Wednesday, February 19, 2014

वर्ष १०, अंक ४५, २०७० साल फागुन ६ गते मंगलबार,


बर्ड प्mलुको खतरावाट जोगिन हामी सवै सतर्क र सचेत होऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

यस्तो छ डोटीमा गैससभित्रको सुशासन, 

एउटै व्यक्ति दशकौं देखि संस्था प्रमुख

सुशासन, पारदर्शिता र जवाफदेहिताको वकालत गर्दै आएका डोटीका गैससहरुमा लामो समयदेखि एउटै व्यक्तिले नेतृत्व गर्दै आएका छन ।
बिम्ब साप्ताहिकले गरेको एक अध्ययन अनुसार डोटीका दुई गैर सरकारी संस्थाहरुले स्थापनाकाल देखिनै नेतृत्व     परिवर्तन नगरेको पाईएको छ ।
२०४९ सालमा स्थापना भएको सामुदायिक बिकास केन्द्र डोटीको अध्यक्षमा स्थापनाकाल देखिनै हरिप्रसाद पन्त रहेका    छन । पन्तलाई सो पदमा बहाल भएको २१ वर्ष पुरा भएको छ । हाल पश्चिम शिक्षा परियोजना, गुणस्तरीय प्राथमिक शिक्षा नेपाल परियोजना, एनसेल छात्रबृत्ति    परियोजना सञ्चालन गर्दै आएको छ । यस संस्थाले बिगतमा स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम पनि सञ्चालन गरेको थियो । हाल संस्थाले       करीव तीन करोडको परियोजना सञ्चालन गर्दै आएको छ ।
२०४९ सालमै स्थापना भएको अर्को गैर सरकारी संस्था ग्रामिण बिकास सेवा केन्द्रको नेतृत्व पनि हालसम्म परिवर्तन हुन सकेको छैन । संस्थापक अध्यक्ष भक्तवहादुर वलायरलेनै लगातार २१ वर्षसम्म नेतृत्व गर्दै आएका छन । हाल बैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम सुदुरपश्चिमका नौ वटे जिल्लामा सञ्चालन गर्दै आएको यस संस्थाले पनि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम सञ्चालन गरेको थियो ।           राजनीतिक रुपमा मन्त्रीको ओहदामा समेत पुगेका वलायरले आफु मन्त्री हुँदा अध्यक्ष पद आफुसंगै राख्दै कार्यवहाक अध्यक्ष अर्को व्यक्तिलाई वनाएका थिए ।
डोटी जिल्लामा रहेको नेपाल रेडक्रस सोसाईटी डोटी शाखामा सभापति नरेशमान श्रेष्ठले २३ वर्षदेखि शाखाको नेतृत्व गरिरहेका छन । २०४७ सालमा स्थापना भएको सो शाखाको संस्थापक सभापतिमा गेहेन्द्र बिक्रम शाह रहेको भएपनि केही समयमै परिवर्तन भएको नेतृत्वपछि श्रेष्ठ लगातार सभापति हुँदै आएको छ । आफ्नै भवन रहेको सो शाखाले हाल सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र समुदाय सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै अर्को संस्था सामुदायिक बिकास मञ्चमा पनि लगातार १० वर्षसम्म नेतृत्व  फेरिएको छैन । २०५१ सालमा स्थापना भएको सो संस्थाका संस्थापक अध्यक्षमा हालका अध्यक्ष भक्तवहादुर सिंहनै रहेको भएपनि बिचमा साधारणसभाले नेतृत्व परिवर्तनको अभ्यास      गरेको थियो ।
२०६० सालदेखि भने अध्यक्ष सिंहले लगातार नेतृत्व गर्दै आएका छन । यस संस्थाले पनि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम सञ्चालन गरेको थियो । हाल यस संस्थाले एचआईभी संक्रमितहरुका लागि सिएचबिसी  साथसाथ परियोजना, महिला स्वास्थ्य कार्यक्रम र ग्रामिण पहुँच तेश्रो चरण (सामाजिक आर्थिक बिकास कार्यक्रम)  सञ्चालन गर्दै आएको छ ।
प्रारम्भिक चरणमा बिम्ब साप्ताहिकले अध्ययन गरेका १० वटा संस्थाहरुमध्ये अन्य ६ वटा संस्थाहरुमा पनि एउटै व्यक्ति अध्यक्ष भएका पाँच वर्ष नाघेको पाईएको छ । थप संस्थाहरुको अध्ययन गर्ने क्रम जारी छ ।
सरकारी कार्यालयहरुमा सुशासन कायम गर्नका लागि दवाव दिने र स्थानीय समुदायको नेतृत्व बिकास गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेका गैससहरुले आफ्नै संस्थाको नेतृत्व परिवर्तन गर्न नसकेको पाईएको छ । संस्थामा आन्तरिक नेतृत्व बिकास भएको देखिएपनि नेतृत्व परिवर्तन भने भएको छैन ।
निजामति सेवामा प्रवेश गरेको २० वर्षमा जागिर छोडे निबृत्तिभरण (पेन्सन) पाउने व्यवस्था नेपालको कानुनमा रहेको छ तर लगातार २२ वर्षसम्म एउटै व्यक्ति संस्थाको अध्यक्ष हुँदा के उनले निबृत्तिभरण पाउँलान !
गैससहरुको छाता संगठन गैर सरकारी संसथा महासंघले संस्थाको आन्तरिक सुशासनका क्षेत्रमा बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ तर गैससहरुको अवस्था भने सुधार भएको छैन । बिम्ब साप्ताहिकले गरेको अध्ययन अनुसार केही संस्थाहरुले बिधानमै एउटै व्यक्ति लगातार दुई पटक भन्दा वढी एउटै पदमा वस्न नपाउने व्यवस्था समेत गरेको पाईएको छ । तर उक्त व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन भएको भने पाईदैन ।
अध्यइनमा परेको अन्य दुई ठुला संस्थाहरु समाज सेवा डोटी र सम बिकास केन्द्र डोटीले भने नियमित रुपमा नेतृत्व परिवर्तन गर्दै आएको पाईएको छ ।

सम्पादकीय

सहमति सार्वजनिक होस

अहिले नेपालको राजनीतिमा एक नयाँ कुराले चर्चा पाएको  छ । गृहमन्त्री को वन्ने भन्ने वारेमा । संबिधानसभाको दोश्रो निर्वाचनवाट पहिलो र दोश्रो दल वनेका नेपाली कांग्रेस र एमालेबीच गृहमन्त्रीको लडाई चलेको छ । एमाले गृहमन्त्री नपाए सरकारमै नजाने र कांग्रेस गृहमन्त्री नछोड्ने । दुई दलका बिचमा माघ २६ गते भएको लिखित सहमति त सवैलाई थाह भयो तर भद्र भनिएको अलिखित सहमति के थियो त्यसको बिषयमा जानकारी भएन ।
प्रधानमन्त्रीको चयन हुँदासम्म अलिखित सहमतिका वारेमा कुनै चर्चा भएन । जव प्रधानमन्त्री चयन भयो तव गृहमन्त्रीको कुरा आयो । गृहमन्त्री एमालेले पाउने सहमति भएको एमाले नेताहरुको भनाई छ भने हामीले त्यस्तो सहमति गरेकै छैनौं भन्ने कांग्रेस नेताहरुको अडान छ । वास्तविक सहमति भएको के हो भन्ने वारेमा कसैलाई थाह छैन । त्यो सहमतिकै कारण अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । सहमति भएको हो वा होईन अव कस्को कुरालाई जनताले आधार मान्ने ? यसै सहमतिमा अल्झिएर एक वर्षभित्र वनाउने भनेको नयाँ संबिधान फेरी कति पछी जाने हो त्यसको कसैलाई पनि जानकारी छैन ।
त्यसो त नेपालको राजनीतिक बृत्तमा यो नौलो कुरा होईन । सहमति गर्ने अनि पछि आफ्नै तरिकाले व्याख्या गर्ने यो नेपाली नेताहरुको पुरानै रोग हो । यहाँ पनि त्यो रोगका लक्षणहरु देखिएका हुन सक्छन तर पनि गृहमन्त्रीको कुर्चीलाई प्रतिष्ठाको बिषय वनाएर जुङ्गाको लडाई लड्नु भन्दा भएको सहमति कार्यान्वयन गरी सरकारलाई पूर्णता दिएर अग्रमगनतिर जाँदा सायद देशका लागि केही फाईदा हुन्थ्यो होला । “काम कुरो एकातिर, कम्लो वोकी ठिमीतिर” भने जस्तै जनतासंग भोट माग्दा एक वर्षभित्र नयाँ संबिधान दिने प्रतिवद्धताका साथ चुनावमा गएका नेताहरु अहिले राष्ट्रपति को हुने, प्रधानमन्त्री को हुने, संबिधानसभा अध्यक्ष को हुने, अलानो को हुने, फलानो को हुने भन्नेमै खेलिरहेका छन । सायद दोश्रो संबिधानसभाको निर्वाचनवाट पनि नयाँ संबिधान जारी नगर्ने योजनामा छन दलहरु ।
पहिलो संबिधानसभामा एमाओवादीलाई ठुलो दल वनाएका कारण संबिधान वनेन भन्ने यि नेताहरु अहिले आफ्नो आकार देखेर आफै चकित भएका छन । आफैप्रति बिश्वास नभएका दलहरुले   फेरी पनि नयाँ संबिधान जारी गर्लान भन्ने कुनै ग्यारेण्टी त थिएन नै तर सरकारलाई पनि पूर्णता दिने कुरामा संका गर्ने ठाउँ प्रसस्तै      रहेको छ ।
खैर, नयाँ संबिधान वन्ला भन्ने त आश मारिसकेका छन जनताले तर जनताको मतवाट ठुलो आकार ग्रहण गरेका दलहरुको बिचमा के सहमति भएको थियो नढाँटिकन जनतालाई भन्नु पर्छ । जनताका लागि राजनीति गर्नेहरुले जनतालाई गुमराहमा राख्नु        हुँदैन ।
अर्को संबिधानसभाको निर्वाचनमा जनताले जुन आशा र उत्साहका साथ सहभागिता जनाएका थिए, त्यो त खोक्रो हुने भयो नै, यसका साथसाथै यस्तै हो भने अव जनताले दैनिक कार्य सञ्चालनका लागि सरकार समेत नपाउने अवस्था आउँदैछ । यदि सहमति भएको हो भने कार्यान्वयन हुनुपर्छ भएको होईन भने बिथ्यामा वखेडा झिकेर दावी गर्नु हुँदैन । कुनै दल सरकारमा नजाँदैमा सरकार अपुरो हुने भन्ने पनि केही छैन । जति दिन चल्छ त्यति दन चलाएपनि हुन्छ  सरकार । महिनैपिच्छे सरकार फेर्ने रहर भएका नेताहरुको लागि यो नौलो कुरा पनि त होईन नि !
त्यसैले जनताका लागि भन्दै राजनीतिक बृत्तमा कुनै पनि सम्झौता हुन्छ भने जस्ताको त्यस्तै जनताको बिचमा सर्वाजनिक गरिनु पर्छ । चाहे त्यो लिखित होस वा अलिखित होस । जनतालाई धोका दिएर जनताकै नाममा राजनीति गर्न पाईदैन । यो राजनीतिक वेईमानी हुन्छ ।

थप समाचार 

महासंघको सदस्यता खुला हुनु पर्ने

प्रेश चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले नेपाल पत्रकार महासंघको सदस्यता क्रियाशिल पत्रकारहरुको लागि सधैं खुला हुनु पर्ने वताएका छन ।
प्रेश चौतारी नेपाल सेती अञ्चल समन्वय समितिद्वारा आयोजित अञ्चलस्तरीय भेलालाई सम्वोदन गर्दै अध्यक्ष अर्यालले ठेक्काको टेण्डर खोले जस्तो वर्षमा एक पटक मात्र सदस्यता खोल्ने महासंघको वर्तमान परिपाटीको अन्त्य हुनु पर्ने वताए । महासंघ क्रियाशिल पत्रकारहरुको संगठन वन्नुपर्छ, त्यसैले क्रियाशिल पत्रकारहरुले महासंघको बिधानको मापदण्ड अनुसार जति वेला चाह्यो त्यतिवेलै सदस्यता लिन पाउनु पर्ने व्यवस्था गरिनु पर्छ”, अध्यक्ष अर्यालले भने ‘आपराधिक पेशामा लागेका व्यक्तिहरुले पनि महासंघको सदस्यता पाउने अनि प्रहरीले समात्दा “म पत्रकार हुँ” भन्ने लाज मर्दो अवस्थाको पनि अन्त्य हुनु पर्छ ।’
‘श्रमजीवी पत्रकारहरुको आव्हान, प्रेश स्वतन्त्रता सहितको नयाँ संबिधान’ भन्ने नाराका साथ आयोजना गरिएको सो भेलामा वोल्दै अध्यक्ष अर्यालले प्रेश   चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई क्रियाशिल पत्रकारहरुको हितमा काम गर्ने साझा संगठन वनाउन खोजेको वताए । महासंघको वर्तमान केन्द्रीय नेतृत्वले गैर पत्रकारहरुको प्रवेशलाई रोक्ने प्रयास गरिरहेको अर्यालको भनाई थियो ।
अध्यक्ष अर्यालले प्रेश चौतारी नेपालले स्थिर सरकार र एक वर्षभित्र प्रेश स्वतन्त्रता सहितको नयाँ संबिधान जारी होस भन्ने चाहेको वताउँदै भने ‘हामी पत्रकारहरु निश्चित मिसनमा चल्नु पर्छ र अहिलेको मिसन गणतन्त्रलाई संस्थागत गर्ने हो ।’ सञ्चारकर्मीहरुले आफु काम गरिरहेको सञ्चारगृहमा नियुक्ती पाउनु पर्ने, न्युनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको तलव पाउनु पर्ने, सञ्चार–कर्मीहरुको व्यवसायिक, पेशागत र व्यक्तिगत सुरक्षा हुनपर्ने लगायतका मागहरुमा प्रेश  चौतारीले आवाज उठाईरहेको अध्यक्ष अर्यालको भनाई थियो ।
कार्यक्रममा प्रेश चौतारीका महासचिव माधव नेपालले  सञ्चारकर्मीहरुले पेशागत मर्यादालाई ख्याल राख्नु पर्ने बिचार व्यक्त गरे । ‘सञ्चारकर्मीहरु आफु छुट्टै ग्रहवाट आएको भन्ने सोचाई राख्छन, त्यो राम्रो होईन’ महासविच नेपालले भने “हामी पनि अन्य नागरिक सरहनै भएका कारण जो कानून अन्य नागरिकका लागि वनेको छ त्यो हाम्रा लागि पनि हो भन्ने सोच्नु पर्छ ।”
प्रेश चौतारी नेपालको आन्तरिक संगठन सुदृढीकरण र सञ्चारकर्मीको पेशागत सुरक्षाको बिषयमा छलफल गर्न आयोजित भेलाले सुदूरपश्चिमका पत्रकारहरु पेशागत सुरक्षा र यस क्षेत्रको सञ्चारको बिकासका लागि सरकारले छुट्टै कार्यक्रम ल्याउनु पर्ने माग सहित पाँच वुँदे कैलाली घोषणा पत्र पारित गरेको  छ ।

के के छ पाँच बुँदामा ?


१. यो भेला श्रमजीवी पत्रकार ऐनको व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्वद्ध मिडिया सञ्चालकलाई आग्रह गर्दछ ।
२. कञ्चनपुरका वेपत्ता पत्रकार प्रकाश ठकुराठीको अवस्था पत्ता लगाई स्थिति सार्वजनिक गर्न नेपाल सरकारसंग जोडदार माग      गर्दछ । अछामबाट २०७० माघ २६ गते प्रकाशित सुदूर खबर साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर सयुक्त विद्यार्थी संघर्ष समितिका नाममा आएको पत्रिका बन्द गराउने लिखित धम्कीको भत्सर्ना गर्दछ । साथै समाचारको विषयलाई लिएर मिडिया हाउस र पत्रकारमाथि भैरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा र न्यायको प्रत्याभूति दिने दायित्व पूरा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण    गराउदछ ।
३. एक वर्षभित्र पूर्ण पे्रस स्वतन्त्रतासहितको नयाँ संविधान जारी गर्न संविधानसभाका सदस्यहरुलाई हार्दिक आव्हान गर्दछ ।
४. सुदूरपश्चिमको समग्र पत्रकारिता विकासका लागि राज्यका तर्फबाट ठोस योजना बनाउन विशेष ध्यानाकर्षण गराउछ ।
५. आसन्न नेपाल पत्रकार महासंघको शाखा अधिवेशन पूर्ण लोकतान्त्रिक र स्वच्छ ढंगले सम्पन्न गर्न र महासंघलाई साझा संस्थाका रुपमा अघि बढाउन सबैमा हार्दिक आव्हान गर्दछ ।


डोटीमा पहिलो बृहत अनुगमन

शनिबारका दिन विहान ८ः०० निस्कीयो डोटी जिल्ला सदरमुकाम देखी सरकारी र गैर गरकारी कार्यायलहरुको जिपको लाम । लमको पहिलो नम्बरमा प्रमुख जिल्ला अधिकारीको जिप जसमा रातो वत्ती जडन थियो त्यसैमा थिए डोटी जिल्लाका प्रहरी प्रमुख  त्यस पछि अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरुको लाम ।
कुरा हो जिल्ला कृषि कार्यालय डोटीले आफुहरुले गरेको क्रियाकलापहरुको जानकारी दिने र त्यसहको अनुगमन गर्नका लागी कार्य क्षेत्र स्थलमा बृहत अनुगमनका नाममा लगेको । खाद्यन्नको दृष्टीले जोखीमा रहेको भन्दै जिल्ला कृषि कार्यालय डोटीले जिल्लाका दुई गाविसहरुमा विशेष कार्याक्रम संचालन गरेको छ जसमा बनलेख पनि एक हो । स्थानिय स्तरमै किटनासक औषधी उत्पादन गर्नका लागी भकारी सुधार कार्यक्रम, स्थानिय स्थरमा उन्नत जातको गहुँको विउ उत्पादन गर्नका लागी माउगहुँ खेती, कृर्षकहरुका आयस्तरमा बृद्धि       गराउनका लागी तरकारी, च्याउ, माछापालन जस्ता कार्यक्रमहरु जिल्ला कृर्षि कार्यालयले संचालन गरि रहेको छ । कृषि क्षेत्रको सुधारका लागी मात्र नभई कृर्षकहरुको शिप र ज्ञानमा विकास गर्नका लागी कृर्षि पाठशाला समेत संचालनमा ल्याएको बनलेख गाविसका कृर्षक अगुवा ईन्द्र वलायरले बिम्ब संग कुरा गर्दै जानकारी गराए । हाल गाविसमा भकारी सुधारका लागी यस वर्ष १२७ कृर्षकहरुका लागी भन्दै आफुहरुले १३ लाख ७५ हजार रुपैयाँ छुट्याएको डोटी जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी ले जानकारी गराए । सेती नदि बगिरेहेको उक्त गाविसमा सेतीको पानी सिचाईका लागी प्रयोग गर्न सके कृषि जन्य वस्तुहरु उत्पादन गर्न टेवा पुग्ने भएको सिचाईका लागी मोटर वितरण गरिएको भए पनि प्राविधिक कारणले पानी नसकीएको र केहि दिन भित्र नै आफुहरुले जररी भए पनि सेती पानीले उक्त क्षेत्रमा सिँचाई      गराउने जोशी वताए । वलनेख क्षेत्रलाई तरकारी पकेट क्षेत्र बनाउने उदेश्य जिल्ला कृषि कार्यालयको रहेको र हाल केरा खेतीको लागी काम सुरु भई रहेको समेत बरिष्ट अधिकृत जोशी जानकारी दिए ।
डोटी जिल्लाको बनलेख गाविसमा गरेका क्रियाकलपहरुको बृहत अनुगमन गर्न जिल्ला शिक्षा अधिकारी, जिल्ला वनका प्रमुख, जिल्ला पशु कार्यालय, स्थानिय विकास अधिकारी, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, डोटीमा क्रियाशिल पत्रकारहरु लगायतका ५० जना जतिको समुह वनलेख गाविसमा पुगेका थिए । बृहत अनुगमन नाम दिईएको यो अनुगमन नै डोटी सबै भन्दा ठेलो अनुगमन टोली भएको अनुगमनकर्ताहरुले बताएका छन् ।

डोटीमा एकल महिलाहरु झुरमराउदै

डोटी जिल्लामा रहेका एकल महिलाहरु आफ्नो हक अधिकारका लागी जुरमुराउन थालेका छन् ।
डोटीमा लामो समय देखी संगठित हुनका लागी स्थापना भएका मनाब अधिकारका लागी एकम महिला समुह नामक गैर सरकारी संस्थाले अब हुने स्थानिय निर्वाचनमा एकम महिलाहरुको अर्थ पुर्ण सहभागीता बनाउनु पर्ने उदेश्यले संचालन गरेको एक अन्तरकृया कार्यक्रममा आफुहरुलाई साथ चाहिएको आफुहरुले पनि यो समाजका लागी केहि गर्ने सक्ने कार्यक्रमका अध्यक्ष समेत रहेकी संस्थाकी अध्यक्ष सरिता श्रेष्ठले बताएका छन् ।
एकल महिलाहरु प्रति समाजले हेर्ने दृष्टी लाई चिर्दै आगामी स्थानिय निर्वाचनमा एकम महिलाहरुको अर्थ पुर्ण सहभागी भए पछि मात्र आफुहरुको समस्याको उचित व्यवस्थापन हुने भएको ले एकल महिलाहरुको हक र हितका लागी सबैले आ आफ्नो क्षेत्र बाट पहल गर्नु पर्ने एकल महिलाकी दिपा श्रेष्ठले वताईन् । एकल महिला की क्षेत्रिय संयोजक शुमन शर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको  कार्यक्रममा एकम महिलाहरुको सहभागीता किन र त्यसको वाधा अबरोधहरु केके भनी कार्यपत्र अधिबक्ता टंक गुरुङ्गले पेश गरेका थिए ।
डोटी जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सरकारी कार्यालय लगायत पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रम नेपाल रेडक्रस डोटी शाखाको सभाहलमा सम्पन्न भएको थियो ।

एम्बुलेन्सको फोन लाईन काटियो

जिल्ला स्वास्थ्य कार्यालय डोटीमा     रहेको एम्वुलेन्स सेवा लिनका लागी फोन गर्नु पर्ने एम्वुलेन्सको नम्बर नेपाल टेलिकमले काट्दा एम्वुलेन्स सेवाका लागी कुन नम्वरमा फोन गर्ने हो भनी सेवाग्राहीहरुलाई थाहा नहुदा मर्कामा       परेका छन् ।
बल्लबल्ल जिल्ला स्वास्थ्य कार्यालय डोटीको एम्बुलेन्स सेवा सुरु भयो तर      विरामी पर्दा कुन नम्वरमा फोन गर्ने सेवाग्राहीहरुलाई थाहा छैन । सबैको जानकारी लागी एम्वुलेन्स सेवाको एउटा फोन त थियो तर सेवा सुरु भएको चार महिनाको अबधिमा टेलिफोनको शुल्क ४५ हजार भुक्तानी गर्नु पर्ने भए पछि नेपाल टेलिकमले टेलिफोनको लाईन काट्ेको स्रोतले    वताएको छ ।
डोटी जिल्ला सदरमुकाम घर भएका रविन मल्लले भने– हाम्रो छिमेकी घरमा विरामी पर्दा मैले एम्बुलेन्सका लागी फोन गर्दा फोन नै भएन पछि मोटर साईकलमा विरामी सहित ३ जना जिल्ला स्वास्थ्यमा उपचारका लागी पुगौ त्यहाँ पुगेर मात्र थाहा भयो एम्वुलेन्सको फोन नम्वर काटिएको रहेछ । यसरी फोन काटिदा समेत स्वास्थ्य कार्यालयले फोन लाईन जडान     गर्ने तिर कुनै ध्यान दिएको छैन यो विडम्वना हो ।
पहिलो कुरा त एम्वुलेन्से सेवाको फोनमा मात्र फोन आउने मात्र भए पनि हुन्छ फोन जाने सेवा नेपाल टेलिकम वाट नै लिनु पर्दैन तर फोन आउने र जाने दुबै सेवा लिएकै हो भने पनि चार महिनामा यति ठुलो रकम नै आउदैन किन यस्तो भयो यसका बारेमा छानविन हुनु जरुरी छ भने टेलिफोन को लाईन जडान गर्नु पर्ने देखिन्छ । नाम भन्न नचाहने जिल्ला    स्वास्थ्य कार्यालयका एक कर्मचारीले भने यहाँ एम्वलेन्सको मात्र होईन अन्य फोनहरुबाट पनि रातिराति अबर सम्म यहाँका कर्मचारीहरु फोनमा नै व्यस्त हुने गरेका छन् । कसलाई फोन गर्छन् को सँग फोन गर्छन् केहि थाहा छैन अल्लारे टाईपका कर्मचारीहरु भए पछि ४५ हजार त्यो पनि चार महिना विल आउनु त कमै हो दिनमा मात्र होईन रातभरी नै यसरी फोन विजि हुने हो भने त त्यो भन्दा पनि बढी विल आउनु पर्ने हो ।
अब जिल्ला स्वास्थ्य कार्यालयको एम्वुलेन्से सेवा लिनका लागी कित कार्यालय प्रमुखको कक्षको फोन ०९४–४२००४३ कित एम्बुलेन्स चालकको मोवाईल नम्बर ९८४८५२५१५० मा फोन सम्पर्क गर्नु पर्ने र आफुहरुले फोन लाईनको विल भुक्तानी गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीले बताएको छ ।

गिट्टी कुट्दै प्राबि तहका विद्यार्थी

दयाराम पण्डित÷मार्तडी
     फागुन ५
बाजुराको कुल्देउमाण्डांै गाविस–९ मा रहेको भानु प्राथमिक विद्यालयले विद्यार्थीलाई गिट्टी फुटाउन लगाएको खुलासा भएको छ ।
विद्यालयको भवन निमार्णका वेला गिट्टीको अभाव भएपछि कक्षा ४ र ५ का विद्यार्थीलाई गिट्टी फुटाउन लगाएको हो । विद्यालयमा हाजिरीमात्र  लगायर विद्यार्थीहरु लाई गिट्टी फुटाउन  र संकलन गर्न लगाई वालअधिकारको उलंघन गरेको अभिभावकले बताएका छन ।
विद्यालयले करिव ३÷४ दिन जति यसरी गिट्टी फुटाउन लगाएको अभिभाव  रामचन्द्र जैसीले बताए । विद्यालयका प्रधानाध्यापक विष्णुराज जैसीले विद्यालय भवनको छत ढलान गर्न गिट्टीको अभाव भएपछि एक दिनमात्र टिफिनको समयमा कक्षा ४ र ५ का विद्यार्थीहरुलाई लगेर खोलामा गिट्टी संकलन गर्न लगाएको  स्वीकारेका छन ।
अभिभावकलाई पटक पटक वोलाई सहयोगको लागि आग्रह गर्दा जनश्रममदान नजुटेपछि बाध्यताबस बिद्यार्थीलाई गिट्टी संकलन गर्न लगाएको प्रअले वताए । गत असोजमै सकिने भवन निमार्ण कार्य हालसम्म पनि सम्पन्न नभएपछि वाध्यतावस विद्यार्थीलाई उक्त काम गर्न लगाएको र गिट्टी संकलनका लागि प्राप्त पैसा विद्यार्थीलाई कापी कलम किन्न सहज हुने गरी उनीहरुलाई नै दिइने प्रधानाध्यापक जैसीको भनाई छ ।
तर त्यसरी वालवालीकालाई विद्यालयको काममा लगाउनु  वालअधिकारको उलंघनका साथै बाल श्रम गर्न लगाएको जिल्ला वाल अधिकार अधिकृत सर्पलाल गिरीले बताए । विद्यार्थीले शुक्रवारका दिन आफ्नो कक्षा कोठा सरसफाई गर्नु र लिपपोत गर्नु उनीहरुको कर्तब्य भएपनि अन्य विद्यालयको प्रयोजनका लागि त्यसरी बालबालीकालाई गिट्टी फुटाउन वा संकलन गर्न लगाउनु बालअधिकारको उलंघन हुने गिरीको भनाई छ ।

हराएको जहाज फेला प¥यो,
सवै यात्रुहरु मृत अवस्थामा

आइतबारदेखि सम्पर्कविहीन रहेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको खाँचिकोट गाविसस्थित मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाजमा रहेका चालक दलका तीन सहित १८ जना मृत अवस्थमा भेटिएका छन ।
सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार यो समाचार तयार पार्दासम्म यात्रुहरुमध्ये सात जनाको सनाखत भएको छ । सबै शब सेनाको हेलिकप्टरबाट सोमबार काठमाडौं लगिएको छ ।
जहाजमा सवार नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, कांग्रेस जुम्ला सभापति मानव सेजुवाल, वर्षा हमाल, सहिस हमाल, दिवेश शाही, मुना महर्जन र राजेन्द्र चौलागाईंको सनाखत भएको छ ।
नेपाली सेनाको उद्दार टोलीले स्थान पहिचान गरेपछि परिचालन भएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान दुर्घटनाग्रस्त जहाज फेला परेको हो । मसिनालेकस्थित सेङ्लेङ डाँडामा ठोक्किएर जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनास्थलमा शवहरु यत्रतत्र    छरिएका अवस्थामा भेटिएका उद्दारकर्मीहरुले वताएका छन । अग्लो डाँडा र हिउँको खात रहेकाले शव संकलनमा कठीनाई भएको थियो । दुर्घटनास्थल सदरमुकाम सन्धीखर्कदेखि ४५ किलोमिटर टाढामा     छ । सन्धीखर्क–गोरुसिंगे सडक खण्डको नरपानी भन्ने ठाउँबाट करीव साढे २ घण्टा उकालो लागेपछि घटनास्थल पुगिएको उद्दार टोलीका एक सदस्यले वताए । नेपाली सेनाको एमआई १७ र सिम्रिक एयरको दुइटा हेलिकोप्टर उद्दारका लागि घटनास्थल पुगेका थिए । त्यसका लागि अस्थायी हेलिप्याड निर्माण गरिएको थियो । अत्यधिक चिसोका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शव संकलन गर्न कठीनाई भएको थियो ।
काठमाडौंवाट पोखरा हुँदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी–ट्विनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्कविहीन भएको हो । भैरहवा विमानस्थलमा आपतकालिन अवतरणका लागि सम्पर्क  गरेदेखि नै जहाज सम्पर्कविहीन भएको  थियो ।  जहाजसँगै १५ यात्रुहरु र चालक दलका तीन सदस्य पनि वेपत्ता थिए । तीमध्ये एक बालक र एक डेनिस नागरिक पनि छन । काठमाडौंबाट उडेको जहाज पोखरा विमानस्थलमा इन्धन भरेर आधाघण्टामै जुम्लाका लागि उडेको थियो । त्यसपछि करीव एक घण्टामा जुम्ला पुग्नु पर्ने जहाज भैरहवामा सम्पर्क भएर बेपत्ता भएपछि खोजी कार्य सुरु गरिएको थियो ।
जहाज अर्घाखाँची, पाल्पा र गुल्मीको सिमाक्षेत्र खिदिम आसपासको जंगलमा खसेको आंशकामा सुरक्षाकर्मी र स्थानीयबासीले आईतवार अपरान्हृदेखि खोजी गरे पनि भेटेका थिएनन् ।

अन्तिम दिन डेढ करोड दक्षिणा

अर्को संबिधानसभाको निर्वाचन    गराउनका लागि गठन भएको खिलराज  रेग्मी सरकारका अर्थमन्त्री शंकर       कोइरलाले एघार महिने कार्यकालको अन्तिम दिन धर्मगुरु स्वामी कमल नयनाचार्यको भक्तपुर छालिङ् आश्रमलाई सरकारी ढुकुटीवाट डेढ करोड रुपैयाँ दिएका छन ।
अर्थमन्त्री वनेपछि कोईरालाले सुरुमै धर्मगुरुलाई डेढ करोड दिएका थिए । नदी नियन्त्रण, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत शीर्षकमा अघिल्लो आर्थिक वर्षमा मन्त्री कोइरालाले आश्रमलाई कूल तीन करोड पचाख लाख वाँडेका थिए । आश्रमले भने त्यतिवेला सरकारसंग २६ लाख मात्रै माग गरेको थियो ।
मन्त्रालयवाट बिदा लिनु अघि पनि कोईरालाले एक करोड ५० लाख रुपैयाँ दिने निणर्यय गरेर गएका छन ।         कोईरालाको यो निर्णय कार्यान्वयन तहमा पुगेको छ ।
कोइरालाले आफ्नो कार्यकाल भरीमा राज्यकोषबाट जम्मा १० करोड ५० लाख रुपैयाँ आफ्ना धर्मगुरुलाई दिएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन ।
आश्रमलाई अहिलेसम्म गएको पैसामध्ये अधिकांश नदी नियन्त्रणको नाममा गएको छ । यो रकमको खर्च पनि वित्तिय अनुशासनभित्र रहेर गरिएको छैन । नदी उकासमा नाममा गएको पैसा आश्रमको सीमामा रिटेनिङ् वालमा खर्च गरिएको     छ ।
नदी नियन्त्रणको नाममा करोडौं रुपैयाँ पाएको गडगडे खोलामामध्ये बर्षातमा पनि मुश्किलले दुई घट्ट पानी हुने गरेको  छ । चुनावी मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी आफ्नो कार्यकालमा दुई पटक आश्रम पुगेका थिए । रेग्मीले पनि आश्रमका लागि सक्दो सहयोग गर्ने वचन दिएरै फर्केका थिए । त्यसो त स्वामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त भगवतीप्रसाद काफ्लेको प्रभाव प्रयोग गरेर सामुदायिक बनको एक सय १० रोपनी भन्दा बढि जग्गा आश्रमको भोगचलनमा ल्याएका छन ।
ट्रष्टका अर्का उपाध्यक्षमा प्रचण्ड निकट व्यापारी अजय सुमार्गी र महासचिवमा पूर्व भौतिक योजना तथा निर्माण सचिव पूर्ण कडरिया छन । आश्रममा विभिन्न भक्तहरुको सहयोगमा      लक्ष्मीनारायणको मन्दिर, ध्यान कक्ष बनाइएको छ । गुरुकुलपद्वति अनुसार संस्कृतको पढाई पनि हुन्छ ।

वास्तविकतामा एक

माया दिएर अजम्बरी वाँच्ने को होला । समाजका असाहाय र निमुखाहरुको सेवा गर्दै हिड्ने उही ईश्वर होला । लेख्न त थाले तर कहाँबाट शुरु गरु अलमलमा परे कहानीमा दैनिकी शब्द या अर्थ अचम्मको भुमरीभित्र अल्झीएर तमामांै जीबनका इतिहासको पृष्ठभुमी पल्टाउदै एउटा आप्mनै तरिकाले सम्झनाको ब्याख्या गर्न मन लाग्यो ।
यस धर्तीका आकार–प्रकार आकृति प्रकृति सबै स्वरुपका मुल्य र मान्यता वोकेर वाँचेका मानिसलाई वास्तवमा भन्नुपर्दा कतिपय ब्यक्तित्वहरुलाई विश्वको मान चित्रवाट मापन गर्न  सकिदो रहेछ । यो मेरो मान्यता छ । किन भने मैले यस अपाङ्गता क्षेत्रभित्र काम गरेको करीब १० वर्ष बिताई सक्दा अनेकौं संघर्षहरुको अनुभब छ । मुखले धेरै नजिक कुरा गर्ने सक्षम मानिसहरु कहिल्यै व्यबहारमा नउत्रिएको अनुभुति छ । सरकारी निकायले होस या गैर          सरकारी नियमहरु होस विभिन्न संघसंस्था तथा नागरिक समाज जुनसुकै क्षेत्र रहेता पनि काम  गर्ने शिलशिलामा निकै अप्ठारोपन आई परेको मैले महसुस गरेको छु । अपाङ्गता भएका व्यक्तिहरुसंग कुरा गर्दा गरिने व्यवहारमा त्यति सार्थकता नपाईएको र नागरिक बिशेषको दोस्रो दर्जानै दिने गरेको पाईएको छ । हुनसक्छ व्यक्ति बिशेषको आडम्बरीताको कारणले पनि होला । १ दिन प्रशासन कार्यालयका नाम त नभनांै  १ जना हाकिमसंग निकै घम्साघम्सी परेको थियो । उसको भनाईमा (सिमित वोल्नु पर्ने तर मैले आप्mनो) अधिकारको लागी अलिकति ज्यादै वोलेछु क्यारे तात्पर्यमा यस हाकिम साहेबलाई मेरो शब्द मन परेन होला । मेरो भन्नुको मतलब यस देशमा लोकतन्त्र आईसक्दा पनि वोल्ने अधिकारवाट वञ्चित गराउने नीति ! कस्ता हाकिम ? त्यो शब्द सम्झेर आउदा म कहिल्यै भुल्न सक्तिन र सधैभरी एउटा स्मृतिको पानाभित्र रहेको घाउझै यो हृदयलाई झस्काई रहन्छ यसरीनै अपाङ्गता क्षेत्रमा काम गर्ने सिलसिलामा राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय अन्तरगत सुदुरपश्चिमका पहाडी जिल्ला हरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल सम्वन्धी सन २०११ मा के कस्ता रहे भन्ने कृयाकलाप वुभ्mनका लागी डडेलधुरा र डोटी अनुगमन गर्ने अवसर पाएँ । आजसम्म कति जिल्ला घुमियो तर डोटी जिल्लाको सेरोफेरोमा यति धेरै नजिकिएको पाईयो जस्को प्रसंसा गर्दा पनि कम होला । वास्तबिक भन्नुपर्दा हाम्रो पछिल्लो भ्रमण जिल्ला प्रशासनमा भएको थियो जस अन्तरगत त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी एउटा उच्च तहमा वस्ने व्यक्तित्वको दृष्टिकोणवाट हामी अपाङ्गता भएका व्यक्तिहरुलाई उहाँले देखाउनु भएको सदभाव, सेवा र सहयोगप्रति लालाहित भयाँै । जहाँ धन्यवादको शब्दले पनि सधै अपूर्ण हुने कुरामा दुईमत छैन । जस्तै एउटा विमारी सिकिस्त हुँदा डाक्टरले एक शब्द मात्र मिठो वोली दिए आधा रोग निको हुन्छ र (हामी पनि त्यही चाहन्छौ) साँच्चै भन्ने हो भने  वोली र वचनलाई किन्न पर्दैन तै पनि यसलाई महङ्गो रुपमा हेरिने गर्दछ । जे जस्तो व्यक्तित्व होस जुन सुकै क्षेत्र र जिल्लाका विशिष्ट तहमा वसेर पनि विभिन्न अपाङ्गता भएका व्यक्तिहरु र समाजमा रेहेका असहाय र निमुखा हरुलाई सेवा गर्ने सोच उनै हुन वास्तविकमा एक व्यक्तित्व (ऋम्इं) डोटी जिल्ला प्रशासन कार्यलय । लेखक अपाङ्ग कार्य सन्जाल कैलालीकी संयोजक हुन

छोटो समाचार 

युनियनमा वलायर

बैचारिक रुपमा नेपाली कांग्रेस निकट रहेका सञ्चारकर्मीहरुको संगठन नेपाल प्रेश युनियन डोटीको दोश्रो अधिवेसन सम्पन्न भएको छ ।
“नेपाल प्रेश युनियनको अभियान, प्रेश स्वतन्त्रता सहितको लोकतान्त्रिक संबिधान निर्माण” भन्ने मुल नाराका साथ सम्पन्न भएको सो अधिवेशनले पत्रकार योगेन्द्र वलायरको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन      गरेको छ । समिमितका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष लवदेव भट्ट, सचिव खगेन्द्र सिंह, सहसचिव चक्र कुँवर र कोषाध्यक्ष प्रकाश वम रहेका छन ।
यसैगरी सदस्यहरुमा अरुणकुमार वम, चक्रसिं कठायत, सुनिता रावल र भुमिराज जोशी रहेका नवनिर्वाचित सचिव सिंहले जानकारी दिए ।

कहिले आउन्छ

नेपाल टेलिकमले दिएको मोवाईलले राम्रो सँग कहिले सेवा प्रदान गर्ने हो त्यो अनुमान गर्न पनि ग्राह«ो हुन थालेको छ ।
महिनौ देखी नमस्ते प्रिपेड, पोष्टपेडका मोवाईहरु सेवामा समस्या देखीएको भएपनि त्यसको सुधारका लागी अहिले सम्म पनि नेपाल टेलिकमले ध्यान दिएको छैन ।
एकातिर फोन गर्दा अर्कै तिर जाने मोवाईसेटमा पुरै नेटवोर्क देखाए पनि फोन नजान फोन नआउने जस्ता समस्याहरुको देखि रहेको छ । पटक पटक दुर संचारलाई यसको विषयमा जानकारी गराउदा पनि सुधान नभएको डोटीका सेवाग्राहीहरु बताउन्छन् । किनयस्तो भई रहेको छ यसका सम्वन्धीत निकायको कुनै चासो नै छैन ।

लेख

“सुशील दा” को कार्यकाल सम्भावना र चुनौति

रामहरी ओझा
सम्माननीय पूर्व प्रधानमन्त्री (जसलाई हामीले करीव करीव एक वर्षसम्म         मन्त्रीपरिषद्का अध्यक्ष भनेर चिन्यौं), खिलराज रेग्मी नेतृत्वको सरकारको कृपाले सम्पन्न भएको दोश्रो संबिधानसभाको निर्वाचन पश्चातको लामो पर्खाई र कठोर संघर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोईराला र वालुवाटारको लगन जु¥यो । यो लगन  जुराउनका लागि उनले आप्mनो पार्टीभित्र जति संघर्ष गर्नु प¥यो वाहिर त्यति त गर्नु   परेन तर अव भने उनका लागि वालुवाटार धेरै दिन फाप्ला जस्तो लाग्दैन । प्रधानमन्त्री पदको ईतिहासमा ३७ औं र गणतन्त्र नेपालका पाँचौ प्रधानमन्त्रीका रुपमा कोईराला  वालुवाटारमा पुगेका छन । प्रधानमन्त्री वन्ने उनको चहाना पुरा भएको छ । यस अर्थमा कोईरालालाई हार्दिक बधाई छ । ५० वर्षसम्म राजनीतिक ईतिहास भएका, आप्mनो जीवनमा पहिलो पटक उच्च लाभको पदमा पुगेका कोईरालाले प्रधानमन्त्री वन्न अघि संसदमा गरेका प्रतिवद्धता पुरा गर्न सफल होउन भन्ने शुभकामना समेत छ ।
उपमा दिनेहरुले नवनिर्वाचित प्रधानमन्त्री कोईरालालाई सहकार्य, सहमति र एकताको राजनीति गर्ने, स्वच्छ छवी भएका, सवैलाई मिलाएर लैजान सक्ने, शक्तिशाली नेता, ईमानदार राजनीतिक व्यक्तित्व, त्यागको राजनीति गर्न सक्ने के के उपमा दिएका छन । उनको त्यागको राजनीतिको कुरामा मात्रै चर्चा गर्ने हो भने त उनी अवसरका लागि कहिले पनि दौडेका छैनन् भन्नु गलत सावित होला । २०१५ सालमै उनी मन्त्रीका स्वकीय सचिव हुन । २०५८ सालमा उनले प्रधानमन्त्री हुने लोभमा नेपाली कांग्रेसको संसदीय नेता हुने प्रयास गरे । उनलाई कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले हराए । पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले उनलाई कार्यवहाक सभापति वनाउँदा उनीमात्र पार्टीभित्र सक्षम व्यक्ति भएर वनाएका होईनन् र उनलाई कार्यवहाक सभापति वनाउँदा कुनै बिवाद नभएको पनि होईन । उनलाई कांग्रेस पार्टी सभापति पनि सवै कार्यकर्ताले सर्वसम्मत वनाएका होईनन् । उनी आफै पदकै लागि चुनाव लडेका हुन । अहिले पार्टीभित्र अरु पनि संसदीय दलको नेताका दावेदार हुँदाहुँदै पनि उनीहरुलाई अवसरको लोभ देखाएरै उनी एक खेमावाट उम्मेदवार भएर पनि अर्को खेमा चुनावै लड्यो । त्यागकै राजनीति गर्ने यदि कोईराला हुन्थे भने पार्टी सभापति हुँदाहुँदै संसदीय दलको नेताका लागि मरिहत्य गरेर पार्टीभित्र आफ्नै कारण चुनाव गराउने थिएनन् होला ।
जे होस उनी प्रधानमन्त्रीको पदसम्म पुगेका छन । उनले ५० वर्षसम्म गरेको भनिएको त्याग तथा ईमानदारीको राजनीतिको परीक्षा अव सुरु भएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि र पछि व्यवस्थापिका–संसदको बैठकमा जसरी उनले प्रतिवद्धता व्यक्त गरे एक वर्षभित्र नयाँ संबिधान जारी गर्छु भनेर त्यो उनका लागि र नेपालको संबिधानसभाका लागि त्यति सहज छैन । यद्यपी उनी संबिधानसभा जारी गर्ने        जिम्मेवारीका साथ प्रधानमन्त्री भएका होईनन् । उनी कार्यपालिकाका प्रमुख हुन । नयाँ संबिधान जारी गर्ने जिम्मेवारी संबिधानसभाको हो । तर पनि वातावरण वनाउनका लागि सरकारको पनि भुमिका रहन्छ नै । त्यो वातावरण वनाउने काममा उनी कति सफल हुन्छन भन्ने बिषय अहम् बिषय हो ।
व्यवस्थापिका–संसदमा कोईरालाको पक्ष र बिपक्षमा जसरी मत बिभाजन भएको थियो उनी नेतृत्वको सरकारको चुनौतिको टे«लर मात्रै थियो । उनले वालुवाटार प्रवेशको आधिकारिता पाउन शपथ लिँदै देखि फेरी बिरोधको भाषा सुरु भएको छ । उनी नयाँ  सरकारको नेतृत्व गर्न जति उत्साहित देखिएका थिए, व्यवस्थापिका–संसदमा उनका लागि बिरोधका स्वरहरु वढ्दै गएका छन । यदि प्रमुख राजनीतिक शक्तिहरुलाई उनले मिलाउन सकेनन् भने उनको धोती फुस्कन समय लाग्ने छैन ।
राजनीतिक हिसावले संबिधानसभामै उनका बिरुद्धमा चार प्रकारका शक्तिहरु देखिएका छन । पहिलो, एकिकृत नेकपा माओवादी नेपालको राजनीतिक परिवर्तनको प्रमुख कारक हो । उसको राजनीतिक भिजन छुट्टै छ । प्राबिधिक आकार दोश्रो संबिधानसभावाट उसको सानो देखिएपनि राजनीतिक एजेण्डाको आकार अहिले उसको ठुलै छ । दोश्रो, संबिधानसभामा सशक्त उपस्थितिमा रहेको राप्रपा नेपाल पनि सुशील दाको बिपक्षमा छ । जसले राजनीतिक रुपमा कार्यान्वयन तहमा पुगेका मुद्धाहरु लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जस्ता बिषयहरुमा पश्चगमनको माग गर्दै आएको छ । उ मुखमा पट्टी लाएर वस्ने अवस्थामा छैन । तेश्रो शक्ति मधेशवादी दलहरुको छ, जो “मधेश एक प्रदेश” नारामा पूर्ण रुपमा अडिक छ । चौथो, जातीय राज्यका लागि बितण्डा मच्चाईरहेका अन्य शक्तिहरु पनि छन, जो कोईरालाको बिरुद्धमा देखिएका   छन । यसरी हेर्दा उनलाई संबिधानसभा र व्यवस्थापिका–संसदको बैठक त्यति सजिलो छैन ।
अर्को धर्मसंकट उनलाई गृहमन्त्रालयले पारेको छ । कांग्रेसभित्रकाहरु कुनै पनि हालतमा साझेदार दल भनिएको एमालेलाई गृहको जिम्मा दिन तयार छैनन्, एमालेहरु कुनै पनि हालतमा त्यो कुर्ची छोड्न तयार छैनन् । यो लडाईका कारण कतै “सुशील दा” नेतृत्वको सकारले नेपालको अन्तरीम संबिधान २०६३ को धारा ५५क अनुसार व्यवस्थापिका–संसदमा अबिश्वासको प्रस्तावको सामना गर्नु पर्ने खतरा आउन सक्छ । गृहको कुर्ची दिए सवैथोक एमालेको भईहाल्ने कांग्रेसको बुझाई र गृहको कुर्ची नपाए आफ्नो हातमा केही पनि नरहने एमालेको बुझाईले पनि “दा” को वालुवाटार आयु छोटिन थालेको देखिन्छ ।
यि त संबिधानसभाभित्रका कुरा हुन । संबिधानसभा वाहिर पनि बिरोधी राजनीतिक दल तथा समूहहरुको सशक्त उपस्थिति रहेको छ । वाहिर रहेका दलहरु पनि यदि संबिधानसभामा उनीहरुको ईच्छा अनुसार भएन भने वन्द हड्तालको पुरानै शैलीमा प्रवेश गर्नेछन । जसले गर्दा कोईराला सरकारको टाउको दुखाई अरु वढ्ने छ । मानवअधिकार, समावेशी, ट्रेड युनियन अधिकार जस्ता माग राख्नेहरुको पनि हाम्रो देशमा लामै सूची छ । यो सूची पनि कोईराला सरकारको  अन्त्यष्टीको कारण हुन सक्छ ।
यि चुनौतिहरुको सामना गर्न कोईरालासंग एउटै मात्र बिकल्प छ उनी सहमतीय  राजनीतिमा आउनु पर्छ । उनलाई प्रधानमन्त्री हुनवाट रोकिरहेको राष्ट्रपतिको निर्वाचनमा त उनी सफल भए तर गृहको कुर्चीका कारण उनको वालुवाटारको हनिमुन धरापमा   परेको छ । भावी दिनहरुमा पनि यदि उनी सहमति गर्न सफल हुन्छन भने उनी खिलराज रेग्मी जस्तै सफल व्यक्तित्व हुनेछन । ईतिहासले उनको नाम लिने छ । गैर राजनीतिक क्षेत्रवाट आएका भएपनि खिलराज रेग्मीले उनलाई दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरे । उनी सफल व्यक्ति हुन । अव नयाँ संबिधान जारी गर्ने वातावरण वनाउने जिम्मा कार्यपालिका प्रमुखका हैसियतले कोईरालाको काँधमा छ । यदि उनी सवै कुराको चाँजोपाजो मिलाउन सक्दन भने ईतिहासले उनलाई सम्मानित व्यक्तित्वका रुपमा         हेर्नेछ । अन्यथा गणतन्त्र नेपालका चार प्रधानमन्त्रीकै लाईनमा उनी पाँचौ नम्वरका प्रधानमन्त्री हुनु वाहेक अर्को कुनै फाईदा हुनेछैन । सिंहदरवारले उनको फोटो त पाउने छ तर नेपाली जनताले उनीवाट केही पनि पाउने छैनन् ।
तर, उनका लागि त्यति सजिलो बिषय भने छैन । पहिलो कुरा त उनलाई उनकै पार्टी कांग्रेसभित्रैवाट असहयोग हुने छ भन्ने कुरा २०१५ सालदेखि यताका नेपाली कांग्रेसका वहुमतका सरकारहरुको ईतिहास अध्ययन गरे प्रष्टै हुन्छ । ति सरकारहरु प्रतिपक्षले असफल वनाउनु परेको थिएन । कांग्रेसभित्रैवाट असफल वनाईएका थिए । त्यो छनक मन्त्रीमण्डलले पूर्णता नपाउँदै देखिन सुरु भएको छ । दोश्रो कुरा उनका सहयोगी दलहरु भोली कुरा नमिलेपछि उनलाई लात्ताले हिर्काउनेतिर लाग्ने छन, जो    राजनीतिमा स्वभाविकै रुपमा हेर्ने गरिन्छ । तेश्रो संबिधानसभाकै बिरोधी दलहरु र चौथो वाहिरका बिरोधी दलहरु । यो अवस्थामा सुशील “दा” को राजनीतिक यात्रा वालुवाटारमा कति दिन टिक्छ भन्ने कुराको समीक्षा हुनु अन्यथा होईन ।
नयाँ संबिधान जारी गर्ने भनि दलहरुले तोकेको एक वर्ष धेरै थोरै समय हो । राष्ट्रपतिको बिवाद मिलाउँदा, पार्टीभित्रैवाट समानुपातिक तर्फका उम्मेदवारहरको सूची निर्वाचन आयोगलाई बुझाउँदा र प्रधानमन्त्रीको चयन गर्दा बितेका दिनहरु हेर्ने हो भने एक वर्ष चुट्की वजाउँदै सकिन्छ जस्तो लाग्छ । अहिले त न सरकारले पूर्णता पाएको छ, न संबिधानसभाको अध्यक्ष÷उपाध्यक्षले पद पाएका छन, न कांग्रेस–एमालेबीच भएको सहमितका आधारमा राष्ट्रपतिलाई संसदवाट अनुमोदन गराउने बिषयतिर प्रवेश गर्न सकिएको छ । निर्वाचन भएको मितिले हेर्ने हो भने त तीन महिनाको समय भुष भएको छ । यो तीन महिनाको उपलव्धी एउटै मात्र छ, त्यो हो प्रधानमन्त्री चयन । वाँकी कुनै पनि मुद्धामा अहिलेसम्म प्रवेश गरिएको छैन । सायद मंगलवार संबिधानसभाका सभामुख र उपसभामुखको चयन हुन्छ होला । त्यो भयो भने अर्को उपलव्धी भएको मान्नु पर्ला ।
पदीय वाँडफाँडले मात्रै सवै कुराको निक्र्यौल गरिहाल्दैन । बिघठित संबिधानसभामा रहेको बिवादित बिषयहरुमा पनि संबिधानसभाभित्र र वाहिर गएर सहमति खोज्ने प्रयास गर्नु पर्ने वाध्यता पनि छ । होईन भने २०४७ सालको संबिधान जसरी जारी भएकै दिन जलाईयो अव वन्ने संबिधान पनि नजलाईएला भन्ने कुनै ग्यारेण्टी छैन । त्यसका लागि पनि होसियारी अपनाउनु पर्ने जरुरी छ ।
थुप्रै चुनौतिहरु छ सुशील दा को सरकारका अगाडी । संसदमा भाषण गर्दा उनले जसरी प्रतिवद्धता गरे वाहिर गएर हेर्ने हो भने त्यो उनलका लागि फलामे च्युरा हो, जसलाई उनी चपाउन सक्ने त छैनन् नै सट्टामा अर्को कुनै वस्तु माग्न सक्ने ठाउँ पनि उनका लागि रहने छैन । यि सवै चुनौतीका वावजुद पनि सुशील दा नयाँ संबिधान निर्माण गर्न संबिधानसभाको सहयोगीसिद्ध हुन सकुन भन्ने कामना छ ।
चबm।पबउष्२नmबष्।िअयm

मोफसल पत्रकारिता 

यस्तै अबस्था हो भने फेरी संबिधान बन्न मुस्किल छ

लक्ष्मण गौतम (कैलाली सम्वाददाता) हिमायल टेलिभिजन
तपार्इंको पुरा परिचय पाउँ न ?
म लक्ष्मण गौतम । हाल हिमालय टेलिभिजनमा र दिनेश एफ एममा कैलालीको अत्तरियाबाट सम्बादाताको रुपमा काम गरिरहेको छु ।
 तपाईले किन पत्रकारिता पेशानै रोज्नु भयो ?
०४६ सालको जनआन्दोलन चरम उत्कर्षमा पुग्दै थियो । त्यसै बिच आन्दोलन दबाउन गएका प्रहरीलाई आन्दोलनकारीले कुटेर तोरीबारीमा फालेको देखे मैले, बिद्यार्थी र बालशुलभ मेरो मन मलाई त्यति बेला मेरो दिमागमा तिनी प्रहरीका परिबारले खबर नपाउने आभाश भयो । अनि सोचे अब पत्रकारितामा लाग्नु पर्छ र समाजमा हुने हरेक घटनालाई सबैका अगाडी ल्याउनु पर्छ भन्ने लाग्यो त्यसैले पनि होला ।
 कति समय भयो यस पेशामा लागेको ?
करीब १२ बर्ष भयो ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
खासगरी मलाई साना तथा लुकेर बसेका समाचारलाई रिपोर्ट बनाउन मन लाग्छ । सानो भएर पनि यो समाजको खास अर्थ राख्ने समाचारलाई गहन रुपमा खोजेर बाहिर ल्याउन सक्यो भने मात्र खास      पत्रकारिता हो भन्ने मैले बुझेको छु ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारितामा धेरै चुनौती छन । पत्रकार पनि यही समाजको ब्यक्ति हो । सबै कुरामा सक्षम हुनु पर्ने बाध्यता उसमा कायम हुन्छ तर कतिपय अबस्थामा आर्थिक र अन्य कारणले धेरै सोचेर पनि गर्न नसकिने अबस्था आउने गर्दछ ।
मोफसलै भएपनि कैलाली जस्तो तराईको बिकसित ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, राम्रै होला नि ?
मैले माथी नै भनि सके चुनौती धेरै छन । अबसर थोरै, समाचार लेखेकै भरमा ज्यान पाल्न सक्ने अबस्था अझै भएको छैन । बाँच्नका लागी नै भएपनि अर्काे पेशा अगाल्न बाध्य हुनु परेको छ धेरैलाई ।
 मोफसलमा वसेर उपत्यकावाट प्रसारण हुने “हिमालय टेलिभिजन” का लागि काम गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
बिशेषगरी मोसफलमा बसेर काम गर्नेहरुलाई अझै गाह्रो छ । सुरक्षा र अबसर कम मात्रमा प्राप्ती हुन्छ भने जिम्मेबारी धेरै र सुबिधा न्यून हुने गरेको छ । ग्रामिण क्षेत्रमा समाचार लुकाउने प्रथा कायम रहेकाले पनि काममा समस्या हुने गरेको छ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
खासगरी मोसफलका मिडीया हाउसहरु आज भोली तालिम सेन्टरका रुपमा परिणत हुदै गईरहेका    छन । ब्यबसायिक हुनका लागी पहिले सरकारले ग्रामिण सञ्चार नीति लागु गर्नु पर्छ । त्यसो भएमा मात्र मिडीया हाउस र सम्बन्धित सञ्चारकर्मीलाई राहात हुन्छ ।
 तपाई त स्थानीय दिनेश एफएममा पनि संलग्न हुनुहुन्छ, कस्तो चलिरहेको छ दिनेश एफएम ?
हो, मैले करीब ६ बर्ष स्थानीय घोडाघोडी एफएममा काम गरे, ब्यबस्थापनले अचानक रेडियो बन्द    ग¥यो । त्यसपछि मैले दिनेश एफएममा काम गर्न थालेको हो । स्थानीय समाचारलाई महत्ब दिने भएकाले सुदुरपश्चिममा दिनेश एफएमलाई बढी रुचाउने गरेका छन र म पनि आफ्नो काममा सन्तुष्ट नै छु ।
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
महासंघ सबै पत्रकारको छहारी हो तर धेरै काम गर्न बाँकी नै छन । पेशागत सुरक्षा र तालिमलाई महासंघले ठुलो भुमिका खेल्न सकेको छैन जस्तो लाग्छ मलाई ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
यि संगठनहरुले पनि पत्रकारका पक्षमा खासै काम गर्न सकेका छैनन् । केबल नेताहरुको स्बागत र     राजनीति गर्ने संस्था जस्तो देखीन थालेको छ । राजनैतिक भन्दा माथी उठेर पत्रकारका समस्याका बारेमा काम गर्नु पर्छ ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
मुख्य त पत्रकारिता पेशा नै हो तर यो पेशाले सामाजिक दायित्ब र सिंगो समाजको भुमिका खेलेको  हुन्छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ लाग्ने गरेको छ, कैलालीको अवस्था कस्तो पाउनु भएको छ ?
यो साह्रै नराम्रो कुरा हो, यदि पत्रकारनै यस्तो काममा लाग्छन भने अन्य क्षेत्रको अबस्था कस्तो होला ? पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने मेरो मान्यता हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
सायद म त्यसरी लागेको भए कैलालीमा यतिका बर्ष भाडाको घरमा बस्नु पर्ने थिएन होला । कि पैसा कि सम्मान भन्छन, मलाई यो समाजले सम्मान दिएको छ । म खुशी छु समाजिक बन्न पाएकोमा ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
सरकारी नीति स्पष्ट हुनुका साथै कार्यान्यनको जरुरी छ । भनेर मात्र केही हुने देख्दिँन म ।
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
बिगतमा भएका क्रियाकलापले जनता सा¥है निरास भएर पनि अर्काे संबिधानसभाको निर्बाचनमा उत्साहित देखिए तर नेता र राजनैतिक दल जनताप्रति उत्तरदायी भए जस्तो देखिएको छैन । सधँै लाभको पद र सौखीन जीबनको पछाडी नेता लागीरहे  । यस्तै अबस्था हो भने फेरी संबिधान बन्न मुस्कील छ ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
नयाँ संबिधानमा पत्रकारका हक र अधिकारलाई स्पष्ट पारिनु पर्छ भने मुख्य कुरा मोसफलमा रहेर काम गरिहेका पत्रकारलाई सुरक्षित बनेर काममा जान सक्ने बाताबरण मिलाईनु पर्छ, त्यसका लागी संबिधानमा उल्लेख हुनु जरुरी छ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
तपाईको प्रिय पत्रिका बिम्बले मलाई पनि पाठक बिच पु¥याउन सहयोग गर्नु भएकोमा सम्पादक         रामहरी ओझा र सिङ्गो ब्यबस्थापन टिमलाई धन्यबाद ब्यक्क्त गर्दछु । साथै बिम्ब देश र जनताको बिम्ब बन्न सकोस यहि शुभकामना ।

साहित्य सृजना 

इच्छा

युगौँ युग नेपालीको
सुवास छर्न पाऊँ मैले
नेपालीको भाग्य चम्किएको
देख्न पाऊँ छिटै
नेपालको स्वदेश गान
गाउँदा गाउँदै मर्न पाऊ
कर्म गरिकन यो देशमा
निर्धक्क भई खान र बस्न पाऊँ
स्वाभिमानी नेपाली भै संसारमा
अगाडि बढ्न पाऊँ
पसिना बगाएर यही देशको
नदी तर्न पाऊँ
प्रकृतिको सौन्दर्यमा
सधैँ चर्न पाऊँ
इन्द्रेणीझैँ सबका आँखा
सामुन्ने पर्न पाऊँ
यही देशमा बसेर
ब्रह्माण्डको छाया भर्न पाऊँ
यही मुटुले संसारको
माया जित्न पाऊँ ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

हाम्रो देश छ सुन्दर 

तर राजनितिको खेलले भयो फोहरी
नेताहरु कुर्चिका निम्ती खेल्छन् दोहरी
कुर्चिको तानातान भयो खेल्दाखेल्दै दोहरी
आफ्नो स्वास्र्थमा डुब्दा भयो देशमा जुहारी
भोट माग्दा जनताहरुलाई विकासको दिन्छन् नाम
विकास गर न नेता भन्दा छैन भन्छन् दाम
नेताहरुलाई विदेश जान हुदो रहेछ धन
आफ्नो छोरा श्रीमतिलाई विदेश घुमाउने मन
राष्ट्रपतिले नौ चोटी भन्यो गर सहमतिको काम
हाम्रा देशका नेताहरु राम्रो काम गरि चलाउदैन नाम
कस्ता यि नेताहरु खेल्दा रैछन् चाल
कस्तो विगारेको हाम्रो देशको नाम
अरुलाई लगाउ भन्छन् देश सप्रने नारा
कुर्चि पाए सबै नेताहरुको आफ्नै हुन्छ पारा
जनता खुशी हुन्छन् की भनी भन्छन् सहमति अघि सारु
भाषण दिन्छन् नेताहरु फाईब स्टारको खाएर दारु
मुकेश राज ओझा
 सिलगढी

सपना मैँ थिँए क्यारे, उठ्दा खाली हात थियो
निद्राको संसारमा सायद, भ्रमको कुनै मात थियो
सुनैका थिए थालभाँडा, गहना नि सुनैका थिए
आँखा खुल्दा यथार्थमा, फगत खाली पात थियो
हुलै थिए आफ्ना पराई, उच्च थियो आशन पनि
व्युँझि हेर्दा चारैतिर, छाया मात्रै साथ थियो
शहर पनि महल पनि उस्तै सहज बसाइ पनि
निद्रा खुल्दा तन्द्रा टुट्यो झोपडीको रात थियो
तृप्त थिए इच्छाहरु भावहरु चुलिदै थिए
छाङ्गावाट खसे जसै सत्यताको वास थियो

हेमन्ती जोशी 
          मनहरु जित्न सकेवाट.........

सवैका लागि उपयोगी

नेपालको अन्तरीम संबिधान २०६३ मा न्यायपालिका सम्वन्धी व्यवस्था
धारा १००– न्यायसम्वन्धि अधिकार अदालतवाट प्राप्त हुने
१. नेपालको न्यायसम्वन्धी अधिकार यो संबिधान र अन्य कानुन तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत तथा न्यायिक निकायहरुवाट प्रयोग गरिनेछ ।
२. नेपालको न्यायपालिकाले स्वतन्त्र न्यायपालिकासम्वन्धी अवधारणा र मुल्य मान्यतालाई अनुसरण गरी लोकतन्त्र र जनआन्दोलनको भावनालाई आत्मसात गर्दै यस संबिधानप्रति प्रतिवद्ध रहनेछ ।
धारा १०१– अदालतहरु
१. नेपालमा देहायवमोजिमका अदालतहरु रहनेछन ः
क) सर्वोच्च अदालत
ख) पुनरावेदन अदालत
ग) जिल्ला अदालत
२. उपधारा (१) मा लेखिएदेखि वाहेक खास किसिम र प्रकृतिका मुद्दाको कारवाही र किनारा गर्न कानूनद्वारा अन्य अदालत, न्यायिक निकाय वा न्यायाधीकरणको स्थापना र गठन गर्न सकिनेछ ।
तर कुनै खास मुद्दाको लागि अदालत, न्यायिक निकाय वा         न्यायाधीकरणको गठन गरिने छैन ।
धारा १०२– सर्वोच्च अदालत ः
१. न्यायपालिकाको सवैभन्दा माथिल्लो तह सर्वोच्च अदालत हुनेछ ।
२. संबिधानसभासम्वन्धी अदालतवाहेक नेपालका अन्य सवै अदालत र न्यायिक निकायहरु सर्वोच्च अदालतका मातहतमा हुनेछन । सर्वोच्च अदालतले आफ्नो मातहतका अदालत र न्यायिक निकायहरुको        निरीक्षण एवं सुपरिवेक्षण गर्न र आवश्यक निर्देशन दिन सक्नेछ ।
३. सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यसले आफ्नो र आफ्ना मातहतका अदालत वा न्यायिक निकायहरुको अवहेलनामा कारवाही चलाई कानूनवमोजिम सजाय गर्न सक्नेछ ।
४. संबिधानसभासम्वन्धी अदालतको क्षेत्राधिकारभित्र पर्ने बिषयमा वाहेक यस संबिधान र प्रचलित कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतमा निहित रहनेछ ।
५. सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा चौध जनासम्म अन्य न्यायाधीशहरु रहनेछन । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या वढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधीका लागि अस्थायी न्यायाधीश नियुक्त गर्न सकिनेछ ।
धारा १०३–सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्ती र योग्यता ः
१. राष्ट्रपतिले संबैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र प्रधानन्यायाधीशले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको नियुक्ति गर्नेछ । प्रधानन्यायाधीशको पदावधी धारा १०५ को उपधारा (१) को खण्ड (ख)को अधिनमा रही नियुक्ति भएको मितिले ६ वर्षको हुनेछ ।
२. सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य मानिनेछ ।
३. पुनरावेदन अदालतको न्यायाधीश वा सो सरहको न्याय सेवाको कुनै पदमा सात वर्ष वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको वा कानूनमा स्नातक अधिवक्ता वा बरिष्ठ अधिवक्ताको हैसियलमा कम्तीमा १५ वर्ष वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानूनको क्षेत्रमा काम गरी बिशिष्ठ कानूनबिद्का रुपमा ख्यातिप्राप्त गरेको व्यक्तिमात्र सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।
४. प्रधानन्यायाधीशको पद रिक्त भएमा वा अस्वस्थताको वा अरु कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा विदा वसेको वा नेपाल वाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था परेमा सर्वोच्च अदालतको बरिष्ठतम् न्यायाधीशले कायम–मुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ ।
५. प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशहरु ६५ वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा वहाल रहनेछन ।

पर्यटन र खेल समाचार

थाइल्याण्डमा जारी एसिसी वुमेन्स प्रिमियर क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानलाई ५ विकेटले पराजित   गरेको छ ।
भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६।२ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो । नेपाललाई प्रतियोगितामा दोस्रो जित दिलाउने क्रममा रुविना क्षेत्रीले अविजित ३१ तथा ममता थापाले २० रन जोडिन । ममता चौधरीले अविजित १३ रन जोडिन भने सीता मगरले ८, रेखा रावलले २ तथा नीरा             राजोपाध्यायले १ रन जोडिन ।
यसअघि टस हारि पहिले ब्याटिङ गरेको भुटानले   निर्धारित ४० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। भुटानका लागि एसेम वाङ्मोले २३, सोनाम छोदेनले २१, डेचेन वाङ्मोले १३ रनको योगदान दिएका थिए । नेपालका लागि सोनु खड्का र रुविना क्षेत्रीले २÷२ तथा सीता मगर र रेखा रावलले १÷१ विकेट लिए ।
यसअघिको पहिलो खेलमा नेपालले इरानलाई २२१ रनले हराएको थियो भने हिजो आयोजक थाइल्याण्डसँग ८ विकेटको पराजय बेहोरेको थियो ।
प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । प्रतियोगितामा तीन स्थान हात पार्ने टोली आसन्न इन्चोन एसियाडमा छनोट     हुनेछन । नेपालले फाइनलको आशा जीवितै राख्न भुटान, चीन तथा हङकङलाई        हराउनुपर्छ ।
 अंक तालिकामा थाइल्यान्ड लगातार दुई जितसँगै चार अंकका साथ शीर्ष स्थानमा छ । चीनको पनि समान अंक छ ।           रनरेटमा चीन दोस्रो स्थानमा रहेको हो । नेपाल दुई अंकका साथ तेस्रो स्थानमा        रहेको छ ।

गोलदेउला र राँगा फ्टकने डाँडा 

डोटी जिल्ला जिल्ला सदरमुकाम सँगै जोडिएको कलेना गाविसको सिमा छोएको गोलदेउला लेख र राँगा फ्टकने डाँडा पर्यटकिय दृष्टीकोणले महत्वपुर्ण क्षेत्रको रुपमा रहेको भए पनि त्यस क्षेत्रको विकास गर्न सकिएको छैन ।
दिपायल सिलगढी नगरपालिका बडा नं. १३ उडिलोला र बगलेख गाविसको सिमा दुवैलाई छुने राँगा फ्टकने विहानको सुर्य उदाउदो समय र बेलुकीको सुर्य अस्तको समयमा अबलोकन गर्ने स्थानका रुपमा विकास हुन सक्ने भए पनि त्यसका लागी कहि कसैले चसो दिएका छैनन् ।   राँगा फ्टकने डाँडा वाट विहानको उदाउदो सुर्य हेर्दा काठमाण्डौ नगरकोटको सम्झना आउने स्थानिय बासिन्दाहरु बलाउनछन् । सदरमुकाम सिलगढी देखी करिब १ घण्टाको उकालोमा पुगीने राँगा फ्टकने नजिक रहेको सानो मालिका मन्दिर जाने मुल वाटोमा रहेका कारण पनि त्यस क्षेत्रको विकास गर्न सकिए विदेशी तथा सोदेशी पर्यटकहरुका लागी एक गन्तव्यको रुपमा रहने विश्वास गरिन्छ ।
त्यस्तै डौड, कालिकास्थान, कलेना, बगेलेख, खातिबडा गाविहरुले छोएको गोलदेउलालाई पनि उदाउदो सुर्य र पुनोनो नगरको रुपमा रहेको सिलगढी बजारको अबलोकन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । जिल्ला सदरमुकाम सिलगढी देखी करिब ३ घण्टाको पैदल यात्रामा पुगीने उक्त स्थानलाई पनि धार्मिक महत्वका साथ हिन्दु धर्मालम्वीहरुले लिने गरेका छन् । भगवान शंकरले पार्वती सँग विवाह गरि घुम्ने क्रममा चन्दन गिरि पर्वतमा पुगेको र त्यो चन्दनगिरि पर्वत अहिलेको सिलगढी भएको जनविश्वास रहनुका साथै धार्मिक ग्रन्थहरुमा यसको उल्लेख गरेका पाईन्छ । त्यहि बेलामा भगवान शंकरलाई विश्राम गर्ने मन लागे गोलदेउदा लेकमा जाने गरेको जनविश्वास रहेको छ ।
राँग फ्टकने डाँडा देखी करिब २ घण्टाको दुरीमा गोलदेउदा पुग्न सकिन्छ । सिलगढीबाट उदाएको सुर्य हेर्न राँगा फ्टकने डाँडा र स्थानिय परिकारहरु र कला संस्कृतिहरु सँग ग्रामिण बस्तीहरुको अबलोकन गर्दै बेलुकीको अस्ताउदो सुर्य अबलोकन गर्न गोल देउला जाने हो भने जो कोहि पर्यटकहरुको मन भिज्न सक्छ ।  प्रकृति सँग रम्न सक्छ ।

चलचित्र र मनोरञ्जन

झरना थापाको अभिनय “टिप्स”

नयाँ कलाकारका लागि अभिनेत्री  झरना थापाले अभिनयको टिप्स दिएकी छिन । प्रणय दिवसको अवसरमा झरनाले नयाँ कलाकारका लागि अभिनयको नयाँ टिप्स दिएकी हुन ।
झरनाको टिप्स यस्तो छ, ‘तपाई फिल्ममा जुन भूमिका गर्दै हुनुहन्छ उठ्ने बित्तिकै त्यही मुडमा बस्नुस । रोना धोना छ भने धेरै नबोल्नुस । रोमान्टिक छ भने रोमान्टिक म्युजिक सुन्नुस या सबैसँग खुसी भएर प्रस्तुत हुनुस ।’
झरनाले आफ्नो अनुभव सुनाइन, ‘ए मेरो हजुरमा एउटा संवाद छ । आँखा देख्न सक्ने भएर एकचोटी हजुरलाई संसारको खुसी दिन सकुँ । श्रीकृष्ण दाइको काँधमा टाउको अड््याएर यो संवाद भन्दै आँसु चुहाउनु पर्ने दृश्य थियो । निर्देशक शिव  रेग्मी सरलाई ‘पर्फेक्ट’ चाहिने रहेछ । यो सिन १२ टेकसम्म पनि ओके भएन ।’
मुख्य हिरोइन भएर अभिनय गरेको ‘ए मेरो हजुर’ नै झरनाको पहिलो फिल्म थियो । ‘सुटिङ नै छोडेर भाग्यौं कि जस्तो पनि लाग्यो’ झरनाले भनिन ‘कहाँबाट फिल्म खेल्न पुगेछु ? फिल्म आफ्नै श्रीमानको थियो । पती सुनिल कुमार थापाले सुरुमै तिम्रो कारणले गर्दा फिल्म घाटामा नजाओस भन्नु भएको थियो ।’ झरनाले बेलिविस्तार लगाइन, “टेक लामो भएपछि स्पट व्यायहरु समेत दिक्क भएका थिए । निर्देशक शिव रेग्मीले पाँच मिनेट एकान्तमा गएर आँखा देख्न नसक्ने व्यक्तिको अनुभव गरेर आऊ भन्नु भयो । त्यसै गरें । सिन ओके भयो । पछि मलाई लाग्यो, रोएको, हाँसेको अभिनय गर्न आँखा हैन मन रुनु र हाँस्नु पर्ने रहेछ ।”

एउटै फिल्मबाट तक्मे बुढालाई १६ लाख

‘तक्मे बुढा’ उर्फ विल्सन विक्रम राईले एउटा फिल्म खेले वापत १६ लाख रुपैयाँ पाउने भएका छन । ‘तक्मे बुढा लस्ट इन लण्डन’ फिल्मका लागि विल्सनले उक्त रकम पारिश्रमिक स्वरुप लिने सम्झौता गर्न लागेका हुन ।
एउटा फिल्म खेले वापत कुनै पनि नेपाली कलाकारले हालसम्म पाएको यो नै उच्च पारिश्रमिक रकम हो । बेलायतमा छायाँकन हुने ‘तक्मे बुढा लस्ट इन लण्डन’ का लागि निर्माण कम्पनीले १० हजार पाउण्ड अर्थात १६ लाख रुपैयाँमा सम्झौता गर्न लागेको हो । सम्झौता भने भईसकेको छैन । फिल्म तक्मे बुढा माथि आधारित भएकाले पारिश्रमिक स्वरुप उक्त रकम लिन लागेको विल्सनले बताए ।
विल्सनले भनेका छन, ‘यो पारिश्रमिक भन्दा पनि तक्मे बुढाको ‘ब्रान्ड भ्यालुु’      हो ।’ फिल्ममा विल्सन दोहोरो भूमिकामा देखिने छन । विल्सनको उच्च पारिश्रमिक रहेको यस फिल्मलाई निरक पौडेलले निर्देशन गर्नेछन । ‘ब्ल्याक एण्ड ह्वाईट’ फिल्मको सुटिङका लागि हाल मलेसियामा रहेका    निरकले लगत्तै विल्सनको प्रोजेक्ट सुटिङ आगामी ‘समर’ मा गर्ने बताईएको छ । फिल्मका निर्माता निरक हुन ।

बिज्ञापन 

क्षयरोग सम्वन्धि जानकारी

क्षयरोग भनेको के हो ?
क्षयरोग आँखाले देख्न नसकिने शुक्ष्म किटाणुको कारणवाट लाग्ने एक प्रकारको सरुवा   रोग हो ।
क्षयरोग कसरी सर्दछ ?
क्षयरोगका बिरामीले खोक्दा वा हाँच्छिउँ गर्दा क्षयरोगका किटाणुुहरु वाहिर निस्की हावामा फेलिन्छन र निरोगी मानिसले श्वास प्रश्वास लिँदा क्षयरोगका किटाणुुहरु फोक्सोमा पुग्दछन र क्षयरोग एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दछ ।
क्षयरोगका लक्षणहरु के के हुन ?
दुई हप्ता वा सो भन्दा बढी समयसम्म खोकी लागिरहनुु, साँझपख ज्वरो आउनु, छाती दुख्नु, खान मन नलाग्नु, दुव्लाउँदै जानु, तौल घट्नु र खकारमा रगत देखा पर्नु ।
निदान तथा उपचार ः
क्षयरोगका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको खकार जाँच गर्ने अस्पताल वा स्वास्थ्य संस्थामा गई तिन पटक खकार जाँच गराउनु पर्दछ । खकारमा क्षयरोगका किटाणुहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह अनुसार दैनिक प्रत्येक्ष निगरानीमा ६ महिनासम्म औषधी खानु पर्दछ र क्षयरोग निको हुन्छ । क्षयरोगको निदान तथा उपचार सवै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईन्छ ।
प्रत्येक्ष निगरानीमा किन औषधी खानु पर्ने ः
प्रत्येक्ष निगरानीमा औषधी खाएमा क्षयरोग निको हुन्छ, औषधी खान छुट्दैन, अरुलाई  रोग सर्दैन र कहिलै निको नहुने क्षयरोग हुँदैन ।

सूचना ! सूचना !! सूचना !!! 

     जिल्ला स्वास्थ्य कार्यालय, डोटीको आयोजनामा तपशिलको मिति र स्थानमा पुरुषहरुका लागि स्वेच्छिक स्थायी वन्ध्याकरण (ख्क्ऋ) भ्यासेक्टोमी    (ख्बकभअतयmथ) शिवीर सञ्चालन हुने भएकाले सन्तानको रहर पुगेका पुरुषहरुले समयमै सेवा लिई मौकाको फाईदा उठाउन हुन जानकारी गरिन्छ ।
 उक्त स्थानहरुमा महिलाहरुका लागि पाठेघर खस्ने तथा पिस्टुलाको समेत स्क्रिनिङ्ग क्याम्प सञ्चालन हुनेछ ।
तपशिल
क्र.स.       स्थान                        मिति
१.     मौवा स्वा.चौ.डोटी                २०७० फागुन १ गते
२.     तोलेनी उप स्वा.चौ.डोटी          २०७० फागुन ३ गते
३.     छपाली उप स्वा. चौ. डोटी        २०७० फागुन ५ गते
४.    दुर्गामाण्डौं स्वा.चौ. डोटी           २०७० फागुन ८ गते
५.    केदारआखडा प्रा.स्वा.के. डोटी       २०७० फागुन १० गते
६.     लानाकेदारेश्वर उप स्वा.चौ. डोटी   २०७० फागुन १२ गते
७.    वागछेडा (घाङल स्वा. चौ.) डोटी    २०७० फागुन १४ गते
८.    सरस्वतीनगर प्रा.स्वा.के. डोटी       २०७० फागुन १६ गते
आयोजक ः जिल्ला स्वास्थ्य कार्यालय, सिलगढी डोटी



Monday, February 10, 2014

बिम्ब साप्ताहिक मिति २०७० साल माघ २८ गते मंगलवार

मानवले मानवलाई शोषण गर्ने, अन्याय अत्याचार गर्ने कार्य निन्दनीय कार्य हो । नागरिक अधिकारप्रति सजग र सचेत बनांै, बनाआंै र सबैमा समान व्यवहार गरांै ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


प्रमुख समाचार 

कोईराला गणतन्त्र नेपालका पाँचौं प्रधानमन्त्री

एमाले लगायत आठ अन्य दलको समर्थन, एमाओवादी प्रतिपक्षमा
संबिधानसभाको अर्को निर्वाचन भएको झण्डै तीन महिना बित्न लाग्दा सोमवार नेपालले गणतान्त्रिक नेपालको पाँचौ. प्रधानमन्त्री पाएको छ ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोईलाले चार सय पाँच मत प्राप्त गरेपछि उनी प्रधानमन्त्री वन्ने निश्चित भएको हो । व्यवस्थापिका संसदमा हाल कायम रहेका पाँच सय ७१ सभासद्मध्ये एक सय ४८ ले कोईरालाको बिपक्षमा मतदान गरेका छन ।
राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने अडान राख्दै आएको संबिधानसभाको दोश्रो ठुलो दल नेकपा एमाले र कांग्रेसबीच आईतवार भएको सहमतिपछि कोईराला व्यवस्थापिका–संसदको बैठकमा प्रधानमन्त्रीका एकल उम्मेदवार वनेका थिए । निर्वाचनपछि सभामुख सुर्यबहादुर थापाले कोइराला बहुमतबाट प्रधानमन्त्री चयन भएको घोषणा गरे । नव निर्वाचित प्रधानमन्त्री कोइरालाले दुई तिहाई भन्दा बढी मत ल्याएका हुन । ७८ वर्षीय कोइराला गणतन्त्र स्थापनापछिका ५ औं प्रधानमन्त्री हुन ।
एमाले, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टीको समर्थनमा कोइराला नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन । संबिधानसभामा प्रतिनिधित्व गर्ने एनेकपा माओवादी सहित अन्य २० दलले कोइरालाको बिपक्षमा मतदान गरेका थिए ।
नेपाली कांग्रेसमा रही लामो राजनीतिक इतिहास वनाएका कोइरालाले यसअघि कुनै सार्वजनिक पद धारण गरेका थिएनन् । उनी यसपटकको संविधानसभा निर्वाचनमा बाँके ३ र चितवन ४ बाट निर्वाचित भएका हुन् । कोइरालाको प्रधानमन्त्रीमा सपथसंगै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्व प्रशासकहरु सम्मिलित निर्दलीय सरकार विस्थापन हुनेछ । २०६४ सालको संबिधानसभाको निर्वाचनमा पराजय भोगेका कोईराला यस पटकको निर्वाचनमा भने बाँके ३ र चितवन ४ बाट निर्वाचित भएका हुन । कोइरालाको प्रधानमन्त्रीमा शपथसंगै वर्तमान सरकारका अध्यक्ष तथा सर्वोच्च अदालतका वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको दलविहिन चुनावी सरकार बिस्थापित हुनेछ ।

यस्तो छ कांग्रेस–एमालेको सहमति

१. १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण गर्ने ।
२ .अघिल्लो संविधानसभाबाट संविधान निर्माणको सम्बन्धमा विधिसम्मत भएका सहमतिहरूको निक्र्यौल गर्दै स्वामित्व लिने ।
३. संविधानसभाबाट पारित संविधान सार्वजनीकरण भएपछि र उक्त संविधान प्रारम्भ हुनुअघि संविधानसभा र व्यवस्थापिका–संसद्बाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने । सो सम्बन्धी व्यवस्था गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन गर्ने ।
४. बुँदा ३ मा लेखे बमोजिमको निर्वाचनसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गर्ने ।
५.प्रधानमन्त्री पदका लागि व्यवस्थापिका–संसद्बाट हुने निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री सुशील कोइरालालाई नेकपा एमालेले समर्थन गरी मतदान गर्ने ।
६. संविधानसभा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गरी मतदान गर्ने ।
७. नयाँ सरकार गठन भएको सात दिनभित्र साझा सहमतिको न्यूनतम कार्यक्रम र मन्त्रिपरिषद्को आचारसंहिता सार्वजनिक गर्ने ।

सम्पादकीय 

बधाई छ कोईरालालाई

लामो पर्खाई र कठोर संघर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोईराला र वालुवाटारको लगन सोमवार जुरेको छ । गणतन्त्र नेपालका पाँचौ प्रधानमन्त्रीका रुपमा कोईराला अव वालुवाटार पस्ने छन । प्रधानमन्त्री वन्ने उनको चहाना पुरा भएको छ । यस अर्थमा कोईरालालाई हार्दिक बधाई छ । ५० वर्षसम्म राजनीतिक ईतिहास भएका, आप्mनो जीवनमा पहिलो पटक उच्च लाभको पदमा पुगेको कोईरालाले प्रधानमन्त्री वन्न अघि सोमवार संसदमा गरेका प्रतिवद्धता पुरा गर्न सफल होउन भन्ने शुभकामना समेत छ ।
उपमा दिनेहरुले नवनिर्वाचित प्रधानमन्त्री कोईरालालाई सहकार्य, सहमति र एकताको राजनीति गर्ने, स्वच्छ छवी भएका, सवैलाई मिलाएर लैजान सक्ने, शक्तिशाली नेता, ईमानदार राजनीतिक व्यक्तित्व के के उपमा दिएका छन तर उनले ५० वर्षसम्म गरेको भनिएको राजनीतिको परीक्षा सोमवार देखि सुरु भएको छ । व्यवस्थापिका–संसदको बैठकमा जसरी उनले प्रतिवद्धता व्यक्त गरे एक वर्षभित्र नयाँ संबिधान जारी गर्छु भनेर त्यो उनका लागि र नेपालको संबिधानसभाका लागि त्यति सहज छैन । सोमवार व्यवस्थापिका–संसदमा कोईरालाको पक्ष र बिपक्षमा जसरी मत बिभाजन भएको छ । त्यो आधारमा हेर्ने हो भने संबिधानसभाभित्रै उनका लागि चुनौतीहरु थप भएका छन । यद्यपी व्यवस्थापिका–संसदमा कोईरालाले आफुनै संबिधान घोषणा गर्ने आधिकारिक व्यक्ति भएको जसरी बक्तव्य दिए तर उनी त प्रधानमन्त्री वा सरकार प्रमुखका हैसियतले संबिधान निर्माणका लागि सहयोगी मात्र हुन । त्यो सहयोग उनले संबिधानसभालाई तव मात्र प्रधान गर्न सक्ने जव उनले व्यवस्थापिका संसदमा रहेका सवै दलहरुलाई मिलाएर लैजाने छन । यदि प्रमुख राजनीतिक शक्तिहरुलाई उनले मिलाउन सकेनन् भने उनको धोती फुस्कन समय लाग्ने छैन ।
गत संबिधानसभा र व्यवस्थापिका संसदवाट वर्तमान प्रधानमन्त्री कोईरालाले धेरै कुराको पाठ सिक्नु जरुरी छ । प्रत्येक्ष तर्फ पुरा का पुरा ५० प्रतिसत मत ल्याएर देशको ठुलो पार्टी भएको त्यतिवेलाको माओवादीका अध्यक्ष प्रचण्डले सरकारमै सहभागि भएका दलहरुलाई समेत मिलाउन सकेनन् र कटुवाल प्रकरणको वहानामा आप्mनो कुर्ची गुमाए । अहिलेका कोईरालाको अवस्था पनि प्रचण्डकै जस्तो हो । उनलाई समर्थन गर्ने नौ दल र उनको बिरोधमा रहेका २१ दल उनका लागि सधंै खतराको घण्टी हुन ।
प्रतिपक्षमा वसेका पार्टीहरुमा एनेकपा माओवादी पनि छ जो नेपालको वर्तमान परिवर्तनमा हिस्सेदार पनि हो । उसले आप्mना राजनीतिक एजेण्डाहरुको थुप्रो छुट्टै राखेको छ । अर्को शक्ति राप्रपा नेपाल हो जसले अहिले पनि गणतन्त्र, धर्मनिरेपेक्षता र संघीयताको बिषयमा जनमत संग्रहको माग गर्दै आएको छ, तेश्रो शक्ति मधेशवादी शक्ति हो जसले आप्mनो “मधेश एक प्रदेश” को नारा छोड्न मान्दैन । उता जातीय राज्य माग्नेहरुको लाईन त छँदैछ । यस्तो अवस्थामा कोईरालाले एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने भनि  गरेको प्रतिवद्धता उनका लागि फलामे च्युरा हुन सक्छ तर पनि उनका अगाडी त्यो प्रतिवद्धता गर्नु वाहेक अर्को बिकल्प पनि छैन ।
कोईराला जसरी अन्य दलहरुवाट चेपुवामा पर्नेछन ठिक त्यसरीनै उनी आप्mनै पार्टी नेपाली कांग्रेसवाट पनि दवावमा       पर्नेछन । पार्टी सञ्चालनको जिम्मा कसलाई दिने भन्ने वारेमा त उनले पहिलेनै टुङ्गो लगाईसकेका थिए । हिजै देखि अव क–कसलाई मन्त्री वनाउने, कसका पक्षमा कति मन्त्री वनाउने भन्ने बिषयमा कांग्रेस बृत्तमा बिवाद सृजना हुन थालेको छ । जुन बिवादले कोईरालाको कुर्चीसम्म पनि आक्रमणको अवस्था सृजना हुन सक्छ । यि सवै चुनौतीका वावजुद पनि कोईराला महोदय नयाँ संबिधान निर्माण गर्न संबिधानसभाको सहयोगीसिद्ध हुन सकुन भन्ने कामना छ ।

थप समाचार 

वगलेक गाउँ बिकास समितिमा सञ्चालन भईरहेको योजनाहरुको सार्वजनिक परीक्षणको अभ्यास हुन थालेको छ ।
बिधि पु¥याउनका लागि कागजी सार्वजनिक परीक्षण हुने गरेको वर्तमान अवस्थामा यस गाबिसमा सञ्चालन भईरहेको आयोजनाहरुको भने बिधिवत् रुपमै सार्वजनिक परीक्षण गर्ने अभ्यास भईरहेको गाबिस सचिव भीमवहादुर धामीले जानकारी  दिए । स्थानीयवासी टिका नेपाली भन्छन “गाबिसमा सञ्चालनमा रहेका योजनाहरुको सार्वजनिक परीक्षण बिधिवत् रुपमै गर्ने प्रयास भईरहेको छ ।
केएर नेपाल र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको साझेदारीमा सञ्चालन भईरहेको समुदाय सहयोग कार्यक्रमको पहलमा गत वर्ष यस गाबिसमा सार्वजनिक परीक्षण सम्वन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त अभिमुखीकरणवाट आफुहरुलाई सार्वजनिक परीक्षणका वारेमा स्पष्ट पारेको स्थानीय भीमवहादुर साउँद वताउँछन । साउँद भन्छन ‘केएर नेपालले सञ्चालन गरेका आयोजनाहरुमा त नियमित रुपमा दुई देखि चार पटकसम्म पनि सार्वजनिक परीक्षण गरियो तर गाबिसवाट सञ्चालन भएका सवै योजनाहरुमा त्यो लागु हुन सकेको छैन ।’
गाबिस अनुदान बढी जसो बिद्यालयहरुमा बितरण हुने भएका कारण पनि नयाँ आयोजना नवन्ने गरेको वताउँदै स्थानीय सुनिता ठगुन्नाले भनिन् ‘परियोजनानै नवन्ने भएपछि के को सार्वजनिक परीक्षण !’
रेडक्रसले सञ्चालन गरेको परियोजना अन्तरगत गत वर्ष गाबिसका सरोकारवालाहरुको सहभागितामा प्रत्येक योजनामा दुई देखि चार पटकसम्म सार्वजनिक परीक्षण गर्ने, यस गाबिसमा गैससहरुले निर्माण गर्ने योजनाहरुको सम्झौता एकप्रति गाबिसलाई बुझाउने, आयोजनामा जनलेखा अभिलेख वोर्ड स्थापना गर्ने लगायतमा प्रतिवद्धता गरिएका थिए । सो अनुसार गाबिसमा निर्माण भईरहेको आयोजनाहरुको जनलेखा वोर्ड राखिएको देखिन्छ ।

कलावतीलाई उपचारका लागि काठमाण्डौं लगिने

घरेलु हिंसावाट पिडित भई मानसिक सन्तुलन गुमाएकी कलावती थापा अधिकारीलाई उपचारका लागि काठमाण्डौं लगिने भएको छ ।
गिरिचौका गाबिस–७ सिल्ला घर भएकी अन्दाजी ४२ वर्षीया महिला कलावती थापा अधिकारी घर परिवारले पिडा दिएपछि एक वर्षयता छपाली गाबिस–८ कुसिनामा माईतीघरमा वस्दै आएकी थिईन । माईतिघरमा वस्दावस्दै उनको मानसिक सन्ुतलन बिग्रिएपछि उनी करीव दुई साता अघि देखि माईतिघर नजिकै फुसको छाप्रोमा वस्दै आएकी थिईन । कलावतीसंगै     रहेकी उनकी तीन वर्षीया छोरी पायल्सको रोगी छन ।
आमा मानसिक बिरामी र छोरी पायल्सको रोगी भएको खवर आएपछि डोटी डौड प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक यदु देउवाको नेतृत्वमा गएको प्रहरी टोलीले वल्र्ड भिजन अन्तराष्ट्रिय नेपालको यातायात सहयोगवाट उनीहरुलाई गत मंगलवार जिल्ला सदरमुकाम सिलगढी पु¥याएको थियो । जिल्ला अस्पताल डोटीमा चेकजाँचपछि आमाको मानसिक अवस्था ठिक नभएको र छोरीलाई पायल्सका साथसाथै कुपोषण पनि रहेको  चिकित्सक डा. सिर्जना गौचनले जानकारी दिईन । हाल महिला तथा वालवालिका कार्यालयको सहयोगमा सञ्चालनमा रहेको अल्पकालीन सुरक्षित महिला सेवा केन्द्रमा राखिएकी कलावतीले आफुले पनि औषधी सेवन नगरिरहेको र छोरीलाई पनि औषधी उपचार गर्न नदिईरहेको डा. गौचनले जानकारी गराईन ।
आमा र छोरी दुवैको यहाँ उपचार हुन नसक्ने डा. गौचनले जानकारी गराएपछि शनिवार वसेको डोटीका प्रमुख जिल्ला अधिकरी दीपक काफ्ले सहित सरोकारवालाहरुको बैठकले आर्थिक संकलन गरी पिडितलाई उपचारका लागि काठमाण्डौं पठाउने निर्णय गरेको हो ।
करीव चार वर्ष पहिले  गिरिचौका गाबिस–७ का रघु अधिकारीसंग बिवाह गरी भारत गएकी कलावतीलाई उनका श्रीमानले एक वर्ष पहिले छोरी सहित घर पु¥याएर आफु फेरी भारत गएका थिए । घरका अन्य सदस्यहरुले दुःख दिन थालेपछि उनी माईत गई वस्दै आएकी थिईन । “माईतमा पनि उनी अलि वढी वोल्ने, अनौठो व्यवहार देखाउने गर्न थालिन, त्यसैले हामीले उनलाई छुट्टै छाप्रो वनाएर राखेका थियौं” कलावतीका दाई जंगवहादुर थापाले भने “बिरामी भएको भन्ने हामीलाई थाह भएन ।”
शनिवार भएको सरोकार–वालाहरुबीचको छलफलमा आमालाई काठमाण्डौं शिक्षण अस्पताल र छोरीलाई कान्ति वाल अस्पताल पठाउने निर्णय भएको छ । सो का लागि आवश्यक सहयोग गर्न जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरुलाई आग्रह गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रहरी कार्यालय डोटीमा  रहेको महिला तथा वालवालिका सेवा केन्द्रका अध्यक्ष लवदेव भट्टले जानकारी दिए । धेरै संघसंस्थाहरुसंग आग्रह गरिएको भएपनि थोरै सहयोग संकलन हुने देखिएकोले थप सहयोगका लागि काठमाण्डौंमा पहल गर्नु पर्ने भट्टले वताए । आर्थिक अभावकै कारण उनलाई शनिवारसम्म अन्यत्र रिफर गर्न नसकिएको भट्टको भनाई छ ।
पिडित कलावतीका परिवारका सदस्यहरु हालसम्म पनि सम्पर्कमा आउन सकेका छैनन् । उनका श्रीमान रघु अधिकारी भारतमा रहेको भनिएपनि मानसिक सन्तुलन बिग्रिएकै कारण कलावतीले भारतको कुन सहरमा छन भन्ने पनि वताउन सकेकी छैनन् । परिवारका अन्य सदस्यहरुलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको डोटीका प्रहरी उपरीक्षक भोजजंग शाहले    जानकारी दिए ।
डोटीमा थुप्रै सरकारी तथा गैर सरकारी संस्थाहरुले महिला र वालवालिकाको सहयोगका लागि भन्दै ठुलो धनराशी खर्च गर्ने गरेका  छन । महिला र वालवालिकाको क्षेत्रमा काम गर्ने सरकारको आधिकारिक निकायका रुपमा काम गर्ने महिला तथा वालवालिका कार्यालय डोटीले महिला र वालवालिका सम्वन्धि थुप्रै परियोजना सञ्चालन गरेको भएपनि ति महिलाको उपचारका लागि भने कुनै आशलाग्दो काम गर्न सकेको छैन ।
घरेलु हिंसाकै कारण मानसिक सन्तुलन गुमाउन पुगेकी ति महिला र उनीसंगै पायल्स र कुषोषणले ग्रस्त तीन वर्षीया छोरीको वेलैमा उपचार भएन भने आमाछोरी दुवैको ज्यान जोखिम हुने डोटी अस्पतालका चिकित्सक डा. गौचन वताउँछिन ।  

जिशिअ एक्लै जिल्ला शिक्षा समिति      

जिल्ला शिक्षा कार्यालय बाजुरामा विगत डेढ बर्ष देखि जिल्ला शिक्षा समिति नहुँदा शिक्षाका क्षेत्रमा विभिन्न दुरगामी निर्णय नभएको पाइएको छ ।
विभिन्न शैक्षिक निर्णय गर्न, नीति निर्देशन कार्यान्वयन गर्न र शिक्षाका क्षेत्रमा अन्य काम गर्न समस्या भैरहेको निमित्त जिल्ला शिक्षा अधिकारी दिलवहादुर भण्डारीले बताए । शिक्षा नियमावली अनुसार पुरानो समितिको म्याद २०६८ कार्तिकमा सकिएको छ । प्रत्यक दुई वर्षमा नयां समिति गठन हुनुपर्नेमा हालसम्म समिति गठन गरिएको छैन । जिशिअ गोविन्द पोखरेलले आफ्नै तजविजमा जिल्ला शिक्षा समिति चलाईरहका छन्, त्यसले जिल्लाको शैक्षिक गतिविधीमा सहज होईन झन असहज वातावरण उत्पन्न भएको रतन उच्च मावि कैलाशमाण्डौंका  प्राचार्य रतन अयडीले वताए ।
राजनीतिक खिचातानीका  कारण शिक्षा क्षेत्रको महत्वपूर्ण समिति जिल्ला शिक्षा समितिनै गठन नहँुदा अहिले समय सकिएका चार जना सदस्यले गरेको निर्णयले जिल्ला भरिका शैक्षिक संस्थामा निर्णय लादिएको छ । नयाँ समिति चयनका लागि विद्यालय ब्यवस्थापन समितिबाट कस्लाई समितिमा ल्याउने भन्ने विषयमा भएको विवादले समितिनै पुर्नगठन नभएको हो ।
पहिले शिक्षक युनियनको गठन हुन नसकेको अवस्थामा युनियनको प्रतिनिधिको विषयमा अड्किएको शिक्षा समिति पुरानै युनियनलाई कायम गरिसकेपछि विद्यालय ब्यवस्थापन समितिबाट कस्लाई ल्याउने भन्नेमा फेरी विवाद भएको छ । शिक्षा नियमावली अनुसार जिल्ला शिक्षा समितिमा  जिविस सभापति (हाल स्थानीय विकास अभिकारी) अध्यक्ष रहने ब्यवस्था छ भने प्रमुख जिल्ला अधिकारी, प्राथमिक विद्यालयवाट एक जना, निम्न माद्यामिक विद्यालयवाट एक जना, माविवाट एक जना, उमाविवाट एक जना, शिक्षाविद्वाट एक जना, सामुदायिक र संस्थागत विद्यालयका विद्यालय ब्यवस्थापन समितिवाट एक÷एक जना, शिक्षक युनियनवाट एक जना र जिल्ला शिक्षा अधिकारी सदस्य सचिव रहने गरी १२ सदस्यीय समिति रहने प्राब्धान छ ।
हालसम्म जिल्ला शिक्षा समिति गठन नहुदा कामचलाउ समितिले गरेको निर्णय कार्यान्वयन गर्न वाध्य पारिएको छ । त्यो पनि जिशिअ गोविन्द पोखरेलको तजविजमा कामचलाउ समिति बनेकोे छ जिशिअल पोखरेलले पहुंचको आधारमा समितिले गर्ने काम एलौटी गरेको अरोप शिक्षकहरुको छ ।
राजनीनितक भागबण्डाका कारण जिल्लाका विकट र पछाडी पारिएका क्षेत्रको वास्तविक समस्या र योजना नवन्ने गरेको निमित्ति जिल्ला शिक्षा अधिकारी भण्डारीको भनाई छ ।

को हुन प्रधानमन्त्री कोईराला ?

नेपाली कांग्रेस पार्टीभित्र सधैं शक्तिशाली देखिने १९९६ साल साउन २८ गते विराटनगरमा जन्मिएका हुन । पिता बोधप्रसादको जागिर यात्राका क्रममा पितासंगै गई बिभिन्न स्थानमा अध्ययन गरेका कोइरालाले बिद्यार्थी राजनीति     बीरगञ्जको ठाकुराम स्कुलबाट गरेका  थिए । उनले २००७ सालदेखि नै राजनीतिक जीवन सुरु गरेका भएपनि बिक्रम् सम्वत २०१२ सालमा नेपाली कांग्रेसको आधिकारिक सदस्यता लिएका थिए ।
कांग्रेसभित्रका शक्तिशाली नेताका रुपमा परिचित भएपनि उनले सरकारमा भने कहिल्यै रुची नदेखाएको उनका सहकर्मीहरु वताउँछन । कोइरालाले प्रजातन्त्रको आन्दोलनका क्रममा ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका छन ।
सहमति, सहकार्य र एकतालाई शिरोधार्य गर्ने राजनीनिज्ञ कोइराला ०४६ को जनआन्दोलनपछि  ०४८ र ०५६ मा बाँके क्षेत्र २ बाट सांसदमा विजयी भएका थिए । उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए । ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला पार्टीको महामन्त्री, उपसभापति समेत       रहिसकेका छन । कांग्रेस पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै लामो समय उनी कार्यवाहक सभापति बनेका थिए ।
समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरु गर्ने, सामूहिक निर्णय प्रक्रिया अनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने बताउँदै आएका छन ।
कांग्रेसको केन्द्रीय सदस्य, विदेश विभाग प्रमुख, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै उनी कांग्रेसको ५ औं निर्वाचित सभापति बनेका थिए । २०५८ सालमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा अर्का नेता शेरबहादुर देउवासँग पराजित भएका थिए । अविवाहित कोइराला हाल पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बस्ने गरेको महाराजगञ्जस्थित निवासमा बस्दै आएका छन ।

के कारवाही होला सदस्य–सचिवलाई !

“मलाई राष्ट्रिय दलित आयोगको फोन नं. उपलव्ध गराई दिनुहोस न, म फोन गरेर सदस्य–सचिवलाई तुरुन्त कारवाही गर्नु पर्ने माग राख्दछु ।”
डोटी दिपालय सिलगढी नगरपालिका–४ का रबिन्द्र टेलरले बिम्ब साप्ताहिकको कार्यालयमा आई राष्ट्रिय दलित आयोगको फोन सम्पर्क माग्दै भने ‘दलितहरुको उत्थान गर्ने भन्दै गठन गरिएको आयोगमा त यस्ता खालका मान्छेहरु छन भने अनि के को बिकास हुन्छ ?’ दलित शव्दप्रतिनै सार्वजनिक रुपमै असहमति जनाउँदै आएका टेलरले दलित शव्द भजाएर खानका लागि आयोग वनाएको समेत वताए ।
गत बुधवार राष्ट्रिय दलित आयोगले डोटी जिल्ला सदर–मुकाममा आयोजना गरेको एक कार्यक्रममा आयोगका सदस्य सचिव भुवन वहादुर सुनारले अनियमितता गरेको समाचारहरु प्रकासन एवं प्रसारण भएपछि दलित अगुवाहरु आक्रोसित भएका छन । सदस्य सचिव सुनारले कार्यक्रममा योजना गरिएको भन्दा बढी मान्छे सहभागि भएको भन्दै दुई सय रुपैयाँमा हस्ताक्षर      गराएर एक सय रुपैयाँ मात्र  बितरण गरेका थिए । दलित अगुवा रविन्द्र भन्छन ‘किन योजना गरिएका भन्दा बढी मान्छे वोलाईयो त ?’ उनले कसको कमजोरीका कारण समस्या भएको हो सो वारेमा पनि खोजी हुनु पर्ने वताए । ‘दलित वर्गको बिकास गर्ने भनेर उल्टो हाम्रै नाममा खुल्याम भ्रष्टाचार गर्नु कति नैतिकता हो ?’ रविन्द्रको प्रश्न थियो । उनले आफु राष्ट्रिय दलित आयोगमा फोन गरी सुनारलाई कारवाही गर्न माग गर्ने वताए ।
यस्तै बिचार र आक्रोस व्यक्त गर्छन अर्का दलित अगुवा खगेन्द्र नेपाली । खगेन्द्र भन्छन ‘सोझासाझा दलितहरुलाई वचेर खाने टाठावाठा दलितहरुकै कारण हाम्रो प्रगति हुन सकेन । सुनार जस्ता व्यक्तिहरुलाई तत्काल कारवाही गर्नु पर्ने माग राख्दै खगेन्द्र भन्छन ‘तर कारवाही को ले गर्ने ?’
आयोगका बितरण गरेको सहभागिहरुको भत्तामा सदस्य सचिव स्वयंलेनै सहभागिहरुलाई दुई सयमा हस्ताक्षर गराई एक सय मात्र बुझाएका थिए । त्यतिमात्र होईन सदस्य सचिव सुनारले सहभागिहरुको हस्ताक्षर आफै गरिदिने भन्दै उनीहरुलाई भत्ता दिँदै पठाएका थिए । कति सहभागिहरु ले अर्कैको नाममा समेत हस्ताक्षर गरेका थिए ।

वगलेकमा महिला सुरक्षा केन्द्र

गाबिस भवनसंगै जोडिएको चिटिक्क परेको भवन । छाना वझाङवाट ल्याईएको स्लेटले छाईएको छ । तीन कोठा र एक हल भएको भवनमा एकतिर सहकारी पसल चलाउने व्यवस्था गरिएको छ । हलमा महिला समूहहरुका वैठक वस्ने व्यवस्था गरिएको छ । एक कोठामा महिलाहरुको आवासका लागि सुरक्षित व्यवस्था गरिएको छ ।
तीन शौचालय, तीन स्नानकक्ष, तीन पानीका धारा । सार्य उर्जा पद्धतिको प्रयोगवाट तातो पानी र चिसो पानीको समेत व्यवस्था गरिएको छ ।
वगलेक गाबिसमा गाबिस कार्यालयको भवनसंगै सेवक नेपाल र गाउँ बिकास समिति वगलेकको सहयोगमा स्थानीयवासीहरुले महिला सुरक्षा केन्द्रको भवन निर्माण गरेका छन । निर्माणपछि गाबिसलाई हस्तान्तरण भईसकेको उक्त भवन औपचारिक रुपमा उद्घाटन हुन नसक्दा प्रयोगमा भने आउने सकेको छैन । सेवक नेपालको पहलमा उक्त भवन निर्माण गरिएको वगलेकका स्थानीयवासी धनवहादुर ओली वताउछन । उक्त भवनमा २९ लाख ५६ हजार लगानी  भएको ओलीको भनाई छ ।
परियोजनाको २४ लाख, स्थानीयवासीको पाँच लाख र वगलेक गाउँ बिकास समितिको ५७ हजार लगानी भएको गाबिस सचिव भीमहादुर धामीले वताए ।
महिलाहरु सुत्केरी भएका वेला र महिनावारी भएका वेला घरमा सुरक्षित तरिकाले नुहाउने धुने, बस्ने वातावरण नहुने हुनाले महिलाहरुको सुरक्षाका लागि उक्त भवन निर्माण गरिएको सवेक नेपाल डोटीका संयोजक मुकुन्द राना वताउँछन ।
रानाले केही दिनभित्रै उक्त भवनको बिधिवत् रुपमा उद्घाटन भएपछि प्रयोगमा आउने जानकारी दिए । भवनको संरक्षणका लागि स्थानीय महिलाहरुको समूह निर्माण गरेको वताउँदै रानाले भवनले यस क्षेत्रका महिलाहरुलाई सुबिधा हुने बिश्वास व्यक्त गरे । लुगा धुँदा र नुहाउँदा खेर गएको पानी संकलन गर्न छुट्टै पोखरी निर्माण गरिएको छ । खेर गएको पानी संकलन गरी तरकारी खेतीमा प्रयोग गर्ने उद्देश्यका साथ उक्त पोखरी निर्माण गरिएको संयोजक रानाको भनाई छ । रानाले समग्रमा भन्दा यो भवन बहुउद्देश्यीय भवन भएको वताए ।
यद्यपी भवन निर्माणका क्रममा गाबिसवासी सवैलाई जानकारी नै नगराएको भन्दै आलोचना गर्नेहरु पनि रहेका छन । वगलेक गाबिस–२ कि सुनिता ठकुन्ना भन्छिन ‘भवन निर्माणका क्रममा गाबिसका सवै वडाहरुको प्रतिनिधित्व गराईएन, ४ र ५ वडाका मान्छेलाई मात्र समावेश गरेर समूह गठन गरिएको छ, के प्रयोजनका लागि भवन वनेको हो भन्ने पनि हामीलाई थाह छैन ।’ यस्तै गुनासो वगलेक–७ की पदमादेवी साउँदको पनि रहेको छ ।
जे होस् भवन राम्रो निर्माण भएको छ । थुप्रै लगानी भएको छ । यसको सदुपयोगका लागि सरोकारवाला सवैले ध्यान दिनु जरुरी छ । अन्यथा आजसम्म डोटी जिल्लाका बिभिन्न स्थानमा निर्माण भएका सामुदायिक भवनको दुरदशाँ भन्दा यस भवनको पनि फरक हविगत हुनेछैन । समयमै ध्यान दिनु जरुरी छ ।

छोटकरी समाचार 

सिलगढी गाबिस

दिपालय सिलगढी नगरपालिका भएको झण्डै ३० वर्ष पुगिसक्दा पनि राष्ट्रिय योजना आयोगले सिलगढीलाई गाबिसकै रुपमा सम्वोदन गर्ने गरेको छ ।
आयोगको “चालु आर्थिक वर्ष २०७०÷०७१ मा सञ्चालन गरिने बिकास कार्यक्रम र बिनियोजित रकम” भन्ने पुस्तिकामा सिलगढीलाई पटक–पटक सिलगढी गाबिस भनेर सम्वोदन गरिएको छ । कतै दिपालय सिलगढी नगरपालिका भनिएको छ भने कतै सिलगढी गाबिस । उक्त पुस्तिकामा जिल्ला अधिकांस गाबिसको नाम समेत फेरिएको छ । छतिवन गाबिसलाई बुडर गाबिस भनिएको छ भने मुडेगाउँ गाबिसलाई भुँडेगाउँ गाबिस भनिएको छ ।
तिजाली गाबिसलाई जातिली गाबिस, जिजोडामाण्डौंलाई कतै जिजमाणौं र कतै जिलोटामाण्डौं नाम दिईएको छ ।
कतिपय योजनाहरुको नाम मात्र उल्लेख गरिएको छ तर त्यसको स्थान कहाँ हो भन्ने वारेमा खुलाईएको छैन ।
आयोगले चालु आवमा यस जिल्लामा निर्माण गर्ने योजनाहरुमा सवैभन्दा वढी सडक यातायातका योजनाहरु रहेका छन । जसमा शहरी सडक पाँचवटा, सडक पुल निर्माण चार वटा र आर्थिक केन्द्र जोड्ने सडक भनेर २४ वटा सडक योजनाहरु राखिएको छ । २४ वटै सडक योजनाहरुमा ६ लाखका दरले रकम बिनियोजित गरिएको सो पुस्तिकाले देखाएको छ । थप चारवटा पुल निर्माणका लागि भने योजना अनुसार फरक फरक गरी जम्मा ३७ लाख रकम बिनियोजित गरिएको पुस्तिकाले देखाएको छ ।

खेल समाचार 

खेल हार्दा बिवाद बढ्यो


मनाङ–मस्र्याङ्दीविरुद्ध थ्री–स्टारको खेल हेर्न झन्डै १२ हजार दर्शक दशरथ  रंगशाला पुगेका थिए । तर, उनीहरूले बेस्ट टिम विरुद्ध ड्रिम टिमको वास्तविक स्तर अनुभव गर्न पाएनन । साँच्चै भन्ने हो भने मनाङ–विरुद्ध थ्री–स्टारको खेल  रोमाञ्चक थिएन । स्तर अनुसार खेलाडीको प्रदर्शन साह्रै फितलो थियो । तर, उपाधि होड रोमाञ्चक बनाउने नतिजाले खस्किएको फुटबल स्तरबारे बहस गर्ने स्थान लिइदियो । त्यसैले खस्किएको लिगभन्दा अंकको हिसाबमै धेरैको ध्यान खिचिएको छ ।
हुन त ७९ वर्ष पुरानो क्लब एनआरटीले १ वर्ष फुटबल नखेल्ने वैशाखमा घोषणा गरेको नकारात्मक खबरसँगै घरेलु फुटबलको नयाँ सिजन सुरु भएको थियो । एक अर्ब रुपैयाँ भन्दा धेरैको सम्पत्ति भएको एनआरटीले फुटबल छाड्नुको मुख्य दोष एन्फा (अखिल नेपाल फुटबल संघ) नेतृत्वलाई लगायो । एन्फा अध्यक्ष गणेश थापाले प्रतिबद्धता गरेर पनि क्षतिपूर्ति नदिएकाले ऋण तिर्न फुटबलबाट अलग्गिने निर्णय गरेको उसले जनायो । उसको आरोप र लिगमा हैसियतबारे एन्फा अहिलेसम्मै आँखा चिम्लेरै बसिरहेको छ ।
नेपाली फुटबलमा गौरवशाली इतिहास बोकेको ८१ वर्ष जेठो क्लब आरसीटी लिग सुरु हुनु एक साताअघिसम्म पनि खेल्ने र नखेल्ने दोधारमा थियो । एनसेल कप नखेले पनि आरसीटी फुटबलप्रेमीको चर्को दबाबमा लिग खेल्न बाध्य भयो । तर, त्यो बेलासम्म तयारीका लागि ढिलाई भइसकेको थियो । अन्ततः आफ्नै कमजोरीले ए डिभिजनमा उसको हैसियत समाप्त पा¥यो ।
आर्थिक समस्या देखाएर आरसीटीले आफ्नो कमजोरी लुकाउन खोजेको छ । तर, आरसीटी ठूला–साना प्रयोजनबाट ५० लाख रुपैयाँ जुटाउन नसक्ने हैसियत नभएको क्लब होइन । आरसीटीभित्र एन्फा नेतृत्व नजिक र टाढा हुनेबीच गुटबन्दी छ । यी दुई गुटमा पानी बाराबारको स्थिति छ । लिगको ६ उपाधि र ‘ए’ डिभिजनको अनवरत यात्रामा त्यही गुटबन्दीको सिकार बन्यो, आरसीटी । अर्थात आरसीटीलाई फोहोरी खेलले सिध्यायो ।
‘ए’ डिभिजनमै टिक्ने निधो भएपछि जावलाखेलका एक पूर्वपदाधिकारीको फेसबुक स्टाटसमा लेखिएको थियो, ‘रेलिगेसनबाट बच्दा पनि बधाई खानुपर्ने कस्तो दिन आएछ !’  कुनै बेला नरशमशेरले नेतृत्व गरेको क्षेत्रको जावलाखेल इतिहास र हैसियतअनुसार उपाधिका लागि खेल्नुपर्ने हो । तर, लगातार ए डिभिजनमै अडिन मात्र चाहिरहेको छ । मुहार छोप्न मुकुन्डो नलाएर मास्क लगाए सरहको उसको हैसियत कसैको इशारा र आन्तरिक गुटबन्दीमै अभिप्रेरित छ । यस्तै हो भने अब बस्ने काम छैन प्रशिक्षक किशोर केसीले भने । थ्री–स्टारले मनाङलाई हराएर लिग त रोमाञ्चक बनायो । खेल रोमाञ्चक बनाउने ती खेलाडीहरूले नियमित तलब नै पाइरहेका छैनन् । त्यसैले मैदानमा ओर्लेर दर्शक रुझाउने उनीहरूको दैनिकी कति पीडादायी छ भन्ने पैसा नपाएका खेलाडी बाहेक अरूलाई अनुमान गर्न पनि गाह्रो पर्छ । थ्री–स्टार मात्र होइन, अरू थुप्रै क्लबको हालत पनि उस्तै छ । ‘फुटबल मार्केटिङ’ को ज्ञान नहुँदा वा भएर पनि बेवास्ता गर्दा क्लबहरू आर्थिक संकटमा परेका हुन ।
ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले भने ‘सबथोक पैसा रहेछ ।’ त्यसैले होला नियमित तलब दिइरहेको मछिन्द्रको फेसबुक स्टाटसले फुटबल जगतमा ठूलै चर्चा पायो । मनाङका खेलाडी हरेक प्रतियोगितामा उपाधि जित्नै पर्ने दबाबमा हुन्छन् । त्यसमा मुख्य ऊर्जा नै नियमित तलब भएको खेलाडी बताउँछन् । तलबको आस, हाईफाई लाइफ–स्टाइलले खेलाडीले मिहिनेत गर्न पनि छाडेका छन् । मैदानमा त्यसको प्रतिबिम्बका रूपमा अफ्रिकी खेलाडीको निर्णायक प्रदर्शन बनेको छ ।
खस्कँदो खेल र प्रतिकूल नतिजा सँगसँगै रेफ्री विवादमा तानिएका छन । आफ्नो टिमले जितिन्जेल रेफ्रीमा ‘नो कमेन्ट’ र असफलतासँगै ‘रेफ्रीले हरायो’ भन्ने प्रशिक्षकको सूची लामै छ । सुरुमा रेफ्रीको निर्णयविरुद्ध आक्रोशित फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीले भने, ‘फुटबलमा रेफ्री पार्टटाइम काम गर्छन । उसको पेसा अर्कैतिर हुन्छ । यस्तोमा राम्रो रेफ्री खोज्नु मूर्खता हो ।’ वास्तवमा ह्विसिल फुकेकै कमाईमा जीवन जिउने आधार भयो भने मात्र स्तरीय रेफ्री आस गर्नुपर्छ ।
क्लबले फुटबल छाड्नु, ठूलो टिम बनाउन नचाहनु, खेलाडीले नियमित तलब नपाउनु र क्लबहरूमा दक्ष जनशक्तिको अभाव हुनुमा व्यवस्थापकीय कमजोरी हो । त्यो समस्या निराकरण गर्ने दायित्व एन्फाको हो । तर, एन्फाले यही मुख्य दायित्व बोध गरेको छैन । त्यसैले त मैदानको निर्णयलाई लिएर फ्रेन्ड्स अदालत नै पुग्यो । एन्फाका ‘स्वयंसेवक’ पदाधिकारीले दक्षिण एसियामा भुटान र अफगानिस्तानपछिको सबैभन्दा छोटो ३९ दिने लिग सञ्चालन गरिरहेका छन । जबसम्म एन्फा आफैं संस्थागत संरचनाको व्यवस्थित रूपमा जाँदैन, तबसम्म नेपाली फुटबल व्यावसायिक हुने छैन ।          
ईकान्तिपुर अनलाईनवाट

चलचित्र समाचार 


अर्चना अव बङ्गाली चलचित्रमा

फिल्म “ढुवानी” को आईटम गीतमा आफ्नो जवानी छल्काएर रजतपटमा प्रवेश गरेकी अर्चना देलालले बङ्गाली फिल्म गर्दैछिन । जसको सोमबार औपचारिक रूपमा जानकारी गराईयो ।
‘सादा कालो आकाशेर क्यानभासे’ नामक बङ्गाली फिल्ममा अर्चनालाई मुख्य भूमिका दिइएको बङ्गाली निर्देशक तनविन रफिकले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । निर्देशक रफिकले अर्चना ‘ट्यालेन्ट्’ भएर फिल्मलाई लिएको बताए । यता हिरोईन बन्न लागेकी अर्चनाले आफू अडिसनबाट छनोट भएको बताउँदै बङ्गाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताईन ।
अर्चनाको अनुहार फिल्मको कथासँग मिल्ने भएकाले पनि फिल्ममा अनुबन्धित गरिएको निर्देशक बताउँछन । नेपालीमा ‘मायाको परिचय्’ अर्थ बोक्ने यो फिल्मको ६० प्रतिशत सुटिङ नेपाल र बाँकी बङ्गलादेशमा गरिने बताईएको छ । नेपाल र बङ्गलादेशको सम्बन्ध सुमधुर बनाउन र दुई देशको कलासंकृति आदानप्रदान गर्न फिल्मले सहयोग गर्ने निर्देशकले बताए ।
अर्चना बाहेकका अन्य कलाकार बङ्गलादेशबाटनै हुने बताईएको छ । फिल्मको छायाँकन मार्च महिनाको पहिलो साताबाट शुरू गरिने भएको छ । बङ्गलादेशका विभिन्न टीभी सिरियल, विज्ञापन, भिडियो निर्देशन गर्दै आएका रफिकको यो पहिलो फिचर फिल्म हुनेछ । उनले यसपश्चात् ‘गुड इभिनिङ काठमाण्डु’ नामक फिल्म निर्देशन गर्ने समेत बताए ।
फिल्मलाई बंगलादेशको ‘क्लाउड ९’ र नेपालको ‘नेप्लिज स्टारडम इन्टरटेन्मेन्ट फिल्म्स’ ले मिलेर निर्माण गर्न लागेको   छ । यसअघि नेपाल र बङ्गलादेशको ज्वाईन भेन्चरमा ‘हामी एक हौं’ नामक नेपाली फिल्म निर्माण भएको थियो ।

मोक्ष हेर्न दर्शकहरुको सुझाव

व्यवसायिक पाटोलाई छोड्ने हो भने देशका पर्दामा प्रदर्शनरत फिल्म ‘मोक्ष’ले दर्शकको मन जितिरहेको छ । मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठकै वास्तविक जीवनसँग बढी मेल खाने फिल्म ‘मोक्ष’को व्यापार शुक्रबारको तुलनामा शनिबार उच्च भएको रिपोर्ट छ । निर्माता सुनिल मानन्धरले दाबी गरे जस्तो दुई दिनमा मोक्षको व्यापार एक करोडको भने हुन सकेन ।
वितरक समेत रहेका मानन्धरले माउथ पब्लिसिटी राम्रो भएकाले दर्शक बढ्ने विश्वास गरे । राम्रो प्रशंसा बटुल्न सफल ‘मोक्ष’ को ओभरसिज डिमान्ड उच्च छ । बिदेशमा रहेका दर्शकलाई ‘मोक्ष! गतिलो खुराक बन्न सक्छ । कोसिस क्षेत्री र बेनिशा हमालको मुख्य अभिनय रहेको मोक्ष हेरेर कस्ले कस्तो प्रतिक्रिया दिए ?
निर्देशक श्रेष्ठको उपचारमा संलग्न न्यूरोलोजिस्ट डा.बसन्त पन्त मोक्ष बारे भन्छन्( ‘यो फिल्मले मेरुदण्ड पक्षघाती भएका व्यक्तिप्रति नेपालीले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्छ ।’ पछिल्लो समय बलिउड फिल्म क्षेत्रप्रति सोझिएका अभिनेता सुनिल थापा मोक्ष हेरेर भन्छन ‘यो अहिले र पछिसम्मकै उत्कृष्ट फिल्म हो यो ।’
कलाकार तथा निर्माता दिपकराज गिरी ‘मोक्ष’ अर्गानिक फिल्म रहेको प्रतिक्रिया दिन्छन । ‘छ एकान छ’ का नक्कली सलमान खान भन्छन ‘फिल्मले युवावर्गलाई आकर्षण गर्छ । यस्तो फिल्मलाई हरेक तहबाट प्रोमोट हुन जरुरी छ ।’ कलाकार विल्सन विक्रम राई थप्छन ‘फिल्म राम्रो बनेको छ । मन छोयो ।’
त्यस्तै ‘छ एकान छ’ का निर्माता मध्येका एक निर्मल शर्मा गैंडा भन्छन ‘फिल्मले मन छोयो । निर्देशकले उत्कृष्ट काम गरेका छन ।’ बौद्धिक वर्गदेखि सामान्य दर्शकले समेत फिल्मलाई मन पराएपछि निर्देशक प्रविन श्रेष्ठ यतिखेर मख्ख छन । दर्शकबाट वाही वाही पाएको ‘मोक्ष’ले समिक्षकको मन पनि छुन सफल भएको छ ।

लेख 

मुलुकलाई दुर्दिनबाट जोगाउन शान्ति र संविधान अपरिहार्य

शंकरदीप मडै (अधिबक्ता)
वर्तमान प्रतिस्पर्धी विश्वमा नेपाललाई जतिसक्यो छिटो शान्ति, समृद्धि र स्थीरताको बाटोमा अग्रसर गराउनु पर्ने अपरिहार्यता रहेको छ । शान्ति, समृद्धि र स्थीरता बिना न त प्राप्त राजनीतिक उपलब्धीहरुलाई सुदृढ तुल्याउन सकिन्छ न त आर्थिक उपलब्धिनै हासिल हुनसक्छ । हाम्रो मुलुक रहेको २४० बर्षसम्म राजतन्त्र, १०४ बर्षसम्म जहानीया राणा शासन र ३० बर्षसम्म पञ्चायती ब्यबस्थाका नामले  नेपाली जनताको सार्बभौमसत्ता र आधारभुत अधिकार उपयोग गर्न समेत बन्चित गरेर नेपाली जनतालाई रैती र दास बनाएर उनीहरुको आर्थिक, समाजिक तथा सांस्कृतिक रुपले तात्कालिन शासकहरुले शोषण गरेका थिए । त्यसैले नेपाली जनताले बेला बेलामा उल्लेखित शासकहरुको बिरुद्ध र  स्वतन्त्रताको निम्ति जनबिद्रोह र जनआन्दोलन गरेको गौरबशाली ईतिहास हाम्रा पुर्खाहरुले निर्माण गरेका छन् । ३० बर्षलामो नेपाली जनताको अधिकार हरण गरेर बसेको पञ्चायती ब्यबस्थाको अन्त्य जनआन्दोलन भाग १ (२०४६) ले गरेको हो ।  नेपालका बामपन्थी र प्रजातान्त्रिक शक्तिहरु मिलेर जनआन्दोलन भाग १ सफल बनाएका हुन् । तात्कालीन अबस्थामा बामपन्थी, प्रजातान्त्रिक शक्ति र राजाबिच त्रिपक्षीय सहमति गरेर नेपाल अधिराज्यको संबिधान २०४७ अनुसार बहुदलीय प्रजातान्त्रिक संबैधानिक  राजतन्त्र सहितको शासन प्रणाली कायम रहेको हो । राजतन्त्र सहितको बहुदलीय ब्यबस्था करीब डेढ दशकसम्म जेनतेन चलेको बास्तबिकता हामी माझ स्पष्टै छ । त्यस किसिमको संबैधानिक राजतन्त्र सहितको बहुदलीय ब्यबस्थाको बिरुद्धमा २०५२ साल फल्गुन १ देखि तात्कालीन नेकपा माओबादीले सशस्त्र बिद्रोहको उद्धघोष गरेर नेपालमा साम्यबादी ब्यबस्था स्थापना गर्ने नाम दिएर जंगल पसेको र करीब एक दशक लामो आन्तरिक सशस्त्र द्वन्द्व हाम्रो मुलुकमा चलिरहदा पनि त्यसले कुनै निकास ल्याउन सकेन भने उता नारायणहिटी राजदरवारमा रहेको राजा बिरेन्द्र शाहको मिति २०५८ साल जेष्ठ १८ गते रहस्यमय किसिमले पुरै बंशबिनास हुने गरी दरवार हत्याकाण्ड   गरिएको  थियो । तात्कालीन प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोईराला नारायणहिटी      राजदरवार हत्याकाण्डको घटनाको बिषयमा केही  दिनसम्म अनबिज्ञ रहेका थिए । त्यस नारायणहिटी हत्याकाण्डको बास्तबिकता ढाकछोप गर्नको लागि तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा तिन सदस्यीय छानबिन आयोगको गठन गरिएको थियो र सो छानबिन आयोगले नारायणहिटी दरवार हत्यकाण्डमा रहस्यमय किसिमले हत्या भएका युबराज दिपेन्द्रद्वारा घटाईएको भन्ने रानाभाट छानबिन आयोगले वास्तबिक हत्यारा बचाउनको लागि कपोलकल्पित प्रतिबेदन सार्बजनिक गरेको थियो । राजदरवार हत्याकाण्ड घटाउने र मुलुकको शासन सत्ताको बागडोर आफ्नो हातमा लिने र अनन्तकालसम्म मुलुकमा निरंकुश एकछत्र राजन्त्रको स्थापना गर्ने राजाको रुपमा चिनाउन चाहने पुर्बराजा ज्ञानेन्द्र शाहले पनि २०५९ बैशाख ८ ततत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा बिघटन गरिएको थियो । पुर्बराजाले मध्येरातमा मुलुकको शासनसत्ता आफुले लिएको घोषणा गरेर नेकपा एमाले, नेपाली कांगे्रस समेतका राजनीतिक पार्टीहरुमाथी अघोषित प्रतिबन्द लगाईयो । बिभिन्न आरोपहरु लगाएर नेकपा एमाले र नेपाली कांगे्रसका केन्द्रीय स्तरका र जिल्ला स्तरका नेताहरुलाई स्थान हद गर्ने र गिरफ्तार गरेर राख्ने काम गरियो  । मुलुकमा एकातिर राजा ज्ञानेन्द्र शाहको तानाशाही शासन, अर्कोतर्फ तात्कालीन नेकपा माओबादीले जंगलबाट संचालन गरेको सशस्त्र युद्ध सञ्चालनको अबस्थामा मुलधारका सात राजनीतिक पार्टीहरु र सशस्त्र बिद्रोह गरिरहेको तात्कालीन नेकपा माओबादीबिच मिति २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमति गरेर राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्र समाप्तिको लागि २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलन भाग २ (२०६२ चैत्र २४ देखि २०६३ बैशाख ११ गते) का दिन  संसदको पुनःस्थापना गराएरै  छोडेको थियो । त्यस पुनःस्थापित संसदले सरकारको गठन गरेको थियो र सो सरकारले तात्कालीन नेकपा माओबादी पार्टीसंग बार्ता   गरेर शान्ति प्रक्रियामा ल्याउनको लागि नेपालको अन्तरीम संबिधान २०६३ माघ १ गतेदेखि लागुहुँने गरी जारी गरेको र संसद र सरकार दुबै ठाउमा नेकपा माओबादी पार्टीको सहभागिता गराएको थियो । त्यसरी गठन भएको नेकपा एमाले, नेपाली कांग्रेस र तात्कालीन नेकपा माआबादी पार्टी सहितको सरकारले नेपालको प्रथम संबिधान सभाको निर्बाचन मिति २०६४÷१२÷२८ गतेका दिन सामानुपातिक ३३५ जना र प्रत्यक्ष तर्फ २४० जना र बिभन्न क्षेत्रका बिषयबिज्ञ २६ जना  सरकारद्वारा मनोनित गरी ६०१ सदस्यीय संबिधानसभाको गठन भएको थियो । सो संबिधानसभाको पहिलो बैठक  शुभारम्भ मिति २०६५÷२÷१५ गते गरिएको थियो । सो संबिभानसभाको प्रथम बैठकले नेपालमा २४० बर्षसम्म नेपाली जनतामाथी शासन चलाउदै आएको राजतन्त्रको बिधिबत उन्मुलन गरेको बिषय कार्यान्वयन गरिएको थियो । नेपाल धर्म निरपेक्ष राज्य पनि घोषणा गरिएको कुरा पनि कार्यान्वयन गरिएको थियो । नेपालको अन्तरीम संबिधानले  नेपालमा भएको प्रथम संबिधानसभाको कर्यकाल २ बर्षको निर्धारण गरिएको थियो । यदी बिशिष्ट परिस्थिति सृजना भएमा मात्र सो संबिधानसभाको कार्यकाल ६ महिनासम्म बढाउन सकिने संबैधानिक प्राबधान रहेको थियो । तर सो प्रथम सबिधानसभाको कार्यकाल संबिधानसभाले आफै पटक पटक संसोधन गरेर ४ बर्षसम्म लम्ब्याएर पनि संबिधान निर्माणको कार्य सम्पादन नै नगरी डा. बाबराम भट्टराई सरकारद्वारा बिघटन    गरिएको थियो  । नेपाल संघीय स्वरुपमा जाने कुराको प्रत्याभुति गरेको बिषयमा प्रमुख तिन दल नेकपा एमाले, नेपाली काग्रेस र एनेकपा माओबादीबिचमा संघीयताको बिषयमा आ–आफ्ना अडानमा रहदा संबिधानसभाको बिघटन गर्न पर्ने परिस्थिति सृजना भएको थियो । लामो समयसम्म प्रमुख तिन दल र मधेशी दलहरु बिचमा संघीयताको बिषयमा मतऐक्यता नभएको कारणले संबिधाननै निर्माण नगरेर संबिधानसभाको बिघटन भएको तितो सत्य हाम्रो सामु ताजै छ । नेपालको अन्तरीम संबिधान २०६३ ले दोश्रो संबिधानसभाको कुनै परिकल्पना समेत नगरेको कुरा दोश्रो संबिधानसभाको निर्बाचन पनि मिति २०७०÷८÷४ गते पुनः ६०१ सदस्यीय संबिधानसभाको हुँने भएको छ । यही मिति २०७०÷१०÷८ गते दोश्रो संबिधानसभाको प्रथम बैठक शुभारम्भ गरिएको छ ।
दोश्रो संबिधानसभाको प्रथम बैठक उल्लेखित तिथि मितिमा शुभारम्भ भएको छ । आजसम्म मुख्य बिषयमा प्रमुख राजनीतिक पार्टीहरुको बिचमा सहमति कायम हुन सकेको छैन । त्यसैगरी राष्टूपतिको निर्बाचनको कुरा पनि टुङ्गाउन सकेका छैनन् । नेपालमा बिगत १० बर्षसम्म भएको आन्तरिक सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत दुबै पक्षबाट भएको मानबता बिरोधी अपराधका घटनाहरुमा भएको सत्र हजार भन्दा बढी  नेपाली जनताले आफ्नो ज्यान गुमाएका छन भने सत्र हजार ज्यान गुमाउने नेपाली जनताको परिवारका सदस्यहरुले आफ्नो परिवारको सदस्यको ज्यान गुमाउदा भोग्नु परेको पिडाले बिचल्लिमा परेको स्थिति रहेको छ । बिस्तृत शान्ति सम्झौतामा उल्लेख भएको मुख्य कुरा माओबादी लडाकुहरुको ब्यबस्थापन गर्ने, संबिधानसभा मार्फत नेपाली जनताको संघीय लोकतान्त्रिक गणतान्त्रिक संबिधानको निर्माण द्वन्द्वकालमा कब्जामा लिएको घरजग्गा सम्बन्धित पक्षलाई फिर्ता गर्ने, समानान्तर रुपमा बिद्रोही नेकपा माओबादी पार्टीद्वारा स्थापना गरिएको जनसरकार र जनअदालतको बिघटन गर्ने, त्यसै गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति स्थापना गर्ने बिभिन्न बिषयहरुमा भएका राजनीतिक सहमतिहरुको अक्षरस कार्यान्वयन हुन सकेन प्रथम संबिधानसभाको निर्बाचन सम्पन्न भएर २ बर्षको कार्यकाल संबिधानसभाले आफै पटक पटक अन्तरिक संबिधान २०६३ लाई संसोधन गरेर थपेर गरेर ४ बर्षको समयाबधि सम्म बेतित गरेर राज्यकोषमा रहेको अरबैको ढुकुटी रित्याएर पनि संबिधान निर्माण गर्ने मुख्य कार्यभार नै पुरा नगरी मिति २०६९ साल जेष्ठ १५ गते राती ११.२९ बजेको मध्येरातको समयमा बिघठन गरिएको थियो । प्रथम संबिधानसभाले आफ्नो कार्यकालको चार बर्षमा द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नको लागि गर्नु पर्र्ने काम सत्य निरुपण  तथा मेलमिलाप आयोग ऐन निर्माण गरेर मानबता बिरोधी अपराधमा संलग्न पक्षलाई प्रक्रिया थालनी गरेर आममाफी दिनु पर्ने प्रक्रिया पुगेको मुद्धाहरुमा आम माफी दिने र दण्ड  गरिनु पर्ने नै भएमा दण्डीत गर्ने कार्य शुभारम्भनै नगरी संबिधानसभाको बिघटन भएको थियो । द्वन्द्वबाट प्रभाबित भएका नेपाली परिवारको घाउमा मलमपट्टी लगाउने काममा मुख्य राजनीतिक पार्टीहरुले आफ्नो प्राथमिकता भित्रको काम नबनाएको कारणले त्यस किसिमको नियति द्वन्द्वपिडित परिवारले भोग्नु परेको अबस्था हो । उल्टै नयाँ शान्ति तथा पुनः निर्माण मन्त्रालय स्थापना गरेर आफ्नो पार्टीको सरकार बनेको समयमा आ–आफ्नो पार्टीका कार्यकर्तहरुलाई द्वन्द्वपिडित राहात बितरण गरेर बास्तबिक द्धन्द्व पिडित परिवारहरुलाई आहात पारिएको अबस्था छ । पछिल्लो दोश्रो संबिधानसभाको निर्बाचन यही मिति २०७० साल मंसिर ४ गते  निर्बाचनद्वारा निर्बाचित संबिधानसभाले बिगतको प्रथम संबिधानसभाले नगरेको काम पुरा गर्ने कार्यभार दोश्रो संबिधानसभाले बहन गर्न पर्ने परिस्थिति आएको छ । त्यसैले दोश्रो संबिधानसभाको कार्य प्रारम्भ भैसकेको हुनाले बिगतको संबिधानसभाले जस्तै नाम संबिधानसभा काम संसंदले गर्ने जस्तो सरकार बनाउने र सरकार ढाल्ने मात्र गरेर अधिकांस समय बेतित गरेर संबिधान निर्माणको कार्य ओझेलमा पारिएको थियो त्यसबाट पाठ सिकेर दोश्रो संबिधानसभाले त्यही प्रबृत्तिको पुनराबलोकन नगरियोस । नेपाली जनताको त्याग बलिदान र समर्पणबाट आएको नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिमुलक परिबर्तनको रक्षा गर्ने जिम्मेवारी नेपालका प्रमुख राजनीतिक पार्टीहरुको नै हो । नेपाली जनताले आजका मितिसम्म अनुमोदन गर्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस र एनेकपा माओबादी पार्टीहरुले जनपक्षीय काम गर्दै गएमा यिनै शक्तिलाई नै कहिले सत्ताको बागडोर त कहिले प्रतिपक्षको जिम्मेवारी नेपाली जनताले दिने सम्भावना रहेको छ तर नेपाली जनताले दिएको जनमतको अनादर गर्ने र गैरराजनीतिक कार्य गरेर नेपाली नेताको आशा र अपेक्षामाथी तुसारापात गरेमा जनताले नयाँ बिकल्पको खोजि पनि गर्ने हुन सक्दछ । त्यसैले मुख्य तिन राजनीतिक पार्टीहरुको भुमिका र उनीहरुको कामको नेपाली जनता शालिनतापुर्बक अनुगमन र मुल्याङ्कन गरिरहेको छ । दोश्रो संबिधानसभाले नेपाली जनताले दिएको जिम्मेवारी ईमानदारीका साथ बहन गरेमा त्यसको उच्च मुल्याङ्कन गर्नमा कदापी चुक्ने छैनन् भन्ने कुराको पुष्टि पहिलो र दोश्रो संबिधानसभाबाट संकेत गरिसकेको छ ।
 गत ऐतिहासिक जनआन्दोलन भाग २ पछि देश गणतन्त्रमा प्रवेश गरेर प्रायजसो सबै प्रमुख राजनीतिक दलहरुको एउटा प्रमुख राजनीतिक आन्दोलनको विषयमा टुंगो लागिसक्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा हुन सकिरहेको छैन । संविधानसभाको समायवधि पटक  पटक थप गरेर ४ बर्षसम्म पनि संबिधान निर्माणको कार्य सम्पादन हुन सकेन र दोश्रो संबिधानसभाको निर्बाचनमा मुलुक जानु परेको तितो सत्य हामी सामु छ । राजनीतिक पार्टीहरुको बिचमा बिगतमा शान्ति प्रक्रियामा रहेका विवादहरु आजसम्म पनि कायमै छन् भने संविधान निर्माणका क्षेत्रमा रहेका मुख्य विवादहरु यथावत् छन् । अब आज आएर दोश्रो संबिभानसभाको निर्बाचनबाट राजनीतिक पार्टीको पोजिसन फेरिएको अबस्था छ । त्यसले आगामी दिनमा संबिधान निर्माणको प्रक्रियामा के कस्तो असर प्रभाव र भुमिका निर्बाह गरिन्छ नेपाली जनताको चासोको बिषय बनेको छ । दोश्रो संबिधानसभाको निर्बाचनद्वारा सबैभन्दा ठुलो पार्टी हुन पुगेको नेपाली काँग्रसले कसरी सबै राजनीतिक शक्तिहरुलाई समेटेर लैजान्छ ? सबै राजनीतिक पार्टीहरुको भुमिका र सहयोग ठुलो दलको हैसियतले ब्यबस्थापन गर्नुपर्ने हुन्छ । विस्तृत शान्ति सम्झौता र त्यसको आधारमा भएका दर्जनौ सम्झौता, सहमति र निर्णयहरुको कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको छ, त्यसलाई कसरी अगाडी बढाईने हो । विगतमा द्वन्द्वको एउटा पक्ष (एनेकपा माओवादी) को तर्फबाट उक्त सम्झौता र सहमतिको कार्यान्वयनमा गम्भिर रुचि र तत्परता नदेखाईएकै कारणले नै शान्ति प्रक्रिया र संबिधान निर्माणको कार्य बिगतको पहिलो संबिधानसभाको कार्यकालमा अघि बढ्न नसकेको तथ्य स्पष्ट नै छ । शान्ति प्रक्रियाका कतिपय कार्य निश्कर्षमा पुग्न नसकेको कारणले संविधान निर्माणको कार्य पनि बिगतको संबिभानसभाले सकारात्मक निश्कर्षमा पुगाउन नसकेर बिघठनको संघारमा पुगेको हो ।
एनेकपा माओवादी सेनाका लडाकुहरु बिधिबत रुपमा नेपाली सेनामा बिलय भएका छ भने अर्धफौंजी संरचनाको रुपमा रहेको वाईसीएल् पनि अघोषित रुपमा निष्क्रिय अबस्थामा रहेको छ । संविधान निर्माणको काम पहिले सम्पन्न नगरी शान्ति प्रक्रिया पूरा गरिए आफुले चाहे जस्तो संविधान नआउने र एनेकपा माओवादी राजनीति रुपले पछि पर्ने आशंका एनेकपा माओवादी पार्टीका नेताहरुले बेला बखतमा बिभिन्न फोरमहरुमा प्रकट गर्दै आएका थिए । ..... क्रमसः (बाँकी अर्को अंकमा)  

मोफसल पत्रकारिता

चुस्त विज्ञापन नीति अवलम्वन गर्नुपर्छ

तुलसी भण्डारी, संवाददाता
राजधानी दैनिक, पर्सा
तपार्इंको पुरा परिचय पाउँ न ?
म तुलसी भण्डारी, संवाददाता, राजधानी दैनिक, पर्सा, स्थानीय अंकुश दैनिकको कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्य समितिको सदस्य ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पर्साको पहिलो दर्ता पत्रिका मालिङ्गो साप्ताहिक छाप्ने गौरव प्रेश   (लेटर प्रेश) को व्यवस्थापन हेर्ने भनि २०५३ सालमा काम सुरु गरेपछि सो प्रेशमा छापिने अन्य पत्रिकाका सम्पादकहरुले समाचार लेखेको देखेर त्यो भन्दा राम्रो त म लेख्न सक्छु जस्तो लाग्यो र रहरमा लेख्न    थालेें । पछि पो यो पेशा बुझ्दा समाज र देश सुधारने मुल कडी रहेछ र पूर्ण आबद्ध भएँ ।
 कति समय भयो यस पेशामा लागेको ?
२०५६ सालबाट आधिकारिक रुपमा यो पेशामा समर्पित भएको हुँ । लेखनी २०५४ सालबाट भएपनि पत्रिकाको सम्पादकीय लेख्न नसकुन्जेल मैले लेखेको समाचारलाई मैले आधार नमानेको हो । २०५६ मा मालिङ्गो साप्ताहिकका प्रधान सम्पादक ज्ञानबहादुर बस्नेतले मलाई तीन चार महिना पूर्ण रुपले पत्रिकाको सम्पादकीय लगायत सबै समाचार लेखनी गरे पश्चात २०५६ बैशाख १ गते पत्रिकाको कार्ड दिएपछिलाई नै मैले पेशाको सुरुवात ठानेको हुँ । शुरुमा कार्ड नपाएकोमा निकै रिस उठेपनि पछि बुझ्दा त ती सम्पादकको पत्रकारिताप्रतिको निष्ठालाई सलाम गर्छु । तर आजभोली कार्डको पहिलेनै दुरुपयोग गरेको पाईन्छ, ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलको पत्रकाररितामा आवद्ध रहेको मान्छे यो नै विट भनेर हुँदो रहेनछ, सबै समाचारलाई समेट्नु पर्ने हुँदा कुनैपनि विटमा विज्ञ नहुने र हल्का सबै विषयमा जानकारी राख्नै पर्छ । मनले चाँही सामाजिक विषयमा लेख्न भन्छ ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पहिलो त सामाजिक चुनौति नै हो । समाचार लेखिसकेपछि आईपर्ने विभिन्न किसिमका धम्की, खप्की र भौतिक आक्रमण तथा मानसिक तनाव । त्यसपछि आर्थिक उपार्जन पनि एउटा असल पत्रकारलाई आइपर्ने थप समस्या हो ।
 मोफसलै भएपनि पर्सा जस्तो तराईको बिकसित ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, राम्रै होला नि ?
व्यवसायिक पत्रकारिता भन्दा बाहिर जाने हो भने पर्सा सुगम नै छ । तर व्यवसायिक पत्रकारिताको दायरामा रहेर काम गर्ने पत्रकारका लागि जुनै जिल्ला भएपनि खास फरक पर्दो रहेनछ । कार्डधारी पत्रकारले एक डेढ बर्षमा सवारी साधन देखि बैङ्क व्यालेन्ससम्म गरेको हल्ला सुन्नमा आएपनि आफ्नो १५ बर्षे पत्रकारिता अवधीमा नीजि सवारी साधन विहिननै भएर पत्रकारिता गरिदैछ पर्सामा ।
 मोफसलमा वसेर उपत्यकावाट प्रकासन हुने “राजधानी दैनिक” का लागि काम गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
मोफसलमा पनि सीमाक्षेत्रमा रहेर पत्रकारिता गर्दा अन्य क्षेत्रको भन्दा सुरक्षा चुनौती अझ बढी हुन्छ । सामाजिक र आर्थिक चुनौतीलाई पनि कम आँक्न सकिन्न । त्यसमा पनि सामाजिक जनचेतना कम भएको समाज र ठाउँमा पत्रकारिता गर्दा स्वभावैले बढी सचेत रहनै पर्दछ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
विज्ञापनको वितरण प्रणालीमा रुपान्तारण, मिडिया हाउस स्थापनामा स्तरीय मापदण्ड र श्रमजिवी पत्रकारहरुका लागि उचित श्रमको व्यवस्था र अनुगमन आवश्यकता पर्छ ।    
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
नेपाल पत्रकार महासंघले पत्रकारिता पेशालाई नै थप व्यवसायिक बनाउन राज्य पक्षसँग अरु         पौंठेजोरी खेल्नु पर्ने र आँफैभित्र पनि गुणस्तरीय पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि वैचारिक संगठनको भूमिका शुन्य जस्तै छ । वैचारिक संगठनहरुले मोफसलका सञ्चार माध्यम र सञ्चारकर्मीका बीचमा फुट ल्याउनु बाहेक अरु केही भूमिका राम्रो खेल्न सकेको जस्तो देखिदैन ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता समाज र राष्ट्रको ऐना हो । जसले सही मार्गनिर्देश गर्ने अस्त्रको काम गर्छ । तर पत्रकारले पत्रकारिताको खोल ओडेको मात्र हुनु भएन र समाज र राज्यले पनि सहि अर्थमा पत्रकार र पत्रकारिता पेशालाई चिनिदिनु पर्छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, तराईका जिल्लाहरुको अवस्था कस्तो पाउनु भएको छ ?
पत्रकारिताका नाममा केही कार्डधारी पत्रकारहरुले आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु नदेखिएका होईनन् । यस्तैबाट यो पेशालाई जोगाउन हाम्रो लडांई जारी हुनुपर्छ । पर्सा महासंघका निवर्तमान अध्यक्ष अशोक तिवारीको अध्यक्ष पदबाट तीन महिना निलम्बन गरिएको घटना त्यसैको ताजा उदाहरण हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
यस्तामा नलाग्दाको पीडा चाही मेरो १५ बर्षे पत्रकारितामा धेरै छन् ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?
मिडिया हाउसको दर्ता पक्रियामा आर्थिक मापदण्ड सानो भएको कारण धेरै मिडिया हाउस खुल्दा  पत्रकार र मिडिया हाउसहरुको संख्यात्मक वृद्धि र गुणात्मक ह्रास आईरहेको छ, यसले पेशानै धरासायी बन्दैछ । यसलाई परिमार्जन गर्नुपर्छ । चुस्त विज्ञापन नीति अवलम्वन गर्नुपर्छ, र लोक कल्याणकारी विज्ञापनको दररेट वृद्धि गर्नुको साथै पत्रिकाहरुको अनुगमन पनि तीब्र र पारदर्शी गरिनुपर्छ । यसको अलावा श्रमजीवी पत्रकारहरुको लागि चाहिने आधारभूत सामग्री खरिदका लागि मिडिया विकास कोषको   रकम बढाउनु पर्छ ।  
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्ष्यका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
संविधान बनाउनुको विकल्प छैन । एक बर्षैमा त दल र नेताहरुको काम गराईले संविधान बन्नेमा शंका छ ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोधन गर्नु पर्ला ?
नयाँ संविधानको प्रस्तावनामानै प्रेश स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ । यसको साथै मोफसलको पत्रकारिताका विकासका लागि स्थानीय विज्ञापनलाई बढावा गरिनुपर्छ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
पत्रकारहरुले पनि सही पत्रकारिता गर्ने हो भने, आपूm कुनै पार्टीको पिछलग्गु र प्रकाशन प्रसारण गृहलाई कुनै पार्टीको मुखपत्र बनाउने दुष्साहस गर्न छोड्नुपर्छ र आफ्नो क्षमता अभिवृद्धि गर्दै पेशालाई थप जवाफदेही बनाउन एकजुट हुनुपर्दछ ।

सवैका लागि उपयोगी
नेपालको शिक्षाका राष्ट्रिय उद्देश्यहरु
   पाठ्यक्रमका सैद्धान्तिक आधारहरु, राष्ट्रिय र अन्तराष्ट्रिय परिवेश एवं बिभिन्न सरोकारवालाहरु समेतको अपेक्षालाई दृष्टान्त गरी शिक्षाका राष्ट्रिय उद्देश्यहरु चयन गरिएका छन । यसरी चयन गरिएका राष्ट्रिय उद्देश्यहरुको परिपुर्तिका लागि बिद्यालय शिक्षाको दृष्टिकोण, तहगत उद्देश्यहरु, पाठ्यक्रम संरचना र पाठ्यक्रमसम्वद्ध अन्य महत्वपूर्ण पक्षहरु रहेका छन ।
राष्ट्रिय उद्देश्यहरु ः
ड्डप्रत्येक व्यक्तिमा अन्तरनिहित प्रतिभा र व्यक्तित्व बिकासका सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने ।
ड्डप्रत्येक व्यक्तिमा निहित सार्वभौम मानवीय मुल्यका साथै राष्ट्रिय संस्कृति र अस्मिता, सामाजिक मान्यता र आस्थाहरुको सम्वद्र्धन गरी जीवन्त अनुभवहरु समेट्दै स्वस्थ सामाजिक तथा सामुहिक जीवन पद्धतिको बिकास गर्न चरित्रवान् एवं नैनिकवान् नागरिक तयार गर्ने,
ड्डस्थानीय एवं राष्ट्रिय स्तरका व्यवसाय, पेशा एवं रोजगारीका साथै आवश्यकता अनुसार अन्तराष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने,
ड्डव्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ वनाउने,
ड्डसमाजको आधुनिकिकरणमा सहयोग गरी देश निर्माणका निम्ति मानव संसाधनको बिकास गर्ने,
ड्डप्राकृतिक वातावरण तथा राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने,
ड्डसामाजिक समानता र न्यायवारे चिन्तन गर्दै तदनुरुपको आचरण बिकास गर्ने र समावेशी समाज निर्माणमा मद्दत गर्ने,
ड्डस्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश अनुकुल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र बिश्ववन्धुत्वको भावनाको बिकास गरी तदनुरुपको आचरण गर्ने गराउने र हरेक प्रकारका द्वन्द्व व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने,
ड्डआधुनिक सूचना प्रबिधिसंग परिचित भई त्यसको प्रयोग गर्न सक्ने बिश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने
ड्डराष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारप्रति सम्मान गर्ने, समालोचनात्मक तथा रचनात्मक सोच भएका स्वाभिमानी तथा अरुलाई सम्मान गर्ने र आफु नेपाली भएकामा गौरव गर्ने नागरिक तयार गर्ने
ड्डनेपाली कला, सौन्दर्य, आदर्श तथा बैशष्ट्यहरुको संरक्षण, सम्वद्र्धन र बिस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्ने,
वालबिकास शिक्षाका उद्देश्यहरु
   आधारभुत तहमा वालबिकासको सरल समायोजनका लागि उनीहरुलाई सम्पूर्ण शारीरिक तथा मनोवैज्ञानिक रुपले तयार पार्नु वालबिकास शिक्षाको प्रमुख उद्देश्य हो । बिशेष गरी वालबिकास शिक्षाका अन्य उद्देश्यहरु निम्नानुसार हुने छन ः
ड्डशारीरिक मानसिक एवं सम्वेगात्मक, सामाजिक, नैतिक एवं सिर्जनात्मक पक्षको बिकासका लागि अवसर प्रदान गर्नु
ड्डसफा सुग्घर रहने वानीको बिकास गर्नु,
ड्डसामाजिक मुल्य अनुरुप व्यवहार गर्ने वानीको बिकास गर्नु,
ड्डबिद्यालयप्रति सकारात्मक धारणा र व्यवहारको बिकास गर्नु,
ड्डआधारभुत शिक्षाका लागि तयार पार्नु,

कला, साँस्कृति, साहित्य
पराई भएको म मान्छे
मेरो आफ्नो भन्नु
कोही छैन यहाँ
म त सबैका लागि
एक पराई हुन पुगेछु ।
मेरो आफ्नो मान्छे
कोही हुन सकेनन्
म त सबैदेखि
टाढा टाढा भई गएछु ।
भावनामा उब्जिएको
अनुभवको सागरले
आफैभित्र पिरोलेर
मन त टुक्रा टुक्रा भइसकेछन्
तिरस्कृत अनुहारमा
धोकाको आभाष लिएर
मन आफैभित्र ओइलाएपछि
हृदयमा आश सजाएर
म त बैरागी पो भएछु ।
आँसुका थोपा चुहाउदै
एकान्त ठाउँमा म पुगेछु
आफ्ना जीवनको खोजीमा
नाङ्गो पेट लिएर
चारैतिरबाट मेरा आँखाहरुमा
व्याकुलता लोलाएछन्
किनकी, मेरो आफ्नो मान्छे
कोही हुन सकेन अब
म त सबैका लागि
एक पराई भइसकेछु ।
अरुणबहादुर खत्री “नदी”
काठमाडौं (नेपाल)

लासमा छु अचेल
मर्न नसकिएको लासमा छु अचेल
पीडा अनि समस्याको रासमा छु अचेल
तिमी त साह्ै बिग्रीयौ रे भन्छन् नबुझ्नेले
जाँड रक्सी र तासमा छु अचेल
हरपल आँखाबाट आँशुहरु झरिदिदा
ऋतु सँगै फर्कि आउने बर्षेमासमा अचेल
रात्रि प्रहरको त्यो सपना होकी जस्तो
उही निष्ठुरी दैवको पासमा छु अचेल
मर्न नसकिएको लासमा छु अचेल
पीडा अनि समस्याको रासमा छु अचेल
  मुक्तिराज ओझा
  तोलेनी गाविस १
बाच्ने क्ृनेै चाहाछैन मर्ने छ्ृ म प्रियतमा
फ्ृल्न्ृ तिमि ओईलिएर झर्नैे छ्ृ म प्रियतमा
म बाचेर तिमिलाइ धेरै पिडा ह्ृन्छ भने
प्राण त्याग्न आत्माहत्या गर्ने छु म प्रियतमा
घाउ चोट जीन्दगीका सहयात्री बन्न थाले
मुटुभरी चोटैचोट मर्ने छु म प्रियतमा
तिमि महान पवित्र छौ बुझ्ने कोसिस गर्नु मलाई
बिरामी भै छटपटीमा पर्ने छु म प्रियतमा
मर्छु बाँच्छु ठेगान छैन अब मेरो बाटो छोड्नु
तिम्रो मुटुबाट टाढा सर्नेछु म प्रियतमा
छत्र (कमल) पाठक
दहकालिकास्थान गाविस १ ऐली

बिज्ञापन
कर्मचारी आवश्यकता सम्वन्ध सूचना
प्रथम पटक मिति ः २०७०÷१०÷२७
ग्रामीण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटी र वल्र्ड भिजन ईन्टरनेसनल नेपाल डोटी पश्चिम क्षेत्र विकास कार्यक्रमको संयुक्त साझेदारीमा सञ्चालन हुने डोटी वेष्ट जिविकोपार्जन परियोजना २०१३ को लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट सूचना प्रकासित मितिले ७ दिनभित्र  दरखास्त आव्हन गरिन्छ ।
२) पद ः जे.टी.ए.(कृषि)    संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डमान्यता प्राप्त शिक्षण संस्थावाट जे.टी.ए. उत्तिर्ण गरि कम्तीमा २ वर्षको सम्वन्धित कार्यक्रममा अनुभव भएको ।
ड्डसमूह व्यवस्थापन गर्न सक्ने ।
ड्डसहकारी बिकास एवं व्यवस्थापन सम्वन्धि ज्ञान भएको ।
ड्डउच्च मूल्यका बालिहरुको खेती ब्यवस्थापनमा प्रयोगात्मक ज्ञान एवं सीप भएको ।
ड्डबेमौसमी खेती प्रणालीमा दक्षता भएको ।
ड्डगाविसहरुमा सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्न सक्ने ।
ड्डप्रतिबेदन लेखनमा ज्ञान भएको ।
ड्डकार्यक्रमगत जिम्मेवारीहरु वहन गर्न सक्ने ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७०÷११÷४ (दिउसो ४ः०० वजेसम्म)
परिक्षाको किसिम ः लिखित र अन्तरवार्ता
लिखित परीक्षा तथा अन्तरवार्ता ः २०७०÷११÷६ गते मंगलवार
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात ःनिवेदन र वायोडाटा १ प्रति
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं १ नाचनथली सिलगढी डोटी । फोन नम्वर ः ०९४–४२०१६४
ग्राह्यता ः दलित, महिला तथा सम्वन्धित कार्यक्षेत्रको व्यक्तिलाई विशेष ग्राह्यता दिईनेछ ।
नोट ः अन्तरवार्तामा उपस्थित हुँदा शैक्षिक प्रमाण पत्र तथा अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकता सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र अन्तरवार्तामा समावेश गराईनेछ ।

श्वासप्रश्वास रोग तथा निमोनिया सम्वन्धि जानकारी
    जाडोयाममा सामान्य ज्वरोले बिभिन्न उमेर समूहका खासगरी ५ वर्ष मुनीका बच्चाहरु बिरामी हुने गर्दछन । श्वासप्रश्वास रोग भनेको नाक, कान, घाटी अथवा फोक्सोको नली तथा फोक्सोमा संक्रमण हुनु हो । रुघाखोकी लाग्नासाथ समयमै राम्रो उपचार हुन नसके निमोनिया हुनसक्छ । बृद्ध उमेरका व्यक्तिहरुलाई दम तथा श्वासप्रश्वासको समस्या बढ्ने हुन्छ । त्यसैले जाडो याममा रुघाखोकी तथा श्वासप्रश्वास रोगवाट बच्नको लागि सावधानी अपनाऔं ।
रुघाखोकी तथा निमोनियाको लक्षणहरु ः
ड्ड ज्वरो आउने ड्ड पातलो सिगान वग्ने  ड्ड खोकी लाग्ने ड्डछिटोछिटो श्वास फेर्नु ड्ड कोखा हान्नु ड्ड श्वास फेर्न गा¥हो हुनु ।
बच्ने उपायहरु ः
ड्ड खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छाप्ने गरौं ।
ड्डसाविक भन्दा बढी पटक आमाको दुध खुवाउने ।
ड्ड पोषिलो र झोल पदार्थ प्रसस्त मात्रामा पिउने गरौं ।
ड्ड न्यानो लुगा लगाउने साथै हातमा पञ्जा, खुट्टामा मोजा र टाउकोमा टोपी लगाउने     तर नगुम्साउने ।
ड्ड धुलो र धुवावाट वालवालिकाहरुलाई जोगाउने ।
ड्ड ज्वरो आएको व्यक्तिले नगुम्सिएको हावा ओहोर दोहर हुने कोठामा आराम गरौं ।
ड्ड घरेलु उपचारवाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको    स्वास्थ्य संस्थामा लैजाऔं ।
ड्ड धेरै समय घर वाहिर नवसौं ।
ड्डराती सुत्दाखेरी टाउको छोपी सुत्ने गरौं ।
जिल्ला स्वास्थ्य कार्यालय, डोटी

मालपोत कार्यालय डोटीको
हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक प्रकासित मितिः २०७०।१०।२७
जिल्ला डोटी बनलेक गा.वि.स. वडा नं.३ बस्ने मेरा बुबा सालीभान रावतको मिति ०४३।६।१८ मा मृत्यु भएको र निजवाट सन्तान छोरा नभै अपुताली       परेकोले निजको शेषपछिको सवैभन्दा नजिकको हकदार म एकमात्र छोरी जोगेनिदेवी रावत मात्र भएको हुँदा मृतक सालीभान रावतको नाममा नाप नक्सा भएको डोटी बनलेक गा.वि.स. वडा नं.३  स्थित कि.नं. ५७, ६१, ७१, १०२, १०७ र ११६ को जग्गा मेरा नाउमा एकलौटी नामसारी गरी पाउँ भनि बनलेक गा.वि.स.कार्यालय बनलेक डोटीको च.नं.१४८ मितिः२०७०।१०।८ को किटानी सिफारिस, मृतकको नामको ज.ध.प्र.पुर्जा, नाता प्रमाणित, नेपाली ना.प्र.प, मालपोत बुझाएको रसिद आदी प्रमाणहरु साथै राखी नामसारी गरिपाउँ भनि जि.डोटी बनलेक गा.वि.स. वडा नं.३ बस्ने जोगेनि देवी रावतले यस कार्यालयमा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने            व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

Monday, February 3, 2014

बिम्ब साप्ताहिक मिति २०७० साल माघ २१ गते मंगलवार

मानवले मानवलाई शोषण गर्ने, अन्याय अत्याचार गर्ने कार्य निन्दनीय कार्य हो । नागरिक अधिकारप्रति सजग र सचेत बनांै, बनाआंै र सबैमा समान व्यवहार गरांै ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


प्रमुख समाचार 

टेलिकमले सकेन स्तर उन्नति गर्न

प्रयोगकर्ताको संख्या वढ्दो, स्तर घट्दो

“नेटवर्क बिजी”, “तपाईले डायल गर्नु भएको मोवाईलमा सम्पर्क हुन सकेन, केही समयपछि पुनः प्रयास गर्नुहोला”, “तपाईले डायल गर्नु भएको नम्वर अहिले व्यस्त छ, केही समयपछि पुनः प्रयास गर्नुहोला” यस्तायस्तै वाक्यहरु सुनिन्छन अचेल मोवाईल नेटवर्कवाट ।
संस्थानहरुमा सवैभन्दा बढी मुनाफा कमाउने भनि चर्चामा     रहेको नेपाल टेलिकमले प्रदान   गरिरहेको सेवाको स्तर उन्नति गर्न नसक्दा टेलिफोनको प्रयोगकर्ताहरु मार्कामा परेका   छन । दुर सञ्चार सेवा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएपनि सेवाको गुणस्तर भने घट्दो क्रममा रहेको छ । अत्यन्त जरुरी काम परेर फोन गर्नु खोज्यो टेलिकमको जवाफ यस्तै आउने गरेको छ ।
नेपाल टेलिकमले डोटी जिल्लामा पिएसटिन लेण्डलाईन एक हजार ९६ लाईन बितरण   गरेको छ । उक्त लाईनमा समस्या नदेखिएको भएपनि मोवाईल सेवा भने पूर्ण रुपमा थलाँ परेको मोवाईल प्रयोगकर्ताहरु   वताउँछन । डोटीको सिलगढी र दिपायलमा रहेका टेलिकमका कार्यालयहरुवाट जिएसएम प्रिपेड मोवाईल ३५ हजार दुई सय ८१ र पोष्टपेड ५३ थान बितरण  गरिएको छ । यसैगरी स्काई मोवाईल ११ हजार तीन सय २७ र स्काई फिक्स सेट तीन सय ८५ थान बितरण गरेको छ ।
तर, फोनको सम्पर्कका लागि भने पालो कुर्नु पर्ने अवस्था रहेको छ । ‘जति प्रयास गरेपनि चाहिएको वेला फोन हुँदैन’ एक मोवाईल प्रयोगकर्ताले बिम्ब साप्ताहिकलाई भने ‘नेपाल टेलिकम सेवामुखी भन्दा पनि मुनाफामुखी भएका कारण यस्तो समस्या आएको हो ।’ उनका अनुसार टेलिकमले क्षमताभन्दा वढी सिम बितरण गरेको छ ।
नेपाल टेलिकम दिपायलका प्रमुख गगन चन्द भने मोवाईलको नेटवर्क सही भएको वताउँछन । ‘एकदुई दिन समस्या भएको थियो तर अहिले ठिक छ’ चन्दले  देशभरीमा कुनै कारणले नेटवर्कमा गडवडी भएपछि समस्या आउने गरेको वताए । अहिले पनि नेटवर्क बिजी भन्दै नि ! बिम्ब साप्ताहिक को जिज्ञासामा प्रमुख चन्दले भने ‘मलाई त थाह भएन, यस्तो सिकायत अहिलेसम्म कतैवाट आएको छैन ।” सिलगढी ईन्द्रचोक नजिक रहेको उपकरणमा केही समस्या आएका कारण केही समस्या भएको तर अहिले सुधार भईसकेको चन्दको भनाई थियो ।
क्षमताभन्दा वढी सिम वितरण गरेका कारण यस्तो समस्या भएको हो भन्ने आरोप छ नि ! नेपाल टेलिकम सिलगढीका प्रमुख राजेशप्रसाद भट्टराई भन्छन “क्षमताभन्दा वढी बिरतण गरेका कारण यस्तो समस्या आएको होईन ।” ठाउँ अनुसार नेटवर्कले फरक फरक काम गर्ने भट्टराईको भनाई छ ।
मोवाईल सेवाको मात्र समस्या छैन यहाँ टेलिकमले प्रदान गर्ने आएको ईन्टरनेट सेवाले पनि सेवाग्राहीलाई धुरुक्कै रुवाएको छ । ईमेल÷ईन्टरनेटको सहारामै काम गरिरहेको थुप्रै मानिसहरु ईन्टरनेटको लाईन नभएपछि खाली दिन काट्न वाध्य हुन्छन ।
टेलिकमले डोटीमा दुई सय ६१ एडिएसएल जडान गरेको छ भने ईन्टरनेटकै लागि ६ वाईमेक्स जोडेको छ तर ईन्टेरनेटको हालत पनि मोवाईलको भन्दा फरक देखिँदैन । “नो नेटवर्क एस्सेस”, “लिमिटेड सर्भिस” ईन्टरनेट चलाउँन खोज्दा यस्ता सन्देशहरु सित्तै पढ्न पाईन्छ । डोटीवाट राजधानीको नयाँ पत्रिका राष्ट्रिय दैनिकका लागि काम गर्ने सञ्चारकर्मी कर्ण चन्द भन्छन ‘ईन्टेरनेटको खरावीका कारण समयमै समाचार पठाउन समस्या छ ।
किन यस्तो भयो त ? दिपालय कार्यालयका प्रमुख चन्द भन्छन “केही समय कोहलपुरमा अप्टिकल काँटिदा समस्या भयो, त्यसपछि कैलालीको चौमालामा पनि त्यसै भयो’ चन्दले हिजो आज राम्रैसंग चलिरहेको दावी गरेपनि सोमवार यो समाचार तयार पार्दासम्म मोवाईलको जस्तै ईन्टरनेटको अवस्थामा पनि दयालाग्दोनै थियो ।

सम्पादकीय 

संका सुरु भयो नेता ज्यू 

राष्ट्रपति रामवरण यादवले राष्ट्र प्रमुखको हैसियतले सहमतीय सरकार गठनका लागि दलहरुलाई माघ १२ मा दिएको समयसीमा आइतबार समाप्त भएको छ तर दलहरु राष्ट्रपतिले दिएको समयमा सहमतिको सरकार वनाउने टुङ्गोमा पुग्न सकेनन् । सरकार गठनको सवालमा राष्ट्रपति यादव यस अघि पनि पटकपटक खिस्सिएको  थिए । यस पटक पनि फेरी खिस्सिने अवस्था आयो उनका लागि ।
सायद समय तोकेर सरकार गठन गर्न आग्रह गर्दा फेरी असफल पो भईन्छ कि भन्ने डरले यादवले यस पटक भने समयसिमा नतोकेरै दलहरुलाई वहुमतीय सरकार गठनका लागि आव्हान गरेका छन । यो सिमा विनाको समय कति लामो हुने हो र कहिले सरकार वन्ने हो भन्ने वारेमा न त सरकार गठनको लागि आव्हान गर्ने राष्ट्रप्रमुखलाई थाह छ न सरकार गठन गर्ने दलहरुलाईनै यसको मेसो छ । राष्ट्रपतिको कार्यालयले सोमवार एक विज्ञप्ति जारी गरी अन्तरीम संविधानको धारा ३८ (१) बमोजिम सहमतीय सरकार गठन गर्न गरिएको आग्रह विफल भएकाले बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ ।
संबिधानसभाको तेश्रो शक्ति एमाओवादी र चौथो शक्ति राप्रपा नेपालले लिखित रुपमा सरकार गठनमा सहभागि नहुने जानकारी दिएपछि यादवको सहमतीय सरकारलाई दिएको समयको कुनै औचित्यनै रहेन । अन्ततः अन्तरीम संबिधानको धारा ३८ (२) अनुसार बहुमतीय सरकार गठनका लागि राष्ट्रपति यादवले आग्रह गरे तर कति सयममा प्रयास गर्ने हो भन्ने भन्ने वारेमा भने कुनै जानकारी छैन ।  धारा ३८ को उपधारा १ अनुसारको प्रक्रिया बिफल भएकोले उपधारा २ अनुसार प्रक्रिया अगाडी वढाउनु भन्ने सन्देश त सितल निवासले वानेश्वरलाई पठाएको छ तर त्यो अधुरो सन्देशको सुनुवाई कहिलेसम्म हुन्छ हेर्न वाँकीनै छ ।
संबिधानसभाको अर्को चुनाव भएको अढाई महिना बितिसक्दा सरकार गठनमा समेत कुनै उपलव्धी नहुँदा फेरी संका गर्ने ठाउँ देखिएको छ । संबिधानसभाको वैठक वसेको ६ महिनाभित्र जनताको बिचमा नयाँ संबिधानको खाका ल्याउने र एक वर्षभित्र पूर्ण संबिधान जारी गर्ने घोषित लक्षका साथ दलहरु अर्को संबिधानसभाको निर्वाचनमा सहभागि भएका थिए । जनताका बिचमा पहिलो प्राथमिकता नयाँ संबिधान जारी गर्ने प्रतिवद्धता समेत दल उम्मेदवारहरु, नेताहरु र कार्यकर्ताहरुवाट आएको थियो तर मंसिर ५ गतेनै उक्त प्रतिवद्धता दलहरुले बिर्सिसकेका छन ।
२०६४ सालमा भएको निर्वाचनवाट भएको संबिधानसभाको निर्वाचनको थपिएको समेत गरी चार वर्षको कार्यकालमा आधा समय सरकार गठनमै खर्च गरेका थिए । यो कुरा जनताले अहिलेसम्म पनि बिर्सेका छैनन् । एक प्रधानमन्त्री चयनका लागि १७ पटकसम्म चुनाव हुँदा पनि प्रधानमन्त्री चयन हुन नसकेको अवस्था पनि जनताले बिर्सेका छैनन् । हामी अव पदका लागि लडाई गर्दैनौं भन्ने दलहरु भाषा फेरिन थालेका छन । सहमतिको सरकारको बिकल्प छैन भन्ने दलहरु अहिले फेरी वहुमतको सरकार गठन गराउन कसरतमा लागेका छन ।
लाजमर्दो कुरा मान्नु पर्छ संबिधानसभाको दुई पटक भएको  छ । यस्तो यस्तो ईतिहास रच्ने देशहरु कमै छन । नेताहरुका हविगत हेर्दा नेपालमा संबिधानसभाको निर्वाचन दोश्रो पटक भएर पनि काम गर्ला जस्तो छैन । गत संबिधानसभाले गरेका कामहरुको स्वामित्व लिने कुरामा वर्तमान संबिधानसभामा बिवाद सृजना हुन थालेको छ । यसो हो भने नयाँ सिरावाट फेरी सुरुवात गर्नु पर्ने हुन्छ । त्यसो भयो भने फेरी चार वर्ष संबिधानसभाले खान्छ, नयाँ संबिधान वन्ने र नवन्ने कुरा त उधारो नै छ । यसैकारण फेरी जनतालाई संका लाग्न थालेको छ । हामी संबिधानसभामा चुप लागेर वस्ने छैनौं भनेर जनताको बिचमा भोट माग्ने सभासद् बिल्ल्लाधारीहरुले अव वेलैमा होस पु¥याउनु जरुरी छ ।

थप समाचार 

सामुदायिक भवनवाट खुशी

तरकारी संकलन केन्द्रका रुपमा प्रयोग गर्ने गरी आप्mनै गाउँमा सामुदायिक भवन निर्माण हुन थालेपछि वगलेक गाबिसवासीहरु हर्सित भएका   छन ।
गाबिसमा उत्पादन हुने    तरकारी संकलन गर्ने र अन्य सामाजिक कामका लागि समेत प्रयोग गर्न सकिने गरी निर्माण हुन लागेको उक्त भवनले आफुहरुलाई निकै सहयोग पुग्ने वताउँछिन स्थानीय महिला सुनिता ठगुन्ना । भवन निर्माणपछि सवैले यसको संरक्षण गर्ने उनको धारणा छ ।
वगलेक गाबिस–४ का टिका नेपाली पनि भवनलाई स्थानीयस्तरमा उत्पादन हुने     तरकारी संकलन केन्द्रको रुपमा प्रयोग गर्दा पिठ्युमा डोकाको   भारी वोकेर सिलगढी जानु पर्ने वाध्यता नहुने वताउँछन । स्थानीय राजनीतिक कार्यकर्ता धनवहादुर ओली भन्छन ‘आलु उत्पादन भएपछि किसानहरुले भारी वोकेर सिलगढी पु¥याउँदा समेत उचित वजार मुल्य मिल्दैन” उनले थपे ‘हामीसंग तरकारी भण्डारण गर्ने गोदाम नभएका कारण समस्या भईरहेको थियो, अव यहाँको तरकारी यसै संकलन गरेर एकमुष्ठ पठाउन सक्छौं ।’
केएर नेपाल र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको साझेदारीमा सञ्चालन भईरहेको सहयोग कार्यक्रममार्फत निर्माण भईरहेको सो परियोजनाको कुल लागत १२ लाख, नौ हजार ६६ रुपैयाँ रहेको छ । जसमा वगलेक गाबिसले ५० हजारको साझेदारी गरेको छ भने समुदायले एक लाख ५४ हजार एक सय १४ रुपैयाँ वरावरको श्रमदान गर्दैछन ।


अठचालिस वर्षदेखि साङ्लोमा

समयमै उपचार नपाएका कारण कञ्चनपुरका एक व्यक्ति ४८ वर्षदेखि साङ्लोमा जीवन जीउन बाध्य भएका छन ।  
जिल्लाको दक्षिणी भेग श्रीपुर गाविस–६ बेलौरीका ७० वर्षीय मल्का बडायत झन्डै ४८ वर्षदेखि साङ्लोमा जीवन जीउन बाध्य भएका छन । जनचेतना र आर्थिक अभावका कारण बडायत २०२२ सालदेखि साङ्लोमा जीवन बिताउन बाध्य भएको उनका परिवारजनले बताएका  छन । विसं २०२२ तिर उनको मानसिक स्थितिमा समस्या भएपछि असामान्य व्यवहार गर्न लाग्दा उनलाई परिवारले साङ्लोमा बाधेर राखेका हुन ।
बडायतका लागि घर छेउमै एउटा सानो छाप्रो बनाइएको छ । उनी बस्ने छाप्रो चारैतिरबाट खुला छ । पानीबाट बच्न केवल सामान्य छानो बनाइएको छ । यस्तै छाप्रोमा उनले पुस माघको चिसो तथा वर्षायामको झरी तथा लामखुट्टेको टोकाई सहँदै ४८ वर्ष बिताइसकेका   छन । बडायत बिरामी हुँदा सुरुमा स्थानीय तथा छिमेकी मुलुक भारतीय सहरका अस्पतालमा डेढ महिनासम्म  निरन्तर उपचार गराइएको थियो । केही निको भएपछि उनलाई घर ल्याइएको बडायतका भतिजा राजा रामले बताए ।
‘काकाको उपचारमा त्यतिबेला ४५ हजार भारु समेत खर्च भयो’ उनले भने ‘केही दिनपछि फेरी उस्तै स्वभाव देखाउन थालेपछि पुनः आर्थिक अभावका कारण उनको उपचार गराउन सकेनौँ ।’उनी साङ्लोमा परेदेखि उनकी श्रीमतीले उनको स्याहारसुसार गर्दै आएकी थिइन तर उनको पनि करीब डेढ वर्षअघि मृत्यु भएका कारण उनलाई अझै पिरमर्का थपिएको छिमेकीको भनाई छ ।
बडायतका परिवारजनका अनुसार उनी यसै छाप्रोमा दिँसा, पिसाब गर्छन र यसै छाप्रोमा खाना खान्छन । ‘बल छन्जेल आफँै कराइरहने, कहिलेकाहीँ हतकडी तोडेर भाग्ने, आफ्नो नङले माटो खन्ने गर्छन’ उनका भतिजा रामले  भने । बडायतका परिवारजनले उपचारका लागि पहल गरिदिन विभिन्न सङ्घसंस्थालाई आग्रह गरेका छन । रासस

स्वास्थ्य तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना डोटीको आयोजनामा यहि माघ १० गते देखि सञ्चालित ६ दिने स्वयंसेवक मोड्यूल ६ प्रशिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य शिक्षा प्रवद्र्धन, सरुवा रोगहरुको व्यवस्थापन तथा रोकथाम, सरसफाई व्यवस्थापन, महामारी रोकथाम तथा प्रतिकार्य जस्ता विषयवस्तुहरु समेटेर संचालित उक्त प्रशिक्षण स्वयंसेवकहरुको माध्यमबाट समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको हो । प्रशिक्षणमा २० जना महिला र १४ जना पुरुष गरेर जम्मा ३४ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो । सानागांउ स्वास्थ्य चौकीका दुई जना स्वास्थ्य प्राविधिकहरु र नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखाका चार जना सिबिएचएफए प्रशिक्षकहरुले उक्त प्रशिक्षणमा सहजिकरण गरेका थिए ।
प्रशिक्षण पश्चात स्वयंसेवकहरुले सम्पूर्ण गाविसका घरधुरीहरुको बाडफांड गरी स्वास्थ्य सचेतनाको लागि घरधुरी अभियान सञ्चालन गर्ने कार्ययोजना समेत निर्माण गरेका छन । सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना स्वयंसेवकहरुको माध्यमबाट प्राथमिक उपचार तथा प्राथमिक स्वास्थ्य सेवा संचालन र स्वास्थ्य शिक्षाको माध्यमबाट स्वास्थ समुदायको प्रवद्र्धन गर्न अष्ट्रलियन रेडक्रसको प्राविधिक सहयोग तथा अष्ट्रेलियन एडको आर्थिक सहयोगमा सञ्चालन भैरहेको छ ।
यसैबीच ने.रे.सो.सानागांउ उपशाखाको सक्रियतामा गाविसका दश जना अतिविपन्न, टुहुरा वालवालिकाहरुलाई वालसंरक्षण सहयोग अन्तर्गत सहयोग गरिएको छ । सानागांउ गाविसमा गठित गांउ स्तरीय वाल संरक्षण समितिको निर्णय अनुसार  रेडक्रसको सानागांउ उपशाखाको सक्रियतामा गाविसका अतिविपन्न, टुहुरा वालवालिकाहरु लाई वालसंरक्षण सहयोग गरिएको रेडक्रस डोटीका कार्यक्रम संयोजक शुभास श्रेष्ठले जानकारी दिएका छन ।

छोटकरी समाचार 

२४ लाखलाई औषधी खुवाईने

नेपाल सरकारले सुदुरपश्चिमका २४ लाख जनसंख्यालाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने भएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुरले दिएको जानकारी अनुसार सुदुरपश्चिममा दुई     चरणमा गरी २४ लाख २५ हजार जनालाई औषधी खुवाईनेछ । निर्देशनालयका स्वास्थ्य सहायक सिद्धराज भट्टले पहिलो चरणमा माघ २५ गते देखि २८ गतेसम्म डोटी, डडेल्धुरा, कैलाली, वैतडी र कञ्चनपुरमा र दोश्रो चरणमा फागुन १० गते देखि १२ गतेसम्म अछाम, बझाङ, वाजुरा र दार्चुलामा हात्पिाईले बिरुद्ध औषधी खुवाईने वताए ।
डोटी जिल्लामा हालसम्म एक सय ४५ जनामा हात्तिपाईले रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिएको  छन ।

चलचित्र÷मनोसञ्जन 

सर्वनाममा वहुला काजीको सपना

विजय मल्लले ६६ वर्षअघि लेखेको ‘बहुला काजीको सपना’ भित्र तत्कालीन समयमा चरम गरीबी र अभावका बीच पनि शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्साइएको छ । सहरमा भरियाको काम गरी बल्लतल्ल एक छाक खान पुग्ने भक्ते र मानेजस्ता प्रतिनिधि पात्रले आफ्ना सन्तानलाई पढाउने हौसला ‘बहुला काजी’ नामका पात्रबाट पाउँछन । यी पात्रलाई यतिबेला भने राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा भेट्न सकिन्छ । नाटयकर्मी तथा प्राज्ञ सदस्य कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ मञ्चन आरम्भ भएको    छ ।
बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ । पढाइमा ऊ अब्बल भएर देखा पर्छ । सबैको आशाको केन्द्र बन्छ । उसले पनि नयाँ सपना देख्न थाल्छ । तर एक सामान्य ज्वरोमा समेत पैसाको अभावमा उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरू कसरी टुट्छन र भताभुंग हुन्छन भन्ने यो वियोगान्त नाटकले बताउँछ । नाटक फागुनको पहिलो सातासम्म मञ्चन हुुने निर्देशक यात्रीले बताएका छन् ।
‘एघार र बाह्र कक्षा विद्यार्थीहरूको कोर्समा समेत भएको यो नाटक अहिलेको पनि निकै सान्दर्भिक छ’ उनले भने, ‘त्यही भएर नियमित मञ्चनमा अघि बढेका हौं ।’ ज्योतिपुञ्ज साइन थिएटरले पस्केको नाटकमा विष्णुभक्त फुँयाल, काजी रम्तेल, अशोक शिवाकोटी, लक्ष्मण पौडेल, अवतार कँडेल, अर्चन राई, स्वर्णिम थापा, जीवनविलास पाण्डे, अजय रेग्मी, पिटर प्रिन्स, सुदीप खतिवडा लगायतले अभिनय गरेका छन ।


युवराजमा निशा र बिराज

विराज भट्टले हुन्छ भनेको खण्डमा द्वन्द्वप्रधान सिनेमा ‘यूवराज’ मा उनलाई दर्शकले हेर्न पाउने छन । बैशाखको पहिलो साताबाट दुबईका विभिन्न शहरमा छायांकन हुने भनिएको यो चलचित्रका लागि विराज भट्ट र नीशा अधिकारीसँग कुरा भैरहेको निर्देशक राजु गिरीले बताएका छन ।
घोषणा गरेका धेरै सिनेमा नबनेकाले पनि राजुको ‘यूवराज’ प्रति आशंका गर्न सकिन्छ । तर दुबइको एभरेष्ट इन्टरनेशनलले बनाउन लागेकाले पनि ‘यूवराज’ले पूर्णता पाउने ठाउँ छ ।
‘विराजसँग कुरा भैरहेको छ, अब केही दिनमै मुम्बई नै पुगेर कुरा पक्का गर्छुु, निर्देशक गिरीले भने । चलचित्रका लागि जीके शर्मा, पूजना, शुभेच्छा थापा पक्का भैसकेका छन । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, संजय लामाको छायांकन, सरोज प्याकुरेलको पटकथा तथा संवाद रहनेछ ।
दुबईमा रहेर पनि डनहरुले कसरी नेपालमा आफ्नो हालिमुहाली गर्छन भन्ने बिषयलाई सिनेमाले देखाउनेछ । चलचित्रको ७० प्रतिशत छायांकन दुबई र ३० प्रतिशत छायांकन नेपालमा हुने निर्माणपक्षले जनाएको छ ।
भोजपुरी सिनेमामा प्रवेश गरेपछि विराजले नेपाली सिनेमा खेलेका छैनन् । ‘यूवराज’मा उनले हुन्छ भनेको खण्डमा उनका फ्यानहरुका लागि यो खुशीको खबर हुनेछ ।


समाज सेवा
सूूचना प्रकासित मिति ः २०७०।१०।२०
आवश्यकता

समाज सेवा जिल्लाका आम समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण, उपलब्ध स्रोत र साधनको परिचालन र खोजीबाट सेवामुलक कार्यमा क्रियाशिल छ । समाज सेवा डोटीले गरिवी निवारण कोषको साझेदारीमा “आय आर्जन तथा लद्यु उद्यम बिकासद्धारा सशक्तिकरण कार्यक्रम” डोटी जिल्लाका ११ वटा गाविस÷नगरपालिका (लडागडा, तिखातर, बाशुदेवी, घांल, दुर्गामाण्डौ, केदारअखडा, कानाचौर, सिमचौर लानाकेदारेश्वर, कालिकास्थान, महादेवस्थान र दिपायल सिलगढी नगरपालिका) मा संचालन गरिरहेकोे छ र हाल रिक्त रहेको कालिकास्थान, महादेवस्थान र तिखातर, बाशुदेवी गाविसका लागी निम्न अनुसारका कर्मचारीहरुको आवश्यकता भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ ।
पद      ः सामजिक परिचालक
पद संख्या     ः २ (दुई) जना
मुख्य जिम्मेवारी ः समुह गठन तथा परिचालन, आर्थिक तथा प्रशासनिक कारोवार, समुहको आर्थिक तथा प्रगति प्रतिवेदन तयार, बचत तथा ऋण परिचालन, समुदायको परियोजना प्रस्ताव तयार र एच्ब् (सामाजिक तथा स्रोत नक्सा र सम्पन्नता स्तरिकरण ) गर्न सक्ने ।
आवश्यक योग्यता ः प्रविणता प्रमाण पत्र उत्तीर्ण वा सो सरह
कार्य क्षेत्र          ः कालिकास्थान, महादेवस्थान र तिखातर, बाशुदेवी गा.वि.स.
मासिक तलब ः संस्थाको नियमानुसार हुनेछ ।
प्राथमिकता ः (दलित, महिला र जनजातिलाई विशेष ग्राह्यता दिईने छ)
छनौट प्रक्रिया ः छोटो सूचि, लिखित र अन्तर्वाता  ।
परिक्षा दस्तुर     ः रु.  ३००
सम्पर्क मिति      ः २०६९÷१०÷२७
माथि उल्लेखित पदका लागि १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले दरखास्त सहित आप्mनो बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिनभित्र समाज सेवा सिलगढीमा आइपुग्ने गरी पठाउनु हुन अनुरोध गरिन्छ । छोटो सूचिमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।
पद पुर्ति समिति                                                                                                  


नेपाल सरकार
शहरी विकास मन्त्रालय
शहरी विकास तथा भवन निर्माण विभाग
डिभिजन कार्यालय डोटी
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना 

सूचना नं. ः DUDBC/Doti/02/070/01
7]Ssf g+=M DUDBC/Doti/SQ/Works/2/070/071

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७०।१०।२१
यस डिभिजन कार्यालयबाट श.वि.तथा भ.नि. विभाग डिभिजन कार्यालय डोटीको निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत भ्याट र कन्टिन्जेन्सि बाहेक रु. ८,५८,३८८।७० लागत अनुमान भएको च्ऋऋ ध्बतभच त्बलप बलम क्ष्तभ म्भखभयिऊभलत आदी कार्यहरु सिलवन्दी दरभाउपत्रको माध्यमबाट गराउनु पर्ने भएकाले ईजाजतपत्र प्राप्त ईच्छुक नेपाली निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही सिलवन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
१. सिलवन्दी दरभाउपत्र फाराम २०७०÷११÷६ गते दिनको ५ः०० बजेसम्म रु.३०० नगद वुझाई नगदी रसिद सहित (फिर्ता नहुने गरी) वा बैंक कोड नं. ११००२१३०, राष्ट्रिय वणिज्य बैङ्क, दिपायल शाखामा    रहेको कार्यालय कोड नं. ६८–३४७–०१ को राजश्व खाता नं. क–१–१–००२, राजश्व शिर्षक नं. १४२२७ मा रकम जम्मा गरेको बैङ्क भौचर सहित अध्यावधिक नविकरण भएको इजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, गत आ.व. को करचुक्ता प्रमाण पत्रका प्रमाणित प्रतिलिपीहरु निवेदन साथ संलग्न राखि यस डिभिजन कार्यालयबाट खरिद गर्न सकिने छ ।
२. सिलवन्दी दरभाउपत्रसाथ जमानत (विडवोण्ड) वापत राष्ट्रिय वणिज्य बैङ्क, डोटी शाखामा रहेको यस कार्यालयको धरौटी खाता नं. ख २०३ मा रु. २४,५०० जम्मा गरेको सक्कल बैङ्क भौचर वा कम्तिमा उल्लेखित रकम बराबरको यस कार्यालयको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैङ्कहरुबाट जारी भएको कम्तिमा सिलवन्दी दरभाउपत्र खोलिने मितिले ७५ दिनको म्याद रहेकोे बैङ्क जमानत          (विडवोण्ड) पेश गर्नु पर्ने छ ।
३. सिलवन्दी दरभाउपत्र २०७०÷११÷८ गते दिनको १२ः०० बजेभित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्ने छ । सोही दिन दिनको १ः०० बजे कार्यालय प्रतिनिधि र सिलवन्दी दरभाउपत्रदाताहरुको रोहवरमा सिलवन्दी दरभाउपत्रहरु खोलिने छन । सिलवन्दी दरभाउपत्र दाताहरु उपस्थित नभएपनि सिलवन्दी      दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।
४. संयुक्त उपक्रमको (वयष्लत खभलतगचभ) माध्यमवाट पनि दरभाउपत्रमा भाग लिन सकिने छ । संयुक्त उपक्रममा भागलिने हिस्सेदार सदस्यको संख्या ३ (तिन) भन्दा बढी स्वीकार्य हुने छैन । संयुक्त उपक्रममा भाग लिएका हिस्सेदारले काम लिईसकेपछि अरुलाई अख्तियारी दिई काम छोड्न पाइने छैन । संयुक्त उपक्रममा भाग लिने निर्माण व्यवसायीले संयुक्त उपक्रमको सक्कल सम्झौतापत्र अनिवार्य रुपमा सिलवन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
५. सिलवन्दी दरभाउपत्र साथ पेश गरेको प्रतिलिपी कागजातहरु आवश्यक परे सक्कल समेत माग गरी जाँचिने छ र नक्कली कागजातहरु पेश गरेको पाईएमा निज सिलवन्दी दरभाउपत्रदाताको दरभाउपत्र रद्द गरी कालो सूचिमा समावेश गर्न सम्वन्धित निकायमा सिफारिस गर्न सकिनेछ । अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम हुने छ ।
६. सिलबन्दी दरभाउपत्र सम्वन्धी कुनै कुरा प्रष्ट हुन चाहेमा वा बुझ्न परेमा कार्यालय समयभित्र यस डिभिजन कार्यालयमा सम्पर्क राख्न सकिने छ । यस सूचनामा कुनै संशोधन वा हेरफेर गर्नु परेमा यस डिभिजन कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
७. कुनै पनि कारण जनाइ वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
८. सिलवन्दी दरभाउपत्र शर्त रहीत, केरमेट नभएको कार्यालयले उपलव्ध गराएको डकुमेण्टमा कुनै थपघट वा द्रष्टव्य नलेखिएको हुनु पर्नेछ । समयभित्र प्राप्त नभएको, रित नपुगेको र सूचनाको शर्त   विपरित भएको सिलवन्दी दरभाउपत्र माथि कुनै कारवाही हुने छैन । सिलवन्दी दरभाउपत्र खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन मानिने छ । सिलवन्दी  दरभाउपत्र भर्दा दररेट स्पष्ट रुपमा भर्नु पर्नेछ । अक्षर र अंक फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । एक व्यक्ति वा फर्मको नाममा खरिद भएको सिलवन्दी दरभाउपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाईने छैन ।                                                      डिभिजन प्रमुख


जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समान पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”

स्तनपान

ड्डशिशु जन्मेको आधा देखि एक घण्टा भित्रमा नै स्तनपान गराइहाल्नु पर्छ ।
ड्डबच्चालाई ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्छ ।
ड्डकम्तिमा २ वर्ष सम्म थप खानाको साथै आमाको दुध खुवाउनु पर्छ ।
ड्डदिनमा कम्तिमा पनि ८ पटक बच्चालाई स्तनपान गराउनुपर्छ ।
ड्डएउटा स्तन कम्तिमा पनि १५ मिनेट सम्म बच्चालाई चुसाउनु पर्दछ ।
ड्डएउटा स्तनमा दुध पूरा निखे्रपछि मात्र अर्को स्तनमा चुसाउनु पर्दछ ।
बिगौति दध भनेको के हो ?
शिशु जन्मेपछि केहि दिनसम्म आउने बाक्लो, पहेलो दुुधलाई बिगौति दुुध ९ऋययिकतचगmक० भनिन्छ ।

बिगौति दधको फाईदाहरु 

ड्डरोगसंग लड्न सक्ने प्रतिरोधात्मक तत्व रहेको हुन्छ ।
ड्डसंक्रमक रोगहरु झाडापखाला, न्यमोनिया लाग्नबाट बचाँउछ ।
ड्डप्रशस्त मात्रामा भिटामिन “ए” पाइन्छ ।
ड्डशिशुको पेट सफा गर्छ जस्ले गर्दा कमलपित्त (जण्डिस) हुनबाट रोक्छ ।
ड्डआन्द्रालाई बलियो बनाउछ र संक्रमण हुनबाट रोक्छ ।
ड्डसंक्रमण र एलर्जी हुनबाट बचाउँछ ।
गर्भवती तथा स्तनपान गराउने महिलाले के कति खाना खानु पर्दछ ?
ड्डयी विशेष अवस्थामा सँधैभन्दा बढि खानेकुरा खानुपर्दछ । स्तनपान गराउने आमाले ज्वानोको झोल खाएमा दुध राम्ररी आइरहन्छ ।
किन सँधैभन्दा बढि खाने ?
ड्डपेटको बच्चाको विकास राम्ररी हुनकोलागि
ड्डरगतको कमी हुन नदिनकोलागि
ड्डरोगसँग लड्ने क्षमता बढाउनकालागि
ड्डदुधमा सबै प्रकारको पोषण तत्व पुग्नका लागि
आमाको दुध उत्पादनमा असर पर्ने कुराहरु ः
ड्डस्तनपान गराउन बसेको आशन ठीक नहुनु
ड्डदुध चुसाउने तरिका नमिल्नु
ड्डपटक पटक र आवश्यक मात्रामा स्तनपान नगराउनु
ड्डआमामा “मेरो दुध प्रशस्त मात्रामा आउँछ, म मेरो शिशुलाई स्तनपान गराउन सक्षम छु” भन्ने आत्म विश्वासको कमी हुनु हो ।
ड्डतनावग्रस्त अवस्थामा आमाको दुध कम उत्पादन हुन्छ ।

हाई काट्नु स्वास्थ्यका लागि राम्रो 

कसैले हाई काढेको देखेपछि हामी उसलाई अल्छीको संज्ञा दिने गर्दछौं । हाईलाई हामीले वोर हुनु वा आलस्यसंग जोड्ने गरेका छौं । तर त्यस्तो सोच्नु गलत रहेको कुरा एउटा अनुसन्धानले देखाएको छ । अर्थात हाई काढ्नु स्वास्थ्यका लागि राम्रो हो ।
बैज्ञानिकहरुका अनुसार हाई रोक्नु हुन्न । हाई काढ्नाले मस्तिस्कमा शितलता  हुन्छ । प्रिन्सटन बिश्वबिद्यालयका बैज्ञानिकहरुले अनुसन्धानमा के पाए भने मज्जाले लिईएको हाईले मस्तिश्कको तापक्रम नियन्त्रण गर्छ । यसले दिमागी भारलाई कम गर्छ । जाडोयाममा केही सहरमा पैदल हिँड्ने करीव ८० व्यक्तिको तस्विर लिए जो हाई   काढिरहेका थिए । यही प्रक्रिया उनीहरुले गर्मीयाममा समेत अपनाए ।
अनुसन्धाताहरुले के पाए भने जाडोयाममा जति व्यक्तिले हाई काट्छन, गर्मीमा त्यो संख्या एक चौथाईमा झर्ने गर्दछ । यसैवाट बैज्ञानिकहरु हाई काढ्दा मस्तिश्कले शितलता पाउने निश्कर्षमा पुगेका हुन ।
यसको अर्थ हुन्छ गर्मीयाममा बढी हाई काढ्नु पर्छ, मस्तिश्कलाई ठण्डा राख्न । तर, सैद्धान्तिक रुपमा हाई काढ्दा वाहिरको चिसो शरीरभित्र जान्छ र मस्तिश्कसम्म पुग्छ, यसैले यसैले चिसोयाममा बढी हाई आउँछ । बैज्ञानिकहरुका अनुसार चिसो र गर्मीयाममा अनुसन्धानका बेला ४० प्रतिसत व्यक्तिहरुले पहिलो पाँच मिनेटमा हाई काढेका थिए तर गर्मीमा तिनको संख्या १० प्रतिसतमा झरेको थियो ।

हात खुट्टा झमझमाउनु पनि कुष्ठरोगको लक्षण

एक व्यक्ति हातखुट्टा झम्झमाउने समस्याले पिडित थिए । तिनले नेपालकै एउटा मेडिकल कलेजमा झण्डै एक वर्ष उपचार गराए । डेढ लाख जति खर्च भयो, तर रोग निको भएन । स्नायु रोग बिशेषज्ञले बिभिन्न उपचार गरेपनि तिनको मुल रोग चिनिएन । पछि तिनी सामान्य हेल्थ असिस्टेण्टको सल्लाहमा कुष्ठरोगको क्लिनिकमा गए, अनि पो आफुलाई कुष्ठरोग देखिएको पत्तो पाए । ती व्यक्ति वहुऔषधि उपचारपछि हाल स्वस्थ छन ।
“हातगोडा झम्झमाउने समस्या लिएर नसा रोग बिशेषज्ञहरुकहाँ पुग्नुको साटो कुष्ठरोगकै आशंका गरी बेलैमा उपचार थालेको भए न पैसाको वर्वादी हुन्थ्यो, न समयको” ति व्यक्ति भन्छन । बिज्ञहरुका अनुसार जीउमा रातो÷फुश्रो छुँदा थाह नहुने दाग देखिनु, हातगोडाका स्नायु मोटा देखिनु मात्रै कुष्ठरोगका लक्षण होईनन् । हातगोडा झम्झमाउनु पनि कुष्ठको लक्षण हुन सक्ने भएकाले समयमै सही चिकित्सकको सल्लाह लिनुपर्छ । कुष्ठ कम सर्ने सरुवा रोग हो र यसमा मुख्य रुपले छाला र स्नायु प्रभावित हुन्छ । माईक्रो व्याक्टेरियाम लेप्रे नामक कीटाणुवाट हुने कुष्ठका लक्षण वा दागहरु पूर्ण रुपमा देखिन बर्षौं पनि लाग्न सक्छ । बिश्व स्वास्थ्य संगठन (डव्ल्युएचओ) को तथ्याँक पत्र अनुसार कुष्ठरोगको लक्षण देखिन पाँच बर्ष देखि २० वर्षसम्म लाग्न सक्छ । नेपालमा कुष्ठरोगको लक्षण अन्तरगत रातो÷फुस्रो छुँदा थाहा नहुने दाग, अनुहारको छाला र कानको लोती वाक्लो हुनु, गिर्खा देखिनुलाई सर्वाधिक महत्व दिने गरिन्छ । बिशेषज्ञहरु समेत यस्तै खाले लक्षण देखिदा बढी संवेदनशील हुने गर्छन ।
त्यसैले, हातखुट्टाको नसा झम्झमाउन थाल्दा सवैजसो व्यक्ति सामान्यतः स्नायु   रोग बिशेषज्ञकहाँनै जाने गर्छन । त्यस्ता ठाउँमा कुष्ठभन्दा पनि अन्य समस्यामा बढी केन्द्रित रहेर परीक्षण गरिने परिपाटी भएकाले खास रोग पहिचानमा बिलम्व हुने गरेको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुडामणी भण्डारी वताउँछन ।
नसा दुख्ने र झम्झमाउने समस्या लिएर स्नायु रोग बिशेषज्ञकहाँ जानेहरुलाई अन्य कुनै स्नायु समस्या छ कि भनेर बिशेषज्ञले बढी ध्यान दिने गरेको देखिएको छ, भण्डारी भन्छन “जव बिरामीको नसामा क्षति पुग्न थाल्छ अनि मात्र कुष्ठरोग लागेको हो कि भनेर शंका गर्ने गरिन्छ । समय त्यसैमा बित्ने गरेको छ ।’ त्रिवि शिक्षण अस्पतालका स्नायु रोग बिशेषज्ञ डा जगदिशप्रसाद अग्रणल भन्छन ‘धेरैजसो रोगमा हातखुट्टाको नसा झम्झम गर्ने समस्या देखिन्छ । यसैले पनि हातखुट्टाको झमझमाई कुष्ठको पनि लक्षण हुन सक्छ भन्ने तथ्यलाई बिरामीको परीक्षण गर्दा बिर्सनु हुन्न ।’ कुष्ठरोगले गर्दा नसाको समस्या देखिएकाहरुमा प्रारम्भिक अवस्थामा सामान्यतः यो रोग भएको थाहा पाउन निकै गा¥हो हुने गरेको जनाउँदै उनी थप्छन ‘यसैले नसा परीक्षण गर्दा अलि वाक्लो देखिए छाला रोग बिशेषज्ञकहाँ रिफर गर्नु पर्छ । अनि त्यहाँ छालाको वायेप्सी गरेर कुष्ठ भए÷नभएको किटान हुन सक्छ । यसो गरे समयको बचत हुन्छ ।’
कुष्ठको जीवाणुले छाला र नसामा असर पार्ने गर्छ । घाउ नदुख्ने हुँदा बिरामीले   रोगको वास्ता गर्दैनन् र समयमै उपचार हुन नसक्दा हातखुट्टाका औलाहरु, नाक र कानमा घाउ भएर अपाङ्गता निम्तिने मात्र नभई कुरुप समेत होईने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य बिशेषज्ञ डा. धर्मेन्द्र कर्ण वताउँछन । कुष्ठरोग उपचार नगराएका रोगीहरुको सास र मुखवाट निस्किने पानीका स–साना थोपाका माध्यमले नियमित र नजिकको सम्पर्कमा रहने स्वस्थ व्यक्तिमा सर्ने गर्छ । कुष्ठरोगमा शरीरको अंगहरु अलग्गिएर झर्दैनन् । यो रोगले ती अंगलाई लाटो तथा रोगी वनाउने उल्लेख गर्दै डा कर्ण भन्छन “लाटो अंग कतै ठोक्किँँदा वा कुष्ठरोगीहरुमध्ये करीव तीन प्रतिशतमा यस्तै खाले अपाङ्गता पाईने गरेको सरकारी तथ्याँकमा उल्लेख छ ।
अमेरिकास्थित नेसनल ईन्सिच्युट अफ एलर्जी एण्ड ईन्फेक्सस डिजिजि (एनआईएआईडी) का अनुसार पासीव्यासिलरी अर्थात ट्युवरकुलाईड कुष्ठरोग अन्तरगत छालामा “हाईपोपिग्मेन्टसन” एउटा वा बढी दागद्वारा चिनिन्छ । ती ठाउँमा छालाको संवेदना समाप्त हुन्छ । त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ ।
यस्तै, मल्टिीव्यासिलरी अर्थात वोर्डलाईन कुष्ठरोगको फैलावट मध्यम हुन्छ । यो सवैभन्दा सामान्य रुप हो । यसमा छालामा दाग ट्युवरकुलाईड कुष्ठरोगमा जस्तै देखिन्छ, तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठुलो दागले पुरा अंगलाई प्रभावित गर्न सक्छ । मल्टिव्यासिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थी, प्लाक वा आन्तरिक छाला (डर्मिस) को मोटाई बढ्ने, नाकको श्लेष्मको नियमित सहभागिता भई नाकमा रगत जम्ने, रगत निस्किने जस्ता समस्या हुन सक्छन ।
नेपालका कुल कुष्ठरोगीहरुमध्ये ५२ प्रतिसतमा मल्टिीव्यासिलरी अर्थात बढी किटाणु भएको कुष्ठरोग तथा ४८ प्रतिसतमा पासीव्यासीलरी अर्थात कम किटाणु भएको कुष्ठरोग पाईएको छ । कुष्ठरोग महाशाखाका अनुसार गत आर्थिक वर्षमा तीन हजार दुई सय ५३ नयाँ कुष्ठरोगी देखिएका थिए भने यो आर्थिक वर्षको पछिल्लो चार महिनामा एक हजार एक सय ९३ नयाँ कुष्ठरोगी फेला परेका छन । नेपालका कुल कुष्ठरोगीमध्ये चार प्रतिसत वालवालिका छन । कुल कुष्ठरोगीमध्ये ३० प्रतिसत महिला र वाँकी पुरुष छन । त्यस्तै कुल कुष्ठरोगीमध्ये ८५ प्रतिसत झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, वारा, पर्सा, नवलपरासी, रुपन्देही, वाँके, बर्दिया, कैलालीका छन । बढी सर्ने र कम सर्ने कुष्ठरोग क्रमसः एक वर्ष र ६ महिना औषधी खाए पुरै निको हुने उल्लेख गर्दै डा. कर्ण भन्छन ‘रिफ्याम्पिसिन औषधीको एकै मात्राले रोगीको शरीरमा भएको ९९.९९ प्रतिसत रोगका किटाणु मर्छ र रोग अन्य व्यक्तिमा सर्न पाउँदैन ।’
नेपालमा कुष्ठरोगको उपचार निःशुल्क हुने गरेको छ । स्वास्थ्य केन्द्रहरुमा औषधी समेत निःशुलक पाईन्छ । सरकारले उपचार पुरा गरेका कुष्ठरोगीहरुलाई यातायत खर्च वाफत एक हजार रुपैयाँ समेत दिने गरेको छ । त्यसैले कुष्ठरोगको उपचारमा अल्छी नमानौं ।                           कान्तिपुर नेपाली दैनिकवाट साभार


पाठेघर खस्ने समस्या

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने एक प्रकारको मांशपेशिय थैली हो । यो मांसपेशीय तन्तुले बनेको भि आकारको अङ्ग हो । जुन अङ्गमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटको बीचमा मिलन भए पश्चात भु्रणको बिकास हुन्छ । यो अङ्गमा बच्चाको बिकास हुने हुँदा पनि यो अङ्गलाई पाठापाठी बस्ने घर भनि पाठेघर पनि भनिएको हो ।
आङ खस्ने अर्थात पाठेघर खस्ने समस्या डोटीका महिलाहरुमा पनि उच्च रहेको छ । ग्रामिण भाषामा “घर खुस्ने”, “ढेउको निकल्ने” जस्ता नामले समेत चिनिने यो पाठेघर खस्ने समस्या सुत्केरी भएका वेला आराम नगर्नाले, त्यतिवेला गरंगो वस्तु वोक्नाले, कडा परिश्रम गर्नाले, धेरै वच्चाहरु जन्माउनाले, वच्चाहरुबीचको अन्तर कम हुनाले हुने गरेको डोटी अस्पतालका चिकित्सक डा. सृजना गौचन वताउँछिन ।
डा. गौचनका अनुसार सानै उमेरमा वच्चा जन्माउनु हुँदैन यसले पनि पाठेघर खस्न सक्छ । दोश्रो कुरा सन्तान धेरै जन्माउनाले पनि पाठेघर खस्छ र सन्तानहरुको बिचमा कम्तीमा तीन देखि पाँच वर्षसम्मको अन्तर राख्नु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । सुत्केरी भएका वेला कडा परिश्रम गर्नु हुन्छ । पर्याप्त मात्रामा आराम गर्नुपर्छ, गरंगो वस्तु उठाउनु हुँदैन ।
गौचनले पाठेघर पहिलो, दोश्रो र तेश्रो डिग्री गरी तीन तहमा खस्ने गरेको वताईन । ‘पहिलो चरणमा पाठेघरले आप्mनो ठाउँ छोड्ने गर्छ’ डा. गौचनले भनिन्–यही वेलादेखि अलि सावधानी अपनाएर नियमित व्यायाम ग¥यो भने यो समस्या कम हुन सक्छ ।
यदि पहिलो अवस्थामा वास्ता गरिएन भने पाठेघर यौनीको मुखसम्म आउने गर्दछ, डा. गौचनको भनाई अनुसार यो दोश्रो चरण हो । अझ बढी थकित हुने गरी जस्तै उकालो ओरालो बढी हिडेको, गरंगो भारी बोकेको अवस्थामा पाठेघर योनीको मुखबाट बाहिर निस्कने र फेरी आफै भित्र पस्ने हुन्छ यो अवस्थामा यौनीवाट रिङ्ग राखेर पाठेघरलाई पुरानै ठाउँमा राखिन्छ । यदि दोश्रो अवस्थामा समेत ध्यान दिईएन भने तेश्रो अवस्थामा पुग्ने गर्दछ जसलाई चिकित्सा भाषामा त्जष्चम म्ष्नचभ भन्ने गरिन्छ । तेस्रो चरणमा पाठेघर योनीबाट बाहिर निस्कन्छ र दोस्रोमा जस्तो भित्र बाहिर जादैन, यो अवस्थाको पाठेघरको बाहिरको भाग रातो साना साना फोका जस्तोले भरिएको हुन्छ जुन घाउ भएर संक्रमित भइसकेको अवस्थामा पुगेको हुन्छ । यस अवस्थामा भने शल्यक्रिया गरेर पाठेघर झिक्नु पर्ने हुन्छ ।
अहिले पनि महिलाहरु छोरो पाउन भनेर लगातार छोरीहरु जन्माउन बाध्य छन् भने अर्को तिर ति जन्मिएका छोरीहरु पनि छोराको पर्खाइका लागि मात्र जन्माइएको कारण उचित स्याहार संंहार पाउनबाट बञ्चित छन् यहि नै जड कारण हो महिलामा देखिने बिभिन्न स्वास्थ्य समस्याको ।


समाचारमा भएका मोलमोलाई पनि सुनिन्छ

श्रीराम नेपाल (सम्पादक) 
नुवाकोट सन्देश साप्ताहिक, नुवाकोट

 तपार्इंको पुरा परिचय पाउँ न ?
म श्रीराम नेपाल, घर नुवाकोट । शुरुमा स्थानीय त्रिशूली प्रवाह साप्ताहिकबाट पत्रकारिता यात्रा शुरु गरे । एक वर्षपछि नुवाकोट सन्देश साप्ताहिकमा संवाददाता हुँदै हाल यसको प्रकाशन÷सम्पादन गरिरहेको छु । यसको अतिरिक्त जिल्लामा केहि मित्रहरुसँग मिलेर टिभी त्रिशूली संचालन गरिरहेका छौं । म त्यसको समाचार प्रमुख छु । राष्ट्रिय रुपमा रेडियो नेपाल र एभिन्युज टेलिभिजनको जिल्ला संवाददाताको रुपमा कार्यरत रहेको छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पाँच÷छ कक्षामा पढ्दा देखिनै घर नजिक रहेको वाचनालयमा कान्तिपुर र गोरखापत्र पढ्ने गर्दथे । त्यस कारण पत्रकारिता प्रति आकर्शित भए । जिल्लामा पत्रकारिता गर्नेहरुको नाम र सम्मान देख्दा यस प्रतिको आकर्षण थप बढ्दै गयो । त्यस कारण पत्रकारितामा लागेको छु । कविता, निबन्ध जस्ता साहित्यिक विधामा पनि क्रियाशिल रहन्थे पहिला । त्यसैले यस तर्फ आकर्शित छु ।
 कति समय भयो यस पेशामा लागेको ?
२०५९ सालमा त्रिशूली प्रवाहको संवाददाता भएर काम शुरु गरेको थिए र हाल सम्म पत्रकारितामा क्रियाशिल रहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
रुचि त आर्थिक पत्रकारिता गर्ने छ । मेरो पत्रकारितासँगै ब्यवस्थापन संकायमा स्नाकोत्तर पनि हो । तर जिल्लामा बसेर काम गर्दा कुनै एक बिट समातेर पत्रकारिता गर्न सक्ने अवस्था रहँदैन । त्यसैले सवै विटमा त्यतिकै क्रियाशिलता देखाउनु परेको छ ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारितामा धेरै समस्या छन् । सवैभन्दा ठूलो समस्या भनेको सुरक्षित र सुनिश्चित भविष्य नहुनु हो । हामीले श्रमजिवी पत्रकार ऐन अनुसारको सुविधा पाउन सकेका छैनौं । पाएपनि त्यो पर्याप्त छैन । तोकिएको तलवमान अत्यन्त न्युन छ । अर्कोतिर स्थानीय रुपमा प्रकाशन हुने पत्रिका प्रकाशनका आफ्नै जटिलता रहेका छन् । जिल्लामा ब्यवसायिक छापाखाना छैन । जसको कारण पत्रिकाको काम सकेर प्रेस पुग्दासम्म पनि पत्रिका छापिने÷नछापिने दोधारनै रहन्छ । राजधानी नजिक रहेकोले यहाँको पत्रिकामा      राजधानीकै जस्तो गुणस्तरीयता खोज्नुहुन्छ हाम्रा पाठकहरु । जुन हामीले विभिन्न कारणले दिन सक्दैनौ ।
 तपाईले सम्पादन गरिरहेको “नुवाकोट सन्देश” कस्तो चलिरहेको छ ?
सन्तुष्ट छु । सन्तुष्टि मापन के मा गर्ने भन्ने मात्र फरक हो । आर्थिक रुपमा त सन्तुष्टी कम नै तर, जिल्लामा एउटा पत्रिका नियमित प्रकाशन गरेर नागरिकलाई सूचित गर्ने काममा थोरै भने पनि योगदान दिएको छु जस्तो लाग्छ ।
 मोफसलै भएपनि नुवाकोट जिल्ला त राजधानीवाट नजिकै छ, पत्रकारित ागर्न सजिलै होला नि ?
राजधानी नजिक हुनु बत्ति मुनिको अध्यारो जस्तै हो । राजधानीबाट निस्कने पत्रिका विहानै जिल्लामा आईपुग्छ । हुन त हामीले स्थानीय समाचार र विचारहरुलाई प्राथमिकता दिने भएकोले हाम्रा पाठक त्यही अनुसार हुनुहुन्छ । तरपनि पाठकहरुले विशेष गरी विहानै पत्रिका पाउँदा स्थानीय भन्दा राष्ट्रिय पत्रिकालाई महत्व दिएर पढ्ने गर्नुहुन्छ । जुन देख्दा हाम्रो मेहनतको कम मुल्याङ्कन भए जस्तो लाग्दछ ।
 चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
अंग्रेजी उखान छ नि ‘ज्याक अफ अल मास्टर अफ नन’ त्यस्तै अवस्था छ । मोफसलमा बसेर कुनै एक विषयमा विशिष्टकृत रिपोर्टिङ गर्न र दक्षता बढाउन समस्या छ । राष्ट्रिय संचारमाध्ययमको प्रतिनिधिको रुपमा काम गरेको पारिश्रमिक अत्यन्त न्युन र ठूलो समय अन्तरमा प्राप्त हुन्छ । सत्यतथ्य सामाग्री प्रकाशन गर्दा पनि कुनै पक्ष असन्तुष्ट हुन्छ र उसले सधै शत्रु पत्रकारको रुपमा चिन्दछ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
 मोफसल पत्रकारिता दुई खालको छ । एउटा राष्ट्रिय, क्षेत्रीय र स्थानीय संचारमाध्यमका संवाददाताको रुपमा काम गर्ने पत्रकार र अर्को स्थानीय स्तरमा संचारमाध्यम संचालन गर्ने पत्रकार । यो दुवैलाई छुट्टाछुट्टै कार्यक्रमले सम्बोधन गर्न सक्छ । संवाददाताहरुको लागि सम्बन्धित संचारमाध्यमले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गरे नगरेको कडा अनुगमन गर्ने र स्थानीय संचारमाध्यमका लागि कम्तिमा पनि समानुपातिक विज्ञापन प्रणाली लागु गराउने ।
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
त्यति सन्तोषजनक छैन । समस्या पर्दा एउटा विज्ञप्ती निस्कन्छ । मलाई तलव दिएनन् दिलाईदेउ भन्यो भने त्यो कार्यान्वयन हुन सक्दैन । मोफसलका पत्रकारको दक्षता वृद्धिका लागि खासै कार्यक्रम आउँदैनन् ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
बैचारिक संगठनहरु संचारकर्मीहरुको हकहितका लागि भन्दा पनि आफ्नै बिचार प्रवद्र्धनमा अलि बढि क्रियाशिल देखिन्छन् । त्यसो त म आफै पनि एउटा बैचारिक संगठनको नेतृत्वमा रहेको छु । तर, संचारकर्मीहरुको हक हितका लागि हामीले पनि खासै ठूलो प्रयत्न गर्न सकेका छैनौं । यस्ता संगठन सहायक मात्र हुन । मुख्य त पत्रकार महासंघ नै  हो । महासंघले गर्ने नेतृत्वमा हामी सहभागि हुने हो ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
 अहिलेसम्मको अनुभवमा पत्रकारिता सन्तुष्टिको पेशा हो ।      पत्रकारितामा मात्र भविष्य देख्ने अवस्था अहिलेसम्म छैन । मोफसलका धेरै पत्रकार केहि समय अत्यन्त क्रियाशिल रहेर पनि पछि विस्थापित हुनु परेको छ । तरपनि पत्रकारिता एउटा जिम्मेवार पेशा हो जसले निस्वार्थ भावनामा रहेर नागरिकको सूचनाकोे हकलाई प्रवद्र्धन गर्दछ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु  देखिएका भन्ने आरोप लाग्ने गरेको छ, नुवाकोटको अवस्था कस्तो छ ?
यी दुःखद पक्ष हुन् । नुवाकोटमा पनि कहिलेकाँही यो प्रवित्ति   दोहोरिएको देखिन्छ । पत्रकारिता पनि एउटा पेशा हो । हामी पेशाकर्मी हांै भन्ने भन्दा पनि हामी छुट्टै ग्रहका प्राणी हौं, हामीलाई छुट्टै सम्मान चाहिन्छ भन्ने भ्रम हाम्रा साथीहरुमा पनि छ । समाचारमा भएका मोलमोलाई पनि सुनिन्छ । जसले गर्दा पत्रकारिता बदनाम पनि छ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
आफ्नो मुल्याङ्कन आफैले गर्नु त्यति जायज नहोला । म यस्तो छु भन्ने मेरो दावि छैन । तर, आफ्ना प्रतिबद्धता छन् । तपाईले माथि भनेका कुराहरु गर्ने छैन भनेर र आजसम्म त्यो रेकर्ड छैन । म पत्रकारितासँगै प्राध्यापन पनि गरिरहेको छु । तसर्थ आर्थिक कारणले त्यस्ता मोलमोलाई गर्नुपर्ने बाध्यता म मा छैन भन्न चाहन्छु । प्राध्यापन अझै सम्मानित र सामाजिक पेशा भएकोले पत्रकारितामा अलिकता गढवढ गरेमा त्यसको असर मेरो अर्को पेशामा पनि पर्ने भएकोले म सजग छु ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
मोफसल पत्रकारिता सुधारका लागि सरकारले स्पष्ट मापदण्ड बनाउन पर्छ । हामी जस्ता स्थानीय संचारमाध्ययम चलाउनेहरु पनि उद्यमी हौं । हाम्रा पत्रिका टिक्ने आधार बनाउनु राज्यको कर्तब्य पनि  हो । हामीले नागरिकलाई सूचित गरेर जुन सहयोग राज्यलाई गरेका छांै । त्यो राज्य एक्लैले सक्दैन ।
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
 सम्भावना न्युन हुँदैछ । अढाई महिना बितीसक्दा नयाँ सरकार गठन भएको छैन । अघिल्लो संविधानसभाले प्राप्त गरेका उपलब्धिको स्वामित्व यो संविधानसभाले लिने सम्भावना न्युन हुँदै गएको छ । यसले संकेत   राम्रो छैन । तरपनि दलहरु दलीय र नेताहरु ब्यक्तिगत स्वार्थ भन्दा माथि उठ्ने हो भने असंभव पनि छैन ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
समग्र पत्रकारिता क्षेत्रको विकासका लागि गर्नुपर्ने धेरै छ । पहिलो कुरा त पत्रकारिता गर्नकै लागि पनि केहि मापदण्ड बनाउन पर्छ । जो कोहीले जुनसुकै समयमा शुरु गर्ने पेशा पत्रकारिता बन्नु हुँदैन । पत्रकारितामा नै लागेकाहरुलाई सुरक्षित भविष्यको ग्यारेण्टी गरिनु पर्दछ । तपाई हामीले प्रकाशन गरिरहेका पत्रिकाको स्थानीय रुपमानै मुल्याङ्कन गरेर सुविधा दिन सक्नुपर्दछ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
 सबैभन्दा पहिले दिन मन लागेको कुरा अन्त्यमा सोध्नुभयो । त्यस क्षेत्रको लोकप्रिय पत्रिका “विम्ब”ले संचालन गरिरहेको कुराकानीको यो श्रृङ्खला अत्यन्तै सकारात्मक कदम हो । मोफसल पत्रकारिताको वास्तविकता बुझ्न यो कदम उपयोगी छ । यो कदमले नीति निर्माण तहमा बस्नेहरुलाई पनि विभिन्न जिल्लाको अवस्था बुझ्न सहयोगी हुने अनुभव मैले गरेको छु । यो स्तम्भ र यो पत्रिकाको निरन्तर सफलताको शुभकामना ब्यक्त गर्दछु ।