Wednesday, February 19, 2014

वर्ष १०, अंक ४५, २०७० साल फागुन ६ गते मंगलबार,


बर्ड प्mलुको खतरावाट जोगिन हामी सवै सतर्क र सचेत होऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

यस्तो छ डोटीमा गैससभित्रको सुशासन, 

एउटै व्यक्ति दशकौं देखि संस्था प्रमुख

सुशासन, पारदर्शिता र जवाफदेहिताको वकालत गर्दै आएका डोटीका गैससहरुमा लामो समयदेखि एउटै व्यक्तिले नेतृत्व गर्दै आएका छन ।
बिम्ब साप्ताहिकले गरेको एक अध्ययन अनुसार डोटीका दुई गैर सरकारी संस्थाहरुले स्थापनाकाल देखिनै नेतृत्व     परिवर्तन नगरेको पाईएको छ ।
२०४९ सालमा स्थापना भएको सामुदायिक बिकास केन्द्र डोटीको अध्यक्षमा स्थापनाकाल देखिनै हरिप्रसाद पन्त रहेका    छन । पन्तलाई सो पदमा बहाल भएको २१ वर्ष पुरा भएको छ । हाल पश्चिम शिक्षा परियोजना, गुणस्तरीय प्राथमिक शिक्षा नेपाल परियोजना, एनसेल छात्रबृत्ति    परियोजना सञ्चालन गर्दै आएको छ । यस संस्थाले बिगतमा स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम पनि सञ्चालन गरेको थियो । हाल संस्थाले       करीव तीन करोडको परियोजना सञ्चालन गर्दै आएको छ ।
२०४९ सालमै स्थापना भएको अर्को गैर सरकारी संस्था ग्रामिण बिकास सेवा केन्द्रको नेतृत्व पनि हालसम्म परिवर्तन हुन सकेको छैन । संस्थापक अध्यक्ष भक्तवहादुर वलायरलेनै लगातार २१ वर्षसम्म नेतृत्व गर्दै आएका छन । हाल बैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम सुदुरपश्चिमका नौ वटे जिल्लामा सञ्चालन गर्दै आएको यस संस्थाले पनि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम सञ्चालन गरेको थियो ।           राजनीतिक रुपमा मन्त्रीको ओहदामा समेत पुगेका वलायरले आफु मन्त्री हुँदा अध्यक्ष पद आफुसंगै राख्दै कार्यवहाक अध्यक्ष अर्को व्यक्तिलाई वनाएका थिए ।
डोटी जिल्लामा रहेको नेपाल रेडक्रस सोसाईटी डोटी शाखामा सभापति नरेशमान श्रेष्ठले २३ वर्षदेखि शाखाको नेतृत्व गरिरहेका छन । २०४७ सालमा स्थापना भएको सो शाखाको संस्थापक सभापतिमा गेहेन्द्र बिक्रम शाह रहेको भएपनि केही समयमै परिवर्तन भएको नेतृत्वपछि श्रेष्ठ लगातार सभापति हुँदै आएको छ । आफ्नै भवन रहेको सो शाखाले हाल सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र समुदाय सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै अर्को संस्था सामुदायिक बिकास मञ्चमा पनि लगातार १० वर्षसम्म नेतृत्व  फेरिएको छैन । २०५१ सालमा स्थापना भएको सो संस्थाका संस्थापक अध्यक्षमा हालका अध्यक्ष भक्तवहादुर सिंहनै रहेको भएपनि बिचमा साधारणसभाले नेतृत्व परिवर्तनको अभ्यास      गरेको थियो ।
२०६० सालदेखि भने अध्यक्ष सिंहले लगातार नेतृत्व गर्दै आएका छन । यस संस्थाले पनि स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम सञ्चालन गरेको थियो । हाल यस संस्थाले एचआईभी संक्रमितहरुका लागि सिएचबिसी  साथसाथ परियोजना, महिला स्वास्थ्य कार्यक्रम र ग्रामिण पहुँच तेश्रो चरण (सामाजिक आर्थिक बिकास कार्यक्रम)  सञ्चालन गर्दै आएको छ ।
प्रारम्भिक चरणमा बिम्ब साप्ताहिकले अध्ययन गरेका १० वटा संस्थाहरुमध्ये अन्य ६ वटा संस्थाहरुमा पनि एउटै व्यक्ति अध्यक्ष भएका पाँच वर्ष नाघेको पाईएको छ । थप संस्थाहरुको अध्ययन गर्ने क्रम जारी छ ।
सरकारी कार्यालयहरुमा सुशासन कायम गर्नका लागि दवाव दिने र स्थानीय समुदायको नेतृत्व बिकास गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेका गैससहरुले आफ्नै संस्थाको नेतृत्व परिवर्तन गर्न नसकेको पाईएको छ । संस्थामा आन्तरिक नेतृत्व बिकास भएको देखिएपनि नेतृत्व परिवर्तन भने भएको छैन ।
निजामति सेवामा प्रवेश गरेको २० वर्षमा जागिर छोडे निबृत्तिभरण (पेन्सन) पाउने व्यवस्था नेपालको कानुनमा रहेको छ तर लगातार २२ वर्षसम्म एउटै व्यक्ति संस्थाको अध्यक्ष हुँदा के उनले निबृत्तिभरण पाउँलान !
गैससहरुको छाता संगठन गैर सरकारी संसथा महासंघले संस्थाको आन्तरिक सुशासनका क्षेत्रमा बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ तर गैससहरुको अवस्था भने सुधार भएको छैन । बिम्ब साप्ताहिकले गरेको अध्ययन अनुसार केही संस्थाहरुले बिधानमै एउटै व्यक्ति लगातार दुई पटक भन्दा वढी एउटै पदमा वस्न नपाउने व्यवस्था समेत गरेको पाईएको छ । तर उक्त व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन भएको भने पाईदैन ।
अध्यइनमा परेको अन्य दुई ठुला संस्थाहरु समाज सेवा डोटी र सम बिकास केन्द्र डोटीले भने नियमित रुपमा नेतृत्व परिवर्तन गर्दै आएको पाईएको छ ।

सम्पादकीय

सहमति सार्वजनिक होस

अहिले नेपालको राजनीतिमा एक नयाँ कुराले चर्चा पाएको  छ । गृहमन्त्री को वन्ने भन्ने वारेमा । संबिधानसभाको दोश्रो निर्वाचनवाट पहिलो र दोश्रो दल वनेका नेपाली कांग्रेस र एमालेबीच गृहमन्त्रीको लडाई चलेको छ । एमाले गृहमन्त्री नपाए सरकारमै नजाने र कांग्रेस गृहमन्त्री नछोड्ने । दुई दलका बिचमा माघ २६ गते भएको लिखित सहमति त सवैलाई थाह भयो तर भद्र भनिएको अलिखित सहमति के थियो त्यसको बिषयमा जानकारी भएन ।
प्रधानमन्त्रीको चयन हुँदासम्म अलिखित सहमतिका वारेमा कुनै चर्चा भएन । जव प्रधानमन्त्री चयन भयो तव गृहमन्त्रीको कुरा आयो । गृहमन्त्री एमालेले पाउने सहमति भएको एमाले नेताहरुको भनाई छ भने हामीले त्यस्तो सहमति गरेकै छैनौं भन्ने कांग्रेस नेताहरुको अडान छ । वास्तविक सहमति भएको के हो भन्ने वारेमा कसैलाई थाह छैन । त्यो सहमतिकै कारण अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । सहमति भएको हो वा होईन अव कस्को कुरालाई जनताले आधार मान्ने ? यसै सहमतिमा अल्झिएर एक वर्षभित्र वनाउने भनेको नयाँ संबिधान फेरी कति पछी जाने हो त्यसको कसैलाई पनि जानकारी छैन ।
त्यसो त नेपालको राजनीतिक बृत्तमा यो नौलो कुरा होईन । सहमति गर्ने अनि पछि आफ्नै तरिकाले व्याख्या गर्ने यो नेपाली नेताहरुको पुरानै रोग हो । यहाँ पनि त्यो रोगका लक्षणहरु देखिएका हुन सक्छन तर पनि गृहमन्त्रीको कुर्चीलाई प्रतिष्ठाको बिषय वनाएर जुङ्गाको लडाई लड्नु भन्दा भएको सहमति कार्यान्वयन गरी सरकारलाई पूर्णता दिएर अग्रमगनतिर जाँदा सायद देशका लागि केही फाईदा हुन्थ्यो होला । “काम कुरो एकातिर, कम्लो वोकी ठिमीतिर” भने जस्तै जनतासंग भोट माग्दा एक वर्षभित्र नयाँ संबिधान दिने प्रतिवद्धताका साथ चुनावमा गएका नेताहरु अहिले राष्ट्रपति को हुने, प्रधानमन्त्री को हुने, संबिधानसभा अध्यक्ष को हुने, अलानो को हुने, फलानो को हुने भन्नेमै खेलिरहेका छन । सायद दोश्रो संबिधानसभाको निर्वाचनवाट पनि नयाँ संबिधान जारी नगर्ने योजनामा छन दलहरु ।
पहिलो संबिधानसभामा एमाओवादीलाई ठुलो दल वनाएका कारण संबिधान वनेन भन्ने यि नेताहरु अहिले आफ्नो आकार देखेर आफै चकित भएका छन । आफैप्रति बिश्वास नभएका दलहरुले   फेरी पनि नयाँ संबिधान जारी गर्लान भन्ने कुनै ग्यारेण्टी त थिएन नै तर सरकारलाई पनि पूर्णता दिने कुरामा संका गर्ने ठाउँ प्रसस्तै      रहेको छ ।
खैर, नयाँ संबिधान वन्ला भन्ने त आश मारिसकेका छन जनताले तर जनताको मतवाट ठुलो आकार ग्रहण गरेका दलहरुको बिचमा के सहमति भएको थियो नढाँटिकन जनतालाई भन्नु पर्छ । जनताका लागि राजनीति गर्नेहरुले जनतालाई गुमराहमा राख्नु        हुँदैन ।
अर्को संबिधानसभाको निर्वाचनमा जनताले जुन आशा र उत्साहका साथ सहभागिता जनाएका थिए, त्यो त खोक्रो हुने भयो नै, यसका साथसाथै यस्तै हो भने अव जनताले दैनिक कार्य सञ्चालनका लागि सरकार समेत नपाउने अवस्था आउँदैछ । यदि सहमति भएको हो भने कार्यान्वयन हुनुपर्छ भएको होईन भने बिथ्यामा वखेडा झिकेर दावी गर्नु हुँदैन । कुनै दल सरकारमा नजाँदैमा सरकार अपुरो हुने भन्ने पनि केही छैन । जति दिन चल्छ त्यति दन चलाएपनि हुन्छ  सरकार । महिनैपिच्छे सरकार फेर्ने रहर भएका नेताहरुको लागि यो नौलो कुरा पनि त होईन नि !
त्यसैले जनताका लागि भन्दै राजनीतिक बृत्तमा कुनै पनि सम्झौता हुन्छ भने जस्ताको त्यस्तै जनताको बिचमा सर्वाजनिक गरिनु पर्छ । चाहे त्यो लिखित होस वा अलिखित होस । जनतालाई धोका दिएर जनताकै नाममा राजनीति गर्न पाईदैन । यो राजनीतिक वेईमानी हुन्छ ।

थप समाचार 

महासंघको सदस्यता खुला हुनु पर्ने

प्रेश चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले नेपाल पत्रकार महासंघको सदस्यता क्रियाशिल पत्रकारहरुको लागि सधैं खुला हुनु पर्ने वताएका छन ।
प्रेश चौतारी नेपाल सेती अञ्चल समन्वय समितिद्वारा आयोजित अञ्चलस्तरीय भेलालाई सम्वोदन गर्दै अध्यक्ष अर्यालले ठेक्काको टेण्डर खोले जस्तो वर्षमा एक पटक मात्र सदस्यता खोल्ने महासंघको वर्तमान परिपाटीको अन्त्य हुनु पर्ने वताए । महासंघ क्रियाशिल पत्रकारहरुको संगठन वन्नुपर्छ, त्यसैले क्रियाशिल पत्रकारहरुले महासंघको बिधानको मापदण्ड अनुसार जति वेला चाह्यो त्यतिवेलै सदस्यता लिन पाउनु पर्ने व्यवस्था गरिनु पर्छ”, अध्यक्ष अर्यालले भने ‘आपराधिक पेशामा लागेका व्यक्तिहरुले पनि महासंघको सदस्यता पाउने अनि प्रहरीले समात्दा “म पत्रकार हुँ” भन्ने लाज मर्दो अवस्थाको पनि अन्त्य हुनु पर्छ ।’
‘श्रमजीवी पत्रकारहरुको आव्हान, प्रेश स्वतन्त्रता सहितको नयाँ संबिधान’ भन्ने नाराका साथ आयोजना गरिएको सो भेलामा वोल्दै अध्यक्ष अर्यालले प्रेश   चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई क्रियाशिल पत्रकारहरुको हितमा काम गर्ने साझा संगठन वनाउन खोजेको वताए । महासंघको वर्तमान केन्द्रीय नेतृत्वले गैर पत्रकारहरुको प्रवेशलाई रोक्ने प्रयास गरिरहेको अर्यालको भनाई थियो ।
अध्यक्ष अर्यालले प्रेश चौतारी नेपालले स्थिर सरकार र एक वर्षभित्र प्रेश स्वतन्त्रता सहितको नयाँ संबिधान जारी होस भन्ने चाहेको वताउँदै भने ‘हामी पत्रकारहरु निश्चित मिसनमा चल्नु पर्छ र अहिलेको मिसन गणतन्त्रलाई संस्थागत गर्ने हो ।’ सञ्चारकर्मीहरुले आफु काम गरिरहेको सञ्चारगृहमा नियुक्ती पाउनु पर्ने, न्युनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको तलव पाउनु पर्ने, सञ्चार–कर्मीहरुको व्यवसायिक, पेशागत र व्यक्तिगत सुरक्षा हुनपर्ने लगायतका मागहरुमा प्रेश  चौतारीले आवाज उठाईरहेको अध्यक्ष अर्यालको भनाई थियो ।
कार्यक्रममा प्रेश चौतारीका महासचिव माधव नेपालले  सञ्चारकर्मीहरुले पेशागत मर्यादालाई ख्याल राख्नु पर्ने बिचार व्यक्त गरे । ‘सञ्चारकर्मीहरु आफु छुट्टै ग्रहवाट आएको भन्ने सोचाई राख्छन, त्यो राम्रो होईन’ महासविच नेपालले भने “हामी पनि अन्य नागरिक सरहनै भएका कारण जो कानून अन्य नागरिकका लागि वनेको छ त्यो हाम्रा लागि पनि हो भन्ने सोच्नु पर्छ ।”
प्रेश चौतारी नेपालको आन्तरिक संगठन सुदृढीकरण र सञ्चारकर्मीको पेशागत सुरक्षाको बिषयमा छलफल गर्न आयोजित भेलाले सुदूरपश्चिमका पत्रकारहरु पेशागत सुरक्षा र यस क्षेत्रको सञ्चारको बिकासका लागि सरकारले छुट्टै कार्यक्रम ल्याउनु पर्ने माग सहित पाँच वुँदे कैलाली घोषणा पत्र पारित गरेको  छ ।

के के छ पाँच बुँदामा ?


१. यो भेला श्रमजीवी पत्रकार ऐनको व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्वद्ध मिडिया सञ्चालकलाई आग्रह गर्दछ ।
२. कञ्चनपुरका वेपत्ता पत्रकार प्रकाश ठकुराठीको अवस्था पत्ता लगाई स्थिति सार्वजनिक गर्न नेपाल सरकारसंग जोडदार माग      गर्दछ । अछामबाट २०७० माघ २६ गते प्रकाशित सुदूर खबर साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर सयुक्त विद्यार्थी संघर्ष समितिका नाममा आएको पत्रिका बन्द गराउने लिखित धम्कीको भत्सर्ना गर्दछ । साथै समाचारको विषयलाई लिएर मिडिया हाउस र पत्रकारमाथि भैरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा र न्यायको प्रत्याभूति दिने दायित्व पूरा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण    गराउदछ ।
३. एक वर्षभित्र पूर्ण पे्रस स्वतन्त्रतासहितको नयाँ संविधान जारी गर्न संविधानसभाका सदस्यहरुलाई हार्दिक आव्हान गर्दछ ।
४. सुदूरपश्चिमको समग्र पत्रकारिता विकासका लागि राज्यका तर्फबाट ठोस योजना बनाउन विशेष ध्यानाकर्षण गराउछ ।
५. आसन्न नेपाल पत्रकार महासंघको शाखा अधिवेशन पूर्ण लोकतान्त्रिक र स्वच्छ ढंगले सम्पन्न गर्न र महासंघलाई साझा संस्थाका रुपमा अघि बढाउन सबैमा हार्दिक आव्हान गर्दछ ।


डोटीमा पहिलो बृहत अनुगमन

शनिबारका दिन विहान ८ः०० निस्कीयो डोटी जिल्ला सदरमुकाम देखी सरकारी र गैर गरकारी कार्यायलहरुको जिपको लाम । लमको पहिलो नम्बरमा प्रमुख जिल्ला अधिकारीको जिप जसमा रातो वत्ती जडन थियो त्यसैमा थिए डोटी जिल्लाका प्रहरी प्रमुख  त्यस पछि अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरुको लाम ।
कुरा हो जिल्ला कृषि कार्यालय डोटीले आफुहरुले गरेको क्रियाकलापहरुको जानकारी दिने र त्यसहको अनुगमन गर्नका लागी कार्य क्षेत्र स्थलमा बृहत अनुगमनका नाममा लगेको । खाद्यन्नको दृष्टीले जोखीमा रहेको भन्दै जिल्ला कृषि कार्यालय डोटीले जिल्लाका दुई गाविसहरुमा विशेष कार्याक्रम संचालन गरेको छ जसमा बनलेख पनि एक हो । स्थानिय स्तरमै किटनासक औषधी उत्पादन गर्नका लागी भकारी सुधार कार्यक्रम, स्थानिय स्थरमा उन्नत जातको गहुँको विउ उत्पादन गर्नका लागी माउगहुँ खेती, कृर्षकहरुका आयस्तरमा बृद्धि       गराउनका लागी तरकारी, च्याउ, माछापालन जस्ता कार्यक्रमहरु जिल्ला कृर्षि कार्यालयले संचालन गरि रहेको छ । कृषि क्षेत्रको सुधारका लागी मात्र नभई कृर्षकहरुको शिप र ज्ञानमा विकास गर्नका लागी कृर्षि पाठशाला समेत संचालनमा ल्याएको बनलेख गाविसका कृर्षक अगुवा ईन्द्र वलायरले बिम्ब संग कुरा गर्दै जानकारी गराए । हाल गाविसमा भकारी सुधारका लागी यस वर्ष १२७ कृर्षकहरुका लागी भन्दै आफुहरुले १३ लाख ७५ हजार रुपैयाँ छुट्याएको डोटी जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी ले जानकारी गराए । सेती नदि बगिरेहेको उक्त गाविसमा सेतीको पानी सिचाईका लागी प्रयोग गर्न सके कृषि जन्य वस्तुहरु उत्पादन गर्न टेवा पुग्ने भएको सिचाईका लागी मोटर वितरण गरिएको भए पनि प्राविधिक कारणले पानी नसकीएको र केहि दिन भित्र नै आफुहरुले जररी भए पनि सेती पानीले उक्त क्षेत्रमा सिँचाई      गराउने जोशी वताए । वलनेख क्षेत्रलाई तरकारी पकेट क्षेत्र बनाउने उदेश्य जिल्ला कृषि कार्यालयको रहेको र हाल केरा खेतीको लागी काम सुरु भई रहेको समेत बरिष्ट अधिकृत जोशी जानकारी दिए ।
डोटी जिल्लाको बनलेख गाविसमा गरेका क्रियाकलपहरुको बृहत अनुगमन गर्न जिल्ला शिक्षा अधिकारी, जिल्ला वनका प्रमुख, जिल्ला पशु कार्यालय, स्थानिय विकास अधिकारी, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, डोटीमा क्रियाशिल पत्रकारहरु लगायतका ५० जना जतिको समुह वनलेख गाविसमा पुगेका थिए । बृहत अनुगमन नाम दिईएको यो अनुगमन नै डोटी सबै भन्दा ठेलो अनुगमन टोली भएको अनुगमनकर्ताहरुले बताएका छन् ।

डोटीमा एकल महिलाहरु झुरमराउदै

डोटी जिल्लामा रहेका एकल महिलाहरु आफ्नो हक अधिकारका लागी जुरमुराउन थालेका छन् ।
डोटीमा लामो समय देखी संगठित हुनका लागी स्थापना भएका मनाब अधिकारका लागी एकम महिला समुह नामक गैर सरकारी संस्थाले अब हुने स्थानिय निर्वाचनमा एकम महिलाहरुको अर्थ पुर्ण सहभागीता बनाउनु पर्ने उदेश्यले संचालन गरेको एक अन्तरकृया कार्यक्रममा आफुहरुलाई साथ चाहिएको आफुहरुले पनि यो समाजका लागी केहि गर्ने सक्ने कार्यक्रमका अध्यक्ष समेत रहेकी संस्थाकी अध्यक्ष सरिता श्रेष्ठले बताएका छन् ।
एकल महिलाहरु प्रति समाजले हेर्ने दृष्टी लाई चिर्दै आगामी स्थानिय निर्वाचनमा एकम महिलाहरुको अर्थ पुर्ण सहभागी भए पछि मात्र आफुहरुको समस्याको उचित व्यवस्थापन हुने भएको ले एकल महिलाहरुको हक र हितका लागी सबैले आ आफ्नो क्षेत्र बाट पहल गर्नु पर्ने एकल महिलाकी दिपा श्रेष्ठले वताईन् । एकल महिला की क्षेत्रिय संयोजक शुमन शर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको  कार्यक्रममा एकम महिलाहरुको सहभागीता किन र त्यसको वाधा अबरोधहरु केके भनी कार्यपत्र अधिबक्ता टंक गुरुङ्गले पेश गरेका थिए ।
डोटी जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सरकारी कार्यालय लगायत पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रम नेपाल रेडक्रस डोटी शाखाको सभाहलमा सम्पन्न भएको थियो ।

एम्बुलेन्सको फोन लाईन काटियो

जिल्ला स्वास्थ्य कार्यालय डोटीमा     रहेको एम्वुलेन्स सेवा लिनका लागी फोन गर्नु पर्ने एम्वुलेन्सको नम्बर नेपाल टेलिकमले काट्दा एम्वुलेन्स सेवाका लागी कुन नम्वरमा फोन गर्ने हो भनी सेवाग्राहीहरुलाई थाहा नहुदा मर्कामा       परेका छन् ।
बल्लबल्ल जिल्ला स्वास्थ्य कार्यालय डोटीको एम्बुलेन्स सेवा सुरु भयो तर      विरामी पर्दा कुन नम्वरमा फोन गर्ने सेवाग्राहीहरुलाई थाहा छैन । सबैको जानकारी लागी एम्वुलेन्स सेवाको एउटा फोन त थियो तर सेवा सुरु भएको चार महिनाको अबधिमा टेलिफोनको शुल्क ४५ हजार भुक्तानी गर्नु पर्ने भए पछि नेपाल टेलिकमले टेलिफोनको लाईन काट्ेको स्रोतले    वताएको छ ।
डोटी जिल्ला सदरमुकाम घर भएका रविन मल्लले भने– हाम्रो छिमेकी घरमा विरामी पर्दा मैले एम्बुलेन्सका लागी फोन गर्दा फोन नै भएन पछि मोटर साईकलमा विरामी सहित ३ जना जिल्ला स्वास्थ्यमा उपचारका लागी पुगौ त्यहाँ पुगेर मात्र थाहा भयो एम्वुलेन्सको फोन नम्वर काटिएको रहेछ । यसरी फोन काटिदा समेत स्वास्थ्य कार्यालयले फोन लाईन जडान     गर्ने तिर कुनै ध्यान दिएको छैन यो विडम्वना हो ।
पहिलो कुरा त एम्वुलेन्से सेवाको फोनमा मात्र फोन आउने मात्र भए पनि हुन्छ फोन जाने सेवा नेपाल टेलिकम वाट नै लिनु पर्दैन तर फोन आउने र जाने दुबै सेवा लिएकै हो भने पनि चार महिनामा यति ठुलो रकम नै आउदैन किन यस्तो भयो यसका बारेमा छानविन हुनु जरुरी छ भने टेलिफोन को लाईन जडान गर्नु पर्ने देखिन्छ । नाम भन्न नचाहने जिल्ला    स्वास्थ्य कार्यालयका एक कर्मचारीले भने यहाँ एम्वलेन्सको मात्र होईन अन्य फोनहरुबाट पनि रातिराति अबर सम्म यहाँका कर्मचारीहरु फोनमा नै व्यस्त हुने गरेका छन् । कसलाई फोन गर्छन् को सँग फोन गर्छन् केहि थाहा छैन अल्लारे टाईपका कर्मचारीहरु भए पछि ४५ हजार त्यो पनि चार महिना विल आउनु त कमै हो दिनमा मात्र होईन रातभरी नै यसरी फोन विजि हुने हो भने त त्यो भन्दा पनि बढी विल आउनु पर्ने हो ।
अब जिल्ला स्वास्थ्य कार्यालयको एम्वुलेन्से सेवा लिनका लागी कित कार्यालय प्रमुखको कक्षको फोन ०९४–४२००४३ कित एम्बुलेन्स चालकको मोवाईल नम्बर ९८४८५२५१५० मा फोन सम्पर्क गर्नु पर्ने र आफुहरुले फोन लाईनको विल भुक्तानी गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीले बताएको छ ।

गिट्टी कुट्दै प्राबि तहका विद्यार्थी

दयाराम पण्डित÷मार्तडी
     फागुन ५
बाजुराको कुल्देउमाण्डांै गाविस–९ मा रहेको भानु प्राथमिक विद्यालयले विद्यार्थीलाई गिट्टी फुटाउन लगाएको खुलासा भएको छ ।
विद्यालयको भवन निमार्णका वेला गिट्टीको अभाव भएपछि कक्षा ४ र ५ का विद्यार्थीलाई गिट्टी फुटाउन लगाएको हो । विद्यालयमा हाजिरीमात्र  लगायर विद्यार्थीहरु लाई गिट्टी फुटाउन  र संकलन गर्न लगाई वालअधिकारको उलंघन गरेको अभिभावकले बताएका छन ।
विद्यालयले करिव ३÷४ दिन जति यसरी गिट्टी फुटाउन लगाएको अभिभाव  रामचन्द्र जैसीले बताए । विद्यालयका प्रधानाध्यापक विष्णुराज जैसीले विद्यालय भवनको छत ढलान गर्न गिट्टीको अभाव भएपछि एक दिनमात्र टिफिनको समयमा कक्षा ४ र ५ का विद्यार्थीहरुलाई लगेर खोलामा गिट्टी संकलन गर्न लगाएको  स्वीकारेका छन ।
अभिभावकलाई पटक पटक वोलाई सहयोगको लागि आग्रह गर्दा जनश्रममदान नजुटेपछि बाध्यताबस बिद्यार्थीलाई गिट्टी संकलन गर्न लगाएको प्रअले वताए । गत असोजमै सकिने भवन निमार्ण कार्य हालसम्म पनि सम्पन्न नभएपछि वाध्यतावस विद्यार्थीलाई उक्त काम गर्न लगाएको र गिट्टी संकलनका लागि प्राप्त पैसा विद्यार्थीलाई कापी कलम किन्न सहज हुने गरी उनीहरुलाई नै दिइने प्रधानाध्यापक जैसीको भनाई छ ।
तर त्यसरी वालवालीकालाई विद्यालयको काममा लगाउनु  वालअधिकारको उलंघनका साथै बाल श्रम गर्न लगाएको जिल्ला वाल अधिकार अधिकृत सर्पलाल गिरीले बताए । विद्यार्थीले शुक्रवारका दिन आफ्नो कक्षा कोठा सरसफाई गर्नु र लिपपोत गर्नु उनीहरुको कर्तब्य भएपनि अन्य विद्यालयको प्रयोजनका लागि त्यसरी बालबालीकालाई गिट्टी फुटाउन वा संकलन गर्न लगाउनु बालअधिकारको उलंघन हुने गिरीको भनाई छ ।

हराएको जहाज फेला प¥यो,
सवै यात्रुहरु मृत अवस्थामा

आइतबारदेखि सम्पर्कविहीन रहेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको खाँचिकोट गाविसस्थित मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाजमा रहेका चालक दलका तीन सहित १८ जना मृत अवस्थमा भेटिएका छन ।
सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार यो समाचार तयार पार्दासम्म यात्रुहरुमध्ये सात जनाको सनाखत भएको छ । सबै शब सेनाको हेलिकप्टरबाट सोमबार काठमाडौं लगिएको छ ।
जहाजमा सवार नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, कांग्रेस जुम्ला सभापति मानव सेजुवाल, वर्षा हमाल, सहिस हमाल, दिवेश शाही, मुना महर्जन र राजेन्द्र चौलागाईंको सनाखत भएको छ ।
नेपाली सेनाको उद्दार टोलीले स्थान पहिचान गरेपछि परिचालन भएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान दुर्घटनाग्रस्त जहाज फेला परेको हो । मसिनालेकस्थित सेङ्लेङ डाँडामा ठोक्किएर जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनास्थलमा शवहरु यत्रतत्र    छरिएका अवस्थामा भेटिएका उद्दारकर्मीहरुले वताएका छन । अग्लो डाँडा र हिउँको खात रहेकाले शव संकलनमा कठीनाई भएको थियो । दुर्घटनास्थल सदरमुकाम सन्धीखर्कदेखि ४५ किलोमिटर टाढामा     छ । सन्धीखर्क–गोरुसिंगे सडक खण्डको नरपानी भन्ने ठाउँबाट करीव साढे २ घण्टा उकालो लागेपछि घटनास्थल पुगिएको उद्दार टोलीका एक सदस्यले वताए । नेपाली सेनाको एमआई १७ र सिम्रिक एयरको दुइटा हेलिकोप्टर उद्दारका लागि घटनास्थल पुगेका थिए । त्यसका लागि अस्थायी हेलिप्याड निर्माण गरिएको थियो । अत्यधिक चिसोका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शव संकलन गर्न कठीनाई भएको थियो ।
काठमाडौंवाट पोखरा हुँदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी–ट्विनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्कविहीन भएको हो । भैरहवा विमानस्थलमा आपतकालिन अवतरणका लागि सम्पर्क  गरेदेखि नै जहाज सम्पर्कविहीन भएको  थियो ।  जहाजसँगै १५ यात्रुहरु र चालक दलका तीन सदस्य पनि वेपत्ता थिए । तीमध्ये एक बालक र एक डेनिस नागरिक पनि छन । काठमाडौंबाट उडेको जहाज पोखरा विमानस्थलमा इन्धन भरेर आधाघण्टामै जुम्लाका लागि उडेको थियो । त्यसपछि करीव एक घण्टामा जुम्ला पुग्नु पर्ने जहाज भैरहवामा सम्पर्क भएर बेपत्ता भएपछि खोजी कार्य सुरु गरिएको थियो ।
जहाज अर्घाखाँची, पाल्पा र गुल्मीको सिमाक्षेत्र खिदिम आसपासको जंगलमा खसेको आंशकामा सुरक्षाकर्मी र स्थानीयबासीले आईतवार अपरान्हृदेखि खोजी गरे पनि भेटेका थिएनन् ।

अन्तिम दिन डेढ करोड दक्षिणा

अर्को संबिधानसभाको निर्वाचन    गराउनका लागि गठन भएको खिलराज  रेग्मी सरकारका अर्थमन्त्री शंकर       कोइरलाले एघार महिने कार्यकालको अन्तिम दिन धर्मगुरु स्वामी कमल नयनाचार्यको भक्तपुर छालिङ् आश्रमलाई सरकारी ढुकुटीवाट डेढ करोड रुपैयाँ दिएका छन ।
अर्थमन्त्री वनेपछि कोईरालाले सुरुमै धर्मगुरुलाई डेढ करोड दिएका थिए । नदी नियन्त्रण, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत शीर्षकमा अघिल्लो आर्थिक वर्षमा मन्त्री कोइरालाले आश्रमलाई कूल तीन करोड पचाख लाख वाँडेका थिए । आश्रमले भने त्यतिवेला सरकारसंग २६ लाख मात्रै माग गरेको थियो ।
मन्त्रालयवाट बिदा लिनु अघि पनि कोईरालाले एक करोड ५० लाख रुपैयाँ दिने निणर्यय गरेर गएका छन ।         कोईरालाको यो निर्णय कार्यान्वयन तहमा पुगेको छ ।
कोइरालाले आफ्नो कार्यकाल भरीमा राज्यकोषबाट जम्मा १० करोड ५० लाख रुपैयाँ आफ्ना धर्मगुरुलाई दिएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन ।
आश्रमलाई अहिलेसम्म गएको पैसामध्ये अधिकांश नदी नियन्त्रणको नाममा गएको छ । यो रकमको खर्च पनि वित्तिय अनुशासनभित्र रहेर गरिएको छैन । नदी उकासमा नाममा गएको पैसा आश्रमको सीमामा रिटेनिङ् वालमा खर्च गरिएको     छ ।
नदी नियन्त्रणको नाममा करोडौं रुपैयाँ पाएको गडगडे खोलामामध्ये बर्षातमा पनि मुश्किलले दुई घट्ट पानी हुने गरेको  छ । चुनावी मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी आफ्नो कार्यकालमा दुई पटक आश्रम पुगेका थिए । रेग्मीले पनि आश्रमका लागि सक्दो सहयोग गर्ने वचन दिएरै फर्केका थिए । त्यसो त स्वामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त भगवतीप्रसाद काफ्लेको प्रभाव प्रयोग गरेर सामुदायिक बनको एक सय १० रोपनी भन्दा बढि जग्गा आश्रमको भोगचलनमा ल्याएका छन ।
ट्रष्टका अर्का उपाध्यक्षमा प्रचण्ड निकट व्यापारी अजय सुमार्गी र महासचिवमा पूर्व भौतिक योजना तथा निर्माण सचिव पूर्ण कडरिया छन । आश्रममा विभिन्न भक्तहरुको सहयोगमा      लक्ष्मीनारायणको मन्दिर, ध्यान कक्ष बनाइएको छ । गुरुकुलपद्वति अनुसार संस्कृतको पढाई पनि हुन्छ ।

वास्तविकतामा एक

माया दिएर अजम्बरी वाँच्ने को होला । समाजका असाहाय र निमुखाहरुको सेवा गर्दै हिड्ने उही ईश्वर होला । लेख्न त थाले तर कहाँबाट शुरु गरु अलमलमा परे कहानीमा दैनिकी शब्द या अर्थ अचम्मको भुमरीभित्र अल्झीएर तमामांै जीबनका इतिहासको पृष्ठभुमी पल्टाउदै एउटा आप्mनै तरिकाले सम्झनाको ब्याख्या गर्न मन लाग्यो ।
यस धर्तीका आकार–प्रकार आकृति प्रकृति सबै स्वरुपका मुल्य र मान्यता वोकेर वाँचेका मानिसलाई वास्तवमा भन्नुपर्दा कतिपय ब्यक्तित्वहरुलाई विश्वको मान चित्रवाट मापन गर्न  सकिदो रहेछ । यो मेरो मान्यता छ । किन भने मैले यस अपाङ्गता क्षेत्रभित्र काम गरेको करीब १० वर्ष बिताई सक्दा अनेकौं संघर्षहरुको अनुभब छ । मुखले धेरै नजिक कुरा गर्ने सक्षम मानिसहरु कहिल्यै व्यबहारमा नउत्रिएको अनुभुति छ । सरकारी निकायले होस या गैर          सरकारी नियमहरु होस विभिन्न संघसंस्था तथा नागरिक समाज जुनसुकै क्षेत्र रहेता पनि काम  गर्ने शिलशिलामा निकै अप्ठारोपन आई परेको मैले महसुस गरेको छु । अपाङ्गता भएका व्यक्तिहरुसंग कुरा गर्दा गरिने व्यवहारमा त्यति सार्थकता नपाईएको र नागरिक बिशेषको दोस्रो दर्जानै दिने गरेको पाईएको छ । हुनसक्छ व्यक्ति बिशेषको आडम्बरीताको कारणले पनि होला । १ दिन प्रशासन कार्यालयका नाम त नभनांै  १ जना हाकिमसंग निकै घम्साघम्सी परेको थियो । उसको भनाईमा (सिमित वोल्नु पर्ने तर मैले आप्mनो) अधिकारको लागी अलिकति ज्यादै वोलेछु क्यारे तात्पर्यमा यस हाकिम साहेबलाई मेरो शब्द मन परेन होला । मेरो भन्नुको मतलब यस देशमा लोकतन्त्र आईसक्दा पनि वोल्ने अधिकारवाट वञ्चित गराउने नीति ! कस्ता हाकिम ? त्यो शब्द सम्झेर आउदा म कहिल्यै भुल्न सक्तिन र सधैभरी एउटा स्मृतिको पानाभित्र रहेको घाउझै यो हृदयलाई झस्काई रहन्छ यसरीनै अपाङ्गता क्षेत्रमा काम गर्ने सिलसिलामा राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय अन्तरगत सुदुरपश्चिमका पहाडी जिल्ला हरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल सम्वन्धी सन २०११ मा के कस्ता रहे भन्ने कृयाकलाप वुभ्mनका लागी डडेलधुरा र डोटी अनुगमन गर्ने अवसर पाएँ । आजसम्म कति जिल्ला घुमियो तर डोटी जिल्लाको सेरोफेरोमा यति धेरै नजिकिएको पाईयो जस्को प्रसंसा गर्दा पनि कम होला । वास्तबिक भन्नुपर्दा हाम्रो पछिल्लो भ्रमण जिल्ला प्रशासनमा भएको थियो जस अन्तरगत त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी एउटा उच्च तहमा वस्ने व्यक्तित्वको दृष्टिकोणवाट हामी अपाङ्गता भएका व्यक्तिहरुलाई उहाँले देखाउनु भएको सदभाव, सेवा र सहयोगप्रति लालाहित भयाँै । जहाँ धन्यवादको शब्दले पनि सधै अपूर्ण हुने कुरामा दुईमत छैन । जस्तै एउटा विमारी सिकिस्त हुँदा डाक्टरले एक शब्द मात्र मिठो वोली दिए आधा रोग निको हुन्छ र (हामी पनि त्यही चाहन्छौ) साँच्चै भन्ने हो भने  वोली र वचनलाई किन्न पर्दैन तै पनि यसलाई महङ्गो रुपमा हेरिने गर्दछ । जे जस्तो व्यक्तित्व होस जुन सुकै क्षेत्र र जिल्लाका विशिष्ट तहमा वसेर पनि विभिन्न अपाङ्गता भएका व्यक्तिहरु र समाजमा रेहेका असहाय र निमुखा हरुलाई सेवा गर्ने सोच उनै हुन वास्तविकमा एक व्यक्तित्व (ऋम्इं) डोटी जिल्ला प्रशासन कार्यलय । लेखक अपाङ्ग कार्य सन्जाल कैलालीकी संयोजक हुन

छोटो समाचार 

युनियनमा वलायर

बैचारिक रुपमा नेपाली कांग्रेस निकट रहेका सञ्चारकर्मीहरुको संगठन नेपाल प्रेश युनियन डोटीको दोश्रो अधिवेसन सम्पन्न भएको छ ।
“नेपाल प्रेश युनियनको अभियान, प्रेश स्वतन्त्रता सहितको लोकतान्त्रिक संबिधान निर्माण” भन्ने मुल नाराका साथ सम्पन्न भएको सो अधिवेशनले पत्रकार योगेन्द्र वलायरको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन      गरेको छ । समिमितका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष लवदेव भट्ट, सचिव खगेन्द्र सिंह, सहसचिव चक्र कुँवर र कोषाध्यक्ष प्रकाश वम रहेका छन ।
यसैगरी सदस्यहरुमा अरुणकुमार वम, चक्रसिं कठायत, सुनिता रावल र भुमिराज जोशी रहेका नवनिर्वाचित सचिव सिंहले जानकारी दिए ।

कहिले आउन्छ

नेपाल टेलिकमले दिएको मोवाईलले राम्रो सँग कहिले सेवा प्रदान गर्ने हो त्यो अनुमान गर्न पनि ग्राह«ो हुन थालेको छ ।
महिनौ देखी नमस्ते प्रिपेड, पोष्टपेडका मोवाईहरु सेवामा समस्या देखीएको भएपनि त्यसको सुधारका लागी अहिले सम्म पनि नेपाल टेलिकमले ध्यान दिएको छैन ।
एकातिर फोन गर्दा अर्कै तिर जाने मोवाईसेटमा पुरै नेटवोर्क देखाए पनि फोन नजान फोन नआउने जस्ता समस्याहरुको देखि रहेको छ । पटक पटक दुर संचारलाई यसको विषयमा जानकारी गराउदा पनि सुधान नभएको डोटीका सेवाग्राहीहरु बताउन्छन् । किनयस्तो भई रहेको छ यसका सम्वन्धीत निकायको कुनै चासो नै छैन ।

लेख

“सुशील दा” को कार्यकाल सम्भावना र चुनौति

रामहरी ओझा
सम्माननीय पूर्व प्रधानमन्त्री (जसलाई हामीले करीव करीव एक वर्षसम्म         मन्त्रीपरिषद्का अध्यक्ष भनेर चिन्यौं), खिलराज रेग्मी नेतृत्वको सरकारको कृपाले सम्पन्न भएको दोश्रो संबिधानसभाको निर्वाचन पश्चातको लामो पर्खाई र कठोर संघर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोईराला र वालुवाटारको लगन जु¥यो । यो लगन  जुराउनका लागि उनले आप्mनो पार्टीभित्र जति संघर्ष गर्नु प¥यो वाहिर त्यति त गर्नु   परेन तर अव भने उनका लागि वालुवाटार धेरै दिन फाप्ला जस्तो लाग्दैन । प्रधानमन्त्री पदको ईतिहासमा ३७ औं र गणतन्त्र नेपालका पाँचौ प्रधानमन्त्रीका रुपमा कोईराला  वालुवाटारमा पुगेका छन । प्रधानमन्त्री वन्ने उनको चहाना पुरा भएको छ । यस अर्थमा कोईरालालाई हार्दिक बधाई छ । ५० वर्षसम्म राजनीतिक ईतिहास भएका, आप्mनो जीवनमा पहिलो पटक उच्च लाभको पदमा पुगेका कोईरालाले प्रधानमन्त्री वन्न अघि संसदमा गरेका प्रतिवद्धता पुरा गर्न सफल होउन भन्ने शुभकामना समेत छ ।
उपमा दिनेहरुले नवनिर्वाचित प्रधानमन्त्री कोईरालालाई सहकार्य, सहमति र एकताको राजनीति गर्ने, स्वच्छ छवी भएका, सवैलाई मिलाएर लैजान सक्ने, शक्तिशाली नेता, ईमानदार राजनीतिक व्यक्तित्व, त्यागको राजनीति गर्न सक्ने के के उपमा दिएका छन । उनको त्यागको राजनीतिको कुरामा मात्रै चर्चा गर्ने हो भने त उनी अवसरका लागि कहिले पनि दौडेका छैनन् भन्नु गलत सावित होला । २०१५ सालमै उनी मन्त्रीका स्वकीय सचिव हुन । २०५८ सालमा उनले प्रधानमन्त्री हुने लोभमा नेपाली कांग्रेसको संसदीय नेता हुने प्रयास गरे । उनलाई कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले हराए । पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले उनलाई कार्यवहाक सभापति वनाउँदा उनीमात्र पार्टीभित्र सक्षम व्यक्ति भएर वनाएका होईनन् र उनलाई कार्यवहाक सभापति वनाउँदा कुनै बिवाद नभएको पनि होईन । उनलाई कांग्रेस पार्टी सभापति पनि सवै कार्यकर्ताले सर्वसम्मत वनाएका होईनन् । उनी आफै पदकै लागि चुनाव लडेका हुन । अहिले पार्टीभित्र अरु पनि संसदीय दलको नेताका दावेदार हुँदाहुँदै पनि उनीहरुलाई अवसरको लोभ देखाएरै उनी एक खेमावाट उम्मेदवार भएर पनि अर्को खेमा चुनावै लड्यो । त्यागकै राजनीति गर्ने यदि कोईराला हुन्थे भने पार्टी सभापति हुँदाहुँदै संसदीय दलको नेताका लागि मरिहत्य गरेर पार्टीभित्र आफ्नै कारण चुनाव गराउने थिएनन् होला ।
जे होस उनी प्रधानमन्त्रीको पदसम्म पुगेका छन । उनले ५० वर्षसम्म गरेको भनिएको त्याग तथा ईमानदारीको राजनीतिको परीक्षा अव सुरु भएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि र पछि व्यवस्थापिका–संसदको बैठकमा जसरी उनले प्रतिवद्धता व्यक्त गरे एक वर्षभित्र नयाँ संबिधान जारी गर्छु भनेर त्यो उनका लागि र नेपालको संबिधानसभाका लागि त्यति सहज छैन । यद्यपी उनी संबिधानसभा जारी गर्ने        जिम्मेवारीका साथ प्रधानमन्त्री भएका होईनन् । उनी कार्यपालिकाका प्रमुख हुन । नयाँ संबिधान जारी गर्ने जिम्मेवारी संबिधानसभाको हो । तर पनि वातावरण वनाउनका लागि सरकारको पनि भुमिका रहन्छ नै । त्यो वातावरण वनाउने काममा उनी कति सफल हुन्छन भन्ने बिषय अहम् बिषय हो ।
व्यवस्थापिका–संसदमा कोईरालाको पक्ष र बिपक्षमा जसरी मत बिभाजन भएको थियो उनी नेतृत्वको सरकारको चुनौतिको टे«लर मात्रै थियो । उनले वालुवाटार प्रवेशको आधिकारिता पाउन शपथ लिँदै देखि फेरी बिरोधको भाषा सुरु भएको छ । उनी नयाँ  सरकारको नेतृत्व गर्न जति उत्साहित देखिएका थिए, व्यवस्थापिका–संसदमा उनका लागि बिरोधका स्वरहरु वढ्दै गएका छन । यदि प्रमुख राजनीतिक शक्तिहरुलाई उनले मिलाउन सकेनन् भने उनको धोती फुस्कन समय लाग्ने छैन ।
राजनीतिक हिसावले संबिधानसभामै उनका बिरुद्धमा चार प्रकारका शक्तिहरु देखिएका छन । पहिलो, एकिकृत नेकपा माओवादी नेपालको राजनीतिक परिवर्तनको प्रमुख कारक हो । उसको राजनीतिक भिजन छुट्टै छ । प्राबिधिक आकार दोश्रो संबिधानसभावाट उसको सानो देखिएपनि राजनीतिक एजेण्डाको आकार अहिले उसको ठुलै छ । दोश्रो, संबिधानसभामा सशक्त उपस्थितिमा रहेको राप्रपा नेपाल पनि सुशील दाको बिपक्षमा छ । जसले राजनीतिक रुपमा कार्यान्वयन तहमा पुगेका मुद्धाहरु लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जस्ता बिषयहरुमा पश्चगमनको माग गर्दै आएको छ । उ मुखमा पट्टी लाएर वस्ने अवस्थामा छैन । तेश्रो शक्ति मधेशवादी दलहरुको छ, जो “मधेश एक प्रदेश” नारामा पूर्ण रुपमा अडिक छ । चौथो, जातीय राज्यका लागि बितण्डा मच्चाईरहेका अन्य शक्तिहरु पनि छन, जो कोईरालाको बिरुद्धमा देखिएका   छन । यसरी हेर्दा उनलाई संबिधानसभा र व्यवस्थापिका–संसदको बैठक त्यति सजिलो छैन ।
अर्को धर्मसंकट उनलाई गृहमन्त्रालयले पारेको छ । कांग्रेसभित्रकाहरु कुनै पनि हालतमा साझेदार दल भनिएको एमालेलाई गृहको जिम्मा दिन तयार छैनन्, एमालेहरु कुनै पनि हालतमा त्यो कुर्ची छोड्न तयार छैनन् । यो लडाईका कारण कतै “सुशील दा” नेतृत्वको सकारले नेपालको अन्तरीम संबिधान २०६३ को धारा ५५क अनुसार व्यवस्थापिका–संसदमा अबिश्वासको प्रस्तावको सामना गर्नु पर्ने खतरा आउन सक्छ । गृहको कुर्ची दिए सवैथोक एमालेको भईहाल्ने कांग्रेसको बुझाई र गृहको कुर्ची नपाए आफ्नो हातमा केही पनि नरहने एमालेको बुझाईले पनि “दा” को वालुवाटार आयु छोटिन थालेको देखिन्छ ।
यि त संबिधानसभाभित्रका कुरा हुन । संबिधानसभा वाहिर पनि बिरोधी राजनीतिक दल तथा समूहहरुको सशक्त उपस्थिति रहेको छ । वाहिर रहेका दलहरु पनि यदि संबिधानसभामा उनीहरुको ईच्छा अनुसार भएन भने वन्द हड्तालको पुरानै शैलीमा प्रवेश गर्नेछन । जसले गर्दा कोईराला सरकारको टाउको दुखाई अरु वढ्ने छ । मानवअधिकार, समावेशी, ट्रेड युनियन अधिकार जस्ता माग राख्नेहरुको पनि हाम्रो देशमा लामै सूची छ । यो सूची पनि कोईराला सरकारको  अन्त्यष्टीको कारण हुन सक्छ ।
यि चुनौतिहरुको सामना गर्न कोईरालासंग एउटै मात्र बिकल्प छ उनी सहमतीय  राजनीतिमा आउनु पर्छ । उनलाई प्रधानमन्त्री हुनवाट रोकिरहेको राष्ट्रपतिको निर्वाचनमा त उनी सफल भए तर गृहको कुर्चीका कारण उनको वालुवाटारको हनिमुन धरापमा   परेको छ । भावी दिनहरुमा पनि यदि उनी सहमति गर्न सफल हुन्छन भने उनी खिलराज रेग्मी जस्तै सफल व्यक्तित्व हुनेछन । ईतिहासले उनको नाम लिने छ । गैर राजनीतिक क्षेत्रवाट आएका भएपनि खिलराज रेग्मीले उनलाई दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरे । उनी सफल व्यक्ति हुन । अव नयाँ संबिधान जारी गर्ने वातावरण वनाउने जिम्मा कार्यपालिका प्रमुखका हैसियतले कोईरालाको काँधमा छ । यदि उनी सवै कुराको चाँजोपाजो मिलाउन सक्दन भने ईतिहासले उनलाई सम्मानित व्यक्तित्वका रुपमा         हेर्नेछ । अन्यथा गणतन्त्र नेपालका चार प्रधानमन्त्रीकै लाईनमा उनी पाँचौ नम्वरका प्रधानमन्त्री हुनु वाहेक अर्को कुनै फाईदा हुनेछैन । सिंहदरवारले उनको फोटो त पाउने छ तर नेपाली जनताले उनीवाट केही पनि पाउने छैनन् ।
तर, उनका लागि त्यति सजिलो बिषय भने छैन । पहिलो कुरा त उनलाई उनकै पार्टी कांग्रेसभित्रैवाट असहयोग हुने छ भन्ने कुरा २०१५ सालदेखि यताका नेपाली कांग्रेसका वहुमतका सरकारहरुको ईतिहास अध्ययन गरे प्रष्टै हुन्छ । ति सरकारहरु प्रतिपक्षले असफल वनाउनु परेको थिएन । कांग्रेसभित्रैवाट असफल वनाईएका थिए । त्यो छनक मन्त्रीमण्डलले पूर्णता नपाउँदै देखिन सुरु भएको छ । दोश्रो कुरा उनका सहयोगी दलहरु भोली कुरा नमिलेपछि उनलाई लात्ताले हिर्काउनेतिर लाग्ने छन, जो    राजनीतिमा स्वभाविकै रुपमा हेर्ने गरिन्छ । तेश्रो संबिधानसभाकै बिरोधी दलहरु र चौथो वाहिरका बिरोधी दलहरु । यो अवस्थामा सुशील “दा” को राजनीतिक यात्रा वालुवाटारमा कति दिन टिक्छ भन्ने कुराको समीक्षा हुनु अन्यथा होईन ।
नयाँ संबिधान जारी गर्ने भनि दलहरुले तोकेको एक वर्ष धेरै थोरै समय हो । राष्ट्रपतिको बिवाद मिलाउँदा, पार्टीभित्रैवाट समानुपातिक तर्फका उम्मेदवारहरको सूची निर्वाचन आयोगलाई बुझाउँदा र प्रधानमन्त्रीको चयन गर्दा बितेका दिनहरु हेर्ने हो भने एक वर्ष चुट्की वजाउँदै सकिन्छ जस्तो लाग्छ । अहिले त न सरकारले पूर्णता पाएको छ, न संबिधानसभाको अध्यक्ष÷उपाध्यक्षले पद पाएका छन, न कांग्रेस–एमालेबीच भएको सहमितका आधारमा राष्ट्रपतिलाई संसदवाट अनुमोदन गराउने बिषयतिर प्रवेश गर्न सकिएको छ । निर्वाचन भएको मितिले हेर्ने हो भने त तीन महिनाको समय भुष भएको छ । यो तीन महिनाको उपलव्धी एउटै मात्र छ, त्यो हो प्रधानमन्त्री चयन । वाँकी कुनै पनि मुद्धामा अहिलेसम्म प्रवेश गरिएको छैन । सायद मंगलवार संबिधानसभाका सभामुख र उपसभामुखको चयन हुन्छ होला । त्यो भयो भने अर्को उपलव्धी भएको मान्नु पर्ला ।
पदीय वाँडफाँडले मात्रै सवै कुराको निक्र्यौल गरिहाल्दैन । बिघठित संबिधानसभामा रहेको बिवादित बिषयहरुमा पनि संबिधानसभाभित्र र वाहिर गएर सहमति खोज्ने प्रयास गर्नु पर्ने वाध्यता पनि छ । होईन भने २०४७ सालको संबिधान जसरी जारी भएकै दिन जलाईयो अव वन्ने संबिधान पनि नजलाईएला भन्ने कुनै ग्यारेण्टी छैन । त्यसका लागि पनि होसियारी अपनाउनु पर्ने जरुरी छ ।
थुप्रै चुनौतिहरु छ सुशील दा को सरकारका अगाडी । संसदमा भाषण गर्दा उनले जसरी प्रतिवद्धता गरे वाहिर गएर हेर्ने हो भने त्यो उनलका लागि फलामे च्युरा हो, जसलाई उनी चपाउन सक्ने त छैनन् नै सट्टामा अर्को कुनै वस्तु माग्न सक्ने ठाउँ पनि उनका लागि रहने छैन । यि सवै चुनौतीका वावजुद पनि सुशील दा नयाँ संबिधान निर्माण गर्न संबिधानसभाको सहयोगीसिद्ध हुन सकुन भन्ने कामना छ ।
चबm।पबउष्२नmबष्।िअयm

मोफसल पत्रकारिता 

यस्तै अबस्था हो भने फेरी संबिधान बन्न मुस्किल छ

लक्ष्मण गौतम (कैलाली सम्वाददाता) हिमायल टेलिभिजन
तपार्इंको पुरा परिचय पाउँ न ?
म लक्ष्मण गौतम । हाल हिमालय टेलिभिजनमा र दिनेश एफ एममा कैलालीको अत्तरियाबाट सम्बादाताको रुपमा काम गरिरहेको छु ।
 तपाईले किन पत्रकारिता पेशानै रोज्नु भयो ?
०४६ सालको जनआन्दोलन चरम उत्कर्षमा पुग्दै थियो । त्यसै बिच आन्दोलन दबाउन गएका प्रहरीलाई आन्दोलनकारीले कुटेर तोरीबारीमा फालेको देखे मैले, बिद्यार्थी र बालशुलभ मेरो मन मलाई त्यति बेला मेरो दिमागमा तिनी प्रहरीका परिबारले खबर नपाउने आभाश भयो । अनि सोचे अब पत्रकारितामा लाग्नु पर्छ र समाजमा हुने हरेक घटनालाई सबैका अगाडी ल्याउनु पर्छ भन्ने लाग्यो त्यसैले पनि होला ।
 कति समय भयो यस पेशामा लागेको ?
करीब १२ बर्ष भयो ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
खासगरी मलाई साना तथा लुकेर बसेका समाचारलाई रिपोर्ट बनाउन मन लाग्छ । सानो भएर पनि यो समाजको खास अर्थ राख्ने समाचारलाई गहन रुपमा खोजेर बाहिर ल्याउन सक्यो भने मात्र खास      पत्रकारिता हो भन्ने मैले बुझेको छु ।
 एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
पत्रकारितामा धेरै चुनौती छन । पत्रकार पनि यही समाजको ब्यक्ति हो । सबै कुरामा सक्षम हुनु पर्ने बाध्यता उसमा कायम हुन्छ तर कतिपय अबस्थामा आर्थिक र अन्य कारणले धेरै सोचेर पनि गर्न नसकिने अबस्था आउने गर्दछ ।
मोफसलै भएपनि कैलाली जस्तो तराईको बिकसित ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, राम्रै होला नि ?
मैले माथी नै भनि सके चुनौती धेरै छन । अबसर थोरै, समाचार लेखेकै भरमा ज्यान पाल्न सक्ने अबस्था अझै भएको छैन । बाँच्नका लागी नै भएपनि अर्काे पेशा अगाल्न बाध्य हुनु परेको छ धेरैलाई ।
 मोफसलमा वसेर उपत्यकावाट प्रसारण हुने “हिमालय टेलिभिजन” का लागि काम गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
बिशेषगरी मोसफलमा बसेर काम गर्नेहरुलाई अझै गाह्रो छ । सुरक्षा र अबसर कम मात्रमा प्राप्ती हुन्छ भने जिम्मेबारी धेरै र सुबिधा न्यून हुने गरेको छ । ग्रामिण क्षेत्रमा समाचार लुकाउने प्रथा कायम रहेकाले पनि काममा समस्या हुने गरेको छ ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
खासगरी मोसफलका मिडीया हाउसहरु आज भोली तालिम सेन्टरका रुपमा परिणत हुदै गईरहेका    छन । ब्यबसायिक हुनका लागी पहिले सरकारले ग्रामिण सञ्चार नीति लागु गर्नु पर्छ । त्यसो भएमा मात्र मिडीया हाउस र सम्बन्धित सञ्चारकर्मीलाई राहात हुन्छ ।
 तपाई त स्थानीय दिनेश एफएममा पनि संलग्न हुनुहुन्छ, कस्तो चलिरहेको छ दिनेश एफएम ?
हो, मैले करीब ६ बर्ष स्थानीय घोडाघोडी एफएममा काम गरे, ब्यबस्थापनले अचानक रेडियो बन्द    ग¥यो । त्यसपछि मैले दिनेश एफएममा काम गर्न थालेको हो । स्थानीय समाचारलाई महत्ब दिने भएकाले सुदुरपश्चिममा दिनेश एफएमलाई बढी रुचाउने गरेका छन र म पनि आफ्नो काममा सन्तुष्ट नै छु ।
 मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
महासंघ सबै पत्रकारको छहारी हो तर धेरै काम गर्न बाँकी नै छन । पेशागत सुरक्षा र तालिमलाई महासंघले ठुलो भुमिका खेल्न सकेको छैन जस्तो लाग्छ मलाई ।
 मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
यि संगठनहरुले पनि पत्रकारका पक्षमा खासै काम गर्न सकेका छैनन् । केबल नेताहरुको स्बागत र     राजनीति गर्ने संस्था जस्तो देखीन थालेको छ । राजनैतिक भन्दा माथी उठेर पत्रकारका समस्याका बारेमा काम गर्नु पर्छ ।
 तपाइको विचारमा पत्रकारिता के हो ?
मुख्य त पत्रकारिता पेशा नै हो तर यो पेशाले सामाजिक दायित्ब र सिंगो समाजको भुमिका खेलेको  हुन्छ ।
 अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनिँयाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ लाग्ने गरेको छ, कैलालीको अवस्था कस्तो पाउनु भएको छ ?
यो साह्रै नराम्रो कुरा हो, यदि पत्रकारनै यस्तो काममा लाग्छन भने अन्य क्षेत्रको अबस्था कस्तो होला ? पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने मेरो मान्यता हो ।
 तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
सायद म त्यसरी लागेको भए कैलालीमा यतिका बर्ष भाडाको घरमा बस्नु पर्ने थिएन होला । कि पैसा कि सम्मान भन्छन, मलाई यो समाजले सम्मान दिएको छ । म खुशी छु समाजिक बन्न पाएकोमा ।
 मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
सरकारी नीति स्पष्ट हुनुका साथै कार्यान्यनको जरुरी छ । भनेर मात्र केही हुने देख्दिँन म ।
 थोरै प्रसंग वदलौं, एक वर्षभित्र नयाँ संबिधान जारी गर्ने लक्षका साथ अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएको छ,, अव एक वर्षभित्र नयाँ संबिधान वन्ला त ?
बिगतमा भएका क्रियाकलापले जनता सा¥है निरास भएर पनि अर्काे संबिधानसभाको निर्बाचनमा उत्साहित देखिए तर नेता र राजनैतिक दल जनताप्रति उत्तरदायी भए जस्तो देखिएको छैन । सधँै लाभको पद र सौखीन जीबनको पछाडी नेता लागीरहे  । यस्तै अबस्था हो भने फेरी संबिधान बन्न मुस्कील छ ।
 नयाँ संबिधानले मोफसल पत्रकारिताको बिकासका लागि के कुरा सम्वोदन गर्नु पर्ला ?
नयाँ संबिधानमा पत्रकारका हक र अधिकारलाई स्पष्ट पारिनु पर्छ भने मुख्य कुरा मोसफलमा रहेर काम गरिहेका पत्रकारलाई सुरक्षित बनेर काममा जान सक्ने बाताबरण मिलाईनु पर्छ, त्यसका लागी संबिधानमा उल्लेख हुनु जरुरी छ ।
 अन्त्यमा केही भन्न मन लागेको छ ?
तपाईको प्रिय पत्रिका बिम्बले मलाई पनि पाठक बिच पु¥याउन सहयोग गर्नु भएकोमा सम्पादक         रामहरी ओझा र सिङ्गो ब्यबस्थापन टिमलाई धन्यबाद ब्यक्क्त गर्दछु । साथै बिम्ब देश र जनताको बिम्ब बन्न सकोस यहि शुभकामना ।

साहित्य सृजना 

इच्छा

युगौँ युग नेपालीको
सुवास छर्न पाऊँ मैले
नेपालीको भाग्य चम्किएको
देख्न पाऊँ छिटै
नेपालको स्वदेश गान
गाउँदा गाउँदै मर्न पाऊ
कर्म गरिकन यो देशमा
निर्धक्क भई खान र बस्न पाऊँ
स्वाभिमानी नेपाली भै संसारमा
अगाडि बढ्न पाऊँ
पसिना बगाएर यही देशको
नदी तर्न पाऊँ
प्रकृतिको सौन्दर्यमा
सधैँ चर्न पाऊँ
इन्द्रेणीझैँ सबका आँखा
सामुन्ने पर्न पाऊँ
यही देशमा बसेर
ब्रह्माण्डको छाया भर्न पाऊँ
यही मुटुले संसारको
माया जित्न पाऊँ ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

हाम्रो देश छ सुन्दर 

तर राजनितिको खेलले भयो फोहरी
नेताहरु कुर्चिका निम्ती खेल्छन् दोहरी
कुर्चिको तानातान भयो खेल्दाखेल्दै दोहरी
आफ्नो स्वास्र्थमा डुब्दा भयो देशमा जुहारी
भोट माग्दा जनताहरुलाई विकासको दिन्छन् नाम
विकास गर न नेता भन्दा छैन भन्छन् दाम
नेताहरुलाई विदेश जान हुदो रहेछ धन
आफ्नो छोरा श्रीमतिलाई विदेश घुमाउने मन
राष्ट्रपतिले नौ चोटी भन्यो गर सहमतिको काम
हाम्रा देशका नेताहरु राम्रो काम गरि चलाउदैन नाम
कस्ता यि नेताहरु खेल्दा रैछन् चाल
कस्तो विगारेको हाम्रो देशको नाम
अरुलाई लगाउ भन्छन् देश सप्रने नारा
कुर्चि पाए सबै नेताहरुको आफ्नै हुन्छ पारा
जनता खुशी हुन्छन् की भनी भन्छन् सहमति अघि सारु
भाषण दिन्छन् नेताहरु फाईब स्टारको खाएर दारु
मुकेश राज ओझा
 सिलगढी

सपना मैँ थिँए क्यारे, उठ्दा खाली हात थियो
निद्राको संसारमा सायद, भ्रमको कुनै मात थियो
सुनैका थिए थालभाँडा, गहना नि सुनैका थिए
आँखा खुल्दा यथार्थमा, फगत खाली पात थियो
हुलै थिए आफ्ना पराई, उच्च थियो आशन पनि
व्युँझि हेर्दा चारैतिर, छाया मात्रै साथ थियो
शहर पनि महल पनि उस्तै सहज बसाइ पनि
निद्रा खुल्दा तन्द्रा टुट्यो झोपडीको रात थियो
तृप्त थिए इच्छाहरु भावहरु चुलिदै थिए
छाङ्गावाट खसे जसै सत्यताको वास थियो

हेमन्ती जोशी 
          मनहरु जित्न सकेवाट.........

सवैका लागि उपयोगी

नेपालको अन्तरीम संबिधान २०६३ मा न्यायपालिका सम्वन्धी व्यवस्था
धारा १००– न्यायसम्वन्धि अधिकार अदालतवाट प्राप्त हुने
१. नेपालको न्यायसम्वन्धी अधिकार यो संबिधान र अन्य कानुन तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत तथा न्यायिक निकायहरुवाट प्रयोग गरिनेछ ।
२. नेपालको न्यायपालिकाले स्वतन्त्र न्यायपालिकासम्वन्धी अवधारणा र मुल्य मान्यतालाई अनुसरण गरी लोकतन्त्र र जनआन्दोलनको भावनालाई आत्मसात गर्दै यस संबिधानप्रति प्रतिवद्ध रहनेछ ।
धारा १०१– अदालतहरु
१. नेपालमा देहायवमोजिमका अदालतहरु रहनेछन ः
क) सर्वोच्च अदालत
ख) पुनरावेदन अदालत
ग) जिल्ला अदालत
२. उपधारा (१) मा लेखिएदेखि वाहेक खास किसिम र प्रकृतिका मुद्दाको कारवाही र किनारा गर्न कानूनद्वारा अन्य अदालत, न्यायिक निकाय वा न्यायाधीकरणको स्थापना र गठन गर्न सकिनेछ ।
तर कुनै खास मुद्दाको लागि अदालत, न्यायिक निकाय वा         न्यायाधीकरणको गठन गरिने छैन ।
धारा १०२– सर्वोच्च अदालत ः
१. न्यायपालिकाको सवैभन्दा माथिल्लो तह सर्वोच्च अदालत हुनेछ ।
२. संबिधानसभासम्वन्धी अदालतवाहेक नेपालका अन्य सवै अदालत र न्यायिक निकायहरु सर्वोच्च अदालतका मातहतमा हुनेछन । सर्वोच्च अदालतले आफ्नो मातहतका अदालत र न्यायिक निकायहरुको        निरीक्षण एवं सुपरिवेक्षण गर्न र आवश्यक निर्देशन दिन सक्नेछ ।
३. सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यसले आफ्नो र आफ्ना मातहतका अदालत वा न्यायिक निकायहरुको अवहेलनामा कारवाही चलाई कानूनवमोजिम सजाय गर्न सक्नेछ ।
४. संबिधानसभासम्वन्धी अदालतको क्षेत्राधिकारभित्र पर्ने बिषयमा वाहेक यस संबिधान र प्रचलित कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतमा निहित रहनेछ ।
५. सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा चौध जनासम्म अन्य न्यायाधीशहरु रहनेछन । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या वढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधीका लागि अस्थायी न्यायाधीश नियुक्त गर्न सकिनेछ ।
धारा १०३–सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्ती र योग्यता ः
१. राष्ट्रपतिले संबैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र प्रधानन्यायाधीशले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको नियुक्ति गर्नेछ । प्रधानन्यायाधीशको पदावधी धारा १०५ को उपधारा (१) को खण्ड (ख)को अधिनमा रही नियुक्ति भएको मितिले ६ वर्षको हुनेछ ।
२. सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य मानिनेछ ।
३. पुनरावेदन अदालतको न्यायाधीश वा सो सरहको न्याय सेवाको कुनै पदमा सात वर्ष वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको वा कानूनमा स्नातक अधिवक्ता वा बरिष्ठ अधिवक्ताको हैसियलमा कम्तीमा १५ वर्ष वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानूनको क्षेत्रमा काम गरी बिशिष्ठ कानूनबिद्का रुपमा ख्यातिप्राप्त गरेको व्यक्तिमात्र सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।
४. प्रधानन्यायाधीशको पद रिक्त भएमा वा अस्वस्थताको वा अरु कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा विदा वसेको वा नेपाल वाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था परेमा सर्वोच्च अदालतको बरिष्ठतम् न्यायाधीशले कायम–मुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ ।
५. प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशहरु ६५ वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा वहाल रहनेछन ।

पर्यटन र खेल समाचार

थाइल्याण्डमा जारी एसिसी वुमेन्स प्रिमियर क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानलाई ५ विकेटले पराजित   गरेको छ ।
भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६।२ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो । नेपाललाई प्रतियोगितामा दोस्रो जित दिलाउने क्रममा रुविना क्षेत्रीले अविजित ३१ तथा ममता थापाले २० रन जोडिन । ममता चौधरीले अविजित १३ रन जोडिन भने सीता मगरले ८, रेखा रावलले २ तथा नीरा             राजोपाध्यायले १ रन जोडिन ।
यसअघि टस हारि पहिले ब्याटिङ गरेको भुटानले   निर्धारित ४० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। भुटानका लागि एसेम वाङ्मोले २३, सोनाम छोदेनले २१, डेचेन वाङ्मोले १३ रनको योगदान दिएका थिए । नेपालका लागि सोनु खड्का र रुविना क्षेत्रीले २÷२ तथा सीता मगर र रेखा रावलले १÷१ विकेट लिए ।
यसअघिको पहिलो खेलमा नेपालले इरानलाई २२१ रनले हराएको थियो भने हिजो आयोजक थाइल्याण्डसँग ८ विकेटको पराजय बेहोरेको थियो ।
प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । प्रतियोगितामा तीन स्थान हात पार्ने टोली आसन्न इन्चोन एसियाडमा छनोट     हुनेछन । नेपालले फाइनलको आशा जीवितै राख्न भुटान, चीन तथा हङकङलाई        हराउनुपर्छ ।
 अंक तालिकामा थाइल्यान्ड लगातार दुई जितसँगै चार अंकका साथ शीर्ष स्थानमा छ । चीनको पनि समान अंक छ ।           रनरेटमा चीन दोस्रो स्थानमा रहेको हो । नेपाल दुई अंकका साथ तेस्रो स्थानमा        रहेको छ ।

गोलदेउला र राँगा फ्टकने डाँडा 

डोटी जिल्ला जिल्ला सदरमुकाम सँगै जोडिएको कलेना गाविसको सिमा छोएको गोलदेउला लेख र राँगा फ्टकने डाँडा पर्यटकिय दृष्टीकोणले महत्वपुर्ण क्षेत्रको रुपमा रहेको भए पनि त्यस क्षेत्रको विकास गर्न सकिएको छैन ।
दिपायल सिलगढी नगरपालिका बडा नं. १३ उडिलोला र बगलेख गाविसको सिमा दुवैलाई छुने राँगा फ्टकने विहानको सुर्य उदाउदो समय र बेलुकीको सुर्य अस्तको समयमा अबलोकन गर्ने स्थानका रुपमा विकास हुन सक्ने भए पनि त्यसका लागी कहि कसैले चसो दिएका छैनन् ।   राँगा फ्टकने डाँडा वाट विहानको उदाउदो सुर्य हेर्दा काठमाण्डौ नगरकोटको सम्झना आउने स्थानिय बासिन्दाहरु बलाउनछन् । सदरमुकाम सिलगढी देखी करिब १ घण्टाको उकालोमा पुगीने राँगा फ्टकने नजिक रहेको सानो मालिका मन्दिर जाने मुल वाटोमा रहेका कारण पनि त्यस क्षेत्रको विकास गर्न सकिए विदेशी तथा सोदेशी पर्यटकहरुका लागी एक गन्तव्यको रुपमा रहने विश्वास गरिन्छ ।
त्यस्तै डौड, कालिकास्थान, कलेना, बगेलेख, खातिबडा गाविहरुले छोएको गोलदेउलालाई पनि उदाउदो सुर्य र पुनोनो नगरको रुपमा रहेको सिलगढी बजारको अबलोकन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । जिल्ला सदरमुकाम सिलगढी देखी करिब ३ घण्टाको पैदल यात्रामा पुगीने उक्त स्थानलाई पनि धार्मिक महत्वका साथ हिन्दु धर्मालम्वीहरुले लिने गरेका छन् । भगवान शंकरले पार्वती सँग विवाह गरि घुम्ने क्रममा चन्दन गिरि पर्वतमा पुगेको र त्यो चन्दनगिरि पर्वत अहिलेको सिलगढी भएको जनविश्वास रहनुका साथै धार्मिक ग्रन्थहरुमा यसको उल्लेख गरेका पाईन्छ । त्यहि बेलामा भगवान शंकरलाई विश्राम गर्ने मन लागे गोलदेउदा लेकमा जाने गरेको जनविश्वास रहेको छ ।
राँग फ्टकने डाँडा देखी करिब २ घण्टाको दुरीमा गोलदेउदा पुग्न सकिन्छ । सिलगढीबाट उदाएको सुर्य हेर्न राँगा फ्टकने डाँडा र स्थानिय परिकारहरु र कला संस्कृतिहरु सँग ग्रामिण बस्तीहरुको अबलोकन गर्दै बेलुकीको अस्ताउदो सुर्य अबलोकन गर्न गोल देउला जाने हो भने जो कोहि पर्यटकहरुको मन भिज्न सक्छ ।  प्रकृति सँग रम्न सक्छ ।

चलचित्र र मनोरञ्जन

झरना थापाको अभिनय “टिप्स”

नयाँ कलाकारका लागि अभिनेत्री  झरना थापाले अभिनयको टिप्स दिएकी छिन । प्रणय दिवसको अवसरमा झरनाले नयाँ कलाकारका लागि अभिनयको नयाँ टिप्स दिएकी हुन ।
झरनाको टिप्स यस्तो छ, ‘तपाई फिल्ममा जुन भूमिका गर्दै हुनुहन्छ उठ्ने बित्तिकै त्यही मुडमा बस्नुस । रोना धोना छ भने धेरै नबोल्नुस । रोमान्टिक छ भने रोमान्टिक म्युजिक सुन्नुस या सबैसँग खुसी भएर प्रस्तुत हुनुस ।’
झरनाले आफ्नो अनुभव सुनाइन, ‘ए मेरो हजुरमा एउटा संवाद छ । आँखा देख्न सक्ने भएर एकचोटी हजुरलाई संसारको खुसी दिन सकुँ । श्रीकृष्ण दाइको काँधमा टाउको अड््याएर यो संवाद भन्दै आँसु चुहाउनु पर्ने दृश्य थियो । निर्देशक शिव  रेग्मी सरलाई ‘पर्फेक्ट’ चाहिने रहेछ । यो सिन १२ टेकसम्म पनि ओके भएन ।’
मुख्य हिरोइन भएर अभिनय गरेको ‘ए मेरो हजुर’ नै झरनाको पहिलो फिल्म थियो । ‘सुटिङ नै छोडेर भाग्यौं कि जस्तो पनि लाग्यो’ झरनाले भनिन ‘कहाँबाट फिल्म खेल्न पुगेछु ? फिल्म आफ्नै श्रीमानको थियो । पती सुनिल कुमार थापाले सुरुमै तिम्रो कारणले गर्दा फिल्म घाटामा नजाओस भन्नु भएको थियो ।’ झरनाले बेलिविस्तार लगाइन, “टेक लामो भएपछि स्पट व्यायहरु समेत दिक्क भएका थिए । निर्देशक शिव रेग्मीले पाँच मिनेट एकान्तमा गएर आँखा देख्न नसक्ने व्यक्तिको अनुभव गरेर आऊ भन्नु भयो । त्यसै गरें । सिन ओके भयो । पछि मलाई लाग्यो, रोएको, हाँसेको अभिनय गर्न आँखा हैन मन रुनु र हाँस्नु पर्ने रहेछ ।”

एउटै फिल्मबाट तक्मे बुढालाई १६ लाख

‘तक्मे बुढा’ उर्फ विल्सन विक्रम राईले एउटा फिल्म खेले वापत १६ लाख रुपैयाँ पाउने भएका छन । ‘तक्मे बुढा लस्ट इन लण्डन’ फिल्मका लागि विल्सनले उक्त रकम पारिश्रमिक स्वरुप लिने सम्झौता गर्न लागेका हुन ।
एउटा फिल्म खेले वापत कुनै पनि नेपाली कलाकारले हालसम्म पाएको यो नै उच्च पारिश्रमिक रकम हो । बेलायतमा छायाँकन हुने ‘तक्मे बुढा लस्ट इन लण्डन’ का लागि निर्माण कम्पनीले १० हजार पाउण्ड अर्थात १६ लाख रुपैयाँमा सम्झौता गर्न लागेको हो । सम्झौता भने भईसकेको छैन । फिल्म तक्मे बुढा माथि आधारित भएकाले पारिश्रमिक स्वरुप उक्त रकम लिन लागेको विल्सनले बताए ।
विल्सनले भनेका छन, ‘यो पारिश्रमिक भन्दा पनि तक्मे बुढाको ‘ब्रान्ड भ्यालुु’      हो ।’ फिल्ममा विल्सन दोहोरो भूमिकामा देखिने छन । विल्सनको उच्च पारिश्रमिक रहेको यस फिल्मलाई निरक पौडेलले निर्देशन गर्नेछन । ‘ब्ल्याक एण्ड ह्वाईट’ फिल्मको सुटिङका लागि हाल मलेसियामा रहेका    निरकले लगत्तै विल्सनको प्रोजेक्ट सुटिङ आगामी ‘समर’ मा गर्ने बताईएको छ । फिल्मका निर्माता निरक हुन ।

बिज्ञापन 

क्षयरोग सम्वन्धि जानकारी

क्षयरोग भनेको के हो ?
क्षयरोग आँखाले देख्न नसकिने शुक्ष्म किटाणुको कारणवाट लाग्ने एक प्रकारको सरुवा   रोग हो ।
क्षयरोग कसरी सर्दछ ?
क्षयरोगका बिरामीले खोक्दा वा हाँच्छिउँ गर्दा क्षयरोगका किटाणुुहरु वाहिर निस्की हावामा फेलिन्छन र निरोगी मानिसले श्वास प्रश्वास लिँदा क्षयरोगका किटाणुुहरु फोक्सोमा पुग्दछन र क्षयरोग एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दछ ।
क्षयरोगका लक्षणहरु के के हुन ?
दुई हप्ता वा सो भन्दा बढी समयसम्म खोकी लागिरहनुु, साँझपख ज्वरो आउनु, छाती दुख्नु, खान मन नलाग्नु, दुव्लाउँदै जानु, तौल घट्नु र खकारमा रगत देखा पर्नु ।
निदान तथा उपचार ः
क्षयरोगका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको खकार जाँच गर्ने अस्पताल वा स्वास्थ्य संस्थामा गई तिन पटक खकार जाँच गराउनु पर्दछ । खकारमा क्षयरोगका किटाणुहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह अनुसार दैनिक प्रत्येक्ष निगरानीमा ६ महिनासम्म औषधी खानु पर्दछ र क्षयरोग निको हुन्छ । क्षयरोगको निदान तथा उपचार सवै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईन्छ ।
प्रत्येक्ष निगरानीमा किन औषधी खानु पर्ने ः
प्रत्येक्ष निगरानीमा औषधी खाएमा क्षयरोग निको हुन्छ, औषधी खान छुट्दैन, अरुलाई  रोग सर्दैन र कहिलै निको नहुने क्षयरोग हुँदैन ।

सूचना ! सूचना !! सूचना !!! 

     जिल्ला स्वास्थ्य कार्यालय, डोटीको आयोजनामा तपशिलको मिति र स्थानमा पुरुषहरुका लागि स्वेच्छिक स्थायी वन्ध्याकरण (ख्क्ऋ) भ्यासेक्टोमी    (ख्बकभअतयmथ) शिवीर सञ्चालन हुने भएकाले सन्तानको रहर पुगेका पुरुषहरुले समयमै सेवा लिई मौकाको फाईदा उठाउन हुन जानकारी गरिन्छ ।
 उक्त स्थानहरुमा महिलाहरुका लागि पाठेघर खस्ने तथा पिस्टुलाको समेत स्क्रिनिङ्ग क्याम्प सञ्चालन हुनेछ ।
तपशिल
क्र.स.       स्थान                        मिति
१.     मौवा स्वा.चौ.डोटी                २०७० फागुन १ गते
२.     तोलेनी उप स्वा.चौ.डोटी          २०७० फागुन ३ गते
३.     छपाली उप स्वा. चौ. डोटी        २०७० फागुन ५ गते
४.    दुर्गामाण्डौं स्वा.चौ. डोटी           २०७० फागुन ८ गते
५.    केदारआखडा प्रा.स्वा.के. डोटी       २०७० फागुन १० गते
६.     लानाकेदारेश्वर उप स्वा.चौ. डोटी   २०७० फागुन १२ गते
७.    वागछेडा (घाङल स्वा. चौ.) डोटी    २०७० फागुन १४ गते
८.    सरस्वतीनगर प्रा.स्वा.के. डोटी       २०७० फागुन १६ गते
आयोजक ः जिल्ला स्वास्थ्य कार्यालय, सिलगढी डोटी



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete