Tuesday, April 10, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल चैत्र २७ गते मंगलबार

सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको रक्षा गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अलपत्रै निर्माणाधीन बिद्यालय भवनहरु

डोटी शिखर नगरपालिका–४, मुड्भरामा रहेको शारदा माबिमा दुई कोठे भवन निर्माण सुरु भएको चार बर्ष बित्यो । चार बर्षको अवधीमा जग हाल्ने र पिल्लर ठड्याउने बाहेक अरु कुनै काम भएको छैन । भवन कुन निकायबाट, कसरी निर्माण हुँदैछ भन्ने बारेमा बिद्यालयलाई आधिकारिक जानकारी छैन । 
यस्तै के आई सिंह गाउँपालिका–४ वायलमा रहेको झिमेमालिका माबिमा २०७०÷०७१ देखि निर्माण सुरु भएको दुई कोठे भवनले पनि पूर्णता पाएको छैन । अधुरो उक्त भवन कसरी निर्माण हुन्छ भन्ने बिषयमा बिद्यालयलाई जानकारी छैन । 
वायल र मुड्भरा जस्तै जिल्लाका बिभिन्न बिद्यालयहरुमा बन्दै गरेका भवनहरु पूर्ण हुने कुरामा स्थानीयमा संका बढ्न थालेको छ । जिल्ला प्राबिधिक कार्यालयबाट सम्झौता भई निर्माण कार्य सुरु भएका यि भवनहरु राज्यको पुनर्संरचनासंगै अलपत्र परेका छन् । साविकका गाउँ बिकास समितिहरुको पहलमा उपभोक्ता समिति गठन गरी काम सुरु भएका भवनहरु बजेट अभावका कारण पूर्णता पाउन सकेका छैनन् । 
‘म बिद्यालयमा आउनु भन्दा अगाडीदेखि नै भवन निर्माण कार्य सुरु भएको थियो, म आएको पनि चार बर्ष पुग्न लाग्यो’ २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी शिक्षक भएर आएका झिमेमालिका माबि वायलका प्राचार्य नन्दराम पुन भन्छन् ‘कहिले दुई लाख, कहिले तीन लाख आउँछ, थोरै काम ग¥यो, फेरी रोक्यो ।’ अव के हुने भन्ने बिषयमा फेरी अन्यौलता छाएको प्राचार्य पुन बताउँछन् । उनी भन्छन् ‘यो भवनको शिर्षकमा वजेट आएको छैन ।’ गाउँपािलका र जिल्ला प्राबिधिक कार्यालय दुवैमा बुझ्दा भवन निर्माणका लागि बजेट नआएको पुन बताउँछन । 
शारदा माबि मुड्भराका प्राचार्य लोकेन्द्र नायकलाई आफ्नै बिद्यालयको भवन कसरी बन्दैछ भन्ने कुरा जानकारी छैन । ‘गाविसको पहलमा उपभोक्ता समिति गठन भएर काम भईरहेको भन्ने सुनेको छु’ कुन निकायबाट हो, कति बजेट आउँछ भन्ने एकिन जानकारी छैन ।’ उनले पहिलो किस्ताका रुपमा दुई लाख पचास हजार रुपैयाँ आएको भन्ने मात्रै सुनेको तर कति रकम आयो र त्यसपछि अर्को किस्ता आयो कि आएन भन्ने कुनै जानकारी नभएको बताए । 
भवन निर्माणको बिषयमा बिद्यालय व्यवस्थापन समिति समेत अनविज्ञ रहेको छ । शारदा माबि मुड्भराका विद्यालय व्यवस्थापन समिति सदस्य सुदर्शन शर्मा भन्छन् ‘के कारणले निर्माण कार्य रोकिएको हो, यसको अनुमगन गर्ने निकाय को हो भन्ने वारेमा हामीलाई केही जानकारी छैन ।’ 
निर्माणकाधीन भवनहरुको अवस्था के हुने भन्नेवारे जिल्ला प्राबिधिक कार्यालय पनि अनबिज्ञ छ । ‘केही योजनाहरु शान्ति अन्तरगत र केही योजना पुनर्निमाण अन्तरगत छन’ प्राबिधिक कार्यालयका सव ईन्जिनियर लोक खड्का भन्छन् ‘कुन आधारमा बजेट निकासा हुन्छ भन्ने कुरा हामीलाई थाह हुँदैन, आएको बजेट अनुसार हामीले काम गराउने मात्रै हो ।’ उनले आफुलाई योजनाका बारेमा जानकारी नभएको बताउँदै लेखापालसंग सोधेर पछि जानकारी गराउने बताए ।

सम्पादकीय 

सुशासन कायम होस्

२०७४ साल हामीहरु माझबाट बिदा हुन अब तीन दिन मात्रै बाँकी छ । यो बर्षमा राजनीतिक, सामाजिक, आर्थिक रुपमा निकै तिता–मिठा अनुभवहरु भोग्नु प¥यो नेपाली जनताले । धेरै अपेक्षा, धेरै आशाहरु धेरै सम्भावनाहरु देखिए यो बर्षमा । राजनीतिक उथलपुथल पनि धेरै भए । तीन तहका व्यवस्थापिकाका निर्वाचनहरु सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिहरुले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । राष्ट्र प्रमुख, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रमुखहरुको समेत निर्वाचन भईसकेको छ । समग्रमा भन्दा यो बर्ष नेपालका लागि निर्वाचन बर्ष भयो । 
बर्षको अन्तिमतिर आएर अपराधिक घटनाहरु ह्वात्तै बढेका छन् । सरकार परिर्वतनको लक्षण देखा परेको हो वा सुरक्षा निकायहरुको निरीहपना हो, अपराधिक घटनाहरुमा तिव्र बृद्धि हुनु राम्रो पक्ष भने पक्कै पनि होईन । यसलाई सुधार गर्नु जरुरी छ । 
अर्कोतिर १५ बर्षसम्म कर्मचारीहरुले चलाएका स्थानीय सरकारहरु जनप्रतिनिधिहरुद्वारा सञ्चालित हुँदैछन् तर ति जनप्रतिनिधिहरुको अवस्था भने कहाली लाग्दो देखिन्छ । भ्रष्टाचारमा संलग्न भएका थुप्रै उदाहरणहरु आउन थालेका छन् । जनताले नजिकका प्रतिनिधिहरुबाट धेरै आश गरेका हुन्छन् तर तिनै जनप्रतिनिधिहरुले आफुलाई दुई÷चार रुपैयाँको लोभमा मुछ्नु भयो भने जनताले गरेको आश के होला ? 
अहिले स्थानीय निकायको पुनर्संरचना भएको छ । बिगतको भन्दा जिम्मेवारीका साथ स्थानीय निकायले संबैधानिक मान्यता पाएका छन । यस अवस्थामा आएका जनप्रतिनिधिहरु, सक्षम, सवल, निश्पक्ष, पारदर्शी, जवाफदेही र उत्तरदायी हुनु जरुरी छ । त्यसकारण जसरी २०७४ साल निर्वाचन बर्षमा रुपमा बितेको छ, त्यसरी नै आउने २०७५ साल सुशासन कायम गर्ने बर्षको रुपमा बितोस् । सुशासनको जग बसाउने बर्षको रुपमा बितोस् । स्थानीय तहमा सुनिने गरेका सवै प्रकारका भ्रष्टाचारहरुको अन्त्य होस् ।

थप समाचार 

पहिरोमा मुक्त हलिया बस्ती

रामहरी ओझा/डोटी
चैत्र २६
साविकको बगलेक गाबिस–६ (हाल पूर्वीचौकी गाउँपालिका–२) का भूमिहिन मुक्त हलिया जयबहादुर कोली २०७२ साल कार्तिक २४ गते जग्गाका मालिक भए । मुक्त  हलिया पुनस्र्थापना कार्यक्रमबाट जग्गा खरीदका लागि दुई लाख रुपैयाँ पाएका उनले दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा १० आना जग्गा  किने । 
पुनस्र्थापना कार्यक्रमबाटै घर निर्माणका लागि तीन लाख २५ हजार पाएका उनले उक्त जग्गामा घर बनाए । ईस्टिमेट अनुसार दुई कोठे घर बनाउँदा हुने भएपनि उनले तीन कोठे घर बनाए । तर उनी त्यो घरमा बस्दैनन् । 
यस्तै मुक्त हलिया प्रसाद कोलीले पुनस्र्थापना कार्यक्रमबाट पाएको चार लाख २७ हजार पाँच सयमध्ये दुई लाखमा जयबहादुरले किनेकै ठाउँमा १० आना जमिन किनेर आफ्नो नामको अगाडीको “भूमिहिन” भन्ने शव्द हटाउन सफल भए । उनले बचेको दुई लाख २७ हजार पाँच सयले दुई कोठे घर लगाए तर उनी पनि उक्त घरमा बस्दैनन् ।  
बगलेककै हर्कबहादुर कोलीले पनि उक्त ठाउँमा १० आना जमिनमै दुई दुई कोठे जमिन बनाए । पाँच लाख २५ हजार रुपैयाँ पुनस्र्थापना कार्यक्रमबाट पाएका हर्क पनि घर तयार गरेर उक्त घरमा बस्दैनन् ।
जयवहादुर, प्रसाद र हर्कले बनाएको घरको चारैतिर पहिरो छ । पहिरोमा घर बनाएका कारण उनीहरु आफ्नो घरमा बस्न आँट गरिरहेका छैनन् । जय, प्रसाद र हर्क मात्रै होईन, उक्त पहिरोमा अन्य ७ जनाले पनि जमिन खरीद गरेका छन् तर घर भने निर्माण भईसकेका छैनन् । 
साधारण मुक्त हलियाले मात्रै होईन, हलिया मुक्ती आन्दोलनका अभियन्ता डम्मर बिकले पनि यस्तै पहिरोमा एक रोपनी नौ आना जमिन किनेका छन तर उनले घर भने बनाएका छैनन् । गत बर्षसम्म उक्त पहिरोमा जग्गा किन्ने मुक्त हलियाहरु पाँच जना मात्रै थिए । चैत्र ७ गते जनही आठ आनाका दरले पाँच जनाले फेरी सोही पहिरोमा जमिन किनेका छन् । उनीहरुले पहिलो किस्ता रकम समेत लगिसकेको र घर बनाउने तयारीमा रहेको मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीले वताए । उनले भने ‘पहिलो किस्ता बरावर ७० प्रतिशत रकम दिने व्यवस्था रहेको छ, सोही अनुसार उनीहरुले रकम लिईसकेका छन् ।’ बाँकी ३० प्रतिशत काम सम्पन्न भएपछि पाउने जोशीको भनाई   छ । 
किन यस्तो पहिरोमा घर बनाएको ? मुक्त हलिया जयबहादुर कोली भन्छन् ‘सरकारले जमिन किन्नका लागि थोरै पैसा दियो, त्यो पैसामा राम्रो ठाउँमा जमिन पाईएन, अनि जहाँ सस्तो पाईयो उतै जमिन किनेर घर बनाएँ ।’ उनी प्रश्न गर्छन ‘राम्रो ठाउँमा डेढ लाख मिटर भन्न थाले, मलाई जम्मा दुई लाख दिएको छ, अनि कसरी राम्रो ठाउँमा किन्ने ? 
किन बस्नु भएन त आफ्नो घरमा ? कोली भन्छन् ‘आँगन अगाडी पहिरो गएको छ, वाल लगाउनु पर्नेछ, वाल नलगाईकन् वस्न सक्ने अवस्था छैन, त्यसैले अव वाल लगाएर बस्छु ।’ उनी वाल लगाउनमा पाँच लाख रुपैयाँ जति खर्च आउने बताउँछन्, भन्छन् ‘पैसा त धेरै लाग्ने हो ।’
लामो समयको आन्दोलनपछि नेपाल सरकारले २०६५ सालमा पुनस्र्थापनाको ग्यारेण्टी सहित हलिया मुक्तीको घोषणा गरेको थियो । मुक्तीको घोषणा भएको ६ बर्षपछि अर्थात २०७१/०७२ देखि पुनस्र्थापनाको कार्यक्रम सुरु भएको डोटी जिल्लामा हालसम्म एक सय ५१ जनाले घर र जमिनका लागि रकम लिईसकेको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा सुपरभाईजन नरी चुनाराले जानकारी दिए । तर पुनस्र्थापना कार्यक्रममा परेर पनि आप्नै घरमा बसेकाहरुको संख्या कति छ भन्ने जानकारी कुनै निकायमा छैन ।
कार्यबिधि अनुसार मुक्त हलियाहरुले खोजेको र रोजेको ठाउँमा जमिन खरीद गर्न दिनु पर्ने व्यवस्था भएका कारण उनीहरुले रोजेकै ठाउँमा उनीहरुलेनै जमिन खरीद गरेको वताउँछन् मुक्त हलिया पुनस्र्थापना कार्यक्रम जिल्ला समितिका सदस्य सचिव समेत रहेका मालपोत कार्यालयका प्रमुख जोशी । उनी भन्छन् ‘हामीले त्यस्तो ठाउँमा हुन्न भनेर सम्झाउँदा समेत उनीहरु त्यसै ठाउँमा किन्ने भन्छन्, अनि  कसरी रोक्ने ?’ 
यसपाली किनेको जग्गामा पनि पानी बिद्युत लगायतका सुबिधाहरु नभएको भन्दै जोशीले भने ‘हामीले उनीहरुलाई आवश्यक पूर्वाधारहरु छैन भन्दा पनि उनीहरु एकै ठाउँमा बस्ती बनाएर बस्ने जिद्दि गर्छनु ।’
हलिया मुक्तीको घोषणा गर्दा सरकारले न्यायिक पुनस्र्थापना गर्ने ग्यारेण्टी गरेको थियो । ‘उनीहरुले नै रोगेको’ भन्ने नाममा पहिरोमा बस्ती बसाउन दिने, जंगलमा बस्ती बसाउन दिने, पूर्वाधारै नभएको ठाउँमा बस्ती बसाउन दिने कुरालाई कसले रोक्ने ? देख्दादेख्दै जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन दिएर भविश्यमा कुनै क्षति भए त्यसको जिम्मेवारी कसले लिने ? 
अझ अचम्मको कुरा त के छ भने मुक्त हलिया पुनस्र्थापना कार्यक्रम जिल्ला समितिको संयोजक प्रमुख जिल्ला    अधिकारी हुने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी जिल्ला दैवी प्रकोप उद्दार समितिका समेत संयोजक हुन्छन् ।  

बित्तीय साक्षरता अभियान

नेपाल राष्ट्र बैङ्कले डोटी जिल्लाका ग्रामिण क्षेत्रका महिलाहरुलाई बित्तीय  साक्षरता शिक्षा प्रदान गरेको छ । 
निड्स नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा राष्ट्र बैङ्कले डोटी शिखर नगरपालिका–४ का करीव दुई सय महिलाहरुलाई बित्तीय साक्षरता सम्वन्धि जानकारी गराएको हो । ‘महिलाहरुलाई बचतको महत्व, बैङ्क खाताको महत्व जस्ता बिषयमा जानकारी दिने उद्देश्यका साथ साक्षरता शिक्षा आयोजना गरिएको हो’ निड्स नेपालका सह निर्देशक प्रकाश मडैले भने ‘खर्च घटाउने र लगानी बढाउने बिषयमा महिलाहरुसंग छलफल गरियो ।’ 
यस क्षेत्रका अधिकांश पुरुषहरु रोजगारीको लागि भारत तथा तेस्रो मुलुक जाने गरेको बताउँदै मडैले भने ‘तर बैङ्कमा खाता खोल्ने चलन छैन, त्यसैले बिशेषगरी बैङ्कमा खाता खोल्नका लागि जोड दिएका छौं ।’ उनले बिभिन्न समूह तथा सहकारी संस्थामा आवद्ध महिलाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित गरेको बताए । 
बित्तीय साक्षरता शिक्षा कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि दिईएको निड्सका अनुगमन अधिकृत दिर्ख ओझाले जानकारी दिए ।  

किमाडीले बनाए प्रदेशको लोगो

७ नं. प्रदेशको लोगो तयार गर्नका लागि भएको प्रतिस्पर्धामा डोटीका युवा टेकवहादुर किमाडीले बनाएको लोगो उत्कृष्ठ भएको छ । 
प्रदेश सभाले लोगो छनौट गर्न बनाएको प्रदेश सभा सदस्यहरुको समितिले सार्वजनिक सूचनामार्फत लोगो तयार गर्न आव्हान गरेको थियो । पाँच जनाले भाग लिएको उक्त लोगो बनाउने प्रतिस्पर्धामा डोटी शिखर नगरपालिका–११ का किमाडीले बनाएको लागो सर्वोत्कृष्ट भएको छ । लोगो निर्धारण समितिले केही परिमार्जन सहित उक्त लोगो प्रदेश सभामा पेश गरेको थियो ।
उक्त लागो आइतबार बसेको प्रदेश सभाको बैठकले अनुमोदन गरेको छ । लोगो डिजाईनर किमडी प्रदेश सभा सचिवालयका सहायक कम्प्युटर अपरेटर हुन । लोगोको अर्थ झल्काउने गरेर आठ बुँदामा लोगोको व्याख्या गरिएको छ । लोगोको माथिपट्टी रहेको नेपालको झण्डाले राष्ट्रियता झल्काउने, राष्ट्रिय झण्डामुनी रहेको निलो र सेतो रंगको हिमालले प्रदेशभित्रका दुई उच्च हिमाल अपि र सैपाललाई दर्शाउने र मध्यभागमा रहेको हरियो रंगको पहाडले प्राकृतिक श्रोतले सम्पन्न समग्र पहाडी भू–भाग र चुरे पहाडलाई जनाउने लोगो निर्माणकर्ता किमाडीले गरेको व्याख्यामा छ । 
यस्तै तलपट्टी रहेको समतल फाँटले प्रदेशको अन्नको भण्डारका साथै सांस्कृतिक विविधताले भरिएको तराईलाई इंगित गर्ने, राष्ट्रिय झण्डाको दायाँबायाँतर्फ रहेका नौ वटा लालीगुँरासले प्राकृतिक, सांस्कृतिक सुन्दरता तथा विविधताले भरिपूर्ण यस प्रदेशका नौ जिल्लाहरूको प्रतिनिधित्व गर्ने, अग्रभागमा रहेको नक्साले ७ नं. प्रदेशको नक्सा जनाउने, नक्साको तलपट्टी रहेको सुनौलो रंगको क्रस धानको बालाले हाम्रो प्रदेश कृषि उपजको धनी रहेको सन्देश दिने र प्राकृतिक, साँस्कृतिक तथा भौगोलिक रुपमा सम्पन्न हामी प्रदेश सातको चालचलन, रितिरिवाज, भेषभुषा तथा भाषालाई सम्मान गर्न एकताको प्रतिकको रुपमा सुनौलो गोलो घेराभित्र प्रदेशको लोगो देखाईएको किमाडीले बताए ।
लोगो निर्धारण समितिका संयोजक तथा प्रदेश सभा सदस्य बलदेव रेग्मीले लोगो निर्माता किमाडीलाई प्रमाणपत्र दिएर सम्मान गरिने बताएका छन् । संघीय संसदको सहयोगमा सुन, चाँदी, मेटल मिलाएर चाँडै लोगो बनाइने भएको छ ।

जनप्रतिनिधिहरु आएपछि म्याद तामेलीमा समस्या

डोटी जिल्ला अदातलका न्यायाधिश जयानन्द पनेरुले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि म्याद तामेलीमा समस्या आएको बताएका छन् । 
डोटी जिल्ला अदालतद्वारा सोमवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा न्यायाधिश पनेरुले जनप्रतिनिधिहरुले नवुझिदिँदा समस्या भएको बताए । यसअघि कर्मचारीहरु हुँदा यो समस्या नभएको उनी बताउँछन । ‘म्याद तामेली गर्दा सम्वन्धित व्यक्तिकै हातमा म्याद थमाउनु पर्ने, सम्वन्धित व्यक्ति नभेटिएमा उसको घरमा सूचना टाँस गर्नु पर्ने र उक्त सूचनाको एकप्रति सार्वजनिक स्थलमा पनि टाँस गर्नु पर्ने व्यवस्था छ’ न्यायाधिश पनेरुले भने ‘सूचना टाँस गर्दा रोहवरमा राख्नु पर्ने हुन्छ तर जनप्रतिनिधि हरु रोहवरमा बस्न मान्दैनन् ।’ 
न्यायाधिश पनेरुले जनप्रतिनिधिहरुले सहयोग नगरेको गुनासो तमिलदारहरुबाट आएको बताए । फलानो व्यक्तिलाई हामी चिन्दैनौं, फलानो नाम गरेको व्यक्ति फलानो होईन भनेर जनप्रतिनिधिहरुले असहयोग गर्ने गरेको उनी बताउँछन् । प्रतिवादीका नाममा तामेल गरिएको म्याद समयमै उनीहरु समक्ष नपुग्दा मुद्धा फैसला गर्नमा समेत ढिलाई हुने पनेरुको भनाई छ । 
पत्रकार भेटघाट कार्यक्रममा गत साउन यता जिल्ला अदालतमा आएका मुद्धाहरुको अवस्थावारे सञ्चारकर्मीहरुलाई जानकारी गराईएको थियो । गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएका १८ र यस बर्ष आईतवारसम्म दर्ता भएका ५५ गरी ७३ मुद्धामध्ये हालसम्म ३५ मुद्धा फछ्र्यौट भएका अदालतका श्रेष्तेदार      राईभान कुन्जेडाले जानकारी दिए । कुन्जडाका अनुसार व्यक्तिवादी देवानी आठ, सरकारवादी देवानी एक, व्यक्तिवादी फौजदारी १० र सरकारवादी फौजदारी ११ मुद्धा फछ्यौंट भएका छन् । यस्तै पुनरावेदनका पाँच मुद्धा फछ्र्यौट भएका छन । जिल्लामा यस बर्ष रिट निवेदन नपरेको श्रेष्तेदार कुन्जेडाले जानकारी   दिए । 
निर्वाचन भएका कारण यस बर्ष तुलनात्मक रुपमा मुद्धा फछ्र्यौट हुन नसकेको कुन्जेडाले बताए ।  

