Tuesday, April 17, 2018

बिम्ब साप्ताहिक, २०७४ साल बैशाख ४ गते मंगलबार

सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको रक्षा गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


मुख्य समाचार 

मुक्त हलिया बस्ती ः कहिले पहिरोमा, कहिले जंगलमा

रामहरी ओझ 
बैशाख ३
“पहिरोमा मुक्त हलिया बस्ती” शिर्षकको समाचार प्रकाशन भएको एक साता नबित्दै मुक्त हलिया सम्वन्धि अर्को महत्वपूर्ण खवर आएको छ । १८ मुक्त हलिया परिवारको जंगलमा बस्ती बस्ने भएको छ । 
मालपोत कार्यालय डोटीको अभिलेख अनुसार साविकको बगलेक गाबिस–४ मा रहेको जग्गामा बसोबास गर्ने भनी १८ मुक्त हलिया परिवारले जमिन खरीद गरेका छन । उनीहरुले घर निर्माणका लागि पहिलो किस्ता वाफत ७० प्रतिशत रकम समेत बुझिसकेका छन् । मुक्त हलिया पुनस्र्थापना जिल्ला कार्यदलले गाउँको हकमा कम्तीमा एक रोपनी जग्गा हुनु पर्ने भन्ने निर्णय गरेको भएपनि जनही १२ आनाका दरले जग्गा खरीद गरिएको छ । 
मुक्त हलिया पुनःस्थापना तथा बृत्ति विकास कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार मुक्त हलियाहरुले रोजेको ठाउँ बसोवासका लागि उपयुक्त भए नभएको कुरा मालपोल कार्यालयले स्थलगत निरीक्षण गर्नु पर्ने व्यवस्था रहेको छ । हलियाले खरीद गर्न खोजेको जग्गामा यातायात, शिक्षा, बिद्यतु, स्वास्थ्य, रोजगारी र अन्य आयआर्जनका अवसरहरुमा पहुँच हुने कुरालाई प्राथमिकता दिनु पर्ने उल्लेख छ तर खरीद गरिएको जग्गामा उल्लेखित पूर्वाधारहरु कुनै पनि देखिदैनन् । 
प्रारम्भिक बिद्यालय जानका लागि बालबालिकाहरुले झण्डै सवा घण्टा हिड्नु पर्नेछ, स्वास्थ्य सेवाका लागि दुई घण्टा हिड्नु पर्नेछ, खानेपानीको व्यवस्था छैन । जमिनको नजिकबाट कच्ची सडक गएको भएपनि नजिकको बजारको दुरी करीव दुई घण्टा भएकोले रोजगारी तथा अन्य आयआर्जनका अवसर पनि देखिदैनन् । 
मुक्त हलियाहरुलाई जंगलमा बसाएर राउते बनाउन खोजेको आरोप लगाउँछ डोटीमा मुक्त हलियाको अभियानका सुरुवातकर्ता गोरखबहादुर सार्की । हाल सायल गाउँपालिका, वडा नं. ३ का वडाध्यक्ष समेत रहेका उनी भन्छन् ‘पुनःस्थापना गर्ने नाममा सोझासाझा मुक्त हलियाहरुलाई अनेक प्रलोभन देखाएर जग्गा खरीद गर्न लगाईएको छ, यो दुर्भाग्य हो ।’ मुक्त हलियाका बालबालिकाहरुलाई शिक्षाबाट समेत बञ्चित गराउने षड्यन्त्र भएको उनको भनाई छ । 
मुक्त हलियाहरुले रोजेको ठाउँमा जग्गा खरीद गर्न दिनु पर्ने व्यवस्था भए अनुसार उनीहरुले रोजेकै ठाउँमा खरीद गर्ने अनुमति दिईएको मुक्त हलिया पुनःस्थापना जिल्ला समितिका संयोजक डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री बताउँछन् । ‘मैले पनि मुक्त हलियाहरुसंग भेटेरै  कुरा गरेको थिएँ, उहाँहरुले हामी त्यसै ठाउँमा बस्छौं भनेर मलाई समेत निवेदन दिएपछि मैले पनि ठिकैछ भनेको हुँ’ खत्री भन्छन् ‘यसमा कुनै अनियमितता भएको जस्तो त लाग्दैन, तर पनि कुनै त्यस्तो प्रमाण पाए म कारवाही गर्न तयार छु ।’ 
आफुहरुले सम्झाउँदा पनि नमानेको बताउँछन् समितिका सदस्य सचिव तथा मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशी । उनी भन्छन् ‘हामीलाई सोही ठाउँ उपयुक्त हुन्छ भनेर जिद्धि गरेपछि कार्यबिधि अनुसार हामीले मान्नै पर्ने भयो । 
गतपाली जंगलमा बस्दैनौं भनेका थिए 
गत बर्ष ३७ मुक्त हलिया परिवारका लागि उक्त जमिन  खरीद गरी नमुना मुक्त हलिया बस्ती बसाउने जिल्ला समितिको योजना थियो । जग्गा खरीद गर्ने भन्दै कुरा पनि तय भईसकेको थियो, मालपोत कार्यालयले जग्गाको स्वामित्व रहेको हनुमान हर्टिकल्चरको नाममा चेक समेत तयार गरिसकेको थियो तर मुक्त हलियाहरुले आफुहरु जंगलमा नबस्ने भन्दै बिरोध गरेपछि जमिन खरीद हुनबाट रोकिएको थियो । 
त्यतिबेला बिरोध जनाउने मध्ये १८ परिवारले यस पटक सोही जग्गा खरीद गर्ने भनी लिखित रुपमा निवेदन दिए । कसरी यस्तो भयो त ? एक मुक्त हलिया भन्छन् ‘कहानी अर्कैछ ।’ नाम उल्लेख नगर्ने शर्तमा ति व्यक्तिले भने ‘हाम्रा नाममा धेरै ठुलो खेल हुँदो रहेछ, त्यो खेलमा सरकारी कर्मचारीहरु, मुक्त हलियाका अगुवाहरु समेत सहभागि हुँदा रहेछन् ।’ जग्गाधनीले अनेक हत्कण्डा अपनाएर आफुहरुलाई उक्त जमिन किन्न बाध्य बनाएको भन्दै उनी भन्छन् ‘अव यसमा थप बहस गर्नुको कुनै अर्थ छैन ।’ 
यसरी छलियो एक लाख ८० हजार कर 
कानुन अनुसार ३० लाख भन्दा माथी मुल्यको जमिन एकमुष्ट बिक्री गर्दा पाँच प्रतिशत लाभान्स तिर्नु पर्ने व्यवस्था छ । तर, मुक्त हलियालाई ३६ लाख रुपैयाँको जग्गा बेच्दा पनि लाभान्स कर नलाग्ने बाटो खोजियो । जंगलको बस्ती भनेर गत बर्ष बिवादमा परेको हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको जमिन यस बर्ष कर छल्नकै लागि टुक्रा बनाएर बिक्री गरियो । 
मोहन बम प्रोप्राईटर रहेको हनुमान हर्टिकल्चर प्रालिले फागुन १६ गते बिमला बमलाई १२ रोपनी, ६ आना, एक पैसा, दुई दाम र सहदेव खातीलाई १४ रोपनी, तीन, आना जग्गा बिक्री ग¥यो । खरीद गरेको तीन हप्ता नपुग्दै बिमला बम र सहदेव खातीले चैत्र ४ गते १८ मुक्त हलियाहरुलाई जग्गा बिक्री गरे । बमले चार रोपनी र खातीले १३ रोपनी जग्गा बिक्री गरेका छन् । 
जग्गाधनीलाई कर छल्ने बाटो सिकाउने मालपोतकै कर्मचारीहरु रहेको श्रोतको दावी छ । कानुनीभित्रै रहेर भ्रष्टाचार भएको श्रोत बताउँछ ।
तीन हप्तामै जग्गाको अढाई गुना मुल्य बढ्यो 
मालपोत कार्यालय डोटीको अभिलेख अनुसार फागुन १६ गते हनुमान हर्टिकल्चरले बिमला बम र सहदेव खातीलाई जग्गा बिक्री गर्दा एक लाख १० हजार रुपैयाँ प्रति रोपनीका दरले बिक्री गरेको छ । यस आधारमा प्रति आनाको करीव ६ हजार आठ सय रुपैयाँ हुन्छ । 
उक्त जमिन खरीद गरेको तीन हप्ता पनि नबित्दै वम र खातीले १२ आना जग्गाको दुई लाख रुपैयाँका दरले मुक्त हलियालाई बिक्री गरेका छन् । यस हिसावले प्रति आना जग्गाको १६ हजार ६ सय रुपैयाँ पर्न आउँछ । न त प्लटिङ्ग भएको छ, न आवश्यक पूर्वाधारहरु नै बनेका छन यो अवधीमा तर मुल्य भने आकासिएको छ । कर छली गरेको प्रमाण यसलाई पनि मान्न सकिन्छ । 
सरकारी दर अनुसार त्यस क्षेत्रमा कच्ची सडकले छोएको जग्गाको प्रतिरोपनी एक लाख १० हजार, गोरेटो÷घोडेटो बाटोले छोएको प्रति रोपनी ८५ हजार रहेको छ । मालपोतको लिखत् अनुसार मुक्त हलियाले खरीद  गरेको जमिन भिर चाहार हो । भिर चाहारको सरकारी दर प्रति रोपनी ३५ हजार रुपैयाँ रहेको छ । 
समग्रमा हेर्दा मुक्त हलियाको नाममा व्यापक अनियमितता भएको यस घटनाले देखाएको छ । न्यायिक पुनःस्थापना सहित मुक्त भएका हलियाहरु उनकै अगुवाहरु र सम्वन्धित सरकारी कर्मचारीहरुका लागि दुहुनो गाई सावित भएका छन् । नियमनकारी निकाय भने मुकदर्शक भएको छ । 

सम्पादकीय 

प्रदेश सरकारको अवको यात्रा

७ नं. प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम अनुसार नै अव वजेट ल्याउने होला । तीन महिनाका लागि आउने नीति तथा कार्यक्रम र वजेटले त्यति धेरै अर्थ त राख्दैन तर आगामी बर्षका लागि यसले आधार तयार गर्छ । त्यसकारण यो नीति तथा कार्यक्रमलाई आगामी बर्षको जगका रुपमा लिन सकिन्छ । 
धेरै कामहरु छन प्रदेश सरकारका । जनताले अपेक्षा पनि धेरै गरेका छन् प्रदेश सरकारबाट । यद्यपी जन अपेक्षा अनुसार काम गर्न सक्ने हैसियत कति हुन्छ प्रदेश सरकारसंग भन्ने हो । श्रोत साधन र सम्वन्धका हिसावले प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकार भन्दा कमजोर नै देखिन्छ । तर पनि केही यस्ता कामहरु छन् जो प्रदेश सरकारले गर्नै पर्ने छन् । त्यसका लागि प्रदेश सरकार तयार हुनु पर्छ । 
मुख्य कुरा प्रदेश सरकारले सुशासन कायम गर्नु हो । अहिलेसम्मको नारा ‘सुशासनका लागि विकास’ भन्ने जस्तो देखियो तर त्यो उल्टो नारा थियो, अव “विकास र समृद्धिका लागि सुशासन” भन्ने नाराका लागि अगाडी बढ्नु जरुरी छ । त्यसका लागि भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि संयन्त्र निर्माण गर्नु जरुरी छ । मुक्त हलियाको पुनःस्थापनाका लागि आएको वजेटमा समेत भ्रष्टाचार गर्ने संयन्त्रलाई नियन्त्रण गर्ने अर्को कुनै संयन्त्र बनाउनु जरुरी छ । भ्रष्टाचार मात्रै न्यूनीकरण गर्न सकियो भने यसले धेरै ठुलो सन्देश दिनेछ । ‘भ्रष्टाचारमुक्त प्रदेश” प्रदेशको पहिचान दिने गरी काम गर्नु जरुरी छ । 
स्थानीय सरकारहरु र मातहतका अन्य सरकारी, संस्थानहरु र गैरसरकारी निकायहरुमा सुशासन कायम गर्नका लागि सुशासनका बिभिन्न बिधिहरुको प्रयोग हुनु पर्ने जरुरी छ । भ्रष्टाचारमा जनप्रतिनिधिहरु पनि चुर्लुम्म डुवेका छन भन्ने कुरा बिभिन्न सञ्चारमाध्यममा आईरहेका छन्, यसलाई ध्यान दिनु जरुरी छ । 
अर्को कुरा अवैध विकास रोक्नु आजको आवश्यकता हो । सडक निर्माण गर्ने नाममा मेसिन लगायो, डाँडो खन्यो, भत्कायो । काम मेसिनले गर्ने, श्रमिकले काटेको भन्दै डोर हाजिरी भर्ने चलनलाई रोक्नु जरुरी छ । वातावरणमा प्रभाव पार्ने कुनै पनि योजना निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन गरेको भए मात्रै भुक्तानी दिने व्यवस्था मिलाईनु पर्छ, अन्यथा कुनै पनि डाँडो बाँकी रहने अवस्था छैन । 
तेश्रो कुरा जुत्ताको नापमा खुट्टा काट्ने चलन अन्त्य हुनु जरुरी छ  अर्थात वजेट ५० हजार छुट्यायो, ५० हजारको योजना बनायो, मिलायो खायो । योजना पहिलो छनौट हुनु प¥यो, त्यो अनुसारको प्राविधिक ईस्टिमेट तयार हुनु प¥यो र उक्त ईष्टिमेट अनुसार वजेट बिनियोजन हुनु प¥यो । अनि मात्रै काम हुन सक्छ । २० हजारका ५० हजारका योजनाले अव कुनै काम हुने वाला छैन । उपभोक्ता समितिले आउजाउमै त्यो सवै रकम खर्च गर्नेछ ।
चौथो कुरा प्रदेश विकासको समग्र योजना बनाउनु जरुरी   छ । आवधिक योजना, रणनीतिक योजना, गुरुयोजना तयार गरेर लागु गर्नु पर्ने छ । यसलाई बिशेष महत्वका साथ प्रदेशले हेर्नु  पर्नेछ । अव्यवस्थित बसोबास र अव्यवस्थित बसाई सराईलाई रोक्ने गरी नीति बनाईनु जरुरी छ । 
पाँचौं कुरा स्थानीय सरकारहरुलाई परामर्श सेवा उपलव्ध गराउनु जरुरी छ । स्थानीय सरकारहरु अहिले अलमलमा छन्, भ्रष्टाचार मौलाएको छ । वजेट खर्च हुन सक्ने अवस्था छैन । यस अवस्थामा उनीहरुलाई सही वाटोमा लैजानका लागि परामर्श सेवा उपलव्ध गराउनु जरुरी छ । यसलाई ध्यान दिनु पर्छ । 
यि र यस्तै कार्यक्रमहरुमा प्रदेश सरकारले प्राथमिकता दिनु पर्ने देखिन्छ ।

थप समाचार 

प्रदेश सरकारको नीति तथा कार्यक्रम ः नमुना प्रशासन कार्यालयदेखि “हलो सिएम” सम्म 

७ नं. प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा कैलाली जिल्ला प्रशासन कार्यालयलाई नमुना प्रशासन कार्यालय बनाउनेदेखि गुनासो व्यवस्थापनका लागि हलो सिएम कार्यक्रम सञ्चालन गर्ने सम्म रहेको छ । 
प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार प्रदेश सभा बैठकमा पाठ गरेको १८ बुँदे नीति तथा कार्यक्रममा समाजबाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, नीजि एवम् सहकारी क्षेत्रको सहभागीतालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । यस्तै संविधानले अंगिकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत, बञ्चितिकरणमा परेका, फरक क्षमता भएकाहरुको उत्थान एवं सामाजिक पुनस्र्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवअधिकारको सुनिश्चित गर्ने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहने उल्लेख छ ।
समावेशी आर्थिक विकास, रोजगारीको सिर्जना गरि गरिवी न्यूनिकरण गर्न अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना छनौट गर्ने, छुवाछुत, छाउपडी, बोक्सी, लैंगिक, हिंसा जस्ता कुरीति र कानूनले बर्जित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालाहरुलाई प्रोत्साहित गरी प्रदेश स्थानीय तहका जनप्रतिनिधि सहित गाउँ वस्ती शहरमा सामाजिक रुपान्तरण अभियान चलाइने, कानून कार्यान्वयनलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा छ । 
दलित समुदायको चौतर्फि विकासको लागि तिनीहरुको परम्परागत पेशा, सीप, कला, दक्षतालाई सुदृढिकरण गर्दै आधुनिकीरण गर्ने, मुक्तकमैया, हलिया, हरुवाचरुवा, भुमिहिन, विपन्नवर्ग, किसान एवं वादी समुदायलाई नेपाल सरकारले गरेको प्रमाणीकरण र वर्गीकरणको आधारमा व्यवस्थित गरी रोजगार तथा अन्य आयआर्जनका कार्यक्रम संचालन गरिने नीति सरकारले लिएको छ ।
प्रदेशलाई पूर्ण साक्षर वनाउने, प्रदेशस्तरको शिक्षक दरवन्दी मिलानका लागि समन्वयात्मक पहल गरिने, प्राविधिक एवं व्यवसायिक शिक्षा तथा सीपमुलक तालिमलाई प्रोत्साहित गरी युवाहरुलाई रोजगारी र स्वरोजगारीका लागि टेवा पु¥याइने लक्ष्य प्रदेश सरकारले लिएको छ । साथै खुला विश्वविद्यालयमा नेपाल सरकारको नीति लागु गर्ने उल्लेख छ ।
“फोहोरमुक्त स्वच्छता, ७ नंं. प्रदेशको प्रतिवद्धता”, “परिवर्तित कृषि प्रणाली, मौसम सुहाउदो खेति, माटो सुहाउदो उत्पादन, उत्पादन अनुसारको बजार”, “मुख्यमन्त्री कृषी कार्यक्रम”, “एक व्यक्ति, एक खाता”,  “प्रदेश नं. ७ को सम्वृद्धिको आधार, जल विद्युत, जडिवुडी जंगलको विस्तार” जस्ता नाराहरु नीति तथा कार्यक्रममा समावेश छन् ।
नेपालसँग सीमा जोडिएका भारततर्फका मुख्य नाकाहरु मोहना (धनगढी), गयाचौकी (महेन्द्नगर), डडेल्धुरा, दार्चुला, झुलाघाट (बैतडी) र चीनसँग सीमा जोडिएको टिंकर (दार्चुला) तथा बझाङको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधारमा सहयोग पु¥याइने, विपद् पीडित र संकटासन्न अवस्थामा रहेकालाई तत्काल आवश्यक सहयोग पु¥याउन “मुख्यमन्त्री विपद राहत कोष” स्थापना गरिने छ । निर्धारित मापदण्ड र प्रक्रिया अनुरुप कोषको सञ्चालन गरिने उल्लेख छ ।
आर्थिक बर्ष २०७४/०७५ को बाँकी तीन महिनाका लागि आएको नीति तथा कार्यक्रमले सुशासन प्रवद्र्धनलाई महत्व दिएको छ । शासकीय सुधार र सुशासन प्रवद्र्धन गर्न मौजुदा कानून र संस्थागत प्रबन्धलाई प्रभावकारी रुपमा परिचालन गरिने, आवश्यक नयाँ कानून र संरचनाको निर्माण गरिने उल्लेख गरिएको छ । 
क्षमता, योग्यता, आवश्यकता र समावेशीताको आधारमा कर्मचारीहरुको व्यवस्थापन गर्न स्पष्ट नीति तथा कार्यक्रम अवलम्वन गरिने, सामाजका विभिन्न क्षेत्रमा  रहेको संस्थागत र मिलोमतोमा हुने  गरेको भ्रष्टाचारलाई न्यूनीकरण र नियन्त्रण गर्दै कानून निर्माण गरी कडाईकासाथ लागु गरिने, स्थानीय सरकारहरुको कार्यक्षमता अभिवृद्धि गर्न जनप्रतिनिधिहरुसंग समन्वय गरी आवश्यकताको आधारमा नीति तथा कार्यक्रम ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

छोटकरी समाचार 

जनप्रतिनिधिहरुको प्रश्न

स्थानीय तहका उपाध्यक्षहरुका लागि आयोजना गरिएको खाद्यअधिकार सवलीकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानीय तहका उपप्रमुखहरुले प्राकृतिक प्रकोपबाट हुने क्षतिमा कसले क्षतिपूर्ति दिने भन्ने बिषयमा आफुहरुलाई जानकारी नभएको बताए । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) अनुसार स्थानीय तहले बिपद् व्यवस्थापनका लागि आवश्यक नीति बनाई लागु पर्ने प्राव्धान   रहेको भएपनि कानुनी ज्ञान नहुँदा जनप्रतिनिधिहरु आफ्नो अधिकार र जिम्मेवारीबारे जानकार   छैनन् । 
‘स्थानीय तह आफैले क्षतिपूर्ति दिने गरी कानुन बनाउनु प¥यो’ आयोजना संस्था परिवर्तनका लागि कार्यरत युवा समूह (याक) का प्रतिनिधि रोशन प्रसाद श्रेष्ठले भने ‘बिपद् पूर्व तयारी गर्ने र विपद्मा परेकाहरुलाई तत्काल उद्दार, राहात र क्षतिपूर्ति दिने गरी स्थानीय तहले आफै कानुन बनाई लागु गर्नु पर्ने व्यवस्था छ ।’ 
जनप्रतिनिधिहरुलाई खाद्य अधिकारको अवधारणा र कानुनी संयन्त्रबारे जानकारी गराउने उद्देश्यका साथ आयाजना गरिएको उक्त उक्त अन्तरक्रिया कार्यक्रममा प्राकृतिक बिपत्तिका कारण खाद्य अधिकार संकटमा पर्ने भएकोले सवैले स्थानीय तहले समयमै पूर्व तयारी गर्नु पर्ने सहभागिहरुले बताए । 

खेल समाचार 

नेपालको खराव प्रदर्शन

ओपन अन्तराष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा नेपालका सुमित पन्त आइतबार भारतीय खेलाडी सुरिजित पलसँग पराजित हुँदा बिक्रम जाती     भारतीय खेलाडी हषिृता गुड्डान्तीसँग पराजित भए । त्यस्तै, नेपालका बद्रीलाल नेपालीले छैटौं चरणको खेलमा नेपालकै राजेन्द्र प्रसादसँग बराबरी खेल्दै अंक बाँडे भने मणिराज डाँगी श्रीलंकन खेलाडी कभिण्डा अकिलासँग् पराजित भए भने नेपालका क्याडिन्डडेड मास्टर भूपेन्द्र निरौला भारतीय खेलाड पृध्वीकुमारसँग पराजित भए ।यस्तै, राजन पुरीले प्रकाश सुवेदी, पुरुषोत्तम चौलागाईले महेश्वरलाल डंगोलाई पराजित गर्दा क्यान्डिडेड मास्टर भगवती प्रसाद शर्माले नेपालकै क्यान्डिडेडमास्टर राजेन्द्र राजभण्डारीलाई स्तब्ध पारे । त्यस्तै, नेपाली शिखर रेग्मी भारतीय खेलाडी थेन्डुप तामाङ पराजित हुँदा हरिचन्द्र भारतीय खेलाडी सी लक्ष्मीसँग पराजित भए ।
छैटौं चरणको खेलमा नेपालका सूर्य बस्नेतले पुण्यमान कर्माचार्य, सुरवीर लामाले चेतन शर्मा, फिडे मास्टर सुजेन्द्र प्रसाद शर्माले सुशील चौधरी र भारतीय खेलाडी सायान्तान चन्द्रले विवेकराज श्रेष्ठलाई पराजित गरे ।

चलचित्र/मनोरञ्जन 

आमासंग सम्वन्ध सुधारे अनमोलले

नायक अनमोल केसीलाई लक्षित गर्दै आमा सुस्मिता बम्जनले अघिल्लो होलीको दिन विवादास्पद स्टाटस लेखेकी थिइन् । कुन आक्रोशमा हो उनले ‘डिंगोपुत्रको सत्यानाश’ सम्म लेखिन् । तर, अनमोलले कुनै प्रतिक्रिया  जनाएनन् ।
उक्त स्टाटसले आमाछोराको सम्बन्ध तितो रहेको बुझ्न सकिन्थ्यो । तर, अहिले एकाएक उनीहरुको सम्बन्धमा सुधार आएको छ । केही दिनअघि अनमोलको जन्मदिनमा सुष्मिताले ‘फस्ट विस’ गरेकी थिइन् । उनले फेसबुकमा पनि छोरालाई शुभकामना दिइन् ।
यसैगरी आज आमाको मुख हेर्ने दिन अनमोलले सुस्मितालाई सम्झिएका छन् । उनले आमासँगको बाल्यकालको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘ह्याप्पी मदर्स डे टु माई वान एन्ड अन्ली लभ ।’ उक्त स्टाटसमा तुरुन्त कमेन्ट गर्दै सुष्मिताले पनि लेखेकी छिन्, ‘मेरो मुटुको टुक्रा, माइ जान ।’
अनमोलकी आमा सुस्मिता र बाबु भुवन केसीको केही वर्षअघि डिभोर्स भएको थियो । त्यसयता अनमोल बाबुसँग बस्दै आएका छन् । भुवनकी गर्लफ्रेन्ड जिया केसी पनि उनीहरुसँगै बस्छिन् ।
जे होस्, आमासँग सम्बन्धमा आएको सुधार अनमोलका फ्यानहरुका लागि सुखद समाचार हो ।

लेख 

चुल्कुण्टे, कांग्रेस र बाम सरकार

रामहरी ओझा
दुई कक्षामा पढ्दा उमेर सात बर्षको मात्रै थियो । अभावै अभावमा हुर्किएको जीवनले धेरै कुरा सिकाईरहेको थियो । घरमा आएका नातेदारहरुले कुनै खाने  कुरा ल्याएछन् भने आमाले साँचेर राख्नु हुन्थ्यो तर लुकाउनका लागि साँचो लाउने बाकस थिएन । आमाले हामी भाईबहिनीहरुले चोरेर नखाउन भन्नका लागि बुईगलको फल्याकमा सामान लुकाउनु हुन्थ्यो, अनि भन्नु हुन्थ्यो ‘पाँण (बुईगल) मा कोही नजानु त्यहाँ चुल्कुण्टे हुन्छ ।’ धेरै समयसम्म आमाले यसैगरी हामीलाई चुल्कुण्टेका नाममा डराउँदै जानु भयो ।
अघिल्लो दिन भिनाज्यू आउनु भएको थियो । उहाँले आउँदा मिश्री ल्याउनु भएको कुरा थाह थियो । उहाँले ल्याएको मिश्री आमाले लुकाउने त्यही पाँण (बुईगल) को फल्याक थियो । करीव ४५ मिनेटको पैदल दुरीमा रहेको बिद्यालयबाट फर्केर बासी भात नास्ता खाईयो । अव दिमागमा दुईटा कुरा आए । एक, आमाले सधैं बुईगलमा चुल्कुण्टे हुन्छ भन्नुहुन्छ, त्यो चुल्कुण्टे कस्तो हुँदो रहेछ भनेर जान्ने उत्सुकता । दोश्रो भिनाज्यूले ल्याउनु भएको मिश्री खाने रहर । 
जे जे होला भ¥याङ्गबाट बुईगल चढ्न सुरु गरियो । बुईगलको झ्याल बन्द थियो, पुरै अँध्यारो । आमाले मिश्री लुकाए राखेको फल्याकमा एलईडी वल्व जस्तै साना दुईटा बत्ती टल्केको देखियो । मनमा चुल्कुण्टे भनेको यही रहेछ भन्ने प¥यो, फेरी पनि उत्सुकता र मिश्री खाने लोभ घटेन । जे जे होला भन्ने सोच्दै भ¥याङ्गको आखरी खुड्किलोमा पुगियो । ‘चुल्कुण्टे’ ले फल्याकबाट हाम फालेर त्यही भ¥याङ्ग हुँदै दौडियो । डरले सातो जाला जस्तै भयो, हतारिएर तल झर्न खोज्दा भ¥याङमै लडेर टाउको ठोकियो । 
त्यो दिनदेखि धेरै पछिसम्म एक्लै बुईगल चढ्ने हिम्मत गरिएन । त्यो घटनाको २८ बर्षपछि उक्त घर भत्काउने क्रममा त्यो भ¥याङ चढ्दै गर्दा उहिलेको त्यो चुल्कुण्टे घटनाले झसङ्ग बनायो । तर वास्तवमा त्यो चुल्कुण्टे थिएन । फल्याकमा बसेको बिरालो मान्छे देख्दा फल्याकबाट हाम फालेर भागेको थियो । अँध्यारोमा टल्किने चुल्कुण्टे नभएर बिरालाका आँखा थिए । 
यस्तै अहिले नेपाली कांग्रेसलाई भएको छ । आफुलाई “बाम” पार्टी भनिरहेका दुई कम्युनिष्ट नामधा–री दलहरुले प्रचण्ड बहुमतको सरकार बनाएपछि कांग्रेसको होस् हवास छैन । उसले हरेक कुरामा एकदलीय अधिनायकबाद देख्न थालेको छ । कम्युनिष्टहरु प्रजातन्त्र बिरोधी हुन, कम्युनिष्टहरु अधिनायकबादी हुन, कम्युनिष्टहरु तानाशाह हुन भन्ने भुत दिमागमा जमाएर राखेको कांग्रेस नभएको चुल्कुण्टेसंग डराएजस्तै भएको छ । 
निश्चित रुपमा कम्युनिष्टहरु सर्वहारा श्रमजीवी बर्गको एकल अधिनायकत्व चाहान्छन् । कम्युनिष्ट सिद्धान्त अनुसार उनीहरुले वर्गीय अधिनायकत्व स्थापना गर्न चाहान्छन् तर ति कम्युनिष्टहरु र नेपालका कम्युनिष्टहरुमा धेरै भिन्नता छ । अहिले सत्तामा पुगेका कम्युनिष्ट पार्टीहरुले व्यवहारतः पूर्ण रुपमा कम्युनिष्ट सिद्धान्त छोडेको अवस्था हो वा त्यो बाटो विर्सेको अवस्था हो । कम्युनिष्ट सिद्धान्तै छोडेका दलहरुले कसरी सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ र ? अनि पुँजीपति वर्गको नेतृत्व गर्ने दलले कसरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न सक्छ र ? त्यसैले कांग्रेसले बर्तमान सत्ता घटक ‘बाम’ दलहरुलाई अधिनायबादी देख्नु भन्दा आफुभित्रको गैरप्रजातान्त्रिक चरित्र सुधार गर्नु आवश्यक छ । 
लेनीनबादी संगठनात्मक सिद्धान्त अनुसार पनि कम्युनिष्टहरुलाई गैर प्रजातान्त्रिक देख्नु नै कांग्रेसका लागि भुल हुन्छ । जनबादी केन्द्रियताका आधारमा कम्युनिष्टहरु प्रजातान्त्रिक हुन भन्ने एथेष्ट बाटो छ । छलफलमा जनबाद, निर्णय प्रक्रियामा जनबाद र कार्यान्वयनमा केन्द्रियता कम्युनिष्ट पार्टीभित्रको संगठनात्मक अभ्यास हो । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेभित्र प्रजातान्त्रिक अभ्यासका आधारमा नेतृत्व चयन हुने, निर्णय प्रक्रियामा जनवाद हुने कुरा धेरै पहिलेदेखि नै चलिआएको छ । यद्यपी भएको निर्णय कार्यान्वयन गर्नमा केन्द्रियता लाग्न छोडेको पनि धेरै भयो । आन्तरिक अनुशासन, आलोचना/आत्मालोचना जस्ता अभ्यासहरु एमालेका लागि अव ईतिहास भईसकेका छन् । तर, पार्टीको अन्तरसंगठनिक क्रियाकलापहरुमा र संसदीय अभ्यासका लागि उम्मेदवार चयन गर्ने क्रममा गैर कम्युनिष्टहरु भन्दा कम्युनिष्ट नामधारीहरुले लोकतान्त्रिक अभ्यास बढी प्रयोग गरेको कुरालाई बिर्सेर कांग्रेसले अहिलेका कम्युनिष्टहरुलाई अधिनायकबादी मात्रै देख्दै आएका छ ।  
पहिलो कुरा, प्रजातन्त्रको आफ्नै खालको परिभाषा छ, आफु सरकारमा भएका बेला मात्रै प्रजातन्त्र दिगो हुने र आफु सरकारबाट बाहिरिएपछि प्रजातन्त्र खतरामा पर्ने परिभाषाले कुनै अर्थ राख्दैन । यदि शासन पद्धति प्रजातान्त्रिक भयो भने कुर्चीमा को बस्यो भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसैले आफुलाई मात्रै प्रजातान्त्रिक ठान्नु र अरुलाई गैरप्रजातान्त्रिक देख्नु भन्दा आफु प्रजातान्त्रिक हुन सिक्नु जरुरी छ । 
दोश्रो, नेपाली कांग्रेस आफैले दावी गरेको ईतिहासलाई फेरी एक पटक केलाउनु जरुरी छ । निश्चित रुपमा कांग्रेसले दावी गरे अनुसार नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि भएका निर्णायक राजनीतिक लडाईहरुको नेतृत्व कांग्रेसले गरेको हो । चाहे त्यो ००७ सालमा होस, ०४६ सालमा होस् वा ०६२/०६३ मा होस्, यसको भरपुर जस लिने अधिकार कांग्रेसलाई छ, नेतृत्व कांग्रेसले ग¥यो अन्य दलहरुले अर्थपूर्ण सहभागिता जनाए । तर, कांग्रेसले अध्ययन गर्न नचाहेको अर्को पाटो पनि छ, त्यो हो प्रजातान्त्रिक अधिकार खोसिदाँ कसले नेतृत्व गरेको थियो ? 
०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाई बहुमतको सरकार थियो प्रजातन्त्र मासिदाँ, त्यसको अपजस अन्य दलहरुले लिनु पर्ने कुनै कारण छैन्, कांग्रेस एक्लैले लिए पुग्छ । ०५२ सालमा तत्कालीन नेकपा माओवादीले ४० बुँद ज्ञापन पत्र बुँझाउँदा र फागुन १ गते सशस्त्र बिद्रोह सुरु गर्दा पनि कांंग्रेस आफै थियो सरकारको नेतृत्वमा । ०५९ साल असोज १८ गते पनि कांग्रेस नेतृत्वकै एकमना सरकार थियो र ०६१ साल माघ १९ गते पनि कांग्रेस नेतृत्वको सरकार थियो । यसलाई कांग्रेसले संयोग मात्रै ठान्छ वा कमजोरी ? अहिले प्रजातन्त्र खतरामा परेको देख्ने कांग्रेसले आफै सत्तामा भएका बेला प्रजातान्त्रिक अधिकार खोसिएको र त्यो अधिकार पुनःप्राप्तीका लागि नेपाली जनताले ठुलो मुख्य चुकाउनु परेको कुरालाई कसरी नजरअन्दाज गर्दैछ ? 
तेश्रो, कांग्रेसले जव जव संसदमा सुबिधाजनक बहुमत ल्याउँछ, तव तव उन्माद् चढ्छ । ०१५ सालको बिषय अलि फरक होला मानौं तर ०४८ सालमा प्राप्त गरेको सुबिधाजनक बहुमत किन कांग्रेसले गुमायो ? पार्टीभित्रका ३६सें र ७४रे ले गर्दा होईन र ? पार्टीभित्रको कलहले देशले मध्यावधीको सामना गर्नु परेको होईन र ? यस्तै ०५६ मा को निर्वाचनमा पाएको सुबिधाजनक बहुमत पनि तीन बर्ष सरकार चलाउन नसकेका कारण फेरी मध्यावधी निर्वाचन गराउने तहसम्म पुगेको होईन र ? पार्टी बिभाजन, दरवारले प्रजातन्त्र खोज्नु, जननिर्वाचित प्रधानमन्त्रीलाई असक्षम घोषणा गर्नु सवै कुरा पनि त कांग्रेसका लागि अध्ययनको बिषय बन्दैनन् र ? 
त्यसकारण कांग्रेसले पहिलो आफु प्रजातान्त्रिक हुनु जरुरी छ । बिगतमा भएका कमीकमजोरी सच्याउने तहमा जानु जरुरी छ । जितको उन्माद्ले जति जति कांग्रेस फुल्दै गयो त्यति त्यति धरातल बिर्सिदै गयो र अहिलेको अवस्थामा आईपुगेको छ । 
अहिलेको “बाम” सरकारको हविगत् पनि अवको दुई बर्षपछि यस्तै हुनेछ । यद्यपी कांग्रेसले भने जस्तो यिनै शासकहरुले प्रजातान्त्रिक अधिकार कुण्ठित गरेर कम्युनिष्ट शासन व्यवस्था ल्याउने हैसियत छैन किनकी अहिलेका सत्ता साझेदारहरुमा नाम बाहेक अव कम्युनिष्टपन छैन तर जसरी कांग्रेसले सत्ता नेतृत्व गरेका बेला आफ्नै कारण आफुलाई र प्रजातन्त्रलाई कमजोर बनाउदै गयो, यो सरकार पनि त्यस्तो अवस्थामा पुग्ने कुरा नकार्न सकिदैन । उहिले र अहिलेकोमा फरक के छ भने त्यतिबेला सामन्तबादको प्रत्येक्ष नेतृत्व थियो तर अहिले सामन्तबादको प्रत्येक्ष नेतृत्व छैन, र पनि नेतृत्व अकास्मात जन्मिने कुरा पनि अस्वीकार गर्न मिल्दैन, किनभने रातारात तानाशाहहरु जन्मेका बिश्व ईतिहासहरु छन् ।  
अहिलेको “बाम” सरकारमा पनि सत्ता उन्माद्  छ । जितको उन्माद् छ, तलदेखि माथीसम्म कांग्रेस सधैंका लागि सखाप भएको देख्दैछ् । जसरी कांग्रेसले बिगतमा प्रतिपक्ष पनि छ भन्ने अनुभुति गरेन, त्यसरीनै अहिलेको गठबन्धनले पनि प्रतिपक्षको अनुभुति गरेको छैन । यदि यस्तै अवस्था हो । बिषय वा प्रसंगले अर्को अर्थ नलागोस्, अहिलेको “बाम” गठबन्धन एकदलीय अधिनायकबादतिर होईन, छाडातन्त्रमा जाने खतरा हुन सक्छ, बरु त्यसबाट सचेत रहनु जरुरी छ । 
त्यसैले कांग्रेसले आफ्नो मनबाट “चुल्कुण्टेको भुत” सधैंका लागि हटाईदिए पुग्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

खरिदारका लागी उपयोगी 
१. नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान कति छ ? —४.३५%
२. विश्वको पहिलो मानवीय शिखर सम्मेलन–२०१६ कुन देशमा आयोजना भयो ?  — टर्की 
३. संसारका बढी प्रतिव्यक्ति आय भएको मुलुक कुन हो ?   — कतार
४. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
— ११
५. नेपालकै अग्लो झोलुङ्गे पुल पर्वतको कुन खोलामा रहेको छ ?     — मोदी खोला
६. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?     — हेलियोफोविया
७. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?   — रियो सम्मेलन 
८. अभिनयको उत्पत्ति कुन वेदबाट भएको हो ?   — यजुर्वेद
९. मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?   — घटस्थापनामा
१० “उराउ’ . किसान भए “अहिर’ . ? — यादव
११. वि.सं. २०७२ को भूकम्पपछि पुनः निर्माणको लागि अनुदान सम्झौता भएको पहिलो जिल्ला कुन  हो ? — दोलखा
१२. सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?   — सर्लाही 
१३. अन्तराष्ट्रिय विधुवा दिवस कहिले पर्छ ?   — जुन २३
१४. महादेव पार्वती गुफा . मोरङ भए शिवजी गुफा . ?   — दाङ
१५. अन्नको आयतन कुन इकाईमा नापिन्छ ?    — बुसेल
१६. बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?   — १६४ वर्ष 
१७. क्रनोमिटरले कहाँको समय देखाउँछ ?   — ग्रिनबीचको
१८. सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?    — लङकासायर,बेलायत 
१९.“एउटा जार, एउटा चर्च र एउटा रुस” भन्ने नाराको कुन जातिले विरोध गरे ?   — श्रपोल
२०. लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?    — देवदासी
२१. खस भन्नु भन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?   — शक
२२. नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ?  — वि.सं. २०१३ असोज ५
२३. एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हो ?    — नृत्यदेवी
२४. नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?  — महेन्द्र मल्ल 
२५. मेसिन रिडियवल पासपोर्ट अन्तराष्ट्रिय प्रयोग कहिलेदेखि भएको हो ?   — सन १९८१
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ?     — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्धको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण  भयो ?  — जर्मनी 
२८. अल्वर्ट ताल कहाँ पर्छ ?   —अफ्रिका 
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ?   — मलेसिया 
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ?   —फेब्रअरी, २००४
३१.विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ?   — गंगा 
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ?   — माझी 
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ?  — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?  — सिमसार क्षेत्र 
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ?  — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ?   — जयस्थित मल्ल 
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ?    — कञ्चनपुर 
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ?  — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?  — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?     — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?  — डा.भेषबहादुर थापा 
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ?   — १९५० जुलाई ३१
४५.नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?   — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  — धादिङ 
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ?   — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ?     — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ?    — ज्वालामुखी
५०. राइटर बा भनेर कसलाई चिनिन्छ ?   — बलबहादुर कार्की 
५१. जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?  
— २०६७ कार्तिक २९–मंसिर ३
५२. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?   — यूनिस्को
५३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०

साहित्य/सृजना 

बिकास 


विकास आउँदैन, बाजा बजाएर,
नत आउँछ यो, हावामा सपना सजाएर,
केवल, दशनंग्रा खियाएर,
दुरदृष्टिले चियाएर !!

विकास आउँदैन, धम्कीध्वाँस देखाएर,
नत आउँछ यो, हात लप्काइ बोलाएर,
केवल, पसिनाका धारा बगाएर,
अदम्य साहस देखाएर !!

विकास आउँदैन, देवदेवी भाकेर,
नत आउँछ यो, कहिल्यै अरुसंग मागेर,
केवल, कोटियौं जन, एकसाथ जागेर,
काँधमाकाँध हातमाहात राखेर !!

विकास आउँदैन, देखासिखी गरेर,
नत आँउछ यो, योजना कागजमा कोरेर,
केवल, आफ्नो अपरिहार्यता समेटेर,
अर्थ, स्रोत चुहिने प्वाल टालेर !!

विकास आउँदैन, भाषणमा लटपटिएर,
नत आउँछ यो, सयौं इच्छाहरु समेटिएर,
केवल, एकदुइलाई प्राथमिकता दिएर,
अनगिन्ती चाहना विर्सिएर !!

पहाडमुनीबाट रेलमोटर, एकसाथ धेर,
ओहरदोहर आलीकाप्वालवाट, मुसा झैं गरेर,
विकासको स्वरुप, अनुपम यो हेर,
असंभवलाई संभव तुल्याएर !!
जीवनराम बुढाथोकी 
खलङ्गा–९, सल्यान

मुक्तक

भेट्न आउन सक्दिन बन्द भएर ।
देश भित्र आन्तरीक द्वन्द भएर  ।।
अति हुँदा गजलमा लेख्छु भनेको ।
त्यही लेख्न गाह्रो भयो छन्द भएर ।।
मेरो प्राण भन्छौ अनी हाँस्न मन लाग्छ ।
निकै सोझो बन्छौ अनी हाँस्न मन लाग्छ ।।
घरकीको आँखा छली अन्तै माया लगाई ।
भेट्ने दिन गन्छौ अनी हाँस्न मन लाग्छ ।।
सपनीमा देखे भेट्न हतास लाग्या छ ।
मन भित्र मायाको नै बतास लाग्या छ ।।
रुदै टाढा हुदै बस्ने कस्तो बिवशता ।
त्यो छातिमा निदाउन अत्यास लाग्या छ ।।
प्यासी थियौ प्यास मेटाउन जानु गल्ति थियो ।
त्यो मुटुमा नाम लेखाउन जानु गल्ति थियो ।।
शान्ति अधिकारी 
नेपालगञ्ज

सूचना/सन्देश/बिज्ञापन 

जनहितका लागि जारी सन्देश 

१. बाढी पहिरोबाट हुने क्षति कम गर्नका लागि बृक्षारोपण गरौं ।
   अनावश्यक रुपमा बन जंगलको बिनाश नगरौं ।  
२. आफ्नो गाउँठाउँमा निर्माण भईरहेका बिकास योजनाहरुको  गुणस्तरका बारेमा चाँसो राखौं । 
३. बाढी पहिलो नियन्त्रण नगरेसम्म दिगो विकास हुन सक्दैन भन्ने  कुरालाई ध्यान दिँदै सवैभन्दा पहिलो बाढी पहिरो नियन्त्रणमा बिशेष पहल गरौं ।  
४. बन जंगल, नदी नाला हाम्रो मुल आधार हो भन्ने कुरालाई मनन्  गरौं । भरसक रुख नकाटौं, काट्नै पर्ने भए काटेको रुखको ठाउँमा नयाँ बिरुवा रोपौं ।
५. माटोको संरक्षण गर्ने बिभिन्न उपायहरु अपनाऔं । गल्छीहरु पन्छाऔं, भत्केको ठाउँमा वाल लगाऔं । 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, राजपुर, दिपायल डोटी 


झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
प्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
खानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस 
डाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।
सुप क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय राजपुर दिपायल डोटी 

नेपाल सरकार
राष्ट्रिय योजना आयोग
केन्द्रीय तथ्याङ्क विभाग
जिल्ला आर्थिक गणना कार्यालय, डोटीको अनुरोध

यहि मिति २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, वित्तीय संस्था लगायत अन्य  विभिन्न प्रकारका संघसंस्था तथा कार्यालयहरूमा गणकहरु आउँदै छन् । आफ्नो प्रतिष्ठानका क्रियाकलाप सम्बन्धी सही विवरण गणकलाई उपलव्ध गराई प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पारौँ । तपाँइहरूले दिनु भएको विवरणहरु कर प्रयोजनका लागि प्रयोग गरिने छैन र तथ्यांक ऐन, २०१५ अनुसार गोप्य रहनेछन् । निर्धक्क भई यस गणनामा सहभागी बनौँ । 
जिल्ला आर्थिक गणना कार्यालय, डोटी

आदर्श गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
मौवा नगरदह, डोटी 
 प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०१/०४ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस आदर्श गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
२. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
३. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakwodn) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
४. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  
यस बिषयमा थप जानकारी चाहिएमा आदर्श गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, मौवा नगरदह डोटीमा बुझ्न सकिनेछ । 

बोगटान गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
चवाराचौतारा, डोटी 

 प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०१/०४ गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस बाेगटान गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
२. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
३. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakwodn) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
४. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  
यस बिषयमा थप जानकारी चाहिएमा बोगटान गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, चवाराचौतारा डोटीमा बुझ्न सकिनेछ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मितिः २०७४/८/७
जिल्ला  डोटी पचनाली गा.वि.स.वडा नं.१ स्थित कि.नं.३५, ३७, ५४, ५७, ८५, १०४, १२६, १४४, १८७, २५१, ३००, ४१०, ५१२, ५२३, ५६६ को पुरै घर जग्गाहरु चनि साउँदको नाती देवि साउँदको छोरा तेज वहादुर साउँद र यादव वहादुर साउँदको नाउँमा नापनक्सा भई जग्गाधनी प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनि यादव वहादुर साउँदको मिति ः २०६१/८/७ मा मृत्यु भएको र निजको हकदार पत्नि हरीना साउँदको मिति ः २०६७ सालमा जि.डडेलधुरा घर भई हाल भारतको नासिकमा बस्ने नाम थाहा नभएको व्यक्तिसंग पोइल गएकीले मृतक जग्गाधनि यादव वहादुर साउँदको शेषपछिको हकदार छोराछोरी कोही केही नभई अपुताली परेको हुँदा शेषपछिको हकदार एकमात्र भाई तेज वहादुर साउँद भएकोले तेज वहादुर साउँद र यादव वहादुर साउँको नाउँको संयुक्त श्रेस्तापुर्जा मध्ये मृतक यादव वहादुर साउँदको पुरै हकहिस्सा मेरा नाउँमा एकलौटी नामसारी गरिपाउँ भनि साविक पचनाली गा.वि.स.स्थित जग्गाधनि प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली नागरिकताको प्रमाण पत्र, शिखर नगरपालिका–६ नं.वडा कार्यालयको च.नं.४०८ मिति ः ०७४/१२/१२ को किटानि सिफारीस पत्र आदी प्रमाणहरु साथै राखी मिति २०७४/१२/१२ मा यस कार्यालयमा निवेदन पेश गर्नु भएकोले हकदावि सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा मृतकको पत्नि पोईल नगएको भए वा अन्य हकदार भए वा नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिन भित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना  द्वारा जानकारी गरिन्छ ।

Tuesday, April 10, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल चैत्र २७ गते मंगलबार

सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको रक्षा गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अलपत्रै निर्माणाधीन बिद्यालय भवनहरु

डोटी शिखर नगरपालिका–४, मुड्भरामा रहेको शारदा माबिमा दुई कोठे भवन निर्माण सुरु भएको चार बर्ष बित्यो । चार बर्षको अवधीमा जग हाल्ने र पिल्लर ठड्याउने बाहेक अरु कुनै काम भएको छैन । भवन कुन निकायबाट, कसरी निर्माण हुँदैछ भन्ने बारेमा बिद्यालयलाई आधिकारिक जानकारी छैन । 
यस्तै के आई सिंह गाउँपालिका–४ वायलमा रहेको झिमेमालिका माबिमा २०७०÷०७१ देखि निर्माण सुरु भएको दुई कोठे भवनले पनि पूर्णता पाएको छैन । अधुरो उक्त भवन कसरी निर्माण हुन्छ भन्ने बिषयमा बिद्यालयलाई जानकारी छैन । 
वायल र मुड्भरा जस्तै जिल्लाका बिभिन्न बिद्यालयहरुमा बन्दै गरेका भवनहरु पूर्ण हुने कुरामा स्थानीयमा संका बढ्न थालेको छ । जिल्ला प्राबिधिक कार्यालयबाट सम्झौता भई निर्माण कार्य सुरु भएका यि भवनहरु राज्यको पुनर्संरचनासंगै अलपत्र परेका छन् । साविकका गाउँ बिकास समितिहरुको पहलमा उपभोक्ता समिति गठन गरी काम सुरु भएका भवनहरु बजेट अभावका कारण पूर्णता पाउन सकेका छैनन् । 
‘म बिद्यालयमा आउनु भन्दा अगाडीदेखि नै भवन निर्माण कार्य सुरु भएको थियो, म आएको पनि चार बर्ष पुग्न लाग्यो’ २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी शिक्षक भएर आएका झिमेमालिका माबि वायलका प्राचार्य नन्दराम पुन भन्छन् ‘कहिले दुई लाख, कहिले तीन लाख आउँछ, थोरै काम ग¥यो, फेरी रोक्यो ।’ अव के हुने भन्ने बिषयमा फेरी अन्यौलता छाएको प्राचार्य पुन बताउँछन् । उनी भन्छन् ‘यो भवनको शिर्षकमा वजेट आएको छैन ।’ गाउँपािलका र जिल्ला प्राबिधिक कार्यालय दुवैमा बुझ्दा भवन निर्माणका लागि बजेट नआएको पुन बताउँछन । 
शारदा माबि मुड्भराका प्राचार्य लोकेन्द्र नायकलाई आफ्नै बिद्यालयको भवन कसरी बन्दैछ भन्ने कुरा जानकारी छैन । ‘गाविसको पहलमा उपभोक्ता समिति गठन भएर काम भईरहेको भन्ने सुनेको छु’ कुन निकायबाट हो, कति बजेट आउँछ भन्ने एकिन जानकारी छैन ।’ उनले पहिलो किस्ताका रुपमा दुई लाख पचास हजार रुपैयाँ आएको भन्ने मात्रै सुनेको तर कति रकम आयो र त्यसपछि अर्को किस्ता आयो कि आएन भन्ने कुनै जानकारी नभएको बताए । 
भवन निर्माणको बिषयमा बिद्यालय व्यवस्थापन समिति समेत अनविज्ञ रहेको छ । शारदा माबि मुड्भराका विद्यालय व्यवस्थापन समिति सदस्य सुदर्शन शर्मा भन्छन् ‘के कारणले निर्माण कार्य रोकिएको हो, यसको अनुमगन गर्ने निकाय को हो भन्ने वारेमा हामीलाई केही जानकारी छैन ।’ 
निर्माणकाधीन भवनहरुको अवस्था के हुने भन्नेवारे जिल्ला प्राबिधिक कार्यालय पनि अनबिज्ञ छ । ‘केही योजनाहरु शान्ति अन्तरगत र केही योजना पुनर्निमाण अन्तरगत छन’ प्राबिधिक कार्यालयका सव ईन्जिनियर लोक खड्का भन्छन् ‘कुन आधारमा बजेट निकासा हुन्छ भन्ने कुरा हामीलाई थाह हुँदैन, आएको बजेट अनुसार हामीले काम गराउने मात्रै हो ।’ उनले आफुलाई योजनाका बारेमा जानकारी नभएको बताउँदै लेखापालसंग सोधेर पछि जानकारी गराउने बताए ।

सम्पादकीय 

सुशासन कायम होस्

२०७४ साल हामीहरु माझबाट बिदा हुन अब तीन दिन मात्रै बाँकी छ । यो बर्षमा राजनीतिक, सामाजिक, आर्थिक रुपमा निकै तिता–मिठा अनुभवहरु भोग्नु प¥यो नेपाली जनताले । धेरै अपेक्षा, धेरै आशाहरु धेरै सम्भावनाहरु देखिए यो बर्षमा । राजनीतिक उथलपुथल पनि धेरै भए । तीन तहका व्यवस्थापिकाका निर्वाचनहरु सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिहरुले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । राष्ट्र प्रमुख, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रमुखहरुको समेत निर्वाचन भईसकेको छ । समग्रमा भन्दा यो बर्ष नेपालका लागि निर्वाचन बर्ष भयो । 
बर्षको अन्तिमतिर आएर अपराधिक घटनाहरु ह्वात्तै बढेका छन् । सरकार परिर्वतनको लक्षण देखा परेको हो वा सुरक्षा निकायहरुको निरीहपना हो, अपराधिक घटनाहरुमा तिव्र बृद्धि हुनु राम्रो पक्ष भने पक्कै पनि होईन । यसलाई सुधार गर्नु जरुरी छ । 
अर्कोतिर १५ बर्षसम्म कर्मचारीहरुले चलाएका स्थानीय सरकारहरु जनप्रतिनिधिहरुद्वारा सञ्चालित हुँदैछन् तर ति जनप्रतिनिधिहरुको अवस्था भने कहाली लाग्दो देखिन्छ । भ्रष्टाचारमा संलग्न भएका थुप्रै उदाहरणहरु आउन थालेका छन् । जनताले नजिकका प्रतिनिधिहरुबाट धेरै आश गरेका हुन्छन् तर तिनै जनप्रतिनिधिहरुले आफुलाई दुई÷चार रुपैयाँको लोभमा मुछ्नु भयो भने जनताले गरेको आश के होला ? 
अहिले स्थानीय निकायको पुनर्संरचना भएको छ । बिगतको भन्दा जिम्मेवारीका साथ स्थानीय निकायले संबैधानिक मान्यता पाएका छन । यस अवस्थामा आएका जनप्रतिनिधिहरु, सक्षम, सवल, निश्पक्ष, पारदर्शी, जवाफदेही र उत्तरदायी हुनु जरुरी छ । त्यसकारण जसरी २०७४ साल निर्वाचन बर्षमा रुपमा बितेको छ, त्यसरी नै आउने २०७५ साल सुशासन कायम गर्ने बर्षको रुपमा बितोस् । सुशासनको जग बसाउने बर्षको रुपमा बितोस् । स्थानीय तहमा सुनिने गरेका सवै प्रकारका भ्रष्टाचारहरुको अन्त्य होस् ।

थप समाचार 

पहिरोमा मुक्त हलिया बस्ती

रामहरी ओझा/डोटी
चैत्र २६
साविकको बगलेक गाबिस–६ (हाल पूर्वीचौकी गाउँपालिका–२) का भूमिहिन मुक्त हलिया जयबहादुर कोली २०७२ साल कार्तिक २४ गते जग्गाका मालिक भए । मुक्त  हलिया पुनस्र्थापना कार्यक्रमबाट जग्गा खरीदका लागि दुई लाख रुपैयाँ पाएका उनले दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा १० आना जग्गा  किने । 
पुनस्र्थापना कार्यक्रमबाटै घर निर्माणका लागि तीन लाख २५ हजार पाएका उनले उक्त जग्गामा घर बनाए । ईस्टिमेट अनुसार दुई कोठे घर बनाउँदा हुने भएपनि उनले तीन कोठे घर बनाए । तर उनी त्यो घरमा बस्दैनन् । 
यस्तै मुक्त हलिया प्रसाद कोलीले पुनस्र्थापना कार्यक्रमबाट पाएको चार लाख २७ हजार पाँच सयमध्ये दुई लाखमा जयबहादुरले किनेकै ठाउँमा १० आना जमिन किनेर आफ्नो नामको अगाडीको “भूमिहिन” भन्ने शव्द हटाउन सफल भए । उनले बचेको दुई लाख २७ हजार पाँच सयले दुई कोठे घर लगाए तर उनी पनि उक्त घरमा बस्दैनन् ।  
बगलेककै हर्कबहादुर कोलीले पनि उक्त ठाउँमा १० आना जमिनमै दुई दुई कोठे जमिन बनाए । पाँच लाख २५ हजार रुपैयाँ पुनस्र्थापना कार्यक्रमबाट पाएका हर्क पनि घर तयार गरेर उक्त घरमा बस्दैनन् ।
जयवहादुर, प्रसाद र हर्कले बनाएको घरको चारैतिर पहिरो छ । पहिरोमा घर बनाएका कारण उनीहरु आफ्नो घरमा बस्न आँट गरिरहेका छैनन् । जय, प्रसाद र हर्क मात्रै होईन, उक्त पहिरोमा अन्य ७ जनाले पनि जमिन खरीद गरेका छन् तर घर भने निर्माण भईसकेका छैनन् । 
साधारण मुक्त हलियाले मात्रै होईन, हलिया मुक्ती आन्दोलनका अभियन्ता डम्मर बिकले पनि यस्तै पहिरोमा एक रोपनी नौ आना जमिन किनेका छन तर उनले घर भने बनाएका छैनन् । गत बर्षसम्म उक्त पहिरोमा जग्गा किन्ने मुक्त हलियाहरु पाँच जना मात्रै थिए । चैत्र ७ गते जनही आठ आनाका दरले पाँच जनाले फेरी सोही पहिरोमा जमिन किनेका छन् । उनीहरुले पहिलो किस्ता रकम समेत लगिसकेको र घर बनाउने तयारीमा रहेको मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीले वताए । उनले भने ‘पहिलो किस्ता बरावर ७० प्रतिशत रकम दिने व्यवस्था रहेको छ, सोही अनुसार उनीहरुले रकम लिईसकेका छन् ।’ बाँकी ३० प्रतिशत काम सम्पन्न भएपछि पाउने जोशीको भनाई   छ । 
किन यस्तो पहिरोमा घर बनाएको ? मुक्त हलिया जयबहादुर कोली भन्छन् ‘सरकारले जमिन किन्नका लागि थोरै पैसा दियो, त्यो पैसामा राम्रो ठाउँमा जमिन पाईएन, अनि जहाँ सस्तो पाईयो उतै जमिन किनेर घर बनाएँ ।’ उनी प्रश्न गर्छन ‘राम्रो ठाउँमा डेढ लाख मिटर भन्न थाले, मलाई जम्मा दुई लाख दिएको छ, अनि कसरी राम्रो ठाउँमा किन्ने ? 
किन बस्नु भएन त आफ्नो घरमा ? कोली भन्छन् ‘आँगन अगाडी पहिरो गएको छ, वाल लगाउनु पर्नेछ, वाल नलगाईकन् वस्न सक्ने अवस्था छैन, त्यसैले अव वाल लगाएर बस्छु ।’ उनी वाल लगाउनमा पाँच लाख रुपैयाँ जति खर्च आउने बताउँछन्, भन्छन् ‘पैसा त धेरै लाग्ने हो ।’
लामो समयको आन्दोलनपछि नेपाल सरकारले २०६५ सालमा पुनस्र्थापनाको ग्यारेण्टी सहित हलिया मुक्तीको घोषणा गरेको थियो । मुक्तीको घोषणा भएको ६ बर्षपछि अर्थात २०७१/०७२ देखि पुनस्र्थापनाको कार्यक्रम सुरु भएको डोटी जिल्लामा हालसम्म एक सय ५१ जनाले घर र जमिनका लागि रकम लिईसकेको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा सुपरभाईजन नरी चुनाराले जानकारी दिए । तर पुनस्र्थापना कार्यक्रममा परेर पनि आप्नै घरमा बसेकाहरुको संख्या कति छ भन्ने जानकारी कुनै निकायमा छैन ।
कार्यबिधि अनुसार मुक्त हलियाहरुले खोजेको र रोजेको ठाउँमा जमिन खरीद गर्न दिनु पर्ने व्यवस्था भएका कारण उनीहरुले रोजेकै ठाउँमा उनीहरुलेनै जमिन खरीद गरेको वताउँछन् मुक्त हलिया पुनस्र्थापना कार्यक्रम जिल्ला समितिका सदस्य सचिव समेत रहेका मालपोत कार्यालयका प्रमुख जोशी । उनी भन्छन् ‘हामीले त्यस्तो ठाउँमा हुन्न भनेर सम्झाउँदा समेत उनीहरु त्यसै ठाउँमा किन्ने भन्छन्, अनि  कसरी रोक्ने ?’ 
यसपाली किनेको जग्गामा पनि पानी बिद्युत लगायतका सुबिधाहरु नभएको भन्दै जोशीले भने ‘हामीले उनीहरुलाई आवश्यक पूर्वाधारहरु छैन भन्दा पनि उनीहरु एकै ठाउँमा बस्ती बनाएर बस्ने जिद्दि गर्छनु ।’
हलिया मुक्तीको घोषणा गर्दा सरकारले न्यायिक पुनस्र्थापना गर्ने ग्यारेण्टी गरेको थियो । ‘उनीहरुले नै रोगेको’ भन्ने नाममा पहिरोमा बस्ती बसाउन दिने, जंगलमा बस्ती बसाउन दिने, पूर्वाधारै नभएको ठाउँमा बस्ती बसाउन दिने कुरालाई कसले रोक्ने ? देख्दादेख्दै जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन दिएर भविश्यमा कुनै क्षति भए त्यसको जिम्मेवारी कसले लिने ? 
अझ अचम्मको कुरा त के छ भने मुक्त हलिया पुनस्र्थापना कार्यक्रम जिल्ला समितिको संयोजक प्रमुख जिल्ला    अधिकारी हुने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी जिल्ला दैवी प्रकोप उद्दार समितिका समेत संयोजक हुन्छन् ।  

बित्तीय साक्षरता अभियान

नेपाल राष्ट्र बैङ्कले डोटी जिल्लाका ग्रामिण क्षेत्रका महिलाहरुलाई बित्तीय  साक्षरता शिक्षा प्रदान गरेको छ । 
निड्स नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा राष्ट्र बैङ्कले डोटी शिखर नगरपालिका–४ का करीव दुई सय महिलाहरुलाई बित्तीय साक्षरता सम्वन्धि जानकारी गराएको हो । ‘महिलाहरुलाई बचतको महत्व, बैङ्क खाताको महत्व जस्ता बिषयमा जानकारी दिने उद्देश्यका साथ साक्षरता शिक्षा आयोजना गरिएको हो’ निड्स नेपालका सह निर्देशक प्रकाश मडैले भने ‘खर्च घटाउने र लगानी बढाउने बिषयमा महिलाहरुसंग छलफल गरियो ।’ 
यस क्षेत्रका अधिकांश पुरुषहरु रोजगारीको लागि भारत तथा तेस्रो मुलुक जाने गरेको बताउँदै मडैले भने ‘तर बैङ्कमा खाता खोल्ने चलन छैन, त्यसैले बिशेषगरी बैङ्कमा खाता खोल्नका लागि जोड दिएका छौं ।’ उनले बिभिन्न समूह तथा सहकारी संस्थामा आवद्ध महिलाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित गरेको बताए । 
बित्तीय साक्षरता शिक्षा कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि दिईएको निड्सका अनुगमन अधिकृत दिर्ख ओझाले जानकारी दिए ।  

किमाडीले बनाए प्रदेशको लोगो

७ नं. प्रदेशको लोगो तयार गर्नका लागि भएको प्रतिस्पर्धामा डोटीका युवा टेकवहादुर किमाडीले बनाएको लोगो उत्कृष्ठ भएको छ । 
प्रदेश सभाले लोगो छनौट गर्न बनाएको प्रदेश सभा सदस्यहरुको समितिले सार्वजनिक सूचनामार्फत लोगो तयार गर्न आव्हान गरेको थियो । पाँच जनाले भाग लिएको उक्त लोगो बनाउने प्रतिस्पर्धामा डोटी शिखर नगरपालिका–११ का किमाडीले बनाएको लागो सर्वोत्कृष्ट भएको छ । लोगो निर्धारण समितिले केही परिमार्जन सहित उक्त लोगो प्रदेश सभामा पेश गरेको थियो ।
उक्त लागो आइतबार बसेको प्रदेश सभाको बैठकले अनुमोदन गरेको छ । लोगो डिजाईनर किमडी प्रदेश सभा सचिवालयका सहायक कम्प्युटर अपरेटर हुन । लोगोको अर्थ झल्काउने गरेर आठ बुँदामा लोगोको व्याख्या गरिएको छ । लोगोको माथिपट्टी रहेको नेपालको झण्डाले राष्ट्रियता झल्काउने, राष्ट्रिय झण्डामुनी रहेको निलो र सेतो रंगको हिमालले प्रदेशभित्रका दुई उच्च हिमाल अपि र सैपाललाई दर्शाउने र मध्यभागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भू–भाग र चुरे पहाडलाई जनाउने लोगो निर्माणकर्ता किमाडीले गरेको व्याख्यामा छ । 
यस्तै तलपट्टी रहेको समतल फाँटले प्रदेशको अन्नको भण्डारका साथै सांस्कृतिक विविधताले भरिएको तराईलाई इंगित गर्ने, राष्ट्रिय झण्डाको दायाँबायाँतर्फ रहेका नौ वटा लालीगुँरासले प्राकृतिक, सांस्कृतिक सुन्दरता तथा विविधताले भरिपूर्ण यस प्रदेशका नौ जिल्लाहरूको प्रतिनिधित्व गर्ने, अग्रभागमा रहेको नक्साले ७ नं. प्रदेशको नक्सा जनाउने, नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले हाम्रो प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिने र प्राकृतिक, साँस्कृतिक तथा भौगोलिक रुपमा सम्पन्न हामी प्रदेश सातको चालचलन, रितिरिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न एकताको प्रतिकको रुपमा सुनौलो गोलो घेराभित्र प्रदेशको लोगो देखाईएको किमाडीले बताए ।
लोगो निर्धारण समितिका संयोजक तथा प्रदेश सभा सदस्य बलदेव रेग्मीले लोगो निर्माता किमाडीलाई प्रमाणपत्र दिएर सम्मान गरिने बताएका छन् । संघीय संसदको सहयोगमा सुन, चाँदी, मेटल मिलाएर चाँडै लोगो बनाइने भएको छ ।

जनप्रतिनिधिहरु आएपछि म्याद तामेलीमा समस्या

डोटी जिल्ला अदातलका न्यायाधिश जयानन्द पनेरुले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि म्याद तामेलीमा समस्या आएको बताएका छन् । 
डोटी जिल्ला अदालतद्वारा सोमवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा न्यायाधिश पनेरुले जनप्रतिनिधिहरुले नवुझिदिँदा समस्या भएको बताए । यसअघि कर्मचारीहरु हुँदा यो समस्या नभएको उनी बताउँछन । ‘म्याद तामेली गर्दा सम्वन्धित व्यक्तिकै हातमा म्याद थमाउनु पर्ने, सम्वन्धित व्यक्ति नभेटिएमा उसको घरमा सूचना टाँस गर्नु पर्ने र उक्त सूचनाको एकप्रति सार्वजनिक स्थलमा पनि टाँस गर्नु पर्ने व्यवस्था छ’ न्यायाधिश पनेरुले भने ‘सूचना टाँस गर्दा रोहवरमा राख्नु पर्ने हुन्छ तर जनप्रतिनिधि हरु रोहवरमा बस्न मान्दैनन् ।’ 
न्यायाधिश पनेरुले जनप्रतिनिधिहरुले सहयोग नगरेको गुनासो तमिलदारहरुबाट आएको बताए । फलानो व्यक्तिलाई हामी चिन्दैनौं, फलानो नाम गरेको व्यक्ति फलानो होईन भनेर जनप्रतिनिधिहरुले असहयोग गर्ने गरेको उनी बताउँछन् । प्रतिवादीका नाममा तामेल गरिएको म्याद समयमै उनीहरु समक्ष नपुग्दा मुद्धा फैसला गर्नमा समेत ढिलाई हुने पनेरुको भनाई छ । 
पत्रकार भेटघाट कार्यक्रममा गत साउन यता जिल्ला अदालतमा आएका मुद्धाहरुको अवस्थावारे सञ्चारकर्मीहरुलाई जानकारी गराईएको थियो । गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएका १८ र यस बर्ष आईतवारसम्म दर्ता भएका ५५ गरी ७३ मुद्धामध्ये हालसम्म ३५ मुद्धा फछ्र्यौट भएका अदालतका श्रेष्तेदार      राईभान कुन्जेडाले जानकारी दिए । कुन्जडाका अनुसार व्यक्तिवादी देवानी आठ, सरकारवादी देवानी एक, व्यक्तिवादी फौजदारी १० र सरकारवादी फौजदारी ११ मुद्धा फछ्यौंट भएका छन् । यस्तै पुनरावेदनका पाँच मुद्धा फछ्र्यौट भएका छन । जिल्लामा यस बर्ष रिट निवेदन नपरेको श्रेष्तेदार कुन्जेडाले जानकारी   दिए । 
निर्वाचन भएका कारण यस बर्ष तुलनात्मक रुपमा मुद्धा फछ्र्यौट हुन नसकेको कुन्जेडाले बताए ।  

छोटकरी समाचार 

खेतबाली क्षतिको बिवरण संकलन गरिने

७ नं. प्रदेश सरकारले खडेरी, हुरी बतास तथा असिना पानीले खेतीबालीमा पु¥याएको क्षतिको बिवरण संकलन गर्ने भएको छ । 
प्रदेशका पहाडी तथा तराईका जिल्लाहरुमा खडेरी तथा असिना पानीले बालीनालीमा क्षति पुगेको जानकारी आएपछि सोमवार बसेको मन्त्री परिषदको बैठकले क्षतिको बिवरण संकलन गर्ने निर्णय गरेको हो । प्रदेशका नौ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत क्षतिको विवरण संकलन बैठकले निर्णय गरेको प्रदेश आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिएका छन् । वालीनालीमा पुगेको क्षतिका आधारमा किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रदेश सरकारले तत्काल विवरण संकलन गर्ने निर्णय गरेको प्रवक्ता शाहको भनाई छ । 
यस्तै बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने, सार्वजनिक लिखत प्रमाणिकरण विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवायलले जानकारी दिएको छ ।
बिभिन्न जिल्लाहरुमा खरेडी तथा असिना पानीले ठुलो क्षति गरेको छ ।

खेल समाचार 

राष्ट्रपनि रनिङ्क सिल्ड सुरु

१० औं राष्ट्रपति रनिङ्ग सिल्ड बिद्यालयस्तरीय खेलकुद् प्रतियोगिता सोमवारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढीको टुँडिखेलमा उक्त प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐरले उद्घाटन गरेका छन् । 
बुधवारसम्म चल्ने प्रतियोगितामा पाँच बिदामा खेलालीहरुबिच प्रतिस्पर्धा हुने बताईएको छ । जिल्ला खेलकुद् बिकास समितिका कार्यालय प्रमुख किरण श्रेष्ठका अनुसार प्रतियोगितामा नौ बिद्यालयहरु सहभागि भएका छन् । ‘जिल्लाका सवै बिद्यालयहरुलाई खवर गरेका थियौं’ श्रेष्ठले भने ‘जम्मा नौ बिद्यालयमात्रै सहभागि भएका छन् ।’ पद्म पव्लिक मुक्तीनारायण माबि सिलगढी, शिवपुर माबि जोरायल, घण्टेश्वर माबि जोरायल, रामपुर माबि बुडर, नवद्वीप बिद्या निकेतन भुमिराजमाण्डौं, खत्याडी माबि चवाराचौतारा, दिल्पेश्वर माबि दिपायल, शहीद आवासीय बिद्यालय राजपुर, र रघुनाथ माबि निरौलीका बिद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिईरहेको श्रेष्ठले बताए । 
छात्र र छात्राको कवड्डी, छात्र र छात्राको भलिवल, एथ्लेष्टिक्स, कराते र टाईगण्डो गरी पाँच बिधाका खेल हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार ४२ स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट क्षेत्रीयस्तरको प्रतियोगिताका लागि खेलाडीहरु छनौट गरिने समेत श्रेष्ठले जानकारी दिए । 
सोमवार बर्षाका कारण निर्धारित खेलहरु पुरा हुन नसकेको श्रेष्ठले बताए । ‘पानी गरेका कारण छात्र छात्राहरुको दौड हिट भएको छ’ श्रेष्ठले भने ‘अन्य खेलहरु मंगलवार र बुधवार हुनेछन् ।  
जिल्लाका सवै बिद्यालयहरुलाई खवर गरिएको भएपनि थोरै बिद्यालय मात्रै सहभागि हुन सकेको जिल्ला खेलकुद् बिकास समितिका अध्यक्ष गणेशबहादुर जोशी बताउँछन् । ‘खवर त सवै बिद्यालयलाई भएको हो तर आएनन्’ जोशीले भने ‘बिद्यालय बिदा भएको बेला परेर पनि आउन नसकेका होलान् ।’ बार्षिक परीक्षा सम्पन्न भएपछि अहिले बिद्यालयहरुमा बिदा छ । उनले बिद्यालयसंग आयस्रोत केही नहुने भएका कारण पनि खर्च धान्न नसकेर नआएका हुन सक्ने अनुमान पनि गरे । बिद्यार्थीहरुको आउने जाने, खाने बस्ने सवै खर्च सम्वन्धित बिद्यालयले व्यहोर्नु पर्ने अध्यक्ष जोशीले जानकारी दिए ।  

लेख 

सामाजिक सञ्जाल ः लोकतन्त्रको मित्र कि बैरी ?

जीवन क्षेत्री
उहिले सामाजिक सञ्जाल नहुँदा र अहिलेका चुनावमा के फरक छ ?
उहिले मत माग्न घरघर जानुपथ्र्यो, टोलटोलमा भित्ताभर पम्प्लेटहरू टाँस्नु पथ्र्यो । पैसा तिरेर पत्रपत्रिका र रेडियो–टेलिभिजनमा भोट माग्नुपथ्र्यो, चर्को खर्च गरेर ठूल्ठूला आमसभाहरू गर्नुपथ्र्यो । गाउँघर र पाखाका साँगुरा बाटोहरूमा माइक लिएर मान्छेलाई आमसभाको निम्तो दिँदै र भोट माग्दै हिँड्नुपथ्र्यो । अहिले पनि ती प्रचार माध्यमहरू प्रयोगमा छन् तर तीभन्दा धेरै सस्तो (निःशुल्क), सुविधाजनक र प्रभावकारी माध्यम बनेको छ सामाजिक सञ्जाल । 
भन्न मन लागेको कुरा लेख्यो, लेख्न जाँगर नभए बोलेको खिँचेर भिडियो हाल्यो, आफूसम्बन्धी सकारात्मक समाचार शेयर ग¥यो, पोस्टर हाल्यो, समय तालिका हाल्यो । पेज र ग्रुपहरू बनाएर सयौं जनाले एकसाथ मिलेर प्रचारको काम गर्न मिल्ने व्यवस्था ग¥यो । इन्टरनेट चलाउन लाग्ने न्यूनतम शुल्कबाहेक अरु कुनै खर्च छैन । घाम, पानी र जाडो खाँदै बाहिर जाने समेत आवश्यकता छैन । मौसम अनुसार न्यानो वा शीतल कोठामा बस्यो, हजारौं, लाखौं मानिससम्म आफ्नो कुरा पु¥यायो, अब हामीकहाँ मात्रै नभई संसारभर चुनावी अभियानको अभिन्न हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल । त्यस्तै, आम मतदातालाई यस अगाडि आफ्नो कुरा अरुलाई सुनाउनु प¥यो वा आफ्नो पक्षको पार्टी वा नेतातिर अरुलाई तान्नुप¥यो भने चिया पसलमा वा भट्टीमा गएर गफ गर्नुपथ्र्यो । नेतासित चित्त नबुझे आमसभापछि पालो पर्खेर वा नेताको घरमै गएर गुनासो गर्नुपथ्र्यो । अझै नभए पत्रिकालाई पाठकपत्र लेखेर कहिले प्रकाशित होला भनेर हप्तौं कुर्नुपथ्र्यो । 
अब त्यो अवस्था पनि रहेन । आफ्नो नेताको जयजयकार गर्न होस् वा विपक्षीको खेदो खन्न, नेतालाई सन्देश पठाउन होस् वा ऊसित चित्त नबुझेको कुरा पोख्न, सामाजिक सञ्जालले असम्भवलाई सम्भव तुल्याइदिएको छ । सामाजिक सञ्जालमा जति उग्र कुरा लेख्यो वा शेयर ग¥यो, उति धेरै मानिससम्म त्यो पुग्छ । एउटा पाठक पत्र पठाएर त्यो छापिने बाटो हेरेर बस्ने दुई हप्ताको समयमा एक जनाले पोस्ट, लाइक र शेयर गरेर आफ्नो कुरा, सन्देश वा अडान हजारौं मानिससामू पु¥याउन सक्छ । लोकतान्त्रिक अभ्यासको मुख्य आधार निर्वाचनलाई यसरी दोहोरै रूपमा बल पु¥याउने सामाजिक सञ्जालले के वास्तवमै लोकतन्त्रलाई मजबुत बनाउँदै छ त ? अब यो प्रश्नको अलि फरक रुपमा उत्तर खोजौं ।
लोकतन्त्र र सामाजिक सञ्जालः क्याम्ब्रिज एनालिटिका काण्डले खोलेको ‘पान्डोराज बक्स’
सन् २०१३ मा युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ता अलेक्सान्द्र कोगानले फेसबुकभित्र एप्लिकेसनहरू बनाएर प्रयोगकर्ताहरूको फेसबुक अनुभवलाई अझ गहिरो बनाउने अरु हजारौं व्यक्तिहरूले झैं एप डेभलपर खाता बनाए । उनको एपले मानिसको व्यक्तित्वसम्बन्धी प्रश्नहरू राखिएको एउटा प्रश्नावली बनाएर फेसबुकमा शेयर ग¥यो । त्यो ‘क्विज’मा दुई लाख सत्तरी हजार अमेरिकीहरु ले स्वतःस्फूर्त रूपमा भाग लिए । व्यक्तिले दिएका उत्तरको मिहिन मनोवैज्ञानिक विश्लेषण गरेर हरेकको यस्तो विस्तृत प्रोफाइल बनाइयो जसले व्यक्तिका बारेमा ऊ ‘आफैंभन्दा पनि बढी’ जान्दथ्यो । मनोवैज्ञानिकहरूले मानिसको चेतन मनले दिएका अभिव्यक्ति विश्लेषण गरेर अवचेतन मनलाई समेत विश्लेषण गर्ने तरिकाहरू विकसित गरिसकेकाले त्यो अनौठो पनि हैन । त्यसमाथि अकल्पनीय गति र मात्रामा डाटा संकलन र विश्लेषण गर्ने कम्प्युटरको क्षमता जोडेपछि त्यसले आम फेसबुक प्रयोगकर्ताको ऊ आफैंले चिनेको भन्दा पनि विस्तृत प्रोफाइल बनाउनु सम्भव कुरा भइसकेको छ ।
यहाँसम्म कुरा ठिकै हो । यसै पनि मानिसहरूले फेसबुक र ट्वीटरजस्ता सञ्जालमा आफ्नो रुचिका अनेक रूप आविष्कार गरिसकेका छन् । कसैले जानीजानी आफ्नो मनोविज्ञान बुझ्न अरुलाई अनुमति दिन्छ भने त्यो आपत्तिजनक पनि भएन । तर, त्यो ‘क्विज’को सेटिङमा कतै लुकाएर यस्तो विकल्प राखिएको थियो जहाँबाट आफ्नो सञ्जालका साथीहरूको डाटा संकलन गर्नबाट एपलाई रोक्न सकिन्थ्यो । स्वभावतः प्रयोगकर्ताको ध्यान त्यता गएन किनकि एपको प्रयोजन नै मानिसहरूलाई त्यसरी झुक्याउनु थियो। अन्ततः कोगानले २,७०,००० मानिसका फेसबुक खाताहरूबाट छिरेर उनीहरूको सञ्जालका झण्डै पाँच करोड अमेरिकीहरूको डाटा ताने । ती पाँच करोडका लाइक, कमेण्ट, शेयर र पोस्ट विश्लेषण गरेर उनीहरू सबैका त्यस्तै गहन प्रोफाइलहरू बने । 
ती बहुमुल्य प्रोफाइलहरू कोगानले क्याम्ब्रिज एनालिटिका नामक प्रोपागाण्डा कम्पनीलाई बेचे । सन् २०१५ मा बेलायती पत्रिका गार्जियनले गरेको रिपोर्ट अनुसार पहिले क्याम्ब्रिजका मालिक रोबर्ट मर्सरको समर्थन रहेका रिपब्लिकन पार्टीका उम्मेदवार टेड क्रुजको चुनावी अभियानका लागि तिनको उपयोग भयो। प्राइमरीमा क्रुज हारेपछि रिपब्लिकन पार्टीका आधिकारिक उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा तिनको उपयोग भयो ।
कसरी त ?
क्याम्ब्रिज एनालिटिकाका प्रबन्ध निर्देशक मार्क टर्नबुलले एक बेलायती टेलिभिजनले हालै गोप्य रूपमा रेकर्ड गरेको भिडियोमा भनेका छन् ः तथ्यमा रहेर चुनाव लडेर कुनै काम छैन किनकि चुनाव भनेको भावनाको खेल हो । दुई आधारभुत मानवीय उत्कण्ठा भनेका आशा र डर हुन् । र तीमध्ये धेरै त शब्दमा व्यक्त हुँदैनन् र कति त अचेत तहमै हुन्छन् । जुनबेलासम्म कुनै त्रासद चिज देख्नुहुन्न, तपाईंलाई थाहै हुँदैन कि त्यसप्रति तपाईंको भावना डर थियो । अर्थात, कोगानले तयार पारेका ती ५ करोड प्रोफाइलले व्यक्तिका आशा र डरलाई पर्गेलेर तिनलाई ‘म्यानिपुलेट’ गर्दै तिनले कस्तो सामग्री सामाजिक सञ्जालबाट उपभोग गर्दा खास उम्मेदवारप्रति झुक्छन् भन्ने पत्ता लगाउन सघायो । उदाहरण ः जो बेरोजगार श्वेत अमेरिकी छन, तिनलाई मेक्सिकोसितको सीमानामा पर्खाल लगाएर आप्रवासीहरूको बाटो थुन्ने ट्रम्पको नारा अधिकतम उपयोगी हुन सक्थ्यो । पर्खालबारे ट्रम्पले बारम्बार गरेका प्रतिबद्धताहरू दिनमा कैयौं पटक ती मानिसको टाइमलाइनमा पठाइदिएपछि त्यसले तिनलाई ट्रम्पका भक्तमा बदल्न सक्थ्यो । 
त्यस्तै, जो मानिस डेमोक्रेटहरूले गर्भपतन लगायतका विषयमा उदार धारणाहरूको समर्थन गर्थे तर व्यापार नीतिमा ट्रम्पले लिएको कट्टर संरक्षणवादी नीतिको समर्थन गर्थे, तिनीहरूका टाइमलाइनमा अमेरिकाको स्वार्थ विपरीत भएको भनेर ट्रम्पले निन्दा गर्ने गरेका नाफ्टा र प्रस्तावित टीपीपी जस्ता व्यापार सन्धिबारे अधिकतम सामग्रीहरू बारम्बार पठाउन सकिने भयो । त्यस्तै, जो अश्वेत अमेरिकीहरूले बुथमा गएको खण्डमा हिलारीलाई भोट खसाल्थे उनीहरूका टाइमलाइनमा वर्षभर लोकतन्त्रको खोक्रोपन, निर्वाचित नेताहरू सम्भ्रान्तहरूसित बिकेर मतदाताहरूमाथि उनीहरूले गरिरहेको गद्दारी, चुनावी प्रक्रियाको निरर्थकता, आदि विषयका ‘डार्क पोस्ट’हरू भराइदिएर उनीहरूलाई भोट हाल्नबाटै निरुत्साहित गरियो । स्वभावतः अतिरञ्जित विचार सामग्रीहरू, अर्ध सत्यहरू र सरासर झूटमा आधारित सामग्रीहरू व्यक्तिलाई ‘ब्रेनवाश’ गर्न पुग्ने मात्रामा तिनका टाइम लाइनमा पठाइए ।
फलस्वरुप, ट्रम्प र हिलारीमध्ये को निर्वाचित भयो ? भने भविष्यमा कस्ता ठोस नीति लिएर आफ्नो दैनिक जीवनलाई कति सहज वा असहज बनाउन सक्छ भन्ने  कुरा गौण भयो, तत्काल कसको टाइमलाइनमा कुन उम्मेदवारबारे (साँचो वा झूटो) सनसनीपूर्ण कुरा आउँछ र त्यो मतदाताहरूबीच कुन गतिमा फैलिन्छ ? भन्ने कुरा निर्णायक महत्वको भयो । अभूतपूर्व रूपमा धमिलिएको अमेरिकी चुनावमा सामाजिक सञ्जालबाट फैलिने दुष्प्रचार कति प्रभावकारी भयो ? भन्ने एउटा उदाहरण ः २०१६ अक्टोबर ३० मा एउटा ट्वीटबाट सुरू भएको हिलारी क्लिन्टन सम्बद्ध बाल ‘पोर्नोग्राफी रिङ’ सम्बन्धी झूटा समाचार केही दिनमा सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । कतिसम्म भने त्यसको केही हप्तापछाडि नर्थ क्यारोलाइनाका एड्गार वेल्च नामक व्यक्ति क्लिन्टनले बन्धक बनाएर यौन शोषण गराएका भनिएका बच्चाहरूको उद्धार गर्न भनेर राइफल लिएर झूटा समाचारमा उल्लेखित वाशिंटनस्थित पिज्जा  रेस्टुराँमा पुगे र आतंक सिर्जना गरे । 
त्यो काण्ड झूटा प्रमाणित हुन धेरै समय लागेन तर जो ट्रम्पको पक्षमा वीकृत भइसकेका थिए, उनीहरूले त्यसपछि पनि त्यो र त्यस्तै भ्रमहरू फैलाइरहे । क्याम्ब्रिज एनालिटिकाले ट्रम्पका लागि रचना गरिदिएको भनेर दाबी गरेका ‘क्रुक्ड हिलारी’लगायतका नारा सामाजिक सञ्जालभर गुञ्जिरहे र हिलारी वास्तवमै अपराधी भएको पत्याएर उनलाई हराउन सबै तिकडम अपनाउनेहरूको संख्या बढिरह्यो । अन्तमा ट्रम्पले अपत्यारिलो जित हात पारे र हिलारीले जितिसकेको मानिएको चुनाव हारिन् ।
दोषी प्रयोगकर्ता कि फेसबुक ?
क्याम्ब्रिज एनालिटिका सम्बन्धी काण्ड हालै विस्फोट भएपछि फेसबुक कम्पनी तुफानमा हेलिएको जहाजजस्तै बनेको छ । अमेरिकी चुनावमा रुसी सरकारद्वारा प्रायोजित ‘ट्रोल’हरूले लाखौं नक्कली फेसबुक खाता अनि ट्वीटरमा स्वचालित खाता वा ‘बोट’हरू बनाएर अमेरिकीहरूबीचको मत भिन्नता गहि¥याउँदै ट्रम्पलाई जित्न सघाएको भनेर महिनौंदेखि सार्वजनिक भएका तथ्यहरूबीच भएको यो पछिल्लो काण्ड १४ वर्षे फेसबुकले झेलेको अहिलेसम्मकै ठूला काण्डहरूमध्ये एक मानिएको छ । अवस्था कतिसम्म बिग्रेको छ भने ठूलो संख्यामा फेसबुकका प्रयोगकर्ताहरू नै अहिले ‘डिलिट फेसबुक’ अभियानमा छन् र हाल फेसबुककै स्वामित्वमा रहेको ह्वाट्सयापका एक संस्थापक ब्रायन एक्टन र टेस्ला कम्पनीका प्रमुख एलोन मस्कसमेत त्यो अभियानसित जोडिन पुगेका छन् ।  तर, अलेक्सान्द्र कोगानजस्ता धोकेवाज शोधकर्ता र झूटा समाचारका पछाडि आँखा चिम्लेर लाग्ने प्रयोगकर्ता मुख्य दोषी हुँदाहुँदै अहिले दोष फेसबुकलाई किन दिइँदैछ त ?
सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले अवैध रूपमा फेसबुक प्रयोगकर्ताहरूको डाटा टेड क्रुजको फाइदाका लागि प्रयोग गरेको समाचार गार्जियन पत्रिकाले ‘ब्रेक’ गरेलगत्तै फेसबुकका प्रमुख मार्क जुकरबर्गको फेसबुक पोस्ट यस्तो थियो ः मलाई पढाइले धेरै कुरा बुझाएको छ ः विज्ञानदेखि धर्मसम्म, गरिबीदेखि समृद्धिसम्म, स्वास्थ्यदेखि ऊर्जा र सामाजिक न्यायसम्म, राजनीतिक दर्शनदेखि विदेश नीतिसम्म अनि इतिहासदेखि भविष्यमुखी आख्यानसम्म । अर्थात, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । पछिल्लो संकट आउनुअगाडि आफूविरुद्ध आउने सबै आरोप, आलोचना र निन्दालाई फेसबुकले अपवादबाहेक यसरी नै बेवास्ता गरेर पचाउँदै आएको थियो । 
विश्लेषकहरू भन्छन्, मिडियामा त्यति गहन समाचार आउँदा फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई आफूसित भएको डाटा नष्ट गर्न आग्रह गर्नेबाहेक केही पनि गरेन, त्यस विषयमा एउटा अडिटसमेत भएन। उता क्याम्ब्रिज एनालिटिकाले अमेरिकामा टूम्पको जितको शेखी लडाउँदै भारतदेखि नाइजेरियासम्म ग्राहक राजनीतिक दल खोज्ने र तिनलाई मतदाताहरूको मानसिक प्रोफाइल बनाउन र उनीहरूलाई प्रभावित गर्न सघाइरह्यो ।
लोकतन्त्रमाथिको खतरा
अमेरिकामा पछिल्लो चुनावमा मतदातालाई प्रभाव पार्न ‘फेक न्युज’ वा झूटा समाचारले जुन भुमिका खेल्यो, त्यो हेरेपछि अहिले संसारभरका राजनीतिक पार्टीहरू त्यो हतियार प्रयोग गर्न उद्धत हुँदै गएका छन् । र त्यो फैलाउने भरपर्दो माध्यम बनेका छन् सामाजिक सञ्जाल । भारतका यो विषयका जानकारहरू के भन्छन ? भने जसरी पछिल्ला केही वर्षमा चुनाव प्रचारका लागि परम्परागत माध्यमहरूलाई सामाजिक सञ्जालले प्रमुख माध्यमका रूपमा जसरी विस्थापित गरेको छ, अबको पालो भनेको तथ्यमा आधारित कुनै पनि तर्क वा बहसलाई आफ्नो स्वार्थ अनुकूलको झूटा समाचार वा सामग्री (फोटोसप गरिएका तस्वीरहरू, ‘म्यानिपुलेट’ भएका नक्कली तर उच्चस्तरीय प्रविधिका  कारण सक्कलीसित छुट्याउन गाह्रो हुने भिडियोहरू, आदि) ले विस्थापन गर्ने हो । अर्थात, अहिले पार्टीहरूका सूचना प्रविधि हेर्ने ‘आइटी सेल’हरू छन् भने अब तीभित्र ‘फेक न्यूज’ सिर्जना र प्रवाह गर्ने शक्तिशाली उपविभागहरू बन्ने छन् जसले वर्षौं पहिलेदेखि झूटा समाचारका वेबसाइट बनाउने, नानाथरिका सनसनीपूर्ण समाचार राखेर तिनलाई आधिकारिक मानिससम्म पुर्याउने, तिनमा खास गरी विपक्षीहरूको चरित्र हत्या गर्ने गरी रचनात्मक झूटा समाचार सामग्रीहरूको चाङ तयार पार्ने अनि तिनलाई सामाजिक सञ्जालका नक्कली र स्वचालित एकाउन्ट तथा ‘ट्रोल आर्मी’ भनिने अतिवादी समर्थक वा भक्तहरूको प्रयोग गरेर लाखौं, करोडौं मानिससम्म पुर्याउने काम गर्नेछन् । 
अर्थात, हिजो आफूले गरेको राम्रो कामको बढाइचढाइ र विपक्षीका कमजोरी वा भ्रष्टाचारको प्रचारप्रसार हुन्थ्यो भने अब आफ्नो स्वार्थअनुसार सम्पूर्ण रूपमा काल्पनिक समाचार र सामग्रीहरू निर्माण गरेर मतदाताहरूसम्म पठाउने होड चल्नेछ । त्यसका लागि अहिले धमाधम पार्टीहरूले विज्ञ व्यक्ति र कम्पनीहरू जुटाइरहेका छन्। भारतमा सत्ताधारी बीजेपीलाई यस्तो रणनीतिको ‘पायोनियर’ मानिए पनि विहारको पछिल्लो चुनावमा ऊइतरका दलहरुले क्याम्ब्रिज एनालिटिकाको सहयोग लिएर चुनाव जितेको भनेर अहिले भारतमा विवाद चलिरहेको छ । ब्रिटेनको च्यानल फोरले लुकाएर खिचेको भिडियोमा हालै क्याम्ब्रिज एनालिटिकाका सिइओ अलेक्जान्डर निक्स भन्छन ः ट्रम्पलगायतका उम्मेदवारहरू खाली कठपुतली मात्रै हुन, उनीहरूका तर्फबाट हुने डिजिटल मात्रै नभई टेलिभिजनको र बाँकी सबै प्रचार उनीहरूको कम्पनीले जम्मा गरेर विश्लेषण गरेको डाटामा आधारित हुन्छ । 
सत्य नभइदिएको भए त्यस्तो अभिव्यक्ति अत्यन्तै हास्यास्पद हुन्थ्यो । तर अहिले अवस्था बिस्तारै निक्सले भनेको जस्तै बन्दै गएको  छ । धेरैभन्दा धेरै उम्मेदवारहरू विपक्षीभन्दा पछि नपर्नकै लागि मात्र भए पनि फेक न्युजजस्ता तिकडमको अधिकतम उपयोग गर्न उद्धत  हुने र मानिसको जीवनमा वास्तवमै अर्थ राख्ने एजेण्डा र बहसहरू चुनावी कोलाहलमा कतै पनि नदेखिने अवस्था सिर्जना हुँदै आएको छ । यो अवस्थामा यो वा त्यो उम्मेदवारले जित त हात पार्छ नै तर योग्यतमा मानिसहरू निर्वाचित हुने परिकल्पना गरिएको लोकतान्त्रिक व्यवस्थामाथि चाहिँ गम्भीर संकट मडारिइरहेको छ । 
अन्तमा, यसरी लोकतान्त्रिक व्यवस्थाका चुनावहरू सामाजिक सञ्जालका अध्यारा पाटाहरूसित जटिल रूपमा जेलिइसकेका छन् र क्याम्ब्रिज एनालिटिका काण्डका कारण यो विषय बहसमा आएको छ । तर यो प्रकरणले फेसबुकजस्ता सामाजिक सञ्जालको बिजनेस मोडलबारे चाहिं के भन्छ त ?
यसबारे अमेरिकी कमेडियन स्टेफन कोल्बर्टले एउटा सटिक व्यंग्य कसेका छन्ः फेसबुक बन्दुक देखाएर लुटिएको बैंकजस्तो हैन, बरु त्यस्तो बैंकजस्तो हो जसले लुटेराहरुलाई खुलेआम तपाइँको पैसा दिन्छ किनकि उसको बिजनेश मोडल नै त्यही हो । तर तपाइँ अब त्यो बैंक छोड्न पनि सक्नुहुन्न किनकि तपाइँको पूरै परिवार त्यहाँ छ र त्यो मात्रै त्यस्तो ठाउँ हो जहाँ तपाइँ आफ्नो पुरानो हाइस्कुलको साथी मोटाउँदै गरेको सुचना पाउन सक्नुहुन्छ ।
— सेतोपाटी अनलाईनबाट 

लोकसेवा आयोगका तयारीका लागि उपयोगी 

प्रदेशको परिचय
प्रदेश नं १
¦ प्रदेश प्रमुख — डा. गोबिन्द सुब्बा
¦ मुख्यमन्त्री — शेरधन राई
¦ सभामुख — प्रदिप कुमार भण्डारी
¦ अस्थायी राजधानी — विराटनगर, मोरङ, ¦ उच्च अदालत — विराटनगर, मोरङ
¦ महानगरपालिका — १, उपमहानगरपालिका —२, नगरपालिका—४६, गाउँपालिका — ८८, 
¦ जम्मा स्थानीय तह संख्या — १३७, पिछडिएका स्थानीय तह — २ गाउँपालिका, निर्वाचन क्षेत्र — २८ 
¦ जिल्ला — १४ वटा, ¦ क्षेत्रफल — १७.६%, ¦ जनसंख्या — १७.१२%
प्रदेश नं २
¦ प्रदेश प्रमुख — रत्नेश्वरलाल कायस्थ
¦ मुख्यमन्त्री — लालबाबु राउत
¦ सभामुख — सरोज कुमार यादव
¦ अस्थायी राजधानी — जनकपुर, धनुषा, ¦ उच्च अदालत — जनकपुर, धनुषा
¦ महानगरपालिका —१, उपमहानगरपालिका—३, नगरपालिका–७३, गाउँपालिका—५९
¦ जम्मा स्थानीय तह संख्या — १३६, पिछडिएका स्थानीय तह—नपा १, गापा ३
¦ जिल्ला— ८, ¦ क्षेत्रफल – ६.५६%, ¦ निर्वाचन क्षेत्र—३२, ¦ जनसंख्या —२०.४%
प्रदेश नं ३
¦ प्रदेश प्रमुख — अनुराधा कोईराला
¦ मुख्यमन्त्री — डोरमणी पौडेल
¦ सभामुख — सानुकुमार श्रेष्ठ
¦ अस्थायी राजधानी — हेटौडा, मकवानपुर, ¦ उच्च अदालत — ललितपुर
¦ महानगरपालिका —३, उपमहानगरपालिका—१, नगरपालिका—४१, गाउँपालिका—७४ 
¦ जम्मा स्थानीय तह—११९, पिछडिएका स्थानीय तह – २ गाउँपालिका 
¦ निर्वाचन क्षेत्र —३३, ¦ जिल्ला — १३, ¦ क्षेत्रफल — १३.७९%, ¦ जनसंख्या — २०.८७%
प्रदेश नं ४
¦ प्रदेश प्रमुख — बाबुराम कुँवर
¦ मुख्यमन्त्री — पृथ्वीसुब्बा गुरुङ
¦ सभामुख — नेत्रनाथ अधिकारी
¦ अस्थायी राजधानी — पोखरा, कास्की, ¦ उच्च अदालत — पोखरा, कास्की
¦ महानगरपालिका— १, नगरपालिका — २६, गाउँपालिका — ५८,
¦ जम्मा स्थानीय तह संख्या — ८५ वटा, ¦ पिछडिएका स्थानीय तह संख्या– दुई गाउँपालिका
¦ निर्वाचन क्षेत्र — १८, ¦ जिल्ला— ११, ¦ क्षेत्रफल — १४.८३%, ¦ जनसंख्या— ९.११ ५
प्रदेश नं ५
¦ प्रदेश प्रमुख — उमाकान्त झा
¦ मुख्यमन्त्री— शंकरप्रसाद पोखरेल
¦ सभामुख — पुर्ण बहादुर घर्ति
¦ अस्थायी राजधानी — बुटवल, रुपन्देही, ¦ उच्च अदालत— दाङ
¦ उपमहानगरपालिका —४, नगरपालिका — ३२, गाउँपालिका — ७३
¦ जम्मा स्थानीय तह संख्या — १०९, ¦ पिछडिएका स्थानीय तह — गाउँपालिका १ 
¦ निर्वाचन क्षेत्र — २६, ¦ जिल्ला — १२, ¦ क्षेत्रफल — १३.४१%, ¦ जनसंख्या—१६.९४%
कर्णाली प्रदेश
¦ प्रदेश प्रमुख— दुर्गाकेशर खनाल
¦ मुख्यमन्त्री — महेन्द्र बहादुर शाही
¦ सभामुख — राजबहादुर शाही
¦ स्थायी राजधानी — वीरेन्द्रनगर, सुर्खेत, ¦ उच्च अदालत — वीरेन्द्रनगर, सुर्खेत
¦ नगरपालिका— २५, गाउँपालिका — ५४, जम्मा स्थानीय तह संख्या — ७९, 
¦ निर्वाचन क्षेत्र — १२, ¦ जिल्ला – १०, ¦ क्षेत्रफल – २०.५३%, ¦ जनसंख्या – ५.९३%
¦ पिछडिएका स्थानीय तह — नपा ४, गापा २६
प्रदेश नं ७
¦ प्रदेश प्रमुख— मोहनराज मल्ल
¦ मुख्यमन्त्री— त्रिलोचन भट्ट
¦ सभामुख — अर्जुन बहादुर थापा
¦ अस्थायी राजधानी — धनगढी, कैलाली ¦ उच्च अदालत— दिपायल डोटी
¦ उपमहानगरपालिका—१, नगरपालिका — ३३, गाउँपालिका ५४, 
¦ जम्मा स्थानीय तह संख्या — ८८, ¦ निर्वाचन क्षेत्र — १६, ¦ जिल्ला संख्या — ९ वटा
¦ क्षेत्रफल — १३.२७%, ¦ जनसंख्या — ९.६३%
¦ पिछडिएका स्थानीय तह – नपा ३, गापा १४

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१२/२० 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्तीनारायण माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ३÷०७४÷०७५ 
पद ः शिक्षक,                
संख्या ः १ जना
तह ः नि.मा.बि. तृतीय 
बिषय ः बिज्ञान      
किसिम ः करार 
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः बिज्ञान मुल बिषय लिई प्रविणता प्रमाण पत्र (आई एससी) वा सो सरह उत्र्तीण÷तालिम प्राप्त 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५४÷०१÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०१÷०४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
नोट ः दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१२/२० 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–७ पाकरी डोटीमा रहेको यस श्री दुर्गा आधारभुत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. १/०७४/०७५ 
पद ः शिक्षक,                
संख्या ः १ जना
तह ः बालबिकास केन्द्र 
किसिमः करार (स्थानीय बिवाहित महिला)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः प्रवेशिका वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५४÷०१÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०१÷०४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
नोट ः महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
ड्डप्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
ड्डखानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस ।
ड्डडाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।

सुप क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय राजपुर दिपायल डोटी 


जनहितका लागि जारी सन्देश 

१. बाढी पहिरोबाट हुने क्षति कम गर्नका लागि बृक्षारोपण गरौं ।
   अनावश्यक रुपमा बन जंगलको बिनाश नगरौं ।  
२. आफ्नो गाउँठाउँमा निर्माण भईरहेका बिकास योजनाहरुको गुणस्तरका बारेमा चाँसो राखौं । 
३. बाढी पहिलो नियन्त्रण नगरेसम्म दिगो विकास हुन सक्दैन भन्ने कुरालाई ध्यान दिँदै सवैभन्दा पहिलो बाढी पहिरो नियन्त्रणमा बिशेष पहल गरौं ।  
४. बन जंगल, नदी नाला हाम्रो मुल आधार हो भन्ने कुरालाई मनन् गरौं । भरसक रुख नकाटौं, काट्नै पर्ने भए काटेको रुखको ठाउँमा नयाँ बिरुवा रोपौं ।
५. माटोको संरक्षण गर्ने बिभिन्न उपायहरु अपनाऔं । गल्छीहरु पन्छाऔं, भत्केको ठाउँमा वाल लगाऔं । 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय राजपुर, दिपायल डोटी