।
—सन् २०१३ मा एसियाको नोबेल पुरस्कार म्यागासेसे मानिने पुरस्कार पाउन सफल शक्ति समूह नेपालको एक गैर सरकारी संस्था हो । करीव १७ बर्ष अघि बि.सं. २०५३ श्रावणमा बिभिन्न सामाजिक संस्थाले भारतबाट उद्धार गरी ल्याइएका एक सय २८ महिलामध्ये १५ जना बेचबिखन प्रभाबित साहसी चेलीले यो संस्थाको सुरु गरेका हुन । यस संस्थापक सदस्य चरीमाया तामाङलाई सन् २०११ मा अमेरिकी सरकारद्वारा आधुनिक युगमा दासता अन्त्य गर्न लागी परेकी नायिकाको उपाधिले सम्मान गरिएको थियो ।
३. एबिल जयष्मिबथ भन्नाले के बुझिन्छ ?
—योजना नबनि खाली रहेको बर्षलाई एबिल जयष्मिबथ भनिन्छ । कुनै पनि राष्ट्रको समष्टिगत आर्थिक तथा सामाजिक बिकासका दृष्टिले यो अबस्थालाई राम्रो मानिदैन र समान्य परिस्थितिमा यो अबस्था सृजना पनि हुँदैन । नेपालको ईतिहासमा बि.सं. २०१७ सालको राजनैतिक परिर्बतनपछि २०१८ साल र २०४६ सालको राजनैतिक परिवर्तन पछि २०४७ साल एबिल जयष्मिबथ का रुपमा रहेका छन् ।
४. म्भबतज शयलभ (मृत्यु मण्डल) भन्नाले के बुझिन्छ ?
—खासगरी हिमाली क्षेत्रको ७,५०० मिटर र यो भन्दा माथि अक्सिजन कम हुने क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भनिन्छ । यस क्षेत्रमा पर्वतारोहीहरु धेरै समयसम्म बस्दा स्वासप्रश्वास सम्बन्धी रोगलाग्ने हुनाले यस क्षेत्रमा धेरै समयसम्म बस्न सक्दैनन् र कम उचाई भएको क्षेत्रमा ओर्लने गर्दछन ।
यस क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भन्नुको मुख्य कारण धरै पर्वतारोहीको मृत्यु यसै क्षेत्रमा हुने गरेको र यो क्षेत्रमा धरै हिउँ पर्ने तथा हिम आँधी समेत आउने हुनाले धेरै खतरानाक समेत हुने गरेकोले यस क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भनिन्छ ।
५.एम.आर.पि.(ःच्ए) भनेको के हो ?
ःच्ए को पुरा रुप ःबअजष्लभ च्भबमबदभि एबककउयचत हो । आधुनिक मेसिनको सहयोगबाट पासपोर्ट वाला ब्यक्तिको बिबरण उल्लेख गरिने एम.आर.पी.पासपोर्टको परिष्कृत एबं अत्याधुनिक रुप हो । नेपाल सरकारले एम.आर.पी. छपाईका लागी हाल फ्रान्सको ओवरथर कम्पनीलाई अनुमति प्रदान गरेको छ । ओवरथर कम्पनीसंग २०६७ भाद्र ११ गते एम.आर.पी. छपाई सम्बन्धि सम्झौता भएको थियो । नेपालको mबअजष्लभ चभबमबदभि उबककउयचत ९ःच्ए० अन्तराष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न सफल भएको छ । यो संगै ःच्ए सरकारी तहमा पहिलो पल्ट आईएसओ प्राप्त गर्ने सेवा वनेको छ ।
६. जटायु रेष्टुराँको सक्षिप्त चिनारी दिनुहोस ।
—गिद्ध संरक्षणका लागि शुद्ध खाना उपलव्ध गराउने उद्देश्यले नवलपरासीको कावासोती र पिठौरी गाबिसमा जटायु रेष्टुराँ स्थापना गरिएको छ । नेपाल पंक्षी संरक्षण संघको पहल एवं स्थानीयवासीको सक्रियतामा २०६४ साल भाद्रमा स्थापित यस रेष्टुराँ संञ्चालनका लागि राष्ट्रसंघीय बिकास कार्यक्रम (ग्ल्म्ए) र बिश्व वातावरण कोष (ध्भ्ँ) ले ३७ हजार ३ सय ७५ अमेरिकी डलर प्रदान गरेका छन । कावासोती गाबिस–१ तथा पिठौरी गाबिस–२, ३, ५ र ६ वडाका सामुदायिक वन क्षेत्रको १५ हेक्टर भु–भागमा फैलिएको यो रेष्टुराँमा रेष्टुराँ सञ्चालक समितिले गाईगोरुको सिनो किनेर राखिदिने गरेको छ । रेष्टुराँ सञ्चालन पश्चात त्यस क्षेत्रको वरीपरी लोपोन्मुख गिद्धहरु देखिन थालेका छन । यसको सञ्चालनले सिनोको व्यवस्थापन एवं घरपालुवा जनावरको छाला बिक्री गरी यसको सदुपयोग हुन थालेको छ । साथै पर्यटकीय गतिबिधिमा पनि बृद्धि भएको छ ।
७. नौमति बाजा भनेको के हो ?
—नेपालको परम्परागत रुपमा चल्दै आएको अति लोकप्रिय वाजा नौमति वाजा हो । खासगरी बिवाह, ब्रतवन्ध साथै शुभ दिनको आगमन तथा बिजयको संकेतको रुपमा वजाईने यस वाजामा दुई सनही, दुई दमाहा, झ्याली, ट्याम्को, ढोलक, कर्नाल र नरसिंहा समावेश गरी जम्मा नौ वटा वाजा वनाईएको हुन्छ । नौ वाजाको समूह भएकोले पनि यसलाई नौमति वाजा भनिन्छ ।
८. ज्यूलो भनेको के हो ?
—कर्णाली अञ्चलको उच्च पहाडी भागमा नदी खोलाको पानी लगी धान खेती गर्न मिल्ने केही समथर परेको जमिनलाई ज्यूलो भनिन्छ । करीव २८५० मिटरको उचाईमा रहेको जुम्ला जिल्लाको पतराशी गाबिसको घुमचौर ज्यूलोमा गरिने जुम्ली मार्सी धान बिश्वकै सर्वाधिक उचाईमा गरिने धानखेती मानिन्छ ।
आँगनीको डिलमा गुलाबी मुस्कान छर्दै मुस्काइरहेका मखमली, सयपत्री, हजारी र गोदाबरी फूल शरद ऋतुसंग सामिप्यता गाँस्दै हाँसीरहेको हरियाली प्रकृृति गैरी र टारी खेतमा झुलिरहेको धानको बाला .....आफ्नै संस्कृति र भेषभुषामा सजिएर वल्लो गाउँ र पल्लो गाउँसम्म पुगी मादलु र डम्फुको तालमा देउसी भैलो खेल्नुको मज्जा आहा...., तिहार सम्झँदा मात्रै मन प्रफुल्न भएर आउँछ ।
रंगहरुको पर्व, फूलहरुको पर्व, उज्यालोको पर्व, तिहार दिपावली, भाइटिका जो संस्कृतिको स्वाभिमानयुक्त धरहरामा उभिएको छ युगौंदेखि र उभिनेछ युगौँ युगसम्म ।
समयको रफ्तारसंगै फेरिएको छ तिहारको मुहार परम्परागत तिहारको ठाउँमा आधुनिकताको खोक्रो खोल ओढेको तिहार भित्रिएको देख्दा मन खिन्न भएर आउँछ । जो टिकामाला र आशिर्वाद लिने भन्दा महंगा उपहार दिने तर्फ मोडीएको छ ।
घुम्दै आयो तिहार अहिलेनि छमछम नाँचिदेउ भैलेनी...., फूल फुल्यो दुई थुंगा लर्केर यसपाली त आउ दाजु फर्केर......, जस्ता गीत । शहरमा मौलिक सोरठी ... मारुनि र पुरुषुगे नाँच देख्न पाइदैन । गाउँमा बज्ने यि भाकाको साटो...झुम्मेकि रात हे...चुम्मेकि बात हे........जस्ता हिन्दी गीत बज्छन शहरको देउसी भैलीमा आजकाल ।
जब तिहार आउँछ तब दाजुभाइको यादले अझ सताउँछ । एउटा तिहारले वैदेशिक यात्रा तय गरेको वर्षदिन नपुग्दै दुई महिनाअघि फेरि अर्को तिहार मुग्लान पसेको छ मेरो । चाडपर्वको महत्व नराखी कोहि मुलुकको अर्थतन्त्र धान्न र परिवार पाल्न मुग्लान गएका छन त कोहि त देशको नाम राख्न मरिमेटेर क्रिकेट खेल्दै छन् राष्ट्रको मायाँ छातिमा राखेर ।
विडम्बना, उनीहरुको पिडा बुझ्दैन सरकार । छरछिमेकमा सबका दाजुभाई दिदीबहिनी जम्मा भएर तिहार मनाइरहँदा मुग्लान छिरेका दाजु भाइको यादले मेरो मुटु दुख्छ बेस्सरी । भाइ गएदेखि नओभाएका मेरी आमाका आँखा दाजु गएदेखि त झन् वर्षाको मुलजस्तै हरपल ओसीला हुन्छन् ।
आमासंग आँखा जुधाउनसम्म सक्दिन म । बडो संकट र पिडामा गुज्रिरहेको हामी गरिबको जिन्दगी । फूलहरुले पनि घरिघरि गिज्याएजस्तो लाग्छ । टिकाले खुच्चीङ भनेर हाँसेजस्तो लाग्छ । रंगोलीहरु पनि पूरै श्यामश्वेत देख्छु । उज्यालोको पर्व पूरै अन्धकार बने जस्तो भान हुन्छ ।
दुई दिनअघि माइक्रोमा साथीसाथी बिचको एउटा संवाद सुनेकी थिए । एउटाले भन्दै थिए, “दिदीबहिनी नहुँनुको पीडा कस्तो हुन्छ मात्र तिहारमा थाहा हुन्छ यार । यही पिडा बिर्साउँन प्रत्येक तिहारका पाँच दिन म रक्सीको बोतलसंग जीवन साट्छु जसले मलाई यमपञ्चकभर अचेत बनाओस र तिहार आए गएको थाहै नहोस ।” अर्कोले भन्दै थिए, “समाल यार आफूलाई अरुको खुसी हेरेर भएपनि बाँच्न सक्नुपर्छ जिन्दगीमा कहिलेकाँहि ।”
छोरा नभएको परिवारलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा रिपोटिर्ङ गर्ने क्रममा म राजधानीकै घरमा पुगेकि थिएँ । आमा छोरीको आवाज लिने क्रममा कक्षा आठमा पढ्ने छोरीले भनेको कुरा आजपनि ताजै छ । “अरु बेला खासै त्यस्तो लाग्दैन जब तिहार आउँछ तब नरमाइलो लाग्छ, साथीहरुले दाजुभाइका कुरा गर्दा मन दुख्छ अनि मम्मीले नदेख्ने गरी एक्लै बसेर रुन्छु ।” म भावुक बनेक थिए त्यतिबेला ।
पाँच भाइकि एक्ली बहिनी मेरी मिल्ने साथी कान्ती जस्को मुहार दशैँ तिहारमा कान्तिमय नभएको आज ६ वर्ष बित्यो । उसका नयनहरु सदा दाजुहरुको बाटो हेरी टोलाइरहेका हुन्छन् । जेनतेन आफूलाई समाल्दै म कहिलेकाँही सम्झाउँछु उसलाई कम्तीमा तिम्ले र मैले त आपसमा पीडा साट्न पाएका छौं दुःखसुख जे भएपनि आमा बाबाको काखमा छौँ । हाम्रा दाजुहरु जो घरपरिवारको यादमा पराईको देशमा कति छटपटिदा हुन् । न पीडा सुनिदिने कोहि छ न आपत विपतमा साथ दिने कोहि छ ।
यो देशबाट मुग्लान छिर्ने मेरा र कान्तीका दाजुभाई मात्र हैनन् । हामीजस्ता मध्यम र निम्न बर्गका कमै घर होलान जसका कोहि न कोहि सन्तान मुग्लानमा पैसासंग जीवन साट्न गएका नहौउन । कहिलेकाँही त यस्तो लाग्छ यो दुनिँयामा धनै ठूलो हो मन, मुल्य, मान्यता, नैतिकता र पढाइ भन्दा । हातमुख जोर्नकै लागि परदेशीएका हुन हाम्रा दाजुभाइ । ना कि नेताका छोराहरुजस्तै महंगा विश्वविद्यालयमा पढ्न र राष्ट्रको ढुकुटी सित्तैमा सिध्याउँन ।
भगवानसंग यही कामना र प्रार्थना छ मेरो हाम्रा दाजुभाई तिहारको आसपासमा छिट्टै हामी सामु आउने वातारण मिलोस । अनि सरकारसंग एउटै बिन्ती छ विदेशीएका युवालाई स्वदैशमै रोजगारी देउ । विदेश पलायनलाई छिट्टो भन्दा छिट्टो रोक । हैन भने कागजमा सिमीत युवामैत्री घोषणापत्रहरुको छिट्टै अन्तिम संस्कार गरीदेउ ।
सबै कुराले परिपूर्ण कोहिपनि हुँदैन कसैलाई केहिको अभाव त कसैलाई केहिको अभाव खड्केकै हुँन्छ । जे भएपनि हामीले मनलाई सन्तुलित पार्नै पर्छ । मन न हो फोनमा कुरा नगरौं निराश लाग्छ, गरौं भेट्न मन लाग्छ भेट्न भौतिक दुरताले साथ दिदैँन । किनकी हामी सात समुन्द्र वारपार छौं ।
