Tuesday, August 13, 2019

बिम्ब साप्ताहिक, २०७६ साल साउन २८ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार 
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार 
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार 
सूचना लिने दिने संस्कृतिको विकास गरौं 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

फेरी दुई नयाँ बालश्रमिक थपिए  

“बालश्रममुक्त नगरपालिका” वनाउने दिपायल सिलगढी नगरपालिकाको अभियानमा फेरी चुनौती थपिएको छ । लामो समयदेखि नगरपालिकाले सञ्चालन गरेको बालश्रमिक हटाउने अभियानलाई चुनौती दिदै दुई नयाँ बालबालिकाहरु श्रमिकको रुपमा भित्रिएका छन् ।  
श्रमिक बालबालिकाका अभिभावकहरु र मालिकहरुसंग नगरपालिकाले बालश्रम अन्त्य गर्नका लागि पटक पटक छलफलहरु चलाएको छ । पटक पटक पत्राचार गरि बालश्रमिक नराख्न आग्रह समेत गरेको छ । यति हुँदाहुँदै पनि दुई बालश्रमिक थपिनुले अभियानलाई थप मजबुत वनाउनु पर्ने देखाएको छ । 
बालश्रम उन्मुलन नीति वनाउने, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने, अभिभावकहरुलाई सम्झाई बुझाई गर्ने, आर्थिक सहयोग गर्ने र बालबालिकाहरुको तथ्याङ्क संकलन गर्ने क्रियाकलापहरु नगरपालिकाले सम्पन्न गरेको छ । यस अभियानले यस अघि नगर क्षेत्रभित्र रहेका ६४ बालश्रमिकलाई श्रममुक्त   गरिएकोमा पाँच बालबालिकाहरु फेरी मालिककोमा बस्न आएका भन्ने जानकारी आएको नगरपालिकाका सामाजिक विकास अधिकतृ रमेशचन्द्र जोशीले जानकारी दिए । 
बालश्रममुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी वनाउन नगरपालिकाले शनिवार आयोजना गरेको सर्वपक्षीय बैठकमा दुई बालबालिका नयाँ श्रमिक भएको जानकारी दिईएको हो । “दुई बालबालिकाहरु नयाँ श्रमिक आएका छन्” सामाजिक विकास अधिकृत जोशीले भने ‘हामीले अभियान चलाउँदा चलाउँदै पनि नगरका केही व्यक्तिहरुले फेरी गाउँबाट बालबालिका ल्याएर श्रमिक वनाउने काम गर्दैछन् ।’ उनले अव कानुनी प्रक्रियामा जानुको बिकल्प नरहेको समेत वताए । नयाँ थपिएकामा एक १२ बर्षीया बालिका समेत रहेको जोशीले जानकारी दिए ।
बालश्रमिकहरु हटाउन सवैको सहयोग आवश्यक रहेको भन्दै नगर प्रमुख मञ्जु मलासीले बालश्रमिक राख्नेलाई सवै राजनीतिकर्मीहरुले खवरदारी गर्नु पर्ने समेत वताईन । उनले भनिन् ‘यदि बिपन्न परिवारको बालबालिका हो भने उसको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्न नगरपालिका तयार छ, तर व्यक्तिगत स्वार्थका लागि परिवारको आर्थिक अवस्था कमजोर भन्दै पढाईदिने बहानामा बालश्रमिक  राख्न पाईदैन ।’ 
पटक पटक चेतनामुलक कार्यक्रम सञ्चालन गर्दा समेत श्रमिक बालबालिकालाई श्रममुक्त गराउन नमान्ने मालिकहरुलाई तत्काल कारवाही दायरामा ल्याउनु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए । 
यस अघि श्रममूक्त भएका ५९ बालबालिकाहरुमध्ये बिपन्न परिवारका २० बालबालिकाहरु–लाई नगरपालिकाले आवाशीय सुविधा सहित बिद्यालय भर्ना गरेको छ । उनीहरुको सवै खर्च नगरपालिकाले व्यहोर्ने भएको     छ । अन्य ३९ बालबालिकाहरुलाई उनीहरुका अभिभावकहरुले घर लगि नजिकको बिद्यालयमा भर्ना गराएको सामाजिक विकास अधिकृत जोशीले वताए । ति बालबालिकाहरुलाई एक बर्षभरीका लागि पुग्ने पोशाँक सहितको शिक्षण सामग्रीका लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको बताउँदै जोशीले भने ‘ति ३९ बालबालिकाका अभिभावकहरुलाई आय आर्जनका क्रियाकलापमा सहयोग गर्ने गरि नगरपालिकाले योजना वनाईरहेको छ ।
५७४ बालबालिका कमजोर अवस्थामा 
दिपायल सिलगढी नगरपालिकाभित्र पाँच सय ७४ बालबालिकाहरु कमजोर अवस्थामा रहेको सो कार्यक्रममा जानकारी दिईयो । 
नौ वटै वडाका जनप्रतिनिधिहरुले गरेको अध्ययनबाट उक्त संख्याका बालबालिकाहरु कमजोर रहेको देखाएको हो । तथ्याङ्क अनुसार बुवाको मृत्यु भएका एक सय २८, आमाको मृत्यु भएका ६१ र आमा बुवा दुवै गुमाएका ९५ बालबालिकाहरु रहेका छन् । यस्तै अपाङ्गता भएका ७२, आमा बुवा बेपत्ता भएको १९, आमा बुवा कारागारमा रहेका चार र आर्थिक अवस्था अति कमजोर भएका परिवारका बालबालिकाहरु ९५ रहेका छन् ।

सम्पादकीय 

माटो जोगा सरकार

बर्षायाम सुरु भएसंगै देशभरी बिभिन्न स्थानहरुमा पहिरो गएको खवर आएका छन् । पहिरोमा परि ज्यान समेत गएका खवर आएका छन्, अन्य धनमालको क्षतिको त देशभरीबाट हिसाव निकाल्न समेत बाँकी रहेको छ । जताततै बाढी, पहिरो, भु–क्षयको कुरा बढी आईरहेको छ । यो दुःखदायी बिषय छ । 
बिगतका बर्षहरुमा पनि यस्ता बिपत्तिहरु आईलागेका छन् । प्राकृतिक बिपत्तिसंग मान्छेको केही लाग्दैन र मान्छेले रोक्न पनि सक्दैन तर, प्राकृतिक बिपत्ति न्यून गर्नेतिर मान्छे पूर्व सतर्कता अपनाउन जरुर सक्छ । अहिले जति पनि पहिरो गएका घटनाहरु, बाढी, भु–क्षयका घटनाहरु भईरहेका छन् ति घटनाहरुमा बढी जसो मानवीय क्रियाकलापका कारण निम्तिएका छन् । मानवीय क्रियाकलापहरु यसरी अमानवीय भईदिएका छन् कि यसले प्रकृतिलाई समेत आफ्नो निर्णय बदल्न बाध्य बनाएको छ । 
विकासका नाममा प्राकृतिक प्रकोप आउने गरी संरचनाहरु निर्माण गरिदैछन् । त्यो योजनाले जनतालाई फाईला पु¥याओस वा नपु¥याओस तर सिमित व्यक्तिहरुलाई फाईदा पु¥याउन जरुरी छ । योजना निर्माणका नाममा मेसिनको प्रयोग अत्याधिक मात्रामा बढेको छ । त्यो सवैभन्दा बढी सडक निर्माण गर्ने नाममा भएको छ । गाउँगाउँमा सडक पु¥याउने भन्दै बजेट बिनियोजन गराउने, उक्त बजेटले भाडाका डोजर लगाएर डाँडा भत्काउने काम तिब्र गतिमा भईरहेको छ । यो विकास होईन सरकार यो त व्यापार हो । डोजर चलाउने नाममा कमिसनको खेल सुरु भएको छ । भनसुनको आधारमा बजेट बिनियोजन ग¥यो, आफ्नो मान्छेलाई उपभोक्ता समितिमा राख्यो अनि कमिसनको भरमा डोजर चलायो, डाँडा भत्कायो । डोजरको चालकले जता जता सजिलो देख्छ, उतै उतै सडक जान्छ सरकार । यस्तो विकासले के साँच्चै जनतालाई फाईदा गर्ला त रु 
गाउँतिर जाँदा कुनै पनि डाँडा बाँकी छैनन् डोजर नपुगेका । बिगतका केन्द्रिकृत सरकारले बाँडेको बजेटे नपुगेर अहिलेका स्थानीय सरकारले पनि आफ्नो वजेटको ठुलो हिस्सा त्यसैमा खर्च गरे तर दुर्भाग्य जसरी विगतका बर्षहरुमा नियम विपरित सडकहरु काटिए, नजिकको मानिएको स्थानीय सरकारले पनि नियम विपरित सडक काट्यो । सडकको डिपिआर छैन, बातावरणीय प्रभाव मुल्याङ्कन  गरिएको छैन, सरोकारवाला पक्षहरुसंग कुनै छलफल छैन, जता मन लाग्यो जति बजेट पायो त्यति नै डाँडा भत्काउने होड् चलेको छ । यसले विकास होईन विनास निम्ताईरहेको छ ।
जेठमा बस्तीको माथीबाट सडक काटिन्छ, असार÷साउनमा बस्तीमै पहिरो आउँछ र बस्ती बिस्थापित गर्नु पर्नेसम्मको बाध्यता आईलाग्छ । यस्ता थुप्रै उदाहरणहरु छन् । सडक काट्दा सामान्य प्रक्रिया पनि पु¥याईन्न, यो सडक यहाँबाट काट्दा के समस्या हुन्छ भन्ने सामान्य होस् पनि पु¥याईन्न भने त्यसले निम्त्याउने प्रकोप त भयानक हुने नै भयो सरकार । 
त्यसैले यो बाढी पहिरोको जोखिम न्यून गर्नका लागि उचित कदम चाल्नु जरुरी छ । प्रत्येक स्थानीय तहले मनपरी सडक काट्ने काम तत्काल बन्द गर्नु पर्छ । बातावरणीय प्रभाव मुल्याङ्कन नगराई सडक काटिनु हुँदैन । यसका लागि सरकारले कठोर कानुन बनाउनु आवश्यक छ । बर्षेनी डाडाँ खन्ने अनि बर्षातको बेला माटो जति बगाएर लैजाने अवस्थाले देशको माटो सकिने अवस्थामा पुगेको छ । त्यसलै माटो जोगाउनका लागि सरकारले कडा कदम चाल्नु जरुरी छ । अन्यथा माटो बग्दै रहनेछ, भु–क्षय हुँदै जानेछ र प्राकृतिक प्रकोपले विनास निम्ताउँदै जानेछ । त्यसैले सवैले समयमै सचेत भएर लाग्नु जरुरी छ । होईन भने एक दिन फेरी ठुलो क्षति हुने छ र त्यो दुःखको सामना गर्नका लागि हामी तयार हुनु जरुरी छ ।  

