Monday, January 9, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष २६ गते मंगलबार ।

आफ्नै देशमा सिप सिकौं । रोजगार बनौं । राष्ट्रिय पुननिर्माणमा सहभागी होऔं ।
भूकम्पबाट क्षति भएका घर बनाउन पाएको अनुदानको रकम घर निर्माणमा मात्र खर्च गरौं ।
म निर्माण व्यवसायी, गुणस्तरीय निर्माण मेरो जिम्मेवारी ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

नियम बिपरित योजना छनौट 

१० लाख भन्दा कम रकमका २६ योजना

डोटी जिलामा आर्थिक वर्ष २०७३÷०७४ का लागि बिनियोजन गरिएको निर्वाचन  क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर–गतको रकम नियमावली बिपरित बितरण गरिएको पाईएको छ । 
निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावली, २०७१ (संसोधन सहित २०७३) अनुसार उक्त शिर्षकका योजनाहरु वनाउँदा गर्दा १० लाख भन्दा कम रकम योजना छनौट गर्न नपाईने व्यवस्था गरिएको छ । डोटीमा भने १० लाख भन्दा कम रकमका २६ योजनाहरु छनौट गरिएका  छन । 
सांसदहरुले संसदमै बिरोध गरेर जवरजस्ती रकम बिनियोजन गर्न लगाएको उक्त कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड रुपैयाँ छुट्याईएको थियो । नियमावली अनुसार उक्त रकम बिनियोजन गर्नका लागि सम्वन्धित निर्वाचन क्षेत्रबाट प्रत्येक्ष निर्वाचित सांसद संयोजक रहने गरी समिति वनाईएको छ । सो समितिले रकम बिनियोजन गर्दा नियमावलीको मापदण्ड मिचिने गरी बिनियोजन गरेको पाईएको हो । 
जिल्ला बिकास समिति डोटीले आफ्नो वेवसाईटमार्फत सार्वजनिक गरेको योजना बिवरण अनुसार डोटी क्षेत्र–१ मा ८ र क्षेत्र–२ मा १८ योजनाहरुमा तोकिएको १० लाख भन्दा कम   रकम बिनियोजन गरेको देखाएको छ । संसोधित नियमावलीको नियम ५(११) अनुसार १० लाख भन्दा कम रकमको योजना छनौट गर्न नपाईने व्यवस्था गरिएको छ । क्षेत्र–२ मा एक लाख रुपैयाँसम्मका योजना वनाईएको छ भने क्षेत्र–१ मा दुई लाख ५० हजार सम्मका । 
यस्तै नियमावलीले एक निर्वाचन क्षेत्रमा २५ भन्दा बढी योजना वनाउन नपाईने प्रष्ट व्यवस्था गरेको भएपनि डोटी क्षेत्र–१ मा ३२ र क्षेत्र–२ मा ३५ योजना छनौट गरिएको छ । यस्तै नियमावलीको नियम ६ को आसय अनुसार तालिम गोष्ठी शिर्षकमा बजेट बिनियोजन गर्न मिल्ने देखिदैन तर क्षेत्र–१ को बजेटबाट डोटी दिपायल सिलगढी नगर–पालिका वडा नंं ३ र ४ मा सीप बिकास तालिम सञ्चालन गर्नका लागि दुई लाख ५० हजार बिनियोजित गरिईएको पाईएको छ । क्षेत्र–२ को १५ लाख रुपैयाँ शिबजी मुर्ति निर्माण र पाँच लाख रुपैयाँ देवताको भराड निर्माणमा बिनियोजन गरिएको छ । यि शिर्षकहरुमा पनि बजेट बिनियोजन गर्ने व्यवस्था नियमावलीमा छैन ।
निर्वाचन क्षेत्र बिकास कार्यक्रममा पनि उस्तै मनोमानी 
सांसदहरुले आफु खुशी योजना वनाउन पाउने रकममा पनि उस्तै मनोमानी देखिएको छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावली २०५८ (संसोधन सहित) अनुसार एक सांसदले २० भन्दा बढी योजना वनाउन नपाईने व्यवस्था गरेको भएपनि समानुपातिक सांसद भरतवहादुर खड्काले २७ योजना सिफारिस गरि पठाएका छन । 
यस्तै डोटी जिल्ला निर्वाचन क्षेत्र–१ का सांसद बिरवहादुर बलायरले २८ योजना र राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक सांसद मीना पुनले २१ योजना छानेका छन । सांसद पुनले डोटी जिल्लामा रकम बिनियोजन गर्ने योजना वनाएकी छन । क्षेत्र–२ का निर्वाचित सांसद प्रेमवहादुर आले र समानुपातिक सांसद गौरी ओलीले २०÷२० योजना सिफारिस गरेका छन । अर्का समानुपातिक सांसद कल्पना सोबले १९ योजना छनौट गरि पठाएको जिबिस डोटीको वेवसाईटमा छ । 
नियमावली अनुसार एक लाख भन्दा तलका योजना वनाउन नपाईने व्यवस्था भएपनि सांसद बलायरले चार योजना एक लाख भन्दा मुनीका छनौट गरि पठाएको देखिएको छ । सांसद खड्का र ओलीले गैर सरकारी संस्थालाई कार्यक्रम गर्नका लागि बजेट बिनियोजन गरेका छन । 
जनताका प्रतिनिधि भएर देशको कानुन वनाउने जिम्मेबारी पाएका सांसदहरुबाटै कानुन बिपरित योजना छनौट हुन्छ भने ति सांसदहरुले वनाएको कानुन कसले कार्यान्वयन गर्ने भन्ने प्रश्न उठेको छ । जनप्रतिनिधि–हरुले नियम बिपरित गरेको मनोमानीका बिषयमा कुनै निकायले छानबिन गर्न सक्ला !

सम्पादकीय 

संसदबाटै कानुनको उपहास, को ले छानबिन गर्ने ?

निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम र निर्वाचन क्षेत्र बिकास कार्यक्रम दुई छुट्टाछुट्टै कार्यक्रमहरु भएपनि सरकारले सांसदहरुलाई मनोमानी गर्नका लागि उक्त बजेट बिनियोजन गर्ने गरेको छ । दुवै कार्यक्रमका लागि दुई छुट्टाछुट्टै नियमावली पनि बनाइएका छन तर नि नियमावलीहरुमा भएको व्यवस्था अनुसार त्यो शिर्षकका आयोजनाहरु नियमावली अनुसार नभई सांसदको आदेश अनुसार हुन्छन । 
डोटीमा पनि त्यस्तै भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावलीले १० लाख भन्दा कम  रकमका योजनाहरु वनाउन नमिल्ने व्यवस्था गरेको छ तर डोटीमा एक होईन, दुई होईन, २८ योजनाहरु उक्त नियमावलीको बिरुद्धमा अर्थात १० लाख भन्दा कम रकममा छुट्याईएको छ । यो के कानुनको उपहास होईन र ? यस्तै उक्त नियमावलीले एक निर्वाचन क्षेत्रमा २५ वटा योजनाहरु भन्दा बढी छान्न नपाईने व्यवस्था गरेको छ तर डोटी क्षेत्र–१ मा ३२ र क्षेत्र–३५ योजनाहरु बिनियोजनगरिएको छ, के यो कानुनको उपहास होईन ? 
त्यसै गरेर निर्वाचन क्षेत्र बिकास कार्यक्रमको रकम पनि मन मर्जीले खर्च गरेको देखिएको छ । आफ्ना नजिकका गैससकर्मीहरुलाई दिने अनि बाँडीचुँडी खाने खालको कार्यक्रम वनाईएको छ । तोकिएको संख्या भन्दा बढी र तोकिएको रकम भन्दा कमका योजना वनाउने   रोग यस कार्यक्रममा पनि देखिएको छ ।
हुन त सांसदहरुले जवरजस्ती बजेट हाल्न अर्थमन्त्रीलाई दवाव दिएर यो कार्यक्रम आएको हो । यसमा उनीहरुको चाहानानै कार्यकर्ता पाल्ने र भविश्यमा फेरी चुनाव जित्ने बातावरण बनाउने घोषित उद्देश्यनै हो तर पनि जनताका लागि कानुन वनाउँछु भनेर जनताको प्रतिनिधित्व गर्दै संबिधानसभा हुँदै संसदमा पुगेका सांसदहरुने कानुन मिच्ने दुस्साहस गर्छन भने त्यसको परिणाम के होला ? 
बिगतमा बितरण गरिएको रकम, बनाईएका योजनाहरुबाट के उपलव्धी भयो ? कसले अनुगमन ग¥यो ? यो कार्यक्रम आवश्यक हो कि होईन भन्ने कुराको कुनै वास्ता नगरि बर्षेनी रकम मात्रै दुगुणा गर्दै जाने परिपाटीले भ्रष्ट सरकार र भ्रष्ट जनप्रतिनिधिहरुको चरित्र प्रष्ट भएको देखिएको छ । योजनाहरुको प्रकृति हेर्दा सडक निर्माणमा बढी बिनियोजन भएका छन । सडक योजना निर्माण गर्न सवै भन्दा सजिलो रहेछ । मेसिन लगेर दुई दिन धुलो उडायो लाखौं को योजना पच ग¥यो अर्को बर्खा आउँदासम्म खोलाले बगाईसक्छ त्यसपछि   गरेको काम देखाउने झण्झट पनि हुँदैन । यस्तैमा तल्लिन छन हाम्रा जनप्रतिनिधिहरु र तिनका आदरणीय कार्यकर्ताहरु । 
अहिले सामाजिक सञ्जालमा पनि ‘फलानो सांसदले हालिदिएको रकमबाट फलनो सडक निर्माण हुँदै, धन्यवाद सांसद ज्यूलाई’ भन्दै केही हनुमानहरुले मेसिनको फोटो सहित पोष्ट गरेको देखिन्छ तर त्यो योजनाले वास्तविक रुपमा त्यहाँका सर्वसाधारण जनतालाई लाभ पु¥याईरहेको छ वा सांसद महोदयहरु र सांसद महोदयहरुका हनुमानलाई मात्रै, यसको खोजी गर्ने त सायद कोही निकाय छैन । त्यसै पनि सांसदहरुले बितरण गरेको योजनामा प्रश्न उठाउने हिम्मत कस्ले पो गर्ला र ? 
हुन त नेपालमा भ्रष्टाचार निवारण गर्नका लागि बिभिन्न संयन्त्रहरु वनाईएका छन । तर ति संयन्त्रहरुको पनि आएका उजुरीहरु गन्दै दिन बित्ने बाहेक अरु केही हुँदैन । तिनै कर्मचारी भ्रष्टाचार गर्ने अनि तिनै कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर अख्तियार दुरुपयोगको अनुसन्धान गर्ने भनेपछि कति राम्रो तरिकाले अनुसन्धान गर्लान् । त्यसमाथी सांसदहरुका योजनामा हात हाल्यो भने फेरी सरुवा भईने र अतिरिक्त भत्ता पनि छुट्ने डर छ । चाकरी र कृपामा बाँचेको हाम्रो संयन्त्रको अवस्था यस्तै छ । 

थप समाचार 

सरकार बिदेशीको ईसारामा चलेको आरोप

झलक पाली÷सिलगढी
     पुष २५
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले बर्तमान सरकार बिदेशीको ईसारामा चलेको आरोप लगाएका छन । 
उपाध्यक्ष रावलले अंगिकृत नागरिकता भएकालाई देशको मुख्य पदहरुमा जिम्मेवारी दिने, विदेशीका इशारामा चल्ने, सदनमा कुर्सी तोडफोड गर्ने, विभिन्न संरचना ध्वस्त पार्नेहरुले संसदीय व्यवस्थाको अपमान गरेकाले माओवादी केन्द्र र काँग्रेस संसदीय व्यवस्था विरोधी भएको समेत आरोप लगाए ।
गृह जिल्ला अछाम जाने क्रममा सोमबार एमाले डोटीले आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जन   परिचालन अभियान २०७३’ को समिक्षा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । 
आईतबार संसदमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने क्रममा एमालेका सबै सांसदहरुले विरोध जनाउँदै गर्दा पनि संशोधन प्रस्ताव टेबल गराउनु संसदीय अभ्यास र संसदीय नियम विपरित भएको उनले बताए । रावलले भने ‘दुइ जनाले उठेर विरोध गरे पनि संसद अवरुद्ध हुन्छ, तर एमालेका सबै सांसदहरुले एकमुष्ट उठेर विरोध जनाउँदा पनि सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव अगाडी बढाउनु संसदीय नियमावली र मान्यता विपरित हो । 
मधेशी मोर्चाका माग पूरा गर्ने नाममा काँग्रेस र माओवादी दिल्लीमा पुगेर संविधान संशोधनका योजना बनाउने र संविधानमा कुन–कुन विषय सच्याउँने भन्दै मधेशवादी दलहरु भारतीय राज दुतावास धाउने गरेको एमाले नेता रावलले बताए । उनले थपे ‘माओवादी केन्द्र र काँग्रेसले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाएका मधेशवादी दलहरुसँग घाँटी जोडेकाले माओवादी, काँग्रेसले सोहि संविधान बमोजिम नैतिक रुपमा पनि सरकारमा बसेर पद सम्हाल्न मिल्दैन ।’
संविधान संशोधनका नाममा काँग्रेस माओवादीले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डतामाथि नकारात्मक असर पारेको रावलले बताए । यस विषयमा नेकपा एमाललेले विरोध जनाएको र आगामी दिनमा आन्दोलित हुने भन्दै जिल्ला तहमा समेत आन्दोलनका लागि तयार रहन निर्देशन दिए ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संसदीय व्यवस्थाको खिल्ली उडाएकाले उनीहरुले संसदीय व्यवस्थाको दुहाई गर्ने नैतिकता गुमाएको रावलले आरोप लगाए ।

फेरी सुरु भयो डोटीमा हाटबजार

एक पटक हाट बजारका लागि गरिएको अभ्यास असफल भएको झण्डै एक दशकपछि   फेरी डोटीका दुई ठाउँमा हाट बजारको सुरुवात भएको छ ।
गत शनिवार जिल्ला सद–रमुकाम सिलगढीको स्थानीय टुँडीखेलमा र सोमवार क्षेत्रीय सद–रमुकाम राजपुरको खेल मैदानमा हाट बजार सञ्चालन हुने गरि उद्घाटन गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहल र जिल्ला कृषि बिकास कार्यालय डोटीको अगुवाई र बिभिन्न सरकारी, गैर सरकारी र नीजि क्षेत्रको समेत सक्रिय सहभागितामा हाट बजारको सुरुवात गरिएको छ ।  जिल्लामा उत्पादित कृषि सामाग्रीहरु कृषकका लागि बेचबिखन गर्न टेवा पु¥याउने  उद्देश्यले जिल्ला कृषि हाटबजार सुरु गरिएको हो ।
 शनिबार सुरु गरिएको हाटबजार अब प्रत्येक साताको शनिबार सिलगढीमा र प्रत्येक साताको बुधबार दिपायलको राजपुरमा सञ्चालन हुने जिल्ला कृषि बिकास कार्यालय डोटीका कार्यालय प्रमुख डा.तपेन्द्र शाहले जानकारी दिए । 
शनिवार जिल्ला सदर–मुकाम सिलगढीमा सुरु गरिएको हाटबजार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले हाटबजार सुरु गर्दा कृषकहरुले आफ्ना उत्पादन गरेका बस्तुहरु सहजै बिक्री गर्न पाउँनु कृषकहरुका लागि राम्रो अवसर सृजना हुने वताए । ‘अब कृषकहरुले टोलटोलमा गएर आफ्ना उत्पादन बस्तु बेच्नु   पर्दैन’ प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘निश्चित ठाउँमा उत्पादन बस्तु राखेर बेचबिखन गर्न पाउनु कृषि पेशा र कृषक हरुको मनोभावमा थप टेवा पुग्छ ।’
सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले भने, ‘हाम्रो चाँसो र सबै सरोकारवाला निकायको सहयोगले हाटबजार सञ्चालन गरेका छौं ।’ जोशीले यो त एउटा सुरुवाती मात्र हो । यसलाई निरन्तर दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।’ कृषकहरुलाईले पनि तोकिएको दिनमा उत्पादन गरिएका बस्तुहरु हाटबजारमा ल्याउने र उपभोक्ताहरुले पनि  खरिद ग¥यो भने हाटबजार         निरन्तर चल्ने उनको बिश्वास  छ ।
हाटबजारलाई निरन्तर दिनु हामी सबैको दायित्व हो । बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले भने, ‘सिलगढीमा हाटबजार सञ्चालन भएको थियो, खै कसरी बन्द भयो ? भन्ने नहोस ।’ यसलाई निरन्तरता दिनका लागि कृषक, आम उपभोक्ता र सरोकारहरुले चाँसो दिनुपर्ने शाहले बताए ।
यस अघि २०६२ सालमा दिपायल सिलगढी नगरपालिकाको प्रयासमा स्थानीय टुँडीखेल र दिपायल एयरपोर्ट बजारमा पनि हाट बजार सञ्चालन भएका थिए । नगरपालिकाले संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम       (युनडिपी) को सहयोगमा सञ्चालन गरेको गाउँ नगर साझेदारी कार्यक्रम (रुप) अन्तरगत सञ्चालन गरेको हाट बजार केही दिनमै वन्द भएको थियो । 
कृषकहरुले आफ्ना उत्पादन नियमित रुपमा हाट बजारमा ल्याए मात्रै हाट बजार निरन्तर हुन सक्ने कृषक समूह महासंघ डोटीका अध्यक्ष भरत वोहरा वताउँछ । उनी भन्छन् ‘कृषकहरुले उत्पादनमा बृद्धि गर्नु पर्छ र अन्य सरोकारवाला निकायहरुले पनि कृषकहरुलाई सहयोग गर्नु पर्छ ।

छाउँगोठ मुक्त हुन सकेन कलेना

भूमिराज जोशी÷डोटी
      पुष २५
कलेना गाबिस –१ की धना साउँद  महिनाबारी हुँदा देउताको डरले पाँच दिनसम्म छाउगोठ मै बस्छिन् । उनको छाउगोठ घरभन्दा करिब सय मिटर जति टाढा छ । छाउगोठको वरिपरी फोहोरै फोहोरको डङ्गुर देखिन्छ । पछाडीतिर पुरै सिस्नाको जंगल छ । 
महिनाबारी हुँदा प्रायः छाउगोठमा उनले एक्लै बस्नु  पर्छ । गोठको ढोका छैन । पानी परेको बेला पानी पनि भित्रै  आउँछ । गोठ जीर्ण अवस्थाको छ, कतिखेर भत्कीने हो थाहा   छैन । महिनाबारी भएको बेला कसरी पाँच दिन काट्ने ? भनेर धनाको मनमा चिसो पसी रहन्छ । धना भन्छिन, ‘त्यो समयमा त प्रायः निन्द्रा नै लाग्दैन । निन्द्रा लागिहालेमा अनेक किसिममा  नराम्रा सपनाहरुले तर्साइरहन्छ ।’
महिनाबारी भएको पाँच दिनसम्म त घरको दैलो पनि छुनुहुदैन । केही गरी छोइहालेमा करिब ३÷४ दिनसम्म ब्रत बसेर पुजाआजा गरी पाप काट्नुपर्छ । त्यसो नगरे देवता रिसाउँछन र कहिल्यै राम्रो हुँदैन ।
‘पाँच दिनसम्म ज्यूँत्यु गरेर रातहरु काट्नु पर्छ । त्यसपछि मात्र घरभित्र पस्ने अनुमति दिन्छन् हाम्रा परिवार रदेवताहरुले ।’ धनाले भनिन, ‘बर्षायाममा त झनै कठिन हुन्छ । भगवानले पनि किन हामीलाई यस्तो पीडा दिएको भनेर भगवानलाई नै गाली गर्छु ।’ बिम्ब नेपाली साप्ताहिक संग पीडै पीडाको मुस्कान छोड्दै भनिन । 
यो ठाउँमा कुनै निकायले छाउगडीबारे जनचेतना फैलाएका छैनन् भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘सल्लाह सुझाब त धेरैले दिएका छन । महिलालाई बोलाएर बैठक बस्छ । त्यो बैठकमा हाम्रा समस्या र उहाँका सुझाबहरु साँटासाँट हुन्छन । फेरी घरमा आएर परिवारले मान्दैनन् । देवताकै कुरा गर्छन ।’
कलेना गाबिस–३ की नर्मा बिकको पनि त्यस्तै समस्या छ । महिनाबारी भएको बेला जंगलमा बसे जस्तै हुन्छ । उनले भनिन, ‘हामी त्यो बेला सबै कुराबाट ठगिन्छौं । खाना पनि मिठो कुराहरु खानुहुन्न । प्रायः खाली नुनसंग आहारा निल्नुपर्छ ।  बस्नेबेलामा अँध्यारा गोठहरुमा बस्नुपर्छ । धन्ने ज्यान जोगिन्छ ।’
नर्माले भनिन्, आजभोली भन्दा बर्खायाममा त सबैबाट टाढा भएर जोगिनु पर्छ, गाइभैसीको गोठ पनि छुनु हुँदैन । तरकारीका लहराहरु छोइएपनि आफन्तहरुले गाली गर्छन कुहिन्छन भनेर ।’ नुहाइधुवाइ गर्दा पनि अरुले नुहाइधुवाइ गर्ने धारोबाट बगेको फोहोर पानीले नुहाउनु पर्ने वा खोलाको फोहोर पानीले नुहाउनु पर्ने बाध्यता हुन्छ ।
महिनाबारी हुँदाको समस्या धना र नर्माको मात्र होइन कलेना गाबिसका बढीजसो महिलाहरुको  नै छ । यसमा सबै सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।  

प्राबिधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सब लाग्ने

डोटी बहुमुखी क्याम्पस सिलगढीमा प्राबिधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सब लाग्ने भएको छ ।
चैत्र १६ देखि २४ गतेसम्म लाग्ने मेला श्री शैलेश्वरी धार्मिक महोत्सब २०७३ को नामले नामाकरण गरिएको छ । बिहिबार पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराइएको हो । सुदूरपश्चिमकै पुरानो आंगिक क्याम्पसमा ०१७ सालमा स्थापना भइ हालसम्म मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन गरी तीनवटा संकायहरुमा स्नातक तहका संकायहरु पठनपाठन सञ्चालनमा आएको र त्यस अलवा मानबिकी तर्फ नेपाली र समाजशास्त्र गरी दुई बिषयहरुमा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा आएको  बताइएको छ ।
‘पछिल्लो समयमा जिल्लाको ठाउठाउँमा क्याम्पसहरु खोली सकेका छन । बिद्यार्थीहरुको चाप पनि घट्दो क्रममा छ ।’ डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले भने, ‘अब प्राबिधिक शिक्षा सञ्चालन गर्न अति आवश्यक भएको छ । त्यसका लागि आर्थिक जुटाउनु पर्ने हुँदा धार्मिक महोत्सब सञ्चालन गर्ने योजना बनाएका हौं ।’ क्याम्पस प्रमुख कठायतले भने, ‘हामीले “कुलतको निवारण, सत्य सनातन धर्मको वास्तविक जागरण” भन्ने मुल नारा लिइ क्याम्पसको पनि शैक्षिक विकासमा टेवा पु¥याउने र प्रसिद्ध शैलेश्वरी मन्दिरको पनि बिकास गर्ने हेतूले महोत्सब कार्यक्रम गर्ने भएका  हाैं ।’ 
दिपायल सिलगढी नगरपालिकाका भूतपूर्व मेयर पूर्णराज जोशीको अध्यक्षतामा १५ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनसँग भएको समझदारी गरी आयोजकले गर्न नसकेको खण्डमा टेण्ट,  पण्डाल, साउण्ड सिस्टम, जेनेरेटर, लाइट लगायतको ब्यवस्था भक्तियोग फाउण्डेसनले गर्ने मुल आयोजक कमिटी अध्यक्ष जोशीले बताए । उनले भने, ‘यस पुरानो क्याम्पसमा मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय मात्र भएकोले अब प्राबिधिक शिक्षातिर एम.पी.एच र स्नातक तहमा कृषि बिषय सञ्चालन गर्नेको लागि महोत्सब आयोजना गरेका हौं ।’ प्राबिधिक शिक्षा सञ्चालन गर्दा यस क्षेत्रको र यस क्याम्पसको बिकास हुने उनको बिश्वास छ ।
सुदूरपश्चिमको पर्यटकीय धार्मिक स्थल प्रसिद्ध मन्दिर शैलेश्वरीको धार्मिक तथा पर्यटनको प्रर्वद्घन र विकासका लागि ब्यापक प्रचार प्रसारका गर्नुका साथै क्याम्पसको आर्थिक स्तरोन्नतिका लागि धार्मिक महोत्सब कार्यक्रम गरिने बताइएको छ ।
शैलेश्वरी मन्दिरको धार्मिक, सामाजिक, भौतिक, सांस्कृतिक महत्व बोकेकोले धर्म जागरण, राष्ट्रियताको उन्नयन, युवाहरुमा चेतनाको उन्नति मातृ पितृ भक्ति युवाहरुमा ज्ञान उन्नती एवं आत्मजागरण जस्ता उद्देश्यहरु लिइ उक्त महोत्सब सञ्चालन गर्ने धार्मिक महोत्सव तदर्थ समितिक उप–संयोजक तथा त्रि.बि. प्राध्यापक संघ डोटी क्याम्पसका सभापति डण्डीराज ओझाले  बताए । 
कक्षाकोठा सुधारका लागि सामाग्री वितरण
सार्वजनिक शिक्षा तथा गुणस्तर प्रवद्र्धनका परियोजना लक्षित बीस वटा विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । 
एउटा बिद्यालयका तीन वटा कक्षाकोठामा क्रमश.१, २ र ३ कक्षा गरी साठीवटा कक्षाकोठामा  सामाग्री बितरण गरिएको हो ।
सम विकास केन्द्र नेपाल डोटीले  विद्यालयहरुमा प्रगतिशिल स्थानीय स्रोतद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाको आर्थिक सहयोगमा सामाग्रीहरु बितरण गरिएको हो ।
एक हजार ८० मिटर कार्फेट, (एति कम्पनी सुन्दर) सत्र सय मिटर पि–फर्म, प्रत्येक कक्षामा रहने गरी साठी वटा काठको (जालीको ढोका) ¥याक र तीन सय पचास वटा कुशन विद्यालयमा वितरण गरेको छ ।
बालवालिकालाई सफा र चिसोबाट जोगाई उनीहरुको दैनिक पठन पाठन र सिकाई उपलब्धिमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको प्रगतिशिल स्थानीय स्रोतद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाका संयोजक अधिराज बिसीले जानकारी दिए ।
 मुडभारा मुडेगाउ, कपल्लेकी, भूमिराजमाण्डौं र न.पा.का गरी बीस वटा विद्यालयमा सामाग्री वितरण           गरिएको हो । परियोजनाले वालकेन्द्रीत सिकाईमा सुधार गर्न सम्बन्धि विद्यालयमा उक्त सामाग्री पु¥याएको छ ।  
बिद्यार्थीहरु फोहोर माटोमा बस्न बाध्य भएपछि परियोजनाको कार्यक्षेत्र पर्ने आधारभूत बिद्यालयहरुमा साना कक्षाका बिद्यार्थीहरुलाई जाडो र फोहोरबाट जोगिन सामाग्रीहरु बितरण गरिएको संयोजक बिसीले बताए । मा त्यसै परियोजना लक्षित बीसवटा विद्यालयका बालक्लवहरुलाई भलिवल, नेट, व्याडमिन्टन, लुडो, स्प्रीङ, लगायतका सामाग्री समेत वितरण गरेको बताइएको छ ।
परियोजनाले स्थानीय स्रोतको प्रभावकारी परिचालन तथा स्थानीय निकायको स्रोत वृद्धिका लागि कर प्रणालीको न्यायोचित वितरण बारेमा बहस गरेको संयोजक  बिसीले बताए ।
गाउँमै एआरटी बितरण शुरु
एचआईभी÷एड्स संक्रमितहरुले खाने आौधषी एआरटी गाउँमै बितरण गर्न थालिएको छ । जिल्लाको सानागाउँ स्वास्थ्यचौकीबाट एआरटी बितरण गर्न लागिएको हो । 
जिल्लाको पुर्बी चौकी क्षेत्रका ६ गाबिसमा रहेका संक्रमितहरुलाई लक्षित गरि स्वास्थ्य चौकीबाट एआरटी औषधी बितरण सुरुवात गरिएको हो । संक्रमित ब्यक्तिहरुको आयु लम्ब्याउनका लागी उपचार प्रक्रियामा एआरटी औषधी दिईने गरिन्छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश बिष्टले तिन जना संक्रमितलाई एआरटी औषधी बितरण गरि उक्त सेवा सुरु गरेका थिए । सो अबसरमा प्रमुख बिष्टले जिल्लाका अरु क्षेत्रको तुलनामा पुर्बी चौकी क्षेत्रमा संक्रमितहरको संख्या बढी रहेकोले यस क्षेत्रमा स्थानीयस्तरबाटै एआरटी बितरण कार्यको थालनी गरिएको बताए । उनले भने ‘एचआईभी संक्रमणको रोकथामको लागी एउटैले गरेर हुँदैन । सबै क्षेत्रवाट पहल र प्रयास हुनु जरुरी छ ।’
स्थानीयस्तरमै एआरटी बितरण कार्य सुरु भएपछि यस क्षेत्रका एक सय २० एचआईभी संक्रमित ब्यक्तिहरुले महिनै पिच्छे सदरमुकाम सिलगढीमा रहेको एआरटी सेवा केन्द्रमा धाउनु पर्ने बाध्यता हटेको छ । एचआईभी संक्रमितहरुको संख्याका हिसावले डोटी जिल्ला नेपालकै तेश्रो बढी संक्रमित भएको जिल्ला हो । तर हालसम्म जिल्ला सदरमुकाममा रहेको एआरटी सेवा केन्द्रबाट मात्रै उक्त सेवा प्रदान भईरहेको थियो । 
पछिल्लो तथ्याङ्क अनुसार डोटी जिल्लामा एआईभी संक्रमितहरुको संख्या आठ सय ९४ रहेको छ । 
घर नजिकैको स्वास्थ्य संस्थावाट एआरटी औषधी पाईने भएपछि एआईभी संक्रमितहरुले समेत खुशि ब्यक्त गरेका छन । सानागाउँकी ३३ बर्षीया लाली कोलीले भनिन् ‘घर दैलोमै एआरटी औषधी पाएपछि हामी जस्ता न्युन आय भएकाहरुलाई बढी राहत भएको छ ।’ उनले एआरटीका लागि जिल्ला सदरमुकाम सिलगढी एक पटकमा एक हजारसम्म खर्च हुने गरेको बताईन ।

बाजुरामा बाक्लो हिमपात, जनजीवन कष्टकर

शनिबारदेखि भएको तिब्र हिमपातका कारण बाजुराको उत्तरी भेगका ११ गाविसका बासिन्दाहरुको जनजीवन कष्टकर वनेको छ । 
आईतवार रातिदेखि नै बाजुरामा हिमपात सुरु भएपनि सुदूरपश्चिमका अन्य÷अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दा लगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो । 
जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् । 
हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चिसो बढेर जनजीवन कष्टकर भएको छ ।
अकोराबको सचिबमा सहसम्पादक चन्द
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १२ छैटौं अधिबेसनवाट बिम्ब साप्ताहिकका सहसम्पादक तथा क्रियासिल पत्रकार कर्णवहादुर चन्द ७ न. प्रदेशको सचिबमा बिजयी भएका छन ।  
नयाँ पत्रिका डोटीका संवाददाता तथा सामुदायिक रेडियो त्रिबेणी एफएमका स्टेशन म्यानेजर समेत रहेका चन्दले प्रतिद्वन्द्वी धु्रब बिसीलाई तीन मतले पछाडी पार्दै बिजयी भएका हुन । 
७ नं प्रदेशबाट अध्यक्षमा रेडियो पश्चिम टुडेका अध्यक्ष दीर्घराज उपाध्यायले १७ मत प्राप्त गरी बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी नरेन्द्र भट्टले १६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष्यमा रेडियो अछामका प्रबन्ध निर्देशक जनक भण्डारीले बिजयी भएका छन । कोषाध्यक्षमा कालापानी एफएमका दार्चुलाका केशब भट्टले १७ मत ल्याई बिजयी भएका छन । 
यस्तै डोटी शैलेश्वरी एफएमका प्रवन्ध निर्देशक शंकर थापा प्रदेश कमिटिको सदस्यमा चयन भएका छन । डोटीकै अग्रज पत्रकार थापा सदस्य पदमा  निर्बिरोध चयन भएका हुन । अन्य सदस्यहरुमा दार्चुला एफएमका कमल राज जोशी, बुद्धी खनाल, नरेश धामी र माधब सिं धामी चयन भएका छन । समुदायको हकहितका लागि लड्ने सामुदायिक रेडियोहरुको साझा संगठन अकोराबले बिगतदेखि नै समुदायका खबरहरु आदान प्रदान गर्दै आएको हो ।

एमालेले बिकासको मार्ग बन्द ग¥यो –महत

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेकपा एमालले बिकासको बाटो अबरुद्ध गरेको आरोप लगाएका छन । 
पार्टी कामको सिलसिलामा डोटी पुगेका महतले एमालेले संसद अबरुद्ध गरेर लोकतन्त्र बिरोधी चरित्र देखाएको वताए । एमालेले संसद अबरुद्ध गरेको प्रति आपत्ति प्रकट गर्दै नेता महतले भने  ‘व्यबस्थापिका संसद नै लोकतन्त्रको मेरुदण्ड  हो, लोकतन्त्रमा संसदबाट नै सम्पूर्ण समस्याहरुको समाधान हुन्छ । तर एमालेले संसदनै अबरुद्ध गरेर निकासका सबै मार्गहरु बन्द गरेको छ ।’
बर्तमान राजनितिक स्थितिलाई निकास दिन नै संशोधन प्रस्ताव ल्याईएको उनले बताए । संशोधन प्रस्तावमा भएका त्रुटी कमजोरीहरुलाई पनि संसदमा छलफल मार्फत सुधार गर्न सकिने उनको तर्क थियो । 
कांग्रेसकै प्रयासले देश अहिले आत्मनिर्भरको बाटोमा अघि बढेको नेता महतको दावी छ । ‘२०४८ सालमा मैले पहिलोपल्ट बजेट बनाउदा बिकास बजेटको दुई तिहाई हिस्सा बैदेशिक ऋण÷सहायताले ब्यहोथ्र्यो,’ उनले भने,‘हामीले राष्ट्रिय आम्दानीका क्षेत्रहरुको पहिचान गर्दै तीनलाई बढावा दियौं । त्यसैको उपज आज बिकास बजेटको दुई तिहाई हिस्सा राष्ट्रिय आयले ब्यहोरिरहेको छ ।’ 
नेपाली कांग्रेस डोट क्षेत्र–२ को क्षेत्रीय समितिले पचनालीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उनले २०४८ सालमा आफु अर्थमन्त्री हुदा लिएको उदार अर्थनीतिकै उपजले मुलूक अहिले समृद्धिको बाटोमा अघि बढेको उनको दाबी छ । 
आफुहरुले मूल्य अभिबृद्धि  कर सुरु गर्दा कम्युनिष्टहरुले ब्यापक बिरोध गरेको बताउँदै महतले भने ‘उतिबेला पूजीबादी अर्थनीति भयो भन्नेहरु अहिले थाह पाए पँुजी भएपछि आम्दानी बढ्छ भनेर तर अहिले भ्याटबाट मात्रै डेढ खबर राजस्व उठ्छ ।’ 
नेता महतले भाषण गरेर मात्र देश बिकास नहुने जिकिर गरे ।

छोटकरी समाचार 

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गत वर्ष डोटीको डौड तोलेनीमा भएको बाढी पहिरोबाट पिडितहरुले पुनः प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । 
पटक पटक सहयोगको आग्रह गर्दा पनि बाढी पीडितको माग प्राथमिकतामा नपरेको भन्दै  ज्ञापन पत्र बुझाएको नेकपा माओबादी केन्द्र सायल गाँउपालिकाका संयोजक तेज डुम्रेलले जानकारी दिए । २०७२ साउन २५ गते अबिरल बर्षाका कारण बाढी पहिरोले जनधनको क्षति भएको भएको थियो ।
बाढी पीडितको डेलिकेशन गइ प्रधानमन्त्री लगायत बिपक्षी दलका नेता तथा सबै मन्त्रालय र सबै बिभागमा जानकारी गराउदा पनि कतैबाट राहत नपाएकोले फेरी ज्ञापन पत्र बुझाएको डौड गाबिस सचिब लाल बहादुर बोगटीले बताए ।
मन्त्रालयका सबै निकाय–बाट आश्वासन पाइएपनि सहयोग कतैबाट नपाएकोले फेरी ध्यानाकर्षण गर्न बाध्य भएको सचिव बोगटीको भनाई छ ।

खेल समाचार 

माघ तेश्रो साता राष्ट्रिय भलिवल हुने

अनलाईन खबर
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजनामा आगामी माघ तेस्रो साता राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
आगामी माघ १८ देखि २२ गतेसम्म पोखरामा हुने महिला तथा पुरुष राष्ट्रिय भलिबलको कास्की जिल्ला खेलकुद बिकास समितिले व्यवस्थापन गर्नेछ भने सृजना बिकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।
लिगकम नक आउटको आधारमा हुने प्रतियोगिता पोखरा रंग शालामा हुनेछ ।  रंगशालाभित्र निर्माण भइरहेको भलिवल ट्रेनिङ सेन्टरमा अस्थायी कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाइने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट अध्यक्ष पौडेल र सृजना विकास केन्द्रको तर्फबाट अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।
प्रतियोगिताका लागि कुल २५ लाख संकलन हुने र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको आयोजनाबाट बचत रकम भलिवल ट्रेनिङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए ।

रोनाल्डोको जर्सी प्रधानमन्त्री मोदीलाई

सेतोपाटी अनलाईन
भारत भ्रमणमा रहेका पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जर्सी उपहार स्वरुप प्रदान गरेका छन् । भारत र पोर्चुगलका प्रधानमन्त्रीबीचको द्धिपक्षीय वार्तापछि कोस्टाले रोनाल्डोको ७ नम्बरको चर्चित ष्ट्रिय जर्सी उपहार स्वरुप भारतीय प्रधानमन्त्रीलाई प्रदान गरेका हुन् ।
कोस्टा सात दिनको भारत भ्रमणमा छन् । मोदीलाई प्रदान गरिएको जर्सीमा रोनाल्डोको हस्ताक्षर पनि छ । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डो ४ पल्ट बालोन डिओर उपाधिबाट सम्मानित भइसकेका छन् ।

चलचित्र÷मनोरञ्जन 

हलिउड अवार्डमा प्रियंका कार्की

अनलाइनखबर
बलिउड नायिका प्रियंका चोपडा रेड कार्पेटमा सधै नै आकर्षक देखिन्छिन् ।
पहिरनदेखि स्टाइलको मामलामा उनी सधै सजग छिन् । बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् ।
अवार्ड आयोजना हुनु भन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन, सबैको नजरमा पनि परिन् ।
हलिउडका थुप्रै सुन्दरीहरुको विचमा आकर्षक देखिनु बलिउड सुन्दरीका लागि आफैमा चुनौती थियो । उनले रेड कार्पेटमा आफ्ना फ्यानलाई फुलाइङ किस पनि गरिन् । उनको पहिरनमा डाइमण्ड पनि जोडिएको थियो । अंग्रेजी सिरियल र हलिउड चलचित्रमा काम गरेपछि चोपडा अहिले पश्चिमा देशमा पनि चर्चित छिन् ।

सफल फिल्म कुर्दै जीवन र नीता, ‘लेक साइड’ले राहत देला ?

अनलाइनखबर
नायक जीवन लुइँटेल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई राजु   अधिकारीले निर्देशन गरेका हुन् ।
नेपालको पर्यटकीय नगरी पोखराको लेकसाइडमा बस्ने एक युवाको सांगीतिक करिअर र प्रेमको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दीपक ढकाल, एन्जल ढुंगाना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना  कार्यकारी निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।
नीता र जीवन अहिले सफल चलचित्रको पर्खाइमा छन् । के, यी दुईलाई ‘लेक साइड’ले राहत देला ?

लेख 

नेपालको विकासका तीन आधार स्तम्भहरु

रुद्र प्रसाद भट्ट
साधारण अर्थमा बिकासले समाजमा भइरहेको  सकारात्मक परिवर्तन तथा आर्थिक वृद्धिलाई बुझाउँछ । आधुनिक अवधारणाले भने विकासलाई मानबीय सन्तुष्टिको रुपमा बृहत तवरले परिभाषा गरेको छ । जव राष्ट्र÷परिवार÷व्यक्तिमा आन्तरिक शान्ति हुन्छ, असल संस्कारको विकास हुन्छ, स्वस्थ वातावरणमा बस्न पाईन्छ, असमान घटदै जान्छ, समावेशी र उच्च आर्थिक वृद्धि हुन्छ, क्षमता अनुरुप रोजगारी÷स्वरोजगारीको अवसर प्राप्त गर्ने वातावरण बन्छ त्यति बेला सबल अर्थतन्त्र, सभ्य समाज र मानव विकास हुन जान्छ । अन्ततः नागरिक सन्तुष्टि बढदै जान्छ । 
समावेशी विकास, रोजगारी सिर्जना, हरित अर्थतन्त्र प्रवद्र्धनको लागि आवश्यक पर्ने क्षेत्रलाई विकासका आधार स्तम्भ(पिलर) भनिन्छ । यस्ता आधारहरु मुलुकमा उपलब्ध  श्रोत साधन र समय अनुरुप फरक फरक हुन्छन् । मानव श्रोत विकासको आधारभूत स्तम्भनै हो । यसले अन्य श्रोतसाधनको योजना बनाई, परिचालन र उपभोग गर्दछ । तसर्थ नेपालको सन्दर्भमा मानव श्रोत बाहेक कृषि, ऊर्जा र पर्यटन क्षेत्रलाई विकासका प्रमुख तीन आधार स्तम्भ मानिन्छ । यीनलाई आधार स्तम्भ मान्नुका मुख्य तीन कारणहरु निम्नानुसार प्रस्तुत गरिएका छन ः
आर्थिक कारण ः नेपाल अझै कृषि प्रधान देश छ । कृषि क्षेत्रले नेपाली अर्थतन्त्रको बृहत क्षेत्र ओगटेको छ । करिव दुई तिहाइ नेपाली कृषिमा आवद्ध मात्र छैनन् नेपालको कुल गार्हस्थ उत्पादनमा करिव एक तिहाइ योगदान कृषि क्षेत्रले गरेको छ । नेपालको गरिवीको रेखामा रहेको अधिंकाश जनता कृषि पेशामा आवद्ध छन् ।  कृषिले वृहत क्षेत्र ओगटेको हुँदा यस क्षेत्रको विकास गरी रोजगारी तथा स्वरोजगारी मार्फत गरिवी न्यूनीकरण गर्ने प्रशस्त सम्भावना बोकेको छ । कृषि पेशाको विकासले समावेशी आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा गर्छ । कृषिजन्य वस्तुको विकासले स्वाधीन अर्थतन्त्र, खाद्य सुरक्षालाई प्रत्यक्ष टेवा दिन्छ । कृषिको विकास विना मानवका आधारभूत गाँसको आवश्यकता पूरा गर्न नसकिने हुँदा कृषि क्षेत्र विकासको आधार स्तम्भ हो ।
नेपालमा प्राविधिक रुपमा करिव ४३ हजार मेगावाट जल विद्युत उत्पादनको संभावना रहेको विभिन्न अध्ययनले देखाएको छ । जल विद्युतको सही पहिचान, विकास र प्रयोग गर्ने हो भने नेपाल दक्षिण एशियाकै लागि विद्युत निर्यात गर्ने समृद्ध मुलुक मात्र नभई व्यापार घाटा कम गर्ने, उद्योग, बाणिज्य र इ–गर्भनेन्सलाई प्रत्यक्ष सहयोग पु¥याउने कडी बन्नेमा दुई मत नहोला । 
पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने र भुक्तानी सन्तुलनमा महत्वपूर्ण भूमिका पु¥याउन सक्ने अर्को क्षेत्र  हो । पर्यटनको विकाससँगै अन्य क्षेत्रहरु जस्तै होटेल, व्यापार, व्यवसाय र स्थानीय पुर्वाधारको स्वतः विकास हुन जान्छ ।  नेपालमा बर्षेनी चुलिदो व्यापार घाटा कम हुन जान्छ । वढी गरिवी रहेको नेपालका हिमाल र पहाडी क्षेत्रका हिमाली दृश्य, प्राकृतिक सुन्दरता, जडीवुडी, धार्मिकस्थल एंव जैविक बिबिधता जस्ता पक्षको बढीभन्दा बढी पहिचान हुँदा पर्यटन उद्योगको विकास भई  रोजगारी सिर्जना मार्फत निरपेक्ष गरिवी हटाउन सहज हुनेछ । 
वातावरणीय कारण ः विश्वमा अब कुनै युद्ध हुन्छ भने त्यो वातावरण विनासका कारणले सिर्जना हुने युद्ध हो । त्यस कारण संयुक्त राष्ट्र संघको नेतृत्वमा यसका १९३ वटा सदस्य राष्ट्रहरुले सन् २०१६ देखि २०३० सम्म विश्व विकासको लागि ल्याइएको साझा विकास प्रतिवद्धताको रुपमा चिनिएको दिगो विकास लक्ष्यले  वातावरण संरक्षणलाई निकै महत्व दिएको छ । विश्वमा बढ्दो कार्वन उत्सर्जनलाई न्यूनीकरण गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्नु विश्व सामु निकै ठूलो चुनौती छ । हरित अर्थतन्त्र विनाको आर्थिक, सामाजिक र मानवीय विकास अव पूर्ण वा दिगो हुन सक्दैन । तसर्थ कृषि क्षेत्र भनेको वातावरण संरक्षणको लागि राम्रो मानिने कार्वन ग्यास बढी प्रशोचन गर्ने र न्यून कार्वन उत्सर्जन गर्ने क्षेत्र हो । कृषि प्रणाली तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा वातावरणीय हिसावले कम हानिकारक मानिन्छ । 
ऊर्जा क्षेत्रको विकासले कार्वन उत्सर्जनमा अत्याधिक सहयोग गर्ने पेट्रोलियम पदार्थ र आणविक भट्टीको असरलाई न्यूनीकरण गर्छ । जलविद्युतको विकासले बढी कार्वन प्रशोचन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने वनजंगल वृद्धिमा सहयोग पु¥याउँदछ । धार्मिक, स्वास्थ्य, मनोरञ्जनात्मक पर्यटनको विकास पनि वातावरणीय दृष्टिले निकै महत्वपूर्ण मानिएको छ । अतः यी तीनवटै क्षेत्रलाई वातावरणीय दृष्टिले मुख्य स्तम्भ मानिएको छ ।
पर्यावरणीय कारण ः नेपालको मानव विकास सूचकांकमा मूलत ग्रामीण क्षेत्र (हिमाल तथा पहाड) र केही पूर्वी तराईका जिल्लाका नागरिकहरु शिक्षा, स्वास्थ्य र आयका हिसावले निकै पछाडी परेको देखिन्छ (नेपाल मानव विकास प्रतिवेदन, २०१४) । करिव ८३ प्रतिशत नेपालीहरु ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् । यी तीनवटै स्तम्भहरु हिमाल र पहाडी (ग्रामीण) जनजीवनसँग बढी केन्द्रित रहनुले पनि यीनको झनै महत्व देखिन्छ । विकासका साझेदारहरुः दाता, सरकारी तथा गैर सरकारी क्षेत्र लगायत राज्यको नीतिगत प्रतिवद्धताले पनि यी तीनवटै क्षेत्रलाई प्राथमिकता दिएको छ (चौधौ योजनको आधारपत, २०७३) । कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा नेपाल विश्वका उदयमान अर्थतन्त्रको रुपमा चिनिएका भारत र चीनसँग पनि सहजै प्रतिस्पर्धा गर्न सक्ने अवस्था छ । झण्डै साढे दुइ अर्व जनसंख्या ओगटेका भारत र चीनले नेपालले जस्तो सस्तो र सहज रुपमा जल विद्युत उत्पादन गर्न नसक्ने हुँदा दक्षिण एशियामा जल बिद्युत क्षेत्रमा नेपालको एकाधिकार जस्तै देखिन्छ । विश्वकै करिव एक तिहाइ जनसंख्या भएका दुई देशको वीचमा नेपाल रहनुले पनि कृषि, पर्यटन र जलविद्युत क्षेत्रको सहजै बजारमा पहुँच भई विदेशी मुद्रा भित्र्याउन निकै सहज देखिन्छ ।
अतः कृषि, जल विद्युत र पर्यटन क्षेत्र नेपालको बिकासका आधार स्तम्भ हुन् । तर श्रोतसाधन आफंैमा पूर्ण शर्त चाहिँ हुन सक्दैन । प्रकृति (श्रोत साधन) आफैमा विकासको लागि एउटा आधार मात्र हो । यदि श्रोत साधनको उपलब्धताले मात्र आर्थिक तथा सामाजिक परिवर्तन हुने भए, वि.स.२००७ सालदेखि २०७२ सम्म नेपालको राजनैतिक परिवर्तन र छ दशकको योजनावद्ध विकास पछि पनि नेपाल पक्कै पनि अतिकम विकसित मुलुकको सूचीमा रहने थिएन । राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति नहुँदा नेपालीको जीवनस्तरमा गुणात्मक सुधार आउन नसकेको हो । उपलब्ध श्रोत साधनले नेपालमा केही हदसम्म सामाजिक, आर्थिक, राजनीतिक विकास गर्न सफल नभएको होइन । तर नेपालले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई अपेक्षित रोजागारी तथा स्वरोजगार सिर्जना गरी गरिवी न्यूनिकरण र समावेशी विकास गर्न सकिएन । सवल अर्थतन्त्र मार्फत लोकतान्त्रिक मुल्य, मान्यता र संस्कार विकास गर्न सकिएन । नेपालसँगै योजनावद्ध विकासको थालनी गर्ने दक्षिण कोरिया र भारत आज विश्वका प्रभावशाली राष्ट्रमा रुपान्तरण भएका छन् । त्यसको पछाडी त्यहाँको नेतृत्व वर्गले उपलब्ध प्रकृति, प्रवृत्ति र प्रविधिको कुशल संयोजन गर्न सक्नु हो । नेपालको सन्दर्भमा हामीसँग कृषि, पर्यटन र जलविद्युत जस्ता प्रकृति थिए र छन पनि । प्रविधि मानिसले किनेर आयात गर्न सकिने र दक्ष जनशक्ति मार्फत स्वेदशमै विकास गर्न सकिने विषय हुन । तर प्रवृत्ति भने सहजै किन्न र नक्कल गर्न सकिदैन । नेपालको नेतृत्व वर्गले स्वःस्फूर्त रुपमा सकारात्मक सोच, ज्ञान, संस्कार, नैतिकता र यथार्थ व्यवहार प्रदर्शन गर्न सकेन । विकासमैत्री, नैतिक मूल्यमान्यतामा आधारित असल, सकारात्मक र राष्ट्र केन्द्रीत प्रवृत्तिको विकास नहुँदा सायद प्रकृति र प्रविधिको सहज परिचालन हुन सकेन । प्रकृति, प्रविधि र प्रवृत्तिको संयोजनले मात्र समावेशी आर्थिक बृद्धि, वातावरण संरक्षण, समावेशी विकासको थालनी, असल शासनको शुरुवात भई अन्ततः लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित न्यायपूर्ण समाज निर्माण हुन्छ । लोकतान्त्रिक मुल्य मान्यताले जन उत्तरदायित्व, स्वस्थ प्रतिस्पर्धा, सकारात्मक सोचको विकास, सक्षमता सहितको इमान्दार नेतृत्व र राजनीतिक               स्थिरताको सुरुवात गर्छ । इमान्दार सहितको सक्षम नेतृत्वको विकासले साम्प्रदायिक भावना, भ्रष्टाचार, असमानता, गुट उपगुट भावनाको अन्त्य गराई सवल अर्थतन्त्र र सभ्य समाज निर्माण गर्न केन्द्रित हुन्छ । अतः नेपालमा प्रचुर मात्रामा रहेका कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकास गर्नु आर्थिक, वातावरणीय र प्रतिस्पर्धाको दृष्टिले निकै महत्वपूर्ण छ । प्रमुख तीन आधार स्तम्भको विकास गरी सभ्य समाज, सवल एवं समावेशी अर्थतन्त्र र मानव विकास गर्नको लागि एक पुस्ताका केही राजनेताले कोरिया, सिंगापुर, मलेसियाका राजनीतिक नेतृत्वको जस्तो अद्धितीय त्याग (काम, क्रोध, लोभ, मोह र अहंकारबाट टाढा रहने), आँट र समर्पण चाहिन्छ । अद्धितिय राजनीतिक त्याग, सक्षमता, इमान्दारिता र आँटलाई व्यवहारमा उतार्न प्रशासक, गैर सरकारी क्षेत्रका अगुवा, सञ्चारकर्मी र नागरिक लगायत सवै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सहयोग र समर्थन गर्नु पनि त्यतिकै जरुरी छ ।
लेखक कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका कार्यालय प्रमुख हुन् ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. ध्ध्ँ को प्रधान कार्यालय कहाँ रहेको छ ? — स्वीटजरल्याण्को ग्ल्याण्ड
२. बेलायतको दोस्रो महिला प्रधानमन्त्रीमा को निर्वाचित भएकी  छन् ?        — टेरिजा मे 
 ३. चीनमा एशियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैङ्क ९ब्क्ष्क्ष्द्य० को स्थापना गर्न नेपाल सहित २१ राष्ट्रको  हस्ताक्षर कहिले भएको थियो ?               — २०१४ अक्टोवर २४
४. थाइल्याण्डको पुरानो नाम के हो ?                             — सियाम 
५. नेपालको संविधानको पहिलो संशोधन बिधेयक सहित राष्ट्रपतिबाट कहिले प्रमाणित भएको थियो ?  — २०७२ फागुन १६
६. बर्तमान संविधान अनुसार भाषा आयोगका सदस्यको योग्यता कति रहने ब्यबस्था छ ?— स्नातकोत्तर 
७. नेपालमा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखि लागु भयो ?             — २०६९ कात्र्तिक २९
८. राष्ट्रिय सदाचार सम्मान, २०७२ कसलाई प्रदान गरियो ?                — डा. गोविन्द केसी 
९. चौधौ योजना (२०७३÷७४—७५÷७६) को आधार पत्रमा उल्लेख भए अनुसार विद्युतमा पहुँच प्राप्त  जनसंख्या कति प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ?                      — ८७%
१०. भारतको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?                        — थार
११. चर्चित ब्यक्तित्व कमलमणि दीक्षितको निधन कहिले भएको थियो ?   — वि स. २०७३÷९÷१४
१२. न्ठ को ४२ औं बैठक कहिले र कहाँ भएको थियो ?   —सन् २०१६ मे २६–२७ जापान 
१३. सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी कुन हो ?                                    —अरुण 
१४. २०७२ बैशाख १२ को भुकम्पबाट दोस्रो बढी प्रभावित जिल्ला कुन हो ?        — काठमाण्डौं
१५.वन ऐन, २०४९ अनुसार नेपालमा कति प्रकारका वन  रहेको छन् ?                    — ७
१६. बिरुवाको जराले पानी सोस्ने प्रक्रियालाई के भनिन्छ ?                          — Osmisis
१७. बैशाख १ लाई नेपालको नयाँ बर्ष घोषणा गर्ने व्यक्ति को हुन् ?                — चन्द्र शमशेर
१८. मरुभूमिको हिरा भनेर कुन देशलाई चिनिन्छ ?                              — लिबिया 
१९. मल्लकालमा जिम्वाल भनेर कसलाई चिनिन्थ्यो ?                      — प्रशासकिय कर्मचारी
२०. पानीमा घुल्ने भिटामिनहरु कुनकुन हुन्?                           — भिटामिन B र C
२१. सर्वोच्च अदालतले नकारात्मक भोटको व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ? 
                                                                    — २०७१÷८÷२१
२२. गोर्खाली फौजले  कीर्तिपुर माथि कहिले विजय हासिल गरेको थियो ?         — १८२२ चैत्र ३
२३. भारतका कुन राष्ट्रपतिको एउटा आँखा फुटेको थियो ?                  — डा.जाकिर हुसेन
२४. एउटा पनि नदी नभएको देश कुन हो ?                                 — साउदी अरब
२५. कर्म घरमा एक चक्कर नामक निबन्ध संग्रहका लेखिका को हुन् ?              — मञ्जु गुरुङ्ग
२६. लेप्चा जातिका पुरुषले लगाउने पहिरनलाई दमवोन भनिन्छ भने महिलाले लगाउने पहिरनलाई के भनिन्छ ?                                                                    — दमदेन
२७. हाल ब्ल्ँब्  को अध्यक्ष को रहनुभएको छ ?                              — नरेन्द्र श्रेष्ठ
२८. शुक्लाफाँटा बन्यजन्तु आरक्ष कहिले राष्ट्रिय निकुञ्जमा परिणत भयो ?       — २०७३ पौष ७
२९. ग्ल्क्ष्ऋभ्ँ को कार्यकारी बोर्डमा नेपाल कहिले निर्वाचित भयो ?      — सन २०१६ व्बल  ९
३०. टर्कीमा असफल कु को प्रयास कहिले भएको थियो ?                      — २०१६ व्गथि १५
३१. वान की मुन पछि  ग्ल्इ को महासचिवमा को निर्वाचित भएका छन् ?     —एन्टेनियो गुट्रेस
३२. द्यभकत क्ष्लतभचलबतष्यलब िद्यबलप ब्धबचम, द्दण्ज्ञट नेपालको कुन बैंकलाई प्रदान गरियो ? 
                                                                                 Global IME Bank
३३. आर्थिक सर्वेक्षण २०७२÷७३ अनुसार कति ओटा सार्वजनिक संस्थान नाफामा रहेका थिए ?  — २०
३४. सातौं राष्ट्रिय खेलकुदको आदर्श वाक्य के थियो ?—‘‘खेलकुदको बिशेषता, अनेकतामा एकता”
३५. सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण कसले हात पारेको थिए ?            — हरि कुमार रिमाल
३६ नेपालको निशाना छापमा कतिवटा लालीगुँरास रहेका छन् ?                — १४ वटा
३७. नेपालको एक मात्र मानव अंङ्ग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?          — भक्तपुर
बौद्धिक परीक्षण खण्ड
३८. यदि जोन, मोहन भन्दा २० बर्ष जेठो छ, १० बर्ष पछि जोनको उमेर मोहनको भन्दा दोब्बर हुनेछ भने हाल मोहनको उमेर कति भयो होला  ?
A ८ बर्ष            B १० बर्ष              C  २० बर्ष               D २५ बर्ष 
३९) दिइएको श्रेणीमा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
AZ, CX, FU, ?
A) IR                B)  IV                     C)  JQ                     D)  KP
४०) तलका मध्ये कुन अंकलाई ११ ले निशेष भाग जान्छ ?
A  २३५६४१            B २४५६४२             C ३१५६४२         D ४१५६२४
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
मिति  २०७३ साल पौष १९ गते मंगलबारको बिम्ब नेपाली साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
  ३८) A                     ३९) C                         ४०) D
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय

साहित्य÷सृजना 

गजल

न तिमीले सुन्यौ, न यो सहरले
मेरो कथा न फूलले सुन्यो न पत्थरले
एउटै ओछ्यानमा सुतेका बगरहरुलाई 
दुइ किनारा बनाएको हो, त्यो नहरले
तिमीले जरा काटी सुकाइ ढलाए पछि
शीतल दिन छोडे पीपल अनि बरले
निरासाले मनमा मौनता छाउदा पनि 
हिर्काउन छोड्दैन किन यो रहरले
गणेश संघर्ष
सिलगढी, डोटी

कुरा ५१ प्रतिशतको 

देखावटी आवरण
आहा, कति चिटिक्क परेको
आवरण भित्र डरलाग्दो
भयानक खापैखाप परेको
पत्रे चटान सरी 
पिडा, व्याथा, कथा खाप्टिरहेका छन् ।
५१ प्रतिशतको कुरा गर्न सबै सिपालु
५१ प्रतिशतहरु कति गर्भमै मारिन्छन्
ठुलो लडाई पछि जन्मन्छन्
जन्मेको केही समय पछि
नैतिक शिक्षा पढाइन्छ
नानी राम्रो र जागरिलो बन्नु है
जाँगरिलो बनेर 
अरुलाई सधै खुसी पार्नु पर्छ तिमीले ।
तीनै ५१ प्रतिशतहरु जवान भए पछि
बलात्कृत हुन्छन् 
लुटिन्छन्, आनन्द लिने वस्तुको रुपमा प्रयोग हुन्छन् 
चाहेको बेला आफ्नो हुन्छन् नत्र पराया
अनि थोत्रो कपडा सरी छेउ लगाइन्छ
मन नभए एकै झड्कामा फ्याकिन्छ ।
तीनै ५१ प्रतिशतहरु संयोगले
विधुवा भएपछि समाजमा 
अपवित्र बन्छन्, अपमानित हुन्छन्
असाहय र असक्षम हुन्छन् 
कथित बोक्सीको नाममा 
आततायी मृत्युवरण गर्छन ।
तीनै ५१ प्रतिशतहरु वृद्धा भएपछि
बेसहारा बन्छन्
दर्जनौको माझमा आफुलाई
शक्तिशाली बनाएर,
दर्जनौलाई सम्हाल्न सक्ने उनी
आज उनलाई समाल्न् सक्दैनन् कसैले 
सुख दिने बहानामा वृद्धाश्रम धकेलिन्छन्
वृद्धाश्रामको ढोका खोल्न बाध्य हुन्छन्
खै कसरी गर्ने ? कहाँ बाट सुरु गर्ने ?
प्रतिशतको हिसाव किताब
धेरै थोरैको जोड घटाउ ।
तारा सुनुवार
कुश्मा पर्वत

मुक्तक

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।
चन्द्र भट्ट चाँदनी

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना !  सूचना !! सूचना !!!

२०६४ सालमा नेपाल नर्सिङ्ग काउन्सिलबाट मैले प्राप्त गरेको दर्त नं. १९१९ को प्रमाण पत्र हराएको हुँदा उक्त प्रमाण पत्र कुनै कसैले प्राप्त गर्नु भएमा तलको ठेगाना वा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन हार्दिक     अनुरोध छ ।  
गौरी शाही 
दिपायल सिलगढी नगरपालिका वडा नं. २, सिलगढी डोटी 
सम्पर्क नं. ९८४८६४२००४

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

हार्दिक बधाई

यही मिति २०७३ साल पुष २२ गते सम्पन्न भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को छैटौं अधिबेशनबाट यस बिम्ब नेपाली साप्ताहिक डोटीका सहसम्पादक कर्णवहादुर चन्द प्रदेश नं. ७ को सचिव जस्तो गरिमामय पदमा बिजयी हुनु भएकोमा उहाँको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई छ ।
बिम्ब नेपाली साप्ताहिक परिवार, डोटी

बासुदेवी गाउँ बिकास समितिको कार्यालय, डोटी 

मिति २०७३ साल पुष ११ गते सम्पन्न २५ औं गाउँ परिषद्बाट स्वीकृत आर्थिक वर्ष २०७४÷०७५ का लागि अनुमानित आय व्यय बिवरण सार्वजनिक ।

qm=;=
lzif{s
/sd
cfDbfgL tkm{
!
;~rfng cg'bfg
%$%)))
@
k"lhut cg'bfg
#)^@)))
#
;fdflhs ;'/Iff eQf
!!*%^))
$
dfnkf]t / cGo
#%)))
hDdf
!!)#^$))
vr{ tkm{ -;~rfng vr{_
!=
tnj eQf
$&@*!$
@=
b}lgs e|d0f eQf
(&@))
#=
kqklqsf tyf PkmPd
!%)))
$=
n]vfk/LIf0f vr{
!%)))
%=
 lrofkfg vr{
@@)))
^=
lalaw vr{
!%)))
&=
sfof{no ;DjlGw lalaw -d;nGb_
%%)))
hDdf
^(@)!$
vr{ tkm{ -k'+hLut /sd_
!=
 dlxnfsf nflu !)Ü
@()*()

af;'b]jL ! # bNn ufpF3/ lSnlgs
^))))

af;'b]jL $ sfk8L ufpFdf ufpF3/ lSnlgs
^))))

af;'b]jL ^ df ufpF3/ lSnlgs
^))))

dlxnf Ifdtf lasf; tflnd
*))))

;/:jtL dlxnf ;xsf/L ;+:yfsf] ;+:yfut lasf;
#)*()
@=
blntsf nflu !)Ü
@()*()

laZjsdf{ dlGb/ af;'b]jL
!)))))

;/:jtL ;fj{hlgs cfwf/e't k|f=la=
!)))))

du/fp gfpnf] lgdf{0f af;'b]jL–^
!%)))

d;fgL df0f' lgdf{0f af;'b]jL !–#
%))))

rGb|f g]kfnL af;'b]jL–@
!%)))

blnt ;~hfngsf] ;+:yfut lasf;
!)*()
#=
afnaflnsfx?sf nflu !%Ü
$#^%))

v'/s§ u0ffb]lv :jf:Yo rf}sL x'Fb} af;'b]j df=la=;Ddsf] 3f]/]6f] af6f] lgdf{0fsf nflu
!%^())

af;'b]jL ufla; sf & a7f laBfnodf zf}rfno ;/;kmfO{ sf nflu !%))) xhf/sf b/n]
!)%)))

afnaflnsfsf] Ifdtf lasf; tflnd
!#)(%)

afn;~hfnsf] ;+;yfut lasf;sf nflu
$#^%)
$=
ckfË / h]i7 gful/saf nflu &Ü
@)#^@#

ckfË ePsf JolQmx?nfO{ cfo cfh{gsf nflu
!!%$$%

ckfË ;]jf ;+3 af;]b]jLsf] ;+:yfut lasf;
#))))

h]i7 gful/s ;Ddfg sfo{qmd sf nflu
%*!&*
%=
;fdflhs kl/rfng sfo{qmd e|d0f vr{
^))))
^=
o'jf tyf v]ns'b lasf;sf nflu
@%)))
&=
HIV lkl8t JolQmnfO{ oftfoft vr{
@%)))
*=
 dlxnf :jf:Yo :jo+;]lasf k|f]T;fxg vr{
#))))
(=
k|x/L rf}sL jfon
!))))
!)=
8f]6L pBf]u afl0fHo ;+3 k|fb]lzs dxf]T;j
!))))
!!=
cleofgd'ns Pj+ vfg]kfnL ;/;kmfO{ sfo{qmdsf nflu
!$%$$%
!@=
/fhk'/ afug]6] b]lv ;]tL gbL x'Fb} bp/8L ;8s
*)))))
!#=
af;'b]jL :jf:Yo rf}sLsf] 3]/af/
!)))))
!#=
af;'b]jL df=la= sf] zf}rfno lgdf{0f, ejg dd{t
#)))))
!$=
af;'b]j s]bf/ dlGb/ v]n d}bfg lgdf{0f
!)))))
!%=
af;'b]jL !–# bNn s]bf/ dlGb/ lgdf{0f
!)))))
!^=
a]8l;ª] df0f' dlGb/ lgdf{0f, af;'b]jL–*
!)))))
!&=
O{ª8L df0f' lgdf{0f af;'b]jL–*
!)))))
!*=
di6f dlGb/ lgdf{0f af;'b]jL–%
!)))))
!(=
di6fd dlGb/ lgdf{0f af;'b]jL ^–(
@)))))
@)=
laZjsdf{ dlGb/ lgdf{0f
!)))))

Wednesday, January 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष १९ गते मंगलबार

अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको अधिकार तथा अपाङ्गतामैत्री संरचना निर्माणका वारेमा निर्माण कम्पनीहरु, डिजाईनर वा इन्जिनियरहरुमा चेतना जगाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

चार दशकसम्मको शिक्षण यात्रा

चार हजार रुपैयाँमा रमाएका छन गंगाराम

टिनले छाएको कोठा, भित्रपट्टि जुटको कार्पेट ओछ्याईएको छ, कार्पेटले कोठाको सवै भुई ढाक्न सकेको छैन । कोठाको क्षेत्रफलको करीव आधाआधी हुने गरी ओछ्याईएको कार्पेटमा कक्षा–२ मा अध्ययनरत २२ छात्रछात्राहरु पलटी कसेर बसेका छन । छात्राछात्रहरुको गोलोमै बसेर कक्षा कार्य गर–ाउँदैछन एक ६० वर्षीय शिक्षक । 
डोटी जिल्लाको मुडभरा गाबिस–२ मा रहेको कालिका प्राबि जोरागाउँमा भेटिएको दृष्य हो । टाउकोमा लगाईएको ढाका टोपीले सेता कपाललाई लुक्न मद्दत गरेको भएपनि दा¥हीले उनको बुढ्यौली अवस्था झल्काईरहेको थियो तर उनी कक्षा कोठामा कुनै युवा शिक्षकको भन्दा कम    खटिरहेका थिएनन् । बिद्यार्थीहरु पनि खुवै रमाएका थिए ।
२०१३ सालमा जन्मेका गंगाराम भण्डारीले मुड्भरा गाबिसमै रहेको शारदा माबिबाट कक्षा १० सम्मको पढाई पुरा गरे । २०३४ सालमा कैलालीको त्रिभुवन माबिवाट उनले आफ्नो अध्यापन यात्रा सुरु गरे । ‘एक सय ६० रुपैयाँ तलव थियो’ भण्डारी भन्छन् ‘त्यतिवेला त्यो रकम धेरै लाग्थ्यो ।’ २०४६ साल असारसम्म उक्त बिद्यालयमा अस्थायी दरवन्दीमा रहेर लगातार काम गरे उनले । भण्डारीले घरायसी कामका लागि कैलालीबाट डोटीको मुड्भरा आउनु प¥यो । उनी पारिवारिक समस्याका कारण फेरी फर्केर कैलाली जान सकेनन् । उनीसंगैका साथीहरु स्थायी भए, उनी भने व्यरोजगार बस्न वाध्य भए । 
बिद्यालय जान नपाएपछि उनको जागिर सकियो तर उनलाई शिक्षण पेशाप्रतिको मोहले भने सताईरह्यो । उनले गाउँमै बिद्यालय खोल्ने प्रयास गरे । २०४६ मंसिरमा बिद्यालय स्थापना गर्न समेत सफल भए तर त्यो बिद्यालय चार महिना मात्रै चल्न सक्यो । २०४६ सालमा सरकारी दरबन्दीमा रहेर काम गर्दा ९ सय २५ रुपैयाँ तलव पाउने गंगारामले यि चार महिना मासिक पाँच सय रुपैयाँमा शिक्षण गरे । आर्थिक अभावका कारण उक्त बिद्यालय बन्द भयो ।
उनले फेरी पनि हिम्मत  हारेनन् । गाउँलेलाई शिक्षाको महत्व बुझाउँदै गर्दा आठ बर्ष बित्यो, अन्ततः २०५४ सालमा फेरी बिद्यालय खोल्ने सहमति  भयो । बिद्यालयका संस्थापकहरुमा उनको नाम पहिलोमा आउँछ । ‘गाउँलेले मलाई नै शिक्षक हो भने’ गंगाराम त्यतिवेलाको क्षण सम्झदै भन्छन् ‘एक हजार दुई सय रुपैयाँ मासिक पाउने गरी मैले २०५४ सालमा फेरी शिक्षण सुरु गरेँ ।’ बिद्यालय स्थापना हुँदाका बखत उनले थोरै रकममा काम गरे तर, जब २०५५ सालमा उक्त बिद्यालयमा जिल्ला शिक्षा कार्यालयवाट दरबन्दी आयो तव गंगाराम उक्त दरबन्दीका लागि अयोग्य मानिए । गंगाराम फेरी पनि थोरै पारिश्रमिकमा धेरै परिश्रम गर्दै बिद्यार्थीको मन जित्दै गए । बालबालिकाहरु पनि उनीसंग निकै रमाउँछन । 
उनलाई पारिश्रमिकले कमजोर वनाएको छैन बरु आफुले चाहेको पेशा जीवनभरी गर्न पाएकोमा खुशी छन । उनले २०३९ सालमा रेडियो शिक्षा तालिम लिएपछि त्यो भन्दा पहिले आफुले पढाएको गलत रहेछ भन्ने लाग्यो । उनी सम्झिन्छन् ‘हामीले सरसर्सत्ति कितावमा लेखेको पढाउँथ्यौं तर पछि तालिमवाट कसरी पढाउनु पर्छ भन्ने थाह भएपछि मैले चार÷पाँच वर्षसम्म त्यत्तिकै तलव खाएका रहेछु भन्ने लाग्यो ।’ अहिले उनी पूर्ण रुपमा बालकेन्द्रित शिक्षण बिधिको प्रयोग गरिरहेका छन । त्यस क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरुले बालमैत्री शिक्षण सम्वन्धि आयोजना गरेका तालिममा भाग लिन पाएपछि उनलाई शिक्षणप्रति झन उत्साह बढेको छ । 
करीव चार दशकसम्म शिक्षण पेशामा लागेको यो अवधीमा उनले आफ्ना दुई छोरा, एक छोरी, श्रीमती र आफु गरी पाँच जनाको परिवार पाल्नका लागि खेतीपातीमा पनि निकै परिश्रम गर्नु प¥यो । दिउसोभरी बिद्यालयमा बिताउने उनी साँझ र बिहान खेतमा पसिना   वगाउँथे । उनी आफै सक्रिय भएर स्थापना गरेको बिद्यालयमा अहिले तीन जना सरकारी अनुदानवाट तलव भत्ता पाउने शिक्षकहरु कार्यरत छन । संगैका तीन जना शिक्षकहरुले २२ हजार एक सय ७० तलव बुझ्दा गंगारामले मासिक चार हजार रुपैयाँ पाउँछन । अर्थात यो जमानामा पनि गंगारामको बौद्धिक श्रमको मुल्य दैनिक १३३ रुपैयाँ मात्रै हुन आउँछ । 
शिक्षा (आठौं संसोधन) ऐन, २०७३ को दफा ११(च) लामो समयसम्म अस्थायी शिक्षण पेशामा लागेकाहरुले स्थायीका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउने वा स्वर्णिम बिदाई (गोल्डेन हेण्डसेक) पाउने व्यवस्था गरेको छ । गंगारामले भने जुन दिन पढाउन छोड्यो सो दिन रित्तै घर फर्कनु पर्नेछ । उनका लागि सरकारले कुनै कानुन वनाउन सकेन ।  

सम्पादकीय 

हामी फेरी “ख” मा

देशमा चलिरहेको सशस्त्र संघर्ष चरम सिमामा रहेका बेला २०६० सालमा आफ्नो प्रकाशन सुरु गरेको यस बिम्ब साप्ताहिकले २०६२ सालदेखि आफ्नो बर्गीकरणको यात्रा सुरु गरेको थियो । प्रेस काउन्सिल नेपालद्वारा तय गरेको बर्गीकरण अनुसार स्थानीय ‘घ’ वर्गबाट आफ्नो बर्गीकरण यात्रा सुरु गर्दै केही वर्षयता क्षेत्रीय ‘ख’ वर्गमा बर्गीकरण हुदै आएको छ । काउन्सिलले आईतवार प्रकाशन गरेको आर्थिक वर्ष २०७१÷०७२ को पत्रपत्रिका बर्गीकरणको नतिजा अनुसार यस वर्ष पनि बिम्ब साप्ताहिक क्षेत्रीय “ख” वर्गमै कायम   रहेको छ । यस अवसरमा नियमित रुपमा अपार माया गर्नु हुने आदरणीय पाठकवर्ग, नियमित रुपमा लेख, रचना, सूचनाहरु उपलव्ध गराई दिनु हुने आदरणीय लेखक, रचनाकार, सूचनादाता, पत्रिका प्रकाशनका लागि सूचना, सन्देश, बिज्ञापन उपलव्ध गराई दिनु हुने सरकारी, गैरसरकारी कार्यालयहरु, नीजि क्षेत्र, व्यक्तित्वहरु, अमुल्य सुझाव सल्लाह दिनु हुने आदरणीय बौद्धिक व्यक्तित्वहरु र सहकर्मी सञ्चारकर्मीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि उहाँहरुको सक्रिय सहयोग हामीलाई रहनेछ भन्ने पूर्ण बिश्वासका साथ सहयोगका लागि अपील समेत गर्दछौं ।
२०६० सालमा पत्रिका प्रकाशनका लागि अहोरात्र खट्नुहुने संस्थापक प्रधान सम्पादक रामवहादुर ऐर लगायतको संस्थापक टोली र सुरुवाती देखि अहिलेसम्म बिभिन्न जिम्मेवारी सम्हाल्दै बिशेष कारणबस हाल पत्रिकाको जिम्मेवारीमा नरहनु भएका साथीहरुप्रति बिम्ब साप्ताहिक परिवार हार्दिक कृतज्ञ छ । उहाँहरुको योगदानको बिम्ब साप्ताहकिले सधैं कदर गर्दै आएको छ । आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग गरिदिन हुन अनुरोध छ । 
हामी क्षेत्रीय स्तरको ‘क’ वर्गको लक्षका साथ अगाडी बढेका छौं । यो लक्ष पुरा गर्नका लागि बिम्ब साप्ताहिकको बर्तमान समूह नियमित रुपमा खटिरहेको छ । यहाँको अमुल्य सुझाव र निरन्तर सहयोगमा मात्र हामी उक्त यात्रा पुरा गर्ने छौं । यो डोटी जिल्लाकै लागि खुशीको बिषय हुनेछ । 
केही दिनदेखि डोटीका केही अव्वल दर्जाका पत्रकारहरु “दैनिक हुँदाहुँदै साप्ताहिक पत्रिकालाई किन बिज्ञापन दिएको ?” वा ‘फलानो पत्रिकालाई किन बिज्ञापन दिएको ?’ भनेर भन्दै कार्यालयहरुमा गएर धम्काउने गरेको खवर आएको छ । बिम्ब साप्ताहिक यस्ता क्रियाकलापको घोर निन्दा एवं भत्सना गर्दछ । खुला अर्थतन्त्रमा उपभोक्ताले आफ्नो सेवा प्रवाह गर्ने माध्यम आफै छान्न पाउनु पर्छ, यो लोकतन्त्रको सारभुत नियम पनि हो । कि त राज्यले यस कुरालाई नियमन गर्नु पर्छ होईन भने सूचनादाता वा बिज्ञापनदाताहरुले आफुले ईच्छाएको माध्यमवाट सूचना प्रवाह गर्न पाउनु पर्छ । 
नीतिगत कुरा गर्ने हो भने बिम्ब साप्ताहिक मात्रै प्रेस काउन्सिल नेपालको बर्गीकरणमा परेको पत्रिका हो । त्यसैले डोटीमा सार्वजनिक निकायका बिज्ञापनहरु प्रकाशन गर्ने अधिकार बिम्ब साप्ताहिक मात्रै राख्दछ । यदि यस्ता हर्कतहरुमा सुधार हुँदैन र केही सार्बजनिक निकायहरुबाट अनुहार हेरेर गरिने व्यवहारमा सुधार हुँदैन भने भने बिम्ब साप्ताहिक पनि प्रक्रियामा जान बाध्य हुने व्यहोरा समेत    अनुरोध गरोध छ । 
बिम्ब साप्ताहिकमा बिज्ञापन प्रकाशन हुँदा वा बिम्ब साप्ताहिक नियमित रुपमा प्रकाशन हुँदा आफ्नो ईज्जत गुमेको देख्नेहरुले मिहिनेत गरेर आफुलाई पनि माथी उठाउन हामी बिनम्रताका साथ सुझाव दिन्छौं । बिज्ञापन नदिएकै आधारमा कार्यालय बिरुद्ध समाचार सम्प्रेषण गर्ने वा अरुलाई गर्न लगाउने अनि “वार्गेनिङ्ग” गर्ने जस्ता निकृष्ट कार्य पत्रकारिताको क्षेत्रभित्र पर्दैनन् । न त प्रेश काउन्सिल नेपालले आचार संहिताले यस्तो कार्य गर्ने छुट दिएको छ ।

बर्गीकरणमा ८३३ पत्रिका

बिम्ब साप्ताहिक फेरी ‘ख’ वर्गमा

प्र्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को पत्रपत्रिका बर्गीकरणको नजिता सार्वजनिक गरेको छ । नतिजा अनुसार देशभरीका आठ सय ३३ पत्रिकाहरु बर्गीकरणमा परेका  छन । बिम्ब साप्ताहिक फेरी ख वर्गमा बर्गीकरण भएको छ । 
काउन्सिलले आईतवार सार्वजनिक गरेको नतिजा अनुसार देशभरीबाट बर्गीकरणका लागि आवेदन दिने नौ सय १० पत्रिकाहरुमध्ये आठ ३३ पत्रिका बर्गीकरण भएका हुन । 
७७ पत्रिकाहरु बर्गीकरण पर्न सकेनन् । बर्गीकरणमा समावेश नभएका पत्रिकाहरु काउन्सिलको अभिलेखमा नभेटिएको, नियमित रुपमा प्रकाशन भएको, हुबहुमा परेको र कम्प्युटर प्रिण्ट भएको देखिएको काउन्सिलले वेबसाईट मार्फत सार्वजनिक गरेको छ । सुदूरका ६ पत्रिका पनि हुबहुमा परेका  छन । कञ्चनपुरको अभियान दैनिक, शुक्लाफाँटा दैनिक र फारवेष्ट टाईम्स दैनिक हुबहुमा परेका छन । यस्तै कैलालीको मलवारा दैनिक, मोनिङ्ग बेल दैनिक र डडेल्धुराको रंगुन साप्ताहिक पनि हुबहुमा परेका छन । 
अभियान, फारवेष्ट र रंगुनले क्षेत्रीयस्तरको बर्गीकरणका लागि दावी गरेका थिए भने अन्यले स्थानीय तहका लागि । 
बर्गीकरणको नतिजा अनुसार स्थानीयस्तरमा सवैभन्दा बढी पत्रिकाहरु बर्गीकरण भएका छन । यस तहमा क मा ५९, ख मा दुई सय ४८, ग मा एक सय १९ र घ मा ५६ गरी चार सय ८२ पत्रिकाहरु बर्गीकृत भएका छन । यस्तै सवैभन्दा कम राष्ट्रियस्तरमा भएका छन । राष्ट्रियस्तरमा क+ मा १३, क मा ६३, ख मा ४५ र ग मा १८ पत्रिका बर्गीकृत भएका छन ।   राष्ट्रिय घ मा कुनै पनि पत्रिका बर्गीकरण भएको छैन । 
यस्तै क्षेत्रीयस्तरको पत्रपत्रिका बर्गीकरणमा दुई सय १२ पत्रिका बर्गीकृत भएका छन । क बर्गमा ९८, ख मा ९५, ग मा १८ र घ मा एक पत्रिका बर्गीकृत भएका छन । क्षेत्रीयस्तरको घ बर्गमा एक मात्र पत्रिका काठमाण्डौंबाट प्रकाशन हुने मन्धुम साहित्यिक मासिक पत्रिका रहेको छ । 
प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ष पत्रिकाको छपाईस्तर, संख्या, बितरण कभरेज, साईज तथा स्पेस आदिलाई आधार वनाएर पत्रपत्रिका बर्गीकरण गर्ने गर्दछ । यसरी बर्गीकरणमा परेका पत्रिकाहरुले नेपाल सरकारले उपलव्ध गराएका लोककल्याण– कारी बिज्ञापन प्रकाशन गर्नु पर्ने व्यवस्था रहेको छ । काउन्सिलले बर्गीकरण गरेका पत्रिकाहरुलाई नै सूचना, सन्देश, बिज्ञापन प्रकाशनका लागि प्राथमिकता दिईनु पर्ने काउन्सिलको मान्यता रहेको छ । 

सुदूरपश्चिममा भब्यताका साथ भुवा पर्व

सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । 
पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी लगायत मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । 
पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौष औँसीदेखि सुरु हुने गर्दछ । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा चल्दै आएको छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ । 
साथै सुदूरपश्चिममा पुसे औंसीको दिनमा नै पौष १५ गते परेको हुनाले यस दिनलाई पनि पर्व मान्ने गरिन्छ । बर्षभरीकै सबैभन्दा लामो रात हुनाले पुस १५ को रातभर जाग्राम बसी यो पर्व मनाउने प्रचलन छ । 
यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा रातमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहिआएको छ । 
यस पर्वमा मीठा–मीठा खाने परिकारका साथै विशेष गरी तरुल पकाएर खाने चलन रहेको पाइन्छ । कतिपय ठाउँमा पन्ध्रको दिनमा चामल तथा मासको पिठो घ्यू, दही लगायतका विभिन्न अन्नका परिकारहरु बनाएर खाने, रातभर रमाइलो गर्ने चलन  सुदूरमा ग्रामीण भेग तथा सहरतिर मनाउने गरिन्छ ।

इस्काइभेटरले ढुङ्गा फाल्दा एक युवकको मृत्यु

स्काइभेटरले सडक काट्ने क्रममा सडकबाट ढुङ्गा फाल्दा बाख्रा चराउन गएका एकजना युबकको मृत्यु भएको छ ।
ब्रह्मतोला गाविस– २ अम्कोटका २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा स्काइभेटरले ढुङ्गा खसाल्दा  सडक भन्दा तल बाख्रा चराउँदै गरेका पाध्यायको मृत्यु भएको प्रहरी नायब उपरीक्षक  दलबहादुर बोगटीले जानकारी दिए ।

सिडिसीद्वारा बिद्यालयमा शैक्षिक सामाग्री बितरण

भूमिराज जोशी÷डोटी
      पुष १८
सामुदायिक बिकास केन्द्र डोटीको आयोजनामा तथा गुड नेवर्स इनटरनेशनल नेपालको आर्थिक सहयोगमा डोटी जिल्लाका दुई गाबिसका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । 
लडागडा गाबिस र पोखरी गाबिसका सबै सामुदायिक बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गरेको सामुदायिक बिकास शिक्षा परियोजना अधिकृत एकराज बडुले जानकारी दिए । दुई गाबिसमा १६ वटा बिद्यालयका  दुई हजार ७८ जना बिद्यार्थीलाई पोसाक, कापी, कलम, झोला, औजारबक्स, जुत्ता गरी बिभिन्न सामाग्रीहरु बितरण गरिएको छ ।  
लडागडा गाबिसका सुनादेबी माद्यमिक बिद्यालय, चौखान माद्यमिक बिद्यालय, सरस्वती आधारभूत बिद्यालय, मष्टेश्वर आधारभूत बिद्यालय, तेडी आधारभूत बिद्यालय, तेडिस्थान आधारभूत बिद्यालय, चौडालेश्वर आधारभूत बिद्यालय र कालिका आधारभूत बिद्यालय गरी आठ बिद्यालयहरुमा सामाग्री बितरण गरिएको हो ।
यस्तै पोखरी गाबिसका मष्टामाण्डौं माद्यमिक बिद्यालय, भवन्ती आधारभूत बिद्यालय, कोल्डाँडा आधारभूत बिद्यालय, नवज्वोती आधारभूत बिद्यालय, सरस्वती आधारभूत बिद्यालय, बालबिकास आधारभूत बिद्यालय, खापरमाण्डौं आधारभूत बिद्यालय र हनुमान आधारभूत बिद्यालय गरी आठ बिद्यालयमा बिद्यार्थीहरुलाई सामाग्रीहरु बितरण गरिएको हो ।
गुड नेभर्स इन्टरनेशनलको आर्थिक सहयोगमा बिभिन्न संस्थाहरुसंग साझेदार गरी बर्षेनी बिद्यार्थीहरुलाई उक्त सामाग्री बितरण गर्दै आएको सुनादेबी माद्यमिक बिद्यालयका प्रधानाध्यापक नबराज पाठकले बताए । बिद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नगराउनका लागि नेपाल सरकार र बिभिन्न संस्थाहरुले सहयोग गर्दै आएपनि   बिद्यार्थीहरु बिभिन्न कारणले गर्दा बिद्यालय नआउने गरेको प्रधानाध्यापक पाठकले बताए ।
पाठकले भने, ‘लडागडा र पोखरी  गरी दुईवटा गाबिसहरुमा गुड नेभर्स इन्टरनेशनलले सन् २०१२ देखि नै बिद्यार्थीहरुलाई सामान बितरण गर्दै आएको हो ।’ पछिल्लो समयमा बढीजसो बिद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर राम्रो शिक्षा हासिल गर्दै आएको उनले बताए ।
‘हामीले घरदैलोको नारा लिएर पनि बालबालिकालाई बिद्यालय पठाउन आग्रह ग¥यौं, तर कतिपयले कहिल्यै वास्ता नै गर्दैनन् ।’ सामुदायिक बिकास केन्द्रद्वारा सञ्चालित सामुदायिक बिकास समिति लडागडाका अध्यक्ष नर सिं कुञ्जेडाले भने, ‘यो गाबिसमा कतिपय परिवार सिजनल जस्तै भएका छन ।’
 बिद्यार्थी भर्ना गर्ने समयमा स–परिवार नै भारततिर जाने र दशै÷तिहार जस्ता ठूला चाडबाँडहरुमा घरतिर आएर बिद्यालयमा भर्ना गर्न आउने गरेको अध्यक्ष कुञ्जेडाले बताए । उनले भने, ‘दाताहरुले सधै सहयोग गर्दै आएका छन । तर कतिपयलाई चेतना नै फैलाउन सकिएको छैन । यस्ता सामाग्रीहरु बितरण गर्ने भन्ने जानकारी पाउने बित्तिकै दौडधुप गरी बिद्यालयमा अभिभावक र बिद्यार्थीहरु आउछन । अगाडी पछाडी वास्तै गर्दैनन् । 
पछिल्लो समयमा करिब नब्बे प्रतिशत नै बालबालिका र अभिभाबकहरुमा  दाताहरुले सहयोग गर्दै आएपछि निकै सुधार आएको कुञ्जेडाले बताए ।
बिद्यार्थीहरु गरिबीपन, चेतनाको कमीले गर्दा बिद्यालयमा आउनै छाडेपछि नेपाल सरकार र बिभिन्न संस्थाहरुले शिक्षा क्षेत्रका सहयोग गर्दै आएको सामुदायिक बिकास केन्द्र डोटीका उपाध्यक्ष सुनिल घर्तीले बताए । उनले भने, ‘यी १६ वटा बिद्यालयहरुमा ४६ लाख चार हजार चार सय ६३ रकम मुल्यको समाग्रीहरु बितरण गरेका छौं ।’    

अखिल क्रान्तिकारी अध्यक्षमा थापा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) माओबादी डोटीको सातौं अधिबेशनबाट अध्यक्षमा बीर बहादुर थापा सर्बसम्मत चयन भएका छन ।
२५ जना सदस्य रहने गरी नयाँ कार्य समिति चयन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) माओबादी डोटीका उपाध्यक्ष गणेश कार्कीले जानकारी दिए । 
अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष पूर्ण सिंहको प्रमुख आतिथ्यमा बसेको उक्त भेलाले थापालाई चयन गरेको हो । यस्तै उपाध्यक्षमा गणेश काकी ‘बिकल्प’ सर्बसम्मत चयन भएका छन । 
सचिबमा दीपक बहादुर भण्डारी, सह–सचिबमा योगेन्द्र रावल र कोषाध्यक्षमा यशु बलायर चयन भएका छन ।
भेलालाई सम्बोधन गर्दै केन्दीय अध्यक्ष पूर्ण सिंहले भने, ‘आजको युगमा देशको बिकास गर्नको लागि शिक्षा अनिबार्य रुपमा चाहिन्छ । त्यसको लागि सबैले सबैलाई समान शिक्षा  दिनुपर्छ ।’ 
नेपालमा गरिबका छोराछोरीरुले उचित शिक्षा नपाउदा सधै पछाडी पर्ने गरेको सिंहले बताए । सबैलाई समान शिक्षा दिनुपर्नेमा राज्यले ध्यान दिनु पर्ने बताए । 
भेलाका बिशिष्ट अतिथिमा नेकपा माओबादी डोटीका सचिब बिबेक कुमाल, अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समिति संयोजक बिमल धामी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश थापा  लगायतले उक्त भेलामा संबोधन गरेका थिए ।

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युतको झट्का लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लीका ३५ वर्षीय चन्द्र बहादुर विक रहेका छन । 
घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । मृतक बिक आफ्नो घर बनाउदै गर्दा थिए । 
स्थानीयले भने, ‘घरको छत बनाउनको लागि बिद्युतको लाइन सार्दै थिए, बिद्युतको लाइन गएको थियो  तर एक्कासी लाइन आएछ, त्यसैले करेन्टको झट्का लागेकोले छुट्टाउन नसक्दा मृत्यु भएको हो ।’
मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्यु्त् केन्द्रको कमजोरीका कारण विकको मृत्यु भएको आरोप लगाएका छन् । कुनै बेला मनोमानी गरेर बिद्युत लाइन छोड्ने र कतिबेला लाइन बन्द गर्ने निश्चित समयनै नभएकोले यो घटना घटेको आफन्तले बताए ।

जीप दुर्घटना हुँदा एकै परिवारका चारको मृत्यु

नरी बडु÷बैतडी
      पुष १८
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउँद, गोबिन्दका भाई शिवराजकी ५७ वर्षीया पत्नी गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुषको मृत्यु भएको हो ।
तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको भारतीय पत्रकार राजेश पंगरीयाले बताए । उनका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो ।
१६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा को लागि गाँउ आउँदा दुर्घटनामा परेका  हुन ।
घाइतेहरुमा बैतडीको शर्माली–५ कोणका चन्द्रसिंह साउँद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छ । उनीहरुको हल्द्धानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ । तिब्र गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय  प्रहरीलाई उदृत गर्दै स्थानीय पत्रकार पंगरीयाले           बताए ।

नमुना बन्दै बयालपाटा अस्पताल

हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार

पूर्णबहादुर खड्का÷अछाम
       पुष १७
बिगत नौ बर्षदेखि अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल सर्जरी सेवा सहित सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 
सन २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । नेपालको दुर्गम जिल्ला अछाम लगायतका छिमेकी जिल्लाहरुका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन अस्पतालले आफ्ना सेवाहरु निरन्तर निशुल्क रुपमा प्रदान गर्दै  आईरहेको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताए । 
अस्पतालले अहिलेसम्म ४ हजार भन्दा बढी बिरामीको निशुल्क सर्जरी सेवा गरिसकेको छ । केही जटिल अवस्थाका सर्जरी पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यसका लागि नेपालमै पहिलो महिला अर्थोपेडिक सर्जन बिशेषज्ञ डाक्टर आरधना झाबाट अस्पतालले सर्जरी सेवा सुरु गरेको थियो ।
ग्रामीण क्षेत्रका जनताका छोराछोरी यसै क्षेत्रमा बसेर स्वास्थ्य शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले ग्रामीण शिक्षण अस्पतालको समेत परिकल्पना गरेको छ । त्यसका लागि आवश्यक तयारी भईरहेको मेडिकलका निर्देशक गौचनले बताए ।

छोटकरी समाचार 

‘धन्यमायाजाल’ प्रर्दशन

डोटेली भाषाको पहिलो ऐतिहासिक चलचित्र ‘धन्यमायाजाल’ कथानक  डोटीको जिल्ला बिकास समितिको सभाहलमा शनिबार प्रदर्शन गरिएको छ ।
चलचित्र सेन्सर बोर्डमा दर्ता भएर सफल भएको डोटेली भाषाको ऐतिहासिक पहिलो चलचित्र बन्न सफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा प्रदर्शन भएको कार्यक्रममा सयौंको संख्यामा सहभागीहरु रहेको थियो ।
बशिबियाँलो म्युजिक प्रा.लि. काठमाण्डौका प्रवन्ध निर्देशक एवं चर्चित कलाकार सूर्यविरही साउँदको अध्यक्षतामा च्यारिटि शो कार्यक्रम सम्पन्न भएको कलाकार झलक पालीले जानकारी दिए । कलाकार पालीले भने, ‘डोटेलीको कला, संस्कृति, रहनसहन सबै कुरा समेटिएकोले  ऐतिहासिक चलचित्र बन्न सफल भएको हो ।’

खेल समाचार 

फुटबलमा तहल्का पिट्दै साबित्रा

सेतोपाटी समाचार
तीन वर्षअघि गञ्जी र कट्टु लगाएर फुटबलको बुट बोक्दै घरबाट बाहिर निस्किदा सावित्रा भण्डारीको विषयमा गाउँका धेरैले कुरा काटेका थिए । हाल मनाङको जिल्ला स्वास्थ्य कार्यालयमा पीयन पदमा कार्यरत सावित्राको बुवा थमबहादुर भण्डारीलाई त्यतिबेलै गाउँका केही ठूला भनाउँदाहरुले भनेका थिए, ‘छोरीलाई यसरी छाँडा छोड्नु भएन ?’
तर, जागिरको सिलसिलामा विभिन्न ठाउँ डुलेका थमबहादुरले आफ्नो छोरीको विषयमा आउने यस्ता प्रतिक्रियालाई कहिल्यै वास्ता गरेनन् । नतिजा, अहिले सावित्राका बुवा आफ्नो छोरीले महिला फुटबलमा गरेको प्रगतिका कारण चौतर्फी चिनिन थालेका छन् ।
सावित्राले भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरिसकेकी छिन् । उनी नेपाली फुटबलमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने  खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला खेलाडी पनि बन्न पुगेकी छिन् ।
सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गरेकी थिइन् । जसका कारण नेपाल ८–० ले विजयी भएको थियो । उनले माल्दिभ्सलाई ९–० ले पराजित गरेको खेलमा एक्लैले ५ गोल गरेकी थिइन् । खेलमा उनको गजबको ‘स्टामिना’ र गोल गर्ने क्षमता देखेर विपक्षी टोली पनि तिलमिलाएका छन् । दक्षिण एसियामा सबैभन्दा बलियो मानिएको भारतीय टोलीका प्रशिक्षक सजित धर पनि सावित्राको गोल गर्ने क्षमताबाट निकै लोभिएका छन् । उनले नेपालविरुद्ध सेमिफाइनल अघि नै सावित्रालाई खतरनाक खेलाडीको उपमा दिइसकेका छन् ।
सन् २०१४ को साफ च्याम्पियन सिपमा भुटानविरुद्धको खेलबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेकी सावित्राले हालसम्म १४ गोल गरेकी छिन् । उनले आफ्नो डेब्यु खेलमै १ गोल गरेकी थिइन् । यसबाहेक १० महिना अघि आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलंकाविरुद्ध २ गोल गरेकी थिइन् ।
२०७१ साल साउनमा एपिएफसँग आवद्ध साबित्राले एपीएफमा हुने नियमित प्रशिक्षण, म्याच एक्सोजर, मेहनतले परिपक्व बनाउँदै लगिन् । पुस २ गते राजधानीमा भएको मलेसियासंगको मैत्रीपूर्ण खेलमा पनि आफूभन्दा २६ स्थान माथिको बलियो राष्ट्र मलेसियालाई हराउने क्रममा साबित्राले नै निर्णायक गोल गरेकी थिइन् ।
नेपालका दुई स्टार स्ट्राइकर अनु लामा र जमुना गुरुङ अनुपस्थित भए पनि उनले राष्ट्रिय टोलीको अग्रपंक्ति राम्रैसँग सम्हालेकी छिन् । ‘यो सबै साथीहरुको सहयोगले सम्भव भएको हो । म एक्लैले कहाँ सबै गर्न सक्थे, भारतविरुद्ध सेमिफाइनल खेलको तयारीमा व्यस्त सावित्राले सेतोपाटीसँग भनिन् ।
सावित्रा भलिबलको पनि राम्री खेलाडी हुन् । उनले सन् २०१४ मा काठमाडौंमा आयोजना भएको राष्ट्रपति रनिङ सिल्डमा पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन् । जुन टोली तेस्रो भएको थियो । भलिबलमा पनि उनी स्पाइकरको रुपमा खेल्थिन् ।
‘भलिबलका कारण सानैमा टिममा बसेर कसरी खेल्नु पर्छ भन्ने चेतनाको विकाश भयो । अहिलेको नतिजा विगतको कारण पनि हुन सक्छ,’ २० वर्षीय एपिएफकी यी स्ट्राइकरले भनिन् ।
सन् २०१३ को दशैंमा धनपोखरामा आयोजना भएको महिला फुटबल प्रतियोगितामा उनको खेलबाट मोहित भएपछि रेफ्री शुक्र लामाले उनलाई एपिएफमा अनुबन्धित गर्न ठूलो योगदान गरेका थिए । ‘आज म यो अवस्थामा आउनमा शुक्र दाईको ठूलो योगदान छ,’ उनले भनिन् ।
 ‘बुवाले सधै जे गर्न मन लाग्छ, धक नमानी गर्नु भन्नु हुन्थ्यो । उहाँले फुटबल खेल्न पनि प्रोत्साहन गर्नुभयो । यही कारण म आज यहाँ उभिएको छु ।’

चलचित्र÷मनोरञ्जन 

नीशाले ‘झ्यानाकुटी’ बनाउने, सौगातसँग वेनिशाको जोडी

एजेन्सी
नायिका नीशा अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘झ्यानाकुटी’ राखिएको छ । नामले नै यो चलचित्र कमेडी बिषयमा बन्न लागेको वुझ्न सकिन्छ । कमेडी साथै रोमान्टिक कथामा चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन घले गाउँमा हुनेछ ।
चलचित्रको छायांकन फाल्गुणबाट सुरु हुनेछ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैैछन् । नायिका निशा अधिकारी चलचित्रमा निर्मातासँगै क्रियटिभ डिरेक्टरको रुपमा रहनेछिन् । निशा र सिमोसको लगानीमा चलचित्र बन्न लागेको हो ।
चलचित्र ‘झ्यानाकुटी’मा निशा आफूले अभिनय नगर्ने बताउँछिन् । यो चलचित्रमा उनले नायिका वेनिशा हमाललाई लिडिङ लेडीको रुपमा अनुवन्धित गरेकी छिन् ।
बुझिए अनुसार, चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा हुनेछन् । सौगात चलचित्र ‘शब्द’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकाले यसको छायांकन केही पर सरेको हो ।
जाडोमा बोल्ड अशिष्मा
काठमाण्डांैमा जाडो बढिरहेको छ । पौष महिनामा त अझ बढी जाडोले सताउँछ । तर, काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अशिष्मा नकर्मीको जाडो खै कहाँ गायब भयो ?
गाउनमा अशिष्मा स्टेज चढिन् र क्याटवाक गरिन् । यतिमात्र होइन, उनले त विभिन्न पोजमा अनलाइनखबरको  क्यामेरामा तस्बिर पनि खिचाइन् । जाडो भएको छैन भन्ने जिज्ञासामा नायिकाले        छोरी मान्छेलाई जाडो हुँदैन भन्ने थाहा छैन भनेर जवाफ दिइन् ।
अशिष्मा चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । यसपछि, उनले राम्रा ब्यानरका केहि चलचित्रमा काम गरिसकेकी छिन् । तर, पनि अशिष्मालाई सफलता सोचे जस्तो मिल्न सकेको छैन ।
उनलाई अहिले दर्शकले ‘फिगर कोकाकोला’ नायिकाको रुपमा चिन्छन् । नेपाली चलचित्रमा प्रतिस्पर्धी नायिकाको सूचीमा यी सुन्दरीलाई पनि पर्छिन् । उनको नयाँ चलचित्र ‘राधे’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । 

लेख 

विघटन उन्मुखः संविधान संशोधनको राजनीति

मुक्ति प्रधान
नेपालका राजनीतिक नेताहरु, राजनीतिक विषयहरु उनीहरुको काबु बाहिर गएका कारणले अब उनीहरुले विवाद संविधान र कानुनी क्षेत्रमा केन्द्रित गरेका छन् । संविधान संशोधन प्रस्तावको विषयमाथि निकै गम्भीर राजनीति गर्न थालेका छन् ।
एमाओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनका लागि आवश्यक सदस्यको गणितीय सङ्या आफ्नो समर्थनमा छैन भन्ने जानी जानी संविधान संशोधनको प्रस्ताव लाने, त्यसको घोर विरोध एमाले अध्यक्ष खड्ग ओलीलगायतका अन्य एमाले नेताले पालैपालो गर्ने । यो गजबको शैली र खेलको मुख्य कारणी मधेसवादी दल चाहिँ टोलाउँदै बस्ने के गर्दा हुन्छ ? उनीहरुलाई अत्तोपत्तो नभएको जस्तो देखिने ।
ठोस निष्कर्षसहित मधेसकेन्द्रित दलले आफ्नो वास्तविक समस्या सत्तारुढ दललाई बुझाउन नसकेको ? वा सत्तारुढ दलले बुझ्न नसकेको ? यो मुख्य अन्तरविरोधमा संविधान संशोधनको विषयले जबरजस्ती मुलुकको राजनीतिक वृत्तमा जटिलता पैदा गरेको छ । संसद अवरुद्ध छ । सरकार दिन प्रतिदिन निष्कृय हुने सङ्केतहरु देखापर्दै गएको छ । सरकार अन्तर्गतका निजामती, जङ्गी र प्रहरी प्रशासन व्यावसायिक चरित्रको कारणले केही महिना त चल्ला तर नयाँ कार्ययोजना सहित यथावस्थामा सरकार अगाडि बढ्न सक्ने अवस्था छैन ।
द्वन्द्वको चरण छुटट्ै भएकाले लगभग शान्ति प्रकृया यता मुलुकले खासै गति लिन सकेको छैन । ८ वर्ष संविधानको मोडालिटीमा मुलुक अकर्मण्यतामा र संविधान जारी भएपछि राज्यको स्वरुपको विषयमा मुलुक फेरि अर्कमण्यताको भुमरीमा फस्न बाध्य भयो । हामीले संविधान संशोधन स्वीकार गर्नै सक्तैनौँ भन्ने एमाले नेतृत्वका दलको भनाइ र छिट्टै सहमति हुन्छ प्याकेजमा भन्ने सत्तारुढ दलका जुहारी नेपाल र नेपाली जनताले सुन्न बाध्य छन् । विषयवस्तु के हो ? जटिलता कहाँबाट तन्किएको छ, समाधान हुने विषय हो होइन ? विषय संविधान संशोधन हो ? कि अरु नै विषयहरुमा केन्द्रित छ ? यस विषयमा गम्भीर विचार विमर्श गर्ने समय आयो कि ? भन्ने कानेखुसी भइरहेको बेला स्व. राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहको वक्तव्यले विषय झन् गम्भीर बनाएको छ । राजनीतिक वृत्तमा छलफल चल्नु स्वभाविकै हो ।
नेपालमा निकै मार्मिक उखान टुक्काहरु प्रचलित छन् । जसमा अहिलेको सन्दर्भमा चर्चा गर्न मिल्ने दुई उखान यहाँहरु समक्ष उद्धृत गर्ने जमर्को गर्दछु । एउटा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने र अर्को ‘मरेको विरोलो च्यापेर ठिमी जाने बाटो कता हो’ ? भन्ने यी दुवै उखान टुक्काले ठिमीतिर लाग्नु भनेको विपरीत दिशामा लागेको सङ्केत गर्दछ । नेपालका नेतागणहरु पनि अब गन्तव्य दिशातिर होइन विपरीत दिशातिर लागेको नेपालको वर्तमान परिदृश्यहरूले सङ्केत मात्र हैन लगभग पक्का भएको देखिन्छ । संविधान जारी भएको लगभग १५ महिना भयो । सबै तहको निर्वाचनको १३ महिनाभित्र गरिसक्नुपर्ने १५ महिना राजनीतिक जुहारीमा बित्यो अब बाँकी १३ महिनामा संविधान बमोजिम स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन कसरी सफल होला ?
अहिले संसदभित्र र बाहिर संविधान संशोधन विषयमा जुन राजनीति गतिरोजको अवस्था सिर्जना भएको छ, यो विषय मात्र फरक छ, नेपालको राजनीतिले यस्तो धेरै गतिरोधहरु पार गरिसकेको छ । यो गतिरोध आकस्मिक नभएर कृत्रिम र जानी बुझी गरेको गतिरोध हो । त्यसैले यसलाई नक्कली गतिरोध पनि भन्न सकिन्छ । सरकारको हैसियत अमुक कम्पनीको भन्दा खस्किएको अवस्थामा छ । नागरिकहरुले कुन अवस्थामा जीवनयापन गरिरहेको छ ? महँगी कति चर्केको छ ? शिक्षा, स्वास्थ र सार्वजनिक यातायात लगायत विदेशिन बाध्य जनताले कसरी आर्थिक क्षेत्र धानेको छ ? नागरिकको दैनिक जीवन र सार्वजनिक सरोकारको विषयमा सरकार तल्लीन र केन्द्रित हुनुपर्नेमा हालका राजनीतिक पार्टीहरु र सरकार जतिखेर, जुनसकै समयमा वैठक, सहमति, असहमति, निकास जस्ता औचित्यहीन जमघट र शब्द ओकल्ने समयको बर्बादी गरिरहेका छन् । यो अवस्थाले मुलुक क्रमशः विघटनको अवस्थातर्फ उन्मुख भएको सहजै आकलन गर्न सकिन्छ । राजनीतिक पार्टीहरु कुनै रचनात्मक एजेन्डामा वैठक बस्न छोडिसके । सरकारले जनसरोकारको विषयहरु छोडिसके, ट्राफिक जाम, लोडसेडिङ, अनसन, सानाभन्दा साना विषयहरु पनि प्रधानमन्त्रीको तहबाट समाधान गर्नुपर्ने अवस्था सिर्जना हुनु नै सरकारी यन्त्रहरु निष्कृय, विघटन र अक्रमण्यताको अवस्थामा पुग्नु हो ।
यस्तो धरातलमा उभिएको लोकतन्त्र, गणतन्त्र, राजननीतिक प्रणाली बालुवाको घरजस्तो हुनु स्वभाविकै छ । अहिले विस्तारै जनता र राजनीतिक पार्टी तीव्र गतिमा अलग र भिन्न हुँदै गएको छ, यो विघटनको पहिलो उदाहरण हो । सीमित आसेपासे कार्यकर्ता र राजनीतिक पार्टीको धाक र रवाफबाट आर्थिक उपार्जन गर्ने केही व्यक्तिहरु बाहेक नेपाली जो मिहिनेती नागरिकहरु छन, राजनीतिबाट वाक्क दिक्क भइरहेका छन् । यो विघटनको अर्को डरलाग्दो खतरापूर्ण सङ्केत र उदाहरण हो । जनताको तहमा कुनै सुविधा र सहुलियत प्रदान नगर्ने राजनीतिक पार्टी र नागरिकप्रति कुनै जिम्मेवारी लिन नसक्ने, सरकार नागरिक सरकार हुनै सक्तैन ।
आफ्नै विपन्न कार्यकर्ता, आर्थिक सहयोग र सेवा गर्न नसक्ने कार्यकर्ता, सबै उत्पीडनबाट ग्रस्त कार्यकर्तालाई अहिलेका जानेमानेका नेताहरुले आफ्नो कार्यकर्ता भनी माया गर्ने हैन चिन्नै छोडिसके । विदेशीहरु र एनजीओसँग बाक्लो सम्बन्ध भएका, ठूलै पोजेरो, ठूला लगानी, व्यापार व्यवसाय सञ्चालन गरिरहेका विषेशगरी सजिलो आर्जनमा लागेकाहरु र नेताले जति रकम मागे पनि नाइँ नभन्ने व्यक्तिहरु विश्वासपत्र र राजनीतिक कार्यकर्ताको परिभाषा भित्र पर्दै गएका छन् । निष्ठाको राजनीति गर्न खोज्ने, इमानदारिता र जनताको हक, हित र स्वार्थ गाँसिएका जनपक्षीय कुरा गर्नेहरु सङ्कीर्ण, पुराना विचार, असक्षम र पार्टीका लागि बोझ ठानिसकेका छन् । जनताको रगतले ल्याएका लोकतन्त्रले मोटाएका, नेता र उनीहरुका परिवारहरुले राज खानदानहरुलाई उछिनिसकेको छन् । यस्तो संस्कार र संस्कृति हुर्केको देशको आन्तरिक पक्ष कति कमजोर छ भन्ने अलिकति अध्ययन गर्ने सबैलाई सहजै जानकारीको विषय बनेको छ । मुलुक विघटनको अर्को उदाहरण हो यो ।
विश्वमा प्रथम विश्वयुद्ध, दोस्रो विश्व युद्ध र तत्पश्चात भएका छिटफुट सङ्घर्षले जनताको हक अधिकारको प्राप्ती र रक्षा मात्र गरेन, उनीहरुले उच्च राजनीतिक संस्कार, सभ्यता, संस्कृतिलाई रक्षा र जगेर्ना गर्ने शिक्षा प्राप्त गरे । १८औं सताब्दीबाट विकास भएको लोककल्याणकारी अवधारणाले विश्वका धेरै विकसित देशलाई यो अहिलेका अवस्थामा पु¥यायो । तर नेपालको सन्दर्भमा २००७ साल यताको परिवर्तनले झनपछि झन अस्तव्यस्त हँुदै जानुुका मुख्य कारण के हो ? राजनीतिक पार्टी र नेताहरुले अब मुख खोल्न जरुरी छ । तिमीहरुलाई कसको बाध्यता छ ? प्रधानमन्त्री र मन्त्रीकै लागि राजनीति गरेको हो भने प्रत्येक महिनामा पालो बाँडेर पालो पु¥याउँदा राम्रो हुन्छ । अन्यथा प्रधानमन्त्री, मन्त्री, कुनै अमुक पार्टीका नेता, वा सभासद भनेर परिचय गर्न पनि लाजै लाग्दो अवस्था तिमीहरुलाई देख्दा नेपाली जनता निरुत्साहित भइसकेको छन् । मुलुक विघटनको यो पनि अर्को गम्भीर सङ्केत हो ।
यो संविधान संशोधनका राजनीति एउटा छट्टु स्यालको कथा जस्तो भएको छ । प्रधानमन्त्रीले तोकिएको अवधि पु¥याउन संशोधन प्रस्ताव ससद्मा छिराउने, अनि एमालेलगायतका असहमत पार्टी र दलले संशोधन इन्कार गरेर विरोध जनाउने यसको परिणाम के हो ? शून्य । संविधान संशोधन नै गर्न नहुने र अनिवार्य रुपमा गर्नै पर्ने यी दुवै विषय अवस्थाजन्य हो । व्यवस्थापिका संसद उमेर कटाउने, समय व्यतित गर्ने, तलब पकाउने थलो होइन ।
संविधान जारी भए यता व्यस्थापिका संसद र सरकारले जनताको दैनिक जीवनलाई सकारात्मक प्रभाव पार्ने कति परिणाममुखी काम दुईजना प्रधानमन्त्री फेरे, लगभग ७० जनाको हाराहारीमा मन्त्री बनाए, जबरजस्ती ७ प्रदेशको घोषणा, पछि सबै घोषणै घोषणामा सरकारले समय बिताए, उदारहणीय कार्य प्रधानमन्त्री खड्ग ओलीले बाधा अडाकाउ फुकाउ संविधान संशेधन, पुष्पकमल दाहाल प्रचण्डको ४ नं प्रदेश बढाउ ५ नं प्रदेश घटाउ संशोधन कार्यक्रमले मुलुकको लोकतान्त्रिक राजनीति घुम्तीनिर भेट भयो । गीतको भाकाजस्तै भयो । संविधान संशोधनको राजनीति । संविधान कार्यान्वयनको राजनीति ।
संविधान संशोधनको विषयलाई राजनीतिक विषयमा प्रवेश गराउनु नै जटिलता उपन्न गर्नु हो । दोस्रो संविधानसभा घोषणामा मुलुकले जुन पीडा भोग्नु पर्यो, खिलराजलाई उभ्याएर चुनाव गराउनुपर्ने अवस्था सिर्जना भयो । अब यो देशमा पुनः अर्को खिलराजको औचित्य पुष्टि गर्न खाजिरहेका छन् । वर्तमान संविधान जारी हुनु नेपाली जनताको महान जित हो । तर यो संविधानलाई जोगाउन सकिएन भने मुलुकले आफ्नो अस्तित्व रक्षा गर्न धौधौ पर्ने छ । हामी त्यो बेला बीर गोर्खालीबाट कायर नेपाली भएर परास्त हुनुपर्ने छ । कुनै अमुक राजनीतिक नेता वा कार्यकर्ता भएर होइन । अहिलको समय विगतको भन्दा धेरै फरक छ ।
हामी कुनै अमुक पार्टी भएर सोच्नुभन्दा लोकतान्त्रिक र स्वाधीन देश नेपालको नागरिक भएर सोच्ने बेला आएको छ । यो मुलुक सबै नेपालीको मुलुक बनाउनुपर्ने अवस्था आएको छ । नेपाल मुलुकका सबै नेपालीहरुको साझा राजनीतिक दस्तावेज संविधानलाई भावनात्मक संस्थागत गर्नु छ । कसैको स्वार्थलाई प्रमाणित गर्ने संविधान मुलुकले चाहेको छैन । मधेस तराईको हक हितको पक्षमा पहाडी खस ब्राह्मणले बोल्नुपर्ने र पहाडमा बस्नेहरुको बारे मधेस तराईमा बसोवास गर्नेले पनि बोल्नुपर्ने नेपालको निमार्ण जरुरी छ । तर यहाँ सीधासीधा हाक्काहाक्की मधेस केन्द्रित दलहरुले मधेसका बारेमा बोल्नु पर्ने र ५ नं. क्षेत्रका जनताले पहाडको बारेमा बोल्नुपर्ने जुन बाध्यता मुलुकमा सिर्जना भएको छ, यसले मुलुकलाई ठीक ठाउँमा लाँदैन । हामी नेपालीहरुको अहिलेसम्मको सहिष्णुता, सद्भाव र पारस्परिकतामा ठूलो आँच फैलिन्छ, समयमै ध्यान दिन जरुरी छ । नेपालीहरु मधेसी, पहाडिया, भित्री मधेसी, हिमाली सबै हौ । हाम्रो देशमा जुन भूगोल छ, त्यो भूगोलमा हुर्केका हामी सबै नेपाली हौ । हामीबीचमा कुनै भेदभाव हुनुहँुदैन, हामी सबैले समान रुपमा राज्यमा प्रतिनिधित्व गर्ने हक हुनुपर्छ । नेपालका सबै धर्महरु नेपाली धर्महरु हुन् । सबै भाषीहरु नेपाली भाषीहरु हुन् ।
नेपालका सबै संस्कृति, प्रथा र परम्परा नेपाली सभ्यता हुन् । यसको जगेर्ना गर्नु, रक्षा गर्नु राज्यको दायित्व हो । तर नेपालमा यी सबै विषयवस्तुगत होइन, भावनामा मात्र सीमित हुन पुग्यो । सगरमाथा हिमाल र गुम्बाहरु, पहाडाका सबै मन्दिरहरु पशुपतिनाथ, बौद्धचैत्य, स्वयम्भू र तराईका जानकी मन्दिर बुद्ध जन्मथलो लुम्बिनी नेपालीको मात्र नभएर विश्व सम्पदाको सूचीकृत नेपालको गौरव हो । नेपाली यिनै धरोहरले परिचित छन् । तर २००७ साल यता नेपालको राजनीति यति तरल सावित भयो, लाखौँ जनताको बलिदानबाट आएको संविधानबाट संविधान निर्माणमा जटिलता, आठ वर्षको अथक प्रयासबाट आएको संविधान लागू गर्न समस्या, अब वर्तमान चरणमा आएर देशै चल्न नदिने समस्याका रुपमा जुन अवस्थामा मुलुक गुज्रिरहेको छ, यो परिदृश्यले मुुलुकलाई पछाडि धकेल्ने प्रवृत्तिहरु फेरि हावी हुन खोजिरहेको छ, यो निकै घातक र नयाँ खिलराजको उदयसहितको प्रतिगमनको सङ्केत हो । संविधान संशोधन सत्तारुढ र प्रतिपक्षको विषय मात्र हैन, संसदको गणितीय विषय मात्र पनि हैन, यो सिङ्गो मुलुकलाई अग्रगमनमा लाने विषय भएकाले संघीय लोकतन्त्रसहितको राष्ट्रिय एकता कायम गर्दै संघीय गणतन्त्रको संस्थागत विकासमा जुटौँ । संविधान संशोधन जस्तो गम्भीर विषयलाई सत्तारुढ र प्रतिपक्षको जुँगाको लडाइँ नबनाऔँ राष्ट्रिय स्वार्थ र स्वाधीनताको पक्षमा संविधान संशोधन प्रकृयालाई अगाडि बढाऔँ देश र जनताको हित यसैमा छ । स्वाधीन नेपालको गौरव र सबै नेपालीहरुको पहिचानसहितको आत्मसम्मान यसैमा छ ।
- राताेपाटी अनलाइनबाट

चेलीलाई छाउगोठ पठाएर मृत्युमा आँसु कहिलेसम्म झार्ने ?

सबिता बिसि
आफ्नै छोरीचेलीलाई छाउगोठमा पठाएर मृत्युको सिकार बनाउने तपाई हाम्रो रहर कि बाध्यता । कति कागजमा हस्ताक्षर गरियो होला है, जिल्लालाई छाउमुक्त बनाउनका लागि । अभियानहरु चल्दा त छोरीचेली घरकै कोठामा पनि सुताईयो होला ।
तर पनि ति सबै नारा र बाचाहरु त सबै कागजमा मात्रै पो सीमित भएछन हेर्नुस त । हिजो हामी नै हैन जिल्लालाई छाउपडी मुक्त बनाउँदा खेरी कुनै पनि छोरीचेलीलाई महिनाबारीका समयमा घरबाहिर सुताउँदैनौ भनेर भन्ने ? तर आज हेर्नुस हाम्रै दिदीबहिनीले महिनाबारी भएर घरबाहिर सुत्दा ज्यान गुमाउनुपरेका तितो यथार्थ त हाम्रै आँखा अगाडी पो घुम्न थाल्यो त ।
एकपल्ट गहिरिएर सोचांै त, हामी कस्तो समाजमा हुर्किरहेका छौँ ? अनि समाजमा कस्तो कुप्रथाको बिकास गराईरहेका छौँ ? संस्कार र संकृतिका नाममा हामीले त आफ्ना छोरीबुहारी अकालमै मृत्युको मुखमा पो पु¥याएका रहेछौँ त ।
प्रसंग जस्तासुकै हुन आखिर महिला र पुरुषलाई यो समाजले एउटै नजरले हेर्न सकेको छैन । बलात्कारका घटना किन बढिरहेका छन् भनेर हिजो बहस चल्दा त छोटो लुगालाई दोष दिने हाम्रो समाजले महिनाबारी हुँदा महिलालाई छाउगोठमा सुताउनु हुँदैन भन्ने कुरालाई कसरी सहर्ष स्वीकार गर्न सक्ला ?
समाजले के भन्ला भन्ने डरले छोरीचेली समयमै घरको ढोकाभित्र पस्नुपर्छ भनेर दबाद दिने परिवारहरु पनि हाम्रै समाजमा छन् । हामीले कहिलेसम्म समाजको डरले छोरीलाई घरभित्रै थन्काएर राख्ने ? यदि हामीलाई समाजको डर लाग्छ भने आउनुस नत समाज परिवर्तन गरौँ । हामी समाज परिवर्तनका लागि भनेर नाराबाजी गर्दैै हिड्न थालेको त वर्षौ अघिदेखि नै होनी । आखीर किन हुन सकेन त समाज परिवर्तन ?
बलात्कार किन बढ्छन् होला भनेर चियागफमा बहस गर्दा नारीको चरित्रलाई दोष दिनेहरुका कारण हाम्रो समाज परिवर्तन हुन सकिरहेको छैन ।
पुसको ४ गते एका बिहानै छाउगोठमै किशोरीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा लेखिएको समाचार पढे । समाचार थियो सुदूरपश्चिमको एउटा जिल्ला अछामको । समाचारका अनुसार छाउपडी मुक्त घोषणा भएको गाविसमै एकजना किशोरीले ज्यान गुमाईछिन् । यता छाउपडी मुक्त घोषणा गरिए पनि २ जना महिलाले पो ज्यान गुमाईसकेछन् ।
अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाले यो समाज र परिवारले छाउपडीमा सुत्न पठाएको समयमा मृत्युको मुखमा पुग्न बाध्य भईन् । गत शनिबार साँझ ६ बजे खाना खाएर घर नजिकैकोे छाउपडी गोठमा सुत्न गएकी रोशनीले आइतबारको बिहान र यो संसार देख्न पाईनन् ।
यसअघि मंसिर ४ गते पनि महिनाबारी भएकै बेला छाउगोठमा बस्दा अछामकै २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । अछाम जिल्लामा मात्रै २०६३ यता छाउपडी कै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको तथ्यांक पनि हाम्रै अगाडी ताजा छ ।
अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमको क्षेत्रमा यस्ता समस्याहरु व्यापक मात्रामा आईरहन्छन् । सरकारले कुनै पनि पहल चालेन भनौ भने वार्षिक रुपमा लाखौँ रकम त खर्चिरहेकै छ, लगानीको मात्रा पनि बढाईरहेको छ ।
एनजिओहरु पुगेनन् भनौं भने पनि नेपालमा अधिकांश एनजिओ तथा आईएनजिओहरु सुदूरपश्चिममै परिचालित छन् । तर पनि छाउगोठहरु किन घट्न सकेनन् त ? यो एउटा बहसको विषय बन्न पुगेको छ । छाउगोठमा मृत अवस्थामा फेला परेकी रोशनी मात्रै होइन छाउगोठमा साँझ सुतेर बिहानी संसार देख्न नपाउने महिलाहरुको तथ्यांक डरलाग्दो अवस्थामा छ ।
यो चिसो पुस महिनाको यस्तो जाडोमा कति पिडा भयो होला ति नारीलाई । हामीलाई शरीरभरी कपडा लगाएर बस्दा त खटाउनै गाह्रोपर्ने यो पुसको जाडो । काठ र परालले बेरेर छाउगोठ नाम दिइएको उक्त स्थानमा बस्दा ति नारीलाई कति पिडा हुँदो हो ? सौचौ त ? समाजका लागि भनेर हामीले कहिलेसम्म आफ्ना                  छोरीचेलीलाई छाउगोठमा बस्न बाध्य बनाईरहने ?
मैले संस्कार र संस्कृतिलाई चटक्कै भुलेर महिनाबारी हुँदा महिलालाई पहिलै बसिरहेकै स्थानमा बसालौ भन्न खोजेको होईन । तर संस्कार संस्कृतिलाई परिवर्तन गरेर महिनाबारी भएकै कारण महिलाहरुलाई घरबाट छुट्टै गोठमा सुताउने परम्परालाई सुधार गर्दै लैजाउ भनेको  हो । छाउपडी गोठमा महिनाबारी भएर चार रात बिताएपछि पाँचांै दिनमा मात्र घर फर्काउने कुप्रथा हामीले समाजमा कहिलेसम्म कायम राख्ने ?
सुदूरपश्चिमका जिल्लाहरुलाई छाउपडी मुक्त बनाउने समयमा जस्तै रोशनी र डम्बराले ज्यान गुमाउनु भन्दा अघिल्ला दिनहरुमा पनि अनुगमन भएको भए उनीहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामी कहाँ आउने थिएन होला ।
जबसम्म एजिओ र आईएनजिओहरु गाउँमा रहिरहन्छन तबसम्म कुनै पनि घरमा छाउगोठ हुँदैनन् अनि प्रत्येक घरका छोरीहरुका मन खुसीले हास्न थाल्छन् । तर जब एनजिओहरुले आफ्ना अभियानहरु सक्छन, उनीहरुलाई डलरको खडेरी पर्छ । तब छाउगोठमा बस्नुपर्ने बाध्यताहरुले छोरीचेलीको मनमा चिसो हावा पस्न थाल्छ ।
त्यो कालो रात, आफ्नै आमाबुबाले पठाएको त्यो छाउगोठको बास, कमजोरी अवस्था अनि अन्य समयको भन्दा खानपानमा पनि ध्यान दिनुपर्ने अवस्था, ओहो कस्तो कस्तो भोग्न परेको होला भन्दै आफ्नो जुनीलाई नै धिक्कार्न मन लाग्दो हो । ति छोरीलाई जसले, त्यो छाउगोठमा बसेर बाआमाको निर्देशन पालना गर्दै आज्ञाकारी छोरी बनिरहेकी छन् ।
-पश्चिम नेपाल डटकमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१) पहिलो वातावरण सम्बन्धी सम्मेलन कहाँ र कहिले भएको थियो ? 
                                               — १९७२ जुन ५–१६, स्वीडेनको स्टकहोममा
२) चौधौं योजना (२०७३÷७४(२०७५÷७६)को आधारपत्र अनुसार २०७५÷७६ सम्म कति विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ?                                             — २,२७९ मे.वा.
३) चिपको आन्दोलन के सँग सम्बन्धित छ ?                                       — वन संरक्षण 
४) ऋक्ष्त्भ्क् को मूख्यालय का  रहेको छ ?                                   —वासिङ्गटन डि.सी. 
५) नेपाल र चिन बिच पारवाहन सम्झौतामा कहिले हस्ताक्षर भयो?           —सन् २०१६ मार्च २६
६) प्रदेश प्रमुखको नियुक्ति कोबाट हुने व्यवस्था रहेको छ ?                            —राष्ट्रपति
७) कुन जिल्लालाई चुरेक्षेत्रले ठिक दुई भागमा विभाजन गरेको छ?                     —नवलपरासी
८) चम्पा कुन देशको पुरानो नाम हो ?                                            —भियतनाम 
९) नेपालको संविधान(२०७२)को मस्यौदा समितिका संयोजकको रहेका थिए ?    —कृष्णप्रसाद सिटौला
१०) अरुण नदीको पौराणिक नाम महाप्रभा  हो भने मस्र्याङ्दी नदीको पौराणिक नाम के थियो ?                                          
                                                                            —शितप्रभा
११) नेपालले श्रम सम्झौता गरेको पहिलो मुलुक कुन हो ?                               —कतार
१२) नेपालबाट लोप भइ सकेको भनिएको सिरीगाई कुन जिल्लामा फेला परेको छ ?        — ताप्लेजुङ्ग
१३) नेपालको पहिलो इको सिटी(भ्अय अष्तथ) कुन हो ?                         —चितवनको माडी
१४) अन्तराष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?                                —जनवरी २६
१५) वरिष्ट सँगितकार अम्बर गुरुङ्गको निधन कहिले भएको थियो ?            —वि.स.२०७३ जेठ २५
१६) साउदी अरबको मक्कामा हजयात्रीहरुको भागदौड मच्चिदा ७६९ जनाको मृत्यु हुने गरी दुखद घटना कहिले घटेको थियो?                                       —सन् २०१५ सेप्टेम्बर २४
१७) कृषि विकास मन्त्रालयले हेलो किसान कार्याक्रम (किसान कल सेन्टर) को सुरुवात कहिले देखि गरेको थियो ?                                                   —वि.स.२०७२ फागुन १६   
१८) परिबन्दमा १५ बर्ष कसको कृति हो ?                                      —गोविन्द मैनाली
१९) नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायु सेवा कम्पनीको संख्या कति रहेको छ ?        —२८ ओटा
२०) राहुघाट जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ  ?                                —म्याग्दी
२१) नेपालको राष्टूपतिको लागि उम्मेद्धार हुन कम्तिमा कति उमेर पुगेको हुनु पर्दछ ?       —४५ बर्ष 
२२) बैंक अफ द एयर, २०१५ को अवार्ड कुन बैंकले हात पारेको छ ?        —स्ट्याण्डर्ड चार्टर्ड बैंक
२३) नेपालमा विद्युतीय शवदाह गृहको सुरुवात कहिले देखि भएको हो  ?           —२०७३ माघ १० 
२४) जाजुरा दह कुन जिल्लामा पर्दछ ?                                                 —सुर्खेत
२५) रसियाको मुद्रालाई के भनिन्छ ?                                                   —रुबल
२६) भरतपुर कुन नदीको किनारमा अवस्थित छ ?                                    —नारायणी
२७) सिरुवा पर्व कुन जाति सँग सम्बन्धित छ ?                                      —राजवंशी
२८) फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजाको थिए ?                                —लुई सोह्रौ 
२९) वाफबाट चल्ने मेसिनको आबिष्कार कसले गरेका हुन् ?                           — जेम्सवाट
३०) सियार जातिको मुल बसोबास कुन जिल्लामा रहेको छ  ?                            —गोरखा
३१) मानव शरिरमा कति प्रतिशत प्रोटीन रहेको हुन्छ ?                                   —२०
३२) थोमस एल्वा एडिसनको जन्म कुन देशमा भएको थियो ?                      —America
३३) औलो ज्वरो (ःबष्चिष्ब) कुन जिवाणुको कारणले लाग्दछ ?              —Plasmodium
३४) ःब्ल् को पुरा रुप के हो ?                      —Metropolitan Area Network
३५) भाइरस सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ  ?                    —Virology
३६) गैंडाको औसत गर्भाधारण अवधि कति दिनको हुन्छ  ?                           —४५० दिन
३७) चिनमा एसियन इन्फ्राइस्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (ब्क्ष्क्ष्द्य)को स्थापना कहिले भएको हो ?                             
                                                                     —सन् २०१५ जुलाइ २९
बौद्धिक परीक्षण खण्ड
३८) यदि CIGARETTE शब्दलाई  GICERAETT ले कोड गरिन्छ भने DIRECTION लाई कसरी कोड गरिन्छ ?
A) RIDTCENOI        B) NORTECD       C) NOIETCRID        D) IRDCTIONE
३९) दिइएको श्रेणीमा प्रश्न चिन्ह(?) राखिएको ठाउँमा के हुन्छ ?
H, I, K, N, ?
A) O                B) Q                  C) R                     D) S
४०) यदि थ्, ह् भन्दा २५५ कम हो भने , थ् भन्दा ह् कति प्रतिशतले बढी होला ?
A. १६             B. २२.२२              C. २५              D. ३३.३३
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
मिति  २०७३ साल पौष १२ गते मंगलबारको बिम्ब नेपाली साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
  ३८) D                   ३९) B                            ४०) B

साहित्य÷सृजना 

कबिता

ओ घाम 
अब तिमी नउदाई दिनु
ए जुन ... तिमी पनि अब नमुस्काई दिनु ।
उ हिडिसकी मदेखि धेरै टाढा 
ए पानी .......तिमी नबगिदिनु यसरी अब ।
हावा तिमी पनि नडुलिदिनु । 
र फूलहरु तिमी यसरी अब नफुलीदिनु ।
किनकी उ यहाँबाट गैसकेकी छ ।
नफर्किने गरी उ हिडिसकेकी छ यो ठाउँबाट
फूल्न त उ पनि फुलेकी थिई
चल्न त उ पनि चलेकी थिई हावा जस्तै बहेकी थिई ।
बग्न त नदी जस्तै बगेकी थिई 
जुन जस्तै मुस्काएकी 
र घाम भन्दा पनि तेज भएर उदाएकी थिई कुनै दिन ।
अब सब थोक टक्क अडिनु
वर्षौदेखिको ढुंगा जस्तो भएर मौन बस्नु
स्थिर रहनु ।
बरु ढुंगैढुंगाको एउटा बगर बन्नु ।
नबिन अभिलाषी
घोराही, दाङ्ग

पुर्नजन्म

तिम्रो आँखाबाट बगेका आँसुहरु देखेर 
म कुनै काँडाहरुमा अल्झिन नसक्ने भएको छु ।
डाम छ निलो यो छातीमा 
तिमीले हानेको अविस्वासको छुरा यतै छ खिया लागेको 
रगतका टाटाहरु छन मेरो सिरानीमा ।
मेरो स्पन्दनको भित्ताबाट उप्किए
तिम्रो अब्स्टयाक्ट अनुहारका पुराना पेटिंगहरु,
मधुरा मधुरा बने गीतहरु 
र फूलहरु खसे ।
अन्तिम पटक 
म तिमीलाई जवरजस्त सम्झेँ र रोए
उस्तै सम्झेँ र हाँसे ।
मेटेर रहरको ईरेजरले दुःखका अनेक चित्रहरु
म आज आफुलाई पुरै सादा बनाई दिए । 
–बेनामी

प्रदेशी जीवन

कति पीडा खेप्दै जानु, चोटहरु लाएर 
कति बस्नु पर्देशमा आँसु बगाएर ।।
कमाई छैन प्रदेशमा बेरोजगारी बढे पछि 
प्रदेशमा जानु प¥यो आँसु बगाएर ।।
फ्रकिएर बिचबाटोमा आँसु पुछ्दै हिड्नु पर्ने 
प्रदेशमा सुख छैन पसिना बगाएर ।।
जानु प¥यो प्रदेशमा घरको माया मारी 
सजाएका सुन्दर सपना, लग्यो आज बगाएर ।।
मायालु मिलन वि.क 
कलेना गा.बि.स.–३, डोटी

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

हार्दिक बधाई

अखिल क्रान्तिकारी डोटीको सातौं अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा क.बीर बहादुर थापालाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
       प्रो. रुपक थापा 
जोरायल फोटो स्टुडियो, सिलगढी डोटी