Tuesday, August 27, 2019

बिम्ब साप्ताहिक, २०७६ साल भाद्र १० गते मंगलवार

नेपलाको संबिधानले नागरिकलाई अधिकारको व्यवस्था गर्नुका साथै कर्तव्यको पनि व्यवस्था गरेको छ । यसर्थ आफ्नो सार्वजनिक सरोकारको बिषयमा सूचना माग गरि सजग नागरिकको पहिचान बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

जिल्ला सभाले भन्यो ः दुई कार्यालय गैर जिम्मेवार

जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभाले संघीय सरकारका दुई कार्यालयलाई गैर जिम्मेवार भएको निश्कर्ष निकालेको छ । 
सडक डिभिज कार्यालय कुलपाते र शिक्षा बिकास तथा समन्वय ईकाइ अपारदर्शी र गैर जिम्मेवार भएको तेश्रो जिल्ला सभाले निश्कर्ष निकालेको हो । ‘सडक डिभिज कार्यालय कुलपाते र शिक्षा बिकास तथा समन्वय ईकाइ अपारदर्शी र गैर जिम्मेवार कार्यालयको रुपमा मूल्याङ्कन गरिएको र स्थानीय तहसंगको समन्वय र सहकार्य गर्न सम्वन्धित कार्यालयलाई ध्यानाकर्षण गर्ने ।’ बिहिवार जिल्ला सम्वन्य समितिद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । यि दुवै कार्यालयहरुले स्थानीय तह र जिल्ला समन्वय समितिसंग कुनै समन्वय र सहकार्य नगरी काम गरिरहेको सभाको आरोप छ । 
जिल्लामा रहेका स्थानीय तहसंग सहकार्य नगरी गैर जिम्मेवार र अपारदर्शी ढंगबाट योजना सम्पन्न हुने गरेकाले दुई कार्यालयलाई सचेत गरिएको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताए । उनले भने ‘सबै स्थानीय तहसंगको ब्यबहार चित्त बुझ्दो भएन, त्यसैले जनताको काम गर्दा जनताका प्रतिनिधिसंग सहकार्य गर्नु पर्छ भन्ने हो ।’
दुई दिनसम्म चलेको जिल्ला सभाले जिल्लाका नौ वटै स्थानीय तहले गरेको कामको बर्षमा कम्तीमा एक पटक तेस्रो पक्षबाट संयुक्त अनुगमन गराउने निर्णय गरेको छ । पत्रकार, गैर सरकारी संस्था, राजनैतिक दलका प्रतिनिधीको संयुक्त टोलीले प्रत्येक स्थानीय तहको बर्षको एक पटक अनुगमन गराउने ब्यबस्था मिलाउने तेस्रो जिल्ला सभाबाट निर्णय गरिएको हो । ‘आफै योजना बनाउने र अनुगमन गर्ने हुँदा प्रभाबकारी भएन की भन्ने प्रश्न उठ्न थाल्यो’ प्रमुख ऐरले भने ‘त्यसैले अब तेस्रो पक्षले अनुगमन गर्दा थप प्रभाकारी हुन्छ भन्ने बिश्वास छ ।’
सभाका २६ निर्णय
दुई दिनसम्म सञ्चालन भएको जिल्ला सभाले जिल्लाका समसामयिक बिषयहरु सहित २६ वटा निर्णय गरेको बिहिवार प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ । 
सभाबाट जिल्ला समन्वय समिति र गैर सरकारी संस्थाका बिचमा समन्वय गर्नु पर्ने, जिल्लामा भएका सरकारी कार्यालयले अनिवार्य सहकार्य गर्नु पर्ने, साविकको जिल्ला बिकास समितिको बक्यौँता रकम असुल उपर गर्नका लागी कानूनी प्रक्रिया अवलम्वन गर्ने निर्णय गरेको छ । 
यस्तै पर्वतीय जलाधार अनुकुल परियोजना अछाम, कृषि ज्ञान केन्द्र डडेल्धुरा, पशु अस्पताल बिज्ञ केन्द्र र पूर्र्वाधार विकास कार्यालय डडेल्धुराबाट डोटी जिल्लामा पहुँच नभएकोले जिल्लामै कार्यालय स्थापनाका लागी माग गर्ने निर्णय गरेको छ । दिपायल बिमानस्थल, वानडुग्रीसैनमा सेती नदीमा निर्माणाधिन मोटरेबल पुल निर्माण कार्य ढिलासुस्ती भएका कारण यसै आर्थिक बर्षमा सम्पन्न गर्नका लागी सम्वन्धित निकायलाई अनुरोध गर्ने र साविकको सेती अञ्चलका पहाडी जिल्लाका व्यापारीहरुले कर तिर्न सहज वनाउनका लागि डोटीमा कर कार्यालय स्थापना गर्न माग गर्ने लगायतका निर्णय भएको प्रमुख ऐरले वताए ।
बुधवार सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले तेश्रो जिल्ला सभाको उद्घाटन गरेका थिए ।
सडक मात्र बिकास होईन–तामाङ
तराईमा ग्राभेल हाल्नु र पहाडका डाँडामा डोजर चलाउनु मात्र बिकास नभएको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताएका छन । 
तेस्रो जिल्ला सभा तथा बार्षिक समीक्षा कार्यक्रम उद्घाटनका क्रममा तामाङले सो कुरा वताएका हुन । उनले भने ‘हामीले विकास भन्ने बित्तिकै तराईमा ग्राभेल हाल्ने, पहाडमा डोजर चलाएर सडक काट्ने मात्रै हो भन्ने मान्यता अन्त्य गर्नु पर्छ ।’ 
प्रदेश सभा सदस्य तामाङले प्रदेश राजधानीको सवालमा धेरै चरणको छलफलपछि मात्रै गोदावरी राख्ने निर्णय भएको वताए । “राजधानी डोटी नभएकोप्रति डोटेली जनताको आक्रोस स्वभाविकै हो तर यो सवै राजनीतिक दलको सहमतिमा भएको हो” उनले भने “हामीले डोटीको सन्दर्भमा संसदबाटै संकल्प प्रस्ताव पारित गरेका छौं, अव डोटीको विकासका लागि गर्न सकिने कामहरुको वारेमा डोटीबासीले योजना ल्याउनु प¥यो ।” 
जिल्लाका ९ स्थानीय तहका प्रमुख तथा उप–प्रमुख जिल्ला सभाका सदस्यहरुको उपस्थितिमा स्थानीय तहले प्रस्तुत गरेका बार्षिक योजना तथा प्रगति प्रतिबेदन पारित गरेको छ । जिल्ला सभामा जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले सभाको शुभकामना व्यक्त गरेका थिए । 

सम्पादकीय 

यसरी सुधार गरौं असारे विकासलाई ।

प्रत्येक बर्ष असारमा दुई बिषयले व्यापक चर्चा पाउने गरेको छ । आर्थिक बर्ष समाप्त हुने भएका कारण विकास निर्माणका कामहरु सक्नै पर्ने र भुक्तानी लिनै पर्ने भएका कारण टालटुले विकास हुने गरेको कुरालाई सामाजिक सञ्जाल, आम सञ्चारमाध्यम र चिया गफमा पनि उठाउने गरिएको छ । अर्को चर्चा हुने बिषय कमिसनको छ । बर्षका अन्य ११ महिनाको तुलनामा असारमा कमिसनको चर्चा झण्डै चार गुणा बढ्ने गरेको पाईन्छ । यि दुवै चर्चाको ‘जरिया’ एउटै हो, ढिलो गरि विकास निर्माणको काम सुरु हुनु । नौ महिनासम्म हामी चुपचाप बसिराख्ने, बाँकीका तीन महिनामा ईष्टिमेट बनाउने, उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने, विकास निर्माणको काम गर्ने, अनुगमन गर्ने र नापजाँच फरफारक गर्ने सवै काम गर्न खोज्छौं र असारे विकास हुन्छ । त्यो असारे विकासको टाउकोमा टेकेर प्राविधिकहरुले आफ्नो दुनो सोझो बनाउछन् । 
काम गुणस्तरीय भएको हुँदैन, अव गर्नका लागि समय पनि छैन, समयमै भुक्तानी नलिए बजेट फ्रिज जान्छ, लिने हो भने प्राबिधिक ईष्टिमेट अनुसारको “क्वालीटी” “क्वाण्टिटी” पुग्दैन । अव क्वालिटी र क्वाण्टिटी पु¥याउनका लागि प्राविधिकहरुलाई र प्राविििधकमार्फत लेखा साहेव, हाकिम साहेवलाई कमिसन दिनु पर्ने वाध्यता आईलाग्छ । गत बर्षदेखि त कमिसनको भाग खोज्नेहरुको संख्या अलि बढेको छ । प्राविधिकलाई उनीहरुको माग अनुसार सम्झिदिए क्वालिटी र क्वाण्टिटी दुवै पुग्छ । 
यदि काम समयमै सुरु हुन्थ्यो भने समयमै नाप जाँच हुन्थ्यो, समयमै क्वालिटी र क्वाण्टिटी पुगेको छ कि छैन भन्ने बिषय जानकारी हुन्थ्यो । त्यसैले असारे विकासलाई रोख्नका लागि कम्तीमा बर्षभरीको कार्ययोजना वनाउनु जरुरी छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थायीत तहको आागामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम असार मसान्तसम्म पारित गरिसक्नु पर्ने कानुनी व्यवस्था गरेको छ । असारभित्रै कार्यक्रम पारित हुनु भनेको काम गर्नका लागि पुरापुर एक बर्ष हुनु हो । साउनदेखिनै काम थालनी गरौं । कुन महिना के गर्ने भन्ने बिषयमा कार्ययोजना बनाऔं । 
जस्तै ः साउन, भदौं र असोजमा प्रत्येक योजनाको ईष्टिमेट तयार गर्ने, त्यतिवेलासम्म किसानहरु खेतीपातीमा व्यस्त हुन्छन्, बर्षाका कारण विकास निर्माणका कामहरु गर्न सम्भव पनि हुन्न तर प्राविधिकहरुलाई ईष्टिमेट वनाउन कुनै समस्या हुँदैन । कार्तिक महिनामा अभियानकै रुपमा उपभोक्ता समिति गठन गर्ने । मंसिरको महिना अभियानकै रुपमा सम्झौता गर्ने, पुषको महिना अभियानकै रुपमा उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गर्ने । माघदेखि जेठसम्म योजना निर्माण अवधी तोक्ने । त्यो बिचमा सम्पन्न भईसकेका योजनाहरुको अनुगमन गर्ने, नापजाँच फरफारक गर्ने र भुक्तानी पनि दिने कामलाई पनि संगसंगै लैजाने । यसो गर्दा सम्पन्न भईसकेका साना ठुला योजनाहरुले असार कुरिरहनु पर्दैन । जेठ मसान्त भन्दा बढी कुनै पनि योजनाको निर्माण अवधी नराख्ने । जेठ मसान्तमा जति काम भएको छ, त्यत्ति कामको मात्रै भुक्तानी दिने नीतिगत व्यवस्था गर्ने । असारमा कार्यालयी कामहरु मात्रै बाँकी रहने गरि सक्ने । 
यदि यसरी हामीले बार्षिक योजना बनाएर कर्यान्वयन गर्न सक्यौं भने असारे विकास आफै रोकिने छ र कमिसनको खेल पनि अलि कम हुनेछ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान जनप्रतिनिधिहरुले पनि भूमिका खेल्न जरुरी छ ।

थप समाचार 

बैङ्कमा खाता खोल्दै महिलाहरु

डोटी शिखर नगरपालिका–५, धामीगाउँकी २५ बर्षीया ईश्वरी बिकका श्रीमान् खेमराज बिक रोजगारीको लागि भारतको मुम्बईमा छन् । ईश्वारीको बिहे ११ बर्ष पहिले १४ बर्षकै उमेरमा भएको थियो । बिहे हुनुअघि देखिनै रोजगारीका लागि भारत जाने अचेल पनि भारतमै  रोजगारी गर्छन् । 
उहिले खेमराजले आफुले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसंग पठाउँथे । आफु घर आउँदा उनले आफै पनि नगदै बोकेर आउने गरेका थिए । दुःख गरि कमाएको पैसा आफुले बोकेर ल्याउँदा होस् वा अरु कसैको हातमा पठाउँदा, बाटोमा डाँका लाग्छन्, पैसा लुट्छन् भन्ने डर लागिरहन्थ्यो खेमराजलाई । 
अचेल भने खेमराज ढुक्कसंग पैसा पठाउँछन् । ईश्वरीले करीव एक बर्ष पहिले एभ्रेष्ट बैङ्कमा खाता खोलेपछि अव खेमराजले न त पैसा बोकेर ल्याउनु पर्छ न वाटोमा लुटिने डर छ । “पैसा खातामै पठाईरहनु हुन्छ अचेल, उहाँले चैते दशैंमा घर आउँदा पनि बोकेर ल्याउनु भएन” ईश्वरी भन्छिन् ‘उहाँले पठाएको पैसा मलाई चाहिएको जति निकाल्छु, बाँकी बैङ्कमै रहन्छ ।’ 
सोही गाउँकी ३० बर्षीया उसा बोहराले पनि बैङ्कमा खाता खोलेकी छन् । रोजगारीका लागि मलेसियामा रहेका उनका श्रीमान्ले मलेसियाबाट पैसा पठाउँदा उसाकै खातामा पठाउने गर्छन् । आईएमई गर्नु पर्ने, अर्काको खातामा पैसा मगाउनु पर्ने झण्झटबाट अहिले उसा मुक्त भएकी छिन् । 
ईश्वरी र उसाजस्तै ३५ बर्षीया पवित्रा बोहराले पनि बैङ्कमा खाता खोलेकी छिन् । पवित्राका श्रीमान्–श्रीमती खेतीपातीकै काममा व्यक्त हुन्छन् । उनीहरुले पालेका कुखुरा बाख्रा बिक्रीबाट आएको सानोतिनो कमाई घरखर्चबाट बचेपछि बैङ्कमा जम्मा गर्ने गरेका छन् । 
बिगतको तुलनामा गाउँतिरका महिलाहरु बैङ्क खाता खोल्नतिर आकर्षित भएका छन् । धामीगाउँमा रहेको ३० सदस्यीय महिला समूहमा सवैले बैङ्कमा खाता खोलेका छन् । ‘कुनै सदस्यको आफ्नो नाममा नभएर श्रीमान्को नाममा होला, कुनैको आफ्नै नाममा होला’ समूहकी सदस्य पवित्रा बोहरा भन्छिन् ‘प्रत्येक घरका एक जनाको खाता छ ।’
सुरक्षित बैदेशिक रोजगार र वचतको वारेमा छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवाशन समूह गठन भएपछि सवैले बैङ्क खाता खोलेको पवित्रा बताउँछिन् । उनले भनिन् ‘करीव तीन बर्ष भया हामीले समूह गठन गरेको, यसअघि गाउँमा धेरै भए चार÷पाँच जनाको मात्रै खाता थियो होला तर अहिले समूहका सवै सदस्यहरुको नाममा खाता रहेको छ । 
निड्स नेपाल नामक गैर सरकारी संस्थाले बित्तीय साक्षरता सम्वन्धि अभिमूखीकरणमा बैङ्क खाताको महत्वको वारेमा जानकारी गराएपछि आफुहरुले खाता खोलेको समूहकी अध्यक्ष उसा वताउँछिन् । उनी थप्छिन् ‘हामी मुख्य रुपमा बैदेशिक रोजगारको बिषयमा छलफल गर्ने गछौं । त्यसका साथसाथै वचतको बिषयमा पनि छलफल गर्ने गर्छौं ।’ 
खाजाको रकम पनि बचत
समूहको मासिक बचतका लागि निड्स नेपालले सहयोग   गरिरहेको छ । संस्थाले प्रतिव्यक्ति खाजावाफत ३० रुपैयाँखाजा खर्च दिने गरेको बताउँछिन् समूहकी सहजकर्ता चम्पा ओझा । उक्त  रकमको खाजा नखाई वचत     गरिरहेका छन् महिलाहरु । 
‘गारो सारो पर्दा यसै समूहबाट काम चलाउछौं’ समूहकी अध्यक्ष उसा भन्छिन् ‘हामी सवै समूहका सदस्यहरुले पनि मासिक ५० रुपैयाँ जम्मा गर्ने गरेका छौं ।’ उसाले हाल कोषमा ५२ हजार रुपैयाँ जम्मा भएको वताईन । 
कोषको रकम चलाएवाफत समूहका सदस्यहरुले १२ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ भने समूहभन्दा वाहिर यदि कसैले ऋण लिए २४ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । ‘सानोतिनो रकमका लागि साहुँको दैलो चाहार्नु परेको छैन’ समूहकी सदस्य २८ बर्षीया प्रतिभा बोहरा भन्छिन् ‘साहुँबाट ऋण लिए व्याज पनि चर्को तिर्नु पर्र्ने र कचकच पनि सहनु पर्ने हुन्थ्यो तर अहिले सजिलो भएको छ ।’ 
समूहमा रकम बढेपछि महिलाहरुलाई स्वरोजगार बनाउने गरि व्यवसायमा लाग्ने सपना महिलाहरुको छ । प्रतिभा भन्छिन् ‘रोजगारीका लागि कसैले पनि भारत जानु नपरोस, सवैले यतै कुनै व्यवसाय गर्नु परोस् भन्ने सोच हामीले गरेका छौं ।’   
मुख्यतया बैदेशिक रोजगारीलाई कसरी सुरक्षित वनाउन सकिन्छ भन्ने हिसावले आफुहरुले परियोजना मार्फत महिलाहरुलाई सचेत गराईरहेको वताउँछन् निड्स नेपालका कार्यक्रम संयोजक प्रकाश मडै । उनले भने ‘रोजगारीको लागि बिदेशमा जाने, कुनै कागजात नलगे वाटोमा प्रहरीले दुःख दिने समस्या छ ।’ बाटोमा लुटिने र कामका लागि गएकाहरु उतै हराउने जस्ता घटनाहरु धेरै हुने भएपछि यसवारेमा सचेतना जगाउन आवश्यक रहेको मडैले वताए । यसका साथै समूहका सदस्यहरुलाई आय आर्जन सहयोग समेत गरेको उनले वताए ।

