Tuesday, January 7, 2014

बिम्ब साप्ताहिक मिति २०७० साल पुष २३ गते मंगलवार


पत्रकार आचारसंहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भनि पिडितलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यमबिरुद्ध प्रकासन तथा प्रशारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

एक वर्षमा सल्यक्रियावाट ८० वच्चा जन्मिए

“वाँच्दैन जस्तो लागेको थियो तर वाँचिएछ, मेरा लागि यो अर्को जन्म भनेपनि हुन्छ ।”
डोटी जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा अन्तरगत सल्यक्रियावाट सन्तान जन्माएकी अछामकी एक महिलाको भनाई हो यो । डोटी अस्पतालमा गत वर्ष (२०६९) श्रावण देखि सुरु भएको जटिल प्रसुति सेवावाट अहिलेसम्म सेवा लिने महिलाहरुको संख्या ८० पुगेको अस्पतालको तथ्याँकले देखाएको छ ।
चिकित्सक डा. सृजना गौचनका अनुसार डोटीका साथासाथै सुदुरपश्चिमका अन्य जिल्लाहरुवाट पनि उक्त सेवा लिन महिलाहरु आउने गरेका छन । हालसम्म गरिएको जटिल प्रसुतिका ८० घटनामा ७३ जना आमा र वच्चाहरु सुरक्षित रहेका छन, गौचनले एक वच्चा जन्मिएको २४ घण्टाभित्र जिल्ला अस्पतालमै   मरेको जानकारी गराईन ।
गौचनका अनुसार जिल्ला अस्पताल नपुग्दै गर्भमै मरेका ६ वच्चाहरुलाई पनि सल्यक्रियाद्वारा निकालिएको थियो । ति आमाहरुको ज्यान जोगिएको गौचनको भनाई थियो । सल्यक्रियाका क्रममा एक महिलाको ज्यान गएको गौचन वताउँछिन ।
२०६९ श्रावण ५ गतेदेखि सुरु भएको जटिल प्रसुति सेवाले यस क्षेत्रका गर्भवती महिलाहरुको ज्यान जोखिम कम गरेको छ । यसअघि अस्पतालमा चिकित्सक नहुँदा अन्य स्वास्थ्य संस्थामा      रिफर गर्ने गरिएको थियो । यसरी रिफर गर्दा केही महिलाहरुले वाटोमै ज्यान गुमाउनु परेको थियो भने केहीले आफ्नो वच्चा गुमाउनु परेको थियो ।
जटिल प्रसुति सेवाका अतिरिक्त अन्य पाँच प्रकारका  रोगहरुको पनि उपचार हुने  गरेको डा. गौचनले जानकारी  गराईन । उनका अनुसार  हालसम्म हाईड्रोसिल, हर्निया, पिसाव थैलीमा भएको पथ्थरी, जोडुवा औला छुट्याउने लगायतका रोगहरुको  सल्यक्रिया भएको छ ।
डा. गौचनले चेतना अभावका कारण बिरामीहरुलाई सल्यक्रियाका लागि सहमत  गराउन समस्या भएको वताईन । अस्पतालमा भर्ना हुनुपर्छ भन्दा उल्टो रिसाउने गरेको गौचन वताउँछिन ।
यसैबिच डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सरुवा भई जाँदा बिरामीहरुले समस्या झेल्नु       परेको छ । एक जना मेडिकल सुपरिडेण्टेण्ड र चार जना मेडिकल अधिकृतको दरवन्दी हुँदाहुँदै पनि जिल्लामा भने ति दरवन्दीहरु कागजमै सिमित रहेका छन । एक जना डा. गौचन मात्रै हाल    कार्यरत छन । 
जिल्लामा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्रहरुले त अहिलेम्म एमबिबिएसको अनुहार समेत देख्न पाएका छैनन् । केदारआखडा र सरस्वतीनगरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरु स्वास्थ्य सहायक र सहायक स्वास्थ्य कार्य–कर्ताहरुको भरमा चलेका छन ।
निर्वाचनपछि सरुवा भई गएका कर्मचारीहरुको सट्टा सरुवा भई आएका कर्मचारीहरु अहिलेसम्म पनि हाजिर नहुँदा अन्य तहका दरवन्दीहरु समेत खाली भएका छन ।
चिकित्सकहरुको सरुवा पत्र जिल्ला अस्पतालमा पुग्ने गरेका भएपनि वर्षौंसम्म चिकित्सकहरुको अत्तो हुँदैन । यस्तै अन्य स्वास्थ्यकर्मीहरु र प्रशासकीय कर्मचारीहरुको पनि भएको छ । 

सम्पादकीय

जातीय संघीयताको अल्झो

२०६४ सालमा सम्पन्न भएको ऐतिहासिक संबिधानसभाको निर्वाचनवाट गठन भएको संबिधानसभाले नयाँ संबिधान जारी नगरी मृत्युवरण गरेपछि दलहरुका बीचमा अर्को संबिधानसभा निर्वाचन गर्ने मात्र सहमति भयो तर गत संबिधानसभाको अभ्यासमा के  कुराको कमी भयो अर्थात के कारणले नयाँ संबिधान निर्माण हुन सकेन भन्ने वारेमा सामान्य चर्चा पनि भएको पाईदैन । अर्को संबिधानसभाको निर्वाचन गर्ने, त्यसले एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने र वाँकी चार वर्षसम्म व्यवस्थापिका–संसदको काम गर्ने गरी अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भईसकेको छ । प्रत्येक्ष र समानुपातिक गरी पाँच सय ७५ जना सभासद्हरु छनौट भईसकेका छन र वाँकी २६ जना पनि अव छनौट गर्न धेरै समय नलाग्ला किनभने गत संबिधानसभामा दलहरुले पाएको आकारका आधारमा भागवण्डा गर्ने परम्परा कायम भईसकेको छ । नेताहरुको खल्टीवाट झिक्नु पर्ने मान्छेहरुको त्यति धेरै समस्या नहोला । तर सवाल जहाँको त्यही छ ।
गत संबिधानसभाले गरेको कामको उत्तरदायित्व यस संबिधानसभाले लिने र संबिधानसभाको वाँकी काम पुरा गर्ने भन्ने तत्कालीन चार दलीय राजनीतिक संयन्त्रको सहमति हो । यसरी हेर्दा र नेताहरुले भन्दै आएको कुरालाई मनन् गर्दा अव संबिधान निर्माणको कार्य त जम्माजम्मी २० प्रतिसत मात्रै छ र यो २० प्रतिसत काम गर्नका लागि एक वर्षमा सजिलै सकिन्छ भन्ने लाग्न सक्छ । तर, यसलाई बिगतका वर्षहरुसंग जोडेर हेर्नु जरुरी छ ।
संबिधानसभामा ८० प्रतिसत काम भईसकेको भन्ने गरिएको काम गत संबिधानसभाको मुल कार्यकाल अर्थात २०६७ साल जेठ १४ गतेभित्रै सम्पन्न भईसकेको थियो । त्यसपछि थप भएका दुई वर्षमा त्यो ८० प्रतिसत भन्दा माथी जान सकेको छैन । मुख्यतया त्यतिवेला बिवादित रहेका जुन मुद्धाहरु थिए अहिले पनि ति जस्ताका त्यस्तै रहेका छन । ति जटिलतामा पनि प्रमुख जटिलता संघीयताको हो । ‘राज्य पुनः संरचना भन्नाले राज्यको भुगोलको कित्ताकाट गरेर अंशवण्डा गर्नु हो’ भन्ने बुझाईले ग्रस्त राजनीतिज्ञहरु अहिले पनि   राज्यको अग्रगामी पुनःसंरचनाको कुरा गरिरहेका छन तर त्यो जातीय राज्य वनाएपछि मात्र हुने कुतर्क पनि गरिरहेका छन । जो संबिधानसभावाट नयाँ संबिधान निर्माण गर्ने कुराको वाधक हो ।
संघीयतामा जाने बिषयमा संबिधानसभामा रहेका दलहरु र संबिधानसभा वाहिर रहेका राजनीतिक शक्तिहरुका बिचमा छलफल चलाएर साझा धारणा वनाउनु जरुरी छ । यदि संघीयताको बिषयमा साझा धारणा निर्माण हुन सक्यो भने नेताहरुले भनेझैं एक वर्षभित्रै नयाँ संबिधान निर्माण हुनमा कुनै वेर लाग्ने छैन । तर, यदि त्यसो हुन सकेन भने अहिलेका चार वर्षले पनि नयाँ संबिधान निर्माण गर्न सक्ने छैन र त्यसका लागि फेरी अर्को संबिधानसभाको निर्वाचन गर्नु पर्ने अवस्था नआउला भन्न पनि सक्दैन ।
संघीयतामा जाने निश्चितै भईसकेपछि सामथ्र्य र पहिचानका आधारमा प्रान्तहरुको वटवारा गर्नु उपयुक्त होला । पैतृक सम्पत्ति ठानी यसलाई यहाँ देखि यहाँसम्म मेरो हुनै पर्ने, उता देखि उतासम्म मेरो हुनै पर्ने भन्ने जुन अडानहरु आएका छन यस हिसावले हेर्ने हो भने प्राबिधिक रुपमा संबिधानसभामा दुई तिहाई वहुमत कुनै पक्षले पु¥याएर नयाँ संबिधान जारी गर्न सकिएला तर त्यो संबिधान दिगो हुने छैन । त्यो संबिधानको हविगत पनि २०४७  सालको संबिधानको भन्दा फरक हुनेछैन । जारी भएकै दिन जल्न सक्छ र तत्काल फेरी बिद्रोह हुन सक्छ ।
त्यसैले नयाँ संबिधान निर्माण गर्ने नै हो भने बिवादित बिषयहरुमा पहिले साझा धारणाको खोजी गर्ने प्रयास गरौं । त्यसपछि संबिधान निर्माणको प्रक्रियालाई अगाडी वढाऔं । होईन जागिरै खाने हो भने त ठिकै छ, हिजोकाहरुले पनि चार वर्ष जागिरै खाए, आजकाहरु पनि खान्छन र भोलीकाहरु पनि खानेछन ।

थप समाचारहरु

मुग्लान पस्दै मुक्त हलियाहरु

न्यायिक पुनःस्थापना हुने सर्त सहित मुक्त भएका पुर्व हलियाहरु पुनःस्थापनाको कुनै मेलो नलागेपछि जीवन चलाउन मुग्लान पस्न थालेका छन ।
मुडभरा गाबिस–२ कि  राईमती सार्की भन्छिन–मालिकको घरमा जोतेरै भएपनि एक छाक त टरेको थियो, सरकारले मुक्तीको घोषणा गरेपछि त्यो पनि वन्द भयो । जीवन गुजारा गर्न श्रीमानले देश (भारत) जानु परेको उनको भनाई छ । श्रीमान नरवहादुर सार्कीले लामो समयसम्म हलियाको कष्टपूर्ण काम गरेको वताउँदै     राईमतीले मुक्त भएपछि परिवार केटाकेटी पाल्न समस्या भएको वताईन । अपाmुहरुले मुक्त हलियाको परिचय पत्र पाएको वताउँदै उनी भन्छिन–जव साँझ बिहान खानका लागि केही छैन भने यो परिचय पत्रको कागजले के गर्ने ? यस्तै दुखेसो पोख्छिन मुडभरा–२ कि परुली देवी सार्की । श्रीमान वाँजी सार्कीले भारतमा चौकीदारी     गरि आफु र परिवारको गुजरा गरिरहेको उनको भनाई छ ।
अधिकांस मुक्त हलियाहरु आफु भारततिर जान थालेका छन भने उमेरले पाका भएका मुक्त हलियाहरुले आप्mना छोराहरुलाई भारत पठाउन थालेका छन । आफुले काम गर्न नसक्ने भएपछि छोरालाई भारत पठाएँ, यहाँ काम पाउँदैन अनि के गरु ? पचनालीका कृष्ण बिकले वताए । उनले पहिले जस्तो मालिकहरुको काम गरेर खान पनि नपाईने अवस्था सृजना भएको वताए ।
दैनिक गुजारा गर्नका लागि समस्या हुन थालेपछि केही मुक्त हलियाहरु फेरी पुरानै मालिकहरुका हलो जोत्न थालेका पनि छन । सरकारले पाँच वर्ष पहिले हलिया मुक्तीको घोषणा गरेको भएपनि अहिलेसम्म कसैको पुनःस्थापना हुन नसक्दा यस्तो समस्या आएको वताउँछन पचनाली–५ का नन्ना भुल । नन्नाका अनुसार अहिले मुक्त हलियाहरु कि त फेरी मालिकैमा गएर हलो जोत्न वाध्य छन कि फेरी भारततिर गएर चौकीदारी गर्नु उनीहरुका लागि अनिवार्य भएको छ ।
कमाई खान श्रीमानहरु वाहिर गएपछि मुक्त हलिया परिचय पत्र समेत महिलाहरुलेनै बुझ्ने  गरेका छन । डोटी मालपोत कार्यालयमा रहेको मुक्त हलिया अनुुगमन कार्यदलको सचिवालयवाट हालसम्म बितरण भएका एक हजार परिचयपत्रहरुमा करीव पाँच सय परिचय पत्र महिलाहरुले बुझेका छन । सो कार्यालयले हालसम्म “क” वर्गका एक सय ७३, “ख” वर्गका पाँच सय ६६, “ग” वर्गका २० र “घ” वर्गका दुई सय ४१ परिचय पत्र वितरण गरेको छ । तीन सय ८२ जनालाई परिचय पत्र बितरण गर्ने तयारी भईरहेको सो कार्यालयले जानकारी दिएको  छ ।
राष्ट्रिय हलिया मुक्ती महासंघको नेतृत्वमा लामो समयसम्म भएको आन्दोलनपछि २०६५ साल भाद्र २१ गते तत्कालीन सरकारले न्यायिक पुनःस्थापना गर्नका लागि एक कार्यदल गठन गर्ने भन्दै हलिया मुक्तीको घोषणा गरेको थियो । पाँच वर्ष बितिसक्दा पनि मुक्त हलियाहरुले पुनस्थापनाको कुरा त परै जावस परिचय पत्र समेत सवैले पाउन सकेका     छैनन् ।
त्यसो त मुक्त भएकै कारण खुशी व्यक्त गर्ने मुक्त हलियाहरु पनि रहेका छन । मुडभरा–५ गरुडीका चेत कामी हलिया वस्नु पर्दाको पिडा आफुले राम्रोसँग भोगेको वताउँदै सरकारले मुक्त गर्नुनै हाम्रा लागि मुक्ती भएको चेतको भनाई छ । फेरी हलिया वस्नु वाध्यता भएको कुराप्रति असहमति जनाउँदै कामीले भने–पुनःहलो मात्रै जोते पेट पालिन्छ भन्ने मानसिकता गलत हो । गिट्टी कुटेर, ज्याला मजदुरी गरेर, जमिन अदेलो वनाएर गुजारा गर्न सकिने वताउँदै कामीले आफु पनि खेत अदेलो वनाएर गुजारा गरिहेको भने । हलिया मुक्ती गर्नमा राष्ट्रिय हलिया मुक्ती समाजले आन्दोलन गरेको र आफुहरु मुक्त भएकोमा मुक्ती समाजलाई धन्यवाद दिँदै कामीले अव पुनःस्थापनाका लागि समेत आन्दोलनको नेतृत्व गर्न आग्रह गरे । बुवाको पालादेखि परिवारले हलिया भएर दुःख झेल्दै आएको भन्दै चेतले अहिले आफु स्वतन्त्र रुपमा वाँचिरहेकोमा खुशी व्यक्त गरे ।
सुदुरपश्चिमका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लामा १८ हजार ६९ र डोटी जिल्लामा एक हजार आठ सय २१ जना मुक्त हलिया रहेको सरकारी तथ्याँकले देखाएको छ । मुक्त हलियाको अवस्था अनुसार चार प्रकारका मुक्त हलिया परिचय पत्र बितरण गरिएको राष्ट्रिय हलिया मुक्ती समाज डोटीका संयोजक गोरखवहादुर सार्कीले  वताए । सार्कीका अनुसार घरजग्गा केही पनि नभएकालाई “क”, घर भएका जग्गा नभएकालाई “ख”, जग्गा भएका घर नभएकालाई “ग” र घरजग्गा दुवै भएका मुक्त हलियालाई “घ” वर्गको  परिचय पत्र बितरण गरिएको छ ।

योजना वनाउँदै स्थानीयवासी

बैतडीमा वग्ने चमेलिया खोलाले नियमित रुपमा कटान र पहिरोको समस्या बढाउँदै गएपछि स्थानीय वासिन्दाहरु जोखिम न्युनिकरणको उपाय खोज्न थालेका छन ।
पहिरो, वाढी, खडेरी लगायतका प्रकोपले मानवीय जीवन प्रभावति हुन थालेपछि उनीहरु जोखिमवाट वच्ने उपाय खोज्नमा जुटेका हुन । वाढी, पहिरो जस्ता बिपद्ले गर्दा स्थानीयवासीहरुमा समस्या सृजना भएको छ । खेतीयोग्य जमिन क्षेति हुँदा अभावका कारण उनीहरुको दैनिकी कष्टकर वन्दै गएको स्थानीयवासीहरु वताउँछन । परापुर्व काल देखिनै कृषि पेशामा रहेका यस क्षेत्रका वासिन्दाहरुको खेतीयोग्य जमिन क्षेति र उत्पादनमा ह«ास आउन थालेपछि स्थानीयवासीहरु चिन्तित भएका हुन । “कटान र वाढी पहिरोको समस्या बिगत देखिकै हो” रुद्रेश्वर गाबिस–३ बैतडीका सोपानसिं वोहराले नयाँ नयाँ रोग र अनियमित वर्षाले झन समस्या थपेको वताए ।
पहिरोका प्रयोगहीन भएको गोकुलेश्वरको वांगावगर, कुयादह, न्वालीको बिटकम, जिमकोट लगायतका क्षेत्रमा स्थानीय जोखिमको अध्ययनमा जुटेका   हुन । स्थानीय वासिन्दा वाढी र पहिरोसंगै नयाँ किसिमका बिपद्ले जोखिम बढाएको सुनाउँछन ।  ६ वर्ष अघि पहिरोले ३६ घरपरिवार बिस्थापित भएको वंगावगरमा डेढ सय रोपनी भन्दा बढी जग्गा बाढीले पुरेको छ । केही परिवार सुरक्षित स्थान खोज्दै वसाई सरेपनि आर्थिक अवस्था कमजोर भएकाले गाउँ छाड्न सकेका छैनन् ।
बिपदको जोखिम घटाउँदै आर्थिक बिकास गर्ने उद्देश्यले अमेरिकन संस्था मार्गरेट ए कारगिल फाउन्डेसनको सहयोगमा मर्सिकोर नेपाल रेडक्रस बैतडीले जोखिममा रहेका बैतडीका तीन गाबिस रुद्रेश्वर, गोकुलेश्वर र न्वालीका सात समुदायमा आर्थिक बिकासमार्फत बिपद् जोखिम व्यवस्थापन परियोजना सञ्चालन मा ल्याएको छ ।

संबिधानसभामा हलिया प्रतिनिधिको माग

संबिधानसभामा मुक्त हलियाको प्रतिनिधित्वका लागि सिफारिस गर्नु पर्ने माग राख्दै मुक्त हलियाहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
सोमवार राष्ट्रिय मुक्त हलिया महासंघको नेतृत्वमा आएको एक टोलीले संबिधानसभामा मुक्त हलियाको प्रतिनिधित्वको माग सहित डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । आठ बुँदे मागहरु रहेको उक्त ज्ञापन पत्रमा मुक्त हलियाको न्यायिक पुनःस्थापनाका लागि तयार गरिएको कार्ययोजना पारित गरी कार्यान्वयन गर्नु पर्ने, हलिया निषेध गर्न वनेको ऐन जारी गर्नु पर्ने, मुक्त हलियाको न्यायिक पुन स्थापना गर्न अधिकार सम्पन्न हलिया पुनःस्थापना आयोग गठन गर्नु पर्ने उल्लेख गरिएको छ ।
यसैगरी ज्ञापन पत्रमा तथ्याँक संकलन गर्न छुटेका मुक्त हलियाहरुको लगत संकलन तथा अध्यावधिक गरी प्रमाणिकरण र वर्गिकरण को दायरामा ल्याई परिचय पत्र बितरण गर्नु पर्ने, बर्गिकरणमा देखिएको बिभेदलाई अन्त्य गर्न कार्यबिधि संसोधन गरी घर, जग्गा र घरवास परिभाषित गरी परिचय पत्र पाएका मुक्त हलियाले दिएको निवेदनलाई छानबिन गरी वर्ग सच्याउनु पर्ने मागहरु पनि उल्लेख गरिएका छन ।
राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रीय सल्लाहकार तथा आन्दोलन परिचालन कमिटीका संयोजक डम्मर बिकद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा २०६५ साल भाद्र २१ गते हलिया मुक्तीको घोषणा गर्ने क्रममा सरकार र महासंघबीच भएको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नु पर्ने र जातीय छुवाछुत अन्त्य गर्न वनेको कानुनको व्यवहारिक कार्यान्वयन गर्नु पर्ने मागहरु उल्लेख छन ।
ज्ञापन पत्रमा भनिएको छ “मुक्त हलियाको पुनस्थापनाका लागि प्याकेजमा कार्यक्रम सरकारवाट भएको छैन ।” पुष ७ गते भएको मुक्त हलियाका अगुवाहरु र हलिया अधिकारकर्मीहरुको भेलाले सरकारले मुक्त हलियाका मागप्रति वेवास्ता गरेको निश्कर्ष निकालेको आरोप समेत ज्ञापनपत्रमा लगाईएको छ । “हाम्रा मागहरु २० दिनभित्र कार्यान्वययन गरियोस, अन्यथा पछि हुने क्षेतिको जिम्मेवारी सम्वन्धित पक्षलेनै लिनु पर्ने व्यहोरा अवगत गराउँछौं ।” ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कोईरालालाई नेपालेको आग्रह

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार गठनका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन । आईतवार कांग्रेस सभापति सुशिल कोईरालासंग भएको भेटवार्तामा नेता नेपालले सरकार गठनको मार्गचित्र मागेका हुन ।
भेटमा नेता नेपाल र सभापति कोईरालाबीच संबिधानसभाको बैठक, सरकार गठन, संबिधान निर्माणको मार्गचित्र, स्थानीय निकायको निर्वाचन लगायतका बिषयमा छलफल भएको थियो । सो भेटका क्रममा नेता नेपालले एमाओवादी र कांग्रेसबीच गठवन्धनको हल्लाको बिषयमा समेत प्रश्न गरेका थिए ।
भेटमा नेपालले ‘कांग्रेस र एमाओवादीबीच सत्ता गठवन्धनको कुरा वाहिर आईरहेको छ, चर्चा भएजस्तै    तयारी भएको हो वा सरकार गठन लगायतका बिषयमा कांग्रेसको प्रसताव के हो ?’ एमाले नेता नेपालले कांग्रेस सभापति कोईरालालाई गरेको प्रश्न उदृत गर्दै एक एमाले नेताले भने “राष्ट्रिय दायित्व निर्माण गर्न दलहरुबीच न्युनतम समझदारी गर्ने बिषयमा कांग्रेसको प्रस्ताव ल्याउनु होस भन्ने कुरा भएको छ ।”
नेपालको प्रश्नको जवाफमा कांग्रेस सभापति कोईरालाले प्रचार गरिएजस्तो कांग्रेस एमालेलाई वाहिर राखेर सरकार गठन गर्ने पक्षमा नरहेको वताएका थिए । कुनै दललाई वाहिर राखेर जाने पक्षमा कांग्रेस छैन, सभापति कोईरालाले एमाले लगायतका प्रमुख दलहरुबीच सवै बिषयमा छलफल गरी पुग्ने वताए ।
एमालेले यसअघिनै सवैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गर्न प्रस्ताव गर्दै सहमतीय सरकार, संबिधान निर्माण लगायतका बिषयमा सवैलाई मान्य हुने ठोस प्रस्ताव ल्याउन आग्रह गरेको थियो । तर, राष्ट्रपतिको नयाँ चुनाव गर्ने वा नगर्ने बिषयमा कांग्रेस–एमालेबीच भिन्न धारणा सार्वजनिक भएपछि दुई दलबीच सम्वन्ध चिसिएको थियो ।
आईतवार भेटमा कांग्रेस सभापति कोइरालाले राष्ट्रपति निर्वाचनको बिषयलाई समेत खुला राखेर छलफल गर्न तयार रहेको वताएका थिए । “राष्ट्रपति चुनावलाईनै हाईलाईट गर्ने गरी कुरा भएको त छैन, तर छलफलका दौरानमा कुनै कुरामा छलफल गर्नै नहुने भन्ने छैन, सवै कुरामा खुला रुपमा छलफल गर्न सकिन्छ, सवै बिषयमा खुला छलफल गरौं भन्ने कुरा भएको छ, एमालेका एक नेताले भने ‘सभापति कोईरालाले कांग्रेस सवै बिषयमा छलफल गर्न तयार छ भन्नु भएको छ ।’
यसअघिका एमाले–कांग्रेस भेटवार्ताहरुमा भने कांग्रेसले राष्ट्रपतिका बिषयमा छलफल गर्नै नहुने भन्दै आएको थियो ।

गाबिस सचिव सम्मानित

२१ वर्षसम्म गाबिस सचिव भएर काम गर्दै आएका बासुदेवी गाबिस सचिव रामवहादुर साउँदलाई गाबिसको तर्फवाट सम्मान गरिएको छ ।
वासुदेवी गाबिसको हालै सम्पन्न भएको २२ औं गाउँ परिषदवाट गाबिस सविच पदमा रही गाबिसको बिकास र सुशासनका लागि राम्रो योगदान दिएको भन्दै गाबिसले सम्मान गरेको हो । डोटी दिपालय सिलगढी नगरपालिका ८ निवासी साँउदलाई दोसल्ला ओडाई सम्मान  गरिएको थियो ।
स्थानीय समाजसेवी नरु पार्कीको सभापतित्व र नेकपा एमालेका खगेन्द्र बढैला तथा एनेकपा माओवादीका सुुर्य भुुलको बिशिष्ठ आतिथ्यमा भएको गाउँ परिषदमा सचिव साउँदलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । सम्मानका क्रममा सचिव साउँदलाई प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अन्य अतिथिहरु र स्थानीय समुुदायले समेत माला लगाई दिएका थिए ।
राष्ट्रपतिको मुद्धामा सकारात्मक हुनुप¥यो
नेकपा एमालेले राष्ट्रपति निर्वाचनको पक्षमा उभिन एकिकृत नेकपा माओवादीलाई आग्रह गरेको छ । संबिधानसभाको बैठक सुरु भएपछि  राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने वारेमा  सकारात्मक हुन एमालेले एमाओवादीलाई आग्रह गरेको हो ।
एमालेसंगको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै एमाओवादी नेता   नारायणकाजी श्रेष्ठले एमालेले राष्ट्रपतिको बिषयमा समान धारणा वनाएर अगाडी वढौं भन्ने आग्रह गरेको वताए । श्रेष्ठले आफुहरुले सो बिषयमा औपचारिक धारणा नवनाईसकेको र कांग्रेस–एमालेबीच समझदारी वनाउनु पर्ने कुरा राखेको   वताए ।
पार्टीले औपचारिक रुपमा निर्णय   गरिसकेको नभएपनि एमाओवादीले राष्ट्रपतिको निर्वाचन चाहेको छ । एमाओवादी नेता डा. वावुराम भट्टराईले सार्वजनिक रुपमा नयाँ संबिधानसभाले राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने वताईसकेका छन । अध्यक्ष पुष्पकमल दाहाल र नेता श्रेष्ठ  राष्ट्रपतिको बिषयमा खुलेरै नवोलेका भएपनि नयाँ राष्ट्रपति चयनकै पक्षमा रहेको माओवादी स्रोतले जनाएको छ ।
एमाले–एमाओवादी बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सरकार निर्माण, स्थानीय निकायको चुनाव जस्ता बिषयहरुमा छलफल भएको तर कुनै सहमति भईनसकेको एमाले नेता अग्नी खरेलले जानकारी दिए । बैठकमा एमालेले एमाओवादीलाई सरकारमा सहभागि हुन आग्रह गरेको थियो तर एमाओवादी नेताहरुले अहिले सकारमा जाने ईच्छा नभएको वताएका थिए ।
एमाओवादी नेता श्रेष्ठले कांग्रेससित मिलेर सरकार वनाउन एमालेलाई सुझाव दिएको वताए । दुई दलबीच एक वर्षभित्र नयाँ संबिधान निर्माण गर्ने प्रक्रिया अगाडी वढाउने बिषयमा पनि कुराकानी भएको श्रेष्ठले जानकारी दिए । छलफललाई निरन्तरता दिने समेत सहमति भएको छ ।
   

छोटकरी समाचार

परिषद्को चटारो

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार गाउँ बिकास समितिका परिषद्हरु पुष मसान्तभित्रै गरिसक्नु पर्ने भएपछि डोटीका गाउँ बिकास समितिहरुमा अहिले परिषद्को चटारो रहेको छ ।
जिल्लामा रहेका ५० गाबिसहरुमध्ये अधिकांस गाबिसहरुमा गाउँ परिषद् सम्पन्न भईसकेका र केही गाबिसहरुमा परिषद् आयोजना हुने प्रक्रियामा रहेका गाबिस सचिवहरु वताउँछन । गाबिसको बिकासका लागि योजना तर्जुमा गर्ने महत्वपूर्ण थलोको रुपमा गाउँ परिषद्लाई लिने  गरिएको छ । २०५९ साल असार देखि स्थानीय निकायहरु जनप्रतिनिधिविहिन भएपछि गाबिसहरु कर्मचारीहरुले सञ्चालन गर्दै आएका छन ।    परिषदका लागि एकिकृत योजना तर्जुमा समिति र गाबिस स्तरीय सर्वदलीय संयन्त्रले सचिवहरुलाई सघाईरहेका छन ।
यसैगरी डोटीको दिपायल सिलगढी नगरपरिषद् पुष २९ अथवा ३० गते आयोजना गरिने भएको छ । नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश चन्द्र जोशीले दिएको जानकारी अनुसार परिषद्को तयारी सोमवारदेखि सुरु भएको छ । पुष २६ गते सर्वदलीय वैठक वोलाईएको र सो वैठकले २९ गते गर्ने कि ३० गते गर्ने भन्ने तय गर्ने अधिकृत जोशीले वताए ।
स्थानीय निकायको न्युनतम शर्त तथा कार्यसम्पादन मापनमा उत्तीर्ण हुनका लागि स्थानीय निकायहरुका परिषद् तोकिएकै समयमा हुनु पर्ने वाध्यकारी व्यवस्था आएपछि स्थानीय निकायहरु समयमै परिषद् गर्न थालेका छन ।

पर्यटन र खेल समाचार

थ्री स्टार बिरुद्ध जावलाखेल

छिमेकी क्लव जावलाखेलले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक बिजेता थ्री स्टार क्लवलाई २–० ले स्तव्ध पारेको छ । थ्री स्टारबिरुद्ध जावलाखेललाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा शुभाष गुरुङ र राम थापाले एक–एक गोल गरेका थिए । दुई खेलवाट तीन अंक बटुलेको थ्री स्टार तालिकाको छैटौं स्थानमा रह्यो ।
जावलाखेल तीन अंकका साथ सातौं स्थानमा उक्लेको छ । गोल अन्तरमा जावलाखेलले थ्री स्टारलाई छैटौं स्थानमा बिस्थापित गर्न नसकेको हो । दशरथ  रंगशालामा आईतवार भएको खेलको २५ औं मेनेटमा कप्तान सन्तोष साहुखलले थ्री स्टारलाई अग्रता गोल गरेका थिए । तर, रेफ्रीले सन्तोषको गोललाई अफसाईड संज्ञा दिँदा थ्री स्टारका समर्थक आश्चर्यमा परे ।
खेलमा थ्री स्टारले जावलाखेललाई दवावमा राखेको थियो । वल पोजिसन  राम्रो वनाएपनि स्टार खेलाडीले भरिएको थ्री स्टारले गोलको सृजना गर्न सकेन । जावलाखेलका प्रशिक्षक किशोर केसीले थ्री स्टारबिरुद्ध बलियो रक्षापंक्ति रणनीति अपनाएका थिए । जावलाखेलका गोलरक्षक बिकेश कुथुले पनि थ्री स्टारका खेलाडीवाट प्रहारित राम्रो गोल प्रयासलाई बिफल     पारेका थिए । पहिलो हाफको अतिरिक्त समयमा जावलाखेलका भेट्रान्स मिडिफिल्डर प्रदीप महर्जनले आफ्नै पूर्वक्लव थ्री स्टार बिरुद्ध डरलाग्दो पोष्ट चार्ज गरेका थिए । प्रदीपको प्रहार पोष्टमा लागेर फर्केको    थियो ।
पहिलो हाफमा दवावपूर्ण प्रतिस्पर्धा गरेको जावलाखेल मध्यान्तरपछि  सुधारियो । खेलको ५७ औं मिनेटमा थ्री स्टारको कमजोर डिफेन्सको फाईदा लिँदै शुभाषले जावलाखेललाई १–० को अग्रता दिलाए । उनले राज पौडेलको सटिक क्रसमा गोल गरेका हुन । एक गोलले अग्रता लिएपछि जावलाखेल थप आक्रान्त  देखियो । निर्धारित समयको तीन मिनेट अघि रामको गोलसंगै जावलाखेल २–० ले अगाडी रह्यो । रामले पोष्ट भन्दा २५ यार्ड टाढावाट प्रहार गरेको वल सिधैं गोलपोष्टमा छिरेको थियो ।
हारपछि थ्री स्टारका प्रशिक्षक अन्जन केसीले फुटवलमा हार र जित भईरहने वताए । ‘फुटवलमा हार र जित भईरहन्छ” केसीले भने । छिमेकी क्लवसंगको हारले क्लवलाई केही असर नगरेको उनले वताए । लिगमा अझै खेल वाँकी छन, लिगमा फर्कन मौका छ, उनले भने । पहिलो हाफमा जावलाखेललाई दवावमा राखेपनि गोलका लागि खेलाडीले अवसर सृजना   नगरेको उनी वताउँछन । ‘हामीले मध्यान्तर अगाडी उत्कृष्ट प्रदर्शन गरेका थियौं, तर गोल हुन सकेन’ थ्री स्टारका प्रशिक्षक केसीले भने ‘खेलमा केही अवसर मिस भयो, खेलाडीहरुले शतप्रतिसत क्षेमता अनुसार खेल्न सकेनन् ।’
जावलाखेलका प्रशिक्षक किशोरले थ्री स्टार बिरुद्ध खेलाडीले रणनीति अनुसारै प्रदर्शन गरेको वताए । ‘टिमवर्क भावना प्रदर्शन भयो, थ्री स्टारको अघिल्लो खेल हारेका थियौं, हामी रणनीति वनायौं’ जावलाखेलका प्रशिक्षक किशोरले भने ‘थ्री स्टारबिरुद्ध डिफेन्स र काउन्टर खेल प्रस्तुत भयो ।

चलचित्र र मनोरञ्जन

“छ एकान छ” को पर्खाई

यतिवेला पुष २६ गते पर्खाईको मिति वन्दै गएको छ । चलचित्र “छ एकान छ” र “बितेका पल” ले चलचित्र क्षेत्रमा चर्चा, चासो र बिभिन्न खाले अड्कलवाजी उव्जाईदिएका छन । राम्रो व्यापार गर्न सक्ने आँकलन अनुसारनै यि दुई फिल्म हेर्न हलमा दर्शकको लाईन देखिएला ? अहिलेनै ठोकुवा गर्नु व्यर्थ हुनेछ ।
चलचित्रले गर्ने व्यापार पुष २६ गते विहानी “सो” ले नै निर्धारण गर्ने छ । आशा गरौं, कमेडी चलचित्र र प्रेम कहानीको चलचित्र हेर्न हलमा दर्शकको घुईचो लाग्नेछ । “छ एकान छ” को   व्यापारिक रिपोर्ट जस्तो रहोस दिनेश डिसीद्वारा निर्देशित यो चलचित्रले नेपाली चलचित्र जगतमा एउटा ईतिहास भने सुरक्षित राख्नेछ ।
हाल टेलिभिजनको पर्दामा रहेक सातामा प्रशारण हुने कमेडी टेलिफिल्मका मुख्य कलाकारलाई एउटै पर्दामा अटाएको चलचित्र ‘छ एकान छ’ को नाम उल्लेख हुनेछ । यो चलचित्रमा तितो सत्यका दिपकराज गिरी र दीपाश्री निरौलाले अभिनय गरेका छ । चलचित्रमा दिपकको लामो रोल भएपनि दीपाले एउटा मात्रै सट दिएकी छिन । निर्माता समेत रहेकी दीपाले चलचित्रमा सह–निर्देशकको भुमिका निर्वाह गरेकी छिन ।
त्यस्तै जिरे खुर्सानीका ‘मुखाँ हान्नु जस्तो’ अर्थात शिवहरी पौडेल, जितु नेपाल ‘मुन्द्रे’ को पनि चलचित्रमा मुख्य भुमिका  रहेको छ । चलचित्रमा “मेरै वास्सै! टेलिश्रृंखलाका कलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा” र सिताराम कट्टेल “धुर्मुस” ले पनि अभिनय  गरेका छन । यि कलाकारहरु संगसंगै बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवश आचार्यले पनि अभिनय गरेका छन । दिपक, दीपा र निर्मल शर्मा ‘गैंँडा’ को संयुक्त लगानी रहेको चलचित्रमा भिजे सन्दिप क्षेत्र र अभिनेत्री निता ढुङ्गानाको मुख्य भुमिका छ ।
यस्तै चलचित्र ‘बितेका पल’ पनि पुष २६ गते प्रशारणमा आउँदै छ । सुरज सुव्वा नाल्वोले वाटो मुनीको फुल निर्देशन पश्चात चर्चा र व्यस्तता दुवै कमाएका थिए । नाल्वोले निर्देशन गरेको “सायद” चलचित्रलाई पनि दर्शकहरुले खुवै रुचाएका थिए । ‘वाटो मुनीको फुल” र ‘सायद’ वाट चर्चा पाएका नाल्वोको साख चलचित्र ‘फेसवुक’ ले भने कायम राख्न सकेन ।  ं

मोफसल पत्रकारिता

पेशागत समस्याका साथै सामाजिक चुनौती झैल्नु परेको छ

मुकुन्द प्रसाद भण्डारी
नेपाल प्रेश युनियनको केन्द्रीय सदस्य

 तपार्इंको पुरा परिचय पाउँ न ?
मेरो नाम मुकुन्द प्रसाद भण्डारी हो । मेरो स्थायी ठेगाना गडसेरा गाविस वडा नं. ६ ज्युनेबस्ता डोटी हो । नेपाल प्रेश युनियनको केन्द्रीय सदस्य एवं सेती अञ्चल संयोजक । म अहिले रेडियो नेपालमा डोटेली भाषाको समाचार सम्पादन, अनुवादन वाचक तथा नेपाली भाषाको क्षेत्रमा काम गरिरहेको छु । त्यसका अलवा अन्य विभिन्न सञ्चार माध्यममा समेत आवद्ध छु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
हाम्रो समाजमा रहेका आवाज विहिनहरुको आवाजलाई कलमका माध्यामबाट उजागर गर्न तथा समाजमा हुने र भईरहेका विकृति, विसंगतिको अन्त्यगर्दै  आफ्नो भाषा संस्कृति र कलाको संरक्षण, सम्बर्धनका लागि म यो क्षेत्रमा लागेको हुँ ।  
 कति समय भयो यस पेशामा लागेको ?
 १३ वर्ष देखि म पत्रकारीता गरिरहेको छु । २०५७ साल जेष्ठ २५ गते म  रेडियो नेपालमा  समाचार वाचकको रुपमा प्रवेश गरेको हुँ । त्यहिंबाट मेरो पत्रकारिताको जीवन सुरु भएको हो ।  पछिल्ला दिनमा म विभिन्न छापा तथा टेलिभिजनमा समेत काम गरिरहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलमा बसेर काम गर्दाखेरी कुनै निश्चित बिटको कुरा गरेर सम्भव हुदैन त्यसमा पनि समाचार पढ्ने व्यक्तिले सबै खाले समाचार पढ्नु पर्ने बाध्यता छ । तर बिटकै कुरा गर्दा मलाई राजनीतिक बिट बढी मन पर्छ । यसको मतलव अन्य बिट मन पदैनन् भन्ने चाहीँ होइन ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
 पत्रकारिता पेशा आफैमा जाखिमपूर्ण पेशा हो । यसलाई समस्याको भण्डारको रुपमा बुझ्दा फरक नपर्ला । आफ्नै संचार गृहबाट श्रम शोषणको पिडा एकातिर हुन्छ भने दैनिक जीवन चलाउन मुस्किल हुने समस्या बहुसंख्यक नेपाली संचारकर्मीमा देखिने गरेको छ । त्यस्तै भौतिक सुरक्षा, पेशागत सुरक्षा लगायतका समस्याहरु अहिले प्रमुख रुपमा देखिने गरेका छन् ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
ठीकै छ तर कहिले काहिँ हाम्रो समाजका केहि जान्ने सुन्ने व्यक्तिबाट जानिजानि पत्रकारप्रति समाजमा नराम्रो भ्रम फैलाउने काम हुदाँ मन खिन्न हुन्छ ।
 रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्रमा काम गर्दै हुनुहुन्छ, राम्रै होला नि ! होईन र ?
बहिरी आँखाले हेर्दा राम्रै छ तर सायद यस भित्रको पीडा असैह्य छ । नीजि संचार माध्यमले न्युनतम पारिश्रमिक पाइरहेको अवस्थामा रेडियोका कर्मचारी जुन सरकारी संचारमाध्यम हो त्यसका संचारकर्मी न्युनतम पारिश्रमिकका लागि लडिरहेका छन् । तँपाई आफै कल्पना गर्नुहोस् यहाँको अवस्था कस्तो होला ?
 मोफसलमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसलपत्रकारितालाई  ?
हो यस सम्बन्धमा अघि भनि सके मोफसलको पत्रकारिता एकदमै जोखिमपुर्ण छ कसैले यस क्षेत्रमा छिर्न खोजे पनि उनीहरुले यहाँ आफ्नो भविष्य नदेखि अधिकांशले पेशा परिवर्तन गर्न वाध्य भएका छन् । यो यसक्षेत्रको विडम्बना हो । यसको मतलव सबै संचारकर्मी यसमा टिक्न सकेका छैनन् भन्ने होइन । कयौं संचारकर्मी यसलाई आफ्नो कर्तव्य सम्झेर लागेका छन् त्यो स¥हानीय पक्ष हो ।
 मोफसलमा पत्रकारिता गर्न कत्तिको समस्या देख्नु हुन्छ ?
 मोफसलमा पत्रकारिता गर्न निकै चुनौतीपूर्ण छ, यहाँका पत्रकारले सबै किसिमका समस्याको सामना गर्नु परेको छ । यहाँका संचारकर्मीले पेशागत समस्याका साथै सामाजिक चुनौती झेल्नु सबै भन्दा ठूलो समस्या हो जस्तो मलाई लाग्छ । जुन यहाँको अशिक्षित समाजका साथै केहि बुज्र्रुक वर्गको संचारकर्मीलाई हेर्ने कुदृष्टीको परिणाम हो ।
डोटी जिल्लामा पत्रकारिता क्षेत्रमा लागेका सहकर्मी साथीहरुको पेशागत दक्षता कस्तो पाउनु भएको छ त ?
ठाउँ र परिवेश अनुसार यहाँका संचारकर्मीको भुमिकालाई राम्रै रुपमा लिनु पर्दछ । यहाँ पनि केहि राम्रो लेख्न सक्ने पत्रकार साथी हुनुन्छ तर यहाँका साथीहरुले राम्रो मौका पाएको जस्तो मलाई लाग्दैन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
मोफसल पत्रकारिताको विकासका लागि सरकारले विशेष नीति ल्याउनु पर्छ । मोफसल पत्रकारिताको विकास गर्ने हो भने सरकारले विज्ञापन नीतिमा विशेष ध्यान दिनु पर्दछ । यसका साथै भौगोलिक अवस्थालाई हेरेर पत्रिका वर्गिकरणमा समेत विशेष ध्यान दिनु पर्दछ । मोफसल पत्रकारितालाई केन्द्रसंग तुलना गर्नु हुँदैन ।
मोफसलका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
 पछिल्लो समयमा केन्द्रीय नेपाल पत्रकार महासंघको भुमिका सन्तोषजनक भएको जस्तो मलाई   लाग्दैन । श्रमजिबी पत्रकारको  न्युनतम पारिश्रमिकको कार्यान्वयन, पत्रकारको वर्गीकरण लगायतका विषयमा महासंघ चुकेको छ । यस अवधिमा पत्रकारमाथी धेरै घटना घटेका छन्, तर ती मुद्दालाई  महासंघले सम्वोधन गर्न सकेन त्यो राम्रो पक्ष होइन । पछिल्लो समयमा  महासंघको भुमिका कस्तो छ भन्ने कुरो पोखरामा भएको नेपाल पत्रकार महासंघको साधारण सभामा देखिएको पत्रकारको असन्तुष्टिबाट पनि प्रष्ट हुन्छ । मोफसल पत्रकारका समस्या समाधानका लागि महासंघले व्यक्तिगत भन्दा समग्र पत्रकारको हितमा लड्नु पर्छ । जिल्लाले धेरै कुरा गर्न चाहेर पनि गर्न सक्दैन तर सचेत रहनुपर्छ ।
 तपाई आफैं प्रेश युनियनकोे केन्द्रीय सदस्य हुनुहुन्छ, मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि प्रेश युनियनले कस्ता खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ त ?
 नेपाल प्रेश युनियन विशुद पेशागत हितको लागि लड्ने संगठन  हो । यसको अहिलेको मुख्य मुद्दा भनेको पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको निर्णय कार्यान्वयन गराउनु हो । त्यसै गरी पत्रकारितालाई चुस्तदुरुस्त बनाउन संगठन सुद्दिकरण गर्नु समेत प्रेश युनियनको मुख्य कार्य हो । त्यस्तै गरी मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीको पेशागत सुरक्षाको लागि लड्नु समेत अहिलेको हाम्रो मुख्य चुनौती छ । संचारकर्मीको वीमालगायतका विषयमा प्रेश युनियनले अहिले लागि रहेको छ ।
 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
मेरो कुरा गर्नु हुन्छ भने जेनतेन गुजरा चलेको छ । पैसा कति छ भन्ने तपाई सबैले देखि राख्नु भाछ । यस क्षेत्रमा लागेर पैसा कमाउनु भन्दा पनि सन्तुष्टी लिनु ठूलो कुरो हो । मलाई लाग्छ पत्रकारिता क्षेत्रमा लागेको व्यक्तिले भोको बस्नु पर्दैन ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
हो अहिले पत्रकारिता क्षेत्रमा विकृतिहरु देखिरहेका छन । केहि गलत प्रवितिका व्यक्तिका कारण समग्र संचार क्षेत्रलाई वदनामित भइरहेको छ । यसको सुधारको लगि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्दछ । त्यसैलाई दृष्टिगत गरी नेपाल प्रेश युनियनले संगठन  सुद्दिकरण अभियान चलाएको छ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
 म यस्तोमा संलग्न छैन । पत्रकारितालाई यसरी दुरुपयोग गर्ने मान्छे लामो समय अब यसक्षेत्रमा टिक्न पनि सक्दैन ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
 सर्वप्रथम त सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक कडाइका साथ लागु गर्नु पर्दछ । पत्रिका वर्गिकरण गर्दा सुगम र दुर्गमका पत्रिकालाई एकै हिसावले हेरिनु हुँदैन । प्रेश काउन्सिलबाट उपलब्ध हुने ऋण सहयोग सहज ढंगले पाउने वातावरण बनाउनु पर्दछ । यसै गरी पत्रकारको पेशागत सुरक्षा, भौतिक सुरक्षा सर्वसुलभ सुचनाको पहुँचको विषयमा सरकारले ध्यान दिए केहि राहत हुन्छ जस्तो लाग्छ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
वामे सर्दै गरेको डोटीको पत्रकारितालाई मर्यादित बनाउन हामी सबैले हातेमालो गरी अघिबढ्नु पर्छ । यसमा नेपाल पत्रकार महासंघ लगायत पत्रकारिता क्षेत्रसंग सम्बन्धित सबै संगठनहरुले मिलेर जानुपर्दछ । पितपत्रकारिता गर्नेलाई सबैले खबरदारी गर्न सके यहाँको पत्रकारको भविष्य राम्रो छ । पत्रकारले पेशागत मर्यादामा बस्नु पर्दछ र त्यस तर्फ ध्यान दिनु सबै पत्रकार साथीहरुलाई आग्रह पनि गर्दछु । अन्तमा आफ्ना कुराहरु राख्ने मौका दिएकोमा बिम्ब साप्ताहिक परिवारलाई धन्यवाद दिन चाहन्छु ।

लेख

हामी केजरीवाल खोजिरहेछौं ।

गुणाकर लुईटेल
एकजना निर्वाचित सभासद्ले भनेका थिए, यि टिके सभासद्हरुले गर्दा हामी जस्तो दुःख गरेर आएकाहरुको बदनाम भयो । हामी उनीहरुबीच के भिन्नता भयो र अव ? हामी घरदैलो गरेर आउने र नेताका खल्तीवाट आउनेबीचको तात्विक अन्तर देखिएन् ।
समानुपातिक सभासद् छनौट प्रक्रिया सुरु भएयता देखिएका प्रबृत्तिमाथीको आलोचनात्मक टिप्पणी अहिलेसम्म निरन्तर छ । सवैजसो दलले आप्mनो समानुपातिक सूचीमा रहेका उम्मेदवारको नामलाई अन्तीम रुप दिएर निर्वाचन आयोगमा बुझाई सकेपछि यो प्रक्रिया भने टुङ्गिएको छ । संबिधानसभाका लागि समानुपातिक सदस्यको निर्वाचन प्रक्रिया टुङ्गिए पनि यो प्रणालीको औचित्यमाथीको प्रश्न वल्ल सुरु भएको छ । हामीले अत्याधुनिक प्रयोग भित्र्याउछौं, तर त्यसका निम्ती चाहिने अत्यावश्क व्यवहार गर्न भने हामी पछि पर्छौं । समानुपातिक निर्वाचन प्रणाली हाम्रा कतिपय समुदाय आफ्नै वुतामा संबिधानसभामा पुग्न नसक्ने भएकाले तिनको हितरक्षा गर्ने उद्देश्यसाथ यो प्रणाली अपनाईएको हो ।
यि सदस्यको नामलाई अन्तीम रुप दिने ठाउँमा रहेका राजनीतिक दलका नेताहरुमा भने यो भावनाअनुसार काम गर्ने वानी देखिएन । यिनै राजनीतिक दल र तिनका नेता हुन, जसले मुलुकमा राजतन्त्रलाई सामन्ती समाजको अवशेषका रुपमा अन्त्य गर्नु पर्ने आवश्यकता महसुस गरेका हुन । यसलाई सर्वसाधारणले पनि साथ दिएपछि तिनले भन्ने गरेको सामन्ती समाजको अवशेष हट्यो ।
त्यसो अवशेष हटेन, वरु सानेपा, वल्खु र पेरिसडाँडातिर बिस्तार भएछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेले वेलावेलामा भन्ने गरेका छन–हामी ईमानदार देखिएको अवसर नपाएर मात्र हो । हो, उनले भनेजस्तै हाम्रा दलका नेताहरु सामन्त नदेखिएका अवसर नपाएर मात्र हो । मौका पर्नासाथ सवैलाई आफ्नो खल्तीको सूची कार्यान्वयन गर्नु पर्ने रहेछ ।
यि घटनाक्रमले हामीलाई दिएको शिक्षा के हो भने जतिसुकै राम्रो पद्धित भएपनि त्यसले आफैं काम गर्न सक्दैन । त्यसका निम्ती हाम्रो मानसिकता कस्तो छ भन्ने पक्षले सधैं त्यसको परिणामलाई निर्धारण गर्छ । प्रत्येक्ष निर्वाचनवाट प्रतिनिधित्व गर्न नसक्ने पक्षलाई छुट्याईएको स्थानमा टिका लगाएर सभासद् वनाउन सक्ने भएपछि बिकृतिले नेटो काटेको छ । राजाका पालामा जम्मा १० जनासम्म सदस्यलाई मनोनित गर्न पाईन्थ्यो । अहिले प्रत्येक्ष निर्वाचित दुई सय ४० मात्र हुन । वाँकी सवै समानुपातिक र मन्त्रीपरिषद्वाट मनोनित भएर आउने हुन । यसले हाम्रो राजनीतिक संस्थापनलाई    निरंकुश किसिमको अधिकार दिएर उतिवेलाका राजाभन्दा पनि निकै ठुलो स्थानमा राख्ने काम भएको छ । “आफ्नो हात जगन्नाथ” भनेजस्तो व्यवहार नेतृत्व वर्गवाट भएको   छ ।
समानुपातिकमा यसपटक भएको पैसाको खेल पनि घिनलाग्दो किसिमको छ । तिनको पेसा लिएर व्यापारीलाई पद दिने काम गरेका छन । सवैभन्दा बढी यस गतिबिधिवाट एमाले उदाङ्गिएको छ । रामकुमारी झाँक्री जस्ती सक्रिय युवा महिला कार्यकर्ताको ठाउँमा व्यापारी घरानाकी राज्यलक्ष्मी गोल्छालाई सभासद् वनाएको घटनाले एउटा सांकेतिक सन्देश पनि प्रवाहित     गरेको छ ।
एमालेकै एकजनाले भने राम–  कुमारीको नाम वाहिर जस्तो हो, पार्टीका युवाका निम्ती अझै सहज वातावरण      छैन । एमालेभित्र केही बरिष्ठ नागरिक पनि छन, जो कहिल्यै सत्तावाट वाहिर रहन रुचाउन्नन् । तिनले कहिल्यै पनि  राजनीतिवाट अवकास लिने वा पार्टीलाई एउटा सल्लाहकारका रुपमा मात्र सहयोग गर्नुपर्छ भन्ने पनि ठान्दैनन् । त्यस्तो वेलामा रामकुमारीहरु छुट्नु अनौठो हुन सक्दैन ।
एमालेभित्रको यो दशा देखेर कांग्रेसले भने चेतेको देखिन्छ । उसले व्यापारीलाई सभासद् वनाएन । यो पनि एक हिसावले वेईमानी नै भयो । पहिले सभासद् दिन्छु भनेर पैसा लिने अहिले नदिने गर्नु पनि भएन । त कांग्रेस सत्ता सञ्चालन गर्न सिपालु भइसकेको हुनाले व्यापारीलाई कुनै हिसावले आँशु पुछौनी दिन्छ होला । निर्वाचन सम्पन्न भईसकेपछि प्रायः नेताहरुलाई लाग्ने गर्छ–हामी उम्किसक्यौं । अर्कोपटक निर्वाचन आउने वेलासम्ममा सवैले बिर्सिसकेका हुनेछन । तर सर्वसाधारणको स्मृति त्यति कमजोर हुन छोडेको छ । यसपटकको निर्वाचनमा कांग्रेस र एमालेले पाएको मतलाई उनीहरुले आफुप्रति मतदाताको आकर्षण ठानेका छन भने त्यो नितान्त गलत हो । यसपटकको मत कांग्रेस र एमालेले एमाओवादीप्रतिको असन्तुष्टिका कारणले मात्र पाएका हुन ।
अहिले समानुपातिक सदस्य चयनको सिलसिलामा तिनले देखाएको प्रबित्तको आलोकमा पुनः तिनको लोकप्रियता मापन गर्ने हो भने त्यो धरासायी भईसकेको अवस्था हो । प्रजातन्त्र भनेको त्यो, जसमा कुनै पनि व्यक्ति वा संस्थालाई जवाभावी गर्ने अधिकार नहुनु र प्राप्त  अधिकारको सोचबिचारपूर्वक प्रयोग गर्नु पनि हो । त्यसका निम्ती नागरिकको बिवेकपूर्ण दृष्टि, प्रेस, नागरिक समाज आदिले निकटवाट गतिबिधि हेरिरहेका हुन्छन । सार्वजनिक जीवनमा वनाईने छवीले कति ठुलो काम गर्छ भन्ने उदाहरणका निम्ती धेरै टाढा जानै पर्दैन । दिल्लीको हालैको निर्वाचनमा आम आदमी पार्टीलाई सर्वसाधारणले दिएको समर्थन यसका निम्ती पर्याप्त छ । हामीकहाँ पनि मतदाताले आफुकहाँ आउने उम्मेदवारको छवीवारे सोच्न थालिसकेका छन । एक हिसावले भन्ने हो भने हाम्रो निर्वाचन परिणाम पनि दिल्लीको भन्दा फरक छैन ।
एमाओवालीका अध्यक्ष पुष्पकमल दाहालले दम्भ गर्दै नेकपा–माओवादीलाई २६ सिट दिन सकिने घोषणा गरेका होईनन् । मतदाताले कस्तो परिणाम दिए भने उसले कसैलाई दिन्छु भन्नै नसक्ने अवस्था आयो । अझ उसले जति दिन्छु भनेको थियो, त्यतिनै उसलाई पो मतदाताले दिएछन । त्यसैले अहिले एमाले र कांग्रेस नेताहरुले सामानुपातिक सदस्य चयनका नाममा गरेको व्यवहार सर्वसाधारणालाई पचेको छैन ।
चोकचोमा उभिएर सर्वसाधारणले यो व्यवहारको चर्चा गरिरहेको सुनिन्छ । प्रातः भ्रमणका बेला दुई सर्वसाधारण कुरा गरिरहेका थिए, उनीहरु भन्दै थिए ः रामकुमारीलाई नदिए राज्यलक्ष्मीले पाउने भएपछि के न्यायनिसाफको कुरा गर्नु ? सर्वसाधारणदेखि आफैं जस्ता सभासद्ले समेत घृणाको दृष्टिले हेरिएका सामनुपालिक सभासद्हरुको अवस्था पनि आउने संबिधानसभामा हेर्न लायक हुने देखिएको छ । नेताहरुले समयमै चेतेर यो प्रथा हटाएनन् । भने अर्को निर्वाचन परिणाम तिनका निम्ती निकै दुःखदायी हुनेछ ।  धेरै टाढा छैन हामीकहाँ पनि केजरीवालहरु आउने छन ।   अन्नपूर्ण पोष्ट दैनिकवाट

कला, संस्कृति र साहित्य

प्रमोशनपछिको पीडा

प्रमोशन नहुँदा
सहरमा बस्न पाइएकै थियो
घरपायक जागिर खाइएकै थियो
बिहानी कक्षामा अध्ययन गर्न गइएकै थियो
साँयकालीन कलेजमा पढाइएकै थियो
थोत्रै भएपनि
सरकारी साधन चढिएकै थियो
हाकिम खुसी हुंदा
तलब सरी ओ.टि. पाइएकै थियो
कमै तलब भएपनि
घर धनिएकै थियो
छुटपुट राजनीति नि
गर्न पाइएकै थियो
यसपाली प्रमोशन भयो
कति रमाइलो अति रमाइलो
घरै रमाइलो मनै रमाइलो
साथीभाई आफन्तबाट
मनग्य बधाई लिइयो
पदस्थापनको पत्र हातमा प¥यो
हाकिम बनाइएर
दूरदराजको कार्यालयमा खटाइयो
पुर्पुरोमा यस्तै लेखिएको रहेछ
सिंहदरबारको घुम्ने मेचमा
अर्कैले बस्ने पो लेखिएको रहेछ ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समान पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”

पाठेघर निकाल्ने होड

“एउटा सरकारी प्रतिवेदनलेनै स्वीकार गरेको छ कि सरकारले प्रतिमहिला १५ हजार रुपैयाँ अनुदान दिने भएपछि अहिले देशभरी उपचारका नाममा महिलाको पाठेघर निकाल्ने होड नै चलेको छ ।” —दीपक दाहाल
सुर्खेतकी नैनसरा महार २३ वर्षकी मात्रै भइन । लामो समयदेखि पाठेघरको समस्याले दुःख दिईरहेपछि उनी केही महिना अघि सुर्खेतमा सञ्चालित एउटा आङ खस्ने समस्या सम्वन्धी शिविरमा पुगिन । दुई सन्तानकी आमा महरालाई चिकित्सकले पाठेघरनै निकाल्नु पर्छ भनेर र निकालेर फालिदिए । शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनलाई देखेपछि काठमाण्डौंवाट गएको स्वास्थ्य मन्त्रालय, योजना आयोग, परिवार स्वास्थ्य महाशाखा र स्वास्थ्य बिभागका बिज्ञ सम्मिलित अनुगमन टोलीले सोधी–खोजी ग¥यो । तर, महराको भनाईका आधारमा उनको पाठेघर निकाल्नु पर्ने अवस्था नभएको निष्कर्श अनुसन्धान टोलीले निकाल्यो । महराको भनाई अनुसार उनको पाठेघर पूरै वाहिर निस्किएको थिएन । तर, कहिलेकाँहीचाँहि तल झर्ने गथ्र्यो । चिकित्सकहरुका अनुसार यस्तो अवस्थामा रिङ राखेर उपचार गर्न सम्भव थियो ।
यसको असर गम्भिर छ । २३ वर्षकै उमेरमा पाठेघर निकालिएकी उनले अव आमा वन्न सक्ने छैनन् । त्यति मात्र होईन, पाठेघर निकालेकै कारण अव आईपर्न सक्ने शारीरिक, पारिवारिक र सामाजिक समस्याका लागि उनी तयार हुनैपर्छ । ग्रामिण क्षेत्रमा धेरै महिलाको ठुलो समस्याको रुपमा रहेको पाठेघर (आङ) खस्ने समस्याको उपचारका लागि सरकारले ल्याएको कार्यक्रमले धेरै महिलालाई राहत दिएको छ । तर, यसले त्यतिनै संख्यामा महलिाहरुलाई आहात वनाउन थालेको छ । सरकारका कार्यक्रम पुरा गर्न गाउँगाउँमा पाठेघरको उपचार शिविर पु¥याउन ठेक्का पाएका संस्थाहरुले सरकारी निर्देशिका बिपरीत लक्ष भन्दा बढी शल्यक्रिय गरेर रकम लिईरहेको वहुसरकारी निकायले गरेको अनुगमनले देखाएको छ ।
नेपाली महिलामा पाठेघर खस्ने समस्या ठुलो रहेको भन्दै सरकारले आर्थिक वर्ष ०६५÷०६६ देखि यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमका लागि हालसम्म करीव एक अर्वभन्दा बढी रुपैयाँ खर्च गरिसकेको छ । अस्पताल एवं गैरसरकारी संस्थालाई समेत प्रति बिरामीको आधारमा अधिकतम् २० हजार रुपैयाँसम्म अनुदान र उपचारमा आउने महिलालाई पाँच सय देखि एक हजार पाँच सय रुपैयाँ वाटोखर्च दिईन्छ । सरकारी निर्देशिकाअनुसार शल्यक्रिया शिविरमा आउने महिलालाई यातायातखर्च स्वरुप पहाडी जिल्लाहरुमा एक हजार, तराईका जिल्लामा पाँच सय र हिमाली जिल्लामा एक हजार पाँच सय रुपैयाँ दिने निर्देशिकामा उल्लेख गरिएको छ । परिवार स्वास्थ्य महाशाखाका अनुसार पाँच वर्षको अवधीमा कार्यक्रममार्फत झण्डै ४२ हजार महिलाको पाठेघर झिकिसकिएको छ । प्रत्येक वर्षको प्रगति हेर्दा बीचका दुई वर्षवाहेक लक्षभन्दा धेरै संख्यामा शल्यक्रिया भएको देखिएको छ भने उत्तिकै रकमवाट फरक वर्षहरुमा गरिएको शल्यक्रियाको संख्याको अन्तर चार हजारसम्म देखिएको छ । ०६७÷०६८ मा २२ करोड ८० लाखवाट १४ हजार ४४ शल्यक्रिया गरिएकोमा ०६८÷०६९ मा २३ करोड रकमले जम्मा नौ हजार ४५ जनाको शल्यक्रिया गरिएको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।
अनुगमनका क्रममा अस्पताल एवं गैरसरकारी संस्थाले बिशेषगरी गाउँगाउँमा शिविर लिएर जाँदा गम्भिर त्रुटीहरु गरेको भेटिएको छ । जस्तो कि आवश्यक पुरा टोली लिएर नगएको, एकै चिकित्सकवाट एकै दिनमा ३० वटासम्म शल्यक्रिया गराएको, शल्यक्रियाका लागि आधारभुत पूर्वाधारनै तयार नगरी गरिएको र सल्यक्रियापछि कम्तीमा पाँचदेखि सातदिनसम्म राख्नु पर्ने महिलालाई तीनदिनमै डिस्चार्ज गर्ने गरिएको र शल्यक्रियापछि संक्रमणवाट जोगाउने सावधानी समेत नअपनाईकन लाम लगाएर भुईमा सुताउने गरिएको भेटिएको छ । सरकारले सुबिधा पु¥याउनकै लागि प्रशस्त अनुदान दिएको छ, तर मापदण्डै पुरा नगरी पाठेघर खस्ने रोगको उपचारसम्वन्धी सरकारी निर्देशिकाको त अधिकांसले पालना गरेको पाईएन ।
महाशाखा उच्च स्रोतका अनुसार महिलाको पाटेघरमा समस्या देखिएको अवस्थामा सवै पाठेघर निकाल्नु पर्दैन । धेरै अवस्थामा पाठेघरमा रिङ वाँधेर, औषधी खुवाएर र व्यायामवाट समेत गरिन सक्ने उपचारमा पनि पाठेघरनै निकाल्ने गरिएको पाईएको नाम उल्लेख नगर्ने शर्तमा छानविन टोलीका एक अधिकारले वताए ।
नियमले पाठेघरको शल्यक्रिया गरेको अवस्थामा मात्रै अनुदान पाईने भएकाले पिसावथैलीको समस्या, आन्द्रासम्वन्धि समस्या भएका महिलालाई समेत पाठेघर निकालेको भनेर रिपोर्ट तयार गर्ने गरिएको समेत भेटिएको अनुसन्धानमा संलग्न एक सदस्यले वताए । उनी भन्छन–पाठेघर निकालिएका महिलासंग लक्षण सोध्दा ननिकालेको भएपनि हुन्थ्यो भन्ने लाग्ने व्यक्ति धेरै भेटिए । ती सदस्यका भनाई अनुसार पाठेघर निकाल्ने होडनै चलेको देखिन्छ ।
पाठेघरको शल्यक्रिया जथाभावी गरिएको गुनासोपछि परिवार स्वास्थ्य महाशाखा, योजना आयोग, स्वास्थ्य सेवा बिभाग र क्षेत्रीय निर्देशनालयको टोलीले पाँचै बिकास क्षेत्रका १५ वटा जिल्ला समेट्ने गरी सरकारी स्वास्थ्य संस्था, नीजि अस्पताल र  गैरसरकारी संस्थाले गर्ने शिविरमा भ्रमण गरी अनुसन्धान गरेको थियो । ०६९ चैत्र देखि सुरु भएको अनुसन्धान २०७० असारमा सकिएको थियो । “गोपनीयताका दृष्टिले गुप्ताङ्गको शल्यक्रिया गर्नु पर्ने ठाउँमा सामान्य पर्दाको समेत व्यवस्था नगरिएको पनि पाईयो” सरकारी प्रतिवेदनले भनेको छ ‘सरकारले तयार पारेको निर्देशिकाले त्यस्ता महिलाले शल्यक्रियापछि कम्तीमा एक महिनाभि “फलोअप” गराउनुपर्ने नियम भएपनि “फलोअप” को कुनै व्यवस्था गरेको देखिदैन ।’
गाउँगाउँमा शिवर लिएर जाने संस्थाले स्थानीय स्वास्थ्य संस्थासंग समन्वय नगर्ने, तोकिएको खाजाखर्च समेत नदिने, रक्तश्राव भएमा रगत दिने प्रवन्धनै नगरी शल्यक्रिया गर्ने गरेको, कुरुवाका लागि खानेवस्ने पुर्वाधारनै नभएको ठाउँमा शिविर राख्ने गरिएको, खानेपानी र शौचालयको समेत उपयुक्त व्यवस्था नगरिएको प्रतिवेदनले औल्याएको छ । त्यस्ता स्वास्थ्य एवं गैरसरकारी संस्थाहरुले अनुदान रकम बढी लिन धेरै संख्यामा शल्यक्रिया गर्ने पाठेघर निकाल्नु नपर्ने महिलाको पनि पाठेघर झिक्ने र शल्यक्रिया गर्न नमिल्ने ठाउँमा राखेर शल्यक्रिया गरेको पुष्टि सरकारी प्रतिवेदनले गरेको छ ।
अनुगमन  प्रतिवेदनमा औल्याए अनुसार संस्थागत रुपमा सरकारी अस्पतालहरुले लक्ष अनुसार काम नगर्ने तर नीजि संस्थाहरुले दिएको लक्षभन्दा बढी शल्यक्रिया गर्ने   गरेको भेटिएको छ । गत आर्थिक वर्षमा मात्रै सरकारले ६ करोड ५० लाख वजेट बिनियोजन गरी तीन हजार तीन सय ३१ महिलालाई सेवा दिने लक्ष राखेकोमा चार हजार सात सय ५१ जनाको शल्यक्रिया गरिएको छ । पूर्ण वजेट नआएकाले पाँच वर्षयता सवैभन्दा न्युन वजेट गएको वर्ष थियो । गत आर्थिक वर्षमा सरकारले ३३ सय ४१ शल्यक्रिया गर्ने लक्ष्य राखेकोमा आफ्नो अस्पताल नभएको सुष्मा कोईराला मेमोरियल ट्रष्टले मात्रै १४ सय चार जनाको एक्लैले शल्यक्रिया गरेको छ । अघिल्ला वर्षमा संस्थाले यो भन्दा धेरै गुणा बढी शल्यक्रिया गरेको थियो ।
०६९ चैत्रमा सुर्खेतमा गरेको शिविरमा अनुगमन टोली पुग्दा एकजना चिकित्सकले दैनिक ३० मुख्य शल्यिक्रिया गरेको भेटिएको थियो । आफ्नै अस्पताल नभएको ट्रष्टले व्यवसायिक रुपमानै काठमाण्डौंदेखि महोत्तरी, दैलेख, कालिकोट, सुर्खेत, रुकुम र सल्यानमा दर्जनौं शिविर गरेको थियो । कम्तीमा एउटा शिविरमा चार मेडिकल अधिकृत, एक गाईनोकोलोजिष्ट, एक रेडियोलोजिष्ट, एक जना एनेस्थेसियोलोजिष्ट हुनुपर्नेमा एक अधिकृत र एक गाईनोकोलोजिष्टको भरमा अढाई दिनमा ८७ जनाको शल्यक्रिया गरेको भेटेको थियो । बिश्व स्वास्थ्य संगठनले एक जना चिकित्सकले एक दिनमा ६ वटा मात्रै शल्यक्रिया गर्नु पर्ने मापदण्ड तोकेको छ ।
ट्रष्टले नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक डा. जितेन्द्र महासेठ र उनका छोरा स्त्रीरोग बिशेषज्ञ डा. बिनोद महासेठलाई कार्यरत भेटिएको थियो । परिवार स्वास्थ्य महाशाखा सुरक्षित मातृत्व शाखा प्रमुख डा. शिलु आचार्यले अहिलेको अवस्थामा पाठेघर झिक्ने नाममा महिलाले राहतभन्दा आहत बढी पाईरहेको देखिएको वताईन । ‘अनुगमनले त गर्न नमिल्ने गरी र गर्न नसकिने गरी पाठेघर निकाल्ने काम भईरहेको देखाएको छ ।’ उनले भनिन् । सरकारले यो सेवाका लागि प्रतिमहिला तराईमा १२ हजार रुपैयाँ, पहाडमा १३ र हिमालमा १५ हजार रुपैयाँ एकमुष्ट अनुदान दिन्छ । आङ खस्ने समस्याको उपचारका लागि शिविर राखेको अवस्थामा हिमालमा पाँच हजार, पहाडमा तीन हजार र तराईमा दुई हजार अनुदान दिन्छ । त्यो वाहेक सरकारले शिविरमा आउने महिलालाई तराईमा पाँच सय, पहाडमा एक हजार र हिमालमा एक हजार पाँच सय वाटो खर्च दिन्छ ।
प्रजनन् स्वास्थ्य क्षेत्रमा कार्यरत डा. अरुण उप्रेती यसलाई पाठेघरको शल्यक्रियाको नाममा ‘व्यापार’ भईरहेको वताउँछिन । उनले शल्यक्रियाका लागि शिविरहरुमा न्युनतम मापदण्ड पनि पुरा नगरिएको वताईन । बिज्ञहरुका अनुसार सरकारले सरकारी स्वास्थ्य संस्थावाट यस्तो कार्यक्रम प्रवद्र्धन गर्नतिर भन्दा पनि स्वास्थ्य जस्तो सम्वेदनशील बिषयलाई गैसरकारी क्षेत्रको जिम्मामा, त्यो पनि ठेक्काप्रथामार्फत दिँदा यसको गुणस्तर निकै कमजोर भएको हो । सरकारले सकेसम्म महिलालाई सरकारी स्वास्थ्य संस्थामा ल्याएर सेवा प्रदान गर्ने सरकारी क्षेत्रकै नियमन र नियन्त्रणमा कार्यक्रम सञ्चालन गर्न सकेमा मात्रै प्रभावकारी हुने उनीहरु वताउँछन ।  —सञ्चारिका फिचर सेवावाट

मानसिक असन्तुलन

मानसिक असन्तुलन (पागलपन) भनेको एउटा कडा खालको मानसिक रोग हो । यसमा बिरामीको बिचारहरु, अनुभवहरु र व्यवहार अस्वभाविक र सामान्य मानिसका भन्दा निकै फरक खालका हुन्छन । बिरामीलाई आफ्नो व्यवहारमा आएको गड्वडी    वारेमा ज्ञान हुँदैन । त्यसैले यिनीहरु स्वयं आफुमा कुनै बिरामी वा समस्या छ भनेर बुझ्दैनन् र उपचारका लागि पनि अस्पतालमा स्वयं आउँदैनन् ।
मानसिक असन्तुलनलाई निम्न लक्षणवाट चिन्न सकिन्छ
झुटो बिश्वास वा गलत बिश्वास ः हुँदै नभएको कुरा हो भन्ने जस्तै ः मानिसहरुले पछ्याईरहेका छन, मार्न खोजेका छन, खानामा बिष मिस्याएका छन, फसाउने योजना वनाईरहेका छन आदि । परिवारका सदस्य वा अरु कसैले यस्तो होईन वा भएको छैन भन्दा उल्टै रिसाउने गर्छन ।
मिथ्याभाष अनुभुति (अरुले नसुनेको वा नदेखेको कुरा सुन्ने वा देख्ने) ः यस्ता  बिरामीहरुले आफुलाई कसैले वोलाएको वा गाली गरेको सुन्छन तर उनीसंगै वसेका अरु कसैले पनि सुन्दैनन् । त्यसैले कतिपय वेला यस्ता रोगीहरु यि आवाजस.ग कुरा  गरिरहेका वा प्रतिउत्तर दिईरहेका हुन्छन ।
वानी व्यवहारमा परिवर्तन ः यो रोग लाग्नु भन्दा पहिलेको वानी व्यहोरा र रोग लागिसकेपछिको वानी व्यहोराको तुलना ग¥यो भने फरक हुन सक्छ । एक्लै वोल्ने, एक्लै हास्ने, बिभिन्न ईसारा गर्ने, स–सानो कुरामा रिसाउने, झगडा गर्ने, सरसफाई नगर्ने, एक्लै जता पायो त्यतै हिड्ने जस्ता व्यवहार गर्न सक्छन । यस्ता बिरामीले कुनै अदृष्य शक्तिवाट आफु सञ्चालन भएको महसुस गर्न सक्छन । यस्ता बिरामीले अर्थहिन  कुरा पनि गर्न सक्छन । रोगको उपचार नगरे नाङ्गै हिड्ने र लाज नमान्ने पनि हुन सक्छन ।
म बिरामी छु भन्ने ज्ञानको अभाव ः प्राय बिरामी हुँदा, बिरामी भएको अनुभव हुन सक्छ तर, यस्ता बिरामीहरुले आफुलाई जे अनुभव भएको छ ठिक छ, आफुले जे कुरा गर्दैछु त्यही ठिक हो, आफुले जस्तो व्यवहार गरिरहेको छु ठिक छ भन्छन उनी । त्यसैले उनीहरु अस्पताल जान वा औषधी खान मान्दैनन् ।
असन्तुलित मन ः मानसिक असन्तुलन भएका रोगीहरुको मन प्रायजस्तो असन्तुलननै रहन्छ । उनीहरु बिना कारण अत्याधिक खुशी वा दुःखी वा आक्रोसित हुने गर्दछन ।
लक्षणहरु ः निन्द्रा राम्रो पर्दैन, खाना जति पनि खाने वा नखाने हुन सक्छ, सानो कुरामा झगडा गर्ने र छिट्टै आवेशमा आउने पनि हुन सक्छ । बिरामीहरुले आप्mना मान्यजनसंग भगडा गर्न अप्ठेरो मान्दैनन्, गाली गर्ने, दोष लगाउने र हात समेत छोड्न सक्छन ।
मानसिक असन्तुलन भएका रोगीहरु ः
मानसिक असन्तुलन भएका रोगीहरु आप्mनो सरसफाईमा ध्यान नदिने हुनाले फोहोरी देखिन्छन । दैनिक रुपमा आफुले निभाउनु पर्ने उत्तरदायित्वप्रति व्यवास्ता गर्छन ।
यस्ता रोगीहरु एक ठाउमा स्थिर भएर वस्न नसक्ने, बढी छटपटी गर्ने गर्दछन ।

एचआईभी÷एड्सको अवस्था
विश्वमा सन् १९८१ मा पहिलो पटक एचआईभि देखा परे यता यसले ३० करोड मानिसको ज्यान लिई सकेको छ भने हाल करिब ३४ करोड मानिस यसबाट संक्रमित छन् । अति कम विकसित र विकासशिल राष्ट्रहरुमा एचआईभि र एड्स एक प्रमुख चुनौतिको रुपमा रहि आएको छ । त्यसैगरी नेपालमा पनि अस्वस्थता, अशिक्षा, लैङ्गिक असमानता, बाल तथा मातृ मृत्यु दर जस्ता समस्याहरुसँगै एचआईभि र एड्सको बढ्दो संक्रमण जनस्वास्थ्यको प्रमुख चुनौतिको रुपमा देखा परेको छ ।
सन् १९८८ मा नेपालमा पहिलो पटक  देखिएको एचआईभिले अहिले प्राय सबै जिल्ला, शहर, गाउँ, समुदाय र सबै वर्ग, जात, लिङ्ग, धर्म र पेशामा रहेका मानिसलाई प्रभावित पारिरहेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ५०,००० अनुमानित एचआईभि संक्रमित छन् । नेपालमा विशेष गरी कामको सिलसिलामा विदेश जाने समुह, पुरुष समलिङ्गीहरु, महिला यौनकर्मी र उनीहरुका ग्राहकहरु र सुईद्धारा लागु पदार्थ लिने समुहमा मानिसहरुमा एचआईभि संक्रमण बढी देखिने गरेको छ ।
सुदुरपश्चिममा कैलाली र अछामपछि डोटी जिल्ला सबैभन्दा प्रभावित जिल्ला   हो । २०७० कात्र्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस जिल्लामा ४३६ पुरुष र ५३६ महिला गरी जम्मा ९७२ जना  एचआईभि संक्रमित देखा परिसकेका छन् । त्यसैगरी यसका कारणले ७१ जनाले ज्यान गुमाईसकेका छन् । हाल डोटी जिल्लामा केहि जोखिम समुहहरु जस्तै कामको लागी भारत लगायत विभिन्न मुलुकमा जाने युवा÷वस्यकहरुमा एचआईभि संक्रमण बढ्दो रुपमा देखिएको छ र उनीहरु मर्फत उनीहरुका श्रीमति र बच्चाहरुमा पनि एचआईभि संक्रमण हुने गरेको छ । त्यसैगरी सर्वसाधारण जनसंख्यामा समेत एचआईभिको संक्रमण देखा परिरहेको छ । डोटी जिल्लामा एचआईभिको संक्रमण सबभन्दा बढी उत्पादनशिल उमेरका मानिसमा परेको छ, जसले गर्दा कमाई गर्ने र  परिवार पाल्ने जिम्मेवारी लिएकाहरुनै एचआईभि संक्रमित भएपछि मृत्यु भई अधिकाशं परिवारमा बालक र बृद्धहरु मात्र रहने स्थिति आएको छ । यसमा दलित समुदाय अझ बढी प्रभावित छन् ।
नेपाल सरकारद्वारा एचआईभिको संक्रमण कम गर्न विभिन्न प्रयासहरु जारी छन् । स्रहश्राब्दि बिकास लक्ष्य अनुसार एचआईभी उन्मुलन नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको छ, जसको लक्ष्य सन् २०१५ सम्म एचआईभि संक्रमणलाई रोक्ने र एचआईभि संक्रमण फैलिन नदिने रहेको छ । यो लक्ष्य प्राप्त गर्न सरकारले अहिले विभिन्न कदम चालिरहेको छ, जस्तै ः जिल्ला र राष्ट्रियस्तरमा एड्स समन्वय समितिको गठन, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयमा जिल्ला एड्स समन्वय समिति (म्ब्ऋऋ)लाई सहयोग गर्न ायअब िउयष्लत को व्यवस्था र राष्ट्रिय स्तरमा प्राविधिक समितिको व्यवस्था आदि ।
यसैगरी विभिन्न रोथामका कार्यहरुमा, सहयोग र हेरचाह कार्यहरुमा र अन्य प्राविधिक कार्यहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र अन्य निकायहरुको सहयोग जारी छ । यसले गर्दा केही वर्ष यता एचआईभिको नयाँ संक्रमण घट्दो क्रममा छ । त्यसै गरी ब्च्ख् औषधिको विकासले एड्सबाट हुने मृत्युमा पनि कमि भईरहेको  छ । तथापि कमजोर आर्थिक अवस्था, अशिक्षा, जनचेतनाको कमी, आदि जस्ता कुराले एचआईभिको नियन्त्रणमा चुनौति थप्ने निश्चित छ । यसका लागी सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र अन्य निकायहरु बिचको सहकार्य आउँदा दिनहरुमा समेत आवश्यक छ ।

निशुल्क एच.आई.भि जाँच तथा परामर्श केन्द्रहरु ः
ड्डजिल्ला अस्पताल, सिलगढी
ड्डदिपायल एचआईभि जाँच तथा परामर्श केन्द्र
ड्डबुडर एच.आई.भि जाँच तथा परामर्श केन्द्र

बरदान कार्की (संयोजक), जिल्ला एड्स समन्वय समिति डोटी

तीन गाबिसमा ४३ मानसिक रोगीहरु

मानसिक रोगीहरुको संख्यामा बृद्धि भईरहेको देशभरीको तथ्याँक आईरहदा डोटीमा पनि मानसिक रोगीहरु देखिन थालेका छन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको एक गैरसरकारी संस्था समान पहुँच बिकास केन्द्र (सिड) नेपालले दिएको जानकारी अनुसार सानागाउँ गाबिसमा २७ जना बिभिन्न प्रकारका मानसिक रोगीहरु रहेका छन । त्यसैगरी मुडेगाउँमा १३ र मुडभरामा तीन जना मानसिक रोगीहरु  रहेका छन ।
बिरामीहरुमा चिन्तारोगीहरु ६ जना, दिक्दारीपन  १३ जना, मानसिक असन्तुलन (एकथअजयकष्क) आठ जना, वौलाह  १ जना रहेका छन । त्यसैगरी मृगी (भ्उष्भिउकथ) सात जना, मध्यपानजन्य लक्षण) एक, वाईपोलार असन्तुलन   सात रहेका छन । सो संस्थाले युनाईटे मिसन टु नेपाल डोटी क्लष्टरको सहयोगमा ति गाबिसहरुमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष शेरवहादुर मल्लले जानकारी दिए ।

Tuesday, December 31, 2013

बिम्ब साप्ताहिक, मिति २०७० साल पुष १६ गते मंगलवार

मुख्य समाचार

काम नगर्ने कर्मचारीको सरुवा बढुवा रोक्छु – मुख्य सचिब

सुदुपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम डोटीमा पहिलो पटक पुगेका नेपाल सरकारका मुख्य सचिब लिलामणि पोखरेलले काम नगर्ने सरकारी कर्मचारीहरुको सरुवा बढुवा रोक्ने बताएका छन् ।
मानब अधिकार राष्ट्रिय कार्ययोजनाको मस्यौदा सम्वन्धी डोटी जिल्लामा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौको आयोजना सम्पन्न भएको एक दिबशिय क्षेत्रिय स्तरको गोष्टीलाई सम्वोधन गर्दै मुख्य सचिब    पोखरेलले दुर्गमको जिम्मा पाएका तर सुगम क्षेत्रमा बसी तलव भत्ता खाने कर्मचारीहरुको सरुवा बढुवामा आफुले रोक लगाउने बताएका हुन् । सुदुरपश्चिमको क्षेत्रिय सदरमुकाम रहेको डोटी जिल्लामा बस्नु पर्ने जिल्ला तथा क्षेत्रका कार्यालय प्रमुख तथा निर्देशकहरु सुगम खोज्दै कैलाली कञ्चनपुरबाट नै कार्यसम्पादन गर्ने गरेको भन्ने सहभागीहरुबाट उठेको प्रश्नको जवाफ दिदै मुख्य सचिब पोखरेलले यस्तो बताएका हुन् ।
मानब अधिकार हरेक विकास निर्माणका साथ र हरेक क्रियाकलाप गर्दा पनि जोडिएर आउने विषय भएका कारण सबै सरकारी कार्यालयहरुले सेवा प्रदायकलाई सेवा प्रबाह गर्दा मानब अधिकारको विषयलाई ध्यानमा राखि कार्य सम्पादन गर्न समेत निर्देशन दिए । सुदुरपश्चिममा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय स्थापना भएको सात दिनमा आफ्नो सम्पर्क कार्यालय कञ्चनपुर, कैलालीमा खोली कर्मचारीहरु त्यहि क्षेत्रमा बस्ने गरेको सन्दर्भमा सो कार्यालयका कर्मचारीहरुलाई दिपायल बाटै कार्य सम्पादन गर्न गराउनु आफुले बुझि पहल गर्ने समेत बताएका छन् ।
कार्यक्रममा वोल्दै सुदुर–पश्चिम पुनाबेदन अदालतका मुख्य न्यायाधिश तथा कार्यक्रमका प्रमुख अतिथि किशोर खातिवडाले सुदुरपश्चिमका कार्यालयहरु कहिले डोटी कहिले कञ्चनपुर कहिले कैलाली भई रहेकोले पनि यस क्षेत्रको विकास गर्न जनतालाई सेवा प्रवाह गर्न अफ्ठेरो भई रहेको बताए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष समेत रहेका नेपाल सरकारका मुख्य सचिब पोखरेलले आफुले त्यसको बारेमा बुझ्ने र सम्पुर्ण कार्यालयहरु सम्वन्धीत क्षेत्रमा नै ल्याउन आफुले पहल गर्ने बताए । कार्यक्रमका लागी मुख्य सचिबको नेतृत्वमा पाँच सदस्यीय टोली  आईतवार डोटी पुगेको थियो ।
सुदुरपश्चिमका क्षेत्रिय कार्यालयहरु खाली, निर्देशकहरु कैलाली र कञ्चनपुरमा भनी विभिन्न संचार माध्ययमहरु पटकपटक समाचारहरु संप्रेषण हुदाँ समेत सरकारको आँखा नपुगेको यस क्षेत्रमा अब मुख्य सचिबले आफैले हेरेर गएका छन् । अब कर्मचारी तन्त्रमा केहि सुधार हुने सुदुरपश्चिमवासीको आशा पलाएको छ । नेताहरु पनि यस क्षेत्रमा आई यस्तै कुरा गर्ने र पछि व्यवहारमा नदेखाउने कार्यले जनताहरुले आश नै मार्ने गरेको भए पनि यस पटक मुख्य सचिब पोखरेलले जनता सँग गरेका बाँचा बाँचामात्र नभई कार्यान्वयन पनि  होस् । हाम्रो शुभकामना ।

थप समाचार

विद्यार्थि फेरी काम्न थाले

डोटी जिल्लाको बन्लेक गाविसमा रहेको शिद्धेश्वर उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरु फेरि कक्षा कोठामा नै काम्न थालेका छन् ।
२०६७ सालमा विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा पहिलो पटक अचानक काम्दा छात्राहरु महिनाबारी हुने र विद्यालयमा छुवाछुत हुने भएकाले विद्यार्थिहरु कामेको हो भन्ने अनुमान लगाई विद्यालयले छात्राहरुलाई पढाईबाट बञ्चीत गरियो भनि विभिन्न संचार माध्यमहरुमा समाचार  प्रकाशन प्रसारण भए पछि विद्यालयले चर्चा कमाएको थियो । फेरी गत शनिबार देखी विद्यार्थिहरु काम्न थाले पछि विद्यालय, अविभावक, विद्यार्थि फेरी चिन्तीत बनेका छन् । विद्यार्थिहरु किन काम्दै छन् भन्ने बारेमा छलफल गर्दै विभिन्न अनुमान लगाउने कार्य भई रहेको छ ।
विद्यालयले आफ्नै परिषर भित्र संचालन गरेको छात्रवासमा वस्ने छात्रहरु मध्य दुई जना गत शनिबार राती काम्न थालेको विद्यालय श्रोतले जनाएको छ । त्यसको दोस्रो दिन अर्थात आईतबार विद्यालय सुरु भई सकेपछि कक्षा कोठामा एकाएक तिन छात्रा र आठ छात्र गरि जम्मा ११ जना विद्यार्थिहरु कामेको विद्यालयले जनाएको छ ।
विद्यार्थिहरु काम्न थाले पछि अविभावकहरुलाई जानकारी गराउदा अविभावकहरु विद्यालय पुगेका थिए । उनीहरु विद्यालय पुग्दा सम्म विद्यार्थिहरु कामी रहेको र काम्ने विद्यार्थिहरु छुवाछुत भएको भाका बोल्दै गरेको शिक्षक मोहन देव भट्टले बताएका छन् । भट्टले भने काम्ने कार्य करिब तिन घण्टा सम्म भयो । म कक्षा कोठामा पुग्दा कुनै देवी देवताको जातमा धामीझाक्रिहरु कामे जस्तै विद्यार्थिहरु कामी रहेका थिए ।
स्थानियवासीहरुले छाउपडिका कारण यस्तो भई रहेको छ बताई रहेको भए पनि डोटी जिल्लामा छाउपडी प्रर्था सम्वन्धी परियोजना संचालन गर्नेहरुले यस्तो हुन नसक्ने बताएका छन् । विद्यार्थिहरु कामेको हुन सक्छ तर छाउपडिका कारण वा छुवाछुतका कारण कामेको भनी विश्लेषण गर्नु गलत हुने बताउन्छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सिर्जना गौचन भन्छन्  –यसरी विद्यालयमा विद्यार्थिहरु कामेको कुरा नौलो होईन । छाउपडी वा छुतछातका कारण मानिसहरु काम्ने भन्ने कुरा सत्य होईन । यस्तो प्रकारको लक्ष्यणहरु देखीनुलाई हामीहरु मासहिस्टरीया भन्छौ । समान्यतया कुनै पनि मानिसको मनमा एउटा डरलाग्दो कुरा बसेको छ भने यस्तो खालको समस्या देखा पर्छ । मानिसहरु काम्ने मात्र होईन उनीहरुले आफ्नो होस् गुमाउने, मुर्छा पर्ने जस्ता धेरै लक्षणहरु देखा पर्न सक्छ । यस्तो भएमा उनीहरु मध्ये सुरुमा लक्षण देखा परेको व्यक्तिलाई तालिम प्राप्त स्वास्थ्यकर्मि सम्म पुराई परामर्श गराउनु पर्छ । यस्तो हुँदा सुरुमा एक जनाले लक्षण देखाउन्छ त्यस पछि उ सँगै अरु पनि मनमा रहेका डरका कारण पहिलो व्यक्तिले गरेको जस्तै गर्न थाल्छ । यस्तो समस्यामा परामर्श दिनका लागी हामी सँग सुविधा रहेको छ । तिन जना जनशक्ति अहिले जिल्लामा नै भएकाले उहाँहरुलाई हामी सम्म पु¥याउन हामी अनुरोध समेत गर्छौ ।
डोटी जिल्लामा लामो समय देखी छाउपडि प्रथा उन्मुलन गर्ने अभियानमा रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा भण्डारी वराल भन्छीन् – छाउपडीका कारण यस्तो हुने कुनै सम्भावना नै छैन । मानिसको चेतनाको स्तरमा सुधार हुनु जरुरी छ । त्यो किन भयो खोज अनुसन्धानको विषय हुन सक्छ तर छुवाछुतले मानिस काम्छ भन्नु झुट्टो हो ।
छाउपडि सम्वन्धी परियोजना संचालन गर्दै आएको सम विकास ईडिसि डोटीका परियोजना संयोजक केशब परियार भन्छन् – परियोजना कुप्रर्था विरुद्धको हो  । अभियानमा यस्तो चुनौतीहरु आउन्छ त्यो पनि स्वभाविक नै हो । हाम्रो समाजमा लामो समय देखी रहेको कुप्रर्थाको जडा मेटाउने कुरा समान्य होईन । डोटीमा त परियोजना छ र यस्तो भयो हामीले मान्यौ । देशका विभिन्न स्थानमा त्यो पनि विद्यालयमा नै यस्तो भई रहेको समाचार माध्यमहरुमा आईनै रहेको छ के त्यहाँ पनि छुवाछुत गरेका कारण नै यस्तो भएको हो त ? उनले प्रश्न सहित भनाई राखे ।
जे भएको भए पनि विद्यालयमा यस्तो किन भई रहेको छ यसका बारेमा छानविन हुनु जरुरी छ । विद्यार्थिहरुलाई       सरोकारवालाहरुले समयमा नै उपचार गराउनु पर्ने देखीन्छ । पटक पटक यस्तो भई रहँदा अन्य विद्यार्थिहरुको पनि पढाईमा समस्या हुने भएकोले जिल्ला शिक्षा , जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय र स्थानियवासीहरुको पनि ध्यान जानु जरुरी छ ।

कपल्लेखि पनि छाउपडि मुक्त

केहि सात अघि मात्र जातिय छुवाछुत मुक्त गाविस बनेको डोटीको कपल्लेखि गाविसले गत शनिवार एक कार्यक्रमको आयोजना गरि आफुलाई छाउपडि मुक्त गाविस घोषणा गरेको छ ।
गाविस सचिब गणेश भट्टको सभापतित्वमा आयोजना भएको छाउपडि मुक्त गाविस घोषणा कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत   गरिएको थियो ।
गाविस सचिब भट्टले भने– आज देखी हाम्रो गाविस छाउपडि मुक्त भएको छ कहि कसैले पनि महिनावारी भएको महिलाहरु माथि छुवाछुतको भावना राखेमा उनीहरुलाई कानूनी रुपमा कार्वाहि गरिने छ । आगामी गाविसको १८ औ गाँउ परिषदबाट हामी छाउपडि मुक्त सम्वन्धी निति नियमहरु बनाउने छौ जो गाँउस्तरमा नै निर्माण हुनेछ र गाँउस्तरमा नै लागु हुनेछ । अब देखी कहि कसैले पनि छुवाछुत गर्नु हुने छैन भन्ने गाविसको पनि विश्वास रहेको छ । सो गाविसमा रहेको महिला अधिकार मञ्चले स्थानिय भाषामा छाउपडि सम्बन्धी सचेतना जोगाउने सड्क नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी हुन आएका एक युवाले भने कपल्लेखि गाविसमा अहिले पनि छाउपडि मान्य चलन छ तर हाम्रो समुदायका महिलाहरु छाउ भए पछि छाउ भएको चार दिन पछि मात्र नुहाउने चलन थियो अहिले सम विकास केन्द्र ईडिसि डोटीले संचालन गरेको छाउपडि प्रर्था विरुद्धको अभियान परियोजना पछि हामीले त्यस्तो विभेद गरेका छैनौ । यो एकै चोटीमा न्युनिकरण हुने कुरा पनि होईन विस्तारै कम हुन्छ र अहिले पनि कम भई रहेको छ ।
उक्त परियोजनाको कार्यक्रम संयोजक केशब परियार भन्छन् हामीले डोटीका ५ ओटा गाविसहरुमा ६ महिनाका लागी मात्र परियोजना संचालन गरेका हौ । यो ६ महिनाको अबधिमा गोठमा सुस्ने महिलाले कम्तिमा घर भित्र सुत्न पाउनु, दुध दहि खान पाउनु दैनिक सरसफाई गर्नु पनि उपलब्धी नै मान्नु पर्छ हामीले यो ६ महिने परियोजनाको । कार्यक्रममा डोटी स्थानिय बुद्धिजिवि, महिला अधिकारकर्मि, स्थानियवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।  

मुक्त हलियाको अबस्था सार्वजनिक 

नेपाल सरकारले हलियाहरुलाई मुक्त गरे पनि अबस्थामा सुधार नभएको मुक्त हलियाहरुको अबस्था अध्ययन प्रतिबेदन देखाएको छ ।
मुक्त हलियाहरुको अबस्था बुझ्नका लागी गठन भएको अध्ययन समितिले डोटी जिल्लाको डौड र तोलेनी गाविसहरुमा उनीहरुको अबस्था अध्ययन गरि तयार पारेको प्रतिबेदनमा अहिले पनि अबस्थामा सुधार नभएको उल्लेख गरिएको छ । प्रतिबेदन सार्वजनिक गर्न जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको कार्यक्रममा अध्ययन प्रतिबेदन पुरा नभएको सहभगीहरुले जिकिर गरेका छन् ।
प्रतिबेदन अध्ययनकर्ता मध्ये कि एक सदस्य मिना आउजीले भनीन्– हामीले अध्ययन गर्दा मुक्त हलियाहरुले हामीलाई भने सरकारले शिपमुलक तालिम दिनु पर्छ । तर त्यो भन्दा पहिले हामीलाई गाँस र बाँसको व्यवस्था हुनु पर्छ । मुक्त घोषणा मात्र गर्नु ठुलो काम होईन । हामीले फेरी गाँस र वासका लागी साहुहरु कै काम  गर्नु पर्ने र उनीहरुकै मुख ताक्नु पर्ने हो भने मुक्त गरिनु को अर्थ के ?
मुक्त हलियाका बालबालिकाहरुले अध्ययन गर्न नपाई रहेको अबस्था प्रतिबेदनमा उल्लेख छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी पत्रकार तथा मानव अधिकारकर्मि रामहरी ओझाले भने– हलिया बालबालिका विद्यालय जानु पर्छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी नेपाल सरकारले मात्र होईन हलियाको क्षेत्रमा काम गर्दै आई रहेको हलिया मुक्ती समाज, ईन्सेक डोटी र अन्य गरै सरकारी संस्थाहरुले पनि यसका बारेमा सोच्नु पर्छ ।
प्रतिबेदनमा मुक्त हलियाहरुले हाल सम्म परियच पत्र मात्र प्राप्त गरेको उनीहरुलाई व्यावहारिक तथा सिपमुलुक तालिम  प्रदान नगरिएको, उनीहरुका लागी त्यस्तो कार्यक्रम ल्याउनु पर्ने सुझाब समेत रहेको छ ।

पर्यटन र चलचित्र समाचार

पर्यटन सूचना केन्द्र स्थापना जरुरी

सुदुरपश्चिमको मुटु हो खप्तड क्षेत्र । खप्तडको विकास हुनु पर्छ भन्ने वाक्य डोटीका समाजसेवी बुद्धिजिवि राजनैतिक दल मात्र नभई स्थानिय जनताहरुले पनि पटक पटक भन्ने गर्छन् तर अहिले सम्म पनि खप्तड क्षेत्रको विकास गर्ने वा डोटी जिल्लाको पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गर्न महत्वपुर्ण मानिने पर्यटन सूचना केन्द्र स्थापना भएको छैन ।
खप्तड क्षेत्रमा जानका लागी डोटी जिल्लाबाट भित्रने पर्यटकहरुले कुन दिन कहाँ बस्ने बाटोमा के के पाईन्छ । खाना र बाँसका लागी कस्तो व्यवस्था रहेको छ भन्ने बारेमा सूचना चाहेमा कहि कसैबाट सूचना पाउदैनन् अनि कसरी हुन्छ खप्तड क्षेत्र र समग्र डोटीको पर्यटकिय स्थलहरुको बिकास यो प्रश्न खडा छ सबैका सामु । खप्तड क्षेत्रको विकास गर्नका लागी खप्तड क्षेत्र पर्यटन विकास समिति गठन भएको छ । जिल्ला सदरमुकाम सिलगढीमा कार्यालय कर्मचारीहरु पनि रहेका छन् तर खप्तडमा कति पर्यटक भित्रिय त त्यो सूचना छैन । खप्तडबाट फर्किने पर्यटकहरुले त्यस क्षेत्रको बारेमा के भन्छन् सुझाब संकलन भएको छैन, अनि कसरी हुन्छ खप्तडको विकास ? डोटी जिल्लामा धेरै पर्यटकिय, ऐतिहासिक, धार्मिकस्थलहरु रहेका छन् त्यसका बारेमा डोटी कै जनताहरुलाई थाहा छैन भने स्वदेशी तथा विदेशी पर्यटकहरु कसरी भित्रन्छन् त डोटी जिल्लामा ? खप्तड क्षेत्रको विकास गर्नका लागी विश्व भरीका पर्यटकहरुले खप्तडको महत्वको बारेमा जानकारी पाओस् भन्ने उद्धेश्यले २०६७ साल तिर सुरु भएको वेव साईट आज सम्म पनि परिमार्जित भएको छैन अनि पर्यटनहरुले कसरी सहि सूचना पाउने र खप्तड घुम्न आउने ? यि र यस्ता धेरै प्रश्नहरु रहेका छन् पर्यटन विकासका लागी यहाँ ।
नेता होस् वा सामाजिक कार्यकर्ता खप्तड क्षेत्रको नाम बेच्ने र जनतालाई भ्रममा राख्न सधै अघि नै हुन्छन् तर यसक्षेत्रको प्रचार प्रसार र सहि सूचना दिने खालको कार्यक्रम कहिले पनि ल्याउदैनन् । यस क्षेत्रको विकास गर्नका लागी सबै भन्दा पहिले पर्यटन सूचना केन्द्र स्थापना हुनु पर्छ भन्ने हो । अर्को कुरा यस क्षेत्रमा आउने पर्यटकहरुलाई सुविधा दिन वा उनीहरुलाई सुरक्षित गर्नका लागी बाटोमा रहेको साना होटेल संचालनकहरुलाई तालिम दिईनु पर्छ । खप्तड क्षेत्रको पेरीफेरीमा रहेका जनताहरुलाई मार्गदर्शकको रुपमा तालिम दिईनु पर्छ । होईन भने खप्तड अनि डोटी जिल्लाका ऐतिहासिक पर्यटकिय स्थलहरुको नाम बेच्नु मात्र हुनेछ ।  जिल्ला विकास समिति, खप्तड राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति लगायतका सरोकारवालाहरुको यसमा ध्यान जान जरुरी छ ।  

२०१३ का वलिउडका रोमान्टीक गितहरु

व्यावसायका दृष्टिकोणले बलिउडको वर्ष २०१३ औसातभन्दा राम्रो भयो । यो वर्ष बलिउडका केहि चलचित्र २ करोडको क्बलमा पहिलो पटक सहभागी हुन सफल भए । कतिपय चलचित्रले राम्रो व्यवसाय गर्न नसके पनि ती चलचित्र गीत संगीत उत्कृष्ट रहे । वर्ष २०१३ मा प्रर्दशन भएका चलचित्रका गीत संगितको मुल्यांकन गर्ने हो भने रोमान्टिक तथा पार्टी गीतले बढी लोकप्रियता कमाएको देखिन्छ ।
अक्षय कुमारको चलचित्र स्पेसल २६ को गित रोमान्टिक र मायालु छ जसलाई अंगराराग महंताले अक्षय कुमारका लागि गाएका हुन् । सुस्त गतिको यो गित मिठासपुर्ण छ जसलाई सुन्ने जो कोही आफुलाई कतै हराएको अनुभव गर्छ । गीतका शब्द पनि उत्तिकै आकर्षक छन् । यस्तै चलचित्र लुटेरा को गितले श्रोतालाई ७० तथा ८० को दशकमा पु¥याउँछ । जहाँ एक एक शब्दको आफ्नै भिन्नभिन्न अर्थ हुन्छ । रणविर सिंह तथा सोनीया सिन्हाले यो गीतमा लगाएको पहिरनले पनि ७० र ८० कै दशकको स्मरण गराउँछ । गायिका मोनालीलो पातलो तथा मिठासपुर्ण आवाजले यो गितलाई सुन्दर बनाएको छ । यो गितको वोल छ सावर लुटारा ।
बलिउड कै अर्को गित तुम ही हो आशिकी आशिकी ले पनि यस वर्षमा चर्चा कमाएको छ प्रेम गर्ने जोडीहरुको मुखमा झुण्डीन सफल एक मात्र यहि नै हो भन्दा सायद फरक नपर्ला । यो गितका शब्द तथा संगीतले कसैलाई पनि मोपहत तुल्याउन सक्छ । गीतको भाव स्पष्ट बुझ्न सकिने खालको छ । गीत सुन्ने श्रोताहरु आफुलाई गीतमै हराउँछन् ।

छोटो समाचार

रजिष्टार डोटीमा

त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. चन्द्रमणि पौडेल डोटी पुगेका छन् ।
डोटी जिल्लाको सबै भन्दा पुरानो त्रिभुवन विश्व विद्यालयको आङ्गिक डोटी बुहुमुखि क्याम्पसले छात्रहरुका लागी निर्माण हुने छात्रावास भवन शिलन्यास गर्नका लागी पौडेल डोटी पुगेका हुन् ।
डोटी पुगेका डा. पौडेललाई स्वागत गर्नका लागी डोटी बहुमुखि क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै भने– डोटी जिल्लाको शैक्षिक विकास गर्न योगदान पु¥याएको यस जिल्लाको सबै भन्दा पुरानो क्याम्पसले सर्वाङ्गिण विकासका लागी म त्रिभुवन विश्व विद्यालयमा कुरा गर्ने छु । स्वागत कार्यक्रममा डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले क्याम्पसको अबस्थाको बारेमा डा. पौडेललाई जानकारी गराएका थिए ।

ईन्सेकको गोष्ठी

डोटी जिल्लामा लामो समयदेखी मानव अधिकारको क्षेत्रका कार्य गर्दै आई रहेको ईन्सेक डोटीले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको जिल्लाका सरोकारवाला संस्थाहरु सँगको अन्तक्रिया कार्यक्रममा मानब अधिकारकर्मि तथा पत्रकार रामहरी ओझाले डोटीमा मानब अधिकारको अबस्था बारे कार्यपत्र प्रस्तुत गरेको ईन्सेक डोटीले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले मानबअधिकारको रक्षा गर्न आफुहरु लागी पर्ने बताएका छन् ।

लेख

किन नहुने राष्ट्रपतिको चुनाव ? 

–रामहरी ओझा

हिजोआज वजारमा नयाँ राजनीतिक चर्चा छ, संबिधानसभाको निर्वाचनपछि यो चर्चाले निकै वजार पाएको छ । त्यो वसह सामान्य वहस होईन । नेपालको राष्ट्रप्रमुखको वहस हो । मंसिर ४ गते अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएपछि अव राजनीतिक शक्तिहरु दुई ध्रुवमा बिभाजन भएका छन । नयाँ जनादेश आईसकेकाले राष्ट्रपति नयाँ चुनिनु पर्छ भन्ने एकथरीको भनाई छ भने अर्कोथरी यो चुनाव राष्ट्रपति छान्नका लागि नभएको र संबिधान निर्माण गर्नका लागि भएकोले राष्ट्रपति पुरानै कायम रहनुपर्छ भन्ने तर्क छ ।
तार्किक हिसावले दुवै पक्षले जति पनि तर्क गर्न सक्लान तर नेपालको अन्तरीम संबिधान २०६३ को मर्म र भावना अनि न्युनतम प्रजातान्त्रिक मान्यताहरुलाई ध्यान दिनु जरुरी हुन्छ । नेपालको अन्तरीम संबिधान २०६३ मा २०६५ साल जेठ १६ गते चौथो संसोधन गरिएको र भाग ४ क थपियो । जसमा राष्ट्रपति हुने र राष्ट्रपतिको चुनाव हुने भन्ने व्यवस्था    राखियो । धारा ३६ ख मा राष्ट्रपतिको निर्वाचन संबिधानसभाले गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको छ । संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने भन्ने व्यवस्था लेखिएको छ । संबिधानसभाको निर्वाचन भएको छ, अव नयाँ जानदेश प्राप्त संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नु पर्ने हो । जहाँसम्म राष्ट्रपतिको पदावधीको कुराको बिषयमा अहिले चर्चा भईरहेको छ, धारा ३६ग मा  “राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।” भन्ने प्रष्ट व्यवस्था छ तर त्यो व्यवस्था पहिलो संबिधानसभावाट संबिधान जारी भएको हकमा थियो । पहिलो संबिधानसभाले संबिधान जारी नगरी मृत्युवरण गरेको अवस्था राष्ट्रपतिको पद त स्वतः समाप्त हुन्छ । यसमा संबैधानिक रुपमा, प्रजातान्त्रिक मुल्य मान्यताका आधारमा र सहमतिको राजनीतिका आधारमा पनि राष्ट्रपति पुरानै कायम हुनु पर्ने त कुनै अवस्थानै रहँदैन ।
यदि वजारमा आएको जस्तो संबिधानसभाले नयाँ संबिधान जारी नगरेसम्म राष्ट्रपति एउटै व्यक्ति रहने भन्ने तर्क हो भने प्रश्न उठ्छ, “अर्को संबिधानसभाको निर्वाचन किन गरियो ?” अन्तरीम संबिधानको धारा ८२ मा “संविधान सभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधानसभाको काम समाप्त हुनेछ ।” भन्ने व्यवस्था उल्लेख गरिएको छ । यस धारा अनुसार संबिधानसभाको बिघटन तव मात्र हुन्छ जव नयाँ संबिधान जारी हुन्छ । अनि २०६९ साल जेठ १४ गते मध्यरातमा किन संबिधानसभा बिघटन गरियो र किन अर्को निर्वाचन गराईयो ? अहिले पनि नयाँ संबिधान निर्माणका बिवादित मुद्धाहरु जस्ताका त्यस्तै छन । जनताले दिएको म्याण्डेट अनुसार अहिले पनि कसैले दुई तिहाई वहुमत ल्याउन सकेका छैनन् । उग्रपन्थी शक्ति, प्रगतिशिल शक्ति, यथास्थितिवादी शक्ति र प्रतिगमनकारी शक्ति गरी चारवटा शक्तिहरु अहिले पनि संबिधानसभामा सशक्त प्रतिनिधित्व गरिरहेका छन । यसका साथसाथै संबिधानसभा वाहिर रहेका राजनीतिक शक्तिहरुले पनि खवरदारी गरिरहेका छन । यो “सिनारियो” ले अहिलेको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ला भन्नेमा संका व्यक्त गर्नु अपराध     होईन होला । यदि यो संबिधानसभा पनि बिघटन गरियो र तेश्रो संबिधानसभाको निर्वाचन भयो भने के यिनै हुन्छन त          राष्ट्रपति ?
बिषय कुन व्यक्ति राष्ट्रपति हुने वा नहुने भन्ने होईन । प्रत्येक नेपाली नागरिकले राष्ट्रपति पदको दावी गर्न पाउने हाम्रो संबिधानले अधिकार दिएको छ । त्यसकारण यहाँ डाक्टर, बैद्य, धामी(झाक्री जो पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने छन । तुलनात्मक रुपमा अरु भन्दा वर्तमान राष्ट्रपति कम बिवादमा परेका छन, त्यसकारण उनलाई फेरी पनि राष्ट्रपति वनाउँदा कुनै अपराध हुँदैन पनि । उनले प्रतिनिधित्व गर्ने भुगोल, समुदाय र उनको बौद्धिकताले पनि उनी राष्ट्रपति हुन योग्य छन । यसमा कसैको पनि बिमति छैन । बिमति के कुरामा मात्रै हो भने हामी जुन अन्तरीम संबिधानको मातहतमा देश चलाउने कुरा गर्दैछौं त्यसको अपव्याख्या गरेर देशै अन्योलतातिर लैजान खोज्दैछौं ।
नेपाली जनताले लामो समयसम्म गणतन्त्र नेपालको स्थापना गर्नका लागि दिएको वलीदानी शाहवंशीय राजतन्त्रको अन्त्य गरेर फेरी कुनै अनिर्वाचित व्यक्तिलाई वा एक पटक निर्वाचित भएको व्यक्तिलाई वर्षौंसम्म राष्ट्रप्रमुख वनाईराख्नका लागि गरेका थिएनन् । जनताको माग आवधिक निर्वाचन मार्फत जनतालाई राष्ट्रप्रमुख, सरकार प्रमुख र आफ्ना जनप्रतिनिधिहरु चुन्न पाउनु पर्ने हो । त्यो जनताको नैसर्गिक अधिकार पनि हो । प्रतिनिधिमुलक प्रजातान्त्रिक व्यवस्थामा हामीले संबिधानभा संबिधानसभाका सदस्यहरुले राष्ट्रप्रमुखको चयन गर्ने कुरा उल्लेख गरेपनि त्यो जनताले नै छानेको मानिने हुन्छ । जनताले २०६४ सालको निर्वाचनमा एक प्रकारको जनादेश दिएका थिए र अहिले २०७० सालमा फरक जनादेश दिएका छन । त्यसैले फरक जनादेश अनुसार राष्ट्रप्रमुख, उपप्रमुख आदिलाई ताजा जनादेशप्राप्त जनप्रतिनिधिहरुवाट अनुमोदन गराउनु    पर्छ ।
२०६५ सालमा जम्मा दुई वर्षका लागि मात्र डा. रामवरण यादव राष्ट्रपति चुनिएका हुन । अन्तरीम संबिधानको धारा ६४ अनुसार संबिधानसभाको कार्याकाल दुई वर्षको मात्र हो । संबिधान निर्माण हुन सकेन दुई वर्षको कार्यकाल चार वर्ष हुँदा           राष्ट्रपतिको म्याद स्वतः बढ्दै गयो । जुन संबिधानसभाले दुई वर्षमा संबिधान वनाउने भनेको थियो उक्त संबिधानसभानै रहेन । उक्त संबिधानसभा उर्फ व्यवस्थापिका – संसदले चयन गरेका प्रधानमन्त्री पनि रहेनन्, संबिधानसभा अध्यक्ष पनि रहेनन् तर राष्ट्रप्रमुख रहिरहे । त्यो पनि ठिक छ । तर अव नयाँ खालको जनादेश आईसकेपछि त राष्टूपति आफैले पनि नैतिकता देखाउनु पर्ने हो । हाम्रो देशमा नैतिकताको त अनिकालै परेका हुनाले होला रामवरणले पनि नैतिकता भन्ने शव्द पाएनन ।
भारतको दिल्ली प्रदेशमा भएको प्रान्तीय निर्वाचनमा भारतीय जनता पार्टी सवै भन्दा ठुलो पार्टी भएर पनि स्पष्ट वहुमत नहुदा आफुलाई सरकार वनाउन योग्य ठानेन् । यसो हेर्दा राजनीतिक नैतिकता त भारतमा छ भन्ने देखिन्छ नि । यद्यपी कतिपय सवालहरु छन जसका कारण हामी भारतीय राजनीतिज्ञहरुको आलोचना गर्छौं तर नैतिकतालाई मात्रै हेर्ने हो भने त उनीहरुको प्रसंसा वा उनीहरुवाट हामीले पनि पाठ सिक्नु पर्ने हुन्छ कि ! आलोचना गर्न योग्य कुराहरुको आलोचना गर्ने        हो सिक्ने कुराहरुको त समर्थन पनि गर्नु पर्ला कि !
अर्को एउटा अचम्मको वहस हुँदैछ अहिले राजनीतिक बृत्तमा यो चुनाव संबिधान वनाउनका लागि हो रे, राष्ट्रपति छान्नका लागि होईन रे, त्यसैले राष्ट्रपतिको बिषयमा वखेडा झिकेर संबिधान वनाउने कार्यमा ढिलाई नगरौं रे । रमाईलो कुरा संबिधानसभाको निर्वाचन भएको झण्डै डेढ महिना पुग्दा र निर्वाचन आयोगले पटक पटक आग्रह गर्दा समेत सभासदहरुको सूची समेत नवुझाउँदा संबिधान निर्माणमा ढिलाई के राष्ट्रपति निर्वाचनका कारण भएको हो ? आफ्नै पार्टीभित्रको बिवादका कारण संबिधानसभालाई पूर्णता दिने कामनै थप्प पार्दा संबिधान निर्माणमा ढिलाई नहुने । प्रक्रियामा गएर दुई÷तीन दिनमै नयाँ       राष्ट्रप्रमुख चयन गर्दा ढिलाई हुने यो गाउँखाने कथा जस्ता तर्कहरु गरेर बिवादलाई झन वल्झाउने काममा लाग्नु मुर्खता वाहेक अरु केही पनि हुनेछैन ।
संबिधान निर्माणको बिषयमा राजनीतिक सहमति कायम हुनु पर्ने कुरा उल्लेख गरिएको राजनीतिक सहमतिका लागि “पावर शेयरिङ्ग” पनि अनिवार्य हुन्छ । पावर शेयरिङ्ग नयाँ जनादेश अनुसार हुने कुरा हो । कुन राजनीतिक दलले संबिधानसभामा कुन खालको हैसियत प्राप्त गरेको छ, त्यो आधारमा उसको स्थान निर्धारण गरिनु पर्छ किनभने हाम्रो राजनीतिक संस्कार पदलोलुपतामा चलेको छ । पद लोलुपताकै कारण २०६४ को संबिधानसभामा पनि बखेडा भएको थियो । राजनीति हैसियतका आधारमा शक्तिको वाँड्फाँड हुनुपर्छ भन्नेहरु अहिले आएर सहमतीय राजनीति गरौं तर शक्तिको वाँड्फाँडको कुरा नगरौं भन्न थालेका छन । के यस्तो भयो भने राजनीतिक सहमतिले मुर्त रुप लेला त ?
२०६४ को संबिधानसभामा संख्यात्मक हिसावले पहिलो र दोश्रो दलका बिचमा दोव्वर भन्दा पनि बढीको फरक थियो  अर्थात दोश्रो र तेश्रो दलको संख्या जोड्दा समेत पहिलो दललाई छुन अझै केही संख्या थप गर्नु पर्ने अवस्था थियो । त्यो अवस्थामा पनि शक्तिको वाँडफाँडलाई उच्च प्राथमिकताका साथ वार्गेनिङ्ग गरिएको थियो भने अहिले त पहिलो र दल र दोश्रो दलका बिच २१ सिटको मात्र फरक छ । त्यसैले यस बिषयलाई ध्यान दिनु जरुरी छ । त्यसैले अहिलेको राजनीतिक अवस्थालाई, संबैधानिक अवस्थालाई र प्रजातान्त्रिक मुल्य मान्यतालाई तिलाञ्जली दिएर “राष्ट्रपतिको बखेडा नझिकौं” भन्नुमा कुनै पनि तुक र तर्क छैन ।
व्यक्ति उनै होलान त्यसको कसैको पनि आपत्ति छैन तर जनतावाट अनुमोदन भएका प्रतिनिधिहरुले फेरी अनुमोदन गर्न पाउने कि नपाउने ? बिषय त्यहाँ छ । त्यसैले राष्ट्रपतिको चुनाव गरिनु पर्छ । त्यसका लागि वर्तमान राष्ट्रपतिले आफ्नो पदवाट राजीनामा दिएर संबिधानसभाका लागि मार्ग प्रसस्त गर्नु पर्छ । अन्यथा रामवरण यादव पनि पद लोलुप हुन भन्ने सवैको बुझाई हुनेछ ।

मोफसल पत्रकारीता

मोफस आफै मोफसल बनेको होइन राज्यले बनाएको हो ।

 – मानसिंह विक रोल्पा

तपार्इंको पुरा परिचय पाउँ न ?
 म मानसिंह बिक २०४३ सालमा जन्मेको हुँ । म हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको २ अबधी सचिव, क्रान्तिकारी पत्रकार संघको केन्द्रीय समिति सदस्य, मोफसल मिडिया समाजको केन्द्रीय सदस्य, रोल्पा समाचार साप्ताहिको प्रकाशक तथा कार्यकारी सम्पादकको रुपमा कार्य बहन गर्दैछु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
मेरो पत्रकारिता पेशा रोज्नुको कारण निकै फरक छ । मैले पत्रकारिता गर्छु भनि सोचेको पनि थिएन । तर विस्तारै पत्र, पत्रिका, रेडियो नेपाल सुन्दै गर्दा एक दिन रेडियोमा दलितलाई सार्वजनिक पानी धारा छोएको निहुँमा कुटपिट भएको सामाचार सुनेँ, त्यसबाट मैले सञ्चारमाध्यमको पं्रभावकारिताबारेमा बुझँे, वास्तवमा हाम्रो समुदाय सामाजिक, आर्थिक, राजनीतिक, सामाजिक बञ्चितिकरणमा परेकोले यो देशमा तरबारको लडाई भन्दा विचारको लडाई निकै बलियो हुन्छ । त्यसैमा अझै विचार सहितको कलमको लडाई निकै पेचिलो र परिवर्तनका लागि राम्रो हुने भएकोले गर्दा मैले पत्रकारिता पेशा राजेको हुँ । म जतिबेला युद्धमा सहभागिता थिए । म करिव १२ वर्षको उमेरदेखि नै जनयुद्धमा सहभागि भएको थिए । म विद्यार्थीकालमा रचनाहरु निकै गर्दथे । मैले आफ्नो रचना बाचन नगरेको कार्यक्रम अपवादका रुपमै हुन्थ्ये होला । मेरो लेखनकला तथा वाचनकला मन पराएर नेतृत्वहरुले सञ्चारविभागको जिम्मा दिएका थिए । त्यसैबाट मैले पत्रकारिता पेशा रोजाईको विषय बनाए । साथै एक जना सेनाले चलाएको गोलीको प्रभाव सिमित क्षेत्रमा हुन्छ भने पत्रकारले लेखेको सामाचारको प्रभाव असिमित हुने भएकोले गर्दा मैले थप जिम्मेवारी पूरा गर्नका लागि मैले मेरो रोजाईको पेशा बनाए पत्रकारिता पेशालाई ,।
 कति समय भयो यस पेशामा लागेको ?
 यो पेशामा लागेको करिव एक दशक भन्दा बढी भएको छ । २०५८ सालदेखि मैले सामान्य रुपमा सामाचार लेखेर पठाउँथे । तर पेशेवररुपमा लागेको २०५९ सालदेखि नै हो । मैले रोल्पाको हाम्रैँ गाउँ नकिजै जनादेश छापिन्थ्यो त्यो स्थानमै रहेर समाचार लेखेर, २०६० मा रेडियो जनगणतन्त्र रेडियो सञ्चालन भएको थियो । त्यही रेडियोको पश्चिम तथा दक्षिण कमाण्डको समाचारदाताको रुपमा काम गर्दै युद्धपत्रकारिता गर्दै, कहिले जनताको बीचमा, कहिले बम गोलाको बीचबाट रिपोटिङ गर्दै तत्कालीन नेकपा (माओवादी) तथा संसदीय राजनीतिक दलबीचमा जसरी १२ बुंदे सहमति भयो, त्यसै परिस्थितिमा मलाई पनि पार्टी तथा संगठनले सदरमुकामको जिम्मा दियो मैले त्यसै अनुसार काम गरे । त्यसैको निरन्तरतामा काम गरिरहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
 राजनीतिक हो । किन कि मैले राजनीतिक जीवनबाट नै पत्रकारिता शुरु गरेकोले गर्दा मलाई मन पर्दछ । अर्काे कुरा सबै कुराको मेरुदन्ड राजनीतिक नै हो । राजनीति सुधारको दिशामा गयो भने देश तथा आम नागरिकको जीवन सुधारतिर जान्छ । त्यसैले गर्दा आममानिसलाई सुसुज्ति बनाउने राजनीतिक हो । साथै बिकास पत्रकारतिा मन पर्दछ ।
रोल्पामा पत्रकारीता गर्न कतिको कठीनाई रहेको छ ?
रोल्पामा बसेर पत्रकारिता गर्दा निकै समस्या छ, चुनौती पनि छ । दुर्गम तथा पहाडि जिल्लामा बसेर पत्रिका प्रकाशन गर्दा पनि निकै चुनौती रहेको छ । बजारको अभाव, यातायताको विस्तार भएको छैन । सूचना सञ्चारको दृष्टिकोणले निकै पछाडि परेको जिल्ला, गाउँको समाचार आई पुग्न र पत्रिका पुग्नका लागि करिव १ महिना अझै पनि लाग्छौ । पत्रिका सञ्चालनको लागि कुनै श्रोत छैन । आन्तिरिक कलकारखाना छैन, बजार छैन । पत्रिका प्रकाशन गर्नका लागि र कर्मचारीलाई खुवाउन पनि धौ–धौ हुन्छ । श्रमजिवि ऐन तथा न्यूनतम पारिश्रमिक दिने कुरा निकै कठिन पूर्ण छ । अझै त्यसैमा जिल्लाका सरोकारवालाले आफ्नो भन्ने भावनाको विकास गर्न सकेका छैनन् । राजनीतिक, आर्थिक, सामाजिक रुपमा कठिन भएको महसुस गरेको छु । रोल्पा समाचार साप्ताहिक २०६३ साल कात्तिक १७ गतेबाट प्रकाशित भएको हो । हामीले स्थानीय खवरहरुको संगालोको रुपमा विकास गरि हाल आफ्नै अफसेटबाट प्रकाशित हुन्छ । हरेक आईतबार प्रकाशित हुने नेपाल सरकारबाट वर्गिकृत क वर्गको पत्रिका सञ्चालन गरिरहेका छाँै । रोल्पा जिल्लामा अरु पत्रिका कोही दुई दिनमा पछि, कोही सध्या समयमा निस्कन्छ भने हाम्रो मात्रै पत्रिका हो जो हामीले समयमै प्रकाशन गर्दछौँ । हामी उदाहणीय पात्र बन्न सकिरहेका छाँै हालसम्म आगामी दिनमा त्यो गति कायम गर्न सक्छौँ भन्ने आत र शाह पैदा भएको छ ।
 रोल्पा जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
 रोल्पा जिल्लाको पत्रकारिताको  करिव एक दशक भन्दा लामो समयलाई मूल्याङ्कन गर्दा विगतमा पत्रकारिता पेशा सहज जस्तो लागेको थियो । तर, वर्तमानको पत्रकारिता पेशा निकै जटिल र चुनौती पूर्ण रहेको छ । मेरो अनुभवमा पत्रकारिता पेशा समाजमा सम्मानित पेशा भए पनि राज्यले सम्मान गर्न सकेको छैन । रोल्पा जिल्लामा सञ्चारमाध्यम कुनै व्यवसायिक योजना, बजारको अध्ययन विना नै सञ्चालन गर्ने होडबाजी लागिरहेको छ । रोल्पा जिल्लामा हामीले सञ्चालन गरिरहेको रोल्पा समाचार साप्ताहिक पहिलो समाचार मूलुक साप्ताहिक पत्रिका हो । सञ्चार माध्यमहरु निकै बढिरहेका छन् तर सञ्चारकर्मीको पेशा ओरालो लागिरहेको छ । यसको प्रभाव रोल्पा जिल्लामा पनि छ । सञ्चारमाध्यमहरु विचार आस्था, कुनै कुरालाई क्षणिक समय लक्षित गरेर सञ्चालन गरेपनि त्ययसको भविश्यकालसम्म दीगो हुन सक्दैन । त्यसैले पत्रकारिता पेशा पनि दीगो हुन सकिरहेको छैन । रोल्पा जिल्लामा पत्रकारहको संख्यात्मक रुपमा बृद्धी भए पनि गुणात्मक विकास हुन सकिरहेको छ । पत्रकाररिता पेशा हाम्रो बढ्दो सामाजिक सञ्जाल तथा आधुनिक सञ्चारका प्रविधीहरुले हाम्रो पत्रकारिता पेशालाई चुनौती दिई रहेको छ । रोल्पा जिल्ला पनि त्यसबाट अछुटो रहन सकेको छैन ।
 लामो समयदेखि मोफसलमा वसेर पत्रकारिता गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ माफसल पत्रकारिताका ?
 मोफस आफै मोफसल बनेको होइन, राज्य, सरकारले गरेको विभेदपूर्ण कार्यबाट नै मोफसल बनाइएको हो । मोफसलमा बसेर पत्रकारिता गर्दाको मुख्य चुनौती राज्य मोफसलका मिडियामैत्री बन्न सकिरहेको छैन । केन्द्रीकृत राज्यप्रणालीको अबशेषहरु मिडिया क्षेत्रमा पनि छ । राज्यको नीति त छदैछ, त्यसको अलावा राजधानीमा रहेका सञ्चारकर्मी, सञ्चार माध्यमहरु पनि मोफसलका मिडियाप्रति सकरात्मक दृष्टिकोण छैन । त्यस्तै राजधानीको सम्पूर्ण मिडियामा ८० प्रतिशत सामाग्री मोफसलको राख्छन् र बजारमा एउटा मार्केट बनाउन सक्छन् तर पनि अरु मोफसलका सञ्चारकर्मीहरुप्रति कुनै र कहिल्यै पनि सकरात्मक बन्न सक्दैनन् । त्यसैले यो केन्द्रीकृत राज्य व्यवस्थाको उपज हो मुख्य चुनौती यही होे । यसका साथ साथै राज्यले विगतदेखि गर्दै आई रहेको सौतेनी आमाको व्यवहारबाट जहिले पनि मोफसल पीडित भयो । यो अबस्थाको अन्त्य गर्नुपर्दछ । त्यस्तै रोल्पा जिल्लामा आन्तरिक विद्युत उत्पादन नहुनु, जिल्लाभरी नै सञ्चार सेवाको पहँुच नहुनु, रोल्पा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरुले आफ्नो आवाज वुलन्द गर्ने माध्यमको रुपमा बुझ्न नसक्नु नै हो । जनशक्तिको अभाव, दक्षताको अभाव, क्षेत्रगत रिपोर्टरको अभाव, आर्थिक अभाव, प्रेसको अभाव, सबैको समानुपातिक समावेशी आवाजहरु प्रकाशन गर्न नसक्नु नै हो ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
राज्यले आगामी दिनका कानून तथा ऐन नियममा लोककल्याणकारी नीति अनुसार जिल्लाका सबै सूचना, बोलपत्र, आशय पत्र, मालपोत कार्यालयको सूचना, राहदानी हराएको सूचना लगायत सबै सूचना जिल्लाबाट प्रकाशन हुने पत्रिकालाई दिने लगायत मोफसलको मिडिया विकासको लागि राज्यको ऐन तथा कानूनमा आमूल परिवर्तन, तथा कार्यन्वयन जरुरी देखिन्छ । साथै मोफसलका मिडियाकर्मीहरुको बिकासका लागि गर्नु पर्दछ । त्यस्तै मोफसलका मिडिया तथा सञ्चारकर्मीहरुको विकासका लागि राज्य, निजी क्षेत्र लगायतले राज्यको मूलधारबाट बाहिर भएको समुदायको आवाज बुलन्द गर्ने, पत्रकार पनि मोफसलका हुन्, मिडिया पनि मोफसलका हुन् भन्ने निष्कर्षमा पुगेर आगामी दिनमा योजना तर्जूमा गर्नु पर्दछ । अब योजना तर्जूमा गर्दा राजधानीबाट होइन कि मोफसलबाट गर्नु पर्दछ । पिरामिडलाई पुरै १८० डिग्रीमा फर्काएर गर्नुपर्दछ ।
  अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, रोल्पातिरको अवस्था कस्तो पाउनु भएको छ ?
तपाईले महत्वपूर्ण विषय उठाउनु भयो । यस्तो विचार बोकेका पत्रकारहरुको संख्या पनि नभएको होइन । द्वन्द्ववादको नियम हो राम्रो संगै नराम्रो पनि हुन्छ । तर हामी नेपालको सन्दर्भ रोल्पाको सन्दर्भमा सकरात्मक पत्रकारिता गर्नेहरुको तुलनामा यस्तो काम गर्ने गैर पत्रकारहरु कमै भेटिन्छन् । पत्रकारिता पेशालाई मर्यादित बनाउनका लागि पछिल्लो समयमा केही समस्या पैदा भएको छ । हाल विभिन्न स्वार्थको बोकी पत्रकारिता पेशा अंगाल्ने पत्रकारहरुको संख्या पनि कम छैन । त्यसैले पत्रकारिता  पेशा बदनाम भएको कुरा पनि सत्य हो । तर हामी जस्तो कर्मठ पत्रकारहरुको समूहबाट तिनीहरुलाई पुरै बहिस्कार गर्नु पर्दछ । पत्रकारिता पेशामै आउन दिनु हुदैन । त्यस्ताले हामी केही सकरात्मक पत्रकरिता गर्नेहरुको लागि पनि निकै चुनौती छ । यस्तो चरित्र बोकेका पत्रकारहरु रोल्पामा छैनन् । हाम्रो जिल्ला नमूना जिल्ला जस्तै बनेको छ ।


कला साहित्य र संस्कृति

सुन मेरी दिदी बैनी सुन हो दाजु भाई
जरै देखी उखेल्नु छ छाउपडी प्रथालाई
हातमा हात मिलाएर अघि अघि सरौँ
छुवाछुत नारी माथि भेदभाव नगरौ
गाँउघरका महिलालाई अघाडी लानु छ
छुवाछुत अन्ध विश्वास छोडेर जानु छ
एक्लै होईन एक जुट भई लाग्ने बेला भयो
नारी अनि पुरुषले जाग्ने बेला भयो
शान्ती बलायर 
कक्षा ४ 
नवदिप विद्या निकेतन वोडिङ्ग 
भुमिराजमाण्डौ , डोटी  

बन्धनहरु टुटाई तिमीले
नमेटिने दाग लगायौ
यादहरु जलाई तिमीले
मनभित्र आग लगायौ ।१।
साटेका ति दुई मुटु
कसम पनि घात भए
मुटुलाई जलाई तिमीले
मन भित्र दाग लगायौ ।२।
भई सकेको छ छिया छिया
मन मुटु मेरो पनि
छिया छिया भएको मुटुमा तिमीले
नमेटिने दाग लगायौ ।३।
तिम्रो समामु आउन खोज्दा
डरलाग्दो झाँकी देखायौ
त्यतिमै सन्तुष्टी गर्दा मैले
मेरो मुटु भित्र आग लगायौ ।४।
बदल्ने गर्छ रक्तचाप मेरा
तिम्रो याद विर्सिए पछि
यस्तो खतरा लक्षण देखिने
मुटु भित्र आग लगायौ ।५।    
गणेश सुचिकार, कक्षा ९ 
ईन्द्र उमावि लेकगडा 
तिखात्तर गाविस डोटी

धनी वाउकी छोरीले
विग्रेकी ति मोरीले
मन चोरी लग्यो मेरो
विग्रेकी मोरीले
पागल वनाई छाडी गयौ
वग्यो आँसुको धारा
एक्लै वस्नु पर्ने रैछ
कोहि छैन मेरो सहारा
निष्ठुरी काली मोरी छोडी
जाने तिनी गोरी
एक्लै वस्छु म अहिले
भेट्न आउ तिमी भोली
धनी वाउकी छोरीले
मन चोरी लग्यो मेरो
तिम्रो वाउलाई सम्झाई राख्नु
म ल्याउला विहेको घोडो
अन्जान 
सिलगढी–२

विज्ञापन सन्देश

 
जातजातीका आधारमा जातीय सर्वोच्चता वा घृणाका आधारमा आधारित बिचारको प्रचार गर्ने, कुनै पनि व्यक्तिलाई श्रममा लगाउन ईन्कार गर्ने, श्रमवाट निष्कासन गर्ने, अपमानजनक शव्द प्रयोग गर्ने वा गराउनवाट उक्साउने कार्य समेत गर्नु  गराउनु हुँदैन । त्यस्ता कार्य भए गरेमा कानुनले तोके बमोजिमको दण्ड सजाय हुनेछ ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक मिति ः– २०७०÷०९÷११ गते
यस श्री दुर्गा मा.वि. जोशीगाँउमा राहत (करार) दरवन्दीमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका शिक्षा नियमावलीको नियम ९१ सम्वन्धीत ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ः— १÷०७०÷०७१
पद ः– शिक्षक
दरवन्दी ः– राहत करार
तहः– मा.वि. तृतिय,  विषय ः– गणित
संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– वि.एड.÷वि.ए.सि. वा सो सरह उत्तीर्ण÷तालिम प्राप्त, अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको,
परिक्षा दस्तुरः– रु. १०००÷–,
तलब स्केल ः– नेपाल सरकारको नियमानुसार
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तीम मिति  ः– २०७०÷०९÷२५
सम्पर्क मिति ः– २०७०÷०९÷२६
सम्पर्क फोन ः– ९८४८६४१४८४÷९८४८६५९३४८
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साईज फोटो दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय दलित, जनजाती र अपाङ्गलाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी  आएका निवेदन  उपर कुनै कारवाही हुने छैन ।
प्रधानाध्यापक 


नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, डोटी 

लिलाम बडाबडद्वारा सामाग्री विक्री सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मितिः २०७०÷०९÷१४ गते

उपरोक्त सम्वन्धमा यस कार्यालयको मिति २०७०÷८÷२८ गते वसेको सामानहरुको मूल्य निर्धारण समितिको वैठकवाट यस कार्यालयमा रहेका सामानहरुको मूल्य निर्धारण गरेका तपसिल वमोजिमका विभिन्न प्रकारका मालसामानहरु लिलाम बडाबड प्रकृयाद्वारा विक्री गर्न निम्न शर्तको अधिनमा रही उक्त सामाग्रीहरु जे जस्तो अवस्थामा छ । सोही अवस्थामा लिलाम बडाबडद्वारा विक्री गरिने भएकोले सम्वन्धीत सवैको जानकारीका लागि यो २१ दिनको सूचना प्रकाशित गरिएको छ ।
निम्न
१. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी माल सामानहरुको छुट्टा छुट्टै लिलाम गर्ने अवस्था नभएको कारण देहायका सामानहरु एक मुष्ट मूल्यमा लिलाम विक्री गरिने छ ।

सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 

२. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी सामानको मूल्यांकन भए अनुसार देहायका माल सामानहरु मध्ये मोटर साईकल तथा अन्य मेसीनरी सामानहरुको प्रति सामानको मूल्य कायम भए अनुसार अलग अलग मूल्यमा लिलाम विक्री गरिने छ ।
सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 
३. लिलाम बडाबडमा भाग लिन चाहने व्यक्ति वा फर्मले यो सूचना प्रकाशित भएको मितिले एक्काइसौं दिन भित्र कार्यालय समयमा आफ्नो नाम दर्ता गरी सक्नु पर्नेछ ।
४. नाम दर्ता भएका व्यक्तिहरुले मात्र लिलाम बडाबडमा भाग लिन पाउने छन् ।
५. यो सूचना प्रकाशित भएको मितिले बाईसौं दिनको दिउँसो १ः०० देखि लिलाम बडाबडको प्रकृया सुरु गरिने छ । उक्त दिन सार्वजनिक विदा परेमा सोको भेली पल्ट सोही समय देखि उक्त प्रकृया सुरु गरिने छ ।
६. लिलाम बडाबड गर्दा लिलाममा भाग लिने व्यक्ति वा फर्मले आफुले कवोल गरेको रकमको १०% रकम सोही समयमा जम्मा गर्नु पर्नेछ । र सो मध्ये सवै भन्दा बढी रकम कवोल गर्ने व्यक्ति वा फर्मको नाममा उक्त सामान लिन पाउने स्वीकृति दिईने छ । यसरी स्वीकृत भएको मालसामान उठाउँदा वाँकी रकम कवोल गरेको दिनको ७ (सात) दिन भित्र कार्यालयमा वुझाई सामान उठाई लिई सक्नु पर्नेछ । अन्यथा सामान उठाई नलगेमा धरौटी रकम जफत गरिने छ ।
७. लिलाम बडाबडमा भाग लिने व्यक्ति वा फर्मले सूचनामा खुलाईएको एक मुष्ट सामानको हकमा एक मुष्ट मूल्यमा लिलाम बडाबड कबोल गर्नु पर्नेछ । र सूचनामा अलग अलग समान उल्लेख गरिएको हकमा अलग अलग सामानको छुट्ट छुट्टै लिलाम बडाबड कबोल गर्नु पर्नेछ ।
८. लिलाम प्रकृयामा जि.वि.स. को कार्यालय, डोटीमा कार्यरत कर्मचारी तथा निजका नातेदाहरुले भाग लिन पाउने छैनन् ।
९. लिलाम बडाबड सम्वन्धी अन्य कुरा वुझ्नु परेमा कार्यालय समय भित्र आई कार्यालयमा आई वुझ्न सकिने छ ।
१०. लिलाम बडाबड प्रकृयामा कुनै विवाद आएमा लिलाम बडाबड समितिको निर्णय अन्तिम हुनेछ ।

(शिवकुमार कार्की)
स्थानीय विकास अधिकारी


Wednesday, December 25, 2013

बिम्ब साप्ताहिक मिति २०७० साल पुष ९ गते मंगलवार
मुख्य समाचार
तास किन्न वालवालिकाहरुको प्रयोग
कस्को लागि तास किन्दैछां वावु ?
खडक अंकलहरुले मगाउनु भा को ।
अनि तिमिलाई के दिन्छन त तास किन्न आएपछि ?
जितेपछि अलिअलि पैसा दिन्छन ।
शनिवार डोटीको सदर–मुकाम सिलगढीको एक पसलमा तास किन्न आएका १३ वर्षीय एक वालकसंग भएको कुराकानी हो यो । जुवा खेल्ने एक सरकारी कर्मचारीले उनलाई जितेपछि दिईने पैसा (जिताउरी) दिने प्रलोभन देखाउँदै तास किन्न पठाएका थिए । ति वालकले भने– आफु त म खेल्दैन तर खेलेको हेरिहरन्छु ।
अन्य दिनहरुमा भन्दा शनिवारको दिनमा तासको बिक्री वढी हुने वढी जसो वालवालिकाहरुलाई नै तास किन्न पठाउने गरेको वताउँछन स्थानीय व्यापारीहरु । व्यापारीहरुका अनुसार अन्य दिनमा पनि तासको बिक्रि बिवरण राम्रै हुने गरेको  छ ।
जुवा तास ऐन २०२० अनुसार जुवा तास निषेध        गरिएको भएपनि जिल्ला सदर–मुकाममै तासको बिक्रीबितरण वढ्नुले अहिले पनि निकै जुवा तास खेल्ने काम भईरहेको देखाउँछ । ऐनको दफा ३ अनुसार “कुनै व्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न      हुँदैन ।” भन्ने वाक्याँस उल्लेख गरिएको छ । एक व्यापारीले भने–को ले रोक्छ तासको बिक्री बितरणलाई, जिल्ला प्रहरी कार्यालयमा त तासका गड्डीहरु नियमित रुपमा जान्छन ? ति व्यापारीले प्रहरी कर्मचारीहरुले तलव बुझ्ने समयमा वढी तास प्रहरी कार्यालयमा जाने गरेको वताए ।
त्यसो त जिल्ला सदरमुकाममै दिउसै खुल्याम सडकमै वसेर तास खेल्नेहरुको संख्या पनि कम      छैन । जिल्लाका ग्रामिण क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरु समेत स्थानीयवासीहरुसंग वसेर तास खेल्ने गरेको कुरा सञ्चारमाध्यममा आउँदा पनि सम्वन्धित निकायको कुनै ध्यान गएको छैन । जुवाकै कारण गत तिहारमा एकै दिन पाँच आपराधिक घटनाहरु भएका थिए ।
सार्वजनिक बिदाको दिनमा सरकारी कार्यालयमै, क्याम्पसमा, बिद्यालयमा, होटेल गेष्टहाउसहरुमा जुवा तास दिउसभरी जसो खेल्ने कार्य रोकिएको छैन । टेलिफोनमार्फत “आजको अडड कहाँ हो ?” भन्ने वार्तालाप हुने गरेका छन । जुवा तास खेल्ने र खेलाउँनेलाई कानुन वमोजिम कारवाही हुने व्यवस्था जुवा तास ऐन २०२० को दफा ४ मा उल्लेख भएको भएपनि डोटीको हकमा भने उक्त कानुन कागजमै सिमित रहेको देखिन्छ ।
वालवालिकाहरुलाई कुनै पनि अनैतिक कार्यमा लगाउन नपाईने अन्तराष्ट्रिय मान्यता हुँदाहुँदै पनि जुवातासको ओसारपसारमा स्कुले वालवालिकालाई प्रयोग गर्नु पनि कानुन बिपरित नै हो ।

सम्पादकीय
निश्पक्ष होस शिक्षाक छनौट
लामो समयको अन्तरपछि नेपालमा शिक्षकहरुको खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा शिक्षक छनौट प्रक्रिया अगाडी वढेको छ । माध्यामिक तह र निम्न माध्यामिक तहको लिखितको नतिजा समेत सार्वजनिक भईसकेको वर्तमान अवस्थामा वजारमा बिभिन्न खालका हल्लाहरु आउने गरेका छन । कतै पैसाको चलखेल, कतै राजनीतिक, कतै प्रशासनिक भनसुनका कुराहरु पनि व्यापक रुपमा चल्न थालेका छन । यद्यपी यि हल्लाहरु परीक्षा नहुँदै देखि वजारमा आएका थिए ।
वजारमा आएका हल्लाहरु शिक्षक सेवा आयोगले गरेको दावी जस्तै साँचा नहोलान तर आयोगकै त्रुटीहरुवाट समेत यस्तो भएको देखा परेको छ । सिम्वोल नं. एक जनाको नाम अर्कैको गरेर जसरी नतिजा प्रक्रियालाई बिवादित वनाईएको छ यसो हेर्दा वजारका हल्लालाई पूर्ण रुपमा अस्वीकार गर्न सक्ने अवस्था पनि छैन । अर्को     कुरा आयोग स्वयंले पनि त्रुटी भएको कुरा आम सञ्चारमाध्यममा स्वीकार पनि गरेको छ । यसले त साँच्चै आयोगभित्र कुनै समस्या छ भन्ने देखाएको छ ।
खैर, लिखितको नतिजा प्रशासनको क्रममा आयोगवाट जानेर वा अन्जानमा जुन त्रुटी भएको छ, त्यो त्रुटी अव दोहोरिनु हुँदैन । अहिले पनि शिक्षा संयन्त्रको उच्च ओहोदामा रहेका व्यक्तिहरुले आप्mना मान्छेलाई पास गर्ने दाउ खोज्दै गरेको कुरा वाहिर आउँदै छ, यदि यसो हो भने त्यो बिद्यार्थीहरुका लागि, अभिभावकहरुका लागि, क्षेमतावान प्रतिस्पर्धिहरुका लागि र सिंगो नेपालको शिक्षा व्यवस्थाका लागि दुर्भाग्य हुने छ ।
आफ्नो स्थापनाकालमा पहिलो पटक खुला प्रतिस्पर्धावाट शिक्षक छनौट गर्ने सौभाग्य पाएको आयोगले योग्य शिक्षक छनौट गर्ने उद्देश्य राखेको हुनुपर्छ यस्तो योग्य शिक्षक जसको हातमा हजारौं बिद्यार्थीहरुको भबिश्य रहेको हुन्छ । त्यस्ता शिक्षक छान्नका लागि आयोग अति सम्वेदनशील हुनुपर्छ । जानीजानी त्रुटी गरेर छनौट         गरिएका शिक्षकहरुले कसरी अध्यापन गर्लान र कस्तो गुणस्तरको शिक्षा होला भन्ने वारेमा समेत हामीले सोच्नु पर्ने जरुरी हुन्छ ।
त्यसैले वजारमा आएका हल्लाहरुलाई चिर्दै, प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धाकै आधारमा नयाँ शिक्षक चयन गर्दै वर्षेनी खस्कदै गएको शिक्षाको गुणस्तरलाई माथी उकास्ने जिम्मा अव आयोगको हातमा छ । यदि आयोगले यो चुनौतीको सामना गरेर निश्पक्ष एवं निर्भयका साथ शिक्षकहरुको छनौट गर्न सक्यो भने उस्को अग्नी   परीक्षा पास हुनेछ र आगामी दिनका लागि पनि बिश्वास योग्य हुनेछ अन्यथा आयोगका नाममा एक छुट्टै संरचना खडा गरेर राष्ट्रको ढुकुटी मात्रै रित्याउनुको कुनै अर्थ हुनेछैन । आयोग राख्ने वा नराख्ने भन्ने वारेमा बहस चलाउनु बरु सान्दर्भिक हुन जाला ।

थप समाचारहरु
छुवाछुत मुक्त नगरपालिका
लामो समय देखि दलितका सवालमा काम गर्दै आईरहेको समविकास केन्द्र ईडिसि डोटीले दिपालय सिलगढी नगरपालिका–४ लाई एक कार्यक्रमका विच जातीय छुवाछुत मुक्त क्षेत्र घोषाण गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाका लेखा अधिकृत तथा वडा नं. ४ का वडा सचिब     सरीफकुमार श्रेष्ठको सभापतित्व,  सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको प्रमुख आतिथ्य र सम विकास केन्द्र ईडिसिका अध्यक्ष अधिराज विसिको विशिष्ट आतित्थ्यमा कार्यक्रम जिल्ला  सदरमुकाम सिलगढीको ईन्द्रचोकमा शुक्रवार सम्पन्न भएको हो ।
सम विकास केन्द्र ईडिसि डोटीले आफ्नो स्थापनाकाल देखि नै दलित समुदायको सवाल र लैङ्गिक समानताको विषयलाई मुल मुद्धा बनाई अघि बढिरहेको छ । कार्यक्रममा बोल्दै दिसिनपा–४ का रविन्द्र टेलरले आफुहरुले सार्वजनिक स्थलमा प्रवेश नपाउने सन्र्दभ देख्दा आफुहरुलाई दुखः लाग्ने विगतको सम्झना गर्दै नगरपालिकाको एउटा बडाले आफुलाई छुवाछुतमुक्त बडाको रुपमा घोषणा गर्दै गर्दा आफुलाई खुशी लागेको बताए । बक्ताहरुले कार्यक्रममा वोल्दै सरकारलेनै नीति निर्माण गरी देश नै छुवाछुतमुक्त भईसकेको भएपनि स्थानीय    स्तरबाट नै जनताले स्वःस्फुत तरिकाले छुवाछुतमुक्त घोषणा गर्दै गर्दा आफुहरुलाई खुशी लागेको बताए ।
कायक्रमका प्रमुख अतिथि पौडेलले अब जातीय प्रणालीलाई हटाई अन्तरजातीय विवाह गर्न पनि कहि कसैले रोकटोक नगर्ने र कसैले जातीय छुवाछुत गरेमा उसलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नेमा आफुहरु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय प्रतिनिधि टेक वि.क., दलित नेता कुमार सिँ टेलर लगायतका लागि शुभकामना मन्तव्य राखेका थिए ।

छाउपडीमुक्त हुँदै डोटी
सुदुरपश्चिममा कुरीतिको रुपमा रहेको छाउपडीप्रथा हटाउने अभियान डोटी जिल्लामा तिव्र रुपमा चलिरहेको छ ।
गत हप्ता मात्र पौष ५ गते भुमिराजमाण्डौ, पौष  ६ गते दुर्गामाण्डौ र पौष ७ गते खातीवाडा गविसहरु छाउपडी मुक्त गाविस घोषणा भएका     छन् ।
महिलाहरु महिनावारी हुँदा घर देखि टाडा रहेको एक्लो गोठमा सुत्नु पर्ने, पोषिलो खोने कुरावाट वञ्चित रहनु पर्ने, महिनावारी भएका वेला महिलामाथी जनवारको जस्तै व्यवहार भोग्नु पर्ने लगायतका थुप्रै समस्याहरु भोग्नु पर्ने प्रथाको रुपमा छउपडी समस्या रहेको थियो । अब आफ्नो गाविसमा त्यस्तो प्रकारको विभेद नहुने भएपछि स्थानीयबासिन्दाहरु खुशी भएका हुन् ।
डोटी जिल्लाको दुर्गामाणडौं गाविस महिला तथा बालबालिका कार्यालयको सहयोगमा छाउपडीमुक्त गाविस घोषणा भएको हो । सम विकास केन्द्र ईडिसिको सहयोगमा संचालन भएको कार्यक्रमको आर्थिक सहयोगमा लक्ष्मीनगर, सरस्वतीनगर र   भुमिराजमाण्डौ छाउपडीमुक्त गाबिस घोषणा भएका छन ।  शनिवार महिला तथा बालबालिका कार्यालय डोटीले दुर्गामाण्डांै गाविसलाई छाउपडीमुक्त गाविसको रुपमा घोषणा गर्दा आईतबार ईडिसिको सहयोगमा खातिवडा गाविसले पनि आफुलाई छाउपडी मुक्त गाविस घोषणा गर्दै पाँचौ स्थानमा छाउपडिमुक्त गाविसको रुपमा आफ्नो पहिचान गराएको हो ।
भुमिराजमाण्डौं गाविस सचिब डवल भाटको सभापतित्व र भुमिराजस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने हजारौं स्थानीय महिला समाजसेवी, बुद्धिजीवि,          राजनीतिक दल लगायत आम समुदायको सहभागिता रहेको थियो । गाविस छाउपडीमुक्त हुने खुशीयालीमा स्थानीय युवाहरुले सड्क नाटक प्रदर्शन, महिलाहरुले सुदुरपश्चिमको पहिचानको रुपमा रहेको डेउडा गित प्रस्तुति लगायत सहभागीहरुले विभिन्न साँंस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गाविस सचिब भाटले वोल्दै सरकारले छाउपडी सम्वन्धी नीति ल्याएको भएपनि गाविसको २२ औं गाँउपरिषदबाट पनि नीति निर्माण गरिने बताएका थिए । बिम्ब प्रतिनिधिसँग कुरा गर्दै भाटले गाविसस्तरीय नीति निर्माण गरी छाउपडी प्रथा मान्ने वा महिलामाथी हिंसा हुने खालका गतिविधि संचालन गर्नेहरुलाई गाविसवाट दिईने सेवा सुविधा सबै बन्द गरिने समेत बताएका छन् ।
खातिवडा गाविसमा भएको कार्यक्रममा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय लोक सांस्कृति झल्काउने हुड्के नाच, डेउडा गित, महिलाहरुले तयार पारेको सड्क नाटक पनि प्रस्तुत गरिएको थियो । गाविस सचिब गणेश खडकाको सभापतित्व र खातिवडा उपस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वोल्दै गाविस सचिब खडकाले छाउपडीमुक्त क्षेत्र घोषणा भएको खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए । अब गाविलाई छिटै सरकारको नीति अनुसार सन् २०१५ सम्म खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागी सबैले चर्पि निर्माण गर्नु पर्ने र चर्पिको प्रयोग गर्नु पर्ने  धारणा व्यक्त खडकाले गरेका थिए ।

एसएलसी सेन्टअप नियमित नियम बिपरित
शिक्षा बिभागले कुनै पनि बिद्यालयले प्रवेसिका (एसएलसी) सेन्टअप परीक्षा लिन नपाउने जनाएको छ ।
नीजि तथा आवासीय बिद्यालयहरुको संगठन प्याव्सन र एन्प्याव्सनले सूचना जारी गर्दै सेन्टअप परीक्षा लिने तालिका सार्वजनिक गरेपछि बिभागले यस्तो वताएको हो । शिक्षा ऐन तथा नियमावली अनुसार केही वर्षदेखि सेन्टअप परीक्षा व्यवस्था हटाएको बिभागले स्पष्ट पारेको छ । नियमानुसार बिद्यार्थीले सेन्टअप नदिईकनै प्रवेशिका परीक्षामा सामेल हुन सक्ने छन ।
बिभागमा आईतवार वसेको बैठकले बिद्यालयले कुनै पनि तहमा पढ्दै गरेका बिद्यार्थीलाई त्रैमासिक रुपमा ल्याकत परीक्षा लिन पाउने तर सेन्टअप   परीक्षा लिएर पास वा फेल गराउन नपाउनेवारे  सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सेन्टअप नाममा परीक्षा शुल्क असुल्ने र पास÷फेल गराउने काम कुनै बिद्यालयले गरेको पाईएमा कारवाही हुनेछ, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने “आन्तरिक रुपमा ल्याकत लिन भने वाधा पुग्ने छैन ।” बैठकले बिभागका उपनिर्देशक रामशरण सापकोटाको संयोजकत्वमा शुल्क, छात्रबृत्ति, सहवरण, कक्षा अपग्रेड, बार्षिक परीक्षालगायत बिषयमा अनुगमन कार्यदल गठन गरेको छ । कार्यदलमा प्याव्सन, एन्प्याव्सन, अभिभावक संघ लगायत सदस्यहरु छन । कार्यदलले पुष मसान्तभित्र प्रतिवेदन बुझाउने छ ।
बिगतका वर्षहरुमा पनि सेन्टअप परीक्षा लिन नपाउने भनिएको थियो तर नीजि बिद्यालयहरुले उक्त परीक्षा सञ्चालन गरेका थिए ।

जोखिमपूर्ण हुुँदै दिपालय उपत्यका
सेती नदी र उपत्यकाको बीच भाग भएर वग्ने खोलाहरुको निरन्तर कटानका कारण दिपायल उपत्यका संकटमा परेको  ।
उपत्यकामा बढ्दै गएको अव्यवस्थित वसोवास र अबैज्ञानिक किसिमले निर्माण  भईरहेका सडकहरुले कटानमा सहयोग पु¥याएको छ । दिपायल सुदुरपश्चिमको सवैभन्दा ठुलो उपत्यका हो । दिपायल छेउछाउका गाबिसहरुमा अन्धाधुन्द काटिएका ग्रामिण सडकहरुवाट वर्षातमा वगेर आएको माटो र पहिरोले समेत उपत्यकाका बिभिन्न ठाउँहरुलाई मासिने वनाएको छ ।
दिपायलको बिच भाग भएर वग्ने सेती नदीले ठाउँठाउँमा जमिन काट्नुका साथै वस्तीनै जोखिममा पारेको छ । पुरानो दिपायल वजार सवैभन्दा सेती नदीको जोखिममा रहेको छ । दिपायलको पश्चिम भएर वग्ने गोद्रेगाढले निकै कटान वढाएको छ । नरम माटो भएकाले उपत्यका बिचबिचमा सामान्य खोलाले समेत गल्छीहरु वनाएको छ । कटानले गर्दा त्रेतायुगिन दिल्पेश्वर मठ भएको क्षेत्र कटानमा परेको छ । दिपायलका कर्णवहादुर     द्वारियाले भने– जो क्षेत्रको नामवाट दिपायल नाम रहन गएको हो, त्यही क्षेत्रको पहिचान वाँकी     नराख्ने गरी सेती नदीले वगाउँदै जाँदा समेत हामीले संरक्षणको योजना वनाउन सकेका छैनौं । सेती नदीकै कटानले गर्दा वाईसधारा पर्यटकीय क्षेत्र वगरमा परिणत भएको पन द्वारियाले वताए । यहाँ २२ वटा लहरै वगेका धाराहरु रहेका थिए ।
कटानले गर्दा गोद्रेखोला आसपासका बस्तीहरु जोखिममा परेका छन । उपत्यकाको       सिरानमा पहिरोको जोखिम रहेको छ भने फेदीमा सेती नदीको    निरन्तर कटान रहेको छ । अव्यवस्थित वस्ती वसेका कारण दिपायलको कठायत टोल सामान्य वर्षातमा पनि डुवानमा पर्ने      गरेको छ । पानी वग्ने गल्छी र वाटाहरु पुरिँदै भएपछि वर्षातमा वस्ती जलमग्न हुने गरेको स्थानीय प्रेम कठायतले वताए । कठायतले भने–निकै वेर एकै ठाउँमा पानि जम्मा हुन्छ अनि जता नरम माटो पायो कटान वनाउँछ ।
दिपायल उपत्यकाको अस्तित्वनै संकटमा पर्दा समेत कसैको ध्यान जान नसकेको पिडा स्थानीयहरुको रहेको छ । स्थानीय गणेशदत्त भट्टले भने–दिपायललाई वचाउने हो भने बृहत दिपायल उपत्यका संरक्षण योजना वनाउनु जरुरी रहेको छ । कुनै खोला र गल्छीलाई ५÷१० जाली हालेर नियन्त्रण हुने अवस्थानै छैन । दिपायल उपत्यका संरक्षण गर्ने बिषयमा अहिलेसम्म छलफल समेत हुन नसकेको पनि भट्टले वताए ।
दिपायलको मध्य भाग भएर निर्माण गरिएको सडकले समेत डुवान र कटान बढाएको छ । डिभिजन सडक कार्यालय दिपायलको भने सडक व्यवस्थित वनाउने र वर्षातमा पानीको निकास सहज वनाउनका लागि सडक बिभागले योजना वनाईरहेको जानकारी दिएको छ । निकास कतावाट गर्ने भन्ने समस्या रहेको कार्यालयको भनाई थियो ।
खोलाहरुको कटान रोक्नका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले माग अनुसारको काम नभएर कार्यालयको क्षेमता अनुसारको काम मात्रै गर्ने गरेको सडक कार्यालयले वतायो ।

वनमा व्यवसायिक खेती
चुरे क्षेत्रको संरक्षण गर्नका लागि सुदुरपश्चिमको कञ्चनपुरमा व्यवसायिक बृक्षारोपण सुरु भएको छ । व्यवसायिक       वृक्षारोपणवाट वनभित्रै व्यवसायिक खेती सुरु गरिने भएको छ ।
भिमदत्त नगरपालिका–३ तिलकपुरमा रहेको सहिद स्मृत सामुदायिक वनले चुरे क्षेत्रको   संरक्षण तथा संवद्र्धनका लागि वनमा व्यवसायिक खेती सुरु    गरेको हो । उक्त सामुदायिक वन चुरेको फेदमा रहेको छ । वनले बिभिन्न प्रजातिका वोटबिरुवा     रोपेको सामुदायिक वनका अध्यक्ष कर्णवहादुर बिष्टले जानकारी   दिए । बिष्टले सामुदायिक वनभित्र रक्तचन्दन, खयर, सिसम, लिप्टिस लगायत अन्य जातका वनस्पति रोपएिको वताए ।
पछिल्लो सयमा दिन प्रतिदिन चुरे क्षेत्रमा फडानी भएका कारण बाढी पहिरोको समस्या आउन थालेपछि हामीहरुले वन हाताभित्र बृक्षारोपण गरेका हौं, बिष्टले सामुदायिक वनको १२ कठ्ठा जमिनभित्र ६ हजार घिउकुमारी र आठ कठ्ठा जमिनमा पाँच सय रक्तचन्दनका बिरुवाहरु रोपिएको वताए । सामुदायिक वनका उपभोक्ताहरुलाई घिउकुमारी खेतीवाट व्यवसायिक रुपमा फाईदा हुने भएकाले      घिउकुमारीको बृक्षारोपण गरेको अध्यक्ष बिष्टले वताए । वन     संरक्षण, उपभोक्ताहरुको            रोजगारी र सामुदायिक वनको आयमा समेत बृद्धि गर्नका लागि व्यवसायिक खेती गर्न थालिएको बिष्टको भनाई थियो ।   घिउकुमारीवाट तेल, साबुन, सोडा, स्याम्पु जस्ता वस्तुहरु उत्पादन हुने भएकोले वजारमा घिउकुमारीको माग बढ्दै गएकाले घिउकुमारी खेती खेर नजाने अध्यक्ष बिष्टको भनाई छ ।
कानुनी हिसावले रक्तचन्दन बेचबिखन गर्न नपाईने भएकाले रक्तचन्दनले वातावरणलाई स्वच्छ राख्ने अध्यक्ष बिष्टको भनाई छ । बिरुवा रोपेको १५ वर्षदेखि        रक्तचन्दनको बिरुवाले मिठो वास्ना दिने बिशेषता रहेको छ ।      “चुरेको फेदमा भएका कारण   चुरे संरक्षण र वातावरणलाई झन, फाईदा हुन्छ” अध्यक्ष बिष्टले   भने ।

पिपिएलएमा नयाँ नेतृत्व
प्रगति तथा पेशागत कानून व्यवसायी संगठन, नेपालको प्रथम डोटी जिल्ला सम्मेलन डोटीको दिपायलमा शुुक्रवार सम्पन्न भएको छ ।
जिल्ला तदर्थ समितिका संयोजक दिपक वहादुर सिँहको सभापतित्वमा सम्पन्न सम्मेलनले शंकर दिप मडैकोे अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
उद्घाटन शत्रमा बोल्दै नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सच्चिदानन्द जोशीले नेपालका सम्पुर्ण देश भक्त, प्रगतिशिल तथा पेशागत कानून व्यवसायीहरुको छाता संगठन भएकोले सबै देश भक्त प्रगतिशिल कानून व्यवसायीहरुले आबद्ध रहि आफ्नो क्रियाकलाप अघाडी बढाउनु पर्ने बताए । जोशीले भने संगठन संबैधानिक सर्वोच्वता, कानुनको शासन र मानब अधिकारको प्रबद्र्धनमा क्रियाशिल रहेको छ । यसले कानून व्यवसायीहरुको व्यववसायिक सीप र दक्षतालाई अभिबृद्धि गर्ने बिश्वास लिएको बताए ।
न्यायको क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण र परामर्श गर्दै आएको यस छाता संगठनको नव निर्वाचित कार्यसमितिको सचिवमा कृष्णवहादुर भट्टराई र कोषाध्यक्षमा मेरिना श्रेष्ठ रहेका छन । यसैगरी सदस्यहरुमा दिपकवहादुर सिंह, दलवहादुर धामी र लालवहादुर खड्का रहेको नवनिर्वाचित अध्यक्ष मडैले जानकारी दिए ।
ÊÊÊÊ

ट्रकले ठोकिँदा एकको मृत्यु
शुक्रवार डोटीको        खिरसैनमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
अछामवाट कैलालीको धनगढीतर्फ गईरहेको ना ४ ख ७३८३ नं. को ट्रकले वाटोमा  हिडिरहेका खिरसैन गाबिस–७ निवासी मोहन सिं खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । डोटी साफेवगर सडक खण्डको      खिरसैन गाबिस–९ मा भएको उक्त घटनापछि स्थानीयवासीहरुले तत्काल सडक अवरुद्ध गरेका   थिए । वाटो अवरुद्ध भएपछि घटनास्थल पुगेका डोटीका प्रहरी नायव उपरीक्षक जनकवहादुर शाहीले क्षेतिपूर्तिका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएपछि सोही दिन अवरुद्ध वाटो सुचारु भएको थियो ।
पिडित र ट्रकधनीबीच आईतवार बिहान जिल्ला प्रहरी कार्यालय डोटीमा भएको सहमतिपछि घटनाको मिलापत्र भएको छ । सवारी दुर्घटनामा मृतकका आफन्तले पाउने तेश्रो पक्षीय विमाको पाँच लाख रुपैयाँ र थप दुई लाख ट्रकधनीले दिने सहमति भएपछि घटनाको मिलापत्र गरिएको पिडित पक्षले जानकारी दिएको छ ।

पर्यटन र खेल समाचार
मनमैजु युवा क्लबको आयोजना खुल्ला रेसलिङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार प्रतियोगिता सुरु हुनु भन्दा पहिले नै दर्शकले खाचाखच भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । खेलको सुरुमा लक्ष्मी जोशी र पुजा जोशी जोसिलो नृत्यले महोल तताएको वताईएको छ ।
खेलको सुरुवातमा बल्ड हेभिवेट च्याम्पियन अर्जिगर र बाबा बुई भिडेका थिए । यी दुईको रोमाञ्च खेलमा किङ कोभ्रा अर्थात सत्यनारायण चौधरीले रेफ्रिको भुमिका निर्वाह गरेका थिए । खेलको अनुगमन गर्ने अख्तियार पाएका रेफ्रिले खेल नियम विपरित भएको भन्दै खेदमैदान छाडेका थिए ।

हराउदै गएको हुडेके नाच
“हाम्रो संस्कृति हो यसको जर्गेर्ना पनि हामी आफैले गर्नु पर्छ त्यसैले मैले आफ्नो नातीलाई पनि यो सिकाउदै छु ।”
माथिको भनाई खातिवडा गाविसका  नर वहादुर नागरीको हो । सात वषर््ीाय आफ्नो नाती बम बहादुर नागरीलाई हुडेके नाच सिकाईरहेका नरवहादुरले आफ्नो संस्कृतिलाई विर्सिर्दै विदेशी संस्कृति भित्राउने विदेशी संस्कृतिमा रमाउनेहरुको संख्या बढेका कारण आफ्नो बाबु बाजेकोपाला देखि गर्दै आएको हुडेके नाच आफ्नो नातीलाई सिकाउन लागेको उनले बताए । एक छोरा तिन छोरीका बाबु रहेका     नागरीको एक श्रीमति एक बुहारी र दुई नातीहरु रहेका छन् । सात वर्षको जेठो नातीलाई नाच सिकाउन लागेको एक वर्ष मात्र भएको र एक वर्षमा सात ओटा विवाहमा नचाई सकेको पनि उनले      बताए । कक्षा १ मा अध्ययन गर्ने बंम वहादुर पनि वाजेले सिकाईरहेको नाचवाट आफु खुशी रहेको बताए ।
६५ वर्षका नागरीक भन्छन् “यो नाचमा पुर्खाको ईतिहासको वारेमा गुणगान गाईन्छ । विर पुर्खाहरुले कसरी युद्ध लडेका थिए हाम्रो पुर्खाहरु कहाँबाट कसरी यहाँ आएका हुन्, आफ्नो गोत्र के हो, आफुले यो नाच नाच्दा के हुन्छ, कसले कसको सेवा कसरी गरे यि सबै कुराबारेमा गित वाट दर्शकहरुलाई जानकारी गराईने उनले बताए । बजा बजाउने नाच्ने सबै गरी ६ देखि ७ जनाको समुहमा यो नाच देखाउन सकिने उनले बताए ।
ऐतिहासिक पृष्ठभुमि, राजारजौटा, मुख्य र ठालुहरुको बारेमा गुणगान गाईने हुडेके नाच जति महत्वपुर्ण छ त्यस भन्दा महत्वपुर्ण त्यस वेलाको संस्कृति झल्काउने भेषभुषा र गितमा प्रयोग हुने शब्दहरु । स्वदेशी होस् या विदेशी पर्यटक सबैका लागी यो नाच नौलो हुन सक्छ । डोटी जिल्लामा आउने पर्यटकहरुका लागी स्थानीय संस्कृतिका रुपमा यो नृत्यलाई प्रस्तुत गर्न सकिन्छ तर पनि यो संस्कृति हराउदै गएको छ । यो संस्कृतिलाई जर्गेर्ना गर्नका लागी सबैले लाग्नु पर्ने देखिन्छ ।
किन हराउदै छ यो संस्कृति ? आर्थिक रुपमा आम्दानी कम हुन्छ, समाजले हेर्ने दृष्टिकोणमा मौलिकता भित्रिर्दैछ, सिडि क्यासेटहरुमा मानिसहरु रमाउने गर्छन् र मदिराको सेवनका कारण मदिरा सेवन गर्नेहरुले पुरानो संस्कृतिलाई मनपराउदैनन् भन्छन् नागरी । आफुलाई कसैले सहयोग गरे धेरै युवाहरुलाई यो नाचको महत्व र ऐतिहासिकताको बारेमा जानकारी दिदै नाच सिकाउने ईच्छा रहेको उनको भनाई छ ।

चलचित्र र मनोरञ्जन
भारत कै महंगो चलचित्र मध्ये मानिएको धुम ३ शुक्रवार देखि प्रर्दशनमा आएको छ । निर्देशक विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्र क्रिसमस दिवशको पुर्वसन्ध्या पारेर सार्वजनिक भएको चलचित्र यस भन्दा पहिलेनै प्रर्दशनमा आईसकेको धुम र धुम २ को सिक्वेल हो । यो चलचित्रले आम्दानी तर्फ भारतकै कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । अमिर खान तथा कट्रिना कैफलाई स्टारकास्टमा जोडेकाले पनि यस चलचित्रमा यशराज फिल्म्स उत्साहित भनेको छ । धुम ३ मा यस पटक पनि पहिले जस्तै चोर विरुद्धको प्रहरीमै केन्द्रित रहेको भए पनि प्रस्तुतिकरण पृथक रहेको निर्माण पक्षले दावी गरेको छ । पहिलो दिनको प्रर्दशनमा दर्शकहरुले धुम ३ लाई अत्यधिक मन      पराउदै कुरानो कथा वस्तु जस्तै भए पनि नविनता रहेको बताएका छन् ।
चलचित्रको कथा आमिर खानको वरीवरी नै केन्द्रित रहेको छ । त्यसैले पनि अमिर खानलाई  खतरानाक, उग्र तथा भयंकर बनाईएको छ । खान यस्तो पात्र देखिएका छन् उनले चोरी गर्दा उनको वाटोमा आउने हरेक वस्तुलाई नष्ट गरी अघि बढ्ने गर्दछन् । तर उनलाई साथ दिने नायिका काट्रिना कैफ भने चलचित्रमा निकै सरल र सर्तक देखिएकी छिन् । उनी नायकसँग गुरुत्वाकर्षण नियम भन्दा फरक देखिएको दर्शकहरुले बताएका छन् । यस चलचित्रमा अन्य कलाकारहरुमा अभिषेक बच्चन, उदय चोपडा तथा जैकी नायक नायिक पछिको भुमिकामा देखिएका छन् ।  

मोफसल पत्रकारिता
पत्रकारिता गफ गरेर खाने पेशा होइन
दीपेन्द्र रुम्दाली (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, ओखलढुंगा
 तपाईको पुरा परिचय पाउँ न ?
मेरो नाम दीपेन्द्र रुम्दाली हो । मेरो स्थायी ठेगाना मोली–३ ओखलढुंगा ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पत्रकारिता पेशा शुरुमा रहरै रहरमा थालियो । अहिले आएर यही पेशा बनेको छ ।
 कति समय भयो यस पेशामा लागेको ?
यो पेशामा लागेको अहिले एक दशक बितेको छ ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
पहिलो कुरा त मोफसलमा रहेर अहिले पनि यही नै बिटमा समाचार लेख्ने भन्ने चलन छैन । मिडियाहरुले पनि आफ्ना रिपोर्टरलाई सबै बिटमा लेख्ने जिम्मेवारी दिएको हुन्छ । अझै पहाडी भेगको कुरा गर्दा त सबै बिटमा पोख्त हुन सक्नु पर्छ हामीले । मेरो इच्छा कै कुरा गर्दा त विशेषगरि मानवअधिकार, सामाजिक सांस्कृतिक र विकास पत्रकारिता बढी रुचाउँछु् ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारलाई आईपर्ने समस्या धेरै छन् । पहिलो समस्या भनेको व्यवसायिकता नै हो । व्यवसायिक      पत्रकारिता नेपालमा अझै पनि हुन सकेको छैन । थोरै पत्रकारहरुले बाहेक अहिले सम्म धेरैले समाचार     लेखेरै बाँच्न नसक्ने अवस्था छ । त्यसको लागि वैकल्पिक पेशा अपनाएर पत्रकारितालाई पार्टटाईम बनाउनुपर्ने अधिकांश पत्रकारहरुको समस्याहरु हुन् । त्यसैगरी सानो ठाउँमा समाचार लेख्दा व्यहोर्नु पर्ने दुश्मनी, सास्ती र दुर्गम भेगमा समाचार रिपोर्टिङ गर्दा लाग्ने लगानी भन्दा समाचारको मूल्य आफ्नो सम्बन्धित सञ्चारमाध्यमले दिने पारिश्रमिक कम हुनु मूख्य समस्या हुन् ।
 पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट र असन्तुष्ट भनेर छुट्याएर भन्न सकिने स्थिति छैन । व्यवसायिकताको हिसाबले असन्तुष्ट छु तर पेशाको हिसाबले सन्तुष्ट छु । पत्रकारिताको माध्यमबाट गरिने समाज सेवा यति धेरै गहन छ कि यसबाट सामान्य मान्छेले गर्ने समाज सेवा भन्दा धेरै माथी यसको तुलना गर्न सकिन्छ । त्यसैगरी यो पेशाले दिने इज्जत र मानसम्मान वास्तवमै अन्य पेशामा भन्दा धेरै छ । त्यसैले पत्रकारिता पेशाबाट समग्रमा भन्नुपर्दा सन्तुष्ट छु । यसकारण कि म यो पेशाबाट बाहिर निस्कनै सक्दिँन ।
 तपाई संलग्न रहेर सञ्चालन भईरहेको “सर्वाजनिक साप्ताहिक” कसरी चलिरहेको छ ?
अन्य मोफसलका पत्रिकाहरु जसरी चलिरहेका छन् त्यो भन्दा पृथक पक्कै पनि सार्वजनिक साप्ताहिक हुन सक्दैन । यसको मुख्य नारा भनेको ‘गाउँघरको खबर संवाहक’ भन्ने हो । गाउँघरको खबरलाई प्राथमिकतामा   राखी गाउँघरकै पाठकहरुसम्म पु¥याउने हाम्रो उद्देश्य हुन् । त्यसैगरी हामीले जिल्लाका सरकारी, गैरसरकारी, व्यापारी र व्यवसायीहरुको सानासाना सूचनालाई विज्ञापनको रुपमा प्रयोग गरि त्यसबाट हुने आम्दानीबाटै यो चलिरहेको छ ।
 ओखलढुङ्गमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
सबै कुरा मैले अगाडी नै भनिसकेँ । ओखलढुंगा जिल्ला र अन्य मोफसलका जिल्लामा पत्रकारिता गर्नुको अन्तर हुन्छ जस्तो मलाई लाग्दैन । कतिपय अवस्थामा पत्रकारिता बुझाउनु सक्नु पनि पत्रकारको गुणभित्र पर्दछन् । पाठक, दर्शक वा श्रोतलाई सुसूचित गराउने काम सँगै पत्रकारिताको वास्तविकता बुझाउन सकियो भने त्यसले पत्रकारिता गर्न थप सहज बनाउँछ । पत्रकारिता आफैमा चुनौतिपूर्ण पेशा भएकोले सबैले यो पेशा अपनाउन पनि सक्दैनन् । समग्र ओखलढुंगा जिल्लामै काम गरेको अनुभव भन्नुपर्दा ओखलढुंगामा पहिले पत्रकारिताको माहोल नै थिएन । पत्रकारको परिचय दिने मान्छे एकदुई बाहेक थिएनौँ । अहिले संख्या र गुणस्तर दुवै वृद्धि हुँदैछ ,खुशीको कुरा यही हो ।
 मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसल पत्रकारिताको मुख्य चुनौती व्यवसायिकता हो । सानो ठाउँमा पत्रकारिता गरेर व्यापक सूचना सम्प्रेषण गरि व्यवसायिक बन्नु चुनौतीको विषय हो । फेरी अहिलेसम्म राजधानीमा बसेर गरिएको पत्रकारिता राष्ट्रिय हुने र जिल्लामा रहेर गर्नेहरुको पत्रकारिता स्थानीय तथा जिल्लास्तरको मात्र हुने थप दुःखद् विषय हो ।
 यस जिल्लामा पत्रकारिता क्षेत्रमा लागेका सहकर्मीहरुको पेशागत दक्षता कस्तो पाउनु भएको छ ?
यहाँ कार्यरत पत्रकार साथीहरुमा पत्रकारिताको ज्ञान हुँदै नभएका हुनुहुन्न । अधिकांशले कम्तिमा पत्रकारिता र समाचार के हो भन्ने बुझ्नु भएको छ । तै पनि यतिमै सिमित नहुने विषय भएकोले सिक्नु पर्ने थुप्रै विषयहरु छन् । केही साथीहरुमा अपरिपक्वताको कारण समाचारले विभिन्न किसिमका समस्याहरु सिर्जना गर्ने गर्छन् । तर हामी पत्रकारहरु एकजुट भई नेपाल पत्रकार महासंघको नेतृत्वमा यस्ता समस्यालाई समाधान गर्ने गर्दै आएका छौँ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
गर्नुपर्ने कुरा त धेरै छन् तर नेपाल सरकारले गर्दैन भन्ने सबैलाई थाहा भएकै विषय हो । हालै विज्ञापन नीति केही फराकिलो भएर स्थानीय तहसम्म सबै सञ्चारमाध्यममा विज्ञापन दिने चलन बढेको छ । यसले केही     राहत दिएको छ । यद्यपी नेपाल सरकारको मातहतमा निर्माण भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले जति अध्ययन प्रतिवेदन बुझाएपनि नेपालमा धेरै संचारसंस्थाहरुमा कामगरेपनि पारिश्रमिक नपाउने पत्रकारहरुको संख्या धेरै छ । यसलाई उचित अनुगमन गरि पारिश्रमिक दिन नसक्ने संचारसंस्थाहरु खारेज गराउनु     पर्छ । जसले अव्यवस्थित पत्रकारिता उन्मुलनमा सहयोग पुग्नेछ ।
 मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण छ । कतिपय ठाउँहरुमा महासंघनै विभिन्न किसिमका विवादहरुमा मुछिँदा केही कमजोर भएको हामीले सुनेका छौँ । जहाँसम्म हाम्रो जिल्लामा त्यस्तो छैन । यदि महासंघले सबै पत्रकारहरुको आवाजलाई बुलन्द गर्दै अधिकारका निम्ति लड्न सके सरकारी स्तरमै यसको मुद्दा स्थापित गर्न सहज हुने थियो ।
 पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
यो अहिलेसम्म हाम्रो तहसम्म हाँसोकै विषय हो । समाचार लेखेकै भरमा पैसा कमाउनु गाह्रो छ । तै पनि आफ्नो इज्जत जोगाइ रहेको छु । पत्रकारिताबाट कमाई हुँदै नभएको भन्ने होइन । यो पेशामा लागेको एक दशक भो बाँची रहेको छु, कसैसँग झुक्नु परेको छैन् ।
 तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिताको परिभाषा मैले भन्दा पनि संसारका महान व्यक्तित्व तथा पत्रकारहरुले यसअघिनै दिइसकेका  छन् । तर पनि मैले भन्नै पर्दा सही सूचना जनमानसमा सञ्चारमाध्यमबाट सम्प्रेषण गर्नु नै पत्रकारिता हो ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
सबै व्यक्तिको सकारात्मक र नकारात्मक दुईवटा पक्ष हुन्छन् । जसरी यो समाजमा सबै किसिमका मान्छे हुन्छन् । त्यसरी नै पत्रकार पनि यही समाजको भएको र कुनै ग्रहको जन्तु नभएको कारण यस्तो हुनु स्वभाविक हो । तै पनि पत्रकारहरुले आफ्नो व्यक्तिगत आचरणलाई समेत पत्रकारको आचार संहितामा रही ख्याल गर्नुपर्ने हुन्छ । किनभने एउटा पत्रकार सार्वजनिक व्यक्ति पनि हो । उसले जसरी भएपनि समाजलाई सही दिशामा निर्देशित गर्न सक्नुपर्छ ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
पत्रकारिता गफ गरेर खाने पेशा होइन । कसैले गफ गरेकै भरमा पत्रकार भन्दैनन् । काम गर्न सक्नुपर्छ । त्यसैले म भने मेरो काममै लागिरहने व्यक्ति भएकोले यस्तो गरिरहनु परेको छैन ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
अन्त्यमा मोफसलको पत्रकारिताको विषयलाई लिएर लिनुभएको अन्तरवार्ताको लागि धन्यवाद् । तपाँईहरुको विम्ब साप्ताहिकले सबै किसिमको समाजका सकारात्मक तथा नकारात्मक पाटोलाई उजिल्याएर जनमानस बिचमा ल्याउन सफल होस् । ती पाटोहरु भित्र पत्रकारहरुको आफ्नै पाटो समेट्न सक्नु भएकोमा फेरी पनि धन्यवाद् ।

लेख
जातीय भेदभाव तथा छुवाछुत समाज परिवर्तनमा चुनौती
रामहरी ओझा
चौधौं शताब्दी देखि बिभिन्न प्रकारका समस्याहरु झेल्दै आएको हाम्रो समाज समयको निरन्तरताका हिसावले २१ औं शाताव्दीमा प्रवेश गरेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक जस्ता बिभेदहरु कायमै छन यो समाजमा । २१ आंै शताव्दिमा पनि यस्ता प्रकारका बिभेदहरु छन भन्न आफैलाई लाज लाग्नु पर्ने हो तर कसैलाई लाग्दैन ।
राष्ट्रिय, अन्तराष्ट्रिय कानुनसंगै मानवीय चेतनामा आएको विकासले यि सवै प्रकारका विभेदहरुको महल चिरा चिरा त पारेको छ तर अझै ढल्न सकिरहेको छैन । यसका लागी ठूलै भुकम्पको आवश्कता देखिएको छ । अझै समस्या के हो भने त्यो भुकम्प आउने कसरी ? हामी विभेद गर्नेहरु र विभेदवाट पिडितहरु दुवै पक्ष त्यो भुकम्प रोक्ने प्रयत्नमा छौं । जे पो होस भन्ने हाम्रो चाहना हुन्छ ।
यस्तै प्रकारका विभेदहरु मध्येको एक जातीय विभेद पनि हो । अहिलेको अवस्थामा जल्दोवल्दो सामाजिक रुपमा रहेको छ जातीय विभेद । जातीय विभेद समाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय हो भन्ने कुरामा कसैको विमती छैन तर जातीय विभेद भइनै रहन्छ । यसलाई रोक्नको लागी पहलहरु पनि हुन्छन तर विचमै तुहिएर जान्छन ।
कसरी सुरु भयो जातीय विभेद ?
अखिलेखहरुको अध्ययनवाट प्राचिन वैदिक कालमा समुदायमा प्रारम्भिक रुपमा श्रम विभाजन गरिएको थियो भन्ने देखिन्छ । यसै श्रम अर्थात कामका आधारमा सामाजलाई चार जातमा विभाजन गरियो । जस अनुसार वौद्धिक काम गर्ने व्राह्मण, सैनिक र राजनैतिक काम गर्ने क्षेत्रीय, खेती र व्यापार गर्ने वैश्य र कठिन परिश्रम गर्नेलाई शुद्र भनियो । लिच्छवीकालमा समाजलाई चार वर्ण र १८ जात भनेर बिभाजन गरियो । १४ औ शताव्दीमा राजा जयस्थिती मल्लले जातका आधारमा पेशा किटान   गरे र उनले अरु जातको काम गर्नेलाई कडा सजाय दिने घोषणा समेत गरे । उनले लच्छिवीकालीन चार वर्ण १८ जातलाई चार वर्ण ३६ जातमा बिभाजन गरे । १७ आंै शताव्दीमा राजा राम शाहले जयस्थिती मल्लको जातीय विभाजनहरुलाई राज्यका निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरे । त्यसो त राम शाहलाई सुदारवादी राजा मानिन्छ । अहिले पनि विभिन्न क्रान्तिकारी कुरा गर्नेहरु सुधारवादी राजा राम शाह भनेर गुणगान गाउछन । तर तिनै सुधारवादीले मानवको एक समुहमाथी भईरहेको अन्याय रोक्न नसकेर त्यसैलाई निरन्तरता दिने काम गरेको देखियो ।
मुलुकी ऐन बिक्रम सम्वत् १९१० (जसलाईं नेपालको प्रथम लिखित कानुन भनिन्छ) मा राजा सुरेन्द्र शाहले पुरानै संरचना अंगिकार गर्दै छोई छिटो हाल्नु पर्ने जात र हाल्नु नपर्ने जात भनि लेख्न लगाए । जातका आधारमा कानुनी सजाय हुने व्यवस्था पनि यसै ऐनमा लेखिएको पाइन्छ । देशको पहिलो लिखित मुल कानुनका रुपमा आएकोे “नेपालको वैधानिक कानुन २००४” ले पनि यस सवालमा खासै फेरवदल गरेन । यो कानुनी रुपमा वैध मानिदै आयो ।
के अहिले पनि जातीय विभेदलाई कानुनी मान्यता छ ?
२००७ सालको राजनैतिक परिर्वतनपछि देशमा संविधानसभा मार्फत नयाँ संविधान निर्माण हुने कुरा चल्यो । नयाँ संविधान नवने सम्मकालागी राजा त्रिभुवनले “अन्तरीम शासन विधान २००७” को घोषणा गरे । सो विधानको धारा १३, १४, र १६ मा कानुनका अगाडी सवै समान हुने, जात वा धर्मका आधारमा भेदभाव नगरिने जस्ता कुराहरु       राखिएपछि जातीय विभेद कानुनी रुपमा अपराध मानिन थालिएको हो । त्यसपछि “नेपाल अधिराज्यको संविधान २०१५” र “नेपालको संविधान २०१९” मा पनि जातीय विभेद विरुद्ध स्पष्ट रुपमा व्याख्या गरेको पाइन्छ । २०२० सालमा आएको मुलुकी ऐनलाई जातीय विभेदवाट समाजलाई मुक्त राख्ने मुल ऐनका रुपमा मानिन्छ ।
२०४६ सालको राजनैतिक परिर्वतन पछि २०४७ सालको संविधानमा            राज्यका निर्देशक सिद्धान्तका रुपमा जातीय भेदभाव मुक्तको घोषणा गरेको छ । सोही संविधानको धारा ११ मा समानता सम्वन्धि व्यवस्था गरेको छ । २०६२÷०६३ को जनआन्दोलनको आडमा पुनस्थापना भएको संसदले २०६३ साल जेठ ४ गते धर्म     निरपेक्ष राज्यको घोषणा ग¥यो । त्यसपछि वनेको “नेपाल अन्तरीम संविधान २०६३” ले मौलिक हकको रुपमा जातीय छुवाछुत विरुद्धको हकलाई स्वीकार गरेको छ । २०६३ साल जेठ २१ गते नेपाल सरकारले देशलाई “जातीय छुवाछुत मुक्त देश” घोषणा गरेको छ भने “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” समेत जारी भईसकेको अवस्था अहिले छ । राज्यले २०५८ सालमै राष्ट्रिय दलित आयोग समेत गठन गरेको छ ।
के कानुनको अभावका कारण जातीय विभेद भएको हो त ?
यो विल्कुलै होईन कि जातीय विभेद विरुद्धको कानुनको अभावमा जातीय विभेद भइरहेको छ । मुलुकी ऐन २०२० को अदलको १०(क) मा कसैले कसैलाई जातीपाती, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध   गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवस्था उल्लेख गरिएको छ । यो अलग कुरो हो की यो सजायले जातीय विभेद गर्नेलाई चेतावनी हुन्छ हुँदैन । भई के दिएको छ भन्दा राजनैतिक आन्दोलनले कानुन निर्माण त ग¥यो तर त्यसको प्रभावकारी कार्यान्वयन भएन   एक । दोस्रो कुरा सामाजिक आन्दोलनका ठेकेदारहरुले पनि सामाजलाई त्यो उचाईमा पु¥याउन सकेनन् । जातीय विभेद कानुनी अपराध हो भन्ने सन्देस आम जनतासम्म पु¥याउन सकेनन् । गैरसरकारी क्षेत्रले सचेतिकरण गरिरहेको छ भन्ने वाहना बनाई राज्यले त्यसतर्फ कुनै ध्यान दिएन । तेस्रो कुरा राज्यको राजनैतिक संयन्त्र र कर्मचारी संयन्त्र पनि उदासिन देखियो ।          राजनैतिक दलहरुले पनि कानुनको प्रभावकारी कार्यान्वयन भन्दा बरु छिटो किनारा लगाउने आतुरता देखाउन थाले र सरकारी कर्मचारीहरुको सोच २१ आंै शताव्दीसम्म आइपुग्दा पनि पुरानै रह्यो ।
अहिले जातीय विभेद जसरी चर्किएर अगाडी आइरहेको छ, यसले समाजमा विकराल रुप ल्याउने देखिन्छ । यद्यपी समाज परिवर्तनको चरम क्षणमा हामी छौं । यस वेला समाज प्रशव वेदनामा छट्पटिईरहेकी महिला जस्तै गरी छट्पटिईरहेको छ । एकातिर युगौं युग देखि छुवाछुतको लान्छना सहदै आएको दलित भनिने वर्ग छ, जसले एकदमै तिव्र गतिमा समाजको परिर्वतन चाहिरहेको छ । यो वर्ग अव धेरै दिनसम्म आफुलाई दोस्रो दर्जाको नागरिक बनाई राख्न चाहँदैन । अर्को तिर जातिकै आधारमा आफुलाई उपल्लो वर्गको भनी दम्ब देखाउदै आएको गैर दलित भनिने बर्ग छ, जसले परिवर्तन विस्तारै हुन्छ भनेर विभिन्न उदाहरण दिँदै आएको छ । यी दुई फरक      विचारको लडाई अहिले भईरहेको छ ।
अर्को के पनि हो भने हामी कतै सबै कुरालाई जातीय विभेदसंग त जोड्दै छैनौँ । करौडौ कर असुल्ने नाममा राज्यले पानी भन्दा बढी वितरण गर्दै आएको मदिरा सेवन गरी दुई जनाको विचमा झगडा हुन्छ, संयोगमा दुबै जना फरक फरक भनिएका जातका हुन्छन् भने के यो जातीय विभेदका कारण भएको झगडा हो भन्ने त ।    यसकारण यहाँ के भन्न खोजिएको हो भने यदि जातीयताकै कारण वा जात अनुसारको काम नगरेकै कारण वा गैर दलत भनाउदाहरुको सेवा स्याहार नगरेकै कारण कुनै घटना घट्छ भने दायाँ वायाँ सोच्ने कामै छैन । कानून अनुसार जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालतमा मुद्धा दर्ता  गरौं । होईन, मुद्धा कुटपिटमा दर्ता गर्ने वा अर्कैमा दर्ता गर्ने तर नारा जातीय विभेदका कारण भएको बनाउने यो उपयुक्त हँुदैन । यसले समाजमा थप विखण्डन ल्याउन सक्छ । भोली फेरी नयाँ खालको विभेद जन्मन सक्छ । त्यसैले व्यक्तिगत रुपले आफुलाई फाईदा पुग्ने गरी कसैको झुट्टा प्रचार नगरौँ । यस   कुरामा राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु, मानवअधिकारकर्मीहरु, संचारकर्मी, गैसस, कानुन व्यवसायी, अपहेलाना गर्दै आएको कथित उपल्लो वर्ग, अपहेलित हँुदै आएको कथित दलित बर्ग र नागरिक समाज सबैले होसीयारी देखाउनु आबश्यक छ ।
नातावाद, कृपावाद वा अन्य कुनै वादका आधारमा जातीय छुवाछुतको मुद्धालाई सामान्य कुटपिटमा परिणत गरी मिलापत्रको नाममा किनारा लगाउने कार्य कसैले पनि गर्नु हुँदैन । मदिरा सेवन गरेर दुईजनाबिचको लडाईमा कस्को गल्तीले भएको हो भन्ने वारेमा सामान्य जानकारी नै नराखी जातीय बिभेद् भयो भन्दै आप्mनो परियोजनाको आयु लम्व्याउनका लागि पनि कसैले अग्रसर हुनु हुँदैन । यसले सामाजिक वैमनुश्यता वाहेक अरु केहि दिदैन ।
जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने कुरा कुनै एक व्यक्ति वा एक समूहको मात्र जिम्मेवारीको बिषय हुन सक्दैन । जातीय छुवाछुत अन्त्यका लागि सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, नीजि क्षेत्रको जति महत्व छ त्यतिनै महत्व अहिलेसम्म आफुलाई उपल्लो जातका देखाउँदै आएकाहरुको पनि छ । त्यसमा थप कुरा के छ भने दलित–दलित भनिएकाहरुका बिचमा हुने जातीय बिभेदले पनि यो समस्या समाधानका लागि अझै ढिलाई गरिरहेको साँचो कुरा हो । त्यसैले जातीय छुवाछुतमुक्त समाज वनाउनका लागि हामी सवैले आ–आप्mनो ठाउँवाट जाग्नु पर्ने हुन्छ । यसले समाज परिवर्तनमा निकै ठुलो समस्या सृजना गरेको छ ।
तपाईले आफ्ना छोराछोरीहरुलाई चाउचाउ र लेज खुवाउनु हुन्छ ?
प्रमोद कोईराला
“जंङ्क फुड” भन्ने शव्द सन १९७२ अमेरिकी प्रोफेसरले प्रयोग गर्नु भएको रहेछ । जङ्क फुडलाई कानुनले परिभाषा गरेको छैन । तर यो शव्दले तेल वढी भएका, नुन वढी भएका, चिनी वढी भएका र अन्य पोषक तत्व कम भएका खाने कुरालाई भनियो । जङ्क फुड उद्योगमा उत्पादित भई हाम्रो जीवनचर्यासंगसंगै आयो । मलाई खाजा खाने समय छैन यसो चाउचाउ उमालेर खानुपर्छ भनियो, यही जङ्क फुड भयो । अव सवै चिज वारीमै उव्जाउछौं भन्नु पनि सम्भव छैन । त्यसैले केही न केही उद्योगको उत्पादनमै भर पर्नु    पर्छ । तर जति सकिन्छ यसलाई कम गर्नु प¥यो । बिस्कुट र चाउचाउ सजिलो भयो तर यसले कुलत ल्यायो ।
भारतमा बिद्यालय वरीवरी वेच्न पाईदैन, हाम्रो देशमा जङ्क फुडको विवाद भारतवाट सुरु भएको    हो । भारतमा सर्वोच्च अदालतले सन २०१२ मा के भनेको छ भने सरकारी बिद्यालयको वरीपरी जङ्क फुड वेच्न नदिन सरकारी बिद्यालयमा कस्तो खाजा दिनुपर्छ भनेर बिभागवाट फर्मुला लिएर आउ भनेर सर्वोच्चलेनै आदेश दियो । यसको बिकल्पमा अदालतले यो पनि आदेश दियो कि सातु, हलुवा आदिको व्यवस्था गर्नु । त्यसपछि त्यहाँ अमिर खान लगायतलाई वोलाएर कोक, लेज आदिको बिज्ञापनमा किन प्रचार गर्ने ? भनेर त्यस्तोमा बिज्ञापन गर्न छाडिदिनुहोस भनि साईन्स एण्ड टेक्नोलोजीका मान्छेहरुले आग्रह नै गरेका छन । पिजाहट केक वजारमा आएको छ । उनीहरुको हिसावले सोच्दा यति तेल राखेर यति नुन राखेर वनाउँदा यस्तो स्वाद हुन्छ भन्ने गर्दछन । त्यहाँ गएर यसो नगर भन्न पनि सकिदैन ।
सकभर चाउचाउ पनि नखाउ
चाउचाउ सरसफाईको दृष्टिकोणले राम्रो छ तर तेल वढी हुन्छ । हामीले पनि यस वारेमा वहस चलायौं कानुनी हिसावले यस्ता चिजमाथी रोक लगाउन जटिल छ । म पनि भन्छु चाउचाउ नराम्रो कुरा हो तर म आफैंले चाउचाउ खानु पर्ने अवस्था चाँही छ । हामी त दुई छाक घरमा पकाएर खान्छौं तर वाहिर त सय प्रतिसतनै यस्तै जङ्क फुड खाएर काम गर्नु परिरहेको हुन्छ ।
भारतको दालतले आदेश दिएपछि नेपालमा पनि केही साथीहरुले बिद्यालय छेउछाउमा ध्यान दिनु पर्छ भने त्यसपछि शिक्षा बिभागले वोर्डिङ्ग स्कुलहरुमा जङ्क फुड वन्देश गरिदियो । त्यसपछि केही चाउचाउवाला साथीहरु यहाँ भन्न पनि आए । उहाँहरुले भन्नुभयो “तपाईहरुले हामीलाई उत्पादनका लागि अनुज्ञापत्र चाँहि दिने अनि तपाईहरुले नै चाउचाउ खानु हुँदैन भनेर लविङ्ग   गर्ने ?” उनीहरुको तर्क के थियो भने चाउचाउ यति सस्तो छ कि त्यो दाममा अर्को कुनै खानेकुरा   आउँदैन । हाम्रा पनि केही साथीहरु चाउचाउ उद्योगमा काम गर्छन । उनीहरुले यो कुरा स्वीकार गरे तर मैले भने यो जङ्क फुड हो । यसले फाईदा गर्दैन । मैले उहाँहरुलाई सोधे “तपाईहरु आप्mना छोराछोरीलाई चाउचाउ खाउ भनेर प्रोत्साहन गर्नु हुन्छ ? अवथा लेज खाउ भन्नुहुन्छ ?” मैले यसो भनेपछि साथीहरु चुप लागे । मैले मेरा छोराछोरीलाई चाउचाउ दिन चाहान्न । यि चिज खराव चिज हुन । कानुनको हिसावले     रोक्न सक्ने अवस्था छैन । तर केही उपायहरु छन । यस्तै मिडिया सिडियामा हल्लिखल्ली गर्दै गयो भने यसको प्रयोग घट्दै जान्छ । दोश्रो उपाय भनेको यसमा ट्याक्स वढाईदिनु पर्छ । डेनमार्कमा यो तरिका अपनाएको छ । त्यहाँ जतिजति फ्याटको मात्रा वढ्दै जान्छ त्यतिनै ट्याक्सको मात्रा वढाईन्छ । अनि त्यो पैसा स्वास्थ्यमा खर्च गरिन्छ ।
रेडबुल, ईनर्जी ड्रिङ्कस्
ईनर्जी ड्रिङ्कस्मा एउटा सेन्थेकिक भन्ने हुन्छ त्यसैले यो प्राकृतिक खानेकुरा होईन । त्यसैले यस्तो खानेकुरामा बिभिन्न केमिकलहरु मिसाएर वनाएको हुन्छ । अहिले यसवारेमा के मा बिवाद छ भने यो चाहि ओखतीजन्य खानेकुरा हो कि खानेकुरा हो ? खाने कुरा हो भने यो प्राकृतिक हुनुपर्छ । ईनर्जी ड्रिङ्कस्लाई कुनै कुनै देशमा ओखतीका रुपमा हेरिएको छ । कुनै देशमा चाँहि नेपालमा जस्तै खाद्य बिभागले हेरेको अवस्था छ । ईनर्जी ड्रिङ्कसको अहिलेको मुल मुद्धा भनेको यसमा भएको क्याफिन हो । त्यसमा जुन केमिकल राखिएको छ र त्यसले मानिसलाई ईनर्जी दिएजस्तो भान गराउँछ त्यो क्याफिन कफीमा पनि छ  र चियामा पनि छ । त्यसैले यसलाई पुरै बिषै हो भन्ने कुरामा पनि धेरै दम छैन । किनभने हामी चिया कफी       खाईराखेका छौं तर अध्ययनले के देखाएको छ भने यो खाईरहँदा मान्छेहरु आवेशमा आउने, मुटुको धड्कनहरु वढाउने, वल्डप्रेशहरु ल्याउने मुटु सम्वन्धि रोगहरु ल्याउने आदि लक्षणहरु केही जनावरमा     गरेको अध्ययनवाट देखिएको छ । नियमित हिसावले खायो भने क्याफिनले हानी गर्दछ । रेडवुल लगायतका कम्पनीहरु धेरै शक्तिशाली छन । वर्षमा उसको दुुई अर्व क्यान बिक्री हुन्छ रे । वर्षमा उनीहरुको मार्केटिंग १२ गुणासम्म बढेको सुनिन्छ । ........अनलाई खवरवाट साभार

कला। संस्कृति र साहित्य
के रै छ
मानिसको जीबनचोला बगिजाने पानी रै छ
याद गराउने को हो भन्दा उनी मेरी सानी रै छ ।
भेट नभााको धेरै भयो भौतिक शरीर कति टाढा
सम्झी रुनु मात्र मलाई माया गर्नु हानी रै छ ।
तिम्ले पनि छोडी गयांै कस्को मुख हेर्ने मैले
सक्दिँन म पापी मनलाई उनि तिरै तानि रै छ ।
गल्ति गरे पहिलो चोटी उनलाई मुटु दिए
मलाई घृणा गरी हिड्ने उनको एउटा बानी रै छ ।
पोतिएको झुपडीलाई मन परेन हगी तिम्लाई
सुन्छु हल्ला उनि आज महलकी रानी भै छ ।
                                       रघुनाथ रौतेडा (बियागे)
                                       कालिकास्थान ५ नुवाकोट

बिज्ञापन
कर्मचारी आवश्यकता सम्वन्ध सूचना
सूचना प्रकासित मिति ः २०७०÷९÷८
   ग्रामीण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटीद्धारा सञ्चालन भईरहेको जिविकोपार्जन परियोजनाको लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका नेपाली            नागरिकहरुवाट सूचना प्रकासित मितिले ८ दिन भित्र दरखास्त आव्हन गरिन्छ ।
विज्ञापन नं. ः ००१÷०७०÷०७१
१) पद ः लेखापाल संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डव्यवस्थापन विषयमा कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त तथा व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरी लेखा व्यवस्थापनमा अनुभवीलाई विशेष ग्राह्यता दिईनेछ ।
ड्ड नेपाली र अंग्रेजी भाषामा राम्रेसंग संचार गर्न सक्ने ।
ड्ड कम्प्युटरमा दक्ष भएको (ःक्(धयचम, भ्हअभ ि७ एयधभच उयष्लत भतअ) ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७०÷९÷१५ (दिउसो ४ः०० वजेसम्म)
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात
— निवेदन र वायोडाटा १ प्रति
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं १ नाचनथली सिलगढी डोटी ।
फोन नम्वर ः ०९४–४२०१६४
नोट ः अन्तरवार्तामा उपस्थित हुदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकता सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही        हुनेछैन । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र          अन्तरवार्तामा समावेश गराईनेछ ।

पदपूर्ति समिति

नेपाल सरकार
कृषि विकास मन्त्रालय
पशु सेवा विभाग
जिल्ला पशु सेवा कार्यालय, डोटी
सिलबन्दी दरभाउ पत्र आव्हान सम्वन्धि सूचना
ठेक्का नं ०१ ÷२०७०÷०७१,                                                                          
                               प्रथम पटक सुचना प्रकासित मिति २०७०÷०९÷०९ गते मंगलबार
यस कार्यालयको निवास भवनको तल्ला थप्नु पर्ने निर्माण सम्बन्धि कार्य सिलबन्दी     दरभाउ पत्रको माध्यमबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त ईच्छुक निर्माण व्यवसायीहरुबाट निम्न सर्तहरुको अधिनमा रहि रित पुर्बकको सिलबन्दी दरभाउ पत्र आह्वान    गरिएको छ ।
सर्तहरु ः
१) सिलबन्दी दरभाउ पत्र फाराम खरिद गर्न ईच्छुक निर्माण ब्यवसायीहरुले फर्म दर्ताको    नबिकरण सहितको प्रमाणपत्र, मु.अ.कर दर्ताको प्रमाणित प्रतिलिपी र आ.व.२०६९।०७० को कर चुक्ता प्रमाण पत्र संलग्न राखी निबेदन दिनु पर्ने छ । सिलबन्दी दरभाउ पत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन (मिति २०७०÷०९÷२३ गते) कार्यालय समयभित्र रु ३००। (फिर्ता नहुने गरीे) तिरी यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
२) खरिद भएका दरभाउ पत्र रित पुर्बक भरी यो सूचनामा उल्लेखित दरभाउ पत्र सूचना प्रकाशित मितिले सोह्रौ दिन (मिति २०७०÷०९÷२४ गते) दिनको १२ बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, फर्म र दरभाउ पत्र दाताको नाम, ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहा छाप गरी यस कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
३) दर्ता भएको सिलबन्दी दरभाउ पत्र सोह्रैं दिनको २ बजे दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ । तर दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
४) दरभाउ पत्र फाराम खरिद गर्ने÷दाखिला गर्ने अन्तिम दिन सार्बजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा हुनेछ ।
५) दरभाउपत्र जमानत बापत तपसिलमा उल्लेखित रकम को.ले.नि.का. डोटीको रा.बा.बैङ्क डोटी शाखा स्थित धरैटी खाता नंं २०३ मा जम्मा गरेको, पिठमा प्रष्ट रुपले दाखिला गर्ने पार्टीको नाम  ठेगाना, कामको विवरण र छाप लेखिएको दोश्रो प्रति सक्कलै बैंक भौचर वा दरभाउ पत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन मान्य अवधि भएको नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैङ्घबाट यस कार्यालयको नाममा जारी गरिएको सक्कलै बैङ्क जमानत (बिडबण्ड) संलग्न गरी पेश गर्नु पर्ने छ ।
६) दरभाउ पत्र सम्वन्धि कागजात पेश गर्दा मुल्य अंकित परिमाण सूचिको प्रत्येक आईटमको प्रति ईकाई मुल्य (मु.अ.कर बाहेकको) अंक र अक्षर दुबैमा उल्लेख गर्नुपर्ने छ । उल्लेखित दर रेट अंक र अक्षरमा फरक पर्न गएमा अक्षर लाई मान्यता दिईने छ ।
७) नेपाल सरकारको हितलाई ध्यानमा राखी सिलबन्दी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने जस्ता सम्र्पुण अधिकार यस कार्यालयमा निहित रहने छ ।
८) एउटा फर्मले खरिद गरी अर्को फर्मको नाममा दाखिला गरेको वा सूचनामा उल्लेखित सर्तहरु र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेकद ३ को दफा २४ बमोजिम पेश भै आएका सिलबन्दी दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन ।
९) एक पटक पेश भएको सिलबन्दी दरभाउ पत्र फिर्ता वा संसोधन गर्न सकिने छैन ।
१०) यस सूचनामा उल्लेखित भएकोमा सोही बमोजिम र अन्य कुराहरुको हकमा हाल प्रचलित सार्बजनिक खरिद ऐन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अनुसार हुने छ ।
११) यस सम्बन्धि अन्य थप कुराहरु बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।