Tuesday, March 5, 2019

बिम्ब साप्ताहिक, २०७५ साल फागुन २१ गते

पुनर्निर्माणमा कमजोर वर्गलाई मद्दत गरौं ।
पुनर्निर्माण तथा जनजीविकाको क्षेत्रमा क्रियाशील संघ÷संस्था तथा व्यक्तिहरुले सहायता गर्दा सीमान्तकृत समुदाय, एकल महिला, बृद्धबृद्धा, बिपन्न, दलित, अपाङ्गता भएका व्यक्ति र परिवारलाई प्राथमिकता दिऔं । उनीहरुलाई जीविकोपार्जन कार्यक्रममा सहभागि गराई आत्मसम्मानपूर्ण जीवन बाँच्ने अवसर दिलाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

उपभोक्ता समितिमा महिलाको नेतृत्व भए राम्रो काम हुन्छ

रामहरी ओझा/डोटी
फागुन २०
उपभोक्ता समितिको अध्यक्ष महिला भएका योजनाहरुको काम राम्रो भएको स्थानीय तहका जनप्रतिनिधिहरुले वताएका छन् । 
राज्यले उपभोक्ता समिति गठन गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको भएपनि महिलाहरुलाई उपभोक्ता समितिका देखाउनका लागि मात्रै राख्ने गरेको अवस्थामा महिलाहरुनै उपभोक्ता समितिमा भए राम्रो काम हुने गरेको जनप्रतिनिधिहरुको अनुभव छ । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले सवै महिलाहरु मात्रै भएको उपभोक्ता समितिले अझ राम्रो काम गरेको आफुले पाएको वताए । ‘महिलाहरुले काम गर्न सक्दैनन् भन्ने भ्रम छ हाम्रो समाजमा’ उपप्रमुख खड्काले  भने ‘तर मैले महिलाहरुले नेतृत्व गरेको उपभोक्ता समितिले पुरुषको भन्दा राम्रो काम गरेको पाएको छु ।’ उनले आफुले महिलाहरुलाई उपभोक्ता समितिको नेतृत्व गर्न प्रेरित गरिरहेको वताए । खड्काको जस्तै अनुभव छ डोटी बडीकेदार गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा वोहराको पनि । उनी भन्छिन् ‘महिलाहरुले ईमानदारीपूर्वक काम गर्छन भन्ने कुराको प्रमाण पनि हो यो ।’ उनले महिलाहरुको नेतृत्व क्षमता बढाउन सके अझ राम्रो काम हुने वताईन । बडीकेदार गाउँपालिकाको अनुगमन तथा सुपरीबेक्षण समितिको संयोजक समेत रहेकी उपाध्यक्ष ईन्द्रा थप्छिन् ‘यदि ईमानदारीपूर्वक काम गर्ने हो भने त विकास हुन के वेर लाग्छ र ?’ उनले आफुले महिलाहरुलाई विकासमा प्रत्येक्ष संलग्न हुन अनुरोध गरेको वताईन । 
उपभोक्ता समिति अध्यक्ष महिला भएको योजनामा काम  राम्रो भएको कुरामा समर्थन जनाउँछन् बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिसागर बिनाडी । ‘हाम्रो वडामा पनि एक÷दुई वटा योजनामा महिला अध्यक्ष छन्’ वडाध्यक्ष बिनाडीले भने ‘अन्य योजनाको भन्दा ति योजनाहरुमा काम छिटो भईरहेको छ ।’ उनी महिलाहरुलाई उत्प्रेरित गर्नु पर्ने वताउँदै थप्छन् ‘म त महिलाहरुलाई अनुरोध गर्दैछु, उपभोक्ता समितिमा आउनुहोस् भनेर तर उहाँहरुका अनेक बाध्यताहरु रहेका छन्, जसका कारण अगाडी आउन सक्दैनन् ।’ 
यस्तै अनुभव सुनाउछिन् कैलाली जिल्लाको कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारु पनि । उनी भन्छिन् ‘मैले महिलाहरुलाई उपभोक्ता समितिमा आउनका लागि आव्हानै गरेकी छु ।’ महिलाहरुको नेतृत्व क्षमता बढाउनका लागि गाउँपालिकाले बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको उपाध्यक्ष थारुको भनाई छ । ‘नीतिले अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये एक जना महिला हुनै पर्ने वाध्यता राखेका कारण हिजोका दिनहरुमा महिलाहरुलाई देखाउनका लागि उपभोक्ता समितिमा राखिन्थ्यो’ उनले भनिन् ‘अव त्यसो छैन, हाम्रो गाउँपालिकामा अहिले धेरै उपभोक्ता समितिमा महिलाहरुले स्वतःस्र्फुत रुपले मुख्य पदहरुमा दावी गर्न थालेका छन् ।’ कुनै कुनै योजनामा त महिलाहरु मात्रै उपभोक्ता समितिमा रहेको समेत उनले वताईन । उनी थप्छिन् ‘अव उपभोक्ता समितिमा मात्रै होईन अन्य सामाजिक संघसंस्थाहरुमा पनि महिलाहरु–लाई कसरी नेतृत्व दिन सकिन्छ भन्ने बिषयमा सोच्नु पर्ने वेला आएको छ ।’ 
कैलालीको भजनी नगरपालिका–३ का वडाध्यक्ष बिक्रम चौधरी पनि महिलाहरु उपभोक्ता समितिमा भए राम्रो काम हुने आफ्नो अनुभव रहेको सुनाउँछन् । ‘उपभोक्ता समितिको नेतृत्व महिलालाई दिए दुई फाईदा हुने रहेछ’ वडाध्यक्ष चौधरीले भने ‘एकातिर काम छिटो हुदो रहेछ, अर्कोतिर महिलाहरुलाई पनि प्रत्येक्ष विकास निर्माणमा सहभागि गराउन सकिने रहेछ ।’
महिलाहरुले नेतृत्व गरेको योजनाको काम राम्रो हुने तर महिलाहरुलाई नेतृत्व गर्न नै नदिने गरेको वताउँछिन् डोटी शिखर नगरपालिका, नगर कार्यपालिका सदस्य रमा साउँद । उनी थप्छिन् ‘पुरुषहरुले महिलालाई नेतृत्व गर्ने अवसरने दिदैनन्, यदि अवसर पाए महिलाहरुले राम्रो काम गरेर देखाउन सक्छन् । 
फाया नेपाल नामक गैर सरकारी संस्थाले महिलाका सवालमा गरेको सार्वजनिक सम्वाद कार्यक्रममा सो कुरा उठेको हो ।

सम्पादकीय 

ओलीलाई सुखानी सम्झाना होला ! 

आज फागुन २१ गते, ४६ बर्ष पुरा भएछ । २०२९ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको मेची–कोसी को–अर्डिनेसन केन्द्रले सञ्चालन गरेको झापा बिद्रोहका योद्धाहरुलाई तत्कालीन सरकारले गोली हानी हत्या गरेको दिन । नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानाबारीस्थित सुखानीमा आजकै दिन हत्या गरिएको थियो । आम नेपाली जनताले यो दिनलाई त्यति महत्व दिएका छैनन्, यो एउटा राजनीतिक बिषय भएकाले पनि होला । तर, नेपालका बामपन्थीहरुले बिशेषगरी साविकको नेकपा एमाले, मालेहरुले यो दिनलाई बिशेष रुपमा मनाउने गर्छन् । 
बाटो ज जस्तो भएपनि ति योद्धाहरुका पनि सपना हुँदा हुन । उनीहरुले पनि देशमा बिधिको शासन भएको सपना देखेर मर्न र मार्न तयार भएका थिए होलान् । कलिलै उमेरमा प्रहरीको गोलीबाट ज्यान गुमाउने रहर उनीहरुलाई त्यसै पलाएको होईन होला । 
आज देश संघीय संरचनामा गएको छ । त्यो झापा बिद्रोहका एक सिपाही नेपालको कार्यकारी प्रमुख भएका छन् । देशमा कम्युनिष्टहरुको दुई तिहाई छ । केन्द्र देखि स्थानीय तहसम्म वर्चश्व छ । तिय शहीदहरुले देखेका सपना पुरा गर्न सक्ने अवसर पनि छ र स्रोत पनि छ, जिम्मेवारी पनि छ र अधिकार पनि छ । तर के ति शहीदहरुको रगतले न्याय पाउने गरी वर्तमान प्रधानमी तथा त्यतिवेलाको त्यो बिद्रोहका योद्धा कमरेड केपी शर्मा ओलीले काम गर्न सक्लान त ? 
फागुन २१ हरेक बर्ष आउँछ, ति शहीदहरुको सालिकमा  हरेक बर्ष माला भिराईन्छ । श्रद्धाञ्ली अर्पण गरिन्छ, मुट्ठी उठाएर सपना पुरा गर्ने वाचा खाईन्छ तर व्यर्थ । अर्को बर्षसम्म माला झरिसक्छ, कसम हराई सक्छन् । हो, बिगतमा यस्तै भएको हो । तर अव यस्तो नहोला भन्ने आश गर्ने ठाउँ छ । सायद केपी ओलीले त्यो बिद्रोह बिर्सेका छैनन् । त्यो बिद्रोहको मक्सद पनि उनलाई राम्रोसंग थाह छ होला । 
नयाँ संविधानअन्तर्गत देशले नयाँ बाटो लिएको छ । कम्युनिष्टहरू एकैथलोमा उभिएर देशलाई राजनीतिको नयाँ शिराबाट अघि बढाउने नागरिकमाझ प्रतिबद्धता गरेका छन् । दुई ठुला पार्टीहरु एक हुदैछन् । जुन सपना ४६ वर्षअघि ती शहीदहरूले देखेका थिए, ति सपना आजको दिनले फेरी ताजा गराइदिन्छ, जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । 
घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यसअघि झापाको अर्जुनधारा नगरपालिकाभित्र सालबारीमा शहीद पार्कको निर्माण गरिएको छ । पाँचै सहिदको पूर्णकदको शालिक उभ्याइएको छ । २०७२ सालमा सरकारले पाँचै जनालाई शहीद पनि घोषणा गरेको छ । 
शहीद घोषणा गर्दैमा उनीहरुको सपना पुरा हुने होईन । उनीहरुले शहीद घोषणा गरी पाउनका लागि आन्दोलन गरेका होईनन् न त उनीहरुलाई मर्न रहर भएर वा मार्न रहर भएर बिद्रोमा लागेका हुन । देशमा भएको वर्गीय बिभेद्, शोषण दमन, अन्याय र अत्याचार, भ्रष्टाचारको समुल अन्त्य गर्ने र समृद्ध समाज निर्माण गर्ने महान लक्ष थियो उनीहरुको । अहिले पनि त्यस्तै अवस्था रहने हो भने न यो सरकारको औचित्य रहन्छ, न यो सरकारको नेतृत्व गर्ने व्यक्तिको वा पार्टीको कसैको पनि औचित्य छैन । ति शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली त्यतिवेला मात्रै हुनेछ, जव उनीहरुको सपना पूर्ण रुपमा साधार हुनेछ ।  

थप समाचार 

छात्र बेहोस हुन थालेपछि बिद्यालयमा त्रास

कर्ण चन्द/डोटी
फागुन २०
सायल गाउँपालिका–६ खातीवडामा रहेको हिमालय आधारभुत बिद्यालय दल्लेकका छात्राहरु काम्न थालेपछि बिद्यालयमा त्रास फैलिएको छ । 
खातीवडाका पुरन साउँदले छोरी रिंकु साउँद बिद्यालय जाँदा काम्न थालेपछि बिद्यालय नै परिवर्तन गरेर गोलदेउला एकेडेमीमा भर्ना गरे । साउँदले भने ‘मेरो छोरी धैरै पटक त्यो बिद्यालयमा काम्न थालि, त्यही भएर अर्को बिद्यालयमा भर्ना गरेँ ।’ साउँदका अनुसार नयाँ बिद्यालयमा पनि छोरी एक पटक कामिन तर अहिले सामान्य अबस्था छ ।
दुई महिनादेखि निरन्तर रुपमा छात्राहरु काम्ने, चिच्याउने, मुठ्ठी कस्ने र बेहोस हुने गरेको बिद्यालयका प्रधानाध्यापक कर्णबहादुर बोगटीले बताए । प्रधानाध्यापक बोगटीले भने ‘दुई/तिन जना निरन्तर दुई महिनादेखि त्यस्तो भैरहेको थियो, अहिले एक दर्जनसम्म पनि एकै दिनमा त्यस्तो हुने गरेको छ ।’
मध्यान्ह भन्दा पछाडी छात्राहरु धेरै बेहोस हुने गरेको शिक्षक गोपाल बोगटीले बताए । उनले भने ‘अहिले बिद्यालयमा छात्रा बिद्यार्थी आउने संख्या घटेको छ, आएपनि नियमित आउँदैनन् ।’ उनले थपे ‘हामीले स्थानीय सँस्कृति अनुसार धामी झाँक्रीको पनि प्रयोग ग¥यौँ, त्यसो गर्दा उत्तिबेला ठिक हुन्छ तर दोस्रो दिन फेरी सुरु हुन्छ ।’
बिद्यालयमा छात्रा काँप्ने समस्याका बारेमा गाउँपालिकालाई पनि खबर आएका कारण आबश्यक कदम चाल्ने गरी छलफल भैरहेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । अध्यक्ष डुम्रेलले भने ‘पहिला सामान्य समस्या हो भनेर बिद्यालयले जानकारी दिएन, हाल धेरै समस्या भएपछि हामीलाई जानकारी आएको छ । स्वास्थ्यकर्मीसंग सल्लाह गरेर आबश्यक कदम चाल्छौँ ।’ 
बिद्यालयमा छात्रछात्राहरु काम्ने समस्या कन्भर्सन डिस्अडर भएको वताउँछन् जिल्ला अस्पताल डोटीका डा. गिरीस अवस्थी । उनी भन्छन् ‘यो समस्या महिला पुरुष दुवैमा देखिने भएपनि महिलाहरुमा बढी देखिने गर्छ ।’ महिलाहरुमो मनमा गुम्सिएर रहेको तनावले कन्भर्सन डिस्अडरको लक्षण देखिने डा. अवस्थीको भनाई छ । ‘यो दुर्ई÷तीन बर्षको बच्चामा पनि देखिन सक्छ र ठुला मान्छेहरुमा पनि देखिन्छ’ डा अवस्थीले भने ‘पहिले यसलाई मास हिस्टेरिया भन्ने गरिन्थ्यो तर चिकित्सकीय भाषामा यसलाई कन्भर्सन डिस्अडर भनिन्छ ।’ यसको समस्या भएको व्यक्ति कराउने, चिच्याउने, हात खुट्टा वाउडिने, मुठ्ठी कस्ने जस्ता लक्षण देखिने अवस्थीले वताए । 

