Monday, October 13, 2014

बिम्ब नेपाली साप्ताहिक, मिति २०७१ साल असोज २८ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
यसरी भयो दर्दनाक छतिवन बस दुर्घटना
घरमा मान्यजनवाट टिका र जमरा थापेपछि माईती, मावली र अन्य आफन्तकोमा जमरा थाप्दै आशिर्वाद लिने हतरो थियो सवैलाई । बसभित्र र छतमा वसेकाहरु सवै एकआपसमा गफ गर्दै रमाईरहेका थिए । क्यावेनमा मात्रै १५ जना जति यात्रुहरु थिए । एक–अर्काको घरवाट आएको रोटी, फलफुल वाँड्दै खाँदै थिए । कसैले कल्पनासम्म पनि गरेका थिएनन् यति छिटो दुर्घटना होला भनेर ।
असोज २० गते डोटीको जोरायलवाट कैलालीको धनगढीका लागि हिडेको ना ३ ख ५७०७ नम्वरको बस सरस्वतीनगर गाबिसको चनकट्टेवाट हिड्यो । राउतकट्टेमा आउँदासम्म गाडीको क्षमताले भ्याउने जति यात्रुहरु  भरिए । लक्ष्मीनगरको सिलिमवाट फेरी यात्रुहरु थपिए । बस जति जति अगाडी बढ्दै गयो, यात्रुहरु पनि थप हुँदै गए । जोरायल उपत्यका कट्दासम्म बसभित्र र छतमा गरी करीव एक सय १० जना पुगे ।
जोरायल र बाझिलेकको बिचमा पर्ने उकालोमा बसको मुख्य पट्टा टुट्यो । बसका कर्मचारीहरुले पट्टामा डवल रिकाप लगाए । बस फेरी धुले सडकमा गुड्यो । बाँझीलेक कट्यो छतिवन गाबिसको क्षेत्र सुरु भयो । बस गुड्दै जाँदा अचानक अर्को पट्टा पनि टुट्यो । यात्रुहरु आत्तिए ।
चालकलाई क्यावेनमा बसेका यात्रुहरुले आग्रह गरे ‘बरु हाम्रो भाडा पनि फिर्ता नगर्नुहोस, हामीलाई झारिदिनुहोस, हामी हिडेर जान्छौं ।’ तर चालकले केही हुँदैन भन्दै नआत्तिन सुझाव दिए । यस्तो कुरा भएको पाँच मिनेट मात्रै भएको थियो बस चालकको नियन्त्रण भन्दा वाहिर गयो  ।
‘आ–आफ्नो घरवाट ल्याएका काँक्रा, केरा र अन्य फलफुल वाँडेर खाँदै थियौं, दशैंको दिनको अनुभव सवैले एक–आपसमा वाँडिरहेका थियौं’ वसको क्यावेनमा बसेर यात्रा गरिरहेकी लक्ष्मीनगरकी गीता बिष्ट (खत्री) ले भनिन् ‘बस एकातर्फ निकै झुक्यो, हामी आत्तियौं ।’ चालकले बस  आफ्नो नियन्त्रण भन्दा वाहिर गएको भनेपछि यात्रुहरुको अनुहार मलिन भयो । “बाँच्ने आश गुमाईसकेका थियौं, रुवाबासी पनि सुरु भयो” गीताले भनिन् “चालकले ‘मलाई माफ गर्नु होला मैले तपाईहरुलाई बचाउन सकिन, सवैले बसको कुनै न कुनै भाग राम्रोसंग समात्नुहोला’ भन्यो ।” आङ सिरिङ्ग पार्दै गीताले भनिन् ‘चालकको सिट समातेर वसेको थियो, धन्न वाँचिएछ ।’ आफ्नो अर्को जुनि भएको बताउँछिन गीता । गीता अहिले कैलाली अत्तरियाको पद्मा अस्पतालमा उपचार गराईरहेकी छन ।
बसको छतमा बसेर यात्रा गरिरहेका छवी खत्री भन्छन ‘वसले सडक छोडेपछि हाम फालेर बचियो । पद्मा अस्पतालमै उपचार गराईरहेका उनी भन्छन ‘भित्र कति जना थिए भन्ने त थाह भएन तर भित्र खुट्टा राख्ने ठाउँसम्म पनि नभएपछि म छतमा गए ।’ छतमा ४० भन्दा वढी यात्रु रहेको उनको भनाई छ । ‘दशैं कसरी मनाईयो भनेर एक–आपसमा गफ गर्दै आईरहेका थियौं, यस्तो घटना भयो’ उनले उक्त घटनाको वारेमा कुरा गर्न पनि डर लागेको वताए ।
आमावुवाको आशिर्वाद लिएर श्रीमतिसंगै कञ्चनपुर ससुराली जान लागेका तेज खत्री पनि छतमा बसेर यात्रा गर्दै थिए । श्रीमति गिता बसभित्र थिईन । ‘बसले सडक छोडेपछि हाम फाल्नुको बिकल्प रहेन, धन्न आमाबुवाको आशिर्वादले वचियो’ खत्री भन्छन “हामीले वाटोमै भनेका थियौं बसको पट्टा टुट्यो बरु हामी हिडेर जान्छौं तर चालकले मानेन ।”
दुर्घटनावाट २९ जनाले ज्यान गुमाए, ६८ जना घाईते भए । घाईतेहरुको कैलाली र भारततिर उपचार भईरहेको छ । शुक्रवारमात्रै पाँच जनालाई थप उपचारका लागि भारतको हल्द्वानी रिफर गरिएको छ । बर्षाका कारण अवरुद्ध भएको कच्ची सडकमा बर्षापछि को पहिलो बसका रुपमा उक्त बस १९ गते जोरायल पुगेको थियो । जिपका लागि वनाईएको वाटोमा बस सञ्चालन गर्न सुदूरपश्चिम बस व्यवसायी समितिले काउण्टरवाटै टिकट काट्ने र बसलाई बिधिवत रुपमा चलान गर्ने गरेको छ । उक्त वसमा एक सय नौ जनाले टिकटै काटेको र बसका कर्मचारीहरु समेत गरी एक सय १० भन्दा पनि बढी मान्छेहरु सवार भएका घाईते तेज खत्री वताउँछन । तर, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्ट भने करीव एक सय जना मात्रै यात्रु रहेको अनुमान गर्छन । बिभिन्न सञ्चारमाध्यममा फरक–फरक संख्या आईरहेको वताउँदै प्रहरी निरीक्षक भट्टले एक सयसम्म भएको अनुमान गरे ।
सम्पादकीय
साँच्चै हो त गोप्य सूचना ?
छिमेकी राष्ट्र भारतले नेपाल सरकारलाई गोप्य सूचना पठायो रे । गोप्य सूचनामा नेपालका शिर्ष राजनीतिक नेताहरुको हत्या हुन सक्ने कुराको जानकारी छ रे । नेपालका नेताहरुमात्रै होईन नेपालमा कार्यरत भारतीय कुटनीतिक निकायका उच्च अधिकृतहरुको ज्यान पनि खतरामा छ रे । त्यसैले सुरक्षा शतर्कता अपनाउनु प¥यो रे ।
निश्चित रुपमा कुनै देशको राजनीतिक नेतृत्वमा वा सर्वसाधारणमाथी हमला हुने योजना कतै वन्दैछ भने त्यसको सूचना सम्वन्धित राष्ट्रलाई समयमै दिनु एक अशल छिमेकीको कर्तव्य हो । भारत नेपालको अशल छिमेकी हो वा होईन भन्ने कुरा बिश्लेषकहरुले बिश्लेषण गर्ने पाटो होला तर यो नेपाली नेताहरु मार्ने षड्यन्त्र यदि साँचो हो भने यसमा भारतले आफ्नो अशलपना देखाएकै हो मान्नु पर्छ ।
खैर, भारतले नेपाली नेताहरुको ज्यान खतरामा छ भन्ने कुराको जानकारी दियो । अन्तराष्ट्रिय ईस्लामिक आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिनबाट सो खतरा रहेको पनि जानकारी दियो तर त्यो योजना कहाँ बसेर वनाईदैछ भन्ने कुरा खासै खुलाउन सकेको छैन । भारतले नेपाललाई लेखेको पत्रको आसय अनुसार उक्त योजना काठमाण्डौं र आसपासका क्षेत्रहरुमा बन्दैछ    रे । त्यसो हो भने त्यो कुराको जानकारी नेपालका सुरक्षा निकायहरुलाई किन हुन सकेन ? कुनै बिदेशी व्यक्तिहरुको समूह त्यो पनि          अन्तराष्ट्रियस्तरमा आतंकवादीको पहिचान वनाईसकेको समूहका व्यक्तिहरु नेपालभित्र प्रवेश गरेर नेपाली नेताहरुकै हत्या गर्ने,    सर्वसाधारणको अपहरण गर्ने, बिमानस्थलवाट बिमान अपहरण गर्ने र नेपालमै रहेका भारतीय कुटनीतिक नियोगका व्यक्तिहरुको हत्या गर्ने योजना नेपालमै त्यो पनि काठमाण्डौंको आसपासमा बसेर वनाईरहँदा नेपालका सुरक्षाकर्मीहरुले सुईकोसम्म पनि नपाउनु यस देशका सुरक्षा निकायको वहादुरी भन्नु वा लाजमर्दो अवस्था !
दिल्लीवाट आफ्ना गुप्तचरहरु परिचालन गरेर नेपालमा के हुने सम्भावना रहेको छ भन्ने कुराको जानकारी नेपाललाई दिने तर नेपाली सुरक्षाकर्मीहरु, गुप्तचरहरु सुईको समेत नपाउने हो भने यो देशको बिडम्वना अरु के हुन सक्छ र ! हुन त सडकमा गुडेको गाडीको डरले आत्तिएर भागिरहेको भैंसीको सिङ्ग गाडीमा ठोक्किदा बिपन्न समुदायका व्यक्तिलाई जवरजस्ती प्रहरी चौकी पु¥याएर आठ हजार रुपैयाँ असुल गर्ने व्यक्तिहरु जिल्ला सुरक्षा समितिका प्रमुख हुने देश हो हाम्रो । यस्ता प्रमुखहरुले सञ्चालन गरेको सुरक्षा संयन्त्रवाट हामीले धेरै आश पनि गर्नु व्यर्थ हो । तर पनि राज्य छ, त्यसकारण हामी सुरक्षित छौं भन्ने आश पनि जनतामा कताकता  छ । त्यसैले जनताको त्यो आशा मर्न नदिनका लागि पनि हामीले ध्यान दिनु जरुरी छ ।
यसअघि पनि नेपालको अन्तराष्ट्रिय बिमानस्थलवाट बिमान अपहरण भएको छ, आतंककारीहरुलेनै राजनीतिक नेताहरुको हत्या पनि गरेका छन । अन्य सामाजिक क्षेत्रमा लागेका व्यक्तिहरुको हत्या समेत भएको छ आतंककारी संगठनहरुवाट । त्यसकारण भारत   सरकारले दिएको सूचना असत्य हो भनेर दावी गर्न सक्ने अवस्था पनि छैन नेपालका सुरक्षाकर्मीहरुका लागि । यो अवस्थामा आफ्ना संयन्त्रहरुलाई सक्रिय रुपमा परिचालन गर्नुनै बुद्धिमानी होला सरकारका लागि ।
हुन त हाम्रो देशको अर्को पनि बिडम्वना छ । जनताको व्यक्तिगत सुरक्षासंग प्रत्येक्ष रुपमा जोडिएको जनपद् प्रहरीको संख्यानै पर्याप्त छैन । जनपद् प्रहरी भन्दा झण्डै दुईगुणा बढी सुरक्षा निकायको नाममा बसिखाने संयन्त्रको संख्या छ । अनि हामी कसरी सुरक्षित महसुस गर्छौं त आफुलाई !
त्यसैले भारतले दिएको सूचनामा सम्वेदनशील वन्नु जरुरी  छ । होईन भने बिगतका जस्ता घटनाहरु दोहोरिन सक्छन, मानवीय तथा भौतिक क्षेति हुन सक्छ ।
थप समाचार
अस्पतालवाटै घाईतेको सुन हरायो
असोज २० गते छतिवन बस दुर्घटनामा परी घाईते भएका लक्ष्मीनगरका तेजवहादुर खत्रीको उपचारकै क्रममा दुई तोला सुन हराएको छ ।
श्रीमतिसंगै दुर्घटनामा परेका खत्रीको कैलाली अत्तरियाको पद्मा अस्पतालमा उपचार भईरहेको छ । सरकारले गठन गरेको दुर्घटना छानविन समितिका पदाधिकारीहरु अस्पतालमा पुगेपछि घाईतेहरुसंग छलफल गर्ने क्रममा आफु  समितिकै पदाधिकारीहरुसं एकछिन वाहिर आएको वताउँदै खत्रीले सोही मौकामा आफ्नो झोलामा रहेको दुई तोला सुनको गहना हराएको वताए ।
‘केही गहना घटनास्थलमै हराईसकेका थिए, बसेको सुन पनि अस्पतालवाटै हरायो’ खत्रीले भने ‘सिसि क्यामेरामा हेर्दा हामी वाहिर भएका वेला केही व्यक्तिहरु हाम्रो वेड नजिक आएको देखिएको छ तर अस्पताल प्रशासनले यस वारेमा कुनै चाँसो देखाएको छैन ।’ आफुले चोरी भएको खवर प्रहरीलाई समेत जानकारी गराईसकेको खत्रीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय अत्तरियाका ईन्चार्ज प्रहरी निरीक्षक कुलदिप चन्दले घटनाको वारेमा छानविन गरिरहेको वताए । ‘मैले सिसि क्यामेराका फुटेजहरु हेरे, केही असामान्य व्यक्तिहरु भित्र गएका देखिएका छन’ निरीक्षक चन्दले भने ‘हामी यसवारेमा छानविन गरिरहेका छौं ।
श्रोतका अनुसार अस्पताल प्रशासनले उक्त घटनामा कुनै चाँसो देखाएको छैन । अस्पतालम उपचारका लागि गएका बिरामीहरुको सामान चोरी हुँदा समेत अस्पतालले वास्ता नगर्नुले अस्पतालको जिम्मेवारीप्रति पनि संका उठ्न थालेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र चन्दले घटनाको वारेमा आफुहरु सक्रियताका साथ लागिरहेको वताएका छन । ‘हामीले तत्काल प्रहरीलाई खवर गरेर सिसि क्यामेरावाट फुटेजहरु हेर्न लगाएका छौं’ केही संकास्पद व्यक्तिहरु देखिएका छन’ अध्यक्ष चन्दले भने ‘हामीले कुनै लापरवाही गरेका छैनौं । उसै त दुर्घटनामा परेर पिडित खत्रीलाई झन पिडा थपियो ।

घाईते भेट्न सभासद आले भारत पुगे
असोज २० गते डोटीको छतिवन गाबिस–५ मा भएको सडक दुर्घटनामा गम्भिर घाईते भई उपचारको क्रममा बिभिन्न अस्पतालमा रहेका बिरामीहरु भेट्न सभासद प्रेमवहादुर आले भारतको हल्द्वानी शहरसम्म पुगेका छन ।
दुर्घटनापछि गत बिहिवार आले लगायत डोटीका पाँचै जना सभासदहरुले डोटी बस दुर्घटनाको छानविन हुनु पर्ने कुरा व्यवस्थापिका संसदमा उठाएका थिए । सो क्रममा सभासद आलेले सरकारले घाईतेहरुको उपचारमा गम्भिर ध्यान नदिएको प्रति आक्रोस व्यक्त गरेका थिए । संसदमा कुरा उठाईसकेपछि सभासद् आले घाईतेहरुलाई भेट्न र उनीहरुको अवस्था बुझ्न कैलालीको अत्तरियास्थित पद्मा अस्पताल र भारतको हल्द्वानी समेत पुगेका थिए । आलेले घाईतेहरुलाई स्वान्वता दिँदै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
सभासद् आलेले दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुको घरघरमा पुगी समवेदना समेत प्रकट गरेका छन । मृतकका आफन्तहरुलाई राज्यको तर्फवाट राहत उपलव्ध गराउनु पर्ने र घाईतेहरुको यथासिघ्र उपचार गराउनु पर्ने माग आफुले संसदमा उठाएको र फेरी पनि आफु उक्त कुरालाई प्राथमिकताका साथ उठान गर्ने आश्वासन उनले मृतकका आफन्तहरु र घाईतेहरुलाई दिएका छन ।
दुर्घटना क्षेत्रकै स्थानीयवासिन्दा आलेले उक्त घटनावटा आफु स्तव्ध भएको वताएका छन । उक्त दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन भने ६८ जना घाईते भई बिभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार गराईरहेका छन ।
छाउपडी गोठ भत्काएर चर्पी
जिल्लाको अन्य ठाँउ भन्दा छाउपडी प्रथापडी रहेको छान्ना ईलाकामा अहिले छाउपडी गोठहरु भत्काउने अभियान चलेको छ । महिलाहरु आफै सक्रिय भएर भत्काएका परम्परगत छाउगोठहरुलाई चर्पीमा उपयोग गरिएका छन्  ।
छान्ना ईलाकामा ६ वटा गाविस रहेपनि माझिगाँउ गाविस र गडराय गाविसमा छाउगोठ भत्काएका छन् । छाउगोठ भत्काएपछि सोही स्थानमा कतिपयले चर्पी बनाएका छन् भने चर्पी बनाएका घरपरिवारले यसलाई सुधारगरी गेष्टरोम बनाएका छन् । माझिगाविस लाई महिला हिंसा मुक्त गाविस बनाउने स्थानिय निकायको निर्णय अनुसार यहाँका महिला पुरुषहरुले पहिलो चरणमा छाउगोठ भत्काउने अभियान चलाएका हुन  ।
  छाउगोठ भत्काउने सुरु गरेपछि पाँच महिना यता ५० वटा गोठहरु भत्काएका माझिगाँउ गाविस महिला अधिकार मञ्चकी अगुवा गोमती रोकायाले वताईन् । उनले भनिन् ‘गाविस भरी छाउपडी गोठको संख्या हेर्दा दुई यस भन्दा बढी छन्, यिनिहरु पनि अव भत्काउने छांै ।’ खरले छाएका दुई जना देखी पाँचजना  महिला बस्ने सम्मका यि छाउगोठ घर  भत्काएपछि यसमा उपयोग भएका काठ ढुङ्गलाई चर्पीमा उपयोग गरिदैछ । माझिगाँउलाई खुला दिशामुक्त गाविस पनि गर्न बाँकी भएकाले महिलाहरुले छाउगोठ भत्काएर चर्पी बनाउ भन्ने नारानै बनाएका छन् ।
दिशा पिसाव गर्न खोला जानु पर्छ  स्थानीय उत्तम रोकायाले भने ‘तर घर नजिकै सानो छाउखुल्लो छ यसलाई सुधार गरेपछि छाउपडी पर्था पनि हट्यो र घरमा चर्पी पनि बन्यो ।’ महिलाहरुले एक चरणमा गाविसका नौवटै वडामा घरदैलो अभियान गरेपनि कसैले भत्काएका र कसैले देवीदेवता रिसाउने डरले अझै भत्काउन बाँकी रहेका छन् । घरमा रहेका छाउगोठ भत्काएर चर्पी नबनाएमा गाविसवाट दिईने सेवा सुविधावाट समेत बन्चित गराएको गाविसका कर्मचारी शैलेन्द्र रोकाया भने  ।
  छिमेकी गडराय गाविसमा पनि यहाँका स्थानिय महिलाहरुका समुहले छाउगोठ भत्काउने योजनानै बनाएकी छन् । गोरखालीवाट सुरु गरेको छाउपडी गोठ भत्काउने अभियान यहाँ पनि नौवटै वडामा पुगेको छ । यस गाविसमा रहेका एक सय ५० वटा छाउपडी गोठमध्ये २० भन्दाबढी भत्काएका अगुवा महिला सुनकेशा सिंहले वताईन् । उनले भनिन् ‘यहाँ स्वावलम्वन विकास कार्यक्रम लागु भएपछि संस्थाले तालीम दिदाँ महिला सशक्तिकरण भएर आफु बस्ने छाउपडी गोठ आफै भत्काउन लागेकी छौं । देवी देवता रिसाउने डरले घरभन्दा अलि टाढा बनाएका छाउपडी गोठमा महिलाहरु महिनावारी हुँदा पाँच दिनसम्म बस्ने गर्दछन् भने पहिलो पटक महिनाबारी भएकी युवतीहरु १४ दिन सम्म परसर्ने यहाँ प्रचलन हरेको छ । परम्परागत सामाजिक विकृतिका रुपमा  रहेको छाउपडी प्रथालाई सुधार गर्न माझिगाउमा युनाईटेड मिसन टु नेपाल र गडरायमा ग्रामिण स्वालम्वन विकास केन्द्रले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका कार्यक्रम गर्दै आएको छ । छान्नाका दुई गाविसमा गरिएको छाउपडी गोठ भत्काएर चर्पी बनाउने अभियान जिल्लाका अन्य ठाँउका लागी पनि सकारात्मक सन्देश गएको छ ।

तिन दशकसम्म सडक अधुरै
डोटीको दक्षिणी क्षेत्रलाई यातायतका साधनसंग जोड्ने उद्देश्यका साथ तीन दशक अघिदेखि निर्माण कार्यको थालनी भएको बिपिनगर–बोगटान–दिपायल सडकले अझै पूर्णता पाउन सकेको छैन ।
कैलालीका दुई र डोटीका १७ गाविसलाई जोडेर क्षेत्रीय सदरमुकाम दिपायल नजिक्याउने वोगटान सडकको सडकको अहिलेसम्म ४५ किलोमिटर ट्रयाकमात्र खोलिएको छ । यो २०४० साल देखि निर्माण कार्य थालिएको सडक हो । सुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भएपनि अहिले प्राथमिकताबाट हटाईएपछि सडक निर्माणले कछुवा गति लिएको हो ।
“जंगल क्षेत्रमा बतावरण प्रभाव अध्ययन नगरी बाटो नखोल्न जिल्ला बन कार्यालयले पत्राचार गर्दा गत दुई वटा आर्थिक बर्षको बजेट फ्रिज गयो” डिभिजन सडक कार्यालय कुलपाते दिपायलका प्रमुख बिजय कुमार महतोले भने “यस पटक बतावरणीय प्रभाव अध्ययन भै सकेको छ ।” यो सडकले गति नलिनुमा बजेट घटेर आउनु र प्राथमिकताको योजना बाट हटाउनु नै प्रमुख कारण भएको पनि महतोले बताए ।
यो सडक निर्माणमा अहिले सम्म ८ करोडको हाराहारीमा खर्च भैसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । बोगटान सडक जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडक अलपत्र पर्दा यहाँको जीवनस्तर समेत माथि उठ्न सकेको छैन ।
डोटीको मध्य क्षेत्रवाट निर्माणाधिन यो सडक निर्माण कार्य अनिश्चित भएपछि स्थानियवासी निरास भएका छन् । कैलालीको पहाडी गाविस सहजपुर देखि डोटीको मान्नाकापडीको वागछेडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो बन्नुपर्ने सडकको अहिलेसम्म ४५ किलोमिटर मात्र निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालिन समयमा कृषि सडकका रुपमा नामाकरण गरेर डोटीका १७ गाविसका कृषकहरुलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । वोगटान क्षेत्रमा सडक जाने भएपछि कृषि क्षेत्रमा विकास हुने आशा राखेका कृषकहरु लामो समयसम्म पनि सडक निर्माण नहुँदा हैरान भएका छन ।
“बनाएको ४५ किलोमिटर सडक पनि नियमित रुपमा बाह्रै महिना चल्ने भएपनि राहत हुन्थ्यो” स्थानीय राजनीतकि कार्यकर्ता रघुराजा बमले भने ‘यहाँ त ६ महिना पनि गाडि चल्दैनन् ।” अदुवा, सुन्तला, केरा, तरकारी, घ्यू, मह, चुक, खसी बोका, कुखुरा र जडीवुटीको भण्डार मानिने यस क्षेत्रका वासिन्दाहरुले यातायत अभावकै कारण आफ्नो कृषि उत्पादनको उचित मुल्य पाएका छैनन् । निर्माण गरिएको सडकमा पनि वर्षात समयमा सवारी साधन चल्दैनन् । यहाँको सवैभन्दा दुर्गम मानिने गाविसमा चर्को ढुवानी मुल्य तिरेर अतिआवश्यक खाद्यान्न सामग्री पनि खरिद गनुपर्ने अवस्था छ ।
डोटीका गाउँगाउँमा सडक पु¥याउने नाममा अव्यवस्थित रुपमा ट्रयाक खोल्ने काम तिव्र गतिमा भईरहेको भएपनि सडकको स्तरोन्नति गर्नका लागि अहिलेसम्म पनि कसैले पहल गरेका छैनन् । अधिकांस सडकहरुमा यातायतका साधनका नाममा ट्रयाक्टर र केहीमा मात्रै जीपसम्म सञ्चालन हुने गरेका छन तर बर्षातको सयममा यि सडकहरु यातायतका साधन शुन्य हुने गरेका छन । यातायत सञ्चालन भएका वेला पनि यात्रुहरुले प्रति किलोमिटर झण्डै २० रुपैयाँ भाडा तिर्नु पर्ने वाध्यता रहेको छ । क्षेत्रीय सदरमुकाम समेत रहेको डोटीका ५० गाबिसहरुमध्ये नौ गाविसलाई मात्रै पिच सडकले छोएको छ ।

जिर्ण सडकले दुर्घटना बढायो
सडकहरुको अबस्था जिर्ण हँुदा सुदूरपश्चिममा महिनै पिच्छे सवारी दुर्घटना बढ्न थालेका छन् ।
दुर्घटनाको मुख्य कारण जिर्ण सडक नै भएको तथ्य बाहिर आएपनि सुधारतर्फ कसैको ध्यान जान सकेको छैन । सुदूरपश्चिमका मुख्य सडक तथा ग्रामिण सडकहरुको अबस्था बर्षौं देखि उस्तै छ । २०६९ साल पुस २९ गते डोटी छतिवनको रुपसकाँडामा ३१ जनाको ज्यान जाने गरी दुर्घटना भए पश्चत गठित छानविन समितिले दुर्घटनाको मुख्य कारण जिर्ण सडक र बढी यात्रु सवारलाई देखाएको थियो ।
छतिवन गाबिस–५ मा गत २० गते २९ जनाको ज्यान जाने गरी दुर्घटना हुनुको कारण पनि जिर्ण सडक र क्षमता भन्दा बढी यात्रु नै भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपि उपाध्याय जिर्ण सडकमा क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताउँछन । ‘यात्रुहरुमा पनि चेतना छैन’ क्षेत्रीय प्रमुख उपाध्यायले भने ‘चालकहरुको पनि लापरवाही देखिन्छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथाँक अनुसार यस आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ४८ जनाको ज्यान गईसकेको छ ।
आर्थिक बर्ष ०६९÷७० मा एक सय ३८ जनाको ज्यान ज्यान गएको थियो भने आर्थिक बर्ष ०७०÷०७१ मा एक सय ७० जनाको ज्यान गएको थियो । सुदूरपश्चिमका सडकहरु बर्षेनी जिर्ण र कमजोर बन्दै गएका छन् । पक्की सडकमा खाल्टाखुल्टी परेका छन् भने बर्षातमा आउने पहिलो समेत सबैठाउँमा पन्छाउन सकिएको छैन । मर्मत कार्यले कहिल्यै पूर्णता नपाउने कच्ची सडकहरु बर्षातमा हिलाम्य भएका छन् भने अन्य बेला धुलाम्य भएका हुन्छन् ।
सुदूरपश्चिम डिभिजन सडक कार्यालय कुलपातेका इन्जीनियर सुनिलबाबु पन्तले समयमा बजेट नआउदा र ढिलो गरी काम थाल्दा बर्षेनी बजेट फ्रिज जाने गरेको बताएका छन् । गएको आर्थिक बर्षमा दुर्घटना भएको बुडर जोरायल सडक र सहजपुर बोगटान सडकको बजेट ठेकेदारको लापरवाहीले फ्रिज गएको देखिन्छ । न्यून दररेटमा ठेक्का लिएर काम नगर्ने ठेकेदारको प्रबृतिले सडकको निर्माण तथा मर्मतको कार्य पुरा हुन नसकिरहेको पनि ईन्जीनियर पन्तले बताए ।
अझै भेटिएनन् चमेलियामा वगेका बृद्ध
भैसीलाई पानि खुवाएर फर्काउने क्रममा आईतबार बिहान बैतडी र दार्चुलाको सिमा क्षेत्रमा पर्ने चमेलीया नदीमा बगेका एक बृद्ध अझै भेटिएका छैनन् ।
चमेलिया नदी छेउमै घर भएका दार्चुलाको देथला गाबिस–८ लुईटे निवासी ७० वर्षीया दलबहादुर चन्द नदीमा भैँसीसंगै लुगा धुन गएको र भैँसीलाई फर्काउने क्रममा चिप्लेर चमेलिया नदीमा खसेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । सोमवार बिहान १० बजेतिर चमेलियामा बगेर बेपत्ता भएका चन्दको घटना घटेलगत्तै खोजिकार्य थालिएपनि पानीको तिब्र बहावका कारण अझैसम्म पत्तो नलागेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए ।
उनीसंगै रहेका स्थानीय कृष्णबहादुर चन्दका अनुसार दलबहादुर भैसिलाई पानि खुवाएर फर्काउने चिप्लिएका थिए ।
आतंककारीवाट नेताको ज्यान खतरामा
आतंककारीद्वारा नेपालका ठुला नेताको हत्या हुन सक्ने सूचना भारत सरकारले नेपाल सरकारलाई दिएको छ ।
भारतीय दूतावासले सरकारलाई दिएको यो सूचनामा नेपाली नेताहरुको हत्या हुन सक्ने वताईएको छ । नेपाली नेताहरुसंगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने कुरा उल्लेख छ ।
भारतले नेपाललाई २४ सेप्टेम्बर, २०१४ मा गोप्य तथा औपचारिक पत्रमार्फत नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासंग सम्बन्धित अति संवेदनशील सूचना दिएको हो । भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो श्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल  सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने कुरा भने खुलाइएको छैन ।
उक्त खतरा अन्तराष्ट्रिय आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिनबाट हुने सम्म्भावना रहेको उल्लेख गरिएको छ । सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता को को हुन् भन्ने उल्लेख नगरी केवल “प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स” भन्ने मात्रै उल्लेख गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा समेत सो सूचनामा उल्लेख गरिएकोले थप सुरक्षा संवेदनशीलता बढाइएको सुरक्षा श्रोतले बताएको छ । सूचनामा इन्डियन मुजाहिद्दिन र अलकायदाका सदस्यहरुले काठमाडौं विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाइरहेको उल्लेख गरिएको छ । भारतले राजधानी र वरिपरिका केही स्थानहरु तोकेरै तिनमा आतंककारीहरु बसेको हुन सक्ने सूचना पनि दिएको छ ।
परराष्ट्र श्रोतले भन्यो, “नेपालमा ठूला नेता र भारतीय दूतावासका अधिकृतहरुलाई अपहरण गर्ने योजना सहितको खतरनाक गिरोह सक्रिय रहेको बारे लिखित र मौखिक जानकारी आएको छ र यसबारे प्रहरी तथा सुरक्षा निकायलाई पनि जानकारी गराइ सकिएको छ ।” श्रोतले दूतावासबाट आएको सो पत्र नेपाल प्रहरीका महनिरीक्षक उपेन्द्रकान्त आर्याललाई समेत बोधार्थ दिइएको वताएको छ ।
हमलाकर्ता आतंकवादीहरुले विशालु ग्यासको प्रयोग गरी सर्वसाधारण जनताको समेत अपहरण गर्न सक्ने कुरा सो सूचनामा उल्लेख गरिएको छ । दक्षिण एसियाली सहयोग संगनठ (सार्क) सम्मेलनको तयारी तिब्र भइरहेका बेला भारतबाटै त्यस्ता आपराधिक गिरोहको नेपाल प्रवेश भएको जानकारी आएको हो ।
आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिन जस्ता अन्तराष्ट्रिय संगठनका सदस्यहरु नेपाल पनि सक्रिय रुपमा काम गर्न थालेको सूचना कुनै हल्लाका रुपमा मात्र आएको हो कि वास्तविक हो भन्नेमा सुरक्षा निकायहरुले छलफल थालेका छन् । सुरक्षा श्रोतका अनुसार औपचारिक पत्रै लेखेर यस्तो सूचना आएपछि संवेदनशील हुनुपर्ने तर्फ सबैको ध्यानाकर्षण भएको छ ।
राजधानी काठमाण्डौं र वरिपरिका केही स्थानहरु तोकेरै त्यस क्षेत्रमा आतंककारीहरु बसेको हुनसक्ने सूचना भारतले दिएको छ । काठमाडौं र बाहिरका आफ्ना विभिन्न कूटनीतिक कार्यालय तथा अधिकृतहरुको निवासमा समेत सुरक्षा गस्ती बढाई सुरक्षा व्यवस्था मिलाउन समेत भारत सरकारले नेपाल  सरकारलाई आग्रह गरेको छ । उक्त सूचनाले अहिले नेपाली सुरक्षा क्षेत्रमा हल्लाखल्ली भएको छ ।
नाका छलेर निषेधीत मदिराको तस्करी
जिल्लामा निषेधित गुणस्तरहीन मदिरा ‘ठेउका’ मुख्य राजमार्गका नाका छलेर गाउँगाउँमा तस्करी हुन थालेको छ ।
सुदूरपश्चिममै पहिलोपटक डोटी जिल्लामा उक्त गुणस्तरहीन मदिरा निषेध गरिएको भएपनि तस्करहरुको संगठित सञ्जालका कारण प्रभावकारी हुन सकेको छैन । मुख्य राजमार्गसंग जोडिएका बजारहरुबाट प्रतिबन्धित मदिरा खरिद बिक्रि गर्न नपाएपछि गाउँमा रहेका मदिरा व्यवसायीहरुले तस्करहरु मार्फत ल्याइएका गुणस्तरहीन मदिरा चर्को मुल्यमा बेच्न थालेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान क्षेत्रका लागि अछामको चौखुट्टे–सुकोट हुँदै डोटीको तिखात्तर गाबिसको नारी दाङ्गबाट निकासी गर्ने नाका तस्करहरुले बनाएका छन् । दैनिक लाखौं मुल्य बराबरको मदिरा तस्करहरुले बेच्ने गर्छन । अछामको चौखुट्टेवाट जिल्लामा भित्रिने मदिरा काडामाण्डौं, गैरागाउ गाबिस हुँदै पश्चिम चौकीका केही गाबिसहरुसम्म भित्रिने गरेको छ । यि नाकाहरुका बिचमा सुरक्षा निकाय नहँुदा तस्बरी मौलाएको हो ।
२०७० श्रावण देखि डोटी उद्योग बाणिज्य संघले गुणस्तरहीन मदिरा निषेध गरेको हो । पछिल्लो समय अछाम उद्योग बाणिज्य संघले पनि नियन्त्रणका लागि निर्णय गरेको भएपनि कडाई गर्न सकेको छैन ।
डोटी उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र खड्काले अछामवाट भएर गुणस्तरहीन मदिराको तस्करी भएको बताए । ‘रातारात भरिया लगाएर तस्करी हुन्छ’ महासचिव खड्काले भने ‘अछाम र डोटीका मदिरा ब्यवसायी गुपचुपमा यो कारोबार गरिरहेको खबर आएको छ ।’
तस्करीको रुपमा भरियाहरु प्रयोग भइरहेका छन् । ‘एजेन्ट मार्फत पैसा पहिला अछाममा पठाएमा, एजेन्टले भरियामार्फत मदिरा पसलमै पु¥याउने काम  गरिदिन्छ’ तिखात्तरका एक ब्यवासयीले जानकारी दिए ।
सस्तो मुल्यमा पाइने गुणस्तरहीन मदिरा प्लाष्टिकको बोत्तलमा प्याक भएर आउँछ । कर्णाली, सोफी लगायत बिभिन्न नाममा यि मदिरा बजारमा पाइन्छन् । तस्करीका कारण यसको मुल्यमा पनि बृद्धि भएको छ । सामान्य अवस्थामा २५÷३० रुपैयाँमा बिक्री हुने प्रति प्याक ६० देखि ७० रुपैयाँसम्म हालेर पिउने गरेका छन् । ‘गाउँमा खुलेर बेचिने गरिएको छ’, तिखात्तर डुम्राकोटका बिष्णु शाहीले भने ‘संघले रोक लगाउदा उल्टो महङ्गो भएर आयो ।’ उनले तस्करले प्रयोग गरेका नाकाहरुमा कडाई भएमात्र सकरात्मक सुधार देखिने बताए ।
मदिराको तस्करीमा संलग्न लडागडा गाबिसका एक ब्यापारीलाई उद्योग बाणिज्य संघले पक्राउ गरिएको थियो । ३० हजार जरिवाना तिराएर उनलाई नेताहरुको दबाबमा छोडिएको थियो । यद्यपी गुणस्तरहीन मदिरा नियन्त्रणका कारण खुला रुपमा मदिरा पिउने, होहल्ला गर्ने प्रबृतिमा भने सुधार हुँदै गएको पाईन्छ ।
सामाजिक अभियान अन्तरगत उद्योग बाणिज्य संघले सुर्तीजन्य पदार्थ तथा गुट्काको बिक्री बितरणमा रोक तथा रक्सीका खाली सिसी र बोत्तलहरु कम्पनीले फिर्ता लैजानुपर्ने निर्णय गरेको भएपनि कार्यान्वयन गर्न सकेको छैन ।
छतिवन बस दुर्घटनाको छानविन सुरु
डोटीको छतिवन बस दुर्घटनाको छानबिनका लागि गठित उच्च स्तरीय छानबिन समितिले शनिबारबाट दुर्घटना छानबिन सुरु गरेको छ ।
घटनाको छानबिनका लागि आएको टोलीले सर्वप्रथम अत्तरियास्थित पद्मा अस्पतालका घाइतेहरुसंग सोधपुछ गरेको छ ।
घाइतेहरुसंग सोधपुछपछि छानबिन टोली शनिबारनै दुर्घटनास्थल  पुगेको थियो । टोलीले घटनास्लमा पुगेर अध्ययन गरी १५ दिनभित्रै प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
छानबिन टोली संयोजक  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्रनाथ श्रेष्ठले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाका प्रत्यक्षदर्शीसंग भेटघाट गरेको जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार सडकको अवस्था, गाडीको अवस्था र गाडीमा सिट क्षमताभन्दा कति बढी यात्रु थिए भन्ने विषयमा अध्ययन भईरहेको वताए । छानबिन टोलीमा ट्राफिक  प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेका छन् ।
बस दुर्घटनामा परि घाइते भएकाहरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका   छन् । घाइतेलाई भेट्न अस्पताल पुगेको छानबिन टोलीका सद्स्यसंग  उनीहरुले सो माग गरेका हुन ।

छोटकरी समाचार
शैलेश्वरीमा प्रवचन
नेपाल मानब धर्म सेवा समिति अञ्चलासंघ अत्तरियाको आयोजनामा डोटीको शैलेश्वरी प्राङ्गणमा ‘महान सन्त समागम सतसंग तथा धार्मिक प्रबचन र हवन’ कार्यक्रम भएको छ ।
धार्मिक, सामाजिक, चारित्रिक एवं नैतिक उत्थान गर्ने उद्देश्यका साथ सो धार्मिक प्रबचन आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । मानव जीवनलाई शान्तिको बाटोमा डो¥याउने उद्देश्यका साथ शनिवार शुरु भएको धार्मिक प्रबचन तीन दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाल मानब धर्म सेवा समिति अञ्चलासंघ अत्तरियाका सुवर्ण वाई, त्रिगुणा वाई लगायतका व्यक्तिहरुले धार्मिक प्रबचन तथा भजनकृतन गरेका थिए ।
यसैबीच सो संस्थाले सोमवार डोटी अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत बितरण गरेको संस्थाका दिपक धितालले  जानकारी दिए ।

असिनाले वाली नष्ट
लामो समयको खरेडीपछि गत साता परेको असिनाले जिल्लाका बिभिन्न ठाउँमा खाद्य बाली नष्ट गरेको खवर छ ।
यस वर्ष नियमित रुपमा पानी नपर्दा किसानहरुले समयमै खेती लगाउन सकेका थिएनन् । ढिलो गरी लगाईएको वाली पाक्ने वेलामा फेरी असिनाले नष्ट गरेपछि कृषकहरु मार्कामा परेका छन ।
डोटीको तिजाली, मुडभरा, दुर्गामाण्डौं, मुडेगाउँ लगायतका क्षेत्रमा असिना परेको स्थानीय कृषकहरुले जानकारी गराएका छन ।

खेल समाचार
थापालाई कारवाही गर्न निर्देशन
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई तीन दिनभित्र निलम्बन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सोमबारको बैठकले आर्थिक अनियमितता गरेको भन्दै थापालाई निलम्बन गरेर उनको ठाउँमा अर्को व्यक्तिलाई ल्याउन खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई निर्देशन दिएको हो ।
एन्फाको आर्थिक अनियमितता सम्बन्धी उजुरीको छानबिन भइरहेकाले छानविन अवधिभर थापासहित अनियमिततामा संलग्न भनिएका अन्य चार पदाधिकारीलाई निलम्वन गर्न समितिले निर्देशन दिएको समितिका सदस्य रामहरी खतिवडाले जानकारी दिए ।
यसअघि नै समितिले गणेश थापाको अध्यक्ष पद स्थगनमा राख्न निर्देशन दिए पनि थापाले पद छाड्न अस्वीकार गरेका थिए । आफूलाई निलम्बन गरिए नेपाली फुटवल अन्तराष्ट्रिय प्रतिबन्धमा पर्ने थापाले चेतावनी दिएका छन् ।
राप्रपा नेपालका सभासद समेत रहेका थापाले अनलाइनखबरसंग कुरा गर्दै आफूमाथि गलत नियतका साथ आरोप लगाइएको भन्दै कसैले उजुरी गरेका भरमा समितिले कारवाहीको सिफारिस गर्न नपाउने बताए ।
थापाले लेखा समितिमा धेरै निकायको छानविन भइरहे पनि कसैलाई निलम्बन सिफारिस नगरिएको भन्दै आफूमाथि समितिकै केही सभासदले पुर्वाग्रही भएर गलत नियतले कारवाहीको सिफारिस गरेको बताए ।
सभासद थापाले भने–छानविनबाट दोाषी देखिए कारवाही भोग्न तयार छु, तर एकैसाथ कतिवटा निकायले छानविन गर्न पाउने हो ? मलाई निलम्बन गरिए फिफाले नेपाली फुटवलमाथि प्रतिबन्ध लगाउने भनिसकेको छ ।
थापाले एन्फा आफ्नो विधान र फिफाको अन्तराष्टियि विधान अनुसार चल्ने भन्दै फिफाको विधान विपरीत कारवाही भए नेपाली फुटबल प्रतिबन्धमा पर्ने उनले चेतावनी दिए ।
तर, लेखा समितिका सभापति जनार्दन शर्माले भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न थापालाई निलम्बन गर्दा अन्तराष्ट्रिय प्रतिबन्ध नहुने दाबी गरे ।
समितिको निर्णय सुनाउँदै शर्माले भने–अनियमितामा संलग्न देखिएका अध्यक्ष, कोषाध्यक्ष, महासचिव र निर्माण सम्बन्धी जिम्मा लिएका व्यक्तिलाई मात्रै निलम्बन गर्न भनिएको हो, एन्फालाई होइन ।

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान
आईसीसी विश्व क्रिकेट लिग डिभिजन—३ को थप तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार श्रीलंका प्रस्थान भएको छ ।
मलेसियामा कार्तिक ६ देखि सुरु हुने प्रतियोगिताको तयारीमा व्यस्त नेपाली टिमले श्रीलंकामा प्रशिक्षण गर्नुका साथै स्थानीय टिमसंग तीन अभ्यास खेलमा सहभागिता जनाउनेछ । एसियाली क्रिकेट काउन्सिलले डिभिजन ३ को तयारीका लागि २५ हजार डलर उपलब्ध गराएकाले नेपाली टिम श्रीलंका गएको हो । नेपाली टिम श्रीलंकाबाटनै मलेसियातर्फ लाग्नेछ ।
नेपालले डिभिजन—३ मा पहिलो खेल कार्तिक ६ मा युगान्डाविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल, युगान्डा, अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुर सामेल छन् । डिभिजन—३ को समाप्ति पनि नोभेम्बरमा हङकङविरुद्धको तीन अन्तराष्ट्रिय ट्वान्टी ट्वान्टी खेलका लागि पनि नेपाली टिम श्रीलंका जानेछ ।

चलचित्र समाचार
एफएमद्वारा म्युजिक अवार्ड बितरण
चितवनमा स्थानीय रेडियो कालिका एफएमले दुई दर्जन बढी विधामा म्युजिक अवार्ड वितरण गरेको छ ।
म्युजिक अवार्ड वितरण कार्यक्रममा यसवर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
एफएमले आफ्नो १२ औं बार्षिकोत्सवका अवसरमा दशौं म्युजिक अवार्डमा दुई दर्जन बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरेको हो । एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाईफटाईम एचिभमेन्ट अवार्ड वितरण गरे । खरेलले १७ वटा गीती एल्वम निकालेका र करिव दर्जन नेपाली चलचित्रमा निर्देशन गरेका छन् । उनी चलचित्र निर्माता संघका संस्थापक समेत हुन् ।
कार्यक्रममा खरेलले कला क्षेत्रको विकासका लागि अवार्डले हौसला प्रदान गर्ने बताए । सो क्रममा एफएमका अध्यक्ष तथा सभासद पाण्डेले अझै समाज सेवामा सक्रिय हुने प्रतिवद्धता जनाए ।
चितवनको नारायणी कलामन्दिरमा भएको कार्यक्रममा लोकदोहोरीमा तिर्थ सापकोटा, स्थानीय कलाकारमा भूवन  प्यासी, लोक दोहोरी शव्दतर्फ शिरिष देवकोटा ,संगितमा रामजी खाँड ,महिला गायनमा मञ्जु पौडेल, पूरुषमा पशुपति शर्माले अवार्ड पाए ।
आधुनीकतर्फ संगितमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पूरुषमा प्रमोद खरेल, गजलमा आनन्द कार्कीले अवार्ड हात पारेका थिए ।
पपतर्फ गायिका सन्जना श्रेष्ठ, गायकमा कमल खत्री, संगितमा लोकेश गुरुङले अवार्ड पाए । चलचित्रको शव्दमा डा कृष्णहरी बराल, संगितमा बसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियारले तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागाई लगायतले अवार्ड प्राप्त गरेका छन् ।

के चाहान्छन अमिर खान
चर्चित बलिउड अभिनेता आमिर खान गत साता नेपालको सञ्चारमाध्यममा छाए । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफको प्रवन्धमा वालवालिका सम्वन्धि नेपाली दक्षिण एसियाली दुत वनेर नेपाल आएपछि उनलाई नेपाली सञ्चारमाध्यमहरुले महत्वपूर्ण स्थान दियो ।
हिन्दी चलचित्र क्षेत्रमा फरक प्रस्तुति पस्कदै आएका खान सामाजिक क्षेत्रमा पनि क्रियासिल रहदै आएका छन । बलिउड क्षेत्रमा आफ्नो सशक्त अभिनयका लागि मात्र बलिउडमा चर्चित छैनन्, सामाजिक सेवाको क्षेत्रमा पनि उनले चर्चा कमाएका छन । उनले आफ्नो सिनेमाको प्रचारका लागि अपनाउने गरेको अनौठो प्रचारशैलीका लागि पनि उत्तिकै चर्चित छन ।
बलिउडमा उनी र शाहरुख खानबीचको द्वन्द्व खासै नयाँ कुरा हैन । यस वर्षको सुरुवातमा जब आमिर खानले आफ्नो सिनेमा ‘पिके’को ‘फस्ट लुक पोस्टर’ शाहरुख खानको यसै वर्ष रिलिज हुन लागेको ‘ह्यापी न्यू इयर’ सिनेमाको प्रचार थालेकै दिन सार्वजनिक गरेपछि बलिउडका यी दुई हस्तीवीचको द्वन्द्व फेरी एकपटक सतहमा आयो ।
यो सिलसिला अझै जारी छ । प्राप्त खबर अनुसार अब आमिर खानले आफ्नो सिनेमाको ट्रेलर आगामी दिपावली (अक्टुबर २४)मा शाहरुख खानको फिल्म ‘ह्यापी न्यू इयर’ रिलिज गरेकै दिन गर्ने भएका छन । उनले सोही दिन एक कार्यक्रमकावीच ‘पिके’को ट्रेलर रिलिज गर्ने बताइएको छ ।
सो दिन सार्वजनिक हुने ट्रेलरले ‘पिके’ कस्तो सिनेमा हो भन्ने झलक दिनेछ । त्यसैगरी सोही सिन शाहरुखको सिनेमासंगै अर्का बलिउड अभिनेता अजय देवगनको ‘एक्शन ज्याक्शन’को ट्रेलर पनि सिनेमा हलमा देखाइने छ ।
यस अवस्थामा आमिरको ‘पिके’को यो प्रचारशैलीले शाहरुखको सिनेमालाई केही छायाँमा पार्ने अनुमान गरिएको छ ।   त्यसैगरी यी दुई खानको भिडन्तमा अजयको आगमनले दर्शकहरुले यी तीनजनाको होडबाजीलाई कसरी लेलान भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।

लेख
ढोगाउनुहोस श्रीमतिलाई खुट्टा
सञ्जीव पोखरेल
आजभोलि समसामयिक घटना र त्यसमा हुने बहसमा सहभागि हुन मन लाग्दैन । जीवन र जगतलाई हेर्ने मेरा दृष्टिकोण फरक छन् । धेरैलाई यो मन पर्दैन भन्ने बुझेको छु । अलि पर बसेर मानिसका टिप्पणी र जवाफ सुन्न मात्र मन लाग्छ । तर, कुनै अनलाइन समाचारमा प्रकाशित श्रीमानले श्रीमतिका खुट्टा ढोगाएको तस्वीरका विषयमा भइरहेका टिप्पणी हेरेर यो संयम कÞायम राख्न सकिन । कर्तव्यका रुपमा भएपनि केही लेख्न मन लाग्यो ।
प्रसङ्ग यस्तो छ –कोही सज्जनले दशैंमा आफ्नी  श्रीमतिलाई खुट्टा ढोगाए । त्यसको तस्वीर उनले फेसबुक मार्फत् सार्वजनिक गरे । एक अनलाइन समाचारको पोर्टलले त्यो तस्वीरलाई मुद्धा बनाएर फोटो प्रकाशित ग¥यो । सोसल मिडियामा यसका पक्ष–विपक्षमा भव्य बहस भयो । फेसबुकका तस्वीर समाचार पोर्टलमा आउनुहुन्छ कि हुन्न भन्ने अलग विषय होला जसमा म जान चाहान्न । यसको व्याख्या सोसल मिडियाका धुरन्धर विज्ञले गर्लान् । त्यसैले, तस्वीरले जन्माएको बहस र यसक्रममा देखिएका केही टिप्पणीमा मात्र लेखाइलाई सीमित गर्न चाहान्छु ।
बहसका क्रममा “खुट्टा ढोगाउनु स्वभाविक हो” भन्नेहरुले प्रस्तुत गरेका तर्कलाई प्रश्न र मेरो बुझाइलाई जवाफका रुपमा प्रस्तुत गरेको छु ।
१. घरभित्रको मामिलामा मिडिया र अरुलाई के चासो ?
मानिसले मानिसलाई गर्ने अधिकांश दुव्र्यवहार र थिचोमिचो घरभित्र नै हुन्छन् । घरेलु हिंसा घरभित्र हुने भएर नै ‘घरेलु’ भनिएको हो । महिला, बालबालिका र बृद्धबृद्धाप्रति हुने गरेका प्रतिकात्मक (कथmदयष्अि), मनोवैज्ञानिक (उकथअजययिनष्अब)ि र भौतिक (उजथकष्अब)ि हिंसा सामान्य अवस्थामा बाहिरका अरु मानिसलाई थाहा हुँदैन तर यो हरेक समाज र विशेषगरी हाम्रो जस्तो समाजको गहिरो र ष्लतचबअतबदभि समस्या हो । एक अर्थमा लज्जा हो । तसर्थ ‘घरभित्र जे गर्न पनि छुट हुनुपर्छ’ भन्ने तर्कलाई म ‘लण्ठू कुरा’ मात्र भन्न सक्छु । कुनै पनि राज्य वा समाजको कानुन र मान्यताले घरभित्र हुने कुरालाई नछोऊ, नचलाऊ भनेर छुट दिँदैन ।
तसर्थ, घरभित्र के हुन्छ भन्ने कुरा आम चाँसोको विषय हो  र हुनुपर्छ ।
२. श्रीमानले श्रीमतिलाई खुट्टा ढोगाउनु कसरी हिंसा हुन सक्छ ?
खुट्टा ढोगाउने कर्म आफैँमा हिंसा होइन तर श्रीमान र श्रीमतिको सम्बन्धभित्र रहेको विभेद र हिंसाको च्भाभिअतष्यल (परावर्तन) भने अवश्य हो । आफ्नी श्रीमतिलाई खुट्टा ढोगाएको तस्वीर फेसबुक र ट्वीटरमा राख्ने र “राख्नु ठीक हो” भन्नेहरुले आफ्नी श्रीमतिका खुट्टा ढोगेको तस्वीर त्यसैगरी राख्न सक्लान् ? यदि सक्दैनन् र यस्तो प्रस्ताव नै अनौठो सुनिन्छ भने महिला र पुरुषबीचको सम्बन्धमा कतै न कतै केही न केही अन्तविरोध रहेछ भन्ने त बुझ्नु प¥यो ।
 श्रीमतिलाई गोडा ढोगाउने पुरुषलाई प्रहरीले थुन्दैन । समाजले पनि सामान्य मान्ला । तर, कानुनले दण्डनीय नठानेको र समाजले पनि गलत नठानेका धेरै विकृति हामीकहाँ छन् । यो प्रश्न कानुनको होइन, महिलाको आत्मसम्मान र समाजमा उनीहरुको स्तरको हो । महिलालाई हेर्ने पुरुषको दृष्टिकोणको हो ।
३. श्रीमतिलाई आपत्ति छैन भने अरुलाई के चासो ?
मैले यसअघि केही पटक भनिसकेको छु, अधिकांश विभेदका संरचनामा विभेद खप्ने व्यक्ति र समुदायको पनि अयmउष्बिलअभ (स्वीकृति र सम्मति) हुन्छ । विभेदमा अभ्यस्त समाजमा विभेदलाई सामान्य ठानिन्छ । धेरै महिलाले महिला विरु हुने विभेदलाई सही वा सामान्य ठान्छन् । दक्षिण अङ्गिकारको बउबचतजभष्म (रङ्गभेद) मा समेत यसलाई स्वभाविक मान्ने काला जातिका मानिसहरु थिए । विभेद खेपेकाहरुले विभेदलाई सही ठानेका छन् भनेर “विभेद ठीकै हो” भन्ने तर्क गर्नु आफ्नो बेबकुफी प्रदर्शन गर्नु मात्र हो ।
४. माया र सम्मानले ढोग्ने कुराको किन विरोध ?
उक्त तस्वीरमा श्रीमानको खुट्टा ढोग्ने श्रीमतिले माया रसम्मानले नै ढोगेको हुनसक्छ । हाम्रो समाजमा छोराले बाबुआमाको वा अरुले छोरीको खुट्टा ढोग्ने परम्परा छ । तर, यी प्रत्येक सम्बन्ध र खुट्टा ढोगाइका पृथक अर्थ छन् । श्रीमतिले श्रीमानको खुट्टा ढोग्ने प्रवृतिको विशेष अर्थ छ जुन माया र सम्मानबाट मात्र आउँदैन। यसको उपस्थिति र निरन्तरतालाई नारी र पुरुषबीचको असमान शक्ति वितरण, सम्पत्तिमाथिको पहुँचमा विद्यमान असमानता र सांस्कृतिक मूल्यमान्यतामा रहेको विभेदका आधारमा पनि बुझ्ने प्रयास गर्नुपर्छ ।
कतिपय मैले चिनेका वा आफन्त महिलाहरुले आफूमाथि सधैं दुव्र्यवहार गर्ने आफ्ना लोग्नेको खुट्टा ढोगेको देखेको छु । आफ्नै श्रीमानप्रति सम्मान र श्रद्धा नहुने महिलालाई पनि “लोग्नेका खुट्टा ढोग्ने” बाध्यताबाट उन्मुक्ति छैन । अधिकांश परिस्थितिमा महिलालाई आफ्ना श्रीमानको खुट्टा नढोग्ने छुट हुन्न । यो वाध्यतालाई सम्मान भनेर  परिभाषित गर्ने प्रवृत्ति गलत छ । माया र सम्मान श्रीमतिले श्रीमानलाई मात्र होइन, श्रीमानले श्रीमतिलाई पनि गर्नु पर्छ । यसको प्रमाण खुट्टा ढोगाइमा खोज्नु मुर्खता हो ।
५. यो हाम्रो परम्परा हो नि !
आजभोलि हिन्दु उच्चजातका खस भनिने समुदायमाथि चौतर्फी आलोचना भइरहँदा यस समुदायका मानिसले आफ्नो परम्परा र पहिचानको बचाउ गर्नु स्वभाविक होला । खुट्टा ढोगाइको प्रसङ्गमा ट्वीटरका धेरै पढेलेखेका, सचेत र व्यवसायिक रुपमा सफल मानिसले पनि दिल खोलेर यो परम्पराको बचाउ गर्नुको अर्थ सम्भवत पहिचान रक्षाको प्रयत्न होला ।
यद्यपि, समाज र संस्कृति तथा यससंग जोडिएको पहिचान बलियो हुने आफूभित्र भएका गलत प्रवृत्तिको ढाकछोप वा बचाउ गरेर होइन, तिनमा सुधार गरेर हो । श्रीमानलाई श्रीमतिको अभिभावक ठान्ने हाम्रो मान्यता र सोच गलत छ र यो सोचले महिला र पुरुषबिचको विभेदलाई समाजमा स्वीकृत गर्न सहयोग गरेको छ । महिला र पुरुषको समान अधिकार र सम्मान हुने समाज मात्र अरुको प्रशंसाको लायक हुन्छ । आज हामीले विकसित र समृद्ध भनेर मानेका मुलुकमा श्रीमान र श्रीमतिबीचको सम्बन्ध हाम्रो जस्तो विभेद र श्रेणीमा आधारित छैन । धेरै हदसम्म समतामूलक छ ।
अन्त्यमा,
दुःखको कुरा हाम्रो देशमा शिक्षित र सचेत मानिसहरुमा पनि एकैछिन आफ्नो बुझाई र मान्यताबाट माथि उठेर कुनै विषयलाई पृथक दृष्टिकोणबाट हेर्ने कुरामा चाँसो देखिँदैन। आफ्नो मान्यता र परम्परालाई नै महान, आदर्श र पूर्ण ठान्ने र यसको बचाउमा घुँडा धसेर ठसठस कन्दै आलुपाँडे तर्क गर्ने प्रवृत्ति नै बढी छ । महिलाको यथोचित सम्मान र सशक्तिकरण भएको समाज नै उन्नत समाज हो भन्ने मान्यता पढेलेखेका र जान्नेसुन्नेहरुमा पनि छैन ।
देशको विकास भएन भनेर रोइकराइ गर्ने, ठूला बाटा, रेलवे र रोपवेको सपना देख्ने अनि आफ्नो समाज वा घरभित्रका विभेद, कुरिती र थिचोमिचोलाई भने “सही र उचित” भनेर लंगौटी कसेर समर्थन गर्ने प्रवृत्तिलाई म आडम्बर मात्र भन्न सक्छु ।
म आफ्नी श्रीमतिलाई खुट्टा ढोगाउने कुराको कल्पना पनि गर्न सक्दिन किनकि म उनको साथी हो । कसैले श्रीमतिलाई खुट्टा ढोगाएर आफू उनको अभिभावक वा उनिभन्दा उच्चस्तरको महान मानिस भएको प्रमाणित गर्न चाहान्छ भने मेरो भन्नु केही छैन । सबै मुर्खता कानुनबाट दण्डनीय हुँदैनन् न त मैले समाजलाई राम्रो बनाउने ठेक्का नै लिएको छु ।
माथि उल्लेखित सबै तर्क मेरा बुझाई वा धारणामात्र हुन् ।     —सेतोपाटी अनलाईन  पत्रिकावाट

आर्थिक संकट खेपिरहनु परेको छ
असोक पाण्डे (सम्पादक)
भिमनगर साप्ताहिक, कञ्चनपुर
तपार्इंको पुरा परिचय पाउँ न ?
— म असोक पाण्डे, कञ्चनपुरवाट प्रकाशन हुने भिमनगर साप्ताहिकको सम्पादक भएर काम गर्दैछु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— एउटा प्रतिस्ठित पत्रकार वन्नका लागि मैले पत्रकारिता पेशा रोजेको छ, जहाँ पत्रकार भएर सम्मान पाईयोस ।
कति समय भयो यस पेशामा लागेको ?
— मैले २०४२ साल देखि पत्रकारिता पेशा सुरु गरेको यस हिसावले करीव करव २९ वर्ष भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मोपलसल क्षेत्रमा बसेर एउटै बिटमा बसेर मात्रै पत्रकारिता गर्न सक्ने वातावरण त हुँदैन तर पनि म सामाजिक क्षेत्र र मानवअधिकारको बिषयमा पत्रकारिता गर्न बढी रुची राख्दछु । तर अहिले सवै क्षेत्रका समाचारहरु सम्प्रेषण गर्नु पर्ने अवस्था छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
— पत्रकारितामा क्षेत्रमा श्रोतसाधनको धेरै कमी छ । जोखिमपूर्ण पेशा भएर पनि बिमाको व्यवस्था गरिएको छैन । सूचना उपलव्ध हुँदैन । बिज्ञापन बितरण प्रणाली परम्परागत  छ । पेशागत र व्यक्तिगत सुरक्षाको समस्या छ ।
मोफसलै भएपनि तराईको जिल्ला कञ्चनपुरमा बसेर पत्रकारिता गरिरहनु भएको छ, राम्रै होला नि !
— ठिकै छ भन्नु प¥यो, म सन्तुष्ट नै छु ।
तपाईले सञ्चालन गरिरहेको “भिमनगर साप्ताहिक” कस्तो चलिरहेको छ ?
—राम्रै छ, पाठक वर्ग र आम जनताको बिचमा एउटा नियमित पत्रिकारको रुपमा राम्रो प्रतिष्ठा कमाएको छ ।
कञ्चनपुर जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
— जनताले स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमप्रति लगाव वढाईरहेका छन । बिगतको भन्दा अचेल पत्रकारिताप्रति स्थानीयवासीहरुको रुची पनि बढ्न थालेको छ । पत्रिका पढ्ने, सुन्नेहरुको संख्या बढ्दै गएको छ । पत्रकारिता पेशा राम्रो हो तर कस्तो व्यक्ति पत्रकार हुने भन्ने कुनै मापदण्ड वनाईएको छैन । बहुसंख्यक पत्रकारहरु पत्रकारिता क्षेत्रको शैक्षिक पृष्ठभूमी नभएका व्यक्तिहरु छन । यस जिल्लाको पत्रकारिता प्रयोगात्मक नभएर साभार गर्ने चलन बढी छ । आफ्नो प्रयास÷अभ्यास गर्नु भन्दा पनि राष्ट्रियस्तरका समाचार पत्र र अनलाईन पत्रिकाहरुवाट समाचार संकलन गर्ने अनि त्यसैलाई सामान्य सम्पादन गरेर प्रकाशन गर्ने गरेको पाईन्छ । पत्रकारहरुले आफ्नै मौलिकता प्रयोग गरेर पत्रकारिता सञ्चालन गरेका छैनन् ।  
मोफसलमा वसेर पत्रिका सञ्चालन गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
— पहिलो चुनौती भ्रष्टाचार भएको, कतै अनियमितता भएको वा अन्य यस्तै प्रकारको समाचार प्रकाशन भईसकेपछि त्यो समाचारको सामना गर्नु हो । समाचारलाई लिएर पत्रकारको ज्यान मार्ने धम्की समेत आउने गरेका छन । यो पत्रकारिता पेशा जोखिमपूर्ण छ । दोश्रो, बिज्ञापनको दायरा सिमित छ, अन्य आर्थिक आधारहरु पनि केही छैनन् त्यसकारण सञ्चारमाध्यमहरुले र सञ्चारकर्मीहरुले आर्थिक संकट खेपिरहनु परेको छ । तेश्रो कुरा के छ भने सञ्चार क्षेत्र पनि बिभिन्न राजनीतिक बिचारको बन्दनमा परेको छ, जसका कारण पत्रकारहरुका भिन्न भिन्न राजनीतिक संगठनहरु निर्माण भएका छन । त्यसकारणले पनि सञ्चारकर्मीहरुका बिचमा अस्वच्छ प्रकारको प्रतिस्पर्धा सुरु भएको छ । यो पनि एक प्रकारको चुनौती हो ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— सरकारले मोफसल पत्रकारिताको बिकासका लागि सहुलियत प्रदान गर्नुपर्छ र केन्द्रीय सञ्चारमाध्यमका लागि वनाईएको नीति भन्दा फरक नीति मोफसल पत्रकारिताका लागि ल्याउनु पर्छ किनभने केन्द्रीय र मोफसल पत्रकारिताका लागि एउटै नीति प्रभावकारी हुँदैन । राज्यले ठुला बिज्ञापनहरु राष्ट्रिय सञ्चारमाध्यमवाट प्रकाशन गर्ने गरेको छ तर म के बिश्वास गर्छु भने राष्ट्रिय सञ्चारमाध्यमभन्दा बढी मोफसलका सञ्चारमाध्यममा आम मान्छेको पहुँच रहेको छ । सवै मान्छेले राष्ट्रियस्तरको पत्रिका पढ्न सक्ने सम्भावना छैन । त्यसैले बिज्ञापनहरु स्थानीय पत्रपत्रिकामा प्रकाशन भएकालाई पनि स्वीकार गर्नुपर्छ । त्यस्तै छापा सञ्चारमाध्यमको बिकासका लागि राज्यले थप सहयोगको नीति ल्याउनु पर्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
— महासंघको भुमिका पनि खासै महत्वको देखिएको छैन ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
— यि संगठनहरुले फरक–फरक राजनीतिक दलका बिचारहरुको अनुसरण गरिरहेका छन जसका कारण पत्रकारहरुमा बिवाद सृजना गरेको छ । मैले माथीनै भनिसके यि संगठनहरुका कारण पत्रकारहरुकाबीच अस्वच्छ प्रतिस्पर्धा सुरु भएको छ । यो वाहेक अरु केही पनि भएको छैन ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
— सूचनाको पारदर्शीता, सूचना आदानप्रसाद र समाज कल्याण नै पत्रकारिता हो जस्तो मलाई लाग्छ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, तराईतिरको अवस्था कस्तो पाउनु भएको छ ?
— यस वारेमा मलाई कुनै जानकारी छैन ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
— म यस्ता खालका अभ्यासमा लागेको पनि छैन र लाग्ने मान्छे होईन ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
— पत्रकारिता पेशा राजनीतिवाट टाढैं रहनुपर्छ र सत्यतथ्य समाचार मात्रै प्रकाशन तथा प्रसारण गर्नु पर्छ ।

लोकसेवाको तयारीको लागि उपयोगी
सम्भावित बिषयगत पश्नहरु ः
१. सार्क राष्ट्रका राष्ट्रिय दिवसहरु उल्लेख गर्नुहोस ।
—सार्क राष्ट्रका राष्ट्रिय दिवसहरु निम्न अनुसार रहेका छन ः
नेपाल — जेष्ठ १५ गते, गणतन्त्र दिवस
भारत — जनवरी २६, गणतन्त्र दिवस
पाकिस्तान — जनवरी २३, गणतन्त्र दिवस
बंगलादेश — डिसेम्वर २६, बिजय दिवस
भुटान — डिसेम्वर १७, राष्ट्रिय दिवस
श्रीलङ्का — फेव्रुअरी ४, स्वतन्त्रता दिवस
माल्दिभ्स — जुलाई २६, स्वतन्त्रता दिवस
अफ्गानिस्तान — अगस्ट १९, स्वतन्त्रता दिवस
२. बिश्वको पहिलो कानुन म्याग्नाकार्टा वारे उल्लेख गर्नुहोस ।
— म्याग्नाकार्टालाई वेलायती जनताको स्वतन्त्रताको प्रथम महाधिकार पत्र मानिन्छ । यसमा हस्ताक्षर जुन १५ सन १२१५ मा भएको थियो । म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन हुन भने हस्ताक्षर गर्न वाध्य पार्ने व्यक्ति ईङ्गलिस वार्नोस हुन । सन १२२५ मा संसोधनपछि जारी गरिएको फाईनल म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा भने हेनरी तृतीय हुन । यो बिश्व ईतिहासमा मानवअधिकार सम्वन्धि पहिलो लिखित दस्तावेज हो । म्याग्नाकार्टाको दफा ३८, ३९ र ४० मा व्यक्तिगत स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ ।
३. बिश्व मानचित्रमा नेपालको अवस्थिति वताउनुहोस ।
— नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर रहेको छ । नेपालले बिश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिसत भु–भाग र एसियाको ०.३ प्रतिसत भु–भाग ओगटेको छ । नेपाल ८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म तथा २६ डिग्री २२ मिनेट उत्तरी अक्षांस देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांसबीच अवस्थित छ । नेपालको औषत लम्वाई ८ सय ८५ किलोमिटर र औषत चौडाई एक सय ९३ किलोमिटर रहेको छ । यसको सवभन्दा बढी चौडाई दुई सय ४१ किलोमिटर तथा सवभन्दा कम चौडाई एक सय ४५ किलोमिटर रहेको छ । नेपालको प्रमाणिक समय  गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रमाणिक समय अन्तराष्ट्रिय तिथि रेखा ग्रिनवीचको समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय बिक्रम सम्वत् २०४२ साल बैशाख १ गतेदेखि लागु गरिएको हो ।
४. “आईरन डोम” भनेको के हो ?
— बिरोधीवाट प्रहार भएको रकेट भूईमा खस्न नभ्याउँदै आकाशमै निस्तेज (म्ष्कउयकभ) पारिदिने शक्तिशाली यन्त्रलाई आईरन डोम भनिन्छ । हाल यो शक्तिशाली यन्त्र ईजरायलले प्रयोग गरिरहेको छ । ईजरायली सेनाले यस्तो रकेट यदि मानिसको वस्ती नभएको क्षेत्रमा खस्दैछ भने खस्न दिने तथा वस्ती वा मानवीय चहलपहल भएको क्षेत्रमा खसिरहेको अवस्थामा आकाशमै ध्वस्त पारिदिने गरिरहेको छ ।
५. अस्ट्रेलियाको बिजनेस रिभ्यु बिक्लीका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्ट्रेलियाका हाल कतिऔं धनि व्यक्ति हुन ?
— केही समय अघि अष्ट्रेलियाको बिजनेस रिभ्यु बिक्लीका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले हाल एक सय ५० औं धनि व्यक्तिका रुपमा रहेका छन । गत वर्ष (सन २०१३) भन्दा ३० स्थान माथी उक्लेका घलेको सम्पत्ति सात करोड अष्ट्रेलियन डलर रहेको छ । सन १९९० मा नेपालको लमजुङ जिल्लावाट बिद्यार्थीको रुपमा अष्ट्रेलिया गएका घलेले आफ्नै मिहिनेत र लगनवाट यो स्थान वनाएका हुन ।
६. गोताखोर भनेको के हो ?
— पानीभित्र दुर्घटना हुँदा उद्दारका लागि खटिने प्राबिधिक जनशक्तिलाई गोताखोर भनिन्छ । केही समय अघिसम्म नेपालमा गोताखोर नभएको हुँदा पानीमुनी दुर्घटना हुँदा बिदेशवाट यस्तो शक्ति ल्याउनु पथ्र्यो तर अहिले नेपालमा पहिलो पटक बंगलादेशवाट तालिम लिएका २५ जनाको जनशक्ति तयारी अवस्थामा सशस्त्र प्रहरी वल बिपद् व्यवस्थापन शाखामा रहेको छ । नेपालको गोताखोर मध्यम खालको भएको र यसले पानीमुनी एक सय ९० फिटको गहिराईसम्म गएर उद्दार गर्न सक्छ ।
७. कागजी शेयर प्रमाणपत्रलाई डिजिटलाईज्ड गरी अनलाईन कारोवार गर्न नेपाल स्टक एक्सचेन्जले स्थापना गरेको सहायक कम्पनी कुन हो ?
— काजगी शेयर प्रमाण पत्रलाई डिजिटलाईज्ड अनलाईन कारोवार गर्न नेपाल स्टक एक्सचेन्जले स्थापना गरेको सहायक कम्पनीको नाम सिडिएस क्लियरिङ्ग हो । स्टक एक्सचेन्जले बिक्रम् सम्वत् २०६८ सालमा शेयर कारोवारलाई आधुनिक वनाउन यो कम्पनी स्थापना गरेको हो ।

साहित्य÷सृजना
मोवाईललाई सलाम
मोवाईललाई मेरो सलाम छ
मलाई भन्दा झन मिठो लाग्ने माईतीघर त्यागी पछाडी लाग्ने
जीवन साथी जुटाई दिने रातदिन वोल्दा कहिल्लै नथाक्ने
मोवाईललाई मेरो सलाम छ
पैशा हाले सरसरती वोल्ने भित्री मनको वह तुरुन्त पोख्ने
काली गोरी केही नभन्ने मायाको लागि जीवनै धोक्ने
मोवाईललाई मेरो सलाम छ
दुःख सुखको बिचारै नगर्ने जाती पाती केही नभन्ने
उसैको लागि मरी मेट्ने काली पाउन संसारै ढोग्ने
मोवाईललाई मेरो सलाम छ
बिश्व ब्रह्माण्ड त्यसैमा अट्छ वोल्दै गए पैशा घट्छ
मायाप्रिति दिनदिनै बढ्छ मोवाईलमा वोल्न रातदिन खस्छ
मोवाईललाई मेरो सलाम छ ।
गोबिन्दप्रसाद श्रेष्ठ
सिलगढी, डोटी

खै फुर्सद ?    
आफ्नै मात्र छ पीर ताप मनमा आफ्नै समस्याहरू
अल्झे भैmँ मनमा छ नित्य किन खै ! देखित्र केही अरू ।
आफ्नै भैmँ गहिरो चसक्क अरूको पीडा कहाँ दुख्छ र ?
सन्चो छैन कि ए !  भनेर अहिले सोध्ने कहाँ फुर्सद ?
व्यस्तै–व्यस्त सबै हतार छ सधैँ एक्लो छ मान्छे यहाँ
चारैतर्पm छ भीडभाड सजिलै सक्थ्यो छिचोल्नै कहाँ ?
बढ्दैछन् बलिया फटाफट यहाँ, निर्धाहरू सोतर
बाटोमा निहुरी उठाउन अहो ! को झिक्छ खै फुर्सद ?
विद्वान् ट्युसनमा, सधैं क्लिनिकमै छन् व्यस्त रे डाक्टर
साच्चैँ फुङ्ग छ अस्पताल, अलिनो लाग्दैछ शिक्षालय ।
पैसा फल्छ लदाबदी अब जता मान्छे उतै व्यस्त छ
सेवा, सत्य, इमानका पछि त्यसै लाग्ने कहाँ फुर्सद ?
पाए जो पनि बत्रसक्छ बलियो झण्डा र डण्डा यहाँ
आउत्रन् अब क्वै सम्हाल्न जनता छोडेर इन्द्रासन ।
सत्ता–सख्खरमा चपक्क कमिला बत्रे भए शासक
धीमान् मै अब राजनीति गहिरो बुझ्ने कहाँ फुर्सद ?
खुल्दैछन् अब बेहिसाब यसरी साहित्य संस्थाहरू
आपैmँ मात्र दुरुस्त, सुन्दर, सफा, बेठीक लाग्छन् अरू ।
खेदो खत्र र एक–आपस सधैँ लड्नै यहाँ ठिक्क छ
यो कोलाहल भित्र आज कविता पढ्ने कहाँ फुर्सद ?
प्रभा भट्टराई आचार्य
सरित संगमवाट

गजल
गालीभित्र प्रसंसाको खोजी गर्न थालौं साथी
निराशाको पर्खाल तोड्न पाईला अघि चालौं साथी
बुझ्न सके यही जीवन रंगीचंगी हराभरा
अपुग, भत्कोष, असन्तुष्टि आजैवाट फालौं साथी
सहयात्रा संगै गरे हामी सवै जित्न सक्छौं
असमानता, बिभेद फल्ने बृक्षहरु ढालौं साथी
अन्धकार रहदैन दृष्टि हाम्रो सही भए
चेतनाले भरीपूर्ण बल्वहरु वालौं साथी
गणेश जोशी

सूचना÷बिज्ञापन
सामुदायिक विकास केन्द्र डोटी
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
     प्रथम पटक सूचना प्रकासित मिति ः २०७१÷६÷२६ गते
वल्र्ड भिजन ईन्टरन नेसनल ९ध्यचमि ख्ष्कष्यल क्ष्लतभचलबतष्यलब०ि नेपालको सहयोग तथा  जिल्ला  शिक्षा कार्यालय डोटीको समन्वयमा सामुदायिक विकास केन्द्र ९ऋयmmगलष्तथ म्भखभयिऊभलत ऋभलतचभ०, डोटी को संयुक्त साझेदारीमा डौड, तोलेनी, खातिवडा, कलेना, बगलेक, खिर्सैन र गैरागाउँ गा.वि.स.मा सञ्चालन हुन गईरहेको  म्यतष्, भ्बकत भ्मगअबतष्यल एचयवभअत मा तपशिल बमोजिम     कर्मचारी आवश्यकता परेको हुदाँ आवश्यक योग्यता पुगेका इच्छुक उमेदबारहरुबाट सूचना प्रकाशित मितिले ७ दिनभित्र आफ्नो ब्यक्तिगत बिवरण ९द्यष्य(मबतब० मा २ जनाको च्भाभचभलअभक, सहित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाण पत्र र अनुभवको प्रमाणको प्रतिलिपी १÷१ प्रति  संस्थाको ठेगाना सिलगढीमा कार्यालय समय भित्र आईपुग्ने गरि पठाउनु पर्ने छ ।  
आवश्यक संख्या ः २ जना (१ जना महिला)  
पद ः परियोजना सहायक
कार्यअवधि ः सेप्टेम्बर २०१५ सम्म
सेवा÷सुविधा ः संस्थाको नियमानुसार
न्यूनतम शैक्षिक योग्यता तथा कार्यअनुभव ः
ड्डमान्यता प्राप्त  शिक्षण संस्थाबाट शिक्षा बिषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको,
ड्डसमाज परिचालन तथा बाल बालिकाको क्षेत्रमा १ बर्ष कार्यअनुभव प्राप्त गरेको,
ड्डसमुदाय तथा अन्य सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने,
ड्डअसल अन्तरब्यक्ति सम्बन्ध र प्रभावकारी सञ्चार सीप भएको,
ड्डग्रामिण समुदायमा उदाहरणीय ब्यक्तिको रुपमा प्रस्तुत हुन सक्ने,
ड्डअंग्रेजी भाषामा राम्रो  ज्ञान भएको (बोल्न र लेख्न जान्ने),
ड्डकार्यावधिभर सामुदायिक विकास केन्द्र, डोटीसँग आबद्ध भई ग्रामीण समुदायमा नै रहि काम गर्ने प्रतिवद्धता भएकोे,
ड्डआधारभुत कम्प्युटर तालिम प्राप्त गरि सो अनुसार कार्य गर्न सक्ने,
दरखास्त बुझाउने  अन्तिम मिति ः २०७१÷०७÷०२ गते कार्यालय समय भित्र
परीक्षाको किसिम ः छोटो सूचि, लिखित, मौखिक, प्रयोगात्म तथा समुह छलफल (छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ, परीक्षा मिति ः २०७१÷०७÷०३ गते बिहान १०.०० देखि सञ्चालन गरिने छ ।  
पदपुर्ति समिति
सामुदायिक विकास केन्द्र डोटी
 सम्पर्क फोन न. ०९४–४११०८१
नोट ः  कसैको भनसुन आएमा निजको दरखास्त रद्द गरिनेछ ।


Thursday, October 9, 2014

बिम्ब नेपाली साप्ताहिक, मिति २०७१ साल असोज २१ गते मंगलवार

गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा शत्रु हुन् । यसका विरूद्ध सबै सचेत, सजग र क्रियाशील रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार 

डोटीको छतिवनमा यात्रुवहाक बस दुर्घटना
३० को मृत्यु ६७ घाईते मृतकको संख्या अझै बढ्न सक्ने अनुमान
डोटीको जोरायलवाट कैलालीको धनगढीतर्फ गईरहेको यात्रुवहाक बस डोटीको बुडर जोरायल सडक खण्डमा सोमवार भएको दुर्घटनामा मृत्युहरुमध्ये ३० जनाको सनाखत् भएको छ  । ६७ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्टका अनुसार करीव एक सय २० जना सवार रहेको उक्त बस दुर्घटनामा परी हालसम्म मृत्यु हुनेहरुमध्ये १४ पुरुष, १२ महिला र ४ बालिका गरी ३० जनाको सनाखत् भईसकेको छ । छतिवन गाबिस–५ कठ्पट्टेमा भएको उक्त दुर्घटनामा परी घाईते हुनेहरु कैलालीको अत्तरिया, धनगढी र भारतमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।  
मृत्यु हुनेहरुमध्ये डोटी सरस्वतीनगर गाबिस–४ का ५४ बर्षीय दानबहादुर साउँद, सोही गाबिस–५ का २८ बर्षीय          रेवन्तदिप खडायत, २९ बर्षीया पद्मा जोशी रहेका छन । यस्तै वडा–६ का ५० बर्षीय कृष्णराज भण्डारी, १६ बर्षीय भूमिराज भण्डारी, वडा–८ का ३० बर्षीय टेकराज भट्ट, २७ बर्षीय पशुपति भट्ट, १६ बर्षीय जानकी भट्ट र नेपाली सेनामा कार्यरत सोही वडाका ३२ वर्षीय नबराज भट्ट  रहेका छन । 
वडा–९ का ३५ वर्षीय हरि कठायत, वडा–२ का ५ बर्षीया बालिका बसन्ती ओझा, ३० बर्षीय चक्रबहादुर बिक, ३० बर्षीय पत्रकार कर्णबहादुर शाही, ६५ बर्षीय हरिना ओझा, डेढ बर्षीय बालक रोहित बोहरा, ४५ बर्षीय राजेन्द्र शाही र ४५ बर्षीय भागरथी ओझाको पनि दुर्घटनामा ज्यान गएको छ । त्यस्तै ज्यान गुमाउनेमा वडा–३ का ३० बर्षीया शान्ति मल्ल र वडा–१ का २० बर्षीया सकुन्तला मल्ल रहेका   छन ।
यसैगरी मृत्यु हसनेहरुमा लक्ष्मीनगर गाबिस–५ का ३० बर्षीय टेकेन्द्र गिरी, २८ बर्षीया ईन्द्रा गिरी, वडा–१ का ३४ बर्षीय ३४ बर्षीया शान्ति देबी कपड्याल, बर्छैन गाबिस–१ निवासी ३० बर्षीय लक्ष्मी कलेल छन । कैलाली जिल्ला उदासीपुर गाबिसका ३२ बर्षीय मुकेश सार्की, कैलाली चुवा गाबिस–४ की २६ वर्षीया भागरथी बडुवाल, ४ बर्षीय बालिका जिनिशा बडुवाल, डडेल्धुरा आलिताल गाबिस–१ का ९ बर्षीय बालिका दिपिसा बोहरा, अमरगढी नगरपालिका–४ निवासी ३५ बर्षीय लक्ष्मण ठकुराठी र १ बर्षीय बालिका सन्ध्या ठकुराठी   रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धबदेब भट्टले जानकारी दिए । 
उक्त बसमा करीव एक सय १० जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये पिडितको अनुरोधमा २ जनाको डडेल्धुरा र अन्यको घट्नास्थलमै पोष्टमार्टम भईरहेको डोटीका   प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए । 
 घाईतेहरु मध्ये १६ जनाको कैलालीको सुदूर पश्चिम सामुदायिक अस्पतालमा, ३१ जना पद्मा अस्पतालमा र कैलालीका बिभिन्न अस्पतालमा र २० जना घाईतेलाई थप उपचारको लागि भारत पठाईएको छ । बस सडक वाट करीव तीन सय मिटर तल खसेको थियो । घटनालगत्तै स्थानीयवासीहरुले घाईतेहरुको उद्दार कार्य सुरु गरेको स्थानीय लोकवहादुर थापाले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र     प्रहरी र नेपालीले सेनाले पनि उद्दारमा सहयोग गरेको थापाले वताए । 
घटना भिमदत्त राजमार्ग देखि करीव १३ किलोमिटर भित्र कच्ची सडकमा भएका कारण घाईतेहरुलाई समयमै उपचारका लागि पठाउन यातायतका साधनहरुको नपाईएको स्थानीय नरवहादुर कपड्यालले जानकारी दिएका थिए ।
घटनाको एकिन कारण थाह हुन नसकेपनि क्षमताभन्दा बढी यात्रुहरु भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीयवासीहरुको अनुमान छ । डोटीका प्रहरी उपरीक्षक शाहले कच्ची सडक र क्षमताभन्दा वढी यात्रु भएका कारणनै दुर्घटना भएको हुन सक्ने जानकारी दिए । 
बर्षाका कारण बन्द भएको उक्त कच्ची सडकमा सो बस पहिलो पटक गएको थियो । दशैं मनाएर आफ्नो गन्तव्यतिर फर्केका र दशमी पछि पनि आफन्तहरुकोमा गएर टिका टाला गर्नेहरु दुर्घटनामा परेका छन ।

सम्पादकीय 
भावपूर्ण श्रद्धाञ्जली 
हिन्दु धर्मावलम्वीहरुको महान चाँड दशैंको चहल पलह सेलाउन नपाउँदै डोटीमा भएको बस दुर्घटनावाट २९ जनाले अकालमै ज्यान गुमाउनु प¥यो । डोटी डडेल्धुरा र कैलालीका जनतालाई प्रत्येक्ष रुपमा प्रभावित पारेपनि सिंगो नेपाललाई यस घटनाले मर्माहित वनाएको छ । दुर्घटनामा परि मृत्युबरण गर्नुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै सोकाकुल परिवारजन हार्दिक समवेदना प्रकट गर्दछौं । 
दुर्घटनामा परी ६८ जना घाईते भएका छन । घाईतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको उपचारमा गम्भिर हुन सरकारसंग जोडदार अनुरोध पनि छ । 
एक घटनाले थुप्रै समस्याहरुको जन्म दिएको छ । उमेरले ८० नाघेका, शरीर कोप्रो परेकाहरुले आफ्ना युवा छोरा गुमाएका छन । परिवारको आयश्रोत जुटाउने श्रमयोग्य जनशक्ति गुमाएका छन । बिवाह भएको ६ महिना पनि नपुग्दै श्रीमानले श्रीमति गुमाएका छन, श्रीमतिले श्रीमान गुमाएका छन । दुःख के हो र पिडा के हो भन्ने सम्म पनि अनुभव नभएका अवोध वालवालिकाहरुले आफ्ना आमा बुवा गुमाएका छन । आफन्त, साथी मित्र गुमाएका पनि छन । 
यो अवस्था निम्त्याउनको मुख्य दोषी को हो ? कस्का कारण यो समस्या आईलाग्यो खोजी हुनु जरुरी छ । जीप चलाउनका लागि वाटो वनाईएको छ, बस चलाईएको छ । सडक परमिट छैन तर बस व्यवसायी समितिले वस चलान गर्छ, काउण्टरवाट टिकट पनि काट्छ । कच्ची साँगुरो वाटोमा बस गईरहेको छ तर प्रहरीले देख्दैन । ४० जनाको मात्रै सिट क्षेमता भएको गाडीमा एक सय १५ जना यात्रुहरु वस्छन, यात्रुहरु स्वयंले पनि जोखिमको अनुमान गर्दैनन् । 
गाडी छुट्ने ठाउँमै ईलाका प्रहरी कार्यालय छ, यतिका यात्रु चढाउदा पनि उस्ले केही वोल्दैन । अव कस्लाई दोषी   भन्ने ? दोषी सवै छौं । सिट क्षेमताभन्दा वढी यात्रु वोक्नेहरु, सवार गर्नेहरु, भिडभाड भएको बसमा सवार गर्न पठाउने आफन्तहरु, सुरक्षाको जिम्मा लिएका निकायहरु, साँगुरो वाटोका लागि चलान काटेर बस पठाउने बस व्यवसायी समिति, गाडीको समेत माया मारेर क्षणिक पैसा मात्र हेर्ने बस मालिक, क्षमता भन्दा तेव्वर लोड भईसक्दा पनि वास्ता नगर्ने चालक, सवैको दोष छ । 
आफ्ना कमीकजोरी सवैले सच्याउनु जरुरी छ । यो दुर्घटनावाट सवैले पाठ सिक्नु जरुरी छ । अव बढी मान्छे वोक्दा दुई सय रुपैयाँ राजश्व लिएर छोड्ने होईन, यात्रुहरुलाई झार्न लगाईनु पर्छ अनि मात्र सवारी साधन पठाईनु पर्छ । यातायत सम्वन्धि कानुनमै सुधार ल्याउनु जरुरी छ । यातायत प्रहरीले चलान काट्ने भनेको अपराध गर्ने अनुमति दिने होईन ।      अपराध रोकेर अपराध गरे वाफतको सजाय स्वरुप जरिमाना लिने हो । 
त्यसैले कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ र कानुनमा परिमार्जन गर्नु पर्छ भने त्यसका लागि पनि तयार हुनु पर्छ । सरकारले दुर्घटना हुने बित्तिकै छानविन समिति गठन गर्ने तत्परता मात्रै देखाउने तर दुर्घटना रोक्नका लागि तत्परता नदेखाउने हो भने समस्या समाधान हुँदैन थपिन्छ मात्रै । त्यसैले यस घटनावाट सवैले पाठ सिक्नु जरुरी छ । 

थप समाचार 
शिक्षकद्वारा क्लिनिक सञ्चालन
औषधी पसल वा क्लिनिक सञ्चालन गर्नका लागि स्वास्थ्य प्राबिधिक बिषय अध्ययन गरेको हुनुपर्छ । त्यतिले मात्र पुग्दैन औषधी व्यवस्था बिभागवाट ईजाजत पत्र पनि लिनु पर्ने हुन्छ । अनि मात्र योग्य व्यक्तिले औषधी पसल सञ्चालन गर्न पाउँछ । 
तर डोटीको एक गाउँमा एक जना स्थायी शिक्षकले बिना ईजाजत औषधी पसल सञ्चालनमा ल्याएका छन । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने डौड गाबिस–३ मा प्राथमिक तहका स्थायी शिक्षकले गाउमै औषधी पसल सञ्चालन गरी उपचार बिरामीको उपचार गरिरहेका छन । 
डौड गाबिस–३ घङारेको कालिका प्राथमिक बिद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक रामदेव शाहले गाउमै औषधी पसल राखेर उपचार गराउने गरेको पाईएको हो । स्थानीय बासिन्दाहरुका अनुसार शिक्षक शाह बिगत ६÷७ बर्ष देखि गाउमा औषधी पसल सञ्चालन गर्दै आएका छन । औषधी बिक्री बितरण र उपचार सम्बन्धी सामान्य तालिम पनि नलिएका प्रधानाध्यापक शाहले नियमित उपचार गर्ने गरिरहेका छन । “तालिम लिएको नलिएको थाहा भएन” स्थानिय ३६ बर्षि कलसी बोगटीले भनिन् ‘औषधी पाईन्छ भन्ने सुनेपछि गाउमा कोही बिरामी भएपछि उपचारका लागि उक्त पसलमा जाने गरेका छौं ।’  
बिद्यालयका प्रधानाध्यापकनै पठनपाठनसंगै औषधी उपचारमा संलग्न भएपछि बिद्यालयको दैनिक कार्य सञ्चालनमा समेत बाधा पुगेको नाम उल्लेख नगर्ने शर्तमा बिद्यालयका एक शिक्षकले भने । ‘पढाईरहेको समयमा समेत बोलाएर लगेर औषधी उपचार गर्न लगाउछन् औषधीको मुल्य चर्को छ तर निको भएको सुनेको छैन’ ति शिक्षकले भने ‘उपचार गरिसकेपछि अन्यन्त्र प्रेषण गर्ने गरिएको छ ।’ 
जिल्लामा ग्रामिण स्वास्थ्य कार्यकर्ता तथा अनमीहरुले बिना ईजाजत जिल्लाका बिभिन्न स्थानमा औषधी पसल मार्फत उपचार गरिरहेको ब्यापक जनगुनासो आईरहेका बेला प्राथमिक तहका शिक्षकबाट निर्धक्क साथ मेडिकल सञ्चालन गरिरहेको कुराप्रति सम्वन्धित निकाय वेखवर हो वा खवर पाएर पनि मौन हो त्यो भने जानकारी हुन सकेन । 
यस बिषयमा बुझ्ने प्रयास गर्दा डोटी जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीसंग टेलिफोन सम्पर्क हुन सकेन । जिल्ला शिक्षा कार्यालय डोटीमा यस वारेमा कुनै जानकारी नभएको पाईयो । जिल्ला शिक्षा अधिकारी बसन्तबहादुर खत्रीले भने ‘जिल्ला शिक्षा कार्यालयमा कुनै जानकारी छैन’ जिशिअ खत्रीले भने ‘अहिले म जिल्ला वाहिर छु, फर्केर आएपछि बुझ्नु पर्छ ।’ जिशिअ खत्रीले जिल्ल शिक्षा अधिकारीको स्वीकृति भन्दा पनि निज शिक्षकले औषधी व्यवस्था बिभागवाट ईजाजत लिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन वताए । 
शिक्षा नियमावलीको नियम १३३ को उपनियम १(ज) अनुसार सामुदायिक बिद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफु वहाल रहेको बिद्यालयवाहिर काम गर्न नहुने व्यववस्था गरेको छ । प्रधानाध्यापक शाहले औषधी बेच्ने गरेको स्वीकार गरिसकेका छन् । “सामान्य ज्वरो आउदा स्थानीयवासी म कहाँ उपचार गर्न आउछन्” शाहको भनाई थियो । 

रामपुर उच्च माबि, संरचना बढ्दै, गुणस्तर घट्दै
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गवाट जम्माजम्मी तीन सय मिटरको दुरीमा रहेको डोटी जिल्ला छतिवन गाबिस–४ को   रामपुर उच्च माबि संरचनागत रुपमा जति सुन्दर देखिएको छ, नतिजा भने घट्दै छ । 
५० रोपनी जमिनमा फैलिएको बिद्यालयको क्षेत्रफललाई चारैतिरवाट घेरवार गरिएको बिद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन भईरहेको छ । १८ भवन निर्माण भएका छन, ८ शौचालय छन, खेल मैदान, खेल सामग्री र शैक्षिक सामग्री यथेष्ठ मात्रामा छ । यति हुँदाहुँदै पनि बिद्यालयले प्रवेशिका परीक्षाको नतिजामा सुधार ल्याउन सकेको छैन ।  
“प्रत्येक वर्ष नतिजा घट्दै गईरहेको छ, संरचना मात्रै निर्माण भईरहेका छन, जव वालवालिका–हरुको पढाई नै राम्रो हुँदैन भने किन भवन मात्रै चाहियो ?” स्थानीय अभिभावक उद्धव नेपालीको भने । उनी बिद्यालयमा प्रशासन नभएको वताउँछन । बिद्यालयमा पढाई नहुने गरेको भन्दै छोराले बिद्यालय जान पनि नमानेको अर्का अभिभावक शारदादेवी बिकले वताईन । स्थानीय समाजसेवी कृष्ण दर्लामी शिक्षकहरुबीचको मनमुटावका कारण बिद्यालयको पढाईमा वाधा परिरहेको आरोप लगाउँछन । 
त्यसो त गत वर्ष बिद्यालयले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा डोटीका तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेशवहादुर सिंहले बिद्यालयमा शिक्षकहरुका तीन छुट्टाछुट्टै गुट रहेका सार्वजनिक रुपमै वोलेका थिए । सिंहले शिक्षकहरुका गुटलाई अभिभावक–हरुले ठेगान लगाउनु पर्ने समेत सुझाव दिएका थिए । 
तत्कालीन जिशिअ सिंहको भनाईप्रति कडा आपत्ति व्यक्ति गर्छन शिक्षक टेकराज भण्डारी । उनी भन्छन “कुन आधारमा जिशिअले यस्तो कुरा गर्नु भयो मलाई पनि थाह भएन तर हामी शिक्षकहरुकाबीचमा कुनै त्यस्तो मनमुटाव छैन ।” 
युनाईटेड मिसन टु नेपाल (युएमएन) डोटी क्लष्टरको सहयोगमा बिद्यालयमा कक्षा ६ सम्म वालमैत्री शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन भएको छ । बिद्यालयको भौतिक पुर्वाधार निर्माणमा युएमएनले राम्रो सहयोग गरेकोमा उक्त संस्थालाई धन्यवाद दिन्छन नेपाली कांग्रेस छतिवनका प्रतिनिधि रमेश पाठक । पाठकले युएमएनले जसरी बिद्यालयको भौतिक बिकासमा सहयोग गरेको छ, त्यो हिसावमा शैक्षिक प्रगति हुन नसकेको वताए । 
“हराभरा बिद्यालय, रंगीचंगी कक्षाकोठा र सृजनशिल सिकाईको अवधारणा अनुसार आफुहरु अगाढी बढिरहेको वताउँछन बिद्यालयका प्राचार्य टेकवहादुर वोगटी । वोगटीले बिद्यालयले प्रत्येक बर्ष शैक्षिक गुणस्तरमा सुधार गर्दै आएको दावी गरे । उनले भने “हामीले प्रत्येक वर्ष बिधिवत् रुपमा सामाजिक परीक्षण गर्ने गरेका छौं, सो सामाजिक परीक्षणमा हामीले प्रस्तुत गरेको प्रतिवेदनलाई अध्ययन गर्नु हुन्छ भने हाम्रो सिकाई उपलव्धी बढ्दै गएको छ ।” शिक्षकहरुका बिचमा कुनै पनि प्रकारको मनमुटाव नरहेको र बिद्यालयको प्रशासन राम्रोसंग चलिरहेको वताउँछन प्राचार्य वोगटी । 
बिद्यालय प्रशासनले आफुले भनेको सुझाव कार्यान्वयन नगरेको कारण सिकाई उपलव्धी हासिल गर्न नसकेको वताउँछन बिद्यालयका शिक्षक एवं पूर्व प्रधानाध्यापक पदमराज भट्ट । 
२०१८ सालमा प्राथमिक तह स्थापना भई निमाबि, माबि हुँदै २०६४ सालमा उच्च माबिमा पुगेको यस बिद्यालयमा बिशेष शिक्षा अन्तरगत सुस्त श्रवणका वालवालिकाहरुका लागि १ देखि ८ सम्म बिशेष कक्षाहरु समेत सञ्चालनमा रहेका छन । हाल बिद्यालयमा सात सय १५ बिद्यार्थीहरु अध्ययन गरिरहेका छन भने शिक्षक कर्मचारीहरु गरी २१ जनाले प्रत्येक्ष रोजगारी पाएका छन । 
लोभलाग्दो रमणीय वातावरण भएको बिद्यालय हाताभित्र प्रवेश गर्दा कसैलाई पनि फर्कने मन लाग्दैन । कक्षा शिक्षकहरुले बालमैत्री शिक्षण सिकाई क्रियाकलाप गरेको देख्दा झनै रमाईलो लाग्छ । 
२०७० सालको प्रवेशिका परीक्षामा ७१ बिद्यार्थीमध्ये जम्मा पाँच जनामात्र उत्तीर्ण भएपछि बिद्यालयको आलोचना हुन थालेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीलाल बिष्ट वताउँछन । उनी भन्छन ‘कारणवस यस वर्षको एसएलसीको नतिजा राम्रो आउन सकेको छैन, यसको अर्थ बिद्यालयको शैक्षिक गुणस्तर खस्केको भनेर पुरै नकारात्मक हुनु पर्ने वेला छैन ।’ अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाईप्रति चाँसो राख्नु पर्ने बिष्टको सुझाव छ । 
युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरका बरिष्ठ संस्थागत बिकास अधिकृत नवराज जोशी बिद्यालयको शैक्षिक र भौतिक अवस्थामा क्रमिक सुधार आएको वताउँछन । ‘बिस्तारै प्रगति गर्दै गईरहेको छ, पूर्ण रुपमा सन्तुष्टि हुने ठाउँ त छैन तर पनि वाहिर हल्ला भए जस्तो खतमै पनि होईन’ जोशीले भने ।
प्रवेशिका नतिजा खस्कनुमा बिद्यालय प्रशासनको मात्र नभएर अभिभावकको पनि दोष देख्छन बिद्यालयका सल्लाहकार एवं राजनीतिज्ञ डिल्लीराज भट्ट । अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाईप्रति चासो राख्नु पर्ने र समय समयमा बिद्यालयमा आएर पनि बिद्यालयलाई सल्लाह सुझाव दिनु पर्ने उनको भनाई छ ।

सडकका लागि ४१ लाख चन्दा संकलन
सरकारी वजेट नपाएपछि स्थानीयवासीहरु सडक निर्माणका लागि चन्दा संकलन गर्न थालेका छन । 
पटक पटक सम्बन्धित निकायलाई गुहार्दा समेत कसैले चासो नदेखाएको भन्दै बैतडी र डडेल्धुराका स्थानीयले अनारखोली देवलदिव्यपुर सडक खण्डका लागि ४१ लाख चन्दा दिने भएका छन । डडेल्धुरा र बैतडीका सीमानामा पर्ने अनारखोली देखि जिल्लाको कैलपाल, सकार हुदै डडेल्धुराको देवलदिव्यपुर गाविसलाई जोड्ने दुई किलोमिटर सडकका लागि कुनै पनि निकायवाट वजेट नपाईने भएपछि स्थानीयहरु चन्दा संकलनमा जुटेका हुन । 
स्थानीय जागरुक भएपछि ठुलो मात्रामा चन्दा संकलन हुन थालेको हो । डडेल्धुराका पाँच र बैतडीका चार वटा गाविसका करीब ६५ हजार  जनसंख्या प्रत्येक्ष लाभाम्बित हुने उक्त सडकका लगि अहिले १६ लाख रुपैयाँ चन्दा संकलन भईसकेको र अझै चन्दा संकलन गर्ने कार्य पनि जारी रहेको सडक निर्माण समितिका अध्यक्ष दौलत सिह ठगुन्नाले बताए ।

बावा–आमा मामाघर जानु भएको छ
“आमा मामाघर जानुभएको छ । चाँडै आउनुहुन्छ ।” पाँच वर्षीया वालिका अंकिताले अस्पतालको शैयावाट आमाको प्रतिक्षा गर्दै भनिन् । अंकिता र उनका दाई नौ वर्षीय अमृत आमालाई कुरिरहेका तर  उनीहरुकी आमा शान्ति मल्ल अब कहिल्यै फकिर्ने छैनन् ।
डोटीको छतिवन गाविसमा सोमबार भएको सडक दुर्घटनामा घाइते भएर कैलालीको सेवा नर्सिङ अस्पतालमा उपचार गराइरहेका अमृत र अंकितालाई आफ्नी आमाले सदाका लागि छोडेर गइन् भन्ने थाहा छैन । न घटना बुझ्न सक्ने परिपक्वता उनीहरुसंग छ, न त उनीहरुका आफन्तले नै उनीहरुलाई घटनाको वास्तविकता भन्न सकेका छन् ।
अस्पतालको शैयाबाट यी अबोध बालबालिका भनिरहेका छन् “हाम्री आमा चाँडै आउनुहुन्छ ।”
दशैं मनाउन आमासंगै मामाघर जाँदै गर्दा चढेको बस तीन सय मिटर तल खसेपछि दुवै दाजुबहिनी बेहोस भए । जब होस् आयो दुवै अस्पतालमा थिए । आमा आउँछिन् भन्नेमा उनीहरु ढुक्क देखिन्छन् ।
‘बसमा आमाले हामीलाई हातले समातिरहनु भएको थियो’ ९ वर्षीय अमृतले सम्झिए ‘त्यसपछि थाहा भएन ।’
उनीहरुका बाबु ज्ञान मल्ल बस चालक हुन् । दैनिक गाडी चलाएर गुजारा गर्नुपर्ने उनी काम छोडेर छोराछोरीको हेरचाहका लागि अस्पताल आइपुगेका छन् ।  
अमृत र अंकितामात्र हैन, काठमाडौंको भिएस निकेतनमा एलकेजी अध्ययनरत अस्मिता गिरी (७) ले यो भयानक दुर्घटनामा बाबुआमा दुवै गुमाएकी छन् । डोटी जोरायल घर भएका इन्द्रा मल्ल (गिरी) र टेकेन्द्र गिरी छोरी च्यापेर आमाको हातको टिका थाप्न जाँदै थिए । दुर्घटनामा उनीहरु दुवैको ज्यान गयो तर उनीहरुकी छोरी अस्मिता टुहुरी बनिन् ।
टाउको र मुखमा चोट लागेकी अस्मिताको स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ । आमाबुवा दुवैजना गुमाएपछि उनको उपचार र रेखदेख आफन्तहरुले गरिरहेका छन् । उनी पनि आफ्ना निधन भएको घटनाप्रति वेखवर छिन । मलिन अनुहार लगाउँदै उनले भनिन्, ‘आमाबुवा आउँदै हुनुहुन्छ ।’
२९ जनाको ज्यान जाने गरी भएको भयानक दुर्घटनामा बावुआमा र आफन्त गुमाएकाहरुप्रति सहानुभूति दिनेको अस्पातालमा भीड लागेको छ । 
अमृत, अंकिता र अस्मिताजस्तै आफन्त गुमाएका वालवालिकाहरु आफुन्त फर्किने आशमै वसेका छन । तर उनीहरुका आफन्तहरु भने कहिल्लै नफर्किने गरी दुनियाँवाट बिदा भएका छन । उनीहरु उक्त अकल्पनीय दुर्घटनावारे वेखवर छन । चालकको लापरवाहीका कारण भएको उक्त दुर्घटनामा चार वालवालिकाहरुले त ज्यानै गुमाउनु परेको छ ।

उच्चस्तरीय समिति गठन
२९ जनाको ज्यान जाने गरी डोटीको छतिवनमा भएको सडक दुर्घटना छानविन गर्न सरकारले एक उच्चस्तरीय छानविन समिति गठन गरेको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरेको छ । सरकारका तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयले समिति गठन गरेको हो ।
समितिलाई डोटीमा भएको जस्तो बस दुर्घटना मुलुकभर कहीँ पनि दोहोरिन नदिन सरकारले चाल्नुपर्ने कदमका बारेमा सुझाव प्रतिवेदन दिन समेत अख्तियारी दिइएको छ । समितिले काम सुरु गरेको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ । मन्त्रालयले सरकारको तर्फवाट बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 
यसैबीच डोटीमा क्रियासिल राजनीतिक दलहरुले पनि बिज्ञप्ती प्रकाशन गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त  गरेका छन । बिम्ब साप्ताहिकलाई जानकारी भए अनुसार नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । दलहरुले घटनाको निश्पक्ष छानविन गरी यस्ता घटना नदोहोरिन दिन कडा कदम चाल्नु पर्ने समेत बिज्ञप्ती मार्फत सुझाव दिएका छन ।

नगर विकास गुरु योजना अलपत्र
सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय सदरमुकामलाई व्यवस्थित गर्न बनाइएको दिपायल सिलगढी नगर विकास समितिको गुरु योजना कार्यान्वयनमा नहुँदा अलपत्र परेको छ ।
गुरु योजना अलपत्र भएसँगै क्षेत्रीय कार्यालयहरुका लागि नगर विकासले अधिकरण गरेको सयौं रोपनी जमिन उपयोग बिहिन छ । व्यक्तिका नाममा रहेको सयौं रोपनी जमिन अधिकरण गरेर वि.स. २०४२ सालमा दिपायल सिलगढी नगर विकासले गुरु योजना बनाएको थियो । गुरु योजना अलपत्र हुँदा सुदूरपश्चिमको सदरमुकाम देशकै पिछडिएको सदरमुकामका रुपमा चिनिँदै आएको छ । 
राजनीतिक दल र स्थानीय बासिन्दाको चाँसो र सक्रियता नहुँदा करीव ३० वर्ष अघि बनेको नगर विकासको गुरु योजना अलपत्रमा परेको हो । सयौँ रोपनी जमिन ओगटेर बसेका क्षेत्रीय कार्यालयहरुको कामकाज कैलालीको धनगढी तथा महेन्द्रनगरबाट हुँदै आएका छन् । नगर विकासको जमिन ओगटेर बसेका ३० क्षेत्रीय तथा डिभिजन कार्यालयमध्ये १६ वटा कार्यालयले मात्र भवन बनाएर सेवा दिइरहेका छन् । बाँकी १४ कार्यालयमध्य कसैले जमिन मात्र ओगटेका छन् भने कसैले भवन समेत अलपत्रमा छाडेका छन् ।

मदिराको नसामा मात्तिने महिला पनि
पुरुषले मात्रै मदिरा सेवन गरेर होहल्ला गर्छन भन्ने उहिलेको मान्यता पुरानो भएको छ । मदिरा सेवन गरी हिड्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरी   कारवाही गरेको छ । 
अत्याधिक मदिरा सेवन गरी अबेर रातीसम्म् होहल्ला गर्दै हिड्ने महिलाहरु लाई कारवाही समेत भएको छ । अबेर रातीसम्म् होहल्ला गर्दै हिड्ने ति महिलाहरु लाई वडा प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएकोमा उनीहरुलाई जनही पाँच सय जरीवाना गरी छोडिएको छ । जिल्ला सुरक्षा समितिले मदिरा सेवन गरी होहल्ला गर्ने जो कोहीलाई पनि एक सय देखि एक हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । नियन्त्रणमा लिईएका महिलाहरुलाई जरिवाना गरी छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धा फाँटले जनाएको छ ।

छोटकरी समाचार 
छातीमा जमरा
डोटीको खातिवाडा गाबिस–६ का नरवहादुर खड्काले दशैंमा आफ्नै छातीमा उमारेको जमरा लगाए । देश धर्मनिरपेक्ष भएको बिरोधमा उनले आफ्नो छातीमा जमरा उम्राएका हुन । 
नवरात्राको पहिलो दिन आफ्नै घरको माथिल्लो तलामा पूर्वतिर सिरानी गरी उत्तानो पल्टिएर छातीमा माटो राखी उनले जमरा राखेका थिए । जमरा राखेको दिनदेखि नरवहादुरले पानी समेत नखाई मौन ब्रत बसेका स्थानीय जगन्नाथ दाहालले वताए । दाहालका अनुसार नरवहादुरले जमरा राख्नु भन्दा पहिलेनै देशमा शान्ति स्थापना हुन नसकेको, हाम्रो हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष वनाईएको प्रति चिन्ता व्यक्त गर्दै देशलाई फेरी हिन्दु राष्ट्र कायम गर्ने शक्ति प्रदान गर्न माता भगवतीसंग प्रार्थना गर्नका लागि छातीमा जमरा राख्ने वताएका थिए । 
“नरवहादुर त्यसैपनि धार्मिक कार्यमा धेरै रुची राख्ने व्यक्ति हुन” दाहालले भने “क्षेत्रि भएर पनि उनले घरमै पुजा कोठा वनाएर साँझबिहान नियमित पुजापाठ गर्ने गरेका छन ।” ६२ वर्षीय नरवहादुरले जनताले एक पटक चुनेको संबिधानसभावाट नयाँ संबिधान निर्माण हुन नसकेको र दोश्रो पटकको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ने संकेत नदेखिएकोप्रति पनि चिन्ता व्यक्त गरेका थिए । 
“नवरात्राभरीनै नरवहादुरले पानी समेत खाएनन् । उनी सो अवधीमा कसैसंग वोलेनन् पनि । नरवहादुरको छातीमा राखिएको जमराको नियमित रुपमा पुजापाठ गरिरहेका दाहालले नरवहादुरको लक्ष पुरा हुने बिश्वास गरे । 

खेल समाचार 
पदकसंगै स्वदेश फर्किन बिमला
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकूद प्रतियोगितामा कास्य पदक विजेता विमला तामाङ् आइतवार राती स्वदेश फर्किएकी छन् । नेपालको लागि विमलाले मात्रै पदक जितेकी हुन् ।
हालै सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको एक मात्र पदक विजेता विमला तमाङ स्वदेश फर्किएकी छिन् । १७ औं एशियाडमा पदकविहिन बनेको नेपाललाई उनले कराँते विधामा कास्य पदक दिलाएकी हुन् ।
एक मात्र भएपनि मुलुकका लागि पदक दिलाउन सफल भएकोमा विमला निकै खुशी देखिएकी छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पदक जित्न सफल भएकोमा खुशी लागेको बताइन् ।
एसियाडको १६ वर्र्षपछि विमलाले कराँतेमा नेपाललाई कास्य पदक दिलाएकी हुन् । नेपाललाई एक मात्र पदक दिलाएकी विमलाको स्वागतमा खेलकूद परिषद्का पदाधिकारीहरुको भने अनुपस्थिति रहेको थियो ।

खेलाडी छनौट प्रक्रिया सुरु
राष्ट्रिय फुटवल खेलमा भाग लिनका लागि कैलाली जिल्लाको फुटबल टिम निर्माण गर्न खेलाडी छनौट प्रक्रिया सुरु भएको छ ।
देशभरिका ‘ए’ डिभिजनका नौ जिल्लाले भाग लिने राष्ट्रिय लिगका लागि कैलालीले पनि आफ्नो उपस्थिति जनाउन राष्ट्रिय टिम निर्माणको कार्य थालेको हो ।
कार्तिक २१ गतेदेखि धनगढीको क्षेत्रीय रंगशालामा तय गरिएको लिग आयोजनामा ५८ लाख रकम खर्च लाग्ने छ । रकम संकलनका लागि जिल्ला फुटबल संघ जोडतोडका साथ लागेको संघका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
खेलाडीहरुको छनोट कार्य आउँदो असोज २५ गते धनगढीको क्षेत्रीय रंगशालामा हुने छ ।
१५ वर्ष पुरा भएका खेलाडीहरुले छनोटमा भाग लिन पाउने संघका महासचिव अनिल मल्लले जानकारी दिए । छनोट प्रतियोगितामा भाग लिन पनि कैलालीका सम्पूर्ण खेलाडीलाई संघले आग्रह गरेको छ ।

पौडीवाज माईकल फ्लेप्स निलम्वित
ओलम्पिकका सर्वाधिक स्वर्ण पदक विजेता पौडीबाज माइकल फ्लेप्स ६ महिना निलम्बनमा परेका छन् ।
अमेरिकी पौडी संघले उनलाई ६ महिनासम्म कुनै पनि पौडी प्रतियोगितामा भाग लिन रोक लगाएको हो ।
नशामा गाडी चलाएको अभियोगमा उनीमाथि उक्त कारबाही भएको हो ।  फ्लेप्सले संगठनको आचार संहिता उल्लंघन गरेको संघले बताएको छ ।
फ्लेप्स ३० सेप्टेम्बरमा बाल्टीमोरमा १३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गाडी चलाउँदा पक्राउ परेका थिए ।
यसअघि २००४ मा पनि नशामा गाडी चलाउँदा उनीमाथि १८ महिनासम्म सवारी चलाउन प्रतिवन्ध लागेको थियो ।
२९ वर्षका फ्लेप्स केही समयका लागि पौडीबाट अवकास लिएका छन् । उनले २०१५ मा रुपमा हुने विश्व च्याम्पियनसीपमा भाग लिने छैनन् ।
माइकल फ्लेप्सले २००४ देखि २०१२ सम्मको ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेर किर्तिमान बनाएका छन ।
लण्डन ओलम्पिकपछि उनले सन्यासको घोषणा गरेका थिए । तर, अप्रिलमा फेरि पुनरागमनको घोषणा गरे ।

निर्माता संघवाट रेखा  निष्काशित
नियम विपरित ‘हिम्मतावली’ फिल्म प्रर्दशन गरेका कारण नेपाल चलचित्र निर्माता संघले अभिनेत्री तथा निर्माता रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी संघबाट हटाएको छ । 
संघको हित र नीति विपरित कार्य गरेको भन्दै संघले प्रेस रिलिज गरी रेखालाई संघबाट निष्काशित गरेको हो । चलचित्र संघ र निर्माता संघ बीच २०६० साल साउन २३ गते भएको १९ बुँदे सहमति अनुसार शुक्रवार वाहेक अन्य दिनमा स्वदेशी नयाँ फिल्मको प्रर्दशन काठमाण्डौं उपत्यकामा गर्न नपाईने ब्यवस्था थियो । रेखाले सो सहमति पालना नगरी ‘हिम्मतवाली’ फूलपातीको दिन प्रर्दशन    गरेपछि संघले रेखा माथि कारवाही गरेको हो ।
यसैगरी “हिम्मतवाली” प्रदर्शनका लागि चलचित्र संघले १९ बुँदे सम्झौतालाई तोडेको ठहर गर्दै निर्माता संघले चलचित्र संघप्रति खेद प्रकट गरेको छ । निर्माताहरु को हकहित विपरित कार्य गरेको भन्दै दशैं सकिएलगत्तै निर्माता संघले बिशेष भेलाको आयोजना समेत गर्ने निर्णय गरेको छ । 
सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले काठमाण्डौका सम्पूर्ण हललाई फूलपातीका दिनदेखि “हिम्मतवाली” रिलिज नगर्न पत्र काटेको थियो । रेखा र हल सञ्चालकले सरकारी निर्णयलाई नै अटेर गरी फूलपातीकै दिन “हिम्मतवाली” रिलिज   गरेका हुन् । बुझिए अनुसार सरकारी कार्यालय खुलेपछि रेखा र हलवालामाथि सरकारी कारवाही हुने भएको छ ।  

शिल्पालाई छवीको दशैं टिका
दशैंको अन्तिम दिन अर्थात पूर्णिमाको दिनमा निर्माता छवि ओझाले अभिनेत्री शिल्पा पोखरेललाई दशैं टीका लगाईदिए । छबिको हातको टिका थाप्न शिल्पा सोमबार बिराटनगरबाट काठमाण्डौ आएकी हुन् ।
विगतका दशैंमा अभिनेत्री रेखा थापालाई टिका लगाएर नेपालको नम्बर वान अभिनेत्री बन्नु भन्ने आशिष दिने छबिले यसपाली भने “लज्जा” अभिनेत्री शिल्पालाई दिए । पहिलो फिल्मनै छबि व्यानरको गरेकी शिल्पाले आफूले पाएको आशिर्वाद कर्म गरेरै पाउने आश गरिन् ।   
शिल्पालाई डेब्यू गराउँदै छविले बनाएको पछिल्लो फिल्म “लज्जा” आउँदो कार्तिक ७ देखि प्रदर्शन हुँदैछ । रेखा थापासंग सम्बन्ध सकिएपछि छविले शिल्पालाई नम्बर वान अभिनेत्री भन्न थालिसकेका छन् ।
 यता शिल्पाले यसपालीको दशैं “लज्जा” मय बनेको बताईन् । फिल्मीखबरसंग कुरा गर्दै शिल्पाले भनिन्, “लज्जा सफल होस् भनेर दशैंको आशिर्वाद आफैले मागें ।” गाउँघर जताततै “लज्जा” कै चर्चा गरेर दशैं मनाएको शिल्पाले बताईन् । उनी दशैं मनाउन जन्मथलो     बिराटनगर पुगेकी थिईन् । 
नवल नेपालले निर्देशन गरेको नारी प्रधान फिल्म “लज्जा” मा शिल्पा केन्द्रीय भूमिकामा छिन् । यो फिल्ममा शिल्पालाई अभिनेता आर्यन सिग्देलले साथ दिएका   छन् ।

लेख 
साक्षरता अभियान र प्रभावकारिता  
–ईश्वर भट्टराई
‘शिक्षा एउटा यस्तो चाबी हो जसले स्वतन्त्रतताको सुनौलो ढोका खोल्न सक्छ ।’
—जर्ज वासिङटन कारभेर
‘यदी कोही नराम्रो बाटोमा हिड्दैछ भने उसलाई सुमार्गमा ल्याउन उत्प्रेरणा होइन, शिक्षा दिनुपर्दछ । शिक्षाबाट नै उसले राय फेर्न सक्छ ।’
—जीम रोहन
कारभेर र रोहनले भनेझैं परिवर्तनको ढोका खोल्नका लागि शिक्षा नै प्रमुख आधार हो । बाल्मिकी ऋषिले पनि भनेका थिए ‘शिक्षा विनाको मानिस बाँदर जस्तै हुन्छ ।’ हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका पक्षको पहिलो र महत्वपूर्ण आधारशिला शिक्षा नै हो । समुन्नत समाज एवम् स्वाबलम्बी र आत्मनिर्भर बन्न शिक्षा नै अपरिहार्य हुन्छ ।
सेप्टेम्बर आठ अर्थात राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस यस वर्ष पनि विभिन्न नारा घन्काएर मनाइएको छ । २१ औं शताब्दीको यो पछिल्लो युगमा यो दिवस मनाइराख्दा हामी भने निरक्षरता उन्मूलनका लागि प्रयासरत छौं । यो युगमा आएर अक्षर चिन्न र छिचोल्न सिकाउने अभियान आफैंमा विडम्बना र लाजमर्दो विषय हो । हामीकहाँ शिक्षा दिवस वि.सं. २०३१ सालबाट मनाउन शुरु गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहुन्’ भन्ने उद्घोषका साथ दिवसको थालनी  गरेका थिए । तर, चार दशक बित्दापनि हामी अझैं पनि निरक्षरता उन्मूलन अभियानमा नै छौं । शिक्षाको कुरा गर्दा विश्वले व्यवहारिक तथा प्रविधियुक्त शिक्षामा फड्को मारिसक्दा हामी भने उही परम्परगत शिक्षण प्रणालीमा रुमलिइरहेका छौं ।
विडम्बना नै मान्नुपर्छ, हामीमा समुन्नत र व्यवहारिक शिक्षाको नारा दशकौंदेखि घन्किएपनि व्यवहारमा आउन सकेको छैन । यहाँ केबल शिक्षामा व्यापारिक प्रतिस्पर्धा मात्र फष्टाएको छ । व्यापारिक हिसाबले शिक्षाको जालो फैलिएपनि त्यो केही सीमित वर्ग, क्षेत्रमा मात्र सीमित छ । ग्रामीण बस्ती तथा गरीबका झुपडीसम्म शिक्षा पुग्न सकेको छैन । २१ औं शताब्दीमा पनि यस्तो अवस्थामा गुज्रनु भनेको नेपाल र नेपालीका लागि हदैसम्मको दुर्भाग्य हो ।
सरकारी तथ्याङक अनुसार हाल ३४ प्रतिशत नेपाली निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका साढे ३१ लाख जनसंख्या निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङक छ । नेपालमा हाल १५ वर्षमाथिका करीब ४० लाख नागरिक निरक्षर रहेको जनगणना २०६८ तथा विभिन्न सर्वेक्षणले देखाएको छ । यी तथ्यांकलाई केलाउँदा हामीकहाँ कस्लाई निरक्षर मान्ने र कस्ता किसिमका       निरक्षर छन् भन्ने स्पष्ट आधार पनि छैन । सर्वप्रथम निरक्षरको अवस्थालाई वर्गीकरण गरी तल्लो वर्गमा रहेकालाई आधार मानेर अभियान सञ्चालन गर्न सके अपेक्षित लक्ष्यमा पुग्न सकिने थियो कि ? यद्यपि सरकार भने अन्तराष्ट्रिय स्तरमा आफूले गरेको प्रतिबद्धता पूरा गराउन दु्रत गतिमा अभियान सञ्चालनमा छ । सरकारले सन् २०१५ सम्ममा सबैलाई शिक्षा पु¥याउने प्रतिबद्धता गरेको हो । यसैअनुरुप चालू आर्थिक वर्षभित्र देशका १५ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण नागरिकलाई साक्षर बनाउने गरी निरक्षरता उन्मूलन वर्षका रुपमा घोषणा गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रुपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडांै रुपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरुको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजी रुपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ । साक्षर अभियान सकारात्मक भएपनि यति छोटो समयमा यसरी महत्वकांक्षी अपेक्षा राख्नु भने ठीक होइन । यति छोटो समयमा महत्वकांक्षी अपेक्षा     राखेर यतिका बजेट खन्याउनु पर्ने औचित्य नै थिएन ।
गत संविधासभाको निर्वाचनमा भएको मतदाता शिक्षालाई नै आधार मान्दा यो सरकारी अभियान पनि कागजी हुने देखिन्छ । सामान्य रहेको मतदाता शिक्षामा दुई छुट्टाछुट्टै मतपत्रमा १÷१ पटक कोठाभित्र स्वस्तिक चिन्ह लगाएर स्वस्तिक छाप नपोतिने तरिकाले पट्याएर मतपेटिकामा खसाल्न सिकाइएको थियो । यद्यपि मत बदर भने अत्याधिक रह्यो । मतदाता शिक्षाका लागि   सरकारले करोडौं रुपैयाँ खन्याएपनि त्यो ‘बालुवामा पानी हाले सरह’ बन्यो । सामान्य रहेको मतदाता शिक्षालाई पनि नजरअन्दाज गर्दा हामीकहाँ कस्ता कस्ता निरक्षर नागरिक छन् भन्ने निक्र्यौल गर्न सकिन्छ ।
 त्यसैले यी नागरिकसमक्ष प्रभावकारी रुपमा साक्षरता अभियान पु¥याउन नसके कतै साक्षरता अभियान पनि मतदाता शिक्षा जस्तै होला भन्ने नकार्न सकिन्न । सर्वप्रथम साक्षर बन्नकालागि आफैबाट पनि साक्षर बन्ने जनइच्छा जाहेर हुनुपर्ने हुन्छ । आफूभित्र साक्षर बन्ने इच्छा नै छैन भने अभियान सञ्चालनको कुनै औचित्य नै छैन । जनइच्छाको कुरा गर्दा हामीकहाँ २५.२ जनता अझैं गरीबीको रेखामुनी छन् । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न समेत धौधौ पर्ने गर्दछ । यस्तो अवस्थामा सरकारले साक्षरता अभियान अन्तरगत साक्षरता कक्षामा कसरी सहभागी हुन्छन् ? सरकारले साक्षरता कक्षामा सहभागी रहेकामध्येबाट छनोटमा परेको गरीब, दलित, जनजाति, अल्पसंख्यक, द्वन्द्वपीडित महिलाका लागि आयआर्जनका लागि विभिन्न सीपमूलक तालिम दिने पनि भनेको छ ।
यद्यपि, ग्रामीण तथा दुर्गम भेगका बस्ती तथा झुपडीमा अझैं पनि अभियान गुमनाम नै छ । यो क्षेत्रमा अभियान पुग्छ पुग्दैन बाँकी समय कुर्नै पर्छ । दोश्रो अभियानको प्रभावकारिता । अन्तराष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गर्न उक्सिने सरकार अभियान सञ्चालनको दु्रत गतिमा छ । जसले गर्दा अभियानको प्रभावकारीतामा प्रश्न उब्जिएको छ । ‘राजाको काम कहिले जाला घाम’ भनेझैं हामीकहाँ टालटुले काम गरेर सिद्याउने संस्कार नै बनिसकेको छ । त्यसैले विगतमा सञ्चालित अभियानले कतै यो पनि औपचारिकतामा मात्र सीमित हुने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।
 साक्षर अभियानकै कुरा गर्दा सरकारले घर–घरमा रहेका निरक्षर बालबालिकालाई साक्षर बनाउन वर्षेनी विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र शुरु हुने बेलामा हरेक वर्ष भर्ना अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि दुर्गम तथा ग्रामीण भेगका बस्तीका बालबालिकाको स्कुले साइत भने अझैं जुर्न सकेको छैन । यस्तै, गरिबी तथा विद्यालयमा हुने भेद्भावपूर्ण वातावरणले दलित तथा अन्य पिछडिएका समूदायका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नै छन् । यस्तै, सरकारसँग विद्यालय गएका बालबालिकालाई पनि टिकाइराख्ने कुनै ठोस् प्याकेज छैन ।
यसले गर्दा भर्ना अभियानमार्फत आएका विद्यार्थी पनि विद्यालय छाड्ने गरेका छन् । ५ देखि १५ सम्मका बालबालिकाका लागि भर्ना अभियान प्रभावकारी बनाउन नसक्ने सरकारको १५ देखि माथिका नागरिकलाई साक्षरता कक्षामा पु¥याउनु फलामको चिउरा चपाए झैं छ । उता, २०६५ सालयता साक्षरता अभियान सञ्चालन भएपनि प्रभावकारिता नभएको र औपचारितामा मात्र सीमित भएको विश्लेषकको ठहर छ । आर्थिक वर्ष २०६५÷०६६ देखि २०६९÷७० सम्ममा ४८ लाख २४ हजार १ सय ६३ जना साक्षर भएको औपचारिक केन्द्रको तथ्यांकमा छ ।
यसरी साक्षरता अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि यसको प्रभावकारितामा भने प्रश्न उठ्दै आएको छ । होला सरकारले केही निरक्षरलाई साक्षर बनाउला । जसले गर्दा केही साक्षर बनेर ल्याप्चे  नगलाउलान् । तर, यतिलाई मात्रै गर्व गरेर पनि हुँदैन । केही दिनको कक्षामा अक्षर चनाएर सबै नागरिक सधैं साक्षर रहन पनि सक्दैनन् । सबै नागरिकलाई साक्षर बनाइराख्न सरकारले सर्वप्रथम जगदेखि नै व्यवहारिक र परिणाममुखी शिक्षामा जोड दिनुपर्दछ ।

मोफसल पत्रकारिता 
काम अनुसारको पारिश्रमिक हुँदैन
भावनीसिंह ऐर (केन्द्रीय सदस्य)
नेपाल पत्रकार महासंघ
तपार्इंको पुरा परिचय पाउँ न ? 
— भवानीसिंह ऐर । समैजी गाविस–४ सिलंगी, डडेल्धुरा । २०५६ देखि पत्रकारिता सुरु (प्रशिक्षार्थीको रुपमा) जनादेश सप्ताहिकमा, देशमा चलेको जनयुद्धलाई सघाउन २०६० वाट पत्रकारिता क्षेत्रसंगै भुमिगत, शान्ति सम्झौतापछि २०६३ देखि गोरखापत्रमा डडेल्धुरावाट रिर्पोटर, नेपाल पत्रकार महासंघको हालै सम्पन्न २४ औं महाधिवेशनवाट सबभन्दा बढी मतको अन्तरले केन्द्रीय सदस्य निर्वाचित । गोरखापत्रमा कार्यरत हाल कैलालीवाट ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ? 
— समाजसंग सिक्न र समुदायलाई सक्दो सूचित गराउन पत्रकारिता पेशा सबभन्दा उत्तम लागेर नै हो तर, हाम्रो समाजमा यो पेशामा टिकिरहन अलि गाह्रोनै रहेछ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— सामाजसंग जोडिएका सबैजसो विषयमा 
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ? 
— पत्रकारिता पेशानै एक चुनौतीपूर्ण पेशा भएकोले पत्रकारले स–सानो कुरामा पनि निकै सजकता अपनाउनु पर्ने हुन्छ । सत्य, तथ्य र निस्पक्ष भएर विषयबस्तु उठाउदा पनि कुनै न कुनै पक्षवाट पत्रकारप्रति औला ठड्याइन्छ । यसका अलावा आर्थिक अभावमा जीवन धान्न समस्या भैरहन्छ ।
तपाई झन शारीरिक रुपमा असक्त मान्छे, कस्ता समस्या झेल्नु पर्दोरहेछ ? 
— हो, अहिले शारीरिक अशक्तताको अवस्थामा मैले पनि हाम्रो समाजका अन्य शारीरिक अशक्तहरुझंै समस्या भोग्दैछु । जसकारण दैनिक कामकाज देखि सबै स्थलगत रिपोटिङमा जान समस्या छ ।
धेरै जस्ता संचारमाध्यममा काम अनुसारको पारिश्रमिक दिन्नन् भन्ने गुनासो सुन्न पाईन्छ, तपाई काम गर्ने सञ्चारमाध्यममा कस्तो छ ? 
— काम अनुसारको पारिश्रमिक नहुने हाम्रो परिवेश जस्ताको त्यस्तै छ । एउटा स्मरणवाट स्पष्ट गराउँ सात वर्षअघि गोरखापत्र जस्तो सरकारी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न डडेल्धुराको भित्री मधेश गएको थिएँ । जिल्ला सदरमुकामवाट भर्खर यातायातले छोएको जोगबुढा हुँदै घट्नास्थल पुग्दा र समाचार संकलन गरी फर्किदा पकेटको चार हजार खर्च भयो, तर समाचार छापिए वाफत गोरखापत्रले दुई सय पचास दिन्छ । त्यसमा पनि सेवा दिए वफत १० प्रतिशत कर काट्छ । अन्य नेपाली मिडिया हाउस नि यस्तै छन, मान्नुस नमान्नुस पत्रकारको आर्थिक अवस्था यस्तै छ ।
शारीरिक असक्तता भएका ब्यक्तिलाई पत्रकारीता क्षेत्रमा हेर्ने दृष्टि कस्तो पाउनु भयो ? 
— हाम्रो समाज उही त हो कतै न काँही भेदभाव गरिन्छ,  तर मेरो विचारमा हिड्न र बोल्न सक्नेलाई मात्रै पत्रकार भनिदैन, आफ्नो आत्मवल बढाएर पेशालाई निरन्तरता दिइरहेकोले फरक महसुस गरेको छैन ।
गोरखापत्रमा काम गर्दै हुनुहुन्छ कस्तो महसुस गर्नु भएको छ ? 
— यो पेशामा चुनौती छ भनेर जान्दाजान्दै रहरले लागिएको हो । नेपाली सप्ताहिक, मासिक पत्रिकावाट सुरु गरेको पत्रकारिता विगत सात वर्षदेखि गोरखापत्र राष्ट्रिय दैनिकमा काम गर्दैछु । मैले पत्रकारिता गरिरहेको अहिले बिशिष्ठ परिस्थितिमा पनि गत वर्ष कैलाली हसुलियाका दृष्टीविहिनले विद्यालय पढ्न पाएनन् भन्ने मेरो रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक स्कुलले दुईजनालाई उतै लगेर पढाईरहेको छ । त्यस्तै आमाबाबुले छोडेका धनगढीका तीन असाहय दलित बालबालिकाको दर्दनाक रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक म्यानपावर कम्पनीका मालिकले ती असाहयलाई १५ हजार नगद दियो, जिल्ला प्रशासन र उनीहरु अध्यनरत विद्यालयपनि विभिन्न रहात दिन बाध्य भयो । यसरी कलमको माध्यमवाट बास्तविकता प्रष्टाउदा समाजमा सकारात्मक विकास भएका छन् खुशी महसुस गरेको छु । जसले पत्रकारिताको क्षेत्रवाट मलाई देश विदेशमा चिनायो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सरकारले आफ्नो पपुलारीटी बढाउन मात्र सञ्चार जगतलाई चौथो अंग भन्ने गर्छ तर व्यबहारतः त्यस्तो मानेको देखिदैन । तपाईले झन राजधानी बाहिरको पत्रकारिता (मोफसल) का बारेमा सोध्नुभयो, जुन जीउनु न मर्नुको दोसाँधमा रहेका   छन् । सरकारले मोफसल पत्रकारिताका यावत समस्य समाधान गर्न बतावरण मिलाई दिनुपर्छ । 
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ? 
— नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारको साझा संस्था भएको नाताले सरकार लगायतका सम्बन्धित निकायलाई समस्या समाधानका लागि घच्घच्याउने, कानूनी दायरामा ल्याउने जस्ता पहल कदमी गर्दै आएको छ । पत्रकारिता पेशालाई व्यबसायिक बनाउदै ट्रेड युनियन बनाउने की भन्ने बारेमा छलफल बहस चलाएको छ ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ? 
—पत्रकारका बैचारिक संघ संगठनहरुले पेशागत भन्दापनि राजनीतिक भुमिका महत्वपूर्ण मान्दछन् । विचार र आस्थाका कारण कहिलेकाँही मोफसलका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई ओझेलमा पार्ने गरेका छन । 
तपाइको विचारमा पत्रकारिता के हो ? 
— पत्रकारिता समाजसंग जोडिएको हुनुपर्छ । जसले लुकेका, संभावित र हुनुपर्ने विषयबस्तुको गहिराईमा गएर सत्य, तथ्य र निश्पक्ष रुपमा जनसमुदायलाई यथार्थ सूचित गर्न सकोस् र समाज परिर्वतनमा सकारात्मक विकास गर्न प्रेरित गर्नुनै पत्रकारिता हो । जसले दुनियाँका खवर स्थानीय समुदायमा र समुदायका गतिविधि दुनियाँसामु पु¥याउछ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनियाँको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, तपाईलाई के लाग्छ ? 
— पत्रकार पनि यसै समाजका उपज भएकाले यस्ता प्रवृति देखिएका छन । अर्कोतिर पत्रकारको निश्चित मुल्यमान्यताको मापदण्ड ठीकसंग कार्यान्वयन गर्न नसक्दा पछिल्लो समयमा यस्ता प्रवृति बढी देखिएका छन । अव अन्यत्र नअल्मलिई पत्रकारको सुद्धिकरण गर्नुपर्ने बेला आएको छ ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ? 
— शारीरिक असक्ततापछि म त अफिसभित्रको पत्रकार भएको छु ।  चल्ताफिर्ताले गर्न सक्ने यस्ता व्यबहार म कसरी गर्न सकुला र ?
मोफसल पत्रकारितामा सुधारका लागि नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— राजधानी केन्द्रित पत्रकारिता भन्दापनि ग्रामिण बस्ती र जनसमुदायसंग प्रत्येक्ष जोडिएको मोफसल पत्रकारितालाई सुधार गर्नु सबभन्दा महत्पूर्ण दायित्व नै सरकारको हो । मोफसलमा जिनतिन चलिरहेका र सञ्चालनमा समस्य आइरहेकालाई सरकारले लिने विभिन्न खाले कर, महसुल लगायतमा कटौती गरी प्रयोग हुने साधन, उपकरणमा सहुलियत दिन र विज्ञापन नीतीमा सुधार ल्याउन सुझाव दिन चहान्छु ।
अन्त्यमा केही भन्न मन लागेको छ ? 
— नागरिक समाजभित्रको पत्रकार समाजको ऐना हो । ऐना अगाडी तपाई जसरी प्रस्तुत हुनुहुन्छ ऐनाले त्यस्तै देखाउने भएकाले पत्रकारको सानो लापरवाहीले समाजमा ठूलो असर पर्नसक्छ, त्यसैले हरवखत सजकता अपनाउन आग्रह गर्दछु । 
— पुनः प्रकाशन

साहित्य÷सृजना 
किन तड्पायौ प्रिय ?
आउँछु भनेर विश्वास दियौ
तिमीले मलाई
उषाकालदेखि तिमी आउने
बाटो हेरिरहे ।

घरका सबैलाई अन्तै पठाएर
एक्लै तिम्रै प्रतीक्षामा
म खाटमा पल्टिरहे ।

घरको मूलढोका बाहिर
तिमी आयौ कि भनेर
हेर्न निस्के म
अहँ तिमीलाई देखिन मैले
मेरो विश्वासको
सीमारेखा बिलाएर गयो
तिमीले मलाई
आउँदिन भनेको भए
नयन बाटोमा ओछ्याउने थिइन 
माया लाउदिन भनेको भए
मनले पर्खने नै थिएन ।

विश्वासमा पारेर तिमीले
मेरो मन किन रुवायौ प्रिय ?
मैले कुनै गल्ति गरेको थिइन
किन तड्पायौ प्रिय ?
— अरुणबहादुर खत्री “नदी”

नारी 
नारी रत्न आभुषण तिमि, समाजकी पद्मिनी 
सृष्टिकी जननी तिमि सदा, ममतामयी कामिनी 
ब्रह्माण्डका रचयिता तिमि हौं, ऐश्वर्यका दामिनि 
गंगाझैं अविरल बगी रहने, पवित्र नदी पावनी 

सितल मन्द मुस्कानका धनि तिमि, राम्री शसी सालिनि 
वात्सल्यका अगाध भण्डार तिमि हौं, पृथ्वी सदा पालिनि 
वन जंगल पहरा तथा धरतीको, रक्षक होउ मालिनि 
दुष्टको बिनास गरी बिजय गर्ने, संहारकी काखिनि 

यस्ती नारी सहृदय हुन, पाप छैन कत्ति रति 
नारीको वर्णन जति गरेपनि, हुँदैन कत्ति अति 
नारीको पुजन गरे भने अनि, स्वर्गै छ पृथ्वी पनि 
आउ नारी उज्यालो पार धरती बैभवका हौ धनि ।
गोबिन्द प्रसाद श्रेष्ठ 
जेष्ठ नागरिक जिल्ला संघ, डोटी

कविता
हाँसिराख्न सिके मैले जिते पनि हारेपनि 
जालभित्र जेलभित्र मलाई जति पारेपनि 
बाँच्नु परे सवैसित, मर्नु परे म मात्र छु 
खुशी छु म अव मलाई जतिसुकै मारेपनि 
चाहना छ तिम्रो ठुलो भनेदेखि हुन्छ अव 
आफ्नो ईच्छा संगसंगै मुटुलाई तारेपनि 
रोजीराख्छु तिमिलाई डाँडाकाँडा जताततै 
प्रतिक्षाले मेरो कर्म जतिसुकै टारेपनि 
मेरो हाँसो झुटो होला आँशु भने चोखो नै छ 
बिरहको आगो वाली जिन्दगीले खारेपनि 
तिमिलाई कुर्छु म त जीवन भरी यै घाटमा 
म वाहेक सारालाई सवैलाई तारे पनि
सन्ध्या