थप समाचार 

घुस लिएको आरोपमा डिसि पक्राउ


उपभोक्ताहरुको काम गरिदिएवाफत घुस लिएको आरोपमा एक वन अधिकृत पक्राउ परेका छन् । 
आईतबार साँझ डडेल्धु– राको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सहायक वन अधिकृत सुरेशचन्द्र डिसि पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । टोलीले डिसीसंग भएको तीन लाख २६ हजार रुपैयाँ समेत बरामद गरेको छ । 
यस अघि डोटीको सब–डिभिजन कार्यालय बीपीनगरमा कार्यरत डिसि हाल कञ्चनपुर डिभिजन वन कार्यालयमा सरुवा भएका थिए । उनले साउन २३ गते मात्रै रमाना बुझेको डिभिजन वन कार्यालय, डोटीले जानकारी दिएको  छ । काम गरिदिए बाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार डिसीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख प्रमुख शिववहादुर कार्कीले जानकारी दिए । उनले घटनाबारे थप छानविन भईरहेको र छानविनपछि मात्रै पुरा विवरण भन्न सकिने वताए ।
डिसिबाट बरामद भएको रकम डिसिको नभइ आफ्नो भएको जोरायल गाउँपालिका९१ का किरण मल्लको दावी  छ । ‘मलाई बाँकी कुरा थाह छैन, त्यो रकम मेरो हो’ मल्लले भने ‘डडेल्धुरामा तेज भट्टको खाताबाट उक्त रकम झिकिएको हो ।’ मल्लले थपे ‘मसंग व्याग नभएका कारण मैले उहाँ ९डिसी० लाई उक्त रकम राख्न दिएको हुँ ।’ उनले डिसिलाई फसाउनका लागि कसैले यस्तो षड्यन्त्र गरेको हुन सक्ने वताए । मल्ल नपत्याए बैङ्कमा गएर खोजी गर्न सकिने समेत वताउँछन् । 
मल्लले गरेको दावीलाई अख्तियार महेन्द्रनगर कार्यालयका प्रमुख कार्कीले अस्वीकार गरे । उनले भने ‘प्रमाणले उक्त रकम घुसकै रकम भएको देखिन्छ ।’ 

बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

गणेश मौनी/डोटी
     श्रावण २७
पूर्वीचौकी गाउँपालिकाको वडा नंं। १ लाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । 
वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धतासंगै सुझाबहरु पनि दिएका छन् । 
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित सि ई एस पी परियोजना अन्र्तगत बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सामुदायिक विकास केन्द्र डोटीका मिल अधिकृत टंक प्रसाद जोशीले  बताए ।  उनले भने “वडा नं। १ लाई बालमैत्री वडा घोषणा गर्न हाम्रो पनि पूर्ण सहयोग र सहकार्यका साथ काम गर्छौं । वडा को बालवालिकाको स्थिती पत्र तयार गर्न संस्थाले सहयोग गरेको समेत जोशीले बताए । 
कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक देब बोहराले विद्यालयमा हरेक कुरा विद्यार्थीको पढाई, लेखाई, खेलकुद, सरसफाई निर्माणाधिन संरचनामा बालवालिकालाई ध्यानमा राखेर तयार गरिएको बताए । उनले भने ‘पहिलेको भन्दा धेरै कुरामा सुधार र सिकाई भएको छ, सिकाई उपलब्धी बृद्धि गर्न सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । विद्यालय बाहिर रहेका बालवालिकालाई विद्यालयभित्र ल्याउन, बालबालिकाहरुको आचरण, नैतिकता सुधार गर्न, बालमैत्री शिक्षा लागु गर्न, शैक्षिक गुणस्तर अभिबृद्धि गर्न स्थानीय सरकारले योजनागत रुपमा अघाडी बढ्न सुझाब समेत दिएका थिए । 
गाउँपालिकाले वालमैत्री वडा, गाउँपालिका घोषणा गर्न कार्यबिधी तयार गरेर अघाडी बढ्ने पूर्वीचौकी गाउँपािलकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । उनले भने ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकार, संरक्षण, सहभागितासंग थुप्रै सवालहरु जोडिएका छन्, हामीले चाहे जस्तो रुपमा पुरा गर्न सक्दैनौं केही पुरा हुने दौरानमा छन् भने केही पुरा हुन सकेका छैनन् ।’ ति सवाल पुरा गर्न गाउँपालिकाले विशेष योजनका साथ अघि बढिरहेको र सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । गरिब जेहेन्दार, दलिका, बिपन्न बालवालिकालाई लक्षित गर्दै गाउँपािलकाले तिस लाखको छात्रबृत्ति कोषको स्थापना गरेको समेत अध्यक्ष बोगटीले बताए ।  
वडा नं। १ लाई पूर्वीचौकी गाउँपालिकाभरी पहिलो वडाको रुपमा बालमैत्री वडा घोषणा गर्न तयारी         गरिरहेको वडाध्यक्ष अंक बहादुर खड्काले बताए । ‘नेपाल सरकारले लागु गरेका सूचकहरुलाई आधार मानि काम गरिरहेका छौं’ वडाध्यक्ष खड्काले भने ‘सबै रुपमा पूर्ण हुन सकिरहेका छैनौं, केही बाधा अड्चन छन् एक दिन सफल हुन्छौं ।’ सरोकारवाला सबै निकायलाई सहयोग गर्न समेत अध्यक्ष खड्काले आग्रह गरेका छन् । 
कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन कार्यविधी २०६८ ले जारी गरेका सूचकहरुको आधारमा हेर्दा करीव ७०/८० प्रतिशत काम पुरा भएकोले अब चाँडो घोषणा गर्नुपर्ने बताएका थिए । नौ स्थानीय तह रहेको डोटीमा अहिलेसम्म कुनै स्थानीय तहले बालमैत्री वडा, नगर÷ गाउँपालिका घोषणा गर्न सकेको छैन ।

मन्दिर सरसरफाईमा प्रहरी

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझी सहितको प्रहरी टोलीले मन्दिर सरसफाई गरेको छ । 
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय तिर्थ स्थलको रुपमा परिचित शैलेश्वरी मन्दिर सरसफाईमा  सामुदायिक प्रहरी सेवा केन्द्रको व्यानर सहित प्रहरी प्रमुख सहित दर्जनौं प्रहरीहरु जुटेका थिए । मन्दिर परिसरको सरसफाई र सुरक्षा गर्नु आफ्नो नियमित कार्य भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक माझीले बताए । उनले भने “महिनाको एक पटक मन्दिर सरसफाई गर्ने हाम्रो नियमित कार्य भएपनि यस पटक साउनको अन्तिम सोमबार, भक्तजनको भिर लाग्ने भब्यताका साथ पुजा आराधाना हुने भएकोले बृहत रुपमा सरसफाई कार्यमा लागेको बताए ।
प्रहरीले सार्वजनिक स्थान, मन्दिर सरसफाई गर्नु ठुलो कुरा नभएपनि स्थानीय बासिन्दाहरुले पनि केही सिकुन, सार्वजनिक सम्पतीको प्रवद्धनमा सहयोग पुगोस भन्ने हाम्रो ध्यय हो । 
पछिल्लो समयमा नेपाल प्रहरीले  प्रहरी जनताको साथी हो प्रहरी र जनताविचको सम्बन्धलाई  सुमधुर बनाउन सहयोग पुगोस भन्ने हेतुले जनताको घरदैलोमा गएर विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।  जिल्लाका विभिन्न स्थानीय तह संग मिलेर 
सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा शान्ति स्थापना गर्न, घरेलु हिंसा, महिला हिंसा लगाएका बिकृति बिसंगतिहरुको अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्नुका साथै नेपाल  प्रहरीको काम कर्तब्यका साथै कुनै अपराधिक घटना, प्रकोपजन्य घटना, कुनै दुर्घटना भईहाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा  पनि जानकारी गराउदै आएको । 

