Tuesday, December 18, 2018

बिम्ब साप्ताहिक, २०७५ साल पुष ३ गते

“खुलेर बोलौं, बिभेद राकौ”
‘महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं, 
दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

भूमीहिन जंगेलाई “घ” बर्गको परिचय पत्र

रामहरी ओझा/डोटी
पुष २
परबाजे (बुवाका बाजे) देव भुल, बाजे मन्धिरे भुल, बुवा गोरे भुल र आफु गरी चार पुस्तासम्म लगातार हलो जोत्यो जंगे भुलको परिवारले । न उनीसंग जमिन छ, न आयको कुनै स्रोत छ । एकातिर भत्किएको, घरको छाना भएको स्थानीय लाटा देवताको देउघरमा बस्दै आएका छन् उनी । तर सरकारले दिने मुक्त हलिया   परिचय पत्र भने उनलाई “घ” वर्गको अर्थात ‘घर जग्गा दुवै भएको मुक्त हलिया’ भनी परिचय पत्र दिईएको छ । 
पुस्तौंदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका–१, छपाली बिनेवाडाका ५६ बर्षीय जंगे भुल २०६५ सालमा हलिया मुक्तीको घोषणा भएपछि खुशी भएका  थिए । उनले सरकारबाट केही  राहात पाउने आश गरेका थिए, रोजगारीको पनि आश गरेका थिए तर उनका लागि त्यो मुक्ती  ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ । 
पुस्तौंदेखि हलो जोत्दा समेत उनको ऋण मिनाह नभएपछि उनले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकको बिरुद्ध उजुरी समेत गरेका    थिए । २०६५ साल भाद्र २१ गते सरकारले ऋण मिनाह सहितको हलिया मुक्तीको घोषणा गर्दा उनले मालिकको ऋण तिर्नु परेन । तर, उनलाई ऋण तिर्न दवाव भने पछिसम्म पनि आयो । 
पुस्तौंदेखि भूमिहिन जंगेको परिवारले यस पटक मुक्त हलिया पुनस्र्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै एक लाख २५ हजार सहयोग पाउने भएका छन् तर जंगे जस्तै भूमिहिन मुक्त हलियाहरुले भने जग्गा खरीद र घर निर्माणका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँ पाउदै छन् ।
कसरी भयो यस्तो ? 
‘गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कस्को हो भनेर सोधे मैले मेरो हो भनेको हुँ’ जंगे भन्छन् ‘उनीहरुले मेरै घर सोचेर “घ” बर्गको परिचय पत्र वनाएछन् ।’ आफुलाई धेरै कुरा जानकारी नभएको उनी  बताउँछन् । उनी थप्छन् ‘घर जग्गा दुवै भएका व्यक्तिहरुले भूमिहिन भन्दै “क” बर्गको परिचय पत्र पाएको छ भन्ने सुनेको छु, मेरा त बोलिदिने कोही भएन, अनि यसो भयो ।’ उनी एउटै घरमा दुई÷तीन जनाले समेत “क” वर्गको परिचय पत्र पाएको आफुले सुनेको बताउँछन् ।
जंगेको कहालीलाग्दो जीवन
जंगेकी जीवन साथी हिरा भुलको निधन भएको करीव १२ बर्ष भयो । उनका जेठा छोरा ईन्द्र तीन बर्षदेखि सम्पर्कमा छैनन् । उनी कता छन्, छन कि छैनन्, यस बारेमा जंगेलाई जानकारी छैन । 
२२ बर्षीया छोरी भानुमति  आँखा देख्दिनन् । आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुन सकेको छैन । भानुमति मात्रै होईन जंगेका कान्छा छोरा १८ बर्षीय भक्त भुल पनि आँखा देख्दैनन् । जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ ।
आफु र छोराछोरीको छाक टार्नका लागि जंगे अचेल गाउँमा साँझ विहान पानी खोल्ने बन्द गर्ने काम गर्छन । करीव एक सय ५० दलित परिवार रहेको बिनेवाडा गाउँको खानेपानी खोले बाफत उनले बर्षको दुई पटक अन्न पाउने गर्छन । ‘जेठ र कात्तिकमा गरी दुई पटक प्रति परिवार तीन माना अन्न दिन्छन्’ स्थानीय धनवहादुर नेपालीले भने ‘यसैबाट उनको गुजरा चलेको छ ।’ उनलाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपाली बताउँछन् ।  
जंगेका भाई ४९ बर्षीय लाले पनि अविवाहित छन् । उनको पालन पोषणको जिम्मा पनि जंगेकै भागमा छ । 

सम्पादकीय

सुदूरपश्चिम प्रादेशिक महोत्सव सफल होस

डोटी चेम्वर अफ कमर्सले डोटीको दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । पर्यटन, व्यापार, उद्योगको विकासका साथै कला संस्कृतिको संरक्षणका लागि भन्दै आयोजना गर्न लागिएको उक्त महोत्सवको सफलताको शुभकामना छ । 
डोटीमा महोत्सव नौलो कुरा होईन । बिगतका बर्षहरुमा पनि महोत्सव भएका हुन । “डोटी महोत्सव” नामाकरणबाट सुरु भएको यो अभियान सुदूरपश्चिम क्षेत्रीय महोत्सव हुँदै प्रादेशिक महोत्सवमा यस अघिनै पुगेको कुरा सवैलाई जानकारी नै छ । त्यसैको निरन्तरता यो महोत्वस पनि हो । भलै आयोजना संस्था यसपाली फेरिएको छ, विगतमा डोटी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्ने गरेको थियो, यस बर्ष डोटी चेम्वर अफ कमर्सले यो महोत्सवको आयोजना गर्ने तयारी गर्दैछ । बिगतका महोत्सवहरु असफल भएर यस पाली नयाँ संस्थाले महोत्सवको आयोजना गर्न लागेको भने पक्कै पनि होईन होला । बिगतका महोत्सवहरुमा पनि दर्शकहरुको राम्रो उपस्थिति थियो, आकर्षक साँस्कृतिक प्रस्तुतिहरु थिए, राष्ट्रिय कलाकारहरुको उपस्थिति थियो, स्टलहरुको संख्या पनि राम्रै थियो । आयोजक संस्थाको आँकडा अनुसार व्यापार व्यवसाय पनि राम्रै भएको थियो । व्यापार व्यवसायको विकास र कला संस्कृतिको संरक्षणका हिसावले राम्रै भएको थियो । 
तर, के बिगतका महोत्सवहरु प्रादेशिक हुन सके त ? के दार्चुलाको उत्पादनले महोत्सवमा बजार पायो त ? के बाजुराको उत्पादनले बजार पायो त ? के कैलालीको संस्कृतिको संरक्षण महोत्सवले गर्न सक्यो त ? पक्कै पनि सकेन । कला संस्कृतिको नाममा छाडा प्रस्तुतीहरु भए, स्थानीय उत्पादनका नाममा भारत र चिनमा बनेका सामग्रीहरुले बजार पायो । अहिलेको आयोजकले पनि प्रादेशिक महोत्सव भन्दैछ । माथीका यि कुराहरु पुरा हुन्छन् त ? नौ वटै जिल्लाको सांस्कृतिक प्रस्तुती दर्शकहरुले महोत्सवमा देख्न पाउँछन् त ? नौ जिल्लाका स्थानीय उत्पादनहरु, स्थानीय परिकारहरु, स्थानीय भेषभुषाहरु के प्रदर्शन हुन सक्छन् त ? बिषय यसमा छ । 
त्यसकारण आयोजक संस्थाले यि सवै बिषयहरुमा बिचार पु¥याउन जरुरी छ । बिगतको आयोजकले यस बिषयमा धेरै अनुभवहरु संगालेको छ, काम गर्ने क्रममा कहाँ के कस्ता समस्याहरु आए, के के कमजोरी भए भन्ने कुराको भोगाई त्यो संस्थासंग छ । यदि त्यो संस्थालाई पनि आयोजक वनाएर जान सकियो भने यसले नयाँ प्रभाव पर्नेछ । व्यापारिक प्रवद्र्धनका लागि क्रियासिल दुवै संस्थाले आयोजक वन्दा यसको प्रभावकारिता बढ्छ । यदि आयोजकै वनाउन नसकिने हो भने पनि त्यो संस्थासंग छलफल गर्नु जरुरी छ । उनीहरुबाट सुझावहरु लिनु जरुरी छ । उनीहरुसंग भएका अनुभव र सम्वन्धहरुको पनि उचित रुपमा प्रयोग गर्न सक्नु पर्छ अहिलेको आयोजकले । जिल्लाको विकासका लागि दुवै व्यापारिक संस्थाहरु संगसंगै छन भन्ने सन्देश पनि दिनु जरुरी छ । 
फेरी पनि डोटी चेम्वर अफ कमर्सले आयोजना गर्न लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवले यस क्षेत्रको पर्यटकीय विकास, संस्कृतिको जगेर्ना, व्यापार व्यवसायमा तरक्की गर्नुका साथै समगू क्षेत्रको विकासका लागि नयाँ गोरेटो पहिल्याउने काम गरोस्, नयाँ नयाँ सम्वन्धको खोजी होस्, चार दिन डिजे वजाएर उफ्रिने महोत्सवमा मात्रै सिमित नहोस् भन्ने कामना छ । महोत्सवले लुकेको संस्कृति र लुकेको क्षेत्र खोज्न सकोस् शुभकामना ।

थप समाचार 

निबृत्तिभरणको रकमले अक्षयकोष स्थापना

गणेश मौनी/डोटी
पुष २
दिपायल सिलगढी नगर–पालिका–६ धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा एक लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना    गरेकी छन् ।
२०५८ सालमा डोटी बहुमुखी क्याम्पसबाट सेवा निबृत्त भएका स्वः जोशीको २०६३ सालमा देवसान भएको थियो । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने एक छात्रा र एक  छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गरिने जोशीले बताईन् ।
उनले भनिन् ‘आफुले त्रिभुवन विश्व विद्यालयबाट पाएको पेन्सनबाट केही रकम बचत गरी शिक्षा क्षेत्रमा समर्पित नेपाली भाषा र साहित्यको उन्नयन चाहने आफ्ना पतिको इच्छा    पूरा गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेकी छु, यो रकमबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगोस ।’
२०२० सालदेखि लगभग ४ दशकसम्म अनवरत प्राध्यापन सेवा गरेका गुरुको ज्ञान गरिमाले सिञ्चित दक्ष जनशक्ति आज देशका विभिन्न क्षेत्रमा स्थापित भएका भन्दै स्व गुरुजीको विचार र भावनाको कदर गरेर क्याम्पसले उनीलाई प्रेरणा स्रोतका रूपमा सदैव स्मरण गरिरहने डोटी बहुमखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले बताए ।
स्व गुरुजीको सादा जीवन र सरल व्यवहारबाट आफु प्रभावित भएको उल्लेख गर्दै गुरुजी मात्र नभएर शिक्षामा महत्वपुर्ण योगदान पु¥याउने र समाजलाई बाटो देखाउने अभिभावक भएको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताइन् ।
डोटी क्याम्पसको स्थापना कालमा उनको योगदान महत्वपूर्ण रहेको पाईन्छ उनी स्वार्गारोहण भएको एक दशक भएपनि उनी एक उज्जल नक्षत्र, संस्कृत भाषाका ज्ञाता सधैं अध्ययन र अनुशीलनमा तल्लीन रहने उनको व्यक्तित्व सदैव स्मरणीय र उदाहरणीय रहेको डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन कुमार देउवाले बताए । डोटी क्याम्पसले आयोजना गरेको एक समारोहमा धनकुमारी जोशीद्वारा क्याम्पस प्रमुख कृष्णबहादुर कठायतलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको थियो ।

मिलन केन्द्रमा फेरी पौडेल आए

कर्मचारी मिलन केन्द्र डोटीको अध्यक्षमा पुनः शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्तकुमार पौड्याल सर्व सम्मत रुपमा चयन भएका   छन् ।
तेस्रो साधारण सभाबाट नयाँ कार्य समितिमा उपाध्यक्ष भु तथा जलाधार संरक्षण अधिकृत हरिवंश आचार्य, सचिव डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकाया, सह सचिव जिल्ला सरकारी वकिल कार्यालय डोटीका जिल्ला न्यायधिबक्ता पूर्णबहादुर केसी र कोषाध्यक्षमा कृषि विकास बैङ्क डोटीका शाखा प्रबन्धक दीर्घ बहादुर शाह रहेका छन् ।
यसै गरी अन्य सदस्यहरूमा क्रमशः सेती प्राविधिक कार्यालय दिपायलका प्रमुख शालिग्राम डाँगी, सशस्त्र प्रहरी बल दिपायलका नायव उपरीक्षक देवराज जोशी, बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेय, जिल्ला प्रशासन कार्यालय डोटीका कम्प्युटर अपरेटर बिद्या तामाङ, जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिअहेब उत्तम राज उपाध्याय र शिखर नगरपालिकाका आन्तरिक लेखा परीक्षक अमरबहादुर खड्का चयन भएको नव निर्वाचित सचिव सुरेश रोकायाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पौड्यालले विगतका वर्षमा कर्मचारी मिलन केन्द्रले केही कामै गर्न नसकेको नभई सङ्घीयता कार्यान्वयनको  चरणमा कर्मचारी व्यवस्थापनमा भएको व्यस्तता, फेरबदलले गर्दा सोच अनुसारको काम हुन नसकेको भए पनि आगामी दिनमा जिल्लाको समग्र क्षेत्रको विकासमा टेवा पुग्ने काम गर्ने बताए ।
उनले सबै कार्यालयहरूको सहभागिता रहने गरी घुम्ती शिविर सञ्चालन गर्ने, स्मारिका प्रशासन गर्ने लगायत रचनात्मक काममा निरन्तरता दिनेसमेत बताए ।
कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्र डोटीका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले    कर्मचारी मिलन केन्द्र डोटीलाई आम कर्मचारीहरूको साझा चौतारीको रूपमा विकास गर्दै रचनात्मक काम गर्नु गर्ने कुरामा जोड दिए । उनले भने– कर्मचारी भनेका जनताका सेवक हौँ, हामीले सेवा प्रवाहलाई छिटो छरितो, चुस्त दुरुस्त बनाउन हरपल प्रयास गर्नुपर्छ ।
सेवा प्रवाहमा प्रभावकारिता आउन सके जनताले विकासको अनुभूति गर्ने समेत प्रजिअ सुवेदीले बताए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी, संस्थान कार्यालयका कर्मचारी–हरूको सहभागिता रहेको थियो ।

सुदूरुपश्चिम प्रादेशिक महोत्सव हुने

डोटीको दिपायलमा फागुन १७ देखि २७ सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । 
आयोजक संस्था डोटी चेम्वर अफ कमर्सले सुदूरपश्चिम प्रादेशिक महोत्सव गर्ने जानकारी दिएको छ । सोमवार आयोजना गरिएको ‘प्रादेशिक महोत्वस सम्पन्न गर्न राजनीतिक दलहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा आयोजक संस्थाले सो जानकारी दिएको हो । सुदूरपश्चिमको कला र्सस्कृतिको संरक्षण गर्नका साथै यस क्षेत्रको पर्यटकीय विकासमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको डोटी चेम्वर अफ कमर्सका अध्यक्ष खगेन्द्र वहादुर साउँदले जानकारी दिए । उनले भने ‘प्रदेशका नौ वटै जिल्लाहरुको स्टल राख्ने, सुदूरपश्चिमको साँस्कृतिहरु झल्काउने प्रस्तुतिहरु गर्ने र यहाँको व्यापार व्यवसाय बढाउने हाम्रो लक्ष छ ।’ 
महोत्सवमा करीव एक करोड १६ लाख खर्च हुने र उक्त महोत्सवका क्रममा करीव तीन करोडको व्यापार व्यवसाय हुने कर्मसका महासचिव केशर कठायतले जानकारी दिए । सो अवसरमा दलहरुले महोत्सव सफल पार्न आफुहरु प्रतिवद्ध   रहेको वताए । 
बिगतका बर्षहरुमा डोटी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सव यस बर्ष चेम्वर अफ कमर्सले आयोजना गर्ने भएको छ । डोटी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने नगर्ने बिषयमा हालसम्म कुनै सूचना सार्वजनिक गरेको छैन । 

