अर्को संबिधानसभाको निर्वाचन आउन अव मात्र ७ दिन वाँकी
मुख्य समाचार
एमाओवादी उम्मेदवार वममाथी आक्रमण
वलायरले गरेको वम आरोप, प्रमाणित गर्न वलायरको चुनौती
एकिकृत नेकपा माओवादी केन्द्रीय सल्लाहकार तथा डोटी क्षेत्र १ का प्रत्येक्षतर्पmका उम्मेदवार मोहन वममाथी सांघातिक आक्रमण भएको छ । वमले नेपाली कांग्रेस डोटी १ का प्रत्येक्षका उम्मेदवार बिरवहादुर वलायरको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ । वलायरले आफुमाथी लागेको आरोप प्रमाणित गर्न वमलाई चुनौती दिएका छन ।
चुनाव प्रचार प्रसारको क्रममा आईतवार दिपालय सिलगढी नगरपालिकाको तिखामा रहेको एमाओवादी चुनाव प्रचार प्रसार टोलीमाथी एक समूहले आक्रमण गरिएको थियो । आक्रमणमा एमाओवादी डोटी क्षेत्र १ का प्रत्येक्ष उम्मेदवार वम, समानुपातिक उम्मेदवार कलावती ओझा लगायत ११ जना एमाओवादी कार्यकर्ता घाईते भएका थिए । घाईतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
आक्रमण नेपाली कांग्रेसका सभापति एवं डोटी क्षेत्र १ का उम्मेदवार वलायरको निर्देशनमा कांग्रेस भातृ संगठन तरुण दलका जिल्ला सचिव जयवहादुर खड्काको नेतृत्वको टोलीले गरेको एमाओवादी उम्मेदवार वमले वताएका छन । जिल्ला अस्पतालमा सोमवार बिहान पत्रकारहरुसंग कुरा गर्दै वमले भने–वलायरले आफु हार्ने निश्चित भएपछि अत्तालिएर हामीमाथी आक्रमण गरेका हुन । “म नेपाली कांग्रेसलाई आरोप लगाउँदैन” वमले भने–बिरवहादुरको नितान्त योजना हो । “मलाई मार्ने योजना अनुसार सांघातिक आक्रमण गरिएको हो” वमले आफुहरुमाथी, लाठी, खुकुरी, वोतल र ढुङ्गामुडाले आक्रमण गरिएको वताए । प्रहरी प्रशासन फितलो भएका कारण घटना भएको वमको आरोप छ ।
उता नेपाली कांग्रेस डोटी सभापति तथा उम्मेदवार वलायरले उक्त घटना आप्mनो निर्देशनमा नभएको प्रष्ट पारेका छन । सोमवार बिहान पत्रकार सम्मेलनको आयोजना गरि वलायरले मेरो कुनै निर्देशन वा नेपाली कांग्रेसको योजनामा उक्त घटना भएको हो भन्ने आरोप झुट्टा भएको वताए । उम्मेदवारमाथी आक्रमण भएको छ, यसमा मलाई धेरै दुःख लागेको छ, वलाएरले भने–तर मलाई किन घटनामा जोडिँदैछ, थाह भएन । मोहन वम र आफु एकदमै मिल्ने साथी भएको वताउँदै वलायरले आफुमाथी लगाईएको आरोप प्रमाणित गर्न वमलाई चुनौती दिए । हामीले गाउँगाउँमा ३५÷३६ दिनको अभियान सञ्चालन गरेर आएका छौं, कुनै पनि ठाउँमा कुनै पनि दलसंग हाम्रो कुनै प्रकारको मतभेद भएको छैन, वलायरले भने–हामीमाथी लगाईएको आरोप मिथ्या हो ।
आचार संहिता बिपरित राती नौ वजे सुरक्षाका लागि खटिएका प्रहरी समेत फर्काएर किन गाउँगाउँमा जानु भयो उहाँ ? वलायरले आफुहरुले साँझ सात वजेपछि कुनै पनि प्रकारको चुनावी गतिबिधि नगरेको वताए । वलायरले भने–हिजो राती साँढे नौ वजेसम्म सिलगढीका केही अगुवाहरुसंग भिमसेन थानमा अन्तरक्रिया गर्दै थियौं, मलाई तिखाको घटनाको वारेमा करीव १० वजेमात्रै खवर आएको थियो । सुरक्षाकर्मीलाई समेत छोडेर रातीराती गाउँ पस्नुको उद्देश्य के हो ? वलायरले आफुहरु सहज तरिकाले सम्वाद गरेर अगाडी वढ्न तयार रहेको वताउँदै भने–यदि हामीमाथी आक्रमण हुने प्रयास भएमा हामी गाला थापेर वस्ने अवस्थामा छैनौं । वलायरले घटनाको वारेमा प्रहरी प्रशासनले निष्पक्ष भएर छानविन गर्नु पर्ने वताए ।
यसैबीच तिखाको घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाली कांग्रेस दिपायल सिलगढी नगरपालिकाका सभापति बिजय खड्कालाई नियन्त्रणमा लिएको छ । अन्य आरोपीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनालाई लिएर सोमवार दिउसभरी जिल्ला सदरमुकाम तनाग्रस्त रह्यो । एमाओवादीले आईतवार तिखाको घटनामा संलग्न मान्छेहरुलाई तत्काल कारवाही गर्नु पर्ने र डोटीका प्रहरी उपरीक्षक प्रेम चन्दलाई सरुवा गर्नु पर्ने माग राख्दै प्रदर्शन ग¥यो । यस्तै बिना कारण प्रहरीले नियन्त्रणमा लिएको भन्दै नेपाली कांग्रेसले जिल्ला सदरमुुकाममा प्रदर्शन गरेको छ ।
सम्पादकीय
शान्ति सुरक्षा कायम गर
आइतवार
डोटीको दिपालय सिलगढी नगरपालिका–११ मा एकिकृत नेकपा माओवादी डोटी क्षेत्र १
का प्रत्येक्ष तर्फका उम्मेदवार मोहन वममाथी आक्रमण भयो । सिमचौर गाबिसमा
निवासी डोटी जिल्ला बिकास समिति पूर्व सदस्य उपेन्द्र वमको हत्या भयो ।
दहकालिकास्थान गाबिसमा कुटपिट भयो । तिहारको दौरानमा डोटीमा साना ठुला गरी
करीव एक दर्शन घटनाहरु भए । यि घटनाहरुले प्रहरी प्रशासन सुस्ताएको छ भन्ने
सहजै अनुमान गर्न सकिन्छ ।
चुनावको मिति जतिजति नजिकिँदैछ, घटना हुने सम्भावना बढ्दै गएको छ तर प्रहरीको कार्यशैलीमा कुनै चुस्तता आएको देखिदैन । वजारमा मदिराको बिक्री बितरण अहिले पनि खुल्याआम रुपमा भईरहेको छ, रक्सीको मातमा राजनीतिक कुराहरु आउने गर्छन । वादबिवाद हुन्छ, अनि कुटपिट हुन्छ । यस्ता घटनालाई डोटीको प्रशासनले सामान्य रुपमा लिने गरेको छ ।
तर, आईतवार भएको घटना सामान्य घटना होईन, उम्मेदवारहरुमाथी आक्रमण भएको छ । उम्मेदवार घाईते भएका छन । उम्मेदवारले प्रयोग गरेका गाडीहरु तोडफोड भएका छन । प्रहरी प्रशासनको लापरवाहीका कारण डोटीका प्रत्येक्षतर्फका १९ उम्मेदवारहरुमध्ये कुनै पनि उम्मेदवारहरुको जीवनमा कुनै अप्रिय घटना भयो भने निर्वाचननै स्थगित हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा दोष कस्लाई दिने ? प्रहरी प्रशासनलाई, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई, मदिरालाई वा तासलाई ?
त्यसो त दलहरुवाट आचार संहिता उलंघन गरेको पटक पटक खवर आउँदा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयवाट कुनै “एक्सन” लिने काम भएन । निर्वाचनमा खटिने कर्मचारीहरुको छनौटमा आफै बिवादमा आएको सो कार्यालयले जिल्लामा आचार संहिता उलंघन भएको बिषयमा खासै ध्यान दिन पनि सकेको छैन ।
निर्वाचनमा मतदाताको सुरक्षा, उम्मेदवारको सुरक्षा, निर्वाचन पर्यवेक्षकहरुको सुरक्षा, निर्वाचनमा खटिने कर्मचारीहरुको सुरक्षा, निर्वाचन सामग्रीहरुको सुरक्षा, खसेका मतहरुको सुरक्षा आदि बिषयहरु प्रमुख हुन । लोकतन्त्रमा मतदाताहरुले स्व–ईच्छाले मतदान गर्न पाउनु पर्छ, यसमा कुनै दुई मत छैन तर बिगतका वर्षहरुमा डोटीमा निर्वाचनमा धाधली भएको कुरा सवैलाई जानकारी भएकै कुरा हो । यदि प्रहरी प्रशासनको यही चाला हो भने आगामी मंसिर ४ गतेको दिन पनि अवस्था यस्तै हुने कुरामा कुनै संका गर्न मिल्दैन ।
२०६४ सालको संबिधानसभाको निर्वाचनमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा वेस क्याम्पले डोटीमा खेलेको भुमिकालाई डोटीका दलहरुले उच्च प्रसंसा गरेका थिए तर यसपाली त निर्वाचन सुरक्षाका लागि खटिएको सेनाको टोली पनि निर्वाचन पहिलेनै वद्नाम कमाईरहेको अवस्था छ ।
एकातिर नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चाले घोषित रुपमा निर्वाचन बिथोल्ने भनेको छ, अर्कोतिर डोटीको प्रहरी प्रशासनको अवस्था यस्तो दयनीय छ । यस्तो अवस्थामा मतदाताहरुले आफुलाई असुरक्षित महसुस गर्नु, दलहरुले आफुलाई असुरक्षित महसुस गर्नु, उम्मेदवारहरुले आफुलाई असुरक्षित महसुस गर्नु कुनै अनौठो कुरा होईन । त्यसैले प्रहरी प्रशासनले आफ्नो उपस्थितिलाई मजवुत वनाउनु जरुरी छ । मदिरा बिक्री बितरणलाई नियन्त्रण गर्नुपर्छ । दलहरुका बिचमा देखिएको तिक्ततालाई कम गर्न दलहरुबिच सामुहिक छलफल हुने वातावरण मिलाउनु पर्छ । अन्यथा यो निर्वाचन निर्वाचन अयोगले भने जस्तो भयरहित, स्वतन्त्र, निश्पक्ष हुन सक्दैन ।

थप समाचार
एक ५६ मतदान केन्द्र
आगामी मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनमा डोटी जिल्लामा एक सय ५६ मतदान केन्द्र हुने भएका छन ।
जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटी जिल्ला निर्वाचन क्षेत्र १ मा ८६ मतदान केन्द्र र क्षेत्र २ मा ६७ मतदान केन्द्र रहने भएका छन । जिल्ला निर्वाचन अधिकारी टिकाराम ढकालका अनुसार निर्वाचन क्षेत्र १ मा ६२ मतदान स्थलमा ८६ मतदान केन्द्रहरु रहेका छन । त्यस्तै अस्थायी त्यसैगरी क्षेत्र क्षेत्र २ मा ४४ मतदान स्थलमा ६७ मतदान केन्द्रहरु रहेका छन ।
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार जिल्लामा तीन वटा अस्थायी मतदान केन्द्रहरु रहेका छन । अस्थायी मतदान केन्द्रहरुमा राजपुर कुलपातेमा एक केन्द्र स्थापना गरिएको छ । सो केन्द्रमा नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीहरुले मतदान गर्नेछन ।
त्यस्तै अर्को अस्थायी केन्द्र डोटी कारागारमा राखिने भएको छ । उक्त केन्द्रमा कारागारमा रहेका कैदीहरु र कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले मतदान गर्नेछन । अर्को मतदान केन्द्र सिलगढीमा राखिने भएको छ । उक्त मतदान केन्द्रमा निजामती कर्मचारीहरुले मतदान गर्ने वताईएको छ । अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फको मतपत्रवाट मात्र मतदान गर्ने पाउने छन ।
निर्वाचन कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटाईने छन । अन्य कर्मचारीहरुमा पाँच सय देखि नौ सयसम्म मतदाता भएको केन्द्रमा सात जना, पाँच सय भन्दा मुनी मतदाता भएको केन्द्रमा पाँच जना रहेछन । एक केन्द्रमा एक या दुई जना सहयोगी हुने छन भने तीन जना स्वयंसेवकहरु रहनेछन । एक केन्द्रमा सात देखि नौ जनासम्म सुरक्षाकर्मी रहनेछन ।
डोटी जिल्ला निर्वाचन क्षेत्र १ मा ४८ हजार एक सय ६५ र क्षेत्र २ मा ४१ हजार दुई सय ४० गरी जम्मा ८९ हजार चार सय पाँच मतदाता रहेका छन ।

निर्वाचनमा सहयोग गर्न आग्रह
डोटीका
प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले मंसिर ४ गते हुने संधिधानसभाको
निर्वाचनमा सहयोग गर्न हुन डोटीको नागरिक समाजलाई आग्रह गरेका छन ।
बिहिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रजिअ काफ्लेले भने–तपाईहरुले सहयोग गरिरहनु भएको छ, यो सहयोगलाई निरन्तरता दिँदै थप सहयोग गर्न आग्रह गर्दछु । निर्वाचनको बेलामा बिभिन्न प्रकारका घटनाहरु हुने भएकाले त्यसतर्फ प्रहरी प्रशासन सचेत रहेको वताउँदै काफ्लेले प्रहरीको संख्या कम भएका कारण सवैतिर ध्यान दिन नसिएको वताए । निर्वाचनको बिरुद्धमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई लक्षित गर्दै काफ्लेले भने– शान्तिपूर्ण रुपमा चुनाव बहिस्कार गर्ने अधिकार सवैलाई छ तर चुनाव बहिस्कार गर्ने नाममा शान्ति सुरक्षा खलवल्याउने काम गर्नु कसैले पनि हुँदैन ।
डौड गाबिसमा भएको घटनामा सैनिक कर्मचारीहरुवाट कमजोरी भएको स्वीकार गर्दै काफ्लेले भने–नेपाली सेना संस्थागत रुपमा त्यस्तो कार्यमा लागेको होईन तर त्यो भित्रका केही व्यक्तिहरुले गर्दा यस्तो समस्या भएको हो । आफुले तत्काल नेपाली सेनाका प्रमुख सेनानीलाई वोलाएर यसवारेमा बुझी कारवाही गर्न भनेको छु । त्यो कारवाही हुन्छ ।
“हामीले जिल्लामा चुनाव शान्तिपूर्ण रुपमा होस भन्ने चाहेका छौं, कुनै अप्रिय घटना भएर कुनै पनि केन्द्रमा फेरी अर्को पटक निर्वाचन नहोस भन्ने हाम्रो चाहना हो” काफ्लेले आफुहरु चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउने प्रयासमा लागेको र त्यसमा नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी सवैले सहयोग गर्न समेत आग्रह गरे ।
माग भएमा उम्मेदवारको व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी खटाउन सकिने नीतिगत व्यवस्था भएको भएपनि डोटीमा कुनै पनि उम्मेदवारले व्यक्तिगत रुपमा सुरक्षाकर्मी नमागेको काफ्ललेको भनाई थियो ।
निर्वाचन सामग्री सवै जिल्लामा आईसकेको, निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिम दिईसकिएको र मतदान अधिकृत र सायक मतदान अधिकृतहरुलाई मतदान केन्द्रमा खटाउने काम पनि भईसकेको काफ्लले वताए । काफ्लेले एक÷दुईमा सामग्री पठाउने काम पनि सुरु गरिने जानकारी दिए ।
चुनावमा कर्मचारीहरु खटाउने बिषयमा केही राजनीतिक दलहरुवाट गुनासो आएको वताउँदै काफ्लेले कर्मचारी खटाउदा कुनै प्रकारको पक्षपात नभएको वताए ।

मृत अवस्थामा पूर्व जिबिस सदस्य
नेपाली कांग्रेस डोटीका नेता तथा पूर्व जिल्ला विकास समिति सदस्य उपेन्द्र बम मृत अवस्थामा फेला परेका छन् ।
डोटी सिमचौर गाविसको दानेछहरा भन्ने ठाउँमा बम मृत अवस्थामा फेला परेका हुन् । बम कार्तिक १९ गते घरबाट छिमेकी गाउँ खुल्लेमारामा तिहारको टिका थाप्न भिन दिदिको घर गएका थिए । घरबाट निस्केको ६ दिन हुँदा समेत सम्पर्कमा नआएपछि आफन्तहरुद्वारा वमको खोजि सुरु गरिएको थियो । आईतवार वमको शव बाटो भन्दा करीव एक सय ५० फिट तल भेटिएको हो ।
घटना स्थलबाट स्थानीय भेष बमले दिएको जानकारी अनुसार मृतक बमको शरीरमा निलडाम रहेका छन् भने कपडा च्यातिएको अबस्था छ । सिमचौर गाविस ६ छिडिखान स्थायी घर भएका ६० बर्षीय बम २०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । मृतकका आफन्तहरुले राजनितिक प्रतिशोधका कारण उनको कसैले हत्या गरेको हुन सक्ने भन्दै घटनाको छानविनको माग राखेका छन् ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक जनक शाहले इलाका प्रहरी कार्यालय चवराचौतराबाट प्रहरीको टोली घटना स्थलतर्फ गैसकेको बताए । नेपाली कांग्रेस डोटीले घटना संकास्पद भएकोले त्यसको निस्पक्ष छानविन गरिनु पर्ने माग राखेको छ । नेपाली कांग्रेसका सभापति बिरबहादुर बलायरले उक्त घटनालाई निन्दनीय भएको बताउदै पराजित मानसिकता भएकाहरुले घटना घटाएको हुन सक्ने बताए ।
नेपाली कांग्रेस डोटी क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उम्मेदबार योगेन्द्र शाहीले बिज्ञप्ती प्रकाशित गर्दै घटनाबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन । शाहीले घटनाको छानविन गरी दोषीलाई कानुनी कठघरामा उभ्याएरै छोड्ने बिज्ञप्ती मार्फत जानकारी गराएका छन । कांग्रेसले घटनाप्रति शोक ब्यक्त गरेको छ । घटनाको बिषयमा थप विबरण आउन वाँकी छ ।

एमालेले प्रष्ट वहुमत ल्याउँछ
नेकपा
एमालेका पोलिट व्युरो सदस्य एवं पार्टी स्कुल बिभाग प्रमुख बेदुराम
भुषालले आगामी मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनमा नेकपा एमालेले
प्रष्ट वहुमत ल्याउने दावी गरेका छन ।
नेकपा एमाले डोटी क्षेत्र १ निर्वाचन परिचालन कमिटीले तोलेनी गाबिसमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै नेता भुषालले हालसम्म एमालेको नीति नै बिजयी भएका कारण अव जनताले नेतृत्व पनि एमालेकै हेर्न चाहेको दावी गरे । “राजनीतिक परिवर्तनहरुमा एमाले अंगिकार गरेको नीतिले बैधानिकता पाएको छ, भुषालले भने–पार्टीले अंगिकार गरेको जनताको वहुदलीय जनवादी कार्यक्रमले नेपाली राजनीतिमा बिजयी प्राप्त गरेको दावी गरेका छन ।
वन्दुकको नालवाट मात्र सत्ता कव्जा गर्न सकिन्छ भन्ने उग्रवामपन्थी सोच वोकेको एकिकृत नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न र संबैधानिक राजन्तत्र भन्दा एक कदम पनि माथी नचढ्ने नेपाली कांग्रेसलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन एमालेको जनताको वहुदलीय जनवाद सफल भएको दावी गरे । नेपाली समाज सुहाउँदो राजनीतिक कार्यक्रम नेकपा एमालेसंग मात्र रहेको दावी गर्दै भुषालले अवको निर्वाचनमा एमाललाईनै मत दिन मतदाताहरुलाई आग्रह समेत गरे । नेकपा एमालेले २०५१ सालको नौ महिने सरकार सञ्चालन गरेरजनताको बिश्वास जितेको पार्टी एमालेनै भएको वताउँदै भुषालले एमालेसंग मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सहितको अग्रगामी संबिधान निर्माण गर्ने प्रष्ट खाका रहेको वताए ।

काङ्ग्रेसले एक वर्षभित्रै संबिधान वनाउने
पूर्व
प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले
नेपाली काङ्ग्रेसको बहुमत आएमा संविधान बनाएरै छाड्ने दाबी गरेका छन ।
२०६४ मा काङ्ग्रेसले बहुमत ल्याउन नसक्दा संविधान बन्न नसकेको देउवाको दाबी छ । सोमवार अछाम सदरमुकाम मंगलसैनमा भएको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले जनतालाई अधिकार, सार्वर्भामसहितको मालिक बनाउने संविधान निर्माण कांग्रेसले मात्र दिनसक्ने ठोकुवा गरे । ६ महिनाभित्रै कृष्णप्रसाद भट्टराईले संविधान निर्माणको गरेको स्मरण गर्दै नेता देउवाले अब पनि काङ्ग्रेसले मात्रै मुलुकलाई संविद्यान दिन सक्ने बताए

छोटकरी समाचार
गाउँमा खोरेत
डोटीको गिरीचौका गाबिसमा खोरेत रोगका कारण गाईवस्तुहरु प्रभावित भएका छन ।
गिरीचौकाका लालवहादुर खडायतले दिएको जानकारी अनुसार करीव एक साता अगाडी देखि घरपालुवा जनावरहरु गाई, गोरु, भैसी, पाडा–पाडी र वोकावाख्राहरुमो खोरेत रोग लागेको छ । कृषकहरुले पालेका सवै वस्तुभाउहरुमा खोरेत रोग देखिएको छ, खडायतले भने–यो रोगको रोकथामका लागि हालसम्म कतैवाट पनि पहल भएको छ ।
खडायतले रोगका कारण गाईवस्तुहरुलाई समस्या भएपछि स्थानीय कृषकहरु चिन्तामा परेका छन ।
डोटीमा ३२ उम्मेदवार
आगामी मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि डोटी जिल्लावाट ३२ जना उम्मेदवार रहेको डोटीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले वताएका छन ।
काफ्लेले प्रत्येक्ष तर्फ क्षेत्र १ मा १२ र क्षेत्र २ मा ७ गरी १९ जना उम्मेदार रहेका वताए । यसैगरी समानुपातिक तर्फ बिभिन्न दलका १३ जना उम्मेदवार रहेको प्रशासनलाई जानकारी आएको काफ्लेको भनाई छ ।
सवै उम्मेदवारहरुसंग नियमित रुपमा सम्पर्क भईरहेको र सवै उम्मेदवारहरुको सुरक्षा दिनु प्रहरी प्रशासनको जिम्मेवारी भएको समेत काफ्लेले वताए । व्यक्तिगत सुरक्षाका लागि उम्मेदवारले माग गरेका सुरक्षाकर्मी खटाउन सकिने समेत काप्mलेले वताए ।

लेख
राष्ट्रिय जनमोर्चाको चुनाव घोषणापत्रबारे
— मोहनविक्रम सिंह
अहिले
देशको राजनैतिक स्थिति तथा सबै राजनीतिक दल र सङ्गठनहरूको नीति तथा
भूमिकामाथि समग्र रूपले विचार गर्दा राष्ट्रिय जनमोर्चाको नीतिबाटनै देशमा
राजनैतिक निकास र लोकतान्त्रिक संविधानको निर्माण सम्भव भएको कुरा प्रष्ट छ
। अहिलेको संविधानसभाको चुनावका सन्दर्भमा राजमोले तीनवटा नाराहरू अगाडि
सारेको छ ः गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौँ,
सङ्घीयताको विरोध गरौँ । वास्तवमा गणतन्त्रलाई संस्थागत गर्ने,
राष्ट्रियताको रक्षा गर्ने, सङ्घीयताको विरोध गर्ने यी नीतिहरूका आधारमानै
अहिले देशमा राजनैतिक निकास र लोकतान्त्रिक संविधानको निर्माण सम्भव छ ।
अन्य विभिन्न राजनैतिक शक्तिहरूले उक्त विषयमा अपनाएका नीतिहरूबाट
गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा आँच पुग्ने वा गणतन्त्र समाप्त भएर
राजतन्त्रको पुनस्र्थापना हुने, राष्ट्रियतामा आँच पुग्ने वा देश फिजी वा
सिक्किम बन्ने वा देशमा जातीय, क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको
स्थितिको सिर्जना हुने खतरा छ । त्यस प्रकारको खतरालाई खालि राजमोले
अपनाएका नीतिका आधारमा नै रोक्न सकिन्छ र रोक्नु पर्दछ । राजमोले अपनाएका
नीतिहरूले किन त्यस प्रकारको क्षमता राख्दछन् ?
राजमोले अहिलेको संविधानसभाको चुनाव, त्यसले बनाउने लोकतान्त्रिक संविधान र लोकतान्त्रिक गणतन्त्रका आधारमा जनताका आधारभूत समस्याहरूको समाधान हुनेछ भन्ने कुरामाथि विश्वास राख्दैन । त्यसका लागि विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तनको आवश्यकता छ र त्यसका लागि क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । त्यसका वावजुद तात्कालिक रूपमा राजमोले आफ्नो घोषणा पत्रमा अहिलेको संविधानसभाको चुनावले लोकतान्त्रिक संविधान र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरूलाई सकारात्मक रूपमा लिन्छ र त्यसलाई सफल पार्नु पर्ने आवश्यकतामा जोड दिन्छ । त्यो कार्यको सफलताबाट प्रथम, दीर्घकालीन क्रान्तिका क्रान्तिकारी आन्दोलनको आधार तयार पार्न, द्वितीय, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न र तृतीय, विद्यमान अर्धसामन्ति र अर्धऔपनिवेशिक व्यवस्थाको सीमाभित्र पनि आंशिक रूपमा जनताका मागहरू पूरा गर्न मद्दत पुग्नेछ । तर अहिले तात्कालिक कार्यहरू अर्थात् संविधानसभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरू असफल हुन्छन् भने त्यसका गम्भीर प्रकारका कैयौँ दुष्परिणामहरू हुनेछन्, जसको साङ्घातिक असर देश, जनताको जीवन तथा सम्पूर्ण देशको भविष्यमाथि पनि पर्नेछ ।
हाम्रो जस्तो प्रजातान्त्रिक परम्परा अत्यन्त कमजोर भएको देशमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति (एमाओवादी) वा जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली (एमाले) द्वारा जनताद्वारा निर्वाचित सभासद् वा सांसदहरूको भूमिका कमजोर हुने तथा एक वा अर्को प्रकारले देश अधिनायकवादतिर जाने सम्भावना रहने छ । त्यसैले राजमोले त्यस प्रकारको दुवै प्रणालीहरूलाई अस्वीकार गरेर संवैधानिक राष्ट्रपति र प्रतिनिधिसभाद्वारा निर्वाचित र त्यसप्रति नै जिम्मेवार कार्यकारी प्रधानमन्त्री प्रणालीमा जोड दिएको छ । नेपालमा संसदद्वारा निर्वाचित प्रधानमन्त्रीको प्रणाली बारम्बार असफल हुने गरेका उदाहरणहरू छन् । तर कार्यकारी राष्ट्रपति प्रणाली अधिनायकवादतिर गएका उदाहरणहरूको पनि कमी छैन । कार्यकारी राष्ट्रपति वा जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणालीद्वारा देश अधिनायकवादतिर जाने नै बढी सम्भावना हुन्छ
राजमोले यो कुरामा जोड दिएको छ कि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रधान सेनापतिका पदहरूमा वंशज नागरिकहरूलाई मात्र “निर्वाचित हुने वा मनोनित हुने संवैधानिक व्यवस्था गरिने छ ।” त्यो देशको राष्ट्रियतासित जोडिएको अत्यन्त महत्वपूर्ण र निर्णयात्मक व्यवस्था हो । त्यो प्रश्नमा संवैधानिक रूपमा प्रदर्शन गरिने छुट, उदारता वा कमजोरीबाट देशको राष्ट्रियता माथि साङ्घातिक असर पुग्न सक्दछ । नेपाल जस्तो देशमा, जहाँ विदेशीहरू नेपालका नागरिकहरू भएर देशको राष्ट्रियताका अगाडि झन्पछि झन् सङ्कट बढेर गैरहेको छ, प्रमुख संवैधानिक पदहरूमा दिइने त्यस प्रकारको छुट वा राष्ट्रियताका अगाडि सम्भावित खतराप्रति अन्य प्रमुख राजनैतिक दलहरूले ध्यान दिएको पाइन्न । त्यसबारे खालि राजमोले नै स्पष्ट र दृढ नीति अपनाएको छ ।
राज्यको पुनर्संरचनाका सन्दर्भमा राजमोले एकातिर, विद्यमान सामन्ती र केन्द्रीकृत शासन प्रणालीमा परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिएको छ भने अर्कातिर, सङ्घीयता वा त्यससित जोडिएर आएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार आदि जस्ता अवधारणाहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ । नेपालका लागि सङ्घीयता अनुपयुक्तता छ नै । त्यसका साथै सङ्घीयता सफल भएका अन्य देशहरूमा नपाइने जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकारका कारण हाम्रो देशमा सङ्घीयता अत्यन्त खतरनाक रूपमा देखा परेको छ । त्यसकारणले राजमोले सङ्घीयतालाई सम्पूर्ण रूपमा अस्वीकार गरेको छ । जबकि देशका अन्य सबै राजनैतिक शक्तिहरू (निश्चय नै नेकपा (मसाल) लाई छोडेर) सङ्घीयताको पक्षमा उभिएका छन् । तैपनि त्यसबारे केही सन्तोषको कुरा यो छ कि सङ्घीयतालाई समर्थन गर्ने अधिकतर राजनैतिक शक्तिहरूले जातीयता, क्षेत्रीयता वा आत्मनिर्णयका अधिकार जस्ता अवधारणाहरूलाई विरोध गरेका छन् । तर जसले त्यस प्रकारको अवधारणाहरूलाई विरोध गर्दछन्, उनीहरूमा आफ्ना अवधारणाहरूका पक्षमा उभिने दृढताको कमी पाइन्छ । त्यसले गर्दा उनीहरूले प्रायशः जातिवादी वा क्षेत्रीयतावादी अर्थात् मधेशवादीहरूको दवावका अगाडि आत्मसमर्पण गर्ने गरेका छन् । त्यसरी समग्र रूपमा के भन्न सकिन्छ भने सङ्घीयताका कारणले देशमा जातीय, क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न हुने खतरा अत्यन्त गम्भीर छ । त्यस प्रकारको खतराका विरूद्ध एक प्रकारले भन्ने हो भने राजमो एक्लै उभिएको छ । अर्को शब्दमा भन्ने हो भने राजमो ज्वारभाटाका विरूद्ध चट्टान झैँ दृढतापूर्वक उभिएको छ । राजमोले लिएको त्यो सही अडानका कारण आम जनतालाई र स्वयं सङ्घीयतालाई समर्थन गर्ने राजनैतिक दल वा सङ्गठनहरूमा पनि सङ्घीयता वा जातीय सङ्घीयताप्रतिको विरोध बढ्दै गएको छ । त्यसबाट आगामी संविधानसभाद्वारा सङ्घीयता वा जातीय सङ्घीयतालाई अस्वीकार गरिने सम्भावना धेरै नै बढेर गएको छ । यदि अहिले त्यो सम्भव भएन र सङ्घीयतावादीहरू कुनै तरिकाले सङ्घीय संविधान बनाउन सफल भए भने पनि सङ्घीयताका कारणले अगाडि आउने दुष्परिणामहरूका कारण छिट्टै सङ्घीयताबारे भएको भ्रम हट्ने छ र सङ्घीयतालाई खारेज गर्ने परिस्थितिको सृजना हुनेछ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ ।
अहिले देशमा गणतन्त्रको स्थापना भएको छ । तर त्यसबारे राजमोको घोषणा पत्रमा स्पष्टसित लेखिएको छ ः “लोकतान्त्रिक संविधानको निर्माण नगरिकन संविधानसभाको अवसान भएकाले गणतन्त्रलाई संस्थागत गर्ने कार्य हुन सक्दैनथ्यो र हुन सकेन ।” देशमा जुन प्रकारको अवस्था छ, त्यसले गर्दा अहिले देशमा कायम भएको गणतन्त्र पनि समाप्त हुने खतरा छ । त्यसैले हाम्रो पार्टीले समयमा नै संविधानसभाको चुनाव र लोकतान्त्रिक संविधानको निर्माण गरेर गणतन्त्रलाई नै संस्थागत गर्ने कार्यमा विशेष जोड दिन्छ ।” एकातिर राजावादीहरूका कारणले र स्वयं गणतन्त्र पक्षधर शक्तिहरूका गलत नीतिहरूका कारणले तथा अर्कोतिर संविधानसभाको चुनाव नभएर वा लोकतान्त्रिक संविधान बन्न नसकेर गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा बाधा पुग्ने पनि धेरै नै सम्भावना छ । अन्य प्रमुख राजनैतिक शक्तिहरूका गलत नीतिका कारणलेनै देशमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएपनि त्यसलाई संस्थागत गर्ने कार्यमा बाधा पुगेको छ । उनीहरूका त्यस प्रकारको गलत नीतिहरूबाट आगामी दिनहरूमा पनि गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा बाधा पुग्ने प्रवल सम्भावना छ । तर राजमोले अन्य राजनैतिक शक्तिहरूका त्यस प्रकारका गलत नीतिहरूको विरोध गर्दै गणतन्त्रलाई संस्थागत गर्ने नीतिमा लगातार जोड दिदै आएको छ र भविष्यमा पनि जोड दिनेछ ।
नेपालमा राष्ट्रियताका पक्षको सङ्घर्षमा कम्युनिष्टहरूको लामो र गौरवपूर्ण इतिहास रहेको छ । नेपालको सन्दर्भमा राष्ट्रियताको सङ्घर्षले भारतीय विस्तारवादको विरूद्धको सङ्घर्षले प्रमुख स्थान राख्दछ । त्यो इतिहासलाई नेकपा (मसाल) ले लगातार र दृढतापूर्वक अगाडि बढाउँदै आएको छ । तर आफूलाई नेपालको सबैभन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टी भएको दावी गर्ने (एमाओवादी) वा आफूलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार भएको दावी गर्ने (एमाले) हरूले एक वा अर्को गर्दै कैयौँ राष्ट्रघाती नीति वा भारतपरस्त नीति अपनाउँदै आएका छन् । उनीहरूले अपनाएका सङ्घीयताका नीतिहरूबाट पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगिरहेको छ । तर एकातिर, दृढतापूर्वक राष्ट्रियताको पक्षमा दृढ नीति अपनाएर र राष्ट्रघाती नीतिहरूका विरूद्ध सम्झौताहीन सङ्घर्षको नीति अपनाएर तथा अर्कातिर, सङ्घीयताका कारणले सम्भावित जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको खतराका विरूद्ध लगातार सङ्घर्षको नीति अपनाएर अन्य सबै राजनीतिक शक्तिहरूले भन्दा राजमोले राष्ट्रियताका पक्षमा सबैभन्दा सही र दृढ नीति अपनाउने गरेको छ । प्रमुख राजनीतिक शक्तिहरूले नागरिकता सम्बन्धी जुन राष्ट्रघाती नीति अपनाएका छन्, त्यसबाट पनि देश फिजी वा अन्तमा सिक्किम बन्ने खतरा बढ्दै गैरहेको छ । त्यस प्रकारका नीतिको विरूद्ध पनि राजमोले स्पष्ट र दृढ नीति अपनाउदै आएको छ ।
राजमोले विभिन्न जात वा जातिहरूमाथि हुने सबै प्रकारका शोषण, उत्पीडन वा भेदभावको अन्तमा जोड दिन्छ । तर अन्धजातिवादी प्रकारको सोचाइको विरोध गर्दछ । राजमोले विभिन्न जात÷जातिहरूलाई उनीहरूको विकासको अवस्था र राष्ट्रिय स्थितिमाथि ध्यान दिएर उनीहरूप्रतिको नीति निश्चित गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । त्यस अनुसार सर्वप्रथम राजमोले विभिन्न जात÷जातिको मानव सूचकाङ्कका आधारमा विकासका दृष्टिले पिछडिएका जात÷जातिलाई सूचीकृत गरेर उनीहरूलाई जातीय स्वायत्त शासन र जातीय अग्राधिकार समेत दिनु पर्ने आवश्यकतामा जोड दिन्छ । तर त्यस प्रकारको अन्तर नगरिकन खालि विशुद्ध जातीय आधारमा जातीय राज्य जातीय आधारमा प्रदेश वा जातीय आधारमा स्वायत्त शासनको व्यवस्था गर्ने सोचाइ जातिवादी र अन्धजातिवादी सोचाई हो र राजमोले त्यस प्रकारको नीतिको विरोध गर्दछ । द्वितीय, राजमोको यो पनि स्पष्ट नीति रहेको छ कि एउटा वैज्ञानिक मापदण्ड वा स्वीकृत परिभाषाका आधारमा नै को आदिवासी वा जनजाति हुन् ? त्यो निर्णय गरिनु पर्दछ र मनोगत प्रकारले कसैलाई आदिवासी वा जनजाति मान्ने स्वेच्छाचारी पद्धतिलाई अस्वीकार गरिनु पर्दछ । त्यस प्रकारको स्वेच्छाचारी पद्धतिका कारणले नै को आदिवासी र जनजाति हुन् र होइनन् भन्ने प्रश्नमा विवाद उत्पन्न भएको छ । आदिवासी र जनजातिलाई एकै ठान्ने पद्धतिलाई राजमोले अस्वीकार गर्दछ । आदिवासीको निर्धारण काल र खण्डलाई आधार बनाएर गर्नु पर्दछ भने जनजातिको निर्धारण आर्थिक, सामाजिक वा सांस्कृतिक विकासको अवस्थाको मूल्याङ्कन गरेर । त्यसका साथै कुनै जात वा जाति सूचीकृत, पिछडिएको जात वा जातिमा नपरे पनि राजमोले जनजाति र दलित जातिका वेग्ला वेग्लै राष्ट्रिय काउन्सिल बनाएर उनीहरूका हक, हितको रक्षा र संवद्र्धन गर्ने कुरामा जोड दिएको छ ।
तराई वा मधेशको (यसपछि दुवैलाई तराई मात्र भनिनेछ) समस्याबारे पनि राजमोले सही र सन्तुलित नीति अपनाएको छ । नेपालका सामन्ती शासक वर्गद्वारा तराई वा मधेशका जनतामाथि लामो समयदेखि शोषण र उत्पीडन वा भेदभव हुँदै आएको छ । तर त्यो समस्या तराईका जनताको मात्र होइन । देशका अन्य कतिपय वर्ग, जनसमुदाय वा क्षेत्रहरू पनि त्यसरी शोषित, उत्पीडित वा भेदभावको शिकार हुँदै आएका छन्, जस्तै कि मजदुर, किसान, महिला, जनजाति, दलित, कर्णाली क्षेत्र आदि । तर तराईको समस्याले वेग्लै र गम्भीर रूप यसकारणले लिएको छ कि त्यहाँ भारतीय विस्तारवादी नीतिको प्रभावमा परेर त्यहाँको जनतामाथि हुने शोषण, उत्पीडन वा भेदभावका विरूद्धको न्यायपूर्ण आन्दोलनलाई पृथकतावादी रूप दिनका लागि षडयन्त्रमूलक वा योजनावद्ध प्रकारले प्रयत्न हुँदै आएको छ । त्यस प्रकारको षडयन्त्र वा पृथकतावादी कारवाहीहरूमा संलग्न राजनैतिक शक्तिहरूलाई नै राजमोले मधेशवादी भनेर व्याख्या गरेको छ । त्यहाँका जनतामाथिका शोषण, उत्पीडन वा भेदभावहरूका विरूद्ध चल्ने आन्दोलन वा त्यस प्रकारको आन्दोलनहरूमा संलग्नसङ्गठनहरूलाई राजमोले मधेशवादी भनेर आलोचना गर्दैन र त्यस प्रकारका न्यायपूर्ण आन्दोलनहरूलाई समर्थन गर्दछ । तर जनताका त्यस प्रकारका न्यायपूर्ण आन्दोलनहरूलाई अन्धजातिवाद वा भारतीय विस्तारवादको पक्षमा उपयोग गर्ने प्रयत्नहरूलाई राजमोले दृढतापूर्वक विरोध गर्ने नीति अपनाएको छ । राजमोका यस प्रकारको नीति प्रमुख राजनैतिक शक्तिहरू, जसमा एमाओवादी प्रमुख छ, को मधेशवादीहरूसितको साूठगाूठ वा भारतपरस्त नीतिभन्दा मौलिक रूपले वेग्लै छ ।
राजमोले लगातारनै प्रवासी नेपालीहरूको मताधिकार तथा समानुपातिक प्रतिनिधित्वमा जोड दिँदै आएको छ । त्यो प्रश्नमा देशका अन्य सबै राजनैतिक शक्तिहरूभन्दा राजमोको नीति वेग्लै छ । १७ राजनीतिक दलहरूले पनि त्यो नीतिलाई अनुमोदन गर्दै प्रस्ताव पारित गरेको थियो । सङ्घीय समाजवादी पार्टीले पनि प्रवासी नेपालीहरूको मताधिकारको नीतिलाई समर्थन गरेको छ । त्यो सङ्गठनको राष्ट्रपतिसित भएको सम्झौतामा पनि त्यसबारे सहमति भएको छ । अन्य कतिपय पक्षहरूसित भएका सहमति अनुसार राष्ट्रपतिद्वारा अध्यादेशहरू पनि जारी गरिएका छन् । तर प्रवासी नेपालीहरूको मताधिकारबारे राष्ट्रपतिसित भएको सहमतिलाई त्यसमा उल्लेख गरिए अनुसार कानुनी रूप दिनेतर्फ कुनै काम थालिएको छैन । जे होस्, राजमोले प्रारम्भदेखि नै त्यसबारे स्पष्ट र दृढ नीति अपनाउँदै आएको छ । त्यस अर्थमा यो प्रश्नमा त्यसको देशको राजनीतिमा विशिष्ट स्थान छ ।
राजमोले आफ्नो चुनाव घोषणा पत्रमा विकास नीतिबारे पनि स्पष्टसित लेखेको छ ः “विकेन्द्रीकृत र सन्तुलित विकास नीति अपनाउनु पर्दछ । पिछडिएका क्षेत्रहरूको शताब्दियौँ देखिकोे उपेक्षा र पिछडिएको अवस्थाको क्षतिपूर्तिका रूपमा त्यहाँको विकासमा विशेष ध्यान दिनु पर्दछ ।” त्यो राष्ट्रिय महत्वको महत्वपूर्ण नीति हो । अहिलेसम्म देशमा राजधानी वा केही प्रमुख शहरहरूमा नै विकास केन्द्रित हुने गरेका छन्, जबकि देशका कैयौँ महत्वपूर्ण क्षेत्र वा ग्रामिण क्षेत्रको धेरै नै उपेक्षा गर्ने गरिएको छ । त्यस प्रकारको पृष्ठभूमिमा नै राजमोले विकेन्द्रित र सन्तुलित विकास नीतिमा जोड दिएको छ । महिला वा दलितहरूमाथि शताब्दियौँ देखि गरिँदै आएको उपेक्षा वा भेदभावको नीतिक कारणले उनीहरूलाई क्षतिपूर्तिका रूपमा उनीहरूप्रति विशेष आरक्षण अपनाइए झैँ विकास कार्यहरूका दृष्टिले पिछडिएका क्षेत्रहरूका लागि राजमोले “क्षतिपूर्तिका रूपमा त्यहाँको विकासमा विशेष ध्यान दिनु” पर्ने आवश्यकतामा जोड दिएको छ । त्यस प्रकारको विकास नीतिका आधारमा नै देशको सर्वाङ्गिण विकास हुन सक्नेछ ।
राजमोले आफ्नो घोषणा पत्रको प्रारम्भमा नै तोकिएको समयमा संविधानसभाको चुनाव हुनु पर्ने आवश्यकतामा जोड दिएको छ । अहिले चुनावको मिति तोकिएको भएता पनि कतिपय कारणहरूले गर्दा त्यो चुनाव तोकेको समयमा हुने कुरामा अझै पनि केही आशङ्का छ । माओवादीहरूले घोषित रूपले नै चुनावलाई असफल पार्ने नीति अपनाएका छन् । तर उनीहरूले वारम्वारनै शान्तिपूर्ण प्रकारले चुनावको वहिष्कार गर्ने अभिव्यक्ति दिएको तथा संविधानसभा चुनावको पक्षमा व्यापक जनलहर देखा परेकोले उनीहरूका कारणले संविधानसभाको चुनाव असफल हुने सम्भावना कमै देखिन्छ । संविधानसभाको चुनाव असफल हँुदा गणतन्त्र, राष्ट्रियता र क्रान्तिकारी आन्दोलन समेतलाई गम्भीर क्षति पुग्ने सम्भावनाहरूमाथि दूरदर्शितापूर्वक विचार गरेर पनि संविधानसभाको चुनावलाई असफल पार्ने कुनै नीति अपनाउने छैनन् भन्ने हामीले आशा गर्दछौँ । त्यसको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ ः चुनावमा एमाओवादीले दावी गरे जस्तो सफलताको सम्भावना नदेखेमा उनीहरूले नै चुनावलाई असफल पार्ने षडयन्त्र गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । उनीहरूले त्यस प्रकारको षडयन्त्र गरेमा सरकारले पनि त्यस प्रकारको नीतिलाई अनुकरण गर्ने र चुनावलाई स्थगित गर्ने सम्भावनातिर पन हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । तैपनि हामीले आशा गर्दछौँ कि संविधानसभाको चुनाव असफल हुँदा त्यसबाट सम्भावित दूरगामी दुष्परिणामहरूमाथि विचार गरेर एमाओवादीले चुनावलाई असफल पार्ने कुनै प्रयत्न गर्ने छैन भन्ने पनि हामीले आशा गर्दछौँ । जे होस्, कुनै पक्षले संविधानसभाको चुनावलाई असफल पार्ने प्रयत्न वा त्यस प्रकारको कुनै सम्भावनाका विरूद्ध व्यापक जनचेतना र जनदबाव सृजना गर्नु पर्ने आवश्यकतामा राजमोले जोड दिएको छ र त्यस प्रकारको नीतिले सम्पूर्ण देश र देशको भविष्य समेतका लागि निर्णयात्मक महत्व राख्दछ ।

मोफसल पत्रकारिता
आवाज विहिनका लागि पत्रकारिता
दयाराम पण्डित (सभापति)
नेपाल प्रेश युनियन, बाजुरा शाखा
तपार्इंको पुरा परिचय पाउँ न ?
मेरो नाम दयाराम पण्डित मेरो घर बाजुरा जिल्ला मार्तडी गाविस–२ जिल्ली गांउँमा हो ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
यहांले बढो गम्भीर तथा सान्दर्भिक प्रश्न गर्नु भयो । म दुर्गम बाजुरामा जन्मेको मैले विगत देखि सबैलाई अभिब्यक्त गदै आएको छु आवाज विहिनका लागि पत्रकारिता र भोका पेटका लागि सहकारीता भन्ने उद्धहरणलाई स्मरण गर्दै मैले पत्रकारिता पेशा रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
बाजुराका नागरिकलाई आम सञ्चारका माध्यामवाट सशक्त वनाई अधिकार र कर्तब्यको बोध गराउने उद्देश्यले विगत १४ वर्ष देखि पत्रकारिता पेशामा संलग्न छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
मोफसलमा बसेर म यही विटमा लेख्छु भन्दा त त्यति सान्दर्भिक नहोला, मेरो लेखाई विशेषगरी शान्ति र विकासका मुद्धामा लेख्न जति मज्जा आउँछ त्यति अरुमा आउँदैन ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
हेर्नुहोस समग्रमा मानिस समस्या–समस्यामा बाँंचेको हुन्छ । किनकी हरेक क्षणमा समस्या हुन्छ र समस्याको समाधान पनि त्यतिनै हुन्छन् नकि विकल्प विनाको समस्या हुँनै सक्दैन । समाधान हुँनै नसक्ने समस्या त हुदैनन्ु । तथापि पत्रकारिताका सवालमा पत्रकारका पाईला–पाईलामा समस्या छन् । किनकी भन्ने गरिन्छ पत्रकार समाजको ऐना हो । त्यो ऐनाले जस्ताको त्यस्तै देखाउछ । तर, कसैलाई त्यो सचित्र देख्न नचाहने पनि हुन सक्छ त्यो नै ठूलो समस्या हो । यसका साथै आर्थिक भौतिक वातारणीय र भौगोलिक समस्या पनि उत्तिकै छन् । तर समस्या देखि डर्ने होईन, डटेर अगाडि वढ्न सबैलाई आग्रह गर्दछु ।
पत्रकारिता पेशामा लागेर सन्तुष्ट हुनुहुन्छ त ?
म सन्तुष्ट छु असन्तुष्ट हुंदो हुं त एक दशक भन्दा वढि कसरी टेकी रहंदो हुं । मैले लेखेको समाचार प्रशारण र प्रकाशन हुन्छ अनि सरोकारवालाले बहसको विषय वनाउँछन् त्यतिखेर साह्रै सन्तुष्टी पाएको महशुस हुन्छ ।
तपाई संलग्न रहेर सञ्चालन भईरहेको एफएम रडियो कसरी चलिरहेको छ ?
मेरो पत्रकारिताको सुरुवात रेडियो पत्रकारितावाटै भएको हो । अरु माध्यमभन्दा रेडियो सशक्त माध्यम ठान्छु किनकि अरु सञ्चारमाध्यमको महत्वनै छैन भन्न खोजेको होईन । रेडियोलाई हलो जोत्ने देखि राज्यको उच्च ओहदामा वस्नेले सुन्न सक्छन् सञ्चार छिटो प्रवाह हुन्छ र सबैको पहुंचमा हुन्छ, त्यसैले हामीले रेडियो पौरखी ९०.४ मेगाहर्जको रेडियो संचालन गरेका हौं । अव कुरा सञ्चालनका रहे, चरीका दुख चरीलाईनै थाह हुन्छ भनेझैं हामी पत्रकार सबै एकै जातका भएकाले नेपालका मिडिया कसरी संचालन भएका छन् भन्ने सबैलाई थाह छ । तर, मेरो मान्यता कुनै पनि संगठन वा प्रतिष्ठानहरु नेतामुखी होईन नीतिमुखी भएर चल्नु पर्छ भन्ने मान्यता स्वरुप हामी अगाडि वढेका छौं ।
बाजुरा जस्तो अति बिकट मानिने ठाउँमा बसेर पत्रकारिता गरेको लामो अनुभव छ तपाईलाई, कसरी हेर्नु हुन्छ मोफसल पत्रकारितालाई ?
हेर्नुहोस हाम्रो देश नेपाल युगौं देखि केन्द्रिकृत शासन ब्यवस्थामा छ ,प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र जे आए पनि कितावका पानामा सिमित छ, काठमाण्डौंलाई मात्र नेपाल सम्झनेहरुको भूतले अझै छोडेको छैन । सरकारले सञ्चारमा मात्र होईन कुनै पनि क्षेत्रमा उदार नीति अवलम्वन गर्न सकेको छैन । जति काठमाण्डौं खाल्डोमा हेरिन्छ त्यति देशका अन्य भागमा हेरिदैन । त्यसैमा पछाडि पारिएको सुदुर पश्मिका त कुरै नगरौं त्यसमा पनि अझै उपेक्षित बाजुरा झन प्रताडित छ । मेरो पत्रकारीताको शुरुवातको वर्ष २०५६ तिर हो । हातमा डायरी र रेकर्डर वोकेर कुनै एउटा अफिसर कांहा समाचारको अधिकारिता पुष्टि गराउन जाँदा बाजुरामा पनि पत्रकार हुन्छन् ? भनेका थिए । अनि समाचर लिन गएका हामी साथीहरु तत्कालिन सहायक प्रजिअ (२०५९ तिर) शरेन्द्र पौडेलसंग पुगेका थियौं तिनले पुषको कठ्याग्रीमा म, अर्जुनजी र हरीजी समाचार लिन के गएका थियौं एकघण्टा ४५ मिनेट सम्म ठाडठाडै उभ्याएका थिए, एक शव्द ल वस्नुस भन्न सकेनन् । तपाई लाई थाह छ सायद नेपालमै पहिलो पटक पत्रकार मुर्दावाद, शाही नेपाली सेना जिन्दावाद भनेर पत्रकारका विरुद्ध नारा जुलुस गरिएको थियो । तर अहिले त्यो अवस्था त छैन । तर राजनीतिको नाममा अराजनीति गर्ने दलका खोल ओड्नेहरुवाट अलि अलि त्रसित छौं । तर तिनीहरुलाई पनि ठिक ठाउँमा ल्याउन तपाई हाम्रा कलम अझै तिर्खानु पर्ने अवस्था छ । त्यो अवस्था हेर्दा अहिले त बाजुरामै सात ओटा प्रिण्ट पत्रिका दर्ता भएका छन् । दुई रेडियो सञ्चालनमा छन् राम्रै प्रगति भएको छ । यद्येपी मोफसलको पत्रकारिता भने जस्तो सजिलो पक्कै पनि छैन । मैले माथि नै भने हट्ने होईन डटिलड्ने मोफसलवासीको वानी हुनु पर्छ ।
मोफसल पत्रकारिताका मुख्य चुनौतीहरु के के देख्नु भएको छ ?
आर्थिक र राजनीतिक मुख्य चुनौती हुन् त्यसपछि पत्रकारिता गर्नेमा व्यवसायिकता छ वा छैन त्यो पनि अर्को चुनौतीको विषय हो ।
बाजुरा जिल्लामा पत्रकारिता क्षेत्रमा लागेका सहकर्मी साथीहरुको पेशागत दक्षता कस्तो पाउनु भएको छ ?
ठिकैछ ,साथीहरु सिक्दै छौं सिकेर गर्नेको संख्या कम छ गरेर सिक्नेको संख्या वढी छ । अप्mनो पेशाप्रति वफादार रहन सबै सहकर्मीलाई आग्रह गर्दछु । पत्रकार सांच्चिकै समाजको ऐना बन्नु पर्छ भन्ने मेरो मान्यता सर्व सावित गराऔं ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
व्यवसायिक पत्रकारलाई सीप वढाउन व्यवसायिक तालिम दिनु पर्छ, पत्रकार आचार–संहिता अविलम्व कार्यान्वयन गर्नुृपर्छ । मिडियामैत्री कार्यक्रम सञ्चालन गर्नु पर्छ । उदार विज्ञापन नीति अवलम्वन गर्नुपर्छ ।
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ ?
महंसंघले श्रमजीवी पत्रकारको हकहितका लागि पैरवी गर्ने हो गरेकै छ । तर महांसंघ राजनीतिक दलको भातृसस्था जस्तो ठानेका छन् यसवाट टाढा राख्न व्यवसायिक पत्रकारले एकजुट हुन आवश्यक छ संगठन चुस्त दुरुस्त वनाउनु पर्छ । अनि सबैको साझा संगठन हुन्छ ।
पत्रकारितामा लागेर कत्तिको पैसा कमाउनु भयो ?
बाँचिएको छ, र नामचाँही आजका मिति सम्म रहेको छ ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
पत्रकारिता वलियाको हतियार होईन, निमुखा र आवज विहिनको आवाज निर्वलियाको साहारा हो । साथै सूचना र मनोरञ्जन दिनु र समाज पर्वितनका लागि परिवर्तन गर्नुनै पत्रकारिता हो । । समग्रमा पत्रकारले गर्ने कामनै पत्रकारिता हो ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ नि, कत्तिको सहमत हुनुहुन्छ ?
तपाई पनि मिडियाकर्मी हो । म नराम्रो छु त कसैले भन्दैन होला । तर मैले समाचार लेख्नलाई कसैबाट एक गिलास चिया समेत खाएको खाएको छैन । दिउसै जांडका कुरा छन् जांड भन्दा रक्सी पनि पिएको छैन मैले जीवनमा मदिरा सेवन गरी सडकमा निस्केको छैन । केटिका कुरा गर्नु हुन्छ भने मेरो घरमा मेरो श्रीमती छन् । यदि सिसाको घरबाट ढुंगा हान्नु हुन्छ भने त्यो घरको अवस्था कस्तो होला त्यही ढुंगालाई सोध्नुस यतिमात्र भनौं ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
देख्नु भएको छ ? सुन्नु भएको छ ? यदि त्यसो हो भने जे कारवाही गर्न सिफारिस गर्नु हुन्छ म तयार छु ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
नेपाल सरकारले काठमाण्डौं वा ठूला शहर मात्र नेपाल हुन् भन्ने नसम्झी हिमाल, पहाड तराई का मिडियालाई पनि नेपालकै मिडिया हुन त्यहांका समुदाय पनि सु–सूचित हुन चाहन्छन् भन्ने तर्फ नेपाल सरकारले आप्mनो नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ । मिडिया कुनै दल विशेष नभई आम नागरिकको वानउन सहयोग गर्नु पर्दछ । साथै सरकारले अनुगमन तथा मूल्याङ्कन प्रभावकरी पार्ने ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
बाजुराजस्तो दुर्गमको पत्रकारलाई सम्झेर आप्mना भावनाहरु राख्ने अवसर दिनु भयो यसका लागि विम्व परिवारलाई विशेष धन्वाद ! हामी जे लेख्छौं सत्य लेखौं, पत्रकारको परिचय पत्रले चिनिनु भन्दा कलमले समाजमा चिनियौं ।

जिल्ला स्वास्थ्य कार्यालय डोटी, युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टर, समान पहुँच बिकास केन्द्र सिड नेपाल र बिम्ब नेपाली साप्ताहिक डोटीद्वारा जनहितका लागि जारी “स्वास्थ्य सन्देश”
आत्महत्याको बिचार आएका बिरामीलाई तत्काल उपचार र आवश्यक निगरानीमा राख्नुपर्दछ ।
दिक्दारीपन (Depression)
दिक्दारीपन भन्नाले दिनहुँ दुुःखित मनस्थिति हुने, कुनै पनि कुरा पनि कुरामा चाख नलाग्ने तथा खुशीको अनुुभव नहुने, थकित महसुस भईरहने साथै तल उल्लेखितमध्ये अन्य लक्षणहरु दुुई हप्ता भन्दा बढि देखा पर्ने एक प्रकारको मानसिक रोग हो ।
दिक्दारीपनलाई निम्न लक्षणहरुवाट चिन्ह सकिन्छ
यसको मुख्य लक्षणहरु ः

- मन नरमाईलो हुने वा उदास हुने
- कुनै कुरामा खुशी हुन वा रमाउने नसक्ने
- शरीरमा शक्तिनै छैन जसतो हुने र थकाई बढी लाग्ने
यसका साथसाथै अन्य लक्षणहरु निम्न रहेका छन ः
- दैनिक क्रियाकलापमा जाँगर नलाग्ने
- एक्लै बस्न मन पराउने वा टोलाईरहने
- निद्रा गडवडी हुने
- वारम्वार रुने
- यौन ईच्छामा कमी आउने
- आत्महत्या गर्ने सोचाई आउने तथा कतिपयले कोशीश पनि गरेका हुन्छन
- रिस उठ्ने
- टाउको तथा शरीरका बिभिन्न भाग दुखेको महसुस हुने
- महिलाहरु मासिकस्राव नियमित नहुने
- शरीर झमझमाउने, रिङ्गटा लाग्ने, जीउ पोल्ने, सिल्का हान्ने आदि बिभिन्न प्रकारका शारीरिक लक्षणहरु देखिन सक्छन ।
कारणहरु ः
- बंशाणगत कारण
- आमा वुवामा यो रोग छ भने उनका छोराछोरीलाई डिप्रेसन रोग लाग्ने सम्भावना बढी हुन्छ ।
मनोसामाजिक कारण
- अत्याधिक मदिरा सेवन
- लागुपदार्थ दुव्र्यसन
- मानसिक तनाव
- पारिवारिक कलह
- कुनै अप्रत्याशित घटनाको सामना गर्नु परेमा जस्तै आप्mनो प्रियजनको मृत्यु, व्यवसायमा ठुलो हानी नोक्सानी, नौकरीवाट निकालिनु वा परीक्षामा असफल हुनु ।
अन्य कारणहरु ः
- केही शारीरिक रोगहरु जस्तै मधुमेह, छारेरोग, एचआईभीर्÷एड्स, मुटु सम्वन्धि रोग तथा हाईपोथाई¥वाईडिजम रोग लागेकाहरुमा डिप्रेसन हुने सम्भावना बढी हुन्छ ।
- दिक्दारीपनको उपचार र ध्यान दिनु पर्ने कुरा
- दिक्दारीपन कुनै सरुवा रोग होईन
- स्वास्थ्य निकायमा कार्यरत तालिम प्राप्त स्वास्थ्यकर्मीहरुवाट यसको उपचार गर्न सकिन्छ ।
- दिक्दारीपनमा औषधीले काम गर्न कम्तीमा पनि दुई हप्ता भन्दा बढी समय लाग्ने हुनाले यस्ता रोगीले धैर्य राख्न आवश्यक हुन्छ ।
- औषधी चिकित्सकको सल्लाह अनुसार पुरा मात्रामा खानुपर्छ ।
- आत्महत्याको बिचार आएका बिरामीलाई तत्काल उपचार र आवश्यक निगरानीमा राख्नुपर्दछ ।
- औषधी सेवन गर्दागर्दै पहिलेको भन्दा फरक खालको लक्षण देखा परेमा, ओषधीले गर्दा डावर आउने, जीउ चिलाउने आदि एलर्जी भएमा तथा बिरामी गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नु हुँदैन ।
- चिकित्सकको सल्लाहबिना औषधीको मात्रा घटाउने, बढाउने वा ओषधी खान छाड्नु हुँदैन ।
- औषधी सेवन गर्दागर्दै अन्य कुनै पनि शारीरिक रोग लागेर जचाउनु परेमा आफुले खाईरहेको औषधीको बिवरण सम्वन्धित चिकित्सकलाई देखाउनु पर्दछ ।
- औषधी सेवनको साथसाथै बिरामीलाई राम्रो पारिवारिक तथा सामाजिक स्नेह एवं वातावरणको पनि आवश्यकता पर्दछ ।
- ड्डबिरामप्ले मादक पदार्थ तथा अन्य कुनै लागु पदार्थको सेवन गर्नु हुँदैन । सेवन गरेमा दिक्दारीपन झन वढेर जान सक्दछ ।
- दिक्दारीपन (डिप्रेशन) का बिरामीले रोगलाई कम गर्न कस्तो दिनचर्या गर्दा राम्रो हुन्छ ?
- ड्डदैनिक तीस देखि पैतालिस मिनेट जति हिड्ने वा शारीरिक व्यायाम गर्ने गर्नु पर्छ ।
- ड्डचुप लागेर एउटा कुनामा बसेर सोच्ने÷रुने गर्नुको सट्टा घर, कोठा, वारी बगैंचामा केही ाम गर्ने प्रयास गर्नुपर्छ
- आप्mनो समस्या, पिर, चिन्ता बिश्वासिलो परिवारको सदस्य वा साथीलाई भन्नु राम्रो हुन्छ । प्रशस्त पानी पिउने (दिनको तीन लिटर) फलफुल खाने र भोग नलागे पनि खाना खाने प्रयास गर्नुपर्छ ।
- आवश्यक परेको बेलामा आफन्तहरुको सहयोग लिनु राम्रो हुन्छ ।
सुदुरपश्चिममा ५९०४ संक्रमित
सुदुरपश्चिमाञ्चल
बिकास क्षेत्रमा दुई हजार सात सय ४९ पुरष र तीन हजार एक सय ५५ महिला गरी
पाँच हजार नौ सय चार एचआईभी संक्रमितहरु रहेका छन ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०६९÷०७० सम्ममा कैलालीमा सवैभन्दा वढी दुई हजार सात सय ९५ जना संक्रमितहरु रहेका छन । अछाममा एक हजार तीन सय ३३, डोटीमा नौ सय ६४ र कञ्चनपुरमा तीन सय ९० जना रहेका छन ।
यसैगरी बैतडीमा एक सय ४०, डडेल्धुरामा एक सय १३७, वाजुरामा ६५ र बझाङमा ५७ जना संक्रमितहरु रहेका छन । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सुदुरपश्चिमका नौ वटा जिल्लाहरुमा दार्चुलामा सवैभन्दा कम २३ जना संक्रमित रहेका छन ।
सुदुरपश्चिममा हालसम्म एक लाख ९१ हजार दुई सय ४९ जनासंग परामर्श गरिएकोमा सो को तीन प्रतिसत मान्छेमा एचआईभी संक्रमण देखिएको हो । संक्रमित भएकामध्ये दुई हजार तीन सय ९५ जनाले औषधी (एआरटी) सेवन गरिरहेका छन अर्थात एड्सको अवस्थामा रहेका छन । एआरटी सेवन गर्नेमा अछाममा पाँच सय २१, बैतडीमा ६८, बझाङमा १२, बाजुरामा १५, डडेल्धुरामा ४५, डोटीमा तीन सय ६६, कैलालीमा एक हजार दुई सय ८ र कञ्चनपुरमा एक सय ६० रहेका छन ।
हालसम्म अछाममा ७७, बैतडीमा सात, बझाङमा दुई, बाजुरामा २२, डडेल्धुरामा आठ, डोटीमा ७०, कैलालीमा एक सय ४७ र कञ्चनपुरमा २५ गरी जम्मा तीन सय ५८ जनाको एड्सकै कारण ज्यान गएको समेत निर्देशनालयको तथ्याँकमा उल्लेख छ । निर्देशनालयका एचआईभी फोकल व्यक्ति लोकेश शाहले दिएको तथ्याँक अनुसार परामर्श गरिएकाहरुमा अछाममा ५७ हजार सात सय ७७, बैतडीमा आठ हजार तीन सय १०, वझाङमा पाँच हजार ६ सय ७३, वाजुरामा पाँच हजार चार सय ९०, डडेल्धुरामा ६ हजार तीन सय २१, दार्चुलामा ८१९, डोटीमा ३० हजार आठ सय एक, कैलालीमा ५६ हजार नौ सय २६ र कञ्चनपुरमा १९ हजार एक सय ३२ रहेका छन ।
तथ्याँक अनुसार अनुसार यस क्षेत्रमा १५ वर्ष मुनीका एचआईभी संक्रमितहरुको संख्या ६ सय नौ रहेका छन । यस्तै ५० वर्ष माथीका संक्रमितहरुको संख्या पाँच सय तीन जना रहेको छ ।
सुदुरपश्चिममा बिभिन्न गैरसरकारी संस्थाहरुले एचआईभी रोकथाप, सहयोग, हेरचाह सम्वन्धि बिभिन्न चेतनामुलक कार्यक्रहरु सञ्चालन गर्दै छन ।

समान पहुँच विकास केन्द्र (सिड) नेपाल, डोटी
संस्थागत विवरण
१. सिड नेपालको स्थापना ः
सामाजिक
विकासको भावनाले ओतप्रोत भएका डोटी जिल्लाको मध्ये दक्षिण स्थानमा रहेको
पचनाली गा.वि.स.का युवाहरुको कल्याणकारी कार्यहरुसंगै हाम्रो जस्तो
विकासोन्मुख देशमा विकास निर्माणका क्रियाकलापहरु संचालनमा समुदायको
अग्रसरतामा योगदान पु¥याउनको लागि संगठित युवाहरुको जामात ले २०६३ सालमा
संस्थागत स्वरुप लिई समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी नामक गैर
सरकारी संस्थाको जन्म भयो । सामाजिक कल्याण तथा विकासको क्षेत्रमा कार्य
गर्ने दृढ ईच्छा र अनुभव भएका व्यक्तिहरुको अनुभवहरुलाई समेट्दै सामुदायिक
विकास, स्वास्थ र शिक्षाको क्षेत्रमा क्रियाशिल रहदै आएको मुनाफा रहित गैर
सरकारी संस्था सिड नेपाल डोटी “सवैमा पहुँच, सवृद्ध समाज निर्माण” को
परिकल्पना बोकेर क्रियाशिल रहेको छ ।
स्थापना काल २०६३ साल देखिनै संस्थाको मानव संसाधनको परिचालन र प्रयोग तथा विभिन्न सहयोगी साझेदार निकायहरुको सहयोगबाट सामुदायिक विकास, स्वास्थ र शिक्षाका विभिन्न परियोजनाहरु संचालन पनि गर्दै आईरहेको छ ।

यस संस्थाद्वारा युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालन भएका क्रियाकलापहरु
जोखिमपुर्ण समुदायकालागि खाद्य तथा पोषण सुदृढिकरण (उत्तम अहार) कार्यक्रम ः
- कार्यक्षेत्रका ३ गाविसका पोषणको अति जोखिम अवस्थामा रहेका समुदायमा ३ वटा पोषण सचेतना केन्द्र संचालन गरि ५२ जना बालबालिकाहरुको पोषण अवस्थामा सुधार भएको छ ।
- ३ गाविसका प्रत्येक वडाका १ जना अगुवा कृषकलाई गरी २७ जनालाई तरकारी विउ उत्पादनको लागि सहयोग गरी कार्यक्षेत्रमा करेसावारी खेति गरिरहेका छन् ।
- सिमान्तकृत समुदायका ३ परिवारलाई नमुनाको लागि व्यवसायीक तरकारी खेतिमा सहयोग गरी व्यवसायमा निरन्तरता दिईरहेका छन् ।
- वगलेक गाविस वडा नं. १ का ३५ धरधुरी सिचाई सुविधा प्राप्त गरी कृषि उत्पादनमा सुधार भएको छ
- खिरसैन गाविसका ५ वटा वडामा खानपानी मर्मत गरी सम्पुर्ण घरधुरीले शुद्ध खानेपानी प्राप्त गरेका छन् भने ९० घरधुरीले नयाँ खानेपानीका योजनाबाट लाभान्वित भएका छन् ।
- कार्यक्षेत्रका गाविसमा १२ वटा पोलिहाउस निर्माण गरी व्यवसायिक तरकारी खेति सुचारु गरेका छन् ।
- कार्यक्षेत्रका ३३ घरधुरीले बाख्रापलानमा सहयोग पाई व्यवसाय निरन्तरता दिएका छन् ।
- कार्यक्षेत्रमा ३ वटा सहकारीहरु गठन भई शेयर सदस्यहरुको आवद्धतामा वृद्धि भई नियमित बचत गर्ने गरेका छन ् ।
पोषण हेरचाह र सहयोग कार्यक्रम ः
- प्रेषण र सहयोग सेवाको कारण संक्रमितहरु खुलेर स्वास्थ्य सेवा तथा उपचार लिनको लागि आउने गरेका छन ्।
- पचानली मुडेगाउँ गा.वि.स.का १२ जना PLHIV हरुलाई बाख्रापालनको लागि सहयोग गरिएको छ ।
- संक्रमित प्रभावित हरुले करेशावारीमा सहयोग गरिएकाले आफ्नै बारीको ताजा तथा स्वच्छ तराकारी उपभोग गर्ने गरेका छन ्।
- संक्रमित प्रभावित परिवारका ३१ जना बालबालिकाहरुलाई छात्रवृत्ति सहयोगले उनीहरुको पठनपाठनमा नियमित तथा सुचारु भएको छ ।
- स्थानीय निकायले (गाविस) ले एीज्क्ष्ख् हरुको लागि प्रत्येक बर्ष बजेट छुट्याउने गरेको छ ।
- कार्यक्षेत्रका ४ गाविसमा गाउँ एड्स समन्वय समिति गठन भई क्रियाशिल भईरहेका छन् ।
- समुदायमा संचालनमा गरेका सचेतना तथा अन्र्तक्रियात्मक क्रियाकलपले PLHIV प्रतिको भेदभावमा कमि आएको छ ।
- संक्रमित आफ्नो स्वास्थ्य उपचारको वारेमा चाँसो राखी औषधि नियमितता गरी नियमित उपचारमा आउने गरेका छन् भने परिवारले उक्त कार्यमा सहयोग गर्ने गरेका छन् ।
वल्र्ड भिजनको साझेदारीमा सञ्चालित मातृशिशु स्वास्थ्य तथा पोषण परियोजना ः
- बालबालिकाहरुको लागि पोषणयुक्त खानाको बारेमा सचेतना जगाउने क्रियाकलापहरु ७३ पटक संचालन भएका छन । जसमा ५२० जना गर्भवति र सुत्केरीहरु रहेका थिए ।
- २० जना कुपोषित अवस्थाको बालबालिकाहरुलाई समुदायमा नै पोषण अवस्था सुधारको लागि सहयोग र ३ जना लाई धनगढी प्रेषण गर्दा उनीहरुको पोषण अवस्थामा सुधार भएको छ ।
- २ वटा प्रशुति गृहहरुको स्तरउन्नतीको लागि सहयोग गरी सेवा सुचारु भएको छ ।
- ८ वटा गाउँघर क्लिनिकमा २४४ जनालार्ई तालिम, २ पटकमा ३३ जना स्वास्थ्यकर्मीहरुलाई तालिम १२ वटा गाउँघर क्लिनिकमा सामग्री सहयोग र स्वास्थ्य कर्मीहरुलाई सम्मान गर्ने कार्य सम्पन्न गरि १० वटा गाउँघर क्लिनिकहरु नियमित रुपमा संचालन भैरहेका छन् ।
- गर्भवति र सुत्केरीेहरुको अवस्थामा सुधार गर्न सुरक्षित मातृत्वको बारेमा यस अवधिमा ७६ जना किशोरकिशोरीहरुलाई तालिम, ८८८वटा घरधुरीहरु म.स्व.से.हरुद्धारा परामर्श, ६४ जना अगुवा महिलाहरुलाई तालिम तथा परिचालन भएका छन् ।
- समुदायस्तरमा बालरोग व्यवस्थापनको लागि १८ जना परम्परागत उपचारकर्तालाई तालिम दिई बालरोग व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु भन्न सक्ने भएका छन् ।
- समुदायस्तरमा बालरोग व्यवस्थापनको लागि १८ जना परम्परागत उपचारकर्तालाई तालिम, ४० जना महिला स्वयंसेविकाहरुलाई ऋद्यक्ष्ःऋक्ष् पुर्नताजकी ९०५ जनालाई ब्च्क्ष् तथा झाडापखाला सम्बन्धि अभिमुखिकरण गर्दा ५९ प्रतिशतले बालरोग व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु भन्न सक्ने भएका छन् ।
- स्थानीय स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको बारेमा सचेतना बढाउन ३ पटक सार्वजनिक सुनुवाई आयोजना गर्दा २५६ जना समुदायका व्यक्तिहरु सहभागि,४०६ जना विधार्थीहरुलाई अभिमुखिकरण ८ वटा गाउँघर क्लिनिक र समुदायका व्यक्तिहरु गरी ५५४ जना अन्र्तक्रियामा गर्दा ६४ प्रतिशतले घरधुरी स्थानिय स्वास्थ्य संस्थाको सेवा बारेमा जानकारी भएको पाईएको छ ।
- स्थानिय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्न ४८जना लाई न्यनतम मापदण्डको बारेमा अभिमुखिकरण, ४८७ जनालाई गाउँघर क्लिनिकहरु व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गर्दा ३ वटा गाउँघर क्लिनिकहरु भवनहरु निर्माण भएका छन् । जसमा आंशिक सहयोग संस्थाको पनि रहेको थियो ।
सुचना
“निमोनिया बिरुद्घ लडौं, बालबालिका वचाऔं
(Fight Pneumonia, Save a
Child)
- निमोनिया विश्वमा बालमृत्युको प्रमुख कारण भएता पनि निमोनियाबाट सुरक्षित राख्न सकिन्छ, यसलाई रोकथाम गर्न सकिन्छ र यसलाई सस्तो र सरल प्रविधिवाट उपचार पनि गर्न सकिन्छ ।
- नेपालमा वर्षेनी करीव ३५ हजार बालबालिकाहरुको मृत्यु ५ वर्षमुनी भैरहेको छ, जसमध्ये करीव ५६०० को मृत्यु निमोनियाको कारणले हुने गर्दछ ।
- निमोनिया ५ वर्ष मुनिका बच्चाहरुको मृत्युको प्रमुख कारण रहेको छ ।
- यो रोग फोक्सोमा हुने शीघ्र संक्रमण हो, यो विभिन्न शुक्ष्म जिवाणु, किटाणु र विषाणुवाट हुने गर्दछ
- यो रोग श्वासप्रश्वासको माध्यमवाट, खोक्दा, हाच्छियु गर्दा हावामा उडेका स–साना छिटाहरुवाट सर्ने गर्दछ ।
- शुरुमा खोकी लाग्ने, नाकवाट सिंगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गै छिटो–छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भइ कोखा हान्ने जस्ता लक्षण र चिन्हहरु देखा पर्छन, यस्ता लक्षणहरु देखिनासाथ बच्चालाई उपचारको लागि स्वास्थ्य संस्था लगेर जानुपर्छ ।
- निमोनियाको उपचार सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थावाट निःशुल्क गरिन्छ ।
- निमोनिया रोकथाम गर्न समयैमा पूर्ण खोप लगाउने, पर्याप्त पोषिलो खाना खुवाउने, वच्चालाई चिसो धुलोवाट वचाउने, एक घण्टाभित्रै नवशिशुलाई स्तनपान गराई ६ महिनासम्म बच्चालाई स्तनपान मात्र गराउने, नियमित हात धुने बानी तथा वातावरणीय सरसफाई राख्नु पर्दछ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete