Tuesday, March 5, 2019

बिम्ब साप्ताहिक, २०७५ साल फागुन २१ गते

पुनर्निर्माणमा कमजोर वर्गलाई मद्दत गरौं ।
पुनर्निर्माण तथा जनजीविकाको क्षेत्रमा क्रियाशील संघ÷संस्था तथा व्यक्तिहरुले सहायता गर्दा सीमान्तकृत समुदाय, एकल महिला, बृद्धबृद्धा, बिपन्न, दलित, अपाङ्गता भएका व्यक्ति र परिवारलाई प्राथमिकता दिऔं । उनीहरुलाई जीविकोपार्जन कार्यक्रममा सहभागि गराई आत्मसम्मानपूर्ण जीवन बाँच्ने अवसर दिलाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

उपभोक्ता समितिमा महिलाको नेतृत्व भए राम्रो काम हुन्छ

रामहरी ओझा/डोटी
फागुन २०
उपभोक्ता समितिको अध्यक्ष महिला भएका योजनाहरुको काम राम्रो भएको स्थानीय तहका जनप्रतिनिधिहरुले वताएका छन् । 
राज्यले उपभोक्ता समिति गठन गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको भएपनि महिलाहरुलाई उपभोक्ता समितिका देखाउनका लागि मात्रै राख्ने गरेको अवस्थामा महिलाहरुनै उपभोक्ता समितिमा भए राम्रो काम हुने गरेको जनप्रतिनिधिहरुको अनुभव छ । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले सवै महिलाहरु मात्रै भएको उपभोक्ता समितिले अझ राम्रो काम गरेको आफुले पाएको वताए । ‘महिलाहरुले काम गर्न सक्दैनन् भन्ने भ्रम छ हाम्रो समाजमा’ उपप्रमुख खड्काले  भने ‘तर मैले महिलाहरुले नेतृत्व गरेको उपभोक्ता समितिले पुरुषको भन्दा राम्रो काम गरेको पाएको छु ।’ उनले आफुले महिलाहरुलाई उपभोक्ता समितिको नेतृत्व गर्न प्रेरित गरिरहेको वताए । खड्काको जस्तै अनुभव छ डोटी बडीकेदार गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा वोहराको पनि । उनी भन्छिन् ‘महिलाहरुले ईमानदारीपूर्वक काम गर्छन भन्ने कुराको प्रमाण पनि हो यो ।’ उनले महिलाहरुको नेतृत्व क्षमता बढाउन सके अझ राम्रो काम हुने वताईन । बडीकेदार गाउँपालिकाको अनुगमन तथा सुपरीबेक्षण समितिको संयोजक समेत रहेकी उपाध्यक्ष ईन्द्रा थप्छिन् ‘यदि ईमानदारीपूर्वक काम गर्ने हो भने त विकास हुन के वेर लाग्छ र ?’ उनले आफुले महिलाहरुलाई विकासमा प्रत्येक्ष संलग्न हुन अनुरोध गरेको वताईन । 
उपभोक्ता समिति अध्यक्ष महिला भएको योजनामा काम  राम्रो भएको कुरामा समर्थन जनाउँछन् बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिसागर बिनाडी । ‘हाम्रो वडामा पनि एक÷दुई वटा योजनामा महिला अध्यक्ष छन्’ वडाध्यक्ष बिनाडीले भने ‘अन्य योजनाको भन्दा ति योजनाहरुमा काम छिटो भईरहेको छ ।’ उनी महिलाहरुलाई उत्प्रेरित गर्नु पर्ने वताउँदै थप्छन् ‘म त महिलाहरुलाई अनुरोध गर्दैछु, उपभोक्ता समितिमा आउनुहोस् भनेर तर उहाँहरुका अनेक बाध्यताहरु रहेका छन्, जसका कारण अगाडी आउन सक्दैनन् ।’ 
यस्तै अनुभव सुनाउछिन् कैलाली जिल्लाको कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारु पनि । उनी भन्छिन् ‘मैले महिलाहरुलाई उपभोक्ता समितिमा आउनका लागि आव्हानै गरेकी छु ।’ महिलाहरुको नेतृत्व क्षमता बढाउनका लागि गाउँपालिकाले बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको उपाध्यक्ष थारुको भनाई छ । ‘नीतिले अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये एक जना महिला हुनै पर्ने वाध्यता राखेका कारण हिजोका दिनहरुमा महिलाहरुलाई देखाउनका लागि उपभोक्ता समितिमा राखिन्थ्यो’ उनले भनिन् ‘अव त्यसो छैन, हाम्रो गाउँपालिकामा अहिले धेरै उपभोक्ता समितिमा महिलाहरुले स्वतःस्र्फुत रुपले मुख्य पदहरुमा दावी गर्न थालेका छन् ।’ कुनै कुनै योजनामा त महिलाहरु मात्रै उपभोक्ता समितिमा रहेको समेत उनले वताईन । उनी थप्छिन् ‘अव उपभोक्ता समितिमा मात्रै होईन अन्य सामाजिक संघसंस्थाहरुमा पनि महिलाहरु–लाई कसरी नेतृत्व दिन सकिन्छ भन्ने बिषयमा सोच्नु पर्ने वेला आएको छ ।’ 
कैलालीको भजनी नगरपालिका–३ का वडाध्यक्ष बिक्रम चौधरी पनि महिलाहरु उपभोक्ता समितिमा भए राम्रो काम हुने आफ्नो अनुभव रहेको सुनाउँछन् । ‘उपभोक्ता समितिको नेतृत्व महिलालाई दिए दुई फाईदा हुने रहेछ’ वडाध्यक्ष चौधरीले भने ‘एकातिर काम छिटो हुदो रहेछ, अर्कोतिर महिलाहरुलाई पनि प्रत्येक्ष विकास निर्माणमा सहभागि गराउन सकिने रहेछ ।’
महिलाहरुले नेतृत्व गरेको योजनाको काम राम्रो हुने तर महिलाहरुलाई नेतृत्व गर्न नै नदिने गरेको वताउँछिन् डोटी शिखर नगरपालिका, नगर कार्यपालिका सदस्य रमा साउँद । उनी थप्छिन् ‘पुरुषहरुले महिलालाई नेतृत्व गर्ने अवसरने दिदैनन्, यदि अवसर पाए महिलाहरुले राम्रो काम गरेर देखाउन सक्छन् । 
फाया नेपाल नामक गैर सरकारी संस्थाले महिलाका सवालमा गरेको सार्वजनिक सम्वाद कार्यक्रममा सो कुरा उठेको हो ।

सम्पादकीय 

ओलीलाई सुखानी सम्झाना होला ! 

आज फागुन २१ गते, ४६ बर्ष पुरा भएछ । २०२९ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको मेची–कोसी को–अर्डिनेसन केन्द्रले सञ्चालन गरेको झापा बिद्रोहका योद्धाहरुलाई तत्कालीन सरकारले गोली हानी हत्या गरेको दिन । नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानाबारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । आम नेपाली जनताले यो दिनलाई त्यति महत्व दिएका छैनन्, यो एउटा राजनीतिक बिषय भएकाले पनि होला । तर, नेपालका बामपन्थीहरुले बिशेषगरी साविकको नेकपा एमाले, मालेहरुले यो दिनलाई बिशेष रुपमा मनाउने गर्छन् । 
बाटो ज जस्तो भएपनि ति योद्धाहरुका पनि सपना हुँदा हुन । उनीहरुले पनि देशमा बिधिको शासन भएको सपना देखेर मर्न र मार्न तयार भएका थिए होलान् । कलिलै उमेरमा प्रहरीको गोलीबाट ज्यान गुमाउने रहर उनीहरुलाई त्यसै पलाएको होईन होला । 
आज देश संघीय संरचनामा गएको छ । त्यो झापा बिद्रोहका एक सिपाही नेपालको कार्यकारी प्रमुख भएका छन् । देशमा कम्युनिष्टहरुको दुई तिहाई छ । केन्द्र देखि स्थानीय तहसम्म वर्चश्व छ । तिय शहीदहरुले देखेका सपना पुरा गर्न सक्ने अवसर पनि छ र स्रोत पनि छ, जिम्मेवारी पनि छ र अधिकार पनि छ । तर के ति शहीदहरुको रगतले न्याय पाउने गरी वर्तमान प्रधानमी तथा त्यतिवेलाको त्यो बिद्रोहका योद्धा कमरेड केपी शर्मा ओलीले काम गर्न सक्लान त ? 
फागुन २१ हरेक बर्ष आउँछ, ति शहीदहरुको सालिकमा  हरेक बर्ष माला भिराईन्छ । श्रद्धाञ्ली अर्पण गरिन्छ, मुट्ठी उठाएर सपना पुरा गर्ने वाचा खाईन्छ तर व्यर्थ । अर्को बर्षसम्म माला झरिसक्छ, कसम हराई सक्छन् । हो, बिगतमा यस्तै भएको हो । तर अव यस्तो नहोला भन्ने आश गर्ने ठाउँ छ । सायद केपी ओलीले त्यो बिद्रोह बिर्सेका छैनन् । त्यो बिद्रोहको मक्सद पनि उनलाई राम्रोसंग थाह छ होला । 
नयाँ संविधानअन्तर्गत देशले नयाँ बाटो लिएको छ । कम्युनिष्टहरू एकैथलोमा उभिएर देशलाई राजनीतिको नयाँ शिराबाट अघि बढाउने नागरिकमाझ प्रतिबद्धता गरेका छन् । दुई ठुला पार्टीहरु एक हुदैछन् । जुन सपना ४६ वर्षअघि ती शहीदहरूले देखेका थिए, ति सपना आजको दिनले फेरी ताजा गराइदिन्छ, जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । 
घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यसअघि झापाको अर्जुनधारा नगरपालिकाभित्र सालबारीमा शहीद पार्कको निर्माण गरिएको छ । पाँचै सहिदको पूर्णकदको शालिक उभ्याइएको छ । २०७२ सालमा सरकारले पाँचै जनालाई शहीद पनि घोषणा गरेको छ । 
शहीद घोषणा गर्दैमा उनीहरुको सपना पुरा हुने होईन । उनीहरुले शहीद घोषणा गरी पाउनका लागि आन्दोलन गरेका होईनन् न त उनीहरुलाई मर्न रहर भएर वा मार्न रहर भएर बिद्रोमा लागेका हुन । देशमा भएको वर्गीय बिभेद्, शोषण दमन, अन्याय र अत्याचार, भ्रष्टाचारको समुल अन्त्य गर्ने र समृद्ध समाज निर्माण गर्ने महान लक्ष थियो उनीहरुको । अहिले पनि त्यस्तै अवस्था रहने हो भने न यो सरकारको औचित्य रहन्छ, न यो सरकारको नेतृत्व गर्ने व्यक्तिको वा पार्टीको कसैको पनि औचित्य छैन । ति शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली त्यतिवेला मात्रै हुनेछ, जव उनीहरुको सपना पूर्ण रुपमा साधार हुनेछ ।  

थप समाचार 

छात्र बेहोस हुन थालेपछि बिद्यालयमा त्रास

कर्ण चन्द/डोटी
फागुन २०
सायल गाउँपालिका–६ खातीवडामा रहेको हिमालय आधारभुत बिद्यालय दल्लेकका छात्राहरु काम्न थालेपछि बिद्यालयमा त्रास फैलिएको छ । 
खातीवडाका पुरन साउँदले छोरी रिंकु साउँद बिद्यालय जाँदा काम्न थालेपछि बिद्यालय नै परिवर्तन गरेर गोलदेउला एकेडेमीमा भर्ना गरे । साउँदले भने ‘मेरो छोरी धैरै पटक त्यो बिद्यालयमा काम्न थालि, त्यही भएर अर्को बिद्यालयमा भर्ना गरेँ ।’ साउँदका अनुसार नयाँ बिद्यालयमा पनि छोरी एक पटक कामिन तर अहिले सामान्य अबस्था छ ।
दुई महिनादेखि निरन्तर रुपमा छात्राहरु काम्ने, चिच्याउने, मुठ्ठी कस्ने र बेहोस हुने गरेको बिद्यालयका प्रधानाध्यापक कर्णबहादुर बोगटीले बताए । प्रधानाध्यापक बोगटीले भने ‘दुई/तिन जना निरन्तर दुई महिनादेखि त्यस्तो भैरहेको थियो, अहिले एक दर्जनसम्म पनि एकै दिनमा त्यस्तो हुने गरेको छ ।’
मध्यान्ह भन्दा पछाडी छात्राहरु धेरै बेहोस हुने गरेको शिक्षक गोपाल बोगटीले बताए । उनले भने ‘अहिले बिद्यालयमा छात्रा बिद्यार्थी आउने संख्या घटेको छ, आएपनि नियमित आउँदैनन् ।’ उनले थपे ‘हामीले स्थानीय सँस्कृति अनुसार धामी झाँक्रीको पनि प्रयोग ग¥यौँ, त्यसो गर्दा उत्तिबेला ठिक हुन्छ तर दोस्रो दिन फेरी सुरु हुन्छ ।’
बिद्यालयमा छात्रा काँप्ने समस्याका बारेमा गाउँपालिकालाई पनि खबर आएका कारण आबश्यक कदम चाल्ने गरी छलफल भैरहेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । अध्यक्ष डुम्रेलले भने ‘पहिला सामान्य समस्या हो भनेर बिद्यालयले जानकारी दिएन, हाल धेरै समस्या भएपछि हामीलाई जानकारी आएको छ । स्वास्थ्यकर्मीसंग सल्लाह गरेर आबश्यक कदम चाल्छौँ ।’ 
बिद्यालयमा छात्रछात्राहरु काम्ने समस्या कन्भर्सन डिस्अडर भएको वताउँछन् जिल्ला अस्पताल डोटीका डा. गिरीस अवस्थी । उनी भन्छन् ‘यो समस्या महिला पुरुष दुवैमा देखिने भएपनि महिलाहरुमा बढी देखिने गर्छ ।’ महिलाहरुमो मनमा गुम्सिएर रहेको तनावले कन्भर्सन डिस्अडरको लक्षण देखिने डा. अवस्थीको भनाई छ । ‘यो दुर्ई÷तीन बर्षको बच्चामा पनि देखिन सक्छ र ठुला मान्छेहरुमा पनि देखिन्छ’ डा अवस्थीले भने ‘पहिले यसलाई मास हिस्टेरिया भन्ने गरिन्थ्यो तर चिकित्सकीय भाषामा यसलाई कन्भर्सन डिस्अडर भनिन्छ ।’ यसको समस्या भएको व्यक्ति कराउने, चिच्याउने, हात खुट्टा वाउडिने, मुठ्ठी कस्ने जस्ता लक्षण देखिने अवस्थीले वताए । 