सुशासन नीति वनाउन गाउँपालिकालाई दवाव

गणेश मौनी/डोटी 
फागुन २०
स्थानीय तहको वित्तीय सुशासन, जनमैत्री सेवा प्रभाव र चुस्त प्रशासन बनाउन स्थानीय बासीले शुसासन नीति  लागु गर्न गाउँपालिकालाई दबाब दिएका छन् । 
समसामयिक विषयबस्तुमा जनप्रतिनिधि र स्थानीय बासीहरुको विचमा दोहोरो सम्बाद गराउने ध्ययका साथ विकास र सामाजिक परिवर्तनका लागि संचारले केआई सिंह गाउँपालिका–५ रानागाउँमा साझा सभा कार्यक्रमको आयोजना गरेको थियो । 
स्थानीय बासीहरुले गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीलाई गाउपालिकाले सुशासन नीति बनाउनुका साथै सामाजिक जवाफदेहीताका औजारहरुको पूर्ण प्रयोग गर्नुपर्ने लगायतका विभिन्न मागहरु सहित ध्यान आर्कषण पत्र बुझाएका छन् । 
खुला रुपमा मदिरा विक्रि बितरण र जुवातासका कारण महिला हिंसा बढ्नुका साथै बालवालिकाको भविश्य अन्धाकार हुने गरेको भन्दै स्थानीय महिलाहरुले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि बनाउन लगायतका मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन् । 
जन गुनासाहरुको सम्बोधन गर्दै गाउँपालिकाको समग्र क्षेत्रको समान बिकासका लागि निरन्तर लागिरहने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने “गाउँपालिका नीति निर्माण कार्यबिधी तयार गर्न, सुशासन कायम गर्न सम्बेदनशील छांै ।’ उनले आफुले केही परिवर्तन भएको देखाउन चाहेको भन्दै  यसका लागि सवैले आफ्नो क्षेत्रबाट सहयोग आग्रह गरे । ज्ञापन पत्रमा उल्लेख गरिएका सवालमा यो आर्थिक वर्ष भित्रमा सुशासन नीति बनाउने अध्यक्ष शाहीले वताए । ‘वालवालिका–हरुको स्वास्थ्य परीक्षणको लागि बजेट विनियोजन गरेका छौं’ शाहीले भने ।
कार्यक्रममा गाउँपालिकाकाले आवश्यक विभिन्न नितिहरु बनाउनु पर्ने, शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम तय गर्नुपर्ने, जवाफदेहीता पारदर्शिताका औजारहरुको प्रयोग गर्नुपर्ने, सूचनाको पुर्ण प्रयोग गर्नुपर्ने, सडक निमार्णमा गुणस्तर कायम गर्नुपर्ने, गाउँपालिका भित्र बनेका योजनाहरुको गुणस्तर परीक्षण हुनुपर्ने लगायतका सवालहरुको उठेका थिए ।
एमएमडिसीद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले सार्वजनिक सेवा प्रवाहमा स्थानीय बासिन्दा, नागरिक समाज, संचारकर्मीहरुको भूमिकालाई प्रभावकारी बनाउन बिभिन्न सवालहरुमा पैरबी गर्दै आएको परियोजनाका जिल्ला अधिकृत मोहन शाहीले बताए । उनले भने ‘परियोजना अन्तर्गत हामीले रानागाउ र कुमालीकोटमा स्थानीय सभा गठन गरी सभामा नियमित रुपमा समसामयिक बिषयहरुमा छलफल गर्दै    आईरहेका छां,ै हालसम्म सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नु पर्ने, स्थानीय तहले सुशासन नीति तथा सामाजिक जवाफदेहिताका कार्यबिधीहरु बनाउनु पर्ने जस्ता सवालमा   पैरबी गरिरहेका छौं ।’
रानागाउमा सामुदायिक बिद्यालयहरुको शिक्षा प्रबद्र्धन तथा राजपुरमा स्वास्थ्य तथा सरसफाईको अवस्थाबारे बुझ्न स्थानीय सभाका सदस्य, जनप्रतिनिधीहरु, पत्रकारहरु सहभागि भएर अनुगमन गरी आवश्यक सुझाब सल्लाहा दिएको समेत अधिकृत शाहीले बताए ।

प्रगतिशील लेखक संघ गठन

डोटी जिल्लामा प्रगतिशील लेखक संघ नेपालको तदर्थ समिति गठन गरिएको छ । 
डोटीमा रहेका प्रगतिशील लेखक, रचनाकारहरुको एक भेलाले साहित्यकार केशब आरसी भट्टराईको संयोजगत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो । 
प्रगतिशिल लेखक संघ नेपालका सुदूरपश्चिम प्रदेश सदस्य तिलख सिंहको उपस्थितिमा प्रगतिशिल बिचार राख्ने लेखकको संगठन बिस्तार गरिएको हो ।  
तदर्थ समितिको सदस्यहरुमा केशब नाथ योगी, हिक्मतबहादुर घले, ईश्वरीदत्त पन्त, प्रेमबहादुर नेपाली, पदमा बिष्ट, टेकबहादुर साउँद, नरेन्द्र साउँद ‘निर्मल’ र दिर्घबहादुर खत्री रहेका छन् । 
प्रगतिशील लेखक संघले संघीय संरचना अनुसार प्रदेशहरुमा र जिल्लाहरुमा संगठन बिस्तार गर्न लागेको  सुदूरपश्चिम प्रदेश सदस्य सिंहले  जानकारी दिए । 

