नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौंै ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
डोटी जिल्लाका फराहर गाबिस सचिब ईश्वरबहादुर सिंहले पुजिँगत तर्फको २६ लाख रुपैँया पनि बैंक खाताबाट झिकेको पुष्टी भएको छ । जिल्लाका जिजोडामाण्डौं र पोखरी गाबिसको राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित ६५ लाख रुपैँया हिनामिना गरेका छन ।
पुजिँगत तर्फ जिजोडामाण्डौंको १३ लाख ५९ हजार नौ सय ६५ रुपैँया र पोखरीको ११ लाख ६१ हजार चार सय रुपैँया गाबिस सचिबले बैङ्क खाताबाट झिकेका हुन । जिजोडामाण्डौंको खाताबाट असोज २८ गते सात लाख ५० हजार बैँकबाट आफ्नै नाममा भुक्तानी लिएको देखिन्छ । त्यसैगरी बिभिन्न समयमा गरी सचिब सिंहले १३ लाख रुपैँया झिकेको बैँक स्टेटमेन्टमा देखिएको जिल्ला बिकास समिति डोटीले जानकारी दिएको छ । जिजोडामाण्डौंको खातामा ४६ रुपैँया ६७ पैँसा मात्रै बाँकी रहेको छ ।
पोखरी गाबिसको खाताबाट अजोज १६ गते एक लाख, १७ गते दुई लाख ६१ हजार चार सय, २० गते पाँच लाख र सोही महिनाको ३० गते तीन लाख रुपैयाँ पजिँगत खाताको रकम बाणिज्य बैङ्कको कैलाली शाखाबाट भुक्तानी लिएको राष्ट्रिय बाणिज्य बैङ्क डोटी शाखाको स्टेटमेन्टमा उल्लेख गरिएको जिल्ला बिकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए ।
दुबै गाबिसको छानबिनका लागी जिल्ला बिकास समितिले तीन सदस्यीय समिति गठन गरेको स्थानीय बिकास अधिकारी कृष्णप्रशाद गौतमले जानकारी दिए । गौतमले भने ‘तीन सदस्यीय छानविन टोली गठन भएको छ, प्रशासनिक कार्य सञ्चालनका लागी दुई गाबिस सचिबलाई जिम्मेवारी दिएका छांै । छानबिन प्रक्रिया अघाढी बढेको छ ।’
नियम बिपरित भुक्तानी
राष्ट्रिय बाणिज्य बैङ्कले गाबिसको पुजिँगत खाताबाट नियम बिपरित भुक्तानी दिएका छन । स्थानीय स्वायत्त शासन आर्थिक प्रशासन नियमावली, २०६४ र स्थानीय निकाय सञ्चालन कार्यबिधी, २०६९ अनुसार स्थानीय निकायको पुजिँगत खाताबाट ५० हजार भन्दा बढी रकम ब्यक्तिको नाममा भुक्तानी दिन नमिल्ने भएपनि राष्ट्रिय बाणिज्य बैङ्क धनगढी र अत्तरिया शाखाले सात लाख ५० हजारसम्मका चेक गाबिस सचिब ईश्वर बहादुर सिंहकै नाममा भुक्तानी दिएको छ । ५० हजार भन्दा बढी रकम उपभोक्ता समितिको बैङ्क खातामा मात्र भुक्तानी गर्नु पर्ने प्राब्धान बैङ्कले लत्याउँदै सचिब सिंहको नाममा भुक्तानी दिएको हो ।
सरकारी कारोवार नगर्ने बैङ्क भएकाले आफुले पुजिँगत र चालु खाताको जानकारी नभएको राष्ट्रिय बाणिज्य बैङ्क धनगढी शाखाका प्रबन्धक चेतराज भट्टले बताए । प्रबन्धक भट्टले भने ‘एबिबिएस सेवा भएका कारण हस्ताक्षर मिलेको चेक लिएर आएमा भुक्तानी दिनु पर्ने हुन्छ, ५० हजार भन्दा बढी भुक्तानी ब्यक्तिको नाममा दिन नहुने भनेर सिस्टममा कतै हुँदैन ।’ प्रबन्धक भट्टले थपे ‘के गर्ने के नगर्ने भनेर सचिब स्वयंले सोच्नु पर्ने हो । हस्ताक्षर गर्ने दुबै जनाले हस्ताक्षर गरेर चेक पठाएका छन भुक्तानी दिनै पर्ने हुन्छ ।’
डोटी जिल्लाका दुई गाबिसको सामाजिक सुरक्षा र पुजिँगत तर्फको रकम राष्ट्रिय बाणिज्य बैङ्कका कैलालीको धनगढी र अत्तरिया शाखाबाट चेक भुक्तानी लिएको पाएको छ ।
खालि चेकमा दस्तखत डोटी जिल्लाका स्वास्थ्य चौकी ईञ्चार्जहरुले गाबिसको खाली चेकमा दस्तखत गर्ने गरेको बताएका छन । स्थास्थ्यचौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुने भएपछि सचिबको काममा सजिलो भन्दै ईञ्चार्जहरुले खाली चेकमा पहिला नै हस्ताक्षर गर्ने गरेका छन ।
फरार सचिव सिंहले पनि जिजोडामाण्डौंका स्थास्थ्यचौकी ईञ्चार्ज सरस्वती बिष्ट र पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदलाई झुक्यार पहिला नै चेकमा हस्ताक्षर गराएर रकम लिएर फराहर भएका हुन । पोखरी गाबिसका स्थास्थ्य चौकी ईञ्चार्ज साउँदले भने, ‘समाजिक सुरक्षामा नयाँ प्राब्धान आएको छ । त्यसैले अन्य चेकमा पनि हस्ताक्षर गर्नु पर्छ भन्नु भयो मैले त्यसैमा हस्ताक्षर गरें म सुई घोज्ने मान्छे पक्रीयाको कुरा थाहा भएन, स्वास्थ्य ब्यबस्थापन समितिको अध्यक्षले भनेको कुरा मान्नै प¥यो ।’ साउँदले थपे ‘हामी गाबिसको काममा खासै संलग्न हुन्नौं, हामीलाई फसाउने नियत रहेछ । हामी बेकारमा बद्नामित भयौं ।’
स्थानीय बिकास मन्त्रालयको निर्देशन अनुसार गाबिसमा रहेको अन्य बिषयगत कार्यालय प्रमुख र गाबिस सचिवको संयुक्त दस्तखत हुने गरी खाता सञ्चालन गर्न निर्देशन दिएपछि डोटी जिल्लामा अधिकांस स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिवको नाममा खाता सञ्चालन छन ।
डोटी जिल्लाका अधिकांस सचिबले स्वास्थ्यकर्मीलाई पहिलानै हस्ताक्षर गराउने गरेको एक सचिवले जानकारी दिए । नाम नखोल्ने शर्तमा एक गाबिस सचिवले भने ‘हामी सबै पहिला नै दस्तखत गराउँछौं, बिश्वासको कुरा हो । प्रक्रियाको कुरा गर्ने हो भने काम गर्न सम्भब छैन ।’ सचिवले फेरी थपे ‘मेरो जिम्मामा दुई गाबिस छन एक गाबिसबाट अर्कोमा पुग्न कम्तीमा दुई दिन लाग्छ, जनताको काम गर्ने की हस्ताक्षर गर्दै जाने बरु काम सम्पन्न भए पछि स्वास्थ्यकर्मीलाई स्पस्ट बिवरण जानकारी दिन्छौं ।’
स्वास्थ्यकर्मी र सचिवको संयुक्त खाता बन्द डोटी जिल्लाका स्वास्थ्यचौकी ईञ्चार्जहरुले गाबिसको चेकमा अब देखी हस्ताक्षर नगर्ने भएका छन । स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । डोटीको जिजोडामाण्डौं र पोखरी गाबिसका सचिब ईश्वर बहादुर सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछी संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस बिज्ञप्ती जारी गरेर आज देखि गाबिसका चेकमा हस्ताक्ष नगर्ने बताएका छन । बिज्ञप्तीमा भनिएको छ ‘आज देखि स्वास्थ्यचौकीका ईञ्चार्जले हस्ताक्षर गर्ने छैनन्, अहिलेसम्म संयुक्त रुपमा सञ्चालन हुँदै आएको खाता आज देखि रोक्का हुने छन ।’
स्थानीय बिकास मन्त्रालयको निर्देशनका कारणले निर्दोश स्वास्थ्यकर्मी फस्ने गरेको टे«ड युनियन डोटीका अध्यक्ष बमबहादुर खड्काले बताए । खड्काले भने ‘जिजोडामाण्डांै र पोखरी गाबिसका ईञ्चार्जको कुनै संलग्नता छैन, बिना कुनै स्वार्थ स्वास्थ्याचौकी ईञ्चार्ज फस्ने हो भने हामी किन हस्तक्षार गर्ने ? आजै देखि हामी खाता रोक्का गछौं ।’
मोटर साईकल कम्पनीलाई पनि झुक्याए फराहर सचिवले मोटरसाईकल कम्पनीलाई पनि झुक्याएका छन । पोखरी गाबिसको मोटरसाईलक खरिदका लागी कुमारी ट्रेडर्स धनगढीको नाममा असोज १८ गते चेक दिएका छन । मोटरसाईकल खरिद वाफतको चेक कम्पनीलाई चेक मार्फत भुक्तानी गरेका सचिवले चेक साटिएपछि उक्त रकम आफुलाई अत्यन्त आबश्यक भन्दै फिर्ता मागेका थिए । एक हप्तासम्म सिंहले भुक्तानी नदिएपछि कुमारी ट्रेडर्सले मोटरसाईलक फिर्ता लगेको पोखरीका स्थानीय कुबेर खड्काले जानकारी दिए ।
बिषय प्रवेश ः अहिले हामी देशभरीमा महिला हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने क्रममा छौं । महिलामाथी भईरहेको हिंसा अन्त्य हुनु पर्ने, महिलाहरुले पनि पुरुष सरह राज्यका सवै निकायमा सम्मानजनक प्रतिनिधित्व पाउनु पर्ने, महिलाहरुको पनि क्षमता बिकास हुनु पर्ने, महिलाहरुको पनि सम्पत्तिमाथी स्वामित्व हुनु पर्ने जस्ता बिषयहरु हामी यो अभियानका क्रममा उठान गर्ने गर्दछौं र गरिरहेका पनि छौं । तर पनि दिनहुँ हिंसाका घटना बढ्दै गर्ईरहेका छन, हामीले रोक्न सकेका छैनौं । यहाँ कसरी महिला हिंसाका घटनाहरु रोक्न सकिन्छ भन्ने बिषयमा छलफललाई बढी केन्द्रित गर्नु पर्छ जस्तो देखिन्छ ।
१६ दिने अभियानको ईतिहास ः यो दिवसको सुरुवात ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस विश्वमै पहिलो पटक मनाईएको थियो । ल्याटिन अमेरिकामा महिलाहरुलाई स्वतन्त्रापूर्वक बस्न, खान र बाँच्न पाउने अवस्था थिएन । महिलाहरुलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यो कानुनी बिभेदको अन्त्य गर्नका लागि त्यहाँका महिलाहरुले बिद्रोह सुरु गरे । त्यसैको नेतृत्व त्यहाँको डोमेनिकन गणतन्त्रका मिरावेल परिवारमा जन्मिएका तीन जना दिदिवहिनीहरु ः पेट्रीय, मिनर्भा र मरियाले गरे । उनीहरुले नेतृत्व गरेको आन्दोलनले विशाल रुप लियो । आन्दोलनकै कारण त्रुजिलो सरकार दिनप्रतिदिन कमजोर बन्दै गयो ।
सरकार विरुद्ध गरिएको त्यो आन्दोलनमा जन सागर उर्लियो । त्रुजिलो सरकारले मिरावेल दिदिवहिनीहरुलाई राजद्रोहको आरोप लगाई पटकपटक जेल हाल्यो र पुर्नः त्यही तानाशाही सरकाले सन १९६० मा नोभेम्बर २५ मा तीनै दिदी वहिनीलाई निर्ममता पूर्वक हत्या ग¥यो । उक्त हत्या पछि त्रुजिलो सरकार यति तिरस्कृत भयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको एक बर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको भईरहेको छ । संयुक्त राष्ट्र संघले पनि यस दिनलाई महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
अभियानभित्र अन्तराष्ट्रिय दिवसहरु २५ नोभेम्वर ः महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवस
२९ नोभेम्वर ः बिश्व मानवअधिकार रक्षक दिवस
१ डिसिम्वर ः बिश्व एड्स दिवस ।
३ डिसिम्वर ः अन्तराष्ट्रिय अपाङ्गता दिवस ।
५ डिसिम्वर ः सामाजिक तथा आर्थिक बिकासका लागि स्वयंसेवी दिवस ।
६ डिसिम्वर ः महिला शहीदहरुको सम्मान दिवस ।
१० डिसिम्वर ः बिश्व मानवअधिकार दिवस ।
महिला हिंसाको परिभाषा संयुक्त राष्ट्र संघीय घोषणा पत्र १९९३ अनुसार
“महिलाको नीजि वा सार्वजनिक जीवनमा शारीरिक वा भौतिक तथा मनोवैज्ञानिक रुपमा आघात पु¥याउने गरी सञ्चालन गरिने लिङ्गमा आधारित क्रियाकलाप वा त्यस किसिमको आघात पु¥याउने धम्की दवाव वा स्वतन्त्रतावाट बञ्चित गर्ने कार्य नै महिला बिरुद्धको हिंसा हो ।”
महिला बिरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी १९७९ अनुसार
“लिङ्गमा आधारित हिंसा लैङ्गिक भेदभावकै एउटा स्वरुप हो, जसले महिलाको अधिकार उपभोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पु¥याउँछ ।”
बेईजिङ्ग घोषणा पत्र अनुसार
“समानता प्राप्त गर्ने वाटोको बाधक तत्वको रुपमा लिईने चाहे त्यो सार्वजनिक स्थलमा होस वा कार्यस्थलमा वा घरभित्र होस त्यो महिलाको मानवअधिकारको बिषय हो ।”
महिला हिंसाका प्रकारहरु ः शारीरिक हिंसा ः कुटपिट, अङ्गभङ्ग, शारीरिक चोटपटक, थुन्नु, मार्नु, जवरजस्ती गर्भपतन गराउनु ।
मानसिक हिंसा ः डर, धाक–धम्की, त्रासपूर्ण व्यवहार, गाली गलौज, भुटा आरोप, भेद्भाव
यौनजन्य हिंसा ः बलात्कार, यौनजन्य दुव्र्यवहार, यौन यातना तथा शोषण, हाडनाता करणी, बैवाहिक बलात्कार, मानव बेच बिखन तथा ओसारपसार
सामाजिक हिंसा ः बालबिबाह, अनमेल बिवाह, बहुबिवाह, दाईजो जनित हिंसा आदि
आर्थिक हिंसा ः सम्पत्तिमाथी स्वामित्व नहुनु, रोजगारी तथा आयआर्जनका कार्यबाट बञ्चित
प्रथा÷परम्पराजनित हिंसा ः बोक्सीको आरोप, देउकी, बादी, छाउपडी
अभियान सञ्चालन गर्नुको उद्देश्यड्डलैङ्गिक हिंसालाई मानवअधिकारको सवालको सवालका रुपमा उठान गर्दै राष्ट्रियस्तरमा, क्षेत्रीयस्तरमा र अन्तर–ाष्ट्रियस्तरमा सचेतीकरण गर्ने ।
ड्डस्थानीयस्तरमा महिला हिंसा बिरुद्ध भईरहेका क्रियाकलापहरुलाई नियमित र द¥हो वनाउने ।
ड्डमहिला हिंसा बिरुद्ध नयाँ नयाँ रणनीति र योजनाहरु सार्वजनिक गरी त्यसमाथी छलफल गर्ने ।
ड्डमहिला बिरुद्ध हुने सवै प्रकारका हिंसाहरु अन्त्य गर्नका लागि राज्यलाई प्रभावकारी संयन्त्र वनाउन दवाव दिने मा नेपालमा १६ दिने अभियान
ड्डनेपालमा १६ दिने अभियानलाई सन १९९७ देखि मनाउन थालिएको पाइन्छ ।
ड्डसुरुमा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी र इन्च्छाधीन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियानका रुपमा यस अभियानलाई मनाईएको थियो ।
ड्डपछिल्ला बर्षहरुमा यो अभियानलाई नियमित रुपमा महिला हिंसा बिरुद्धको अभियानका रुपमा मनाउने गरेको पाईन्छ ।
महिला हिंसा रोकथामका लागि भएको कानुनी प्रयासहरु ड्डनेपालो संबिधान, २०७२
ड्डमुलुकी ऐन, २०२०
ड्डकेही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७
ड्डबालबालिका सम्वन्धि ऐन, २०४८
ड्डलैङ्गिक समानाता कायम गर्ने केही नेपाल कानुन संसोधन गर्न वनेको ऐन, २०६३
ड्डमानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४÷नियमावली, २०६५
ड्डघरेलु हिंसा (कसुर र सजाय), ऐन, २०६६÷नियमावली २०६७
ड्डकार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१
ड्डलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७
ड्डएकल महिला सुरक्षा कोष सञ्चालन नियमावली, २०६७
ड्डछाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४
ड्डश्रमजीवी महिलाहरुप्रति डान्स रेष्टुरेण्ट, डान्स वार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५
ड्डबोक्सी आरोप (कसुर र सजाय) ऐन, २०७२
महिला हिंसा रोकथामका बनाईएका कार्ययोजनाहरु
ड्डलैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तिकरण सम्वन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९–०७४
ड्डमहिला बिरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि कार्यान्वयनको लागि तयार गरिएको राष्ट्रिय कार्ययोजना, २०६०
ड्डलैङ्गिक समानता तथा महिला सशक्तिकरण (वेईजिङ्ग कार्ययोजना) कार्यान्वयनका लागि तयार गरिएको राष्ट्रिय कार्ययोजना, २०६१
ड्डमानव बेचबिखन बिशेष गरी महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसार पसरा बिरुद्धको राष्ट्रिय कार्ययोजना, २०६८
ड्डसंयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन राष्ट्रिय कार्ययोजना, २०६८
ड्डबालबालिकाका लागि राष्टिूय कार्ययोजना, (२०६१–०७२)
ड्डबालश्रम उन्मुलनका लागि गुरुयोजना, २००१
महिला हिंसा न्यूनिकरणका लागि डोटीमा भएका प्रयासहरुड्डजिल्ला सम्योजन समिति ः प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा
ड्डअस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र
ड्डहिंसा पिडित महिलाहरुका लागि तत्काल राहात तथा उपचार कोष
ड्डमहिला तथा बालबालिका सेवा केन्द्र (जिल्ला प्रहरी कार्यालय)
ड्डसुरक्षित अल्पकालीन महिला जिल्ला सेवा केन्द्र
ड्डसमुदायिमा आधारित सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र
ड्डलैङ्गिक हिंसा बिरुद्धको निगरानी समूहहरु÷महिला समूह÷सहकारी संस्थाहरु
ड्डएकल महिला कोष
ड्डमानव बेचबिखनमा परेका महिला तथा बालबालिबाहरुका लागि सहयोग कोष ।
सुधारका लागि के गर्न सकिन्छ त ?सरकारी क्षेत्र ः
ड्डकानुनको प्रभावकारी कार्यान्वयन गर्ने ।
ड्डकानुनी सचेतनाका लागि प्रभावकारी योजना वनाई लागु गर्ने ।
ड्डमहिलाहरुको क्षमता बिकासका लागि ठोस योजना वनाई कार्यान्वयन गर्ने ।
ड्डपिडित महिलाहरुलाई तत्काल राहत र उद्दार गर्ने व्यवस्था मिलाउने ड्डमहिलाहरुको जीवन सुरक्षाको ग्यारेण्टी गर्ने ।
ड्डपिडितहरुको तथ्याँक संकलन र अध्यावधिक गर्ने ।
गैरसरकारी संघसंस्था ः
ड्डहरेक परियोजनामा महिला हिंसा बिरुद्धको अभियानलाई क्रस कटिङ्ग सवालको रुपमा जोड्ने ।
ड्डमहिला हिंसाको क्षेत्रमा काम गर्ने संस्थाहरुले अनिवार्य रुपमा महिला तथा बालबालिका कार्यालयसंग समन्वय गरी एकद्वार प्रणाली लागु गर्ने ।
ड्ड दुर्गम तथा पिछडिएका गाउँ बस्तीहरुका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
ड्डमहिला हिंसा बिरुद्ध महिला(पुरुष संयुक्त अभियान सञ्चालन गर्ने ।
ड्डमहिलाहरुको क्षेमता तथा सीप बिकास गरी उनीहरुलाई आर्थिक आत्म निर्भर वनाउने ।
राजनीतिक दल ः
ड्डराजनीतिक दलहरुले महिलाहरुलाई राजनीतिक क्षेमता बिकास गर्ने ।
ड्डदलका हरेक तहमा महिलाहरुको प्रतिनिधित्व सुरक्षित गराउन आरक्षणको व्यवस्था गर्ने ।
ड्डदलका अभियानहरुमा महिला हिंसा बिरुद्धको सेचना दिने ।
ड्डमहिला हिंसा गर्ने राजनीतिक कार्यकर्तालाई दल निकाला गर्ने ।
ड्ड राजनीतिमा लागेका महिलाहरुलाई प्रोत्साहित गर्ने ।
सञ्चारमाध्यम ः
ड्डमहिला हिंसा सम्वन्धि समाचारहरु प्रकाशन एवं प्रसारण गर्दा लैङ्गिक संवेदनशीलतालाई ध्यान दिने ।
ड्डमहिला हिंसा बिरुद्धका सन्देशहरु नियमित रुपमा प्रकाशन एवं प्रसारण गर्ने ।
ड्डमहिला हिंसकाका घटनाहरुलाई उजागर गर्दै पिडकलाई कानुनको दायरासम्म ल्याउने प्रयास गर्ने ।
ड्ड महिला हिंसा बिरुद्धका चेतनामुलक लेख÷रचनाहरु नियमित रुपमा प्रकाशन एवं प्रसारण गर्ने ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
६५ लाख सहित गाबिस सचिव फरार
कर्ण चन्दको रिपोर्टडोटी जिल्लाका फराहर गाबिस सचिब ईश्वरबहादुर सिंहले पुजिँगत तर्फको २६ लाख रुपैँया पनि बैंक खाताबाट झिकेको पुष्टी भएको छ । जिल्लाका जिजोडामाण्डौं र पोखरी गाबिसको राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित ६५ लाख रुपैँया हिनामिना गरेका छन ।

सम्पादकीय
मतियारहरुलाई कारवाही हुनु पर्छ
नेपाली बृहत् शव्दकोष अनुसार ‘मतियार’ शव्दको अर्थ ‘खराव काम वा कुरा गर्न जोस्याउने, नराम्रो काममा हौस्याउने, त्यसको साथ लाग्ने कुनै षड्यन्त्रमा संलग्न हुने, अन्धसमर्थक ।’ भन्ने अर्थ हुन्छ । नेपालको कानुन अनुसार कुनै अपराधको मुख्य अभियुक्तलाई सघाउनेलाई मतियार भनिन्छ । उसले पनि कानुन अनुसार कारवाहीको भागिदार हुनु पर्छ ।
प्रसंग डोटी जिल्लामा ६५ लाख रुपैयाँ चोरीसंग जोडौं । एक गाउँ बिकास समितिका कर्मचारीले सामाजिक सुरक्षा कार्यक्रम अन्त–रगतको ३९ लाख बढी रुपैयाँ बैङ्कवाट निकालेर फरार रहेको कुरा आउँछ । हल्लाखल्ला धेरै हुन्छ । उसले उक्त रकम जुवामा हा¥यो रे ! उसले उक्त रकम आफ्नो आमाको उपचारमा भारतमा गएर खर्च ग¥यो रे ! उसले उक्त रकम लगानी गरेर सम्पत्ति आर्जन ग¥यो रे ! व्यापक रुपमा चर्चा हुँदा समेत सम्वन्धित निकायले आफ्नो मातहतमा रहेको निकायको कर्मचारीको आधिकारिक खोजी गर्न आवश्यक ठानेन् । सामाजिक सुरक्षा कार्यक्रमको रकम लगेर गएको गाउँ बिकास समितिको कर्मचारीका बिषयमा अनेकथरी कुरा आउँदा रकम निकाशा गर्ने कार्यालयले चाँसो राख्नु पर्ने हो कि होईन ? सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरु वा तिनका परिवारका व्यक्तिहरुले जानकारी गराउँदा समेत मौन बस्नुको कारण के हो ? सामाजिक सुरक्षा भत्तासंगसंगै योजनाको रकम समेत हिनामिना भयो भन्ने बिषयमा जानकारी आउँदा समेत ‘चोर आउँदैछ, उ आएपछि समात्छु’ भनेर पर्खिरहेको नियका र त्यस निकायका कर्मचारीहरुलाई यो घटनामा मतियार मान्ने कि नमान्ने ?
सञ्चारकर्मीहरुले सूचना माग गर्न जाँदा ‘हाम्रो सम्पर्कमा छ’, ‘आउँदैछु भनेर मलाई म्यासेज पठाएको छ’, ‘आईरहेको छ’, ‘एक दिन कुर्नु प¥यो’, ‘भरपाई बुझाउने म्याद बाँकीनै छ’ भन्ने जस्ता वहाना वनाएर समाचार समेत बाहिर आउन नदिने वातावरण वनाउने निकायले यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? ८० वर्षीया बृद्धाको, दुधे बालकको, सेता लुगामा जीवनभरी आसौच बारिरहेकी महिलाको रकम कसले तिर्छ त अव ? चरम लापरवाही गरेर अभियुक्तलाई भाग्ने मौका दिनेहरुले तिर्नु पर्छ यो रकम ।
जुवामा पैसा हा¥यो रे ? जुवामा पैसा हारेको सुन्नासाथ किन कानुनी कारवाहीमा गईएन ? जुवा ऐन अनुसार खेल्नेहरु, खेलाउनेहरु, जित्नेहरु, हार्नेहरु सवैलाई किन कारवाहीको दायरामा ल्याउने बाटोतिर किन लागिएन त ? यसमा गहन रुपमा छानविन हुनु जरुरी छ । अनुसन्धान गर्ने निकायले राम्रोसंग अनुसन्धान गर्नु पर्ने जरुरी छ । अनुसन्धानलाई कुनै पनि हालतमा फितलो वनाईनु हुँदैन । अनुसन्धानका क्रममा त्यो व्यक्तिको कहाँ, को संग, कहिले, कसरी सम्पर्क भएको छ भन्ने कुराको पनि खोजी हुनु पर्छ ।
नेपाली जनताले तिरेको कर हो, एक दुई जना व्यक्तिले मोज गर्ने अनि ति व्यक्तिलाई बचाउने नाउँमा कसैले लापरवाही गर्ने कुरा अपराध हो । एक जना व्यक्तिका कारण आज बर्षौंदेखि ईमानदारी पूर्वक जनप्रतिनिधिबिहिन अवस्थामा पनि एक्लै गाउँ बिकास समिति सञ्चालन गरेका गाबिस सचिवहरुमाथी प्रश्न चिन्ह खडा भएको छ । उनीहरुलाई अनाहकमा आत्मग्लानी भएको जस्तो देखिन्छ । दोष एउटाले गर्ने, दोषीलाई बचाउनका लागि अर्कैले अनेक प्रपञ्च रच्ने अनि निर्दोषहरुले टाउको निहुराउनु पर्ने ?
कसैको नजिकको सम्वन्ध होला, कसैको नाता सम्वन्ध होला तर कानुन भन्दा माथी न कसैको पारिवारिक सम्वन्ध हुन सक्छ न भावनात्मक सम्वन्ध । त्यसैले यो अपराधमा अभियुक्तका साथसाथै मतियारको पनि खोजी हुनु जरुरी छ । किन समयमै कानुनी दायरामा गईएन ? त्यसको खोजी हुनु जरुरी छ । अभियुक्त र मतियारलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्छ ।

थप समाचार
आत्मनिर्भर बन्दै कृष्णा कठायत
भूमिराज जोशी÷मुडभरा
मंसिर १२
‘खेती गरौं भने जमिन छैन, अदियाँ खेत बनाउ भने पानी छैन तैपनी जसोतसो दुई खेत अदियाँ बनाएकै छौं ।’
मुडभरा–९ सालगाउँ स्थायी घर भएकी २२ बर्षीय कृष्णा कठायतले आफ्नै भाषामा दुखेसो पोखिन । सम बिकास केन्द्र (इडिसी) नामक गैर–सरकारी संस्थाले सहयोग नगरे आफू झनै पछाडी पर्ने कठायतले बताइन ।
‘दुई खेत अदियाँमा काम गर्छौं, त्यसले खानलाई दुई महिना पनि चल्दैन । त्यसपछि सबै किनेरैै खानुपर्छ ।’ कठायतले भनिन्, ‘पछिल्लो समयमा इडिसीले सीप सिकेकाहरुलाई ब्यवसायका लागि सहयोग गर्ने भनेपछि म पनि उहाँहरुको सम्पर्कमा आए । त्यसपछि उहाँले मलाइ बीस हजार सहयोग गर्नुभयो । र त्यसैमा आफूले थपेर सिलाइ कटाइ गर्ने मेसिन किनेर ल्याएर यो पेशालाई ब्यवसायिक बनाएर काम गर्न थालेको कृष्णाले बताइन ।
गाउँघरमा खेत जग्गा पनि नभएको भन्दै सबैले हेलाको दृष्टीले हेर्ने गरेको थिए । पसलबाट सामान किन्दा पनि साहुजीले नपत्याउने गरेका थिए । कठायतले भनिन्, ‘पछिल्लो समयमा घरखर्च चलाउन सजिलो भएको छ । र सबैले पत्याएर साहुजीहरु नै ऋण माग्न आउने गरेका छन ।’
सम बिकास केन्द्र नेपाल र एक्सनएड नेपालको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमको सहयोगमा स्थानीय महिला कृष्णालाई सहयोग गरेपछि आफू परिपक्व भएको महशुस भएको छ ।
दिपायल सिलगढी नगरपालिका लिखा माइती घर भएकी कठायत एक बर्ष पहिला साल गाउकै नेतृ कठायतसंग बिबाह गरेकी थिइन । बिबाह गरेपछि घरमा खानलगाउन गाह्रो भएपछि परिवारको सल्लाहमा कामको शिलशिलामा भरतमा पसेका छन ।
कृष्णाले बिबाह गर्नुभन्दा पहिला नै दिपायलमा पच्चिस सय तिरेर अढाइ महिना सिलाइ कटाइ सम्बन्धी तालिम लिएकी थिइन । त्यसैले अहिले सजिलो भएको उनी बताउछिन् ।
तीन जनाको परिवार संख्यालाई जिबिकोपार्जन गर्न कुनै असहज नभएको उनी बताउछिन । कठायतले भनिन्, ‘घरायसी तथा सार्वजनिक काम गरेर दैनिक २÷३ जोर कपडा सिलाउने गरेकी छु ।’
२÷३ जोर कपडा सिलाए वाफत दैनिक पाँच÷छसय कमाउने गरेकी छिन । उनले भनिन्, ‘अब त आत्मनिर्भर भैसके जीवन जीउन कठीन छैन ।’

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
डोटीको लाटामाण्डौं गाबिसको उजलीगाउँमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन । घाईतेमध्ये दुई जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कपल्लेकी गाबिसबाट बिवाह लिएर हिडेको जिप शनिबारकरीब ७ बजे राती उजलीगाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा लाटामाण्डौं गाबिसका बिरी ताम्राकार र जिजोडामाण्डौं गाबिसका गौरीशंकर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
त्यस्तै गम्भीर घाईते हुनेहरुमा लाटामाण्डौंका सुरेश कुँवर र जिजोडामाण्डौंका तारा नेपाली रहेका छन ।
गम्भिर घाइते सुरेश कुँवरलार्ई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारतको बरेलीमा रिफर गरिएको छ । जिजोडा–माण्डौं–७ का तारा नेपालीको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिएका छन ।
शनिबार साँझ ७ बजेतिर उग्रतारा यातायातको से १ ज ७४७ नम्बरको जन्ती बोकेर आएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका लाटामाण्डौं गाविसको–२ का ३० बर्षीय बिरी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो भने जिजोडामाण्डौँ–८ का गोरीशंकर नेपालीको उपचारकै क्रममा पद्मा अस्पताल अत्तरियामा मृत्यु भएको बताइएको छ ।
घाईते हुनेहरुमा लाटामाण्डौँ २ का १२ बर्षीय बालक सुरेश कुँवर, लाटामाण्डौँ–२ का ३२ बर्षीय लोक रावल र ठेगाना नखुलेका तारा सिंह नेपाली रहेका छन् । सुरेश कुँवरलाई बरेली रेफर गरिएको छ । घाईते मध्ये १० जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको बताइएको छ ।

डोटीमा बालिका सम्मेलन हुने
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत डोटी जिल्लामा बालिका सम्मेलन हुने भएको छ ।
महिला हिंसाको मूख्य कारणको रुपमा रहेको बाल बिवाहका बिरुद्धमा डोटी जिल्ला सदरमुकामा मंसिर १७, १८ र १९ गते बालिका सम्मेलन हुने महिला तथा बालबालिका कार्यालय डोटीले जानकारी दिएको छ । बाल बिवाहलाई निरुत्साहित गर्नका लागी बालिका सम्मेलन गर्न लागेको महिला बिकास अधिकृत निर्मला दाहालले वताईन । देशभरमा डोटी र कपिलबस्तुमा सबै भन्दा धेरै बाल बिवाह भएका कारणले बालिका सम्मेलन गर्न लागेको युवालयका अध्यक्ष सञ्जोक ठकुरीले बताए ।
पत्रकार सम्मेलन गरेर आयोजकले डोटीमा जिल्लामा बालिका सम्मेलन गर्ने जानकारी दिएका हुन । महिला तथा बालबालिका कार्यालयको आयोजनामा युवालय र सामुदायिक बिकास केन्द्र सिडिसीको संयोजनमा जिल्ला सदरमुकाम सिलगढीमा बालिका सम्मेलन हुन लागेको छ ।
सम्मेलनमा खेल, साँस्कृति–क तथा कविता प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन । कार्यक्रममा बाल बिवाह गर्ने जोडीहरुको अनुभब सुन्ने कार्यक्रम पनि रहेको छ ।

मालिक–हलिया संयुक्त व्यवसाय
डोटी जिल्ला वारपाटा गाविस–८ तल्लोसात निवासी मुक्त हलिया परिवारकी केशु दमाईले पूर्व मालिकसंग यस्तो राम्रो सम्वन्ध होला भन्ने कल्पना समेत गरेकी थिईनन् । तर अहिले उनी पूर्व मालिकसंग संयुक्त व्यवसाय सञ्चालन गर्दैछिन् ।
मुक्त हलिया केशु दमाई र अर्का मुक्त हलिया बाजी लुहारले आफ्ना पूर्व मालिकसंग संयुक्त रुपमा बंगुर पालन व्यवसाय सञ्चालन गर्दै आएका छन । दमाई र लुहार पूर्व मालिक ईमिता देउवा र खडकवहादुर वोहरासंग संयुक्त व्यवसाय गरिरहेका हुन ।
लुथ्रन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय हलिया मुक्ति समाज महासघंको संयुक्त साझेदारीमा सञ्चालित ‘मुक्त हलिया कमैया कमलरीको स्वतन्त्रता सवलीकरण परियोजना’ अन्तर्गत राष्ट्रिय हलिया मुक्ति समाज डोटीको आयोजनामा पूर्व मालिक र हलिया विच उद्यमशिल विकासका लागि बंगुर पालन व्यवसायमा सहयोग गरेपछि उनीहरुले संयुक्त व्यवसाय सुरु गरेका हुन ।
जसको हलिया उसकै मालिक गरी दुई जनाको सयुक्त साझेदारीमा दुई÷दुई वटा खोर निर्माण र बंगुर सहयागका लागि ३५ हजारका दरले ७० हजार रुपैयाँ सहयोग गरिएको थियो । संयुक्त व्यवसाय सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै पूर्व मालिक बोहरा भन्छन् ‘हामी हिजोका दिनहरुमा पनि संगसंगै थियौं, बिचमा केही बिवाद आएपनि अहिले राम्रो भएको छ ।’ उनले संयुक्त व्यवसाय सञ्चालन गर्न सहयोग गरेर आफुहरुलाई फेरी नजिक हुने वातावरण दिएको मुक्त हलिया परिवारलाई धन्यवाद दिए ।
आफुहरु अहिले राम्रो सम्वन्ध बिस्तार गर्नमा सहयोग गरेकोमा हलिया मुक्ती समाजलाई धन्यवाद दिन्छन् पूर्व मुक्त हलिया बाजी लुहार । लुहारका अनुसार उनीहरुको संयुक्त व्यवसाय राम्रो फाईदा भईरहेको छ । आफुहरुले व्यवसायलाई बिस्तार गर्दै लैजाने योजना वनाएको लुहार वताउँछन ।
स्वास्थ्यकर्मीहरुले हस्ताक्षर नगर्ने
डोटी जिल्लाका स्वास्थ्यचौकी ईञ्चार्जहरुले गाबिसको चेकमा अब देखि हस्ताक्षर नगर्ने भएका छन ।
स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको बैङ्किक कारोवारमा अव आफुहरु संलग्न नहुने उनीहरुले वताएका छन जिजोडामाण्डौं र पोखरी गाबिसका सचिब ईश्वर बहादुर सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछि संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस बिज्ञप्ती जारी गरेर गाबिसका चेकमा हस्ताक्ष नगर्ने बताएका छन । बिज्ञप्तीमा भनिएको छ ‘आज देखि स्वास्थ्यचौकीका ईञ्चार्जले हस्ताक्षर गर्ने छैनन्, अहिलेसम्म संयुक्त रुपमा सञ्चालन हुँदै आएको खाता आज देखि रोक्का हुनेछन ।’
स्थानीय बिकास मन्त्रालयको निर्देशनका कारणले निर्दोश स्वास्थ्यकर्मी फस्ने गरेको ट्रेड युनियन डोटीका अध्यक्ष बमबहादुर खड्काले बताए । खड्काले भने ‘जिजोडामाण्डांै र पोखरी गाबिसका ईञ्चार्जको कुनै संलग्नता छैन ।’

छोटकरी समाचार
खुलादिशामुक्त हुने
पश्चिमको क्षेत्रीय सदर–मुकाम समेत रहेको डोटी जिल्लालाई सन् २०१६ भित्र खुलादिशामूक्त जिल्ला घोषणा भएको छ ।
आगामी पौष १५ गते भित्र जिल्लालाई खुलादिशामूक्त गरिसक्ने लक्ष अनुरुप जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आफ्ना गतिविधि तिब्र पारेको छ । यसै अनुरुप सोमवार समितिले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा जिल्ला स्थित संचारमाध्यमहरु मार्फत व्यापक रुपमा सरसफाई सम्वन्धि चेतनामूलक सामग्री प्रकाशन प्रशारण गर्ने निर्णय गरिएको छ । सम्पुर्ण गाविस तथा नगरपालिकालाई खुलादिशामूक्त घोषणा गरिसकिएकोले जिल्लालाई पनि यथासिघ्र घोषणा गर्नु पर्ने संचारकर्मीहरुको जोड छ ।
जिल्लास्तरीय खानेपानी स–रसफाई तथा स्वच्छता समन्वय समितिले अन्य सरोकारवालाहरु सँग पनि छलफल गर्ने समितिका सदस्य सचिव प्रकाश रावलले बताए । डोटीलाई खुलादिशामूक्त घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको तथा क्षेत्रस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्वय समितिले अनुगमन गरे पश्चात छिट्टै मिति तय गरिने रावलले जानकारी दिए ।
यस अघि डोटी स्थित ५० गाविस र दिपायल सिलगढि नगरपालिकालाई खुलादिशामूक्त घोषणा गरि सकिएको छ ।

खेल समाचार
माउरिन्होले पानीको बोतललाई नै भकुण्डो बनाए
अनलाइन खबर
जोसे माउरिन्होलाई मैदानबाट बाहिर पठाइएको खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहामसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदान ओल्ड टाफडमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहामसँग १–१ को बराबरी खेलेको हो । वेष्टहामले दोस्रो मिनेटमा नै साखोको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
खेलका क्रममा फलको नक्कल गरेको भन्दै पल पोग्बालाई रेफ्रीले पहेँलो कार्ड दिए । र, रिप्लेमा पनि वेष्टहामका मार्कले पोग्बालाई फल गरेको देखिँदैन ।
तर, टचलाइनमा रहेका प्रशिक्षक माउरिन्हो आक्रोसित भए र पानीको बोतललाई भकुण्डो बनाएर किक हाने । लगतै रेफ्रीले उनलाई मैदान छाड्न निर्देशन दिए । रेफ्रीले माउरिन्होलाई मैदान बाहिर पठाएको एक महिनामा यो दोस्रो पटक हो ।

युभेन्टसका डिफेन्डर आल्भेजको खुट्टा भाँचियो
रातोपाटी अनलाईन
युभेन्टसका डिफेन्डर ड्यानी आल्भेसको खुट्टा भाँचिएको छ । आइतबार जेनोआसँग अप्रत्यासित रुपमा ३–१ गोलअन्तर पराजित भएको खेलमा ३३ वर्षीय आल्भेसको खुट्टा भाँचिएको हो ।
युभेन्टसले खेलमा ३ वटा परिवर्तन गरेपछि बार्सिलोनाका खेलाडी घाइते हुन पुगेका थिए । जसको कारण युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।
क्लबले जारी गरेको विज्ञप्तिमा उनको देब्रे खुट्टाको भिबुला नामक हड्डी भाँचिएको छ ।
ब्राजिलियन खेलाडी आल्भेस फ्रि ट्रान्सफरमा दुई वर्षका लागि युभेन्टस आएका थिए ।
खेलको पहिलो हाफमा अर्का डिफेन्डर लियोनार्डो बोनुची पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

चलचित्र÷मनोरञ्जन
प्रदिपलाई घाटा कि नाफा ?
चलचित्र ‘प्रेमगीत’मा काम गरेपछि कलाकार प्रदिप खड्कालाई ठूला ब्यानरका चलचित्रमा काम गर्नका लागि अफर आउन थालेका छन ।
कलाकारिता क्षेत्रमा लामो संघर्ष पश्चात प्रदिपले सफलताको केहि खुड्किलो पार गरेका थिए । यसैले, पनि उनका लागि चलचित्र क्षेत्रमा सबैसँग राम्रो सम्बन्ध बढाएर चलचित्रमा काम गर्नु आवश्यक थियो । तर, प्रदिप अहिले चलचित्र ‘प्रेमगीत २’ मा काम गर्ने तयारीमा छन् । यसका लागि उनले कपाल पालेका छन्, शरीर बनाएका छन् । प्रदिप र निर्माता सन्तोष सेन चलचित्रको लोकेशन हन्टिङका लागि भन्दै थाइल्याण्ड, बर्मा र नेपालमा विभिन्न स्थानमा पुगिरहेका छन् ।
‘प्रेमगीत’ रिलिज भएको १० महिना भैसक्यो । यो विचमा, प्रदिप मिडिया र चलचित्रकर्मीबाट केहि टाढा देखिएका छन् । प्रदिपले यो विचमा चलचित्र ‘ए मेरो हजुर २, दर्पणछाया २’ जस्ता चलचित्र छाडेका छन् ।
यी दुई चलचित्रमा काम गरेको भए, उनी अहिले प्रचारमा दौडिरहेका हुन्थे । तर, उनले ‘प्रेमगीत २’ का लागि केहि राम्रा ब्यानर नै त्यागिदिए । चलचित्र क्षेत्रमा अहिले प्रदिपले सफल ब्यानरका केहि चलचित्रमा काम गर्नु पथ्र्यो भन्ने टिप्पणी पनि गरिन्छ । ‘प्रेमगीत २’ को छायांकन कहिलेबाट सुरु हुन्छ, अझै पक्का छैन । निर्माता सन्तोष सेनले नायक–नायिका नै फाइनल गरेको लामो समय भैसकेको छ ।
‘प्रेमगीत २’, दर्शक र निर्माणपक्षका लागि मात्र नभई अब प्रदिप र नयाँ नायिका अश्लेषा ठकुरीकै लागि प्रतिक्षामा छ । तर, यो चलचित्र जति ढिलो रिलिज हुन्छ, उती नायक खड्कालाई अप्ठ्यारो त हुने होइन ?

ओलीलाई मन पर्छ ‘जहाँ छन्, बुद्धको आँखा’
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई ‘जहाँ छन बुद्धका आँखा निकै मन पर्ने वताएका छन ।
भजन शीरोमणी भक्तराज आचार्यसंगको भेटमा ओलीले भक्तराजको भजनवाट आफु प्रभावित भएको बताए । आचार्यलाइ भेट्न आइतवार महालक्ष्मीस्थान स्थित आचार्य निवासमै पुगेका एमाले अध्यक्ष ओलीले भेटमा सामान्य भलाकुसारीपछि आचार्यको सांगीतिक जीवनको वारेमा चासो राखेका थिए । ओलीले आचार्यका भजनहरु प्रसस्त सुनेको जानकारी दिँदै ‘जहाँ छन् बुद्धका आँखा‘’ निकै मन परेको बताए । आचार्यका छोरा सत्यराज आचार्यका अनुसार धेरै पार्टीका नेताहरुले भक्तराजलाई भेट्न आउने सन्देश पठाएको भएपनि अरु कोही नआएको वताए ।
‘धेरै नेताहरु आउँछु भन्नु भएको थियो तर, आउनु भएन ओली आउदा अचम्म र खुसी लाग्यो’ सत्यराजले भने । एउटा कार्यक्रममा भेट हुँदा ओलीले ‘म बुवालाई भेटन आउँछु है’ भन्दा सत्यराजले पत्याएका थिएनन् तर, जब ओलीको सचिवालयवाट फोन आयो उनले अचम्म माने । ‘घरमा आउनुहुन्छ भन्ने लागेकै थिएन, आउने खबर पाएपछि म त दंगै परेँ’ सत्यराजले भने ।
आचार्य निवासमा ४५ मिनेट बसेका ओलीलाई आचार्यले दुईवटा भजन संग्रह उपहार दिए भने छोरा सत्यराजले ‘मधुशाला’ गजल संग्रह उपहार दिए ।
भजन संग्रह लिँदै अध्यक्ष ओलीले एल्बममा भएको भजन सुनिसकेको जानकारी दिए ।

लेख
‘छोराछोरीलाई अंश होइन, शिक्षा र संस्कार दिऔं ।’
राधा पाेखरेल
पशुपति गइरहन्छु म । कामको ब्यस्तताले दशैंपछि जान पाएकी थिइनँ । बल्ल हिजो समय मिल्यो । गएँ ।
बृद्धाश्रम छ पशुपति परिसरभित्र । सधैं भरिभराउ हुन्छ बृद्धाश्रम । त्यहाँबाट फर्कदा पटक्कैपिच्छे कामना गर्छु म– ‘हे पशुपतिनाथ ! खाली होस् यस बृद्धाश्रम । म फेरि आउन नपरोस् यहाँ ।’ तर मेरो कामना विपरीत बृद्धाश्रम अझ भरिभराउ हुन्छ । अघिल्लो चोटी जाँदा भेटिएका केही अनुहारहरू पछिल्लो चोटि जाँदा भेटिदैंनन् । त्यहाँ नयाँ अनुहार आइसकेको हुन्छ ।
यसपालि पनि त्यस्तै भएको थियो । उमेरले मेरो बाबाको दौंतरी करिब ८६ बर्षको एकजना बा (उहाँलाई म बाबा नै भन्थें ) लाई यताउता हेरें । अहँ कतै देखिनँ । त्यहाँ उपस्थित अरूका लागि सायद मेरो अनुहार आफैँ प्रश्न बनेको थियो । जवाफ आयो नजिकैबाट– ‘विचरा भाग्यमानी रहेछ । चाँडै गयो । दुःखै लुक्यो ।’ ओसिला भए मेरा दुबै आँखा । एकतमासले टोलायो मन ।
प्रश्न गरें आफैँलाई– चाँडै मर्नु के भाग्यमानी हुनु हो ? मलाई लाग्छ, मृत्यु सबैभन्दा डरलाग्दो शब्द हो मान्छेको लागि । तर यी मान्छेहरू किन मृत्युको रहर गरिरहेका छन् ? अनुमान गरें– सायद बाँच्नुको बोझ नै मृत्यु–मोह हो कि !
पीडैपीडाको पहाडले थिचिएर दुःखैदुःखमा दिन बिताइरहेका यी बृद्ध–बृद्धाको उदास अनुहार बेस्सरी बिझाउँछ सधैं मलाई । जति बिझाए पनि आखिर के गर्न सक्छु र म ? उनीहरूको सन्तानको अभाव पुर्ति गर्न सक्छु र ? अहँ पक्कै सक्दिनँ । अपवाद बाहेक अधिकांशको गुनासो आफ्नै सन्तानप्रति हुन्छ उनीहरूको ।
८६ बर्षको उनै बाबा मुटु भक्कानो पारेर धुमिला आँखा क्षितिजतिर ओछ्याउँदै भन्नुहुन्थ्यो–‘ऊ (छोरा) एकदिन त आउँछ होला हगि मलाई लिन ?’ उफ् ! तर आएन उनको निष्ठुरी छोरा उनलाई लिन । बरू बिदा हुनुभयो बाबा आफैँ सबैलाई छाडेर । कसरी भयो यस्तो हालत ? बाबाको नियति थाहा पाउन चाहन्थें म । धेरैपटकको मेरो आग्रहलाई अस्वीकार गर्न नसकेपछि एकदिन उहाँले आफ्नो नालिबेली यसरी बताउनु भएको थियो ः
२५ बर्षको उमेरमा जुनेली (श्रीमती) सँग पहिलो भेट भाथ्यो । माघको बेलाथ्यो । जुनेली एकसरो कपडामा लुगलुगी काँप्दै थिई । टुहुरी हूँ कोही छैन भनी । भोकभोकै छु भनी । मुटु चिरिने गरी रोई । बृद्धाश्रममा कष्टकर जीवन बिताइरहेका, सडकको पेटीमा आँसु पिउँदै अपमानित जीवन बाँचिरहेका वा घरमा सन्तानहरूका बीचमा पनि एक्लो जीवन जिइरहेका ती बृद्ध–बृद्धा आमा–बाबाहरू सम्झेर मभित्र साँच्चै मानवता उर्लेर आयो ।
म पनि पहाडबाट काम खोज्दै शहर पसेको मान्छे । एउटा सानो डेराथ्यो डिल्लीबजारमा । दिनदिनैजसो भेट हुनथाल्यो जुनेलीसँग । हाम्रो त मायाँ पो बसेछ नानी एकअर्कामा । बाबा आफ्नो २५ बर्षे जवानीमा फर्कनु भयो । सूर्य झैं झरझराउँदो भो उहाँको अनुहार ।
त्यसपछि जुनेलीसँग विवाह भएको र विवाह गरेको १० बर्षपछि मात्र छोरो जन्मिएको नालिबेली पनि बताउनु भयो उहाँले । बाबाको अनुहारमा एकाएक औंसी छायो । अबरूद्ध गला सफा गर्दै बाँकी ब्यथा यसरी सुनाउनु भयो उहाँले ः
नानी ! छोरा जन्मने र आमा मर्ने एकैसाथ भयो । मेरी जुनेली मलाई छोरो दिएर सधैंको लागि हामीलाई छाडेर गई । यति भनेर निकैबेर रूनु भयो बाबा ।
पहाड घरमा सानीआमाको कारण आफू शहर पस्न परेको कुरा पनि सम्झिनु भयो उहाँले । मैले जस्तै दुःख पाउला भनेर अर्को बिहा पनि गरिनँ नानी मैले । बाबा फेरि भावुक बन्नुभो । ज्याला मजदुरी गरेर बनाको घर पनि आफ्नो भएन । आज पाटीको बास भो । फेरि एकाएक भक्कानिनु भो उहाँ ।
त्यस्लाई कति दुःख गरेर एक्लै हुर्काएँ । बी.ए. पास गराएँ । जागिर पनि पायो । धनीकै छोरी बिहा ग¥यो । बिहे गरेको ६ महिना नबित्दै स्वास्नीको कुरा सुन्न थाल्यो । मलाई नोकर झैं गर्न थाल्यो । अपमान त कति सहेँ सहेँ नानी, भनेर के साध्ये । एकदिन त बुहारीले हातै हाली ममाथि । छोरा आएर झगडा मिलाउला भन्ने सोच्या त, मध्यरातमा घरबाट घोक्राएर निकाले । बाबा बृद्धाश्रम थर्काएर रूनु भो । मभित्र ९ रेक्टरको भूकम्प गयो । सम्हालिँदै भन्नुभयो बाबाले ः
त्यसपछि म सडकको भएँ । उमेर हुन्जेल ज्याला मजदुरी गरें । एकचोटी निकै बिरामी परें । बुहारीले नहेरे पनि छोराले त हेर्लान् नि ! जे भए नि छोरा त आफ्नै हो । मनभरी आश बोकेर घरको गेट अगाडि उभिएँ । तैपनि मेरो लागि गेट खुलेन । म त्यहीँ मुर्छा परेर लडेछु नानी । ब्युँझदा अस्पतालमा रैछु । बिरामी तंग्रीएपछि सिधै यता पठाइदिए । त्यसबेलादेखि यहीँ छु ।
छोरीको भ्रुणहत्या गर्ने हत्याराहरूप्रति घृणा जागेर आयो । साँच्चै, छोरी हुनुमा गर्व छ मलाई । छोरी भनेको श्रृष्टि हो । सिर्जना हो । ऊ सहनशील हुन्छे, सहयोगी हुन्छे । सबभन्दा बढी त छोरीसँग मानवता हुन्छ । बाले आफ्नो कथा–ब्यथा सक्नुभो । स्तब्ध बनें म । चौरास्ताको शालिक जस्तै । मैले त्यस निष्ठुरी छोरा–बुहारीलाई चिन्न खोजें । तर बाबाले चिनाउन मान्नु भएन । उल्टै भन्नु भयो ः उस्लाई नराम्रो हुन्छ नानी । नचिनेकै राम्रो । म बाबु हुँ, मेरो उमेर पनि उसैलाई लागोस् । ऊ कहिल्यै बुढो नहोस् । म यस्तो भए पनि ऊ सधैं सुखी होस, खुसी होस् । ओहो ! कस्तो हुन्छ बाबु–आमाको मन । धर्ती जस्तै विशाल अनि आकाश जस्तै फराकिलो । पत्तै नपाई म त डाँको छोड्न पुगेछु ।
अर्की एकजना आमाले पनि झन्नैझन्नै बाबाको जस्तै कथा सुनाउनुभो । छोराले झुक्क्याएर बृद्धाश्रम ल्याएर छोडेकी आमालाई छोरीले उद्धार गरी आफ्नो घरमा लगेर पालेको घटना सुनाउँदै आफ्नो पनि छोरी भएकी भए आज यसरी बृद्धाश्रमको बास हुँदैनथ्यो होला भन्ने संभावना पनि ती आमाले ब्यक्त गर्नु भयो ।
आमाको भनाई थियो ः नानी ! छोरी भनेपछि सकेसम्म पेटमै मार्ने, जन्मिहाले पनि पशुलाई झैं ब्यबहार गर्ने यो समाजमा परेको बेला काम लाग्ने चाहिँ छोरी नै हुन्छे है । भोलि पेटमा छोरी आईभने नमार है नानी । छोरी भएकी भए आज मेरो यस्तो हालत हुन्थ्यो त ? पक्कै हुँदैनथ्यो । आमाको कुरामा सत्यता घोलिएको महशुस भयो मलाई ।
छोरीको भ्रुणहत्या गर्ने हत्याराहरूप्रति घृणा जागेर आयो । साँच्चै, छोरी हुनुमा गर्व छ मलाई । छोरी भनेको श्रृष्टी हो । सिर्जना हो । ऊ सहनशील हुन्छे, सहयोगी हुन्छे । सबभन्दा बढी त छोरीसँग मानवता हुन्छ ।
बृद्धाश्रममा कष्टकर जीवन बिताइरहेका, सडकको पेटीमा आँसु पिउँदै अपमानित जीवन बाँचिरहेका वा घरमा सन्तानहरूका बीचमा पनि एक्लो जीवन जिइरहेका ती बृद्ध–बृद्धा आमा–बाबाहरू सम्झेर मभित्र साँच्चै मानवता उर्लेर आयो । आफू बाँचेको यस समाजसँग बिद्रोह गर्न मन लाग्यो । खासमा सम्पत्तिमोह र संस्कारहीनता यसको मुख्य कारण हो । अब छोरा–छोरीलाई सम्पत्ति (अंश) होइन, राम्रो शिक्षा र असल संस्कार दिनु पर्छ ।
संसारमा आमा–बुबाको तुलना कोहीसँग हुनै सक्दैन । आमा–बुबाको लागि कुनै विशेषण र उपमाको आवश्यकता नै पर्दैन । किनकि, आमा–बाबु भनेका आमा–बाबु नै हुन् । जो विना हामी कसैको पनि जीवन संभव थिएन र छैन ।
जीउँदो छउन्जेल सडकमा माँग्न वाध्य तुल्याउने, बृद्धाश्रममा लगेर छाड्ने, घरमै पनि कैदी बनाउने र मरेपछि गोहीको आँसु चुहाउँदै पिण्ड लडाएर श्रद्धा गर्ने ढोंग सबैले त्याग्नु पर्छ अब । सबैले बुझ्नुपर्छ, संसारमा पैसाले किन्न नपाइने एउटै चिज हो– आमा–बाबु । मान्छेका लागि सम्पत्ति ठूलो होइन, संस्कार ठूलो हो ।
जुन मानिसले बृद्ध–बृद्धाको सम्मान गर्दैन र उनीहरूको अनुभवबाट सिक्दैन, त्यो समाज आवरणमा जति नै आधुनिक र भब्य देखिए पनि, मान्छेहरू जति नै सभ्य र शिष्ट देखिए पनि अन्ततः त्यो पाषाण समाज हो, त्यस समाजका मान्छेहरू दुईखुट्टे पशु हुन् । तसर्थ, मेरो बिनम्र अनुरोध छ– हामी सबैले आफ्ना आमा–बाबुको सम्मान गरौं । उहाँहरूको अनुभवबाट सिकौं । मानव हुनुको परिचय स्थापित गरौं । अन्त्यमा पशुपतिनाथसँग प्रार्थना गर्दै फर्किएँ म ‘हे पशुपतिनाथ ! सद्बुद्धि देऊ निष्ठुर सन्तानहरूलाई ।’
— अनलाईन खवरबाट

डोटीमा लैङ्गिक हिंसाको अवस्था र सुधारका उपायहरु
रामहरी ओझा
सन्दर्भ ः महिला हिंसा बिरुद्धको १६ दिने अभियान, २५ नोभेम्वर देखि १० डिसिम्वर, २०१६
राष्ट्रिय नारा ः
“घर शान्ति नै बिश्व शान्तिको आधार, दीगो बिकासका लागि लैङ्गिक हिंसा रहित समाज”
अन्तराष्ट्रिय नारा

"Peace in home to peace world, make education
safe for all"
बिषय प्रवेश ः अहिले हामी देशभरीमा महिला हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने क्रममा छौं । महिलामाथी भईरहेको हिंसा अन्त्य हुनु पर्ने, महिलाहरुले पनि पुरुष सरह राज्यका सवै निकायमा सम्मानजनक प्रतिनिधित्व पाउनु पर्ने, महिलाहरुको पनि क्षमता बिकास हुनु पर्ने, महिलाहरुको पनि सम्पत्तिमाथी स्वामित्व हुनु पर्ने जस्ता बिषयहरु हामी यो अभियानका क्रममा उठान गर्ने गर्दछौं र गरिरहेका पनि छौं । तर पनि दिनहुँ हिंसाका घटना बढ्दै गर्ईरहेका छन, हामीले रोक्न सकेका छैनौं । यहाँ कसरी महिला हिंसाका घटनाहरु रोक्न सकिन्छ भन्ने बिषयमा छलफललाई बढी केन्द्रित गर्नु पर्छ जस्तो देखिन्छ ।
१६ दिने अभियानको ईतिहास ः यो दिवसको सुरुवात ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस विश्वमै पहिलो पटक मनाईएको थियो । ल्याटिन अमेरिकामा महिलाहरुलाई स्वतन्त्रापूर्वक बस्न, खान र बाँच्न पाउने अवस्था थिएन । महिलाहरुलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यो कानुनी बिभेदको अन्त्य गर्नका लागि त्यहाँका महिलाहरुले बिद्रोह सुरु गरे । त्यसैको नेतृत्व त्यहाँको डोमेनिकन गणतन्त्रका मिरावेल परिवारमा जन्मिएका तीन जना दिदिवहिनीहरु ः पेट्रीय, मिनर्भा र मरियाले गरे । उनीहरुले नेतृत्व गरेको आन्दोलनले विशाल रुप लियो । आन्दोलनकै कारण त्रुजिलो सरकार दिनप्रतिदिन कमजोर बन्दै गयो ।
सरकार विरुद्ध गरिएको त्यो आन्दोलनमा जन सागर उर्लियो । त्रुजिलो सरकारले मिरावेल दिदिवहिनीहरुलाई राजद्रोहको आरोप लगाई पटकपटक जेल हाल्यो र पुर्नः त्यही तानाशाही सरकाले सन १९६० मा नोभेम्बर २५ मा तीनै दिदी वहिनीलाई निर्ममता पूर्वक हत्या ग¥यो । उक्त हत्या पछि त्रुजिलो सरकार यति तिरस्कृत भयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको एक बर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको भईरहेको छ । संयुक्त राष्ट्र संघले पनि यस दिनलाई महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
अभियानभित्र अन्तराष्ट्रिय दिवसहरु २५ नोभेम्वर ः महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय दिवस
२९ नोभेम्वर ः बिश्व मानवअधिकार रक्षक दिवस
१ डिसिम्वर ः बिश्व एड्स दिवस ।
३ डिसिम्वर ः अन्तराष्ट्रिय अपाङ्गता दिवस ।
५ डिसिम्वर ः सामाजिक तथा आर्थिक बिकासका लागि स्वयंसेवी दिवस ।
६ डिसिम्वर ः महिला शहीदहरुको सम्मान दिवस ।
१० डिसिम्वर ः बिश्व मानवअधिकार दिवस ।
महिला हिंसाको परिभाषा संयुक्त राष्ट्र संघीय घोषणा पत्र १९९३ अनुसार
“महिलाको नीजि वा सार्वजनिक जीवनमा शारीरिक वा भौतिक तथा मनोवैज्ञानिक रुपमा आघात पु¥याउने गरी सञ्चालन गरिने लिङ्गमा आधारित क्रियाकलाप वा त्यस किसिमको आघात पु¥याउने धम्की दवाव वा स्वतन्त्रतावाट बञ्चित गर्ने कार्य नै महिला बिरुद्धको हिंसा हो ।”
महिला बिरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी १९७९ अनुसार
“लिङ्गमा आधारित हिंसा लैङ्गिक भेदभावकै एउटा स्वरुप हो, जसले महिलाको अधिकार उपभोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पु¥याउँछ ।”
बेईजिङ्ग घोषणा पत्र अनुसार
“समानता प्राप्त गर्ने वाटोको बाधक तत्वको रुपमा लिईने चाहे त्यो सार्वजनिक स्थलमा होस वा कार्यस्थलमा वा घरभित्र होस त्यो महिलाको मानवअधिकारको बिषय हो ।”
महिला हिंसाका प्रकारहरु ः शारीरिक हिंसा ः कुटपिट, अङ्गभङ्ग, शारीरिक चोटपटक, थुन्नु, मार्नु, जवरजस्ती गर्भपतन गराउनु ।
मानसिक हिंसा ः डर, धाक–धम्की, त्रासपूर्ण व्यवहार, गाली गलौज, भुटा आरोप, भेद्भाव
यौनजन्य हिंसा ः बलात्कार, यौनजन्य दुव्र्यवहार, यौन यातना तथा शोषण, हाडनाता करणी, बैवाहिक बलात्कार, मानव बेच बिखन तथा ओसारपसार
सामाजिक हिंसा ः बालबिबाह, अनमेल बिवाह, बहुबिवाह, दाईजो जनित हिंसा आदि
आर्थिक हिंसा ः सम्पत्तिमाथी स्वामित्व नहुनु, रोजगारी तथा आयआर्जनका कार्यबाट बञ्चित
प्रथा÷परम्पराजनित हिंसा ः बोक्सीको आरोप, देउकी, बादी, छाउपडी
अभियान सञ्चालन गर्नुको उद्देश्यड्डलैङ्गिक हिंसालाई मानवअधिकारको सवालको सवालका रुपमा उठान गर्दै राष्ट्रियस्तरमा, क्षेत्रीयस्तरमा र अन्तर–ाष्ट्रियस्तरमा सचेतीकरण गर्ने ।
ड्डस्थानीयस्तरमा महिला हिंसा बिरुद्ध भईरहेका क्रियाकलापहरुलाई नियमित र द¥हो वनाउने ।
ड्डमहिला हिंसा बिरुद्ध नयाँ नयाँ रणनीति र योजनाहरु सार्वजनिक गरी त्यसमाथी छलफल गर्ने ।
ड्डमहिला बिरुद्ध हुने सवै प्रकारका हिंसाहरु अन्त्य गर्नका लागि राज्यलाई प्रभावकारी संयन्त्र वनाउन दवाव दिने मा नेपालमा १६ दिने अभियान
ड्डनेपालमा १६ दिने अभियानलाई सन १९९७ देखि मनाउन थालिएको पाइन्छ ।
ड्डसुरुमा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी र इन्च्छाधीन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियानका रुपमा यस अभियानलाई मनाईएको थियो ।
ड्डपछिल्ला बर्षहरुमा यो अभियानलाई नियमित रुपमा महिला हिंसा बिरुद्धको अभियानका रुपमा मनाउने गरेको पाईन्छ ।
महिला हिंसा रोकथामका लागि भएको कानुनी प्रयासहरु ड्डनेपालो संबिधान, २०७२
ड्डमुलुकी ऐन, २०२०
ड्डकेही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७
ड्डबालबालिका सम्वन्धि ऐन, २०४८
ड्डलैङ्गिक समानाता कायम गर्ने केही नेपाल कानुन संसोधन गर्न वनेको ऐन, २०६३
ड्डमानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४÷नियमावली, २०६५
ड्डघरेलु हिंसा (कसुर र सजाय), ऐन, २०६६÷नियमावली २०६७
ड्डकार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१
ड्डलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७
ड्डएकल महिला सुरक्षा कोष सञ्चालन नियमावली, २०६७
ड्डछाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४
ड्डश्रमजीवी महिलाहरुप्रति डान्स रेष्टुरेण्ट, डान्स वार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५
ड्डबोक्सी आरोप (कसुर र सजाय) ऐन, २०७२
महिला हिंसा रोकथामका बनाईएका कार्ययोजनाहरु
ड्डलैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तिकरण सम्वन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९–०७४
ड्डमहिला बिरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि कार्यान्वयनको लागि तयार गरिएको राष्ट्रिय कार्ययोजना, २०६०
ड्डलैङ्गिक समानता तथा महिला सशक्तिकरण (वेईजिङ्ग कार्ययोजना) कार्यान्वयनका लागि तयार गरिएको राष्ट्रिय कार्ययोजना, २०६१
ड्डमानव बेचबिखन बिशेष गरी महिला तथा बालबालिकाहरुको बेचबिखन तथा ओसार पसरा बिरुद्धको राष्ट्रिय कार्ययोजना, २०६८
ड्डसंयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन राष्ट्रिय कार्ययोजना, २०६८
ड्डबालबालिकाका लागि राष्टिूय कार्ययोजना, (२०६१–०७२)
ड्डबालश्रम उन्मुलनका लागि गुरुयोजना, २००१
महिला हिंसा न्यूनिकरणका लागि डोटीमा भएका प्रयासहरुड्डजिल्ला सम्योजन समिति ः प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा
ड्डअस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र
ड्डहिंसा पिडित महिलाहरुका लागि तत्काल राहात तथा उपचार कोष
ड्डमहिला तथा बालबालिका सेवा केन्द्र (जिल्ला प्रहरी कार्यालय)
ड्डसुरक्षित अल्पकालीन महिला जिल्ला सेवा केन्द्र
ड्डसमुदायिमा आधारित सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र
ड्डलैङ्गिक हिंसा बिरुद्धको निगरानी समूहहरु÷महिला समूह÷सहकारी संस्थाहरु
ड्डएकल महिला कोष
ड्डमानव बेचबिखनमा परेका महिला तथा बालबालिबाहरुका लागि सहयोग कोष ।
सुधारका लागि के गर्न सकिन्छ त ?सरकारी क्षेत्र ः
ड्डकानुनको प्रभावकारी कार्यान्वयन गर्ने ।
ड्डकानुनी सचेतनाका लागि प्रभावकारी योजना वनाई लागु गर्ने ।
ड्डमहिलाहरुको क्षमता बिकासका लागि ठोस योजना वनाई कार्यान्वयन गर्ने ।
ड्डपिडित महिलाहरुलाई तत्काल राहत र उद्दार गर्ने व्यवस्था मिलाउने ड्डमहिलाहरुको जीवन सुरक्षाको ग्यारेण्टी गर्ने ।
ड्डपिडितहरुको तथ्याँक संकलन र अध्यावधिक गर्ने ।
गैरसरकारी संघसंस्था ः
ड्डहरेक परियोजनामा महिला हिंसा बिरुद्धको अभियानलाई क्रस कटिङ्ग सवालको रुपमा जोड्ने ।
ड्डमहिला हिंसाको क्षेत्रमा काम गर्ने संस्थाहरुले अनिवार्य रुपमा महिला तथा बालबालिका कार्यालयसंग समन्वय गरी एकद्वार प्रणाली लागु गर्ने ।
ड्ड दुर्गम तथा पिछडिएका गाउँ बस्तीहरुका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
ड्डमहिला हिंसा बिरुद्ध महिला(पुरुष संयुक्त अभियान सञ्चालन गर्ने ।
ड्डमहिलाहरुको क्षेमता तथा सीप बिकास गरी उनीहरुलाई आर्थिक आत्म निर्भर वनाउने ।
राजनीतिक दल ः
ड्डराजनीतिक दलहरुले महिलाहरुलाई राजनीतिक क्षेमता बिकास गर्ने ।
ड्डदलका हरेक तहमा महिलाहरुको प्रतिनिधित्व सुरक्षित गराउन आरक्षणको व्यवस्था गर्ने ।
ड्डदलका अभियानहरुमा महिला हिंसा बिरुद्धको सेचना दिने ।
ड्डमहिला हिंसा गर्ने राजनीतिक कार्यकर्तालाई दल निकाला गर्ने ।
ड्ड राजनीतिमा लागेका महिलाहरुलाई प्रोत्साहित गर्ने ।
सञ्चारमाध्यम ः
ड्डमहिला हिंसा सम्वन्धि समाचारहरु प्रकाशन एवं प्रसारण गर्दा लैङ्गिक संवेदनशीलतालाई ध्यान दिने ।
ड्डमहिला हिंसा बिरुद्धका सन्देशहरु नियमित रुपमा प्रकाशन एवं प्रसारण गर्ने ।
ड्डमहिला हिंसकाका घटनाहरुलाई उजागर गर्दै पिडकलाई कानुनको दायरासम्म ल्याउने प्रयास गर्ने ।
ड्ड महिला हिंसा बिरुद्धका चेतनामुलक लेख÷रचनाहरु नियमित रुपमा प्रकाशन एवं प्रसारण गर्ने ।
लोकसेवाको तयारीका लागि उपयोगी
१. अन्तराष्ट्रिय पर्वतारोहण संघद्वारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ?
— नुवाकोटको ककनी
२. महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बि.सं. २०६३ देखि राष्ट्रिय बालदिवस कहिले मनाउने निर्णय ग¥यो ? – भाद्र २९
३. नेपालको अन्तरिम संविधान २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधानन्याधिशका अतिरिक्त बढीमा कतिजना अन्य न्यायधीश रहने व्यवस्था रहेको थियो ? – १४
४. नेपालको कुन जिल्लामा उच्च पर्वतारोहण तालिम बमखबलअभ mयगलतबष्लभभचष्लन तचबष्लष्लन संचालन गरिदै आएको छ ? – मनाङ
५. लालीगुराँसको वैज्ञानिक नाम के हो ? – चजयमयमभलमचयल बचदयचष्गm
६. विश्व राष्ट्रिय निकुन्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ? – प्रत्येक १० वर्षमा
७. राजा त्रिभुवनको कहिले नारायणहिटी राजदरबार (ल्बचबथबलजष्तष् च्यथब िएबबिअभ) छाडी सपरिवार भारतीय राजदुतावास (क्ष्लमष्बल भ्mदबककथ) मा शरण लिन पुगेका थिए ?
– बि.सं. २००७ कार्तिक २१ गते
८. ठकुरी वंशको अन्तिम राजा को हुन ? – शंकरदेव
९. दामोदर पाण्डे कहाँ काटिएका थिए ? – लुमडीस्थान
१०. नेपाल संवत (ल्भउब िक्बmखबत) लाई हटाई बि.सं. १९६० देखि बिक्रम संवत पुनः प्रचलनमा ल्याउने व्यक्ति को हुन ? – चन्द्र शमसेर
११. बाबुलाई कैद गरी आफू राजा हुने व्यक्ति को हुन ? – प्रताप मल्ल
१२. जनआन्दोलन–२ को सफलता स्वरुप पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक कहिले बसेको थियो ? — बि.सं. २०६३ वैशाख १५
१३. द्यगममजब व्बलबलतष् बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रुपमा मनाउने निर्णय कहिले भएको हो ?
— बि.सं. २०५५ वैसाख १७
१४. ूःबमबल एचष्शभू मदन पुरस्कारको स्थापना कहिले भएको हो ? —बि.सं.२०१२
१५. विदेशी नागरिकलाई प्रदान गरिने सबैभन्दा ठूलो मानपदवी कुन हो ? —महाउज्जवल राष्ट्रदीप
१६. राष्ट्रिय मानव अधिकार अयोगमा अध्यक्षका अतिरक्ति कति जना सदस्य रहने व्यवस्था छ ?
— चार जना
१७. संकटकालिन अवस्था (भ्mभचनभलअथ उभचष्यम) को घोषणा गर्ने वा आदेश दिने अधिकार कसमा हुनेछ ? – नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिमा
१८. काठमाडौं विश्वविद्यालयले डिलिट (महाविद्यावारिधि) कस्लाई प्रदान ग¥यो ?
— भारतीय राष्ट्रपति प्रणम मुखर्जी
१९. नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय युवा सम्मेलनमा, साङ्गाइ युथ लिडर अवार्ड —२०१६ बाट कुन नेपालिलाइ सम्मान गरिने भएको छ ? — सुनिल भेटवाल
२०.पहिलो वायोनिक ओलम्पिक कहाँ सञ्चालन गरियो ? — स्विजरल्याण्ड
२१. “च्यात्न नसकेको चिठी” कृतिका लेखक को हुन ? — दिपक खड्का
२२. नेपाली फुटबल इतिहासमा “हेडिङ मास्टर” भनेर कस्लाई भनिन्छ ? — देवनारायण चौधरी
२३. कुन जातिमा कार्यपालिका, ब्यावस्थापिका र न्यायपालिका हुन्छन ? —सतार
२४. ग्ल्इ ले कुन दिन लाई “मण्डेला दिवस’’ को रुपमा मनाउछ ? —व्गथि ज्ञड
२५. पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा ज्यू भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारीदीद्वारा कहिले सु–शोभित हुनु भएको हो ? — ट कभउतझदभच द्दण्ज्ञट
२६.इन्टरपोलको ८५ औं महासभा कहिले र कहा भयो ? – इन्डोनेशियाको बाली (द्दण्ठघरठरद्दद्द(द्दछ)
२७.हालै कुन देशका बैज्ञानिकहरुले हावा सफा गर्ने यन्त्र को आविस्कार गरेका छन् ? — नेदरल्यान्ड
२८. काठमाण्डौं महानगरपालिकाले कहिले देखि फोहोरबाट बीजुली निकालेको छ ? — २०७३÷०७÷२२ २९. मृगौला बिरामीहरुको लागि सवै मष्बिकष्क ाचभभ भएको कहिले वाट हो ?
— २०७३ साल कार्तिक २२ गतेवाट
३०. अन्तरास्ट्रिय स्तरको “हुमेनिटेरियन ब्धबचम द्दण्ज्ञट” बाट सम्मानित हुने नेपाली महिला को हुन ?
— अक्कल तामाङ
३१. विश्वमै पहिलोपटक तिन जनाको जिनबाट बच्चा कुन देशमा जन्माइएको छ ? — ःभहष्अय
३२.सोलिडारिटी कप फुटबल — २०१६
— बिजेता नेपाल (उपबिजेता मकाउ (१÷०)
— तेस्रो स्थान लाओस (नेपालले सेमिफाईनलमा हराएको)
— जम्मा ७ वटा टिम सहभागी
— नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकी कोजि (जापान)
— नेपाललाई जिताउन फाईनल खेलका गोल गर्ने सुजल श्रेष्ठ
— खेल मलेसियामा भएको
— फाईनल खेल सरावक स्टेडियम, कून्चिङमा
— नेपालले ६४ वर्षपछि महादेशस्तरीय उपाधि जितेको
— सोलिडारिटी कप विश्वकप २०१८ र एशियन कप २०१९ छनौट खेलमा बाह्यका देशका लागि ब्ँऋ ले आयोजना गर्ने प्रतियोगिता हो ।

साहित्य÷सृजना
गजल
सक्छौ भने बाघलाई बिरालो बनाएर देखाउ,
समथर तराईको भूमिलाई भिरालो बनाएर देखाउ ।।
गरीबलाई तिरस्कार गर्ने ए भलादमीहरु,
सक्छौ भने गरीबका रगतलाई कालो बनाएर देखाउ ।।
पलमै दुनियाँ भत्काउन सक्ने ए विज्ञान तिमी,
सक्छौ भने ति बुढाबुढीलाई कलिलो बनाएर देखाउ ।।
पत्थर भाको छ मुटु मेरो चोट सहदा सहदैँ,
सक्छौ भने यो मुटुलाई कमलो बनाएर देखाउ ।।
लम्कीदैछन् यि हातहरु मनको भाव कोर्न,
सक्छौ भने यि हातलाई रोक्ने जालो बनाएर देखाउ ।।
शर्मिला चौधरी
थापापुर ५ कैलाली

आमा
हे मेरी आमा
एक्लै हुँदा मलाई
डर लाग्छ किन ?
भीडसँग डर लाग्छ
शून्यतासँग डर लाग्छ
अन्धकारसँग डर लाग्छ
जब आमा म
तिम्रो साथमा हुन्छु
निर्धक्क भएर म
फूलहरुसँग हाँस्छु
पुुतलीहरुसँग नाच्छु
मेरा मनका वेदनाहरु पोख्छु
आमा
तिमी नभए
मेरो आँखाको आँसु
कसले पुच्छिदिन्थ्यो होला
तिमी नभए
मेरो भविष्य नै
अन्धकार हुन्छ है आमा ।
अरुण नदी खत्री
जिन्दगीमा जब आफुले सोचेको जती हुँदैन
यस्तो लाग्छ फेरी कहिलै कुनै प्रगती हुँदैन
कसैलाई दिलमा राख्नु पहिले बिचार गर्नु है
दुखेको दिललाई निको पार्ने ओखती हुँदैन !
राजेन्द्र आग्री
कालुखेती–८ बझाङ्ग

दैवलाई
आखिरी उसैको हो जीवन दिनु छ दैवलाई
कोही हुदैनन् साथमा त्यहाँ लिनु छ दैवलाई
लिला हो, दैवको आदेश उसैको चल्ने गर्छ
थाहै हुदैन कसैलाई कहाँ कतिखेर ढल्ने गर्छ
पर्दा खुलेसम्म मात्र हो दृश्यमा देखिए जस्तै
भोग्नु पर्ने रहेछ सबैले भाग्यमा लेखिए जस्तै
न बिन्ती मान्छ, कसैको न बेदना बुझ्ने गर्छ
समान ठान्छ दुनियाँलाई न कसैलाई पुज्ने गर्छ
जानु छ, एक दिन जानै पर्ने छ स्वर्ग लोकमा
जाने त खुसी हुन्छन डुबाउँछ अरुलाई शोकमा
न बाँच्नु रहेछ, जीवनमा मनमा रिस राग पाली
जाँदा केही हुदैन साथमा जानु पर्ने रहेछ खाली
प्रिय दाई स्वर्गीय कर्ण बोहराप्रति समर्पित
कृष्ण ओली
बाजुरा

सूचना÷सन्देश÷बिज्ञापन
शिक्षक आवश्यकता सम्वन्धि सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७३÷०८÷०८
डोटी जिल्ला तिखात्तर गाविसमा वडा नं. ८ नारी तर्पालामा रहेको यस श्री न¥याल आधारभुत बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपुर्ति गर्नु पर्ने यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिलको विवरण अनुसार इच्छुक योग्य व्यक्तिहरुबाट दरखास्त आवाहन गरिएको छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७३÷०७४
पद ः– शिक्षक संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– शिक्षा संकायवाट प्रविणता प्रमाण पत्र वा सो सरह
किसिम ः– करार
तह ः– प्रा.बि.
उमेर ः– १८ वर्ष पुरा भई ४० ननाघेको
निवेदन आईपुग्ने अन्तिम मिति ः २०७३÷०८÷२३ गतेसम्म
अवेदन दस्तुर ः– रु. २०००÷– मात्र,
सम्र्पक मिति ः– २०७३÷०८÷२४
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
परीक्षा मिति ः जिल्ला शिक्षा कार्यालयसंग समन्वय गरी पछि तोकिनेछ ।
आबश्यक कागजातहरु ः–
– नेपाली नागरिकताको प्रतिलिपि २ प्रति,
– शैक्षिक योग्यताका प्रमाण पत्रहरु, २ प्रति
– तालिम प्राप्त प्रमाणपत्र प्रतिलिपि र हस्तलिखित निवेदन
– अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति,
नोट ः– महिला, जनजाति, अपाङ्ग, दलित समुदाय तथा उच्च योग्याता भएको उम्मेदवारलाई प्राथमिकता दिईने छ । उम्मेदवारले अन्तरवार्तामा सक्कल प्रमाण पत्र सहित उपस्थित हुनुपर्नेछ । थप जानकारीका लागि सम्र्पक मो.नं.९८००६०३३८३ सम्र्पक गर्नुहोला ।

प्रथम पटक प्रकाशित मिति ः २०७३÷०८÷१२
डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका—१ मा रहेको यस श्री बालमन्दिर आधारभुत बिद्यालयमा रिक्त रहेको तपशिल अनुसारको शिक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा अस्थायी पदपुर्ति गर्नु पर्ने यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिलको विवरण अनुसार इच्छुक योग्य व्यक्तिहरुबाट दरखास्त आवाहन गरिएको छ ।
तपसिल
बिज्ञापन नं. ०१÷०७३÷०७४
पद ः– शिक्षक संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– शिक्षा संकायवाट प्रविणता प्रमाण पत्र वा सो सरह, तालिम प्राप्त÷अध्यापन अनुमति पत्र प्राप्त
किसिम ः– सट्टा (करार)
तह ः– प्रा.बि.
उमेर ः– १८ वर्ष पुरा भई ४० ननाघेको
निवेदन आईपुग्ने अन्तिम मिति ः २०७३÷०८÷२६ गतेसम्म
अवेदन दस्तुर ः– रु. ५००÷– मात्र,
सम्र्पक मिति ः– २०७३÷०८÷२८
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
आबश्यक कागजातहरु ः–
– नेपाली नागरिकताको प्रतिलिपि २ प्रति,
– शैक्षिक योग्यताका प्रमाण पत्रहरु, २ प्रति
– तालिम प्राप्त प्रमाणपत्र प्रतिलिपि र हस्तलिखित निवेदन
– अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति,
नोट ः– म्याद नाघी आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाही गरिने छैन । महिला, जनजाति, अपाङ्ग, दलित समुदाय तथा उच्च योग्याता भएको उम्मेदवारलाई प्राथमिकता दिईने छ । उम्मेदवारले अन्तरवार्तामा सक्कल प्रमाण पत्र सहित उपस्थित हुनुपर्नेछ । थप जानकारीका लागि सम्र्पक मो.नं.९८६५५६६० र फोन नं. ०९४–४२०३४३ मा सम्र्पक गर्नुहोला ।

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷०८÷१३ गते
जिल्ला डोटी कालिकास्थान गाबिस वडा नं. ४ स्थित कि.नं. १३७, १६०४ को जग्गा सोही गाबिस वडा नं. ४ बस्ने नरीभानको नाती बिक्रम साउँदको छोरा वहादुर साउँदको नाउँमा नापनक्सा भई श्रेष्तापुर्जा कायम भएकोमा जग्गाधनी वहादुर साउँद भन्ने चुनुवा साउँदको मिति २०७२÷०५÷३१ मा मृत्यु भईसकेकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नी देवुली साउदेनी मात्र भएको हुँदा मृतकको नाउँको डोटी कालिकास्थान गाबिस स्थित पुरै घर जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ साथै मेरो नेपाली ना.प्र.पा. मा पतिको नाम चुनुवा साउँद भएको र मृतकको नाउँको कालिकास्थान गाबिसस्थित जग्गाधनी प्रमाण पुर्जामा नाम वहादुर साउँद भई पतिको नाममा फरक परेको भएता पनि दुवै नाम गरेको व्यक्ति फरक नभई एउटै व्यक्ति मेरो पति नै भएकोले सो नाम समेत संसोधन गरी ने.ना.प्र.प. बमोजिम कायम गरी नामसारी गरी पाउँ भनी डोटी कालिकास्थान गाबिस कार्यालय डोटीको च.नं. ८९, मिति २०७२÷८÷१७ को किटानी सिफारीस पत्र, मृतकको नाउँको जग्गाधनी प्रमाण पुर्जा, नेपाली ना.प्र.पा., चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी डोटी जिल्ला कालिकास्थान गाबिस वडा नं. ४ बस्ने देवुली साउदेनीले यस मालपोत कार्यालय, डोटीमा मिति २०७२÷०८÷१७ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्ध कुनै कसैको हकदावी पुग्ने भए, निजको नाम संसोधन गर्न नपर्ने कुनै कारण भए वा निज निवेदकको मागदावी बमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद वाहेक (३५) पैतिश दिनभित्र आफुसंग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुरी दावी गर्न आउनु होला । अन्यथा म्याद भित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।