अपाङ्गता मानव विविधता हो अपाङ्गता भएका व्यक्तिहरुलाई पनि अन्य नागरिक सरह अवसर र सेवा सुविधा प्रदान गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
प्रदेश नं. ७ ः कहाँ कस्को बन्ला समन्वय समिति
रामहरी ओझा÷डोटी
असार २६
स्थानीय तहको प्रत्येक्ष निर्वाचन सम्पन्न भईसकेपछि अप्रत्येक्ष निर्वाचन मार्फत बन्ने जिल्ला समन्वय समितिका लागि राजनीतिक दलहरुको अंक गणितीय खेल सुरु भएको छ । संबैधानिक व्यवस्था अनुसार नगरपालिका र गाउँपालिकाको प्रत्येक्ष चुनाव सम्पन्न भएको एक महिनाभित्र जिल्ला समवन्य समिति गठन गर्नु पर्ने हुन्छ । नगरपालिका मेयर उपमेयर र गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुले मात्रै मतदान गरि गाउँसभा वा नगरसभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार दलहरु भोटको अंक गणितमा लागेका छन ।
नौ जिल्ला रहेको प्रदेश नं. ७ मा मत संख्याको हिसावले चार जिल्लामा नेकपा एमालेको प्रष्ट बहुमत देखिएको छ भने नेपाली कांग्रेसको तिन जिल्लामा स्पष्ट बहुमत देखिएको छ । बाँकी दुई जिल्लामा यस्सै भन्न सक्ने अवस्था देखिदैन ।
एमालेको एकलौटी हुन सक्ने जिल्लाहरु
सात पहाडी जिल्लामध्ये सबै भन्दा बढी १२ स्थानीय तह रहेको बझाङ्ग जिल्लामा एमालेको एकलौटी जिल्ला समन्वय समिति बन्ने भएको छ । एमालेले आठ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको छ । अर्थात २४ मतमध्ये १७ एमालेको पक्षमा छन । २०५४ सालको स्थानीय चुनावमा पनि एमाले नेतृत्वकै जिल्ला बिकास समिति बनेको थियो बझाङ्गमा ।
यस्तै डोटीमा पनि एमालेले एकलौटी समन्वय समिति बनाउने भएको छ । नौ स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख जितेर एमालेले आफुलाई जिससमा सुरक्षित गरेको छ । यस जिल्लामा ०५४ मा कांग्रेस नेतृत्वको जिबिस थियो ।
०५४ को स्थानीय निर्वाचनमा एमाले नेतृत्वमै बनेको कञ्चनपुरमा यस पटक पनि एमालेले एकलौटी बहुमत पु¥याएको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख गरि ११ मत सुरक्षित गरेको छ ।
प्रदेश नं. ७ कै सबैभन्दा बढी स्थानीय तह र मतदाता संख्या रहेको कैलालीमा पनि एमालेले बाजी मारेको छ । ७ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानीय तह रहेको कैलालीमा एमालेले सात स्थानीय तहमा एकलौटी जित हात पारेमा छ । ०५४ को चुनावमा कैलाली जिल्ला बिकास समिति कांग्रेस नेतृत्वमा बनेको थियो ।
तिन जिल्लामा कांग्रेसको एकलौटी
कांग्रेसले तिन जिल्लामा एकलौटी समन्वय समिति बनाउने भएको छ । पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलको गृह जिल्ला अछाममा यस पटक कांग्रेस छाएको छ । २०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि जिल्ला बिकास समिति जितेको एमालेले यस पटक भने आफ्नो शक्ति गुमाउनु परेको छ । १० स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुवै र एक उपप्रमुख जितेर कांग्रेसले आफुलाई जिल्ला समन्वय समितिका लागि सुरक्षित गरेको छ ।
यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको गृहजिल्लामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाउने देखिएको छ । सात स्थानीय तहमध्ये कांग्रेसले चार एकलौटी र एकमा उपप्रमुख समेत जितेको छ । ०५४ सालको चुनावमा यस जिल्लामा एमाले नेतृत्वको समन्वय समिति बनेको थियो ।
बाजुरामा पनि कांग्रेसले अप्रत्यासित नतिजा हात पारेको छ । नौ स्थानीय तहहरुमा कांग्रेसले ६ स्थानमा प्रमुख र पाँच स्थानमा उपप्रमुख सहित सम्मानजनक मत हासिल गरेको छ । यस जिल्लामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाउने देखिन्छ । यस जिल्लामा पनि ०५४ को निर्वाचनमा एमालेले जिल्ला बिकास समिति बनाएको थियो ।
दार्चुला, बैतडीमा के होला ?
बैतडी र दार्चुलामा भने यस्सै होला भन्न सक्ने अवस्था देखिदैन । दुबै जिल्लामा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लाएक्लै भिडे भने दुबै जिल्लामा कांग्रेसले जिल्ला समन्वय समिति बनाउने छ । यदि एमाले र माओवादी केन्द्रले तालमेल गरे भने चुनावमा गोलाप्रथामा पुग्नेछ ।
१० स्थानीय तह रहेको बैतडीमा नेपाली कांग्रेसले सम्मानजनक उपस्थिति देखाएको छ । कांग्रेसले ६ स्थानीय तहमा प्रमुख र चार स्थानीय तहमा उपप्रमुख गरि १० मत सुरक्षित गरेको छ । एमाले तीन प्रमुख र पाँच उपप्रमुखमा सिमित भएको छ भने नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित हात पारेको छ । यदि एमाले र माओवादी केन्द्रले तालमेल गरेछन भने यस जिल्लामा समन्वय समिति छान्दा गोलाप्रथामा पुग्ने अवस्था देखिन्छ । यद्यपी, दशरथ चन्द नगरपालिकाको मतगणनाका क्रममा धाँधली भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी न्यायालय पुगेको छ । ०५४ सालमा यस जिल्लामा एमाले नेतृत्वको जिल्ला बिकास समिति बनेको थियो ।
यस्तै दार्चुलामा पनि स्पष्ट बहुमत कुनै दलको पुग्दैन । पहिलो पार्टीका रुपमा देखिएको कांग्रेसले पाँच प्रमुख र चार उपप्रमुख जितेको छ । एमालेले तीन प्रमुख र चार उपप्रमुखमा आफुलाई पु¥याएको छ भने माओवादी केन्द्रले एक स्थानीय तह हात पारेको छ । बैतडी जस्तै दार्चुलामा पनि यदि एमाले र माओवादी केन्द्र एक ठाउँमा आए जिल्ला समन्वय समिति छनौटका लागि गोलाप्रथामा टुङ्गिनु पर्ने अवस्था छ । २०५४ सालमा दार्चुला एमालेको किल्ला बनेको थियो । सभापति, उपसभापति र नौ सदस्य एमालेले जितेको थियो उक्त चुनावमा । जिल्लामा साबिकका ११ ईलाका हुन ।
त्यसो त बिगतमा भएका अप्रत्येक्ष चुनावहरुको प्रबृत्ति हेर्दा गाउँ बिकास समिति अध्यक्ष÷उपाध्यक्षले समेत फरक पार्टीको उम्मेद्वारलाई मतदान गरेको देखिन्छ । त्यसकारण यस्सै होला भनेर अनुमान गर्न कठिन छ ।
७ नं. प्रदेशका ८८ स्थानीय तहमध्ये एमाले ३९ स्थानमा जित्दै पहिलो दल भएको छ । ३८ स्थान जितेर कांग्रेस दोश्रो भयो भने माओवादी केन्द्रले १० स्थानमा जित हात पारेका छ । एक स्थान फोरम लोकतान्त्रिकले हात पारेको छ ।
सम्पादकीय
पुँजीगत खर्चको दुर्दशाँ
जेठको महिना संसदमा भाषण गर्दा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले धेरै कुरा बोलेका थिए । उनले ‘यो पनि भयो, त्यो पनि भयो, यस्तो पनि गरियो, त्यस्तो पनि गरियो’ भन्नेमा आफ्नो भाषण अन्त्य गरेका थिए । यति धेरै काम गर्ने, कायापलट गर्ने प्रधानमन्त्री महोदयले खर्च गर्नका लागि भनेर छुट्याईएको बजेट खर्च हुने मेसो मिलाउन सकेनछन् । चलन चल्तीमा रहेको व्यवस्था अनुसार उनी प्रधानमन्त्री भएको दौरानमा बजेटको ८० प्रतिशत खर्च भईसक्नु पर्ने हो तर त्यो न्यून देखियो ।
आर्थिक वर्ष सकिनै लाग्दा विकास लक्षित पुँजीगत खर्चको अवस्था हेर्दा दयनीय छ । तीन खर्ब ११ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिइएकोमा असार तेश्रो सातासम्म करीव करीव ४५ प्रतिशत मात्रै खर्च भएको छ जसले सरकारको खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । पुँजीगत खर्च नहुँदा विकास निर्माणमा प्रत्यक्ष असर पर्छ । पुँजीगत बजेट शीर्षकमा सर्वसाधारणको जीविकामा प्रत्यक्ष असर पर्ने पूर्वाधारमा हुने लगानी समेटिएको हुन्छ ।
नेपालको संबिधान, २०७२ को प्राव्धान अनुसार गत बर्ष पहिलोपटक जेठ १५ मै चालु आर्थिक बर्षका लागि बजेट आएको थियो । तर सत्ता समिकरणको खेलले असार मसान्तमा विनियोजन विधेयक मात्रै पारित भयो । राजस्व उठाउने, ऋण लिनेलगायत कानुन पारित हुन पाएन । राजस्व उठाउन २०१२ सालको सामयिक कर असुली ऐनमा भर पर्नुप¥यो । त्यसले पनि सुरुका दुई महिना अन्योल बढाएको थियो । तर त्यसपछि पनि खर्च गर्ने निकायमा तदारुकता देखिएन । योजना आयोगले अनुगमन गर्ने भने पनि प्रभावकारी हुन सकेन । स्थानीय तहको निर्वाचनले आचारसंहिता लागेर पछिल्लो समय केही समस्या भएपनि आर्थिक वर्षको सुरुका अवधिमा खर्च हुन नसक्नुमा कुनै समस्या थिएन । खर्च नगर्ने विगतकै रोग यसपटक पनि देखिएको हो ।
सरकारले ८४ प्रतिशत खर्च हुने दावी गरेको भएपनि अहिलेको अवस्था हेर्दा ७० प्रतिशत मात्र खर्च हुने छाँट देखिन्छ । अस्थिर सरकार र कर्मचारीतन्त्रमा बढेको राजनीतिकरण पनि पुँजीगत खर्च हुन नसक्नुको कारण हो । सरकार परिवर्तन हुने बित्तिकै आकर्षक मानिएका आयोजनामा आफ्नो मान्छे पठाउने प्रचलन छ । त्यहाँ कार्यरत कर्मचारी र अन्य जान चाहनेहरू पनि काम नगरेर चाकरीमा पुग्छन् । राजनीतिक संरक्षण नभई सचिव हुन नसकिने रोग कर्मचारीतन्त्रमा भित्रिएको छ । त्यसैले सहसचिव र सचिवहरू दलप्रति बफादार बन्दै गइरहेका छन् जुन दुर्भाग्यपूर्ण छ । तलका कर्मचारी सहसचिव वा उपसचिव बन्नका लागि सधैं परीक्षाको तयारीमा देखिन्छन् । कम्तीमा वर्षको ३० प्रतिशत कार्यालय लागेको समयमा यी कर्मचारी बिदा लिएर तयारीमा जुटेका हुन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्रजस्ता निकायले उजुरीकै भरमा कर्मचारीलाई दुःख दिन थालेपछि टेन्डरमा सही गर्न उच्च तहका कर्मचारी तयार देखिँदैनन् । जसोतसो सजिलो काम गरेर फुत्किने कसरत कर्मचारीको हुन्छ ।
सांसदहरूलाई आफूले खर्च गर्न पाउने रकम बढ्यो÷बढेन भन्ने मात्रै चिन्ता छ । संसदीय समितिहरू सकेसम्म आयोजना घुम्नेमा बढी केन्द्रित छन् । पुँजीगत खर्च हुन नसकेकामा भन्दा आफूलाई लाभ हुने क्षेत्रमा हात हाल्न अधिकांश समिति अघि सर्ने गरेका उदाहरण प्रशस्त छन् । सांसद र अन्य नेताले काम नगर्ने ठेकेदारलाई संरक्षण समेत गर्छन् । कतिपय ठेकेदार त आफैं सांसद पनि छन् । ठेक्का लिएर काम नगर्ने प्रवृत्ति बाक्लो छ । उनीहरूलाई कसैले कारबाही गर्ने आँट गर्दैनन् ।
यस्तो दुराबस्था रहेको छ । एकतिर जनता सेवा सुबिधा नपाएर दुःख खेप्ने अर्कोतिर राज्यका सञ्चालकहरु आफ्नो मनोपरी गरिरहने अवस्था देखिएको छ । यसलाई तत्काल नियन्त्रण गर्न सकिएन भने परिणाम शुन्य हुने छ ।
थप समाचार
राजधानी बनाउन हमालको अभियान
धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि मकैको बोट चिन्हका साथ चुनाव लडेका स्वतन्त्र उम्मेदवार गोपल हमालले प्रदेश नं. ७ को राजधानी कैलालीको धनगढी बनाउनका लागि दवावमुलक अभियान थाल्ने भएका छन ।
धनगढी उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई धन्यवाद दिनका लागि होटल रुबसमा आयोजना गरिएको कार्यक्रममा हमालले प्रदेश नं. ७ को राजधानी धनगढी बनाउनका लागि दवाव दिन एक हजार एक सदस्यीय दवाव समूह समेत गठन गरेका छन । उनले निर्वाचनका क्रममा आफुलाई सहयोग गर्ने सवै सहयोगी हातहरुलाई धन्यवाद दिदै नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाइ दिएका छन ।
‘म बिकास र समृद्धिको अभियानमा निरन्तर लागि–रहने छु’ चियापान समारोहमा हमालले भने ‘सुदूरपश्चिमको राजधानी धनगढी बनाउनका लागि मेरो दवावमुलक अभियान जारी रहनेछ ।’ उनले यो अभियानमा आफुलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन । संबिधान अनुसार प्रदेशको राजधानी सम्वन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको ठाउँमा हुने व्यवस्था छ ।
हमालले मेयर पदका लागि ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका नृप वडले १४ हजार तीन सय २४ मत पाइ बिजयी भएका हुन ।
डोटीमा कहाँ चुक्यो कांग्रेस ?
असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डोटीमा नेपाली कांग्रेसले आश्चर्यजनक हार व्यहोर्नुको कारणवारे निकै टिकाटिप्पणी हुने गरेका छन । २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा होस् वा २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांगे्रसले डोटीमा आफ्नो सम्मानजनक स्थान राखेको थियो । ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा डोटीमा दुवै क्षेत्रमा कांग्रेसले एकलौटी जित हात पारेको थियो ।
२०४९ सालको स्थानीय निर्वाचनमा डोटीका ५० गाबिस र एक नगर–पालिकामध्ये कांग्रेस ४८ गाबिस र एक नगरपालिकामा छाएको थियो । ०५४ को स्थानीय चुनावमा पनि कांग्रेसको सम्मानजनकै उपस्थिति देखियो । यद्यपी एमालेले २०५४ कै चुनावमा कांग्रेसलाई चुनौती दिईसकेको थियो । तर पनि कांग्रेस अग्रपंक्तिमै रह्यो । उक्त चुनावमा जिल्ला बिकास समिति गठन गर्ने क्रममा एमाले र राप्रपा मिलेर समेत कांग्रेसलाई रोक्न सकेनन् ।
२०६४ सालको संबिधानसभाको निर्वाचनमा भने कांग्रेस नराम्रोसंग पछारियो डोटीमा । क्षेत्र नं. १ बाट एमाले र २ बाट माओवादीले जित हात पारेपछि कांग्रेस चुनावी नतिजामा व्याक भएको देखियो तर जिल्लाका हरेक क्रियाकलापमा कांग्रेसले आफ्नो जवरजस्त उपस्थिति कायमै राख्यो ।
२०७० सालको संबिधानसभा निर्वाचनमा कांग्रेस फेरी ‘कमव्याक’ भयो । दुई क्षेत्रमध्ये क्षेत्र नं. १ मा कांग्रेस जित्यो तर क्षेत्र नं. २ भने एमालेले हात पा¥यो ।
भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो हार व्यहोर्नु प¥यो । चुनाव भन्दा पहिले जिल्लामा कम्तीमा सात स्थानमा जित्ने आँकलनमा कांग्रेस थियो । ‘हामीले कम्तीमा सात स्थानीय तह जित्छौं भन्ने आँकलन गरेका थियौं’ कांग्रेस डोटीका सभापति प्रदिप देउवा भन्छन् ‘नौ वटैमा हाम्रो राम्रै अवस्था थियो ।’ नौ स्थानीय तहमध्ये कांग्रेसले तीन तहमै चित्त बुझाउनु प¥यो ।
कांग्रेस हार्नुको मुख्य कारण पार्टीभित्रको अन्तरघातलाई लिइएको छ । कांग्रेस जिल्ला नेतृत्वले अन्तरघातलाई हारको पहिलो कारण भएको अड्कल गरेको छ ।
अन्तरघात संगसंगै टिकट बितरणमा ढिलाई हुनु पार्टी हार्नुको अर्को कारण रहेको कार्यकर्ताहरु बताउँछन । कांग्रेसबाट दिपायल सिलगढी नगरपालिकामा पदका उम्मेदवार प्रशिस महरा भन्छिन् ‘टिकट बाँड्न यति ढिलाई भयो कि हामीले मतदाताबिच आफ्नो परिचय समेत दिन पाएनौं ।’ घरदैलो कार्यक्रम गर्न सक्ने समयनै नभएको उनको गुनासो थियो । उनको कुरासंग सहमति जनाउनछन कांग्रेस दिपायल सिलगढी नगर समिति सभापति गणेश मलासी । उनी भन्छन् ‘अरु पार्टीले चुनावी प्रचार तिव्र गतिमा अगाडि बढाई–रहँदा समेत हामी “टिकट को पाउने ?” भन्ने अलमलमै थियौं ।’
बिपक्षी पार्टीले ठुलो धनरासी खर्च गरेको आरोप कांग्रेसले लगाएको छ । चुनावमा पैसा बाँडेर एमाले जितेको भन्ने आरोप कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा लगाउन थालेका छन । उनीहरुका अनुसार कांग्रेस हार्नुको यो अर्को कारण हो ।
त्यसो त कांग्रेसभित्रैबाट चुनाव हार्नुको मुख्य कारण संगठन कमजोर हुनु भन्ने आवाज पनि जवरजस्त उठेको छ । ‘पार्टी नेतृत्वको कमजोरी हो, संगठन बनाउनु छैन, चुनावका बेला अन्तरघात भयो भनेर हुन्छ ?’ नाम उल्लेख नगर्ने शर्तमा एक कांग्रेस जिल्ला नेताले भने ‘संगठन नबनाउने, टिकट दिँदा आफ्ना मान्छे छानीछानी दिने अनि अहिले अन्त– रघात भयो भन्न पाईन्छ ?’ उनी थप्छन् ‘जनताले बिकल्प खोजेका हुन ।’
टिकट बितरणका बेला संस्थापन पक्षले एकलौटी गरेका कारण चुनाव हारेको पार्टीभित्रैको अर्को पक्षको आरोप छ । तर जिल्ला सभापति देउवा टिकट बितरणमा एकलौटी भएको भन्ने आरोप ठाडै अस्वीकार गर्छन् । उनी भन्छन् ‘टिकट बितरणमा ढिलाई भएको कुरा सत्य हो तर एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । टिकट बितरणमा सवैलाई मिलाएरै दिईएको हो ।’
शिखरमा किन हा¥यो एमाले ?
कांग्रेसले जितेको शिखर नगरपालिका नेकपा एमालेले आफ्नो जितको सूचीमा राखेको थियो । सूचीमा मात्रै होईन प्रवल सम्भावना रहेको ठाउँका रुपमा एमाले अनुमान गरेको थियो तर एमालेले सोचे भन्दा फरक भयो शिखरको परिणाम ।
सत्ता पक्षले राज्यको स्रोत र साधनको व्यापक दुरुपयोग गरेको एमालेको आरोप छ । ‘राती राती पैसा बाडियो, प्रहरीलाई समेत एमालेको बिरुद्धमा परिचालन गरियो’ एमालेका तर्फबाट मेयर पदका उम्मेदवार शेरबहादुर मल्ल भन्छन् ‘पैसा बाँड्नमा शिक्षक परिचालन गरियो ।’
तुलनात्मक रुपमा पार्टी संगठन कमजोर हुनु पनि हारको कारण भएको एमालेको बुझाई छ । मल्ल भन्छन् ‘नगर–पालिकाभित्रै जिम्मेवार नेताहरु हुँदाहुँदै पनि संगठन परिचालन भएन, उम्मेदवारहरुको व्यक्तिगत चुनाव जस्तो बनाईयो ।’ उनले पार्टीभित्रैबाट अन्तरघात भएको बताएका छन ।
४० प्रतिशत बजेट फ्रिच जाने
भूमिराज जोशी÷डोटी
असार २६
चालु आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम मिति नजिकिदै जाँदा डोटीमा ४० प्रतिशत बजेट फ्रिज जाने सम्भावना देखिएको छ ।
पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष नियन्त्रक ईश्वर प्रसाद श्रेष्ठले जानकारी दिए । जिल्लाका लागि आएको कुल बजेट मध्ये पुँजिगतको मात्रै ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी छ भने चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको कोष नियन्त्रक श्रेष्ठले बताए ।
यस आर्थिक वर्षका लागि राज्यले डोटीका लागि मात्र चालु र पूँजिगत गरी पाँच अर्ब ७३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालु र पूँजिगत तर्फको खर्च गरी चार अर्ब ३७ करोड १७ लाख ७५ हजार खर्च भएको छ भने एक अर्ब ३६ करोड सात लाख पाँच हजार खर्च हुन बाँकी रहेको छ । जिल्लामा चालुतर्फ चार अर्ब १७ करोड चार लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार सकिनै लाग्दासम्म जम्मा ८४ प्रतिशत अर्थात तीन अर्ब ५० करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ ।
त्यस्तै, पूँजिगत तर्फ एक अर्ब ५६ करोड २० लाख २२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार मसान्त सकिनै लाग्दा पनि ५५ प्रतिशत अर्थात ८६ करोड ४८ लाख ९४ हजार रुपैयाँ मात्रै निकासा भएको हो ।
गत आर्थिक वर्षमा मात्रै पुजिँगत तर्फको विकासे बजेट खर्च हुन नसक्दा १० प्रतिशत फ्रिज भएको थियो । तर यसवर्ष भने गत बर्ष भन्दा झण्डै चौबल रकम फ्रिज जाने तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक बर्षमा आएका बिकासे बजेट मध्ये सिँचाई बिकास डिभिजन कार्यालयका लागि कुल १३ करोड ९१ लाख ५० हजार बजेट मध्ये १२ करोड नौ लाख ५० हजार खर्च भएको छ । त्यस्तै डिभिजन सडक कार्यालयका लागि आएको कुल २८ करोड २३ लाख बजेट मध्ये १७ करोड ७६ लाख खर्च भएको छ । यस्तै बृहत बिकासे योजनाका लागि सहरी बिकास तथा भबन निर्माण डिभिजन कार्यालयको लागि ३८ करोड २४ लाख बजेट बिनियोजित भएको छ जसमा १५ करोड ६५ लाख ९० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै चालु बजेटका लागि समेत डोटी जिल्लामा थुप्रै कार्यालयहरुले आफ्ना योजनाहरुलाई तिब्रता नदिदा ठुलो मात्रामा बिकासे बजेट फ्रिज जाने चिन्ता बढेको शिखर नगरपालिका–४ का स्थानीय राज प्रसाद जोशीले बताए ।
तुलनात्मक रुपमा डोटी जिल्लाको धेरै जसो कार्यालयहरुले विकासे बजेट अर्थात पुँजिगत खर्च गर्न सकेका छैनन् जसले गर्दा यसवर्ष अझै धेरै रकम फ्रिज भएर जाने देखिन्छ । नेपाल सरकारले यस आर्थिक वर्षमा विकासे बजेट ८० प्रतिशतसम्म खर्च गर्ने योजना बनाए पनि पहाडी जिल्लाहरुमा भने बढी जसो रकम फ्रिज जाने गरेको छ ।
त्यसो त डोटीको लागि बजेट फ्रिज हुनु नौलो कुरा होईन सञ्चालन अनुदान शत प्रतिशत खर्च हुने र पुँजीगत अनुदान आधाआधी मात्रै खर्च हुने देखिएको छ ।
लेख
धनगढी नगरमा एमालेको अवस्था
गणेश भण्डारी
झण्डै २० बर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अन्य राजनीतिक दललाई पछि पार्दै आफ्नो स्थान पहिलो कायम ग¥यो भने त्यस्तै दोस्रो चरणमा समेत काँग्रेस लगायत अन्य राजनीतिक दलहरु भन्दा मुलुक भर नै निक्कै अगाडि आफ्नो स्थान कायम राख्न सफल भयो ।
सुदूरपश्चिमको ७ नम्बर प्रदेशमा समेत दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले आफुलाई पहिलो स्थानमा राख्न सफल भएको छ । त्यति मात्र नभई पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्ये नजर गर्ने हो भने कतिपय स्थानहरुमा एमालेले माओवादीका किल्ला छताछुल्ल पार्न सफल भएको छ भने कतिपय स्थानहरुमा नेपाली काँग्रेसको किल्ला भत्काउन सफल भएको छ। खासगरी बिज्ञहरु र बिश्लेषकहरुको बिश्लेषण अनुसार छिमेकी मुलुक भारतले नाकाबन्दी लगाएपछि त्यति बेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भारतप्रतिको कडा प्रस्तुतिकै कारण एमालेको अहिलेको सफलता हो भन्ने पनि कतिपयको भनाई रहँदै आएको छ । भने कतिपय बिज्ञहरुका अनुसार एमालेको बलियो संगठनका कारणनै उसको बिजयको संज्ञा दिईएको छ ।
कतिपय बिज्ञहरुको भनाई अनुसार एमालेको मुलुकभरका अधिकांस क्षेत्रहरुमा एमाले समर्थित एनजिओ, आईएनजिओकै कारण पनि उसले यो सफलता हासिल गर्न सकेको ठम्याई छ भने कतिपय बिज्ञहरुको भनाई अनुसार एमालेभित्र टिकट बाँडफाँड गर्दा केहि ठाउँमा सानो तिनो बिवाद र तिक्तता, मनमुटाव देखिएता पनि नेपाली काँग्रेसको जस्तो छताछुल्ला हुने गरी नातावाद, कृपावाद र आर्शिवादमा टिकट दिईने प्रचलन भने एमाले भित्र नभएकै कारण उसको यो सफलता हो भन्ने भनाई पनि कतिपयको छ । मुलुकभर एमालेको लहर चली रहँदा धनगढी उपमहानगरपालिका भित्र भने एमाले चौथो स्थानमा झर्न पुग्यो ।
यो एमालेको लागि धनगढी उपमहानगरपालिका जस्तो ठाउँमा लज्जास्पद हार हो । नगरपालिका हुँदा २० बर्ष पहिले धनगढी एमालेले जितेको नगरपालिका हो । धनगढी उपमहानगरपालिका भित्र आफ्नो संगठन अन्य राजनीतिक दल भन्दा बलियो भएको ठान्ने नेकपा एमाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका भित्र उसको देखिएको आफ्नो स्थान हेर्दा साँच्चै एमाले धनगढी उपमहानगरपालिका भित्र कमजोर भएकै हो त ? या उसले भने जस्तो उस्को संगठन बलियो नभई कमजोरै हो त ? या एमालेले धनगढी उपमहानगरपालिका भित्र मेयर, उपमेयर र वडा अध्यक्ष देखि सदस्यसम्म टिकट बाँड्दा नातावाद, कृपावाद भएकै कारण आम कार्यकर्ता र त्यसका शुभेच्छुकहरु रुष्ट भएकै कारण अहिलेको अवस्था एमालेले ब्यहोर्नु परेको हो त ? यि यस्ता प्रश्नहरु अहिले एमालेजनहरु भित्र आफैमा अनुत्तरदायी र टड्कारो बहसको रुपमा खडा भएको छ भने धेरै एमालेजनहरुमा चिया पसलदेखि चौतारी गफसम्म अन्तरघातको बहस समेत चर्को रुपमा चल्ने गरेको सुन्न सकिन्छ । कतिपय एमालेजनहरुमा अन्तरघात गर्नेहरुलाई पार्टीले के, कस्तो, को, कस्लाई के कस्तो खाले कारबाही गर्ने हो भन्नेमा समेत ठुलै चर्चा, परिचर्चा सुन्न सकिन्छ । कपितय स्थानहरुमा भेगीय बिभेदका कारण एमालेले धनगढी उपमहानगरपालिकामा लज्जास्पद् हार ब्यहोर्नु परेको समेत समीक्षा चली रहेको छ । कतिपय एमाले कार्यकर्ता नेताहरुको बुझाई अनुसार टिकट बाँडफाँड गर्दा नेतृत्व तहमा रहेका एमाले नेताहरुको रबैयाकै कारण धनगढी उपमहानगरपालिका भित्र एमालेले लाजमर्दो पराजय भोग्नु परेको ठम्याई छ ।
अन्य अवस्था र अन्य समयमा हेर्ने हो भने धनगढी उपमहानगरपालिका भित्र एमालेको बिभिन्न बर्गीय संगठन सञ्चारदेखि मजदुर संगठन, कर्मचारी संगठन, बुद्धिजिवी संगठन लगायतका प्राय सबैमा बलियो र अनुशासित संगठन भएको देख्न र बुझ्न सकिन्छ । नगरदेखि वडा ईकाईसम्म उसका कार्यकर्ताहरु जुझारु, लगनशिल र आफ्नो पार्टीप्रति कर्तब्यनिष्ठ भएको देख्न सकिन्छ । तर जुन रुपमा उसको संगठन बलियो छ, कार्यकर्ता नेताहरु आफ्नो पार्टीप्रति कर्तब्य निष्ठ छन् त्यतिकै मात्रामा एमाले भित्र रहेका बिभिन्न बर्गीय संगठनका नेता, कार्यकर्ता शुभेच्छुक र पार्टी भित्रका जिम्मेवार नेताहरु बिच एक आपसमा गुटबन्दी, भेगीय, क्षेत्रीय, बिभेद, सिनियर, जुनियरको बिभेद र पार्टी पद्दतिलाई समेत नस्वीकार्ने नेता, कार्यकर्ताहरुको समेत सायदै कमी छैन होला ।
होटलमा चिया पसलमा, पत्रिका पसलमा बसेर सहजै रुपमा आफु स्वयं आवद्ध पार्टीको घोर बिरोध गर्नु आफुले नचाहेको नेता र कार्यकर्ताले जिम्मेवारी सम्हालेको देखि नसहनु, आफु भए ठिक, अरु भए बेठिक, यो एमाले भित्र देखिएको कार्यकर्ता, नेता बिचको गजबको राजनीतिक चरित्र र अनुशासन हो भन्न सकिन्छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले मारेको राजनीतिक अग्रगामी छलाङ्ग र उसको सफलता देखेर माओवादी, काँग्रेस र केहि राप्रपा, राजावादीहरु समेत एमाले राष्ट्रवादी पार्टी भएको भन्दै मुलुक भर नै एमाले भित्र नव प्रवेशीहरुको पार्टी प्रवेशमा लहर नै चल्यो । धनगढी उपमहानगरपालिका भित्र पनि नेकपा एमालेले केहि माओवादी केन्द्रका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गरायो भने केहि काग्रेसका कार्यकर्ताहरुलाई समेत एमालेले पार्टी प्रवेश गरायो । त्यसको साथसाथै राप्रपाका राजावादी केहि नेताहरुलाई समेत एमालेका प्रभावशाली नेता भिम रावलको हातबाट टिका लगाएर एमालेमा प्रवेश गराईयो ।
यि कारणलेहरुले पनि एमाले भित्रका कतिपय जुझारु कार्यकर्ताहरु लामो समयदेखि एमाले भित्र रही संगठन निर्माणदेखि पार्टी अनुशासनमा रही काम गर्दै आईरहेको त्यस्ता ईमान्दार नेता, कार्यकर्ताहरुको समेत मनमा चिसो पसेको हुन सक्ने देखिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट आफ्नो धरौटी समेत जफत हुने गरी मत प्राप्त गरेको पार्टीको तुलनामा समेत अहिले उपमहानगरपालिकाको स्थानीय तहको निर्वाचनमा एमालेको स्थान देख्दा अझै भन्नु पर्दा मेयरका उम्मेदवार प्रति कार्यकर्ता नेताहरु र एमाले शुभेच्छुकहरुले देखाएको अनुउदारपनले के देखाई रहेको छ, त्यो स्वयं एमालेजनले बुझ्ने कुरा हो ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा धनगढी उपमहानगरपालिका भित्र वडादेखि मेयर र उपमेयरको उम्मेदवारलाई मिलेको जुन जनमत छ, त्यो माओवादी केन्द्रका लागि बास्तवमै उसको चरम सफलता हो । अब माओवादी केन्द्रले नगरभित्र एमाले भन्दा एक कदम होईन, तीन कदम आफुलाई अघि भएको महसुस गरि रहेको छ ।
जसरी एक पटक माओवादीमा टुटफुट र गुटबन्दी अन्तरघात लगायतले सिमा नाघेको थियो । त्यसरी नै अहिले धनगढी उपमहानगरपालिकामा एमाले भित्र त्यहि मनोबिज्ञान सन्देश देख्न सकिन्छ ।
लोकसेवा आयोगेको तयारीका लागि उपयोगी
१.स्चिपोल अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ? — नेदरल्यान्ड आम्र्सडम
२. चोओयु हिमालको उचाई कति छ ? — ८२०१ मिटर
३. रणबहादुर शाहकी आमाको नाम के थियो ? — राजेन्द्रलक्ष्मी
४. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? — फ्रान्सको पेरिस
५. उल्टो झन्डालाई के को प्रतिकको रुपमा लिइन्छ ? — राष्ट्रिय विपत्ति वा शोक
६. भुटानका वर्तमान राजा को हुन ? — जिग्मे खेसर नाम्गेल वाङ्गचुक
७. ’कोकाकोला’ को प्रधान कार्यालय कहाँ रहेको छ ? — America, Georgia
८. गोरखाको अन्तिम राजा को हुन् ? — पृथ्वी नारायण शाह
९. UNESCO को मुख्य कार्यालय कहाँ रहेको छ ? — फ्रान्स पेरीस
१०. आइसिसि वल्र्डकप २०१५ का आयोजक राष्ट्रहरु कुन कुन हुन् ? — अष्ट्रेलिया र न्युजिल्यान्ड
११. ‘साल्पा पोखरी’ कुन जिल्लामा पर्दछ ? — भोजपुर
१२. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ? — प्रधानमन्त्री
१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ? — अप्रिल ७
१४. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ? — माघ २८
१५. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ? — लाओस
१६. ‘चापाकोट’ नगरपालिका कुन जिल्लामा पर्दछ ? — स्याङ्गजा
१७. नेपालको राजधानी काठमाण्डौं कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ? — ८५ डिग्री १५ मिनेट
१८. A2 कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ? — महेन्द्र राजमार्ग
१९. त्जभ च्ष्कष्लन ल्भउब िका प्रथम सम्पादक को हुन् ? — वरुण शमशेर जवरा
२०. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ? — म्यानमार
२१. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ? — रञ्जना लिपी
२२. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ? — मुस्ताङ
२३. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ? — १९३ किलोमिटर
२४. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ? — २७
२५. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ? — युरोप
२६. बौद्धको त्रिपिटक भएझैँ शिखको के ? —गुरुग्रन्थ
२७. प्रथम गोपालवंशी राजा भनेर कसलाई चिनिन्छ ? —भुक्तमान
२८. आइसिसि वल्र्डकप २०१५ मा कति राष्ट्र सहभागी थिए ? —१४
२९. ढुकुरको जोडीलाई के को प्रतिकको रुपमा लिइन्छ ? —प्रेम
३०. बास्केटबलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ? —५
३१. नेपालको पहिलो धार्मिक चलचित्र कुन हो ? — श्री स्वस्थानी
३२. रेडियो मस्को कुन देशको प्रमुख प्रसारण सेवा हो ? —रसिया
३३. बैकुन्ठ झरना कुन जिल्लामा पर्दछ ? —पाल्पा
३४. शुभश्रवा कुन नदिको पौराणिक नाम हो ? —सुनकोशी
३५. दुई हातको क्रस माथी खप्परलाई के को प्रतिकको रुपमा लिइन्छ ? —खतरा
३६. कुन देवतालाई दिगम्बर नामले समेत चिनिन्छ ? —शिव
३७. रुप्से झरना कुन जिल्लामा पर्दछ ? —म्याग्दी
३८. प्रथम लिच्छवी राजा भनेर कसलाई चिनिन्छ ? —जयदेव प्रथम
३९. पाकिस्तानको कलीङ्ग कोड कति हो ? —92
४०. युरोपको सबैभन्दा बढी बर्षा हुने मुलुक कुन हो ? — मोन्टेनेग्रो
साहित्य/सृजना
शान्ति प्रेमी
शान्ति प्रेमी नेपालीको
आज किन यस्तो हाल भो ?
बुद्ध जन्मेको नेपालमा
बुद्धिको किन अनिकाल भो ?
पहरा गर्ने स्वयम्भुको तिनै नेत्र
कहीं बन्दै त भएनन् ?
रक्षा गर्ने पशुपतिले शक्ति बोकी
कहि अन्तै त गएनन् ?
बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु म ।
स्वयम्भुको मौन आँखामा पनि
विवशताको आँशु देख्छु म ।
बिशाल हिमालको छातीमा
आजभोलि बिजुली चम्किन्छ रे ।
संधै शान्त हुने ती गाउँ बेसिमा
पनि चट्टान थर्किन्छ रे ।
मन उदाश छ,सोच्दै छु
कहीं शाहीदको बलिदान
त्यसै खेर जाने त हैन ?
लुटेराहरु तयार छन बस्ती लुट्न
कहीं पुर्खाको धरोहर लुटेर लाने त हैन ?
कवियत्री
अनु शाह
सूचना/सन्देश/बिज्ञापन
खोरेत रोगबारे जानकारी तथा त्यसबाट बच्ने उपाय
खोरेत रोग बिषाणुहरुद्वारा खुरफाटा जनावरहरुमा लाग्ने एक किसिमको सरुवा रोग हो । यो रोग हावाको माध्यमद्वारा पनि सर्ने भएकोले छिटो फैलिने सम्भावना बढी हुन्छ । यो रोग रोगी पशुलाई खुला चरिचरनमा चराउदा, लसपस भएको दाना पानी खुवाउदा तथा हावाबाट सर्ने गर्दछ । यो रोगका बिषाणुहरु पशुको शरीरमा बिभिन्न माध्यमद्वारा प्रबेश गर्दछन र रक्त संचारमा पुग्दछन । अनि यि बिषाणुहरुलाई सुहाउदो ठाउँको जस्तै मुख, जिब्रो र खुट्टाका कापमा रहेको ईप्पिथेलियम तन्तुहरुमा हुर्किन्छन र त्यहाँका तन्तुहरुमा घाउँ खटिरा र ज्वरो ल्याई रोग लगाउदछन । रोगको ओथारो अवधि १–२१ दिन को हुन्छ ।
लक्षणहरु ः स्थानीय नश्लका पशुभन्दा उन्नत नश्लका पशुहरुमा यो रोगको लक्षण कडा किसिमको हुन्छ । उच्च ज्वरो (१०६ डिग्रि फरेनहाईट) आउने, आहारा नखाने, सुस्त देखिने, मुखभित्रका म्यूकस झिल्ली रातो देखिने, मुख, जिब्रो, गिजा आदिमा फोका बन्ने र पशुले ¥याल काड्ने र फोकाहरु पmुटि जिबाणुहरुको सहज आक्रमणपछि ठुलो घाउहरु देखिने, दुई वटा खुरको बिचमा खुर र छाला जोडिने भागमा पानी फोका बनि घाउँ आउने, खोच्याएर हिडने, खुर छुट्टिने र कहिलेकाँही फाँचो र थुनमा पनि फोका बनि फुट्ने हुन्छ । पशु दुब्लाउदै जाने, दुध उत्पादन घट्ने, गोठभित्रका अरु पशुहरुमा रोग सर्ने, गर्भिणी पशुहरु तुहिने, सामान्यतया ठुला पशुहरुमा मृत्र्यु हुदैन तर कहिलेकाही ठुलो पशुमा मृत्यु दर २ प्रतिशत र सानो पशुमा (दुध चुस्ने) ३० प्रतिशत भन्दा बढिसम्म हुन सक्छ । रोग निको भइसकेपछि पशुहरुमा बाँजझोपन देखिने, पशुहरु थाक्ने, गर्मी सहन गर्न नसक्ने, रक्त अल्पता हुने, रौं र खुर बढ्ने, झुसिलो देखिने जस्ता लक्षणहरु देखा पर्दछन ।
रोगथाम तथा उपचार
यो रोगको खासै उपचार हुँदैन । तर पनि जिब्रोको घाउमा एलम बोरेक्सको झोल बनाएर लगाउने, खुट्टाको घाउहरुमा तारपिनको तेल लगाई किरा मार्न सकिन्छ, हिमेक्स चर्मिल मलहम प्रयोग गर्दा घाउलाई औसा पर्नबाट बचाउन सकिन्छ । अरु क्षेत्रमा रोग सर्न नदिन रिङ्ग भ्याक्सीनेसन गर्न सकिन्छ यसको बिस्तृत जानकारीको लागी नजिकको पशु सेवाकेन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा समपर्क राख्न सकिन्छ ।
रोगथामका उपायहरु
१.रोगी पशुलाई छुट्टा–छुट्टै राख्ने र गोठमा बधुवा गरि पाल्ने ।
२. रोगी पशुलाई सामुहिक चरन, पानी पधेरा, पशुमेला, हाटबजारमा नलैजाने ।
३. गोठ सफा र स्वच्छ राख्न फिनायल पानी छर्कने ।
४.आगन्तुकहरुलाई गोठ वा फार्ममा प्रबेश निषेध गर्ने ।
५. गोठको मुल ढोकामा चुन राखि चुनमा खुट्टा टेकेर मात्र गोठमा प्रबेश गर्न दिने ।
६. रोगी पशुको बाच्छा÷बाच्छी, पाडा÷पाडीलाई निरोगी पशुको दुध उमालेर खान दिने ।
७ रोगी पशुको उपचार गर्ने र स्वस्थ पशुलाई खोरेत रोग बिरुद्ध खोप दिने ।
८. खोपको लागी सम्बन्धित पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्ने ।
९. मरेको पशुलाई खाल्डोमा पुरी चुना छकर्ने ।
No comments:
Post a Comment