२५ बर्षीय गुरुयोजना वनाउँदै दिपायल सिलगढी नगरपालिका

डोटीको दिपायल सिलगढी नगरपालिकाले २५ बर्षीय गुरु योजना निर्माण गर्न थालेको ।
आगामी २५ बर्षसम्मको परिकल्पना सहित नगरपालिकाले गुरुयोजना निर्माण गर्न थालेको हो । गुरु योजना निर्माणका क्रममा नगरपालिकाले वडास्तरीय अन्तरक्रियाबाट सुझाव संकलन समेत गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं विज्ञ प्राध्यापक डा. चन्द्रमणी  अधिकारी नेतृत्वको टोलीले वडास्तरीय सरोकारवालाहरुसंग सुझाव संकलन     गरेको छ । 
नगरपालिकाका सबै वडाहरुमा गएर सरोकारवालाका सुझाव संकलन  गरिएको गुरु योजना निर्माण सम्बन्धि सहयोगी संस्था सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीले बताए । उनले भने ‘यसरी संकलन गरिएका सुझाव, नगरपालिकाको संवैधानिक अधिकार, राष्ट्रिय र स्थानीय तथ्यांकहरुका आधारमा गुरुयोजना तयार गरिने छ ।’
सुझाव संकलनका क्रममा धेरै महत्वपूर्ण सुझावहरु आएका नगर प्रमुख मञ्जु मलासीले वताईन । ‘जिल्ला अस्पतालको स्तरोन्नति, प्रसिद्ध धार्मिक क्षेत्र शैलेश्वरी यथोचित विकास र प्रचारप्रसार, डोटी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षाको शुरुवात र सिलगढीमा रहेका पूराना मोडेलका घरमा होम स्टे संचालन जस्ता सुझावहरु आएका छन्’ नगर प्रमुख मलासीले भनिन् ‘यस्ता सुझावहरुलाई समावेश गरि गुरु योजना वन्नेछ ।’ 
गुरुयोजना मात्रै नभएर तत्कालीक योजना, अल्पकालीन योजना, मध्येकालिन योजना र दीर्घकालीन योजना बनाउन आबश्यक रहेको स्थानीयबासीहरुको भनाई  छ ।

तीन सय ६३ गैसस खारेजीमा

संस्था दर्ता ऐन, २०३४ अन्तरगत डोटी जिल्लामा दर्ता भएका तीन सय ६३ गैरसरकारी संस्था खारेज भएका छन् । 
जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भई लगातार तीन वर्षसम्म नविकरण नभएका संस्थाहरु खारेज भएका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले जानकारी दिए । ‘संस्था दर्ता ऐन अन्तरगत दर्ता भई कामकाज गरेका तर तगातार तीन वर्ष नविकरण नगरेका संस्थाहरु तोकिएको समयमा नविकरण गर्न नआएपछि दर्ता खारेज गरिएको छ’ प्रजिअ सुवेदीले भने ‘नविकरणका लागि जारी गरिएको ३५ दिने सुचनाको म्याद समाप्तीपछि ति संस्थाहरुको दर्ता खारेजीमा परेको हो ।’ दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिल्ला विकास समिति अन्तरगत सञ्चालित उपभोक्ता समिति, मठ मन्दिर निमार्ण समिति, जल उपभोक्ता समितिहरु समेत रहेका प्रजिअ सुबेदीले बताए । 
डोटी जिल्लामा दर्ता भएका ६ सय १० गैरसरकारी संस्थामध्ये २०५५ सालदेखि २०७२ सालसम्म नविकरण नगरेका संस्थाहरु खारेजमा परेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माले बताए । शर्माका अनुसार जिल्लामा संस्था दर्ता ऐन अन्तरगत २०४४ साल देखि संस्था दर्ता गर्ने कार्य सुरु भएदेखि ६ सय १० गैरसरकारी संस्था दर्ता भएका थिए । जसमा पटक पटक गरि चार सय २३ संस्थाको दर्ता खारेज भईसकेको छ । अब जिल्लामा एक् सय ८७ वटा गैरसरकारी संस्था दर्ता रहेका छन् ।
नियमित रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेमा परेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।

छोटकरी समाचार 

चेतनामुलक कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय दलित कल्याण संघ डोटी को आयोजनामा नागरिता अपांग परिचयपत्र सम्बन्धि चेतनामुलक कार्यक्रम सिलगढिमा सम्पन्न भएको छ  । 
नेपाली नागरिकताको प्रमाण पत्र र अपाङ्गता परिचय पत्र पाउनका लागि अपनाउनु पर्ने प्रक्रियाका वारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय कार्यक्रम  प्रवन्धक तारक टमटाले जानकारी दिए । दुर्गम गरिब बिपन्न पछाडि परेका अपांग ब्यक्तीलाइ नागरिता र परिचय पत्र सहज होस् भनेर उक्त कार्यक्रम आयोजना गरिएको टमटाले वताए ।

बाली शिविर भयो

डोटी केआई सिंह गाउँपालिका–२ तिखात्तरमा एक दिने बाली शिविर सम्पन्न भएको छ । 
सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित पहल परियोजना अन्तरगत उक्त शिविर सञ्चालन भएको हो । शिविरम के आई सिंह र बोगटान गाउँपालिकाका करीव एक सय ३० जना कृषकहरुले बालीमा लाग्ने रोग किरा र त्यसको उपचार बिधिको वारमा   जानकारी पाएको परियोजनाका कृषि प्राबिधिक जयवहादुर शाहीले जानकारी दिए ।
सो बाली शिविरको सहजीकरण के आई सिंह गाउँपालिकाका कृषि प्राबिधिक र परियोजनाका प्राबिधिकहरुले गरेका थिए ।

खेल समाचार 

फुटवल सुटआउट पेनाल्टी खेल हुने


कैलारी गाउँपालिकामा फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघी पर्वको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । फुटवल प्रतियोगितासंगै थारू सांस्कृतिक प्रदर्शनी हुने भएको छ ।
फुटवल प्रतियोगिता तथा थारु सांस्कृतिक प्रदर्शनी मेला आयोजक समितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । 
आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारूले संंस्कृतिको    संरक्षण तथा प्रवद्र्धन र स्थानीय स्तरमा  रहेका खेलप्रेमी तथा खेलाडीहरूको पहिचान गर्न सो प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने ‘यो मेलाले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’ फुटबल सुटआउट प्रतियोगितामा ३० बर्षभन्दा माथीका खेलाडीहरुलाई मात्रै सहभागि गराईने आयोजक समितिले जनाएको छ । पुस ३० गते आयोजना हुने प्रतियोगितामा ४० टीमको सहभागिता  रहने जनाइएको छ । 
संयोजक चौधरीका अनुसार प्रतियोगितामा प्रत्येक टिमबाट ६ जना खेलाडीले भाग लिन पाउने छन् । जसमा एक जना गोल किपर र पाँच जनाले मात्र पेनाल्टी सुटआउट हान्न पाउने छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार एक सय ११ र दोस्रो हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, वेष्ट किपर र वेष्ट स्कोररलाई जनही पाँचरपाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । खेल फिफाको नियमानुसार खेलाइने छ । प्रतियोगितामा प्रवेश शुल्क पाँच हजार तोकिएको आयोजकले जनाएको छ ।

शक्तिले लिए क्रिकेट यात्रावाट बिदाई

रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।
नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् ।
त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्स्विरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् ।
बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए ।
‘टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहने छ । हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहृयौं । ती हरेक कुराहरु मलाई याद आइरहने छन’ शक्तिले भने । सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अङ्ंग हुन् उनी । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’ को उपमा पाएका थिए ।
सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए । उनले सन् २०१२ मा भएको आइसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वा्धिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए । अन्तराष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने उनीमात्र एकजना नेपाली खेलाडी हुन् ।
सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे । डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।
सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तरा्िष्ट्रय प्रतियोगिता खेल्न थालेका शक्तिसँग यू–१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ । उनी अन्तराष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । सिनियर अन्तराष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचिमा शक्तिको पनि नाम छ । भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।
शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । ‘शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्’ राष्ट्रिय टोलीका कप्ता पारस खड्काले भने, ’उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय कामहरु गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्ति जति मेहनती कोही देखेको छैन ।’

चलचित्र/मनोरञ्जन 

‘ए मेरो हजुर ३’ मा सुहाना

फिल्मी खवर
अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । केही दिन अगाडि ’कामना अवार्ड’ मा अनमोलले अवार्ड चुमेको दृश्य खिचिएको थियो । 
हालै मनाङमा फिल्मको दुई गीत खिचेर निर्माण टिम काठमाडौं ‘ब्याक’ भएको हो । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ । 
रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा फिल्मप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । फिल्ममा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त फिल्मलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् । 
सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । 

“शुभ लभ’ चैत्र १५ मा आउने

फिल्म ‘शुभ लभ’ चैत्र १५ गते सार्वजनिक हुने भएको छ । 
पुराना निर्माता तथा निर्देशक सन्तोसबाबु लोहनीको निर्देशनमा निर्माण भईरहेको ‘शुभ लभ’ को आईतवार फस्ट लुक सार्वजनिक गरिएको छ । हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्वादमा निर्माण हुन लागेको उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन र रोशनविक्रम भट्टराईको द्वन्द्व रहेको छ  । फिल्मको बनिष शाह र भुपेन्द्र      अधिकारीले सम्पादन छ । 
आईतवार सार्वजनिक फिल्मको फस्टलुकमा फिल्मका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ । फस्टलुकमा हरिहर र कृष्टिनको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । 
फिल्ममा हरिहर र कृष्टिनका अलावा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा लगायतका कलाकार छन् ।

लेख 

हामी कम्युनिष्टले राजनीतिलाई कस्तो बनायौं ?

धनश्याम भुषाल
एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि एक÷दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे– भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं । पार्टीमा त त्यो वर्ग नै छैन । कहाँ गयो त्यो वर्ग ? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ । ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको फन्दामा छन् । तर उनले मलाई सोधेको प्रश्न ‘मिलियन डलर’ को थियो ।
जुन वर्गका लागि संघर्ष गरेको त्यो वर्ग नै छैन भन्नुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एउटा नयाँ वर्ग सिर्जना भएको बुझाउँछ । यो यस्तो वर्ग हो जो दलाल पुँजीवादको जुत्ता र समाजवादको टोपी लगाउँछ । समाजवादको टोपी लगाएर हुने फाइदा लिन्छ । तर दलाल पुँजीवादले जता लैजान्छ त्यतैको बाटो हिँड्छ ।
हिजो तल परेकाका माथिल्लो वर्गसँग द्वन्द्व थियो । हिजो तल परेका मानिसहरू आज माथिल्लो वर्गमा आएका छन् । अनि उनीहरूको द्वन्द्व तल्लो वर्गसँग छ । पार्टीमा जब शोषण, दमनको विरोध र अलिक समाजवादीकरण गर्ने कुरा आयो कि त्यो वर्गले यस्ता नारा, कार्यक्रम र प्रयत्नलाई निष्क्रिय पारिदिन्छ । यही खतरनाक खालको वर्ग अहिले उत्पन्न भएको छ ।

यतिबेला वाम समस्या (यसमा नेकपा भनौं) र समाधान शीर्षकमा दिनदिनै कार्यक्रम हुनु पर्ने हो । किनभने वामआन्दोलनमा हामीले कैयौं चुनौती देख्न थालेका छौं, जसमा बहस आवश्यकता छ । एक लाइनमा भन्दा त्यो चुनौती हो– लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी ।
यसभित्रको लोकतान्त्रिक स्थिरता राजनीतिक पाटो हो । कार्यक्रमको पाटो भने राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हो । यतिबेला हामी विकासको कुरा गरेर लोकतन्त्रको कुरा छाड्न सक्दैनौँ । अनि लोकतन्त्रको कुरा गरेर स्थिरताको कुरा छाड्यौं वा लोकतान्त्रिक स्थिरता र विकासको कुरा गरेर समाजवादको विषय छाड्यौं भने आजको कार्यभार अपूरो हुन्छ । त्यसैले एकसाथ लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नुपर्छ । मुलुकमा परिवर्तन आएको बखतमा समेत हामीले संरचनात्मक हिसाबले राज्य नयाँ बनाउन सकेनौं । राजा दलाल पुँजीवादको नेता भनिसकेपछि पनि हामी त्यही जुत्ता लगाएर टोपी फेर्दै हिँडिराखेका छौं ।
दलाल पुँजीवादको जुत्ता !
राजाको जुत्ता कहिले कांग्रेसले लगायो । कहिले कम्युनिष्टले लगायो । तर हिँड्ने बाटो एउटै भयो । हामीले अहिले फेर्नु पर्ने नै यही कुरा हो । यो फेर्नु र लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नु चुनौती हो । यसैका आधारमा हामीले समाधानको उपाय खोज्नुपर्छ ।
नेकपाभित्रै पनि अहिले वामपन्थ विकसित नभई नहुने भएको छ । किनभने पार्टीमा वामपन्थ बाँच्दैन कि भन्ने चिन्ता छ । साहित्यमा बाँच्ला । नाटकमा बाँच्ला । समीक्षामा बाँच्ला । तर सडकमा, खेत खलियानमा,        राज्यमा, स्थानीय तहमा, हाम्रो विदेश नीतिमा बाँच्दैन । अहिले नेकपाका लागि ऐतिहासिक अवसर छन् ।
पहिलो, निरन्तर विस्तारित वामजनमत ।
किन वामजनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भूराजनीतिक पाटोमा पछि बहस गरौंला ।  पटक पटक विभाजित भएर पनि जनमत यसका वरिपरि छ । तथ्य के हो भने यो निरन्तर विस्तारित   भैराखेको छ । 
दोश्रो, संसदीय राजनीतिमा पार्टीले प्राप्त गरेको भोट र राजनीतिक मत । संसदमा दुई तिहाइ उपस्थिति । ६ प्रदेशमा सरकार । यो नेकपाका लागि अवसर हो ।
तेश्रो, राष्ट्रिय संगठन । यतिबेला संगठनका हिसाबले नेकपामा ठूलो जालो छ । पार्टीका जरा सामाजिक जीवनमा छन् । वन उपभोक्ता समिति, कुलो पानी उपभोक्ता समिति, वस्ती, टोल, छिमेकदेखि कर्मचारीसम्मका सामाजिक जीवनका तमाम क्षेत्रमा विस्तार भएको छ ।
चौंथो, शान्तिपूर्ण आन्दोलनको प्रक्रियाबाट साथसाथै विद्रोहबाट आएका, उथलपुलथ गराएका, नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपासँग छ । दुई वटै आन्दोलन पार गरेका हजारौं मान्छेको अनुभवबीच फैलिनु अर्को अवसर हो ।
पाँचौं, अहिलेको संविधान । लोकतान्त्रिक स्थिर–ताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारीका लागि धेरै ठूलो अवसर संविधानले जुटाएको  छ । त्यसले घोषणा नै गरेको छ–देश समृद्ध हुन्छ र समाजवाद उन्मुख हुन्छ । अझ संविधानमा राखिएका मौलिक हकमार्फत् समाजलाई, राजनीतिलाई समाजवादीकरण गर्ने अवसर संविधानले दिएको छ ।
यद्यपी संविधानवादका हिसाबले यो समाजवादी हो कि गैरसमाजवादी भन्ने बहस गर्ने ठाउँ भने प्रशस्त छ । तर, समाजवाद निर्माण गर्छौं भन्ने पार्टीका लागि संविधान ठूलो अवसर हो । 
छैठौं, भूराजनीति यतिबेला हाम्रालागि डरलाग्दो चुनौती भैराखेको छ। तर अर्को अर्थमा मैले यसलाई अवसर देख्छु । यदि स्थिर लोकतान्त्रिक वामपन्थी सरकार हुने र भित्र त्यस्तै संगठन निर्माण हुने हो भने त्यो अवसर बन्न सक्छ । अझ संगठन एकतावद्ध बनाउने हो भने यसले भूराजनीतिक अवस्थितिलाई सामना गर्छ ।
सातौं, नेकपाले यतिबेला सैद्धान्तिक रूपमा लोकतान्त्रिक बाटोबाट जान स्वीकार गरेको छ। कार्यक्रमका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने विषयलाई स्वीकारेको छ । यसमा विवाद  छैन । हाम्रो भूराजनीति अवस्थितिबीच यत्रो ठूलो नेकपाभित्र कार्यदिशामा सैद्धान्तिक सहमति हुनै नै पनि ठूलो विषय हो ।
अब नेकपाका आन्तरिक चुनौती हेरौं ।
नेकपा मूलतः दुई पार्टी (एमाले र माओवादी) मिलेर बनेको छ । तर यो पार्टीमा लामो समयदेखि सैद्धान्तिक विषयले महत्वपूर्ण स्थान पाएन ।
खासगरी २०५१ मा सरकारमा गएपछि तत्कालिन नेकपा एमाले सत्ता राजनीतिको फन्दामा फस्दै गयो । एकपछि अर्को  गरी फसिरह्यो । त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) बारे पनि यथेष्ठ छलफल भएन ।
जबज कसरी आयो ? विकासका आधार के थिए ? ऐतिहासिकता के थियो ? कुन बिन्दुमा आएपछि  बहुदलीय जनवादलाई सिद्धान्त र कार्यक्रमका रूपमा स्वीकार गर्नुप¥यो ? यसको विकास अब कसरी अगाडि बढ्छ ? जस्ता प्रश्नमा छलफलै भएन । ’हाम्रै राजा ठूला छन्, हाम्रै देश विशाल’ भनेर बच्चामा नारा लगाउन लगाए जस्तो भयो ।
हामी बहुदलीय जनवादको अन्तर्यमा कहिल्यै  गएनौं । जनताको बहुदलीय जनवाद सत्तामा जान हाम्रा लागि सजिलो भ¥याङ बन्यो । जबज देखाउने, लोकतन्त्रको कुरा गर्ने र सरकारमा जाने बाटो एमालेले बनायो । अब हिजोको माओवादीमा हेरौं । नेपालमा हाम्रै आँखाअगाडि लोकतान्त्रिक विकास भैसकेपछि माओवादीले जनयुद्ध सुरू ग¥यो । अन्ततः लोकतान्त्रिक प्रक्रियामा आयो । यसरी ठूलो गोलचक्कर लगाएर त्यही ठाउँमा आउँदा ऊ पटकपटक बदलियो । यसबाट ऊभित्रको सैद्धान्तिक  अस्थिरता देखिन्छ ।
१५ वर्षको गोलचक्करबाट ऊ लोकतान्त्रिक अभ्यासमै आइपुग्यो । ‘यो साना दुःखले फक्र्याको होइन, ठूलै दुःखले फक्र्याको हो ।’ यस दौरान माओवादी धेरै पटक परिवर्तन भयो । स्थिरता भएन । अथवा सापेक्षित स्थिरता नहुनु नै उसको चरित्र बन्यो । माओवादी के हो भन्दा पनि के हुँदैछ माओवादी भन्ने प्रमुख प्रश्न भयो । किनभने माओवादी यो हो भनेर मानिसले चिन्ने बेला ऊ अर्को थोक भइसकेको हुन्थ्यो । सैद्धान्तिक रूपले      अस्थिर ।
यसरी हेर्दा दुबै पार्टी आन्तरिक रूप, धरातल र प्रशिक्षणमा अन्त्यन्त कमजोर छन् । माओवादको जनयुद्धमा औचित्य के रह्यो भन्यो भने अहिले सबैभन्दा गाह्रो प्रश्न बन्न पुग्छ । एमाले सरकारमा सहभागी हुन थालेको २८ वर्ष भयो । हाम्रा नेताहरू मन्त्रिपरिषद्को बैठकमा गएका २८ वर्ष भए तर देशको राजनीतिक संस्कृतिमा हामीले गरेको योगदान के हो भनेर सोध्यो भने ती नेताहरूले त बताउलान्, तर हामीलाई गाह्रो हुन्छ । त्यसरी हेर्दा सैद्धान्तिक मामिलामा वाम आन्दोलन कमजोर भयो । गुट विकास भयो । जसले अहिले नश्लिय रूप धारण  गरेको छ ।  पार्टीभित्र आफ्नो गुटको हो कि होइन भनेर खकार, रगत टेस्ट गर्ने अवस्था भयो । धेरै टेस्ट पूरा  गरेपछि सर्वांग गुटले ओतप्रोत भएपछि मात्र कम्युनिष्ट पार्टीमा लाग्न योग्य बन्ने अवस्था भयो ।
अहिले पार्टी सदस्यको मूल्यांकन पार्टीले गर्दैन । गुटका साना गिरोहले गर्छन् । गुटका मठाधिशले गर्छन् । यो अचानक भएको होइन । आमाको कोखबाट जन्मदै कोही अलोकतान्त्रिक हुन जन्मिएका होइनन् । तर यो असैद्धान्तिक हुने प्रक्रियामा गुट बलिया बन्दै गए ।
दलाल पुँजीवादले गर्दा यो बीचमा सरकारमा जाने र आउने, जाने र आउने अनि जान चाहिरहने क्रममा पार्टी्भित्र नयाँ वर्ग जन्मिएको छ । यतिबेला राष्ट्रपति कम्युनिष्ट हुनुहुन्छ । मेरो भनाइको मतलब उहाँले कम्युनिष्टको जातै फेरेको होइन होला भन्ने हो । तर कम्युनिष्ट राष्ट्रपति बन्दा कसैलाई घुँडा टेकाउन हुन्छ कि हुन्न ? के गर्नुपर्छ, के गर्न हुन्न ? हाम्रा ठूला नेताको बोली हेरौं ।
अहिले पार्टी कमिटीले श्रद्धाञ्जली दिँदा ’बैकुण्ठ बास होस्’ भन्ने शब्द छुट्दैनन् । झट्ट हेर्दा यो सामान्य कुरा हो । गैरवामपन्थीका लागि त अति नै सामान्य   कुरा हो । किनभने चलनचल्तीको कुरा  हो । तर यहाँबाट विषय प्रवेश हुन्छ । नेकपाका कमिटीले अहिले क्रान्तिका कति काम गर्छन् अनि ‘स्वस्थानी’ का कति काम गर्छन् ? वास्तवमा स्वस्थानीको काम बढ्ता गर्छन् । सँधै स्वस्थानी, सधैँ स्वस्थानी, मन्दिर र भोट गर्दा तिनीहरू वैचारिक रूपमा विचलनमा गएका छन् ।
वास्तवमा विचारको परिभाषा तपाईं कतापट्टि उभिनुहुन्छ भन्ने प्रश्नबाट हुन्छ । हेर्दा यो सामान्य कुरा हो । एउटा गरिब छ, एउटा धनी छ । तपाईं कता उभिनुहुन्छ ? एउटा दलित छ, एउटा गैरदलित छ । सामान्य अवस्थामा तपाईं कता उभिनुहुन्छ ? एउटा जनजाति छ, अर्को गैरजनजाति छ । तपाईं कता उभिनुहुन्छ ? महिला छिन्, पुरुष छ, आजको समाज छ । ठ्याक्कै तपाईं कता उभिनुहुन्छ ? केहीले सजिलो जवाफ दिन सक्छन् – मान्छेको ठाउँमा उभिन्छु ।
तर प्रश्न त आजको महिलाको पक्षमा उभिनुहुन्छ कि पुरुषकोमा भन्ने  हो । दलितको पक्षमा उभिनुहुन्छ कि गैरदलितकोमा भन्ने हो । अहिले नेकपामा मान्छे द्विविधामा छन् – कता उभिने, कता उभिने !
अनि जता फाइदा हुन्छ, त्यतै उभिने खालको अवस्था छ । यो वैचारिक अस्पष्टता डरलाग्दो छ । कता उभिने– घुँडा टेक्नेतिर कि टेकाउनेतिर ? (मैले घुँडा टेक्ने भनेर सांकेतिक भनेको हुँ । व्यक्तिगत होइन ।) दुनियाँले बुझ्ने भएकाले उदाहरण दिएको हुँ ।
हाम्रो बोलीवचनमा अहंकार हुर्कँदै गएको छ । यी सबै कुरा थाम्न नेतृत्व दिनप्रतिदिन अलोकतान्त्रिक हुँदै गएको छ । माथि बस्ने र माथि जो पुग्यो त्यसले निर्णय गर्ने पद्दति बनेको छ । तल कमिटी, छलफल र प्रजातान्त्रिक अभ्यासको कुरै हुन छाडेको छ । यस्ता विषय छलफलसमेत हराउँदै गएको छ ।
गुटबन्दीतर्फ विषयहरू अगाडि बढेका छन् । दलाल पुँजीवादतर्फ अगाडि जाँदै गरेको छ । नयाँ वर्ग निक्लँदै गरेको र असैद्धान्तिक हुँदै गरेको छरपस्ट अवस्था छ । यस्तोमा पार्टीलाई केवल तानाशाहीले अलोकतान्त्रिक लाठीडण्डाले मात्र चलाउन सक्छ । किनभने हामी तर्कसंगत ढंग, विचार र सिद्धान्तमा चल्न छाडिसकेका हुन्छौं । पार्टी अनुशासनले पनि चल्दैन । किनभने अनुशासन त खास उद्देश्य प्राप्तिका लागि बनाइएको विधिगत व्यवस्था हो । जब खास उद्देश्यलाइ नै कमजोर पारिन्छ, त्यहाँ कस्तो अनुशासन खोज्ने ?
नेकपा अहिले लठिभद्र भएको छ । कमजोरी यहाँनेर छ ।
चुनौती सामना गर्ने कसरी ?
पहिलो, वैचारिक रूपमा पार्टी स्पष्ट हुनुपर्छ । माथि उठाइएका प्रश्नमा पार्टीले कहाँ उभिने भन्ने टुंगो गर्नुपर्छ । जुन अहिले टुंगो भएको छैन । यसमा नेतृत्वले बोल्नुपर्छ । आजका वैचारिक प्रश्न के–के हुन् ? हामीले प्रष्ट पार्नुपर्छ ।
सामान्यतः विधिले काम गर्न छाडेपछि चाकरीले काम गर्छ । विचार भनेको चाकरी हुन्छ । यस्ता विषयबाट मुक्त हुने हो भने हामी वैचारिक रूपमा कहाँ उभिने प्रष्ट हुनुपर्छ । यसलाई खगेन्द्र प्रसाईंले ‘लेफ्टाइजिङ द लेफ्ट’ भन्नु भएको छ । अर्थात् वामपन्थको वामपन्थीकरण आवश्यक छ । किनभने मान्छे हामीले समाजवाद ल्याउँछौं भनेर साथ लागेका छन् । त्यसैले हामीले यो पल्टनलाई ‘वामपन्थीकरण’ गर्नुपर्छ ।
कहाँ उभिने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिनुपर्छ । यो लामो कुरा पनि होइन । यस्ता सात/दश वटा प्रश्नमा जवाफ मात्र दिए पनि ‘नयाँ क्रान्ति’ सुरू हुन्छ । त्यसो गर्न नेतृत्व स्वयं तयार हुनु पर्छ । अहंकार र सत्ताको मोजमस्तीबाट ऊ निक्लनु पर्छ । सम्पूर्ण सत्तालाई क्रान्तिका लागि अवसरका रूपमा लिनु पर्छ । यो मेरा लागि खाने अवसर हो भन्नुहुन्न । मैले भन्ने गरेको छु– कांग्रेसको पालो थियो कांग्रेसले खायो । राजाको पालामा राजाले खाए । तिनकै ठाउँमा म आएपछि भौकै बस्छु ? भन्ने अहंकारले हुन्न । 
त्यसैले वैचारिक रूपमा वामपन्थीकरण हुनु वाञ्छनीय छ । अर्कोतर्फ राष्ट्रिय पुँजीको निर्माण कसरी हुन्छ भन्ने विषयमा तल्ला कमिटीमा समेत छलफल गर्ने लोकतान्त्रिक परिपाटी हुनुपर्छ । पार्टी कमिटीका साथीहरू सोध्छन् – कसरी सैद्धान्तिक बनाउने हो ? मैले जवाफ दिने गरेको छु– बैठकको अजेण्डा सैद्धान्तिक बनाए त पुगिहाल्यो नि ।
हाम्रा अहिलेका बैठकमा टिकट दिने, ठेक्कापट्टा कसलाई दिने र आफूभन्दा तल्ला कमिटीलाई गुटकरण कसरी गर्ने भन्नेबाहेकका अजेण्डामा छलफल भएका छैनन् । कहिल्यै हाम्रो शिक्षा कस्तो हुन्छ, स्वास्थ्यको नीति कस्तो हुन्छ, कसरी गरिबी हटाउँछौं, कसरी रोजगारी श्रृजना गर्छौं, कसरी महिला र पुरुष समान हुन्छन्, कसरी विभेद अन्त्य गरिन्छ भन्ने विषयमा छलफल गरेनौं ।
दलित÷गैरदलित, जाति÷जनजाति÷मधेसी÷पहाडी एकतालाई समानताका आधारमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने हरेक कमिटीको अजेण्डा हुनुपर्छ । हाम्रो विदेश सम्बन्ध कस्तो भयो भने रोजगारी श्रृजना हुन्छ भन्ने अजेण्डा कमिटीमा हुनुपर्छ । त्यसलेमात्र सैद्धान्तिक पार्टी बन्ने प्रक्रिया सुरू हुन्छ । त्यसले मात्र राजनीतिक र कार्यक्रमिक क्षेत्रमा सरकारलाई लोकप्रिय बनाउन सक्छ । सबै जनताले यो सरकारका वरिपरि ¥याली गर्ने कुरा राजनीतिक र सांगठनिक रूपमा चुनौती हो । लोकतान्त्रिक स्थिरताका प्रश्नमा कहीँ न कहीँ कांग्रेससँग पनि स्पेश बाँकी राख्नुपर्छ । यो सरकारलाई सबैको सरकार हो भन्ने हिसाबले राजनीतिक रूपमा अगाडि बढाउनु पर्छ । 
कार्यक्रमिक हिसाबले यो सरकारले बनाएको बजेट, नीति तथा कार्यक्रम, राज्यले खर्च गर्ने पैसाले, विदेश सम्बन्धले र आन्तरिक नीतिले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ । साथै यी कार्यक्रमले  समाजवादको तयारी गर्नेछ भन्ने ग्यारेन्टी गर्नुपर्छ । बजेट यी छलफलका आधारमा राष्ट्रिय पुँजी निर्माणका लागि बन्नु पर्दछ । सबै मन्त्रालय त्यस दिशामा जानुपर्छ । अहिले हरेक मन्त्री राष्ट्रिय पुँजी निर्माणमा कति लागेका छन् ? समाजवादको तयारीमा कतिको लागेका छन् ? यसमा मानक बनाएर गयौं भने मात्रै हामी अगाडि बढ्न सक्छौं ।
अन्त्यमा, संगठनका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने लोकतान्त्रिक संगठन पनि चाहिन्छ । यस्तो संगठनमा हरेक मान्छे कमाएर खाने र राज्यलाई कर तिर्ने हुनुपर्छ । जनता करप्रति जागरूक र सजग रहन्छन् । जब मैले तिरेको कर समाजवाद निर्माणमा गयो कि गएन भन्ने हेर्छन् । राष्ट्रिय पुँजी निर्माणमा गएको छ कि छैन भन्नेमा हरबखत सचेत हुन्छन् । तबमात्र सशक्त र लोकतान्त्रिक संगठन निर्माण हुन्छ । माथिबाट थोपरेर हुँदैन ।
आफ्नो विषयमा निर्णय गर्न हरेक कमिटीले पर्याप्त स्वतन्त्रता र लोकतान्त्रिक स्पेश प्राप्त गर्नुपर्छ । यस्तो अवस्थामा मात्रै हामी अगाडि बढ्न सक्छौं ।
(नेकपा स्थायी समिति सदस्य भुसालले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)
— सेतोपाटी अनलाईनबाट


लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. ‘हामी जे बन्न सक्थ्यौं त्यो वन्नका लागि अझैं कत्ति पनि ढिला भएको छैन ।” भन्ने बिचारक को    हुन् ? — जर्ज ईलियट 
२. अन्तराष्ट्रिय श्रम संगठन (International Labour Organization-ILO) को प्रधान कार्यालय कहाँ छ ?  — जेनेभा
३. राष्ट्रपति बिद्यादेवी भण्डारी पोल्याण्डमा आयोजित जलबायु परिवर्तनसम्वन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) सन् २०१८ डिसेम्वर २–१४) मा सहभागी हुने सन्दर्भमा कहिले जानु भयो ? 
— बि.सं. २०७५ मंसिर १५ (मंसिर २० गते फर्किनु भएको) 
४. नेपाल र कम्वोडियाबीच द्विपक्षीय हवाई सम्झौता कहिले भयो ? 
— बि.सं. २०७५ मंसिर १३ (सन् २०१८ नोभेम्वर २९) 
५. महिला साफ च्याम्पिएनसीप फुटवल प्रतियोगिताको पाँचौं संस्करण कहिले र कहाँ हुने भएको छ ? 
— बि.सं. २०७५ फागुन २८–चैत्र ८ (सन् २०१९ मार्च १२–२२, बिराटनगर (नेपाल) 
६. जर्जियामा सन् २०१८ नोभेम्वरमा सम्पन्न निर्वाचनमा त्यहाँको पहिलो महिला राष्ट्रपतिका रुपमा चयन हुन सफल महिला नेतृ को हुन् ?  — सालोम जुरा बिशभिली 
७. “राजनीति एउटा बिज्ञान हो, जसको उपयोग मानिसको कल्याणका लागि हुनुपर्छ ।” भन्ने बिचारक को हुन ?   — अरस्तु 
८. सरकारले सवै क्षेत्रका श्रमिकलाई लागु हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?   — बि.सं. २०७५ मंसिर ११ 
९. पेट्रोलियम निकासीकर्ता मुलुकको संगठन (ओपेक) बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ? 
— कतार 
१०. बि.सं. २०७५ मंसिर १७ देखि पौष १५ सम्म ललितपुरमा आयोजति पारा राष्ट्रिय खेलकुद् च्याम्पियनसीपमा कति खेल समावेश छन् ?  — १८ 
११. बिश्व एड्स दिवस कहिले मनाईन्छ ?    — डिसेम्वर १
१२. मंगलग्रहको भित्री बनोटवारे अध्ययन गर्ने योजनाका साथ सन् २०१८ मे मा प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष यान ईन साईट मंगलग्रहको सतहमा कहिले अवतरण भयो ? 
— सन् २०१८ नोभेम्वर २७ 
१३. अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डव्लु वुसको निधन कहिले भएको हो ? 
— सन् २०१८ नोभेम्वर ३० 
१४. नेपालमा हाल एचआईभी÷एड्स संक्रमितको संख्या कति रहेको अनुमान छ ? — ३१ हजार 
१५. ९०–९०–९० रणनीति केसंग सम्वन्धित छ ?  — एड्स रोग 
(युएन एड्स लगायत बिभिन्न संस्थाले एड्सबिरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी संक्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाह पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधी उपचारको वारेमा पहुँच हुने र औषधी उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा संक्रमण नियन्त्रण गर्ने लक्ष निर्धारण गरिएको ।)
१६. सरकारले नेपाल खाद्य संस्थानमा कुन संस्था समेटी राष्ट्रिय आपुर्ति कम्पनी वनाउने निर्णय गरेको   हो ?  — नेसनल ट्रेडिङ लिमिटेड 
१७. ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नाराका साथ सरकारले आ.व. २०७५÷०७६ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गरेको हो ?  — बि.सं. २०७५ जेठ ७ 
१८. नेपाली भाषामा निर्मित पहिलो चलचित्र ‘सत्य हरिशचन्द्र’ हो भने नेपालमा वनेको पहिलो चलचित्र कुन हो ?   — आमा 
१९. अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस कहिले मनाईन्छ ?   — डिसिम्वर ७ 
२०. राष्ट्रिय जलवायु सम्मेलन् २०७५ कहाँ आयोजना गरिने भएको छ ? 
— सिन्धुपाल्चोकको गुफाडाडाँ (बि.सं. २०७५, पुष १६–१८) 
२१. मिस वल्र्डको उपाधी जित्ने सुन्दरी को हुन् ?   — भेनेसा पोन्स डी लियोन (मेक्सिको) 
२२. नेपालको कुन गाउँलाई किवी गाउँका रुपमा घोषणा गरिएको छ ?  
— थुलुङ, दुघकोशी गाउँपालिका 
२३. मानव बेचविखन तथा ओसार पसार बिरुद्धको राष्ट्रिय दिवस कहिले मनाईन्छ ?   — भाद्र २० 
२४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ? 
— “समृद्ध मुलुकका लागि स्वस्थ नागरिक”
२५. कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति बिद्यादेवी भडारीद्वारा कहिले प्रमाणिकरण भयो ? 
— बि.सं. २०७५ मंसिर २३ 
२६. शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले कति बर्षे शिक्षा रणनीति तयार गरेको छ ? — २५ बर्षे 
२७. बिश्व बैङ्कद्वारा सन २०१८ डिसेम्वरमा सार्वजनिक प्रतिवेदन अनुसार बिदेशबाट आफ्नो देशमा पैसा पठाउने मामिलामा सवैभन्दा अग्रस्थानमा रहेको राष्ट्र कुन हो ?  — भारत 
२८. डा. अम्वेडकर अन्तराष्ट्रिय अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली राजनीतिज्ञ को हुन् ? 
— युवा तथा खेलकुद् मन्त्री जगतवहादुर बिश्वकर्मा 
२९. परेवालाई शान्तिको प्रतिक मानिन्छ भने हाँसलाई के को प्रतिक मानिन्छ ?
— न्याय (ढुकुरलाई प्रेमको प्रतिक मानिन्छ) 
३०. हाल बिम्स्टेकको महासचिव रहेका सहिदुल ईस्लाम कुन देशका नागरिक हुन ? — वंगलादेशका

साहित्य/सिर्जना 

भित्ते पात्रो

कसले भन्छ हँ 
निर्जिवमा प्राण हुँदैन भनेर ?
सबैलाई तिथि मिति याद गराउने
एउटा निर्जिव भवनको
निर्जिव भित्तामा 
फाँसी पाएर
घाँटी लट्िकरहेको 
भित्ते पात्रोलाई 
जब म
भित्री कुना
अनि बाहिर आँगनदेखि 
नियाल्छु उसलाई 
लाग्छ मेरो पात्रताको
प्रत्येक पत्र पत्रहरुको
हिसाब किताब गरिरहेछ
पुष्पा जोशी “काली”
धनगढी, कैलाली

स्वतन्त्रता

मैले मेरा आँखालाई छलेर
सुटुक्क अर्कातिर नियाँले
कानले नसुन्ने गरी
साउती गरेर भने
हेर आज म
कति स्वतन्त्र छु
यी दुवै आँखाले
मलाई सताउनसम्म
सताएका थिए
उनीहरुले डो¥याएको दृश्यमात्र
हेर्न विवश थिएँ
उनीहरुले मन पराएकालाई
राम्रो भन्नु पथ्र्यो
रमेको अभिनय गर्नु पथ्र्यो ।
यी कानले कैदी बनाएका थिए
मसम्म आउन नदिई
भँगालो फटाएर आवाजहरुलाई अर्कैतिर
मोडिदिएका थिए
विना रोकटोक आवाजलाई
मेरो मष्तिष्कसम्म पुग्न
कहिलै दिएनन्
सोच्न र स्वरको रश्वादन गर्न
अँह कहिलै पाइन ।
मन पर्ने धुनमा रमेर
कहिलै आनन्दित बन्न पाइन
तर आज बल्ल
यिनीहरुलाई छक्याएर
रमणीय दृष्यको
बे रोकठोक अवलोकन गर्दै छु ।
खुल्ला आकाशमा
स्वतन्त्र उड्ने चरी झैं
वादलका थुँगाहरुमा
कावा खाँदै
आफैं हराउँदै र
भेटिंदै गर्ने रहरहरु
पूरा भएका छन्
मेरा अझै बाँच्ने जीजिबिषाहरु
बढेका छन् ।
सुरेन उप्रेती

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷८÷२५          
        जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.५ स्थित कि.नं.१३१० को जग्गा दिपायल सिलगढी नगरपालीका वडा नंं.५ बस्ने शालीभान कसाईको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि शालीभान कसाईको मितिः(२०४५ सालमा अविवाहीत अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि शालीभान कसाईको शेषपछिकको हकदार एकमात्र कान्छा बुबा नाता पर्ने गंगा वहादुर कसाई मात्र भएको हुदा मृतक शालीभान कसाईको उल्लेखित पुरै जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनि डोटी दि.सि.न.पा.८ नं.वडा कार्यालय डोटीको च.नं.१६४ मिति ः २०७५÷८÷१६ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.८ बस्ने गंगा वहादुर कसाईले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक शालीभान कसाईको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷८÷२५          
        जिल्ला डोटी शिखर नगरपालीका वडा नंं.९ साविक जिजौडामाण्डौ गा.वि.स.वडा नंं.६ स्थित कि.नं.९, १७, ८२, ८५, ९१, १९८, २०७, २२०, २२८, ४२६, ४२८, ४५२, ५२३ र ऐ.वडा नं.७ स्थित कि.नं.४६९ को जग्गा शिखर नगरपालीका वडा नंं.९ बस्ने नन्दराम रास्याराको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि नन्दराम रास्याराको मिति ः २०५१÷५÷१५ मा र निजको हकदार पत्नि नन्दादेवि रोस्याराको मिति ः २०५०÷६÷१९ मा निःसन्तान मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि नन्दराम रास्याराको शेषपछिकको हकदार भाई हरी रोस्याराको मिति ः २०६२÷४÷२७ मा मृत्यु भईसकेकोले मृतक जग्गाधनिको शेषपछिको हकदार धर्मादेवि रोस्यारा, चन्द्रादेवि रोस्यारा, कामदेव रोस्यारा, रैभान रोस्यारा, देवदत्त रोस्यारा मात्र भएको हुदा मृतक नन्दराम रास्याराको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनि डोटी शिखर न.पा.९ नं.वडा कार्यालय डोटीको च.नं.६४ मिति ः २०७५÷८÷१० को किटानी सिफारीस पत्र, मृतक समेतको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी शिखर नगरपालीका वडा नंं.९ साविक जिजौडामाण्डौ वडा नं.६ बस्ने धर्मादेवि रोस्यारा, चन्द्रादेवि रोस्यारा, कामदेव रोस्यारा, रैभान रोस्यारा, देवदत्त रोस्याराले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक नन्दराम रास्याराको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना   द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷९÷१
            जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका साविक वडा नं.३ स्थित कि.नं.४०० को जग्गा सेतुमानको नाती गंगारामको छोरा रतन वहादुर सोबको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि रतन वहादुर सोबको मिति ः २०६४÷२÷२३ मा र निजको हकदार एकमात्र पत्नि गौरीदेवि सोबको मिति ः २०७०÷९÷१ मा मृत्यु भएकोले शेषपछिको हकदार दुईजना छोरा विनोद सोब र   नरेश सोब मात्र भएको मा नरेश सोबले मालपोत कार्यालय डोटीमा स्वयं उपस्थित भई आप्mनो पुरै हकभोग विनोद सोबको नाउँमा छोडीदिएको हुदा मृतकको नाउँको उल्लेखित दि.सि.न.पा.वडा नं.३ स्थित कि.नं.४०० को पुरै जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ साथै हकदार छोरा विनोद सोबको नेपाली ना.प्र.प.मा बाबुको नाम पतिराम सोब भएको र मृतक जग्गाधनिको नाउँको जग्गाधनि प्रमाण पत्रमा जग्गाधनिको नाउँ रतन वहादुर सोब हुन गई मृतक बाबुको नाम फरक परेको भएता पनि पतिराम सोब र रतन वहादुर सोब नाम गरेको व्यक्ति फरक फरक व्यक्ति नभई एउटै व्यक्ति भएकोे भनि मृतकको नाउँको जग्गाधनि प्रमाण पुर्जा, हकदार नरेश सोबले गरिदिएको मन्जुरीनामा, दिपायल सिलगढी नगरपालीका ६ नं.वडा कार्यालयको च.नं.२६९ मिति ः २०७५÷७÷१३ को किटानी सिफारीस पत्र, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणीत, नेपाली ना.प्र.प., मालपोत बुझाएको रसिद, आदी प्रमाणहरु साथै      राखी विनोद सोवले मालपोत कार्यालय, डोटीमा मिति २०७५÷५÷२७ मा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निजको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए वा अन्य हकदार भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएको सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी  गराईन्छ ।

Tuesday, December 11, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर २५ गते मंगलवार

“खुलेर बोलौं, बिभेद राकौ”
‘महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं, 
दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

खुल्ला बहसमा यसरी पोखिए महिलाहरुका पीडा

रामहरी ओझा/डोटी
मंसिर २३
दिपायल सिलगढी नगरपालिका–७ की एक महिलाले आफुलाई श्रीमान्ले घरभित्र प्रवेश गर्न समेत नदिने गरेको बताईन् । करीव ६० बर्ष उमेरकी ति महिलाले भनिन् ‘मलाई देख्ने बित्तिकै कुट्न थाल्छन्, एक पटक प्रहरीमा उजुरी पनि गरेँ, प्रहरीले मिलापत्र गरेर पठायो तर फेरी उस्तै गर्दैछ ।’ उनले आफु अर्काको घरमा बस्न गएपछि उनलाई पनि श्रीमान्ले गाली गर्ने गरेको वताईन् । आफु रुखमुनी रात बिताउन वाध्य भएको उनले पीडा सुनाईन ।
जवाफमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ति महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गरे । उनले भने ‘तपाई प्रहरीमा आएर उजुरी दिनुहोस्, हामी उनी बिरुद्ध मुद्धा    चलाउँछौं ।’
दिपायल सिलगढी नगरपालिका–८ कि ६१ बर्षीया बासु महराले प्रश्न गरिन् ‘मेरो श्रीमान्को उहिल्लै मृत्यु भयो, उहाँको पनि नागरिकता बनेको थिएन, मेरो न बिहे दर्ता छ न नागरिकता छ, न श्रीमान्को नागरिकता छ । नागरिकता बनाउन जाँदा हुँदैन भनेर फर्काई दिए । नागरिकता नभएका कारण मैले सरकारबाट पाउने भत्ता पनि पाएको छैन, अव मैले नागरिकता नपाउने हो त ?’ 
जवाफमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी भन्छन् ‘हरेक नेपाली नागरिकले नागरिकता पाउँछ, तपाईले पनि पाउनु हुन्छ । त्यसका लागि वडा कार्यालयमा जानुहोस्, यस्ता व्यक्तिहरुले कसरी नागरिकता पाउने भन्ने नीतिगत पाटो छ, तपाई नागरिकता पाउनु हुन्छ ।’
दिपायल सिलगढी नगरपालिका–४ कि सुनिता रिजालको गुनासो थियो ‘म एक वहालवाला सैनिक जवानसंग प्रेम विवाह  गरेर आएँ, तर उनको परिवारले अस्वीकार गरेपछि उनले पनि मलाई छोडिदिए । म गर्भवती छु भन्दा उल्टो अर्कोको पेट बोकेर मेरो पछि लागेकी भन्ने आरोप लगाए । मैले नाता कायमका लागि अदालतमा मुद्धा लडेँ, डिएनए परीक्षण भयो र सकारात्मक पनि देखियो । अदालतले नाता कायम भएको फैसला समेत ग¥यो, तर त्यो फैसला कार्यान्वयन भएको छैन । अव मैले कुन अग्नी परीक्षा दिनु पर्ने हो न्याय पाउनका लागि ?’ 
जवाफमा जिल्ला न्यायाधिवक्ता पूर्णवहादुर केसीले भने ‘यदि फैसला कार्यान्वयन भएको छैन भने अदालतमा तहसिल शाखा छ, त्यो शाखामा गएर तपाईले निवेदन दिनु होला, फैसला कार्यान्वयन हुन्छ । अदालतको फैसला कार्यान्वयन हुँदैन भन्ने छैन । 
सुरक्षित अल्पकालीन जिल्ला सेवा केन्द्रकी संयोजक देवकी बोहराले आफ्नो पीडा यसरी सुनाईन् ‘महिलामाथी हिंसा भएको भने पीडित महिलाले लिखत वा मौखिक रुपमा प्रहरी समक्ष उजुरी दिन सक्ने व्यवस्था छ, तर प्रहरीले पीडितलाई वकिलबाट लेखाएर ल्याउनु भन्दै थप पीडा दिईरहेको छ, यसमा सुधार कहिलेसम्म हुन्छ ? जवाफमा प्रहरी उपरीक्षक माझीले भने ‘पीडितले मौखिक रुपमै पनि उजुरी दिन सक्छन तर कहिलेकाँही प्रहरीमा भनेको कुरा अदालतमा गएर मैले भनेको होईन भन्ने गरेको पनि पाईएको हुँदा हामीले भरसक वकिलबाटै लेखाएर ल्याउनुहोस् भनेका हौं । हामी मौखिकै उजुरी पनि लिन्छौं, पीडितले दिन सक्छन् ।’ 
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा दिपायल सिलगढी नगरपालिकाद्वारा आयोजना गरिएको “महिला हिंसाका सवालमा खुला वहस” मा सहभागि महिलाहरुले सरोकारवाला व्यक्तिहरुलाई आफ्ना पीडा पोखेका छन् । पीडा पोख्ने महिलाहरु अधिकांशले आफ्नो समस्यासंगै रक्सीका   कारण आफुहरु घर परिवार र समाजमा असुरक्षित भएको सुनाईन । गाउँमा हुने विकास निर्माणका कामहरुमा महिलाहरुको न्यून सहभागिता  गराउने गरेको गुनासोको साथसाथै रक्सी वन्द गर्नु पर्ने माग राख्छिन् दिपायल सिलगढी नगरपालिका–५ कि सुनिता परियार । उनले प्रश्न गरिन् ‘रक्सी वन्द गर्नका लागि हामीले कुन बाटो जानु पर्छ ?’ 
सुनिताको जस्तै पीडा थियो वडा नं. १ कि बिष्ना साउँदको पनि । ‘मेलापात जान पनि डर लाग्छ, बाटोमा मदिरा सेवन गरेका मान्छे भेटिन्छन्, के पो गर्छन भन्ने डर लाग्छ । उनले रक्सी बन्द गर्नका लागि ठोस् पहल गर्न नगर प्रमुखलाई आग्रह समेत गरिन । 
जवाफमा नगर प्रमुख मञ्जु मलासीले महिलाहरुलाई एकजुट भएर मदिरा बिरोधी अभियानमा लाग्न आग्रह गरिन् । ‘मदिरा बेच्ने ईजाजत पत्र दिएर नगरपालिकाले धनी बन्नु छैन’ मलासीले भनिन् ‘म नगर प्रमुख भएदेखि नै मदिरा नियन्त्रणका लागि पहल गरिरहेकी छु, केही ठाउँमा सुधारमा पनि भएको छ ।’ उनले महिला दिदिवहिनीहरुलाई घरेलु हिंसाको प्रतिवाद गर्न समेत आग्रह गरिन् । उनले थपिन् ‘म पनि महिला हुँ, तपाईहरुले जिताउनु भयो र म आज नगर प्रमुख भएकी छु, तपाईहरु पनि म जस्तै साहस गर्नुहोस, म तपाईहरुको साथमा छु । 
दिपायल सिलगढी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा बिविध कार्यक्रमहरु आयोजना गरेको छ । लैङ्गिक हिंसा    न्यूनिकरणका लागि बिभिन्न   सरोकारवाला निकायहरुसंग समन्वय बैठक, वडा–वडामा महिलाहरुसंग अन्तरक्रिया कार्यक्रम, बिद्यालयस्तरमा चेतनामुलक कार्यक्रम लगायतका कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरेको नगरपालिकाकी महिला तथा बालबालिका ईकाई प्रमुख सोहना जोशीले जानकारी दिईन ।
अभियानका क्रममा बालविवाहका घटनाहरुमा बढ्दै गएको, महिलाहरुको सम्पत्तिमाथी पहुँच नभएको, उपभोक्ता समितिमा महिलाहरुलाई नाममात्रको सहभागिता गराउने गरेको महिलाहरुका गुनासा आएका छन् । 

