Sunday, November 24, 2013

बिम्ब नेपाली साप्ताहिक मिति २०७० साल मंसिर ९ गते आईतवार (निर्वाचन बिशेष)

प्रमुख समाचार 

डोटीमा कांग्रेस एमाले एक एक स्थानमा

मंसिर ४ गते सम्पन्न भएको अर्को संबिधानसभाको निर्वाचनवाट डोटी जिल्लामा कांग्रेस र एमालेलाई एक÷एक स्थान भाग परेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र १ वाट नेपाली काग्रेसका बिर बहादुर बलाएर १६ हजार ९ सय ५७ मतले बिजयी भएका हुन । वलायरका प्रतिस्पर्धी नेकपा एमालेका नारद मलासीले ८ हजार २ सय ४७ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्र्धी एकिृकृत नेकपा माओवादीका मोहन बमले ४ हजार ७ सय ९६ मत पाई तेश्रो स्थानमा रहेका थिए ।
कुल ४८ हजार एक सय ६५ मतदाता रहेको यस क्षेत्रमा ३५ हजार तीन सय ३३ मतदाताले मत दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । यस क्षेत्रमा एक हजार आठ सय ७५ मत बदर भएका छन । १० पार्टी र दुई स्वतन्त्र गरी १२ उम्मेदवार रहेको यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार कैलाशसिं साउँदले एक हजार नौ सय दुई मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बहादुरसिं खड्काले  पाँच सय २६ र राप्रपा नेपालका उम्मेदवार लाल बहादुर खड्काले तीन सय २४ मत प्राप्त गरेका थिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका नरेश आलेले दुई सय २६, सघीय समाजबादी पार्टीका यज्ञराज भट्टले  एक सय ६४, समाजबादी जनता पार्टीका सन्तोष महतले एक सय ४०, अखण्ड नेपाल पार्टीका भीमसेन माझी एक सय २५,राष्ट्रिय यर्थातबादी पार्टीका धन बहादुर बिष्टले ४९, स्वतन्त्र उम्मेदवार लोक बहादुर खड्काले ४० मत प्राप्त गरेका छन ।
यस्तै निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका प्रेम वहादुर आलेमगर  १२ हजार चार सय मतले बिजयी भएका छन । आलेका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र शाहीले १० हजार नौ सय १४ मत पाएका थिए । यसैगरी एकिृकृत नेकपा माओवादीका त्रिलोचन भट्टले पाँच हजार तीन सय ४६ मतले स्थान कायम गरेका छन ।
सात दलका सात उम्मेदवार रहेको यस क्षेत्रमा रहेका ४१ हजार दुई सय ४० मतदाताहरुमध्ये ३२ हजार दुई सय मतदाताले मतदान गरेका थिए । अन्य दलहरुमा राष्ट्रिय जनमोर्चाका मनोज भट्टले १ हजार ९८, राप्रपाका लाल बहादुर कठायतले ४सय ४४, राप्रपा नेपालका थिर बहादुर मलासीले तीन सय १८, संघीय समाजबादी पार्टीका मान बहादुर थापाले एक सय ५७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा एक हजार पाँच सय ५९ मत वदर भएका थिए ।
निर्वाचन क्षेत्र १ अन्तरगतका लाटामाण्डौं, वनलेक र वारपाटा गाबिसमा रहेका चार मतदान स्थलका आठ मतदान केन्द्रहरु नेपाली कांग्रेसले कव्जा गरेको भन्दै नेकपा एमाले र एकिकृत नेकपा माओवादीले पुनः मतदान गर्नु पर्ने माग गराख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उजुरी गरेका थिए । कव्जा भएको प्रमाण नभएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गरेको थियो ।

सम्पादकीय 

कार्यकाल शुभ होस

संबिधानसभा सदस्य निर्वाचन २०७० को मत परिणामहरु आउने क्रम जारी छ । प्रत्येक्ष तर्फको गणना करीव करीव अन्तीम चरणमा पुगेको छ भने समानुपातिकतर्फको गणना कार्य जारी छ । प्रत्येक्ष तर्फ बिजयी भएका जनप्रतिनिधिहरुलाई हार्दिक वधाईका साथसाथै कार्यकालको उत्तरोत्तर प्रगतिको कामना छ ।
निर्वाचन परिणाम अनुसार डोटी जिल्लाका दुई क्षेत्रहरुमध्येमा एक क्षेत्रवाट नेपाली कांग्रेस र अर्को क्षेत्रमा नेकपा एमालेले वाजी मारेको छ । गत चुनावमा “रिङ्ग आउट” भएको कांग्रेस आफुलाई फेरी रिङ्ग भित्र ल्याउन सफल भएको छ भने गत पाली रिङ्गभित्र परेको एकिकृत नेकपा माओवादीले यस पटक आफुलाई जोगाउन सकेन डोटीमा । एमालेका लागि भने २०७० चुनाव पनि डोटीमा ०६४ सालकै जस्तो रहेको छ । एमालेले गुमाएको वा थप पाएको भन्ने केही देखिदैन ।
जे होस जनतामा बिश्वास गर्ने दलहरुले व्यालेट वक्समा भएका मतहरु जसरी जहाँवाट आएपनि अनियमितता भएको ठोस प्रमाण नभएसम्म जनताले स्व–ईच्छाले दिएका मान्नु पर्दछ र परीणामलाई सहज रुपमा स्वीकार गर्नु पर्ने हुन्छ । परीणाम आईसकेपछि स्वभाविक रुपमा बिभिन्न अड्कलहरु काट्ने गरिन्छ तर पहिले बुद्धि पु¥याईदैन । मतगणनाको प्रक्रियामा गईसकेपछि र परीणाम घोषणा भईसकेपछि स्वीकार गर्नुको बिकल्प छैन ।
हाम्रो जस्तो “प्रतिनिधिमुलक प्रजातान्त्रिक व्यवस्था” मा देशैभरीवाट जनताले आप्mना प्रतिनिधिहरु छान्ने काम गरेका छन । ति सवै प्रतिनिधिहरुले जनताको चहाना अनुसार काम गर्नु पर्छ र नेपाली जनतालाई नयाँ संबिधान दिनका लागि मद्दत गर्नु पर्ने हुन्छ । यद्यपी नयाँ संबिधान निर्माणका लागि राजनीतिक दलहरुले आ–आप्mनो खाकाहरु चुनाव अगाडीनै घोषणापत्र मार्फत सार्वजनिक गरिसकेका छन । त्यसकारण अव जितेर जानेहरुले संबिधानसभाको हकमा दलहरुका लागि “भ्यागुताको धार्नी” पु¥याउनु मात्रै हो । त्यसैले केन्द्रमा जसको वाहुल्यता हुन्छ उसैको लाईनको संबिधान वन्ने कुरालाई अस्वीकार गर्नु पर्ने अवस्था छैन ।
अहिलेका जनप्रतिनिधिहरुले व्यवस्थापिका संसदको समेत काम गर्नु पर्ने भएका कारण दैनिक प्रशासन सञ्चालनका लागि नीति निर्माण गर्न र त्यो नीतिको प्रभावकारी कार्यान्वयन गर्नु÷गराउनु पनि काम हुन आउँछ । फरक राजनीतिक बिचार राख्नेहरुसंग “हिन्दु र मुसलमानको जस्तो युद्ध गर्नुपर्छ” भन्ने अभिव्यक्ति दिने पनि जनप्रतिनिधिहरु छन । यि जनप्रतिनिधिहरुले कुट्ने, लुट्ने, आन्दोलन गर्ने योजना त वनाउन सक्छन तर नयाँ योजनाका साथ जनताका बीचमा जान सक्दैनन् । तै पनि यदि गएछन भने त्यसलाई आश्चर्य भने मान्नु हुँदैन ।
जे जस्तो भएपनि अव नेपाली जनताले शान्ति र संबिधान पाउनु पर्छ । शान्ति मात्रैले पनि कुनै अर्थ राख्दैन र संबिधानले मात्रै पनि कुनै अर्थ राख्दैन । त्यसैले शान्ति र संबिधान दुवै दिन सक्नु पर्छ अहिलेको संबिधानसभाले । यसका लागि जनतावाट चुनिएर गएका प्रतिनिधिहरुले पनि आ–आप्mनो पार्टीका दवाव दिनु जरुरी छ । अन्यथा २०६४ सालको निर्वाचनवाट आएका ६०१ र नयाँ निर्वाचनवाट आएका ६०१ मा कुनै फरक हुने  छैन ।