महोत्सवमा भेटियो नक्कली पास

रोजेन्द्र जोशी/दिपायल
फागुन १९
डोटी चेम्वर अफ कमर्शको आयोजनामा डोटीको दिपायलमा फागुन १७ गतेदेखि संचालन भएको महोत्सबलाई असफल पार्न समूह नै सक्रिय भई लागेको डोटी चेम्वरले निश्कर्ष निकालेको छ ।
पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरी सुदुरपश्चिमको डोटी र खप्तड क्षेत्रमा पर्यटकहरुलाई भित्राउन सहयोग पुराउने उद्देश्यका साथ संचालन भईरहेको महोत्सबलाई विफल पार्नका लागी केही व्यक्तिहरु समूहगत रुपमा नै सक्रिय रहेको चेम्वरले निश्कर्ष निकालेको हो ।
महोत्सबका लागी आयोजकले दर्शकहरुको सुविधाका लागी तयार पारेको सिजनल पासको हुबहु नक्कली सिजनल पास तयार पारी सो पासमा आयोजकको नक्कली छाँप समेतको प्रयोग गरिएको प्रमाणहरु फेला परेपछि चेम्बर कार्यसमितिको आईतबार बसेको आकास्मिक बैठकले महोत्सब विफल पार्नका लागी समुहगत रुपमा नै केहि व्यक्तिहरु सक्रिय रहेको निश्कर्ष निकालेको संस्थाका सहकोषाध्यक्ष तेज वहादुर खड्काले जानकारी दिए ।
उनले भने ‘हामीले महोत्सब जिल्लाको विकास र उन्नतीका लागी लगाएका छौं, तर बजारमा नक्कली पासहरु तयार पारी प्रयोगमा आईरहेको सूचना प्राप्त हुँदा खोज अनुसन्धानका क्रममा केहि प्रमाणहरु समेत फेला परेको छ ।’ आफुहरुले आयोजना गरेको महोत्सबले कोही कसैला घाटा हुन्छ जस्तो नलागेको तर पनि महोत्सबलाई असफल पार्नका लागी केही व्यक्तिहरु समूहगत रुपमा लागेका खड्काको भनाई छ ।
महोत्सवमा स्थानीय खानाको परिकार, स्थानीय कलाकारलाई प्राथमिकता, निशुल्क आँखा शिविर र स्वास्थ्य शिविरले सवैको फाईदाको बिषय भएको खड्काको तर्क थियो ।

बिद्यार्थीलाई सिकाउदै प्रहरी

गणेश मौनी/डोटी
फागुन २१
जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरीको काम कारवाहीको बिषयमा बिद्यार्थीलाई जानकारी गराएको छ । 
डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तीनारायण माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन गराई नेपाल     प्रहरीका काम कर्तव्यको बिषयमा  जानकारी गराएको हो । प्रहरी कार्यालयभित्र रहेका विभिन्न शाखामा कार्यरत ब्यक्तिहरु, शाखाहरुको जिम्मेवारीको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए । उनले थपे ‘बिद्यार्थीहरुलाई प्रहरीको काम कारवाहीको बिषयमा जानकारी भएमा समाजमा हुने अपराधहरु रोक्न मद्दत पुग्छ ।’ उनले बिद्यार्थीहरुलाई कानुनी ज्ञान भए कुलतमा पनि लाग्दैनन् भन्ने हेतुले यस्तो क्रियाकलाप गरिएको वताए । 
प्रहरी कार्यालयको अवलोकनपछि सहभागी विद्यार्थीहरुले आफुहरुलाई धेरै कुराको जानकारी भएको वताए । प्रहरी भन्ने वित्तिकै डर लाग्ने गरेको तर अब नडराउने, वरु हाम्रो टोल समाजमा केही त्यस्ता घटना भए तुरुन्त खबर गर्ने प्रतिक्रिया बिद्यार्थीहरुले जनाए । 
समाजमा रहेका विकृति बिसंगतिको अन्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायिक प्रहरी सेवा केन्द्र डोटीका अध्यक्ष लोक बहादुर बोहराले बताए । उनले भने ‘प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौं, सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए सम्भव छ ।’ 

दलित संघको अध्यक्षमा बिक

नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित संघ डोटीको अध्यक्षमा लाल बहादुर बिक निर्वाचित भएका छन् । 
१८ र १९ गते केआईंिह गाउँपालिकाको वायलमा सम्पन्न पाचौं जिल्ला अधिवेशनबाट बिक निर्वातित भएका हुन् । 
सो पदका लागि बिक र हेम नागरीबिच निर्वाचन भएको थियो । निर्वाचनमा बिकले एक सय २८ र नागरीले ८१ मत प्राप्त गरेका थिए । ४७ मतको अग्रतासंगै बिक अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिव पदको लागि सागर सिं सेवा र गणेश बिकबिच प्रतिप्रर्धा भएको थियो । सागर सेवाले ९० र गणेश बिकले ५९ मत प्राप्त गरेका थिए । ३१ मतको अग्रतापछि सेवा सचिवमा निर्वाचित भएका थिए । यस्तै सदस्यमा बसन्त बिक, रोसन कोली, स्मृति चुनारा, प्रमीला परियार, रमेश नागरी गोपाल बिक, प्रताप बिक, आशा नेपाली, अर्जुन बिक, गोरे कामी, चक्र बहादुर भुल, राम बहादुर लुहार, कटेनी देबी बादी, देब बहादुर ताम्राकार,बलबीर टमाटा, शंकर बिक, गिताराई टमाटा, दल बहादुर नेपाली, हिमा देबी कामी, डबल नेपाली, प्रेम सिं दमाई, हेम नागरी, गणेश बिक  रहेका छन् । अबिधेशनबाट महाधिवेशन प्रतिनिधिमा कुमार सिं टेलर, कल्पना सोप, कमला लुहार सोप, हर्क सार्की चयन गरेको छ भने क्षेत्रीय कमीटीमा क्षेत्र १ को अध्यक्षमा जित बहादुर बिकको अध्यक्षतामा क्षेत्रीय समिति र क्षेत्र नम्बर २ को प्रेम बहादुर बिकको अध्यक्षतामा क्षेत्रीय समिति समेत गठन गरेको नेपाल दलित संघले जानकारी दिएको छ ।  
दलित संघको बिधान अनुसार एक महिला सहित तीन जना उपाध्यक्ष,  एक  कोषाध्यक्ष, एक सहसचिव मनोनित वनिर्वाचित अध्यक्ष लाल बहादुर बिकले बताए ।

अशुरक्षित गर्भपतन रोक्न चेतना बृद्धिमा जोड

असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई रुत्साहित पारी सुरक्षित रुपमा गर्न जनचेतना अभिबृद्धिमा जोड दिन सरोकारवाला निकायहरुले जोड दिएका छन् । 
आईपासको सहयोगमा जिल्ला समन्वय समिति डोटीले बिहिबार सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहाकार समितिको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।  
अशुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताईन । उनले भनिन् ‘गर्भपतन भन्ने वित्तिकै महिलाको सवाल हो तर पुरुषहरु पनि जिम्मेबार हुनु पर्छ ।’ उनले पुरुषहरुको सहमति नहुदाँ महिलाहरु स्वईच्छाले केही गर्न सक्दैन पुरुषहरुकै दबाब र करकापमा पनि महिलाहरु गर्भपतन गराउन बाध्य रहेको बताईन् । 
डोटी जिल्ला स्वास्थ्यको गुणस्तरमा सुधार गर्न अन्य स्थानीय तहहरुले पनि सहयोग गर्न आवश्यक रहेको समेत प्रमुख मलासीले बताईन् । असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्नपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । उनले भने ‘गर्र्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक छ ।’ 
मेडिकलबाट महिलाहरू गर्भपतन गराउने औषधीहरू सहजै पाउँछन् । ‘औषधी खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहज रूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैध रुपमा गर्भपतन गराउने समस्या बढेको जिल्ला समन्वय समितिका संयोजक राम ऐरले बताए । उनले भने यसलाई निरुत्साहित गर्न जनचेतना अभिबृद्धि गर्नु जरुरी छ । 
सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमकी संयोजक दीपा सिंहले बताइन् । उनले भनिन् ‘ग्रामीण भेगमा गर्भपतन गर्नु हुन्न गराउनै पर्ने अवस्था आए स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने मानसिकता छैन् । 
जिल्ला अस्पताल डोटीका डाक्टर गिरिस अवस्थीले असुरक्षित रुपमा औषधी खाइसकेपछि ज्यान जोखिममा   परेका महिलाहरू पनि स्वास्थ्य संस्था आउने गरेको बताए । ‘पटक पटक गर्भपतन गराउनेहरू पनि छन’ उनले भने, ‘भारतमा काम गर्ने श्रीमान् घरमा आउँदा अस्थायी परिवार नियोजनका साधन प्रयोग नगर्ने कारण अनिच्छामा बसेको गर्भ तुहाउन पनि आउँछन ।’ 
गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको भन्दै इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्यकर्मी भएको  स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार गत आवमा मात्र एक हजार ८९ महिलाहरुले स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराएका छन । जसमध्ये तीन सय ८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् । 

खेल समाचार 

रङ्गशालाका लागि पाँच करोड संकलन

चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका रकम संकलन हुने कार्यले तिव्रता पाएको छ । 
हालसम्म पाँच करोड ५० लाख रुपैयाँ सङ्कलन भएको  धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले जानकारी दिए । सो रङ्गशाला निर्माणका लागि करीव तीन अर्व रुपैयाँ लाग्ने फाउण्डेशनले अनुमान गरेको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको अध्यक्ष कट्टेलले जानकारी दिए । चितवनबासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले वताए । 
‘रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’ अध्यक्ष कट्टेलले भने ‘रङ्गशाला निर्माण सहयोगार्थ मलेसियामा कार्यक्रम सम्पन्न गरिसकेका छौं, जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको छ ।’ आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको र हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको उनले बताए । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागिरहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए ।
“अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ” उनले भने ‘यस बिषयमा विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ ।’ रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ छ । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महिना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि फाउण्डेशनले जग्गा सम्झौता गरेको थियो ।

मुख्यमन्त्री कप बिजेतालाई १५ लाख

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री कपको आयोजक सामाजिक विकास मन्त्रालयले  विजेतालाई १५, उपविजेतालाई आठ लाख र तृतीयलाई पाँच लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था   गरिएको जनाए ।
मन्त्रालयले पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने मन्त्री सुवेदीले बताए ।
प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने छन् । खेलको उद्घाटनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता हुनेछ ।
प्रतियोगिता औपचारिक रुपमा चैत १ गते शुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै शुरु हुने सामाजिक विकास मन्त्री सुवेदीले जनाए । उनले फुटबल र क्रिकेटमा लिग प्रतियोगिता हुने भएकाले दुई दिन पहिले नै शुरु हुने बताए । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ ।
मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले खेलकुद मार्फत् सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेलकुद प्रतियोगितामा आउने खेलाडी लगायतका सहभागीले सुदूरपश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।

चलचित्र/मनोरञ्जन 

“जानी नजानी” चैत्र १ मा

फिल्मी खवर
चर्चित संगीतकार अर्जुन पोखरेलको स्वर र संगीतमा रहेको ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीतका कारण चर्चामा रहेको फिल्म ‘जानी नजानी’ ले यतिबेला आफ्नो प्रचार प्रसारलाई चुस्त बनाएको छ । चैत १ मा रिलिज हुने फिल्मको जम्बो टिम मोफसल प्रचार चर्काउने उद्देश्यले नेपाली फिल्मको ठूलो बजार मानिने चितवन पुगेको छ । 
आइतबार त्यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्मात्री तथा कलाकार रोशनी केसीले ‘जानी नजानी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको  बताइन् । फिल्म स्तरिय बनेको बताउँदै उनले भनिन् ‘फिल्ममा माया प्रेमको कुरा मात्र छैन, राष्ट्रियताको कथा पनि भनिएको छ ।’ उनले फिल्मबाट ढाका संरक्षणको सन्देश दिन खोजिएको पनि बताइन् ।  
बसन्त अधिकारीको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको निर्माण लागत २ करोड बताइएको छ । डेब्यू फिल्म ‘रानी’ बाट ‘स्टाइलिस अभिनेता’ को उपमा पाएका मनिषसुन्दर श्रेष्ठले आफ्नो करिअरका लागि यो फिल्मले निकै महत्व राख्ने बताए । ‘मैले बुझे अनुसार फिल्म दुई किसिमका हुन्छन् राम्रो र नराम्रो । ‘जानी नजानी’ एउटा राम्रो फिल्म हो’ उनले भने । 
मनिष यो फिल्मलाई रोमकोम  जनराको एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म भन्न रुचाउँछन् । फिल्ममा रोमान्स र कमेडी दुबैको समिश्रण रहेको उनको भनाइ छ । निर्मात्री केसीको कुरालाई उनले पनि सापटी लिँदै भने ’फिल्ममा लभ र   रोमान्स मात्र छैन, राष्ट्रियता र सामाजिक कथा पनि छ ।’ उनी फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त सुनिए । 
पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले यो फिल्मबाट डेब्यू गरेकी छिन् । उनले गीत र ट्रेलरजस्तै फिल्मलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताइन् । फिल्मको कथावस्तु राम्रो रहेको र त्यसअनुरुप प्रस्तुती पनि अब्बल रहेको उनको दाबी छ । दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा पनि उनी विश्वस्त छिन् । 
सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा छायांकन संजय लामाको रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाले फिल्मको कथा तयार पारेका हुन् । यसमा अर्जुन जिसीको सम्पादन छ ।

लेख 

यसरी उडाईदैछ ट्राफिक नियमको खिल्ली

रामहरी ओझा
शुक्रवार कैलालीको अत्तरीयाबाट डोटीको दिपायलसम्मको यात्रा यादगार रह्यो । हामी जस्ता साधारण व्यक्तिहरुका लागि सार्वजनिक यातायात बाहेक अर्को कुनै विकल्प पनि हुँदैन यात्रा गर्नका लागि । झुण्डिएपनि, च्यापिएपनि, धक्का खाएपनि जे गरेपनि सार्वजनिक यातायातका साधनहरुनै हाम्रा मित्र हुन । त्यही सार्वजनिक यातायातको प्रयोग गरी गरिएको यात्राका केही स्मरणीय दृष्यहरु रहे । शुक्रबार दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको दुःख निधन भयो । त्यसैदिनको कुरा हो, हामीले अत्तरियाबाट दिपायलसम्मको अर्को जोखिमपूर्ण यात्रा गरेको । 
सुदूरपश्चिम यातायातको एक “हाइस” अत्तरीयाबाट नौ वजे बिहान हिड्ने भन्ने काउण्टरले जानकारी दिएपछि करीव ८ः३० मा टिकेट काटियो । अव हिड्ला तव हिड्ला गर्दा १०ः१६ मा बल्ल हाईसले अत्तरीया छोड्यो । सुने अनुसार १५ जना यात्रुहरु मात्रै बस्न पाउने गरी सीट स्वीकृति हुन्छ रे तर सीट क्षमता कति हो ठ्याक्कै थाह भएन । तर, अत्तरीयाबाट हामी १६ यात्रुहरु थियौं । तराईलाई वाईवाई गर्दै हाईस उकालो लाग्यो गोदावरीबाट । 
खानीडाँडाको खाना 
नौ वजे हिड्ने योजनाका साथ आएका यात्रुहरु पक्कै पनि भोकै थिए । खाना खानका लागि कैलालीको खानीडाँडामा पुगियो । जुन होटलमा खाना खान गाडी पार्क गरियो, त्यहाँ अर्को एक बस पनि थियो । “भात खानेलाई भात, रोटी खानेलाई रोटी, बस्नुहोस खाना तयार छ” साउनीले चर्कै स्वरमा सवै यात्रुहरु सुन्ने गरी         कराईन । यात्रुहरु पनि खान बसे । चिसो मौसम भएर होला अधिकांशले रोटी खान रुचाए । दाल तरकारी सहितको एक रोटी सवैलाई पस्कियो । थप रोटी माग्दा जवाफ आयो ‘रोटी त सकियो, भात खानुहोस् ।’ ग्रहाकले केही भन्न मुख खोल्न नपाउदै साहुनीले थपिहालिन् “तपाई एक जना मात्रै हो र खाना खाने ? तपाई जस्तो सयौंलाई खाना खुवाउनु पर्छ हामीले । अनि कति पुगोस् त रोटी !” उनी यसरी कड्किन सायद उनले निशुल्क खाना बाँड्दैछन् । बिचरा यात्रुहरु, कति भात थप्न वाध्य भए, कति पुरा पेट नखाएरै भागे । 
बुझ्दै जाँदा सवारी चालकहरुले होटेलबाट पनि भत्ता पाउने भएका कारण खाना खाने निश्चित ठाउँ वनाएका हुन्छन् । त्यसैले होटेलभित्रै गाडी घुसाउँछन्, स्टाफहरुका लागि मिठो मसिनो पाकेको हुन्छ र निशुल्क खान्छन् । त्यसकारण उनीहरुले यात्रुहरुको परवाह गर्दैनन् । तर यात्रुहरुले भने सधैं यस्तै नियति भोग्नु पर्छ । कयौं यात्रुहरु खाना खाँदैनन्, चिया चना खाएर हिड्छन् ।
सय रुपैयाँमा “रास्ता साफ”
खानीडाँडाको त्यो खानापछि करीव आधा घण्टाको यात्रा पार गरियो । सहजपुर वजार नपुग्दै ट्राफिक      प्रहरीको टोलीले हाइस रोक्यो । चालकले साईडमा रोके, हत्त न पत्त गाडीबाट उत्रिए । ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक भएतिर कुँदे । उनी एक सेकेण्ड पनि त्यहाँ रोकिएनन्, तुरुन्तै फर्केर आईहाले । चालकको सीटमा बस्दै गर्दा उने भने ‘यो छैन, त्यो छैन भनेर झुलाउँछन् त्यो भन्दा त पहिले नै एक सय रुपैयाँको नोट थमाईदियो हिड्यो ।’ उनी यसरी पैसा दिनु बाध्यता ठान्छन् । उनी थप्छन् ‘कहिले वेल्ट लाइनस् भन्छन्, कहिले यात्रु बढी भए भन्छन्, उनीहरुले खान खोज्छन् नभए हजार÷पन्द्र सयको चलान काट्छन् ।’ चलान काटे साहुँले पनि गाली गर्ने गरेको उनको भनाई छ । उनको सय रुपैयाँको नोट यति शक्तिशाली थियो कि ट्राफिक प्रहरीले उनको गाडीमा कति यात्रु छन्, कागजातहरु छन् कि छैनन् भनेर हेर्ने हिम्मत पनि गरेन । 
नौ जना यात्रु थपिए ।
धनगढीबाट डोटी आउदाको बाटो पनि रमाईलै छ । कैलालीबाट डोटी, डोटीबाट डडेल्धुरा र डडेल्धुराबाट डोटी । १६ जना हुँदा पनि हाईस खचाखच जस्तै थियो, कैलालीबाट डोटी प्रवेश गरेपछि जोरायल गाउँपालिका–२ छतिवनको मेलखोलाबाट फेरी ६ जना यात्रु थपिए । भित्रबाट यात्रुहरुले ठाउँ छैन भन्दाभन्दै पनि नयाँ यात्रुहरु गाडीमा उक्लिहाले । अनि धनगढीबाट आएका यात्रुहरुलाई गाडीको सहचालकले यता सर्न र उता सर्न भन्न थाल्यो । छुद्र भाषा, छुद्रै व्यवहार पद्रर्शन गर्न थाल्यो । यतिसम्म भयो कि सहचालकले यो सार्वजनिक यातायत हो, तपाईको नीजि सवारी साधन होईन, यसमा त दुःख गरेर जानु पर्छ भन्न थाल्यो । यात्रुहरु चुपचाप  रहे । 
‘यिनीहरुसंग मुख लाग्नु हुन्न, प्रहरीसंग मिलेका हुन्छन्, बोल्यो भने बाटोमै उतारेर जान वेर लाउँदैनन्’ अत्तरीयाबाट संगैको सीटमा यात्रा गरिरहेका एक व्यक्तिले भने ‘धेरै कचकच भयो भने गाडी फालिदिन पनि बेर लाउँदैनन्, आफु बाँचिहाल्छन्, मर्ने यात्रुहरु नै हो ।’ यि मित्रको सल्लाहले झसंग वनायो ।
अव हामी यात्रुको संख्या २२ पुगेको थियो । बुडर बजारमा रहेको टूाफिक पोष्टमा ईन्टूी त भयो तर गाडीमा कति जना यात्रुहरु छन्, गाडीको सीट क्षमता कति छ, कागजातहरु छन् कि छैनन्, चालकको अनुमति पत्र छ कि छैन भन्ने कुराको जाँच भएन् । 
अत्तरीयामा डडेल्धुरा बजारसम्म पु¥याउने बाचा गर्दै दुई जना यात्रुहरुलाई भित्र्याएको थियो सहचालकले । ति यात्रुहरु पनि सजिलै डडेल्धुरा पुग्ने आशमा थिए तर उनलाई अर्को गाडीमा बस्न लगाईयो । बिचरा, कोचाकोच गर्दै अर्को हाईसमा बसेर गए । उनीहरु गएसंगै दिपायलका लागि तीन जना थपिए । अव यात्रुहरुको संख्या २३ भयो ।
हासो लाग्दो ट्राफिक निरीक्षण
“हाईवे चेकिङ्ग छ, सिधै १५ सय काट्दैछन्, अगाडीको मान्छे झारिहाल्” डडेल्धुराको दह व्यारेक नजिक विपरित दिशाबाट गईरहेको गाडीका चालकले अ¥हाए । नभन्दै चालकले आफुसंगै बसेका एक व्यक्तिलाई पछाडी बस्न लाए, सिट वेल्ट कसे । पछाडी मुडामा बसेका व्यक्तिलाई मुडा खाली गरेर एकछिनका लागि सिटमै ‘एड्जस्ट’ गर्न भनियो । मुडा लुकाईयो । सायद मुडा नै ट्राफिक प्रहरीको सत्रु रहेछ । अव सुरु भयो    सुरक्षित यात्रा । 
नभन्दै ‘हाईवे चेकिङ्ग’ रहेछ । ट्राफिक प्रहरीको सिट्ठीसंगै हाईसको गति धिमा भयो । ढोका खुल्नासाथ एक ट्राफिक प्रहरीले भित्रपट्टि हेरे । उनले सायद मुडा खोजेका थिए होलान् तर भेटेनन् । पूर्ववत्झैं उनले पनि गाडीमा कति जना छन्, कति जनाको क्षमता हो, कसरी वसेका छन् भन्ने कुराको खोजी गरेनन् । ‘ल जा’ उनले ठाडो आदेश गरे चालकलाई, चालक हुईकियो । ‘बाटोमा चेकिङ्ग छ, मिलाएर आउनु’ मोडहरुमा एक हातले स्टेरिङ्ग काट्दै अर्को हातले फोन कानमा लाउँदै चालकले अन्य चार जना सहकर्मीलाई फोन गरे । विपरित दिशावाट आउने सवै गाडीहरुलाई पनि उनले हाईवे चेकिङ्गको सूचना दिए । “मामाहरु बसेका छन् बाटोमा, मिलाएर जाउँ” उनी सवैलाई भन्दै थिए ।  
प्रहरीले नै थपिदिए एक यात्रु 
२३ यात्रु त गाडीमा थिए नै, डडेल्धुराको स्याउले बजारबाट डोटीका लागि ओरालो लाग्ने क्रममा नेपाल प्रहरीका एक हवल्दारले गाडी रोके । उनले गाडीमा कति यात्रु छन् भन्ने कुराको वास्ता गरेनन् । लामा कपाल पालेका, एक हातमा गितार र अर्को हातमा झोला वोकेका एक व्यक्तिलाई गाडीतिर सार्दै ति हवल्दारले भने ‘उहाँलाई दिपायल पु¥याईदिनु ।’ सहचालकले गाडीमा ठाउँ नभएको कुरा भन्दा पनि उनले ‘मिलाएर लैजाउ न’ भन्ने जवाफ दिए । ति कलाकार रहेछन्, दिपायलमा शुक्रवारदेखि सुरु भएको प्रादेशिक महोत्सवका लागि जान लागेका । उनी त्यो होचो हाईसमा निहुरिएरै दिपायल पुगे । 
यो प्रतिनिधिमुलक यात्रा मात्रै हो । सुदूरका पहाडी जिल्लाहरुको यात्रा यस्तै हुन्छ । अधिकांश दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोकेको र तिव्र गति भएको भन्ने आउँछ तर पनि न क्षमताभन्दा बढी यात्रु बोक्न छोडिएको छ, तिव्र गति कम भएको छ । गति सिमित गर्नका लागि प्रयोग भएको ‘टाइम कार्ड’ को मुल्य पनि जम्माजम्मी पचास रुपैयाँ निर्धारण भएको रहेछ । अर्थात टूाफिक प्रहरीलाई पचास रुपैयाँ दियो भने सहजै टाइम कार्डको टाइम फेरिदो रहेछ । यात्रुहरुको वाध्यताको मजाक उडाउँदैछन् सवारी धनीहरु र चालकहरु । त्यसमा साथ दिँदैछ ट्राफिक प्रहरी । यस्तो असुरक्षित यात्राको पछाडीको कारण के हो ?  
पहिलो कुरा, यि ‘हाइस’ हरुको कति जना यात्रु बोक्ने क्षमता छ भन्ने कुराको खोजी हुनु जरुरी छ । भेडा बाख्रा ठेले जस्तै यात्रु ठेल्ने चालक र सहचालकलाई कारवाही हुने गरी कानुन वनाउनु पर्छ । 
दोश्रो, निरीक्षण गर्ने ट्राफिक प्रहरीको पनि निरीक्षण हुनु जरुरी छ । गाडीमा कति यात्रु छन् भन्ने कुरासम्म नहेरी सय रुपैयाँमा काम चलाउने प्रहरीले दुर्घटनाको जिम्मेवारी लिने कि नलिने ? जहाँ दुर्घटना हुन्छ, त्यो क्षेत्रको ट्राफिक ईकाईलाई दुर्घटनाको मुख्य दोषी मानिनु पर्छ यदि क्षमता भन्दा बढी यात्रु भएर र तिव्र गतिका कारण दुर्घटना भएको हो भने । 
तेश्रो, क्षमताभन्दा बढी भएका यात्रुहरुलाई उतार्न लाउनु पर्छ । जरिमानाको नाममा चलान काटेर यात्रुहरु बोक्न दिने हो भने उताबाट असुल भएकैछ भन्ने सोच्छ गाडीधनीले । यात्रुहरु उतार्ने, उनीहरुको टिकटको रकम फिर्ता गराउने र चालकलाई जरिमाना गर्ने गर्नु पर्छ । यसो गर्दा बाटोमै उत्रिनु पर्छ भनेर यात्रुहरु पनि चढ्दैनन् गाडीमा । चालकले पनि झमेलामा लाग्दैन । तर यस्तो गर्न गा¥हो छ, किनकी ‘सय रुपैयाँ’ को कुरा छ । 
चौथो, यात्रुहरुलाई पनि जरिमाना गर्ने व्यवस्था ल्याईनु जरुरी छ । सीट क्षमता अनुसार टिकट काटेका यात्रुहरुलाई गाडीमा राख्ने गाडीमा सीट नहुँदानहुँदै जवरजस्ती आएकाहरुलाई पनि कारवाहीको दायरामा ल्याउनु जरुरी छ । 
अन्यथा दुर्घटना हुँदै जाने, यात्रुहरु मर्दै जाने, अङ्गभङ्ग हुँदै जाने, सवारीधनी र ट्राफिक   प्रहरी मोटाउँदै जाने हुन्छ । आफन्त गुमाएकाहरुले सोक मनाउछन्, अङ्गभङ्ग भएकाहरु आफ्नै जीवनप्रति घृणा गर्ने तहमा पुग्छन् । यस्तो पीडाबाट मुक्त हुने बाटो सोच सरकार । 

लोकसेवा आयोगको तायारीका लागि उपयोगी 

१. नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ ? – ६ प्रतिशत
२. डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो ? – वि.सं. २०७२ भाद्र ४
३. नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ ?  – गेहेन्द्र शमशेर
४. दुई वा दुई भन्दा बढी तत्व बीच रसायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ ? –यौगिक
५. रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ ? –परमाणु
६. तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ ? –अणु
७. अमेरिकामा हालै आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन ?  – सुनिल थापा
८. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको संख्यालाई के भनिन्छ ?   –आवृत्ति
९. संयुक्त राष्ट्र संघको पहिलो अधिबेशन कहिले र कहाँ भयो ? 
–१० जनवरी १९४६ मा लण्डनको वेष्ट मिनिष्टरमा
१०. संयुक्त राष्ट्र संघलाई अर्को के नामले चिनिन्छ ?  – विश्व नगरसभा
११. दिनको १ महिना र १८ महिनाको १ बर्ष मान्ने देश कुन हो ?  — मेक्सिको
१२. ताइवानलाई कपुरको देश भनिन्छ भने सुन्दरिहरुको देश भनेर कुन देशलाई बुझाउछ ?
– भेनेजुएला
१३. पृथ्बीमा सबैभन्दा हलुको बस्तु के हो ?   –वायु
१४. भुमध्य रेखा कती डिग्री अंक्षाशमा रहेको मानिन्छ ? –० डिग्री
१५. पृथ्बीको ठीक आधा भागलाई के भनिन्छ ?   –गोलार्ध
१६. विश्वको सबैभन्दा ठुलो प्राकृतिक प्राकृतिक बन्दरगाह कुन हो ?  –सिड्नी
१७. कुस्ती खेल्ने ठाउँलाई एरेना, बेसबल खेल्ने ठाउँलाई डायमन भनिन्छ भने गल्फ खेल्ने ठाउँलाई के भनिन्छ ?   –लिन्क, ग्रीन
१८. मानिस असल गुणले उत्तम हुन्छ, न कि उच्च आसनमा बसेर महलको छानामा बस्दैमा काग गरुड बन्छ र ?   –चाणक्य
१९. हर्षपावरमा कती वाट हुन्छ ?  –७४६ वाट
२०. सुर्य पृथ्वीबाट कती टाढा रहेको छ ?   —१४ करोड ८८ लाख किलोमिटर
२१. मानिसको मृत्युट हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अंग कुन हो ?  –कान
२२. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ? –इन्फ्रा रेड रे
२३. ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?   –सन् १९२७
२४. शेक्सपियरको अन्तिम नाटक कुन हो ?  –द टेम्पेस्ट
२५. विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?  –जापान
२६. विश्वको सबभन्दा लामो देश कुन हो ?  – चिली
२७. प्रहरी र जेल नभएको देश कुन हो ?   –आइस्ल्यान्ड
२८. पृथ्वीको कुल परीधी कती छ ?   –४०,००० किलोमिटर
२९. अबिरल असफलताबाहेक अरु सबै कुरा सहन सकिन्छ ।  –गेटे
३०. तीन सय बर्ष पुरानो बर्फलाई के भनिन्छ ? –ब्लु आइस
३१. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?  – २०१२ चैत्र १८ गते
३२. १२ वण्डाल १८ खण्डालको जिल्ला कुन हो ?  — सुर्खेत 
३३. नेपालको सवैभन्दा अग्लो स्थानमा रहेको बस्ती कुन हो ? — छाकाभोट 
३४. पुरुष कर्मचारीले मात्र पाउने विदा कुन हो ?  — प्रशुती स्याहार बिदा 
३५. १००० को १०% कति हुन्छ ?  — १००
३६. ताप्केको लागि कुन ठाउँ प्रसिद्ध छ ? — बिरगञ्ज 
३७. राष्ट्रिय गान नभएको देश कुन हो ? — स्वीट्जरलेण्ड 
३८. टिम्वर कर्पोरेसन कुन मन्त्रालय अन्तरगत पर्दछ ? — बन तथा भू–संरक्षण 
३९. पर्वातारोहण कहिले देखि सुरु भएको हो ? — सन १९४९ 
४०. बरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन कहिले भयो ? — २०७० साल भाद्र २४ गते 
४१. दिक्षान्त समारोहका दिन बिद्यार्थीले लाउने चारकुने टोपीलाई के भनिन्छ ? — मोर्टवार्ड 
४२. युरोप महादेशमा कतिवटा भुपरिवेष्ठित देशहरु छन् ? — १८
४३. ःथ बिलम ःथ उभयउभि कसले लेखेका हुन ? — दलाई लामा 
४४. जिका भाईरस लाग्ने लामखुट्टेको प्रजाति कुन हो ? — एजिप्टाई 
४५. नेपालकी कुन चर्चित गायिकाको बास्तविक नाम डोलकुमारी कार्की हो ? — तारादेवी 
४६. ब्त्ः को पुरा अर्थ के हो ? ( बगतयmबतष्अ तभििभच mबअजष्लभ 
४७. सौर्य परिवारबाट यम ग्रहलाई हटाई कुन नयाँ नाम दिईयो ? — शिशुग्रह 
४८. तुलसीको बिवाह कुन दिन गरिन्छ ? — हरिवोदनी एकादशी 
४९. पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने शास्वत सत्य पत्ता लगाउने बैज्ञानिक को हुन ? 
— कोपर निकस 
५०. माईक्रो व्याक्टेरियम ट्यूवरक्लोसिस नामक भाईरसले कुन रोग लाग्छ ? — क्षयरोग

साहित्य/सिर्जना 

के साच्चिकै उ पागल थियो ?
एउटा पागल
यसरी बर्बराइरहेको थियो
हेर्दै जाउ
यस्तो समय आउनेछ
धर्ती चिरेर अग्निकुण्डबाट
सिता बाहिर निस्कनेछिन् 
रामहरुको पर्दाफास गर्न
यज्ञमा गरिने हवनकुण्डबाट
द्रौपदी जन्मिने छिन् 
नकाब ओढेका
दुस्शासन र दुर्योधनहरुको
चिरहरण गर्न
बाणीहरु भित्रबाट 
गार्गी प्रस्फुटित हुने छिन् 
पुरुषहरुको अहम्लाई 
चकनाचुर पार्न
धोकाहरुलाइ पछ्याउँदै 
बृन्दा पुग्नेछिन् 
कपटी बिष्णुहरुलाई
मात दिन
पत्थरहरु भित्रबाट
अहिल्या प्रकट हुनेछिन् 
गौतमहरुको श्रापलाइ नै
श्रापित पार्न
भजनहरुमा मिरा नाच्ने छिन् 
धर्मका नाममा पाखण्ड मच्चाउने
पण्डा र पुरोहितहरुबाट
भक्ती मार्ग जोगाउन
दर्पण बनेर 
आउँने छिन् गङ्गा
पापिहरुलाइ उसको
कुकर्म सङ्ग साक्षात्कार गाराउन
भुकम्पका पराकम्पन 
बनेर आउने छिन् धर्ती 
जताततै जरा गाडेर बसेका
सामन्तीहरुका जरा हल्लाउन
परिक्षाका प्रश्नहरुमा
उत्तर भएर खडा हुने छिन् अनुसुया
परीक्षा लिने
त्रिदेब ब्रम्हा, बिष्णु र महेशलाई 
उचित पाठहरु सिकाउन
प्रकृतिको रुप धारण गर्ने छिन् 
काली 
पन्चतत्वहरुलाई दुषित पार्न खोज्ने 
कालोमैलोहरुलाई हरण गरी 
स्वयं आफुभित्र समाहित गर्न
मेरो मगजले 
आफैलाइ प्रश्न ग¥यो
यसरी भबिस्यबाणी गर्ने
के साच्चिकै 
उ पागल थियो ??
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/११/१९ 
जोरायल गाउँपालिका–३, गडाखर्क, जोरालय डोटीमा रहेको यस श्री समैजी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. ३÷०७५÷०७६,  पद ः शिक्षक,    संख्या ः १ जना, तह ः प्रा.बि. तृतीय,    
किसिम ः राहात (खुला),  तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷१२÷०३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷१२÷०४ गते,  परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डहस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ । थप जानकारीका लागि ९७४९०३६९१२ मा सम्पर्क गर्न सकिनेछ ।

No comments:

Post a Comment