यसपाली पनि म आउन सकिन नानु । तिमीलाई तिहारको लागि के उपहार पठाउँ, साथी आउँदै छ । दाइकोे म्यासेज आएको थियो । यसपाली पनि दाजुको निधारसंग बहिनीका हातको भेट नहुने पक्का भो । यस्तै सोच्दै भत्किएको मनले समालिएर म्यासेजको उत्तर दिएँ ।
“म पनि आधुनिक समाजमा जन्मिए हुर्किए दाजु, तर आधुनिकताको नाममा मैले आफ्नो परम्परा र औकातलाई बिर्सेकी छैन । तपाइलाई थाहै छ नि हामीसंग उपहारको व्यापार गर्ने क्षमता छैन । समाजमा तिहारको व्यापार भैहेको छ दाजु ।”
मेरा संगीहरु दाजुले कति वजनदार खाम दियो र बहिनीले कस्तो खालको उपहार ल्याई भन्नेतर्फ तल्लिन छन् । तर, दाजु मलाई वजस्वी खाम र महंगो उपहारको लोभ छैन । चुहेको घरको छानो टाल्ने र परिवारको भविष्य बनाउने सपनाका खातीर दाजुले अर्काको देशमा पसिनाका सिन्धु बगाएर जम्मा गरेको पैसा बहिनीलाई महंगो उपहारको लागी जरुरी छैन । बरु त्यो उपहार किन्ने पैसा घरमा जस्ता लगाउन सदुपयोग गरौंला । बस पसीना बगाउनु नपर्ने र पैसा नलाग्ने महत्वपूर्ण उपहार आशिर्वाद खुसी मनलै दिए पुग्छ । तपाइ मुग्लानबाट छिट्टै घर फर्कनु मेरा लागी दाजुले दिएको यो भन्दा ठूलो उपहार अरु केहि हुनेछैन । प्रदेशमा आफ्नो ख्याल राख्नु, धेरै चिन्ता नगर्नु र छिट्टै फकि आउनु । सम्झनु मेरी बहिनी सप्तरंगी टिका र मखमलीको मालासहित हरपल दाजुकै प्रतिक्षामा छे ।”
म्यासेजको प्रतिउत्तर यस्तो आएको थियो । “प्यारी बहिनी जब घर छोडिदोरहेछ तब दिल तोडिदोरहेछ । घरको याद नआएका पल हुँदैन, तरपनि चाँडपर्वमा घर परिवारको यादले अझ बढी सताउँछ । दशैं तिहारले रुवाउँछ । तरपनि बाँच्नका लागि संघर्ष त गर्नै प¥यो भनेर मन कठोर बनाउँछु । परम्परालाई नभुल्नै र वास्तविकतालाई बुझ्ने मेरी बहिनीप्रति मलाइ गर्व छ । तिमी पनि चिन्ता नगर्नु आफ्नो र आमाको ख्याल राख्नु । अरुको सामु आँशु नबगाउँनु किनकी समाजमा पीडा बुझ्ने भन्दा खिल्ली उडाएर हाँस्ने अनुहार धेरै हुँन्छन् । ऋण तिर्न सक्ने पैसा जम्मा गरेपछि म घर पर्कनेछु । यो तिहारमा सानो मन नबनाउनु प्यारी बहिनी सम्झनु म निधार पठाउँछु तिमी भाइटिका लगाइदिनु ।”
— सेतोपाटी अनलाईनवाट
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सुदूरपश्चिमको राजधानी दिपायलमै हुने
सुप एक प्रदेश हुने सभासदहरुको दावी
माघ ८ गतेनै नयाँ संबिधान जारी गर्नका लागि दलहरुबीच बिवादित बिषयमा छलफल हुने क्रममा संघीयताको बिषयले व्यापक चर्चा पाएको छ । कति प्रदेश हुने र राजधानी कहाँ हुने भन्ने वारेमा चर्चा भईरहेका वेला डोटीवाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुले सुदूरपश्चिम अखण्ड हुने र यसको राजधानी दिपायल हुने दावी गरेका छन ।
सोमवार बिम्ब साप्ताहिकसंग कुरा गर्दै डोटीका सभासद्हरुले उक्त बिचार व्यक्त गरेका हुन । नेकपा एमाले केन्द्रीय कमिटीका बैकल्पिक सदस्य समेत रहेका सभासद् प्रेम वहादुर आलेमगरले सुदूरपश्चिम अखण्ड रहने र यसको राजधानी दिपायलमै हुने दावी गरे । कैललीको अत्तरीया र डडेल्धुराको पनि चर्चा चलेको छ नि ? बिम्ब साप्ताहिकको यस प्रश्नको जवाफमा डोटी क्षेत्र–२ वाट प्रत्येक्ष तर्फका सभासद् आलेमगरले भने ‘यस बिषयमा मैले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासंग पनि छलफल गरेको छु, उहाँको बिचार पनि डोटीमै राजधानी वनाउने छ ।’ सुदूरपश्चिम एक प्रान्त हुने र सो को राजधानी दिपायल हुने प्रष्ट पार्दै आलेमगरले भने ‘केही संरचनाहरु डडेल्धुरामा पनि वन्न सक्छन ।’ कैलालीको अत्तरीया भारतीय सिमा नजिक भएका कारण त्यहाँ राजधानी हुनै नसक्ने आलेमगरको दावी छ ।
नेपाली कांग्रेसवाट समानुपातिक तर्फका सभासद् भरतवहादुर खडका नेपाली कांग्रेसले आफ्ना दस्तावेजहरुमा समेत अखण्ड सुदूरपश्चि र त्यसको राजधानी दिपायलमै हुने कुरा प्रस्ट रुपमा उल्लेख गरेका कारण यसमा पार्टीको तर्फवाट कुनै बिवाद नरहेको वताए । ‘दिपायल हालको सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो, त्यसकारण पनि राजधानी दिपायलमै हुनु पर्ने आधार हामीसंग वनिसकेको छ’ सभासद् खडकाले भने “मेरो व्यक्तिगत बिचारमा पनि दिपायलनै राजधानी हुन्छ, यसका लागि हामी सक्रिय भएर लागेका छौं ।”
नेपाली कांग्रेस डोटीका सभापति समेत रहेका डोटी क्षेत्र १ वाट प्रत्येक्ष तर्फका सभासद् बिरवहादुर वलायरले पार्टीले प्रष्ट रुपमा सुदूरपश्चिम खण्ड राख्ने कि अखण्ड राख्ने भन्ने बिषयमा दस्तावेजमा उल्लेख गरिसकेका कारण यो प्रश्न आफुलाई सोध्नु जरुरी नभएको वताए । आफु अरु कुनै कुराले तनावमा रहेकाले थप प्रतिक्रिया नदिने भन्दै सभासद वलाएरले भने “यस बिषयमा थप वोल्नु जरुरी छैन ।”
नेकपा एमालेवाट समानुपातिक तर्फका सभासद् गौरी ओलीले सुदूरपश्चिम एक प्रान्त हुने र यसको राजधानी दिपायलमै हुने वताईन । “हालको सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल भएकाले एउटा आधार पनि तयार भएको छ” सभासद् ओलीले भनिन ‘सुदूरपश्चिमका सवै जिल्लाहरु लाई पायक पर्ने भएका कारण पनि राजधानी दिपायलमै हुनुपर्छ ।’ आफुले यस बिषयमा प्रष्ट बिचार राखेको वताउँदै ओलीले भनिन् ‘भोली सहमतिको कुरा आउँदा अन्तिम सम्म पनि मेरो प्रयत्न दिपायलमै राजधानी वनाउने हुनेछ ।’
नेपाली कांग्रेसवाट समानुपातिक तर्फका सभासद कल्पना सोवले सुदूरपश्चि अखण्ड हुने र यसको राजधानी दिपायलमै हुने प्रष्ट पारिन । आफुले यस वारेमा संबिधानसभामा समेत आवाज उठाईसकेका वताउँदै सभासद सोवले भनिन् “सुदूर–पश्चिमवासीहरुले ढुक्क भए हुन्छ, राजधानी दिपायलमै हुन्छ ।” डोटीका पाँच जना सभासद्हरु राजधानी दिपायलमै हुनु पर्ने बिषयमा लडिरहेको वताउँदै सोव भन्छिन ‘यदि अखण्ड सुदूरपश्चिम भएन र सो को राजधानी दिपायल भएन भने हामीहरु कडा रुपमा प्रस्तुत हुनेछौं ।’
सुदूरपश्चिम अखण्ड हुनु पर्ने र सो को राजधानी दिपायल हुनु पर्ने भन्दै २०६९ साल बैशाख जेठमा यस क्षेत्रमा एक महिनासम्म सशक्त आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनको माग सम्वोदन गर्दै एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अखण्ड सुदूरपश्चिम हुने कुरामा सहमति समेत जनाएका थिए तर कैलाली कञ्चनपुरका थारु समुदायहरुले छुट्टे थारुवान प्रदेश माग गरेका कारण सुदूरपश्चिम एक प्रदेशको मुद्धा बिवादित हुँदै आएको छ ।
सम्पादकिय
बर्ष, महिना, दिन र घण्टा अर्थात समय घर्केको कसैलाई पत्तै हुँदैन । दुई वर्षमा नयाँ संबिधान जारी गर्ने संबैधानिक व्यवस्थाका साथ २०६४ साल चैत्र २८ गते भएको संबिधानसभाको पहिलो निर्वाचनपछि गठन भएको संबिधानसभाको पहिलो बैठक बस्नै डेढ महिनाभन्दा बढी समय लागेको थियो । संबिधानसभाले तोकिएको समयमा संबिधान निमार्ण गर्न नसके पछि पटक–पटक गरी संबिधान सभाको म्याद थप्दै ४ बर्ष पु¥याइयो तर पनि संबिधानसभाले नयाँ संबिधान निमार्ण गर्न नसकेरै मृत्युकरण ग¥यो । २०६९ साल जेठ १४ गते संबिधानसभा भंग भयो त्यस पश्चात देशमा संबैधानिक तथा राजनैतिक संकट उत्तपन्न भयो देश शुन्यताको अबस्थामा गयो ।नेपालको अन्तरीम संबिधान तथा शक्ति पृथकीकरणको सिद्धान्त बिपरीतै भएपनि सर्बोच्च अदालतका प्रधानन्यायधिश खिलराज रेग्मीलाई कार्यापालिका प्रमुख नियुक्त गरियो र रेग्मी सरकारलाई देशमा संबिधानसभाको निर्वाचन गर्न एक मुख्य जिम्मेवारी दिइयो । रेग्मी सरकारको गठन उद्देश्य अनुरुपनै २०७० साल मंसिर ४ गते संबिधानसभाको अर्को निर्वाचन गरियो । रेग्मी सरकारले आफ्नो मुख्य काम सम्पन्न गरेको दुई महिना चार दिनपछि माघ ८ गते संबिधानसभाको पहिलो बैठक बस्यो ।
पहिलो र दोस्रो संबिधानसभाको नजिरलाई हेर्दा राजनैतिक दलहरु पहिलो त बस्नै मान्दैनन् , संबिधानसभामा आंशिक उपस्थित हुन्छन, उपस्थित भएपनि गम्भीर रुपमा छलफल गर्न तयार हँुदैनन् र संबिधानसभाका ६ सय एक जना सभासदहरुको आफ्ना पार्टीका शिर्ष नेताहरुको मुख ताक्ने वानी लगायतका कारणले पनि संबिधान लेखनको कार्यले तिब्रता नपाएको प्रस्टै देख्न सकिन्छ ।
संबैधानिक तथा राजनैतिक सम्वाद समितिले सहमतिका लागी संबिधानसभादेखि गोकर्ण रिर्सोटसम्म धाउँदा समेत सहमतिका कुनै सुत्र फेला पारेको छैन । सहमतिको रटान लगाई रहेको एमाओवादी सम्बद्ध मोर्चा र प्रक्रियामा जाने मनस्थिति निर्माण गरी सकेका एमाले कांग्रेसहरु बिच प्रक्रिया बाहेकको अन्य कुनै सुत्र फेला पर्ला जस्तो छैन ।
प्रक्रियाबाट संबिधान निर्माण गर्दा शान्ति प्रक्रियाको एक हिस्सा नेकपा–माओवादी संबिधानसभा बाहिर रहेको छ र संबिधानसभा भित्र रहेको एकिकृत नेकपा माओवादी पनि प्रक्रियाबाट प्रतिक्रियाबादी २०४७ सालको वरिपरीबाट संबिधान आउने तर्क गर्दै आएको छ । एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको पहिलो संबिधानसभा असफल भएकाले अर्को संबिधानसभामा कांग्रेसलाई सबै भन्दा ठुलो पार्टीको जिम्मेवारी पाएकाले कांग्रेस र एमालेले जसरी पनि संबिधान निर्माण गर्नु पर्ने बाध्याता छ । अझ भनौं सबै राजनैतिक दलहरुले संबिधान निमार्ण नगरी नहुने अबस्था छ ।