सुशासन नीति वनाउन गाउँपालिकालाई दवाव

गणेश मौनी/डोटी 
फागुन २०
स्थानीय तहको वित्तीय सुशासन, जनमैत्री सेवा प्रभाव र चुस्त प्रशासन बनाउन स्थानीय बासीले शुसासन नीति  लागु गर्न गाउँपालिकालाई दबाब दिएका छन् । 
समसामयिक विषयबस्तुमा जनप्रतिनिधि र स्थानीय बासीहरुको विचमा दोहोरो सम्बाद गराउने ध्ययका साथ विकास र सामाजिक परिवर्तनका लागि संचारले केआई सिंह गाउँपालिका–५ रानागाउँमा साझा सभा कार्यक्रमको आयोजना गरेको थियो । 
स्थानीय बासीहरुले गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीलाई गाउपालिकाले सुशासन नीति बनाउनुका साथै सामाजिक जवाफदेहीताका औजारहरुको पूर्ण प्रयोग गर्नुपर्ने लगायतका विभिन्न मागहरु सहित ध्यान आर्कषण पत्र बुझाएका छन् । 
खुला रुपमा मदिरा विक्रि बितरण र जुवातासका कारण महिला हिंसा बढ्नुका साथै बालवालिकाको भविश्य अन्धाकार हुने गरेको भन्दै स्थानीय महिलाहरुले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि बनाउन लगायतका मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन् । 
जन गुनासाहरुको सम्बोधन गर्दै गाउँपालिकाको समग्र क्षेत्रको समान बिकासका लागि निरन्तर लागिरहने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने “गाउँपालिका नीति निर्माण कार्यबिधी तयार गर्न, सुशासन कायम गर्न सम्बेदनशील छांै ।’ उनले आफुले केही परिवर्तन भएको देखाउन चाहेको भन्दै  यसका लागि सवैले आफ्नो क्षेत्रबाट सहयोग आग्रह गरे । ज्ञापन पत्रमा उल्लेख गरिएका सवालमा यो आर्थिक वर्ष भित्रमा सुशासन नीति बनाउने अध्यक्ष शाहीले वताए । ‘वालवालिका–हरुको स्वास्थ्य परीक्षणको लागि बजेट विनियोजन गरेका छौं’ शाहीले भने ।
कार्यक्रममा गाउँपालिकाकाले आवश्यक विभिन्न नितिहरु बनाउनु पर्ने, शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम तय गर्नुपर्ने, जवाफदेहीता पारदर्शिताका औजारहरुको प्रयोग गर्नुपर्ने, सूचनाको पुर्ण प्रयोग गर्नुपर्ने, सडक निमार्णमा गुणस्तर कायम गर्नुपर्ने, गाउँपालिका भित्र बनेका योजनाहरुको गुणस्तर परीक्षण हुनुपर्ने लगायतका सवालहरुको उठेका थिए ।
एमएमडिसीद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले सार्वजनिक सेवा प्रवाहमा स्थानीय बासिन्दा, नागरिक समाज, संचारकर्मीहरुको भूमिकालाई प्रभावकारी बनाउन बिभिन्न सवालहरुमा पैरबी गर्दै आएको परियोजनाका जिल्ला अधिकृत मोहन शाहीले बताए । उनले भने ‘परियोजना अन्तर्गत हामीले रानागाउ र कुमालीकोटमा स्थानीय सभा गठन गरी सभामा नियमित रुपमा समसामयिक बिषयहरुमा छलफल गर्दै    आईरहेका छां,ै हालसम्म सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नु पर्ने, स्थानीय तहले सुशासन नीति तथा सामाजिक जवाफदेहिताका कार्यबिधीहरु बनाउनु पर्ने जस्ता सवालमा   पैरबी गरिरहेका छौं ।’
रानागाउमा सामुदायिक बिद्यालयहरुको शिक्षा प्रबद्र्धन तथा राजपुरमा स्वास्थ्य तथा सरसफाईको अवस्थाबारे बुझ्न स्थानीय सभाका सदस्य, जनप्रतिनिधीहरु, पत्रकारहरु सहभागि भएर अनुगमन गरी आवश्यक सुझाब सल्लाहा दिएको समेत अधिकृत शाहीले बताए ।

प्रगतिशील लेखक संघ गठन

डोटी जिल्लामा प्रगतिशील लेखक संघ नेपालको तदर्थ समिति गठन गरिएको छ । 
डोटीमा रहेका प्रगतिशील लेखक, रचनाकारहरुको एक भेलाले साहित्यकार केशब आरसी भट्टराईको संयोजगत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो । 
प्रगतिशिल लेखक संघ नेपालका सुदूरपश्चिम प्रदेश सदस्य तिलख सिंहको उपस्थितिमा प्रगतिशिल बिचार राख्ने लेखकको संगठन बिस्तार गरिएको हो ।  
तदर्थ समितिको सदस्यहरुमा केशब नाथ योगी, हिक्मतबहादुर घले, ईश्वरीदत्त पन्त, प्रेमबहादुर नेपाली, पदमा बिष्ट, टेकबहादुर साउँद, नरेन्द्र साउँद ‘निर्मल’ र दिर्घबहादुर खत्री रहेका छन् । 
प्रगतिशील लेखक संघले संघीय संरचना अनुसार प्रदेशहरुमा र जिल्लाहरुमा संगठन बिस्तार गर्न लागेको  सुदूरपश्चिम प्रदेश सदस्य सिंहले  जानकारी दिए । 

महोत्सवमा भेटियो नक्कली पास

रोजेन्द्र जोशी/दिपायल
फागुन १९
डोटी चेम्वर अफ कमर्शको आयोजनामा डोटीको दिपायलमा फागुन १७ गतेदेखि संचालन भएको महोत्सबलाई असफल पार्न समूह नै सक्रिय भई लागेको डोटी चेम्वरले निश्कर्ष निकालेको छ ।
पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरी सुदुरपश्चिमको डोटी र खप्तड क्षेत्रमा पर्यटकहरुलाई भित्राउन सहयोग पुराउने उद्देश्यका साथ संचालन भईरहेको महोत्सबलाई विफल पार्नका लागी केही व्यक्तिहरु समूहगत रुपमा नै सक्रिय रहेको चेम्वरले निश्कर्ष निकालेको हो ।
महोत्सबका लागी आयोजकले दर्शकहरुको सुविधाका लागी तयार पारेको सिजनल पासको हुबहु नक्कली सिजनल पास तयार पारी सो पासमा आयोजकको नक्कली छाँप समेतको प्रयोग गरिएको प्रमाणहरु फेला परेपछि चेम्बर कार्यसमितिको आईतबार बसेको आकास्मिक बैठकले महोत्सब विफल पार्नका लागी समुहगत रुपमा नै केहि व्यक्तिहरु सक्रिय रहेको निश्कर्ष निकालेको संस्थाका सहकोषाध्यक्ष तेज वहादुर खड्काले जानकारी दिए ।
उनले भने ‘हामीले महोत्सब जिल्लाको विकास र उन्नतीका लागी लगाएका छौं, तर बजारमा नक्कली पासहरु तयार पारी प्रयोगमा आईरहेको सूचना प्राप्त हुँदा खोज अनुसन्धानका क्रममा केहि प्रमाणहरु समेत फेला परेको छ ।’ आफुहरुले आयोजना गरेको महोत्सबले कोही कसैला घाटा हुन्छ जस्तो नलागेको तर पनि महोत्सबलाई असफल पार्नका लागी केही व्यक्तिहरु समूहगत रुपमा लागेका खड्काको भनाई छ ।
महोत्सवमा स्थानीय खानाको परिकार, स्थानीय कलाकारलाई प्राथमिकता, निशुल्क आँखा शिविर र स्वास्थ्य शिविरले सवैको फाईदाको बिषय भएको खड्काको तर्क थियो ।

बिद्यार्थीलाई सिकाउदै प्रहरी

गणेश मौनी/डोटी
फागुन २१
जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरीको काम कारवाहीको बिषयमा बिद्यार्थीलाई जानकारी गराएको छ । 
डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तीनारायण माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन गराई नेपाल     प्रहरीका काम कर्तव्यको बिषयमा  जानकारी गराएको हो । प्रहरी कार्यालयभित्र रहेका विभिन्न शाखामा कार्यरत ब्यक्तिहरु, शाखाहरुको जिम्मेवारीको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए । उनले थपे ‘बिद्यार्थीहरुलाई प्रहरीको काम कारवाहीको बिषयमा जानकारी भएमा समाजमा हुने अपराधहरु रोक्न मद्दत पुग्छ ।’ उनले बिद्यार्थीहरुलाई कानुनी ज्ञान भए कुलतमा पनि लाग्दैनन् भन्ने हेतुले यस्तो क्रियाकलाप गरिएको वताए । 
प्रहरी कार्यालयको अवलोकनपछि सहभागी विद्यार्थीहरुले आफुहरुलाई धेरै कुराको जानकारी भएको वताए । प्रहरी भन्ने वित्तिकै डर लाग्ने गरेको तर अब नडराउने, वरु हाम्रो टोल समाजमा केही त्यस्ता घटना भए तुरुन्त खबर गर्ने प्रतिक्रिया बिद्यार्थीहरुले जनाए । 
समाजमा रहेका विकृति बिसंगतिको अन्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्र डोटीका अध्यक्ष लोक बहादुर बोहराले बताए । उनले भने ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौं, सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए सम्भव छ ।’ 

दलित संघको अध्यक्षमा बिक

नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित संघ डोटीको अध्यक्षमा लाल बहादुर बिक निर्वाचित भएका छन् । 
१८ र १९ गते केआईंिह गाउँपालिकाको वायलमा सम्पन्न पाचौं जिल्ला अधिवेशनबाट बिक निर्वातित भएका हुन् । 
सो पदका लागि बिक र हेम नागरीबिच निर्वाचन भएको थियो । निर्वाचनमा बिकले एक सय २८ र नागरीले ८१ मत प्राप्त गरेका थिए । ४७ मतको अग्रतासंगै बिक अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिव पदको लागि सागर सिं सेवा र गणेश बिकबिच प्रतिप्रर्धा भएको थियो । सागर सेवाले ९० र गणेश बिकले ५९ मत प्राप्त गरेका थिए । ३१ मतको अग्रतापछि सेवा सचिवमा निर्वाचित भएका थिए । यस्तै सदस्यमा बसन्त बिक, रोसन कोली, स्मृति चुनारा, प्रमीला परियार, रमेश नागरी गोपाल बिक, प्रताप बिक, आशा नेपाली, अर्जुन बिक, गोरे कामी, चक्र बहादुर भुल, राम बहादुर लुहार, कटेनी देबी बादी, देब बहादुर ताम्राकार,बलबीर टमाटा, शंकर बिक, गिताराई टमाटा, दल बहादुर नेपाली, हिमा देबी कामी, डबल नेपाली, प्रेम सिं दमाई, हेम नागरी, गणेश बिक  रहेका छन् । अबिधेशनबाट महाधिवेशन प्रतिनिधिमा कुमार सिं टेलर, कल्पना सोप, कमला लुहार सोप, हर्क सार्की चयन गरेको छ भने क्षेत्रीय कमीटीमा क्षेत्र १ को अध्यक्षमा जित बहादुर बिकको अध्यक्षतामा क्षेत्रीय समिति र क्षेत्र नम्बर २ को प्रेम बहादुर बिकको अध्यक्षतामा क्षेत्रीय समिति समेत गठन गरेको नेपाल दलित संघले जानकारी दिएको छ ।  
दलित संघको बिधान अनुसार एक महिला सहित तीन जना उपाध्यक्ष,  एक  कोषाध्यक्ष, एक सहसचिव मनोनित वनिर्वाचित अध्यक्ष लाल बहादुर बिकले बताए ।

अशुरक्षित गर्भपतन रोक्न चेतना बृद्धिमा जोड

असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई रुत्साहित पारी सुरक्षित रुपमा गर्न जनचेतना अभिबृद्धिमा जोड दिन सरोकारवाला निकायहरुले जोड दिएका छन् । 
आईपासको सहयोगमा जिल्ला समन्वय समिति डोटीले बिहिबार सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहाकार समितिको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।  
अशुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताईन । उनले भनिन् ‘गर्भपतन भन्ने वित्तिकै महिलाको सवाल हो तर पुरुषहरु पनि जिम्मेबार हुनु पर्छ ।’ उनले पुरुषहरुको सहमति नहुदाँ महिलाहरु स्वईच्छाले केही गर्न सक्दैन पुरुषहरुकै दबाब र करकापमा पनि महिलाहरु गर्भपतन गराउन बाध्य रहेको बताईन् । 
डोटी जिल्ला स्वास्थ्यको गुणस्तरमा सुधार गर्न अन्य स्थानीय तहहरुले पनि सहयोग गर्न आवश्यक रहेको समेत प्रमुख मलासीले बताईन् । असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्नपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । उनले भने ‘गर्र्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक छ ।’ 
मेडिकलबाट महिलाहरू गर्भपतन गराउने औषधीहरू सहजै पाउँछन् । ‘औषधी खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहज रूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैध रुपमा गर्भपतन गराउने समस्या बढेको जिल्ला समन्वय समितिका संयोजक राम ऐरले बताए । उनले भने यसलाई निरुत्साहित गर्न जनचेतना अभिबृद्धि गर्नु जरुरी छ । 
सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमकी संयोजक दीपा सिंहले बताइन् । उनले भनिन् ‘ग्रामीण भेगमा गर्भपतन गर्नु हुन्न गराउनै पर्ने अवस्था आए स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने मानसिकता छैन् । 
जिल्ला अस्पताल डोटीका डाक्टर गिरिस अवस्थीले असुरक्षित रुपमा औषधी खाइसकेपछि ज्यान जोखिममा   परेका महिलाहरू पनि स्वास्थ्य संस्था आउने गरेको बताए । ‘पटक पटक गर्भपतन गराउनेहरू पनि छन’ उनले भने, ‘भारतमा काम गर्ने श्रीमान् घरमा आउँदा अस्थायी परिवार नियोजनका साधन प्रयोग नगर्ने कारण अनिच्छामा बसेको गर्भ तुहाउन पनि आउँछन ।’ 
गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको भन्दै इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्यकर्मी भएको  स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार गत आवमा मात्र एक हजार ८९ महिलाहरुले स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराएका छन । जसमध्ये तीन सय ८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् । 

खेल समाचार 

रङ्गशालाका लागि पाँच करोड संकलन

चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका रकम संकलन हुने कार्यले तिव्रता पाएको छ । 
हालसम्म पाँच करोड ५० लाख रुपैयाँ सङ्कलन भएको  धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले जानकारी दिए । सो रङ्गशाला निर्माणका लागि करीव तीन अर्व रुपैयाँ लाग्ने फाउण्डेशनले अनुमान गरेको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको अध्यक्ष कट्टेलले जानकारी दिए । चितवनबासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले वताए । 
‘रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’ अध्यक्ष कट्टेलले भने ‘रङ्गशाला निर्माण सहयोगार्थ मलेसियामा कार्यक्रम सम्पन्न गरिसकेका छौं, जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको छ ।’ आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको र हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको उनले बताए । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागिरहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए ।
“अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ” उनले भने ‘यस बिषयमा विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ ।’ रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ छ । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महिना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि फाउण्डेशनले जग्गा सम्झौता गरेको थियो ।

मुख्यमन्त्री कप बिजेतालाई १५ लाख

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री कपको आयोजक सामाजिक विकास मन्त्रालयले  विजेतालाई १५, उपविजेतालाई आठ लाख र तृतीयलाई पाँच लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था   गरिएको जनाए ।
मन्त्रालयले पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने मन्त्री सुवेदीले बताए ।
प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने छन् । खेलको उद्घाटनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता हुनेछ ।
प्रतियोगिता औपचारिक रुपमा चैत १ गते शुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै शुरु हुने सामाजिक विकास मन्त्री सुवेदीले जनाए । उनले फुटबल र क्रिकेटमा लिग प्रतियोगिता हुने भएकाले दुई दिन पहिले नै शुरु हुने बताए । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ ।
मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले खेलकुद मार्फत् सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेलकुद प्रतियोगितामा आउने खेलाडी लगायतका सहभागीले सुदूरपश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।