छोटकरी समाचार 

खेतबाली क्षतिको बिवरण संकलन गरिने

७ नं. प्रदेश सरकारले खडेरी, हुरी बतास तथा असिना पानीले खेतीबालीमा पु¥याएको क्षतिको बिवरण संकलन गर्ने भएको छ । 
प्रदेशका पहाडी तथा तराईका जिल्लाहरुमा खडेरी तथा असिना पानीले बालीनालीमा क्षति पुगेको जानकारी आएपछि सोमवार बसेको मन्त्री परिषदको बैठकले क्षतिको बिवरण संकलन गर्ने निर्णय गरेको हो । प्रदेशका नौ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत क्षतिको विवरण संकलन बैठकले निर्णय गरेको प्रदेश आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिएका छन् । वालीनालीमा पुगेको क्षतिका आधारमा किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रदेश सरकारले तत्काल विवरण संकलन गर्ने निर्णय गरेको प्रवक्ता शाहको भनाई छ । 
यस्तै बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने, सार्वजनिक लिखत प्रमाणिकरण विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवायलले जानकारी दिएको छ ।
बिभिन्न जिल्लाहरुमा खरेडी तथा असिना पानीले ठुलो क्षति गरेको छ ।

खेल समाचार 

राष्ट्रपनि रनिङ्क सिल्ड सुरु

१० औं राष्ट्रपति रनिङ्ग सिल्ड बिद्यालयस्तरीय खेलकुद् प्रतियोगिता सोमवारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढीको टुँडिखेलमा उक्त प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐरले उद्घाटन गरेका छन् । 
बुधवारसम्म चल्ने प्रतियोगितामा पाँच बिदामा खेलालीहरुबिच प्रतिस्पर्धा हुने बताईएको छ । जिल्ला खेलकुद् बिकास समितिका कार्यालय प्रमुख किरण श्रेष्ठका अनुसार प्रतियोगितामा नौ बिद्यालयहरु सहभागि भएका छन् । ‘जिल्लाका सवै बिद्यालयहरुलाई खवर गरेका थियौं’ श्रेष्ठले भने ‘जम्मा नौ बिद्यालयमात्रै सहभागि भएका छन् ।’ पद्म पव्लिक मुक्तीनारायण माबि सिलगढी, शिवपुर माबि जोरायल, घण्टेश्वर माबि जोरायल, रामपुर माबि बुडर, नवद्वीप बिद्या निकेतन भुमिराजमाण्डौं, खत्याडी माबि चवाराचौतारा, दिल्पेश्वर माबि दिपायल, शहीद आवासीय बिद्यालय राजपुर, र रघुनाथ माबि निरौलीका बिद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिईरहेको श्रेष्ठले बताए । 
छात्र र छात्राको कवड्डी, छात्र र छात्राको भलिवल, एथ्लेष्टिक्स, कराते र टाईगण्डो गरी पाँच बिधाका खेल हुने कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार ४२ स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट क्षेत्रीयस्तरको प्रतियोगिताका लागि खेलाडीहरु छनौट गरिने समेत श्रेष्ठले जानकारी दिए । 
सोमवार बर्षाका कारण निर्धारित खेलहरु पुरा हुन नसकेको श्रेष्ठले बताए । ‘पानी गरेका कारण छात्र छात्राहरुको दौड हिट भएको छ’ श्रेष्ठले भने ‘अन्य खेलहरु मंगलवार र बुधवार हुनेछन् ।  
जिल्लाका सवै बिद्यालयहरुलाई खवर गरिएको भएपनि थोरै बिद्यालय मात्रै सहभागि हुन सकेको जिल्ला खेलकुद् बिकास समितिका अध्यक्ष गणेशबहादुर जोशी बताउँछन् । ‘खवर त सवै बिद्यालयलाई भएको हो तर आएनन्’ जोशीले भने ‘बिद्यालय बिदा भएको बेला परेर पनि आउन नसकेका होलान् ।’ बार्षिक परीक्षा सम्पन्न भएपछि अहिले बिद्यालयहरुमा बिदा छ । उनले बिद्यालयसंग आयस्रोत केही नहुने भएका कारण पनि खर्च धान्न नसकेर नआएका हुन सक्ने अनुमान पनि गरे । बिद्यार्थीहरुको आउने जाने, खाने बस्ने सवै खर्च सम्वन्धित बिद्यालयले व्यहोर्नु पर्ने अध्यक्ष जोशीले जानकारी दिए ।  

लेख 

सामाजिक सञ्जाल ः लोकतन्त्रको मित्र कि बैरी ?

जीवन क्षेत्री
उहिले सामाजिक सञ्जाल नहुँदा र अहिलेका चुनावमा के फरक छ ?
उहिले मत माग्न घरघर जानुपथ्र्यो, टोलटोलमा भित्ताभर पम्प्लेटहरू टाँस्नु पथ्र्यो । पैसा तिरेर पत्रपत्रिका र रेडियो–टेलिभिजनमा भोट माग्नुपथ्र्यो, चर्को खर्च गरेर ठूल्ठूला आमसभाहरू गर्नुपथ्र्यो । गाउँघर र पाखाका साँगुरा बाटोहरूमा माइक लिएर मान्छेलाई आमसभाको निम्तो दिँदै र भोट माग्दै हिँड्नुपथ्र्यो । अहिले पनि ती प्रचार माध्यमहरू प्रयोगमा छन् तर तीभन्दा धेरै सस्तो (निःशुल्क), सुविधाजनक र प्रभावकारी माध्यम बनेको छ सामाजिक सञ्जाल । 
भन्न मन लागेको कुरा लेख्यो, लेख्न जाँगर नभए बोलेको खिँचेर भिडियो हाल्यो, आफूसम्बन्धी सकारात्मक समाचार शेयर ग¥यो, पोस्टर हाल्यो, समय तालिका हाल्यो । पेज र ग्रुपहरू बनाएर सयौं जनाले एकसाथ मिलेर प्रचारको काम गर्न मिल्ने व्यवस्था ग¥यो । इन्टरनेट चलाउन लाग्ने न्यूनतम शुल्कबाहेक अरु कुनै खर्च छैन । घाम, पानी र जाडो खाँदै बाहिर जाने समेत आवश्यकता छैन । मौसम अनुसार न्यानो वा शीतल कोठामा बस्यो, हजारौं, लाखौं मानिससम्म आफ्नो कुरा पु¥यायो, अब हामीकहाँ मात्रै नभई संसारभर चुनावी अभियानको अभिन्न हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल । त्यस्तै, आम मतदातालाई यस अगाडि आफ्नो कुरा अरुलाई सुनाउनु प¥यो वा आफ्नो पक्षको पार्टी वा नेतातिर अरुलाई तान्नुप¥यो भने चिया पसलमा वा भट्टीमा गएर गफ गर्नुपथ्र्यो । नेतासित चित्त नबुझे आमसभापछि पालो पर्खेर वा नेताको घरमै गएर गुनासो गर्नुपथ्र्यो । अझै नभए पत्रिकालाई पाठकपत्र लेखेर कहिले प्रकाशित होला भनेर हप्तौं कुर्नुपथ्र्यो । 
अब त्यो अवस्था पनि रहेन । आफ्नो नेताको जयजयकार गर्न होस् वा विपक्षीको खेदो खन्न, नेतालाई सन्देश पठाउन होस् वा ऊसित चित्त नबुझेको कुरा पोख्न, सामाजिक सञ्जालले असम्भवलाई सम्भव तुल्याइदिएको छ । सामाजिक सञ्जालमा जति उग्र कुरा लेख्यो वा शेयर ग¥यो, उति धेरै मानिससम्म त्यो पुग्छ । एउटा पाठक पत्र पठाएर त्यो छापिने बाटो हेरेर बस्ने दुई हप्ताको समयमा एक जनाले पोस्ट, लाइक र शेयर गरेर आफ्नो कुरा, सन्देश वा अडान हजारौं मानिससामू पु¥याउन सक्छ । लोकतान्त्रिक अभ्यासको मुख्य आधार निर्वाचनलाई यसरी दोहोरै रूपमा बल पु¥याउने सामाजिक सञ्जालले के वास्तवमै लोकतन्त्रलाई मजबुत बनाउँदै छ त ? अब यो प्रश्नको अलि फरक रुपमा उत्तर खोजौं ।
लोकतन्त्र र सामाजिक सञ्जालः क्याम्ब्रिज एनालिटिका काण्डले खोलेको ‘पान्डोराज बक्स’
सन् २०१३ मा युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ता अलेक्सान्द्र कोगानले फेसबुकभित्र एप्लिकेसनहरू बनाएर प्रयोगकर्ताहरूको फेसबुक अनुभवलाई अझ गहिरो बनाउने अरु हजारौं व्यक्तिहरूले झैं एप डेभलपर खाता बनाए । उनको एपले मानिसको व्यक्तित्वसम्बन्धी प्रश्नहरू राखिएको एउटा प्रश्नावली बनाएर फेसबुकमा शेयर ग¥यो । त्यो ‘क्विज’मा दुई लाख सत्तरी हजार अमेरिकीहरु ले स्वतःस्फूर्त रूपमा भाग लिए । व्यक्तिले दिएका उत्तरको मिहिन मनोवैज्ञानिक विश्लेषण गरेर हरेकको यस्तो विस्तृत प्रोफाइल बनाइयो जसले व्यक्तिका बारेमा ऊ ‘आफैंभन्दा पनि बढी’ जान्दथ्यो । मनोवैज्ञानिकहरूले मानिसको चेतन मनले दिएका अभिव्यक्ति विश्लेषण गरेर अवचेतन मनलाई समेत विश्लेषण गर्ने तरिकाहरू विकसित गरिसकेकाले त्यो अनौठो पनि हैन । त्यसमाथि अकल्पनीय गति र मात्रामा डाटा संकलन र विश्लेषण गर्ने कम्प्युटरको क्षमता जोडेपछि त्यसले आम फेसबुक प्रयोगकर्ताको ऊ आफैंले चिनेको भन्दा पनि विस्तृत प्रोफाइल बनाउनु सम्भव कुरा भइसकेको छ ।
यहाँसम्म कुरा ठिकै हो । यसै पनि मानिसहरूले फेसबुक र ट्वीटरजस्ता सञ्जालमा आफ्नो रुचिका अनेक रूप आविष्कार गरिसकेका छन् । कसैले जानीजानी आफ्नो मनोविज्ञान बुझ्न अरुलाई अनुमति दिन्छ भने त्यो आपत्तिजनक पनि भएन । तर, त्यो ‘क्विज’को सेटिङमा कतै लुकाएर यस्तो विकल्प राखिएको थियो जहाँबाट आफ्नो सञ्जालका साथीहरूको डाटा संकलन गर्नबाट एपलाई रोक्न सकिन्थ्यो । स्वभावतः प्रयोगकर्ताको ध्यान त्यता गएन किनकि एपको प्रयोजन नै मानिसहरूलाई त्यसरी झुक्याउनु थियो। अन्ततः कोगानले २,७०,००० मानिसका फेसबुक खाताहरूबाट छिरेर उनीहरूको सञ्जालका झण्डै पाँच करोड अमेरिकीहरूको डाटा ताने । ती पाँच करोडका लाइक, कमेण्ट, शेयर र पोस्ट विश्लेषण गरेर उनीहरू सबैका त्यस्तै गहन प्रोफाइलहरू बने । 
ती बहुमुल्य प्रोफाइलहरू कोगानले क्याम्ब्रिज एनालिटिका नामक प्रोपागाण्डा कम्पनीलाई बेचे । सन् २०१५ मा बेलायती पत्रिका गार्जियनले गरेको रिपोर्ट अनुसार पहिले क्याम्ब्रिजका मालिक रोबर्ट मर्सरको समर्थन रहेका रिपब्लिकन पार्टीका उम्मेदवार टेड क्रुजको चुनावी अभियानका लागि तिनको उपयोग भयो। प्राइमरीमा क्रुज हारेपछि रिपब्लिकन पार्टीका आधिकारिक उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा तिनको उपयोग भयो ।
कसरी त ?
क्याम्ब्रिज एनालिटिकाका प्रबन्ध निर्देशक मार्क टर्नबुलले एक बेलायती टेलिभिजनले हालै गोप्य रूपमा रेकर्ड गरेको भिडियोमा भनेका छन् ः तथ्यमा रहेर चुनाव लडेर कुनै काम छैन किनकि चुनाव भनेको भावनाको खेल हो । दुई आधारभुत मानवीय उत्कण्ठा भनेका आशा र डर हुन् । र तीमध्ये धेरै त शब्दमा व्यक्त हुँदैनन् र कति त अचेत तहमै हुन्छन् । जुनबेलासम्म कुनै त्रासद चिज देख्नुहुन्न, तपाईंलाई थाहै हुँदैन कि त्यसप्रति तपाईंको भावना डर थियो । अर्थात, कोगानले तयार पारेका ती ५ करोड प्रोफाइलले व्यक्तिका आशा र डरलाई पर्गेलेर तिनलाई ‘म्यानिपुलेट’ गर्दै तिनले कस्तो सामग्री सामाजिक सञ्जालबाट उपभोग गर्दा खास उम्मेदवारप्रति झुक्छन् भन्ने पत्ता लगाउन सघायो । उदाहरण ः जो बेरोजगार श्वेत अमेरिकी छन, तिनलाई मेक्सिकोसितको सीमानामा पर्खाल लगाएर आप्रवासीहरूको बाटो थुन्ने ट्रम्पको नारा अधिकतम उपयोगी हुन सक्थ्यो । पर्खालबारे ट्रम्पले बारम्बार गरेका प्रतिबद्धताहरू दिनमा कैयौं पटक ती मानिसको टाइमलाइनमा पठाइदिएपछि त्यसले तिनलाई ट्रम्पका भक्तमा बदल्न सक्थ्यो । 
त्यस्तै, जो मानिस डेमोक्रेटहरूले गर्भपतन लगायतका विषयमा उदार धारणाहरूको समर्थन गर्थे तर व्यापार नीतिमा ट्रम्पले लिएको कट्टर संरक्षणवादी नीतिको समर्थन गर्थे, तिनीहरूका टाइमलाइनमा अमेरिकाको स्वार्थ विपरीत भएको भनेर ट्रम्पले निन्दा गर्ने गरेका नाफ्टा र प्रस्तावित टीपीपी जस्ता व्यापार सन्धिबारे अधिकतम सामग्रीहरू बारम्बार पठाउन सकिने भयो । त्यस्तै, जो अश्वेत अमेरिकीहरूले बुथमा गएको खण्डमा हिलारीलाई भोट खसाल्थे उनीहरूका टाइमलाइनमा वर्षभर लोकतन्त्रको खोक्रोपन, निर्वाचित नेताहरू सम्भ्रान्तहरूसित बिकेर मतदाताहरूमाथि उनीहरूले गरिरहेको गद्दारी, चुनावी प्रक्रियाको निरर्थकता, आदि विषयका ‘डार्क पोस्ट’हरू भराइदिएर उनीहरूलाई भोट हाल्नबाटै निरुत्साहित गरियो । स्वभावतः अतिरञ्जित विचार सामग्रीहरू, अर्ध सत्यहरू र सरासर झूटमा आधारित सामग्रीहरू व्यक्तिलाई ‘ब्रेनवाश’ गर्न पुग्ने मात्रामा तिनका टाइम लाइनमा पठाइए ।
फलस्वरुप, ट्रम्प र हिलारीमध्ये को निर्वाचित भयो ? भने भविष्यमा कस्ता ठोस नीति लिएर आफ्नो दैनिक जीवनलाई कति सहज वा असहज बनाउन सक्छ भन्ने  कुरा गौण भयो, तत्काल कसको टाइमलाइनमा कुन उम्मेदवारबारे (साँचो वा झूटो) सनसनीपूर्ण कुरा आउँछ र त्यो मतदाताहरूबीच कुन गतिमा फैलिन्छ ? भन्ने कुरा निर्णायक महत्वको भयो । अभूतपूर्व रूपमा धमिलिएको अमेरिकी चुनावमा सामाजिक सञ्जालबाट फैलिने दुष्प्रचार कति प्रभावकारी भयो ? भन्ने एउटा उदाहरण ः २०१६ अक्टोबर ३० मा एउटा ट्वीटबाट सुरू भएको हिलारी क्लिन्टन सम्बद्ध बाल ‘पोर्नोग्राफी रिङ’ सम्बन्धी झूटा समाचार केही दिनमा सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । कतिसम्म भने त्यसको केही हप्तापछाडि नर्थ क्यारोलाइनाका एड्गार वेल्च नामक व्यक्ति क्लिन्टनले बन्धक बनाएर यौन शोषण गराएका भनिएका बच्चाहरूको उद्धार गर्न भनेर राइफल लिएर झूटा समाचारमा उल्लेखित वाशिंटनस्थित पिज्जा  रेस्टुराँमा पुगे र आतंक सिर्जना गरे । 
त्यो काण्ड झूटा प्रमाणित हुन धेरै समय लागेन तर जो ट्रम्पको पक्षमा वीकृत भइसकेका थिए, उनीहरूले त्यसपछि पनि त्यो र त्यस्तै भ्रमहरू फैलाइरहे । क्याम्ब्रिज एनालिटिकाले ट्रम्पका लागि रचना गरिदिएको भनेर दाबी गरेका ‘क्रुक्ड हिलारी’लगायतका नारा सामाजिक सञ्जालभर गुञ्जिरहे र हिलारी वास्तवमै अपराधी भएको पत्याएर उनलाई हराउन सबै तिकडम अपनाउनेहरूको संख्या बढिरह्यो । अन्तमा ट्रम्पले अपत्यारिलो जित हात पारे र हिलारीले जितिसकेको मानिएको चुनाव हारिन् ।
दोषी प्रयोगकर्ता कि फेसबुक ?
क्याम्ब्रिज एनालिटिका सम्बन्धी काण्ड हालै विस्फोट भएपछि फेसबुक कम्पनी तुफानमा हेलिएको जहाजजस्तै बनेको छ । अमेरिकी चुनावमा रुसी सरकारद्वारा प्रायोजित ‘ट्रोल’हरूले लाखौं नक्कली फेसबुक खाता अनि ट्वीटरमा स्वचालित खाता वा ‘बोट’हरू बनाएर अमेरिकीहरूबीचको मत भिन्नता गहि¥याउँदै ट्रम्पलाई जित्न सघाएको भनेर महिनौंदेखि सार्वजनिक भएका तथ्यहरूबीच भएको यो पछिल्लो काण्ड १४ वर्षे फेसबुकले झेलेको अहिलेसम्मकै ठूला काण्डहरूमध्ये एक मानिएको छ । अवस्था कतिसम्म बिग्रेको छ भने ठूलो संख्यामा फेसबुकका प्रयोगकर्ताहरू नै अहिले ‘डिलिट फेसबुक’ अभियानमा छन् र हाल फेसबुककै स्वामित्वमा रहेको ह्वाट्सयापका एक संस्थापक ब्रायन एक्टन र टेस्ला कम्पनीका प्रमुख एलोन मस्कसमेत त्यो अभियानसित जोडिन पुगेका छन् ।  तर, अलेक्सान्द्र कोगानजस्ता धोकेवाज शोधकर्ता र झूटा समाचारका पछाडि आँखा चिम्लेर लाग्ने प्रयोगकर्ता मुख्य दोषी हुँदाहुँदै अहिले दोष फेसबुकलाई किन दिइँदैछ त ?
सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले अवैध रूपमा फेसबुक प्रयोगकर्ताहरूको डाटा टेड क्रुजको फाइदाका लागि प्रयोग गरेको समाचार गार्जियन पत्रिकाले ‘ब्रेक’ गरेलगत्तै फेसबुकका प्रमुख मार्क जुकरबर्गको फेसबुक पोस्ट यस्तो थियो ः मलाई पढाइले धेरै कुरा बुझाएको छ ः विज्ञानदेखि धर्मसम्म, गरिबीदेखि समृद्धिसम्म, स्वास्थ्यदेखि ऊर्जा र सामाजिक न्यायसम्म, राजनीतिक दर्शनदेखि विदेश नीतिसम्म अनि इतिहासदेखि भविष्यमुखी आख्यानसम्म । अर्थात, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । पछिल्लो संकट आउनुअगाडि आफूविरुद्ध आउने सबै आरोप, आलोचना र निन्दालाई फेसबुकले अपवादबाहेक यसरी नै बेवास्ता गरेर पचाउँदै आएको थियो । 
विश्लेषकहरू भन्छन्, मिडियामा त्यति गहन समाचार आउँदा फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई आफूसित भएको डाटा नष्ट गर्न आग्रह गर्नेबाहेक केही पनि गरेन, त्यस विषयमा एउटा अडिटसमेत भएन। उता क्याम्ब्रिज एनालिटिकाले अमेरिकामा टूम्पको जितको शेखी लडाउँदै भारतदेखि नाइजेरियासम्म ग्राहक राजनीतिक दल खोज्ने र तिनलाई मतदाताहरूको मानसिक प्रोफाइल बनाउन र उनीहरूलाई प्रभावित गर्न सघाइरह्यो ।
लोकतन्त्रमाथिको खतरा
अमेरिकामा पछिल्लो चुनावमा मतदातालाई प्रभाव पार्न ‘फेक न्युज’ वा झूटा समाचारले जुन भुमिका खेल्यो, त्यो हेरेपछि अहिले संसारभरका राजनीतिक पार्टीहरू त्यो हतियार प्रयोग गर्न उद्धत हुँदै गएका छन् । र त्यो फैलाउने भरपर्दो माध्यम बनेका छन् सामाजिक सञ्जाल । भारतका यो विषयका जानकारहरू के भन्छन ? भने जसरी पछिल्ला केही वर्षमा चुनाव प्रचारका लागि परम्परागत माध्यमहरूलाई सामाजिक सञ्जालले प्रमुख माध्यमका रूपमा जसरी विस्थापित गरेको छ, अबको पालो भनेको तथ्यमा आधारित कुनै पनि तर्क वा बहसलाई आफ्नो स्वार्थ अनुकूलको झूटा समाचार वा सामग्री (फोटोसप गरिएका तस्वीरहरू, ‘म्यानिपुलेट’ भएका नक्कली तर उच्चस्तरीय प्रविधिका  कारण सक्कलीसित छुट्याउन गाह्रो हुने भिडियोहरू, आदि) ले विस्थापन गर्ने हो । अर्थात, अहिले पार्टीहरूका सूचना प्रविधि हेर्ने ‘आइटी सेल’हरू छन् भने अब तीभित्र ‘फेक न्यूज’ सिर्जना र प्रवाह गर्ने शक्तिशाली उपविभागहरू बन्ने छन् जसले वर्षौं पहिलेदेखि झूटा समाचारका वेबसाइट बनाउने, नानाथरिका सनसनीपूर्ण समाचार राखेर तिनलाई आधिकारिक मानिससम्म पुर्याउने, तिनमा खास गरी विपक्षीहरूको चरित्र हत्या गर्ने गरी रचनात्मक झूटा समाचार सामग्रीहरूको चाङ तयार पार्ने अनि तिनलाई सामाजिक सञ्जालका नक्कली र स्वचालित एकाउन्ट तथा ‘ट्रोल आर्मी’ भनिने अतिवादी समर्थक वा भक्तहरूको प्रयोग गरेर लाखौं, करोडौं मानिससम्म पुर्याउने काम गर्नेछन् । 
अर्थात, हिजो आफूले गरेको राम्रो कामको बढाइचढाइ र विपक्षीका कमजोरी वा भ्रष्टाचारको प्रचारप्रसार हुन्थ्यो भने अब आफ्नो स्वार्थअनुसार सम्पूर्ण रूपमा काल्पनिक समाचार र सामग्रीहरू निर्माण गरेर मतदाताहरूसम्म पठाउने होड चल्नेछ । त्यसका लागि अहिले धमाधम पार्टीहरूले विज्ञ व्यक्ति र कम्पनीहरू जुटाइरहेका छन्। भारतमा सत्ताधारी बीजेपीलाई यस्तो रणनीतिको ‘पायोनियर’ मानिए पनि विहारको पछिल्लो चुनावमा ऊइतरका दलहरुले क्याम्ब्रिज एनालिटिकाको सहयोग लिएर चुनाव जितेको भनेर अहिले भारतमा विवाद चलिरहेको छ । ब्रिटेनको च्यानल फोरले लुकाएर खिचेको भिडियोमा हालै क्याम्ब्रिज एनालिटिकाका सिइओ अलेक्जान्डर निक्स भन्छन ः ट्रम्पलगायतका उम्मेदवारहरू खाली कठपुतली मात्रै हुन, उनीहरूका तर्फबाट हुने डिजिटल मात्रै नभई टेलिभिजनको र बाँकी सबै प्रचार उनीहरूको कम्पनीले जम्मा गरेर विश्लेषण गरेको डाटामा आधारित हुन्छ । 
सत्य नभइदिएको भए त्यस्तो अभिव्यक्ति अत्यन्तै हास्यास्पद हुन्थ्यो । तर अहिले अवस्था बिस्तारै निक्सले भनेको जस्तै बन्दै गएको  छ । धेरैभन्दा धेरै उम्मेदवारहरू विपक्षीभन्दा पछि नपर्नकै लागि मात्र भए पनि फेक न्युजजस्ता तिकडमको अधिकतम उपयोग गर्न उद्धत  हुने र मानिसको जीवनमा वास्तवमै अर्थ राख्ने एजेण्डा र बहसहरू चुनावी कोलाहलमा कतै पनि नदेखिने अवस्था सिर्जना हुँदै आएको छ । यो अवस्थामा यो वा त्यो उम्मेदवारले जित त हात पार्छ नै तर योग्यतमा मानिसहरू निर्वाचित हुने परिकल्पना गरिएको लोकतान्त्रिक व्यवस्थामाथि चाहिँ गम्भीर संकट मडारिइरहेको छ । 
अन्तमा, यसरी लोकतान्त्रिक व्यवस्थाका चुनावहरू सामाजिक सञ्जालका अध्यारा पाटाहरूसित जटिल रूपमा जेलिइसकेका छन् र क्याम्ब्रिज एनालिटिका काण्डका कारण यो विषय बहसमा आएको छ । तर यो प्रकरणले फेसबुकजस्ता सामाजिक सञ्जालको बिजनेस मोडलबारे चाहिं के भन्छ त ?
यसबारे अमेरिकी कमेडियन स्टेफन कोल्बर्टले एउटा सटिक व्यंग्य कसेका छन्ः फेसबुक बन्दुक देखाएर लुटिएको बैंकजस्तो हैन, बरु त्यस्तो बैंकजस्तो हो जसले लुटेराहरुलाई खुलेआम तपाइँको पैसा दिन्छ किनकि उसको बिजनेश मोडल नै त्यही हो । तर तपाइँ अब त्यो बैंक छोड्न पनि सक्नुहुन्न किनकि तपाइँको पूरै परिवार त्यहाँ छ र त्यो मात्रै त्यस्तो ठाउँ हो जहाँ तपाइँ आफ्नो पुरानो हाइस्कुलको साथी मोटाउँदै गरेको सुचना पाउन सक्नुहुन्छ ।
— सेतोपाटी अनलाईनबाट 

लोकसेवा आयोगका तयारीका लागि उपयोगी 

प्रदेशको परिचय
प्रदेश नं १
¦ प्रदेश प्रमुख — डा. गोबिन्द सुब्बा
¦ मुख्यमन्त्री — शेरधन राई
¦ सभामुख — प्रदिप कुमार भण्डारी
¦ अस्थायी राजधानी — विराटनगर, मोरङ, ¦ उच्च अदालत — विराटनगर, मोरङ
¦ महानगरपालिका — १, उपमहानगरपालिका —२, नगरपालिका—४६, गाउँपालिका — ८८, 
¦ जम्मा स्थानीय तह संख्या — १३७, पिछडिएका स्थानीय तह — २ गाउँपालिका, निर्वाचन क्षेत्र — २८ 
¦ जिल्ला — १४ वटा, ¦ क्षेत्रफल — १७.६%, ¦ जनसंख्या — १७.१२%
प्रदेश नं २
¦ प्रदेश प्रमुख — रत्नेश्वरलाल कायस्थ
¦ मुख्यमन्त्री — लालबाबु राउत
¦ सभामुख — सरोज कुमार यादव
¦ अस्थायी राजधानी — जनकपुर, धनुषा, ¦ उच्च अदालत — जनकपुर, धनुषा
¦ महानगरपालिका —१, उपमहानगरपालिका—३, नगरपालिका–७३, गाउँपालिका—५९
¦ जम्मा स्थानीय तह संख्या — १३६, पिछडिएका स्थानीय तह—नपा १, गापा ३
¦ जिल्ला— ८, ¦ क्षेत्रफल – ६.५६%, ¦ निर्वाचन क्षेत्र—३२, ¦ जनसंख्या —२०.४%
प्रदेश नं ३
¦ प्रदेश प्रमुख — अनुराधा कोईराला
¦ मुख्यमन्त्री — डोरमणी पौडेल
¦ सभामुख — सानुकुमार श्रेष्ठ
¦ अस्थायी राजधानी — हेटौडा, मकवानपुर, ¦ उच्च अदालत — ललितपुर
¦ महानगरपालिका —३, उपमहानगरपालिका—१, नगरपालिका—४१, गाउँपालिका—७४ 
¦ जम्मा स्थानीय तह—११९, पिछडिएका स्थानीय तह – २ गाउँपालिका 
¦ निर्वाचन क्षेत्र —३३, ¦ जिल्ला — १३, ¦ क्षेत्रफल — १३.७९%, ¦ जनसंख्या — २०.८७%
प्रदेश नं ४
¦ प्रदेश प्रमुख — बाबुराम कुँवर
¦ मुख्यमन्त्री — पृथ्वीसुब्बा गुरुङ
¦ सभामुख — नेत्रनाथ अधिकारी
¦ अस्थायी राजधानी — पोखरा, कास्की, ¦ उच्च अदालत — पोखरा, कास्की
¦ महानगरपालिका— १, नगरपालिका — २६, गाउँपालिका — ५८,
¦ जम्मा स्थानीय तह संख्या — ८५ वटा, ¦ पिछडिएका स्थानीय तह संख्या– दुई गाउँपालिका
¦ निर्वाचन क्षेत्र — १८, ¦ जिल्ला— ११, ¦ क्षेत्रफल — १४.८३%, ¦ जनसंख्या— ९.११ ५
प्रदेश नं ५
¦ प्रदेश प्रमुख — उमाकान्त झा
¦ मुख्यमन्त्री— शंकरप्रसाद पोखरेल
¦ सभामुख — पुर्ण बहादुर घर्ति
¦ अस्थायी राजधानी — बुटवल, रुपन्देही, ¦ उच्च अदालत— दाङ
¦ उपमहानगरपालिका —४, नगरपालिका — ३२, गाउँपालिका — ७३
¦ जम्मा स्थानीय तह संख्या — १०९, ¦ पिछडिएका स्थानीय तह — गाउँपालिका १ 
¦ निर्वाचन क्षेत्र — २६, ¦ जिल्ला — १२, ¦ क्षेत्रफल — १३.४१%, ¦ जनसंख्या—१६.९४%
कर्णाली प्रदेश
¦ प्रदेश प्रमुख— दुर्गाकेशर खनाल
¦ मुख्यमन्त्री — महेन्द्र बहादुर शाही
¦ सभामुख — राजबहादुर शाही
¦ स्थायी राजधानी — वीरेन्द्रनगर, सुर्खेत, ¦ उच्च अदालत — वीरेन्द्रनगर, सुर्खेत
¦ नगरपालिका— २५, गाउँपालिका — ५४, जम्मा स्थानीय तह संख्या — ७९, 
¦ निर्वाचन क्षेत्र — १२, ¦ जिल्ला – १०, ¦ क्षेत्रफल – २०.५३%, ¦ जनसंख्या – ५.९३%
¦ पिछडिएका स्थानीय तह — नपा ४, गापा २६
प्रदेश नं ७
¦ प्रदेश प्रमुख— मोहनराज मल्ल
¦ मुख्यमन्त्री— त्रिलोचन भट्ट
¦ सभामुख — अर्जुन बहादुर थापा
¦ अस्थायी राजधानी — धनगढी, कैलाली ¦ उच्च अदालत— दिपायल डोटी
¦ उपमहानगरपालिका—१, नगरपालिका — ३३, गाउँपालिका ५४, 
¦ जम्मा स्थानीय तह संख्या — ८८, ¦ निर्वाचन क्षेत्र — १६, ¦ जिल्ला संख्या — ९ वटा
¦ क्षेत्रफल — १३.२७%, ¦ जनसंख्या — ९.६३%
¦ पिछडिएका स्थानीय तह – नपा ३, गापा १४

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१२/२० 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्तीनारायण माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ३÷०७४÷०७५ 
पद ः शिक्षक,                
संख्या ः १ जना
तह ः नि.मा.बि. तृतीय 
बिषय ः बिज्ञान      
किसिम ः करार 
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः बिज्ञान मुल बिषय लिई प्रविणता प्रमाण पत्र (आई एससी) वा सो सरह उत्र्तीण÷तालिम प्राप्त 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५४÷०१÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०१÷०४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
नोट ः दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१२/२० 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–७ पाकरी डोटीमा रहेको यस श्री दुर्गा आधारभुत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. १/०७४/०७५ 
पद ः शिक्षक,                
संख्या ः १ जना
तह ः बालबिकास केन्द्र 
किसिमः करार (स्थानीय बिवाहित महिला)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः प्रवेशिका वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५४÷०१÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०१÷०४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
नोट ः महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
ड्डप्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
ड्डखानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस ।
ड्डडाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।

सुप क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय राजपुर दिपायल डोटी 


जनहितका लागि जारी सन्देश 

१. बाढी पहिरोबाट हुने क्षति कम गर्नका लागि बृक्षारोपण गरौं ।
   अनावश्यक रुपमा बन जंगलको बिनाश नगरौं ।  
२. आफ्नो गाउँठाउँमा निर्माण भईरहेका बिकास योजनाहरुको गुणस्तरका बारेमा चाँसो राखौं । 
३. बाढी पहिलो नियन्त्रण नगरेसम्म दिगो विकास हुन सक्दैन भन्ने कुरालाई ध्यान दिँदै सवैभन्दा पहिलो बाढी पहिरो नियन्त्रणमा बिशेष पहल गरौं ।  
४. बन जंगल, नदी नाला हाम्रो मुल आधार हो भन्ने कुरालाई मनन् गरौं । भरसक रुख नकाटौं, काट्नै पर्ने भए काटेको रुखको ठाउँमा नयाँ बिरुवा रोपौं ।
५. माटोको संरक्षण गर्ने बिभिन्न उपायहरु अपनाऔं । गल्छीहरु पन्छाऔं, भत्केको ठाउँमा वाल लगाऔं । 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय राजपुर, दिपायल डोटी 

No comments:

Post a Comment