थप समाचार 

को हुन प्रेम आले ?

मंसिर ४ गते सम्पन्न भएको अर्को संबिधानसभाको निर्वाचनमा डोटी जिल्ला निर्वाचन क्षेत्र २ वाट बिजयी भएका नेकपा एमालेका नेता प्रेमवहादुर आले मगरको जन्म डोटी जिल्लाको छतिवन गाबिस–९ रुपसकाँडामा भएको हो । २०२८ सालमा जन्मिएका आलेका बुवा टेकवहादुर आले र आमा गंगादेवी आले हुन । दुई भाईमध्ये जेठा आलेले २०४६ साल देखि नेपाली कांग्रेससंग आवद्ध भई राजनीतिक जीवन प्रारम्भ गरे । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता भएपनि २०५१ सालको मध्यावधी निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा वनेको नौ महिने सरकारले गरेका जनप्रिय कार्यक्रमवाट प्रभावित भई नेकपा एमालेमा प्रवेश गरे ।
नेकपा एमालेमा पनि उनी सक्रिय राजनीति गर्दै अगाडी वढे । युवाहरुलाई प्रभावित पार्ने क्षेमता भएका आले २०५४ सालको स्थानीय निर्वाचनमा इलाका ६ वाट जिल्ला बिकास समिति सदस्यमा निर्वाचित भए । जिबिस सदस्यका हैसियतले आलेले आफ्नो ईलाकाको बिकासका लागि महत्वपूर्ण योगदान पु¥याए । जसका कारण उनलाई त्यो क्षेत्रका जनताले मात्रै होईन जिल्लाभरीकै जनताले चिन्न थाले ।
पार्टीमा पनि आलेले जिल्ला कमिटी सदस्यको जिम्मेवारी, दुई पटकसम्म पार्टी जिल्ला उपसचिवको जिम्मेवारी सम्हाल्दै आए । हाल आले  नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन ।
गत वर्ष भएको अखण्ड सुदुरपश्चिमको आन्दोलनमा आले निकै चर्चामा रहे । नेकपा एमाले डोटीले गरेको आधिकारिक निर्णय अनुसार हाल कायम रहेको सुदुरपश्चिम एक प्रदेश हुनु पर्ने र सो को राजधानी दिपायल हुनु पर्ने मागलाई उनले आन्दोलनमा जवरजस्त रुपमा उठाएका थिए । उनलाई आन्दोलनका प्रखर वक्ताका रुपमा परिभाषित गर्ने गरिएको छ । आलेले २०६४ सालको संबिधानसभाको निर्वाचनमा त्तकालीन नेकपा माओवादीका उम्मेदवार खेम वमसंग परातिज हुनु परेको थियो । यस पटक उनले नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र शाहीलाई पराजित गरेका छन ।

को हुन वलायर ?

नेपाली कांग्रेसको तर्फवाट डोटी क्षेत्र १ मा उम्मेदवार भई निर्वाचित भएका बिरवहादुर वलायरको जन्म २०१९ सालमा डोटी जिल्ला लाटामाण्डौं गाबिस अन्तरगत वयरकोटमा भएको हो । बुवा वम वहादुर वलायर र आमा डम्मरी देवी वलायरका सात छोरा र चार छोरी मध्ये सवैभन्दा कान्छा वलायर सानै उमेरमा राजनीतिक चासो राख्न थाले । पञ्चायत कालमा “पञ्चायत” भन्ने बिषयको जाँचमा सोधिएका प्रश्नको पञ्चायत बिरोधी उत्तर दिँदा उनलाई शिक्षकहरुले स्पष्टिकरण समेत साधेका थिए ।
वाल्यकालको पढाई सिताराम हाईस्कुल (हालको  सिताराम उच्च माबि उच्चाकोट) वाट गरेका वलायर बिज्ञान र शिक्षा समूहवाट स्नातकोत्तर हुन । कांग्रेस निकट नेपाल बिद्यार्थी संघको त्रिभुवन बिश्वबिद्यालय ईकाई समिति सभापति, २०५० सालमा नेबिसंघ केन्द्रीय अध्यक्षका दावेदार समेत रहेका वलायरलाई जोसिला नेता भन्दै युवाहरुले वढी मन पराउने गर्छन ।
राष्ट्रिय खेलकुद बिकास समितिको सदस्यको जिम्मेवारी वहन गरिसकेका वलायर त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पसमा स्वबियु सभापतिका उम्मेदवार समेत रहेका थिए । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै हाल वलायर पार्टीको डोटी जिल्ला सभापति समेत रहेका छन ।
खेलकुद बिकास समितिको सदस्य हुँदा उनले नेपाली खेल टिमको नेतृत्व गर्दै बिदेश समेत जाने अवसर पाएका थिए । चर्को स्वरमा ओजिलो भाषण गर्ने वलायरले युवाहरुलाई प्रभावित पार्ने क्षेमता राखेका छन ।
गत वर्ष भएको अखण्ड सुदुरपश्चिमको आन्दोलनमा आले जस्तै वलायर पनि कैलालीमा चर्चामा रहे । वलायरले सुदुरपश्चिम अखण्ड हुनु पर्ने र सो को राजधानी दिपायल हुनु पर्ने मागका साथ आन्दोलनमा सक्रियतापूर्वक भाग लिए ।  २०६४ सालको संबिधानसभाको निर्वाचनमा वलायरले नेकपा एमालेका उम्मेदवार हर्कवहादुर सिंहसंग पराजय भोग्नु परेको थियो । यस पटक उनले नेकपा एमालेकै उम्मेदवार नारद मलासीलाई पछाडी पारेका छन ।

चुनावै नहार्ने चार हस्ती

२०४८ सालको राजनीतिक परिवर्तनपछि भएका सवै निर्वाचनहरुमा चार नेताहरुले आ–आप्mनो निर्वाचन क्षेत्रमा लगातार रुपमा जित मार्दै आएका छन । तमलोपाका हृदयस त्रिपाठीले भने उक्त अवसर यस पटक गुमाए ।
नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, कांग्रेसकै उपसभापति रामचन्द्र पौडेल, कांग्रेस छोडी मधेशी राजनीतिमा प्रवेश गरेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुुमार गच्छेदार र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छे (रोहित) २०४८ साल देखिनै संसदीय एवं संबिधानसभाको निर्वाचन लगातार रुपमा जित्दै आएका छन । यि नेताहरुले २०४८, २०५१ र २०५६ सालमा भएका संसदीय निर्वाचनहरुका लगातार बिजयी प्राप्त गरेका थिए । २०६४ सालमा भएको पहिलो संबिधानसभाको निर्वाचन र भरखरै सम्पन्न अर्को संबिधानसभाको निर्वाचनमा पनि यि चारै नेताहरुले आ–आफ्नो क्षेत्रमा फेरी वाजी मारेका छन ।
पूर्व प्रधानमन्त्री देउवाले २०४८, २०५१ र २०५६ सालको संसदीय विर्नचनमा आफ्नो गृह जिल्ला डडेल्धुरावाट लगातार रुपमा जित हात पारेका थिए । २०६४ सालको संबिधानसभा निर्वाचनमा देउवाले गृह जिल्लाका साथसाथै कञ्चनपुर ४ वाट पनि वाजी मारेका थिए । भरखरै सम्पन्न संबिधानसभाको अर्को निर्वाचनमा देउवाले गृह जिल्लाका साथसाथै कैलाली ६ वाट पनि बिजयी प्राप्त गरेका छन ।
कांग्रेसकै अर्का नेता पौडेलले पनि लगातार पाँच निर्वाचन जितेका छन । २०४८ सालमा तनहुँ १ वाट जितेका पौडेलले २०५१, २०५६, २०६४ र २०७० मा तनहुँ २ वाट चुनाव जितेका छन । हाल कांग्रेस उपसभापति समेत रहेका पौडेल बिघठित संबिधानसभामा नेपाली कांग्रेसको संसदीय दलका नेता समेत रहेका थिए । प्रधानमन्त्रीको दौडमा संसदमा उनले १७ पटकसम्म अभ्यास गरेका भएपनि त्यो अभ्यास सफल भने हुन सकेन । पौडेललाई अहिले पनि प्रधानमन्त्रीको दावेदारको रुपमा हेरिएको छ ।
मधेशवादी नेता गच्छेदार पनि पाँच पटक लगातार चुनाव जित्ने नेतामा पर्दछन । २०४८, २०५१ र २०५६ मा गच्छेदारले नेपाली कांग्रेसको नामवाट संसदीय चुनाव जितेका थिए । कांग्रेसभित्र हुदा पनि गच्छेदारलाई पकड भएका नेताकै रुपमा हेर्ने गरिएको थियो । पटकपटक मन्त्री हुँदै उपप्रधानमन्त्री समेत भईसकेका गच्छेदार २०६४ सलाको संबिधानसभाको निर्वाचनमा सुनसरी ३ र मोरङ ७ वाट बिजयी भएका थिए । गत चुनाव मधेशी जनअधिकार फोरमवाट जितेका गच्छेदार यस पटक आफ्नै नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकवाट चुनावी प्रतिस्पर्धामा रहेका थिए । यस पटक उनी सुनसरी ३ वाट मात्र बिजयी हुन सफल भएका छन । मोरङ ७ मा उनलाई कांग्रेस नेता डा. शेखर कोईरालाले पराजित गरेका छन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले पनि २०४८ साल देखि २०७० सम्म भएका पाँचवटै निर्वाचन भक्तपुर १ वाट जित्दै आएका छन । माक्र्सवादी बिचार वोक्ने नेमकिपा अध्यक्ष रोहितले पनि पाँच पटक चुनाव जित्नेमा आप्mनो नाम राख्न सफल भएका छन । भक्तपुर जिल्लालाई आप्mनो आधार जिल्ला मान्ने नेमकिपाले यस पटक भने एक सिट गुमाउनु परेको छ । भक्तपुर २ वाट नेपाली कांग्रेसले वाजी मारेको छ ।
लगातार चार पटकसम्म चुनाव जित्दै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयस त्रिपाठी भने यस पटक पराजित भएका छन । यस अघिमा निर्वाचनहरुमा नवलपरासीवाट लगातारचुनाव जित्ने त्रिपाठी यस पटक पनि नवलपरासी ५ वाटै प्रतिस्पर्धामा थिए तर उनलाई नेपाली कांग्रेसले पराजित गरेको छ ।
लगातार तीन पटकसम्म चुनाव जितेका फोरम लोकतान्त्रिक नेता रामजनम चौधरी २०६४ सालको निर्वाचन समानुपातिक तर्फवाट सभासद भएका कारण प्रत्येक्ष पाँच पटक जित्नेमा उनको ईतिहास कायम हुन सकेन । चौधरी पनि नेपाली कांग्रेस हुँदै फोरम लोकतान्त्रिकमा पुगेका छन । यस निर्वाचनमा उनले फेरी कैलाली ३ वाट वाजी मारेका छन । प्रत्येक्ष नभएपनि उनले लगातार पाँच कार्यकाल जनप्रतिनिधि हुने रेकर्ड भने कायम राखेका छन ।
उता लगातार तिन पटक संसदीय चुनाव जितेका एमाले नेता केपी ओली र राजेन्द्र पाण्डेले २०६४ को संबिधानसभा निर्वाचनमा पराजय भोग्नु परेको थियो । यस चुनावमा भने यि दुवैले फेरी सभासद हुने अवसर पाएका छन ।
उता दुई÷दुई स्थानवाट चुनावी प्रतिस्पर्धामा रहेका चर्चित चार पार्टीका प्रमुखहरुमा नेपाली कांग्रेसका सभापति सुशिल कोईराला मात्र दुवै ठाउँवाट चुनाव जितेका छन । एमाले अध्यक्ष खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड, र मधेशी मोर्चाका अध्यक्ष गच्छेदार एक÷एक स्थानवाट मात्रै चुनाव जितेका छन । कोईरालासंगै एमाले नेताद्वय माधव नेपाल र वामदेव गौतम, कांग्रेस नेता शेरवहादुर देउवा पनि दुई ठाउँवाट जितेका छन ।