पत्रकारितासंगै समाज सेवा

बाजुरा, बुढीनन्दा नगरपालिका–२ कोल्टि बस्ने रघु सार्कीका १५ बर्षीय छोरा गोबिन्द्र सार्की दुई बर्षको उमेरदेखि नै बिरामी परे । उनलाई छाला पाक्ने रोग लाग्यो । स्थानीय स्थास्थ्य चौकीमा पटक पटक जचाउँदा पनि निको भएन । छाला पाक्न थालेको १३ बर्ष हुँदा समेत निको भएन । छोराको राम्रो ठाउँ उपचार गराउनका लागि रघुसंग पैसा थिएन ।  
गोविन्दका कान्छा भाई १० बर्षीय रामलाल सार्कीको जन्मजात पिसाम थैलीमा समस्या थियो । आर्थिक अभावका कारण उनको पनि उपचार हुन सकेन । 
रिपोर्टिङ्गका क्रममा गाउँतिर गएका नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशवहादुर सिंहले उक्त घटनाको जानकारी पाए । उनले गोविन्दको उपचारका लागि सामाजिक अभियान सुरु गरे । सिंहको अभियानले दुई भाईको काठमाण्डौमा उपचार भइरहेको छ ।
गोबिन्दको नेपाल मेडिकल कलेज र रामलालको काठमाण्डौ मेडिकल कलेज उपचार भइरहेको उनका बुवा रघु सार्कीले जानकारी दिए । दुबै भाइलाई उपचारका लागि १५ लाख सम्म लाग्ने चिकित्सले वताएका छन् । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान र ज्वाईनिङ्ग हेण्डस् फर अ चेन्ज नामक संस्थाहरुले उनीहरुको उपचारमा सहयोग गरिरहेका छन् । सिंहले चलाएको अभियानबाट उनीहरुको उपचारका लागि दुई लाख ५० हजार रकम जुटेको छ । 
रिपोटिङ्गसंगै सामाजिक उद्दारमा लागिरहने सिंहले अलपत्र परेका थुप्रै बालवालिकालाई उद्दारमा सहयोग पु¥याएका छन् । एक दशक अगाडि गाउँबाट भित्ते पत्रिका लेखनबाट पत्रकारिता सुरु गरेका पत्रकार सिंह सवाल उठान मात्रै होईन त्यसको समाधानका लागि पनि लाग्नु पर्ने वताउँछन् । पत्रकारितासँगै ४६ असाहय बालबालिकालाई सहयोग जुटाए । उनले उपचार नपाएर समस्यामा रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जीवन दिनमा समेत सहयोग गरेका छन् ।
स्वास्थ्यकर्मीको पृष्ठभूमि बोकेका सिंह रिपोटिङ्गको क्रममा जाँदा स्वास्थ्य उपकरण र औषधी बोकेर जान्छन् । उनको झोलामा सामान्य विरामी जाँच्ने उपकरणहरु र आधारभूत औषधी हुन्छ । “गाउँतिर गएका बेला खोकी लागेका, ज्वरो आएका, घाउ चोट लागेका विरामीहरु भेटिन्छन्’ उनले भने ‘मैले जाने अनुसारको सामान्य उपचार गरेर फर्किन्छु ।’ आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई थप उपचारका लागि जिल्ला सदरमुकाम ल्याई सहयोग जुटाउन पनि मद्दत गर्ने गरेको उनी वताउँछन् ।
सिंह सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका बैठक÷गोष्ठीबाट पाएको भत्ता बिपन्न परिवारलाई आय आर्जनमा सहयोग गर्दै आएका छन् । भत्ताकै रकम जम्मा गरी उनले बडिमालिका नगरपालिका राप्ककी एकल महिला पारु थापालाइ बाख्रा पालनका लागि ४३ हजार दुई सय रुपैंया बैठक भत्ता पनि हस्तान्तरण गरे । हाल पारु थापाले  बाख्राापालन ब्यबसायबाट राम्रो आम्दानी गरेकी छन् । 
बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएका १६ जनालाई सहयोग वापत १७ लाख बढी रकम सकलन गरि हस्तान्तरण गरेका सिंह खोज पत्रकारितालार्ई आफ्नो आधार वनाएको वताउँछन् । उनी भन्छन् ‘असाहय देखेर समाचार लेख्नु भन्दा पहिले उद्दारमा लाग्नु पर्छ । उद्दारपछि समाचारको बिषयबस्नु वताउने हो ।’ 
बिगत एक दशक देखि पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकाश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन्  । पछिललो समयमा दुःखी विरामी पत्ता लागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनिकी बनेको छ । 

बिपन्न परिवारलाई बाख्रा गिफ्ट

 कर्ण चन्द/डोटी
     श्रावण २७
डोटीको के आई सिँह गाँउपालिका–५ मा बिपन्न परिवारलाई गिफ्टको रुपमा बाख्रा बितरण गरिएको छ । ४० परिवारलाई प्रति परिवार चारका दरले एक सय ६० बाख्रा गिफ्ट दिईएको हो ।
डेन चर्च एड र सम विकास केन्द्र (ईडिसि) द्वारा संचालन भएको दिगो जिविकोपार्जन कार्यक्रम अन्तर्गत गिफ्ट कार्यक्रमबाट सहयोग गरिएको छ । गरिव, दलित, विपन्न परिवारका ४० घरधुरीका मानिसहरुलाई एक सय ६० वटा विभिन्न जातका बाख्राहरु वितरण गरिएको संस्थाका अध्यक्ष अधिराज विसिले बताए । अध्यक्ष बिसिले भने ‘हामीले खुद्रा बाख्रा दिने भन्दा पनि एकै परिवारलाई चार बाख्रासम्म दियो भने आर्थिक अबस्था सुध्रिन्छ होला भन्ने हाम्रो बिश्वास छ ।’
गिफ्टको रुपमा प्राप्त भएका बाख्राको राम्रोसंग पालन तथा संरक्षण गर्नु कृषकको दायित्व भएको कार्यक्रम संयोजक रमेश भुलले बताए । भूलले भने ‘बिगतमा जस्तै संस्थाको बाख्रा भन्ने धारणा राख्नु भएन, आफ्नै सम्झेर राखेमा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्नेमा बिश्वस्त छु ।’
बाख्रा पालन आफ्ना लागी उपयुक्त हुने कैलपाल बाख्रा पालन समुहकी अध्यक्ष लक्ष्मी बिकले बताईन । बिकले भनिन् ‘हाम्रा लागी अन्य भन्दा पनि बाख्रा राम्रो हुन्छ किन भने कृषि कार्य गर्न प्रप्याप्त पानी छैन् । बाख्राका लागी जंगल पनि छ र नजिकै बजार पनि ।’ 
संस्थाले बाख्रा गिफ्ट दिने र कृषकले खोर बनाएका थिए । बाख्रा प्राप्त गरेका परिवारहरुका लागी सुधारिएको खोर निर्माण तथा सुधार गर्नु पर्ने वडा अध्यक्ष रामचन्द्र राणाले बताए । राणाले भने ‘हामीले केही प्रत्येक समुहलाई बोका उपलब्ध गराएका छौँ अन्य आबश्यक सहयोग पनि गछौँ ।’
बितरण भएको बाख्राहरुको औषधी उपचारको जिम्मा वडा कार्यालयले लिने र विमाको कार्य संस्थाले गर्ने सहमति भएको संस्थाका लेखा अधिकृत कृष्णसुन्दर श्रेष्ठले जानकारी दिनु भएको छ । श्रेष्ठले भने ‘११ लाख ३७ हजार दुई सय रुपैँया बाख्रा     खरिद गरेका छौँ अब एक बर्षका लागी संस्थाले नै बिमा पनि गराउने छ ।’
सरकारी तथा गैरसरकारी क्षेत्रको साझेदारीले मात्र बिपन्न सामुदायको लागी काम गर्न सकिने सम बिकास केन्द्रका महासचिब बबि बिसीले बताए । 

१९ स्थानीय तह प्राविधिक शिक्षाबिहीन

 शेरवहादुर ऐर/धनगढी
     श्रावण २७
सुदूरपश्चिम प्रदेशका डेढ दर्जन बढी स्थानीय तहमा १९ वटा स्थानीय तहमा प्राबिधिक शिक्षाको पहुँच पुगेको छैन ।
मानव स्रोत विकास केन्द्र र प्राविधिक तथा व्यवसायिक तालिम परिषदको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक सीप विकास तथा तालिम प्रदायक संस्था ९८ वटा रहेका छन् । परिषदका अनुसार प्रदेशका बैतडी र दार्चुलाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुगेका छन । अन्य सात जिल्लाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुग्न नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७६ को प्रतिवेदनले देखाएको छ ।
सरोकारवालाहरू सुदूरपश्चिम प्रदेशमा विद्यमान बेरोजगारी तथा वैदेशिक रोजगारमा जाने युवा जनशक्तिको संख्या घटाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँदै आएका छन् ।
मानव विकास स्रोत केन्द्रका अनुसार कैलाली जिल्लाको १३ वटा स्थानीय तहमध्ये एक, कञ्चनपुरको नौ स्थानीय तहमध्ये दुई, डोटीको नौमध्ये तीन, डडेल्धुराको सातमध्ये दुई र अछामको १० मध्ये दुई स्थानीय तहमा अझैं प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्थाहरूको पहुँच रहेको छैन ।
त्यस्तै, बाजुराको नौ स्थानीय तहमध्ये छ र बझाङको १२ स्थानीय तहमध्ये तीनमा पनि ती संस्था पुग्न सकेका छैनन । प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् ९सिटिइभिटी० को सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार यस वर्ष बांकी स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

छाउगोठमा नबस्नेलाई पुरस्कार

डोटी पूर्वीचौकी गाउँपालिकाले छाउपढी प्रथा अन्त्य गर्नका लागी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । 
पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कार दिने पाचौँ गाउँसभाबाट निर्णय गरेको पूर्वीचौकी गाउँपलिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । अध्यक्ष बोगटीले भने ‘हामीले गाउँपालिकामा छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप तीन हजारदेखि पाँच हजार         पुरस्कार दिने नीति पारित गरेका छौँ ।’
छाउपडी प्रथाको रुपमा परिचित गराईएको हाम्रो प्रदेशबाट छाउपढी हटाउनमा हाम्रो गाउँपालिका तयार रहेको उपाध्यक्ष निर्मला साउँदले बताईन । उनले भनिन् ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौँ ।’
समाजमा रहेको छाउपढीसंग सम्बन्धित धार्मिक बिश्वास अन्त्य गर्नका लागी महिला सशक्त हुन पर्ने साउँदले बताईन । उनले भनिन् ‘म त्यसका लागी एक उदाहरण हुँ, मेरो घरमा आजकाल छोरीहरुले पनि छाउपडी मान्दैनन्, मलाई देउता लागेका छैनन् झन खुसी भएर गाउँपालिकाको नेतृत्व तहमा छु ।’  छाउ नमान्दा देउता रिसाउने भन्ने धार्मिक बिश्वास रहि आएको छ । 
छाउपडी नमान्नेलाई पुरस्कार मात्र होईन मान्नेहरुलाई गाउँपालिकाले दण्डको पनि व्यवस्था गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने ‘महिनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवा सुविधा पनि नदिने घोषणा गरेको छ ।’  छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरुले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको निमित्त प्रशासकीय अधिकृत खड्काले बताए । 
रातो र हरियो झण्डा 
गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले भने ‘अब हामी प्रत्येक घरमा झण्डा गाड्छौँ, जसले समाजिक रुपमा तिरस्कार जस्तो हुन्छ । नैतिक दवाब पर्छ भन्ने हाम्रो बिश्वास छ ।’
कार्यबिधि तयार गरेर तरुन्तै कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । खड्काले भने ‘हामी गाउँपालिका छाउपडी मुक्त बनाउनका लागी लाग्छौँ ।’
करिब तीन सय छाउगोठ 
पूर्वीचौकी गाउँपालिकामा मात्र करिब तीन सय छाउगोठ रहेको पूर्वीचौकी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले भने ‘गाउँपालिकाका ७ वडामा तीन सयको   हाराहारीमा छाउगोठ छन भन्ने अनुमान गरेका छौँ ।’ गाउँपालिकाले अब तथ्याङ्क संकलन गर्ने अध्यक्ष बोगटीले बताए । बोगटीले भने ‘अहिले कती गोठ प्रयोगमा छन के कस्तो अबस्थामा छन भनेर झण्डा गाड्ने बेलामा एकिन तथ्याङ्क संकलन गछौँ ।’
डोटी जिल्लाको सबै भन्दा बढी छाउगोठ रहेको उक्त गाउँपालिकाले अब अभियानको रुपमा छाउपडी बिरुद्ध लाग्ने संकल्प गरेको छ ।
कैलालीमा कर तिर्नेहरुको पीडा
डोटी दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाह आन्तरिक राजस्व कार्यालय कैलालीमा   खरिद बिक्री खाता प्रमाणित तथा भ्याट बुझाउनको लागि धाउन थालेका बाह्र दिन भयो । उनको खरिद खाता प्रमाणिकरणको काम त आईतबार भयो तर भ्याट बुझाउनको लागि भने लाईनमै भेटिए ।
“म कर बुझाउनको लागि धनगढी आन्तरिक राजस्व कार्यालयमा आएको थिएँ लेखापरीक्षण गराउँदा दुई दिन लागि हाल्यो” शाहले भने ‘अव अरु काम गराउन लाईनमा लाग्दा सयौं जना छन् बाहिर–भित्र यो कोठा त्यो कोठा गरेर हेर्दा अझै केही दिन लाग्छ जस्तो छ ।’ यस्तै गर्दा गर्दै आफुले १२ दिन बिताएको उनी वताउँछन् । 
सरकारले साउन देखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि आन्तरिक राजस्व कार्यालय कैलालीमा सेवाग्राहीको चाप बढेको छ । बैंकको काउन्टरमा पैसा जम्मा गर्ने देखि प्यान लिने, कर चुक्ता प्रमाण पत्र लिने लगायतका कामको लागि सेवाग्राही दिनभरी फरक फरक लाईनमा लाग्दा काम नसकेरै घर फर्किनु पर्ने अवस्थ छ । 
सहज र सुलभ तरिकाले कर बुझाउन पाउनु पर्ने सेवाग्राही तिर्थराज जोशी वताउँछन् । उनी भन्छन् ‘जसरी अहिले स्थानीय तह प्रदेश र केन्द्र सरकारछ त्यसैगरी यसलाई पनि जिल्लामा  स्थान्तरण गरेर सहज बनाउनु पर्छ, दुई हजार कर तिर्नका लागि १० हजार खर्च गर्न सकिन्न ।’ 
व्यक्तिगत स्थायी लेखा नम्बर लिन पुगेका सुवाशचन्द्र भट्ट लाईनमा लागेकाहरुमध्येबाटै पनि नयाँ नयाँ व्यक्तिका फर्महरु ल्याउँदा ढिलो हुने गरेको    वताउँछन् । करदाताले सम्वन्धित जिल्लामै कर बुझाउन पाउने गरी व्यवस्था गर्नु पर्ने भट्टको माग छ ।
कैलाली, डोटी, बझाङ, बाजुरा र अछामका करदाताहरुलाई सेवा दिदै आएको कर कार्यालय भने कर्मचारी अभावको कारण सेवा प्रवाहमा कठिनाई भएको बताउँछ । “चार किसिमका करदाताहरु लाईनमा लाग्नु भएको छ त्यसैले व्यक्तिगत स्थायी लेखा नम्बरको विषयमा होईन अन्य कामकाजको सवालमा उनीहरुले आवश्यक कागजात नपुग्दा समस्या भएको हुन सक्छ” प्रमुख कर अधिकृत गोबिन्द प्रसाद अधिकारी ‘कागजात नपुगेको कुरा सम्बन्धित काउन्टरमा पुगेपछि मात्र थाहा हुने भएकाले समय लागेको हुनुपर्छ ।’ उनले पैसा तिर्नको लागि बंैक काउन्टरमा एउटा लाईन र कागजात बुझाउने लाईन भएको हुदाँ अलि समय लागेको वताए । कागजात पुरा भईसकेपछि आजको काम आजै भएको उनको दावी छ ।

छोटकरी 

भाषणले मात्रै हुँदैन

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले नेपाली कांग्रेस भाषणले मात्रै अगाडि बढ्न नसक्ने बताएका छन् ।
सभापति शाहले भाषण भन्दा काम गरेर देखाउन जिल्लाका नेता तथा कार्यकर्ताहरु–लाई निर्देशन दिए । नेपाली कांग्रेसमा एउटा पुस्ता बढी परम्परावादी र प्रविधिलाई पछ्याउन नसक्ने रहेको बताउँदै सभापति शाहले समय अनुसार परिवर्तन हुन नसक्ने परम्परागत सोंच पालेकाहरुबाट कांग्रेस चल्न नसक्ने बताए । 
नेपाल दलित विद्यार्थी संघ कैलालीको प्रथम नगरस्तरीय भेलालाई सम्बोधन गर्दै शाहले सो कुरा वताएका हुन् ।

बिधेयकमाथी छलफल

सुदूरपश्चिम प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, २०७६ माथि सामान्य छलफल भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि विधेयकमाथि सामान्य छलफल शुरु भएको हो ।
विधेयक माथिको सामान्य छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले ऐनहरूमा प्रदेशको नाम सुदूरपश्चिम प्रदेश मात्रै राख्नका लागि गर्न लागिएको संशोधन विधेयकका लागि सरकारले प्रदेश सभालाई लामो समयसम्म स्थगित गरेकामा आलोचना गरे ।
नेकपाका सांसद महेश जोशीले प्रदेशको नामाकरण भइसकेकोले विधेयकहरूमा संशोधन आवश्यक रहेका कारण सरकारले विधेयक ल्याएको बताए ।

खेल खवर 

मेराे कथा

कराँते खेलाडी अनुपमा मगर 
न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९÷१० वर्षको अवधिमा राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी छु । हारको अनुभव पनि कम छैन । हारमा बग्ने आँसु र जितमा निस्कने मुस्कान खेलकुद जीवनको घामछाया नै हुन् । हार्दा नआत्तिनु र जित्दा नमात्तिनु चाहिँ महत्वपूर्ण कुरा लाग्छ मलाई ।
हरेक खेलाडीले अनुभव गर्ने सबैभन्दा ठूलो दबावको क्षण भनेको निःसन्देह देशको प्रतिनिधित्व गरेर खेल्दा नै हो । देशका लागि पदक जित्दाको खुशी र गौरव अवर्णनीय नै हुन्छ । त्यतिबेला खेल जीवनका सारा दुःखहरु भुलिन्छ । हार्दाको पीडाको त के कुरा गर्ने यस्ता अनुभव त सुनाउने छु नै, सुरुमा चाहिँ आफूलाई भाग्यमानी र अभागी एकैसाथ ठानेको इन्चोनको कथा भन्छु है !
कराँते खेल्न थालेको छोटो अवधिमा नै मैले एसियन गेम्स खेल्ने मौका पाएँ । तर निकै तनावका बीच । यो २०१४ को कुरा हो । दुईवटा कराते संघ भएका कारण दुवै तिरबाट खेलाडीहरुको नाम गएको रहेछ । ६८ मुनिको तौल समूहमा मेरो र गंगा अधिकारीको नाम गएछ । एउटा संघबाट छनोट भएका खेलाडीहरु ट्रेनिङ गर्न जापान गए । अर्को संघबाट  परेकी विमला तामाङ र मचाहिँ बालाजु डोजोमा नै अभ्यास गरिरहृयौं ।
इन्चोन जाने हो कि होइन टुंगो थिएन । कहिले त ‘आ, अब खेल्दिनँ’ भनेर पनि नसोचेको होइन । तर हामी दुवैको एग्रिगेसन कार्ड आयो । कोरिया पुग्यौं । तर खेल्ने–नखेल्ने अनिश्चित नै थियो ।
मेरो गुरुले भन्नुहुन्थ्यो, मैले खेल्न पाउँछु । गंगा दिदीको गुरुले भन्नुहुन्छ, गंगाले खेल्न पाउँछिन् । उहाँ ११ औं सागको गोल्ड मेडलिष्ट पनि हुनुहुन्थ्यो । तर टाइसिट आउँदा मेरो नाम आयो । मैले एसियन गेम्स खेल्ने भएँ । तर राम्रो भएन ।
होस् पनि कसरी ? अरु  साथीहरु जापान गएर अभ्यास गरिरहँदा म भने नेपालमै थिएँ । त्यसमा पनि पहिलो भेट नै चार पटककी विश्व च्याम्यिनसँग भयो । चिनियाँ खेलाडीबारे जानकारी थिएन । म सीधै नकआउट भएँ ।
लामो विवादबीच खेल्न पाएको खुसीलाई नकआउट हुँदाको पीडाले तुरुन्तै ओझेल पारिदियो । मसँगै इन्चोन गएकी विमलाले चाहिँ कास्य पदक जितिन् । नेपाल पदकविहीन हुनबाट जोगियो । यसले मलाई पनि खुशी दिलायो । इन्चोन जानुअघि मैले २०१४ मा दिल्लीमा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा गोल्ड मेडल जितेको थिएँ । प्रतियोगितामा आठ देशको सहभागिता थियो । ६८ केजीमुनि भएको प्रतिस्पर्धाको सेमिफाइनलमा भारतलाई पराजित गरेँ । फाइनलमा अफगानिस्तानलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएँ । यो नै अन्तराष्ट्रियस्तरमा पाएको गोल्ड मेडल हो मेरो ।
घर मेरो सिन्धुली । परिवारमा बाबा, सानीमा, दाजु भाउजू अनि भाइ र बहिनी छन् । आमा पहिल्यै बित्नुभयो । (आमाको कुरा गर्दा उनले आफूलाई सम्हाल्न   सकिनन् । निकै बेर रोइरहिन् ।) सानोमा निकै मोटी थिएँ । सबैले मोटी मोटी भन्न थालेपछि तौल घटाउनकै लागि कराँते सिक्न थालेँ । त्यतिबेला म १८÷१९ वर्षको भइसकेकी थिएँ । कराँते खेल्न दाइले निकै हौसला दिनु भयो । संगिना वैद्य यस्तो हो, उस्तो हो, भनेर सुनाइरहनु हुन्थ्यो । तँ पनि संगिना वैद्य जस्तो खेलाडी बन्नु पर्छ    भनिरहनु हुन्थ्यो । तर बुवाले भने हामीले कराँते खेलेको मन पराउनु हुन्नथ्यो । छोरीको हातखुट्टा भाँचियो भने भोलि कसले बिहे गर्छ भन्ने लाग्थ्यो होला ।
एउटा घटना सुनाउँछु । स्कुलमा दाइहरु फुटबल खेलिरहनु भएको थियो । हामी हेरिरहेका थियौं । खोई कताबाट हो बुबा आइपुग्नु भएछ । बुबालाई देखेपछि दाइहरु भाग्नुभयो । उहाँले त गोलपोष्ट बनाउन गाडेको बाँस निकालेर नजिकैको खोलामा बगाइदिनुभएछ ।
बुबाको असन्तुष्टिका बाबजुद मैले कराँते खेलिरहेँ । किनभने झण्डै ६०/६१ केजीकी म ४९ केजीमा झरिसकेको थिएँ । दाइको साथ थियो । मेरो खेल पनि राम्रो भइरहेको थियो । कमल गुरुले फाइट खेलाउनु हुन्थ्यो । म केटाहरुलाई पनि जित्थेँ । मेरो किकमा निकै पावर थियो । दाइहरुले अहिले पनि भन्नुहुन्छ, तिमीले त कस्तो पावर हान्थ्यौ । अझै याद छ ।
