Wednesday, December 14, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल मंसिर २८ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ  । 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘महिला हिंसा रोक्न सबै एकजुट हुनुपर्ने’

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत शनिबार डोटीको कालिकास्थान गाविसको मौवामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्किक हिंसा रहित समाज’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान (२०१६) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले महिला हिंसा रोक्न सबैले एकजुट भएर मात्र रोकिने बताए । गौतमले भने, ‘महिला हिंसा रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट सबैले पहल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हिंसा रोकिन सक्छ ।’ 
जिल्ला बाल कल्याण समिति डोटीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले महिला हिंसा सम्बन्धि यो १६ दिने अभियान मात्र नभएर यो एउटा परिवर्तनको धार भएको बताए । प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘पहिलेको समाज र यो अभियान पछिको समाजमा निकै परिवर्तन हुने  बिश्वास लिएको छु । यो अभियानमा मात्र सीमित नभएर चेतनामुलक सन्देश हो । यसलाई सार्थकता बनाउन हामी सबैको जिम्मेवारी हो ।’ सभाध्यक्षताको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्य यस्तो बताएका हुन । 
विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बिभिन्न हिंसाहरुलाई छिचोल्दै पछिल्लो समयमा स्थानीयहरु हिंसा मुक्त समाजमा बस्नुपर्छ । त्यसको लागि आफैंले आ–आफ्नो ठाउँमा हिंसा रोकेर सभ्य र सुन्दर समाज बनाउनु पर्ने बताए ।
महिला हिंसा हुन नदिनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बिष्टले बताए। प्रहरी उपरीक्षक बिष्टले भने, ‘पछिल्लो समयमा डोटीमा लैंगिक हिंसाको अवस्था हेर्दा केही सुधार आएको छ ।’ महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा सुरु भएको कार्यक्रममा स्थानीय नवज्योति बालक्लवले बाल विवाह उन्मुलन सम्बन्धि जनचेतनामूलक नाटक प्रस्तुत गरेर स्थानीयहरु पनि बालबिबाह नगर्ने र नगराउनेमा बिश्वास लिएको एकजना स्थानीयले बताए ।
१६ दिनसम्म महिला हिंसाविरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालय डोटीले जनाएको छ । 
अभियानका सन्र्दभमा पत्रकार सम्मेलन, महिला हिंसा विरुद्धको रणनैतिक योजनाको जिल्ला स्तरीय अभिमुखिकरण, महिला हिंसा विरुद्धमा अन्र्तक्रिया, सचेतना र सुचना प्रसारण तथा प्रकाशन गरिएकोे महिला तथा वालवालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहालले जानकारी दिइन । उनले भनिन् ‘महिला हिंसा विरुद्ध पटक पटक आवाज उठाउँदै आएपनि पीडकलाई कारबाही नहुँदा हिंसाका घटना बढ्दै गएको देखिन्छ ।’ क्षेत्रीय तहबाट राष्ट्रिय तथा  अन्तराष्ट्रिय तहसम्म महिला हिंसा विरुद्ध आवाज उठाउन र हिंसा रोक्न अभियानले मद्दत पु¥याउने अधिकारकर्मीको विश्वास छ ।
हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्ध १६ दिने अभियान चलाइंदै आइएको छ । 
नेपालमा दिनानुदिन महिला हिंसाका घटनाहरु घट्नुका साथै बढ्दै गएको बिभिन्न तथ्याङ्कहरुले देखाएको पाइन्छ । दाहालले भनिन्, ‘महिला हिंसा बढ्नु एउटा महिलाको पनि कमजोरी रहेको हुन्छ । एक्काइसौं सताब्दीमा पनि जति पीडा भएपनि सहनशील हुने हुँदा हिंसाहरु बढ्ने गर्छन ।’
घोषणा गर्न मात्र बाँकी
डोटी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भनेर तोकिएको निर्धारित मिति सन् २०१५ मा घोषणा हुन सकेन । त्यो समयदेखि नै सरोकारबाला निकायहरु सधै घोषणा गर्ने मिति सार्दै आएका छन । नेपाल अधिराज्यकै भुबनोट अनुसार डोटी जिल्ला एक पहाडी र भौगोलिक विकटताको जिल्ला । सुगम जिल्लाहरुमा खुला दिसा मुक्त जिल्ला घोषणा ग¥यो भन्दैमा डोटी जस्तो दुर्गम जिल्लालाई पनि घोषणा गर्नु उचित छैन । 
खानेपानी तथा सरसफाई लगायत बिविध समस्यालाई समाधान गर्न विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरु लागि परेपनि डोटीको भौगोलिक विकटता, जनचासोको कमीले ग्रामीण दुर दराजमा रहेका समस्याहरु सोचे अनुरुपको समाधान हुन सकिरहेका छैनन् । डोटी जिल्लालाई सन् २०१५ भित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने भन्ने रणनीतिक योजना भएपनि सो निर्णय पुरा हुन सकेन । जिल्लाको सर्बपक्षिय निर्णयबाट फेरी सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने भन्ने निर्णयभए अनुसार जिल्लाका बिभिन्न स्थानमा सरसफाइको अवस्था अनुगमन पनि गरिएको छ । डोटीका सबै गाविसहरु खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेका छन् भने डोटीको एकमात्र दिपायल सिलगढी नगरपालिका खुल्ला दिसामुक्त जिल्ला घोषणा भईसकेको छ । अब जिल्ला घोषणा हुन मात्र बाँकी छ ।
हामीले यस जिल्लाका सबै वडाहरुलाई घोषणा गरिसक्यौं तर बिडम्बना कतिपय ग्रामीण भेगका जनतामा चेतनाको कमीले गर्दा पुरानै अवस्था छ । कतिपयका चर्पी पूर्ण रुपमा प्रयोगमा आएका छन भने कतिपयका अरुको प्रेसरले बनाए जस्तै बनिसकेका चर्पीहरु पनि बर्षदिन मै जीर्ण अवस्थाका भैसकेका छन । बिभिन्न गाबिसहरुमा काम गर्ने संघसंस्थाहरुले त्यति लगानी गरेर फेरी पुरानै हालतमा कतिपय उत्रिएका छन ।
चर्पीको वरिपरी पानी बगेको हुन्छ, चर्पी भित्रको पिंनले पानी पाएको हुदैन । चर्पी गएपछि साबुनपानीले हात धुनुपर्छ भन्ने जता ततै भाषण फुकेका छन तर कसैका लागि त ‘बाँदरको हातमा नरिवल’ भने जस्तै भएको छ । जसको बानी परेको छैन । जिल्ला सदरमुकाम कै आसपासका क्षेत्रहरुमा हेर्ने हो भने पनि जस्तो कलेना गाबिसमा ‘हाम्रो बानी परेको छैन’ भन्ने आवाज बढी आउछ । कहिले पर्छ त बानी ? कसले पारी दिन्छ त बानी ? 
घरमा संस्थाहरुको सहयोगमा निर्माण भएका शौचालयहरु छन  तर दिसा गर्न खोला तिर पस्छन । खोलामा किन जानुहुन्छ भन्ने प्रश्नमा ? हाम्रो बानी परेको छैन ट्वाइलेट जाने । शौचालय गएपछि साबुन पानीले हात धुनु हुन्छ की नाई ? हाम्रो बानी परेको छैन । कहिले पर्छ त त्यो बानी ? त्यसै क्षेत्रमा काम गर्दा गर्दा सरोकारवाला निकायहरु वाक्क भैसके यता स्थानीयहरुको ‘बानी परेको छैन’ ।
कतिपय गाबिसहरुमा यस्तो चेतना फैलिएको छ की बरु खाना एक छाक नखाने शौचालयको लागि भने पानी प्रशस्त छुट्याउने । जस्तो डोटीको काँडामाण्डौं गाबिसकै कुरा गर्ने हो भने पनि बर्षायाम मा त पानीको अभाब हुदैन । हिँउदे याममा त करिब चार महिना जति खडेरी नै पर्छ । त्यो समयमा करिब डेढ दुई घण्टा टाढाबाट कुवाको पानी बोकेर पनि चर्पीमा पानीको अभाब नै हुन दिदैनन । त्यो ठाउँमा त्यति चेतनाको बिकास भैसकेको छ ।
हामी खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि तयार भैसकेका छौं तर जिल्ला सदरमुकाम सिलगढी बजारमा नै कतिपय ठाउँमा शौचालय नै छैनन । आइतबार बसेको बैठकमा तीन हप्ताको समय दिएर शौचालय बनाउन सम्बन्धितलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । दुई÷तीन बर्षसम्म शौचालय बनाउन नसकेकाले कसरी तीन हप्तामा शौचालय बनाउछन होला ? बनाउनेहरुले त एक पटक भन्ने बित्तिकै बनाइसके । खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि कागजमा मात्र सीमित नभएर जिल्लाका सबै कुना कन्दरामा शौचालय निर्माण गरी घोषणा गर्न जरुरी छ ।

थप समाचार 

‘६० लाख बराबर रकम संकलन’

कमला कुँबर÷डोटी
     मंसिर २७
गत मंगलबारदेखि सुरु भएको बिराट बोगटान धार्मिक तथा शैक्षिक महोत्सब ज्ञान महायज्ञ सोमबार सम्पन्न भएको छ । 
डोटीको बोगटान क्षेत्रको चवराचौतारा गाबिसमा सञ्चालन गरिएको महायज्ञबाट ५८ लाख २१ हजार सात सय ९५ रुपैयाँको दान संकलन गरिएको आयोजकले  समितिले जानकारी दिएको छ । महोत्सव अवधिभर विभिन्न शीर्षकमा दाताहरुले दान गरेका थिए ।
जस अन्र्तगत तुलादानबाट दुई लाख ५० हजार बराबरको दान संकलन गरिएको छ । जसमा ६९ जनाले तुला दान गरेका थिए । यस्तै उत्कृष्ठ दानदाता चित्र बमले दुई लाख एक हजार एक सय ११ रुपैयाँ दान गरेको आयोजक समितिले बिम्ब नेपाली साप्ताहिकसंग टेलीफोनको कुराकानीमा जानकारी दिएको छ । 
यस्तै भद्रकाली रोजिन टर्पेन्टाइनले एक लाख पाँच हजार पाँच सय ५५, पदम सिंह चन्दले एक लाख ११ हजार एक सय २३ रुपैयाँ रकम सहयोग प्राप्त भएको छ ।
त्यस्तै भिमलाल उपाध्यायले एक लाख ११ हजार एक सय ११, दुर्गादत्त उपाध्यायले ५७ हजार सात सय ७७, भिम बहादुर बमले ५५ हजार पाँच सय ५५, बड्डा सप्लायर्समा गोपाल माझीले ५५ हजार पाँच सय ५५, होटेल रिभर साइडका ज्ञान बहादुर कार्कीले ५० हजार रुपैयाँ दान गरेका छन । 
यस्तै शान्ति कलशबाट लक्ष्यदीप प्रज्वलनबाट पनि रकम सहयोग प्राप्त भएको महोत्सव मुल आयोजक जानकारी दिएको छ । बोगटान क्षेत्रको सबै भन्दा पुरानो बिद्यालय खत्याडी उच्च माध्यामिक बिद्यालयलाई बहुमुखी क्याम्पस सञ्चालनका लागि धार्मिक महोत्सबको आयोजना  गरिएको हो । ग्रामीण क्षेत्रमा क्याम्पस स्तरीय पठन पाठनका लागि श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवम् बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष देब बहादुर बमले बताए ।
महायज्ञबाट संकलित रकमले स्नातक सम्मको पठन पाठन सुरु गर्ने लक्ष्य राखिएको बमले जानकारी दिए । बि.स.२०३४ सालमा स्थापना भएको सो बिद्यालयमा २०६३ सालदेखि उच्च माध्यामिक तहको पठन–पाठन शुरु भएको थियो । निकट भविश्यमै क्याम्पस संचालन गर्ने उद्देश्य महायज्ञ लगाइएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्षले बमले बताए । 
डोटी जिल्लाको बोगटान क्षेत्र तिर जिल्लाका १० वटा भन्दा बढी गाविस पर्ने भएकोले यस क्षेत्रका बिद्यालय र बिद्यार्थीको उज्वल भबिश्य बनाउने उद्देश्यले ेश्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको स्थानीयहरु बताउछन ।  उक्त बिद्यालय बोकटान क्षेत्रको पहिलो र जिल्लाको अग्रणी माध्यामिक बिद्यालय हो ।
आरन व्यवसायबाटै जीवन धान्दै
“मेरो परम्परागत पेशा आरन हो, श्रीमान् हुँदा उहाँले आरन चलाएरै परिवार पाल्नु भएको थियो, उहाँको मृत्युपछि मैले यही पेशा रोजे ।’ 
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका–१२, सिरखोलीसैनकी ५५ वर्षीया जुनकिरी कामी आफ्नो आरन पेशावाट सुन्तुष्ट देखिन्छन । १५ वर्ष पहिले श्रीमान् गुमाएकी जनुकिरीले आफ्नो आरन व्यवसायवाटै परिवारको गुजरा चलाईन । अहिले उनका छोरा भारतमा गएर नौकरी गरिरहेका छन तर पनि जुनकिरी अहिले पनि आफ्नो व्यवसायमा रमाएकी  छिन । उनी भन्छिन् ‘यही व्यवसायवाट परिवार पाले अव आफुले सकुन्जेल यही पेशा गरिरहन्छु ।’ 
जुनकिरीका श्रीमान् आरन चलाउँदा खालो लिने गर्थे तर अहिले जुनकिरी ज्याला लिने गर्छिन् । महिलाले आरन चलाउँदा समाजले केही भन्दैन ? जुनकिरी भन्छिन् ‘समाजले मलाइ हौषला प्रदान गरेको छ ।’ उनी समाजवाट आफुलाई सहयोग भएको वताउँछिन । आफ्नो नाम समेत लेख्न नजान्ने जुनकिरीले आरन व्यबसायबाटै छोराछोरीका लागि कापी कलम किनिन् । उनीहरुको लुगाफाटो सवै   वनाईन ।  
आरन व्यावसायत पुरुषले मात्र गर्ने चलन रहेको समाजमा श्रीमान्को कलिलै उमेरमा मृत्यु भएको र छोरा सानै भएका कारण जीवन धान्नका लागि आरन व्यवसाय सुरु गर्नु जुनकिरीका लागि वाध्यता थियो तर अहिले भने उनी उक्त पेशामा रमाएकी छिन । सिरखोली सैनमा आरन व्यवसाय सञ्चालन गर्ने उनी पहिलो महिला हुन । 
उनललाई आरन सञ्चालनका लागि लुथरन बिश्व फेडरेसनको सहयोगमा राष्ट्रिय हलिया मुक्ती समाज महासंघले सञ्चालन गरेको मुक्त हलिया कमैया, कम्मलरीहरुको स्वतन्त्रता सवलीकरण कार्यक्रमले उत्साहित गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ डोटीको अध्यक्षमा बोहरा

किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघ डोटीको प्रथम जिल्ला अधिवेशनबाट भरत बोहरा सर्बसम्मत चयन भएका छन ।
 उपाध्यक्षमा संगम साँउद, सचिबमा खडक सिं बिक, सह–सचिबमा पशुपति जोशी, र कोषाध्यक्षमा धौली देबी रावत चयन भएका छन ।
यस्तै सदस्यहरुमा कर्ण बिष्ट, बाटु खड्का, माया साँउद, हर्क देबी खड्का, शिबराज ओझा, सिद्धार्थ बिक, लक्ष्मी शर्मा र भक्त बोहरा सर्बसम्मत चयन भएको अध्यक्ष भरत बोहराले बताए ।
 सोमबार सिलगढीमा भएको जिल्ला कृषक समूह महासंघबाट निर्बिरोध चयन भएका हुन ।  ११ वटा गाविस तहमा कृषक समूह महासंघ गठन भईसकेको र तिनै गाविसबाट समावेशी रुपमा तीन र अन्य तीन जना प्रतिनिधि गरी ६ जनाका दरले एक गाबिसबाट जिल्ला अधिवेशनमा सहभागी भएका थिए । जिल्ला प्राबिधिक कार्यालय डोटीका कार्यालय प्रमुख रामचन्द्र खत्रीको प्रमुख आतिथ्यमा सञ्चालन भएको बन्दशत्रमा सबैले बिभिन्न गाबिसका प्रतिनिधिहरुले आफूले गरेको ब्यवसायमा भएका समस्या तथा सुझाबहरु प्रस्तुत           गरेका थिए ।
त्यस्तै गाविस स्तरीय महासंघ गठन भई नसकेका गाविसहरुबाट पनि किसान समूह महासंघका प्रतिनिधिहरुको अधिवेशनमा सहभागी भएर सिलगढीको टुँडिखेलबाट प्रशासन चौक हुदै जिल्ला बिकास समितिको कार्यालयसम्म ¥याली निकालेको अध्यक्ष बोहराले जानकारी दिए ।
अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको बताईएको छ । सोमबार बिहान एघार बजे कृषकहरुका मागहरु बारे जिल्ला विकास समितिमा ज्ञापन पत्र पनि  बुझाएको छ ।
जिल्ला पशुसेवा कार्यालय डोटीका प्रमुख डा.पान सिं ठकुन्नाले अब कृषि खेतीमा कतैबाट पनि यस जिल्लामा आयात होइन निर्यात हुनुपर्छ । त्यसको लागि कृषकहरुले निकै मेहेनत गर्नुपर्ने बताए ।
 कृषि तथा पशुको क्षेत्रमा आफू कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए ।  कृषि बिकास कार्यालय डोटीका प्रकाश भट्टले भने, ‘डोटी जिल्लामा अधिकाशं ठाउँमा जमिन बाँझो भएर परनिर्भर भएका धेरै छन, त्यसले गर्दा कृषि क्षेत्रमा निकै घाटा हुन्छ ।’ बाँझो भएको जमिनलाई  सदुपयोग गर्न कृषकहरुलाई उनले अनुरोध गरे । 
कृषकहरुले गरेको प्रगतिको र पछाडी परेका कृषकहरुका आवाजलाई उठाउने र त्यसो गर्दा कृषकलाई पनि आत्मबल र हौसला कृषि पत्रकार समूह डोटीका अध्यक्ष झलक पालीले बताए । कार्यक्रममा उपस्थित सबैले कृषकहरुलाई सधैं सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको महासंघको तदर्थ समितिले जनाएको छ ।

