Tuesday, February 14, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल फागुन ३ गते मंगलबार


निर्धारित मोलभन्दा बढि मोल लिई माल वस्तु बिक्री गरी कालो बजारी गर्ने, अत्याधिक मुनाफा लिने, माल वस्तुको बिचलन, जम्माखोरी तथा कृत्रिम अभाव सृजना गर्ने, झुक्याई बिक्री बितरण गर्ने, जस्ता गैर कानुनी क्रियाकलापहरु नगरौं र नगराऔं ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

 मुख्य समाचार

लैङ्गिक हिंसा बिरुद्ध बिशाल सभा सम्पन्न 

डोटी मुड्भरा गाबिस–५ धुर्कोटमा लैङ्गिक हिंसा बिरुद्धको बिशाल सभा सम्पन्न भएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्र डोटीको आयोजनामा भएको उक्त बिशाल सभामा पचनाली, मुड्भरा र तिजालीका करीब दुई हजार स्थानीयबासी– हरुको सहभागिता रहेको वताईएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले लैङ्गिक हिंसा रोकथामका लागि सवैले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्ने वताए ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख एवंं प्रतिनिधिहरु, स्थानीय बिकास अधिकारी कृष्ण गौतम, जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्याल, प्रहरी  उपरीक्षक दिल्लीराज भट्ट, महिला बिकास अधिकृत निर्मला दाहाल, सञ्चारकर्मीहरु लगायत जिल्ला स्तरीय कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको मुड्भरा गाबिसका सचिव डिलवहादुर महराले जानकारी  गराए ।
सभा हुनुपूर्व स्थानीय पञ्चोदय आधारभुत बिद्यालयमा लैङ्गिक हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रका उपाध्यक्ष मिलन परियारले जानकारी दिए ।

खाना पकाउन प्रहरी टोली गाउँ गाउँ

बिहिवार प्रहरीको एक टोली मुड्भरा गाबिसको धुर्कोट पुग्यो । कुनै आपराधिक घटना घटेपछि वा त्यस क्षेत्रमा कुनै धार्मिक सामाजिक कार्यक्रम आयोजन गर्दा स्थानीयले आग्रह गरेपछि मात्र आउने प्रहरीहरु आएको देखेपछि स्थानीयबासीहरु कता के भयो भनेर सोच्न थाले । तर, प्रहरी टोली कुनै घटनाको अनुसन्धान गर्न वा शान्ति सुरक्षा कायम गर्ने प्रयोजनका लागि त्यहाँ आएको थिएन । भोली पल्ट अर्थात शुक्रबार जिल्ला प्रहरी कार्यालय डोटीमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रले आयोजना गर्ने कार्यक्रमका लागि मञ्च वनाउन र कार्यक्रममा जिल्लाबाट आउने पाहुनाहरुका लागि खाना बनाउन खटिएको थियो उक्त टोली ।
अघिल्लै दिन स्थानीयबासी–हरुको सहयोगमा मञ्च बनाएको प्रहरी टोलीले दोश्रो दिन बिहान खाना पकाउने काम पायो । आवश्यक सामग्रीहरु सवै जिल्लाबाटै बोकेर गएको टोलीले अपुग भाडाहरु मात्रै खोज्यो त्यता । टोलीले मासु सहित पकाएको खाना करीव ५५ जनाले खाए ।
५५ जनाले खाना खाँदा समेत महिला तथा बालबालिका सेबा केन्द्रका अनुसार खानामा एक हजार रुपैयाँ मात्रै खर्च भएको  छ । सेवा केन्द्रले बिम्बलाई उपलव्ध गराएको बिवरण अनुसार खाजा नास्तामा एघार हजार, सवारी साधन भाडा र ईन्धनमा तीन हजार पाँच सय, मसलन्दमा एक हजार, बास खर्च एक हजार र साउण्ड सिस्टममा दुई हजार गरि जम्मा २० हजार खर्च भएको देखाएको छ ।
कार्यक्रममा सहभागिहरुका अनुसार सरकारी कार्यालयका पाँच र भाडामा एक गरि ६ गाडी मुड्भरा पुगेका थिए । सामान्यतया एक गाडी भाडामा मुड्भरा आउजाउ गर्न पाँच हजार लिने गर्दछ तर खर्चमा भाडा र ईन्धन दुवै गरि तीन हजार पाँच सय मात्र खर्च भएको देखाईएको छ ।
एक हजारमा ५५ जनाले कसरी खाए ? सेवा केन्द्रका उपाध्यक्ष मिलन परियार भन्छन ‘शिर्षक अनुसार मिलाउनु पर्ने भएका कारण यसरी राखिएको हो ।’ ‘समुदायस्तरमा लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धि चेतनामुलक अन्तरक्रिया तथा भिडियो प्रदर्शन’ शिर्षक अन्तरगत गरिएको उक्त कार्यक्रममा सेवा केन्द्रको २० हजार, सामुदायिक बिकास केन्द्रले १० हजार, सम बिकास केन्द्रले सात हजार र मुड्भरा गाउँ बिकास समितिले पाँच हजार रुपैयाँ सहयोग गरेको परियार वताउँछन । परियारले दिएको हिसावमा अनुसार उक्त कार्यक्रमको बजेट ४२ हजार हुन आउँछ तर सेवा केन्द्रले आधिकारिक रुपमा दिएको सूचना अनुसार कार्यक्रममा २० हजार रुपैयाँ मात्रै खर्च भएको छ । उक्त रकम सेवा केन्द्रसंगै रहेको रकम हो ।
अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई चिया नास्ता खुवाउने गरि ११ हजार रुपैयाँ छुट्याईएको र सो रकम समेत जिल्लाबाट गएकाहरुको भोज भतेरमा ठिक्क भएको कार्यक्रमका एक सहभागिले बिम्बलाई जानकारी गराए । नाम उल्लेख नगर्ने शर्तमा ति सहभागिले भने ‘सिलगढीबाटै खाना खाएर गएको भएपनि हामी भ्याउन सक्थ्यौं तर त्यहाँ गएर भोज खाए जस्तो भयो ।’ कार्यक्रममा धेरैको सहभागिता भएपनि शिर्षक अनुसारको कार्यक्रम नभएको उनको भनाई थियो । तर उपाध्यक्ष परियारले उक्त रकम सहभागिहरुको नास्ताका लागि नभई जिल्लाबाट जानेहरुको नास्ताका लागि भएको दावी गरे । उनले भने ‘सिलगढीनै खाना खाएर जानु पर्ने भन्ने त मलाई पनि लागेको हो तर अलि छिटो गयो भने स्थानीयहरुसंग सम्वन्ध अझ बलियो हुन्छ भनेर उतै खाना खाने व्यवस्था मिलाएका हौं ।’
स्थानीय एक होटल व्यवसायीलाई खाना नास्ताका लागि आग्रह गरेको भएपनि उनले आफु खुवाउन नसक्ने भनेपछि अघिल्लै दिन प्रहरीको टोली पठाउनु परेको उपाध्यक्ष परियारको भनाई छ । उनले भने ‘कलेनाको कार्यक्रम हुँदा पनि हामीले उतैको होटलबालालाई भनेका थियौं तर उनले खाना खुवाउन नसक्ने भनेपछि अघिल्लै दिन    प्रहरीको टोली खाना पकाउनका लागि पठाउनु परेको थियो ।
सेवा केन्द्रले दिएको जानकारी अनुसार कलेना र कालिकास्थानमा एकै दिन दुई कार्यक्रमहरु सञ्चालन भएका    छन । यस आर्थिक बर्षमा हालसम्म १० कार्यक्रमहरु सञ्चालन भएको केन्द्रद्वारा जानकारी दिईएको छ ।
खाना बनाउनमा कति खर्च भयो भन्ने बारेमा आफुहरुलाई जानकारी नभएको बताउँदै टोलीमा संलग्न एक प्रहरी   कर्मचारीले भने ‘हामीलाई त मञ्च वनाउने र खाना वनाउने आदेश थियो सोही अनुसार ग¥यौं ।’ माथीबाट जे आदेश आउँछ त्यो आदेश पालना गर्नु पर्ने आफुहरुको कर्तव्य भएको ति कर्मचारी वताउँछ । उनले यस वारेमा थप कुरा बोल्न चाहेनन्, भने ‘हामीलाई भन्दा माथीनै सोध्नुहोस ।’

सम्पादकीय

स्वबियु निर्वाचनको सान्दर्भिकता

अहिले त्रिभुवन बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा चहल पहल बढेको छ । लामो समयदेखि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुन नसकेका कारण क्याम्पस तहको राजनीतिमा निकै सिथिलता आएको थियो । स्वबियु निर्वाचनकै लागि भर्ना हुने बिद्यार्थीहरुको संख्या पनि घट्दै गएको थियो र बिद्यार्थीहरुमा स्वबियुप्रतिको लगाव पनि कम हुँदै गएको थियो । यसपाली त्रिभुवन बिश्वबिद्यालयले फेरी निर्वाचन गराउने भनेपछि क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुको चलह पहल बढ्दै गईरहेको छ ।
तोकिएकै समय अर्थात फागुन १४ मा स्वबियु निर्वाचन होस, बिगतमा पनि कुनै बिशेष कारणले रोकिएकोमा बाहेक अधिकांस समयको स्वबियु निर्वाचनको मिति फागुन १४ नै हुने गरेको थियो । यस वर्ष पन फागुन १४ मै राखिएको छ । निर्वाचन सभ्य ढंगबाट सम्पन्न होस, निर्वाचनमा बिद्यार्थीहरुका बिचमा प्रतिस्पर्धा होस् । स्वबियुका नाममा राजनीतिक दलहरुको शक्ति परीक्षण नहोस् । शुभकामना छ ।
निर्वाचनको संघारमा स्वबियुको सान्दिर्भिकताको बिषयमा पनि बहस चलाईनु पर्छ जस्तो लाग्छ । शिक्षालयको व्यवस्थापन, शैक्षिक गुणस्तर र बिद्यार्थीहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यका साथ स्वबियुको अवधारणा आयो । बिस्तारै नेतृत्व चयनका लागि निर्वाचन हुन सुरु भयो । त्यसपछि दलगत राजनीति क्याम्पसमा औपचारिक रुपमा प्रवेश ग¥यो । राष्ट्रिय राजनीतिका मुद्धाहरु प्रवेश गरे । बिस्तारै बिद्यार्थीहरुको मुख्य मुद्धाहरु अर्थात जुन मुद्धाका लागि स्वबियुको अबधारणा आएको थियो, ति हराए । मात्रै राजनीति, मात्रै तेरो पार्टी मेरो पार्टी, मात्रै आपसमा झगडा, कुटाकुट बाँकी रह्यो ।
राजनीतिक अस्थिरता भएका बेलामा अर्थात देशमा चलेको  राजनीतिक दलहरुको आन्दोलनमा रहेका बेला त्यो बिषय ठिकै पनि थियो होला तर अव यस बिषयमा सोच्नु पर्छ कि ? क्याम्पसमा प्राध्यापकहरुले हाजिरनै नलाएर पनि तलव खाईरहने तर बिद्यार्थीहरुले बिषयगत प्राध्यापक नपाउने अवस्था छ । यसले एकातिर संस्थालाई घाटा हुँदैछ अर्र्कोतिर बिद्यार्थीहरुलाई र देशलाई समेत । यो मुद्धा बन्ने कि नबन्ने अव ? बिद्यार्थीनै नभएका बिषयका प्राध्यापकहरुलाई “गोल्डेन हेन्सेक” दिएर घर पठाउने व्यवस्था मिलाउने बिषयमा बहस चलाउन स्वबियु तयार हुने कि नहुने ?
त्रिभुवन बिश्वबिद्यालयलाई आधुनिक, प्राबिधिक र बैज्ञानिक शिक्षाका लागि तयार गर्नका लागि बहस चलाउने कि नचलाउने ? म, मेरो पार्टी मात्रै भन्ने हो भने अव स्वबियुको औचित्य छैन । अव स्वबियु शैक्षिक मुद्धाहरुमा केन्द्रित हुनु पर्छ । त्यसका लागि यो वा त्यो पार्टी निकट बिद्यार्थी संगठनले बिजयी हासिल गर्नु पर्छ भन्ने बिषय छैन । राम्रो सोच भएको जुन सुकै व्यक्तिले पनि गर्न छ ।
हुन त साझा भनिएका सवै संगठनहरु राजनीतिक कलहले थला परेका छन । पेशागत मुद्धाहरु भन्दा पनि राजनीतिक दलका पुच्छर हुने काममा लागेका छन । स्वबियु पनि त्यो भन्दा माथी उठ्न सक्ने अवस्था छैन । तर, यदि राजनीतिक मुद्धाहरुमै केन्द्रित हुने हो भने अर्थात फेरी पनि तेरो पार्टी र मेरो पार्टीनै बनाई राख्ने हो भने यो स्वबियुको सान्दर्भिकता समाप्त भएको भन्दा कुनै अन्याय हुँदैन होला । राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा बिकास भएका क्याम्पसहरुलाई कसरी दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने बिषयमा सोच्ने, छलफल गर्ने, बहस गर्ने जिम्मेबारी सहितको स्वबियु चयन हुनु जरुरी छ । अन्यथा यो स्वबियुको निर्बाचन गर्नुको कुनै औचित्य छैन ।

थप समाचार

उत्पादनसंग प्रत्येक्ष जोडिन निर्देशन

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उत्दापनसंग प्रत्येक्ष रुपमा जोडिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
शुक्रवार नेकपा एमाले दिपायल सिलगढी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता  पोखरलले सो निर्देशन गरेका हुन । देशमा लगातार ६५ वर्षसम्म राजनीतिक अधिकारको लडाई चलेको बताउँदै उनले भने ‘अव ३५ वर्षसम्म आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नु पर्ने छ ।’ आर्थिक समृद्धिको अभियानको नेतृत्व एमालेले गर्ने बताउँदै उनले सवै कार्यकर्ताहरु उत्पादनसंग जोडिनु पर्ने धारणा राखे ।
‘अव भाषण गरेर मात्रै नेता भईन्न, प्रत्येक्ष उत्पादनमा जोडिनु पर्छ’ पोखरेलले भने ‘अव  गुजरामुखी कृषि पेशालाई व्यबसायिक कृष्विनाउनतिर लाग्नुहोस् ।’
उनले संबिधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नयाँ संबिधानमा सबै समुदायको अधिकार सुरक्षित   गरेको वताए । ‘संबिधानले महिला, दलित, आदिबासी, जनजाती, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्र सवैको अधिकार सुरक्षित गरेको छ’ उनले भने ‘हिजो सवैका गिलास रित्ता थिए, आज अलि अलि भएपनि सबैका गिलासमा परेको छ ।’ संबिधान जारी भएपछि लामो समयसम्म उपेक्षित समुदायले पहिचान, अधिकार र सुशासन पाएको पोखरेलको दावी छ । अधिकार प्राप्त गर्ने नाममा केही मधेशबाद दलहरुले राजनीतिक अस्थिरता पैदा गरेको पोखरेलको भनाई थियो ।
संबिधान संसोधनको औचित्य नभएको बताउँदै पोखरेलले संसोधन प्रस्ताव पारित नहुने दावी गरे । ‘चुनाव पछाडि धकल्ने बहानामा यो सरकार संबिधान संसोधनको बिषय अल्झाउँदैछ’ उनले भने ‘एमालेको जनाधार राम्रो देखेर बर्तमान सत्ता घटकहरु चुनावमा जान डराईरहेका छन ।’ संबिधान संसोधन प्रस्ताव पारित हुन नदिने दावी पोखरेलको थियो ।
७ नं. प्रदेशको राजधानी दिपायल हुने पर्ने कार्यकर्ताको मागमा नेता पोखरेलले संबिधान मा राजधानीको बिषय सम्वन्धित प्रदेशसभाले निर्णय गर्ने प्राव्धान रहेकोले अहिलेनै बोल्नु उचित नहुने वताए । उनले भने ‘केन्द्रका हिसावले र ईतिहासका हिसावले डोटीबासीले उठान गरेको माग सही हो र अहिलेनै यो बिषयलाई बिवादमा ल्याउनु जरुरी छैन ।’

बनमाराहरु उम्किन दिन्न ः राज्यमन्त्री भाट

बन तथा भु–संरक्षण राज्य–मन्त्री दिर्घराज भाटले अबैध रुपमा वन फडानी गर्नेहरु उम्कन नदिने बताएका छन ।
बन निरीक्षण गर्ने क्रममा डोटी पुगेका राज्यमन्त्री भाटले सो कुरा वताएका हुन । ‘डोटीको   जोरायल क्षेत्रमा अबैध रुपमा सल्लाका रुखहरु फडानीमा संलग्न सबैलाई कारवाही हुन्छ’ मन्त्री भाटले भने ‘जोरायल क्षेत्र र कैलालीको निगाली, खैराला लगायतका बनहरु अबैध फडानीले सखाप भईरहेका छन्, ति बनहरुमा रहेका आमा रुख    (मदर ट्रि) बाट समेत खोटो दोहन भईरहेकाले त्यो सबै काम बन्द गरिनुपर्दछ ।’ उनले खोटो निकालिएका घाउहरु समेत नपुर्ने गरेका पाइएको वताए ।
डोटी जोरायल क्षेत्रमा  भईरहेको अबैध बन फडानीको बिषयमा मन्त्री भाटले जिल्ला वन कार्यालय डोटी र क्षेत्रीय वन निर्देशनालयको संयुक्त अनुगमन टोलीको अध्ययन गरिरहेको र अन्तिम प्रतिबेदन आउन बाँकी रहेको जानकारी दिए । ‘संयुक्त टोलीको प्रतिबेदन चित्त बुझ्दो आएन भने मन्त्रालयकै टास्क फोर्स आउँछ’ राज्यमन्त्रीले भने, ‘हामीहरु त्यो घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गरेरै छोड्छौं ।’
‘सल्लामा ठेकापट्ट हुन दिंदैनौ’ मन्त्री भाटले भने ‘सल्लाका रुखहरु अबैध रुपमा काट्ने र मापदण्ड भन्दा बाहिर गएर खोटो संकलन गर्ने काम भईरहेको छ, सो कार्यलाई रोकेर कम्तीमा दश बर्षसम्म सल्ला संरक्षण गर्नमा लाग्ने छु ।’ जोरायल बन फडानीमा संलग्न ठेकेदारहरु समेत आफुलाई भेट्न खोजिरहेका बताउदै भाटले भने ‘तर म तिनीहरुसंग भेट्न पनि भेट्दैन र यदि तिनीहरु संलग्न भएको पाए कारवाहीको घेरामा ल्याउछु ।’
नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रवार जिल्ला सदर–मुकाम सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भाटले अबैध वन फडानीका बारेमा समाचार सम्प्रेसण भएपछि सेक्टर वन कार्यालय बुडरका प्रमुख सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारहरुलाई दिएको धम्कीका बिषयमा बोल्दै राज्यमन्त्री भाटले पत्रकारहरुलाई भने ‘यदि तपाईहरुसंग प्रमाण छ भने ति कर्मचारीलाई कारवाही गर्न तयार छु ।’ उनले सहायक बन अधिकृत डिसीलाई कारवाही हुनेमा ढुक्क हुन सञ्चा–रकर्मीहरुलाई आग्रह गरे । उनले भने ‘त्यस्ता कर्मचारीले गर्दानै अबैध बन फडानीमा सहयोग पुगिरहेको छ ।’

सात महिनामा १९ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षका सात महिना पुरा हुँदा पनि डोटी जिल्लामा पूँजीगत बजेटको १९.५४ प्रतिशत मात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानका–री अनुसार जिल्लाको कुल पूँजीगत बजेट एक अर्ब ३३ करोडमध्ये जम्मा २६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम कुल पुँजीगत बजेटको १९.५४ प्रतिशत हुन आउँछ । चालु आर्थिक बर्ष २०७३÷०७४ का लागि डोटी जिल्लाको कुल बजेट चार अर्ब ६६ करोड रहेको प्रमुख कोष नियन्त्रक रुद्रप्रसाद भट्टले जानका–री दिए । चालुतर्फ तीन अर्ब ३३ करोड र पुँजीगततर्फ एक अर्ब ३३ करोड रहेको छ ।
भट्टका अनुसार चालुतर्फ ५२.५९ प्रतिशत खर्च भएको    छ । तीन अर्ब ३३ करोडमध्ये एक अर्ब ७५ करोड खर्च भएको भट्टले बताए । ‘कुल बजेटमध्ये दुई अर्ब एक करोड खर्च भएको छ’ प्रमुख कोष नियन्त्रक भट्टले भने ‘यो रकम कुल बजेटको ३३ प्रतिशत हुन आउँछ ।’ चालु आर्थिक वर्षको यो अवधीमा नेपालको कुल खर्च कुल खर्च ३२ प्रतिशत रहेको भट्टले जानकारी दिए । उनले भने ‘देशभरीको अवस्था हेर्दा हाम्रो जिल्लाको खर्च प्रतिशत सन्तोषजनक छ ।’ देशभरीको हेर्दा पूँजीगततर्फ १६.६५ र चालुतर्फ ४०.४२ प्रतिशत रकम खर्च भएको भट्टले वताए । ‘देशभरीको खर्चको तुलनामा डोटीको खर्च सन्तोषजनक मान्न सकिन्छ’ भट्टले भने ‘तर समावेशी बिकासको दृष्टिकोणले सात महिनामा पूँजीगत खर्च कमजोर मान्नु    पर्छ ।’
यो अवधीमा जिल्लामा पाँच करोड, ४३ लाख राजश्व संकलन भएको भट्टले वताए ।

मन्त्रीबाटै आश्वासन पाईयो

‘ढुक्क हुनुहोस्, परियोजना छिट्टै निर्माण हुन्छ । यो परियोजना निर्माणमा सरकार गम्भिर छ ।’
नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पश्चिम सेती जलबिद्युत आयोजना निर्माण हुने भनिएको क्षेत्रमा गएर जनतालाई आश्वासन दिँदा स्थानीयहरु भने अलमलमै थिए । करीव चार देशकदेखि परियोजना बन्ने भन्ने कुरा सुन्दै आएका स्थानीयबासीहरुलाई मन्त्रीको कुरा पत्याउनु पो कसरी नपत्याउनु पो मन्त्रीले भनेको कुरा कसरी भन्ने अलमल थियो ।
हेलिकप्टरमार्फत शनिवार बैतडीको ढुङ्गाड गाबिस–७ ढुङ्गाड पुगेका मन्त्री शर्माले परियोजनाको प्रस्तावित क्षेत्रको निरीक्षण गरेका छन् । अनुगमनि पछि शर्मालृ आयोजना निर्माण प्रक्रिया केही दिनभित्र अगाडी बढ्ने  बताए । उनले प्रभाबित घरपरि–वारलाई बैज्ञानिक रुपमा पुनः स्थापना गरिने जानकारी दिए । उनले आयोजनाको शेयर प्रभाबित हुने क्षेत्रका नागरिकको पनि हुने बताए ।
नीजि कम्पनी र स्थानीयको लगानीमा नेपालमा भएको जलस्रोतबाट उर्जा निकालिने बताउदै उर्जा मन्त्री शर्माले बिदेशमा रहेका नेपालीहरुलाई पनि शेयर खरिद गर्ने आग्रह गरेको बताए । ‘आयोजना निर्माण भएपछि यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा बिकास हुनेछ’ मन्त्री शर्माले भने ‘चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआईसँग सन् २०१२ मा आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको भएपनि  आन्तरिक असमझदारीका कारण केही समस्या आएको    थियो ।’ उनले अव परियोजना अगाडि बढ्ने कुरामा ढुक्क हुन स्थानीयबासीहरुलाई आग्रह गरे ।
सन १९८१ देखि परियोजना बन्ने हल्ला चलेको भएपनि मन्त्रीस्तरका व्यक्तिले स्थलगत अवलोकन गरेको यो पहिलो घटना हो । मन्त्रीनै अवलोकनमा आएपछि स्थानीयहरुको आश बढेको छ देखिन्छ तर पनि उनीहरु       परियोजना बन्नेमा भने अहिले पनि ढुक्क हुन सकेका छैनन् । आयोजना बन्नु पर्छ भन्नेमा स्थानीयवासी सकारात्मक रहेपनि हालसम्म   परियोजना बन्ने वा नबन्ने बिषयमा सरकारीस्तरबाटै ढिलाई भएको बुझाई छ ।

झण्डै दुई लाखलाई औषधी खुवाईने

अस्पतालको अवस्थामा सुधार भईरहेको दावी

डोटी जिल्लामा एक लाख ९७ हजार नौ सय ४१ जनालाई हात्तिपाईले बिरुद्धको औषधी खुवाईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीद्वारा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । यही फागुन २१, २२ र २३ गते जिल्लाव्यापी रुपमा सञ्चालन हुने राष्ट्रिय हात्तिपाईले रोग निबारण एमडिए अभियान अन्तरगत दुई वर्ष देखि माथीका सवैलाई औषधी खुवाईने जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले जानका–री दिए । उनले भने ‘डोटीको जनसंख्या करीव दुई लाख १३ हजार चार सय ७३ छ, यसमध्ये गर्भबती महिला, दुई वर्ष मुनीका बालबालिकाहरु र नियमित औषधी सेवन गरिरहेकाहरु घटाउँदा करीव एक लाख ९७ हजार नौ सय ४१ जनालाई औषधी खुवाउनु पर्ने हुन्छ ।’
‘अभियानका क्रममा तीन सय ६१ स्वास्थ्यकर्मी र एक हजार दुई सय ७३ स्वयंसेवकहरुलाई परिचालन गरिनेछ’ बिष्टले भने ‘पहिलो दिन केन्द्रमा औषधी खुवाईनेछ, दोश्रो र तेश्रो दिन छुटेका व्यक्तिहरुलाई घरमै गएर अ‍ैषधी खुवाउने कार्यक्रम रहेको छ ।’ उनले स्वास्थ्यकर्मीहरुको प्रत्येक्ष निगरानीमा औषधी खुवाईने जानकारी दिए ।
सो अवसरमा डोटी अस्पताल बिकास समितिका अध्यक्ष सोपानसिं बोहराले अस्पतालको अवस्थामा क्रमसः सुधार आईरहेको दावी गरे । उनले भने ‘म माघ १२ गते औपचारिक रुपमा हाजिर भएदेखि मैले अस्पतालको अवस्था सुधारका लागि प्रयास गरिरहेको छु, केही सुधार पनि भएको छ ।’ हाल अस्पतालमा ७० प्रकारका औषधी रहेको दावी गर्दै उनले अव औषधी र चिकित्सकको अभाव हुन नदिने गरि व्यवस्थापन गर्ने प्रयासमा आफु रहेको वताए ।

स्थानीय निकाय ठप्प

आफुहरु पनि निजामति कर्मचारीहरुको दर्जामा हुनु पर्ने लगायतका माग राख्दै स्थानीय निकायका कर्मचारीहरुले गरेको आन्दोलनमा कारण डोटी जिल्ला बिकास समिति र दिपयाल सिलगढी नगरपालिकाको कामकाज ठप्प भएको छ ।
स्थानीय निकायका कर्मचारीहरुले स्थानीय निकायको निर्वाचन यथासिघ्र हुनु पर्ने, स्थानीय निकाय कर्मचारीहरुले पनि निजामति कर्मचारीहरु सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतका माग राख्दै गरेको आन्दोलनमा   छ । आन्दोलनका कार्यक्रम अनुसार सोमवार स्थानीय बिकास अधिकारी, कार्यकारी अधिकृत र प्रमुख जिल्ला ईन्जिनियरलाई काठमाण्डौं पठाउने कार्य रहेको थियो ।
स्रोतका अनुसार नगरपालिकाका कार्यकारी अधिकृत तलक्षीप्रसाद आचार्य यस अघिनै काठमाण्डौं गईसकेका छन । स्थानीय बिकास अधिकारी कृष्ण गौतम र प्रमुख जिल्ला ईन्जिनियर रामचन्द्र खत्री भने यो समाचार तयार पार्दासम्म जिल्लामै देखिए । स्थानीय बिकास अधिकारी र प्रमुख जिल्ला ईन्जिनियर जिल्लामै भएपनि कर्मचारीहरुले कार्यालयमा गरेका तालाबन्दीका कारण उनीहरुले कुनै पनि काम गर्न पाएनन् ।सर्वदलीय बैठक स्थगित
जिल्ला बिकास समिति डोटीले सोमवार आयोजना गरेको सर्वदलीय संयन्त्रको बैठक कर्मचारीको आन्दोलनका कारण स्थगित भएको छ ।
‘कर्मचारीहरु आन्दोलनमा भएका कारण आजको बैठक सारियो’ राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष बेणीमाधव जोशीले भने ‘अव ११ गते बैठम बस्ते गरि मिति तय गरेका छौं ।’

ब बा बि संग पनि बार्ता गर्नु पर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं साँसद बिरवहादुर बलायरले बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नका 
लागि मधेशी दलहरुसंग मात्रै बार्ता   गरेर नपुग्ने वताएका छन ।
‘अव मधेशी मोर्चासंग बार्ता गरेर मात्रै समस्याको समाधान हुँदैन’ गत मंगलबार नेपाल प्रेस युनियन डोटीको तेश्रो साधारणसभालाई सम्वोधन गर्दै बलायरले भने ‘अव नेकपा माओवादी बैद्य समूह, बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी र नेक्रबिक्रम चन्दको नेकपा माओवादी (बबाबि) संग पनि बार्ता गर्नु पर्ने वताए । उनले भने ‘मधेशी दलहरुसंग मात्रै बार्ता    गरेर शान्ति कायम हुन सक्दैन, असन्तुष्ट सवै पक्षहरुसंग संयुक्त रुपमा बार्ता गर्नु जरुरी छ ।’
डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको प्रसंगलाई छुदै सांसद बलायरले भने ‘म प्राकृतिक स्रोत साधनको बिनाश गर्ने जो सुकै भएपनि त्यसको बिरुद्धमा उभिएको छु ।’ आफुले पात काट्नेका हात काट्ने र फेद काट्नेका घाटी काट्ने गरी कानुन वनाउनु पर्छ भनेर संसदमै बोलेको वलाएरले बताए । ‘जोरायलमा भएको बन फडानीमा राजनीतिक दलका नेताहरुको समेत लगानी भएको सुनेको छु’ बलायरले भने ‘पत्रकारहरुले यस बिषयमा थप खोजी गरि सत्य कुरा बाहिर ल्याईदिन आग्रह गर्दछु ।’
एक अर्को प्रसंगमा सांसद बलायरले डोटीमा पनि भ्रष्टाचार मौलाएको वताए । उनले डोटीका दुर्गम सिमचौर गाबिस—८ पोखरी गाउँमा निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट छुट्याईएको १० लाख रुपैयाँले जम्मा १५ मिटरमात्र बाटो काटिएको वताउँदै भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाही हुनु पर्ने वताए । ‘१० लाखमा जम्मा १५ मिटर बाटो काटिन्छ, त्यो पनि पानीको स्रोत मासेर’ आफु भरखरै सो क्षेत्रबाट आएको वताउँदै उने प्रश्न गरे ‘तपाई सञ्चारकर्मीहरु यस्ता समा– चारहरु ल्याउने हिम्मत गर्नुहुन्छ ?’

छोटकरी समाचार

परियोजना सकियो

डान चर्च एड र युरोपियन युनियनको आर्थिक र लि–बर्ड र फियान नेपालको प्राबिधिक सहयोगमा सम बिकास केन्द्रले सञ्चालन गरेको ‘सिमान्तिकृत किसानहरुका लागि दिगो कृषि बिकास परियोजना बहिर्गमन भएको छ ।
डोटीका तीन गाबिसहरु गगुडा, सातफरी र धिर्कामाण्डौं गाबिसलाई लक्षित गरि सञ्चालन गरिएको परियोजना अन्तरगत कृषकहरुको क्षमता बिकास, प्रबिधि र कृषि उपकरणहरु हस्ताक्षरण गरिएको र संकलन केन्द्रहरु स्थापना गरिएको जानकारी गराईयो । क्षेत्रीय कृषि निर्देशक डा नरहरी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परियोजनाका सिकाई उपलव्धीहरु प्रस्तुत गर्दै डान चर्च एडका जिल्ला संयोजक दिनानाथ पौडेलले भने ‘कृषकहरुलाई व्यबसायिक बनाउनेतर्फ परयोजना केन्द्रित गरिएको थियो ।’
कार्यक्रममा फियान नेपालमा मुकुन्द रानाले परि–योजनाले सुशासनको क्षेत्रमा समेत काम गरेको वताए ।

चलचित्र/मनोरञ्जन

चलचित्र प्रवद्र्धन समिति गठन

नेपाली चलचित्रमा देखिएका विभिन्न समस्या समाधानका लागि चलचित्र प्रवद्र्धन समिति गठन भएको छ ।
निर्माता संघका अध्यक्ष अकाश अधिकारीको संयोजकत्वमा गठन भएको समिति सात जनाएको रहेको छ ।    अधिकारीको पहलमा चलचित्र क्षेत्रमा काम गरिरहेका पेशागत संगठनका अध्यक्षहरुले शनिबार बसेको संयुक्त बैठकले नेपाली चलचित्रका विभिन्न मुद्दामा एक भएर अगाडि बढ्ने निर्णय सहित उक्त समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा रामकेशर बोगटी, सुचित्रा श्रेष्ठ, राजेन्द्र रायमाझी, पुष्कर लामा, सुर्य थोकर र सम्राट सापकोटा छन् । समिति गठन भएको भोलीपल्टै आइतबार समन्वय समितिले सञ्चारमन्त्री राम कार्कीलाई भेटेर नेपाली चलचित्र क्षेत्रको विभिन्न समस्यामा छलफल गरेको छ । सञ्चारमन्त्रीसँगको भेटमा निर्माणको क्रममा रहेको औद्योगिक विधेयकमा रहेका केहि बुँदाले नेपाली चलचित्र क्षेत्रलाई सहि तरिकाले पहिचान नगरेको भन्दै यो क्षेत्रलाई उद्योग मन्त्रालय अन्र्तगत बन्न लागेको विधेयकमा नेपाली चलचित्रको सहि पहिचान हुने प्रावधान राख्न आग्रह गरेको छ । समन्वय समितिले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग अन्र्तगत राख्न आग्रह गरेको छ ।

नाजिर “रज्जा” केकी “रानी”

केहि सफल चलचित्रको कथा लेखिसकेका लेखक यम थापा अब चलचित्रको निर्देशक बन्ने भएका छन् । उनको डेब्यू निर्देशन रहने चलचित्र ‘राज्जा रानी’को आज पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ । फागूण ५ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । नेपालगञ्जमा चलचित्रको छायांकन ३५ दिन लगाएर गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका केकी अधिकारी   रहनेछन् । पुरोहितले मन्त्र पढ्दै चलचित्रको शुभसाइत गरेका थिए । शुभसाइत समाराेहमा नाजिर र केकीले माला लगाएर संवाद बोलेका थिए ।
नायक भूवन केसी, नायिका रेखा थापाको उपस्थितीमा चलचित्रको शुभसाइत गरियो । आर्यन फिल्मस् प्रालीको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई रमेश एम.के पौडेलले निर्माण गर्दैछन् । चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
निर्माता पौडेलले चलचित्रको कथा ३० मिनेट सुन्ने वित्तिकै आफू यो चलचित्र बनाउन तयार भएको बताए ।

लेख

अवसर र चुनौतीका बीच दिगो विकास लक्ष्य

रुद्रप्रसाद भट्ट
संयुक्त राष्ट्रसंघको नेतृत्वमा यसका एकसय ८९ वटा सदस्य राष्ट्रहरुले सन् २००० देखि सन् २०१५ सम्म विश्वको रोग, भोग र अशिक्षा विरुद्ध लड्न ल्याएको सामूहिक प्रतिवद्धता सहितको मार्गचित्र सहस्राब्दि विकास लक्ष्य हो ।  टाइम र टार्गेट बाउण्ड गरिएको उक्त मार्गचित्र एक्काइसौं शताब्दीको पहिलो १५ वर्षे विश्व विकासको साझा प्रतिवद्धताको रुपमा घोषणा भएको हो । यसमा आठ वटा लक्ष्यहरु, २१ वटा सूचकहरु र ५० भन्दा वढी सहायक सूचकहरु रहेका थिए ।  यसले विश्व विकासमा पारेको सकारात्मक प्रभाव र मिश्रित नतिजा प्राप्त हुदाँहुदै पनि सन् २०१५ को अन्तमा यसको समय पुरा हुने अवस्था र सन् २०१२ को ब्राजिलमा सम्पन्न रियो ट्वान्टी सम्मेलनमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले १५ पछिको अन्तर्राष्ट्रिय विकास एजेण्डाको खोज स्वरुप दिगो विकास लक्ष्य (एसडिजी) को अवधारणामा आएको हो । सन् २०१५ पछिको विश्व विकासको साझा प्रस्ताव तयार पार्न संयुक्त राष्ट्र संघले सन् २०१३ मा तीस सदस्यीय खुला कार्य समूह गठन गयो । उक्त समूहले सन् २०१४ मा रियो ट्वान्टीका सिद्धान्त, सहस्राब्दि विकास लक्ष्य पछिको विकासलाई सम्बोधन गर्ने गरी १५ वटा लक्ष्यहरु र एकसय २९ वटा सूचकहरु सहित विश्व विकासको पन्ध्र बर्षे दिगो विकास लक्ष्यको मार्गचित्रको प्रस्ताव तयार पा¥यो । उक्त प्रस्तावमाथी विश्वभरी छलफल तथा अन्तरक्रिया, सूचना प्रविधि÷वेभसाइट मार्फत प्राप्त विचारहरु समावेश गरी अन्ततः संयुक्त राष्ट्र संघको सत्तरी औं महासभामा सहभागी एकसय ९३ सदस्य राष्ट्रहरुले २५ सेप्टेम्बर २०१५ मा यसलाई अनुमोदन ग¥यो । यसरी संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्व विकासका साझा समस्याहरुलाई सामूहिक र एकरुपताका साथ सम्बोधन गर्ने प्रयासको रुपमा राष्ट्रसंघीय महासभाबाट पारित १५ वर्षे मार्गचित्र नै दिगो विकास लक्ष्य हो ।
दिगो विकासका लक्ष्यमा १७ वटा लक्ष्यहरु रहेका छन् । पहिलो लक्ष्यमा सवै प्रकारका गरिवी र भोकमरी अन्त्य गर्ने, दोस्रो खाद्य सुरक्षा प्राप्ति र पोषण सुनिश्चिता र दिगो कृषिको प्रवद्र्धन गर्ने, तेस्रो सवै उमेर समूहका लागि स्वस्थ्य जीवनको सुनिश्चित गर्ने, चौथो सवैलाई समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा प्रदान गर्ने, पाँचौ लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तिक–रण गर्ने, छैटौ सवैका लागि सुरक्षित खानेपानी र सर–सफाईमा दिगो व्यवस्था गर्ने, सातौं पहुँचयोग्य, भरपर्दो, दिगो र आधुनिक उर्जा विकास गर्ने, आठौं समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनमूलक तथा सम्मानजक रोजगारको प्रवद्र्धन गर्ने, नवौं प्रतिरोधात्मक पूर्वाधार, समावेशी तथा दिगो औद्योगिकरणको र अन्वेषणको प्रवद्र्धन गर्ने, दशौं देशभित्र तथा देश वाहिरको असमानताको अन्त्य गर्ने, एघारौं समावेशी, सुरक्षित र दिगो सहरीकरण र मानव वस्तीको विकास गर्ने, बाह्रौं दिगो उपयोग र उत्पादनको सुनिश्चितता गर्ने, तेह्रौं जलवायु परिर्वतन तथा यसका प्रभावहरु तुरुन्त न्यूनीकरण गर्ने, चौधौं सामुन्द्रिक श्रोतको दिगो उत्पादन र संरक्षण गर्ने, पन्ध्रांै पर्यावरणीय प्रणालीको संरक्षण गर्ने, सोह्रौं शान्त र समावेशी समाजको सुनिश्चितता ः दिगो, उत्तरदायी र समावेशी संस्था विकास र सत्रौं लक्ष्यमा लक्ष्य कार्यान्वयनमा उपायहरुको सुदृढीक–रण र दिगो विकासका लागि विश्वव्यापी साझेदारी गर्ने ।
दिगो विकास लक्ष्यका सवल पक्ष नै यसका अवसर हुन । अवसरका रुपमा यसले आर्थिक, सामाजिक, वाताव–रणीय, लैङ्गिक र सुशासन लगायतका १७ वटा लक्ष्यहरु समावेश गरी विकासलाई वृहत, गुणस्तरीय र गतिशिल बनाएको छ । दिगो विकास लक्ष्य र सूचकहरुको सन्दर्भमा नेपालले राष्ट्रिय योजना आयोगको नेतृत्वमा छलफल÷सहभागिता जनाई आफ्ना सुझावहरु पेश गरेको हँुदा नेपालको विकासका आवश्यकताको सही पहिचान र स्वामित्व वोधमा अभिवृद्धि भएको छ । सहस्राब्दि विकास लक्ष्यका सान्दर्भिक तर अपूरा लक्ष्य, सहस्राब्दि विकास लक्ष्यले नसमेटिएका तर नेपाल लगायत विश्व सामु देखिएका नयाँ पक्षहरुलाई यसले समावेश गरेको छ । संयुक्त राष्ट्रसंघका सवै सदस्य राष्ट्रहरुको विश्व विकासमा नीतिगत प्रतिवद्धता हुँदा नेपाल जस्ता अतिकम विकसित मुलुकलाई विकासित मुलुकले प्रतिवद्धता जनाए बमोजिम विकास सहायता प्रदान गर्नु पर्ने नैतिक बाध्यता सिर्जना भएको छ ।
यसै गरी दिगो विकासका लक्ष्य प्राप्त गरि समृद्ध, समावेशी र दिगो विकास गर्न नेपाल लगायत अन्य मुलुक सामु त्यतिकै चुनौतीहरु रहेका छन । दिगो विकासका लक्ष्य तथा सूचकसँग संघीय इकाइका आवधिक योजना तथा बार्षिक बजेट र नीतिहरु आवद्ध गराउनु आफैमा चुनौती रहेका छ । यसका लक्ष्यहरु बीच अन्तरसम्बन्ध कायम गराउनु, जस्तै गरिवी घटाउन शिक्षा, स्वास्थ्य, भोकमरी, रोजगारी तथा खाद्य सुरक्षा आदि क्षेत्रका लक्ष्य  तथा सूचक÷उपसूचकहरुवीच तादम्यता ल्याउनु, यसका लक्ष्य तथा सूचकहरु राज्यका स्थानीय तहसम्म स्थानीयक–रण गर्नु । अस्वस्थ, नियन्त्रित, तरल र सत्ता केन्द्रित राजनीतिक सोच तथा संस्कारको अन्त गरि विकासमा साझा राजनीतिक धारणा बनाई स्वामित्व बोध गराउनु । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सरकार, नीजि क्षेत्र, गैसस तथा दाताहरुबीच सहकार्य, समन्वय र संस्थागत क्षमता विकास गरि श्रोत साधनको सही तवरले व्यवस्थापन गर्नु । लक्ष्य हासिल गर्न वित्तीय श्रोतहरुको परिचालन गर्न उपयुक्त वातावरण सिर्जना गर्नु (वैदेशिक सहायता, प्रत्यक्ष वैदेशिक लगानी र आन्तरिक सरकारी तथा गैरसरकारी क्षेत्र लगानी) । समाबेशी सुशासन प्रवद्र्धन मार्फत सेवा प्रवाह र विकास निर्माणलाई जनमूखी, पारदर्शि र उत्तरदायी बनाउनु । भुकम्प पछिको पुनर्निर्माण लगायत बेला बेलामा देखा पर्ने प्रकोपहरुलाई समयमै सहज रुपमा व्यवस्थापन गर्नु । कर्मचारीमा व्यवसायिकता (सक्षमता र सदाचारिता) विकास गर्नु । नेपालको विकासका आधारस्तम्भ मानिएका कृषि, जलविद्युत र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई करिव दुइ अंक नजिकको समावेशी आर्थिक वृद्धि गरि गरिवी न्यूनीकरण र रोजगारी सिर्जना गर्नु । नेपालका लागि उपयुक्त प्रबिधिको विकास र प्रयोग गर्नु । दिगो विकास लक्ष्यको कार्यान्वयनको नतिजामूखी अनुगमन तथा मुल्यांकन गरी अनुगमनबाट प्राप्त सुझावलाई तत्काल कार्यान्वयन र मूल्यांकनबाट प्राप्त सिकाईलाई भावी नीति तथा योजनामा प्रयोग गर्ने वाताव–रण सिर्जना गर्नु प्रमुख चुनौतीहरु देखिन्छन् ।
दिगो विकास लक्ष्यहरु लक्ष्य पूरा गरी नेपालको निरपेक्ष गरिवी, असमानता र असमावेशी विकासलाई अन्त गर्दै नेपालीको जीवनस्तर उठाइ विश्वसँग प्रतिस्पर्धा गर्नु नेपालको आवश्यकता हो । दिगो विकास लक्ष्यले नेपालले भोगिरहेका सवै क्षेत्रका समस्याहरु समेटेको हुँदा समग्र विकासको लागि राम्रो अवसर हो । तर तरल, अस्वस्थ    राजनीतिक वातावरण, जिम्मेवारी बोधको चौतर्फी खडेरी र कमजोर सुशासन र कमजोर सिकाईका आधारमा आम लक्ष्य प्राप्त हुन्छ भनेर ढुक्क भन्न नसकिने अवस्था छ । तर, नागरिकस्तरमा बढ्दो चेतना र आर्थिक परिवर्तन मार्फत संघीयतालाई संस्थागत गर्ने नयाँ संविधानको मर्मले दिगो विकास लक्ष्य पूरा हुने आशाका किरण पलाएका  छन् । चुनौतीहरु साझा रुपमा सामान गरी अवसरलाई बढाउदै जाने वातावरण बन्ने छ भनि धेरै सकारात्मक सोचकर्ताको अनुमान छ। यसका लागि सत्ता अनि गुट उपगुट केन्द्रित, तरल राजनीतिक सक्रमणको अन्त्य गर्दै विकासका विषयमा साझा सोच, प्रतिवद्धता र इमान्दारिता देखाउन थोरै राजनेतामा राष्ट्रप्रेम, सकारात्मक सोच, राष्ट्रको लागि व्यक्तिगत फाइदाको त्याग, रणनीतिक नेतृत्व प्रदर्शन गर्ने उदाहरणीय आँट÷क्षमता÷व्यवहार लक्ष्य प्राप्तको लागि पूर्वशर्त हो । यी लक्ष्यहरुको कार्यान्वयन गर्ने वातावरण बनाउन सरकारको नेतृत्वमा गैरसरकारी क्षेत्र र विकास साझेदारहरुको सुढृढ, समन्वयात्मक र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु जरुरी छ । यसका लक्ष्य तथा सूचकहरु बारे राज्यका तल्लो तहसम्मका आम सरोकारवालालाई जानकारी गराई आन्तरिकीकरण गर्न सरकारी, गैरसरकारी क्षेत्र, सञ्चार क्षेत्र र सचेत नागरिक स्वःस्फूर्त रुपमा परिचालन हुनुपर्दछ । दिगो विकासका लक्ष्य तथा सूचकहरु प्राप्त हुने गरी संघीय इकाइका आवधिक योजना, बजेट, विधि तथा संगठनात्मक संरचनाहरुवीचको समन्वय र सहयोगमा तर्जुमा एवं कार्यान्वयन गर्न सरोकारवाला इमानदारिता र क्षमता विकास हुनुपर्छ । लक्ष्य प्राप्तका लागि वित्तीय श्रोतको खाडल पूरा गर्न कर प्रशासनमा सुधार, आर्थिक क्रियाकलापमा विस्तार र आन्तरिक श्रोत परिचालनमा जोड दिनु जरुरी छ । यस्तै, सहज श्रम सम्बन्ध, उपयुक्त र पर्याप्त नीतिगत व्यवस्था, व्यवसायिक सहुलियत र स्थानीयस्तरमा हुने बन्द हडताललाई निरुत्साहन गर्दै लगानी मैत्री वातावरणको सिर्जना गरी विदेशी तथा स्वदेशी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नु जरुरी छ । विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतालाई दिगो विकास लक्ष्यलाई केन्द्रित गरी राष्ट्रिय बजेट प्रणालीमा ल्याउनको लागि नेपालको आवश्यकताको सही पहिचान, योजना वैङ्क तयार गरी कुशल वार्ता सीपको विकास गर्नु जरुरी छ । यस्तै आर्थिक कुटनीतिक क्षमता बढाउने । लक्ष्य प्राप्त हुने   गरि नेपालको विकासका आधार स्तम्भ मानिएका कृषि, पर्यटन तथा उर्जा क्षेत्रको उत्पादन एवं विकास गरि निर्यात प्रवद्र्धन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न आवश्यक पूँजी, प्रविधि र रणनीतिक सोचको विकास गर्नु पर्दछ । शासन प्रणाली तथा सेवा प्रवाहलाई समावेशी, विकेन्द्रित, पारदर्शी, जवाफदेही र पहुँच योग्य बनाउनु जरुरी छ । भुकम्प पछिको पुर्ननिर्माणको कार्य लगायत बार्षिक रुपमा देखिने प्रकोपलाई छिटो र योजनावद्ध तवरले सम्बोधन गर्न जिम्मेवार बन्नु पर्छ । लक्ष्य कार्यान्वयनको नियमित र निरन्तर नतिजामूलक अनुगमन मुल्यांकन गरि प्राप्त पृष्ठपोषणलाई तत्काल सुधारमा र सिकाईलाई मध्यमकालीन र दीर्घकालीन सुधारमा इमान्दारितापूर्वक लागु गर्नु जरुरी छ ।
भूमिराजमाडौं–८ फलेडी, डोटी निवासी भट्ट कोलेनिका, डोटीका प्रमुख कोष नियन्त्रक हुन ।

माेफसल पत्रकारिता 

नेतृत्वमा काम गर्न सक्ने व्यक्तिलाई अवसर दिनु पर्छ

बिबश अधिकारी
रेडियो हेटौडा एफएम, मकवानपुर

तपार्इंको परिचय पाउँ न ?— बिवश अधिकारी, सञ्चारकर्मी, हेटौडा एफ एम ९६.६ मेघाहर्ज
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?— कस्तो भन्दा पनि म आत्म सन्तुष्टिका लागी पत्रकारिता गछु र बिषेश गरेर राजनीतिक र सामाजिक क्षेत्रमा लेख्न मन लाग्छ ।
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?— अह, भन्ने मात्र होईन साँच्चै पत्रकारहरुका धेरै नै समस्याहरु छन । अझ मोफसलमा त अझै बढी, कतिपय कुराहरु स्वतन्त्र भएर लेख्न पाईदैन भने पत्रकारका सेवा सुबिधा लगाायतका अन्य थुप्रै छन समस्या तर समस्या नभएको काममा मजा न आउने हुदा यसलाई रमाईलोका रुपमा लिनु पर्छ मजा आउछ काम गर्न । समस्या काहा पो छैन र ?
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ?— यो मेरो रहर हो ।
मकवानपुर जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?— मकवानपुरको सवालमा राजधानीसंग नजिक भएकोले होला मोफसलका अन्य ठाउँको भन्दा यहाँ केहि पृथक छ । काम गर्न केहि भए नि बाताबरण सहज नै पाएको छु तर पनि यहाँको पत्रकारिता अझै पनि पुरानै धारमा चलेको छ ।
मोफसकै जिल्ला भएपनि मकवानपुर त बिकसित जिल्ला हो नि, यहाँको पत्रकारिता अलि बिकसितै होला है ?— हो, अन्य जिल्लाको हिसाबमा यहाँको पत्रकारिताले केहि मात्रामा भए पनि फड्को  मारेको जस्तो लाग्छ तर धार परिर्बतन हुन नसकेको देख्दा दुःख लाग्छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?— नेपाल सरकारले के कार्यक्रम ल्याउला र खै, आस गर्ने कुनै ठाउनै छैन ।
नेपाल पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकारहरुको संरक्षणका लागि खासै ध्यान दिन सकेन भन्ने आरोप बेला बेलामा लाग्ने गर्छ, के लाग्छ तपाईलाई ?— बिलकुलै सहि हो पत्रकार भन्दा पनि नेपाल पत्रकार महासंघलाई मिडियाका सञ्चालकहरुको चाकरी गर्दैमा फुर्सद छैन ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?— सबै उस्तै हुन । सबै राजनैतिक दलका भातृ संगठनको जस्तो ब्यवहार हुन्छ । सञ्चालकहरु कुनै न कुनै पार्टीसंग आबद्ध हुन्छन जस्ले गर्दा मोफसलका पत्रकारहरुलाई काम गर्न समस्या हुने गरेको छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?— पत्रकारिता भनेको समाजको ऐना हो जसले समाजमा भएका बिभिन्न समस्याहरुमा प्रतिबिम्बको काम गर्छ । कलमको माध्यमबाट समाजलाई स्वच्छ बनाउन सक्नु नै मेरो बिचारमा पत्रकारिता हो ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ?— आर्थिक हिसाबले भन्ने हो भने अहिलेसम्म जिरो नै हो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ?— सञ्चार क्षेत्रलाई भन्नलाई चौथो अंग भन्ने तर सरकारले त्यसको संरक्षण नगरेकाले त्यस्तो भएको जस्तो लाग्छ । यदि हरेक कलम चलाउनेको सरकारले उचित मुल्याङ्कन गरेर गैर पत्रकारलाई कडा कानुनको ब्यवस्था गर्ने हो भने सायद यस्तो समस्या समाधान गर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ?— नेतृत्वमा सही र काम गर्न सक्ने मान्छेलाई अवसर दिनु पर्छ भन्ने मेरो सुझाब हो । भातृ संगठनकै हिसाबले काम गर्नलाई त अन्य भातृ संगठन नै रोजे भै गो नि ।
तपाई पनि दाबेदार हो कि ?— होईन ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?— मोफसलको पत्रकारितामा भएका अनेकौं समस्याहरु छन । आफ्नै हिसाबले सही र सत्य कुरा लेख्न नपाउने, भातृ संगठनको जस्तै गरेर गैर पत्रकार जन्माउने, उचित तलब सुबिधा नपाउने, पाएपनि समयमा नपाउने, यि यावत समस्याहरु छन  पत्रकारितामा जसलाई हामी पत्रकारहरुले नै चिर्दै अगाडी बढ्नु पर्छ । समस्यासंगै समाधान आउँछ । यसलाई नबिर्सी अगाडी बढनुस, सफलता अबश्य पाईन्छ । सबै मोफसलका पत्रकारहरुलाई यहि भन्न चाहन्छु । अन्त्यमा तपाईको यो पत्रिकामा मेरा बिचाहरु राख्न दिनु भएकोमा धन्यबादका साथसाथै यो पत्रिका र तपाईलाई समेत सधै सफलता पाईरहनुस, यही शुभकामना दिन चाहन्छु ।
समय र बिचारका लागि धन्यबाद । — धन्यबाद नमस्कार ।

लोकसेवाको तयारीका लागि उपयोगी

बस्तुगत प्रश्नहरु ः१. उतर अमेरिका र दक्षिण अमेरिकालाई छुटयाउने नहर कुन हो ?
— पनामा नहर
२. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
— एण्डिज
३. शिवालिग पर्वत भन्नाले नेपालको कुन पर्वतमालालाई जनाउँछ ?
— चुरे पर्वतमाला
४. सगरमाथाको चुचुरोको क्षेत्रफल कति रहको छ ?
— ७ वर्ग मिटर
८. कामिनी दह बारा जिल्लामा पर्दछ भने नग दह कुन जिल्लामा पर्दछ ?
— ललितपुर
९. सबैभन्दा व्यस्त महासागर कुन हो ?
— एटलान्टिक महासागर
१०. कुन साहित्यकारको साहित्यिक नाम लाहुरे हो ?
— सूर्यविक्रम ज्ञवाली
११. पशुपतिनाथमा कुन तिथीमा बुद्ध मुकुट पहिर्याउने चलन छ ?
— कार्तिक शुक्ल अष्टमी
१२. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?
— खाम्ची
१३. अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस प्रत्येक बर्ष कुन दिन मनाइन्छ ?
— मार्च १५
१४. नेपालमा बन दशक कहिले मनाईने भएको छ ?
— वि.सं २०७१ देखि २०८०
१५. हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
— चन्द्रबहादुर डाँगी
१६. नेपालमा तिब्र गतिको बायरलेस इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
— वि.सं २०६९ कार्तिक २७
१७. नेपालको सबैभन्दा ठूलो राष्टिूय निकुञ्ज कुन हो ?
— शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
१८. नेपालमा कतिवटा शिकार आरक्ष रहेका छन् ?
— एक  (ढोरपाटन शिकार आरक्ष)
१९. विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा कतिवटा छन् ?
— दश
२०. जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
— हिरोसिमामा ६ अगस्ट १९४५ र ३ दिनपछि  ९ अगस्टका दिन नागासाकीमा
२१.बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
— रुकुम
२२. नेपालमा स्थापित दोस्रो उद्योग कुन हो ?
— रघुपति जुट मिल
२३. स्वर्गको दरबार नामक कृतिका लेखक को हुन् ?
— शुक्रराज शास्त्री
२४. जैविक विविधताका हिसाबले नेपाल विश्वमा कति औं स्थानमा पर्दछ ?
— २५ औं
२५. सगरमाथाको आधार शिविर कालापत्थरमा नेपालको मन्त्रिपरिषदको बैठक कहिले सम्पन्न भएको थियो ?
— वि.सं २०६६ मंसिर १९ गते
२६. मिस नेपाल २०१५ को उपाधी काठमाडौं न्युरोडकि इभाना मानन्धरले जितेकी छन् । यस्तै प्रतियोगिताको फस्ट रनरअप दिव्यता बैद्य भइन् भने सेकेण्ड रनरअप मेधा कोइराला भइन् । हिडन टे«जरले आयोजना    गरेको यो २० औं संस्करण हो । अघिल्लो संस्करणको उपाधी धरानकी सुविन लिम्बुले जितेकि थिइन ।
२२. विश्वभर सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले कहिलेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
— सन् २०२५
२३. सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले सरकारी कार्यालयहरुमा बा¥ह घण्टे सेवा कहिलेदेखि सञ्चालन गरियो ?
— वि.सं २०७१ पुस १
२४. पाकिस्तानको पेसावरस्थित सेनाद्धारा सञ्चालित विद्यालयमा कट्टरपन्थी मुस्लिम समूह तालिवानद्धारा १४८ जना भन्दा बढी को ज्यान जाने गरी विभत्स घटना कहिले घटाईयो ?
— सन् २०१४ डिसेम्बर १६

साहित्य÷सृजना


रक्त पिपासु क्यामेराहरु

नखिँच्नू अबदेखि मेरा अर्धमुदित नयनहरू
रगतका भोका क्यामेराहरूले ।
नटिप्नु डुब्न लागेको घाम रक्तपिपासु क्यामेराले ।
सत्याग्रह खाएर डम्म अघाएका
अन्शनकारी सन्तोषहरू र
हावामा पौडी खेलिरहेका
स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई
चर्केका सम्वेदना–लेन्सहरू
अहँ, पुग्दैन ।
क्यामेराहरू ड्र्याकुला हुन् ।
घाउहरू, रगत, विस्फोटहरू ह्रम¥याङ्–म¥याङ् चपाउँदै
निल्दै,  ओकल्दै
गणतन्त्रका अँध्यारा गल्लीभित्र
ती मुत्न जान्छन् ।
क्यामेराहरू मृत्युका प्रयोजक हुन्
वधशालादेखि बुफेसम्मै ।
जसलाई आमजनता भन्छौ नि तिमीहरू !
त्यो माचिस सल्कँदा
कता–कता डढेलो लाग्छ, हेर्नू ।
अनुहारभरि लतपत रक्तिम महोत्सव बोकेर
खुफिया गोजीमा हात घुसारी
यतै आउँदैछ त्यो महानायक ।
किटाणुयुक्त पाठेघरबाट
हुलका हुल सिजोफ्रेनिक महाशयहरू
सभ्यताको व्हाइट–कलर कायामा निस्कँदैछन् ।
मेरो माटोको आवाज
चियर्स–लिडरहरूका काखी र छेपारीका भञ्ज्याङ्हरूमा
साउती बनेर हराइबस्छ ।
ऊ ह्न धातुको रूमालले
मेरो आँसु र पसीना सोतार्न चाहन्छ ।
तिमी नखिँच्नू
भस्मेका पवित्र मृतात्माहरू
र पौष्टिक उद्भिदका हरितकण ।
सुधिर क्षेत्री

सूचना/सन्देश/बिज्ञापन

डोटी उद्योग वाणिज्य संघ डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना

डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट१ अटोमोवायल            ः रु १५०००।
२.डिलर÷सवडिलर         ः रु १००००।
३.गैरसरकारी संघ संस्था    ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड  ः रु ७०००।
५.कृषीजन्य वस्तु          ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷२३
उपरोक्त सम्बन्धमा दहकालिकास्थान गाबिस डोटीमा रहेको यस श्री कालिकास्थान माध्यामिक बिद्यालयमा प्रा.बि. तह तृतीय श्रेणीको शिक्षक पद रिक्त रहन गएकोले शिक्षा नियमाबली २०५९ को नियम ९७(२) अनुसार शिक्षक करारमा नियुक्त गर्नु पर्ने हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
तपशिलबिज्ञापन नं. ०१÷०७३,  पद ः शिक्षक, संख्या ः १ (खुला)
तह ः प्रा.बि. तृतीय (करार), स्केल ः नेपाल सरकारले तोके अनुसार
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
पेश गर्नु पर्ने कागजातहरु¨ शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
¨ नेपाली नागरिकताको प्रतिलिपी २ प्रति
¨ स्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
¨ निरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति
¨ तालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति
¨ पासपोर्ट साईजको फोटो ४ प्रति
सम्पर्क मिति ः २०७३÷११÷९ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः २५००÷–
परीक्षाको किसिम ः लिखित र अन्तरबार्ता
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
सम्पर्क फोन ः ९८४८४३७४२०, ९८४८४७८५३५
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध

मिति २०७२ फागुन २१, २२ र २३ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हु अनुरोध गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय, डोटी

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

काडाँमाण्डौं गाबिसको परिषद्द्वारा स्वीकृत आर्थिक वर्ष २०७३÷०७४ को आय व्यय बिवरण

क) सञ्चालनतर्फ
१. सञ्चालन अनुदान ः ५५००००÷–
२. आन्तरिक आयबाट प्राप्त हुन सक्ने अनुमान ः ३३०२०६÷–
जम्मा ः ८८०२०६÷–
सञ्चालन खर्चको बिनियोजन

१. तलव भत्ता ः ६८०२०६÷(
२. लुगा भत्ता ः १५०००÷–
३. दैनिक भ्रमण भत्ता ः १०००००÷–
४. कार्यालय सामान ः ५००००÷–
५. पत्रपत्रिका ः १००००÷–
६. परिषद् खर्च ः २५०००÷–
ख) पूँजीगततर्फ
१. पूँजीगत अनुदान ः ३२१४०००÷–
२. जि.बि.स. कन्टेन्जेन्सी ०.७५% ः २४१०५÷–
३. गा.बि.स. कन्टेन्जेन्सी ४% ः १२८५६०÷–
४. जिल्ला खेलकुद ः १००००÷(
उल्लेखित रकम घटाई बाँकी रकम ः रु. ३०५१३३५÷–१. कृषि क्षेत्रतर्फ १५% ः ४८२१००÷–
२. बालबालिकातर्फ १५% ः ४८२१००÷–
३. बिपन्नतर्फ १५% ः ४८२१००÷–
४. महिलातर्फ ः ३२१४००÷–
५. प्रकोप व्यवस्थापनतर्फ ः ६४१८१÷७५
जम्मा ः १८३१८८१÷७५
बाँकी रहेको रकम रु १२१९४५३÷२५
१) अन्य योजनाहरु
पत्रकार महासंघ ः रु ५०००÷–
— फुलौट खिरसैन गाबिस महायज्ञ ः रु.१००००÷–
— सुर्यकिरण उपशाखा ः रु.२५०००÷–
— प्रहरी चौकी सानागाउँ ः रु.१००००÷–
— बिद्युत लाईन पहल ः रु.५००००÷–
— उद्योग बाणिज्य संघ डोटी ः रु.५०००÷–
— स्वास्थ्य चौकी पूर्ण खोप ः रु.२१९०००÷–
— सानागाउँ तटबन्धन ः रु.५०००÷–
— बादी समुदाय ः रु.१००००÷–
— निड्स नेपाल ः रु.५०००÷–
— सानागाउँ चौतारा चैकोट सडक ः रु.९१०००÷–
— मोटरसाईकल खरीद ः रु.३०००००÷–
— सानागाउँ चिनेकोट काडाँमाण्डौं सडक ः ४८४४५३÷२५
जम्मा ः १२१९४५५२÷२५
लक्षित बर्गका योजनाहरु१. कृषितर्फ
— कृषि सडक निर्माण ः रु.३८२१००÷–
— पशु सेवा औषधी खरीद ः २००००÷—
— कृषि बिउभिजन खरीद ः रु.२००००÷—
— तरकारी खेती ः रु.६००००÷—
२. महिलातर्फ
— महिला भवन निर्माण ः रु.३२१४००÷—
३. बिपन्नत बर्गतर्फ
— दलित वर्ग सीपमुलक तालिम ः रु.१९००००÷–
— जनजातीलाई अअध्ययन रकम ः रु.७००००÷–
— अपाङ्ग, जेष्ठ नागरिक, एचआईभी संक्रमित, टुहुरा बालबालिका ः रु.४००००÷–
४) बालबालिकातर्फ
— क्षमता बिकास र नेतृत्व बिकास तालिम ः रु.२०००००÷–
— खेलकुद् सामग्री खरीद ः रु.१०००००÷–
— खेल मैदान निर्माण ः रु.१०००००÷–

No comments:

Post a Comment