सम्पादकीय 

कमजोर लोकतान्त्रिक अभ्यास

लामो समयसम्मको राजनीतिक अभ्यासपछि पनि नेपालका ठुला राजनीतिक दलहरुले बलियो लोकतान्त्रिक अभ्यास गर्न सकेका छैनन् । लोकतान्त्रिक मुलुकमा सत्ता पक्ष र प्रमुख विपक्ष दलको लोकतान्त्रिक अभ्यासले व्यवस्थालाई संस्थागत गर्छ । प्रतिपक्षको रचनात्मक आलोचनाले सत्तापक्षले कुनै गलत हर्कत गर्न पाउँदैन र प्रतिपक्षको रचनात्मक आलोचनालाई सत्तापक्षले आत्मसात     गर्छ । तर नेपालमा न त सत्ता पक्ष नै गतिलो भयो न प्रतिपक्ष नै रचनात्मक बन्न सक्यो । 
यो आजका सत्ता पक्ष र प्रतिपक्षको कुरा मात्रै होईन, २०४६ सालको राजनीतिक परिवर्तनपछि लोकतान्त्रिक वा प्रजातान्त्रिक भनिएका जति पनि सरकारहरु बने सवैको समस्या एउटै देखियो । प्रतिपक्षमा हुने बित्तिकै सत्तापक्षको खुट्टा तान्नु पर्ने बाहेक अर्को कुनै रचनात्मक काम प्रतिपक्षहरुले गरेनन् । सत्तापक्षले पनि प्रतिपक्षका आवाजहरु सुन्ने, सम्वोधन गर्ने वा सफाई दिने कुनै काम गरेन । सधैंभरी एकअर्काका बिरोधी मात्रै बनिरहे र अहिले पनि एकअर्काका बिरोधी नै छन् । 
अहिले सत्तारुढ दल नेकपाभित्रै सत्ता पक्ष र प्रतिपक्ष भएका छन्, पार्टीभित्रै बैठक बस्नै नसक्ने अवस्था देखिएको छ । लामो समयसम्म बैठक बस्न नसक्दा कतिपय राष्ट्रिय महत्वका विषयमा शीर्ष नेतृत्वको सल्लाह÷सुझाव पाउनबाट सरकारको नेतृत्व वञ्चित भएको देखिन्छ । उता प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारका गतिबिधिहरुको सुक्ष्म अध्ययन गर्ने फुर्सद् छैन । आन्तरिक विवादले थलिएको कांग्रेसले न आफुलाई लोकतान्त्रिक बनाउन सक्यो, न आफु लोकतन्त्रको हिमायती हुँ भन्न नै छोड्यो । आफु सत्तामा हुँदै सधैं लोकतन्त्र दिगो देख्ने तर आन्तरिक विवादका कारण सत्ता गुमेको हिसाव किताव नगर्ने कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छ भन्ने लाग्दैन । 
एकातिर दुईतिहाईको दम्व भएको सत्ता पक्षभित्रै अन्तरकलह बढ्नु, सरकारका कामकारवाहीप्रति सत्तापक्षबाटै आलोचना बर्षिनु, शिर्ष नेताहरुद्वारा पार्टीकै बैठक बहिस्कार हुनु अर्कोतर्फ गत आमनिर्वाचनमा सरकार बनाउन नसके पनि दह्रो प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले सरकारलाई सही बाटोमा हिँडाउन सक्ने अपेक्षा विपरीतको अवस्थामा देखिनुले देशमा लोकतन्त्रको सही अभ्यास हुन सकेन भन्ने कुरालाई पुष्टी गर्छ । कांग्रेसले आफूलाई सुधार्ने र सरकारलाई सही बाटो देखाउने ‘सुनौलो अवसर’ अहिले गुमाइरहेको देखिएको छ । एकोहोरो रुपमा आलोचना मात्रै गर्ने, सत्तापक्षका नेताहरुलाई कालो झण्डा देखाउने र सामाजिक सञ्जालमा सत्तोसराप गर्ने बाहेक नेपाली कांग्रेससंग अहिले कुनै ‘पोलिटिकल जव’ छैन । 
सरकारले एकपछि अर्को गल्ती गरिरहेको अवस्थामा प्रतिपक्षले रचनात्मक आलोचना मार्फत सरकारलाई खवरदारी गर्नु पर्ने हो । ‘छायाँ सरकार’ को अभ्यास गर्ने भन्दै बिभिन्न स्थानीय तहमा छाया सरकारको घोषणा समेत गरेको कांग्रेसले न त ति छाया  सरकारहरुको भुमिका स्पष्ट पार्न सक्यो, न स्वयंको भूमिका स्ष्ट गर्न सक्यो । स्थानीय सरकारका तमाम कमजोरी र संघीय तथा प्रदेश सरकारका कामबारे कांग्रेसले निकटबाट अनुगमन गरी सही दृष्टिकोण सार्वजनिक गर्न सकेको खण्डमा सर्वसाधारणले अर्को निर्वाचनका बेला कांग्रेसलाई मूल्यांकन गर्न सक्ने अवस्था आउन सक्थ्यो । कांग्रेससंग यो हिम्मत पनि देखिएन ।
वा भनौं, कांग्रेससंग अहिले कुनै राजनीतिक एजेण्डा छैन । प्रतिपक्षको अभ्यास कसरी गर्ने भन्ने बिषयमा नै कांग्रेस अल्मलिएको अवस्थामा देखिन्छ । जनता सरकारका काम कारवाहीप्रति सन्तुष्ट नहुनु र सत्तापक्ष स्वयंभित्र पानी बारावारको अवस्था सृजना हुनु नेपाली कांग्रेसका लागि ठुलो ‘पोलिटीकल अपर्चुनिटी’ हो तर के गर्नु ! ‘देशकै पुरानो लोकतान्त्रिक पार्टी हुँ’  भनेर दम्व गर्नु वाहेक लोकतान्त्रिक अनुभवै नभएपछि यस्तै हुने हो ।

थप समाचार 

८५ बर्षीया बिष्ना भन्छिन् ः महिलाण्हरु पृथ्वी हुन

“पृथ्वीमा हलो चलाईन्छ, ठुलठुला संरचनाहरु वनाईन्छ, सुरुङ्ग वनाईन्छ तर पनि पृथ्वीले हामी सवैलाई बाँच्ने आधार   दिन्छ । महिलाहरु पनि त्यस्तै हुन, महिलाहरुमाथी जति हिंसा गरेपनि उनीहरुसंग सहनशीलता छ, माया छ, त्यसैले हत्तै प्रतिवाद गर्दिनन् ।” 
दिपायल सिलगढी नगरपालिका–१ सिरखोली सैनकी बिष्नादेवी साउँद उमेरले ८५ बर्षकी भईन् । तर, उनी अहिले पनि सामाजिक क्रियाकलापमा सक्रिय छिन् । महिलाहरुलाई सफा सुग्घर हुने गर्ने, घर आँगन सफा राख्नु पर्ने, बारीमा तरकारी लगाउनु पर्ने चेतनामुलक सन्देशहरु उनी घरघरमा गएर दिन्छिन् । ‘छोराछोरीलाई बिद्यालय पठाउ, समाजमा झै–झगडा नगर, एकले अर्कोलाई सहयोग गर भन्छु, तिनिहरु मान्दैनन्’ बिष्ना भन्छिन् ‘पहिले भन्दा त अहिले धेरै सुधार भएको छ तर पनि अझैं धेरै सुधार गर्न बाँकी छ ।’ 
सामाजिक परिवर्तनका लागि सक्रिय बिष्ना महिलामाथी हुने हिंसाका थोरै घटना मात्रै बाहिर आउने गरेको बताउँछिन् । महिलाहरुमा भएको सहनशीलताका कारण नै अधिकांश घटनाहरु घरभित्रै रहने उनको भनाई छ । ‘महिलाहरु कमजोर भएर वा थाह नभएर घटनाको उजुरी नगर्ने होईनन्, अहिलेका महिलाहरुले धेरै कुरा बुझेका छन् र उजुरी गर्ने हिम्मत पनि राख्छन्’ बिष्ना भन्छिन् ‘तर महिलाहरु सहनशील छन् र उनीहरुलाई परिवार र समाजप्रतिको माया छ, त्यसैले बरु सहन्छन्, प्रतिवाद गर्दैनन् ।’ 
९ बर्ष अघि श्रीमान् दलुवा साउँदको निधन भएपछि एक्लै बनेकी बिष्नाले ५९ बर्षसम्म दाम्पात्य जीवन बिताईन । ‘झगडा त हामी दुईबीच पनि धेरै पटक भयो तर उहाँले मलाई कहिल्लै कुट्न् भएन, एकपटक भनाभन हुन्थ्यो फेरी एकछिनमै मिलचाल हुन्थ्यो’ १७ बर्षको उमेरमा एक अपरिचित पुरुषसंग बिवाह गरेकी बिष्ना महिलामाथी घरेलु हिंसा हुनुमा महिलाहरु स्वयंको पनि दोष देख्छन् ।’ उनी थप्छन् ‘एउटै अगेनोमा लाएका दाउरा त ठोसठास भईहाल्छ नि !’ केही महिलाहरुले आफ्नो श्रीमान्संग अनावश्यक कचकच गर्ने, संका गर्ने गरेका कारण पनि हिंसाका घटना हुने गरेका वताउँछिन् ।
पछिल्लो समय बढिरहेका सम्वन्ध बिच्छेद्का घटनाहरुप्रति बिष्ना निकै चिन्तित् छन् । ‘सानो कुरामा बिवाद सुरु हुँदै सम्वन्ध बिच्छेद्को तहसम्म पुग्न थालेको छ’ महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा दिपायल सिलगढी नगरपालिकाले सिरखोली सैनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भेटिएकी बिष्ना भन्छिन् ‘सम्वन्ध बिच्छेद् गरेका महिला पुरुषले त अर्को बिहे गर्लान् तर तिनीहरुका सन्तानको अवस्था के हुने ? यसले परिवारमा कस्तो प्रभाव पर्छ भन्ने ख्याल गर्दैनन् ।’ उनी अचेल महिलाहरुले आफ्नो सहनशीलता गुमाएको आरोप लगाउँछिन् ।  
महिलाहरुमाथी हुने हिंसाका अधिकांश घटनाहरुको जरिया मदिरा हुने गरेको उनी बताउँछन्, भन्छिन् ‘श्रीमान् रक्सी खाएर घर आउँछ, दिनदिनै रक्सी खाएर आउने भन्दै श्रीमतीले कचकच गर्छन् अनि हिंसा सुरु हुन्छ ।’ उनी रक्सी बन्द गर्नु पर्ने बताउँछिन् । उनी थप्छिन् ‘रक्सी वन्द गर्नका लागि मैले धेरै पटक प्रयास गरेँ, केही समय बन्द पनि भयो तर फेरी सुरु भईहाल्यो ।’ 
पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले पनि महिला हिंसाका घटनाहरुमा बृद्धि भएको उनको बुझाई छ । ‘उमेर नपुगेका बालबालिकाहरु भागेर बिहे गर्न थाले, कसै कसैले त बहु बिहे पनि गर्न थाले’ बिष्ना भन्छिन् ‘फोनबाटै कुरा गर्छन्, कुरा गर्दागर्दै प्रेम बस्छ अनि एक(अर्काको देखभेटै नभई भागेर जान्छन्, उता जाँदा त थाह हुन्छ केटाले पहिले नै बिहे गरिसकेको रहेछ ।’ त्यसपछि महिलामाथी हिंसाको सुरुवात हुने गरेको बिष्नाको बुझाई छ । उनी थप्छिन् ‘मोवाईलको दुरुपयोग रोक्नका लागि बालबालिकाहरुलाई यस बारेमा ज्ञान दिनु जरुरी छ ।’ पछिल्लो समयमा अधिकांश घटनाहरु मोवाईलको माध्यमबाट हुने गरेको बिष्नाले बताईन ।   

पूर्वाधार साझेदारी कार्यक्रमको ५६% सडकमा

अर्थमन्त्री डा. जगन्नाथ खातिवडाले बजेट भाषणमार्फत व्यवस्था गरेको स्थानीय पूर्वाधार विकास कार्यक्रमको डोटीमा ५६.२५ प्रतिशत रकम सडकमा बिनियोजन गरिएको छ । 
प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बिनियोजन गरिएको उक्त कार्यक्रम अन्तरगत बिभिन्न १० सडक निर्माण गर्नका लागि दुई करोड २५ लाख रुपैयाँ अर्थात कुल बजेटको ५६.२५ प्रतिशत रकम बिनियोजन गरिएको छ । बिनियोजित रकम अनुसार जोरायल गाउँपालिका–६ को खसरे–वगेडा–निरौली सडक निर्माणमा ५० लाख र जोरायल–२ को रुपसकाँडा–छहरा–बाँजिलेख–सम्मेनी सडक निर्माणका लागि ५० लाख बिनियोजन गरिएको छ । यस्तै जोरायल–३ को गोगनीगाड पावर हाउसदेखि नौकुना सडकमा १० लाख, बोगटान गाउँपालिका–२ को छिडिखान–लयाडुम्री–भ्mयामतोला–केदारमाण्डौं–धारी सडकमा २० लाख र बोगटान गापा–५ को सातफरी–घटानीखोला–दुवातल–जोराघाट सडक १० लाख बिनियोजन गरिएको छ । 
जोरायल–४ को सिलङ्गीबाग–बिनौडा–गाँजरी–खैगाड सडक २० लाख, पूर्वीचौकी–५ को चौखुट्टे–रानढुङ्गा सडक २५ लाख, शिखर नपा–११ को पिड–किमडा सडक १० लाख, सायल गापा–६ को मेल्लेख–बिरलकाँडा सडकमा १० लाख र दिपायल सिलगढी नपा–६ को सिलगढी साँफे सडकदेखि सजना(पाकरी सडकमा २० लाख बिनियोजन गरिएको छ ।    
सडक निर्माणको सामान्य मापदण्ड समेत पुरा नगरी सडक निर्माण गरेको भन्दै स्थानीय तहहरुले आलोचना खेपिरहेका बेला स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट समेत सडकमै खर्च हुने भएको छ । 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३७.५ प्रतिशत रकम जोरायल गाउँपालिकामा मात्र बिनियोजन भएको छ । यस गाउँपालिकामा उक्त वजेटबाट चार सडक, एक जलबिद्युत आयोजना र एक बिद्यालयको पूर्वाधार निर्माणका योजना परेका छन् । कार्यक्रममा सवैभन्दा कम वजेट सायल गाउँपालिकामा परेको छ । उक्त गाउँपालिका–६ को मेल्लख–बिरलकाँडा सडक निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन भएको छ । 
कुल २४ योजनाहरुमा सडकतर्फ दुई करोड २५ लाख, पदमार्गमा २० लाख, सहकारी संस्थाको क्षमता विकासमा ३१ लाख, बिद्युतमा २० लाख, सिंचाईमा ३७ लाख, मन्दिरमा १० लाख, तटबन्धनमा ११ लाख र बिद्यालयतर्फ ४२ लाख छुट्याईएको छ । कुल बजेटको एक प्रतिशत रकम जिल्ला समन्वय समिति कन्टेन्जेन्सीका लागि छुट्याईएको छ । 

गाउँमै डाक्टर आएपछि

मोहन शाही/दिपायल
मंसिर २४

स्वास्थ्य चौकीमा सधैं अहेवले मात्र सेवा दिन्थे । गम्भीर बिरामी पर्दा सदर–मुकाम वा महँगा अस्पतालमा कुदाउनु पथ्र्यो । महँगो त पथ्र्यो नै, समयमा उपचार पनि पाउँदैनथे केआई सिंह गाउँपालिका बासिन्दाले । 
‘यत्रा वर्षपछि गाउँमै डाक्टर आई पहिलोपल्ट उपचार गर्न पाइयो । साह्रै खुसी लाग्यो’ ८० वर्षीय इन्द्रसिंह खडका पुलकित भए । उनले रक्तचाप र छाती जाँच गराए । लगत्तै ७६ वर्षीय शेरबहादुर खडकाले पनि जाँच गराए । दुवैलाई उच्च रक्तचाप रहेको भन्दै खानपानमा ध्यान दिन सुझाए डाक्टरले ।
केआई सिंह गाउँपालिकाका ज्येष्ठ नागरिक मात्र होइन, महिला, बालबालिकाले पनि गाउँमै सेवा पाउन थालेका छन् । के आई सिंह गाउँपालिकाले दुर्गामाण्डौं स्वास्थ्य चौकीमा चिकित्सक राख्ने निर्णय गरेपछि स्थानीयबासी हर्षित छन् । 
यसअघि दुई वर्ष अछामको चौरमान्डु स्वास्थ्य केन्द्रमा सेवा गरेका डा. राजु गुरुङलाई गाउँपालिकाले सेवा सुबिधा दिने गरी नियुक्त गरेको छ । ‘आफ्नो लगानीमा एमबीबीएस डाक्टर भित्राउने केआई सिंह गाउँपालिका सुदूरपश्चिम प्रदेशमा पहिलो गाउँपालिका हो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भने ‘स्थानीय सरकार भनेकै यही हो । जनताले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न डाक्टर ल्याएका छौं ।’
डाक्टर गुरुङको स्वागत गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै जाने बताए । उनले दुर्गामाण्डौ स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाउन पहल गर्ने योजना रहेको सुनाए । ‘यसअघि ल्याब सेवा सुरु भइसकेको छ, यथाशीघ्र एक्सरे मेसिन र अन्य उपकरण थपी स्वास्थ्य समस्या हटाउँदै लगिनेछ’ शाहीले थपे ।
विगतमा अनमी तथा अहेव समेत नभएर उपचारका लागि घण्टौं हिँडेर  सदरमुकाम धाउन बाध्य केआई सिंह गाउँवासीले डाक्टर आएपछि आफूहरूले समस्या भोग्नु नपर्ने आशा पनि राखे । गाउँपालिका–४ का वडाध्यक्ष जयबहादुर धामीले डाक्टरलाई गाउँमै टिकाउन अन्य जनशक्ति र पूर्वाधारमा समेत ध्यान दिनु पर्ने बताए ।

जेष्ठ नागरिकलाई सम्मान गरियो

वारपाटा/शिखर नगरपालिका–११ को वडा कार्यालयले वडाभित्रका सात जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
वडाध्यक्ष भिष्मवहादुर बलायरले दिएको जानकारी अनुसार चिसोको समयमा वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरेर सम्मान गरेको हो । 
“चिसोको समयमा उनीहरुलाई  थोरै भएपनि राहत होस भन्ने उद्देश्यले हामीले लुगा बाड्ने निर्णय गरेका हौं’ वडाध्यक्ष बलायरले भने ‘सन्तानहरुलाई राम्रो बाटोमा लगाएर देशको कर्णाधार बनाउन योगदान दिने जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।’
वडा कार्यालयले यसअघि पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको वडाध्यक्ष बलायर बताउँछन् । उनले थपे ‘हामीले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप नै सामाजिक सुरक्षा भत्ता पनि घरघरमै बितरण गर्ने गरेका छौं ।’ जेष्ठ नागरिकहरुलाई कुनै पनि प्रकारको समस्या नहोस् भन्ने तर्फ आफु प्रयत्नशील रहेको उनी वताउँछन् सामुदाय 

प्रहरी साझेदारी कार्यक्रम जोरायलमा बिस्तार

सामुदाय प्रहरी साझेदारी कार्यक्रम डोटीको जोरायल गाउँपालिकामा बिस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जोरायल गाउँपालिकाको सहकार्यमा साझेदारी कार्यक्रम सुरु भएको हो ।
स्थानीय तह र प्रहरी प्रशासनको सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागी सामुदाय प्रहरी साझेदारीको सुरुवात गरिएको प्रहरी  उपरीक्षक बिद्यानन्द माझीले बताए । नागरिककोे सुरक्षासंग सम्वन्धित कुनै पनि समस्या भएमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी   गराउन उपरीक्षक माझीले आग्रह गरे । 
लैंगिक हिंसा सम्बन्धिका समस्यमामा चुप लागेर नबस्न पनि माझीले स्थानीय महिलाहरुलाई आग्रह गरे । सामुदाय र प्रहरी दुबै मिलेर मात्र अपराध नियन्त्रण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । समाजमा भएका बिद्यमान कुरिती, कुप्रथा अत्यन्त गर्नका लागी त्यस्को बिरुद्धमा जानका लागी जनप्रतिनिधीको प्रतिबद्धता आबश्यकता रहेको सुबेदीको भनाई छ ।
प्रहरी र स्थानीय तहका जनप्रतिनिधिलाई नागरिकले सहयोग गर्नु पर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । प्रहरी र सामुदाय नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्ने वताउँदै ओझाले भने ‘जनताको हित अनुकुलका काम गरे प्रहरीलाई सहयोग गर्न गाउँपालिका तयार छ ।’ 
बहु बिवाह तथा बाल बिवाह बढ्दै गएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताईन । पछिल्लो समयमा बिद्यालय छोड्ेर बाल बिवाह तथा बहु बिवाह गर्ने समस्या बढेको बोहरा बताउँछिन् । जोरायल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम गरेर प्रहरी साझेदारी कार्यक्रमको सुरुवात गरिएको हो । 
जोरायल गाउँपालिकामा सामुदाय प्रहरी साझेदारी समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष ओझा रहेका छन् भने वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा समिति गठन गर्ने, बिभिन्न क्षेत्रका सरोकारवाला निकाय, नजिकको प्रहरी कार्यालय सहतिको समिति गठन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

मन्दिरले गर्दा अध्यापनमा अड्चन

डोटीकै पुरानो बिद्यालय पद्म पव्लिक मुक्तीनारायण माबि जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिरसंगै जोडिएको छ । मन्दिरमा हुने धार्मिक कार्यहरुले बिद्यालयको पढाईमा प्रत्येक्ष असर पर्ने गरेको बिद्यालयको गुनासो छ । 
‘शैलेश्वरी मन्दिर नजिकै बिद्यालय भएर पनि समस्या भएको छ, मन्दिरमा कहिले यज्ञ, कहिले प्रवचन, कहिले बिहे भईरहन्छन्’ बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं अभिभावक सिद्धराज जोशी भन्छन् ‘त्यसको प्रत्येक्ष मारमा बिद्यालयको पढाई परेको छ ।’ आफु धार्मिक क्रियाकलापको बिरोधी नभएको बताउँदै उनी थप्छन् ‘तर बिद्यालयको पठनपाठनमा अप्ठेरो पर्ने गरि धार्मिक कार्य गरिनु भएन ।’ 
आफु अध्यक्ष हुँदा पनि आफुले बिद्यालय समयमा प्रवचन नराखौं भनेको तर पनि कसैले नमानेको उनी वताउँछन् । ‘धार्मिक कार्यहरु साँझ बिहान पनि हुन सक्छन्, दिउसै राख्नु पर्ने  जरुरी छैन’ उनी थप्छन् ‘तर यहाँ त खोजी खोजी दिउसै प्रवचन राख्ने गरिएको छ ।’ 
मन्दिरमा हुने गतिबिधिले बिद्यालयको सिकाई उपलव्धीमा समेत असर गरेको बिद्यालयकी प्राचार्य गीता जोशी     बताउँछिन् । उनी भन्छिन् ‘मायक लगाएर प्रवचन गरिन्छ, मायकको आवाज हाम्रो सवै कक्षा कोठामा सुनिन्छ ।’ उनी मायकको आवाजका कारण शिक्षकले पढाएको बिद्यार्थीहरुले राम्रोसंग नसुन्ने गरेको वताउँछिन् । बिद्यालयले आयोजना गरेको बार्षिक सामाजिक परीक्षण कार्यक्रममा अभिभावकहरुले राखेको जिज्ञासाको उत्तर दिँदै प्राचार्य जोशीले सो कुरा बताईन् । उनले थपिन् ‘परीक्षा सञ्चालन भईरहेका बेला समेत प्रवचन कार्यक्रम आयोजना  गर्छन ।’
मन्दिरमा हुने प्रवचनले मात्रै होईन, मन्दिरको दर्शन गर्न आउनेहरुले ल्याउने गाडीका  कारण पनि बिद्यालयको पढाईमा समस्या भएको बिद्यालयका शिक्षक तारा प्रसाद जोशी वताउँछन् । ‘बिद्यालयको कम्पाउण्डसंगै कक्षाकोठा जोडिएको छ, गाडी पार्किङ्ग गर्न पनि त्यतै ल्याएर आउँछन्’ जोशीले भने ‘हर्न लगाउँछन्, बिद्यार्थीहरु गाडी हेर्नतिर लाग्छन् ।’ गाडी अलै तलै पाकिङ्ग गर्ने व्यवस्था गरिदिएको भएपनि हुने उनको आग्रह छ ।
मंसिर ११ देखि शैलेश्वरी क्षेत्रमा सुरु भएको बिलक्षण प्रवचन कार्यक्रमले आफुहरुको पढाईमा बाधा पु¥याएको बिद्यार्थीहरु वताउँछन् । हल्ला बढी हुने भएका कारण सरहरुले पढाएको नबुझिने उनीहरुको गुनासो रहेको छ । 

खेल समाचार 

सन्दिप अस्ट्रेलिया प्रस्थान

आगामी पुस ४ गतेदेखि अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्न नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आईतबार राति अष्ट्रेलिया गएका छन् ।
इपिएलमा सुरूवाती दुई खेल खेलेर सन्दिप आइतबार साँझ अष्ट्रेलिया जान लागेका हुन् । उनले इपिएलमा २ खेलमा ५ विकेट लिएका थिए । पहिलो खेलमा हार ब्यहोरेपनि चार ओभरमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा चार ओभरमा २६ रन दिदै तीन विकेट लिँदै इपिएलको यात्रा ट्रंग्याएका थिए ।
सबैभन्दा ब्यस्त नेपाली क्रिकेटर सन्दिपले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्नेछन् । एकपछि अर्को अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भइर–हेका सन्दिपले बिग ब्यासमा आफूले सकेको प्रदर्शन गर्ने बताए । बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडीले खेल्न पाउनुनै सबैभन्दा गर्वको विषय भएको भन्दै उनले आफूले क्षमता अनुसार प्रदर्शन बताए ।
उनले बिग ब्यासमा पनि ५–६  वटा खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । पहिलेको सहमति अनुसार नै उनी अष्ट्रेलियाबाट बंगलादेश जाने भएका हुन् । आगामी वर्षको ५ जनवरीदेखि शुरु हुन गईरहेको बंगलादेश प्रिमियर लिगमा सन्दिपले सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गर्नेछन्। सिल्हेटको प्रशिक्षकमा पाकिस्तानका लिजेण्डरी बलर वकार युनिस छन् । बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेलेपछि सन्दिप फेरि अष्ट्रेलिया फर्किने छन् ।
सन्दिपको टोली मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन् । स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन । बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडीसमेत बनेका सन्दिपलाई यी दुई फ्रेन्चाईजले सन्दिपलाई कति रकममा किनेको हो त्यो भने खुलाइएको छैन ।
सन्दिपले गत वर्ष सम्पन्न विश्व चर्चित इण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्दै ३ खेलमा ५ विकेट समेत लिएका थिए । त्यसपछि उनले ग्लोबल टि–२० क्यानडा, क्यारिबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी टेन लिगमा समेत आफ्नो प्रदर्शन देखाइसकेका छन् । अब उनी पाकिस्तान सुपर लिगमा समेत खेल्ने भएका छन् ।
फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् ।

यसरी हुँदैछ डिपिएलको तयारी

धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि मैदान निर्माणको कार्य सुरु भएको छ । 
माघ १९ देखि फागुन चार गतेसम्म हुने प्रतियोगिताको लागि अढाई महिना अगाडिदेखि नै मैदान निर्माणको कार्य थालिएको हो । यसवर्ष पिच तथा मैदान निर्माणको लागि टीयु क्रिकेट मैदानका क्युरेटर विशन मण्डल सहित भारतको अनुभवी क्युरेटरहरु खटेका छन् । प्रतियोगिता सुरु हुनुभन्दा १०÷१५ दिन अगाडि नै मैदान तयार गर्ने गरी काम भइरहेको क्युरेटर मण्डलले बताए । ‘पिचबाहेक आउट फिल्डको सबै कम प्रतियोगिता भन्दा करिब आधा महिना अगावै सम्पन्न गर्ने लक्ष्य छ’ उनले भने । 
पिच निर्माणमा जाली सामुदायिक वनमा रहेको माटो प्रयोग गरिदैंछ । उक्त माटो निकै राम्रो रहेको क्युरेटरले बताएका छन् । दुई प्रकारको माटो मिसाएर पिच निर्माण भइरहेको छ । यहाँको स्थानीयस्तरमा पाउने माटो पिचका लागि उत्तम  रहेको भारतीय क्युरेटर शेखले बताए ।  
‘पिचको लागि माटो एकदमै राम्रो छ’, उनले भने–‘दुई प्रकारको माटो मिश्रित गरेर बनाइएको पिच सुकेपछि धेरै साह्रो हुनेछ ।’ 
इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) को अवधारणा अनुसार पिच र मैदान निर्माणको काम भइरहेको छ । १०/१० फिटको दूरीमा पाँच विकेट  हुनेछ । यसअघि, यहाँ भएको खेलमा दुई विकेटमात्रै बनाइएको थियो । मैदानको दूरी ६५ यार्डको रहने जनाइएको छ ।

चलचित्र/मनोरञ्जन 

“मारुनी” बनाउँदै पुस्कल साम्राज्ञी

फिल्मी खवर
राम्रो फेस भ्यालु र उच्च माग भएकी अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक बुझेको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । 
‘अझै पनि’ फेम्ड निर्मात्री पुनम गौतमले निर्माण तथा ‘मंगलम’ निर्देशक नवल नेपालले यो फिल्म निर्देशन    गर्दैछन् । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् । 
माघ अन्तिम साताबाट फ्लोरमा निस्कने तयारी भइरहेको फिल्ममा रेबिका गुरुङ पनि लिड रोलमा रहनेछिन् । ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ । 
फिल्म मारुनी नाचमा आधारित त होइन ? निर्देशक नेपालले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्म नाचसँग सम्बन्धित नभएको बताएका छन् । उनले भने ‘राम्री यूवतीलाई पनि मारुनी भन्ने गरिन्छ । दुई राम्री युवतीलाई फिल्ममा मारुनीको रुपमा ब्याख्या गर्न खोजेका छौं ।’ यसमा पुष्पलले साम्राज्ञी र रेबिकासँग रोमान्स गर्नेछन् । 
यसअघि फिल्म ‘मंगलम’ मा अभिनेत्री शाहले निर्देशक नेपालको एक्सन कटमा काम गरेकी थिइन् । पारिवारिक फिल्म बनाउन माहिर मानिने निर्देशक नेपाल ‘मारुनी’ पारिवारिक भए पनि आधुनिकिकरणतर्फ जोड दिएको बताउँछन् । यसअघि उनले ‘लज्जा’, ‘भाग् सानी भाग्’, ‘तश्विर’, ‘महशुस’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । 
बाँके लगायतका स्थानमा छायांकन गरिने फिल्ममा पुष्पल, साम्राज्ञी र रेबिका बाहेक अरु कलाकार फाइनल नभएको निर्देशक नेपालले जानकारी दिए । उनका अनुसार, अहिले दुई जना क्यारेक्टर आर्टिस्टको खोजी भइरहेको छ । केही दिनमा फिल्मको औपचारिक घोषणा हुँदैछ ।

महिलाले गीतमार्फत न्याय मागिन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा तनहुँका महिलाहरुले गीतमार्फत न्याय मागेकी छन् । 
तनहुँको देवघाटमा आयोजित लैङ्गिक हिंसा विरुद्धको लोकगित प्रतियोगितामा सहभागी महिलाहरुले बोक्सी, दाइजोजस्ता कुप्रथा र कुसंस्कारका बारेमा  प्रतियोगितामा सहभागी भएका समूहले आवाज उठाएका थिए । जनज्योति आमा समूहले प्रस्तुत गरेको गीतमा छोरी जन्मिदा गर्भदेखि नै विभेद गर्ने प्रचलनको विरोध गरिएको थियो ।
प्रतियोगितामा सहभागिहरुले महिलाहरुले कहिलेसम्म हिंसा सहिबस्नु पर्ने भन्दै न्याय दिन माग गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले महिला पुरुषको समान अधिकार अहिले पनि नारामा मात्र सिमित रहेको बताईन् । ‘वर्तमान समयमा पनि महिलाका जीवनमा परिवर्तन आउन सकिरहेको छैन,’ उनले भनिन्, ‘अधिकारका निम्ती लड्दै गर्दा आफैं माथि पनि हिंसा हुने गरेपनि हिंसाविरुद्ध आवाज उठाउनुपर्छ ।   त्यसकारण हिंसाविरुद्धको जारी रहन्छ ।’

लेख 

यदि म स्थानीय तहको प्रमुख भएको भए...........

आईतवार भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस थियो । “भ्रष्टाचारलाई नाई भनौं, हरेक नाईको मुल्य हुन्छ ९क्बथ लय तय अयचचगउतष्यल, भखभचथ लय अयगलतक०” भन्ने मुल नाराका साथ बिश्वका १६८ भन्दा बढी देशहरुले यो दिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री समेत सरिक भए । संयुक्त राष्ट्र संघको महासभाले ३१ अक्टोवर सन २००३ मा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धी पारित गर्दै प्रत्येक बर्ष ९  सेम्वरलाई भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । नेपालले १० डिसिम्वर सन २००३ मा हस्ताक्षर गरेको उक्त महासन्धीलाई २३ फेव्रअरी सन २०११ मा अनुमोदन ग¥यो । 
कुनै देशको प्रतिनिधिले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सन्धी महासन्धी वा निर्णयलाई सम्वन्धित देशको व्यवस्थापिका संसदले अनुमोदन गरेपछि उक्त देशमा उक्त सन्धी, महासन्धी वा निर्णय लागु भएको मानिन्छ । नेपालको संन्धी ऐन, २०४७ को दफा ९ अनुसार नेपालले अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गरेको सन्धी, महासन्धी वा निर्णय नेपाल कानुन सरह लागु हुने प्राव्धान रहेको छ । यो व्यवस्था अनुसार भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धीमा भएका प्राव्धानहरु नेपालको कानुन सरह लागु भएका छन् । नेपालले पनि उक्त महासन्धी आएको दिनको जस्न मनाईरहेको छ । तर, के नेपालले महासन्धीका प्राव्धानहरुको परिपालना गर्न सकेको छ त ? सोधी खोजी हुनु पर्ने बिषय छ । 
ट्रान्सपेरेन्सी ईन्टरनेसनलको सर्वेक्षण अनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा छ । सन २०१७ मा उक्त संस्थाले १८० देशहरुमा गरेको सर्वेक्षणमा नेपाल १२२ औं स्थानमा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७४/०७५ मा १९ हजार चार सय ८८ अख्तियार दुरुपयोग गरेका उजुरीहरु दर्ता भएका छन् । तिमध्ये १२ हजार चार सय त आयोगले फछ्र्यौट नै गरिसकेको रहेछ । अख्तियारको दुरुपयोग गरेको भनी परेका उजुरीहरुमा सवैभन्दा बढी शिक्षा क्षेत्रका छन् भने दोश्रो स्थानमा स्थानीय तहसंग सम्वन्धित रहेका छन् । तीन हजार पाँच सय ११ उजुरी स्थानीय तहसंग सम्वन्धित  रहेका छन् । 
नेपालको प्रचलित कानुन अनुसार घुस लिनु दिनु मात्रै भ्रष्टाचार होईन । आफुलाई प्राप्त अख्तियारको दुरुपयोग गर्नु, अनुचित लाभ लिनु, सरकारी वा सार्वजनिक सम्पत्तिको गैरकानुनी रुपमा प्रयोग गर्नु पनि भ्रष्टाचार हो । माल सामानको खरीद गर्दा गुणस्तरहीन सामान खरीद गर्नु, प्रक्रिया मिचेर काम गर्नु, कसैलाई गैरकानुनी रुपमा दवाव दिनु पनि भ्रष्टाचार हो । यदि यो परिभाषालाई मान्ने हो भने स्थानीय तहमा उजुरी धेरै थोरै परेका छन् । अझै धेरै अनियमितताहरु गुपचुपमै छन् । 
अहिले स्थानीय तहहरुमा भ्रष्टाचारको जालो छ । कुनै पनि स्थानीय तह भ्रष्टाचार मुक्त हुन सक्ने त कुरै भएन, भ्रष्टाचार न्यूनिकरण गर्न सक्ने तहमा पनि पुग्न सकेका छैनन् । स्थानीय तहहरुमा भ्रष्टाचार संस्थागत र संरचनागत दुवै छ । जसले गर्दा न त सेवा प्रवाह नै गुणस्तरीय हुन सकेको छ न विकासले नै गति लिन सकेको छ । स्रोत छ, धेरै छ । यो स्रोतको सही सदुपयोग हुने हो भने थप स्रोतका लागि भिख माग्नु पर्ने जरुरी  छैन । गाउँ/नगरस्तरीय विकास निर्माणका योजनाहरु सजिलैसंग बनाउन सकिन्छ । पूर्वाधार विकास, सेवा प्रवाह र चेतनाको विकास गर्नका लागि पर्याप्त वजेट आएको छ । तर, हामीले त्यसको सही सदुपयोग गर्न जानेनौं वा फेरी गर्न चाहेनौं । हामी लोभी भयौं, हामीले आफुले आफैलाई कमजोर देख्यौं । हामीलाई दुई पैसा आउने ठाउँ चाहियो, हामीलाई आफ्ना मान्छेलाई काम दिनु पर्ने वाध्यता आईलाग्यो, हामीसंग कुनै अनुभव भएन र हामीले अध्ययन पनि गर्न चाहेनौं । त्यसकारण स्थानीय तह सवैभन्दा बढी भ्रष्टाचार हुने निकाय वन्न पुगेका छन् ।
यदि म स्थानीय तहको प्रमुख भईदिएको भए मैले मेरो स्थानीय तहलाई “शुन्य भ्रष्टाचार” हुने स्थानीय तह बनाउने थिएँ । सुशासनको क्षेत्रमा अन्य स्थानीय तहहरुले अध्ययन भ्रमण गर्न आउने स्थानीय तह बनाउने थिएँ । त्यसका लागि मसंग भिजन छ र योजना पनि छ । सवैभन्दा ठुलो त के भने मसंग भ्रष्टाचार नियन्त्रण गर्ने ईच्छाशक्ति छ । 
भ्रष्टाचार रोक्नका लागि सवैभन्दा पहिले स्थानीय तह प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिहरुको प्रतिवद्धता आउनु जरुरी छ । त्यसका लागि उनीहरु आफुले लोभ त्याग्न सक्नु पर्छ, म त्यो गर्थे । त्यसपछि आफु संलग्न पार्टीका नेता कार्यकर्ताहरुको आदेश मान्ने बिषयमा सोचेर सम्झेर मात्रै मान्नु पर्छ । नेता र कार्यकर्ताको आदेशमा यदि योजना छनौट गरिने हो, बजेट विनियोजन गरिने हो र उनीहरुको ईच्छा अनुसारको उपभोक्ता समिति गठन गरिने हो भने त्यहाँ भ्रष्टाचार हुन्छ हुन्छ । त्यो अनुचित दवावमा हुने कार्य हो । यसलाई रोक्नु जरुरी छ र म त्यो रोक्थे । किनकी मैले कसैलाई भ्रष्टाचार गर्ने छुट दिएर, जनताले तिरेको करबाट मोजमस्ती गर्न दिएर कसैको प्यारो हुन जरुरी छैन । सकेसम्म राम्रो गर्ने हो, राम्रो गर्दागर्दै पनि कसैले काममा व्यवधान खडा गर्छ भने कानुनी कारवाही गर्ने हिम्मत गर्ने हो । जनताले राम्रो गर्नलाई आफ्नो प्रतिनिधि वनाएर पठाएको हो । सके राम्रो गर्ने नसके ठाउँ खाली गर्ने हिम्मत पनि मैले   राख्छु । 
तेश्रो कुरा, योजनाहरुको प्राथमिकीकरणका ध्यान दिनु जरुरी छ । योजना छनौटकै बेलादेखि भ्रष्टाचार सुरु हुन्छ । बिगतमा जस्तो अव मागमा आधारित योजना बनाउनु हुँदैन । आवश्यकतामा आधारित योजना बनाउनु पर्छ । ‘मागमा आधारित’ भनेर स्थानीय तहले बजेटको अर्थपूर्ण हिस्सा मन्दिरमा, गेटमा, अध्ययन भ्रमणमा, सडकमा खर्चेको छ । भविश्यमा के हुन्छ भन्ने कुनै सोचै नराखी ठुला मेसिनरी उपकरण खरीद भएका छन् । मनपरी तरिकाले योजना छनौट गरिन्छ । योजना छनौट गर्दा कुनै प्राथमिकता निर्धारण गरिएको हुँदैन । यदि म भएको भए योजनाको प्राथमिकीकरणका सूचकहरु निर्धारण गरिन्थ्यो, त्यो सूचकका आधारमा जुन योजना अगाडी आउँछ, त्यसैले प्राथमिकता दिईन्थ्यो । कसैको भनसुनका आधारमा योजनाहरु वनाईने थिएन । 
चौथो कुरा, म स्थानीय तह प्रमुख भईदिएको भए काम अनुसारको मात्रै रकम भुक्तानी हुने थियो । डर, धम्की, लोभ, प्रलोभ बिना प्राविधिकले कामको मुल्याङ्कन गथ्र्यो, सो मुल्याङ्कनका आधारमा हुन आउने रकम मात्रै भुक्तानी हुने थियो । यस्तोमा यदि कहीँ कतै जनप्रतिनिधिहरु, प्राविधिक वा अन्य कुनै पनि संलग्न व्यक्तिले बद्मासी गरेको पाईएमा तत्काल कारवाही हुन्थ्यो । कामै नगरी भुक्तानी लिन खोज्ने उपभोक्ता समितिका प्रतिनिधिहरु वा निर्माण व्यवसायी, कामै नगरी दुई पैसा कमिसन आउने लोभमा क्वाण्टिटी बढाएर मुल्याङ्कन गर्ने प्राविधिक र भुक्तानीका लागि सिफारिस गर्ने जनप्रतिनिधिहरुलाई निगरानीमा राख्ने काम हुन्थ्यो । पटक पटक यस्ता हर्कत दोहोरिए खुईल्याउने काम पनि हुन्थ्यो ।
पाँचौं कुरा, सुशासनका औजारहरुको नियमित रुपमा प्रयोग गरिन्थ्यो । प्रत्येक वडा कार्यालयमा अनिवार्य रुपमा चौमासिक रुपमा सार्वजनिक सुनुवाई हुने थियो, प्रत्येक योजनामा सार्वजनिक परीक्षण हुने थियो र प्रत्येक बर्ष स्थानीय तहले सामाजिक परीक्षण गर्ने थियो । प्रत्येक तीन महिनामा सूचनाहरुको सार्वजनिकीकरण हुन्थ्यो । योजनाहरु छनौट भएपछि प्रत्येक वडा कार्यालय र सार्वजनिक स्थानहरुमा सम्वन्धित वडाका योजनाहरुको रकम सहितको सूची टाँस गरिन्थ्यो । यसरी योजनाहरुको सूची टाँस भएमा कुन योजनामा कति रकम आएको छ भन्ने कुरा सवैले जानकारी पाउँथे । उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना जारी गरेर आम भेला बोलाएर गरिन्थ्यो । उपभोक्ता समितिमा ‘हाम्रो मान्छे’ होईन ‘राम्रो मान्छे’ को खोजी गरिन्थ्यो । 
छैटौं कुरा, विकास निर्माणका कामहरुमा मेसिनरी उपकरणहरुको प्रयोगलाई न्यूनिकरण गर्ने काम हुन्थ्यो । यदि प्रयोग गर्नै पर्ने अवस्था आएमा टेण्डर प्रक्रियाबाट घटाघटमा काम गराउने परिपाटीको विकास गरिन्थ्यो । आफु निकटका व्यक्तिका मेसिनहरुलाई काम दिने र कमिसन खाने खल अन्त्य गरिन्थ्यो । कामको गुणस्तर नविग्रिने     गरी सस्तोमा काम गर्ने व्यक्तिलाई योजना दिईन्थ्यो । स्थानीय तह आफैले कुनै उपकरण खरीद गर्दा उक्त उपकरणले स्थानीय तहलाई कत्तिको फाईदा पुग्छ, खरीद गर्दा फाईदा हुन्छ वा भाडामै लिएर पनि काम चलाउन सकिन्छ भन्ने कुराको पूर्ण रुपमा अध्ययन गरि खरीद गरिन्थ्यो । मोटो कमिसन आउने लोभमा मनलागी खरीद् गर्ने परिपाटी पूर्ण रुपमा अन्त्य भएको हुन्थ्यो । 
सातौं कुरा, स्थानीय तहका सवारी साधनहरुको दुरुपयोगमा पूर्ण रुपमा रोक लगाईन्थ्यो । स्थानीय तहसंग ‘गोरु बेचे जत्तिको’ पनि साईनो नभएका, चालक अनुमति पत्र नभएका, हेल्मेट लगाउन लाज मान्ने व्यक्तिलाई सरकारी स्वामित्मका साधनहरु चलाउन दिईने थिएन । आफ्नो अधिकार भन्दैमा ट्वाईलेट जाँदा पनि गाडी लैजाने परिपाटीको अन्त्य गरिन्थ्यो । आवश्यकता अनुसार मात्रै यातायतका साधनहरु खरीद गरिन्थ्यो, ति साधनहरुलाई व्यवस्थित गर्नका लागि छुट्टै कार्यबिधि बनाईन्थ्यो । कहाँ जाने, किन जाने भन्ने कुराको कारण खुलाएर मात्रै प्रयोग गर्ने व्यवस्था मिलाईन्थ्यो ।
कुनै पनि स्थानीय तहले आफुलाई अछुतो राख्न सकेनन् । जनताको आवश्यकता अनुसार नभई सिमित व्यक्तिहरुको चाहना अनुसार स्थानीय तहहरु सञ्चालन भए । यसले जनतामा नैराश्यता फैलियो भने भ्रष्टाचार बृद्धि भयो । न जनप्रतिनिधि–जनप्रतिनिधिका बिचमा, न जनप्रतिनिधि र कर्मचारीका बिचमा र न कर्मचारी–कर्मचारीबिच, कसैको कसैसंग राम्रो सम्वन्ध छैन । ‘ईलेक्टेड’ हरुले आफु ठुलो भन्ने ‘सेलेक्टेड’ हरुले आफु ठुलो भन्ने तर व्यक्तिगत लाभको बिषयमा ईलेक्टेड–सेलेक्टेड–नोमिनेटेड सवै एक हुने अवस्था देखिएको छ स्थानीय तहहरुमा । यसको समाधान समयमै खोज्नु जरुरी छ । अन्यथा यो स्थानीय तहप्रति जनताको बितृस्णा जाग्नेछ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली मन्त्रीपरिषद्बाट कहिले पारित भएको हो ? 
— बि.सं. २०७५ कार्तिक २५ 
२. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुबिधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सम्वन्धी व्यवस्था बर्तमान संबिधानको कुन धारामा रहेको छ ?  — धारा ३४
३. नेपालमै पहिलो पटक ह्याकरहरुको अन्तराष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो ? 
— बि.सं. २०७५ मंसिर ६ र ७ गते 
४. महिला साफ च्याम्पिएनसीप फुटवल प्रतियोगिता २०१९ को आयोजक राष्ट्र कुन हो ? — नेपाल 
५. संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम अन्तरगत एसिया–ईन्भाईरोमेण्टल अवार्ड २०१८ बाट पुरस्कृत नेपालको सरकारी निकाय कुन हो ?  — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो 
६. संयुक्त राष्ट्रसंघअन्तरगतको थिङ्क ट्याङ्कको सचिवालय कहाँ छ ?  — मंगोलिया 
७. युरोपेली संघ (इयु) बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) सम्झौता ईयुद्वारा कहिले अनुमोदन       गरियो ?   — सन् २०१८ नोभेम्वर २५ 
८. बि.सं. २०७४ फागुन मसान्तसम्म नियमित प्रसारणमा रहेका एफएम रेडियो प्रसारण केन्द्र कति छन् ? — ६२७ (प्रसारण ईजाजतपत्र प्राप्त एफएम रेडियो ८७२) 
९. हरेक दिन रेडियो नेपालले आफ्नो प्रसारण सेवा कति अवधीसम्म सञ्चालन गर्छ ? 
— चौविसै घण्टा 
१०. एसईई (क्भ्भ्) को पुरा रुप के हो ?  
— सेकेण्डरी एजुकेसन एक्जाम (क्भअयलमबचथ भ्मगअबतष्यल भ्हबm) 
११. राष्ट्रिय गौरवको आयोजना चमेलिया जलबिद्युत् आयोजनाको औपचारिक उद्घाटन कहिले भएको हो ?   — बि.सं. २०७४ माघ २७ गते 
१२. नेपालको पहिलो बिद्यार्थी आन्दोलनको सम्झना स्वरुप जयतु संस्कृतम् दिवस कहिले मनाईयो ? 
— बि.सं. २०७४ असार १ गते 
१३. सन् २०१८ मा वेष्ट इन्डिजमा सम्पन्न आईसीसी टि–ट्वान्टी महिला बिश्वकप क्रिकेटको उपाधी कसले जित्यो ?    — अस्ट्रेलिया (उपविजेता, ईङ्ल्याण्ड) 
१४. बिबिसीद्वारा सन् २०१८ नोभेम्वरमा सार्वजनिक प्रतिवेदन अनुसार बिश्वका प्रभावशाली महिलाको सूचीमा पर्न सफल नेपाली महिला को हुन् ?   — उमा बादी 
१५. नेपालमा पहिलोपल्ट आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भएको हो ? 
— वि.सं. २०७३ जेठ १९ 
१६. अन्तराष्ट्रिय अभियानको रुपमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? 
— नोभेम्वर २५–डिसेम्वर १० 
१७. “सफल वन्नका लागि होईन, बरु मुल्यवान वन्नका लागि संघर्ष गर ।” भन्ने भनाई कसको हो ? 
— अल्वर्ट आईन्सटाईन 
१८. मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ कहिले जारी भएको    हो ?   — वि.सं. २०७३ मंसिर १६ 
१९. हाल नेपालमा कति जिल्ला सदरमुकाममा बाटोको पहुँच पुगेको छ ?  
— ७६ (हुम्ला जिल्लामा पुग्न बाँकी) 
२०. नेपाल बैङ्क लिमिटेडको स्थापना कहिले भएको हो ?  — बि.सं. १९९४ कात्तिक ३०

साहित्य सिर्जना 

पुस्पा

उस्ले पुस्पालाई भन्यो
पुस्पा तिमिले, हिजोआज आफ्नो बगैचामा
पुस्पहरुलाई फुलाउनै छोड्यौ
पुस्पा भएर पनि तिमी
पुस्पबिहिन देखिन थालेकी छ्यौ
पुस्पाले भनी,
पुस्पाले न त हिजो नै
पुस्पहरुलाई फुल्न रोकेकी थिई
आज पनि छैन र
भोलि पनि रोक्दिन 
तर,कसैले आएर अचानक
भर्खरै फुल्न सुरु गरेका कोपिला नै तोडिदिन्छन
कोपिलालाइ फुल्नै दिदैनन् त म के गरु ?
मेरो आवाज कसैले सुने पो ?
यहाँ मान्छेकै आवाज, मान्छेमाझ पुग्दैन,
म त पुस्पा न हुँ
कस्ले सुन्ने मेरो पुकार ?
मैले पुस्पहरुलाई आफ्नो बगैचामा
बाँस पो गर्न दिएकी हुँ
तपाईले पनि त आफ्नो ठाउँबाट सहयोग गर्न सक्नुहुन्थ्यो नि ?
पुस्पहरुको सुगन्धको आनन्द त तपाईं पनि लिनुहुन्थ्यो नि ?
ती फुलेका पुस्पहरुको माला उनेर,
आफ्नो गलामा सजाएर, 
आफुलाई गर्बित महसुस त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
ती पुस्पहरुलाई ईश्वरसामु चढाई
आफ्नो लागि बिन्तिपत्र पेश त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
खै त आज तिनै पुस्पहरुलाई सम्झेको तपाइले ?
के पुस्पहरुको सुरक्षा गर्नु,
रेखदेख गर्नु
तपाइहरुको कर्तब्य होइन र ?
काम लाग्दा टिप्यो
नलाग्दा फ्याक्यो
यो तपाई यो अवसरवादी प्रवृत्ति होइन र ?
उल्टो पुस्पाको प्रश्नले
उ लज्जित भयो
सायद उस्लाई आफ्नो भुल 
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

इच्छा

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।
‘यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको’
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् शमसानपछिका आशा रहेका जहाँ ।२।
बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।
बालकृष्ण सम

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.६ साविक दिपायल सिलगढी नगरपालिका वडा नंं.३ स्थित कि.नं.९५१ को जग्गा दिपायल सिलगढी नगरपालिका वडा नंं.६ बस्ने दुर्गादेवी जोशी र लाल वहादुर जोशीको नाउँमा नापनक्सा भई संयुक्त श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि लाल वहादुर जोशीको मिति ः २०६९÷९÷२७ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि लाल वहादुर जोशीको शेषपछिको हकदार एकमात्र भाउजु नाता पर्ने दुर्गादेवि जोशी मात्र भएको हुदा मृतक लाल वहादुर जोशीको उल्लेखित पुरै अंश भाग मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी दि.सि.न.पा.६ नं.वडा कार्यालय डोटीको च.नं.३४४ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक समेतको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी दिपायल सिलगढी नगरपालिका वडा नंं.६ बस्ने दुर्गादेवी जोशीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२३ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक लाल वहादुर जोशीको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

पोशाँक खरिदको लागि
सिलगन्दी दरभाउ आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/२३ 
श्री सहिद स्मृति आ.वा.बि., दि.सि.न.पा. –४, डोटीमा अध्ययनरत २४० जना आवाशीय बिद्यार्थीहरुका लागि आ.व. २०७५/०७६ मा पोशाँक (स्पोर्ट जुत्ता, ट्रयाकसुट, टिसर्ट, टोपी, भित्री कपडा, सिरक, डस्ना, सिरकको खोल, सिरानी, सिरानीको खोल, तन्ना, कराते ड्रेस) सिलवन्दी पत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म, कम्पनी, एजेण्ट, सप्लायर्स र निर्माता कम्पनीका अधिकृत बिक्रेताहरुबाट के कति दरमा आपुर्ति गर्न सकिन्छ, सम्पूर्ण व्यहोरा खोली तपशिलका शर्तहरुको अधिनमा रही रितपूर्वकको गोप्य सिलगन्दी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको १२.०० बजेभित्र श्री सहिद स्मृति आ.मा.बि. डोटीमा आईपुग्ने गरी पेश गर्न यो सिलवन्दी    दरभाउपत्र आव्हान गरिएको छ । 

तपशिल 

१. यो सिलवन्दीको सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म सामान आपुर्ति सम्वन्धी सिलवन्दी दरभाउपत्र फराम वाफत रु. १०००/– (फिर्ता नहुने गरी) यस बिद्यालयको राष्ट्रिय वाणिज्य बैङ्क शाखा दिपायलको चल्ती खाता नं. ४३००००१०५९०१ मा बुझाएको सक्कल भौचर सहित साथमा राखी  खरिद माग गरिएको निवेदनमा रु.१० को हुलाक टिकट टाँस गरि सिलवन्दी दरभाउ फाराम प्राप्त गर्न सकिनेछ । सिलवन्दी दरभाउ पत्र खरिद गर्न आउदा फर्म वा कम्पनीको ईजाजत पत्र, स्थायी लेखा नं., मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, आ.व. २०७४/०७५ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी साथमा लिई आउनु पर्नेछ । 
२. सिलवन्दी दरभाउ पत्र फाराम खरिद गर्न सिलवन्दी दरभाउपत्रदाता स्वयं उपस्थित हुन नसकेमा मञ्जुरीनामाबाट पनि खरिद गर्न सकिनेछ । तर त्यस्तो मञ्जुरीनामा (निवेदन) एक फर्म एक व्यक्तिलाई मात्र मान्य हुनेछ । 
३. खरिद् गरिएको सिलवन्दी दरभाउपत्रका महलहरु भरी प्रत्येक पानामा सहीछाप गरी १६ औं दिनको १२.०० बजेभित्र वा सो दिन विदा पर्न गएमा त्यसको भोलीपल्ट अर्थात् कार्यालय खुलेको दिनको १२ बजेभित्र यस बिद्यालयको लेखा शाखामा आई सिलवन्दी पत्र दर्ता गराउन सकिनेछ । यसरी दर्ता हुन आएको सिलवन्दीहरु सोही दिन, दिनको २.०० बजे बिद्यालयमा सिलवन्दीपत्रदाता वा निजका प्रतिनिधिहरुको रोहवारमा खोलिनेछ । सिलवन्दीपत्रदाता वा प्रतिनिधिहरु उक्त दिन र समयमा उपस्थित नभएमा पनि सिलवन्दी पत्र खोल्न कुनै बाधा पर्ने छैन । 
४. सिलवन्दी दरभाउपत्र पेश गर्दा कवोल अङ्कको २.५ प्रतिशतले हुन आउने जमानत वाफतको रकम श्री सहिद स्मृति आवाशीय माध्यामिक बिद्यालय डोटीको राष्ट्रिय बाणिज्य बैङ्क दिपायल शाखामा प्रकरण १ मा उल्लेख भएको खाता नम्वरमा जम्मा गरी सक्कलै भौचर सिलवन्दीपत्रका साथ पेश गर्नु पर्नेछ अथवा उक्त रकम स्वीकृत प्राप्त वाणिज्य बैङ्गबाट कम्तीमा १२० दिन म्याद भएको शर्त रहित बैङ्क जमानी पत्र (विड वन्ड) को सक्कल प्रति पेश गर्नु पर्नेछ । 
५. दर्ता गर्न ल्याउदा सिलवन्दी दरभाउ पत्रको खामको शीरमा ‘सिलवन्दीपत्र पेश गर्न चाहेको सामानको नामको सिलवन्दीपत्र’ भनी लेखी सिलवन्दीपत्रदाताको नाम, ठेगाना र फोन नं. समेत प्रष्टसंग लेखी छापबाट सिलवन्दी गरी बिद्यालयमा बुझाउनु पर्नेछ । 
६. सिलवन्दी दरभाउपत्रदाताले आफुले कबुल गरेको दररेट अंक र अक्षरमा केरमेट नगरी प्रष्टसंग लेखेको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । 
७. नेपाल सरकारलाई तिर्नु पर्ने सवै प्रकारका कर सिलवन्दीपत्रदाता स्वयंले तिर्नु पर्नेछ । 
८. सिलवन्दीपत्र सम्वन्धी अन्य शर्त तथा विवरणहरु सिलवन्दीपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । 
९. आपुर्ति गर्ने सामान गुणस्तरयुक्त भए÷नभएको सम्वन्धमा आवश्यक जाँचबुझ गराईनेछ । 
१०. सिलवन्दीप पेश कुनै एक सामानको वा आफुले चाहेको एक भन्दा बढी सामानको पनि पेश गर्न सकिनेछ । 
११. सिलवन्दीपत्र पेश गर्ने कम्पनी, फर्म वा एजेण्टले आफुले आपुर्ति गर्नु पर्ने सामान श्री सहिद स्मृति आवाशीय माध्यामिक बिद्यालय, ०४ डोटीमा नै आपुर्ति गर्नु पर्नेछ । 
१२. सिलवन्दी दरभाउपत्र फाराममा उल्लेख गरिएको दररेट ख्ब्त् समावेश भए÷नभएको स्पष्ट उल्लेख गरिएको हुनु पर्नेछ ।  
१३. सिलवन्दी दरभाउपत्र फाराममा उल्लेखित परिमाणमा १५ प्रतिशतसम्म थपघट हुन सक्नेछ ।
१४. यस सूचनामा उल्लेख हुन वाँकीको हकमा प्रचलित कानुन वमोजिम हुनेछ । 
१५. प्राप्त सिलवन्दी दरभाउपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार यस बिद्यालयमा सुरक्षित रहनेछ । 
१६. रीत नपुगको, म्याद नाघी आएको र शर्त राखिएका सिलवन्दी दरभाउपत्र उपर कुनै कारवाही    गरिने छैन । 
यस सम्वन्धी अन्य कुनै जानकारी चाहिएमा कार्यालय समयभित्र श्री सहित स्मृति आवाशीय माध्यामिक बिद्यालय डोटीको फोन ं. ०९४–४४०२३० वा ईमेल ः mmचकमयतष्२नmबष्।िअयm मा सम्पर्क राख्न सकिनेछ ।

मालपोत कार्यालय डोटीबाट  जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
जिल्ला डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर गा.वि.स.वडा नंं.४ स्थित कि.नं.४४३, ५५६, ऐ.वडा नं.५ स्थित कि.नं.६०३, ५५२, ८७१, ८७४, ८८६ को जग्गा जोरायल गाउँपालीका वडा नंं.४ बस्ने देवि साहुको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि देवि साहुको मिति ः २०४५/२/२१ मा निजको पति सकराम साहुको मिति ः २०४३/९/२७ मा मृत्यु भएको । मृतकको शेषपछिको हकदार गोपाल साहु, हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहु मात्र भएकोमा गोेपाल साहुको मिति ः २०४५/११/१५ मा अविवाहीत अवस्थामा मृत्यु भएको हुदा मृतक देवि साहुको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनि डोटी जोरायल गा.पा.४ नं.वडा कार्यालय डोटीको च.नं.२४१ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक देवि साहुको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी जोरायल गाउँपालीका वडा नंं.४ साविक लक्ष्मिनगर वडा नं.५ बस्ने हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहुले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक गोपाल सिं साहुको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम  नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट  जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
        जिल्ला डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर गा.वि.स.वडा नंं.५ स्थित कि.नं.२०१, ६८० को जग्गा जोरायल गाउँपालिका वडा नंं.४ बस्ने गोपाल सिं साहुको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि गोपाल सिं साहुको मिति ः २०४५/११/१४ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि गोपाल सिं साहुको शेषपछिकको हकदार हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहु मात्र भएको हुदा मृतक गोपाल सिं साहुको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनी डोटी जोरायल गा.पा.४ नं.वडा कार्यालय डोटीको च.नं.२४१ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक गोपाल सिं साहुको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर वडा नं.५ बस्ने हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहुले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक गोपाल सिं साहुको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।