समय थोरै छ, पहिलो बैठक बसेको एक वर्षभित्र नयाँ संबिधान जारी गरिसक्नु पर्ने भन्ने पूर्व सहमति भएको छ । यस हिसावले माघ ८ गतेभित्र नयाँ संबिधान जारी हुनु पर्छ किनकी दोश्रो संबिधानसभाको पहिलो बैठक २०७० साल माघ ८ गते बसेको थियो । यद्यपी संबिधानसभाको पहिलो मस्यौदा जनताको हातमा आईसक्नु पर्ने म्याद दलहरुले गुजारी सकेका छन । यो लक्षण हेर्दा दोश्रो संबिधानसभाले पनि आफ्नो जिम्मेवारी समयमै पुरा गर्न सक्ने अवस्था छैन भन्दा कुनै गलत अनुमान नहोला । पहिलो संबिधानसभाले जति काम गरेको थियो त्यो भन्दा माथी सिन्कोसम्म पनि नभाँचिएको कुरा केही नेताहरुले भन्दै आएका छन ।
त्यसैले अहिलेदेखि नै खवरदारी गर्नु जरुरी छ । संबिधान तोकिएकै समयमा जारी गर्नका लागि सवैले आ–आफ्नो ठाउँवाट दवाव दिन जरुरी छ । अहिले देखिनै सवै नेताहरु दलहरु र सभासद्हरुले गम्भिर भएर छलफलमा वस्नु पर्ने जरुरी छ । होईन भने नियमानुसार प्रक्रिया गएरै भएपनि नयाँ संबिधान समयमै जारी गर्नु जरुरी छ ।
थप समाचार
उत्पादनसंग प्रत्येक्ष जोडिए नारद मलासी
कुनै सयम नेकपा एमाले डोटी जिल्ला पार्टीको नेतृत्व सम्हाल्दै गाउँगाउँमा संगठन बिस्तारको लागि हिडेका एमाले डोटीका पुर्व अध्यक्ष तथा सेती अञ्चल कमिटी सदस्य नारद मलासी अहिले भने प्रत्येक्ष उत्पादनको काममा लागेका छन ।दिपायल सिलगढी नगपालिका–२ थापलाका मलासीले बुबा बाजेको धान रोप्ने थापलाको खेतमा केरा खेती गरेका हुन । राजनैतिक दलका नेताहरुले पनि उत्पादनसंग जोडिन आबश्यक रहेको उनको बुझाई छ । मलासीले भने “राजनिति गर्ने ब्यक्ति खाली कोरा भाषण गर्ने ब्यक्ति मात्रै होईन सामाजको नमुना ब्यक्ति पनि बन्नु हो, अहिले आर्थिक क्रान्ति गर्ने बेला हो सीप र क्षमताले भरीपुर्ण रहेका युवाहरु बिदेशी रहेको अबस्थामा गरेमा नेपालभित्र पनि प्रशस्त सम्बभाना छन भन्ने देखाउनका लागी पनि आफै सुरु गरेको हुँ ।” परिर्बतन आफैबाट र आजैबाट गर्नु पर्दछ भन्ने मान्यतामा आफुले बिश्वास राख्ने मलासीको भनाई छ ।
करीव तीन रोपनी जमिनमा केरा खेती गरेका मलासी अधिकांश समय केरावारीमा भेटिने गर्दछन । २०६६ साल मंसिर देखि २०६९ साल फागुनसम्म पार्टीको जिल्ला अध्यक्ष भएर काम गरेका मलासी २०७० सालको संबिधानसभा निर्वाचनमा नेकपा एमालेबाट डोटी क्षेत्र–१ का प्रत्येक्षतर्फका उम्मेदवार रहेका मलासी नेपाली कांग्रेसका बिजयी उम्मेदवार बिरबहादुर बलायरका प्रतिद्वन्द्वी हुन ।
पार्टी, संगठन र आम जनताका काम गरेर आफ्ना नीजि काम गर्न पनि समय निकाल्ने गरेका छन । राजनीति गर्ने ब्यक्ति कृषि पेशातर्फ कसरी पुग्नु भयो भन्ने बिम्ब साप्ताहिकको प्रश्नमा उनले भने “आर्थिक र सामाजिक बिकास आफै हुने होईन त्यो तपाई हामीले गर्नुपर्छ, अहिलेको राजनीति सामाजिक र आर्थिक बिकासमै केन्द्रित छ ।” प्रत्येक नागरिकले उत्पादनमा जोडिने हो र समाजिक चेतना उच्च राख्ने हो भने मुलुकको बिकासमा ठुलो टेवा पुग्ने मलासीको ठहर छ ।
आफ्नो अधिकांश समय राजनीतिमा खर्च गर्ने नेताहरुले प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा उत्पादन र आर्थिक बिकाससंग जोडिनै पर्ने मलासीले वताए । ‘गफ मात्र गरेर सामाजिक र आर्थिक बिकास हुँदैन’ मलासी भन्छन ।
जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले भने “मलासी जी आफुले कुनै ब्यवसायिक खेती गर्नु चाहेको कुरा बताउनु भयो, मैले उहाँलाई अहिलेको बजारको माग अनुसारको ब्यवसायिक केरा खेती गर्नु सुझाएको हुँ ।” मसालीले अहिले राम्रो केरा खेती गरिरहनु भएको जोशीको भनाई छ । मलासीले केराका साथै तरकारी खेती पनि गर्ने गरेका छन । जिल्ला सदर–मुकाममा पानीको अभाब भएपनि तरकारीबाट पनि राम्रै उत्पादन गरिरहेको जानकारी दिएका छन ।
पार्टीको कामप्रति अहिले पनि सक्रिय चाँसो राखिरहेका मलासी जिल्ला पार्टीले संगठन बिस्तारमा खासै ध्यान नदिएकोप्रति भने चिन्ता व्यक्त गर्दछन । “गाउँगाउँमा रहेका संगठनहरु र पार्टी कार्यकर्ताहरुलाई सक्रिय वनाएर अघाडी बढ्नु जरुरी छ” मलासीले भने ‘जिल्ला पार्टी कमिटीमा आवद्ध सवै साथीहरुलाई सक्रियतापूर्व जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे । आफु अहिले पनि सक्रिय राजनीतिमै रहेको वताउँदै मलासीले भने ‘मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको छु र सधैं गरिरहनेछु ।’
लम्विदै सडक, नजिकिदै वजार
“पहिला १२ महिनाको एक महिना हाट (सामान खरिद गर्ने) जानका लागी ठिक्क हुन्थ्यो, अहिले त एक घण्टा पनि लाग्दैन पहिले र अहिलेको बिकास आकास पातलको फरक छ । मैलेनै महिना दिन लगाएर टनकपुरबाट डोकोमा नुन बोकेको छु ।”माथीको भनाई गगुडा गाबिस–६ गोठकाँडाका ६५ बर्षीय सगराम चन्दको हो ।
साढेँ ६ दशकको नेपाली बिकास र परिर्बतनका साँक्षी चन्दले भने “पहिला महाकाली भन्दा पारी जहाँ नेपालको भुमी भन्थे अहिले भारतको भुमी भन्छन क्यारे त्यहाँबाट ढिके नुन, कपडा, गुड र अन्य आबश्यक पर्ने सामाग्री खरीद गरेर ल्याउँथेऊ, त्यहाँसम्म मात्रै कच्ची सडक थियो त्यसपछि कैलालीको चौमालाबाट सामान खरिद गर्न सुरु गरियो ।” चन्दले त्यसपछि कच्ची सडक डोटीको समुवागाडसम्म पुगेको र त्यहाँबाट पनि सामान बोकेको अनुभव सुनाए । ‘त्यसपछि पारी दिपायलबाट सामान बोकेर पनि खाईयो, त्यसपछि दिपायल पिपल्लामा बजार स्थापना भयो’ चन्दले थपे ‘अहिले त टोल पिच्छे पसल छन ।’
जहाँ सडक पुग्यो त्यहाबाटै नुन देखि सुनसम्म खरीद गरेका चन्दलाई सडक बिस्तारसंगै हाट भारी वोक्न बिस्तारै घट्दै गएको अनुभव छ । डोटीमा ग्रामिण सडकको बिस्तारसंगै स्थानीय बजारको बिकास पनि तिब्र रुपमा भईरहेको देखिन्छ । गाउँहरुमा यातायातका साधनहरु पुगे लगत्तै धमाधन पसल खुल्न थालेका छन ।
उठाउनै पनि मुस्किल पर्ने भारी बोकेर पनि साँझपख अनिवार्य रुपमा डेउढा खेल्ने गरेको चन्द सम्झन्छन । उनी भन्छन “पहिला हाट जानु भनेको एउटा पर्व जस्तै हुन्थ्यो, गाउँनै खाली भएर जान्थे कामको साथै रमाई पनि हुथ्यो, अछाम, बझाङ, बाजुराका मान्छे पनि सामान लग्न जान्थ्ये त्यहाँ जिल्ला जिल्लाका बिचमा देउढामा दोहोरी हुन्थोे ।”
टनकपुरबाट नुनको डोको पिठ्युमा बोक्दा यति चाँडो बिकास होला भन्ने कल्पना स्थानीयले गरेका थिएन । गगुडा गाबिस–६ का ३६ बर्षीय शेरबहादुर चन्द भन्छन “मैले पनि चौमालाबाट नुनको भारी बोकेको हुँ मलाई त्यो अबस्था सम्झना गर्दा पिडादायक लाग्छ ।” उनले भने ‘मलाई कहिल्लै पनि लागेन मेरो घर अघाडीसम्म गाडी आउला र हामी यस भारी बोक्नबाट मुक्ती पाउँला भनेर ।’ अबका दिन भनेका खुसीका दिन हुन कसैले पनि भोकमरी, उपचार अभावका कारणले कम्तिमा ज्यान गुमाउनु त पर्दैन भन्नेमा बिश्वस्त छन चन्द ।
गगुडा गाबिस–६ का १९ बर्षीय जित बहादुर चन्दलाई भने बुढापाकाको कुरा सुन्दा कहानी जस्तै लाग्छ । उनी भन्छन “बुढापाकाको कुरा सुन्दा एक पटक त कहानी जस्तै लाग्छ किनभने हामीले यस्तै देख्यौँ र यसै थियो होला भन्ने कल्पना गर्दछौँ ।” अहिलेका हामी जस्ता युवाहरुले टनकपुर देखि भारी बोक्ने कल्पना पनि गर्न नसक्ने जितवहादुरको भनाई छ ।
डोटी जिल्लामा पनि सडकको बिस्तारसंगै बजारको बिस्तार पनि भएको छ । जिल्लाका केही औँलामा गन्न मिल्ने गाबिसहरु बाहेक अधिकांश गाबिस सडकको पहुँचमा रहेका छन । जिल्लाका ३ ओटा लामा ग्रामिण कच्चि सडकहरु राजपुर चवराचौतारा , दिपायल मेल्लेक तथा सहजपुर बिपीनगर सडकले सदर–मुकाम केन्द्रित ब्यापारलाई ह्वातै घटाएको ब्यापारीहरुको अनुभब छ ।
जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको दिपायल पिपल्लाका एक ब्यापारी डवल साउँदले भने “अहिले ब्यापार गाउँमा छ बजारमा होईन ।”
अहिले मान्छेहरुले चाहेको सामान गाउँमै पाउँछन सामान किन्नकै लागी कोही दिपायल झर्दैनन् वायल, तिखात्तर, मौवा, मेल्लेक ,जोरायलको चन्कट्टे स्थानीय राम्रै बजार छन ।”
जिप दुर्घटनामा १८ जना घाईते
डोटीको जोरायलमा भएको दुर्घटना सेलाउन नपाउँदै जिल्लाकै सानागाउँ गाबिसमा फेरी अर्को दुर्घटना भएको छ ।बाजुराबाट कैलालीका लागी छुटेको यात्रुवहाक जिप डोटीको सानागाउँ गाबिस–४ मा दुर्घटना भएको हो । १८ जना यात्रु वोकेर हिडेको से १ च ९८९ नम्बरको रातो नम्बर प्लेटको जिप आईतवार साँझ दुर्घटना हुँदा जिपमा सवार सबै १८ जना घाईते भएका छन । घाईतेहरुमा ४ जनाको अबस्था गम्भीर रहेको भएपनि १४ जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कण्ठबहादुर शाहीले जानकारी दिएका छन ।
घाईतेहरुको जिल्ला अस्पताल सिलगढीमा उपचार गरिएको थियो । गम्भीर घाईते हुनेहरुमा ब्रह्मतोला गाबिस–४ बाजुराका हिमाल थापा, नर बहादुर नेपाली, सोही गाबिस–३ का दिपक सिंह र कैलाशमाण्डौं गाबिस–८ का राजन ओखेडा रहेका छन ।
जिप तिब्रगती भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन । बाह्रबिसे गाबिस बाजुराका २७ बर्षीय चालक प्रेम थापा प्रहरी चौकी सानागाउँको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । १४ जना घाईतेहरुको अबस्था सामान्य रहेको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
दिपावलीमा जुवातास सम्बन्धि घटना भएन
बिगतका वर्षहरुमा जुावतासकै कारण कुटपिटका घटनाहरु हुने गरेको भएपनि यस पटक डोटी जिल्लामा दिपावलीको समयमा जुवा तास सम्बन्धी एउटा घटना पनि नभएको जिल्ला प्रहरी कार्यालय डोटीले दावी गरेको छ ।बिगतका बर्षहरुमा दिपावलीको समयमा जुवा तास सम्बन्धि अत्याधिक घटना हुने गरेको भएपनि यस पटक भने कुनै पनि घटना नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कण्ठबहादुर शाहीले जानकारी दिए । उनले भने “यस पटको दिपावली शान्तसंगै सम्पन्न भएको छ, जुवा तासका घटना पनि आएन, अन्य त्यस्ता अप्रिय खालका खास्सै घटना भएन ।” दिपावलीको समयमा पटका नियन्त्रण कार्य पहिला देखिीनै तिब्र पारेका कारणले पनि यस पटकको दिपावली शान्तपूर्ण भएको निरीक्षक शाहीको भनाई छ ।
यद्यपीका जिल्ला सदरमुकाम र अन्य बजारहरुका साथसाथै गाउँगाउँमा यस वर्ष पनि तिहारको अवसरमा जुवा तास खेल्नेको संख्या धेरै भएको स्थानीयवासीहरुको दावी छ । घटनाहरु प्रहरी नियन्त्रणमा नआउनु र प्रहरीको आँखा छलेर जुवातास खेल्नु र खेलाउनुले गर्दा प्रहरीहरुलाई उक्त कुराको जानकारी हुन सकेन । प्रहरीको नजरमा जुवातास नपरेपनि जुवातास पूर्ण रुपमा भने रोकिएन तर बिगत वर्षको तुलनामा निकै कम भएको पाईएको छ ।
तिहारको समयमा बढी झैझगडाका घटना आउने गरेको भएपनि यस पटक सामान्य बाहेक खास झै झगडाका घटना पनि जिल्ला प्रहरी कार्यालयमा नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भाईटिको राती गाउँगाउँमा मदिराका कारण कुटपिट तथा झैझगडाका घटनाहरु भएका भएपनि त्यसको जिल्ला प्रहरी कार्यालयमा कुनै रेकर्ड छैन । केही घटनाहरु स्थानीयस्तरमै छलफल गरी मिलाईएका छन भने केही घटनाहरु स्थानीय प्रहरी ईकाईहरुसम्म पुगेको स्थानीयवासीहरुले जानकारी दिएका छन । त्यस प्रकारका बिबादहरु स्थानीय तहमै समाधान भएको स्थानीयहरुले जानकारी दिएका छन ।
तिहारको समयमा कालिकास्थान गाबिसमा कलेना गाबिसमा २ जनालाई नियन्त्रमा लिई कुटपिट गर्नुका साथै अभद्र ब्यबहार गरिएको प्रहरीले जानकारी दिएको छ । कलेना गाबिस–५ का ५६ बर्षीय बहादुरे साउँद र सोही स्थानका २५ बर्षीय निमबहादुर साउँदलाई कालीकास्थान गाबिसका गगने साउँद, टीका साउँद लगायतका चार जनाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । अभियुक्त चार जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन । प्रहरी निरीक्षक शाहीले भने “कलेनाका बहादुर साउँद भन्ने ब्यक्तिलाई नियन्त्रणमा लिई टाउकोमा चौधर्के कपाल काटी कुटेको र अर्को ब्यक्तिलाई कुटपिट गरेको बुझिएको छ, खास के कारणले घटना घटेको हो भन्ने एकिन भएको छैन ।” बयान लिने कार्य भैरहेको जानकारी दिँदै प्रहरी निरीक्षक शाहीले थपे “यो घटना भनेको दिपावलीका कारणले भएको होईन जे भएपनि दिपावलीको समयमा यत्तिका घटना हुन भनेको सामान्यनै मान्नु पर्छ ।”
लेकम क्षेत्रमा जात्रा पर्व सुरु
कमला कुँवर÷दार्चुलाकार्तिक १०
नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारसंगै दार्चुला जिल्लाका मन्दिरहरुमा जात्रा पर्व पनि सुरु भएका छन् ।
शनिबार भाईटिकाको दिनदेखि लेकम क्षेत्रका मन्दिर–हरुमा जात्रको सुरुवाती भएको छ । हिजो दार्चुला जिल्लाको मालिकार्जुन गाविसमा रहेको लटिनाथ मन्दिर चौडमा जात्रा समापन भएको छ भने बोहरीगाउँ गाविसमा रहेको लटिनाथ मन्दिर मा पनि जात्रा सम्पन्न भएको छ ।
जात्रा हेर्नको लागि कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु घर फर्किसकेका छन् । रातिको समयमा लाग्ने जात्रालाई व्यवस्थित गर्न जात्रा व्यवस्थापन समिति र प्रहरीले सुरक्षा व्यवस्था कडाइ गरेको थियो ।
यसैगरी भगवती गाविसको भगवती मन्दिर ढिङमा, रिठाचौपाता गाविसको लटिनाथ मन्दिर जैपुर, हुनैनाथको हुनैनाथ मन्दिर, बोहरीगाउँ गाविसको देथली, ग्वानी गाविसको बगैरालेक गाँउ मन्दिरमा, शंकरपुर गाविसको पौडी मन्दिर, भगवती गाविसको मानौ र मालिकार्जुन गाविसको मालिकार्जुन मन्दिर लगायका ठाउँमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन गाविसमा रहेको मालिकार्जुन मन्दिर जिल्लाकै ठुलो जात्रा लाग्ने गर्दछ । हजारौँ दर्शकहरुले अवलोकन गर्ने जात्रा कार्तिक १९ गते हुने भएको छ । मालिकार्जुन जात्राको एक दिन अगाडी अर्थात कार्तिक १८ गते शैल्यशिखर जात्रा लाग्ने छ । जात्रामा पुजापठको लागि दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर लगायत भारतको विभिन्न शहरहरुबाट श्रद्धालु भक्तजनहरु पूजापाठको लागि मालिकार्जुन आउने गर्दछन् ।
त्यसैगरी भाइटिको अवसरमा सञ्चालन भएकोको जात्रामा गाउँमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक स्थलहरुको संरक्षण तथा सम्बद्र्धनको क्षेत्रमा कार्यक्रम
हरु सञ्चालन गर्दै आएको लटिनाथ कैलपाल सत्संघ समिति मालिकार्जुनले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । भाई टिकाको दिन चौड मन्दिरमा शनिबार राती लागेको जात्रामा धार्मिक क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसारमा कृयासिल व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको संस्थाका अध्यक्ष गणेशसिंह धामीले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनेहरुमा मालिकार्जुन उमाविका पूर्व शिक्षक दानसिंह धामी, लटिनाथ प्रावि चौडका शिक्षक भूपेन्द्रसिंह धामी, नयाँ नेपाल एफएमका मालिकार्जुन संवाददाता गणेशसिंह धामी, सत्संघ समितिका अध्यक्ष गणेशसिंह धामी, प्रावि खुनाका शिक्षिका देवा धामी, भगवतीका दामोदरसिंह धामी लगायत रहेका छन् ।
आँखा पाक्ने समस्याबाट पीडित
बैतडी जिल्लाको तल्लो स्वराडमा पर्ने आम्चौरामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ ।आम्चौराका एक सयभन्दा बढी वासिन्दाका आँखा पाकेका स्थानीयवासीहरुले जानकारी दिएका छन् । स्थानीय महेश कलौनीले एक सतादेखि आम्चौरामा आँखा पाक्ने, चुहिने, रातो हुने लगायतका समस्या देखिएको बताए ।
सदरमुकामबाट एक दिन टाढा आम्चौरा गाउँमा आँखा उपचारका लागि स्वास्थ्य संस्था नभएकाले विरामीले उपचार गर्न सकेका छैनन् ।
स्थानीयवासीहरुले आँखा पाक्ने रोगको प्रकोप रोक्नका लागि आँखा स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने माग गरेका छन् । “अहिले एक सय जना भन्दा बढीमा यो समस्या देखिएको छ, समयमा उपचार हुन नसकने गाविसभरी फैलन सक्छ” स्थानीयवासी जगदीश भट्टले भने, ‘शिविर लगाएर उपचार गर्न बाहेक अरु विकल्प छैन ।
जिल्ला स्वास्थ्य कार्यालयसंग छिटो शिविर सञ्चालन गर्न समेत स्थानीयले माग गरेका छन ।
बुझाएन छानविन समितिले प्रतिवेदन
डोटीको छतिवन गाबिसमा बस दुर्घटनाको छानबिन समितिले तोकिएको समय घर्किसकेको भएपनि प्रतिबेदन बुझाएको छैन ।गत असोज २० गते डोटीको छतिवन गाबिसमा २९ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको थियो । दुर्घटनामा ६८ जना भन्दा बढीको नेपाल रभारत लगायत बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
दशैंको लगत्तै भएको ठुलो बस दुर्घटनाको छानबिनका लागि भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयका सहसचिब रबिन्द्र श्रेष्ठ संयोजक रहने गरी, ट्राफिक प्रहरी बरीष्ठ उपरीक्षक छबिलाल बञ्जाडे, यातायात ब्यवसायी राष्ट्रिय महासंघको तर्फबाट होम कुँवर, यातायात ब्यवस्था बिभागका तर्फबाट सिननियर इन्जिनियर मुक्ती केसि, सडक बिभागको तर्फबाट सिनियर इन्जिनियर कृष्ण भण्डारी र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिब नबिन कुमार पोखरेल सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।
असोज २२ गते सरकारले गठन गरेको समितिले कात्र्तिक ८ गतेभित्र प्रतिबेदन बुझाई सक्नु पर्ने भएपनि अझै नबुझाएको पाइएको छ । समितिका संयोजक रबिन्द्र श्रेष्ठले प्रतिबेदन तयार रहेको तर नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि होम बहादुर कुँवरले काठमाण्डौं आउन नसकेको प्रतिक्रिया दिए ।
संयोजक श्रेष्ठले बिचमा तिहार परेकाले छानबिन समितिको अन्तिम बैठक बस्न नसकेकाले ढिलाई भएको तर ४÷ ५ दिनमा म्याद थपेर हुने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतछिट्टै प्रतिबेदन बुझाउने जानकारी दिए ।
बिगतका सहमति–सम्झौता बिर्सनु न
मा राजनीतिक दलहरुकाबीच भएका सहमति, सम्झौता र प्रतिबद्धता बिर्सिनु नहुने वताएका छन ।एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धनले सोमबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा दाहालले १२ बुँदे सहमतियताका सम्झौता र प्रतिबद्धता नबिर्सन प्रधानमन्त्री सुशील कोईरालालाई आग्रह गरे ।
दाहालले नेपालका राजनीतिक दलहरुले महत्वपूर्ण कामहरु सहमतिमै गरेको उल्लेख गर्दै संविधान पनि सहमतिमै निर्माण गर्न सक्षम रहेको उल्लेख गरे ।
दुईपटक संविधानसभा चुनाव गर्ने, शान्ति सम्झौता, हतियार व्यवस्थापन, सेना समायोजनजस्ता चुनौतिपूर्ण काम सहमतिबाट टुंग्याउन सक्ने तर संविधान सहमतिमा बनाउन नसकिने भन्ने हुँदैन भन्दै प्रचण्डले भने ‘त्यो पनि सकेर आर्थिक समृद्धितिर देशलाई डोहो¥याउन सक्दा विश्वकै निम्ति एउटा राम्रो उदाहरण बन्न सक्छ ।’
दाहालले पहिचान र सामाथ्र्यमा आधारित संविधान दिन नसके आम नेपाली जनता, विश्व समुदाय र इतिहासले नेपाली राजनीतिक दल र नेतृत्वलाई धिक्कार्ने उल्लेख गरे । नेपाली राजनीतिक नेतृत्वले विश्वमा नै उदाहरणीय एकता प्रस्तुत गरेको उल्लेख गर्दै दाहालले उच्चस्त– रीय सहमतिबाट संविधान निर्माण हुने विश्वास व्यक्त गरे । छलफलमा नमिलेका कुराहरुलाई फेरी उच्चस्तरको छलफल गरी मिलाउनु पर्ने धारणा राख्दै प्रचण्डले विश्वका कतिपय दलका नेताहरु नेपालको संस्कृतिदेखि आश्चार्य मान्ने गरेको वताए ।
दाहालले सहमतिको सम्भावना रहेको उल्लेख गर्दै भने “विश्वका कतिपय विकसित देशका नेताहरु एकपटक मतभेद भयो भने ६÷८ महिना बोल्दा पनि बोल्दैनन् । एक अर्कालाई हेर्दै हेर्दैनन् । एकअर्कालाई मार्ने र मर्नेसम्मको लडाईंलाई पनि वार्ता र संवादद्वारा नयाँ प्रक्रियाको सुरुवात गर्न सक्षम रहेको नेपाली राजनीतिको मौलिकता भएको दाहालले उल्लेख गरे ।
मनपरी भाडाले यात्रुलाई मर्का
जिल्लाभित्र चल्ने साना सवारी साधान जिव सञ्चालकहरुले मनपरी भाडा लिदाँ यात्रुहरु मर्कामा परेका छन् । दुई तिन वर्षदेखी यसरी जिव मालिकहरुले अनावश्यक भाडा असुल्दै गएपनि यसको नियन्त्रण र रोकथामका लागी भने स्थानीय प्रशासनले पहल गरेको छैन ।जिल्लामा सञ्चालन भएका यात्रु बहाक जिव समितिले स्थानीय भाडा दररेट निर्धारण नगर्दा र समिति पनि दर्ता नहुँदा जिव मालिकहरुले मनपरी भाडा असुल्दै गएका हुन । आफुखुसी उनीहले यात्रुहरुवाट भाडा लिने गरेका छन् ।
सदरमुकाम देखि झोता, तमैल, सुनकुडा देउलेख, स्याडी देउरा, विजगडा, सुनिकोट, रुपातोलासम्म संचालन हुने जिवले यात्रुहरुलाई सदरमुकाम ल्याउने र पु¥याउने गर्दछन् ।
सदरमुकाम चैनपुरदेखि माथिल्लो भेग भोपुर, रुपातोला १८ किलो मिटर कच्ची सडकमा गतवर्षदेखि जिव सञ्चालकहरुले आउन पाँच सय र फर्कदा पनि पाँच सय रुपैयाँ लिने गरेका छन । यसगरी सदरमुकाम सिमखेतवाट पक्की सडकखण्ड भाडे बजार, झोता, देउरा लगायतका स्थानसम्म पु¥याउदा पनि जिव मालिकहरुले चर्को भाडा उठाएको भैरबनाथ गाविस झोताका शेर बहादुर शाहीले वताए । उनले भने ‘प्रतिकिलोमिटर तिन÷ चार रुपैयाँ लिनु ठिकै हो तर उनीहरुले पिचमा पनि प्रतिकिलो मिटर पाँच÷छ रुपैयाँ लिने गरेका छन् । २०६७ सालमा पहिलो पटक जिल्लामा जिव संचालन भएको हो । धनगढी र महेन्द्रनगरवाट आउने यात्रुबहाक बसहरु दिवा सेवाको राती र रात्री सेवाको दोश्रो दिन विहानै पुग्ने हुँदा स्थानीय यात्रुहरु सदरमुकाम जाने आउन जिवले सेवा दिदै आएका छन् ।
जिल्लाको मुख्य सडक खोड्पे–बझाड जयपृथ्वी राजमार्ग सहित ग्रामीण सडक बागथला विजगडा, भाँडेबडर जयपृथ्वी नगर र भोपुर रुपातोलाका लागी जिव बढी उपयोगमा आएका छन् । गत महिनावाट जिव चल्न थालेको २२ किलोमिटर भाडेबजार जयपृथ्वीनगर सडकमा पनि जिवले पाटागाँउसम्मको तिन सय र जयपृथ्वीनगरको पाँच सय रुपैयाँ भाडा लिँदै आएका छन् । यसैगरी बागथला विजगडा सडक खण्डमा चल्ने जिवले पनि १६ किलोमिटर सडक खण्डमा चार सय भाडा लिने गरेको त्यहाँका स्थानीय कमलकान्त जोशीले वताए ।
“जिल्लाका जिव सञ्चालकहरुले भाडा चर्को लिएको सर्वसाधारणहरुले गुनासो गरेपछि हामीहरुले सडकमा जिवलाई चेकजाँच गरेका छौ” जिल्ला ट्राफिक प्रहरी ईन्र्चाज विरेन्द्र ऐडीले भने “समितिले जिव सञ्चालकहरुलाई भाडादरको लिष्ट नबुझाउदा मनपरी भाडा भएको रहेछ ।’ उनले केहि वर्ष अगाडी जिल्लामा स्थानीय भाडादरको लागी निर्णय भएपनि समितिले यसको अबज्ञा गरेर मनपरी भाडा लिदै गरेकाले यसको नियन्त्रणका लागी प्रयास भईरहेको वताए । उनले भने “बझाङमा ४० वटा जिव सञ्चालनमा छन् तर सवै अबैध रुपमा संचालनमा छन् ।”
सरकारले गर्ने भो अधिकारीको अन्तेष्टि
छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्ष लामो आमरण अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भएको लामो समयपछि सरकारले उनको अन्त्येष्टि गर्ने भएको छ ।मृतक अधिकारीका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न अस्वीकार गरेपछि सोमवार बसेको मन्त्रीपरिषदको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मिनेन्द्र रिजालले सो कुराको जानकारी दिए ।
आफ्ना छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै ११ महिनादेखि आमरण अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ मा वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादका छोरा नुरप्रसादसहित परिवारका सदस्यले उनको शव बुझ्न नमानेपछि उनको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
अधिकारीको अन्तेटि कहिले भन्ने बिषयमा भने सरकारले कुनै जानकारी दिएको छैन । मन्त्रीपरिषदले नन्दप्रसादकी पत्नी गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ । आर्थिक सहायता गर्ने भनेको भएपनि कति आर्थिक सहयोग गर्ने भन्ने जानकारी समेत सरकारले दिएको छैन । आमरण अनसन बस्ने क्रममा गंगामायाको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले विशेष पहल गरी असोज ३१ मा उनको अनसन तोडाएको थियो ।
फस्टाउँदै माहुरीपालन व्यवसाय
केही वर्ष यता डडेल्धुरा जिल्लामा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको देखिएको छ ।माहुरीपालनबाटै यस जिल्लाका व्यवसायीले बर्सेनी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लाका विभिन्न गाविस र नगरक्षेत्रमा समेत बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ ।
व्यावसायिक मौरीपालनले स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । मह तथा घार निर्यातका लागि डडेल्धुरा जिल्ला प्रसिद्ध बन्दै गएको छ ।
जिल्ला कृषि बिकास कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार जिल्लाभरीमा आधुनिक र खोपे गरी २० हजारभन्दा बढी घारमा मह उत्पादन भइरहेकोे छ । मौरीपालक किसानको समूहगत आम्दानी बर्सेनी करोडौंमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति किसान थप उत्साहित भएका छन् ।
मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ । सिँचाई सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा कृषकहरुको आकर्षण बढिरहेको कृषि कार्यालयले जनाएको छ ।
नजर साप्ताहिक प्रकाशनमा
जिल्ला प्रशासन कार्यालय डोटीमा २३ औं स्थानमा दर्ता भई “नजर साप्ताहिक पत्रिकाले गत ३ गतेदेखि आफ्नो प्रकाशन सुरु गरेको छ ।पत्रकार झलक पाली प्रकाशक तथा सम्पादक रहेको उक्त पत्रिका जिल्लाको २३ औं पत्रिकाको रुपमा दर्ता भएको जिल्ला प्रशासन कार्यालय डोटीको तथ्याँकमा छ । यस अघि जिल्लामा साप्ताहिक, पाक्षिक र मासिक गरी २२ पत्रिका दर्ता भईसकेका भएपनि थोरै पत्रिकाहरुमात्र नियमित प्रकाशनमा रहेका छन ।
नजर साप्ताहिक प्रत्येक साता सोमवार प्रकाशन भईरहेको प्रकाशक÷सम्पादक पालीले जानकारी दिएका छन ।
२०४२ सालदेखिनै स्थानीयस्तरमा पत्रिका प्रकाशन हुन थालेका भएपनि डोटीमा हालम्म एक पनि दैनिक पत्रिका सञ्चालन हुन सकेको छैन ।
छोटकरी समाचार
लोप हुँदै डाँफे
अछाम जिल्लाको रामारोशन क्षेत्रमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको छ ।जिल्लाको अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको हो । जिल्लाको पहिचान र विकासको सम्भावना बोकेको पर्यटकीय क्षेत्र रामारोशनको संरक्षण र सम्वद्र्धनमा नेपाल सरकारको ध्यान नपुगेकाले रामारोशनमा वासस्थान बनाएका पँक्षी र जङ्गली जनावर लोप हुने अवस्था रहेको स्थानीय समाजसेवी गोविन्द साउदले बताए ।
भैलोवाट वनभोज
साँस्कृतिक परम्परा अनुसार खेलिने देउसी भैलोमा आएको बिकृत्तिसंगै देउसी भैलोवाट उठेको रकम खर्च गर्ने बिषयमा समेत थप बिकृत्ति आउन थालेको छ ।तिहारका अबसरमा खेलिएका देउसी भैलौबाट संकलन भएका रकममध्ये अधिकांस रकम वनभोजका नाममा मदिरा तथा अन्य पेय पदार्थमा खर्च भएको छ । थोरैले मात्रै उक्त रकम सामाजिक कार्यमा लगानी गर्ने योजना वनाएका छन । देउसी भैलो खेलेका साना समूह देखि ठुलो समुहमध्ये धेरै जसो बनभोज खाने तयारी तथा खाईरहेको पाइएको छ । पछिल्लो समयमा बिद्यालयबाट देउसी भैलो खेलेर शैक्षिक भ्रमणमा जाने क्रम पनि बढेको छ । डोटी लगायत बिभिन्न ठाउमा बनभोज खानेहरुको लाम लागेका पाईएको छ ।
खेल समाचार
नेपालद्वारा इंल्याण्ड पराजित
ट्वान्टी ट्वान्टी मैत्रीपूर्ण क्रिकेटमा नेपाली महिला नेत्रहीन क्रिकेट टोलीले इंल्याण्डलाई पराजित गरेको छ ।पुल्चोकस्थित इन्जिनियरिङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले इंल्याण्डको महिला नेत्रहीन टोलीलाई ९३ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा एक सय ७४ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि मनकेशरी चौधरीले सर्वाधिक ७७ रनको योगदान दिइन् भने ओममायाले २४ रन जोडिन् ।
एक सय ७५ रनको लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको इंल्याण्ड निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ८० रनमा समेटियो ।
इंल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी भगवती भट्टराई र सुनिता घिमिरेले समान दुई दुई विकेट तथा मुना अर्याल र सरिता घिमिरेले समान एक एक विकेट लिएका थिए ।
नेपाल नेत्रहीन क्रिकेट संघको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको प्रतियोगितामा प्लेएर अफ द म्याच घोषित भएकी नेपालकी मनकेशरी चौधरीले दुई हजारसहित ट्रफी प्राप्त गरिन् ।
नेपाल–अमेरिका आज पुनः खेल हुने
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ का लागि मेलेशियामा जारी अमेरिका विरुद्ध नेपालको खेल वर्षका कारण रद्द भएको छ । सोमवार भएको खेलमा सुरुवाती व्याटिङ थालेको अमेरिकराले २०५ रनको विजय लक्ष नेपाललाई दिएको थियो । प्रतियोगितामा टस जितेर व्याटिङ राजेको अमेरिकाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २०४ रन जोडेको हो ।जवाफी ब्याटिङका लागि मैदानमा नेपाल उत्रनुअघि वर्षाका कारण खेल ढिला सुरु भएको थियो । वर्षाका कारण देखाउँदै अमेरिका विरुद्धमा नेपालका लागि ३० ओभरमा खेल छोट्याइएको थियो । १६२ रनको लक्ष पाएको नेपालले व्याटिङ थालेको केहीबेरमै पुन वर्षा भएपछि खेल रद्द गरिएको हो ।
अमेरिकाको लागि स्टेभ मासियाले सर्वाधिक ७४ रन जोडे । त्यस्तै ओपनर फहाद बाबर ४७ रन सागर पुनको बलमा आउट भए ।
नेपालको लागि सोमपाल कामीले ३, शक्ति गौचन, बसन्त रेग्मी र सागर पुनले २÷२ विकेट लिए । ७ औं ओभरमा पहिलो विकेट लिएको नेपालले अमेरिकाको दोस्रो विकेट झार्न २८ ओभरसम्म कुर्नुप¥यो । जुनबेला अमेरिकाले १३६ रन जोडिसकेको थियो ।
कप्तानको गोली हानी हत्या
दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टिमका कप्तानको हत्या गरिएको छ ।
चर्चित खेलाडी कप्तान सेन्जो मेयिवाको गोेली हानि हत्या गरिएको हो । जोहानेसवर्गको बोसलुरसस्थित आफ्नी प्रेमिकाको घरमा रहेका मेयिवालाई अज्ञात समूहले गोली हानि हत्या गरेको सञ्चारमाध्यमहरुले जनाएका छन । समाचार शुत्रका अनुसार उनी प्रेमिकासँग बसिरहेका बेला तीनजना मानिस घरभित्र पसे र मोवाइल र बहुमूल्य चिज दिनुपर्ने माग राखेकाले मेयिवाले प्रेमिकालाई जोगाउन प्रयास गर्दै थिए । त्यसै समय उनलाई गोली हानिएको थियो । घटना लगत्तै मेयिवालाई उपपचारका लागि अस्पताल पु¥याउने बित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरका थिए ।
मेयिवाको हत्याप्रति दक्षिण अफ्रिकी सरकारले खेद व्यक्त गरेको छ । राष्ट्रपति ज्याकुव जुमाले फुटबल कप्तान तथा आफ्नो करिअरको उचाईमा पुग्न लागेका मेयिवाको हत्याले लागेको दुःखलाई शब्दमा ब्यक्त गर्न नसकिने बताएका छन् । उनले घटनाको सत्यतथ्य छानविन गरी हत्यारालाई कारवाही गर्ने वताएका छन ।
२७ वर्षीय मेयिवा ओरान्डो पाइरेट क्लबमा गोल किपरबाट व्यवसायिक फुटबल खेल्थे । उनको टिम दक्षिण अफ्रिकाको लिग कपमा सेमिफाइनलमा पुगेको थियो ।
घटनाका बारेमा हालसम्म सत्यतथ्य सार्वजनिक भएको छैन् । उनको हत्यामा संलग्नका बारेमा सूचना दिनेलाई ८५ सय पाउण्ड पुरस्कार दिने दक्षिण अफ्रिकी प्रहरीले घोषणा गरेको छ । आफ्नी प्रेमिकाको हत्या अभियोगमा जेल जाने भएका ओस्कर प्रिटोरसको चर्चा नसेलाउँदै यो घटना भएको हो ।
चलचित्र
झन्डै २२ सय वर्षअघि चिनियाँ व्यापारी, भिक्षु, पदयात्री, फिरन्तेहरू कपास बोकेर दक्षिण एसिया हुँदै भूमध्यसागर भएर युरोप पुगे । उनीहरू हिड्दा बनेको यही बाटो पछि सिल्क रोड (रेसम मार्ग) को रूपमा चिनियो । हान वंशको पालामा सुरु भएको यो मार्गले व्यापार, धर्म, संस्कृति साहित्यसँगै ज्ञानका थुप्रै एसियाली आयामहरूलाई युरोपसित जोडिदियो । यही प्राचीन मार्ग खोतल्दै बहुउद्देश्यीय संस्कृतिलाई आधुनिक बजारमा प्रवद्र्धन गर्न चीनको सियानमा आयोजित पहिलो सिल्क रोड अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा यतिबेला नेपाली फिल्मकर्मीहरूको उपस्थिति लोभलाग्दो देखिएको छ । अक्टुबर १९ देखि सुरु भएको फेस्टिभलका विभिन्न विधा र उपविधाको प्रतिस्पर्धामा नेपाली फिल्म भिडिरहेका छन् ।चीनको सान्सी प्रान्तको राजधानी सियानस्थित साततारे वान्दम ग्रान्ड होटलदेखि सडक किनार, क्याम्पस र फिल्म हलहरू सम्ममा ७९ देशका फिल्महरू प्रदर्शन भइरहेका छन् । चीन सरकारले आयोजना गरेको यो फेस्टिभलमा नेपालबाट छानिएका ६ फिल्म मार्फत नेपाली कला, संस्कृति, समाज र विषयवस्तुको पनि उत्तिकै प्रवर्द्धन भइरहेको छ । चीनले आफ्नो आर्थिक समृद्धिसँगै सिल्क रोडलाई कला र संस्कृतिमा समेत मिसाएर अन्तरदेशीय सांस्कृतिक अनुभव आदानप्रदान गर्ने अवधारणा अनुसार गरेको यो फेस्टिभलमा नेपालबाट सचिन घिमिरेको छोटो फिल्म “पुन्टेको पाङग्रो” दिनेश पाल्पालीको फिचर फिल्म “बालकृष्ण सम” राकेश कायस्थको वृत्तचित्र “झ्याउली” पृनाराज जोशीको वृत्तचित्र “कुमारी ः द लिभिङ गडेस” जोशीकै अर्को वृत्तचित्र “तुयुसिं ः अ रियालिटी नट फार अवे” र दीपेन्द्र भण्डारीको “जर्नी टु यार्सा” छानिएका छन् ।
यी फिल्महरू हरेकको चार÷चार वटा शोका दरले २४ स्थानमा प्रदर्शन भइरहेका छन् । नेपालको तर्फबाट फेस्टिभलमा भाग लिन सचिन, राकेश र दिनेश समेत आइपुगेका छन, यी निर्देशकहरूले आ–आफ्ना फिल्मसँगै नेपाल प्रवद्र्धन गरिरहेका छन् । यी तीनै जना फिल्म निर्माण, निर्देशनदेखि पछिल्लो थ्रीडी प्रविधिसम्मको सेमिनारमा आफ्नो क्षमता तिखारिरहेका छन् भने फिल्म कन्सर्ट र मार्केटिङमा पनि भाग लिइरहेका छन् । “ुपुन्टेको पाङग्रो” का फुटेजहरू यहाँको टिभीमा देखेपछि स्थानीयहरूले फिल्म किन्नेबारे कुरा गरिरहेका छन, सचिनले भने ‘निकै व्यवस्थित योजनासहितका यस्ता फेस्टिभल हामीजस्ता विकासोन्मुख मुलुकका स्वतन्त्र फिल्मकर्मीहरूलाई निकै उपलब्धिमुलक हुने रहेछ ।’
नेपाली दलित समुदायको विषयवस्तुमाथि “बालकृष्ण सम” बनाएका दिनेश र इँटाभट्टामा काम गर्ने मजदुरमाथि “झ्याउली” बनाएका राकेशले पनि सचिनलाई सही थपे । हलिउड निर्देशक ओलिभर स्टोनदेखि चर्चित हलिउड फिल्म कम्पनी टान्टी फस्ट सेन्चुरी फक्सका कार्यकारी निर्देशक, प्रसिद्ध चिनियाँ कलाकार लिउ हुनान, फ्रान्सको एसियाली चलचित्र महोत्सव निर्देशक जिनमार्क थियोरान, हलिउड फिल्म स्टिभ जब्सका कार्यकारी निर्देशक डेभिड सी ट्राउभ जस्ता हस्तीहरू भेला भएको यो फेस्टिभलमा फिल्म मार्केटिङदेखि निर्माण सम्झौता, सेमिनार र सम्भावनाहरूको खोजी जस्ता कार्यहरू भइरहेका छन, नेपालका लागि यो निकै नौलो अनुभव रहेको सचिनले बताए । “रेड कार्पेटसहित ओलम्पिकको जस्तो उद्घाटन समारोहदेखि आजसम्मका कार्यक्रमहरू हेर्दा चीन सरकारले आधुनिक बजारमा आफ्नो सांस्कृतिक प्रभाव निर्माण गर्ने रचनात्मक माध्यमको रूपमा फेस्टिभललाई लिएको देखिन्छ” उनले भने ‘दुःखको कुरा के हो भने हाम्रोमा नीजि तवरले आधा दर्जन फेस्टिभल भएपनि सरकारले फिल्मजस्तो सांस्कृतिक उद्योगलाई रणनीतिक हिसाबले अगाडि बढाउन सकेको देखिँदैन ।’
फेस्टिभलमा एक दर्जन नेपाली फिल्म सहभागी भएपनि आधा दर्जन मात्रै छानिएका हुन् । यी फिल्महरू नेपालबाट वल्र्ड कल्चरल नेटको संयोजनमा फेस्टिभल आइपुगेका हुन् । चीनले व्यापार र संस्कृति दुवैको क्षेत्रमा सिल्क रोडलाई पुनर्ताजगी गर्दै छ, यसमा हाम्रो सहभागिताले नेपालको सांस्कृतिक परिचयलाई अझ बढी बनाउने काम नेटका अध्यक्ष दीपक सरकारले भने, “पहिलो फेस्टिभलमै यतिधेरै फिल्म छानिनु हाम्रा लागि निकै खुसीको कुरा हो ।”
छानिएका ६ नेपाली फिल्ममध्ये सचिनको “पुन्टेको पाङग्रो” र दिनेशको “बालकृष्ण सम” अवार्डको नजिक पुगेको आयोजकले जनाएको छ । आइतबार साँझ हुने अवार्ड समारोहमा दुवै जनालाई औपचारिक पोसाकसहित रेड कार्पेटमा निम्तो गरिएको छ ।
ई–कान्तिपुर अनलाईनवाट
मोफसल पत्रकारीता
बझाङमा पनि आरोप लाग्ने गरेको
सम्राट सिंह (सम्पादक)
बझाङ अपडेट साप्ताहिक
तपार्इंको पुरा परिचय पाउँ न ?— नाम सम्राट सिंह, ठेगाना ः बझाङ जयपृथ्वी नगरपालिका–४, नयाँ पत्रिका, सगरमाथा टेलिभिजन रिपोटर र बझाङ अपडेट साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक भएर काम गरिरहेको छु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— पत्रकारिता रोज्नुका सबैका फरक–फरक धारणा होलान तर मेरो धारणा कलम मार्फत विकट हिमाली जिल्ला बझाङकोे विकासलाई सहयोग पु¥याउन पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
— म पत्रकारिता क्षेत्रमा लागेको ४ बर्ष भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— जिल्लाको विकासको बारेमा कलम चलाउन रुचि राख्ने गर्दछु । ४ बर्षदेखि निरन्तर जिल्लामा हुने गरेका भ्रष्टाचारका बिरुद्घमा सदैव कलम चलाउने गरेको छु ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
— समस्या त पत्रकारिता पेशामा मात्र नभएर सबै पेशामा आइपर्छन तर बझाङको सन्दर्भमा पत्रकारिता पेशामा अलि फरक किसिमका समस्याहरु देखा परेका छन । पत्रकारले जिल्लाको विकासका लागि कलम चलाउँदा चौबिसै घण्टा तैनाथ सुरक्षाकर्मी खटिरहने सदरमुकाम चैनपुरमै पत्रकारमाथी पटक–पटक आक्रमण प्रयास हुने गरेका भएपनि राज्यले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याएका छैनन् । जोखिम मोलेर समाचार प्रकाशन, प्रसारण गर्दा पनि मासिक रुपमा पत्रकारले आफ्नो पारिश्रमिक नपाउने गरेको ।
बझाङमा बसेर पत्रकारिता गर्न सजिलो छ भन्छन, कस्तो अनुभव भईरहेको छ तपाईलाई ?
— बझाङमा बसेर पत्रकारिता गर्न अरु जिल्ला भन्दा कठिनाई नै छ । कठिनाई भएपनि जिल्लाको विकासका निम्ति कलम चलाउन पाउँदा रमाइलो अनुभव भइरहेको छ ।
मोफसलमा वसेर काठमाण्डौंबाट प्रकाशन हुने नयाँ पत्रिका राष्ट्रिय दैनिकमा काम गर्दै हुनुहुन्छ, चुनौतीहरु के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
— हरेक कामका पछाडी चुनौती त अवश्य नै हुन्छन । मैले अघि नै भनिसकेँ विकट जिल्लाबाट पत्रकारिता गर्न धेरै चुनौतीहरु छन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु आवश्यक होला ?
— मोफसल पत्रकारिताका समस्या तथा चुनौती समाधानका लागि राज्यले श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्नुपर्ने र पत्रकारको सुरक्षाकोे सम्बन्धि कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
— मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ पनि आफ्नो तर्फबाट सकारात्मक पहल गरेको छ । महासंघले पहल गरेपनि राज्यले कार्यन्वयन नगरे जस्तो लागेको छ ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
— मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि बैचारिक संगठनहरुले नै ठुलो भुमिका खेल्ने गरेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
ू— — निश्पक्ष, तटस्थ रुपमा रहेर मानव अधिकारको पक्षमा वकालत गर्ने, रक्षा गर्ने, नयाँ कुराको खोजी गर्ने, समाज परिवर्तन गर्ने बलियो आधार पत्रकारिता हो ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, बझाङको अवस्था कस्तोे छ ?
— मेरो बिचारमा एक दुई पत्रकारले गर्दा सम्पूर्ण पत्रकारिता क्षेत्र नै बदनामित बन्दै गएको अवस्था छ । दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने गरेको जस्तो बझाङमा पनि आरोप त लाग्ने गरेका छन ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
— मान, सम्मान र इज्जत भन्दा ठुलो अरु केही हुँदैन भन्ने मेरो धारणा छ, त्यसैले म यस्ता कुरामा कहिले पनि लागेन ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
— मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि नेपाल सरकारले श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्नुपर्ने र पत्रकारको सुरक्षाको व्यवस्था सरकारले मिलाउनु पर्ने मेरो सुझाव छ ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
— विकृति बिसङ्गतिबीच पनि सुधार उन्मुख आलोचना गर्दा जोसुकैलाई पनि सुधार्न सकिन्छ भन्ने मेरो मान्यता छ । मैले लेख्ने गरेका समाचारले समाज परिवर्तनलाई ठूलो सहयोग गर्छ भन्ने मैले आशा लिएको छु त्यसैले म जिल्लाको विकासका लागि सदैव कलम चलाईरहने छु ।
लोकसेवाको तयारीका लागी उपयोगी
१. बिश्वको सबै भन्दा प्रतिष्ठित नोबेल पुरस्कार कति बिधामा दिईन्छ ?—बिश्वको सबै भन्दा प्रतिष्ठित नोबेल पुरस्कार ६ बिधामा दिईन्छ । ती बिधाहरु औषधी बिज्ञान, भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र हुन् ।
२. शक्ति समूह बारे लेख्नुहोस् ।
—सन् २०१३ मा एसियाको नोबेल पुरस्कार म्यागासेसे मानिने पुरस्कार पाउन सफल शक्ति समूह नेपालको एक गैर सरकारी संस्था हो । करीव १७ बर्ष अघि बि.सं. २०५३ श्रावणमा बिभिन्न सामाजिक संस्थाले भारतबाट उद्धार गरी ल्याइएका एक सय २८ महिलामध्ये १५ जना बेचबिखन प्रभाबित साहसी चेलीले यो संस्थाको सुरु गरेका हुन । यस संस्थापक सदस्य चरीमाया तामाङलाई सन् २०११ मा अमेरिकी सरकारद्वारा आधुनिक युगमा दासता अन्त्य गर्न लागी परेकी नायिकाको उपाधिले सम्मान गरिएको थियो ।
३. एबिल जयष्मिबथ भन्नाले के बुझिन्छ ?
—योजना नबनि खाली रहेको बर्षलाई एबिल जयष्मिबथ भनिन्छ । कुनै पनि राष्ट्रको समष्टिगत आर्थिक तथा सामाजिक बिकासका दृष्टिले यो अबस्थालाई राम्रो मानिदैन र समान्य परिस्थितिमा यो अबस्था सृजना पनि हुँदैन । नेपालको ईतिहासमा बि.सं. २०१७ सालको राजनैतिक परिर्बतनपछि २०१८ साल र २०४६ सालको राजनैतिक परिवर्तन पछि २०४७ साल एबिल जयष्मिबथ का रुपमा रहेका छन् ।
४. म्भबतज शयलभ (मृत्यु मण्डल) भन्नाले के बुझिन्छ ?
—खासगरी हिमाली क्षेत्रको ७,५०० मिटर र यो भन्दा माथि अक्सिजन कम हुने क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भनिन्छ । यस क्षेत्रमा पर्वतारोहीहरु धेरै समयसम्म बस्दा स्वासप्रश्वास सम्बन्धी रोगलाग्ने हुनाले यस क्षेत्रमा धेरै समयसम्म बस्न सक्दैनन् र कम उचाई भएको क्षेत्रमा ओर्लने गर्दछन ।
यस क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भन्नुको मुख्य कारण धरै पर्वतारोहीको मृत्यु यसै क्षेत्रमा हुने गरेको र यो क्षेत्रमा धरै हिउँ पर्ने तथा हिम आँधी समेत आउने हुनाले धेरै खतरानाक समेत हुने गरेकोले यस क्षेत्रलाई म्भबतज शयलभ (मृत्यु मण्डल) भनिन्छ ।
५.एम.आर.पि.(ःच्ए) भनेको के हो ?
ःच्ए को पुरा रुप ःबअजष्लभ च्भबमबदभि एबककउयचत हो । आधुनिक मेसिनको सहयोगबाट पासपोर्ट वाला ब्यक्तिको बिबरण उल्लेख गरिने एम.आर.पी.पासपोर्टको परिष्कृत एबं अत्याधुनिक रुप हो । नेपाल सरकारले एम.आर.पी. छपाईका लागी हाल फ्रान्सको ओवरथर कम्पनीलाई अनुमति प्रदान गरेको छ । ओवरथर कम्पनीसंग २०६७ भाद्र ११ गते एम.आर.पी. छपाई सम्बन्धि सम्झौता भएको थियो । नेपालको mबअजष्लभ चभबमबदभि उबककउयचत ९ःच्ए० अन्तराष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न सफल भएको छ । यो संगै ःच्ए सरकारी तहमा पहिलो पल्ट आईएसओ प्राप्त गर्ने सेवा वनेको छ ।
६. जटायु रेष्टुराँको सक्षिप्त चिनारी दिनुहोस ।
—गिद्ध संरक्षणका लागि शुद्ध खाना उपलव्ध गराउने उद्देश्यले नवलपरासीको कावासोती र पिठौरी गाबिसमा जटायु रेष्टुराँ स्थापना गरिएको छ । नेपाल पंक्षी संरक्षण संघको पहल एवं स्थानीयवासीको सक्रियतामा २०६४ साल भाद्रमा स्थापित यस रेष्टुराँ संञ्चालनका लागि राष्ट्रसंघीय बिकास कार्यक्रम (ग्ल्म्ए) र बिश्व वातावरण कोष (ध्भ्ँ) ले ३७ हजार ३ सय ७५ अमेरिकी डलर प्रदान गरेका छन । कावासोती गाबिस–१ तथा पिठौरी गाबिस–२, ३, ५ र ६ वडाका सामुदायिक वन क्षेत्रको १५ हेक्टर भु–भागमा फैलिएको यो रेष्टुराँमा रेष्टुराँ सञ्चालक समितिले गाईगोरुको सिनो किनेर राखिदिने गरेको छ । रेष्टुराँ सञ्चालन पश्चात त्यस क्षेत्रको वरीपरी लोपोन्मुख गिद्धहरु देखिन थालेका छन । यसको सञ्चालनले सिनोको व्यवस्थापन एवं घरपालुवा जनावरको छाला बिक्री गरी यसको सदुपयोग हुन थालेको छ । साथै पर्यटकीय गतिबिधिमा पनि बृद्धि भएको छ ।
७. नौमति बाजा भनेको के हो ?
—नेपालको परम्परागत रुपमा चल्दै आएको अति लोकप्रिय वाजा नौमति वाजा हो । खासगरी बिवाह, ब्रतवन्ध साथै शुभ दिनको आगमन तथा बिजयको संकेतको रुपमा वजाईने यस वाजामा दुई सनही, दुई दमाहा, झ्याली, ट्याम्को, ढोलक, कर्नाल र नरसिंहा समावेश गरी जम्मा नौ वटा वाजा वनाईएको हुन्छ । नौ वाजाको समूह भएकोले पनि यसलाई नौमति वाजा भनिन्छ ।
८. ज्यूलो भनेको के हो ?
—कर्णाली अञ्चलको उच्च पहाडी भागमा नदी खोलाको पानी लगी धान खेती गर्न मिल्ने केही समथर परेको जमिनलाई ज्यूलो भनिन्छ । करीव २८५० मिटरको उचाईमा रहेको जुम्ला जिल्लाको पतराशी गाबिसको घुमचौर ज्यूलोमा गरिने जुम्ली मार्सी धान बिश्वकै सर्वाधिक उचाईमा गरिने धानखेती मानिन्छ ।
लेख
म निधार पठाउँछु तिमी भाइटिका लगाइदिनु
अनुपम शर्मिलाआँगनीको डिलमा गुलाबी मुस्कान छर्दै मुस्काइरहेका मखमली, सयपत्री, हजारी र गोदाबरी फूल शरद ऋतुसंग सामिप्यता गाँस्दै हाँसीरहेको हरियाली प्रकृृति गैरी र टारी खेतमा झुलिरहेको धानको बाला .....आफ्नै संस्कृति र भेषभुषामा सजिएर वल्लो गाउँ र पल्लो गाउँसम्म पुगी मादलु र डम्फुको तालमा देउसी भैलो खेल्नुको मज्जा आहा...., तिहार सम्झँदा मात्रै मन प्रफुल्न भएर आउँछ ।
रंगहरुको पर्व, फूलहरुको पर्व, उज्यालोको पर्व, तिहार दिपावली, भाइटिका जो संस्कृतिको स्वाभिमानयुक्त धरहरामा उभिएको छ युगौंदेखि र उभिनेछ युगौँ युगसम्म ।
समयको रफ्तारसंगै फेरिएको छ तिहारको मुहार परम्परागत तिहारको ठाउँमा आधुनिकताको खोक्रो खोल ओढेको तिहार भित्रिएको देख्दा मन खिन्न भएर आउँछ । जो टिकामाला र आशिर्वाद लिने भन्दा महंगा उपहार दिने तर्फ मोडीएको छ ।
घुम्दै आयो तिहार अहिलेनि छमछम नाँचिदेउ भैलेनी...., फूल फुल्यो दुई थुंगा लर्केर यसपाली त आउ दाजु फर्केर......, जस्ता गीत । शहरमा मौलिक सोरठी ... मारुनि र पुरुषुगे नाँच देख्न पाइदैन । गाउँमा बज्ने यि भाकाको साटो...झुम्मेकि रात हे...चुम्मेकि बात हे........जस्ता हिन्दी गीत बज्छन शहरको देउसी भैलीमा आजकाल ।
जब तिहार आउँछ तब दाजुभाइको यादले अझ सताउँछ । एउटा तिहारले वैदेशिक यात्रा तय गरेको वर्षदिन नपुग्दै दुई महिनाअघि फेरि अर्को तिहार मुग्लान पसेको छ मेरो । चाडपर्वको महत्व नराखी कोहि मुलुकको अर्थतन्त्र धान्न र परिवार पाल्न मुग्लान गएका छन त कोहि त देशको नाम राख्न मरिमेटेर क्रिकेट खेल्दै छन् राष्ट्रको मायाँ छातिमा राखेर ।
विडम्बना, उनीहरुको पिडा बुझ्दैन सरकार । छरछिमेकमा सबका दाजुभाई दिदीबहिनी जम्मा भएर तिहार मनाइरहँदा मुग्लान छिरेका दाजु भाइको यादले मेरो मुटु दुख्छ बेस्सरी । भाइ गएदेखि नओभाएका मेरी आमाका आँखा दाजु गएदेखि त झन् वर्षाको मुलजस्तै हरपल ओसीला हुन्छन् ।
आमासंग आँखा जुधाउनसम्म सक्दिन म । बडो संकट र पिडामा गुज्रिरहेको हामी गरिबको जिन्दगी । फूलहरुले पनि घरिघरि गिज्याएजस्तो लाग्छ । टिकाले खुच्चीङ भनेर हाँसेजस्तो लाग्छ । रंगोलीहरु पनि पूरै श्यामश्वेत देख्छु । उज्यालोको पर्व पूरै अन्धकार बने जस्तो भान हुन्छ ।
दुई दिनअघि माइक्रोमा साथीसाथी बिचको एउटा संवाद सुनेकी थिए । एउटाले भन्दै थिए, “दिदीबहिनी नहुँनुको पीडा कस्तो हुन्छ मात्र तिहारमा थाहा हुन्छ यार । यही पिडा बिर्साउँन प्रत्येक तिहारका पाँच दिन म रक्सीको बोतलसंग जीवन साट्छु जसले मलाई यमपञ्चकभर अचेत बनाओस र तिहार आए गएको थाहै नहोस ।” अर्कोले भन्दै थिए, “समाल यार आफूलाई अरुको खुसी हेरेर भएपनि बाँच्न सक्नुपर्छ जिन्दगीमा कहिलेकाँहि ।”
छोरा नभएको परिवारलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा रिपोटिर्ङ गर्ने क्रममा म राजधानीकै घरमा पुगेकि थिएँ । आमा छोरीको आवाज लिने क्रममा कक्षा आठमा पढ्ने छोरीले भनेको कुरा आजपनि ताजै छ । “अरु बेला खासै त्यस्तो लाग्दैन जब तिहार आउँछ तब नरमाइलो लाग्छ, साथीहरुले दाजुभाइका कुरा गर्दा मन दुख्छ अनि मम्मीले नदेख्ने गरी एक्लै बसेर रुन्छु ।” म भावुक बनेक थिए त्यतिबेला ।
पाँच भाइकि एक्ली बहिनी मेरी मिल्ने साथी कान्ती जस्को मुहार दशैँ तिहारमा कान्तिमय नभएको आज ६ वर्ष बित्यो । उसका नयनहरु सदा दाजुहरुको बाटो हेरी टोलाइरहेका हुन्छन् । जेनतेन आफूलाई समाल्दै म कहिलेकाँही सम्झाउँछु उसलाई कम्तीमा तिम्ले र मैले त आपसमा पीडा साट्न पाएका छौं दुःखसुख जे भएपनि आमा बाबाको काखमा छौँ । हाम्रा दाजुहरु जो घरपरिवारको यादमा पराईको देशमा कति छटपटिदा हुन् । न पीडा सुनिदिने कोहि छ न आपत विपतमा साथ दिने कोहि छ ।
यो देशबाट मुग्लान छिर्ने मेरा र कान्तीका दाजुभाई मात्र हैनन् । हामीजस्ता मध्यम र निम्न बर्गका कमै घर होलान जसका कोहि न कोहि सन्तान मुग्लानमा पैसासंग जीवन साट्न गएका नहौउन । कहिलेकाँही त यस्तो लाग्छ यो दुनिँयामा धनै ठूलो हो मन, मुल्य, मान्यता, नैतिकता र पढाइ भन्दा । हातमुख जोर्नकै लागि परदेशीएका हुन हाम्रा दाजुभाइ । ना कि नेताका छोराहरुजस्तै महंगा विश्वविद्यालयमा पढ्न र राष्ट्रको ढुकुटी सित्तैमा सिध्याउँन ।
भगवानसंग यही कामना र प्रार्थना छ मेरो हाम्रा दाजुभाई तिहारको आसपासमा छिट्टै हामी सामु आउने वातारण मिलोस । अनि सरकारसंग एउटै बिन्ती छ विदेशीएका युवालाई स्वदैशमै रोजगारी देउ । विदेश पलायनलाई छिट्टो भन्दा छिट्टो रोक । हैन भने कागजमा सिमीत युवामैत्री घोषणापत्रहरुको छिट्टै अन्तिम संस्कार गरीदेउ ।
सबै कुराले परिपूर्ण कोहिपनि हुँदैन कसैलाई केहिको अभाव त कसैलाई केहिको अभाव खड्केकै हुँन्छ । जे भएपनि हामीले मनलाई सन्तुलित पार्नै पर्छ । मन न हो फोनमा कुरा नगरौं निराश लाग्छ, गरौं भेट्न मन लाग्छ भेट्न भौतिक दुरताले साथ दिदैँन । किनकी हामी सात समुन्द्र वारपार छौं ।
यसपाली पनि म आउन सकिन नानु । तिमीलाई तिहारको लागि के उपहार पठाउँ, साथी आउँदै छ । दाइकोे म्यासेज आएको थियो । यसपाली पनि दाजुको निधारसंग बहिनीका हातको भेट नहुने पक्का भो । यस्तै सोच्दै भत्किएको मनले समालिएर म्यासेजको उत्तर दिएँ ।
“म पनि आधुनिक समाजमा जन्मिए हुर्किए दाजु, तर आधुनिकताको नाममा मैले आफ्नो परम्परा र औकातलाई बिर्सेकी छैन । तपाइलाई थाहै छ नि हामीसंग उपहारको व्यापार गर्ने क्षमता छैन । समाजमा तिहारको व्यापार भैहेको छ दाजु ।”
मेरा संगीहरु दाजुले कति वजनदार खाम दियो र बहिनीले कस्तो खालको उपहार ल्याई भन्नेतर्फ तल्लिन छन् । तर, दाजु मलाई वजस्वी खाम र महंगो उपहारको लोभ छैन । चुहेको घरको छानो टाल्ने र परिवारको भविष्य बनाउने सपनाका खातीर दाजुले अर्काको देशमा पसिनाका सिन्धु बगाएर जम्मा गरेको पैसा बहिनीलाई महंगो उपहारको लागी जरुरी छैन । बरु त्यो उपहार किन्ने पैसा घरमा जस्ता लगाउन सदुपयोग गरौंला । बस पसीना बगाउनु नपर्ने र पैसा नलाग्ने महत्वपूर्ण उपहार आशिर्वाद खुसी मनलै दिए पुग्छ । तपाइ मुग्लानबाट छिट्टै घर फर्कनु मेरा लागी दाजुले दिएको यो भन्दा ठूलो उपहार अरु केहि हुनेछैन । प्रदेशमा आफ्नो ख्याल राख्नु, धेरै चिन्ता नगर्नु र छिट्टै फकि आउनु । सम्झनु मेरी बहिनी सप्तरंगी टिका र मखमलीको मालासहित हरपल दाजुकै प्रतिक्षामा छे ।”
म्यासेजको प्रतिउत्तर यस्तो आएको थियो । “प्यारी बहिनी जब घर छोडिदोरहेछ तब दिल तोडिदोरहेछ । घरको याद नआएका पल हुँदैन, तरपनि चाँडपर्वमा घर परिवारको यादले अझ बढी सताउँछ । दशैं तिहारले रुवाउँछ । तरपनि बाँच्नका लागि संघर्ष त गर्नै प¥यो भनेर मन कठोर बनाउँछु । परम्परालाई नभुल्नै र वास्तविकतालाई बुझ्ने मेरी बहिनीप्रति मलाइ गर्व छ । तिमी पनि चिन्ता नगर्नु आफ्नो र आमाको ख्याल राख्नु । अरुको सामु आँशु नबगाउँनु किनकी समाजमा पीडा बुझ्ने भन्दा खिल्ली उडाएर हाँस्ने अनुहार धेरै हुँन्छन् । ऋण तिर्न सक्ने पैसा जम्मा गरेपछि म घर पर्कनेछु । यो तिहारमा सानो मन नबनाउनु प्यारी बहिनी सम्झनु म निधार पठाउँछु तिमी भाइटिका लगाइदिनु ।”
— सेतोपाटी अनलाईनवाट
साहित्य
गजल
कुनै दिन यस्तो समय आयो भने
यो समाजले हामीलाई छुटायो भने
म बिना खै कसरी बाच्न सक्छेउ
तिमी बाट मलाई अलग बनायो भने
मेरो तस्बिर हेरेर चित्त बुझाउनु
मेरो सम्झनाले साह्रै सतायो भने
म तिमीलाई एउटा गजल सुनाउला
पराई संगै तिम्रोे डोली अन्मायो भने
कैलाश संघर्र्ष कुँवर दुर्गामाण्डाँै गा.वि.स वायल
डोटी ७ धौलाकाँडा रमाईलो बस्ती
मुक्तक
सयपत्री अनि गोदावरी, फूल्छ होला मेरो गाऊमा ,
गाऊइ भरि दिपावली, हुन्छ होला मेरो गाऊमा
म यता सहरतिर, सम्झीदै होलान दाजु भाई ,
कति मन तिहारमा, दुख्छ होला मेरो गाऊमा
ममता भट्ट
रेडियो अमरगढी डडेलधुरा
देउढा गित
१. काली छाल बाउ हाणुकी कर्णाली तरौ की
तेरी सोराई लागन्या बेला हाम फाली मरौकी
२.गाज्जो काटी लुटेई दिउ कि घास काटी फिजौकीर
सुईनामा झलझली धेक्दो अनार इजुकी
३. पानी नपाई गाई हम्मानो कालीका छालको
सम्झना मनमा ताजै खेलन्या तालको
४. तिर्खा लाग्या नाई या मिल्लो कोकाकला
टिस लाग्या सम्झी रन्छु बिथरखोला नाला
मुक्तक
आँधी र हुरीमा कसैको छेकबार हुदैन
धुब्र सत्यकुरामा मायाको ब्यापार हँुदैन
माया गर्छु तिमीलाई यति बुझेहुन्छ
मायाको मोल लाखौंलाख अनि हजार हुदैन
कमला कुँबर
नयाँ नेपाल एफ.एम., दार्चुला
गजल
त्यों बस्तीमा मेरो धेरै बास भएन
जिन्दगीमा तेस्तो केही खास भएन
मन ले भन्छ पिरथिको पासा खेल ए मान्छे
क्यासिनो को टेबुल माथि तास भएन
टाढा बाट देख्दापनी लाजयेरै हिंडे
नबोलेरै मायाँ बस्ने आस भएन
हेर्ने अनि मुस्कुराउने आदत परेपछि
रिश्ता नाता केइ छ भन्ने आभास भएन
मुटु भित्र लुकायेर एकान्तमै सम्झें
तेसैले त कुरा पर्दा फास भएन
गणेश चन्द
गगुडा —६ डोटी