Monday, July 10, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल असार २७ गते मंगलबार

अपाङ्गता मानव विविधता हो अपाङ्गता भएका व्यक्तिहरुलाई पनि अन्य नागरिक सरह अवसर र सेवा सुविधा प्रदान गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश नं. ७ ः कहाँ कस्को बन्ला समन्वय समिति


रामहरी ओझा÷डोटी 
असार २६
स्थानीय तहको प्रत्येक्ष निर्वाचन सम्पन्न भईसकेपछि अप्रत्येक्ष निर्वाचन मार्फत बन्ने जिल्ला समन्वय समितिका लागि राजनीतिक दलहरुको अंक गणितीय खेल सुरु भएको छ । संबैधानिक व्यवस्था अनुसार नगरपालिका र गाउँपालिकाको प्रत्येक्ष चुनाव सम्पन्न भएको एक महिनाभित्र जिल्ला समवन्य समिति गठन गर्नु पर्ने हुन्छ । नगरपालिका मेयर उपमेयर र गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुले मात्रै मतदान गरि गाउँसभा वा नगरसभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार दलहरु भोटको अंक गणितमा लागेका छन । 
नौ जिल्ला रहेको प्रदेश नं. ७ मा मत संख्याको हिसावले चार जिल्लामा नेकपा एमालेको प्रष्ट बहुमत देखिएको छ भने नेपाली कांग्रेसको तिन जिल्लामा स्पष्ट बहुमत देखिएको छ । बाँकी दुई जिल्लामा यस्सै भन्न सक्ने अवस्था देखिदैन । 
एमालेको एकलौटी हुन सक्ने जिल्लाहरु 

सात पहाडी जिल्लामध्ये सबै भन्दा बढी १२ स्थानीय तह रहेको बझाङ्ग जिल्लामा एमालेको एकलौटी जिल्ला समन्वय समिति बन्ने भएको छ । एमालेले आठ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको छ । अर्थात २४ मतमध्ये १७ एमालेको पक्षमा छन । २०५४ सालको स्थानीय चुनावमा पनि एमाले नेतृत्वकै जिल्ला बिकास समिति बनेको थियो बझाङ्गमा । 
यस्तै डोटीमा पनि एमालेले एकलौटी समन्वय समिति बनाउने भएको छ । नौ स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख जितेर एमालेले आफुलाई जिससमा सुरक्षित गरेको छ । यस जिल्लामा ०५४ मा कांग्रेस नेतृत्वको जिबिस थियो । 
०५४ को स्थानीय निर्वाचनमा एमाले नेतृत्वमै बनेको कञ्चनपुरमा यस पटक पनि एमालेले एकलौटी बहुमत पु¥याएको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख गरि ११ मत सुरक्षित गरेको छ । 
प्रदेश नं. ७ कै सबैभन्दा बढी स्थानीय तह र मतदाता संख्या रहेको कैलालीमा पनि एमालेले बाजी  मारेको छ । ७ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानीय तह रहेको कैलालीमा एमालेले सात स्थानीय तहमा एकलौटी जित हात पारेमा छ । ०५४ को चुनावमा कैलाली जिल्ला बिकास समिति कांग्रेस नेतृत्वमा बनेको थियो । 
तिन जिल्लामा कांग्रेसको एकलौटी 

कांग्रेसले तिन जिल्लामा एकलौटी समन्वय समिति बनाउने भएको छ । पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलको गृह जिल्ला अछाममा यस पटक कांग्रेस छाएको छ । २०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि जिल्ला बिकास समिति जितेको एमालेले यस पटक भने आफ्नो शक्ति गुमाउनु परेको छ । १० स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुवै र एक उपप्रमुख जितेर कांग्रेसले आफुलाई जिल्ला समन्वय समितिका लागि सुरक्षित गरेको छ । 
यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको गृहजिल्लामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाउने देखिएको छ । सात स्थानीय तहमध्ये कांग्रेसले चार एकलौटी र एकमा उपप्रमुख समेत जितेको छ । ०५४ सालको चुनावमा यस जिल्लामा एमाले नेतृत्वको समन्वय समिति बनेको थियो ।  
बाजुरामा पनि कांग्रेसले अप्रत्यासित नतिजा हात पारेको छ । नौ स्थानीय तहहरुमा कांग्रेसले ६ स्थानमा प्रमुख र पाँच स्थानमा उपप्रमुख सहित सम्मानजनक मत हासिल गरेको छ । यस जिल्लामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाउने देखिन्छ । यस जिल्लामा पनि ०५४ को निर्वाचनमा एमालेले जिल्ला बिकास समिति बनाएको थियो । 
दार्चुला, बैतडीमा के होला ? 
बैतडी र दार्चुलामा भने यस्सै होला भन्न सक्ने अवस्था देखिदैन । दुबै जिल्लामा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लाएक्लै भिडे भने दुबै जिल्लामा कांग्रेसले जिल्ला समन्वय समिति बनाउने छ । यदि एमाले र माओवादी केन्द्रले तालमेल गरे भने चुनावमा गोलाप्रथामा पुग्नेछ । 
१० स्थानीय तह रहेको बैतडीमा नेपाली कांग्रेसले सम्मानजनक उपस्थिति देखाएको छ । कांग्रेसले ६ स्थानीय तहमा प्रमुख र चार स्थानीय तहमा उपप्रमुख गरि १० मत सुरक्षित गरेको छ । एमाले तीन प्रमुख र पाँच उपप्रमुखमा सिमित भएको छ भने नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित हात पारेको छ । यदि एमाले र माओवादी केन्द्रले तालमेल गरेछन भने यस जिल्लामा समन्वय समिति छान्दा गोलाप्रथामा पुग्ने अवस्था देखिन्छ । यद्यपी, दशरथ चन्द नगरपालिकाको मतगणनाका क्रममा धाँधली भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी न्यायालय पुगेको छ । ०५४ सालमा यस जिल्लामा एमाले नेतृत्वको जिल्ला बिकास समिति बनेको थियो ।  
यस्तै दार्चुलामा पनि स्पष्ट बहुमत कुनै दलको पुग्दैन । पहिलो पार्टीका रुपमा देखिएको कांग्रेसले पाँच प्रमुख र चार उपप्रमुख जितेको छ । एमालेले तीन प्रमुख र चार उपप्रमुखमा आफुलाई पु¥याएको छ भने माओवादी केन्द्रले एक स्थानीय तह हात पारेको छ । बैतडी जस्तै दार्चुलामा पनि यदि एमाले र माओवादी केन्द्र एक ठाउँमा आए जिल्ला समन्वय समिति छनौटका लागि गोलाप्रथामा टुङ्गिनु पर्ने अवस्था छ । २०५४ सालमा दार्चुला एमालेको किल्ला बनेको थियो । सभापति, उपसभापति र नौ सदस्य एमालेले जितेको थियो उक्त चुनावमा । जिल्लामा साबिकका ११ ईलाका हुन । 
त्यसो त बिगतमा भएका अप्रत्येक्ष चुनावहरुको प्रबृत्ति हेर्दा गाउँ बिकास समिति अध्यक्ष÷उपाध्यक्षले समेत फरक पार्टीको उम्मेद्वारलाई मतदान गरेको देखिन्छ । त्यसकारण यस्सै होला भनेर अनुमान गर्न कठिन छ ।  
७ नं. प्रदेशका ८८ स्थानीय तहमध्ये एमाले ३९ स्थानमा जित्दै पहिलो दल भएको छ । ३८ स्थान जितेर कांग्रेस दोश्रो भयो भने माओवादी केन्द्रले १० स्थानमा जित हात पारेका छ । एक स्थान फोरम लोकतान्त्रिकले हात पारेको छ । 

सम्पादकीय 

पुँजीगत खर्चको दुर्दशाँ

जेठको महिना संसदमा भाषण गर्दा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले धेरै कुरा बोलेका थिए । उनले ‘यो पनि भयो, त्यो पनि भयो, यस्तो पनि गरियो, त्यस्तो पनि गरियो’ भन्नेमा आफ्नो भाषण अन्त्य गरेका थिए । यति धेरै काम गर्ने, कायापलट गर्ने प्रधानमन्त्री महोदयले खर्च गर्नका लागि भनेर छुट्याईएको बजेट खर्च हुने मेसो मिलाउन सकेनछन् । चलन चल्तीमा रहेको व्यवस्था अनुसार उनी प्रधानमन्त्री भएको दौरानमा बजेटको ८० प्रतिशत खर्च भईसक्नु पर्ने हो तर त्यो न्यून देखियो । 
आर्थिक वर्ष सकिनै लाग्दा विकास लक्षित पुँजीगत खर्चको अवस्था हेर्दा दयनीय छ । तीन खर्ब ११ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिइएकोमा असार तेश्रो सातासम्म करीव करीव ४५ प्रतिशत मात्रै खर्च भएको छ जसले सरकारको खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । पुँजीगत खर्च नहुँदा विकास निर्माणमा प्रत्यक्ष असर  पर्छ । पुँजीगत बजेट शीर्षकमा सर्वसाधारणको जीविकामा प्रत्यक्ष असर पर्ने पूर्वाधारमा हुने लगानी समेटिएको हुन्छ । 
नेपालको संबिधान, २०७२ को प्राव्धान अनुसार गत बर्ष  पहिलोपटक जेठ १५ मै चालु आर्थिक बर्षका लागि बजेट आएको थियो । तर सत्ता समिकरणको खेलले असार मसान्तमा विनियोजन विधेयक मात्रै पारित भयो । राजस्व उठाउने, ऋण लिनेलगायत कानुन पारित हुन पाएन । राजस्व उठाउन २०१२ सालको सामयिक कर असुली ऐनमा भर पर्नुप¥यो । त्यसले पनि सुरुका दुई महिना अन्योल बढाएको थियो । तर त्यसपछि पनि खर्च गर्ने निकायमा तदारुकता देखिएन । योजना आयोगले अनुगमन गर्ने भने पनि प्रभावकारी हुन सकेन । स्थानीय तहको निर्वाचनले आचारसंहिता लागेर पछिल्लो समय केही समस्या भएपनि आर्थिक वर्षको सुरुका अवधिमा खर्च हुन नसक्नुमा कुनै समस्या थिएन । खर्च नगर्ने विगतकै रोग यसपटक पनि देखिएको हो । 
सरकारले ८४ प्रतिशत खर्च हुने दावी गरेको भएपनि अहिलेको अवस्था हेर्दा ७० प्रतिशत मात्र खर्च हुने छाँट देखिन्छ । अस्थिर   सरकार र कर्मचारीतन्त्रमा बढेको राजनीतिकरण पनि पुँजीगत खर्च हुन नसक्नुको कारण हो । सरकार परिवर्तन हुने बित्तिकै आकर्षक मानिएका आयोजनामा आफ्नो मान्छे पठाउने प्रचलन छ । त्यहाँ कार्यरत कर्मचारी र अन्य जान चाहनेहरू पनि काम नगरेर चाकरीमा पुग्छन् । राजनीतिक संरक्षण नभई सचिव हुन नसकिने रोग कर्मचारीतन्त्रमा भित्रिएको छ । त्यसैले सहसचिव र सचिवहरू दलप्रति बफादार बन्दै गइरहेका छन् जुन दुर्भाग्यपूर्ण छ । तलका कर्मचारी सहसचिव वा उपसचिव बन्नका लागि सधैं परीक्षाको तयारीमा देखिन्छन् । कम्तीमा वर्षको ३० प्रतिशत कार्यालय लागेको समयमा यी कर्मचारी बिदा लिएर तयारीमा जुटेका हुन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्रजस्ता निकायले उजुरीकै भरमा कर्मचारीलाई दुःख दिन थालेपछि टेन्डरमा सही गर्न उच्च तहका कर्मचारी तयार देखिँदैनन् । जसोतसो सजिलो काम गरेर फुत्किने कसरत कर्मचारीको हुन्छ ।
सांसदहरूलाई आफूले खर्च गर्न पाउने रकम बढ्यो÷बढेन भन्ने मात्रै चिन्ता छ । संसदीय समितिहरू सकेसम्म आयोजना घुम्नेमा बढी केन्द्रित छन् । पुँजीगत खर्च हुन नसकेकामा भन्दा आफूलाई लाभ हुने क्षेत्रमा हात हाल्न अधिकांश समिति अघि सर्ने गरेका उदाहरण प्रशस्त छन् । सांसद र अन्य नेताले काम नगर्ने ठेकेदारलाई संरक्षण समेत गर्छन् । कतिपय ठेकेदार त आफैं सांसद पनि छन् । ठेक्का लिएर काम नगर्ने प्रवृत्ति बाक्लो छ । उनीहरूलाई कसैले कारबाही गर्ने आँट गर्दैनन् । 
यस्तो दुराबस्था रहेको छ । एकतिर जनता सेवा सुबिधा नपाएर दुःख खेप्ने अर्कोतिर राज्यका सञ्चालकहरु आफ्नो मनोपरी गरिरहने अवस्था देखिएको छ । यसलाई तत्काल नियन्त्रण गर्न सकिएन भने परिणाम शुन्य हुने छ ।