सिन्धुलीमा रमाइरहेको मलाई काठमाडौंसम्म ल्याउन भने भ्याली प्रतियोगितामा मेरो प्रदर्शनले ठूलो भूमिका खेल्यो । मैले निकै राम्रो गरेपछि गुरु र सबैले काठमाडौं गएर खेल, राम्रो हुन्छ भन्नुभयो । उहाँहरुकै सल्लाहअनुसार म बालाजु डोजोमा आएँ । सुरुमा त मलाई निकै गाह्रो भएको थियो, विस्तारै बानी पर्रुयो । खेल निखारिँदै गयो । मोटोपन घटाउन कराँतेमा लागेकी ममा खेलाडी बन्ने रहर जाग्दै आयो ।
बालाजु डोजोमा आवद्ध भएपछि मैले कमलपोखरीमा भएको भ्याली च्याम्पियन कराँते प्रतियोगिता खेलेकी थिएँ । हुन त त्यसबेला डोजोमा मभन्दा राम्रो एक जना खेलाडी थिइन् । तर मैले जिद्दी गरेपछि गुरुले दुवैलाई खेल्न दिनुभयो । मैले उनलाई नै पराजित गर्दै गोल्ड मेडल जितेँ । त्यसपछि मलाई जित्ने बानी पर्न थाल्यो ।
मैले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी थिएँ । त्यतिबेला आफ्नै कारण हार्न पुगेँ । मेरो स्कोर हाई थियो, तर पावर लागेर आउट भएँ । तेस्रो भएँ । मैले सातौं राष्ट्रिय खेलकुद पनि खेलेँ । फाइनल म्याचमा विपक्षीमाथि आक्रमण गर्न नसकेपछि रजतमै चित्त बुझाएँ ।
आठौंमा भने यसअघि गरेको गल्ती दोहो¥याइनँ । स्वर्ण जितँे । त्यही सफलताको कारण अहिले म यहाँ छु । आठौंमा भाग्यले पनि साथ दियो जस्तो लाग्छ । ११ जना भएकाले पहिलो खेलमा बाई पाएँ । दोस्रो खेल प्रदेश एकसँग थियो । त्यो जितेँ । सेमिफाइनलमा एपीएफलाई हराएँ । फाइनलमा नेपाल आर्मीकी रिता कार्की मैनालीसँग भेट भयो । फेरि चुकेँ भने अरुले के भन्छन् जस्तो लाग्यो ।
सातौंको फाइनलमा गरेको गल्ती नदोहो¥याउने संकल्प गरेँ । सुरुमा उहाँले नै स्कोर बनाउनु भयो । मनमा लाग्यो, अब हार्ने भएँ, फेरि स्वर्ण गुम्यो । दिमागले भन्यो, अझै समय छ, जित्नुपर्छ । हार्दाको पीडा सम्झिएँ । जसरी पनि जित्नुपर्छ भन्ने लाग्यो र जितेँ पनि । हल तालीले गुन्जायमान भयो । यो नै मेरो राष्ट्रियस्तरको पहिलो स्वर्ण पदक थियो । स्वर्ण जित्दाको मज्जा बल्ल थाहा भयो । ध्रुवविक्रम (मल्ल) गुरुलाई फोन  गरेर सुनाएँ । उहाँ निकै खुशी हुनुभयो । त्यस पछि दाजुभाइ र घरपरिवारमा फोन गरेँ ।
स्वर्ण पदक जित्दा कति खुसी मिल्छ, त्यो जित्नेहरुलाई मात्रै थाहा हुन्छ । मैले एउटा सपना पूरा गरेको थिएँ । त्यो खुसी अनुभव गरेको थिएँ ।
अहिले हामीलाई काठमाडौंमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागेको छ । क्लोज क्याम्पमा अभ्यास गरिरहेका छौं । अभ्यासका क्रममा किक हान्दा खुट्टामा चोट लाग्यो । तर सामान्य चोट हो । कुनै ठूलो समस्या छैन ।
हाम्रो लक्ष्य भनेको सागमा राम्रो गर्नु हो । मेरो व्यक्तिगत लक्ष्य भन्नुपर्दा गोल्ड मेडल नै हो । योभन्दा तल खुशी हुन सक्दिनँ । जसरी पनि देशका लागि गोल्ड मेडल ल्याउनु छ ।
कराँतेमा वर्षौं लगानी गरेको छु, देशलाई स्वर्ण पदक जिताउने सपना बुनेको छु । त्यही सपना पूरा गर्न बिहानदेखि बेलुकासम्म अभ्यास गरिरहेको छु । मलाई थाहा छ, सबैको सपना पूरा हुँदैन, तर त्यसो भनेर चुप लागेर बस्नु पनि भएन । जसले राम्रो गर्छ उसैले जित्छ । म पनि मेहनत गरेर जित्न चाहन्छु ।
यसपाली म ६८ केजीमाथि समूहमा खेल्दैछु । मेरो समूहमा भारत र पाकिस्तानका खेलाडी छन् । उनीहरु बलिया छन् । उनीहरुलाई जित्न सकेँ भने मेरो गोल्ड पक्का हुन सक्छ । तर यो त्यति सजिलो पनि छैन ।
उनीहरुको हाइट पनि राम्रो छ, म उनीहरुभन्दा होची छु । हाइटकै कारण मैले उनीहरुलाई किक लगाउन सक्दिनँ । उनीहरुलाई हराउने पञ्च, चुकीबाटै हो, त्यही अभ्यास गरिरहेको छु ।
म सानो छँदा आमा बित्नुभयो । पारिवारिक अवस्था कमजोर भएकै कारण दाइ र मैले पढ्न पाएनौं । भाइबहिनीलाई भने पढाएका छौं । ठूली बहिनी नर्सिङ पढ्दै छिन् । सानो बहिनी १२ मा र भाइ ९ कक्षामा पढ्दैछन् । आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउन सकेकोमा खुशी छु ।
तपाईंलाई मेरो अर्को कुरा पनि भन्छु । म कराँतेमै मात्र सीमित छैन । म्युजिक भिडियोहरुमा अभिनय पनि गर्छु । खेलपछि बचेको समयमा केही म्युजिक भिडियो खेलेको छु । अस्ति भरखर तीज गीतको म्युजिक भिडियो खेलेँ । तर मेरो यो सुरुवात हो । खेल र कलाकारिता दुवैबाट देशलाई चिनाउन चाहन्छु ।
राष्ट्रियस्तरमा नेपाल पुलिस क्लबबाट खेल्दैछु । क्लबमै आबद्ध त होइन, कन्ट्रयाकमा खेल्छु । जतिबेला खेल हुन्छ, त्यतिबेला मलाई पुलिस क्लबले पैसा दिएर खेल्न बोलाउँछ । म जान्छु, खेल्छु । कुनै टिममा अनुबन्धित भने भएको छैन ।
प्रस्तुती ः सरोज तामाङ
अनलाईन खवर डटकमबाट

लेख 

त्यो सरकारको नारा र यो सरकारको नारा

“आफ्नो गाउँ, आफै वनाउँ”, ०५१ सालमा बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको नारा हो  यो । २०४८ साल बैशाख २९ गते भएको आम निर्वाचनमा तत्कालीन प्रतिनिधि सभाका २०५ सिटमध्ये एक सय १० सिट अर्थात सुविधाजनक बहुमत प्राप्त गरि सरकार गठन गरेको कांग्रेसभित्र आन्तरिक बिवाद बल्झेपछि तीन बर्षमै मध्यावधि निर्वाचन गर्नु पर्ने अवस्था आयो । २०५१ साल कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सकेन । निर्वाचनबाट तत्कालीन नेकपा एमाले पहिलो पार्टी बनेपछि नेपाल अधिकाराज्यको संबिधान, २०४७ को धारा ४२९२० अनुसार गठन भएको प्रथम कम्युनिष्ट सरकारले प्रत्येक स्थानीय निकायहरु ९गाउँ विकास समिति÷नगरपालिका० मा बजेट दिने व्यवस्था ग¥यो । “आफ्नो गाउँ, आफै वनाउँ” भन्ने नारा सफल पार्न उक्त वजेट स्थानीय निकायहरुले आफ्नो आवश्यकताका आधारमा बिभिन्न क्षेत्रमा बिनियोजन गरि आफ्नो गाउँको विकास आफै गरुन भन्ने लक्षका साथ आएको थियो । 
यसरी स्थानीय निकायहरुलाई सोझै बजेट दिँदा नेपालका केही अर्थविद्हरुले ‘वजेट कनिका छरे झैं भयो’, ‘कम्युनिष्ट सरकारले देशको ढ्कुटी रित्याउने भयो’, ‘सस्तो लोकप्रियताका लागि यस्तो कार्यक्रम ल्यायो’ जस्ता आरोप पनि लगाएका थिए । यद्यपी तिनै आलोचना गर्ने अर्थबिद्हरुमध्ये केहीले पछि आफ्नो पालामा यो कार्यक्रमलाई निरन्तरता दिए ।  
आफ्नो गाउँ आफै वनाउँ कार्यक्रम अन्तर्गत सरकारले नौ “स” अभियान  चलायो । नौ वटा “स” अर्थात् स्थानीय सडक, साना सिँचाइ, स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालीम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युत्को विकासबाट ग्रामीण विद्युतीकरण तथा साना तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखेर आफ्नो गाउँको विकास आफै गर्ने योजना थियो । 
त्यतिवेला अहिलेका जस्तो भ्रष्टाचार चरमचुलीमा पुगेको थिएन । कम्तीमा नागरिकहरु ईमानदार थिए, राजनीतिक दलका कार्यकर्ताहरु यति बिधि बिग्रिसकेका थिएनन् । स्थानीय निकायका जनप्रतिनिधि–हरुलाई भ्रष्टाचार गर्ने मेसो थाह भईसकेको थिएन । देशमा भरखर “प्रजातन्त्र” आएकाले निरंकुश पञ्चायती शैलीको कर्मचारीतन्त्र पनि दोधार९दोधारमै थियो, माथिल्लो दर्जाका कर्मचारीहरुले पञ्चायती “गुण” प्रजातन्त्रमा पनि देखाइरहेका भएपनि तल्लो तहका कर्मचारीहरुमा हत्तै भ्रष्टाचार गरिहाल्ने आँट थिएन । 
त्यसैले वातावरण सहज थियो । बजेट अनुसारको काम भएको थियो, भएको काम गुणस्तरीय पनि थियो । जनताले विकासमा अपनत्व ग्रहण गर्ने चलन थियो । देशभरि विकासका केही राम्रा अभ्यासहरु भए, जनतामा थोरै भएपनि सन्तुष्टि थियो । यही नाराले “विकासवादी” कहलिएको तत्कालीन एमालेले लामो समयसम्म उक्त नाराको व्याज खायो, अझै पनि त्यो नाराको थोरवहुत व्याज आउँदैछ । 
२५ बर्ष पहिले तत्कालीन अल्पमतको सरकारले ल्याएको उक्त नाराले जनतामा एक प्रकारको उत्साह जगाएको थियो, आश भरेको थियो । ३० बर्षको निरंकुश शासन व्यवस्था झेलेका नेपाली जनताले अव सरकारले गाउँको विकास गर्छ भन्ने सोचेका थिए । नौ महिनामात्रै रहको उक्त सरकारले विकासका सम्भावनाहरु र गोरेटो देखाउने काम गरेको थियो ।
२५ बर्षपछि आज ः त्यतिवेलाको सरकारको नेतृत्व गर्ने एमाले अहिलेको सरकारको पनि नेतृत्व गरिरहेको छ, त्यतिवेलाका गृहमन्त्री अहिलेका प्रधानमन्त्री भएका छन् । त्यतिवेलाको सरकार अल्पमतको मात्रै थियो, अहिले दुई तिहाई बहुमतको सरकार छ । त्यतिवेला पनि अधिकांश स्थानीय निकायमा तत्कालीन एमालेको नेतृत्व थियो र अहिले पनि तत्कालीन एमालेकै नेतृत्वमा अधिकांश स्थानीय तहहरु छन् । त्यतिबेला गाउँमा तीन लाख मात्रै जान्थ्यो तर अहिले गाउँमा करोडौं रुपैयाँ वजेट जान्छ । त्यतिवेलाको सरकारले ल्याएको नारा “आफ्नो गाउँ आफै वनाउँ” थियो, अहिलेको सरकारको नारा “समृद्ध नेपाल, सुखी नेपाली” छ । 
त्यतिवेलाको कम्युनिष्ट सरकारले “आफ्नो गाउँ आफै वनाउँ” नाराले जनता उत्साहित थिए, जनतामा आश जगाएको थियो । उक्त नारामा जनताको स्वामित्व थियो जस्तो देखिन्थ्यो । तर अहिलेको “समृद्ध नेपाल, सुखी नेपाली” नाराले जनतामा आश जगाउन सकेन, उत्साहित वनाउन सकेन, जनताले स्वामित्व लिने देखिएन । किनकी जुन ‘स्पिरिट’ त्यतिबेलाको सरकारको थियो अहिलेको सरकारमा त्यो छैन । २५ बर्ष पहिलेको माहोल एउटा थियो, बिस्तारै जनप्रतिनिधिहरुले भ्रष्टाचारको स्वाद् चाख्दै गए, कर्मचारीहरुले भ्रष्टाचारको बाटो देखाउँदै गए, नेताहरु भ्रष्टाचारको बाटो फराकिलो पार्दै गए, कार्यकर्ताहरु त्यो बाटो पहिल्याउँदै गए । यो प्रक्रिया जति जति पुस्तान्तर हुँदै गयो त्यति नै भ्रष्ट हुँदै गयो । अन्ततः जनता पनि त्यो स्वाद् चाख्न पल्के । आज अवस्था यस्तो आईहाल्यो कि, अव भ्रष्टाचार गर्ने होईन, नगर्ने अपराधी हुन्छ । नेता होस् कि कर्मचारी, उपभोक्ता होस कि सर्वसाधारण जसलाई पनि भ्रष्ट वन्ने रहर जागेको छ । सम्पत्ति चाहिन्छ, सम्पत्ति विना केही पनि हुँदैन, सम्पत्तिका लागि “जे पनि” गर्नु पर्छ भन्ने मानसिकता पलाएको छ । 
अहिले वर्षेनी करोडौं रूपयाँ गाउँगाउँमा जाँदैछ । विकास गर्न चाहने हो भने यो वजेट धेरै छ । धेरै कुरा गर्न सकिन्छ । साँच्चै समृद्ध नेपाल वनाउनका लागि नागरिकले मात्रै सोच्ने हो भने गुणस्तरीय काम हुन्छ । यदि पूर्वाधारहरु, सीपमुलक कार्यक्रमहरु, सचेतनामुकल कार्यक्रमहरु गुणस्तरीय हुने हो भने नेपाली सुखी हुन वेर लाग्दैन । एउटै वाटोमा पटकपटक वजेट हाल्ने, पटकपटक कागजात मिलाउने गर्नु पर्दैन । त्यसका लागि मागमा आधारित होइन, आवश्यकतामा आधारित विकास आवश्यक छ । माग सडकको आउँछ तर त्यो वास्तविक आवश्यकता हुँदैन किनकी माग गर्ने सर्वसाधारण होईनन् । सर्वसाधारणको पहुँच र आवाज माग गर्ने निकायमा पुग्दै पुग्दैन । माग गर्नेहरु व्यापारी र विचौलिया छन् । राजनीतिकर्मीका नाममा केही भ्रष्ट र चाकरहरु छन् । उनीहरुले आफ्नो स्वार्थका लागि जनतालाई भ्रममा राख्छन् र योजना माग गर्छन् । यही कारण जनताले विकासमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । यही कारण भ्रष्टाचार बढ्छ । 
सर्वसाधारणले पनि त्यो योजना माग गर्नुको मुल कारण बुझ्छन् । आफ्ना लागि आवश्यक नदेखेपछि त्यसबाट तत्काल  कसरी फाईदा लिने भन्ने सोच्छन् । उनीहरु अरुले कसरी फाईदा लिईरहेका छन् भन्ने देख्छन्  । त्यसपछि एक आम व्यक्ति पनि एक दिन काम गरेर चार दिनको हाजिर लगाउन खोज्छ वा एक दुई घण्टा काम गरेर दिनभरीको मजुरी लिन खोज्छ । उपभोक्ता समितिले ठेकेदारसंग कमिसनको “वार्गेनिङ्ग” गर्छ । कर्मचारीले उपभोक्ता समितिसंग कमिसनका लागि वार्गेनिङ्ग गर्छ । जनप्रतिनिधिले कमिसन नपाएसम्म अनुगमन प्रतिवेदन दिन मान्दैन । बिचौलियाहरुले चारैतिर हात पर्साछन् । 
अनि विकास हुँदैन, विनास हुन्छ । चारैतिर डाँडा भत्किन्छन्, सडक वन्दैन्, जंगल सखाप हुन्छ, बाढी पहिरोको जोखिम बढ्छ, वजेट सकिन्छ पुल वन्दैन्, कुलो वन्छ पानी चढ्दैन । योजना जति सडक निर्माणका मात्रै हुने, सडक निर्माणमा मेसिनको प्रयोग हुने, मेसिन व्यापारीको मात्रै हुने, मेसिन खोज्नका लागि बिचौलियाहरु सक्रिय हुने, कमिसनका लागि जनप्रतिनिधिहरु प्रतिघण्टाका दरले माग गर्र्ने अनि मेसिनको चालक आफै ईन्जिनियर भएर डाँडा भत्काउन थाल्ने विकासे प्रबृत्तिले न नेपाल समृद्ध हुन्छ न नेपाली सुखी हुन्छन् । 
पात्र उनै हुन् जो २५ बर्ष पहिले थिए, कागजी सिद्धान्त पनि उही हो, जो पच्चिस बर्ष पहिले थियो तर दुर्भाग्य व्यवहार बदलियो । हिजोको वर्गीय व्यवहार आज रहेन वा भनौं ति पात्रहरुको वर्ग  परिवर्तन भयो । हिजो जुन वर्गमा थिए आज उनीहरु त्यो वर्गको पीडा बिर्सिए । बर्गीया मुक्तीका लागि टाउकोमा कात्रो बाँधेर हिडेकाहरुले राजनीतिक व्यवस्था त परिवर्तन गर्न सके तर राजनीतिक व्यवस्थासंगै उनीहरुले आफ्नो वर्ग पनि परिवर्तन गरे । हिजो पसिना वगाउने वर्गमा उनीहरु पर्थे तर आज उनीहरु पसिना वगाउने वर्गलाई घृणा गर्ने वर्गमा परिणत भए । हिजो एउटै थालमा खाना खाएकाहरु, एउटै गुन्द्रीमा सुतेकाहरु, एउटै क्रान्तिमा लामवद्ध भएकाहरुलाई ति श्रमजीवीहरुले भेट्न त परै जावस्, टाढैबाट अनुहार समेत हेर्न पाउँदैनन् । 
त्यही कारण श्रमजीवि बर्गलाई बर्तमान दुईतिहाई सरकारले ल्याएको “समृद्ध नेपाल, सुखी नेपाली” को नारा २५ बर्ष पहिले अल्पमतको सरकारले ल्याएको “आफ्नो गाउँ आफै वनाउँ” को नारा जस्तो लोकप्रिय हुन सकेन । जनताले अपनत्व लिन सकेनन् । खोलाको छेउमा गिट्टी कुट्नेलाइ छोएन यो नाराले, भरियाले आफ्नो अनुहार पाएन यो नारामा, किसानले आफुले वगाएको पसिनाको मुल्य देखेन त्यो नारामा । समग्रमा यो दुईतिहाईको सरकारले बास्तविक शोषित पिडित जनताको बिश्वास जित्न सकेन । त्यसैकारण “आफ्नो गाउँ आफै वनाउँ” नाराले नौ महिना मात्रको सरकारलाई लोकप्रिय वनाए जस्तो “समृद्ध नेपाल, सुखी नेपाली” नाराले करीव दुई बर्ष हुँदा पनि दुईतिहाईको सरकारलाई लोकप्रिय वनाउन सकेन ।  

