कमसल तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने बस्तुको उत्पादन, बिक्री बितरण नगरौं र नगराऔं । उपभोक्तालाई भुक्याउने गरी बस्तुको नक्कल गर्ने निम्नस्तरको बस्तु वा सेवालाई उच्चस्रतको भनी ढाट्ने वा झुक्याउने, भुट्टा वा भ्रमात्मक प्रचार प्रसार गर्ने कार्य नगरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
आलोचनालाई पत्रकारिताबाट झिक्न मिल्दैन
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार धर्मेन्द्र झाले आलोचनालाई पत्रकारिता बाट झिके पत्रकारिता अधुरो हुने वताएका छन ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको छैटौं अधिवेशनको उद्घाटनका लागि डोटी पुगेका झाले सञ्चारकर्मीहरुले आलोचना गर्ने अधिकार राख्ने वताउँदै तर कसैको आलोचना बैज्ञानिक, तथ्यपरक, सत्यमा आधारित हुनु पर्ने वताए । ‘यदि आलोचनालाई पत्रकारिताबाट अलग गर्ने हो भने त्यो पर्चाकारिता मात्रै हुन्छ’ झाले भने ‘सार्वजनिक निकायहरुले पनि पत्रकारले आलोचना मात्रै गर्छन भनेर डराउनुको सट्टा आफुलाई सुधार गरेर लैजानु पर्छ ।’ सञ्चा–रकर्मीहरु पनि यही समाजका सदस्य भएका कारण काम गर्ने क्रममा कहिलेकाँही त्रुटी हुने झाको भनाई थियो ।
झाले पत्रकारहरुले राजनीति बुझ्नु पर्ने वताए । राजनीतिक नबुझेसम्म सञ्चार–कर्मीहरुलाई समाचार लेख्न समस्या हुने वताउँदै राजनीति बुझ्नु पर्ने वताए । ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मीहरुले पनि राजनीतिक आस्था राख्न पाउनु पर्छ’ झाले भने ‘तर सञ्चारकर्मीहरुले राजनीति गर्ने होईन ।’ उनले राजनीति र पत्रकारिता संगसंगै जान नसक्ने बताए ।
लोकतन्त्रबादीहरु सूचनाको खुलापनमा बिश्वास गर्ने गरेको वताउँदै झाले तर सर्व–सत्ताबादीहरुले सूचनाको नियन्त्रणको प्रयास गर्ने गरेको आरोप लगाए । ‘लोकतन्त्रको महत्वपूर्ण एजेण्ट सञ्चार क्षेत्र हो’ उनले भने ‘त्यसैले सञ्चार–कर्मीहरुको सुरक्षा गर्नु समाजको दायित्व हो ।’ सञ्चारकर्मीहरुको पेशागत बिकास हुनु पर्ने पुरामा झाले जोड दिए ।
महासंघको सन्दर्भ कोट्याउँदै उनले भने ‘नेपाल पत्रकार महासंघमा साझा चरित्र झल्किनु पर्छ ।’ महासंघमा कुनै बिचार राख्नेहरुको मात्रै एकल उपस्थिति हुने कुराले संस्थाको साझा चरित्रमा दरार उत्पन्न हुने उनको तर्क थियो । ‘यदि महासंघको एजेण्डालाई सही तरिकाले बोक्न सक्छ भने त्यो जुनसुकै राजनीतिक बिचार राख्ने भएपनि सवैले स्वीकार गर्न सक्नु पर्छ’ झाले भने ‘महासंघ सवैको साझा चौतारीका रुपमा बिकास हुनु जरुरी छ ।’ महासंघभित्र थुप्रै प्रकारका समस्याहरु देखिएको स्वीकार गर्दै झाले यसमा सुधार ल्याउनका लागि सञ्चारकर्मीहरुनै तयार हुने वताए ।
आईतबार सम्पन्न महासंघ डोटी शाखाको अधिवेशनले योगेन्द्र बलायरको नेतृत्वमा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्ष धिरेन्द्र चटौत, समावेशी उपाध्यक्ष सुनिता रावल, सचिव गणेश मौनी, खुला सहसचिव प्रकाशवहादुर बम, समावेशी सहसचिव भागरथी मडै र कोषाध्यक्ष अरुणकुमार बम रहेका छन ।
अधिवेशनले टेकेन्द्र देउवा, मीन बम, पुष्पराज जोशी, उद्धववहादुर ढाँट मुकुन्द भण्डारी र रामहरी ओझालाई केन्द्रीय सभासद् चयन गरेको छ । यसैगरी टेकवहादुर ऐर, मोहन शाही, चक्रवहादुर कठायत, गणेशप्रसाद जोशी, रामदुलारी राना, सरोजकुमार सिंह, भीमबहादुर बिश्वकर्मा र डिलवहादुर सिंहलाई प्रादेशिक सभासद्मा चयन गरेको छ ।
भवन शिलान्यास
यसैबीच नेपाल पत्रकार महासंघ डोटी शाखाको भवन शिलान्यास भएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा महासंघको नाममा रहेको करीव ६ आना जग्गामा नयाँ भवन निर्माणका लागि आईतवार बिहान शिलान्यास गरिएको हो ।
महासंघ पूर्व अध्यक्ष झाले बिधिपूर्वक भवनको शिलान्यास गरेको उक्त भवन शिलान्यासका क्रममा शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बैदिक बिधिपूर्वक पुजा पाठ गरेका थिए ।
नयाँ भवन निर्माण कार्य तिव्र रुपमा अगाडि बढाईने महासंघका अध्यक्ष योगेन्द्र बहादुर बलायरले वताए ।
सम्पादकीय
के हुँदैछ मधेशमा <
सप्तरीको राजबिराजमा सोमवार दुःखद् घटना भयो । चार जनाले अनाहकमै ज्यान गुमाउनु प¥यो, दर्जनबढी घाईते भए । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि घाईते भए । उद्देश्य, औचित्य र महत्व नबुझेरै ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली छ, साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको जिम्मा राज्यले लेवस भन्ने अपील छ ।
मृत्यु भएकाहरु न त एमाले हुन न मधेशी मोर्चा हुन । उनीहरु नेपाली हुन । पहिले उनीहरु नेपाली हुन त्यसपछि मात्रै कुनै राजनीतिक दलको बिल्ला भिराईएका व्यक्तिहरु हुन । त्यसैले को पार्टीको म¥यो भन्दा पनि मानव म¥यो, नेपाली नागरिक म¥यो भनेर बुझ्नु जरुरी छ । जनता मार्ने लडाईले कसलाई फाईदा हुने भन्ने बिषयमा पनि बिचार बिमर्श गर्न जरुरी छ ।
संबिधान संसोधनको बिषय संबैधानिक प्रक्रियाबाट गएर टुङ्गिने बिषय हो । संसदमा पेश भएको संबैधानिक बिधेयकलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ । यदि जनताको पक्षमा उक्त बिधेयक छ भने जनताका प्रतिनिधिहरुले त्यसलाई आफ्नो मतद्वारा स्वीकृत गर्नेछन अन्यथा त्यो सिधै अस्वीकृत हुनेछ । त्यो बिषयमा संसद् अवरोध गर्नु गैर लोकतान्त्रिक र संबैधानिक बाटो रोज्नु हो । अर्को कुरा संसद्बाट संबिधान संसोधनको बिषय अस्वीकृत भयो भने पनि मान्दैनौं भन्ने अभिव्यक्ति पनि मूर्खतापूर्ण छ । यि दुवै अभिव्यक्तिहरु अतिबादी हुन, ज्यानमारा हुन । जसले चार जनाको ज्यान लियो । मधेशी मोर्चालाई जसरी पनि संबिधान संसोधन गर्नु पर्ने एमालेलाई जसरी पनि संसोधन प्रस्ताव फेल गर्नु पर्ने, यहि पृष्ठभूमिबाट आएको बिवादको परिणाम सोमवारको घटना हो ।
व्यक्तिगत अभिष्ट पुरा गर्नका लागि वा दलगत स्वार्थ पुरा गर्नका लागि सर्वसाधारण जनताको बलि दिन पाईदैन । यसका लागि सम्वन्धित पक्षले बेलैमा होस् पु¥याउनु जरुरी छ । देशको कुनै पनि क्षेत्रमा सभा, सम्मेलन गर्न पाउने अधिकार राजनीतिक दलहरुलाई छ । यस हिसावले एमाले आफ्नो ठाउँमा सही होला तर परि–स्थितिलाई पनि ध्यान दिनु जरुरी छ । हामीले गरेको सभा सम्मेलनका कारण जनताको ज्यान जान्छ भने हामी कसका लागि राजनीति गर्दैछौं भन्ने कुराको हेक्का राख्नु पनि जरुरी छ । होईन भने ‘भूईको टिप्न खोज्दा खल्टीको पोखिन्छ’ भन्ने उखान एमालेका लागि लागु हुनेछ ।
अर्को बिषयमा सरकारको नालायकीपन राजबिराजमा फेरी एक पटक देखिएको छ । मधेशी मोर्चा र एमाले लडेको रमिता हेर्ने रहर भएकाहरुको गठवन्धन सरकारले नैतिकताका आधारमा सार्वजनिक रुपमा माफी माग्नु पर्छ । संबिधान संसोधन प्रस्तावमा आफ्नै पार्टीभित्र पनि सहमति जुटाउन नसक्ने सत्तारुढ दलहरुले किन संसोधन प्रस्तावलाई अगाडि वढाउन सकेको छैन । सरकारले या त एमालेलाई मधेशमा जानबाट रोक्नु प¥यो होईन भने शान्ति सुरक्षाको व्यवस्था गर्न सक्नु पथ्र्यो । न यसो गर्न सक्ने न उसो गर्न सक्नेले सत्तामा बसिराख्नुको कुनै अर्थ हुँदैन ।
यो राजबिराज घटना अत्यन्तै निन्दनीय छ, दुर्भाग्यपूर्ण छ, दुखदायी छ र खेदजनक छ । यो घटनामा सरकार सवैभन्दा बढि दोषी हो । मानवअधिकारको दृष्टिकोणले प्रत्येक नेपाली नागरिकको सुरक्षाको जिम्मा सरकारले लिनु पर्छ । जनताको सुरक्षाको जिम्मा लिन नसक्ने सरकारलाई सत्तामा टिकिरहनुको कुनै अर्थ हुँदैन ।
समाचारमा आए भिड केही शान्त भईसकेपछि एमालेका कार्यकर्ताहरुले मोर्चामाथी प्रहरीको साइडबाट ढुङ्गा प्रहार ग¥यो भन्ने आएको छ । यदि त्यसो हो भने एमालेले सार्वजनिक रुपमा माफी माग्नु पर्छ र यो घटनाको जिम्मेवारी लिनु पर्छ । यो घटनाबाट हुने क्षेतिको जिम्मेवारी लिन एमाले तयार बस्नु पर्छ । जवरजस्ती कसैमाथी जाई लाग्ने अधिकार कसले दियो एमाले कार्यकर्ताहरुलाई ? होईन भने जो दोषी हो उसमाथी कारवाही हुनु जरुरी छ ।
थप समाचार
आठ वर्षदेखि काजमा छन डाक्टर
फागुन २३
डाक्टर भन्ने बित्तिकै बिरामीको चेकजाँच गर्ने, बिरामीलाई निको वनाउने, बिरामीलाई नयाँ जीवन दिने व्यक्तिका रुपमा बुझिन्छ । तर, तिनै जीवनदाता आठ बर्षदेखि कहाँ छन भन्ने जानकारी नभएपछि के होला ? डोटी जिल्ला अस्पतालमा यस्तै भएको छ ।
२०६७ साल बैशाख ५ गते डोटी जिल्ला अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले डा अर्जुन आचार्यको नाम काजमा भनेर डोटीमा सिफारिस ग¥यो तर मान्छेलाई भने सिफारिस गरेन । जिल्ला स्वासथ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस बिष्ट भन्छन् ‘डा आर्चायले कि त डोटीमा आएर जनतालाई सेवा दिए हुन्थ्यो कि त राजीनामा दिएर अर्कै पेशा अँगाले हुन्थ्यो ।’ सरकारले पनि यस्ता कर्मचारीहरुलाई कार्बाही गरे पछिल्लो पिंढीका कर्मचारीले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा दिन सक्ने बिष्टले बताए ।
स्वास्थ्य मन्त्रालयमा २०६६ साल फागुन १९ गते गरेको निर्णय अनुसार आर्चायलाई डोटीमा पठाउनका लागि ०६७ बैशाख ५ गते मन्त्रालयले पत्राचार गरेको थियो । आचार्यले ०६७ साउन १२ गतेको मितिदेखि डोटीमा आई सेवा गर्नु पर्ने थियो तर त्यसो भएन । डोटी अस्पतालमा चिठी पुग्यो तर डाक्टर पुगेन ।
प्राथमिक स्वास्थ्य केन्द्र लेटे मुस्ताङ्गमा मेडिकल अधिकृतमा कार्यरत आचार्यलाई डोटीमा सिफारिस गरेपछि त्यसअघि नियमित रुपमा डाक्टर नबस्ने अस्पतालमा डाक्टर आउने भयो भनेर स्थानीयहरुले खुशी मनाएका थिए । तर त्यो हर्ष धेरै दिन टेकेन । जिल्ला स्वास्थ्य कार्यालयमा पनि ‘डाक्टर साप’ आज आउनुहुन्छ, भोली आउनुहुन्छ भनेर अन्तिममा त पत्र नै पठाउनु प¥यो ।
काजका लागि डोटीमा आउने भनेका आचार्य २०६७ मंसिर ८ गते जिल्ला जनस्वास्थ्य कार्यालयले पहिलो कार्यकाल बिताएको प्राथमिक स्वास्थ्य केन्द्र लेटे मुस्ताङ्गमा, स्वास्थ्य मन्त्रालयमा, स्वास्थ्य बिभागमा आचार्यलाई डोटीमा पठाउन अनुरोधको माग गर्दै पत्र पठाए । जनस्वास्थ्य कार्यालयले पत्र पठाइसकेपछि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य बिभागले हामी आचार्यलाई तुरुन्तै जिल्लामा पठाउँछौं भन्ने आश्वासन दिए । ति निकायहरुलाई पटक पटक जिल्ला स्वास्थ्य कार्यालयले डाक्टर पठाइ दिन पत्राचार गर्दा पनि आश्वासन मात्र आउने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत बिष्टले बताए ।
स्वास्थ्य कार्यालयले ०६७ मंसिर ८ मा लेटे मुस्ताङ्ग चिठी पठाएपछि केही दिनमै त्यो कार्यालयबाट मंसिर २१ गते पत्र आइपुगेको थियो । जसमा उल्लेख गरिएको थियो, “केही समयका लागि अध्ययन बिदा भनेर बाहिर गएको हामीलाई खबर प्राप्त भएको छ ।”
डा अर्जुन आचार्य भने हालसम्म कुनै सम्पर्कमा नआएको बताइएको छ । कता हुनहुन्छ, के गर्दै हुनुहुन्छ, यस जिल्लामा फर्कनु हुन्छ की फर्कनु हुन्न त्यो बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बिष्टले बताए । बिष्टले भने ‘अघिल्लो कार्यालय प्रमुखको कार्यकालमा भने आचार्यको बारेमा रेडियो त्रिबेणी एफएमले समाचार बनाएर सम्प्रेषण गर्दा फोनमा कार्यालय प्रमुखलाई आचार्यले गाली बेज्जती दिएको भन्ने सुनिएको हो । त्यसपछि हामीले पनि उहाँको बारेमा कुनै कुरा पनि उठाउने गरेका छैनौं । हामीलाई चाहिने भनेको पुरै तथ्याङ्क के कति छ भन्ने हो । त्यो बेला जानकारी गराउँछौं ।’
जिल्ला स्वास्थ्य कार्यालयले बिभिन्न निकायमा पटक पटक कुरा उठाउदा पनि बेवास्ता गरेको देखिन्छ । जनस्वास्थ्य प्रमुख बिष्टले भने ‘हामीले धेरै कुरा उठायौं तर कतैबाट पनि आचार्यालाई जिल्लामा पु¥याउन सकेनौं ।’ मन्त्रालयले आचार्यलाई कारबाही गर्छ या फेरी संरक्षण गर्छ अबको जिम्मेवारी मन्त्रालयकै रहेको बिष्टले बताए ।
‘उहाँ जहाँ जाँदा पनि हामीलाई केही छैन’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजबिक्रम शाही भन्छन् ‘उहाँको दरवन्दी यताबाट सरुवा गरिदिए नयाँ व्यक्ति आउने वाटो खुल्ने थियो ।’
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउने अभ्यासमा लागेका स्वास्थ्यमन्त्री गगन थापाले के आठ बर्षदेखि सम्पर्कबिहिन भएका आचार्य जस्ता चिकित्सकहरुलाई कारवाही गर्ने हिम्मत गर्लान < के डोटी अस्पतालले नयाँ चिकित्सक पाउला < यि प्रश्नहरुको जवाफ आउन बाँकीनै छ ।
श्रीमान्को खोजीका लागि निबेदन
डोटी खातिवाडा गाउँ बिकास समिति–१ निवासी हरुदेबीले सोमबार ईलाका प्रहरी कार्यालय दिपायलमा श्रीमान्को खोजीका लागि निवेदन दिएकी हुन । हरुदेवीका श्रीमान् काले कटुवाल चार बर्ष पहिले रोजगा–रीका लागि भारत जाने भन्दै घरबाट हिँडेका थिए । गएदेखि चार बर्ष बित्दासम्म पनि सम्पर्कमा नआएपछि हरुले श्रीमान्को खोजी कार्य सुरु गरेको बताईन ।
घरबाट भारत जाने भनेर हिँडेका काले कटुवाल एक्कासी सम्पर्क बिहिन भए । ‘धेरै खोज्यौं कतै फेला पारेनौं’ हरुदेबीले भनिन्, ‘आफन्तहरुले भारतमा धेरै खोजे, यता नेपालमा पनि ब्यापक खाजी ग¥यौं तर कतै फेला पारेनौं ।’ आफन्तकै सरसल्लाहमा तथा नेकपा माओबादी केन्द्र सायल गाउँ पालिकाका संयोजक तेज डुम्रेलको सहयोगमा इलाका प्रहरी कार्यालयमा निबेदन दर्ता गराएको पीडित हरुदेबीले बताइन ।
नाबालक बालबालिका बोकेर दिपायल पुगेकी हरुदेबी कटुवाल र राजुदेबी कटुवाल दुबैको पीडा एउटै छ । राजुदेबी कटुवालका श्रीमान् पनि बिगत ६ बर्षदेखि भारतमा बेपत्ता छन । अन्दाजी ५२ बर्ष उमेर भएका शेर बहादुर कटुवाल कामको शिलशिलामा भारतमा जाने बेला बाटो मै हराएको राजुदेबीले बताइन ।
सोमबार खोज तलास गरी पाउँ भनी प्रहरी समक्ष निबेदन दिदै राजुदेबीले भनिन् ‘हामीलाई कता छन, के गर्दै छन भन्ने बिषयमा केही जानकारी छैन । न त कसैबाट सुनेका छौं ?’ हामीलाई पीडा माथि पीडा भएको छ, त्यसैले हाम्रा श्रीमान्को खोजी गरिदिनु होला भनेर आसुँ झार्दै प्रहरी समक्ष निबेदन चढाएकी थिइन ।
आफुलाई भारतमा हराएको व्यक्तिहरुको खोजीका लागि प्रहरीलाई निवेदन दिनु पर्छ भन्ने वारेमा जानकारी नभएका कारण हालसम्म निवेदन नदिएको राजुले वताईन । ‘निड्स नेपाल भन्ने संस्थाले सम्पर्कमा नभएका व्यक्तिहरुको वारेमा प्रहरीमा निवेदन दिनु पर्ने जानकारी गराएपछि केही हुन्छ कि भन्ने आश बोकेर आएको हौं’ झिनो आशाका साथ राजुले भनिन् ।
आत्मनिर्भर बन्दै ग्रामीण महिला
बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा बस्ने महिलाहरु पछिल्लो समयमा ब्यवसायिक बन्दै गएका छन ।
घरमा पुरुषको मात्र भर पर्दै आएका महिला पछिल्लो समयमा आफैंले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गरिन् । उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धि तालिम समेत लिएकी छिन ।
जिल्लाको एउटा गैर सरकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धि चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । पछिल्लो समयमा उनले अन्य महिलालाई समेत सीप सिकाई रहेकी छिन् ।
साँझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ, रोकायाले भनिन्, ‘अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्ता लगायत कपडा बुन्ने गरेकी छु ।’ त्यसैले पछिल्लो समयमा कसैको भर पर्नु आवश्यक छैन । आत्मनिर्भर भएकी छु ।’ अल्लो भाग्रोका कपडा प्रति मिटर आठसयदेखि एक हजारसम्ममा बिक्री आएको रोकायाले बताइन ।
त्यस्तै बडिमालिका नगरपालिका–९ का सरस्वती पाध्यायले नेपालगन्जबाट ८ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसा लगायत परिकार बनाउन बिक्री गर्छिन । ठेला व्यापारबाट दैनिक १५ सयदेखि दुई हजारसम्म आम्दानी हुने गरेको पाध्यायले बताइन । उनले भनिन्, ‘आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी हुनुहुन्छ, ठेला व्यापारकै कमाइले हामी घरखर्च चलाउँछौं ।’
व्यवसाय सञ्चालन गर्नेहरुका लागि आफूहरु सहयोग गर्दै आएको उद्योग बाणिज्य संघका बाजुरा शाखा अध्यक्ष देवबहादुर रोकायाले बताए । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा दुर्गम जिल्ला बाजुराका महिलाहरु आत्मनिर्भर बन्दै गएका छन ।
महिला अधिकारकर्मी सीता विकले भनिन्, ‘हामीले आयआर्जन गर्ने महिला– हरुलाई सक्दो सहयोग गर्दै आएका छौं ।’
मालपोत कार्यालयको भिडभाड् नियन्त्रण
टेकेन्द्र देउवा÷धनगढी
फागुन २३
लेखापढी ब्यावसायी, दलाल र बिचौलीयाहरुको कारण फाँटमा हुने अनावश्यक भिड्भाड्ले काम गर्न समस्या भएको भन्दै जिल्ला मालपोत कार्यालय कैलालीले तिनको प्रवेशमा रोक लगाएको छ ।
केहि दिन पहिले द हिमालयन टाईम्समा समाचार प्रकाशित भएपछि जिल्ला मालपोत कार्यालय कैलालीले यो सुधार गरेको हो । २८ जना कर्मचारीको दरवन्दी भएको मालपोत कार्यालयमा एक सय ५० जना लेखापढी ब्यावसायी रहेका छन् । एक जना लेखापडी ब्यावसायीले पाँच जना सम्म सहयोगी राखेका छन् । बाँकी दलाल र बिचौलीयाका कारण जिल्ला मालपोत कार्यालय कैलालीमा भिड नै लाग्ने गरेको थियो ।
सेवाग्राही भन्दा यि ब्यक्तिहरुको भिडले फाँटहरु खचाखच भरिने गरेका थिए । जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख बिशन सिंह थापाले भने ‘फाँटमा रहेका महत्वपूर्ण कागजात हराउने तथा लुकाउने जस्ता काम पनि भएका थिए ।’ अनावश्यक समस्या देखाई सेवाग्राहीबाट पैशा उठाउने र कर्मचारीलाई खुवाउने काम समेत हुने गरेको थियो । कार्यगरी दलाल ब्यक्तिहरु फाँटमा प्रवेश फाँटमा प्रवेशलाई रोक मालपोत कार्यालय भित्रका फाँटहरुमा सेवाग्राही भन्दा लेखापढी व्यवसायी र उनीहरुले खटाएका ब्यक्तिहरुको भिड लाग्न थालेपछि काम गर्ने वाताबरण नै बिग्रिएको भन्दै अनावश्यक प्रबेशमा रोक लगाईएको छ ।
‘सेवाग्राहीले आफैले गर्ने काममा पनि लेखापढी कानुन व्यवसायी तथा उनले खटाएका ब्यक्तिहरुले पैसा खर्च गराई काम गर्ने गरेको गुनासो आयो’ मालपोत कार्यालय कैलालीका प्रमुख थापाले भने ‘कर्मचारीका नाममा समेत पैशा उठाउने गरेको सुनेपछि यस्तो निर्णय गरियो । लेखापढी व्यवसायी ईकाई र मालपोत कार्यालयका प्रमुख सहितको बैठकले अनावश्यक रुपमा लेखापढी व्यवसायीहरुले मालपोत भित्र नजाने निर्णय गरेको लेखापढी व्यवसायी ईकाई धनगढीका कार्यवाहक अध्यक्ष जितु थापाले जानकारी दिए । उनले भने ‘हाम्रो काम भनेको लेख्ने हो, लिखत तयार गरिदिएपछि कार्यालय भित्र गरिने काम सेवाग्राही स्वयंले गर्छन हामीले जान आवश्यक छैन् ।’ यो निर्णयले व्यवसायीलाई झनै सजिलो भएको उनले बताए ।
‘मालपोत भित्र फाँटका कर्मचारीहरु लेखापढी व्यवसायीले भित्र आएर फाईल खोज्ने लगायतका काम गरिदिने भएपछि आफुले खाली हस्ताक्षर मात्र गर्नु पर्ने हुदाँ खुशी थिए तर यसको कार्यालय भित्र हुने असर र सेवाग्राहीलाई पर्ने आर्थिक भारका बारेमा उनिहरुलाई कुनै चासो नै थिएन’ सेवाग्राही रमेश चौधरीले भने ‘आफैले गर्न सक्ने काम पनि हामीलाई गुमराहमा राखि अरुले नै गरिदिन्थे ।’
कार्यालयको उक्त निर्णयपछि लेखापढी कानुन व्यवसायी पनि पक्ष बिपक्षमा देखिएका छन् । धेरैले यो निर्णय ठिक भनेपनि केहीले भने यो निर्णयले आफ्नो अधिकार नै हनन् भएको बताईरहेका छन् । कार्यवाहक अध्यक्ष थापाले भने ‘यो निर्णयले व्यवसायिक रुपमा काम गर्ने ब्यक्तिलाई सहज भएको छ, अराजक तत्वका लागि समस्या हुन सक्छ ।’
कैलाली मालपोतमा सेवाग्राही भन्दा बिचौलिया धेरै हुने गरेको देखिन्थयो ।
यसै फागुन १२ देखि २२ गते सञ्चालन भएको क्षेत्रीय प्रादेशिक महोत्सब दिपायलमा टिकट मात्र उन्नाइस लाख ४६ हजार भन्दा बढी बिक्री भएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
उनले भने ‘अरु बर्षहरु भन्दा यो बर्षको महोत्सबमा निकै फाइदा भएको छ ।’ यसपालीको महोत्सबमा बर्षमा एकलाख भन्दा बढी टिकट मात्रै बिक्री भएका छन । अध्यक्ष खड्काले भने ‘गत बर्ष २ दिन पानी परेर अलि कम फाइदा भएको थियो तरपनि चिन्ताजनक भने भएन ।’ यो पाली त निकै फाइदा भएको खड्काले बताए ।
महोत्सवकै क्रममा सेती नदीमा चलाईएको ¥याप्टिङ्गमा करिब पाँचसय जनाले ¥याप्टिङ्ग खेलेको बताइएको छ । एकजनाको टिकट चार सय रुपैंयाँ रहेको थियो । एक लाख भाडा तिरेर ल्याएको ¥याप्टिङ्गबाट करिब दोब्बर फाइदा भएको बताइएको छ । यस्तै एक सय १० स्टलहरु मध्ये ३२ वटा स्टलहरु मात्र खाली थिए भने अरु स्टलहरुबाट पनि फाइदा देखिएको अध्यक्ष खड्काले बताए । हामीले धेरै पटक महोत्सबको आयोजना ग¥यौं, तर यो पटकको जस्तो भब्य सभ्य बातावरण कहिल्यै भएन । उद्योग बाणिज्य सघका अध्यक्ष खड्काले भने ‘राष्ट्रिय तथा स्थानीय कलाकारहरुले अझै जनमानसलाई राम्रो प्रस्तुती देखाएर आकर्षित बनाएको हो ।’ त्यसैले अरु बर्ष भन्दा यो बर्ष निकै फाइदाजनक भएको उनको दाबी रहेको छ ।
बिभिन्न उपसमितिहरुलाई दिएको जिम्मेवारी पनि सबैले नियमपूर्वक पालना गरी काम गरेकोले सन्तोषजनक रहेको उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए । प्रादेशिक महोत्सबको समापन कार्यक्रम आइतबार भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननिय बीर बहादुर बलायरले कृषि, पर्यटन, ब्यापार जस्तो क्षेत्रमा जिल्लाको लागि आफू र आफ्नो पार्टी सधैं सहयोग गर्दै आइरहेको र फेरी पनि त्यो क्षेत्रको हितको लागि सदैब लागिपर्ने बताए ।
एनआरएन जर्मन तोलेनी पुग्यो
गैर आवाशीय नेपाली संघ एनआरएन सामाजिक सेवाका लागि डोटीको डौड तोलेनी गाबिस पुगेको छ ।
१०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी एनआरएनले डोटीको बिकट क्षेत्र डौड र तोलेनीमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त शिविरमा करीव दुई सय ५० जना महिलाहरुले स्वास्थ्य जाँच गराएको कैलालीको धनगढीमा रहेको नवजिवन अस्पतालका स्त्री रोग बिशेषज्ञ डा जयराम केसीले जानकारी दिए । ‘आईतवार डौड र सोमबार तोलेनीमा दुई दिन शिविर सञ्चालन भयो’ डा केसीले भने ‘करीव दुई सय ५० ले चेकजाँच गराएका छन ।’
चेक जाँच गराएका महिलाहरुमध्ये १६ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था भएकोले उनीहरुको नवजीवन अस्पताल धनगढीमा निशुल्क शल्यक्रिया गरिने केसीले वताए ।
सोही क्रममा डौडको जनता जनार्दन माबि र तोलेनीको भवानी माबिका बिद्यार्थीहरुसंग स्वास्थ्य तथा सरसफाई सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । डा केसीले भने ‘जनता जनार्दन माबिमा करीव तीन सय र भवानी माबिमा करीव दुई सय बिद्यार्थीहरुलाई स्वास्थ्य बक्स समेत बितरण गरिएको छ ।’ स्वास्थ्य बक्समा सावुन, ब्रस, पेस्ट, नङकट, यौवनावस्थाका छात्राहरुका लागि सेनिटरी प्याड जस्ता दैनिक सरसफाईमा काम लाग्ने सामग्रीहरु राखिएको केसीले वताए । ‘यो सधैभरी पुग्दैन’ डा केसीले भने ‘अन्तरक्रियाका क्रममा हामीहरुले सरसफाईको महत्वको बिषयमा जानकारी गराएका छौं र उनीहरुको सरसफाई गर्ने वानीको बिकास भएपछि उनीहरु आफै किन्ने छन ।’
एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराले आफुहरुले देशका दुर्गम क्षेत्रमा बिभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको वताए । उनले भने ‘महिलाहरुको पाठेघर खस्ने समस्या डोटीमा धेरै छ, त्यसैले दुर्गम गाउँमा गएर हामीहरुले शिविर सञ्चालन गरेका हौं ।’ एनआरएन जर्मनीका महिला फोरम अध्यक्ष सफिला राजभण्डारीले महिलाहरुसंग सम्वन्धित समस्याहरुमा महिला फोरमले सहयोग गर्ने याजना अनुरुप यो शिविर गरिएको वताईन। उनले भनिन् ‘हामीले दुर्गम क्षेत्रका महिलाहरुको समस्यालाई ध्यान दिएर बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गरेका छौं ।’ देशका चार स्थानमा हालसम्म यस्ता शिविरहरु सञ्चालन भएका उनले वताईन ।
छोटकरी
बार्षिक उत्सव आज
फारवेष्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित डोटीको एक मात्र व्यापारिक रेडियो, रेडियो डोटी ९८.५ मेगाहर्जको आज एकबर्ष पुरा भएर बार्षिकोत्सब मनाउने कार्यक्रम तय भएको छ ।
रेडियो डोटीका प्रबन्धक निर्देशक चक्र बहादुर कुँवरले दिएको जानकारी अनुसार गत बर्ष आजकै दिन रेडियोले परीक्षण प्रसारण सुरु गरेको थियो । रेडियो डोटी छोटो समयमै स्रोतप्रिय भएको निर्देशक कुँवर वताउँछन । रेडियो डोटीले एक बर्षमा भएका गतिबिधीहरुलाई बार्षिकोत्सबमा प्रस्तुत गर्ने बताइएको छ ।
बार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा माननीय बीरबहादुर बलायर रहने डोटी एफ एमका स्टेशन म्यानेजर गणेश मौनीले जानकारी दिए ।
डोटी जिल्लामा दुई सामुदायिक एफएम, एक व्यापारिक एफएम र रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रले सूचना सम्प्रेषण गरिरहेका छन ।
चलचित्र÷मनोरञ्जन
पातली देखिने पहिरन
ई–कान्तिपुर अनलाईनबाट
अभिनेत्री दीपाश्री निरौला पछिल्लो समय पहिरन छनोटमा ध्यान दिन थालेकी छन् । ग्ल्यामर फिल्डमा टिकिरहन आफूमा रूपान्तरण ल्याउनुपर्ने उनको सोचाइ छ । उनी पातलो लुक्स कसरी देखाउने भनेर हमेसा कन्सियस हुँदै छिन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा’ बाट सफलताको श्रेय बटुलेकी उनी बाहिर देखिन भए पनि केही न्यु र स्टाइलिस्ट हुनुपर्ने बताउँछिन् ।
‘मोटोपन घटेकै छैन तर पातली भने देखिएकी छु,’ उनी भन्छिन्, ‘ड्रेस डिजाइनमा ध्यान दिन सकियो भने सजिलै पातली देखिने रहेछ ।’ उनी फेसन डिजाइनर रोजिना श्रेष्ठकी रेगुलर क्लाइन्ट हुन् । रोजिनाले नै दीपालाई पातली र फरक देखिने आइडिया दिएकी हुन् । वैशाखमा नयाँ फिल्मको काम थालनी गर्दै गरेकी दीपालाई रोजिनाको साथ फापेको छ । हास्यकलाकारको झलक–मलक स्वरूपमा देखिने दीपालाई रोजिनाले रोयल र अलि बेग्लै स्वरूपमा ढाल्न थालेको बताइन् । ‘दीपा पातली देखिँदै छिन,’ उनी भन्छिन, ‘पहिरन र कन्सेप्टको कमाल हो यो ।’
रोजिनालाई धेरैले आफू मोटो भएको भन्दै चिन्ता व्यक्त गर्छन् । रोजिनाचाहिँ सजिलै उनीहरूलाई पहिरनमार्फत पातलो देखिने उपाय दिन्छिन् । ‘ड्रेस डिजाइनमा कन्सस हुन सके पातलो देखिन सजिलो छ,’ उनी भन्छिन् । उनका अनुसार मोटो शरीरका लागि ‘लाइका’, ‘सिफन’, ‘जर्जियट’ जस्तो फेब्रिक उपयुक्त हुन्छ । त्यस्तै, सकेसम्म चोली नछुट्याई वानपिसमै ‘ए’ लाइनमा कपडा काट्नुपर्ने उनी बताउँछिन् ।
नायिका सञ्चिता लुइँटेल सकेसम्म छोटा पहिरन लगाउन रुचाउँदिनन् । अलि मोटो शरीरलाई यस्ता पहिरनले भद्दा देखाउने उनको अनुभव छ । ‘हल्का पातली देखिने ड्रेस छनोट गर्छु,’ उनी भन्छिन्, ‘कलरमा पनि डार्क रोज्छु ।’
त्यस्तै, नायिका वर्षा राउत पनि आफूलाई अलि मोटी नै भएको बताउँछिन् । यस्तो अवस्थामा फिल्ममा भन्दा बाहेकको अवस्थामा प्रायः कुर्थी, कुर्था सुरुवाल लगाउन मन पराउँछिन् । ‘लुज कुर्थामा स्लिम र सजिलो फिल गर्छु,’ उनी भन्छिन, ‘अरूले के भन्छन, भन्दा पनि आफ्नो रुचि जे छ त्यस्तै लगाउँछु ।’
फेसन डिजाइनर तेन्जिङ छितेन भुटिया गर्मी लागेपछि ड्रेस डिजाइनमध्ये, मोटो फिगरमा बढी मिहिनेत गर्छन् । उनका अनुसार पातलो शरीरलाई जति सहज रूपमा ड्रेस बनाउन सकिन्छ उति मोटो शरीरमा विशेष जुक्ति लगाउनुपर्ने हुन्छ । शरीरको कुन भाग पातलो छ त्यो ठाउँमा हेभी एम्ब्रोइड नगर्ने, डिजाइन नगर्ने र कपडाले छोप्ने गर्नुपर्छ । डिजाइन र एम्ब्रोइड गर्दा धेरैको ध्यान केन्द्रित हुने हुँदा मोटोपना देखिने उनले बताए । कपडाले शरीरको मोटोपन घटाउने होइन । तर, मोटो शरीर छोपेर पातलो महसुस गराउने काम चाहिँ पक्कै गर्छ ।
‘यो एक प्रकारको इलुजन हो’, तेन्जिङ भन्छन्, ‘हेर्नेहरूलाई पहिरनमा भ्रम पार्ने ।’ उनका अनुसार डार्क रंगका लुगा लगाउँदासमेत पातलो देख्न सकिन्छ । ‘डार्क रंगले प्रकाशलाई सोस्ने काम पनि गर्छ,’ उनी भन्छन, ‘जसका कारण आँखामा रिफलेक्सन पर्दैन र पातलो देखिने भ्रम पैदा गर्छ ।’
डिजाइनर आस्तिक शेरचन मोटो शरीर भएकाले सकेसम्म फुलबुट्टे पहिरन नलगाउन सल्लाह दिन्छन् । हल्का लुज पहिरन, फुल ब्लाउज र हेभी एम्ब्रोइड नगरिएका लुगा छनोट गर्नु राम्रो हुने उनको सुझाव छ ।
खेल समाचार
पारश फर्किए अभ्यासमा
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का खेल अभ्यासका लागि फेरी मैदानमा फर्किएका छन् । करीव तीन साताअघि स्वास्थ्य समस्या कारण उपचारका लागि अस्पताल भर्ना पारस सोमवारदेखि फेरी अभ्यास खेलमा सरिक भएका छन ।
पारस बिरामी भएपछि उनले केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अनिश्चित बनेको थियो । नेपालले शनिबार र सोमबार केन्याविरुद्ध खेल्दै छ । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । उपचार सकि फागुन ८ मा ग्रान्डी अस्पतालबाट पारस घर गएका थिए । पारसलाई त्यसबाट निको हुन सातासम्म लाग्ने बताइएको थियो ।
केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय टिम शुक्रबार काठमाण्डौं फर्किएको थियो । पारसको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरेका थिए । शनिबार नेपाल क्रिकेट खेलाडी संघको साधारण सभाका कारण अभ्यास राखिएको थिएन भने आइतबार बन्द प्रशिक्षणका खेलाडीलाई विश्राम दिइएको थियो ।
सोमबारबाट नेपाली टिमको प्रशिक्षण सुरु गरिएको छ । पारसले बिहान हल्का ‘जगिङ’ गरे । त्यसपछि वैकल्पिकमा रहेका स्पिनर भुवन कार्कीलाई लिएर नेट्समा केही समय सामान्य ‘नक’ गरेका थिए । सोमबार नेपालको सिनारियो प्रशिक्षण थियो । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र सुनील धमलाले आफ्नो पूरा समय ब्याटिङमा बिताए ।
त्यसपछि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्ने पालो शरद भेषावकर र पारसको थियो । पारस ब्याटिङमा नगएपछि शरदलाई साथ दिन सागर पुन पुगे । शरद र सागरले आफ्नो पालो सकाएपछि पारसले सेन्टर विकेटमा २ बल खेलेका थिए । त्यसपछि उनले ब्याटिङ गरेनन् ।
‘अहिलेसम्म सबै ठीकै छ, हेरौं के हुन्छ । म फिट हुन्छु होला । अझै ३–४ दिन अभ्यास बाँकी नै छ, त्यति खेरसम्म धेरै थाहा हुन्छ,’ पारसले भने, ‘अहिले अभ्यास सुरु गरेको छु । नेपालका लागि खेल्नु भनेको ठूलो सम्मान हो, त्यसैले म यो अवसर गुमाउन चाहन्न । त्यसै पनि नेपालमा पछिल्लो तीन वर्षमा अन्तराष्ट्रिय म्याचहरू खासै भएको छैन । त्यही भएर यस्तो अवसर आउँदा खेल्न जतिसक्दो कोसिस गर्नेछु । आफैलाई पुस गरिरहेको छ ।’
उनले अगाडि भने ‘आज अभ्यास गर्दा त्यस्तो गाह्रो त भएन । डाक्टरसँग पनि परामर्श गरिरहेको छु । डाक्टरले पनि सुरुआत विस्तारै गर्नु र अवस्थामा सुधार आएसँगै स्पिड बनाउनु भन्नु भएको छ । आज शरीरको भागले पनि राम्रो स्थिति देखाएको छ । मैले खेल्ने सम्भावना पनि राम्रै छ । तर अहिले अझै यसै भन्न सकिन्न । एउटा कप्तानका रूपमा म टिममा योगदान दिन चाहन्छु । म पनि खेल्न आतुर छु ।’
लेख
मेची—काली अभियानको सान्दर्भिकता
प्रा डा बद्रीबिशाल पोखरेल
जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’ को राजनीतिक व्याख्या गरेका थिए । उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आम जनताको हितको कुरालाई सर्वोपरि राख्नु पर्ने कुरा गरेका थिए । कुनै पनि पार्टी जब देशको शासकीय हैसियतमा पुग्छ तब उसको प्रमुख जिम्मेदारी तमाम जनताको हितसित गाँसिनु पर्छ भन्ने ओलीको धारणा हो । उपर्युक्त उक्तिमा एमाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि तह, तप्का, वर्ग र जाति÷समूहका आमजनतालाई राज्य र राजकीय निकायले हेप्न पनि पाइन्न भनेका हुन् । उनले सबै जनताकोे आ–आफ्नो मान र मनितो हुन्छ र त्यसलाई राज्यले सुरक्षा गर्नुपर्छ भनेका थिए ।
तर अहिले जनताको जीउ, धन र मानको सुरक्षा सवालभन्दा देशको अखण्डता, एकता र सामाजिक सद्भावको सुरक्षाचाहिँ सङ्गीन सवाल बनेको छ । एकाध कथित मधेसी नेताहरू ९० प्रतिशतभन्दा बढी सभासद्ले लोकतान्त्रिक विधि र पद्धतिबाट पारित गरेको संविधानको विरोध गरिरहेका छन् । त्यतिमात्र होइन, संविधानविरुद्ध भारत प्रायोजित अमानवीय नाकाबन्दीको पक्ष लिएर दशगजापारि पुगी नेपालतिर ढुङ्गामुढासमेत बर्साए । उनीहरु नै अहिले आएर संविधान संशोधन प्रस्ताव आफ्नो पक्षमा पारित भएन भने देश गम्भीर संकटमा पर्ने चेतावनी दिइरहेका छन् । हुँदाहुँदा मधेसी दल संविधान सभाबाट सामूहिक राजीनामा गर्ने धम्की पनि दिन थालेका छन् ।
यस्ता धाक र धम्की तिनले पहिले पनि नदिएका भने होइनन् तर नेपाल र नेपाली जनताको दृढ एकताबाट स्वयं भारतीय प्रधानमन्त्री मोदीसमेत कायल भएको तिनलाई सम्झना हुनुपर्छ । अब यिनका पनि अगुवाहरूको राष्ट्रविरोधी गतिविधिलाई राज्यले कहिलेसम्म टुलुटुलु हेरेर बस्ने भन्ने प्रश्न पनि उठेको छ यतिबेला । उनीहरू ठुटे पुच्छरले हिमाल हल्लाउने दिवास्वप्नमा छन् । यस्ता अलोकतान्त्रिक परिपाटीलाई वर्तमान गठबन्धन दल परोक्ष रूपमा मलजल गरिरहेको देखिन्छ । कथित मधेसी नेताहरू किस्ताकिस्ता गरेर देशमा एकपछि अर्को समस्या खडा गर्नमा व्यस्त छन् । यीमध्ये केहीले नेपालीको संस्कार र सामाजिक सद्भाव ध्वस्त पार्ने प्रयास पनि गरेका छन् ।
अर्कोतर्फ यसखालका कृत्यविरुद्ध पार्टीको पगाहासमेत चुँडाएर नेका युवा नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलगायत कतिपय राष्ट्रवादी नेतासमेत ओलीकै मार्गमा सामेल भइरहेका छन् । यसबाट पनि स्पष्ट भइसकेको छ कि अहिले देश राष्ट्रवाद र राष्ट्रघातको दुई धारमा विभाजित छ । अहिलेको गठबन्धन सरकार भारतीय शासकसामु लम्पसारवादमा परिणत भएको छ । एमालेलगायत ९ दलले सदनमा लामो लडाइँ लडे पनि गठबन्धन सरकार राष्ट्रघात गर्ने कुराबाट टसमस भइरहेको छैन । देश र मधेसका नाममा अप्रिय र खुलेयाम गतिविधि हुँदा पनि सरकार त्यसका विरुद्ध गम्भीर बनिरहेको देखिएन । विपक्षी दलले यस विषयलाई सदनमा देश र दुनियाँले थाहा पाउने गरी उठाएको हुँदा बाध्यताबस लागिपरेकोसम्म देखिन्छ ।
यो सरकार भित्री मनबाट सकेसम्म संक्रमणकाल लम्ब्याएर देशलाई अस्थिर, अन्योल र अस्तव्यस्त पार्न चाहन्छ । यस्ता काम र कुराले देशमा सबैखालका समस्यालाई अरु गहिरो बनाउने देखिन्छ । यो सरकारको यही अन्तर्य र गुह्य रहेको स्पष्ट हुन्छ । यस्तो संकटापन्न अवस्थामा आमजनतालाई यस विषयमा सुसूचित, जागृत र सचेत गराउनु जनताका पार्टी र नेताको धर्म हो । तसर्थ नेकपा एमाले पार्टीले अहिले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्दै राष्ट्रिय एकता, स्वाधीनता, सामाजिक सद्भाव, अखण्डता र राष्ट्रिय स्वाभिमानलाई मूल नारा बनाएको देखिन्छ । एमाले यस अभियानबाट संक्रमणकाल समाप्त पारी मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउन प्रतिबद्ध देखिन्छ । त्यसैले यो अभियान केवल आगामी स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीको बहुमत प्राप्त गर्ने कुरामा मात्र सीमित गरिनुहुँदैन । यसरी राष्ट्रवादको विषय उठाउँदा स्वतः पार्टीको प्रभाव अवश्य बढ्छ नै । पहिल्यैदेखि औपचारिक वा अनौपचारिकरूपमा भुइँ तहदेखि प्रगतिशील राष्ट्रवादी भावनालाई आवश्यक मलजल नगरिएको अवस्थामा ढिलै भए पनि यो अभियान एमाले जस्तो प्रभावशाली पार्टीले सुरु गर्नु अहिलेको अत्यन्त सामयिक, सान्दर्भिक तथा अपरिहार्य विषय हो । त्यसैले यस जनअभियानको दूरगामी महत्वलाई शीर्ष स्थानमा राख्दा यसको औचित्य, महत्व र सान्दर्भिकता अरु स्पष्ट हुनेछ ।
जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमा जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्ने मान्यता स्थापित गरेको देखिन्छ । पुष्पलाल नेतृत्वमा स्थापित तथा विकसित कम्युनिस्ट पार्टीको विरासत ग्रहण गरेको एमालेले तमाम उत्पीडित जनसमुदायलाई अन्यायविरुद्ध वैचारिक र व्यावहारिकरूपमा जागृत गराउँदै आएको देखिन्छ । जनता इतिहास निर्माता हुन् भनेपछि ती जनतालाई सबै हिसावले सुशिक्षित, प्रशिक्षित गर्दै जागरण आन्दोलनमार्फत् समाज परिवर्तन गर्ने सोच एमालेको देखिन्छ । त्यसैले २०११ सालतिर तमाम श्रमजीवी किसानलाई अपमानितरूपमा हेपेर बोलाइने ‘रे’ सम्बोधन गर्ने परम्पराविरुद्ध ‘जी कहो’ आन्दोलनसमेत समावेश गरेर किसानका आर्थिक, सामाजिक अधिकार दिलाएको थियो । यस पार्टीले आजका दिनसम्म समसामयिक राष्ट्रिय राजनीतिक चेतना अभिवृद्धिका अनेक अभियान सम्पन्न गरेको यही लेखक साक्षी छ । सही सिद्धान्त हुँदा र तद्नुसारको व्यवहारबीच तालमेल हुँदा आमजनताबीच आफ्ना विचार, नारा, अभियान र आन्दोलन लिएर गाउँघर जान सकिन्छ ।
सूर्य उदाएपछि अँध्यारोको अस्तित्व समाप्त हुन्छ । जीवन तत्वका अगाडि मरणशील तत्वको अधोगति हुन्छ । निर्झर खोला दुर्लङ्घ्य पर्खाल भत्काउँदै सामुद्रिक यात्रा तय गर्छ । सत्यका अगाडि असत्य, अपराध र अकर्मण्यताको अवसान अपरिहार्य हुन्छ । नेपाली र भारतीय जनताबीच सदियौँदेखि सदियौँसम्म मैत्रीपूर्ण सम्बन्ध रहे पनि भारतीय शासक नेपालमा उहिल्यैदेखि गिद्धे दृष्टि लगाइरहेका देखिन्छ । भारतस्थित तत्कालीन बृटिस औपनिवेशिक चरित्र र चिन्तनलाई हुबहु आत्मसात् गरेको हालको मोदी नामको भारतीय शासकको कुट, कलुषित र कल्मस नेपाल नीति अमानवीय नाकाबन्दीमार्फत् खुलस्त भएको देखिन्छ ।
असम्भवलाई सम्भव बनाउनेचाहिँ नेता हो । हरेक प्रतिकूलताभित्र अनुकूलताको खोजी गर्ने नेता हो । सत्य, सही र सच्चाइसमेत आमजनताका मनमा प्रभावपूर्ण तरिकाले प्रवाह गर्न सक्नेचाहिँ नेता हो । २०४६ सालको आन्दोलनमा नेकाका सर्वमान्य नेता गणेशमान सिंहको एक्लो भूमिका नेकातर्फबाट निर्णायक थियो । जननेता मदन भण्डारीको वाममोर्चामार्फत् शीर्षस्थ भूमिकाले २०४६ सालको आन्दोलन सफल बनेको हो । भण्डारीको एकल शिखर व्यक्तित्वका कारण दुनियाँबाट कम्युनिस्ट ढलिरहेका अवस्थामा नेपालका कम्युनिस्ट भने जुर्मुराउन सकेका थिए । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले विगतकालदेखि राखेका जायज माग र दाबीलाई नेकालगायत पार्टीले नमानेको हुँदा देश धरापमा परेको हो भनेका थिए ।
२०४६ सालको संविधानमा राखेका २७ बुँदे संशोधन अनुमोदन नगरेर देशलाई पछि पार्ने नेका नेता गिरिजाप्रसाद कोइराला हुन् । मित्रराष्ट्रहरूले नेपाली जनताको सुख, समृद्धिका लागि उपहारस्वरूप प्रदान गरेका सयौँ उद्योगधन्दा माटोका भाउमा बेच्ने नेका नेता गिरिजा नै हुन् । मदन भण्डारीले दश वर्ष सहकार्यका साथ अगाडि बढौँ, शत्रुतापूर्ण प्रतिस्पर्धा नगरौँ भनी राखेको प्रस्ताव नमान्ने पनि नेका नै हो । तत्कालीन गिरिजा सरकारले आफ्नै बहुमतको सरकार गिराएर पुनः संसदीय चुनावमार्फत् दुईतहाई ल्याएर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन उद्यत शक्तिलाई ठेगान लगाउने एमाले नै हो । माओवादी उग्रवाद र अतिवादलाई वैचारिक तीव्र बहसबाट ठेगान लगाउने पनि एमाले हो ।
मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमार्फत कम्युनिस्टप्रति लगाइएका सारा लाञ्छना तोडिदिने पार्टी पनि एमाले हो । यस्ता सारा भ्रम निमिट्यान्न पारेको हुँदा पञ्चायत फ्याल्ने बेलामा मौन समर्थनमा बस्ने प्रचण्ड र बाबुरामहरूलाई कम्युनिस्ट नामको आतङ्ककारी काम गर्न सजिलो भयो नत्र यस्ता भ्रम तोड्न तिनले ठूलै बलबुता लगाउनु पथ्र्यो । ओली सरकारले नेपाली जनताको साथ सहयोगमा अत्यन्त अमानवीय भारतीय नाकाबन्दी नाकाम पारिदियो अनि कहिल्यै कसैले गर्न नसकेको र आँटै नगरेको चीनको नाका खोल्ने काम ग¥यो ।
यस्तो पार्टीलाई तराई मधेस विरोधी भन्नेहरूले एक पटक इतिहासका पाना पल्टाए हुन्छ । मधेस पहाडका भूमिहीन सुकुम्बासीलाई जग्गाधनीको लालपुर्जा वितरण गर्ने मनमोहन अधिकारीको नौ महिने सरकार हो । तराई मधेसी जनताको नागरिकता सम्बन्धी नैसर्गिक अधिकार समाधानका लागि धनपति आयोग गठन गरी तथ्यसत्य खोज गर्ने एमाले हो । तराई मधेसमा विद्यमान भूमि समस्या समाधानका लागि बनेको केशव वडाल आयोगले प्रतिवेदन तयार पारेको हो । तर कथित मधेसी दलहरू तराई मधेसका आमश्रमजीवी जनताप्रति गरिने सबैखालका विभेद, असमानता र अन्यायविरुद्ध काम त परै जाओस् कुरा सुन्न पनि चाहँदैनन् । ओली नेतृत्वको विगत नौ महिने सरकारले मधेस र पहाडका लोपोन्मुख २० हजार परिवार–लाई जनता आवास कार्यक्रमअन्तर्गत रकम विनियोजन गरेको, समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम, हुलाकी राजमार्ग निर्माणका लागि रकम विनियोजन, मुक्त कमैया पुनस्र्थापनाको बाँकी कामका लागि रकम विनियोजन, किसान आयोग गठन, तराई मधेसका सीमान्तकृत समुदायका बालबालिका लागि अध्ययन अनुदान दिने जस्ता काम गरेको थियो। त्यतिमात्र हैन, दलित तथा लोपोन्मुख समुदायका बालबालिकाका लागि उच्च शिक्षा निःशुल्क हुने व्यवस्था पनि गरेको थियो । तर अनकौँ पटक उपप्रधान, मुख्य र सहायकमन्त्री हुने कथित मधेसी दलले सत्तामा हुन्जेल तराई मधेसी जनताका लागि खासै केही गरेनन् । वास्तवमा अहिले यही सत्यतथ्य उजागर हुन्छ भनेर नै उनीहरू एमालेको मेची–महाकाली अभियानको विरोध गरिरहेका बुझ्न गाह्रो छैन ।
नागरिक दैनिकबाट
फिचर
राजबिराज घटना ः फिल्डमा जे देखियो, त्यही लेखियो
ल एस के शान
प्रहरीले चलाएको गोली लागेर सोमबार सप्तरीमा चार जनाको ज्यान गयो । नेकपा एमालेले प्रारम्भ गरेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक दर्जन बढीलाई गोली लाग्यो ।
गोली लागेका मध्ये मलेठ गाविस–२ का सञ्जन मेहता, सोही गाविस–४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र डिमन गाविसका दिगम्बर यादवको ज्यान गएको छ । मृतक मध्ये मेहताको घट्नास्थलमै ज्यान गएको हो भने यादव र मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र साहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो । सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादवसमेत लाठी चार्जबाट घाइते भएका छन् । झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् ।
दर्जनौं पटक भयो झडप
एमालेको सभा राजविराजभन्दा तीन किलोमिटर उत्तर रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र चलिरहँदा बाहिर मोर्चा र प्रहरीबीच झडप भइरहेको थियो । करिब चार घण्टासम्म झडप चलेको थियो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अभियान औद्योगिक क्षेत्रमा पुगेर शुरु भएपछि अभियान झन् तिब्र बनेको थियो । नेता माधव नेपाल बोलिरहँदा अश्रु ग्यास र हवाई फायर शुरु भएको थियो । मान्छेलाई नै लक्षित गरी प्रहरीले गोली चलाउनु अघि करिब दुई सय राउण्ड अश्रु ग्यास र एक सय राउण्ड हवाई फायर गरिएको थियो । प्रदर्शनकारीले प्रहार गरेको ढुँगा लागेर चार जना प्रहरी घाइते भएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुँदै गोली चलाउन शुरु ग¥यो । प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको र शरीरको अन्य भागमा गोली लाग्यो ।
झडपका क्रममा शुरुदेखि नै सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने अडान लिएको मधेसी मोर्चाले दिउँसो दुई बजेसम्म राजविराजमा र त्यसपछि औद्योगिक क्षेत्रमा प्रदर्शन गर्न शुरु गरेको थियो । औद्योगिक क्षेत्रदेखि दुई सय मिटर आसपास क्षेत्रमा प्रहरी परिचालन भई आवतजावतमा रोक लगाइएको थियो । प्रहरीले रोक लगाएपछि मोर्चा नेता÷कार्यकर्ताहरुले औद्योगिक क्षेत्र अगाडिको गहुँ खेतमा गएर कालो झण्डासहित प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेका थिए भने प्रदर्शनकारीले माटाका डल्ला फ्याँक्ने क्रम दर्जनौं पटक चल्यो । भित्र कार्यक्रम भइरहँदा झडप धेरैपटक भइसकेको थियो । कार्यक्रम सकिनै लाग्दा प्रहरीले गोली चलाउन शुरु ग¥यो । एमालेको कार्यक्रम चलिरहँदा झडप भइरहे पनि अवस्था भयावह बनिसकेको थिएन ।
सप्तरी प्रवेश गर्नुअघि एमालेले आफूहरु संयमित भएर सभा गर्ने जनाएको थियो । यहाँसम्म एमालेको अभियान आउँदा कार्यकर्ताहरु संयमित नै थिए । अभियानमा आउने बेलासम्म मोर्चा कार्यकर्ताहरु लगभग गलिसकेका थिए । यसअघि नै मोर्चाका मुख्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरिसकेका कारण प्रहरीसँग झडप गरिरहेका कार्यकर्ताहरु घर फर्किने सुरमा थिए ।
स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए । त्यही क्रममा प्रहरी भएतिरबाट तीन÷चार जनाको संख्यामा मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । प्रहरीतिरै रहेका एमाले कार्यकर्ताहरुले एक्कासी ढुँगा फ्याँक्न शुरु गरेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भए । एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई साइड लगायो । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा प्रहारलाई निरन्तरता दिए । झडपस्थलमा रहेका सञ्चारकर्मीहरुले प्रहरीको संरक्षणमा मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंँगा फ्याँकेका दृश्यहरु क्यामेरामा कैद गरेका छन् ।
प्रहरीको पुरानै कुरा
प्रहरीले घटनाको कुनै अनुसन्धान नै नगरी प्रदर्शनकारीबाट पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको उल्लेख गरेको छ । पूर्वाञ्चलका डीआइजी रमेश भट्टराईले बिराटनगरबाटै यस्तो प्रतिक्रिया दिएका छन् ।
मोर्चा नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले मोर्चालाई बदनाम गर्न यस्तो आरोप लगाएको बताए । उनले प्रहरीलाई यो कुरा प्रमाणित गरेर देखाउन चुनौति दिए ।
पानी फोहरा दिने गाडी देखाउन मात्रै
एमालेको अभियानसँगै सुरक्षाकर्मीले पानीको फोहरा दिने गाडी समेत मगाएको थियो । झडप भइरहेकै ठाउँमा यो गाडीलाई उभ्याएको थियो । तर, झडप भइरहँदा यो गाडीको प्रयोग प्रहरीले गरेनन्। एमाले कार्यकर्ताले ढुङ्गा फ्याँकेपछि तिब्र बनेको झडपमा प्रहरीले एक्कासी अश्रु ग्यास प्रहार शुरु गरेको थियो । यसपछि हवाई फायर र व्यक्तिलाई ताकेरै गोली चलायो ।
आयोग पदाधिकारीले सुने भाषण ।
एमालेको अभियानसँगै राष्ट्रिय मानवअधिकार आयोगका पनि चार जना प्रतिनिधि सप्तरी आएका छन् । भित्र कार्यक्रम चलिरहेको र बाहिर झडप भइरहेको अवस्थामा ती प्रतिनिधिको काम के हुन्थ्यो ? यो प्रश्नको उत्तर शायद यही हुनुपर्छ कि झडपको अनुगमन गर्नुपथ्र्यो । तर, ती आयोगका प्रतिनिधिहरुले झडपको सुइँकोसम्म पाएनन् । उनीहरु एमाले नेताहरुको भाषण सुन्न व्यस्त भए ।
घटनापछि जिल्ला तनावग्रस्त, भारदहमा सवारी साधन तोडफोड
चारजनाको ज्यान जाने गरी भएको घटना पश्चात सप्तरी जिल्ला तनावग्रस्त बनेको छ । व्यक्तिको ज्यान जानेबित्तिकै तीनवटा मोटरसाइकल घटनास्थलमै जलाइएका छन् । जलेका दुईवटा मोटरसाइकलको नम्बर फेला पर्न सकेको छैन । अर्काे स.४प ६०७२ नम्बरको स्कुटीमा आगजनी भएको छ ।
उता भारदहमा दुई दर्जनभन्दा बढी सबारीसाधनलाई तोड्फोड गरिएको छ । आक्रोशित रहेका मोर्चा कार्यकर्ताहरुले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई दर्जन सवारीसाधन तोडफोड गरेका छन् । घटनापछि अब के गर्ने ? भन्ने सन्दर्भमा मधेशी मोर्चाका नेता÷कार्यकर्ताहरु राजविराजमा छलफल गरिरहेका छन् ।
अनलाईन खवरबाट
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. दुधमा आत्मनिर्भर मानिने नेपालको पहिलो जिल्ला कुन हो — काभ्रेपलाञ्चोक
२. चौधौं योजना अवधिको पहिलो आ.व.२०७३÷७४ मा कति प्रतिशत लगानी गर्ने लक्ष्य लिइएको छ ?
— २७.६५
३. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले गरिएको थियो ? — २०७३ आषाढ १५
४. २०७३ फागुन ९ गतेको घोषणा अनुसार नेपाल सरकारले स्थानीय तहको निर्वाचन मिति कहिलेको लागि तय गरेको छ ? — २०७४ बैशाख ३१ गते
५. पहिलो डल्फिन महोत्सव कहाँ र कहिले भएको थियो ? — कैलाली, वि.स.२०६३
६. नेपालमा कहिलेसम्म बालबिवाह अन्त्य गर्ने लक्ष्य राखिएको छ ? — सन् २०२०
७. सातांै राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण र रजत पदक नेपाल आर्मीले जितेको थियो भने सबैभन्दा बढी कास्य पदक कुन टिमले हात पारेको थियो ? — सूदूरपश्चिमाञ्चल
८. सबैभन्दा धेरै देशहरु भएको महादेश कुन हो ? — अफ्रिका
९. चौधौं योजना अनुसार आ.व.२०७५÷७६ सम्ममा मानव विकास सूचकांक कति पु¥याउने लक्ष्य लिइएको छ ? — २७.६५
१०. नेपालको जापान सँग दौत्य सम्बन्ध कहिले कायम भएको थियो ? — जुलाई २८, १९५६
११. हाल सञ्चालनमा नरहेको नेपालको औद्योगिक क्षेत्र कुन हो ? — धनकुटा
१२. रोमन कथा अनुसार कृषि कार्यका देवताको नामका आधारमा नामाकरण गरिएको ग्रहको नाम के हो ? — क्बतगचल (शनि)
१३. नेपाल र चिन बिच बेत्रावती सन्धी कहिले भएको थियो ? — इअत ५, १७९२ ( वि.स.१८४९)
१४. प्रसिद्ध पर्यटकीय स्थल सारङकोट कुन जिल्लामा पर्दछ ? — कास्की
१५. फिलिपिन्समा नक टेन नामको आधी कहिले आएको थियो ? — डिसेम्बर २५, २०१६
१६. ८९ औं ओस्कार अवार्ड,२०१७ को विजेता चलचित्र कुन हो ? — मुनलाइट
१७. भ्रष्टाचार सूचकांक, २०१६ अनुसार नेपाल कति औं स्थानमा परेको छ ?— २९ अंक सहित १३१ औं
१८. नेपाल वायु सेवा निगमले २०७३ माघ १३ मा चिन बाट ल्याएको ः टण् जहाजको नाम के राखिएको थियो ? — फेवा
१९. बोलिभियाबाट कोलम्बियाका लागि उडेको ब्राजिलका फुटबल खेलाडी सवार रहेको विमान कहिले दुर्घटनाग्रस्त भयो ? — नोभेम्बर २९,२०१६
२०. २०७३ कार्तिक १ गते चितवन राष्टिूय निकुञ्जको सिमाना विस्तार गरी कति पु¥याइएको छ ?
— ९५२.६३ व.कि.मि
२१. चौधौं योजनामा माध्यामिक तहको खुद भर्नादर कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ? —४५५
२२. पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको मृत्यु कहिले भयो ? — अक्टोबर २०, २०१६
२३. १८ औं एसियाली खेलकुद कहाँ हुने भएको छ ? — जाकर्ता, इण्डोनेसिया (२०१८)
२४. ६५ औं मिस युनिभर्स,२०१६ को उपाधि कसले जितिन् ? — आयरिस मित्तेरा (फ्रान्स)
२५. पर्यावरण संग्रहालय नेपालको कुन ठाउँमा रहेको छ ? — मुस्ताङ्ग
२६. हरित गृह प्रभावको अवधारणा कसले अघि सारेका हुन ? — बेरिन जिन फेरिएन
२७. बिमिस्टेकमा गरीबी निवारण क्षेत्रको नेतृत्व कुन देशले गर्दछ ? — नेपाल
२८. युरोपेली संसदमा कति सदस्य रहने व्यवस्था छ ? — ७८५
२९. युरोपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? — नेदरल्याण्डको हेगमा
३०. आसियानको एकमात्र भूपरिबेष्ठित राष्ट्र कुन हो ? — लाओस
३१. क्ब्ँत्ब् कहिले देखी कार्यान्वयनमा आएको थियो ? — जनवरी १,२००६
३२. अन्तराष्ट्रिय न्यायालयका न्यायाधिसको नियुक्ति कति बर्षका लागि हुने गर्दछ ? — ९ बर्ष
३३. अरस्तुद्धारा लिखित प्रसिद्ध पुस्तक ुुत्जभ एयष्तिष्अकू मा के बारे व्याख्या गरिएको छ ?
— संबिधान र सरकार
३४. ‘कानुनको शासन कुनै पनि व्यक्तिको शासन भन्दा राम्रो शासन हुन्छ’ यो भनाई कसको हो ?
— अरस्तु
३५. वन सर्वेक्षण, २०१६ अनुसार नेपालमा प्रतिहेक्टर कति रुखहरु रहेको छन् ? — ४३० ओटा
३६. कन्फ्यूसियसको जन्म कहिले र कहाँ भएको थियो ? — इ.पू् ५५१, चीनको लू राज्यमा
३७. नेल्सन मण्डेलाले कति बर्ष जेल जीवन बिताएका थिए ? – २७ बर्ष
बौद्धिक परीक्षण खण्ड
३८. एउटा विद्यार्थीले सही उत्तर लेखेको दोब्बर गलत उत्तर लेखेछ । जम्मा ४८ प्रश्नको समाधान गरेको थियो भने उसले कति प्रश्नको सही जवाफ दिएछ ?
ब्० १२ द्य० १६ ऋ० १८ म्० २४
३९. कुन बर्षको पात्रो २००७ संग हुबहु मिल्छ ?
ब्० २०१७ द्य० २०१८ ऋ० २०१८ म्० २०२१
४०. यदि कुनै आयतको लम्बाई २०५बढाएर चौडाई २०५ले घटाउने हो भने आयतको क्षेत्रफलमा के हुन्छ
ब्० २०५ बढ्छ द्य० २०५ घट्छ ऋ० ४ ५ घट्छ म्० परिवर्तन हुदैंन
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय, सुझावका लागि ः ढडद्धडटद्दटठद्धज्ञ
मिति २०७३ साल फागुन १७ गते मंगलबार प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु ः
३८) ऋ ३९) द्य ४०) ऋ
साहित्य÷सृजना
रगत भन्दा गाढा हुन्छ मित्रता
पानी भन्दा पातलो हुन्छ मित्रता
रगत भन्दा गाढा हुन्छ मित्रता
छोटो भन्दा छोटो हुन्छ कहिले मित्रता
जुनी–जुनी लामो हुन्छ कहिले मित्रता
कहिले माया भन्दा मीठो हुन्छ मित्रता
कहिले छायाँ भन्दा नजिक हुन्छ मित्रता
हिरा मोतीले किन्न सक्दैन चोखो मित्रता
मीठो बोलीमा हजारौ चोटी मारिदिन्छ मित्रता
कहिले अजम्बरी बुटी हुन्छ मित्रता
कहिले जिऊदै मार्ने बेथा बन्छ मित्रता
आफ्नाले बोक्न नसक्ने पीर बोक्छ मित्रता
आफ्नालाई भन्नै नमिल्ने राज खोल्छ मित्रता
कहिले सुदामा झै गरिब बन्छ मित्रता
कहिले कृष्ण झै दानी हुन्छ मित्रता
कहिले मीराको प्रेम बन्छ मित्रता
कहिले राधाको कृष्ण बन्छ मित्रता ।।।
कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ
केबल उडिरहेँ
परिस्थितिसँग अनि भाग्यसँग
नियती ठानेर संघर्षको मैदानमा
आफ्नो हर खुशीलाई त्यागेर झुत्रिये
शायद नियती नै च्यातिनु हो मेरो
केवल् उडिरहेँ चुपचाप उडिरहेँ ।
चङ्गा हुँ म कहिले आकासिदै
कहिले माथी चढ्दै कहिले तल झर्दै
हावाको झोकासँग लहराउँदै
कहिले प्रतिद्वन्धीसँग डराउँदै
केवल् उडिरहेँ चुपचाप उडिरहेँ ।
कसैको बन्धनमा बाँधिएर
कहीं आग्रहले कहिं आदेशले
अनि सधैं अरुको खुशीको लागि
निस्वार्थ भई सेवामा समर्पित
केवल उडिरहें चुपचाप उडिरहे
अनु शाह
गजल
मेरो मनलाई बुझाइ राख्ने बात एउटै थियो
आँखाबाट अश्रु पुछ्ने, हात एउटै थियो
फूल पनि एउटै थियो, भमरा पनि एउटै
सधै सधै रहिरहने साथ एउटै थियो ।
काँडा पनि एउटै थियो, दुख पनि एउटै
उसको याद आइरहने रात एउटै थियो ।
भुबन जोशी “मुडभरी”
मुक्तक
यि यादहरु घरी घरी आइदिन्छन
घुम्दै फिर्दै वरिपरी आइदिन्छन
न भोक निन्द्रा, न त प्यासमै अल्झिन्छन
नौ डाँडा अनि सात समुन्द्र तरी आइदिन्छन ।
दिपेन्द्र बोगटी
लामातोला–२ बझाङ्ग
डोटी बहुमुखी क्याम्पस, सिलगढी डोटी
No comments:
Post a Comment