समानुपातिकमा थोरै मत भए पुग्ने

बिघठित संबिधानसभामा समानुपातिक तर्फ एक सभासदका लागि करीव २३ हजार मत आवश्यक भएको भएपनि यस पटक कम मत खसेका कारण २० हजार भन्दा कमै मतमा एक सभासद् हुने पक्कापक्की रहेको छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा एक करोड ७६ लाख मतदाता रहेकामा समानुपातिकतर्फको सदर मत १ करोड सात लाख ३९ हजार रहेको थियो । उक्त मतमध्ये दुई लाख ६७ हजार चार सय ४८ मत साना दलहरुलाई परेका कारण उनीहरुको प्रतिनिधित्व संबिधानसभामा हुन सकेको थिएन । त्यतिवेला समानुपातिकतर्फ ५४ दलहरुले भाग लिएकोमा जम्मा २५ दलहरुले मात्र संबिधानसभामा प्रतिनिधित्व पाएका थिए । सवैभन्दा कम २३ हजार पाँच सय १२ मत पाई नेपाल परिवार दलले समानुपातिकमा एक स्थान हात लाएको थियो ।
यस पटक कुल मतदाता एक करोड २१ लाख मध्ये करीव ८० लाखले मात्रै मतदान गरेका छन । धेरै दलहरु समानुपातिक निर्वाचनमा सहभागि भएका कारण मतपत्र ठुलो भई धेरै मत वदर भईरहेका छन । यस हिसावले १५ हजार देखि २० हजारको बिचमा एक सभासद् बरावर मत चाहिने देखिएको छ । यदि यसो भयो भने अधिकांस साना दलहरुको पनि संबिधानसभामा प्रतिनिधित्व पाउन सक्नेछन ।
बिगतमा समानुपातिक तर्फवाटमात्रै ४० सिट हात पार्न सफल भएका साना दलहरु धेरै दलमा बिभाजित भएपनि मतको अनुपात हेर्दा उनीहरुको समानुपातिक क्षेत्रको सिट संख्या खासै नघट्ने देखिएको छ । यस्तै संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा लगायतमा दलहरुले प्रत्येक्षवाट प्रतिनिधित्व गर्न नसकेपनि समानुपातिक तर्फवाट आप्mनो राम्रै उपस्थिति देखाउन सक्ने सम्भावना देखिन्छ ।
गत निर्वाचनमा समानुपातिक तर्फ तत्कालीन नेकपा माओवादीले ३१ लाख ४४ हजार दुई सय ४ मत ल्याएको     थियो । उक्त मत खसेको कुल सदर मतको २९.२८ प्रतिसत रहेको थियो । सो मत अनुसार सो पार्टीले एक सय सिट समानुपातिक तर्फवाट प्राप्त गरेको थियो ।
यसैगरी नेपाली कांग्रेसले २२ लाख ६९ हजार आठ सय ८३ मत अर्थात २१.१४ प्रतिसत पाई ७३ सिट हात पारेमो थियो । नेकपा एमालले ले २१ लाख ८३ हजार  तीन सय ७० मत अर्थात २०.३३ प्रतिसत ल्याई ७० सिट प्राप्त गरेको थियो । तत्कालीन मधेशी जनअधिकार फोरमले ६ लाख ७८ हजार अर्थात ६.३२ प्रतिसत मत ल्याई समानुपातिक तर्फ २२ सिट हात पारेको थियो ।

आठ महिला मात्र बिजयी

मंसिर ४ गते सम्पन्न भएको अर्को संबिधानसभाको निर्वाचनवाट हालसम्म आठ जना महिला मात्र प्रत्येक्ष तर्फका सभासद हुन सफल भएका छन ।
राजनीतिक दलहरुले प्रत्येक्ष तर्फ महिलालाई उम्मेदवारी दिँदानै थोरै संख्यामा दिएका थिए । त्यसमा पनि थोरै ठाउँवाट मात्र महिला उम्मेदवारहरु बिजयी हुन सकेका छन । बिजयी भएका महिला उम्मेदवारहरुमा दाङ क्षेत्र १ वाट नेपाली कांग्रेसका पार्वती डिसी चौधरी, क्षेत्र २ वाट कांग्रेसकै सुशिला चौधरी, कास्की क्षेत्र २ वाट कांग्रेसकै शारदा पौडेल रहेका    छन ।  यसैगरी कास्की ४ वाट नेकपा एमालेका सिता गीरी, वारा ४ वाट एमालेकै नजमा खातुन, उदयपुर २ वाट एमालेकै मञ्जु चौधरी र वाग्लुङ ३ वाट कांग्रेसका ज्ञानकुमारी छन्त्याल रहेका छन ।
यस्तै रोल्पा क्षेत्र २ वा एमाओवादीका ओन्सरी घर्तिले पनि प्रत्येक्ष तर्फ सभासद वन्ने अवसर पाएकी छन । यो समाचार तयार पार्दासम्भम दुई सय ४० निर्वाच्न क्षेत्रमध्ये जम्मा आठ क्षेत्रमा मात्र महिला उम्मेदवार बिजयी भएको खवर प्राप्त भएको छ । प्रत्येक्ष तर्फ महिला उम्मेदवारको संख्या ६ सय ६७ रहेको थियो
उम्मेदवारी पाएका धेरै महिलालाई संबिधानसभामा पु¥याउनका लागि बिभिन्न अभियानहरु समेत सञ्चालन भएका     थिए । ति अभियानहरुले पनि खासै काम गरेको देखिएन । उपत्यकामै कुनै पनि महिलाले जित हात पार्न सकिनन् । काठमाण्डौं क्षेत्र १ मा एमाओवादीका रेणु दाहाल र एमालेका बिद्या न्यौपाने उम्मेदवार भएका भएपनि त्यहाँवाट पुरुषनै बिजयी भएका छन ।
त्यसै क्षेत्र २ वाट नेपाली कांग्रेसका प्रतिमा गौतम, ७ वाट एमाओवादी नेतृ हिसिला यमी, कांग्रेसका प्रमिलादेवी सिंह ढंगोलले पनि उम्मेदवारी दिएका थिए । यि पाँचै महिला उम्मेदवारले अग्रता हासिल गर्न सकेनन् ।
महिला उम्मेदवारलाई जिताउने अभियानमा लागेकी महिला अधिकारकर्मी कला राईले महिला नेतृहरु पछाडी परेका कारण दुःख लागेको वताएकी छन । “काठमाण्डौंवाट उम्मेदवारी दिएका महिलाहरुमा एक÷दुई जनासम्म त जित्नु पर्ने हो”   राईले भनिन्–जनताले सत्ता र शक्तिलाई मात्र हेर्दा रहेछन ।
नेपाली कांग्रेसभित्र रहेर निकै चर्चा कमाई सकेकी महिला नेतृ सुप्रभा घिमिरेले आफुलाई पार्टीले टिकट नदिएपछि काठमाण्डौं ४ वाट स्वतन्त्र उम्मेदवारी दिएकी थिईन । २०६४ सलाको संबिधानसभाको निर्वाचनमा सोही क्षेत्रवाट बिजयी भएकी घिमिरेले यस पटक भने जम्मा ९६ मत मात्र हात पारिन । महिला हक हित र अस्तित्वका लागि स्वतन्त्र उम्मेदवारी दिएको वताउने घिमिरेको पनि बिजोक देखियो ।
बिजयी महिला उम्मेदवारहरुमा वाराकी नजमा खातुन पतिको हत्यापछि चुनावी प्रतिस्पर्धामा आएकी हुन । वारा ४ वाट उम्मेदवार समेत रहेका एमाले नेता मोहम्मद आलमको हत्या भएपछि खातुनलाई पार्टीले सोही क्षेत्रवाट उम्मेदवार वनाएको थियो । खातुन १२ हजार तीन सय ६९ मत सहित बिजयी भएकी हुन । उनलाई नेपाली कांग्रेसका सुनिलकुमार गुप्ताले ७ हजार तीन सय ९३ मतले पछ्याएका थिए ।
दाङ क्षेत्र १ की उम्मेदवार पार्वती चौधरी नेपाली कांग्रेसको तर्फवाट चुनाव प्रतिस्पर्धामा  थिईन । उनले आठ हजार नौ सय १७ मत प्राप्त गरी बिजयी भईन । दाङकै क्षेत्र २ वाट नेपाली कांग्रेसकै सुशिला चौधरीले १० हजार चार सय ३३ मत ल्याएर बिजयी भईन । कास्की क्षेत्र १ वाट नेपाली कांग्रेसकी शारदा पौडेलले ११ हजार ६ सय ६१ मत ल्याएर बिजयी भएकी हुन ।
यसैगरी कास्की क्षेत्र ४ वाट नेकपा एमालेकी सिता गिरी १५ हजार चार सय ३८ मत बिजयी भईन ।

हामी संबिधानसभामा जान्छौं

एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. वावुराम भट्टराईले बैधानिक बिधि र प्रक्रियावाटनै आप्mनो पार्टी अघि वढ्ने वताएका छन ।
भट्टराईले आप्mनो र पार्टीको पराजयलाई एजेण्डाको पराजयको रुपमा नलिएको भन्दै अहिले मुलुकको राजनीतिमा माओवादीकै एजेण्डाहरु हावी भएकोले बैधानिक बिधि र प्रक्रिया प्रयोग गरेर जनतालाई समृद्धि तुल्याउने अभियानमा आफुहरु लाग्ने वताएका छन ।
भट्टराईले शनिवार बिज्ञप्ती जारी गर्दै आफ्नो पार्टीको सकारात्मक पहलकदमीलाई दुष्प्रचार गरिनुका साथै पार्टीको रचनात्मक पहलकदमीलाई निषेध गरिएको आरोप समेत लगाए । खासगरी अहिले मुलुक राजनीतिको मुलधारमा देखिएका संघीयता, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता, पहिचान राज्यको अग्रगामी पुनः संरचना लगायतका एजेण्डाहरुको भ्रमपूर्ण अपव्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएको अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणामलाई निम्त्याएको मेरो ठम्याई रहेको छ, भट्टराईले भने–राज्यको अग्रगामी रुपान्तरणका लागि आर्थिक समृद्धिका सवालमा एकिकृत नेकपा माओवादीले उठाएका एजेण्डाहरु वास्तवमै सही छन र ति एजेण्डालेनै मुलुकको कायापलट गर्ने बिश्वास व्यक्त गर्दछु ।
भट्टराईले आफ्नो पार्टीको एजेण्डालाई जनस्तरसम्म लैजाने क्रममा प्रतिस्पर्धि राजनीतिक दलले धेरै प्रकारका बाधा अड्चन पैदा गरेको आरोप समेत लगाएका छन । हामीलाई के बिश्वास थियो भने जनताले हाम्रो एजेण्डालाई बुझेर एमाओवादीलाई  परिवर्तनकारी शक्तिका रुपमा बिजयी गराउनु हुनेछ । तर अन्य प्रतिस्पर्धि दलका साथीहरुले हामी र हाम्रा एजेण्डालाई पुराका पुरा बहिस्कार गर्दै निषेधात्मक तरिकाले हाम्रो नेतृत्व र पार्टीको बद्ख्वाईँ गर्दै चुनाव प्रचार गरे भट्टराईले भने–हामीले चुनाव प्रचारका क्रममा कहित्यै पनि अन्य दलहरुको आलोचना गरेनौं । ऐतिहासिक संबिधानसभाको निर्वाचनमा पनि पूर्णतया संदसीय निर्वाचनको झल्को दिने गरी एमाले कांग्रेस लगायत दलले निषेधात्मक तरिकाले अलोकतान्त्रिक प्रचार शैली अपनाउँदा आफ्नो एजेण्डा र हामीले बिगतमा सरकारमा रहँदा वा वाहिर रहँदा शान्ति, संबिधान, लोकतन्त्र र राज्यको अग्रगामी रुपान्तरणका लागि सवालमा गरेका काम कारवाहीको गलत व्याख्या गरियो ।  

सुपमा एमाले÷कांग्रेसको वाजी

सुदुरपश्चिमका २१ वटै निर्वाचन क्षेत्रका प्रत्येक्ष तर्फको मतगणना कार्य सम्पन्न भएको छ ।
शनिवार राती अवेर सम्पन्न भएको मतगणना कार्यवाट आएको परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले वरावर स्थान हात पारेका छन । नेकपा एमालेले पहाडी जिल्लाहरुमा आफ्नो वर्चश्व राखेको छ भने नेपाली कांग्रेसले तराईका जिल्लाहरुमा ।
परिणाम अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावल अछाम क्षेत्र १ वाट बिजयी भएका छन । त्यस्तै अर्का केन्द्रीय सदस्य कर्ण थापा वाजुरावाट बिजयी भएका छन । त्यस्तै अछाम २, वझाङ १ र २, डोटी २ र दार्चुलावाट नेकपा एमालेले वाजी मारेको छ । कैलाली २ र बैतडी १ वाट पनि एमालेकै उम्मेदवार बिजयी भएका छन । एमाले केन्द्रीय सदस्य एवं महाकाली संयोजक उर्वादत्त पन्तलाई कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पराजित गरे ।
यस्तै नेपाली कांग्रेसका  बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा कैलाली ६ र गृहजिल्ला डडेल्धुरावाट बिजयी भएका छन । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर ४ वाट बिजयी भएका छन । त्यस्तै कैलाली ५, डोटी १, बैतडी २, कञ्चनपुरका चारवटै स्थानमा पनि कांग्रेसकै पोल्टोमा परेको छ । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद वडुलाई एमालेका गणेश ठगुन्नाले दार्चुलावाट पराजित गरेका छन ।
गत चुनावमा अधिकांस स्थानमा पटड जमाएको एमाओवादीले भने यस पटक एक मात्र निर्वाचन क्षेत्रमा चित्त बुझाउनु पर्ने अवस्था आएको छ । एमाओवादीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री लेखराज भट्टले कैलाली ५ मा नेपाली कांग्रेसका नेता      दिर्घराज भाटसंग हार व्यहोर्नु प¥यो
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सुदुरपश्चिममा दुई स्थानमा जित हात पारेको छ । फोरम लोकतान्त्रिकका रामजनम चौधरी कैलाली ३ वाट बिजयी भएका छन । चौधरी २०४८ साल देखि लगातार जनप्रतिनिधि वन्दै आएका छन । उनले नेपाली कांग्रेसका नारायणदत्त मिश्रलाई पराजित गरेका छन । त्यस्तै कैलाली १ वाट पनि फोरम लोकतान्त्रिककै जनक चौधरी पनि बिजयी भएका छन । जनकले कांग्रेसकै रणवहादुर रावललाई   पराजित गरेका छन ।

शिर्ष नेता केहि विजयी केहि पराजित

हालै सम्पत्र संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस, एमाले र एकिकृत माओवादीका केही शिर्ष नेताहरु विजयी र केहि पराजित हुन पुगेका छन् ।
काठमाण्डौं १० मा कांग्रेसका राजन केसीले एकिकृृत माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई हराए भने काठमाण्डौ क्षेत्र नम्बर ५ बाट एमाले महासचिव ईश्वर पोख्रेल कांग्रेसका नरहरी आचार्य संग पराजित हुन पुगे ।  सिरहा ५ मा भने अध्यक्ष प्रचण्डले केहि मतले मात्र विजय हात पारे ।
२०६४ साल भएको संविधानसभा निर्वाचनमा आफु गृहमन्त्रीहुंदा पराजीत हुनु भएका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला यसपालि झापा ३ बाट विजयी भए । यस्तै अघिल्लो निर्वाचनमा हार व्यहोर्नु भएका नेपाली कांग्रेसका सभापति सुशिल कोइराला यसपालि चितवन ४ र बांके ३ बाट विजयी भए । यस्तै कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा कैलाली ६ र डंडेलधुरा १ बाट निर्वाचित भए ।
यस पटक काठमाण्डौको १० बटा क्षेत्र मध्य ७ स्थानमा कांग्रेसले कब्जा गरेको छ । यसैक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंह क्षेत्र नम्बर १ मा, ४ मा गगन थापा,  ६ मा भिमसेन दास प्रधान, ८ मा नविन्द्रराज जोशी र ९ मा ध्यानगोविन्द रञ्जीत विजयी भएका छन् ।
यसअघि काठमाण्डौ २ र रौतहट ६ बाट पराजीत हुनु भएका नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल यसपालि  रौतहट १ र काठमाण्डौ २ बाटै निर्वाचित भए । यसअघिको निर्वाचनमा पराजीत भएका नेकपा एमालेका केपी शर्मा ओली झापा क्षेत्र नम्बर ७ बाट विजयी भए । ललितपुर ३ मा कांग्रेसका मदन आमात्य संग एमालेका रघुजी पन्त पराजित भए भने गुल्मी २ मा एमालेका प्रदिप ज्ञावालीलाई कांग्रेसका चन्द्र भण्डारीले हराए ।
नेकपा एमाले बिष्णु पौडेलसंग रुपन्देही ४ मा पराजीत भएका एकिकृत नेकपा माओवादीका डा. बाबुराम भट्टराई गोरखा १ बाट विजयी भए । यसैगरी सिन्धुपाल्चोक २ बाट एकिकृत माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटा र रुकुम २ बाट एकिकृत माओवादीका जनार्दन शर्मा विजयी भए । कैलाली ५ मा कांग्ररेसका दीर्घराज भाटसंग एकिकृत माओवादीका लेखराज भट्ट पराजित भएका छन् ।

बिज्ञापन 

प्रथम पटक प्रकाशित मितिः ७ मंसिर २०७०

समाज सेवा डोटी र ब्लुबेरी हिल च्यारिटेवल ट्रष्टको साझेदारीमा संचालित “सफल परियोजना” हिमाली तथा पहाडी क्षेत्रको जिविकोपार्जन र आर्थिक क्रियाकलापलाई टेवा पु¥याउने उद्देश्यले दिगो वित्तिय सेवामा पहुँच अभिबृद्धि गर्ने कार्यक्रम अन्र्तगत डोटी जिल्लामा   परियोजना संचालनको लागि निम्न बमोजिम दक्ष तथा अनुभवी कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आवह्वान गरिन्छ ।      
पद ः  जिल्ला वित्त तथा प्रशासन प्रमुख ः– १ जना
शैक्षिक योग्यता ः ब्यबस्थापन संकायमा स्नातक तह उत्तिर्ण
कार्य दक्षता तथा अनुभव ः कार्यालयको लेखा ब्यबस्थापन तथा प्रशासन संचालन सम्बन्धि अनुभव वा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी २ बर्षको कार्य अनुभव
पद ः वित्तिय सहजकर्ता ः ३ जना
शैक्षिक योग्यता ः प्रविणता प्रमाणपत्र तह उत्तिर्ण
कार्य दक्षता तथा अनुभव ः सामाजिक  परिचालन सम्बन्धि कम्तिमा १ बर्षको अनुभवका साथै सहकारीको चार खाता सम्बन्धि ज्ञान भएको र जिल्लाका स्थानीय उम्मेदवारलाई प्राथमिकता ।
पद ः वित्त तथा प्रशासन सहायक ः १ जना
शैक्षिक योग्यता ः ब्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण
कार्य दक्षता तथा अनुभव ः लेखापालन गर्न सक्ने तथा सहकारीको चार खाता सम्बन्धि राम्रो ज्ञान भएको ।
अन्य जानकारी ः
ड्ड जिल्ला वित्त तथा प्रशासन प्रमुख पदका आवेदकहरु कम्प्युटरमा अफिस प्याकेज, इन्टरनेट, इमेल, नेपाली अङ्ग्रेजीमा टाईप गर्न, लेख्न तथा बोल्न सक्ने हुनुपर्नेछ ।
ड्ड प्रारम्भिक छनोटमा सफल भएका उम्मेवारहरुलाई मात्र सम्पर्क गरिने छ ।
ड्ड आवेदकले आफ्नो बायोडाटा, योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि, दुइप्रति फोटो र नागरिकताको प्रतिलिपी सहित प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्रमा अपेक्षित पारिश्रमिक उल्लेख गरिएको आवेदन दिनुपर्नेछ ।
ड्ड आफ्नो सम्पर्क नं. निवेदनमा अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
ड्ड इमेल मार्फत आवेदन गर्नु परेमा ssdvacancy@gmail.com मा आवेदन गर्न सकिनेछ ।
ड्ड महिला, दलित,जनजाति तथा पिछडिएकालाई प्राथमिकता दिइनेछ ।
ड्ड दरखास्त दिने ठेगाना ः
समाज सेवा डोटी, 
दिपायल सिलगढी नगरपालिका २, डोटी 
सम्पर्क नं ः ०९४–४२००२६


सायल नेपाल डोटी 
कर्मचारी आवश्यकता सम्बन्धी सूचना 

प्रथम पटक प्रकाशित मितिः २०७०÷०८÷०६ गते
सामाजिक सेवाको भावनालाई आत्मसाथ गर्दै सामुदायिक स्वास्थ्य, सरसफाई तथा विकास र सामाजिक कल्याणको लागि क्रियाशिल रहदै आएको मुनाफा रहित गैरसरकारी संस्था सायल नेपाल डोटी स्थापना काल २०५३ साल देखिनै आफनो साधन, श्रोत तथा विभिन्न दातृ निकायहरुको सहयोगबाट सामुदायिक विकास तथा शसक्तिकरणका लागि सामुदायिक परिचालन, स्वास्थ्य सचेतना, खानेपानी स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा डोटी जिल्लाको विकासको क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । हाल यस संस्था र वल्र्ड भिजन इन्टरनेशनल नेपाल, पुर्वी क्षेत्र विकास कार्यक्रम डोटीको संयुक्त साझेदारीतामा डोटी जिल्लाको तोलेनी, डौड, खातिवाडा, कलेना, बगलेक, खिरसैन र गैरागाउँ गा.वि.स.हरुमा सञ्चालन हुन गईरहेको मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनाको लागि निम्न लिखित तह÷पदहरुमा सायल नेपाल डोटीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएकोले योग्यता पुगेका र १८ बर्ष पुरा भई ४० बर्ष ननाघेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०७०÷०८÷१२ गते भित्र दरखास्त पेश गर्न यो सूचना आह्वान गरिन्छ ।  
पद ः– परियोजना ईन्चार्ज,   संख्या ः– १ जना       शैक्षिक योग्यता ः– स्नातक तह उत्तीर्ण (स्वास्थ्य बिषयमा स्नातक तह उत्र्तीण गरेकालाई बिशेष ग्रहायता दिइनेछ) ।
आवेदन दस्तुर ः  रु ५००÷(अक्षेरुपी पाँच सय मात्र ।
बाञ्छनीय योग्यता ः
१) मातृशिशु स्वास्थ्य तथा पोषणको क्षेत्रमा र सामाजिक विकासको क्षेत्रमा स्नातक तह उत्तीर्ण भई कम्तिमा २ बर्षको अनुभव वा प्रमाणपत्र तह उत्तीर्ण भए कम्तिमा ५ बर्षको अनुभव भएको ।
२) परियोजनाको कार्य योजना निर्माण कार्यान्वयन तथा अनुगमन गर्न सक्ने ।
३) जिल्ला तथा स्थानीय सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सम्बन्ध विस्तार गर्न सक्ने ।
४) परियोजनाको लागी आवश्यक सेमिनार, बैठक, अभिमुखिकरण, तालिम र गोष्ठि संचालन गर्न सक्ने ।
५) परियोजनाका कर्मचारीहरु त्था समुदायको क्षमता अभिबृद्धि गरी प्रभावकारी परिचालन गर्न सक्ने सीप भएको ।
६) समुदायमा बाल तथा मातृ स्वास्थ्यलाई सुधार गर्नको लागी समन्वय, सहकार्य तथा बहस पैरवी गर्न सक्ने ।
७) कार्यक्रमको लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धि ज्ञान भएको ।
८) आम सञ्चार सूचना आदान प्रदान दक्षता भएको र अंग्रजी भाषामा प्रतिबेदन तथा प्रस्तावना तयार गर्नमा दक्ष
९) कम्प्युटर सम्बन्धि ज्ञान भएको (MS word, Excel and power point)
पद ः– फिल्ड स्वास्थ्य सहजकर्ता,       आवश्यक संख्या ः– ३ जना,
शैक्षिक योग्यता ः– सि.एम.ए.,ए.एन.एम.उत्र्तीण वा स्वास्थ्य विषयमा प्रमाणपत्र तह उत्तीर्ण,  आदेन दस्तुर ः  रु ३००÷(अक्षेरुपी तिन सय मात्र) ।
बाञ्छनीय योग्यता ः
१) सामुदायिक परिचालन तथा विकास सम्बन्धि कम्तीमा १ वर्ष कार्य अनुभव भएको स्वास्थ्य प्राविधिक (सि.एम.ए.÷ए.एन.एम.) हरुलाई बिषेश ग्राह्यता दिईने छ ।
२) समुदायमामा संचालन हुने विभिन्न क्रियाकलापहरु समुह तथा स्थानीय सरोकारवालाहरुसंग मिलेर सञ्चालन गर्न सक्ने ।
३) समुदायमा बाल तथा मातृशिशु स्वास्थ्यका लागि जनवकालत तथा बहस पैरवी गर्न सक्ने सीप भएको ।
४) मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनाका सरोकारवाला स्थानीय निकायहरु सम्वन्धि राम्रो ज्ञान भएको र उनीहरुको क्षमता विकास र परिचालन तथा व्यवस्थापन गर्न सक्ने
५) आम सञ्चार, सूचना आदान प्रदान दक्षता भएको र प्रतिबेदन तयार गर्नमा दक्ष ।
६) जिल्ला तथा स्थानीयस्तरका सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सम्बन्ध विस्तार गर्न सक्ने ।
७) स्थानीय स्तरमा संचालन हुने विभिन्न तालिम, गोष्ठि, बैठक तथा अभिमुखिकरणहरु सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने क्षमता भएको ।
८) पूर्ण रुपमा बस्न सक्ने तथा नेपाली र स्थानीय भाषाको राम्रो ज्ञान भएको ।
९) कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
पद ः– परियोजना लेखा सहायक,      आवश्यक संख्या ः– १ जना,  शैक्षिक योग्यता ः– लेखा बिषय लिई एस.एल.सी.वा सो सरह उत्र्तीण (लेखा बिषयबाट प्रमाण पत्र तह उत्र्तीणलाई बिषेश ग्राह्यता दिईने छ ।),  आदेन दस्तुर ः  रु ३००÷(अक्षेरुपी तिन सय मात्र) ।
बाञ्छनीय योग्यता ः
१) परियोजनाको वित्तीय योजना बनाउने, कार्यान्वयनका लागि सहयोग गर्ने र आर्थिक प्रगति प्रतिवेदन तयार पार्न सक्ने ।
२) परियोजनाको लजिस्टीक तथा वित्तीय व्यवस्थापन बारे ज्ञान भएको ।
३) परियोजनाको वित्तीय व्यवस्थापनको लागि नियमित अनुगमन गर्ने सक्ने ।
४) स्टोर व्यवस्थापन, सामग्री खरिद, दाखिला, भण्डारण तथा वितरण सम्बन्धि आवश्यक ज्ञान भएको ।
५) सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएकालाई विषेश ग्राह्यता दिईने छ ।
६) कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
नोट ः १) निबेदनका साथ नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव कार्यक्षेत्र, बायोडाटा र PP साईजको फोटो १ प्रति ।
२) छनौट प्रकृया ः Short list  मा परेका उम्मेदवारलाई मात्र लिखित, प्रयोगात्मक वा अन्तरवार्तामा बोलाइने छ
३) छनौट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ ।
४) Short list  गरिएका उम्मेदवारहरुसंग मात्र आवेदन दस्तुर लिईनेछ र ईमेलबाट आएका निवेदन पनि समावेश गरिनेछ ।
५) दलित, महिला, जनजाती तथा सम्बन्धित कार्यक्षेत्रका गा.वि.स.का स्थानीय उम्मेदवारलाई बिशेष ग्रहायता दिईनेछ ।
६) निबेदन दिने अन्तिम मिति ः– २०७० मंसिर १२ गते, साँझ ५ः०० बजे सम्म (ढिलो गरी आएमा निवेदन समाबेश गरिने छैन)    
७)Short list  मा परेका उम्मेदवारलाई संस्थाद्वारानै खबर गरिनेछ ।,
८) दरखास्त संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा बुझाउनु पर्ने छ ।
९) लिखित परिक्षाको मिति छोटो सूची प्रकाशन पश्यात तोकिने छ ।    
सम्पर्क गर्ने ठेगाना
सायल नेपाल, डोटी 
केन्द्रीय कार्यालयः तोलेनी ६ डोटी सम्पर्क कार्यालय सिलगढी–१, नाचनथली, डोटी
         सम्पर्क फोन नं. ः– ९८४८४३४५५२,  इमेल ः sayalnepal.doti@gmail.com

बधाई÷शुभकामना 

हार्दिक बधाई तथा शुभकामना

यही २०७० साल मंसिर ७ गते भएको संबिधानसभा सदस्य निर्वाचनमा डोटी जिल्ला निर्वाचन क्षेत्र नं. १ वाट विर वहादुर वलायर र निर्वाचन क्षेत्र नं. २ वाट प्रेम वहादुर आले मगर बिजयी हुनु भएकोमा उहाँहरुलाई हार्दिक बधाईका साथै कार्यकालको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

होटल व्यवसायी संघ परिवार, डोटी


भावपूर्ण श्रद्धाञ्जली 

वारपाटा गाबिस वडा नं. १ निवासी यस श्री सिद्धनाथ नि.मा.बि. का संस्थापक अध्यक्ष तथा जग्गादाता टेकवहादुर वलायरको यही मिति २०७० साल मंसिर ४ गते ५९ वर्षको उमेरमा असामयिक निधन भएको खवरले हामीलाई अत्यन्तै मर्माहत वनाएको छ । दुःखको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
यज्ञवहादुर धामी                                                                                                         कर्णवहादुर बिष्ट 
प्रधानाध्यापक                                                                                                                    अध्यक्ष
डम्मरवहादुर धामी 
अध्यक्ष, शिक्षक अभिभावक संघ
देवीलाल ओझा 
बिरवहादुर बिष्ट 
रामचन्द्र ओझा
सिद्धनाथ नि.मा.बि. सिमखोली
 वारपाटा–१, डोटी

प्रेश बिज्ञप्ती 

आदरणीय न्यायप्रेमी डोटेली आमाबुवा, दाजुभाई तथा दिदिवहिनीहरु 
मुलुक अहिले अत्यन्त जटिल र शंकटपूर्ण अवस्थावाट गुज्रदैँछ । मुलुकका राजनीतिक पार्टीहरु तथा परिवर्तनको आन्दोलन स्वयं अप्ठेरा अवस्थामा पुगेको छ । निष्ठाको नाममा ढोंग, अपवित्र राजनीतिक गठवन्धन तथा अवसरवादीको बढ्दो वोलवालाका कारण राजनीतिक नेतृत्वले नैतिक प्राधिकार गुमाउँदै गएको अहिलेको अवस्थामा सवैले धैर्यता, संयमितता र जिम्मेवारीपूर्ण भुमिका पुरा गर्नु पर्ने आवश्यकता छ
यस अवस्थालाई सही दिसामा ल्याउनका लागि यही मंसिर ४ गते संबिधानसभाको अर्को निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा हाम्रो पार्टी नेकपा एमालेले मलाई डोटी जिल्ला निर्वाचन क्षेत्र नं. १ वाट उम्मेदवार वनाएको कुरा सवैमा अवगतनै छ । जनताको अपार माया, आशिर्वाद र मतदाताहरुको अपार सहयोग हुँदाहुँदै पनि म उक्त प्रतिस्पर्धामा अगाडी आउन सकिन । यस अवसरमा मलाई निर्वाचनको बेलामा पार्टीको पक्षमा परिणाम ल्याउनका लागि ज्यानको वाजी लगाएर चुनावी मोर्चामा खटिनु भएका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दछु । साथै मलाई सहयोग गर्नु हुने आदरणीय मतदाताहरु, सहयोगीहरु, शुभचिन्तकहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
निर्वाचनको प्रक्रियामा जित र हारको बिषय नियमित बिषय हो । त्यसकारण यो परिणामले कत्ति पनि बिचलित नभई पार्टी काममा  निरन्तर रुपमा क्रियासिल रहन म सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरुलाई अपील गर्दछु । हामी निष्ठाको राजनीति गर्छौं र राजनीतिमा ईमानदारिता देखाउँछौं । सदाझैं यो निर्वाचनमा पनि हामीले राजनीतिक ईमानदारिता देखाएका छौं । हाम्रो जित यसैमा छ । तर दुःखको कुरा जनताले हामीलाई दिएको मतको हामीले सुरक्षा गर्न सकेनौं । जनताले स्व–ईच्छाले आप्mनो मत प्रकट गर्न पाउने बातावरण वनाउन नसकेकोमा म दुःखी छु ।
निर्वाचनको जित वा हारले मेरो राजनीतिक क्रियासिलतालाई कुनै प्रभाव पार्ने छैन । म हिजो जति क्रियासिल थिएँ आगामी दिनमा पनि त्यो भन्दा अझ वढी क्रियासिल रहनेछु । डोटीको बिकास र डोटेली जनताको दुःखसुखमा मेरो उपस्थिति सदैव पाउनु हुनेछ । साथै यस जिल्लाको बिकासको लागि मैले मेरो क्षेत्रवाट खेल्नु पर्ने भुमिकामा सधैं तयार रहने प्रतिवद्धता व्यक्त गर्दछु ।
डोटी र देशभरीवाट हाम्रो पार्टीलाई अमुल्य मत प्रदान गर्नु हुने आम मतदाताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै संबिधानसभा सदस्य निर्वाचनमा बिजयी सदस्यहरुलाई संबिधान लेखनमा सफलता प्राप्त होस भन्दै यसै बिज्ञप्ती मार्फत अग्रिम शुभकामना समेत व्यक्त गर्दछु ।
एकछिनका लागि डाँडापारी लुकेको सुर्य फेरी उदाउनेछ । नेपाली जनताले हाम्रो पार्टीप्रति गरेको माया, आशा र बिश्वासलाई हामी सदैव कदर गर्नेछौं । जनताको बहुदलीय जनतावादले समग्र देशको नेतृत्व गर्ने छ भन्ने बिश्वास म डोटेली जनतालाई दिलाउन चाहान्छु । फेरी पनि आदरणीय जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
नारद मलासी 
सेती अञ्चल समन्वय कमिटी सदस्य 
नेकपा एमाले   

प्रेश बिज्ञप्ती

डोटी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा संबिधानसभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा सन्तोष तथा खुशी व्यक्त गर्न चाहान्छु । संबिधानसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न भुमिका खेल्नु हुने निर्वाचन आयोग, स्थानीय प्रहरी, प्रशासन, राजनीतिक दल, नागरिक समाज, सम्पूर्ण मतदाता तथा प्रेश जगतलाई धन्यवाद दिन चाहान्छु ।
साथै निर्वाचनमा मलाई मत दिनु हुने सम्पूर्ण मतदाता तथा निर्वाचनमा अहोरात्र खट्नु भएका पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभचिन्तक सहयोगीहरुलाई यसै वक्तव्य मार्फत आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
संबिधानसभा सदस्य निर्वाचनमा बिजयी सदस्यलाई संबिधान लेखनमा सफलता प्राप्त होस भन्दै यसै बिज्ञप्ती मार्फत अग्रिम शुभकामना समेत व्यक्त गर्दछु ।
मनोज भट्ट
केन्द्रीय कोषाध्यक्ष
राष्ट्रिय जनमोर्चा

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete