Monday, March 13, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ साल चैत्र १ गते मंगलबार

१३ अाैं बार्षिक उत्सवकाे अबसरमा अादरणीय पाठक बर्ग, लेखक, रचनाकार, ग्रहाक बर्ग, सूचना बिज्ञापनदाता, सहयाेगी, शुभचिन्तकमा हार्दिक कृतज्ञता व्यक्त गर्दछाैं ।


सम्वन्धित निकायमा दर्ता गरेर मात्र वस्तु वा सेवाको उत्पादन र बिक्री बितरण सम्वन्धि कारोबार गरौं । 
जाँच नगराएको वा रोगी, मरेको पशुपंक्षिको मासु तथा मिसावट गरेको मासु बिक्री नगरौं र नगराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश नं. ७ मा नेपाल पत्रकार महासंघ

जिल्ला अध्यक्षहरुमा चौतारी अगाडि, केन्द्रीय सभासद्मा युनियन




फागुन २२ गते भएको नेपाल पत्रकार महासंघको अधिवेशनमा सुदूरपश्चिममा मिश्रित परिणाम देखिएको छ । जिल्ला अध्यक्षहरुमा प्रेस चौतारी अगाडि रहेको छ भने केन्द्रीय सभासद्हरुमा युनियनको अग्रता देखिन्छ । 
प्रदेश नं. ७ का आठ जिल्लामा सम्पन्न अधिवेशनको परिणाम अनुसार चार जिल्ला अध्यक्षहरु प्रेस चौतारी निटक चयन भएका छन । तीन जिल्लामा प्रेस युनियन अगाडि देखिएको छ भने एक जिल्लामा प्रेस सेण्टरले बाजी मारेको छ । जिल्ला अध्यक्षहरुमा बाजुरा प्रकाशवहादुर सिंह, बैतडी प्रेमसिं भाट,   डडेल्धुरा मानवहादुर साउँद र दार्चुलामा शंकर धामी चयन भएका छन । यि चारै जिल्ला अध्यक्षहरु प्रेस चौतारी निकट रहेका छन । 
यस्तै बझाङ्गमा जगदिश रोकाया, डोटीमा योगेन्द्र बलायर र कैलालीमा जगत साउँद चयन भएका छन । रोकाया, बलायर र साउँद युनियन निकट हुन । कञ्चनपुरमा प्रेस सेण्टर निकट बिष्णु अवस्थी बिजयी भएका छन । 
यस्तै कुल ८६ केन्द्रीय सभासद्हरुमा ३७ जना युनियन निटक रहेका छन । दार्चुला एक, कैलाली १०, बैतडी तीन, कञ्चनपुर १४, डोटी पाँच, बाजुरा १, बझाङ्ग दुई र डडेल्धुरा एक युनियन निकट चयन भएका छन । यस्तै दार्चुला चार, कैलाली सात, बैतडी पाँच, कञ्चनपुर तीन, डोटी एक, बाजु–रा पाँच र डडेल्धुरा चार गरि २९ जना चौतारी निकटका केन्द्रीय सभासद्हरु चयन भएका छन । बझाङ्ग जिल्लाबाट चौतारी निकट कुनै पनि पार्षद चयन भएन ।
कञ्चनपुर सात, कैलाली तीन, दार्चुला एक, बैतडी एक, बझाङ्ग दुई र डडेल्धुरा एक गरि १५ केन्द्रीय सभासद् प्रेस सेण्टर निकट रहेका छन । यस्तै अन्य संगठनहरु निकट पाँच जना केन्द्रीय सभासद्हरु चयन भएका छन । 
अधिवेशन सम्पन्न भएका आठ जिल्लाहरुमध्ये कैलाली र कञ्चनपुरमा निर्वाचन भएको थियो भने अन्य जिल्लाहरुमा सहमतिका आधार चयन गरिएको छ । डोटीमा प्रेस सेण्टर र बझाङ्गमा प्रेस चौतारी बाहिर छन । अधिवेशन भएका अन्य जिल्लाहरुमा भने कुनै न कुनै ठाउँमा तीन मुख्य संगठनहरु युनियन, चौतारी र सेण्टर समावेश भएका छन । 
नयाँ सदस्य बिवादका   कारण अछाममा अधिवेशन हुन सकेको छैन । 

सम्पादकीय 

हार्दिक कृतज्ञता ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते जननिर्वाचित सरकारलाई असक्षम घोषणा गरि देशको शासन व्यवस्था निरंकुश शैलीमा सञ्चालन गरिरहेका वेला २०६० साल फागुन २९ गते बिम्ब साप्ताहिक डोटीको नमुना अंक प्रकाशन भएको हो । यस साप्ताहिकले १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । 
दुर्गम क्षेत्रबाट प्रकाशन सुरु गरि १३ वर्षे यात्रा तय गर्न  सहयोग गर्ने आम पाठक वर्ग, नियमित रुपमा बिज्ञापन उपलव्ध गराई दिने बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता, सल्लाह÷सुझावदाता सवैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।    
यस साप्ताहिकको स्थापना भएको करीव एक वर्ष नपुग्दै फेरी ज्ञानेन्द्रले कडा निरंकुश शासन व्यवस्था लागु गरे । जसका  कारण बिम्ब साप्ताहिकले लगातार दुई अंक आप्mनो प्रकासन पनि रोक्नु पर्ने अवस्था सृजना भयो । पत्रिका प्रकासनका लागि जिल्ला प्रशासन कार्यालयवाट सेन्सर गर्नु पर्ने अवस्था सृजना भयो । केही अंक सेन्सर गरेरै भएपनि प्रकासन गरी पत्रिका प्रकासनलाई निरन्तरता दिने काम भयो । 
निरंकुश शासनका बिरुद्ध पत्रिकाले नियमित रुपमा लेख रचना प्रकासन गर्ने काम जारी राख्यो । तत्कालीन शाही नेपाली सेनाले  गरेका गलत क्रियाकलापहरु, प्रहरी प्रशासनले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने काममा बिम्ब साप्ताहिक कहिले पनि पछि परेन । निरंकुश शाही शासनको बिरोध गरेका कारण यस पत्रिकाका तत्कालीन प्रधान सम्पादक रामवहादुर ऐरलाई घरमा सुतेका वेला प्रहरीले राती ११ वजे पक्राउ गरी थुनामा राख्यो । पत्रिकामा संलग्न अन्य व्यक्तिहरुलाई थुन्ने, धम्की दिने, पत्रिका खारेज गर्ने धम्की दिने र बिज्ञापन उपलव्ध नगराउने धम्की दिने काम समेत त्यसवेलाका केही सरकारी कर्मचारीहरुवाट भए । 
यति हुँदाहुँदै पनि बिम्ब साप्ताहिकले आप्mनो नियमित यात्रा जारी राख्यो । पाठक वर्गहरुको अपार माया, बिज्ञापनदाताहरुको नियमित सहयोग, लेखक रचनाकारहरुले उपलव्ध गराएको अमुल्य सामग्री र बौद्धिक वर्गहरुको अमुल्य सुझावका कारण बिम्ब साप्ताहिकले १३ वर्षको कठीन यात्रा पार गरेको छ । यस दौरानमा बिम्ब साप्ताहिक प्रेस काउन्सिल नेपालको बर्गीकरणमा घ, ग हुँदै २०६६ सालको बर्गीकरणदेखि निरन्तर “ख” वर्गमा वर्गकरण भएको छ । सुदूरपश्चिमका पहाडि जिल्लाहरुबाट प्रकासन हुने साप्ताहिक पत्रिकाहरुमा हालसम्म “ख” वर्गमा वर्गीकरण भएको बिम्ब साप्ताहिक मात्र हो । 
कठीन र जटिल यात्रालाई सवै क्षेत्रका व्यक्तित्वहरुको सहयोगमा यहाँसम्म पु¥याउन सहज भएको छ । आगामी दिनहरुका पनि यस यात्रालाई निरन्तरता दिने बिम्ब साप्ताहिक टिमको अठोट रहेको छ । यसका लागि बिगतका दिनहरु जस्तै आगामी दिनमा पनि यस साप्ताहिकलाई आम पाठक वर्ग, बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता सवैको अझ वढी सहयोग आवश्यक हुने महसुस भएको छ । पाठक वर्गको चाहना अनुसार बिम्ब साप्ताहिकलाई समयानुकुल परिमार्जित गर्दै लैजाने हाम्रो अठोट रहेको छ । यसका लागि सहयोग गर्न सवैमा हार्दिक अपील गर्दछौं । 
यस पत्रिकालाई निरन्तरता दिने क्रममा थुप्रै साथीहरु पत्रिकासंग जोडिएर महत्वपूर्ण योगदान दिएर अहिले अर्कै पेशामा संलग्न हुनु भएका पत्रिकाका संस्थापक प्रधान सम्पादक सहित सम्पूर्ण साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । उहाँहरु सवैको योगदानको पत्रिका  परिवार उच्च मुल्याङ्ककन गर्दछ । आगामी दिनहरुमा उहाँहरुको प्रत्येक्ष अप्रत्येक्ष सहयोग हाम्रा लागि अति आवश्यक छ । 
१३ वर्ष पुरा गरेको अवसरमा एक पटक पुनः सवै क्षेत्र र वर्गका व्यक्तिहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै निरन्तर सहयोगका लागि पुनः अपील पनि छ ।

थप समाचार 

जिबिस बन्यो “जिल्ला समन्वय समिति”

आठ स्थानीय तहमा कार्यकारी अधिकृत तोकिए


२०४६ सालको राजनीतिक परिवर्तनपछि जिल्ला पञ्चायतबाट नामाकरण गरिएको जिल्ला बिकास समिति अव जिल्ला समन्वय समितिमा परिणत भएका छन । नयाँ संरचना अनुसार कार्यकारी अधिकृत समेत तोकिएका छन । 
नेपाल सरकारले नयाँ संरचना अनुसारका स्थानीय तहको कार्यान्वयन गर्न फागुन २७ गते राजपत्रमा सूचना प्रकाशन गरेपछि डोटी जिल्ला बिकास समितिमा जिल्ला समन्वय समितिको साईनबोर्ड झुण्डिएको हो ।
यस्तै जिल्ला समन्वय समिति डोटीले जिल्लाका आठ स्थानीय निकायहरुमा नयाँ कार्यकारी अधिकृत तोकेको छ । स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार साबिकका गाउँ बिकास समिति सचिवहरुमध्येबाट बरिष्ठतम्का आधारमा कार्यकारी अधिकृत तोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । 
कार्यकारी अधिकृतको जिम्मेवारी पाउनेहरुमा शिखर नगरपालिकामा कर्णवहादुर धामीलाई कार्यकारी अधिकृत  तोकिएको छ । राजपत्र अनअंकित प्रथम श्रेणीका धामी यसअघि बनलेक गाबिसका सचिव हुन । 
यस्तै आदर्श गाउँपालिकामा डवलवहादुर भाट, पूर्विचौकी गाउँपालिकामा दिपक नगरकोटी, सायल गाउँपालिकामा लालवहादुर बोगटी, बोगटान गाउँपालिकामा दिलिपसिं साउँद, जोरायल गाउँपालिकामा शेरवहादुर बिष्ट र बडाकेदार गाउँपालिकामा  भरत नेपालीलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ । 
साविकको दिपायल सिलगढी नगरपालिकामा भने यसअघिनै अधिकृतस्तरका कार्यकारी अधिकृत रहेका छन । 
नयाँ संरचना अनुसार डोटी जिल्लामा दुई नगरपालिका र ७ गाउँपालिका कायम गरिएको छ । यसअघि यस जिल्लामा ५० गाउँ बिकास समिति र एक  नगरपालिका रहेका थिए । 
यसैबीच गाउँपालिका तथा नगरपालिका कार्यकारी अधिकृत चयन गर्ने क्रममा बरिष्ठतम् भन्दा कनिष्ठलाई तोकिएको, सम्वन्धि गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा बरिष्ठतम् हुँदाहुँदै पनि अन्य गाबिसबाट लाएको  आरोप साबिकका गाबिस सचिवहरुले लाउन थालेका छन ।
‘स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश अनुसार सम्वन्धित गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा कार्यरत सचिवहरुमध्ये बरिष्ठतम्लाई कार्यकारी अधिकृत तोक्ने भनेको छ’ एक कर्मचारीले भने ‘तर दरवन्दी अन्तै भएका र थप जिम्मेवारी सम्हालिरहेकाहरुलाई जिम्मेवारी दिइएको छ ।’ केही कर्मचारीहरुको भनसुनका आधारमा यस्तो गरिएको ति कर्मचारीले गुनासो गरेका छन ।

पत्रिकामा केही हुँदैन अनि के पढ्नु ?

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सव कार्यक्रम सम्पन्न


‘अन्यथा नमान्नुहोला साथीहरु, तपाईहरु स्थानीय पत्रिका पढ्नु प¥यो त भन्नु हुन्छ तर के पढ्नु त्यसमा पढ्ने लायकको सामग्री केही हुँदैन ’ 
बिम्ब नेपाली साप्ताहिकको १३ औं बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको एक कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले पत्रकारहरुले खोजमुलक समाचार सामग्रीहरु प्रकाशन गर्नु पर्ने     कुरामा जोड् दिदै माथीको कुरा     भने । उनले समाचारहरु सत्यमा आधारित र मानिसको जीवन जिबिकासंग जोड्ने खालका हुनु पर्नेमा जोड् दिए । 
बिम्ब साप्ताहिकलाई शुभकामना दिदै शर्माले भने ‘सत्य–तथ्य घटना, सन्तुलित समाचार भन्ने पत्रिकाको नारा छ त्यसै अनुसार तपाईहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहनु भएकोमा बधाई पनि दिन  चाहान्छु ।’ शर्माले सरकारी कार्यालयहरुले सबै सञ्चारमाध्यमहरुलाई समानुपातिक रुपमा बिज्ञापन बितरण गर्नु पर्ने कुरामा जोड दिए । उनले आफुले सवै कार्यालय प्रमुखहरुलाई बिज्ञापन दिँदा सबै पत्रपत्रिकाहरुलाई पालो लगाएर दिन भनेको पनि वताए । 
जिल्ला प्रशासन कार्यालयलेनै स्थानीय पत्रिका   खरिद नगर्ने गरेको गुनासोपछि प्रजिअ शर्माले जिल्ला प्रशासन कार्यालयमा पत्रपत्रिकाका लागि बजेट नभएको वताए । उनले भने ‘मैले सरकारी कार्यालयहरुलाई स्थानीय पत्रपत्रिकामा समान रुपमा बिज्ञापन दिन निर्देशन दिईसकेको छु ।’ उनले स्थानीयस्तरको स्रोत साधनलाई समान रुपमा पाउनु पर्छ भन्नेमा आफु प्रयासरत रहेको वताए । 

‘यदि तपाईहरुसंग सत्थ–तथ्य समाचार छ र प्रमाण छ भने तपाईहरुले डराउनु पर्ने कुनै कारण छैन’ समाचार सम्प्रेसणपछि आउने धम्कीको बारेमा चर्चा गर्दै शर्माले भने ‘यदि तपाईहरुले तथ्यपरक समाचार लेख्नु भएको छ भने धम्की दिनेहरुलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्छ ।’ बिम्ब साप्ताहिकले भ्रष्टाचार बिरोधी समाचारहरु अभियानकै रुपमा सञ्चालन गरेकोमा प्रसंसा गर्दै शर्माले आफुले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे । ‘बिम्बले केही खोजमुलक र सकारात्मक समाचार पनि प्रकाशन गरेको पाईएको छ’ शर्माले भने ‘यस अभियानलाई निरन्तरता दिनु होला ।’
देशमा चलिरहेको चरम द्वन्द्वका क्रममा २०६० सालफागुन २९ गते देखि आफ्नो प्रकाशन सुरु गरेको बिम्बले प्रत्येक वर्ष आफ्नो बार्षिक उत्सव कार्यक्रम बिबिध कार्यक्रम गरि मनाउँदै आएको छ । यस वर्ष फागुन २९ गते होली पर्व परेका  कारण बार्षिक उत्सवको कार्यक्रम शुक्रबार (फागुन २७) मा राखिएको सम्पादक रामहरी ओझाले जानकारी दिए । 
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैससका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुले बिम्ब साप्ताहिकले स्थानीय, खोजमुलक र समावेशी खालका समाचारहरु प्रकाशनमा थप जोड दिनु पर्ने वताएका थिए । 
बिम्ब साप्ताहिकले प्रत्येक वर्ष गर्दै आएको सम्मान अनुसार यस वर्ष पनि दुई जनालाई सम्मान गरेको छ । बिम्ब साप्ताहिकबाटै पत्रकारिता सुरु गर्दै हाल मुलधारको पत्रकारितामा क्रियासिल साबिक डोटी गैरागाउँ गाबिस–९ का चन्द्र धामीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । यस्तै डोटी जिल्लाका सामुदायिक बिद्यालयहरुबाट प्रवेशिका परीक्षामा सहभागि भएका छात्राहरुमध्ये सवैभन्दा बढी अंक ल्याउने साबिक बारपाटा गाबिस–६ निवासी पुजा बलायरलाई सम्मान गरिएको छ । 
सो अवसरमा सम्पादक रामहरी ओझाले बिम्बको स्थापना देखि हालसम्ममा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा सम्पादक ओझाले १३ वर्षसम्म बिम्बलाई सहयोग गर्नु हुने, सल्लाह दिनु हुने र हौसला दिनु हुने सवैलाई धन्यवाद समेत दिए । 

कसले कति खर्च गर्न पाउने

बैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको मापदण्ड तय भएको छ ।
निर्वाचन आयोगले तय गरेको मापदण्ड अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन । महानग–रपालिकामा बडा अध्यक्ष र सदस्यका लागि चुनाव लड्ने उम्मेदवारहरुले तीन लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
यस्तै उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले तीन लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन । जिल्ला समन्वय समितिका दुई लाख ५० हजार र सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरि आयोगले मापदण्ड निर्धारण गरेको छ । 
तोकिएको मापदण्ड अनुसार उम्मेदवारहरुले मतदाता नामावली खरिद्, सवारी साधन÷घोडा, सवारी ईन्धन÷दाना, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी÷कार्यकर्ता परिचालन, अन्य प्रचार÷प्रसार (छापा एवं बिद्युतीय माध्यम), प्रतिनिधि परिचालन र बिविध शिर्षक   अन्तरगत सो रकम खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता भरतराज शर्माले जानकारी दिएका छन ।

महिला हिंसा रोक्न देउडा प्रतियोगिता

“मासका चिफली दाल बास्मतीका धान, जाँडरक्सी नखाउ दाइभाइ लिन्छ यसले ज्यान” ‘मालु पात.... जोरायल जन्मसात’ भन्ने यो डोटेली भाषामा आधारित मार्मिक सन्देशले मञ्च नै सबैको ध्यान केन्द्रीत बनेको थियो ।
शनिबार डोटीको दक्षिणी क्षेत्र जोरायलमा लैङ्गिक हिंसा चेतनामुलक अभियान सम्पन्न भएको छ ।  
महिला तथा बालबालिका सेवा केन्द्र डोटी र जिल्ला प्रहरी कार्यालय डोटीको संयुक्त आयोजनामा जोरायलमा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम समुदायस्तर र बिद्यालयस्तरमा भन्ने दुइवटै ब्यानर भएको कार्यक्रम रत्न आधारभूत 
कार्यक्रममा स्थानीय महिलाहरुले लैङ्गिक हिंसा रोक्ने खालका नाराहरु बनाएर ¥याली निकाल्दै मञ्चमा पुगेका थिए । महिलाहरुले देउडा प्रस्तुत गरेका थिए । ‘उदासी चैतको मैना फुलन्लागे आरु, ओ हाम्रा सरकारी मान्छे जन ख्वाया दारु’ भन्ने हरफ प्रस्तुत भएपछि मञ्चमा बस्नेहरुले मुखामुख गरे । 
लैङ्गिक हिंसा रोक्नका लागि यसरी एकजुट भएर सबैलाई चेतना फैलायो भने पक्की पनि हिंसा रोकिने घण्टेश्वर बहुमुखी क्याम्पस जोरायलका क्याम्पस प्रमुख सुनलाल थापाले बताए । थापाले भने, ‘पछिल्लो समयमा जोरायल क्षेत्रका महिलाहरु क्रियाशिल भएर केही हदसम्म हिंसा रोक्न सफल भएका छन ।’ जुन घरमा शिक्षाको अभाब छ त्यो घरमा लैङ्गिक हिंसा बढी थापाले बताए ।  
हिंसा रोक्नमा मद्दत पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको महिला तथा बालबालिका सेवा केन्द्र डोटीकी अध्यक्ष शशी सोबले बताइन । अध्यक्ष सोबले भनिन् ‘हामीले यस्ता कार्यक्रमहरु बिद्यालय तथा समुदायहरुमा गर्ने गरेका छौं ।’ 
हिंसा घर परिवारबाट नै हुन्छ, बिभेद् हुनु पनि हिंसा भएका कारण केही बर्ष अगाडीसम्म पनि छोरालाई खसी र   छोरीलाई फर्सी भन्ने उखान चल्दै आएको थियो यस्तै कुराहरुलाई अन्त गर्नका लागि हामीले यस्ता कार्यक्रम गर्दै आएको सोबले बताइन । 

सूचना दिएन जिल्ला समन्वय समितिले

पत्रकार शंकर थापा र लोकेश अधिकारीले लिखित रुपमा सूचना माग गर्दा पनि जिल्ला समन्वय समितिले सूचना  दिएन । 
पत्रकारद्वयले सूचनाको हक अन्तरगत सूचना माग गरेपछि स्थानीय बिकास अधिकारी गौतमले सूचना दिन नमिल्ने भन्दै सूचना दिएनन् । स्थानीय निकाय पुनसं–  रचना जिल्ला प्राबिधिक समिति डोटीलाई सो कार्यका लागि कति बजेट आएको थियो र सो रकम कुन क्रियाकलापमा खर्च भएको थियो सोको प्रमाणित सूचना र तत्कालिन पोखरी र जिजौडामाण्डौं गाबिसका सचिब ईश्वरबहादुर सिंहलाई सरकारी रकम हिनामिना गरेको सम्बन्धमा के कारवाही भयो ? हाल कारवाहीको प्रकृया कहां पुग्यो भनेर उनीहरुले समाचार प्रयोजनको लागि सूचना माग गरेका     थिए । 
जिल्ला समन्वय समितिका सूचना अधिकारी टेकबहादुर खड्का र सहायक सूचना अधिकारी कृष्णबहादुर खड्का कार्यालयमा नभएपछि स्थानीय बिकास अधिकारी गौतमको कार्यकक्षमा पुगेका सूचना मागकर्ताहरुलाई माग गरिएको सूचना दिन नमिल्ने भन्दै निबेदन बुझ्न अस्वीकार गरेका थिए । स्थानीय बिकास अधिकारी गौतमले सूचना अधिकारी कहां गएको भन्ने आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको पत्रकार लोकश अधिकारी वताउँछन । 
सूचना मागकर्ताहरुले स्थानीय बिकास अधिकारी जस्तो जिम्मेवार पदाधिकारीहरुले गैरजिम्मेवार कुरा गर्न नमिल्ने भनेपछि सूचना फांट तोक लगाएर जसले सूचना दिन्छ उसैकहां जानुस भनेर झर्किएका थिए । त्यस पछि सूचना मागकर्ताहरु सूचना दर्ता गराएर फर्किएका थिए । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा सूचनाको हक कार्यान्वयन निर्देशिका अनुसार कुनै सार्बजनिक निकायमा सूचना अधिकारी नतोकिएको वा सूचना अधिकारीको जिम्मेवारी लिएको ब्यक्ति अन्यत्र सरुवा भई वा लामो बिदामा गएमा सूचना अधिकारीलाई सम्बोधन गरिएको निबेदन माथी कारवाही गर्ने काम सम्बन्धित निकायका प्रमुख वा निजले तोकेको ब्यक्तिले गर्नु पर्छ । कुनै पनि सार्बजनिक निकायलाई सूचना अधिकारीको अनुपस्थितिमा सूचना प्रवाह हिनताको अवस्थामा राख्नु हुदैन भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ को  परिच्छेद २ को दफा ७ अनुसार सूचना मागको निबेदन प्राप्त भएपछि सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने सुचना भए निबेदन प्राप्त भएको मितिले १५ दिन भित्र निबेदकलाई सूचना उपलब्ध गराउनु पर्ने कानूनी ब्यवस्था रहेको छ । 

छोटकरी समाचार 

कार्यशाला सम्पन्न

एक्सनएड नेपालको सहयोगमा सम विकास केन्द्र  नेपाल डोटीद्वारा सञ्चालित प्रगतिशिल स्थानीय स्रोत परिचालन परियोजना अन्र्तगत पाँच गाबिस र दिपायल सिलगढी नग–रपालिका गरि २० वटा विद्यालयमा विद्यालयका ६० जना शिक्षकलाई बालकेन्द्रित सिकाई प्रक्रियाबारे जानकारी गराउन कार्यशाला सम्पन्न भएको छ । 
शिक्षकको शिक्षण सिकाई र बालवालिकाहरुको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्य अनुरुप शिक्षकहरुलाई गत वर्ष दिईएको १० दिने तालिम पश्चात आएको परिवर्तनका बारेमा छलफल गर्न उक्त कार्यशाला आयोजना गरिएको सम बिकास केन्द्रका कार्यक्रम संयोजक   अधिराज बिसीले जानकारी दिए ।  
कार्यशालाले शिक्षकहरुको सिकाई समीक्षा गरि आई परेका समस्या र चुनौतिका विषयमा थप प्रष्ट पार्ने काम भएको बिसीले वताए । तालिमले अध्यापनमा सहज भएको सहभागि शिक्षकहरुले वताए ।

खेल समाचार 
नेपालद्वारा केन्या पराजित


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भईरहेको विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ । 
केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।
नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसीप अन्तर्गत केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।
यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।
बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।
केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई÷दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट   लिए ।
शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

चलचित्र÷मनोरञ्जन 

छक्कापञजा—२ निर्माण हुने

चर्चित हास्यव्यङ्ग्य चलचित्र ‘छक्का पञ्जा’ को अपार सफलतापछि ‘छक्कापञ्जा–२’ निर्माण हुने भएको छ । 
आमा सरस्वती मुभिजको व्यानरमा बन्ने यो चलचित्रलाई छक्कापञ्जाकी निर्देशिका दीपाश्री निरौलाले नै निर्देशन गर्ने भएकी छिन । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाई गर्न सफल ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा’को पछाडि २ राखेर नयाँ चलचित्रको घोषणा गरिएको छ । फागू पूणिर्माको अवसर    पारेर उक्त चलचित्र निर्माण हुने घोषणा गरिएको हो । 
अहिले चलचित्र कथावस्तुमा काम भैरहेको बताईएको छ । ‘छक्का पन्जा’ का मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत चलचित्र ‘छक्का पन्जा–२’ का लागि कलाकारका रुपमा फाइनल भैसकेका छन् । चलचित्रका लागि एक नायक र एक नायिका फाइनल गर्न बाँकी छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले नायक र नायिका चलेकै हुने बताए । 
यो चलचित्र छक्कापञ्जाको निरन्त–रता नभएको निर्माता दीपकराज गिरीले वताए । उनले भने ‘छक्का पन्जा जहाँबाट सकियो, त्यहीबाट ‘छक्का पन्जा—२’ सुरु हुन्छ भन्ने होइन । तर, दर्शकले चलचित्र हेर्दै जाँदा ‘छक्का पन्जा’को पनि याद गर्नुहुनेछ । साथै, ताजा कथामा चलचित्र हेर्न पाउनुहुनेछ ।’ गिरीका अनुसार, चलचित्रले नयाँ र पुराना जेनेरेशनको प्रतिनिधित्व गर्नेछ । साथै, ‘तितो सत्य’ र ‘छक्का पन्जा’ चलचित्रका फ्यानले ‘छक्का पन्जा—२’ लाई अझ मन पराउने उनको विश्वास छ ।
उनका अनुसार चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु गरिनेछ । किरण कँडेलले एउटा गीतमा अहिले संगीत भरिरहेको दीपकले बताए ।

फिल्मकर्मी र पत्रकार सम्मानित

फिल्मी खवरबाट
नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
चलचित्र र चलचित्रसँग जोडिएका कलाकर्मीको पक्षमा आफ्नो कार्यकालमा भएका प्रगतीहरू सार्वजनिक गर्दै उनले कार्यकाल अवधिभर नै संघको आफ्नै भवन बनाई छाड्ने प्रतिवद्धता दोहोर्याए ।
यस्तै कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित भईन भने शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन थापाले सम्मान पाए । यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । यस्तै सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो ।
कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।

लेख 

अव गर्भपतन गर्दिन !


सीता भुसाल 

बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी  रहिछौ । हर्षले मन थाम्न सकिनँ । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकति डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौं । स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि दैलो, कुँचो, टपरी गाँस्ने, बत्ति काट्ने जस्ता सीपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।
एसएलसीसम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले संगै ग¥यौं । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको बिवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । बिवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । बिवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन । हाम्रो भेट नभएको पनि वर्षौं भएछ । 
हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग  परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु । तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छुँ । आफनो शरीरलाई छियाछिया  पारीसकेकी छु । एक   छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अधुरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । 
छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउदा मेरो मन पनि यति दुखेको छैन । दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठोचोखो खान हुँदैन भनेर    सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन् । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छु । छाला चाउरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दश बजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आश बोकेर जान्छु, पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायित हुन्छन् शुभ समाचार सुन्नलाई । तर म बिवश छु मेरो कमजोरी स्वीकार्न ।
मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै परवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा  लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौताको जिन्दगीभरको पीडा खेप्नु भन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ । त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएन नी । माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाउलेहरुले गफ गर्दा मेरा माइती गाउमा पनि इज्जत जाने भयो । के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुशीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।
छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरिसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुन त गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग । मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहे । जबरजस्त हास्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाई, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।
आजभोली त म रेडियोबाट सुन्ने गरेकी छुँ । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको (मेरो) हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा र पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले ‘नाजायज’ नाम दिएको बच्चा बोकेर अव हिड्नु पर्ने भएन भनेर । हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन । बैवाहिक बलत्कार भोगि–रहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।
इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पुनः जाँदैछु गोरखपुरसम्मको   यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाहा छैन मेरो यात्रा कस्तो हुने हो ?
तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छाँगाबाट खसेजस्तै भए र मलाई गाली गर्न   थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ । विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरिकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छुँ ।
हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान्, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली गलोजले प्रभाव पारेको छैन । म खुशीसाथ योग्य छोरी जन्माउने तयारीमा छु । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म, मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् ।
(लेखक ः गुल्मी तम्घास निवासी हुनुुहुन्छ ।)
— दैनिक नेपाल अनलाईनबाट

सन्दर्भ ः बिम्ब साप्ताहिकको १३ औं बार्षिक उत्सवको 

हामीले के ग¥यौं भन्ने कुरा पनि हेर्नु पर्छ


हामीले धेरै कुराहरु उठायौं सरकारी कार्यालयले यो ग¥यो त्यो गरेन, गैससले यो ग¥यो त्यो गरेन भनेर तर हामीले के ग¥यौं भन्ने कुरा बुझ्नु जरुरी छ ।  हामी पत्रकारिता पेशामा काम गर्ने साथीहरुले पनि पाठकको मन जित्न सक्नु पर्छ भन्ने लाग्छ मलाई । कुरा उठ्यो यहाँ पत्रिका किन्ने बानी छैन भनेर । हामीले पत्रिका किन्ने कति जनालाई सम्मान ग¥यौं त ? यदि हामीलाई कसैले बिज्ञापन दियो भने त्यसलाई हौसला पनि दिएनौं की । हौसला स्वरुप सम्मान गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
 बिम्बले यो क्षेत्र तिर पनि बढी ध्यान दिनु पर्छ  । यसरी अरु मिडियाले पनि बिभिन्न सबालहरु उठायो भने  पत्रकारिता क्षेत्र पक्कै पनि बिकास हुन्छ । बिम्बले १३ बर्ष पुरा गरेकोमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
यकराज बडु 
सामुदायिक बिकास केन्द्र डोटी, परियोजना अधिकृत

पिछडिएका बर्गको लागि पनि स्तम्भ थप्नु प¥यो


बिम्बले सबैको बर्ग सबै समुदाय, सबै जातीका आवाजहरुलाई समेट्दै आएको छ । त्यो प्रसंसनीय छ । सिमान्तकृत बर्गका सवालहरु जुन सामाजिक सवालहरु छन ती सबै समट्ने प्रयास गरेको छ । त्यसले जिल्लामा तरङ्ग फैलाएको हामीले महशुस गरेका छौं । डोटीको पत्रकारितामा हेर्दा पत्रिका पढ्नेहरुका तह त्यसका इच्छुक एक तह हुन्छन भने अर्कातिर जो निमुखाहरु, सर्बसाधारण पिछडिएकाहरु हुन्छन जो पहुँचमा पुगेका हुदैनन् तिनीहरुका लागि देशमा के भइरहेछ जिल्लामा के भइरहेछ भन्ने कुराहरु कसरी हेर्न सक्छन बुझ्न सक्छन भन्ने तिर अब सबै मिडियाहरुले जानुपर्छ की भन्ने लाग्छ । बिभिन्न स्तम्भहरु प्रकाशन गरेको छ बिम्बले, यो राम्रो पाटो हो । सकिन्छ भने दलित, पिछडिएका बर्गको पनि एउटा स्तम्भ प्रकाशन गर्दा त्यसले पनि पत्रकारिता बिकास गर्नमा सहयोग पु¥याउछ ।
केशब परियार (अध्यक्ष) 
सम बिकास केन्द्र नेपाल

बिम्ब ऐतिहासिक पत्रिका हो


बिम्ब १४ बर्षमा प्रबेश गरिसकेको छ । यो समयमा बर्षभरी ५२ अंक प्रकाशन गरेर जनताका आवाजलाई उठाएको छ । यो आफैंमा चुनौतीपूर्ण हो । जिल्लामा २५ पत्रिका दर्ता भएका छन । अधिकांश बन्द भएका छन र हुने क्रममा छन । बिम्ब बिभिन्न समस्याका बाबजुत पनि निरन्तर प्रकाशन रहेको छ, म यसलाई डोटी जिल्लाको ऐतिहासिक पत्रिकाको रुपमा लिने गर्दछु । २०६२÷०६३ सालको जनआन्दोलनमा हामी ४÷५ जना मिलेर बिम्बलाई तात्तातो खबर भनेर पनि निकाल्यौं । त्यो समयमा पनि निकै चुनौती थियो । खास गरेर पत्रकारिता पेशामा लागेपछि अरु कुनै पेशा नअँगालेपछि मात्र नियमित हुन्छ । बिम्ब साप्ताहिकको १३ बर्ष पुरा भएको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
योगेन्द्र बलायर
अध्यक्ष नेपाल पत्रकार महासंघ डोटी

सन्दर्भ अनुसार समाचार सम्प्रेषण गर्नु होला

बिम्बको बिषय बस्तुको स्तरीयता भाषाशैली राम्रो छ । फेरी पनि बिम्ब लगायत जिल्ला स्थित सबै मिडियाका साथीहरुले सुधार्नु होला । समय सन्दर्भ अनुसारका समाचारहरु सम्प्रेषण गर्नु होला । पत्रकारका लागि त्यो नै हुन्छ मुख्य सबाल । यस्तै पत्रकारले समाचार सम्प्रेषण गरेकै आधारमा धाक धम्कीहरु आउनु स्वभाबिक हो । 
कसैको बिरुद्धमा कलम चल्दा उसलाई त तनाब हुने नै भयो । अनि उसले धम्की दिनु स्वभाबिक हो । एकजनाले धम्की दिंदा पनि आफ्नो पक्षमा त हजारौं जनाले समर्थन पनि गरेका हुन्छन । एकजनाको धम्कीलाई हजारौं जनाको समर्थन भएपछि के को तनाब लिनु प¥यो ? सत्य तथ्य कुरामा अडिक रहेर समाचार प्रकाशन तथा प्रसारण गर्नुहोला । पीत पत्रकारिता नगर्नुहोला । यो मेरो बिम्ब परिवार र अरु मिडियाका बन्धुहरुलाई सुझाब छ । साथै बिम्ब साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा हार्दिक बधाइ तथा शुभकामना छ ।
चक्र मल्ल (अध्यक्ष) नेकपा एमाले, डोटी 

जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । हामीले विश्वका जुन सुकै मुलकमा हेर्ने हो भनेपनि लोकतान्त्रिक पद्धतिमा मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । तर बिडम्बना राजनीतिदलले राजनीतिको बारेमा बुझ्दैनौ, पत्रकारले पत्रकारको भूमिका बुझ्दैनौं, कर्मकारीले कर्मचारीको भूमिका बिर्सन्छौं, सुरक्षाकर्मीले सुरक्षा गर्न जान्दैनौं । यो कारणले हामी सबै पछाडि परेको हौं । त्यसैले हामी जे गर्दा अगाडी बढ्न सक्छौं त्यो बाटोतिर लाग्नु जरुरी हुन्छ । जसरी बिम्ब एकबद्ध तरिकाले बिगत १३ बर्षदेखि निरन्तर रुपमा जनताका आवाजलाई बुलन्द तरिकाले उठाइरहेको छ, त्यसरी नै सबैले आ आफ्नो क्षेत्रबाट पिछडिएका दुःखी पीडितहरुका आवाजलाई उठाउन सके डोटी पत्रकारिताको पनि बिकास हुन्थ्यो । सबै सहयोगी निकायहरु पनि यो पेशालाई सहयोग गर्छन यदि एकजुट भएर जनताका आवाजलाई बाहिर ल्यायो भने । पत्रकारहरु पनि एक आपसमा मिलेर अगाडी बढ्यो भने पत्रकारितामा कुनै कुराको कमी हुँदैन । बिम्बलाई १३ बर्ष पुरा भएको अवसरमा बधाइ तथा शुभकामना ।
नारायण जोशी (सचिब), नेपाली काँग्रेस जिल्ला कार्य समिति डोटी

महिलाहरुको पनि नियमित स्तम्भ राख्नु प¥यो

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सवको अवसरमा पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । बिभिन्न स्तम्भहरु सञ्चालन गरेको रहेछ बिम्बले तर महिलाहरुको लागि कुनै स्तम्भ सञ्चालन गरेको पाईएन । 
महिलाहरुका बिचारहरु, भावनाहरु, समस्याहरु यदि नियमित रुपमा प्रकाशन हुने भए उनीहरुले पनि आफ्नोपन महसुस गर्ने थिए । महिलाहरुका लागि छुट्टै स्तम्भ सञ्चालन गर्न हुन म सुझाव दिन चाहान्छु । बिम्ब साप्ताहिकका साथसाथै अन्य सञ्चारकर्मीहरुले पनि आ–आफ्नो सञ्चारमाध्यममा महिलाको क्षमता बिकास सम्वन्धि सामग्रीलाई स्थान दिनु पर्छ ।
निर्मला दाहाल 
महिला बिकास अधिकृत 
महिला तथा बालबालिका कार्यालय, डोटी

प्रेस स्वतन्त्रताका लागि लोकतन्त्र जरुरी


पत्रकार राजनीतिबाट टाढै बस्नु पर्छ भन्छन म त्यो कुरालाई सत्य मान्ने पक्षमा छैन । जहाँ लोकतन्त्र हुँदैन त्यहाँ राजनीति हुँदैन । जहाँ लोकतान्त्रिक राजनीति हुँदैन त्यहाँ प्रेस स्वतन्त्रता हुँदैन र जहाँ प्रेस स्वतन्त्रता हुदैन त्यहाँ लोकतन्त्र हुनै सक्दैन र राजनीतिक पार्टीहरु हुँदैन । यदि हामी लोकतन्त्रलाई अघि बढाउछौं भने            राजनीतिबाट पत्रकार टाढा रहनु पर्छ भन्ने मान्यतामा छैन । लोकतन्त्रमा सबैलाई एक अर्काप्रति आस्था हुन्छ । आस्था बोक्यो भन्दैमा कुनै पार्टीको भातृ संस्था हुने होइन । २०६० सालदेखि निरन्तर रुपमा डोटीका सक्रिय पत्रकारहरु मिलेर बिम्ब साप्ताहिक सञ्चालन गरेका थियौं । आज १३ बर्ष पुरा भएर १४ बर्षमा सुरु भइसकेको छ । बिम्बको फेरी पनि उत्तरोत्तर प्रगतिको शुभकामना ।
मिन बम (निबर्तमान अध्यक्ष)
नेपाल पत्रकार महासंघ डोटी

बिम्ब साप्ताहिकले पाठकको मन जितेको छ

समय सन्दर्भ अनुसार तितो सत्य कुरा हुन्छ नै । समाजमा भइरहेका बिकृति बिसङ्गतिहरुलाई कसरी मिडियाले समात्न सक्यो भन्ने कुरा बढी समाजका लागि लाभदायक हुन्छ । बिम्बले खेलेको भूमिका निकै गहिरो छ । जिल्लामा भइरहेका सबै घटनाहरुलाई समाबेश गर्ने गरेको छ । एउटा साप्ताहिक पत्रिका भएपनि पाठकहरु कति बेला प्रकाशन हुन्छ भनेर आतुर भएका हुन्छन, त्यो हामी सबैलाई अबगत नै भएको कुरा हो । बिम्ब नेपाली साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा बिम्ब परिवारलाई हार्दिक धन्यबाद दिन चाहान्छु फेरी पनि समाजको प्रतिबिम्ब भएर बाँचिरहोस शुभकामना ।
बिबेक कुमाल, संयोजक नेपाल कम्युनिष्ट पार्टी डोटी

पत्रिका किनेर पढ्ने बानी छैन

बिम्ब साप्ताहिकले बिभिन्न चुनौतिहरुका बाबजुद् आफ्नो १३ वर्षीय यात्रा पुरा गरेको छ । यस अवसरमा बिम्ब साप्ताहिक परिवारलाई बधाईका साथै शुभकामना दिन चाहान्छु । डोटी जस्तो जिल्लामा जहाँ पत्रिका किनेर पढ्ने बानी छैन, यहाँ स्थानीय पत्रिका नियमित सञ्चालन गर्न निकै चुनौतिपूर्ण छ । जिल्ला प्रशासन कार्यालय स्वयं पनि स्थानीय पत्रिकाको ग्रहाक बन्दैन । अन्य सरकारी कार्यालयहरु पनि मुलधारका पत्रिकाका ग्रहाक बन्छन तर स्थानीय पत्रिकाको बन्दैनन् । बिज्ञापन जति मुलधारका पत्रिकामा पठाउने चलन छ । यतै दिईने बिज्ञापन समेत पहुँचका आधारमा बाँड्ने चलन छ । यसमा सुधार हुनु जरुरी छ । स्थानीयस्तरमा सञ्चालनमा रहेका सवै सञ्चारमाध्यमले समान ढंगले बिज्ञापन पाउनु पर्छ । यसमा प्रमुख जिल्ला अधिकारी ज्यूले पहल गर्नु हुनेछ भन्ने आशा छ । 
मोहन शाही 
कान्तिपुर दैनिक

लोकसेवा तयारीका लागि उपयोगी 

कसरी पास गर्ने लोक सेवा परीक्षा ?

सफलताका लागि टिप्स
— अध्ययन सामग्रीको खोजबिन गर्ने,
— पाठ्यक्रम अनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
— राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
— बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तराष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
— सम्बन्धित विषयका विद्वानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
— अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
— परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
— पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
— इन्टरनेटमा पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
— पाठ्यक्रम अनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
— उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
— बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
— एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
— कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
— एकाग्रताको विकास गर्ने,
— पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेट जति ब्रेक लिने
— दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
— ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
— ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
लेख्दै पढ्ने,
— मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
— शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
— अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
— प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
— सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
— दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
— मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
— सीप सिक्ने चाँजोपाँजो मिलाउने,
— धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
— आत्मविश्वास कायम गर्ने,
— स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
— लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्द चयन गर्ने,
— समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
— मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
— अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
— इक्वायल आई कन्ट्याक्ट गर्ने,
— शिष्टतापूर्वक जवाफ दिने,
— विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
— अवस्था र परिस्थिति अनुसार जवाफ दिने,
— प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
— जानकारी भएपनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
— अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
— मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
— नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने ।
किरणराज शर्मा सहसचिव, वन तथा भूसंरक्षण मन्त्रालय

साहित्य÷सृजना 

आमा

हे आमा
तिमी बिना
डर लाग्छ मलाई किन ?
भीडसँग डराउँछु म
शून्यतामा हराउँछु म 
अन्धकारमा बाटो बिराउँछु म
जब यहाँ म
तिम्रो काखमा हुन्थे
निर्धक्क भएको हुन्थे
फूलहरुमा रमाउँथे म
हरियालीमा मग्न हुन्थे म
उज्यालोपथमा लम्कन्थे म
आज तिम्रो अभावमा 
अश्रुधारा बगाउँछु म
आफैँबाट हराउँछु म
बेदनाले छटपटाउछु म
जब एकान्तमा 
बसेको हुन्छु म
तिम्रै सम्झनामा टोलाउछु म
तिम्रै ममता सम्झन्छु म
तिम्रै मायामा रुचाउँछु म
आमा तिमी छैनौ
म सित
तैपनि बाँचेकै छु म
अझ दृढ बनेको छु म
तिम्रै सपना पुरा गर्दछु ।
अरुण नदी खत्री
सामाखुशी मार्ग, काठमाडौं (नेपाल)

गजल 

सोचे जस्तो हुन्न रैछ विदेशमा !
कहाँ आयो दशैँ तिहार विदेशमा !!
घर आउन सोचेको थिए अहिले दशैँमा !
सोचे जस्तो हुन्न रैछ पापी विदेशमा !!
छोराछोरी सम्झीसम्झी कल्पिन्छ सधै मन !
निष्ठुरी मन भई बस्नु पर्ने बाध्य रैछ विदेशमा !!
तड्पिएर एक्लै बस्छु मिलन हाम्रो कहिले !
सम्झिएर फेरी रुन्छु एक्लै विदेशमा !!
निसा कटुवाल

सूचना÷सन्देश÷बिज्ञापन 

जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय, डोटी

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷११÷२४          
     जिल्ला डोटी खातीवाडा गा.वि.स.वडा नं.७ स्थित कि.नं.५१, ६९, ७९, १०९, १७६, १७८, ५३५ र ५५० को जग्गा सोही गा.वि.स.वडा नं.७ बस्ने चनुवाको बुहारी कल्याणको पत्नि काली देविको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि काली देविको मिति ः २०६८÷६÷१३ मा र निजको पति कल्याणको मिति ः २०२०३२÷१÷१५ मा मुत्यु भईसकेकोले निजबाट सन्तान छोरा छोरी कोही केही नभई अपुताली परेकोले हुँदा निजको शेषपछिको नजिकको हकदार जगुवा साउँदको बुहारी बहादुर साउँदको पत्नि हासुलीदेवी साउँद मात्र भएको हुँदा मृतकको नाउँमा रहेको डोटी खातीवाडा गा.वि.स. स्थित उल्लेखित पुरै घर जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी डोटी खातीवाडा गा.वि.स. कार्यालय डोटीको च.नं.१९८ मिति ः २०७३÷११÷२२ को किटानी सिफारिस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी खातीवाडा गा.वि.स.वडा नं.७ बस्ने हासुलीदेवी साउँदले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷११÷२३ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, काली देविको नजिकको हकदार अन्य कोही भए वा निज निवेदिकाको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

सूचना ! सूचना !!  सूचना !!!

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन 
अनुरोध गरिन्छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय 
राजपुर, डोटी  

सूचना ! सूचना !! सूचना !!!

यस अघी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले उजुरी दिन आह्वान गरिएको समयमा उजुरी दिन छुटेका पीडितहरुको उजुरी दिन पाउनु पर्ने भनी अनुरोध समेत भई आएकोले २०७३ साल चैत्र १५ गतेसम्म ७५ जिल्लाका स्थानीय शान्ति समिति र वेपत्ता पारिएका ब्यक्तिहरुको छानवीन आयोगको कार्यालयमा उजुरी दिन सकिने भनी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले सूचना प्रकाशन गरेकोले सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिको छ ।
स्थानीय शान्ति समिति, डाेटी
सम्पर्क नं. ०९४–४१११७६

दिपायल सिलगढी नगरपालिकाको कार्यालय
सिलगढी, डोटी 

नगरबासीको जानकारीका लागि जारी गरिएको सूचना 


उपर्युक्त सम्वन्धमा नेपाल सरकारबाट हालै जारी गरिएको स्थानीय तहको शासन सञ्चालन सम्वन्धी निर्देशिका वमोजिम यस नगरपालिका क्षेत्रभित्रका साविकका वडाहरु हाल निम्न वडा कायम भएका र उक्त वडामा काम गर्ने वडा सचिब समेत निम्न वमोजिम तोकिएकोले सम्वन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ । 



No comments:

Post a Comment