मुख्य समाचार
सुदुरपश्चिममा कसले कसलाई हराए
– दुई हस्ती जिते दुई हारे
– सुपमा कुन जिल्ला कुन दल हावी
सुदुरपश्चिमका दुई तराईका जिल्ला र सात पहाडी जिल्लाको प्रत्येक्ष तर्फको नतिजाले नेकपा एमाले र नेपाली कांग्रेसलाई बराबरी रुपमा विजयी गराएको छ । सुदुरपश्चिमका दुई हस्तीहरुले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा हार व्यर्होनु परेको छ भने दुई हस्तीले जित हात पार्न सफल भएका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाले सुदुरपश्चिमको कैलाली र गृहजिल्ला डडेल्धुरावाट जित हात पारेका छन् । देउवाले डडेल्धुरामा २३ हजार नौ सय २० मत ल्याई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२ हजार चार सय ९३ मत ल्याएका थिए । यस्तै देउवाले कैलाली ६ मा १६ हजार चार सय ८९ मत पाई बिजयी भएका छन । यस क्षेत्रमा उनलाई एमाले नेता महेश्वर पाठकले आठ हजार पाँच सय ६२ मतले पछ्याएका थिए ।
अर्का पूर्व प्रधानमन्त्री राप्रपाका नेता लोकेन्द्रवहादुर चन्दले बैतडीको दुवै क्षेत्रवाट पराजय भोगेका छन । चन्द क्षेत्र १ मा चौथो र २ मा पाँचौ स्थानमा छन । बैतडी क्षेत्र १ मा एमाले उम्मेदवार दामोदर भण्डारीले ११ हजार ६ सय ७२ मत ल्याई बिजयी भए । यहाँ चन्दको मत चार हजार पाँच सय दुई पुग्यो । त्यस्तै क्षेत्र २ मा चन्दले कांग्रेस उम्मेदवार नरवहादुर चन्दसंग हार खानु प¥यो । कांग्रेस उम्मेदवार चन्दले १२ हजार चार सय ६६ मत पाए । लोकेन्द्र चन्दले तीन हजार पाँच सय ३८ मत मा प्राप्त गरी पाँचौ भए । बिजयी भएका छन ।
सुपका अर्का प्रभावशाली नेता एमाले केन्द्रीय सदस्य भीम रावल गृहजिल्ला अछाम १ वाट १७७२४ मत पाई बिजयी भएका छन । उनलाई कांंग्रेसका मेघराज खड्काले १२ हजार नौ सय ६८ मतले पछ्याएका थिए । पूर्व गृहमन्त्री समेत रहेका रावललाई चुनाव हार्ने हल्ला फैलाईएको भएपनि उनले आप्mना प्रतिद्वन्द्वीलाई चार हजार वढी मतले पछाडी पारे ।
लामो समयको भुमिगत राजनीतिमा सक्रिय सुदुरपश्चिमका अर्का चर्चित व्यक्तित्व एमाओवादी केन्द्रीय सदस्य लेखराज भट्टलाई पनि यो चुनाव फापेन । ०६४ निर्वाचनमा कैलाली ५ वाटै जितेका भट्टलाई यस पटक त्यसै क्षेत्रले धोका दियो । भट्टलाई कांग्रेसका उम्मेदवार दिर्घराज भाटले पराजित गरे । भाटले १६ हजार तीन सय ४६ मत पु¥याउँदा भट्टले नौ हजार तीन सय ३४ मात्र पु¥याए ।
उता दार्चुलामा एमाले उम्मेदवार गणेश ठगुन्नाले कांग्रेस प्रवक्ता दिलेन्द्र वडुलाई पराजित गरे । ठगुन्नाले २० हजार चार सय ७० मत ल्यायी बिजयी भए । कांग्रेस प्रवक्ता बडुले १९ हजार दुई सय ३६ मत मात्र पाए । वाजुरा जिल्लामा एमाले केन्द्रीय सदस्य कर्ण थापाले वाजी मारेका छन । थापाले नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भिम रावलले आफ्नो गृहजिल्ला अछामबाट आफुलाई विजयी बनाउन सफल भएका छन् । सुदुरपश्चिमवासीले हस्तीका रुपमा लिएका अन्य नेता पूर्व प्रधानमन्त्री लोकेन्द्र वहादुर चन्द र नेकपा एकृकित नेकपा माओवादीका नेता तथा पुर्व मन्त्री लेखराज भट्टले भने हार व्यहोर्नु परेको छ । यसरी सुदुरपश्चिमका दुई हस्तीले अब संविधानसभामा प्रबेश गर्ने छन् भने दुई नेताहरु अर्को पालो कुरेर वस्नु पर्ने देखिन्छ ।
बझाङ्ग जिल्लामा रहेका दुई ओटै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ नेपाली काग्रेसका अर्जुन खत्रीलाई हराउदै नेकपा एमालेका मान प्रसाद खत्री क्षेत्र नं. १ वाट र नेपाली कांग्रेसका नरेस वहादुर सिँहलाई हराउदै नेकपा एमालेका लाल वहादुर रावलले जित हात पारेका छन् । बाजुरा जिल्लामा रहेको एक मात्र निर्वाचन क्षेत्रमा पहिलो संविधान सभाको निर्वाचन हार वोहोरेका नेकपा एमालेका नेता कर्ण थापाले यस पटक हात मारेका छन् । थापाले नेपाली काग्रेसका मन वहादुर रावतलाई हराएका छन् । थापाको मत २२ हजार चार सय ५८ र रावलको मत १८ हजार एक सय २५ रहेको छ ।
डोटी जिल्लामा एक क्षेत्रमा एमाले र अर्को क्षेत्र नेपाली काग्रेसको पोल्टोमा परेको छ । क्षेत्र १ मा कांग्रेस उम्मेदवार बिरवहादुर वलायरले १६ हजार नौ सय ९४ र मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका नारद मलासीले आठ हजार दुई सय ४७ मत पाए । त्यस्तै क्षेत्र २ मा एमाले उम्मेदवार प्रेमवहादुर आलेमगरले १२ हजार चार सय मत पाई बिजयी भएका छन । आलेका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार योगेन्द्र शाहीले १० हजार नौ सय १४ मत पाए ।
बझाङका दुवै सिटमा एमालेले कव्जा जमाएको छ । क्षेत्र १ मा पूर्व मन्त्री समेत रहेका कांग्रेसका अर्जुनजंगवहादुर सिंहलाई पराजति गर्दै एमाले उम्मेदवार मानप्रसाद खत्रीले वाजी मारे । खत्रीले ११ हजार पाँच सय ३० मत र सिंहले १० हजार सात सय आठ मत पाएका थिए । क्षेत्र २ मा एमाले उम्मेदवार लालवहादुर रावलले १० हजार पाँच सय ९४ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसकै नरेशवहादुर सिंहले १० हजार ९६ मत पाए ।
यस निर्वाचनमा सुपका पहाडी जिल्लाहरु एमालेका लागि उर्वरक देखिए भने तराईमा कांग्रेस छायो । कैलाली ६ क्षेत्रमध्ये कांग्रेसले दुई सिटमा वाजी मा¥यो भने कञ्चनपुरका चारवटै क्षेत्र कांग्रेसको कव्जामा प¥यो । कैलालीका वाँकी चार स्थानमध्ये मधेशी जनअधिकार फोरमले दुई, एमालेले एक र एमाओवादीले एक स्थान हात पारे । क्षेत्र १ मा फोरम लोकतान्त्रिकका जनक चौधरीले ११ हजार दुई सय ९४ मतले वाजी मारे । यस क्षेत्रमा कांग्रेसका रणवहादुर रावलले नौ हजार एक सय ४० मत पाई दोश्रो स्थान पाए । क्षेत्र २ मा एमालेका मोहनसिं राठौरले वाजी मारे । राठौरले ११ हजार नौ सय ३२ मत प्राप्त गरे भने कांग्रेसका कमल शाहले आठ हजार तीन सय ५७ मत पाई दोश्रो भए । ३ मा फोरम लोकतान्त्रिकका रामजनम चौधरी ११ हजार २७ मतले बिजयी भए भने कांग्रेसका नारायणदत्त मिश्र नौ हजार सात सय ४८ मतले दोश्रो भए । ४ एमाओवादीले वाजी मा¥यो । सुदुरपश्चिमका २१ स्थानमध्ये एमाओवादीलाई हात लागेको स्थान यो मात्रै हो । यस क्षेत्रवाट एमाओवादीका गौरीसंकर थारु १२ हजार ७७ मत पाई बिजयी भएका छन । उनलाई कांग्रेसका खेमनारायण चौधरीले आठ हजार ६ सय नौ मतले पछ्याएका थिए ।
कञ्चनपुर १ मा कांग्रेसका दिवान सिं बिष्टले १० हजार दुई सय ९४ मत पाई वाजी मारे । उनलाई एमालेका लालवहादुर बिकले ९ हजार दुई सय ३६ मतले पछ्याएका थिए । २ मा कांग्रेसकै एनपी साउँद बिजयी भएका छन । साउँदले १३ हजार चार सय १५ मत पाए भने एमालेका तारा लामा तामाङले नौ हजार ६ सय ७६ मत पाई दोश्रो भए । ३ मा एमाले चर्चित युवा नरवहादुर धामीले पनि हार व्यहोर्नु प¥यो । धामीलाई कांग्रेसका वहादुर सिं थापाले पराजित गरे । थापाले १२ हजार आठ सय ३६ र धामीले नौ हजार ६ सय ४३ मत पाए । क्षेत्र ४ मा कांग्रेसका रमेश लेखकले १४ हजार २३ मत पाई बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका मोहन गिरीले पाँच हजार चार सय ३७ मत प्राप्त गरे ।
यसरी हेर्दा सुपका २१ स्थानमध्ये एमाले नौ स्थानमा, कांग्रेस नौ स्थानमा, फोरम लोकतान्त्रिक दुई स्थानमा र एमाओवादी एक स्थानमा बिजयी भएका छन ।
सम्पादकीय
अव जनताको सेवा गर
संबिधानसभाको निर्वाचन सम्पन्न भएको एक हप्ता पुरा भएको छ । करीव–करीव धेरै स्थानमा दुवै तर्फको मतगणना पुरा भएको छ । प्रत्येक्ष तर्फको त सवै क्षेत्रको परीणाम पनि आईसकेको छ । संबिधानसभाको निर्वाचनमा अहोरात्र खटेर ईमानदारीका साथ निर्वाचन आयोगको स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउने उद्देश्यलाई पुरा गर्नु हुने कर्मचारीहरु र सुरक्षाकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ । निर्वाचन सम्पन्न भएको छ । यद्यपी थुप्रै संका र गुनासाहरु आएका छन, त्यो छुट्टै प्रसंग होला । को कति ईमानदार भयो र कसले कति वेईमानी ग¥यो भनेर नाप्ने त्यस्तो यन्त्र वनेको छैन तर यदि वेईमानी भएको हो भने वेईमानी गर्ने कर्मचारीहरु, राजनीतिक दलहरु, उम्मेदवारहरु, चुनावमा खट्नेहरु र खटिनेहरु सवै दोषी हुन । उनीहरुले आफुले आफुलाई माफ गर्न सक्ने छैनन् ।खैर, प्रसंग अर्कै हो । निर्वाचन सम्पन्न भईसकेपछि अव राष्ट्रसेवक कर्मचारीहरुले कोही जितेको खुशीमा दिँनहुँ भोज भतेर गरेर मात्ने र कोही हारेकोमा दिनहुँ दुः मनाउने तर सेवाग्राहीको काम समयमै नहुने अवस्था राख्नु हुँदैन । राजनीतिक आस्था सवैको हुन्छ र मानवअधिकारको बिश्वव्यापी मान्यता पनि कुनै दलप्रति आस्था राख्न पाउनु पर्छ, बिचारको सर्मथन गर्न पाउनु पर्छ, मतदान गर्न पाउनु पर्छ भन्ने हो । यस हिसावले हामीले कसले कसलाई कहाँ मतदान ग¥यौं भन्ने कुराको खासै अर्थ राख्दैन ।
तर, अव जनतालाई सेवा चाहिएको छ । निर्वाचनका कारण लामो सयमसम्म प्रवाह हुन नसकेको सेवा अव जनताले माग्दैछन तर पनि कर्मचारीहरु अझैं दुःख मनाउ र भोज भतेरमै व्यस्त छन । यसले गर्दा जनताले दुःख पाईरहेका छन । निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा हामीले खेल्नु पर्ने भुमिका पनि पुरा भएको छ । अव हामीले आप्mनो कार्यालयमा आफ्नो फाँटको कुर्चीमा जनताको काम गर्नु पर्छ, जसका लागि हामीले राज्यको ढुकुटीवाट तलव खाएका छौं । होईन फेरी पनि राजनीतिकै वहसमा सहभागि हुने, भोज भतेरमै सहभागि हुने वा दुःख मनाउनै गरिराख्ने हो भने आफुसंग जोडिएको कर्मचारीको विल्ला उतारेर सडकमा आउन र खुल्याम राजनीति गर्न सवैलाई छुट छ । जनताले तिरेको तिरोवाट तलव खाने गरी कुर्ची पनि समाति राख्ने अनि पूर्णकालीन राजनीतिक कार्यकर्ता भन्दा एक बित्ता माथी उठेर राजनीति गर्ने, फाँटमै नभेटिने हो भने यो पक्कै पनि राम्रो कुरा होईन ।
सम्वन्धित सरोकारवाला निकायहरुले पनि अव ध्यान दिनु जरुरी छ । कर्मचारीहरुले पनि ध्यान दिनु जरुरी छ । हिजो केही समयका लागि हामीलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी प्राप्त भएको थियो । हामीले निर्वाचन सम्पन्न गर्ने काम पुरा ग¥यौं । हामी सफल पनि भयौं तर अव हाम्रो जिम्मेवारी जनतालाई सेवा प्रदान गर्ने हो ।
नियमित दैनिक काम गर्ने हो । सडकमा वसेर, पेटीमा बसेर, चोकमा वसेर, होटेलमा बसेर “म जिते, मेरो पार्टी जित्यो” भनेर धाक लगाउने वा “म हारे, मेरो पार्टी हा¥यो” भनेर रुवाबासी गर्नु पर्ने कुनै कारण छैन । गाउँ गाउँवाट हजारौं रुपयाँ खर्च गरी जिल्ला सदरमुकाम पुगेको जनतालाई सेवा प्रदान गर्ने जिम्मे लिएकाहरुले अव जनताको कामलाई प्राथमिकता दिनु पर्ने हुन्छ ।
थप समाचार
जनताको पालो सकियो अब नेताको
हामीले भोट दियौं अब शान्ति र संविधान नेताहरुले दिनु पर्छ । एक डोटेली युवाले भने ।संविधानसभाको निर्वाचन सम्पन्न भएपछि सडक चोक गल्लीहरुमा कसको नेतृत्वमा सरकार बन्ने, संविधान बन्छ कि बन्दैन भन्ने विषयमा एक अर्काका कुराकारी गरिरहदा कोही संविधान बन्ने मा विश्वस्त छन् भने कोही संविधान नै नबन्ने हो की भन्ने पिर देखाई रहेका छन् ।
“संविधानसभाको निर्वाचन राम्रोसंग भएको छ । माओबादीले धाँधली भएको भन्नु बेकार हो । २०६४ मा सम्पन्न भएको संविधानसभाको निर्वाचनमा के एमाले र काग्रेसले खुम्चनु पर्ने थियो र ? तर नेपाली जनताले दिएको मतमा विश्वास गर्नु पर्छ । त्यसैले नेपाली जनताले दिएको मतको सम्मन गर्नु पर्छ । सबैलाई मिल्न आग्रह नै गरेका हुन् नेपाली जनताले ।” दिपायल सिलगढी नगरपालिका–४ का हेम केशीले भने । केशीलाई विश्वास छ अब सरकार नेपाली कांग्रेस वा नेकपा एमालेकोनै नेतृत्वमा बन्छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार पनि धेरै मत खसेको छ यस पटकको निर्वाचनमा शान्तिपुर्णनै भयो चुनाब । सरकार जसको नेतृत्वमा बने पनि सबैले मिलेर नै सरकार र संविधान ल्याउनु पर्छ भन्छन् शिक्षण पेशामा रहेका सुरेन्द्र केशी ।
नेकपा–माओवादीको चुनाव बहिष्कार आन्दोलन भएको भएपनि चुनाव सफल र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताहरुले सबै दललाई मिलेर अघाडी बढ्न म्याण्डेड दिएका छन् । अब सरकार कसको नेतृत्वमा बन्ने, कसरी बन्ने भन्ने विषयमा जनताले चर्चा गर्नु अनौठो कुरा होईन नेपाली जनताले दल र नेतालाई आफ्नो मत दिएका छन् अब नेपाली जनतालाई शान्ति र संविधान दिनु नेता र दलहरुको काम हो । अब पनि कुर्ची र सत्ताका लागी नेताहरु किचलो गर्न थाले मुलुकका लागी नै दुर्भाग्य सावित हुन्छ । अब एक वर्षभित्र नै सबैको चाहना अनुरुपको संविधान जारी गर्नु जरुरी छ ।
डोटीमा समानुपातिक मत गणना सकिया,े कांग्रेस अगाडी
मंसिर ४ गते सम्पन्न भएको अर्को संविधानसभाको निर्वाचनको समानुपातिक तर्फको मत गणना डोटीमा सम्पन्न भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार डोटीमा नेपाली कांग्रेस अगाडी रहेको छ ।दुई निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका विरवहादुर बलायर र क्षेत्र नं.२ मा नेकपा एमालेका प्रेम वहादुर आलेमगर विजयी भएका थिए । समानुपातिक तर्फ नेपाली काग्रेसले क्षेत्र नं. १ मा १७ हजार ८१ र नेकपा एमाले आठ हजार तिन सय ५६ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. २ मा नेकपा एमालेले ११ हजार दुई सय ४८ र नेपाली काग्रेसले १० हजार नौ सय ५४ मत प्राप्त गरेका छन् । एनेकपा माओवादीले क्षेत्र नं.१ मा चार हजार ५४ र क्षेत्र नं.२ मा तिन हजार नौ सय १४ मत प्राप्त रहेको छ । डोटीमा समानुपातिक तर्फ नेपाली काग्रेसले कुल २८ हजार ३५ मत प्राप्त गरि पहिलो दल, नेकपा एमालेले कुल १९ हजार छ सय चार मत प्राप्त गरि दोस्रो र कुल सात हजार नौ सय ६८ मत प्राप्त गरि एमाओवादी तेस्रो दल बनेका छन् । डोटीको दुबै निर्वाचन क्षेत्रबाट १–१ मत प्राप्त गर्ने दलको रुपमा तराई पहाड हिमाल समाज पार्टी रहेको छ भने गरीब जन विकास पार्टीले क्षेत्र नं. १ वाट मात्र एक मत प्राप्त गरि डोटीको सवै भन्दा सानो दलको बनेको छ । क्षेत्र नं. १ र २ मध्ये क्षेत्र नं. २ मा मत प्राप्त नगर्ने एक मात्र पार्टी गरीब जनविकास पार्टी रहेको छ भने एक सय २२ दलले डोटी जिल्लावाट मत प्राप्त गरेका छन् ।
समानुपातिक तर्फ खुबै चर्चामा रहेको राष्ट्रिय प्रजातन्त्र नेपालको गाई चिन्हले डोटीमा पनि चर्चा पाएको भएपनि उसको मत संख्या कुल एक हजार दुई सय आठ मत मात्र प्राप्त गरेको छ । डोटीको दुबै निर्वाचन क्षेत्रमा बराबर मत पाउने दलहरुमा जनयुनिटी कोप्रेसन पार्टी नेपाल ४–४ मत, जनमोर्चा नेपाल २–२ मत, नेपाल सदभावाना पार्टी (राजेन्द्रवादी) ५–५ मत, युवा शक्ति नेपाल पार्टी ६–६ मत, संघीय समाजवादी पार्टी नेपाल २–२ मत, र तराई पहाड हिमाल नेपालले १–१ मत प्राप्त गरेका छन् । डोटी जिल्लामा अस्तित्वमा नै नरहेका दलहरुले पनि मत प्राप्त गर्नुलाई यहाँका विश्लेषकहरु जनतामा मतदाता शिक्षाको कमी रहेको बताउँछन् ।
झा आफै भन्छन “म अभागी रहेछु”
उपयुक्त जिम्मेवारी नपाएको भन्दै नेकपा एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका मधेशी नेता रामचन्द्र झाले चुनावको परिणामपछि आफु अभागी भएको वताएका छन ।एमाओवादी केन्द्रीय कार्यालय पेरिषडाँडामा जारी पार्टी केन्द्रीय कमिटीको वैठकमा मंगलवार नेता झाले सो कुरा वताएका हुन । “म त सा¥है अभागी पो रहेछु, एमाले हुँदा चुनाव जितेको थिएँ, एमाओवादी भएपछि हारेँ” ठठ्टा र पिडा संगै वोध हुने गरी झाले बैठकमै उक्त कुरा व्यक्त गरे ।
२०६४ सालको संबिधानसभा निर्वाचनमा नेता झा धुनषा क्षेत्र १ वाट एमालेका उम्मेदवार भई बिजयी समेत भएका थिए । एमाले छोडी एमाओवादीमा प्रवेश गरेको पनि झालाई धेरे समय भएको छैन । २०६४ विर्नाचनमा एमाओवादी ठुलो शक्ति भएकोले यस चुनावमा पनि एमाओवादीनै ठुलो शक्ति हुने ठानेर एमाओवादीनै रोजेका झा ०६४ आफैले जितेको क्षेत्रमा यस पटक तेश्रो स्थानमा झरे । एमालेमै रहेको भए झाको जित्ने सम्भावना हुने धनुषावासीहरुको भनाई छ ।
झासंगै एमाओवादीमा प्रवेश गर्ने एमाले नेतृ तथा पूर्वमन्त्री उर्मिला अर्याल पनि पर्सा क्षेत्र ५ मा तश्रो स्थान ल्यार पराजित भईन । झा र अर्यालले आफुहरुले एमाले परित्याग गरेपछि एमाले मधेशमा पतन हुने दावी गरेका थिए ।
एमाओवादीमा प्रवेश गरेलगत्तै धनुषा १ वाट टिकट पाएका झाबिरुद्ध एमाओवादीका अर्का केन्द्रीय नेता जोगकुमार बरबरिया (श्रवण यादव) ले बिद्रोही उम्मेदवारी दिएका थिए । यादवको मत झाको मत भन्दा वढी थियो । एमालेमै रहँदा झाले २०६४ सालमा १२ हजार एक सय ८३ मत ल्याई बिजयी भएका थिए भने यस पटक उनले पाँच हजार तीन सय १० मत प्राप्त गरेका थिए ।
ÊÊÊÊ
नेता भेट्ने दौडमा राजदुतहरु
संबिधानसभाको निर्वाचनवाट आएको नयाँ परिणामसंगै बिभिन्न मुलुकका राजदुतहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन ।मंगलवारमात्रै भारत, चिन र अमेरिका लगायतका देशका राजदुतहरुले शिर्ष नेताहरुसंग भेटघाट गरेका छन । भेटघाटका क्रममा अमेरिकी राजदुत पिटर डव्लु वोडीले कांग्रेसका सभापति सुशील कोईराला र एमाओवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा.वावुराम भट्टराईसंग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनपछिको राजनीतिक अवस्थाको वारेमा छलफल गरेका छन ।
कांग्रेस सभापति कोईराला नजिकको स्रोत अनुसार वोडीले निर्वाचित भएकोमा बधाई दिँदै राजनीतिक स्थिरताका लागि चाँडो संबिधान निर्माण कार्य अगाडी वढाउन सुझा दिएका छन । सो अवसरमा संबिधानसभाको निर्वाचन सम्पन्न गर्न अन्तराष्ट्रिय समुदायको ठुलो भुमिका रहेको भन्दै कोईरालाले आभार समेत व्यक्त गरेका थिए । “हामी मिलेरै अघि वढ्छौं” कोईरालाको भनाई उद्धत गर्दै एक स्रोतले भन्यो “संबिधानसभामा पनि सहमति, सहकार्य र एकताकै साथ अघि बढ्नेछौं, सहमतिकै सरकार वनाउन प्रयास गर्नेछौं ।”
भट्टराईसंगको भेटमा पनि राजदुत वोडीले अन्तराष्ट्रिय समुदायले नेपाली राजनीति सहमतिका साथ अघि वढोस भन्ने चाहेको वताए । भट्टराईका स्वकीय सचिव बिश्वदीप पाण्डेका अनुसार भट्टराईले आफ्नो पार्टी शान्ति प्रक्रिया र संबिधान निर्माण प्रक्रियामै रहने आश्वासन दिएका थिए । भट्टराईले राजनीतिक प्रक्रिय सहमतिको सिद्धान्त अनुसार अगाडी वढ्नु पर्ने वताउँदै निर्वाचनवारे बिभिन्न ठाउँमा जुन प्रश्नहरु उठेका छन, त्यसको छानविन हुनुपर्ने वताए ।
अमेरिकी दुतावासले भने नेताहरुसंगको भेटघाटवारे प्रतिक्रिया दिन चाहेन । “नीजि भेटघाट भएकाले हामीले प्रतिक्रिया दिन मिल्दैन, दुतावासका एक अधिकारीले भने ।
यसैगरी चिनियाँ राजदुत ऊ चुन्ताईले कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसंग भेटी समसामयिक बिषयमा छलफल गरे । मंगलवारनै भारत र चीनका राजदुतले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटे ।
भारतीय राजदुत रन्जित रेले खनाललाई संबिधानसभा निर्वाचनमा बिजय प्राप्त गरेकोमा बधाई दिँदै नेपालको शान्ति संबिधान निर्माण र आर्थिक बिकासको दिशामा सफलता प्राप्तीको शुभकामना पनि दिएको खनालका नीजि सचिव रामवावु अधिकारीले वताए । भावी दिनमा नेपाल–भारतबीचको सम्वन्धले थप प्रगाढ हुने बिश्वास पनि रेले व्यक्त गरे ।
चिनियाँ राजदुत चुन्ताईले संबिधन निर्माणपछि शान्ति र स्थिरतामार्फत नेपालले आर्थिक बिकासको मार्गमा अघि बढ्ने छ भन्ने बिश्वास लिएको वताए । सो अवसरमा एमाले अध्यक्ष खनालले निर्धारित समयभित्रै संबिधान निर्माण हुनेमा आफु बिश्वस्त रहेको वताएका थिए । नयाँ संबिधान निर्माणपछि आर्थिक रुपान्तरणमा मुलुक प्रवेश गर्नेमा जोड दिँदै उनले त्यसका लागि आगामी दिनमा भारत र चिनवाट थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
बैतडीमा एमाले र काँग्रेस उम्मेदवारले जिते
बैतडीको दुई ओटा क्षेत्रमा एमाले र काँग्रेसका उम्मेदवार विजयी भएका छन । क्षेत्र नम्वर १ मा एमाले उम्मेदवार दामोदर भण्डारी विजयी भएका हुन भने क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका नरवहादुर चन्दले जित हात पारेका छन ।क्षेत्र १ मा भण्डारीले काँग्रेस उम्मेदवार लोकराज अवस्थीलाई पछि पार्दै जितेका छन । क्षेत्र २ मा कांग्रेसका उम्मेदवार नरबहादुर चन्दले एमाले उम्मेदवार महादेव भट्टलाई पछि पार्दै बिजय हासिल गरेका छन ।
क्षेत्र १ मा कांग्रेस प्रत्यासी लोकराज अवस्थीलाई नौं सय ९२ मतले हराउदै एमाले उम्मेदवार दामोदर भण्डारी विजयी भएका छन । भण्डारीले ११ हजार ६ सय ७२ मत ल्याएका थिए भने अवस्थीले १० हजार ६ सय ८० मत ल्याएका थिए । एकिकृत माओवादीका नरेन्द्रबहादुर कुँवर आठ हजार चार सय ८० मत ल्याएर तेस्रो स्थानमा रहेका छन ।
यस अघिको चुनावमा एकिकृत माओवादी उम्मेदवार कुँवर २७ हजार एक सय ३० मत लिएर जितेका थिए । ०६४ को संविधानसभाको निर्वाचनमा भण्डारीले नौ हजार ५९ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । त्यतिवेला कांग्रेसका तर्फवाट उम्मेदवार वनेका नरेन्द्रबहादुर बमले पाँच हजार एक सय ३० मत ल्याएर तेस्रो स्थानमा थिए । ०४७ सालको प्रजातन्त्र स्थापनापछि पहिलो पटक एमालेले बैतडीमा जीत हात पारेको हो । यस अघिका निर्वाचनमा पटकपटक निकटतम प्रतिस्प्रधामा आउने गरेको एमालेको जितले एमाले वृतमै खुशियाली छाएको छ ।
२०५३ को उपनिर्वाचनमा एमालेका उम्मेदवार परमानन्द भट्टले सात सय भन्दा कम मतले पराजय भोगेका थिए भने ०५६ को आम निर्वाचनमा एक हजार मत र ०६४ को निर्वाचनमा निकटतम प्रतिस्प्रधामा एमालेका भण्डारी नै थिए ।
बैतडीको क्षेत्र २ बाट नेपाली कांग्रेसका नरबहादुर चन्द ले १२ हजार चार सय ६६ मत लिइ विजयी भएका छन । उनका प्रतिद्धन्दीको रुपमा एमालेका महादेव भट्टले ६ हजार चार सय ८६ मत लिएका थिए । एकिकृत माओवादीका रेनु चन्दले पाँच हजार चार सय चार मत ल्याई तेस्रो स्थानमा रहेकी छन । गत संविधानसभाको चुनावमा तेब्वर मतले जितेकी रेणु चन्द यस पटक भने तेस्रो स्थानमा रहेकी छन । चन्दले गत चुनावमा २० हजार २१ मत ल्याएकी थिइन भने कांग्रेसका विनयध्वज चन्दले ६ हजार तीन सय ६६ मत ल्याएका थिए एमालेका माया भट्ट पाँच हजार ६ सय ४६ मत ल्याएर तेस्रो स्थानमा रहेकी थिइन ।
दुवै क्षेत्रमा राप्रपाको तर्फबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने दुवै क्षेत्रबाट थोरै मत पाएका छन । उनले क्षेत्र १ बाट चार हजार पाँच सय दुई मत पाएर चौथौ नम्वरमा आएका छन भने र २ बाट तीन हजार पाँच सय ३८ मत ल्याएर पाचौमा आएका छन ।
यस अघि संविधानसभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री चन्द समानुपातिकमा सभासद भएका थिए भने ०५६ को आम निर्वाचनमा उनलाई नेपाली काग्रेसले पराजित गरेको थियो । ०४७ साल पछि ०५१ को आम निर्वाचनमा वैतडीका दुईटै सिटवाट जित्न सफल चन्द पञ्चायतकाल तथा प्रजातन्त्रिक कालमा गरी चार पटक प्रधानमन्त्री भइसकेका छन । यसपटक उनले कार्यकर्ताको दवावमा वैतडीका दुईटै निर्वाचन क्षेत्रवाट उम्मेदवारी दिएपनि सवैभन्दा पछाडी परेका छन ।
बदर मत संख्या वढ्यो
मतदाता शिक्षा भरपर्दो नहुँदा बैतडीमा गत संविधानसभाको भन्दा दोब्वर मत संख्या बदर रहेको छ । प्रत्यक्ष तर्फ सात हजार एक सय १६ मत बदर भएका छन । गत संविधानसभाको निर्वाचनमा चार हजार आठ सय २६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो पटकको चुनावमा क्षेत्र १ मा तीन हजार सात सय १५ र क्षेत्र २ मा तीन हजार चार सय १ मत बदर खसेका हुन ।
०६४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा २ हजार १सय ८२ मत अर्थात ४.४२ प्रतिशत मत बदर भएको थियो भने यस पटक ९ प्रतिशत मत बदर भएको छ । त्यस्तै क्षेत्र २ मा दुई हजार ६ सय ४४ अर्थात ५.८ प्रतिशत मत बदर खसेको थियो भने यस पटक ९ प्रतिशत मत बदर भएको छ ।
बदर मत बढी खस्नुमा मतदाता शिक्षाको कमी रहेको स्थानीय बताउछन । अधिकांश बदर मतपत्रमा औठाले छाप लगाएको भेटिएको छ भने एउटै मतपत्रमा एकभन्दा बढी चिन्हमा छाप लगाएको भेटिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।
जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न एक सय २१ जना मतदाता शिक्षा स्वयंमसेवक, ७५ जना मतदाता शिक्षा कार्यकर्ता र गत चुनावमा बदर मत बढी खसेका क्षेत्रलाई लक्षित गरी थप आठ जना विशेष मतदाता शिक्षा कार्यकर्ता खटाएपनि बदर मतको संख्या घटन सकेको छैन ।
मतदाता शिक्षाको लागि खटाइएका कार्यकर्ताले गाउमा गएर मतदाता शिक्षा नदिएकोले बदरमतको संख्या बढेको कटौजपानीका प्रताप महरा बताउछन । उनले भने प्रत्येक मतदाताको घर घरमा पुगेर मतदान गर्ने तरिका सिकाउनुपर्ने हो तर धेरै ठाउमा गाउमा समेत गएनन् ।
कांगेसले कुट्यो कार्यकर्ता
संविधान सभा निर्वाचन २०७० मा अन्तरघात गरेको भन्दै तपेन्द्र बहादुर कुँवरले कर्ण कुवरलाई कुटपिट गरेका छन् ।नेपाली काग्रेसको कैलालीको टिकापुरमा रहेको पार्टि कार्यालय नजिकै आईतवार विहान तपेन्द्रले कर्णलाई कुटपिट गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक भेषराज श्रेष्ठले बताए । उनको अनुसार कर्णको नाक र मुखमा चोट लागेको र टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगंज पठाईएको छ ।
नेपाली काग्रेसका तर्फबाट उम्मेदवार रहेका रणबहादुर राबल लाई हराउन काग्रेसकै क्षेत्रिय अध्यक्ष धिजराज रेग्मी सहितका नेताहरु लागेको आरोप लगाउदै काग्रेसका केही युवाले पार्टी कार्यालयमा शनिबार तालाबन्दी गरेका थिए । कुटपिट गर्ने तपेन्द्र फरार रहेका प्रहरीले जनाएको छ ।
को–को रहे पाँच सय भन्दा तल
मंसिर चार गते सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचन डोटी जिल्लामा प्रत्यक्ष तर्फ पाच सय भन्दा कम मत ल्याउने उम्मेदवारहरुको संख्या दश रहेको छ ।नियम अनुसार कुल खसेको सदरमतको दश प्रतिशत हुुने मत प्राप्त नगर्ने उम्मेदवारको धरौटी जफत हुन्छ । पाँच सय भन्दा कम मत ल्याउने उम्मेदवारहरु डोटी क्षेत्र नं. १ मा सात जना र क्षेत्र नं. २ मा तिन उम्मेदवार रहेका छन् ।
क्षेत्र नं. १ मा सबै भन्दा कम मत ल्याउनेमा स्वतन्त्र उम्मेदवार लोक वहादुर खड्का चुनाव चिन्ह तिलहरी ४० मत ल्याएका छन् भने पाँच सय भन्दा कम मत ल्याउने मध्यमा सबै भन्दा बढी मत ल्याउने उम्मेदवार राप्रप नेपालका लाल वहादुर खड्का चुनाव चिन्ह गाईले तिन सय २४ मत प्राप्त गरेका छन् । चुवाब भन्दा अगाडी गाईले चार हजार भन्दा बढी मत ल्याउने स्थानिय विश्लेषकहरुले अनुमान गरेका थिए । दोस्रो मा जनमोर्चा नेपालका नरेश आले गिलासले दुुई सय २७ मत प्राप्त गरेको छ । तेस्रोमा यज्ञराज भट्ट गोलाकार भित्र छाताले एक सय ६४ मत, चौथो समाजवादी जनता दलका सन्तोष महत चन्द्रमाले एक सय ४० मत, अखण्ड नेपाल पार्टीका भिमसेन माझी ध्वजाले एक सय २५ मत र डाँफे चुनाब चिन्ह रहेको राष्टिय यर्थाथ पार्टीका धन वहादुर विष्टले ४९ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नं. २ मा संघिय समाजवादी मान वहादुर थापा मगर छाताले एक सय ५७ मत प्राप्त गरेका छन् भने यो मत क्षेत्र नं. २ मा सबै भन्दा कम मत हो । राष्टिय प्रजातन्त्र पार्टीका लाल वहादुर कठायत हलोले चार सय ४४ मत र राष्टिय प्रजातन्त्र पार्टी नेपालका थीर वहादुर मलासी गाई चिन्हले तिन सय १८ मत प्राप्त गरेका छन् ।
विद्यालयलाई जग्गा दान
डोटीको जिजौडामाण्डौ गाविसको ज्ञानज्योति प्राथमिक विद्यालयलाई स्थानिय दुुर्गा प्रसाद रोस्याराले एक लाख २६ हजार मुल्य बराबरको जग्गा दान गर्नु भएको छ ।जिजौडामाण्डौ गाविस वडा नंम्वर २ का रोस्याराले विद्यालयको भौतीक विकासका लागी एक रोपनी आठ आना जग्गा दान गर्नु भएको हो । २०५० साल देखी नै विद्यालयले भोग चलन गर्दै आएको भएपनि सोमबारबाट विद्यालयको नाममा नै हस्तान्तरण गरिएको हो ।
सरकारी सेवाबाट निवृत रहनु भएका रोस्याराले ग्रामिण क्षेत्रमा रहेको विद्यालयलाई भौतिक निर्माण कार्य सहज होस् भन्ने हेतुले जग्गा हस्तान्तरण गरिएको बताए । जग्गा विद्यालयको स्वामित्वमा आएपछि विद्यालयलाई सहज भएको विद्यालयका प्रधानाध्यापक दशरथ पनेरुले जानकारी दिनुभयो ।
चलचित्र÷मनोरञ्जन
लगानी गरेर अभिनय गर्नेहरुको बिजोगचलचत्रिमा अभिनय गर्नका लागि धेरै युवा युवतिहरुले सपना वोकेका हुन्छन तर त्यो कार्य त्यति सजिलो भने छैन ।
चलचित्रमा प्रवेश गर्नका लागि निर्माता÷निर्देशकको नजिक हुनुपर्छ र अभिनेता÷अभिनेतृ हुन लगानी लगाउनु पर्ने हुन्छ, यस क्षेत्रका केही मानिसहरुको बुझाई रहेको छ । अभिनेता सिमान्त उदास अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् । तर उनी लागनी गरेर चलचित्रको अभिनेता भए । उनी लगानी गरेर पनि यस क्षेत्रमा चल्न सकेनन् । त्यस्तै चलचित्र “सोल्टिनी” मा लोकेन्द्र कार्की अभिनेता भए । “सोल्टीनी” पछि “शासन” चलचित्र निर्माण गरेका लोकेन्द्र चलचित्र निर्माणमा समेत व्याक हुन सकेका छैनन ।
वर्तमान नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का आप्mनो लगानी रहेका चलचित्रमा आफै नायक वन्ने गर्दछन । आफ्नै लगानीका “आवाज”, “दशगजा” र निर्माण भईरहेको “भिमदत्त” का मुख्य कलाकार नवल आफै हुन । निर्देशक आकाश पनि आफुले निर्माण गरेका चलचित्रमा आफै नायक वन्ने गर्दछन । आकाशले निर्माण तगा निर्देशन गरेका “पन्छी”, क्रोध”, “काठमाण्डौं” जस्ता चलचित्रमा उनी नै नायक हुन ।
त्यस्तै “गोरखा रक्षक” चलचित्रवाट सन्नी वि आफै लागनी गरेर नायक वने । “गोरखा रक्षक” त चलेन नै सन्नी पनि चलेनन् । अभिनेता बिरेन श्रेष्ठ पनि लागनीकर्ता हुन । उनले “मिस्टर मंगले” र “मनले मनलाई छुन्छ” चलचित्र निर्माण गरे । जुन चलचित्रका मुख्य नायक उनी आफै हुन । “बुद्ध वर्न ईन नेपाल” चलचित्र निर्माणमा व्यक्त अभिनेता रमित ढुङ्गाना आफ्नै लगानी रहेको “माया नमार” चलचित्रवाट रजपलटमा भित्रिएका हुन । एक समय राम्रै चलेका रमित केही समय अमेरिकाको वसाईपछि फेरी चलचित्र निर्माणमा व्यक्त छन ।
यसै वर्ष प्रदर्शनमा आएको “वाउन्सर” चलचित्रमा प्रशान्त गिरी लगानी गरेर हिरो भए । “वाउन्सर” ले प्रशान्तको नायक हुने रहर मात्रै मेटायो तर उपलव्धी केही हुन सकेन । निर्माता रोज राणाले पनि नायक हुने रहर आफ्नै चलचित्रमा पुरा गरे । रोज आफ्नै लगानी रहेको “म छु नि तिम्रो” चलचित्रका हिरो हुन । सुरज आरडी र सुधांसु जोशी पनि आफ्नो लगानीमा आफै हिरो भएका कलाकार हनु । सुरज ले “बिन्ती पत्र” र “माई लाईफ” तथा सुधांशुले “नेपाल” चलचित्रमा लगानी गरेका थिए ।
अश्लिल चलचित्र निर्माण पर्ने आरोप खेपेका दिनेश थापा र जिके शर्माले पनि चलचित्रमा लगानी गरेर नायक वन्ने रहर पुरा गरे । पछिल्लो समयमा चलचित्र बितरणमा पनि हात हालेका गोबिन्द शाही लगानी गरेरै नायक वनेका हुन । “कहाँ छौ कहाँ”, “संसार आफ्नै” र “पराई” मा लगानी गरेर गोबिन्दले नायक हुने रहर मेटे । चलचित्र “वाटोमुनीको फुल” मा लगानी गरेर गायक यश कुमार नायक भए । यो चलचित्रवाट उनले नव अभिनेताको अवार्ड समेत उचाले । “विर” र “आधी वाटो” मा यश कुमार बिना लगानीका नायक भएका छन ।
नायक मात्रै होईन लगानी गरेर नायिका वन्नेहरुको पनि लामै सूची रहेको छ । नायिका हुने रहर पुरा गर्न जेनी कुँवरले “हलचल” नामक चलचित्र निर्माण गरिन । हलचलले व्यापारमा कुनै हलचल ल्याउन सकेन । जेनी पनि नायिकाको रुपमा चलचित्र दुनियाँमा खपिनन् । उमा बेवीले पनि आफ्नै लागि चलचित्र वनाईन । सिक्किमेली उमाले आफ्नै लगानीमा “ईशारा” नामक चलत्रि निर्माण गरिन । उमाको ईशारालाई दर्शकले मतलव गरेनन्, निर्माताले उमालाई पत्याएनन् ।
केही समय अघि मात्रै “मेरो मनको साथी” नामक चलचित्र प्रदर्शनमा आएको थियो । जस्को मुख्य नायिका जस्मिना श्रेष्ठ थिईन । सो चलचित्र जस्मिनकै लागि निर्माण गरेको वताईन्छ । नेपाली चलचित्र क्षेत्रमा लगानी गरेर नायक बन्ने भन्दा पनि नायक भएर लगानी गर्नेको वाहुल्यता छ । अभिनेता सरोज खनाल, राजेश हमाल, उत्तम प्रधान, जीवन लँुईटेल वाहेक प्राय नायकहरु चलचित्रमा लगानी गरेका छन । अभिनेता भुवन कार्की सफल नायक मात्रै होईनन् सफल निर्माता पनि हुन । भुवनले “करोडपति”, “नेपाली वावु”, “म तिमि बिना मरिहाल्छु”, “साथी म तिम्रो” जस्ता चलचित्रहरु निर्माण गरेका हुन । अभिनेता शिव श्रेष्ठले पनि “चिनो” चलचित्रमा लगानी गरेको बुझिएको छ ।
यस्तै अभिनेता श्रीकृष्ण श्रेष्ठले व्लकवस्टार चलचित्र “कहाँ भेटिएला” निर्माण गरेका छन । श्रीकृष्ण हाल आकाश अधिकारीलाई निर्देशनको जिम्मा दिएर “कोहीनुर” नामक चलचित्र निर्माण गर्न व्यस्त छन ।
पर्यटन÷खेल समाचार
बर्दियामा अन्तराष्ट्रिय हात्तीपोलो
अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता बेलायतको पक्काचुक्का र दि स्प्रिङ बोक लेगेन्डसले सोमबार विजय सुरुवात गरेका छन् ।उद्धाटन खेलमा पक्काचुक्काले क्यानडाको पोलर्स वियर्सलाई ६–१ गोल अन्तरले तथा दि स्प्रिङ बोकले ईएफजी स्वीट्जरल्यान्डलाई ७–६ ले हराउँदै विजय सुरुवात गरेका हुन् । टाईगर टप्स कर्णाली लजको आयोजनामा बर्दिया ठाकुरद्धारास्थित टाईगर टप्सको चिटकैया मैदानमा भएको उद्धाटन खेल हेर्न सयौं दर्शक तथा विभिन्न मुलुकका खेलाडी सहभागी छन् ।
प्रतियोगिताका लागि चिटकैया मैदान झकिझकाउ पारिएको छ । आयोजकका अनुसार खेल्ने मैदान, खाने, बस्ने व्यवस्था र सुरक्षाको प्रबन्ध मिलाईएको छ । प्रतियोगिताका लागि घरेलु टिम सहित आठ मुलुकका टिम मैदानमा उत्रेका छन् ।
नेपालमा सन् १९८२ मा चितबनको मेघौली मैदानमा पहिलोपटक हात्तीपोलो खेलको सुरुवात भएको थियो । २०६६ मा खेलस्थल परिवर्तन गरी बर्दिया सारिएको थिायो । त्यसयता निरन्तर यहाँ हात्तीपोलो आयोजना भईरहेको र यसको बर्दिया राष्ट्रिय निकुञ्जको अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुगेको टाईगर टप्स कर्णाली लजका आर्थिक फाँटका प्रमुख विजयरत्न स्थापितले बताए ।
चार वर्षअघि सरकारले चितवनस्थित टाईगर टप्स लजको नवीकरण नगरेका कारण प्रतियोगिता यहाँ सुरुवात गरिएको थियो । ०६७ र ०६८ सालमा भने हात्तीपोलो खेल रोकिए पनि गत वर्षदेखि पुनः निरन्तरता दिदै आएको उनले बताएका छन् । हात्तीपोलोको ३२ औं प्रतियोगिता सात दिनसम्म सञ्चालन हुने टाईगर टप्सका व्यवस्थापक स्थापितले बताए ।
ओझेलमा रहेको निरौलिको दरवार
डोटीको निरौली गाविसमा रहेको पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण मानिने ऐतिहासिक मल्लकालीन दरबार जीर्ण हँुदै गएको छ । पुर्वकालमा राजा नाघी मल्ल बस्ने दरबारको अहिले उचित संरक्षण एवम संबद्रधन हुन नसक्दा सो दरबार जीर्ण बन्दै गएको हो । पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण मानिने धरमकोट दरबार भग्नाबेशका रुपमा परिणत हुन थालेपछि त्यहाँका बासिन्दाहरु चिन्तीत बनेका छन् ।सो दरबार मासको गाह«ो लगाएकार बनाएको बताईन्छ । दरबारमा लगाईएका ढुंगामा कलात्मक बुट्टा राखिएको नौ तले दरकारको चारैतिरको पर्खालको चौडाई एक मिटर रहेको छ । निरैपाल मल्ल राजाले निर्माण गरेको सो दरबार नाघी मल्लको शासन कालपछि खाली भएको बताईनछ । पुर्वकालका राजा नाघी मल्ल र निरौलीमा रहेको भागेश्वर देवताबीच को ठुलो भन्ने विषयमा चैतमार्फत घम्सामम्सी भएको बयान गरिन्छ । भागेश्वर देवताले गरेका हरेक प्रश्नमा आफु नै ठुलो भन्ने नाघी मल्ल राजा अन्तिममा डोटेली चैतमार्फत आफु सानो भागेश्वर ठुलो भन्न पुगेको त्यहाँका बुढापाका बताउन्छन् । भागेश्वर देवताले नाघी मल्ल राजा बस्ने कोट (दरवार) कमाई दिएपछि अन्तीममा माफी मागेर पुजाआजा गर्ने सम्मको स्थितिमा पुगेको कथन छ ।
अहिले भग्नावेशमा परिणत हुदै गरेको सो दरबारको पर्दालमाथि उक्लेर सर्वसाधारण व्यक्तिले अबलोकन गरेमा नाग सर्प देखा पर्ने गरेको निरौलीका स्थानीयबासिहरु बताउन्छन् । नाग सर्प देखिनुले दरबार क्षेत्रमा बहुमुल्य सम्पती रहेको र त्यसको सुरक्षार्थ नाग सर्प रहेको स्थानियवासीहरुको भनाई रहेको छ ।
दरबार क्षेत्रमा नाग सर्प देसिने गरेका कारण उक्त क्षेत्रमा कसैले उत्खनन् गर्ने आँट गर्न सकेका छैनन । अग्लो डाँडामा अबस्थित भत्कँदै गरेको दरबारको उचित संरक्षण र संवद्धन गर्न सके यहाँ प्रशस्त पर्यटक आउने विश्वास गरिएको छ । मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला) पनि जीर्ण बन्दै गएको छ । बर्छेनमा रहेको रिसडी दरबारबाट घोडचढी निरौली आउने क्रममा घोडालाई पानी र दाना दिने ढुङ्गा पनि अहिले जस्ताको त्यस्तै रहेको छ । पुर्वकालमा भागेश्वर देवता र नाघ मल्लबीच चैतमार्फत भएको कुराकानीलाई अहिले गमरामा गाईने गरेको स्थानिय वयोवृद्धहरु वताउन्छन् । भागेश्वर देवता र नाघ मल्लको चैत महिला तथा पुरुष दुवैले गाउने गरेका छन् ।
ऐतिहासिक दरवार र भागेश्वर देवता र अन्य प्राकृतिक रमणियस्थल समेत निरौलीमा भएकाले यसको संरक्षण र संम्वद्धन गर्न सके डोटी जिल्लामा भित्रने पर्यटकहरुका लागी गन्तव्यको रुपमा त्यसको विकास गर्न सकिन्छ । यि र यस्ता डोटी जिल्लामा रहेका ऐतिहासिक पर्यटकियस्थालहरुको विकास गर्नका लागी डोटेली जनताहरु र तिनका नताहरु जागरुक हुन जरुरी रहेको छ ।
छोटकरी समाचार
मासुमा मनपरी
डोटी जिल्ला सदरमुकाम सिलगढीमा मासुको मनपरी दरभाउ देखिएको छ ।खसी वोकाको मासुको दर प्रति किलो तीन प्रकारको पाईएको छ । सानो वजारमा एक किलो मासुको पाँच सय, पाँस सय पचास र ६ सय रुपैयाँसम्म दर पाईएको छ । मासु व्यवसायी संघले खसीबोकाको मासु प्रतिकिलो पाँच सय तोकेको भएपनि मासुको दर भने मनपरी भएको छ ।
त्यस्तै कुखुराको मासुमा पनि कतै तीन सय ४०, कतै तिन सय ८० र कतै चार सय रुपैयाँ प्रतिकिलो दर भेटिएको उपभोक्ताहरु वताउँछन । “मासुको दर मनपरी रुपमा वढाउने काम भएको छ, यो गलत भईरहेको छ” एक उपभोक्ताले भने–तर कुनै पनि निकाय अनुमगन गर्ने गरेको छैन । यसरी मनपरी ढंगले मासुको दरभाउ वढ्दा नियन्त्रण गर्ने तिर कसैले ध्यान नदिएपछि अव अन्य उपभोग्य वस्तुहरुको पनि भाउ बढ्ने उपभोक्ताहरु वताउँछन । मासुको दरभाउ एकै प्रकारको कायम गर्नु पर्नु पर्ने उपभोक्ताहरुको माग रहेको छ ।
डोटीमा संचालमा रहेका मासु व्यवसायीहरुको छाता संगठन कालिका मासु व्यवसायी संघ रहेको छ । उक्त संगठनले वेलाबखत मासु व्यवसाय सुधार निति तथा कार्यक्रमका लागी बैठक बस्ने र संस्थाले पारित गरेको दर भाउमा मात्र मासु किनबेच गर्नु पर्ने भनिएको भए पनि छाता संगठनले त्यसका बारेमा अनुगमन गर्ने गरेको छैन ।
यसरी दरभाउमा वृद्धि भएमा ग्रामिण भेगवाट भित्रने वस्तुभाउको मुल्य पनि वृद्धि हुने निश्चित देखिन्छ । समयमा सबैको ध्यान जाबस् ।
लेख
कुकुरको टोकाईबाट कसरी बच्ने÷बचाउने
डा. हेम राज अवस्थी,पशु चिकित्सक
कुकुरको टोकाईबाट सामन्यतया बच्न सकिन्छ । स्वास्थ्य उपचार केन्द्रमा आकस्मिक रुपमा हुने चोट पटक, घाउजन्य उपचारको करीव ४० प्रतिशत विरामी कुकुरकै टोकाईबाट हुने गरिन्छ । दशबर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिक कुकुरको टोकाईबाट बढी जोखिममा पर्ने मानिन्छ । सामान्यतया सवै खाले पशुले मानिसलाई टोकेमा नजिकको स्वास्थ्य चौकीमा जानकारी गराई उचित सल्लाह लिनु बुद्धिमानी मानिन्छ, सो भए त्यसबाट जनस्वास्थ्य एवं जनसमुदाय रेविज रोगको जोखिममा पर्ने संभावना भए÷नभएको एकिन गरी आवश्यक रोकथाम गर्न सकिन्छ ।
कस्ता ठाउमा कुकुरले टोक्ने सम्भावना रहन्छ ः
१. ५० प्रतिशत जति कुकुर पालेका घरमा यो समस्या हुन सक्छ ।
२. ७७ प्रतिशत जति प्रभावित हुने व्यक्ति कुकुर धनिका आफन्त तथा चिनजानका मानिस हुन्छन् ।
३. ४ बर्ष भन्दा मुनिका केटाकेटीहरुमध्ये आधाजसो आफ्नै घरमा पालेको कुकुरको टोकाईमा पर्ने गरेका छन् ।
४. प्रति १० मध्ये ९ जनालाई आफ्नै घरको कुकुरले टोकेको हुन सक्छ ।
५. कुकुरहरुलाई अनावश्यक रुपमा जिस्काएमा प्रायः जसो कुकुरले मानिसलाई टोक्ने गर्छ ।
कुकुरले टोक्छ किन ?
१. आवश्यक तालिमको एवं सामाजिकिकरण नगरेमा ।
२. मानिस तथा केटाकेटीहरुले कुकुरलाई अनावश्यक रुपमा जिस्काएमा ।
३. कुकुर नजिक पुग्दा डराउने वा दौडी भाग्ने गरेमा ।
४. कुकुरहरुलाई अनावश्यक रुपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
कस्ता र कुन उमेर समुहका मानिस कुकुरको टोकाईमा पर्छन् ?
६० प्रतिशत कोटाकेटीहरु यसका शिकार हुन पुग्छन् । १२ बर्ष मुनिका ५० प्रतिशत केटाकेटीहरु बढी यसबाट प्रभावित हुन्छन् । जेष्ठ नागरिक, बुढाबुढी बढी टोकाईबाट प्रभावित हुन्छन् । घरमा चिठी पत्र पु¥याउने हुलाकी, विजुलीको मिटर जाँच्न आउने कामदार प्राविधिक बढी पर्न सक्छन् ।
कुकुरको टोकाईबाट कसरी बच्ने ?
१. भुस्याहा, फिरन्ते अपरिचित कुकुर नजिक पुग्दा अलि साबधान हुनु पर्छ साथै आफैले पालेको कुकुरलाई माया गर्ने गर्नु पर्छ । साना केटाकेटीहरुलाई कुकुर नजिक एक्लै नछोड्नुहोस् । केटाकेटीहरुलाई कुकुर नजिक जाँदा चनाखो हुन सिकाउनु पर्छ । केटाकेटीहरुलाई अपरिचित कुकुरसंग खेल्न, जिस्कन भन्दा पहिले सम्बन्धित कुकर धनिसंग अनुमति लिने कुरा सिकाउन पर्छ । कुकुर अगाडी पुग्दा भाग्ने, दौडने गर्नु हुँदैन, कुकुरले लखेट्ने, समात्ने जस्ता कार्य मन पराउछन् । कुकुरले आफ्ना बच्चालाई दुध चुसाई रहेको बेला, सुतेको बेला, अथवा खाना खाईरहेका बेला जिस्काउन चलाउन हुदैन ।
२. कुकुरले भुकेको बेला तपाइको अगाडी आई पुगेको बेला नभागी शान्त भई उभिनुस् । यसबाट कुकुरले तपाईबाट खतरा नभएको ठान्ने छ । आफै आफ्नो बाटो लाग्छ ।
३. कुकुरले झम्टिन खोजेमा शान्त भई उभिनुस्, नतर्सिनुस्, यस्ता कुकुरलाई सोझै आखा नतरनुस, शान्त तर निडर भई हर्कानुस् नगएसम्म शान्त भएर उभिनुहोस् । फर्केर नभाग्नुस् ।
४. केही कुकुरले भम्टन खोज्दा लड्नु भएछ भने भकुण्डो जस्तो आकारमा कुकरुक्क गरी बस्नुस्, दुवै हात टाउको तथा घाटी मुनी राखी मुख छोपी अनुहास सुरक्षित राख्नुहोस् ।
कुकुर धनि÷कुकुर पालकहरुको सामाजिक जिम्मेवारीका प्रसंगमा
१. तपाईले पाल्न चाहनु भएको कुकुरको जात, अनि कुकुरको बच्चाको छनौट चनाखो भई गर्नुस् । कसैको भनाई सुनेर छनौट गरी सकेपछि पशु चिकित्सकसंग परामर्श गर्नु होला र यसवारे तपाईको कम्पाउण्ड अवस्थिति अनुसार त्यो कुुकुरका बानी व्यहोरा तथा कुकुर सहज रुपमा हुर्किन्छ वा भिजो मान्ला यसबारे उपयुक्त परामर्श तपाईले पाउनु सक्नु हुनेछ ।
२. तपाईले पाल्ने कुकुर तपाईको घर कम्पाउण्ड, अनि तपाईका घरका सदस्य, अनि घरमा भएका अन्य जनावरसंग सजिलै सौहार्द रुपमा तालमेल गर्न सक्ने वातावरण बनाउनु होला । जसले गर्दा तपाईले पाल्न ल्याएका बच्चामा डर वा त्रास महसुर नगरी म यहाँ सुरक्षित पनि छु अनि मलाई यहाँको वातावरणमा कसैले जिस्काउदैन भन्ने विश्वास होस् ।
३. तपाईको घर परिवारमा ४ बर्ष मुनिका कोटाकेटीहरु छन् भने घरमा कुुकुर ल्याएर पाल्ने जमर्काे नगर्नु होला किनभने घरमा पालेको कुकुरको टोकाईको जुठोमा प्रायजसो साना नानीहरुनै पर्ने गर्छन् ।
४. कुकुरलाई उचित तालिम प्रशिक्षण दिनुहोस्, जस्तै बस, त्यही उभिनु, भो नगर्नु, यता आउ जस्ता गतिविधी बारेमा कुकुरलाई तालिम दिनु होला । अझ हलूका मनोरन्जनमुलक खेल तपाईको कुकुरसंग खेल्ने गर्नुस र हेर्नुृुस तपाईको कुकुर कति आज्ञाकारी हँुदो रहेछ । तर कुकरलाई झिझों लाग्ने, उचाल्ने, पछार्ने, घिसार्ने थिचोर्ने जस्ता खेल वा क्रियाकलाप नगर्नु होला । कुकुरलाई सार्वजनिक स्थलमा डुलाउन लैजाँदा सिक्रिा सांलो लगाई लैजानु होला ।
५. कुकुरलाई सधै स्वास्थ्य अनि तन्दुरुस्त राख्नु होला यसका लागी रेविज लगायत तपाईको क्षेत्रमा देखा पर्ने संक्रामक सरुवा वा लसपसबाट सर्ने रोगका बिरुद्ध कुकुरको उमेर अनुसार नियमित खोप लगाउनु बेस हुन्छ । जुका लुतो दाद जन्य रोगको पुर्व नियन्त्रणका लागी बेलाबेलाम औषधी प्रयोग गर्ने गराउने गर्नु होला । जती तपाईको कुकुर यस्ता रोगको अवस्थामा हुन्छन् त्यतीनै आक्रमक अनि किचकिचे हुन्छन् । यसैको आधारमा यी कुुकुरले तपाईका परिवारका सदस्यसंग कस्तो व्यवहार गर्छन् भन्ने एकिन हुन्छ ।
एउटा जिम्मेवार कुकुरधनि बन्नुहोस्
१. आफ्नो क्षेत्रमा स्थानीय निकाय÷समुदायमा कुकुर दर्ता गराई राख्नुस् । कुकुरहरु सामाजिक प्राणी हुन् । यिनीहरुसंग बढी भन्दा बढी सामिप्यता राख्नु होस् । हेला नगर्नुहोस् । एक्लै नछाड्नुहोस् । यस्ता अवस्थामा कुकुरहरुले डरलाग्दा व्यवहार देखाउने गर्छन् ।
२. कुकुरको परिवार नियोजन बध्याकरण गर्नुहोस् । किनभने यसो गरिएका कुकुरले टोक्ने झम्टने रिसाउने जस्ता व्यवहार गरेका कुकुरहरु भन्दा तिन गुणा कम गर्छन् ।
मानिस किन घरमा कुकुर पाल्न मन पराउछन् ः
१. किनभने कुकुर मानिसका सवै भन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् ।
२. प्रायजसो साना नानीहरु कुकुरलाई आफ्ना आत्मीय साथी ठान्दछन् ।
३. कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनोबैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउछ ।
४. कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारीरिक रुपमा बढी क्रियाशिल रहन्छ ।
५. कुकुरले मानिसलाई एक्लो एकाङ्किपन हुनबाट बचाउछ
६. कुकुरलाई स्याहार सुसार गर्दा , खेल्दा, डुल्दा रक्तचाप जन्य स्वास्थ्य समस्या कमी गराउछ ।
७. मुटुजन्य रोगबाट प्रभावित विरामी जसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदी कुकुरको समिपमा समय विताउने गरेको भए कुकुर नपाल्ने भन्दा १ देखि २ बर्ष बढी बाँच्ने गर्दछन् ।
८. शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले कुकुरलाई सहयोगीका रुपमा पाल्ने हो भने त्यो कुकुर तपाईको प्रबेश गरेको ६ महिनाभित्र करीव ७० प्रतिशत सहयोगीले गर्ने काम कुकुरले सहयोग पु¥याउछ ।
९. शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई कुकुरले आत्मीयता देखाउनुका साथै यसबाट उत्पन्न हुने हिनता बोध कम गराउन मदत पु¥याउछ । म बेसाहारा छु भन्ने अनुभुति गर्नुको साटो म आफै सक्षम छु भन्ने आत्म विश्वास जगाउछ ।
कुकुरको टोकाईबाट जनसमुदय सुरक्षित राख्न के गर्नु पर्ला ?
यसका लागी सामुदायिक सरोकारवालाहरुको सामुहिक प्रयास अनिवार्य हुन्छ ।
मोफसल पत्रकारिता
मोफसलमा अलि ढिलो सुनुवाई हुने गर्दछ
गोबिन्द रोस्यारा (सञ्चालक)रेडियो गोदावरी एफएम, अत्तरीया कैलाली
तपार्इंको पुरा परिचय पाउँ न ?
म गोबिन्द रोस्यारा, घर जिजोडामाण्डौ गाबिस–२, छोया डोटी । हाल म गोदावरी एफएम अत्तरीया कैलालीको सञ्चालक ।
पत्रकारिता पेशानै किन रोज्नु भयो ?
नागरिकलाई सु–सूचित गर्न र समाजमा ओझेलमा परेका मुद्धालाई सार्वजनिक रुपमा उठान गर्न
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
सबैखाले ।
तपाईलाई पत्रकारिता पेशामा लागे कति समय भयो ?
१० वर्ष ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
सामाजिक सुरक्षा, भौतिक सुरक्षा, पेशागत सुरक्षा अझै पनि संस्थागत हुन सकेको छैन । र अहिलेको अवस्था पत्रकारिता गरेर समाजिक रुपमा काम गर्न निकै कठिन छ ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट नै छु, खासगरी मोफसलमा रहेर समाजिक मुद्धाहरु उठान गर्न पाउँदा खुशी लाग्छ ।
तपाइले सञ्चालन गरिरहेको “बिद्युतीय संञ्चार माध्यम गोदावरी एफ एम” कसरी चलिरहेको छ ?
ठिकै छ , तर अबका दिनमा एफएम रेडीयोका चुनौतीहरु बढ्दै गइरहेका छन । खासगरी सरकारले जथाभाबी अनुमति दिँदा बिशेषगरी सुदुरपश्चिममा सानो बजारमा ब्यवसायिकयक रेडियो चलाउन निकै कठिन छ ।
तपाई त उपत्यकामा बसेर पत्रकारिता सुरु गरेको मान्छे फेरी मोफसलमा किन फर्कनु भयो ?
पत्रकारिताको शुरुवात उपत्यकाबाट गरँे र झण्डै ८ वर्ष त्यहाँ काम गरियो तर म जुन धरातलमा हुर्के त्यो ठाँउको समाजिक मुद्धाहरु मुलधारका पत्रकारितामा आउन नसक्दा मैले मोफसलको पत्रकारिता रोजेँ र मेरो ठाँउका मुद्धाहरु बिस्तारै बाहिर ल्याउन प्रत्यन्न गरिरहेको छु ।
कसरी हेर्नु हुन्छ मोसफल पत्रकारिता जगतलाई ?
चुनौती र अवसर दुवै छन । तर पछिल्ला दिनहरुमा चुनौती र पेशागत सुरक्षा बढ्दै गइरहेको छ । जसले गर्दा पत्रकारले आफुलाई सुरक्षित महशुस गर्न सकिरहेको छैन ।
उपत्यका र मोफसल क्षेत्रमा पत्रकारिता गर्दाको अनुभव कस्तो छ तपाईसंग ?
उपत्यकामा स्रोत साधन प्रयाप्त रहन्छ र सुनवाई छिटो हुन्छ तर मोफसलमा सिमित स्रोत साधनमा काम गर्नुपर्ने हुन्छ र अलि ढिलो सुनुवाई हुने गर्दछ ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
ब्यवसायिकता र पेशागत सुरक्षा हुन सकिरहेको छैन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
सरकारले स्पष्ट कानुन बनाउनु प¥यो र पत्रकारले निर्भिकताका साथ पत्रकारिता गर्ने वातावरणको ग्यारेण्टी गर्नुपर्दछ ।
नेपाल पत्रकार महासंघले मोफसल पत्रकारिताका लागि कत्तिको आवाज उठाएको पाउनु भएको छ ? महासंघ पनि केन्द्रमुखी भएको छ । यसले गर्दा मोफसलका पत्रकारका पिडाहरुको सुनुवाई ढिला हुदै गइरहेको छ । जसले गर्दा सबै पत्रकारहरुले महासंघलाई आत्मीयता ठान्न सकिरहेका छैनन् ।
पत्रकारहरुको हक हितका लागि गठन भएका सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो छ ?
बिचार सबैका आ–आफ्नै हुन्छन तर पत्रकारले कुनै राजनीतिक दल बिशेषको हुँदा नागरिकका मुद्धाहरु ओझेल पर्ने क्रम पछिल्ला दिनहरुमा बढेको छ । र पत्रकारितामाथी नै प्रश्न उठ्न थालेको छ । तर सबै संगठनहरुले पत्रकारकै लागि काम गर्ने भनेपनि आफु निकटका पत्रकारका लागि मात्रै काम गरेको देखिन्छ ।
ठुलो लगानीमा बिद्युतीय सञ्चार गृह स्थापना गर्नु भएको छ, उपत्यकामा पत्रकारिता गरेर राम्रै कमाई गर्नु भएछ कि क्या हो ?
छैन, सामान्य संर्घष गर्दै मजदुरबाट एउटा रेडियो चलाउन सफल भएको छु ।
मनोरञ्जन गर्ने समय कत्तिको छ तपाईसंग ?
फुर्सदको समयमा अलि अली मनोरञ्जनको सहार लिने गर्दछु ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
ूनागरिकलाई सु–सूचित गर्ने शसक्त माध्यम हो ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
पछिल्ला दिनहरुमा यो क्रम केहि हदसम्म बढेको छ । यद्यपी यो दिगो हुन सक्दैन र यसले अब आउने पुस्तालाई राम्रो सन्देश जाँदैन र सबै क्षेत्रबाट यस्तो प्रवृतिलाई निरुत्साहित पार्नु पर्दछ ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
मेरा केहि ब्यक्तिगत आनिबानी होलान तर पत्रकारिताको मर्यादाभित्र रहेर हाम्रो ब्यक्तिगत जीवन संचालन हुने हुँदा सार्वजनिक रुपमा यस्ता कुरा हुँदैनन् ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
धन्यबाद तपाइलाई, म डोटीमा जन्मेर एउटा सशक्त संचारमाध्यम एफएम संचालन गर्न सफल भएको छु । यद्यपी डोटी जिल्लाका केहि मुद्धा उठान गर्न प्रयत्न गरिरहेका छांै र आगामी दिनमा गोदावरी एफएमलाई डोटीसम्म बिस्तार गर्ने तयारीमा छौं ।
महत्वपूर्ण जानकारी
—प्राचीन कालमा नेपालमा दुई (संस्कृत शिक्षा परम्परा र बौद्ध शिक्षा परम्परा) प्रकारका शिक्षा व्यवस्था प्रचलनमा थिए ।— बुद्ध धर्मवाट अनुप्राणित शिक्षालाई बौद्ध शिक्षा भनिन्थ्यो ।
— लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने निकायलाई अग्रहार भनिन्थ्यो ।
— वैदिककालमा वेदको अध्ययन गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सद्योवधु भनिन्थ्यो ।
— लिच्छविकालमा उच्च शिक्षा अध्ययनका लागि भारतको नालन्दा र विक्रमशीला जाने गरिन्थ्यो ।
— ११औँ शताव्दीको अवधिमा काठमाडौँ, पाटन र फर्पिङ नेपालका ठुला शिक्षा केन्द्रका रुपमा स्थापित थिए ।
— नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेशको सिंजालाई मानिन्छ ।
— पहिलो इन्पेक्टर अफ स्कुलमा नियुक्ति हुने व्यक्ति सूर्यप्रसाद उपाध्याय (विं.सं.१९९९ असोज २२) हुन् ।
— उच्च शिक्षाको परिक्षा नेपालवाटै दिन पाईने व्यवस्था विं.सं. १९९२ मा भएको हो ।
— नेपालमा कृषि स्कुलको स्थापना विं.सं. १९८९ र जुद्ध शमशेरको पालामा भएको हो
— उपत्यका वाहिर पहिलो एसएलसी परीक्ष केन्द्र त्रिजुद्ध हाइस्कुल वीरगञ्ज मा खखुलेको थियो ।
— एसएलसी परिक्षामा सर्वप्रथम बार्डफस्ट हुने व्यक्ति पुष्षभक्त मल्ल हुन् ।
— संयुक्त राष्ट्रसंघद्वारा सन् १९७२ लाई पुस्तक वर्षको रुपमा मनाईयो ।
कला÷साहित्य÷संस्कृति
युद्ध छ कि शान्ति
आज फेरि शान्ति स्थापनाका लागिरात रातभर
जाग्राम बसेर
शान्ति निर्माताहरू
तयार गर्दैछन्
मानव बमहरू
खोलिँदैछन्
बम निर्माण गर्ने फ्याक्ट्रीहरू
आविस्कार गरिदैँछन्
स्वचालित हतियारहरू ।।
केहीलाई लागेको छ
शान्ति बन्दुकको नालबाट निस्कन्छ
त्यसैले त
थमाईंदैछ
प्रत्येक कोमल हात हातमा
बम र बन्दुकहरू
हात हात बन्दुक दिएर
एकथरि भन्दछन्
हामी शान्ति चाहन्छौँ
हामीलाई शान्ति चाहिएको छ ।।
शान्तिकै लागि भनेर
निर्माण भएका छन्
कैयौँ बङ्करहरू
शान्तिकै लागि तयार छन्
कैयौँ युवाहरू
एक अर्कालाई मार्न
शान्ति चाहनेहरूले नै
रङ्गाए सडक रगतले
उजाड पारे सिउँदो
टुहुरा बनाए बालकलाई
हात हातमा तरबार लिएर
मान्छेका गर्दन छिनाल्दै
रगतको होली खेल्छन्
फेरि पनि भन्दछन्
हामी शान्ति चाहन्छौँ
हामीलाई शान्ति चाहिएको छ ।।
शान्तिका लागि, विद्यालय होइन
जेल निर्माण गर्नुपर्छ रे
शान्तिका लागि, परेवा होइन
बाज उडाउनुपर्छ रे
शान्ति भीषण युद्धपछि मात्रै हुन्छ रे
त्यसैले त, अचेल
तयारी गरिँदैछ युद्धको
जुटार्इंदैछ युद्धका सरजामहरू ।।
बिनायुद्ध शान्ति हूँदैन
विनाशान्ति युद्ध हूँदैन
एकथरि भन्दछन्
हामी युद्ध गर्छौं
र त, शान्ति चाहन्छौँ
अर्काथरि भन्दछन्
हामी शान्ति चाहन्छौँ
र त, युद्ध गर्छौं
यहाँ
युद्ध गर्नेहरू पनि शान्ति चाहन्छन्
शान्ति चाहनेहरू पनि युद्ध गर्छन्
अब, तपार्इं भन्नुहोस
यहाँ, युद्ध छ कि शान्ति !!
सुरेशसुमन डाँगी
बिज्ञापन
नेपाल सरकार
शिक्षा मन्त्रालय
शिक्षा विभाग
जिल्ला शिक्षा कार्यालय डोटी
विषय ः– लेखा परीक्षक सम्वन्धमा
उपरोक्त विषय सम्वन्धमा यस कार्यालय अन्तरगत सञ्चालित उ.मा.वि.÷मा.वि.÷नि.मा.वि. तथा प्रा.वि तर्फका विद्यालयहरुको आ.व. ०६९÷०७० को लेखा परीक्षण गर्ने रजि. लेखा परीक्षकहरुको नामावलीहरुमध्येबाट विद्यालयहरुको लेखा परीक्षण गराउनु पर्ने भएकोले यो प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयभित्र आईपुग्ने गरी लेखा परीक्षणको लागी तपशिलको विवरण राखी निवेदन दर्ता गर्न यो सूचना प्रकाशित गरिएको छ ।तपशित
१. सूचना प्रकाशित भएको समयभित्र निवेदन दर्ता हुनु पर्नेछ ।
२. आन्तरिक राजश्व कार्यालय तथा ले.न. प्रमाण पत्र प्रतिलिपि ।
३. आन्तरिक राजश्व कार्यालयबाट कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
४. नेपाल चार्ट एकाउन्टेड पेशागत प्रमाण पत्रको प्रतिलिपि ।
५. नेपाल चार्ट एकाउन्टेडबाट नविकरणको प्रतिलिपि ।
६. कर्मचारीहरुको हकमा विभागीय स्वीकृति ।
७. निवेदन दस्तुर बाफत रु १००÷– जिल्ला शिक्षा समिति डोटीको खातामा जम्मा गरेको बैक भौचर ।
८. रित पुर्वकको निवेदन दर्ता नभएको खण्डमा स्वतः रद्द गरिने छ ।
९. गत आ.व. २०६८÷०६९ को विद्यालयमा लेखा परीक्षण गरेका अडिटरले विद्यालयको लेखा परीक्षण प्रतिवेदन पनि साथमा राख्न हुन ।
(गणेश वहादुर सिँह)
जिल्ला शिक्षा अधिकारी
शिक्षक आबश्यकता सम्वन्धी सूचना
डोटी सिलगढी स्थित अंग्रेजी माध्यमको एक नीजि विद्यालयका लागी निम्न विषय शिक्षकहरुको आबश्यकता परेकोले योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले २०७० मंसिर १८ गते भित्र तलको ईमेल ठेगानामा आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन र एक प्रति फोटो पठाउन हुन यो सूचना प्रकासित गरिएको छ ।योग्यता ः–
१) विद्यालय शिक्षा अंग्रेजी माध्यमको नीजि विद्यालयबाट पुरा गरी कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको ।
२) अध्यापन अनुमति प्राप्तलाई विशेष ग्राह्यता
३) महिलाहरुलाई प्राथमिकता दिईनेछ ।
आबश्यक विषय ः–
– कम्प्युटर,
– अंग्रेजी,
– विज्ञान
– गणित
ईमेल ः– mycv2070@gmail.com
प्रिन्सिपल
सिलवन्दी बोलपत्र आह््वान
(प्रथम पटक प्रकासित मिति ः २०७०।०८।१२ गते)सम बिकास केन्द्र (ईडिसि) नेपालवाट सञ्चालित छाउपडी प्रथा अन्त्यका लागि पैरवी अभियान परियोजना र सहभागितात्मक लोकतान्त्रिक पहल परियोजना ९एम्क्ष्० का लागि तपसिल बमोजिमका सामाग्रीहरु सिलवन्दी बोलपत्रद्वारा छपाई गर्नुपर्ने भएकोले सम्बन्धित निकायमा दर्ता भएका इच्छुक रजिस्र्टड फर्म वा कम्पनीहरुलाई सिलवन्दी बोलपत्र पेश गर्न आह््वान गरिएको छ ।
१. विस्तृत विवरण सहितको आफ्नो लेटर प्याडमा भ्याट सहितको आफुले उपलव्ध गराउने दररेट २०७० मंसिर १२ देखि २०७० मंसिर १८ सम्म कार्यालय समयभित्र सम विकास केन्द्र (ईडिसि) नेपाल, डोटीमा पेश गर्न सकिनेछ ।
२. सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन र खोलिने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट निर्धारित समयमा पेश गर्नु पर्ने÷खोलिने छ ।
३. शिलबन्दी बोलपत्र पुरै वा आंशिक रुपमा स्वीकृत वा अस्विकृत गर्ने अधिकार सम विकास केन्द्र (ईडिसि) नेपाल, डोटीमा रहने छ ।
४. इच्छुक बोलपत्रदाताले अद्यावधिक दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्ध कर दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र प्रतिलिपि समेत बुझाउनु पर्नेछ ।
५. आफुले पेश गर्ने सिलबन्दी वाहिर नै के का लागी सिलबन्दी पेश गरेको हो खुलाउनु पर्ने छ ।
७. बोलपत्र मिति २०७०÷०८÷२२ गते दिउँसो २.०० वजे सम विकास केन्द्र (ईडिसि) नेपाल, डोटीको कार्यालयमा दरभाउपत्रदाताहरुको उपस्थित प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । दरभाउपत्रदाताहरुको उपस्थित नभएमा पनि दरभाउपत्र खोल्ने कार्य रोकिने छैन ।
८. छपाई गर्नुपर्ने सामानहरु संस्थाको कार्यालयसम्म पु¥याउनु पर्नेछ ।
सम बिकास केन्द्र
सिलगढी, डोटी
फो नः ०९४–४२०३४०, ४२०५५०