Tuesday, July 4, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७४ साल असार २० गते मंगलवार

गरीवी, अन्याय, अत्याचार,  भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा सत्रु   हुन । यसका बिरुद्ध सवै सचेत, सजग र क्रियासिल रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

यस्ता छन डोटीका स्थानीय तहमा जनप्रतिनिधिहरु

बुधबार सम्पन्न निर्वाचनबाट डोटीका नौ वटै स्थानीय तहहरुले जनप्रतिनिधि पाएका छन । पटक पटक निर्वाचन सर्दा निराश भएका मतदाताहरुले अन्ततः आफ्नो प्रतिनिधि छान्न पाएकोमा खुशी व्यक्त गरेका छन । 
दुई नगरपालिका र सात गाउँपालिका गरि नौ स्थानीय तह रहेको यस जिल्लामा नेकपा एमाले सवैभन्दा ठुलो पार्टीका रुपमा स्थापित भएको छ । एमालेले दिपायल सिलगढी नगरपालिका र चार गाउँपालिका गरि पाँच स्थानमा बिजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसले शिखर नगरपालिका र दुई गाउँपालिका हात पारेको छ भने माओवादी केन्द्र बोगटान गाउँपालिकामा सिमित भएको छ । 
यि हुन एमाले बाजी मारेका पाँच तह 
जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । मेयर पदमा एमालेका मञ्जु मलासी बिजयी भएकी छन । एमाले जिल्ला उपसचिव समेत रहेकी उनी दोश्रो चरणको निर्वाचनमा बिजयी हुने पहिलो महिला मेयर भएकी छन । उनले चार हजार चार सयय १८ मत प्राप्त गरेकी छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाजीसिंह खड्का (बिजय) ले चार हजार एक सय ५२ मत प्राप्त गरेका छन । 



यस्तै उपमेयरमा नेकपा एमालेकै शिवराज खड्का बिजयी भएका छन । खड्काले चार हजार पाँच सय ३६ मत ल्यायी बिजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रशिस महराले चार हजार ९३ मत प्राप्त गरेकी छन । 
नगरपालिकाका नौ वडाहरुमध्ये पाँच वडामा एमाले बिजयी भएको छ । वडा नं. १, ५, ६, ७ र ९ वाट एमालेले बिजयी प्राप्त गरेको छ भने अन्य वडाहरु कांग्रेसले हात पारेका छन । यस नगरपालिकामा २०५४ सालमा पनि एमाले बिजयी भएको     थियो । 
यस्तै डोटी जिल्लामा कम्युनिष्टको उर्वरक क्षेत्रका रुपमा परिचित जोरायल गाउँपालिकामा पनि एमाले बिजयी भएको छ । अध्यक्ष पदमा एमालेका उम्मेदवार दुर्गादत्त ओझा बिजयी भएको छन । एमाले जिल्ला उपाध्यक्ष समेत रहेका ओझाले ६ सय ४६ मतले उछिन्दै अध्यक्ष पद हात पारेका छन । ओझाले तीन हजार आठ सय ७४ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्दी दिपककुमार बिष्टले तीनहजार दुई सय २८ मत प्राप्त गरे । 


उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन हजार नौ सय ५९ मत प्राप्त गरि बिजयी भएकी छन । उनका प्रतिद्वन्द्वी कांग्रेस भावना बम (ओझा) ले तीन हजार ४६ प्राप्त गरेकी    छन । 
६ वडा रहेको यस गाउँपालिकामा एमाले वडा नं. २, ४ र ६ हात पारेमो छ भने अन्य वडाहरु कांग्रेसले जितेको छ । 
नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित डोटीको पूर्वीचौकी गाउँपालिकामा पनि एमालेले बाजी मारेको छ । एमालेका उम्मेद्वार दिर्घराज बोगटीले तीन हजार ६ सय १५ पाई बिजयी भएको हुन । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा उम्मेदवार उपाध्यायले तीन हजार पाँच सय ६८ मत प्राप्त गरेका छन । 


यस्तै उपाध्यक्षमा पनि एमालेकै निर्मला साउँदले तीन हजार पाँच सय ८७ मत पाई बिजयी भएकी छन । उनका प्रतिद्वन्द्वी कांग्रेसका मायाँ कुँवरले तीन हजार पाँच सय २८ मत प्राप्त गरेका छन । 
वडाहरुमा भने नेपाली कांग्रेसकै बाहुल्यता देखिएको छ । ७ वडा रहेको यस गाउँपालिकामा १, २, ३, ४ र ७ मा कांग्रेस बिजयी भएको छ भने ५ र ६ मा मात्र एमाले बिजयी भएको छ । 
एमाले अध्यक्ष चक्रवहादुर मल्ल, पूर्व सांसद हर्कवहादुर सिंह लगायतका एमाले हस्तीहरुको क्षेत्र आदर्श गाउँपालिकामा पनि एमालेनै उत्तीर्ण भएको छ । 
अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर रोकायाले तीन हजार पाँच सय ३५ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मणवहादुर सिंहले दुई हजार सात सय ६ मत प्राप्त गरेका छन । 


यस्तै उपाध्यक्षमा एमालेकै कमलादेवी ओझाले तीन हजार पाँच सय ३७ मत पाई बिजयी भएकी छन । उनका निकटतम् प्रतिनिधि कांग्रेसका कृष्ण ओझाले दुई हजार ६ सय ४२ मत प्राप्त गरिन । 
यस गाउँपालिकामा रहेका ७ वडा मध्ये वडा नं. ४ मा पुरै प्यानल नेपाली कांग्रेसले जितेको छन भने अन्य ६ वडाहरुमा एमालेले जित हात पारेको छ ।
सायल गाउँपालिकामा पनि एमालेले कव्जा जमाएको छ । ६ वडा रहेको सायल गाउँपालिकामा एक वडा कांग्रेसले हात पा¥यो । अन्य सवै वडाहरुमा एमालेकै कव्जा देखियो । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेद्वार तेजबहादुर डुम्रेल बिजयी भए । उनी दुई हजार ६ सय ३१ मत प्राप्त गरि बिजेता बने । उनका प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज जोशीले दुई हजार तीन सय १२ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि एमालेकै बिष्ना सिंहले बाजी मारिन । सिंहले उपाध्यक्षमा सिंहले दुई हजार सात सय २४ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी कांग्रेसका पूर्णमाया बिष्टले दुई हजार दुई सय ५८ मत प्राप्त गरिन ।   
बोगटान उपाध्यक्ष पनि एमालेकै 

अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको बोगटान गाउँपालिकाको उपाध्यक्ष पनि एमालेको पोल्टामा परेको छ ।
एमाले उपाध्यक्षका  उम्मेदवार भगवति बम बिजयी भएकी छन । उनले एक हजार आठ सय ९४ मत प्राप्त       गरिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रा भुलले एक हजार आठ सय ६८ मत प्राप्त गरिन् । 
यि हुन कांग्रेसका तीन तह 
जिल्लामै बलियो पार्टीका रुपमा चिनिएको नेपाली कांग्रेसले भने यस पटक आफ्नो सान बनाउन सकेन । नौ स्थानीय तहहरुमध्ये तीन तहमा मात्रै कांग्रेसले चित्त बुझाउनु पर्ने अवस्था आएको छ । 
के आई सिंह गाउँपालिकामा एमालेले एकलौटी जित हात पारेको छ । सात वडा रहेको उक्त गाउँपालिकामा कांग्रेससंगै, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाका उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गरेका भएपनि ३७ वटै पदहरुमा कांग्रेसले आफ्नो किल्ला जमाएको छ । कांग्रेसलाई जिल्लाभरीमा सवैभन्दा बढी सफलता यस गाउँपालिकामा भएको छ । पार्टी संगठनको बलियो आधार, उम्मेदवारको क्रियासिलता र अन्य दलहरुको सांगठानिक अवस्था कमजोर भएका कारण कांग्रेसलाई यस गाउँपालिकामा उच्च सफलता मिलेको अनुमान गरिन्छ । 


गाउँपालिकाको अध्यक्षमा उम्मेदवार लोकन्द्र शाहीले बाजी मारेका छन । उनले   एमालेका उम्मेदवार यज्ञराज जोशीलाई एक हजार ६ सय ८५ को मत अन्तरले  पराजित गरेका हुन । शाहीले दुई हजार सात सय ६२ मत प्राप्त गरे भने जोशीले एक हजार ७७ मत ल्याएका थिए । 
उपाध्यक्षमा पनि कांग्रेसकै मिना बिष्ट बिजयी भएकी छन । बिष्टले दुई हजार पाँच सय ६२ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी एमालेका निर्मला जोशी एक हजार सात सय १२ मतमा सिमित भईन । 
उता साबिकका नौ गाबिस मिलाएर बनाईएको शिखर नगरपालिकामा नेपाली कांग्रेसले कव्जा जमाएको छ । सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य बिरवहादुर बलायर, पूर्व मन्त्री भक्तबहादुर बलायर, २०७० सालको संबिधानसभाको निर्वाचनका उम्मेदवार कांग्रेस नेता योगेन्द्र शाहीको क्षेत्र समेत रहेको यस नगरपालिकामा कांग्रेसले आफ्नो दवदवा कायम राख्न सफल भएको छ । ११ वडा रहेको नगर–पालिकामा मेयर, उपमेयर सहित सात वडामा कांग्रेस बिजयी भएको छ । तीन वडामा एमाले र एक वडामा कांग्रेस बिजयी भएको छ । 

कांग्रेसबाट मेयरका उम्मेदवार सिताराम जोशीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार शेरबहादुर मल्ललाई नौ सय १७ मतले पछि पार्दै बिजयी भएका हुन । जोशीले पाँच हजार तीन सय ५३ मत प्राप्त गरेका छन भने मल्लले चार हजार चार सय ३७ मत ल्याई दोश्रो स्थानमा रहेका छन ।
यस्तै उपमेयरमा कांग्रेसकै धौलीदेवी रावल बिजयी भएकी छन । रावलले पाँच हजार दुई सय ३५ मत पाइन । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राधिका बोहराले चार हजार चार सय ७० मत प्राप्त गरेकी छन । 
जिल्लाको सवैभन्दा दुर्गम मानिने सवैभन्दा सानो स्थानीय तह बढीकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेसनै बिजयी भएको छ । 
कांग्रेस उम्मेदवार कृष्णबहादुर चन्द दुई हजार तीन सय २१ मत प्राप्त गरि बिजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भक्तवहादुर साउँदले दुई हजार आठ सय मत्र प्राप्त गरे ।


उपाध्यक्षमा कांग्रेसकै ईन्द्रा बोहराले  दुई हजार दुई सय २५ मत प्राप्त गरि बिजयी भईन । उनका प्रतिद्वन्द्वी एमालेका भुवन बम (मल्ल) ले दुई हजार २८ मत प्राप्त गरिन । पाँच वडामात्र रहेको यस गाउँपालिकामा कांग्रेसले तीन र एमालेले दुई वडा हात पा¥यो । 
माओवादी एक प्रमुखमा सिमित 
२०६४ सालको संबिधानसभाको निर्वाचनमा जिल्लामै ठुलो शक्तिको रुपमा देखिएको तत्कालीन नेकपा माओवादी (हालको नेकपा माओवादी केन्द्र) २०७० सालमा निर्वाचनताका देखि आफ्नो आकार घटाउँदै आएको छ । बुधबार सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादीको अवस्था खस्कदो देखिएको छ । जिल्लाभ– रीमा एक गाउँपालिका प्रमुख र चार वडा प्रमुखमा मात्रै माओवादी केन्द्र सिमित रहेको देखिएको छ । नेकपा माओवादी केन्द्र जिल्लाका अन्य कुनै स्थानीय तहमा प्रतिस्पर्धामा आउन सकेन तर वोगटान गाउँपालिकाको प्रमुखमा भने आफ्नो कव्जा जमाउन सफल भएको छ । 

सात वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्रले तीन वडा आफ्नो पक्षमा पार्न सफल भएको छ । तीन वडा एमाले र एक वडा कांग्रेसको हात परेका छन । 
गाउँपालिका अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवार कमल गड्सिला “एनान” बिजयी भएका छन । एनानले दुई हजार ८९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका टेकबहादुर बमले एक हजार आठ सय आठ मत ल्याए ।

सम्पादकीय

शुभ होस् कार्यकाल ।

स्थानीय तहको निर्वाचन अन्तरगत दोश्रो चरणको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताको लामो पर्खाई पछि स्थानीय तहमा जनप्रतिनिधिहरु आएका छन । जनताद्वारा अनुमोदित भएर आएका प्रतिनिधिहरु सवैलाई हार्दिक बधाईका साथसाथै कार्यकालको सफलताको शुभकामना छ । 
जनताले ठुलो आश गरेका छन जनप्रतिनिधिहरुबाट । १५ बर्षसम्म आफ्नो नजिकको जनप्रतिनिधिहरु नहुँदा भोगेका पिडाहरुबाट मुक्ती चाहेका छन जनताले । यद्यपी यो १५ बर्षसम्म राष्ट्रसेवक कर्मचारीहरुले धानेकै हुन मुलुक । कम जनशक्ति भएका कारण केही समस्याहरु आएका होलान, त्यो बेग्लै पाटो हो तर उनीहरुको योगदानको अवमुल्ययन गरिनु हुँदैन । सबै जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई धन्यवाद दिनु पर्छ र उनीहरुबाट अनुभव ग्रहण गर्नु पर्छ । 
चुनाव प्राबिधिक बिषय हो, चुनाव जित्नु र जितिसकेपछि जनताको सही प्रतिनिधि भएर काम गर्ने बिषय फरक बिषय हो । नेपाली जनताले चुनेर पठाएका केही अनुहारहरु उत्साहित छन, जनताको लागि केही गर्नु पर्छ, आफ्नो गाउँको बिकास गर्नु पर्छ भन्ने सोचका छन तर नीतिगत कुराको जानकारी छैन, अनुभव छैन त्यस्तोमा अलमल पर्न सक्छन, त्यतिबेला फेरी कर्मचारीहरुलेनै उनीहरुलाई सल्लाह सुझाव दिनु पर्ने हुन्छ । त्यस्तै कतिपय प्रतिनिधिहरु जनताको रगत पसिना चुसेर ढाडिएका जुका जस्ता पनि आएका छन । भ्रष्टाचारकै जगबाट राजनीतिक यात्रा सुरु गरेकाहरु पनि जनप्रतिनिधि भएर आएका छन । उनीहरु कानुनी रुपमा र व्यवहा– रिक रुपमा पनि चतुर छन । उनीहरुलाई जनताको सेवा गर्नु जरुरी छैन, पदीय आडमा भ्रष्टाचार गर्नु पर्ने छ । यस्तालाई खवरदारी गर्न र सही बाटोमा ल्याउनका लागि पनि अनुभवी कर्मचारीहरुकै आवश्यकता पर्दछ । 
१५ बर्षसम्म जनप्रतिनिधिबिहिन हुँदा स्थानीय निकायहरुमा भ्रष्टाचार संस्थागत र संरचनागत भएको छ । संस्थागत यस अर्थमा  कि प्रत्येक बर्ष एउटै कार्यालयमा एउटै शिर्षकमा भ्रष्टाचार हुने   गरेको छ । संरचनागत यस अर्थमा कि उपभोक्ता देखि मन्त्री÷सचिवसम्म भ्रष्टाचारको रकममा भागवण्डा हुने गरेको छ । अर्थात तलदेखि माथीसम्म मौलाएको छ भ्रष्टाचार । यसमा कर्मचारीहरु त दोषी छन नै सर्वदलीय संयन्त्रको नाममा योजनाको भागवण्डा गर्ने र आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर फेरी भागवण्डा गर्ने नेताहरु त्यो भन्दा बढी दोषी छन । त्यसैले यो एउटा प्रमुख समस्या हो अहिलेका जनप्रतिनिधिहरुका लागि । भ्रष्टाचार रोक्न सहज पनि छैन, भ्रष्टाचार नरोकेर स्थानीय तह चलाउन सम्भव पनि छैन । 
अर्को कुरा समग्र सुशासन कायम गर्नु पनि चुनौती छ ।  कर्मचारीमा केही सधैंभरी जोतिएका छन, खटेका छन, उनीहरुलाई जनताको सेवासंग मतलव छ । तर, केही यस्ता कर्मचारीहरु पनि छन जो कार्यालयमा हाजिर लाउछन अनि ठेक्कापट्टामा जान्छन । हाजिर लाएर व्यापार गर्ने, बरु तास खेल्न जाने, राजनीति गर्न जानेहरुको पनि कमी छैन । ति कर्मचारीहरु जनप्रतिनिधिका मातहतमा आउन चाहिरहेका पनि छैनन् । उनीहरुलाई मातहतमा राख्नु र ‘हायर एण्ड फायर’ को नीति अवलम्वन गर्न सक्नु जरुरी छ । ट्रेड युनियन अधिकार त्यहाँ हुन्छ जहाँ मजदुरले आफ्नो कर्तव्य पुरा गरेको हुन्छ । आफ्नो कर्तव्य पुरा नगर्ने अनि ‘मलाई कारवाही गर्न पाईदैन’ भन्ने, यो ट्रेड युनियन अधिकार होईन । यो त जवरजस्ती हो, दादागिरी हो । ट्रेड युनियन अधिकारको अर्थ कर्मचारीले राजनीतिक दलको झण्डा बोकेर प्रचार गर्न पाउने होईन । ट्रेड युनियन भनेको कर्मचारीको हक अधिकारका लागि सामुहिक सौदाबाजी गर्न पाउनु हो, सेवा सुबिधाका लागि सामुहिक सौदाबाजी गर्न पाउनु हो । 
त्यसैले यि र यस्ता चुनौतीहरुमा साहस गरेर जनप्रतिनिधिहरुले आफुलाई स्थापित गर्न सकुन भन्ने शुभकामना छ ।

थप समाचार 

एमाले भन्छ ः सत्ता, शक्ति र स्रोतको दुरुपयोग भयो


बुधवार सम्पन्न संबिधानसभाको निर्वाचनमा सरकारले सत्ता, शक्ति र स्रोतको दुरुपयोग गरेको नेकपा एमालेले आरोप लगाएको छ । 
एमाले जिल्ला कमिटी डोटीद्वारा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले सो कुरा बताएका हुन । २० बर्षपछि भएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु,        राजनीतिकर्मीहरु र आम मतदातालाई धन्यवाद दिँदै मल्लले भने ‘जनताको बिश्वासले नेकपा एमाले डोटीले जिल्लामा पहिलो पटक अपार सफलता पाएको छ, यो जनबिश्वासलाई हामी टुट्न दिने छैनौं ।’ 
एमाले पाँच स्थानमा पुरै र एक स्थानमा उपाध्यक्ष जितेको बताउदै मल्लले भने ‘हामीले भरसक नौ वटै स्थान नत्र ७ स्थान त सजिलै जित्ने भन्ने अनुमान गरेका थियौं तर सत्ता, शक्ति र स्रोतको दुरुपयोग भएका कारण अरु ठाउँमा सफलता हात पार्न सकिएन ।’ पार्टी संगठन राम्रो हुनु, कार्यकर्ताहरु सक्रिय भएर लाग्नु, समाजमा उम्मेदवारहरुको छवी राम्रो हुनु र एमालेको नीति र बिचार जनताले स्वीकार गर्नु जितका मुख्य कारण भएको मल्लले वताए । 
सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा मल्लले भने ‘न एमालेसंग बाँड्नलाई पैसा छ, न एमाले चुनावमा पैसा बाँड्ने निकृष्ट हर्कत गर्छ, एमाले जनताको मतमा बिश्वास गर्ने पार्टी हो, जनताले मत दियो जितियो ।’ उनले एमालेले पैसा बाँडेर चुनाव जित्यो भन्ने कुरा हास्यास्पद भएको  वताए । 
आईतबार नेपाली कांग्रेस डोटीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका तर्फबाट दिपायल सिलगढी नगरपालिकाको मेयरका उम्मेदवार बाजी सिंह खड्का (बिजय) ले एमालेले पैसा बाँडेर चुनाव जितेको आरोप लगाएका थिए ।  
जिल्ला समन्वय समितिको बिषयमा सोधिएको प्रश्नको जवाफमा मल्लले भने ‘यस बिषयमा पार्टीभित्र अहिलेनै सल्लाह भईसकेको छैन, हामी सल्लाह गरेरे निर्णयमा पुग्छौं ।’ पार्टीमा ईमानदारिता, लगनशिलता, निरन्तरता लगायतका बिषयहरुलाई ध्यान दिएर योग्य व्यक्तिहरु जिल्ला समन्वय समितिमा पठाईने मल्लले  वताए । 
पत्रकार सम्मेलनमा दिपायल सिलगढी नगरपालिकाका नव निर्वाचित मेयरले नगरको बिकासका लागि ठोस योजना बनाएर लागु गर्ने बताईन । 

कांग्रेस हारको प्रमुख कारण ः अन्तरघात


नेपाली कांग्रेसको तर्फवाट डोटी दिपायल सिलगढी नगर–पालिकाको मेयर पदका उम्मेदवार बाजीसिंह खड्का (बिजय) ले आफु लगायत जिल्लाभरीमा पार्टीले चुनाव हार्नुको मुख्य कारण पर्टीभित्रको अन्तरघात भएको बताएका छन । 
चुनावको बिषयमा नेपाली कांग्रेस दिपायल सिलगढी नगर ईकाइ समितिद्वारा आईतवार साँझ आयोजित पत्रकार सम्मेलनमा खडकाले सो कुरा बताएका हुन । ‘कांग्रेस चुनाव हार्नुको प्रमुख कारण पार्टीभित्रको अन्तरघातनै हो’ खड्काले भने ‘दोश्रो कारण आर्थिक चलखेल पनि भएको छ ।’ पार्टीले टिकट बितरणका क्रममा ढिलाई गर्नु पनि चुनाव हार्नुको कारण भएको उनले   बताए । 
नव निर्वाचित मेयर र उपमेयरलाई बधाई दिँदै खड्काले भने ‘जनताको पक्षमा उहाँहरुले गर्ने सम्पूर्ण कामहरुमा मेरो साथ र समर्थन रहनेछ ।’ चुनावमा  हारेपनि आफु छाँया मेयरको रुपमा काम गर्ने खड्काको भनाई छ । ‘म छायाँ मेयर हुँ, जनताको सेवा र नगरको बिकासका लागि आवश्यकता परेको बेला म सहयोग गर्न सधैं तयार रहनेछु’ सञ्चारकर्मीहरुसंग कुरा गर्दै खड्काले भने ‘यदि जनभावना बिपरित काम भयो भने खवरदारी गर्नका लागि पनि म पछि पर्ने छैन ।’ 
आफु लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण चुनावमा आएको परिणाम स्वीकार गर्दै उनले भने ‘यदि पार्टी भित्रैबाट अन्तरघात हुँदैनथ्यो र एमालेले ठुलो धनरासी लगाउँदैनथ्यो भने म चुनाव जित्ने थिएँ ।’ उनले भने ‘देशको प्रधानमन्त्री बन्ने हैसियत राख्ने व्यक्ति राती राती पैसाको झोला बोकेर टोलटोलमा जान्छन भने परिणाम यस्तो आउनु स्वभाविकै हो ।’ उनले ति व्यक्तिको नाम भने खोलेनन् । आफुले  संस्कारको राजनीतिक गरेको उनको दावी थियो । 
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस दिपायल सिलगढी नगर सभापति गणेश मलासीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका सहयोग गर्नु हुने मतदाता, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, पार्टी नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिँदै भने ‘चुनावको बेलामा अन्तरघात गर्ने कार्यकर्ताहरुलाई कारवाही नभए म नगर सभापति पदबाट राजीनामा दिनेछु ।’ उनीसंगै कांग्रेस जिल्ला सचिव बिरेन्द्र खड्काले पनि पार्टी उम्मेदवारको बिरुद्धमा लाग्नेलाई कारवाही नभए आफु पनि पार्टी छोड्ने चेतावनी दिए । 
कांग्रेस डोटी जिल्ला सभापति प्रदिप देउवाले पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई कारवाही हुने बताए । ‘केही व्यवस्थापनमा समस्या भएको हो’ देउवाले भने ‘कुन कार्यकर्ताले कहाँ अन्तरघात गरेको छ भन्ने बिषयमा हामीले सबै बुझेका छौं, यस बिषयमा आवश्यक कारवाही हुन्छ ।’ उनले पार्टीले टिकट बितरणका क्रममा कुनै पक्षपात नगरेको समेत दावी गरे । 

यसरी पोखियो सडकमा खुशी


‘सही पनि एमाले, मै पनि एमाले’ चर्चित गायक बद्री पंगेनीले गाएको यो गित चर्कै स्वरमा बज्दै थियो, सिमसिम पानी पर्दै थियो, अविरमालाले सज्जिएका एमाले कार्यकर्ताहरु सुर्य झण्डाका साथ उफ्रि–उफ्रि नाच्दै थिए । 
शनिवार अवेर राती सार्वजनिक भएको परिणाम अनुसार डोटी दिपायल सिलगढी नगरपालिकाको मेयर, उपमेयर र बहुमत वडाहरु एमालेले जितेपछि आईतवार बिहानै देखि डोटी सदरमुकाम सिलगढीमा चहलपहल बढेको थियो । एक–अर्कालाई बधाई दिने, अविर दल्ने प्रक्रिया सुरु भयो । २० बर्षपछि जनताले आफ्नो नजिकको प्रतिनिधि छान्न पाएकोमा उत्साही थिए । सायद नगरप्रमुखमा महिला बिजयी भएकाले होला बिजयी जुलुसमा पनि महिलाहरुको संख्या उल्लेख्य थियो । 
‘यो जित मेरो मात्रै नभएर सवै जनताको हो, जसरी जनताले मलाई माया गरेर यो स्थानमा पु¥याएका छन, त्यसरीनै म जनताको पक्षमा रहेर काम गर्नेछु’ नगरबासीको तर्फबाट अविरमाला थाप्दै नवनिर्वाचित मेयर मञ्जु मलासी भन्दै थिईन ‘म तपाईहरुको भरौसा टुट्न दिने छैन ।’ उनी आफु एमालेको तर्फवाट उम्मेदवार भएको भएपनि अव साझा व्यक्ति भएकाले सवै नगरवासीहरुलाई समान व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दै थिईन । 
एमाले डोटी जिल्ला अध्यक्ष चक्रवहादुर मल्ल, पूर्व सभासद् तथा एमाले प्रदेश नं. ७ का सदस्य हर्कवहादुर सिंह, पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश नंं. ७ का सदस्य नारद मलासी, दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशी लगायत एमाले नेताहरु पनि वजारमा अविरमाला थाप्दै नगरवासीलाई धन्यवाद दिँदै हिड्दै थिए । होलीको दि नझैं बजारमा रङ्गोली भईरहेको थियो । 
नेकपा एमालेले आईतवार निकालेको बिजय जुलुसमा नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बाजागाजा र नारा सहितको जुलुसमा नवनिर्वाचति उपमेयर शिवराज खड्का, एमालेको तर्फवाट बिजयी वडा अध्यक्ष तथा सदस्यहरु पनि घरघरमा अविरमाला थाप्दै जनताको सेवामा सक्रि रहने प्रतिवद्धता गरिरहेका थिए । 


खेल समाचार 

पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप– २०७४ असार २४ देखि हुने भएको छ ।
२०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा वरियता प्राप्त पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
यसैको निरन्तरता स्वरुप अर्को साता सातदोवाटो स्थित अन्तराष्ट्रिय खेल परिषदमा असार २७ सम्म छैटौं संस्करण आयोजना गर्न लागिएको नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी  दिए । पाँचौं संस्करणसम्म वरियता प्राप्त खेलाडीलाई मात्र समाविष्ट गराएर प्रतियोगिता संचालन गर्दै आईरहेकोमा अन्य खेलाडीको गुनासोलाई मध्यनजर राख्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ ब्वाइज र गल्र्स एकल, यु–१७ ब्वाईज र गल्र्स एकल तथा ४५ बर्ष माथिको भेट्रान्स जोडी गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ६६ हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगितमा ३ लाख ४० हजार पुरस्कार राशी रहेको छ । जसमा पुरुष र महिला एकलमा प्रथमलाई ५० हजार र ट्रफी, द्वितीयलाई २५ हजार र ट्रफी तथा तृतीयलाई १० हजार र ट्रफी प्रदान गरिने छ । यस्तै अन्य विधाका प्रथम, द्वितीय र तृतीयले नगद १० हजार, ७ हजार र ४ हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामाग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

चलचित्र्म/नोरञ्जन 

छायांकन नसकिँदै ‘बाबुकान्छा’ को फष्टुलक सार्वजनिक

छायाँकन सकिएको हुँदैन, निर्माता निर्देशकलाई चलचित्र प्रदर्शनको हतारो हुने गर्दछ । यस्तै हतारो निर्देशक शोभित बस्नेतमा पनि देखिएको छ । उनको पछिल्लो चलचित्र ‘बाबुकान्छा’को केही छायाँकन अझे बाँकी छ ।
 तर पनि उनले चलचित्रको रिलिज मिति मंसिर १५ गते घोषणासँगै पोष्टर अर्थात फष्टलुक सार्वजनिक गरेका छन् । फष्टलुकमा तीन हिरोइनका साथ सलोन सहित दुई हिरो देखिएका छन् ।
 लेखन, निर्माण र निर्देशन समेत शोभितकै रहेको चलचित्रको रोकिएको छायाँकन अभिनेता सलोन बस्नेत लन्डन अवार्डबाट फर्किए पछि हुनेछ ।
 चलचित्रको गीत दुवइमा छायाँकन गर्ने बताइएको चलचित्र ‘बाबुकान्छा’मा सलोनको अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायत अभिनय रहनेछ । 
अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले अभिनेत्रीको रुपमा यसै चलचित्रबाट डेव्यू गर्दैछन् । रवि अधिकारीको कायृकारी निर्माण रहेको चलचित्रका सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माता हुन् । 

धनपति यूट्यूवमा रिलिज नहुने

फिल्म  ‘धनपति’ लाई यूटुयूवमा रिलिज नहुने भएको छ ।
‘पशुपति प्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म धनपति यूटुयूवमा रिलिज नहुने भएको हो ।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ ।
गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उसँग अन्य आयस्रोत हुँदैन । इमान बेच्न नचाहने स्वाभिमान   छ । छोरीलाई बोर्डिङ स्कुल पढाउन  चाहन्छ । समाजमा गिन्तीमा नआउने यस्तै सानो मान्छेका साना झैं लाग्ने समस्याका कथालाई ठूलो पर्दामा उतारिएको छ ।
खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको ‘धनपति’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्म यही असार २३ गते प्रर्दशनमा आउँदैछ ।

लेख 

अब प्रदेशको चुनाव कहिले ? कात्तिकमा कि माघमा ?

अरुण बराल 
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय चुनाव उत्साहका साथ सकिएको छ । अब ७५ जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै चुनाव हुन बाँकी छ, जहाँ असोज २ गते मतदान हुँदैछ । स्थानीय चुनाव सकिएपछि अब प्रदेश र केन्द्रीय संसदका दुईवटा चुनावहरु गर्नुपर्ने दायित्व देउवा सरकारको काँधमा छ । आगामी माघ ७ गतेभित्रै प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने छ ।
तर, प्रदेश सभाको चुनाव गर्नुभन्दा अगाडी देउवा सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । यी कामहरु स्थानीय चुनाव सकिना साथ अघि बढाइएन र अलमल गरियो भने सरकार संवैधानिक संकटमा फस्न सक्छ ।
कसरी हुन्छ प्रदेशको चुनाव ?
नेपालको इतिहासमा पहिलो चोटी हुन गइरहेको प्रदेश सभाको चुनाव निकै रोचक हुनेवाला छ । केन्द्रीय चुनावका लागि तय भएको एउटा निर्वाचन क्षेत्रबाट प्रदेश सभामा दुईजना जनप्रतितिनिहरु प्रत्यक्ष मतदानबाट छानिने छन् । नयाँ संरचना अनुसार संविधानले १६५ वटा निर्वाचन क्षेत्र तोकेको छ । यो व्यवस्था अनुसार देशभरीबाट ३३० जना प्रदेश सभा सदस्यहरु निर्वाचित हुनेछन् ।
अर्थात्, प्रदेश सभामा ३३० जना प्रत्यक्ष चुनावबाट छानिने छन् भने बाँकी २२० जना समानुपातिक मतका आधारमा छानिने छन् । यसका लागि दलहरुले केन्द्रको चुनावमा जस्तै प्रदेशको चुनावमा पनि आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउनुपर्ने हुन्छ ।
निर्वाचन क्षेत्र निर्धारणको काम
प्रदेशको चुनाव गराउनका लागि सबै भन्दा पहिले देउवा सरकारले गर्नुपर्ने काम भनेको संविधानले भने   अनुसारको निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ । अहिले २४० वटा निर्वाचन क्षेत्र छन, यसलाई घटाएर १६५ मा झारेपछि मात्रै प्रदेशको चुनाव गर्ने बाटो खुल्छ ।
निर्वाचन क्षेत्र निर्धारणका लागि सरकारले आयोग गठन गर्नुपर्ने हुन्छ । र, सो आयोगलाई काम गर्न केही समय लाग्न सक्छ ।
समयको चाप
समयको चापको कुरा गर्दा आगामी माघ ७ भित्र केन्द्रको चुनाव सक्ने हो भने त्योभन्दा तीन महिना अघि नै निर्वाचन आयोगलाई चुनावको मिति दिनुपर्ने हुन्छ । अर्थात सरकारले कम्तिमा कात्तिक ७ गते भित्रै केन्द्रीय चुनावको तिथि तोकी सक्नुपर्ने हुन्छ ।
सरकारले प्रदेशको चुनाव नसकी निर्वाचन आयोगलाई चुनावको तयारी गर भन्न सक्दैन । जस्तो (अहिले स्थानीय चुनावको तयारी गर्नेक्रमै आयोगलाई प्रदेशको चुनावको तयारी गर भन्न सकिँदैनथ्यो ।
यसको मतलव, कात्तिक ७ गते भित्रै निर्वाचन आयोगलाई केन्द्रीय चुनावको तयारी गर्न समय दिने हो भने सरकारले कात्तिक ७ गतेभित्रै प्रदेशको चुनावबाट उसलाई फुर्सद दिइसक्नुपर्ने हुन्छ ।
तर, असोज २ गते दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव गराउने घोषणा गरेको सरकारले कात्तिकको पहिलो सातामै प्रदेशको चुनाव कसरी गराउन सक्ला ? यो सहज देखिँदैन ।
प्रदेश सभाको चुनावको हिसाब गर्दा कात्तिक पहिलो सातादेखि उताको तीन महिना निर्वाचन आयोगलाई केन्द्रीय चुनावको तयारीका लागि चाहिन्छ । तर, त्यस यताको समय प्रदेश सभाको तयारीका लागि निकै कम छ ।
जस्तो कि (असार १४ को चुनावको नतिजा आउने क्रम र सरकार पुनगर्ठन लगायतका कामहरु गर्दा असार महिना बित्न सक्छ । त्यस लगत्तै भदौको पहिलो साता नै सरकारले प्रदेश सभाको चुनावको मिति घोषणा ग¥यो भने बाँकी ३ महिनामा अर्थात, कात्तिक पहिलो साता प्रदेश सभाको चुनाव गर्न सम्भव हुन सक्छ ।
तर, आयोगले कात्तिकमा प्रदेश सभाको र असोजमा दुई नम्बर प्रदेशको स्थानीय चुनावको तयारी एकैचोटी गर्नुपर्ने कार्यतालिका ‘ओभर ल्यापिङ’ हुने देखिन्छ ।
दुई नम्बर प्रदेशको स्थानीय चुनावको तयारी र प्रदेश सभाको चुनावको तयारी निर्वाचन आयोगले एकैसाथ गर्न सक्छ ? अथवा, निर्वाचन आयोगले प्रदेश सभा र केन्द्रको चुनावको तयारी एकैसाथ गर्न सक्छ ? यो गम्भीर बहसको विषय हो ।
सरकारले भदौमा प्रदेश सभाको मिति घोषणा गरेर निर्वाचन आयोगलाई प्रदेश सभाको चुनावको तयारी गर भन्नका लागि निर्वाचन क्षेत्रको निर्धारण भएकै छैन । निर्वाचन क्षेत्र नै तय नगरी आयोगले कसरी प्रदेशको चुनावी तयारी गर्ने ? यो सम्भव हुँदैन ।
निर्वाचन क्षेत्र निर्धारण आयोग
सरकारले अहिलेसम्म संविधान अनुसार बनाउनुपर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएकै छैन । यो आयोग साउनमा बनाएर भदौ मै निर्वाचन आयोगलाई निर्वाचन क्षेत्र दिन सकिने स्थिति छैन ।
संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोगको परिकल्पना गरेको छ । सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा बनिने यो ५ सदस्यीय आयोगले भूगोल र जनसंख्याका आधारमा २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ वटा बनाउनका लागि कम्तिमा पनि केही महिना समय लाग्न सक्छ ।
र, निर्वाचन क्षेत्र निर्धारण आयोगले यो काम नसक्दासम्म निर्वाचन आयोगले प्रदेश र केन्द्रको चुनावका लागि कुनै तयारी गर्न सक्दैन ।
निर्वाचन क्षेत्र निर्धारण आयोग कहिले गठन होला र यसले कहिलेदेखि काम सुरु गर्ला ? यसबारे देउवा          सरकारले अहिले कुनै तयारी गरेको देखिँदैन ।
अन्तिम विकल्पः एकैपटक चुनाव
सरकारले प्रदेश र केन्द्रका दुईवटा चुनाव माघ ७ भित्र गर्न सकेन भने एकै चोटी गराउने अर्को विकल्प हुन सक्छ । तर, दुबै चुनाव मिश्रीत प्रणालीबाट गरिने भएकाले समानुपातिक तर्फको बन्द सूची दुईवटा बनाउने कि एउटैमा गर्ने भन्ने झण्झट आउन सक्छ । तर, प्राविधिक पक्षलाई मिलाउने हो भने दुबै चुनाव एकैसाथ हुन पनि सक्छ ।
स्थानीय चुनावको धङधङीबाट मुक्त हुन बाँकी रहेका प्रधानमन्त्री देउवाले अब प्रदेश र केन्द्रको चुनावमा कहिलेदेखि ध्यान देलान् ?                                                                            अनलाइन खबरबाट साभार

पहिलेजस्तो ‘सु–दूर’ छैन पश्चिम

वसन्तप्रकाश उपाध्याय
धेरै किसिमले अहिले चर्चामा छ–सुदूरपश्चिम । पहिलेजस्तो ‘सु–दूर’ छैन पश्चिम । तैपनि पुरानो चिनारी र ‘पूर्वेली’ आँखामा सधैं–सधैं ‘टाढा’ छ । नजिकिने एउटा निम्तोे पाएको थिएँ । त्यही पनि कसो–कसो ‘दूर’ जस्तै बन्न पुग्यो ।
एकाध हप्ताअघि भेटिनुभएको थियो–इञ्जिनियर धर्मानन्द अवस्थी । पछि छत्र बम लगायत उत्तम जोशी हुँदै प्रिय प्रशान्त अर्यालहरुको प्रसंग जोडियो । त्यसपछि धेरै कुरा जोडिए । बाजुराको ‘भटमास–उत्पादन’, सेती–महाकालीका विद्युत–उत्पादन, बैतडी–बझाङका सुन्तला, डोटीका आलु अनि डडेल्धुराको मौसमसँगै क्रमशः क्रमशः ‘अधिकारको सराबरी ः विकासको बराबरी’मा चासो देखाउने सरोकारवालाहरुको पत्तो भयो । बुझ्नै कठिन र झन् झन् बुझ्यो झन् कठिनको मर्मले म थिचिंदै थिएँ ।
प्रदेश–७, यससँग धेरै गुनासा जोडिएका छन् यतिखेर । हार–जीतको शृंखलामा कसैले सिट गुमाएका छन् । कोहीले अपेक्षा विनाकै छलाङ् मारेका छन् । हार–जीतमा माटो–भूगोल र कुनै व्यक्तिविशेष मात्रै कारक–तत्व ठहरिंदैन । समतामूलक मान्यता र रामराज्यको प्राकल्पना एकाधबाट सम्भव हुँदैन । कहीं हार आफू–आफूबीचको ‘अन्तरघात’ले भएको छ । कतै–कतै कुरो ‘राजपाठ’ले बिगारेको छ ।
व्यक्ति जोसुकैले जितोस्, भूगोलले हार्नुहुन्न । माटोले उत्पादकत्व वृद्धि गर्न छाड्नुहुन्न । नदी–प्रवाह शालीन बग्नु पर्छ । जन्मदै मान्छे अशिक्षाको ‘औंठाछाप’ बोकेर जन्मदैन । उसलाई कलम थमाइदिए–ऊ ‘लेखक’ हुन्छ । हलो जोत्न पठाए–ऊ ‘हली’ मानिन्छ । धेरै देखिएको छ समथर भूमिको सम्भावना । केही गर्न नसक्नेले पनि इटहरी–इनरुवातिर ‘इ–   रिक्सा’ चलाएर गुजारा गरेका छन् । ‘पान–दुकान’ चल्छ–  वीरगञ्ज–जनकपुरतिर । के गरी गुजारा चलाउनु, बझाङ–बाजुरा तिरका ग्रामीण स्थानीयले ? लड्नका लागि कि अत्यासलाग्दो भीर छ । नभए कि झोला बोकेर ठमठम हिंड्ने सम्मको गोेरेटो पनि छैन ।
‘स्काई–फोन’ मात्रै चल्दो रहेछ केही भेगमा । निर्वाचन–सुरक्षाको जिम्मेवारीमा एक अनकण्टार क्षेत्रमा पुग्नुभएका जगदीश्वर दाइले भन्नुभयो–‘लौ न ! मलाई ‘रिचार्ज’ गराइ दिनुप¥यो ।’ बुटवल–नारायणगढतिर ठेलागाडामा पाइन्छन् ‘सीम’ किन्नसमेत । ‘अजिनोमोटो’को स्वादमा दिक्क भएर मान्छेहरु पोखरातिर ‘थकाली भान्साघर’ धाउँछन् । कैलाली–कञ्चनपुरतिर बगेको पानीमा ‘बत्ती’ कल्पना एउटा मीठो सपना मात्रै हो । अन्यथा झाडापखालाले बर्सेनी गाँजिरहेछ–मानव विकासको सूचकांकलाई । लोभलाग्दो र स्नीग्ध उभिरहेछन् सैपाल र अपीहरु । तर, पर्यटकीय सम्भावनाको बडिमालिका–खप्तडको समेत महत्वबोध भएन गरिएन समयक्रममा ।
छ– धेरै चीज । सपना–सम्भावनाको सेतुमा बहेका छन् सम्भावनाका कैयौं जलप्रवाह । उभिएका छन् श्वेत हिमशृंखला । माटो–बीउ नपाएर जर्जर बनेको छ । श्रम गर्ने हातहरु अवसर नपाएर चलायमान बन्न सकेका छैनन् । मन्त्री–प्रधानमन्त्री हुँदा ‘रौनक’ थपिन्छ । स्वागतद्वार र शुभेच्छाका घडीमा विल्कुल ‘खोट’ छैन । तर लामो ‘चोट’बाट पार पाउन जम्जमाएका छन् हज्जारौं मस्तिष्क र मनस्थिति । उनीहरु यतिखेर कुनै पनि क्षेत्रमा कोही कसैको ‘आरक्षण’को सट्टा ‘सुरक्षण’ चाहन्छन् ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. स्चिपोल अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?   — नेदरल्यान्ड आम्र्सडम
२. चोओयु हिमालको उचाई कति छ ?     — ८२०१ मिटर
३. रणबहादुर शाहकी आमाको नाम के थियो ?           — राजेन्द्रलक्ष्मी
४. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ?   — फ्रान्सको पेरिस
५. उल्टो झण्डालाई के को प्रतिकको रुपमा लिइन्छ ?    — राष्ट्रिय विपत्ती वा शोक
६. भुटानका वर्तमान राजा को हुन ?      — जिग्मे खेसर नाम्गेल वाङ्गचुक
७. ’कोकाकोला’ को प्रधान कार्यालय कहाँ रहेको छ ?              — ब्mभचष्अब, न्भयचनष्ब
८. गोरखाको अन्तिम राजा को हुन् ?           — पृथ्वी नारायण शाह
९.UNESCO को मुख्य कार्यालय कहाँ रहेको छ ?               — फ्रान्स पेरीस
१०. आइसिसि वर्ल्डकप २०१५ को आयोजक राष्ट्रहरु कुन कुन हुन् ?     — अष्ट्रेलिया र न्युजिल्यान्ड
११. ’साल्पा पोखरी’ कुन जिल्लामा पर्दछ ?                  — भोजपुर
१२. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ?                    — प्रधानमन्त्री
१३. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ?               — अप्रिल ७
१४. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ?              — माघ २८
१५. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ?                — लाओस
१६. ’चापाकोट’ नगरपालिका कुन जिल्लामा पर्दछ ?                   — स्याङ्गजा
१७. नेपालको राजधानी काठमाडौँ कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ? — ८५ डिग्री १५ मिनेट
१८. A2 कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ?            — महेन्द्र राजमार्ग
१९.The Rising Nepal का प्रथम सम्पादक को हुन् ?    — वरुण शमशेर जवरा
२०. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ?        — म्यानमार
२१. पुर्वाञ्चल विकास क्षेत्रमा कति ओटा जिल्लाहरु रहेका छन ?          — १६ जिल्ला
२२. मध्यमाञ्चल विकास क्षेत्रमा कति जिल्ला रहेका छन ?             — १९ जिल्ला
२३. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ?                 — रञ्जना लिपी
२४. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ?                  — मुस्ताङ
२५. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ?      — १९३ किलोमिटर
२६. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ?         — २७
२७. अति कम विकसीत मुलुकहरुको टर्कीको इस्तानबुलमा भएको चौथो सम्मेलन कहिले भएको थियो ?
                                           — २०११ मे ९ देखी १३
२८. नेपालको अन्तरिम संविधान २०६३ मा नागरिकतालाई कति भागमा राखिएको थियो ?     — २
२९. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ?              — युरोप

साहित्य/सृजना

दुखिरहने कविता

अहँ 
 कहिलेकाहीँ त निर्धक्क सास फेर्ने मेसो नि हुन्न 
 के को कविता लेखी बस्नू ?
आफैंले भोगेको जीवन नै कथा जस्तो लाग्छ आफैंलाई 
 कस्को कथा लेखी रहनू ?
लाग्छ  
आइमाई हुनु 
 दुखिरहने कविता हुनु हो
 कथा ( ब्यथा हुनु हो 
 आ(आफ्नै ब्यथाको दह छ ( स्वास्नीमान्छेहरूसँग 
 एकैसाथ फुट्यो भने 
 दुनियाँ संसार बगाउँछ !

हजुर आमा भन्नू हुन्थ्यो 
“चर्को नबोल्नू
 मुख ( मुखै नलाउनू 
 नफर्काउनू मुख 
 लोउनिमुन्छेको जातै पापी हुन्च 
 कपटी हुन्च लरुोउनिमुन्छे
 पुरै मन पेट न दिनू 
 आफ्नै सौभाग्गेमा बिस्वास त अर्नै परो 
 पुरै भर नपर्नू बाबै 
 आफ्नु सोचो नि अर्नू 
 नत्र ,भबिस्सेमा 
 कुक्कुरले नपाउने दुख्ख पाइन्च !“
रिता अधिकारी ऋतू
फुलबारी ,पोखरा

सूचना/सन्देश/बिज्ञापन  

जिल्ला समन्वय समितिको कार्यालय 

डोटी

शिलवन्दी दरभाउ पत्र आव्हान

    दोश्र्रो पटक प्रकाशित मिति ः २०७४।३।१९
स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को परिच्छेद ६ नियम १६७ मा व्यवस्था भए बमोजिम स्थानीय स्वायत्त शासन नियमावली २०५६ को अनुसूची २३ नियम २०७ मा व्यवस्था भए बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, वातावरण व्यवस्थापन शाखा र स्थानीय राजस्व परिचालन शाखा, सिंहदरवार,काठमाण्डौंको च.नं २०५,४१ मिति २०७४।१।१९ र २०७४।१।२९ को परिपत्र बमोजिम यस जिल्ला समन्वय समितिको कार्यालयको क्षेत्राधिकार भित्र पर्ने विभिन्न निम्न अनुसारका आय शिर्षकहरुमा आ.व.२०७४।०७५ को लागि पहिलो पटक मिति २०७४।२।१९ गते सूचना प्रकाशित गर्दा सेती नदीको निषेधित क्षेत्र वाहेक गोल्मागाड, कालागाड, द्वारीखोलासम्म र वानेडुग्रीसैन क्षेत्रको ढुंगा, गिट्टी वालुवा र बलौटे माटो निकासी कार्यमा मात्र एक, एक वटा मात्र सिलवन्दी दरभाउ पत्र पर्न आएको सो दरभाउ पत्र नियमानुसार पहिलो पटक स्वीकृत गर्न नमिल्ने हुँदा यस कार्यालयको मिति २०७४।३।१७ को निर्णय अनुसार निम्न अनुसारका आय शिर्षकमा ७ (सात) दिने सिलवन्दी दरभाउ पत्र बढावढबाट ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले पूर्व सूचनाकै सेवा शर्तको अधिनमा रहने गरी सिलवन्दी दरभाउ पत्र पेश गर्न हुन इच्छुक सम्बन्धीत सबैको जानकारीको लागि यो ७ (सात) दिने सूचना प्रकाशित गरिएको छ । साथै विस्तृत जानकारीको लागि अघिल्लो सूचना तथा यस कार्यालयको राजस्व शाखामा सम्पर्क राख्न हुन समेत जानकारी गराईन्छ ।
तपशिल 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना       

प्रथम पटक सुचना प्रकासित मिति  ः २०७४÷०३÷२०   
समान पहुुँच विकास केन्द्र (सिड) नेपाल डोटी र वल्र्ड भिजन ईन्टरनेशनल डोटी एलपिएको साझेदारीमा सञ्चालित हेल्दी भिलेज परियोजनाका लागी तपशिल अनुसारका कर्मचारीहरु आवश्यक भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकासित भएको मितिले ७ दिनभित्र समान पहुुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।    
पद ः  कार्यक्रम संयोजक,         संख्या ः १ (एक) 
योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट वि.पि.एच. वा एच.ए. उत्तीर्ण गरी स्नातक उत्तीर्ण गरेको ।
अनुभव        
ल वि.पि.एच. उत्तीर्ण गरेको भए कार्यक्रम संयोजक पदमा रही कम्तीमा एक वर्षको मातृशीशु स्वास्थ्य क्षेत्रको कार्यानुभव 
ल एच.ए. उत्तीर्ण गरी स्नातक उत्तीर्ण गरेका व्यक्तिको हकमा एक वर्ष कार्यक्रम संयोजक पदमा रही काम गरेको अनुभव सहित कम्तीमा तीन वर्षको कार्यानुभव   भएको । 
बिदेशवाट प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्र भएमा त्रि.वि. वाट समकक्षता  निर्धारण गरेको प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।
कार्य क्षेत्र ः आदर्श गाउँपालिका, सायल गाउँपालिका वडा नं. १ र दिपायल सिलगढी नगरपालिका वडा नं. १ (छपाली, गीरिचौका, लामीखाल, महादेवस्थान, दहकालिकास्थान, कालीकास्थान, बाँझककानी र तिखा र सिरखोली)
सेवा÷सुविधा ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता ।
दरखास्त  ः संस्थाको सम्पर्क कार्यालयबाट आवेदन फाराम लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
सम्पर्क मिति ः दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट (सो दिन विदा परे सोको भोलीपल्ट वा लगत्तै कार्यालय खुलेको दिन)
दरखास्त दस्तुर ः रु. ५००।, 
नोट ः रीत नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
;dfg kx'Fr lasf; s]Gb| -l;8_ g]kfn 
lbkfon l;nu9L gu/kflnsf j8f g+= ^, l;nu9L 8f]6L 
kmf]g g+= )($–$!!)!! 
O{d]n M cead.doti@gmail.com



No comments:

Post a Comment