बालबालिका अझै कुपोषित

प्रेम रौले÷बाजुरा
     मंसिर २७
जिल्लाको पोषण सुधार गर्नका लागि सुआहारा दोस्रो कार्यक्रम जिल्लामा लागु भएको छ । जिल्लाका बालबालिकहरु अझै कुपोषितको अवस्थामा रहेका छन् । बाजुरामा कुपोषण्को अवस्था भने भयाबह रहेका पाइएको छ । सुनौला हजार दिनका आमादेखि स्थानीय तहमा बनाइने विभिन्न खालका जाउलाहरुको सही सदुपयोग नहुदा बाजुरामा भने कुपोषणको अवस्था भयाबह भएको एक तथ्याङ्कले देखिएको छ । 
बाजुरामा  लागु भएको विगतदेखि नै बहुपोषण क्षेत्रीय कार्यक्रमको समिक्षा तथा सुआहारा कार्यक्रम दोस्रो कार्यक्रमको परिचयात्मक कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन । बहुपोषण कार्यक्रमले जिल्लाको पोषण स्थिति सुधार गर्दै लैजानका लागि यो कार्यक्रम लागु भएको बताइएको छ । जिल्लाका बालबालिकाहरुमा ख्याउटेपन, बामपुड्के कम तौल भएका कुपोषितको अवस्था नाजुक भएकाले अहिले सुनौला हजार दिन  र आइमम लगायतका कार्यक्रमले बहुपोषण क्षेत्रीय कार्यक्रमलाई सहयोग गर्न बताइएको छ । यस वर्षका लागि सुआहारा बाजुराले करोडांै लगानी गर्ने भएको छ । 
कार्यक्रममा गाविसले पोषणका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ । गाविसहरुमा यस भन्दा पहिले बजेट विनियोजन हुदै आएको भएपनि सही रुपमा  प्रयोग नभएको सहभागीले बताएका छन् । सोमबार भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय बाजुराको बहुक्षेत्रीय पोषण  कार्यक्रमका लागि १७ लाख बजेट रहेको छ भने जिल्ला विकास समिति बाजुराका लागि बहुक्षेत्रीय पोषणका लागि भने  पोषणको  कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन भएको बताइएको छ ।

खिरसैन पूर्ण खोपयुक्त घोषणा

डोटीको खिरसैन गाबिस पूर्ण खोपयूक्त गाबिस घोषणा भएको छ । 
शनिवार आयोजित एक समारोहकाबीच उक्त खिरसैन गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । गाबिसका सबै वडाहरुमा जन्मे देखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप नियमित रुपमा पाउन थालेपछि पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको गाबिस सचिब सुशीला चौधरीले जानकारी दिइन । 
समारोहका प्रमुख अतिथि एवं डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बिभिन्न खोप अनिबार्य लगाए मात्र धेरै जसो रोगहरुबाट बच्न सकिने बताए । उनले भने ‘खोप सम्बन्धि यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्छ । त्यस पछि मात्र बिभिन्न खाले रोगहरुबाट मुक्त भइन्छ ।’ 
उनले भने, ‘स्वस्थ्य मानिसको धन भएकाले सबैले आ–आफ्ना बच्चालाई  अनिवार्य नियमित रुपमा खोपहरु लगाउन कोही पनि नछुट्ने बिश्वास लिएको छु ।’ उनले बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने वातावरण बनाउन सवै सरोकारवाला निकायहरुलाई आग्रह समेत गरे । 
समारोहमा पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति, संस्थालार्ई प्रमाण पत्र, कदर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । 

एकीकृत घुम्ती शिबिर हिजो र आज

कर्ण चन्द÷बुडर
     मंसिर २७
एकीकृत धुम्ती सेवा शिविर छत्तिवनको वुडरमा सोमबारदेखि सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले सदरमुकामदेखि टाढाको दुरीमा रहेका गाविसका सर्वसाधारणलाई घरदैलोमा सरकारी सेवा सुविधा पु¥याउने उद्देश्यले एकीकृत घुम्ती शिविर संचालन गरिएको हो ।
हिजोदेखि सुरु भएको घुम्ती शिबिर आजसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । शिविरमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले (जोरायल क्षेत्रका) छत्तिवन, घण्टेश्वर, लक्ष्मीनगर, सरस्वतीनगर लगायतका गाविसका सर्वसाधारणहरुलाई सदरमुकामबाट प्रवाह हुने सेवा सुविधा एकीकृत घुम्ती शिविरबाट दिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ । 
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन,  जिल्ला कृषि कार्यालयले कृषि सेवा, महिला तथा बालबालिका कार्यालयले शिविरमा अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गर्नेछन । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण सेवा, जिल्ला मातपोत कार्यालयले जग्गा राजीनामा, नामसरी, सट्टापट्टा, प्रतिलिपि लगायतका सेवा दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद सर्माले नागरिकता वितरण गरी फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधाहरु निःशुल्क रुपमा वितरणका लागि घुम्ती शिविर सुरु गरेको बताए । 
घुम्ती शिबिरमा जनतासंग प्रत्यक्ष जोडिदा जनताहरुलाई पनि एक्लो महशुस नहुने बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले बताए । बरिष्ठ कृषि बिकास अधिकृत शाहले भने, ‘कतिपय ग्रामीण भेगमा जनताहरुले त सरकारी कार्यालयले हाम्रो सुबिधाको लागि कुनै चाँसो नदिएको भन्ने बुझाईमा हामीले यो घुम्ती शिबिर सञ्चालन गरेका हौं ।’ 
कर्मचारी र जनताको सम्बन्ध सुमधुर बनाउँदै ग्रामीण भेगका सर्वसाधारणलाई राज्यको उपस्थिति भएको अनुभूति गराउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला तथा बालबालिका कार्यालयकी सुपरभाइजर सबिना श्रेष्ठले बताइन् ।

ट्याक्टरले ठक्कर दिँदा एक जना बालकको मृत्यु

सम्राट सिंह÷बझाङ्ग
      मंसिर २७
घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
मेरीगोल्ड ईग्लीस बोर्डिङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षीय छात्र उमेश जोशीको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागि नेपालगंज तर्फ लैजादै गर्दा बिच बाटो मै ज्यान गएको मृतकका आफन्तले जनाएका छन ।
सोमबार बिहान भोपुरबाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको से १ त ६९९० नम्बरको ट्याक्टरले सदरमुकाम चैनपुर तर्फ आई रहेको बालकलाई सिमभाडी भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट बालकको टाउको र दाँया खुट्टामा गम्भिर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि नेपालगञ्ज रिफर गरिएको थियो ।
दुर्घटनाको बारेमा अनुसन्धान भै रहेको र तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्याक्टर र चालक भरत साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

कविता प्रतियोगितामा  पोखरेल बिजयी

भ्रष्टाचार बिरुद्धको १४ औं अन्तराष्ट्रिय दिबसकोे अवसरमा कविता वाचन प्रतियोगितामा उच्च अदालत दिपायलमा कार्यरत शान्ति पोखरेल बिजयी भएकी छिन ।
‘भ्रष्टाचार बिरुद्धको सहकार्य, शुसासनका लागि अपरिहार्य’ भन्ने मुलनाराका साथ भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिबस पुर्वसन्ध्यामा डोटी बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा ६ जनाले कविता बाचन गरेकोमा पोखरेलले जित हात पारेकी हुन ।
त्यस्तै द्धितीय हुनेमा खेमराज रौतेडा र तृतीय हुनेमा लाल बहादुर भण्डारी रहेका छन । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आब्हानमा सन् २००३ देखि यो दिवस मनाउन लागिएको हो । 
 संसारभरी भ्रष्टाचार बिरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले बताए ।
शर्माले भने, ‘भ्रष्टाचार बिरुद्धको लागि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने फरामहरु निशुल्क बितरण गर्ने तयारी  भैरहेको छ ।’ नागरिकता लगायत जिल्ला प्रशासन कार्यालयबाट कुनै प्रकारको फाराम जिल्ला प्रशासन कार्यालयबाट केही हप्ता भित्र निशुल्क बितरणको तयारी शर्माले बताए ।
 प्रमुख जिल्ला अधिकारी शर्माले ‘हेलो सिडियो साहेब’ नामक कार्यक्रम डोटी जिल्लाका रेडियोहरुबाट सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यसले गर्दा जनतालाई जति बेला  सेवा सुबिधा लिन सक्ने भएकोले यो कार्यक्रम सञ्चालनमा ल्याउने उनको ठम्याइ छ ।
‘देशलाई नीतिगत रुपमै हुने भ्रष्टाचारले झनै समस्या गरेको छ ।’ त्यसलाई निर्मुल गर्न हामी सबैले प्रतिबद्धता भएर काम गर्नुपर्ने निमित्त क्षेत्रीय प्रसासक सुरेन्द्र पौड्यालले बताए ।
सह–सम्पादक चन्द सम्मानित
भष्ट्राचार बिरुद्धको १४औँ अन्तराष्ट्रिय दिवसको अबसरमा बिम्ब नेपाली साप्ताहिकका सह–सम्पादक, त्रिबेणी एफ.एमका स्टेशन मेनेजर तथा नयाँ पत्रिका दैनिकका डोटी सम्बाददाता कर्ण चन्द सम्मानित भएका छन ।
भ्रष्टाचार बिरुद्धमा समाचार सम्प्रेषण गरी सु–सासन प्रर्बद्धनमा सहयोग गरेको भन्दै सम्मान उक्त दिवसमा सम्मानित भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायल र जनसरोकार मञ्च  डोटीद्धारा आयोजित कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले सम्मानले सम्मान गरेका हुन ।
दिवसकै अबसरमा न्यूनतम र्शत मापन तथा कार्य सम्पादनमा डोटी जिल्लामा सबै भन्दा धेरै अंक ल्याउने मुडभरा गाबिसका सचिब डिलबहादुर महरालाई पनि सम्मान गरिएको छ । भ्रष्टाचार बिरुद्धको १४ आंै अन्तराष्ट्रिय दिबसको अवसरमा शुसासनको पक्षमा कलम चलाउने पत्रकार  र स्थानीय निकायको कर्मचारीलाई सम्मान गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दिपायलका प्रमुख राजन नेपालले जानकारी दिए । उनले भने, ‘हामीले प्रत्येक बर्ष यो अवसरमा भ्रष्टाचार बिरुद्ध कलम चलाउने पत्रकार र उत्कृष्ठ एकजना निजामती कर्मचारी लाई सम्मान गर्दै आएका छौं ।’

छोटकरी समाचार 

मानब अधिकार दिबस मनाईयो

६८ औं अन्तराष्ट्रिय मानब अधिकार दिबस डोटीमा पनि बिबिध कार्यक्रमका साथ मनाइएको छ ।
डोटीको बनलेक गाविसमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय मानव अधिकार  दिबस मनाईएको छ । बनलेक, लाटामाण्डैाँ, जिजोडामाण्डौ र  बारपाटा गाविसका महिलाहरुको समुहले ६८आंै अन्तराष्ट्रिय मानब अधिकार दिबस मनाएका हुन ।
दिवसको अवसरमा ब्यानर सहित बिभिन्न नारा सहीत गाबिस भबन रहेको स्थानमा परिक्रमा  गरेका थिए । कार्यक्रममा छाउपडी प्रथा, मानब बेचबिखन, द्वन्द प्रभाबित बालबालिकाको कथा ब्यथा समेटेर तयार पारेका अधिकार हनन सम्बन्धिका डकुमेन्ट्री÷भिडियो प्रर्दशनी गरेका थिए ।
कार्यक्रममा दलीत महिला संग फेडोका परीयोजना संयोजक राम बहादुर बिकले हाम्रो समाजमा भए गरेका मानब अधिकारका घटनाका बारेमा जानकारी  गराएका थिए ।

अध्यक्षमा अर्जुन वलायर

डोटीको भूमिराजमाण्डौमा रहेको नब विहानी वचत तथा  ऋण सहकारी सस्था लिमिटेडले नयाँ कार्य समिति चयन गर्दै आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
समितिको अध्यक्षमा अर्जुन वलायर रहने गरी ९ सदस्यीय रहने गरी नयाँ कार्य समिति सर्बसम्मत चयन गरिएको सहकारी संस्थाले जानकारी दिएको छ ।

खेल समाचार 

डोटीबाट राष्ट्रिय खेलकुदमा घले सहित ४ छनौट

पूर्वाञ्चल बिकास क्षेत्रमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलको लागि डोटीबाट आयुष घले छनौट भएका छन ।
दिपायल सिलगढी नगरपालिका–३ मा जन्मिएका घले धनगढीको खेल मैदानमा क्षेत्रीय फुटबल प्रतियोगिताबाट छनौट भएका हुन । सानैदेखि क्रिकेट, फुटबल लगायत बिभिन्न खेलहरुमा रुचि राख्ने घलेले पहिलो पटक राष्ट्रिय खेल्ने अवसर पाएका छन । क्षेत्रीय छनौट प्रतियोगिताको लागि डोटीबाट गएको १८ जनाको टिममा आयुष घले मात्र छनौट भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको क्षेत्रीय फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । जसमा डोटीले तीन खेल खेलेको थियो । पहिलो डडेल्धुरालाई ६–१ ले  पराजित गरेको थियो । यो खेलमा आयुष घलेले २ गोल हानेका थिए । दोेश्रो खेलमा कञ्चनपुरद्वारा ५–० ले पराजित भएको थियो र तेश्रो खेलमा ३–१ ले बाजुरालाई पराजित गरेको थियो । जसमा घलेले २ गाले हान्न सफल भएका थिए । 
सुदूपश्चिमबाट सातबटा टीमहरु समाबेश भएको उक्त फुटबल प्रतियोगितामा अछाम र बैतडीले उपस्थिति जनाएको  थिएन । तीनवटा टीमसंग खेलेर डोटीले तृतीय स्थान हात पारेको छ । जसमा आयुष घलेले मात्र ४ गोल हानेका थिए । १७ (सत्र) बर्षको उमेर मै राष्ट्रिय खेल खेल्न पाउनु घलेको र डोटीको लागि निकै हर्षितको बिषय बनेको छ । स्थानीय स्तरमा धेरै पटक खेलेको र क्षेत्रीयमा भने पहिलो पटक फुटबल प्रतियोगिता खेलेको घले बताउछन । उनले भने, ‘अहिलेसम्म दिपायल, अछाम र डडेल्धुरामा मात्र खेलेको थिए । यो पहिलो पटक हो क्षेत्रीयमा खेलेको । यसैबाट राष्ट्रियको लागि छनौट भएको छु । त्यसैले थप हौसला बढेको छ ।’
घलेलाई स्थानीय स्तरमा पनि उत्कृष्ठ खेलाडी भनेर धेरै पटक सम्मानित÷पुरस्कृत भएको प्रशिक्षक दिनेश केसीले बताए । 
यस्तै महिला फुटबल प्रतियोगितामा पनि डोटीबाट तीन जना छनौट भएका छन । दिपायल सिलगढी नगरपालिका–३ की रजनी केसी, मनिका श्रेष्ठ र सानु खत्रीलाई छनौट गरेको प्रशिक्षक केसीले जानकारी दिए । केसीले भने, ‘आजसम्म फुटबल प्रतियोगिताको मात्र छनौट भएको छ । अरु खेलहरुको छनौट भइसकेको छैन त्यसैले डोटीबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउने खेलाडीहरु कति जना भन्ने एकिन जानकारी पछि हुनेछ ।’

‘अन्तराष्ट्रिय हात्तीपोलो’ पहिलो पटक सौराहामा

अनलाईन खबर
अन्तराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुनेछ । चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो ।
अन्तराष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै मनोरञ्जनात्मक प्रतियोगिताहरु एकै कार्यक्रम अनुसार सञ्चालन गर्न हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
टाइगर टप्स होटलको एकल लगानीमा ३३ बर्षदेखि हुँदै आएको अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा चार टिमको सहभागिता हुनेछ भने एक समूहमा चार हात्तीहरु हुनेछन् ।
यसपटक भने क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष तथा सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा गर्न लागिएको हो । हात्तीपोलो चितवनबाटै सुरु भएकाले पहिचानका कारण पनि प्रतियोगिता चितवनमै आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगिताका लागि दैनिक यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर प्रशिक्षण हुँदै आएको छ ।
चितवनको मेघौलीमा हुँदै आएको हात्तीपोलो चितवन राष्ट्रिय निकुञ्जबाट होटल बाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दियामा आयोजना भएको थियो । २०६७ र ६८ मा मेघौलीमै आयोजना भएपनि २०६९ देखि २०७१ सम्म बर्दियामा आयोजना भएको थियो ।

चलचित्र मनोरञ्जन 

अनलाइन खबर
तीन साता अघि नायिका उषा पौडेलसँग बैबाहिक सम्बन्ध गाँसेका नायक सुधाँशु जोशी अर्की नायिका नन्दिता केसीसँग संगै जिउँ..भन्दैछन् ।
आफ्नै स्वरमा गीत रेकडिङ गरेका सुधाँशुले यो गीत आफ्नै जीवनवाट प्रेरित भएको बताए । राजनराज शिवाकोटी, नबीन के भट्टराई र सुधाँशुको शब्द रहेको गीतमा नबीन के भट्टराईको संगीत रहेको छ ।
अमेरिकाको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुधाँशु र नन्दिताले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रशन्न पौडेलले गरेका छन् ।

नीशा र आयुषको ‘मेरो देश’

देशप्रेमको कथामा तयार भएको चलचित्र ‘मेरो देश’को प्रदर्शन मिति तय गरिएको छ । प्रदर्शन मिति तयसँगै चलचित्रको टिजर र पोस्टर पनि सार्वजनिक भएको छ । यो चलचित्र फागुण ६ गतेबाट अल नेपाल रिलिज हुने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रको छायांकन भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारामा छायांकन गरिएको छ । देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।
ब्रोसिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रबाट एम श्री उदय चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता उदय सापकोटा हुन् भने पार्वती मैनाली र प्रभाकर सापकोटाको यसमा लगानी छ । यो चलचित्रले देशमा मौलाउँदै गएको भ्रष्टचार विरुद्धको कथा भन्छ ।

लेख 

बाल हिंसामा प्रहरीको भूमिका

बाले बिश्वकर्मा 
प्रहरी भनेको कानुनको कार्यान्वयन गर्दै समाजमा शान्तिसुरक्षा स्थापनाको लागि क्रियाशील राज्यको एउटा महत्वपूर्ण निकाय हो । नेपाल प्रहरी समाजमा हुने गरेका अपराधको नियन्त्रण गरी जनताको जीउधनको सुरक्षाको लागि तल्लीन भएर रात दिन क्रियाशील रहन्छ । 
नेपालको कानुनले समेत समाजमा  बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दुब्र्यवहारको रोकथाम र घटित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यसर्थ गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा दुब्र्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । कानुनले दिएको जिम्मेवारी पुरा गर्नको लागि मानव संसोधनको क्षमता अभिवृद्धिका साथै यस जिम्मेवारीलाई समयसापेक्ष पुरा गर्नका लागि सोअनुरुप सङ्गठन चुस्तदुरूस्त पनि हुनुपर्दछ । 
महिला तथा लैङ्गिक हिंसाविरुद्धको अपराधबारे चौतर्फीरुपमा आवाजहरु उठिरहेको सन्दर्भमा नेपाल               प्रहरी सङ्गठनले ऐतिहासिक रुपमा नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिंसाजन्य क्रियाकलापविरुद्ध समाजमा सचेतना फैलाउँदै न्यूनीकरणका लागि स्थानीयस्तरमा प्रत्यक्षरुपमा सहकार्य तथा अन्र्तक्रिया गर्न महिला प्रहरीहरुलाई अधिकतम सहभागी गराउने नेपाल प्रहरीको नीति छ । 
समाजमा रहेका कुरीति एवम् अन्धविश्वासले आज पनि महिला एवम् बालबालिकाविरुद्ध हिंस्रक, पासविक तवरबाट यातना दिने, अङ्गभङ्ग बनाइदिने तथा ज्यानै लिने प्रकृतिका घटनाहरुले मानवीय संवेदनामा आघात पुगेका कैयन दर्दनाक दृष्टान्त समाजमा पाइन्छन् । यस्ता प्रकृतिका हिंसाका घटनाहरुको रोकथाम एवम् अनुसन्धान गर्न कर्तव्यपथमा अझ कटिबद्ध भएर लाग्नुपर्ने अवस्था छ ।’ 
बालबालिका आफूमाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारका सम्भावनाको दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका हुन्छन् । अपराध रोकथाम र नियन्त्रणमा प्रहरीले निभाउनुपर्ने भूमिकाको सन्दर्भमा बालबालिका माथि हुने हिंसा न्यूनीकरण गर्ने  बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरुमा न्यायको सुनिश्चितताको अनुभूत कसरी गराउने भन्ने सम्बन्धमा प्रभावकारी सेवा प्रदान गर्नको लागि यस सेवा केन्द्रको स्थापना भएको हो । बालबालिकालाई सहजरुपले उजुरी दिने वातावरण बनाउन, महिला तथा बालिकालिकालाई विशेष व्यवस्था गरिएको महसुस गराउनुका साथै उनीहरुमाथिको हिंसाप्रति राज्य संवेदनशील छ र सोअनुरुप प्रत्याभूति दिनु राज्यको दायित्व भएकोले महिला तथा बालबालिका सेवा निर्देशनालय र सेवा केन्द्रको स्थापना भएको हो । 
घरेलुहिंसा, बालविवाह, मानवबेचबिखन, यौनशोषण, यौनदुराचार, बालश्रम तथा शोषणजस्ता अपराधबाट पीडित  बालबालिकालाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने लक्ष्यअनुरुप यस निकायको स्थापना भएको हो, बालबालिकाविरुद्धका अपराधहरुमा आत्मसम्मान, गोपनीयताको सम्मान गर्नुपर्ने, उनीहरुलाई हेर्ने पूर्वाग्राहीपन, विभेदपूर्ण र लाञ्छनापूर्ण व्यवहारबाट बचाउनुपर्ने तथा उनीहरुको मनोविज्ञानलाई बुझी संवेदनशील तरिकाबाट व्यवहार गर्नुपर्ने हुँदा विशेष संयन्त्रको रुपमा यो केन्द्र सञ्चालनमा रहेको छ । महिला तथा बालिबालिका सेवा निर्देशनालय यस मान्यतामा रहेर महिला तथा बालबालिकाको  मानवअधिकारको रक्षाको लागि क्रियाशील निकाय हो । 
यस सन्दर्भलाई लिएर बालअधिकारको संरक्षण र प्रर्बधनका लागि बालबालिका माथि हुने हिँसा न्युनीकरण गर्नु आजको आवश्यकता हो र त्यस आवश्यकतालाई  परिपुर्ति गर्नका लागि बालबालिकामाथि हिंसा तथा दुब्र्यवहार हुन सहयोग पु¥याइरहेका सामाजिक व्यवहारहरुलाई परिवर्तन गर्न स्थानीयस्तरमा  पहलकदमी गर्नुपर्ने हुन्छ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामका लागि कार्यक्रम तथा रणनीतिहरु तयार पार्दा तथा तिनलाई कार्यान्वयन गर्दा मुलरुपमा बालसंरक्षण सवालहरुको कारकलाई सम्बोधन गर्नेगरी  गरिनुपर्दछ । बालबालिकामाथि हुने हिंसा तथा दुब्र्यवहारका घटना घट्नुका पछाडी समुदायमा रहेका के÷कस्ता परिस्थिति, क्रियाकलाप तथा         व्यवहारहरुले सहयोग गरिरहेका छन, सोको पहिचान गरिनुपर्दछ । त्यस्ता कारकहरुलाई समुदायमा अझैसम्म पनि कायम राख्न वा बढावा दिन केले मद्दत पु¥याइरहेको छ, सोको पहिचान गरी तिनलाई  सम्बोधन गरिनुपर्दछ । 
हिंसा तथा दुब्र्यवहारको रोकथामको महत्वपूर्ण पक्ष भनेको समुदायका सबै वयस्क तथा बालबालिकालाई लक्षित गरी सचेतना अभिवृद्धि गरिनु हो । त्यसरी नै बालबालिकाविरूद्ध हिंसा तथा दूव्र्यवहारका कुनै घटना भएको खण्डमा त्यसका दोषीलाई कुनै पनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ भन्ने सन्देश सम्प्रेषण गरिनु र पीडित तथा प्रभावित बालबालिका वा तिनका परिवारको संरक्षणमा सहयोग पु¥याउन समुदायस्तरमा क्रियाशील बालसंरक्षण संरचनाहरु तत्पर रहेको उदाहरण प्रस्तुत गरिनुपर्दछ । 
बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारको रोकथाम गर्न स्थानीयतहमा क्रियाशील प्रहरी कर्मचारीले प्रत्यक्षरुपमा वा आफ्नो अगुवाइ (नेतृत्व)मा सचेतना फैलाउन सक्दछन् । त्यसैगरी प्रहरीहरुले समुदायमा क्रियाशील बालसंरक्षण संरचना, निकाय तथा बाल–केन्द्रित संस्थाहरुसँग सहकार्य गरी विभिन्न अभियानमा नियमितरुपमा सहयोग पु¥याउन सक्दछन् । साथै, बालसंरक्षणका लागि समुदायमा स्थापना भएका संरचनाहरुमा सक्रिय सदस्यको रुपमा रही स्थानीयतहमा रहेका प्रहरीले बालहिंसा तथा दूव्र्यवहारको रोकथाममा उल्लेख्य योगदान दिन सक्दछन् ।
कार्यालय भित्र स्थानीय प्रहरी कार्यालयको सम्पर्कमा आउने बालबालिकालाई गरिने व्यवहार र अपनाउनुपर्ने सावधानीबारे सूची–आचार संहिता बनाएर सबै प्रहरी कर्मचारी तथा आगन्तुकहरुले देख्ने स्थानमा टाँस्ने र आचरसंहिताका बुँदालाई कडाइकासाथ पालना गर्ने,गराउने बालबालिका माथि हुने वा हुनसक्ने हिंसा तथा दूव्र्यवहारका किसिम, लक्षणहरु र खबर गर्नुपर्ने निकायको सम्पर्क व्यक्तिको नाम र फोन नम्बरको सूची कर्मचारी तथा आगन्तुकले देख्ने स्थानमा टाँस्ने अनि आवश्यक परेका बखत त्यहाँ उपलब्ध सेवा तथा सूविधा परिचालन गर्ने, गराउने, सबै कर्मचारीलाई बालबालिकामाथि हुने वा हुनसक्ने हिंसा तथा दुब्र्यवहारबारे तालिम दिएर समस्या पहिचान गर्न, सेवा प्रदान गर्दा अपनाउनुपर्ने संवेदनशीलता र कुन अवस्थामा कसलाई खबर गर्ने भन्नेबारे ज्ञान र सीपले युक्त बनाउन सघाउने ।  
 हिंसा तथा दूव्र्यवहार पीडित तथा प्रभावित बालबालिकासँग बोल्दा तथा व्यवहार गर्दा संवेदनशील हुने । आफ्नो संस्थाभित्र कसैले बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार गरेको थाहा पाएमा तत्काल त्यसलाई         रोक्ने र सम्बन्धित बालसंरक्षण केन्द्रविन्दु व्यक्तिलाई खबर गर्ने, प्रहरी कार्यालयको सेवा लिन आएका बालबालिकाका आमाबाबुलाई हिंसा तथा दूव्र्यवहारलाई कदापि नसहन सचेतीकरण गर्ने, गराउने । आवश्यकता परेको खण्डमा आमाबाबुलाई आफ्नो बालबालिकालाई हिंसा तथा दुब्र्यवहारबाट कसरी बचाउने भन्नेबारे व्यक्तिगत परामर्श दिने ।  यदि कुनै बालबालिकालाई हिंसा तथा दूव्र्यवहार भएमा कसलाई खबर गर्न सकिन्छ र कस्ता निकायले कस्तो प्रकृतिको सेवा प्रदान गर्न सक्दछन् भन्नेबारे बताइदिने । साथै, उहाँहरुलाई र बालक वा बालिकालाई तपाईँ एक्लो हुनुहुन्न सहयोगका लागि तत्पर हातहरु प्रशस्त छन् भन्ने कुरा स्पष्ट पार्ने,पहिचान   गरिएका वा शङ्कास्पद हिंसा तथा दूव्र्यवहारका घटनाहरुलाई तत्कालै स्थानीयतहका प्रहरी कार्यालयको सेवा प्रक्रियाभित्र ल्याउने, हिंसा तथा दुब्र्यवहार पीडित बालक वा बालिका र तिनको परिवारको गोपनीयताको हकको सम्मान गरी घटनाको अभिलेखन गर्ने, बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार भएका घटनाबारे प्रहरी कार्यालयमा उजुरी आएमा तत्काल त्यसबारे सुनवाइ गर्ने र प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने, आदि । 
समुदायस्तरमा समुदायस्तरको बालसंरक्षण संयन्त्रहरुको परिचालन गरी बालसंरक्षणमा सचेतीकरण कार्यक्रम सञ्चालन गर्ने । जस्तै स् सामुदायिक प्रहरी र यसको संयन्त्रमा रहेका व्यक्तिहरुलाई तालिम प्रदान गरी सचेतना फैलाउने कार्यमा लगाउने बालबालिकामाथि हिंसा तथा दूव्र्यवहार बढी मात्रामा हुने समुदायको पहिचान         गरी बालसंरक्षण तथा प्रवद्र्धन समितिहरु लगायतको सहयोगमा तत्सम्बन्धी रोकथामका रणनीतिहरु तयार   पारी कार्यान्वयनमा ल्याउने, आदि । 
बालमैत्री अनुसन्धान बालबालिका माथि भएका हिंसा तथा दूव्र्यवहारको अनुसन्धान गर्ने अख्तियारी प्राप्त निकायमा कार्यरत अनुसन्धान अधिकृत वा कर्मचारीको रुपमा कुनै पनि मुद्दामा प्रहरीको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसको अतिरिक्त बालबालिकाविरूद्ध भएका हिंसा तथा दूव्र्यवहारका सम्बन्धमा पनि प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । प्रहरीले बोल्ने बोली र त्यहाँ गरिने व्यवहारले बालबालिकालाई अनुसन्धान कार्यमा के कसरी सहयोग गर्ने वा आफूलाई मद्दत गर्ने निकाय प्रहरी कार्यालय हो वा होइन भन्नेबारेमा सकारात्मक वा नकारात्मक धारणा बनाउन सहयोग गर्दछ । साथै, प्रहरीको सकारात्मक वा नकारात्मक व्यवहारको अनुभवले नै बालबालिकालाई दीर्घकालीनरुपमा प्रहरी कर्मचारी वा प्रहरी कार्यालयबारे एक निश्चित धारणा बनाउन सघाउँदछ । बाल्यकालमा परेको त्यस्तो प्रभाव उनीहरुमा जीवन पर्यन्त रहिरहन्छ । 
प्रहरीको वा प्रहरी कार्यालयको  सम्पर्कमा आउने बालबालिका हिंसा तथा दूव्र्यवहारको कुनै पनि घटनामा पीडित भएका वा बिज्याईंकर्ता बालबालिका हुन सक्छन् । र, कुनै अवस्थामा भने साक्षीका रुपमा पनि बालबालिका प्रहरीको सम्पर्कमा आउन सक्दछन् । अनि कुनै–कुनै घटनामा भने पीडित र बिज्याईंकर्ता दुवै पक्ष बालक नै हुन सक्दछन् । 
हिंसा तथा दुब्र्यवहारको जोखिममा छन् वा हिंसा तथा दूव्र्यवहारबाट पीडित भएर प्रहरीको सम्पर्कमा आउने कुनै पनि बालबालिकालाई नेपाल प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा पठाउने परिपाटिको ब्यवस्था नेपाल प्रहरी भित्र  गरिएको छ । बालबिज्याईंको आरोपित र पीडित दुवै पक्षका बालबालिकासँग अनुसन्धान गर्दा पीडित बालक वा बालिकाको हितमा राखी उनीहरु दुवै पक्षबीच सम्पर्क हुन वा नगराउने सुनिश्चित गरिनुपर्दछ । मुद्दा अगाडी बढाउने प्रयोजन वा आधिकारिक प्रयोगको लागि अख्तियारप्राप्त निकाय वा अधिकारी बाहेक अन्य कामको लागि बालकको रेकर्ड प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कसैलाई पनि दिनुहुँदैन ।
प्रहरीको मातहतमा रहेको कुनै पनि गोप्य प्रकृतिका मुद्दा प्रहरीको कर्तव्य पालन वा न्यायिक आवश्यकताबाहेक अन्य अवस्थामा गोप्य राख्नुपर्दछ, सोधपुछ तथा अनुसन्धानको क्रममा बालबालिकाले सहज महसुस गर्ने वातावरणमा प्रश्न गर्नुपर्दछ । लागुपदार्थको मुद्दामा परेका बालबालिकाका सन्दर्भमा अनुसन्धान अधिकारीले उपयुक्त संघसंस्था वा निकायमा उपचार तथा पुनस्र्थापनाका लागि सिफारिस गर्न सक्दछन् । 
प्रहरीले बालक वा बालिकालाई अपमान वा अपहेलित हुने खालका शब्द वा बोली बोल्ने तथा कुनै पनि किसिमबाट शोषण, हिंसा वा दूव्र्यवहार हुने प्रकृतिका कार्य वा व्यवहार गर्नुहुँदैन, प्रहरीले प्रयोग गर्ने भाषा सो बालक वा बालिकाले बुझ्न नसक्ने वा बोल्न नसक्ने रहेछ भने निःशुल्क भाषा रुपान्तरण गर्ने व्यक्तिको सहयोग उपलब्ध गराउनुपर्दछ ।

रेखा थापाः ‘लालुपाते’ नुग्यो कमल थापातिर !
प्रचण्डसँग नाचेकी रेखा थापा किन गइन् राप्रपामा ?

ध्रुव लम्साल
प्रचण्डसँग ‘लालुपाते नुग्यो भूइँंतिर’ भन्ने गीतमा नाचेकी नायिका रेखा थापा अन्ततः माओवादी छाडेर         राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् । पार्टी परिवर्तनका कारण रेखा पुनः एकपटक चर्चामा आएकी छिन् ।
पाँच वर्षअघि एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातवाट टीका लगाएर क्रान्तिकारी ‘लालसलाम’ गर्दै माओवादी प्रवेश गरेकी         रेखा पाँच वर्षपछि कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्ने निर्णयमा पुगेकी छिन् ।
कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्तालमा रेखा थापा प्रचण्डसँगै नाचेकी थिइन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला कठपुतली सरकार भन्दै सरकारविरुद्ध माओवादीले गरेको सडक प्रदर्शनमा  रेखाले भौतिकरुपमै साथ दिएकी थिइन् ।
आमहड्तालमा सिंहदरबार अगाडिको जुलुसमा रेखाले माओवादी अध्यक्ष प्रचण्डसँगै ‘लालुपाते नुग्यो भुइँतिर’ बोलको गीतमा नृत्य गरिन् । प्रचण्डसँग कुम जोडेर नाँचेपछि उनको चर्चा एकाएक बढ्यो ।
प्रचण्डसँग नाँचेपछि प्रचण्डजस्तो नेता आफुले आजसम्म नभेटेको प्रतिक्रिया दिएकी रेखा दोस्रो संविधानसभा चुनावको पूर्वसन्ध्यामा एमाओवादी पार्टीमा प्रवेश गरेकी थिइन् ।
समाजसेवाका लागि पार्टी प्रवेश गरेको धारणा राख्ने रेखा तत्कालीन समयमा प्रचण्डसँग निकै नजिक थिइन् । प्रचण्डसंँग नजिक भएकै कारण दोस्रो संविधानसभामा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डको हातबाट दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको टिकटै पाइन् । तर, दुःखको कुरा, मतदाता नामावलीमै उनको नाम नभएकाले उनी सभासद बन्न पाइनन् ।
चुनावमा उम्मेदवार बन्न नपाए पनि माओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई, वाईसीएल अध्यक्ष सागर थापालगायतसँग रेखाको सम्बन्ध राम्रै थियो ।
सागर र आफू दुबै बगाले थापा भएको भन्दै रेखाले सागरलाई दुई वर्षसम्म भाइटीका समेत लगाइन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राम्रै दौडधुप गरेकी रेखा त्यो दौडबाट बाहिरिइन् । त्यसपछि पनि उनको माओवादी नेताहरुसँग सम्बन्ध राम्रै थियो । तर, यति चाँडै माओवादीप्रति उनको किन मोहभंग भयो, मुख खोलेकी छैनन् ।
डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टी खोलेपछि रेखा नयाँशक्तिमा लाग्ने चर्चा चलेको थियो, तर उनले नयाँशक्तिलाई नरोजेर पुरानो शक्तिलाई रोजिन् ।
कोमल वलीको प्रभाव
राप्रपाका कार्यकारी अध्यक्ष कमल थापालाई आदर्श मान्ने कोमल वलीसँग रेखाको पुरानै सम्बन्ध थियो । जब कोमल राप्रपा प्रवेश गरिन, अनि रेखालाई प्रश्न गरिन ‘सधंै पशुपतिनाथको मन्दिर जाने शिवभक्त हुँ भन्ने, अनि पार्टी चाँहि माओवादी रोज्ने ?’
त्यसपछि रेखा र कोमल वलीवीच राम्रै संवाद भयो र अन्ततः राप्रपामा प्रवेश गर्ने निर्णय गरिन् । हिजो माओवादी हुँदा सागर थापालाई भाइटीका लगाएकी रेखाले राप्रपा भएपछि सागरलाई नै दाइ भन्दै टीका लगाउँछिन् वा तिहारमा कमल थापालाई बोलाउँछिन् ? हेर्न बाँकी नै छ । 
सम्बन्ध जोड्दै तोड्दै
छविराज ओझा निर्मित चलचित्र ‘हिरो’ बाट नायिकामा डेब्यु गरेकी रेखाले १५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । किस्मत, कसले चो¥यो मेरो मन, हिम्मतवाली लगायतका चलचित्र निर्माण गरेकी रेखाले चलचित्र ‘हिम्मतवाली’ को निर्देशनसमेत गरिन् । तर, उनको निर्देशन शैलीले बजारमा खासै प्रभाव स्थापित गर्न सकेन । अहिले उनी निर्माण र अभिनयमा सीमित छिन् ।
महत्वाकांक्षी स्वाभावकी रेखाको सहकर्मी नायकहरुसँग कहिल्यै सुमधुर सम्बन्ध हुन सकेन । निखिल उप्रेतीसँग बोलचाल नै बन्द गरेकी रेखाको आर्यन सिग्देलसँग सम्बन्ध राम्रो रहेन । सुदर्शन गौतमलाई जर्बजस्ती नायक बनाएकी रेखाले फिल्म निर्माण सम्पन्न भएपछि सुदर्शनसँगको सम्बन्ध पनि तोडिन् ।
सम्बन्धहरु तोड्न नहिच्किचाउने रेखाले राप्रपासितको सम्बन्ध पनि कहिले तोड्ने हुन, अहिल्यैदेखि शंका गर्नुपर्ने स्थिति छ, उनको विगत हेर्दा ।   अनलाइन खबरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. शुक्र ग्रहको पृष्ठभूमि कस्तो छ ? — हल्का सेतो मिश्रित पहेलो
२. बुध ग्रहको पृष्ठभूमि कस्तो छ ? — खैरो
३. बृहस्पति ग्रहको पृष्ठभूमि कस्तो छ ? — इचबलनभ बलम ध्जष्तभ दबलम
४. शनि ग्रहको पृष्ठभूमि कस्तो छ ? —इचबलनभ ध्जष्तभ
५. वरुण ग्रहको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत ( दगिभ
६. पुड्को ग्रह यमको पृष्ठभूमि कस्तो छ ?         — ीष्नजत दचयधल
७. घेरायुक्त ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? —शनि ग्रह
८. सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन् हो ? — बुध
९. शनि ग्रहका हालसम्म कतिवटा उपग्रह पत्ता लागेका छन् ? —६०
१०. पृथ्वी बाट सबैभन्दा नजिकको तारा कुन् हो ?           — सूर्य 
११. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ ? — ८ मिनेट २० सेकेन्ड
१२. यमलाई ग्रहको मान्यतावाट कहिले हटाइयो ?       — सन् २००६
१३. सूर्यवाट सवैभन्दा टाढा रहेको ग्रह कुन् हो ? — बरुण
१४. पृथ्वीले सूर्यको एक फन्को लगाउन कति समय लगाउछ ?
                                                 — ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड
१५. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउछ ?              
                                               — २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड
१६. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउछ ?   — ८९.९७ दिन
१७. फोवोस र डिमोस कुन् ग्रहका उपगह हुन् ?          — मंगल
१८. सौर्यमण्डलको सवैभन्दा ठूलो ग्रह कुन् हो ? — वृहस्पति
१९. पृथ्वीको सतहको गुरुत्वाकर्षण (९.७८) भन्दा सूर्यको गुरुत्वाकर्षण कति गुणा बढी छ ? — २८ गुणा
२०. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने बैज्ञानिक को थिए ?
                                                      — निकोलस कोपर्निकस
२१. सूर्यको गतिविधि अवलोकन गर्न वनाईएको यन्त्र लाई के भनिन्छ ?   — ज्भष्यिकअयउभ
२२. आधा रातमा सूर्य उदाउने देश कुन् हो ? — नर्वे
२३. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लगाउछ ? — २५ दिन ५ घण्टा
२४. विहानको तारा र वेलुकीको तारा भनेर कुन् गृहलाई चिनिन्छ ?   — शुक्र
२५. पृथ्वीले सूर्यको परिक्रमा प्रतिसेकेन्ड कतिका दरले गर्दछ ?    — ३० कि.मि. प्रतिसेकेन्ड 
२६. दिन र रात वरावर भएको अवस्थालाई के भनिन्छ ?       — सम्पात
२७. पहेँलो ग्रहका नामले चिनिने ग्रह कुन् हो ?                             — शुक्र
२८. पृथ्वीमा दिन र रात कहिले वरावर हुन्छन् ?
                                      — २१ मार्च र २३ सेप्टेम्बर गरी वर्षमा २ पटक
२९. सूर्यको सतहको मध्य भागमा देखिने कालो धब्बालाई ग्mदचब भनिन्छ भने चहकिलो किरणलाई के भनिन्छ ?                             — एभलगmदचब
३०. हालसम्म सबैभन्दा धेरै ६३ वटा उपग्रह पत्ता लागेको ग्रह कुन् हो ? — वृहस्पति
३१. “मनसुनी महासागर“ भनेर कुन महासागरलाई चिनिन्छ?                   —  हिन्द महासागर
३२. अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?        — मोरक्को
३३. अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?                                               — नैरोबि (केन्याको राजधानी)
३४. काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? — ४८.५५
३५. ‘मारिया नोउर्डेस सेरिनो’ कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिश हुन् ? — फिलिपिन्स
३६. २० करोड जनसंख्या भएको भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश छुट्टै देश हुन्थ्यो भने यो जनसंख्याको हिसाबले विश्वको कतिऔ ठूलो देश हुन्थ्यो ?                      – पाँचौ
३७. भारतको उत्तर प्रदेशमा कुल जनसंख्याको करिब कति प्रतिशत बसोबास गर्छन् ?
                                                            – १६.५ प्रतिशत
३८. नेपालको करिब कति कि.मि. सिमा भारतसँग जोडिएको छ ?          – १८ सय कि.मी
३९. सिरियाली रासायनिक हतियार नष्ट गर्न २७ लाख अमेरिकी डलर दिने कुन युरोपेली मुलुक हो ?
                                                                    – जर्मनी
४०. कुन युरोपेली मुलुकमा मानिसको भन्दा सुँगुरको संख्या बढी छ ?           – डेनमार्क
४१. स्विडेनका राजा गुस्ताभ १६ औ र उनको परिवारले राज्यबाट वार्षिक कति रकम पाउँछन् ?
                                                           – २ करोड डलर
४२. सुन्दरी उत्पादन गर्ने मुलुकका रुपमा ख्याति कमाएको दक्षिण अमेरिकी राज्य भेनेजुयलाका महिलाले आफ्नो आम्दानीको कति प्रतिशत सोन्दर्य संसाधनमा खर्च गर्छन ?       – २० प्रतिशत
४३. बंगलादेशको संविधान अनुसार संसदको कार्यकाल सकिएको कति दिनभित्र अर्को निर्वाचन गर्नैपर्छ ?
                                                              – ९० दिनभित्र
४४. जर्मनीमा समानुपातिक प्रतिनिधित्वका आधारमा स्थान प्राप्त गर्न बुन्डस्टागका लागि खसेको मतको कति प्रतिशत मत प्राप्त गर्नुपर्छ ?                                   – ५ प्रतिशत
४५. दोस्रो संविधानसभा चुनावका लागि देशभर खुलेका निर्वाचन कार्यालयमध्ये कतिवटा कार्यालयमा महिला निर्वाचन अधिकृत छन् ?           – २ वटा

साहित्य÷सृजना

चिहानको सौन्दर्यशास्त्र

हामीले देखि आएको चिहान
हुदैँ हैन स्वर्ग पुग्ने बाटो
न त नर्कको भयानक भुगोलमा पुग्नु नै हो ।
जतिबेला दुखको शहरमा आँसुहरुको हल्ला थियो,
र चलिरहेको थियो मृत्युको मौसम
मैले हाँस्ने आँट गरेको थिए त्यो दिन
ठिक आज २४ वर्ष पछि समयले मलाई हत्या गर्न खोजिरहेछ ।
उस्को आँखामा कुनै देशहरु छैनन संसारमा ।
मान्छेहरु पनि छैनन,
यो खुशीहरुको खरानी उडेको खण्डहरमा ।
चिसो सन्नाटा ओढेर सुतेको बगरमा
खनेर आफु सुत्ने मुलायम खाल्डो
खोजिरहेछु मन रमाउने एउटा सुन्दर घर ।
मृत्यु पछि संसारमा कुनै सिमानाहरु चल्दैनन् ।
तर मान्छेहरु रगतका सिमाना भित्र
विजयका घोडाहरु दौडाईरहेछन ।
र फहराईरहेछन् झण्डाहरु
जुन कफन बनाउन पनि काम लाग्दैन ।
मान्छेहरुको हुलिया लिएर
बजारहरुमा भड्किरहेका यी जिनिसहरुलाई पनि
मन्साउने छ – समयले कुनै मौलामा बाँधेर ।
त्यतिबेला मेरो हाडखोरले भरिएको तस्वीरमा
कोही ढूंगाका फूलहरु चढाउनु ।
थुकहरु मालुकाको पातमा संगालेर
टुट्दै गरेको ताराहरुलाई अर्घ दिनु ।
सपनाहरु त हामीलाई
दाष बनाउन जन्मिन्छन दिमागमा ।
यतिबेला हुन नसकेकी प्रेमिकाले सोध्दैछे
मेरो चिहानको अनुभब ।
पहिलो पटक युवतीको गुप्ताङग अचानक देखेर
जसरी झस्किन्छ कुनै लोफर युवक – मलाई त्यस्तै
भैरहेछ – यो चिहान माथी ।
यो कुनै नयाँ बाटो हैन
अहिलेसम्मकै सबै भन्दा कान्छो उम्मेदवार हुँ म ।
मेरो बाउँले पनि घडेरी किनीसकेका छन ।
दुर्भाग्वश – मेरो हाँसोमा कुनै रुवाई छैनन्
पीडाहरु छैनन ।
मलाई हतार छैन यतिबेला
तर यो संसारमा किन्नु छ
एउटा दुख्खले माटो, बालुवा र ढुंगाको एक थान विस्तारा
तर मानिसहरुलाई यो के को हतार हो ?
नबीन अभिलाषी, दाङ्ग

गजल

प्रलोभनले मान्छेको विचार पल्टाइदियो,
विचार मात्रै हैन, रीति संस्कार पल्टाइदियो ।।
हिजोसम्म सक्षम कहलिएका ति नेता,
आज एकाएक सरकार पल्टाइदियो ।।
हो, कलममा जादु छ, पक्कै तर पनि 
श्रमजिवी पत्रकारको समाचार पल्टाइदियो ।।
आफ्नै घरखेतमा रमाउने नेपाली,
विदेश जानैपर्ने जीवनको जिउने आधार पल्टाइदियो ।।
संसार सगुरिदैछ, आत्मियता टाढिदैछ दिनानुदिन,
दिलभित्रैबाटै गरिने प्यार पल्टाइदियो ।।
शर्मिला चौधरी
थापापुर–५ कैलाली



Tuesday, December 6, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल मंसिर २१ गते मंगलवार

राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि, सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि, मितव्ययिता गर्ने कदमहरु चालु राखी, सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सिङ्गै परिवार एचआईभी संक्रमित

रामबहादुर (नाम परिवर्तन) को उमेर ०५१ सालमा १८ बर्षको थियो ।  बिपन्न परिवारका राम काम खोज्ने सिलसिलामा स्थानीयको सहयोगमा मुम्बैमा पुगे । मुम्बैमा केही बर्ष काम  गरी डोटी फर्किएर घरजम गरे । उनी फेरी मुम्बै तिरै हानिए । बेला बेला घर फर्किए तर लामो समय उतै बसे ।
भरकरै बिहेवारी गरेका रामबहादुर घरको याद भुलाउने गतिलो ठाउँ देह व्यापार हुने ठाउँलाई बनाए । मुम्बैको ब्यस्त शहरमा अपरिचित नारीसंग शारीरिक सम्पर्क गर्दा कस्लाई के नै थाहा हुन्छ सम्झेका रामबहादुरले एचआईभी संक्रमित भएको पत्तै पाएनन् ।
मुम्बैमा संक्रमित भएका   रामबहादुर घर फर्किएपछि पत्नी सुस्मा (नाम परिवर्तन) पनि संक्रमित भैसकेकी रहेछन । गाउँमा हिँड्दैडुल्दै गरेकी सुस्माले आफु संक्रमित हुने कल्पना समेत गरिनन् । दुई बर्ष पहिला घर्किदो उमेर र बिग्रदो स्वाथ्यका बिच उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुगेकी सुस्मा संक्रमित भएको स्वास्थ्यकर्मीले सुनाएपछि चकित भईन । सुस्माले रामबहादुर लाई पनि चेकजाँच गर्न सल्लाह दिएपछि कैलालीको सेती अञ्चल अस्पतालमा चेक जाँच गरे । चेक गर्दा रामबहादुर मात्र होईन २२ बर्षीया छोरा शुभम, ८ बर्षीय  छोरी रन्जितालाई पनि संक्रमण देखियो । 
रामबहादुरको पाँच सदस्यीय परिवारमा चार जना संक्रमित रहेपछि निराशा छायो । बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा चेक गर्दा लाली पनि संक्रमित भएपछि पुरै परिवार एचआईभी संक्रमित बन्यो ।
डोटी जिल्लामा एचआईभी संक्रमण बिशेष गरी कामको सिलसिलामा भारत जानेहरुमा बढी पाईएको र उनीहरु मार्फत बच्चा र श्रीमतिलाई समेत सर्ने गरेको पाईएको छ । त्यसरी सर्नेहरुमा ९० प्रतिशत भन्दा बढी रहेको पाइएको छ । सिंङ्गै परिवार संक्रमित भएको भएपनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हाल नरहेको जिल्ला स्वाथ्य कार्यालय डोटीका एआरटी परामर्शदाता केपी रेग्मीले बताए । रेग्मीले भने ‘डोटी जिल्लामा संक्रमित हुनेमा जोडीहरु नै बढी छन । कतिपयका छोरा÷छोरीमा पनि छ ।’
डोटीमा नौ सय पाँ जना एचआईभी÷एड्सबाट प्रभाबित  रहेका छन् भने एड्स रोगबाट मर्नेको संख्या एक सय एक जना पुगिसकेको छ । डोटीमा आर्थिक बर्ष २०७१÷०७२ मा आठ सय ४६ जना एचआईभी÷एड्सबाट प्रभाबित रहेका थिए । आर्थिक बर्ष २०७२÷०७३ को असार मसान्तसम्म ४८ नयाँ पत्ता लागेका थिए भने असारदेखि हालसम्म ११ जना नयाँ संक्रमित थपिएर जम्मा नौ सय पाँचमध्ये पुरुष चार सय ५१ जना र महिला चार सय ५४ जना रहेका छन् । त्यसैगरी संक्रमितहरु मध्य १४ बर्ष मूनिका ४५ जना बालबालिका रहेका छन् । डोटीमा एचआइभी÷ एड्सबाट बढी प्रभावित हुने १३ गाविस र एक नगरपालिका रहेका जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स सम्पर्क व्यक्ति रमेश मलासीले जानकारी दिए ।
पुरुषहरु लापरवाही गर्छन 
हालसम्म मृत्यु हने एक सय एक जनामा ६६ जना पुरुष र ३५ जना महिला रहेका छन । । पुरुषहरु संक्रमित भईसकेपछि उपचार गर्नमा लापरवाही गर्ने गरेकाले पुरुषहरुको मृत्यु दर बढेको   एआरटी परामर्शदाता रेग्मीले बताए । उनले भने ‘महिलाहरु समयमै उपचार गर्छन, त्यसैले मृत्युदर पनि कम छ तर पुरुषहरु खास वास्ता गर्दैनन् मृत्यु हुनेमा पनि पुरुषको संख्या नै धेरै छ ।’ 
स्वास्थ्यप्रति वेवास्ता गर्ने पुरुषहरु रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भएको अवस्थामा अस्पताल आउने गरेको रेग्मीको अनुभब छ । रेग्मीले भने ‘धेरैका श्रीमतिलाई समयमै संक्रमित भएको पत्ता लागेको हुन्छ, पुरुषलाई पनि चेक गर्न सल्लाह दिएका हुन्छौं तर मान्दैनन्, त्यही सल्लाह नमानेका कारण कयौंको ज्यान गएको छ ।’
डोटीका प्रभावित व्यक्तिहरु मध्य पाँच सय १२ जनाले एआरटी प्रयोग गरिरहेका छन । एचआईभी÷एड्स संक्रमित (प्रभावित) सुदूरपश्चिमका जिल्लाहरुमध्ये डोटी तेस्रो जिल्लामा रहेको पाईएको छ । सुदूरपश्चिमको सबै भन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली  पर्दछ भने त्यसपछि अछाम जिल्ला पर्दछ ।
एचआईभी÷एड्सबाट प्रभाबित व्यक्तिहरुलाई अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र   एआरटी सेवा प्रयोग गरिरहेका भएपनि आगामी दिनहरुबाट डोटीको सानागाउँ गाविसस्थित स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि बितरण कार्य हुने भएको छ । छिट्टै नै सानागाउँ गाविसबाट समेत एआरटी औषधि बितरण गर्ने कार्य गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्ग अधिकृत रमेश मलासीले   जानकारी दिए ।

सम्पादकीय 

खुला दिसामुक्त जिल्ला

अहिले व्यापक रुपमा चर्चा चलेको छ डोटी जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भनेर । अनुगमन, प्रचार प्रसार, अभियान, तयारी व्यापक रुपमा भईरहेको छ । स्वभाविक रुपमा यो तयारी हुनु पनि पर्छ । एक्काईसौं शताव्दीको यो बैज्ञानिक युगमा हामी अहिले पनि खाना खान अघि र पछि हात कसरी धुने, शौचालयमा दिसा किन गर्ने, दिसा गरिसकेपछि हात किन धुने भन्ने जस्ता बिषयहरुमा छलफल गर्दै आएका छौं । हामी बिश्व भन्दा धेरै पछाडी छौं भन्ने कुराको संकेत यसलाई मान्नु पर्छ । 
तर पनि हामी डोटी जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तम्तयारीमा रहेका छौं । यो अभियानलाई सफल वनाउनु पर्छ । हामी सवैको जिम्मेवारी पनि हो । त्यसै पनि हामी आफैले वनाएको योजना अनुसार एक वर्ष पछाडी भएका छौं । 
सन २०११ मा तयार गरिएको जिल्लास्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति २०११–२०१५ अनुसार जिल्लालाई २०१५ भित्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष राखिएको थियो । अव हामी त्यो कार्य २०१६ भित्र गरिसक्छौं भन्ने आश पलाएको छ । त्यसैले यो अभियान सफल होस भन्ने शुभकामना छ । 
खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्रै केही हुँदैन भन्ने कुराको प्रमाण डोटी जिल्लाका धेरै गाबिसहरु भएका छन । यो कुराको ख्याल गर्नु पर्ने जरुरी छ । नेपाल सरकारले सन २०१० मा भएको सरसफाई सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनमा देशलाई सन २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता गरेको थियो । त्यो प्रतिवद्धता पुरा गर्नका लागि गाउँ÷नगर र जिल्लालाई हामीले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै आएका छौं तर त्यसको स्तरमा हामीले कुनै ध्यान दिएका छैनौं । 
कुन गाबिसले अगाडी खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने भन्ने होडमा पनि हामीले धेरै गाबिसहरु न्यूनतम् शर्तहरु पनि पुरा नगरी खुला दिसामुक्त घोषणा ग¥यौं । हामीले छिटो गर्न जवरजस्ती ग¥यौं । खुला दिसामुक्त क्षेत्र घोषणा भईसकेपछि घोषित क्षेत्रको अनुगमन गर्नका लागि न त जिल्लास्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिले आवश्यक ठान्यो त गाबिसस्तरीय समिति सक्रिय भयो । अहिले पनि हामीले घोषणा गरेका ठाउँहरुमा खुला दिसा रहेको छ । 
बनाईएका शौचालयहरु राम्रोसंग प्रयोग भईरहेका छैनन्, खानेपानीका योजनाहरु जीर्ण भईसकेका छन । खानेपानी नभएका कारण हामीले शौचालय प्रयोग गर्न सकेनौं भन्ने गुनासाहरु पटक पटक आउने गरेका छन । यि कुरालाई अनुगमन गर्ने, सम्वोदन गर्ने गरी हामीले योजना वनाउन सकेका छैनौं । यो हाम्रो कमजोरी हो । हामी अहिले पनि खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कुरामा पूर्ण तयार भईसकेका छैनौं जस्तो देखिएको छ । 
हुनु पर्ने के थियो भने जिल्लाको समग्र अवस्थाको अनुगमन पहिले गरिनु पथ्र्यो । समस्या भएका ठाउँमा सुधार गर्नका लागि पहल गर्नु पथ्र्यो । जसले जति तथ्याँक प्रस्तुत गरेपनि जिल्लाभरीको अनुपात निकाल्दा अहिले पनि करीव १५ प्रतिशत परिवारमा शौचालय नभएको अवस्था हो । ति परिवारहरुका लागि अहिले पनि शौचालय भनेको खुला चौर, खोलाखोल्सी, जंगलनै हो । यो सत्यता हो । एकातिर १५ प्रतिशत शौचालयनै छैनन् भने अर्कोतिर भएका शौचालयहरुको पनि प्रयोग नभएको अवस्था हो । तेश्रो मुख्य समस्या सार्वजनिक शौचालयको हो । सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय नभएसम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु भनेको कल्पना मात्रै हो । 
त्यसैले पहिले राम्रोसंग अनुगमन गर्नु जरुरी छ । अनुगमनवाट पाईएका तथ्यहरुमा सुधार गर्नु जरुरी छ । त्यसपछि मात्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्दा प्रभावकारी हुन्छ होला ।

थप समाचार 

संबिधान संसोधन हुँदै हुँदैन–रावल

एमाले डोटीको कार्यकर्ता भेला र प्रशिक्षण सम्पन्न

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीव रावलले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्ताव पारित नहुने वताएका छन । 
पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि डोटी पुगेका    रावलले उक्त कुरा वताएका हुन । उनले भने ‘जसलाई खुशी पार्नका लागि यो प्रस्तवा ल्याईएको हो उनीहरुले नै मान्दैन भनिसकेपछि यो संसोधनको कुनै औचित्य छैन ।’ प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै शीर्ष नेताहरुले समेत यो संबिधान संसोधनको बिरोध गरेको वताउँदै रावलले भने ‘देशभरीमा बिरोध भईरहेका बेला छिमेकीको तर्फवाट संबिधान संसोधन प्रस्ताव दर्ता गराउनु राम्रो भनेर बिज्ञप्ती आउनुले यो संबिधान कसको चाहानामा संसोधन हुँदैछ भन्ने कुरा पुष्टी भएको छ ।’
प्रेस चौतारी नेपाल डोटी शाखाद्वारा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले सरकारले प्रदेश नं. ५ लाई बिभाजन गर्ने प्रस्ताव ल्याएर प्रादेशिक सिमाङ्कनलाई  फेरी वल्झाउने काम गरेको    आरोप लगाए । ‘हिमाल, पहाड र तराईका जिल्लाहरुलाई टुक्राएर प्रदेशको सिमाङ्कन गर्न नहुने रावलको भनाई थियो । 
सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै रावलले प्रदेशको राजधानीको बिषयमा सम्वन्धित प्रदेशसभाले निर्णय गर्ने भन्ने संबिधानमा व्यवस्था भएका कारण यस बिषयमा अहिलेनै बोल्न नमिल्ने वताए । उनले भने ‘जनसंख्या धेरै भएको ठाउँमा मात्रै प्रदेशको राजधानी हुन्छ भन्ने हुँदैन ।’ उनले राजधानी कायम गर्नका लागि सुरक्षाको अवस्था, भौगोलिक सुगमता, भौगोलिक दुरी जस्ता बिषयहरुमा समेत ध्यान दिईनु पर्ने वताए । 
एक अर्को प्रश्नमा रावलले राजनीतिक दल सधैं चुनावका लागि तयार रहने वताउँदै नेकपा एमाले तीनवटै निर्वाचनका लागि तयार रहेको दावी गरे । उनले भने ‘एमाले नेतृत्वका सरकारले यही मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने योजना वनाएको थियो तर परिवर्तन भएपछि स्थानीय निकायको निर्वाचन ओझेलमा परेको हो ।’ उनले    सरकारले संबिधानको कार्यान्वयन गर्नतिर ध्यान दिन छोडेर उल्टो संसोधनको बहाना वनाएर संबिधानलाईनै संकटमा पार्ने योजना वनाएको वताए । 
यसैबीच एमाले उपाध्यक्ष रावलले पार्टीलाईलाई सक्रिय वनाउनका सवै कार्यकर्ता लाग्न निर्देशन दिएका छन । एमाले डोटीद्वारा आयोजित जिल्लास्त– रीय कार्यकर्ता भेलालाई सम्वोदन गर्दै उपाध्यक्ष रावलले पार्टीमा अव कुनै गुट उपगुट नभएको वताउँदै सवै कार्यकर्ताहरुलाई संगठन परिचालनमा लाग्न निर्देशन दिएका हुन । एमाले डोटीले सञ्चालन गर्न लागेको चार महिने अभियानलाई सफल वनाउन       रावलले आग्रह गरे ।

घर मर्मतपछि मुहारमा खुशी

आकाशमा बादल देखिँदा चिन्तित हुने शारदा अव भने ढुक्क छिन् । अव उनलाई घर चुहिने डर छैन । 
जिल्ला डोटी दिपायल सिललगढी नगरपालिका–१२ सिरखोली सैनकी ३२ शारदा दमाईलाई अव घर चुहिने चिन्ता छैन । एक छोरा र दुई छोरी सहित चार जनाको परिवार बसोबास गर्दै आएको उनको घरको छतमा राखिएको प्लाष्टिक समेत चुहिएको थियो । पानी पर्दा उनलाई निकै चिन्ता हुन्थ्यो उनलाई । श्रीमान्को मृत्युपछि परिवारको पालन पोषणको जिम्मेवारी व्यहोर्दै आएकी शारदा भन्छिन् ‘आकासमा बादल देखियो कि चिन्ता लाग्थ्यो, खाना खाने मन पनि लाग्थेन ।’ 
लुथ्रन बिश्व फेडरेसन नेपाल र राष्ट्रिय हलिया मुक्ती माहसघंको संयुक्त अनुगमनका क्रममा शारदाको घरको अवस्था जानकारी भएपछि उनको घर मर्मतका लागि ति दुई संस्थाहरुले सहयोग गरेका थिए । आर्थिक अवस्था कमजोर भएकी शारदालाई घर मर्मतका लागि चाहिने आवश्यक सामग्रीहरु प्राप्त भएपछि उनको घरको पक्की छाना वनेको छ । 
छानामाथी प्लाष्टिक भएका कारण एकातिर पानी र हावाहुरीको डर अर्कोतिर असुरक्षित पनि महसुस गर्दै आएपछि शारदा अहिले भने ढुक्क छिन । उनी घर मर्मतका लागि सहयोग गरिदिएकोमा लुथ्रन बिश्व फेडरेसन र राष्ट्रिय मुक्त हलिया समाजलाई धन्यवाद दिन्छिन् । उनी भन्छिन् ‘म जस्तै अन्य परिवारलाई पनि यस संस्थाले सहयोग गर्दै जावस भन्ने अनुरोध छ । 
सिरखोलीमा रहेको मुक्त हलियाको समूहमा आवद्ध शारदाको घर मर्मतमा उनको समूहका सदस्यहरुले पनि श्रमदान गरी सहयोग गरेको शारदा वताउँछिन । उनी थप्छिन् ‘सामग्री संस्थाले दियो र अन्य सहयोग हाम्रो समूहका सदस्यहरुले गरिदिनु भयो ।’

बिद्यालय आउँदैनन् बालबालिका

भुमिराज जोशी÷कलेना
     मंसिर २०
डोटी जिल्ला सदरमुकामसंगै जोडिएको कलेना गाबिस–३ की आठ बर्षीया लक्ष्मी बिक स्थानीय तेडी आधारभुत बिद्यालयमा भर्ना भएकी छिन । उनी महिनाभरीमा करीव १० दिन मात्रै बिद्यालय जान्छिन् । लक्ष्मी भन्छिन् ‘घरायसी काम गर्नु पर्छ त्यसैले बिद्यालय जान पाउँदिन ।’ 
लक्ष्मी बिक मात्रै होईन उनी जस्ता यो गाउँमा अन्य बालबालिकाहरु पनि घरायसी काम गर्नु पर्ने भएका कारण नियमित बिद्यालय जाँदैनन् । सोही बिद्यालयमा पढ्ने पुनी बिक भन्छिन् ‘आमाले खेतीपाती र मेलापात गर्नु पर्छ, त्यसैले मैले बाख्रा चराउन जानु पर्छ, बिद्यालय जाने फुर्सद नै हुँदैन ।’
बिद्यालयमा भर्ना भएका अधिकांश बिद्यार्थीहरुलाई बिद्यालयको नाम समेत जानकारी छैन । गाउँ नजिकै बिद्यालय भएपनि नियमित बिद्यालय आउने बालबालिकाहरुको संख्या भने न्यून रहेको देखिन्छ । किन यस्तो हुन्छ त ? स्थानीय अभिभावक काशीराम बिक आफुहरुले छोराछोरीहरुलाई नियमित रुपमा बिद्यालय पठाउने गरेको तर उनीहरु बिच बाटोवाटै भागेर आउने गरेको वताउँछन । उनलाई छोराछोरीहरु भागेर घर आएकोमा कुनै चिन्ता छैन । 
बिद्यालयका शिक्षक टेकवहादुर बिष्ट आफ्ना छोराछोरीहरुलाई बिद्यालय पठाउनका लागि अभिभावकहरुसंग पटक पटक आग्रह गर्दा पनि नमानेको वताउँछन । बिद्यालयमा भवन अभाव भएका कारण पठन पाठनमा समस्या आएको शिक्षक बिष्ट वताउँछन । उनी भन्छन् ‘यहाँको परिवेशनै यस्तै छ, जति सम्झाए पनि हुन्न, अभिभावकहरु वास्तानै गर्दैनन् ।’
चार सय ८८ बिद्यार्थी भर्ना भएको उक्त बिद्यालयमा कक्षा १ मा मात्रै एक सय ८० बिद्यार्थी भर्ना भएको बिद्यालयको अभिलेखले देखाउँछ । 
पुरुष अभिभावकहरु दिउसभरी जुवातास खेल्ने, मदिरा सेवन गर्ने काममा व्यस्त हुने र महिलाहरुले सम्पूर्ण घरायसी कामका साथसाथै मेलापात पनि गर्नु पर्ने भएका उनीहरुले आफ्ना छोराछोरीप्रति ध्यान दिन नसकेको एक अर्का शिक्षकले वताए । 
कलेना गाबिसमा चेतना अभिबृद्धि, आय आर्जन र भौतिक पूर्वाधार बिकासका लागि भन्दै दर्जनौं संघसंस्थाहरुले काम गरिसकेका छन र अहिले पनि थुप्रै संस्थाहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहेका छन । त्यसो त सरकारी क्षेत्रवाट पनि कलेना गाबिसमा धेरै लगानी भएको छ तर अवस्थामा भने कुनै सुधार आउन सकेको छैन । 

लडागडा पूर्ण खोपयुक्त घोषणा

डोटीको लडागडा गाबिस पूर्ण खोपयूक्त गाबिस घोषणा भएको छ । 
शनिवार आयोजित एक समारोहकाबीच उक्त गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । गाबिसका जन्मे देखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप नियमित रुपमा पाउन थालेपछि पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो ।
समारोहका प्रमुख अतिथि एवं डोटीका स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले खोप अनिबार्य लगाए विभिन्न रोगहरुबाट बच्न सकिने बताए । उनले भने ‘यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्छ ।’ 
सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले स्वस्थ्य मानिसको धन भएकाले सबैले आ–आफ्ना बच्चालाई  अनिवार्य नियमित रुपमा खोपहरु लगाउन अनुरोध गरे ।  उनले बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने वातावरण वनाउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गरे । 
समारोहमा पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति, संस्थालार्ई प्रमाण पत्र, कदर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा बिभिन्न साँस्कृतिक भलकका साथै देउडा गायक हरी जैशी, लोक देउडा गाएक प्रेम नेपाली लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

रक्तदाताहरुको संख्या बढ्दै

ललित वोहरा÷डडेल्धुरा
     मंसिर २०
डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यतया पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जनामध्ये दुई जना महिला रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताएका छन । भण्डारीका अनुसार अन्य महिनाहरुमा महिलाहरुले खासै रक्तदान गर्न चासो नदेखाउने गरेको भएपनि यो महिनामा आइतबार मात्रै दुई जना महिलाले रक्तदान गरेका हुन । 
महिला रक्तदाताहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुरामा अध्यनरत छात्रा कमला थापा र पद्मा साँउद रहेका छन । दुवै महिलाले आफ्नो जीवनको १८ बर्ष पुरा भएको अवसरमा रक्तदान गरेको बताएका छन । 
गत महिना रक्तसञ्चार केन्द्रमा १२ जना ब्यक्तिले स्वेच्छिक रुपमा रक्तदान   गरेका थिए । यसरी स्वेच्छिक र नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई बिभिन्न कार्यक्रमहरुमा धन्यबाद दिने र सम्मान समेत गर्ने गरिएको मन्त्री भण्डारीको भनाई छ । अहिले डडेल्धुरा जिल्लामा मासिक रुपमा १४ प्रिन्ट रगत खपत हुने गरेको बताइएको छ । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका प्राबिधिक गणेश ऐरले स्वयंसेवी रक्तदाताहरुको सहयोगले अहिले डडेल्धुरा जिल्लामा रगतको अभाव नभएको बताएका छन । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाको चासो बढ्दै गएको ऐरले बताएका छन ।

माओवादी डोटीमा दुई समिति

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र डोटीमा औपाचारिक रुपमै दुई समिति गठन भएका छन । 
बिभिन्न दलहरुको एकतापछि एककिृत नेकपा माओवादीबाट नेकपा माओवादी केन्द्र बनेको पार्टीको डोटीमा एकता भेलाकै दिनदेखि बिबाद थियो ।  साउन १९ गते भएको एकता भेलामा असन्तुष्ट पक्षहरुले बिभिन्न १८ बुँदै माग राख्दै उक्त मागलाई भेलाको छलफलको बिषय वनाईनु पर्ने वताएका थिए । संस्थापन पक्षले उक्त माग अस्वीकार गरेपछि असन्तुष्ट पक्षले भेला बहिस्कार गरेको  थियो । उक्त भेलाले जंग बिकको नेतृत्वमा दुई सय ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको थियो । 
असन्तुष्ट पक्षले भाद्र २४ गते भेला आयोजना गरी आफ्ना मागहरु पुनःस्मरण गराउँदै यदि मागहरुमाथी कुनै वास्ता भएन भने आफुहरु समानान्तर समिति गठन गर्न वाध्य हुने चेतावनी दिएको थियो । तर पनि कुनै सुनुवाई नभएपछि आफुहरुले वाध्य भएर नयाँ कमिटी गठन गर्नु परेको नयाँ समितिका संयोजक भरत वोहरा (योगेन्द्र) ले जानकारी गराए । 
गत मंगलवार सम्पन्न असन्तुष्ट पक्षको भेलाले बोहराको नेतृत्वमा दुई सय ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । साउन १९ गते गठन भएको जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको भन्दै जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका हुन । 
नयाँ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै संयोजक वोहराले आफुहरुले उठाएका मागका     बारेमा पार्टीको प्रदेश कमिटी तथा केन्द्रले वेवास्ता गरेको भन्दै त्यसको बिरोध स्वरुप समिति गठन गरेको बताएका छन् । 
बोहराले यस अघि सात जनाको समुहले मात्र संयोजक र सदस्यहरु छानेको भन्दै उक्त समिति लोकतान्त्रिक नभएको दावी गरे । अहिले समितिमा बहुमत जिल्ला सदस्य भएकाले आफ्नो समिति पार्टीको जिल्ला सम्मेलनको आधिकारिक आयोजक समिति भएको बोहराको दावी छ । बिकको नेतृत्वमा गठन भएको भनिएको सम्मेलन आयोजक समितिका सदस्यहरु सवै आफ्नो समितिमा रहेको वोहराले वताए । 
संयोजक बिकले भने आफ्नो नेतृत्वको समिति बिरुद्ध समानान्तर समिति गठन भएको आफुलाई जानकारी नभएको वताएका छन । ‘गएको श्राबण १९ गते भएको पार्टीको जिल्ला भेलाले मलाई पार्टी जिल्ला अधिवेशन आयोजक समितिको संयोजक तोकेकाले म नै अहिले माओबादी पार्टीको संयोजक हुँ’ बिकले भने ।

धार्मिक महायज्ञको सिलसिला

डोटी लाटामाण्डौं गाबिस–८ मा रहेको राधाकृष्ण माध्यामिक बिद्यालय गोपघाटमा कार्तिक १८ गतेदेखि २५ गतेसम्म धार्मिक महायज्ञको आयोजना गरियो । बिद्यालयमा प्राबिधिक शिक्षाको अध्ययन÷अध्यापन सञ्चालन गर्ने योजनाका साथ उक्त महायज्ञ आयोजना गरियो । महायज्ञ सञ्चालनबाट आयोजकहरु धेरै उत्साहित भएका छन । महायज्ञवाट करीब ६० लाख रकम संकलन भएको आयोजकहरुको भनाई छ ।
डोटीकै चवाराचौतारा गाबिसमा रहेको खत्याडी माध्यामिक बिद्यालयमा आज २१ देखि २८ सम्म धार्मिक महायज्ञको आयोजना गरिएको छ । बिद्यालयको समग्र बिकास गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भन्दै उक्त धार्मिक महायज्ञ आयोजना गरिएको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मीन वमले   वताए । बिद्यालयको चौतर्फी बिकासका लागि अर्थ संकलन गर्ने आयोजकहरुको भनाई छ । 
यस्तै खिरसैन गाबिसमा रहेको सोजेन्द्रेश्वर माध्यामिक बिद्यालयमा प्राबिधिक शिक्षा सुरु गर्नका लागि अर्थ संकलन गर्ने उद्देश्यले आगामी चैत्रमा धार्मिक महायज्ञ आयोजना हुन लागेको    छ । उक्त धार्मिक महायज्ञका लागि बिद्यालयले असोदेखिनै तयारी सुरु गरेको छ । महायज्ञ सफल वनाउनका लागि रोजगारीको सिलसिलामा भारतमा रहेकाहरु सम्म समेत बिद्यालयको टोली पुगेको छ । 
यता डोटी बहुमुखी क्याम्पसले आयोजना गर्ने भनिएको महायज्ञ भने अहिलेसम्म सञ्चालन भएको छैन । गत भाद्र १२ गते क्याम्पसले एक भेलाको आयोजना गरी शैक्षिक बिकासका लागि डोटी क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गर्ने जानकारी दिईएको थियो । सोही दिन दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति समेत गठन भएको थियो । अन्तराष्ट्रिय भक्तियोग फाउण्डेसनसंगको साझेदारीमा आयोजना गरिने भनिएको उक्त महायज्ञको भने कुनै सुरसार देखिएको छैन । 
डोटीमा मात्रै होईन आसपासका जिल्लाहरुमा समेत अहिले बिद्यालयको स्तरोन्नति तथा प्राबिधिक शिक्षाका लागि महायज्ञ लगाउने फेसन चलेको छ । महायज्ञ आयोजक र समर्थकहरुले महायज्ञले सामाजिक कार्यका लागि अर्थ संकलन गर्नुका साथै नयाँ पुस्तामा आध्यात्म ज्ञान हस्तान्तरण गर्ने दावी गर्दै आएका छन । हिन्दु धर्ममाथी आक्रमण भईरहेका वेला सनातम धर्मको रक्षा गर्नका लागि यस्ता महायज्ञहरु आवश्यक रहेको उनीहरुको दावी रहेको छ । 
तर, आलोचकहरु भने यसलाई धार्मिक व्यापारको रुपमा लिने गरेका छन । आलोचकहरु धर्मका नाममा व्यापार गरिनु राम्रो नभएको वताउँछन । 

बालिका सम्मेलन सम्पन्न

डोटी जिल्लामा प्रथम बालिका सम्मेलन बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ । 
डोटी जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलद्वारा शुक्रवार उद्घाटन गरिएको उक्त सम्मेलन आईतवारसम्म चलेको थियो । सम्मेलनको अवधिमा बिबिध कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहालले जानकारी गराईन । बालिकामाथी हुने हिंसा कम गर्न बिशेषतः बालबिबाह रोक्न जनचेतना फैलाउने उद्देश्यका साथ उक्त सम्मेलन गरिएको दाहालले  वताईन । 
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै युवालय नामक संस्थाका अध्यक्ष सञ्जोक ठकुरीले  नेपालमा हुने कुल बिवाह मध्य ४० प्रतिशत बाल बिवाह हुने गरेको बताए । बालबिवाह हुनेमा ७५ प्रतिशतबाल बालीका १७÷१८ बर्षका रहेको अध्यक्ष ठकुरीले २०७२ सालमा २३ ओटा बालबिवाह बिरुद्धको मुद्धा दर्ता भएको जानकारी गराए । 
जिल्लाका ११ ईलाकाबाट सम्मेलनमा प्रत्येक ईलाकाबाट दुई वालिका र एक अभिभावकका दरले तीन जनाको सहभागिता गराईएको सामुदायिक बिकास केन्द्र डोटीका महासचिव लक्ष्मण कठायतले जानकारी दिए । 
जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ती नारायण माध्यामिक बिद्यालयमा सञ्चालन भएको उक्त सम्मेलनमा बालिकाहरुलाई चेतनामुलक कार्यक्रमहरु, बिभिन्न खेल प्रतियोगिताहरु, अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिएको आयोजकहरुले जानकारी दिएका छन । सम्मेलनमा डोटी जिल्लाका सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख, बालबालिका र  सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

सडक दुर्घटनामा एकको मृत्यु

डोटी लाटामाण्डौं गाबिस–८ गोपघाटमा भएको सडक दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । 
आईतवार भएको उक्त दुर्घटनामा परी लाटामाण्डौ–८ की सिता बलायरकी नौ बर्षीया छोरी निशा बलायरको आईतबार मृत्यू भएको हो । प्रहरीका  अनुसार से १ ज ६१६ नम्बरको जीपले निशालाई ठक्कर दिएको  थियो । 
उपचारका लागि दिपायल शैलेश्वरी अस्पतालमा पु¥याएकी निशाको थप उपचारका लागि कैलालीतिर लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

महोत्सवको तयारी पुरा

मंसिर २२ गते सुरु हुने ११ औं सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ ।  
पुष २ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघले सोमवार पत्रकार सम्मेलन गरी महोत्सवको करीब ९० प्रतिशत तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गरिने महोत्सवमा करीब पाँच लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक शंकर बोगटीले वताए ।
यस वर्षको महोत्सवमा कृषि, पर्यटन, भौतिक पूर्वाधार बिकास र लगानी आकर्षणतिर केन्द्रित गरिने बोगटीले वताए ।

खेल समाचार 

ननिताले दिलाईन अभुतपूर्व सफलता

नेपाली महिला बडी–बिल्डर ननिता महर्जनले नेपाललाई अभुतपूर्व सफलता दिलाएकी छन् । 
अन्तराष्ट्रिय बडी–बिल्डिङ्ग प्रतियोगितामा उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी हुन । ननिताले महिला ‘एथलेटिक फिजिक’ को एक सय ६५ सेन्टीमिटर उचाइमा सहभागीता जनाएकी थिइन् ।
३१ वर्षीय ननिताले आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन् । आफ्ना परिवारसहित थाइल्याण्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना   भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन् । उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको   बताएकी छिन् ।
‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु ।’ ननिताले भनिन् । सात वर्षको छोराकी आमा समेत रहेकी ननिताले दुई महिनाअघि काठमाण्डौंमा अयोजना भएको महिला बडी–बिल्डिङ्गको उपाधि जितेकी थिइन् । यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन् । उनले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पराजित गर्दै कास्य पदक हात पारेकी  हुन् । पाँच महिला बडी–बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन् । 

आहा रारा गोल्डकप माघमा

आहा रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ ।
मोफसलमा आयोजना हुने पुरानो मध्येको एक उक्त प्रतियोगिता हुने मिति अखिल नेपाल फुटवल संघ एन्फाको समन्वयमा प्रतियोगिताको मिति तय गरिएको हो । प्रतियोगिता आयोजक सहारा क्लवकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी थालिएको जानकारी दिएको छ ।
सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार  प्रतियोगिताको तयारी सुरु गरेको जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्त–राष्ट्रिय गरी १२ टिमको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन । प्रतियोगितामा राष्ट्रियस्तरका ५, ३ विदेशी, ३ विभागीय र एक आयोजक टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख एक हजार, उपविजेताले दुई लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।
एक करोड सात लाख ८२ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ८२ लाख ९२ हजार तीन सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशबबहादुर थापाले जानकारी दिए ।

चलचित्र÷मनोरञ्जन 

ज्ञानु र मिरालाई पुरस्कृत गरियो

स्वर सम्राट नारायण गोपालको २६ औं स्मृति दिवसको अवसरमा संगित कोषले गायिक ज्ञानु राणा र मिरा राणालाई पुरस्कृत गरिएको छ । 
महाराजगन्जस्थित कोषको कार्यालयमा आयोजित एक कार्यक्रममा  वरिष्ठ गायिकाद्वयलाई पुरस्कृत गरिएको हो । नारायणगोपालसँग युगल गाएकी अर्की गायिका दिलमाया खातीले सम्मानित दुवैलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र थमाएकी थिइन् । 
पुरस्कृत भएपछि गायिका मिराले नारायणगोपालका नाममा पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको वताईन । उनले भनिन् ‘कुनै बेला हामीले सँगै गीत गाएका थियौं । अहिले उहाँकै नामको पुरस्कार    पाएँ ।’ 
कार्यक्रममा नारायण गोपालको सम्झना गर्दै गायिका ज्ञानुले ‘मान्छेको माया यहाँ...’ र मीराले ‘तिमी देऊ या नदेऊ...’ गीत सुनाएका थिए । राणाद्वयबाहेक किरण कँडेल, मदन गोपाल, धर्म मानन्धर, अजर जंगम, उत्सव नेपाल संगीता शाक्य, शृंखला जोशी लगायतले पनि नारायणगोपाललाई उनकै गीत गाएर सम्झिए ।
ज्योती भन्छिन् ‘मन नपरे नहेर्नुहोस’
सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक–पटक लाग्ने  गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्वीकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोप ः
जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ?
— यो बेकारको आरोप हो । मलाई नबुझ्नेहरुले पहिला पनि यसो भन्थे अहिले पनि भन्छन् । छोटो लुगा लगाउँदैमा जवानी देखिने र लामो लुगा लगाउँदैमा जवानी छोपिने हैन । तपाईले देख्नु भएको होला नि सारीमा पनि महिलाको जवानी छताछुल्ल भएको ।
स्टेज कार्यक्रममा भल्गर रुपमा प्रस्तुत हुनुहुन्छ, स्वरका भरमा स्टेजमा अफर पाउनुहुन्न हो ?
— स्टेज भनेको कानमा एअरफोन लगाएर गीत गाउने ठाउँ होइन । म जाने कार्यक्रममा आउने दर्शकहरु मलाई सुन्न मात्रै हैनन् हेर्न पनि आएका हुन् भन्नेमा म सचेत छु । जब कोही दर्शक टिकट काटेर मेरो गीत सुन्न र मलाई हेर्न आउँछ भने उसलाई मैले प्रफुल्लित बनाएर पठाउनु पर्छ । जहाँसम्म भल्गरको कुरा छ, नबुझ्नेहरुले मात्रै भनेका हुन् । म भल्गर हैन ग्ल्यामरस हुन्छु । मेरो त्यहि ग्ल्यामर दर्शकले मन पराउने गरेका छन् ।
गीतका शब्दमा पटक्कै मिहिनेत गर्नुहुन्न ? केवल ड्रेसअपमा ध्यान दिएर चलिन्छ त ?
— म आफैंले गाएका पछिल्ला कतिपय गीत मलाई नै चित्त बुझेको छैन । यो साँचो हो । तर, फेरि म आफैं गीतकार हैन । मलाइ जस्तो गीत दिन्छन् त्यस्तै गाउने हो । अर्को कुरा, खै किन हो कुन्नी मैले गाउने भनेपछि गीतकारले पनि रोमान्टिक गीत नै लेख्छन् ।
कला क्षेत्रमा विकृति फैलाउदै हुनुहुन्छ । तपाईंको सिको गरेर अरुले पनि छोटो लाउन थालेका छन् ? तपाइले गर्दा लोकगीतमा विकृती नै आयो नी ?
— आम्मामा । यो कुरा त कसरी पत्याउनु । ज्योती मगर यो उद्योगमा आउनु भन्दा पहिला नै, छोटा लुगा लगाउने केटीहरु धेरै थिए काठमाण्डौंमा । अहिले न्युरोड लगायत स्थानका सपिङ मलमा जानुस् त म भन्दा छोटो लुगा लगाएर हिंड्नेहरु कति छन्क ति । यो चाँहि पक्का हो, छोटो लगाउने मन भएका तर, हिम्मत नभएकाहरुलाई मैले बाटो बनाइदिएको छु ।
ज्योतीको गीत आउँदा टीभी नै बन्द गर्नुपर्ने स्थिती छ, के तपाई परिवारसँग बसेर हेर्न मिल्ने गीत बनाउन सक्नुहुन्न ?
— यो त झन् म मान्दै मान्दिन । आजसम्म टीभी नै बन्द गर्नुपर्ने गीत न मैले गाएकी छु न त मोडलिङ नै गरेको छु । तपाईहरुलाई साह्रै गा¥हो भयो भने नहेर्नुस् । हेर्नैपर्छ भन्ने छैन । तर, मैले तिम्रो गीत आउँदा टीभी बन्द गरे भन्ने मान्छे आजसम्म भेटेको छैन ।

लेख 

मधेशी मोर्चा ! निकाश दिन अगाडी बढ

राजेश मिश्र
तत्कालिन अवस्थामा संविधानसभाभित्रको ठूलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिले संविधान ल्याउन अन्य विभिन्न विषयसँगै ११ प्रदेशमा सहमति जुटाएको थियो । त्यसमा पर्सादेखि सप्तरीसम्म, नवलपरासीदेखि बर्दियासम्म र झापा, सुनसरी र मोरङ मात्र रहेको अर्को छुट्टै तराईका जिल्ला मात्र रहने गरी ३ प्रदेश बनाएको थियो । मध्य तराईको चितवन काठमाडौंसँगको तथा कैलाली र कञ्चनपुरलाई सुदुरपश्चिमका पहाडी जिल्लासँगको प्रदेशमा गाभिएको थियो । त्यतिखेर सरकारमै रहेका मधेसी नेताले संविधान जारी हुनलाई आफू बाधक नहुने तर समर्थन पनि गर्न नसक्ने हिसाबले उक्त प्रस्ताव लिएर बढ्न तीन दललाई संकेत दिएका थिए । त्यस्तो संकेत दिने नेतामा मुख्य रूपमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार थिए । त्यतिखेर बाबुराम भट्टराई नेतृत्वको सरकारमा नरहेका उपेन्द्र यादबले उक्त प्रस्तावको समर्थन गर्ने त कुरा थिएन नै, सत्तामै सहभागी सदभावना अध्यक्ष राजेन्द्र महताले पनि मधेसका जिल्लालाई ५ वटा प्रदेशमा बाँडेको भन्दै महन्थ ठाकुर र विजय गच्छदारलाई गद्दार भन्दै भाषण गर्न भ्याए । पछि माओवादी समेत उक्त प्रस्तावबाट पछि हटेपछि त्यतिखेरको सहमति तुहियो । संविधानसभा पनि विघटन भयो । 
दोस्रो संविधानसभाभित्रको ठूला दुई दल कांग्रेस र एमालेले ०७१ कात्तिक १७ मा संवैधानिक राजनीतिक सम्वाद समितिमा ७ प्रदेशको खाकासहित ९ बुँदे सहमतिको प्रस्ताव पेस गरे । उक्त प्रस्तावमा तराईमा पर्सादेखि सप्तरी र नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लामात्र रहेको दुई प्रदेश मात्र थियो । यसअघि छुट्टै प्रदेश बनाइएको पूर्वी तराईका तीन जिल्लालाई पहाडसँगको प्रदेशमा गाभियो । दुई वर्षको अन्तरालमा फेरिएको          राजनीतिक शक्ति सन्तुलनले मधेसमा प्रस्तावित ३ प्रदेशलाई २ मा झा¥यो । त्यतिमात्र होइन नवलपरासीलाई टुक्र्याइयो पनि । चिवतन, कैलाली र कञ्चनपुरलाई विगत झै पहाडसँग जोडियो । उक्त प्रस्तावमा तात्कालिन कांग्रेस सभापति एंव प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको हस्ताक्षर थियो । एमाओवादी र मधेसी मोर्चासहितको गठबन्धनले आफूहरूलाई ‘बाईपास’ गरेर कांग्रेस एमालेले बहुमतको बलमा संविधान ल्याउन लागेको भन्दै उक्त प्रस्तावलाई छलफलको विषयवस्तु नै बन्न दिएनन् । त्यसविरुद्ध एक मधेस एक प्रदेशको कुरा उचाले । तर, दुभाग्र्य ! मधेसी मोर्चाले माओवादीको पनि साथ गुमाए । कांग्रेस–एमालेको गठबन्धनमा जोडिन पुग्यो, माओवादी । कांग्रेस–एमालेको प्रस्ताव अस्विकार गरेको मोर्चालाई थप झट्का यतिखेर लाग्यो जब माओवादी समेत सामेल भएर ल्याएको ७ प्रदेशमा मधेसमा एउटा मात्र २ नम्बर प्रदेश प¥यो । 
अर्थात मोर्चाले जति पटक हठ ग¥यो, त्यति नै पटक राजनीतिक उपलब्धीमा घाटा लागेको छ । 
गत वर्षको लामो मधेस आन्दोलन, नाकावन्दी र ५० जनाभन्दा बढीको शाहदतपछि प्रदेश सिमांकनको विवाद अहिले घुमिफिरी फेरि ०६९ जेठ २ र ०७१ कात्र्तिक १७ कै वरिपरी आइपुगेको छ । तर, राजनीतिले कोल्टो फेरेको अवस्था छ । त्यतिखेरका प्रस्तावकमध्येकै एक दल एमालेले त्यसविरुद्ध सडक तताउन थालेको छ । जेठ २, कात्तिक १७ वा अन्य कुनै तिथीमा आएका प्रस्वाव होस् वा सहमति तुहिनुमा मधेसी मोर्चा पनि एक जिम्मेवार पक्ष  हो । करीब करीब त्यस्तै दृश्य रह्यो, गतवर्ष पनि । मधेसको आन्दोलन उत्कर्षमा थियो । संविधान जारी गरेकोमा प्रमुख तीन दल रक्षात्मक अवस्थामा पुगेका थिए । संविधान जारी भएको दुई साताभित्रै सरकारले संशोधन प्रस्ताव दर्ता गराउनु परेको थियो । सिमांकन सहितको विषयमा फेरबदल गर्न तयार देखिएका थिए । त्यसका लागि संविधानसभाभित्रै तीनै दलका शीर्ष नेताको प्रतिवद्धता आएको थियो । पछि केपी ओली नेतृत्वको सरकारले त मन्त्रिपरिषदबाटै त्यस्तो प्रतिवद्धता पारित गरेका थिए । तर, आन्दोलनको उन्मादमा रहेका मधेसी नेता काठमाण्डौंमा सम्वादमा रहेका मोर्चाका आफ्नै सहयात्री नेतालाई ‘गद्दार’कै रूपमा प्रचारित गर्न थाले । मोर्चाभित्र सबैभन्दा क्रान्तिकारी ‘मै हुँ’ भन्ने होड चलिरहेको थियो । ‘अभि नही तो कभी नही’ भन्दै आफूले उठाएका सबै मुद्धाको एकै पटक सम्बोधन हुनुपर्ने भन्दै चर्का नारामा    रमाइरहे । नेतृत्वले उपयुक्त समयमा लिन सक्नु पर्ने सही निर्णय लिन सकेन । आन्दोलनकै क्रममा प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालालाई मतदान गर्न पुगेको मोर्चा संविधान संशोधन विधेयकमाथिको छलफल वा मतदानमा सहभागी हुन उपयुक्त ठानेन । आन्दोलनकै कारण भएको संशोधनको स्वामित्व समेत उनीहरूले लिएनन् । लम्बिदो आन्दोलनले जनताको साथ छुट्दै गएकै थियो भने मोर्चाभित्रको आन्तरिक कलह पनि बाहिर आउन थाल्यो जसको फलस्वरूप आन्दोलन फिर्ताको औपचारिक घोषणा नहुँदै नाकावन्दी तुहिन पुग्यो ।
माथिको राजनीतिक घटनाक्रमले कतिपय कुरा एकैसाथ दर्शाउँछ । समयमा उपयुक्त निर्णय लिन नसक्नु, दुरदृष्टि नराख्नु, प्राप्त हुन खोजेको उपलब्धीलाई संस्थागत गर्न नखोज्नु, एउटै क्षेत्रका प्रतिस्पर्धीले अर्कोलाई खराब देखाएर आफु ठूलो क्रान्तिकारी बन्न खोज्नु जस्ता कमजो–रीहरू मोर्चाका नेताहरूमा देखिएका छन् । एकपटक फेरि त्यस्तै अवसर मोर्चासामु आएको छ । विगत झै त्यसलाई गुमाएर जाने कि संस्थागत प्रयास गर्ने मोर्चाका नेताहरूको हातमा छ । यस पटक पनि पहिलेकै जस्तो प्रवृति देखिएको छ । मोर्चाको निरन्तर दवाब र अनौपचारिक सरसल्लाहमै आएको भनिएको चार बुँदे संविधान संशोधन प्रस्तावलाई सबैभन्दा पहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कडा शब्दमा निन्दा गर्दै स्विकार्नै नसकिने वक्तव्य निकालेर अरूलाई उछिन्न सफल भए । मोर्चाभित्रको सबैभन्दा ठूलो दलको नेता र संघीय गठबन्धनको संयोजक समेत रहेका यादवले मोर्चा वा गठबन्धनको बैठक कुर्न उचित ठानेनन् । बरु, सबैलाई उछिन्ने दाउमा लागे । 
त्यसपछि बसेको मोर्चा र गठबन्धन बैठकले पनि यथास्थितिमा संशोधन प्रस्ताव स्विकार्न नसकिने निर्णय लियो । दुवै बैठकमा उपस्थित उपेन्द्रले आफूले पहिले निकालेको विज्ञप्तीलाई सहयोग पुग्ने गरी निर्णय गराउनु थियो । भाषा त्यस्तै नभएपनि करीब करीब सफल पनि भए । मधेसी मोर्चामा ७ दल आवद्ध छन् । राजनीतिक गतिरोधलाई निकास दिनुपर्ने भन्दै त्यसमध्येका कतिपय दलका अध्यक्षले संशोधनको पक्षमा उभिनुपर्ने राय   दिइरहेका छन् । तर, बिरोध गर्ने ठूलो क्रान्तिकारी बन्ने र आफू मधेसको राजनीतिमा बढारिने डरले आफ्नो स्वरलाई शक्ति दिन डराएका छन् । दुईवटा संविधानसभा भित्रको रस्साकस्सी र एकवर्ष यताको आन्दोलनले प्रदेशको सवालमा विगतमा प्राप्त हुन खोजेको उपलब्धीभन्दा बढ्ने संकेत दिएको छैन । बरु, केही हस नै आएको छ । र, राजनीतिक शक्ति सन्तुलन हेर्दा तत्कालै अहिलेको भन्दा धेरै थप उपलब्धीको सम्भावना पनि देखिन्न । 
यस्तो बेलामा मोर्चाले बिवेकपूर्ण र दुरदृष्टी राखेर निर्णय दिनसक्नु पर्छ । सरकारले ल्याएको संशोधनको प्रस्ताव वरिपरी सहमति खोज्न ढिला गर्नुहुन्न । सत्तारुढ कांग्रेस, एमाले, राप्रपा र मोर्चाले अधिकत्तम लचक भएर सहमतिमा पुग्नुपर्छ । उपयुक्त र स्वीकार्य प्रस्ताव राखी संशोधनलाई आवश्यक परिमार्जन गरेर सरकार र मोर्चाको साझा बनाएर जान सक्नुपर्छ । त्यसका लागि सबभन्दा पहिले मोर्चा एकतावद्ध हुन जरुरी छ । मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने उद्देश्यले लचिलो हुने विषयमा एकमत हुनुपर्छ । प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, थपका लागि जनता माझ जाने, निर्वाचनबाट शक्ति संचय गर्ने दिशामा मोर्चाका नेताहरूको सामान धारणा बन्न सकेमात्र त्यो सम्भव हुन सक्छ । एकीकृत राजनीतिक शक्ति रहेको मोर्चाप्रति मात्र मधेसी जनताको विश्वास   छ । मोर्चाबाट बाहिरिएका दल एक्लिएको उदाहरण यहीँ छ । त्यही विश्वास नै प्रमुख आधार हो जसले गत वर्ष मोर्चाले समेत आश नगरेको जनसहभागिता आन्दोलनमा देखिन पुगेको थियो । अहिले पनि मोर्चाको एक आह्वानमा आन्दोलन सुरु हुने सम्भावना जिवित छ । तर, मोर्चाले जनताको त्यस विश्वास र भरोसालाई फेरि आन्दोलनमा धकेल्नुभन्दा निकास दिने विकल्प रोज्ने दिशामा अग्रसरता देखाउनुपर्छ । 
मोर्चा संशोधन प्रस्तावको विपक्षमा उभिएकै कारण उक्त प्रस्ताव नरुचाएका प्रतिपक्षी एमाले र सत्तारुढ दलभित्रकै नेताहरूले बल पाएका छन् । मोर्चा संशोधनको पक्षमा उभिए राजनीतिक माहौल नै फेरिन सक्छ । त्यसले एमालेलाई दवाब र सत्तारुढ दलभित्रका नेताहरूको मुख बन्द हुनेछ । तर, त्यस विपरीत मोर्चाको अडान कस्सिदै गए कांग्रेस माओवादी पनि टाडिने सम्भावना रहन्छ । सिंगो मुलुकले राजनीतिक गतिरोधबाट निकास खोजेको छ । त्यसका लागि संविधान कार्यान्वयनको गति बढाउन र निर्वाचनमा जान आवश्यक छ । त्यसका लागि मोर्चाको निकासप्रदक लचिलो निर्णय र एमालेको जिम्मेवारीबोधपूर्ण कदमको पर्खाइ गर्नुवाहेक अर्काे विकल्प छैन । 
— कान्तिपुर दैनिकबाट

रोजगारीका लागि बिदेश जाने बाध्यता

सिर्जना आचार्य 
हाल नेपालमा कतिपय भाइबहिनीलाई ‘तँ ठूलो भएर के बन्छस्’ भनी सोध्यो भने–ठूलो भएर अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युकेतिर जाने भन्छन् । जीवनमा सफल हुनु भनेको विकसित देशमा ‘माइग्रेट’ हुनु हो भन्ने कुरा यिनीहरूको मस्तिष्कमा गढेको देखिन्छ । के बन्ने भन्दा पनि कहाँ जाने र आप्रवासन गर्ने भन्ने कुरा यिनीहरूको प्राथमिकतामा छ । कुनै विकसित देशको भिसामात्र लागेमा पनि जीवनमा ठूलो सफलता हासिल गरेझैं केही दिनसम्म अविर दल्ने गरेको हामीले देखे—भोगेका छौं । देश विकासमा संलग्न हुनुपर्ने महत्वपूर्ण उमेरमा देशका कर्णधार युवा विदेशमा अदक्ष काम गर्न वा अन्य कुनै पनि बहानामा विस्थापित हुनु देशका लागि विडम्बना हो ।
कलेज भर्नाताक धेरै विद्यार्थीमा कुन विषय र कहाँ पढ्ने अन्योल रहेको पाइन्छ । विद्यार्थीहरू ठूला नाम चलेका कलेजमा बढी शुल्क तिरेर भर्ना लिन इच्छुक देखिन्छन् । कतिपय विद्यार्थीका अभिभावकले घरजग्गा धितो राखेर वा बेचेरसमेत कलेजको चर्को शुल्क तिर्ने गरेको पाइन्छ । तथापि कुन कलेजमा कुन विषयमा भर्ना लिँदा राम्रो जागिर पक्का हुन्छ भन्ने अन्योलले गर्दा विद्यार्थीहरू आफ्नो भविष्य अनिश्चिततातिर धकेल्न पुग्छन् । 
वास्तवमा कुनै पनि देशको सरकार देशका सम्पूर्ण युवालाई स्वदेशमा नै पूर्ण रोजगारी प्रदान गर्न जिम्मेवार हुनुपर्छ । यो सरकारको दायित्व हो । हुनत नेपालमा पूर्ण  रोजगारीको परिभाषा फरक छ । धेरैजसोले सरकारी जागिरलाई मात्र पूर्ण रोजगारी मान्छन् भने कतिपयले कुनै पनि नाम चलेको संस्थाको फुलटाइम जागिरलाई पूर्ण रोजगारी मान्छन् । रोजगारीका हिसाबले कतिपय यस्ता विषयजसले स्नातकपछि रोजगारीको न्युनतम पनि सुनिश्चितता दिँदैन वा आफैं उद्यमी बनाउन सिकाउँदैन भने त्यस्ता विषयमा भर्ना नलिनु नै वेश हुन्छ । नेपालमा धेरै सजिलो मानिने शिक्षण पेसा कोरिया, जापान लगायत अन्य विकसित मुलुकमा चुनौतीपूर्ण र अपनाउन सबैभन्दा गाह्रो पेसामध्ये एक हो । नेपालमा ‘केही नभए पढाए पनि हुनेनि कतै, त्यत्रा स्कुल—कलेज छन्’ र कतिले त अझ‘खै जागिर नपाएर टिचरमा झुन्डिएकी छ’ जस्ता कुरासमेत गर्छन् । ‘केही काम नपाएर मैले कलेजमा पढाइराखेको छु’ भन्नेहरूका लागि शिक्षण पेसा नभई बाध्यता हो । जसलाई आफूले अपनाएको पेसा बाध्यता हो भन्ने लाग्छ, उसले उक्त पेसामा दत्तचित्त भएर मिहेनत गरी काम गर्छ भन्ने कुरामा शंका रहन्छ ।
सामान्यतया हाइस्कुल अर्थात १२ कक्षासम्म कुन विषय छान्ने भन्ने कुरा, १२ कक्षा पढेपछि कुन विषय पढ्ने भन्ने कुराको लागि हो । तर अधिकांशका लागि स्नातक र स्नातकोत्तर कुन विषय र कुन कलेज छान्ने भन्ने कुराचाहिँ कुन विषय पढेमा सजिलै जागिर पाउन सकिन्छ वा स्वउद्यमी बन्न सकिन्छ भन्ने कुरामा भर   पर्छ । राम्रा कलेज वा विश्वविद्यालयमा पढेकाले स्नातक भएको दिन जागिर खान जाने हो, जागिर खोज्न सुरु गर्ने होइन । जागिर खोज्ने काम स्नातक हुनु अघि नै थाल्ने   हो । यस कुरामा कलेज वा विश्वविद्यालय साथै विद्यार्थी पनि स्पष्ट हुनुपर्छ । प्रायःजसो सबै देशमा यस्तै प्रक्रिया हुन्छ । स्नातक भएपछि जागिर खोज्नेहरूलाई राम्रा कम्पनीले किन अहिलेसम्म जागिर नपाएको होला भनी शंकाको दृष्टिले हेर्ने समेत विकसित मुलुकमा चलन छ । विकसित मुलुकमा कतिपय ठूला कम्पनीले स्नातक भएको केही समयपछि ‘इन्ट्री लेबल’ को जागिरको लागि निवेदन नै नलिने पनि गर्छन् । 
जबसम्मकतिजनाले त्यस कलेज वा विश्वविद्यालयबाट पढे र कतिले पढेको विषयमा जागिर पाए मूल्यांकनको अंग हुनसक्तैन, तबसम्म कलेज वा विश्वविद्यालयको गुणस्तर महंँगो ट्युसन फि वा इन्ट्रान्समा कति प्रतिशत पास हुन्छन् वा कोही नाम चलेका व्यक्ति त्यस कलेज वा विश्वविद्यालयमा काम गर्छन्, गर्दैनन् आदि—इत्यादिले निर्धारण गरिरहन्छ र हामी बेरोजगार उत्पादन गरिरहन्छौं । के हामीले विद्यार्थीको भविष्यमाथि खेलवाड त गरिरहेका छैनौं भन्ने कुरा विद्यार्थीको भविष्यप्रति उत्तरदायी छौं भन्ने कुनैपनि कलेज वा विश्वविद्यालयले मनन् गर्न अति जरुरी छ ।
हाम्रो कलेजमा पढेका यतिजना विदेश गएका छन् भन्ने कुराले त्यो कलेजको गुणस्तर बताउँदैन । बरु त्यो कलेजमा पढेका कतिजना शतप्रतिशत छात्रवृत्तिमा विदेश गएका छन् भन्ने मापदण्डचाहिँ केही हदसम्म जायज हुनसक्छ । हाम्रो कलेजका विद्यार्थीहरू ठूला कम्पनीमा काम गरिरहेकाहरू हुन् र यहाँ पार्टटाइम पढ्न आउँछन् भन्ने पनि गुणस्तर नाप्ने मापदण्ड हुनसक्दैन । म कलेजमा पढाउन चाहन्न भन्ने नाम चलेको क्याम्पसबाट एकदमै  राम्रो नम्बर ल्याएर प्रथम श्रेणीमा एमबीएस गरेको मेरो एकजना भाइ दुई वर्षसम्म बेरोजगार थियो । उसले काठमाण्डांैको अति राम्रो भन्ने एक निजी स्कुलबाट नर्सरी देखि १२ कक्षासम्म पास गरेको हो । उसको दैनिकी नै काम खोज्ने थियो । हालै पनि मेरा चिनजानका बहिनीहरू बेरोजगार छन् । हामीले आफ्ना युवा बेरोजगार हुनुमा उनीहरूको मात्रै दोष देख्नु अलि अमिल्दो कुरा हो, किनकि हामीले पाएको शिक्षा नै स्वरोजगार हुनसक्ने वा जागिरका लागि आत्मविश्वास पैदा गर्नसक्ने लेबलको प्रायः छैन भन्दा पनि हुन्छ ।
नेपालमा धेरै विश्वविद्यालय खुले पनि प्रायः धेरैजसो कलेजले एकैजसो विश्वविद्यालयको पाठ्यक्रम पढाउने भएको हुनाले जुनसुकै कलेजमा पढे पनि खासै फरक हुने अवस्था छैन । जबसम्म विकसित देशहरूको जस्तो एक विश्वविद्यालय र त्यसको एक क्याम्पस पद्धति नभएसम्म कुन कलेजको पढाइ राम्रो भन्ने कुरा अन्योलनै रहने प्रायः निश्चित छ । धेरै विश्वविद्यालय भएमा र विश्वविद्यालयको पाठ्यक्रम पढाउने प्रशिक्षक, प्रशिक्षकहरूको अनुसन्धान, विद्यार्थी र प्रशिक्षकको अनुपात, वैदेशिक विद्यार्थीको अनुपात, विदेशी प्रशिक्षकको अनुपात, विद्यार्थी चयनका मापदण्ड आदि कुराले विश्वविद्यालयहरूको स्तर निर्धारण गर्न सहयोग गर्छ । 
एकजना विदेशी विश्वविद्यालयका प्राध्यापकले मेरै सामुन्ने त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग संकायका एकजना प्राध्यापकलाई सोधेका थिए, ‘म नेपाल भ्रमणमा जाँदा नेपाली सफ्टवेयर कम्पनीहरू धेरै कम देखेँ, तर त्यहाँ वार्षिक ४ देखि ६ हजारसम्म सफ्टवेयर इन्जिनिय– रहरू स्नातक हुन्छन् । तपाईंहरूलाई तपाईंका स्नातकका बारेमा सोध्यो भने हाम्रा विद्यार्थी स्नातक भएपछि विदेश गएका छन् भनी गर्वसाथ भन्नुहुन्छ । वास्तवमा यसले तपाईंहरूलाई सफल भएको मान्न सकिँदैन । तपाईंका स्नातकहरू स्वदेशमा भनेको जस्तो काम वा काम गर्ने वातावरण नपाएर नै विदेश गएको हुनुपर्छ । तपाईंहरू किन सफ्टवेयर उद्योगलाई विकास गर्नुहुँदैन ? जुन विधामा तपाईंहरू विद्यार्थी उत्पादन गर्नुहुन्छ, त्यो विधालाई विकास गर्नु वा सरकार वा निजीक्षेत्रलाई गर्न लगाउनु तपाईंहरूको जागिरको एक हिस्साका साथै सामाजिक उत्तरदायित्व नै हो । जबसम्म तपाईंहरू सफ्टवेयर उद्योगलाई विकास गर्नुहुँदैन, तबसम्म तपाईंहरू उद्योगलाई चाहिने जस्तै विद्यार्थीहरू उत्पादन गर्नुहुन्छ भन्नेकुरामा आशंका रहिरहन्छ र तपाईंहरू विद्यार्थीहरूप्रति उत्तरदायी हुनुहुन्छ भन्ने कुरामा समेत शंका गर्ने ठाउँ रहन्छ ।’ प्रत्युत्तरमा उहाँले ‘तपाईंले भन्नुभएको कुरा सही हो र हामी यसमा काम गरिरहेका छौं’ भन्ने जवाफचाहिँ फर्काउनु भएको थियो । 
कुनै पनि कलेज वा विश्वविद्यालयको गुणस्तरको मापदण्ड त्यति सजिलै नाप्न सम्भव छैन, तर स्नातक र स्नातकोत्तर गरिसकेपछि रोजगारी अत्यन्त जरुरी विषय भएकोले यसलाई आधार मानी कलेज छान्ने मापदण्ड बनाउनु अहिलेको समयमा बुद्धिमत्ता मान्न सकिन्छ । वास्तवमा नेपाली युवा विद्यार्थीहरूलाई विदेश मोह भएको कारण, अध्ययनपछिको स्वदेशमै सन्तोषजनक रोजगारी प्रतिभा पलायन रोक्ने पहिलो र प्रमुख रणनीति हुनसक्छ । हामी कमसेकम पढेलेखेका अभिभावकले नेपालमा कलेज वा विश्वविद्यालयहरूलाई तपाईंको स्नातकहरूमध्ये कति प्रतिशत नेपालमा रोजगार वा स्वउद्यमी छन् भन्नेकुरा सोध्न सुरुवात गरौं । 
— कान्तिपुर दैनिकबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

के हो आरक्षण (सकारात्मक बिभेद) ?
— समाजमा विविध कारणले पछि परेको र अधिकारबाट वञ्चित समुदाय, वर्ग, जातजाति, लिङ्ग तथा क्षेत्रका समूहलाई विशेष गरी रोजगारी र शैक्षिक क्षेत्रमा निश्चित कोटा छुट्याई त्यसमा उनीहरूलाई मात्र सहभागी गराउने प्रक्रिया वा व्यवस्था नै आरक्षण हो । पछि परेको वर्ग, समुदाय, लिंगको उत्थान गर्दै उनीहरूको नीति निर्माण तहसम्म सहभागिता सुनिश्चित गर्नु, समतामूलक समाज निर्माण गर्नु, सबै क्षेत्रमा सबैको प्रतिनिधित्व गराउनु र राज्यमा सबै नागरिकको समान पहुँच कायम गर्ने अवधारणा अनुरूप आरक्षणको व्यवस्था भएको हो । यसले लोकतन्त्र बलियो बनाउँदै समुन्नत राष्ट्र निर्माणमा ठूलो सहयोग पु¥याउँछ । विश्व बैंकका अनुसार आरक्षणको प्रयोग सर्वप्रथम सन् १९६४ मा अमेरिकामा भएको हो । नेपालमा पहिलोपटक संवैधानिकरूपमा ‘नेपालको अन्तरिम संविधान २०६३’ मा सकारात्मक विभेदको उल्लेख गरिएको छ ।
आर्थिक असमनाता (Economic disparity) भनेको के हो ?
— नेपालमा ब्यापक आर्थिक असमानता छ । धनी दिनदिनै धनी हुँदै जाने । गरिब दिन प्रतिदिन गरिबीको खाडलमा भासिँदै जाने क्रम बढ्दो छ । तल्लो २० प्रतिशत गरिब जनसंख्याको उपभोग ६.२ प्रतिशत रहेको छ भने माथिल्लो २० प्रतिशत धनी जनसंख्याको उपभोग ५३.३ प्रतिशत रहेको छ । ४५ प्रतिशत साना किसानले ०.५ हेक्टरभन्दा कम भूमिमा खेति गर्ने गर्दछन् । ८ प्रतिशत किसानले २.५ हेक्टरभन्दा बढी भूमिमा खेति गर्दछन् ।
आदिवाशी जनजातिको बर्गीकरण बारे लेख्नुहोस् ।
नेपाल सरकारले देशभरका आदिवासी जनजातिको निम्नानुसार बर्गीकरण गरेको छ ।
१. लोपुन्मुख समुह (Endangered Group) ः यो समुहमा कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया गरि १० जनजातिलाई राखिएको छ ।
२. अति सिमान्तकृत समुह (Highly Marginalized Group) ः (यो समुहमा माझि, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार, झाँगड, थामी, बोटे, दनुवार र बरामो गरि १२ जनजातिलाई राखिएको छ ।
३. सिमान्तकृत समुह (Marginalized Group) ः (यो समुहमा सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजवंशी), गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्फो, फ्रि, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ गरी २० जनजाति राखिएको छ ।
४. सुविधा वञ्चित (Disadvantaged Group) ः (यो समुहमा गुरुङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्वे, तीनगाँउले, बा¥हगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ल्होमो गरी १५ जनजाति रहेका छन् ।
५. उन्नत समुह (Advanced Group) ः यो समुहमा नेवार र थकाली गरि २ जनजाति रहेका छन् ।
नागरिक समाज भनेको के हो ? 
– प्रत्येक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र बृद्धिजिवीहरु, स्थानीय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीयस्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएको अग्रगामी सुधारको पक्षपाती, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ 
नागरिक समाजका विशेषताहरु लेख्नुहोस् ।
— नागरिक समाज आफैमा सचेत र सरकारलाई खवरदारी गर्ने स्वतन्त्र अस्तित्व भएको व्यक्तिहरुको समूह हो । यसका केही विशेषताहरु यस प्रकार छन् ।
ड्डसरकारलाई सही बाटोमा हिडाउन दबाबमूलक काम कारवाहीको गर्ने ।
ड्डआत्म अनुशासित हुँदै समाज, राष्ट्रलाई सकारात्मक कामकारवाहीको लागि घचघचाउने व्यक्ति, समूह
ड्डसरकारभन्दा पृथक हुँदै सरकारका नीति, निर्णय र कार्यान्वयनको लागि सदैव दबाब सिर्जना गर्ने संयन्त्र,
ड्डसमाजको आवाजविहिन, पिछडिएका वर्ग, समुदायको आवाज बुलन्द गर्दै सरकारलाई सहि बाटोमा ल्याउन दबाबमूलक काम गर्ने संयन्त्र । ड्डराजनीतिकबाट टाढा रहेर सामाजिक जागरण ल्याउँदै समाज र समूहलाई समेत माथि उठाउने, जागरण गराउन सक्रिय समूह
ड्डसरकारलाई जहिले पनि कानून बनाउन, भएका कानून कार्यान्वयन नभएको अवस्था रहे कानून कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने व्यक्ति–समूह, 
ड्डनागरिक चेतना प्रदायक गैरनाफामूलक व्यक्ति–समूह
नागरिक समाजका उद्देश्यहरु लेख्नुहोस् ।
— नागरिक समाज गैरनाफामूलक ठंगले कार्यरत जागरुक अनुशासित ढंगले काम गर्ने व्यक्तिरसमुहको नाम हो । नागरिक समाजले नागरिकहरुमा शिक्षा प्रदान गर्ने, समाज–समूदायलाई समेत रुपमा अघि बढन् प्रेरित गर्छ । समाजका पिछडिएका जाति, समुदाय, सम्प्रदायलाई मूल धारमा ल्याउँदै उनीहरुका हक, अधिकार दिलाउनमा सरकारलाई खबदारी गर्नु पनि नागरिक समाजको काम हो । मूलतः नागरिक समाजका केही उद्देश्यहरु यस प्रकार छन् ।
ड्डसहभागितामूलक पद्धतिको विकास र विस्तार गर्नु, विचार, अभिव्यक्तिको आदान–प्रदानमार्फत समाजलाई एकीकृत रुपमा अघि बढ्न प्रेरित गर्नु ।
ड्डसामूहिक भावनको विकास गर्दै विभिन्न ढंगको संजालमार्फत सरकारलाई सहि मार्गदर्शन गर्नु ।
ड्डराज्यको मूल धारामा आउन कठिन भइरहेको वर्ग, क्षेत्र, लिङ्ग, समूदाय र सम्प्रदायलाई नागरिक शिक्षा प्रदान गर्दै उनीहरुको हक, अधिकार प्राप्तिमा समेत बनाउनु
ड्डसुरक्षालाई नीति, कानून परिपालना गराउन दबाबमूलक ढंगले बाध्य बनाउनु ।

साहित्य सृजना 

कहिलेसम्म ? 
म पूजा गर्दै थिएँ,
भलादमी मान्छे पप्पीसँगै मन्दिर पस्यो
निर्माणकर्ता शिल्पकार ढोका बाहिरै घचेटियो
यो अपमान कहिलेसम्म ?
म खेत खन्दै थिएँ
तथानाम गर्दै ठालुले बाली उठायो
किसान दाइ जुवामा नारिइरहेका थिए
यो थिचाइ कहिलेसम्म ?
म पाइला चाल्दै थिएँ,
सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो
‘कु’ को निशानी, प्लाष्ट्रिक बटुल्दै थियो
यो अन्याय कहिलेसम्म ?
म शहर घुम्दै थिएँ,
धुर्त केटो मिठा भाषण बाँड्दै थियो,
गाउँले साथी पार्सपोर्ट र भिसा मिलाउँदै थिए
यो असमानता कहिलेसम्म ?
म काली मन्दिर गएको थिएँ
भक्तहरुले न्यायको माला जप्दै बली चढाए
घरकी देवी दमनले उग्राउँदै थिइ
यो देखावटी कहिलेसम्म ?
म आवेदन दिदैं थिएँ,
भुडे नेताले विकासे प्रतिवेदन सुनाएर
परर्र ताली बज्दा, जनता भोकै मर्दै थिए
यस्तो झुट कहिलेसम्म ?
यो ..............कहिलेसम्म ? ? ?
विद्या सापकोटा ‘निर्जला‘

आखिर के त ?

तिमी, भुत लाई बिर्सने प्रायस गर्योउ भने,
बर्तमान बिश बनेर मेरा अगाडी आउन सक्छ ।
भविश्य को कल्पना गर्न नपाउदै’
तिम्रा ममता का बिन्दु–बिन्दु हरु मा
मेरा माया का कण्–कण हरु मा
फेरी तुसारो छाउन सक्छ,
यदि, तिम्रो मन निस्चल छ भने,
हराउने छैनन, तिमी प्रती का दुई थोपा बिश्वासहरु
हराउने छैनन्, समर्पित बाचाहरु
हराउने छैनन् लर्खराएका मेरा पाइलाहरु 
तिमी मा थोरै माया छ भने,
आउ मलाई बिश्वाश दिलाउ 
किन कि तिमीलाई पाउन का निम्ती 
सुरु गरेका मेरा अन्त्यहिन मेरा यात्राहरुमा
अबिरल लम्बिने डोरेटो अनि घोरेटाहरुमा
तिम्रो आकिर्ती कती खोजे होला ?
आफ्नै मन लाई सोध
आखिर, तिमी पनि त म जस्तै मान्छे होउ 
रक्त संचार गर अनि आफैले आफैलाई शोध
मुटु मा प्रेम कहाँ नेर हुन्छ चिरेर खोज 
घुम्ति–घुम्ती हरु मा ठक्कर खाएर हेर 
अनन्त यात्रा धाएर हेर 
फेरी गुमेको चिज पाएर हेर
सक्छौ भने, हजार टाला ले टालिएको मन 
दोबाटो मा उभिएको यात्री सग सम्झ्यौता गर 
थकाइ को बहना मा बिस्राम नलिने बचा गर
ठेस लागेर पल्ट्ने बाहाना नहोस 
यात्रा सुरु गरौला, आखिर जिबन के हो र ? बगी जाने खोला 
लुँखु देउरालीबाट

सूचना÷सन्देश÷बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना 

प्रथम पटक सूचना मिति ः २०७३।०८।१९ गते
जिल्ला डोटी भुमिराजमाण्डौं गाविस वडा नं. ८ स्थित कि.नं. ५१, ५२, २०९, २७७, २७८, ७१६, ७२८ र ८०३ को जग्गा सोही गाविस वडा नं. ८ बस्ने नन्दरामको नाती नन्दलाल भट्टको छोरा खगेन्द्रराज भट्टको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि खगेन्द्रराज भट्टको मिति २०६९।११।१४ मा र निजको एकमात्र पत्नी विष्नादेवी भट्टको मिति ः २०३८।०३।१५ मा मृत्यु भएको र निजद्वयबाट सन्तान छोराछोरी कोहीकेही नभई अपुताली परेकोले मृतकको शेषपछिको हकदार भाईहरु रघुनाथ भट्ट, रनजित भट्ट, प्रेमपति भट्ट र टिकाराम भट्ट मात्र भएको हुदां मृतक खगेन्द्रराज भट्टको नाउँमा रहेको डोटी भुमिराजमाण्डौं गाविसस्थित मृतकको पुरै घर जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरि पाउँ भनी डोटी भूमिराजमाण्डौं गाविस कार्यालय डोटीको च.नं. १५७ र १५९ मिति ः २०७३।०८।१४ को किटानी सिफारीस पत्र, मृतकको नाउँको जग्गाधनि प्रमाण पुर्जा, नेपाली ना.प्र.प., चालु आ.व. को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी भूमिराजमाण्डौं गाविस वडा नं. ८ बस्ने रघुनाथ भट्ट, रनजित भट्ट, प्रेमपति भट्ट र टिकाराम भट्टले यस मालपोत काार्यालय डोटीमा मिति ः २०७३।०८।१४ मा संयुक्त निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाको म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।   

हार्दिक बधाई

यस संस्थाका साधारण सदस्य श्री रुपक के.सी. लोकसेवा आयोगद्वारा लिईएको परीक्षावाट निजामति सेवा अन्तरगत राजपत्र अनअंकित प्रथम श्रेणी (नासु) पदमा सिफारिस हुनु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई छ ।
नविन श्रेष्ठ (अध्यक्ष) 
समाज सेवा डोटी परिवार