सायलमा प्राविधिक शिक्षा सुरु

डोटी सायल गाउपालिका–२ मा रहेको भवानी माविमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरको पढाई सुरु भएको  छ । 
प्रत्येक स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार यस आर्थिक बर्षबाट सायल गाउपालिमा प्राविधिक शिक्षा सिभिल इन्जिनियर (९– १२) सुरु गरिएको हो । प्राविधिक शिक्षा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बिद्यार्थीहरुले घरमै बसेर सहज प्राविधिक शिक्षा लिन पाउने भएको छन् । शिक्षालयको उद्घाटनसंगै सायलबासीहरुमा खुशी छाएको छ ।
शिक्षालयको आईतबार गाउपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले एक कार्यक्रमका विच उदद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष डुम्रेलले गाउँघरमै जनताका छोराछोरीहरुले प्राविधिक शिक्षा अध्ययन गर्न पाउन लागेकोमा खुशी व्यक्त गरे । ‘आर्थिक रुपमा कमजोर भएका गरिव, जेहन्दार, दलित, महिलाहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न सहज हुनेछ’ अध्यक्ष डुम्रेलले भने ‘आर्थिक रुपमा कमजोर भएका गाउपालिका भित्रका विद्यार्थीहरुलाई अध्ययान गर्न आर्थिक सहयोग गर्नु परे गाउँपालिका तयार छ ।’
यस वर्ष सञ्चालनमा आएको प्राविधिक शिक्षा सिभिल इन्जिनियर (९– १२) मा जिम्म ४८ जनाको सिट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज उपाध्यायले बताए । उपाध्यायका अनुसार ४८ जना विद्याथी भर्ना भई कक्षा सञ्चालनमा समेत आइसकेको बताए ।

थरुहटले गरे आन्दोलन घोषणा

थरुहट/थारुवान सम्मेलनले थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय थरुहट÷थारुवान राष्ट्रिय मोर्चा गठन गरिएको छ । 
टिकापुर हिंसात्मक घटना भएको चार वर्षपछि भदौं ७, ८ र ९ गते भएको सम्मेलनले २५ जिल्लाका थारु अगुवाहरुको उपस्थिति रहेको थियो । सम्मेलनले टिकापुरमा बिग्रिएको सामाजिक सद्भाव मजबुत बनाएको र सद्भाव कायम राख्नका लागि राज्यले नै तदारुकता देखाउनु पर्ने जारी घोषणापत्रमा उल्लेख छ । 
थरुहट संघर्ष कुनै जाति विशेषको विरुद्ध नभइ राज्यसत्ता र सरकारसंग रहेको घोषणापत्र मार्फत स्पष्ट पारिएको छ । टिकापुर घटनाको अभियोगमा झूठा मुद्दा लगाइ जन्मकैद सजाय सुनाइएका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहित ११ जना बन्दीलाई राजनीतिक संवाद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी रिहा गर्नु, टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनु पर्ने, विगतमा थरुहट/थारुवान सङ्घर्ष समितिसंग सरकारले गरेको सहमति कार्यान्वयन गर्नु पर्ने माग घोषणा पत्र मार्फत गरिएको छ । 
हाल कायम सात प्रदेशको संरचना नमान्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी र जातिलाई सूचीकृत गर्नु पर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनु पर्ने लगायतका मागहरु घोषणापत्रमा उल्लेख छन् । 
सम्मेलनले तीन चरणका आन्दोलन तय गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो चरणमा तराईका जिल्लामा प्रचारात्मक र सङ्गठन विस्तारको अभियान अगाडि बढाउने थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मिनराज चौधरीले जानकारी दिए । भदौं ७ लाई विद्रोह दिवस र भदौ ८ लाई कालो दिन मनाउने, प्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई आफ्ना मुद्दा सम्बोधनका लागि संसद्मा बोल्न दबाब दिने निर्णय गरिएको चौधरीले वताए । 
दोस्रो चरण अन्तर्गत तराईमा जनप्रदर्शन, कोणसभा, विरोधसभा, ¥याली, आमसभा आयोजना गर्ने आन्दोलनप्रति ऐक्याबद्धताका लागि तराईका स्थानीय तहमा जनप्रतिनिधिलाई ‘पेन डाउन’ गर्न लगाउने चौधरीले जनाए । तराईमा चल्ने सवारी साधनले थरुहट/थारुवान प्रदेश अङ्कित स्टिकर टाँस्नु पर्ने, संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने सम्मेलनले निष्कर्ष निकालेको प्रवक्ता चौधरीले बताए । 
तेस्रो चरण अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी, मसाल जुलुस प्रदर्शन गर्दै सरकारलाई असहयोग अभियान चलाइने जनाइएको छ ।

डेढ बर्षमा ७९ मेगावाट बिद्युत थपिदै

सुदूरपश्चिम प्रदेश आउँदो डेढ वर्षमा ७० मेगावाट बिद्युत थप हुने भएको छ । 
सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माणाधीन कालंगा बेसिनका तीन जलविद्युत आयोजनाको निर्माण कार्य पुरा भएपछि बिद्युत उत्पादन थपिने भएको हो । आगामी डेढ वर्षभित्र उक्त आयोजनाको निर्माण कार्य पुरा हुँदैछ । कालंगा बेसिनमा ३८ मेगावाटको अपर कालांगा, १५ मेगावाटको कालंगा र १० मेगावाटको सानीगाड जलविद्युत आयोजना समेत गरी ६४  मेगावाट जलविद्युत उत्पादन शुरु हुने जनाइएको छ ।
यस्तै कैलालीको कर्णाली नदीको रानी जमरा सिंचाईं आयोजना अन्तर्गत बनिरहेको विद्युत आयोजनाबाट एक वर्षभित्र विद्युत उत्पादन हुँदैछ । 
यी तीन जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएसंगै सुदूरपश्चिम प्रदेश जलविद्युतमा पूर्ण रुपमा आत्मनिर्भर भएर अरु प्रदेशलाई समेत विद्युत आपूर्ति गर्न सक्षम हुने पनि जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा ६५ मेगावाट विद्युतको माग रहेको छ । प्रदेशको विद्युत विस्तार नभएको क्षेत्रमा समेत विद्युत विस्तार गर्दा कुल विद्युत माग पाँच मेगावाट मात्रै बढ्ने नेपाल विद्युत प्राधिकरण, प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्णले बताए । उनले सुदूरपश्चिम प्रदेशको सबै वस्तीमा विद्युत विस्तारपछि यहाँको कुल माग ७० मेगावाट पुग्ने अनुमान गरिएको बताए ।
हाल सुदूरपश्चिम प्रदेशमा ४२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । बझाङका तीन आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि सुदूरपश्चिमको विद्युत उत्पादन एक सय ६ मेगावाट पुग्ने छ । आउँदो एक वर्षभित्र राष्ट्रिय गौरवको रानी जमरा सिंचाईं आयोजनाबाट उत्पादन हुने चार मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने छ । यससंगै सुदूरपश्चिम प्रदेशको जलविद्युत उत्पादन आगामी डेढ वर्षभित्र एक सय ११ मेगावाट पुग्ने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको माग अनुसारको विद्युत आपूर्ति भएर बाँकी रहेको ४१ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडेर अरु प्रदेशमा सप्लाई हुने जनाइएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का महासचिव आशिष गर्गले सुदूरपश्चिम प्रदेशको जलविद्युत खपत क्षमता निकै कम भएकाले बाँकी जलविद्युत राष्ट्रिय ग्रिडबाट अन्य प्रदेशमा सप्लाई हुने बताए ।
विद्युत विकास विभागबाट २०७२ चैत १४ गते निर्माण अनुमति पाएको प्रवद्र्धकले बझाङका तीन वटै आयोजनाको निर्माण कार्य एकसाथ अगाडि बढाएको छ । कालंगा गाड जलविद्युत आयोजनाका निर्देशक विरेन्द्र मल्लले यी आयोजनाको काम समग्रमा ७० प्रतिशत पुरा भइसकेको बताए । उनले पाँचरछ महिनाको अन्तरालमा यी तीन वटै आयोजनाको निर्माण कार्य पुरा भएपछि एउटै प्रसारण लाईनबाट विद्युत प्रसारण गर्नुपर्ने भएकाले उत्पादन पनि एकसाथ गरिने बताए ।
यी तीन वटै विद्युत आयोजनाका प्रवद्र्धक समूह एउटै भए पनि छुट्टाछुट्टै तीन वटा कम्पनी स्थापना गरी जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । सानीगाड हाइड्रो प्रालिले अपर कालंगा, कालंगा हाइड्रो प्रालिले कालंगा र बुंगल हाइड्रो प्रालिले सानीगाड जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।
कालंगा जलविद्युत आयोजनाका अधिकारी पुष्प चित्रकारले अपर कालंगाको ५४, कालंगाको ६५ र अपर सानीगाडको ४५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको बताए ।
उनका अनुसार अपर कालंगा आयोजनामा छ अर्ब ३२ करोड १६ लाख ४० हजार, कालंगा आयोजनामा दुई अर्ब ८० करोड र सानीगाड आयोजनामा एक अर्ब ८१ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएको छ । जम्मा १० अर्ब ९३ करोड ६६ लाख ४० हजार रुपैयाँ लगानी हुने यी तीन आयोजनामा ७० प्रतिशत निजी क्षेत्र, २० प्रतिशत नागरिक र १० प्रतिशत स्थानीय नागरिकको शेयर लगानी रहेको उनले बताए । 

एक वर्षको अवधिमा विभिन्न घटनामा परी ५८ जनाको मृत्यु

आर्थिक वर्ष २०७५/०७६ मा बिभिन्न घटनामा परि ५८ जनाको ज्यान गएको छ । 
जिल्ला प्रहरी कार्यालय डोटीको मुद्दा रेकर्ड अनुसार एक बर्षको अवधिमा विभिन्न घटनामा उक्त संख्यामा मृत्यु भएको हो । प्रहरी रेकर्ड अनुसार सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । झुण्डिएर २२, बिष सेवन गरेर पाँच र नदीमा हाम फालेर १ गरि २८ जनाले आत्महत्या   गरेका छन् ।  
त्यस्तै भवितव्य ज्यान अन्तर्गत ११ जनाको ज्यान गएको छ भने सवारी दुर्घटनामा एक वर्षको अवधीमा १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ । यो अवधीमा कर्तव्य ज्यान सम्वन्धि तीन मुद्धा दायर भएका छन् भने फुटकर ज्यान सम्बन्धि तीन घटना भएका छन् । करेन्ट लागेर एक, सवारी भवितव्य एक, आत्महत्या दुरुत्साहन एक रहेको प्रहरीले जनाएको छ । 
यस्तै यो अवधीमा सर्पको टोकाईबाट तीन जनाको ज्यान गएको छ तर सर्पको टोकाईबाट भएका घटनाहरु प्रहरीमा दर्ता भएका छैनन् । 
चालु आर्थिक बर्षमा हालसम्म कर्तव्य ज्यानमा एक मुद्धा दर्ता भएको छ । फुटकर ज्यानमा दुई जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप्रका डोटीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक लालवहादुर धामीका अनुसार सबैभन्दा बढी झुण्डिएर आत्महत्या हुनुका विभिन्न कारणहरु रहेको र मुख्य कारण डिप्रेशन (तनाव) रहेको बताए । उनले ‘मान्छे विभिन्न कारणले डिप्रेशनमा पर्छ र आफ्नो जीवनसँग हारेर आफ्नो सहयोगी कोहि नभएको, आफु कमजोर रहेको लगाएतका सोंचले अन्त्यमा आत्महत्याको निर्णयमा पुग्छ ।’
हिजोका दिनहरुमा गाउँ–गाउँमा विभिन्न महायज्ञ, पुराण, स्वस्थानी जस्ता धार्मिक कार्य बढी हुने र त्यसमा सत्कर्म गर्न प्रेरित गर्नुका साथै आत्मबल बढाउने गरिने भएका कारण पहिले आत्महत्या कम हुने गरेको उनको भनाइ छ ।
हाल आत्महत्या गर्नुका कारणहरुमा परिवारबाट एक्लो हुनु, जीवनदेखि हिम्मत हार गर्नु, प्रविधिको दुरुपयोग, गलत व्यवहारमा संलग्न हुनु, श्रीमान–श्रीमती लामो समय टाढिने, परीक्षा असफलता लगायतका रहेको पनि धामीले बताए ।
आत्महत्याका घटनामा तुलनात्मक रुपमा हेर्दा पुरुषभन्दा बढी महिलाका घटना बढी देखिने गरेको उनले बताए । यद्यपी डोटीमा आ.व. २०७५/७६ को आत्महत्या गर्ने महिला पुरुषको संख्या बराबर ११/११ जना रहेका छन् ।
आत्महत्याका घटना रोक्न का लागि जीवनमा उत्प्रेरणा जगाउने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने वताउँछन् अधिवक्ता शंकरदीप मडै । उनले भने ‘स्वयं व्यक्तिले आत्मबल बढाउने, पारिवारिक सद्भाव कायम राख्ने, महिला हिंसा विरुद्ध खुलेर संघर्ष गर्नुपर्छ ।’ पछिल्लो समयमा आत्महत्या दुरुत्साहनका लागि भएको कानूनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्ने वताउँदै मडैले भने ‘कानूनी राज्यको स्थापना भएमा अपराधका घटनाहरु कम भएर जान्छन् ।’

अख्तियारमा एक बर्षमा २० प्रतिशतले मुद्धा बढे

 रामहरि ओझा/डोटी
     भाद्र ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कञ्चरपुरमा मुद्धा दर्ताको संख्यामा करीव २० प्रतिशतले बृद्धि भएको छ । 
कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा जम्मा सात सय ३४ मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७४÷७५ मा मुद्धा दर्ताको संख्या पाँच सय ८८ रहेको थियो । २०७० साल असोजमा तत्कालीन सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायलमा अख्तियारको क्षेत्रीय कार्यालयका स्थापना भएको थियो । पछि क्षेत्रीय कार्यालय स्थापना भएको तीन महिना नवित्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पर्क कार्यालय खोलिएको थियो । हाल दिपायलको सवै कार्यालय महेन्द्रनगरमै रहेको छ । 
गत आर्थिक बर्षमा दर्ता भएका मुद्धाहरुमध्ये ६ सय नौ फर्छौट भएका छन् । फर्छौट भएकामा बिस्तृत अनुसन्धानमा गएका ६३, सिधै तामेलीमा गएका दुई सय ७३, सुझाव सहित तामेलीमा गएका ३०, अन्य महाशाखा कार्यालयमा छानविनका लागि पठाईएका १२, आवश्यक कारवाहीका लागि सम्वन्धित निकायमा पठाईएका ९३, अन्य उजुरीमा गाभिएका एक सय ३८ रहेको कार्यालय प्रमुख शिववहादुर कार्कीले जानकारी दिए ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये भ्रष्टाचार भएको भन्दै सवैभन्दा बढी मुद्धा कैलाली जिल्लाबाट दर्ता भएका छन् । यस जिल्लाबाट दुई सय ६२ मुद्धा परेका छन् । यस्तै सवैभन्दा कम बाजुराबाट १७ मात्र मुद्धा परेका छन् । कञ्चनपुरबाट एक सय ६४, बैतडीबाट ७२, डडेल्धुराबाट ५१, बझाङ्गबाट ४७ दार्चुलाबाट ४६, डोटीबाट ३९ र अछामबाट ३६ मुद्धा आयोगको महेन्द्रनगर कार्यालयमा दर्ता भएका छन् । 
बिषयगत रुपमा सवैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग सम्वन्धित मुद्धा परेका छन् । यस बिषयमा दुई सय ६ मुद्धा रहेका छन् । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसंग सम्वन्धित एक सय ७३, वन तथा वातावरण मन्त्रालयसंग सम्वन्धित एक सय २२, भूमि व्ववस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयसंग सम्वन्धित ६३ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्वन्धित २२ मुद्धा दर्ता भएका छन् । 
यसैगरी भौतिक पूर्वाधार तथा यातायत विकाससंग सम्वन्धित २१, शहरी विकाससंग सम्वन्धित १३, गृहसंग सम्वन्धित १३, अर्थसंग सम्वन्धित १२, उद्योग, वाणिज्य तथा आपुर्तिसंग सम्वन्धित १०, उर्जा, सिंचाई तथा जलश्रोत सन्वन्धित १८ र अन्य निकाय वा कार्यालय संग सम्वन्धित ४० मुद्धा रहेका छन् । 
आर्थिक बर्ष २०७४/०७५ मा पनि सवैभन्दा बढी कैलालीबाट एक सय ६० दर्ता भएका थिए भने सवैभन्दा कम बाजुराबाट १३ मुद्धा दर्ता भएका थिए । बैतडीबाट ५४, अछामबाट ५०, डोटीबाट ४९, डडेल्धुराबाट ४७, बझाङ्गबाट ३२ र दार्चुलाबाट २६ मुद्धा दर्ता भएका छन् । 
स्थापनादेखि हालसम्म यस क्षेत्रमा चार हजार सात सय ९९ मुद्धा दर्ता भएका र तीमध्ये चार हजार एक सय ३२ मुद्धा किनारा लागिसकेका कार्यालय प्रमुख कार्कीले जानकारी दिए । 

डेंगुले एकको ज्यान गयो

 कर्ण चन्द/डोटी
     भाद्र ७
डोटीमा पहिलो पटक डेंगुबाट एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–६ थापलाकी ४२ बर्षीया छत्र मलासीको डेंगुबाट मृत्यु भएको हो ।
बिरामी भएपछि उपचारका लागी माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहिबार बिहान मृत्यु भएको  हो । टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागी धनगढी लगिएको जेठाजु नारद मलासीले बताए । मलासीले भने ‘सुरुमा यो भारईल ज्वरोको समस्या सबै तिर छ, त्यही होला भन्ने भयो बढ्दै गएपछि उपचारका लागी धनगढी लग्यौँ, डाक्टरले डेंगु हो भने, हामी आश्चर्य चकित भयौँ ।’
डोटी जिल्लामा बस्दै आएकी मलासीलाई डेंगु भनेपछि स्थानीयमा त्रास छाएको छ । मसालीलाई डेंगु र स्क्रप टाईफस दुई वटा बिरामी देखिएको मायाँ मेट्रो अस्पतालका डाक्टर बिष्णु जोशीले बताए । जोशीले भने ‘उहाँमा डेंगुले धेरै संक्रमण गरिसकेको थियो, त्यसैले उपचार सम्भव भएन, कैलालीमा डेंगुको संक्रमण बढ्दो छ ।’
जिल्लामै अहिलेसम्म डेंगु रोग नभेटिएको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताए । मिश्रले भने ‘हाम्रो  रेकर्डमा अहिलेसम्म छैनन्, डेंगुबाट मृत्यु भएको खबर मैले पनि सुने, हामी परीक्षण गर्छौं, त्यसका लागी किटको माग गरिसकेका छौं ।’ पहाडमा पनि डेंगु रोग देखिनु चिन्ताजनक बिषय भएको डा मिश्रले  बताए ।

खेल समाचार 

राष्ट्रिय ब्याडमिन्टन ईटहरीमा

नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।
राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा हुने उक्त प्रतियोगिताले योनेक्स सनराईज राष्ट्रिय खेलाडीहरुको वरीयता निर्धारण गर्ने आयोजक संस्थाले जनाएको छ । भदौ २४ देखि २८ गतेसम्म इटहरी स्थित रंगशाला नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष उच्च १६ वरीयता तथा महिला उच्च १२        वरीयताको एकल, उक्त बरियता बाहेककाको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ बर्ष माथीको पुरुष भेट्रान्स युगल गरि १० स्वर्ण पदकका लागि करिव १९० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
पुरुष तर्फ उच्च १६ बरियता तथा महिला तर्फ उच्च १२ बरियतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उनले उच्च बरियताका खेलाडीहरुले खुलामा प्रतिस्पर्धा गर्दा खेलको स्तरमा झनै कमि आउने भएकाले उच्च बरियताका विच मात्र एकलमा प्रतिस्पर्धा गराईने    बताए । उक्त बरिता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्ने छन् । यसतै पुरुष तथा महिला जोडीमा सवैले प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितालाई नेपालस्थित योनेक्सको आधिकारीक विक्रेता योनेक्स  सनराईजले विगत केहि संस्करण देखि प्रायोजन गर्दै आईरको र यस पटक पनि प्रायोजन गर्ने भएको छ ।
कुल ५ लाख ५८ हजारको लागत  रहेको प्रतियोगितामा उच्च बरियताविचको पुरुष तथा महिला एकलमा शिर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

जिएससिए टोली यूएई प्रस्थान

ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली सोमबार यूएइको अज्मान प्रस्थान गरेको छ । 
१३ खेलाडीसहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबारविदाइ गरेका छन् । अगष्ट २६ देखि ३० तारिखसम्म अज्मानमा हुने वाईटीसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागी हुन हुने प्रतियोगितामा नेपाली टोलीले युएईको योङ ट्यालेन्ट्स क्रिकेट एकेडेमी, एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरियो क्रिकेट एकेडेमी र किङ्ग्स क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । १७ वर्षमुनिका खेलाडीहरु सहभागी हुने प्रतियोगिता ३० ओभरको हुने छ ।
खेलाडीहरुमा डिकेन्द्र शाह, अमित ढकाल, पियुशकुमार झा, विकेश श्रेष्ठ, अनुरोध पन्त, सन्देश पंगेनी, रोशन दवाडी, प्रतीक ढुंगाना, आदित्य कपुरी, विराज शर्मा, राजु भुसाल, सचिन घिमिरे र अनुभव कार्की रहेका छन् । प्रशिक्षकमा एकेडेमीका अध्यक्ष सुदीप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् ।

चलचित्र मनोरञ्जन 

अग्निदहन बिदेशमा पनि

रासस
बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र अग्निदहन विदेशमा प्रदर्शन हुन ेभएको छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र थाइलैण्डमा अग्निदहन प्रदर्शन हुँदैछ । तीनवटै देशमा रहेका नेपाली दूतावासको व्यवस्थापनमा सो चलचित्र प्रदर्शनको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिएका हुन् ।
प्रदर्शनी समारोहमा प्रतिष्ठानका अध्यक्ष उपाध्यायसहित वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नवीनकि– रण भुषाल सहभागी हुनेछन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा सुदूरपश्चिमेली नेपाली समाजको पाँचौँ अधिवेशन तथा गौरा पर्वको कार्यक्रममा अग्निदहन प्रदर्शन गरिनेछ ।
भदौ ११ गते सिङ्गापुरमा तथा भदौ १४ गते थाइलैण्डमा उक्त चलचित्र प्रदर्शन गरिनेछ ।

“कालपुञ्ज” मा आधुनिक चित्रकला

नागरिक दैनिकबाट
आधुनिक चित्रकलाका हस्ती मानिने लैनसिंह बाङ्देलबाट कला सिकेका नेपाली आधुनिक कलामा सक्रिय कलाकारद्धारा तयार गरिएका विभिन्न कला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ । लैनसिंह वाङ्देल पुरस्कार कोषलाई सघाउने आयोजित ‘कलापुञ्ज’ नामक चित्रकला प्रदर्शनीमा गत बिहीबारबाट सुरू भएको थियो ।
कलाकार शंकरराज सिंह सुवालले गणेश भगवानको प्रतीमालाई क्यानभासमा कोरेका थिए । गणेशको मनमा हरपल महादेव र पार्वती बस्ने धार्मिक मान्यतालाई उनले चित्रकलाको स्वरूप दिएका छन् । शान्तिको प्रतिक मानिने गौतम बुद्धले संसारलाई ज्ञान प्रदान गरेको घटना रोचक शैलीमा क्यानभासमा कोरिएको छ । नेपालको संस्कृतिदेखि कुमारी जात्राको महत्वलाई उनले प्राथमिकता दिएर धार्मिक सहिष्णुताको व्याख्या गरेका छन् । प्रदर्शनीको आयोजना आधुनिक कला समाज (सोमा) ले गरेको थियो । यो प्रदर्शनीको पाँचौ संस्करण हो ।
महिला सशक्तिकरणलाई जोड दिँदै चित्रकार कान्ति न्यौपानेले हिमाली क्षेत्रको कामकाजमा व्यस्त शेर्पा समुदायका महिलालाई क्यानभासमा उतारेकी थिइन् । शेर्पा भेषभूषामा देखिएको महिलाहरूले ग्रामीण परिवेशको चित्रण गरेका थिए । धार्मिक आस्थामा जोड दिँदै मुक्तिनाथ दर्शन गर्न हिडेका महिलाहरूलाई क्यानभासमा समेटिएको थियो । अर्की चित्रकार रमा मास्केको ‘माई लाइफ, माई स्टाइल’ शीर्षकको चित्रकलाले कलाकारको वास्तविक जीवनलाई क्यानभासमा उतारेकी छिन् । विनासकारी भूकम्पले भत्किएको भवन, हिमाल र गाउँघरमा हुक्का खाँदै गरेकी महिलाको चित्रकला प्रदर्शनीमा राखिएको छ ।
चित्रकार शंकरनाथ रिमालले नेपालको परिचय दिने राष्ट्रिय झण्डा र हिमालहरूलाई चित्रमा प्राथमिकता दिएका छन् । उनले अस्ताउँदै गरेको घाममा सुन्दर देखिने हिमाललाई विभिन्न रंगको माध्यमले कलात्मक बनाएका छन् । प्रदर्शनीमा नेपालको ग्रामीण परिवेशलाई चित्रण गरेर तयार गरिएको चित्रकला समावेश गरिएका थिए । वन्यजन्तु संरक्षणमा जोड दिँदै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन् । ‘नेपालका खोलाहरूमा सुन बगिरहेका छन् । सम्बन्धित निकायले वेवास्ता गरिदिएका कारण कलाको माध्यमले झकझकाउने प्रसाय गरेको छु,’ उनले भने ।
पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन् । त्यस्तै वन्यजन्तु संरक्षण बारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन् ।
आधुनिक चित्रकला प्रदर्शनी भनिएपनि सबै खालका चित्रहरूलाई समेट्न खोजिएको थियो ।

लेख 

कस्तो हुनुपर्छ अवको राष्ट्रिय शिक्षा नीति !

रामहरि ओझा
बुधवार नेपाल कानून समाजद्वारा डोटी जिल्ला    सदरमुकाम सिलगढीमा टाउन हल मिटिङ्गको आयोजना गरियो । अवको राष्ट्रिय शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने बिषयमा प्रारम्भिक छलफल गर्ने क्रममा आयोजना         गरिएको उक्त मिटिङ्गमा संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन समितिका सदस्यको समेत उपस्थिति रह्यो । संबिधानसभा सदस्य एवं कानूनबिद् खिमलाल देवकोटाले “संवैधानिक व्यवस्थाको कसीमा ः शिक्षा नीति, प्रचलित व्यवस्था र प्रभावकारी कार्यान्वयनका लागि गरिएको अपेक्षा” बिषयको कार्यपत्र प्रस्तुत गरे । 
मिटिङ्कमा सहभागि व्यक्तिहरुले आफ्नो तर्फबाट संबैधानिक शिक्षक सेवा आयोगदेखि शिक्षकको तहगत बढुवासम्म, प्राबिधिक शिक्षादेखि नैतिक शिक्षासम्म, नीजि बिद्यालयको खारेजीदेखि शिक्षकहरुलाई बिज्ञताका आधारमा अन्य क्षेत्रमा लैजानु पर्नेसम्म, मण्टेश्वरीदेखि बिश्वबिद्यालयसम्म, अभिभावक शिक्षादेखि शैक्षिक तालिमकेन्द्रसम्म, मातृभाषामा शिक्षादेखि अंग्रेजी माध्यमबाट शिक्षासम्म, यस्तायस्तै । 
बिगतको केन्द्रिकृत एकात्मक शासन व्यवस्था अहिले बिकेन्द्रित संघात्मक शासन व्यवस्था भएको छ । तीन तहका सरकार वनेका छन्, तीनै तहलाई संबिधानले व्याख्या गरेको छ र संबिधान्ले नै अधिकार क्षेत्र निर्धारण गरेको छ । त्यसकारण अवको शिक्षा नीति विगतको एकात्मक शासन व्यवस्थाको जस्तो भएर उपलव्धी हुँदैन बरु बिवाद सिर्जना हुन्छ । नयाँ शिक्षा नीति आवश्यक छ । 
शिक्षा नीति वनाउँदा बर्तमान संबिधान अनुसारको शिक्षा नीति वनाउने वा संबिधान संसोधन पनि गर्न सक्ने गरी शिक्षा नीति वनाउने भन्ने कुराको बहस हुनु जरुरी  छ । संबिधानले अनुसूची–५ देखि ९ सम्म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारका एकल र संयुक्त अधिकार क्षेत्रको व्यवस्था गरेको छ । शिक्षा सम्वन्धि अधिकारलाई संघ, प्रदेश र स्थानीय तहमा तहगत रुपमा बिभाजन गरेको छ । अनुसूची–५ मा केन्द्रीय बिश्वबिद्यालय, केन्द्रीय प्रज्ञा प्रतिष्ठान, बिश्व बिद्यालयको मापदण्ड र केन्द्रीय पुस्तकालय संघको अधिकार क्षेत्रभित्र राखेको छ । अनुसूची–६ मा प्रदेश बिश्व बिद्यालय, उच्च शिक्षा र पुस्तकालयको अधिकार प्रदेश सरकार मातहत रहने व्यवस्था गरेको छ । अनुसूची–८ ले आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेको छ । 
यस आधारमा अव बिद्यालय शिक्षा अर्थात अहिलेको संरचना अनुसार कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको मातहतमा रहेको छ । यसमा संघ वा प्रदेशले कुनै प्रकारको हस्तक्षप गर्न पाउने छैनन् । संबिधानको अनुसूची–८ धारा ५७ (४), धारा २१४(२), धारा २२१(२) र धारा २२६(१) संग सम्वन्धित छ । धारा ५७(४) ले “स्थानीय तहको अधिकार अनुसूची–८ मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र गाउँ सभा वा नगर सभाले बनाएको कानून बमोजिम हुनेछ ।” भन्ने व्यवस्था गरेको छ । यसको अर्थ आधारभूत तथा माध्यमिक शिक्षाको हकमा स्थानीय तहले वनाएको कानून वमोजिम हुनेछ । संघ वा प्रदेश सरकारले वनाएको शिक्षा सम्वन्धि कानूनले आधारभूत तथा माध्यामिक शिक्षाको हकमा स्थानीय तहहरुलाई निर्देशित गर्ने छैन । संबैधानिक व्यवस्थालाई आधार वनाएर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(ज) मा स्थानीय तहलाई आधारभूत तथा माध्यमिक शिक्षा सम्वन्धि २३ अधिकार दिएको छ । यद्यपी अहिले करार शिक्षक नियुक्तीदेखि शिक्षक सरुवा, काज आदि बिषयहरुमा पनि नेपाल सरकारको हस्तक्षेप छ, यो दुर्भाग्य हो ।  
अव अहिले कुरा उठे अनुसार यदि स्थानीय तहलाई दिईएको शिक्षा सम्वन्धि अधिकार कतौटी गर्ने गरी शिक्षा नीति वनाउने हो भने संबिधान संसोधन गर्नु पर्ने हुन्छ । संबिधान संसोधन नगर्ने तहमा छलफल गर्ने हो भने संघीय शिक्षा ऐनका धेरै प्राव्धानहरु हटाउनु पर्ने हुन्छ र त्यो लाईनबाट शिक्षा नीति वनाउनु आवश्यक छ । 
अवको शिक्षा नीतिमा अर्को एउटा संबैधानिक कुरा पनि ध्यान दिनु जरुरी छ । संबिधानको प्रस्तावनामै “समाजबादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न” भन्ने उल्लेख गरिएको छ । यसको अर्थ अव शिक्षा पनि समाजबाद उन्मुख हुनुपर्छ । वर्गीय समाजमा शिक्षाको स्वरुप पनि वर्गीय हुन्छ । लेनीनले भनेका छन् “विद्यालयलाई राजनीतिबाट टाढा राख्नु भनेको पाखण्डीपन हो ।” त्यसैले अवको शिक्षा नीति पनि समाजवाद उन्मुख वनाउनु जरुरी छ । गणतन्त्रलाई संस्थागत गरी समाजवादी व्यवस्था स्थापना गर्न शिक्षालाई राजनीतिसँग जोडेर लैजानुपर्छ । संबैधानिक व्यवस्थाको बिषयमा स्पष्ट भईसकेपछि बिद्यालय शिक्षाको वर्तमान अवस्थालाई ध्यान दिनु जरुरी छ । 
२०७५ को बिद्यालय शिक्षा परीक्षा (एसईई) को नतिजा हेर्ने हो भने शिक्षामा सरकारी लगानीको तुलनामा उपलव्धी निराशाजनक छ । एसइइमा भाग लिएका चार लाख, ५९ हजार दुई सय ७५ बिद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख २५ हजार तीन सय ३० (७१ प्रतिशत) थिए । उक्त नतिजामा जिपिए समूह ३.६० देखि ४.०० ल्याएका १७ हजार पाँच सय ८० मध्ये सामुदायिक विद्यालयका १६ प्रतिशत मात्रै छन् । अर्थात सवैभन्दा माथिल्लो जिपिए ल्याउनेमध्ये ८४ प्रतिशत नीजि बिद्यालयका हुन जवकी एसईईमा भाग लिने कुल बिद्यार्थी संख्याको २९ प्रतिशत मात्रै नीजि बिद्यालयबाट छन् ।
सबैभन्दा कम जिपिए समूहमा ०.८० देखि १.२० ल्याएका चार हजार चार सय २९ विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाछ ९७ प्रतिशत रहेका छन् । यो नतिजालाई आधार मान्ने हो भने सामुदायिक बिद्यालय भन्दा नीजि विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिन्छ । जति जिपिएको ग्रेडिङ्ग बढ्दै जान्छ नीजि विद्यालयको उच्च जिपिए ल्याउने संख्या बढ्दै गएको देखिन्छ । सामुदायिक विद्यालयको सवालमा जति जिपिए घट्दै जान्छ विद्यार्थीको संख्या त्यति नै बढ्दै जान्छ ।
त्यसकारण अवको शिक्षा नीति कस्तो हुने भन्ने बिषयमा सैद्धान्तिक बहस हुनु अति जरुरी छ । यि माथीका कुराहरुमा स्पष्टता आएपछि शिक्षा नीति वनाउनका लागि देहायका बिषयहरुमा पनि ध्यान दिनु अति जरुरी हुन्छ ः 
१. दृष्टिकोण ः 
दृष्टिकोण एउटा दर्शनमा आधारित मान्यता हो । जब दृष्टिकोण वस्तुवादी वा वैज्ञानिक भएन भने लक्ष्य र उद्देश्यमा पुग्न सकिदैन । विश्वलाई हेर्ने र बुझ्ने दार्र्श्निक पक्ष मुख्यतया आध्यत्मवाद, भौतिकवाद, द्वन्द्वात्मक भौतिकबाद हुन् । आध्यात्मकवादले जगतलाई चेतनाको उपज मान्दछ । भौतिकवादीहरु सम्पूर्ण विश्वको अस्तित्व भौतिक स्वरुप मान्दछन् । यसले संसारलाई स्थिर र अपरिवर्तनीय मान्दछन् । द्वन्द्वात्मक भौतिकवादले जगतको मूल आधार पदार्थ मान्दछ र यो गतिशिल छ भन्ने मान्दछन् । द्वन्द्वात्मक भौतिकवादी शिक्षाले समाजवादी व्यवस्था स्थापित गर्न मद्दत गर्दछ । शिक्षाको दृष्टिकोण दुनियाँ बुझ्ने र बदल्ने हुनुपर्छ । त्यसकारण अवको शिक्षा नीति कुन दृष्टिकोणमा आधारित हुने भन्ने कुराको टुङ्गो लगाउनु  पर्छ । 
२. सैद्धान्तिक अवधारण ः
शिक्षा वास्तविक गरीव जनताको जीवनयापनको मुल आधार बन्न सक्नु पर्छ । अवको शिक्षा कोरा आदर्श मात्रै झार्ने भन्दा पनि उत्पादन संघर्ष, वैज्ञानिक प्रयोगका कामसँग फिट हुने खालको हुनु पर्छ । सिकारुले प्राप्त   गरेको ज्ञान वैज्ञानिक, प्राविधिक र प्रयोगात्मक हुनुपर्छ । प्रमाणपत्र झोलामा हालेर ४५ डिग्रीको तापमानमा आफ्नो शरीर गलाउनु पर्ने जनशक्ति उत्पादन गर्ने सैद्धान्तिक अवधारणाको शिक्षाले काम लाग्दैन । शिक्षा सर्वसुलभ, निःशुल्क र अनिवार्य हुनुपर्छ । शिक्षाले सवैखाल बिभेद्हरु अन्त्य गर्न सक्नु पर्छ, शिक्षामा नीजिकरण र व्यापारिकरण अन्त्य हुुनुपर्छ, शिक्षा किन्नका लागी होइन श्रम गर्नका लागि हो भन्ने मान्यता स्थापित गर्न सक्नुपर्छ, कम खर्चिलो र कम बोझिलो हुनुपर्छ । 
३. उद्देश्य ः 
बैज्ञानिक समाजबादका प्रवर्तक कालमाक्र्स र उनका सहकर्मी एंगेल्स “सिद्धान्त र व्यवहारलाई तथा शारीरिक पक्षलाई मानसिक पक्षमा संयोजन गरेर व्यक्तिको सर्वाङ्गीण विकास गर्नु र पुँजीवादको एकाङ्गी विशिष्टतालाई समाप्त गर्नु शिक्षाको उद्देश्य हुनुपर्छ ।” भनेका छन् ।
हामीले विगतदेखि नै चरित्रबान्, नैतिकबान् व्यक्ति उत्पादन गर्ने शिक्षाको मुल उद्देश्य मान्दै आयौं । यो उद्देश्य व्यक्ति केन्द्रित आदर्शवादी थियो । चरित्र निर्माणको बिषय यति सहज पनि होईन र चरित्र मात्रै निर्माण गरेर हाम्रो शैक्षिक प्रमाण पत्र बिश्व बजारमा बिक्री हुने सम्भावना छैन न त यो शिक्षा जीवनोपयोगी हुन सक्यो । अव शिक्षाको उद्देश्य व्यक्ति केन्द्रित होइन समाज केन्द्रित   हुनुपर्छ । वर्तमान युगमा व्यक्तिको आधारमा समाज निर्माण हुन्छ । समाजको स्वरुपले व्यक्तिको स्वरुप निर्धारण गर्छ । व्यक्ति स्वयं असल खराब हुँदैन । सामाजिक वातावरण जस्तो छ, व्यक्तिको चरित्र त्यस्तै निर्माण हुन्छ । त्यसैले अव व्यक्तिको चरित्र निर्माण गरेर मात्रै हुँदैन, समाजको चरित्र निर्माण गर्ने शिक्षा आवश्यक छ । उद्देश्य निर्माण गर्दा यसमा ध्यान दिनु जरुरी छ ।
४. तहगत संरचना ः 
शिक्षा नीति वनाउँदा शिक्षाको तहगत संरचना कस्तो हुने भन्ने कुरा ध्यान दिनु जरुरी हुन्छ । नेपालमा हालसम्म पटक पटक धेरै प्रकारका संरचनाहरुको अभ्यास भएको छ । यद्यपी राजनीतिक अस्थिरता भएका अन्य मुलकहरुमा पनि शिक्षाको तहगत संरचनामा उतारचढाव आएको देखिन्छ । स्थिर राजनीतिसंगै शिक्षाको तहगत संरचनामा पनि स्थिरता आएका बिश्व उदाहरणहरु छन् । त्यसैले नेपालको बर्तमान अभ्यासकै आधारमा पूर्व प्राथमिक तह, आधारभूत तह, माध्यमिक तह र उच्च तह गरि चार तहमा शिक्षालाई बिभाजन गर्नु पर्छ । 
पूर्व प्राथमिक तहलाई बालबालिकाहरुको बिद्यालय जाने बानीको विकास गराउने उद्देश्यका साथ स्थापना गर्ने र त्यो प्रत्येक समुदायमा स्थापना गर्ने व्यवस्था मिलाउनु पर्छ । यसलाई “बाल हेरचाह केन्द्र” को रुपमा विकास गर्नु पर्छ । अर्थात् अभिभावकहरु काममा गएका बेला नानीबाबुहरुको सम्पूर्ण हेरचाह गर्ने खालले व्यवस्था गरिनु पर्छ, न की दुई घण्टाको मात्रै । पाँच बर्षमूनीका नानीबाबुहरुका अभिभावक निर्धक्क भएर उत्पादनसंग जोडिन् सक्ने वातावरण यो तहमा मिलाईनु पर्छ ।
आधारभूत तहलाई पनि तीनवटा उपतहमा बिभाजन गरिनु पर्छ । १-३, १-५ र १-८ आधारभूत तह । पाँच बर्ष उमेर पुरा गरेको बालबालिकाहरुलाई अनिवार्य रुपमा कक्षा १ मा भर्ना गराउने व्यवस्था गरिनु पर्छ । १४ बर्ष पुरा भएपछि अनिवार्य रुपमा कक्षा ९ मा भर्ना हुने वातावरण वनाईनु पर्छ । यदि १४ बर्षमा पनि ९ कक्षामा भर्ना हुन सकेन भने यसका लागि बैकल्पिक व्यवस्था गरिनु पर्छ । 
माध्यमिक तहलाई दुई तहमा बिभाजन गरिनु पर्छ । प्रारम्भिक माध्यमिक तह र पूर्ण माध्यमिक तह । प्रारम्भिक माध्यमिक तहलाई कक्षा ९ र १० र पूर्ण माध्यमिक तह ११ र १२ लाई वनाईनु पर्छ । १४ बर्ष पुरा भएको बालबालिका कक्षा ९ मा भर्ना हुने र १६ बर्ष नपुग्दै प्रारम्भिक माध्यमिक तह पुरा गर्ने शिक्षा हुनु पर्छ । यसरी १८ बर्षभित्र पूर्ण माध्यमिक तह उत्तीर्ण गरिसक्नु पर्ने व्यवस्था गरिनु पर्छ ।  
उच्च शिक्षाभित्र स्नातक तह, स्नातकोत्तर तह, अनुसन्धान तह र बिद्यावारिधी तहलाई राखिनु पर्छ ।
५. बिद्यार्थीहरुको वर्गीकरण ः 
हामीले बिद्यालयको मात्रै वर्गीकरण गर्दै आएका छौं, बिद्यार्थीको अर्थात् सिकारुको वर्गीकरण हामीले कहिल्लै गर्न आवश्यक ठानेनौं । एसईई परीक्षामा न्यून ग्रेड ल्यायो भने हामी काम नलाग्ने वा कमजोर बिद्यार्थीका रुपमा हेर्छौ तर त्यो बिद्यार्थीमा अन्य कुनै प्रतिभा छ कि भनेर हामीले कहिल्लै अध्ययन गरेनौं । रुची र कौशल परीक्षण गरी बिद्यार्थीहरुको वर्गीकरण गर्नु आवश्यक छ । यो व्यवस्था कक्षा ५ उत्तीर्ण गरेपछि, कक्षा ८ उत्तीर्ण गरेपछि र कक्षा १० उत्तीर्ण गरेपछि गर्ने व्यवस्था मिलाईनु पर्छ । हाललाई कक्षा ८ को अन्त्यमा अनिवार्य रुची र कौशल परीक्षणको व्यवस्था गरिनु पर्छ । बालबालिकाहरुको क्षमता, रुची र कौशल एकातिर हुने तरपनि उनीहरुले कितावको भारी बोक्नै पर्ने र त्यो रट्नै पर्ने जुन अवस्था छ यसको अन्त्य गरी बालबालिकाको क्षमता र रुची र कौशलका आधारमा वर्गीकरण गर्ने र सोही अनुसारको लाइनमा उनीहरुको सहज पहुँच पु¥याउने खालको शिक्षा हुनु आवश्यक छ ।   
६. पाठ्यक्रम र शिक्षण बिधि ः 
अवको शिक्षाको पाठ्यक्रम “ताराबाजी लै लै....” मा आधारित होईन् विज्ञान, प्रबिधि र प्रयोगात्मक हुनु पर्छ । बिद्यालय शिक्षामा अहिले देखिएको पाठ्यक्रमको अन्यौलता हटाईनु पर्छ । नीजि होस् वा सामुदायिक जुनसुकै बिद्यालयले पनि एउटै पाठ्यक्रम लागु गर्नु पर्छ । बिद्यार्थीले उचाल्न नसक्ने गरी झोलाको भार बढाउने पाठ्यक्रम अन्त्य गर्नु पर्छ । 
अहिलेको शिक्षा प्रणाली हाम्रो पूर्ण रुपमा घोगन्ते छ । अझ नीजि बिद्यालयमा त डण्डाको भरमा रटाएर “ए प्लस” ल्याउनै पर्ने अवस्था छ । शिक्षाको गुणस्तर सुधार गर्ने नाममा हामीले अग्ला महल वनाउँदैछौ, सुरक्षाको नाममा बिद्यालयमा घेरबार लाएर बिद्यार्थीहरुलाई कैद गर्दैछौं । “सिमेण्टको बक्सा(टिनको बक्सा(सिमेण्टको बक्सा” बिद्यार्थीको जीवन यत्तिमै बितेको छ अर्थात् घर (सिमेण्टको बक्सा) बाट बस (टिनको बक्सा) मा बस्छ र फेरी सिमेण्टको बक्सा (बिद्यालय) मा पुग्छ । भौतिक वातावरणको बिषयमा उसलाई कुनै जानकारी हुँदैन । 
बिद्यालयमा चिल्ला भवनहरु छन् तर शिक्षण सामग्रीहरुको नाममा शिक्षक निर्देशिका सम्म पनि पाईदैन । त्यसैले अवको शिक्षण बिधि प्रयोगात्मक हुनु जरुरी छ । अव “खुला कक्षा शिक्षा” अवधारणा ल्याउनु जरुरी छ । 
७. मुल्याङ्कन ः
अवको शिक्षा नीतिले बिशेष ध्यान दिनु पर्ने बिषय मुल्याङ्कन प्रणालीको हो । निरन्तर मुल्याङ्कनलाई थप प्रभावकारी बनाईनु जरुरी छ । निर्णायक मुल्याङ्कनलाई बिश्वासिलो वनाईनु पर्छ । तीनी घण्टामा बिद्यार्थीले लेख्नै पर्ने यदि कुनै कारणले लेख्न सकेन भने उसले अनुत्तीर्ण हुनु पर्ने अुन्छ । परीक्षा प्रणालीमा सुधार ल्याउने नाममा हामीले “ग्रेडिङ्ग सिस्टम” मा रमाउँदैछौं । परीक्षा प्रणालीलाई कम्तीमा बिश्वासिलो, प्रयोगात्मक र बैज्ञानिक वनाईनु पर्छ । 

Tuesday, August 20, 2019

बिम्ब साप्ताहिक, २०७६ साल भाद्र ३ गते मंगलवार

 लोकतन्त्रको आधार ः सूचनाको अधिकार 
 सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार 
 कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार 
 सूचना लिने दिने संस्कृतिको विकास गरौं 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचर 

आह ! अछामको बैद्यनाथ धाम

रामहरी ओझा/डोटी
     भाद्र २
“डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या । मलाई पन उडाइ लैजा हिमचुलीका डाँफ्या”
यो गीत त्यतिकै गाएका होईनन् रहेछन् चर्चित देउडा गायक नन्दकृष्ण जोशीले । साँच्चै रमणीय छ, अछामको साँफे । चारै तिर डाँडाले घेरेको बिचमा समथर ठाउँ, परभली नदी र बृद्धगंगा (बुढी) गंगाको माला, हेर्दै रहर लाग्दो । त्यही बुढीगंगाको छेवैमा रहेको छ बैद्यनाथ धाम । प्राङ्गणमा सौर्य बत्ति लगाईएका छन्, प्राङ्गणको बिच भागमा मञ्च छ । भित्र चार ढोका भएको बैद्यनाथको मन्दिर, वरीपरी अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरु रहेका छन् । 
मन्दिर परिषरमै यज्ञशाला छ, प्रतिक्षालय, बैठक कक्ष पनि मन्दिर परि–षरमै वनाईएका छन् । 
बैद्यनाथको धार्मिक महत्व 
धार्मिक रुपमा अति महत्व राख्ने नेपालमा चार धाम रहेका छन् । सुनसरी को बराह क्षेत्र, काठमाण्डौंको पशुपति क्षेत्र, मुस्ताङको मुक्तनाथ क्षेत्र र अछामको बैद्यनाथ क्षेत्र । यस क्षेत्रलाई रावणले तपस्या गरी बरदान प्राप्त गरेको क्षेत्रका रुपमा लिईन्छ । शिवजीको दर्शन पाउनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरे, त्यहाँ सफल हुन सकेनन् । त्यसपछि भारतको झारखण्डमा तपस्या गरे, त्यहाँ पनि वर पाएनन् । त्यसपछि रावणले अछामको बैद्यनाथ क्षेत्रमा हवन गर्न सुरु गरे । “धार्मिक पुस्तकहरु अनुसार रावण धेरै जिद्दि स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तो सुकै बलिदानी दिन पनि तयार हुन्थे” मन्दिरका पुजारी देवराज उपाध्याय भन्छन् “पुराण अनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स(शरीर हमन गर्ने सोचेर दशौं टाउको काट्न लाग्दा शिवजीले बैद्यको रुपमा दर्शन दिए । बैद्य भएर रावणका सवै टाउकाहरु फेरी जोडेका कारण यस क्षेत्रको नाम बैद्यनाथ राखिएको हो ।” 
यसरी शिवको दर्शन पाएपछि रावणले शिवजीसंग बाचा गराई शिवलिङ्ग लङ्का लैजानका लागि मागे । बाचा अनुसार शिवले आफ्नोे लिङ्ग दिए । सो कुरा पार्वतीले थाह पाएपछि उनले अदृष्य शक्तिको प्रयोग गरी शिललिङ्गलाई उठाउनै नसक्ने गरङ्गो वनाई दिईन । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिङ्ग यसै बैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरेको उपाध्यायले वताए । १२ वटा ज्योतिर्लिङ्गमध्ये एक नेपालमा रहेको छ, जुन बैद्यनाथ धामका अवस्थित छ । “हुन त भारतले झारखण्डमा रहेको बैद्यनाथ धामलाई असली बैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरुमा गरिएको व्याख्या अनुसार सवै कुरा अछामकै बैद्यनाथ धामको मेल खान्छ” बैद्यनाथ बिद्याश्रमका प्रधानाध्यापक समेत रहेका उपाध्यायले भने “बैद्यनाथ धाम क्षेत्रमा बृद्धनदी (बुढीगंगा), पद्मजा नदी (पाईली गाड), गोदावरी नदी (परभली नदी) र  सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।” यस्तै खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दावी छ ।
मन्दिर संरक्षण र व्यवस्थापनका लागि २०४४ सालमा बैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । उक्त संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आईरहेको वताउँछन् संस्थाका अध्यक्ष नेत्र कुँवर । उनले भने “नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्दन आवश्यक छ, हामीले पहल गरिरहेका छौं ।” 
साँफे हाट वजारबाट करीव तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा महाशिवरात्रीका दिन धुमधामसंग मेला लाग्ने गर्छ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेको वताउँछन् संस्थाका अध्यक्ष कुँवर । उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ । यस्तै माघे संक्रान्तिका दिन पनि उक्त धाममा भव्य मेला लाग्ने गरेको छ । राष्टू शान्तिका लागि बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको पुजारी उपाध्याय वताउँछन् ।
मन्दिरभित्रै बिद्याश्रम 
बैदिक सनातन जोगाउनका लागि २०५५ सालमा मन्दिर परिषरभित्रै वेद बिद्याश्रमको स्थापना गरिएको   छ । कक्षा ६, ७ र ८ को पढाई हुने उक्त बिद्याश्रममा हाल ४३ बिद्यार्थी रहेको प्रधानाध्यापक उपाध्यायले वताए । बिद्याश्रमका एक दरवन्दी र दुई राहत गरि तीन जना सरकारी शिक्षक रहेका छन् । यस्तै नेपाल महर्षि फाउण्डेसनले एक जना कर्मचारी र सशस्त्र प्रहरी बलले एक जना कर्मचारी बिद्याश्रमलाई सहयोग गरेको छ । 
“४३ जना बटुकहरु र हामी तीन जना शिक्षकहरु बिद्याश्रममै बस्छौ र यतै खाना खान्छौं” शिक्षक केशवराज भट्टले भने “बटुकहरुको खानाका लागि मुख्य श्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ (पुजारी) हरुको भरण पोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनु पर्ने व्यवस्था थियो । पीरका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता रहेको थियो । 
सोही अनुसार अहिले पनि पायल, लुंग्रा र पर्वा गाउँहरुबाट पीरपाथी संकलन हुन्छ । यसरी संकलन भएको धाननै वटुकहरुको भोजनको मुख्य स्रोत भएको उनी उपाध्यायले वताए । 
यस्तै महर्षि फाउण्डेशनले नित्य पुजाका लागि बार्षिक ६ लाख रुपैयाँ दिने गरेको र उक्त रकम पनि बटुकहरुको खाना, लुगामा खर्च गर्ने गरेको उपाध्यायले  वताए । “हामीले सहयोग रसिद पनि छपाएका छौं” उपाध्यायले भने ‘मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुले सहयोग गर्छन्,  यसरी नै चलेको छ ।’ केही व्यक्तिहरुले नियमित सहयोग गर्ने गरेको उनले जानकारी दिए । “कहिलेकाँही नगरपालिकाले, वडाहरुले पनि सहयोग गर्ने      गरेका छन्” उनी थप्छन् “स्थायी स्रोतहरु भने केही छैन ।” 
बैद्यनाथ संग्रहालय पनि 
मन्दिर परिसरभित्रै बैद्यनाथ संग्रहालय स्थापना गरिएको छ । बिक्रम् सम्वत् १८४८ सालमा जर्नेल अमरसिंह थापाको टोलीले आछाम बिजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएका छन् । अछाम बिजयपछि डोटीका लागि हिडेको थापाको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राती काँडामै बास बसेर द्वीप प्रज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् । राती टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसंग भएका सम्पूर्ण हातहतियार बैद्यनाथ मन्दिरमा चढाएर जानु भनेपछि सोही अनुसार ३१ नाल बन्दुक र खुकुरी लगायतका हतियारहरु बैद्यनाथलाई चढाएको साँफेवगर नगरपालिका–१ का वडाध्यक्ष अमरवहादुर शाहले वताए । उनले भने “पुरातत्व विभागले पनि यो हतियार त्यतिवेलैको भएको पुष्ठी गरेको छ ।” 
संग्रहालयमा पीर (पुजारी) ले लाउने लुगा, पुजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको बैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष कुँवर वताउँछन् । यसका साथसाथै अछामका महत्पूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका तम्विरहरु पनि राखिएको उनले वताए । 
नौमुठे गाई पनि मन्दिरभित्रै 
अछामको नौमुठे गाई प्रसिद्ध छ । अगाडिको खुट्टाको खुरबाट मुट्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुट्ठी उचाई मात्रै हुने भएकाले यस जातको गाईलाई नौ मुठे गाई नामाकरण गरिएको हो । 
“नौ मुठे गाई लोप हुँदै  गईरहेको छ, यसको संरक्षण गर्नु आवश्यक छ” संस्थाका अध्यक्ष कुँवरले भने ‘हामीले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले नौ मुठे गाईको वारेमा पनि जानकारी पाउन भन्ने उद्देश्यका साथ मन्दिरभित्रै नौ मुठे गाई पाल्न सुरु गरेका छौं ।’ उनले मन्दिरमा गाईको सुद्ध दुध चढाउनका लागि पनि गाई पाल्न आवश्यक भएको वताए ।  

सम्पादकीय 

कानूनमाथीको उपहास

२०७४ साल भाद्र १ गते तत्कालीन व्यवस्थापिका संसदले कानुन पारित ग¥यो । नेपालको कानुनी ईतिहासमा बिभेद् बिरुद्धको पहिलो कानुन मानिने मुलुकी ऐन, २०२० लगायतका कानुनहरुलाई बिस्थापित गर्ने गरी पारित गरिएका कानुनहरु एक बर्षपछि अर्थात २०७५ साल भाद्र एब गतेबाट लागु हुने गरि पारित भएका कानुनहरु स्वभावैले तोकिएको समयमा लागु हुन्छ र भएपनि । 
पुराना कानुनहरु यस कारण परिर्माजन, संसोधन, खारेज हुन्छ कि ति कानुनहरुले समय सापेक्ष हुँदैनन्, तिनिहरुलाई समय सापेक्ष वनाउनका लागि नयाँ कानुनहरुले प्रतिस्थापन गरिन्छ । यस्तै भएको हो यसपाली पनि । यो बिगतदेखिनै हुँदै आएको कुरा हो । 
निश्चित रुपमा कानुनमा केही समस्याहरु छन् । प्रजातान्त्रिक, गैर प्रजातान्त्रिक जस्तो स्वरुपको भएपनि राज्यको शैली तानाशाह नै हुन्छ । हामीले प्रजातान्त्रिक भनेर आफुलाई जति व्याख्या गरेपनि शैली तानाशाहनै हुन्छ । त्यसकारण राज्यले नागरिकमाथी केही अंकुश लगाउने प्रयत्न गर्छ र नागरिकले स्वतन्त्रताका लागि        खवरदारी पनि गर्छ । यही सिलसिला सधैं चलिरहन्छ ।
एक बर्षअघिदेखि लागु भएका ति संहिताहरुमध्येको मुलुकी अपराध (संहिता) ऐन, २०७४ पनि हो । यस ऐनको दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ । यदि कसैले यस्तो कसूर गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँँसम्म जरिबाना हुने व्यवस्था पनि उक्त दफाले गरेको छ । 
दुई बर्ष अगाडी पारित भएको र एक बर्ष अगाडी प्रचलनमा आएको कानूनमा के व्यवस्था छ भन्ने बिषयमा सचेत नागरिकलाई जानकारी भएकै हुनु पर्ने हो । नभएको भएपनि “कानूनको अनबिज्ञता क्षम्य हुँदैन” भन्ने कानूनको सिद्धान्त छ । त्यो सिद्धान्त अनुसार कानूनबारे जानेकाहरुले वा नजानेकाहरुले कसैले पनि कानूनको उलंघन गर्नु हुँदैन ।  
पछिल्लो समय यही एउटा घटनाले बजार तातेको छ । पत्रकार सालिकराज पुडासैनीले आत्महत्या गरे । यद्यपी उनको मृत्युलाई हत्या वा आत्महत्या के भन्ने बिषयमा अहिले पनि विवाद् छ । तर पनि प्रहरीले उनले आत्महत्या गरेको र उनलाई आत्महत्याका लागि दुरुत्साहन गरेको कोणबाट अध्ययन गर्दैछ । यसको एउटै कारण पुडासैनीले मृत्युअघि गरेको भिडियो रेकर्ड । 
आत्महत्या आफैमा कायरपन हो । तर, व्यक्तिले कुनै न कुनै परिवन्धमा परेर आत्महत्या गर्छ । नेपालकै मात्र तथ्याङ्क हेर्ने हो भने भने प्रत्येक बर्ष पाँच हजारले आत्महत्या गरेको पाईन्छ । भिडियो रेकर्ड पुडासैनीले आत्महत्या गर्नुको कारण के हो भन्ने खोजी हुनु स्वभाविकै हो । तर, उनको घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरि अनावश्यक प्रदर्शनहरु भईरहेका छन् । व्यक्ति जो सुकै होस्, कुनै घटनासंग नाम जोडियो भने त्यसको छानविन हुनु जरुरी हुन्छ । अरुको वारेमा सधैं औला उठाउँदै हिड्ने व्यक्तिले आफ्नो वारेमा अनुसन्धान गर्नबाट किन डराउने ? के यो कानूनी राज्यको उपहास होईन र ? 
प्रहरीले निश्पक्ष छानविन गरेन भनेर हामी सडकमा कुर्लिने हो भने प्रहरीले निश्पक्ष छानविन गर्ने कसरी हो । हरेक अपराध अनुसन्धान आसंकाबाट सुरु हुन्छ । आसंका लागेको व्यक्तिलाई प्रहरीले सोधपुछ गर्न सक्छ, कानून वमोजिक नियन्त्रणमा लिन सक्छ, हिरासतमा राख्न सक्छ, निगरानीमा राख्न सक्छ । अनि अनुसन्धानै गर्न पाईदैन, रिहाई गर्नु पर्छ, अभियुक्त निर्दोष हो भनेर चिच्याउनेहरुले के कुरा पनि बुझ्नु जरुरी छ भने प्रहरी अपराधी करार गर्ने निकाय होईन, प्रहरी अनुसन्धान गर्ने निकायमात्रै हो, अपराधी हो होईन भन्ने त मुद्धा हेर्ने अधिकारी हो । सडकको भिडले अपराधी हो भन्दै अपराधी हुने र होईन भन्दैमा वरी हुने भन्ने हुँदैन । त्यसैले कानूनको उपहास नगरौं ।

थप समाचार 

सेतीमा सातको ज्यान गयो

आईतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको ज्यान गएको छ । 
दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी करिश्मा आइतवार बिहान करीव १० वजे सेतीमा डुवेकी हुन् । उनको शव वडेको ठाउँको करीव एक किलोमिटर तल मटेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव  उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । 
बैशाख यता सेती नदीले सात जनाको ज्यान लिएको छ । करीव ३९ बर्षदेखि सात सय ५० मेगावाट जलबिद्युत उत्पादन गर्ने भनी “पश्चिम सेती” का नामले चर्चामा रहेको सेती नदीले बर्षेनी ज्यान लिने गरेको छ । चार महिनामा सात जनाको सेतीकै कारण ज्यान गएको हो । 
जेठ ३ गते डोटी के आई सिंह गाउँपालिका–५ का ३८ बर्षीय लोकेन्द्र वहादुर रावल सेती नदीमा डुवेर मृत्यु भयो । शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक स्थल सालमूनिमा पुजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको  थियो ।
यस्तै शिखर नगरपालिका–४ कि १६ बर्षीया धर्मा महरा जेठ ५ गते सेती नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भईन । फुपुको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ सेती नदीमा वेपत्ता भएकी थिईन । प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन ।
यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ बर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुवेर वेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुवेर वेपत्ता भएका थिए । उनको शव १३ दिनपछि फेला परेको थियो । 
आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ बर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा डुविन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिईन् । उनको शव फेला परेको छैन । 
शिखर नगरपालिका–१० का अन्दाजी पाँच बर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुवे । उनको शव सोही करीव तीन किलोमिटर तल सोही नगरपालिकाको, वडा नं. ८ लडागडा क्षेत्रमा फेला प¥यो । 
आदर्श गाउँपालिका–४ का ५२ बर्षीया मनि पार्कीले दिपायल सिलगढी   नगरपालिका–८ को नारी दाङमा हाम फालिन । उनको शव पनि फेला परेको छैन । 
सेती नदीमा पानीको वहाव तेजिलो भएका कारण नुहाउन पस्दा सामान्य लाप–रवाहीले डुव्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी धामीले   जानकारी दिए । “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो छ” सूचना अधिकारी धामीले भने ‘यसले गर्दा पनि अन्य नदीमा पौडी खेलिरहेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुव्ने गरेका छन् ।’ चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुव्ने गरेको धामीको अनुभव छ । नदीमा डुव्नेहरुमा अधिकांश नुहाउने क्रममा डुवेका छन् । नदी किनाराका बस्तीहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक रहेको प्रहरी नायव उपरीक्षक धामी वताउँछन् ।
यस्तै कर्णाली नदीमा डुवेर एकले ज्यान गुमाएका छन् । डोटी बडीकेदार गाउँपालिका-५ लानाका १३ बर्षीय हर्क थापामगर सोही गाउँपालिकाको वडा नं. ३ ओखलढुङ्गा भन्ने ठाउँमा कर्णाली नदीमा बाँधेर राखेको डुङ्गासंग खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । 

प्रदेशसभाको वजेट अधिवेशन सम्पन्न

सुदूरपश्चिम प्रदेश सभाको वजेट अधिवेशन आइतबार अन्त्य भएको छ ।
बजेट अधिवेशनमा रुपमा बुझिने प्रदेश सभाको चौथो अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले अधिवेशन अन्त्य गर्न पठाएको पत्र वाचन गरी अधिवेशन अन्त्य भएको घोषणा गरे ।
चौथो अधिवेशन अन्तर्गत सभाको आइतबार बसेको बैठकमा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन विधेयक पारित भएको थियो । यो बिधेयकसंगै चौथो अधिवेशनले आठ विधेयक पारित गरेको प्रदेश सभा सभामुख अर्जुनवहादुर थापाले बताए । 
अधिवेशनले पारित गरेका अन्य बिधेयकहरुमा स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सुदूरपश्चिम प्रदेशको आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक २०७६ रहेका छन् । यस्तै, अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७६, केही प्रदेश ऐन संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, र आर्थिक वर्ष २०७६÷०७७ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पनि सभाले पारित गरेको छ ।
प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार जेठ १ गतेबाट सुरु भएको चौथो अधिवेशनको अवधीमा सभाको बैठक ३६ पटक बसेको थियो । जम्मा ३४ दिन बोलाइएको बैठक ३८ घण्टा ३७ मिनेट चलेको सभामुख थापाले जानकारी दिए ।
बैठकमा विशेष समय सात पटक र शून्य समय दुई पटक प्रदान गरिएको थियो । चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेटको विषयमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) को अवरोधका कारण बैठक लगातार २१ दिनसम्म आठ पटक स्थगित भएको थियो ।
चौथो अधिवेशन समापनको समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशको उन्नति, प्रगतिका लागि प्रदेश गौरवका आयोजनाहरू सञ्चालनका लागि विशेष ध्यान दिन सरकारसंग अनुरोध गरे । “जनताका थुप्रै आकांक्षा छन्” नेता रावलले भने ‘प्रदेश सरकारले प्रदेशका जनतालाई विकासको अनुभूति हुने गरी काम गर्नु प¥यो ।’ प्रदेश सभा सदस्यहरू तथा प्रतिपक्ष दलले उठाएका सवालहरूमा गम्भीर हुन रावलले आग्रह गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले देखिने गरी राजधानी कार्यान्वयनको काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । संघीयतालाई बलियो बनाउन भूमिका निर्वाह गर्न तामाङले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।
यस्तै प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद मालमति रानाले सभाले पारित गरेका विधेयकहरूको प्रभावकारी ढंगले कार्यान्वयन सरकार जिम्मेवार हुने पर्ने जिकिर गरिन् । जनताले कर तिरे अनुसार विकासको अनुभूति गर्न नसकेको चर्चा गरिन् भन्दै रानाले यस विषयमा सरकार सचेत हुने पर्ने वताईन ।
आईतवारको बैठकमा प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीले सो विधेयकमाथि दफावार छलफल गरी पारित गर्न प्रस्ताव पेश गरेकी थिइन् । विधेयकमाथिको दफावार छलफलमा प्रदेशसभा सदस्यहरू बलबहादुर सोडारी, श्यामलाल राना थारु, दुर्गाकुमारी कामी र शान्ति नेपालीले भाग लिए ।

मुर्झायो कान्छी नेपाल ‘सिलगढी’

मोहन शाही/डोटी
     भाद्र १
शैलेश्वरी मन्दिरको उत्तर दक्षिणमा लहरै फैलिएको सिलगढी बजार । लाम्चो डाँडामा टापुमा बनेका चिटिक्क नेवारी घरहरु । अधिकांस घरका थाम दलानहरु सुनसान छन् । मुल ढोकामा ताल्चा झुण्डिएका छन् । थाम दलानसंगैका कोठामा राखिएका ¥याकहरु रित्ता छन् । ८७ बर्षीया जगत लक्ष्मी श्रेष्ठ आजभोली रित्ता ¥याक र सुनसान दलान देखेर नियास्रो मान्छिन् । 
सिलगढी बजारको चहलपहलमा बितेको बाल्यकाल आजभोली उनी झल्झली सम्झन्छिन् । अछामी, बझाङ्गी, बिमकोटे, दर्नाली राजाले किनमेलका लागि सिलगढी आउदा बाल्यकालमा ओखरको कुटेरो खान दिएका घटना उनको मानसपटलमा ताजै छ । जुम्ला, हुम्ला, अछाम, बाजुरा देखि सुर्खेतसम्मका मानिसहरुको चलहपहलमा जवानी बिताएकी जगत लक्ष्मी आजभोली सुनसान सिलगढी बजार देखेर नरमाइलो महसुस गर्छिन् । उनका सासु सासुरा र दुई देवरको पुरै परिवार घरमा ताला लगाएर काठमाण्डौं गएको बर्षांै भइसक्यो । 
७१ बर्षीय गोबिन्द प्रसाद श्रेष्ठ कान्छि नेपालका रुपमा प्रख्यात सिलगढी शहर अहिले खण्डहर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्छन् । उनी अहिलेको अवस्थाप्रति बिरत्तिएका छन् । ‘हजारौं भेडाबाख्रा, च्यांग्राहरु टाढाटाढाबाट आउँथे, भोटको नुन यही पुग्थ्यो’ उनले बिगत सम्झदै दुखेसो गरे  ‘५०/६० वटा त कपडा पसल मात्र थिए, एउटा पनि घर खाली थिएनन् । मानिसहरुको आवतजावतले बजार भरिभराउ हुन्थ्यो । अहिले भने यस्तो अवस्था छ ।’ उनका बुझाईमा सिलगढी चिन्ता बोकेर काम गर्न सक्ने शक्तिशाली नेता नभएर यो अवस्थामा आइपुगेको हो । 
पृथ्वी नारायण शाहको नेपाल एकिकरणको अभियानका क्रममा काठमाण्डौं, ललितपुरका नेवारमाथि हुने आक्रमणबाट सुरक्षित हुन तथा खस्कदो पुख्र्यौली ब्यापारलाई  निरन्तरता दिने क्रममा अढाई सय बर्ष अघि ठाउँ खोज्दै सिलगढी आइपुगेको देबेन्द्र गुरुङ्ग बताउछन् । 
राणाकालमा नेपालका ४ प्रशासकीय गौणामध्य डोटीको सिलगढी पनि एक थियो । शिक्षा, स्वास्थ्य, अड्डा अदालत, प्रशासन, बजारका लागि मानिसहरुको चहलपहल काठमाण्डौ पछि डोटीमा चहलपहल थियो । बडाहाकिम, राजारजौटाहरुको आगमनले गर्दा काठण्डौ झै चहलपहल हुने भएकाले सिलगढीलाई नेपालको कान्छी शहरका रुपमा चिनिएको गोबिन्द प्रसाद श्रेष्ठ सुनाउछन् । 
सिलगढीमा २ वटा बजार छन् । शैलेश्वरी मन्दिर भन्दा माथिल्लो बजारमा सामान्य चहलपहल हुन्छ । केही पसलहरु अझै बाँकी छन् । यद्यपी माथिल्लो बजारमा बाझो घर त्यतिकै छन् । तल्लो बजार भने पुरै सुनसान छ । प्राय घर बाझो छन् । केही घर भत्किसकेका छन् भने केही घरमा घरमालिक नभएपनि ग्रामीण क्षेत्रबाट सिलगढीमा पढ्न तथा कुनै कामले बसोबास गर्न आएका ब्यक्तिहरुलाई हेरचाहको जिम्मेवारी दिएर आफु अन्यत्र बसाई सराई गरेका छन् । ‘केही घर सस्तो मुल्य लिएर भाडामा दिएका छन्’ स्थानीय देबेन्द्र गुरुङ्गले भने ‘मानिसहरुको चहलपहल नै नहुदा के के न जस्तो लाग्छ ।’
सिलगढीमा कलिलै उमेरबाट ब्यापार ब्यवसाय गरिरहेका ओमप्रकाश सिंहले बिगत र अहिलेको सिलगढीमा निकै परिवर्तन आएको बताए । घरमा भाडा बस्ने मान्छे समेत नपाइने गरेको उनको दुखेसो छ । ३२ बर्षीय देवराज साउद १० बर्षको अन्तरमा पनि निकै फरक आएको अनुभव सुनाउछन् । 
पछिल्लो समय जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रबाट आएकाहरुले घर बनाएका भएपनि सिलगढीको मुल बजारमा भने अधिकांस नेवार जाती छन् । सिलगढीको सिरानमा रहेको नाचन्थली देखि पुछारमा रहेको इन्द्रचोक बिचमा झण्डै दुई सय भन्दा बढी घरपरिवार छन् । 
भेषभुषा र बोली भाषा हुबहु नेवारी नभएपनि यो समुदायमा चाडपर्ब र खानपानमा भने नेवारीपना झल्कन्छ । ब्यापार गर्न आएका यहाँका नेवारहरु आजभोली यो पेशाबाट लगभग पलायन भइसकेका छन् । अधिकांस जागिरे भइसकेका छन् । त्यसमा पनि सरकारी तर्फ बढीको आर्कषण छ । 
कहाँबाट आए सिलगढीमा नेवार ?
सिलगढीमा नेवारहरु फरक फरक खलकका छन् । यिनीहरु खलक छुट्टिने भनेकै कहाँबाट आएका हुन् भन्ने कुराले पुष्टी गर्छ । यहा भक्तपुर र काठमाण्डौको पाटनबाट आएका नेवारहरु भेटिन्छन् । अधिकांसको मुल थलो भत्तपुर भएपनि बिभिन्न ठाउमा बसाइ सर्दै सिलगढी आएकाले यिनका पुर्खापनि बेग्लै छन् । जस्तो तीर्थनारायण श्रेष्ठका परबाजे बीर नरसिंह श्रेष्ठ पोखराको पार्दीबाट आए । उनका बाजे आउनु अघि यहा भक्तपुरको भादगाउ एकाचोबाट बाग्लुङ्ग हुदै सिलगढीमा (बज्जीमाया) इन्द्रमान श्रेष्ठको परिवार आइसकेको थियो । यहा आएपछि तीर्थनाराणका बाजेले  बज्जीमाया परिवारबाट बिहे गरे । 
यि दुई जस्तै भक्तपुरको मुल थलो छोडेर पाल्पा, प्यूठान, बझाङ्ग, अछाम, धनकुटा, सल्यान, पोखरा, बाग्लुङ्ग भएर आएका अरु परिवार पनि छन् । त्यस्तै काठमाण्डौंको पाटनबाट आएको अमात्य  परिवार बेग्लै छ । ‘नेपाल एकिकरण बेला पृथ्वी नारायण शाहको डरत्रासका कारण केही नेवार ज्यान जोगाउन यहा आएका हुनसक्छन्’, नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका पूर्व सभापति नरेशमान श्रेष्ठले  भने ‘केही राणाहरुका सामान बोक्न मजदुरका रुपमा यहा आए, पछि यतै बसेर ब्यापार ब्यवसायमा लागे ।’
यसरी आएका छुट्टा छुट्टै खलकका ११/१२ परिवार सिलगढीमा बस्दै आएका छन् । बाइसे चौबिसे राज्य शासनका बेला गौणाका रुपमा रहदा होस या राणाकालका बेला । सिलगढीमा बडा हाकिम बस्नेभएकाले चहलपहल हुने गर्दथ्यो । गाउबाट आएका ग्राहकहरुसंग टनकपुर बनबासाबाट ल्याएका लुगाकपडा, नुन तेल बेचेर जीवन गुजारा गर्ने काम नेवारहरुको थियो । 
मुल थलोबारे अन्यौल
बिभिन्न समयमा सिलगढी आएका नेवारहरुलाई आफ्नो मुल थलोबारे अन्यौल छ । धेरैले नेवारजाती चिनाउने श्रेष्ठ थर लेख्थे । समयक्रमसंगै ब्यापार छोडेर लेखपढ गर्न थालेपछि पुर्खाको खोजी गर्न थाले । २०४० सालतिर मात्रै धेरैले आफ्नो मुलथलोबारे थाहा पाए । 
मुलथलो चिनेपछि अधिकांसले आफ्नो थरपनि पत्ता लगाए । कोही बिजुक्छे हाडा निस्किए, कोही राजभण्डारी, कोही नेवार मल्ल त कोही जोशी । 
रेडक्रस सोसाइटीका पूर्व सभापति नरेशमान श्रेष्ठले मुल थर पत्ता लागेपछि आफु मुन्तिरका पुस्ताले पुरानै बिजुक्छे जात लेख्न थालेको बताए । ‘आजभोली छोराछोरीको नाम बिजुक्छे नै लेख्छौं, श्रेष्ठ छैनन्’, नरेशमानले भने ‘पुर्खा पत्ता लगाउन भक्तपुर जादा धेरैले अंश माग्छ भनेर कुनै सूचना दिएनन्, पछि अंश माग्दैनौं भनेर लिखित कागजात गरेपछि मात्रै जानकारी दिए ।’
बोलीभाषा र परिचान हरायो
पुस्तौ पुस्ता बाहुन क्षेत्रीको बाहुल्यता रहेको समाजमा बसेपछि बोलीभाषा र पहिचान भने हराएको छ । नेवारी पहिरन लगाएका युवा युवती यहा देख्न पाइदैनन् , नेवारी भाषा त उनीहरु नै बुझ्दैनन् ।

महासंघको सदस्यता सुद्धिकरण

“पत्रकार महासंघको सदस्यता बोकेर चिया चना बेच्न जाने परिपाटीको अन्त्य गर्नु पर्छ । पत्रकारिता क्षेत्रमा गोरु बेचेको पनि साईनो नराख्नेहरुलाई सदस्यता वनाइएको छ । जवसम्म गैर पत्रकारहरुको सदस्यता खारेज हुँदैन् तवसम्म पत्रकार महासंघ क्रियाशिल पत्रकारहरुको छाता संगठन हुन्न ।” 
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एकिन्द्र कुँवरले माथीको कुरा राखे । जवाफमा महासंघका केन्द्रीय सदस्य मीन वमले नैरास्यतापूर्ण अभिव्यक्ति दिए । “म जुन उत्साहका साथ नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भएको थिएँ, आज त्यो उत्साह मसंग छैन्” वमले भने ‘गैर पत्रकारहरुको सदस्यता खारेज गर्नु पर्छ भन्ने मेरो लक्ष थियो तर त्यो मैले मात्रै चाहेर हुने रहेनछ ।’ संगठन विभाग सदस्य समेत रहेका वमले आफुले अध्यक्ष र महासचिवसंग पनि यस विषयमा पटक पटक कुरा गरेको तर कसैले कसैले चाँसो नदेखाएको वताए । उनले थपे “यो जटिल विषय रहेछ ।”
अछामको प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ धाममा बसेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको बैठकमा सदस्यता सुद्धिकरणको बिषयले व्यापक चर्चा पायो । सदस्यता शुद्धिकरणको बिषयमा केन्द्र र प्रदेश भन्दा पनि जिल्ला शाखाले ध्यान दिनु पर्ने वताउँछन् अर्का केन्द्रीय सदस्य उत्तर बिष्ट । उनले भने ‘यदि जिल्लाबाटै कडाई गर्ने हो भने गैर पत्रकारहरुले सदस्यतै पाउँदैनन् ।’ राजनीतिक स्वार्थका लागि जसलाई पायो उसैलाई सदस्यता दिने परिपाटी जिल्लाबाटै अन्त्य गर्नु पर्ने बिष्टले वताए । उनले नयाँ सदस्यता दिँदा पनि राजनीति गर्ने उद्देश्यले नभइ क्रियासिल पत्रकार हो कि होईन भन्ने पहिचान गरेर मात्रै दिनु पर्ने वताए । 
सदस्यता शुद्धिकरणको बिषयमा पटक पटक केन्द्रीय अध्यक्षसंग माग गर्दा पनि कुनै सुनुवाई नभएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले राजनीतिक स्वार्थका लागि जो लाइ पायो त्योलाई सदस्य वनाउने परिपाटी  रहेसम्म महासंघ क्रियासिल पत्रकारहरुको मात्रै संगठन हुन नसक्ने वताए । उनले भने “केन्द्रले प्रदेशलाई पूर्ण अधिकार दिनु पर्ने हो तर न केन्द्रले सदस्यता सुद्धिकरण गर्न सक्छ न प्रदेशलाई अधिकार दिन्छ ।” 
बैठकमा नयाँ सदस्यता दिँदा गैर पत्रकारहरुलाई नदिने र सदस्यता नविकरणमा पनि कडाई गर्नु पर्ने आवाज उठेको थियो । 
अछाम, साँफेबगर नगरपालिकाको व्यवस्थापनमा सम्पन्न बैठकले प्रदेश भेला कञ्चनपुरमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पश्चिम पत्रकारिता सम्मान कोष र दिर्घसेवा पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकले सुदूरपश्चिमका तीन दिवंगत पत्रकारहरुको नामबाट स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय भएको छ । 
लिलानाथ, जेपी र कर्ण वोहराको नाममा जनही १५ हजार रुपौयाँका दरले स्मृति पत्रकारिता कोष स्थापना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले “सुदूरपश्चिमको पत्रकारिता” नामक स्मारिका प्रकाशन गर्ने समेत निर्णय गरेको समितिका महासचिव योगेश रावलले जानकारी दिए ।
बैठकले अछामको बैद्यनाथ लगायत सुदूरपश्चिमको पर्यटकीय विकासमा सरकारले तत्काल ध्यान दिनु पर्ने भन्दै आठ बुँदे अछाम घोषणा पत्र जारी गरेको छ ।  

खेल समाचार 

फुट्बल प्रतियोगिता सम्पन्न

गाईजात्रा मैत्री फुटबल प्रतियोगिता डोटी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । 
डोटी फुट्बल एकेडेमीको आयोजनामा स्थानीय टुडीँखेलमा सञ्चालन भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । उक्त प्रतियोगितामा ६ टिमको सहभागीता रहेको आयोजक संस्थाले जानकारी दिएको छ । फाईनल खेलमा एसटिएस र एसवाईसीबीच प्रतिस्पर्धा भएको थियो । एसटिएसले ४–२ ले पराजित गर्दै उपाधी जित्न सफल भएको थियो । 
प्रतियोगितामा बिजेताले ६ हजार र उपबिजेतालाई दुई हजार  पाँच सय रुपैया  नगद पुरस्कार दिईएको थियो । यस्तै  प्रतियोगितामा अनुसाशित खेलाडी छिरिङ लामा घोषणा गरिएको छ । लामालाई अनसुशित पुरस्कार स्वरुप पाँच सय रुपैया प्रदान गरिएको खेल प्रशिक्षक धिरज बोगटीले जानकारी दिए । 
प्रतियोगिताको उद्घाटन सिलगढी टेक्वान्दो डोजाङका पूर्व राष्ट्रिय खेलाडी नरेश मलासीले गरेका थिए । 

आईसिसिमा नेपालको बरियता यथावत्

एजेन्सी
आईसिसी एकदिवसीय र टी–२० क्रिकेट बरियतामा नेपाल यथावत रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (सोमबार) सार्वजनिक गरेको विश्व बरियतामा दुबै फम्र्याटमा नेपालको स्थान स्थिर रहेको देखाएको छ । एकदिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा छ भने टी–२० क्रिकेटमा ११ औं स्थानमा छ ।
एकदिवसीय क्रिकेटमा नेपाल भन्दा तल यूएई १६ औं र पपुवा न्युगिनी १७ औं स्थानमा छन् ।
एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने विश्व विजेता इंग्ल्यान्ड रहेको छ । त्यस्तै, दोस्रो स्थानमा भारत रहंदा तेस्रो स्थानमा भने न्युजिल्यान्ड रहेको छ ।
टी–२० बरियतामा भने नेपालभन्दा दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १४ औं स्थानमा रहंदा आयारल्यान्ड १५ औं स्थानमा छ ।
टी–२० क्रिकेटको शीर्ष स्थानमा भने पाकिस्तान छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रो स्थानमा दक्षिण अफ्रिका र चौथो स्थानमा भारत छ ।


चलचित्र/मनारञ्जन 

“बादशाह जुट” कात्तिकमा

नेपाली चलचित्र ‘बादशाह जुट’ कात्तिक १ गतेबाट प्रदर्शनमा आउने  भएको छ । 
गत वर्षको पौष १३ गते आउने निश्चित भएतापनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको बादशाह जुट अव कात्तिकमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । 
आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको ‘बादशाह जुट’ जोनी सिंह राणाले निर्देशन गरेका  हुन ।  राणाले यसअघि एक बलिउड फिल्म समेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतको पनि अभिनय छ ।
फिल्मको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतमा अभिनेत्री प्रियंका कार्की प्रमुख फिचर्ड   थिइन् । उनी यस फिल्ममा अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताए । तासको खेलमा बादशाह जुटलाई शक्तिशाली मानिन्छ । पोस्टरमा सुशील र रविनलाई मात्र स्थान दिइनुले फिल्ममा यी दुई आफूलाई बादशाह सम्झने भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन । 
एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले फिल्मको निर्माण गरेका हुन् । 
“ए मेरो हजुर–४” अर्को दर्शैमा 
२०७७ को दशैंमा सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज प्रदर्शन हुने भएको छ । 
निर्माता सुनिल कुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको बताए । अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने फिल्मको मंसिरबाट छायांकन सुरु हुने जानकारी प्राप्त  छ । अहिले निर्देशक थापा गत वर्षको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशी भूमिमा छिन् । उनको साथमा अभिनेत्री सुहाना छिन् । 
‘ए मेरो हजुर ४’ भन्दा अगाडि झरनाले वर्षौदेखि दराजमा थन्किएर बसेको ‘भागवात गीत’ को स्क्रिप्टमा काम गर्ने सोचमा थिइन् । तर, अभिनेता अनमोल केसीले हालै आठौं फिल्मको रुपमा होम प्रोडक्सनको ‘एन्टी हिरो’ गर्ने निधो गरेपछि ‘भागवात गीत’ तत्काल नबन्ने भएको हो ।

लेख 

संसदीय सर्वोच्चता कि सरकारको सर्वोच्चता ?

तेजुलाल चौधरी 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारलाई समर्थन फिर्ता गरेर प्रतिपक्ष दलको रुपमा रहेको राष्ट्रिय जनता पार्टीले संसदीय सर्वोच्चताको मागलाई जोडतोडका साथ उठाउँदै आएका छन् । नेकपाले सत्ताको नेतृत्व गरेपछि जनप्रतिनिधिमूलक संसदलाई सत्ताको छायाँ बनाउन खोजिएको र प्रतिपक्ष दलको एजेन्डालाई संसदमा बेवास्ता गरिएपछि गत असार २५ गतेदेखि संसदको गतिविधिसमेत अवरुद्ध भयो ।
असार तेस्रो सातापछि देशका विभिन्न भागमा आएको अविरल बर्षासँगै निम्तिएको प्राकृतिक प्रकोपले विशेष गरेर प्रदेश नं. २ को तराई मधेशमा ठूलो जनधनको क्षति भएको, हजारौं नागरिक विस्थापित भएका र पहाडमा पनि जनधनको क्षति भएपछि संसदको बैठक तत्काल राख्न माग गरिए पनि कांग्रेस र राजपाले उठाएका मागलाई छल्नकै लागि असार ३० गते पछि एकैचोटि श्रावण ८ गते बैठक राखियो ।
देश प्राकृतिक चपेटाको मारमा परेर जनताले जनप्रतिनिधिमूलक संसदबाट राहत, उद्धार र पुनः पुनःस्थापनाका पक्षमा महत्वपूर्ण कार्य होलान् भन्ने समयमा सरकारले संसदको बैठक बन्द गरेर जनतामाथि धोका दिने काम भयो । प्राकृतिक प्रकोपका बेला सिंगो संसदलाई एकजुट बनाएर जनताका पीडालाई सम्बोधन गर्नुपर्ने समयमा प्रतिपक्ष दलको मागलाई छल्नका लागि संसदको बैठक नियमित राखिएन ।
राष्ट्रिय सभाले भने प्राकृतिक प्रकोपका बेला एकजुट भएको सन्देश दिन सफल रह्यो भने प्रतिनिधि सभा भने यो सन्दर्भमा असफल रहन पुग्यो । भलै श्रावण ८ गते पछिको बैठकमा कांग्रेस, राजपाले आफ्ना मागलाई थाती राखेर प्राकृतिक प्रकोपको सन्दर्भमा छलफल अगाडी बढाउनका लागि अवरुद्ध संसदको बैठक सुचारु गर्न महत्वपूर्ण भूमिका खेले ।
कांग्रेस, राजपाको सुझवुझपूर्ण उक्त निर्णयले नेपाली जनतामाझ संसद आशा र विश्वासको थलो भएको सन्देश दिन सफल रह्यो । उक्त एजेण्डामा एकजुट भएका राजनीतक दल पछिल्ला दिनमा राष्ट्रिय मुद्दामा एकजुट हुन नसक्नु आश्चर्यको विषय हो ।
कांग्रेस–राजपाले संसदको बैठक अवरुद्ध गरेर संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप सत्तापक्षबाटै लगाएको देखिन्छ । यसमा सत्यता छैन । संसद अवरुद्ध हुनुमा सत्तापक्षको दम्भ र सभामुख कृष्णबहादुर महराको निश्किृयताले भूमिका खेलेको छ । कांग्रेस र राजपाले उठाएका मागलाई सम्बोधन गर्दा सत्ता पक्षले नै जस पाउने हो, लोकतन्त्र, सुशासन मजबुत हुने हो । सरकार जनताको नजरमा जवाफदेही भएको ठहर्ने हो । तर, यो बुझ्न किन सत्तापक्ष तयार छैन ?
लोकतन्त्रमा विधिको शासन हुनुपर्छ समाजमा शान्ति सुव्यवस्था काम हुनुपर्छ र संसदीय सर्वोच्चता कायम भएमात्र हामीले ल्याएको लोकतन्त्र बलियो हुन्छ भन्दा उल्टै काँग्रेस, राजपा जवाफदेही भएन भन्ने ? गत असारमा सर्लाहीमा मारिएका चन्द समुहका नेता कुमार पौडेल र खाल्डोमा परी मृत्यु भएका बालकको घटनाको सन्दर्भमा सरकारी छानविन समितिप्रति संसद विश्वस्त हुन नसकेपछि संसदीय छानविन समिति बनाउ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उपाय खोजौं भन्दा संसदमा सुनुवाई हुन नदिने ?
त्यसैगरी मधेश–थारु आन्दोलनको क्रममा भएको जनधनको क्षतिका बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन सरकारले गठन गरेको पूर्वन्यायाधिश गिरिशचन्द्र लाल नेतृत्वले बुझाएको प्रतिवेदन संसद मार्फत सरकारले सार्वजनिक गरेर उक्त आन्दोलनका दोषीलाई कारबाहीको माग संसदमा उठाउँदा सुनुवाई नै नहुने ? वास्तवमा यी मागलाई सम्बोधन गर्दा समाजमा शान्ति सुव्यवस्था काम हुने र लोकतन्त्र सुदृढ हुन्छ । यसले संसदीय सर्वोच्चता कायम भएको ठहर्छ । यसतर्फ राज्य र सभामुखको खोई ध्यान जान सकेको ?
विगतका नजिर
कांग्रेस–राजपाले उठाएका दुईवटा मागसँगै संसदीय सर्वोच्चता कायम हुनुपर्छ भन्ने एजेण्डा सरकारको नियत र गतिविधिकै कारण संसदमा उठेको हो । नेकपाको नेतृत्वमा सरकार गठन भएपछि संसदीय सर्वोच्चतामाथि पटक–पटक प्रहार हुने गतिविधि हुँदै आएका थुप्रै दृष्टान्त छन् ।
गत असोज २२ गते मिनि संसद मानिने संसदीय समिति (विकास समिति) को बैठकमा संचारमन्त्री गोकुल बास्कोटाले खेलेको भूमिका देखिनै यो सरकार संसदीय सर्वोच्चताका विपक्षमा कतिसम्म उभिन सक्दोरहेछ भन्ने देखाउँछ । त्यसबेला समिति सभापति कल्याणी खड्काले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न सरकारलाई निर्देशन दिने समितिको निर्णय सुनाउँदा सुनाउँदै मन्त्री आक्रोशित मात्र भएनन् समितिको निर्णय नै उल्टाउन लगाए । अर्थात् आफ्नो नियत र सरकारको रणनीतिको पक्षमा समितिलाई उभ्याउन बाध्य पारियो ।
सरकारको सर्वोच्चता कि संसदीय सर्वोच्चता भन्ने मुद्दा यो घटनापछि उठ्दै आएको हो । संसद र कुनै पनि संसदीय समितिलाई सरकार, मन्त्री र तिनका निकायले निर्णय गर्न वा नगर्न दबाव दिन मिल्दैन । संसद र समिति स्वतन्त्र छन्, तिनले लिने निर्णय कार्यकारी सरकारका लागि मार्ग्निर्देशन र बाध्यकारी हुन्छन् तर यहाँ उल्टो भइरहेको छ ।
त्यसैगरी अर्को दृष्टान्तका रुपमा डा. गोविन्द केसीको सत्याग्रह र चिकित्सा सेवा विधेयकलाई लिन सकिन्छ । डा. केसीको चिकित्सा सेवा विधेयक माफियाका पक्षमा पारीत हुन लागेको भन्दै उक्त विधेयक फिर्ता लिन माग गर्दै डा. केसी गत माघमा १६ औं सत्याग्रहमा बसे । उक्त सत्याग्रह सही हो भन्दै काँग्रेसले समर्थन जनायो र संसद अबरुद्ध ग¥यो । नेपालको संसदीय इतिहासमा पहिलो पटक प्रमुख प्रतिपक्षी दलले घेराउ गरिरहेको समयमा दुई तिहाईको दम्भ र सभामुखको निरीहताले उक्त विधेयक जवरजस्ती पारीत गरियो ।
गत बैशाख २२ गते राष्ट्रिपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा समाबेश गरिएको ‘मेरो सरकार’ शब्दावलीले त सबैलाई झस्कायो । यो घटनाले संसदीय सर्वोच्चता की राष्ट्रपतिय सर्वोच्चता भन्ने अर्को बहस शुरु भयो ।
यसैगरी संसदीय समितिले समावेशी आधारमा लोकसेवाको विज्ञापन प्रकाशन गर्न सरकारलाई निर्देशन दिईएपनि उक्त निर्देशन सरकारले पालना नगर्दा अहिले उक्त मुद्दा पेचिलो बन्न पुगेको छ । संसद र समितिले दिएका दर्जनौं निर्देशन सरकारले पालना नगरेर संसदीय सर्वोच्चताको खिल्ली उडाउने कार्य भएको छ । यी घटनाक्रमले के देखाउँछ भने संसदीय मर्यादा, परम्परा, संविधानको भावना र जनताको जनचाहना विपरीत सत्तापक्ष हिँड्न खोजिरहेको छ ।
संसदीय मर्यादामाथि प्रहार हुँदै गयो भने संबैधानिक शक्ति सन्तुलनमा समेत असर पुग्छ । जनताको सर्वोच्च निकाय संसदमाथि कार्यकारणीको छाँया पर्नु र पारिनु लोकतन्त्रका लागि शुभसंकेत होइन । सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरेर र संसदीय परम्परा विपरीत हिँडेर सरकारले कस्तो किसिमको समृद्धि र सुशासनको कल्पना गरेको हो ? बुझ्न सकिएको छैन ।
संसदीय सर्वोच्चतायुक्त लोकतन्त्र सबैले अंगीकार गरेको प्रणाली हो । संसदको सर्वोच्चता र सरकारको क्षेत्राधिकार कहिल्यै पनि नबाझिनु पर्नेमा सरकारले नै झमेला निम्त्याउने काम गरिरहेको छ । सरकारका गतिविधि हेर्दा यहाँ संसदीय सार्वोच्चता होइन, सरकारको सर्वोच्चता बढ्दै गइरहेको छ । संसद जनप्रतिनिधिको सर्वोच्च निकाय र जनताको समस्या मुखरित हुने स्थान हो ।
नेपालको संविधानले केन्द्रमा राष्ट्रिय प्रतिनिधि सभा, प्रदेशमा प्रदेश सभा र स्थानीय तहमा पालिकास्तरीय जनप्रतिनिधिमूलक परिषदले अहिले संसदीय अभ्यास गरिरहेका छन् । यी तीनै तहका जनप्रतिनिधिमूलक थलोमार्फत जनताको आवाज मुखरित हुने व्यवस्था संविधानले गरे पनि सत्तापक्ष आफ्नो सर्वोच्चता कायम गर्न उद्दत्त छ । संसदीय सर्वोच्चता कायम भएपछि सरकारको सर्वोच्चता कायम त्यसै हुने कुरा हो भन्ने दिव्य ज्ञान सत्तापक्षलाई हुनुपर्ने होइन र ?
अबको निकास
लामो समय संसद अवरुद्ध हुनु सत्ता र प्रतिपक्ष दुबैका लागि राम्रो संकेत होइन । संसदमा काँग्रेस र राजपाले उठाएका माग कुनै दलगत माग नभएर राष्ट्रिय माग भएकाले यी माग पूरा गरेर अवरुद्ध संसद खुलाउन सत्तापक्ष र सभामुखले निर्णयक भूमिका खेल्नु आवश्यक छ ।
सर्लाही घटनाका सन्दर्भमा शुरुमा संसदीय छानविन बनाउन राजी छु भन्ने सभामुख र लाल आयोगको प्रतिवेदन संसदमा सार्वजनिक गर्न सरकार तयार छ भन्ने सरकार अहिले पछि किन हटे ? संसदलाई जनप्रतिनिधिको सर्वोच्च निकाय मान्ने सत्ता पक्ष तयार छ भने सबै समस्याको समाधान संसदमार्फत गर्न सकिन्छ ।
यहाँ अवरुद्ध संसद खुलाउन न प्रधानमन्त्रीले चासो दिएका छन् । सभामुखले कार्य व्यवस्था समितिको बैठक मार्फत वा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठकमार्फत निकास खोज्न गरिएको पहलले सार्थकता पाउन सकिरहेको छैन ।
सभामुखले संसदको कुुर्सीमा बसेपछि मात्र ‘माननीय सदस्यहरु‘ बसिदिनोस् भनेर फकाई फुल्याएर मात्र अवरुद्ध संसद सुचारु हुन सक्दैन । यसका लागि दुवै दलले उठाएका मागको सम्बोधन जरुरी छ ।
(लेखक नेपाली कांग्रेसका सांसद हुन् ।)
अनलाईन खवर डटकमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. रोजगार सिर्जनाका प्रमुख क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस ।
— कुनै काम पाएको अवस्था रोजगार हो । पेशा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी आदि जस्ता कार्य गर्नु रोजगार हो । काम दिनु वा पाएको काम गर्नुमा अर्थ छ । काम दिनु रोजगार सिर्जना हो भने यसरी सिर्जना भई पाएको काम गर्नु रोजगार गर्नु हो । रोजगार सिर्जनाको प्रमुख क्षेत्र उद्योग हो, किनकि उद्योगले धेरै जनालाई काम दिन्छ । उद्योगको लगानी संस्थागत हुने, कामकारबाही पारदर्शी हुने, गरेको लगानीले  धेरै व्यक्तिलाई कामको सिर्जना हुने, उत्पादन बढ्ने, त्यही उत्पादित वस्तुको व्यापार गर्नेले पनि अरूलाई   रोजगार दिएको हुन्छ । वस्तु उत्पादनदेखि वितरण हुँदै उपभोक्तासम्म पुग्दा आउने प्रत्येक चरणमा कामको सिर्जना हुन्छ । उद्योगले रोजगारमा यसरी बहुआयामिक भूमिका खेल्ने हुँदा उद्योग रोजगारको प्रमुख क्षेत्र  हो । रोजगार सिर्जनाका अरू क्षेत्रहरू निम्नानुसार छन् ः
क. कृषि ः कुषि उत्पादनशील क्षेत्र हो, वस्तु उत्पादन हुने, उद्योगको लागि कच्चा पदार्थको प्रमुख स्रोत हुने, धेरै जनाले काम पाउने, सजिलो तथा सरल पेशा भएकाले कृषि रोजगारको परम्परागत क्षेत्र हो । यसलाई व्यवसायिक तथा संस्थागत गर्न सकिएमा यसबाट धेरै रोजगार सिर्जना हुने सम्भावना रहन्छ । 
ख. व्यापार ः वस्तु तथा सेवाको खरिद बिक्रीको कारोबार गर्ने पेशा व्यापार हो । यसमा मालवस्तु आयात–निर्यातको कार्य पनि पर्छ । मालवस्तु खरिददेखि बिक्रीका चरणहरूमा धेरै कार्य गर्नुपर्ने हुनाले यसबाट पनि रोजगार प्राप्त हुने गर्छ । नेपाललाई भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउन सकिएमा व्यापारबाट रोजगार बढ्ने सम्भावना पर्याप्त छ । 
ग. पर्यटन ः मानिसहरूको आवतजावतका कारणले पनि रोजगार सिर्जना हुन्छ । विदेशी पर्यटकहरूको आवागमनले विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने, देशको अन्तराष्ट्रिय जगतमा पहिचान बढ्ने, थप पर्यटक आउने हुन्छ । आन्तरिक पर्यटनले आर्थिक कारोबारको थप चलायमान हुन्छ । यसबाट प्रत्यक्ष अप्रत्यक्ष    रोजगार सिर्जना हुन्छ । यातायात, होटल व्यवसाय फस्टाउनेदेखि वस्तु तथा सेवा व्यापार पनि बढ्छ । 
घ. वैदेशिक रोजगार ः विदेशमा गएर कुनै पेसा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी गर्नु वैदेशिक रोजगार हो । स्वदेशमा पर्याप्त अवसर नपाउँदा व्यक्ति अवसरका लागि विदेश जान्छ । नेपालजस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगार रोजगारको प्रमुख क्षेत्र मानिन्छ तर यो अल्पकालीन हो, दीर्घकालीन रूपमा यो रोजगारको क्षेत्र होइन । स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्छ । 
ङ. जनशक्ति ः एक जना उद्यम सोच राख्ने जनशक्तिले धेरै जनशक्तिलाई रोजगार दिने हुनाले जनशक्तिलाई पनि रोजगार सिर्जनाको क्षेत्र मान्न सकिन्छ । सीपयुक्त दक्ष जनशक्तिले स्वेदशमा मात्र नभई विदेशमा पनि काम पाउने मात्र होइन अरू धेरैलाई काम दिने सामर्थ राख्छ । त्यसकारण जनशक्ति विकासमार्फत रोजगार सिर्जना गर्नुपर्छ । 
२. नेपाली सेनामा के कस्ता सैनिक अदालत गठन हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 
— नेपाली सेनामा देहाय बमोजिमका पाँचवटा सैनिक अदाल गठन हुने व्यवस्था सैनिक ऐन, २०६३ ले    गरेको छ ः 
क. जनरल सैनिक अदालत ः कम्तीमा एक जना रथि, दुई जना महासेनानी वा प्रमुख सेनानी र दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी पाँच जना अधिकृत रहेको जनरल सैनिक अदालत । यस अदालतमा उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानून विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ । 
ख. समरी जनरल सैनिक अदालत ः कम्तीमा दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी कम्तीमा तीन जना अधिकृत रहेको समरी जनरल सैनिक अदालत । यस अदालतमा पनि उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानून विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ ।
ग. डिस्ट्रिक्ट सैनिक अदालत ः कम्तीमा दुई वर्ष आयुक्त पद प्राप्त गरेका मध्येबाट कम्तीमा तीन जना अधिकृत रहेको डिस्ट्रिक्ट सैनिक अदालत,
घ. समरी सैनिक अदालत ः नेपाली सेनाको विभाग, फर्मेसन वा एकाइको कुनै कमान्डिङ अधिकृत      रहेको एक व्यक्तिको समरी सैनिक अदालत । यस अदालतको कारबाहीमा सहयोग पु¥याउन दुई जना अधिकृत वा दुई जना पदिक वा दुवै दर्जाका एक एक जना गरी जम्मा दुई जना उपस्थित रहने व्यवस्था छ । 
ङ. सैनिक विशेष अदालत ः जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्न देहायको एक सैनिक विशेष अदालत रहने व्यवस्था छ ः
(१) न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश–अध्यक्ष
(२) रक्षा मन्त्रालयका सचिव–सदस्य
(३) प्राड विभागका प्रमुख–सदस्य
३. निजामति कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू के के हुन् ? लेख्नुहोस् । 
— निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ अनुसार निजामती कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू निम्न छन् ः 
— आपूmभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने,
— आपूmभन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नुपर्ने,
— जुवातास खेल्ने तथा सार्वजनिक रूपमा जाँड रक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य नगर्ने, त्यस्तो व्यवहार प्रदर्शन नगर्ने, 
— नेपाल सरकार र निजामती सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनुपर्ने,

साहित्य/सिर्जना 

म यो गोरखा राज्यमा

म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमीन आकाशतिर
आकाश जमीनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाईएको
यत्तिमै यो बिसे उफ्रिनुपर्ने ?  थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्नरसनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए 
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षदेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
कवी श्रवण मुकारुङ

सूचना सन्देश बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/४/२८          
जिल्ला डोटी लामीखाल गा.वि.स.वडा नं.८ कि.नं.२९२, ३५३, ३५५, ४०८, ४२२, ४६९, ४८१, ५२४, ७०६, ७६५, ७७३, ७९५ को जग्गा ऐ.वडा नं.८ बस्ने विकारामको नाती भूमिको छोरा उदे धामी, डमरे धामी, अवि धामीको नाउँमा संयुक्त नाप नक्सा भई श्रेस्ता पुर्जा कायम भएकोमा जग्गाधनि डमरे धामीको मिति ः २०७३/५/११ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले जग्गाधनि उदे धामी, डमरे धामी, अवि धामीमध्ये मृतक डमरे धामीको हकहिस्साको शेषपछिको हकदार दुईजना दाजु भाई उदे धामी र अवि धामी मात्र भएको हुदा मृतक जग्गा धनि डमरे धामीको पुरै हकहिस्सा हामीहरुको नाउँमा संयुक्त नामसारी गरि पाउँ भनि आदर्श गा.पा.वडा नं.५ डोटीको च.नं.२४ मिति ः २०७६÷४÷२८ को किटानी सिफारीस पत्र, जग्गाधनि प्र्रमाण पुर्जा, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणीत, नेपाली ना.प्र.प, चालु आ.व.को एकिकृत सम्पत्ति कर बुझाएको रसिद, आदी प्रमाणहरु साथै राखी उदे धामी र अवि धामीले मिति ः २०७६÷४÷२८ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, डमरे धामीको अपुताली नपरेको भए, वा अन्य हकदार भए वा निज निवेदकहरुको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/०४/३१ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–२ लुसाकोट डोटीमा रहेको यस श्री भवानी माध्यमिक बिद्यालयमा रिक्त रहन गएका तपशिल बमोजिमका शिक्षक पदहरुमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
१. बिज्ञापन नं. ०१÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः बिज्ञान 
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
२ . बिज्ञापन नं. ०२÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः गणित 
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
३. बिज्ञापन नं. ०३÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः अर्थशास्त्र  
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०५÷१३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०५÷१४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः शिक्षक सेवा आयोग नियमावली २०५९ को नियम २४ को उप नियम ३ र ४ बमोजिमका उम्मेदवारहरुलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम नियुक्त गरिनेछ । शिक्षक सेवा आयोगबाट प्रकाशित सूचीका उम्मेदवारहरु उपलव्ध हुन नसकेमा मात्र शिक्षा नियमावली २०५९ को नियम ९७ को उप नियम ३ पछिका उपनियमका आधारमा नियुक्त गरिनेछ ।