Monday, January 9, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष २६ गते मंगलबार ।

आफ्नै देशमा सिप सिकौं । रोजगार बनौं । राष्ट्रिय पुननिर्माणमा सहभागी होऔं ।
भूकम्पबाट क्षति भएका घर बनाउन पाएको अनुदानको रकम घर निर्माणमा मात्र खर्च गरौं ।
म निर्माण व्यवसायी, गुणस्तरीय निर्माण मेरो जिम्मेवारी ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

नियम बिपरित योजना छनौट 

१० लाख भन्दा कम रकमका २६ योजना

डोटी जिलामा आर्थिक वर्ष २०७३÷०७४ का लागि बिनियोजन गरिएको निर्वाचन  क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर–गतको रकम नियमावली बिपरित बितरण गरिएको पाईएको छ । 
निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावली, २०७१ (संसोधन सहित २०७३) अनुसार उक्त शिर्षकका योजनाहरु वनाउँदा गर्दा १० लाख भन्दा कम रकम योजना छनौट गर्न नपाईने व्यवस्था गरिएको छ । डोटीमा भने १० लाख भन्दा कम रकमका २६ योजनाहरु छनौट गरिएका  छन । 
सांसदहरुले संसदमै बिरोध गरेर जवरजस्ती रकम बिनियोजन गर्न लगाएको उक्त कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड रुपैयाँ छुट्याईएको थियो । नियमावली अनुसार उक्त रकम बिनियोजन गर्नका लागि सम्वन्धित निर्वाचन क्षेत्रबाट प्रत्येक्ष निर्वाचित सांसद संयोजक रहने गरी समिति वनाईएको छ । सो समितिले रकम बिनियोजन गर्दा नियमावलीको मापदण्ड मिचिने गरी बिनियोजन गरेको पाईएको हो । 
जिल्ला बिकास समिति डोटीले आफ्नो वेवसाईटमार्फत सार्वजनिक गरेको योजना बिवरण अनुसार डोटी क्षेत्र–१ मा ८ र क्षेत्र–२ मा १८ योजनाहरुमा तोकिएको १० लाख भन्दा कम   रकम बिनियोजन गरेको देखाएको छ । संसोधित नियमावलीको नियम ५(११) अनुसार १० लाख भन्दा कम रकमको योजना छनौट गर्न नपाईने व्यवस्था गरिएको छ । क्षेत्र–२ मा एक लाख रुपैयाँसम्मका योजना वनाईएको छ भने क्षेत्र–१ मा दुई लाख ५० हजार सम्मका । 
यस्तै नियमावलीले एक निर्वाचन क्षेत्रमा २५ भन्दा बढी योजना वनाउन नपाईने प्रष्ट व्यवस्था गरेको भएपनि डोटी क्षेत्र–१ मा ३२ र क्षेत्र–२ मा ३५ योजना छनौट गरिएको छ । यस्तै नियमावलीको नियम ६ को आसय अनुसार तालिम गोष्ठी शिर्षकमा बजेट बिनियोजन गर्न मिल्ने देखिदैन तर क्षेत्र–१ को बजेटबाट डोटी दिपायल सिलगढी नगर–पालिका वडा नंं ३ र ४ मा सीप बिकास तालिम सञ्चालन गर्नका लागि दुई लाख ५० हजार बिनियोजित गरिईएको पाईएको छ । क्षेत्र–२ को १५ लाख रुपैयाँ शिबजी मुर्ति निर्माण र पाँच लाख रुपैयाँ देवताको भराड निर्माणमा बिनियोजन गरिएको छ । यि शिर्षकहरुमा पनि बजेट बिनियोजन गर्ने व्यवस्था नियमावलीमा छैन ।
निर्वाचन क्षेत्र बिकास कार्यक्रममा पनि उस्तै मनोमानी 
सांसदहरुले आफु खुशी योजना वनाउन पाउने रकममा पनि उस्तै मनोमानी देखिएको छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावली २०५८ (संसोधन सहित) अनुसार एक सांसदले २० भन्दा बढी योजना वनाउन नपाईने व्यवस्था गरेको भएपनि समानुपातिक सांसद भरतवहादुर खड्काले २७ योजना सिफारिस गरि पठाएका छन । 
यस्तै डोटी जिल्ला निर्वाचन क्षेत्र–१ का सांसद बिरवहादुर बलायरले २८ योजना र राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक सांसद मीना पुनले २१ योजना छानेका छन । सांसद पुनले डोटी जिल्लामा रकम बिनियोजन गर्ने योजना वनाएकी छन । क्षेत्र–२ का निर्वाचित सांसद प्रेमवहादुर आले र समानुपातिक सांसद गौरी ओलीले २०÷२० योजना सिफारिस गरेका छन । अर्का समानुपातिक सांसद कल्पना सोबले १९ योजना छनौट गरि पठाएको जिबिस डोटीको वेवसाईटमा छ । 
नियमावली अनुसार एक लाख भन्दा तलका योजना वनाउन नपाईने व्यवस्था भएपनि सांसद बलायरले चार योजना एक लाख भन्दा मुनीका छनौट गरि पठाएको देखिएको छ । सांसद खड्का र ओलीले गैर सरकारी संस्थालाई कार्यक्रम गर्नका लागि बजेट बिनियोजन गरेका छन । 
जनताका प्रतिनिधि भएर देशको कानुन वनाउने जिम्मेबारी पाएका सांसदहरुबाटै कानुन बिपरित योजना छनौट हुन्छ भने ति सांसदहरुले वनाएको कानुन कसले कार्यान्वयन गर्ने भन्ने प्रश्न उठेको छ । जनप्रतिनिधि–हरुले नियम बिपरित गरेको मनोमानीका बिषयमा कुनै निकायले छानबिन गर्न सक्ला !

सम्पादकीय 

संसदबाटै कानुनको उपहास, को ले छानबिन गर्ने ?

निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम र निर्वाचन क्षेत्र बिकास कार्यक्रम दुई छुट्टाछुट्टै कार्यक्रमहरु भएपनि सरकारले सांसदहरुलाई मनोमानी गर्नका लागि उक्त बजेट बिनियोजन गर्ने गरेको छ । दुवै कार्यक्रमका लागि दुई छुट्टाछुट्टै नियमावली पनि बनाइएका छन तर नि नियमावलीहरुमा भएको व्यवस्था अनुसार त्यो शिर्षकका आयोजनाहरु नियमावली अनुसार नभई सांसदको आदेश अनुसार हुन्छन । 
डोटीमा पनि त्यस्तै भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम (सञ्चालन कार्यबिधि) नियमावलीले १० लाख भन्दा कम  रकमका योजनाहरु वनाउन नमिल्ने व्यवस्था गरेको छ तर डोटीमा एक होईन, दुई होईन, २८ योजनाहरु उक्त नियमावलीको बिरुद्धमा अर्थात १० लाख भन्दा कम रकममा छुट्याईएको छ । यो के कानुनको उपहास होईन र ? यस्तै उक्त नियमावलीले एक निर्वाचन क्षेत्रमा २५ वटा योजनाहरु भन्दा बढी छान्न नपाईने व्यवस्था गरेको छ तर डोटी क्षेत्र–१ मा ३२ र क्षेत्र–३५ योजनाहरु बिनियोजनगरिएको छ, के यो कानुनको उपहास होईन ? 
त्यसै गरेर निर्वाचन क्षेत्र बिकास कार्यक्रमको रकम पनि मन मर्जीले खर्च गरेको देखिएको छ । आफ्ना नजिकका गैससकर्मीहरुलाई दिने अनि बाँडीचुँडी खाने खालको कार्यक्रम वनाईएको छ । तोकिएको संख्या भन्दा बढी र तोकिएको रकम भन्दा कमका योजना वनाउने   रोग यस कार्यक्रममा पनि देखिएको छ ।
हुन त सांसदहरुले जवरजस्ती बजेट हाल्न अर्थमन्त्रीलाई दवाव दिएर यो कार्यक्रम आएको हो । यसमा उनीहरुको चाहानानै कार्यकर्ता पाल्ने र भविश्यमा फेरी चुनाव जित्ने बातावरण बनाउने घोषित उद्देश्यनै हो तर पनि जनताका लागि कानुन वनाउँछु भनेर जनताको प्रतिनिधित्व गर्दै संबिधानसभा हुँदै संसदमा पुगेका सांसदहरुने कानुन मिच्ने दुस्साहस गर्छन भने त्यसको परिणाम के होला ? 
बिगतमा बितरण गरिएको रकम, बनाईएका योजनाहरुबाट के उपलव्धी भयो ? कसले अनुगमन ग¥यो ? यो कार्यक्रम आवश्यक हो कि होईन भन्ने कुराको कुनै वास्ता नगरि बर्षेनी रकम मात्रै दुगुणा गर्दै जाने परिपाटीले भ्रष्ट सरकार र भ्रष्ट जनप्रतिनिधिहरुको चरित्र प्रष्ट भएको देखिएको छ । योजनाहरुको प्रकृति हेर्दा सडक निर्माणमा बढी बिनियोजन भएका छन । सडक योजना निर्माण गर्न सवै भन्दा सजिलो रहेछ । मेसिन लगेर दुई दिन धुलो उडायो लाखौं को योजना पच ग¥यो अर्को बर्खा आउँदासम्म खोलाले बगाईसक्छ त्यसपछि   गरेको काम देखाउने झण्झट पनि हुँदैन । यस्तैमा तल्लिन छन हाम्रा जनप्रतिनिधिहरु र तिनका आदरणीय कार्यकर्ताहरु । 
अहिले सामाजिक सञ्जालमा पनि ‘फलानो सांसदले हालिदिएको रकमबाट फलनो सडक निर्माण हुँदै, धन्यवाद सांसद ज्यूलाई’ भन्दै केही हनुमानहरुले मेसिनको फोटो सहित पोष्ट गरेको देखिन्छ तर त्यो योजनाले वास्तविक रुपमा त्यहाँका सर्वसाधारण जनतालाई लाभ पु¥याईरहेको छ वा सांसद महोदयहरु र सांसद महोदयहरुका हनुमानलाई मात्रै, यसको खोजी गर्ने त सायद कोही निकाय छैन । त्यसै पनि सांसदहरुले बितरण गरेको योजनामा प्रश्न उठाउने हिम्मत कस्ले पो गर्ला र ? 
हुन त नेपालमा भ्रष्टाचार निवारण गर्नका लागि बिभिन्न संयन्त्रहरु वनाईएका छन । तर ति संयन्त्रहरुको पनि आएका उजुरीहरु गन्दै दिन बित्ने बाहेक अरु केही हुँदैन । तिनै कर्मचारी भ्रष्टाचार गर्ने अनि तिनै कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर अख्तियार दुरुपयोगको अनुसन्धान गर्ने भनेपछि कति राम्रो तरिकाले अनुसन्धान गर्लान् । त्यसमाथी सांसदहरुका योजनामा हात हाल्यो भने फेरी सरुवा भईने र अतिरिक्त भत्ता पनि छुट्ने डर छ । चाकरी र कृपामा बाँचेको हाम्रो संयन्त्रको अवस्था यस्तै छ । 

थप समाचार 

सरकार बिदेशीको ईसारामा चलेको आरोप

झलक पाली÷सिलगढी
     पुष २५
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले बर्तमान सरकार बिदेशीको ईसारामा चलेको आरोप लगाएका छन । 
उपाध्यक्ष रावलले अंगिकृत नागरिकता भएकालाई देशको मुख्य पदहरुमा जिम्मेवारी दिने, विदेशीका इशारामा चल्ने, सदनमा कुर्सी तोडफोड गर्ने, विभिन्न संरचना ध्वस्त पार्नेहरुले संसदीय व्यवस्थाको अपमान गरेकाले माओवादी केन्द्र र काँग्रेस संसदीय व्यवस्था विरोधी भएको समेत आरोप लगाए ।
गृह जिल्ला अछाम जाने क्रममा सोमबार एमाले डोटीले आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि जन   परिचालन अभियान २०७३’ को समिक्षा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । 
आईतबार संसदमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने क्रममा एमालेका सबै सांसदहरुले विरोध जनाउँदै गर्दा पनि संशोधन प्रस्ताव टेबल गराउनु संसदीय अभ्यास र संसदीय नियम विपरित भएको उनले बताए । रावलले भने ‘दुइ जनाले उठेर विरोध गरे पनि संसद अवरुद्ध हुन्छ, तर एमालेका सबै सांसदहरुले एकमुष्ट उठेर विरोध जनाउँदा पनि सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव अगाडी बढाउनु संसदीय नियमावली र मान्यता विपरित हो । 
मधेशी मोर्चाका माग पूरा गर्ने नाममा काँग्रेस र माओवादी दिल्लीमा पुगेर संविधान संशोधनका योजना बनाउने र संविधानमा कुन–कुन विषय सच्याउँने भन्दै मधेशवादी दलहरु भारतीय राज दुतावास धाउने गरेको एमाले नेता रावलले बताए । उनले थपे ‘माओवादी केन्द्र र काँग्रेसले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाएका मधेशवादी दलहरुसँग घाँटी जोडेकाले माओवादी, काँग्रेसले सोहि संविधान बमोजिम नैतिक रुपमा पनि सरकारमा बसेर पद सम्हाल्न मिल्दैन ।’
संविधान संशोधनका नाममा काँग्रेस माओवादीले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डतामाथि नकारात्मक असर पारेको रावलले बताए । यस विषयमा नेकपा एमाललेले विरोध जनाएको र आगामी दिनमा आन्दोलित हुने भन्दै जिल्ला तहमा समेत आन्दोलनका लागि तयार रहन निर्देशन दिए ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संसदीय व्यवस्थाको खिल्ली उडाएकाले उनीहरुले संसदीय व्यवस्थाको दुहाई गर्ने नैतिकता गुमाएको रावलले आरोप लगाए ।

फेरी सुरु भयो डोटीमा हाटबजार

एक पटक हाट बजारका लागि गरिएको अभ्यास असफल भएको झण्डै एक दशकपछि   फेरी डोटीका दुई ठाउँमा हाट बजारको सुरुवात भएको छ ।
गत शनिवार जिल्ला सद–रमुकाम सिलगढीको स्थानीय टुँडीखेलमा र सोमवार क्षेत्रीय सद–रमुकाम राजपुरको खेल मैदानमा हाट बजार सञ्चालन हुने गरि उद्घाटन गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहल र जिल्ला कृषि बिकास कार्यालय डोटीको अगुवाई र बिभिन्न सरकारी, गैर सरकारी र नीजि क्षेत्रको समेत सक्रिय सहभागितामा हाट बजारको सुरुवात गरिएको छ ।  जिल्लामा उत्पादित कृषि सामाग्रीहरु कृषकका लागि बेचबिखन गर्न टेवा पु¥याउने  उद्देश्यले जिल्ला कृषि हाटबजार सुरु गरिएको हो ।
 शनिबार सुरु गरिएको हाटबजार अब प्रत्येक साताको शनिबार सिलगढीमा र प्रत्येक साताको बुधबार दिपायलको राजपुरमा सञ्चालन हुने जिल्ला कृषि बिकास कार्यालय डोटीका कार्यालय प्रमुख डा.तपेन्द्र शाहले जानकारी दिए । 
शनिवार जिल्ला सदर–मुकाम सिलगढीमा सुरु गरिएको हाटबजार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले हाटबजार सुरु गर्दा कृषकहरुले आफ्ना उत्पादन गरेका बस्तुहरु सहजै बिक्री गर्न पाउँनु कृषकहरुका लागि राम्रो अवसर सृजना हुने वताए । ‘अब कृषकहरुले टोलटोलमा गएर आफ्ना उत्पादन बस्तु बेच्नु   पर्दैन’ प्रमुख जिल्ला अधिकारी शर्माले भने ‘निश्चित ठाउँमा उत्पादन बस्तु राखेर बेचबिखन गर्न पाउनु कृषि पेशा र कृषक हरुको मनोभावमा थप टेवा पुग्छ ।’
सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले भने, ‘हाम्रो चाँसो र सबै सरोकारवाला निकायको सहयोगले हाटबजार सञ्चालन गरेका छौं ।’ जोशीले यो त एउटा सुरुवाती मात्र हो । यसलाई निरन्तर दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।’ कृषकहरुलाईले पनि तोकिएको दिनमा उत्पादन गरिएका बस्तुहरु हाटबजारमा ल्याउने र उपभोक्ताहरुले पनि  खरिद ग¥यो भने हाटबजार         निरन्तर चल्ने उनको बिश्वास  छ ।
हाटबजारलाई निरन्तर दिनु हामी सबैको दायित्व हो । बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले भने, ‘सिलगढीमा हाटबजार सञ्चालन भएको थियो, खै कसरी बन्द भयो ? भन्ने नहोस ।’ यसलाई निरन्तरता दिनका लागि कृषक, आम उपभोक्ता र सरोकारहरुले चाँसो दिनुपर्ने शाहले बताए ।
यस अघि २०६२ सालमा दिपायल सिलगढी नगरपालिकाको प्रयासमा स्थानीय टुँडीखेल र दिपायल एयरपोर्ट बजारमा पनि हाट बजार सञ्चालन भएका थिए । नगरपालिकाले संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम       (युनडिपी) को सहयोगमा सञ्चालन गरेको गाउँ नगर साझेदारी कार्यक्रम (रुप) अन्तरगत सञ्चालन गरेको हाट बजार केही दिनमै वन्द भएको थियो । 
कृषकहरुले आफ्ना उत्पादन नियमित रुपमा हाट बजारमा ल्याए मात्रै हाट बजार निरन्तर हुन सक्ने कृषक समूह महासंघ डोटीका अध्यक्ष भरत वोहरा वताउँछ । उनी भन्छन् ‘कृषकहरुले उत्पादनमा बृद्धि गर्नु पर्छ र अन्य सरोकारवाला निकायहरुले पनि कृषकहरुलाई सहयोग गर्नु पर्छ ।

छाउँगोठ मुक्त हुन सकेन कलेना

भूमिराज जोशी÷डोटी
      पुष २५
कलेना गाबिस –१ की धना साउँद  महिनाबारी हुँदा देउताको डरले पाँच दिनसम्म छाउगोठ मै बस्छिन् । उनको छाउगोठ घरभन्दा करिब सय मिटर जति टाढा छ । छाउगोठको वरिपरी फोहोरै फोहोरको डङ्गुर देखिन्छ । पछाडीतिर पुरै सिस्नाको जंगल छ । 
महिनाबारी हुँदा प्रायः छाउगोठमा उनले एक्लै बस्नु  पर्छ । गोठको ढोका छैन । पानी परेको बेला पानी पनि भित्रै  आउँछ । गोठ जीर्ण अवस्थाको छ, कतिखेर भत्कीने हो थाहा   छैन । महिनाबारी भएको बेला कसरी पाँच दिन काट्ने ? भनेर धनाको मनमा चिसो पसी रहन्छ । धना भन्छिन, ‘त्यो समयमा त प्रायः निन्द्रा नै लाग्दैन । निन्द्रा लागिहालेमा अनेक किसिममा  नराम्रा सपनाहरुले तर्साइरहन्छ ।’
महिनाबारी भएको पाँच दिनसम्म त घरको दैलो पनि छुनुहुदैन । केही गरी छोइहालेमा करिब ३÷४ दिनसम्म ब्रत बसेर पुजाआजा गरी पाप काट्नुपर्छ । त्यसो नगरे देवता रिसाउँछन र कहिल्यै राम्रो हुँदैन ।
‘पाँच दिनसम्म ज्यूँत्यु गरेर रातहरु काट्नु पर्छ । त्यसपछि मात्र घरभित्र पस्ने अनुमति दिन्छन् हाम्रा परिवार रदेवताहरुले ।’ धनाले भनिन, ‘बर्षायाममा त झनै कठिन हुन्छ । भगवानले पनि किन हामीलाई यस्तो पीडा दिएको भनेर भगवानलाई नै गाली गर्छु ।’ बिम्ब नेपाली साप्ताहिक संग पीडै पीडाको मुस्कान छोड्दै भनिन । 
यो ठाउँमा कुनै निकायले छाउगडीबारे जनचेतना फैलाएका छैनन् भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘सल्लाह सुझाब त धेरैले दिएका छन । महिलालाई बोलाएर बैठक बस्छ । त्यो बैठकमा हाम्रा समस्या र उहाँका सुझाबहरु साँटासाँट हुन्छन । फेरी घरमा आएर परिवारले मान्दैनन् । देवताकै कुरा गर्छन ।’
कलेना गाबिस–३ की नर्मा बिकको पनि त्यस्तै समस्या छ । महिनाबारी भएको बेला जंगलमा बसे जस्तै हुन्छ । उनले भनिन, ‘हामी त्यो बेला सबै कुराबाट ठगिन्छौं । खाना पनि मिठो कुराहरु खानुहुन्न । प्रायः खाली नुनसंग आहारा निल्नुपर्छ ।  बस्नेबेलामा अँध्यारा गोठहरुमा बस्नुपर्छ । धन्ने ज्यान जोगिन्छ ।’
नर्माले भनिन्, आजभोली भन्दा बर्खायाममा त सबैबाट टाढा भएर जोगिनु पर्छ, गाइभैसीको गोठ पनि छुनु हुँदैन । तरकारीका लहराहरु छोइएपनि आफन्तहरुले गाली गर्छन कुहिन्छन भनेर ।’ नुहाइधुवाइ गर्दा पनि अरुले नुहाइधुवाइ गर्ने धारोबाट बगेको फोहोर पानीले नुहाउनु पर्ने वा खोलाको फोहोर पानीले नुहाउनु पर्ने बाध्यता हुन्छ ।
महिनाबारी हुँदाको समस्या धना र नर्माको मात्र होइन कलेना गाबिसका बढीजसो महिलाहरुको  नै छ । यसमा सबै सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।  

प्राबिधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सब लाग्ने

डोटी बहुमुखी क्याम्पस सिलगढीमा प्राबिधिक शिक्षा सञ्चालनका लागि धार्मिक महोत्सब लाग्ने भएको छ ।
चैत्र १६ देखि २४ गतेसम्म लाग्ने मेला श्री शैलेश्वरी धार्मिक महोत्सब २०७३ को नामले नामाकरण गरिएको छ । बिहिबार पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराइएको हो । सुदूरपश्चिमकै पुरानो आंगिक क्याम्पसमा ०१७ सालमा स्थापना भइ हालसम्म मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन गरी तीनवटा संकायहरुमा स्नातक तहका संकायहरु पठनपाठन सञ्चालनमा आएको र त्यस अलवा मानबिकी तर्फ नेपाली र समाजशास्त्र गरी दुई बिषयहरुमा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा आएको  बताइएको छ ।
‘पछिल्लो समयमा जिल्लाको ठाउठाउँमा क्याम्पसहरु खोली सकेका छन । बिद्यार्थीहरुको चाप पनि घट्दो क्रममा छ ।’ डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले भने, ‘अब प्राबिधिक शिक्षा सञ्चालन गर्न अति आवश्यक भएको छ । त्यसका लागि आर्थिक जुटाउनु पर्ने हुँदा धार्मिक महोत्सब सञ्चालन गर्ने योजना बनाएका हौं ।’ क्याम्पस प्रमुख कठायतले भने, ‘हामीले “कुलतको निवारण, सत्य सनातन धर्मको वास्तविक जागरण” भन्ने मुल नारा लिइ क्याम्पसको पनि शैक्षिक विकासमा टेवा पु¥याउने र प्रसिद्ध शैलेश्वरी मन्दिरको पनि बिकास गर्ने हेतूले महोत्सब कार्यक्रम गर्ने भएका  हाैं ।’ 
दिपायल सिलगढी नगरपालिकाका भूतपूर्व मेयर पूर्णराज जोशीको अध्यक्षतामा १५ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अन्तर्राष्ट्रिय भक्तियोग फाउण्डेसनसँग भएको समझदारी गरी आयोजकले गर्न नसकेको खण्डमा टेण्ट,  पण्डाल, साउण्ड सिस्टम, जेनेरेटर, लाइट लगायतको ब्यवस्था भक्तियोग फाउण्डेसनले गर्ने मुल आयोजक कमिटी अध्यक्ष जोशीले बताए । उनले भने, ‘यस पुरानो क्याम्पसमा मानबिकी, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय मात्र भएकोले अब प्राबिधिक शिक्षातिर एम.पी.एच र स्नातक तहमा कृषि बिषय सञ्चालन गर्नेको लागि महोत्सब आयोजना गरेका हौं ।’ प्राबिधिक शिक्षा सञ्चालन गर्दा यस क्षेत्रको र यस क्याम्पसको बिकास हुने उनको बिश्वास छ ।
सुदूरपश्चिमको पर्यटकीय धार्मिक स्थल प्रसिद्ध मन्दिर शैलेश्वरीको धार्मिक तथा पर्यटनको प्रर्वद्घन र विकासका लागि ब्यापक प्रचार प्रसारका गर्नुका साथै क्याम्पसको आर्थिक स्तरोन्नतिका लागि धार्मिक महोत्सब कार्यक्रम गरिने बताइएको छ ।
शैलेश्वरी मन्दिरको धार्मिक, सामाजिक, भौतिक, सांस्कृतिक महत्व बोकेकोले धर्म जागरण, राष्ट्रियताको उन्नयन, युवाहरुमा चेतनाको उन्नति मातृ पितृ भक्ति युवाहरुमा ज्ञान उन्नती एवं आत्मजागरण जस्ता उद्देश्यहरु लिइ उक्त महोत्सब सञ्चालन गर्ने धार्मिक महोत्सव तदर्थ समितिक उप–संयोजक तथा त्रि.बि. प्राध्यापक संघ डोटी क्याम्पसका सभापति डण्डीराज ओझाले  बताए । 
कक्षाकोठा सुधारका लागि सामाग्री वितरण
सार्वजनिक शिक्षा तथा गुणस्तर प्रवद्र्धनका परियोजना लक्षित बीस वटा विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । 
एउटा बिद्यालयका तीन वटा कक्षाकोठामा क्रमश.१, २ र ३ कक्षा गरी साठीवटा कक्षाकोठामा  सामाग्री बितरण गरिएको हो ।
सम विकास केन्द्र नेपाल डोटीले  विद्यालयहरुमा प्रगतिशिल स्थानीय स्रोतद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाको आर्थिक सहयोगमा सामाग्रीहरु बितरण गरिएको हो ।
एक हजार ८० मिटर कार्फेट, (एति कम्पनी सुन्दर) सत्र सय मिटर पि–फर्म, प्रत्येक कक्षामा रहने गरी साठी वटा काठको (जालीको ढोका) ¥याक र तीन सय पचास वटा कुशन विद्यालयमा वितरण गरेको छ ।
बालवालिकालाई सफा र चिसोबाट जोगाई उनीहरुको दैनिक पठन पाठन र सिकाई उपलब्धिमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको प्रगतिशिल स्थानीय स्रोतद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाका संयोजक अधिराज बिसीले जानकारी दिए ।
 मुडभारा मुडेगाउ, कपल्लेकी, भूमिराजमाण्डौं र न.पा.का गरी बीस वटा विद्यालयमा सामाग्री वितरण           गरिएको हो । परियोजनाले वालकेन्द्रीत सिकाईमा सुधार गर्न सम्बन्धि विद्यालयमा उक्त सामाग्री पु¥याएको छ ।  
बिद्यार्थीहरु फोहोर माटोमा बस्न बाध्य भएपछि परियोजनाको कार्यक्षेत्र पर्ने आधारभूत बिद्यालयहरुमा साना कक्षाका बिद्यार्थीहरुलाई जाडो र फोहोरबाट जोगिन सामाग्रीहरु बितरण गरिएको संयोजक बिसीले बताए । मा त्यसै परियोजना लक्षित बीसवटा विद्यालयका बालक्लवहरुलाई भलिवल, नेट, व्याडमिन्टन, लुडो, स्प्रीङ, लगायतका सामाग्री समेत वितरण गरेको बताइएको छ ।
परियोजनाले स्थानीय स्रोतको प्रभावकारी परिचालन तथा स्थानीय निकायको स्रोत वृद्धिका लागि कर प्रणालीको न्यायोचित वितरण बारेमा बहस गरेको संयोजक  बिसीले बताए ।
गाउँमै एआरटी बितरण शुरु
एचआईभी÷एड्स संक्रमितहरुले खाने आौधषी एआरटी गाउँमै बितरण गर्न थालिएको छ । जिल्लाको सानागाउँ स्वास्थ्यचौकीबाट एआरटी बितरण गर्न लागिएको हो । 
जिल्लाको पुर्बी चौकी क्षेत्रका ६ गाबिसमा रहेका संक्रमितहरुलाई लक्षित गरि स्वास्थ्य चौकीबाट एआरटी औषधी बितरण सुरुवात गरिएको हो । संक्रमित ब्यक्तिहरुको आयु लम्ब्याउनका लागी उपचार प्रक्रियामा एआरटी औषधी दिईने गरिन्छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश बिष्टले तिन जना संक्रमितलाई एआरटी औषधी बितरण गरि उक्त सेवा सुरु गरेका थिए । सो अबसरमा प्रमुख बिष्टले जिल्लाका अरु क्षेत्रको तुलनामा पुर्बी चौकी क्षेत्रमा संक्रमितहरको संख्या बढी रहेकोले यस क्षेत्रमा स्थानीयस्तरबाटै एआरटी बितरण कार्यको थालनी गरिएको बताए । उनले भने ‘एचआईभी संक्रमणको रोकथामको लागी एउटैले गरेर हुँदैन । सबै क्षेत्रवाट पहल र प्रयास हुनु जरुरी छ ।’
स्थानीयस्तरमै एआरटी बितरण कार्य सुरु भएपछि यस क्षेत्रका एक सय २० एचआईभी संक्रमित ब्यक्तिहरुले महिनै पिच्छे सदरमुकाम सिलगढीमा रहेको एआरटी सेवा केन्द्रमा धाउनु पर्ने बाध्यता हटेको छ । एचआईभी संक्रमितहरुको संख्याका हिसावले डोटी जिल्ला नेपालकै तेश्रो बढी संक्रमित भएको जिल्ला हो । तर हालसम्म जिल्ला सदरमुकाममा रहेको एआरटी सेवा केन्द्रबाट मात्रै उक्त सेवा प्रदान भईरहेको थियो । 
पछिल्लो तथ्याङ्क अनुसार डोटी जिल्लामा एआईभी संक्रमितहरुको संख्या आठ सय ९४ रहेको छ । 
घर नजिकैको स्वास्थ्य संस्थावाट एआरटी औषधी पाईने भएपछि एआईभी संक्रमितहरुले समेत खुशि ब्यक्त गरेका छन । सानागाउँकी ३३ बर्षीया लाली कोलीले भनिन् ‘घर दैलोमै एआरटी औषधी पाएपछि हामी जस्ता न्युन आय भएकाहरुलाई बढी राहत भएको छ ।’ उनले एआरटीका लागि जिल्ला सदरमुकाम सिलगढी एक पटकमा एक हजारसम्म खर्च हुने गरेको बताईन ।

बाजुरामा बाक्लो हिमपात, जनजीवन कष्टकर

शनिबारदेखि भएको तिब्र हिमपातका कारण बाजुराको उत्तरी भेगका ११ गाविसका बासिन्दाहरुको जनजीवन कष्टकर वनेको छ । 
आईतवार रातिदेखि नै बाजुरामा हिमपात सुरु भएपनि सुदूरपश्चिमका अन्य÷अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दा लगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो । 
जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् । 
हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चिसो बढेर जनजीवन कष्टकर भएको छ ।
अकोराबको सचिबमा सहसम्पादक चन्द
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १२ छैटौं अधिबेसनवाट बिम्ब साप्ताहिकका सहसम्पादक तथा क्रियासिल पत्रकार कर्णवहादुर चन्द ७ न. प्रदेशको सचिबमा बिजयी भएका छन ।  
नयाँ पत्रिका डोटीका संवाददाता तथा सामुदायिक रेडियो त्रिबेणी एफएमका स्टेशन म्यानेजर समेत रहेका चन्दले प्रतिद्वन्द्वी धु्रब बिसीलाई तीन मतले पछाडी पार्दै बिजयी भएका हुन । 
७ नं प्रदेशबाट अध्यक्षमा रेडियो पश्चिम टुडेका अध्यक्ष दीर्घराज उपाध्यायले १७ मत प्राप्त गरी बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी नरेन्द्र भट्टले १६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष्यमा रेडियो अछामका प्रबन्ध निर्देशक जनक भण्डारीले बिजयी भएका छन । कोषाध्यक्षमा कालापानी एफएमका दार्चुलाका केशब भट्टले १७ मत ल्याई बिजयी भएका छन । 
यस्तै डोटी शैलेश्वरी एफएमका प्रवन्ध निर्देशक शंकर थापा प्रदेश कमिटिको सदस्यमा चयन भएका छन । डोटीकै अग्रज पत्रकार थापा सदस्य पदमा  निर्बिरोध चयन भएका हुन । अन्य सदस्यहरुमा दार्चुला एफएमका कमल राज जोशी, बुद्धी खनाल, नरेश धामी र माधब सिं धामी चयन भएका छन । समुदायको हकहितका लागि लड्ने सामुदायिक रेडियोहरुको साझा संगठन अकोराबले बिगतदेखि नै समुदायका खबरहरु आदान प्रदान गर्दै आएको हो ।

एमालेले बिकासको मार्ग बन्द ग¥यो –महत

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेकपा एमालले बिकासको बाटो अबरुद्ध गरेको आरोप लगाएका छन । 
पार्टी कामको सिलसिलामा डोटी पुगेका महतले एमालेले संसद अबरुद्ध गरेर लोकतन्त्र बिरोधी चरित्र देखाएको वताए । एमालेले संसद अबरुद्ध गरेको प्रति आपत्ति प्रकट गर्दै नेता महतले भने  ‘व्यबस्थापिका संसद नै लोकतन्त्रको मेरुदण्ड  हो, लोकतन्त्रमा संसदबाट नै सम्पूर्ण समस्याहरुको समाधान हुन्छ । तर एमालेले संसदनै अबरुद्ध गरेर निकासका सबै मार्गहरु बन्द गरेको छ ।’
बर्तमान राजनितिक स्थितिलाई निकास दिन नै संशोधन प्रस्ताव ल्याईएको उनले बताए । संशोधन प्रस्तावमा भएका त्रुटी कमजोरीहरुलाई पनि संसदमा छलफल मार्फत सुधार गर्न सकिने उनको तर्क थियो । 
कांग्रेसकै प्रयासले देश अहिले आत्मनिर्भरको बाटोमा अघि बढेको नेता महतको दावी छ । ‘२०४८ सालमा मैले पहिलोपल्ट बजेट बनाउदा बिकास बजेटको दुई तिहाई हिस्सा बैदेशिक ऋण÷सहायताले ब्यहोथ्र्यो,’ उनले भने,‘हामीले राष्ट्रिय आम्दानीका क्षेत्रहरुको पहिचान गर्दै तीनलाई बढावा दियौं । त्यसैको उपज आज बिकास बजेटको दुई तिहाई हिस्सा राष्ट्रिय आयले ब्यहोरिरहेको छ ।’ 
नेपाली कांग्रेस डोट क्षेत्र–२ को क्षेत्रीय समितिले पचनालीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उनले २०४८ सालमा आफु अर्थमन्त्री हुदा लिएको उदार अर्थनीतिकै उपजले मुलूक अहिले समृद्धिको बाटोमा अघि बढेको उनको दाबी छ । 
आफुहरुले मूल्य अभिबृद्धि  कर सुरु गर्दा कम्युनिष्टहरुले ब्यापक बिरोध गरेको बताउँदै महतले भने ‘उतिबेला पूजीबादी अर्थनीति भयो भन्नेहरु अहिले थाह पाए पँुजी भएपछि आम्दानी बढ्छ भनेर तर अहिले भ्याटबाट मात्रै डेढ खबर राजस्व उठ्छ ।’ 
नेता महतले भाषण गरेर मात्र देश बिकास नहुने जिकिर गरे ।

छोटकरी समाचार 

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गत वर्ष डोटीको डौड तोलेनीमा भएको बाढी पहिरोबाट पिडितहरुले पुनः प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । 
पटक पटक सहयोगको आग्रह गर्दा पनि बाढी पीडितको माग प्राथमिकतामा नपरेको भन्दै  ज्ञापन पत्र बुझाएको नेकपा माओबादी केन्द्र सायल गाँउपालिकाका संयोजक तेज डुम्रेलले जानकारी दिए । २०७२ साउन २५ गते अबिरल बर्षाका कारण बाढी पहिरोले जनधनको क्षति भएको भएको थियो ।
बाढी पीडितको डेलिकेशन गइ प्रधानमन्त्री लगायत बिपक्षी दलका नेता तथा सबै मन्त्रालय र सबै बिभागमा जानकारी गराउदा पनि कतैबाट राहत नपाएकोले फेरी ज्ञापन पत्र बुझाएको डौड गाबिस सचिब लाल बहादुर बोगटीले बताए ।
मन्त्रालयका सबै निकाय–बाट आश्वासन पाइएपनि सहयोग कतैबाट नपाएकोले फेरी ध्यानाकर्षण गर्न बाध्य भएको सचिव बोगटीको भनाई छ ।

खेल समाचार 

माघ तेश्रो साता राष्ट्रिय भलिवल हुने

अनलाईन खबर
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजनामा आगामी माघ तेस्रो साता राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ ।
आगामी माघ १८ देखि २२ गतेसम्म पोखरामा हुने महिला तथा पुरुष राष्ट्रिय भलिबलको कास्की जिल्ला खेलकुद बिकास समितिले व्यवस्थापन गर्नेछ भने सृजना बिकास केन्द्रले मुख्य प्रायोजन गरेको छ ।
लिगकम नक आउटको आधारमा हुने प्रतियोगिता पोखरा रंग शालामा हुनेछ ।  रंगशालाभित्र निर्माण भइरहेको भलिवल ट्रेनिङ सेन्टरमा अस्थायी कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाइने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट अध्यक्ष पौडेल र सृजना विकास केन्द्रको तर्फबाट अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।
प्रतियोगिताका लागि कुल २५ लाख संकलन हुने र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको आयोजनाबाट बचत रकम भलिवल ट्रेनिङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए ।

रोनाल्डोको जर्सी प्रधानमन्त्री मोदीलाई

सेतोपाटी अनलाईन
भारत भ्रमणमा रहेका पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जर्सी उपहार स्वरुप प्रदान गरेका छन् । भारत र पोर्चुगलका प्रधानमन्त्रीबीचको द्धिपक्षीय वार्तापछि कोस्टाले रोनाल्डोको ७ नम्बरको चर्चित ष्ट्रिय जर्सी उपहार स्वरुप भारतीय प्रधानमन्त्रीलाई प्रदान गरेका हुन् ।
कोस्टा सात दिनको भारत भ्रमणमा छन् । मोदीलाई प्रदान गरिएको जर्सीमा रोनाल्डोको हस्ताक्षर पनि छ । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डो ४ पल्ट बालोन डिओर उपाधिबाट सम्मानित भइसकेका छन् ।

चलचित्र÷मनोरञ्जन 

हलिउड अवार्डमा प्रियंका कार्की

अनलाइनखबर
बलिउड नायिका प्रियंका चोपडा रेड कार्पेटमा सधै नै आकर्षक देखिन्छिन् ।
पहिरनदेखि स्टाइलको मामलामा उनी सधै सजग छिन् । बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् ।
अवार्ड आयोजना हुनु भन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन, सबैको नजरमा पनि परिन् ।
हलिउडका थुप्रै सुन्दरीहरुको विचमा आकर्षक देखिनु बलिउड सुन्दरीका लागि आफैमा चुनौती थियो । उनले रेड कार्पेटमा आफ्ना फ्यानलाई फुलाइङ किस पनि गरिन् । उनको पहिरनमा डाइमण्ड पनि जोडिएको थियो । अंग्रेजी सिरियल र हलिउड चलचित्रमा काम गरेपछि चोपडा अहिले पश्चिमा देशमा पनि चर्चित छिन् ।

सफल फिल्म कुर्दै जीवन र नीता, ‘लेक साइड’ले राहत देला ?

अनलाइनखबर
नायक जीवन लुइँटेल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई राजु   अधिकारीले निर्देशन गरेका हुन् ।
नेपालको पर्यटकीय नगरी पोखराको लेकसाइडमा बस्ने एक युवाको सांगीतिक करिअर र प्रेमको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दीपक ढकाल, एन्जल ढुंगाना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना  कार्यकारी निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।
नीता र जीवन अहिले सफल चलचित्रको पर्खाइमा छन् । के, यी दुईलाई ‘लेक साइड’ले राहत देला ?

लेख 

नेपालको विकासका तीन आधार स्तम्भहरु

रुद्र प्रसाद भट्ट
साधारण अर्थमा बिकासले समाजमा भइरहेको  सकारात्मक परिवर्तन तथा आर्थिक वृद्धिलाई बुझाउँछ । आधुनिक अवधारणाले भने विकासलाई मानबीय सन्तुष्टिको रुपमा बृहत तवरले परिभाषा गरेको छ । जव राष्ट्र÷परिवार÷व्यक्तिमा आन्तरिक शान्ति हुन्छ, असल संस्कारको विकास हुन्छ, स्वस्थ वातावरणमा बस्न पाईन्छ, असमान घटदै जान्छ, समावेशी र उच्च आर्थिक वृद्धि हुन्छ, क्षमता अनुरुप रोजगारी÷स्वरोजगारीको अवसर प्राप्त गर्ने वातावरण बन्छ त्यति बेला सबल अर्थतन्त्र, सभ्य समाज र मानव विकास हुन जान्छ । अन्ततः नागरिक सन्तुष्टि बढदै जान्छ । 
समावेशी विकास, रोजगारी सिर्जना, हरित अर्थतन्त्र प्रवद्र्धनको लागि आवश्यक पर्ने क्षेत्रलाई विकासका आधार स्तम्भ(पिलर) भनिन्छ । यस्ता आधारहरु मुलुकमा उपलब्ध  श्रोत साधन र समय अनुरुप फरक फरक हुन्छन् । मानव श्रोत विकासको आधारभूत स्तम्भनै हो । यसले अन्य श्रोतसाधनको योजना बनाई, परिचालन र उपभोग गर्दछ । तसर्थ नेपालको सन्दर्भमा मानव श्रोत बाहेक कृषि, ऊर्जा र पर्यटन क्षेत्रलाई विकासका प्रमुख तीन आधार स्तम्भ मानिन्छ । यीनलाई आधार स्तम्भ मान्नुका मुख्य तीन कारणहरु निम्नानुसार प्रस्तुत गरिएका छन ः
आर्थिक कारण ः नेपाल अझै कृषि प्रधान देश छ । कृषि क्षेत्रले नेपाली अर्थतन्त्रको बृहत क्षेत्र ओगटेको छ । करिव दुई तिहाइ नेपाली कृषिमा आवद्ध मात्र छैनन् नेपालको कुल गार्हस्थ उत्पादनमा करिव एक तिहाइ योगदान कृषि क्षेत्रले गरेको छ । नेपालको गरिवीको रेखामा रहेको अधिंकाश जनता कृषि पेशामा आवद्ध छन् ।  कृषिले वृहत क्षेत्र ओगटेको हुँदा यस क्षेत्रको विकास गरी रोजगारी तथा स्वरोजगारी मार्फत गरिवी न्यूनीकरण गर्ने प्रशस्त सम्भावना बोकेको छ । कृषि पेशाको विकासले समावेशी आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा गर्छ । कृषिजन्य वस्तुको विकासले स्वाधीन अर्थतन्त्र, खाद्य सुरक्षालाई प्रत्यक्ष टेवा दिन्छ । कृषिको विकास विना मानवका आधारभूत गाँसको आवश्यकता पूरा गर्न नसकिने हुँदा कृषि क्षेत्र विकासको आधार स्तम्भ हो ।
नेपालमा प्राविधिक रुपमा करिव ४३ हजार मेगावाट जल विद्युत उत्पादनको संभावना रहेको विभिन्न अध्ययनले देखाएको छ । जल विद्युतको सही पहिचान, विकास र प्रयोग गर्ने हो भने नेपाल दक्षिण एशियाकै लागि विद्युत निर्यात गर्ने समृद्ध मुलुक मात्र नभई व्यापार घाटा कम गर्ने, उद्योग, बाणिज्य र इ–गर्भनेन्सलाई प्रत्यक्ष सहयोग पु¥याउने कडी बन्नेमा दुई मत नहोला । 
पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने र भुक्तानी सन्तुलनमा महत्वपूर्ण भूमिका पु¥याउन सक्ने अर्को क्षेत्र  हो । पर्यटनको विकाससँगै अन्य क्षेत्रहरु जस्तै होटेल, व्यापार, व्यवसाय र स्थानीय पुर्वाधारको स्वतः विकास हुन जान्छ ।  नेपालमा बर्षेनी चुलिदो व्यापार घाटा कम हुन जान्छ । वढी गरिवी रहेको नेपालका हिमाल र पहाडी क्षेत्रका हिमाली दृश्य, प्राकृतिक सुन्दरता, जडीवुडी, धार्मिकस्थल एंव जैविक बिबिधता जस्ता पक्षको बढीभन्दा बढी पहिचान हुँदा पर्यटन उद्योगको विकास भई  रोजगारी सिर्जना मार्फत निरपेक्ष गरिवी हटाउन सहज हुनेछ । 
वातावरणीय कारण ः विश्वमा अब कुनै युद्ध हुन्छ भने त्यो वातावरण विनासका कारणले सिर्जना हुने युद्ध हो । त्यस कारण संयुक्त राष्ट्र संघको नेतृत्वमा यसका १९३ वटा सदस्य राष्ट्रहरुले सन् २०१६ देखि २०३० सम्म विश्व विकासको लागि ल्याइएको साझा विकास प्रतिवद्धताको रुपमा चिनिएको दिगो विकास लक्ष्यले  वातावरण संरक्षणलाई निकै महत्व दिएको छ । विश्वमा बढ्दो कार्वन उत्सर्जनलाई न्यूनीकरण गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्नु विश्व सामु निकै ठूलो चुनौती छ । हरित अर्थतन्त्र विनाको आर्थिक, सामाजिक र मानवीय विकास अव पूर्ण वा दिगो हुन सक्दैन । तसर्थ कृषि क्षेत्र भनेको वातावरण संरक्षणको लागि राम्रो मानिने कार्वन ग्यास बढी प्रशोचन गर्ने र न्यून कार्वन उत्सर्जन गर्ने क्षेत्र हो । कृषि प्रणाली तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा वातावरणीय हिसावले कम हानिकारक मानिन्छ । 
ऊर्जा क्षेत्रको विकासले कार्वन उत्सर्जनमा अत्याधिक सहयोग गर्ने पेट्रोलियम पदार्थ र आणविक भट्टीको असरलाई न्यूनीकरण गर्छ । जलविद्युतको विकासले बढी कार्वन प्रशोचन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने वनजंगल वृद्धिमा सहयोग पु¥याउँदछ । धार्मिक, स्वास्थ्य, मनोरञ्जनात्मक पर्यटनको विकास पनि वातावरणीय दृष्टिले निकै महत्वपूर्ण मानिएको छ । अतः यी तीनवटै क्षेत्रलाई वातावरणीय दृष्टिले मुख्य स्तम्भ मानिएको छ ।
पर्यावरणीय कारण ः नेपालको मानव विकास सूचकांकमा मूलत ग्रामीण क्षेत्र (हिमाल तथा पहाड) र केही पूर्वी तराईका जिल्लाका नागरिकहरु शिक्षा, स्वास्थ्य र आयका हिसावले निकै पछाडी परेको देखिन्छ (नेपाल मानव विकास प्रतिवेदन, २०१४) । करिव ८३ प्रतिशत नेपालीहरु ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् । यी तीनवटै स्तम्भहरु हिमाल र पहाडी (ग्रामीण) जनजीवनसँग बढी केन्द्रित रहनुले पनि यीनको झनै महत्व देखिन्छ । विकासका साझेदारहरुः दाता, सरकारी तथा गैर सरकारी क्षेत्र लगायत राज्यको नीतिगत प्रतिवद्धताले पनि यी तीनवटै क्षेत्रलाई प्राथमिकता दिएको छ (चौधौ योजनको आधारपत, २०७३) । कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा नेपाल विश्वका उदयमान अर्थतन्त्रको रुपमा चिनिएका भारत र चीनसँग पनि सहजै प्रतिस्पर्धा गर्न सक्ने अवस्था छ । झण्डै साढे दुइ अर्व जनसंख्या ओगटेका भारत र चीनले नेपालले जस्तो सस्तो र सहज रुपमा जल विद्युत उत्पादन गर्न नसक्ने हुँदा दक्षिण एशियामा जल बिद्युत क्षेत्रमा नेपालको एकाधिकार जस्तै देखिन्छ । विश्वकै करिव एक तिहाइ जनसंख्या भएका दुई देशको वीचमा नेपाल रहनुले पनि कृषि, पर्यटन र जलविद्युत क्षेत्रको सहजै बजारमा पहुँच भई विदेशी मुद्रा भित्र्याउन निकै सहज देखिन्छ ।
अतः कृषि, जल विद्युत र पर्यटन क्षेत्र नेपालको बिकासका आधार स्तम्भ हुन् । तर श्रोतसाधन आफंैमा पूर्ण शर्त चाहिँ हुन सक्दैन । प्रकृति (श्रोत साधन) आफैमा विकासको लागि एउटा आधार मात्र हो । यदि श्रोत साधनको उपलब्धताले मात्र आर्थिक तथा सामाजिक परिवर्तन हुने भए, वि.स.२००७ सालदेखि २०७२ सम्म नेपालको राजनैतिक परिवर्तन र छ दशकको योजनावद्ध विकास पछि पनि नेपाल पक्कै पनि अतिकम विकसित मुलुकको सूचीमा रहने थिएन । राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति नहुँदा नेपालीको जीवनस्तरमा गुणात्मक सुधार आउन नसकेको हो । उपलब्ध श्रोत साधनले नेपालमा केही हदसम्म सामाजिक, आर्थिक, राजनीतिक विकास गर्न सफल नभएको होइन । तर नेपालले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई अपेक्षित रोजागारी तथा स्वरोजगार सिर्जना गरी गरिवी न्यूनिकरण र समावेशी विकास गर्न सकिएन । सवल अर्थतन्त्र मार्फत लोकतान्त्रिक मुल्य, मान्यता र संस्कार विकास गर्न सकिएन । नेपालसँगै योजनावद्ध विकासको थालनी गर्ने दक्षिण कोरिया र भारत आज विश्वका प्रभावशाली राष्ट्रमा रुपान्तरण भएका छन् । त्यसको पछाडी त्यहाँको नेतृत्व वर्गले उपलब्ध प्रकृति, प्रवृत्ति र प्रविधिको कुशल संयोजन गर्न सक्नु हो । नेपालको सन्दर्भमा हामीसँग कृषि, पर्यटन र जलविद्युत जस्ता प्रकृति थिए र छन पनि । प्रविधि मानिसले किनेर आयात गर्न सकिने र दक्ष जनशक्ति मार्फत स्वेदशमै विकास गर्न सकिने विषय हुन । तर प्रवृत्ति भने सहजै किन्न र नक्कल गर्न सकिदैन । नेपालको नेतृत्व वर्गले स्वःस्फूर्त रुपमा सकारात्मक सोच, ज्ञान, संस्कार, नैतिकता र यथार्थ व्यवहार प्रदर्शन गर्न सकेन । विकासमैत्री, नैतिक मूल्यमान्यतामा आधारित असल, सकारात्मक र राष्ट्र केन्द्रीत प्रवृत्तिको विकास नहुँदा सायद प्रकृति र प्रविधिको सहज परिचालन हुन सकेन । प्रकृति, प्रविधि र प्रवृत्तिको संयोजनले मात्र समावेशी आर्थिक बृद्धि, वातावरण संरक्षण, समावेशी विकासको थालनी, असल शासनको शुरुवात भई अन्ततः लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित न्यायपूर्ण समाज निर्माण हुन्छ । लोकतान्त्रिक मुल्य मान्यताले जन उत्तरदायित्व, स्वस्थ प्रतिस्पर्धा, सकारात्मक सोचको विकास, सक्षमता सहितको इमान्दार नेतृत्व र राजनीतिक               स्थिरताको सुरुवात गर्छ । इमान्दार सहितको सक्षम नेतृत्वको विकासले साम्प्रदायिक भावना, भ्रष्टाचार, असमानता, गुट उपगुट भावनाको अन्त्य गराई सवल अर्थतन्त्र र सभ्य समाज निर्माण गर्न केन्द्रित हुन्छ । अतः नेपालमा प्रचुर मात्रामा रहेका कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकास गर्नु आर्थिक, वातावरणीय र प्रतिस्पर्धाको दृष्टिले निकै महत्वपूर्ण छ । प्रमुख तीन आधार स्तम्भको विकास गरी सभ्य समाज, सवल एवं समावेशी अर्थतन्त्र र मानव विकास गर्नको लागि एक पुस्ताका केही राजनेताले कोरिया, सिंगापुर, मलेसियाका राजनीतिक नेतृत्वको जस्तो अद्धितीय त्याग (काम, क्रोध, लोभ, मोह र अहंकारबाट टाढा रहने), आँट र समर्पण चाहिन्छ । अद्धितिय राजनीतिक त्याग, सक्षमता, इमान्दारिता र आँटलाई व्यवहारमा उतार्न प्रशासक, गैर सरकारी क्षेत्रका अगुवा, सञ्चारकर्मी र नागरिक लगायत सवै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सहयोग र समर्थन गर्नु पनि त्यतिकै जरुरी छ ।
लेखक कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका कार्यालय प्रमुख हुन् ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. ध्ध्ँ को प्रधान कार्यालय कहाँ रहेको छ ? — स्वीटजरल्याण्को ग्ल्याण्ड
२. बेलायतको दोस्रो महिला प्रधानमन्त्रीमा को निर्वाचित भएकी  छन् ?        — टेरिजा मे 
 ३. चीनमा एशियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैङ्क ९ब्क्ष्क्ष्द्य० को स्थापना गर्न नेपाल सहित २१ राष्ट्रको  हस्ताक्षर कहिले भएको थियो ?               — २०१४ अक्टोवर २४
४. थाइल्याण्डको पुरानो नाम के हो ?                             — सियाम 
५. नेपालको संविधानको पहिलो संशोधन बिधेयक सहित राष्ट्रपतिबाट कहिले प्रमाणित भएको थियो ?  — २०७२ फागुन १६
६. बर्तमान संविधान अनुसार भाषा आयोगका सदस्यको योग्यता कति रहने ब्यबस्था छ ?— स्नातकोत्तर 
७. नेपालमा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखि लागु भयो ?             — २०६९ कात्र्तिक २९
८. राष्ट्रिय सदाचार सम्मान, २०७२ कसलाई प्रदान गरियो ?                — डा. गोविन्द केसी 
९. चौधौ योजना (२०७३÷७४—७५÷७६) को आधार पत्रमा उल्लेख भए अनुसार विद्युतमा पहुँच प्राप्त  जनसंख्या कति प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ?                      — ८७%
१०. भारतको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?                        — थार
११. चर्चित ब्यक्तित्व कमलमणि दीक्षितको निधन कहिले भएको थियो ?   — वि स. २०७३÷९÷१४
१२. न्ठ को ४२ औं बैठक कहिले र कहाँ भएको थियो ?   —सन् २०१६ मे २६–२७ जापान 
१३. सबैभन्दा अग्लो स्थानबाट बग्ने नदी कुन हो ?                                    —अरुण 
१४. २०७२ बैशाख १२ को भुकम्पबाट दोस्रो बढी प्रभावित जिल्ला कुन हो ?        — काठमाण्डौं
१५.वन ऐन, २०४९ अनुसार नेपालमा कति प्रकारका वन  रहेको छन् ?                    — ७
१६. बिरुवाको जराले पानी सोस्ने प्रक्रियालाई के भनिन्छ ?                          — Osmisis
१७. बैशाख १ लाई नेपालको नयाँ बर्ष घोषणा गर्ने व्यक्ति को हुन् ?                — चन्द्र शमशेर
१८. मरुभूमिको हिरा भनेर कुन देशलाई चिनिन्छ ?                              — लिबिया 
१९. मल्लकालमा जिम्वाल भनेर कसलाई चिनिन्थ्यो ?                      — प्रशासकिय कर्मचारी
२०. पानीमा घुल्ने भिटामिनहरु कुनकुन हुन्?                           — भिटामिन B र C
२१. सर्वोच्च अदालतले नकारात्मक भोटको व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ? 
                                                                    — २०७१÷८÷२१
२२. गोर्खाली फौजले  कीर्तिपुर माथि कहिले विजय हासिल गरेको थियो ?         — १८२२ चैत्र ३
२३. भारतका कुन राष्ट्रपतिको एउटा आँखा फुटेको थियो ?                  — डा.जाकिर हुसेन
२४. एउटा पनि नदी नभएको देश कुन हो ?                                 — साउदी अरब
२५. कर्म घरमा एक चक्कर नामक निबन्ध संग्रहका लेखिका को हुन् ?              — मञ्जु गुरुङ्ग
२६. लेप्चा जातिका पुरुषले लगाउने पहिरनलाई दमवोन भनिन्छ भने महिलाले लगाउने पहिरनलाई के भनिन्छ ?                                                                    — दमदेन
२७. हाल ब्ल्ँब्  को अध्यक्ष को रहनुभएको छ ?                              — नरेन्द्र श्रेष्ठ
२८. शुक्लाफाँटा बन्यजन्तु आरक्ष कहिले राष्ट्रिय निकुञ्जमा परिणत भयो ?       — २०७३ पौष ७
२९. ग्ल्क्ष्ऋभ्ँ को कार्यकारी बोर्डमा नेपाल कहिले निर्वाचित भयो ?      — सन २०१६ व्बल  ९
३०. टर्कीमा असफल कु को प्रयास कहिले भएको थियो ?                      — २०१६ व्गथि १५
३१. वान की मुन पछि  ग्ल्इ को महासचिवमा को निर्वाचित भएका छन् ?     —एन्टेनियो गुट्रेस
३२. द्यभकत क्ष्लतभचलबतष्यलब िद्यबलप ब्धबचम, द्दण्ज्ञट नेपालको कुन बैंकलाई प्रदान गरियो ? 
                                                                                 Global IME Bank
३३. आर्थिक सर्वेक्षण २०७२÷७३ अनुसार कति ओटा सार्वजनिक संस्थान नाफामा रहेका थिए ?  — २०
३४. सातौं राष्ट्रिय खेलकुदको आदर्श वाक्य के थियो ?—‘‘खेलकुदको बिशेषता, अनेकतामा एकता”
३५. सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण कसले हात पारेको थिए ?            — हरि कुमार रिमाल
३६ नेपालको निशाना छापमा कतिवटा लालीगुँरास रहेका छन् ?                — १४ वटा
३७. नेपालको एक मात्र मानव अंङ्ग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?          — भक्तपुर
बौद्धिक परीक्षण खण्ड
३८. यदि जोन, मोहन भन्दा २० बर्ष जेठो छ, १० बर्ष पछि जोनको उमेर मोहनको भन्दा दोब्बर हुनेछ भने हाल मोहनको उमेर कति भयो होला  ?
A ८ बर्ष            B १० बर्ष              C  २० बर्ष               D २५ बर्ष 
३९) दिइएको श्रेणीमा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
AZ, CX, FU, ?
A) IR                B)  IV                     C)  JQ                     D)  KP
४०) तलका मध्ये कुन अंकलाई ११ ले निशेष भाग जान्छ ?
A  २३५६४१            B २४५६४२             C ३१५६४२         D ४१५६२४
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
मिति  २०७३ साल पौष १९ गते मंगलबारको बिम्ब नेपाली साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरुः
  ३८) A                     ३९) C                         ४०) D
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय

साहित्य÷सृजना 

गजल

न तिमीले सुन्यौ, न यो सहरले
मेरो कथा न फूलले सुन्यो न पत्थरले
एउटै ओछ्यानमा सुतेका बगरहरुलाई 
दुइ किनारा बनाएको हो, त्यो नहरले
तिमीले जरा काटी सुकाइ ढलाए पछि
शीतल दिन छोडे पीपल अनि बरले
निरासाले मनमा मौनता छाउदा पनि 
हिर्काउन छोड्दैन किन यो रहरले
गणेश संघर्ष
सिलगढी, डोटी

कुरा ५१ प्रतिशतको 

देखावटी आवरण
आहा, कति चिटिक्क परेको
आवरण भित्र डरलाग्दो
भयानक खापैखाप परेको
पत्रे चटान सरी 
पिडा, व्याथा, कथा खाप्टिरहेका छन् ।
५१ प्रतिशतको कुरा गर्न सबै सिपालु
५१ प्रतिशतहरु कति गर्भमै मारिन्छन्
ठुलो लडाई पछि जन्मन्छन्
जन्मेको केही समय पछि
नैतिक शिक्षा पढाइन्छ
नानी राम्रो र जागरिलो बन्नु है
जाँगरिलो बनेर 
अरुलाई सधै खुसी पार्नु पर्छ तिमीले ।
तीनै ५१ प्रतिशतहरु जवान भए पछि
बलात्कृत हुन्छन् 
लुटिन्छन्, आनन्द लिने वस्तुको रुपमा प्रयोग हुन्छन् 
चाहेको बेला आफ्नो हुन्छन् नत्र पराया
अनि थोत्रो कपडा सरी छेउ लगाइन्छ
मन नभए एकै झड्कामा फ्याकिन्छ ।
तीनै ५१ प्रतिशतहरु संयोगले
विधुवा भएपछि समाजमा 
अपवित्र बन्छन्, अपमानित हुन्छन्
असाहय र असक्षम हुन्छन् 
कथित बोक्सीको नाममा 
आततायी मृत्युवरण गर्छन ।
तीनै ५१ प्रतिशतहरु वृद्धा भएपछि
बेसहारा बन्छन्
दर्जनौको माझमा आफुलाई
शक्तिशाली बनाएर,
दर्जनौलाई सम्हाल्न सक्ने उनी
आज उनलाई समाल्न् सक्दैनन् कसैले 
सुख दिने बहानामा वृद्धाश्रम धकेलिन्छन्
वृद्धाश्रामको ढोका खोल्न बाध्य हुन्छन्
खै कसरी गर्ने ? कहाँ बाट सुरु गर्ने ?
प्रतिशतको हिसाव किताब
धेरै थोरैको जोड घटाउ ।
तारा सुनुवार
कुश्मा पर्वत

मुक्तक

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।
चन्द्र भट्ट चाँदनी

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना !  सूचना !! सूचना !!!

२०६४ सालमा नेपाल नर्सिङ्ग काउन्सिलबाट मैले प्राप्त गरेको दर्त नं. १९१९ को प्रमाण पत्र हराएको हुँदा उक्त प्रमाण पत्र कुनै कसैले प्राप्त गर्नु भएमा तलको ठेगाना वा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन हार्दिक     अनुरोध छ ।  
गौरी शाही 
दिपायल सिलगढी नगरपालिका वडा नं. २, सिलगढी डोटी 
सम्पर्क नं. ९८४८६४२००४

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

हार्दिक बधाई

यही मिति २०७३ साल पुष २२ गते सम्पन्न भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को छैटौं अधिबेशनबाट यस बिम्ब नेपाली साप्ताहिक डोटीका सहसम्पादक कर्णवहादुर चन्द प्रदेश नं. ७ को सचिव जस्तो गरिमामय पदमा बिजयी हुनु भएकोमा उहाँको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई छ ।
बिम्ब नेपाली साप्ताहिक परिवार, डोटी

बासुदेवी गाउँ बिकास समितिको कार्यालय, डोटी 

मिति २०७३ साल पुष ११ गते सम्पन्न २५ औं गाउँ परिषद्बाट स्वीकृत आर्थिक वर्ष २०७४÷०७५ का लागि अनुमानित आय व्यय बिवरण सार्वजनिक ।

qm=;=
lzif{s
/sd
cfDbfgL tkm{
!
;~rfng cg'bfg
%$%)))
@
k"lhut cg'bfg
#)^@)))
#
;fdflhs ;'/Iff eQf
!!*%^))
$
dfnkf]t / cGo
#%)))
hDdf
!!)#^$))
vr{ tkm{ -;~rfng vr{_
!=
tnj eQf
$&@*!$
@=
b}lgs e|d0f eQf
(&@))
#=
kqklqsf tyf PkmPd
!%)))
$=
n]vfk/LIf0f vr{
!%)))
%=
 lrofkfg vr{
@@)))
^=
lalaw vr{
!%)))
&=
sfof{no ;DjlGw lalaw -d;nGb_
%%)))
hDdf
^(@)!$
vr{ tkm{ -k'+hLut /sd_
!=
 dlxnfsf nflu !)Ü
@()*()

af;'b]jL ! # bNn ufpF3/ lSnlgs
^))))

af;'b]jL $ sfk8L ufpFdf ufpF3/ lSnlgs
^))))

af;'b]jL ^ df ufpF3/ lSnlgs
^))))

dlxnf Ifdtf lasf; tflnd
*))))

;/:jtL dlxnf ;xsf/L ;+:yfsf] ;+:yfut lasf;
#)*()
@=
blntsf nflu !)Ü
@()*()

laZjsdf{ dlGb/ af;'b]jL
!)))))

;/:jtL ;fj{hlgs cfwf/e't k|f=la=
!)))))

du/fp gfpnf] lgdf{0f af;'b]jL–^
!%)))

d;fgL df0f' lgdf{0f af;'b]jL !–#
%))))

rGb|f g]kfnL af;'b]jL–@
!%)))

blnt ;~hfngsf] ;+:yfut lasf;
!)*()
#=
afnaflnsfx?sf nflu !%Ü
$#^%))

v'/s§ u0ffb]lv :jf:Yo rf}sL x'Fb} af;'b]j df=la=;Ddsf] 3f]/]6f] af6f] lgdf{0fsf nflu
!%^())

af;'b]jL ufla; sf & a7f laBfnodf zf}rfno ;/;kmfO{ sf nflu !%))) xhf/sf b/n]
!)%)))

afnaflnsfsf] Ifdtf lasf; tflnd
!#)(%)

afn;~hfnsf] ;+;yfut lasf;sf nflu
$#^%)
$=
ckfË / h]i7 gful/saf nflu &Ü
@)#^@#

ckfË ePsf JolQmx?nfO{ cfo cfh{gsf nflu
!!%$$%

ckfË ;]jf ;+3 af;]b]jLsf] ;+:yfut lasf;
#))))

h]i7 gful/s ;Ddfg sfo{qmd sf nflu
%*!&*
%=
;fdflhs kl/rfng sfo{qmd e|d0f vr{
^))))
^=
o'jf tyf v]ns'b lasf;sf nflu
@%)))
&=
HIV lkl8t JolQmnfO{ oftfoft vr{
@%)))
*=
 dlxnf :jf:Yo :jo+;]lasf k|f]T;fxg vr{
#))))
(=
k|x/L rf}sL jfon
!))))
!)=
8f]6L pBf]u afl0fHo ;+3 k|fb]lzs dxf]T;j
!))))
!!=
cleofgd'ns Pj+ vfg]kfnL ;/;kmfO{ sfo{qmdsf nflu
!$%$$%
!@=
/fhk'/ afug]6] b]lv ;]tL gbL x'Fb} bp/8L ;8s
*)))))
!#=
af;'b]jL :jf:Yo rf}sLsf] 3]/af/
!)))))
!#=
af;'b]jL df=la= sf] zf}rfno lgdf{0f, ejg dd{t
#)))))
!$=
af;'b]j s]bf/ dlGb/ v]n d}bfg lgdf{0f
!)))))
!%=
af;'b]jL !–# bNn s]bf/ dlGb/ lgdf{0f
!)))))
!^=
a]8l;ª] df0f' dlGb/ lgdf{0f, af;'b]jL–*
!)))))
!&=
O{ª8L df0f' lgdf{0f af;'b]jL–*
!)))))
!*=
di6f dlGb/ lgdf{0f af;'b]jL–%
!)))))
!(=
di6fd dlGb/ lgdf{0f af;'b]jL ^–(
@)))))
@)=
laZjsdf{ dlGb/ lgdf{0f
!)))))

No comments:

Post a Comment