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सुदूरपश्चिम प्रदेशबारे जानकारी  
नेपालको वर्तमान संबिधानले नेपाललाई सात प्रदेशमा बिभाजन गरेको छ । सात प्रदेशमध्येको एक सुदूर–पश्चिम प्रदेश हो । साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्लालाई समावेश गरेर वनाईएको यो प्रदेशले चिन र भारत दुवै देशलाई छुन्छ । 
यस प्रदेशको 
कुल जनसंख्या ः २५५२५१७
कुल क्षेत्रफल ः १९५३९ बर्ग कि।मि।
समुन्द्री सतहबाट उचाई ः १०९ मि। देखि ७१३२ मि।सम्म
सिमाना ः पूर्वमा कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट र मुगु तथा प्रदेश नं। ५ को बर्दिया, पश्चिम र दक्षिणमा छिमेकी राष्ट्र भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा छिमेकी राष्ट्र चिनको स्वशासित क्षेत्र तिव्वत । 
जनघनत्व ः १३१ प्रति वर्ग किलो मिटर 
महिला जनसंख्या ः १३३४६३०
जिल्ला संख्या ः ९
उपमहानगरपालिका संख्या ः १ 
नगरपालिका संख्या ः ३३
गाउँपालिका संख्या ः ५४
वडा संख्या ः ७२१
प्रदेश सभा सदस्य संख्या ः ५३ ९प्रत्येक्ष ३२, समानुपातिक २१० 
प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र संख्या ः १६  
सुदूरपश्चिम प्रदेशका विशेषताहरु 
नेपालको सवैभन्दा पश्चिममा उत्तर हिमालदेखि दक्षिण तराईसम्म फैलिएको छ । 
यस प्रदेशमा नौ जिल्ला रहेका छन् ९देशभरीमा ७७ जिल्ला रहेका छन्० 
क्षेत्रफलका आधारमा यस प्रदेशको सवैभन्दा ठुलो जिल्ला बझाङ्ग हो, सवैभन्दा सानो बैतडी हो । 
यस प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको छ । 
ब्राह्मण, क्षेत्री व्यासी, चौधरी, दलित, जनजाती लगायत बिभिन्न समुदायको प्रमुख बसोवास छ ।
अपि, सैपाल हिमाल, झिलिमिला ताल, घोडाघोडी ताल, खप्तड क्षेत्र, महाभारत लेक आदि यस क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरु हुन । 
यस प्रदेशमा फरक फरक सांस्कृतिक तथा रीतिरिवाज भएका मानिस बसोबास गर्दछन् । 
देउडा गीत यस क्षेत्रको मुख्य पहिचानको रुपमा रहेको छ । 
बिसु तथा गोरा पर्व यस प्रदेशमा भव्यतापूर्वक मनाईन्छ । 
यस क्षेत्रमा हिन्दु धर्मावलम्वीहरुको बाक्लो उपस्थिति रहेको छ । 
खप्तड तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । 
यस प्रदेशका तराईका जिल्लामा अत्याधिक गर्मी र हिमाली जिल्लामा अत्याधिक चिसो हुने गर्दछ । 
 छाउपडी तथा छुई जस्ता कुप्रथा यस प्रदेशमा रहेका छन् । 
रोजगारीको अभावमा यहाँका मानिस काला पहाड अर्थात् भारतमा जाने गर्दछन् । 
पूर्व–पश्चिम राजमार्गले यो प्रदेशलाई मुलुकका अन्य प्रदेशसंग जोडेको छ । 
सानो भएपनि विविधतायुक्त सुदूरपश्मि प्रदेश विकासका दृष्टिले पछि परेको प्रदेश हो ।
सुन्दर सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका माध्यमबाट यस प्रदेशमा विकासको मूल फुटाउनु आजको आवश्यकता हो ।  
२. दसैं नाँच के हो रु 
नेपालमा १२३ प्रकारका भाषा बोलिन्छन भने १२५ प्रकारका जातजातीको बसोबास रहेको छ । 
पूर्वी नेपालमा बसोबास गर्ने सतार जातिले मनाउने नाचलाई दसैं नाच भनिन्छ । 
दसैं नाच तराई क्षेत्रमा प्रचलित रहेको छ । 
झापा, मोरङ र सुनसरी जिल्लामा यो नाच प्रचलित छ । 
सतार जातिको पहिचानयुक्त यो नाच मौलिक चाँडपर्वमा नाच्ने गरिन्छ । 
यो नाच समाजमा प्रचलित नियमित नाचभन्दा फरक र मौलिक प्रकृतिको रहेको छ । 
पश्चिमा संस्कतिको प्रभावले युवापुस्तामा यस नाचप्रतिको आकर्षण कम हुँदै गएको पाईन्छ । 
परम्परागत भेषभुषामा सजिएर नाचिने यस नाचले आफ्नै किसिमको मौलिकता बोकेको छ । 
दसैं नाच जस्ता मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु आजको आवश्यकता हो । 
३. ट्रहोटे पर्व के हो रु 
एसियाको जातीय गोलमञ्च भनेर चिनिने नेपालमा करीव १२५ जातजातिको बसोबास रहेको छ । 
तिनै १२५ जातजातिमध्ये गण्डकी प्रदेशमा बस्ने गुरुङ समुदाय एक हो ।
नेपालको गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ जातिले ट्रहोटे पर्व मनाउने गर्दछन् । 
ट्रहोटे पर्व यिनीहरु निकै रमाईलो गरी मनाउने गर्दछन् । 
यस पर्वमा गुरुङहरु मिठो खाने, राम्रो लाउने तथा शुभकामना आदान९प्रदान गर्ने गर्दछन् । 
यस पर्वले गुरुङको आफ्नै मौलिक सांस्कतिक महत्व बोकेको छ । 
ट्रहोटो पर्वका अवसरमा नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने गरिन्छ । 
ट्रहोटे पर्वका अवसरमा आफन्तहरु भेला हुने र नाचगान तथा रमाईलो गर्ने गरेका पाईन्छ । 

साहित्य/सिर्जना 

अस्ताए नि उदाईरहने छौ 

(स्व. दुर्गाप्रसाद फुलाराप्रति समर्पित) 
तिमी दियो बनेर जन्मेछौ 
रोशनी छ¥यौ अन्धकार ती बस्तीहरुमा, 
अतिशयोक्ति नहोला तिमी भानु झैं थियौ भन्दा 
हेमन्तमा न्यानो किरण बनी स्पर्श दिन्थ्यौ
तिमी जून थियौ जुनकिरी पनि थियौ
कालरात्रीको त्यो निमग्नता छिचोल्थ्यौ तिमी, 
बाढी पहिरो कहाँ बन्यौ र तिमी 
नत खण्डबृष्टि नत अतिबृष्टि बन्यौ तिमी 
केवल सिर्जनाको मुहान फुटाउने 
सदाबहार एकनासे बृष्टि बन्यौ तिमी 
कलिमा पनि देवगणले भरिपूर्ण सच्चा मानव बन्यौ तिमी 
आवाज बिहीनहरुको आवाज थियौ तिमी
अध्यात्म औं आत्मज्ञानको भण्डार थियौ तिमी, 
तामशशुन्य भोजन अनि पहिरनको आदर्श थियौ तिमी
ईश्र्याको यो युगमा पनि तिमी हौसला अनि प्रेरण थियौ 
तिमी स्वयं उर्जा अनि सहनशीलता थियौ 
तिमी सभ्यता अनि संस्कार थियौ 
तिमी सिर्जना अनि सनातन थियौ, 
तिम्रो उर्वर माटो मरुभूमि बनेछ आज 
तिमीले जगाएका बस्तीहरु सन्नाटामा परेछन् 
तिमीले उठाएका मासिनहरु भक्कानिएछन् 
तिम्रो अगुवाईमा गरिएका विकास निर्माणहरु 
तिम्रो पुनर्जन्मको वन्दना गरिरहेछन् 
जे होस तिमी मानव बनी पदचाप छोड्यौ 
पुस्तौपुस्तासम्म पनि अमर रहने छौ भनी 
श्रद्धाञ्जलीका भावहरु प्रकट गर्दै, 
शोकाकुल मनहरुले एक स्वरमा रोदन गर्दैछन् आज 
सगौरव तिमी भानुझैं थियौ 
अस्ताए नि उदाईरहने छौ । 
लोकराज भट्ट
डोटी बहुमुखी क्याम्पस 

गजल 

आफैले रोजेको स्वतन्त्रता जन्जिर निस्कियो 
फूल भनी रोपेको बिरुवा झिर निस्कियो
आज मेरो अन्दाजा नै गलत सावित भयो
मैले पागल ठानेको ब्यक्ति, फकिर निस्कियो
खेल्ने खेलौना सम्झेर नै चलाइदिएछ गोलि
रगतलाई भन्छ बालक, अबिर निस्कियो
आगोले डढाएर उसलाई कुरुप बनाए के भो
त्यसैलाई बनायो आफ्नो हतियार, हिर निस्कियो
पवनले पनि छुदै नछुने स्थिर त्यो गति हुँ भन्थ्यो
आए भूकम्पका पराकम्पनहरु, अधिर निस्कियो
काली शर्वरी

मुक्तक 

हाँसीहाँसी रोप्यौ कालू मुटुमै छुरी पनि 
पत्तै नदिई आउछ कस्तो यो मजबुरी पनि 
समय बदलिएको भनु या तिमी बदलियौ 
हिजोआज त बढ्यो साह्रै मनको दुरी पनि 
पवित्रा थापामगर ‘साया”
जोरायल गाउँपालिका—४, डोटी

No comments:

Post a Comment