Saturday, February 25, 2017
Tuesday, February 21, 2017
बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल फागुन १० गते मंगलबार
सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
सूचना दिँदैनन् सरकारी कार्यालयहरु
गत साउनमा खप्तड क्षेत्र पर्यटन बिकास समितिसंग सम्वन्धित सूचना माग गर्नका लागि पत्रकार भूमीराज ओझाले निवेदन दिए । तत्काल उपलव्ध हुन सक्ने सूचना लागि पछि आउनु भनियो । अर्को पल्ट जाँदा कर्मचारीहरु नभएकोले पछि आउनु भन्ने बहाना गरियो । तेश्रो पटक जाँदा कार्यकारी अधिकृत नभएको बहाना गरियो । चौथो पटक सूचना नदिए कारवाहीको माग गर्दै कानुनी प्रक्रियामा जाने भनेपछि सूचना त दियो उक्त कार्यालयले तर मागे अनुसारको सूचना दिएन ।
सूचनाको हक सम्वन्धि ऐन, २०६४ कार्यान्वयन भएको ८ बर्ष बितिसक्दा समेत सरकारी कार्यालयहरुले सूचना माग गर्दा समेत दिदैनन् । ऐनको दफा ५ अनुसार हरेक सार्वजनिक निकायले प्रत्येक तीन महिनामा सार्वजनिक सरोकारका सूचनाहरु सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि डोटीमा सार्वजनिक निकायहरुले सूचना सार्वजनिक गर्ने गरेको पाईदैन । ऐनको दफा ७ मा कुनै व्यक्तिले लिखित रुपमा सूचना माग गरेमा तत्काल दिन सकिने सूचना भए तत्काल र तत्काल दिन नसकिने भए १५ दिनभित्र निबेदकलाई सूचना उपलव्ध गराउनु पर्ने व्यवस्था गरेको छ । डोटीको हकमा भने उक्त व्यवस्था लागु भएको छैन ।
पत्रकार झलक पालीले दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा कार्तिक २८ गते दिएको निवेदन अनुसार उनले आधा मात्रै सूचना प्राप्त गरेका छन । समाचार सम्प्रेषण गर्ने कारण खुलाई माग गरेको सूचनाको आधा हिस्सा मात्रै पाएको वताउँदै पाली भन्छन् ‘पुरै सूचना नपाएका कारण उक्त समाचार अहिले पनि सार्वजनिक गर्न सकेको छैन ।’ ऐनको प्राव्धान अनुसार सूचना कुनै व्यक्तिले सूचना माग गरेको सूचना दिन नमिल्ने भएमा निबेदकलाई सूचना दिन नमिल्नुको कारण खुलाई २४ घण्टाभित्र जानकारी गराउनु पर्छ तर निवेदन निएको महिनौं बित्दा समेत न त सूचना उपलव्ध गराईन्छ न त कुनै जानकारी नै ।
कार्तिक ५ गते सूचना पाउनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा दिएको निवेदनमाथी पनि कुनै सुनुवाई भएन । सम्वन्धित शाखाको प्रमुख नभएको भन्दै पटक पटक फर्काईयो । यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुको उपलव्धताको अवस्थाका बारेमा समाचार सम्प्रेषण गर्नका लागि माग गरिएको सूचना हालसम्म पनि उक्त कार्यालयले दिएको छैन ।
यस्तै जिल्ला प्रहरी कार्यालय डोटी अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा गत १ गते दिएको निवेदनमा पनि आधा सूचना मात्रै प्राप्त भएको छ । महिला तथा बालबालिका सम्वन्धि कार्यक्रम सञ्चालन निर्देशिका माग गरिएको भएपनि हालसम्म उक्त कार्यालयबाट कुनै जानकारी निवेदकलाई दिईएको छैन ।
किन दिन मान्दैनन् त सरकारी कार्यालयहरु सूचना ? लामो समयदेखि सूचना अधिकारको क्षेत्रमा क्रियाशिल पत्रकार शंकर थापा भन्छन् ‘सरकारी कार्यालयहरु पारदर्शी हुन नसकेका कारण यो समस्या आएको हो ।’ भरसक सूचना नमागिदिए हुन्थ्यो भन्ने सरकारी कार्यालयका कर्मचारीहरुले चाहेको उनले वताए । ‘कार्यालय प्रमुखहरुले सूचना अधिकारीलाई सवै सूचना उपलव्ध नगराएका कारण पनि सूचना अधिकारीहरुलाई सूचना दिन गा¥हो भएको छ’ पत्रकार थापाले थपे ‘धेरै सूचनाका बारेमा सूचना अधिकारीनै जानकार हुँदैनन्, अनि कसरी अरुलाई सूचना दिन सक्छन ?’
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मीन बम भन्छन् ‘हरेक सार्वजनिक निकायले सूचना अनिबार्य रुपमा दिनु पर्छ, यदि कसैले दिदैन भने त्यो अपराध हो ।’ उनले कानुनले गर भनेको काम नगर्नु अपराध भएको वताए । ‘जुन निकायले ईमानदा–रीका साथ नियम कानुनको परिधीभित्र रही काम गरेका छन ति निकायहरु सूचना दिन डराउँदैनन्’ अध्यक्ष बम भन्छन् ‘जुन कार्यालयमा नियमानुसार काम हुँदैन उनीहरुले सूचना लुकाउने काम गरेका छन ।
१० बर्षको सूचना पनि छैन
ऐनको दफा ५ अनुसार सार्वजनिक निकायहरुले सम्भव भएसम्म ऐन प्रारम्भ हुनु भन्दा २० अघिसम्मका सूचनाहरु पनि अद्याबधिक गरेर राख्नु पर्ने वताएको छ तर सरकारी कार्यालयहरुसंग ऐन प्रारम्भ भएको दुई वर्ष अगाडिको सूचना पनि समेत रहेको छैन । सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयसंग २०६३ सालमा कक्षा १ मा भर्ना भएका बिद्यार्थीहरुको तथ्याँक भेटिदैन । यस्तै जिल्ला शिक्षा कार्यालय डोटीले समेत २०६३ सालमा कक्षा १ मा भर्ना भएका बालबालिकाहरुको बिरण माग गर्दा आफुहरुसंग उक्त बिवरण नभएको मौखिक जानकारी गराएको छ । प्रबेशिका परीक्षा समाचार सम्प्रेषण गर्नका लागि उक्त सूचना माग गरिएको थियो ।
सूचनाको हक सम्वन्धि ऐन अनुसार नियुक्त भएका सूचना अधिकारीको बिवरण सवैले देख्ने गरी सूचनापाटीमा राख्नु पर्ने गरि राष्ट्रिय सूचना आयोगले गरेको व्यवस्था अनुसार डोटीका कार्यालयहरुले पनि सूचना अधिकारीको बिवरण सार्वजनिक गर्न थालेका हुन । सुरुमा जिल्ला पशु सेवा कार्यालयले मात्रै सूचना अधिकारीको नाम सार्वजनिक गरेकोमा अहिले करीव एक दर्जन कार्यालयहरुले सूचना अधिकारीको नाम सवैले देख्ने गरी टाँस गर्न थालेका छन ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले जिल्लाका सवै कार्यालयहरुलाई अनिवार्य रुपमा सूचना अधिकारीको नाम र पद सवैले देख्ने ठाउँमा राख्न निर्देशन गरेपछि सवै कार्यालयहरुमा उक्त अभ्यास सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति जस्ता धेरै सेवाग्राहीहरु आउने कार्यालयहरुले सूचना अधिकारीको नाम, पद, मोवाईल नंं. र इमेल आईडी सार्वजनिक गर्न थालेका छन ।
सूचना अधिकारीको नाम सार्वजनिक गर्नु राम्रो पक्ष रहेको पत्रकार थापा बताउाछन । उनी भन्छन् ‘जसरी सूचना अधिकारी को नाम सवैले देख्ने गरि टाँस भएकाे छ त्यसरीनै सूचना शाखा पनि व्यबस्थित गर्नु प¥यो ।’
लोकतान्त्रिक निर्वाचनको अनिवार्य शर्त हो आवधिक निर्वाचन । राज्यको संरचना अनुसार सवै तहको निर्वाचन तोकिएकै अवधीमा हुन सके भने मात्रै जनताले आफ्नो अधिकारको उपयोग र उपभोग गर्न पाउँछन भन्ने मान्यता लोकतन्त्रमा हुन्छ । त्यसैले निर्वाचनको मिति घोषणा गर्ने सरकारी निर्णयको स्वागत गर्नु पर्छ । तर, निर्वाचन हुने कुरामा भने अहिले पनि संका छ ।
निर्वाचन घोषणा गर्न जति सजिलो छ त्यतिनै बढी समस्या निर्वाचन सम्पन्न गर्नमा छ । सरकारले मधेशी मोर्चा र दक्षिणी छिमेकीलाई समेत खुशी पार्नका लागि संसदमा पेश गरेको संबिधान संसोधन बिधेयक तत्काल अगाडि बढाउने प्रतिपद्धता राख्दा समेत र तराईका जिल्लाहरुमा स्थानीय तहको संख्यामा बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्दा समेत मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसको अर्थ निर्वाचनमा जाने बाटो सोझो छैन भन्ने हो ।
एकातिर नेकपा एमालेले संसदमा रहेको संसोधन बिधेयक अगाडि बढाउँदै नदिने भनेको छ । आयोगले दिएको स्थानीय तहको संख्या र सिमानामा पनि हेरफेर नगर्न एमालेले सरकारलाई दवाव दिईरहेको छ, अर्कोतिर संसोधन बिधेयक पारित नभएसम्म न चुनाव हुनु पर्ने न स्थानीय तहको संख्या निर्धारण गर्नु पर्ने भन्ने मधेशी मोर्चाको अडान छ । यस्तो द्वन्द्वका बिचमा यो चुनाव घोषणा गर्ने हिम्मत त सरकारले गरेको छ तर यसका लागि आधार बनेकै हो त ? सत्तामा रहेका दलहरु र प्रतिपक्ष दलहरुले मात्रै चाहेर चुनाव हुने होईन । चुनावी बातावरण बन्नु जरुरी हुन्छ ।
कुन खेल खेल्ने भन्ने नै निक्र्योल नहुँदै खेलाडीहरु मात्रै तयार भएर केही हुँदैन । अहिले पनि कुन खेल खेल्ने अर्थात स्थानीय तहको निर्वाचन गर्ने वा स्थानीय निकायको भन्ने बिषयमा सरकारी मन्त्रीहरुनै अन्यौल छन, निर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगनै अन्यौलमा रहेको छ । खेलका नियमहरु बनेका छैनन्, रेफ्री आफै अन्यौलमा छ, सामग्रीहरुको अत्तो पत्तो छैन । समय थोरै छ, बिषयहरु धेरै छन मिलाउनु पर्ने । त्यसैले घोषणा हुँदैमा चुनाव भईहाल्छ भन्ने निश्चित अहिले पनि छैन । तर, जसरी पनि तोकिएकै मितिमा चुनाव गराउनु जरुरी छ, यसका लागि सरकारले, सरकारमा सहभागि दलहरुले, प्रतिपक्षी दलहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने जरुरी छ ।
चुनावको बिपक्षमा रहेका मधेशी मोर्चा लगायत अन्य दलहरुलाई पनि साथमा ल्याउनु पर्ने अर्को चुनौती रहेको छ । बिगत १० वर्षसम्म सञ्चालन भएको सशस्त्र संघर्षमा महत्वपूर्ण भुमिकामा रहेका मोहन बैद्य नेतृत्व र नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीहरुले अहिले पनि निर्वाचनमा भाग नलिने घोषणा गर्दै हिडेका छन । चुनावी माहोल बिथोल्नका लागि उनीहरुको भुमिका पनि महत्वपूर्ण हुन्छ, त्यसैले उनीहरुलाई पनि साथमा ल्याउनु पर्ने जरुरी छ । तर सरकारले मधेशी मोर्चालाई मात्रै महत्व दिईरहेको छ । यि अन्य दलहरुलाई वास्ता पनि गरेको देखिदैन ।
अर्को महत्वपूर्ण कुरा सरकारले अहिलेसम्म पनि स्थानीय तहको संख्या र सिमामा रहेका बिवादहरुको टुङ्गो लगाईसकेको छैन । यदि बिवादहरु कायमै रहने हो भने यसले पनि चुनावी बातावरणलाई खल्वल्याउने छ । यसका बिषयमा पनि हामीहरुले सोच्नु पर्ने निश्चित छ । निर्वाचन जसरी हुनु पर्छ ।
पत्रकार झलक पालीले दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा कार्तिक २८ गते दिएको निवेदन अनुसार उनले आधा मात्रै सूचना प्राप्त गरेका छन । समाचार सम्प्रेषण गर्ने कारण खुलाई माग गरेको सूचनाको आधा हिस्सा मात्रै पाएको वताउँदै पाली भन्छन् ‘पुरै सूचना नपाएका कारण उक्त समाचार अहिले पनि सार्वजनिक गर्न सकेको छैन ।’ ऐनको प्राव्धान अनुसार सूचना कुनै व्यक्तिले सूचना माग गरेको सूचना दिन नमिल्ने भएमा निबेदकलाई सूचना दिन नमिल्नुको कारण खुलाई २४ घण्टाभित्र जानकारी गराउनु पर्छ तर निवेदन निएको महिनौं बित्दा समेत न त सूचना उपलव्ध गराईन्छ न त कुनै जानकारी नै ।
कार्तिक ५ गते सूचना पाउनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा दिएको निवेदनमाथी पनि कुनै सुनुवाई भएन । सम्वन्धित शाखाको प्रमुख नभएको भन्दै पटक पटक फर्काईयो । यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुको उपलव्धताको अवस्थाका बारेमा समाचार सम्प्रेषण गर्नका लागि माग गरिएको सूचना हालसम्म पनि उक्त कार्यालयले दिएको छैन ।
यस्तै जिल्ला प्रहरी कार्यालय डोटी अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा गत १ गते दिएको निवेदनमा पनि आधा सूचना मात्रै प्राप्त भएको छ । महिला तथा बालबालिका सम्वन्धि कार्यक्रम सञ्चालन निर्देशिका माग गरिएको भएपनि हालसम्म उक्त कार्यालयबाट कुनै जानकारी निवेदकलाई दिईएको छैन ।
किन दिन मान्दैनन् त सरकारी कार्यालयहरु सूचना ? लामो समयदेखि सूचना अधिकारको क्षेत्रमा क्रियाशिल पत्रकार शंकर थापा भन्छन् ‘सरकारी कार्यालयहरु पारदर्शी हुन नसकेका कारण यो समस्या आएको हो ।’ भरसक सूचना नमागिदिए हुन्थ्यो भन्ने सरकारी कार्यालयका कर्मचारीहरुले चाहेको उनले वताए । ‘कार्यालय प्रमुखहरुले सूचना अधिकारीलाई सवै सूचना उपलव्ध नगराएका कारण पनि सूचना अधिकारीहरुलाई सूचना दिन गा¥हो भएको छ’ पत्रकार थापाले थपे ‘धेरै सूचनाका बारेमा सूचना अधिकारीनै जानकार हुँदैनन्, अनि कसरी अरुलाई सूचना दिन सक्छन ?’
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मीन बम भन्छन् ‘हरेक सार्वजनिक निकायले सूचना अनिबार्य रुपमा दिनु पर्छ, यदि कसैले दिदैन भने त्यो अपराध हो ।’ उनले कानुनले गर भनेको काम नगर्नु अपराध भएको वताए । ‘जुन निकायले ईमानदा–रीका साथ नियम कानुनको परिधीभित्र रही काम गरेका छन ति निकायहरु सूचना दिन डराउँदैनन्’ अध्यक्ष बम भन्छन् ‘जुन कार्यालयमा नियमानुसार काम हुँदैन उनीहरुले सूचना लुकाउने काम गरेका छन ।
१० बर्षको सूचना पनि छैन
ऐनको दफा ५ अनुसार सार्वजनिक निकायहरुले सम्भव भएसम्म ऐन प्रारम्भ हुनु भन्दा २० अघिसम्मका सूचनाहरु पनि अद्याबधिक गरेर राख्नु पर्ने वताएको छ तर सरकारी कार्यालयहरुसंग ऐन प्रारम्भ भएको दुई वर्ष अगाडिको सूचना पनि समेत रहेको छैन । सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयसंग २०६३ सालमा कक्षा १ मा भर्ना भएका बिद्यार्थीहरुको तथ्याँक भेटिदैन । यस्तै जिल्ला शिक्षा कार्यालय डोटीले समेत २०६३ सालमा कक्षा १ मा भर्ना भएका बालबालिकाहरुको बिरण माग गर्दा आफुहरुसंग उक्त बिवरण नभएको मौखिक जानकारी गराएको छ । प्रबेशिका परीक्षा समाचार सम्प्रेषण गर्नका लागि उक्त सूचना माग गरिएको थियो ।
व्यबस्थित हुँदै सूचना अधिकारीहरु
सम्वन्धित सार्वजनिक निकायको फायलमा मात्रै सिमित रहने सूचना अधिकारीहरु व्यवस्थित हुन थालेका छन ।सूचनाको हक सम्वन्धि ऐन अनुसार नियुक्त भएका सूचना अधिकारीको बिवरण सवैले देख्ने गरी सूचनापाटीमा राख्नु पर्ने गरि राष्ट्रिय सूचना आयोगले गरेको व्यवस्था अनुसार डोटीका कार्यालयहरुले पनि सूचना अधिकारीको बिवरण सार्वजनिक गर्न थालेका हुन । सुरुमा जिल्ला पशु सेवा कार्यालयले मात्रै सूचना अधिकारीको नाम सार्वजनिक गरेकोमा अहिले करीव एक दर्जन कार्यालयहरुले सूचना अधिकारीको नाम सवैले देख्ने गरी टाँस गर्न थालेका छन ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले जिल्लाका सवै कार्यालयहरुलाई अनिवार्य रुपमा सूचना अधिकारीको नाम र पद सवैले देख्ने ठाउँमा राख्न निर्देशन गरेपछि सवै कार्यालयहरुमा उक्त अभ्यास सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति जस्ता धेरै सेवाग्राहीहरु आउने कार्यालयहरुले सूचना अधिकारीको नाम, पद, मोवाईल नंं. र इमेल आईडी सार्वजनिक गर्न थालेका छन ।
सूचना अधिकारीको नाम सार्वजनिक गर्नु राम्रो पक्ष रहेको पत्रकार थापा बताउाछन । उनी भन्छन् ‘जसरी सूचना अधिकारी को नाम सवैले देख्ने गरि टाँस भएकाे छ त्यसरीनै सूचना शाखा पनि व्यबस्थित गर्नु प¥यो ।’
सम्पादकीय
हुन्छ त चुनाव ?
सरकारले लामो समयको कसरतपछि सोमवार अवेर स्थानीय निर्वाचनको घोषणा गरेको छ । यो घोषणाले झण्डै १५ बर्षदेखि जनप्रतिनिधिबिहिन रहेका स्थानीय निकायहरुले जनप्रतिनिधि पाउने छन, सर्वदलीय संयन्त्रका नाममा मौलाएको मनपरीतन्त्रको अन्त्य हुनेछ, जनताले बैधानिक प्रतिनिधि पाउनेछन । यो निर्वाचन घोषणा भईसकेपछि निर्वाचन निश्पक्ष, भयरहित र धाँधलीमुक्त बातावरणमा होस् भन्ने आग्रहसहित सरकारलाई धन्यवाद छ ।लोकतान्त्रिक निर्वाचनको अनिवार्य शर्त हो आवधिक निर्वाचन । राज्यको संरचना अनुसार सवै तहको निर्वाचन तोकिएकै अवधीमा हुन सके भने मात्रै जनताले आफ्नो अधिकारको उपयोग र उपभोग गर्न पाउँछन भन्ने मान्यता लोकतन्त्रमा हुन्छ । त्यसैले निर्वाचनको मिति घोषणा गर्ने सरकारी निर्णयको स्वागत गर्नु पर्छ । तर, निर्वाचन हुने कुरामा भने अहिले पनि संका छ ।
निर्वाचन घोषणा गर्न जति सजिलो छ त्यतिनै बढी समस्या निर्वाचन सम्पन्न गर्नमा छ । सरकारले मधेशी मोर्चा र दक्षिणी छिमेकीलाई समेत खुशी पार्नका लागि संसदमा पेश गरेको संबिधान संसोधन बिधेयक तत्काल अगाडि बढाउने प्रतिपद्धता राख्दा समेत र तराईका जिल्लाहरुमा स्थानीय तहको संख्यामा बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्दा समेत मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसको अर्थ निर्वाचनमा जाने बाटो सोझो छैन भन्ने हो ।
एकातिर नेकपा एमालेले संसदमा रहेको संसोधन बिधेयक अगाडि बढाउँदै नदिने भनेको छ । आयोगले दिएको स्थानीय तहको संख्या र सिमानामा पनि हेरफेर नगर्न एमालेले सरकारलाई दवाव दिईरहेको छ, अर्कोतिर संसोधन बिधेयक पारित नभएसम्म न चुनाव हुनु पर्ने न स्थानीय तहको संख्या निर्धारण गर्नु पर्ने भन्ने मधेशी मोर्चाको अडान छ । यस्तो द्वन्द्वका बिचमा यो चुनाव घोषणा गर्ने हिम्मत त सरकारले गरेको छ तर यसका लागि आधार बनेकै हो त ? सत्तामा रहेका दलहरु र प्रतिपक्ष दलहरुले मात्रै चाहेर चुनाव हुने होईन । चुनावी बातावरण बन्नु जरुरी हुन्छ ।
कुन खेल खेल्ने भन्ने नै निक्र्योल नहुँदै खेलाडीहरु मात्रै तयार भएर केही हुँदैन । अहिले पनि कुन खेल खेल्ने अर्थात स्थानीय तहको निर्वाचन गर्ने वा स्थानीय निकायको भन्ने बिषयमा सरकारी मन्त्रीहरुनै अन्यौल छन, निर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगनै अन्यौलमा रहेको छ । खेलका नियमहरु बनेका छैनन्, रेफ्री आफै अन्यौलमा छ, सामग्रीहरुको अत्तो पत्तो छैन । समय थोरै छ, बिषयहरु धेरै छन मिलाउनु पर्ने । त्यसैले घोषणा हुँदैमा चुनाव भईहाल्छ भन्ने निश्चित अहिले पनि छैन । तर, जसरी पनि तोकिएकै मितिमा चुनाव गराउनु जरुरी छ, यसका लागि सरकारले, सरकारमा सहभागि दलहरुले, प्रतिपक्षी दलहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने जरुरी छ ।
चुनावको बिपक्षमा रहेका मधेशी मोर्चा लगायत अन्य दलहरुलाई पनि साथमा ल्याउनु पर्ने अर्को चुनौती रहेको छ । बिगत १० वर्षसम्म सञ्चालन भएको सशस्त्र संघर्षमा महत्वपूर्ण भुमिकामा रहेका मोहन बैद्य नेतृत्व र नेक्रबिक्रम चन्द नेतृत्वको माओवादीहरुले अहिले पनि निर्वाचनमा भाग नलिने घोषणा गर्दै हिडेका छन । चुनावी माहोल बिथोल्नका लागि उनीहरुको भुमिका पनि महत्वपूर्ण हुन्छ, त्यसैले उनीहरुलाई पनि साथमा ल्याउनु पर्ने जरुरी छ । तर सरकारले मधेशी मोर्चालाई मात्रै महत्व दिईरहेको छ । यि अन्य दलहरुलाई वास्ता पनि गरेको देखिदैन ।
अर्को महत्वपूर्ण कुरा सरकारले अहिलेसम्म पनि स्थानीय तहको संख्या र सिमामा रहेका बिवादहरुको टुङ्गो लगाईसकेको छैन । यदि बिवादहरु कायमै रहने हो भने यसले पनि चुनावी बातावरणलाई खल्वल्याउने छ । यसका बिषयमा पनि हामीहरुले सोच्नु पर्ने निश्चित छ । निर्वाचन जसरी हुनु पर्छ ।
थप समाचार
सरकारी निर्णयको बिरोधमा ज्ञापन
सरकारले डोटीको गड्सेरा गाबिसमा सरकारी कार्यालयहरु स्थापना गर्ने गरि गरेको निर्णयको बिरुद्धमा सेवाग्राहीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएका छन ।डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई दिईएको ज्ञापन पत्रमा साबिकको ईलाका नं. ६ को केन्द्र सरस्वती–नगर गाबिसको राउतकट्टे रहेको र स्थानीय तहको प्रस्तावित खाकामा पनि जोरायल गाउँपालिकाको केन्द्र सोही ठाउँमा राखिएको हुँदाहुँदै पनि सेवाग्राहीलाई अपायक पर्ने गरि सरकारले गड्सेरामा मालपोत र नापी कार्यालय स्थापना गरिएको भन्दै उक्त निर्णय सच्याईनु पर्ने माग गरिएको छ । बिगतमा जोरायलमा रहेका ईलाकास्तरीय कार्यालयहरु द्वन्द्वका कारण बिस्थापित भएको स्मरण गराउँदै बिज्ञप्तीमा ति कार्यालयहरु पनि तत्काल पुनस्र्थापना गर्न माग गरिएको छ ।
तीन सय ३७ जनाको हस्ताक्षर सहित बुझाईएको ज्ञापन पत्रमा द्वन्द्वका कारण बिस्थापित भएका ईलाका बन कार्यालय, जिल्ला आयुर्बेदिक कार्यालय, नेपाल बैङ्क लिमिटेड, कृषि बिकास बैङ्क लगायतका कार्यालयहरु तत्काल पुनस्र्थापनाका लागि पहल गर्नु पर्ने र गड्सेरा गाबिसमा मालपोत कार्यालय र नापी कार्यालयको शाखा राख्ने गरि भएको निर्णय सच्याई राउतकट्टेमा राखिनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा द्वन्द्वका कारण बिस्थापित कार्यालयहरु पुनस्र्थापना गर्नका लागि पटक पटक स्थानीयबासीहरुले प्रयास गर्दा समेत सरकारले वेवास्ता गरेको आरोप लगाईएको छ । आफ्ना मागहरु पुरा नभए आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी स्थानीयबासीहरुले ज्ञापनपत्र मार्फत दिएका छन ।
ज्ञपन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले आफुले यो ज्ञापन पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्री–परिषद्को कार्यालयमा पठाउने जानकारी दिए । नापी र मालपोत कार्यालयको शाखा गड्सेरामा स्थापना गर्ने सरकारी निर्णय कसरी भएको हो भन्ने बारेमा आफुलाई जानकारी नभएको वताउँदै प्रजिअ शर्माले भने ‘हामीलाई सुरक्षा व्यवस्था मिलाउन परिपत्र आएको थियो, सोही अनुसार हामीले अहिलेलाई अस्थायी प्रहरी चौकी स्थापना गरेका छौं ।
सरकारले गड्सेरा गाबिसमा नापी र पालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । गड्सेरा गाबिसलाई पनि प्रस्तावित जोरायल गाउँपालिकाभित्र राखिएको छ ।
डोटीमा नौ दल, एक लाख मतदाता
जिल्ला निर्वाचन कार्यालय डोटीमा नौ राजनीतिक दलहरु दर्ता भएका छन ।प्रथम निर्वाचन दिवसको अवसरमा सो कार्यालयले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा बिधिवत् रुपमा नौ दल दर्ता भएको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझाका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता भएका छन । यस्तै राष्ट्रिय जनमोर्चा, संघीय समाजबादी फोरम नेपाल, नेपाल पूर्व राष्ट्रसेबक लोकतान्त्रिक पार्टी र नेपाल दलित पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका ओझाले वताए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी पनि निर्वाचन कार्यालयमा दर्ता भएको छ ।
संगठन बिस्तारमा जुटेका अन्य दुई पार्टीहरुले भने आफुलाई आधिकारिक रुपमा दर्ता गराएका छैनन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द्र नेतृत्वको नेकपा माओवादीले निर्वाचन कार्यालयमा दर्ता गराएका छैनन् । गतिबिधिका हिसावले दुवै पार्टी जिल्लामा सक्रिय रहेका छन ।
जिल्लामा एक लाख तीन हजार ८७ मतदाता रहेको सो कार्यक्रममा जानकारी गराईयो । ‘५५ हजार ६ सय २१ महिला र ४७ हजार चार सय ६६ पुरुष मतदाता रहेका छन’ निर्वाचन अधिकारी ओझाले भने ‘यो माघ मसान्तसम्मको तथ्याँक हो ।’ सहभागिहरुबाट आएको जिज्ञासामा ओझाले निर्वाचनका लागि अहिलेनै कुनै जानकारी नआएको वताए ।
२०१५ साल फागुन ७ गते पहिलो आम निर्वाचन भएको दिन सम्झदै सरकारले यस वर्षदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।
महोत्सवको तयारी तिब्र
फागुन १२ देखि २२ गतेसम्म डोटीको दिपायलमा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ ।डोटी उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको उक्त महोत्सवका लागि स्टलहरु तयार भईसकेका संघका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिएका छन । उनका अनुसार महोत्सवको प्रचार प्रसार तिब्र रुपमा भईरहेको छ । ‘ठाउँ ठाउँमा गेट निर्माण गर्ने काम भईरहेको छ’ सोमबार बिम्ब साप्ताहिकसंग कुरा गर्दै बलायरले भने ‘भोलीसम्म मञ्चको काम पनि पुरा भईसक्छ ।’
महोत्सवको पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रवहादुर बानियाँद्वा–रा उद्घाटन हुनेछ । महोत्सवले सुदूरपश्चिमका नौ बटै जिल्लाको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।
डडेल्धुरामा युवा संसद हुने
ललित बोहरा÷डडेल्धुराफागुन ९
डडेल्धुरामा नमुना युवा ब्यबस्थापिका संसद् कार्यक्रम आज मंगलबार देखि सुरु हुने भएको छ ।
‘युवाका सवाल र भुमिका’ बिषयमा संसदीय प्रक्रिया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापिका संसद् कार्यक्रम हुन लागेको हो । यूवाहरुलाई नीति निर्माण प्रक्रिया, स्थानीय निकाय तथा तहमा सहभागीता, क्षमता अभिबृद्धि गर्ने, नियम कानुन बनाउने नीतिगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजना नेपाल यूवा संस्था सञ्जाल (आयोन) का महा–सचिव भरत जोशीले जानकारी दिए ।
साथै कार्यक्रमा यूवाहरुका सवालहरुलाई कसरी संसदीय प्रक्रियामार्फत अगाडि ल्याईन्छ र ऐन कानुन वा नियमहरु कसरी, ब्यबस्थापिका संसदबाट बनाईन्छ वा संशोधन गरिन्छ भने प्रक्रियासंग यूवाहरुलाई नै परिचित गराउनेमा जोड दिईने छ । कार्यक्रममा राजनीतिक दलका भातृ संगठनहरुका यूवाहरु, सामाजिक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ७० जना यूवाहरु सहभागी हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
कार्यक्रमको अन्तिम दिन सांसदहरु एनपी साउद र ज्ञानु गैरे कार्यक्रममा उपस्थित हुने बताईएको छ । प्रदेश नं.७ को डडेल्धुरामा मात्र हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सांसदहरु मार्फत केन्द्र सम्म पु¥याउने आयोजनाले जनाएको छ ।
नमुना संसद कार्यक्रम समापनको दिन यूवाहरुका समस्या र सावलहरुको एक घोषणा पत्र पनि जारी गरिने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । नेपाल यूवा संस्था सञ्जाल देशभर ४४ जिल्लाका ९२ युवा संस्थाहरुको छाता संस्था हो ।
सन २००५ मा स्थापित यस संस्थाले स्थापनाकाल देखि यूवाहरुको अधिकार सवालमा पैरवी, बिकासमा यूवा सहभागीता, युवा संस्था र यूवा क्षमता अभिबृद्धि लागी नेपाल सरकारका बिभिन्न मन्त्रालय तथा निकायहरुसंग साझेदारीमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अघि आयोनले सिन्धुपाल्चोक, बागलुङ्ग, जाजर–कोट, जनकपुर, तेह्रथुन, बर्दिया र चितवन जिल्लामा कार्यक्रम सम्पन्न गरी सकेको छ ।
शैलेश्वरीमा याताय समितिमा मलासी
शैलेश्वरी यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः गणेश मलासी चयन भएका छन ।शुक्रबार सम्पन्न भएको चौथो अधिवेशनबाट मलासी पुनः अध्यक्ष पदमा निर्बिरोध चयन भएका हुन । यस्तै बरिष्ठ उपाध्यक्षमा चक्रवहादुर कठायत, प्रशासन उपाध्यक्षमा धनवहादुर भण्डारी, उद्धार उपाध्यक्षमा केपी माझी, महासचिवमा लोकेन्द्र शाह, सचिवमा कृष्ण भण्डारी र उद्धार सचिवमा बमवहादुर धामी चयन भएका छन । यस्तै कोषाध्यक्षमा बिनोद रावल निर्वाचित भएका छन ।
सांसद बिरवहादुर बलायरले उद्घाटन गरेको अधिवेशनले सदस्यहरुमा बासुदेव जोशी, श्याम खड्का, रामवहादुर साउँद, खेम पातली, भक्त भट्टराई र केशव राज जोशी चयन गरेको शैलेश्वरी यातायात व्यवसायी संघ डोटीले जानकारी दिएको छ ।
शिक्षक संघमा जोशी
नेपाल शिक्षक संघ डोटीमा नवराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएका छन ।
शनिवार सम्पन्न अधिवेशनबाट जोशीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो । संघको उपाध्यक्षमा जगतवहादुर खड्का, महिला उपाध्यक्षमा लक्ष्मीकुमारी शर्मा, रुपेन्द्रसिं धामी र अर्थ सचिवमा टेकवहादुर बलाएर चयन भएका छन ।
आलुको बिउबारे अध्ययन हुने
कञ्चनपुर जिल्लामा आलुको बिउ उत्पादनबारे अध्ययन हुने भएको छ ।आलुबाली विज्ञ दानसिंह महराका अनुसार आलुको बीउ किसानसम्म पुगे नपुगको, बीउमा रोग लागेको अवस्था, उत्पादन र बजार व्यवस्थापनबारे अध्ययन गरिनेछ । ‘किसानलाई सहज रुपमा बिउ कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे अध्ययन गर्दै छौं’ महराले भने ‘आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउको अवलोकन गरेका छौं ।’
आलुको बिउका गुणस्तर राम्रो रहे पनि उत्पादन कम भएको, बिउ मागेको बेला नपाइने, महंगो रहेको किसानहरुले राखेको महराले जानकारी दिए ।
किसान पुरन चौधरीले यस क्षेत्रका अधिकांस किसान आलुको बिउ उत्पादनमा संलग्न रहेको वताए । ‘प्रतिवर्ष ७० क्विन्टल बढी आलुको बीउ यहाँका किसानले उत्पादन गर्दै आएका छन्’ चौधरीले भने ‘हामीलाई मुल बिउ र बजार पाउन समस्या रहेको छ ।’
आलु बाली विकास कार्यक्रम अन्तर्गत बर्षेनी सात लाख बढी दाना पहिलो पुस्ताको आलु बिउ किसानबाट माग हँुदै आए पनि उपलब्ध गराउन गाह्रो रहेको बिज्ञ महरा बताउछन ।
‘हस्ताक्षर’ गर्ने सपना पुरा गर्न सघाउँदै
दिपायल सिलगढी नगरपालिका–१ सिलगाउँकी कलशा सुब्बा निरन्तर सिकाईको कक्षा लिई रहेकी थिईन । औपचारिक अध्ययन गर्न नपाएपनि प्रौड उमेरमा कलशाले सामान्य पढ्ने र हस्ताक्षर गर्र्ने मन गरिन । कलशाको यो भावनालाई ६ बर्षीय छोरा करनले साथ दिदैछन ।भरकरै अक्षर लेख्न थालेक कलशाको हात समाएर अक्षर लेख्न सिकाउने गर्छन उनका छोरा करनले । मोर्निङ लाईट ईङ्ग्लिस बोडिङ्ग स्कुलमा ध्ययनर–त करन बिद्यालयबाट फर्केपछि आमा बढ्दै गरेको ठाउँमा आएर आमाको हात समाती कखरा लेख्न सिकाउँदै थिए ।
सिलगाउँमै सञ्चालन भएको निरन्तर सिकाई कक्षामा दिसिनपा–१ कै तुल्सा खत्री पनि थिईन । पढ्ने ईच्छा भएकी खत्री पनि भरकरै मात्र अक्षर चिन्न थालेकी छिन ।
पढ्ने लेख्ने उमेरमा घाँस, दाउरा गरेर समय बिताएका महिलाहरु बुढेशकालमा भएपनि हस्ताक्षर गर्ने मन गरेका छन । अक्षर चिन्ने र सामान्य पढ्न सक्ने बन्ने आफ्नो ईच्छा रहेको बताउँछिन कलशा सुब्बा । उनले भनिन् ‘हामीले पढ्ने उमेरमा पढ्न पाएनौं ढिलै भएपनि हस्ताक्षर गर्न सक्ने, आएका पत्र तथा कागजात पढ्न सक्ने भयौं भने हुन्थ्यो भन्ने लागेको छ, त्यसैले पनि यो कक्षामा आफु छोरासंगै बढ्दै गरेको हुँ ।’ कलशाले थपिन् ‘मेरो छोरा नीजि बिद्यालयमा पढ्छ, मैले कसरी लेख्नु पर्छ भनेर सोध्दा सिकाउने गरेको छ, हामी आमा छोरा साथी जस्तै भएर पढ्छौं, उमेर ढल्केर होला सबै कुरा चाँडै बुझ्दिन् ।’
आफ्ना आमाबुवाले समयमै बिद्यालयमा नपढाएका कारण पढ्न लेख्न नसकेको तुल्सा खत्रीले बताईन । खत्रीले भनिन् ‘हामी पनि पढ्न लेख्न सक्थौं होला तर पढ्ने बाताबरण भएन, हाम्रा आमा बुवाले पढाउनु भएन ।’ खत्रीले थप्दै भनिन् ‘हामी जे भयौं, भयौं अब हाम्रा सन्ततिले हामीप्रति गुनासो गर्ने ठाउँ राख्ने छैनन् ।’ निरन्तर सिकाई कक्षामै सहभागी भगवती खत्री भने शिक्षाको बिकासलाई दोष दिन्छिन् । उनले भनिन् ‘अहिलेको जस्तो बिद्यालय पनि थिएन, पढ्न धेरै टाढा जानु पथ्र्यो, अहिलेको जस्तो बिद्यालय भएको भए हाम्रा आमाबुवा पनि पढाउँथे होलान हामीलाई ।’
उमेर घर्कदै गएका, चुल्हो चौकाको काममा ब्यस्त महिला दिनको केही समय भएपनि पढ्नका लागी समय निकाल्ने गरेका छन । पहिला पनि लेख्न पढ्न सिकेका महिलाहरु घरको कार्य ब्यस्तताले बिर्सने समस्या रहेको परिचालक आशा बोहरा बताउछिन । बोहराले भनिन् ‘यि सबै निरन्तर सिकाई कक्षामा बस्नेहरु लेख्न पढ्न जान्ने ब्यक्तीहरु हुन तर, कार्यब्यस्तताले होला उहाँहरु भुल्न थाल्नु भएको थियो, अब बिस्तारै सिक्दै हुनुहुन्छ ।’
बिगतमा प्राप्त गरेका ज्ञानलाई निरन्तर गर्न र थप ज्ञान आर्जनका लागी निरन्तर सिकाई कक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले बताए । पौडेलले भने ‘ब्यबहारिक जीवनमा निरन्तर सिकाईले काम गरोस, थप कुरा सिकाउन सकियोस भन्ने उद्देश्यका साथ निरन्तर कक्षा सञ्चालन गरेका छौं ।’
डोटी जिल्लाका ५० गाबिस र एक नगरपालिकामा गरी ९८ स्थानमा निरन्तर सिकाईका कक्षा सञ्चालन गरिएको छ । जिल्लाभरी सञ्चालन गरिएका कक्षाहरुमा एक हजार चार सय ७३ जना प्रत्येक्ष रुपमा लाभान्बित हुने अनुमान गरिएको छ । दैनिक जीबनका गणितीय हिसाब, आधा–रभुत सूचना प्रबिधिका बारे जानकारी र दैनिक जीबन यापनका लागी सीप सिकाउने उद्देश्यका साथ उक्त कक्षा सञ्चालन गरिएको पौडेलले वताए ।
छोटकरी
नयाँ शक्ति गाउँ अभियानमा
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु गाउँ अभियानमा रहेका बेला पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी डोटीले पनि गाउँ अभियान सुरु गरेको छ ।जिल्ला संयोजक शिवसिं ओलीले दिएको जानकारी अनुसार ‘घरघरमा नयाँ शक्ति’ को नारा सहित उक्त अभियान शनिवार पूर्वी चौकी गाउँपालिकाबाट सुरु भएको छ । अभियानका क्रममा संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण लगायतका गतिबिधिहरु गरिने ओलीले वताए ।
नयाँ शक्ति पार्टीको समृद्धिको योजना जनताका बिचमा पु¥याउने उद्देश्यका साथ उक्त अभियान सञ्चालन गरिएको ओली वताउँछन । अभियानका क्रममा सरकारी तथा गैरसरका–री संस्थाहरुबाट भएका कार्यक्रमहरुको अनुगमन गर्ने र जनतालाई सूचना दिने समेत कार्यक्रम रहेको ओलीले बिम्ब साप्ताहिलकलाई जानकारी दिए ।
लेख
योग किन ?
सुवर्णलाल चित्रकारवर्तमान परिस्थिति
¨ टोलबासीहरूबिच एकआपसमा परिचित हुन नसकिरहेको र सामाजिक सदभाव, आपसी सहयोग र भाईचारामा कमी तथा योग, आयुर्वेद तथा नैतिक शिक्षाको अभाव
¨ प्रदूषित हावा, पानी र विशाक्त आहारा लिन बाध्य अवस्था, विषादिको अत्याधिक प्रयोग, टि भी, मोवाइल, ल्यापटप, प्लाष्टिकका वर्तनको अत्याधिक प्रयोग
¨ अज्ञानताको कारण आहार, बिहार र आचरण ठिक ढङ्गबाट हुनमा कमी, अबेरसम्म जागा, अनिद्रा
¨ बढ्दो आश्यकता, भागदौडको जिन्दगी, तनावपूर्ण वातावरणमा समय व्यतित
¨ कालो वजारी, लुटपाट, डकैती, मुद्धा मामिलाको घटनामा बृद्धि, नैतिकताको सङ्कट नै हिंसा बढ्नुको मूल कारण
परिणाम
¨ परिवारमा अशान्ति, सामाजिक सद्भाव तथा सदाचा–रमा कमी, तनाव तथा हिंसा बढ्दै गइरहेको
¨ प्रत्येक चौथो व्यक्ति प्रेसर, सुगर, हाइपर टेन्सन, कब्जियत, मुटुरोग, पक्षघात् लगायतका समस्याबाट ग्रस्त, क्यान्सर लगायत विभिन्न डरलाग्दो रोगहरूको माहामा– रीको अवस्था
¨ महङ्गो उपचार पद्धति, सानातिना समास्यामा पनि थुप्रो धनराशी खर्च हुने गरेको, अर्बाै रूपैयाँ उपचारमा बिदेशीदै
¨ जीवनभरी दौडधुप गरेर कमाएको सम्पत्ति मध्य उमेरमा नै एकै चोटी आफ्नो पूर्ण धन सम्पति सिध्याएर उपचार गर्न बाध्य तर खर्च गरेर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बाँचिरहेकोे अवस्था
¨ धनी व्यक्ति आफ्नो सम्पूर्ण धन र समय खर्च गरेर पनि कष्टकर जीवन ज्युन बाध्य, गरीब व्यक्ति उपचार नपाइ अकालमा मर्न बाध्य
कारण
¨योग, आयूर्वेद तथा नैतिक शिक्षाको अभाव ।
¨आफ्नै भान्सा र बगूैचामा पाइने बहुमूल्य जडीबुटीको पहिचान र प्रयोगमा अज्ञानता
¨ठिक ढङ्गबाट खान र आचरण गर्न नजानेर रोगी बन्दै । तनाव तथा भाग दौडको जिन्दगी
योगको विशेषता¨ योग तथा आयुुर्वेद शिक्षाको प्रवद्र्धन गर्दै शरीर र मनलाई सर्बदा स्वस्थ, शान्त, सुदृढ र सक्रिय बनाई राख्न सक्ने एक मात्र साधन ।
¨ भान्सा र गमलामा पाइने खाद्य वस्तु र जडिबुटीहरूलाई ठिक ढङ्गबाट प्रयोग गर्ने पक्षको जानकारी ।
¨ आहार–विहार मानव जीवनका दिनचर्या वारे जानकारी ।
¨ शरीरमा रोग प्रवेश गर्नै नदिन र रोग लागि हालेमा पनि योग र आयुर्वेदको माध्यमबाट सरल उपचार ।
¨ टोल, समाज र बस्ती बस्तीका व्यक्तिहरूलाई योग मार्फत अध्यात्मिक तथा सामाजिक जागरणमा प्रेरणा जगाई एक आपसमा जोडिन माध्यम बनि आपसी सदभाव अभिबृद्धि र सकारात्मक पथमा हिँड्न प्रेरणा दिने ।
¨ नैतिक तथा आध्यात्मिक ज्ञान र योग अभ्यासको शारीरिक र मानसिक पीडा घटाउने तथा सकारात्मक चिन्तनका साथ आध्यात्मिक लक्ष्य प्राप्तिको सर्बोत्तम ज्ञान र जीवनको अमूल्य समयलाई पुरूषार्थ गर्न ज्ञान ।
ॐ
गरौँ योग, रहौं निरोग
१. बदलिँदो जिवन शैली तथा सामाजिक परिवेशमा सामाजिक संरचना र सद्भावलाई मजवूत बनाउन आवश्यक देखिन्छ । काठमाण्डौं जस्तो व्यस्त शहरका बासिन्दाहरु, छरछिमेकमा एक आपसमा नै पहिचान हुन नसकी रहेको पाईंएको र मानिस सामाजिक प्राणी भएता पनि अहिलेको वातावरण तथा ब्यवहारहरु असामाजिक झैं देखिन थालेको अवस्थामा सानातिना समस्या तथा शुख दुःख एक आपसमा बाँड्ने बातावरण नहुदां मानशिक र भावनात्मक शंकटहरु बढ्दै गएको पाईन्छ ।
२. योग शिक्षाको अभावका कारणले गर्दा मानिसहरुको आहार विहार र आचरण ठिक ढंगबाट हुन सकिरहेको पाईदैन । प्रदुषित बातावरण, प्रदूषित हावा, मिलावटी विशाक्त अखाद्य खानाहरु उपभोग गर्नु पर्ने बाध्यात्मक परिस्थिति, कम शारीरिक श्रम गर्ने अनि जिव्रोको स्वादको लागि पोषणयुक्त भन्दा पनि जंक फुड खाने संस्कृति र आफ्नो क्षमता तथा भोग भन्दा अधिक खाने बानीले मानिसहरुमा मोटोपन, कब्जियत, ग्याष्ट्रिक, मृगौला तथा मुटु रोग, क्यान्सरजन्य बिमारीहरुबाट पिडित बनिरहेछन्, हार्ट अट्याक, मृर्गौला फेल हुने तथा विभिन्न अंगहरुमा क्यान्सरका बिमारीहरुको संख्या दिनानुदिन बढ्दै गएको पाईन्छ । अज्ञानताको कारणले गर्दा सानातिना विमारीहरुको पनि समयमा रोकथाम गर्ने चेतना नहुंदा जीवन नै जोखिममा परिरहेको पाईन्छ ।
३. उपचार पद्धति महङ्गो भईदिदा उपचार गर्न गरीब जनताले आफ्नो सम्पूर्ण धन सम्पत्ति सिध्याएर उपचार गर्न बाध्य छन्, तर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बाँचिरहेकोे पाईन्छ । एकातिर उपचारको नाममा खर्च धान्न नसकी सम्पूर्ण परिवारहरु आर्थिक र मानसिक संकटमा डुविरहेको पाईन्छ भने अर्को तर्फ उपचारको नाममा ठुलो धनराशी विदेशीरहेको छ । देशमा उद्योग कलकारखाना भन्दा स्टार होटल जस्ता हस्पिटल तथा नर्सिङ्ग होमहरुको संख्या तिव्र रुपमा बढिरहेकोे परिप्रेक्ष्यमा योग तथा आयुर्वेद शिक्षा यस्तो एउटा माध्यम हुन सक्छ जस्ले प्रत्येक व्यक्तिको शारीरिक तथा मानसिक पिडा दुर गरिदिन सक्दछ तथा व्यक्तिहरुलाई रोग लाग्ने अवसर नै आउन दिदैन र यदि रोग लागि हालेता पनि कम मेहनत र थोरै रकम खर्च गरी योग तथा आर्युवेदको माध्यमबाट सरल उपचार संभव छ । योगले व्यक्तिहरुमा दया, प्रेम, सद्भाव र अनुशासन, करुणा, क्षमा, दान जस्ता गुणहरुले भरिदिन सक्छ र सु–संस्कारित, प्रेम र सद्भाव भरिएको समाज तथा राष्ट्र बनाउन मद्दत मिल्दछ । समाजलाई नकरात्मकताबाट सकरात्मकता तर्फ डोहो¥याउन सक्दछ । यसबाट व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनी अमुल्य जीवनलाई सदुपयोग गर्दै पुरुषार्थ गर्न सक्षम हुन सक्दछ र जीवन धन्य हुनेछ ।
के हो त योग ?
योग जीवन जिउने कला हो । सही योग गर्ने व्यक्तिले नै गृहस्थ जीवन सहि ढंगबाट जिउन सिक्दछ । बर्तमान सामाजिक परिवेशमा योग तथा आयुर्वेद यस्तो शिक्षा बन्न सक्छ जस्ले शहरको ब्यस्त जीवनमा पनि हामी सामाजिक प्राणीलाई एक आपसमा जोडिन र जीवनमा आरोग्यता तथा उमंग भर्न मद्दत मिल्दछ । योगबाट शारिरीक तथा मानसिक विकार हट्दै गई तेज तथा ओज भरिदै जान्छ । यसबाट हामीलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न सक्दछ तथा ब्यक्ति ब्यक्तिलाई सकारात्मक पथमा डो¥याउन सक्दछ ।
हाम्रो आहार तथा आचरण शुद्धि हुन नसक्दा कब्जियत तथा अपच हुने तथा प्रदूषित वातावरणको कारण शरीरमा विकारहरु पैदा हुने गर्दछ । यी आउने विकारहरु का कारण हाम्रा नश–नाडीहरु जाम हुन गई पिडा हुने तथा शरीरका सबै अंगहरुमा पोषण नपुग्न सक्दछ र अंगहरु कमजोर हुन गई ठिक ढङ्गबाट काम नगर्न सक्छ । पोषण राम्रोसंग नपुगेकै कारण मोटोपन वा दुव्लोपन बढ्छ, मुटु, फियो तथा मृर्गौला जस्ता अंगहरुमा समस्या आउन गई विरामी पर्न सक्छौं । व्यक्ति रिसाहा स्वभावको हुनुको साथै उसको रोग प्रतिरोधात्मक क्षमता (Immune System) कमजोर हुन गई व्यक्ति विमारी पर्न सक्दछ ।
योगले शारीर भित्रको विष र विजातीय पदार्थ बाहिर निकाल्ने, अमृत, प्राण वायु अंग प्रत्यागंमा पु¥याउंदछ, जसबाट शरीरको शुद्धिपन बढ्दै जान्छ भने चैतन्य, ओज र तेज बढ्दै जान्छ, प्रत्येक अङ्ग प्रत्याङ्ग स्वस्थ र सवल हुन्छन् तथा हामीलाई रोग मुक्त बनाउदछ । अपितु हामी भित्रबाट नै उचित मात्रामा हार्माेन्सको श्राव हुन थाल्दछ । हाम्रो आन्तरिक रासायनिक प्रक्रिया सन्तुलित हुन जान्छ । शरीरको एनाबोलिज्म (Anabolism) क्याटाबोलिज्म -Catabolism_ मेटाबोलिक रेट -Metabolic Rate_ अर्थात वात, पित्त, कफ सम अवस्थामा आउंदछन् । सुप्त -Dead_ तन्तुहरुको पुनर्जागरण हुन्छ । नयां तन्तुहरु, कोशिकाहरु -Cells_ को निर्माण हुन्छ । योगको सुक्ष्म क्रियाहरुद्वारा स्नायु तन्त्रलाई चुस्त बनाईन्छ ।
सुख प्राप्त गर्न चित्त प्रशन्न हुनु जरुरी छ । सुखी मानिसहरुप्रति मैत्रीभाव, दुःखीहरुप्रति करुणाभाव, पुण्यशील व्यक्तिहरुप्रति मुदिता एवं अपुण्यशील (दुष्ट) व्यक्तिहरुप्रति उपेक्षा राख्नाले चित्त प्रशन्न रहन्छ । योगबाट भित्रको आत्मालाई पोषण दिन्छ, भय, लज्जा, रिस पैदा हुने कार्य गर्दा आत्मालाई पोषण दिदैन । तसर्थ दैनिक योग गरी शरीरलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाई जीवनको अमूल्य समयलाई पुरुषार्थ गर्नको लागि सदुपयोग गर्न सकिन्छ ।
तसर्थ,
दैनिक योग गरी विभिन्न असाध्य रोगहरु जस्तैः मुटु, मृगौला र क्यान्सर जस्ता विरामीहरु आउनै नदिन प्रयत्न गरौं, शरीरको शुद्धिपन बढाउदै चैतन्य, ओज र तेजले भरौं र प्रत्येक अङ्ग प्रत्याङ्गं स्वस्थ र सवल बनाई रोग मुक्त बनौं, भित्रको आत्मालाई पोषण पु¥याई मानसिक र शारीरिक रुपमा स्वस्थ बनि जीवनको अमूल्य समयलाई पुरुषार्थ गर्नको लागि सदुपयोग गरौं । ंसामाजिक सद्भाव र भाईचाराको अभिवृद्धि गराऔं ।
लेखक नेपाली सेनाका पूर्व प्रमुख सेनानी तथा योग प्रशिक्षक हुन ।
मोफसल पत्रकारिता
व्यबसायिक पत्रकारले नेतृत्व पाउनु पर्छ
आश गुरुङ्ग (अध्यक्ष)नेपाल पत्रकार महासंघ, लमजुङ्ग
नेपाल पत्रकार महासंघ लमजुङ जिल्ला शाखाको अध्यक्ष चयन हुनु भएको छ, तपाइलाई बधाईका साथसाथै कार्यकाल सफलताको शुभकामना पनि छ ।
— साथीहरुले जुन सहयोग र साथ दिनुभयो, त्यसका लागि अभारी छु । मलाई साथ र सहयोग दिनुहुने मेरा मित्रहरु साथै यहाँलाई धेरैधेरै धन्यावाद ।
तपार्इंको परिचय पाउँ न ?
— मेरो नाम आश गुरुङ । लमजुङको विकट गाउँ भुजुङस्थित कमागाउँमा मेरो घर पर्छ । अहिले सदरमुकाम बेंसीसहरमा बसेर पत्रकारिता गरिरहेको छु ।
पत्रकारिता पेशानै किन रोज्नु भयो ?
— बिकटमा विकास छैन । विकास ढिलो गतिमा छ । अशिक्षित समाज, चेतनाको अभाव, रुढीबादी परम्पराले गाँजेको समाजलाई ब्यूँताउने दायित्व सम्झिएँ, एउटै मात्र बिकल्प मैले पत्रकारिता क्षेत्र देखेँ । आदिवासी जनजाति त्यसमा पनि पिछडिएको ग्रामीण गुरुङ समुदायको हक र अधिकारलाई पत्रकारितामार्फत उजागर गर्ने हेतु थियो । त्यसरी सुरुवात भएको पत्रकारिता अहिले मूल धारमा बगिरहेको छ ।
कति समय भयो यस पेशामा लागेको ?— २०५८ सालमा मैले पोखराबाट प्रकाशित तमू संसार त्रैमासिक र जिल्लाबाट निस्कने अन्तरंग साप्ताहिक देखेँ । त्यसपछि ति पत्रिकामा मुक्तक, कविता र गजल छाप्न थालेँ । एसएलसी पास भएपछि पोखरा पढ्न गएँ । पोखरा बस्दा, गाउँ आउँदाजाँदाको समय गाउँको समाचार लेखेर ति पत्रिकामा दिन थालेँ । त्यसमै आवद्ध भएर पत्रकारिता सुरु गरेँ । पत्रकारितामा लागेको करीब १२ बर्षमा कान्तिपुर दैनिकको संवाददातामा नियुक्त भएँ । मेरो ख्यालमा आदिवासी जनजाति समुदायको गुरुङ समुदायबाट पत्रकार महासंघको जिल्ला अध्यक्ष बनेका पत्रकारमध्ये म नै पहिलो हुँ कि सायद ?
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मोफसलमा रहेर पनि हुनसक्छ, मेरो यही ‘बिट’ छैन । मेरो रुची ग्रामीण जनजीवन हो । सामाजिक, आर्थिक विषयवस्तुलाई समाचार बनाउन रुचाउँछु । जिल्लामा बसेकाले सवै विषय र सवै क्षेत्रका समाचार लेख्नुपर्छ । ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— समस्या त हरेक क्षेत्रमा हुन्छन् । आवाजबीहिनको आवाज उठाउन पाउँदा आनन्द लाग्छ । दिनभर एकैछाक खाएर पत्रकारिता गरेको दिन सम्झन्छु । आर्थिक, भौतिक, सामाजिक, साँस्कृतिक लगायत समस्याहरु धेरै भोगेँ । मलाई जस्तै सवैलाई बढी आर्थिक समस्याले पत्रकारलाई पिरोल्दो हो । समग्रमा भन्नु पर्दा जति काम गरे पनि न नियुक्तिपत्र छ, न तलब नै तोकिएको हुन्छ, त पारिश्रमिक नै पाइन्छ । सवैभन्दा ठूलो समस्या भनेको यही हो । मैले पनि धेरै भोगेको छु ।
मोफसलको पत्रकारितामा त झन समस्यानै समस्याको चाङ छ भनेर व्याख्या गरिन्छ नि, लमजुङ जिल्लाको पत्रकारितालाई कसरी बुझ्नु भएको छ ?
— बास्तवमा मोफसलको पत्रकारिता खुकुरीको धारमा छ । यहाँ ‘दाँई’ पत्रकारिता नगरी खानलाउन मुस्किल छ । खोजी समाचार लेख्दा ज्यान मार्ने धम्की आउनुका साथै कोठा चहारेर कुटपिट गर्न खोज्छन् । पेशागत सुरक्षाको ग्यारेन्टी छैन । यि समस्या लमजुङमा पनि छन् । तर, लमजुङमा पत्रकारिताले बिकाशे धार पहिल्याउँदै अघि बढेको छ । यहाँ राजनीति भन्दा आर्थिक–सामाजिक धारबाट पत्रकारिता अघि बढेको छ । सुरुमा आफैंले बिना पारिश्रमिक काम थालेका सञ्चार माध्यमले अहिले कर्मचारीलाई नियमित तलब खुवाउँछन् । तर, कुनै सञ्चार माध्यममा भने महिनाभरी काम गर्दा पनि ३÷४ हजार तलब खाएर साथीहरु पत्रकारिता गरिरहेको देख्दा साह्रै नमज्जा लाग्छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— मोफसलमा पत्रकारिता गर्न निकै गाह्रो छ । पछिल्लो समय पत्रकारका बीमाका कुरा राम्रा छन् । पत्रकारलाई निःशुल्क र परिवारलाई ५० प्रतिशत उपचार छुट दिइनुपर्छ । समानुपातिक विज्ञापन नीति लागू गरिनुपर्छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको पारिश्रमिक लागू गरिनुपर्छ । त्यतिले मात्रै पुग्दैन, पूर्ण रुपमा पत्रकारितामा लागेकालाई सरकारले पनि न्यूनतम पारिश्रमिकको ब्यवस्था गर्नुपर्छ । पत्रकारलाई चाहिने सञ्चार सामग्रीमा भन्सार छुट वा ५० प्रतिशतसम्म सरकारले छुटको ब्यवस्थापन गरिदिनु पर्छ ।
तपाई अहिले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको नेतृत्वमा पुग्नु भएको छ, महासंघले मोफसलका पत्रकारहरुको संरक्षणका लागि खासै ध्यान दिन सकेन भन्ने आरोप बेला बेलामा लाग्ने गर्छ, के लाग्छ तपाईलाई ?
— पक्कै पनि हो, नेपाल पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकारको संरक्षणका लागि खासै नयाँ योजना ल्याउन सकेको छैन । मोफसलमा पत्रकारिता गर्ने र पत्रकारिता पेशा छोडेर बिदेश जाने वा अन्य ब्यवसाय अंगाल्ने साथीहरु बढेका छन् । उनीहरुलाई पत्रकारितामै टिकाउका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ । मोफसलका पत्रकारका समस्या बुझ्न र समाधानका लागि पत्रकार महासंघभित्र छुट्टै एउटा समिति गठन गरिनुपर्छ । त्यसले पत्रकारका समस्या समाधानका लागि काम अघि बढाओस् ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— पत्रकारका बैचारिक तथा पेशागत संगठनले आफ्ना सदस्य रहेका पत्रकारमाथि कुनै किसिमको दुःख, पीडा तथा समस्या परेमा समाधानको बाटो खोज्ने तथा साथमा साथ दिने र सहयोग गर्ने काम गर्दै आएको छ । तर, महासंघमा चुनाव लड्नको लागि भोट बढाउने काममा बढी मात्रामा संगठनहरु सक्रिय छन्, यो सवै जिल्लाको रोग हो । कहिलेकाहीं रचनात्मक क्रियाकलाप गरिरहेका हुन्छन् । आफ्ना पार्टीका नेता आउँदा पत्रकार सम्मेलन गर्ने कार्य पत्रकारका संगठनको पहिलो प्राथामिकतामा परेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?— पत्रकारिता समाजको ऐना हो, जुन ऐना हेरेर समाजले आफूलाई परिवर्तन गर्न आवश्यक ठान्छ ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ?— मैले धेरै कमाएको छु । आमाबुवाले ‘लाहुरे’ बन्नुपर्छ भन्दाभन्दै पनि समाजका लागि केही गरेर देखाउँछु भन्ने अठोट मनमा पलाएपछि पत्रकारितामा हाम फालेको हुँ । समाजमा दुःख र पीडा खेपिरहेकालाई साथ दिइरहेको छु, उनीहरुको साथी बन्न पाउँदा भाग्यमानी ठान्दछु । बिकासले गिज्याइरहेका गाउँ र गाउँलेका लागि चेतनाको दियो बालिरहेको छु । हिजोसम्म घरपरिवारले मात्रै चिन्ने गरेको यो नामलाई क्षितिजसम्म पु¥याउन सफल भएको छु । मेरा समाचार नै मैले कमाएको सम्पत्ति हो । त्यो भन्दा बढ्ता सम्पत्ति मेरो के होला र !
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?— राजनीति र ठेक्कापट्टा गर्न पत्रकारितालाई प्रयोग गरिनु हुँदैन । पत्रकारिताको आडमा राजनीति गर्ने र ठेक्कापट्टा गर्ने प्रबृत्ति हाबी भएपछि पत्रकारिता क्षेत्र बद्नाम हुँदै गएको छ । सत्य, तथ्य र निष्पक्ष तवरबाट गरिनुपर्ने पत्रकारिता चरित्रहत्या गर्ने, अरुलाई जवर्जस्ती अपराधी बनाइदिने कार्यमा संलग्न भइदिएपछि समाचारको विश्वसनीयता र पत्रकारको नियतमाथि प्रश्न उठ्न थालेको छ । पत्रकार ठगी धन्दामा लाग्ने, पेशालाई हतियार बनाएर गैरकानुनी काम गर्न खोज्नुले पनि पत्रकारिता पेशा धरापमा परेको छ ।
नेपाल पत्रकार महासंघको नेतृत्व हत्याउनका लागि अनेक खालका तिकडम् भइरहेका छन देशभरीमा, तपाइले कत्तिको तिगडम् लगाउनु भयो अध्यक्ष बन्नलाई ?— महासंघको नेतृत्व लिनका लागि यतिको राजनीति हुन्छ भन्ने ज्ञान मलाई यसपटकको चुनावबाट प्रष्ट भयो । मेरो राजनीतिप्रति त्यति ध्यान छैन, मैले गरेको ब्यवसायिकतालाई सम्मान गर्न पनि महासंघको नेतृत्व मलाई दिनुपर्छ भन्ने मेरो मान्यता थियो । तर, मेरा मतदातालाई बिपक्षीले डाँडा काट्न लगाए । सरकारी कार्यालयका प्रमुखलाई प्रयोग गरेर मेरो पक्षमा मतदान नगर्न लगाए । ‘एलाइन्स’ गरेका साथीहरु मेरो विरुद्ध अर्को पक्षका उम्मेदवारको पक्षमा मतदान गरे । यस्ता अनैतिक क्रियाकलाप मैले अधिवेशनपछिमात्रै थाह पाएँ । मेरो ब्यवसायिकतामाथि विश्वास गरेर साथीहरुले जिताउनु भयो, यसमा खुशी छु, ब्यवसायिक पत्रकारिताको जित भएको छ ।
अधिवेशन हुन बाँकी जिल्ला शाखामा आबद्ध सदस्यहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?— हामीले राजनीति नहेरौं र नगरौँ । जस्ले ब्यवसायिक पत्रकारिता गर्दै आएको छ, उसलाई पत्रकारको नेता बनाउँ र नेतृत्व सम्हाल्न दिउँ । हामी पत्रकार, समाजको नजरमा सभ्य छौं । सभ्य ब्यवहार गरौं । सकिन्छ, सहमतिबाट सवै कुरालाई अघि बढाउँ । सकिँदैन भने राजनीति गर्न पत्रकारिताको खोल ओढेर आउनेलाई सवै मिलेर बाइबाई गरौं र ब्यवसायिक पत्रकारिताको धर्म निभाउँ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?— धेरै कुराहरु छुटेका हुन सक्छन् । मानवीय त्रुटीहरु हुन्छन् । माथि उल्लेखित सवै मेरा नीजि विचार हुन् । कसैलाई मन नपर्न पनि सक्छ । जे होस्, हामी पत्रकार पत्रकारिता गरौं, दलीय राजनीति गर्नु छ भने पत्रकारिता छोडौं र अरुलाई मौका दिउँ । सत्य, तथ्य र निष्पक्षताभित्र रहेर समाचारको खेती गरौं । पत्रकारिताको ब्यवसायिक धर्म नछोडौं ।
समय र बिचारका लागि धन्यबाद ।— भौगोलिक हिसावले टाढा रहेपनि मलाई नजिकै सम्झिदिनुभयो । यही नै मेरो पहिलो अन्तर्वाता पनि हो । धेरै खुशी लागेको छ । बिम्ब नेपाली साप्ताहिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्छु ।
लोकसेवाको तयारीका लागि उपयोगी
२०७२÷१०÷२३ गते लिइएको राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृतको प्रारम्भिक चरणमा सोधिएका केही बस्तुगत प्रश्नहरु ः१. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
— — Bone marrow मा
२. नेपालको संविधानको धारा ५८ मा के उल्लेख गरिएको छ ?
– अवशिष्ट अधिकार
३. कुन हरित गृह ग्यास होइन ?
– नाइट्रोजन
४. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
– सुरक्षा ( दिईएका मध्ये)
५. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
६. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
७. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
– सन् १९६९
८. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५५ प्रतिसत
९. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
१०. राडारको आबिष्कार कसले गरेका हुन् ?
– रोबर्ड वाट्सन
११. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ?
– १११ ओटा
१२. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
– सैलजा आचार्य
१३. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिकामा भएको थियो ।
१४. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
१५. थारु संग्रहालय कहाँ पर्दछ ?
– बछ्यौली चितवन, (बर्दियाको थारु साँस्कृतिक संग्रहालय हो )
१६. सन २०१५ सालको कन्फुसियस एभबअभ एचष्शभ कसले प्राप्त गरेका थिए ?
– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे
१७. युवा नीति २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१८. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
– अष्ट्रेलिया
१९. दौडाहा टोली प्रचलन कुन प्र.म. को पालामा शुरु भएको थियो ?
– वीर शमशेर
२०. ASEAN को पहिलो शिखर सम्मेलन कहाँ भयो ?
– इन्डोनेसिया
२१. CITES के सँग सम्बन्धित छ ?
– बन्यजन्तु
२२. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
– रासायनिक मल
२३. दिइएका मध्ये सोमबंशी राजा को होइनन ?
– भुमी बर्मा ( दिइएका मध्ये )
२४. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ?
– लामोसाघु जिरी
२५. खडग निशानी अयाको स्थापना कहिले भएको थियो ?
– चन्द्रसम्शेर
२६. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
– ७००० कि. मि. (विवादित छ)
साहित्य÷सृजना
राष्ट्रको लागि भेटी
भैंदैन समर्पित वैचारिक द्वन्द्वसँग नजुधीभइंदैन समर्पित मुक्तिको बाटो नरोजी
पाइंदैन मुक्ति साहसी कदम नचाली
चुमिंदैन शिखर पौरखी आँट नगरी
अर्काको लागी लड्नेहरू आफ्नै लागि लडौं
पराईको लागि मर्नेहरू राष्ट्रको लागि मरौं
रोजेको जित, खोजेको आशा गरौं अठोट
टुटेका सपना जुटाउँन, बन्नै पर्छ कठोर
युद्धका पाइला होलान् कतै कथित कता–कता
दिर्घकालिन लक्ष्यका लागि लडाइंमा जुटौं अबता
हिमको चुचुरो, पहाडाको बुकुरो, मधेशका झुग्गीहरू
मर्नै परे मरौं, वलिदानी दिउँ राष्ट्रवादी सपूतहरू
आँशुका धारा, रगतका छिर्का के भयो नि
पसिना धारा, बाँच्नलाई सहारा भो कठिन नि
कहां छौं हामी–कहाँ छौं ? बैरीले रुवायो
जुटौं हैं साथी, होस्टेमा हैंसे जुटाउनै पर्ने भो
सिरमा हिमाल, मुटुमा पहाड काखमा छ मधेश
फर्कने बेला आयो नि है, बलिदानी माग्दैछ त्यो देश
हुँदैन कसलाई पिडा, अंगहरू लगिंन खोज्दा
जागेर आउँछ भित्रैदेखि, छाउन खोजेको देख्दा
मुटुको पिडा, सिरको दर्द, काख रित्तिदाको त्यो पिडा
लगाउनै पर्ने भो मल्हम अब मेटाउनै पर्ने भो त्यो पिडा
कुजिएर कुनामा, आएको नयाँ किरण फैलाउनै पर्ने भो
साहसी कुरबानी, राष्ट्रको लागि भेटी चढाउ नै पर्ने भो
धनबीर पुन मगर
क्रान्तिको रातो झण्डा झुक्न दिएनौ शहिद तिमीले
जनयुद्धको महान् यात्रा रुक्न दिएनौ शहीद तिमीले
अदम्य आँट र साहस बोकी वीरताको इतिहास रच्दै
दुष्मनहरु प्रतिको निशाना चुक्न दिएनौ शहीद तिमीले
डग्मगाएन आस्था तिम्रो कठोर यातना सहँदा पनि
क्रान्तिप्रतिको समर्पण र निष्ठा टुट्न दिएनौ शहीद तिमीले
ठूला ठूला युद्ध जित्दै अघि बढ्यौ निरन्तर
सर्बहारा बर्गको मन कहिल्यै दुख्न दिएनौ शहिद तिमीले
हाँसी हाँसी मृत्यु रोज्यौ फर्काएनौ पिठ कहिल्यै
आँफू भित्र कुनै स्वार्थ लुक्न दिएनौ शहीद तिमीले
मुकुन्द पौडेल
सूचना÷सन्देश÷बिज्ञापन
डोटी उद्योग वाणिज्य संघ डोटीको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना
डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।स्टल दररेट
१ अटोमोवायल ः रु १५०००।
२.डिलर÷सवडिलर ः रु १००००।
३.गैरसरकारी संघ संस्था ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड ः रु ७०००।
५.कृषीजन्य वस्तु ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध
मिति २०७२ फागुन २१, २२ र २३ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।जिल्ला स्वास्थ्य कार्यालय, डोटी
सूचना ! सूचना !! सूचना !!!
डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी
कानाचौर गाबिसको आर्थिक वर्ष २०७३÷०७४ को आय व्यय बिवरण
आय तर्फ
१. सञ्चालन तर्फ अनुदान रु. ५४५०००÷–
२. पूँजीगत अनुदान रु. ३०३९०३५÷–
खर्च तर्फ (संसोधित सञ्चालन अनुदान) ः
१. कार्यालय सहयोगीको तलव रु. २२३२५÷–
२. कार्यालय सहयोगी ग्रेड रु. ७०२०÷–
३. कार्यालय सहयोगी सञ्चय कोष रु. २०६७०÷–
४. कार्यालय सहयोगी कल्याण कोष रु. १७२२५÷–
५. कार्यालय सहयोगी महङ्गी भत्ता रु. १२०००÷–
६. कार्यालय सहयोगी पोशाँक भत्ता रु. ७५००÷–
७. परिषद् खर्च रु. १५०००÷–
८. दैनिक भ्रमण भत्ता रु. ८००००÷–
९. पत्रपत्रिका शुभकामना रु. १००००÷–
१०. बिबिध (लेखापाल) रु. २००००÷–
११. कार्यालय सञ्चालन रु. ३००००÷–
१२. मासिक बैठक खर्च रु. १५०००÷–
१३. भैपरी आउने खर्च रु. ५६६६०÷–
१४. पदाधिकारी प्रोत्साहान रु. ३००००÷–
जम्मा रु. ५४५०००÷–
पूँजीगत तर्फ (संसोधित खर्च)क) लक्षित बर्ग तर्फ
१. महिला
— महिला सञ्जाल दर्ता तथा सञ्जाल भवन मर्मत रु २०३९०३÷५०
२. बालबालिका
— बाल पोषण बिबिध कार्यक्रम रु. ५५८५५÷–
— बाल क्लव÷मुल क्लव दर्ता रु. २००००÷–
— चेतनामुलक कार्यक्रम रु. ८००००÷–
३. दलित, जेष्ठ नागरिक, अपाङ्ग, असहाय तर्फ
— अपाङ्ग प्रोत्साहन कार्यक्रम रु. ३००००÷–
— दलित संस्था भवन घेरबार रु. २७०८००÷५०
ख) अन्य योजनाहरु
१. समपुरक कोष रु. २५५५५५÷–
२. बर्थिङ्ग सेण्टर पहिरो नियन्त्रण रु. ६००००÷–
३. सुतलाबन पहिरो नियन्त्रण रु. ५७९२६÷–
४. स्वास्थ्य चौकी औषधी ढुवानी रु. ३५०००÷–
५. निगरानी समूह रु. ९०००÷–
६. स्थानीय कला साँस्कृति बाजा खरीद रु. ४००००÷–
७. युव क्लव रु. १००००÷–

८. सामाजिक परिचालक क्षमता बिकास रु. ५००००÷–
९. कृषि तर्फ (बोटबिरुवा खरीद तथा बितरण) रु. ५००००÷–
१०. महिला स्वास्थ्य स्वयंसेबिका खाजा खर्च रु. १५०००÷–
ग) बिकास तर्फ
१. नाउपानी–बडिगाउँसम्म घोरेटो बाटो निर्माण रु. १२५०००÷–
२. सिस्नेगाड जोनिेसम्म घोरेटो बाटो निर्माण रु. १०००००÷–
३. छडालखोला–सिस्नेगाडसम्म घोरेटो बाटो निर्माण रु. ६६६६६÷–
४. शिव मन्दिर निर्माण रु. ६६६६६÷–
५. हेले–लोडेसम्म घोरेटो बाटो निर्माण रु. १३३३३३÷–
६. मालिका मन्दिर निर्माण रु. १३३३३३÷–
७. ईनडा देखि पालतोडासम्म घोरेटो बाटो निर्माण रु. २२५०००÷–
८. स्वास्थ्य चौकी भवन मर्मत सम्भार रु. ९०००००÷–
आर्थिक वर्ष २०७४÷०७५ को अनुमानित आय व्यय बिवरण
क) आय तर्फ
१. सञ्चालन निकासा रु. ५४५०००÷–
२. पूँजीगत निकासा रु. ३५०००००÷–
३. सामाजिक सुरक्षा रु. २५०००००÷–
४. एलजिसीडिपी रु. १५००००÷–
५. अन्य रु. १०००००÷–
६. आन्तरिक आम्दानी रु. ५०००÷–
— जिल्ला बिकास समितिको कन्टेन्जेन्सी ०.७५% रु. २२९६५÷–
— गाउँ बिकास समितिको कन्टेन्जेन्सी ४% रु. १२१५६१÷–
— जम्मा रकम रु. १४४५२६÷–
बाँकी हुन आउने रकम रु २९१७४७४÷– बाट
क) बालबालिक तर्फ १५% ले हुन आउने रकम रु. ४३७६२१÷–
१. बालमैत्री धारा वडा नं. १ रु. ४००००÷–
२. शैक्षिक सामग्री खरीद वडा नं. २ रु. ४००००÷–
३. बालमैत्री धारा वडा नं. ३ रु. ४००००÷–
४. शैक्षिक सामग्री खरीद वडा नं. ४ रु. ४००००÷–
५. बालमैत्री धारा वडा नं. ५ रु. ४००००÷–
६. शैक्षिक सामग्री खरीद वडा नं. ६ रु. ४००००÷–
७. बालमैत्री धारा वडा नं. ७ रु. ४००००÷–
८. बालबिकास भवन निर्माण वडा नं. ८ र ९ रु. ८००००÷–
९. गाबिसस्तरीय अभिमुखीकरण कार्यक्रम रु. ४००००÷–
१०. बालबिबाह सम्वन्धि सडक नाटक रु. १००००÷–
११. गाबिसस्तरीय हाजिरी जवाफ प्रतियोगिता रु. २७६२१
ख) महिला तर्फ १०% प्रतिशतले हुन आउने रकम रु. २९१७४७÷–
१. खानेपानी धारा मर्मत वडा नं. ८ र ९ रु. ६४८३२÷–
२. गाउँ घर क्लिनिक वडा नं. ४, ५ रु ६ रु. ९७२४८÷–
३. गाउँ घर क्लिनिक वडा नं. ७ रु. ३२४१६÷–
४. भवानी खलो सुधार वडा नं. २ र ३ रु. ४८६२७÷–
५. गाउँघर क्लिनिक वडा नं. १ रु. १६२०८÷–
६. बालबिकास भवन मर्मत खेत कट्टे ६ रु. ४००००÷–
ग) जनजाति, अपाङ्ग र दलित तर्फ १५% ले हुन आउने रकम रु ४३७६२१÷–
१. जनजातिको रु. १४५८७३÷–
— एक्वार मन्दिरको छाना छाउने रु. १०५८७३÷–
— आले टोलमा पोखरी निर्माण रु. ४००००÷–
२. गाबिसस्थित अपाङ्ग समितिको छनौटको आधारमा बाख्रा बितरण कार्यक्रम र अन्य कार्यक्रम रु. १४५८७३÷–
३. दलत तर्फ
— सामुदायिक भवन निर्माण वडा नं. ८ रु. २९१७७÷–
— तेडीमाडु (ओल्लेकोट मन्दिर मर्मत) वडा नं. ४ र ६ रु. ५८३४८÷–
— मष्टा माडु मन्दिर मर्मत वडा नं. २ र ३ रु. ५८३४८÷–
घ) कृषि क्षेत्रमा १५% ले हुन आउने रकम रु. ४३७६२१÷–
१. काँडे छडोबाट कााडीगाउँसम्म सिंचाई कुलो मर्मत रु. ९७२४८÷–
२. बिषादी छर्नको लागि प्रति बडामा २ वटा स्प्रिङ र हजारी वडा नं. ४, ५ र ६ रु. २००००÷–
३. मुसेखोला देखि कुलीभानसम्म सिंचाई कुलो मर्मत वडा नं. ७ रु. १२५८७२÷–
४. माथी खोला देखि कुलीभानसम्म सिंचाई कुलो मर्मत वडा नं. ६ रु. ४८६२९÷–
५. गोडे खोला देखि कालेसम्म सिंचाई कलो मर्मत वडा नं. २ र ३ रु. ९७२४८÷–
६. उन्नत जातका बिउ बिजन तथा कृषि सामग्री खरीद वडा नं. १ ४८६२४÷–
ङ) बिपद् व्यवस्थापन तर्फ ५% रु. १४५८७३÷–
च) अन्य योजनाहरु
१. परिवार नियोजन सम्वन्धि जनचेतना अभिबृद्धि रु. २३४०००÷–
२. तल्लो गउँ देखि छारे ओडारसम्म बाटो सुधार रु. २३००००÷–
३. उक्माणु देखि देउगडासम्मको बाटो सुधार रु. २३००००÷–
४. कलेना–दल्लेक–मेल्लेक–बझाङ्ग जोड्ने सडक रु. १०००००÷–
५. तेडी आधारभुत बिद्यालयको स्तर उन्नतीको लागि रु. ५००००÷–
६. एक्वाएर आधारभुत बिद्यालयको घेरबार रु. ७००००÷–
७. गाउँघर क्लिनिक वडा नं. १ रु. ७००००÷–
८. भगवती आधारभुत बिद्यालयको घेरबार रु. ७००००÷–
९. गाबिसमा आवश्यक सामग्री खरीद रु. ७०९९०÷–
१०. महिला स्वास्थ्य स्वयंसेबिका प्रोत्साहान रु. ४२०००÷–
जम्मा ः रु. ११६६९९०÷–
सञ्चालन तर्फ रु. ५४५०००÷–
सामाजिक सुरक्षा अनुमानित रकम रु. ३६५३६००÷–
बिपन्न दलित बाल पोषण अनुमानित रकम रु. ६९२८००÷–

कलेना गाबिसको आर्थिक वर्ष २०७३÷०७४ को आय व्यय बिवरण
जम्मा पूँजीगत खर्च रु ३०६२०००÷–— जिल्ला बिकास समितिको कन्टेन्जेन्सी ०.७५% रु. २२९६५÷–

Subscribe to:
Posts (Atom)