चलचित्र/मनोरञ्जन 

“जानी नजानी” चैत्र १ मा

फिल्मी खवर
चर्चित संगीतकार अर्जुन पोखरेलको स्वर र संगीतमा रहेको ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीतका कारण चर्चामा रहेको फिल्म ‘जानी नजानी’ ले यतिबेला आफ्नो प्रचार प्रसारलाई चुस्त बनाएको छ । चैत १ मा रिलिज हुने फिल्मको जम्बो टिम मोफसल प्रचार चर्काउने उद्देश्यले नेपाली फिल्मको ठूलो बजार मानिने चितवन पुगेको छ । 
आइतबार त्यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्मात्री तथा कलाकार रोशनी केसीले ‘जानी नजानी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको  बताइन् । फिल्म स्तरिय बनेको बताउँदै उनले भनिन् ‘फिल्ममा माया प्रेमको कुरा मात्र छैन, राष्ट्रियताको कथा पनि भनिएको छ ।’ उनले फिल्मबाट ढाका संरक्षणको सन्देश दिन खोजिएको पनि बताइन् ।  
बसन्त अधिकारीको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको निर्माण लागत २ करोड बताइएको छ । डेब्यू फिल्म ‘रानी’ बाट ‘स्टाइलिस अभिनेता’ को उपमा पाएका मनिषसुन्दर श्रेष्ठले आफ्नो करिअरका लागि यो फिल्मले निकै महत्व राख्ने बताए । ‘मैले बुझे अनुसार फिल्म दुई किसिमका हुन्छन् राम्रो र नराम्रो । ‘जानी नजानी’ एउटा राम्रो फिल्म हो’ उनले भने । 
मनिष यो फिल्मलाई रोमकोम  जनराको एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म भन्न रुचाउँछन् । फिल्ममा रोमान्स र कमेडी दुबैको समिश्रण रहेको उनको भनाइ छ । निर्मात्री केसीको कुरालाई उनले पनि सापटी लिँदै भने ’फिल्ममा लभ र   रोमान्स मात्र छैन, राष्ट्रियता र सामाजिक कथा पनि छ ।’ उनी फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त सुनिए । 
पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले यो फिल्मबाट डेब्यू गरेकी छिन् । उनले गीत र ट्रेलरजस्तै फिल्मलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताइन् । फिल्मको कथावस्तु राम्रो रहेको र त्यसअनुरुप प्रस्तुती पनि अब्बल रहेको उनको दाबी छ । दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा पनि उनी विश्वस्त छिन् । 
सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा छायांकन संजय लामाको रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाले फिल्मको कथा तयार पारेका हुन् । यसमा अर्जुन जिसीको सम्पादन छ ।

लेख 

यसरी उडाईदैछ ट्राफिक नियमको खिल्ली

रामहरी ओझा
शुक्रवार कैलालीको अत्तरीयाबाट डोटीको दिपायलसम्मको यात्रा यादगार रह्यो । हामी जस्ता साधारण व्यक्तिहरुका लागि सार्वजनिक यातायात बाहेक अर्को कुनै विकल्प पनि हुँदैन यात्रा गर्नका लागि । झुण्डिएपनि, च्यापिएपनि, धक्का खाएपनि जे गरेपनि सार्वजनिक यातायातका साधनहरुनै हाम्रा मित्र हुन । त्यही सार्वजनिक यातायातको प्रयोग गरी गरिएको यात्राका केही स्मरणीय दृष्यहरु रहे । शुक्रबार दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको दुःख निधन भयो । त्यसैदिनको कुरा हो, हामीले अत्तरियाबाट दिपायलसम्मको अर्को जोखिमपूर्ण यात्रा गरेको । 
सुदूरपश्चिम यातायातको एक “हाइस” अत्तरीयाबाट नौ वजे बिहान हिड्ने भन्ने काउण्टरले जानकारी दिएपछि करीव ८ः३० मा टिकेट काटियो । अव हिड्ला तव हिड्ला गर्दा १०ः१६ मा बल्ल हाईसले अत्तरीया छोड्यो । सुने अनुसार १५ जना यात्रुहरु मात्रै बस्न पाउने गरी सीट स्वीकृति हुन्छ रे तर सीट क्षमता कति हो ठ्याक्कै थाह भएन । तर, अत्तरीयाबाट हामी १६ यात्रुहरु थियौं । तराईलाई वाईवाई गर्दै हाईस उकालो लाग्यो गोदावरीबाट । 
खानीडाँडाको खाना 
नौ वजे हिड्ने योजनाका साथ आएका यात्रुहरु पक्कै पनि भोकै थिए । खाना खानका लागि कैलालीको खानीडाँडामा पुगियो । जुन होटलमा खाना खान गाडी पार्क गरियो, त्यहाँ अर्को एक बस पनि थियो । “भात खानेलाई भात, रोटी खानेलाई रोटी, बस्नुहोस खाना तयार छ” साउनीले चर्कै स्वरमा सवै यात्रुहरु सुन्ने गरी         कराईन । यात्रुहरु पनि खान बसे । चिसो मौसम भएर होला अधिकांशले रोटी खान रुचाए । दाल तरकारी सहितको एक रोटी सवैलाई पस्कियो । थप रोटी माग्दा जवाफ आयो ‘रोटी त सकियो, भात खानुहोस् ।’ ग्रहाकले केही भन्न मुख खोल्न नपाउदै साहुनीले थपिहालिन् “तपाई एक जना मात्रै हो र खाना खाने ? तपाई जस्तो सयौंलाई खाना खुवाउनु पर्छ हामीले । अनि कति पुगोस् त रोटी !” उनी यसरी कड्किन सायद उनले निशुल्क खाना बाँड्दैछन् । बिचरा यात्रुहरु, कति भात थप्न वाध्य भए, कति पुरा पेट नखाएरै भागे । 
बुझ्दै जाँदा सवारी चालकहरुले होटेलबाट पनि भत्ता पाउने भएका कारण खाना खाने निश्चित ठाउँ वनाएका हुन्छन् । त्यसैले होटेलभित्रै गाडी घुसाउँछन्, स्टाफहरुका लागि मिठो मसिनो पाकेको हुन्छ र निशुल्क खान्छन् । त्यसकारण उनीहरुले यात्रुहरुको परवाह गर्दैनन् । तर यात्रुहरुले भने सधैं यस्तै नियति भोग्नु पर्छ । कयौं यात्रुहरु खाना खाँदैनन्, चिया चना खाएर हिड्छन् ।
सय रुपैयाँमा “रास्ता साफ”
खानीडाँडाको त्यो खानापछि करीव आधा घण्टाको यात्रा पार गरियो । सहजपुर वजार नपुग्दै ट्राफिक      प्रहरीको टोलीले हाइस रोक्यो । चालकले साईडमा रोके, हत्त न पत्त गाडीबाट उत्रिए । ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक भएतिर कुँदे । उनी एक सेकेण्ड पनि त्यहाँ रोकिएनन्, तुरुन्तै फर्केर आईहाले । चालकको सीटमा बस्दै गर्दा उने भने ‘यो छैन, त्यो छैन भनेर झुलाउँछन् त्यो भन्दा त पहिले नै एक सय रुपैयाँको नोट थमाईदियो हिड्यो ।’ उनी यसरी पैसा दिनु बाध्यता ठान्छन् । उनी थप्छन् ‘कहिले वेल्ट लाइनस् भन्छन्, कहिले यात्रु बढी भए भन्छन्, उनीहरुले खान खोज्छन् नभए हजार÷पन्द्र सयको चलान काट्छन् ।’ चलान काटे साहुँले पनि गाली गर्ने गरेको उनको भनाई छ । उनको सय रुपैयाँको नोट यति शक्तिशाली थियो कि ट्राफिक प्रहरीले उनको गाडीमा कति यात्रु छन्, कागजातहरु छन् कि छैनन् भनेर हेर्ने हिम्मत पनि गरेन । 
नौ जना यात्रु थपिए ।
धनगढीबाट डोटी आउदाको बाटो पनि रमाईलै छ । कैलालीबाट डोटी, डोटीबाट डडेल्धुरा र डडेल्धुराबाट डोटी । १६ जना हुँदा पनि हाईस खचाखच जस्तै थियो, कैलालीबाट डोटी प्रवेश गरेपछि जोरायल गाउँपालिका–२ छतिवनको मेलखोलाबाट फेरी ६ जना यात्रु थपिए । भित्रबाट यात्रुहरुले ठाउँ छैन भन्दाभन्दै पनि नयाँ यात्रुहरु गाडीमा उक्लिहाले । अनि धनगढीबाट आएका यात्रुहरुलाई गाडीको सहचालकले यता सर्न र उता सर्न भन्न थाल्यो । छुद्र भाषा, छुद्रै व्यवहार पद्रर्शन गर्न थाल्यो । यतिसम्म भयो कि सहचालकले यो सार्वजनिक यातायत हो, तपाईको नीजि सवारी साधन होईन, यसमा त दुःख गरेर जानु पर्छ भन्न थाल्यो । यात्रुहरु चुपचाप  रहे । 
‘यिनीहरुसंग मुख लाग्नु हुन्न, प्रहरीसंग मिलेका हुन्छन्, बोल्यो भने बाटोमै उतारेर जान वेर लाउँदैनन्’ अत्तरीयाबाट संगैको सीटमा यात्रा गरिरहेका एक व्यक्तिले भने ‘धेरै कचकच भयो भने गाडी फालिदिन पनि बेर लाउँदैनन्, आफु बाँचिहाल्छन्, मर्ने यात्रुहरु नै हो ।’ यि मित्रको सल्लाहले झसंग वनायो ।
अव हामी यात्रुको संख्या २२ पुगेको थियो । बुडर बजारमा रहेको टूाफिक पोष्टमा ईन्टूी त भयो तर गाडीमा कति जना यात्रुहरु छन्, गाडीको सीट क्षमता कति छ, कागजातहरु छन् कि छैनन्, चालकको अनुमति पत्र छ कि छैन भन्ने कुराको जाँच भएन् । 
अत्तरीयामा डडेल्धुरा बजारसम्म पु¥याउने बाचा गर्दै दुई जना यात्रुहरुलाई भित्र्याएको थियो सहचालकले । ति यात्रुहरु पनि सजिलै डडेल्धुरा पुग्ने आशमा थिए तर उनलाई अर्को गाडीमा बस्न लगाईयो । बिचरा, कोचाकोच गर्दै अर्को हाईसमा बसेर गए । उनीहरु गएसंगै दिपायलका लागि तीन जना थपिए । अव यात्रुहरुको संख्या २३ भयो ।
हासो लाग्दो ट्राफिक निरीक्षण
“हाईवे चेकिङ्ग छ, सिधै १५ सय काट्दैछन्, अगाडीको मान्छे झारिहाल्” डडेल्धुराको दह व्यारेक नजिक विपरित दिशाबाट गईरहेको गाडीका चालकले अ¥हाए । नभन्दै चालकले आफुसंगै बसेका एक व्यक्तिलाई पछाडी बस्न लाए, सिट वेल्ट कसे । पछाडी मुडामा बसेका व्यक्तिलाई मुडा खाली गरेर एकछिनका लागि सिटमै ‘एड्जस्ट’ गर्न भनियो । मुडा लुकाईयो । सायद मुडा नै ट्राफिक प्रहरीको सत्रु रहेछ । अव सुरु भयो    सुरक्षित यात्रा । 
नभन्दै ‘हाईवे चेकिङ्ग’ रहेछ । ट्राफिक प्रहरीको सिट्ठीसंगै हाईसको गति धिमा भयो । ढोका खुल्नासाथ एक ट्राफिक प्रहरीले भित्रपट्टि हेरे । उनले सायद मुडा खोजेका थिए होलान् तर भेटेनन् । पूर्ववत्झैं उनले पनि गाडीमा कति जना छन्, कति जनाको क्षमता हो, कसरी वसेका छन् भन्ने कुराको खोजी गरेनन् । ‘ल जा’ उनले ठाडो आदेश गरे चालकलाई, चालक हुईकियो । ‘बाटोमा चेकिङ्ग छ, मिलाएर आउनु’ मोडहरुमा एक हातले स्टेरिङ्ग काट्दै अर्को हातले फोन कानमा लाउँदै चालकले अन्य चार जना सहकर्मीलाई फोन गरे । विपरित दिशावाट आउने सवै गाडीहरुलाई पनि उनले हाईवे चेकिङ्गको सूचना दिए । “मामाहरु बसेका छन् बाटोमा, मिलाएर जाउँ” उनी सवैलाई भन्दै थिए ।  
प्रहरीले नै थपिदिए एक यात्रु 
२३ यात्रु त गाडीमा थिए नै, डडेल्धुराको स्याउले बजारबाट डोटीका लागि ओरालो लाग्ने क्रममा नेपाल प्रहरीका एक हवल्दारले गाडी रोके । उनले गाडीमा कति यात्रु छन् भन्ने कुराको वास्ता गरेनन् । लामा कपाल पालेका, एक हातमा गितार र अर्को हातमा झोला वोकेका एक व्यक्तिलाई गाडीतिर सार्दै ति हवल्दारले भने ‘उहाँलाई दिपायल पु¥याईदिनु ।’ सहचालकले गाडीमा ठाउँ नभएको कुरा भन्दा पनि उनले ‘मिलाएर लैजाउ न’ भन्ने जवाफ दिए । ति कलाकार रहेछन्, दिपायलमा शुक्रवारदेखि सुरु भएको प्रादेशिक महोत्सवका लागि जान लागेका । उनी त्यो होचो हाईसमा निहुरिएरै दिपायल पुगे । 
यो प्रतिनिधिमुलक यात्रा मात्रै हो । सुदूरका पहाडी जिल्लाहरुको यात्रा यस्तै हुन्छ । अधिकांश दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोकेको र तिव्र गति भएको भन्ने आउँछ तर पनि न क्षमताभन्दा बढी यात्रु बोक्न छोडिएको छ, तिव्र गति कम भएको छ । गति सिमित गर्नका लागि प्रयोग भएको ‘टाइम कार्ड’ को मुल्य पनि जम्माजम्मी पचास रुपैयाँ निर्धारण भएको रहेछ । अर्थात टूाफिक प्रहरीलाई पचास रुपैयाँ दियो भने सहजै टाइम कार्डको टाइम फेरिदो रहेछ । यात्रुहरुको वाध्यताको मजाक उडाउँदैछन् सवारी धनीहरु र चालकहरु । त्यसमा साथ दिँदैछ ट्राफिक प्रहरी । यस्तो असुरक्षित यात्राको पछाडीको कारण के हो ?  
पहिलो कुरा, यि ‘हाइस’ हरुको कति जना यात्रु बोक्ने क्षमता छ भन्ने कुराको खोजी हुनु जरुरी छ । भेडा बाख्रा ठेले जस्तै यात्रु ठेल्ने चालक र सहचालकलाई कारवाही हुने गरी कानुन वनाउनु पर्छ । 
दोश्रो, निरीक्षण गर्ने ट्राफिक प्रहरीको पनि निरीक्षण हुनु जरुरी छ । गाडीमा कति यात्रु छन् भन्ने कुरासम्म नहेरी सय रुपैयाँमा काम चलाउने प्रहरीले दुर्घटनाको जिम्मेवारी लिने कि नलिने ? जहाँ दुर्घटना हुन्छ, त्यो क्षेत्रको ट्राफिक ईकाईलाई दुर्घटनाको मुख्य दोषी मानिनु पर्छ यदि क्षमता भन्दा बढी यात्रु भएर र तिव्र गतिका कारण दुर्घटना भएको हो भने । 
तेश्रो, क्षमताभन्दा बढी भएका यात्रुहरुलाई उतार्न लाउनु पर्छ । जरिमानाको नाममा चलान काटेर यात्रुहरु बोक्न दिने हो भने उताबाट असुल भएकैछ भन्ने सोच्छ गाडीधनीले । यात्रुहरु उतार्ने, उनीहरुको टिकटको रकम फिर्ता गराउने र चालकलाई जरिमाना गर्ने गर्नु पर्छ । यसो गर्दा बाटोमै उत्रिनु पर्छ भनेर यात्रुहरु पनि चढ्दैनन् गाडीमा । चालकले पनि झमेलामा लाग्दैन । तर यस्तो गर्न गा¥हो छ, किनकी ‘सय रुपैयाँ’ को कुरा छ । 
चौथो, यात्रुहरुलाई पनि जरिमाना गर्ने व्यवस्था ल्याईनु जरुरी छ । सीट क्षमता अनुसार टिकट काटेका यात्रुहरुलाई गाडीमा राख्ने गाडीमा सीट नहुँदानहुँदै जवरजस्ती आएकाहरुलाई पनि कारवाहीको दायरामा ल्याउनु जरुरी छ । 
अन्यथा दुर्घटना हुँदै जाने, यात्रुहरु मर्दै जाने, अङ्गभङ्ग हुँदै जाने, सवारीधनी र ट्राफिक   प्रहरी मोटाउँदै जाने हुन्छ । आफन्त गुमाएकाहरुले सोक मनाउछन्, अङ्गभङ्ग भएकाहरु आफ्नै जीवनप्रति घृणा गर्ने तहमा पुग्छन् । यस्तो पीडाबाट मुक्त हुने बाटो सोच सरकार । 

