Tuesday, June 13, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ जेठ ३० गते मंगलबार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकासन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आप्mनो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

प्रमुख समाचार 

कम उमेरका बालबालिका श्रममा

सोमबार दिपायल सिलगढी नगरपालिकाको आयोजनामा एउटा कार्यक्रम गरियो । कार्यक्रममा दुई जना कानुनले तोकेका भन्दा कम उमेरका बालकहरु पनि थिए । 
कार्यक्रममा सबैभन्दा बढी तिनीहरुकै कुरा आउँथ्यो । सबै सहभागीहरु बढी जसो समयमा ती बालकहरुलाई नै नियालेर हेर्थे । कसैले फोटा खिच्थे त कसैले उनीहरुका पीडाको बारेमा बुझ्न इच्छुक हुन्थे । तर ती बालकहरु भने, आफूलाई दुख भित्रका खुसी पोख्दै राम्रै भएको बताइरहेका  थिए । समर्थकहरु पनि उसलाई त आफ्नो जन्मघर मननै पर्दैन आफ्नो जन्मघर गएपनि उता बस्नै नमानी लगत्तै फर्किहाल्छन, गाउँमा त सहनै सक्दैनन । 
बालबालिकालाई श्रममा लाउने तथा ती बालबालिकालाई श्रममा लाउनेका आफन्तहरु पनि कार्यक्रममा उपस्थित भएका थिए । उनीहरुको इसारा थाहा पाउने बित्तिकै बालकहरु पनि मालिकले माया गरेकै जसरी पोख्त देखिन्थे ।
उनीहरुलाई कहिल्यै काममा  नलगाएको जस्तो उपस्थितहरुले बुझेका थिए । ती बालकलाई सबैले उनीहरुबारे बुझ्न चाँसो राखेका थिए । कतिले परिवारको बारेमा सोध्थे त कतिले उनीहरुकै ब्यक्तिगत चाहानाको बारेमा बुझन खोज्थे ।
ती कम उमेरका बालकहरु थिए १० बर्षका हरि साउँद र  ११ बर्षका अमर साउँद ।
उनीहरु जिल्ला सदरमुकाम सिलगढीका व्यापारीहरुको घरमा काम गरिरहेका छन । कार्यक्रममा उनीहरु आफ्ना कुरा भन्न सक्दैनथे । एकान्तमा आएर    जिल्ला सदरमुकाममा कसरी अर्काको घरमा श्रमिक बन्न पुगेको भन्दा उनीहरुका आँखा रसाउँछन ।
कार्यक्रममा इसाराले राम्रै छ भन्ने बालकका एकान्तमा किन आँखा रसाउँछन ? बिहान ५ बजे उठेर बेलुका १० बजेसम्म घरायसी काम गर्नुपर्ने पीडा सुनेपछि कतिपय कार्यक्रमका सहभागीहरुले पनि दुःख ब्यक्त गरेका थिए । 
घरमा जान मनै लाग्दैन भन्न लगाउनेहरु पटक पटक भागेर घर किन जान्छन ? भागेर गएको बेला किन पटक पटक खबर पठाइन्छ फिर्ता गराउनका लागि ? किन घरमै पुग्नु पर्छ बालक पठाइदिनुस भनेर गुहार्न ? किन बालबालिकाका कुराहरु सुनिदैन कि अर्काको घरमा काम गर्दाका अनुभब आफ्ना घरमा आमाबुवालाई साँट्दा पनि ?  बजारको मालिक नुन, चिनी लगेर फकाउँदा जाँदा बालकका कुरा के सुन्ने, उसले त जे पनि भन्न सक्छ भनेर गाउँका अशिक्षित, गरीब, पीडितहरुलाई फकाइन्छ  र पुन त्यसै घरमा श्रममा लगाइन्छ । यो सबैको जिज्ञासाको बिषय बनेको छ ।
हरी जिल्ला सदरमुकाम स्थित बालमन्दिर आधारभूत बिद्यालयमा ३ कक्षामा अध्ययन गर्छन भने अमर पद्यम पब्लिक मुक्ति नारायण माबिमा कक्षा ६ मा अध्ययनरत छन । उनीहरुलाई देख्दा सबैको मनमा (टिठ) दया लागेर आउँछ । 
यता काममा लगाउने तथा उनका आफन्तहरु भन्छन, हामीले पीडितलाई उद्धार गरेका हौं, दुखी गरिबलाई सहयोग गरेका हौं । तर श्रमिक बालबालिकाका आफन्तहरु भने हामीलाई बिभिन्न प्रलोभन देखाएर हामीले पठाएका हौं । काम गर्नु नपर्ने, पढ्नु मात्र पर्ने, कहिलेकाँही चियासम्म पकाउनु पर्ला, नत्र अरु कुनै काम गर्नु पर्दैन । हामीलाई त आफ्ना बालबालिकाहरु बाहिर हुनाले बालबालिकाको माया लाग्छ त्यसैले हामीकहाँ तपाँईको छोरा पठाइ दिनुस भनेर आग्रह गर्नाले हामीले पठाएको एकजना श्रमिक बालकका आफन्तले बिम्ब साप्ताहिकसंग टेलिफोनमा   बताए । 
१४ बर्षदेखि १६ बर्षसम्मको बालबालिकालाई कसैको घरमा काम गर्नको लागि श्रम कार्यालयले अनुमती दिएको हुनुपर्ने कानुनी प्राब्धान छ । (त्यसमा पनि दिनको तीन घण्टा भन्दा बढी काममा नलगाउने गरी) ।
१४ बर्ष भन्दा कम उमेरको बालबालिकालाई कुनै पनि कानुनी प्राब्धान छैन श्रममा लगाउनलाई । 
हरी र अमर मात्र होइनन,  जिल्ला सदरमुकामकै कुरा गर्नेहो भने पनि अधिकाशं घरमा काम गर्नका लागि राखिएका बालबालिकाहरु १४ बर्ष भन्दा मुनिका छ्याप्छ्याप्ती देख्न  सकिन्छ । बजारमा आफू बिहान  ५ बजे मोर्निगं वाकमा हिड्दा साना बालबालिका सधै सडक सफा गर्न लागेको, घरका पेटी पोत्न लागेको देखिने शिखर नगरपालिका ५ का दीपक ओझाले बताए ।
 दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने, हामीले उमेर नपुगेका बालबालिकाहरुलाई घरमा, होटलमा, कलकारखानामा नलगाउनुस भन्दा कसैले वास्ता नै गरेनन् अब नगर भित्रबाट नै सबैको सल्लाह अनुसार कानुनी कार्बाही गर्ने वा श्रम कार्यालयको स्वीकृत पाएकाले मात्र बालबालिकाहरुलाई काममा लगाउनु पर्ने बताए ।
उनले भने, हामीले बिभिन्न सरोकारवाला निकायहरुलाई बिभिन्न कामको जिम्मा दिइसकेका छौं । अबको केही दिनदेखि नै भने अनुमती नल्याएकाहरुलाई बालबालिकाको परिवारलाई सहित बुझेर तुरुन्तै कार्बाही गर्ने बताए । कानुनले तोकेभन्दा बाहिर कसैले पनि जान पाउँदैन । डोटी प्रहरी प्रमुख डिल्लीराज बिष्टले भने, हामीलाई कानुन उल्लघंन गरेको कुरा जानकारी हुने बित्तिकै त्यसको पछाडी लाग्छौं । बालबालिकाको सन्दर्भमा काम गराउनेलाई पनि दया नलागेर एउटा शत्रु झैं ब्यबहार गर्नु निकै शोषण भएको उनले बताए । 

सम्पादकीय 

‘हाम्रो’ होईन ‘राम्रो’ छानौं !

२० बर्षपछि स्थानीय तहको निर्वाचन भएको छ र हुन गईरहेको छ । “भएको छ” यस अर्थमा कि प्रदेश नं. ३, ४ र ६ मा बैशाख ३१ गते निर्वाचन सम्पन्न भईसकेको छ । “हुन गईरहेको छ” यस अर्थमा कि प्रदेश नं. १, २, ५ र ७ मा चुनाव हुने तयारीमा छ । यदि कुनै अर्को चमत्कार भएन भने असार १४ गते चुनाव सम्पन्न हुने छ । अहिलेको अवस्था हेर्दा ऐजेरुहरु धेरै पलाएका छन चुनावको बिरुद्धमा तर पनि सरकारले ति सव ऐजेरुहरुलाई बेलैमा हटाउन सक्नु पर्छ र असार २ गते निर्वाचन आयोगले तोके अनुसार सवै स्थानीय तहमा सवै पदहरुमा उम्मेद्वार बन्न चाहाने सबै व्यक्तिले भयरहित बातावरणमा मनोनयन गर्ता गर्न पाउने अवस्था सृजना हुनु पर्छ । 
नेपालको कानुन अनुसार निर्वाचनको मिति तोक्ने काम सरकारको हो । सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको जिम्मेवारीभित्र पर्छ । निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक बातावरण बनाउने काम फेरी पनि सरकारकै हुन्छ । आयोगलाई चाहिने जनशक्ती, निर्वाचन सामग्री, वजेट र आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम सरकारको हो र त्यसका लागि सरकार तयार हुनु पर्छ । निर्वाचन निश्पक्ष हुनु पर्छ, धाधलीरहित हुनुपर्छ । 
असार १४ गते निर्वाचन सम्पन्न गर्नका लागि सरकार र निर्वाचनको आयोगको जिम्मेवारी जति छ, त्यो दिन मतदाताहरुको पनि राम्रो प्रतिनिधि छान्ने जिम्मेवारी छ । गाउँतिर आफ्नो गाउँको, आफ्नो नाता–गोताको, पल्लो गाउँको, हाम्रो पार्टीको भन्न्ने हिसावले मतदान गर्ने तयारी भईरहेको छ । यदि यस्तो हो भने दुर्भाग्यपूर्ण हुन्छ । उम्मेद्वार ‘हाम्रो’ होईन ‘राम्रो’ छान्ने प्रयास सवैले गर्नु जरुरी छ । कुन उम्मेद्वारको बिगतको भुमिका कस्तो थियो, जनताको बिचमा उसको छवी कस्तो थियो भन्ने कुरालाई ध्यान दिन जरुरी   छ । 
मेरो पार्टीको वा मेरो गाउँको वा मेरो नाता–गोता वा नजिकको भनेकै कारण नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको छ । मतदाताहरुले आफ्नो मान्छे भन्दैमा आँखा चिम्लनु भन्दा पहिले आफुले बगाएको पसिनाबाट तिरेको करको सही सदुपयोग हुन्छ कि हुँदैन भन्ने बिषयमा ध्यान दिनु जरुरी छ । सधैंभरी हाम्रो मान्छे मात्रै भन्ने हो भने राम्रा मान्छेहरुले कहिल्लै पनि जिम्मेवारी पाउने छैनन् र हाम्रो अवस्थामा पनि कहिल्लै सुधार आउने छैन । 
कुन व्यक्तिले बिगतमा दिनहरुमा समाजको हित हुने काम गरेको छ, कुन व्यक्तिले समाजको हितका नाममा आफ्नो व्यक्तिगत फाईदा उठाएको छ, समाजलाई लडाएको छ भन्ने कुरालाई पनि मनन् गर्नु पर्ने जरुरी छ । कुनै व्यक्तिका गरिएका राम्रा कामहरुको पनि उच्च मल्याँकन गरौं र आफ्नो मत मार्फत त्यस्ता व्यक्तिहरुलाई पुरस्कृत गरौं । कुनै व्यक्तिले बिगतमा गरेका नराम्रा कामहरुको पनि समीक्षा गरौं, त्यस्ता व्यक्तिहरुलाई दण्डित पनि गरौं । लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो । जनताले आफुलाई मन परेको उम्मेद्वार छान्न पाउनु पर्छ र छान्नु पनि पर्छ । यसको अर्थ नाता लागेको भएका कारण, आफ्नै गाउँको भएका कारण, आफ्नो दलको भएका कारण मतदान गर्नु पर्ने जरुरी छैन । 
यो स्थानीय तहको निर्वाचन हो । यो निर्वाचनमा राजनीतिक दलको भनेर मतदान गर्नु भन्दा पनि राम्रो व्यक्तिलाई मतदान गर्नु जरुरी छ । संबिधानत स्थानीय निकायहरु शक्तिशाही छन । संबिधानले दिएको अधिकार अनुसार जनताको सेवा गर्नका लागि ‘राम्रो मान्छे’ चाहिन्छ, ‘हाम्रो मान्छे’ होईन । त्यसकारण परिवारको, घरको, नाता गोताको, पार्टीको, यस्ता यस्तै कुरा सोचेर आफ्नो अमुल्य मत खेर नफालौं । संबिधानको सही कार्यान्वयन तवमात्र सम्भव छ जव सही व्यक्तिहरु जनताबाट चुनिएर आउनेछ । त्यसकारण सवैले यसमा ध्यान दिनु जरुरी छ ।

थप समाचार 

दिसिनपामा ५९ लाखको नयाँ दमकल

डोटीका अधिकांश क्षेत्रहरुमा आगो लागेपछि समयमा दमकल नपुग्दा ठूलो नोक्सानी बेहोर्नुपरेको छ । यसको मुख्य   कारण सम्बन्धित निकायसंग अग्नी नियन्त्रकको भरपर्दाे साधन मानिने दमकल नभएर वा बिग्रिएर हो तर अब भने त्यो समस्या टर्ने भएको छ ।
सोमबार दिपायल सिलगढी नगरपालिकाले ५९ लाखको लगानीमा नयाँ दमकल जिल्लामा भित्र्याएको छ । बिगत लामो समयदेखि  नगरपालिकामा दमकल नहुँदा र भएको दमकल पनि बिग्रेकोले आगो नियन्त्रण गर्न निकै समस्या हुने गरेको थियो । अब भने कुनै प्राबिधिक कठिनाई बाहेक नगरपालिका र नगरपालिकासंग जोडीएर रहेको क्षेत्रमा छिटो भन्दा छिटो दमकल घटना स्थलसम्म पुग्न सक्ने दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत तुलसी प्रसाद आचार्यले बताए ।
गत चैत्र २० गते डोटीको व्यस्त बजार दिपायल पिपल्लामा आगलागी भएको बेला आगो नियन्त्रण लिनका लागि क्षेत्रीय प्रहरी कार्यालयको पानी बोक्ने टेङ्करको प्रयोग गर्नु प¥यो, कारण दिपायल सिलगढी नगरपालिकासंग बारुणनियन्त्रण (दमकल) को व्यवस्था थिएन । 
डडेल्धुरा अमरगढी नगरपालिकाको दमकल ल्याउनु पर्याे । उक्त घटना भएको चार दिन बित्न नपाउँदै चैत्र २४ गते जिल्ला सदरमुकाम स्थित रिमझिम होटलमा पनि आगलागी भयो । हलमा राखिएका लुगाहरुबाट सल्केको आगो प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिए ।          
नगरपालिकाको गेटसंगै जोडिएको उक्त होटेलमा लागेको आगो नियन्त्रमा लिनका लागि पनि दमकल थिएन । दमकल नभएको भन्दै नगरपालिकाको तिब्र आलोचना समेत   भयो । 
बिग्रेको एक बर्षसम्म पनि कुनै पहल किन नगरेको भन्ने बिम्ब नेपाली साप्ताहिकको प्रश्नमा उनले कार्यकारी अधिकृत आचार्यले भनेका थिए ‘हामीले पहल त यो दमकल नबन्ने भयो भन्ने थाह हुने बित्तिकै सुुरु गरेका हौं तर ढिलाई  भयो । अबको केही २ महिना भित्रै नयाँ दमकल ल्याउने भएका छौं ।’ 
आचार्यले भनेको कुरा साँचो साबित भएको छ । अब आगलागी जस्ता दुर्घटनाहरु चाँडै नियन्त्रण ल्यान सकिने उद्योग बाणिज्य संघका सदस्य गणेश साउँदले बताए । साउँदले भने बिगतको केही आगलागी घटनाहरुले पिरोलिएका थियौं, दिपायलमा घटना हुँदा डडेल्धुरा वा अछामबाट दमकल माग्नु पथ्र्यो । अब त डोटीमा नयाँ आएपछि सहज हुने भएको छ । अर्थ मन्त्रालयमा दमकलको लागि बजेट निकाशा गरेको केही महिना मै जिल्लामा नयाँ दमकल ल्याउन सफल भएको कार्यकारी अधिकृत आचार्यले   बताए ।
स्वतन्त्र उम्मेदवारका प्रतिवद्धताः हिन्दु राष्ट्रदेखि बृद्ध आश्रमसम्म
डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद जोशीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । जोशीको प्रतिवद्धतामा नेपाललाई हिन्दु राष्टू बनाउन पहल गर्नेदेखि बृद्धबृद्धाहरुलाई स्याहार गृह स्थापना गर्नेसम्म समाबेश भएका छन । 
२०३४ सालदेखि २०७२ सालसम्म लगातार ३८ बर्ष शिक्षण पेशामा बिताएका जोशी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष समेत रहेका थिए । पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा उनी पटक पटक गरी १३ महिना जेल समेत बसेका थिए ।
पार्टी संगठनप्रतिको त्याग, आफूले गरेका सामाजिक क्रियाकलापहरु, आफूप्रतिको जनसमर्थनको अबमूल्ययन गर्दै पार्टीले आफूलाई टिकट नदिएकोले आफू स्वतन्त्र उम्मेद्वार हुने निर्णय गरेको जोशी बताउँछन । 
जोशीले सार्वजनिक गरेको अपीलमा आफू नेपाली कांग्रेसकै कार्यकर्ता भएको र निर्वाचन जितेपछि पनि आफू कांग्रेसमै फर्किने प्रतिबद्धता गरिएको छ । उनको प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र रहेका मन्दिर, देवालय, धार्मिक स्थलहरुको  संरक्षणले प्राथमिकता पाएको छ । प्रतिबद्धता पत्रमा लेखिएको छ ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि दवाव दिईनेछ ।’ नगर क्षेत्रका बिभिन्न देवालयहरुमा भक्तजनहरुले चढाएका गाईहरुको संरक्षणका लागि गौशाला निर्माण गर्ने उनको प्रतिबद्धतामा उल्लेख छ । धार्मिक स्थलहरुको पर्यटकीय बिकास गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । 
यस्तै नगरपालिकाका बृद्ध र असहायहरुका लागि गंगास्नान देउगडा भन्ने ठाउँमा स्याहार स्थलको प्रवन्ध गरिने उल्लेख छ । 
नगर क्षेत्रमा रहेका बिद्यालयहरुमा गुणस्तरीय अध्ययन÷अध्यापन गराउने, शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गर्ने र प्राबिधिक शिक्षामा बिशेष जोड दिने जोशीको प्रतिबद्धतामा समावेश छ । यस्तै नगरबासीहरुको घरदैलोमा सडक पु¥याउने र हाल निर्माण भएका धुले सडकहरुलाई कालोपत्रे गर्ने उनले प्रतिबद्धता गरेका छन । नगरपालिका भित्रका सवै घरमा बिद्युत पु¥याउने र नगरभित्रै बिद्युत उत्पादनको सम्भाबना खोज्ने जोशीले बताएका छन । उनले भारत तथा तेश्रो मुलुकमा पलायन भईरहेका युवाहरुलाई नगरभित्रै रोजगारीका अवसरहरु सृजना गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । 
कांग्रेस निकट नेपाल बिद्यार्थी संघबाट राजनीतिक सुरु गरेको बताउने जोशी शिक्षक संघ, नेपाल टे«ड युनियन संघ लगायतमा संगठनहरुमा महत्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्छन । पार्टीको बिधि मिचेर मनोमानी ढंगबाट उम्मेद्वार सिफारिस गरेकोले आफुले स्वतन्त्र  उम्मेद्वारी दिनु परेको जोशीले बताए । 
बिम्ब नेपाली साप्ताहिकसंग टेलिफोन सम्वाद गर्दै जोशीले भने ‘म यस अघि पनि बिभिन्न बिकास निर्माणका कार्यहरु र सामाजिक सेवामा समर्पित रहेको आम मतदाताहरुलाई थाह छ, त्यसैले नगरबासीहरुले मलाई नै मतदान गर्नु हुनेछ ।’ निमाबि तहबाट शिक्षण सेवामा प्रवेश गरेका जोशी २०७२ साल माबि द्वितीय श्रेणीबाट उमेरको हदका कारण अनिबार्य अवकाशमा परेका थिए ।
सुरक्षित गर्भपतन सेवा लिनेमा बृद्धि
गोबिन्द विश्वकर्मा÷डोटी
२९ जेठ
चालु आर्थिक बर्षमा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको संख्यामा बृद्धि भएको छ ।
सरकारबाटै सुरक्षित गर्भपतनको सेवा निशुल्क भएपछि यो सेवा लिन आउनेको संख्यामा बृद्धि भएको हो । जिल्लामा ११ महिनाको अवधिमा तीन सय ६२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका पब्लिक हेल्थ नर्स गौरी शाहीले जानकारी दिइन ।
शाहीले भनिन्, आर्थिक बर्ष २०७३ र ०७४ को साउनदेखि बैशाख महिनासम्म जिल्लाका ३ सय ६२ महिलाले सेवा लिएका छन्  । जस मध्ये पनि २० बर्ष भन्दा कम उमेर समुहका ४७ जना र त्यो भन्दा माथिका जम्मा तीन सय १५ जना रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक बर्षमा भन्दा यो आर्थिक बर्षमा यो संख्यामा तुलनात्मक रुपले बृद्धि भएको छ । बिगतका दिनहरुमा सुरक्षित गर्भपतन सेवा आधिकारी तथा निशुल्क नभएकोले स्वास्थ्य कार्यालयमा जम्मा संख्या रेकर्ड नभएको नर्श शाहीले बताइन । अहिले महिलामा चेतनामा वृद्धि भएपछि र सरकारले निशुल्क रुपले सेवा दिन थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भएको उनको भनाइ रहेको छ ।
 विगतका वर्षहरुमा जनचेतना अभावमा असुरक्षित गर्भपतनको संख्यामा बृद्धि हुने गरेको थियो । शाहीले भनिन्, डोटी जिल्लामा हाल जिल्ला अस्पताल डोटी, बिभिन्न निजी पोलीक्लिनिकहरु सहित १७ वटा स्वास्थ्य संस्थाहरुबाट गर्भपतन सेवा उपलब्ध गराइदै आइएकोले सेवा ग्राही महिलाहरुलाई सहज भएको बताइएको छ ।

डोटीमा बढी जसो युवाहरु मतदाता बिहिन

राजनीतिक दलले युवाको मन जित्न नसक्दा डोटी लगायत प्रदेश नम्वर ७ का सबै जिल्लामा ठूलो संख्यामा युवा जमात मतदाता बन्ने अवसरबाट चुक्ने भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
राजनीतीमा बढेको खिचातानीका कारण फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन चाँसो नदिएका युवाहरु अव स्थानीय तहको चुनावमा मताधिकारबाट बञ्चीत हुने भएका हुन । जिल्लामा यकिन तथ्याङक नभएपनि मताधिकारबाट बञ्चित हुने सबैभन्दा ठूलो जमात भने युवाहरुको रहेको छ ।
अध्ययन र कामको शिलशिलामा विभिन्न ठाउँमा रहेका युवाहरु त त्यसैपनि मतदानबाट बञ्चित भएका छन भने धेरै युवाहरु भने मतदाता नामावलीमा नाम दर्ताको समयमा नाम दर्ताको लागि चाँसो नदिएका कारण बञ्चित भएको बताइएको छ ।
स्थानीय चुनाव भएकाले युवा पिँढीमा जोस बढेको छ भने आफू निकटका उम्मेदवार जिताउन धेरै युवा लागेका     छन । तर स्थानीय चुनावको रौनक सुरु भएर धेरै युवाहरुमा चुनावको उत्साह छाएका बेला आफ्नै कारणले मतदाता नामावली भर्नका लागि लापरवाही गरेका युवाहरु अहिले खिन्न देखिएका छन पनि बताइएको छ ।

प्रत्येक स्थानीय तहमा दुई पर्यवेक्षक

राष्टिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लाका नौ वटै स्थानीय तहहरुमा निर्वाचन पर्यवेक्षक खटाउने तयारी गरेको छ । 
निर्वाचन पर्यबेक्षकहरुका लागि शनिवार आयोजना गरेको निर्वाचन पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रत्येक स्थानीय तहमा दुई जनाका दरले जिल्लाका नौ बटै स्थानीय तहमा पर्यवेक्षक खटाईने जानकारी दिईएको हो । ‘निर्वाचन स्वच्छ, निश्पक्ष र मर्यादित होस् भन्नका लागि हामीले पर्यवेक्षक खटाउन लागेका हौं’ नियोक जिल्ला समिति अध्यक्ष रामहरी ओझाले भने ‘मतदान केन्द्रमा खटिने पर्यबेक्षकका अतिरिक्त मोबाईल पर्यवेक्षकहरु पनि परिचालन गरिनेछ ।’ जिल्लामा १४ जना मोबाईल पर्यवेक्षक रहने ओझाले बताए । 
अभिमुखीकरणमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पर्यवेक्षकहरुले निर्वाचन आचार संहिताको ख्याल गर्नु पर्ने बताए । ‘निर्वाचन आचार संहिता उलंघन भएको तपाईहरुले पाउनु भयो भने सम्वन्धित निकायमा खवर गरी दिनु होला’ शर्माले भने ‘तपाईहरु आफै पनि निर्वाचन आचार संहिताको ख्याल गर्नु होला ।’ पर्यवेक्षकहरुले कुनै पनि दलको या उम्मेद्वारको समर्थन वा बिरोध गर्न नपाईने कुरालाई बिशेष ध्यान दिन शर्माले आग्रह गरे । 
अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षकहरुलाई आबश्यक निर्देशन दिँदै नियोक प्रदेश नं. ७ का संयोजक देवी खनालले पर्यबेक्षक भन्ने बित्तिकै निश्पक्ष हुनुपर्ने बताए । ‘तपाईहरु रेकर्डर हो तर टेप रेकर्डर होईन’ खनालले भने ‘तपाईहरु सुन्ने काम धेरै गर्नु होला तर बोल्न पाउनु हुन्न ।’ उनले पर्यवेक्षकका आँखा र कान तिखा हुनुपर्ने तर मुख बन्द हुनेपर्ने बताए । ‘यदि कतै अबान्छित क्रियाकलापहरु भईरहेका छन भने तत्काल नियोकलाई खवर गर्नुहोस्’ खनालले भने ‘त्यहाँ कुनै पनि  प्रकारको प्रतिक्रिया नदिनु होला ।’
प्रदेश नंं. ७ मा एक सय ७६ मतदान केन्द्रमा र त्यतिनै संख्यामा मोबाईल पर्यवेक्षक खटाउने तयारी भईरहेको खनालले बताए । 

डडेल्धुरामा काँग्रेस आन्दोलित

प्रकाश पार्की÷डडेल्धुरा
२९ जेठ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ता आन्दोलित भएका छन् ।
सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा एकलौटी गरेको भन्दै गृह जिल्ला     डडेल्धुरामा नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन गरेका हुन् ।
कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको उनीहरुको आरोप छ । गाउँ समिति तथा नगर समितिले सर्वसम्मत रुपमा दिएका टिकट समेत खोसिएपछि आफूहरु आन्दोलित भएको असन्तुष्ट कार्यकर्ताहरुको गुनासो छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा जिल्लाका नेता तथा कार्यकर्ताको सुझाव विना एकलौटी रुपमा उम्मेदवार घोषणा गरेको आरोप आन्दोलन रत कांग्रेस कार्यकर्ताले लगाएका छन् ।
सोमबार अपरान्ह बागबजारदेखि तुफानडाँडासम्म हातमा कालोपट्टी बाँधेर विरोध र्यालीमा निस्किएका कार्यकर्ताहरुले विरोधका कार्यक्रम निरन्तर जारी रहने बताए । र्यालीमा जिल्ला उपसभापति करुणाकर भट्ट, नगर सभापति र महाधिवेशन प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस दुई गुटमा विभाजित छ । नेपाली कांग्रेसका पार्टी सभापति देउवाले जिल्ला सभापति तथा जिल्लाका स्थानीय कमिटीलाई समेत बेवास्ता गर्दै उमेदवार चयन गरेको कांग्रेस असन्तुष्ट नेताहरुको आरोप छ ।
असन्तुष्ट नेताहरुले पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएका छन् ।
७ नं प्रदेशको राजधानी दिपायलमा हुने सम्भावना बढ्यो
स्थानीय तहको पुर्नसंरचना भएदेखि ७ नं प्रदेशको राजधानी कुन ठाउँ हुने भन्नबारे सरकार, प्रदेश तथा स्थानीयहरुका  बहस को बिषय बन्दै आएको छ ।
त्यसै बीच दिपायलमा प्रदेश स्तरीय कार्यालयहरु उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका कार्यालयहरु स्थापना भएपछि ७ नम्बर प्रदेशको राजधानी दिपायल हुने सम्भावना बढ्दै गएको छ । 
गत आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगको उद्घाटन गर्दै आयोगका सदस्य लिला उदासी खनालले भने, अब ७ नं प्रदेशको राजधानी नै दिपायलमा हुनुपर्छ । ९ वटै जिल्लाको बीच भागमा पर्ने हुँदा सबैलाई सजिलो र छोटो समयमा सेवा लिन सक्ने हुनाले दिपायलमै हुनु जरुरी भएको उनले बताए । यसै क्रममा बोल्दै उनले भने, १० बर्षीय जनयुद्धका क्रमका द्धन्द पीडीतलाई न्याय दिलाउनका लागि आयोग प्रतिबद्ध  रहेको छ । 
खनालले भने, अब देशभरी मै भएका सत्य निरुपण आयोगका कार्यालयहरुले मध्ये प्रस्ताबित ७ नं प्रदेशको राजधानी दिपायलले  पीडकलाई सजाय दिने र पीडितलाई न्याय दिलाउने एक नमुना आयोग कार्यालय नै बन्ने उनको बिश्वास छ । 
खनालले भने, द्धन्दका क्रममा  भएका घटनामा मलम लगाउनका लागि सरकारद्धारा आयोग गठन गरेकाले आयोगले सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि र पीडितलाई परिपुरणका लागि तुरुन्तै  सिफारिस गर्छौ ।
७ नम्बर प्रदेशमा १० हजार २ सय ३३ उजुरी रहेको आयोगको कार्यालय राजपुरले जानकारी दिएको छ । उच्च अदालत राजपुरको सरकारी वकिल कार्यालयलाई  आयोगको प्रदेश मुकामको कार्यालयको रुपमा तोकिएको छ । द्धन्द पीडितले घरछेउमै सेवा तथा न्याय पाउने ब्यबस्था मिलाउनका लागि डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने,  प्रदेश भरीका पीडितलाई एकै ठाउँमा सेवा दिनका लागि सम्भब नभएका कारण जिल्लामा पनि संयन्त्र निर्माण गर्नुपर्छ । त्यसपछि मात्र मुद्धा चाँडो फैसला हुन्छ । 
धेरै मुद्धा भएका जिल्लामा आयोगले शाखा कार्यालय स्थापना गर्ने सोच रहेको आयोगका सदस्य खनालले बताए ।  प्रदेश कार्यालयबाट भ्याउन नसकेका मुद्धाहरु जिल्लामै शाखा कार्यालय खोलेमा छिटो छरितो मुद्धा फैसला हुन्छ त्यसैले यो सोच पनि बनाएका छौं । शाखा कार्यालयको नेतृत्व पनि प्रदेश आयोग कार्यालयले गर्छ उनले भने ।
७ नं प्रदेशमा हालसम्म सबै भन्दा बढी अछाम जिल्लामा र सबै भन्दा कम मुद्धाहरु दार्चुलामा परेको बताइएको छ । सबैभन्दा बढी अछाममा चार हजार ९१ र सबैभन्दा कम दार्चुलामा तीन सय १८ मुद्धा परेको बताइएको छ ।
यस्तै आयोगको कार्यालयमा डोटीबाट चार सय ७०, कैलालीमा नौ सय ८१, बझाङ्मा तीन सय ७४, बाजुरामा आठ सय ४४, कञ्चनपुर १८ सय, बैतडी आठ सय ४० र डडेल्धुरामा पाँच सय १५    उजुरी परेको आयोगको कार्यालय   राजपुरको तथ्याकंले देखाएको छ ।
यसरी नै सबै कार्यालयहरु दिपायलमा भयो भने मात्र सबै जिल्लाका जनतालाई सजिलो हुन्छ । डोटी उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले भने, हामी डोटेली जनतालाई मात्र सहज होला भनेर ७ नं प्रदेशको राजधानी दिपायलका लागि लागेका हैनौं । बाजुराको जनताले दार्चुलाको जनताले पनि सहज रुपमा सजिलो तरिकाले सुबिधा लिन सकोस भन्नको लागि दिपायल माग गरिरहेका छौं । 
अध्यक्ष खड्काले भने ७ नं प्रदेशको राजधानी दिपायलका लागि हामी सबै निकायहरुलाई पहल गर्छौ यदि कसैले सुनेन भने आन्दोलन नै गरेर पनि दिपायल राजधानी बनाउन माग गर्छौ ।

सुदूर पहाडमा राजमार्ग निर्माण कार्य अलपत्र

सीता महता/दिपायल
२९ जेठ
सडक वोर्डको लापरवाहीका कारण डोटी सहित प्रदेश नम्वर ७ का अधिकांश सडकहरुको मर्मत कार्य अलपत्र परेको छ ।
सडक मर्मतका लागि सडक वोर्डले वर्षौसम्म पनि रकम उपलव्ध नगराउँदा भीमदत्त राजमार्ग लगायतका अन्य पहाडी राजमार्गको निर्माण कार्य अलपत्र परेको हो । सडक वोर्डलाई रकम निकासीका लागि पटक पटक आग्रह गर्दा पनि विभिन्न वहाना देखाएर रकम निकासा नगरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । 
महाकाली राजमार्गका लागि गत वर्ष भएको ठेक्का प्रक्रिया पनि रकम उप्लव्ध नहुँदा रोकिएको काम यो वर्ष सुचारु भईरहेको कार्यालयले जनाएको छ । यो मात्रै नभई सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका सडक मर्मतका काम समयमै हुन सकेका छैनन । काम नहुने मात्रै नभई काम सम्पन्न गरेको वर्ष दिन विति सक्दासम्म पनि रकम नपाउँदा मर्कामा परेको निर्माण व्यवसायीले गुनासो गरेका छन । रकमका लागि निर्माण व्यवसायी कार्यालयमा आउने गरेको भएपनि सडक वोर्डबाट रकम नआउने  गरेकाले वर्षौ दिन सम्म रित्तै हात फर्काउनु परेको डिभिजन सडक कार्यालय कुलपाते डोटी स्रोतले जनाएको छ । 
गत वर्ष काम सम्पन्न गरी सकेको भएपनि हालसम्म रकम नपाएको निर्माण व्यवसायी रुपलाल पाण्डेयले बताए । निर्माण ब्यवसायी पाण्डेयले भने, ऋण लिएर सडक मर्मत गर्ने काम गरेतर एक वर्षसम्म पनि मैले रकम पाएको छैन । पाण्डेय मात्रै नभई सडक वोर्डको लापरवाहीका कारण कयौँ निर्माण व्यवसायीले काम गरे वाफतको रकम नपाएको गुनासो गरेका छन । सडक वोर्डलाई रकम निकासाका लागि सम्पर्क गरिरहेको र छिट्टै रकम आउने डिभिजन सडक कार्यालय कुलपाते डोटीका ईन्जियर महानन्द जोशीले बताए ।
बैतडीको एक वडाध्यक्षमा बुबा–छोराकै भिडन्त
पुर्चौडी नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि बुबा र छोरा बीच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट बुबा नागी साउँद र मोओवादी केन्द्रबाट छोरा उज्ज्वल साउँद अध्यक्षका उम्मेदवार बनेका छन् । 
पहिला माओवादीले छोरा उज्ज्वलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसपछि एमालेले बुबा नागीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 
‘नाताले बुबा भए पनि राजनीतिक आस्था फरक भएको हुनाले दुवैजना उम्मेदवार भयौँ, उज्ज्वलले भने, ‘परिवार र आफन्तको भोट कसलाई जान्छ थाहा छैन बाबुछोरा बीच सुमधुर सम्बन्ध नभएको भने होइन तर राजनीतिक सम्बन्धका कारण बुबा–छोराबीच राजनीतिक दूरी रहेको उज्ज्वलले बताए ।
‘हामीले पार्टीबाट युवा नेतालाई टिकट दिएका हौँ, पछि एमालेले उहाँकै बुबालाई टिकट दियो,’ माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले भने, ‘युवा उम्मेदवारले नै बाजी  मार्छन् ।’
परिवारका सदस्य भने कसलाई भोट दिने अन्योलमा छन् । माओवादी केन्द्र र एमालेबीच मत बाँडिने सम्भावना भएको परिवारकै सदस्य बताउँछन् ।
मत बाँडिए कांग्रेसलाई फाइदा पुग्न सक्छ । कांग्रेसबाट वडा नम्बर ७ मा राम ऐरीको उम्मेदवारी छ ।

छोटकरी समाचार 

पुगेन मतदाता शिक्षा

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा डोटीका केही स्थानीय तहहरुमा मतदाता शिक्षा नपुगेको गुनासो आइरहेको छ ।
दिपायल सिलगढी नगरपालीका–५, बसपार्क बस्ने नेपाल दलित संघका जिल्ला उप–सभापति रविन्द्र बागचन्दले भने, एकातिर मतदाता शिक्षाका लागि स्वयंसेवक खटाएर रकम खर्च हुने तर मतदाता समक्ष शिक्षा पुग्न नसक्नु राम्रो कुरा होइन ।
किन मतदाता समक्ष मतदाता शिक्षा पुग्न सकेन त भन्ने प्रश्नको जवाफमा जिल्ला निर्वाचन कार्यालयका मतदाता शिक्षा तालिम समन्वयकर्ता लक्ष्मीराज ओझाले भने–‘हामीले स्वयंसेवकलाई जेठ ३१ गतेसम्मको कार्ययोजनाका साथ कार्य क्षेत्रमा खटाएका छौं, मतदाता शिक्षा पुग्न नसकेको गुनासो आईरहेको क्षेत्रमा तत्काल जिम्मेवारी पूरा गर्न स्वयंसेवकलाई निर्देशन दिईएको छ ।’
मतदाता शिक्षा मतदाता समक्ष पुगिरहेको छ कि छैन भन्ने विषयमा आफूले पनि अनुगमन गरिहेको बताउँदै क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलको पिपल्ला, पुल बजार, शिखर नगरपालिकाको तिलताली क्षेत्रका केही भागमा मतदाता शिक्षा नपुगेको स्थानीयहरुले बताएका छन ।
सबै सरोकारवाला केन्द्रित रहने सदरमुकाम क्षेत्रमै मतदाता शिक्षा पुग्न ढिलाई नगर्न र मतदाता शिक्षाको लागि जेठ ३१ गतेसम्म आम मतदाता समक्ष अनिवार्य पुग्न स्वयंसेवकलाई कडाईका साथ खटाईने पनि ओझाले प्रतिवद्धता जनाए ।

खेल समाचार 

नेपाल र यमनबीचको फुटबल ७०० दर्शकले मात्र हेर्न पाउने

सन् २०१९ मा हुने एसियन कपका लागि छनौट चरण अन्तर्गत नेपाल र यमन बीचको खेल हुँदैछ । खेलका लागि यमनको टोली आइतबार काठमाडौं आइपुगेको छ ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलका लागि जम्मा ७ सय टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ । 
स्थान अभाव तथा सानो प्याराफिट भएका कारण थोरै टिकट बिक्री गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
खेल मंगलबार दिउँसो तीन बजेबाट सुरू हुनेछ ।
खेलका लागि टिकटको मूल्य एक हजार तोकिएको छ र सबै टिकट इ सेवाले मात्र उपलब्ध गराउने एन्फाले जानकारी दिएको छ । टिकटका लागि इसेवाका नजिकैको सर्विस सेन्टरमा सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ ।
एएफसी एसियन कप छनौटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसैको मैदानमा पराजय ब्यहोरेको बताइएको छ ।

आईसीसीले अनुमति नदिए नेपाली क्रिकेटरले एसियन प्रिमियर लिग नखेल्ने

राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अनुमति नदिएसम्म नेपाली क्रिकेटरहरुले एसियन प्रिमियर लिग         (एपीएल) क्रिकेट नखेल्ने भएका छन् ।
एक निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ । तर, विवादित बन्दै गएको छ । प्रतियोगितामा सहभागी टिम ‘नेपाल स्ट्रोम’ राखिएको छ तर, कप्तान यूएईका स्वप्निल पाटिल तोकिएको छ । नेपाली खेलाडीहरु को को खेल्ने भन्ने समेत आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले बताएको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्ने बताए । ‘आईसीसीले खेलाडी रिलिज अनुमति दिएन भने हाम्रो सिनियर प्लेयरहरु खेल्दैनन् ।’ साथै नेपालीको यू १९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना न्यून छ । उनीहरु अहिले यू १९ विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छन् ।
एसियन प्रिमियर लिगको कन्सेप्ट राम्रो भएपनि कानुनी प्रक्रिया पुरा भए नभएको महत्वपूर्ण हुने उनले बताए । यदि कानुनी प्रक्रिया पुरा नगरी हुने एसियन प्रिमियर लिगमा खेलाडीहरु माथि प्रतिवन्धसम्म लाग्न सक्ने खतरा हुनेछ । भारतमा यस्तै भएको थियो । २००७ देखि ०९ सम्म जीटीभीले इण्डियन क्रिकेट लिग गरेको थियो ।
तर, भारतीय क्रिकेट बोर्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सहमति थिएन । त्यही कारण आईसीएल खेल्ने खेलाडीहरुमाथि प्रतिवन्ध नै लागेको  थियो ।

चलचित्र/मनोरञ्जन 

‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई

चितवनमा आयोजना भएको ‘मिस एसइइ चितवन’को उपाधि अनुष्का रानाभाटले पाएकी छिन ।
प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले यो उपाधि जितेकी हुन् । अनुष्कालाई मिस चितवन सुमन गुरुङले ताज लगाइदिएकी थिइन् । ‘लिभ एण्ड लिड इन्टरनेशन’ल प्रालिले यो कार्यक्रमको आयोजना गरेको हो । उनले नगद २० हजारसहित उपाधि जितेकी हुन् । यस्तै, फस्ट रनर अप भूमिका आचार्य, सेकेन्ड रनरअप सुजता ढकाल, थर्ड रनरअप करिना श्रेष्ठ र फोर्थ रनरअप स्वेता अर्याल हुन सफल भए ।
उपाधि विजेता अनुष्कालाई अक्सफोर्ड कलेजले प्लस टुसम्मको अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको छ । यो कार्यक्रम अब हरेक बर्ष आयोजना हुने आयोजकले बताएको छ ।

हलमा कस्तो बल्यो ‘लाल्टिन’ ?

शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘लाल्टिन’ले शनिबार राम्रो व्यापार गरेको यसका निर्माता भानु प्रतापले जानकारी दिएका छन् ।
शुक्रबार राम्रै सुरुवात गरेको चलचित्रले शनिबार पनि हलमा दर्शक तानेको निर्माणपक्षले बताएको छ । शुक्रबार र शनिबार दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास गरिएको छ ।
 काठमाण्डौका मल्टिप्लेक्स र सिंगल हलमा शनिबार दर्शकको चाप उल्लेख्य रहेको दाबी निर्माता भानु प्रतापले गरेका छन् ।
चलचित्रका मुख्य नायक दयाहाङ राईले शुक्रबार पत्रकारसँग बसेर चलचित्र हेरेका थिए । नायिका प्रियंका कार्की भने चलचित्रको प्रचारमा देखिइनन् । अनिम श्रेष्ठ, राज केसी र भानु प्रतापले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । देवकुमार श्रेष्ठ चलचित्रका निर्देशक हुन् । 

लेख 

कोठाको व्यथा ः कसलाई के था ?

सञ्जिता मोक्तान तामाङ
स्थान टियु सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलजीको प्राङगण । हामी ४ र ५ जना साथीहरु कक्षा सकेर घामको न्यानो ताप्दै गफिदै थियौ । त्यसैक्रममा एक जना साथीले सोधिन, ‘तिम्रो तिर कोठा खाली छ ?’ मैले भने, ‘कसलाई चाहियो र ?’ साथीले जवाफ फर्काइन,‘मलाई ।’
अर्की साथीले थपिन, ‘तँलाई कति कोठा चाहिएको, अस्ति भरखर कोठा सर्या होइन, कति चराले गुड सार्या जसरी कोठा सार्या ?’ प्रतिउत्तरमा कोठा आवश्यक परेकी साथीले भनिन, ‘मेरो कोठाको व्यथा तिमीहरुलाई के था ।’
कुरा हो घरबेटी र बहालमा बस्नेको बीचको   सम्बन्ध । घरबेटीले सबै कुराको निगरानी गर्न थालेपछि कसरी स्वतन्त्रताको अनुभूति गर्ने । खाने, बस्ने, सुत्ने, हिड्ने, ट्वाइलेट, वाथरुम आदि सम्पूर्ण कृयाकलापमा घरबेटीको हस्तक्षेप भएपछि त्यो कोठा हुने हो की जेल ?
हो, यस्तै समस्यामा परेकी छिन् उनी । घरको नियम यस प्रकार थियो, भित्ताले सुन्लाकी जसरी विस्तारै हिड्नु पर्ने, भूईमा एक थोपा पानी पनि खसाल्न नहुने, झ्याल ढोका बन्द वा खुल्ला गर्दा आवाज आउन नहुने, कोठामा सँधैभरी कानेखुसी गरेर कुरा गर्नु पर्ने, ठूलो स्वरमा बोल्न नमिल्ने । कोठामा सामान धेरै राख्न नपाइने, आफन्त ल्याउन नहुने, घरभाडा मसान्तको दिन बुझाउनै पर्ने, अझ अग्रिम भूक्तानी गर्नुपर्ने, कोठामा साँझ नपर्दै छिरी सक्नु पर्ने आदि आदि ।
उनले सुरुमा त सर्त मञ्जुर गरिन, किनकी उनलाई कोठा अत्यावश्यक थियो । दिनहरु बित्दै गए तर उनलाई उकुसमुकुस महशुस हुन थाल्यो । जेलभित्रको बन्दी जस्तो आफूलाई महसुस गर्न थालिन् । घरबेटीको रातदिनको कचकच बिग्रिएको रेडियोको भन्दा बढी सुनिन लाग्यो । कहिले यो भयो, कहिले ऊ भयो यस्तै यस्तै आदि इत्यादी । बहालमा बस्दा पनि केही भन्लान की, केही गर्लान की भनि डराएर बस्नु पर्ने बाध्यता थियो । कोठामा बस्नै नसक्ने अवस्था आएपछि अन्तिममा उनी कोठा अन्तै सार्ने निधोमा पुगिन् । उनकै शब्दमा भन्ने हो भने घरबेटीले हिटलरकै रुप धारण गरेपछि उनी अन्यत्र सर्ने निष्कर्षमा पुगेकी थिइन् ।
उनी एक प्रतिनिधि पात्र हुन् । वास्तवमा भन्ने हो भने सहरमा बहालमा बस्नेहरु सबैको कोठाको व्यथा यस्तै यस्तै हुने गर्दछ । थोरैको मुखबाट मात्रै राम्रो छ भन्ने सुन्न पाइन्छ । त्यसमा प्राय घरबेटी र घरको नीति नियम पर्दछ । अधिकाँशले यस्तै समस्या सहेर बस्नु पर्ने बाध्यता छ । यसले के देखाउँछ भने अधिकाँश बहालमा बस्नेहरु धेरै मानसिक पीडाबाट गुज्रिरहेका हुन्छन् ।
बस्नको लागि बास त आवश्यक पर्छ नै । यो बाध्यता पनि हो । आफ्नो घरजस्तो अरुको घर कहाँ हुन्छ र । त्यो स्वभाविक हो । तर कम्तिमा पनि न्युनतम रुपमा मानवीय व्यवहार त गरिएको हुनु पर्यो नी । मानिसले    हरेक कुरामा सम्झौता गर्नुपर्छ । तर त्यो सम्झौता कुन तहसम्म, हदसम्म गर्ने भन्ने कुरा आउँछ ।
प्राय घरबेटीहरुले गर्ने व्यवहार देख्दा लाग्छ, हामी ताल्चा हौँ चावी घरबेटी । उनीहरुले जतिबेला चाह्यो त्यतिबेला हामी खुल्नु पर्छ । हामीलाई खुल्ला छोड्ने वा बन्द गर्ने कुरा उनीहरुको अधिकारको विषय हो । मानौँ कोठा लिएर बस्नेहरु उनीहरुको अनुग्रहमा बसेका छन् ।
टैङ्किमा पानी सकियो वहालवालाई दोष, सेफ्टी ट्याङ्की भरियो वहालवालाई दोष, कतै फोहोर भयो वहालवालाई दोष । मानौ वहालवालाहरु सबै राक्षस हुन, उनीहरुले त्यो स्वर्गतुल्य घरलाई नरक बनाई रहेका छन् ।
अहिले त सहरमा कतिपय घरहरु वहालमा नै लगाउने उद्देश्यले बनाइएको हुन्छ । सकेसम्म साना कोठा, उज्यालो छिरोस् नछिरोस, केही मतलव हुँदैन, छिडिँमा अलिकति ठाउँ निस्किए पनि एउटा कोठा बारी हाल्ने, सुरक्षाको कुरामा कुनै वास्ता छैन । एकजना मान्छे हिँड्दा पनि ठोकिएला की जस्तो प्यासेज, जतिसक्दो धेरै कोठा । त्यस पछि कोठामा मान्छे धेरै भो, सामान धेरै भयो । एकजना बसे यति, दुई जनालाई उति घरलाई पुरै व्यवसाय नै बनाएको अवस्था छ ।
कस्तो मान्छेलाई कोठा वहालमा दिने भन्ने पनि आआफ्नै प्रचलन रहेछ । महिलालाई हत्तपत्त बहालमा राख्न नमान्ने, किनकी महिलाहरु अशुद्ध हुन्छन् रे । पानी बढी प्रयोग गर्छन, फोहोरी हुन्छन, कपाल जताततै झार्छन, लुगा बढी धुन्छन रे । अझ बच्चा भएका महिलाले कोठै नपाउने । बच्चाले हल्ला गर्छ, फोहोर गर्छ, के के हो के  के ? त्यस्तै कोठा खोज्न जाँदा कतिपय ठाउँमा कुन जातको भनि सोधिने रहेछ । कथित ठूलो र सानो जात बीच विभेद कायमै छ । त्यसको मतलव कथित दलित समुदायलाई पनि नराख्ने । किनकी उनीहरुलाई छुन नहुने जातको रुपमा चित्रण गरिन्छ ।
यो लिङ्ग र जातको आधारमा गरिएको विभेद हो कि हैन ? यस्तो विभेद गर्ने माथि दण्ड सजाय गर्ने व्यवस्था  खै । हुन त घर व्यक्तिको सम्पत्ति हो, तर त्यो भाडामा लगाउने भन्ने वित्तिकै सार्वजनिक सम्पत्ति पनि हो । यसमा विभेद गर्नेलाई अहिलेसम्म दण्ड भएको छ त ? हुन त सबै घरबेटीहरु एकै नासका हुँदैनन् । कोही दयालु स्वभावका हुन्छन, सहयोगी पनि हुन्छन् । तर आममा हेर्दा सहयोग गर्ने, समस्या बुझ्ने खालका मानिसहरु कम देखिन्छन् । कतिपयको व्यवहार त निन्दनीय र निकृष्ट खालकै हुन्छ ।
विशेषत नेपालीहरु सामन्तवादबाट पुँजीवाद तर्फ उन्मुख हुँदै गएका छन् । पैसा मुखी मानसिकताले ग्रसित हुँदै गएका छन् । हरेक कुरालाई पैसाँसँग साटिरहेका छन् । त्यसैको परिणाम मानवीय सम्बन्ध सोझै अर्थसँग गाँसिन लागेको छ । हामी आधुनिकतालाई पछ्याउँदैछौँ, तर सामन्तवादी सोचलाई पनि छाड्न सकेका छैनौँ । घरधनी र डेरावालको सम्बन्ध यही नेर जोडिएको छ ।
राज्यले धेरै कुराको मापदण्ड बनाएको छ । तर कोठा भाडामा लगाउने घरको मापदण्ड खै ? कोठामा बस्ने मानिसहरु सुरक्षित हुनु पर्दछ । उनीहरुले आफूले पैसा तिरेर बस्ने कोठामा पाउनु पर्ने आधारभूत सुविधा कम्तिमा के के हुनु पर्ने त्यस बारेमा राज्य बोल्नु पर्दैन ? कोठामा बस्ने मानिसले तिर्नु पर्ने भाडाको निर्धारण र भाडावृद्धि घरबेटीको मुखमा हुन्छ वा त्यसको पनि कुनै वैज्ञानिक आधार हुनुपर्छ । यस बारेमा राज्य बोल्नु पर्दैन ? भाडामा लगाउने घरको कति कोठा बराबर कतिवटा शौचालय हुनुपर्ने त्यो निर्धारण गर्नुपर्दैन ? घरवाहाल कर बाहाल लिए अनुरुपको जम्मा गरेको छ कि छैन, अनुगमन गर्नुपर्दैन ? घरधनीहरु सँधै साँढे भई रहने अनि वहालवालाहरु सँधै वाच्छा नै हुनु पर्ने ?

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

देशहरूसँग सम्बन्धित केही जानकारी......
१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?                               –अमेरिका
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?                             –फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?                     –चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?                                         –फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?                 –स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?                                   —स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?                                –स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन् ?                                      –आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?                            –इजिप्ट
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ?          –स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?                            –चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?                   –चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?                  –मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?                         –भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?                    –अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?                            –भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?                –नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?                –भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?           –फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?                       –भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?                   –बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?                   –भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?                       –जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?                               —भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?                          –ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?                 –भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?                   –जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?                 –भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?                –ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?                    –भारत
कुन जिल्लाको के विशेषता...............
झोलुंगे पुलको जिल्ला                        – बाग्लुङ
कफी खेतीका लागि प्रसिद्ध जिल्ला          – गुल्मी
चिया खेतीका लागि प्रसिद्ध जिल्ला           – इलाम
नयाँ नेपाल भनी चिनिने जिल्ला            – बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
ज्वालमुखीको चिन्ह भएको जिल्ला                      – दैलेख
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला       – धादिङ
माथिल्लो सगरमाथा                             – सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला                     – पर्सा
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला                  – मकवानपुर र अर्घाखाँची
नेपालको कान्छो जिल्ला                           – कालिकोट
सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला                  – हुम्ला
५२ पोखरी ५३ टाकुरीको जिल्ला                       – रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला                  – सिन्धुली र रामेछाप
नेपालको मरुभूमि                                 – मुस्ताङ
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला         – बाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला                   – सोलुखुम्बु
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला               – ओखलढुंगा
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला                – सिन्धुली
नेपालमा सबैभन्दा बढी
१. सबैभन्दा बढी पटक रक्तदान गर्ने                – प्रेमसागर कर्माचार्य
२. व्यक्तिगत  तर्फ सबैभन्दा बढी कर तिर्ने     – शिद्धार्थ शमशेर राणा
३. सबैभन्दा बढी पानी पर्ने स्थान               – पोखरा लुम्ले
४. सबैभन्दा बढी बिकेको पुस्तक            – मुनामदन
५. बढी जिल्ला भएको अञ्चल                     – बागमती
६. गजुर भएको मन्दिर                            – कृष्ण मन्दिर
७. चरा पाइने क्षेत्र                           – अरुण उपत्यका
८. बढी धर्मावलम्बी                            – हिन्दु

साहित्य/सृजना 

गजल

यो जिन्दगी र कारागार अचेल उस्तै लाग्छ
मलाइ ढुङ्गा र फूलको प्रहार अचेल उस्तै लाग्छ
यहाँ बाँच्ने रहर चराको नि हुन्छ
बनाएर घरबार अचेल उस्तै लाग्छ 
सायद कोही फर्केन्न फेरी बगर सम्झेर 
हँु आखिर खोलीको किनार अचेल उस्तै लाग्छ 
यहाँ चल्दै छ रित अझै बर्षौ अघिको
उस्को जित मेरो हार अचेल उस्तै लाग्छ 
ति बस्यो बस्यो उ मुटुमा,उल्टै जलाइ मेरो
ब्यर्थै भो प्यार अचेल उस्तै लाग्छ ।।।
सलिम अन्सारी
प्युठान

गजल

वैशाखमा हुन लाको चुनाव असारमा हुदैछ
प्रदेशी र स्वदेशीको जम्का भेटमा हुदैछ ।
सत्तामा जानेहरु जुटिरहन्छन होला देशमा,
टुक्रयाउन खोज्नेहरु जैले ब्लेट्मा हुदैछ ।
हार्ने हारको स्वीकार जित्ने धमाका गरी,
अलपत्र जनता आफू होटेलको प्लेटमा हुदैछ
नेता जान्छन दरबार भित्र जनता कुरी कुरी
भोट दिने कोहो कोहो फाइदा हेलमेटमा हुदैछ ।
पाटीको जमात र प्रशंसालाई कोले हेर्छ यहाँ, 
जो भए गएर खानेहरु ऐले आम्लेटमा हुदैछ ।।
निर्पप्रमोद जोशी
खप्तड छान्ना गा.पा. ५
 बझागं

यतै रमाउँला

मौका मिलाई कहिले बानपाखा जाउला
को हो को हो कोईली भाका रमेर सुनौंला
चिरबिर चिरबिर गर्ने चरा हेरौला
काफल टिपी खाउला यतै रमाउला ।
फुर फुर गर्दै पतझरमै हराउला
हास्दै खेल्दै चरा चुरूङगी दंग पारौला
सानो झुपडी हाम्रो खुबै सजाउला
चुथ्रो टिपी खाला यतै रमाउला ।
पाखा पखेराहरू खनिखोर्सी गरौंला
माना पाथी दुबै आफ्नै भरौला
सपना हैन विपना कै खेती गरौंला
ऐसेलु टिपी खाउला यतै रमाउला ।
लोक्तो अल्लो, भाङग्राको बस्त्र बनाउला
चिटिक्कै परी यसैमा हामी सधै सजिउला
गर गहना पनि जोहो यतै गरांैला
गुराँस टिपी शिरमा लाउला यतै रमाउला ।
छिट्को फरिया खदर चोली लगाउला
प्याउली टिपी चिटिक्क शिरको टोपी बनाउला
पटुकी बनाई नागबेली खेलाउला
सुनखरि चाप लाउला यतै रमाउला ।
पतझर सिमसार लेकैमा डुलौंला
चारैदिशा हासी खेली यतै घुमौंला
गिठा भ्याकुर, जमानेमान्द्रो खाउला
मूलको पानी पिउला भो यतै रमाउला ।
घनाघोर जंगल,भेटिन्छ सबथोक खोजांैला
उकालीमा नटुट्ने गरी हात समाउला
भिरकै आडमा फलेनी जुरेकाफल खाउला
कन्थमुलले पेट भरौला भो यतै रमाउला ।
हरेक बोटमा अनेक फुल्छन झुल्छन
नदेखेरै यता उता भौतारिदै डुल्छन
बनपाखामै सुखसयलमा हराउला
आङ ढाक्ने भोक  मेट्ने हो भो यतै रमौंला ।
मन खालेर बात आफ्नै ठाउमा गरौंला ।।
तारा सुनुवार

Tuesday, June 6, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ जेठ २३ गते मंगलबार

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बत्तीस बर्षपछि पनि पुरानै माग

चुनावका बेला मात्रै चर्चामा पाउने सडक


टेकेन्द्र देउवा/डोटी
२२ जेठ
प्रजातन्त्रपछिको पहिलो निर्वाचनमा भोट माग्न गाउँ पसेका नेताहरुसंग सहजपुर–बोगटान–दिपायल सडक निर्माणको माग  राखेका डोटी बोगटानबासी अहिले ३२ बर्षपछि स्थानीय निर्वाचनका लागि भोट माग्ने नेताहरुसंग पनि पुरानै माग तेस्र्याईरहेका छन् ।
बुवा देखि छोराको पुस्तासम्म आईपुग्दा न यस क्षेत्रका बासिन्दाको माग पुरा भएको छ न यहाँ चुनाव लड्ने नेताहरुको चुनावी नारा नै फेरिएको छ । पञ्चायत कालमा सुरु भएको सडकले गणतन्त्र आउँदासम्म पूर्णता पाएको छैन ।
२०४८ सालमा संसदीय चुनाव लड्दा तत्कालीन नेपाली कांग्रेसका सांसद सिद्धराज ओझाले सहजपुर–बोगटान–दिपायल सडक निर्माणलाई नै मुख्य नारा बनाएका थिए । सांसद ओझाले यही सडकको नाराले देशमै सबै भन्दा बढी मतान्तरले चुनाव जितेका पनि थिए । बोगटानीलाई दिएको आश्वासन प्राथमिकतामा नपरेको भन्दै २०४९ सालमा ओझाले सांसद पदबाट राजीनामा नै लेख्नु परेको थियो । यो सडक प्राथमिकतामा पारेपछि उनको    राजीनामा फिर्ता भयो र निर्माणको काम अगाडी बढ्यो । त्यसपछि २०५१ सालमा पनि सहजपुर–बोगटान–दिपायल सडक निर्माण कार्य थालेको भन्दै सिद्धराज ओझाले भोट मागे र निर्वाचन जिते पनि । २०५६ सालको संसदिय निर्वाचानसम्म यो सडकको १८ किलोमिटर ट्रयाक खुलिसकेको थियो । छुट्टै परियोजना कार्यालय डोटीको बिपीनगरमा खोलेर काम थालेको जस लिदै पुनः ओझाले यसै ठाउँबाट तेश्रो पटक पनि निर्वाचन जिते । यसै सडकको आशामा जनताले जिताएका ओझा ३ पटक मन्त्री पनि भए । ओझाको जीवन कालमा १८ किलोमिटर सडक मात्रै बन्यो । अहिले नेता ओझाको निधन भैसकेको छ ।
२०४२ सालमा नै यो सडकको निर्माण कार्य सुरु भैसकेको थियो । ‘सहजपुर–बोगटान–दिपायल सडकले सधै चुनावको समयमा मात्रै चर्चा पाउने गर्दछ’ बोगटान गाउँपालीका–१ का केशव जोशीले भने ‘यस क्षेत्रमा सडक बाटो नबन्दा स्थानीयले दुःख पाएका छन, बाटो बनाउने आश्वासन जस्ले दियो उसैलाई भोट हाल्दछन् ।’
संविधानसभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालीन माओवादीका सभाषद खेम बमले अवरुद्ध सहजपुर–बोगटान–दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेको बडीकेदार गाउँपालीका–१ का दिर्घ बमले बताए । उनले भने ‘माओवादी द्वन्दको बेला देखि निर्माणको कार्य अबरुद्ध भएको थियो, माओवादीकै उम्मेद्बारलाई स्थानीयले आशा गरि भोट हाले तर उपलब्धी  भएन ।’
त्यसपछि सहजपुर–बोगटान–दिपायल सडक निर्माण आफुले बनाउने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेद्बार प्रेम बहादुर आलेमगरलाई बोगटानीले भोट हालेर जिताएको पनि बमले बताए । उनले भने ‘संसद आलेबाट पनि गफ बढी उपलब्धी कम भयो ।’ पछिल्लो पटक भौतिक योजना तथा यातायात मन्त्री भएका रमेश लेखकको पालामा बहुबर्षीय योजना सहित परियोजना कार्यालय नै खोलेर काम थालेपछि अहिले नेपाली कांग्रेसका लागि डोटीको बोगटान क्षेत्रमा भोट माग्न सजिलो भएको बिपिनगरका प्रेम देउवाले बताउँछन । 
सहजपुर–बोगटान–दिपायल सडक क्षेत्रमा मात्रै ४० हजारको हाराहारीमा मतदाता रहेका छन् । यो सडक कैलालीको सहजपुर हुदै डोटीको बिपीनगर– बोगटान–दिपायलसम्म जोड्ने योजना छ । सडकको लम्बाई एक सय पाँच किलो मिटर रहेको छ । निर्माण कार्य थालेको ३२ बर्ष पुग्दा समेत ३२ किलोमिटर निर्माण पुरा भएको छैन । बाँकी सडक कहिले निर्माण हुने हो भन्न सक्ने अवस्था छैन ।

सम्पादकीय 

आसंका हटाऊ सरकार

बैशाख ३१ गते हुने पर्ने थियो, सोही दिन भएको भए अहिलेसम्म निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालिसक्थ्ये । जनताले आफ्ना जनप्रतिनिधिमार्फत सेवा लिईरहेका हुने थिए । त्यो सरेर जेठ ३१ गते भयो । जेठ ३१ मा हुने भएको भए अहिलेसम्म उम्मेद्वारी मनोमयन भएर उम्मेद्वारहरुको अन्तिम नामावली पनि प्रकासन भईक्थ्यो । चुनावको चटारो हुन्थ्यो, राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्नका लागि लागिप–रेका हुन्थ्ये । त्यो पनि सरेर असार ९ गते भयो । असार ९ गते भएको भएपनि सायद आजभोलीको दिन उम्मेद्वारी मनोनयनका लागि तयारीमा जटेका हुन्थे दलहरु, त्यो पनि सरेर अव असार १४ मा हुने भयो । यो पनि उधारो जस्तै छ । 
बैशाख ३१ गतेनै चुनाव हुने भनेर तयारीमा लागेका उम्मेद्वा–रहरु टाँट पल्टिने बेला भईसक्यो, लामो समयसम्म चुनाव प्रसार– प्रसारमा लाग्दा उनीहरुलाई पनि पट्यार लागिसक्यो । जुत्ता फाटिसके, खुट्टा थाकिसके । तर यो चुनाव भन्ने चिज त सरेको सरेई भएको   छ । आज होला, भोली होला भन्दाभन्दै हैरान छ । 
अव असार १४ गते हुनेमा पनि न त उम्मेद्वारहरु ढुक्क छन न मतदाताहरु न ही चुनाव गराउने जिम्मेवारी पाएकाहरु । सिंहदरवार आफै पनि ढुलमुलको अवस्थामा रहेको छ । पहिलो चरणमै शान्तिपूर्ण रुपमा निर्वाचन हुन सक्ने सम्भावना हुँदाहुँदै पनि सिंहदरवार, पेरिशडाँडा, धुम्वराही, सानेपा सवैलाई चुनाव सार्ने रहर लाग्यो । त्यसपछि यो सर्ने काम रोक्न निकै गा¥हो भयो । दोश्रो चरणको चुनाव गराउनमा देखिएका समस्याहरुकै कारण छँदाखाँदाको जागिरबाट बिदा लिनु पर्ने अवस्था आयो कसैलाई । आज फेरी सिंहदरवारको कुर्चीको अनुहार फेरिने दिन हो । नयाँ अनुहारले साँझसम्म चुनावको बिषयमा पनि केही न केही त बोल्नै पर्ने अवस्था छ । 
एकातिर असारको महिना, बर्षायाम सुरु भईसकेको छ । खोलानाला छन, मतदाताहरु दुर दराजमा बस्छन । हाम्रा शासकहरुको जस्तो शौच गर्न जानका लागि पनि गाडी प्रयोग गर्न सक्ने अवस्थामा छैनन् मतदाताहरु । उनीहरुले तीन÷चार घण्टा पैदल हिड्नु पर्नेछ, अनि लाईनमा लाग्नु पर्नेछ, मतदान गर्नु पर्नेछ र फर्केर घर पनि पुग्नु पर्नेछ । बाटोमा कति खोला तर्नु पर्नेछ भन्ने कुरा शासकहरुलाई थाह नभएको त पक्कै होईन तर बिर्सेका छन । 
फेरी चुनाव गराउन खटिएकाहरुको अवस्था पनि उस्तै हुनेछ । मतपत्रको सुरक्षा गर्नु छ, निर्वाचन सामग्रीको सुरक्षा गर्नु पर्नेछ, मतपेटिकाको सुरक्षा गर्नु पर्नेछ । यस्तो अवस्थामा कसरी असारमा चुनाव हुन सक्छ भन्ने आसंका गर्नु अस्वभाबिक होईन । 
असारमा खेत रोपेर मात्रै कार्तिकमा भात खान पाईन्छ भन्ने कुरा बुझ्नु पर्ने हो शासकहरुले । एकातिर कृषि प्रधान देश भन्ने अर्कोतिर कृषकहरुलाई “रोपाई छोडेर भोट हाल्न आउ” भन्ने पाराले कसरी सम्वभ हुन्छ । यो एक प्रकारको नाटक मात्रै भएन र ? जेठ ३१ सम्म जसो तसो जनताले स्वीकार गरेका थिए त्यो भएन, ल असार ९ गते रे । त्यो पनि ल ठिकैछ भन्ने हुन्थ्यो अव फेरी असार १४ गते । असार १५ गते सरकारले धान दिवस मनाउँछ । तामझाम निकै हुन्छ त्यो दिन पनि । त्यसका लागि दुई÷तीन दिन अगाडीबाटै जुट्नु पर्ने, भोज भतेर गर्नु पर्ने, कहिल्लै हिलो नदेखेकाहरुले पनि रमाईलो गर्नकै लागि हिलोमा लडिबुडी हुनु पर्ने दिन हो त्यो । असार १४ मा चुनाव भयो भने अव के हुन्छ त ? कसरी धान दिवसको तयारी गर्न पाईन्छ ? 
यि र यस्ता थुप्रै बिषयहरु छन, जसले गर्दा अहिले पनि असार १४ मो चुनावप्रति मतदाताहरु, उम्मेद्वारहरु, दलहरु र सम्वन्धित पक्षहरु सवै शसंकित छन । यस बिषयलाई चिर्नका लागि तत्काल केही गर्नु प¥यो सरकार । चुनावका बिषयमा देखिएका आसंकाहरु तत्काल मेटाउनु प¥यो ।   

थप समाचार 

‘बरु मलाई मार, मेरो श्रीमान्लाई नकुट’ भनेकी थिईन लालीले


रामहरी ओझा÷डोटी
२२ जेठ
‘आण्टी–आण्टी भन्दै ढोका ढक्ढकायो, मैले को हो भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल भन्यो, उहाँ सुतेकै हुनुहुन्थ्यो मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार÷पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे ।’ 
गएको बुधबार मध्येराती आफ्नो घरमा भएको घटना सम्झँदै डोटी दिपायल सिलगढी–८ लडागडाकी लाली आउजी भन्छिन् ‘अव मेरो श्रीमान्लाई मा¥यो यिनीहरुले भन्ने लागेको थियो धन्न बच्नु भयो ।’ लाली भन्छिन् ‘उहाँ (श्रीमान् लालबहादुर) दिपायल जानु भएको थियो, राती ढिलो गरि आउनु भयो, मैले खाना बनाएर सासु र छोराछोरीहरुलाई खुवाए । अनि उहाँ आउनु भयो हामीले संगै खाना खायौं, करीव १२ वजेतिर हामी सुत्यौं ।’ करीव दुई बजेतिर उक्त घटना भएको उनी बताउँछिन । 
‘श्रीमान्लाई नकुट्नु भन्दा मलाई पनि हातपात गरे, मेरो बुढी सासुलाई पनि लछारपछार गरे’ लाली भन्छिन् ‘हाम्रौ घरभित्रबाट नाम्लो लिएर श्रीमान्का हातखुट्टा बाँधेर लगे ।’ आफुले फल्याकमा राखेको मोबाईल समेत उनीहरुले लगेको लाली  बताउँछिन । ‘रोएँ, कराएँ, अनुरोध गरेँ, बरु मलाई मारिदिनु मेरो श्रीमान्लाई केही नगर्नु भने तर पनि मानेनन्’ लाली भन्छिन् ‘म गाडीको अगाडी गएर बाटो छेक्न लाग्दा गाडी चालकले झण्डै च्याप्ला जसो गरि लग्यो ।’  
बुधबार मध्यराती भारतीय प्रहरी टोलीले लालबहादुर आउजीकोको घरभित्र पसी उनलाई कुटपिट गर्दै नाम्लोले बाँधेर लगे । घटनाबारे स्थानीयले जानकारी पाएपछि तत्काल प्रहरीलाई खवर भयो । नजिकै रहेको ईलाका प्रहरी कार्यालयले समेत अपहरणकारी भारतीय प्रहरी चढेको गाडी नियन्त्रणमा लिन सकेन, जिल्ला प्रहरी कार्यालयमा खबर गरियो । जिल्ला प्रहरी कार्यालयले गाडी र अपह–रणकारीहरुलाई नियन्त्रणमा   लियो । 
लामो समयसम्म दक्षिण भारत कर्नाटक राज्यको मेङ्गलौरमा वजारको चौकीदारी गर्ने लालबहादुर २०७३ साल असार १ गते घर पुगेको बताउँछन । त्यसपछि उनी गाउँमा मजदुरी गर्न लागे । एक बर्ष अघि भारत छोडेका उनलाई चार महिनाअघि भारतमा चोरी गरेर आएको भन्दै कर्नाटक प्रहरीको टोलीले उपद्रो मच्चायो । ‘मेरो आठ बर्षको छोरा देवलाई समेत कुटपिट गरे’ लालबहादुर भन्छन् ‘घरदेखि गाडीसम्म मलाई भुईमा घिसारेरै लगे ।’ भुईमा घिसार्दै गर्दा आफ्नो पाईन्ट समेत च्यातिएको र चोट लागेको लालबहादुर बताउँछन । 
‘न मैले चोरी गरेको छु, न मलाई चोरी भएको थाह छ’ उनले भने ‘म एक बर्ष पहिले घर आएँ, चोरी भएको जम्मा चार महिना मात्रै भयो भन्ने सुनिन्छ, अनि म कसरी चोर भएँ ।’ हातखुट्टा बाँधेर गाडीमा राख्दै गर्दा श्रीमतीले प्रतिकार गरेपछि उनलाई पनि मारिदिनु भनेको सुन्दा आफु निकै डराएको लालबहादुर बताउँछन । त्यो घटना सम्झदा आङ सिरिङ्ग गर्दै उनी भन्छन् ‘मलाई त मार्छन नै मेरो श्रीमतीलाई पनि मा¥यो भने मेरा छोराछोरीको के हाल होला भन्ने सम्झेँ !’ 
चालकप्रति निकै आक्रोसित देखिन्छन लालबहादुर । कैलालीको धनगढीबाट आएका चालक राजेश बागचनलाई नेपाल प्रहरीले गाडी रोक्न आग्रह गर्दा समेत नमानेकोप्रति आक्रोस पोख्दै लालबहादुर भन्छन् ‘यस्तालाई कारवाही हुनु पर्ने हो ।’ नेपाल प्रहरीलाई समेत घुस दिन खोजेको तर प्रहरीले हतियार देखाएपछि मात्रै गाडी राकेको लालबहादुर बताउँछन । ‘मलाई प्रहरीले बचायो’ उनी भन्छन् ‘नेपालको प्रहरीले मसंग राम्रो व्यवहार   ग¥यो । 
लालबहादुरलाई त्यतिबेलासम्म पनि जानकारी थिएन उनको कसुर के हो भन्ने बिषयमा । न त भारतीय      प्रहरीको सुराकी बनेर आएका उनकै भतिजा नाता पर्नेले बताउन भ्याएको थिए उनलाई । ‘एकोहोरो कुटपिट भयो, हातखुट्टा बाँधे’ उनले भने ‘गाडी राख्नुभन्दा पहिले मुखमा टेप लगाईदिने, अनि मैले न बोल्न पाएँ न चिच्याउन ।’ जब जिल्ला प्रहरी कार्यालयमा पुगे तवमात्र उनले थाह पाए उनका अपहरणकारीहरु भारतीय प्रहरी हुन भन्ने कुरा । आफुले गर्दै   नगरेको गल्तीको पनि सजाय भोग्नु परेकोमा उनलाई आक्रोस छ । 
उनले अपहरणकारीहरुलाई कारवाही हुने आश लगाएका थिए तर उनी जिल्ला प्रहरी कार्यालयबाट बाहिर निस्कनु भन्दा पहिलेनै भारतीय प्रहरी भारत पुगिसकेका थिए । लालबहादुरको श्रीमतिलाई किच्ला गरि गाडी हुईक्याउने चालक राजेश बागचनलाई पनि कुनै कारबाही नभएकोमा उनी झन खिन्न छन । तर, सुराकी भएर आफ्नो घर देखाउन आएका स्थानीय प्रसाद पार्कीसंग भने उनको कुनै गुनासो छैन । उनी भन्छन् ‘उसलाई धम्काएर ल्याएका रहेछन, यदि उसको घरमा पु¥याईनस् भने तलाई मारिदिन्छु भनेका रहेछन, अनि उसले त आउनै पर्ने भयो ।’ उनी थप्छन ‘उससंग मेरो कुनै गुनासो छैन ।’

सेलायो डोटीमा दोश्रो पटकको ‘हाट बजार’

भूमिराज जोशी÷डोटी
२२ जेठ
पौष महिनाको अन्तिम तिर जिल्ला सदरमुकाम सिलगढीको स्थानीय टुँडीखेलमा र क्षेत्रीय सदरमुकाम राजपुरको खेल मैदानमा नियमित हाटबजार सञ्चालन हुनेगरी बृहत हाटबजार प्रदर्शन कार्यक्रम गरियो । 
जिल्ला स्थित सरकारी, गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि तथा नेता गणहरुले पनि अबदेखि निरन्तर हाटबजार गर्ने भन्दै भाषणमा प्रतिबद्धता जनाए । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहल र जिल्ला कृषि बिकास कार्यालय डोटीको अगुवाई र बिभिन्न सरकारी, गैर सरकारी र नीजि क्षेत्रको समेत सक्रिय सहभागितामा हाट बजारको सुरुवात गरियो । स्थानीयहरु पनि खुसीले हर्सित भए । तर त्यो खुसी  हप्ता दिन पनि चलेन । 
हप्ताको शनिबार सिलगढीको टँुडिखेलमा र बुधबार दिपायलको राजपुरमा हाटबजार लाग्ने भनेको थियो । सिलगढीमा शनिबार बृहत कार्यक्रम आयोजना गरेको दिन पनि खासै कृषकहरु त थिएन । दोश्रो हप्ता भने, हाटबजारमा २÷३ जना मात्र आए तरकारी बेच्न (स्थानीय टुँडिखेलमा)  तर दुइ/तीन जनाले ल्याएको तरकारी किन्ने पनि ग्राहक आएनन् त्यसपछि डोको बोकेर फेरी बजारमा गइ बेच्नु प¥यो सामानहरु । त्यो पनि धेरै  सस्तोमा । तेश्रो हप्तादेखि बन्द नै भयो हाटबजार । त्यसपछि त्यो बिषयमा कसैले पनि आजाव निकाल्नै छोडे ।
जिल्लामा उत्पादित कृषि सामाग्रीहरु कृषकका लागि बेचबिखन गर्न टेवा पु¥याउने उद्देश्यले जिल्ला कृषि हाटबजार सुरु गरिएको थियो । कुनै कुनै ठाउँमा कृषि उत्पादन बढी भएर सडेको छ, त कहीँ उत्पादन नै छैन । सरोकारवालाहरु भने मौन छन । त्यो बिषयमा कुनै आवाज नै उठाउँदैनन् । नजिकै स्थानीय निकायको निर्वाचन आउदै छ । बढी जस्तो पार्टीका घोषणा पत्रमा भने तरकारी संकलन केन्द्र तथा हाटबजारलाई बढी प्राथमिकता दिएका  छन । निर्वाचन पछि पनि पुरानै स्थिति देखिने निश्चित भएको स्थानीयहरु बताउँछन ।
जिल्ला सदरमुकाम सिलगढीमा सुरु गरिएको हाटबजार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले भनेका थिए हाटबजार सुरु गर्दा कृषकहरुले आफ्ना उत्पादन गरेका बस्तुहरु सहजै बिक्री गर्न पाउँने छन । ‘अब कृषकहरुले टोलटोलमा गएर आफ्ना उत्पादन बस्तु बेच्नु पर्दैन ।’ ‘निश्चित ठाउँमा उत्पादन बस्तु राखेर बेचबिखन गर्न पाउनु कृषि पेशा र कृषकहरुको मनोभावमा थप टेवा पुग्छ ।’ तर त्यो भाषण गरेको एक हप्ता मै हाटबजार कता हो भन्ने पत्तै लागेन ।
सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका उप–क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले भनेका थिए, ‘हाम्रो चाँसो र सबै सरोकारवाला निकायको सहयोगले हाटबजार सञ्चालन गरेका छौं ।’ उनले मन्तब्य राख्दै भने, ‘यो त एउटा सुरुवाती मात्र हो । यसलाई हामी सबै निरन्तरता दिन्छौं । कृषकहरुलाई चाहे जस्तै सुबिधा मिलाउने छौं । कृषक दाजुभाइहरुले ढुक्कले उत्पादन गरेको सामान हाटबजारमा ल्याए हुन्छ ।’ आजसम्म पनि कता हरायो तपाँईको हाटबजार ? आम समुदायले पश्न गर्दै आएका छन । क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा सञ्चालन हुने भनिएको डोटी हाटबजारको पहिलो दिन प्रचारप्रसार गर्दा कृषकहरु हाटबजार भन्दै आकर्षित भएक थिए । कृषकका ग्राहकहरु पनि कार्यक्रममा सहभागि भएकाले त्यो दिन ल्याएको सबै सामानहरु बिक्री भयो । कृषकहरु आफूले उत्पादन गरेको कृषि बस्तु दोश्रोपटक पनि बिहानै तोकिएको ठाउँ हाटबजारमा जाँदा दिनभर कोइ आएनन्, कृषकहरुले फर्केर जानु प¥यो ।
त्यस्तै हाटबजारलाई निरन्तर दिनु हामी सबैको दायित्व हो । बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले भने, ‘सिलगढीमा हाटबजार सञ्चालन भएको थियो, खै कसरी बन्द भयो ? भन्ने हुने  छैन ।’ यसलाई निरन्तरता दिनका लागि ‘कृषक, आम उपभोक्ता र   सरोकारहरुले चाँसो दिनेछौं ।’ सबैले प्रतिबद्धता जनाएको छैटौं महिना सुरु हुँदा पनि हाटबजार  बारे कसैले पनि चाँसो देखाएका छैनन ।

चुनावमा ठूला दलबाटै किनारा लगाईएको समुदाय

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गर्दा दुई ठुला दलहरुले दलितलाई उम्मेद्वार बनाएका छैनन् । जिल्लामा देशकै ठुलो दल नेपाली कांग्रेस र दोश्रो ठुलो दल नेकपा एमालेले उम्म्दवार चयन गर्दा एक जना पनि दलितको नाम समाबेश गरेका छैनन् । 
दुई नगरपालिका र सात गाउँपालिका गरि डोटीका नौ स्थानीय तहका प्रमुखमा कांग्रेस–एमालेबाट एक जना पनि दलित उम्मेद्वार छैनन् । प्रमुखमा मात्रै होईन उपप्रमुखमा समेत यि दलहरुले दलितको नाम समावेश गरेका छैनन् । दलितहरुको उत्थान र बिकासका लागि दलभित्र दलितहरुको छुट्टै संगठन निर्माण गरेको लामो समय बितिसक्दा पनि ति दलहरुले दलितलाई उम्मेद्वार बनाउन सकेनन् । 
किन यस्तो भयो त ? नेपाली कांग्रेस निकट नेपाल दलित संघका डोटी जिल्ला अध्यक्ष कुमार सिंह टेलर भन्छन् ‘नेताहरुको दलित समुदायप्रतिको दृष्टिकोण बदलिएको छैन ।’ दलित समुदायका व्यक्तिहरु चुनाव जित्न सक्दैन उनीहरुसंग चुनाव लड्नका लागि पैसा हुँदैन भन्ने सोच रहेका कारण यस्तो भएको टेलरको भनाई छ । ‘हामीसंग जनमत छ कि छैन, हामी सक्षम छौं कि छैनौं भन्ने कुरा त टिकट दिएपछि पो थाह हुन्छ’ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका टेलर भन्छन् ‘नेताहरुको मन लाग्यो भने औंठाछाप पनि सांसद बन्न सक्ने तर दलित समुदाय वडाध्यक्ष बन्न पनि सक्षम नहुने भन्ने हुन्छ र ?’ आफुहरुले पनि लामो सयमदेखि राजनीतिमा त्याग गरेको बताउँदै टेलरले भने ‘दलहरुले अहिले पनि दलित समुदायलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गरेका छन ।’ 
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य गोरखबहादुर सार्की भन्छन् ‘डोटीमा रहेको ५४ हजार दलितको जनसंख्यालाई दलहरुले अन्याय गरेका छन ।’ देशका दुई ठुला दलहरुले नौ स्थानीय तहमा एक उप्रमुखसम्म पनि दलित समुदायबाट ल्याउन नसक्नु दुर्भाग्य भएको उनी बताउँछन । ‘दलितहरु आर्थिक रुपमा कमजोर हुन्छन, यिनीहरुसंग जनमत हुँदैन भन्ने संकुचित मानसिकताबाट ग्रसित छन दलहरु’ नेकपा एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका सार्कीले अनलाईन खवरसंग कुरा गर्दै भने ‘अहिलेको अवस्थामा जनताका बिचमा दलित समुदायको परीक्षण पनि हुन्थ्यो ।’ 
‘छरिएको बसोबास भएका कारण दलहरुले दलित समुदायलाई सहजै हेप्न सकेका हुन’ सार्की भन्छन् ‘पार्टी नेतृत्वमा सामन्ती सोँच भएकाहरुको बोलबाला रहुन्जेलसम्म यस्तै अवस्था हुन्छ ।’ 
जिल्लामा हालसम्म उम्मेद्वारी तय गरिसकेका अन्य दुई दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने दलित समुदायलाई प्रमुख पदमा समेत उम्मेद्वार बनाएका छन । माओवादी केन्द्रले एक नगरपालिकाको प्रमुखमा, एक गाउँपालिकाको प्रमुखमा र दुई गाउँपालिकाको उपप्रमुखमा दलित समुदायबाट उम्मेद्वार बनाएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले आदर्श गाउँपालिकाको प्रमुखमा दलित समुदायबाट उम्मेद्वार उठाएको छ । अन्य दलहरुले उम्मेद्वारी तय गर्न बाँकी छ । 

छोटकरी समाचार 

राजमोद्वारा बिरोध

भारतीय प्रहरी बिना अनुमति डोटीको लडागडा पुगेको घटनाको राष्ट्रिय जनमोर्चा डोटीले बिरोध गरेको छ । 
गएको बुधबार मध्येराती लडागडाका लाबहादुर आउजीलाई अपहरण गरेको समाचार बाहिर आएपछि राजमोले उक्त घटनाले   राष्ट्रियतामाथी धावा बोलेको भन्दै बिरोध गरेको हो । शनिवार डोटीको पिपल्लामा आयोजना   गरेको पत्रकार सम्मेलनमा राजमोले बर्षेनी यस्ता घटना भईरहँदा समेत सरकार मौन रहेकोप्रति आक्रोस व्यक्त गरेको छ । घटनाको छानबिन हुनु पर्ने राजमोको माग छ । 
यस्तै उक्त घटनाको बिरुद्धमा सो पार्टीले जिल्लाका बिभिन्न स्थानहरुमा बिरोधसभाहरु समेत सम्पन्न गरेको पार्टीका जिल्ला सचिव केशवनाथ योगीले जानकारी दिएका छन ।

स्वयंसेबकलाई तालिम

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले गत मंगलबारदेखि शुक्रबारसम्म २४ जना स्वयं सेबकलाई तालिम दिएको छ । 
अमेरिकन रेडक्रस एबं युएसएडको आर्थिक सहयोगमा सञ्चालित बिपद प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम अन्र्तगत संकटासन्न समुदायका स्वयंसेबकलाई तालिम दिइएको जिल्ला रेडक्रस सोसाइटीका सभापति लक्षीराम कुँवरले जानकारी दिए ।
शिखर नगरपालिका ४ र ३ का १२ जना र आदर्श गाउँपालिका ३ का १२ जना गरी २४ जनालाई  १ जना कोर्ष संयोजक र ५ जना प्रशिक्षकले प्रशिक्षण गरेको उनले बताए ।

खेल समाचार 

नेपाल पुलिस क्लव फाईनलमा


नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको एपिएफलाई हराउँदै फाइनलमा प्रबेश गरेको छ ।
कीर्तिपुर मैदानमा सञ्चालित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लवले एपिएफलाई हराएको हो । वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा खेलाईएको खेलमा क्लवले निर्धाति ओभरमा ९ विकेट गुमाएर २५२ रन जोडेको थियो । 
सुनिल धमला र अमित श्रेष्ठको ओपनिङ्ग जोडीले ६७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिएका थिए । ९७ रन बनाउँदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रन बनाएको थिए । यस्तै दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । पुलिसले २२ अतिरीक्त रन पाएको थियो ।
जवाफमा एपिएफले २८.३ ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
३४ रन हुँदा पहिलो विकेट गुमाएको एपिएफले ६४ रन हुँदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन जोड्दा उसले अर्को विकेट गुमायो ।
एपिएफका लागि सन्दीप सुनारले ३६ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे ।
बर्षा नरोकिने देखिएपछि अम्पायरले डकवर्थ लेविस नियमका आधारमा खेल २८ ओभरमा झारे र एपिएफलाई १७३ रनको नयाँ लक्ष्य दिए ।
तर एपिएफले त्यति ओभरमा एक सय ३८ रनमात्र बनाएकाले पुलिस ३४ रनले विजयी भयो । पानीले एपिएफलाई ठूलो घाटा बनायो । उपाधिका लागि पुलिसले आर्मी र पश्चिमाञ्चलबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज मंगलबार हुनेछ ।

आज नेपाल–भारत मैत्रीपूर्ण खेल

एजेन्सी
आज मंगलबार भारतको मुम्बईमा नेपाल–भारत मैत्रीपूर्ण खेल हुँदैछ । 
नेपालको राष्ट्रिय फुटबल टोलीले अँधेरी स्पोटर्स कम्प्लेक्समा भारतीय टोलीसंग मैत्रीपूर्ण खेल हुनेछ ।
एसिया कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा जेठ ३० गते खेल्दै छ । भारतले पनि सोही दिन घरेलु मैदानमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ । तर भारतले पहिलो खेलमा जित हासिल गरेको छ ।
१२ औं दक्षिण एसियाली खेलकुद बंगबन्धु गोल्ड कप, एएफसी सोलिडारिटी कप उपाधि जित्नु नेपाली फुटबलको पछिल्ला सफलता हुन् । तर पछिल्लो तीन वर्षदेखि फुटबलको घरेलु लिग हुन सकेको छैन। फुटबल व्यवस्थापनले निश्चित लयमा काम गर्न नसकिरहेको बेला नेपाल सुखद नतिजा निकाल्ने लक्ष्यसहित भारत गएको हो । बन्द प्रशिक्षणमा बोलाइएका चार दर्जन खेलाडीबाट प्रशिक्षक ग्याटुको कोजीले राष्ट्रिय टोली छनोट गरेका हुन् । 
पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीमा सुधार आएकाले जित हासिल गर्ने प्रशिक्षक कोजीले बताए । पछिल्लो समय रक्षक रोहित चन्द थपिएकाले टोली थप बलियो भएको कोजीले बताए ।
राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले पनि भारतसँग खेलबाट थुप्रै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने बताए ।   ‘राम्रो खेलको प्रतीक्षामा छौं’ केजीले भने ।

चलचित्र/मनोरञ्जन 

परदेशीपछि गुमनाम प्रशान्त

भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण भएको ‘ईण्डियन आइडल २००७’ को विजेता प्रशान्त तामाङ अहिले गुमनाम भएका छन । 
ईन्डियन आईडल भएपनि प्रशान्तलाई नेपालले मात्र होइन विश्वले चिन्यो । भारतको दार्जीलिङमा जन्मेका प्रशान्त ’ईण्डियन आइडल’ को विजेता बन्नुभन्दा अगाडि देखिनै भारतीय प्रहरीका जवान थिए । तर, कलकत्ता पुलिसले तामाङ ‘इन्डियन आइडल’ भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै वर्ष २०७१ मा उनलाई बर्खास्त ग¥यो । त्यसपछि उनले गायनलाई नै प्राथमिकता दिँदै आइरहेका छन् । गायनसँगै अभिनयमा पनि आफ्नो अब्लल अभिनय प्रस्तुत गरेका प्रशान्तलाई अन्तिम पटक फिल्म ’परदेशी’ मा देखिएको थियो तर यसपछि उनले कुनै पनि नेपाली फिल्म साइन गरेका छैनन् ।

पाँच अर्बमा नमुना नेपाल


अनलाईन खवरबाट
३ वटा नमूना बस्ती निर्माण गरि–सकेको ‘धुर्मुस–सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ ।
आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पाँच अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।
हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे । उनले भने ‘हामीलाई जग्गा उपलब्ध भएकै दिन हामी शिलान्यास   गर्नेछौ ।
शिलान्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ ।’ ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।
उनले सरकारको साथको अपेक्षा गर्दै भने ‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’
सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे । उनले भने ‘हरेक नेपालीले दुई सयका दरले सहयोग गर्नु भयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले दुई हजारका दरले सहयोग गर्नुभयो भने पनि आठ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’
‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिने उनको भनाई थियो । साथमा, उनले नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने सुनाए ।
‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै     हुनेछ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन् ‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’ उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त  गरेकी थिइन् ।

लेख 
भारतीय प्रहरीको तमासा ः सरकारी पक्षको लाचारीपन  


भारतको पञ्जावमा हत्या गरिएका एक चिकित्सकका अपराधी खोज्दै आएको पञ्जाब प्रहरीको एक टोली गत बर्ष बैशाख १२ गते डोटी र अछामको सिमाक्षेत्र चौखुट्टेमा समातियो । हात हतियार सहितको उक्त टोली भारतीय नं. प्लेटको गाडीमा आाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले समात्यो । पश्चिमी नाका गयाचौकी भएर सादा पोसाकमा नेपाल पसेका पाँच जना भारतीय प्रहरीलाई अपराधीको व्यवहार होईन सम्मानका साथ राखियो । भारतीय प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रवेश गरि पक्राउ परेको भारतीय प्रहरी टोलीलाई डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले स्कटिङ्ग गरेर सिमा कटाए । 
एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान भेटिएको थियो रे उनीहरुसंग त्यतिबेला । भारत तथा अन्य कुनै पनि देशका सुरक्षाकर्मीहरुले हतियारसहित नेपाल आउजाउ गर्न नपाउने कानुनी व्यवस्था रहेको भएपनि नेपाल प्रहरी र नेपाली सेनाका चेकपोष्टहरु हुँदै करीव तीन सय किलोमिटरसम्म उनीहरुले निर्वाध रुपमा यात्रा गरेका थिए । त्यतिबेला सञ्चारकर्मीहरुलाई कुनै आधिकारिक जानकारी दिईएन । प्रहरी उपरीक्षक देखि तत्कालीन प्रहरी नायव महानिरीक्षकसम्म कसैले पनि मुख खोलेनन् घटनाको बारेमा ।  
हात हतियार तथा खरखजाना ऐन, २०१९ अनुसार कुनै पनि नागरिकले अबैध हातहतियार बोकेर हिड्न पाउँदैन । त्यसरी हात हतियार लिएर हिडेको पाईएमा कम्तीमा सहायक प्रहरी निरीक्षक नेतृत्वको टोलीले गिरफ्तार गरि मुद्धा चलाउने व्यवस्था छ । ऐन अनुसार निज व्यक्तिबाट फेला परेको हतियार नियन्त्रणमा लिनु पर्छ । यसरी हातहतियार सहित हिडिरहेका बेला पक्राउ परेका व्यक्तिलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र मुद्धा हुर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था छ । यो ऐनले मुद्धा हेर्न अधिकारी प्रमुख जिल्ला अधिकारीलाई मान्दछ । 
तर दुर्भाग्य, डोटीका तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले उक्त घटनाको बारेमा जानकारीनै पाएनन् । घटनाको बिषयमा कुरा गर्दा उनले भनेका थिए ‘खै मलाई त यसबारेमा केही जानकारी भएन, जानकारी गराउनु पर्ने त हो तर तपाईले फोन गरेपछि मात्रै थाह भयो, के रहेछ म बुझ्छु ।’ उनले यो कुरा भन्दासम्म अभियुक्तहरुलाई उनकै मातहतको हाकिमले सिमा कटाईसकेको थियो । एकातिर सम्वन्धित मुद्धामा मुद्धा हेर्ने अधिकारी अर्कोतिर जिल्ला सुरक्षा समितिको संयोजक पनि, उनको त्यो निरीहपना साँच्चै टिठलाग्दो थियो । उनको भनाईमा बनावटी कुरा थिएन, ग्लानी थियो । हो पनि, जिल्लाको समग्र सुरक्षा व्यवस्था मिलाउने जिम्मा पाएका व्यक्तिलाई आफ्नो सरहदभित्र भएको अपराधको बिषयमा पनि कुनै जानकारी हुँदैन । कस्ता होलान मातहतका हाकिमहरु । 
खैर, त्यो घटनामा यदि मुद्धा चलाईन्थ्यो भने तीन बर्षदेखि ५ बर्षसम्म सजाय र ६० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । घटनाको बिषयमा व्यापक आलोचना भयो, राजनीतिक दलका जिल्लास्तरका कमिटीहरुले पनि बिज्ञप्तीबाजी गरे, जुलुस प्रदर्शन गरे । तर कुनै फरक परेन । बिभिन्न सञ्चारमाध्यमहरुमा व्यापक रुपमा आलोचनात्मक समाचारहरु, आलेखहरु प्रकाशन तथा प्रसारण भएका थिए त्यतिबेला पनि ।
एक बर्षपछि फेरी त्यहि खोलो फर्कियो । एक भारतीय टोली नेपाली नं. प्लेटको गाडी सहित कैलालीको धनगढीबाट डोटी पुग्यो । भारतीय प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली राती २ बजे एक सर्बसाधारण नेपालीको घरमा पुग्छ, जो नेपाली नागरिक नेपालको कानुन अनुसार न त अभियुक्त हो न अपराधी । झुक्याएर ढोका खोल्नु लगाईन्छ, ढोका खोल्ने बित्तिकै गुण्डा शैलीमा भित्र पसेर एक जना निशस्त्र व्यक्तिमाथी निर्घात कुटपिट गरिन्छ । नाम्लोले हात बाँधिन्छ, मुखमा टेप चिप्काईन्छ अनि गाडीमा हालेर लगिन्छ । 
स्थानीय ईलाका प्रहरी कार्यालयले रोक्ने प्रयास गर्दा समेत उल्टै प्रहरीलाई नै किच्ला जस्तो गरि गाडी   हुईक्याईयो । जिल्ला प्रहरी कार्यालयले पनि निकै प्रयास गर्नु प¥यो रे गाडी नियन्त्रमा लिनका लागि । 
यो अपराध हो कि होईन ? यस्ता अपराधीलाई मुलुकी ऐन, २०२० को ‘अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार कारवाही हुनु पर्ने हो कि होईन ? तर, त्यसो भएन, गाडी नियन्त्रणमा लिईसकेपछि प्रारम्भिक छानबिनकै क्रममा उनीहरु भारतीय प्रहरी भएको जानकारी प्राप्त भयो, त्यसपछि उनीहरुलाई ‘सैल्युट’    दिईयो । सम्मानपूर्वक व्यवहार गरियो । हातखुट्टा बाँधेर अपहरण गरि ल्याईएका व्यक्तिलाई भने प्रहरीले हिरासतमा राख्यो । भोलीपल्ट समेत अपहरित व्यक्तिका आफन्तहरुलाई भेट गर्न दिईएन । 
मुलुकी ऐन अनुसार अपहरणकारीलाई सात बर्षदेखि १५ बर्षसम्म सजाय र पचास हजार देखि दुई लाखसम्म जरिमाना हुने व्यवस्था छ । अझै यो घटना त दुई वा दुई भन्दा बढी व्यत्तिहरुको संगठित रुपमा गरेको अपहरण  हो । यस्ता अपराधीहरुलाई थप दुई बर्ष सजाय हुने व्यवस्था छ ।
अपहरणकारीहरुलाई प्रहरीले आफ्नै मेशमा लगेर स–सम्मान भोजन गरायो । अपहरित व्यक्तिलाई अप–    राधीको व्यवहार गरियो । त्यहाँ पनि देखायो प्रहरीले आफ्नो चाकरीपन । प्रफुल्लित बनायो मालिकलाई तलैबाट । घटनाबारे जानकारी आउँदा एक÷दुई गर्दै सञ्चारकर्मीहरु जम्मा हुँदै गए । तर प्रहरी अधिकारीहरु भारतीय प्रहरीकै खातिरदारीमा रहे । घटनाबारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउन आबश्यक ठानिएन । ‘यस बारेमा अनुसन्धान भईरहेको छ, थप कुरा भन्न मिल्दैन’ प्रहरीले यति कुरा भन्दै टाल्दै गयो । समातिएकाहरु भारतीय मुलका हुन कि नेपाली मुलका भन्ने बिषयमा पनि जानका–री दिन मानेन प्रहरीले । अपहरणमा प्रयोग भएको गाडीलाई पुरै त्रिपालले बेरेर राखियो, त्यसको फोटा समेत खिच्न दिईएन सञ्चारकर्मीहरुलाई । सञ्चारकर्मीहरुलाई त्यो गाडीको नम्वर कति हो भनेर पनि जानकारी दिईएन । 
फेरी १३ महिना अगाडिकै नियति डोहोरियो । संयोगले त्यतिबेलाकै प्रहरी प्रमुख यसपाली पनि छन । फेरी स्कटिङ्ग गरेर सिमा कटाउने जिम्मा उनैले पाए । रातोरात लगे उनले यताबाट, ईमानदारिताका साथ । गत बर्ष पञ्जाव प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वको टोली थियो रे, यसपाली कर्नाटक प्रहरीका प्रहरी नायव उपरीक्षक रहेछन । एक बर्षमा हाम्रा प्रहरी प्रमुखले पनि एक तह माथीकाको स्कटिङ्ग गर्न पाए । यसपाली एउटा अर्को पनि फरक कुरा थियो, घटनाको बिषयमा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि समयले जानकारी पाएका रहेछन ।  
१३ महिनाको अबधीका यि दुई घटनाले हाम्रो देशको सुरक्षा व्यवस्था र नेपाल प्रहरीको लाचारीपन छर्लङ्गै छ । यि दुई घटना त रेकर्डमा आए, रेकर्डमा नआएका यस्ता थुप्रै घटनाहरु नहोलान भनेर कसले ग्यारेण्टी गर्न सक्छ ? दुई देशको सिमादेखि तीन सय किलोमिटर टाढा एक गाउँमा गएर राती सुनसान समयमा नेपाली नागरिकलाई अपहरण गर्न सक्ने भारतीय प्रहरीले सिमा क्षेत्र जोडिएका जिल्लाहरुमा कस्तो आतंक मच्चाएको होला भन्ने कुरा सिंहदरवारले अनुमान ग¥यो होला ? सिमा क्षेत्रमा बस्नेहरुको पिडाले पोल्ला त चिल्ला गाडी चढेर तारे होटेलमा मस्ती गर्नेहरुलाई, जनताको मुक्तीका कुरा गरेर नथाक्नेहरुलाई !
‘अपराध अनुसन्धानको क्रममा हामीहरु पनि सिमा पार (भारत) जाने गर्छौं तर फरक यति हो कि हामी अनुमति लिएर जान्छौं उनीहरु अनुमति नलिएरै आए ।’ प्रहरी नायव महानिरीक्षक दज्र्यानी चिन्ह भिरेका व्यक्तिले अनुमति नलिएर नेपाल सरहदभित्र भारतीय प्रहरी घुम्नुलाई सानो कमजोरी सम्झेछन । अझ एक नेपाली नागरिकको अपहरण गर्नुलाई त उनले गन्तीनै मानेका छैनन् । एउटै घटनामा दुई अपराध भएको कुरा ति फुलिवाललाई कस्ले सम्झाईदिने ? कुनै देशको सुरक्षाकर्मीले बिना अनुमति कुनै अर्को देशको सरहदभित्र जानु मात्रै एक अपराध हो । त्यसपछि अपहरण गर्नु अर्को अपराध हो । तर हाम्रा   प्रहरी उच्च पदस्थ अधिकारीहरु यसलाई सामान्य त्रुटी मात्रै देख्दैछन । 
कञ्चनपुरको गड्डाचौकी देखि घटना भएको ठाउँसम्म १४ बटा प्रहरी ईकाईहरु बाटोमा पर्छन । प्रत्येक्ष चेकजँच गरे जस्तो देखिने नेपाली सेनाको टुकुडीहरु पनि सडकमै हुन्छन । सार्वजनिक सवारी साधनहरुमा आउजाउ गर्ने सर्वसाधारणका झोला छामछुम गर्नेहरुले ति भारतीय प्रहरीका झोला छामछुम गरेका रहेनछन ? वा फेरी यो मिलेमोतोमा भएको अपराध हो ? 
सुराकीको रुपमा नेपालीलाईनै प्रयोग गरिनु, नेपालकै गाडी प्रयोग गर्नु, नेपालकै चालक प्रयोग गर्नु र अन्ततः कुनै कारवाही नगरेर सवैलाई ससम्मान बिदाई गर्नु तर अपहरित व्यक्तिलाई अपराधीझैं दुई रात थुनामा राख्नुले यतैतिर संकेत गर्छ । गाडी चालकले आफै डोटीबासी भएर पनि यो घटनाको प्रतिबाद नगर्नु जस्ता कुराहरुले यो घटना छानबिनमा ल्याउनु पर्छ भन्ने देखाउदैन र ? एक सचेत नागरिक कुनै संगठित अपराध भईरहेको देख्छ तर चुपचाप सहयोग गर्छ भने त्यो के हो त ? 
त्यसैले यो घटनाको छानबिन हुनु जरुरी छ । प्रत्येक बर्ष यस्ता घटना हुनुको दोषी को हो भन्ने बिषयमा पनि खोजी हुनु जरुरी छ । घटनाहरु हुँदै जाने, नेपाली जनता त्रसित हुँदै जाने तर सरकार अपराधीहरुलाई सैल्युट ठोक्दै जाने हो भने जनताले कसरी सुरक्षित महसुस गर्ने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र र त्योसंग सम्वन्धित नेपाल पक्ष राष्ट भएका बिभिन्न सन्धि महासन्धि अनुसार प्रत्येक नागरिकको सुरक्षा गर्ने जिम्मा राज्यको हो । सोही अनुसार अनुसार राज्यले आफ्नो संयन्त्र स्थापना गरेको छ । अपराध रोकथाम, अनुसन्धान र तहकिकातको लागि प्रहरीले पछिल्लो समयमा राम्रै भुमिका पनि खेलिरहेको छ । तर, भारतीय प्रहरी आएर नेपालमा अपराध गर्दै जाने अनि उनीहरुलाई सम्मानपूर्बक फिर्ता पठाउने बिषयले नेपालमा लुकेर बसेका अपराधीहरुको मनोबल बढ्छ कि बढ्दैन ? 
त्यसैले डोटीमा भएका यि दुई घटनाहरु र यस्तै प्रकारमा अन्य घटनाहरुको बिषयमा छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन टोली गठन हुनु जरुरी छ । घटनामा संलग्न नेपाली व्यक्तिहरुको समेत छानबिन हुनु जरुरी      छ । कसरी आउँछन हतियार सहित बिदेशीहरु नेपालमा भन्ने बिषयमा पनि खोजी हुनु जरुरी छ । डोटीको लडागडा पुग्ने प्रहरी टोली सुरक्षाको सम्वेदनशीलता भएका क्षेत्रमा पुग्न सक्दैन भनेर ग्यारेण्टी गर्न सक्ने आधार के हो ? 
त्यसैले तत्काल गृहमन्त्रालयबाट यो घटनाको बिषयमा नागरिकहरुलाई सत्य तथ्य कुराको जानकारी गराउनु आवश्यक छ । हुन त ति अभियुक्तहरुलाई स(सम्मान भारत बुझाउनु पर्ने आदेश गृहमन्त्रीकै हो भन्ने पनि प्रहरी श्रोतबाटै खवर आएको  छ । यदि यस्तो हो भने त्यो भन्दा लज्जास्पद् अरु केही हुँदैन नेपाली जनताका लागि, गृहमन्त्री स्वयंका लागि, कामचलाउ सरकारका लागि र गृहमन्त्री संलग्न रहेको राजनीतिक दलका लागि पनि । चेतना भयो । 

भरतपुरमा च्यातिएको माओवादी निष्ठा


भरतपुरमा मतपत्र कसले च्यात्यो भन्ने प्रश्न अब बाँकी रहेन । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिअन्तर्गत रहेको नेपाल प्रहरीले नै मतपत्र च्यात्ने माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेको सार्वजनिक गरिसकेको छ । प्रश्न माओवादी केन्द्रले कुन उद्देश्यले मतपत्र च्यात्यो र अब के हुन्छ भन्ने मात्र बाँकी   छ ।
पहिलो प्रश्नबाट सुरु गरौं ।
कहिलेकाहीँ मतगणना स्थलमा बसेका कार्यकर्ताले आवेशमा आएर रिसको झोकमा मतपत्र च्यात्न सक्छन् । त्यस्तो कार्य अक्षम्य त हो, तर त्यो अपराधको प्रकृति कम गम्भीर हुन्छ, किनभने त्यसमा मानवीय कमजोरीको अंश धेरै हुन्छ ।
यसपालि भरतपुरमा मतगणनाको अन्तिमतिर आएर जसरी मतपत्र च्यातिए, त्यो काम कुनै एक व्यक्तिले क्षणिक रिसमा आएर गरेको थिएन भन्ने क्रमशः खुल्दै आएको छ । त्यो कार्य माओवादी केन्द्रको संलग्नतामा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान फेरि गराउने उद्देश्यका साथ योजनाबद्ध ढंगले गरिएको थियो भन्ने प्रस्ट हुँदै गएको छ ।
मतपत्र च्यातिएको समय हेरौं । भरतपुर महानगरपालिकाको १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको देखिएको छ । त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो । यी दुई वडाको मत गन्न थाल्नु अघि नेकपा एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो । १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो ।
आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन । सायद माओवादी केन्द्रले देख्यो, १९ नम्बरको मत गनिसक्दा पनि देवी र रेणुबीचको अन्तर करिब ७०० रहने भयो र यो अन्तर २० नम्बरको मत गन्दा पनि पूरा गर्न सकिन्न । त्यही कारण माओवादीका दुई जना स्थानीय नेता÷कार्यकर्ताले मतपत्र च्याते ।
घटनाक्रम हेर्दा लाग्छ, माओवादीका ठूलै नेताहरु भरतपुरको मतपरिणामलाई नजिकबाट विश्लेषण गरिरहेका थिए । अत्यन्त कडा प्रतिस्पर्धा रहेको भरतपुरमा जब अन्तिम मतपरिणाम आफ्नो पक्षमा नआउने उनीहरुले देखे, षड्यन्त्रको तानाबाना सुरु भयो ।
भनिन्छ, कानुनका नौ सिङ र सय छिद्र हुन्छन् । तीमध्ये एउटा छिद्र उनीहरुले समाते । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुञ्जेल मतपत्रमा हानि पुगे वा कसैले कब्जा गरे उक्त मतदान केन्द्रमा पुनः मतदान हुने कानुनी व्यवस्था । यही कानुनमा टेकेर वडा नम्बर १९ मा पुनः मतदान गराउने बद्नीयतका साथ माओवादी केन्द्रका नेता, कार्यकर्ताले मतपत्रमाथि हमला गरे ।
१९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेकाले मतदान बदर हुँदा पूरै वडामा पुनः चुनाव गर्न पाइने माओवादी केन्द्रको दाउ देखिन्छ । भरतपुरमा मतपत्रमाथि माओवादी केन्द्रको हमलाको चोट पक्कै लोकतन्त्रलाई लागेको छ । यसको छिटा भने नराम्रोसँग उनीहरुकै अनुहारमा परेको छ । माओवादी केन्द्रको लोकतन्त्रप्रतिको निष्ठा निरन्तर शंकाको घेरामा थियो र  छ । पछिल्लो दश महिना सरकारमा बस्दा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो शंका केही मत्थर पार्न केही राम्रा काम गरेका थिए । विशेषतः मधेशी पार्टीलाई पनि संलग्न गराएर २० वर्षदेखि नभएको स्थानीय चुनाव सम्पन्न गर्न उनले धैर्यपूर्वक जुन भूमिका खेले, त्यसले दाहाल स्वयं र उनको पार्टीको पनि विश्वसनीयता बढायो । त्यसको अर्थ माओवादीमाथिको शंका सकियो भन्ने हैन । यस्ता धेरै ‘दश महिना’ जोडेर मात्र लोकतन्त्रप्रतिको माओवादीको विश्वसनीयता स्थापित हुन्छ ।
तर हामीले यति भन्नैपर्छ, प्रधानमन्त्री दाहालको पछिल्लो दश महिने कार्यकाल विश्वसनीयतातर्फको बलियो पाइला थियो । भरतपुरमा माओवादी आफैंले फेरि एकपटक मतपत्रसँगै पार्टी र दाहालको विश्वसनीयता च्यातेका छन् । पछिल्लो संविधानसभा चुनावमा लज्जाजनक हार बेहोर्ने पक्का भएपछि मतपरिणाम स्थगित गर्न माग गर्दै माओवादी पार्टीले मध्यरातमा जारी गरेको वक्तव्य नागरिकको मस्तिष्कमा फेरि ताजा भएको छ ।
लोकतन्त्र मान्छु भन्नुको पहिलो सर्त नै जनमत मान्छु भन्नु हो । माओवादी पार्टी लोकतन्त्रको पहिलो सर्तमै फेरि एकपटक अनुत्तीर्ण भएको छ । जहाँसम्म अब के गर्ने भन्ने प्रश्न छ, त्यसमा हामी प्रस्ट छौं—कानुनका छिद्रमा टेकेर लोकतन्त्रमाथि प्रहार गर्ने कार्यले प्रश्रय पाउनु हुन्न । सबैभन्दा राम्रो, यसलाई माओवादी पार्टी आफैंले सच्याउनु पर्छ । अहिलेसम्म प्रधानमन्त्री दाहालको लाज ढाक्ने ठाउँ छ । मतगणना अघि बढाउन निर्वाचन आयोगलाई अनुरोध गरेर दाहालले भरतपुरमा आफ्ना नेता÷कार्यकर्ताले गरेको उपद्रोहको आफूलाई अग्रिम जानकारी थिएन भन्ने सन्देश दिन सक्छन् ।
यति धेरै तथ्य बाहिर आइसकेपछि प्रधानमन्त्री दाहालले पनि उनको पार्टीको भरतपुर जिल्ला इकाइले झैं वडा नम्बर १९ मा पुनः मतदान मागे भने यो काण्डमा उनको पनि संलग्नता वा सहमति थियो भन्ने अनुमानको पुष्टि हुनेछ । आफ्नी छोरीलाई जिताउन लोकतन्त्रमाथि यत्रो घात गरेको पुष्टि हुँदा उनको विश्वसनीयता धेरै लामो समय संकटमा पर्नेछ ।
भरतपुरको चुनावमा एमाले र माओवादी केन्द्र मात्र दुई पक्ष हैनन् । मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस पनि भरतपुर महामगरमा माओवादी पार्टीसँग चुनावी गठबन्धनमा छ । चितवन जिल्ला कांग्रेसले पनि पत्रकार सम्मेलन गरी त्यो वडामा पुनः निर्वाचन हुनुपर्ने माग गरेको छ । हामीलाई आशा छ, कांग्रेसले भरतपुरमा मेयरको सिट मात्र माओवादीलाई छाडेको हो, आफ्नो इमान र लोकतन्त्रप्रतिको निष्ठा पनि उसैको पोल्टोमा छाडेको हैन ।
कांग्रेसले आफ्नो सत्ता र चुनावको सहयात्री दललाई सम्झाओस, भरतपुर काण्ड बेलैमा सल्टाएनन् भने त्यो उनीहरुका लागि महँगो पर्नेछ । जुन दलले जनमतको कदर गर्दैनन्, तिनलाई दोस्रो चरणमा मतदाताले मत दिनुपर्ने कुनै कारण रहने छैन ।
यो काण्डमा निर्णय लिने अन्तिम अधिकारी निर्वाचन आयोग हो । उसले छानबिन समिति पनि बनाइसकेको छ । कानुनका छिद्रमा टेकेर जनमतमाथि प्रहार गर्ने दुष्प्रयासलाई निर्वाचन आयोगले बेलैमा निरुत्साहित गर्न सकेन भने यसले गलत नजिर बसाल्नेछ, यस्ता उपद्रोह दोहोरिरहने छन् । त्यसैले आयोगले माओवादी केन्द्रलाई गलत हर्कतका लागि नसिहत दिँदै मतगणना चाँडै अघि बढाओस् ।
(सेतोपाटी अनलाईनमा २०७४ साल जेठ २१ गते आईतवार प्रकाशित सम्पादकीय टिप्पणी ।)

शिक्षकसेवा आयोगको तयारीका लागि उपयोगी 

.......क्रमशः
२००९ मा रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा बोर्डको सिफारिश अनुसार २०१० चैत्र ९ मा ४६ सदस्यीय राष्ट्रिय शिक्षा योजना आयोगको गठन, उक्त आयोगले नेपालमा शिक्षा नामक प्रतिवेदन २०११ फागुन १६ मा पेश गरेको ।
नेपालमा शिक्षा नामक प्रतिवेदनका प्रमुख सिफारिशहरु ः
— ५+५+४÷७ को शिक्षाको संरचना, सन् १९८५ सम्ममा निशुल्क अनिवार्य प्राथमिक शिक्षा उपलब्ध    गराउने बहुउद्देश्यीय माध्यमिक शिक्षाको व्यवस्था राष्ट्रिय विश्वविद्यालयको स्थापना प्रौढहरुका लागि प्रौढ शिक्षाको व्यवस्था, नेपाली भाषाको माध्यमबाट पठन पाठन
माध्यमिक विद्यालय शिक्षक, प्र.अ., शिक्षा निरीक्षक र शिक्षा प्रशासक तयार गर्न कलेज अफ एजुकेशन २०१३ साल भाद्र २४ मा स्थापित, १ वर्षे, ३ वर्षे तथा ४ वर्षे बी. एड. कार्यक्रम सञ्चालन    गरेको । २०२९ देखि राष्ट्रिय शिक्षा पद्धतिको योजना प्राविधिक उच्च शिक्षातर्फ लागू भएपछि यो त्रि वि वि शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गतको क्याम्पस बन्न गयो ।
२०१६ आषाढ ११ मा त्रिभुवन विश्वविद्यालयको स्थापना, प्रथम कुलपति कान्ति राज्यलक्ष्मी देवी  शाह । २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपछि २०१८ देखि आफ्नै पाठ्यक्रम तर्जुमा गरी पठनपाठन शुरु ।
नेपालको शैक्षिक इतिहास (आम निर्वाचन र पञ्चायतको पूर्वाद्धमा)
२०१७ सालको राजनैतिक परिवर्तनपछि अनुकूल शिक्षाको व्यवस्था गर्न तत्कालिन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा १२ सदस्यीय सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन, २०१८ बैशाख २५ मा, समितिले २०१८ असार १५ मा आफ्नो प्रतिवेदन पेश गरेको । यसका प्रमुख सिफारिशहरु निम्नानुसार रहेका—
— सम्पूर्ण देशमा एकै प्रकारको शिक्षा पद्धति (५+६+३ को शिक्षाको संरचना) लागू गर्नुपर्ने र शिक्षाको माध्यम एकै हुनुपर्ने, शिक्षालाई देश, समाज र व्यक्तिको निमित्त सबै दृष्टिबाट उपयोगी बनाउनु पर्ने, प्राथमिक शिक्षालाई सम्पूर्ण देशभर निःशूल्क एवं अनिवार्य गर्नुपर्ने, व्यवसायिक तथा प्राविधिक शिक्षातर्फ विशेष ध्यान दिनुपर्ने, संस्कृत शिक्षालाई प्रोत्साहन गर्न साधारण शिक्षामानै समाविष्ट गराउने, संस्कृत लिने
छात्रहरुसँग शूल्क नलिने र सकेसम्म छात्रवृत्ति उपलब्ध गराउने, समाजका प्रत्येक अंगलाई साक्षर बनाउन समाज शिक्षाको व्यवस्था गर्ने, देशका सारा शिक्षण संस्था उपर सरकारको नियन्त्रण हुनुपर्ने, शिक्षण संस्था र त्यसबाट प्राप्त हुने उपाधि एवं नामाकरण आफ्नो संस्कृति एवं परम्पराको अनुरुप गर्ने 
— प्राथमिक विद्यालय पास — प्रथमा,
— माध्यमिक विद्यालय पास — मध्यमा, 
— स्नातक पास — स्नातकशास्त्री, 
— स्नातकोत्तर — आचार्य आदि)
— उच्च शिक्षाको क्रममा पनि परिवर्तन ल्याउने र त्यसलाई सुगठित बनाउने (उच्च शिक्षा तर्फ एकै प्राध्यापकले दुइ तीनतिर काम गर्न पाउने व्यवस्थाको अन्त हुनुपर्ने )
( ग्ल्भ्क्ऋइ को सहयोगमा ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्युग बी. उड र नालको दलले शिक्षा विकासको निमित्त व्यावहारिक सुझावहरु पेश गर्न टोली गठन २०१८ पौषमा, यसले चलिरहेका विविध प्रकारका शिक्षाको विस्तार वन्द गर्ने, प्राथमिक तहमा १ः२५ देखि १ः३० र माध्यमिक तहमा १ः२० देखि १ः२५ शिक्षक विद्यार्थी अनुपात कायम राख्ने, आर्थिक स्रोत पुग्दो नहुञ्जेल ६ वर्षको लागि माध्यमिक
शिक्षा स्थगित राख्ने, शिक्षण विधि र शिक्षण सामग्रीको
२०२६ कार्तिक १४ मा बासुदेव ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय रााष्ट्रिय शिक्षा सल्लाहकार     परिषद्को पुनः गठन, शिक्षा प्रशासनको व्यवस्था उपयुक्त नभएको, शिक्षाको कार्यक्रम योजनाबद्ध नभएको, हाल विनियोजित रकमबाट सिफारिसहरु लागु गर्न नसकिने मुख्य रायहरु प्रस्तुत गरेको, प्रतिवेदनको   कारवाही हुन नपाउँदै २०२८ बैशाख ५ मा राष्ट्रिय शिक्षा समितिको गठन भएपछि औचित्यहीन भएको ।
२०१७ मा जिल्ला शिक्षा निरीक्षकको व्यवस्था, २०१८ मा अञ्चल शिक्षा अधिकारीको व्यवस्था 
२०२७ सालमा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज भएका), 
२०२१ मा पूर्वमा धरान तथा पश्चिममा पोखरामा प्रमुख शिक्षा अधिकारीको व्यवस्था भई २०२५ मा खारेज गरिएको ।
२०२३ मा बागमती, नारायणी र गण्डकी ३ अञ्चलका २० जिल्लामा प्राथमिक विद्यालयमा पढाउन चाहने वा शिक्षक बन्न चाहनेले शिक्षण अधिकारपत्र लिनुपर्ने व्यवस्था लागु भयो
सिमित व्यक्ति वा संस्थालाई अति गोप्य तरिकाले योजनाको मस्यौदा तयार गरी राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८—२०३२) तयार गरिएको, योजना लागू गर्नका लागि शिक्षा ऐन २०२८ को तर्जुमा भई चरणबद्ध रुपमा लागू गरिएको
२०३५ सालमा रेडियो शिक्षा शिक्षक तालिम आयोजनाको स्थापना, २०३७ सालदेखि रेडियो तालिम कार्यक्रम शुरु, २०५० श्रावण १ मा दूर शिक्षा केन्द्रको स्थापना 
२०३९ भाद्र १ मा रणधीर सुब्बाको अध्यक्षतामा ५ सदस्यीय शाही उच्च शिक्षा आयोगको गठन, उच्च शिक्षामा सीमित रही गठन गरिएको यो पहिलो आयोग, आयोगका मुख्य सुझावहरु ः
— उच्च शिक्षासम्बन्धी नीति निर्माण र अन्य काम गर्न उच्चस्तरीय राष्ट्रिय निकायको व्यवस्था गर्नुपर्ने, 
— त्रिविविको केन्द्रीय प्रशासनिक संरचनामा परिवर्तन गर्नुपर्ने 
— क्याम्पस प्रमुखको पद सावधिक नराखी स्थायीरुपमा नियुक्त गर्ने आदि

साहित्य/सृजना 

मेरो देश

आफ्नै मुटुमा चिरा पर्दा ढलेको छ मेरो देश
वजारिएर संरचना छरिदै गर्दा गलेको छ मेरो देश 
संसार हाक्ने बिर गोर्खाली वहादुरका आँखावाट 
आँशु झरेका वेला एकाएक थला परेको छ मेरो देश 
न बिज्ञानले रोक्न सक्छ न त धर्मशास्त्रले नै 
हो यही दैविक बिपत्तिमा रहेको मेरो देश 
जुट्नुर्छ ईन्जिनियरहरुले बढाउनुछ राष्ट्र
गर्नुछ सहकार्य जियोलोजिष्टसंग कमजोर भएको छ मेरो देश 
साहित्यकारले लेख्नेछन कथा, क्यानभासमा उतार्नेछन कलाकारले 
उठाउनेछन इन्जिनियरले अव डुवेको छ मेरो दश 
मनका भारी बिसाउँ कहाँ देखिएन केही कतै 
चल्दैछ कलम रंगिदैछ डायरी पिडामै जलेको छ मेरो देश 
हिजो देशी बिदेशीका म्यामरामा वाहै गरि पसेको 
ओहो भनि नयाँ क्यामेरामा आज बसको छ मेरो देश 
पाठ्यक्रम हेरफेर संरचना निर्माण होस वा अरु कुनै 
परिवर्तन हुनुपर्छ जुन तितो इतिहासमा चलेको छ मेरो देश 
पलाएन किन हुने ? ए नेपाली जनशक्तहिरु 
अघि बढाउनुछ अव पछि सरेको मेरो देश
दिपेन्द्र वोहरा 
बेलापुर–डडेल्धुरा  

गजल

बिद्युत कहिले पुग्ला सडक कहिले पुग्ला ?
कृषि क्षेत्रमा कृषकको हक कहिले पुग्ला ??
आखिर सुन्न सक्ने त रेडियोले बनाएको छ
अब सुदूरको चेहरामा चमक कहिले पुग्ला ??
खप्तड, अपि सैपालहरु बाटो हेरि बस्छन
हामीलाइ हेर्न यहाँ पर्यटक कहिले पुग्ला ??
दुब्ला राख्छन एकातिर मोटा एकातिर
तराजुमा समानताको ढक कहिले पुग्ला ??
बिद्युत्मा रैका 
अछाम

पाईन्छ

आजकाल मायालु बजारमा पाईन्छ
सुर्ता नगर छानी छानी हजारमा पाईन्छ
अचम्मित हुनेछौ विश्वास नै गर्दैनौ
रुपवती छ्याप–छ्याप्ती करारमा पाईन्छ
थरिथरि स्वादको अपेक्षा गर्छौ भने
पार्टीभित्रको त्यो चमत्कारमा पाईन्छ
हिमाल चढ वा मान्छको बुइ चढ
बहुमूल्य तक्मा सरकारमा पाईन्छ
कसैको पूर्ण–विवरण जान्नु छ भने
विस्तृत जानकारी समाचारमा पाईन्छ ।
प्रतिक्षा सानु 
सुख्खड कैलाली

सूचना/सन्देश/बिज्ञापन