थप समाचार 

राजधानी बनाउन हमालको अभियान

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि मकैको बोट चिन्हका साथ चुनाव लडेका स्वतन्त्र उम्मेदवार गोपल हमालले प्रदेश नं. ७ को राजधानी कैलालीको धनगढी बनाउनका लागि दवावमुलक अभियान थाल्ने भएका छन । 
धनगढी उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई धन्यवाद दिनका लागि होटल रुबसमा आयोजना गरिएको कार्यक्रममा हमालले प्रदेश नं. ७ को राजधानी धनगढी बनाउनका लागि दवाव दिन एक हजार एक सदस्यीय दवाव समूह समेत गठन गरेका छन । उनले निर्वाचनका क्रममा आफुलाई सहयोग गर्ने सवै सहयोगी हातहरुलाई धन्यवाद दिदै नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाइ दिएका छन । 
‘म बिकास र समृद्धिको अभियानमा निरन्तर लागि–रहने छु’ चियापान समारोहमा हमालले भने ‘सुदूरपश्चिमको राजधानी धनगढी बनाउनका लागि मेरो दवावमुलक अभियान जारी रहनेछ ।’ उनले यो अभियानमा आफुलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन । संबिधान अनुसार प्रदेशको राजधानी सम्वन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको ठाउँमा हुने व्यवस्था छ । 
हमालले मेयर पदका लागि ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका नृप वडले १४ हजार तीन सय २४ मत पाइ बिजयी भएका हुन ।

डोटीमा कहाँ चुक्यो कांग्रेस ?


असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डोटीमा नेपाली कांग्रेसले आश्चर्यजनक हार व्यहोर्नुको कारणवारे निकै टिकाटिप्पणी हुने गरेका छन । २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा होस् वा २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांगे्रसले डोटीमा आफ्नो सम्मानजनक स्थान राखेको थियो । ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा डोटीमा दुवै क्षेत्रमा कांग्रेसले एकलौटी जित हात पारेको थियो । 
२०४९ सालको स्थानीय निर्वाचनमा डोटीका ५० गाबिस र एक नगर–पालिकामध्ये कांग्रेस ४८ गाबिस र एक नगरपालिकामा छाएको थियो । ०५४ को स्थानीय चुनावमा पनि कांग्रेसको सम्मानजनकै उपस्थिति देखियो । यद्यपी एमालेले २०५४ कै चुनावमा कांग्रेसलाई चुनौती दिईसकेको थियो । तर पनि कांग्रेस अग्रपंक्तिमै रह्यो । उक्त चुनावमा जिल्ला बिकास समिति गठन गर्ने क्रममा एमाले र राप्रपा मिलेर समेत कांग्रेसलाई रोक्न सकेनन् । 
२०६४ सालको संबिधानसभाको निर्वाचनमा भने कांग्रेस नराम्रोसंग पछारियो डोटीमा । क्षेत्र नं. १ बाट एमाले र २ बाट माओवादीले जित हात पारेपछि कांग्रेस चुनावी नतिजामा व्याक भएको देखियो तर जिल्लाका हरेक क्रियाकलापमा कांग्रेसले आफ्नो जवरजस्त उपस्थिति कायमै राख्यो । 
२०७० सालको संबिधानसभा निर्वाचनमा कांग्रेस फेरी ‘कमव्याक’ भयो । दुई क्षेत्रमध्ये क्षेत्र नं. १ मा कांग्रेस जित्यो तर क्षेत्र नं. २ भने एमालेले हात पा¥यो । 
भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो हार व्यहोर्नु प¥यो । चुनाव भन्दा पहिले जिल्लामा कम्तीमा सात स्थानमा जित्ने आँकलनमा कांग्रेस थियो । ‘हामीले कम्तीमा सात स्थानीय तह जित्छौं भन्ने आँकलन गरेका थियौं’ कांग्रेस डोटीका सभापति प्रदिप देउवा भन्छन् ‘नौ वटैमा हाम्रो राम्रै अवस्था थियो ।’ नौ स्थानीय तहमध्ये कांग्रेसले तीन तहमै चित्त बुझाउनु प¥यो । 
कांग्रेस हार्नुको मुख्य कारण पार्टीभित्रको अन्तरघातलाई लिइएको छ । कांग्रेस जिल्ला नेतृत्वले अन्तरघातलाई    हारको पहिलो कारण भएको अड्कल गरेको छ । 
अन्तरघात संगसंगै टिकट बितरणमा ढिलाई हुनु पार्टी हार्नुको अर्को कारण रहेको कार्यकर्ताहरु बताउँछन । कांग्रेसबाट दिपायल सिलगढी नगरपालिकामा पदका उम्मेदवार प्रशिस महरा भन्छिन् ‘टिकट बाँड्न यति ढिलाई भयो कि हामीले मतदाताबिच आफ्नो परिचय समेत दिन पाएनौं ।’ घरदैलो कार्यक्रम गर्न सक्ने समयनै नभएको उनको गुनासो थियो । उनको कुरासंग सहमति जनाउनछन कांग्रेस दिपायल सिलगढी नगर समिति सभापति गणेश मलासी । उनी भन्छन् ‘अरु पार्टीले चुनावी प्रचार तिव्र गतिमा अगाडि बढाई–रहँदा समेत हामी “टिकट को पाउने ?” भन्ने अलमलमै थियौं ।’ 
बिपक्षी पार्टीले ठुलो धनरासी खर्च गरेको आरोप कांग्रेसले लगाएको छ । चुनावमा पैसा बाँडेर एमाले जितेको भन्ने आरोप कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा लगाउन थालेका छन । उनीहरुका अनुसार कांग्रेस हार्नुको यो अर्को कारण हो ।  
त्यसो त कांग्रेसभित्रैबाट चुनाव हार्नुको मुख्य कारण संगठन कमजोर हुनु भन्ने आवाज पनि जवरजस्त उठेको छ । ‘पार्टी नेतृत्वको कमजोरी हो, संगठन बनाउनु छैन, चुनावका बेला अन्तरघात भयो भनेर हुन्छ ?’ नाम उल्लेख नगर्ने शर्तमा एक कांग्रेस जिल्ला नेताले भने ‘संगठन नबनाउने, टिकट दिँदा आफ्ना मान्छे छानीछानी दिने अनि अहिले अन्त– रघात भयो भन्न पाईन्छ ?’ उनी थप्छन् ‘जनताले बिकल्प खोजेका हुन ।’
टिकट बितरणका बेला संस्थापन पक्षले एकलौटी गरेका कारण चुनाव हारेको पार्टीभित्रैको अर्को पक्षको आरोप छ । तर जिल्ला सभापति देउवा टिकट बितरणमा एकलौटी भएको भन्ने आरोप ठाडै अस्वीकार गर्छन् । उनी भन्छन् ‘टिकट बितरणमा ढिलाई भएको कुरा सत्य हो तर एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । टिकट बितरणमा सवैलाई मिलाएरै दिईएको हो ।’
शिखरमा किन हा¥यो एमाले ? 
कांग्रेसले जितेको शिखर नगरपालिका नेकपा एमालेले आफ्नो जितको सूचीमा राखेको थियो । सूचीमा मात्रै होईन प्रवल सम्भावना रहेको ठाउँका रुपमा एमाले अनुमान गरेको थियो तर एमालेले सोचे भन्दा फरक भयो शिखरको परिणाम । 
सत्ता पक्षले राज्यको स्रोत र साधनको व्यापक दुरुपयोग गरेको एमालेको आरोप छ । ‘राती राती पैसा बाडियो, प्रहरीलाई समेत एमालेको बिरुद्धमा परिचालन गरियो’ एमालेका तर्फबाट मेयर पदका उम्मेदवार शेरबहादुर मल्ल भन्छन् ‘पैसा बाँड्नमा शिक्षक परिचालन गरियो ।’ 
तुलनात्मक रुपमा पार्टी संगठन कमजोर हुनु पनि हारको कारण भएको एमालेको बुझाई छ । मल्ल भन्छन् ‘नगर–पालिकाभित्रै जिम्मेवार नेताहरु हुँदाहुँदै पनि संगठन परिचालन भएन, उम्मेदवारहरुको व्यक्तिगत चुनाव जस्तो बनाईयो ।’ उनले पार्टीभित्रैबाट अन्तरघात भएको बताएका छन । 

४० प्रतिशत बजेट फ्रिच जाने

भूमिराज जोशी÷डोटी
असार २६
चालु आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम मिति नजिकिदै जाँदा डोटीमा ४० प्रतिशत बजेट फ्रिज जाने सम्भावना देखिएको छ ।
पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष नियन्त्रक ईश्वर प्रसाद श्रेष्ठले जानकारी दिए । जिल्लाका लागि आएको कुल बजेट मध्ये पुँजिगतको मात्रै ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी छ भने चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको कोष नियन्त्रक श्रेष्ठले बताए ।
यस आर्थिक वर्षका लागि राज्यले डोटीका लागि मात्र चालु र पूँजिगत गरी पाँच अर्ब ७३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालु र पूँजिगत तर्फको खर्च गरी चार अर्ब ३७ करोड १७ लाख ७५ हजार खर्च भएको छ भने एक अर्ब ३६ करोड सात लाख पाँच हजार खर्च हुन बाँकी रहेको छ । जिल्लामा चालुतर्फ चार अर्ब १७ करोड चार लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार सकिनै लाग्दासम्म जम्मा ८४ प्रतिशत अर्थात तीन अर्ब ५० करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ ।
त्यस्तै, पूँजिगत तर्फ एक अर्ब ५६ करोड २० लाख २२  हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार मसान्त सकिनै लाग्दा पनि ५५ प्रतिशत अर्थात ८६ करोड ४८ लाख ९४ हजार रुपैयाँ मात्रै निकासा भएको हो ।
गत आर्थिक वर्षमा मात्रै पुजिँगत तर्फको विकासे बजेट खर्च हुन नसक्दा १० प्रतिशत फ्रिज भएको थियो । तर यसवर्ष भने गत बर्ष भन्दा झण्डै चौबल रकम फ्रिज जाने तथ्याङ्कले देखाउँछ । 
चालु आर्थिक बर्षमा आएका बिकासे बजेट मध्ये सिँचाई बिकास डिभिजन कार्यालयका लागि कुल १३ करोड ९१ लाख ५० हजार बजेट मध्ये १२ करोड नौ लाख ५० हजार खर्च भएको छ । त्यस्तै डिभिजन सडक कार्यालयका लागि आएको कुल २८ करोड २३ लाख बजेट मध्ये १७ करोड ७६ लाख खर्च भएको छ । यस्तै बृहत बिकासे योजनाका लागि सहरी बिकास तथा भबन निर्माण डिभिजन कार्यालयको लागि ३८ करोड २४ लाख बजेट बिनियोजित भएको छ जसमा १५ करोड ६५ लाख ९० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै चालु बजेटका लागि समेत डोटी जिल्लामा थुप्रै कार्यालयहरुले आफ्ना योजनाहरुलाई तिब्रता नदिदा ठुलो मात्रामा बिकासे बजेट फ्रिज जाने चिन्ता बढेको शिखर नगरपालिका–४ का स्थानीय राज प्रसाद जोशीले बताए ।
तुलनात्मक रुपमा डोटी जिल्लाको धेरै जसो कार्यालयहरुले विकासे बजेट अर्थात पुँजिगत खर्च गर्न सकेका छैनन् जसले गर्दा यसवर्ष अझै धेरै रकम फ्रिज भएर जाने देखिन्छ । नेपाल सरकारले यस आर्थिक वर्षमा विकासे बजेट ८० प्रतिशतसम्म खर्च गर्ने योजना बनाए पनि पहाडी जिल्लाहरुमा भने बढी जसो रकम फ्रिज जाने गरेको छ ।
त्यसो त डोटीको लागि बजेट फ्रिज हुनु नौलो कुरा होईन सञ्चालन अनुदान शत प्रतिशत खर्च हुने र पुँजीगत अनुदान आधाआधी मात्रै खर्च हुने देखिएको छ ।

लेख 

धनगढी नगरमा एमालेको अवस्था

गणेश भण्डारी
झण्डै २० बर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अन्य राजनीतिक दललाई पछि पार्दै आफ्नो स्थान पहिलो कायम ग¥यो भने त्यस्तै दोस्रो चरणमा समेत काँग्रेस लगायत अन्य राजनीतिक दलहरु भन्दा मुलुक भर नै निक्कै अगाडि आफ्नो स्थान कायम राख्न सफल भयो । 
सुदूरपश्चिमको ७ नम्बर प्रदेशमा समेत दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले आफुलाई पहिलो स्थानमा राख्न सफल भएको छ । त्यति मात्र नभई पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्ये नजर गर्ने हो भने कतिपय स्थानहरुमा एमालेले माओवादीका किल्ला छताछुल्ल पार्न सफल भएको छ भने कतिपय स्थानहरुमा नेपाली काँग्रेसको किल्ला भत्काउन सफल भएको छ। खासगरी बिज्ञहरु र बिश्लेषकहरुको बिश्लेषण अनुसार छिमेकी मुलुक भारतले नाकाबन्दी लगाएपछि त्यति बेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भारतप्रतिको कडा प्रस्तुतिकै कारण एमालेको अहिलेको सफलता हो भन्ने पनि कतिपयको भनाई रहँदै आएको छ । भने कतिपय बिज्ञहरुका अनुसार एमालेको बलियो संगठनका कारणनै उसको बिजयको संज्ञा दिईएको छ । 
कतिपय बिज्ञहरुको भनाई अनुसार एमालेको मुलुकभरका अधिकांस क्षेत्रहरुमा एमाले समर्थित एनजिओ, आईएनजिओकै कारण पनि उसले यो सफलता हासिल गर्न सकेको ठम्याई छ भने कतिपय बिज्ञहरुको भनाई अनुसार एमालेभित्र टिकट बाँडफाँड गर्दा केहि ठाउँमा सानो तिनो बिवाद र तिक्तता, मनमुटाव देखिएता पनि नेपाली काँग्रेसको जस्तो छताछुल्ला हुने गरी नातावाद, कृपावाद र आर्शिवादमा टिकट दिईने प्रचलन भने एमाले भित्र नभएकै कारण उसको यो सफलता हो भन्ने भनाई पनि कतिपयको छ । मुलुकभर एमालेको लहर चली रहँदा धनगढी उपमहानगरपालिका भित्र भने एमाले चौथो स्थानमा झर्न पुग्यो । 
यो एमालेको लागि धनगढी उपमहानगरपालिका जस्तो ठाउँमा लज्जास्पद हार हो । नगरपालिका हुँदा २० बर्ष पहिले धनगढी एमालेले जितेको नगरपालिका हो । धनगढी उपमहानगरपालिका भित्र आफ्नो संगठन अन्य राजनीतिक दल भन्दा बलियो भएको ठान्ने नेकपा एमाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका भित्र उसको देखिएको आफ्नो स्थान हेर्दा साँच्चै एमाले धनगढी उपमहानगरपालिका भित्र कमजोर भएकै हो त ? या उसले भने जस्तो उस्को संगठन बलियो नभई कमजोरै हो त ? या एमालेले धनगढी उपमहानगरपालिका भित्र मेयर, उपमेयर र वडा अध्यक्ष देखि सदस्यसम्म टिकट बाँड्दा नातावाद, कृपावाद भएकै कारण आम कार्यकर्ता र त्यसका शुभेच्छुकहरु रुष्ट भएकै कारण अहिलेको अवस्था एमालेले ब्यहोर्नु परेको हो त ? यि यस्ता प्रश्नहरु अहिले एमालेजनहरु भित्र आफैमा अनुत्तरदायी र टड्कारो बहसको रुपमा खडा भएको छ भने धेरै एमालेजनहरुमा चिया पसलदेखि चौतारी गफसम्म अन्तरघातको बहस समेत चर्को रुपमा चल्ने गरेको सुन्न सकिन्छ । कतिपय एमालेजनहरुमा अन्तरघात गर्नेहरुलाई पार्टीले के, कस्तो, को, कस्लाई के कस्तो खाले कारबाही गर्ने हो भन्नेमा समेत ठुलै चर्चा, परिचर्चा सुन्न सकिन्छ । कपितय स्थानहरुमा भेगीय बिभेदका कारण एमालेले धनगढी उपमहानगरपालिकामा लज्जास्पद् हार ब्यहोर्नु परेको समेत समीक्षा चली रहेको छ । कतिपय एमाले कार्यकर्ता नेताहरुको बुझाई अनुसार टिकट बाँडफाँड गर्दा नेतृत्व तहमा रहेका एमाले नेताहरुको रबैयाकै कारण धनगढी उपमहानगरपालिका भित्र एमालेले लाजमर्दो पराजय भोग्नु परेको ठम्याई छ ।
अन्य अवस्था र अन्य समयमा हेर्ने हो भने धनगढी उपमहानगरपालिका भित्र एमालेको बिभिन्न बर्गीय संगठन सञ्चारदेखि मजदुर संगठन, कर्मचारी संगठन, बुद्धिजिवी संगठन लगायतका प्राय सबैमा बलियो र अनुशासित संगठन भएको देख्न र बुझ्न सकिन्छ । नगरदेखि वडा ईकाईसम्म उसका कार्यकर्ताहरु जुझारु, लगनशिल र आफ्नो पार्टीप्रति कर्तब्यनिष्ठ भएको देख्न सकिन्छ । तर जुन रुपमा उसको संगठन बलियो छ, कार्यकर्ता नेताहरु आफ्नो पार्टीप्रति कर्तब्य निष्ठ छन् त्यतिकै मात्रामा एमाले भित्र रहेका बिभिन्न बर्गीय संगठनका नेता, कार्यकर्ता शुभेच्छुक र पार्टी भित्रका जिम्मेवार नेताहरु बिच एक आपसमा गुटबन्दी, भेगीय, क्षेत्रीय, बिभेद, सिनियर, जुनियरको बिभेद र पार्टी पद्दतिलाई समेत नस्वीकार्ने नेता, कार्यकर्ताहरुको समेत सायदै कमी छैन होला । 
होटलमा चिया पसलमा, पत्रिका पसलमा बसेर सहजै रुपमा आफु स्वयं आवद्ध पार्टीको घोर बिरोध गर्नु आफुले नचाहेको नेता र कार्यकर्ताले जिम्मेवारी सम्हालेको देखि नसहनु, आफु भए ठिक, अरु भए बेठिक, यो एमाले भित्र देखिएको कार्यकर्ता, नेता बिचको गजबको राजनीतिक चरित्र र अनुशासन हो भन्न सकिन्छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले मारेको राजनीतिक अग्रगामी छलाङ्ग र उसको सफलता देखेर माओवादी, काँग्रेस र केहि राप्रपा, राजावादीहरु समेत एमाले राष्ट्रवादी पार्टी भएको भन्दै मुलुक भर नै एमाले भित्र नव प्रवेशीहरुको पार्टी प्रवेशमा लहर नै चल्यो । धनगढी उपमहानगरपालिका भित्र पनि नेकपा एमालेले केहि माओवादी केन्द्रका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गरायो भने केहि काग्रेसका कार्यकर्ताहरुलाई समेत एमालेले पार्टी प्रवेश गरायो । त्यसको साथसाथै राप्रपाका राजावादी केहि नेताहरुलाई समेत एमालेका प्रभावशाली नेता भिम रावलको हातबाट टिका लगाएर एमालेमा प्रवेश गराईयो । 
यि कारणलेहरुले पनि एमाले भित्रका कतिपय जुझारु कार्यकर्ताहरु लामो समयदेखि एमाले भित्र रही संगठन निर्माणदेखि पार्टी अनुशासनमा रही काम गर्दै आईरहेको त्यस्ता ईमान्दार नेता, कार्यकर्ताहरुको समेत मनमा चिसो पसेको हुन सक्ने देखिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट आफ्नो धरौटी समेत जफत हुने गरी मत प्राप्त गरेको पार्टीको तुलनामा समेत अहिले उपमहानगरपालिकाको स्थानीय तहको निर्वाचनमा एमालेको स्थान देख्दा अझै भन्नु पर्दा मेयरका उम्मेदवार प्रति कार्यकर्ता नेताहरु र एमाले शुभेच्छुकहरुले देखाएको अनुउदारपनले के देखाई रहेको छ, त्यो स्वयं एमालेजनले बुझ्ने कुरा हो । 
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा धनगढी उपमहानगरपालिका भित्र वडादेखि मेयर र उपमेयरको उम्मेदवारलाई मिलेको जुन जनमत छ, त्यो माओवादी केन्द्रका लागि बास्तवमै उसको चरम सफलता हो । अब माओवादी केन्द्रले नगरभित्र एमाले भन्दा एक कदम होईन, तीन कदम आफुलाई अघि भएको महसुस गरि रहेको छ । 
जसरी एक पटक माओवादीमा टुटफुट र गुटबन्दी अन्तरघात लगायतले सिमा नाघेको थियो । त्यसरी नै अहिले धनगढी उपमहानगरपालिकामा एमाले भित्र त्यहि मनोबिज्ञान सन्देश देख्न सकिन्छ ।

लोकसेवा आयोगेको तयारीका लागि उपयोगी 

१.स्चिपोल अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?  — नेदरल्यान्ड आम्र्सडम
२. चोओयु हिमालको उचाई कति छ ? — ८२०१ मिटर
३. रणबहादुर शाहकी आमाको नाम के थियो ? — राजेन्द्रलक्ष्मी
४. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? — फ्रान्सको पेरिस
५. उल्टो झन्डालाई के को प्रतिकको रुपमा लिइन्छ ? — राष्ट्रिय विपत्ति वा शोक
६. भुटानका वर्तमान राजा को हुन ? — जिग्मे खेसर नाम्गेल वाङ्गचुक
७. ’कोकाकोला’ को प्रधान कार्यालय कहाँ रहेको छ ? — America, Georgia
८. गोरखाको अन्तिम राजा को हुन् ? — पृथ्वी नारायण शाह
९. UNESCO को मुख्य कार्यालय कहाँ रहेको छ ?  — फ्रान्स पेरीस
१०. आइसिसि वल्र्डकप २०१५ का आयोजक राष्ट्रहरु कुन कुन हुन् ? — अष्ट्रेलिया र न्युजिल्यान्ड
११. ‘साल्पा पोखरी’ कुन जिल्लामा पर्दछ ? — भोजपुर
१२. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ? — प्रधानमन्त्री
१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ? — अप्रिल ७
१४. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ? — माघ २८
१५. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ? — लाओस
१६. ‘चापाकोट’ नगरपालिका कुन जिल्लामा पर्दछ ? — स्याङ्गजा
१७. नेपालको राजधानी काठमाण्डौं कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ? — ८५ डिग्री १५ मिनेट
१८. A2 कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ? — महेन्द्र राजमार्ग
१९. त्जभ च्ष्कष्लन ल्भउब िका प्रथम सम्पादक को हुन् ? — वरुण शमशेर जवरा
२०. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ? — म्यानमार
२१. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ? — रञ्जना लिपी
२२. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ? — मुस्ताङ
२३. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ? — १९३ किलोमिटर
२४. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ? — २७
२५. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ?  — युरोप
२६. बौद्धको त्रिपिटक भएझैँ शिखको के ?  —गुरुग्रन्थ
२७. प्रथम गोपालवंशी राजा भनेर कसलाई चिनिन्छ ? —भुक्तमान
२८. आइसिसि वल्र्डकप २०१५ मा कति राष्ट्र सहभागी थिए ? —१४
२९. ढुकुरको जोडीलाई के को प्रतिकको रुपमा लिइन्छ ? —प्रेम
३०. बास्केटबलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ? —५
३१. नेपालको पहिलो धार्मिक चलचित्र कुन हो ? — श्री स्वस्थानी
३२. रेडियो मस्को कुन देशको प्रमुख प्रसारण सेवा हो ? —रसिया
३३. बैकुन्ठ झरना कुन जिल्लामा पर्दछ ? —पाल्पा
३४. शुभश्रवा कुन नदिको पौराणिक नाम हो ? —सुनकोशी
३५. दुई हातको क्रस माथी खप्परलाई के को प्रतिकको रुपमा लिइन्छ ? —खतरा
३६. कुन देवतालाई दिगम्बर नामले समेत चिनिन्छ ? —शिव
३७. रुप्से झरना कुन जिल्लामा पर्दछ ? —म्याग्दी
३८. प्रथम लिच्छवी राजा भनेर कसलाई चिनिन्छ ? —जयदेव प्रथम
३९. पाकिस्तानको कलीङ्ग कोड कति हो ? —92
४०. युरोपको सबैभन्दा बढी बर्षा हुने मुलुक कुन हो ? — मोन्टेनेग्रो

साहित्य/सृजना 

शान्ति प्रेमी 


शान्ति प्रेमी नेपालीको
आज किन यस्तो हाल भो ?
बुद्ध जन्मेको नेपालमा
बुद्धिको किन अनिकाल भो ?
पहरा गर्ने स्वयम्भुको तिनै नेत्र
कहीं बन्दै त भएनन् ?
रक्षा गर्ने पशुपतिले शक्ति बोकी
कहि अन्तै त गएनन् ?
बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु म ।
स्वयम्भुको मौन आँखामा पनि
विवशताको आँशु देख्छु म ।
बिशाल हिमालको छातीमा
आजभोलि बिजुली चम्किन्छ रे ।
संधै शान्त हुने ती गाउँ बेसिमा
पनि चट्टान थर्किन्छ रे ।
मन उदाश छ,सोच्दै छु
कहीं शाहीदको बलिदान
त्यसै खेर जाने त हैन ?
लुटेराहरु तयार छन बस्ती लुट्न
कहीं पुर्खाको धरोहर लुटेर लाने त हैन ? 
कवियत्री 
अनु शाह

सूचना/सन्देश/बिज्ञापन 

खोरेत रोगबारे जानकारी तथा त्यसबाट बच्ने उपाय 

खोरेत रोग बिषाणुहरुद्वारा खुरफाटा जनावरहरुमा लाग्ने एक किसिमको सरुवा रोग हो । यो रोग हावाको माध्यमद्वारा पनि सर्ने भएकोले छिटो फैलिने सम्भावना बढी हुन्छ । यो रोग रोगी पशुलाई खुला चरिचरनमा चराउदा, लसपस भएको दाना पानी खुवाउदा तथा हावाबाट सर्ने गर्दछ । यो रोगका बिषाणुहरु पशुको शरीरमा बिभिन्न माध्यमद्वारा प्रबेश गर्दछन र रक्त संचारमा पुग्दछन । अनि यि बिषाणुहरुलाई सुहाउदो ठाउँको जस्तै मुख, जिब्रो र खुट्टाका कापमा रहेको ईप्पिथेलियम तन्तुहरुमा हुर्किन्छन र त्यहाँका तन्तुहरुमा घाउँ खटिरा र ज्वरो ल्याई रोग लगाउदछन । रोगको ओथारो अवधि १–२१ दिन को हुन्छ । 
लक्षणहरु ः स्थानीय नश्लका पशुभन्दा उन्नत नश्लका पशुहरुमा यो रोगको लक्षण कडा किसिमको हुन्छ । उच्च ज्वरो (१०६ डिग्रि फरेनहाईट) आउने,  आहारा नखाने, सुस्त देखिने, मुखभित्रका म्यूकस झिल्ली रातो देखिने, मुख, जिब्रो, गिजा आदिमा फोका बन्ने र पशुले ¥याल काड्ने र फोकाहरु पmुटि जिबाणुहरुको सहज आक्रमणपछि ठुलो घाउहरु देखिने, दुई वटा खुरको बिचमा खुर र छाला जोडिने भागमा पानी फोका बनि घाउँ आउने, खोच्याएर हिडने, खुर छुट्टिने र कहिलेकाँही फाँचो र थुनमा पनि फोका बनि फुट्ने हुन्छ । पशु दुब्लाउदै जाने, दुध उत्पादन घट्ने, गोठभित्रका अरु पशुहरुमा रोग सर्ने, गर्भिणी पशुहरु तुहिने, सामान्यतया ठुला पशुहरुमा मृत्र्यु हुदैन तर कहिलेकाही ठुलो पशुमा मृत्यु दर २ प्रतिशत र सानो पशुमा (दुध चुस्ने) ३० प्रतिशत भन्दा बढिसम्म हुन सक्छ  । रोग निको भइसकेपछि पशुहरुमा बाँजझोपन देखिने, पशुहरु थाक्ने, गर्मी सहन गर्न नसक्ने, रक्त अल्पता हुने, रौं र खुर बढ्ने, झुसिलो देखिने जस्ता लक्षणहरु देखा पर्दछन ।
रोगथाम तथा उपचार 
यो रोगको खासै उपचार हुँदैन । तर पनि जिब्रोको घाउमा एलम बोरेक्सको झोल बनाएर लगाउने, खुट्टाको घाउहरुमा तारपिनको तेल लगाई किरा मार्न सकिन्छ, हिमेक्स चर्मिल मलहम प्रयोग गर्दा घाउलाई औसा पर्नबाट बचाउन सकिन्छ । अरु क्षेत्रमा रोग सर्न नदिन रिङ्ग भ्याक्सीनेसन गर्न सकिन्छ यसको बिस्तृत जानकारीको लागी नजिकको पशु सेवाकेन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा समपर्क राख्न सकिन्छ ।
रोगथामका उपायहरु
१.रोगी पशुलाई छुट्टा–छुट्टै राख्ने र गोठमा बधुवा गरि पाल्ने ।
२. रोगी पशुलाई सामुहिक चरन, पानी पधेरा, पशुमेला, हाटबजारमा नलैजाने ।
३. गोठ सफा र स्वच्छ राख्न फिनायल पानी छर्कने ।
४.आगन्तुकहरुलाई गोठ वा फार्ममा प्रबेश निषेध गर्ने ।
५. गोठको मुल ढोकामा चुन राखि चुनमा खुट्टा टेकेर मात्र गोठमा प्रबेश गर्न  दिने ।
६. रोगी पशुको बाच्छा÷बाच्छी, पाडा÷पाडीलाई निरोगी पशुको दुध उमालेर खान दिने ।
७ रोगी पशुको उपचार गर्ने र स्वस्थ पशुलाई खोरेत रोग बिरुद्ध खोप दिने ।
८. खोपको लागी सम्बन्धित पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्ने ।
९. मरेको पशुलाई खाल्डोमा पुरी चुना छकर्ने ।

जिल्ला पशु सेवा कार्यालय, डोटी



Tuesday, July 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७४ साल असार २० गते मंगलवार

गरीवी, अन्याय, अत्याचार,  भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा सत्रु   हुन । यसका बिरुद्ध सवै सचेत, सजग र क्रियासिल रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

यस्ता छन डोटीका स्थानीय तहमा जनप्रतिनिधिहरु

बुधबार सम्पन्न निर्वाचनबाट डोटीका नौ वटै स्थानीय तहहरुले जनप्रतिनिधि पाएका छन । पटक पटक निर्वाचन सर्दा निराश भएका मतदाताहरुले अन्ततः आफ्नो प्रतिनिधि छान्न पाएकोमा खुशी व्यक्त गरेका छन । 
दुई नगरपालिका र सात गाउँपालिका गरि नौ स्थानीय तह रहेको यस जिल्लामा नेकपा एमाले सवैभन्दा ठुलो पार्टीका रुपमा स्थापित भएको छ । एमालेले दिपायल सिलगढी नगरपालिका र चार गाउँपालिका गरि पाँच स्थानमा बिजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसले शिखर नगरपालिका र दुई गाउँपालिका हात पारेको छ भने माओवादी केन्द्र बोगटान गाउँपालिकामा सिमित भएको छ । 
यि हुन एमाले बाजी मारेका पाँच तह 
जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । मेयर पदमा एमालेका मञ्जु मलासी बिजयी भएकी छन । एमाले जिल्ला उपसचिव समेत रहेकी उनी दोश्रो चरणको निर्वाचनमा बिजयी हुने पहिलो महिला मेयर भएकी छन । उनले चार हजार चार सयय १८ मत प्राप्त गरेकी छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाजीसिंह खड्का (बिजय) ले चार हजार एक सय ५२ मत प्राप्त गरेका छन । 



यस्तै उपमेयरमा नेकपा एमालेकै शिवराज खड्का बिजयी भएका छन । खड्काले चार हजार पाँच सय ३६ मत ल्यायी बिजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रशिस महराले चार हजार ९३ मत प्राप्त गरेकी छन । 
नगरपालिकाका नौ वडाहरुमध्ये पाँच वडामा एमाले बिजयी भएको छ । वडा नं. १, ५, ६, ७ र ९ वाट एमालेले बिजयी प्राप्त गरेको छ भने अन्य वडाहरु कांग्रेसले हात पारेका छन । यस नगरपालिकामा २०५४ सालमा पनि एमाले बिजयी भएको     थियो । 
यस्तै डोटी जिल्लामा कम्युनिष्टको उर्वरक क्षेत्रका रुपमा परिचित जोरायल गाउँपालिकामा पनि एमाले बिजयी भएको छ । अध्यक्ष पदमा एमालेका उम्मेदवार दुर्गादत्त ओझा बिजयी भएको छन । एमाले जिल्ला उपाध्यक्ष समेत रहेका ओझाले ६ सय ४६ मतले उछिन्दै अध्यक्ष पद हात पारेका छन । ओझाले तीन हजार आठ सय ७४ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्दी दिपककुमार बिष्टले तीनहजार दुई सय २८ मत प्राप्त गरे । 


उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन हजार नौ सय ५९ मत प्राप्त गरि बिजयी भएकी छन । उनका प्रतिद्वन्द्वी कांग्रेस भावना बम (ओझा) ले तीन हजार ४६ प्राप्त गरेकी    छन । 
६ वडा रहेको यस गाउँपालिकामा एमाले वडा नं. २, ४ र ६ हात पारेमो छ भने अन्य वडाहरु कांग्रेसले जितेको छ । 
नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित डोटीको पूर्वीचौकी गाउँपालिकामा पनि एमालेले बाजी मारेको छ । एमालेका उम्मेद्वार दिर्घराज बोगटीले तीन हजार ६ सय १५ पाई बिजयी भएको हुन । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा उम्मेदवार उपाध्यायले तीन हजार पाँच सय ६८ मत प्राप्त गरेका छन । 


यस्तै उपाध्यक्षमा पनि एमालेकै निर्मला साउँदले तीन हजार पाँच सय ८७ मत पाई बिजयी भएकी छन । उनका प्रतिद्वन्द्वी कांग्रेसका मायाँ कुँवरले तीन हजार पाँच सय २८ मत प्राप्त गरेका छन । 
वडाहरुमा भने नेपाली कांग्रेसकै बाहुल्यता देखिएको छ । ७ वडा रहेको यस गाउँपालिकामा १, २, ३, ४ र ७ मा कांग्रेस बिजयी भएको छ भने ५ र ६ मा मात्र एमाले बिजयी भएको छ । 
एमाले अध्यक्ष चक्रवहादुर मल्ल, पूर्व सांसद हर्कवहादुर सिंह लगायतका एमाले हस्तीहरुको क्षेत्र आदर्श गाउँपालिकामा पनि एमालेनै उत्तीर्ण भएको छ । 
अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर रोकायाले तीन हजार पाँच सय ३५ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मणवहादुर सिंहले दुई हजार सात सय ६ मत प्राप्त गरेका छन । 


यस्तै उपाध्यक्षमा एमालेकै कमलादेवी ओझाले तीन हजार पाँच सय ३७ मत पाई बिजयी भएकी छन । उनका निकटतम् प्रतिनिधि कांग्रेसका कृष्ण ओझाले दुई हजार ६ सय ४२ मत प्राप्त गरिन । 
यस गाउँपालिकामा रहेका ७ वडा मध्ये वडा नं. ४ मा पुरै प्यानल नेपाली कांग्रेसले जितेको छन भने अन्य ६ वडाहरुमा एमालेले जित हात पारेको छ ।
सायल गाउँपालिकामा पनि एमालेले कव्जा जमाएको छ । ६ वडा रहेको सायल गाउँपालिकामा एक वडा कांग्रेसले हात पा¥यो । अन्य सवै वडाहरुमा एमालेकै कव्जा देखियो । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेद्वार तेजबहादुर डुम्रेल बिजयी भए । उनी दुई हजार ६ सय ३१ मत प्राप्त गरि बिजेता बने । उनका प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज जोशीले दुई हजार तीन सय १२ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि एमालेकै बिष्ना सिंहले बाजी मारिन । सिंहले उपाध्यक्षमा सिंहले दुई हजार सात सय २४ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी कांग्रेसका पूर्णमाया बिष्टले दुई हजार दुई सय ५८ मत प्राप्त गरिन ।   
बोगटान उपाध्यक्ष पनि एमालेकै 

अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको बोगटान गाउँपालिकाको उपाध्यक्ष पनि एमालेको पोल्टामा परेको छ ।
एमाले उपाध्यक्षका  उम्मेदवार भगवति बम बिजयी भएकी छन । उनले एक हजार आठ सय ९४ मत प्राप्त       गरिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रा भुलले एक हजार आठ सय ६८ मत प्राप्त गरिन् । 
यि हुन कांग्रेसका तीन तह 
जिल्लामै बलियो पार्टीका रुपमा चिनिएको नेपाली कांग्रेसले भने यस पटक आफ्नो सान बनाउन सकेन । नौ स्थानीय तहहरुमध्ये तीन तहमा मात्रै कांग्रेसले चित्त बुझाउनु पर्ने अवस्था आएको छ । 
के आई सिंह गाउँपालिकामा एमालेले एकलौटी जित हात पारेको छ । सात वडा रहेको उक्त गाउँपालिकामा कांग्रेससंगै, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाका उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गरेका भएपनि ३७ वटै पदहरुमा कांग्रेसले आफ्नो किल्ला जमाएको छ । कांग्रेसलाई जिल्लाभरीमा सवैभन्दा बढी सफलता यस गाउँपालिकामा भएको छ । पार्टी संगठनको बलियो आधार, उम्मेदवारको क्रियासिलता र अन्य दलहरुको सांगठानिक अवस्था कमजोर भएका कारण कांग्रेसलाई यस गाउँपालिकामा उच्च सफलता मिलेको अनुमान गरिन्छ । 


गाउँपालिकाको अध्यक्षमा उम्मेदवार लोकन्द्र शाहीले बाजी मारेका छन । उनले   एमालेका उम्मेदवार यज्ञराज जोशीलाई एक हजार ६ सय ८५ को मत अन्तरले  पराजित गरेका हुन । शाहीले दुई हजार सात सय ६२ मत प्राप्त गरे भने जोशीले एक हजार ७७ मत ल्याएका थिए । 
उपाध्यक्षमा पनि कांग्रेसकै मिना बिष्ट बिजयी भएकी छन । बिष्टले दुई हजार पाँच सय ६२ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी एमालेका निर्मला जोशी एक हजार सात सय १२ मतमा सिमित भईन । 
उता साबिकका नौ गाबिस मिलाएर बनाईएको शिखर नगरपालिकामा नेपाली कांग्रेसले कव्जा जमाएको छ । सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य बिरवहादुर बलायर, पूर्व मन्त्री भक्तबहादुर बलायर, २०७० सालको संबिधानसभाको निर्वाचनका उम्मेदवार कांग्रेस नेता योगेन्द्र शाहीको क्षेत्र समेत रहेको यस नगरपालिकामा कांग्रेसले आफ्नो दवदवा कायम राख्न सफल भएको छ । ११ वडा रहेको नगर–पालिकामा मेयर, उपमेयर सहित सात वडामा कांग्रेस बिजयी भएको छ । तीन वडामा एमाले र एक वडामा कांग्रेस बिजयी भएको छ । 

कांग्रेसबाट मेयरका उम्मेदवार सिताराम जोशीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार शेरबहादुर मल्ललाई नौ सय १७ मतले पछि पार्दै बिजयी भएका हुन । जोशीले पाँच हजार तीन सय ५३ मत प्राप्त गरेका छन भने मल्लले चार हजार चार सय ३७ मत ल्याई दोश्रो स्थानमा रहेका छन ।
यस्तै उपमेयरमा कांग्रेसकै धौलीदेवी रावल बिजयी भएकी छन । रावलले पाँच हजार दुई सय ३५ मत पाइन । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राधिका बोहराले चार हजार चार सय ७० मत प्राप्त गरेकी छन । 
जिल्लाको सवैभन्दा दुर्गम मानिने सवैभन्दा सानो स्थानीय तह बढीकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेसनै बिजयी भएको छ । 
कांग्रेस उम्मेदवार कृष्णबहादुर चन्द दुई हजार तीन सय २१ मत प्राप्त गरि बिजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भक्तवहादुर साउँदले दुई हजार आठ सय मत्र प्राप्त गरे ।


उपाध्यक्षमा कांग्रेसकै ईन्द्रा बोहराले  दुई हजार दुई सय २५ मत प्राप्त गरि बिजयी भईन । उनका प्रतिद्वन्द्वी एमालेका भुवन बम (मल्ल) ले दुई हजार २८ मत प्राप्त गरिन । पाँच वडामात्र रहेको यस गाउँपालिकामा कांग्रेसले तीन र एमालेले दुई वडा हात पा¥यो । 
माओवादी एक प्रमुखमा सिमित 
२०६४ सालको संबिधानसभाको निर्वाचनमा जिल्लामै ठुलो शक्तिको रुपमा देखिएको तत्कालीन नेकपा माओवादी (हालको नेकपा माओवादी केन्द्र) २०७० सालमा निर्वाचनताका देखि आफ्नो आकार घटाउँदै आएको छ । बुधबार सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादीको अवस्था खस्कदो देखिएको छ । जिल्लाभ– रीमा एक गाउँपालिका प्रमुख र चार वडा प्रमुखमा मात्रै माओवादी केन्द्र सिमित रहेको देखिएको छ । नेकपा माओवादी केन्द्र जिल्लाका अन्य कुनै स्थानीय तहमा प्रतिस्पर्धामा आउन सकेन तर वोगटान गाउँपालिकाको प्रमुखमा भने आफ्नो कव्जा जमाउन सफल भएको छ । 

सात वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्रले तीन वडा आफ्नो पक्षमा पार्न सफल भएको छ । तीन वडा एमाले र एक वडा कांग्रेसको हात परेका छन । 
गाउँपालिका अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवार कमल गड्सिला “एनान” बिजयी भएका छन । एनानले दुई हजार ८९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका टेकबहादुर बमले एक हजार आठ सय आठ मत ल्याए ।

सम्पादकीय

शुभ होस् कार्यकाल ।

स्थानीय तहको निर्वाचन अन्तरगत दोश्रो चरणको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताको लामो पर्खाई पछि स्थानीय तहमा जनप्रतिनिधिहरु आएका छन । जनताद्वारा अनुमोदित भएर आएका प्रतिनिधिहरु सवैलाई हार्दिक बधाईका साथसाथै कार्यकालको सफलताको शुभकामना छ । 
जनताले ठुलो आश गरेका छन जनप्रतिनिधिहरुबाट । १५ बर्षसम्म आफ्नो नजिकको जनप्रतिनिधिहरु नहुँदा भोगेका पिडाहरुबाट मुक्ती चाहेका छन जनताले । यद्यपी यो १५ बर्षसम्म राष्ट्रसेवक कर्मचारीहरुले धानेकै हुन मुलुक । कम जनशक्ति भएका कारण केही समस्याहरु आएका होलान, त्यो बेग्लै पाटो हो तर उनीहरुको योगदानको अवमुल्ययन गरिनु हुँदैन । सबै जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई धन्यवाद दिनु पर्छ र उनीहरुबाट अनुभव ग्रहण गर्नु पर्छ । 
चुनाव प्राबिधिक बिषय हो, चुनाव जित्नु र जितिसकेपछि जनताको सही प्रतिनिधि भएर काम गर्ने बिषय फरक बिषय हो । नेपाली जनताले चुनेर पठाएका केही अनुहारहरु उत्साहित छन, जनताको लागि केही गर्नु पर्छ, आफ्नो गाउँको बिकास गर्नु पर्छ भन्ने सोचका छन तर नीतिगत कुराको जानकारी छैन, अनुभव छैन त्यस्तोमा अलमल पर्न सक्छन, त्यतिबेला फेरी कर्मचारीहरुलेनै उनीहरुलाई सल्लाह सुझाव दिनु पर्ने हुन्छ । त्यस्तै कतिपय प्रतिनिधिहरु जनताको रगत पसिना चुसेर ढाडिएका जुका जस्ता पनि आएका छन । भ्रष्टाचारकै जगबाट राजनीतिक यात्रा सुरु गरेकाहरु पनि जनप्रतिनिधि भएर आएका छन । उनीहरु कानुनी रुपमा र व्यवहा– रिक रुपमा पनि चतुर छन । उनीहरुलाई जनताको सेवा गर्नु जरुरी छैन, पदीय आडमा भ्रष्टाचार गर्नु पर्ने छ । यस्तालाई खवरदारी गर्न र सही बाटोमा ल्याउनका लागि पनि अनुभवी कर्मचारीहरुकै आवश्यकता पर्दछ । 
१५ बर्षसम्म जनप्रतिनिधिबिहिन हुँदा स्थानीय निकायहरुमा भ्रष्टाचार संस्थागत र संरचनागत भएको छ । संस्थागत यस अर्थमा  कि प्रत्येक बर्ष एउटै कार्यालयमा एउटै शिर्षकमा भ्रष्टाचार हुने   गरेको छ । संरचनागत यस अर्थमा कि उपभोक्ता देखि मन्त्री÷सचिवसम्म भ्रष्टाचारको रकममा भागवण्डा हुने गरेको छ । अर्थात तलदेखि माथीसम्म मौलाएको छ भ्रष्टाचार । यसमा कर्मचारीहरु त दोषी छन नै सर्वदलीय संयन्त्रको नाममा योजनाको भागवण्डा गर्ने र आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर फेरी भागवण्डा गर्ने नेताहरु त्यो भन्दा बढी दोषी छन । त्यसैले यो एउटा प्रमुख समस्या हो अहिलेका जनप्रतिनिधिहरुका लागि । भ्रष्टाचार रोक्न सहज पनि छैन, भ्रष्टाचार नरोकेर स्थानीय तह चलाउन सम्भव पनि छैन । 
अर्को कुरा समग्र सुशासन कायम गर्नु पनि चुनौती छ ।  कर्मचारीमा केही सधैंभरी जोतिएका छन, खटेका छन, उनीहरुलाई जनताको सेवासंग मतलव छ । तर, केही यस्ता कर्मचारीहरु पनि छन जो कार्यालयमा हाजिर लाउछन अनि ठेक्कापट्टामा जान्छन । हाजिर लाएर व्यापार गर्ने, बरु तास खेल्न जाने, राजनीति गर्न जानेहरुको पनि कमी छैन । ति कर्मचारीहरु जनप्रतिनिधिका मातहतमा आउन चाहिरहेका पनि छैनन् । उनीहरुलाई मातहतमा राख्नु र ‘हायर एण्ड फायर’ को नीति अवलम्वन गर्न सक्नु जरुरी छ । ट्रेड युनियन अधिकार त्यहाँ हुन्छ जहाँ मजदुरले आफ्नो कर्तव्य पुरा गरेको हुन्छ । आफ्नो कर्तव्य पुरा नगर्ने अनि ‘मलाई कारवाही गर्न पाईदैन’ भन्ने, यो ट्रेड युनियन अधिकार होईन । यो त जवरजस्ती हो, दादागिरी हो । ट्रेड युनियन अधिकारको अर्थ कर्मचारीले राजनीतिक दलको झण्डा बोकेर प्रचार गर्न पाउने होईन । ट्रेड युनियन भनेको कर्मचारीको हक अधिकारका लागि सामुहिक सौदाबाजी गर्न पाउनु हो, सेवा सुबिधाका लागि सामुहिक सौदाबाजी गर्न पाउनु हो । 
त्यसैले यि र यस्ता चुनौतीहरुमा साहस गरेर जनप्रतिनिधिहरुले आफुलाई स्थापित गर्न सकुन भन्ने शुभकामना छ ।

थप समाचार 

एमाले भन्छ ः सत्ता, शक्ति र स्रोतको दुरुपयोग भयो


बुधवार सम्पन्न संबिधानसभाको निर्वाचनमा सरकारले सत्ता, शक्ति र स्रोतको दुरुपयोग गरेको नेकपा एमालेले आरोप लगाएको छ । 
एमाले जिल्ला कमिटी डोटीद्वारा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले सो कुरा बताएका हुन । २० बर्षपछि भएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु,        राजनीतिकर्मीहरु र आम मतदातालाई धन्यवाद दिँदै मल्लले भने ‘जनताको बिश्वासले नेकपा एमाले डोटीले जिल्लामा पहिलो पटक अपार सफलता पाएको छ, यो जनबिश्वासलाई हामी टुट्न दिने छैनौं ।’ 
एमाले पाँच स्थानमा पुरै र एक स्थानमा उपाध्यक्ष जितेको बताउदै मल्लले भने ‘हामीले भरसक नौ वटै स्थान नत्र ७ स्थान त सजिलै जित्ने भन्ने अनुमान गरेका थियौं तर सत्ता, शक्ति र स्रोतको दुरुपयोग भएका कारण अरु ठाउँमा सफलता हात पार्न सकिएन ।’ पार्टी संगठन राम्रो हुनु, कार्यकर्ताहरु सक्रिय भएर लाग्नु, समाजमा उम्मेदवारहरुको छवी राम्रो हुनु र एमालेको नीति र बिचार जनताले स्वीकार गर्नु जितका मुख्य कारण भएको मल्लले वताए । 
सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा मल्लले भने ‘न एमालेसंग बाँड्नलाई पैसा छ, न एमाले चुनावमा पैसा बाँड्ने निकृष्ट हर्कत गर्छ, एमाले जनताको मतमा बिश्वास गर्ने पार्टी हो, जनताले मत दियो जितियो ।’ उनले एमालेले पैसा बाँडेर चुनाव जित्यो भन्ने कुरा हास्यास्पद भएको  वताए । 
आईतबार नेपाली कांग्रेस डोटीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका तर्फबाट दिपायल सिलगढी नगरपालिकाको मेयरका उम्मेदवार बाजी सिंह खड्का (बिजय) ले एमालेले पैसा बाँडेर चुनाव जितेको आरोप लगाएका थिए ।  
जिल्ला समन्वय समितिको बिषयमा सोधिएको प्रश्नको जवाफमा मल्लले भने ‘यस बिषयमा पार्टीभित्र अहिलेनै सल्लाह भईसकेको छैन, हामी सल्लाह गरेरे निर्णयमा पुग्छौं ।’ पार्टीमा ईमानदारिता, लगनशिलता, निरन्तरता लगायतका बिषयहरुलाई ध्यान दिएर योग्य व्यक्तिहरु जिल्ला समन्वय समितिमा पठाईने मल्लले  वताए । 
पत्रकार सम्मेलनमा दिपायल सिलगढी नगरपालिकाका नव निर्वाचित मेयरले नगरको बिकासका लागि ठोस योजना बनाएर लागु गर्ने बताईन । 

कांग्रेस हारको प्रमुख कारण ः अन्तरघात


नेपाली कांग्रेसको तर्फवाट डोटी दिपायल सिलगढी नगर–पालिकाको मेयर पदका उम्मेदवार बाजीसिंह खड्का (बिजय) ले आफु लगायत जिल्लाभरीमा पार्टीले चुनाव हार्नुको मुख्य कारण पर्टीभित्रको अन्तरघात भएको बताएका छन । 
चुनावको बिषयमा नेपाली कांग्रेस दिपायल सिलगढी नगर ईकाइ समितिद्वारा आईतवार साँझ आयोजित पत्रकार सम्मेलनमा खडकाले सो कुरा बताएका हुन । ‘कांग्रेस चुनाव हार्नुको प्रमुख कारण पार्टीभित्रको अन्तरघातनै हो’ खड्काले भने ‘दोश्रो कारण आर्थिक चलखेल पनि भएको छ ।’ पार्टीले टिकट बितरणका क्रममा ढिलाई गर्नु पनि चुनाव हार्नुको कारण भएको उनले   बताए । 
नव निर्वाचित मेयर र उपमेयरलाई बधाई दिँदै खड्काले भने ‘जनताको पक्षमा उहाँहरुले गर्ने सम्पूर्ण कामहरुमा मेरो साथ र समर्थन रहनेछ ।’ चुनावमा  हारेपनि आफु छाँया मेयरको रुपमा काम गर्ने खड्काको भनाई छ । ‘म छायाँ मेयर हुँ, जनताको सेवा र नगरको बिकासका लागि आवश्यकता परेको बेला म सहयोग गर्न सधैं तयार रहनेछु’ सञ्चारकर्मीहरुसंग कुरा गर्दै खड्काले भने ‘यदि जनभावना बिपरित काम भयो भने खवरदारी गर्नका लागि पनि म पछि पर्ने छैन ।’ 
आफु लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण चुनावमा आएको परिणाम स्वीकार गर्दै उनले भने ‘यदि पार्टी भित्रैबाट अन्तरघात हुँदैनथ्यो र एमालेले ठुलो धनरासी लगाउँदैनथ्यो भने म चुनाव जित्ने थिएँ ।’ उनले भने ‘देशको प्रधानमन्त्री बन्ने हैसियत राख्ने व्यक्ति राती राती पैसाको झोला बोकेर टोलटोलमा जान्छन भने परिणाम यस्तो आउनु स्वभाविकै हो ।’ उनले ति व्यक्तिको नाम भने खोलेनन् । आफुले  संस्कारको राजनीतिक गरेको उनको दावी थियो । 
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस दिपायल सिलगढी नगर सभापति गणेश मलासीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका सहयोग गर्नु हुने मतदाता, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, पार्टी नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिँदै भने ‘चुनावको बेलामा अन्तरघात गर्ने कार्यकर्ताहरुलाई कारवाही नभए म नगर सभापति पदबाट राजीनामा दिनेछु ।’ उनीसंगै कांग्रेस जिल्ला सचिव बिरेन्द्र खड्काले पनि पार्टी उम्मेदवारको बिरुद्धमा लाग्नेलाई कारवाही नभए आफु पनि पार्टी छोड्ने चेतावनी दिए । 
कांग्रेस डोटी जिल्ला सभापति प्रदिप देउवाले पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई कारवाही हुने बताए । ‘केही व्यवस्थापनमा समस्या भएको हो’ देउवाले भने ‘कुन कार्यकर्ताले कहाँ अन्तरघात गरेको छ भन्ने बिषयमा हामीले सबै बुझेका छौं, यस बिषयमा आवश्यक कारवाही हुन्छ ।’ उनले पार्टीले टिकट बितरणका क्रममा कुनै पक्षपात नगरेको समेत दावी गरे । 

यसरी पोखियो सडकमा खुशी


‘सही पनि एमाले, मै पनि एमाले’ चर्चित गायक बद्री पंगेनीले गाएको यो गित चर्कै स्वरमा बज्दै थियो, सिमसिम पानी पर्दै थियो, अविरमालाले सज्जिएका एमाले कार्यकर्ताहरु सुर्य झण्डाका साथ उफ्रि–उफ्रि नाच्दै थिए । 
शनिवार अवेर राती सार्वजनिक भएको परिणाम अनुसार डोटी दिपायल सिलगढी नगरपालिकाको मेयर, उपमेयर र बहुमत वडाहरु एमालेले जितेपछि आईतवार बिहानै देखि डोटी सदरमुकाम सिलगढीमा चहलपहल बढेको थियो । एक–अर्कालाई बधाई दिने, अविर दल्ने प्रक्रिया सुरु भयो । २० बर्षपछि जनताले आफ्नो नजिकको प्रतिनिधि छान्न पाएकोमा उत्साही थिए । सायद नगरप्रमुखमा महिला बिजयी भएकाले होला बिजयी जुलुसमा पनि महिलाहरुको संख्या उल्लेख्य थियो । 
‘यो जित मेरो मात्रै नभएर सवै जनताको हो, जसरी जनताले मलाई माया गरेर यो स्थानमा पु¥याएका छन, त्यसरीनै म जनताको पक्षमा रहेर काम गर्नेछु’ नगरबासीको तर्फबाट अविरमाला थाप्दै नवनिर्वाचित मेयर मञ्जु मलासी भन्दै थिईन ‘म तपाईहरुको भरौसा टुट्न दिने छैन ।’ उनी आफु एमालेको तर्फवाट उम्मेदवार भएको भएपनि अव साझा व्यक्ति भएकाले सवै नगरवासीहरुलाई समान व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दै थिईन । 
एमाले डोटी जिल्ला अध्यक्ष चक्रवहादुर मल्ल, पूर्व सभासद् तथा एमाले प्रदेश नं. ७ का सदस्य हर्कवहादुर सिंह, पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश नंं. ७ का सदस्य नारद मलासी, दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशी लगायत एमाले नेताहरु पनि वजारमा अविरमाला थाप्दै नगरवासीलाई धन्यवाद दिँदै हिड्दै थिए । होलीको दि नझैं बजारमा रङ्गोली भईरहेको थियो । 
नेकपा एमालेले आईतवार निकालेको बिजय जुलुसमा नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बाजागाजा र नारा सहितको जुलुसमा नवनिर्वाचति उपमेयर शिवराज खड्का, एमालेको तर्फवाट बिजयी वडा अध्यक्ष तथा सदस्यहरु पनि घरघरमा अविरमाला थाप्दै जनताको सेवामा सक्रि रहने प्रतिवद्धता गरिरहेका थिए । 


खेल समाचार 

पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप– २०७४ असार २४ देखि हुने भएको छ ।
२०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा वरियता प्राप्त पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
यसैको निरन्तरता स्वरुप अर्को साता सातदोवाटो स्थित अन्तराष्ट्रिय खेल परिषदमा असार २७ सम्म छैटौं संस्करण आयोजना गर्न लागिएको नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी  दिए । पाँचौं संस्करणसम्म वरियता प्राप्त खेलाडीलाई मात्र समाविष्ट गराएर प्रतियोगिता संचालन गर्दै आईरहेकोमा अन्य खेलाडीको गुनासोलाई मध्यनजर राख्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ ब्वाइज र गल्र्स एकल, यु–१७ ब्वाईज र गल्र्स एकल तथा ४५ बर्ष माथिको भेट्रान्स जोडी गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ६६ हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगितमा ३ लाख ४० हजार पुरस्कार राशी रहेको छ । जसमा पुरुष र महिला एकलमा प्रथमलाई ५० हजार र ट्रफी, द्वितीयलाई २५ हजार र ट्रफी तथा तृतीयलाई १० हजार र ट्रफी प्रदान गरिने छ । यस्तै अन्य विधाका प्रथम, द्वितीय र तृतीयले नगद १० हजार, ७ हजार र ४ हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामाग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

चलचित्र्म/नोरञ्जन 

छायांकन नसकिँदै ‘बाबुकान्छा’ को फष्टुलक सार्वजनिक

छायाँकन सकिएको हुँदैन, निर्माता निर्देशकलाई चलचित्र प्रदर्शनको हतारो हुने गर्दछ । यस्तै हतारो निर्देशक शोभित बस्नेतमा पनि देखिएको छ । उनको पछिल्लो चलचित्र ‘बाबुकान्छा’को केही छायाँकन अझे बाँकी छ ।
 तर पनि उनले चलचित्रको रिलिज मिति मंसिर १५ गते घोषणासँगै पोष्टर अर्थात फष्टलुक सार्वजनिक गरेका छन् । फष्टलुकमा तीन हिरोइनका साथ सलोन सहित दुई हिरो देखिएका छन् ।
 लेखन, निर्माण र निर्देशन समेत शोभितकै रहेको चलचित्रको रोकिएको छायाँकन अभिनेता सलोन बस्नेत लन्डन अवार्डबाट फर्किए पछि हुनेछ ।
 चलचित्रको गीत दुवइमा छायाँकन गर्ने बताइएको चलचित्र ‘बाबुकान्छा’मा सलोनको अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायत अभिनय रहनेछ । 
अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले अभिनेत्रीको रुपमा यसै चलचित्रबाट डेव्यू गर्दैछन् । रवि अधिकारीको कायृकारी निर्माण रहेको चलचित्रका सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माता हुन् । 

धनपति यूट्यूवमा रिलिज नहुने

फिल्म  ‘धनपति’ लाई यूटुयूवमा रिलिज नहुने भएको छ ।
‘पशुपति प्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म धनपति यूटुयूवमा रिलिज नहुने भएको हो ।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ ।
गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उसँग अन्य आयस्रोत हुँदैन । इमान बेच्न नचाहने स्वाभिमान   छ । छोरीलाई बोर्डिङ स्कुल पढाउन  चाहन्छ । समाजमा गिन्तीमा नआउने यस्तै सानो मान्छेका साना झैं लाग्ने समस्याका कथालाई ठूलो पर्दामा उतारिएको छ ।
खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको ‘धनपति’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्म यही असार २३ गते प्रर्दशनमा आउँदैछ ।

लेख 

अब प्रदेशको चुनाव कहिले ? कात्तिकमा कि माघमा ?

अरुण बराल 
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय चुनाव उत्साहका साथ सकिएको छ । अब ७५ जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै चुनाव हुन बाँकी छ, जहाँ असोज २ गते मतदान हुँदैछ । स्थानीय चुनाव सकिएपछि अब प्रदेश र केन्द्रीय संसदका दुईवटा चुनावहरु गर्नुपर्ने दायित्व देउवा सरकारको काँधमा छ । आगामी माघ ७ गतेभित्रै प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने छ ।
तर, प्रदेश सभाको चुनाव गर्नुभन्दा अगाडी देउवा सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । यी कामहरु स्थानीय चुनाव सकिना साथ अघि बढाइएन र अलमल गरियो भने सरकार संवैधानिक संकटमा फस्न सक्छ ।
कसरी हुन्छ प्रदेशको चुनाव ?
नेपालको इतिहासमा पहिलो चोटी हुन गइरहेको प्रदेश सभाको चुनाव निकै रोचक हुनेवाला छ । केन्द्रीय चुनावका लागि तय भएको एउटा निर्वाचन क्षेत्रबाट प्रदेश सभामा दुईजना जनप्रतितिनिहरु प्रत्यक्ष मतदानबाट छानिने छन् । नयाँ संरचना अनुसार संविधानले १६५ वटा निर्वाचन क्षेत्र तोकेको छ । यो व्यवस्था अनुसार देशभरीबाट ३३० जना प्रदेश सभा सदस्यहरु निर्वाचित हुनेछन् ।
अर्थात्, प्रदेश सभामा ३३० जना प्रत्यक्ष चुनावबाट छानिने छन् भने बाँकी २२० जना समानुपातिक मतका आधारमा छानिने छन् । यसका लागि दलहरुले केन्द्रको चुनावमा जस्तै प्रदेशको चुनावमा पनि आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउनुपर्ने हुन्छ ।
निर्वाचन क्षेत्र निर्धारणको काम
प्रदेशको चुनाव गराउनका लागि सबै भन्दा पहिले देउवा सरकारले गर्नुपर्ने काम भनेको संविधानले भने   अनुसारको निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ । अहिले २४० वटा निर्वाचन क्षेत्र छन, यसलाई घटाएर १६५ मा झारेपछि मात्रै प्रदेशको चुनाव गर्ने बाटो खुल्छ ।
निर्वाचन क्षेत्र निर्धारणका लागि सरकारले आयोग गठन गर्नुपर्ने हुन्छ । र, सो आयोगलाई काम गर्न केही समय लाग्न सक्छ ।
समयको चाप
समयको चापको कुरा गर्दा आगामी माघ ७ भित्र केन्द्रको चुनाव सक्ने हो भने त्योभन्दा तीन महिना अघि नै निर्वाचन आयोगलाई चुनावको मिति दिनुपर्ने हुन्छ । अर्थात सरकारले कम्तिमा कात्तिक ७ गते भित्रै केन्द्रीय चुनावको तिथि तोकी सक्नुपर्ने हुन्छ ।
सरकारले प्रदेशको चुनाव नसकी निर्वाचन आयोगलाई चुनावको तयारी गर भन्न सक्दैन । जस्तो (अहिले स्थानीय चुनावको तयारी गर्नेक्रमै आयोगलाई प्रदेशको चुनावको तयारी गर भन्न सकिँदैनथ्यो ।
यसको मतलव, कात्तिक ७ गते भित्रै निर्वाचन आयोगलाई केन्द्रीय चुनावको तयारी गर्न समय दिने हो भने सरकारले कात्तिक ७ गतेभित्रै प्रदेशको चुनावबाट उसलाई फुर्सद दिइसक्नुपर्ने हुन्छ ।
तर, असोज २ गते दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव गराउने घोषणा गरेको सरकारले कात्तिकको पहिलो सातामै प्रदेशको चुनाव कसरी गराउन सक्ला ? यो सहज देखिँदैन ।
प्रदेश सभाको चुनावको हिसाब गर्दा कात्तिक पहिलो सातादेखि उताको तीन महिना निर्वाचन आयोगलाई केन्द्रीय चुनावको तयारीका लागि चाहिन्छ । तर, त्यस यताको समय प्रदेश सभाको तयारीका लागि निकै कम छ ।
जस्तो कि (असार १४ को चुनावको नतिजा आउने क्रम र सरकार पुनगर्ठन लगायतका कामहरु गर्दा असार महिना बित्न सक्छ । त्यस लगत्तै भदौको पहिलो साता नै सरकारले प्रदेश सभाको चुनावको मिति घोषणा ग¥यो भने बाँकी ३ महिनामा अर्थात, कात्तिक पहिलो साता प्रदेश सभाको चुनाव गर्न सम्भव हुन सक्छ ।
तर, आयोगले कात्तिकमा प्रदेश सभाको र असोजमा दुई नम्बर प्रदेशको स्थानीय चुनावको तयारी एकैचोटी गर्नुपर्ने कार्यतालिका ‘ओभर ल्यापिङ’ हुने देखिन्छ ।
दुई नम्बर प्रदेशको स्थानीय चुनावको तयारी र प्रदेश सभाको चुनावको तयारी निर्वाचन आयोगले एकैसाथ गर्न सक्छ ? अथवा, निर्वाचन आयोगले प्रदेश सभा र केन्द्रको चुनावको तयारी एकैसाथ गर्न सक्छ ? यो गम्भीर बहसको विषय हो ।
सरकारले भदौमा प्रदेश सभाको मिति घोषणा गरेर निर्वाचन आयोगलाई प्रदेश सभाको चुनावको तयारी गर भन्नका लागि निर्वाचन क्षेत्रको निर्धारण भएकै छैन । निर्वाचन क्षेत्र नै तय नगरी आयोगले कसरी प्रदेशको चुनावी तयारी गर्ने ? यो सम्भव हुँदैन ।
निर्वाचन क्षेत्र निर्धारण आयोग
सरकारले अहिलेसम्म संविधान अनुसार बनाउनुपर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएकै छैन । यो आयोग साउनमा बनाएर भदौ मै निर्वाचन आयोगलाई निर्वाचन क्षेत्र दिन सकिने स्थिति छैन ।
संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोगको परिकल्पना गरेको छ । सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा बनिने यो ५ सदस्यीय आयोगले भूगोल र जनसंख्याका आधारमा २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ वटा बनाउनका लागि कम्तिमा पनि केही महिना समय लाग्न सक्छ ।
र, निर्वाचन क्षेत्र निर्धारण आयोगले यो काम नसक्दासम्म निर्वाचन आयोगले प्रदेश र केन्द्रको चुनावका लागि कुनै तयारी गर्न सक्दैन ।
निर्वाचन क्षेत्र निर्धारण आयोग कहिले गठन होला र यसले कहिलेदेखि काम सुरु गर्ला ? यसबारे देउवा          सरकारले अहिले कुनै तयारी गरेको देखिँदैन ।
अन्तिम विकल्पः एकैपटक चुनाव
सरकारले प्रदेश र केन्द्रका दुईवटा चुनाव माघ ७ भित्र गर्न सकेन भने एकै चोटी गराउने अर्को विकल्प हुन सक्छ । तर, दुबै चुनाव मिश्रीत प्रणालीबाट गरिने भएकाले समानुपातिक तर्फको बन्द सूची दुईवटा बनाउने कि एउटैमा गर्ने भन्ने झण्झट आउन सक्छ । तर, प्राविधिक पक्षलाई मिलाउने हो भने दुबै चुनाव एकैसाथ हुन पनि सक्छ ।
स्थानीय चुनावको धङधङीबाट मुक्त हुन बाँकी रहेका प्रधानमन्त्री देउवाले अब प्रदेश र केन्द्रको चुनावमा कहिलेदेखि ध्यान देलान् ?                                                                            अनलाइन खबरबाट साभार

पहिलेजस्तो ‘सु–दूर’ छैन पश्चिम

वसन्तप्रकाश उपाध्याय
धेरै किसिमले अहिले चर्चामा छ–सुदूरपश्चिम । पहिलेजस्तो ‘सु–दूर’ छैन पश्चिम । तैपनि पुरानो चिनारी र ‘पूर्वेली’ आँखामा सधैं–सधैं ‘टाढा’ छ । नजिकिने एउटा निम्तोे पाएको थिएँ । त्यही पनि कसो–कसो ‘दूर’ जस्तै बन्न पुग्यो ।
एकाध हप्ताअघि भेटिनुभएको थियो–इञ्जिनियर धर्मानन्द अवस्थी । पछि छत्र बम लगायत उत्तम जोशी हुँदै प्रिय प्रशान्त अर्यालहरुको प्रसंग जोडियो । त्यसपछि धेरै कुरा जोडिए । बाजुराको ‘भटमास–उत्पादन’, सेती–महाकालीका विद्युत–उत्पादन, बैतडी–बझाङका सुन्तला, डोटीका आलु अनि डडेल्धुराको मौसमसँगै क्रमशः क्रमशः ‘अधिकारको सराबरी ः विकासको बराबरी’मा चासो देखाउने सरोकारवालाहरुको पत्तो भयो । बुझ्नै कठिन र झन् झन् बुझ्यो झन् कठिनको मर्मले म थिचिंदै थिएँ ।
प्रदेश–७, यससँग धेरै गुनासा जोडिएका छन् यतिखेर । हार–जीतको शृंखलामा कसैले सिट गुमाएका छन् । कोहीले अपेक्षा विनाकै छलाङ् मारेका छन् । हार–जीतमा माटो–भूगोल र कुनै व्यक्तिविशेष मात्रै कारक–तत्व ठहरिंदैन । समतामूलक मान्यता र रामराज्यको प्राकल्पना एकाधबाट सम्भव हुँदैन । कहीं हार आफू–आफूबीचको ‘अन्तरघात’ले भएको छ । कतै–कतै कुरो ‘राजपाठ’ले बिगारेको छ ।
व्यक्ति जोसुकैले जितोस्, भूगोलले हार्नुहुन्न । माटोले उत्पादकत्व वृद्धि गर्न छाड्नुहुन्न । नदी–प्रवाह शालीन बग्नु पर्छ । जन्मदै मान्छे अशिक्षाको ‘औंठाछाप’ बोकेर जन्मदैन । उसलाई कलम थमाइदिए–ऊ ‘लेखक’ हुन्छ । हलो जोत्न पठाए–ऊ ‘हली’ मानिन्छ । धेरै देखिएको छ समथर भूमिको सम्भावना । केही गर्न नसक्नेले पनि इटहरी–इनरुवातिर ‘इ–   रिक्सा’ चलाएर गुजारा गरेका छन् । ‘पान–दुकान’ चल्छ–  वीरगञ्ज–जनकपुरतिर । के गरी गुजारा चलाउनु, बझाङ–बाजुरा तिरका ग्रामीण स्थानीयले ? लड्नका लागि कि अत्यासलाग्दो भीर छ । नभए कि झोला बोकेर ठमठम हिंड्ने सम्मको गोेरेटो पनि छैन ।
‘स्काई–फोन’ मात्रै चल्दो रहेछ केही भेगमा । निर्वाचन–सुरक्षाको जिम्मेवारीमा एक अनकण्टार क्षेत्रमा पुग्नुभएका जगदीश्वर दाइले भन्नुभयो–‘लौ न ! मलाई ‘रिचार्ज’ गराइ दिनुप¥यो ।’ बुटवल–नारायणगढतिर ठेलागाडामा पाइन्छन् ‘सीम’ किन्नसमेत । ‘अजिनोमोटो’को स्वादमा दिक्क भएर मान्छेहरु पोखरातिर ‘थकाली भान्साघर’ धाउँछन् । कैलाली–कञ्चनपुरतिर बगेको पानीमा ‘बत्ती’ कल्पना एउटा मीठो सपना मात्रै हो । अन्यथा झाडापखालाले बर्सेनी गाँजिरहेछ–मानव विकासको सूचकांकलाई । लोभलाग्दो र स्नीग्ध उभिरहेछन् सैपाल र अपीहरु । तर, पर्यटकीय सम्भावनाको बडिमालिका–खप्तडको समेत महत्वबोध भएन गरिएन समयक्रममा ।
छ– धेरै चीज । सपना–सम्भावनाको सेतुमा बहेका छन् सम्भावनाका कैयौं जलप्रवाह । उभिएका छन् श्वेत हिमशृंखला । माटो–बीउ नपाएर जर्जर बनेको छ । श्रम गर्ने हातहरु अवसर नपाएर चलायमान बन्न सकेका छैनन् । मन्त्री–प्रधानमन्त्री हुँदा ‘रौनक’ थपिन्छ । स्वागतद्वार र शुभेच्छाका घडीमा विल्कुल ‘खोट’ छैन । तर लामो ‘चोट’बाट पार पाउन जम्जमाएका छन् हज्जारौं मस्तिष्क र मनस्थिति । उनीहरु यतिखेर कुनै पनि क्षेत्रमा कोही कसैको ‘आरक्षण’को सट्टा ‘सुरक्षण’ चाहन्छन् ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. स्चिपोल अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?   — नेदरल्यान्ड आम्र्सडम
२. चोओयु हिमालको उचाई कति छ ?     — ८२०१ मिटर
३. रणबहादुर शाहकी आमाको नाम के थियो ?           — राजेन्द्रलक्ष्मी
४. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ?   — फ्रान्सको पेरिस
५. उल्टो झण्डालाई के को प्रतिकको रुपमा लिइन्छ ?    — राष्ट्रिय विपत्ती वा शोक
६. भुटानका वर्तमान राजा को हुन ?      — जिग्मे खेसर नाम्गेल वाङ्गचुक
७. ’कोकाकोला’ को प्रधान कार्यालय कहाँ रहेको छ ?              — ब्mभचष्अब, न्भयचनष्ब
८. गोरखाको अन्तिम राजा को हुन् ?           — पृथ्वी नारायण शाह
९.UNESCO को मुख्य कार्यालय कहाँ रहेको छ ?               — फ्रान्स पेरीस
१०. आइसिसि वर्ल्डकप २०१५ को आयोजक राष्ट्रहरु कुन कुन हुन् ?     — अष्ट्रेलिया र न्युजिल्यान्ड
११. ’साल्पा पोखरी’ कुन जिल्लामा पर्दछ ?                  — भोजपुर
१२. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ?                    — प्रधानमन्त्री
१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ?               — अप्रिल ७
१४. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ?              — माघ २८
१५. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ?                — लाओस
१६. ’चापाकोट’ नगरपालिका कुन जिल्लामा पर्दछ ?                   — स्याङ्गजा
१७. नेपालको राजधानी काठमाडौँ कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ? — ८५ डिग्री १५ मिनेट
१८. A2 कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ?            — महेन्द्र राजमार्ग
१९.The Rising Nepal का प्रथम सम्पादक को हुन् ?    — वरुण शमशेर जवरा
२०. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ?        — म्यानमार
२१. पुर्वाञ्चल विकास क्षेत्रमा कति ओटा जिल्लाहरु रहेका छन ?          — १६ जिल्ला
२२. मध्यमाञ्चल विकास क्षेत्रमा कति जिल्ला रहेका छन ?             — १९ जिल्ला
२३. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ?                 — रञ्जना लिपी
२४. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ?                  — मुस्ताङ
२५. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ?      — १९३ किलोमिटर
२६. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ?         — २७
२७. अति कम विकसीत मुलुकहरुको टर्कीको इस्तानबुलमा भएको चौथो सम्मेलन कहिले भएको थियो ?
                                           — २०११ मे ९ देखी १३
२८. नेपालको अन्तरिम संविधान २०६३ मा नागरिकतालाई कति भागमा राखिएको थियो ?     — २
२९. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ?              — युरोप

साहित्य/सृजना

दुखिरहने कविता

अहँ 
 कहिलेकाहीँ त निर्धक्क सास फेर्ने मेसो नि हुन्न 
 के को कविता लेखी बस्नू ?
आफैंले भोगेको जीवन नै कथा जस्तो लाग्छ आफैंलाई 
 कस्को कथा लेखी रहनू ?
लाग्छ  
आइमाई हुनु 
 दुखिरहने कविता हुनु हो
 कथा ( ब्यथा हुनु हो 
 आ(आफ्नै ब्यथाको दह छ ( स्वास्नीमान्छेहरूसँग 
 एकैसाथ फुट्यो भने 
 दुनियाँ संसार बगाउँछ !

हजुर आमा भन्नू हुन्थ्यो 
“चर्को नबोल्नू
 मुख ( मुखै नलाउनू 
 नफर्काउनू मुख 
 लोउनिमुन्छेको जातै पापी हुन्च 
 कपटी हुन्च लरुोउनिमुन्छे
 पुरै मन पेट न दिनू 
 आफ्नै सौभाग्गेमा बिस्वास त अर्नै परो 
 पुरै भर नपर्नू बाबै 
 आफ्नु सोचो नि अर्नू 
 नत्र ,भबिस्सेमा 
 कुक्कुरले नपाउने दुख्ख पाइन्च !“
रिता अधिकारी ऋतू
फुलबारी ,पोखरा

सूचना/सन्देश/बिज्ञापन  

जिल्ला समन्वय समितिको कार्यालय 

डोटी

शिलवन्दी दरभाउ पत्र आव्हान

    दोश्र्रो पटक प्रकाशित मिति ः २०७४।३।१९
स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को परिच्छेद ६ नियम १६७ मा व्यवस्था भए बमोजिम स्थानीय स्वायत्त शासन नियमावली २०५६ को अनुसूची २३ नियम २०७ मा व्यवस्था भए बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, वातावरण व्यवस्थापन शाखा र स्थानीय राजस्व परिचालन शाखा, सिंहदरवार,काठमाण्डौंको च.नं २०५,४१ मिति २०७४।१।१९ र २०७४।१।२९ को परिपत्र बमोजिम यस जिल्ला समन्वय समितिको कार्यालयको क्षेत्राधिकार भित्र पर्ने विभिन्न निम्न अनुसारका आय शिर्षकहरुमा आ.व.२०७४।०७५ को लागि पहिलो पटक मिति २०७४।२।१९ गते सूचना प्रकाशित गर्दा सेती नदीको निषेधित क्षेत्र वाहेक गोल्मागाड, कालागाड, द्वारीखोलासम्म र वानेडुग्रीसैन क्षेत्रको ढुंगा, गिट्टी वालुवा र बलौटे माटो निकासी कार्यमा मात्र एक, एक वटा मात्र सिलवन्दी दरभाउ पत्र पर्न आएको सो दरभाउ पत्र नियमानुसार पहिलो पटक स्वीकृत गर्न नमिल्ने हुँदा यस कार्यालयको मिति २०७४।३।१७ को निर्णय अनुसार निम्न अनुसारका आय शिर्षकमा ७ (सात) दिने सिलवन्दी दरभाउ पत्र बढावढबाट ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले पूर्व सूचनाकै सेवा शर्तको अधिनमा रहने गरी सिलवन्दी दरभाउ पत्र पेश गर्न हुन इच्छुक सम्बन्धीत सबैको जानकारीको लागि यो ७ (सात) दिने सूचना प्रकाशित गरिएको छ । साथै विस्तृत जानकारीको लागि अघिल्लो सूचना तथा यस कार्यालयको राजस्व शाखामा सम्पर्क राख्न हुन समेत जानकारी गराईन्छ ।
तपशिल 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना       

प्रथम पटक सुचना प्रकासित मिति  ः २०७४÷०३÷२०   
समान पहुुँच विकास केन्द्र (सिड) नेपाल डोटी र वल्र्ड भिजन ईन्टरनेशनल डोटी एलपिएको साझेदारीमा सञ्चालित हेल्दी भिलेज परियोजनाका लागी तपशिल अनुसारका कर्मचारीहरु आवश्यक भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकासित भएको मितिले ७ दिनभित्र समान पहुुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।    
पद ः  कार्यक्रम संयोजक,         संख्या ः १ (एक) 
योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट वि.पि.एच. वा एच.ए. उत्तीर्ण गरी स्नातक उत्तीर्ण गरेको ।
अनुभव        
ल वि.पि.एच. उत्तीर्ण गरेको भए कार्यक्रम संयोजक पदमा रही कम्तीमा एक वर्षको मातृशीशु स्वास्थ्य क्षेत्रको कार्यानुभव 
ल एच.ए. उत्तीर्ण गरी स्नातक उत्तीर्ण गरेका व्यक्तिको हकमा एक वर्ष कार्यक्रम संयोजक पदमा रही काम गरेको अनुभव सहित कम्तीमा तीन वर्षको कार्यानुभव   भएको । 
बिदेशवाट प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्र भएमा त्रि.वि. वाट समकक्षता  निर्धारण गरेको प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।
कार्य क्षेत्र ः आदर्श गाउँपालिका, सायल गाउँपालिका वडा नं. १ र दिपायल सिलगढी नगरपालिका वडा नं. १ (छपाली, गीरिचौका, लामीखाल, महादेवस्थान, दहकालिकास्थान, कालीकास्थान, बाँझककानी र तिखा र सिरखोली)
सेवा÷सुविधा ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता ।
दरखास्त  ः संस्थाको सम्पर्क कार्यालयबाट आवेदन फाराम लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट (सो दिन विदा परे सोको भोलीपल्ट वा लगत्तै कार्यालय खुलेको दिन)
दरखास्त दस्तुर ः रु. ५००।, 
नोट ः रीत नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
;dfg kx'Fr lasf; s]Gb| -l;8_ g]kfn 
lbkfon l;nu9L gu/kflnsf j8f g+= ^, l;nu9L 8f]6L 
kmf]g g+= )($–$!!)!! 
O{d]n M cead.doti@gmail.com