लोकसेवा आयोगको तायारीका लागि उपयोगी 

१. नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ ? – ६ प्रतिशत
२. डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो ? – वि.सं. २०७२ भाद्र ४
३. नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ ?  – गेहेन्द्र शमशेर
४. दुई वा दुई भन्दा बढी तत्व बीच रसायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ ? –यौगिक
५. रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ ? –परमाणु
६. तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ ? –अणु
७. अमेरिकामा हालै आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन ?  – सुनिल थापा
८. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको संख्यालाई के भनिन्छ ?   –आवृत्ति
९. संयुक्त राष्ट्र संघको पहिलो अधिबेशन कहिले र कहाँ भयो ? 
–१० जनवरी १९४६ मा लण्डनको वेष्ट मिनिष्टरमा
१०. संयुक्त राष्ट्र संघलाई अर्को के नामले चिनिन्छ ?  – विश्व नगरसभा
११. दिनको १ महिना र १८ महिनाको १ बर्ष मान्ने देश कुन हो ?  — मेक्सिको
१२. ताइवानलाई कपुरको देश भनिन्छ भने सुन्दरिहरुको देश भनेर कुन देशलाई बुझाउछ ?
– भेनेजुएला
१३. पृथ्बीमा सबैभन्दा हलुको बस्तु के हो ?   –वायु
१४. भुमध्य रेखा कती डिग्री अंक्षाशमा रहेको मानिन्छ ? –० डिग्री
१५. पृथ्बीको ठीक आधा भागलाई के भनिन्छ ?   –गोलार्ध
१६. विश्वको सबैभन्दा ठुलो प्राकृतिक प्राकृतिक बन्दरगाह कुन हो ?  –सिड्नी
१७. कुस्ती खेल्ने ठाउँलाई एरेना, बेसबल खेल्ने ठाउँलाई डायमन भनिन्छ भने गल्फ खेल्ने ठाउँलाई के भनिन्छ ?   –लिन्क, ग्रीन
१८. मानिस असल गुणले उत्तम हुन्छ, न कि उच्च आसनमा बसेर महलको छानामा बस्दैमा काग गरुड बन्छ र ?   –चाणक्य
१९. हर्षपावरमा कती वाट हुन्छ ?  –७४६ वाट
२०. सुर्य पृथ्वीबाट कती टाढा रहेको छ ?   —१४ करोड ८८ लाख किलोमिटर
२१. मानिसको मृत्युट हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अंग कुन हो ?  –कान
२२. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ? –इन्फ्रा रेड रे
२३. ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?   –सन् १९२७
२४. शेक्सपियरको अन्तिम नाटक कुन हो ?  –द टेम्पेस्ट
२५. विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?  –जापान
२६. विश्वको सबभन्दा लामो देश कुन हो ?  – चिली
२७. प्रहरी र जेल नभएको देश कुन हो ?   –आइस्ल्यान्ड
२८. पृथ्वीको कुल परीधी कती छ ?   –४०,००० किलोमिटर
२९. अबिरल असफलताबाहेक अरु सबै कुरा सहन सकिन्छ ।  –गेटे
३०. तीन सय बर्ष पुरानो बर्फलाई के भनिन्छ ? –ब्लु आइस
३१. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?  – २०१२ चैत्र १८ गते
३२. १२ वण्डाल १८ खण्डालको जिल्ला कुन हो ?  — सुर्खेत 
३३. नेपालको सवैभन्दा अग्लो स्थानमा रहेको बस्ती कुन हो ? — छाकाभोट 
३४. पुरुष कर्मचारीले मात्र पाउने विदा कुन हो ?  — प्रशुती स्याहार बिदा 
३५. १००० को १०% कति हुन्छ ?  — १००
३६. ताप्केको लागि कुन ठाउँ प्रसिद्ध छ ? — बिरगञ्ज 
३७. राष्ट्रिय गान नभएको देश कुन हो ? — स्वीट्जरलेण्ड 
३८. टिम्वर कर्पोरेसन कुन मन्त्रालय अन्तरगत पर्दछ ? — बन तथा भू–संरक्षण 
३९. पर्वातारोहण कहिले देखि सुरु भएको हो ? — सन १९४९ 
४०. बरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन कहिले भयो ? — २०७० साल भाद्र २४ गते 
४१. दिक्षान्त समारोहका दिन बिद्यार्थीले लाउने चारकुने टोपीलाई के भनिन्छ ? — मोर्टवार्ड 
४२. युरोप महादेशमा कतिवटा भुपरिवेष्ठित देशहरु छन् ? — १८
४३. ःथ बिलम ःथ उभयउभि कसले लेखेका हुन ? — दलाई लामा 
४४. जिका भाईरस लाग्ने लामखुट्टेको प्रजाति कुन हो ? — एजिप्टाई 
४५. नेपालकी कुन चर्चित गायिकाको बास्तविक नाम डोलकुमारी कार्की हो ? — तारादेवी 
४६. ब्त्ः को पुरा अर्थ के हो ? ( बगतयmबतष्अ तभििभच mबअजष्लभ 
४७. सौर्य परिवारबाट यम ग्रहलाई हटाई कुन नयाँ नाम दिईयो ? — शिशुग्रह 
४८. तुलसीको बिवाह कुन दिन गरिन्छ ? — हरिवोदनी एकादशी 
४९. पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने शास्वत सत्य पत्ता लगाउने बैज्ञानिक को हुन ? 
— कोपर निकस 
५०. माईक्रो व्याक्टेरियम ट्यूवरक्लोसिस नामक भाईरसले कुन रोग लाग्छ ? — क्षयरोग

साहित्य/सिर्जना 

के साच्चिकै उ पागल थियो ?
एउटा पागल
यसरी बर्बराइरहेको थियो
हेर्दै जाउ
यस्तो समय आउनेछ
धर्ती चिरेर अग्निकुण्डबाट
सिता बाहिर निस्कनेछिन् 
रामहरुको पर्दाफास गर्न
यज्ञमा गरिने हवनकुण्डबाट
द्रौपदी जन्मिने छिन् 
नकाब ओढेका
दुस्शासन र दुर्योधनहरुको
चिरहरण गर्न
बाणीहरु भित्रबाट 
गार्गी प्रस्फुटित हुने छिन् 
पुरुषहरुको अहम्लाई 
चकनाचुर पार्न
धोकाहरुलाइ पछ्याउँदै 
बृन्दा पुग्नेछिन् 
कपटी बिष्णुहरुलाई
मात दिन
पत्थरहरु भित्रबाट
अहिल्या प्रकट हुनेछिन् 
गौतमहरुको श्रापलाइ नै
श्रापित पार्न
भजनहरुमा मिरा नाच्ने छिन् 
धर्मका नाममा पाखण्ड मच्चाउने
पण्डा र पुरोहितहरुबाट
भक्ती मार्ग जोगाउन
दर्पण बनेर 
आउँने छिन् गङ्गा
पापिहरुलाइ उसको
कुकर्म सङ्ग साक्षात्कार गाराउन
भुकम्पका पराकम्पन 
बनेर आउने छिन् धर्ती 
जताततै जरा गाडेर बसेका
सामन्तीहरुका जरा हल्लाउन
परिक्षाका प्रश्नहरुमा
उत्तर भएर खडा हुने छिन् अनुसुया
परीक्षा लिने
त्रिदेब ब्रम्हा, बिष्णु र महेशलाई 
उचित पाठहरु सिकाउन
प्रकृतिको रुप धारण गर्ने छिन् 
काली 
पन्चतत्वहरुलाई दुषित पार्न खोज्ने 
कालोमैलोहरुलाई हरण गरी 
स्वयं आफुभित्र समाहित गर्न
मेरो मगजले 
आफैलाइ प्रश्न ग¥यो
यसरी भबिस्यबाणी गर्ने
के साच्चिकै 
उ पागल थियो ??
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/११/१९ 
जोरायल गाउँपालिका–३, गडाखर्क, जोरालय डोटीमा रहेको यस श्री समैजी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. ३÷०७५÷०७६,  पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा.बि. तृतीय,    
किसिम ः राहात (खुला),  तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷१२÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷१२÷०४ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डहस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ । थप जानकारीका लागि ९७४९०३६९१२ मा सम्पर्क गर्न सकिनेछ ।

Monday, February 11, 2019

बिम्ब साप्ताहिक, २०७५ माघ २९ गते

"Time is now : Rura and urban acitvists transforming women's lives"
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

रोग च्यापेर बस्दै ग्रामिण क्षेत्रका महिलाहरु

कर्ण चन्द/डोटी
माघ २८
पूर्बीचौकी गाउँपालिका–४ सानागाउँकी लक्ष्मी नाथलाई हातखुट्टा दुख्ने समस्या भएको ४ बर्ष भयो तर उनी उपचार गर्न कतै पनि गईनन् । 
उनिमात्र होईन पूर्बीचौकी गाउँपालिका–४ काँडामाण्डौंकी नरमादेबी बटला पनि तीन बर्षदेखि कान नसुन्ने समस्याबाट ग्रसित छिन तर उपचार गर्ने बारे खासै सोचेकी छैनन् । नेपाली सेनाद्वारा सञ्चालन गरिएको स्वास्थ शिबिरमा स्वास्थ्य चेक जाँच गर्न पुगेका उनिहरुले चिकित्सकसंग उक्त कुरा बताईन । महिला बिरामीलाई चेक गर्दै गरेकी चिकित्सक डा ज्योति खड्कासंग ४८ बर्षीया लक्ष्मी नाथले भनिन् ‘मेरो हातखुट्टा दुख्न थालेको चार बर्ष भयो घरमा खिरो (घरेलुु औषधी) हालेँ तर ठिक भएन । उकालो ओरालो गर्दा पनि दुख्छ दुखाई बढ्दै भएको छ ।’ डा खड्काले उपचार गर्न जानु भएन भनेर सोध्दा नाथले भनिन् ‘हामी गाउँतिर बस्ने मान्छे यत्तिको बिरामी    भैराख्छौँ कहाँ उपचार गर्न जानू ।’
शिबिरमा आउने अधिकांस महिलाले समान्य रोग भन्दै उपचारमा ध्यान नदिने गरेको कुरा सुनाए । स्वास्थ्य उपचारको पहुँच नहुनु र आर्थिक स्थिति कमजोर भएका कारण महिलाले आउन नसकेको अधिकांसले साझा समस्याको रुपमा राखे । उपचारमा संलग्न चिकित्सक सुमन थापाले भने ‘महिलाहरु रोग च्यापेर बसेको देखियो, रोग च्याप्दै गर्दा त्यही रोगले फेरी मान्छेलाई च्याप्छ ।
शिशिरमा पाठेघर खस्ने बिरामी धेरै आएको डाक्टर गिता खड्काले बताईन । खड्काले भनिन् ‘शिबिरमा धेरै थरीका महिला बिरामी आएका थिए त्यस मध्यमा पाठेघरको समस्या, आँखा, हाडजोर्नी र छाला सम्बन्धीका बिरामी बढी देखियो ।’ डाक्टर थापाले थपिन् ‘सामान्य अबस्थामा खासै उपचार तर्फ ध्यान नदिने समस्या बढेपछि मात्र उपचारका लागी सोच्ने गरेको देखियो ।’
महिला स्वयम पनि आफ्नो स्वास्थ्य प्रति संबेदनशिल नहुँदा पनि रोग पालेर बस्ने गरेको पूर्बीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले  बताईन । उपाध्यक्ष साउँदले भनिन् ‘हामी महिला जहिले पनि घरको काम प्राथमिकता राख्छौँ, बिरामी अन्तिम चरणमा पुगेपछि मात्र घर परिवारलाई भन्ने गर्छन, त्यही भएर पनि महिला धेरै समस्यामा छन ।’
ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा कम पहुँच भएका कारण नेपाली सेनाले सद्भाव कार्यक्रम अन्तरगत स्वास्थ्य शिबिर संचालन गरेको रुद्रध्वज गण सिलगढीका प्रमुख कर्नेल रत्नकेशर खड्काले बताए । खड्काले भने ‘ग्रामिण क्षेत्रका प्राय सबैको त्यसमा पनि महिलाको स्वास्थ्य निकै कमजोर पाईन्छ ।’
पूर्बीचौकीका नागरिकको स्वास्थ्यप्रति ख्याल गर्दै बेला बेलामा स्वास्थ्य शिबिर सञ्चालन गर्ने गरिएको पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । अध्यक्ष बोगटीले भने ‘हामीले गत बर्ष अस्पतालसंग मिलेर र यस बर्ष नेपाली सेनासंग मिलेर शिबिर संचालन गर्ने गरेका छौँ ।’ रुद्रध्वज गण सिलगढी डोटी र पूर्बीचौकी गाउँपालिकाको सहकार्यमा शिबिर संचालन गरिएको थियो ।
शिबिरमा साढे चार सयको उपचार 
नेपाली सेनाद्वारा डोटीको पूर्बीचौकी गाउँपालिकामा संचालन गरिएको स्वास्थ्य शिबिरमा चार सय ५९ जनाले स्वास्थ्य उपचार गरेका छन । तीन सय ३७ महिला र एक सय २२ पुरुष गरी चार सय ५९ जनाको स्वास्थ्य चेकजाँच गरेको रुद्रध्वज गण सिलगढी डोटीले जानकारी दिएको छ ।
शिबिरमा उपचार गर्न आउने पुरुषको तुलनामा महिलाको संख्या तेब्बर रहेको थियो । पूर्बीचौकी गाउँपालिका–४ सानागाउँकी सुन्तली खड्काले भनिन् ‘उहाँहरु जस्तो डाक्टर आउन हामीले कहाँ–कहाँ धाउनु पर्छ घर नजिकै आएको बेला चेकजाँच गरियो ।’ शिबिरमा आएकी ८९ बर्षीया पाना खड्काले भनिन् ‘मेरो घरमा छोरा बुहारी छैनन् एक्लै छु संयोगले यही शिबिर आएको रहेछ उपचार गराउन यहाँ आएकी हुँ ।’
नेपाली सेनाकोे सद्भाब कार्यक्रम नागरिकका बिचमा लोकप्रिय बन्दै गएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । प्रजिअ सुबेदीले भने ‘नागरिकको प्रत्येक्ष स्वास्थ्य सम्बन्ध राख्ने कार्यक्रमको रुपमा स्वास्थ्य शिबिर ल्याएकाले कार्यक्रम प्रभाबकारी छ ।’ नेपाली सेनाले संचालन गरेको शिबिरमा ठुलो संख्यामा स्थानीयले उपचार लिएको पूर्बीचौकी गाउँपालिकाले जानकारी दिएको छ ।

सम्पादकीय 

डोजर वन्दको बिरोध !

भोली अर्थात् फागुन १ गतेदेखि सडक काट्नका लागि डोजर लगाउनमा केही कडाई गरिएको छ । एक करोड भन्दा कम रकमको योजनामा डोजर लगाउन नपाईने गरी नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेको छ । उक्त निर्णय प्रदेश र स्थानीय तहहरुका लागि पनि बाध्यकारी भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्वन्धी निर्देशिका, २०७५ पारित गरेसंगै यो व्यवस्था लागु भएको छ । अव डोजर चलाउनका लागि प्राविधिकहरुको सिफारिस चाहिने छ अर्थात मान्छेबाट काट्न सम्भव नहुने भनी प्राविधिकले सिफारिस गरेमा मात्रै सडकमा डोजर वा अन्य मेसिनरी औजारहरु प्रयोग गर्न मिल्ने छ । अन्यथा मिल्ने छैन । 
सरकारको उक्त निर्णयको स्थानीय तहका जनप्रतिनिधिहरुले बिरोध गरेको खवर आयो । यदि साँच्चै स्थानीय तहहरुले डोजरको प्रयोगको बिरोध गरेका हुन भने यो भन्दा हास्यास्पद् अरु के हुन सक्छ ? यो बिरोधले स्थानीय तहका जनप्रतिनिधिहरुका कि त आफ्नै डोजर छन्, कि उनका नातेदारका डोजर छन र कि त उनीहरु डोजर व्यवसायीसंग मिलेर कमिसन खाँदैछन भन्ने कुराको संकेत गर्दछ । यद्यपी यो संकेत मात्रै होईन, लुकेको सत्य कुरा हो । त्यसकारण यस बिषयमा खोजी हुनु जरुरी छ । 
सडक निर्माण गर्दा मेसिनरी सामानको प्रयोगले एकातिर बातावरणीय प्रभावमा ठुलो असर पर्छ । बिगत लामो समयदेखि बातावरणीय प्रभाव मुल्याँकन नगराई सडक काट्ने परिपाटीले समस्या निम्त्याएको छ । अर्कोतिर भू–क्षयको बढी खतरा रहन्छ भने स्थानीय तहमा रोजगारीको सम्भावना पनि शुन्य हुन्छ । यसले गर्दा फाईदा भन्दा बढी घाटा हुन्छ । त्यसकारण मेसिन लगाउने कामको तत्काल अन्त्य हुनु जरुरी छ । सरकारले गरेको यो निर्णय कार्यान्वयनमा आउनु जरुरी छ । यदि सरकारले यो निर्णयमा पनि बिगतका अन्य निर्णय जस्तै खुट्टा कमाउन थाल्यो भने यो भन्दा दुभाग्र्य केही हुने छैन । 
स्थानीय तहका जनप्रतिनिधिलाई दवाव दिएर सडकमा बजेट छुट्याउन लाउने अनि डोजर भाडामा ल्याएर कोपरकापर गरेर बजेट सक्ने परिपाटीको अन्त्य हुनु जरुरी छ । स्थानीय तहका जनप्रतिनिधिहरु स्वयं पनि डोजरको मामिलामा चोखा छैनन् । जसरी डोजरले प्रतिघण्टाको दरले भाडा लिन्छ त्यसरी नै केही जनप्रतिनिधिहरुले पनि प्रतिघण्टाको दरले कमिसन लिन्छन् भन्ने कुरा यस अघिनै केही डोजर व्यवसायीहरुले भनिसकेको बिषय हो । त्यसमाथी उनीहरुका नेताहरु पनि छन रे । चुनावमा लागेको खर्च असुल्नका लागि स्थानीय तहमा डोजर चलाउने र कमिसन खाने धन्दामा लागेकाहरुले त यो बिषयको बिरोध गर्नु स्वभाविकै होला तर आम जनताको लागि यो निर्णय स्वागतयोग्य छ । 
यदि यो निर्णय हुबहु कार्यान्वयन भयो भने आगामी दिनहरुमा पक्कै पनि सडक निर्माणका योजनाहरुमा ह्वात्तै कमी आउनेछ । बहानाबाजी गरेर सडक खन्ने योजना न त वस्तीस्तरको योजना तर्जुमा गोष्ठीबाट आउनेछ, न वडा समितिले थपेर पठाउने छ र न गाउँपालिकाको बजेट तथा कार्यक्रम तुर्जमा समितिले पठाउने छ यस्तो योजना । यदि यसो भयो भने सडक वनाउने नाममा डाँडा भत्काउने काम पनि कम हुनेछ । डाँडा भत्काएका कारण आएको पहिरोले भत्किएका घरहरु, च्यापिएका खेतहरु, सुकेका पानीका मुहानहरु पनि कम देख्न पाईनेछ । उपभोक्ता समितिका अध्यक्षलाई डोजरले सडक काटी डोरहाजिरी भरेर भुक्तानी लिनु पर्ने बाध्यताको  पनि अन्त्य हुनेछ । जो व्यक्तिले सडकमा काम गर्छ उसैले डोर हाजिरमा सहीछाप वा औंठा छाप लाउनेछन् । खुट्टाको समेत औंठाछाप लाएर डोर हाजिरी फाराम पेश गर्नु पर्ने र प्राविधिक तथा अन्य कर्मचारीहरुलाई चुप रहनका लागि घुस खुवाउनु पर्ने अवस्थामा पनि कमी आउनेछ । तर अव कुनै पनि बहाना नखोजियोस  भन्ने कुरामा भने सचेत हुनु पर्छ ।   

थप समाचार 

सुदूरपश्चिम प्रादेशिक महोत्सव उद्घाटन

डोटी उद्योग वाणिज्य संघको आयोजनामा डोटीको दिपायलमा सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ को उद्घाटन भएको छ ।
माघ २५ देखि फागुन ५ गतेसम्म सुदुरपश्चिमस्तरको कृषि पर्यटन क्षेत्रको विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यका साथ सदाको बर्षझै यस वर्ष पनि महोत्सबको आयोजना गरिएको संघले जनाएको छ ।
संघका डोटी अध्यक्ष मोहन कलेलको सभापतित्व, उद्योग वाणिज्य संघको पूर्व केन्द्रय  अध्यक्ष चन्डीराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो । शुक्रबार विहान नै महोत्सबको उद्धघाटन गर्ने कार्यक्रम रहेको भए पनि मौषमका कारण ढिला गरि महोत्सब उद्घाटन सत्र सुरु भएको थियो ।
उद्घोषिक तथा गायिका शोभा त्रिपाठी र संघका सचिब दिपक खड्काले कार्यक्रम संचालन गरेका थिए । जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि को उपस्थिति रहेको थियो । अधिकांश वक्ताले देशको बिकास मा ट्याब पुर्याउनका लागि निजि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो ।

सायलमा बिद्युत बिस्तार सुरु

डोटीको सायल गाउपालिका–४ लाई राष्ट्रिय बिद्युत लाईनमा जोडिएको छ । वडा नंं ४ को कार्यालयमा भएको बिशेष समारोहमा सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा राष्ट्रिय बिद्युत लाईनको उद्घाटन गरेका हुन । सायल गाउपालिका–४ का अध्यक्ष टिका सिंहले दिएको जानकारी अनुसार सोही अवसरमा ८० वटा बिद्युुत मिटर समेत बितरण गरिएका छन् । वडा नं. ४ का एक सय भन्दा बढी घरले बिजुली बाल्न शुरु गरेपछि बिधिवत रुपमा उद्घाटन गरिएको हो ।
वडा अध्यक्ष टिका सिंहको अध्यक्षतमा भएको बिशेष कार्यक्रममा प्रमुख अतिथि सायल गाउपालिका अध्यक्ष डुम्रेलले यसै बर्षभित्र सायल गाउपालिकाका सबै वडामा बिद्युत लाईन बिस्तारका लागी प्रयास गरिने बताए । उनले भने ‘हाम्रो प्राथमिकतामा बिद्युत लाईन बिस्तार पनि हो । वडा नं. ४ मा बिद्युत बलेसंगै अन्य वडाहरुमा बिस्तारका लागी पनि सहज भएको छ ।

अर्को महोत्सवमा पञ्जावी भाङ्णा

डोटी चेम्वर अफ कमर्सले डोटीको दिपायलको पिपल्लामा फागुन २७ गतेदेखि आयोजना गर्न लागेको प्रदेशिक महोत्सबमा पञ्जावी भाङ्णा नाँच प्रदर्शन हुने भएको छ ।
छिमेकी मुलुक भारतका पञ्जाब, लखनउ, हरियाणा र दिल्ली शहरमा चर्चित मानिएको उक्त नाँच देखाउने तयारी भएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदले जानकारी दिएका छन । सोमवार दिपायलमा चेम्वर अफ कमर्सका अध्यक्ष साउद र पञ्जावी भाङ्णा टोलीका बिचमा सम्झौता भएको संस्थाका सचिब तेजबहादुर डुम्रेलले जानकारी दिएका छन ।
महोत्सब तथा खप्तड भम्रण गर्नका लागि भारतका पञ्जाब, लखनउ, हरियाणा र दिल्ली शहरबाट कम्तिमा पनि दुई सय भारतीय पर्यटकहरु अवलोकनका लागि आउने भएको सम्झौताका लागि द ग्लोवल इनिष्टच्यूट अफ ईन्फरमेसन टेक्नोलोजी भारतबाट दिपायल आएका बिबि  भण्डारीले बताए ।
फागुन १७ गते देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रदेशिक महोत्सब तथा खप्तड भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्वर अफ कमर्सले दिपायलदेखि खप्तडसम्म हेलीकप्टरको व्यवस्था मिलाएका कारण भारतबाट पनि खप्तड घुम्न पर्यटक आउने भएका हुन् । 
त्यस्तै महोत्सब समाप्त पश्चात उक्त  भारतीय कम्पनीले दिपायलमा चेम्वर अफ कमर्ससँग मिलेर सिभिल ईन्जिनियर फायर एण्ड सेफ्टी, मोवाईल रिपेरिङ तथा होटेल व्यवस्थापन सम्वन्धि तालिम दिने लक्ष राखेको जनाईएको छ ।

मन्त्री भन्छन् ः बिचित्रको संघीयता

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नेपालमा विचित्र खालको संघीयताको अभ्यास भइरहेको वताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री शाहले सो कुरा वताएका हुन । ‘यस्तो खालको संघीयता   संसारमा कहीँ पनि छैन’ उनले भने ‘यस्तो संघीयताको अभ्यासबाट फेरि द्वन्द्व बढाउनेछ ।’ आइतबारको प्रदेश सभा बैठकमा सुशासन सम्बन्धी विधेयकमाथि भएको छलफलमा सांसद्हरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शाहले प्रश्न गरे ‘समस्या प्रदेशमा हुने, समाधान केन्द्रले खोजी दिनु पर्ने ? प्रहरी प्रदेशको हुने, कमाण्ड केन्द्रले गर्नुपर्ने ?’ यस्तो अभ्यास तथा व्यवहारले संघीयताको मर्म, सिद्धान्त तथा संविधानले गरेका व्यवस्थाको नै खिल्ली उड्ने मन्त्री शाहको भनाई छ ।
संघीय सरकारको व्यवहार तथा सोंचले संघीयताको उपहास गरेको मन्त्री शाहको आरोप छ । ‘सरकार भन्ने वित्तिकै त्यसको आफ्नै प्रशासन हुन्छ, योजना आयोग, लोकसेवा आयोग, प्रहरी हुन्छ’ उनले भने ‘तर अहिलेसम्मको अभ्यास र व्यवहारमा त्यस्तो देखिएको छैन ।’  कर्मचारीहरूको खटनपटन माथि (संघ) बाटै हुने, प्रहरीको खटनपटन पनि माथिबाटै हुने, ५०/६० हजार रुपैयाका आयोजनाहरु पनि माथिबाटै तोकिने हो भने यसले संघीयताको उपहास हुने शाहको तर्क छ । 
मन्त्री शाहले परराष्ट्र मामिला, सीमा समस्या, राहदानी र नागरिकतासम्बन्धी काम हेर्नका लागि प्रमुख जिल्ला    अधिकारी केन्द्रको प्रतिनिधिको रुपमा रहन सक्ने बताए । तर, प्रमुख जिल्ला अधिकारीले नै प्रहरीको कमाण्ड गर्ने हो भने प्रहरीका सिनियर अधिकारीहरुले कसलाई कमाण्ड गर्ने भन्ने प्रश्न रहेको शाहले वताए ।

वडाद्वारा जेष्ठ नागरिकलाई सम्मान

डोटी सायल गाउपालिकाले वडा न. ४ ले समाजमा बिशिष्ट योगदान पु¥याएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 
सम्मानित हुनेहरुमा साबिकको डौड गाबिसका अध्यक्ष तेजबहादुर सिंह, वडा कार्यालय भवनका लागी जग्गा दान गर्ने नवराज उपाध्याय र समाजसेवी तथा तत्कालिन डौड गाबिसमा लामो समय सम्म सचिवको रुपमा काम गरेका भिमबहादुर बोगटी रहेका छन् । यसैगरी जेष्ठ नागरिक चार जनालाई पनि दोसल्लाले सम्मान गरिएको वडा अध्यक्ष टिका सिंहले जानकारी दिए । 
साथै वडा नं. ४ लाई मदिरा मुक्त बनाउन भुमिका खेलेको भन्दै मदिरा नियन्त्रण समितिका अध्यक्ष जनक बहादुर सिंह लगायत १९ जनालाई पनि सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा यस आर्थिक बर्षमा सम्पन्न भएका र शुरुवात गरिने योजनाहरुको   बारेमा समेत जानकारी गराइएको थियो । 
जसमा डौड देखि बावनसैन, भल्मा हुदै झिक्राना र केलाभाडी घङ्गारे झिग्राना सडक यसै बर्ष शूरुवात गरिने वताईएको छ । यस्तै मदिरा नियन्त्रण अभियान जारी राख्ने, वडाभित्रका राष्ट्रिय बनलाई सामुदायिक वन बनाईने, सामुदायिक बनको संरक्षण, बिद्युत जडानलाई बिस्तार गरिने, डौड स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि १५ शैयाको अस्पताल बनाउन पहल गरिने योजनाहरु रहेका छन् । स्वास्थ्य चौकीमा प्रयोगशाला निर्माण गरि सकिएको, डौड स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी प्रक्रिया अगाढी बढाईएको, वडा नं. ४ भित्रका कार्यालयहरु र बिद्यालयमा ई–लाईब्रेरीको ब्यबस्था गरिने, वडा नं. ४ मा रहेको टेलिकम टावरलाई यथाशिघ्र सुचारु गर्न पहल गरिने योजनाहरु सार्वजनिक गरिएको थियो ।
यस्तै दिपायल सिलगढी नगरपालिका वडा न.ंं ३ ले आफ्नो वडाभित्रका ७० वर्ष माथिका एक सय ३२ जना जेष्ठ नागरिकलाई  सम्मान गरेको छ ।
वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा ७० बर्षीया तारादेबी साउँद देखि ९७ वर्षीया भागा देबी साउँदसम्मका जेष्ठ नागरिक सम्मानित भएका वडा कार्यालयले जनाएको छ ।
वडाले जेष्ठ नागरिकहरुका लागि भनेर एक लाख पचास हजार बजेट विनियोजित गरेको थियो । सोही बजेटबाट जेष्ठ नागरिकहरुलाई चिसोमा प्रयोग गर्ने बाक्लो सल र नगद दुई सय रुपयाँ सहित सम्मान गरेको वडाध्यक्ष चक्र माझीले   जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख शिबराज खड्का रहेका थिए ।

लोप हुँदै परम्परागत पानीघट्ट

पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।
गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउँछन् । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताए । मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । 

बाजेको सम्झनामा अक्षय कोष

सायल गाउँपालिका–५ डौड सुण्डमा रहेको ओम   आधारभुत बिद्यालयमा एक लाखको अक्षयकोष स्थापना   गरिएको छ । 
डौडका स्थानीय तथा समाजसेबी सिद्धराज जोशीले आफ्ना बाजे स्वर्गीय परमानन्द जोशीको सम्झनामा अक्षयकोषको स्थापना गरेको ओम आधारभुत बिद्यालयले जनाएको छ ।
बिद्यालयमा स्थापना गरिएको अक्षयकोषले प्रत्येक बर्ष बिद्यालयमा उत्कृष्ठ एक जना छात्र र एक जना छात्रलाई पुरुस्कार दिने बिद्यालय ब्यबस्थापन समितिमा अध्यक्ष केशबराज उपाध्यायले बताए । ओम गेष्ट हाउस सिलगढी, डोटीका सञ्चालक समेत रहेका जोशीले बिद्यालयको बार्षिकोत्सबको अबसरमा आयोजना गरिएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशब उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन ।
बिद्यालयको बार्षिक उत्सबको अबसरमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण पछि बोल्दै जोशीले हरेक बर्षको जन्मदिनको खर्चको रकम बिद्यालयलाई शैक्षिक सामग्री दिने घोषणा गरेका छन । 
यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव माध्यामिक बिद्यालयमा एक लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । स्थानीय अमर बहादुर खड्का श्रीमती हरिमया खड्काले छोरा अनमोल खडकाको सम्झनामा उक्त अक्षयकोषको स्थापना गरेका हुन । ग्ली एकेडेमी धनगढीमा अध्ययनरत अनमोलको निधन पछि सम्झनामा अक्षयकोषको स्थापना गरिएको अमर खड्काले जानकारी दिए ।

छोटकरी समाचार 

पत्रकारलाई निशुल्क यात्रा

डोटी, शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकारहरुले निशुल्क यात्रा गर्न पाउने भएका छन् । 
सोमवार बसेको नगरकार्यपालिकाको बैठकले नगरबसमा यात्रा गर्ने पत्रकारहरुलाई टिकट तिर्नु नपर्ने निर्णय गरेको हो । निर्णय अनुसार ६५ बर्षमाथीका जेष्ठ नागरिक, अपाङ्ग, असाहाय र टुहुरा बालबालिकाहरुले पनि निशुल्क यात्रा गर्न पाउने छन् । 
‘६५वर्षभन्दा माथिका बृद्ध, अपाङ्ग, असाहाय, टुहुरा र पत्रकारहरुलाई हाम्रो नगरबसमा यात्रा गर्न अब कुनै पैसा लाग्नेछैन’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले भने, ‘परिचयपत्रका आधारमा ती वर्गका नागरिकहरुले यस्तो सहुलियत लिन सक्नेछन् ।’ 
नगरबासीको पीडालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख सीताराम जोशीले बताए । ‘सहुलियत पाउने बर्गका नागरिकको समस्यालाई ध्यानदिएर यस्तो निर्णय लिएका हौं’ जोशीले भने ‘सार्वजनिक यातायातका साधनमा सास्ती भोगेका नागरिकहरुलाई सहुलियत दिनका लागि नै नगरपालिकाले नगरबस सेवा सञ्चालनमा ल्याएको हो ।’ नगरपालिकाले   करीव दुई महिना अघि दुई नगरबस सञ्चालनमा ल्याएको हो ।

खेल समाचार 

अन्तराष्ट्रिय रंगशाला बनाईने


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला वनाउने वताएका छन् । 
मोफसलको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा वताएका हुन । वर्षाका कारण प्रभावित भएको डीपीएलको फ्लोरा होटल पसिरमा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको थियो । 
उद्घाटनको क्रममा मुख्यमन्त्री भट्टले फाप्ला क्रिकेट मैदानलाई नमूना अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने प्रदेश सरकारको लक्ष रहेको बताए । उनले यसका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने समेत जानकारी दिए । ‘सबैको सहयोगमा यसलाई निर्माण गर्न सकिन्छ’ भट्टले भने ‘प्रदेश सरकार नमूना अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन प्रतिबद्ध छ ।’ 
सरकार, निजी क्षेत्र र खेलाडीको सहयोगमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण कार्यलाई विधिवत रुपमा अगाडि बढाउन सकिने मुख्यमन्त्रीको भनाइ थियो । उनले खेल र खेलाडीको प्रोत्साहन गर्ने र दूरदराजमा मैदान निर्माण कार्यमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । ‘यो प्रदेशको विकासको एउटा महत्वपूर्ण पाटोको रुपमा हामीले खेललाई लिएका छौं’ भट्टले भने ‘त्यसैले खेलमैत्री कानून, नीति र विधि बनाउने कुरामा हामी प्रतिबद्ध छौं ।’ 
मुख्यमन्त्री भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गरेर डीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन गरेका हुन ।  
उद्घाटन समारोहमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले डीपीएल क्रिकेट प्रतियोगिता यो प्रदेशको कोसेढुङ्गा सावित भएको बताए । उनले खेल र खेलाडी    राष्ट्रकै गहना रहेको चर्चा गरे । ‘खेलले अनुशासित बनाउँछ, विकासको गति अगाडि बढाउँछ’ मन्त्री शाहले भने ‘यसको साथै, विश्वमै मुलुकलाई चिनाउँछ ।’ उनले खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । 

अन्तरबिद्यालय तेक्वान्दो प्रतियोगिता सुरु

कैलाली जिल्लामा प्रथम अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्रतियोगिताको उदघाटन गरेका छन् । उद्घाटनको क्रममा प्रमुख वडले धनगढी खेलकुदको ‘हब’ भएको बताए । “हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं” नगरप्रमुख वडले भने ‘एक वडा एक खेल मैदान निर्माण गर्ने अभियान उपमहानगरपालिकाले लिएको छ ।’ 
अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको उनले जानकारी दिए । ‘यस आर्थिक वर्षमा समेट्न नसकेका वडामा अर्को वर्ष समेटिने छ’ वडले भने ‘खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको छ ।’ उनले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतिकै महत्वपूर्ण रहेको वताए । 
उक्त प्रतियोगिता कैलाली जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भइरहेको छ ।

चलचित्र मनोरञ्जन 

मेगास्टार अनमोल केसी

राम्रो क्रेज भएको, ब्याक टू ब्याक सुपरहिट फिल्म दिएको, मिडिया र दर्शकले सर्वाधिक खोज्ने अभिनेता भएका कारण अनमोल केसीलाई  सञ्चारकर्मी नरेश भट्टराईले गत वर्ष फिल्म ‘कृ’ को एक कार्यक्रममा ‘मेगास्टार’ को उपाधि दिए । तर, केही फिल्म हिट दिएको भरमा अहिले नै अनमोललाई ‘मेगास्टार’ भनिनु गलत हुने तर्क चलचित्रकर्मी र मिडियाकर्मीहरुको छ ।
अभिनेत्री रेखा थापाले त एक  स्मारिकामा अनमोलप्रति लक्षित गर्दै मिडियामाथि दुखेसो नै पोखेकी थिइन, ‘आज मलाई ‘मेगास्टार’ र ‘महानायिका’ भन्न डराउने तीनै पत्रकार १÷२ हिट फिल्म दिएको भरमा नयाँलाई मेगास्टार भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।’ १/२ वटा हिट फिल्म दिँदैमा नयाँलाई ‘मेगास्टार’ भनिनु गलत रहेको उनको तर्क थियो । 
तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिबीलाई ‘मेगास्टार’ भनिने गरिन्छ । बलिउडमा केही वर्षयता अभिनेता सलमान खानलाई उक्त उपाधिले सम्बोधन गरिन थालिएको छ । चिरञ्जिबी तीन दशक र सलमान झण्डै साढे दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् भने एकसेएक दर्जनौं बल्कबस्टर फिल्म दिएका छन् । यस हिसाबले अनमोललाई अहिले नै ‘मेगास्टार’ भनिनु गलत हुने तर्क कतिपयको छ । 
सञ्चारकर्मी भट्टराईले अनमोललाई ‘मेगास्टार’ भन्न थालेपछि अहिले दर्शकले पनि उनलाई सोही उपाधिले सम्बोधन गर्न थालेका छन् । आइतबार बसन्त पञ्चमीको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भयो । टिजरमा पनि उनलाई बकाइदा ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । टिजरको एक दृश्यमा लेखिएको छ ‘विथ ‘मेगास्टार’ अनमोल केसी ।’ 
फिल्मको टिजरको कमेन्टमा अनमोललाई अधिकांशले ‘मेगास्टार’ भनेरै सम्बोधन गरेका छन् । युट्युब प्रयोगकर्ता दीपेन्द्र बुढा कमेन्टमा लेख्छन ‘मेगास्टार’ अनमोल केसी, बबाल छ  टिजर । शतप्रतिशत बल्कबस्टर हुन्छ ।’ टिजरमा अनमोललाई ‘मेगास्टार’ को रुपमा सम्बोधन गर्ने र टिजरको मुक्तकण्ठले प्रशंसा गर्ने धेरै छन् ।
तर, सम्पूर्ण जीवन नै नेपाली फिल्मका लागि तिलाञ्जली गरेकी अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो फिल्मको हिरोलाई खुसी पार्न ‘मेगास्टार’ भनेर सम्बोधन गर्दैगर्दा अनमोलले आफूलाई ‘मेगास्टार’ भनिने स्थानमा उभ्याइसकेका छन् वा छैनन् भनेर मुल्यांकन गर्न पनि आवश्यक थियो कि ? अहिले नै ‘मेगास्टार’ भनिहाल्न हतार भएन र झरनाज्यू ? 

‘तिमी नै मेरो सास हौ’ सार्वजनिक

गायक शिव परियारको आवाजमा ‘तिमी नै मेरो सास हौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 
प्रेम दिवसलाई लक्षित गरी यो गीत सार्वजनिक गरिएको हो । आशिष अविरलको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।
गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । यही जोडीले अभिनय गरेको ‘आशुको अर्थ’ बोलको गीतले युटुबमा १ करोड बढी भ्यूज पाइसकेको छ । 

लेख

ओली प्रचण्ड अन्तरबिरोध, लोग्ने स्वास्नीको झगडा

अरुण बराल
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो ।
पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न थालिएको छ । दुई नेतावीच खटपट सुरु भएको खबरले कतिपयलाई खुशी तुल्याएको छ भने कतिपयमा चिन्ता बढेको छ ।
‘ओली–प्रचण्ड रिलेसन’ का अन्य पाटा पक्षलाई विश्लेषण नगरी केवल ‘भेनेजुएला प्रकरण’ का रुपमा मात्रै यो अन्तरविरोधलाई व्याख्या गर्नुचाहिँ ‘कस्मेटिक’ बुझाइ हो ।
खटपटका बाहिरी संकेतहरु
ओली र प्रचण्डवीच खटपट सुरु भएकै हो त ? सबैभन्दा पहिले यो प्रश्नमाथि विमर्श गरौं । अझ, यो प्रश्नमाथि विमर्श गर्नुभन्दा पहिले ती परिघटनाको चर्चा  गरौं, जसलाई ओली–प्रचण्ड अन्तरविरोधको ‘प्रतिविम्ब’ मानिँदैछ ।
१. प्रचण्डको वक्तव्य– प्रधानमन्त्री ओली डावोस बैठकमै रहेका बेला प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गर्दै वक्तव्य निकाले । के यो वक्तव्य ओलीको शेखी झार्नकै लागि थियो ? पार्टीभित्र छलफलै नगरी वक्तव्य निकालिएको थियो ? अनि यो वक्तव्यले ओलीलाई असहज परिस्थितिमा पु¥याएकै हो त ? प्रचण्डको वक्तव्यबारे केपी ओली असहमत नै बनेका हुन् त ? प्रचण्डको जनवरी २५ को वक्तव्यले यस्ता विविध प्रश्नहरु उब्जाएका छन् ।
प्रधानमन्त्री स्वीटजरल्याण्डबाट नेपाल फर्किँदा उनलाई विमानस्थलमै पत्रकारले भेनेजुएला प्रकरणमा प्रचण्डबाट जारी वक्तव्यबारे प्रश्न सोधेका थिए । तर, ‘भट्टराई लडेर घाइते’ भन्ने टुक्का जोड्दै प्रधानमन्त्री यो प्रश्नबाट      पन्छिए । उनले प्रचण्डलाई कुनै दोषारोपण गरेनन्, बरु ‘म भर्खर त आउँदैछु, यसबारेमा बुझ्छु’ मात्रै भने ।
अन्ततः प्रधानमन्त्री ओली नेपाल आएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट अर्को सफ्ट विज्ञप्ति जारी गरियो र प्रचण्डको वक्तव्यलाई नै सरकारले सदर गरिदियो । सरकारको यो कदमबाट प्रचण्डले थप उत्साही बने । अर्कोतर्फ, अमेरिकी राजदूत रिसाएर सरकारले बोलाएको ब्रिफिङमै आएनन् ।
२. ‘चिप्लिएको’ कुरा – यसैवीच प्रधानमन्त्री ओली र अमेरिकी राजदूत ¥याण्डी बेरीबीच बालुवाटारमा भेट भयो । सो भेटमा प्रधानमन्त्री ओलीले ‘भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य चिप्लिएको’ व्याख्या गरेको समाचार बाहिर आयो । प्रधानमन्त्रीको यस्तो भनाइ बाहिर आइसकेपछि सरकारले दोस्रो वक्तव्य निकालेर मथ्थर पारिसकेको भेनेजुएला प्रकर–णमा फेरि ओलीप्रचण्डवीच बातयुद्ध सुरु भएजस्तो देखियो ।
प्रधानमन्त्रीले भेनेजुएलाबारे प्रचण्ड चिप्लिएको प्रतिक्रिया दिनासाथ अध्यक्ष प्रचण्डले सार्वजनिक रुपबाटै जवाफ फर्काए । भेनेजुएला प्रकरणमा पार्टीको सचिवालयले वक्तव्य निकालिसक्यो, व्यक्तिको विचारको कुनै अर्थ छैन भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि सार्वजनिक रुपमै कटाक्ष गरे ।
३. प्रचण्डको अर्को प्रहार– अध्यक्ष प्रचण्डले आफूलाई यतिमा मात्रै सीमित राखेनन् । उनले अर्को एक सार्वजनिक कार्यक्रममा यो पनि भने कि पुरानै तरिकाले चल्न खोज्ने हो भने अर्को माओवादी जन्मिन्छ । ठूलो लडाइँ हुन्छ ।
यसरी एकपछि अर्को गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीमाथि प्रहार गर्न थालेपछि र सार्वजनिक रुपमै भनाभन बाहिर आउन थालिसकेपछि नै नेकपाका दुई अध्यक्षवीच अन्तरविरोध बढेको अनुमान लगाउन थालिएको हो ।
हुन त यसवीचमा प्रचण्ड र ओलीवीच ‘गोप्य’ छलफलसमेत भैसकेको छ । तथापि, पछिल्लो राजनीतिक परिघटना र भनाभनले दुई अध्यक्षवीच खटपट बढेकै छैन भनेर ढुक्क हुन सकिने अवस्था पनि छैन ।
‘भेनेजुएला प्रकरण’ बाहाना मात्रै
नेकपाभित्र र बाहिरका कतिपय मानिसको बुझाइ के देखिन्छ भने ओली र प्रचण्डवीच भेनेजुएलाकै कारण अन्तरविरोध बढेको हो । र, भेनेजुएलालाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नताकै कारण ओली–प्रचण्डवीच खटपट पर्न थालेको हो । तर, यो पूर्ण सत्य होइन । ‘भेनेजुएला’ त एउटा निमित्त कारक मात्र हो । ओली प्रचण्डको अन्तरविरोधको अन्तर्यमा अर्कै रहस्यले बढी काम गरिरहेको देख्न सकिन्छ । तर, यो अन्तरविरोध तत्काल धेरै तन्किने चाहिँ देखिँदैन ।
कम्युनिष्टहरुको एउटा खराब आदत हुन्छ, जसलाई गैरकम्युनिष्टले सजिलै देख्न वा पर्गेल्न सक्दैनन् । कम्युनिष्टले जे विषयमा विवाद गरिरहेका हुन्छन, त्यो उनीहरुको रुप पक्षमात्रै हुन्छ, सार पक्षमा अर्कै विषय हुन्छ । भन्नैलाई कम्युनिष्टहरु ‘रुप र सार’ को द्वन्द्वको कुरो गर्छन् ।
कम्युनिष्टहरुको यही भाष्यका आधारमा के भन्न सकिन्छ भने ‘भेनेजुएला प्रकरण’ रुप पक्षमात्रै हो । प्रचण्ड र ओलीवीच अन्तरविरोध बढेकै हो भने त्यसको सार पक्ष  घरेलु विषयसँगै सम्बन्धित छ । भेनेजुएला त बाहना मात्रै हो । विगतमा माओकी कान्छी श्रीमती च्याङ चिङलाई हेर्ने विषयमा नेपालका कम्युनिष्टवीच विवाद भयो । श्रीलंकाको तामिललाई कसरी हेर्ने भन्ने विषयलाई बाहाना बनाएर प्रचण्ड र मोहनविक्रम सिंहले ०४२ सालमा पार्टी फुटाए । ०५१/०५२ सालमा ‘माओवाद’ मान्ने कि नमान्ने भन्ने बाहनामा प्रचण्ड र नारायणकाजीको पार्टी फुटेको इतिहास छ । अहिले पनि विदेशकै विषयमा, अर्थात् ‘भेनेजुएलाको विषयमा विवाद भयो’ भनिँदैछ । तर, अन्तर्यमा चाहिँ विगतको जस्तै नेताहरुको जुँगाकै लडाइँले काम गरेको छ । प्रचण्ड र ओलीवीचको यदि अन्तरविरोध बढेकै हो भने पनि यो एक प्रकारको जुँगाकै लडाइँ हो ।
ओली र प्रचण्ड दुबै अप्ठ्यारोमा
प्रचण्ड र ओलीवीचको अन्तरविरोधको अन्तर्यबारे चर्चा गरिरहँदा दुबै नेताले भोगिरहेको अप्ठ्यारो र संकटको पनि चर्चा गर्न आवश्यक छ । अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका ओली र पार्टीको कुर्सीमा रहेका प्रचण्ड दुबै संकटमा फसेका छन् ।
१. ओलीको अप्ठ्यारो ः सरकार गठनको एक वर्ष पुग्दै गर्दा प्रधानमन्त्री ओली विकास र समृद्धिका लागि विदेशी लगानी भित्र्याउने हुटहुटीमा छन् । ठूला विकासका आयोजना अगाडि बढाउनका लागि विदेशी लगानीकर्तालाई आकषिर्त गर्नुपर्ने र दाता राष्ट्रहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको बाध्यता छ ।
यही बाध्यतामा परेर प्रधानमन्त्रीले एकनाथ ढकाल र माधव नेपालका कुरा सुनेर एशिया प्यासिफिक सम्मेलनलाई सहयोग गरे । तर, त्यसले लगानीकर्तालाई आकर्षित गर्नुभन्दा पनि अन्तरराष्ट्रिय सम्बन्धलाई गिजोल्ने उल्टो काम गरिदियो । राम्रो परिणाम दिएन । लगानीकर्ताहरुलाई आकषिर्त गर्न सकिन्छ कि भन्ने ठानेर प्रधानमन्त्री ओलीले डाबोस फोरममा सहभागिता जनाए । तर, त्यो फोरमको सहभागिताले न त पश्चिमालाई आकर्षित गर्न सक्यो, न त लगानी नै भित्र्याउने गरी तत्काल फल प्राप्त भयो । यसको विपरीत, सो बैठकको सहभागिताले चीनलाई चिढ्याएको बुझाइ नेकपाकै नेताले गर्न थाले ।
प्रधानमन्त्री ओलीले यसवीचमा भारत र चीनका साथै नेपालको महत्वपूर्ण दाता राष्ट्र रहेको अमेरिकासँग पनि सम्बन्ध सुधार्ने प्रयास नगरेका होइनन् । परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणले ओलीको प्रयासलाई एक कदम अगाडि बढाउन खोजेको थियो । तर, अमेरिकाको इण्डोप्यासिफिक  रणनीतिमा नेपाल पर्न लागेको प्रचार भयो र यसले उत्तरी छिमेकीलाई असर पा¥यो भन्ने विश्लेषण नेकपाभित्रै हुने थाल्यो । अन्ततः भेनेजुएला प्रकरणसम्म आइपुग्दा एउटा ठूलो दाता राष्ट्र (अमेरिका) सँगको सम्बन्ध पनि बिग्रिएको अवस्थामा पुगेको छ । यसमा नेकपामै नेताहरुको योगदान छ भन्ने कुरा त बलराम बास्कोटाको भेनेजुएला भ्रमण र प्रचण्डले निकालेको वक्तव्यसम्म आइपुग्दा प्रष्टै छ । यसमा छिमेकी राष्ट्रले पनि पम्म दिएको अनुमान एकथरिले लगाउँदै आएका छन् ।
आगामी मार्चमा सरकारले काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । आउँदो जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि महत्वाकांक्षी बजेट बनाउनुपर्ने ओली सरकारको बाध्यता छ । चालु आर्थिक वर्षको पछिल्लो चौमासिक अवधिमा बजेटको कार्यान्वयन बाँकी नै छ । यो अवस्थामा सरकारले आगामी वर्षको खर्च कसरी जुटाउने र समृद्धिको योजना कसरी अघि बढाउने भन्ने हुटहुटी प्रधानमन्त्री ओलीमा देखिनु स्वाभाविकै हो । किनभने, रित्तो ढुकुटीको साँचो बोकेर आगामी तीन÷चार वर्षमा धेरै काम गर्न सकिन्न भन्ने प्रधानमन्त्री ओलीलाई पक्कै थाहा छ ।
तर, नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भने मुलुकको ढुकुटीको दयनीय स्थितिप्रति ओलीलाई जति चासो र चिन्ता नदेखिएको ओली पक्षका नेकपा नेताहरुको आरोप छ । देशमा विदेशी लगानीको वातावरण बनाउनका लागि सरकारले प्रयास गरिरहेकै बेला विभिन्न तरिकाले भाँड्ने र आगामी मार्चको लगानी सम्मेलन असफल बनाएर ओलीलाई असफल सावित गराउने प्रयास पार्टीभित्रैबाट सुरु भएको बुझाइ ओली पक्षका नेताहरुको छ ।
अन्ततः विदेशी लगानी जुटाउने र देश विकासमा अन्तरराष्ट्रिय समुदायलाई आकषिर्त गर्ने ओली सरकारको योजना आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण अवरुद्ध हुने अवस्थामा पुगेको छ । यो अप्ठ्यारोबाट पार तर्ने हो भने अब प्रधानमन्त्री ओलीले प्रचण्डसँग मिलेर, उनलाई कन्भिन्स गरेरै अगाडि बढनुको विकल्प देखिँदैन ।
तर, प्रधानमन्त्री ओलीको कुर्सीमाथि अर्को खतराको घण्टी पनि सधैं पार्टीभित्रैबाट झुण्डिइरहेको छ । त्यो हो– वामदेव गौतम, झलनाथ खनाल र माधव नेपालहरु प्रचण्डसँग मिल्ने हुन् कि भन्ने डर । नेकपाभित्र बलियो मानिएको माधव नेपाल समूह र प्रचण्डसमूह आपसमा मिले भने पार्टीले ओलीलाई फिर्ता बोलाउने वा संसदीय दलबाट हटाएर नैतिक संकटमा पार्ने डर प्रधानमन्त्री ओलीको छैठौं इन्द्रीयले महसुस गर्न थालेको पछिल्ला परिघटनाबाट अनुमान लगाउन सकिन्छ ।
ओलीसँग टक्कर लिनेबारे प्रचण्डले तत्कालै कुनै निर्णय नगर्नेमा ढुक्क हुन सकिएला, तर पूर्वएमालेभित्रको अन्तरविरोधमा प्रचण्ड पनि प्रयोग हुने पो हुन् कि भन्ने डर ओलीको कित्तामा बढ्दै जान थालेको छ । एकातिर देशमा लगानी भित्र्याउने वातावरण बिगारेर सरकारलाई कमजोर बनाउने, अनि अर्को्ितर पार्टीभित्रै गुटबन्दी गरेर प्रधानमन्त्रीलाई सफल हुन नदिने चलखेल कतै न कतैबाट भइरहेको ओली पक्षमा त्रास देखिन थालेको छ । भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्ध बिगारेर सरकारलाई असफल पार्ने भित्री खेलहरु हुन थालेको सत्ता पक्षका नेताहरुले बताउन थालिसकेका छन् ।
हुनत प्रचण्ड निकै नै अप्ठ्यारा र परिवर्तनशील नेता हुन् भन्ने कुरा केपी ओलीलाई निर्वाचनअघि वाम गठबन्धन बनाउने बेलामै राम्रोसित थाहा थियो । तर, चुनावमा कांग्रेसलाई साइजमा राख्न र आफ्नो दलको बहुमत सुनिश्चित गर्न ओलीले प्रचण्ड नामको ‘अप्ठ्यारो घोडा’ चढेर हिँड्ने नीति लिन बाध्य भए । यही कारणले आज उनी बहुमतका साथ प्रधानमन्त्री बन्न सफल भएका हुन् । तर, यतिबेला ‘पूर्वमाओवादी’ नामको घोडा एकाएक हिनहिनाउन थालेपछि यो घोडा बुरुक्क उफ्रिने पो हो कि भन्ने डर प्रधानमन्त्री ओलीभित्र पलाउन थालेको छ ।
एमाले र माओवादीवीच पार्टी एकता हुँदै गर्दा एमालेभित्रको माधव–वामदेव–झलनाथ समूहले प्रचण्डको साथ पाउने अपेक्षा गरेको थियो । तर, ओलीले उनीहरुलाई काउन्टर गरेर प्रचण्डलाई आफ्नो साथमा लिएर चल्न सकिने जोखिम मोले । अहिले त्यही जोखिमको ‘साइड इफेक्ट’ ओली समूहले महसुस गर्न थालेको छ ।
ओलीलाई असफल पार्न विपक्षीहरु त लागेका छन् नै, स्वयं नेकपाभित्रैको गैरसंस्थापन पक्षले पनि सरकारलाई सजिलो वातावरण बनाइरहेको छैन । यसमा ओलीको कार्यशैली नै जिम्मेवार रहेको बझाइ प्रचण्ड– माधव–झलनाथ–वामदेव समूहको छ ।
२. प्रचण्ड पनि संकटमा ः ओली सरकार असफल हुँदा प्रचण्डलाई मालामाल फाइदा हुन्छ भन्ने स्थिति देखिँदैन । प्रधानमन्त्री ओली अप्ठ्यारोमा छन् । तर, प्रचण्ड झनै अक्करमा छन् । अमेरिका र पश्चिमी देशहरुसँगको सम्बन्ध ओलीको भन्दा प्रचण्डको बढ्ता खराब छ । भारतले आफूलाई ओलीलाई भन्दा बढी विश्वास गर्छ भन्ने प्रचण्डले ठानेका छन् । तर, उनी आफूलाई चीनको पनि प्यारो बनाइराख्न चाहन्छन् । प्रचण्डको यो नीतिलाई सन्तुलित सम्बन्ध भन्दा पनि अस्थिरताका रुपमा भारत र चीन दुबैले बुझ्ने गरेका छन् ।
यो स्थितिमा ओलीसँगको खटपटलाई चर्काउँदै लगेर वामदेव गौतमहरु समेतको सहयोगमा प्रचण्ड आफैं प्रधानमन्त्री बने भने देशको समस्या समाधान होला त ? त्यो अवस्थामा नेकपाले अरु बढी काम गर्न सक्ला ? दुई नेताको अन्तरविरोध तन्किँदै गयो भने यस्ता प्रश्नहरुको पनि सामना गर्नुपर्ने हुन सक्छ ।
तर, ओलीको ठाउँमा प्रचण्ड आए भने पश्चिमा देशका दाताहरुले झनै पीठ फर्काउन सक्छन् । भेनेजुएला प्रकरणमा जस्तै प्रचण्डले क्रान्तिकारिता देखाए भने त झनै नेपालको अन्तरराष्ट्रिय छवि रुस र चीनको धुरीमा पुग्न सक्छ । त्यो अवस्थामा भारतसँगको सम्बन्ध राम्रो बन्ने वा नेपालमा विदेशी सहयोग बढ्ने अपेक्षा गर्न सकिँदैन । ओली सरकारले अहिले जसरी विदेशी सहायता जुटाउन सकिरहेको छैन, प्रचण्ड आउँदा यो समस्या झन चुलिन सक्छ ।
यो भन्दा अर्को खतरनाक कुरा के छ भने शान्ति प्रक्रियाको विषयलाई लिएर   करिब चार सय माओवादी नेताहरुको मुद्दा विदेशमा पुगेका छन् । ती मुद्दाका साथै अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियालाई लिएर थप प्रश्न उठाउने र माओवादी नेताहरु विदेश जाँदा थुनिनु पर्ने स्थिति पनि आउन सक्छ । यो परिस्थितिमा ओलीको विकल्प प्रचण्ड बन्न सक्दैनन् ।
यसर्थ, अन्तराष्ट्रिय सम्बन्ध, विदेशी लगानी जुटाउने सवाल अनि द्वन्द्वकालीन मुद्दाको निरुपण लगायतका समस्याका कारण प्रचण्ड पनि संकटमै छन् । यो स्थितिमा उनले केपी ओलीलाई असफल बनाएर आफू सफल हुने सोच्छन् या ओलीलाई सफल बनाउँदा आफ्नो पनि राजनीतिक भविश्य सुरक्षित हुने ठान्छन् ? प्रचण्ड अगाडि तेर्सिएको यक्ष प्रश्न हो यो ।
कमसेकम केपी ओलीलाई प्रचण्डको यो अप्ठ्यारो थाहा छ । त्यसैले उनी प्रचण्डको यही कमजोरीमा खेलेर भएपनि प्रचण्डलाई आफ्नै ‘ग्रीप’ मा राखिराख्न चाहन्छन् । ओलीको साथमा रहँदा प्रचण्डले सन्तुष्टि नै नभएता पनि एक हदसम्म सुरक्षित महसुस गरिरहेका छन् । प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा मिसाउनुको कारण पनि यही आत्मसुरक्षाको मनोविज्ञानले गर्दा नै हो । चुनावमा एमालेसँग नमिलेको भए तत्कालीन माओवादी ४÷५ सीटमा खुम्चने खतरा  थियो । पार्टी कमजोर भएपछि द्वन्द्वकालीन मुद्दाहरु ब्युँतने र जेल जानुपर्ने स्थिति पनि आउन सक्थ्यो भन्ने प्रचण्डलगायतका नेताहरुलाई राम्रैसित थाहा थियो । माओवादी नेताहरुलाई जनयुद्धले सुम्पेको भवितव्य नै यही हो भन्दा फरक नपर्ला ।
लोग्ने स्वास्नीको झगडा !
प्रधानमन्त्री ओलीसँग प्रचण्ड रिसाउनुको मूल कारण भेनेजुएला प्रकरण होइन, आन्तरिक राजनीतिमा ओलीले आफूसँग सरसल्लाह गरेनन् भन्ने प्रचण्डको असन्तुष्टि हुन सक्छ । नेकपाको कार्यकदलमा, पार्टीभित्रको पदीय बाँडफाँटमा अनि सरकारले गर्ने कतिपय नियुक्तिहरुमा प्रचण्डले आफ्नो स्पेस खोजेर असन्तुष्टि जनाएका हुन सक्छन् । यसमा भेनेजुएला प्रकरण र कतिपय कानूनहरु पुरानैखालका बनाइए भन्ने प्रचण्डको गुनासोभित्र सोही स्पेसको खोजी हुन सक्छ ।
अन्यथा, साम्राज्यवादीसँग लड्न सकिँदैन भनेर जनयुद्ध बिसाएका प्रचण्डले भेनेजुएलाकै बाहना बनाएर राष्ट्रिय मुक्ति युद्ध लड्ने पक्षमा अडान राख्छन् भनेर अनुमान गर्न सकिँदैन । साम्राज्यवादीसँग सम्झौता गर्ने नीतिमै प्रचण्डसमेत उभिएका छन् भन्ने कुरा विगतदेखि नै स्पष्ट छ । यसमा ओली र प्रचण्डको ‘लाइन’ फरक छैन । राजनीतिक लाइन, र अन्य धेरै स्वार्थहरुमा ओली र प्रचण्डवीच राम्रो मिलिभगत छ । उनीहरुको मिल्ती नभएको भए पार्टी एकता नै हुने थिएन ।
त्यसैले, कतिपय भाषणहरुमा छेडखानी चले पनि नेकपाका यी दुई अध्यक्षवीचको गठबन्धन कमसेकम तल्कालै तोडिने संकेत देखिन्न । तत्काल सम्बन्ध टुटाइयो भने दुबै पक्षलाई के कस्तो घाटा पर्छ भन्ने कुरा पक्कै पनि ओली र प्रचण्ड दुबैले आँकलन गरेकै हुनुपर्छ ।
आम जनसमुदाय र नागरिक समाजले पनि अहिले राजनीतिक अस्थिरता चाहेका छैनन् । बहुमत दिएको सरकारले जनतालाई सुशासन र विकास देओस् भन्ने जनचाहना स्वाभाविक देखिन्छ । अहिले जनताले प्रधानमन्त्री फेर्ने भन्दा पनि देशको मुहार फेरियोस् भन्ने चाहेका छन् । वर्षैपिच्छे प्रधानमन्त्री फेर्ने परिपाटीले देशलाई स्थितरता र विकास दिन सक्दैन । शायद प्रचण्डले पनि यो कुरा राम्रोसँग बुझेका छन् । प्रचण्ड र ओलीका वीचमा आएको खटपट ‘एकता–संघर्ष–एकता’ कै बाटोमा अघि बढ्ने देखिन्छ, ‘संघर्ष–एकता–संघर्ष’ को बाटोमा होइन ।
के देखिन्छ भने ओली र प्रचण्डको अन्तरविरोध श्रीमान–श्रीमतीको घरायसी झगडा जस्तै हो, यो मिल्छ । भोलि फेरि झगडा चल्छ, फेरि मिलाप हुन्छ । त्यतिबेलासम्म यस्तै असैद्धान्तिक झगडा भइरहन्छ, जतिबेलासम्म परिबन्दमा परेर बिहे गरेका दुई श्रीमान–श्रीमतीवीच पारपाचुके हुँदैन । श्रीमान–श्रीमतीको झगडामा अक्सर ‘डिभोर्स’ दिने चर्चा हुने गर्छ । अर्काेसित जाने, अर्की ल्याउने वा छुट्टिएर अलग्गै बस्ने चर्चा भइ नै रहन्छ ।
अर्को माओवादी जन्मने कुरा नि ?
प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘अर्को माओवादी जन्मन सक्छ र झन ठूलो लडाइँ हुन सक्छ’ भनेकोमा धेरै मानिसहरु झस्किएका छन् । के प्रचण्डले नेकपाबाट फुटेर फेरि आफ्नै नेतृत्वमा अर्को माओवादी जन्मन्छ भन्न खोजेका हुन् ? अब नेकपा फुट्छ व फुटाइन्छ भन्न खोजेका हुन् ?
प्रचण्डले अर्को माओवादी जन्मन्छ र ठूलो लडाइँ हुन्छ भने पनि उनी आफैंले अब त्यस्तो माओवादी जन्माउने परिस्थिति छैन । त्यो स्थिति हुने भए उनले आफ्नो पार्टीलाई एमालेमा मिसाउने नै थिएनन् । 
यहाँनेर अर्को महत्वपूर्ण पक्ष के पनि छ भने प्रचण्ड र ओलीवीच कुनै सैद्धान्तिक–वैचारिक मतभेद भएको भए त पार्टी एकता नै हुने थिएन । 
प्रचण्डले कदाचित् अर्को पार्टी बनाइहाले भने उनको स्थिति मोहन वैद्यको भन्दा पनि खराब हुन सक्छ । शक्तिहीन भएर पनि वैचारिक अडान राखेर वैद्यले जसरी बस्न सक्ने धैर्यता प्रचण्डसँग छैन ।
प्रचण्डले अब यो उमेरमा आएर विप्लवले जसरी अर्को लडाइँको तयारी गर्ने सम्भावना पनि छैन । त्यस्तो लडाइँले देश र जनतालाई पार तार्न पनि सक्दैन । त्यसर्थ, प्रचण्डले अर्को माओवादी जन्मिन्छ भनिहाले पनि त्यो ‘अर्को माओवादी’ को नेता सम्भवतः अर्कै नै हुने छ, उनी आफैं होइनन् ।
बरु, देशको स्थिति राम्रो भएन र  सरकारले राम्रो काम गर्न सकेन अनि पुरानै ढंगबाट चल्न खोज्यो भने देशमा अर्को अस्थिरता हिंसा र बितण्डा आउन सक्छ भनेर प्रचण्डले खबरदारीसम्म गरेको हुनुपर्छ, जुन स्वाभाविकै खबरदारी हो । तर, प्रचण्डले नै अब अर्को माओवादी जन्माउन लागे कि भनेर आत्तिने वा उत्तेजित हुने दुबै अवस्था देखिँदैन । जति नै भनाभन गरे पनि आपसमा नमिलेसम्म ओली र प्रचण्ड दुबैलाई सुख छैन । जनताले बहुमत दिएर पठाएको पार्टी वीचैमा फुट्नु राम्रो पनि होइन । उनीहरुले एकतावद्ध भएर जनताको पक्षमा काम गर्नु नै सबैको हितमा छ । ओली र प्रचण्ड दुबैका लागि एकापसमा भागेर टाढासम्म जान सक्ने वस्तुगत र आत्मगत दुबै परिस्थिति छैन ।
अन्त्यमा, ‘अर्को माओवादी’ जन्मिने प्रचण्डको भनाइबारे गोपाल किरातीको रोचक एसएमएसबाट बीट मारौं ः ‘अर्को माओवादी जन्मन सक्ने समाचार पढियो । संसदीय दलमा बिलाएका कारण प्रचण्डबाट यो सम्भव छैन ।’
अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.सानो आकाशीय पिण्ड पृथ्वीको आकर्षण क्षेत्रभित्र घुम्दै जाँदा वेगले पृथ्वीतिर आकर्षित हुनाले के हुने गर्दछ । – उल्कापात
२.पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ?   – धु्रवनजिक
३.अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ?   – करिब ५० हजार
४.धुम्रकेतु केलाई भनिन्छ ?
– आकाशीय पिण्ड टुक्रिई बनेका टुक्राहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षण भई भम्किने वस्तु वा पिण्ड
५.धुम्रकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ?  – एडमण्ड हेली
६.टेम्पल टटल नामक धुम्रकेतुलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– करिब ३३ वर्ष
७.पुच्छ«ेतारा के लाई भनिन्छ ?
– रातको बेला कहिलेकाहीँ आकाशमा देखिने पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वाला जस्तो हुने तारा
८.पुच्छ«ेताराको पुच्छर कतिसम्म लामो हुने मानिएको छ ?  – ८० करोड किलोमिटर
९.कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै विलाउने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छ«ेतारा
१०.पुच्छ«ेताराहरुको बनावट कस्तो रुपमा रहेका हुन्छ ?  – ग्यासीय बरफको डल्ला
११.हेली पुच्छ«ेतारा पहिलोपटक कहिले देखिएको थियो ?  –इसापूर्व २४० वर्ष पहिले
१२.हेली पुच्छ«ेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – ७६ वर्ष
१३.सन् १९९४ मा वृहस्पति ग्रहमा ठोकिएर चकनाचुर भएका पुच्छ«ेतारा कुन हो ? – सुमेकर लेभी
१४.पृथ्वीको उत्तरी गोलाद्र्धमा मध्य अक्षांशबाट देखि तारामण्डललाई के भनिन्छ ?
– सप्तर्षि ९द्यष्न द्यभबच०
१५.निहारिका ९ल्भदगबिभ० केलाई भनिन्छ ?
– ताराहरुबीचको क्षेत्रमा रहेको व्यासको बादलमा ताराहरुबाट आएको प्रकाशको           विकिरणले चम्किलो देखिने वस्तु
१६.पृथ्वीबाट देखिने सबै भन्दा चम्किलो तारा कुन हो ?  – साइरस
१७.काल पुरुष ९त्जभ यचष्यल० तारामण्डल कस्तो आकारमा रहेको छ ?   – शिकारी
१८. कश्यप ९ऋबककष्यउष्ब० तारामण्डलमा कति तारा रहेका छन् ?   –पाँच (५)
१९.उत्तरी धुव्रको माथि निश्चल र अटल रुपमा देखिने तारा कुन हो ?  – धुव्रतारा ९एयबिचष्क०
२०.दि ओराइन तारामण्डलको दाहिने तर्फको कुन तारा पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तारा हो ?
– पुनर्वसु
२१. बाघको बैज्ञानिक नाम प्यान्थेरा टाइग्रिस, सिंहको प्यान्थेरा लियो हो भने चितुवाको बैज्ञानिक नाम के हो ? — पान्थेरा पारडस 
२२. मानिसको शरीरको सवैभन्दा लामो कोषिका (ऋभिि) कुने हो ? — स्नायु कोष (ल्भचखभ अभिि)
२३. मानव शरीरमा सवैभन्दा ठुलो ग्रन्थी हुन हो ?  — कलेजो (ष्खिभच) 
२४. पातलो निन्द्रालाई अंग्रेजीमा च्भ्ः क्भिभउ र गहिरो निन्द्रालाइ ल्च्भ्ः क्भिभउ भनिन्छ भने ल्च्भ्ः को बिस्तारिक अर्थ के हो ? 
(च्भ्ः ः च्बउष्म भ्थभ ःयखझभलत, ल्च्भ्ः ः ल्यल च्बउष्म भ्थभ ःयखझभलत
२५. शुन्य डिग्री सेन्टिग्रेड हुँदा कति डिग्री फरेनहाइट हुन्छ ?  — ३२ डिग्री फरेनहाइट 
२६. “बिपत्ति भन्दा ठुलो गुरु कोही हुँदैन” भन्ने भनाई कस्को हो ?  — डिजरायली 
२७. अति सुक्ष्म मात्राको करेण्ट नाप्ने उपकरणलाई के भनिन्छ ? — गल्वनोमिटर 
२८. नेपालमा सवैभन्दा बढी साईकलको प्रयोग हुने जिल्ला कुन हो ? 
— चितवन (बिश्वमा सवैभन्दा धेरै साईकल प्रयोग हुने देश चीन)
२९. बुद्धलाई बिष्णुको कति औं अवतार मानिन्छ ?  — नवौं 
३०. बिश्वको कुन शहर निशेधित शहरको उपनामले पनि चिनिन्छ ?  — ल्हासा 
३१. नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?  — दोलखाको जिरी 
३२. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन ? — भाष्कर मल्ल 
३३. मरियाना ट्रेन्चको गहिराइ कति छ ?  — ११७७६ मिटर 
३४. कुन ग्रहमा सुर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?  — अरुण 
३५. एसियामा कति वटा भूपरिवेस्ठित देश रहेका छन् ?  — १२ वटा 
३६. बातावरण सन्तुलनमा राख्न नेपालमा न्यूनतम कति प्रतिशत वन जंगल हुनु आवश्यक छ ? 
—४३%
३७. पानी मुनीको देश भनेर कुन देशलाई चिनिन्छ ?  — नेदरल्याण्ड 
३८. आईस कन्टिनेन्ट दक्षिणी गंग्रोटी भन्नाले के बुझिन्छ ?  — अन्टार्कटिका 
३९. कोईलाबाट बिद्युत निकाल्ने प्रबिधिलाई के भनिन्छ ?   — हाईड्रो जेनेरेशन 
४०. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ?  — १४  

साहित्य/सिर्जना 

आँखाले सपना देख्छ

आँखाले सपना देख्छ 
सारा संसार भिडका पछाडी भागिरहेको हुन्छ
भिड कुनै रङ्गमञ्च भन्दा कम छैन
भिडमा सहभागी हुनेहरुको त कुरै छोडौं
उनीहरुले
कुनै हिरो हिरोइनको भुमिका निर्वाह गर्न पाइरहेका छन् 
मानौं,
भिडमा बढी भाग्नेले
स्वर्ण पदक नै पाउनेवाला छ
भिड यति बिशाल छ कि !
कसैलाई पनि चिन्न मुस्किल 
को फिल्म निर्माता
को निर्देशक
को अभिनेता 
को अभिनेत्री .......
त्यही भिडमा सहभागी हुनेहरु 
एक अर्कालाई चिन्दैनन् 
र पनि !
एउटा मान्छे भिडमा जम्मा हुँदा 
अर्को पनि साथ निभाउन
भिडमा प्रवेश गर्छ
भिडमा के के न होला भनेर हुइकिन्छ
खाली हात लाग्यो शून्य मात्र हुन्छ
अनि पो !
बल्ल थाहा पाउछ 
एक्लो त उ होइन
भिड रहेछ 
बिना प्रतियोगिताको प्रतिस्पर्धा 
तै पनि 
जित्ने होडबाजीमा तछाडमछाड चलिरहेको हुन्छ
जब,
आँखा त्यो भिडको सपनाबाट बाहिर आउँछ
तब झन
आफ्नो अगाडि अर्को बिशाल भिड र आफू पनि त्यही भिडको हिस्सा भएको देख्दा
एकछिन त भ्रममा पर्छ 
बिस्तारै 
आँखा राम्ररी खोल्ने प्रयास गर्छ
अनि बुझ्छ
आँखाले देखेको सपना मात्र नभै
यथार्थ पनि हो
आँखाले देखेको न हो यथार्थ 
यस्तै सोच्दै जिब्रो
अन्तिम घडीमा पनि 
आँखाले देखेको सपनाको उपमा दिएर 
पन्छिन खोज्छ ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन