Tuesday, August 20, 2019

बिम्ब साप्ताहिक, २०७६ साल भाद्र ३ गते मंगलवार

 लोकतन्त्रको आधार ः सूचनाको अधिकार 
 सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार 
 कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार 
 सूचना लिने दिने संस्कृतिको विकास गरौं 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचर 

आह ! अछामको बैद्यनाथ धाम

रामहरी ओझा/डोटी
     भाद्र २
“डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या । मलाई पन उडाइ लैजा हिमचुलीका डाँफ्या”
यो गीत त्यतिकै गाएका होईनन् रहेछन् चर्चित देउडा गायक नन्दकृष्ण जोशीले । साँच्चै रमणीय छ, अछामको साँफे । चारै तिर डाँडाले घेरेको बिचमा समथर ठाउँ, परभली नदी र बृद्धगंगा (बुढी) गंगाको माला, हेर्दै रहर लाग्दो । त्यही बुढीगंगाको छेवैमा रहेको छ बैद्यनाथ धाम । प्राङ्गणमा सौर्य बत्ति लगाईएका छन्, प्राङ्गणको बिच भागमा मञ्च छ । भित्र चार ढोका भएको बैद्यनाथको मन्दिर, वरीपरी अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरु रहेका छन् । 
मन्दिर परिषरमै यज्ञशाला छ, प्रतिक्षालय, बैठक कक्ष पनि मन्दिर परि–षरमै वनाईएका छन् । 
बैद्यनाथको धार्मिक महत्व 
धार्मिक रुपमा अति महत्व राख्ने नेपालमा चार धाम रहेका छन् । सुनसरी को बराह क्षेत्र, काठमाण्डौंको पशुपति क्षेत्र, मुस्ताङको मुक्तनाथ क्षेत्र र अछामको बैद्यनाथ क्षेत्र । यस क्षेत्रलाई रावणले तपस्या गरी बरदान प्राप्त गरेको क्षेत्रका रुपमा लिईन्छ । शिवजीको दर्शन पाउनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरे, त्यहाँ सफल हुन सकेनन् । त्यसपछि भारतको झारखण्डमा तपस्या गरे, त्यहाँ पनि वर पाएनन् । त्यसपछि रावणले अछामको बैद्यनाथ क्षेत्रमा हवन गर्न सुरु गरे । “धार्मिक पुस्तकहरु अनुसार रावण धेरै जिद्दि स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तो सुकै बलिदानी दिन पनि तयार हुन्थे” मन्दिरका पुजारी देवराज उपाध्याय भन्छन् “पुराण अनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स(शरीर हमन गर्ने सोचेर दशौं टाउको काट्न लाग्दा शिवजीले बैद्यको रुपमा दर्शन दिए । बैद्य भएर रावणका सवै टाउकाहरु फेरी जोडेका कारण यस क्षेत्रको नाम बैद्यनाथ राखिएको हो ।” 
यसरी शिवको दर्शन पाएपछि रावणले शिवजीसंग बाचा गराई शिवलिङ्ग लङ्का लैजानका लागि मागे । बाचा अनुसार शिवले आफ्नोे लिङ्ग दिए । सो कुरा पार्वतीले थाह पाएपछि उनले अदृष्य शक्तिको प्रयोग गरी शिललिङ्गलाई उठाउनै नसक्ने गरङ्गो वनाई दिईन । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिङ्ग यसै बैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरेको उपाध्यायले वताए । १२ वटा ज्योतिर्लिङ्गमध्ये एक नेपालमा रहेको छ, जुन बैद्यनाथ धामका अवस्थित छ । “हुन त भारतले झारखण्डमा रहेको बैद्यनाथ धामलाई असली बैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरुमा गरिएको व्याख्या अनुसार सवै कुरा अछामकै बैद्यनाथ धामको मेल खान्छ” बैद्यनाथ बिद्याश्रमका प्रधानाध्यापक समेत रहेका उपाध्यायले भने “बैद्यनाथ धाम क्षेत्रमा बृद्धनदी (बुढीगंगा), पद्मजा नदी (पाईली गाड), गोदावरी नदी (परभली नदी) र  सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।” यस्तै खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दावी छ ।
मन्दिर संरक्षण र व्यवस्थापनका लागि २०४४ सालमा बैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । उक्त संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आईरहेको वताउँछन् संस्थाका अध्यक्ष नेत्र कुँवर । उनले भने “नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्दन आवश्यक छ, हामीले पहल गरिरहेका छौं ।” 
साँफे हाट वजारबाट करीव तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा महाशिवरात्रीका दिन धुमधामसंग मेला लाग्ने गर्छ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेको वताउँछन् संस्थाका अध्यक्ष कुँवर । उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ । यस्तै माघे संक्रान्तिका दिन पनि उक्त धाममा भव्य मेला लाग्ने गरेको छ । राष्टू शान्तिका लागि बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको पुजारी उपाध्याय वताउँछन् ।
मन्दिरभित्रै बिद्याश्रम 
बैदिक सनातन जोगाउनका लागि २०५५ सालमा मन्दिर परिषरभित्रै वेद बिद्याश्रमको स्थापना गरिएको   छ । कक्षा ६, ७ र ८ को पढाई हुने उक्त बिद्याश्रममा हाल ४३ बिद्यार्थी रहेको प्रधानाध्यापक उपाध्यायले वताए । बिद्याश्रमका एक दरवन्दी र दुई राहत गरि तीन जना सरकारी शिक्षक रहेका छन् । यस्तै नेपाल महर्षि फाउण्डेसनले एक जना कर्मचारी र सशस्त्र प्रहरी बलले एक जना कर्मचारी बिद्याश्रमलाई सहयोग गरेको छ । 
“४३ जना बटुकहरु र हामी तीन जना शिक्षकहरु बिद्याश्रममै बस्छौ र यतै खाना खान्छौं” शिक्षक केशवराज भट्टले भने “बटुकहरुको खानाका लागि मुख्य श्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ (पुजारी) हरुको भरण पोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनु पर्ने व्यवस्था थियो । पीरका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता रहेको थियो । 
सोही अनुसार अहिले पनि पायल, लुंग्रा र पर्वा गाउँहरुबाट पीरपाथी संकलन हुन्छ । यसरी संकलन भएको धाननै वटुकहरुको भोजनको मुख्य स्रोत भएको उनी उपाध्यायले वताए । 
यस्तै महर्षि फाउण्डेशनले नित्य पुजाका लागि बार्षिक ६ लाख रुपैयाँ दिने गरेको र उक्त रकम पनि बटुकहरुको खाना, लुगामा खर्च गर्ने गरेको उपाध्यायले  वताए । “हामीले सहयोग रसिद पनि छपाएका छौं” उपाध्यायले भने ‘मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुले सहयोग गर्छन्,  यसरी नै चलेको छ ।’ केही व्यक्तिहरुले नियमित सहयोग गर्ने गरेको उनले जानकारी दिए । “कहिलेकाँही नगरपालिकाले, वडाहरुले पनि सहयोग गर्ने      गरेका छन्” उनी थप्छन् “स्थायी स्रोतहरु भने केही छैन ।” 
बैद्यनाथ संग्रहालय पनि 
मन्दिर परिसरभित्रै बैद्यनाथ संग्रहालय स्थापना गरिएको छ । बिक्रम् सम्वत् १८४८ सालमा जर्नेल अमरसिंह थापाको टोलीले आछाम बिजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएका छन् । अछाम बिजयपछि डोटीका लागि हिडेको थापाको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राती काँडामै बास बसेर द्वीप प्रज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् । राती टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसंग भएका सम्पूर्ण हातहतियार बैद्यनाथ मन्दिरमा चढाएर जानु भनेपछि सोही अनुसार ३१ नाल बन्दुक र खुकुरी लगायतका हतियारहरु बैद्यनाथलाई चढाएको साँफेवगर नगरपालिका–१ का वडाध्यक्ष अमरवहादुर शाहले वताए । उनले भने “पुरातत्व विभागले पनि यो हतियार त्यतिवेलैको भएको पुष्ठी गरेको छ ।” 
संग्रहालयमा पीर (पुजारी) ले लाउने लुगा, पुजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको बैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष कुँवर वताउँछन् । यसका साथसाथै अछामका महत्पूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका तम्विरहरु पनि राखिएको उनले वताए । 
नौमुठे गाई पनि मन्दिरभित्रै 
अछामको नौमुठे गाई प्रसिद्ध छ । अगाडिको खुट्टाको खुरबाट मुट्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुट्ठी उचाई मात्रै हुने भएकाले यस जातको गाईलाई नौ मुठे गाई नामाकरण गरिएको हो । 
“नौ मुठे गाई लोप हुँदै  गईरहेको छ, यसको संरक्षण गर्नु आवश्यक छ” संस्थाका अध्यक्ष कुँवरले भने ‘हामीले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले नौ मुठे गाईको वारेमा पनि जानकारी पाउन भन्ने उद्देश्यका साथ मन्दिरभित्रै नौ मुठे गाई पाल्न सुरु गरेका छौं ।’ उनले मन्दिरमा गाईको सुद्ध दुध चढाउनका लागि पनि गाई पाल्न आवश्यक भएको वताए ।  

सम्पादकीय 

कानूनमाथीको उपहास

२०७४ साल भाद्र १ गते तत्कालीन व्यवस्थापिका संसदले कानुन पारित ग¥यो । नेपालको कानुनी ईतिहासमा बिभेद् बिरुद्धको पहिलो कानुन मानिने मुलुकी ऐन, २०२० लगायतका कानुनहरुलाई बिस्थापित गर्ने गरी पारित गरिएका कानुनहरु एक बर्षपछि अर्थात २०७५ साल भाद्र एब गतेबाट लागु हुने गरि पारित भएका कानुनहरु स्वभावैले तोकिएको समयमा लागु हुन्छ र भएपनि । 
पुराना कानुनहरु यस कारण परिर्माजन, संसोधन, खारेज हुन्छ कि ति कानुनहरुले समय सापेक्ष हुँदैनन्, तिनिहरुलाई समय सापेक्ष वनाउनका लागि नयाँ कानुनहरुले प्रतिस्थापन गरिन्छ । यस्तै भएको हो यसपाली पनि । यो बिगतदेखिनै हुँदै आएको कुरा हो । 
निश्चित रुपमा कानुनमा केही समस्याहरु छन् । प्रजातान्त्रिक, गैर प्रजातान्त्रिक जस्तो स्वरुपको भएपनि राज्यको शैली तानाशाह नै हुन्छ । हामीले प्रजातान्त्रिक भनेर आफुलाई जति व्याख्या गरेपनि शैली तानाशाहनै हुन्छ । त्यसकारण राज्यले नागरिकमाथी केही अंकुश लगाउने प्रयत्न गर्छ र नागरिकले स्वतन्त्रताका लागि        खवरदारी पनि गर्छ । यही सिलसिला सधैं चलिरहन्छ ।
एक बर्षअघिदेखि लागु भएका ति संहिताहरुमध्येको मुलुकी अपराध (संहिता) ऐन, २०७४ पनि हो । यस ऐनको दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ । यदि कसैले यस्तो कसूर गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँँसम्म जरिबाना हुने व्यवस्था पनि उक्त दफाले गरेको छ । 
दुई बर्ष अगाडी पारित भएको र एक बर्ष अगाडी प्रचलनमा आएको कानूनमा के व्यवस्था छ भन्ने बिषयमा सचेत नागरिकलाई जानकारी भएकै हुनु पर्ने हो । नभएको भएपनि “कानूनको अनबिज्ञता क्षम्य हुँदैन” भन्ने कानूनको सिद्धान्त छ । त्यो सिद्धान्त अनुसार कानूनबारे जानेकाहरुले वा नजानेकाहरुले कसैले पनि कानूनको उलंघन गर्नु हुँदैन ।  
पछिल्लो समय यही एउटा घटनाले बजार तातेको छ । पत्रकार सालिकराज पुडासैनीले आत्महत्या गरे । यद्यपी उनको मृत्युलाई हत्या वा आत्महत्या के भन्ने बिषयमा अहिले पनि विवाद् छ । तर पनि प्रहरीले उनले आत्महत्या गरेको र उनलाई आत्महत्याका लागि दुरुत्साहन गरेको कोणबाट अध्ययन गर्दैछ । यसको एउटै कारण पुडासैनीले मृत्युअघि गरेको भिडियो रेकर्ड । 
आत्महत्या आफैमा कायरपन हो । तर, व्यक्तिले कुनै न कुनै परिवन्धमा परेर आत्महत्या गर्छ । नेपालकै मात्र तथ्याङ्क हेर्ने हो भने भने प्रत्येक बर्ष पाँच हजारले आत्महत्या गरेको पाईन्छ । भिडियो रेकर्ड पुडासैनीले आत्महत्या गर्नुको कारण के हो भन्ने खोजी हुनु स्वभाविकै हो । तर, उनको घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरि अनावश्यक प्रदर्शनहरु भईरहेका छन् । व्यक्ति जो सुकै होस्, कुनै घटनासंग नाम जोडियो भने त्यसको छानविन हुनु जरुरी हुन्छ । अरुको वारेमा सधैं औला उठाउँदै हिड्ने व्यक्तिले आफ्नो वारेमा अनुसन्धान गर्नबाट किन डराउने ? के यो कानूनी राज्यको उपहास होईन र ? 
प्रहरीले निश्पक्ष छानविन गरेन भनेर हामी सडकमा कुर्लिने हो भने प्रहरीले निश्पक्ष छानविन गर्ने कसरी हो । हरेक अपराध अनुसन्धान आसंकाबाट सुरु हुन्छ । आसंका लागेको व्यक्तिलाई प्रहरीले सोधपुछ गर्न सक्छ, कानून वमोजिक नियन्त्रणमा लिन सक्छ, हिरासतमा राख्न सक्छ, निगरानीमा राख्न सक्छ । अनि अनुसन्धानै गर्न पाईदैन, रिहाई गर्नु पर्छ, अभियुक्त निर्दोष हो भनेर चिच्याउनेहरुले के कुरा पनि बुझ्नु जरुरी छ भने प्रहरी अपराधी करार गर्ने निकाय होईन, प्रहरी अनुसन्धान गर्ने निकायमात्रै हो, अपराधी हो होईन भन्ने त मुद्धा हेर्ने अधिकारी हो । सडकको भिडले अपराधी हो भन्दै अपराधी हुने र होईन भन्दैमा वरी हुने भन्ने हुँदैन । त्यसैले कानूनको उपहास नगरौं ।

थप समाचार 

सेतीमा सातको ज्यान गयो

आईतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको ज्यान गएको छ । 
दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी करिश्मा आइतवार बिहान करीव १० वजे सेतीमा डुवेकी हुन् । उनको शव वडेको ठाउँको करीव एक किलोमिटर तल मटेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव  उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । 
बैशाख यता सेती नदीले सात जनाको ज्यान लिएको छ । करीव ३९ बर्षदेखि सात सय ५० मेगावाट जलबिद्युत उत्पादन गर्ने भनी “पश्चिम सेती” का नामले चर्चामा रहेको सेती नदीले बर्षेनी ज्यान लिने गरेको छ । चार महिनामा सात जनाको सेतीकै कारण ज्यान गएको हो । 
जेठ ३ गते डोटी के आई सिंह गाउँपालिका–५ का ३८ बर्षीय लोकेन्द्र वहादुर रावल सेती नदीमा डुवेर मृत्यु भयो । शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक स्थल सालमूनिमा पुजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको  थियो ।
यस्तै शिखर नगरपालिका–४ कि १६ बर्षीया धर्मा महरा जेठ ५ गते सेती नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भईन । फुपुको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ सेती नदीमा वेपत्ता भएकी थिईन । प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन ।
यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ बर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुवेर वेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुवेर वेपत्ता भएका थिए । उनको शव १३ दिनपछि फेला परेको थियो । 
आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ बर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा डुविन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिईन् । उनको शव फेला परेको छैन । 
शिखर नगरपालिका–१० का अन्दाजी पाँच बर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुवे । उनको शव सोही करीव तीन किलोमिटर तल सोही नगरपालिकाको, वडा नं. ८ लडागडा क्षेत्रमा फेला प¥यो । 
आदर्श गाउँपालिका–४ का ५२ बर्षीया मनि पार्कीले दिपायल सिलगढी   नगरपालिका–८ को नारी दाङमा हाम फालिन । उनको शव पनि फेला परेको छैन । 
सेती नदीमा पानीको वहाव तेजिलो भएका कारण नुहाउन पस्दा सामान्य लाप–रवाहीले डुव्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी धामीले   जानकारी दिए । “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो छ” सूचना अधिकारी धामीले भने ‘यसले गर्दा पनि अन्य नदीमा पौडी खेलिरहेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुव्ने गरेका छन् ।’ चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुव्ने गरेको धामीको अनुभव छ । नदीमा डुव्नेहरुमा अधिकांश नुहाउने क्रममा डुवेका छन् । नदी किनाराका बस्तीहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक रहेको प्रहरी नायव उपरीक्षक धामी वताउँछन् ।
यस्तै कर्णाली नदीमा डुवेर एकले ज्यान गुमाएका छन् । डोटी बडीकेदार गाउँपालिका-५ लानाका १३ बर्षीय हर्क थापामगर सोही गाउँपालिकाको वडा नं. ३ ओखलढुङ्गा भन्ने ठाउँमा कर्णाली नदीमा बाँधेर राखेको डुङ्गासंग खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । 

प्रदेशसभाको वजेट अधिवेशन सम्पन्न

सुदूरपश्चिम प्रदेश सभाको वजेट अधिवेशन आइतबार अन्त्य भएको छ ।
बजेट अधिवेशनमा रुपमा बुझिने प्रदेश सभाको चौथो अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले अधिवेशन अन्त्य गर्न पठाएको पत्र वाचन गरी अधिवेशन अन्त्य भएको घोषणा गरे ।
चौथो अधिवेशन अन्तर्गत सभाको आइतबार बसेको बैठकमा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन विधेयक पारित भएको थियो । यो बिधेयकसंगै चौथो अधिवेशनले आठ विधेयक पारित गरेको प्रदेश सभा सभामुख अर्जुनवहादुर थापाले बताए । 
अधिवेशनले पारित गरेका अन्य बिधेयकहरुमा स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सुदूरपश्चिम प्रदेशको आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक २०७६ रहेका छन् । यस्तै, अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७६, केही प्रदेश ऐन संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, र आर्थिक वर्ष २०७६÷०७७ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पनि सभाले पारित गरेको छ ।
प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार जेठ १ गतेबाट सुरु भएको चौथो अधिवेशनको अवधीमा सभाको बैठक ३६ पटक बसेको थियो । जम्मा ३४ दिन बोलाइएको बैठक ३८ घण्टा ३७ मिनेट चलेको सभामुख थापाले जानकारी दिए ।
बैठकमा विशेष समय सात पटक र शून्य समय दुई पटक प्रदान गरिएको थियो । चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेटको विषयमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) को अवरोधका कारण बैठक लगातार २१ दिनसम्म आठ पटक स्थगित भएको थियो ।
चौथो अधिवेशन समापनको समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशको उन्नति, प्रगतिका लागि प्रदेश गौरवका आयोजनाहरू सञ्चालनका लागि विशेष ध्यान दिन सरकारसंग अनुरोध गरे । “जनताका थुप्रै आकांक्षा छन्” नेता रावलले भने ‘प्रदेश सरकारले प्रदेशका जनतालाई विकासको अनुभूति हुने गरी काम गर्नु प¥यो ।’ प्रदेश सभा सदस्यहरू तथा प्रतिपक्ष दलले उठाएका सवालहरूमा गम्भीर हुन रावलले आग्रह गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले देखिने गरी राजधानी कार्यान्वयनको काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । संघीयतालाई बलियो बनाउन भूमिका निर्वाह गर्न तामाङले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।
यस्तै प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद मालमति रानाले सभाले पारित गरेका विधेयकहरूको प्रभावकारी ढंगले कार्यान्वयन सरकार जिम्मेवार हुने पर्ने जिकिर गरिन् । जनताले कर तिरे अनुसार विकासको अनुभूति गर्न नसकेको चर्चा गरिन् भन्दै रानाले यस विषयमा सरकार सचेत हुने पर्ने वताईन ।
आईतवारको बैठकमा प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीले सो विधेयकमाथि दफावार छलफल गरी पारित गर्न प्रस्ताव पेश गरेकी थिइन् । विधेयकमाथिको दफावार छलफलमा प्रदेशसभा सदस्यहरू बलबहादुर सोडारी, श्यामलाल राना थारु, दुर्गाकुमारी कामी र शान्ति नेपालीले भाग लिए ।

मुर्झायो कान्छी नेपाल ‘सिलगढी’

मोहन शाही/डोटी
     भाद्र १
शैलेश्वरी मन्दिरको उत्तर दक्षिणमा लहरै फैलिएको सिलगढी बजार । लाम्चो डाँडामा टापुमा बनेका चिटिक्क नेवारी घरहरु । अधिकांस घरका थाम दलानहरु सुनसान छन् । मुल ढोकामा ताल्चा झुण्डिएका छन् । थाम दलानसंगैका कोठामा राखिएका ¥याकहरु रित्ता छन् । ८७ बर्षीया जगत लक्ष्मी श्रेष्ठ आजभोली रित्ता ¥याक र सुनसान दलान देखेर नियास्रो मान्छिन् । 
सिलगढी बजारको चहलपहलमा बितेको बाल्यकाल आजभोली उनी झल्झली सम्झन्छिन् । अछामी, बझाङ्गी, बिमकोटे, दर्नाली राजाले किनमेलका लागि सिलगढी आउदा बाल्यकालमा ओखरको कुटेरो खान दिएका घटना उनको मानसपटलमा ताजै छ । जुम्ला, हुम्ला, अछाम, बाजुरा देखि सुर्खेतसम्मका मानिसहरुको चलहपहलमा जवानी बिताएकी जगत लक्ष्मी आजभोली सुनसान सिलगढी बजार देखेर नरमाइलो महसुस गर्छिन् । उनका सासु सासुरा र दुई देवरको पुरै परिवार घरमा ताला लगाएर काठमाण्डौं गएको बर्षांै भइसक्यो । 
७१ बर्षीय गोबिन्द प्रसाद श्रेष्ठ कान्छि नेपालका रुपमा प्रख्यात सिलगढी शहर अहिले खण्डहर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्छन् । उनी अहिलेको अवस्थाप्रति बिरत्तिएका छन् । ‘हजारौं भेडाबाख्रा, च्यांग्राहरु टाढाटाढाबाट आउँथे, भोटको नुन यही पुग्थ्यो’ उनले बिगत सम्झदै दुखेसो गरे  ‘५०/६० वटा त कपडा पसल मात्र थिए, एउटा पनि घर खाली थिएनन् । मानिसहरुको आवतजावतले बजार भरिभराउ हुन्थ्यो । अहिले भने यस्तो अवस्था छ ।’ उनका बुझाईमा सिलगढी चिन्ता बोकेर काम गर्न सक्ने शक्तिशाली नेता नभएर यो अवस्थामा आइपुगेको हो । 
पृथ्वी नारायण शाहको नेपाल एकिकरणको अभियानका क्रममा काठमाण्डौं, ललितपुरका नेवारमाथि हुने आक्रमणबाट सुरक्षित हुन तथा खस्कदो पुख्र्यौली ब्यापारलाई  निरन्तरता दिने क्रममा अढाई सय बर्ष अघि ठाउँ खोज्दै सिलगढी आइपुगेको देबेन्द्र गुरुङ्ग बताउछन् । 
राणाकालमा नेपालका ४ प्रशासकीय गौणामध्य डोटीको सिलगढी पनि एक थियो । शिक्षा, स्वास्थ्य, अड्डा अदालत, प्रशासन, बजारका लागि मानिसहरुको चहलपहल काठमाण्डौ पछि डोटीमा चहलपहल थियो । बडाहाकिम, राजारजौटाहरुको आगमनले गर्दा काठण्डौ झै चहलपहल हुने भएकाले सिलगढीलाई नेपालको कान्छी शहरका रुपमा चिनिएको गोबिन्द प्रसाद श्रेष्ठ सुनाउछन् । 
सिलगढीमा २ वटा बजार छन् । शैलेश्वरी मन्दिर भन्दा माथिल्लो बजारमा सामान्य चहलपहल हुन्छ । केही पसलहरु अझै बाँकी छन् । यद्यपी माथिल्लो बजारमा बाझो घर त्यतिकै छन् । तल्लो बजार भने पुरै सुनसान छ । प्राय घर बाझो छन् । केही घर भत्किसकेका छन् भने केही घरमा घरमालिक नभएपनि ग्रामीण क्षेत्रबाट सिलगढीमा पढ्न तथा कुनै कामले बसोबास गर्न आएका ब्यक्तिहरुलाई हेरचाहको जिम्मेवारी दिएर आफु अन्यत्र बसाई सराई गरेका छन् । ‘केही घर सस्तो मुल्य लिएर भाडामा दिएका छन्’ स्थानीय देबेन्द्र गुरुङ्गले भने ‘मानिसहरुको चहलपहल नै नहुदा के के न जस्तो लाग्छ ।’
सिलगढीमा कलिलै उमेरबाट ब्यापार ब्यवसाय गरिरहेका ओमप्रकाश सिंहले बिगत र अहिलेको सिलगढीमा निकै परिवर्तन आएको बताए । घरमा भाडा बस्ने मान्छे समेत नपाइने गरेको उनको दुखेसो छ । ३२ बर्षीय देवराज साउद १० बर्षको अन्तरमा पनि निकै फरक आएको अनुभव सुनाउछन् । 
पछिल्लो समय जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रबाट आएकाहरुले घर बनाएका भएपनि सिलगढीको मुल बजारमा भने अधिकांस नेवार जाती छन् । सिलगढीको सिरानमा रहेको नाचन्थली देखि पुछारमा रहेको इन्द्रचोक बिचमा झण्डै दुई सय भन्दा बढी घरपरिवार छन् । 
भेषभुषा र बोली भाषा हुबहु नेवारी नभएपनि यो समुदायमा चाडपर्ब र खानपानमा भने नेवारीपना झल्कन्छ । ब्यापार गर्न आएका यहाँका नेवारहरु आजभोली यो पेशाबाट लगभग पलायन भइसकेका छन् । अधिकांस जागिरे भइसकेका छन् । त्यसमा पनि सरकारी तर्फ बढीको आर्कषण छ । 
कहाँबाट आए सिलगढीमा नेवार ?
सिलगढीमा नेवारहरु फरक फरक खलकका छन् । यिनीहरु खलक छुट्टिने भनेकै कहाँबाट आएका हुन् भन्ने कुराले पुष्टी गर्छ । यहा भक्तपुर र काठमाण्डौको पाटनबाट आएका नेवारहरु भेटिन्छन् । अधिकांसको मुल थलो भत्तपुर भएपनि बिभिन्न ठाउमा बसाइ सर्दै सिलगढी आएकाले यिनका पुर्खापनि बेग्लै छन् । जस्तो तीर्थनारायण श्रेष्ठका परबाजे बीर नरसिंह श्रेष्ठ पोखराको पार्दीबाट आए । उनका बाजे आउनु अघि यहा भक्तपुरको भादगाउ एकाचोबाट बाग्लुङ्ग हुदै सिलगढीमा (बज्जीमाया) इन्द्रमान श्रेष्ठको परिवार आइसकेको थियो । यहा आएपछि तीर्थनाराणका बाजेले  बज्जीमाया परिवारबाट बिहे गरे । 
यि दुई जस्तै भक्तपुरको मुल थलो छोडेर पाल्पा, प्यूठान, बझाङ्ग, अछाम, धनकुटा, सल्यान, पोखरा, बाग्लुङ्ग भएर आएका अरु परिवार पनि छन् । त्यस्तै काठमाण्डौंको पाटनबाट आएको अमात्य  परिवार बेग्लै छ । ‘नेपाल एकिकरण बेला पृथ्वी नारायण शाहको डरत्रासका कारण केही नेवार ज्यान जोगाउन यहा आएका हुनसक्छन्’, नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका पूर्व सभापति नरेशमान श्रेष्ठले  भने ‘केही राणाहरुका सामान बोक्न मजदुरका रुपमा यहा आए, पछि यतै बसेर ब्यापार ब्यवसायमा लागे ।’
यसरी आएका छुट्टा छुट्टै खलकका ११/१२ परिवार सिलगढीमा बस्दै आएका छन् । बाइसे चौबिसे राज्य शासनका बेला गौणाका रुपमा रहदा होस या राणाकालका बेला । सिलगढीमा बडा हाकिम बस्नेभएकाले चहलपहल हुने गर्दथ्यो । गाउबाट आएका ग्राहकहरुसंग टनकपुर बनबासाबाट ल्याएका लुगाकपडा, नुन तेल बेचेर जीवन गुजारा गर्ने काम नेवारहरुको थियो । 
मुल थलोबारे अन्यौल
बिभिन्न समयमा सिलगढी आएका नेवारहरुलाई आफ्नो मुल थलोबारे अन्यौल छ । धेरैले नेवारजाती चिनाउने श्रेष्ठ थर लेख्थे । समयक्रमसंगै ब्यापार छोडेर लेखपढ गर्न थालेपछि पुर्खाको खोजी गर्न थाले । २०४० सालतिर मात्रै धेरैले आफ्नो मुलथलोबारे थाहा पाए । 
मुलथलो चिनेपछि अधिकांसले आफ्नो थरपनि पत्ता लगाए । कोही बिजुक्छे हाडा निस्किए, कोही राजभण्डारी, कोही नेवार मल्ल त कोही जोशी । 
रेडक्रस सोसाइटीका पूर्व सभापति नरेशमान श्रेष्ठले मुल थर पत्ता लागेपछि आफु मुन्तिरका पुस्ताले पुरानै बिजुक्छे जात लेख्न थालेको बताए । ‘आजभोली छोराछोरीको नाम बिजुक्छे नै लेख्छौं, श्रेष्ठ छैनन्’, नरेशमानले भने ‘पुर्खा पत्ता लगाउन भक्तपुर जादा धेरैले अंश माग्छ भनेर कुनै सूचना दिएनन्, पछि अंश माग्दैनौं भनेर लिखित कागजात गरेपछि मात्रै जानकारी दिए ।’
बोलीभाषा र परिचान हरायो
पुस्तौ पुस्ता बाहुन क्षेत्रीको बाहुल्यता रहेको समाजमा बसेपछि बोलीभाषा र पहिचान भने हराएको छ । नेवारी पहिरन लगाएका युवा युवती यहा देख्न पाइदैनन् , नेवारी भाषा त उनीहरु नै बुझ्दैनन् ।

महासंघको सदस्यता सुद्धिकरण

“पत्रकार महासंघको सदस्यता बोकेर चिया चना बेच्न जाने परिपाटीको अन्त्य गर्नु पर्छ । पत्रकारिता क्षेत्रमा गोरु बेचेको पनि साईनो नराख्नेहरुलाई सदस्यता वनाइएको छ । जवसम्म गैर पत्रकारहरुको सदस्यता खारेज हुँदैन् तवसम्म पत्रकार महासंघ क्रियाशिल पत्रकारहरुको छाता संगठन हुन्न ।” 
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एकिन्द्र कुँवरले माथीको कुरा राखे । जवाफमा महासंघका केन्द्रीय सदस्य मीन वमले नैरास्यतापूर्ण अभिव्यक्ति दिए । “म जुन उत्साहका साथ नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भएको थिएँ, आज त्यो उत्साह मसंग छैन्” वमले भने ‘गैर पत्रकारहरुको सदस्यता खारेज गर्नु पर्छ भन्ने मेरो लक्ष थियो तर त्यो मैले मात्रै चाहेर हुने रहेनछ ।’ संगठन विभाग सदस्य समेत रहेका वमले आफुले अध्यक्ष र महासचिवसंग पनि यस विषयमा पटक पटक कुरा गरेको तर कसैले कसैले चाँसो नदेखाएको वताए । उनले थपे “यो जटिल विषय रहेछ ।”
अछामको प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ धाममा बसेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको बैठकमा सदस्यता सुद्धिकरणको बिषयले व्यापक चर्चा पायो । सदस्यता शुद्धिकरणको बिषयमा केन्द्र र प्रदेश भन्दा पनि जिल्ला शाखाले ध्यान दिनु पर्ने वताउँछन् अर्का केन्द्रीय सदस्य उत्तर बिष्ट । उनले भने ‘यदि जिल्लाबाटै कडाई गर्ने हो भने गैर पत्रकारहरुले सदस्यतै पाउँदैनन् ।’ राजनीतिक स्वार्थका लागि जसलाई पायो उसैलाई सदस्यता दिने परिपाटी जिल्लाबाटै अन्त्य गर्नु पर्ने बिष्टले वताए । उनले नयाँ सदस्यता दिँदा पनि राजनीति गर्ने उद्देश्यले नभइ क्रियासिल पत्रकार हो कि होईन भन्ने पहिचान गरेर मात्रै दिनु पर्ने वताए । 
सदस्यता शुद्धिकरणको बिषयमा पटक पटक केन्द्रीय अध्यक्षसंग माग गर्दा पनि कुनै सुनुवाई नभएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले राजनीतिक स्वार्थका लागि जो लाइ पायो त्योलाई सदस्य वनाउने परिपाटी  रहेसम्म महासंघ क्रियासिल पत्रकारहरुको मात्रै संगठन हुन नसक्ने वताए । उनले भने “केन्द्रले प्रदेशलाई पूर्ण अधिकार दिनु पर्ने हो तर न केन्द्रले सदस्यता सुद्धिकरण गर्न सक्छ न प्रदेशलाई अधिकार दिन्छ ।” 
बैठकमा नयाँ सदस्यता दिँदा गैर पत्रकारहरुलाई नदिने र सदस्यता नविकरणमा पनि कडाई गर्नु पर्ने आवाज उठेको थियो । 
अछाम, साँफेबगर नगरपालिकाको व्यवस्थापनमा सम्पन्न बैठकले प्रदेश भेला कञ्चनपुरमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पश्चिम पत्रकारिता सम्मान कोष र दिर्घसेवा पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकले सुदूरपश्चिमका तीन दिवंगत पत्रकारहरुको नामबाट स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय भएको छ । 
लिलानाथ, जेपी र कर्ण वोहराको नाममा जनही १५ हजार रुपौयाँका दरले स्मृति पत्रकारिता कोष स्थापना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले “सुदूरपश्चिमको पत्रकारिता” नामक स्मारिका प्रकाशन गर्ने समेत निर्णय गरेको समितिका महासचिव योगेश रावलले जानकारी दिए ।
बैठकले अछामको बैद्यनाथ लगायत सुदूरपश्चिमको पर्यटकीय विकासमा सरकारले तत्काल ध्यान दिनु पर्ने भन्दै आठ बुँदे अछाम घोषणा पत्र जारी गरेको छ ।  

खेल समाचार 

फुट्बल प्रतियोगिता सम्पन्न

गाईजात्रा मैत्री फुटबल प्रतियोगिता डोटी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । 
डोटी फुट्बल एकेडेमीको आयोजनामा स्थानीय टुडीँखेलमा सञ्चालन भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । उक्त प्रतियोगितामा ६ टिमको सहभागीता रहेको आयोजक संस्थाले जानकारी दिएको छ । फाईनल खेलमा एसटिएस र एसवाईसीबीच प्रतिस्पर्धा भएको थियो । एसटिएसले ४–२ ले पराजित गर्दै उपाधी जित्न सफल भएको थियो । 
प्रतियोगितामा बिजेताले ६ हजार र उपबिजेतालाई दुई हजार  पाँच सय रुपैया  नगद पुरस्कार दिईएको थियो । यस्तै  प्रतियोगितामा अनुसाशित खेलाडी छिरिङ लामा घोषणा गरिएको छ । लामालाई अनसुशित पुरस्कार स्वरुप पाँच सय रुपैया प्रदान गरिएको खेल प्रशिक्षक धिरज बोगटीले जानकारी दिए । 
प्रतियोगिताको उद्घाटन सिलगढी टेक्वान्दो डोजाङका पूर्व राष्ट्रिय खेलाडी नरेश मलासीले गरेका थिए । 

आईसिसिमा नेपालको बरियता यथावत्

एजेन्सी
आईसिसी एकदिवसीय र टी–२० क्रिकेट बरियतामा नेपाल यथावत रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (सोमबार) सार्वजनिक गरेको विश्व बरियतामा दुबै फम्र्याटमा नेपालको स्थान स्थिर रहेको देखाएको छ । एकदिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा छ भने टी–२० क्रिकेटमा ११ औं स्थानमा छ ।
एकदिवसीय क्रिकेटमा नेपाल भन्दा तल यूएई १६ औं र पपुवा न्युगिनी १७ औं स्थानमा छन् ।
एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने विश्व विजेता इंग्ल्यान्ड रहेको छ । त्यस्तै, दोस्रो स्थानमा भारत रहंदा तेस्रो स्थानमा भने न्युजिल्यान्ड रहेको छ ।
टी–२० बरियतामा भने नेपालभन्दा दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १४ औं स्थानमा रहंदा आयारल्यान्ड १५ औं स्थानमा छ ।
टी–२० क्रिकेटको शीर्ष स्थानमा भने पाकिस्तान छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रो स्थानमा दक्षिण अफ्रिका र चौथो स्थानमा भारत छ ।


चलचित्र/मनारञ्जन 

“बादशाह जुट” कात्तिकमा

नेपाली चलचित्र ‘बादशाह जुट’ कात्तिक १ गतेबाट प्रदर्शनमा आउने  भएको छ । 
गत वर्षको पौष १३ गते आउने निश्चित भएतापनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको बादशाह जुट अव कात्तिकमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ । 
आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको ‘बादशाह जुट’ जोनी सिंह राणाले निर्देशन गरेका  हुन ।  राणाले यसअघि एक बलिउड फिल्म समेत निर्देशन गरिसकेका छन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस फिल्ममा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतको पनि अभिनय छ ।
फिल्मको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो । गीतमा अभिनेत्री प्रियंका कार्की प्रमुख फिचर्ड   थिइन् । उनी यस फिल्ममा अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताए । तासको खेलमा बादशाह जुटलाई शक्तिशाली मानिन्छ । पोस्टरमा सुशील र रविनलाई मात्र स्थान दिइनुले फिल्ममा यी दुई आफूलाई बादशाह सम्झने भूमिकामा रहेको अनुमान गर्न गाह्रो पर्दैन । 
एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले फिल्मको निर्माण गरेका हुन् । 
“ए मेरो हजुर–४” अर्को दर्शैमा 
२०७७ को दशैंमा सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज प्रदर्शन हुने भएको छ । 
निर्माता सुनिल कुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको बताए । अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने फिल्मको मंसिरबाट छायांकन सुरु हुने जानकारी प्राप्त  छ । अहिले निर्देशक थापा गत वर्षको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशी भूमिमा छिन् । उनको साथमा अभिनेत्री सुहाना छिन् । 
‘ए मेरो हजुर ४’ भन्दा अगाडि झरनाले वर्षौदेखि दराजमा थन्किएर बसेको ‘भागवात गीत’ को स्क्रिप्टमा काम गर्ने सोचमा थिइन् । तर, अभिनेता अनमोल केसीले हालै आठौं फिल्मको रुपमा होम प्रोडक्सनको ‘एन्टी हिरो’ गर्ने निधो गरेपछि ‘भागवात गीत’ तत्काल नबन्ने भएको हो ।

लेख 

संसदीय सर्वोच्चता कि सरकारको सर्वोच्चता ?

तेजुलाल चौधरी 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारलाई समर्थन फिर्ता गरेर प्रतिपक्ष दलको रुपमा रहेको राष्ट्रिय जनता पार्टीले संसदीय सर्वोच्चताको मागलाई जोडतोडका साथ उठाउँदै आएका छन् । नेकपाले सत्ताको नेतृत्व गरेपछि जनप्रतिनिधिमूलक संसदलाई सत्ताको छायाँ बनाउन खोजिएको र प्रतिपक्ष दलको एजेन्डालाई संसदमा बेवास्ता गरिएपछि गत असार २५ गतेदेखि संसदको गतिविधिसमेत अवरुद्ध भयो ।
असार तेस्रो सातापछि देशका विभिन्न भागमा आएको अविरल बर्षासँगै निम्तिएको प्राकृतिक प्रकोपले विशेष गरेर प्रदेश नं. २ को तराई मधेशमा ठूलो जनधनको क्षति भएको, हजारौं नागरिक विस्थापित भएका र पहाडमा पनि जनधनको क्षति भएपछि संसदको बैठक तत्काल राख्न माग गरिए पनि कांग्रेस र राजपाले उठाएका मागलाई छल्नकै लागि असार ३० गते पछि एकैचोटि श्रावण ८ गते बैठक राखियो ।
देश प्राकृतिक चपेटाको मारमा परेर जनताले जनप्रतिनिधिमूलक संसदबाट राहत, उद्धार र पुनः पुनःस्थापनाका पक्षमा महत्वपूर्ण कार्य होलान् भन्ने समयमा सरकारले संसदको बैठक बन्द गरेर जनतामाथि धोका दिने काम भयो । प्राकृतिक प्रकोपका बेला सिंगो संसदलाई एकजुट बनाएर जनताका पीडालाई सम्बोधन गर्नुपर्ने समयमा प्रतिपक्ष दलको मागलाई छल्नका लागि संसदको बैठक नियमित राखिएन ।
राष्ट्रिय सभाले भने प्राकृतिक प्रकोपका बेला एकजुट भएको सन्देश दिन सफल रह्यो भने प्रतिनिधि सभा भने यो सन्दर्भमा असफल रहन पुग्यो । भलै श्रावण ८ गते पछिको बैठकमा कांग्रेस, राजपाले आफ्ना मागलाई थाती राखेर प्राकृतिक प्रकोपको सन्दर्भमा छलफल अगाडी बढाउनका लागि अवरुद्ध संसदको बैठक सुचारु गर्न महत्वपूर्ण भूमिका खेले ।
कांग्रेस, राजपाको सुझवुझपूर्ण उक्त निर्णयले नेपाली जनतामाझ संसद आशा र विश्वासको थलो भएको सन्देश दिन सफल रह्यो । उक्त एजेण्डामा एकजुट भएका राजनीतक दल पछिल्ला दिनमा राष्ट्रिय मुद्दामा एकजुट हुन नसक्नु आश्चर्यको विषय हो ।
कांग्रेस–राजपाले संसदको बैठक अवरुद्ध गरेर संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप सत्तापक्षबाटै लगाएको देखिन्छ । यसमा सत्यता छैन । संसद अवरुद्ध हुनुमा सत्तापक्षको दम्भ र सभामुख कृष्णबहादुर महराको निश्किृयताले भूमिका खेलेको छ । कांग्रेस र राजपाले उठाएका मागलाई सम्बोधन गर्दा सत्ता पक्षले नै जस पाउने हो, लोकतन्त्र, सुशासन मजबुत हुने हो । सरकार जनताको नजरमा जवाफदेही भएको ठहर्ने हो । तर, यो बुझ्न किन सत्तापक्ष तयार छैन ?
लोकतन्त्रमा विधिको शासन हुनुपर्छ समाजमा शान्ति सुव्यवस्था काम हुनुपर्छ र संसदीय सर्वोच्चता कायम भएमात्र हामीले ल्याएको लोकतन्त्र बलियो हुन्छ भन्दा उल्टै काँग्रेस, राजपा जवाफदेही भएन भन्ने ? गत असारमा सर्लाहीमा मारिएका चन्द समुहका नेता कुमार पौडेल र खाल्डोमा परी मृत्यु भएका बालकको घटनाको सन्दर्भमा सरकारी छानविन समितिप्रति संसद विश्वस्त हुन नसकेपछि संसदीय छानविन समिति बनाउ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उपाय खोजौं भन्दा संसदमा सुनुवाई हुन नदिने ?
त्यसैगरी मधेश–थारु आन्दोलनको क्रममा भएको जनधनको क्षतिका बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन सरकारले गठन गरेको पूर्वन्यायाधिश गिरिशचन्द्र लाल नेतृत्वले बुझाएको प्रतिवेदन संसद मार्फत सरकारले सार्वजनिक गरेर उक्त आन्दोलनका दोषीलाई कारबाहीको माग संसदमा उठाउँदा सुनुवाई नै नहुने ? वास्तवमा यी मागलाई सम्बोधन गर्दा समाजमा शान्ति सुव्यवस्था काम हुने र लोकतन्त्र सुदृढ हुन्छ । यसले संसदीय सर्वोच्चता कायम भएको ठहर्छ । यसतर्फ राज्य र सभामुखको खोई ध्यान जान सकेको ?
विगतका नजिर
कांग्रेस–राजपाले उठाएका दुईवटा मागसँगै संसदीय सर्वोच्चता कायम हुनुपर्छ भन्ने एजेण्डा सरकारको नियत र गतिविधिकै कारण संसदमा उठेको हो । नेकपाको नेतृत्वमा सरकार गठन भएपछि संसदीय सर्वोच्चतामाथि पटक–पटक प्रहार हुने गतिविधि हुँदै आएका थुप्रै दृष्टान्त छन् ।
गत असोज २२ गते मिनि संसद मानिने संसदीय समिति (विकास समिति) को बैठकमा संचारमन्त्री गोकुल बास्कोटाले खेलेको भूमिका देखिनै यो सरकार संसदीय सर्वोच्चताका विपक्षमा कतिसम्म उभिन सक्दोरहेछ भन्ने देखाउँछ । त्यसबेला समिति सभापति कल्याणी खड्काले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न सरकारलाई निर्देशन दिने समितिको निर्णय सुनाउँदा सुनाउँदै मन्त्री आक्रोशित मात्र भएनन् समितिको निर्णय नै उल्टाउन लगाए । अर्थात् आफ्नो नियत र सरकारको रणनीतिको पक्षमा समितिलाई उभ्याउन बाध्य पारियो ।
सरकारको सर्वोच्चता कि संसदीय सर्वोच्चता भन्ने मुद्दा यो घटनापछि उठ्दै आएको हो । संसद र कुनै पनि संसदीय समितिलाई सरकार, मन्त्री र तिनका निकायले निर्णय गर्न वा नगर्न दबाव दिन मिल्दैन । संसद र समिति स्वतन्त्र छन्, तिनले लिने निर्णय कार्यकारी सरकारका लागि मार्ग्निर्देशन र बाध्यकारी हुन्छन् तर यहाँ उल्टो भइरहेको छ ।
त्यसैगरी अर्को दृष्टान्तका रुपमा डा. गोविन्द केसीको सत्याग्रह र चिकित्सा सेवा विधेयकलाई लिन सकिन्छ । डा. केसीको चिकित्सा सेवा विधेयक माफियाका पक्षमा पारीत हुन लागेको भन्दै उक्त विधेयक फिर्ता लिन माग गर्दै डा. केसी गत माघमा १६ औं सत्याग्रहमा बसे । उक्त सत्याग्रह सही हो भन्दै काँग्रेसले समर्थन जनायो र संसद अबरुद्ध ग¥यो । नेपालको संसदीय इतिहासमा पहिलो पटक प्रमुख प्रतिपक्षी दलले घेराउ गरिरहेको समयमा दुई तिहाईको दम्भ र सभामुखको निरीहताले उक्त विधेयक जवरजस्ती पारीत गरियो ।
गत बैशाख २२ गते राष्ट्रिपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा समाबेश गरिएको ‘मेरो सरकार’ शब्दावलीले त सबैलाई झस्कायो । यो घटनाले संसदीय सर्वोच्चता की राष्ट्रपतिय सर्वोच्चता भन्ने अर्को बहस शुरु भयो ।
यसैगरी संसदीय समितिले समावेशी आधारमा लोकसेवाको विज्ञापन प्रकाशन गर्न सरकारलाई निर्देशन दिईएपनि उक्त निर्देशन सरकारले पालना नगर्दा अहिले उक्त मुद्दा पेचिलो बन्न पुगेको छ । संसद र समितिले दिएका दर्जनौं निर्देशन सरकारले पालना नगरेर संसदीय सर्वोच्चताको खिल्ली उडाउने कार्य भएको छ । यी घटनाक्रमले के देखाउँछ भने संसदीय मर्यादा, परम्परा, संविधानको भावना र जनताको जनचाहना विपरीत सत्तापक्ष हिँड्न खोजिरहेको छ ।
संसदीय मर्यादामाथि प्रहार हुँदै गयो भने संबैधानिक शक्ति सन्तुलनमा समेत असर पुग्छ । जनताको सर्वोच्च निकाय संसदमाथि कार्यकारणीको छाँया पर्नु र पारिनु लोकतन्त्रका लागि शुभसंकेत होइन । सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरेर र संसदीय परम्परा विपरीत हिँडेर सरकारले कस्तो किसिमको समृद्धि र सुशासनको कल्पना गरेको हो ? बुझ्न सकिएको छैन ।
संसदीय सर्वोच्चतायुक्त लोकतन्त्र सबैले अंगीकार गरेको प्रणाली हो । संसदको सर्वोच्चता र सरकारको क्षेत्राधिकार कहिल्यै पनि नबाझिनु पर्नेमा सरकारले नै झमेला निम्त्याउने काम गरिरहेको छ । सरकारका गतिविधि हेर्दा यहाँ संसदीय सार्वोच्चता होइन, सरकारको सर्वोच्चता बढ्दै गइरहेको छ । संसद जनप्रतिनिधिको सर्वोच्च निकाय र जनताको समस्या मुखरित हुने स्थान हो ।
नेपालको संविधानले केन्द्रमा राष्ट्रिय प्रतिनिधि सभा, प्रदेशमा प्रदेश सभा र स्थानीय तहमा पालिकास्तरीय जनप्रतिनिधिमूलक परिषदले अहिले संसदीय अभ्यास गरिरहेका छन् । यी तीनै तहका जनप्रतिनिधिमूलक थलोमार्फत जनताको आवाज मुखरित हुने व्यवस्था संविधानले गरे पनि सत्तापक्ष आफ्नो सर्वोच्चता कायम गर्न उद्दत्त छ । संसदीय सर्वोच्चता कायम भएपछि सरकारको सर्वोच्चता कायम त्यसै हुने कुरा हो भन्ने दिव्य ज्ञान सत्तापक्षलाई हुनुपर्ने होइन र ?
अबको निकास
लामो समय संसद अवरुद्ध हुनु सत्ता र प्रतिपक्ष दुबैका लागि राम्रो संकेत होइन । संसदमा काँग्रेस र राजपाले उठाएका माग कुनै दलगत माग नभएर राष्ट्रिय माग भएकाले यी माग पूरा गरेर अवरुद्ध संसद खुलाउन सत्तापक्ष र सभामुखले निर्णयक भूमिका खेल्नु आवश्यक छ ।
सर्लाही घटनाका सन्दर्भमा शुरुमा संसदीय छानविन बनाउन राजी छु भन्ने सभामुख र लाल आयोगको प्रतिवेदन संसदमा सार्वजनिक गर्न सरकार तयार छ भन्ने सरकार अहिले पछि किन हटे ? संसदलाई जनप्रतिनिधिको सर्वोच्च निकाय मान्ने सत्ता पक्ष तयार छ भने सबै समस्याको समाधान संसदमार्फत गर्न सकिन्छ ।
यहाँ अवरुद्ध संसद खुलाउन न प्रधानमन्त्रीले चासो दिएका छन् । सभामुखले कार्य व्यवस्था समितिको बैठक मार्फत वा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठकमार्फत निकास खोज्न गरिएको पहलले सार्थकता पाउन सकिरहेको छैन ।
सभामुखले संसदको कुुर्सीमा बसेपछि मात्र ‘माननीय सदस्यहरु‘ बसिदिनोस् भनेर फकाई फुल्याएर मात्र अवरुद्ध संसद सुचारु हुन सक्दैन । यसका लागि दुवै दलले उठाएका मागको सम्बोधन जरुरी छ ।
(लेखक नेपाली कांग्रेसका सांसद हुन् ।)
अनलाईन खवर डटकमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. रोजगार सिर्जनाका प्रमुख क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस ।
— कुनै काम पाएको अवस्था रोजगार हो । पेशा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी आदि जस्ता कार्य गर्नु रोजगार हो । काम दिनु वा पाएको काम गर्नुमा अर्थ छ । काम दिनु रोजगार सिर्जना हो भने यसरी सिर्जना भई पाएको काम गर्नु रोजगार गर्नु हो । रोजगार सिर्जनाको प्रमुख क्षेत्र उद्योग हो, किनकि उद्योगले धेरै जनालाई काम दिन्छ । उद्योगको लगानी संस्थागत हुने, कामकारबाही पारदर्शी हुने, गरेको लगानीले  धेरै व्यक्तिलाई कामको सिर्जना हुने, उत्पादन बढ्ने, त्यही उत्पादित वस्तुको व्यापार गर्नेले पनि अरूलाई   रोजगार दिएको हुन्छ । वस्तु उत्पादनदेखि वितरण हुँदै उपभोक्तासम्म पुग्दा आउने प्रत्येक चरणमा कामको सिर्जना हुन्छ । उद्योगले रोजगारमा यसरी बहुआयामिक भूमिका खेल्ने हुँदा उद्योग रोजगारको प्रमुख क्षेत्र  हो । रोजगार सिर्जनाका अरू क्षेत्रहरू निम्नानुसार छन् ः
क. कृषि ः कुषि उत्पादनशील क्षेत्र हो, वस्तु उत्पादन हुने, उद्योगको लागि कच्चा पदार्थको प्रमुख स्रोत हुने, धेरै जनाले काम पाउने, सजिलो तथा सरल पेशा भएकाले कृषि रोजगारको परम्परागत क्षेत्र हो । यसलाई व्यवसायिक तथा संस्थागत गर्न सकिएमा यसबाट धेरै रोजगार सिर्जना हुने सम्भावना रहन्छ । 
ख. व्यापार ः वस्तु तथा सेवाको खरिद बिक्रीको कारोबार गर्ने पेशा व्यापार हो । यसमा मालवस्तु आयात–निर्यातको कार्य पनि पर्छ । मालवस्तु खरिददेखि बिक्रीका चरणहरूमा धेरै कार्य गर्नुपर्ने हुनाले यसबाट पनि रोजगार प्राप्त हुने गर्छ । नेपाललाई भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउन सकिएमा व्यापारबाट रोजगार बढ्ने सम्भावना पर्याप्त छ । 
ग. पर्यटन ः मानिसहरूको आवतजावतका कारणले पनि रोजगार सिर्जना हुन्छ । विदेशी पर्यटकहरूको आवागमनले विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने, देशको अन्तराष्ट्रिय जगतमा पहिचान बढ्ने, थप पर्यटक आउने हुन्छ । आन्तरिक पर्यटनले आर्थिक कारोबारको थप चलायमान हुन्छ । यसबाट प्रत्यक्ष अप्रत्यक्ष    रोजगार सिर्जना हुन्छ । यातायात, होटल व्यवसाय फस्टाउनेदेखि वस्तु तथा सेवा व्यापार पनि बढ्छ । 
घ. वैदेशिक रोजगार ः विदेशमा गएर कुनै पेसा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी गर्नु वैदेशिक रोजगार हो । स्वदेशमा पर्याप्त अवसर नपाउँदा व्यक्ति अवसरका लागि विदेश जान्छ । नेपालजस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगार रोजगारको प्रमुख क्षेत्र मानिन्छ तर यो अल्पकालीन हो, दीर्घकालीन रूपमा यो रोजगारको क्षेत्र होइन । स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्छ । 
ङ. जनशक्ति ः एक जना उद्यम सोच राख्ने जनशक्तिले धेरै जनशक्तिलाई रोजगार दिने हुनाले जनशक्तिलाई पनि रोजगार सिर्जनाको क्षेत्र मान्न सकिन्छ । सीपयुक्त दक्ष जनशक्तिले स्वेदशमा मात्र नभई विदेशमा पनि काम पाउने मात्र होइन अरू धेरैलाई काम दिने सामर्थ राख्छ । त्यसकारण जनशक्ति विकासमार्फत रोजगार सिर्जना गर्नुपर्छ । 
२. नेपाली सेनामा के कस्ता सैनिक अदालत गठन हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 
— नेपाली सेनामा देहाय बमोजिमका पाँचवटा सैनिक अदाल गठन हुने व्यवस्था सैनिक ऐन, २०६३ ले    गरेको छ ः 
क. जनरल सैनिक अदालत ः कम्तीमा एक जना रथि, दुई जना महासेनानी वा प्रमुख सेनानी र दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी पाँच जना अधिकृत रहेको जनरल सैनिक अदालत । यस अदालतमा उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानून विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ । 
ख. समरी जनरल सैनिक अदालत ः कम्तीमा दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी कम्तीमा तीन जना अधिकृत रहेको समरी जनरल सैनिक अदालत । यस अदालतमा पनि उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानून विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ ।
ग. डिस्ट्रिक्ट सैनिक अदालत ः कम्तीमा दुई वर्ष आयुक्त पद प्राप्त गरेका मध्येबाट कम्तीमा तीन जना अधिकृत रहेको डिस्ट्रिक्ट सैनिक अदालत,
घ. समरी सैनिक अदालत ः नेपाली सेनाको विभाग, फर्मेसन वा एकाइको कुनै कमान्डिङ अधिकृत      रहेको एक व्यक्तिको समरी सैनिक अदालत । यस अदालतको कारबाहीमा सहयोग पु¥याउन दुई जना अधिकृत वा दुई जना पदिक वा दुवै दर्जाका एक एक जना गरी जम्मा दुई जना उपस्थित रहने व्यवस्था छ । 
ङ. सैनिक विशेष अदालत ः जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्न देहायको एक सैनिक विशेष अदालत रहने व्यवस्था छ ः
(१) न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश–अध्यक्ष
(२) रक्षा मन्त्रालयका सचिव–सदस्य
(३) प्राड विभागका प्रमुख–सदस्य
३. निजामति कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू के के हुन् ? लेख्नुहोस् । 
— निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ अनुसार निजामती कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू निम्न छन् ः 
— आपूmभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने,
— आपूmभन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नुपर्ने,
— जुवातास खेल्ने तथा सार्वजनिक रूपमा जाँड रक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य नगर्ने, त्यस्तो व्यवहार प्रदर्शन नगर्ने, 
— नेपाल सरकार र निजामती सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनुपर्ने,

साहित्य/सिर्जना 

म यो गोरखा राज्यमा

म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमीन आकाशतिर
आकाश जमीनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाईएको
यत्तिमै यो बिसे उफ्रिनुपर्ने ?  थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्नरसनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए 
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षदेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
कवी श्रवण मुकारुङ

सूचना सन्देश बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/४/२८          
जिल्ला डोटी लामीखाल गा.वि.स.वडा नं.८ कि.नं.२९२, ३५३, ३५५, ४०८, ४२२, ४६९, ४८१, ५२४, ७०६, ७६५, ७७३, ७९५ को जग्गा ऐ.वडा नं.८ बस्ने विकारामको नाती भूमिको छोरा उदे धामी, डमरे धामी, अवि धामीको नाउँमा संयुक्त नाप नक्सा भई श्रेस्ता पुर्जा कायम भएकोमा जग्गाधनि डमरे धामीको मिति ः २०७३/५/११ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले जग्गाधनि उदे धामी, डमरे धामी, अवि धामीमध्ये मृतक डमरे धामीको हकहिस्साको शेषपछिको हकदार दुईजना दाजु भाई उदे धामी र अवि धामी मात्र भएको हुदा मृतक जग्गा धनि डमरे धामीको पुरै हकहिस्सा हामीहरुको नाउँमा संयुक्त नामसारी गरि पाउँ भनि आदर्श गा.पा.वडा नं.५ डोटीको च.नं.२४ मिति ः २०७६÷४÷२८ को किटानी सिफारीस पत्र, जग्गाधनि प्र्रमाण पुर्जा, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणीत, नेपाली ना.प्र.प, चालु आ.व.को एकिकृत सम्पत्ति कर बुझाएको रसिद, आदी प्रमाणहरु साथै राखी उदे धामी र अवि धामीले मिति ः २०७६÷४÷२८ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, डमरे धामीको अपुताली नपरेको भए, वा अन्य हकदार भए वा निज निवेदकहरुको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/०४/३१ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–२ लुसाकोट डोटीमा रहेको यस श्री भवानी माध्यमिक बिद्यालयमा रिक्त रहन गएका तपशिल बमोजिमका शिक्षक पदहरुमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
१. बिज्ञापन नं. ०१÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः बिज्ञान 
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
२ . बिज्ञापन नं. ०२÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः गणित 
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
३. बिज्ञापन नं. ०३÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः अर्थशास्त्र  
किसिम ः करार (खुला) 
शैक्षिक योग्यता ः सम्वन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०५÷१३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०५÷१४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः शिक्षक सेवा आयोग नियमावली २०५९ को नियम २४ को उप नियम ३ र ४ बमोजिमका उम्मेदवारहरुलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम नियुक्त गरिनेछ । शिक्षक सेवा आयोगबाट प्रकाशित सूचीका उम्मेदवारहरु उपलव्ध हुन नसकेमा मात्र शिक्षा नियमावली २०५९ को नियम ९७ को उप नियम ३ पछिका उपनियमका आधारमा नियुक्त गरिनेछ ।

Tuesday, August 13, 2019

बिम्ब साप्ताहिक, २०७६ साल साउन २८ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार 
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार 
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार 
सूचना लिने दिने संस्कृतिको विकास गरौं 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

फेरी दुई नयाँ बालश्रमिक थपिए  

“बालश्रममुक्त नगरपालिका” वनाउने दिपायल सिलगढी नगरपालिकाको अभियानमा फेरी चुनौती थपिएको छ । लामो समयदेखि नगरपालिकाले सञ्चालन गरेको बालश्रमिक हटाउने अभियानलाई चुनौती दिदै दुई नयाँ बालबालिकाहरु श्रमिकको रुपमा भित्रिएका छन् ।  
श्रमिक बालबालिकाका अभिभावकहरु र मालिकहरुसंग नगरपालिकाले बालश्रम अन्त्य गर्नका लागि पटक पटक छलफलहरु चलाएको छ । पटक पटक पत्राचार गरि बालश्रमिक नराख्न आग्रह समेत गरेको छ । यति हुँदाहुँदै पनि दुई बालश्रमिक थपिनुले अभियानलाई थप मजबुत वनाउनु पर्ने देखाएको छ । 
बालश्रम उन्मुलन नीति वनाउने, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने, अभिभावकहरुलाई सम्झाई बुझाई गर्ने, आर्थिक सहयोग गर्ने र बालबालिकाहरुको तथ्याङ्क संकलन गर्ने क्रियाकलापहरु नगरपालिकाले सम्पन्न गरेको छ । यस अभियानले यस अघि नगर क्षेत्रभित्र रहेका ६४ बालश्रमिकलाई श्रममुक्त   गरिएकोमा पाँच बालबालिकाहरु फेरी मालिककोमा बस्न आएका भन्ने जानकारी आएको नगरपालिकाका सामाजिक विकास अधिकतृ रमेशचन्द्र जोशीले जानकारी दिए । 
बालश्रममुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी वनाउन नगरपालिकाले शनिवार आयोजना गरेको सर्वपक्षीय बैठकमा दुई बालबालिका नयाँ श्रमिक भएको जानकारी दिईएको हो । “दुई बालबालिकाहरु नयाँ श्रमिक आएका छन्” सामाजिक विकास अधिकृत जोशीले भने ‘हामीले अभियान चलाउँदा चलाउँदै पनि नगरका केही व्यक्तिहरुले फेरी गाउँबाट बालबालिका ल्याएर श्रमिक वनाउने काम गर्दैछन् ।’ उनले अव कानुनी प्रक्रियामा जानुको बिकल्प नरहेको समेत वताए । नयाँ थपिएकामा एक १२ बर्षीया बालिका समेत रहेको जोशीले जानकारी दिए ।
बालश्रमिकहरु हटाउन सवैको सहयोग आवश्यक रहेको भन्दै नगर प्रमुख मञ्जु मलासीले बालश्रमिक राख्नेलाई सवै राजनीतिकर्मीहरुले खवरदारी गर्नु पर्ने समेत वताईन । उनले भनिन् ‘यदि बिपन्न परिवारको बालबालिका हो भने उसको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्न नगरपालिका तयार छ, तर व्यक्तिगत स्वार्थका लागि परिवारको आर्थिक अवस्था कमजोर भन्दै पढाईदिने बहानामा बालश्रमिक  राख्न पाईदैन ।’ 
पटक पटक चेतनामुलक कार्यक्रम सञ्चालन गर्दा समेत श्रमिक बालबालिकालाई श्रममुक्त गराउन नमान्ने मालिकहरुलाई तत्काल कारवाही दायरामा ल्याउनु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए । 
यस अघि श्रममूक्त भएका ५९ बालबालिकाहरुमध्ये बिपन्न परिवारका २० बालबालिकाहरु–लाई नगरपालिकाले आवाशीय सुविधा सहित बिद्यालय भर्ना गरेको छ । उनीहरुको सवै खर्च नगरपालिकाले व्यहोर्ने भएको     छ । अन्य ३९ बालबालिकाहरुलाई उनीहरुका अभिभावकहरुले घर लगि नजिकको बिद्यालयमा भर्ना गराएको सामाजिक विकास अधिकृत जोशीले वताए । ति बालबालिकाहरुलाई एक बर्षभरीका लागि पुग्ने पोशाँक सहितको शिक्षण सामग्रीका लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको बताउँदै जोशीले भने ‘ति ३९ बालबालिकाका अभिभावकहरुलाई आय आर्जनका क्रियाकलापमा सहयोग गर्ने गरि नगरपालिकाले योजना वनाईरहेको छ ।
५७४ बालबालिका कमजोर अवस्थामा 
दिपायल सिलगढी नगरपालिकाभित्र पाँच सय ७४ बालबालिकाहरु कमजोर अवस्थामा रहेको सो कार्यक्रममा जानकारी दिईयो । 
नौ वटै वडाका जनप्रतिनिधिहरुले गरेको अध्ययनबाट उक्त संख्याका बालबालिकाहरु कमजोर रहेको देखाएको हो । तथ्याङ्क अनुसार बुवाको मृत्यु भएका एक सय २८, आमाको मृत्यु भएका ६१ र आमा बुवा दुवै गुमाएका ९५ बालबालिकाहरु रहेका छन् । यस्तै अपाङ्गता भएका ७२, आमा बुवा बेपत्ता भएको १९, आमा बुवा कारागारमा रहेका चार र आर्थिक अवस्था अति कमजोर भएका परिवारका बालबालिकाहरु ९५ रहेका छन् ।

सम्पादकीय 

माटो जोगा सरकार

बर्षायाम सुरु भएसंगै देशभरी बिभिन्न स्थानहरुमा पहिरो गएको खवर आएका छन् । पहिरोमा परि ज्यान समेत गएका खवर आएका छन्, अन्य धनमालको क्षतिको त देशभरीबाट हिसाव निकाल्न समेत बाँकी रहेको छ । जताततै बाढी, पहिरो, भु–क्षयको कुरा बढी आईरहेको छ । यो दुःखदायी बिषय छ । 
बिगतका बर्षहरुमा पनि यस्ता बिपत्तिहरु आईलागेका छन् । प्राकृतिक बिपत्तिसंग मान्छेको केही लाग्दैन र मान्छेले रोक्न पनि सक्दैन तर, प्राकृतिक बिपत्ति न्यून गर्नेतिर मान्छे पूर्व सतर्कता अपनाउन जरुर सक्छ । अहिले जति पनि पहिरो गएका घटनाहरु, बाढी, भु–क्षयका घटनाहरु भईरहेका छन् ति घटनाहरुमा बढी जसो मानवीय क्रियाकलापका कारण निम्तिएका छन् । मानवीय क्रियाकलापहरु यसरी अमानवीय भईदिएका छन् कि यसले प्रकृतिलाई समेत आफ्नो निर्णय बदल्न बाध्य बनाएको छ । 
विकासका नाममा प्राकृतिक प्रकोप आउने गरी संरचनाहरु निर्माण गरिदैछन् । त्यो योजनाले जनतालाई फाईला पु¥याओस वा नपु¥याओस तर सिमित व्यक्तिहरुलाई फाईदा पु¥याउन जरुरी छ । योजना निर्माणका नाममा मेसिनको प्रयोग अत्याधिक मात्रामा बढेको छ । त्यो सवैभन्दा बढी सडक निर्माण गर्ने नाममा भएको छ । गाउँगाउँमा सडक पु¥याउने भन्दै बजेट बिनियोजन गराउने, उक्त बजेटले भाडाका डोजर लगाएर डाँडा भत्काउने काम तिब्र गतिमा भईरहेको छ । यो विकास होईन सरकार यो त व्यापार हो । डोजर चलाउने नाममा कमिसनको खेल सुरु भएको छ । भनसुनको आधारमा बजेट बिनियोजन ग¥यो, आफ्नो मान्छेलाई उपभोक्ता समितिमा राख्यो अनि कमिसनको भरमा डोजर चलायो, डाँडा भत्कायो । डोजरको चालकले जता जता सजिलो देख्छ, उतै उतै सडक जान्छ सरकार । यस्तो विकासले के साँच्चै जनतालाई फाईदा गर्ला त रु 
गाउँतिर जाँदा कुनै पनि डाँडा बाँकी छैनन् डोजर नपुगेका । बिगतका केन्द्रिकृत सरकारले बाँडेको बजेटे नपुगेर अहिलेका स्थानीय सरकारले पनि आफ्नो वजेटको ठुलो हिस्सा त्यसैमा खर्च गरे तर दुर्भाग्य जसरी विगतका बर्षहरुमा नियम विपरित सडकहरु काटिए, नजिकको मानिएको स्थानीय सरकारले पनि नियम विपरित सडक काट्यो । सडकको डिपिआर छैन, बातावरणीय प्रभाव मुल्याङ्कन  गरिएको छैन, सरोकारवाला पक्षहरुसंग कुनै छलफल छैन, जता मन लाग्यो जति बजेट पायो त्यति नै डाँडा भत्काउने होड् चलेको छ । यसले विकास होईन विनास निम्ताईरहेको छ ।
जेठमा बस्तीको माथीबाट सडक काटिन्छ, असार÷साउनमा बस्तीमै पहिरो आउँछ र बस्ती बिस्थापित गर्नु पर्नेसम्मको बाध्यता आईलाग्छ । यस्ता थुप्रै उदाहरणहरु छन् । सडक काट्दा सामान्य प्रक्रिया पनि पु¥याईन्न, यो सडक यहाँबाट काट्दा के समस्या हुन्छ भन्ने सामान्य होस् पनि पु¥याईन्न भने त्यसले निम्त्याउने प्रकोप त भयानक हुने नै भयो सरकार । 
त्यसैले यो बाढी पहिरोको जोखिम न्यून गर्नका लागि उचित कदम चाल्नु जरुरी छ । प्रत्येक स्थानीय तहले मनपरी सडक काट्ने काम तत्काल बन्द गर्नु पर्छ । बातावरणीय प्रभाव मुल्याङ्कन नगराई सडक काटिनु हुँदैन । यसका लागि सरकारले कठोर कानुन बनाउनु आवश्यक छ । बर्षेनी डाडाँ खन्ने अनि बर्षातको बेला माटो जति बगाएर लैजाने अवस्थाले देशको माटो सकिने अवस्थामा पुगेको छ । त्यसलै माटो जोगाउनका लागि सरकारले कडा कदम चाल्नु जरुरी छ । अन्यथा माटो बग्दै रहनेछ, भु–क्षय हुँदै जानेछ र प्राकृतिक प्रकोपले विनास निम्ताउँदै जानेछ । त्यसैले सवैले समयमै सचेत भएर लाग्नु जरुरी छ । होईन भने एक दिन फेरी ठुलो क्षति हुने छ र त्यो दुःखको सामना गर्नका लागि हामी तयार हुनु जरुरी छ ।  

थप समाचार 

घुस लिएको आरोपमा डिसि पक्राउ


उपभोक्ताहरुको काम गरिदिएवाफत घुस लिएको आरोपमा एक वन अधिकृत पक्राउ परेका छन् । 
आईतबार साँझ डडेल्धु– राको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सहायक वन अधिकृत सुरेशचन्द्र डिसि पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । टोलीले डिसीसंग भएको तीन लाख २६ हजार रुपैयाँ समेत बरामद गरेको छ । 
यस अघि डोटीको सब–डिभिजन कार्यालय बीपीनगरमा कार्यरत डिसि हाल कञ्चनपुर डिभिजन वन कार्यालयमा सरुवा भएका थिए । उनले साउन २३ गते मात्रै रमाना बुझेको डिभिजन वन कार्यालय, डोटीले जानकारी दिएको  छ । काम गरिदिए बाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार डिसीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख प्रमुख शिववहादुर कार्कीले जानकारी दिए । उनले घटनाबारे थप छानविन भईरहेको र छानविनपछि मात्रै पुरा विवरण भन्न सकिने वताए ।
डिसिबाट बरामद भएको रकम डिसिको नभइ आफ्नो भएको जोरायल गाउँपालिका९१ का किरण मल्लको दावी  छ । ‘मलाई बाँकी कुरा थाह छैन, त्यो रकम मेरो हो’ मल्लले भने ‘डडेल्धुरामा तेज भट्टको खाताबाट उक्त रकम झिकिएको हो ।’ मल्लले थपे ‘मसंग व्याग नभएका कारण मैले उहाँ ९डिसी० लाई उक्त रकम राख्न दिएको हुँ ।’ उनले डिसिलाई फसाउनका लागि कसैले यस्तो षड्यन्त्र गरेको हुन सक्ने वताए । मल्ल नपत्याए बैङ्कमा गएर खोजी गर्न सकिने समेत वताउँछन् । 
मल्लले गरेको दावीलाई अख्तियार महेन्द्रनगर कार्यालयका प्रमुख कार्कीले अस्वीकार गरे । उनले भने ‘प्रमाणले उक्त रकम घुसकै रकम भएको देखिन्छ ।’ 

बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

गणेश मौनी/डोटी
     श्रावण २७
पूर्वीचौकी गाउँपालिकाको वडा नंं। १ लाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । 
वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धतासंगै सुझाबहरु पनि दिएका छन् । 
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित सि ई एस पी परियोजना अन्र्तगत बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सामुदायिक विकास केन्द्र डोटीका मिल अधिकृत टंक प्रसाद जोशीले  बताए ।  उनले भने “वडा नं। १ लाई बालमैत्री वडा घोषणा गर्न हाम्रो पनि पूर्ण सहयोग र सहकार्यका साथ काम गर्छौं । वडा को बालवालिकाको स्थिती पत्र तयार गर्न संस्थाले सहयोग गरेको समेत जोशीले बताए । 
कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक देब बोहराले विद्यालयमा हरेक कुरा विद्यार्थीको पढाई, लेखाई, खेलकुद, सरसफाई निर्माणाधिन संरचनामा बालवालिकालाई ध्यानमा राखेर तयार गरिएको बताए । उनले भने ‘पहिलेको भन्दा धेरै कुरामा सुधार र सिकाई भएको छ, सिकाई उपलब्धी बृद्धि गर्न सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । विद्यालय बाहिर रहेका बालवालिकालाई विद्यालयभित्र ल्याउन, बालबालिकाहरुको आचरण, नैतिकता सुधार गर्न, बालमैत्री शिक्षा लागु गर्न, शैक्षिक गुणस्तर अभिबृद्धि गर्न स्थानीय सरकारले योजनागत रुपमा अघाडी बढ्न सुझाब समेत दिएका थिए । 
गाउँपालिकाले वालमैत्री वडा, गाउँपालिका घोषणा गर्न कार्यबिधी तयार गरेर अघाडी बढ्ने पूर्वीचौकी गाउँपािलकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । उनले भने ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकार, संरक्षण, सहभागितासंग थुप्रै सवालहरु जोडिएका छन्, हामीले चाहे जस्तो रुपमा पुरा गर्न सक्दैनौं केही पुरा हुने दौरानमा छन् भने केही पुरा हुन सकेका छैनन् ।’ ति सवाल पुरा गर्न गाउँपालिकाले विशेष योजनका साथ अघि बढिरहेको र सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । गरिब जेहेन्दार, दलिका, बिपन्न बालवालिकालाई लक्षित गर्दै गाउँपािलकाले तिस लाखको छात्रबृत्ति कोषको स्थापना गरेको समेत अध्यक्ष बोगटीले बताए ।  
वडा नं। १ लाई पूर्वीचौकी गाउँपालिकाभरी पहिलो वडाको रुपमा बालमैत्री वडा घोषणा गर्न तयारी         गरिरहेको वडाध्यक्ष अंक बहादुर खड्काले बताए । ‘नेपाल सरकारले लागु गरेका सूचकहरुलाई आधार मानि काम गरिरहेका छौं’ वडाध्यक्ष खड्काले भने ‘सबै रुपमा पूर्ण हुन सकिरहेका छैनौं, केही बाधा अड्चन छन् एक दिन सफल हुन्छौं ।’ सरोकारवाला सबै निकायलाई सहयोग गर्न समेत अध्यक्ष खड्काले आग्रह गरेका छन् । 
कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन कार्यविधी २०६८ ले जारी गरेका सूचकहरुको आधारमा हेर्दा करीव ७०/८० प्रतिशत काम पुरा भएकोले अब चाँडो घोषणा गर्नुपर्ने बताएका थिए । नौ स्थानीय तह रहेको डोटीमा अहिलेसम्म कुनै स्थानीय तहले बालमैत्री वडा, नगर÷ गाउँपालिका घोषणा गर्न सकेको छैन ।

मन्दिर सरसरफाईमा प्रहरी

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझी सहितको प्रहरी टोलीले मन्दिर सरसफाई गरेको छ । 
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय तिर्थ स्थलको रुपमा परिचित शैलेश्वरी मन्दिर सरसफाईमा  सामुदायिक प्रहरी सेवा केन्द्रको व्यानर सहित प्रहरी प्रमुख सहित दर्जनौं प्रहरीहरु जुटेका थिए । मन्दिर परिसरको सरसफाई र सुरक्षा गर्नु आफ्नो नियमित कार्य भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक माझीले बताए । उनले भने “महिनाको एक पटक मन्दिर सरसफाई गर्ने हाम्रो नियमित कार्य भएपनि यस पटक साउनको अन्तिम सोमबार, भक्तजनको भिर लाग्ने भब्यताका साथ पुजा आराधाना हुने भएकोले बृहत रुपमा सरसफाई कार्यमा लागेको बताए ।
प्रहरीले सार्वजनिक स्थान, मन्दिर सरसफाई गर्नु ठुलो कुरा नभएपनि स्थानीय बासिन्दाहरुले पनि केही सिकुन, सार्वजनिक सम्पतीको प्रवद्धनमा सहयोग पुगोस भन्ने हाम्रो ध्यय हो । 
पछिल्लो समयमा नेपाल प्रहरीले  प्रहरी जनताको साथी हो प्रहरी र जनताविचको सम्बन्धलाई  सुमधुर बनाउन सहयोग पुगोस भन्ने हेतुले जनताको घरदैलोमा गएर विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।  जिल्लाका विभिन्न स्थानीय तह संग मिलेर 
सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा शान्ति स्थापना गर्न, घरेलु हिंसा, महिला हिंसा लगाएका बिकृति बिसंगतिहरुको अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्नुका साथै नेपाल  प्रहरीको काम कर्तब्यका साथै कुनै अपराधिक घटना, प्रकोपजन्य घटना, कुनै दुर्घटना भईहाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा  पनि जानकारी गराउदै आएको । 

पत्रकारितासंगै समाज सेवा

बाजुरा, बुढीनन्दा नगरपालिका–२ कोल्टि बस्ने रघु सार्कीका १५ बर्षीय छोरा गोबिन्द्र सार्की दुई बर्षको उमेरदेखि नै बिरामी परे । उनलाई छाला पाक्ने रोग लाग्यो । स्थानीय स्थास्थ्य चौकीमा पटक पटक जचाउँदा पनि निको भएन । छाला पाक्न थालेको १३ बर्ष हुँदा समेत निको भएन । छोराको राम्रो ठाउँ उपचार गराउनका लागि रघुसंग पैसा थिएन ।  
गोविन्दका कान्छा भाई १० बर्षीय रामलाल सार्कीको जन्मजात पिसाम थैलीमा समस्या थियो । आर्थिक अभावका कारण उनको पनि उपचार हुन सकेन । 
रिपोर्टिङ्गका क्रममा गाउँतिर गएका नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशवहादुर सिंहले उक्त घटनाको जानकारी पाए । उनले गोविन्दको उपचारका लागि सामाजिक अभियान सुरु गरे । सिंहको अभियानले दुई भाईको काठमाण्डौमा उपचार भइरहेको छ ।
गोबिन्दको नेपाल मेडिकल कलेज र रामलालको काठमाण्डौ मेडिकल कलेज उपचार भइरहेको उनका बुवा रघु सार्कीले जानकारी दिए । दुबै भाइलाई उपचारका लागि १५ लाख सम्म लाग्ने चिकित्सले वताएका छन् । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान र ज्वाईनिङ्ग हेण्डस् फर अ चेन्ज नामक संस्थाहरुले उनीहरुको उपचारमा सहयोग गरिरहेका छन् । सिंहले चलाएको अभियानबाट उनीहरुको उपचारका लागि दुई लाख ५० हजार रकम जुटेको छ । 
रिपोटिङ्गसंगै सामाजिक उद्दारमा लागिरहने सिंहले अलपत्र परेका थुप्रै बालवालिकालाई उद्दारमा सहयोग पु¥याएका छन् । एक दशक अगाडि गाउँबाट भित्ते पत्रिका लेखनबाट पत्रकारिता सुरु गरेका पत्रकार सिंह सवाल उठान मात्रै होईन त्यसको समाधानका लागि पनि लाग्नु पर्ने वताउँछन् । पत्रकारितासँगै ४६ असाहय बालबालिकालाई सहयोग जुटाए । उनले उपचार नपाएर समस्यामा रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जीवन दिनमा समेत सहयोग गरेका छन् ।
स्वास्थ्यकर्मीको पृष्ठभूमि बोकेका सिंह रिपोटिङ्गको क्रममा जाँदा स्वास्थ्य उपकरण र औषधी बोकेर जान्छन् । उनको झोलामा सामान्य विरामी जाँच्ने उपकरणहरु र आधारभूत औषधी हुन्छ । “गाउँतिर गएका बेला खोकी लागेका, ज्वरो आएका, घाउ चोट लागेका विरामीहरु भेटिन्छन्’ उनले भने ‘मैले जाने अनुसारको सामान्य उपचार गरेर फर्किन्छु ।’ आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई थप उपचारका लागि जिल्ला सदरमुकाम ल्याई सहयोग जुटाउन पनि मद्दत गर्ने गरेको उनी वताउँछन् ।
सिंह सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका बैठक÷गोष्ठीबाट पाएको भत्ता बिपन्न परिवारलाई आय आर्जनमा सहयोग गर्दै आएका छन् । भत्ताकै रकम जम्मा गरी उनले बडिमालिका नगरपालिका राप्ककी एकल महिला पारु थापालाइ बाख्रा पालनका लागि ४३ हजार दुई सय रुपैंया बैठक भत्ता पनि हस्तान्तरण गरे । हाल पारु थापाले  बाख्राापालन ब्यबसायबाट राम्रो आम्दानी गरेकी छन् । 
बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएका १६ जनालाई सहयोग वापत १७ लाख बढी रकम सकलन गरि हस्तान्तरण गरेका सिंह खोज पत्रकारितालार्ई आफ्नो आधार वनाएको वताउँछन् । उनी भन्छन् ‘असाहय देखेर समाचार लेख्नु भन्दा पहिले उद्दारमा लाग्नु पर्छ । उद्दारपछि समाचारको बिषयबस्नु वताउने हो ।’ 
बिगत एक दशक देखि पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकाश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन्  । पछिललो समयमा दुःखी विरामी पत्ता लागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनिकी बनेको छ । 

बिपन्न परिवारलाई बाख्रा गिफ्ट

 कर्ण चन्द/डोटी
     श्रावण २७
डोटीको के आई सिँह गाँउपालिका–५ मा बिपन्न परिवारलाई गिफ्टको रुपमा बाख्रा बितरण गरिएको छ । ४० परिवारलाई प्रति परिवार चारका दरले एक सय ६० बाख्रा गिफ्ट दिईएको हो ।
डेन चर्च एड र सम विकास केन्द्र (ईडिसि) द्वारा संचालन भएको दिगो जिविकोपार्जन कार्यक्रम अन्तर्गत गिफ्ट कार्यक्रमबाट सहयोग गरिएको छ । गरिव, दलित, विपन्न परिवारका ४० घरधुरीका मानिसहरुलाई एक सय ६० वटा विभिन्न जातका बाख्राहरु वितरण गरिएको संस्थाका अध्यक्ष अधिराज विसिले बताए । अध्यक्ष बिसिले भने ‘हामीले खुद्रा बाख्रा दिने भन्दा पनि एकै परिवारलाई चार बाख्रासम्म दियो भने आर्थिक अबस्था सुध्रिन्छ होला भन्ने हाम्रो बिश्वास छ ।’
गिफ्टको रुपमा प्राप्त भएका बाख्राको राम्रोसंग पालन तथा संरक्षण गर्नु कृषकको दायित्व भएको कार्यक्रम संयोजक रमेश भुलले बताए । भूलले भने ‘बिगतमा जस्तै संस्थाको बाख्रा भन्ने धारणा राख्नु भएन, आफ्नै सम्झेर राखेमा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्नेमा बिश्वस्त छु ।’
बाख्रा पालन आफ्ना लागी उपयुक्त हुने कैलपाल बाख्रा पालन समुहकी अध्यक्ष लक्ष्मी बिकले बताईन । बिकले भनिन् ‘हाम्रा लागी अन्य भन्दा पनि बाख्रा राम्रो हुन्छ किन भने कृषि कार्य गर्न प्रप्याप्त पानी छैन् । बाख्राका लागी जंगल पनि छ र नजिकै बजार पनि ।’ 
संस्थाले बाख्रा गिफ्ट दिने र कृषकले खोर बनाएका थिए । बाख्रा प्राप्त गरेका परिवारहरुका लागी सुधारिएको खोर निर्माण तथा सुधार गर्नु पर्ने वडा अध्यक्ष रामचन्द्र राणाले बताए । राणाले भने ‘हामीले केही प्रत्येक समुहलाई बोका उपलब्ध गराएका छौँ अन्य आबश्यक सहयोग पनि गछौँ ।’
बितरण भएको बाख्राहरुको औषधी उपचारको जिम्मा वडा कार्यालयले लिने र विमाको कार्य संस्थाले गर्ने सहमति भएको संस्थाका लेखा अधिकृत कृष्णसुन्दर श्रेष्ठले जानकारी दिनु भएको छ । श्रेष्ठले भने ‘११ लाख ३७ हजार दुई सय रुपैँया बाख्रा     खरिद गरेका छौँ अब एक बर्षका लागी संस्थाले नै बिमा पनि गराउने छ ।’
सरकारी तथा गैरसरकारी क्षेत्रको साझेदारीले मात्र बिपन्न सामुदायको लागी काम गर्न सकिने सम बिकास केन्द्रका महासचिब बबि बिसीले बताए । 

१९ स्थानीय तह प्राविधिक शिक्षाबिहीन

 शेरवहादुर ऐर/धनगढी
     श्रावण २७
सुदूरपश्चिम प्रदेशका डेढ दर्जन बढी स्थानीय तहमा १९ वटा स्थानीय तहमा प्राबिधिक शिक्षाको पहुँच पुगेको छैन ।
मानव स्रोत विकास केन्द्र र प्राविधिक तथा व्यवसायिक तालिम परिषदको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक सीप विकास तथा तालिम प्रदायक संस्था ९८ वटा रहेका छन् । परिषदका अनुसार प्रदेशका बैतडी र दार्चुलाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुगेका छन । अन्य सात जिल्लाका सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुग्न नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७६ को प्रतिवेदनले देखाएको छ ।
सरोकारवालाहरू सुदूरपश्चिम प्रदेशमा विद्यमान बेरोजगारी तथा वैदेशिक रोजगारमा जाने युवा जनशक्तिको संख्या घटाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँदै आएका छन् ।
मानव विकास स्रोत केन्द्रका अनुसार कैलाली जिल्लाको १३ वटा स्थानीय तहमध्ये एक, कञ्चनपुरको नौ स्थानीय तहमध्ये दुई, डोटीको नौमध्ये तीन, डडेल्धुराको सातमध्ये दुई र अछामको १० मध्ये दुई स्थानीय तहमा अझैं प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्थाहरूको पहुँच रहेको छैन ।
त्यस्तै, बाजुराको नौ स्थानीय तहमध्ये छ र बझाङको १२ स्थानीय तहमध्ये तीनमा पनि ती संस्था पुग्न सकेका छैनन । प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् ९सिटिइभिटी० को सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार यस वर्ष बांकी स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

छाउगोठमा नबस्नेलाई पुरस्कार

डोटी पूर्वीचौकी गाउँपालिकाले छाउपढी प्रथा अन्त्य गर्नका लागी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । 
पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कार दिने पाचौँ गाउँसभाबाट निर्णय गरेको पूर्वीचौकी गाउँपलिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । अध्यक्ष बोगटीले भने ‘हामीले गाउँपालिकामा छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप तीन हजारदेखि पाँच हजार         पुरस्कार दिने नीति पारित गरेका छौँ ।’
छाउपडी प्रथाको रुपमा परिचित गराईएको हाम्रो प्रदेशबाट छाउपढी हटाउनमा हाम्रो गाउँपालिका तयार रहेको उपाध्यक्ष निर्मला साउँदले बताईन । उनले भनिन् ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौँ ।’
समाजमा रहेको छाउपढीसंग सम्बन्धित धार्मिक बिश्वास अन्त्य गर्नका लागी महिला सशक्त हुन पर्ने साउँदले बताईन । उनले भनिन् ‘म त्यसका लागी एक उदाहरण हुँ, मेरो घरमा आजकाल छोरीहरुले पनि छाउपडी मान्दैनन्, मलाई देउता लागेका छैनन् झन खुसी भएर गाउँपालिकाको नेतृत्व तहमा छु ।’  छाउ नमान्दा देउता रिसाउने भन्ने धार्मिक बिश्वास रहि आएको छ । 
छाउपडी नमान्नेलाई पुरस्कार मात्र होईन मान्नेहरुलाई गाउँपालिकाले दण्डको पनि व्यवस्था गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने ‘महिनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवा सुविधा पनि नदिने घोषणा गरेको छ ।’  छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरुले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको निमित्त प्रशासकीय अधिकृत खड्काले बताए । 
रातो र हरियो झण्डा 
गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले भने ‘अब हामी प्रत्येक घरमा झण्डा गाड्छौँ, जसले समाजिक रुपमा तिरस्कार जस्तो हुन्छ । नैतिक दवाब पर्छ भन्ने हाम्रो बिश्वास छ ।’
कार्यबिधि तयार गरेर तरुन्तै कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । खड्काले भने ‘हामी गाउँपालिका छाउपडी मुक्त बनाउनका लागी लाग्छौँ ।’
करिब तीन सय छाउगोठ 
पूर्वीचौकी गाउँपालिकामा मात्र करिब तीन सय छाउगोठ रहेको पूर्वीचौकी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष बोगटीले भने ‘गाउँपालिकाका ७ वडामा तीन सयको   हाराहारीमा छाउगोठ छन भन्ने अनुमान गरेका छौँ ।’ गाउँपालिकाले अब तथ्याङ्क संकलन गर्ने अध्यक्ष बोगटीले बताए । बोगटीले भने ‘अहिले कती गोठ प्रयोगमा छन के कस्तो अबस्थामा छन भनेर झण्डा गाड्ने बेलामा एकिन तथ्याङ्क संकलन गछौँ ।’
डोटी जिल्लाको सबै भन्दा बढी छाउगोठ रहेको उक्त गाउँपालिकाले अब अभियानको रुपमा छाउपडी बिरुद्ध लाग्ने संकल्प गरेको छ ।
कैलालीमा कर तिर्नेहरुको पीडा
डोटी दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाह आन्तरिक राजस्व कार्यालय कैलालीमा   खरिद बिक्री खाता प्रमाणित तथा भ्याट बुझाउनको लागि धाउन थालेका बाह्र दिन भयो । उनको खरिद खाता प्रमाणिकरणको काम त आईतबार भयो तर भ्याट बुझाउनको लागि भने लाईनमै भेटिए ।
“म कर बुझाउनको लागि धनगढी आन्तरिक राजस्व कार्यालयमा आएको थिएँ लेखापरीक्षण गराउँदा दुई दिन लागि हाल्यो” शाहले भने ‘अव अरु काम गराउन लाईनमा लाग्दा सयौं जना छन् बाहिर–भित्र यो कोठा त्यो कोठा गरेर हेर्दा अझै केही दिन लाग्छ जस्तो छ ।’ यस्तै गर्दा गर्दै आफुले १२ दिन बिताएको उनी वताउँछन् । 
सरकारले साउन देखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि आन्तरिक राजस्व कार्यालय कैलालीमा सेवाग्राहीको चाप बढेको छ । बैंकको काउन्टरमा पैसा जम्मा गर्ने देखि प्यान लिने, कर चुक्ता प्रमाण पत्र लिने लगायतका कामको लागि सेवाग्राही दिनभरी फरक फरक लाईनमा लाग्दा काम नसकेरै घर फर्किनु पर्ने अवस्थ छ । 
सहज र सुलभ तरिकाले कर बुझाउन पाउनु पर्ने सेवाग्राही तिर्थराज जोशी वताउँछन् । उनी भन्छन् ‘जसरी अहिले स्थानीय तह प्रदेश र केन्द्र सरकारछ त्यसैगरी यसलाई पनि जिल्लामा  स्थान्तरण गरेर सहज बनाउनु पर्छ, दुई हजार कर तिर्नका लागि १० हजार खर्च गर्न सकिन्न ।’ 
व्यक्तिगत स्थायी लेखा नम्बर लिन पुगेका सुवाशचन्द्र भट्ट लाईनमा लागेकाहरुमध्येबाटै पनि नयाँ नयाँ व्यक्तिका फर्महरु ल्याउँदा ढिलो हुने गरेको    वताउँछन् । करदाताले सम्वन्धित जिल्लामै कर बुझाउन पाउने गरी व्यवस्था गर्नु पर्ने भट्टको माग छ ।
कैलाली, डोटी, बझाङ, बाजुरा र अछामका करदाताहरुलाई सेवा दिदै आएको कर कार्यालय भने कर्मचारी अभावको कारण सेवा प्रवाहमा कठिनाई भएको बताउँछ । “चार किसिमका करदाताहरु लाईनमा लाग्नु भएको छ त्यसैले व्यक्तिगत स्थायी लेखा नम्बरको विषयमा होईन अन्य कामकाजको सवालमा उनीहरुले आवश्यक कागजात नपुग्दा समस्या भएको हुन सक्छ” प्रमुख कर अधिकृत गोबिन्द प्रसाद अधिकारी ‘कागजात नपुगेको कुरा सम्बन्धित काउन्टरमा पुगेपछि मात्र थाहा हुने भएकाले समय लागेको हुनुपर्छ ।’ उनले पैसा तिर्नको लागि बंैक काउन्टरमा एउटा लाईन र कागजात बुझाउने लाईन भएको हुदाँ अलि समय लागेको वताए । कागजात पुरा भईसकेपछि आजको काम आजै भएको उनको दावी छ ।

छोटकरी 

भाषणले मात्रै हुँदैन

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले नेपाली कांग्रेस भाषणले मात्रै अगाडि बढ्न नसक्ने बताएका छन् ।
सभापति शाहले भाषण भन्दा काम गरेर देखाउन जिल्लाका नेता तथा कार्यकर्ताहरु–लाई निर्देशन दिए । नेपाली कांग्रेसमा एउटा पुस्ता बढी परम्परावादी र प्रविधिलाई पछ्याउन नसक्ने रहेको बताउँदै सभापति शाहले समय अनुसार परिवर्तन हुन नसक्ने परम्परागत सोंच पालेकाहरुबाट कांग्रेस चल्न नसक्ने बताए । 
नेपाल दलित विद्यार्थी संघ कैलालीको प्रथम नगरस्तरीय भेलालाई सम्बोधन गर्दै शाहले सो कुरा वताएका हुन् ।

बिधेयकमाथी छलफल

सुदूरपश्चिम प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, २०७६ माथि सामान्य छलफल भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि विधेयकमाथि सामान्य छलफल शुरु भएको हो ।
विधेयक माथिको सामान्य छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले ऐनहरूमा प्रदेशको नाम सुदूरपश्चिम प्रदेश मात्रै राख्नका लागि गर्न लागिएको संशोधन विधेयकका लागि सरकारले प्रदेश सभालाई लामो समयसम्म स्थगित गरेकामा आलोचना गरे ।
नेकपाका सांसद महेश जोशीले प्रदेशको नामाकरण भइसकेकोले विधेयकहरूमा संशोधन आवश्यक रहेका कारण सरकारले विधेयक ल्याएको बताए ।

खेल खवर 

मेराे कथा

कराँते खेलाडी अनुपमा मगर 
न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९÷१० वर्षको अवधिमा राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी छु । हारको अनुभव पनि कम छैन । हारमा बग्ने आँसु र जितमा निस्कने मुस्कान खेलकुद जीवनको घामछाया नै हुन् । हार्दा नआत्तिनु र जित्दा नमात्तिनु चाहिँ महत्वपूर्ण कुरा लाग्छ मलाई ।
हरेक खेलाडीले अनुभव गर्ने सबैभन्दा ठूलो दबावको क्षण भनेको निःसन्देह देशको प्रतिनिधित्व गरेर खेल्दा नै हो । देशका लागि पदक जित्दाको खुशी र गौरव अवर्णनीय नै हुन्छ । त्यतिबेला खेल जीवनका सारा दुःखहरु भुलिन्छ । हार्दाको पीडाको त के कुरा गर्ने यस्ता अनुभव त सुनाउने छु नै, सुरुमा चाहिँ आफूलाई भाग्यमानी र अभागी एकैसाथ ठानेको इन्चोनको कथा भन्छु है !
कराँते खेल्न थालेको छोटो अवधिमा नै मैले एसियन गेम्स खेल्ने मौका पाएँ । तर निकै तनावका बीच । यो २०१४ को कुरा हो । दुईवटा कराते संघ भएका कारण दुवै तिरबाट खेलाडीहरुको नाम गएको रहेछ । ६८ मुनिको तौल समूहमा मेरो र गंगा अधिकारीको नाम गएछ । एउटा संघबाट छनोट भएका खेलाडीहरु ट्रेनिङ गर्न जापान गए । अर्को संघबाट  परेकी विमला तामाङ र मचाहिँ बालाजु डोजोमा नै अभ्यास गरिरहृयौं ।
इन्चोन जाने हो कि होइन टुंगो थिएन । कहिले त ‘आ, अब खेल्दिनँ’ भनेर पनि नसोचेको होइन । तर हामी दुवैको एग्रिगेसन कार्ड आयो । कोरिया पुग्यौं । तर खेल्ने–नखेल्ने अनिश्चित नै थियो ।
मेरो गुरुले भन्नुहुन्थ्यो, मैले खेल्न पाउँछु । गंगा दिदीको गुरुले भन्नुहुन्छ, गंगाले खेल्न पाउँछिन् । उहाँ ११ औं सागको गोल्ड मेडलिष्ट पनि हुनुहुन्थ्यो । तर टाइसिट आउँदा मेरो नाम आयो । मैले एसियन गेम्स खेल्ने भएँ । तर राम्रो भएन ।
होस् पनि कसरी ? अरु  साथीहरु जापान गएर अभ्यास गरिरहँदा म भने नेपालमै थिएँ । त्यसमा पनि पहिलो भेट नै चार पटककी विश्व च्याम्यिनसँग भयो । चिनियाँ खेलाडीबारे जानकारी थिएन । म सीधै नकआउट भएँ ।
लामो विवादबीच खेल्न पाएको खुसीलाई नकआउट हुँदाको पीडाले तुरुन्तै ओझेल पारिदियो । मसँगै इन्चोन गएकी विमलाले चाहिँ कास्य पदक जितिन् । नेपाल पदकविहीन हुनबाट जोगियो । यसले मलाई पनि खुशी दिलायो । इन्चोन जानुअघि मैले २०१४ मा दिल्लीमा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा गोल्ड मेडल जितेको थिएँ । प्रतियोगितामा आठ देशको सहभागिता थियो । ६८ केजीमुनि भएको प्रतिस्पर्धाको सेमिफाइनलमा भारतलाई पराजित गरेँ । फाइनलमा अफगानिस्तानलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएँ । यो नै अन्तराष्ट्रियस्तरमा पाएको गोल्ड मेडल हो मेरो ।
घर मेरो सिन्धुली । परिवारमा बाबा, सानीमा, दाजु भाउजू अनि भाइ र बहिनी छन् । आमा पहिल्यै बित्नुभयो । (आमाको कुरा गर्दा उनले आफूलाई सम्हाल्न   सकिनन् । निकै बेर रोइरहिन् ।) सानोमा निकै मोटी थिएँ । सबैले मोटी मोटी भन्न थालेपछि तौल घटाउनकै लागि कराँते सिक्न थालेँ । त्यतिबेला म १८÷१९ वर्षको भइसकेकी थिएँ । कराँते खेल्न दाइले निकै हौसला दिनु भयो । संगिना वैद्य यस्तो हो, उस्तो हो, भनेर सुनाइरहनु हुन्थ्यो । तँ पनि संगिना वैद्य जस्तो खेलाडी बन्नु पर्छ    भनिरहनु हुन्थ्यो । तर बुवाले भने हामीले कराँते खेलेको मन पराउनु हुन्नथ्यो । छोरीको हातखुट्टा भाँचियो भने भोलि कसले बिहे गर्छ भन्ने लाग्थ्यो होला ।
एउटा घटना सुनाउँछु । स्कुलमा दाइहरु फुटबल खेलिरहनु भएको थियो । हामी हेरिरहेका थियौं । खोई कताबाट हो बुबा आइपुग्नु भएछ । बुबालाई देखेपछि दाइहरु भाग्नुभयो । उहाँले त गोलपोष्ट बनाउन गाडेको बाँस निकालेर नजिकैको खोलामा बगाइदिनुभएछ ।
बुबाको असन्तुष्टिका बाबजुद मैले कराँते खेलिरहेँ । किनभने झण्डै ६०/६१ केजीकी म ४९ केजीमा झरिसकेको थिएँ । दाइको साथ थियो । मेरो खेल पनि राम्रो भइरहेको थियो । कमल गुरुले फाइट खेलाउनु हुन्थ्यो । म केटाहरुलाई पनि जित्थेँ । मेरो किकमा निकै पावर थियो । दाइहरुले अहिले पनि भन्नुहुन्छ, तिमीले त कस्तो पावर हान्थ्यौ । अझै याद छ ।
सिन्धुलीमा रमाइरहेको मलाई काठमाडौंसम्म ल्याउन भने भ्याली प्रतियोगितामा मेरो प्रदर्शनले ठूलो भूमिका खेल्यो । मैले निकै राम्रो गरेपछि गुरु र सबैले काठमाडौं गएर खेल, राम्रो हुन्छ भन्नुभयो । उहाँहरुकै सल्लाहअनुसार म बालाजु डोजोमा आएँ । सुरुमा त मलाई निकै गाह्रो भएको थियो, विस्तारै बानी पर्रुयो । खेल निखारिँदै गयो । मोटोपन घटाउन कराँतेमा लागेकी ममा खेलाडी बन्ने रहर जाग्दै आयो ।
बालाजु डोजोमा आवद्ध भएपछि मैले कमलपोखरीमा भएको भ्याली च्याम्पियन कराँते प्रतियोगिता खेलेकी थिएँ । हुन त त्यसबेला डोजोमा मभन्दा राम्रो एक जना खेलाडी थिइन् । तर मैले जिद्दी गरेपछि गुरुले दुवैलाई खेल्न दिनुभयो । मैले उनलाई नै पराजित गर्दै गोल्ड मेडल जितेँ । त्यसपछि मलाई जित्ने बानी पर्न थाल्यो ।
मैले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी थिएँ । त्यतिबेला आफ्नै कारण हार्न पुगेँ । मेरो स्कोर हाई थियो, तर पावर लागेर आउट भएँ । तेस्रो भएँ । मैले सातौं राष्ट्रिय खेलकुद पनि खेलेँ । फाइनल म्याचमा विपक्षीमाथि आक्रमण गर्न नसकेपछि रजतमै चित्त बुझाएँ ।
आठौंमा भने यसअघि गरेको गल्ती दोहो¥याइनँ । स्वर्ण जितँे । त्यही सफलताको कारण अहिले म यहाँ छु । आठौंमा भाग्यले पनि साथ दियो जस्तो लाग्छ । ११ जना भएकाले पहिलो खेलमा बाई पाएँ । दोस्रो खेल प्रदेश एकसँग थियो । त्यो जितेँ । सेमिफाइनलमा एपीएफलाई हराएँ । फाइनलमा नेपाल आर्मीकी रिता कार्की मैनालीसँग भेट भयो । फेरि चुकेँ भने अरुले के भन्छन् जस्तो लाग्यो ।
सातौंको फाइनलमा गरेको गल्ती नदोहो¥याउने संकल्प गरेँ । सुरुमा उहाँले नै स्कोर बनाउनु भयो । मनमा लाग्यो, अब हार्ने भएँ, फेरि स्वर्ण गुम्यो । दिमागले भन्यो, अझै समय छ, जित्नुपर्छ । हार्दाको पीडा सम्झिएँ । जसरी पनि जित्नुपर्छ भन्ने लाग्यो र जितेँ पनि । हल तालीले गुन्जायमान भयो । यो नै मेरो राष्ट्रियस्तरको पहिलो स्वर्ण पदक थियो । स्वर्ण जित्दाको मज्जा बल्ल थाहा भयो । ध्रुवविक्रम (मल्ल) गुरुलाई फोन  गरेर सुनाएँ । उहाँ निकै खुशी हुनुभयो । त्यस पछि दाजुभाइ र घरपरिवारमा फोन गरेँ ।
स्वर्ण पदक जित्दा कति खुसी मिल्छ, त्यो जित्नेहरुलाई मात्रै थाहा हुन्छ । मैले एउटा सपना पूरा गरेको थिएँ । त्यो खुसी अनुभव गरेको थिएँ ।
अहिले हामीलाई काठमाडौंमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागेको छ । क्लोज क्याम्पमा अभ्यास गरिरहेका छौं । अभ्यासका क्रममा किक हान्दा खुट्टामा चोट लाग्यो । तर सामान्य चोट हो । कुनै ठूलो समस्या छैन ।
हाम्रो लक्ष्य भनेको सागमा राम्रो गर्नु हो । मेरो व्यक्तिगत लक्ष्य भन्नुपर्दा गोल्ड मेडल नै हो । योभन्दा तल खुशी हुन सक्दिनँ । जसरी पनि देशका लागि गोल्ड मेडल ल्याउनु छ ।
कराँतेमा वर्षौं लगानी गरेको छु, देशलाई स्वर्ण पदक जिताउने सपना बुनेको छु । त्यही सपना पूरा गर्न बिहानदेखि बेलुकासम्म अभ्यास गरिरहेको छु । मलाई थाहा छ, सबैको सपना पूरा हुँदैन, तर त्यसो भनेर चुप लागेर बस्नु पनि भएन । जसले राम्रो गर्छ उसैले जित्छ । म पनि मेहनत गरेर जित्न चाहन्छु ।
यसपाली म ६८ केजीमाथि समूहमा खेल्दैछु । मेरो समूहमा भारत र पाकिस्तानका खेलाडी छन् । उनीहरु बलिया छन् । उनीहरुलाई जित्न सकेँ भने मेरो गोल्ड पक्का हुन सक्छ । तर यो त्यति सजिलो पनि छैन ।
उनीहरुको हाइट पनि राम्रो छ, म उनीहरुभन्दा होची छु । हाइटकै कारण मैले उनीहरुलाई किक लगाउन सक्दिनँ । उनीहरुलाई हराउने पञ्च, चुकीबाटै हो, त्यही अभ्यास गरिरहेको छु ।
म सानो छँदा आमा बित्नुभयो । पारिवारिक अवस्था कमजोर भएकै कारण दाइ र मैले पढ्न पाएनौं । भाइबहिनीलाई भने पढाएका छौं । ठूली बहिनी नर्सिङ पढ्दै छिन् । सानो बहिनी १२ मा र भाइ ९ कक्षामा पढ्दैछन् । आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउन सकेकोमा खुशी छु ।
तपाईंलाई मेरो अर्को कुरा पनि भन्छु । म कराँतेमै मात्र सीमित छैन । म्युजिक भिडियोहरुमा अभिनय पनि गर्छु । खेलपछि बचेको समयमा केही म्युजिक भिडियो खेलेको छु । अस्ति भरखर तीज गीतको म्युजिक भिडियो खेलेँ । तर मेरो यो सुरुवात हो । खेल र कलाकारिता दुवैबाट देशलाई चिनाउन चाहन्छु ।
राष्ट्रियस्तरमा नेपाल पुलिस क्लबबाट खेल्दैछु । क्लबमै आबद्ध त होइन, कन्ट्रयाकमा खेल्छु । जतिबेला खेल हुन्छ, त्यतिबेला मलाई पुलिस क्लबले पैसा दिएर खेल्न बोलाउँछ । म जान्छु, खेल्छु । कुनै टिममा अनुबन्धित भने भएको छैन ।
प्रस्तुती ः सरोज तामाङ
अनलाईन खवर डटकमबाट

लेख 

त्यो सरकारको नारा र यो सरकारको नारा

“आफ्नो गाउँ, आफै वनाउँ”, ०५१ सालमा बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको नारा हो  यो । २०४८ साल बैशाख २९ गते भएको आम निर्वाचनमा तत्कालीन प्रतिनिधि सभाका २०५ सिटमध्ये एक सय १० सिट अर्थात सुविधाजनक बहुमत प्राप्त गरि सरकार गठन गरेको कांग्रेसभित्र आन्तरिक बिवाद बल्झेपछि तीन बर्षमै मध्यावधि निर्वाचन गर्नु पर्ने अवस्था आयो । २०५१ साल कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सकेन । निर्वाचनबाट तत्कालीन नेकपा एमाले पहिलो पार्टी बनेपछि नेपाल अधिकाराज्यको संबिधान, २०४७ को धारा ४२९२० अनुसार गठन भएको प्रथम कम्युनिष्ट सरकारले प्रत्येक स्थानीय निकायहरु ९गाउँ विकास समिति÷नगरपालिका० मा बजेट दिने व्यवस्था ग¥यो । “आफ्नो गाउँ, आफै वनाउँ” भन्ने नारा सफल पार्न उक्त वजेट स्थानीय निकायहरुले आफ्नो आवश्यकताका आधारमा बिभिन्न क्षेत्रमा बिनियोजन गरि आफ्नो गाउँको विकास आफै गरुन भन्ने लक्षका साथ आएको थियो । 
यसरी स्थानीय निकायहरुलाई सोझै बजेट दिँदा नेपालका केही अर्थविद्हरुले ‘वजेट कनिका छरे झैं भयो’, ‘कम्युनिष्ट सरकारले देशको ढ्कुटी रित्याउने भयो’, ‘सस्तो लोकप्रियताका लागि यस्तो कार्यक्रम ल्यायो’ जस्ता आरोप पनि लगाएका थिए । यद्यपी तिनै आलोचना गर्ने अर्थबिद्हरुमध्ये केहीले पछि आफ्नो पालामा यो कार्यक्रमलाई निरन्तरता दिए ।  
आफ्नो गाउँ आफै वनाउँ कार्यक्रम अन्तर्गत सरकारले नौ “स” अभियान  चलायो । नौ वटा “स” अर्थात् स्थानीय सडक, साना सिँचाइ, स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालीम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युत्को विकासबाट ग्रामीण विद्युतीकरण तथा साना तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखेर आफ्नो गाउँको विकास आफै गर्ने योजना थियो । 
त्यतिवेला अहिलेका जस्तो भ्रष्टाचार चरमचुलीमा पुगेको थिएन । कम्तीमा नागरिकहरु ईमानदार थिए, राजनीतिक दलका कार्यकर्ताहरु यति बिधि बिग्रिसकेका थिएनन् । स्थानीय निकायका जनप्रतिनिधि–हरुलाई भ्रष्टाचार गर्ने मेसो थाह भईसकेको थिएन । देशमा भरखर “प्रजातन्त्र” आएकाले निरंकुश पञ्चायती शैलीको कर्मचारीतन्त्र पनि दोधार९दोधारमै थियो, माथिल्लो दर्जाका कर्मचारीहरुले पञ्चायती “गुण” प्रजातन्त्रमा पनि देखाइरहेका भएपनि तल्लो तहका कर्मचारीहरुमा हत्तै भ्रष्टाचार गरिहाल्ने आँट थिएन । 
त्यसैले वातावरण सहज थियो । बजेट अनुसारको काम भएको थियो, भएको काम गुणस्तरीय पनि थियो । जनताले विकासमा अपनत्व ग्रहण गर्ने चलन थियो । देशभरि विकासका केही राम्रा अभ्यासहरु भए, जनतामा थोरै भएपनि सन्तुष्टि थियो । यही नाराले “विकासवादी” कहलिएको तत्कालीन एमालेले लामो समयसम्म उक्त नाराको व्याज खायो, अझै पनि त्यो नाराको थोरवहुत व्याज आउँदैछ । 
२५ बर्ष पहिले तत्कालीन अल्पमतको सरकारले ल्याएको उक्त नाराले जनतामा एक प्रकारको उत्साह जगाएको थियो, आश भरेको थियो । ३० बर्षको निरंकुश शासन व्यवस्था झेलेका नेपाली जनताले अव सरकारले गाउँको विकास गर्छ भन्ने सोचेका थिए । नौ महिनामात्रै रहको उक्त सरकारले विकासका सम्भावनाहरु र गोरेटो देखाउने काम गरेको थियो ।
२५ बर्षपछि आज ः त्यतिवेलाको सरकारको नेतृत्व गर्ने एमाले अहिलेको सरकारको पनि नेतृत्व गरिरहेको छ, त्यतिवेलाका गृहमन्त्री अहिलेका प्रधानमन्त्री भएका छन् । त्यतिवेलाको सरकार अल्पमतको मात्रै थियो, अहिले दुई तिहाई बहुमतको सरकार छ । त्यतिवेला पनि अधिकांश स्थानीय निकायमा तत्कालीन एमालेको नेतृत्व थियो र अहिले पनि तत्कालीन एमालेकै नेतृत्वमा अधिकांश स्थानीय तहहरु छन् । त्यतिबेला गाउँमा तीन लाख मात्रै जान्थ्यो तर अहिले गाउँमा करोडौं रुपैयाँ वजेट जान्छ । त्यतिवेलाको सरकारले ल्याएको नारा “आफ्नो गाउँ आफै वनाउँ” थियो, अहिलेको सरकारको नारा “समृद्ध नेपाल, सुखी नेपाली” छ । 
त्यतिवेलाको कम्युनिष्ट सरकारले “आफ्नो गाउँ आफै वनाउँ” नाराले जनता उत्साहित थिए, जनतामा आश जगाएको थियो । उक्त नारामा जनताको स्वामित्व थियो जस्तो देखिन्थ्यो । तर अहिलेको “समृद्ध नेपाल, सुखी नेपाली” नाराले जनतामा आश जगाउन सकेन, उत्साहित वनाउन सकेन, जनताले स्वामित्व लिने देखिएन । किनकी जुन ‘स्पिरिट’ त्यतिबेलाको सरकारको थियो अहिलेको सरकारमा त्यो छैन । २५ बर्ष पहिलेको माहोल एउटा थियो, बिस्तारै जनप्रतिनिधिहरुले भ्रष्टाचारको स्वाद् चाख्दै गए, कर्मचारीहरुले भ्रष्टाचारको बाटो देखाउँदै गए, नेताहरु भ्रष्टाचारको बाटो फराकिलो पार्दै गए, कार्यकर्ताहरु त्यो बाटो पहिल्याउँदै गए । यो प्रक्रिया जति जति पुस्तान्तर हुँदै गयो त्यति नै भ्रष्ट हुँदै गयो । अन्ततः जनता पनि त्यो स्वाद् चाख्न पल्के । आज अवस्था यस्तो आईहाल्यो कि, अव भ्रष्टाचार गर्ने होईन, नगर्ने अपराधी हुन्छ । नेता होस् कि कर्मचारी, उपभोक्ता होस कि सर्वसाधारण जसलाई पनि भ्रष्ट वन्ने रहर जागेको छ । सम्पत्ति चाहिन्छ, सम्पत्ति विना केही पनि हुँदैन, सम्पत्तिका लागि “जे पनि” गर्नु पर्छ भन्ने मानसिकता पलाएको छ । 
अहिले वर्षेनी करोडौं रूपयाँ गाउँगाउँमा जाँदैछ । विकास गर्न चाहने हो भने यो वजेट धेरै छ । धेरै कुरा गर्न सकिन्छ । साँच्चै समृद्ध नेपाल वनाउनका लागि नागरिकले मात्रै सोच्ने हो भने गुणस्तरीय काम हुन्छ । यदि पूर्वाधारहरु, सीपमुलक कार्यक्रमहरु, सचेतनामुकल कार्यक्रमहरु गुणस्तरीय हुने हो भने नेपाली सुखी हुन वेर लाग्दैन । एउटै वाटोमा पटकपटक वजेट हाल्ने, पटकपटक कागजात मिलाउने गर्नु पर्दैन । त्यसका लागि मागमा आधारित होइन, आवश्यकतामा आधारित विकास आवश्यक छ । माग सडकको आउँछ तर त्यो वास्तविक आवश्यकता हुँदैन किनकी माग गर्ने सर्वसाधारण होईनन् । सर्वसाधारणको पहुँच र आवाज माग गर्ने निकायमा पुग्दै पुग्दैन । माग गर्नेहरु व्यापारी र विचौलिया छन् । राजनीतिकर्मीका नाममा केही भ्रष्ट र चाकरहरु छन् । उनीहरुले आफ्नो स्वार्थका लागि जनतालाई भ्रममा राख्छन् र योजना माग गर्छन् । यही कारण जनताले विकासमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । यही कारण भ्रष्टाचार बढ्छ । 
सर्वसाधारणले पनि त्यो योजना माग गर्नुको मुल कारण बुझ्छन् । आफ्ना लागि आवश्यक नदेखेपछि त्यसबाट तत्काल  कसरी फाईदा लिने भन्ने सोच्छन् । उनीहरु अरुले कसरी फाईदा लिईरहेका छन् भन्ने देख्छन्  । त्यसपछि एक आम व्यक्ति पनि एक दिन काम गरेर चार दिनको हाजिर लगाउन खोज्छ वा एक दुई घण्टा काम गरेर दिनभरीको मजुरी लिन खोज्छ । उपभोक्ता समितिले ठेकेदारसंग कमिसनको “वार्गेनिङ्ग” गर्छ । कर्मचारीले उपभोक्ता समितिसंग कमिसनका लागि वार्गेनिङ्ग गर्छ । जनप्रतिनिधिले कमिसन नपाएसम्म अनुगमन प्रतिवेदन दिन मान्दैन । बिचौलियाहरुले चारैतिर हात पर्साछन् । 
अनि विकास हुँदैन, विनास हुन्छ । चारैतिर डाँडा भत्किन्छन्, सडक वन्दैन्, जंगल सखाप हुन्छ, बाढी पहिरोको जोखिम बढ्छ, वजेट सकिन्छ पुल वन्दैन्, कुलो वन्छ पानी चढ्दैन । योजना जति सडक निर्माणका मात्रै हुने, सडक निर्माणमा मेसिनको प्रयोग हुने, मेसिन व्यापारीको मात्रै हुने, मेसिन खोज्नका लागि बिचौलियाहरु सक्रिय हुने, कमिसनका लागि जनप्रतिनिधिहरु प्रतिघण्टाका दरले माग गर्र्ने अनि मेसिनको चालक आफै ईन्जिनियर भएर डाँडा भत्काउन थाल्ने विकासे प्रबृत्तिले न नेपाल समृद्ध हुन्छ न नेपाली सुखी हुन्छन् । 
पात्र उनै हुन् जो २५ बर्ष पहिले थिए, कागजी सिद्धान्त पनि उही हो, जो पच्चिस बर्ष पहिले थियो तर दुर्भाग्य व्यवहार बदलियो । हिजोको वर्गीय व्यवहार आज रहेन वा भनौं ति पात्रहरुको वर्ग  परिवर्तन भयो । हिजो जुन वर्गमा थिए आज उनीहरु त्यो वर्गको पीडा बिर्सिए । बर्गीया मुक्तीका लागि टाउकोमा कात्रो बाँधेर हिडेकाहरुले राजनीतिक व्यवस्था त परिवर्तन गर्न सके तर राजनीतिक व्यवस्थासंगै उनीहरुले आफ्नो वर्ग पनि परिवर्तन गरे । हिजो पसिना वगाउने वर्गमा उनीहरु पर्थे तर आज उनीहरु पसिना वगाउने वर्गलाई घृणा गर्ने वर्गमा परिणत भए । हिजो एउटै थालमा खाना खाएकाहरु, एउटै गुन्द्रीमा सुतेकाहरु, एउटै क्रान्तिमा लामवद्ध भएकाहरुलाई ति श्रमजीवीहरुले भेट्न त परै जावस्, टाढैबाट अनुहार समेत हेर्न पाउँदैनन् । 
त्यही कारण श्रमजीवि बर्गलाई बर्तमान दुईतिहाई सरकारले ल्याएको “समृद्ध नेपाल, सुखी नेपाली” को नारा २५ बर्ष पहिले अल्पमतको सरकारले ल्याएको “आफ्नो गाउँ आफै वनाउँ” को नारा जस्तो लोकप्रिय हुन सकेन । जनताले अपनत्व लिन सकेनन् । खोलाको छेउमा गिट्टी कुट्नेलाइ छोएन यो नाराले, भरियाले आफ्नो अनुहार पाएन यो नारामा, किसानले आफुले वगाएको पसिनाको मुल्य देखेन त्यो नारामा । समग्रमा यो दुईतिहाईको सरकारले बास्तविक शोषित पिडित जनताको बिश्वास जित्न सकेन । त्यसैकारण “आफ्नो गाउँ आफै वनाउँ” नाराले नौ महिना मात्रको सरकारलाई लोकप्रिय वनाए जस्तो “समृद्ध नेपाल, सुखी नेपाली” नाराले करीव दुई बर्ष हुँदा पनि दुईतिहाईको सरकारलाई लोकप्रिय वनाउन सकेन ।  

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सुदूरपश्चिम प्रदेशबारे जानकारी  
नेपालको वर्तमान संबिधानले नेपाललाई सात प्रदेशमा बिभाजन गरेको छ । सात प्रदेशमध्येको एक सुदूर–पश्चिम प्रदेश हो । साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्लालाई समावेश गरेर वनाईएको यो प्रदेशले चिन र भारत दुवै देशलाई छुन्छ । 
यस प्रदेशको 
कुल जनसंख्या ः २५५२५१७
कुल क्षेत्रफल ः १९५३९ बर्ग कि।मि।
समुन्द्री सतहबाट उचाई ः १०९ मि। देखि ७१३२ मि।सम्म
सिमाना ः पूर्वमा कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट र मुगु तथा प्रदेश नं। ५ को बर्दिया, पश्चिम र दक्षिणमा छिमेकी राष्ट्र भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा छिमेकी राष्ट्र चिनको स्वशासित क्षेत्र तिव्वत । 
जनघनत्व ः १३१ प्रति वर्ग किलो मिटर 
महिला जनसंख्या ः १३३४६३०
जिल्ला संख्या ः ९
उपमहानगरपालिका संख्या ः १ 
नगरपालिका संख्या ः ३३
गाउँपालिका संख्या ः ५४
वडा संख्या ः ७२१
प्रदेश सभा सदस्य संख्या ः ५३ ९प्रत्येक्ष ३२, समानुपातिक २१० 
प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र संख्या ः १६  
सुदूरपश्चिम प्रदेशका विशेषताहरु 
नेपालको सवैभन्दा पश्चिममा उत्तर हिमालदेखि दक्षिण तराईसम्म फैलिएको छ । 
यस प्रदेशमा नौ जिल्ला रहेका छन् ९देशभरीमा ७७ जिल्ला रहेका छन्० 
क्षेत्रफलका आधारमा यस प्रदेशको सवैभन्दा ठुलो जिल्ला बझाङ्ग हो, सवैभन्दा सानो बैतडी हो । 
यस प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको छ । 
ब्राह्मण, क्षेत्री व्यासी, चौधरी, दलित, जनजाती लगायत बिभिन्न समुदायको प्रमुख बसोवास छ ।
अपि, सैपाल हिमाल, झिलिमिला ताल, घोडाघोडी ताल, खप्तड क्षेत्र, महाभारत लेक आदि यस क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरु हुन । 
यस प्रदेशमा फरक फरक सांस्कृतिक तथा रीतिरिवाज भएका मानिस बसोबास गर्दछन् । 
देउडा गीत यस क्षेत्रको मुख्य पहिचानको रुपमा रहेको छ । 
बिसु तथा गोरा पर्व यस प्रदेशमा भव्यतापूर्वक मनाईन्छ । 
यस क्षेत्रमा हिन्दु धर्मावलम्वीहरुको बाक्लो उपस्थिति रहेको छ । 
खप्तड तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । 
यस प्रदेशका तराईका जिल्लामा अत्याधिक गर्मी र हिमाली जिल्लामा अत्याधिक चिसो हुने गर्दछ । 
 छाउपडी तथा छुई जस्ता कुप्रथा यस प्रदेशमा रहेका छन् । 
रोजगारीको अभावमा यहाँका मानिस काला पहाड अर्थात् भारतमा जाने गर्दछन् । 
पूर्व–पश्चिम राजमार्गले यो प्रदेशलाई मुलुकका अन्य प्रदेशसंग जोडेको छ । 
सानो भएपनि विविधतायुक्त सुदूरपश्मि प्रदेश विकासका दृष्टिले पछि परेको प्रदेश हो ।
सुन्दर सुदूरपश्चिम प्रदेशको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका माध्यमबाट यस प्रदेशमा विकासको मूल फुटाउनु आजको आवश्यकता हो ।  
२. दसैं नाँच के हो रु 
नेपालमा १२३ प्रकारका भाषा बोलिन्छन भने १२५ प्रकारका जातजातीको बसोबास रहेको छ । 
पूर्वी नेपालमा बसोबास गर्ने सतार जातिले मनाउने नाचलाई दसैं नाच भनिन्छ । 
दसैं नाच तराई क्षेत्रमा प्रचलित रहेको छ । 
झापा, मोरङ र सुनसरी जिल्लामा यो नाच प्रचलित छ । 
सतार जातिको पहिचानयुक्त यो नाच मौलिक चाँडपर्वमा नाच्ने गरिन्छ । 
यो नाच समाजमा प्रचलित नियमित नाचभन्दा फरक र मौलिक प्रकृतिको रहेको छ । 
पश्चिमा संस्कतिको प्रभावले युवापुस्तामा यस नाचप्रतिको आकर्षण कम हुँदै गएको पाईन्छ । 
परम्परागत भेषभुषामा सजिएर नाचिने यस नाचले आफ्नै किसिमको मौलिकता बोकेको छ । 
दसैं नाच जस्ता मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु आजको आवश्यकता हो । 
३. ट्रहोटे पर्व के हो रु 
एसियाको जातीय गोलमञ्च भनेर चिनिने नेपालमा करीव १२५ जातजातिको बसोबास रहेको छ । 
तिनै १२५ जातजातिमध्ये गण्डकी प्रदेशमा बस्ने गुरुङ समुदाय एक हो ।
नेपालको गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ जातिले ट्रहोटे पर्व मनाउने गर्दछन् । 
ट्रहोटे पर्व यिनीहरु निकै रमाईलो गरी मनाउने गर्दछन् । 
यस पर्वमा गुरुङहरु मिठो खाने, राम्रो लाउने तथा शुभकामना आदान९प्रदान गर्ने गर्दछन् । 
यस पर्वले गुरुङको आफ्नै मौलिक सांस्कतिक महत्व बोकेको छ । 
ट्रहोटो पर्वका अवसरमा नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने गरिन्छ । 
ट्रहोटे पर्वका अवसरमा आफन्तहरु भेला हुने र नाचगान तथा रमाईलो गर्ने गरेका पाईन्छ । 

साहित्य/सिर्जना 

अस्ताए नि उदाईरहने छौ 

(स्व. दुर्गाप्रसाद फुलाराप्रति समर्पित) 
तिमी दियो बनेर जन्मेछौ 
रोशनी छ¥यौ अन्धकार ती बस्तीहरुमा, 
अतिशयोक्ति नहोला तिमी भानु झैं थियौ भन्दा 
हेमन्तमा न्यानो किरण बनी स्पर्श दिन्थ्यौ
तिमी जून थियौ जुनकिरी पनि थियौ
कालरात्रीको त्यो निमग्नता छिचोल्थ्यौ तिमी, 
बाढी पहिरो कहाँ बन्यौ र तिमी 
नत खण्डबृष्टि नत अतिबृष्टि बन्यौ तिमी 
केवल सिर्जनाको मुहान फुटाउने 
सदाबहार एकनासे बृष्टि बन्यौ तिमी 
कलिमा पनि देवगणले भरिपूर्ण सच्चा मानव बन्यौ तिमी 
आवाज बिहीनहरुको आवाज थियौ तिमी
अध्यात्म औं आत्मज्ञानको भण्डार थियौ तिमी, 
तामशशुन्य भोजन अनि पहिरनको आदर्श थियौ तिमी
ईश्र्याको यो युगमा पनि तिमी हौसला अनि प्रेरण थियौ 
तिमी स्वयं उर्जा अनि सहनशीलता थियौ 
तिमी सभ्यता अनि संस्कार थियौ 
तिमी सिर्जना अनि सनातन थियौ, 
तिम्रो उर्वर माटो मरुभूमि बनेछ आज 
तिमीले जगाएका बस्तीहरु सन्नाटामा परेछन् 
तिमीले उठाएका मासिनहरु भक्कानिएछन् 
तिम्रो अगुवाईमा गरिएका विकास निर्माणहरु 
तिम्रो पुनर्जन्मको वन्दना गरिरहेछन् 
जे होस तिमी मानव बनी पदचाप छोड्यौ 
पुस्तौपुस्तासम्म पनि अमर रहने छौ भनी 
श्रद्धाञ्जलीका भावहरु प्रकट गर्दै, 
शोकाकुल मनहरुले एक स्वरमा रोदन गर्दैछन् आज 
सगौरव तिमी भानुझैं थियौ 
अस्ताए नि उदाईरहने छौ । 
लोकराज भट्ट
डोटी बहुमुखी क्याम्पस 

गजल 

आफैले रोजेको स्वतन्त्रता जन्जिर निस्कियो 
फूल भनी रोपेको बिरुवा झिर निस्कियो
आज मेरो अन्दाजा नै गलत सावित भयो
मैले पागल ठानेको ब्यक्ति, फकिर निस्कियो
खेल्ने खेलौना सम्झेर नै चलाइदिएछ गोलि
रगतलाई भन्छ बालक, अबिर निस्कियो
आगोले डढाएर उसलाई कुरुप बनाए के भो
त्यसैलाई बनायो आफ्नो हतियार, हिर निस्कियो
पवनले पनि छुदै नछुने स्थिर त्यो गति हुँ भन्थ्यो
आए भूकम्पका पराकम्पनहरु, अधिर निस्कियो
काली शर्वरी

मुक्तक 

हाँसीहाँसी रोप्यौ कालू मुटुमै छुरी पनि 
पत्तै नदिई आउछ कस्तो यो मजबुरी पनि 
समय बदलिएको भनु या तिमी बदलियौ 
हिजोआज त बढ्यो साह्रै मनको दुरी पनि 
पवित्रा थापामगर ‘साया”
जोरायल गाउँपालिका—४, डोटी

Tuesday, August 6, 2019

बिम्ब साप्ताहिक, २०७६ साल श्रावण २१ गते मंगलवार

बाल यौन दुव्र्यवहार जो कसैबाट
जहाँ पनि हुन सक्छ, त्यसैले
सावधानी अपनाऔँ, बालबालिकाका
कुरा सुनौँ, बाल यौन दुव्र्यवहार
अन्त्य गर्न सक्रिय बनौँ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कम रासन भत्ताका कारण डोटीमा बस्न मान्दैनन् प्रहरी कर्मचारीहरु

रामहरी ओझा/डोटी
     श्रावण २०
“एक त प्रहरी दरवन्दी नै कम छ, त्यसैमा प्रहरी      कर्मचारीहरु डोटी आउनै  मान्दैनन् । हामीसंग भएका कर्मचारीहरुलाई नै हामीले जिल्लाका सवै ठाउँमा परिचालन गर्नु पर्ने अवस्था रहेको छ ।” 
डोटी सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले डौड प्रहरी चौकीमा प्रहरी कर्मचारीको संख्या वढाउनु पर्ने माग राख्दा जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरीहरु जिल्लामै कम भएका कारण पठाउन नसकिएको जानकारी दिए । ‘जिल्लामा जम्मा तीन सय ९६ जनाको दरवन्दी छ’ धामीले भने ‘त्यसमध्ये हाल कार्यरत दुई सय ९१ मात्रै छन् ।’ 
डोटीमा प्रहरी कर्मचारीहरु बस्न नचाहानुको मुख्य कारण न्यून रासन भत्ता भएको प्रहरी   कर्मचारीहरु वताउँछन् । “सुदूर–पश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये सवैभन्दा कम रासन भत्ता पाउने जिल्ला डोटी हो” एक प्रहरी कर्मचारीले भने ‘महंगी र अन्य हिसावले अरु जिल्ला र डोटीमा केही फरक छैन ।’ उनले प्रदेश राजधानी कैलालीबाट डोटीमा आउँदा बाटोमा पर्ने जिल्ला डडेल्धुराका प्रहरीले दैनिक दुई सय १८ रुपैयाँ पाउने गरेको तर डडेल्धुरा भन्दा ६५ किलोमिटर टाढा डोटीमा काम गर्नेले जम्मा एक सय ६६ रुपैयाँ मात्रै पाउने गरेको वताए । 
“डोटी, अछाम र बैतडीको प्रकृति एउटै भएपनि अछाममा दुई सय २५ र बैतडीमा दुई सय २८ रुपैयाँ दैनिक रासन भत्ता पाउने गरेका छन्” एक अर्का प्रहरी कर्मचारी प्रश्न गर्छन् ‘अनि को आउने डोटी ?’ उनले डोटीमा कार्यरत प्रहरीलाई रासन भत्ताले नपुग्ने र तलवबाट रासन खानु पर्ने अवस्था रहेको वताए । उनी थप्छन् ‘जिल्ला सदरमुकाममै बस्न सकिन्न यो भत्ताले, सायल, बोगटान घाङल जस्ता दुर्गम गाउँहरुमा कसरी पु¥याउनु खानलाई ?’  
रासन कम भएका कारण डोटी सरुवा भएका प्रहरी  कर्मचारीहरु पनि काज मिलाएर अन्यत्र जाने गरेको वताउँछन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धामी । ‘डोटीमा काजमा आउन कसैले चाँहदैनन् तर डोटीबाट अन्यत्र काजमा जानेहरुले भनसुन समेत गर्न लाउँछन्’ धामीले भने ‘डोटीमा काजमा आउने भनेको घर पायक खोज्नका लागि आउनेहरु मात्रै हुन्छन् ।’ उनले डोटी सरुवा हुने बित्तिकै प्रहरी कर्मचारीमा सिथिलता आउने वताए । उनी थप्छन् ‘उत्प्रेरित हुनका लागि केही देखिदैन ।’ 
कुल दरवन्दी संख्या तीन सय ९६ मध्ये हाल २८ जना बिदामा रहेका छन् भने ७७ दरवन्दी खाली छन् । भएका प्रहरी जनशक्तिमध्ये कारागार सुरक्षा, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, बाल सुधार गृह, क्षेत्रीय प्रशासन लगायतका निकायहरुको सुरक्षामा ५५ जना खटिएका छन् । जिल्लाको शान्ति सुरक्षाको लागि दुई सय ३६ जना प्रहरी मात्रै रहेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाउँछ । जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालय, ६ ईलाका प्रहरी कार्यालय, सात प्रहरी चौकी र चार अस्थायी प्रहरी पोष्टमा दरवन्दी भन्दा कम प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक धामीले वताए । 
२०६८ सालको जनगणना अनुसार डोटी जिल्लाको कुल जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेको छ । यस आधारमा डोटीमा एक प्रहरी कर्मचारीले आठ सय ९७ सर्वसाधारणको सुरक्षा गर्नु पर्ने अवस्था छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार एक प्रहरी कर्मचारीले करीव तीन सय सर्वसाधारणलाई सुरक्षा दिनु पर्ने व्यवस्था छ । 
कुन जिल्लामा कति रासन भत्ता 
सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ जिल्लामध्ये बझाङ्ग जिल्लामा सवैभन्दा बढी रासन भत्ता छ । 
बझाङ्ग (ख) मा दैनिक चार सय तीन रुपैयाँ पाउँछन् । यस्तै दार्चुला (क) दुई ६५, (ख) तीन सय १७, बाजुरा दुई सय ४७ कञ्चनपुर एक सय ६६ र कैलाली एक सय ५८ रुपैयाँ दैनिक रासन भत्ता पाउँछन् । डोटी एक सय ६६, डडेल्धुरा दुई सय १८, बैतडी दुई सय २८ र अछाम दुई सय २५ रुपैयाँ प्रहरीले रासन भत्ता पाउने व्यवस्था छ ।

सम्पादकीय 

आफ्नो गाउँ आफै वनाउँ !

“आफ्नो गाउँ, आफै वनाउँ”,  ०५१ सालमा बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको नारा हो यो । प्रत्येक तत्कालिन स्थानीय निकायहरुमा बजेट दिने र नि निकायहरुले आफ्नो आवश्यकताका आधारमा उक्त वजेट बिभिन्न क्षेत्रमा बिनियोजन गरि आफ्नो गाउँको विकास आफै गर्ने भन्ने लक्ष थियो यस नाराको । सुरुमा तीन लाख रुपैयाँ प्रत्येक गाउँ विकास समितिलाई बिनियोजन गर्दा नेपालका केही अर्थविद्हरुले ‘वजेट कनिका छरे झैं भयो’ , ‘कम्युनिष्ट सरकारले देशको ढ्कुटी रित्याउने भयो’, ‘सस्तो लोकप्रियताका लागि यस्तो कार्यक्रम ल्यायो’ जस्ता आरोप लगाएका थिए । यद्यपी तिनै आलोचना गर्ने अर्थबिद्हरुमध्ये केहीले पछि आफ्नो पालामा यो कार्यक्रमलाई निरन्तरता दिए ।  
त्यतिवेला अहिलेका जस्तो भ्रष्टाचार चरमचुलीमा पुगेको थिएन । कम्तीमा नागरिकहरु ईमानदार थिए, राजनीतिक दलका कार्यकर्ताहरु यति बिधि बिग्रिसकेका थिएनन् । स्थानीय निकायका जनप्रतिनिधिहरुलाई भ्रष्टाचार गर्ने मेसो थाह भईसकेको थिएन । देशमा भरखर “प्रजातन्त्र” आएकाले निरंकुश पञ्चायती शैलीको कर्मचारीतन्त्र पनि दोधार–दोधारमै थियो । त्यसैले वातावरण सहज थियो । बजेट अनुसारको काम भएको थियो, भएको काम गुणस्तरीय पनि थियो । जनताले विकासमा अपनत्व ग्रहण गर्ने चलन थियो । देशभरि विकासका केही राम्रा अभ्यासहरु भए, जनतामा थोरै भएपनि सन्तुष्टि थियो । यही नाराले “विकासवादी” कहलिएको तत्कालीन एमालेले लामो समयसम्म उक्त नाराको व्याज खायो, अझै पनि त्यो नाराको थोरवहुत व्याज आउँदैछ । 
बिस्तारै जनप्रतिनिधिहरुले भ्रष्टाचारको स्वाद् चाख्दै गए,  कर्मचारीहरुले भ्रष्टाचारको बाटो देखाउँदै गए, नेताहरु भ्रष्टाचारको बाटो फराकिलो पार्दै गए, कार्यकर्ताहरु त्यो बाटो पहिल्याउँदै गए । अन्ततः जनता पनि त्यो स्वाद् चाख्न पल्के । आज अवस्था यस्तो आईहाल्यो कि, अव भ्रष्टाचार गर्ने होईन, नगर्ने अपराधी हुन्छ । नेता होस् कि कर्मचारी, उपभोक्ता होस कि सर्वसाधारण जसलाई पनि भ्रष्ट वन्ने रहर जागेको छ । सम्पत्ति चाहिन्छ, सम्पत्ति विना केही पनि हुँदैन, सम्पत्तिका लागि “जे पनि” गर्नु पर्छ भन्ने मानसिकता पलाएको छ । 
अहिले वर्षेनी करोडौं रूपयाँ गाउँगाउँमा जाँदैछ । विकास गर्न चाहने हो भने यो वजेट धेरै छ । धेरै कुरा गर्न सकिन्छ । साँच्चै आफ्नो गाउँ आफै वनाउन नागरिकले मात्रै सोच्ने हो भने गुणस्तरीय काम हुन्छ । एउटै वाटोमा पटक पटक वजेट हाल्ने, पटक पटक कागजात मिलाउने गर्नु पर्दैन । त्यसका लागि अव मागमा आधारित होइन, आवश्यकतामा आधारित विकास आवश्यक छ । माग सडक आउँछ, किनकी माग गर्ने सर्वसाधारण होईनन्, सर्वसाधारणको पहुँच र आवाज माग गर्ने निकायमा पुग्दै पुग्दैन । माग गर्नेहरु व्यापारी र विचौलिया छन् । उनीहरुले आफ्नो स्वार्थका लागि योजना माग गर्छन् । तर त्यो वास्तविक आवश्यकता होईन । यही कारण जनताले विकासमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । यही कारण भ्रष्टाचार बढ्छ । सर्वसाधारणले पनि त्यो योजना आफ्ना लागि आवश्यक नदेखेपछि त्यसबाट तत्काल कसरी फाईदा लिने भन्ने सोच्छ । त्यसपछि एक दिन काम गरेर चार दिनको हाजिर लगाउन खोज्छ वा एक दुई घण्टा काम गरेर दिनभरीको मजुरी लिन खोज्छ । उपभोक्ता समितिले ठेकेदारसंग कमिसनको “वार्गेनिङ्ग” गर्छ । कर्मचारीले उपभोक्ता समितिसंग कमिसनका लागि वार्गेनिङ्ग गर्छ । जनप्रतिनिधिले कमिसन नपाएसम्म अनुगमन प्रतिवेदन दिन मान्दैन । बिचौलियाहरुले चारैतिर हात पर्साछन् । 
अनि विकास हुँदैन, विनास हुन्छ । चारैतिर डाँडा भत्किन्छन्, सडक वन्दैन्, जंगल सखाप हुन्छ, बाढी पहिरोको जोखिम बढ्छ, वजेट सकिन्छ, पुल वन्दैन्, कुलो वन्छ पानी चढ्दैन । अनि कसरी वन्छ त आफ्नो गाउँ आफै ।

थप समाचार 

अस्पताल सरकारी, डाक्टर गैरसरकारी

दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्ट सहित चार जना चिकित्सकको दरवन्दी रहेको डोटी जिल्ला अस्पतालमा हाल आठौं तहका एक जना चिकित्सक मात्रै दरवन्दीमा कार्यरत छन् । 
“एक जना मेसु सहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर पदपुर्ति कहिल्लै भएको छैन’ हाल दरवन्दीमा कार्यरत डा. भुषण मिश्रले भने ‘अहिलेसम्म आएका आठौं तहका मात्रै हुन् ।’ हाल सरकारी दरवन्दीमा आफु एक जना मात्रै रहेको डा मिश्र वताउँछन् । ‘मेरो पनि समायोजन मा स्थानीय तहमा परेको छ, चिठ्ठी आएपछि मैले पनि जानु पर्छ होला, त्यसपछि के हुने हो थाह छैन’ डा. मिश्रले भने ‘समायोजनमा प्रदेशमा जम्मा दुई जना मात्रै चिकित्सक परेका छन् ।’ जिल्ला अस्पतालहरु प्रदेशको मातहतमा छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्ला जिल्लामा जिल्ला अस्पतालहरु रहेका छन्, प्रदेशमा समायोजन भएका दुई चिकित्सकहरु कुन कुन जिल्लामा पर्ने हुन, थाह छैन । मिश्र निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।
सरकारी चिकित्सक नआउने समस्या भएपछि २०६९ सालदेखि डोटी अस्पताल गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन भईरहेको छ । अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनादर्शन जोशीको पहलमा निक साइमन्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले दुई जना चिकित्सक पठाएको थियो । सेवा सुविधाहरु निक साईमन्सले नै व्यहोर्ने गरि पठाईएका चिकित्सकहरुमा एक एमडीजीपी  र एक एमविबिएस रहेका छन् । हाल निक साईमन्सको तर्फबाट एमडिजिपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान कार्यरत छन् । 
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्रले बताए । जनशक्ति अभावका    कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको उनी वताउँछन् । 
निक साईमन्सले खटाएका एमडिजिपीकै भरमा जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा लगायतका शल्यक्रिया सेवाहरु उपलव्ध भईरहेका छन् । अर्को कुनै बिपल्प नभई निक साईमन्सले एमडिजीपी खटाउन छोड्ने हो भने अस्पतालबाट उपलव्ध हुँदै आएका सेवाहरु पनि वन्द हुने अवस्था रहेको छ । 
अस्पताललाई ५० शैैयामा स्तरोन्नति गर्न भौतिक पूर्वाधारहरु पर्याप्त मात्रामा निर्माण भएका भएपनि अस्पतालमा अहिलेसम्म जम्मा १५ सय्या मात्रै स्वीकृत छ । सरकारले ५० सैयाका अस्पताल बनाउने निर्णय समेत गरेको छ तर कार्यान्वयन हुन सकेको छैन् । ५० शैयाको अस्पतालको माग सहितको फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षाैं भईसकेको भएपनि हालसम्म कुनै तयारी छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्ट सहितको प्रतिवेदन गईसक्दा समेत माथिल्लो निकायबाट कुनै आदेश आएको छैन । माथीको आदेश नभएकै कारण ५० सैयाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

बडीमालिकाका लागि पेटारो प्रस्थान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ । 
शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बिशेष पुजाआजा गरि टोलीलाई बिदाई गरेका हुन । सरकारी पुजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो । पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पुजा सामग्री सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पुजा गरि बडीमालिकातिर लागेको हो । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहि आएको छ । 
जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पुजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पुजाआजा गर्नुपर्ने परम्परा अनुसार अछाम, डोटी, जुम्ला र कालिकोटको सरकारी पुजा टोली बडिमालिका जाने गर्दछ । यसअघि अनौपचारिक रुपमा बाजुराबाट पनि पुजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रुपमै जिल्लाबाट सरकारी पुजा जाने चलन चलाईएको छ । 
शुक्रवार हिडेको सरकारी टोली साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट, शनिवार पूर्वीचौकी–५ मा रहेको धानुकाँडा बास बसेको छ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडिमालिका पुग्ने चलन छ । पुजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र बैद्यनाथको अक्ष्ता समावेश गरिएको हुन्छ । 
बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकिय क्षेत्र समेत हो । १४ हजार फिट उचाईमा रहेको भूमिमा २२ वटा समथर फाँटहरु, ती फाँटमाथी फुलेका रङ्गीचङ्गी फुलहरु, त्रिवेणी, बिष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन । खेतीबेतीमा परापुर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् । हिउ पर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरु बताउँछन् । दुर्लभ बन्यजन्तुको बासस्थल समेत बडीमालिका क्षेत्र हो ।

मृग तर्साउन चलाएको गोली लागेर मृत्यु

खेती नास्न आएका मृग सम्झी तर्साउनका लागि चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । 
डोटी आदर्श गाउँपालिका–५, भाडीसैन निवासी ५० बर्षीय हरी भुलले शनिवार राती करीव १०.४० मा जंगली जनावर भगाउनका लागि खेतमा रहेका बेला स्थानीय गगन भाट र उरै भाटको खेत नजिकै जंगली जनावर जस्तो देखे । जंगली जनावर दुम्सी भएको आसंकामा उनले आफुले बोकेको एकनाले भरुवा बन्दुक चलाउँदा स्थानीय अन्दाजी १९ बर्षीय तपेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । 
धामीका अनुसार बन्दुक र बन्दुक चलाउने भुल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ‘हामील हतियार र आरोपीलाई नियन्त्रणमा लिईसकेका छौं’ धामीले भने ‘घटनाको थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णवहादुर बोहराको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतिर गएको छ ।’ प्रारम्भिक जानकारी अनुसार जंगली जनावर तर्साउनका लागि चलाएको गोली लागेर मृत्यु भएको धामीले वताए ।
मृतक लुहार स्थानीय घट्टेडी देवताका धामी हुन । उनले यसै बर्ष बिद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राती किन जंगलमा गएका थिए भन्ने कुरा खुल्न सकेको छैन । उनको टाउकोमा गाली लागी घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 
जिल्लाका बिभिन्न स्थानहरुमा पछिल्लो समयमा जंगली जनावरहरुले बाली नष्ट गरेका घटनाहरु आईरहेका छन् । 
बाटोबाट लडेर मृत्यु
डोटीको बोगटान गाउँपालिका–५ धिर्कामाण्डौंमा बाटोबाटै लडेर एक व्यक्तिको ज्यान गएको छ ।
शनिबार राती करिब पौने दश बजेको समयमा वर्ष ५० का गोरे बराल (सुनार) को गणेशकाँडाको जंगलमा बाटोबाटै अन्दाजी १५ मिटर तल लडेर ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
मृतक सुनार के.आई.सिंह गाउँपालिका–५ बाट घर फर्किरहेको र बाटोमा लडेर मृत्यु भएको उनकी श्रीमती जमुना बरालले चवराचौतारा प्रहरी चौकीलाई आइतबार बिहान खबर गरेकी थिइन् ।

शान्ति सुरक्षामा प्रहरीको अहम भुमिका–पौडेल

गणेश मौनी/डोटी
श्रावण २०
डोटी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नेपाल प्रहरीले अहम भूमिका निर्वाह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बतायका छन् । 
सोमबार जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन गदै प्रजिअ पौडेलले सो कुरा बताएका हुन । उनले भने ‘जनताको सुरक्षामा खटिने नेपाल प्रहरी कर्मचारीहरुको सुत्ने भवन राम्रो छैन, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र अधिकृतहरु सुत्नाको लागि आफ्नो भवन छैन, पर्याप्त मात्रामा कर्मचारी दरबन्दी छैन तर पनि यस्ता समस्याका बाबजुत प्रहरीले डोटीको शान्ति सुरक्षा कायम गर्नुका साथै सामाजिक विकृती बिसंगतिका विरुद्धमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताए ।  
अनुगमन पश्चात प्रजिअ पौडेलले नेपाल प्रहरीले गरेको राम्रो कामको प्रसंशा गर्दै जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय प्रहरी प्रशासन भएको हुदाँ हाम्रो आफ्नो गतिलो भवन र आवश्यकता अनुसार जनशक्ति नभए सेवा प्रवाहका साथै बिपतका घटना, आपतकालिन घटनाहरुमा पनि छीटो छरीतो रुपमा सेवा प्रबाहमा कठीनाई हुन सक्ने भएपनि अहिले सम्म त्यस्तो कुनै समस्या नभएको बताए । 
डोटी जिल्लाका ग्रामिण क्षेत्रका प्रहरी चौकीका भवनहरु सुधार भएपनि जिल्ला प्रहरी कार्यालय भनव तथा व्यारेक को अवस्था भने सुधार हुन सकेन । हाल डोटीमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका अपरपोष्ठ, प्रहरी चौकी, इलाका प्रहरी चौकी गरि १० वटा स्थानमा आफ्ना कार्यालय भवन भएपनि आठ स्थानमा आफ्ना भवन छैनन् । भौतिक संरचना मात्र नभई कर्मचारीको अभाव पनि त्यस्तै छ । 
अबको केही समयपछि जिल्ला प्रहरी कार्यालयको भवन निर्माणको लागि टेण्डर प्रक्रिया अघाडी बढ्ने हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यदि समयमै जिल्लाको भवन निर्माण हुन सके केही समस्याहरु समाधान हुने प्रहरी अधिकारी हरु बताउँछन् । 
प्रजिअ पौडेलले अनुगमन पश्चात बिहानको खाना प्रहरी जवाहरुको मेसमा संगै बसेर खाएका थिए ।  

पशुपंक्षी बिमा प्रभावकारी भएन

डोटीमा सञ्चालन भएको पशुपंक्षी विमा गर्ने कार्यक्रम प्रभावकारी हुन सकेको छैन । 
सरकारले २०६९ साल माघदेखि बाली तथा पशुपंक्षी बिमा कार्यक्रम शुरु गरेको थियो । डोटीमा रहेका विभिन्न बिमा कम्पनीहरूले अझैं पनि जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम पु¥याउन सकेका छैनन् । 
जिल्लाका अधिकांस ग्रामीण वस्तीका किसानहरु पशुपंक्षीको बिमाबारे जानकारी नभएको बताउँछन् । डोटीको सायल गाउपालिका–२ तोलनीका रामबहादुर वली सदरमुकाम तिर बाख्राको बिमा गरेको भन्ने सुनिएको तर आफुहरुलाई सो वारेमा जानकारी नभएको वताउँछन् । 
जिल्लाका केही स्थानीय तहले समेत किसानहरूका लागि ब्यवसायिक पशुपालन तथा कृषि कार्यमा विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गरे पनि पशुपंक्षी बिमा कार्यक्रममा प्रेरित गर्न सकेका छैनन् ।
सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले पशुपालन गरिरहेका कृषकहरूवाट बिमा कार्यक्रममा सहभागी बन्नका लागि माग नआएका कारण बाली तथा पशुपंक्षी बिमा बारे गाउँपालिकाको ध्यान नगएको बताए । “विमा कम्पनीहरूले पनि आफ्नो कार्यक्षेत्र ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न अग्रसर हुनुपर्दछ” उनले भने ‘राज्यको पनि विमा कम्पनीहरूलाई अनिवार्य रुपमा ग्रामिण क्षेत्र जान निर्देशन दिनु पर्छ ।’
नेपालमा बिभिन्न १७ बिमा कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बिमा अनुमती प्रदान गरिएको छ । कृषि तथा पशुपंक्षी ब्यवसायलाई प्रवद्र्धनका लागि बिमा समितीद्वारा प्रत्येक कम्पनीलाई तीनदेखि पाँच जिल्ला कार्यक्षेत्र तोकिएको छ ।

बडाध्यक्षले नै आगो लगाए–बिप्लव

सरकारद्वारा प्रतिवन्धित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोटीमा वडा कार्यालयहरुमा भएको आगजनीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । 
सो पार्टीको डोटी जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरु स्वयंको संलग्नामा आगो लगाईएको दावी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा वडाध्यक्ष नर बहादुर बलायरले आगो लगाउन लगाएको आरोप बिज्ञप्ती मार्फत लगाईएको छ । नेकपा डोटीका इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफ्नो कालो कर्तुतमाथि पर्दा हाल्न वडाध्यक्ष बलाएरको निर्देशनमा स्थानीयरुरु आगो लगाएको पार्टीको अनुसन्धानले देखाएको उल्लेख छ । 
‘आफ्ना कर्मचारीले गरेको कमजोरी र भ्रष्टाचार ढाकछोप गर्न जनताले उठाएका सवालहरुको जवाफ दिन नसकेपछि त्यहि कुरालाई अन्तै मोड्न आगजनी गरेको बुझिएको छ ।ु विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीका नेता दिर्घ सिंह कुँवरको नाम जोडेर गरिएको प्रचार निराधार हो ।’ कुँवर पार्टी कामको सिलसिलामा चार महिनादेखि जिल्ला बाहिर रहेको समेत बिज्ञप्तीमार्फत दावी गरिएको छ । पार्टीका नेता कार्यकर्ता र पार्टीकै बदनाम गराउने उद्देश्यले वडाध्यक्षले यस्तो षडयन्त्र रचेको विज्ञप्तीमा उल्लेख छ । 
साउन ११ गते राती करीव ११ वजे उक्त वडा कार्यालयमा आगजनी भएको थियो । आगजनी भएको भोलीपल्ट वडाध्यक्ष बलायरले आगजनीमा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दिर्घसिं कुँवरको संलग्नता रहेको प्रहरीलाई जानकारी दिएका थिए । 
यस्तै साउन ७ गते जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीमा पनि पार्टीको कुनै संलग्ना नभएको बिज्ञप्ती मार्फत दावी गरिएको छ । बिज्ञप्तीमा शिखर नगरपालिका–७ को वडा कार्यालयमा भएको घटना जस्तै जोरालयको पनि भएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा जनप्रतिनिधिले गरेको आगजनीको बिषयलाई लिएर प्रहरीले गाउँ गाउँ पुगेर जनताको घरमा छापा मारिरहेको भन्दै बिरोध जनाएको छ । 
प्रहरी परिचालन गरेर जनतालाई दुःख दिने कार्य तत्काल रोक्नसमेत सो समूहले माग गरेको छ । बिभिन्न बहानामा जनतालाई दुल्ख दिने काम नरोकिए आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
डोटीका प्रहरी प्रमुख बिद्यानन्द माझीले यि दुवै घटनामा बिप्लव नेतृत्वको नेकपामा संलग्नता रहेको वताएका थिए । उनले जोरायल र शिखरमा नेकपाकै कार्यकर्ताहरु ले आगो लगाएको दावी गरेका थिए ।  
यसअघि जेठ १४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा गरिएको आगजनीमा पनि आफुहरुको कुनै संलग्नता नरहेको बिप्लव नेतृत्वको नेकपाका एक जिल्ला नेताले जानकारी दिए । उक्त घटनामा कसको संलग्नता रहेको थियो भन्ने कुरामा हालसम्म प्रहरी पनि अनबिज्ञ छ ।  
एनसेल जलाउने बिप्लव समूह 
वडा कार्यालयहरुमा आगजनी आफुहरुले नगरेको वताउने बिप्लव नेतृत्वको नेकपाले डोटीको एनसेलका दुई टावरमा गरिएको आगजनी भने स्वीकार गरेको छ । 
‘जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको टावरमा पार्टीको डडेल्धुरा कमिटीले गरेको हो’ उक्त समूहका एक नेताले भने ‘शिखर नगरपालिका–१ मा       रहेको टावरमा डोटी पार्टीले आगजनी     गरेको हो ।’ 

सूचना/सन्देश/बिज्ञापन 

बोगटान फुड्सिल गाउँपालिका

                           गाउँ कार्यपालिकाको कार्यालय                                                               

चवराचौतारा,डोटी
सुदूुरपश्चिम प्रदेश, नेपाल
सूचना नं. ०१÷२०७६÷०७७
प्रथम पटक प्रकाशित मिति ः– २०७६।०४।२०

सिलवन्दी कोटेशन आह्वान  सम्वन्धी सूचना

उपरोक्त सम्वन्धमा यस बोगटान फुड्सिल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय रग्रामिण जलस्रोत व्यवस्थापन परियोजना डोटी अन्तर्गत संचालन हुने जिविकोर्पाजन कार्यक्रमका लागि सूचनामा संलग्न सूची बमोजिमका विउविजन, कृषि औजार, विषादी, मल तथा अन्य आवश्यक सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले यस आ.व २०७६/०७७ का लागि उपलब्ध गराउन सकिने इकाई दर भाउ यस कार्यालयबाट उपलब्ध हुने दरभाउ पत्रमा उल्लेख गरि आवश्यक कागजातहरु (ऐग्रोभेट दर्ताको प्रमाण पत्रको प्रतिलिपी, कर दर्ता तथा कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी, बिषादी खुद्रा विक्रेता दर्ता प्रमाण पत्रको प्रतिलिपी, प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी) सहित मिति २०७६ भाद्र २ गते कार्यालय समय भित्र यस कार्यालयमा आइपुग्ने गरि सिलबन्दी कोटेशन पेश गर्न हुन सूचित गरिन्छ । सिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा त्यसको भोलि पल्ट कार्यालय समयभित्र यस कार्यालयमा आइपुग्ने गरि शिलबन्दी कोटेशन पेश गर्न हुन समेत सूचित गरिन्छ । दरभाउपत्र यस कार्यालयको ग्लोबल आइएमई वैक लि. बोगटान शाखामा रहेको बैंक खाता नम्वर ः ७०४०१००००००१ मा रु.१५००। (अक्षेरुपी एकहजार पाँच सय मात्र) जम्मा गरेको भौचर गाउँपालिका कार्यालयमा पेश गरि प्राप्त गर्न सकिने छ ।
नोट ः आवश्यक कागजात र प्रक्रिया नपुगेको कोटेशनलाई मान्यता दिइने छैन ।
प्रमुख प्रशासकीय अधिकृत

                

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०४÷१७ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्ती नारायण माध्यमिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः गणित 
किसिम ः राहत करार (खुला) 
शैक्षिक योग्यता ः गणित मुल बिषय लिइ स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०४÷३१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०४÷३२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः शिक्षक सेवा आयोग नियमावली २०५९ को नियम २४ को उप नियम ३ र ४ बमोजिमका उम्मेदवारहरुलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम नियुक्त गरिनेछ । शिक्षक सेवा आयोगबाट प्रकाशित सूचीका उम्मेदवारहरु उपलव्ध हुन नसकेमा मात्र शिक्षा नियमावली २०५९ को नियम ९७ को उप नियम ३ पछिका उपनियमका आधारमा नियुक्त गरिनेछ ।