राष्ट्रिय विद्युत समस्याको निराकरणका
लागि, सरकारी कार्यालयहरुलेनै
विद्युत खपतको लागि, मितव्ययिता
गर्ने कदमहरु चालु
राखी, सर्वसाधारणहरुलाई सुसूचित
गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार
मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
डोटी जिल्लामा सरकारी बिद्यालयहरु
यस्तो पनि
दुवै बिद्यालय सरकारी हुन,
दुवै बिद्यालय जिल्लाको
ग्रामिण भेगमा छन तर
भिन्नता धेरै छ
।
पचनाली गाबिस–२ कोटमा
रहेको महादेब प्राथमिक
बिद्यालयका कक्षा कोठाहरुमा जुटको
कार्पेट बिच्छाएको छ, बिद्यार्थीहरु
राउण्ड टेबलमा किताब राख्दै
पढ्ने गर्छन ।
कक्षा कोठा फोहर
नहोस भनेर जुत्ता
चप्पल बाहिर ¥याकमा
राख्छन, खुट्टा पुच्ने म्याट
पनि छ ढोकामा । बिद्यालयका
कक्षा कोठाहरु ब्यवस्थित
छन ।
लाटामाण्डौं गाबिस–४ देउकारमा
रहेको लाटामाण्डौं माध्यामिक
बिद्यालयमा कक्षा १ मा
४५ जना बिद्यार्थीहरु अध्ययनरत
छन, उनीहरु सिमेन्टको
भुँईमा त्यस्तै बस्छन ।
४५ जना बिद्यार्थी
नियमित आए कक्षा
कोठामा वस्ने ठाउँसम्म पनि
हुँदैन । न
त कुनै राउण्ड
टेवल छ उनीहरुका
लागि न कार्पेट
। उनीहरुलाई यसरी
सिमेन्टको भुँईमा बस्दै गर्दा
निमोनियाका साथसाथै अन्य रोगहरुले
पनि संक्रमण गर्ने
सम्भावना छ ।
यि दुबै बिद्यालय
सरकारी हुन, पचनाली
र लाटामाण्डौं गाबिस
सिमाना जोडिएका गाबिस हुन
। दुवै गाबिसलाई
डा. केआई सिंह
राजमार्गले छोएको छ । तर दुबैमा
यति धेरै अन्तर
छ ।
लाटामाण्डौं माध्यामिक बिद्यालय बिक्रम्
सम्वत् २००४ साल
भाषा पाठशालाको रुपमा
सुरु भएको थियो
। स्थापना भएको
६७ बर्ष बितिसक्दा
पनि खासै स्तरउन्नती
नभएको स्थानीय बताउछन
। २०४६ सालको
राजनीतिक परिवर्तनपछि यस गाबिसले
सांसद, सभासद् र मन्त्री
पटक–पटक पाएको
भएपनि मन्त्री र
सभासदको गाउँमा रहेको बिद्यालयले
भने केही पाएन
। स्थानीयहरु भन्छन
“हाम्रो गाउँ पहिला
देखि अहिलेसम्म जनप्रतिनिधिका
हिसाबले सधैँ अरु
गाबिस भन्दा अघाडी
छ तर हाम्रै
गाउँको बिकास यस्तो छ
।”
डोटी निर्वाचन क्षेत्र–१
वाट २०४८, २०५१
र २०५६ सालको
संसदीय निर्वाचनमा बिजयी भई
मन्त्री समेत भएका
नेता भक्तबहादुर बलायरको
गाबिस हो लाटामाण्डौं
। यस्तै २०७०
सालको संबिधानसभा निर्वाचनमा
डोटी क्षेत्र १
वाट बिजयी भएका
सभासद् विरवहादुर वलायरको गाबिस
पनि हो यो
। तर नेताहरुकै
गाबिसमा रहेको लाटामाण्डौं माबिको
अवस्था भने संरक्षकबिहिन
जस्तो देखिएको छ
।
डोटीकै केदारेश्वर उच्च माध्यामिक
बिद्यालयका प्राचार्य गगन कार्की
भन्छन “नेताहरु स्वयंको गाबिसमा
रहेको बिद्यालयको अबस्था
यस्तो छ भने
ति नेताहरुले अरु
ठाउँको बिकास गर्लान भनेर
बिश्वास गर्नु व्यर्थ हो
।” यस बिद्यालयको
अवस्था देखेर आफु निकै
चिन्तित भएको समेत
कार्कीको भनाई छ
।
२०६३ सालमा स्थापना भएको
महादेब प्राथमिक बिद्यालयको अवस्था
भने झट्ट हेर्दा
नीजि बिद्यालयको जस्तो देखिन्छ
। शिक्षाको क्षेत्रमा
लामो समय देखि
काम गर्दै आएको
गैर सरकारी संस्था
सामुदायिक बिकास केन्द्रको सहयोगमा
बिद्यालयलाई ब्यवस्थित र नमुना
योग्य बनाउन सफल
भएको प्रधानाध्यापक कृष्णा
रोस्यारा (फुलारा) ले बताईन
। उनले भनिन्
“बिद्यालयमा कार्पेट, टेबुल, ¥याक
तथा अन्य सामाग्री
संस्थाले सहयोग गरेको छ,
यसले गर्दा काम
गर्न र ब्यबस्थापन
गर्न सहयोग पुगेको
छ ।”
डोटीका जिल्ला शिक्षा अधिकारी
बसन्तकुमार खत्री लाटामाण्डौं माबिको
कक्षा १ मा
पढ्ने बिद्यार्थीहरुको बसाई
कष्टपूर्ण भएको बताउछन
। खत्रीले भने
“सधैँ सरकारको मुख
ताक्ने भन्दा पनि स्थानीय
श्रोत साधनको भरपुर
उपयोग गरेर बिद्यार्थीहरुलाई
सिमेन्टको चिसो भुँईमा
वस्नु पर्ने वाध्यतावाट
मुक्त गर्नु पर्छ
।” “अरु केही
गर्न नसकेपनि अभिभावकहरुलाई
चकटी बनाउन आग्रह
गरेपनि हुन्छ” खत्रीले बिद्यालय
व्यवस्थापन समितिले यस बिषयमा
पहल गर्नु पर्ने
वताए । बिद्यार्थीहरुलाई
बस्नका लागी बेञ्चको
अभाव भएकाले भुँईमा
बसाउने गरेको बिद्यालय प्रशासनले
जानकारी दिएको छ ।
सम्पादकीय
कि संबिधान, कि राजीनामा
२०६२÷०६३ सालको
राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक बृत्तमा थुप्रै
नाटकहरु भएका छन
। नाटकको पहिलो
श्रृंखला २०६३ साल
जेठ ४ गते
भएको प्रतिनिधिसभाको घोषणा
थियो भने हालसम्मको
अन्तीम श्रृंखलाको रुपमा २०७०
साल मंसिर ४
गते सम्पन्न भएको
संबिधानसभाको दोश्रो निर्वाचनलाई लिन
सकिन्छ ।
यी नाटकीय श्रृंखलाहरुमा नेताहरुले
धेरै कुरा पाएका
छन, कुर्ची पाएका
छन, भत्ता पाएका
छन, बिदेश भ्रमण
पाएका छन, सामान्य
टाउको दुखेपनि बिदेशमा
गएर उपचार गर्न
पाए । चुनाव
पनि पाए, सरकार
पनि पाए तर
नेपाली जनताले के पाए
? यस प्रश्नको उत्तर
खोज्नु पर्ने वेला आएको
छ ।
२०५९ साल जेठ
८ गते तत्कालीन
जननिर्वाचित सरकारका प्रधानमन्त्री शेरवहादुर
देउवाको सिफारिसमा तत्कालीन राजा
ज्ञानेन्द्रले बिघटन गरेको प्रतिनिधिसभाको
पुनःस्थापना गर्नु पर्ने शर्त
जनताको थिएन, नेताहरुकै थियो
। जनताले त
राजतन्त्रको बिधिवत् रुपमा अन्त्य
गर्ने र देशमा
गणतन्त्रात्मक प्रजातन्त्रको स्थापना गर्ने उद्घोषका
साथ जनआन्दोलन गरेका
थिए । जनआन्दोलन
सफल पनि भयो
। नेताहरुको माग
अनुसार तत्कालीन राजा ज्ञानेन्द्रले
बिघठित प्रतिनिधिसभाको पुनस्थापना गर्ने कृपा
गरे ।
दुई सय पाँच
सदस्यीय प्रतिनिधिसभालाई तीन सय
३० जनाको वनाउनु
पर्ने माग जनताको
थिएन, त्यो पनि
जनताले चुपचाप सहे ।
त्यसपछि नयाँ संबिधान
वनाउने नाममा ६ सय
एक सदस्यीय संबिधानसभा
वनाउन पनि जनताको
म्याण्डेट थिएन, त्यो पनि
जनताले स्वीकार गरे ।
दुई वर्षको संबिधानसभाले
चारबर्षसम्म पनि नयाँ
संबिधान जारी गर्न
सकेन । जनता
फेरी पनि चुपै
लाग्यो ।
दलीय नेतृत्वको सरकारले देशको
राजनीतिक गतिरोधको निकास दिन
नसक्ने निश्कर्षमा नेताहरुनै पुगेका
हुन । वहालवाला
निजामति कर्मचारीलाई देशको कार्यपालिकाको
प्रमुख वनाउने योजना पनि
नेताहरुकै हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक
मुलुक भनेर संबैधानिक
रुपमा स्वीकार गरिएको
बिषयवस्तुलाई कर्मचारीहरुको हातमा शासन दिएर
निर्दलीय सरकार गठन गरी
समाप्त पार्ने भयो
। त्यसमा पनि
जनता चुप रहे
। त्यो सरकारले
फेरी ६ सय
एकमा एक जना
पनि नघट्ने गरी
दोश्रो संबिधानसभाको निर्वाचनमा जनताले चुपचाप
मतदान गरे ।
अव त लाज
लाग्नु पर्ने हो नेता
ज्यूहरुलाई माघ ८
गते जारी
हुने भनिएको संबिधानको
खाका गएको असोजभित्रै
जनताको हातमा आईसक्नु पर्ने
भनेको होईन र
? खै त नयाँ
संबिधानको खाका
? अनि फेरी पनि
जनतालाई माघ ८
मै नयाँ संबिधान
दिन्छौं भनेर भ्रममा
राख्ने ? यस्तो पनि तरिका
हुन्छ ? माघ ८
मा संबिधान जारी
गर्ने मिति तय
गर्ने को हो
? जनताले भनेको हो र
? आफैले तय गरेको
मिति पटकपटक गुज्रिदै
जाँदा समेत कुनै
वास्ता नभएपछि संबिधानसभा सदस्य
भएर बिरेन्द्र अन्तराष्ट्रिय
सम्मेलन केन्द्रमा गएर गफ
चुट्नुको कुनै अर्थ
हुँदैन ।
त्यसैले कि त
तोकिएकै समयमा नयाँ संबिधान
जारी गर होईन
भने ६ सय
एक जनाले संयुक्त
रुपमा राजीनामा देउ,
त्यसपछि उत्पन्न हुने परिस्थितिको
जिम्मेवारी लिने बिकल्प
पनि तयार हुन्छ
। जनताले बिनासित्ती
६ सय एक
जना पाल्न सक्ने
अवस्था छैन ।
जनताले गफ चुटेर
६०÷७० हजार
तलव बुझ्दैनन् ।
रातदिन नभनि गिट्टी
कुटेर, भारी वोकेर,
पसिना वगाएर राज्यलाई
कर तिर्छन
। जनताको रगत
र पसिनामा मस्ती
लिन मिल्दैन ।
माघ ८ गतेमा
नैतिकताको आधारमा कि त
नयाँ संबिधान आउनु
पर्छ, कि राजीनामा । होईन
भने जनताले बिकल्पको
खोजी गर्नु पर्ने
अवस्था आउन सक्छ
।
थप समाचार
भासुमै अस्ताए परदेशी सपनाहरु
डौड गाबिस–१ का
४० वर्षीय रनी
नागरी ३६ वर्षीया
श्रीमति तुली नागरी,
छोराहरु १५ बर्षीय
धनी नागरी र
१२ बर्षीय सन्तोष
नागरी सहित मंसिर
१२ गते भारतको
मुम्वई जाने सपनाका
साथ घरवाट हिँडे
। महाकाली यातायतको
ना ५ ख ५४२० नम्वरको
बसमा डोटीको दिपायलवाट
उनीहरुको यात्रा कञ्चनपुरसम्मका लागि
सुरु भयो
। साँझ करीव
७ वजे हिडेको
बस राती करीव
१२.४५ मा
सहजपुर गाबिस–२ भासु
भीर पार गरी
अलि पर पुग्यो
। रातीको समय,
चिसोको मौसम, चालकले पिसाव
फर्ने भन्दै गाडी
रोके ।
टायर पन्चर भयो भन्दै
चालकले स्टार्ट वन्द नगरिनै रोकेको
गाडी आफै गुड्यो,
सडकवाट करीव दुई
सय ५० मिटर
तल । दुर्घटनाले
१२ जनाको ज्यान
लियो, ३० जना
घाईते वनायो ।
ज्यान गुमाउने १२
जना मध्ये रनी
र उनी पत्नि
तुली पनि परे
। उनका दुई
छोराहरु सन्तोष र धनी
घाईते भए ।
बर्षौं देखि अर्काको
हलो जोतेर परिवार
पाल्दै आएका रनी
सरकारले २०६५ साल
भाद्र २१ गते
गरेको हलिया मुक्तीको
घोषणापछि परिवार पाल्नकै लागि
भारतको मुम्वई जाने गरेका
थिए । एक्लैको
कमाईले चार जनाको
परिवार पाल्न नसक्ने भएपछि
यस पटक उनले
नावालक छोराहरुलाई पनि उतै
काम खोज्ने र
पैसा कमाउने सपना
बुने । आफु
र छोराहरु भारत
गएपछि श्रीमति एक्लैलाई
उनले घर छोड्न चाहेनन्
। सपरिवार मुम्वई
जाने र संगै
जीवन विताउने निधोका
साथ निस्केका रनीका
सवै सपना भासु
भीरमै गुल्टिए ।
सरकारले न्यायिक पुनः स्थापना
गर्ने वाचा सहित
मुक्त गरेका हलियाहरुको
मुक्तीको घोषणा भएको ६
वर्ष बित्दा समेत
पुनस्थापनाको कुनै टुङ्गो
लागेको छ्रैन । रनीले
त श्रीमति सहित
संसार छोडे तर
घाईते भएका दुई
नावालक छोराहरु थप बिचल्लीमा
परे । रनीसंगै
भारत जान लागेका
अर्का मुक्त हलिया
बिरवहादुर लुहारको पनि उक्त
घटनामै ज्यान गयो ।
दुर्घटनाले बिरवहादुरकी श्रीमतिलाई बिधवा
र छोरीलाई टुहरी
वनायो ।
मृतक बिरबहादुरका दाजु धौले
लुहार भक्कानिदै भन्छन
“भारत जान हिडेको
भाईलाई यिनै हातले
टिका लगाउँदै बिदा गरेको
हुँ तर २४
घण्टा बित्न नपाउदै
भाईको शव लिन
गए ।” बिदाईका
क्रममा भाईले ‘ऋणको कुनै
चिन्ता नगर्नु, म कमाउँदै
फिर्ता गर्छु’ भनेको सम्झदै
आँसु वगाउँछन धौले
।
जागिरकै लागि भारत
हिडेका गगुडा गाबिसका प्रेम
लुहार पनि छिट्टै
घर फर्कने बाचा
सहित घरबाट बिदा
भएका थिए
। उनले घरबाट
निस्कदा “मेरो केही
चिन्ता नमान्नु, घरको ख्याल
गर्नु” भनेका थिए तर
उनको यही भनाई
अन्तिम सन्देश बन्यो ।
उक्त दुर्घटनामा डौड गाबिसका
८ जनाको एउटै
चिहान वन्यो ।
कसैले आमाबुबा गुमाए,
कसैले श्रीमान, कसैले
श्रीमति त कसैले
छोराछोरी । एकै
गाबिसका ८ जनाको
ज्यान गएपछि गाबिसमै
सन्नाटा छायो ।
भिमदत्त राजमार्गको सबै भन्दा
डर लाग्दो भीर
भासु नजिकै रोकिहरेको
अबस्थामा गुल्टिएको बससंगै धेरै डोटेलीका
सपना पनि गुल्टिए
। दशैंको समयमा
असोज २० गते
२९ जनाको ज्यान
लिने गरी भएको
बस दुर्घटनाको घाउ
सेलाउन नपाउँदै फेरी जिल्लालाई
स्तब्ध पार्ने गरी अर्को
दुर्घटना भयो ।
भिमदत्त राजमार्गले फेरी एक
पटक यात्रुहरुलाई झस्काएको
छ ।
सेती महाकालीमा बिप्लब माओवादीको
डिष्टिंसन
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीबाट भरकरै मात्र
बिभाजन भएको बिप्लब
नेतृत्वको नेकपा माओवादी सेती
महाकालीमा संगठनात्म हिसाबले डिष्टिंसनमा
रहेको छ । नेकपा–माओवादीका ८०
प्रतिशत भन्दा बढी कार्यकर्ता
तथा केन्द्रीय सदस्यहरु
बिप्लबतर्फ रहेका छन ।
बिप्लब नेतृत्वको माओवादीमा सेती
महाकालीका एक जना
केन्द्रीय सदस्य लक्ष्मीदत्त जोशी
बाहेक सबै जना
केन्द्रीय सदस्यहरु बिप्लब माओबादीमा
रहेका छन ।
नेकपा–माओबादी हुँदाका
सेती महाकाली ईञ्चार्ज
ओम प्रकाश पुन,
सेक्रेटरी शरदसिं भण्डारी, केन्द्रीय
सदस्य शंकर खडका
र राम प्रसाद
तिमल्सेना, केन्द्रीय सल्लाकार धन
बहादुर मल्ल, नन्दलाल कार्की
बिप्लब माओवादीमा रहेको
नेता ओम प्रकाश
पुनले जानकारी दिए
।
बाजुरा र दार्चुलाका
जिल्ला सेक्रेटरी बाहेक अन्य
सबै जिल्लाका जिल्ला
सचिबहरु पनि बिप्लब
माओवादी तर्फ रहेका
छन । डोटीका सचिव बिवेक
कुमाल, अछामका रामप्रसाद तिमल्सेना,
बझाङका शंकर खडका, डडेल्धुराका
हरीलाल थापा, बैतडीका अमर
धानुक बिप्लब माओबादीमा
रहेका छन ।
नेकपा–माओवादी डोटीका सचिव
रहेका बिवेक कुमालले
प्रेस बिज्ञप्ती जारी
गर्दै जिल्ला कमिटीमा
रहेका ५१ जना
शत प्रतिसत जिल्ला
कमिटी बिप्लबको समर्थनमा
रहेको भन्दै बिज्ञप्ती
जारी गरेका छन
। उनले भने
“हामी बिप्लब माओबादीलाई
समर्थन गर्दछौँ, क्रान्तिमा धोका
दिनेको पछाडी को हुन्छ
र ? क्रान्ति गर्छु
भन्दै पार्टी फुटाउने
बिचमा ल्याएर छोड्ने
?” “बिप्लब कामरेडले एक पटक
आट गर्नु भएको
छ हामी चन्दलाई
समर्थन गर्छाैँ” बिवेकले जानकारी
दिए ।
अन्य जिल्लाहरुको तल्लो तहमा
पनि बिप्लब समुहको
संगठनमा पकट रहेको
छ । जनबर्गीय संगठनका प्रमुखहरु
पनि बिप्लबको नेतृत्वमा
रहेको पार्टीसंग रहेको
नेता शरदसिं
भण्डारीले जानकारी दिए ।
पार्टीका अधिकांश नेता तथा
कार्यकर्ताहरु बिप्लबको पछाडी रहेको
भएपनि क्रान्तिमा धोका
हुन्छ की भन्ने
चिन्ता भने बिद्यमान
रहेको देखिन्छ ।
बिप्लबलाई समर्थन गर्ने एक
जना जिल्ला स्तरीय
नेताले भने “बिप्लब
कामरेडलाई समर्थन त गरियो
तर फेरी कतै
बिप्लबले पनि बिचैमा
छोडने हुन की
भने चिन्ता छ
।”
बिप्लब नेतृत्वको माओवादी संगठनमा
पुर्ब जनमुक्ती सेना
तथा युद्धकालका कार्यकर्ताहरुको
बाहुल्यता रहेको छ । बिप्लबले सशस्त्र युद्ध
सुरु गर्दा अन्य पार्टीहरुबाट
थुप्रै नेता तथा
कार्यकताहरु पनि माओवादीमा
प्रबेश गर्ने माओवादी डोटीका नेता रोशन
रैकालले बताए ।
उनले भने “यो
देशमा फेरी एक
पटक क्रान्तिको आवश्यकता
रहेको धेरैले महसुस
गरेका छन, हामी
माओवादीबाट मात्रै होईन अन्य
कम्युनिष्ट पार्टीहरुबाट पनि हाम्रो
पार्टीमा आउने को
लहर छ तर
पार्टी कसरी अघाडी
बढ्ने भन्ने प्रस्ट
भएपछि उनीहरु पनि
आउछन ।”
शैलेश्वरी कोटीहोमको तयारी सुरु
पाँच सय एक सदस्यीय समिति गठन
देशकै प्रसिद्ध पर्यटकीय एवं
धार्मिक क्षेत्रका रुपमा परिचित
डोटीको शैलेश्वरी मन्दिरमा कोटीहोम
महायज्ञ आयोजना हुने भएको
छ । कोटीहोम
सम्पन्न गर्नका लागि पाँच
सय एक सदस्यीय
समिति गठन गरिएको
समितिका अध्यक्ष प्रेमशंकर भट्टले
जानकारी दिएका छन ।
स्कन्द पुराणको मानस खण्डमा
धार्मिक रुपमा वर्णन गरिएको
शैलेश्वरी मन्दिरलाई हिन्दुधर्मावलम्वीहरुको आस्थाको
केन्द्रका रुपमा लिने गरिन्छ
। प्रत्येक १२
वर्षमा यस मन्दिरमा
कोटीहोम महायज्ञ आयोजना हुँदै
आएको छ । यसअघि २०५९ साल
माघमा भएको कोटीहोम
महायज्ञ यस वर्ष
माघ ११ देखि
२० गतेसम्म सञ्चालन
हुने अध्यक्ष भट्टले
जानकारी दिए ।
“माघ शुक्ल बसन्त
पञ्चमीका दिन शैलेश्वरी
शोभायात्रा सहित हामी
कोटीहोमको सुरुवात गर्छौ” अध्यक्ष
भट्टले भने “माघ
२० गते पूर्णिमाका
दिन पूर्णहुती गरिनेछ
।”
अध्यक्ष भट्टले उक्त महायज्ञमा
एक करोड २५
लाख हवन गरिने
वताउँदै सो का
लागि करीव एक
सय ब्राम्हणहरुको आवश्यकता
पर्ने जानकारी दिए
। भट्टका अनुसार
कोटीहोम महायज्ञ सम्पन्न गर्नका
लागि डोटीमा क्रियासिल
राजनीतिक दलका प्रतिनिधिहरु,
सरकारी कार्यालयका उच्च पदस्थ
कर्मचारीहरु, गैससका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु,
भक्तजनहरु, स्थानीय– वासीहरु गरी
पाँच सय एक
सदस्यीय कोटीहोम महायज्ञ मुल
समारोह समिति र अन्य
बिभिन्न उपसमितिहरु समेत गठन
भएका छन ।
कोटीहोम महायज्ञ सम्पन्न गर्नका
लागि करीव ६०
लाख रकम लाग्ने
अनुमान समितिले गरेको छ
। सो रकम
जुटाउनका लागि भक्तजनहरु,
राजनीतिक दल,
सरकारी तथा गैससमा
कार्यरत कर्मचारीहरु,
उद्योगी, व्यापारी, स्थानीयवासीहरु सवैलाई
अपील समेत गरिएको
समितिले जनाएको छ ।
बिगतमा भएका कोटीहोम
महायज्ञको अवस्थालाई ध्यानमा राख्दै
यस वर्ष भक्तजनहरुलाई
खाना, वस्न, पानी
र यातायतको उचित
व्यवस्थापन गर्ने तर्फ समितिले
योजना वनाईरहेको समेत
अध्यक्ष भट्टले जानकारी दिए
।
सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने
तिन ओटा गाबिसमा
सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भएको छ । उक्त क्षेत्रका
गगुडा, सात्फरी र धिर्कामाण्डौं
गाबिसमा सार्बजनिक सुनुवाई कार्यक्रम
सम्पन्न भएको फियान
नेपालले जानकारी दिएको छ
।
स्थानीय तहका सेवा
प्रदायकहरुले प्रबाह गर्ने सेवा
के कस्तो छ,
समस्याहरु के–के
हुन, समाधान गर्न
के गर्नु पर्ला
भन्ने उद्देश्यका साथ
सुनुवाई कार्यक्रम आयोजना गरिएको
हो ।
तिन ओटा गाबिसमा
कार्यक्रम आयोजना गर्र्नका लागी
फुड फस्र्ट इन्र्फमेर्शन
एण्ड एक्शन नेटर्वक
(फियान) ले सहयोग
गरेको थियो ।
तिन ओटा गाबिसमा
सञ्चालन भएको उक्त
कार्यक्रममा स्थानीय राजनैतिक दलका
प्रतिनिधी, महिला, स्थानीयबासीहरुको उपस्थिती रहेको थियो
।
कार्यक्रममा सेवाग्राहीहरुले आफुलाई पर्न गएको
समस्याहरु स्थानीय सेवाप्रदायक समक्ष
राखेका थिए ।
गुगुडा गाबिसका स्थानीयले मदिराका
कारणले आफुहरुलाई समस्या उत्पन्न
भएको बताएका थिए
। कार्यक्रममा गाबिस
सचिबले अर्को बर्ष देखी
मदिरा बिक्री बितरणमा
रोक लगाउने प्रतिबद्धता
ब्यक्त गरेका थिए ।
सार्बजनिक सुनुवाई कार्यक्रम गाबिसहरु
स्वयंले गर्नु पर्ने भएपनि
फुड फस्र्ट इन्र्फमेर्शन
एण्ड एक्शन नेटर्वक (फियान)
ले सहयोग गरेको
फियानका कार्यक्रम संयोजक मुकुन्द
रानाले बताए ।
सात्फरी र धिर्कामाण्डौं
गाबिसमा भएको सार्बजनिक
सुनुवाई कार्यक्रममा सहभागीहरुले सहज
ढंगबाट सेवा प्राप्त
हुन नसकेको गुनासो
गरेका थिए ।
बिद्यालयका छेउमा मदिरा पसल
डोटीको लामिखाल गाबिसमा रहेको
मष्टामाण्डौं माध्यामिक बिद्यालयको कम्पाउण्डसंगै
मदिरा तथा सुर्तिजन्य
पदार्थहरुको बिक्रीबितरण हुने गर्दछ
। बिद्यार्थीहरु पनि
सजिलै सुर्तिजन्य पदार्थहरु
सेवन गर्ने गर्दछन
। स्थानीयवासीहरुले मदिरा
सेवन गरी हो–हल्ला गर्दा पठनपाठनमा
समेत समस्या आउँछ
।
लाटामाण्डांै गाबिसमा रहेको
लाटामाण्डौं माध्यामिक बिद्यालयको ३०
मिटर नजिकै मदिरा
बिक्री बितरण हुन्छ ।
त्यहाँको अवस्था पनि त्यस्तै
छ । गगुडा
गाबिसमा रहेको मष्टेश्वर माध्यामिक
बिद्यालयको २५ मिटर
नजिकै मदिरा बिक्री
बितरण हुन्छ
। तिखात्तर गाबिसमा
रहेको ईन्द्र उच्च
माध्यामिक बिद्यालयको नजिकै बिक्री
बितरण हुन्छ ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको
पद्म पव्लिक मुक्तीनारायण
उच्च माबिले आफ्नै
कम्पाउण्डमा निर्माण गरी भाडामा
दिएका भवनमा सञ्चालन
भएका पसलहरु समेत
सुर्तिजन्य पदार्थहरुको बिक्रीबितरण हुने गरेको
छ ।
जिल्लामा रहेका ३३ उच्च
माध्यामिक, ७९ माध्यामिक
सहित जम्मा चार
सय २१ बिद्यालयहरुमध्ये
अधिकांस बिद्यालयहरुका कम्पाउण्डसंगै मदिरा तथा सुर्तिजन्य
पदार्थहरुका पसलहरु रहेका छन
। मदिराको बिक्री
बितरणले गर्दा पठनपाठनमा समस्या
हुने गरेको शिक्षकहरु
बताउछन ।
बिद्यालय रहेको दुई सय
मिटरसम्मको दुरीमा मदिरा तथा
सुर्तिजन्य पदार्थको बिक्रीबितरण गर्न
नपाईने कानुनी व्यवस्था रहेको वताउँछन जिल्ला
शिक्षा कार्यालय डोटीका बिद्यालय निरीक्षक
अम्वादत्त जोशी ।
तर त्यसको कुनै
परवाह छैन ।
नजिकै मदिराको कारोबार
गर्न नपाईने भएपनि
धेरै ठाउँहरुमा त्यसको
खिल्ली उडाउँदै बिद्यालयको नजिकै
मदिराको कारोबार गर्ने गरेका छन ।
लामिखालको मष्टामाण्डौं माध्यामिक बिद्यालयमा प्रधानाध्यापक
नरवहादुर रोकाया भन्छन “बिद्यालयमा
पठनपाठन भईरहेका बेला नजिकैको
मदिरा पसलमा बसेर
रक्सी खाईरहेका हुन्छन,
होहल्ला गर्छन, पढाईमा वाधा
आउँछ ।” देखासिखीमा
बिद्यार्थीहरुले पनि मदिरा
तथा सुर्तिजन्य पदार्थहरु
सेवन गरिरहेका
प्रअ रोकायाको भनाई
छ । “कुनै
दिन त मदिरा
सेवन गरेर बिद्यालयमा
समेत आउँछन” रोकायाले
भने “शिक्षकहरुलाई गाली
गर्छन, सम्झाउन थाले उल्टो
कुट्न आउँछन ।”
मष्टेश्वर माबि गगुडाका
शिक्षक महेन्द्र खडकाको दुखेसो
पनि त्यसै छ
। “कक्षा ४
मा पढ्ने बिद्यार्थीहरुले
समेत मदिरा तथा
सुर्तिजन्य पदार्थको सेवन गर्न
थालेका छन”खडकाले
बिद्यालय नजिकै मदिरा तथा
सुर्तिजन्य पदार्थको कारोवार वन्द
गर्नु पर्ने वताउँछन
। रोकाया जस्तै
मदिराकै कारण पठनपाठनमा
समस्या भईरहेको खडकाको पनि
गुनासो छ ।
रोकाया र खडकाको
भन्दा फरक गुनासो
छैन लाटामाण्डौं माबिका
प्रधानाध्यापक नारायणप्रसाद नौन्यालको पनि ।
गाउँ परिषद्वाटै बिद्यालयको
नजिकै रहेको पसललाई
मदिरा बिक्रीबितरण गर्ने
ईजाजत दिएपछि यो
समस्याले झन बैधानिकता
पाएको जसतो भएको
उनको भनाई छ
।
सुर्तिजन्य पदार्थहरु बिद्यालयको वरपर
बिक्रीवितरण गर्न नपाउने
प्रष्टै व्यवस्था भएपनि जनशक्ति
अभावका कारण जिल्लाभरी
अनुगमन गर्न नसकिएको
वताउँछन जिल्ला प्रशासन कार्यालय
डोटीका प्रशासकीय अधिकृत एवं
वजार अनुगमन समितिका
संयोजक जनकराज शर्मा ।
शर्माले मदिराको अनुगमनका लागि
कोष तथा लेखा
नियन्त्रण कार्यालयलाई जानकारी गराईएको
र सुर्तिजन्य पदार्थका
लागि बजार अनुगमन
टोलीले चरणपद्ध रुपमा अनुगमन
गर्ने योजना वनाएको
वताए ।
छोटकरी समाचार
शान्ति समिती सक्रीय बनाईने
स्थानीय शान्ति समिति डोटीको सोमबार
सम्पन्न भएको बैठकले
गाबिस स्तरीय शान्ति
समितिहरुलाई सक्रिय बनाउने निर्णय
गरेको छ ।
गाबिस स्तरीय शान्ति समिति
गठन पश्चात कुनै
पनि गतिबिधि नभएको
भन्दै बैठकले अबको
केही महिनाभित्रै समितिहरुको गठन
तथा सक्रिय बनाउने
शान्ति समिति डोटीका संयोजक
कर्ण द्वारीयाले बताए
।
शान्ति समिति डोटीको नयाँ
सदस्य थपिएको छ
। यस भन्दा
अघाढी प्रतिनिधित्व नरहेको
संघीय समाजवादी पार्टीका
श्रीबाबु श्रेष्ठ, मानब अधिकारवादी
दिनेश खत्री र
द्वन्द पिडीत परिवारका तर्फबाट
कर्ण चन्द थपिएको
शान्ति समितिका सचिव सुरेन्द्र
भट्टले बताए ।
नगरपालिकाको एम्बुलेन्स आउने भयो
दिपायल सिलगढी नगरपालिकाको
एम्बुलेन्स लामो समयपछि
आउने भएको छ
।
करीब ७ महिना
भन्दा लामो समयदेखि
ईलाका प्रहरी कार्यालय
अत्तरीयाको नियन्त्रणमा रहेको एम्बुलेन्स
डोटी फर्काइने भएको
छ । बिरामी
बोकेर कैलाली जाँदै गरेको
अबस्थामा दुर्घटना भएको एम्बुलेन्स
प्रहरीको नियन्त्रणमा रहेको
थियो ।
यसै हप्ता नगरपालिकाको कार्यकारी
बोर्ड र दुर्घटनाका कारण
घाईते भएका बिरामीबिच
सहमति भएपछि एम्बुलेन्स
आउने भएको दिपायल
सिलगढी नगरपालिकाका
कार्यकारी अधिकृत तिलखबहादुर खडकाले
सोमवार बिम्ब साप्ताहिकलाई जानकारी
दिए ।
खेल समाचार
अखिल नेपाल फुटबल संघ कारबाहीमा
(एएफसी) ले अखिल
नेपाल फुटबल संघ
एन्फालाई कारबाही गर्ने भएको
छ । कारबाहीस्वरूप
एन्फालाई एएफसीले २ हजार
अमेरिकी डलर जरिवाना
गरेको छ
।
गत सेप्टेम्बरमा थाइल्याण्डमा भएको एएफसी
यू–१६ च्याम्पियनसिपमा
नियम उल्लंघन गरेको
भन्दै एएफसीले
एन्फालाई झण्डै २ लाख
रुपैँया जरिवाना गराएको हो ।
जरिवाना रकम ३०
दिनभित्र बुझाउन समेत एन्फालाई
भनेको छ ।
एएफसी यू–१६
च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तान र
कोरियासंगको खेलमा खेलाडीहरुको योग्यतासम्वन्धी
आर्टिकल २२÷२
उल्लंघन भएको एएफसीको
अनुशासन कमिटीको ठहर गरेको
छ ।
साथै उक्त प्रतियोगितामा
नेपालले गरेका दुई गोल
खोसिएको छ ।
उज्वेकिस्तान र कोरियाविरुद्ध
गरिएको गोल खोसिएको
हो । थाइल्याल्याडमा
७ सेप्टेम्बरमा उज्बेकिस्तानविरुद्ध
नेपालले १÷१
को बराबरी खेलेको
थियो । उक्त
खेलमा नेपालका लागि
किरण सुनारले गोल
गरेका थिए ।
तर, अब यसमा
नेपालले गरेको गोलको कुनै
मान्यता हुने छैन
। अनुशासनको कारबाही स्वरुप नेपालले
गरेको गोल खोसेर
अब उज्वेकिस्तानलाई ३–० ले
विजयी घोषणा गरिएको
एएफसीले जनाएको छ ।
यस्तै सेप्टेम्बरमा ११ मा
उत्तर कोरियासँग
भएको खेलमा अनन्त
तामाङले गरेको गोल पनि
खोसिएको छ ।
खेलमा कोरिया ४–१ ले
जितेको थियो ।
खेलाडीहरु पनि आन्दोलनमा
फ्रेन्ड्स क्लबले पारिश्रमिक नदिएको
भन्दै खेलाडीहरुले अखिल
नेपाल फुटबल संघ
(एन्फा) गुहारेका छन् ।
थुप्रै पटक ताकेता
गरेपनि फ्रेण्ड्स क्लबबाट पूरा
पारिश्रमिक नपाएकोले आइतबार एन्फामा
निवेदन दिएको दुई सिजन
फ्रेन्ड्सबाट खेलेका स्ट्राइकर विष्णुले
बताएका छन् ।
पैसा दिन झुलाएपछि
बाध्य भएर एन्फामा
निवेदन दिएका बिष्णुले वताए
। फ्रेन्ड्स क्लबले
फागुनमा सकिएको सहिद स्मारक
ए डिभिजन लिग
आठौं स्थानमा रहेर
अन्त्य गरेको थियो ।
खेलाडी विष्णुसँगै दीपक भुसाल,
दीपक गुरुङ, सन्तोष
तामाङ, अर्जुन सुब्बा, बुद्ध
लामा र सुशान्त
तामाङले पारिश्रमिक दिलाइदिने अनुरोधका
साथ आइतबार एन्फामा
छुट्टाछुट्टै निवेदन दर्ता गराएका
छन । एन्फाले
भने उनीहरुको निवेदन
दर्ता गरेको छैन
। दर्ता नभएपनि
निवेदन एन्फामा छोडेका छन्
।
फ्रेन्ड्स अहिले एन्फामा दर्ता
नभएको र एन्फाले
नै क्लबमाथि कारवाही
गरिरहेकोले निवेदन दर्ता नगरेको महासचिव धिरेन्द्र
प्रधानले बताए
। पारिश्रमिक दिलाइदिन
केही खेलाडी निवेदन
लिएर आएका वताउँदै
प्रधानले भने “क्लबलाई
हामीले कारवाही गरिरहेकाले
निवेदन लिने अवस्था
भएन ।”
चलचित्र÷मनोरञ्जन
रेखासँग फिल्म खेल्ने चाहना छैन सिग्देल
आफ्ना स्थायी दुश्मन कोही
पनि नभएको भन्दै
नायिका रेखा थापाले
सबैसँग चलचित्र खेल्ने चाहना
राखेको सञ्चारमाध्यममा आएपछि यसले सिने
माहोल तताएको छ
।
एकपछि अर्का नायकसँग दुश्मनी
मोल्दै रेखाले सम्बन्ध बिगारेको
घटना त कुनै
नौलो होइन ।
चलचित्र “कसले चो¥योे मेरो
मन” पछि एकसाथ
पर्दा शेयर नगरेका आर्यन र
रेखा चलचित्र नगरीकै
कट्टर दुश्मन मानिन्छन्
। तर रेखाको
आज सोचाई बदलिएको
छ । नायक
निखिल उप्रेतीसँग चलचित्र
खेल्ने तयारीमा लागेकी रेखा
अब अहिलेका चल्तीका
नायक आर्यन सिग्देलसँग
पनि चलचित्र खेल्न
तयार भएको बताइरहेकी
छिन् ।
रेखाको यो चाहनाका
बिषयमा नायक आर्यन
सिग्देलले लामो प्रतिक्रिया
दिन चाहेनन् ।
आर्यनले भने “मलाई
यस्तो बिषयमा लामो
प्रतिक्रिया दिनु नै
छैन ।” तर
उनले रेखासँग चलचित्र
खेल्ने चाहना आफूलाई नभएको
भने बताएका छन्
।
आर्यनले भने “मैले
रेखाको बारेमा कहिले पनि
मिडियामा केही बोलेको
छैन । भोली
कथावस्तुमा दुबै जना
नभई नहुने बिषय
आयो भने स्क्रिन
शेयर गर्न सकिएला तर रेखासँग
नै फिल्म खेल्ने
चाहना भने ममा
छैन ।
एकपछि अर्को चलचित्रको व्यापारिक सफलताले आर्यन
आज उचाइमा पुगेका
छन् । उनले
थुप्रै नायिकासँग स्क्रिन साटिरहेका
छन् । आर्यनले
रेखालाई साथी बनाउने
र चलचित्र खेल्ने
कुरामा खासै चासो
देखाएनन् । यस्ता
बिषयमा धेरै बोल्नु
भन्दा नबोल्नु नै
ठिक हुन्छ भन्ने
आर्यनको भनाई छ
।
सम्वाद काटेर मोदी बिशेष तितो सत्य प्रसारण हुने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर
गरिएको केही सम्वाद
काटेर नेपाल टेलिभिजनले
टेलिसिरिय “तितो सत्य”
प्रसारण गर्ने भएको छ
।
नेपाल टेलिभिजनका महाप्रवन्धक, कार्यक्रम
निर्देशकसहितको टीमले कार्यक्रम हेरेर
यो निर्णय सुनाएका
हुन् । “उहाँहरुले
केही सम्वाद काटेर
उक्त एपिसोड प्रसारण
गर्ने जानकारी गराउनु
भएको छ” निर्माता
दीपकराज गिरीले सञ्चारमाध्यमलाई
भने ।
उनले नक्कली मोदीका केही
सम्बादको आवाज बन्द
गरी दृष्य प्रसारण
गर्न आफुले पनि
सहमति जनाएको बताए ।
“कार्यक्रम नै रोकिएकोमा
मात्र मेरो
आपत्ति हो” उनले
भने ।
भारतीय प्रधानमन्त्रीको क्यारिकेचर गरेकोमा आपत्ति
जनाउँदै नेपाल टेलिभिजनले गत
बिहीबार तितो सत्य
प्रसारणमा रोक लगाएको
थियो ।
निर्माता दीपकराज गिरीका
अनुसार बिहीबारबाट तितो सत्य
प्रसारण नियमित हुनेछ ।
को हुन् मोदी बन्ने पात्र
“तितो सत्यमा मोदी बन्ने
पात्र कलाकार शिवहरी
वैरागी”समानुपातिक हुन् ।
अर्काे हाँस्य सिरियल “जीरे
खुर्सानी”मा समानुपातिक
सभासद भएर अभिनय
गरिरहेका वैरागीले मोदीलाई ब्यङ्ग्य गरिएका
कुनै पनि बिषय
तितो सत्यमा समावेश
नभएको भन्दै रोकिनुको
कारण नभएको बताए
।
गाउँमा कमिशनका कारण सडक
नबनेपछि मोदी आउने
हल्ला चलाएर विकास
सुरु गरिन्छ ।
३ दलका नेताहरुले
बाटो बनाउन नदिएपछि
दीपकले मोदी आउँदैछन,
१ करोड दिन्छन्
भन्दै सडक खन्ने
कुरा गर्छन् ।
१ करोड पाउने
आशमा दलका नेता
पनि सडक खन्न
तयार हुन्छन् ।
सोही क्रममा नक्कली
मोदीलाई गाउँमा लैजाने दृश्य
“तितो सत्य”मा
खिचिएको थियो ।
लेख
नारायण वाग्ले
बस जता गुडिरहेको
थियो त्यसभन्दा विपरीत
दिशामा निरज चौलागाईं
बसिरहेका थिए, ड्राइभरको
ठिक्क पछाडि
। किनभने सार्वजनिक
सवारीमा बालबालिकाहरूले सीट ओगट्नु
हुँदैन ।
नेपालमा बालबालिकामाथि अन्याय हुने ठाउँमध्ये
सवारी साधनहरू हुन्
जसमा उनीहरूका लागि
छुट्टै सीट त
हुँदैन नै, उनीहरूले
कुनै सीटमा बस्नु
पनि हुँदैन ।
बस्यो कि पोल्यो
। भनेको टिकटको
पूरै पैसा ।
बसमा बालबालिका आलु वा
भुसको बोरा, तरकारीको खर्पन वा
तेलको हर्पे राख्ने
ठाउँमा यसो बाङ्गो
पारेर अड्नेसम्म बनाइन्छ
। काखमा बस्न
नपाउने साना नानीहरूले
पनि त्यसैगरी कुनाकाप्चामा
थन्किनुपर्छ । बालबालिकाले
पाएसम्म बसको झ्यालका
डन्डी समात्न खोज्छन,
नपाए अरू यात्रुलाई
पक्रिन्छन् ।
ड्राइभरको सीटको ड्याम्म पछाडि
बसेका निरज कर्के
पर्दै झ्यालको डण्डी
समातिरहेका थिए ।
हामी अगाडि हेथ्र्याैँ,
उनी बसको पछाडि
के छ भन्ने
हेर्न घरिघरि मुन्टो
बाहिर निकालिरहन्थे ।
त्यस्तो बेला पिच्च–पिच्च थुक्थे । छिटा
भने भित्र सीटतिर
परिरहेको थियो ।
त्यस्तो छिटा घरिघरि
मलाई परिरहेको छेउको
सीटमा बसेकी उनकी
आमालाई पनि मैले
थाहा दिन सकेको
थिइनँ । हामी
चढेको बस चाबेलबाट
साँखु जाँदै थियो
। चक्रपथबाहिरका बस्तीहरु
नगरपालिका घोषित हुनुअघिको हालैको
एक घमाइलो बिहान
थियो ।
ती चञ्चल बालकसहितका यात्रुहरू
लिएर हामी चढिरहेको
बस झन्झन् चञ्चल
भइरहेको थियो ।
सडकै त्यस्तै छ
। जता चले
पनि । बसले
नउफ्रिकन धरै पाउँदैन
। बालकहरू चञ्चल
हुन्छन् र चञ्चल
बसभित्र नयाँ परे
भने ती झन्
चलिरहन्छन् । उनी
“सहर”जयबागेश्वरीमा रहेको
मामाघर आएर आफ्नो
“गाउँ” फर्किँदै थिए ।
सहरभन्दा बाहिर भनेको सडकभन्दा
बाहिर हो आजको
नेपालमा । सहर
भनेको नगर ।
नगरभन्दा बाहिर अब कोही
छैन । काठमाडौं
त रातारात पूरै
नगरमा रूपान्तरित भइहाल्यो
।
हामी त्यतिबेला घोषणा हुन
लागेको वागेश्वरी मनोहरा
नगरपालिका छिचोल्दै थियौं ।
“मुख टिम्म बन्द गर”,
मैले उनलाई भनेँ
।
“किन ?”
“यस्तो धुलो उडिरहेको
छ, मुखबाट किन
निल्ने ?”
उनी धुलै धुलोले
पुरिएका थिए ।
काठमाडौं छाड्दै गाउँतिर जति
पस्यो, आकाश निख्खर
नीलो हुँदै जान्छ
। काठमाडौंका चारैतिर
कुनाकाप्चामा गाडी पुगेसँगै
धुलो र मयल
पनि फैलिरहेको छ
। चाउचाउ, बिस्कुट,
चक्लेटका खोल, चुरोटका
ठुटा, प्लाष्टिकका झोला
जहीँतहीँ ।
“थुक्नु हुँदैन है” मैले
भनेँ । उनलाई
सिकाउनु त प¥यो ।
“किन ?” उनले अज्ञानतावशः
सोधे ।
“छिटा प¥यो
नि त” मैले
हाँस्दै भनेँ ।
“बाहिर थुकेको थिएँ”
“कतै पनि थुक्नु
हुँदैन ल”मैले
सम्झाएँ । उनकी
आमाले पनि भनिन्,
“त्यसरी टाउको बाहिर निकाल्नु
पनि हुँदैन।”
“हो” मैले भनेँ,
“आमाले भनेको मान्नुपर्छ ।”
“स्कुलमा सर, मिसले
पनि सिकाउनुहुन्छ होला”मैले उनलाई
सोध्ने शैलीमा भनेँ ।
उनले मुन्टो फर्काए ।
“सर, मिसले पिट्ने मात्र
गर्नुहुन्छ र ?” मैले
त्यसरी सोधेको त काकताली
पो परेछ ।
ठिक्क ठाउँमा परेछ
। “नेपाली पढाउने
सरले दाउराले पिट्नुहुन्छ”
फरासिला निरजले शिक्षकको नामसहित
भने । उनका
अनुसार, ती शिक्षकले
प्रायः कक्षामा दाउरा देखाउनेमात्र
होइन आफूले भनेको
नमान्ने छात्रछात्रालाई हात थाप्न
लाएर पिट्ने गर्छन्
।
“दायाँ कि वायाँ
हातमा ?”
“दुईतिरै गनी–गनी
हान्नुहुन्छ” उनले भने,
“मैले त पिटाई
खाएको छैन अहिलेसम्म
किनभने म होमवर्क
राम्ररी गर्छु
।”
“कसले खान्छ त बढी
पिटाई ?”
“चार पाँच जना
साथी छन् प्रायः
पिटाइ खाइरहन्छन् ।
केटीहरु बढी ।
सबभन्दा सानीचाहिँ रुन्छे ।”
“को–को बढी
पिटाइ खान्छन् त
?”
“सविना नाम गरेका
दुईजना छन, एउटी
सविना लामा हो,
अर्की चाहिँ के
रे ? (आमातिर हेर्दै)
त्यो हाम्रो घरदेखि
मास्तिर पसलदेखि टाढा वायाँ
गएर उक्लिने उतापट्टि
अस्ति झगडा परेको
घरदेखि ।।।। उसको
के थर हो
?”
“तँ स्कुल जाने, मलाई
कसरी थाहा हुने
?” उनकी आमाले भनिन् ।
“त्यो सरको घरमा
धेरै दाउरा रहेछ
?”
“स्कुलमै पाइन्छ नि”
“कसले ल्याउँछ त कक्षाकोठामा
?”
“सरले भनेपछि हामी नै
ल्याइदिन्छौं” उनले भनेको
ठ्याक्क टिप्न विर्सेछु ।
गागलफेदी कि लप्सीफेदी
?
उस्तै नाम लाग्यो
तर सँगसँगैका गाउँ
रहेछन् । अब
त नगर बनिहाले
। शंकरापुर नगरपालिका
। उनले स्कुलको
नाम कति लामो
भनेका थिए भने
सबभन्दा पहिला भनेको श्री
नवीन सम्झन्छु र
पुछारमा माध्यमिक विद्यालय ।
बीचमा धेरै शब्द
थिए । सार्वजनिक
विद्यालयका नाम लामा
हुन्छन् नेपालमा । कक्षा
४ मा पढ्ने
ती बालकका चार
दाइ र दुई
दिदी छन् ।
“तिमीभन्दा माथिको दाइलाई के
काहिँल्दाइ भन्छौ ?”
“होइन, नामैले बोलाउँछु” उनले
भने, पुछारमा दाइ
भन्छु ।” उनी
रमाउँदै मसँग बोल्थे
र बाहिर पनि
उत्तिकै चाख मानीमानी
हेर्थे । अनि
आमालाई सडक किनारका
गतिबिधिबारे सोधिरहन्थे । उनका
प्रश्न धेरै थिए
। “एकजना सरले
मात्र पिट्ने हो
र ?” मैले थप
जान्न खोजेँ ।
“अर्को एकजना सर बेलाबेला
पढाउन आउनुहुन्छ, मिसको
विदा परेको बेला”
उनले भने ।
उनले भनेअनुसार सम्भवतः
विज्ञान विषयका हुनुपर्छ ।
“उहाँ पनि दाउरे
?”
“उहाँ त बेस्करी
कन्सिरीको रौं तान्नुुहुन्छ,ु उनले
आफ्ना औँला त्यहीँ
लगेर देखाए ।
उनले अनुहार अमिलो
पारे । कागतीजस्तो
अनुहार बनाएर निचोर्नै खोजे
। थपे, “त्यो
सरको त म पनि फेला
पर्ने गरेको छु
। भाउन्न हुने
गरी दुख्छ ।
यस्तरी दुख्छ कि ।।।।।।।।”
उनले भनेअनुसार कन्सिरीको रौं
त्यसरी तानेको बेला केही
पनि देखिँदैन ।
“सम्झियो कि मलाई
त अहिले पनि
दुख्छ” उनले भने
। “चकचक ग¥या भएर
हो कि ?”
“होइन” उनले भने,
“जानिनँ भनेर रे
।”
“ए”
“उहाँ त जगल्टा
पनि तान्नुहुन्छ” उनले
थपे ।
“तिम्रो ?”
“केटीहरुको”
“हो र ?”
“हाम्रो त कन्सिरी”
“तिम्रो कुरा सुन्दा
मलाई पनि दुःख्यो”
मैले भनेँ ।
“कहाँ ?”
“कन्सिरीमा नि !”
मिनीबसमा साँखु झरेर उनी
आमासँग केही बेरमै
अदृश्य भए ।
मैले बाई गर्दै
हात फैलाएको उनले
बुझ्दै बुझेनन् । राम्रोसँग
पढ है भनेको
पनि जवाफ फर्काएनन्
। त्यसरी
साना नानीहरूलाई दाउराले
पिट्ने, जगल्टा र कन्सिरीका
रौं तान्ने गर्न
हुन्न है भनेर
उनका शिक्षकहरूलाई कसैले
सम्झाइदिन्छ कि !
–सेतोपाटी अनलाईनवाट
मोफसल पत्रकारिता
एकद्धारा बिज्ञापन प्रणाली छैन
मालती खत्री (अध्यक्ष)
प्रेस चौतारी, म्याग्दी
तपार्इंको
पुरा
परिचय
पाउँ
न
?
— मेरो वास्तबिक नाम रुद्रकुमारी
खत्री हो ।
सबै कागजातमा रुद्रकुमारी
छ तर मिडियालगायत
बोलीचालीमा मालती नामबाट चिन्नुहुन्छ
सबैले । घर
म्याग्दी सदरमुकाम बाट उत्तर
१० किलोमिटर टाढा
भगवती गाविसमा पर्छ
।
प्रेश चौतारी म्याग्दीको अध्यक्ष
हुनु भएको रहेछ,
बधाई छ तपाईलाई
।
— धन्यवाद ।
तपाईले
किन
पत्रकारिता
पेशा
रोज्नु
भयो
?
— मलाई अन्य पेशाको
तुलनामा पत्रकारिता पेशा मनपर्ने
पेशा हो जसको
कारण पनि मैले
यो पेशालाई अँगालेकी
हुँ, त्यसैमा पनि म्याग्दी
जस्तो विकट जिल्लालाई
आफ्नो कलमबाट सुसूचित
गराउनु र
समाजमा पछाडी परेका र
पारिएका वर्गहरुको आवजलाई बाहिर
ल्याउनु अर्को उद्देश्यका साथ
रोजेको छु ।
हेरौं कस्तो गर्न
सकिन्छ ।
कति
समय
भयो
यस
पेशामा
लागेको
?
— मेरो पत्रकारितको इतिहास त्यति
लामो छैन ।
यँहाको लोक्कल पत्रिकामा कहिलेकाँहि
लेखहरु लेख्थे ६२÷६३
सालमाबाटै हो ।
त्यतिबेला भर्खर कलेज पढ्न
सदरमुकाम आएको थिएँ
खासै केहि बुझेको
थिइन, पछाडि ६५÷६६ सालबाट
यहाँकै सामुदयिक रेडियोमा न्युज
पढ्ने अनि कृषि
कार्यक्रम चलाउने र
म्याग्दीको पहिलो राष्ट्रिय रुप्से
दैनिकबाट मेरो पत्रकारिता
शुरु भएको हो
।
कस्तो
खालको
पत्रकारिता
गर्न
रुचाउनु
हुन्छ
?
— म्याग्दीमा त्यस्तो बिट पत्रकारिता
गर्ने नै खालको
पत्रकारिताको बिकास अझै भैसकेको
छैन । त्यसैले
रोजाईको बिट भन्ने
त छैन यहाँ
तरपनि म आफुलाई
सामजिक आर्थिक बिट मनपर्छ
।
एक
पत्रकार
भएर
आईपर्ने
समस्याहरु
के
के
देख्नु
भएको
छ
?
— आर्थिक त पहिलो
नै भयो त्यसपछि
मोफसलमा भौगोलिक बिकटता छ
पत्रकारितामा को भविष्य
अन्योलग्रस्त छ ।
बिविध कारणले व्यवसायिक
बन्न नसक्नु यो
पनि समस्याको विषय
हो । समाजले
त्यसैमा सूचना अधिकृत नहुँदा
कार्यालयबाट सूचना पाउन असजिलो
हुन्छ ।
एक
पत्रकार
भएर
आईपर्ने
समस्याहरु
त
यि
भए,
एक
महिला
पत्रकार
भएर
थप
समस्या
पनि
झेल्नु
भएको
छ
कि
!
— अहिलेसम्म म महिला
पत्रकार भएकै कारण
त्यस्तो समस्या नै भोगेको
त छैन ।
तर म्याग्दी महिला
पत्रकारको सवालमा अहिले पत्रकारिता
गर्ने रिपोटिङमा हिड्ने
म एक्लो महिला
हुँ तसर्थ कार्यक्रममा
जाँदा अबेरसम्म बाहिर
बसेर रिपोटिङ गर्नु
पर्दा आफैलाई असहज
लाग्ने गर्छ ।
महिला कानुनी तवरमा
धेरै माथि भएपनि
महिलाका लागी थुप्रै
सामाजिक बन्देजहरु छन जसभित्र
महिला पत्रकार पनि
पर्छन हामीहरु पनि
यहि ग्रहका मानिस
हौं जसका कारण
समाजले के भन्छ
के सोच्छ भन्ने
डर त हुन्छ
नै तरपनि समाजको
साघँुरो शंकाको घेरालाई कलम
मार्फत चिरफार गर्नु हाम्रो
कर्तब्य हो ।
बिकट
मानिने
म्याग्दी
जिल्लावाट
पत्रकारिता
गरिरहनु
भएको
छ,
कस्तो
महसुस
गर्नु
भएको
छ
?
— पत्रकारिता पेशा आफैमा
गा¥हो कुरा
हो, त्यसैमा मोफसलमा
पत्रकारिता झनै चुनौतीपूर्ण
छ । तर
यो पेशालाई चुनौती
भन्दा अबसरको रुपमा
लिनुपर्छ किनकि धेरथोर जति
सुकै किन नहोस
पत्रकारकै योग्दानबाट जिल्लालाई राष्ट्रिय
स्तरमा चिनाउन मद्दत पुगेको
छ । तर
पत्रकारितामै भबिष्य छ कि
छैन त्यो भने
सोचनीय बिषय बनेको
छ ।
म्याग्दी
जिल्लाको
पत्रकारितालाई
कसरी
मुल्याँकन
गर्नु
भएको
छ
?
— म्याग्दीको पत्रकारिता भर्खर फस्टाउदै
छ अझै पनि
ब्यवसायिक पत्रकारिता गर्ने साथीहरु
थोरै मात्र हुनुहुन्छ
ब्यवसायिक बन्न नसक्नु
बाध्यता पनि हो
मोफसलमा । जे
होस सहकार्य बिच
अगाडी बढ्दै छ
। बिकास एवं
खोजमुलक पत्रकारिता भने बामे
सर्ने अबस्थामै छ
।
मोफसलमा
वसेर
पत्रिका
सञ्चालन
गर्दै
हुनुहुन्छ,
चुनौतीहरु
के
के
हुन
जस्तो
लाग्छ
मोफसल
पत्रिकाको
?
— मोफसलबाट पत्रिका चलाउनु अत्यन्तै
कठिन कुरा हो
त्यसैमा दैनिक त झन
कुरै नगरांै तैपनि
हामीले रुप्से दैनिक जसोतसो
चलाएका छौं ।
यहाँको समस्या भनेको एकद्धारा
बिज्ञापन प्रणाली नहुनु, समय
सापेक्ष मात्र बिज्ञापन उपलव्ध
हुनु सानो बजार
क्षेत्र, समचारको उल्लेखनीय स्रोत
नभेटनु आदि ।
मोफसल
पत्रकारिताका
समस्या
समाधान
गर्न
सरकारले
कस्ता
कार्यक्रमहरु
ल्याउनु
पर्ला
?
— पत्रकारको क्षमता अभिबृद्धिका साथै
आफुले रिपोटिङ गर्न
चाहेको बिषयमा दक्ष बनाउन
प्याकेजमा तालीम गोष्ठीको व्यबस्था
गर्न आवश्यक छ
। पत्रकारित पेशाबाट
पलायन हुने प्रबत्ति
रोक्न र ब्यवसायिक
पत्रकारितामा लाग्न प्रेरित हुने
खालका गतिविधि पहल
कदमी संगसंगै अझै
महिला पत्रकारलाई यो
पेशामा सग्लन गराउने बिषयमा
सरकारको ध्यान जानु पर्ने
आवश्यक ठान्छु म ।
मोफसलमा
कार्यरत
पत्रकारहरुका
सवालमा
पत्रकार
महासंघको
भुमिका
कस्तो
पाउनु
भयो
?
— यस जिल्लामा प्रेस चौतारी
नेपालको स्थापना भएपछि प्रेसखचौतारीकै
अग्रजहरु बरिष्ठ पत्रकार तारानाथ शर्मा कान्तिपुरकर्मी
घनश्याम खडका र
पत्रकार महासंघ बर्तमान अध्यक्ष
सुरत केसिकोको अगुवाईमा
पत्रकार महासंघ स्थापना भएको
हो । म्याग्दीले
स्वच्छ छवि भएका
ब्यक्तिहरु अध्यक्षका रुपमा पाउँदै
आएको कारण पनि
म्याग्दीका पत्रकारको हकहितका लागी
सँधै अग्रसर हुने
र पत्रकारमाथि आईलाग्ने
बिभिन्न समस्याहरुमा बिभिन्न फोरममा
कुरा राख्ने गरेको
हामीले पाएका छौं ।
म आफु पनि
बर्तमान पहिलो महिला कोषाध्यक्ष
हुँ ।
तपाई
आफै
पनि
प्रेश
चौतारी
म्याग्दीको
अध्यक्ष
हुनुहुन्छ,
मोफसलका
सञ्चारमाध्यम
र
सञ्चारकर्मीहरुको
हक
हितका
लागि
पत्रकारहरुका
बैचारिक
संगठनहरुको
भुमिका
कस्तो
पाउनु
भएको
छ
?
— बैचारिक संगठनहरु पनि आ–आफ्नो ढङ्बाट लागेका
छौं, नयाँ पत्रकार
जन्माउने कारखाना भनेकै बैचारिक
संगठनहरु हुन ।
त्यसको साथसाथै तालीम सञ्चालन
गर्ने पत्रकारको क्षमता
अभिबृद्धि लगायत अन्य कुरामा
यहाँको बैचारिक संगठनहरुको पहल
भईराखेको छ ।
तपाइकंो
विचारमा
पत्रकारिता
के
हो
?
— मेरो बिचारमा पत्रकारिता समाजमा
लुकेर रहेका बिषयबस्तुलाई
उठान गरी राज्य
निर्माणमा कलम मार्फत
सूचित भुमिका खेली
सहयोग पु¥याउनु
हो ।
अहिले
पत्रकारिता
क्षेत्र
वद्नामित
हुँदैछ,
पत्रकारिता
क्षेत्रमा
लागेकैहरुले
दिउँसै
जाँड
खाएर
हल्ला
गर्ने, समाचारलाई लिएर मोलमोलाई
गर्ने
जस्ता
प्रबृत्तिहरु
पनि
देखिएका
छन
भन्ने आरोप छ, म्याग्दीको
अवस्था
कस्तो
पाउनु
भएको
छ
?
— हुन त यस्तो
कुरा ब्यक्तिमा निर्भर
हुने कुरा हो
। मानिसका ब्यबहार
ब्यक्तिपिच्छे फरक हुन्छ
त्यसैले हरेक
ब्यक्तिको जिम्मा लिएर म
ठोकुवा गर्न त
सक्दिन तर म्याग्दीको
हकमा आजसम्म कुनै
त्यस्तो कुरा कुनै
पनि निकायबाट सुन्नमा
आएको छैन ।
अन्त्यमा
केही
भन्न
मन
लागेको
छ
?
— अन्तमा जसले मोफसलको
पत्रकारितालाई एउटा कोलम
छुटाएर म्याग्दीको पत्रकारिता जगतको
बिषय बस्तु उठान
गर्ने मौका दिनु
भयो, त्यसका लागी
सर्बप्रथम त तपाई
लगायत यस बिम्व साप्तहिक डोटी
परिवारलाई धन्वाद दिन चाहान्छु
। र आगामी
दिनमा सत्यतथ्यमा आधारित
रहेर खोजमुलक एवं
बिकास पत्रकारितामा आ–आफ्नो ठाउँबाट पहल
गरौं । देश र
समाजलाई कता मोड्ने
भन्ने तपाई हामीले
दिने सूचनामा भर
पर्छ तसर्थ हामी
सम्पुर्ण पत्रकार एक जुट
भएर चेक एण्ड
ब्यालेन्समा समचार सम्प्रेषण गर्ने
बानी बसालौं ।
पत्रकारले खाए देश
भन्ने आरोप छ,
जसको चिरफार हामी
एकजुट भएर गर्नुपर्छ
।
साहित्य÷सृजना
कबिता
मुहारमा हाँसो भर्नु छ
घाम, छायाँ, पानी,
रत्तिभर आपत नमानी
सेवा धर्म हो
भनि,
राष्ट्रलाई ठानि जननी
निष्ठा साँक्षी राखेर,
देवी, देउराली भाकेर,
जनता केन्द्रमा राखी,
कर्तव्य पहिलो देखी,
राडी, पाखी र
सुकुलहरुमा,
सिस्नो, गुन्द्रुकसँग मितेरि
वन्धु वान्धव जसरी
भएर सुदामा कृष्णकै सरी
मुटुभित्र वस्न सक,
पिडा बिर्सि हाँस्न सक,
घाँस, दाउराको नियति,
तैपनि निस्वार्थ हाँसो फिस्स
हाँसेका,
कलेटि परेका ओठहरुमा
छाउपडीका गोठहरुमा
खुशी भर्ने चटक भए
तिमीसँग,
एउटै छ यहाँ
प्रसँग,
छिटो हिंड्न सिकाउनु छ,
सीप र जाँगर
विकाउनु छ,
त्यसैले त यहाँ
धेरै गर्नु छ,
अरुसँगै यिनको मुहारमा हाँसो
भर्नु छ
मुहारमा हाँसो भर्नु छ
।।
— लोकनाथ
पौड्याल
गजल
धनि अनी
खान्दानी घरबारमा हुने भयो
तिम्रो त बिहे
पनि दरबारमा हुने
भयो
तिमीलाई मायाँ गर्ने
कुरा लुकाउन नसकेर
हल्ला गाउँ समाज
बजारमा हुने भयो
बियोगको पिडाले म
तड्पी तडपी मरेसी
बेवारीस्य लास कुन
किनारमा हुने भयो
बिहे भएको
भोलीपल्ट मृत्युको खबर सुन्दा
तिम्रो जिबन साथी
दोधारमा हुने भयो
मेरो मृत्यु
तिम्रो धुमधाम बिहे भएको
अन्तीम भेट हाम्रो
अखबारमा हुने भयो
छत्र
बोहरा
“घायल”
लानाकेदारेश्वर
सुनडा,
डोटी
मुक्तक
मेरो त
महल छ शहर
छ भनी
शहर मै
जिउने रहर छ
भनी
मायाँ गर्छु भन्दा
हाँस्दै मलाई
के काठमाण्डौमा
तिम्रो घर छ
भनी
भरत
महरा
“सर्बहारा”
बि.एड.
दोस्रो
बर्ष
डोटी
क्याम्पस
मुक्तक
सुन छत्र
एउटा कुरा छ
भन्यो
काम अपुरो
पिडा पुरा छ
भन्यो
दुनियाले घिर्णा गरेर
के भो
मायाँ गर्ने यहि
छुरा छ भन्यो
मोहन
गिरी
लोकसेवाको तयारीका लागि उपयोगी
समसामयिक
बिषयगत
प्रश्नहरु
१. नेपालमा थप गरिएका
नगरपालिकाबारे लेख्नुहोस् ।
— २०७१ मंसिर १६ गते
मंगलबारको मन्त्रीपरिषद्को निर्णय अनुसार नेपालमा
६१ नगरपालिका
र ७ उपमहानगरपालिका
थपिएका छन ।
थपिएका नगरपालिका गरी हालसम्म
नगरपालिकाको संख्या १९१ पुगेको
छ । जसमध्ये
थपिएका ७ नगरपालिका गरी
११ उपमहानगरपालिका भएका
छन । थपिएका
उपमहानगरपालिकाहरुमा जनकपुर,
इटहरी, बुटवल, भरतपुर, नेपालगंज
र धरान रहेका
छन । २५८
गाबिसलाई जोडेर ७२ नगरपालिका
बनाईएको छ ।
अब देशभरीमा ३
हजार २ सय
७६ गाबिस बाँकी
रहेका छन ।
२. ट्रान्सपरेन्सी ईन्टरनेशनल २०१४ को
प्रतिवेदनबारे लेख्नुहोस् ।
— ट्रान्सपरेन्सी ईन्टरनेशनलको २०१४ को
प्रतिबेदन अनुसार नेपाल भ्रष्टाचारको
१२६ औँ स्थानमा
परेको छ । २०१३ को
प्रतिबेदन अनुसार नेपाल ११६
औँ स्थानमा रहेको
थियो । गत
बर्षको तुलनामा यस बर्ष
१० स्थान माथि
उक्ली भ्रष्टाचार बढेको
देखिएको छ ।
गत बर्षको तुलनामा
३१ अंकबाट २
अंक कम प्राप्त
गरी २९ औँ
स्थानमा झरेको छ । यस वर्ष
२९ अंकका साथ
एक सय २६
औं स्थानमा र
गत वर्ष ३१
अंकका साथ एक
सय १६ औं
स्थानमा रहेको थियो ।
यस वर्ष डेनमार्कले
९२ अंक प्राप्त
गरी सवै भन्दा
कम भ्रष्टाचार हुने
राष्ट्रमा गनिएको छ भने
न्युजिलैण्डले ९१ अंक
प्राप्त गरी दोश्रो
कम भ्रष्टाचार हुने
मुलुकमा गनिएको छ । दक्षिण एसियामा भने
नेपाल र पाकिस्तान
समान अंकका साथ
चौथो स्थानमा रहेका
छन । त्यसैगरी
भुटानले ६५ अंक,
भारतले ३८,
श्रीलंकाले ३८, बंगलादेशले
२५ र अफगानिस्तानले
१२ अंक प्राप्त
गरेको छ । प्राप्त तथ्याँक अनुसार
दक्षिण एसियामा भुटान सवैभन्दा
कम भ्रष्टाचार हुने
राष्ट्रमा गनिएको छ । माल्दिभ्स भने सूचीमा
समावेश भएको छैन
। ५० अंक
भन्दा कम प्राप्त
गर्ने मुलुक अति
भ्रष्टाचार हुने मुलुकहरुको
सूचीमा पर्दछन ।
३. सोमपाल कामीको बिश्व
किर्तिमानवारे लेख्नुहोस् ।
— नेपाली क्रिकेट टिमका वलर
सोमपाल कामी व्याटिङ्गको
क्रममा १० औं
नम्वरका खेलाडी हुन ।
नेपालले आईसिसी टि—२०
को मान्यता प्राप्त
गरेपछि पहिलो श्रृंखलामा सोमपाल
कामीले १० औं
नम्वरमा व्याटिङ्ग गर्दै ४०
रन वनाएका छन
। टि—२० अन्तराष्ट्रिय
क्रिकेटको यो बिश्व
किर्तिमान हो ।
उनले अफगानिस्तानका हामिद
हसनको किर्तिमानलाई पछि
पारेका छन ।
हामिदले सन २०१०
मा दक्षिण अफ्रिका
बिरुद्ध १० औं
नम्वरमा व्याटिङ्ग गर्दै अबिजित
२२ रन वनाएका
थिए ।
४. अरुण–३
को पिडिए सम्झौतावारे
जानकारी गराउनुहोस् ।
— २०७१ साल मंसिर
९ गते मंगलवार
नेपालका तर्फवाट लगानी वोर्डका
अध्यक्ष राजेश पन्त र
भारतको सतलज जलबिद्युत
निगमका अध्यक्ष आरपी सिंहबीच
अरुण–३ को
पिडिए सम्झौता भएको
छ । नौ
सय मेगावाट जलबिद्युत
उत्पादन क्षेमता भएको यो
आयोजनाको निर्माणमा एक सय
चार अर्व वरावरको
खर्च हुने अनुमान
गरिएको छ ।
उक्त निर्माण कार्य
संखुवासभा जिल्लामा हुँदैछ ।
५. सन २०१६
मा नेपालमा सम्पन्न
हुने बिश्वव्यापी सम्मेलनवारे जानकारी
गराउनुहोस् ।
— जलवायु परिवर्तन, बिश्वव्यापी उष्णीकरण,
धनी र गरीवबीचको
खाडल, वेरोजगारी, भ्रष्टाचार,
बिधिको शासन, आणबिक भट्टी
र अमानवीयतावारे सन
२०१६ नोभेम्वर÷ डिसेम्वरमा
नेपालमा बिश्वव्यापी सम्मेलन हुने
भएको छ । भारत, बंगलादेश र अमेरिकामा
२०१५ मा लघु
सम्मेलन आयोजना हुने भएका
छन । प्रकृति,
मानव केन्द्रित जनआन्दोलन
नेपाल एकाईको आयोजनामा
बिश्वव्यापी सम्मेलन २०१६ नेपालमा
हुने भएको छ
।
६. उत्तम शान्ति पुरस्कार
२०७० र जगदम्वा
श्री पुरस्कार २०७०
को वारेमा
उल्लेख गर्नुहोस् ।
— २०७० सालको उत्तम शान्ति
पुरस्कार “नमेटिएका चित्रहरु” नामक
कृति वाफत दामोदर
पुडासैनीलाई प्रदान गरिएको छ
। उक्त पुरस्कारको
रासी ३१ हजार
रहेको छ । त्यसैगरी २०७० सालको
जगदम्वा श्री पुरस्कार
नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा
गम्भिर अन्वेषण, पत्रपत्रिकाको बिशिष्ट
संकलन, तिनको समीक्षा, समालोचना
तथा लेखन गरी,
नेपाली भाषाको अविरल रुपमा
सेवा गरेवाफत शिव
रेग्मीलाई प्रदान गरिएको
छ । यो
पुरस्कार स्वर्गीय ज.मदनसमसेर
राणाको स्मृतिमा रानी जगदम्वावाट
स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा
गुठीले २०४५ सालमा
स्थापना गरेको थियो ।
एक लाख रुपैयाँको
पुरस्कार जगदम्वा श्री सोही
सालवाट नै बितरण
गरिएको थियो ।
हाल यस पुरस्कारको
रासी दुई लाख
रुपैयाँ रहेको छ । २०४५ सालमा
सुरुमा उक्त पुरस्कार
स्वर सम्राट नारायण
गोपाल गुरुवाचार्यलाई प्रदान
गरिएको थियो ।
जगदम्वा श्री पुरस्कार
नेपाली भाषा, संस्कृति, साहित्य
लगायतका बिबिध क्षेत्रमा उल्लेखनीय
योगदान पु¥याउने
व्यक्तित्वलाई प्रदान गरिन्छ ।
सूचना÷सन्देश÷बिज्ञापन
दिपायल सिलगढी नगरपालिका कार्यालय, डोटी
सूचना प्रकाशित मिति २०७१÷८÷२३
गते
सवारी चालक सेवा करारमा लिने सम्वन्धी सूचना ।
उपर्युक्त सम्वन्धमा यस नगरपालिका
कार्यालयको स्वामित्वमा
रहेको जे.सि.वि.
(व्याक हो लोडर)
र टिपर सञ्चालन
गर्न निम्न जनशक्ति
सेवा करारमा लिने
भनी मिति २०७१÷८÷१२
गतेको नगरपालिका वोर्ड
वैठकवाट निर्णय भएकोले स्थानीय
निकाय आर्थिक प्रशासन
नियमावली, २०६४ को
नियम १५२ अनुसार
यो सूचना प्रकाशित
गरिएको ५ ।
सूचना प्रकाशित भएको
मितिले १५ दिनभित्र
निम्न शर्तहरुको अधिनमा
रहि आवश्यक प्रमाणपत्रको
प्रमाणित प्रतिलिपी सहित ईच्छुक
संघ,संस्था वा
नेपाली नागरिकवाट दरखास्त आह्वान
गरिन्छ । म्याद
नाघी आएका र
रित नपुगेका दरखास्त
उपर कुनै कारवाही
हुने छैन ।
निम्न
क) जे.सि.वि (व्याक
हो लोडरको लागि)
पद ः सवारी
चालक
पद संख्या ः १
(एक)
आवश्यक प्रमाण पत्र ः
सवारी चालक अनुमति
पत्र र नेपाली
नागरिकता प्रमाण पत्र
परीक्षा दस्तुर ः रु.
१००। (एक सय
मात्र)
सेवा सुविधा ः मासिक
रु.१२५००। (वार
हजार पाँच सय
मात्र) अन्य सुविधा
सम्झौता वमोजिम हुने छ
।
परीक्षाको किसिम ः लिखित
र प्रयोगात्मक (आवश्यकता
अनुसार अन्तरवार्ता समेत लिन
सकिने ५)
सेवा अवधी ः
२०७२ आषाढ मसान्तसम्म
।
दरखास्त दिने अन्तिम
मिति ः २०७१÷९÷८
गते सम्म ।
सो दिन सार्वजनिक
विदा परेमा सोको भोलीपल्ट
कार्यालय समयभित्र ।
उमेर ः १८
वर्ष पुरा भै
४० वर्ष ननाघेको
।
ख) टिपरकोलागि
पद ः सवारी
चालक
पद संख्या ः १
(एक)
आवश्यक प्रमाण पत्र ः
सवारी चालक अनुमति
पत्र र नेपाली
नागरिकता प्रमाण पत्र
परीक्षा दस्तुर ः रु.
१००। (एक सयमात्र)
सेवा सुविधा ः मासिक
रु. १२०००। (वार
हजार मात्र) अन्य
सुविधा सम्झौता वमोजिम हुने
छ ।
परीक्षाको किसिम ः लिखित÷प्रयोगात्मक (आवश्यकता अनुसार अन्तरवार्ता
समेत लिन सकिने
छ)
सेवा अवधी ः
२०७२ आषाढ मसान्तसम्म
।
दरखास्त दिने अन्तिम
मिति ः २०७१÷९÷८
गतेसम्म सो दिन
सार्वजनिक विदा परेमा
सोको भोलीपल्ट
कार्यालय समयभित्र ।
उमेर ः १८
वर्ष पुरा भै
४० वर्ष ननाघेको
।
(पुनश्च ः थप
जानकारीका लागि कार्यालय
समयभित्र कार्यालयमा सम्पर्क राख्न
सकिने छ र लिखित परीक्षा सञ्चालन
हुने मिति दरखास्त
दिने अन्तीम मितिको
भोलीपल्ट तोकिने छ)
तिलक
वहादुर
खड्का
कार्यकारी अधिकृत
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक सूचना
प्रकाशित मिति ः–
२०७१÷०८÷२१
डोटी
जिल्ला पचनाली गाविसमा रहेको
यस श्री सरस्वती
निम्न माध्यामिक बिद्यालयमा
तपशिल अनुसारको रिक्त
पद खुला प्रतियोगिताद्वारा
पदपुर्ति गर्नु पर्ने भएकोले
आवश्यक योग्यता पुगेका ईच्छुक
नेपाली नागरिकहरुवाट यो सूचना
प्रकासित भएको मितिले
७ दिनभित्र दरखास्त
आब्हान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७१÷०७२
पद ः–
शिक्षक, दरवन्दी ः नीजिश्रोत
करार, संख्या ः– १
जना,
तह ः
नि.मा.बि.,
बिषय ः गणित÷बिज्ञान
शैक्षिक योग्यता ः–
सम्वन्धित बिषयमा प्रबिणता प्रमाणपत्र
तह वा सो
सरह÷अध्यापन अनुमतिपत्र
प्राप्त ।
उमेर ः–
१८ वर्ष पुरा
भई ४० ननाघेको
दरखास्त दिने अन्तिम
मिति ः २०७१
मंसिर २७ गतेसम्म
अवेदन दस्तुर ः–
रु. ५,००÷–
मात्र
सम्र्पक मिति ः–
२०७१÷०८÷२९
गते
आबश्यक कागजात ः–
नेपाली नागरिकताको प्रतिलिपि
२ प्रति, शैक्षिक
योग्यताका प्रमाण पत्रहरु, २
प्रति, तालिम प्राप्त भए
सोको प्रमाणपत्र प्रतिलिपि,
हस्तलिखित निवेदन
नोट ः– उम्मेदवारले
अन्तरवार्तामा सक्कल प्रमाण पत्र
सहित उपस्थित हुनुपर्नेछ
। म्याद नाँघी
तथा रित नपुगी
आएका निबेदन उपर
कुनै कारवाही हुने
छैन ।
घर भाडामा लिने सम्वन्धि सूचना
प्रथम पटक सूचना
प्रकाशित मिति ः
२०७१÷०८÷२३
गते
यस नेशनल लाईफ इन्स्योरेन्स
कं.लि.को
डोटी शाखा कार्यालयको
लागि पिपल्ला बजार
मुख्य सडकमा च्ऋऋ
क्थकतझ बाट निर्माण
भएको फ्ल्याट भाडामा
दिन इच्छुक व्यक्ति
वा संस्थाले आफुले
चाहेको मासिक बहाल रकम
(कर सहित) उल्लेख
गरी यो सूचना
प्रकाशित भएको मितिले
७ (सात) दिनभित्र
तल उल्लेखित ठेगानामा
लालपुर्जा, नक्सा पास, घरधनीको नागरिकता
इत्यादी आवश्यक कागजातहरु सहित
घर भाडा सम्वन्धि
प्रस्ताव पठाउनु हुन अनुरोध
गरिन्छ ।
नेशनल लाईफ
इन्स्योरेन्स
कम्पनी
लिमिटेड
NATIONAL
LIFE INSURANCE CO. LTD.
डोटी
कार्यालय, पिपल्ला बजार दिपायल
फोन नं. ः
.०९४४१२२६९
शिक्षक आवश्यकता सम्वन्धि सूचना
दोस्रो
पटक सूचना प्रकाशित
मिति ः– २०७१÷०८÷१८
डोटी
जिल्ला लाटामाण्डौ गाविस वडा
नं. ८ गोपघाटमा
रहेको यस श्री
राधाकृष्ण उमाविमा माद्यामिक तहमा
बिज्ञान बिषयको शिक्षक सरुवा
भएकोले सो रिक्त
पदमा करार शिक्षक
पदपुर्ति गर्नु पर्ने भएकोले
तपशिल अनुसारको बिज्ञापन
आब्हान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७१÷०७२
पद ः–
शिक्षक, बिषय ः
गणित÷विज्ञान, दरवन्दी
ः करार, संख्या
ः– १
जना, तह ः
माबि
शैक्षिक योग्यता ः–
वि.एस.सी.वा सो
सरह र स्थायी
अध्यापन अनुमतिपत्र भएको
।
उमेर ः–
१८ वर्ष पुरा
भई ४० ननाघेको
अनुभब ः– कम्तिमा
२ बर्ष मा.बि तहको
बिज्ञान बिषय शिक्षण
गरेकोलाई बिशेष प्राथमिकता दिईने
छ ।
दरखास्त दिने अन्तीम
मिति ः २०७१
मंसिर २४ गते
४ बजे
अवेदन दस्तुर ः–
रु. १०,००÷–
मात्र, छनौट प्रक्रिया
ः– लिखित र
अन्तरवार्ता
सम्र्पक मिति ः–
२०७१÷०८÷२५,
परीक्षा मिति ः–
जिल्ला शिक्षा कार्यालय डोटीले
तोकेअनुसार
आबश्यक कागजात ः–
नेपाली नागरिकताको प्रतिलिपि
३ प्रति, शैक्षिक
योग्यताका प्रमाण पत्रहरु, ३
प्रति, तालिम प्राप्त भए
सोको प्रमाणपत्र प्रतिलिपि, हस्तलिखित
निवेदन
नोट ः–
फिजिक्स समुहबाट बि.एस.सी. वा
एम.एस.सी.,
स्थानीय, महिला, जनजाती, अपाङ्ग,
दलित समुदाय तथा
उच्च योग्याता भएको
उम्मेदवारलाई प्राथमिकता दिईने छ
। उम्मेदवारले अन्तरवार्तामा
सक्कल प्रमाण पत्र
सहित उपस्थित हुनुपर्नेछ
। थप जानकारीका
लागि सम्र्पक मो.नं. ९८४८४३१७२२
सम्र्पक गर्नुहोला । म्याद
नाँघी र रित
नपुगी आएका निबेदन
उपर कुनै कारवाही
हुने छैन ।
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक सूचना
प्रकाशित मिति ः–
२०७१÷०८÷१४
डोटी
जिल्ला बर्छैन गाविस वडा
नं. ८ भित्रिखोलामा
रहेको यस श्री
जनता प्राथमिक बिद्यालयमा
तपशिल अनुसारको रिक्त
पदमा पदपुर्ति
गर्नु पर्ने भएकोले
करार सूचीमा सूचीकृत
भएका ईच्छुक व्यक्तिहरुवाट
यो सूचना प्रकासित
भएको मितिले १५
दिनभित्र दरखास्त
आब्हान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७१÷०७२
पद ः–
शिक्षक, दरवन्दी ः राहत
करार, संख्या ः– १
जना,
तह ः
प्राबि तृतीय
शैक्षिक योग्यता ः–
प्रबिणता प्रमाणपत्र तह वा
सो सरह÷अध्यापन
अनुमतिपत्र प्राप्त ।
उमेर ः–
१८ वर्ष पुरा
भई ४० ननाघेको
दरखास्त दिने अन्तिम
मिति ः २०७१
मंसिर २८ गतेसम्म
अवेदन दस्तुर ः–
रु. १५,००÷–
मात्र
सम्र्पक मिति ः–
२०७१÷०८÷२९
गते
आबश्यक कागजात ः–
नेपाली नागरिकताको प्रतिलिपि
२ प्रति, शैक्षिक
योग्यताका प्रमाण पत्रहरु, २
प्रति, तालिम प्राप्त भए
सोको प्रमाणपत्र प्रतिलिपि,
हस्तलिखित निवेदन
नोट ः– उम्मेदवारले
अन्तरवार्तामा सक्कल प्रमाण पत्र
सहित उपस्थित हुनुपर्नेछ
। म्याद नाँघी
तथा रित नपुगी
आएका निबेदन उपर
कुनै कारवाही हुने
छैन ।
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक सूचना
प्रकाशित मिति ः–
२०७१÷०८÷१०
डोटी
जिल्ला कानाचौर गाविस वडा
नं. ५ धौलावस्तीमा रहेको
यस श्री कानाचौर
माध्यामिक बिद्यालयमा तपशिल अनुसारको रिक्त
पदमा खुला प्रतियोगिताद्वारा
पदपुर्ति गर्नु पर्ने भएकोले
योग्यता पुगेका, ईच्छुक नेपाली
नागिरकहरुवाट यो सूचना
प्रकासित भएको मितिले
१५ दिनभित्र दरखास्त
आब्हान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७१÷०७२
पद ः–
शिक्षक, बिषय ः–
गणित÷विज्ञान
दरवन्दी ः राहत
करार, संख्या ः– १
जना, तह ः
माध्यामिक
शैक्षिक योग्यता ः–
वि.एस.सी.वा सो
सरह र स्थायी
अध्यापन अनुमतिपत्र भएको
।
प्राथमिकता ः– अनुभवि,
सक्षम तथा योग्य
ब्यक्तिलाई
उमेर ः–
१८ वर्ष पुरा
भई ४० ननाघेको
दरखास्त दिने अन्तिम
मिति ः २०७१
मंसिर २४ गतेसम्म
अवेदन दस्तुर ः–
रु. २०,००÷–
मात्र
परीक्षाको किसिम ः–
लिखित र अन्तरवार्ता
सम्र्पक मिति ः–
२०७१÷०८÷२५
गते
परीक्षा मिति ः–
जिल्ला शिक्षा कार्यालय डोटीसंग
समन्वय गरी पछि
तोकिनेछ ।
आबश्यक कागजात ः–
नेपाली नागरिकताको प्रतिलिपि
३ प्रति, शैक्षिक
योग्यताका प्रमाण पत्रहरु, ३
प्रति, तालिम प्राप्त भए
सोको प्रमाणपत्र प्रतिलिपि,
हस्तलिखित निवेदन
नोट ः– उम्मेदवारले
अन्तरवार्तामा सक्कल प्रमाण पत्र
सहित उपस्थित हुनुपर्नेछ
। म्याद नाँघी
तथा रित नपुगी
आएका निबेदन उपर
कुनै कारवाही हुने
छैन ।
No comments:
Post a Comment