Tuesday, October 21, 2014

बिम्ब नेपाली साप्ताहिक, मिति २०७१ साल कार्तिक ४ गते

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको भनि पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा  उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
नगरको एम्वुलेन्स प्रहरी नियन्त्रणमा
बिरामीहरुले सेवा दिनका लागि लाखौं रुपैयाँ खर्च गरेर खरीद गरिएको दिपायल सिलगढी नगरपालिकाको एम्वुलेन्स गत जेठ देखि प्रहरीको नियन्त्रणमा रहेको
असार २४ गते डोटीवाट बिरामी वोकेर कैलालीतर्फ गएको से २१९ नम्वरको एम्वुलेन्स सोही दिन कैलालीको तेघरीमा खाल्डोमा खस्दा बिरामीलाई थप चोट लाग्यो खुट्टा भाँचिए रानागाउँ गाबिसका वमहादुर कठायतलाई उपचारका क्रममा लैजाँदा थप चोट लागेपछि बिरामीका आफन्तहरुले नगरपालिकासंग घाईतेको उपचार गराउन माग गरे तर नगरपालिकाले हालसम्म पनि घाईतेलाई उपचार खर्च नदिएपछि उक्त एम्वुलेन्स हाल ईलाका प्रहरी कार्यालय अत्तरीया कैलालीको नियन्त्रणमा रहेको
अगाडी कोही मान्छे आयो, नियन्त्रण गर्न सकिएन अनि नियन्त्रणमा लिनका लागि खाल्डोमा हाल्नु पर्ने वाध्यता भयो एम्वुलेन्सका चालक किशोर नेपालीले वताए नेपालीको चालक अनुमति पत्र समेत हाल प्रहरीसंगै रहेको
नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रमेशचन्द्र जोशीले घाईतेलाई ७८ हजार दिने कार्यकारी वोर्डले निर्णय गरेको वताउँदै भनेबिरामीका आफन्तहरुले उपचारमा करीव तीन लाख खर्च भईसकेकोले उक्त रकम उपलव्ध गराउनु पर्ने दावी गरेका कारण कुरा मिलेको छैन हालसम्म बिरामी स्वयं नगरपालिकामा नआएको वताउँदै जोशीले भनेउनका आफन्तहरुको तर्फवाट स्थानीय लोकेन्द्र शाहीले घाईतेले ७८ हजार मात्र लिन नमानेको जानकारी दिएका छन घाईतेको भारतमा उपचार गराईएको आफन्तहरुको दावी
हाल कार्यकारी अधिकृत नभएका कारण सो बिषयमा थप निर्णय गर्न नसकिएको निमित्त कार्यकारी अधिकृत जोशीको भनाई आफु निमित्त प्रमुख भएको भएपनि आर्थिक बिषयमा निर्णय गर्न अधिकार नभएको वताउँदै जोशीले भने आफै पनि ईलाका प्रहरी कार्यालय अत्तरीयामा पुगेर एम्वुलेन्सको अवस्था बुझेर आएँ, अव कार्यकारी अधिकृत आएपछि मात्रै यस बिषयमा थप छलफल हुन्छ
ईलाका प्रहरी कार्यालय अत्तरीयाका प्रमुख प्रहरी निरीक्षक कुलदीप चन्दले आफुले पटकपटक घाईतेसंग उपचारका लागि सम्झौता गरी एम्वुलेन्स लैजान नगरपालिकालाई आग्रह गरेको भएपनि हालसम्म उक्त एम्वुलेन्स लैजाने प्रक्रिया अगाड नवढेको वताए
बिरामीलाई सेवा दिनका लागि नगरपालिकाले २०७० साल बैशाखमा उक्त एम्वुलेन्स खरीद गरेको थियो भारतवाट खरीद गर्दा भन्सार छुट गरी नौ लाख रुपैयाँ नेपाली मुल्य परेको थियो एक दुर्घटनाका कारण तीन महिनाभन्दा बढी प्रहरीको नियन्त्रणमा एम्वुलेन्स रहेपछि बिरामीहरुले सेवा नपाउने कुरा नै त्यसको साथसाथै नगरपालिकाको आयमा पनि बाधा परेको एम्वुलेन्स प्रहरी नियन्त्रणमा हुँदा पनि चालकलाई भने नगरपालिकाले पालिराख्नु पर्ने वाध्यता रहेको
उपचारमा कति रकम खर्च भयो उपचार कहाँ भयो भन्ने सम्म पनि जानकारी छैन नगरपालिकालाई बिरामीलाई पहिलेको चोट कति थियो थप कति चोट लागेको हो भन्ने पनि खोजबिन गरेको छैन उक्त कार्यालयले जनताले तिरेको करवाट उठेको रकम जनतालाई सेवा प्रदान गर्नका लागि ल्याईएको एम्वुलेन्स तीन महिनाभन्दा बढी समयसम्म  अलपत्र रहँदा समेत नगरपालिकाले कुनै ठोस कदम चालेको छैन
एम्वुलेन्स आवश्यक थिएन भने जनताले तिरेको करव किन एम्वुलेन्स खरीद गर्न खर्च गरियो ? यदि आवश्यक हो भने किन लामो सयमसम्म पनि आफ्नो सामानको खोजी गर्दैन, किन समस्या समाधानको कुनै उपाय निकाल्दैन नगरपालिकाले ?
यि यस्तै प्रश्नको जवाफ खोज्नु पर्ने वेला आएको नगरपालिकावाट नगरवासीहरुले
सम्पादकीय
सम्वन्ध सुधार होस
सरकारले वनाएको लक्ष प्रापत गर्नका लागि सरकारकै योजना अनुसार काम गर्दै आएका गैर सरकारी संस्थाहरु सरकारी कार्यालयका कर्मचारीहरुबीचको तिक्तता घट्नुको सट्टा अझैं बढ्दै गईरहेको बिगतका दिनहरुमा पनि यो तिक्तताले शुन्य रुप लिन सकेको थिएन अहिले झन बढ्न थालेको यसले सरकारी कार्यालयलाई फाईदा पुग्ने देखिएको गैर सरकारी संस्थाहरुलाई फेरी सेवाग्राहीहरुलाई नै
सधैंभरी सरकारी कार्यालयका कर्मचारीहरुले गैरसरकारी संस्थाहरुलाई आफ्नो अंशियारको रुपमा हेर्दै जाने गैससहरुले आफुलाई सरकारी कार्यालय भन्दा उत्कृष्ठ देखाउँदै जाने हो भने यो समस्या समाधान हुन सक्दैन सरकारले वनाएको योजना अनुसार काम गर्नका लागि सरकारी तथा गैसस दुवै उत्तिकै जिम्मेवार हुन यहाँ कसैले कसैलाई कमजोर वनाउनु पर्ने वा देख्नु पर्ने कारण छैन त्यसैले सवैले मिलेर काम गर्नु बुद्धिमानी हुन्छ
जनताको सेवाका लागि देशको बिकासका लागि काम गर्ने हो भने मिलेर जानुको बिकल्प छैन सरकारी क्षेत्रमा कार्यरतहरुले पनि आफ्नो कामको जिम्मेवारी लिनु पर्छ गैससका राम्रा कामलाई सघाउ पु¥याउनु पर्छ, उनीहरुलाई काम गर्न हौसला प्रदान गर्नु पर्छ त्यस्तै गैससहरुले पनि सरकारी कार्यालयवाट गरेका कामहरुको सम्मान गर्नुपर्छ सरकारी कार्यालयका कामहरुसंगै आफ्ना कार्यक्रमहरुलाई पनि समायोजन गरेर लैजानु पर्छ अन्यथा सधैंभरी सरकारी कार्यालय गैससबीचको यो लडाई चलिनै रहनेछ यसवाट फाईदा कसैलाई पनि हुने छैन, घाटा मात्रै हुनेछ
निश्चित रुपमा गैससभित्र केही त्रुटीहरु रहेका छन त्रुटीहरु भएको गैससकर्मीहरुले स्वीकार गर्नु पर्छ आगामी दिनहरुमा त्यस्ता त्रुटीहरु हुन नदिन ठोस कदम पनि चाल्नु पर्ने हुन्छ तर, कमजोरी गैससभित्र मात्रै छन भनेर एकोहोरो बुझाई राख्नु पनि त्यति सान्दर्भिक हुँदैन किनभने सरकारी क्षेत्रमा पनि थुप्रै समस्याहरु रहेका छन ढिलासुस्ती अनियमितता, भ्रष्टाचार सरकारी कार्यालयहरुमा पनि व्याप्त छन नि ! ति कुराहरुको ख्यालै नगरी एकोहोरो रुपमा गैससभित्र मात्रै समस्या भन्ने कुराले कुनै अर्थ राख्दैन यसरी एकतर्पिm   आरोप लगाउनु बुद्धिमानी पनि होईन
राज्यले घोषित लक्ष अनुसारको योजना वनाएको उक्त लक्ष अनुसार सरकारी कार्यालयहरु गैससहरुले मिलेर काम गर्नु पर्छ सरकारी स्रोत साधनले नभ्याएको क्षेत्रमा गैससहरुले आफ्ना स्रोत साधनहरुको प्रयोग गरी जनतालाई सेवा दिनु पर्ने बिकास निर्माणका काम गर्नु पर्ने हुन्छ सायद गैससको अवधारण पनि यस्तै हो जनतालाई सेवा दिनु कुनै एउटा निकायकौ ठेक्का होईन, कुनै अर्को निकायले काम गर्न आएमा सौता आएको ठानेर उस्को बिरोध मात्रै गरिराख्ने कुराले कुनै अर्थ राख्दैन त्यसैले हामी सवैले गम्भिर भएर सोच्नु पर्ने अनिवार्य सरकारी क्षेत्रमा काम गर्नेहरु मात्रै ‘ … श्रेणीका अरु सवै वा  ‘ श्रेणीका अर्थात गैससमा काम गर्नेहरु मात्रै ईमानदार, नैतिकवान वा अन्य क्षेत्रमा काम गर्नुहरु सवै वेईमान भन्ने बुझाईलाई चिर्नु पर्ने आजको आवश्यकता हो
सरकारी गैससबीच देखिएको यो कटुता अन्त्य गर्नका लागि पहल हुनु जरुरी यसका लागि जिम्मेवार निकायहरुले ध्यान दिनु पर्छ तर बिडम्वना जिम्मेवार निकायहरुनै एकअर्काप्रति आरोप प्रत्यारोप लगाईरहेका छन यो समाधान होईन त्यसैले हामी सवैले यो आरोपप्रत्यारोपवाट माथी उठेर मित्रवत् व्यवहार सृजना गर्नुपर्छ त्यसका लागि बृहत छलफलको आवश्यकता रहेको सो छलफलवाट आफ्ना कुण्ठाहरु, पूर्वाग्रहहरु सवै त्याग्नु पर्ने हुन्छ अन्यथा आउने पिढिमा पनि यो रोग सर्नेछ यसले कसैलाई पनि फाईदा गर्ने छैन
थप समाचार
यातायात प्रहरीको सक्रियता वढ्दै
यो चालकले रक्सी खाएको , यस्ले गाडी चलायो भने तपाईहरु नजानु
आईतवार कैलालीको अत्तरीया यातायात प्रहरी पोष्टमा रहेका एक प्रहरी कर्मचारीले यात्रुलाई माथीको कुरा भने
आईतवार कञ्चनपुरको महेन्द्रनगरवाट डोटीका लागि हिडेको शैलेश्वरी यातायातको बस करीव १० वजे अत्तरीयावाट हिड्यो यातायात प्रहरी चेक प्वाईण्टमा पुगेपछि प्रहरीले चेकजाँच गर्दा चालकले मदिरा सेवन गरेको पाईयो प्रहरीले चालकलाई बस हाँक्न अनुमति दिएन बसमै रहेका  बस मालिकले अर्को चालक खोजे, बस गुड्यो
असोज २० गते डोटीको छतिवन गाबिसमा भएको सवारी दुर्घटनापछि यातायात प्रहरीहरुले सक्रियता वढाउन थालेका छन चालकले मदिरा सेवन गरे÷नगरेको समेत जाँच गर्न थालेका छन त्यसो बिगतमा भएका घटनाहरुमा केही समयका लागि प्रहरी सक्रिय हुने गरेको थियो उक्त सक्रियता कति दिनसम्म रहने हो त्यो भने हेर्न वाँकी
केही पर पुगेपछि पुनः मदिरा सेवन गरेको चालकले बस हाँक्न खोज्दा यात्रुहरुले बिरोध  गरे मदिरा सेवन गरेको चालकले बस हाँक्ने भए आफुहरु उक्त वसमा यात्रा नगर्ने भन्दै यात्रुहरु ओर्लिन थालेपछि बस मालिकले वाध्य भएर नयाँ चालकलाई डोटीसम्म ल्याउनु पर्ने भयो हामी रक्सी खाएको चालकले चलाउने वसमा जाँदैनौं डोटी मुडभराका यात्रु डिलवहादुर बिकले बस मालिकलाई भनेतपाई हाम्रो भाडा फिर्ता गर्नुहोस हामी अर्को बसमा जान्छौं
बसमा सवार एक अर्का यात्रुले भनेहामीलाई पनि हाम्रो ज्यान प्यारो , त्यसैले हामी यो वसमा जान्नौं यात्रुहरु बिरोध गर्न थालेपछि बस मालिकले भने तपाईहरुलाई सुरक्षित गन्तव्य स्थानमा पु¥याउँछु, मेरो आफ्नै बस हो, यति धेरै लगानी लगाएर मैले पनि दुःख खेप्नु छैन तपाईहरुले भने अनुसारनै अर्को चालकलाई बस हाक्न लगाउँछु मदिरा सेवन गरेको चालकलाई बस नदिने आवश्वासन दिएपछि यात्रुहरु बसमा चढे यातायात प्रहरीको सक्रियताले यात्रुहरुमा पनि हिम्मत आयो  
बसका लागि कडाई गरिएको भएपनि स्थानीयस्तरमा सञ्चालन भएका जीपहरुमा भने अहिले पनि कसैको ध्यान पुग्न सकेको छैन गाडीनै नदेखिने गरी असंख्य यात्रुहरु राख्दा समेत यात्रुहरुले बिरोध गर्न सकेका छन प्रहरीलेनै ध्यान दिएको डोटीको दिपायलवाट डडेल्धुराका लागि छुट्ने जीपहरुमा यस्तो समस्या अहिले पनि
सुकुम्बासी भुमिहिनलाई निबेदन पेश आग्रह
सुकुम्बासी भुमिहिन समस्या समाधान गर्ने उद्देश्यका साथ गठन भएको सुकुम्बासी समस्या समाधान आयोग अन्तरगत सुकुम्बासी समस्या समाधान जिल्ला समिति डोटीले जिल्लामा रहेका सुकुम्बासी तथा भुमिहिन भएका ब्यक्तिहरुले समितिको कार्यालयमा निबेदन पेश गर्न आग्रह गरेको
समितिको कार्यालयमा सोमबार पत्रकार गैर सरकारी संस्थाका प्रमुखसंग छलफल गर्दै समितिका अध्यक्ष तेज बहादुर बोगटीे भने असोज २६ गते देखि कार्तिक २९ गतेसम्म आबेदन खुला गरिएको जिल्लामा भएका सुकुम्बासी तथा भुमिहीन भएका ब्यक्तिहरुलाई  आबेदन पेश गर्न सहयोग गरी दिन सबैमा आग्रह  गर्दछु
सुकुम्बासीलाई कसरी परिभाषित गरेको भने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष बोगटीले भने आफ्नो वा आफ्नो परिवार वा अंशियारको नाममा जग्गाधनि वा मोहीका हैसियतले नेपाल राज्यभित्र कुनै ठाउँमा घर जग्गा नभएको घर जग्गा जोड्न सक्ने साधन श्रोत नभएको आफ्नो परिवारको कुनै ब्यापार÷ब्यवसाय नभएको वा प्राकृतिक प्रकोपबाट जग्गा बिहीन हुन पुगेको नेपाली नागरिक वा निजप्रति आश्रित परिवारहरु भुमीहीन हुन अध्यक्ष बोगटीले थपेमाथी उल्लेखीत परिभाषाभित्र पर्ने सबैलाई निबेदनका लागी आग्रह गर्दछु
सुकुम्बासीलाई तिन प्रकारमा बर्गीकरण गरिएको दैवी प्रकोपबाट घरवार बिहिन भएका, ऐलानी जमिनमा बस्दै आएका भुमीहिन अब्यवस्थित बसाई  गरी बर्गीकरण गरेको
छलफल कार्यक्रममा सहभागी भएका सम बिकास केन्द्र नेपाल (ईडिसी) का अध्यक्ष अघिराज बिसीले भने हाम्रो संस्थाको कार्यक्षेत्र रहेका १० गाबिसमा गरेको सर्बेक्षणमा एक सय ४८ जना भुमिहीन ब्यक्तिहरु छन जिल्लामा भुमिहीनको समस्या ब्याप्त २०५१ सालमा गठन भएको आयोगको कार्यकालको समयमा पनि पेश भएका निबेदन माथी समेत छानबिन हुने अध्यक्ष बोगटीले जानकारी दिए

आलुको पकेट क्षेत्र वनाउने तयारी
डोटी जिल्लाका सातफरी, धिर्कामाण्डौं गगुडा गाबिसलाई आलु खेतीको पकेट क्षेत्र वनाउने तयारी भईरहेको
ईरोपियन युनियनको आर्थिक सहयोग डेनचर्च एडसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्वारा सञ्चालित दिगो कृषि विकास परियोजनाले उक्त तयारी गरेको हो परियोजना अन्तरगत असोज २६ देखि ३० गतेसम्म  परियोजना सञ्तालित तीन गाबिसहरुमा आलु तथा च्याउ खेती अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको
अभिमुखीकरण पश्चात तीन गाबिसलाई आलुको पकेट क्षेत्र बनाउनको लागि हाललाई ७७ घरधुरीमा २३ क्वीन्टल ६० किलोग्राम आलु एक सय घरधुरीलाई ५० किलो आलुको बिउ वितरण गरिएको सम बिकास केन्द्रका कृषि वजार अधिकृत केशव परियारले जानकाी दिए घरबारी बगैचामा साना कृषकहरु को सकृय सहभागि भएर तरकारी उत्पादनको कार्यमा संलग्न रहेका समेत परियारले वताए

गरीव महिला झेल्दै पाठेघरको समस्या
मोहन शाही÷डोटी
     कार्तिक
श्रीमान भत्तेसंग नाचगान गरी मागेर ल्याएको अन्नपातले मन्धरी बादीको छाक टर्छ ६० बर्षको उमेर नाघेकी उनका अनेक पीडा, बेदना चोटहरु छन् जीवन गुजार्न कठीनाई भएपछि सायल डौडमा रहेको पुख्र्यौली थलो छोडेर उनी दिपायल स्थित कमला खड्काको गोठमा आश्रित छिन्
तीनै मन्धरी ११ बर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडीत छन् छिमेकी लक्ष्मी बादीले सल्यक्रिया गर्नसक्ने पैसा नहुदा मन्धरीले उपचार नपाएको दुखेसो सुनाइन् लक्ष्मीले दुखेसो गरिन्मानवताका हिसाबले मन्धरीलाई मैले नै लगेर कतिपटक अस्पताल गइसके तर अस्पतालले यहाँ उपचार हुँदैन नेपालगञ्ज जानुस भनेर फर्कायो
स्वयम् लक्ष्मीपनि पाठेघरसम्बन्धी समस्याबाट पीडीत भएको बताउछिन् चौथो पटक गर्भवती हँुदा आफुले दाउरा बेचेर घर गुजारा गर्नु परेको ब्यथा सुनाउदै उनले सातौं महिनामा बच्चा जन्माउनु परेको बताइन् घरमा खाने अन्न नभएपछि काम गर्नै ¥यो, लक्ष्मी बादीले भनिन्गर्भवती हुँदा होस या बिरामी हँुदा काम गर्नु पर्दा मृत्यूसंग जुध्नु पर्छ
त्यस्तै दिपायल पिपल्लाकी ४६ बर्षीया हरु बिकको पनि पाठेघर खसेको पाठेघर खसेको लामो समय भइसक्दा पनि उनले रकम नहुँदा उपचार गर्न सकेकी छैनन् गत बर्ष जिल्ला स्वास्थ्य कार्यालयमा नेपालगञ्ज मेडिकल कलेजले निशुल्क पाठेघरसम्बन्धी शिबिर चलाएको भएपनि आफुलाई कुनै थाहा नभएको हरु बिकले बताइन् हामी गरीवलाई कस्ले खबर गरिदिने, हरु बिकले कान्तिपुरसंग भनिन्पैसा नै नहुँदा रोग लुकाएर बसेकी मलाई हरेक दिन मृत्यूसंग संघर्ष गरिरहनु पर्छ, आगनमै उपचार हुने खबर नपाउनु दुखत कुरा हो उनले रोग लुकाएर बस्ने गाउमा अरु महिलापनि रहेको बताइन्
गरीवीका कारण रोगबारे थाहा पाएर पनि सहनु पर्ने बाध्यता रहेकी जिल्लामा थुप्रै महिला छन् यहाँका महिलाहरुको स्वास्थ्य सम्बन्धी प्रमुख समस्या हुँदा पनि जिल्ला स्वास्थ्य कार्यालयले प्रभावकारी भुमिका खेल्न सकेको छैन
महिलाहरुको स्वास्थ्यका सवालमा गरीवीको रेखामुनी रहेका महिलाहरुबारे सरकार संवेदनशिल हुन नसकेको धुम्रपान तथा मद्यपान नियन्त्रण जिल्ला समन्वय समिति संयोजक सीता चोपडाको अनुभव उनले दलित तथा बिपन्न समुदायमा थुप्रै महिला पाठेघरबाट पीडीत भएपनि उपचार खर्च नहँुदा रोग बल्झिदै गएको बताइन्
सरकारले जनचेतना कार्यक्रमसंगै निशुल्क स्वास्थ्य शिबिर हरेक बर्ष जिल्लामा आयोजना गरिदिनु पर्छ, संयोजक चोपडाले भनिन्कतीपय लाजले नै उपचारका लागि आउदैनन्, धेरैले रोग लुकाएर पनि बसेका छन्
बिभिन्न समयमा निशुल्क पाठेघरको स्वास्थ्य शिबिर चल्दा पनि सो बारे बजार वरपरका महिला लाई समेत जानकारी हँुदैन
पाठेघर झर्ने समस्या देखिनुमा बच्चा जन्माउने बित्तिकै जटिल काममा लाग्नुपर्ने बाध्यता मुख्य कारण रहेको बरिष्ठ जनस्वास्थ्य अधिकृत रिता  भण्डारी बताउछिन् हालै सरुवा भएर आएकी उनले यो बर्ष ब्यापक प्रचार प्रसार गरेर शिबीर चलाउने योजना रहेको बताइन् जिल्ला अस्पताल डोटीकी डा. श्रृजना गौचन पनि पाठेघरको समस्या देखिनुलार्ई कठीन काम नै मुख्य दोषी रहेको बताउछिन् बच्चा जन्माउने महिलाको पाठेघर लच्कीने भएकाले पाठेघर तल खस्ने गर्छ
गत बर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले गत बर्ष कोहलपुर मेडिकल कलेजको सहयोगमा बिभिन्न जिल्लामा निशुल्क शिबिर चलाएको थियो जस्मा डोटीमा ७५, कञ्चनपुरमा १२३, डडेल्धुरामा ७८, बझांगमा १०७, बैतडीमा ९८, बाजुरामा १२८ अछाममा ३८ महिलाको सल्यक्रिया भएको शिबीर टोलीका ब्यवस्थापक राम बहादुर मल्लले जानकारी दिए

पर्यटन वोर्डलाई भोली कारवाही हुने
पर्यटन मन्त्रालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन  रहेको बिषयमा समितिमा समेत कारवाही रोक्न दबाव परेपछि सोमबार पनि कुनै निर्णय हुन सकेन
केही सभासदले कारवाहीको विरोध गरेपछि वैठक सरेको थियो समितिका सभापति जर्नादन शर्माले सोमबार बसेको बैठकमै सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन, सम्बन्धित क्षेत्रका प्रतिनिधिसंगको छलफलबाट अनियमिततामा संलग्नलाई कारवाहीको निर्देशन दिन खोजेका थिए तर समितिमा रहेका कांग्रेस सभासदहरुले निर्णय गर्न नमानेपछि भोली बुधवार मात्रै निर्णय सुनाइने भएको अनियमितताको छानबिनबाट दोषी देखिएपनि कामु प्रमुख कार्यकारी अधिकृत सुवाश निरौला लगायतलाई सरकारले कारवाही गर्न सकेको छैन कारवाही सिफारिस गर्न खोज्दा सार्वजनिक लेखा समितिमा समेत अवरोध देखिएको हो
सभापति शर्मालाई कांग्रेसका सभासद तप्तबहादुर बिष्टले छानविन प्रतिवेदनकै आधारमा कारवाही गरिहाल्न नमिल्ने तर्क राखेका थिए छानबिनबाट पर्यटन बोर्डको सञ्चालक समिति ठुला नेतालाई प्रभावमा पारी नीतिगत भ्रष्टाचार गर्नेमा निरौला विरुद्ध धेरै कुरा प्रमाणित भइसकेको उनी कांग्रेस नजिक रहेकाले सरकारले छानबिन समितिको प्रतिवेदन आएपछि पनि कारवाही गर्न नसकेको नीजि पर्यटन व्यवसायीहरुको आरोप कांग्रेसकै अर्का सभासद आनन्द ढुंगानाले भने अर्को समिति बनाएर छानविन गर्न माग गरेका थिए
सरकारले तयार पारेको छानबिन प्रतिवेदनमा छानबिनका क्रममा कर्मचारी भर्ना, किर्ते गरी रकम निकालेको, खरीद कार्यमा कमिशनका लागि गलत प्रक्रिया अपनाइएको धेरै प्रमाण फेला पारेको उल्लेख त्यस्तै आदेश तथा भुक्तानी सिफारीस भन्दा पहिले नै खर्च लेखेको भेटिएको प्रतिवेदनमा
भुक्तानी गर्ने आदेशको भौचर मिति भन्दा अगाडी नै, कतिपय तीन, चार महिना अघि नै चेक काटि भुक्तानी भैसकेको चेकको फोटोकपी राखी भौचर बनाएकोले आर्थिक कारोवार संस्थागत विधि प्रक्रिया विपरीत गर्ने गरेको देखिएको छानबिन प्रतिवेदनमा समितिका संयोजक पुर्णचन्द्र भट्टराईले लेखा समितिमै अनियमितता भएको वताइ सकेका छन त्यतिमात्र नभई बोर्ड सञ्चालक समितिका सदस्य एवं नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले वैठकमा एजेन्डा नै नदिई दस्तखत गराउन लगाउने गरेको खुलासा त्यहि समतिमा गरिसकेका छन
त्यस्तै भुक्तानी सिफारीश गरी सम्बन्धित महाशाखाबाट प्राप्त भएकोपेमेन्ट मेमो को मिति भन्दा पहिले नै भुक्तानी गरिएको देखिएकोले कारोवारमा अनियमितता प्रमाणित भएको स्थितिमा पनि समितिमा रहेका सभासदहरुले थप अध्ययन गर्नु पर्ने माग गरेका थिए

१०० नम्वरमा फोन गर्ने मोवाईल सार्वजनिक
नेपाल प्रहरीका ईकाईहरुमा घटनाका वारेमा जानकारी गराउन तथा सूचना लिनका लागि शुल्क नलाग्ने १०० नम्वर फोन आजभोली प्रहरी उठानै डराउँछ
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० सय नम्वरको कन्ट्रोल रुमको फोनमा रातीको समयमा गालि गलौच वाहेक अन्य कुनै कुरा सुन्न जानकारी दिन नपाउँदा आफुहरु हैरान भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको गाली गलौच गर्ने अप शब्द प्रयोग गर्नेको एक पटक खोजी गरी कारवाही गरे पनि अझै नरोकिएको समेत प्रहरीले वताएको कारवाहीका लागि केही व्यक्तिहरुको नाम थाहा भएपनि अन्य व्यक्तिहरुको खोजी भईरहेको समेत प्रहरीले वताएको
रातीको समयमा महिलाले मात्रै गाली गलौच अस्लील शब्द प्रयोग गर्ने गरेका छन् गाली गलौच अपशब्द प्रयोग गर्ने महिलाहरुको नम्वर प्रहरीले संकलन गरेर राखेको यस्तै अस्लील शब्द प्रयोग गर्ने निम्न नम्वरहरु प्रहरीले सार्वजनिक गरेको प्रहरीले सार्वजनिक गरेका नमवरहरुमा ९८६८४२२२२४, ९८४८९७९७७८, ९८०६४१३३७२, ९८०५७४७८८४, ९८४८९७८४७२ ९८४८८५९९२० रहेका छन
यस्तै सार्वनजिक भएका नम्वरहरुमा ९८०४६४१७५०, ९८४८६४९६४३, ९८४८६५५३०२, ९८०९४५४३८८, ९८४८९८३५०६, ९७४९५२६८००, ९८४८७८६५३७ ९८१२६६६८१०७ रहेका छन
दार्चुला, बैतडी डडेल्धुरा जिल्ला का महिलाहरुले गाली गलौच जिस्क्याउने गरेका प्रहरीले वताए केही दिन पहिले कन्ट्रोल रुमममा फोन गर्ने जिस्क्याउने   वगरकोट केही महिलालाई नियन्त्रणमा लिई चेतावनी दिई छोडिएको थियो

नापी भएको जग्गाको लालपुर्जा माग
जिल्लाको दक्षिणी भेग बेल्डाँडीका स्थानीयहरुले २०५६ सालको नापी अनुसार जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) दिनुपर्ने माग गरेका छन्
बेल्डाँडी खैरीघाटका स्थानीयहरुले २०५६ सालको नापी अनुसार जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) दिनुपर्ने माग गरेका हुन वर्तमान सुकुम्बासी आयोगले किसानहरुलाई हावादारी गफ दिएको भन्दै स्थानीयहरुले ०५६सालकै नापी अनुसार लालपुर्जा दिनुपर्ने बताएका छन्
खप्तड समाज बेल्डाँडीले खैरिघाटमा आयोजना गरेको भेलामा सहभागीहरुले २०५६ सालको नापी अनुसार जग्गाधनी प्रमाण पत्र पाउनुपर्ने अधिकार भएको भन्दै सोही बमोजिम लालपुर्जा दिनुपर्ने धारणा अघि सारेका छन्

तिहारको अवसर पारी वजार अनुगमन
अछामको सदरमुकाम मंगगलसेन स्थित बजार क्षेत्रभित्र रहेका विभिन्न पसलमा अनुगमन गरिएको
तिहारलाई मध्यनजर गर्दै बजार अनुगमन समितिले बजार अनुगमन गरेको हो अनुगमन टोलीले १६ वटा पसल, १० वटा किराना पसल, दुईवटा कस्मेटिक, एक सुनचादी पसल, दुई होटेल, एक मासु पसलमा अनुगमन गरेको हो अनुगमनको क्रममा टोलीले १० वटा पसलमा मुल्य सूची नराखिएको, पाँच पसलमा साईनाबोर्ड नराखिएको भेटाएको भने तीन पसल नविकरण, दर्ता, नापतौल नभएको, कस्मेटिक पसलमा म्याद नाघेका कस्मेटिक सामानहरु भेटिएका बजार अनुगमन अधिकृत तथा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले बताए
बजार अनुगमनको क्रममा नियम विपिरित ढंगले व्यवसाय संञ्चालन गर्दै आएका व्यवसायी हरुलाई आवश्यक सुझाब सल्लाह दिईएको सहायक प्रजिअ भुषालले जानकारी दिए
बजार क्षेत्रका होटेलहरुमा सोचे अनुरुप सरसफाई नभएको अनुगमन टोलीले जनाएको वर्षेनि चाँड पर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएपनि अझै म्याद नाघेका खाद्यबस्तुहरु, अन्य सामग्रीहरु सामग्री बजार क्षेत्रमा भेटिने गरेको जिल्लाका ग्रमिणस्तरका बजार क्षेत्रमा बढि म्याद नाघेका वस्तुहरु भेटिने गरेका उपभोक्ताहरुले गुनासो गरेका छन अनुगमन टोलीमा जिल्लाका सरोकारवालाको सहभागिता रहेको थियो
उपभोक्ताहरुले भने वजारमा नियमित रुपमा अनुगमन गरिनु पर्ने वताएका छन चाँडवाडको वेला मात्रै प्रशासनले कडाई गर्ने वाँकी समय खासै ध्यान नदिने भएका कारण अन्य समयमा पनि वजारमा गुणस्तरहीन एवं प्रयोग मिति समाप्त भएका वस्तुहरु भटिने गरेको उनीहरु वताउँछन

सिडिओलाई वोलाउन्नौं
गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष लक्ष्मण खड्काले डोटीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लोकनाथ पौडेललाई महासंघको कार्यक्रममा अब देखि नवोलाउने बताएका  छन
महासंघले आयोजना गरेको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले गैर सरकारी संस्थाहरुले गरेका कामप्रति असन्तुष्टि जनाएपछि गैर सरकारी संस्था महासंघका अध्यक्ष खडकाले सकरात्मक कामलाई छोडेर सामान्य गल्तीहरुलाई मात्रै केन्द्रित गरेर आलोचना गर्नु उपयुक्त नभएको बताए
हामीले गरेको राम्रो काम कसैले पनि देख्दैनन् अध्यक्ष खड्काले भनेसानो कमकमजोरी हुने बित्तिकै आलोचना मात्रै सुरु हुन्छ कार्यक्रम समापनको क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ पौडेललाई अध्यक्ष खडकाले भनेआजदेखि हामी तपाईलाई हाम्रो कार्यक्रममा वोलाउँदैनौं  
कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयवाट सेवाग्राहीले प्राप्त गर्ने सेवा सुबिधा सहज ढंगबाट प्राप्त गर्न समस्या भएमा सिधै प्रमुख जिल्ला अधिकारीलाई खबर गर्न प्रजिअ पौडेलले कार्यक्रममा वताए
नेपालमा गैर सरकारी संस्थाको शासन, ब्यवस्थापन प्रवद्र्धन सम्बन्धी आईतवार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न कार्यक्रममा स्थानीय सार्वजनिक सेवा प्रदायकद्वारा प्रदान गरिने सेवा सुबिधा माथी जनताको पहुँच अनुगमन तथा अनुगमन बारेको प्रतिबेदन सार्वजनिक गरिएको थियो
गैरसरकारी संस्थाहरुको कार्यक्रममा नजाने भन्दै आएका प्रजिअ महासंघले आयोजना गरेको कार्यक्रममा सहभागि भएका थिए तर गैससका कामहरुको तिव्र आलोचना गर्ने पूर्ववत भनाई दोहो¥याएपछि कार्यक्रममै अध्यक्ष खडकाले प्रजिअलाई अव उप्रान्तका कार्यक्रममा नवोलाउने जानकारी दिएका थिए

छोटकरी समाचार
कन्सर्ट सम्पन्न
खप्तड साँस्कृतिक कला केन्द्र डोटीद्वारा सञ्चालित खप्तड वेण्डको आयोजनामा डोटीको सदरमुकाम सिलगढीमा साँस्कृतिक कन्सर्ट सुरु भएको
स्थानीय ईन्द्रचोकमा भएको उक्त कन्सर्टमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए  २०७१ सालको तिहारको शुभकामनासंगै नगरवासीहरुलाई साँस्कृतिक मनोरञ्जन दिने उद्देश्यका साथ उक्त कन्सर्ट आयोजना गरिएको आयोजकहरुको भनाई

शाहीको परिवारलाई राहत
गत असोज २० गते डोटीको छतिवन गाविसको कट्पत्तेमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार कर्ण शाहीको परिवारलाई एक लाख २३ हजार पाँच सय ६१ रुपैयाँ हस्तान्तरण गरिएको
कैलालीको धनगढीमा रहेर आथिर्क अभियान दैनिकमा काम गर्ने तथा लेखाजोखा साप्ताहिकको प्रकाशक÷ सम्पादक रहेका स्व शाहीका परिवारलाई केही राहत पुगोस् भनेर पत्रकार दीपक ओली, मीन ठकुरी, टंक कुँवर, हिमाल जोशी, शुसील ढुंगाना तेजराज भट्टले विभिन्न महानुभावहरुबाट आर्थिक संकलन गरी उक्त रकम हस्तान्तरण गरेका हुन
दिबंगत पत्रकार शाहीका परिवारलाई राहत स्वरुप बिभिन्न संघसंस्थाहरु, पत्रकारहरु, व्यापारीहरु बिभिन्न व्यक्तिहरुले सहयोग गरेको पत्रकार दीपक ओलीले जानकारी दिएका छन
खेल समाचार
१५ वर्षीया खेलाडीको मृत्यु
बेलायतको उत्तरपूर्वी क्षेत्र लेनक्यासाईरमा फुटवल खेल्दाखेल्दै एक खेलाडीको खेल मैदानमै मृत्यु भएको
फुटबल खेलिरहेकी एक १५ वर्षीया युवती मेलिसा स्मिथले अन्डर१६ गल्र्स फुटबल म्याच खेल्ने क्रममा ज्यान गुमाएकी हुन् खेलको मध्यान्तर हुनु अघि उनको मृत्यु भएको थियो उनको मृत्युको कारण बारे अनुसन्धान भइरहेको बताइएको
उनलाई बचाउन चिकित्सकले निकै प्रयास गरे तापनि रोयल प्रिस्टन अस्पतालका चिकित्सकले मृत घोषणा गरेको उनका सहकर्मी खेलाडीहरुले  जानकारी दिए मेलिसा क्याड्ले फुटबल क्लबवाट खेलिरहेकी थिइन्
उनको निधनमा फुटबल क्लबले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको मेलिसाको निधनको खबर सुनेर हामी सबै छाँगाबाट खसे जस्ता भएका छौं यो दुःखद घडिमा हामी उनको परिवार, साथी टोली सदस्यहरुसंगै रहेको बताउन चाहन्छौं
लखनऊले हरायो नेपाल आर्मीलाई
एजेन्सी÷ट्वान्टीट्वान्टी क्रिकेट च्याम्पियन फाइनलमा टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा नौ विकेट गुमाएर वनाएको सय २१ रनको तारगेट आर्मीले पुरा गर्न सकेन  
कपिलबस्तुको बुद्ध पद्म उच्च माविको मैदानमा भएको खेलमा पूरा २० ओभर खेलेर पनि आर्मीले रन जोड्ने गति बढाउन नसक्दा सय रनमै सीमित भयो यस क्रममा उसले सात विकेट गुमाएको थियो आर्मीले १३ रन छँदा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमाएको थियो उनले ११ रन बनाएका थिए अर्का ओपनर महेश क्षेत्री एक रन बनाएर दोश्रो ओभरमै पेभेलियन फर्किए दुवैलाई मोहमद एराजले बोल्ड गर्दासम्म आर्मीको स्कोर २० रन थियो
त्यसपछि क्रिजमा ओर्लिएका रघुवीर सुनारले २८ बलमा १६ रन राजेश पुलामीले २७ बलमा १४ रन जोडे राहुलकुमार विश्वकर्माले पाँचांै विकेटका लागि इन्द्रकमल मानन्धरसंग ३६ रनको साझेदारी गरे आर्मीको आस बढाएका थिए दुईपल्ट जीवनदान पाएका उनले २७ बलमा ३१ रन जोड्दै रनरेट उकासे उनले १५ औं ओभरमा १५ रन बटुले
तर, इन्द्रकमलले १४ बल सामना गरेर पनि रन मात्र बनाएपछि आर्मीको सम्भावना कमजोर बन्यो राहुललाई पनि एराजले क्रिजबाट हटाए अन्त्यतिर विक्रम सुबले चौका प्रहार गर्दै बलमा १४  रन जोडे पनि त्यसले आर्मीलाई उपाधिसम्म पु¥याएन आर्मीलाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो विक्रम रुपेश श्रीवास्तवबाट यति रन असम्भव जस्तै  थियो , भयो पनि एराज कप्तान मायंक यादवले विकेट लिए
एक सय २२ रन बनाउन गा¥हो थिएन आर्मीका कप्तान महेश क्षेत्रीले भने, ‘सुरुका ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् त्यसपछि अरुले रन बटुल्न सकेनन् त्यसैमा चुक्यौं किफायती बलिङ गरेकैले उपाधि हात पारेको लखनऊका कप्तान मायंक यादवले बताए एराज, मनीष मैले राम्रो बलिङ गरेर दबाब दिएपछि आर्मीका मध्यक्रमका ब्याट्सम्यानलाई रन निकाल्न पनि गा¥हो भयो त्यसैले जित हात लाग्यो उनले  भने
राष्ट्रिय क्रिकेट दीपक स्मृतिसंगै ट्वान्टीट्वान्टी क्रिकेटमा लगातार तीन उपाधि जित्ने आर्मीको योजना तुहाएको लखनऊको ब्याटिङ पनि खास राम्रो थिएन ओपनर अनुराग शर्माले ४२ बलमा ४३ रन बनाए म्यान अफ म्याच भएका उनले चौका छक्का प्रहार गरे रमन पल सिंहले १४ अदिल बाकरले १२ रन बनाए अदिल अनुरागले दोश्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै लखनऊलाई मध्यम स्कोरसम्म डो¥याएका थिए
आर्मीले अतिरिक्ति २५ रन दिएका थिए निश्चल पाण्डेले रुपेश श्रीवास्तवले विकेट लिए चन्द्र साउद, जितेन्द्र मुखिया राजेश पुलामीको नाममा एक÷एक विकेट रह्यो लखनऊले लाख ६० हजार तथा आर्मीले लाख रुपैयाँ हात पारे

४० वर्षमै हजुरवुवा वने पुस्कर
नेपाली चलचित्रमा आक्रोसिन मोडमा खलनायकको भुमिका निर्वाह गर्ने पुष्कर भट्टले ४० वर्षको उमेरमै नाती पाएका छन
नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा कान्छो हजुरबुबा वन्ने पुष्करनै भएको अनुमान गरिएको बलिउडमा हिरो बन्ने चाहानाले विभिन्न दुखहरुसंग लड्दै गरेका पुष्कर आज ४० बर्षको उमेरमा हजुरबुबा बनेका हुन् चलचित्रबाट निकै राम्रो सफलता हात पार्दै गएका पुष्करले अहिलेसम्म करीब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसेकका छन् आज विहान बजेर ४९ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा बुबा दिपकराज भट्ट आमा असिमा भट्टको कोखबाट आज सकुशल नाती जन्मिएको पुष्करले बताए
घरमा नातीको आगमनले आफु निकै उत्साहित बनेको पुष्करले जानकारी गराए यदि आफ्नो नाती भएअविस्कार नाम राख्ने एक बर्ष अगाडी नै घोषणा गरेका पुष्करले शनिवार औपचारिक रुपमै नातीको नामअविस्कार राखेका छन  
आविस्कार मुवी मेकर को नामबाट कम्पनी दर्ता गर्दा नै पुष्करले यदि आफ्नो नाती भए आविस्कार नै राख्ने बताएका थिए उनको सपना पुरा पनि भएको जब मान्छेको दिमाग चलिरहन्छ, तबसम्म मान्छे कहिले पनि बुढो हुँदैन सञ्चारकर्मीहरुको जिज्ञासामा पुष्करले भने हजुरबुबा भए तर बुढो भइसकेको छैन्, भर्खरै ४० बर्षको भए नाती पाएको खुशीयाली बाड्ने क्रममा उनले अब आफु केहि बर्ष भित्रमा नै चलचित्र निर्माण गर्न लागेको समेत खुलाएका छन् अहिले चलचित्रको गृहकार्य भइरहेको पुष्करले भनेकेहि महिना भित्रमा नै चलचित्रको बारेमा सबै कुरा थाहा हुन्छ
त्यहि क्रममा पुष्करले भनेहिम्मतवालीको प्रोडक्सनको जिम्मा मैले लिएको थिएँ हिम्मतवालीको कलाकार पनि पनि थिए मेरो मेहेनत लगनशिलता देखेर नायिका रेखा थापा निकै खुशी हुनुहुन्छ, उहाँले भन्नु भएको पुष्कर तिमी फिल्म बनाउ मैले सक्ने सबै गर्छु भनेर, सायद रेखा जीको सल्लाह अनुसार नै केहि महिना भित्रमा नै फिल्मको निर्णय हुन्छ पुष्करले बताए यति बेला उनले अभिनय गरेको चलचित्र हिम्मतवाली देशभर प्रदर्शनमा उनलाई यो बर्ष निकै राम्रो सावित पनि भएको हिम्मतवालीले अहिले सम्ममा करीब करोड भन्दा माथिको व्यापार गरेको जसले गर्दा पुष्कर भट्ट पनि निकै खुशी देखिएका छन्

फेरी जोडिए दीपक बिल्सन
चलचित्र एकान निर्माणको क्रममा घम्साघम्सी परेका दुई हास्य कलाकार दीपकराज गिरी बिल्सन बिक्रम राईबीच फेरी सम्वन्ध सुध्रिएको
चलचित्र एकान मा दुई ध्रुवमा देखिएका हास्य कलाकारद्वय दीपकराज गिरी विल्सन बिक्रम राई फेरी एक देखिएका छन एकान मा बिल्सनले काम गर्ने पहिले कुराकानी भएको थियो तर अन्तिममा उनले काम गरेनन् यसपछि उक्त चलचित्रका निर्माता समेत रहेका दीपक बिल्सनको सम्वन्ध बिग्रिएको चलचित्र क्षेत्रमा चर्चा चलेको थियो
हाल दीपकले नै वनाउन लागेको नयाँ चलचित्रवडा नम्वर मा बिल्सन देखिने भएका छन बिल्सनले काम गर्ने भएपछि दीपकसंग पनि उनको सम्वन्ध एकाएक सुध्रिएको सातौं नेफ्टा फिल्म अवार्ड मा सहभागि हुन हङकङ आउँदै गर्दा दीपक बिल्सन एकअर्काको अंगालोमा देखिए
बिल्सन बिक्रमको लोकप्रियतालाई दीपकले दोश्रो फिल्ममा समातेको हुन सक्छ यता, पहिलो सिनेमामा काम नगर्दा बिल्सनलाई घाटा लागेको पनि हुन सक्छ यसैले दुवै कलाकार एकसाथ सिनेमामा देखिन लागेका हुन सिनेमामा लिनु काम गर्नु आफ्नै फाईदाका लागि हो बिल्सन दीपकले के हेरेर एक अर्कालाई स्वीकार गरे यो उनीहरुलेनै जान्ने कुरा हो

लेख
संसदीय प्रजातन्त्र धान्न कठिन
डा. सुभाष पोखरेल
जनमतमार्फत राज्य सञ्चालन हुने मुलुकमा मुख्यत शक्तिशाली राष्ट्रपति, अधिकार सम्पन्न प्रधानमन्त्री तथा राष्ट्रपति प्रधानमन्त्री दुवैको शासन सञ्चालनमा संयुक्त भूमिका रहने किसिमको शासकीय स्वरुप देखिए संयुक्त राज्य अमेरिका, रसियालगायतका मुलुकमा निर्वाचित राष्ट्रपति छन् उनकै नेतृत्वमा देशको शासन व्यवस्था सञ्चालित हुन्छ
त्यस्तै बेलायतमा संसदको बहुमत पाएको व्यक्ति प्रधानमन्त्री बन्छ उसैले देश हाँक्छ फ्रान्समा मिश्रित शासन व्यवस्था   , त्यहाँ राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले संयुक्त रुपमा शासन चलाउँछन् विकास सुशासनको हिसाबले अमेरिका, रसिया, बेलायत तथा फ्रान्स उच्च स्थानमा रहनुले कुनै एक शासकीय स्वरुपमात्र ठीक हो भन्दैन बरु हावापानी सुहाउँदो शासन व्यवस्था खोज्नुपर्ने भन्छ २५ वर्षदेखि नेपालमा बेलायती ढाँचाको संसदीय प्रजातन्त्र सञ्चालित तर देशमा कानुनको शासन स्थापना भएन इंगल्यान्डमा सफल शासकीय स्वरुप नेपालमा फापेन
नेपाली कांग्रेसले भन्दै आएको संसदीय प्रजातन्त्रमा नेकपा एमालेले हालै सहमति ¥यो जोड्दा झण्डै दुई तिहाई सभासद् पुग्ने नेपाली कांग्रेस एमालेले संविधानको पेचिलो मुद्धाका रुपमा रहेको शासकीय स्वरुपमा सहमति गरेको खबरले मूल कानुन लेखिने सम्भावना ह्वात्तै बढ्यो तर मुख्य कुरा नयाँ संविधानले मुलुकमा विकास स्थायित्व दिन सक्छ सक्दैन मननयोग्य भयो
कृष्णप्रसाद भट्टराई जस्ता निस्वार्थ, बाबुराम भट्टराई जस्ता बौद्धिक, मनमोहन अधिकारी जस्ता इमानदार, पुष्पकमल दाहाल जस्ता ऊर्जावान तथा गिरिजाप्रसाद जस्ता पारिवारिक विरासत बोकेका व्यक्ति शासन सञ्चालनको सवालमा नराम्ररी च्युत भए कांग्रेस, एमाले, माओवादीको उच्च नेतृत्व प्रधानमन्त्री बने तर सबै नै असफल कार्यकारीमा दरिए विशाल कद भएका नेताहरुलाई संसदीय प्रजातन्त्रले बामपुड्के बनायो यस व्यवस्थामा प्रधानमन्त्रीको पदमा टिकिरहन कायम राख्नुपर्ने संसदीय बहुमतले गर्दा सांसद बटुल्न अनैतिक सम्झौता गर्न प्रधानमन्त्रीहरु बाध्य भए परिणामतः सबै प्रधानमन्त्री नराम्ररी असफल भए भट्टराई, कोइराला, अधिकारी, दाहाल जस्ता प्रतिभाशाली व्यक्तिहरुलाई निरीह सावित गर्ने संसदीय व्यवस्थाले भविष्यमा समेत कुनै नेतालाई सफल हुन नदिने पक्का त्यसैले पनि वैकल्पिक शासनको वकालत सान्दर्भिक बन्यो
संयुक्त राज्य अमेरिकाको २२५ वर्षको इतिहासमा जम्मा ४४ जना राष्ट्रपति भए औसत वर्षभन्दा बढी कार्यकारी चलाएको राष्ट्रपतिले एक जना दुई पटकभन्दा बढी राष्ट्रपति हुन नसक्ने संवैधानिक व्यवस्था त्यहाँ आफ्नो क्षेमता प्रस्तुत गरी देशलाई अघि बढाउन दुई कार्यकाल पर्याप्त रहन्छ भन्ने मान्यता हो पटकपटक पदभार ग्रहण गर्ने व्यक्ति लालसाले ग्रसित हुन्छ कुशल शासक बन्न नसक्ने अवधारणा अमेरिकामा अर्कोतिर संसदीय प्रजातन्त्रको २४ वर्षीय अवधिभित्र नेपालमा १२ जनाले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे अझ एकै व्यक्तिले कहिले अल्पमत, कहिले बहुमत वा फरक समीकरणमा पाएको नियुक्ति जोड्दा उक्त दुई दशकमा प्रधानमन्त्रीमात्र दर्जनभन्दा बढी परिवर्तन भए गिरिजाप्रसाद कोइरालामात्र चार पटक प्रधानमन्त्री बने बारम्बार सरकार परिवर्तनको कारक संसदीय व्यवस्था  हो
संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपति बाराक ओबामाको वर्तमान सरकारमा जम्मा १५ जना क्याबिनेट स्तरका मन्त्री छन् धेरै मन्त्री राजनीतिक वृत्तबाट आएका भए पनि आफ्नो क्षेत्रमा दख्खल उनीहरुको पहिलो कार्यकालमा उनले वैकल्पिक विद्युत्वको व्यवस्था गर्न नोवल पुरस्कार विजेता प्राध्यापक स्टिभेन चुलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिए क्षमतावानलाई मन्त्री बनाउन स्वतन्त्र छन् उनी अमेरिकाले संसारमा आफ्नो आधिपत्य स्थापित गर्न केवल १५ जनाको मन्त्रिमण्डल पर्याप्त भने अन्दाज गरौं, नेपाल चलाउन कति मन्त्री आवश्यक होला ?
२५ वर्षदेखिको लगातार असफलताको अतिरिक्त किन कांग्रेस पार्टी बेस्टमिनिन्ष्टर ढाँचाको संसदीय प्रजातन्त्रको वकालत गरिरहेको त्यसलाई वर्षौदेखि प्रत्यक्ष निर्वाचित शक्तिशाली प्रधानमन्त्रीको वकालत गरिरहेको एमाले एक्कासि समर्थन गर्न पुग्यो ? मननयोग्य जनता ठान्छ बारम्बारको सरकार परिवर्तनले देश विकास भएन राष्ट्रपतीय शासन व्यवस्थामा सरकार परिवर्तन सहज हँुदैन त्यसैले संसदीय प्रजातन्त्रमा जस्तो राष्ट्रपतीय पद्दतिमा धेरै व्यक्तिको फोटो सिंहदरबारमा झुण्डिने अवस्था हँुदैन साथै अहिले जस्तो कुनै नेताको दौराको फेरो पक्रिएर मन्त्री बन्ने अवस्था हँुदैन राष्ट्रपतीय व्यवस्थामा राष्ट्रपतीय शासनमा सरकार स्थिर हुने भएकाले हालका प्रधानमन्त्री तथा मन्त्रीका आकांक्षीँहरुको इच्छा वास्तविकतामा रुपान्तरित हुन कठिन बन्छ सांसद बन्ने बित्तिकै मन्त्री प्रधानमन्त्रीको पद ताक्ने मान्यता बनेको अहिलेको अवस्थामा व्यक्तिगत लाभहानिको हिसाब गर्ने नेताले राष्ट्रपतीय प्रणालीको विरोध गर्नु अन्यथा होइन मुुलुक हितभन्दा व्यक्तिगत स्वार्थका कारण कांग्रेस एमालेका नेताहरुलाई संसदीय व्यवस्थाले गोलबन्द गरेको देखियो
विभिन्न सवल पक्षका अतिरिक्त आशा गरे अनुरुप बेलायतमा जस्तो बेस्टमिनिन्ष्टर सिस्टमले नेपालमा राम्रो काम गरेन सांसदको किनबेच अनि उनीहरुलाई होटलमा थुन्नुपर्ने बाध्यता बन्यो सांसदको बैंकक सयर, पजेरो रप्राडो संस्कारहरु संसदीय व्यवस्थाका उपज हुन् दलको बारम्बार विभाजनको कारण समेत प्रधानमन्त्रीले संसदमा हरपल कायम राख्नुपर्ने बहुमत नै हो त्यसको जननी संसदीय प्रजातन्त्र भएको यथार्थ दोहो¥याउनु परेन उल्लिखित उदाहरणले संसदीय प्रजातन्त्र देशमा असफल भएको बताउँछ
नागरिक न्युज अनलाईनवाट

मोफसल पत्रकारिता
पत्रकारहरु पलायन भईरहेको अवस्था
कमला कुँवर
नयाँ नेपाल एफएम, दार्चुला
तपार्इंको पुरा परिचय पाउँ ?
कमला कुँवर दार्चुलाको हुती गाविस जहाँ घरको तलतिर महाकाली बगीरहेको चारैतिर हरियाली डाडाँकाडाँ रहेको सुन्दर बस्तीमा मेरो जन्म भएको हो अहिले पढाइसंगै सामुदायिक रेडियो नयाँ नेपाल एफएम दार्चुलामा कार्यरत छु
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
बाल्यावास्था देखि नै मेरो रुची समाजसेवातिर थियो सानै देखि पत्रपत्रिका पढ्न रुची हुन्थ्यो पढ्थे त्यसैले पत्रकारिता पेशा रोजेकी छु
कति समय भयो यस पेशामा लागेको ?
करीब तीन वर्ष जति पुग्यो
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
खास गरेर मानव अधिकार सम्बन्धीका समाचार मन पराउन्छु
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको ?
पत्रकारिता पेशा सामाजिक पेशा भित्र पर्ने भएकाले समस्या हुन्छ नै खास गरेर एउटा पत्रकारलाइ बढीजसो आर्थिक समस्या परेको हुन्छ यो नितान्त मेरो भोगाई पनि हो त्यसैगरी  सत्य तथ्य समाचार दर्शक, श्रोता पाठक वर्गसम्म पुग्ने हुदाँ कतिपय श्रोता पाठकवर्गले गलत नजरले हेरेका हुन्छन भन्ने कुरा बाहिरबाट सुन्नमा आउँछन त्यसैगरी समय अभावका कारण अन्य काम गर्न नसकिने हुन्छ यस्तै यस्तै विभिन्न खालका समस्या भइरहेका हुन्छन
यि भए पत्रकारहरुले भोग्नु परेका समस्याहरु, महिला पत्रकार भएर थप समस्या पनि झेल्नु परेको कि ?
आजसम्म त्यस्तो जटिल समस्या परेको छैन सामान्य साना तिना समस्या भै हाल्छन नि
सुदूरपश्चिमको दार्चुलावाट पत्रकारिता गरिरहनु भएको , कस्तो महसुस गर्नु भएको ?
हिमालको काखमा रहेको दुर्गम जिल्ला भनेर चिनिने एउटा विकट जिल्ला हो दार्चुला देशको एउटा कुनामा बसेर पत्रकारिता गर्दा अप्ठारो पक्कै पनि  हुने रहेछ जे होस मैले सुदूरका जनताको बोली बोल्न पाईरहेकी छु समाज परिवर्तन गर्न सक्नु पर्छ भन्ने लाग्छ खुशी छु
तपाईले काम गरिरहेको रेडियो कस्तो चलिरहेको ?
अहिले रेडियोको अवस्था राम्रै कर्मचारीहरुलाई पारिश्रमिक दिएकै सूचना समाचार कार्यक्रमहरु अन्य सञ्चार माध्यमहरुको तुलनामा राम्रो रहेको श्रोताहरुको प्रतिक्रिया रहेको
दार्चुलाको जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको ?
सूचना समाचारसंग नजिक रहेको जिल्ला हो दार्चुला भौगोलिकतामा विकट त्यसैले गर्दा पनि पत्रकारहरुले पर्याप्त मात्रामा जति खेल्नु पर्ने हो त्यति खेल्न नसकेको अवस्था हो स्रोत साधनको अभाव हुँदा हँुदै पनि जिल्लाको समग्र विकासका लागी सकारात्मक भुमिका रहेको
मोफसलमा वसेर पत्रिका सञ्चालन गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
मोफसलमा काम गर्ने पत्रकारहरुका लागी थुप्रै चुनौति रहेका छन स्रोत साधनको अभाव, श्रम अनुसारको पारिश्रमिक नहुनु, मोफसलमा संकलन गरिएका समाचारहरु केन्द्रबाट प्रकाशन तथा प्रसारण गर्ने सञ्चार माध्यमहरुले उपयुक्त स्थान नदिनु लगायतका समस्याहरु रहेका छन
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
नेपाल सरकारले पत्रकारहरुले पत्रकारिता क्षेत्रमा रहेर निरन्तर काम गर्न सक्ने प्रकारका कार्यक्रमहरु ल्याउनु पर्छ अहिले पत्रकारहरु पलायन भै रहेको अवस्था यसलाइ रोक्नु पर्छ सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउने खालका कार्यक्रम ल्याउनु पर्छ
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको   ?
नेपाल पत्रकार महासंघले दार्चुलामा सक्रिय भुमिका खेलेको आर्थिक, भौतिक, शारीरिक रुपमा समस्या परेका पत्रकारहरुलाई सहयोग गर्ने गरेको  
तपाइकंो विचारमा पत्रकारिता के हो ?
निश्पक्ष, तटस्थ रुपमा रहेर मानव अधिकारको पक्षमा वकालत गर्ने, रक्षा गर्ने, नयाँ कुराको खोजी गर्ने, समाज परिवर्तन गर्ने बलियो आधार पत्रकारिता हो
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप , दार्चुलाको अवस्था कस्तो पाउनु भएको ?
तपाइले राम्रो प्रश्न गर्नु भयो हरेक मान्छेको फरक फरक किसीमका स्वभाव हुन्छन रक्सीको कसैले खान्छन होला पनि कसैले खादैनन् होला पनि जे होस देखिने हिसावले सामाजको अगाडि बदनामीको पात्र अहिलेसम्म मैले कुनै पत्रकारलाई पनि देख्या छैन त्यस्तो जाडँ खाने केटी घुमाउने गरेको देखेकी छैन
तपाई त्यसैपनि महिला पत्रकार यस्ता कुरामा लाग्नु भा छैन होला !
हो रेडियोमा काम गर्छु जीवन शैली व्यस्त सूचना समाचारसंगै अगाडि बढ्नु पर्छ भन्ने ठान्छु समय खर्च गर्नु हँुदैन भन्ने पनि लाग्छ समय पनि मिल्दैन समय बलियो समयले नै मान्छेको जीवनलाइ चाहेजस्तो रुप दिन्छ  
अन्त्यमा केही भन्न मन लागेको ?
मोफसल पत्रकारिताका बारेमा मेरा भोगाई विचार राख्ने अवसर दिनु भयो त्यसका लागी तपाइ बिम्ब साप्ताहिक पत्रिकालाई धेरै धेरै धन्यवाद उत्तरोत्तर प्रगतिको कामना सहित शुभदिपावलीको बिम्ब साप्ताहिक पत्रिका परिवारलाई हार्दिक मंगलमय शुभकामना

साहित्य÷सृजना
धनी वाउकी छोरीले
धनी वाउकी छोरीले
विग्रेकी ति मोरीले
मन चोरी लग्यो मेरो
विग्रेकी मोरीले
पागल वनाई छाडी गयौ
वग्यो आँसुको धारा
एक्लै वस्नु पर्ने रैछ
कोहि छैन मेरो सहारा
निष्ठुरी काली मोरी छोडी
जाने तिनी गोरी
एक्लै वस्छु अहिले
भेट्न आउ तिमी भोली
धनी वाउकी छोरीले
मन चोरी लग्यो मेरो
तिम्रो वाउलाई सम्झाई राख्नु
ल्याउला विहेको घोडो
अन्जान
सिलगढी

नहाररै भए पनि
नहाररै भएपनि मेरो हार भयो
विनाकसुर नचाहेरै वार भयो
सुन्दैन विन्ती पत्थर भैगो देउता
हृदयको वरिपरि सिउँडीको बार भयो
नचम्कदै तारालाई खस्नु पर्दा
भाग्य सम्झी चुप लाग्नु सार भयो
जताततै सैतानझै भयो हावा
धुलोका कण पनि मौषम पाई पार भयो
खण्डहर वनिसके मुटु भित्रभित्रै
उडिसकेको मौरीको फगत घार भयो
सभ्यताको खोलभित्र मानवताको हत्या हुने
निर्दोषलाई जीवन आज खुकुरीको धार भयो
हेमन्ती जोशी
मनहरु जित्न सके............
गजल संग्रहवाट

देउडा गित
समस्याको झोला रैछ विद्यार्थीका दिन
हृदय फाटेको फाटेई भेट हुँदैन किन
वाहिरी दन्त हाँसे पनि भित्री मन मैलो
जिन्दगी चोटपुग्ने गरि माया लाईगई गैलो
छुट्टी गए साथीसंगी साई पढ्ने क्याम्पस
जिन्दगी धरापमा पाडी केई लागेईन जस
जति दिन उदासि आया न्याउली बास्ती अल्का
मरिग्या विर्सने छैन सुवा तेरा झल्का
सेती पानी कुलाजति कर्णाली नहर
कि साई आईजा कि लैजा कि दिईजा जहर
लामा डाडा स्वर पुग्दैन अल्का रोल चरी
दुःखी दिन काटेर रुन्छु विसरु विसरु कसरी
वासुदेव जाशी (प्रतिक्षा)
दुर्गामाण्डौं गाविस
चन्केसैन वायल डोटी,

लोकसेवा आयोगको तयारीका लागि उपयोगी
बस्तुगत प्रश्नहरु
. नेपालमा पहिलो साक्षरता घोषित भएको जिल्ला कुन हो ?
ललितपुर
. नेपालको राम्चे गाबिस इतनीभीर खसेर सुनकोशी कुन मितिमा थुनीएको थियो ?
२०७१ श्रावण १७ गते
. २०१४ मा सम्पन्न फुटबल खेल कतियौँ रंगशालामा खेलाईएको थियो ?
१२
. २०१४ मा सम्पन्न फुटबल खेलमा कति ओटा टिमको सहभागिता रहेको थियो ?
६४ ओटा
. २०१४ मा सम्पन्न फुटबल खेलमा पहिलो गोल हान्ने खेलाडी को हुन ?
ब्राजिलका कोनेमार
. २०१४ को फुटबल खेलमा पहिलो आत्माघाती गोल गर्ने खेलाडी को हुन ?
ब्राजिलका म्रसेल्लो भियरा
बिश्व स्वास्थ्य संगठनले नेपाललाई पोलीयो मुक्त घोषणा कहिले गरियो ?
सन २०१४ मार्च २४
. बिश्वकप क्रिकेट कहिले कहाँ खेलियो ?
बंलादेशको चटगाउँ, १६ मार्च २०१४
. बिश्वकप क्रिकेट नेपाल सुरुमा को को संग खेलेको थियो ?            —हङकङ
१० बिश्वकप क्रिकेटमा नेपालले पहिलो पटक हराएको टिम कुन हो ?      —हङकङ
११. बिश्वकप क्रिकेटमा नेपालले हंकंलाई कति रनले हरायको थियो ?         —८०
१२. ट्वान्टी ट्वान्टी क्रिकेटमा सय रन बनाउने पहिलो नेपाली खेलाडी को हुन ?
पारस खडका
१३. बिश्वकप क्रिकेटमा नेपालले पहिलो पटक हङकङलाई हराउँदा म्यान अफ म्याचको उपाधि पाउने नेपाली खेलाडी को हुन ?                   —शक्ति गौचन
१४. बिभिष्टेकमा हाल कति राष्ट्र सदस्य छन ?       —
१५. बिभिष्टेकको अध्यक्ष राष्ट्र को हो ?                                 —नेपाल
१६. नेपालको उद्योग पति बिनोद चौधरी संसारका अरवपतिका सूचीमा सन २०१४ मा कतिऔँ स्थानमा छन  ?
१४६५ औं स्थानमा
१७.  दोस्रो संबिधानसभा पश्चात संबिधान सभाको पहिलो बैठक कहिले बसेको थियो ?
२०७० माघ गते
१८. दोस्रो संबिधानसभा निर्वाचन बिजयी सभासद्लाई शपथ ग्रहण कस्ले गराएका    थिए ?                                                     —सुर्य बहादुर थापा
१९. दोस्रो संबिधानसभा निर्वाचनमा कति जना सभासदले मातृ भाषामा सफत ग्रहण  गरेका थिए ?
४४ जना
२०दोस्रो संबिधान सभा निर्वाचनमा बिजयी सभाषदले कती ओटा मातृ भाषामा सफत लिएका थिए ?                                                           —११
२१ . बिश्व सुन्दरी प्रतियोगिताहरुमा हाल सम्मकै उत्कृष्ठ अंक ल्याउने नेपाली सुन्दरी  को हुन ?                                                     —हिसानी श्रेष्ठ
२२. हालसालै सम्पन्न भएको बाघ गणनामा बाघको संख्या कति ?
सय ५८
२३. भारतमा २९ औँ राज्यमा सबै भन्दा पछिल्लो समयमा घोषणा भएको राज्य कुन   हो ?                                           —तिलंगना २०१३ जुलाई ३०
२४. नेपालमा २०६९ सालको मदन पुरस्कार कस्लाई प्रदान गरीयो ?
राजन कुमारुङ
२६. नेपालमा २०६९ सालको मदन पुरस्कार जित्ने कृति कुन हो ?
दामिनी भीर
२७. २०६९ सालको जगदम्बा श्री पुरस्कार कस्लाई प्रदान गरियो ?
रत्न शमसेर थापा
२८. सन २०१३ को मेघाश्री पुरस्कारबाट पुरस्कृत हुने नेपाली सँस्था कुन हो ?
शक्ति समूह
२९. प्रथम बिश्व सुन्दरी को हुन कुन देशकी हुन ?
स्वीडेनकी किकी हाकुन्सन
३० तेस्रो लिङ्गी पहिचानको नागरिकता प्राप्त गर्ने पहिलो ब्यक्ति को हुन ?
बिष्णु अधिकारी, पोखरा
३१. ग्लोवल पिस इन्भेक २०१२ को प्रतिबेदन अनुसार दक्षिण एसीयाको सबै भन्दा शान्त मुलुक कुन हो ?                                      —भुटान
स्रोत संकलक राम बिष्ट

सूचना÷सन्देश÷बिज्ञापन
समान पहुँच बिकास केन्द्र (सिड) नेपाल
कर्मचारी आवश्यकता सम्बन्धी सूचना     
 पुनः सूचना प्रकासित मिति २०७१÷÷
समान पहुुँच विकास केन्द्र (सिड) नेपाल पचनाली डोटी वल्र्ड भिजन डोटीको साँझेदारीमा सञ्चालित मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनाका लागी तपशिलको कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकासित भएको मितिले दिनभित्र समान पहुुँच विकास केन्द्र (सिड) नेपाल पचनाली डोटीको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ   
. कार्यक्रम मातृशिशु स्वास्थ्य तथा पोषण परियोजना
पद परियोजना सहायक (..मी÷.हे.)
संख्या (एक)
योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट ..मी÷.हे.. पास गरेको
अनुभव  कम्तीमा वर्ष सामाजिक क्षेत्रमा कार्य अनुभव भएको
कार्य क्षेत्र कार्यक्षेत्र भित्रका संस्थाले तोकेका गाविसहरु
नोट
प्रमाणपत्र बिदेशवाट प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्र भएमा त्रि.वि.वाट समकक्षता निर्धारण गरेको प्रमाण पत्र पेश गर्नु पर्नेछ
सेवा÷सुविधा कार्यक्रमको नियमानुसार 
परीक्षाको किसिम लिखित तथा अन्तरवार्ता
दरखास्त         सिड नेपालको निवेदनको फाराम कार्यालयबाट लिई शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ
ग्राह्यता  महिला उम्मेदवारले मात्र उम्मेदवारी दिन सक्नेछन
सम्पर्क मिति दरखास्त दिने अन्तिम मितिको भोलीपल्ट (सो दिन विदा परे सोको भोलीपल्ट)
दरखास्त दस्तुर रु २५०
सूचना प्रकासित मितिको सात दिन भित्र तीन दिन तिहार बिदा परेकाले कार्तिक ११ गते सम्म दरखास्त पेस गर्न सकिनेछ  
नोट रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही हुने छैन यस सम्बन्धमा थप जानकारी चाहिएमा समान पहुँच विकास केन्द्र डोटीको फोन नं. ०९४४११०११ मा सम्पर्क गर्न   सकिनेछ
पदपुर्ति समिति

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

मिति २०७१÷÷
      जिल्ला डोटी खिरसैन गा.वि..वडा नं. बस्ने वीरवहादुर खड्काको मिति २०३५ सालमा मृत्यु भएको निजको एकमात्र पत्नि विन्द्रादेवी खड्काको मिति २०७०÷÷३१ मा मृत्यु भैसकेको निजहरुबाट सन्तान छोराछोरी कोही केही नभै अपुताली परेको हुँदा मृतक जग्गाधनि विन्द्रादेवी खड्काको नाउँमा रहेको डोटी खिरसैन गा.वि..वडा नं. स्थित कि.नं. १८८, . वडा नं. स्थित कि.नं.९७, १३९, १४०, ३१२, ३७३, ३८०, ४७९, ५९६, . वडा नं. स्थित कि.नं.२३ . लडागडा गा.वि.. वडा नं. स्थित कि.नं.८८३ को जग्गाको सवैभन्दा नजिकको हकदार भतिजा नाता पर्ने सुरत वहादुर खड्कामात्र भएकोले मृतकका नाउँको माथी उल्लेखित पुरै  घर जग्गाहरु मेरा नाउँमा एकलौटी नामसारी गरी पाउँ भनि गा.वि..कार्यालय खिरसैन को .नं.३१ मिति २०७१÷÷ गा.वि..कार्यालय लडागडा को .नं.०७ मिति २०७१÷÷१२ को किटानी सिफारिस, मृतकको नामको ..प्र.पुर्जा, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र. मालपोत वुझाएको रसिद आदि प्रमाणहरु साथै राखी जिल्ला डोटी खिरसैन गा.वि..वडा नं. बस्ने सुरत वहादुर खड्काले यस कार्यालयमा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
मितिः २०७१÷÷
      जिल्ला डोटी वासुदेवी गा.वि..वडा नं. बस्ने खलिसिं कुवरँको मिति २०५०÷१२÷२१ मा मृत्यु भएको निजको हकदार एकमात्र पत्नि जउगुली कुँवरको मिति २०६७÷÷२३ मा मृत्यु भैसकेकोले मृतक जग्गाधनि खलिसिं कुँवरको नाउँमा रहेको डोटी वासुदेवी गा.वि..वडा नं. स्थित कि.नं. ३०५, ३२३, ३२७, ३५२, ३५८, ३७१, ४७२, ६३८, ८७७ . वडा नं. स्थित कि.नं.४९५, ४९७, ५००, ५०५, ५०७, . वडा नं. स्थित कि.नं.३९, १९३, २००, . वडा नं. स्थित कि.नं.२९, १३६, २२७, २५७ . दुर्गामाण्डौं गा.वि.. वडा नं. स्थित कि.नं. ६१६, ६१९, ६३० को जग्गाको सवैभन्दा नजिकको हकदार  हामीहरु तिन भाई डमर सिं कुँवर, लोक वहादुर कुँवर पदमसिं कुँवर मात्र भएकोमा जेठा छोरा डमरसिं कुँवरको मिति २०४८÷÷१० मा मृत्यु भएको माईलो छोरा लोक वहादुर कुँवर अविवाहित अवस्थामानै विगत १६ वर्ष देखि वेपत्ता भएकोले मृतकका नाउँको माथी उल्लेखित पुरै घर जग्गाहरु डमरसिं कुवरँको एकमात्र पत्नि डम्मरीदेवी कुँवर पदमसिं कुँवरको नाउँमा संयुक्त नामसारी गरी पाउँ भनि गा.वि..कार्यालय वासुदेवीको .नं.३४ मिति २०७१÷÷३१ गा.वि..कार्यालय दुर्गामाण्डौंको .नं.५० मिति २०७१÷÷३१ को किटानी सिफारिस, मृतकको नामको ..प्र.पुर्जा, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र. मालपोत वुझाएको रसिद आदी प्रमाणहरु साथै राखी संयुक्त नामसारी गरिपाउँ साथै पदमसिं कुँवरको नेपाली ना.प्र..मा बाबुको नाम खडकसिं कुँवर भै नाम फरक परेकोमा दुवै नाम गरेको व्यक्ति फरक व्यक्ति नभै एउटै भएको भनि सिफारिस पत्र समेत संलग्न राखी जि.डोटी वासुदेवी गा.वि..वडा नं. बस्ने डम्मरीदेवी कुँवर पदमसिं कँुवरले यस कार्यालयमा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
मिति २०७१÷÷
          मेरा पति टिलाई सिंह साउँदका नाउँमा नाप नक्सा भएको डोटी साविक  छहरा वडा नं. स्थित मेरो हकभोग भित्रको तपसिल बमोजिमको कि.नं.१२ को जग्गा दर्ता गर्न छुट भएको मेरा पति टिलाई सिंह साउँद भन्ने तिल वहादुर साउँदको मिति २०५४÷÷२० मा मृत्यु भएकोले उक्त जग्गा मेरा नाउँमा छुट जग्गा दर्ता गरीपाउँ साथै मेरो नेपाली ना.प्र..मा पतिको नाम तिल वहादुर साउँद भएको   फिल्डवुकमा मेरो पतिको नाम टिलाई सिंह साउँद भै पतिको नाम फरक पर्न गएता पनि दुवै नाम  गरेको व्यक्ति फरक व्यक्ति नभै एउटै व्यक्ति मेरा पति टिलाई सिंह साउँद भन्ने तिल वहादुर साउँद नै भएको भनि डोटी छतिवन घर भै कृष्णपुर वडा नं. कञ्चनपुर बस्ने तिल वहादुर साउँदकी पत्नी रेवतिदेवी साउँदले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएको हुँदा सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदिभित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे÷घुसाएको या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
मिति २०७१÷÷

          मेरा पति डम्वरदत्त ओझाका नाउँमा नाप नक्सा भएको डोटी साविक छहरा वडा नं. स्थित मेरो हकभोग, भोगचलनभित्रको तपसिल बमोजिमका कि.नं.३५, ५१, ६२ ७४ का जग्गाहरु दर्ता गर्न छुट भएको मेरा पति डम्वरदत्त ओझाको मिति २०३८÷÷१० मा मृत्यु भएको मृतकको शेषपछिको हकदार तिनवटि पत्निमध्ये जेठी पत्नि नर्मदा ओझा को मिति २०२८÷÷२९ मा मृत्यु भएको माईलि पत्नि टुल्लुदेवी ओझाको मिति २०२०÷÷ मृत्यु भैसकेको निज दुवै जना सौतावाट सन्तान छोरा नभएको, छोरीहरु विवाह गरी पोईल गईसकेकीले मृतक जग्गाधनीको शेषपछिको हकदार मात्र भएकी हुँदा उक्त जग्गा मेरा नाउँमा एकलौटी नामसारी गरी छुट जग्गा दर्ता गरीपाउँ भनी डोटी छतिवन घर भै कृष्णपुर वडा नं. कञ्चनपुर बस्ने डम्वरदत्त ओझाकी पत्नी देवी ओझाले यस मालपोत कार्यालय डोटीमा निवेदन दिनु भएको हुँदा सो जग्गा दर्ता गर्र्नेे कार्यवाहीको सिलसिलामा यो सूचना प्रकाशित गरिएको उक्त जग्गा कसैको व्यक्तिगत, सरकारी सार्वजनिक, गौचरन, पानीधारा आदिभित्र पर्छ पर्दैन, कुनेै कसैको जग्गा घुसे घुसाएको या कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र (बाटाका म्याद बाहेक) आफूसंग भएका सक्कल प्रमाणहरु साथमा लिई यस कार्यालयमा हकदावी गर्न आउनु होला अन्यथा नियमानुसार भई जाने व्यहोरा जानकारी गराईन्छ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete