Monday, March 13, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ साल चैत्र १ गते मंगलबार

१३ अाैं बार्षिक उत्सवकाे अबसरमा अादरणीय पाठक बर्ग, लेखक, रचनाकार, ग्रहाक बर्ग, सूचना बिज्ञापनदाता, सहयाेगी, शुभचिन्तकमा हार्दिक कृतज्ञता व्यक्त गर्दछाैं ।


सम्वन्धित निकायमा दर्ता गरेर मात्र वस्तु वा सेवाको उत्पादन र बिक्री बितरण सम्वन्धि कारोबार गरौं । 
जाँच नगराएको वा रोगी, मरेको पशुपंक्षिको मासु तथा मिसावट गरेको मासु बिक्री नगरौं र नगराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश नं. ७ मा नेपाल पत्रकार महासंघ

जिल्ला अध्यक्षहरुमा चौतारी अगाडि, केन्द्रीय सभासद्मा युनियन




फागुन २२ गते भएको नेपाल पत्रकार महासंघको अधिवेशनमा सुदूरपश्चिममा मिश्रित परिणाम देखिएको छ । जिल्ला अध्यक्षहरुमा प्रेस चौतारी अगाडि रहेको छ भने केन्द्रीय सभासद्हरुमा युनियनको अग्रता देखिन्छ । 
प्रदेश नं. ७ का आठ जिल्लामा सम्पन्न अधिवेशनको परिणाम अनुसार चार जिल्ला अध्यक्षहरु प्रेस चौतारी निटक चयन भएका छन । तीन जिल्लामा प्रेस युनियन अगाडि देखिएको छ भने एक जिल्लामा प्रेस सेण्टरले बाजी मारेको छ । जिल्ला अध्यक्षहरुमा बाजुरा प्रकाशवहादुर सिंह, बैतडी प्रेमसिं भाट,   डडेल्धुरा मानवहादुर साउँद र दार्चुलामा शंकर धामी चयन भएका छन । यि चारै जिल्ला अध्यक्षहरु प्रेस चौतारी निकट रहेका छन । 
यस्तै बझाङ्गमा जगदिश रोकाया, डोटीमा योगेन्द्र बलायर र कैलालीमा जगत साउँद चयन भएका छन । रोकाया, बलायर र साउँद युनियन निकट हुन । कञ्चनपुरमा प्रेस सेण्टर निकट बिष्णु अवस्थी बिजयी भएका छन । 
यस्तै कुल ८६ केन्द्रीय सभासद्हरुमा ३७ जना युनियन निटक रहेका छन । दार्चुला एक, कैलाली १०, बैतडी तीन, कञ्चनपुर १४, डोटी पाँच, बाजुरा १, बझाङ्ग दुई र डडेल्धुरा एक युनियन निकट चयन भएका छन । यस्तै दार्चुला चार, कैलाली सात, बैतडी पाँच, कञ्चनपुर तीन, डोटी एक, बाजु–रा पाँच र डडेल्धुरा चार गरि २९ जना चौतारी निकटका केन्द्रीय सभासद्हरु चयन भएका छन । बझाङ्ग जिल्लाबाट चौतारी निकट कुनै पनि पार्षद चयन भएन ।
कञ्चनपुर सात, कैलाली तीन, दार्चुला एक, बैतडी एक, बझाङ्ग दुई र डडेल्धुरा एक गरि १५ केन्द्रीय सभासद् प्रेस सेण्टर निकट रहेका छन । यस्तै अन्य संगठनहरु निकट पाँच जना केन्द्रीय सभासद्हरु चयन भएका छन । 
अधिवेशन सम्पन्न भएका आठ जिल्लाहरुमध्ये कैलाली र कञ्चनपुरमा निर्वाचन भएको थियो भने अन्य जिल्लाहरुमा सहमतिका आधार चयन गरिएको छ । डोटीमा प्रेस सेण्टर र बझाङ्गमा प्रेस चौतारी बाहिर छन । अधिवेशन भएका अन्य जिल्लाहरुमा भने कुनै न कुनै ठाउँमा तीन मुख्य संगठनहरु युनियन, चौतारी र सेण्टर समावेश भएका छन । 
नयाँ सदस्य बिवादका   कारण अछाममा अधिवेशन हुन सकेको छैन । 

सम्पादकीय 

हार्दिक कृतज्ञता ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते जननिर्वाचित सरकारलाई असक्षम घोषणा गरि देशको शासन व्यवस्था निरंकुश शैलीमा सञ्चालन गरिरहेका वेला २०६० साल फागुन २९ गते बिम्ब साप्ताहिक डोटीको नमुना अंक प्रकाशन भएको हो । यस साप्ताहिकले १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । 
दुर्गम क्षेत्रबाट प्रकाशन सुरु गरि १३ वर्षे यात्रा तय गर्न  सहयोग गर्ने आम पाठक वर्ग, नियमित रुपमा बिज्ञापन उपलव्ध गराई दिने बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता, सल्लाह÷सुझावदाता सवैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।    
यस साप्ताहिकको स्थापना भएको करीव एक वर्ष नपुग्दै फेरी ज्ञानेन्द्रले कडा निरंकुश शासन व्यवस्था लागु गरे । जसका  कारण बिम्ब साप्ताहिकले लगातार दुई अंक आप्mनो प्रकासन पनि रोक्नु पर्ने अवस्था सृजना भयो । पत्रिका प्रकासनका लागि जिल्ला प्रशासन कार्यालयवाट सेन्सर गर्नु पर्ने अवस्था सृजना भयो । केही अंक सेन्सर गरेरै भएपनि प्रकासन गरी पत्रिका प्रकासनलाई निरन्तरता दिने काम भयो । 
निरंकुश शासनका बिरुद्ध पत्रिकाले नियमित रुपमा लेख रचना प्रकासन गर्ने काम जारी राख्यो । तत्कालीन शाही नेपाली सेनाले  गरेका गलत क्रियाकलापहरु, प्रहरी प्रशासनले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने काममा बिम्ब साप्ताहिक कहिले पनि पछि परेन । निरंकुश शाही शासनको बिरोध गरेका कारण यस पत्रिकाका तत्कालीन प्रधान सम्पादक रामवहादुर ऐरलाई घरमा सुतेका वेला प्रहरीले राती ११ वजे पक्राउ गरी थुनामा राख्यो । पत्रिकामा संलग्न अन्य व्यक्तिहरुलाई थुन्ने, धम्की दिने, पत्रिका खारेज गर्ने धम्की दिने र बिज्ञापन उपलव्ध नगराउने धम्की दिने काम समेत त्यसवेलाका केही सरकारी कर्मचारीहरुवाट भए । 
यति हुँदाहुँदै पनि बिम्ब साप्ताहिकले आप्mनो नियमित यात्रा जारी राख्यो । पाठक वर्गहरुको अपार माया, बिज्ञापनदाताहरुको नियमित सहयोग, लेखक रचनाकारहरुले उपलव्ध गराएको अमुल्य सामग्री र बौद्धिक वर्गहरुको अमुल्य सुझावका कारण बिम्ब साप्ताहिकले १३ वर्षको कठीन यात्रा पार गरेको छ । यस दौरानमा बिम्ब साप्ताहिक प्रेस काउन्सिल नेपालको बर्गीकरणमा घ, ग हुँदै २०६६ सालको बर्गीकरणदेखि निरन्तर “ख” वर्गमा वर्गकरण भएको छ । सुदूरपश्चिमका पहाडि जिल्लाहरुबाट प्रकासन हुने साप्ताहिक पत्रिकाहरुमा हालसम्म “ख” वर्गमा वर्गीकरण भएको बिम्ब साप्ताहिक मात्र हो । 
कठीन र जटिल यात्रालाई सवै क्षेत्रका व्यक्तित्वहरुको सहयोगमा यहाँसम्म पु¥याउन सहज भएको छ । आगामी दिनहरुका पनि यस यात्रालाई निरन्तरता दिने बिम्ब साप्ताहिक टिमको अठोट रहेको छ । यसका लागि बिगतका दिनहरु जस्तै आगामी दिनमा पनि यस साप्ताहिकलाई आम पाठक वर्ग, बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता सवैको अझ वढी सहयोग आवश्यक हुने महसुस भएको छ । पाठक वर्गको चाहना अनुसार बिम्ब साप्ताहिकलाई समयानुकुल परिमार्जित गर्दै लैजाने हाम्रो अठोट रहेको छ । यसका लागि सहयोग गर्न सवैमा हार्दिक अपील गर्दछौं । 
यस पत्रिकालाई निरन्तरता दिने क्रममा थुप्रै साथीहरु पत्रिकासंग जोडिएर महत्वपूर्ण योगदान दिएर अहिले अर्कै पेशामा संलग्न हुनु भएका पत्रिकाका संस्थापक प्रधान सम्पादक सहित सम्पूर्ण साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । उहाँहरु सवैको योगदानको पत्रिका  परिवार उच्च मुल्याङ्ककन गर्दछ । आगामी दिनहरुमा उहाँहरुको प्रत्येक्ष अप्रत्येक्ष सहयोग हाम्रा लागि अति आवश्यक छ । 
१३ वर्ष पुरा गरेको अवसरमा एक पटक पुनः सवै क्षेत्र र वर्गका व्यक्तिहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै निरन्तर सहयोगका लागि पुनः अपील पनि छ ।

थप समाचार 

जिबिस बन्यो “जिल्ला समन्वय समिति”

आठ स्थानीय तहमा कार्यकारी अधिकृत तोकिए


२०४६ सालको राजनीतिक परिवर्तनपछि जिल्ला पञ्चायतबाट नामाकरण गरिएको जिल्ला बिकास समिति अव जिल्ला समन्वय समितिमा परिणत भएका छन । नयाँ संरचना अनुसार कार्यकारी अधिकृत समेत तोकिएका छन । 
नेपाल सरकारले नयाँ संरचना अनुसारका स्थानीय तहको कार्यान्वयन गर्न फागुन २७ गते राजपत्रमा सूचना प्रकाशन गरेपछि डोटी जिल्ला बिकास समितिमा जिल्ला समन्वय समितिको साईनबोर्ड झुण्डिएको हो ।
यस्तै जिल्ला समन्वय समिति डोटीले जिल्लाका आठ स्थानीय निकायहरुमा नयाँ कार्यकारी अधिकृत तोकेको छ । स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार साबिकका गाउँ बिकास समिति सचिवहरुमध्येबाट बरिष्ठतम्का आधारमा कार्यकारी अधिकृत तोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । 
कार्यकारी अधिकृतको जिम्मेवारी पाउनेहरुमा शिखर नगरपालिकामा कर्णवहादुर धामीलाई कार्यकारी अधिकृत  तोकिएको छ । राजपत्र अनअंकित प्रथम श्रेणीका धामी यसअघि बनलेक गाबिसका सचिव हुन । 
यस्तै आदर्श गाउँपालिकामा डवलवहादुर भाट, पूर्विचौकी गाउँपालिकामा दिपक नगरकोटी, सायल गाउँपालिकामा लालवहादुर बोगटी, बोगटान गाउँपालिकामा दिलिपसिं साउँद, जोरायल गाउँपालिकामा शेरवहादुर बिष्ट र बडाकेदार गाउँपालिकामा  भरत नेपालीलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ । 
साविकको दिपायल सिलगढी नगरपालिकामा भने यसअघिनै अधिकृतस्तरका कार्यकारी अधिकृत रहेका छन । 
नयाँ संरचना अनुसार डोटी जिल्लामा दुई नगरपालिका र ७ गाउँपालिका कायम गरिएको छ । यसअघि यस जिल्लामा ५० गाउँ बिकास समिति र एक  नगरपालिका रहेका थिए । 
यसैबीच गाउँपालिका तथा नगरपालिका कार्यकारी अधिकृत चयन गर्ने क्रममा बरिष्ठतम् भन्दा कनिष्ठलाई तोकिएको, सम्वन्धि गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा बरिष्ठतम् हुँदाहुँदै पनि अन्य गाबिसबाट लाएको  आरोप साबिकका गाबिस सचिवहरुले लाउन थालेका छन ।
‘स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश अनुसार सम्वन्धित गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा कार्यरत सचिवहरुमध्ये बरिष्ठतम्लाई कार्यकारी अधिकृत तोक्ने भनेको छ’ एक कर्मचारीले भने ‘तर दरवन्दी अन्तै भएका र थप जिम्मेवारी सम्हालिरहेकाहरुलाई जिम्मेवारी दिइएको छ ।’ केही कर्मचारीहरुको भनसुनका आधारमा यस्तो गरिएको ति कर्मचारीले गुनासो गरेका छन ।

पत्रिकामा केही हुँदैन अनि के पढ्नु ?

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सव कार्यक्रम सम्पन्न


‘अन्यथा नमान्नुहोला साथीहरु, तपाईहरु स्थानीय पत्रिका पढ्नु प¥यो त भन्नु हुन्छ तर के पढ्नु त्यसमा पढ्ने लायकको सामग्री केही हुँदैन ’ 
बिम्ब नेपाली साप्ताहिकको १३ औं बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको एक कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले पत्रकारहरुले खोजमुलक समाचार सामग्रीहरु प्रकाशन गर्नु पर्ने     कुरामा जोड् दिदै माथीको कुरा     भने । उनले समाचारहरु सत्यमा आधारित र मानिसको जीवन जिबिकासंग जोड्ने खालका हुनु पर्नेमा जोड् दिए । 
बिम्ब साप्ताहिकलाई शुभकामना दिदै शर्माले भने ‘सत्य–तथ्य घटना, सन्तुलित समाचार भन्ने पत्रिकाको नारा छ त्यसै अनुसार तपाईहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहनु भएकोमा बधाई पनि दिन  चाहान्छु ।’ शर्माले सरकारी कार्यालयहरुले सबै सञ्चारमाध्यमहरुलाई समानुपातिक रुपमा बिज्ञापन बितरण गर्नु पर्ने कुरामा जोड दिए । उनले आफुले सवै कार्यालय प्रमुखहरुलाई बिज्ञापन दिँदा सबै पत्रपत्रिकाहरुलाई पालो लगाएर दिन भनेको पनि वताए । 
जिल्ला प्रशासन कार्यालयलेनै स्थानीय पत्रिका   खरिद नगर्ने गरेको गुनासोपछि प्रजिअ शर्माले जिल्ला प्रशासन कार्यालयमा पत्रपत्रिकाका लागि बजेट नभएको वताए । उनले भने ‘मैले सरकारी कार्यालयहरुलाई स्थानीय पत्रपत्रिकामा समान रुपमा बिज्ञापन दिन निर्देशन दिईसकेको छु ।’ उनले स्थानीयस्तरको स्रोत साधनलाई समान रुपमा पाउनु पर्छ भन्नेमा आफु प्रयासरत रहेको वताए । 

‘यदि तपाईहरुसंग सत्थ–तथ्य समाचार छ र प्रमाण छ भने तपाईहरुले डराउनु पर्ने कुनै कारण छैन’ समाचार सम्प्रेसणपछि आउने धम्कीको बारेमा चर्चा गर्दै शर्माले भने ‘यदि तपाईहरुले तथ्यपरक समाचार लेख्नु भएको छ भने धम्की दिनेहरुलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्छ ।’ बिम्ब साप्ताहिकले भ्रष्टाचार बिरोधी समाचारहरु अभियानकै रुपमा सञ्चालन गरेकोमा प्रसंसा गर्दै शर्माले आफुले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे । ‘बिम्बले केही खोजमुलक र सकारात्मक समाचार पनि प्रकाशन गरेको पाईएको छ’ शर्माले भने ‘यस अभियानलाई निरन्तरता दिनु होला ।’
देशमा चलिरहेको चरम द्वन्द्वका क्रममा २०६० सालफागुन २९ गते देखि आफ्नो प्रकाशन सुरु गरेको बिम्बले प्रत्येक वर्ष आफ्नो बार्षिक उत्सव कार्यक्रम बिबिध कार्यक्रम गरि मनाउँदै आएको छ । यस वर्ष फागुन २९ गते होली पर्व परेका  कारण बार्षिक उत्सवको कार्यक्रम शुक्रबार (फागुन २७) मा राखिएको सम्पादक रामहरी ओझाले जानकारी दिए । 
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैससका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुले बिम्ब साप्ताहिकले स्थानीय, खोजमुलक र समावेशी खालका समाचारहरु प्रकाशनमा थप जोड दिनु पर्ने वताएका थिए । 
बिम्ब साप्ताहिकले प्रत्येक वर्ष गर्दै आएको सम्मान अनुसार यस वर्ष पनि दुई जनालाई सम्मान गरेको छ । बिम्ब साप्ताहिकबाटै पत्रकारिता सुरु गर्दै हाल मुलधारको पत्रकारितामा क्रियासिल साबिक डोटी गैरागाउँ गाबिस–९ का चन्द्र धामीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । यस्तै डोटी जिल्लाका सामुदायिक बिद्यालयहरुबाट प्रवेशिका परीक्षामा सहभागि भएका छात्राहरुमध्ये सवैभन्दा बढी अंक ल्याउने साबिक बारपाटा गाबिस–६ निवासी पुजा बलायरलाई सम्मान गरिएको छ । 
सो अवसरमा सम्पादक रामहरी ओझाले बिम्बको स्थापना देखि हालसम्ममा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा सम्पादक ओझाले १३ वर्षसम्म बिम्बलाई सहयोग गर्नु हुने, सल्लाह दिनु हुने र हौसला दिनु हुने सवैलाई धन्यवाद समेत दिए । 

कसले कति खर्च गर्न पाउने

बैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको मापदण्ड तय भएको छ ।
निर्वाचन आयोगले तय गरेको मापदण्ड अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन । महानग–रपालिकामा बडा अध्यक्ष र सदस्यका लागि चुनाव लड्ने उम्मेदवारहरुले तीन लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
यस्तै उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले तीन लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन । जिल्ला समन्वय समितिका दुई लाख ५० हजार र सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरि आयोगले मापदण्ड निर्धारण गरेको छ । 
तोकिएको मापदण्ड अनुसार उम्मेदवारहरुले मतदाता नामावली खरिद्, सवारी साधन÷घोडा, सवारी ईन्धन÷दाना, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी÷कार्यकर्ता परिचालन, अन्य प्रचार÷प्रसार (छापा एवं बिद्युतीय माध्यम), प्रतिनिधि परिचालन र बिविध शिर्षक   अन्तरगत सो रकम खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता भरतराज शर्माले जानकारी दिएका छन ।

महिला हिंसा रोक्न देउडा प्रतियोगिता

“मासका चिफली दाल बास्मतीका धान, जाँडरक्सी नखाउ दाइभाइ लिन्छ यसले ज्यान” ‘मालु पात.... जोरायल जन्मसात’ भन्ने यो डोटेली भाषामा आधारित मार्मिक सन्देशले मञ्च नै सबैको ध्यान केन्द्रीत बनेको थियो ।
शनिबार डोटीको दक्षिणी क्षेत्र जोरायलमा लैङ्गिक हिंसा चेतनामुलक अभियान सम्पन्न भएको छ ।  
महिला तथा बालबालिका सेवा केन्द्र डोटी र जिल्ला प्रहरी कार्यालय डोटीको संयुक्त आयोजनामा जोरायलमा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम समुदायस्तर र बिद्यालयस्तरमा भन्ने दुइवटै ब्यानर भएको कार्यक्रम रत्न आधारभूत 
कार्यक्रममा स्थानीय महिलाहरुले लैङ्गिक हिंसा रोक्ने खालका नाराहरु बनाएर ¥याली निकाल्दै मञ्चमा पुगेका थिए । महिलाहरुले देउडा प्रस्तुत गरेका थिए । ‘उदासी चैतको मैना फुलन्लागे आरु, ओ हाम्रा सरकारी मान्छे जन ख्वाया दारु’ भन्ने हरफ प्रस्तुत भएपछि मञ्चमा बस्नेहरुले मुखामुख गरे । 
लैङ्गिक हिंसा रोक्नका लागि यसरी एकजुट भएर सबैलाई चेतना फैलायो भने पक्की पनि हिंसा रोकिने घण्टेश्वर बहुमुखी क्याम्पस जोरायलका क्याम्पस प्रमुख सुनलाल थापाले बताए । थापाले भने, ‘पछिल्लो समयमा जोरायल क्षेत्रका महिलाहरु क्रियाशिल भएर केही हदसम्म हिंसा रोक्न सफल भएका छन ।’ जुन घरमा शिक्षाको अभाब छ त्यो घरमा लैङ्गिक हिंसा बढी थापाले बताए ।  
हिंसा रोक्नमा मद्दत पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको महिला तथा बालबालिका सेवा केन्द्र डोटीकी अध्यक्ष शशी सोबले बताइन । अध्यक्ष सोबले भनिन् ‘हामीले यस्ता कार्यक्रमहरु बिद्यालय तथा समुदायहरुमा गर्ने गरेका छौं ।’ 
हिंसा घर परिवारबाट नै हुन्छ, बिभेद् हुनु पनि हिंसा भएका कारण केही बर्ष अगाडीसम्म पनि छोरालाई खसी र   छोरीलाई फर्सी भन्ने उखान चल्दै आएको थियो यस्तै कुराहरुलाई अन्त गर्नका लागि हामीले यस्ता कार्यक्रम गर्दै आएको सोबले बताइन । 

सूचना दिएन जिल्ला समन्वय समितिले

पत्रकार शंकर थापा र लोकेश अधिकारीले लिखित रुपमा सूचना माग गर्दा पनि जिल्ला समन्वय समितिले सूचना  दिएन । 
पत्रकारद्वयले सूचनाको हक अन्तरगत सूचना माग गरेपछि स्थानीय बिकास अधिकारी गौतमले सूचना दिन नमिल्ने भन्दै सूचना दिएनन् । स्थानीय निकाय पुनसं–  रचना जिल्ला प्राबिधिक समिति डोटीलाई सो कार्यका लागि कति बजेट आएको थियो र सो रकम कुन क्रियाकलापमा खर्च भएको थियो सोको प्रमाणित सूचना र तत्कालिन पोखरी र जिजौडामाण्डौं गाबिसका सचिब ईश्वरबहादुर सिंहलाई सरकारी रकम हिनामिना गरेको सम्बन्धमा के कारवाही भयो ? हाल कारवाहीको प्रकृया कहां पुग्यो भनेर उनीहरुले समाचार प्रयोजनको लागि सूचना माग गरेका     थिए । 
जिल्ला समन्वय समितिका सूचना अधिकारी टेकबहादुर खड्का र सहायक सूचना अधिकारी कृष्णबहादुर खड्का कार्यालयमा नभएपछि स्थानीय बिकास अधिकारी गौतमको कार्यकक्षमा पुगेका सूचना मागकर्ताहरुलाई माग गरिएको सूचना दिन नमिल्ने भन्दै निबेदन बुझ्न अस्वीकार गरेका थिए । स्थानीय बिकास अधिकारी गौतमले सूचना अधिकारी कहां गएको भन्ने आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको पत्रकार लोकश अधिकारी वताउँछन । 
सूचना मागकर्ताहरुले स्थानीय बिकास अधिकारी जस्तो जिम्मेवार पदाधिकारीहरुले गैरजिम्मेवार कुरा गर्न नमिल्ने भनेपछि सूचना फांट तोक लगाएर जसले सूचना दिन्छ उसैकहां जानुस भनेर झर्किएका थिए । त्यस पछि सूचना मागकर्ताहरु सूचना दर्ता गराएर फर्किएका थिए । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा सूचनाको हक कार्यान्वयन निर्देशिका अनुसार कुनै सार्बजनिक निकायमा सूचना अधिकारी नतोकिएको वा सूचना अधिकारीको जिम्मेवारी लिएको ब्यक्ति अन्यत्र सरुवा भई वा लामो बिदामा गएमा सूचना अधिकारीलाई सम्बोधन गरिएको निबेदन माथी कारवाही गर्ने काम सम्बन्धित निकायका प्रमुख वा निजले तोकेको ब्यक्तिले गर्नु पर्छ । कुनै पनि सार्बजनिक निकायलाई सूचना अधिकारीको अनुपस्थितिमा सूचना प्रवाह हिनताको अवस्थामा राख्नु हुदैन भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ को  परिच्छेद २ को दफा ७ अनुसार सूचना मागको निबेदन प्राप्त भएपछि सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने सुचना भए निबेदन प्राप्त भएको मितिले १५ दिन भित्र निबेदकलाई सूचना उपलब्ध गराउनु पर्ने कानूनी ब्यवस्था रहेको छ । 

छोटकरी समाचार 

कार्यशाला सम्पन्न

एक्सनएड नेपालको सहयोगमा सम विकास केन्द्र  नेपाल डोटीद्वारा सञ्चालित प्रगतिशिल स्थानीय स्रोत परिचालन परियोजना अन्र्तगत पाँच गाबिस र दिपायल सिलगढी नग–रपालिका गरि २० वटा विद्यालयमा विद्यालयका ६० जना शिक्षकलाई बालकेन्द्रित सिकाई प्रक्रियाबारे जानकारी गराउन कार्यशाला सम्पन्न भएको छ । 
शिक्षकको शिक्षण सिकाई र बालवालिकाहरुको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्य अनुरुप शिक्षकहरुलाई गत वर्ष दिईएको १० दिने तालिम पश्चात आएको परिवर्तनका बारेमा छलफल गर्न उक्त कार्यशाला आयोजना गरिएको सम बिकास केन्द्रका कार्यक्रम संयोजक   अधिराज बिसीले जानकारी दिए ।  
कार्यशालाले शिक्षकहरुको सिकाई समीक्षा गरि आई परेका समस्या र चुनौतिका विषयमा थप प्रष्ट पार्ने काम भएको बिसीले वताए । तालिमले अध्यापनमा सहज भएको सहभागि शिक्षकहरुले वताए ।

खेल समाचार 
नेपालद्वारा केन्या पराजित


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भईरहेको विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ । 
केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।
नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसीप अन्तर्गत केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।
यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।
बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।
केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई÷दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट   लिए ।
शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

चलचित्र÷मनोरञ्जन 

छक्कापञजा—२ निर्माण हुने

चर्चित हास्यव्यङ्ग्य चलचित्र ‘छक्का पञ्जा’ को अपार सफलतापछि ‘छक्कापञ्जा–२’ निर्माण हुने भएको छ । 
आमा सरस्वती मुभिजको व्यानरमा बन्ने यो चलचित्रलाई छक्कापञ्जाकी निर्देशिका दीपाश्री निरौलाले नै निर्देशन गर्ने भएकी छिन । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाई गर्न सफल ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा’को पछाडि २ राखेर नयाँ चलचित्रको घोषणा गरिएको छ । फागू पूणिर्माको अवसर    पारेर उक्त चलचित्र निर्माण हुने घोषणा गरिएको हो । 
अहिले चलचित्र कथावस्तुमा काम भैरहेको बताईएको छ । ‘छक्का पन्जा’ का मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत चलचित्र ‘छक्का पन्जा–२’ का लागि कलाकारका रुपमा फाइनल भैसकेका छन् । चलचित्रका लागि एक नायक र एक नायिका फाइनल गर्न बाँकी छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले नायक र नायिका चलेकै हुने बताए । 
यो चलचित्र छक्कापञ्जाको निरन्त–रता नभएको निर्माता दीपकराज गिरीले वताए । उनले भने ‘छक्का पन्जा जहाँबाट सकियो, त्यहीबाट ‘छक्का पन्जा—२’ सुरु हुन्छ भन्ने होइन । तर, दर्शकले चलचित्र हेर्दै जाँदा ‘छक्का पन्जा’को पनि याद गर्नुहुनेछ । साथै, ताजा कथामा चलचित्र हेर्न पाउनुहुनेछ ।’ गिरीका अनुसार, चलचित्रले नयाँ र पुराना जेनेरेशनको प्रतिनिधित्व गर्नेछ । साथै, ‘तितो सत्य’ र ‘छक्का पन्जा’ चलचित्रका फ्यानले ‘छक्का पन्जा—२’ लाई अझ मन पराउने उनको विश्वास छ ।
उनका अनुसार चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु गरिनेछ । किरण कँडेलले एउटा गीतमा अहिले संगीत भरिरहेको दीपकले बताए ।

फिल्मकर्मी र पत्रकार सम्मानित

फिल्मी खवरबाट
नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
चलचित्र र चलचित्रसँग जोडिएका कलाकर्मीको पक्षमा आफ्नो कार्यकालमा भएका प्रगतीहरू सार्वजनिक गर्दै उनले कार्यकाल अवधिभर नै संघको आफ्नै भवन बनाई छाड्ने प्रतिवद्धता दोहोर्याए ।
यस्तै कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित भईन भने शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन थापाले सम्मान पाए । यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । यस्तै सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो ।
कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।

लेख 

अव गर्भपतन गर्दिन !


सीता भुसाल 

बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी  रहिछौ । हर्षले मन थाम्न सकिनँ । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकति डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौं । स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि दैलो, कुँचो, टपरी गाँस्ने, बत्ति काट्ने जस्ता सीपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।
एसएलसीसम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले संगै ग¥यौं । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको बिवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । बिवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । बिवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन । हाम्रो भेट नभएको पनि वर्षौं भएछ । 
हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग  परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु । तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छुँ । आफनो शरीरलाई छियाछिया  पारीसकेकी छु । एक   छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अधुरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । 
छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउदा मेरो मन पनि यति दुखेको छैन । दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठोचोखो खान हुँदैन भनेर    सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन् । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छु । छाला चाउरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दश बजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आश बोकेर जान्छु, पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायित हुन्छन् शुभ समाचार सुन्नलाई । तर म बिवश छु मेरो कमजोरी स्वीकार्न ।
मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै परवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा  लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौताको जिन्दगीभरको पीडा खेप्नु भन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ । त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएन नी । माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाउलेहरुले गफ गर्दा मेरा माइती गाउमा पनि इज्जत जाने भयो । के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुशीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।
छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरिसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुन त गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग । मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहे । जबरजस्त हास्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाई, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।
आजभोली त म रेडियोबाट सुन्ने गरेकी छुँ । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको (मेरो) हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा र पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले ‘नाजायज’ नाम दिएको बच्चा बोकेर अव हिड्नु पर्ने भएन भनेर । हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन । बैवाहिक बलत्कार भोगि–रहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।
इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पुनः जाँदैछु गोरखपुरसम्मको   यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाहा छैन मेरो यात्रा कस्तो हुने हो ?
तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छाँगाबाट खसेजस्तै भए र मलाई गाली गर्न   थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ । विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरिकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छुँ ।
हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान्, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली गलोजले प्रभाव पारेको छैन । म खुशीसाथ योग्य छोरी जन्माउने तयारीमा छु । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म, मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् ।
(लेखक ः गुल्मी तम्घास निवासी हुनुुहुन्छ ।)
— दैनिक नेपाल अनलाईनबाट

सन्दर्भ ः बिम्ब साप्ताहिकको १३ औं बार्षिक उत्सवको 

हामीले के ग¥यौं भन्ने कुरा पनि हेर्नु पर्छ


हामीले धेरै कुराहरु उठायौं सरकारी कार्यालयले यो ग¥यो त्यो गरेन, गैससले यो ग¥यो त्यो गरेन भनेर तर हामीले के ग¥यौं भन्ने कुरा बुझ्नु जरुरी छ ।  हामी पत्रकारिता पेशामा काम गर्ने साथीहरुले पनि पाठकको मन जित्न सक्नु पर्छ भन्ने लाग्छ मलाई । कुरा उठ्यो यहाँ पत्रिका किन्ने बानी छैन भनेर । हामीले पत्रिका किन्ने कति जनालाई सम्मान ग¥यौं त ? यदि हामीलाई कसैले बिज्ञापन दियो भने त्यसलाई हौसला पनि दिएनौं की । हौसला स्वरुप सम्मान गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
 बिम्बले यो क्षेत्र तिर पनि बढी ध्यान दिनु पर्छ  । यसरी अरु मिडियाले पनि बिभिन्न सबालहरु उठायो भने  पत्रकारिता क्षेत्र पक्कै पनि बिकास हुन्छ । बिम्बले १३ बर्ष पुरा गरेकोमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
यकराज बडु 
सामुदायिक बिकास केन्द्र डोटी, परियोजना अधिकृत

पिछडिएका बर्गको लागि पनि स्तम्भ थप्नु प¥यो


बिम्बले सबैको बर्ग सबै समुदाय, सबै जातीका आवाजहरुलाई समेट्दै आएको छ । त्यो प्रसंसनीय छ । सिमान्तकृत बर्गका सवालहरु जुन सामाजिक सवालहरु छन ती सबै समट्ने प्रयास गरेको छ । त्यसले जिल्लामा तरङ्ग फैलाएको हामीले महशुस गरेका छौं । डोटीको पत्रकारितामा हेर्दा पत्रिका पढ्नेहरुका तह त्यसका इच्छुक एक तह हुन्छन भने अर्कातिर जो निमुखाहरु, सर्बसाधारण पिछडिएकाहरु हुन्छन जो पहुँचमा पुगेका हुदैनन् तिनीहरुका लागि देशमा के भइरहेछ जिल्लामा के भइरहेछ भन्ने कुराहरु कसरी हेर्न सक्छन बुझ्न सक्छन भन्ने तिर अब सबै मिडियाहरुले जानुपर्छ की भन्ने लाग्छ । बिभिन्न स्तम्भहरु प्रकाशन गरेको छ बिम्बले, यो राम्रो पाटो हो । सकिन्छ भने दलित, पिछडिएका बर्गको पनि एउटा स्तम्भ प्रकाशन गर्दा त्यसले पनि पत्रकारिता बिकास गर्नमा सहयोग पु¥याउछ ।
केशब परियार (अध्यक्ष) 
सम बिकास केन्द्र नेपाल

बिम्ब ऐतिहासिक पत्रिका हो


बिम्ब १४ बर्षमा प्रबेश गरिसकेको छ । यो समयमा बर्षभरी ५२ अंक प्रकाशन गरेर जनताका आवाजलाई उठाएको छ । यो आफैंमा चुनौतीपूर्ण हो । जिल्लामा २५ पत्रिका दर्ता भएका छन । अधिकांश बन्द भएका छन र हुने क्रममा छन । बिम्ब बिभिन्न समस्याका बाबजुत पनि निरन्तर प्रकाशन रहेको छ, म यसलाई डोटी जिल्लाको ऐतिहासिक पत्रिकाको रुपमा लिने गर्दछु । २०६२÷०६३ सालको जनआन्दोलनमा हामी ४÷५ जना मिलेर बिम्बलाई तात्तातो खबर भनेर पनि निकाल्यौं । त्यो समयमा पनि निकै चुनौती थियो । खास गरेर पत्रकारिता पेशामा लागेपछि अरु कुनै पेशा नअँगालेपछि मात्र नियमित हुन्छ । बिम्ब साप्ताहिकको १३ बर्ष पुरा भएको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
योगेन्द्र बलायर
अध्यक्ष नेपाल पत्रकार महासंघ डोटी

सन्दर्भ अनुसार समाचार सम्प्रेषण गर्नु होला

बिम्बको बिषय बस्तुको स्तरीयता भाषाशैली राम्रो छ । फेरी पनि बिम्ब लगायत जिल्ला स्थित सबै मिडियाका साथीहरुले सुधार्नु होला । समय सन्दर्भ अनुसारका समाचारहरु सम्प्रेषण गर्नु होला । पत्रकारका लागि त्यो नै हुन्छ मुख्य सबाल । यस्तै पत्रकारले समाचार सम्प्रेषण गरेकै आधारमा धाक धम्कीहरु आउनु स्वभाबिक हो । 
कसैको बिरुद्धमा कलम चल्दा उसलाई त तनाब हुने नै भयो । अनि उसले धम्की दिनु स्वभाबिक हो । एकजनाले धम्की दिंदा पनि आफ्नो पक्षमा त हजारौं जनाले समर्थन पनि गरेका हुन्छन । एकजनाको धम्कीलाई हजारौं जनाको समर्थन भएपछि के को तनाब लिनु प¥यो ? सत्य तथ्य कुरामा अडिक रहेर समाचार प्रकाशन तथा प्रसारण गर्नुहोला । पीत पत्रकारिता नगर्नुहोला । यो मेरो बिम्ब परिवार र अरु मिडियाका बन्धुहरुलाई सुझाब छ । साथै बिम्ब साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा हार्दिक बधाइ तथा शुभकामना छ ।
चक्र मल्ल (अध्यक्ष) नेकपा एमाले, डोटी 

जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । हामीले विश्वका जुन सुकै मुलकमा हेर्ने हो भनेपनि लोकतान्त्रिक पद्धतिमा मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । तर बिडम्बना राजनीतिदलले राजनीतिको बारेमा बुझ्दैनौ, पत्रकारले पत्रकारको भूमिका बुझ्दैनौं, कर्मकारीले कर्मचारीको भूमिका बिर्सन्छौं, सुरक्षाकर्मीले सुरक्षा गर्न जान्दैनौं । यो कारणले हामी सबै पछाडि परेको हौं । त्यसैले हामी जे गर्दा अगाडी बढ्न सक्छौं त्यो बाटोतिर लाग्नु जरुरी हुन्छ । जसरी बिम्ब एकबद्ध तरिकाले बिगत १३ बर्षदेखि निरन्तर रुपमा जनताका आवाजलाई बुलन्द तरिकाले उठाइरहेको छ, त्यसरी नै सबैले आ आफ्नो क्षेत्रबाट पिछडिएका दुःखी पीडितहरुका आवाजलाई उठाउन सके डोटी पत्रकारिताको पनि बिकास हुन्थ्यो । सबै सहयोगी निकायहरु पनि यो पेशालाई सहयोग गर्छन यदि एकजुट भएर जनताका आवाजलाई बाहिर ल्यायो भने । पत्रकारहरु पनि एक आपसमा मिलेर अगाडी बढ्यो भने पत्रकारितामा कुनै कुराको कमी हुँदैन । बिम्बलाई १३ बर्ष पुरा भएको अवसरमा बधाइ तथा शुभकामना ।
नारायण जोशी (सचिब), नेपाली काँग्रेस जिल्ला कार्य समिति डोटी

महिलाहरुको पनि नियमित स्तम्भ राख्नु प¥यो

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सवको अवसरमा पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । बिभिन्न स्तम्भहरु सञ्चालन गरेको रहेछ बिम्बले तर महिलाहरुको लागि कुनै स्तम्भ सञ्चालन गरेको पाईएन । 
महिलाहरुका बिचारहरु, भावनाहरु, समस्याहरु यदि नियमित रुपमा प्रकाशन हुने भए उनीहरुले पनि आफ्नोपन महसुस गर्ने थिए । महिलाहरुका लागि छुट्टै स्तम्भ सञ्चालन गर्न हुन म सुझाव दिन चाहान्छु । बिम्ब साप्ताहिकका साथसाथै अन्य सञ्चारकर्मीहरुले पनि आ–आफ्नो सञ्चारमाध्यममा महिलाको क्षमता बिकास सम्वन्धि सामग्रीलाई स्थान दिनु पर्छ ।
निर्मला दाहाल 
महिला बिकास अधिकृत 
महिला तथा बालबालिका कार्यालय, डोटी

प्रेस स्वतन्त्रताका लागि लोकतन्त्र जरुरी


पत्रकार राजनीतिबाट टाढै बस्नु पर्छ भन्छन म त्यो कुरालाई सत्य मान्ने पक्षमा छैन । जहाँ लोकतन्त्र हुँदैन त्यहाँ राजनीति हुँदैन । जहाँ लोकतान्त्रिक राजनीति हुँदैन त्यहाँ प्रेस स्वतन्त्रता हुँदैन र जहाँ प्रेस स्वतन्त्रता हुदैन त्यहाँ लोकतन्त्र हुनै सक्दैन र राजनीतिक पार्टीहरु हुँदैन । यदि हामी लोकतन्त्रलाई अघि बढाउछौं भने            राजनीतिबाट पत्रकार टाढा रहनु पर्छ भन्ने मान्यतामा छैन । लोकतन्त्रमा सबैलाई एक अर्काप्रति आस्था हुन्छ । आस्था बोक्यो भन्दैमा कुनै पार्टीको भातृ संस्था हुने होइन । २०६० सालदेखि निरन्तर रुपमा डोटीका सक्रिय पत्रकारहरु मिलेर बिम्ब साप्ताहिक सञ्चालन गरेका थियौं । आज १३ बर्ष पुरा भएर १४ बर्षमा सुरु भइसकेको छ । बिम्बको फेरी पनि उत्तरोत्तर प्रगतिको शुभकामना ।
मिन बम (निबर्तमान अध्यक्ष)
नेपाल पत्रकार महासंघ डोटी

बिम्ब साप्ताहिकले पाठकको मन जितेको छ

समय सन्दर्भ अनुसार तितो सत्य कुरा हुन्छ नै । समाजमा भइरहेका बिकृति बिसङ्गतिहरुलाई कसरी मिडियाले समात्न सक्यो भन्ने कुरा बढी समाजका लागि लाभदायक हुन्छ । बिम्बले खेलेको भूमिका निकै गहिरो छ । जिल्लामा भइरहेका सबै घटनाहरुलाई समाबेश गर्ने गरेको छ । एउटा साप्ताहिक पत्रिका भएपनि पाठकहरु कति बेला प्रकाशन हुन्छ भनेर आतुर भएका हुन्छन, त्यो हामी सबैलाई अबगत नै भएको कुरा हो । बिम्ब नेपाली साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा बिम्ब परिवारलाई हार्दिक धन्यबाद दिन चाहान्छु फेरी पनि समाजको प्रतिबिम्ब भएर बाँचिरहोस शुभकामना ।
बिबेक कुमाल, संयोजक नेपाल कम्युनिष्ट पार्टी डोटी

पत्रिका किनेर पढ्ने बानी छैन

बिम्ब साप्ताहिकले बिभिन्न चुनौतिहरुका बाबजुद् आफ्नो १३ वर्षीय यात्रा पुरा गरेको छ । यस अवसरमा बिम्ब साप्ताहिक परिवारलाई बधाईका साथै शुभकामना दिन चाहान्छु । डोटी जस्तो जिल्लामा जहाँ पत्रिका किनेर पढ्ने बानी छैन, यहाँ स्थानीय पत्रिका नियमित सञ्चालन गर्न निकै चुनौतिपूर्ण छ । जिल्ला प्रशासन कार्यालय स्वयं पनि स्थानीय पत्रिकाको ग्रहाक बन्दैन । अन्य सरकारी कार्यालयहरु पनि मुलधारका पत्रिकाका ग्रहाक बन्छन तर स्थानीय पत्रिकाको बन्दैनन् । बिज्ञापन जति मुलधारका पत्रिकामा पठाउने चलन छ । यतै दिईने बिज्ञापन समेत पहुँचका आधारमा बाँड्ने चलन छ । यसमा सुधार हुनु जरुरी छ । स्थानीयस्तरमा सञ्चालनमा रहेका सवै सञ्चारमाध्यमले समान ढंगले बिज्ञापन पाउनु पर्छ । यसमा प्रमुख जिल्ला अधिकारी ज्यूले पहल गर्नु हुनेछ भन्ने आशा छ । 
मोहन शाही 
कान्तिपुर दैनिक

लोकसेवा तयारीका लागि उपयोगी 

कसरी पास गर्ने लोक सेवा परीक्षा ?

सफलताका लागि टिप्स
— अध्ययन सामग्रीको खोजबिन गर्ने,
— पाठ्यक्रम अनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
— राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
— बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तराष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
— सम्बन्धित विषयका विद्वानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
— अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
— परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
— पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
— इन्टरनेटमा पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
— पाठ्यक्रम अनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
— उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
— बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
— एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
— कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
— एकाग्रताको विकास गर्ने,
— पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेट जति ब्रेक लिने
— दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
— ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
— ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
लेख्दै पढ्ने,
— मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
— शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
— अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
— प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
— सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
— दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
— मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
— सीप सिक्ने चाँजोपाँजो मिलाउने,
— धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
— आत्मविश्वास कायम गर्ने,
— स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
— लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्द चयन गर्ने,
— समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
— मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
— अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
— इक्वायल आई कन्ट्याक्ट गर्ने,
— शिष्टतापूर्वक जवाफ दिने,
— विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
— अवस्था र परिस्थिति अनुसार जवाफ दिने,
— प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
— जानकारी भएपनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
— अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
— मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
— नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने ।
किरणराज शर्मा सहसचिव, वन तथा भूसंरक्षण मन्त्रालय

साहित्य÷सृजना 

आमा

हे आमा
तिमी बिना
डर लाग्छ मलाई किन ?
भीडसँग डराउँछु म
शून्यतामा हराउँछु म 
अन्धकारमा बाटो बिराउँछु म
जब यहाँ म
तिम्रो काखमा हुन्थे
निर्धक्क भएको हुन्थे
फूलहरुमा रमाउँथे म
हरियालीमा मग्न हुन्थे म
उज्यालोपथमा लम्कन्थे म
आज तिम्रो अभावमा 
अश्रुधारा बगाउँछु म
आफैँबाट हराउँछु म
बेदनाले छटपटाउछु म
जब एकान्तमा 
बसेको हुन्छु म
तिम्रै सम्झनामा टोलाउछु म
तिम्रै ममता सम्झन्छु म
तिम्रै मायामा रुचाउँछु म
आमा तिमी छैनौ
म सित
तैपनि बाँचेकै छु म
अझ दृढ बनेको छु म
तिम्रै सपना पुरा गर्दछु ।
अरुण नदी खत्री
सामाखुशी मार्ग, काठमाडौं (नेपाल)

गजल 

सोचे जस्तो हुन्न रैछ विदेशमा !
कहाँ आयो दशैँ तिहार विदेशमा !!
घर आउन सोचेको थिए अहिले दशैँमा !
सोचे जस्तो हुन्न रैछ पापी विदेशमा !!
छोराछोरी सम्झीसम्झी कल्पिन्छ सधै मन !
निष्ठुरी मन भई बस्नु पर्ने बाध्य रैछ विदेशमा !!
तड्पिएर एक्लै बस्छु मिलन हाम्रो कहिले !
सम्झिएर फेरी रुन्छु एक्लै विदेशमा !!
निसा कटुवाल

सूचना÷सन्देश÷बिज्ञापन 

जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय, डोटी

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷११÷२४          
     जिल्ला डोटी खातीवाडा गा.वि.स.वडा नं.७ स्थित कि.नं.५१, ६९, ७९, १०९, १७६, १७८, ५३५ र ५५० को जग्गा सोही गा.वि.स.वडा नं.७ बस्ने चनुवाको बुहारी कल्याणको पत्नि काली देविको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि काली देविको मिति ः २०६८÷६÷१३ मा र निजको पति कल्याणको मिति ः २०२०३२÷१÷१५ मा मुत्यु भईसकेकोले निजबाट सन्तान छोरा छोरी कोही केही नभई अपुताली परेकोले हुँदा निजको शेषपछिको नजिकको हकदार जगुवा साउँदको बुहारी बहादुर साउँदको पत्नि हासुलीदेवी साउँद मात्र भएको हुँदा मृतकको नाउँमा रहेको डोटी खातीवाडा गा.वि.स. स्थित उल्लेखित पुरै घर जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी डोटी खातीवाडा गा.वि.स. कार्यालय डोटीको च.नं.१९८ मिति ः २०७३÷११÷२२ को किटानी सिफारिस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी खातीवाडा गा.वि.स.वडा नं.७ बस्ने हासुलीदेवी साउँदले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷११÷२३ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, काली देविको नजिकको हकदार अन्य कोही भए वा निज निवेदिकाको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

सूचना ! सूचना !!  सूचना !!!

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन 
अनुरोध गरिन्छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय 
राजपुर, डोटी  

सूचना ! सूचना !! सूचना !!!

यस अघी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले उजुरी दिन आह्वान गरिएको समयमा उजुरी दिन छुटेका पीडितहरुको उजुरी दिन पाउनु पर्ने भनी अनुरोध समेत भई आएकोले २०७३ साल चैत्र १५ गतेसम्म ७५ जिल्लाका स्थानीय शान्ति समिति र वेपत्ता पारिएका ब्यक्तिहरुको छानवीन आयोगको कार्यालयमा उजुरी दिन सकिने भनी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले सूचना प्रकाशन गरेकोले सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिको छ ।
स्थानीय शान्ति समिति, डाेटी
सम्पर्क नं. ०९४–४१११७६

दिपायल सिलगढी नगरपालिकाको कार्यालय
सिलगढी, डोटी 

नगरबासीको जानकारीका लागि जारी गरिएको सूचना 


उपर्युक्त सम्वन्धमा नेपाल सरकारबाट हालै जारी गरिएको स्थानीय तहको शासन सञ्चालन सम्वन्धी निर्देशिका वमोजिम यस नगरपालिका क्षेत्रभित्रका साविकका वडाहरु हाल निम्न वडा कायम भएका र उक्त वडामा काम गर्ने वडा सचिब समेत निम्न वमोजिम तोकिएकोले सम्वन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ । 



Tuesday, March 7, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ साल फागुन २४ गते मंगलवार

कमसल तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने बस्तुको उत्पादन, बिक्री बितरण नगरौं र नगराऔं । उपभोक्तालाई भुक्याउने गरी बस्तुको नक्कल गर्ने निम्नस्तरको बस्तु वा सेवालाई उच्चस्रतको भनी ढाट्ने वा झुक्याउने, भुट्टा वा भ्रमात्मक प्रचार प्रसार गर्ने कार्य नगरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

आलोचनालाई पत्रकारिताबाट झिक्न मिल्दैन

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार धर्मेन्द्र झाले आलोचनालाई पत्रकारिता बाट झिके पत्रकारिता अधुरो हुने वताएका छन ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको छैटौं अधिवेशनको उद्घाटनका लागि डोटी पुगेका झाले सञ्चारकर्मीहरुले आलोचना गर्ने अधिकार राख्ने वताउँदै तर कसैको आलोचना बैज्ञानिक, तथ्यपरक, सत्यमा आधारित हुनु पर्ने वताए । ‘यदि आलोचनालाई पत्रकारिताबाट अलग गर्ने हो भने त्यो पर्चाकारिता मात्रै हुन्छ’ झाले भने ‘सार्वजनिक निकायहरुले पनि पत्रकारले आलोचना मात्रै गर्छन भनेर डराउनुको सट्टा आफुलाई सुधार गरेर लैजानु पर्छ ।’ सञ्चा–रकर्मीहरु पनि यही समाजका सदस्य भएका कारण काम गर्ने क्रममा कहिलेकाँही त्रुटी हुने झाको भनाई थियो ।
झाले पत्रकारहरुले राजनीति बुझ्नु पर्ने वताए । राजनीतिक नबुझेसम्म सञ्चार–कर्मीहरुलाई समाचार लेख्न समस्या हुने वताउँदै राजनीति बुझ्नु पर्ने वताए । ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मीहरुले पनि राजनीतिक आस्था राख्न पाउनु पर्छ’ झाले भने ‘तर सञ्चारकर्मीहरुले राजनीति गर्ने होईन ।’ उनले राजनीति र पत्रकारिता संगसंगै जान नसक्ने बताए ।
लोकतन्त्रबादीहरु सूचनाको खुलापनमा बिश्वास गर्ने गरेको वताउँदै झाले तर सर्व–सत्ताबादीहरुले सूचनाको नियन्त्रणको प्रयास गर्ने गरेको  आरोप लगाए । ‘लोकतन्त्रको महत्वपूर्ण एजेण्ट सञ्चार क्षेत्र हो’ उनले भने ‘त्यसैले सञ्चार–कर्मीहरुको सुरक्षा गर्नु समाजको दायित्व हो ।’ सञ्चारकर्मीहरुको पेशागत बिकास हुनु पर्ने पुरामा झाले जोड दिए ।
महासंघको सन्दर्भ कोट्याउँदै उनले भने ‘नेपाल पत्रकार महासंघमा साझा चरित्र झल्किनु पर्छ ।’ महासंघमा कुनै बिचार राख्नेहरुको मात्रै एकल उपस्थिति हुने कुराले संस्थाको साझा चरित्रमा दरार उत्पन्न हुने उनको तर्क थियो । ‘यदि महासंघको एजेण्डालाई सही तरिकाले बोक्न सक्छ भने त्यो जुनसुकै राजनीतिक बिचार राख्ने भएपनि सवैले स्वीकार गर्न सक्नु पर्छ’ झाले भने ‘महासंघ सवैको साझा चौतारीका रुपमा बिकास हुनु जरुरी छ ।’ महासंघभित्र थुप्रै प्रकारका समस्याहरु देखिएको स्वीकार गर्दै झाले यसमा सुधार ल्याउनका लागि सञ्चारकर्मीहरुनै तयार हुने वताए । 
आईतबार सम्पन्न महासंघ डोटी शाखाको अधिवेशनले योगेन्द्र बलायरको नेतृत्वमा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्ष धिरेन्द्र चटौत, समावेशी उपाध्यक्ष सुनिता रावल, सचिव गणेश मौनी, खुला सहसचिव प्रकाशवहादुर बम, समावेशी सहसचिव भागरथी मडै र कोषाध्यक्ष अरुणकुमार बम रहेका छन ।
अधिवेशनले टेकेन्द्र देउवा, मीन बम, पुष्पराज जोशी, उद्धववहादुर ढाँट मुकुन्द भण्डारी र रामहरी ओझालाई केन्द्रीय सभासद् चयन गरेको छ । यसैगरी टेकवहादुर ऐर, मोहन शाही, चक्रवहादुर कठायत, गणेशप्रसाद जोशी, रामदुलारी राना, सरोजकुमार सिंह, भीमबहादुर बिश्वकर्मा र डिलवहादुर सिंहलाई प्रादेशिक सभासद्मा चयन गरेको छ ।
भवन शिलान्यास
यसैबीच नेपाल पत्रकार महासंघ डोटी शाखाको भवन शिलान्यास भएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा महासंघको नाममा रहेको करीव ६ आना जग्गामा नयाँ भवन निर्माणका लागि आईतवार बिहान शिलान्यास गरिएको हो ।
महासंघ पूर्व अध्यक्ष झाले बिधिपूर्वक भवनको शिलान्यास गरेको उक्त भवन शिलान्यासका क्रममा शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले  बैदिक बिधिपूर्वक पुजा पाठ गरेका थिए ।
नयाँ भवन निर्माण कार्य तिव्र रुपमा अगाडि बढाईने महासंघका अध्यक्ष योगेन्द्र बहादुर बलायरले वताए । 

सम्पादकीय

के हुँदैछ मधेशमा <

सप्तरीको राजबिराजमा सोमवार दुःखद् घटना भयो । चार जनाले अनाहकमै ज्यान गुमाउनु प¥यो, दर्जनबढी घाईते भए । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि घाईते भए । उद्देश्य, औचित्य र महत्व नबुझेरै ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली छ, साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको जिम्मा राज्यले लेवस भन्ने अपील छ ।
मृत्यु भएकाहरु न त एमाले हुन न मधेशी मोर्चा हुन । उनीहरु नेपाली हुन । पहिले उनीहरु नेपाली हुन त्यसपछि मात्रै कुनै राजनीतिक दलको बिल्ला भिराईएका व्यक्तिहरु हुन । त्यसैले को पार्टीको म¥यो भन्दा पनि मानव म¥यो, नेपाली नागरिक म¥यो भनेर बुझ्नु जरुरी छ । जनता मार्ने लडाईले कसलाई फाईदा हुने भन्ने बिषयमा पनि बिचार बिमर्श गर्न जरुरी छ ।
संबिधान संसोधनको बिषय संबैधानिक प्रक्रियाबाट गएर टुङ्गिने बिषय हो । संसदमा पेश भएको संबैधानिक बिधेयकलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ । यदि जनताको पक्षमा उक्त बिधेयक छ भने जनताका प्रतिनिधिहरुले त्यसलाई आफ्नो मतद्वारा स्वीकृत गर्नेछन अन्यथा त्यो सिधै अस्वीकृत हुनेछ । त्यो बिषयमा संसद् अवरोध गर्नु गैर लोकतान्त्रिक र संबैधानिक बाटो रोज्नु हो । अर्को कुरा संसद्बाट संबिधान संसोधनको बिषय अस्वीकृत भयो भने पनि मान्दैनौं भन्ने अभिव्यक्ति पनि मूर्खतापूर्ण छ । यि दुवै अभिव्यक्तिहरु अतिबादी हुन, ज्यानमारा हुन । जसले चार जनाको ज्यान लियो । मधेशी मोर्चालाई जसरी पनि संबिधान संसोधन गर्नु पर्ने एमालेलाई जसरी पनि संसोधन प्रस्ताव फेल गर्नु पर्ने, यहि पृष्ठभूमिबाट आएको बिवादको परिणाम सोमवारको घटना हो ।
व्यक्तिगत अभिष्ट पुरा गर्नका लागि वा दलगत स्वार्थ पुरा गर्नका लागि सर्वसाधारण जनताको बलि दिन पाईदैन । यसका लागि सम्वन्धित पक्षले बेलैमा होस् पु¥याउनु जरुरी छ । देशको कुनै पनि क्षेत्रमा सभा, सम्मेलन गर्न पाउने अधिकार राजनीतिक दलहरुलाई छ । यस हिसावले एमाले आफ्नो ठाउँमा सही होला तर परि–स्थितिलाई पनि ध्यान दिनु जरुरी छ । हामीले गरेको सभा सम्मेलनका कारण जनताको ज्यान जान्छ भने हामी कसका लागि राजनीति गर्दैछौं भन्ने कुराको हेक्का राख्नु पनि जरुरी छ । होईन भने ‘भूईको टिप्न खोज्दा खल्टीको पोखिन्छ’ भन्ने उखान एमालेका लागि लागु हुनेछ ।
अर्को बिषयमा सरकारको नालायकीपन राजबिराजमा फेरी एक पटक देखिएको छ । मधेशी मोर्चा र एमाले लडेको रमिता हेर्ने रहर भएकाहरुको गठवन्धन सरकारले नैतिकताका आधारमा सार्वजनिक रुपमा माफी माग्नु पर्छ । संबिधान संसोधन प्रस्तावमा आफ्नै पार्टीभित्र पनि सहमति जुटाउन नसक्ने सत्तारुढ दलहरुले किन संसोधन प्रस्तावलाई अगाडि वढाउन सकेको छैन । सरकारले या त एमालेलाई मधेशमा जानबाट रोक्नु प¥यो होईन भने शान्ति सुरक्षाको व्यवस्था गर्न सक्नु पथ्र्यो । न यसो गर्न सक्ने न उसो गर्न सक्नेले सत्तामा बसिराख्नुको कुनै अर्थ हुँदैन ।
यो राजबिराज घटना अत्यन्तै निन्दनीय छ, दुर्भाग्यपूर्ण छ, दुखदायी छ र खेदजनक छ । यो घटनामा सरकार सवैभन्दा बढि दोषी हो । मानवअधिकारको दृष्टिकोणले प्रत्येक नेपाली नागरिकको सुरक्षाको जिम्मा सरकारले लिनु पर्छ । जनताको सुरक्षाको जिम्मा लिन नसक्ने सरकारलाई सत्तामा टिकिरहनुको कुनै अर्थ हुँदैन ।
समाचारमा आए भिड केही शान्त भईसकेपछि एमालेका कार्यकर्ताहरुले मोर्चामाथी प्रहरीको साइडबाट ढुङ्गा प्रहार ग¥यो भन्ने आएको छ । यदि त्यसो हो भने एमालेले सार्वजनिक रुपमा माफी माग्नु पर्छ र यो घटनाको जिम्मेवारी लिनु पर्छ । यो घटनाबाट हुने क्षेतिको जिम्मेवारी लिन एमाले तयार बस्नु पर्छ । जवरजस्ती कसैमाथी जाई लाग्ने अधिकार कसले दियो एमाले कार्यकर्ताहरुलाई ? होईन भने जो दोषी हो उसमाथी कारवाही हुनु जरुरी छ । 

थप समाचार

आठ वर्षदेखि काजमा छन डाक्टर

भूमिराज जोशी÷डोटी
     फागुन २३
डाक्टर भन्ने बित्तिकै बिरामीको चेकजाँच गर्ने, बिरामीलाई निको वनाउने, बिरामीलाई नयाँ जीवन दिने व्यक्तिका रुपमा बुझिन्छ । तर, तिनै जीवनदाता आठ बर्षदेखि कहाँ छन भन्ने जानकारी नभएपछि के होला ? डोटी जिल्ला अस्पतालमा यस्तै भएको छ ।
२०६७ साल बैशाख ५ गते डोटी जिल्ला अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले डा अर्जुन आचार्यको नाम काजमा भनेर डोटीमा सिफारिस ग¥यो तर मान्छेलाई भने सिफारिस गरेन । जिल्ला स्वासथ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस बिष्ट भन्छन् ‘डा आर्चायले कि त डोटीमा आएर जनतालाई सेवा दिए हुन्थ्यो कि त राजीनामा दिएर अर्कै पेशा अँगाले हुन्थ्यो ।’ सरकारले पनि यस्ता कर्मचारीहरुलाई कार्बाही गरे पछिल्लो पिंढीका कर्मचारीले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा दिन सक्ने बिष्टले बताए ।
स्वास्थ्य मन्त्रालयमा २०६६ साल फागुन १९ गते गरेको निर्णय अनुसार आर्चायलाई डोटीमा पठाउनका लागि ०६७ बैशाख ५ गते मन्त्रालयले पत्राचार गरेको थियो । आचार्यले ०६७ साउन १२ गतेको मितिदेखि डोटीमा आई सेवा गर्नु पर्ने थियो तर त्यसो भएन । डोटी अस्पतालमा चिठी पुग्यो तर डाक्टर पुगेन ।
प्राथमिक स्वास्थ्य केन्द्र लेटे मुस्ताङ्गमा मेडिकल अधिकृतमा कार्यरत आचार्यलाई डोटीमा सिफारिस गरेपछि त्यसअघि नियमित रुपमा डाक्टर नबस्ने अस्पतालमा डाक्टर आउने भयो भनेर स्थानीयहरुले खुशी मनाएका थिए । तर त्यो हर्ष धेरै दिन टेकेन । जिल्ला स्वास्थ्य कार्यालयमा पनि ‘डाक्टर साप’ आज आउनुहुन्छ, भोली आउनुहुन्छ भनेर अन्तिममा त पत्र नै पठाउनु प¥यो ।
काजका लागि डोटीमा आउने भनेका आचार्य २०६७ मंसिर ८ गते जिल्ला जनस्वास्थ्य कार्यालयले पहिलो कार्यकाल बिताएको प्राथमिक स्वास्थ्य केन्द्र लेटे मुस्ताङ्गमा, स्वास्थ्य मन्त्रालयमा, स्वास्थ्य बिभागमा आचार्यलाई डोटीमा पठाउन अनुरोधको माग गर्दै पत्र पठाए । जनस्वास्थ्य कार्यालयले पत्र पठाइसकेपछि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य बिभागले हामी आचार्यलाई तुरुन्तै जिल्लामा पठाउँछौं भन्ने आश्वासन दिए । ति निकायहरुलाई पटक पटक जिल्ला स्वास्थ्य कार्यालयले डाक्टर पठाइ दिन पत्राचार गर्दा पनि आश्वासन मात्र आउने गरेको  वरिष्ठ जनस्वास्थ्य अधिकृत बिष्टले बताए ।
स्वास्थ्य कार्यालयले ०६७ मंसिर ८ मा लेटे मुस्ताङ्ग चिठी पठाएपछि केही दिनमै त्यो कार्यालयबाट मंसिर २१ गते पत्र आइपुगेको थियो । जसमा उल्लेख गरिएको थियो, “केही समयका लागि अध्ययन बिदा भनेर बाहिर गएको हामीलाई खबर प्राप्त भएको छ ।”
डा अर्जुन आचार्य भने हालसम्म कुनै सम्पर्कमा नआएको बताइएको छ । कता हुनहुन्छ, के गर्दै हुनुहुन्छ, यस जिल्लामा फर्कनु हुन्छ की फर्कनु हुन्न त्यो बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बिष्टले बताए । बिष्टले भने ‘अघिल्लो कार्यालय प्रमुखको कार्यकालमा भने आचार्यको बारेमा रेडियो त्रिबेणी एफएमले समाचार बनाएर सम्प्रेषण गर्दा फोनमा कार्यालय प्रमुखलाई आचार्यले गाली बेज्जती दिएको भन्ने सुनिएको हो । त्यसपछि  हामीले पनि उहाँको बारेमा कुनै कुरा पनि उठाउने गरेका छैनौं । हामीलाई चाहिने भनेको पुरै तथ्याङ्क के कति छ भन्ने हो । त्यो बेला  जानकारी गराउँछौं ।’
जिल्ला स्वास्थ्य कार्यालयले बिभिन्न निकायमा पटक पटक कुरा उठाउदा पनि बेवास्ता गरेको देखिन्छ । जनस्वास्थ्य प्रमुख बिष्टले भने ‘हामीले धेरै कुरा उठायौं तर कतैबाट पनि आचार्यालाई जिल्लामा पु¥याउन सकेनौं ।’ मन्त्रालयले आचार्यलाई कारबाही गर्छ या फेरी संरक्षण गर्छ अबको जिम्मेवारी मन्त्रालयकै रहेको बिष्टले बताए ।
‘उहाँ जहाँ जाँदा पनि हामीलाई केही छैन’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजबिक्रम शाही भन्छन् ‘उहाँको दरवन्दी यताबाट सरुवा गरिदिए नयाँ व्यक्ति आउने वाटो खुल्ने थियो ।’
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउने अभ्यासमा लागेका स्वास्थ्यमन्त्री गगन थापाले के आठ बर्षदेखि सम्पर्कबिहिन भएका आचार्य जस्ता चिकित्सकहरुलाई कारवाही गर्ने हिम्मत गर्लान < के डोटी अस्पतालले नयाँ चिकित्सक पाउला < यि प्रश्नहरुको जवाफ आउन बाँकीनै छ ।

श्रीमान्को खोजीका लागि निबेदन


बिगत चार बर्षदेखि भारतमा बेपत्ता भएका श्रीमान्को खोजीका लागि हरुदेबी कटुवाल प्रहरीसम्म पुगेकी छन् ।
डोटी खातिवाडा गाउँ बिकास समिति–१ निवासी हरुदेबीले सोमबार ईलाका प्रहरी कार्यालय दिपायलमा श्रीमान्को खोजीका लागि निवेदन दिएकी  हुन । हरुदेवीका श्रीमान् काले कटुवाल चार बर्ष पहिले रोजगा–रीका लागि भारत जाने भन्दै घरबाट हिँडेका थिए । गएदेखि चार बर्ष बित्दासम्म पनि सम्पर्कमा नआएपछि हरुले श्रीमान्को खोजी कार्य सुरु गरेको बताईन ।
घरबाट भारत जाने भनेर हिँडेका काले कटुवाल एक्कासी सम्पर्क बिहिन भए । ‘धेरै खोज्यौं कतै फेला पारेनौं’ हरुदेबीले भनिन्, ‘आफन्तहरुले भारतमा धेरै खोजे, यता नेपालमा पनि ब्यापक खाजी ग¥यौं तर कतै फेला पारेनौं ।’ आफन्तकै सरसल्लाहमा तथा नेकपा माओबादी केन्द्र सायल गाउँ पालिकाका संयोजक तेज डुम्रेलको सहयोगमा इलाका प्रहरी कार्यालयमा निबेदन दर्ता गराएको पीडित हरुदेबीले बताइन ।
नाबालक बालबालिका बोकेर दिपायल पुगेकी हरुदेबी कटुवाल र राजुदेबी कटुवाल दुबैको पीडा एउटै छ । राजुदेबी कटुवालका श्रीमान् पनि बिगत ६ बर्षदेखि भारतमा बेपत्ता छन । अन्दाजी ५२ बर्ष उमेर भएका शेर बहादुर कटुवाल कामको शिलशिलामा भारतमा जाने बेला बाटो मै हराएको राजुदेबीले बताइन ।
सोमबार खोज तलास गरी पाउँ भनी प्रहरी समक्ष निबेदन दिदै राजुदेबीले भनिन् ‘हामीलाई कता छन, के गर्दै छन भन्ने बिषयमा केही जानकारी छैन । न त कसैबाट सुनेका छौं ?’ हामीलाई पीडा माथि पीडा भएको छ, त्यसैले हाम्रा श्रीमान्को खोजी गरिदिनु होला भनेर आसुँ झार्दै प्रहरी समक्ष निबेदन चढाएकी थिइन ।
आफुलाई भारतमा हराएको व्यक्तिहरुको खोजीका लागि     प्रहरीलाई निवेदन दिनु पर्छ भन्ने वारेमा जानकारी नभएका कारण हालसम्म निवेदन नदिएको राजुले वताईन । ‘निड्स नेपाल भन्ने संस्थाले सम्पर्कमा नभएका व्यक्तिहरुको वारेमा प्रहरीमा निवेदन दिनु पर्ने जानकारी गराएपछि केही हुन्छ कि भन्ने आश बोकेर आएको हौं’ झिनो आशाका साथ राजुले भनिन् ।

आत्मनिर्भर बन्दै ग्रामीण महिला

बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा बस्ने महिलाहरु पछिल्लो समयमा ब्यवसायिक बन्दै गएका छन ।
घरमा पुरुषको मात्र भर पर्दै आएका महिला पछिल्लो समयमा आफैंले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गरिन् । उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धि तालिम समेत लिएकी छिन ।
जिल्लाको एउटा गैर सरकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धि चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । पछिल्लो समयमा उनले अन्य महिलालाई समेत सीप सिकाई रहेकी छिन् ।
साँझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ, रोकायाले भनिन्, ‘अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्ता लगायत कपडा बुन्ने गरेकी छु ।’ त्यसैले पछिल्लो समयमा कसैको भर पर्नु आवश्यक छैन । आत्मनिर्भर भएकी छु ।’ अल्लो भाग्रोका कपडा प्रति मिटर आठसयदेखि  एक हजारसम्ममा बिक्री आएको रोकायाले बताइन ।
त्यस्तै बडिमालिका नगरपालिका–९ का सरस्वती पाध्यायले नेपालगन्जबाट ८ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसा लगायत परिकार बनाउन बिक्री गर्छिन । ठेला  व्यापारबाट दैनिक १५ सयदेखि दुई हजारसम्म आम्दानी हुने गरेको पाध्यायले बताइन । उनले भनिन्, ‘आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी हुनुहुन्छ, ठेला व्यापारकै कमाइले हामी घरखर्च चलाउँछौं ।’
व्यवसाय सञ्चालन गर्नेहरुका लागि आफूहरु सहयोग गर्दै आएको  उद्योग बाणिज्य संघका बाजुरा शाखा अध्यक्ष देवबहादुर रोकायाले बताए । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा दुर्गम जिल्ला बाजुराका महिलाहरु  आत्मनिर्भर बन्दै गएका छन ।
महिला अधिकारकर्मी सीता विकले भनिन्, ‘हामीले आयआर्जन गर्ने महिला– हरुलाई सक्दो सहयोग गर्दै आएका छौं ।’ 

मालपोत कार्यालयको भिडभाड् नियन्त्रण

टेकेन्द्र देउवा÷धनगढी
फागुन २३
लेखापढी ब्यावसायी, दलाल र बिचौलीयाहरुको कारण फाँटमा हुने अनावश्यक भिड्भाड्ले काम गर्न समस्या भएको भन्दै जिल्ला मालपोत कार्यालय कैलालीले तिनको प्रवेशमा रोक लगाएको  छ ।
केहि दिन पहिले द हिमालयन टाईम्समा समाचार प्रकाशित भएपछि जिल्ला मालपोत कार्यालय कैलालीले यो सुधार गरेको हो । २८ जना कर्मचारीको दरवन्दी भएको मालपोत कार्यालयमा एक सय ५० जना लेखापढी ब्यावसायी रहेका छन् । एक जना लेखापडी ब्यावसायीले पाँच जना सम्म सहयोगी राखेका छन् । बाँकी दलाल र बिचौलीयाका कारण जिल्ला मालपोत कार्यालय कैलालीमा भिड नै लाग्ने गरेको थियो ।
सेवाग्राही भन्दा यि ब्यक्तिहरुको भिडले फाँटहरु खचाखच भरिने गरेका  थिए । जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख बिशन सिंह थापाले भने ‘फाँटमा रहेका महत्वपूर्ण कागजात हराउने तथा लुकाउने जस्ता काम पनि भएका थिए ।’ अनावश्यक समस्या देखाई सेवाग्राहीबाट पैशा उठाउने र कर्मचारीलाई खुवाउने काम समेत हुने गरेको थियो । कार्यगरी दलाल ब्यक्तिहरु फाँटमा प्रवेश फाँटमा प्रवेशलाई रोक मालपोत कार्यालय भित्रका फाँटहरुमा सेवाग्राही भन्दा लेखापढी व्यवसायी र उनीहरुले खटाएका ब्यक्तिहरुको भिड लाग्न थालेपछि काम गर्ने वाताबरण नै बिग्रिएको भन्दै अनावश्यक प्रबेशमा रोक लगाईएको छ ।
‘सेवाग्राहीले आफैले गर्ने काममा पनि लेखापढी कानुन व्यवसायी तथा उनले खटाएका ब्यक्तिहरुले पैसा खर्च गराई काम गर्ने गरेको गुनासो आयो’ मालपोत कार्यालय कैलालीका प्रमुख थापाले भने ‘कर्मचारीका नाममा समेत पैशा उठाउने गरेको सुनेपछि यस्तो निर्णय गरियो । लेखापढी व्यवसायी ईकाई र मालपोत कार्यालयका प्रमुख सहितको बैठकले अनावश्यक रुपमा लेखापढी व्यवसायीहरुले मालपोत भित्र नजाने निर्णय गरेको लेखापढी व्यवसायी ईकाई धनगढीका कार्यवाहक अध्यक्ष जितु थापाले जानकारी दिए । उनले भने ‘हाम्रो काम भनेको लेख्ने हो, लिखत तयार गरिदिएपछि कार्यालय भित्र गरिने काम सेवाग्राही स्वयंले गर्छन हामीले जान आवश्यक छैन् ।’ यो निर्णयले व्यवसायीलाई झनै सजिलो भएको उनले बताए ।
‘मालपोत भित्र फाँटका कर्मचारीहरु लेखापढी व्यवसायीले भित्र आएर फाईल खोज्ने लगायतका काम गरिदिने भएपछि आफुले खाली हस्ताक्षर मात्र गर्नु पर्ने हुदाँ खुशी थिए तर यसको कार्यालय भित्र हुने असर र सेवाग्राहीलाई पर्ने आर्थिक भारका बारेमा उनिहरुलाई कुनै चासो नै थिएन’ सेवाग्राही रमेश चौधरीले भने ‘आफैले गर्न सक्ने काम पनि हामीलाई गुमराहमा राखि अरुले नै गरिदिन्थे ।’
कार्यालयको उक्त निर्णयपछि लेखापढी कानुन व्यवसायी पनि पक्ष बिपक्षमा देखिएका छन् । धेरैले यो निर्णय ठिक भनेपनि केहीले भने यो निर्णयले आफ्नो अधिकार नै हनन् भएको बताईरहेका छन् । कार्यवाहक अध्यक्ष थापाले भने ‘यो निर्णयले व्यवसायिक रुपमा काम गर्ने ब्यक्तिलाई सहज भएको छ, अराजक तत्वका लागि समस्या हुन सक्छ ।’
कैलाली मालपोतमा सेवाग्राही भन्दा बिचौलिया धेरै हुने गरेको देखिन्थयो ।

१९ लाख बढीको टिकट बिक्री


यसै फागुन १२ देखि २२ गते सञ्चालन भएको क्षेत्रीय प्रादेशिक महोत्सब दिपायलमा टिकट मात्र उन्नाइस लाख ४६ हजार भन्दा बढी बिक्री भएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
उनले भने ‘अरु बर्षहरु भन्दा यो बर्षको महोत्सबमा निकै फाइदा भएको छ ।’ यसपालीको महोत्सबमा बर्षमा एकलाख भन्दा बढी टिकट मात्रै बिक्री भएका छन । अध्यक्ष खड्काले भने ‘गत बर्ष २ दिन पानी परेर अलि कम फाइदा भएको थियो तरपनि चिन्ताजनक भने भएन ।’ यो पाली त निकै फाइदा भएको खड्काले बताए ।
महोत्सवकै क्रममा सेती नदीमा चलाईएको ¥याप्टिङ्गमा करिब पाँचसय जनाले ¥याप्टिङ्ग खेलेको बताइएको छ । एकजनाको टिकट चार सय रुपैंयाँ रहेको थियो । एक लाख भाडा तिरेर ल्याएको ¥याप्टिङ्गबाट करिब दोब्बर फाइदा भएको बताइएको छ । यस्तै एक सय १० स्टलहरु मध्ये ३२ वटा स्टलहरु मात्र खाली थिए भने अरु स्टलहरुबाट पनि फाइदा देखिएको अध्यक्ष खड्काले बताए । हामीले धेरै पटक महोत्सबको आयोजना ग¥यौं, तर यो पटकको जस्तो भब्य सभ्य बातावरण कहिल्यै    भएन । उद्योग बाणिज्य सघका अध्यक्ष खड्काले भने ‘राष्ट्रिय तथा स्थानीय कलाकारहरुले अझै जनमानसलाई राम्रो प्रस्तुती देखाएर आकर्षित बनाएको हो ।’ त्यसैले अरु बर्ष भन्दा यो बर्ष निकै फाइदाजनक भएको उनको दाबी रहेको  छ ।
बिभिन्न उपसमितिहरुलाई दिएको जिम्मेवारी पनि सबैले नियमपूर्वक पालना गरी काम गरेकोले सन्तोषजनक रहेको उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए । प्रादेशिक महोत्सबको समापन कार्यक्रम आइतबार भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननिय बीर बहादुर बलायरले कृषि, पर्यटन, ब्यापार जस्तो क्षेत्रमा जिल्लाको लागि आफू र आफ्नो पार्टी सधैं सहयोग गर्दै आइरहेको र फेरी पनि त्यो क्षेत्रको हितको लागि सदैब लागिपर्ने बताए ।

एनआरएन जर्मन तोलेनी पुग्यो

गैर आवाशीय नेपाली संघ एनआरएन सामाजिक सेवाका लागि डोटीको डौड तोलेनी गाबिस पुगेको छ ।
१०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी एनआरएनले डोटीको बिकट क्षेत्र डौड र तोलेनीमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त शिविरमा करीव दुई सय ५० जना महिलाहरुले स्वास्थ्य जाँच गराएको कैलालीको धनगढीमा रहेको नवजिवन अस्पतालका स्त्री रोग बिशेषज्ञ डा जयराम केसीले जानकारी दिए । ‘आईतवार डौड र सोमबार तोलेनीमा दुई दिन शिविर सञ्चालन भयो’ डा केसीले भने ‘करीव दुई सय ५० ले चेकजाँच गराएका छन ।’
चेक जाँच गराएका महिलाहरुमध्ये १६ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था भएकोले उनीहरुको नवजीवन अस्पताल धनगढीमा निशुल्क शल्यक्रिया गरिने केसीले वताए ।
सोही क्रममा डौडको जनता जनार्दन माबि र तोलेनीको भवानी माबिका बिद्यार्थीहरुसंग स्वास्थ्य तथा सरसफाई सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको  छ । डा केसीले भने ‘जनता जनार्दन माबिमा करीव तीन सय र भवानी माबिमा करीव दुई सय बिद्यार्थीहरुलाई स्वास्थ्य बक्स समेत बितरण गरिएको छ ।’ स्वास्थ्य बक्समा सावुन, ब्रस, पेस्ट, नङकट, यौवनावस्थाका छात्राहरुका लागि सेनिटरी प्याड जस्ता दैनिक सरसफाईमा काम लाग्ने सामग्रीहरु राखिएको केसीले वताए । ‘यो सधैभरी पुग्दैन’ डा केसीले भने ‘अन्तरक्रियाका क्रममा हामीहरुले सरसफाईको महत्वको बिषयमा जानकारी गराएका छौं र उनीहरुको सरसफाई गर्ने वानीको बिकास भएपछि उनीहरु आफै किन्ने छन ।’
एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराले आफुहरुले देशका दुर्गम क्षेत्रमा बिभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको वताए । उनले भने ‘महिलाहरुको पाठेघर खस्ने समस्या डोटीमा धेरै छ, त्यसैले दुर्गम गाउँमा गएर हामीहरुले शिविर सञ्चालन गरेका हौं ।’ एनआरएन जर्मनीका महिला फोरम अध्यक्ष सफिला राजभण्डारीले महिलाहरुसंग सम्वन्धित समस्याहरुमा महिला फोरमले सहयोग गर्ने याजना अनुरुप यो शिविर गरिएको वताईन। उनले भनिन् ‘हामीले दुर्गम क्षेत्रका महिलाहरुको समस्यालाई ध्यान दिएर बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गरेका छौं ।’ देशका चार स्थानमा हालसम्म यस्ता शिविरहरु सञ्चालन भएका उनले वताईन ।

छोटकरी

बार्षिक उत्सव आज

फारवेष्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित डोटीको एक मात्र व्यापारिक रेडियो, रेडियो डोटी ९८.५ मेगाहर्जको आज एकबर्ष पुरा भएर बार्षिकोत्सब मनाउने कार्यक्रम तय भएको छ ।
रेडियो डोटीका प्रबन्धक निर्देशक चक्र बहादुर कुँवरले दिएको जानकारी अनुसार गत बर्ष आजकै दिन रेडियोले परीक्षण प्रसारण सुरु गरेको थियो । रेडियो डोटी छोटो समयमै स्रोतप्रिय भएको निर्देशक कुँवर वताउँछन । रेडियो डोटीले एक बर्षमा भएका गतिबिधीहरुलाई बार्षिकोत्सबमा प्रस्तुत गर्ने बताइएको छ ।
बार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननीय बीरबहादुर बलायर रहने डोटी एफ एमका स्टेशन म्यानेजर गणेश मौनीले जानकारी दिए ।
डोटी जिल्लामा दुई सामुदायिक एफएम, एक व्यापारिक एफएम र रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रले सूचना सम्प्रेषण गरिरहेका छन ।

चलचित्र÷मनोरञ्जन

पातली देखिने पहिरन

ई–कान्तिपुर अनलाईनबाट
अभिनेत्री दीपाश्री निरौला पछिल्लो समय पहिरन छनोटमा ध्यान दिन थालेकी छन् । ग्ल्यामर फिल्डमा टिकिरहन आफूमा रूपान्तरण ल्याउनुपर्ने उनको सोचाइ छ । उनी पातलो लुक्स कसरी देखाउने भनेर हमेसा कन्सियस हुँदै छिन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा’ बाट सफलताको श्रेय बटुलेकी उनी बाहिर देखिन भए पनि केही न्यु र स्टाइलिस्ट हुनुपर्ने बताउँछिन् ।
‘मोटोपन घटेकै छैन तर पातली भने देखिएकी छु,’ उनी भन्छिन्, ‘ड्रेस डिजाइनमा ध्यान दिन सकियो भने सजिलै पातली देखिने रहेछ ।’ उनी फेसन डिजाइनर रोजिना श्रेष्ठकी रेगुलर क्लाइन्ट हुन् । रोजिनाले नै दीपालाई पातली र फरक देखिने आइडिया दिएकी हुन् । वैशाखमा नयाँ फिल्मको काम थालनी गर्दै गरेकी दीपालाई रोजिनाको साथ फापेको छ । हास्यकलाकारको झलक–मलक स्वरूपमा देखिने दीपालाई रोजिनाले रोयल र अलि बेग्लै स्वरूपमा ढाल्न थालेको बताइन् । ‘दीपा पातली देखिँदै छिन,’ उनी भन्छिन, ‘पहिरन र कन्सेप्टको कमाल हो यो ।’
रोजिनालाई धेरैले आफू मोटो भएको भन्दै चिन्ता व्यक्त गर्छन् । रोजिनाचाहिँ सजिलै उनीहरूलाई पहिरनमार्फत पातलो देखिने उपाय दिन्छिन् । ‘ड्रेस डिजाइनमा कन्सस हुन सके पातलो देखिन सजिलो छ,’ उनी भन्छिन् । उनका अनुसार मोटो शरीरका लागि ‘लाइका’, ‘सिफन’, ‘जर्जियट’ जस्तो फेब्रिक उपयुक्त हुन्छ । त्यस्तै, सकेसम्म चोली नछुट्याई वानपिसमै ‘ए’ लाइनमा कपडा काट्नुपर्ने उनी बताउँछिन् ।
नायिका सञ्चिता लुइँटेल सकेसम्म छोटा पहिरन लगाउन रुचाउँदिनन् । अलि मोटो शरीरलाई यस्ता पहिरनले भद्दा देखाउने उनको अनुभव छ । ‘हल्का पातली देखिने ड्रेस छनोट गर्छु,’ उनी भन्छिन्, ‘कलरमा पनि डार्क रोज्छु ।’
त्यस्तै, नायिका वर्षा राउत पनि आफूलाई अलि मोटी नै भएको   बताउँछिन् । यस्तो अवस्थामा फिल्ममा भन्दा बाहेकको अवस्थामा प्रायः कुर्थी, कुर्था सुरुवाल लगाउन मन पराउँछिन् । ‘लुज कुर्थामा स्लिम र सजिलो फिल गर्छु,’ उनी भन्छिन, ‘अरूले के भन्छन, भन्दा पनि आफ्नो रुचि जे छ त्यस्तै लगाउँछु ।’
फेसन डिजाइनर तेन्जिङ छितेन भुटिया गर्मी लागेपछि ड्रेस डिजाइनमध्ये, मोटो फिगरमा बढी मिहिनेत गर्छन् । उनका अनुसार पातलो शरीरलाई जति सहज रूपमा ड्रेस बनाउन सकिन्छ उति मोटो शरीरमा विशेष जुक्ति लगाउनुपर्ने हुन्छ । शरीरको कुन भाग पातलो छ त्यो ठाउँमा हेभी एम्ब्रोइड नगर्ने, डिजाइन नगर्ने र कपडाले छोप्ने गर्नुपर्छ । डिजाइन र एम्ब्रोइड गर्दा धेरैको ध्यान केन्द्रित हुने हुँदा मोटोपना देखिने उनले बताए । कपडाले शरीरको मोटोपन घटाउने होइन । तर, मोटो शरीर छोपेर पातलो महसुस गराउने काम चाहिँ पक्कै गर्छ ।
‘यो एक प्रकारको इलुजन हो’, तेन्जिङ भन्छन्, ‘हेर्नेहरूलाई पहिरनमा भ्रम पार्ने ।’ उनका अनुसार डार्क रंगका लुगा लगाउँदासमेत पातलो देख्न सकिन्छ । ‘डार्क रंगले प्रकाशलाई सोस्ने काम पनि गर्छ,’ उनी भन्छन, ‘जसका कारण आँखामा रिफलेक्सन पर्दैन र पातलो देखिने भ्रम पैदा गर्छ ।’
डिजाइनर आस्तिक शेरचन मोटो शरीर भएकाले सकेसम्म फुलबुट्टे पहिरन नलगाउन सल्लाह दिन्छन् । हल्का लुज पहिरन, फुल ब्लाउज र हेभी एम्ब्रोइड नगरिएका लुगा छनोट गर्नु राम्रो हुने उनको सुझाव छ ।

खेल समाचार

पारश फर्किए अभ्यासमा

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का खेल अभ्यासका लागि फेरी मैदानमा फर्किएका छन् । करीव तीन साताअघि स्वास्थ्य समस्या कारण उपचारका लागि अस्पताल भर्ना पारस सोमवारदेखि फेरी अभ्यास खेलमा सरिक भएका छन ।
पारस बिरामी भएपछि उनले केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अनिश्चित बनेको थियो । नेपालले शनिबार र सोमबार केन्याविरुद्ध खेल्दै छ । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । उपचार सकि फागुन ८ मा ग्रान्डी अस्पतालबाट पारस घर गएका थिए । पारसलाई त्यसबाट निको हुन सातासम्म लाग्ने बताइएको थियो ।
केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय टिम शुक्रबार काठमाण्डौं फर्किएको थियो । पारसको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरेका थिए । शनिबार नेपाल क्रिकेट खेलाडी संघको साधारण सभाका कारण अभ्यास राखिएको थिएन भने आइतबार बन्द प्रशिक्षणका खेलाडीलाई विश्राम दिइएको थियो ।
सोमबारबाट नेपाली टिमको प्रशिक्षण सुरु गरिएको छ । पारसले बिहान हल्का ‘जगिङ’ गरे । त्यसपछि वैकल्पिकमा रहेका स्पिनर भुवन कार्कीलाई लिएर नेट्समा केही समय सामान्य ‘नक’ गरेका थिए । सोमबार नेपालको सिनारियो प्रशिक्षण थियो । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र सुनील धमलाले आफ्नो पूरा समय ब्याटिङमा   बिताए ।
त्यसपछि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्ने पालो शरद भेषावकर र      पारसको थियो । पारस ब्याटिङमा नगएपछि शरदलाई साथ दिन सागर पुन पुगे । शरद र सागरले आफ्नो पालो सकाएपछि पारसले सेन्टर विकेटमा २ बल खेलेका थिए । त्यसपछि उनले ब्याटिङ गरेनन् ।
‘अहिलेसम्म सबै ठीकै छ, हेरौं के हुन्छ । म फिट हुन्छु होला । अझै ३–४ दिन अभ्यास बाँकी नै छ, त्यति खेरसम्म धेरै थाहा हुन्छ,’ पारसले भने, ‘अहिले अभ्यास सुरु गरेको छु । नेपालका लागि खेल्नु भनेको ठूलो सम्मान हो, त्यसैले म यो अवसर गुमाउन चाहन्न । त्यसै पनि नेपालमा पछिल्लो तीन वर्षमा अन्तराष्ट्रिय म्याचहरू खासै भएको छैन । त्यही भएर यस्तो अवसर आउँदा खेल्न जतिसक्दो कोसिस गर्नेछु । आफैलाई पुस गरिरहेको छ ।’
उनले अगाडि भने ‘आज अभ्यास गर्दा त्यस्तो गाह्रो त भएन । डाक्टरसँग पनि परामर्श गरिरहेको छु । डाक्टरले पनि सुरुआत विस्तारै गर्नु र अवस्थामा सुधार आएसँगै स्पिड बनाउनु भन्नु भएको छ । आज शरीरको भागले पनि राम्रो स्थिति देखाएको छ । मैले खेल्ने सम्भावना पनि राम्रै छ । तर अहिले अझै यसै भन्न   सकिन्न । एउटा कप्तानका रूपमा म टिममा योगदान दिन चाहन्छु । म पनि खेल्न आतुर छु ।’

लेख

मेची—काली अभियानको सान्दर्भिकता
प्रा डा बद्रीबिशाल पोखरेल
जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’ को राजनीतिक व्याख्या गरेका थिए । उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आम जनताको हितको कुरालाई सर्वोपरि राख्नु पर्ने कुरा गरेका थिए । कुनै पनि पार्टी जब देशको शासकीय हैसियतमा पुग्छ तब उसको प्रमुख जिम्मेदारी तमाम जनताको हितसित गाँसिनु पर्छ भन्ने ओलीको धारणा हो । उपर्युक्त उक्तिमा  एमाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि तह, तप्का, वर्ग र जाति÷समूहका आमजनतालाई राज्य र राजकीय निकायले हेप्न पनि पाइन्न भनेका हुन् । उनले सबै जनताकोे आ–आफ्नो मान र मनितो हुन्छ र त्यसलाई राज्यले सुरक्षा गर्नुपर्छ भनेका थिए ।
तर अहिले जनताको जीउ, धन र मानको सुरक्षा सवालभन्दा देशको अखण्डता, एकता र सामाजिक सद्भावको सुरक्षाचाहिँ सङ्गीन  सवाल बनेको छ । एकाध कथित मधेसी नेताहरू ९० प्रतिशतभन्दा बढी सभासद्ले लोकतान्त्रिक विधि र पद्धतिबाट पारित गरेको संविधानको विरोध गरिरहेका छन् । त्यतिमात्र होइन, संविधानविरुद्ध भारत प्रायोजित अमानवीय नाकाबन्दीको पक्ष लिएर दशगजापारि पुगी नेपालतिर ढुङ्गामुढासमेत बर्साए । उनीहरु नै अहिले आएर संविधान संशोधन प्रस्ताव आफ्नो पक्षमा पारित भएन भने देश गम्भीर संकटमा पर्ने चेतावनी दिइरहेका छन् । हुँदाहुँदा मधेसी दल संविधान सभाबाट सामूहिक राजीनामा गर्ने धम्की पनि दिन थालेका छन् ।
यस्ता धाक र धम्की तिनले पहिले पनि नदिएका भने होइनन् तर नेपाल र नेपाली जनताको दृढ एकताबाट स्वयं भारतीय प्रधानमन्त्री मोदीसमेत कायल भएको तिनलाई सम्झना हुनुपर्छ । अब यिनका पनि अगुवाहरूको राष्ट्रविरोधी गतिविधिलाई राज्यले कहिलेसम्म टुलुटुलु हेरेर बस्ने भन्ने प्रश्न पनि उठेको छ यतिबेला । उनीहरू ठुटे पुच्छरले हिमाल हल्लाउने दिवास्वप्नमा छन् । यस्ता अलोकतान्त्रिक परिपाटीलाई वर्तमान गठबन्धन दल परोक्ष रूपमा मलजल गरिरहेको देखिन्छ । कथित  मधेसी नेताहरू किस्ताकिस्ता गरेर देशमा एकपछि अर्को समस्या खडा गर्नमा व्यस्त छन् । यीमध्ये केहीले  नेपालीको संस्कार र सामाजिक सद्भाव ध्वस्त पार्ने प्रयास पनि गरेका छन् ।
अर्कोतर्फ यसखालका कृत्यविरुद्ध पार्टीको पगाहासमेत चुँडाएर नेका युवा नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलगायत कतिपय राष्ट्रवादी नेतासमेत ओलीकै मार्गमा सामेल भइरहेका छन् । यसबाट पनि स्पष्ट भइसकेको छ कि अहिले देश राष्ट्रवाद र राष्ट्रघातको दुई धारमा विभाजित छ । अहिलेको गठबन्धन सरकार भारतीय शासकसामु लम्पसारवादमा परिणत भएको छ । एमालेलगायत ९ दलले सदनमा लामो लडाइँ लडे पनि गठबन्धन सरकार राष्ट्रघात गर्ने कुराबाट टसमस भइरहेको छैन । देश र मधेसका नाममा अप्रिय र खुलेयाम गतिविधि हुँदा पनि सरकार त्यसका विरुद्ध गम्भीर     बनिरहेको देखिएन । विपक्षी दलले यस विषयलाई सदनमा देश र दुनियाँले थाहा पाउने गरी उठाएको हुँदा बाध्यताबस लागिपरेकोसम्म देखिन्छ ।
यो सरकार भित्री मनबाट सकेसम्म संक्रमणकाल लम्ब्याएर देशलाई अस्थिर, अन्योल र अस्तव्यस्त पार्न चाहन्छ । यस्ता काम र कुराले देशमा सबैखालका समस्यालाई अरु गहिरो बनाउने देखिन्छ । यो सरकारको यही अन्तर्य र गुह्य रहेको स्पष्ट हुन्छ । यस्तो संकटापन्न अवस्थामा आमजनतालाई यस विषयमा सुसूचित, जागृत र सचेत गराउनु जनताका पार्टी र नेताको धर्म हो । तसर्थ नेकपा एमाले पार्टीले अहिले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्दै राष्ट्रिय एकता, स्वाधीनता, सामाजिक सद्भाव, अखण्डता र राष्ट्रिय स्वाभिमानलाई मूल नारा बनाएको देखिन्छ । एमाले यस अभियानबाट संक्रमणकाल समाप्त पारी मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउन प्रतिबद्ध देखिन्छ । त्यसैले यो अभियान केवल आगामी स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीको बहुमत प्राप्त गर्ने कुरामा मात्र सीमित गरिनुहुँदैन । यसरी राष्ट्रवादको विषय उठाउँदा स्वतः पार्टीको प्रभाव अवश्य बढ्छ नै । पहिल्यैदेखि औपचारिक वा अनौपचारिकरूपमा भुइँ तहदेखि प्रगतिशील राष्ट्रवादी भावनालाई आवश्यक मलजल नगरिएको अवस्थामा ढिलै भए पनि यो अभियान एमाले जस्तो प्रभावशाली पार्टीले सुरु गर्नु अहिलेको अत्यन्त सामयिक, सान्दर्भिक तथा अपरिहार्य विषय हो । त्यसैले यस जनअभियानको दूरगामी महत्वलाई शीर्ष स्थानमा राख्दा यसको औचित्य, महत्व र सान्दर्भिकता अरु स्पष्ट हुनेछ ।
जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमा जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्ने मान्यता स्थापित गरेको देखिन्छ । पुष्पलाल नेतृत्वमा स्थापित तथा विकसित कम्युनिस्ट पार्टीको विरासत ग्रहण गरेको एमालेले तमाम उत्पीडित जनसमुदायलाई अन्यायविरुद्ध वैचारिक र व्यावहारिकरूपमा जागृत गराउँदै आएको देखिन्छ । जनता इतिहास निर्माता हुन् भनेपछि ती जनतालाई सबै हिसावले सुशिक्षित, प्रशिक्षित गर्दै जागरण आन्दोलनमार्फत् समाज परिवर्तन गर्ने सोच एमालेको देखिन्छ । त्यसैले २०११ सालतिर तमाम श्रमजीवी किसानलाई अपमानितरूपमा हेपेर बोलाइने ‘रे’ सम्बोधन गर्ने परम्पराविरुद्ध ‘जी कहो’ आन्दोलनसमेत समावेश गरेर किसानका आर्थिक, सामाजिक अधिकार दिलाएको थियो । यस पार्टीले आजका दिनसम्म समसामयिक राष्ट्रिय राजनीतिक चेतना अभिवृद्धिका अनेक अभियान सम्पन्न गरेको यही लेखक साक्षी छ । सही सिद्धान्त हुँदा र तद्नुसारको व्यवहारबीच तालमेल हुँदा आमजनताबीच आफ्ना विचार, नारा, अभियान र आन्दोलन लिएर गाउँघर जान सकिन्छ ।
सूर्य उदाएपछि अँध्यारोको अस्तित्व समाप्त हुन्छ । जीवन तत्वका अगाडि मरणशील तत्वको अधोगति हुन्छ । निर्झर खोला दुर्लङ्घ्य पर्खाल भत्काउँदै सामुद्रिक यात्रा तय गर्छ । सत्यका अगाडि असत्य, अपराध र अकर्मण्यताको अवसान अपरिहार्य हुन्छ  । नेपाली र भारतीय जनताबीच सदियौँदेखि सदियौँसम्म मैत्रीपूर्ण सम्बन्ध रहे पनि भारतीय शासक नेपालमा उहिल्यैदेखि गिद्धे दृष्टि लगाइरहेका देखिन्छ । भारतस्थित तत्कालीन बृटिस औपनिवेशिक चरित्र र चिन्तनलाई हुबहु आत्मसात्        गरेको हालको मोदी नामको भारतीय शासकको कुट, कलुषित र कल्मस नेपाल नीति अमानवीय नाकाबन्दीमार्फत् खुलस्त भएको देखिन्छ ।
असम्भवलाई सम्भव बनाउनेचाहिँ नेता हो । हरेक प्रतिकूलताभित्र अनुकूलताको खोजी गर्ने नेता हो । सत्य, सही र सच्चाइसमेत आमजनताका मनमा प्रभावपूर्ण तरिकाले प्रवाह गर्न सक्नेचाहिँ नेता हो । २०४६ सालको आन्दोलनमा नेकाका सर्वमान्य नेता गणेशमान सिंहको एक्लो भूमिका नेकातर्फबाट निर्णायक थियो । जननेता मदन भण्डारीको वाममोर्चामार्फत् शीर्षस्थ भूमिकाले २०४६ सालको आन्दोलन सफल बनेको हो । भण्डारीको एकल शिखर व्यक्तित्वका कारण दुनियाँबाट कम्युनिस्ट ढलिरहेका अवस्थामा नेपालका कम्युनिस्ट भने जुर्मुराउन सकेका थिए । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले विगतकालदेखि राखेका जायज माग र दाबीलाई नेकालगायत पार्टीले नमानेको हुँदा देश धरापमा परेको हो भनेका थिए ।
२०४६ सालको संविधानमा राखेका २७ बुँदे संशोधन अनुमोदन नगरेर देशलाई पछि पार्ने नेका नेता गिरिजाप्रसाद कोइराला हुन् । मित्रराष्ट्रहरूले नेपाली जनताको सुख, समृद्धिका लागि उपहारस्वरूप प्रदान गरेका सयौँ उद्योगधन्दा माटोका भाउमा बेच्ने नेका नेता गिरिजा नै हुन् । मदन भण्डारीले दश वर्ष सहकार्यका साथ अगाडि बढौँ, शत्रुतापूर्ण प्रतिस्पर्धा नगरौँ भनी राखेको प्रस्ताव नमान्ने पनि नेका नै हो । तत्कालीन गिरिजा    सरकारले आफ्नै बहुमतको सरकार गिराएर पुनः संसदीय चुनावमार्फत् दुईतहाई ल्याएर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन उद्यत शक्तिलाई ठेगान लगाउने एमाले नै हो । माओवादी उग्रवाद र अतिवादलाई वैचारिक तीव्र बहसबाट ठेगान लगाउने पनि एमाले हो । 
मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमार्फत कम्युनिस्टप्रति लगाइएका सारा लाञ्छना तोडिदिने पार्टी पनि एमाले हो । यस्ता सारा भ्रम निमिट्यान्न पारेको हुँदा पञ्चायत फ्याल्ने बेलामा मौन समर्थनमा बस्ने प्रचण्ड र बाबुरामहरूलाई कम्युनिस्ट नामको आतङ्ककारी काम गर्न सजिलो भयो नत्र यस्ता भ्रम तोड्न तिनले ठूलै बलबुता लगाउनु पथ्र्यो । ओली सरकारले नेपाली जनताको साथ सहयोगमा अत्यन्त अमानवीय भारतीय नाकाबन्दी नाकाम पारिदियो अनि कहिल्यै कसैले गर्न नसकेको र आँटै नगरेको चीनको नाका खोल्ने काम ग¥यो ।
यस्तो पार्टीलाई तराई मधेस विरोधी भन्नेहरूले एक पटक इतिहासका पाना पल्टाए हुन्छ । मधेस पहाडका भूमिहीन सुकुम्बासीलाई जग्गाधनीको लालपुर्जा वितरण गर्ने मनमोहन अधिकारीको नौ महिने सरकार हो । तराई मधेसी जनताको नागरिकता सम्बन्धी नैसर्गिक अधिकार समाधानका लागि धनपति आयोग गठन गरी तथ्यसत्य खोज गर्ने एमाले हो । तराई मधेसमा विद्यमान भूमि समस्या समाधानका लागि बनेको केशव वडाल आयोगले प्रतिवेदन तयार पारेको हो । तर कथित मधेसी दलहरू तराई मधेसका आमश्रमजीवी जनताप्रति गरिने सबैखालका विभेद, असमानता र अन्यायविरुद्ध काम त परै जाओस् कुरा सुन्न पनि चाहँदैनन् । ओली नेतृत्वको विगत नौ महिने सरकारले मधेस र पहाडका लोपोन्मुख २० हजार परिवार–लाई जनता आवास कार्यक्रमअन्तर्गत       रकम विनियोजन गरेको, समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम, हुलाकी राजमार्ग निर्माणका लागि रकम विनियोजन, मुक्त कमैया पुनस्र्थापनाको बाँकी कामका लागि रकम विनियोजन, किसान आयोग गठन, तराई मधेसका सीमान्तकृत समुदायका बालबालिका लागि अध्ययन अनुदान दिने जस्ता काम गरेको थियो। त्यतिमात्र हैन, दलित तथा लोपोन्मुख समुदायका बालबालिकाका लागि उच्च शिक्षा निःशुल्क हुने व्यवस्था पनि गरेको थियो । तर अनकौँ पटक उपप्रधान, मुख्य र सहायकमन्त्री हुने कथित मधेसी दलले सत्तामा हुन्जेल तराई मधेसी जनताका लागि खासै केही गरेनन् । वास्तवमा अहिले यही सत्यतथ्य उजागर हुन्छ भनेर नै उनीहरू एमालेको मेची–महाकाली अभियानको विरोध गरिरहेका बुझ्न गाह्रो छैन ।
नागरिक दैनिकबाट

फिचर

राजबिराज घटना ः फिल्डमा जे देखियो, त्यही लेखियो

ल एस के शान
प्रहरीले चलाएको गोली लागेर सोमबार सप्तरीमा चार जनाको ज्यान गयो । नेकपा एमालेले प्रारम्भ गरेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक दर्जन बढीलाई गोली लाग्यो ।
गोली लागेका मध्ये मलेठ गाविस–२ का सञ्जन मेहता, सोही गाविस–४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र डिमन गाविसका दिगम्बर यादवको ज्यान गएको छ । मृतक मध्ये मेहताको घट्नास्थलमै ज्यान गएको हो भने यादव र मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र साहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो । सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादवसमेत लाठी चार्जबाट घाइते भएका छन् । झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् ।
दर्जनौं पटक भयो झडप
एमालेको सभा राजविराजभन्दा तीन किलोमिटर उत्तर रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र चलिरहँदा बाहिर मोर्चा र प्रहरीबीच झडप भइरहेको थियो । करिब चार घण्टासम्म झडप चलेको थियो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अभियान औद्योगिक क्षेत्रमा पुगेर शुरु भएपछि अभियान झन् तिब्र बनेको थियो । नेता माधव नेपाल बोलिरहँदा अश्रु ग्यास र हवाई फायर शुरु भएको थियो । मान्छेलाई नै लक्षित   गरी प्रहरीले गोली चलाउनु अघि करिब दुई सय राउण्ड अश्रु ग्यास र एक सय राउण्ड हवाई फायर गरिएको  थियो । प्रदर्शनकारीले प्रहार गरेको ढुँगा लागेर चार जना प्रहरी घाइते भएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुँदै गोली चलाउन शुरु ग¥यो । प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको र शरीरको अन्य भागमा गोली लाग्यो ।
झडपका क्रममा शुरुदेखि नै सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने अडान लिएको मधेसी मोर्चाले दिउँसो दुई बजेसम्म राजविराजमा र त्यसपछि औद्योगिक क्षेत्रमा प्रदर्शन गर्न शुरु गरेको थियो । औद्योगिक क्षेत्रदेखि दुई सय मिटर आसपास क्षेत्रमा प्रहरी परिचालन भई आवतजावतमा रोक लगाइएको थियो । प्रहरीले रोक लगाएपछि मोर्चा नेता÷कार्यकर्ताहरुले औद्योगिक क्षेत्र अगाडिको गहुँ खेतमा गएर कालो झण्डासहित प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेका थिए भने प्रदर्शनकारीले माटाका डल्ला फ्याँक्ने क्रम दर्जनौं पटक चल्यो । भित्र कार्यक्रम भइरहँदा झडप धेरैपटक भइसकेको थियो । कार्यक्रम सकिनै लाग्दा प्रहरीले गोली चलाउन शुरु ग¥यो । एमालेको कार्यक्रम चलिरहँदा झडप भइरहे पनि अवस्था भयावह बनिसकेको थिएन ।
सप्तरी प्रवेश गर्नुअघि एमालेले आफूहरु संयमित भएर सभा गर्ने जनाएको थियो । यहाँसम्म एमालेको अभियान आउँदा कार्यकर्ताहरु संयमित नै थिए । अभियानमा आउने बेलासम्म मोर्चा कार्यकर्ताहरु लगभग गलिसकेका थिए । यसअघि नै मोर्चाका मुख्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरिसकेका कारण प्रहरीसँग झडप गरिरहेका कार्यकर्ताहरु घर फर्किने सुरमा थिए ।
स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन÷चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो ।          प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए । एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए । झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।
प्रहरीको पुरानै कुरा
प्रहरीले घटनाको कुनै अनुसन्धान नै नगरी प्रदर्शनकारीबाट पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको उल्लेख गरेको छ । पूर्वाञ्चलका डीआइजी रमेश भट्टराईले बिराटनगरबाटै यस्तो प्रतिक्रिया दिएका छन् ।
मोर्चा नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले मोर्चालाई बदनाम गर्न यस्तो आरोप लगाएको बताए । उनले प्रहरीलाई यो कुरा प्रमाणित गरेर देखाउन चुनौति दिए ।
पानी फोहरा दिने गाडी देखाउन मात्रै
एमालेको अभियानसँगै सुरक्षाकर्मीले पानीको फोहरा दिने गाडी समेत मगाएको थियो । झडप भइरहेकै ठाउँमा यो गाडीलाई उभ्याएको थियो । तर, झडप भइरहँदा यो गाडीको प्रयोग प्रहरीले गरेनन्। एमाले कार्यकर्ताले ढुङ्गा फ्याँकेपछि तिब्र बनेको झडपमा प्रहरीले एक्कासी अश्रु ग्यास प्रहार शुरु गरेको थियो । यसपछि हवाई फायर र व्यक्तिलाई ताकेरै गोली चलायो ।
आयोग पदाधिकारीले सुने भाषण ।
एमालेको अभियानसँगै राष्ट्रिय मानवअधिकार आयोगका पनि चार जना प्रतिनिधि सप्तरी आएका छन् । भित्र कार्यक्रम चलिरहेको र बाहिर झडप भइरहेको अवस्थामा ती प्रतिनिधिको काम के हुन्थ्यो ? यो प्रश्नको उत्तर शायद यही हुनुपर्छ कि झडपको अनुगमन गर्नुपथ्र्यो । तर, ती आयोगका प्रतिनिधिहरुले झडपको सुइँकोसम्म पाएनन् । उनीहरु एमाले नेताहरुको भाषण सुन्न व्यस्त भए ।
घटनापछि जिल्ला तनावग्रस्त, भारदहमा सवारी साधन तोडफोड
चारजनाको ज्यान जाने गरी भएको घटना पश्चात सप्तरी जिल्ला तनावग्रस्त बनेको छ । व्यक्तिको ज्यान जानेबित्तिकै तीनवटा मोटरसाइकल घटनास्थलमै जलाइएका छन् । जलेका दुईवटा मोटरसाइकलको नम्बर फेला पर्न सकेको छैन । अर्काे स.४प ६०७२ नम्बरको स्कुटीमा आगजनी भएको छ ।
उता भारदहमा दुई दर्जनभन्दा बढी सबारीसाधनलाई तोड्फोड गरिएको छ । आक्रोशित रहेका मोर्चा कार्यकर्ताहरुले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई दर्जन सवारीसाधन तोडफोड गरेका छन् । घटनापछि अब के गर्ने ? भन्ने सन्दर्भमा मधेशी मोर्चाका नेता÷कार्यकर्ताहरु राजविराजमा छलफल गरिरहेका छन् ।
अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

१. दुधमा आत्मनिर्भर मानिने नेपालको पहिलो जिल्ला कुन हो                     — काभ्रेपलाञ्चोक    
२. चौधौं योजना अवधिको पहिलो आ.व.२०७३÷७४ मा कति प्रतिशत लगानी गर्ने लक्ष्य लिइएको छ ?
— २७.६५
३. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले गरिएको थियो ?                        — २०७३ आषाढ १५
४. २०७३ फागुन ९ गतेको घोषणा अनुसार नेपाल सरकारले स्थानीय तहको निर्वाचन मिति कहिलेको लागि तय गरेको  छ  ?                                               — २०७४ बैशाख ३१ गते
५. पहिलो डल्फिन महोत्सव कहाँ र कहिले भएको थियो ?                   — कैलाली, वि.स.२०६३     
६. नेपालमा कहिलेसम्म बालबिवाह अन्त्य गर्ने लक्ष्य राखिएको छ ?                   — सन् २०२०
७. सातांै राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण र रजत पदक नेपाल आर्मीले जितेको थियो भने सबैभन्दा बढी कास्य पदक कुन टिमले हात पारेको थियो ?                              — सूदूरपश्चिमाञ्चल
८. सबैभन्दा धेरै देशहरु भएको महादेश कुन हो ?                                     — अफ्रिका
९. चौधौं योजना अनुसार आ.व.२०७५÷७६ सम्ममा मानव विकास सूचकांक कति पु¥याउने लक्ष्य लिइएको छ ?                                                                              — २७.६५
१०. नेपालको जापान सँग दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?            — जुलाई २८, १९५६
११. हाल सञ्चालनमा नरहेको नेपालको औद्योगिक क्षेत्र कुन हो ?                         — धनकुटा
१२. रोमन कथा अनुसार कृषि कार्यका देवताको नामका आधारमा नामाकरण गरिएको ग्रहको नाम के     हो ?                                                                     — क्बतगचल (शनि)
१३. नेपाल र चिन बिच बेत्रावती सन्धी कहिले भएको थियो ?        — इअत ५, १७९२ ( वि.स.१८४९)
१४. प्रसिद्ध पर्यटकीय स्थल सारङकोट कुन जिल्लामा पर्दछ ?                             — कास्की
१५. फिलिपिन्समा नक टेन नामको आधी कहिले आएको थियो ?               — डिसेम्बर २५, २०१६
१६. ८९ औं ओस्कार अवार्ड,२०१७ को विजेता चलचित्र कुन हो ?                     — मुनलाइट
१७. भ्रष्टाचार सूचकांक, २०१६ अनुसार नेपाल कति औं स्थानमा परेको छ ?— २९ अंक सहित १३१ औं
१८. नेपाल वायु सेवा निगमले २०७३ माघ १३ मा चिन बाट ल्याएको ः टण् जहाजको नाम के राखिएको थियो ?                                                                             — फेवा
१९. बोलिभियाबाट कोलम्बियाका लागि उडेको ब्राजिलका फुटबल खेलाडी सवार रहेको विमान कहिले दुर्घटनाग्रस्त भयो  ?                                                       — नोभेम्बर २९,२०१६
२०. २०७३ कार्तिक १ गते चितवन राष्टिूय निकुञ्जको सिमाना विस्तार गरी कति पु¥याइएको छ ?     
— ९५२.६३ व.कि.मि
२१. चौधौं योजनामा माध्यामिक तहको खुद भर्नादर कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ? —४५५
२२. पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको मृत्यु कहिले भयो ?      — अक्टोबर २०, २०१६
२३. १८ औं एसियाली खेलकुद कहाँ हुने भएको छ ?                  — जाकर्ता, इण्डोनेसिया (२०१८)
२४. ६५ औं मिस युनिभर्स,२०१६ को उपाधि कसले जितिन् ?              — आयरिस मित्तेरा (फ्रान्स)
२५. पर्यावरण संग्रहालय नेपालको कुन ठाउँमा रहेको छ ?                               — मुस्ताङ्ग
२६. हरित गृह प्रभावको अवधारणा कसले अघि सारेका हुन ?                  — बेरिन जिन फेरिएन
२७. बिमिस्टेकमा गरीबी निवारण क्षेत्रको नेतृत्व कुन देशले गर्दछ  ?                        — नेपाल
२८. युरोपेली संसदमा कति सदस्य रहने व्यवस्था छ ?                                    — ७८५
२९. युरोपोलको प्रधान कार्यालय कहाँ रहेको छ ?                           — नेदरल्याण्डको हेगमा
३०. आसियानको एकमात्र भूपरिबेष्ठित राष्ट्र कुन हो ?                                   — लाओस
३१. क्ब्ँत्ब्  कहिले देखी कार्यान्वयनमा आएको थियो ?                        — जनवरी १,२००६
३२. अन्तराष्ट्रिय न्यायालयका न्यायाधिसको नियुक्ति कति बर्षका लागि हुने गर्दछ ?           — ९ बर्ष
३३. अरस्तुद्धारा लिखित प्रसिद्ध पुस्तक ुुत्जभ एयष्तिष्अकू मा के बारे व्याख्या गरिएको छ ?
— संबिधान र सरकार
३४. ‘कानुनको शासन कुनै पनि व्यक्तिको शासन भन्दा राम्रो शासन हुन्छ’ यो भनाई कसको हो ?            
— अरस्तु
३५. वन सर्वेक्षण, २०१६ अनुसार नेपालमा प्रतिहेक्टर कति रुखहरु रहेको छन् ?       — ४३० ओटा
३६. कन्फ्यूसियसको जन्म कहिले र कहाँ भएको थियो ?               — इ.पू् ५५१, चीनको लू राज्यमा
३७. नेल्सन मण्डेलाले कति बर्ष जेल जीवन बिताएका थिए ?                            – २७ बर्ष
बौद्धिक परीक्षण खण्ड
३८. एउटा विद्यार्थीले सही उत्तर लेखेको दोब्बर गलत उत्तर लेखेछ । जम्मा ४८ प्रश्नको समाधान गरेको थियो भने उसले कति प्रश्नको सही जवाफ दिएछ ?
ब्०       १२                      द्य० १६                ऋ० १८                  म्० २४
३९.  कुन बर्षको पात्रो २००७ संग हुबहु मिल्छ ?
ब्०  २०१७                    द्य० २०१८                  ऋ० २०१८                म्० २०२१
४०. यदि कुनै आयतको लम्बाई २०५बढाएर चौडाई २०५ले घटाउने हो भने आयतको क्षेत्रफलमा के हुन्छ
ब्०       २०५ बढ्छ              द्य०  २०५ घट्छ       ऋ० ४ ५ घट्छ         म्० परिवर्तन हुदैंन
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय, सुझावका  लागि ः ढडद्धडटद्दटठद्धज्ञ
मिति  २०७३ साल फागुन १७ गते मंगलबार प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु ः
 ३८) ऋ                                     ३९) द्य                              ४०) ऋ

साहित्य÷सृजना

रगत भन्दा गाढा हुन्छ मित्रता

पानी भन्दा पातलो हुन्छ मित्रता
रगत भन्दा गाढा हुन्छ मित्रता
छोटो भन्दा छोटो हुन्छ कहिले मित्रता
जुनी–जुनी लामो हुन्छ कहिले मित्रता
कहिले माया भन्दा मीठो हुन्छ मित्रता
कहिले छायाँ भन्दा नजिक हुन्छ मित्रता
हिरा मोतीले किन्न सक्दैन चोखो मित्रता
मीठो बोलीमा हजारौ चोटी मारिदिन्छ मित्रता
कहिले अजम्बरी बुटी हुन्छ मित्रता
कहिले जिऊदै मार्ने बेथा बन्छ मित्रता
आफ्नाले बोक्न नसक्ने पीर बोक्छ मित्रता
आफ्नालाई भन्नै नमिल्ने राज खोल्छ मित्रता
कहिले सुदामा झै गरिब बन्छ मित्रता
कहिले कृष्ण झै दानी हुन्छ मित्रता
कहिले मीराको प्रेम बन्छ मित्रता
कहिले राधाको कृष्ण बन्छ मित्रता ।।।
कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ

केबल उडिरहेँ

परिस्थितिसँग अनि भाग्यसँग
नियती ठानेर संघर्षको मैदानमा
आफ्नो हर खुशीलाई त्यागेर झुत्रिये
शायद नियती नै च्यातिनु हो मेरो
केवल् उडिरहेँ चुपचाप उडिरहेँ ।
चङ्गा हुँ म कहिले आकासिदै
कहिले माथी चढ्दै कहिले तल झर्दै
हावाको झोकासँग लहराउँदै
कहिले प्रतिद्वन्धीसँग डराउँदै
केवल् उडिरहेँ चुपचाप उडिरहेँ ।
कसैको बन्धनमा बाँधिएर
कहीं आग्रहले कहिं आदेशले
अनि सधैं अरुको खुशीको लागि
निस्वार्थ भई सेवामा समर्पित
केवल उडिरहें चुपचाप उडिरहे
अनु शाह

गजल

मेरो मनलाई बुझाइ राख्ने बात एउटै थियो
आँखाबाट अश्रु पुछ्ने, हात एउटै थियो
फूल पनि एउटै थियो, भमरा पनि एउटै
सधै सधै रहिरहने साथ एउटै थियो ।
काँडा पनि एउटै थियो, दुख पनि एउटै
उसको याद आइरहने रात एउटै थियो ।
भुबन जोशी “मुडभरी”

मुक्तक

यि यादहरु घरी घरी आइदिन्छन
घुम्दै फिर्दै वरिपरी आइदिन्छन
न भोक निन्द्रा, न त प्यासमै अल्झिन्छन
नौ डाँडा अनि सात समुन्द्र तरी आइदिन्छन ।
दिपेन्द्र बोगटी
लामातोला–२ बझाङ्ग
डोटी बहुमुखी क्याम्पस, सिलगढी डोटी