बिम्ब साप्ताहिक मिति २०७० साल पुष ९ गते मंगलवार
मुख्य समाचार
तास किन्न वालवालिकाहरुको प्रयोग
कस्को लागि तास किन्दैछां वावु ?
खडक अंकलहरुले मगाउनु भा को ।
अनि तिमिलाई के दिन्छन त तास किन्न आएपछि ?
जितेपछि अलिअलि पैसा दिन्छन ।
शनिवार डोटीको सदर–मुकाम सिलगढीको एक पसलमा तास किन्न आएका १३ वर्षीय एक वालकसंग भएको कुराकानी हो यो । जुवा खेल्ने एक सरकारी कर्मचारीले उनलाई जितेपछि दिईने पैसा (जिताउरी) दिने प्रलोभन देखाउँदै तास किन्न पठाएका थिए । ति वालकले भने– आफु त म खेल्दैन तर खेलेको हेरिहरन्छु ।
अन्य दिनहरुमा भन्दा शनिवारको दिनमा तासको बिक्री वढी हुने वढी जसो वालवालिकाहरुलाई नै तास किन्न पठाउने गरेको वताउँछन स्थानीय व्यापारीहरु । व्यापारीहरुका अनुसार अन्य दिनमा पनि तासको बिक्रि बिवरण राम्रै हुने गरेको छ ।
जुवा तास ऐन २०२० अनुसार जुवा तास निषेध गरिएको भएपनि जिल्ला सदर–मुकाममै तासको बिक्रीबितरण वढ्नुले अहिले पनि निकै जुवा तास खेल्ने काम भईरहेको देखाउँछ । ऐनको दफा ३ अनुसार “कुनै व्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।” भन्ने वाक्याँस उल्लेख गरिएको छ । एक व्यापारीले भने–को ले रोक्छ तासको बिक्री बितरणलाई, जिल्ला प्रहरी कार्यालयमा त तासका गड्डीहरु नियमित रुपमा जान्छन ? ति व्यापारीले प्रहरी कर्मचारीहरुले तलव बुझ्ने समयमा वढी तास प्रहरी कार्यालयमा जाने गरेको वताए ।
त्यसो त जिल्ला सदरमुकाममै दिउसै खुल्याम सडकमै वसेर तास खेल्नेहरुको संख्या पनि कम छैन । जिल्लाका ग्रामिण क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरु समेत स्थानीयवासीहरुसंग वसेर तास खेल्ने गरेको कुरा सञ्चारमाध्यममा आउँदा पनि सम्वन्धित निकायको कुनै ध्यान गएको छैन । जुवाकै कारण गत तिहारमा एकै दिन पाँच आपराधिक घटनाहरु भएका थिए ।
सार्वजनिक बिदाको दिनमा सरकारी कार्यालयमै, क्याम्पसमा, बिद्यालयमा, होटेल गेष्टहाउसहरुमा जुवा तास दिउसभरी जसो खेल्ने कार्य रोकिएको छैन । टेलिफोनमार्फत “आजको अडड कहाँ हो ?” भन्ने वार्तालाप हुने गरेका छन । जुवा तास खेल्ने र खेलाउँनेलाई कानुन वमोजिम कारवाही हुने व्यवस्था जुवा तास ऐन २०२० को दफा ४ मा उल्लेख भएको भएपनि डोटीको हकमा भने उक्त कानुन कागजमै सिमित रहेको देखिन्छ ।
वालवालिकाहरुलाई कुनै पनि अनैतिक कार्यमा लगाउन नपाईने अन्तराष्ट्रिय मान्यता हुँदाहुँदै पनि जुवातासको ओसारपसारमा स्कुले वालवालिकालाई प्रयोग गर्नु पनि कानुन बिपरित नै हो ।
सम्पादकीय
निश्पक्ष होस शिक्षाक छनौट
लामो समयको अन्तरपछि नेपालमा शिक्षकहरुको खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा शिक्षक छनौट प्रक्रिया अगाडी वढेको छ । माध्यामिक तह र निम्न माध्यामिक तहको लिखितको नतिजा समेत सार्वजनिक भईसकेको वर्तमान अवस्थामा वजारमा बिभिन्न खालका हल्लाहरु आउने गरेका छन । कतै पैसाको चलखेल, कतै राजनीतिक, कतै प्रशासनिक भनसुनका कुराहरु पनि व्यापक रुपमा चल्न थालेका छन । यद्यपी यि हल्लाहरु परीक्षा नहुँदै देखि वजारमा आएका थिए ।
वजारमा आएका हल्लाहरु शिक्षक सेवा आयोगले गरेको दावी जस्तै साँचा नहोलान तर आयोगकै त्रुटीहरुवाट समेत यस्तो भएको देखा परेको छ । सिम्वोल नं. एक जनाको नाम अर्कैको गरेर जसरी नतिजा प्रक्रियालाई बिवादित वनाईएको छ यसो हेर्दा वजारका हल्लालाई पूर्ण रुपमा अस्वीकार गर्न सक्ने अवस्था पनि छैन । अर्को कुरा आयोग स्वयंले पनि त्रुटी भएको कुरा आम सञ्चारमाध्यममा स्वीकार पनि गरेको छ । यसले त साँच्चै आयोगभित्र कुनै समस्या छ भन्ने देखाएको छ ।
खैर, लिखितको नतिजा प्रशासनको क्रममा आयोगवाट जानेर वा अन्जानमा जुन त्रुटी भएको छ, त्यो त्रुटी अव दोहोरिनु हुँदैन । अहिले पनि शिक्षा संयन्त्रको उच्च ओहोदामा रहेका व्यक्तिहरुले आप्mना मान्छेलाई पास गर्ने दाउ खोज्दै गरेको कुरा वाहिर आउँदै छ, यदि यसो हो भने त्यो बिद्यार्थीहरुका लागि, अभिभावकहरुका लागि, क्षेमतावान प्रतिस्पर्धिहरुका लागि र सिंगो नेपालको शिक्षा व्यवस्थाका लागि दुर्भाग्य हुने छ ।
आफ्नो स्थापनाकालमा पहिलो पटक खुला प्रतिस्पर्धावाट शिक्षक छनौट गर्ने सौभाग्य पाएको आयोगले योग्य शिक्षक छनौट गर्ने उद्देश्य राखेको हुनुपर्छ यस्तो योग्य शिक्षक जसको हातमा हजारौं बिद्यार्थीहरुको भबिश्य रहेको हुन्छ । त्यस्ता शिक्षक छान्नका लागि आयोग अति सम्वेदनशील हुनुपर्छ । जानीजानी त्रुटी गरेर छनौट गरिएका शिक्षकहरुले कसरी अध्यापन गर्लान र कस्तो गुणस्तरको शिक्षा होला भन्ने वारेमा समेत हामीले सोच्नु पर्ने जरुरी हुन्छ ।
त्यसैले वजारमा आएका हल्लाहरुलाई चिर्दै, प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धाकै आधारमा नयाँ शिक्षक चयन गर्दै वर्षेनी खस्कदै गएको शिक्षाको गुणस्तरलाई माथी उकास्ने जिम्मा अव आयोगको हातमा छ । यदि आयोगले यो चुनौतीको सामना गरेर निश्पक्ष एवं निर्भयका साथ शिक्षकहरुको छनौट गर्न सक्यो भने उस्को अग्नी परीक्षा पास हुनेछ र आगामी दिनका लागि पनि बिश्वास योग्य हुनेछ अन्यथा आयोगका नाममा एक छुट्टै संरचना खडा गरेर राष्ट्रको ढुकुटी मात्रै रित्याउनुको कुनै अर्थ हुनेछैन । आयोग राख्ने वा नराख्ने भन्ने वारेमा बहस चलाउनु बरु सान्दर्भिक हुन जाला ।
थप समाचारहरु
छुवाछुत मुक्त नगरपालिका
लामो समय देखि दलितका सवालमा काम गर्दै आईरहेको समविकास केन्द्र ईडिसि डोटीले दिपालय सिलगढी नगरपालिका–४ लाई एक कार्यक्रमका विच जातीय छुवाछुत मुक्त क्षेत्र घोषाण गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाका लेखा अधिकृत तथा वडा नं. ४ का वडा सचिब सरीफकुमार श्रेष्ठको सभापतित्व, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको प्रमुख आतिथ्य र सम विकास केन्द्र ईडिसिका अध्यक्ष अधिराज विसिको विशिष्ट आतित्थ्यमा कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीको ईन्द्रचोकमा शुक्रवार सम्पन्न भएको हो ।
सम विकास केन्द्र ईडिसि डोटीले आफ्नो स्थापनाकाल देखि नै दलित समुदायको सवाल र लैङ्गिक समानताको विषयलाई मुल मुद्धा बनाई अघि बढिरहेको छ । कार्यक्रममा बोल्दै दिसिनपा–४ का रविन्द्र टेलरले आफुहरुले सार्वजनिक स्थलमा प्रवेश नपाउने सन्र्दभ देख्दा आफुहरुलाई दुखः लाग्ने विगतको सम्झना गर्दै नगरपालिकाको एउटा बडाले आफुलाई छुवाछुतमुक्त बडाको रुपमा घोषणा गर्दै गर्दा आफुलाई खुशी लागेको बताए । बक्ताहरुले कार्यक्रममा वोल्दै सरकारलेनै नीति निर्माण गरी देश नै छुवाछुतमुक्त भईसकेको भएपनि स्थानीय स्तरबाट नै जनताले स्वःस्फुत तरिकाले छुवाछुतमुक्त घोषणा गर्दै गर्दा आफुहरुलाई खुशी लागेको बताए ।
कायक्रमका प्रमुख अतिथि पौडेलले अब जातीय प्रणालीलाई हटाई अन्तरजातीय विवाह गर्न पनि कहि कसैले रोकटोक नगर्ने र कसैले जातीय छुवाछुत गरेमा उसलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नेमा आफुहरु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय प्रतिनिधि टेक वि.क., दलित नेता कुमार सिँ टेलर लगायतका लागि शुभकामना मन्तव्य राखेका थिए ।
छाउपडीमुक्त हुँदै डोटी
सुदुरपश्चिममा कुरीतिको रुपमा रहेको छाउपडीप्रथा हटाउने अभियान डोटी जिल्लामा तिव्र रुपमा चलिरहेको छ ।
गत हप्ता मात्र पौष ५ गते भुमिराजमाण्डौ, पौष ६ गते दुर्गामाण्डौ र पौष ७ गते खातीवाडा गविसहरु छाउपडी मुक्त गाविस घोषणा भएका छन् ।
महिलाहरु महिनावारी हुँदा घर देखि टाडा रहेको एक्लो गोठमा सुत्नु पर्ने, पोषिलो खोने कुरावाट वञ्चित रहनु पर्ने, महिनावारी भएका वेला महिलामाथी जनवारको जस्तै व्यवहार भोग्नु पर्ने लगायतका थुप्रै समस्याहरु भोग्नु पर्ने प्रथाको रुपमा छउपडी समस्या रहेको थियो । अब आफ्नो गाविसमा त्यस्तो प्रकारको विभेद नहुने भएपछि स्थानीयबासिन्दाहरु खुशी भएका हुन् ।
डोटी जिल्लाको दुर्गामाणडौं गाविस महिला तथा बालबालिका कार्यालयको सहयोगमा छाउपडीमुक्त गाविस घोषणा भएको हो । सम विकास केन्द्र ईडिसिको सहयोगमा संचालन भएको कार्यक्रमको आर्थिक सहयोगमा लक्ष्मीनगर, सरस्वतीनगर र भुमिराजमाण्डौ छाउपडीमुक्त गाबिस घोषणा भएका छन । शनिवार महिला तथा बालबालिका कार्यालय डोटीले दुर्गामाण्डांै गाविसलाई छाउपडीमुक्त गाविसको रुपमा घोषणा गर्दा आईतबार ईडिसिको सहयोगमा खातिवडा गाविसले पनि आफुलाई छाउपडी मुक्त गाविस घोषणा गर्दै पाँचौ स्थानमा छाउपडिमुक्त गाविसको रुपमा आफ्नो पहिचान गराएको हो ।
भुमिराजमाण्डौं गाविस सचिब डवल भाटको सभापतित्व र भुमिराजस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने हजारौं स्थानीय महिला समाजसेवी, बुद्धिजीवि, राजनीतिक दल लगायत आम समुदायको सहभागिता रहेको थियो । गाविस छाउपडीमुक्त हुने खुशीयालीमा स्थानीय युवाहरुले सड्क नाटक प्रदर्शन, महिलाहरुले सुदुरपश्चिमको पहिचानको रुपमा रहेको डेउडा गित प्रस्तुति लगायत सहभागीहरुले विभिन्न साँंस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गाविस सचिब भाटले वोल्दै सरकारले छाउपडी सम्वन्धी नीति ल्याएको भएपनि गाविसको २२ औं गाँउपरिषदबाट पनि नीति निर्माण गरिने बताएका थिए । बिम्ब प्रतिनिधिसँग कुरा गर्दै भाटले गाविसस्तरीय नीति निर्माण गरी छाउपडी प्रथा मान्ने वा महिलामाथी हिंसा हुने खालका गतिविधि संचालन गर्नेहरुलाई गाविसवाट दिईने सेवा सुविधा सबै बन्द गरिने समेत बताएका छन् ।
खातिवडा गाविसमा भएको कार्यक्रममा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय लोक सांस्कृति झल्काउने हुड्के नाच, डेउडा गित, महिलाहरुले तयार पारेको सड्क नाटक पनि प्रस्तुत गरिएको थियो । गाविस सचिब गणेश खडकाको सभापतित्व र खातिवडा उपस्वास्थ्य चौकीका ईन्चार्जको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वोल्दै गाविस सचिब खडकाले छाउपडीमुक्त क्षेत्र घोषणा भएको खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए । अब गाविलाई छिटै सरकारको नीति अनुसार सन् २०१५ सम्म खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागी सबैले चर्पि निर्माण गर्नु पर्ने र चर्पिको प्रयोग गर्नु पर्ने धारणा व्यक्त खडकाले गरेका थिए ।
एसएलसी सेन्टअप नियमित नियम बिपरित
शिक्षा बिभागले कुनै पनि बिद्यालयले प्रवेसिका (एसएलसी) सेन्टअप परीक्षा लिन नपाउने जनाएको छ ।
नीजि तथा आवासीय बिद्यालयहरुको संगठन प्याव्सन र एन्प्याव्सनले सूचना जारी गर्दै सेन्टअप परीक्षा लिने तालिका सार्वजनिक गरेपछि बिभागले यस्तो वताएको हो । शिक्षा ऐन तथा नियमावली अनुसार केही वर्षदेखि सेन्टअप परीक्षा व्यवस्था हटाएको बिभागले स्पष्ट पारेको छ । नियमानुसार बिद्यार्थीले सेन्टअप नदिईकनै प्रवेशिका परीक्षामा सामेल हुन सक्ने छन ।
बिभागमा आईतवार वसेको बैठकले बिद्यालयले कुनै पनि तहमा पढ्दै गरेका बिद्यार्थीलाई त्रैमासिक रुपमा ल्याकत परीक्षा लिन पाउने तर सेन्टअप परीक्षा लिएर पास वा फेल गराउन नपाउनेवारे सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सेन्टअप नाममा परीक्षा शुल्क असुल्ने र पास÷फेल गराउने काम कुनै बिद्यालयले गरेको पाईएमा कारवाही हुनेछ, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने “आन्तरिक रुपमा ल्याकत लिन भने वाधा पुग्ने छैन ।” बैठकले बिभागका उपनिर्देशक रामशरण सापकोटाको संयोजकत्वमा शुल्क, छात्रबृत्ति, सहवरण, कक्षा अपग्रेड, बार्षिक परीक्षालगायत बिषयमा अनुगमन कार्यदल गठन गरेको छ । कार्यदलमा प्याव्सन, एन्प्याव्सन, अभिभावक संघ लगायत सदस्यहरु छन । कार्यदलले पुष मसान्तभित्र प्रतिवेदन बुझाउने छ ।
बिगतका वर्षहरुमा पनि सेन्टअप परीक्षा लिन नपाउने भनिएको थियो तर नीजि बिद्यालयहरुले उक्त परीक्षा सञ्चालन गरेका थिए ।
जोखिमपूर्ण हुुँदै दिपालय उपत्यका
सेती नदी र उपत्यकाको बीच भाग भएर वग्ने खोलाहरुको निरन्तर कटानका कारण दिपायल उपत्यका संकटमा परेको ।
उपत्यकामा बढ्दै गएको अव्यवस्थित वसोवास र अबैज्ञानिक किसिमले निर्माण भईरहेका सडकहरुले कटानमा सहयोग पु¥याएको छ । दिपायल सुदुरपश्चिमको सवैभन्दा ठुलो उपत्यका हो । दिपायल छेउछाउका गाबिसहरुमा अन्धाधुन्द काटिएका ग्रामिण सडकहरुवाट वर्षातमा वगेर आएको माटो र पहिरोले समेत उपत्यकाका बिभिन्न ठाउँहरुलाई मासिने वनाएको छ ।
दिपायलको बिच भाग भएर वग्ने सेती नदीले ठाउँठाउँमा जमिन काट्नुका साथै वस्तीनै जोखिममा पारेको छ । पुरानो दिपायल वजार सवैभन्दा सेती नदीको जोखिममा रहेको छ । दिपायलको पश्चिम भएर वग्ने गोद्रेगाढले निकै कटान वढाएको छ । नरम माटो भएकाले उपत्यका बिचबिचमा सामान्य खोलाले समेत गल्छीहरु वनाएको छ । कटानले गर्दा त्रेतायुगिन दिल्पेश्वर मठ भएको क्षेत्र कटानमा परेको छ । दिपायलका कर्णवहादुर द्वारियाले भने– जो क्षेत्रको नामवाट दिपायल नाम रहन गएको हो, त्यही क्षेत्रको पहिचान वाँकी नराख्ने गरी सेती नदीले वगाउँदै जाँदा समेत हामीले संरक्षणको योजना वनाउन सकेका छैनौं । सेती नदीकै कटानले गर्दा वाईसधारा पर्यटकीय क्षेत्र वगरमा परिणत भएको पन द्वारियाले वताए । यहाँ २२ वटा लहरै वगेका धाराहरु रहेका थिए ।
कटानले गर्दा गोद्रेखोला आसपासका बस्तीहरु जोखिममा परेका छन । उपत्यकाको सिरानमा पहिरोको जोखिम रहेको छ भने फेदीमा सेती नदीको निरन्तर कटान रहेको छ । अव्यवस्थित वस्ती वसेका कारण दिपायलको कठायत टोल सामान्य वर्षातमा पनि डुवानमा पर्ने गरेको छ । पानी वग्ने गल्छी र वाटाहरु पुरिँदै भएपछि वर्षातमा वस्ती जलमग्न हुने गरेको स्थानीय प्रेम कठायतले वताए । कठायतले भने–निकै वेर एकै ठाउँमा पानि जम्मा हुन्छ अनि जता नरम माटो पायो कटान वनाउँछ ।
दिपायल उपत्यकाको अस्तित्वनै संकटमा पर्दा समेत कसैको ध्यान जान नसकेको पिडा स्थानीयहरुको रहेको छ । स्थानीय गणेशदत्त भट्टले भने–दिपायललाई वचाउने हो भने बृहत दिपायल उपत्यका संरक्षण योजना वनाउनु जरुरी रहेको छ । कुनै खोला र गल्छीलाई ५÷१० जाली हालेर नियन्त्रण हुने अवस्थानै छैन । दिपायल उपत्यका संरक्षण गर्ने बिषयमा अहिलेसम्म छलफल समेत हुन नसकेको पनि भट्टले वताए ।
दिपायलको मध्य भाग भएर निर्माण गरिएको सडकले समेत डुवान र कटान बढाएको छ । डिभिजन सडक कार्यालय दिपायलको भने सडक व्यवस्थित वनाउने र वर्षातमा पानीको निकास सहज वनाउनका लागि सडक बिभागले योजना वनाईरहेको जानकारी दिएको छ । निकास कतावाट गर्ने भन्ने समस्या रहेको कार्यालयको भनाई थियो ।
खोलाहरुको कटान रोक्नका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले माग अनुसारको काम नभएर कार्यालयको क्षेमता अनुसारको काम मात्रै गर्ने गरेको सडक कार्यालयले वतायो ।
वनमा व्यवसायिक खेती
चुरे क्षेत्रको संरक्षण गर्नका लागि सुदुरपश्चिमको कञ्चनपुरमा व्यवसायिक बृक्षारोपण सुरु भएको छ । व्यवसायिक वृक्षारोपणवाट वनभित्रै व्यवसायिक खेती सुरु गरिने भएको छ ।
भिमदत्त नगरपालिका–३ तिलकपुरमा रहेको सहिद स्मृत सामुदायिक वनले चुरे क्षेत्रको संरक्षण तथा संवद्र्धनका लागि वनमा व्यवसायिक खेती सुरु गरेको हो । उक्त सामुदायिक वन चुरेको फेदमा रहेको छ । वनले बिभिन्न प्रजातिका वोटबिरुवा रोपेको सामुदायिक वनका अध्यक्ष कर्णवहादुर बिष्टले जानकारी दिए । बिष्टले सामुदायिक वनभित्र रक्तचन्दन, खयर, सिसम, लिप्टिस लगायत अन्य जातका वनस्पति रोपएिको वताए ।
पछिल्लो सयमा दिन प्रतिदिन चुरे क्षेत्रमा फडानी भएका कारण बाढी पहिरोको समस्या आउन थालेपछि हामीहरुले वन हाताभित्र बृक्षारोपण गरेका हौं, बिष्टले सामुदायिक वनको १२ कठ्ठा जमिनभित्र ६ हजार घिउकुमारी र आठ कठ्ठा जमिनमा पाँच सय रक्तचन्दनका बिरुवाहरु रोपिएको वताए । सामुदायिक वनका उपभोक्ताहरुलाई घिउकुमारी खेतीवाट व्यवसायिक रुपमा फाईदा हुने भएकाले घिउकुमारीको बृक्षारोपण गरेको अध्यक्ष बिष्टले वताए । वन संरक्षण, उपभोक्ताहरुको रोजगारी र सामुदायिक वनको आयमा समेत बृद्धि गर्नका लागि व्यवसायिक खेती गर्न थालिएको बिष्टको भनाई थियो । घिउकुमारीवाट तेल, साबुन, सोडा, स्याम्पु जस्ता वस्तुहरु उत्पादन हुने भएकोले वजारमा घिउकुमारीको माग बढ्दै गएकाले घिउकुमारी खेती खेर नजाने अध्यक्ष बिष्टको भनाई छ ।
कानुनी हिसावले रक्तचन्दन बेचबिखन गर्न नपाईने भएकाले रक्तचन्दनले वातावरणलाई स्वच्छ राख्ने अध्यक्ष बिष्टको भनाई छ । बिरुवा रोपेको १५ वर्षदेखि रक्तचन्दनको बिरुवाले मिठो वास्ना दिने बिशेषता रहेको छ । “चुरेको फेदमा भएका कारण चुरे संरक्षण र वातावरणलाई झन, फाईदा हुन्छ” अध्यक्ष बिष्टले भने ।
पिपिएलएमा नयाँ नेतृत्व
प्रगति तथा पेशागत कानून व्यवसायी संगठन, नेपालको प्रथम डोटी जिल्ला सम्मेलन डोटीको दिपायलमा शुुक्रवार सम्पन्न भएको छ ।
जिल्ला तदर्थ समितिका संयोजक दिपक वहादुर सिँहको सभापतित्वमा सम्पन्न सम्मेलनले शंकर दिप मडैकोे अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
उद्घाटन शत्रमा बोल्दै नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सच्चिदानन्द जोशीले नेपालका सम्पुर्ण देश भक्त, प्रगतिशिल तथा पेशागत कानून व्यवसायीहरुको छाता संगठन भएकोले सबै देश भक्त प्रगतिशिल कानून व्यवसायीहरुले आबद्ध रहि आफ्नो क्रियाकलाप अघाडी बढाउनु पर्ने बताए । जोशीले भने संगठन संबैधानिक सर्वोच्वता, कानुनको शासन र मानब अधिकारको प्रबद्र्धनमा क्रियाशिल रहेको छ । यसले कानून व्यवसायीहरुको व्यववसायिक सीप र दक्षतालाई अभिबृद्धि गर्ने बिश्वास लिएको बताए ।
न्यायको क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण र परामर्श गर्दै आएको यस छाता संगठनको नव निर्वाचित कार्यसमितिको सचिवमा कृष्णवहादुर भट्टराई र कोषाध्यक्षमा मेरिना श्रेष्ठ रहेका छन । यसैगरी सदस्यहरुमा दिपकवहादुर सिंह, दलवहादुर धामी र लालवहादुर खड्का रहेको नवनिर्वाचित अध्यक्ष मडैले जानकारी दिए ।
ÊÊÊÊ
ट्रकले ठोकिँदा एकको मृत्यु
शुक्रवार डोटीको खिरसैनमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
अछामवाट कैलालीको धनगढीतर्फ गईरहेको ना ४ ख ७३८३ नं. को ट्रकले वाटोमा हिडिरहेका खिरसैन गाबिस–७ निवासी मोहन सिं खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । डोटी साफेवगर सडक खण्डको खिरसैन गाबिस–९ मा भएको उक्त घटनापछि स्थानीयवासीहरुले तत्काल सडक अवरुद्ध गरेका थिए । वाटो अवरुद्ध भएपछि घटनास्थल पुगेका डोटीका प्रहरी नायव उपरीक्षक जनकवहादुर शाहीले क्षेतिपूर्तिका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएपछि सोही दिन अवरुद्ध वाटो सुचारु भएको थियो ।
पिडित र ट्रकधनीबीच आईतवार बिहान जिल्ला प्रहरी कार्यालय डोटीमा भएको सहमतिपछि घटनाको मिलापत्र भएको छ । सवारी दुर्घटनामा मृतकका आफन्तले पाउने तेश्रो पक्षीय विमाको पाँच लाख रुपैयाँ र थप दुई लाख ट्रकधनीले दिने सहमति भएपछि घटनाको मिलापत्र गरिएको पिडित पक्षले जानकारी दिएको छ ।
पर्यटन र खेल समाचार
मनमैजु युवा क्लबको आयोजना खुल्ला रेसलिङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार प्रतियोगिता सुरु हुनु भन्दा पहिले नै दर्शकले खाचाखच भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । खेलको सुरुमा लक्ष्मी जोशी र पुजा जोशी जोसिलो नृत्यले महोल तताएको वताईएको छ ।
खेलको सुरुवातमा बल्ड हेभिवेट च्याम्पियन अर्जिगर र बाबा बुई भिडेका थिए । यी दुईको रोमाञ्च खेलमा किङ कोभ्रा अर्थात सत्यनारायण चौधरीले रेफ्रिको भुमिका निर्वाह गरेका थिए । खेलको अनुगमन गर्ने अख्तियार पाएका रेफ्रिले खेल नियम विपरित भएको भन्दै खेदमैदान छाडेका थिए ।
हराउदै गएको हुडेके नाच
“हाम्रो संस्कृति हो यसको जर्गेर्ना पनि हामी आफैले गर्नु पर्छ त्यसैले मैले आफ्नो नातीलाई पनि यो सिकाउदै छु ।”
माथिको भनाई खातिवडा गाविसका नर वहादुर नागरीको हो । सात वषर््ीाय आफ्नो नाती बम बहादुर नागरीलाई हुडेके नाच सिकाईरहेका नरवहादुरले आफ्नो संस्कृतिलाई विर्सिर्दै विदेशी संस्कृति भित्राउने विदेशी संस्कृतिमा रमाउनेहरुको संख्या बढेका कारण आफ्नो बाबु बाजेकोपाला देखि गर्दै आएको हुडेके नाच आफ्नो नातीलाई सिकाउन लागेको उनले बताए । एक छोरा तिन छोरीका बाबु रहेका नागरीको एक श्रीमति एक बुहारी र दुई नातीहरु रहेका छन् । सात वर्षको जेठो नातीलाई नाच सिकाउन लागेको एक वर्ष मात्र भएको र एक वर्षमा सात ओटा विवाहमा नचाई सकेको पनि उनले बताए । कक्षा १ मा अध्ययन गर्ने बंम वहादुर पनि वाजेले सिकाईरहेको नाचवाट आफु खुशी रहेको बताए ।
६५ वर्षका नागरीक भन्छन् “यो नाचमा पुर्खाको ईतिहासको वारेमा गुणगान गाईन्छ । विर पुर्खाहरुले कसरी युद्ध लडेका थिए हाम्रो पुर्खाहरु कहाँबाट कसरी यहाँ आएका हुन्, आफ्नो गोत्र के हो, आफुले यो नाच नाच्दा के हुन्छ, कसले कसको सेवा कसरी गरे यि सबै कुराबारेमा गित वाट दर्शकहरुलाई जानकारी गराईने उनले बताए । बजा बजाउने नाच्ने सबै गरी ६ देखि ७ जनाको समुहमा यो नाच देखाउन सकिने उनले बताए ।
ऐतिहासिक पृष्ठभुमि, राजारजौटा, मुख्य र ठालुहरुको बारेमा गुणगान गाईने हुडेके नाच जति महत्वपुर्ण छ त्यस भन्दा महत्वपुर्ण त्यस वेलाको संस्कृति झल्काउने भेषभुषा र गितमा प्रयोग हुने शब्दहरु । स्वदेशी होस् या विदेशी पर्यटक सबैका लागी यो नाच नौलो हुन सक्छ । डोटी जिल्लामा आउने पर्यटकहरुका लागी स्थानीय संस्कृतिका रुपमा यो नृत्यलाई प्रस्तुत गर्न सकिन्छ तर पनि यो संस्कृति हराउदै गएको छ । यो संस्कृतिलाई जर्गेर्ना गर्नका लागी सबैले लाग्नु पर्ने देखिन्छ ।
किन हराउदै छ यो संस्कृति ? आर्थिक रुपमा आम्दानी कम हुन्छ, समाजले हेर्ने दृष्टिकोणमा मौलिकता भित्रिर्दैछ, सिडि क्यासेटहरुमा मानिसहरु रमाउने गर्छन् र मदिराको सेवनका कारण मदिरा सेवन गर्नेहरुले पुरानो संस्कृतिलाई मनपराउदैनन् भन्छन् नागरी । आफुलाई कसैले सहयोग गरे धेरै युवाहरुलाई यो नाचको महत्व र ऐतिहासिकताको बारेमा जानकारी दिदै नाच सिकाउने ईच्छा रहेको उनको भनाई छ ।
चलचित्र र मनोरञ्जन
भारत कै महंगो चलचित्र मध्ये मानिएको धुम ३ शुक्रवार देखि प्रर्दशनमा आएको छ । निर्देशक विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्र क्रिसमस दिवशको पुर्वसन्ध्या पारेर सार्वजनिक भएको चलचित्र यस भन्दा पहिलेनै प्रर्दशनमा आईसकेको धुम र धुम २ को सिक्वेल हो । यो चलचित्रले आम्दानी तर्फ भारतकै कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । अमिर खान तथा कट्रिना कैफलाई स्टारकास्टमा जोडेकाले पनि यस चलचित्रमा यशराज फिल्म्स उत्साहित भनेको छ । धुम ३ मा यस पटक पनि पहिले जस्तै चोर विरुद्धको प्रहरीमै केन्द्रित रहेको भए पनि प्रस्तुतिकरण पृथक रहेको निर्माण पक्षले दावी गरेको छ । पहिलो दिनको प्रर्दशनमा दर्शकहरुले धुम ३ लाई अत्यधिक मन पराउदै कुरानो कथा वस्तु जस्तै भए पनि नविनता रहेको बताएका छन् ।
चलचित्रको कथा आमिर खानको वरीवरी नै केन्द्रित रहेको छ । त्यसैले पनि अमिर खानलाई खतरानाक, उग्र तथा भयंकर बनाईएको छ । खान यस्तो पात्र देखिएका छन् उनले चोरी गर्दा उनको वाटोमा आउने हरेक वस्तुलाई नष्ट गरी अघि बढ्ने गर्दछन् । तर उनलाई साथ दिने नायिका काट्रिना कैफ भने चलचित्रमा निकै सरल र सर्तक देखिएकी छिन् । उनी नायकसँग गुरुत्वाकर्षण नियम भन्दा फरक देखिएको दर्शकहरुले बताएका छन् । यस चलचित्रमा अन्य कलाकारहरुमा अभिषेक बच्चन, उदय चोपडा तथा जैकी नायक नायिक पछिको भुमिकामा देखिएका छन् ।
मोफसल पत्रकारिता
पत्रकारिता गफ गरेर खाने पेशा होइन
दीपेन्द्र रुम्दाली (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, ओखलढुंगा
तपाईको पुरा परिचय पाउँ न ?
मेरो नाम दीपेन्द्र रुम्दाली हो । मेरो स्थायी ठेगाना मोली–३ ओखलढुंगा ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
पत्रकारिता पेशा शुरुमा रहरै रहरमा थालियो । अहिले आएर यही पेशा बनेको छ ।
कति समय भयो यस पेशामा लागेको ?
यो पेशामा लागेको अहिले एक दशक बितेको छ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
पहिलो कुरा त मोफसलमा रहेर अहिले पनि यही नै बिटमा समाचार लेख्ने भन्ने चलन छैन । मिडियाहरुले पनि आफ्ना रिपोर्टरलाई सबै बिटमा लेख्ने जिम्मेवारी दिएको हुन्छ । अझै पहाडी भेगको कुरा गर्दा त सबै बिटमा पोख्त हुन सक्नु पर्छ हामीले । मेरो इच्छा कै कुरा गर्दा त विशेषगरि मानवअधिकार, सामाजिक सांस्कृतिक र विकास पत्रकारिता बढी रुचाउँछु् ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारलाई आईपर्ने समस्या धेरै छन् । पहिलो समस्या भनेको व्यवसायिकता नै हो । व्यवसायिक पत्रकारिता नेपालमा अझै पनि हुन सकेको छैन । थोरै पत्रकारहरुले बाहेक अहिले सम्म धेरैले समाचार लेखेरै बाँच्न नसक्ने अवस्था छ । त्यसको लागि वैकल्पिक पेशा अपनाएर पत्रकारितालाई पार्टटाईम बनाउनुपर्ने अधिकांश पत्रकारहरुको समस्याहरु हुन् । त्यसैगरी सानो ठाउँमा समाचार लेख्दा व्यहोर्नु पर्ने दुश्मनी, सास्ती र दुर्गम भेगमा समाचार रिपोर्टिङ गर्दा लाग्ने लगानी भन्दा समाचारको मूल्य आफ्नो सम्बन्धित सञ्चारमाध्यमले दिने पारिश्रमिक कम हुनु मूख्य समस्या हुन् ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट र असन्तुष्ट भनेर छुट्याएर भन्न सकिने स्थिति छैन । व्यवसायिकताको हिसाबले असन्तुष्ट छु तर पेशाको हिसाबले सन्तुष्ट छु । पत्रकारिताको माध्यमबाट गरिने समाज सेवा यति धेरै गहन छ कि यसबाट सामान्य मान्छेले गर्ने समाज सेवा भन्दा धेरै माथी यसको तुलना गर्न सकिन्छ । त्यसैगरी यो पेशाले दिने इज्जत र मानसम्मान वास्तवमै अन्य पेशामा भन्दा धेरै छ । त्यसैले पत्रकारिता पेशाबाट समग्रमा भन्नुपर्दा सन्तुष्ट छु । यसकारण कि म यो पेशाबाट बाहिर निस्कनै सक्दिँन ।
तपाई संलग्न रहेर सञ्चालन भईरहेको “सर्वाजनिक साप्ताहिक” कसरी चलिरहेको छ ?
अन्य मोफसलका पत्रिकाहरु जसरी चलिरहेका छन् त्यो भन्दा पृथक पक्कै पनि सार्वजनिक साप्ताहिक हुन सक्दैन । यसको मुख्य नारा भनेको ‘गाउँघरको खबर संवाहक’ भन्ने हो । गाउँघरको खबरलाई प्राथमिकतामा राखी गाउँघरकै पाठकहरुसम्म पु¥याउने हाम्रो उद्देश्य हुन् । त्यसैगरी हामीले जिल्लाका सरकारी, गैरसरकारी, व्यापारी र व्यवसायीहरुको सानासाना सूचनालाई विज्ञापनको रुपमा प्रयोग गरि त्यसबाट हुने आम्दानीबाटै यो चलिरहेको छ ।
ओखलढुङ्गमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
सबै कुरा मैले अगाडी नै भनिसकेँ । ओखलढुंगा जिल्ला र अन्य मोफसलका जिल्लामा पत्रकारिता गर्नुको अन्तर हुन्छ जस्तो मलाई लाग्दैन । कतिपय अवस्थामा पत्रकारिता बुझाउनु सक्नु पनि पत्रकारको गुणभित्र पर्दछन् । पाठक, दर्शक वा श्रोतलाई सुसूचित गराउने काम सँगै पत्रकारिताको वास्तविकता बुझाउन सकियो भने त्यसले पत्रकारिता गर्न थप सहज बनाउँछ । पत्रकारिता आफैमा चुनौतिपूर्ण पेशा भएकोले सबैले यो पेशा अपनाउन पनि सक्दैनन् । समग्र ओखलढुंगा जिल्लामै काम गरेको अनुभव भन्नुपर्दा ओखलढुंगामा पहिले पत्रकारिताको माहोल नै थिएन । पत्रकारको परिचय दिने मान्छे एकदुई बाहेक थिएनौँ । अहिले संख्या र गुणस्तर दुवै वृद्धि हुँदैछ ,खुशीको कुरा यही हो ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
मोफसल पत्रकारिताको मुख्य चुनौती व्यवसायिकता हो । सानो ठाउँमा पत्रकारिता गरेर व्यापक सूचना सम्प्रेषण गरि व्यवसायिक बन्नु चुनौतीको विषय हो । फेरी अहिलेसम्म राजधानीमा बसेर गरिएको पत्रकारिता राष्ट्रिय हुने र जिल्लामा रहेर गर्नेहरुको पत्रकारिता स्थानीय तथा जिल्लास्तरको मात्र हुने थप दुःखद् विषय हो ।
यस जिल्लामा पत्रकारिता क्षेत्रमा लागेका सहकर्मीहरुको पेशागत दक्षता कस्तो पाउनु भएको छ ?
यहाँ कार्यरत पत्रकार साथीहरुमा पत्रकारिताको ज्ञान हुँदै नभएका हुनुहुन्न । अधिकांशले कम्तिमा पत्रकारिता र समाचार के हो भन्ने बुझ्नु भएको छ । तै पनि यतिमै सिमित नहुने विषय भएकोले सिक्नु पर्ने थुप्रै विषयहरु छन् । केही साथीहरुमा अपरिपक्वताको कारण समाचारले विभिन्न किसिमका समस्याहरु सिर्जना गर्ने गर्छन् । तर हामी पत्रकारहरु एकजुट भई नेपाल पत्रकार महासंघको नेतृत्वमा यस्ता समस्यालाई समाधान गर्ने गर्दै आएका छौँ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
गर्नुपर्ने कुरा त धेरै छन् तर नेपाल सरकारले गर्दैन भन्ने सबैलाई थाहा भएकै विषय हो । हालै विज्ञापन नीति केही फराकिलो भएर स्थानीय तहसम्म सबै सञ्चारमाध्यममा विज्ञापन दिने चलन बढेको छ । यसले केही राहत दिएको छ । यद्यपी नेपाल सरकारको मातहतमा निर्माण भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले जति अध्ययन प्रतिवेदन बुझाएपनि नेपालमा धेरै संचारसंस्थाहरुमा कामगरेपनि पारिश्रमिक नपाउने पत्रकारहरुको संख्या धेरै छ । यसलाई उचित अनुगमन गरि पारिश्रमिक दिन नसक्ने संचारसंस्थाहरु खारेज गराउनु पर्छ । जसले अव्यवस्थित पत्रकारिता उन्मुलनमा सहयोग पुग्नेछ ।
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण छ । कतिपय ठाउँहरुमा महासंघनै विभिन्न किसिमका विवादहरुमा मुछिँदा केही कमजोर भएको हामीले सुनेका छौँ । जहाँसम्म हाम्रो जिल्लामा त्यस्तो छैन । यदि महासंघले सबै पत्रकारहरुको आवाजलाई बुलन्द गर्दै अधिकारका निम्ति लड्न सके सरकारी स्तरमै यसको मुद्दा स्थापित गर्न सहज हुने थियो ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
यो अहिलेसम्म हाम्रो तहसम्म हाँसोकै विषय हो । समाचार लेखेकै भरमा पैसा कमाउनु गाह्रो छ । तै पनि आफ्नो इज्जत जोगाइ रहेको छु । पत्रकारिताबाट कमाई हुँदै नभएको भन्ने होइन । यो पेशामा लागेको एक दशक भो बाँची रहेको छु, कसैसँग झुक्नु परेको छैन् ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिताको परिभाषा मैले भन्दा पनि संसारका महान व्यक्तित्व तथा पत्रकारहरुले यसअघिनै दिइसकेका छन् । तर पनि मैले भन्नै पर्दा सही सूचना जनमानसमा सञ्चारमाध्यमबाट सम्प्रेषण गर्नु नै पत्रकारिता हो ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
सबै व्यक्तिको सकारात्मक र नकारात्मक दुईवटा पक्ष हुन्छन् । जसरी यो समाजमा सबै किसिमका मान्छे हुन्छन् । त्यसरी नै पत्रकार पनि यही समाजको भएको र कुनै ग्रहको जन्तु नभएको कारण यस्तो हुनु स्वभाविक हो । तै पनि पत्रकारहरुले आफ्नो व्यक्तिगत आचरणलाई समेत पत्रकारको आचार संहितामा रही ख्याल गर्नुपर्ने हुन्छ । किनभने एउटा पत्रकार सार्वजनिक व्यक्ति पनि हो । उसले जसरी भएपनि समाजलाई सही दिशामा निर्देशित गर्न सक्नुपर्छ ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
पत्रकारिता गफ गरेर खाने पेशा होइन । कसैले गफ गरेकै भरमा पत्रकार भन्दैनन् । काम गर्न सक्नुपर्छ । त्यसैले म भने मेरो काममै लागिरहने व्यक्ति भएकोले यस्तो गरिरहनु परेको छैन ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
अन्त्यमा मोफसलको पत्रकारिताको विषयलाई लिएर लिनुभएको अन्तरवार्ताको लागि धन्यवाद् । तपाँईहरुको विम्ब साप्ताहिकले सबै किसिमको समाजका सकारात्मक तथा नकारात्मक पाटोलाई उजिल्याएर जनमानस बिचमा ल्याउन सफल होस् । ती पाटोहरु भित्र पत्रकारहरुको आफ्नै पाटो समेट्न सक्नु भएकोमा फेरी पनि धन्यवाद् ।
लेख
जातीय भेदभाव तथा छुवाछुत समाज परिवर्तनमा चुनौती
रामहरी ओझा
चौधौं शताब्दी देखि बिभिन्न प्रकारका समस्याहरु झेल्दै आएको हाम्रो समाज समयको निरन्तरताका हिसावले २१ औं शाताव्दीमा प्रवेश गरेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक जस्ता बिभेदहरु कायमै छन यो समाजमा । २१ आंै शताव्दिमा पनि यस्ता प्रकारका बिभेदहरु छन भन्न आफैलाई लाज लाग्नु पर्ने हो तर कसैलाई लाग्दैन ।
राष्ट्रिय, अन्तराष्ट्रिय कानुनसंगै मानवीय चेतनामा आएको विकासले यि सवै प्रकारका विभेदहरुको महल चिरा चिरा त पारेको छ तर अझै ढल्न सकिरहेको छैन । यसका लागी ठूलै भुकम्पको आवश्कता देखिएको छ । अझै समस्या के हो भने त्यो भुकम्प आउने कसरी ? हामी विभेद गर्नेहरु र विभेदवाट पिडितहरु दुवै पक्ष त्यो भुकम्प रोक्ने प्रयत्नमा छौं । जे पो होस भन्ने हाम्रो चाहना हुन्छ ।
यस्तै प्रकारका विभेदहरु मध्येको एक जातीय विभेद पनि हो । अहिलेको अवस्थामा जल्दोवल्दो सामाजिक रुपमा रहेको छ जातीय विभेद । जातीय विभेद समाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय हो भन्ने कुरामा कसैको विमती छैन तर जातीय विभेद भइनै रहन्छ । यसलाई रोक्नको लागी पहलहरु पनि हुन्छन तर विचमै तुहिएर जान्छन ।
कसरी सुरु भयो जातीय विभेद ?
अखिलेखहरुको अध्ययनवाट प्राचिन वैदिक कालमा समुदायमा प्रारम्भिक रुपमा श्रम विभाजन गरिएको थियो भन्ने देखिन्छ । यसै श्रम अर्थात कामका आधारमा सामाजलाई चार जातमा विभाजन गरियो । जस अनुसार वौद्धिक काम गर्ने व्राह्मण, सैनिक र राजनैतिक काम गर्ने क्षेत्रीय, खेती र व्यापार गर्ने वैश्य र कठिन परिश्रम गर्नेलाई शुद्र भनियो । लिच्छवीकालमा समाजलाई चार वर्ण र १८ जात भनेर बिभाजन गरियो । १४ औ शताव्दीमा राजा जयस्थिती मल्लले जातका आधारमा पेशा किटान गरे र उनले अरु जातको काम गर्नेलाई कडा सजाय दिने घोषणा समेत गरे । उनले लच्छिवीकालीन चार वर्ण १८ जातलाई चार वर्ण ३६ जातमा बिभाजन गरे । १७ आंै शताव्दीमा राजा राम शाहले जयस्थिती मल्लको जातीय विभाजनहरुलाई राज्यका निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरे । त्यसो त राम शाहलाई सुदारवादी राजा मानिन्छ । अहिले पनि विभिन्न क्रान्तिकारी कुरा गर्नेहरु सुधारवादी राजा राम शाह भनेर गुणगान गाउछन । तर तिनै सुधारवादीले मानवको एक समुहमाथी भईरहेको अन्याय रोक्न नसकेर त्यसैलाई निरन्तरता दिने काम गरेको देखियो ।
मुलुकी ऐन बिक्रम सम्वत् १९१० (जसलाईं नेपालको प्रथम लिखित कानुन भनिन्छ) मा राजा सुरेन्द्र शाहले पुरानै संरचना अंगिकार गर्दै छोई छिटो हाल्नु पर्ने जात र हाल्नु नपर्ने जात भनि लेख्न लगाए । जातका आधारमा कानुनी सजाय हुने व्यवस्था पनि यसै ऐनमा लेखिएको पाइन्छ । देशको पहिलो लिखित मुल कानुनका रुपमा आएकोे “नेपालको वैधानिक कानुन २००४” ले पनि यस सवालमा खासै फेरवदल गरेन । यो कानुनी रुपमा वैध मानिदै आयो ।
के अहिले पनि जातीय विभेदलाई कानुनी मान्यता छ ?
२००७ सालको राजनैतिक परिर्वतनपछि देशमा संविधानसभा मार्फत नयाँ संविधान निर्माण हुने कुरा चल्यो । नयाँ संविधान नवने सम्मकालागी राजा त्रिभुवनले “अन्तरीम शासन विधान २००७” को घोषणा गरे । सो विधानको धारा १३, १४, र १६ मा कानुनका अगाडी सवै समान हुने, जात वा धर्मका आधारमा भेदभाव नगरिने जस्ता कुराहरु राखिएपछि जातीय विभेद कानुनी रुपमा अपराध मानिन थालिएको हो । त्यसपछि “नेपाल अधिराज्यको संविधान २०१५” र “नेपालको संविधान २०१९” मा पनि जातीय विभेद विरुद्ध स्पष्ट रुपमा व्याख्या गरेको पाइन्छ । २०२० सालमा आएको मुलुकी ऐनलाई जातीय विभेदवाट समाजलाई मुक्त राख्ने मुल ऐनका रुपमा मानिन्छ ।
२०४६ सालको राजनैतिक परिर्वतन पछि २०४७ सालको संविधानमा राज्यका निर्देशक सिद्धान्तका रुपमा जातीय भेदभाव मुक्तको घोषणा गरेको छ । सोही संविधानको धारा ११ मा समानता सम्वन्धि व्यवस्था गरेको छ । २०६२÷०६३ को जनआन्दोलनको आडमा पुनस्थापना भएको संसदले २०६३ साल जेठ ४ गते धर्म निरपेक्ष राज्यको घोषणा ग¥यो । त्यसपछि वनेको “नेपाल अन्तरीम संविधान २०६३” ले मौलिक हकको रुपमा जातीय छुवाछुत विरुद्धको हकलाई स्वीकार गरेको छ । २०६३ साल जेठ २१ गते नेपाल सरकारले देशलाई “जातीय छुवाछुत मुक्त देश” घोषणा गरेको छ भने “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” समेत जारी भईसकेको अवस्था अहिले छ । राज्यले २०५८ सालमै राष्ट्रिय दलित आयोग समेत गठन गरेको छ ।
के कानुनको अभावका कारण जातीय विभेद भएको हो त ?
यो विल्कुलै होईन कि जातीय विभेद विरुद्धको कानुनको अभावमा जातीय विभेद भइरहेको छ । मुलुकी ऐन २०२० को अदलको १०(क) मा कसैले कसैलाई जातीपाती, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवस्था उल्लेख गरिएको छ । यो अलग कुरो हो की यो सजायले जातीय विभेद गर्नेलाई चेतावनी हुन्छ हुँदैन । भई के दिएको छ भन्दा राजनैतिक आन्दोलनले कानुन निर्माण त ग¥यो तर त्यसको प्रभावकारी कार्यान्वयन भएन एक । दोस्रो कुरा सामाजिक आन्दोलनका ठेकेदारहरुले पनि सामाजलाई त्यो उचाईमा पु¥याउन सकेनन् । जातीय विभेद कानुनी अपराध हो भन्ने सन्देस आम जनतासम्म पु¥याउन सकेनन् । गैरसरकारी क्षेत्रले सचेतिकरण गरिरहेको छ भन्ने वाहना बनाई राज्यले त्यसतर्फ कुनै ध्यान दिएन । तेस्रो कुरा राज्यको राजनैतिक संयन्त्र र कर्मचारी संयन्त्र पनि उदासिन देखियो । राजनैतिक दलहरुले पनि कानुनको प्रभावकारी कार्यान्वयन भन्दा बरु छिटो किनारा लगाउने आतुरता देखाउन थाले र सरकारी कर्मचारीहरुको सोच २१ आंै शताव्दीसम्म आइपुग्दा पनि पुरानै रह्यो ।
अहिले जातीय विभेद जसरी चर्किएर अगाडी आइरहेको छ, यसले समाजमा विकराल रुप ल्याउने देखिन्छ । यद्यपी समाज परिवर्तनको चरम क्षणमा हामी छौं । यस वेला समाज प्रशव वेदनामा छट्पटिईरहेकी महिला जस्तै गरी छट्पटिईरहेको छ । एकातिर युगौं युग देखि छुवाछुतको लान्छना सहदै आएको दलित भनिने वर्ग छ, जसले एकदमै तिव्र गतिमा समाजको परिर्वतन चाहिरहेको छ । यो वर्ग अव धेरै दिनसम्म आफुलाई दोस्रो दर्जाको नागरिक बनाई राख्न चाहँदैन । अर्को तिर जातिकै आधारमा आफुलाई उपल्लो वर्गको भनी दम्ब देखाउदै आएको गैर दलित भनिने बर्ग छ, जसले परिवर्तन विस्तारै हुन्छ भनेर विभिन्न उदाहरण दिँदै आएको छ । यी दुई फरक विचारको लडाई अहिले भईरहेको छ ।
अर्को के पनि हो भने हामी कतै सबै कुरालाई जातीय विभेदसंग त जोड्दै छैनौँ । करौडौ कर असुल्ने नाममा राज्यले पानी भन्दा बढी वितरण गर्दै आएको मदिरा सेवन गरी दुई जनाको विचमा झगडा हुन्छ, संयोगमा दुबै जना फरक फरक भनिएका जातका हुन्छन् भने के यो जातीय विभेदका कारण भएको झगडा हो भन्ने त । यसकारण यहाँ के भन्न खोजिएको हो भने यदि जातीयताकै कारण वा जात अनुसारको काम नगरेकै कारण वा गैर दलत भनाउदाहरुको सेवा स्याहार नगरेकै कारण कुनै घटना घट्छ भने दायाँ वायाँ सोच्ने कामै छैन । कानून अनुसार जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरौं । होईन, मुद्धा कुटपिटमा दर्ता गर्ने वा अर्कैमा दर्ता गर्ने तर नारा जातीय विभेदका कारण भएको बनाउने यो उपयुक्त हँुदैन । यसले समाजमा थप विखण्डन ल्याउन सक्छ । भोली फेरी नयाँ खालको विभेद जन्मन सक्छ । त्यसैले व्यक्तिगत रुपले आफुलाई फाईदा पुग्ने गरी कसैको झुट्टा प्रचार नगरौँ । यस कुरामा राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु, मानवअधिकारकर्मीहरु, संचारकर्मी, गैसस, कानुन व्यवसायी, अपहेलाना गर्दै आएको कथित उपल्लो वर्ग, अपहेलित हँुदै आएको कथित दलित बर्ग र नागरिक समाज सबैले होसीयारी देखाउनु आबश्यक छ ।
नातावाद, कृपावाद वा अन्य कुनै वादका आधारमा जातीय छुवाछुतको मुद्धालाई सामान्य कुटपिटमा परिणत गरी मिलापत्रको नाममा किनारा लगाउने कार्य कसैले पनि गर्नु हुँदैन । मदिरा सेवन गरेर दुईजनाबिचको लडाईमा कस्को गल्तीले भएको हो भन्ने वारेमा सामान्य जानकारी नै नराखी जातीय बिभेद् भयो भन्दै आप्mनो परियोजनाको आयु लम्व्याउनका लागि पनि कसैले अग्रसर हुनु हुँदैन । यसले सामाजिक वैमनुश्यता वाहेक अरु केहि दिदैन ।
जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने कुरा कुनै एक व्यक्ति वा एक समूहको मात्र जिम्मेवारीको बिषय हुन सक्दैन । जातीय छुवाछुत अन्त्यका लागि सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, नीजि क्षेत्रको जति महत्व छ त्यतिनै महत्व अहिलेसम्म आफुलाई उपल्लो जातका देखाउँदै आएकाहरुको पनि छ । त्यसमा थप कुरा के छ भने दलित–दलित भनिएकाहरुका बिचमा हुने जातीय बिभेदले पनि यो समस्या समाधानका लागि अझै ढिलाई गरिरहेको साँचो कुरा हो । त्यसैले जातीय छुवाछुतमुक्त समाज वनाउनका लागि हामी सवैले आ–आप्mनो ठाउँवाट जाग्नु पर्ने हुन्छ । यसले समाज परिवर्तनमा निकै ठुलो समस्या सृजना गरेको छ ।
तपाईले आफ्ना छोराछोरीहरुलाई चाउचाउ र लेज खुवाउनु हुन्छ ?
प्रमोद कोईराला
“जंङ्क फुड” भन्ने शव्द सन १९७२ अमेरिकी प्रोफेसरले प्रयोग गर्नु भएको रहेछ । जङ्क फुडलाई कानुनले परिभाषा गरेको छैन । तर यो शव्दले तेल वढी भएका, नुन वढी भएका, चिनी वढी भएका र अन्य पोषक तत्व कम भएका खाने कुरालाई भनियो । जङ्क फुड उद्योगमा उत्पादित भई हाम्रो जीवनचर्यासंगसंगै आयो । मलाई खाजा खाने समय छैन यसो चाउचाउ उमालेर खानुपर्छ भनियो, यही जङ्क फुड भयो । अव सवै चिज वारीमै उव्जाउछौं भन्नु पनि सम्भव छैन । त्यसैले केही न केही उद्योगको उत्पादनमै भर पर्नु पर्छ । तर जति सकिन्छ यसलाई कम गर्नु प¥यो । बिस्कुट र चाउचाउ सजिलो भयो तर यसले कुलत ल्यायो ।
भारतमा बिद्यालय वरीवरी वेच्न पाईदैन, हाम्रो देशमा जङ्क फुडको विवाद भारतवाट सुरु भएको हो । भारतमा सर्वोच्च अदालतले सन २०१२ मा के भनेको छ भने सरकारी बिद्यालयको वरीपरी जङ्क फुड वेच्न नदिन सरकारी बिद्यालयमा कस्तो खाजा दिनुपर्छ भनेर बिभागवाट फर्मुला लिएर आउ भनेर सर्वोच्चलेनै आदेश दियो । यसको बिकल्पमा अदालतले यो पनि आदेश दियो कि सातु, हलुवा आदिको व्यवस्था गर्नु । त्यसपछि त्यहाँ अमिर खान लगायतलाई वोलाएर कोक, लेज आदिको बिज्ञापनमा किन प्रचार गर्ने ? भनेर त्यस्तोमा बिज्ञापन गर्न छाडिदिनुहोस भनि साईन्स एण्ड टेक्नोलोजीका मान्छेहरुले आग्रह नै गरेका छन । पिजाहट केक वजारमा आएको छ । उनीहरुको हिसावले सोच्दा यति तेल राखेर यति नुन राखेर वनाउँदा यस्तो स्वाद हुन्छ भन्ने गर्दछन । त्यहाँ गएर यसो नगर भन्न पनि सकिदैन ।
सकभर चाउचाउ पनि नखाउ
चाउचाउ सरसफाईको दृष्टिकोणले राम्रो छ तर तेल वढी हुन्छ । हामीले पनि यस वारेमा वहस चलायौं कानुनी हिसावले यस्ता चिजमाथी रोक लगाउन जटिल छ । म पनि भन्छु चाउचाउ नराम्रो कुरा हो तर म आफैंले चाउचाउ खानु पर्ने अवस्था चाँही छ । हामी त दुई छाक घरमा पकाएर खान्छौं तर वाहिर त सय प्रतिसतनै यस्तै जङ्क फुड खाएर काम गर्नु परिरहेको हुन्छ ।
भारतको दालतले आदेश दिएपछि नेपालमा पनि केही साथीहरुले बिद्यालय छेउछाउमा ध्यान दिनु पर्छ भने त्यसपछि शिक्षा बिभागले वोर्डिङ्ग स्कुलहरुमा जङ्क फुड वन्देश गरिदियो । त्यसपछि केही चाउचाउवाला साथीहरु यहाँ भन्न पनि आए । उहाँहरुले भन्नुभयो “तपाईहरुले हामीलाई उत्पादनका लागि अनुज्ञापत्र चाँहि दिने अनि तपाईहरुले नै चाउचाउ खानु हुँदैन भनेर लविङ्ग गर्ने ?” उनीहरुको तर्क के थियो भने चाउचाउ यति सस्तो छ कि त्यो दाममा अर्को कुनै खानेकुरा आउँदैन । हाम्रा पनि केही साथीहरु चाउचाउ उद्योगमा काम गर्छन । उनीहरुले यो कुरा स्वीकार गरे तर मैले भने यो जङ्क फुड हो । यसले फाईदा गर्दैन । मैले उहाँहरुलाई सोधे “तपाईहरु आप्mना छोराछोरीलाई चाउचाउ खाउ भनेर प्रोत्साहन गर्नु हुन्छ ? अवथा लेज खाउ भन्नुहुन्छ ?” मैले यसो भनेपछि साथीहरु चुप लागे । मैले मेरा छोराछोरीलाई चाउचाउ दिन चाहान्न । यि चिज खराव चिज हुन । कानुनको हिसावले रोक्न सक्ने अवस्था छैन । तर केही उपायहरु छन । यस्तै मिडिया सिडियामा हल्लिखल्ली गर्दै गयो भने यसको प्रयोग घट्दै जान्छ । दोश्रो उपाय भनेको यसमा ट्याक्स वढाईदिनु पर्छ । डेनमार्कमा यो तरिका अपनाएको छ । त्यहाँ जतिजति फ्याटको मात्रा वढ्दै जान्छ त्यतिनै ट्याक्सको मात्रा वढाईन्छ । अनि त्यो पैसा स्वास्थ्यमा खर्च गरिन्छ ।
रेडबुल, ईनर्जी ड्रिङ्कस्
ईनर्जी ड्रिङ्कस्मा एउटा सेन्थेकिक भन्ने हुन्छ त्यसैले यो प्राकृतिक खानेकुरा होईन । त्यसैले यस्तो खानेकुरामा बिभिन्न केमिकलहरु मिसाएर वनाएको हुन्छ । अहिले यसवारेमा के मा बिवाद छ भने यो चाहि ओखतीजन्य खानेकुरा हो कि खानेकुरा हो ? खाने कुरा हो भने यो प्राकृतिक हुनुपर्छ । ईनर्जी ड्रिङ्कस्लाई कुनै कुनै देशमा ओखतीका रुपमा हेरिएको छ । कुनै देशमा चाँहि नेपालमा जस्तै खाद्य बिभागले हेरेको अवस्था छ । ईनर्जी ड्रिङ्कसको अहिलेको मुल मुद्धा भनेको यसमा भएको क्याफिन हो । त्यसमा जुन केमिकल राखिएको छ र त्यसले मानिसलाई ईनर्जी दिएजस्तो भान गराउँछ त्यो क्याफिन कफीमा पनि छ र चियामा पनि छ । त्यसैले यसलाई पुरै बिषै हो भन्ने कुरामा पनि धेरै दम छैन । किनभने हामी चिया कफी खाईराखेका छौं तर अध्ययनले के देखाएको छ भने यो खाईरहँदा मान्छेहरु आवेशमा आउने, मुटुको धड्कनहरु वढाउने, वल्डप्रेशहरु ल्याउने मुटु सम्वन्धि रोगहरु ल्याउने आदि लक्षणहरु केही जनावरमा गरेको अध्ययनवाट देखिएको छ । नियमित हिसावले खायो भने क्याफिनले हानी गर्दछ । रेडवुल लगायतका कम्पनीहरु धेरै शक्तिशाली छन । वर्षमा उसको दुुई अर्व क्यान बिक्री हुन्छ रे । वर्षमा उनीहरुको मार्केटिंग १२ गुणासम्म बढेको सुनिन्छ । ........अनलाई खवरवाट साभार
कला। संस्कृति र साहित्य
के रै छ
मानिसको जीबनचोला बगिजाने पानी रै छ
याद गराउने को हो भन्दा उनी मेरी सानी रै छ ।
भेट नभााको धेरै भयो भौतिक शरीर कति टाढा
सम्झी रुनु मात्र मलाई माया गर्नु हानी रै छ ।
तिम्ले पनि छोडी गयांै कस्को मुख हेर्ने मैले
सक्दिँन म पापी मनलाई उनि तिरै तानि रै छ ।
गल्ति गरे पहिलो चोटी उनलाई मुटु दिए
मलाई घृणा गरी हिड्ने उनको एउटा बानी रै छ ।
पोतिएको झुपडीलाई मन परेन हगी तिम्लाई
सुन्छु हल्ला उनि आज महलकी रानी भै छ ।
रघुनाथ रौतेडा (बियागे)
कालिकास्थान ५ नुवाकोट
बिज्ञापन
कर्मचारी आवश्यकता सम्वन्ध सूचना
सूचना प्रकासित मिति ः २०७०÷९÷८
ग्रामीण विकास केन्द्र (आर.डि.सि.) नेपाल डोटीद्धारा सञ्चालन भईरहेको जिविकोपार्जन परियोजनाको लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट सूचना प्रकासित मितिले ८ दिन भित्र दरखास्त आव्हन गरिन्छ ।
विज्ञापन नं. ः ००१÷०७०÷०७१
१) पद ः लेखापाल संख्या ः एक जना
आवश्यक योग्यता तथा अनुभव
ड्डव्यवस्थापन विषयमा कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव प्राप्त तथा व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरी लेखा व्यवस्थापनमा अनुभवीलाई विशेष ग्राह्यता दिईनेछ ।
ड्ड नेपाली र अंग्रेजी भाषामा राम्रेसंग संचार गर्न सक्ने ।
ड्ड कम्प्युटरमा दक्ष भएको (ःक्(धयचम, भ्हअभ ि७ एयधभच उयष्लत भतअ) ।
दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७०÷९÷१५ (दिउसो ४ः०० वजेसम्म)
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
सुविधा ः संस्थाको नियमानुसार
पेश गर्नु पर्ने कागजात
— निवेदन र वायोडाटा १ प्रति
दरखास्त पेश गर्ने स्थान ः दिपायल सिलगढी नगरपालिका वडा नं १ नाचनथली सिलगढी डोटी ।
फोन नम्वर ः ०९४–४२०१६४
नोट ः अन्तरवार्तामा उपस्थित हुदा शैक्षिक प्रमाण पत्र, अनुभव तथा तालिमका प्रमाणपत्र र नागरिकता सहित उपस्थित हुनु पर्नेछ । म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही हुनेछैन । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र अन्तरवार्तामा समावेश गराईनेछ ।
पदपूर्ति समिति
नेपाल सरकार
कृषि विकास मन्त्रालय
पशु सेवा विभाग
जिल्ला पशु सेवा कार्यालय, डोटी
सिलबन्दी दरभाउ पत्र आव्हान सम्वन्धि सूचना
ठेक्का नं ०१ ÷२०७०÷०७१,
प्रथम पटक सुचना प्रकासित मिति २०७०÷०९÷०९ गते मंगलबार
यस कार्यालयको निवास भवनको तल्ला थप्नु पर्ने निर्माण सम्बन्धि कार्य सिलबन्दी दरभाउ पत्रको माध्यमबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त ईच्छुक निर्माण व्यवसायीहरुबाट निम्न सर्तहरुको अधिनमा रहि रित पुर्बकको सिलबन्दी दरभाउ पत्र आह्वान गरिएको छ ।
सर्तहरु ः
१) सिलबन्दी दरभाउ पत्र फाराम खरिद गर्न ईच्छुक निर्माण ब्यवसायीहरुले फर्म दर्ताको नबिकरण सहितको प्रमाणपत्र, मु.अ.कर दर्ताको प्रमाणित प्रतिलिपी र आ.व.२०६९।०७० को कर चुक्ता प्रमाण पत्र संलग्न राखी निबेदन दिनु पर्ने छ । सिलबन्दी दरभाउ पत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन (मिति २०७०÷०९÷२३ गते) कार्यालय समयभित्र रु ३००। (फिर्ता नहुने गरीे) तिरी यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
२) खरिद भएका दरभाउ पत्र रित पुर्बक भरी यो सूचनामा उल्लेखित दरभाउ पत्र सूचना प्रकाशित मितिले सोह्रौ दिन (मिति २०७०÷०९÷२४ गते) दिनको १२ बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, फर्म र दरभाउ पत्र दाताको नाम, ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहा छाप गरी यस कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
३) दर्ता भएको सिलबन्दी दरभाउ पत्र सोह्रैं दिनको २ बजे दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ । तर दरभाउ पत्र दाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
४) दरभाउ पत्र फाराम खरिद गर्ने÷दाखिला गर्ने अन्तिम दिन सार्बजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा हुनेछ ।
५) दरभाउपत्र जमानत बापत तपसिलमा उल्लेखित रकम को.ले.नि.का. डोटीको रा.बा.बैङ्क डोटी शाखा स्थित धरैटी खाता नंं २०३ मा जम्मा गरेको, पिठमा प्रष्ट रुपले दाखिला गर्ने पार्टीको नाम ठेगाना, कामको विवरण र छाप लेखिएको दोश्रो प्रति सक्कलै बैंक भौचर वा दरभाउ पत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन मान्य अवधि भएको नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैङ्घबाट यस कार्यालयको नाममा जारी गरिएको सक्कलै बैङ्क जमानत (बिडबण्ड) संलग्न गरी पेश गर्नु पर्ने छ ।
६) दरभाउ पत्र सम्वन्धि कागजात पेश गर्दा मुल्य अंकित परिमाण सूचिको प्रत्येक आईटमको प्रति ईकाई मुल्य (मु.अ.कर बाहेकको) अंक र अक्षर दुबैमा उल्लेख गर्नुपर्ने छ । उल्लेखित दर रेट अंक र अक्षरमा फरक पर्न गएमा अक्षर लाई मान्यता दिईने छ ।
७) नेपाल सरकारको हितलाई ध्यानमा राखी सिलबन्दी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने जस्ता सम्र्पुण अधिकार यस कार्यालयमा निहित रहने छ ।
८) एउटा फर्मले खरिद गरी अर्को फर्मको नाममा दाखिला गरेको वा सूचनामा उल्लेखित सर्तहरु र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेकद ३ को दफा २४ बमोजिम पेश भै आएका सिलबन्दी दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन ।
९) एक पटक पेश भएको सिलबन्दी दरभाउ पत्र फिर्ता वा संसोधन गर्न सकिने छैन ।
१०) यस सूचनामा उल्लेखित भएकोमा सोही बमोजिम र अन्य कुराहरुको हकमा हाल प्रचलित सार्बजनिक खरिद ऐन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अनुसार हुने छ ।
११) यस सम्बन्धि अन्य थप कुराहरु बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete